३१. ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

तैँले ख्रीष्टविरोधीहरूलाई स्पष्ट रूपमा देख्नुपर्छ र सही ढङ्गले पहिचान गर्नुपर्छ। तैँले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरण खुट्ट्याउन जान्‍नुपर्छ, र साथसाथै, तेरो प्रकृति सारका धेरै कुरा ख्रीष्टविरोधीहरूको समान छन् भनेर प्रस्टसँग जान्नुपर्छ। किनभने तिमीहरू सबै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिमा पर्छौ, र एकमात्र फरक के हो भने, ख्रीष्टविरोधीहरू शैतानको पूर्ण नियन्त्रणमा हुन्छन्, र तिनीहरू शैतानका मतियार बनेका छन् र तिनीहरू त्यसैको पक्षबाट बोल्छन्। तँ पनि भ्रष्ट मानवजातिमै पर्छस्, तर तँ सत्यता स्विकार्न सक्छस् र तँसँग मुक्ति पाउने आशा छ। तर सारको हिसाबमा तँसँग ख्रीष्टविरोधीहरूसँग मिल्दोजुल्दो धेरै कुरा छन्, र तेरा विधि र कार्यसूची उस्तै छन्। यति मात्र हो कि, तँ सत्यता र प्रवचनहरू सुनेपछि, बाटो बदल्न सक्छस्, र तैँले बाटो बदल्न सक्नुले तँसँग मुक्ति पाउने आशा छ भन्ने कुरा निर्धारित गर्छ—तँ र ख्रीष्टविरोधीहरूबीचको भिन्नता यही हो। त्यसकारण, मैले ख्रीष्टविरोधीहरूको खुलासा गर्दा तैँले पनि तुलना गरेर तँ र ख्रीष्टविरोधीहरूबीच कुन-कुन कुराहरू मिल्दोजुल्दो छन्, र तेरो सारका कुन-कुन प्रकटीकरण, स्वभाव, र पक्ष तिनीहरूका जस्तै छन् भनेर पहिचान गर्नुपर्छ। यसो गरेर के तैँले त्यसपछि आफूलाई अझ राम्ररी चिन्न सक्नेछैनस् र? यदि तँ सधैँ विरोधभाव महसुस गर्छस्, आफू ख्रीष्टविरोधी नभएको विश्‍वास गर्छस्, ख्रीष्टविरोधीहरूप्रति चरम घृणा महसुस गर्छस्, र यो तुलना वा आत्मचिन्तन गर्न र आफूले पछ्याइरहेको मार्ग बुझ्न अनिच्छुक हुन्छस् भने, त्यसको परिणाम के हुनेछ? शैतानी स्वभाव भएपछि तँ ख्रीष्टविरोधी बन्ने ठूलो सम्भावना हुन्छ। किनकि कुनै पनि ख्रीष्टविरोधी जानीजानी ख्रीष्टविरोधी बन्न चाहेर त्यसपछि ख्रीष्टविरोधी बन्दैन; उसले सत्यता नपछ्याउने हुनाले ऊ त्यस्तो बन्छ, अनि अन्ततः उसले स्वतः ख्रीष्टविरोधी मार्ग पछ्याउन पुग्छ। धार्मिक संसारका सत्यतालाई प्रेम नगर्नेहरू सबै ख्रीष्टविरोधी होइनन् र? आफ्नो प्रकृति सारबारे आत्मचिन्तन नगर्ने र त्यसलाई नबुझ्ने, र आफ्नै धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्ति ख्रीष्टविरोधी हो। तैँले ख्रीष्टविरोधी मार्ग हिँड्न थाल्‍नेबित्तिकै, तैँले हैसियत पाउनेबित्तिकै, र साथमा तँसँग केही खुबी र ज्ञान छ, र सबैले तेरो प्रशंसा गर्छन् भने, जब तैँले काम गर्ने समय लामो हुँदै जान्छ, तब तैँले मानिसहरूको हृदयमा ठाउँ बनाउन पुग्छस्। तँ जिम्मेवार भएको कामको दायरा बढ्दै गएपछि, तैँले झन्झन् धेरै मानिसहरूलाई अगुवाइ गर्न पुग्छस्, र तैँले झन्झन् धेरै पूँजी प्राप्त गर्न थाल्छस्, र तँ खाँटी पावल बन्छस्। के यो सब तँमै निर्भर हुन्छ त? तँसँग यो मार्ग पछ्याउने कुनै योजना थिएन, तर तँ कसरी जानीनजानी ख्रीष्टविरोधी मार्ग हिँड्न थालिस्। यसको एउटा महत्त्वपूर्ण कारण के हो भने, यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले निश्‍चय नै हैसियत र प्रतिष्ठा पछ्याउनेछस्, तँ आफ्नै व्यवसायमा संलग्न हुनेछस्, र अन्त्यमा थाहा नपाईकनै तैँले ख्रीष्टविरोधी मार्ग पछ्याइरहेको हुनेछस्। यदि ख्रीष्टविरोधी मार्ग पछ्याइरहेका मानिसहरूले समयमै बाटो बदलेनन् भने, हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्ने ठूलो सम्भावना हुन्छ—यो नतिजा अवश्यम्भावी हुन्छ। यदि तिनीहरूले यो मामिला स्पष्टसँग देख्न सक्दैनन् भने तिनीहरू खतरामा छन्, किनकि सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले प्रतिष्ठा र हैसियत मन पराउँछन्; यदि तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भने, प्रतिष्ठा र हैसियतको कारण लड्ने ठूलो सम्भावना हुन्छ, र यो कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन। तैँले भन्छस्, “मसँग कहिलेकाहीँ मात्रै यी प्रकटीकरणहरू हुन्छन्, यी अस्थायी प्रकटीकरण मात्र हुन्। ममा ख्रीष्टविरोधीहरूको जस्तै सार भए पनि, म ख्रीष्टविरोधीहरूभन्दा भिन्न छु किनकि ममा तिनीहरूमा भएजत्तिका ठूला महत्त्वाकाङ्क्षाहरू छैनन्। साथै, आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला म आत्मचिन्तन गरिरहेको, पश्‍चात्ताप गरिरहेको, र सत्यता खोजिरहेको हुन्छु, र म सत्यता सिद्धान्तअनुसार कार्य गरिरहेको हुन्छु। मेरो व्यवहार विश्‍लेषण गरेर हेर्दा, म ख्रीष्टविरोधी होइन र ममा ख्रीष्टविरोधी हुने इच्छा पनि छैन, त्यसकारण म सम्भवतः ख्रीष्टविरोधी कदापि हुन सक्दिनँ।” तँ अहिले ख्रीष्टविरोधी नहोलास्, तर के तँ आफूले ख्रीष्टविरोधी मार्ग नपछ्याउने र आफू ख्रीष्टविरोधी नबन्ने कुरा सुनिश्‍चित गर्न सक्छस्? के तँ त्यस्तो प्रत्याभूति गर्न सक्छस्? अहँ, तँ सक्दैनस्। त्यसोभए तैँले कसरी त्यस्तो प्रत्याभूति गर्न सक्छस्? त्यसो गर्ने एक मात्र तरिका भनेको सत्यता पछ्याउनु हो। त्यसोभए तैँले कसरी सत्यता पछ्याउनुपर्छ? के तँसँग त्यसो गर्ने कुनै तरिका छ? सबभन्दा पहिले, तैँले तँमा ख्रीष्टविरोधीहरूकै स्वभाव सार छ भन्ने तथ्य स्विकार्नुपर्छ। तँ अहिले ख्रीष्टविरोधी त होइनस्, तर तेरो लागि सबैभन्दा घातक र खतरनाक कुरा के हो? त्यो तँमा ख्रीष्टविरोधीहरूकै प्रकृति सार हुनु हो। के यो तेरो लागि राम्रो कुरा हो? (होइन।) निश्‍चय नै होइन। यो तेरो लागि एकदमै घातक छ। त्यसकारण, तैँले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको खुलासा गर्ने यी प्रवचनहरू सुनिरहँदा, तँसँग यी कुराहरूको कुनै सम्बन्ध छैन भनेर नसोच्; यो गलत मनोवृत्ति हो। त्यसोभए, यी तथ्य र प्रकटीकरणहरू स्विकार्न तँसँग कस्तो प्रकारको मनोवृत्ति हुनुपर्छ? यी कुराहरूसँग आफूलाई दाँज्, आफूमा ख्रीष्टविरोधीको प्रकृति सार छ भन्ने कुरा स्विकार्, र त्यसपछि आफ्ना कुन-कुन प्रकटीकरण र खुलासाहरू ख्रीष्टविरोधीहरूसँग मिल्दोजुल्दो छन् भनेर पत्ता लगाउन आफैलाई जाँच्। सुरुमा यो तथ्य स्विकार्—आफ्नो भेष बदल्ने वा आफूलाई चिटिक्क पारेर प्रस्तुत गर्ने प्रयास नगर्। तैँले हिँड्ने मार्ग ख्रीष्टविरोधी मार्ग हो, त्यसैले तँ ख्रीष्टविरोधी होस् भनेर भन्नु तथ्यअनुरूप कुरा हो; यति मात्र हो कि, परमेश्‍वरको घरले तँलाई अहिलेसम्म त्यसरी परिभाषित गरिसकेको छैन र तँलाई पश्‍चात्ताप गर्ने मौका दिइरहेको छ, कुरो त्यति नै हो। के तैँले कुरो बुझिस्? सुरुमा, यो तथ्य मान् र स्वीकार गर्, अनि त्यसपछि तैँले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरसामु आएर तँलाई ताडना दिन र नियन्त्रणमा राख्न आग्रह गर्नु हो। परमेश्‍वरको उपस्थितिको ज्योति वा उहाँको सुरक्षाबाट बाहिर ननिक्ली, अनि यसरी तैँले काम गर्दा तँलाई तेरो विवेक र समझले नियन्त्रणमा राख्नेछ, र तँसँग तँलाई ज्योति दिन, अगुवाइ गर्न, र नियन्त्रणमा राख्न परमेश्‍वरका वचनहरू पनि हुनेछन्। यसअतिरिक्त, तँलाई मार्गदर्शन गर्न, तेरो लागि चेतावनीको काम गर्नको लागि तेरो वरिपरिका मानिस, घटना, र वस्तुहरूको प्रबन्ध गर्न र तँलाई ताडना दिन तँसँग पवित्र आत्माको काम हुनेछ। परमेश्‍वरले तँलाई कसरी चेतावनी दिनुहुन्छ? परमेश्‍वरले धेरै तरिकाले कार्य गर्नुहुन्छ। परमेश्‍वरले कहिलेकाहीँ तँलाई तेरो हृदयमा प्रस्टै देखिने भावना हुने तुल्याउनुहुन्छ, जसबाट तैँले आफूलाई नियन्त्रणमा राख्नुपर्छ, तैँले मनोमानी ढङ्गले व्यवहार गर्नु हुँदैन, यदि तैँले गलत तरिकाले कार्य गरिस् भने, तैँले परमेश्‍वरलाई लज्जित बनाउनेछस् र तँ मूर्खजस्तो देखिनेछस् भनेर स्पष्टसँग बुझ्नेछस्, अनि त्यसैले तैँले आफूलाई संयमित बनाउँछस्। के यो परमेश्‍वरले तेरो सुरक्षा गर्नुभएको होइन र? यो एउटा तरिका हो। परमेश्‍वरले कहिलेकाहीँ तँलाई तँभित्रै गाली गर्नुहुनेछ र तँलाई त्यसरी कार्य गर्नु लज्जास्पद कुरा हो, उहाँले त्यसलाई घृणा गर्नुहुन्छ, त्यो श्रापित कुरा हो भनेर बताउन स्पष्ट वचनहरू प्रदान गर्नुहुन्छ, अर्थात् तैँले आफूसँग तुलना गर् भनेर उहाँले तँलाई गाली गर्न स्पष्ट वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले तँलाई यसरी गाली गर्नुको उद्देश्य के हो? उहाँले तेरो विवेकलाई केही महसुस गराउन त्यसो गर्नुहुन्छ, र जब तैँले केही महसुस गर्छस्, तब तैँले प्रभाव, नतिजा, र आफ्नो लज्‍जाबोधबारे ख्याल गर्नेछस्, र तैँले आफ्नो कार्य र अभ्यासमा केही संयमता अपनाउनेछस्। यस्ता धेरै अनुभव बटुलिसकेपछि, तैँले पत्तो पाउनेछस् कि यी भ्रष्ट स्वभावहरूको जरा मानिसहरूभित्र गाडिएको भए पनि, जब मानिसहरू सत्यता स्विकार्न र आफ्ना भ्रष्ट स्वभावहरूको सत्यतालाई स्पष्टसँग देख्न सक्षम हुन्छन्, तब तिनीहरूले उद्देश्यपूर्ण रूपमा आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छन्; जब मानिसहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, तब तिनीहरूको शैतानी स्वभाव पखालिन्छ र बदलिन्छ। मान्छेको शैतानी स्वभाव अविनाशी वा अपरिवर्तनीय हुँदैन—जब तँ सत्यता स्विकार्न र त्यो अभ्यास गर्न सक्षम हुन्छस्, तब तेरो शैतानी स्वभाव प्राकृतिक रूपमै भत्किनेछ र प्रतिस्थापित हुनेछ। अनि, सत्यता अभ्यास गर्नु कति मीठो हुन्छ भन्ने कुराको स्वाद चाखेपछि, तैँले यस्तो सोच्नेछस्, “म पहिले कति निर्लज्ज थिएँ। मेरा शब्दहरू जतिसुकै धृष्ट भए पनि वा अरूलाई मेरो आराधना गर्ने तुल्याउन मैले आफूलाई जसरी उचाले पनि, मलाई अलिकति पनि लाज लागेन र त्यसपछि पनि मसँग कुनै सचेतना थिएन। अहिले मलाई मैले त्यसरी व्यवहार गर्नु गलत थियो र त्यसरी मैले इज्जत गुमाएँ, र ममाथि दुनियाँकै नजर छ जस्तो महसुस भइरहेको छ।” यो परमेश्‍वरको काम हो। उहाँले तँलाई एउटा भावना दिनुहुन्छ, र तँलाई आफूले आफैलाई गाली गरेजस्तो महसुस हुन्छ, त्यसपछि तैँले दुष्टता गर्ने वा आफ्नै मार्गमा टाँस्‍सिरहने काम गर्नेछैनस्। अनि, आफूलाई उचाल्ने र आफूबारे गवाही दिने तेरा तरिकाहरू तैँले थाहै नपाई झन्झन् कम हुँदै जान्छन्, र तैँले झन्झन् बढी संयमता अपनाउँछस्, र तैँले यसरी कार्य गर्दा झन्झन् तेरो हृदयले चैन पाएको र तेरो विवेक शान्त भएको महसुस गर्छस्—यो ज्योतिमा जिउनु हो, र अब तैँले आत्तिन वा आफूलाई लुकाउन झुट वा मीठा शब्दहरू बोल्न आवश्यक पर्दैन। विगतमा तैँले आफ्नो प्रतिष्ठा जोगाउन झुट बोलिस् र हरदिन त्यसलाई निरन्तरता दिइरहिस्। तैँले हरेकपटक झुट बोल्दा तैँले त्यसलाई निरन्तरता दिइरहनुपर्थ्यो, आफ्नो झुट पकडिइने पो हो कि भन्दै निकै डराउनुपर्थ्यो। यसको परिणाम के भयो भने, तैँले झन्झन् धेरै झुट बोलिरहिस्, अनि तैँले पछि आफ्ना झुटलाई निरन्तरता दिन ठूलो मेहनत लगाउनुपर्‍यो र दिमाग खियाउनुपर्‍यो; तैँले यस्तो जीवन जिइरहेको थिइस्, जुन न त मानवको जस्तो देखिन्थ्यो, न त दानवको जस्तो नै, र त्यो अत्यन्तै थकाइलाग्दो थियो! अहिले तँ इमानदार व्यक्ति बन्ने प्रयास गरिरहेको छस्, र तैँले आफ्नो हृदय खोल्न र साँचो कुरा बोल्न सक्छस्। तैँले झुट बोल्न र त्यसलाई हरदिन निरन्तरता दिन आवश्यक छैन, तँ अब झुटद्वारा बाँधिएको छैनस्, तँ पहिलेभन्दा निकै कम कष्ट भोग्छस्, तँ झन्झन् आरामदायी, स्वतन्त्र, र आजाद जीवन जिउँछस्, र आफ्नो हृदयको अन्तस्करणमा तँ शान्ति र खुसीका भावनाहरूको आनन्द उठाउँछस्—तँ यो जीवनको मिठास चाखिरहेको छस्। अनि तैँले यो जीवनको मिठास चाखिरहँदा, तेरो आन्तरिक संसार अबदेखि छली, दुष्ट, वा गलत रहँदैन। बरु, तँलाई कुनै समस्या आइपर्दा, तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् र सत्यता खोज्छस्, र कुनै समस्या आइपर्दा, तँ अरूसँग छलफल गर्न सक्छस्, र अब एकतर्फी रूपले वा मनोमानी ढङ्गले कार्य गर्न छोडेको छस्। तँलाई झन्झन् बढी यो महसुस हुन्छ कि पहिलेको तेरो काम गर्ने तरिका घृणित थियो र अबउप्रान्त त्यसरी काम गर्न चाहँदैनस्। यसको साटो, तैँले जुन तरिका सत्यता, समझ, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ, त्यही तरिकाले कार्य गर्छस्; तेरो कार्य गर्ने तरिका बदलिएको छ। जब तैँले यी कुराहरू हासिल गर्न सक्छस्, तब के त्यसको अर्थ तैँले ख्रीष्टविरोधी मार्ग छाडेको छस् भन्ने हुँदैन र? अनि जब तैँले ख्रीष्टविरोधी मार्ग छाडेको हुन्छस्, के त्यसको अर्थ तँ मुक्ति पाउने मार्ग हिँड्न थालेको छस् भन्ने होइन र? जब तँ मुक्ति पाउने मार्ग हिँड्न थालेको हुन्छस् र प्रायः परमेश्‍वरसामु आउने गर्छस्, तब तेरो मनोवृत्ति, मनसाय, दृष्टिकोण, तेरो जीवनको लक्ष्य र दिशा त्यसउप्रान्त परमेश्‍वरको विरोधमा हुँदैन, र तँ सकारात्मक कुराहरू मन पराउन, र निष्पक्षता, धार्मिकता, र सत्यतालाई प्रेम गर्न थाल्छस्। जब यो हुन्छ, तेरो सबैभन्दा भित्री हृदय र विचारहरू रूपान्तरण हुन थालेका हुन्छन्। जब तँ मुक्ति पाउने मार्ग हिँड्न थालेको हुन्छस्, के तँ अझै पनि ख्रीष्टविरोधी बन्न सक्छस् र? के तैँले अझै पनि जानीजानी परमेश्‍वरको प्रतिरोध गर्न सक्छस् र? अहँ, सक्दैनस्, र अब तँ खतराभन्दा बाहिर छस्। यो स्थितिमा प्रवेश गरेपछि मात्रै मानिसहरू परमेश्‍वरमाथिको आस्थाको सही मार्गमा हुनेछन्, र यसरी खोजी गरेर अनि सत्यता स्विकारेर मात्रै तिनीहरूले आफ्नो शैतानी प्रकृति र ख्रीष्टविरोधी प्रकृतिले निम्त्याएका समस्या, नियन्त्रण, र बाधा फाल्न सक्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्

ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने तिनीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ? (एक हिसाबमा, तिनीहरूले नै यो कुरा बुझ्नुपर्छ, र तिनीहरूले हैसियतमा लागिपर्ने विचार प्रकट गर्दा, तिनीहरू प्रार्थना गर्न परमेश्‍वरको अघि आउनुपर्छ। यसको साथै, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अघि आफूलाई उदाङ्गो पार्नुपर्छ, र त्यसपछि सचेत रूपमा यी गलत विचारहरू विरुद्ध विद्रोह गर्नुपर्छ। अनि, तिनीहरूले आफूलाई न्याय गर्न, सजाय दिन, काटछाँट गर्न र अनुशासनमा राख्‍न परमेश्‍वरलाई अनुरोध पनि गर्नुपर्छ। तब तिनीहरू सही मार्ग हिँड्न सक्‍नेछन्।) एकदम राम्रो उत्तर। तैपनि, यो हासिल गर्न सजिलो छैन, र प्रतिष्ठा र हैसियतलाई धेरै प्रेम गर्ने मानिसहरूको लागि त यो अझै गाह्रो हुन्छ। प्रतिष्ठा र हैसियत त्याग्‍न सजिलो छैन—यो सत्यता खोजी गर्ने मानिसहरूमा निर्भर हुन्छ। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्‍न, ख्याति, लाभ र हैसियत पछ्याउनुको खोक्रोपन देख्‍न, र मानवजातिको भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्‍न सक्छ। व्यक्तिले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै उसले प्रतिष्ठा र हैसियत त्याग्‍न सक्छ। आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सजिलो छैन। यदि तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्‍ने कुरा पहिचान त गर्छस्, तर सत्यता पछ्याउन कुनै प्रयास गर्दैनस्, बरु पाखण्डीपनमा संलग्‍न हुन्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्‍ने विश्‍वास गर्छन् भने, यसले तँलाई खतरामा पार्नेछ—अनि, ढिलोचाँडो तैँले ठक्‍कर खाएर लड्ने समय आउनेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तैँले यो स्विकार्नैपर्छ कि तँमा कमजोरीहरू छन्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमी छन्। यो सामान्य कुरा हो, किनभने तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। जब अरूले तँलाई हेला गर्छन् वा व्यङ्ग्य गर्छन्, तब तिनीहरूले भनेको कुरा नराम्रो लागेको कारण तुरुन्तै तिरस्कारसाथ प्रतिक्रिया नदे, वा तैँले आफूलाई सक्षम र सिद्ध ठान्‍ने गरेको कारण यसको प्रतिरोध नगर्—यस्तो कुराप्रति तेरो मनोवृत्ति यस्तो हुनु हुँदैन। तेरो मनोवृत्ति कस्तो हुनुपर्छ त? तैँले आफैलाई यसो भन्‍नुपर्छ, “मेरा गल्तीहरू छन्, ममा भएको सबै कुरा भ्रष्ट र त्रुटिपूर्ण छ, र म साधारण व्यक्ति मात्रै हुँ। तिनीहरूले मलाई तिरस्कार र व्यङ्ग्य गरेको बाबजुद पनि, के यसमा कुनै सत्यता छ? यदि तिनीहरूले भनेको कुराको एउटा भाग साँचो हो भने, मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ।” यदि तँमा यस्तो मनोवृत्ति छ भने, यो तैँले हैसियत, प्रतिष्ठा र अरूले तेरो बारे के भन्छन् भन्‍ने कुरालाई सही रूपमा सम्हाल्न सक्छस् भन्‍ने कुराको प्रमाण हो। हैसियत र प्रतिष्ठालाई सजिलै पन्साउन सकिँदैन। जो केही हदसम्म प्रतिभाशाली छन्, जोसँग केही हदसम्म क्षमता छ, वा केही मात्रामा कामको अनुभव छ, तिनीहरूलाई यी कुराहरू पन्साउनु अझ गाह्रो हुन्छ। तिनीहरूले कहिलेकहीँ ती कुराहरू पन्साएको छु भनेर दाबी गर्न सक्छन्, तर हृदयमा चाहिँ तिनीहरूले त्यसो गर्न सक्दैनन्। परिस्थितिले अनुमति दियो भने, मौका पाउनेबित्तिकै, तिनीहरूले पहिलेजस्तै ख्याति, लाभ, र हैसियतकै लागि प्रयास गरिरहनेछन्, किनभने सबै भ्रष्ट मानिसहरू यी कुराहरूलाई प्रेम गर्छन्, तर यति मात्र हो कि वरदान वा प्रतिभा नभएका मानिसहरूमा हैसियत पछ्याउने इच्छा अलिक कमजोर हुन्छ। ज्ञान, प्रतिभा, सुन्दरता र विशेष पूँजी भएका मानिसहरूमा प्रतिष्ठा र हैसियतप्रति विशेष रूपमा तीव्र इच्छा हुन्छ, यहाँसम्म कि तिनीहरू यो महत्त्वाकाङ्क्षा र इच्छाले पूरै भरिएका हुन्छन्। तिनीहरूलाई पन्छाउन सबैभन्दा गाह्रो लाग्‍ने कुरा यही हो। जब तिनीहरूमा कुनै हैसियत हुँदैन, तिनीहरूको चाहना टुसाएको चरणमा हुन्छ; तिनीहरूले हैसियत प्राप्त गरेपछि, जब परमेश्‍वरको घरले तिनीहरूलाई केही महत्त्वपूर्ण काम सुम्पन्छ, र विशेष गरी यदि उनीहरूले धेरै वर्ष काम गरेका छन् र धेरै अनुभव र पूँजी छ भने, यो चाहना अब टुसाएको चरणमा हुँदैन, तर पहिले नै जरा गाडिसकेको, फक्रेको र फल फलाउन लागेको हुन्छ। यदि व्यक्तिमा ठूला कामहरू गर्ने, प्रसिद्ध बन्ने, कुनै महान् व्यक्तित्व बन्ने निरन्तर इच्छा र महत्वाकाङ्क्षा छ भने, तिनीहरूले ठूलो दुष्कर्म गर्नेबित्तिकै र यसका परिणामहरू देखा पर्नेबित्तिकै, तिनीहरू पूर्णतया समाप्त भइसकेका हुन्छन्, र तिनीहरूलाई हटाइसकिएको हुन्छ। त्यसकारणले गर्दा, यसले महाविपत्तिमा पुऱ्याउनुअघि, समय छँदै तिनीहरूले तुरुन्तै यो परिस्थितिलाई बदल्‍नुपर्छ। जब-जब तैँले केही गर्छस्, सन्दर्भ जस्तोसुकै भए पनि, तब-तब तैँले सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरप्रति इमानदार र आज्ञाकारी रहने व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्छ, अनि हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइलाई पन्छ्याएर फाल्नुपर्छ। जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता खराब कुराहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्‍ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले स्मरण र अनुमोदन गर्नुहुनेछ। त्यसो भए, मैले कुन कुरालाई जोड दिने प्रयास गर्दै छु? त्यो हो: तेरा चाहना र महत्त्वाकाङ्क्षाहरूले छिप्पिएर ठूलो विपत्ति ल्याउनुअघि नै तैँले ती कुराहरूबाट आफूलाई मुक्त गर्नुपर्छ। यदि तैँले ती कुराहरू कलिलो अवस्थामा हुँदा नै समाधान गरिनस् भने, ठूलो मौका गुमाउनेछस्; र त्यसले ठूलो विपत्ति ल्याइसकेपछि, ती समाधान गर्न धेरै नै ढिलो भइसकेको हुनेछ। यदि तँसित देहको विरुद्ध विद्रोह गर्ने इच्छाको समेत कमी छ भने, सत्यताको पछि लाग्‍ने मार्गमा हिँड्न तँलाई एकदमै कठिन हुनेछ; यदि तैँले ख्याति, लाभ र हैसियतको पछि लाग्दा रोकावट र असफलता सामना गर्छस् र पनि तेरो होस खुल्दैन भने, यो खतरनाक कुरा हो: सम्भवतः तँ हटाइनेछस्। जब सत्यतालाई प्रेम गर्ने मानिसहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हिसाबमा एक-दुई वटा असफलता र बाधाहरू सामना गर्छन्, तब तिनीहरूले प्रतिष्ठा र हैसियतको कुनै मूल्य हुँदैन भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्। तिनीहरूले हैसियत र प्रतिष्ठा पूर्ण रूपमा त्याग्‍न सक्छन्, र तिनीहरूले कहिल्यै हैसियत नपाए पनि, सत्यता पछ्याउन र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न, र आफ्नो अनुभव गवाही बाँड्न जारी राख्‍ने, र यसरी परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्ने दृढ संकल्प लिन सक्छन्। तिनीहरू साधारण अनुयायी हुँदा पनि, तिनीहरूले अझै पनि अन्त्यसम्म पछ्याउन सक्छन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न मात्रै चाहन्छन्। यिनीहरू मात्रै सत्यतालाई साँचो रूपमा प्रेम गर्ने र दृढ संकल्प भएका मानिसहरू हुन्। परमेश्वरको घरले धेरै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई हटाएको छ, र त्यसैले सत्यता पछ्याउने कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरूको असफलता देखेर त्यस्ता मानिसहरूले लिएको मार्गबारे चिन्तन गर्छन्, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने काम पनि गर्छन्। यसबाट तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई बुझ्छन्, साधारण अनुयायी बन्ने सङ्कल्प गर्छन्, अनि सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निभाउनमा ध्यान दिन्छन्। परमेश्वरले तिनीहरू सेवाकर्ता वा तल्लो स्तरका महत्त्वहीन मानिसहरू हुन् भनेर भन्नुभए पनि, तिनीहरूलाई त्यो ठीकै लाग्छ। तिनीहरू परमेश्वरको नजरमा तल्लो स्तरका र तुच्छ महत्त्वहीन अनुयायी नै बन्‍ने प्रयास गर्छन्, जो अन्त्यमा परमेश्वरद्वारा सृष्टि गरिएका स्वीकार्य प्राणी कहलिन सक्छन्। यस्ता व्यक्तिहरू असल हुन्छन्, र यस्ता व्यक्तिहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुनेछ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन)

के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डर लाग्छ? (लाग्छ।) के डर आफैमा उपयोगी हुन्छ? हुँदैन—डरले मात्रै समस्या समाधान गर्न सक्दैन। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न डराउनु सामान्य कुरा हो। यसले ऊ सत्यतालाई प्रेम गर्ने, सत्यताको निम्ति लागिपर्ने र सत्यता खोजी गर्न इच्‍छुक व्यक्ति हो भन्‍ने देखाउँछ। यदि तँ हृदयमा डर मान्छस् भने, तैँले सत्यताको खोजी गर्नुपर्छ र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। तैँले अरूसँग सदभावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यदि समस्या छ भने, सङ्गति र छलफलद्वारा समाधान गर्, ताकि हरेकले सिद्धान्तहरूका साथै समाधानसम्बन्धी निश्‍चित तर्क र कार्यक्रमहरू जान्‍न सकून्। के यसले तँलाई एकलै निर्णय लिनुबाट बचाउँदैन र? यसको साथै, यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्‍नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। यदि तैँले कसैले तँलाई रेखदेख गरेको, तेरो काम निरीक्षण गरेको, वा तँलाई थाहा नहुने गरी तेरो जाँच गरेको देखिस्, र तँ रिसाइस्, यस व्यक्तिलाई शत्रुको रूपमा हेर्छस् र घृणा गर्छस्, अनि तिनीहरूलाई धोकेबाज भनेर आक्रमण र निराकरणसमेत गर्छस्, र तिनीहरू मेटिएर जाऊन् भन्‍ने चाहना गर्छस् भने, यो समस्या हो। के यो अत्यन्तै खराब कार्य होइन र? यो र दियाबलस राजबीच के फरक छ र? के यसो गर्नु मानिसहरूलाई उचित व्यवहार गर्नु हो? यदि तँ सही मार्गमा हिँड्छस् र तैँले सही तरिकाले व्यवहार गर्छस् भने, तँलाई मानिसहरूले जाँच्दा किन डराउने? यदि तँ डराइस् भने यसले तेरो हृदयमा केही लुकेको छ भन्‍ने देखाउँछ। यदि तँमा समस्या छ भन्‍ने तँलाई हृदयमा थाहा छ भने, तैँले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो मनासिब कुरा हो। यदि तँमा समस्या छ भन्‍ने तँलाई थाहा छ, तर पनि अरूलाई तेरो रेखदेख गर्न, तेरो काम निरीक्षण गर्न, वा तेरो समस्या अनुसन्धान गर्न दिँदैनस् भने, तैँले अत्यन्तै अनुचित व्यवहार गरिरहेको हुन्छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेको हुन्छस्, र यस्तो अवस्थामा, तेरो समस्या अझै गम्‍भीर हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँ दुष्ट व्यक्ति वा अविश्‍वासी होस् भनी खुट्ट्याएमा, परिणामहरू अझै कष्टपूर्ण हुनेछन्। तसर्थ, अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्‍ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले कुनै गलत काम गरिरहेको छस् वा तँमा भ्रष्ट स्वभावको प्रकाश छ भन्‍ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले कुनै कुरा आफै निर्णय गर्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आफ्ना बारेमा मनन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? हुन्छस्—त्यो तेरो सुरक्षा हो। त्यसकारण, तैँले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा तेरो वरपरका मानिसहरूबाट आफूलाई जोगाउनु हुँदैन। अरूले तँलाई बुझ्न वा तँ को होस् भनेर हेर्न नमिल्ने गरी सधैँ आफ्नो भेष नबदल् र आफैलाई ढाकछोप नगर्। यदि तेरो हृदयले सधैँ अरूबाट आफूलाई सुरक्षित राख्न खोजेमा, यसले तेरो सत्यताको खोजलाई असर गर्नेछ, र तैँले पवित्र आत्माको काम, साथै सिद्ध बन्‍ने थुप्रै अवसरहरू सजिलै गुमाउनेछस्। यदि तँ सधैँ अरूबाट आफूलाई जोगाउँछस् भने, तँसित हृदयमा गोप्य कुराहरू हुनेछन्, र तैँले मानिसहरूसँग सहकार्य गर्न सक्नेछैनस्। तँलाई गलत काम गर्न र गलत बाटो हिँड्न सजिलो हुनेछ र आफूले गल्ती गर्दा तँ चकित हुनेछस्। त्यस बेला तैँले के सोच्नेछस्? “मैले थाहा पाएको मात्र भए म आफ्नो कर्तव्य निर्वाह गर्न सुरुदेखि नै आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नेथिएँ र पक्कै पनि कुनै समस्या हुनेथिएन। तर म सधैँ अरूले मेरा बारेमा थाहा पाउलान् भनेर डराएको हुनाले, मैले आफूलाई अरूबाट जोगाएँ। तर अन्ततः, अरू कसैले गल्ती गरेनन्—पहिलो गल्ती मैले नै गरेँ। कस्तो लाजमर्दो र मूर्ख कुरा!” यदि तँ सत्यता खोज्नमा ध्यान दिन सक्छस्, र तँलाई कठिनाइ आइपर्दा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गतिमा खुल्न सक्छस् भने, तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई मद्दत गर्न सक्छन्, र अभ्यासको सही मार्ग र सिद्धान्तहरू बुझ्ने बनाउन सक्छन्। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्दा गलत मार्ग हिँड्नबाट जोगाउन सक्छ, यसो गर्दा तँ असफल वा पतन हुनेछैनस्, वा परमेश्‍वरद्वारा तिरस्कृत हुने र हटाइने छैनस्। बरु, तैँले सुरक्षा प्राप्‍त गर्नेछस्, आफ्नो कर्तव्य ठिकसँग पूरा गर्नेछस्, र परमेश्‍वरको अनुमोदन पाउनेछस्। मानिसहरूले मैत्रीपूर्ण सहकार्यबाट कत्ति धेरै फाइदाहरू पाउँछन्‌!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

अनि अहिले तेरो जीवनका रूपमा तँसँग परमेश्‍वरका वचनहरूको वास्तविकता नभएकाले, तँसँग हैसियत र आधिकारिक पदहरू भएपछि तँलाई के हुनेछ? कतै तँ ख्रीष्टविरोधी मार्गमा हिँड्ने त होइनस्? (त्यो अनिश्‍चित छ।) यो सबैभन्दा ठूलो खतराको समय हो। के तिमीहरू यसलाई प्रष्टसँग देख्न सक्छौ? ल भन, के अगुवा वा सेवक हुनु खतरनाक कुरा हो? (हो।) खतरा थाहा पाएपछि पनि के तिमीहरू अझै यो कर्तव्य निर्वाह गर्न इच्छुक छौ? (छौँ।) कर्तव्य निर्वाह गर्ने यो तत्परता मानव इच्छा हो, र यो सकारात्मक कुरा हो। तर के यो सकारात्मक कुराले मात्र तँलाई सत्यता व्यवहारमा लागू गर्ने तुल्याउँछ? के तँ देहका चाहनाहरूको विरुद्ध विद्रोह गर्न सक्षम हुनेछस्? मानवका असल अभिप्रायहरू र मानव इच्छामा भर परेर, अनि मानव चाहना र आदर्शहरूमा भर परेर, के तँ आफ्नो इच्छा परिपूर्ति गर्न सक्षम हुनेछस्? (अहँ।) त्यसो भए, तिमीहरूले आफ्ना चाहनाहरू, आफ्ना आदर्शहरू, र आफ्नो इच्छालाई आफ्नो वास्तविकता र आफ्नो साँचो कद बनाउनेबारे विचार गर्नुपर्छ। वास्तवमा, त्यो खासै ठूलो समस्या होइन। साँचो समस्या यो हो कि मान्छेको वर्तमान अवस्था र कद, र उसको मानवताका गुणहरूको कारण, उसले परमेश्‍वरको अनुमोदनका शर्तहरू पूरा गर्न सक्दैन। तिमीहरूको मानव चरित्रमा अलिकति विवेक र समझभन्दा बढी अरू केही छैन, त्यसमा सत्यता पछ्याउने कुनै इच्छा नै छैन। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिमीहरू झाराटारुवा बन्‍न पनि चाहँदैनौ, परमेश्‍वरलाई छल्‍ने प्रयास गर्न पनि चाहँदैनौ, तर गर्नचाहिँ त्यसै गर्नेछौ। तिमीहरूको वर्तमान वास्तविक अवस्था र कद हेर्दा, तिमीहरू पहिल्यै खतरनाक ठाउँमा पुगिसकेका छौ। के तिमीहरू अझै पनि हैसियत हुनु खतरनाक हो, तर हैसियत नहुनु आफू सुरक्षित हुनु हो भनेर भन्छौ? खासमा, हैसियत नहुनु पनि खतरनाक कुरा हो। जबसम्म तिमीहरू भ्रष्ट स्वभावमा जिउँछौ, तबसम्‍म तिमीहरू खतरामै हुन्छौ। अब, के अगुवा हुनु मात्र खतरनाक कुरा हो, अनि जो अगुवा होइनन् तिनीहरू सुरक्षित हुन्छन् त? (होइन।) यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् र तँमा अलिकति पनि सत्यता वास्तविकता छैन भने, तँ अगुवा भए पनि नभए पनि, तँ खतरामै हुन्छस्। त्यसो भए, यस खतराबाट उम्कन तैँले सत्यता कसरी पछ्याउनुपर्छ? के तिमीहरूले यो प्रश्‍नबारे विचार गरेका छौ? यदि तँसँग एउटा सानो इच्छा मात्र छ र तँ केही नीतिहरू मात्र पालना गर्छस भने, के यसले काम गर्ला त? के तँ यसरी साँच्चै खतराको ठाउँबाट उम्कन सक्छस् त? यसले छोटो अवधिका लागि त काम गर्ला, तर दीर्घकालमा के हुन्छ, भन्‍न गाह्रो छ। त्यसोभए, के गर्नुपर्छ? कतिपय मानिसहरू भन्छन्, सत्यता पछ्याउनु नै उत्तम उपाय हो। यो एकदम सही छ, तर सत्यता वास्तविकतामा प्रवेश गर्नको लागि मानिसले कस्तो तरिकाले पछ्याउनुपर्छ? अनि आफ्नो जीवन वृद्धि गराउनका निम्ति कसरी पछ्याउनुपर्छ? यीमध्ये कुनै पनि साधारण कुरा होइनन्। पहिला, तैँले सत्य बुझ्‍नुपर्छ, र त्यसपछि यसलाई व्यवहारमा लागू गर्नुपर्छ। मान्छेले सत्य बुझ्छन् भने, यीमध्ये आधा समस्याहरू त पहिल्यै समाधान भइसकेका हुनेछन्। तिनीहरू आफ्नै स्थितिबारे चिन्तन गर्न र यसलाई स्पष्ट देख्न सक्षम हुनेछन्। तिनीहरू आफू खतरामा बाँचिरहेको महसुस गर्न सक्षम हुनेछन्। अनि, तिनीहरू पूर्वसक्रिय भई सत्यता व्यवहारमा लागू गर्न सक्षम हुनेछन्। यस्तो अभ्यासले व्यक्तिलाई स्वाभाविक रूपमा परमेश्‍वरप्रतिको समर्पणतर्फ डोर्‍याउँछ। के परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति खतरामुक्त हुन्छ? के तँलाई साँच्चिकै यसको जवाफ चाहिन्छ? परमेश्‍वरमा साँच्चिकै समर्पित हुनेहरूले अबउप्रान्त उहाँविरुद्ध विद्रोह वा प्रतिरोधसमेत गर्नेछैनन्, उहाँमाथि विश्‍वासघातै गर्ने त कुरै नगरौँ। तिनीहरूको मुक्ति सुनिश्‍चित छ। के त्यस्तो व्यक्ति पूर्ण रूपमा खतरामुक्त हुँदैन र? त्यसकारण, समस्याहरू समाधान गर्ने सर्वोत्तम उपाय भनेको सत्यतामा गम्भीरतापूर्वक लाग्‍नु र सत्यतामा आफ्नो प्रयास लगाउनु हो। मानिसहरूले साँच्चिकै सत्यता बुझेपछि, सबै समस्या समाधान हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

जब अगुवा र सेवकहरूले काम गरिरहेका हुन्छन्, तिनीहरूले कहिलेकाहीँ पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति पाउँछन्, तिनीहरूले केही साँचो अनुभवहरूबारे कुरा गर्न सक्छन्, र स्वाभाविक रूपमै तिनीहरूले मानिसहरूलाई तिनीहरूको उच्च सम्मान र आराधना गर्ने तुल्याउँछन्, र स्वाभाविक रूपमै तिनीहरूले मानिसहरूलाई छायाँजसरी तिनीहरूलाई पछ्याउने तुल्याउँछन्—यस्ता समयमा तिनीहरूले यी कुरालाई कसरी लिनुपर्छ? सबैका आ-आफ्नै झुकावहरू हुन्छन्, सबैजना घमन्डी हुन्छन्; यदि तिनीहरूले कसैले तिनीहरूबारे अनुमोदन र खुसामदले भरिएका कुरा गरेको सुने भने, तिनीहरूले त्यसको निकै आनन्द उठाउँछन्। यस्तो महसुस गर्नु सामान्य कुरा हो र यो ठूलो कुरा होइन। तर यदि तिनीहरूले तिनीहरूमाथि प्रशंसाको वर्षा गर्न, र तिनीहरूको खुसामद गर्न सक्ने कुनै मान्छेलाई बढुवा गरे, र कुनै महत्त्वपूर्ण काममा खटाए भने, त्योचाहिँ खतरनाक हुन्छ। किनभने अरूको खुसामद गर्ने र प्रशंसाको वर्षा गर्ने मानिसहरू अत्यन्तै धूर्त र कपटी हुन्छन्, र तिनीहरू इमानदार वा सत्यनिष्ठ हुँदैनन्। त्यस्ता मानिसहरूले हैसियत पाउनेबित्तिकै तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश वा मण्डलीको कामको लागि लाभदायी हुँदैनन्। ती मानिसहरू धूर्त हुन्छन् र काम बिगार्नमा सबैभन्दा सक्षम हुन्छन्। तुलनात्मक रूपमा सीधा मानिसहरूले कहिल्यै अरूमाथि प्रशंसाको वर्षा गर्दैनन्। यदि तिनीहरूले तँलाई हृदयमा अनुमोदन गरे भने पनि त्यो कुरा ठूलो स्वरले भन्दैनन्, बरु तिनीहरूले तँमा कमीकमजोरी रहेको वा तैँले केही गलत गरेको पत्ता लगाए भने, तँलाई त्यो कुरा औँल्याइदिन्छन्। तर कतिपय मानिसहरूले सीधा मानिसहरूलाई मन पराउँदैनन्, र त्यसैले जब कसैले तिनीहरूका कमीकमजोरी औँल्याउँछन् वा तिनीहरूलाई गाली गर्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई दमन र बहिष्कार गर्छन्, र उसका त्रुटि र कमीकमजोरीहरूको फाइदा उठाउँदै, उसलाई निरन्तर मूल्याङ्कन र निन्दा गर्छन्। यसो गरेर, के तिनीहरूले असल मानिसहरूलाई दमन र हानि गरिरहेका हुँदैनन् र? परमेश्‍वरले यस्ता कुरा गर्नुलाई र यस्ता असल मानिसहरूलाई सताउनुलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। असल मानिसहरूलाई सताउनु भनेको खलनायकी काम हो। अनि यदि कसैले धेरै असल मानिसहरूलाई सताउँछ भने, ऊ दियाबलस हो। अगुवा र सेवकहरूले सबैलाई न्यायोचित रूपमा र प्रेमपूर्वक व्यवहार गर्नुपर्छ, र तिनीहरूले सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नुपर्छ। विशेषगरी जब मानिसहरूले तेरो खुसामद र चापलुसी गर्छन्, र तेरो वरिपरि घुम्छन्, तब तैँले तिनीहरूलाई सही ढङ्गले व्यवहार गर्नुपर्छ, प्रेमपूर्वक सहयोग गर्नुपर्छ, र तिनीहरूलाई अविश्‍वासीहरूले गर्नेजस्तो मानिसहरूको खुसामद गर्नमा नभई आफ्नो उचित काम गर्नमा लगाउनुपर्छ; आफ्नो अडान र दृष्टिकोण स्पष्टसँग राख्, तिनीहरूलाई अपमानित र लज्जित महसुस गरा ताकि तिनीहरूले फेरि कहिल्यै त्यस्तो नगरून्। यदि तँ सिद्धान्तहरू पालना गर्न र मानिसहरूलाई उचित व्यवहार गर्न सक्छस् भने, के यी घृणित जोकर र शैतानको प्रकारका मानिसहरूले लज्जित महसुस गर्नेछैनन्? यसले शैतानलाई लज्जित महसुस गराउनेछ, र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनेछ। अरूको खुसामद गर्न मन पराउने मानिसहरूले अगुवा र सेवकहरू सबैले आफ्नो खुसामद गर्ने मानिसहरूलाई प्रेम गर्छन्, र जब कसैले तिनीहरूको खुसामद वा चापलुसी गर्ने कुनै कुरा बोल्छ, तब तिनीहरूको अभिमान र हैसियतको चाहना तृप्त हुन्छ भन्ठान्छन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूले यसलाई कत्ति पनि मन पराउँदैनन्, र तिनीहरूले यसलाई अत्यन्तै घृणा गर्छन् र घिनाउँछन्। झूटा अगुवाहरूले मात्र आफ्नो खुसामद गरेको मन पराउँछन्। परमेश्‍वरको घरले तिनीहरूलाई सराहना र प्रशंसा नगर्न सक्छ, तर यदि परमेश्‍वरका चुनिएका जनले तिनीहरूलाई सराहना र प्रशंसा गरे भने, तिनीहरू सन्तुष्ट हुन्छन् र त्यसको निकै आनन्द उठाउँछन्, र अन्ततः त्यसबाट केही सान्त्वना प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूले त आफ्नो खुसामद गरेकोबाट झनै धेरै आनन्द लिन्छन्, र तिनीहरूलाई सबैभन्दा धेरै आनन्द आउने कुरा भनेकै त्यस्ता मानिसहरू तिनीहरूको नजिक आउनु र तिनीहरूको वरिपरि घुम्नु हो। के यो समस्याजनक कुरा होइन र? ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्; तिनीहरू मानिसहरूले आफ्नो प्रशंसा र सराहना गरेको, आराधना गरेको र पछ्याएको मन पराउँछन्, जबकि सत्यतालाई पछ्याउने तुलनात्मक रूपमा सीधा मानिसहरूले यी कुनै कुरा पनि मन पराउँदैनन्। तँ आफूसँग सत्य बोल्न सक्ने मानिसहरूको नजिक हुनुपर्छ; आफ्नो आसपास यस्ता मानिस हुनु तेरो लागि निकै फाइदाजनक हुन्छ। विशेषगरी, तँमा कुनै समस्या पत्ता लगाएपछि तँलाई गाली र खुलासा गर्ने आँट भएका असल मानिसहरू तेरो वरिपरि हुँदाखेरि, त्यसले तँलाई बाटो बिराउनबाट रोक्न सक्छ। तिनीहरूले तेरो हैसियत के हो भनेर वास्ता गर्दैनन्, र तिनीहरूले तैँले सत्यता सिद्धान्तविरुद्ध केही गरेको पत्ता लगाउनेबित्तिकै, आवश्यक परे तँलाई गाली र खुलासा गर्नेछन्। त्यस्ता मानिसहरू मात्र सीधा, र न्यायबोध भएका मानिसहरू हुन्, र तिनीहरूले तँलाई जसरी खुलासा वा गाली गरे नि यो सबले तेरो मद्दत गर्छ, र यो सब तेरो सुपरिवेक्षण गर्न र तँलाई अघि ठेल्नको लागि हो। तैँले त्यस्ता मानिसहरूको छेउ जानुपर्छ; तेरो छेउ त्यस्ता मानिसहरू हुनु, र तिनीहरूले तँलाई मद्दत गर्नुले तँलाई तुलनात्मक रूपमा सुरक्षित बनाउँछ—परमेश्‍वरको सुरक्षा हुनु भनेको यही हो। सत्यता बुझ्ने र सिद्धान्तहरू पालना गर्ने मानिसहरूले तेरो साथ रही तँलाई सुपरिवेक्षण गर्नु तैँले राम्ररी तेरो कर्तव्य निभाउन र काम गर्नको लागि निकै फाइदाजनक हुन्छ। तैँले तेरो खुसामद र चापलुसी गर्ने ती धूर्त, छली मानिसहरूलाई आफ्नो सहायक कदापि बनाउनु हुँदैन; त्यस्ता मानिसहरू तँसँग टाँस्‍सिनु भनेको तँमाथि गन्हाउने झिँगा भन्किनुजस्तै हो, तँ धेरै ब्याक्टेरिया र भाइरसको सम्पर्कमा आउनेछस्! त्यस्ता मानिसहरूले तँलाई अवरोध गर्ने र तेरो काममा असर पार्ने सम्भावना हुन्छ, तिनीहरूले तँलाई परीक्षामा फसाउने र बाटो बिराउने तुल्याउन सक्छन्, र तिनीहरूले तँमाथि विपत्ति र प्रकोप निम्त्याउन सक्छन्। तँ तिनीहरूदेखि टाढै रहनुपर्छ, र जति टाढा भयो त्यति नै राम्रो, र यदि तैँले तिनीहरूमा अविश्‍वासीहरूको सार छ भनेर खुट्ट्याउन सकिस् र तिनीहरूलाई मण्डलीबाट फाल्न सकिस् भने त झनै राम्रो। जब सत्यता पछ्याउने सीधा व्यक्तिले तँमा कुनै समस्या देख्‍छ, तब तेरो हैसियत जे भए नि, तैँले ऊसँग जस्तो व्यवहार गरे नि, र उसलाई बर्खास्त नै गरे नि, उसले तुरुन्तै तँलाई सत्य बताउनेछ। उसले कहिल्यै त्यसलाई ढाकछोप वा टालटुल गर्नेछैन। तेरो वरिपरि यस्ता अझ धेरै मानिसहरू हुनु निकै फाइदाजनक कुरा हो! जब तैँले सिद्धान्तविपरीत हुने कुनै काम गर्छस्, तब तिनीहरूले तेरो खुलासा गर्नेछन्, तेरा समस्याबारे रायहरू व्यक्त गर्नेछन्, र स्पष्ट र इमानदार रूपमा तेरा समस्या र त्रुटिहरू औँल्याउनेछन्; तिनीहरूले तँलाई आफ्नो इज्जत जोगाउन मद्दत गर्नेछैनन्, र तँलाई धेरै मानिसहरूसामु लाजबाट बच्ने मौकासमेत दिनेछैनन्। तैँले यस्ता मानिसहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई दण्डित गर्नुपर्छ कि तिनीहरूको नजिक जानुपर्छ? (तिनीहरूको नजिक जानुपर्छ।) सही हो। तैँले आफ्नो हृदय खोल्नुपर्छ र तिनीहरूसँग यसो भन्दै सङ्गति गर्नुपर्छ, “तिमीले ममा रहेको समस्या औँल्याएको सही थियो। त्यतिबेला म अभिमान र हैसियतका सोचहरूले भरिएको थिएँ। मलाई लाग्यो, म यत्तिका वर्षदेखि अगुवा रहिआएको छु, तैपनि तिमीले मलाई आफ्नो इज्ज्जत जोगाउन मद्दत नगरेको मात्र होइन, बरु उल्टै धेरै मानिसहरूसामु मेरा समस्याहरू औँल्याई पनि दियौ, त्यसैले मैले त्यो कुरा स्विकार्न सकिनँ। तर अहिले मलाई थाहा भएको छ, मैले गरेको कुरा सिद्धान्तहरू र सत्यतासँग साँच्चै मेल खाँदैनथे, र मैले त्यसो गर्नु हुन्नथ्यो। अगुवा पद पाउनुको मतलब के हो? के यो बस मेरो कर्तव्य होइन र? हामी सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौँ र हसियतमा हामी सबै बराबर छौँ। फरक के मात्र हो भने, मैले अलि धेरै जिम्मेवारी वहन गरेको छु, कुरा त्यति त हो। यदि तिमीले भविष्यमा कुनै समस्या पत्ता लगायौ भने, तिमीले जे भन्नुपर्ने हो त्यो भने हुन्छ, र हामीहरूबीच कुनै व्यक्तिगत द्वेष हुनेछैन। सत्यताप्रतिको हाम्रो बोधमा हामीहरूबीच कुनै भिन्नता भयो भने, हामीले सँगसँगै सङ्गति गर्न सक्छौँ। परमेश्‍वरको घरमा, अनि परमेश्‍वर र सत्यतासामु हामी अलग होइन एकजुट हुनेछौँ।” यो सत्यता अभ्यास गर्ने र त्यसलाई प्रेम गर्ने मनोवृत्ति हो। यदि तैँले ख्रीष्टविरोधी मार्गबाट टाढा रहने इच्छा गर्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई प्रेम गर्ने, सीधा मानिसहरूको नजिक जान अग्रसरता लिनुपर्छ, र तेरा समस्याहरू औँल्याउन सक्ने, सत्य बोल्न सक्ने र तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई गाली गर्न सक्‍ने, र विशेषगरी तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई काटछाँट गर्न सक्ने मानिसहरूको नजिक जानुपर्छ—तेरो लागि सबैभन्दा फाइदाजनक व्यक्ति तिनै हुन्, र तैँले तिनीहरूको कदर गर्नुपर्छ। यदि तैँले त्यस्ता असल मानिसहरूलाई बहिष्कार गर्छस् र निकाल्छस् भने, तैँले परमेश्‍वरको सुरक्षा गुमाउनेछस्, र तँमाथि बिस्तारै विपत्ति आइपर्नेछ। असल र सत्यता बुझ्ने मानिसहरूको नजिक आउँदा, तैँले शान्ति र खुसी पाउनेछस्, र विपत्तिलाई आफूभन्दा टाढा राख्‍न सक्‍नेछस्; नीच, निर्लज्ज, र तेरो खुसामद गर्ने मानिसहरूको नजिक गइस् भने, तँ खतरामा पर्नेछस्। तँ सजिलै धोका र छलमा पर्ने मात्र होइन, तँमाथि कुनै पनि समय विपत्ति आइपर्नसमेत सक्‍नेछ। तँलाई कस्तो खालको व्यक्तिले फाइदा पुर्‍याउँछ भनेर तैँले जान्नैपर्छ—तैँले केही गलत गर्दा, वा आफूलाई उचाल्दा र आफूबारे गवाही दिँदा र अरूलाई बहकाउँदा, तँलाई खबरदारी गर्ने मानिसहरूले नै तँलाई सबैभन्दा बढी फाइदा पुर्‍याउन सक्छन्। त्यस्ता मानिसहरूको नजिक जानु नै लिनुपर्ने सही मार्ग हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्

मानिसहरूको समर्थन पाउन र अगुवा भएर पुनःनिर्वाचित हुनका लागि, कतिपय मण्डली अगुवाहरू आफू तानासाह नभएको ढोँग गर्दै सबथोकमा प्रजातान्त्रिक सिद्धान्तहरूको अभ्यास गर्छन्। तिनीहरू यसलाई मानिसहरूको समर्थन किन्‍न प्रयोग गर्छन्, तर वास्तवमा, तिनीहरू आफ्नै हैसियतलाई मजबुत बनाउन सो गरिरहेका हुन्छन्। के यो ख्रीष्टविरोधीको व्यवहार होइन त? (हो।) केवल ख्रीष्टविरोधीले मात्र यसरी कार्य गर्छ। के तिमीहरू पनि यी कुराहरू गर्छौ त? (कहिलेकाहीँ।) अनि के तिमीहरू यी कार्यहरूलाई कुन-कुन अभिप्रायहरूले नियन्त्रण गरिरहेका छन् भनी चिन्तन गर्छौ? यदि व्यक्तिले भर्खरै अगुवाको काममा तालिम लिन थाल्दैछ अनि सिद्धान्तहरू बुझ्दैन भने त्यो कुरालाई बुझ्न सकिन्छ। तर ऊ अगुवा वा सेवक भएको केही वर्ष भइसक्दा पनि अझै पनि यही गर्ने ढिपी गर्छ भने, यो सिद्धान्त नहुनु हो। यो झुटो अगुवाइ हो र त्यो व्यक्ति सत्यता पछ्याउने व्यक्ति होइन। यदि व्यक्तिको आफ्नै अभिप्राय र लक्ष्यहरू छन् अनि यसरी नै गर्ने हठ गर्छ भने, ऊ ख्रीष्टविरोधी हो। तिमीहरू यस समस्यालाई कसरी हेर्छौ? यो समस्याको सामना गर्दा तिमीहरू के अभ्यास गर्छौ? यदि तिमीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरू छन् भने, तिमीहरूले तिनलाई समाधान गर्न के गर्नुपर्छ त? (मैले ममा केही अभिप्रायहरू छन् भनी याद गरेको छु। कहिलेकाहीँ, मलाई दाजुभाइ-दिदीबहिनीहरूले म आफ्ना कार्यहरूमा खुला र पारदर्शी छैन, म उनीहरूलाई नभनी निर्णय गर्छु भन्‍नेछन् भन्‍ने डर लाग्छ। मलाई यस्तो सोच आउँदा, म दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल गरेर मामला सुल्झाउँछु। म आफ्नै हिसाबमा निर्णय लिँदिनँ।) अरूसँग सल्लाह लिन मिल्छ। सबैजनाले सूचित भएको निश्चित गर्नु उचित हुन्छ; यो भनेको काममा दाजुभाइ-दिदीबहिनीहरूको निगरानी स्वीकार गर्नु हो, जसले तँलाई तेरो कर्तव्य निभाउन सहयोग पुऱ्याउँछ। तर, ती छलफल दौरान, तैँले सत्यता सिद्धान्तहरूको पालन पनि गर्नैपर्छ। यदि तँ सत्यता सिद्धान्तहरूबाट टाढिइस् भने, त्यो छलफल विषयभन्दा बाहिर जान वा त्यसले समय बरबाद गर्न सक्छ, र तँ सही निष्कर्षमा आउनेछैनस्। तसर्थ, छलफल सुरु गर्दा, अगुवा र सेवकहरूले परमेश्‍वरका वचनहरूको सान्दर्भिक वचनखण्डहरू पढ्न अगुवाइ लिनुपर्छ। यसरी, सबैले उहाँका वचनहरूअनुसार सङ्गति गर्न सक्छन्। यस्तो खालको सङ्गतिले मार्ग दिनेछ र राम्रो नतिजा ल्याउनेछ। तैँले आफू छेउमा बसेर सबैलाई आफूखुसी सङ्गति गर्न दिन मिल्दैन। यदि कसैले पनि दृढ रायहरू व्यक्त गर्दैनन्, अनि तिनीहरू सत्यता खोज्दैनन् भने, यस्तो किसिमको सङ्गति जति लामो समयसम्म गरे पनि निरर्थक नै हुन्छ। त्यसले कहिल्यै सही परिणाम हासिल गर्नेछैन। …

… तैँले आफूले निभाउने कर्तव्य र कामहरू परमेश्‍वरका आज्ञा हुन् भन्‍ने बुझ्नैपर्छ, र तैँले आफ्नो काम परमेश्‍वरका मागहरूअनुरूप गर्नैपर्छ। यसो गरेर, तेरो मनमा एउटा उद्देश्य र दिशा हुनेछ, र तैँले सत्यता र परमेश्‍वरका वचनहरूभित्रका मार्ग खोज्न सक्नेछस्। त्यसपछि, सबैलाई परमेश्‍वरका वचनहरूभित्रको ज्योति अझै बढी पाउने, परमेश्‍वरका अभिप्रायहरू र सत्यता बुझ्ने, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने तुल्याउन सबैलाई परमेश्‍वरका वचनहरूको सान्दर्भिक वचनखण्डहरूबारे सङ्गति गर्नतर्फ अगुवाइ गर्नुपर्छ र तिनीहरूलाई उहाँका वचनहरूअनुसारको सत्यताबारे सङ्गति गर्न सक्ने बनाउनुपर्छ। यो भनेको सही मार्गमा पाइला राख्नु हो। सारमा, मण्डलीको काम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरले व्यक्त गर्ने सबै सत्यताहरू बुझ्न र तिनमा प्रवेश गर्न अगुवाइ गर्नु हो। मण्डलीको सबैभन्दा आधारभूत काम यही नै हो। त्यसैले, जुनसुकै समस्याको समाधान गरिरहेको भए पनि, कुनै पनि भेला परमेश्‍वरका वचनहरूको सान्दर्भिक वचनखण्ड पढ्न वा सत्यताबारे सङ्गति गर्नबाट छुट्टै हुन मिल्दैन। अन्ततः यदि तैँले सत्यता र अभ्यासका सिद्धान्तहरूबारे स्पष्ट नहुञ्जेल सङ्गति गर्न सक्छस् भने, सबैले सत्यता बुझ्नेछन् र कसरी त्यसको अभ्यास गर्ने भनी जान्‍नेछन्। तैँले भेलाको दौरान सत्यताको जुनसुकै पक्ष खाने-पिउने गरिरहेको भए पनि, तैँले यो तरिकाले सङ्गति गर्नैपर्छ र तैँले सामना गरेको समस्याहरूको आधारमा सत्यता खोज्नैपर्छ। सत्यता बुझेकाहरूले सङ्गतिको अगुवाइ गर्नैपर्छ, र त्यसपछि अन्तर्दृष्टि पाएकाहरूले सङ्गतिलाई निरन्तरता दिन सक्छन्। यसरी, तिनीहरूले जति धेरै सङ्गति गर्छन्, त्यति नै धेरै पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुनेछ, अनि तिनीहरूले जति धेरै सत्यताबारे सङ्गति गर्छन्, त्यति नै धेरै स्पष्टता पाउनेछन्। सबैले सत्यता बुझिसकेपछि, तिनीहरूले पूर्ण आजादी र स्वतन्त्रता पाउनेछन् र तिनीहरूसँग पछ्याउने मार्ग हुनेछ। भेलाबाट हासिल हुन सक्ने सर्वोत्तम नतिजा यही हो। जब सबैले यस्तो खालको सङ्गतिद्वारा सत्यता वास्तविकताबारे स्पष्ट नहुञ्जेल कुराकानी गर्छन्, तब के तिनीहरूले सत्यता बुझ्नेछैनन् र? (बुझ्नेछन्।) मानिसहरूले सत्यता बुझेपछि, त्यसको अनुभव र अभ्यास कसरी गर्ने भन्‍ने स्वतः बुझ्नेछन्। तिनीहरू सही रूपमा सत्यता अभ्यास गर्न सक्षम भए पछि, के तिनीहरूले सत्यता पाएका हुनेछैनन् त? (पाएका हुनेछन्।) व्यक्तिले सत्यता पाएपछि, के उसले परमेश्‍वर पाएको हुनेछैन त? यदि कसैले परमेश्‍वर पाएको छ भने, के उसले परमेश्‍वरद्वारा दिइने मुक्ति पाएको हुनेछैन त? (पाएको हुनेछ।) यदि तैँले अगुवा वा सेवकको रूपमा गर्ने काममा यो नतिजा हासिल गर्न सकिस् भने, तैँले आफ्नो काम उचित रूपले गरेको, मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेको हुनेछस्, र तैँले परमेश्‍वरको अनुमोदन पाउनेछस्। जब परमेश्‍वरका सबै चुनिएका मानिसहरूले सत्यता बुझ्छन्, के तिनीहरू अझै पनि तँलाई आराधना गर्ने, आदर्श मान्‍ने र पछ्याउनेछन् त? (छैनन्।) मानिसहरूले लाभ पाउन मात्र तेरो सह्रनी, सम्मान गर्नेछन्, तँसँग सम्पर्कमा आउन र अन्तरक्रिया गर्न इच्छुक हुनेछन्, र तेरो सङ्गति सुन्‍न इच्छुक हुनेछन्। सत्यता बुझ्नेहरू साँच्चै ज्योति र नुन हुन सक्छन्। सृजित प्राणीको रूपमा कर्तव्य पूरा गर्नु, र योग्य सृजित प्राणी हुनु भनेको यही नै हो। जब मानिसहरूले सत्यता बुझ्छन् र परमेश्‍वरसँग निकट सम्बन्ध बनाउँछन्, तिनीहरू परमेश्‍वरसँग अनुकूलता हासिल गर्न सक्छन्, उप्रान्त उहाँको विरुद्ध विद्रोह गर्दैनन्, उहाँबारे गलतफहमी राख्दैनन्, उहाँको प्रतिरोध गर्दैनन्, अनि जेसुकै समस्या सामना गरे पनि उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सक्नेछन्। यदि अगुवा वा सेवक भएर, तैँले यस्ता सिद्धान्तहरूअनुसार अभ्यास गर्छस् भने, थाहै नपाई, तैँले मानिसहरूलाई परमेश्‍वरसामु ल्याएको हुनेछस्। तैँले अगुवाइ गर्ने मानिसहरूले पनि सत्यता अभ्यास गर्न, वास्तविकतामा प्रवेश गर्न, परमेश्‍वरलाई उच्च पार्न र उहाँको गवाही दिन सक्नेछन्। यसरी, तैँले अगुवाइ गर्ने मानिसहरू पनि परमेश्‍वरको अनुमोदन पाउन र उहाँद्वारा प्राप्त गरिन सक्षम हुनेछन्। त्यसैले, जब अगुवा सत्यता पछ्याउने मार्गमा हिँड्छ, त्यो पूर्णतः परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। मानिसहरूले सत्यता सिद्धान्तहरूअनुरूप कार्य गरुञ्जेल, तिनीहरूको कार्यका नतिजाहरू कुनै गम्भीर नकारात्मक असरविना नै झन्-झन् राम्रो हुँदै मात्र जानेछन्, अनि तिनीहरूसँग हरेक मामलामा परमेश्‍वरको आशिष् र सुरक्षा हुनेछ। कहिलेकाहीँ तिनीहरूले केही भुल गरिहाले भने पनि, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ र अगुवाइ गर्नुहुनेछ, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा सुधार पाउनेछन्। जब मानिसहरूले सही मार्ग लिन्छन्, तिनीहरूसँग परमेश्‍वरको आशिष् र सुरक्षा हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

भ्रष्ट मान्छे हैसियत पछ्याउन र त्यसका लाभहरू लिन रुचाउँछ। चाहे अहिले तँमा हैसियत होस् वा नहोस्, यो कुनै पनि व्यक्तिमा लागू हुन्छ: हैसियत त्याग्‍न र प्रलोभनबाट मुक्त हुन अत्यन्तै गाह्रो हुन्छ। यसका लागि मान्छेले बढी सहकार्य गर्नुपर्छ। यस्तो सहकार्यमा के कुरा पर्छ? मुख्यतः सत्यता खोज्ने, सत्यता स्विकार्ने, परमेश्‍वरका अभिप्रायहरू बुझ्ने, र समस्याहरूको सार प्रस्टसित छिचोल्ने कुरा पर्छ। यी कुराहरू गरेपछि, व्यक्तिमा हैसियत पाउने प्रलोभनलाई जित्ने विश्‍वास हुन्छ। त्यसबाहेक, तैँले प्रलोभनबाट मुक्त हुने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने प्रभावकारी तरिकाहरूबारे सोच्नैपर्छ। तँसँग अभ्यासका मार्गहरू हुनैपर्छ। यसले तँलाई सही मार्गमा राखिराख्नेछ। अभ्यासका मार्गविना, तँ प्रायः प्रलोभनमा पर्नेछस्। तैँले सही मार्ग समात्न चाहिस् भने पनि, चाहे तैँले जति नै प्रयास गर्, अन्त्यमा तेरो प्रयासले त्यति राम्रो परिणाम दिनेछैन। त्यसोभए, तैँले बारम्बार सामना गर्ने प्रलोभनहरू केके हुन्? (जब म आफ्नो कर्तव्य निर्वाहमा केही सफलता हासिल गर्छु अनि दाजुभाइ-दिदीबहिनीहरूबाट उच्च सम्मान कमाउँछु, तब मलाई आत्मसन्तुष्टि मिल्छ र यस अनुभूतिले रमाउँछु। कहिलेकाहीँ म त्यो अनुभूति गर्दिनँ; कहिलेकाहीँ म यो स्थिति गलत हो भन्‍ने अनुभूति गर्छु, तर पनि म त्यसविरुद्ध जान सक्दिनँ।) त्यो एउटा प्रलोभन हो। अरू कसले बताउनेछ? (म अगुवा भएकाले, कहिलेकाहीँ मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई विशेष व्यवहार गर्छन्।) त्यो पनि एउटा प्रलोभन नै हो। यदि तँलाई आफूलाई आइपर्ने प्रलोभनहरूबारे थाहा छैन, तर तिनलाई राम्ररी सम्हाल्दैनस् र सही निर्णय गर्न सक्दैनस् भने, यी प्रलोभनहरूले तँमा शोक र दुःख र कष्ट ल्याउनेछ। उदाहरणका लागि, मानौँ तँप्रति दाजुभाई-दिदीबहिनीहरूका विशेष व्यवहारमा तँलाई गाँस, बास, र कपासको प्रबन्ध गर्ने, र तेरा दैनिक आवश्यकताहरू जुटाइदिने जस्ता भौतिक लाभहरू पर्छन्। यदि तैँले आनन्द लिने कुरा तिनीहरूले दिने कुराभन्दा राम्रो छ भने, तँ त्यसलाई तुच्छ ठान्छस्, र तैँले तिनीहरूका उपहारहरू लत्याउन सक्छस्। तर, यदि तैँले कुनै धनी मान्छे भेटिस् र उसले तँलाई आफूले नलगाउने भन्दै एउटा राम्रो सुट दिएको भए, के तँ यस्तो प्रलोभनसामु अडिग रहन सक्थिस्? हुन सक्छ तैँले त्यस परिस्थितिबारे सोच्छस्, मनमनै यसो भन्छस्, “ऊ धनी छ, र यी कपडाहरू उसका लागि केही पनि होइन। उसले यी कपडाहरू लगाउने पनि होइन। यदि उसले ती मलाई दिएन भने, त्यो पोका पारेर कतै पठाउनेछ। त्यसैले, म नै राख्नेछु।” त्यस निर्णयबारे तँ के भन्छस्? (तिनीहरूले हैसियतका लाभहरू लिनै रहेका छन्।) यो किन हैसियतका लाभहरू लिनु हो? (किनकि तिनीहरूले राम्रा कुराहरू स्वीकार गरे।) के तँलाई दिइएका राम्रा कुराहरू स्वीकार गर्न नै हैसियतका लाभहरू लिनु हो? यदि तँलाई कुनै सामान्य कुरा दिइयो, तर त्यो तँलाई चाहिएकै चीज हो र तैँले त्यो स्विकार्छस् भने, के त्यसलाई पनि हैसियतका लाभहरू लिएको मान्‍ने हो? (हो। तिनीहरू आफ्ना स्वार्थी चाहना पूरा गर्न अरूबाट चीजहरू स्विकार्छन् भने, त्यो हैसियतका लाभहरू लिनु हो।) तँ यसमा प्रस्ट छैनस् जस्तो देखिन्छ। के तैँले यसबारे कहिल्यै सोचेको छस्: यदि तँ अगुवा थिनस् र तँसँग हैसियत थिएन भने पनि, के उसले तँलाई यो उपहार दिनेथ्यो? (दिनेथेन।) उसले अवस्य दिनेथिएन। तँ अगुवा भएकाले उसले तँलाई यो उपहार दिन्छ। यो कुराको प्रकृति परिवर्तन भएको छ। यो सामान्य पुण्यकर्म होइन, र यसमा समस्या छ। यदि तैँले उसलाई “यदि म कुनै अगुवा नभएर एक सामान्य दाजुभाइ वा दिदीबहिनी भएको भए, के तिमीले मलाई यस्तो उपहार दिनेथ्यौ? यदि यो चीज कुनै दाजुभाइ वा दिदीबहिनीलाई चाहिएको भए, के तिमीले त्यो उनलाई दिनेथ्यौ?” भनेर सोधेमा, उसले यसो भन्‍नेथ्यो, “म सक्दिनथेँ। म चीजबीज सोचविचार नगरी जोकोहीलाई दिन सक्दिनँ। म त्यो तपाईंलाई दिन्छु किनभने तपाईं मेरो अगुवा हुनुहुन्छ। यदि तपाईंसँग यो विशेष हैसियत नभएको भए, किन म तपाईंलाई त्यस्तो उपहार दिनेथेँ र?” अब हेर् त, तैँले कसरी परिस्थिति बुझ्न सकेको छैनस्। उसले त्यो राम्रो सुट आफूलाई नचाहिने भन्दा तैँले उसलाई विश्‍वास गरिस्, तर ऊ तँलाई छल गरिरहेको थियो। उसको उद्देश्य तँलाई उसको उपहार स्विकार्न लगाउनु थियो ताकि भविष्यमा तैँले उसलाई राम्रो गरेस् र विशेष व्यवहार गर्न सकेस्। उसले उपहार दिन पछाडिको अभिप्राय यही हो। वास्तविकता के हो भने यदि तँसँग हैसियत नभएको भए उसले तँलाई त्यस्तो उपहार कहिल्यै दिने थिएन भन्‍ने कुरा तँलाई हृदयमा थाहा छ, तर पनि तँ त्यो स्वीकार गर्छस्। मुखले त तँ यसो भन्छस् “परमेश्‍वरलाई धन्यवाद होस्। मैले परमेश्‍वरबाटको यो उपहार स्विकारेको छु, त्यो मप्रति परमेश्‍वरको उपकार हो।” तँ हैसियतका लाभहरू लिन्छस् मात्र होइन, तर परमेश्‍वरका चुनिएका मानिसहरूका कामकुरामा पनि आनन्द लिन्छस्, मानौँ ती तेरै हुन्। के यो निर्लज्ज कुरा होइन? यदि मान्छेको विवेक चल्दैन र उसमा कुनै लाज छैन भने, समस्या त्यही हो। के यो व्यवहारको कुरा मात्र हो र? के अरूबाट चीजहरू स्वीकार गर्नु मात्र गलत र अस्वीकार गर्नुचाहिँ सही हो र? यस्तो परिस्थिति अइपर्दा तिमीहरूले के गर्नुपर्छ? तैँले यस उपहारदातालाई उसले जे गरिरहेको छ त्यो सिद्धान्तअनुरूप छ कि छैन भनेर सोध्नैपर्छ। उसलाई यसो भन्, “परमेश्‍वरको वचन वा मण्डलीका प्रशासनिक आदेशहरूमा मार्गदर्शन खोजौँ र तिमीले गरिरहेको कुरा सिद्धान्तअनुरूप छ कि छैन भनेर हेरौँ। यदि छैन रहेछ भने, म यस्तो उपहार स्विकार्न सक्दिनँ।” यदि ती स्रोतहरूले उक्त दातालाई उसको कार्यले सिद्धान्त उल्लङ्घन गर्छ तर पनि ऊ तँलाई उपहार दिन चाहन्छ भने, तैँले के गर्नुपर्छ? तँ सिद्धान्तअनुसार चल्नैपर्छ। सामान्य मानिसहरू यसबाट पार पाउन सक्दैनन्। तिनीहरू आफूलाई अरूले अझ धेरै देओस् भनेर उत्सुकतासाथ तृष्णा गर्छन्, र तिनीहरू झन् बढी विशेष व्यवहार पाउन चाहन्छन्। यदि तँ सही खालको व्यक्ति होस् भने, यस्तो कुनै परिस्थिति आइपर्दा तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई जे आइपरेको छु त्यो पक्कै पनि तपाईंको शुभेच्छाको सङ्केत हो। यो तपाईंले मेरा लागि बन्दोबस्त गरेको पाठ हो। म सत्यता खोज्न र सिद्धान्तअनुसार कार्य गर्न इच्छुक छु।” हैसियत भएकाहरूले सामना गर्ने प्रलोभनहरू अत्यन्तै भयङ्कर हुन्छन्, र प्रलोभन आएपछि, त्यसबाट पार पाउन वास्तवमै कठिन हुन्छ। तँलाई परमेश्‍वरको सुरक्षा र सहयोग चाहिन्छ; तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, अनि तैँले सत्यता खोज्ने र बारम्बार आत्मचिन्तन गर्ने पनि गर्नैपर्छ। यसरी, तँलाई स्थिर र शान्ति अनुभूति हुनेछ। तर, यदि तँ त्यस्ता उपहारहरू प्राप्त नगरुन्जेल प्रार्थना गर्दैनस् भने, के तैँले त्यसपछि पनि त्यस्तो स्थिर र शान्ति अनुभूति गर्नेछस्? (गर्दै गर्दिनस्।) त्यसपछि परमेश्‍वरले तेरो बारेमा के सोच्नुहुनेछ? तेरा कार्यहरूले परमेश्‍वर खुसी हुनुहुनेछ कि उहाँ ती कार्यलाई तिरस्कार गर्नुहनेछ? उहाँले तेरा कार्यहरूलाई तिरस्कार गर्नुहुनेछ। के समस्या तैँले कुनै कुरा स्विकार्छस् कि स्विकार्दैनस् भन्‍ने मात्रै हो? (होइन।) त्यसोभए, समस्या कहाँनेर छ? समस्या त तैँले कुनै त्यस्तो परिस्थिति सामना गर्दा अपनाउने विचार र मनोवृतिमै समस्या छ। के तँ आफै निर्णय गर्छस् कि सत्यता खोज्छस्? के तँसँग विवेकको कुनै स्तर छ? के तँमा परमेश्‍वरको भय मान्‍ने हृदय पक्कै छ? के तँ परिस्थिति आउँदा परमेश्‍वरलाई प्रार्थना गर्छस्? के तँ पहिला आफ्नै चाहनाहरू पूरा गर्न खोज्छस्, कि पहिला प्रार्थना गरेर परमेश्‍वरका अभिप्रायहरू खोज्छस्? यस मामिलामा तेरो खुलासा हुन्छ। तैँले त्यस्तो परिस्थिति कसरी सम्हाल्नुपर्छ? तँसँग अभ्यासका सिद्धान्तहरू हुनैपर्छ। पहिला, तैँले बाहिरी रूपमा यी विशेष भौतिक लाभहरू, यी प्रलोभनहरू अस्वीकार गर्नैपर्छ। विशेष गरी तँलाई तैँले चाहेको चीज वा तँलाई ठ्याक्कै चाहिने चीज नै दिइए पनि, तैँले त्यसै गरी अस्वीकार गर्नैपर्छ। भौतिक कुरा भन्‍नाले के बुझिन्छ? त्यसमा गाँस, बास, र कपास, अनि दैनिक प्रयोगका कुराहरू सबै पर्छन्। यी भौतिक लाभहरू अस्वीकार गर्नैपर्छ। तैँले ती कुरा किन अस्वीकार गर्नैपर्छ? के त्यसो गर्नु तेरो कार्यशैलीको कुरा मात्र हो र? होइन; त्यो तेरो सहयोगी मनोवृतिको कुरा हो। यदि तँ सत्यता अभ्यास गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, र प्रलोभनबाट अलग बस्न चाहन्छस् भने, पहिला तँसँग यो सहयोगी मनोवृत्ति हुनैपर्छ। यस्तो मनोवृत्तिले तँ प्रलोभनबाट अलग बस्न सक्नेछस्, र तेरो विवेक शान्त हुनेछ। यदि तँलाई तैँले चाहेकै कुनै चीज दिइयो र तैँले त्यो स्वीकार गरिस् भने, तेरो विवेकले केही हदसम्म घोचेका हृदयमा महसुस हुनेछ। तर, तेरा बहानाबाजी र आत्म-स्पष्टीकरणहरूका कारण, तैँले यो चीज तँलाई दिनुपर्छ, त्यो तैँले नै पाउनुपर्छ भनेर भन्‍नेछस्। अनि त्यसपछि, तेरो विवेकले घोचेको पीडा त्यति सही प्रस्ट हुनेछैन। कहिलेकाहीँ, तेरा निश्‍चित समझ वा सोच र विचारहरूले तेरो विवेकलाई ढलपल पार्लान्, त्यसले गर्दा त्यसले घोचको पीडा प्रस्ट हुँदैन। त्यसोभए, के तेरो विवेक एक भरपर्दो मानक हो? होइन। यो मानिसहरूलाई चेतावनी दिने खतराको घण्टी हो। यसले कस्तो खालको चेतावनी दिन्छ? विवेकले भनेकोमा मात्र भर पर्दा सुरक्षा हुँदैन भन्‍ने चेतावनी दिन्छ; व्यक्तिले सत्यता सिद्धान्तहरू पनि खोज्नैपर्छ। भरपर्दो कुरा त्यही हो। सत्यताले मानिसहरूलाई बन्धनमा पारेन भने, तिनीहरू अझै पनि प्रलोभनमा पर्न सक्छन्, जसले तिनीहरूलाई हैसियतका लाभप्रतिको लोभ पूरा गर्न लगाउने विभिन्‍न कारणहरू र बहानाहरू दिन्छन्। त्यसकारण, अगुवा भएको नाताले तँ हृदयबाट यो एउटै सिद्धान्तमा अडिग रहनुपर्छ: म सधैँ अस्वीकार गर्नेछु, सधैँ अलग बस्नेछु, र कुनै पनि विशेष व्यवहारलाई पूर्ण रूपमा इन्कार गर्नेछु। पूर्ण इन्कार भनेको दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त हो। यदि तँसँग दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त छ भने, तँ पहिल्यै केही हदसम्म परमेश्‍वरका सुरक्षामा छस्। र यदि तँसँग अभ्यासका त्यस्ता सिद्धान्तहरू छन्, र तँ त्यसप्रति अडिग छस् भने, तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको छस्। तँ सही मार्गमा हिँड्न थालिसकेको छस्। जब तँ सही मार्गमा हिँडिरहेको र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको हुन्छस्, तब के तैँले अझै आफ्नो विवेक जाँच्नु आवश्यक हुन्छ? सिद्धान्तहरू अनुसार कार्य गर्नु र सत्यता अभ्यास गर्नु विवेकको स्तरभन्दा ठूलो हो। यदि व्यक्तिमा सहकार्य गर्ने सङ्कल्प छ र ऊ सिद्धान्तअनुसार कार्य गर्न सक्षम छ भने, उसले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको हुन्छ। परमेश्‍वरले मान्छेबाट माग गर्ने स्तर यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

कतिपय मानिस परमेश्‍वरको कामै बुझ्दैनन्, अनि तिनीहरूलाई परमेश्‍वर कसरी र कसलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा थाहा हुँदैन। तिनीहरू सबै मानिसमा ख्रीष्टविरोधी स्वभाव हुने र ख्रीष्टविरोधी मार्गमा हिँड्न सक्ने देख्छन्, त्यसैले तिनीहरूलाई त्यस्ता मानिसहरूमा मुक्तिको आशा हुँदैन भन्‍ने लाग्छ। अन्त्यमा, तिनीहरू सबै जना ख्रीष्टविरोधी ठहरिनेछन्। तिनीहरूलाई मुक्ति दिन सकिँदैन र सबै जना नष्ट हुनैपर्छ। के यस्ता सोच र दृष्टिकोण सही हुन्? (होइनन्।) त्यसोभए, यो समस्या कसरी समाधान गर्नुपर्छ? पहिला, तैँले परमेश्‍वरको काम बुझ्नैपर्छ। परमेश्‍वरले मुक्ति दिने भनेको भ्रष्ट मान्छेलाई हो। भ्रष्ट मान्छे ख्रीष्टविरोधी मार्गमा हिँड्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ। त्यसकारण, उसलाई परमेश्‍वरको मुक्ति आवश्यक हुन्छ। त्यसोभए, कुनै व्यक्तिलाई कसरी ख्रीष्टविरोधी मार्गमा हिँड्ने नभई परमेश्‍वरलाई पछ्याउने तुल्याउन सकिन्छ? उसले सत्यता बुझ्नैपर्छ, आत्मचिन्तन गरेर आफूलाई चिन्‍नैपर्छ, आफ्नो भ्रष्ट स्वभाव जान्‍नैपर्छ, र आफ्नो शैतानी स्वभाव चिन्‍नैपर्छ। त्यसपछि, उसले सत्यता खोजी गरेर आफ्नो भ्रष्ट स्वभाव हटाउनैपर्छ। यसरी मात्र तैँले आफू ख्रीष्टविरोधी मार्गमा नहिँड्ने, ख्रीष्टविरोधी नबन्‍ने, र परमेश्‍वरले तिरस्कार गर्ने व्यक्ति नबन्‍ने सुनिश्चित गर्न सक्छस्। परमेश्‍वर अलौकिक तरिकाले काम गर्नुहुन्‍न। बरु, उहाँ मानिसहरूको हृदयको गहिराइमा जाँच गर्नुहुन्छ। यदि तँ सधैँ हैसियतका लाभहरू लिन्छस् भने, परमेश्‍वरले तँलाई हप्काउनु मात्र हुनेछ। उहाँले तँलाई यो दोष थाहा दिनुहुनेछ ताकि तैँले आत्मचिन्तन गरेस् र यो कुरा सत्यताबमोजिम छैन र परमेश्‍वरलाई मन पर्दैन भनेर थाहा पाएस्। यदि तैँले यो बुझ्न सकिस्, अनि आत्मचिन्तन गर्न आफूलाई चिन्‍न सकिस् भने, तँलाई यो समस्या समाधान गर्न कठिन हुनेछैन। तर यदि तँ यस्तो स्थितिमा लामो समयसम्म जिउँछस्, सधैँ हैसियतका लाभहरू लिन्छस्, परमेश्‍वरलाई प्रार्थना गर्दैनस् वा आत्मचिन्तन गर्दैनस्, र सत्यता खोज्दैनस् भने, परमेश्‍वरले केही गर्नुहुनेछैन। उहाँले तँलाई त्याग्‍नुहुनेछ, ताकि तँलाई उहाँ तँसँग हुनुभएको अनुभूति हुँदैन। परमेश्‍वरले तँलाई यदि तँ यस्तै रहिरहने हो भने अवश्य पनि परमेश्‍वरले घिनाउने व्यक्ति बन्‍नेछस् भनेर बुझ्न लगाउनुहुनेछ। परमेश्‍वरले तँलाई यो मार्ग गलत छ, तेरो जिउने तरिका गलत छ भनेर बुझ्ने तुल्याउनुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई यस्तो चेतना दिनुको उद्देश्य तिनीहरूलाई सही र गलत कार्यहरूबारे थाहा दिनु, र सही निर्णय गर्न लगाउनु हो। तर, व्यक्ति सही मार्गमा हिँड्न सक्छ कि सक्दैन भन्‍ने कुरा उसको विश्‍वास र सहकार्यमा भर पर्छ। जब परमेश्‍वर यी कामकुरा गरिरहनुभएको हुन्छ, तब उहाँ तँलाई सत्यता बुझ्न मार्गदर्शन गर्नुहुन्छ, तर त्यो भन्दा पनि, निर्णय गर्ने अधिकार तेरै हातमा नै छोड्नुहुन्छ, र त्यो निर्णयमा तँ सही मार्गमा हिँडिरहेको छस् कि छैनस् भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। उहाँ तँमाथि कहिल्यै कुनै कुरा थोपर्नुहुन्‍न। उहाँ तँलाई कहिल्यै जबरजस्ती नियन्त्रण गर्नुहुन्‍न वा यो गर् त्यो गर् भन्दै कहिल्यै कुनै कुरा गर्न आदेश दिनुहुन्‍न। परमेश्‍वरले यस्तो व्यवहार गर्नुहुन्‍न। उहाँ तँलाई स्वतन्त्रता भएर निर्णय गर्न दिनुहुन्छ। यस्तो बेला, व्यक्तिले के गर्नुपर्छ? जब तँलाई आफूले गरिरहेको कुरा गलत रहेछ, तेरो जिउने तरिका गलत रहेछ भन्‍ने महसुस हुन्छ, तब के तँ तुरुन्तै सही विधिहरूबमोजिम अभ्यास गर्न सक्छस्? त्यो निकै कठिन हुनेछ। त्यसमा लडाइँ गर्नुपर्ने हुन्छ, किनकि मान्छेले प्रेम गर्ने कुराहरू शैतानी दर्शन हुन्, जुन सत्यताविपरीत हुन्छन्। कहिलेकाहीँ, तँलाई के सही हुनेछ र के गलत हुनेछ भनेर थाहा हुन्छ, र तेरो हृदयमा युद्ध चल्छ। यस्तो युद्ध चलेको बेला, तैँले बारम्बार प्रार्थना गर्नैपर्छ, परमेश्‍वरलाई तँलाई मार्गदर्शन गर्न दिनैपर्छ, र उहाँलाई तँलाई हप्काउन दिनैपर्छ, ताकि तैँले आफूले गर्न नहुने कुराहरू थाहा पाएस्। त्यसपछि, सक्रिय रूपले यस्ता प्रलोभनहरूविरुद्ध जा, तीबाट अलग बस्, र ती पन्छा। यसका लागि तेरो सहकार्य आवश्यक हुन्छ। युद्धको अवधिमा पनि तैँले गल्तीहरू गर्नेछस्, र गलत बाटो समाउनु सजिलो हुन्छ। तैँले आफ्नो हृदयमा त सही दिशा रोज्छस् होला, तर पनि तैँले सही मार्ग नै समात्छस् भन्‍ने निश्चित हुँदैन। के कामकुरा साँच्चिकै यस्तै हुँदैनन् र? एकछिनको लापर्बाहीले गर्दा, तैँले गलत बाटो समात्नेछस्। यसमा “एकछिनको लापर्बाही” को अर्थ के हो? यसको अर्थ प्रलोभन अत्यन्तै भयङ्कर हुन्छ भन्‍ने हो। तेरा लागि, यसको मुख्य कारण नै इज्जत, वा तेरो मुड, वा कुनै विशेष सन्दर्भ वा कुनै विशेष वातावरणबारेका विचारहरू होलान्। खासमा, सबैभन्दा गम्भीर कारक त तेरो भ्रष्ट स्वभाव हो, जुन तँमाथि हाबी हुन्छ र जसले तँलाई नियन्त्रण गर्छ। तँलाई सही मार्ग पछ्याउन गाह्रो पार्ने यसैले हो। तँमा थोरै विश्‍वास होला, तर पनि तँलाई अझै परिस्थितिले ढलपल र यताउता बनाउँछ। तेरो काटछाँट भएपछि, तैँले दण्ड र ताडना पाएपछि, तेरो मार्ग बाधाहरूले भरिएर तैँले अघि बढ्ने बाटो नभेटेपछि तँलाई के थाहा हुनेछ भने ख्याति, प्राप्ति र हैसियत पछ्याउनु सही मार्ग होइन तर परमेश्‍वरले घृणा र श्राप्ने कुरा हुन्, परमेश्‍वरले माग गर्ने मार्गमा हिँड्नु मात्र जीवनको सही मार्ग हो, अनि यदि तँ यस मार्गमा हिँड्ने तय गर्दैनस् भने, तँलाई पूर्ण रूपले हटाइनेछ। मानिसहरू अहङ्कारलाई चितामै लिएर जान्छन्! तर, यस युद्धको क्रममा, यदि मान्छेमा ठूलो विश्‍वास छ, सहकार्य गर्ने बलियो सङ्कल्प छ, र सत्यता पछ्याउने इच्छा छ भने, उसलाई यी प्रलोभनहरू पार गर्न सजिलो हुनेछ। यदि तेरो ठूलो कमजोरी नै मर्यादाप्रति विशेष चासो र हैसियतप्रतिको प्रेम, ख्याति, प्राप्ति र देहसुखको लोभ हो, र यी कुराहरूप्रतिको तेरो चाहना तँमा निकै दह्रिला छन् भने, तँलाई विजयी हुन कठिन हुनेछ। तँलाई विजयी हुन कठिन हुनेछ भन्‍नुको मतलब के हो? त्यसको मतलब तँलाई सत्यता पछ्याइको मार्ग रोज्न कठिन हुनेछ, बरु तैँले गलत मार्ग रोज्न सक्छस्, जसले गर्दा परमेश्‍वर तँलाई तिरस्कार गर्नुहुन्छ र त्याग्‍नुहुन्छ। तर, यदि तँ सधैँ होसियार र सावधान हुन्छस्, र यदि तँ हप्की खान र ताडना पाउन बारम्बार परमेश्‍वरसामु आउन सक्छस्, अनि यदि तँ हैसियतका लाभहरूमा रमाउँदैनस्, न त ख्याति, प्राप्ति, वा देहसुखको लोभ नै गर्छस्, र यदि तँ आफूमा त्यस्ता सोचहरू आउँदा, ती सोच कार्यमा परिणत हुनुअघि नै परमेश्‍वरमा भर परी सारा शक्तिले तीविरुद्ध जान्छस्, अनि परमेश्‍वरलाई प्रार्थना गर्छस् सत्यता खोज्छस्, र अन्त्यमा सत्यता अभ्यासको मार्गमा हिँड्न र त्यस वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छस् भने, अरू सबै कुराको बाबजुद, त्यसपछि ठूलो प्रलोभन आइपर्दा के तैँले सही दिशा रोज्ने सम्भावना बढी हुनेछैन र? (हुनेछ।) यो तैँले जोगाड गरेको सामान्य कुरामा भर पर्छ। ल भन्: यदि कुनै मान्छेलाई ठूलो आइपऱ्यो भने, के उसले आफ्नो कद जस्तो छ त्यसैमा, आफ्नै इच्छामा, वा आफूले जोगाड गरेको सामान्य कुरामा भर परेर परमेश्‍वरको अभिप्राय पूर्ण रूपले पूरा गर्न सक्छ? (सक्दैन।) के उसले त्यो आंशिक रूपमा पूरा गर्न सक्छ? (सक्छ।) मान्छेले त्यो आंशिक रूपमा पूरा गर्न सक्ला, तर ऊ ठूला कठिनाइहरूमा पर्दा, परमेश्‍वरको हस्तक्षेप आवश्यक पर्दछ। यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने, सत्यताबारे मानव बुझाइ र मानव इच्छामा मात्र भर परेर तेरो पूर्ण सुरक्षा हुन सक्दैन, न त तैँले परमेश्‍वरका अभिप्रायहरू र दुष्टताबाट पूर्णतया अलग बस्न नै सक्छस्। कडी के हो भने मान्छेमा सहकार्य गर्ने सङ्कल्प हुनैपर्छ, र उसले बाँकी कुराका लागि परमेश्‍वरका काममा भर पर्नैपर्छ। मानौँ तँ यसो भन्छस्, “यसका लागि मैले ठूलो प्रयास गरेको छु र सकेजति सबै गरेको छु। भविष्यमा मलाई जस्तोसुकै प्रलोभन वा परिस्थिति आइपरे पनि, मेरो कद यत्रो मात्र छ, र म यत्रो काम मात्र गर्न सक्छु।” तैँले यस्तो व्यवहार गरेको देख्दा, परमेश्‍वरले के गर्नुहुनेछ? परमेश्‍वरले तँलाई यी प्रलोभनहरूबाट जोगाउनुहुनेछ। जब परमेश्‍वर तँलाई यी प्रलोभनहरूबाट जोगाउनुहुन्छ, तब तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस्, तेरो विश्‍वास झन्-झन् दृढ बन्दै जानेछ, र तेरो कद बिस्तारै बढ्दै जानेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

अघिल्लो: ३०. मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने

अर्को: ३२. विश्‍वासघाती प्रकृतिको स्वभावलाई कसरी बुझ्ने र हटाउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्