३. सत्यता नस्विकार्ने र आफ्नै पक्षमा तर्क गर्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैँले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती कुनै पनि विनाउद्देश्यका हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो तँ को होस् भनी खुलासा गर्न वा तँलाई प्रकाश गरेर हटाउनका लागि होइन; तँलाई प्रकाश गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध बनाउनु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वरले तँलाई कसरी सिद्ध तुल्याउनुहुन्छ? अनि उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै यो काम सुरु गर्नुहुन्छ। यी कुराहरूलाई जानेर र ती कुराहरूलाई स्पष्ट रूपमा बुझेर मात्र, तँ सत्यताको पछि लाग्न सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभावलाई हटाउन सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको करुणा हो। यो मौकालाई कसरी सदुपयोग गर्नुपर्छ त्यो तैँले जान्नुपर्छ। तैँले परमेश्‍वरको विरोध गर्न, उहाँसँग टाउको जुधाउन वा उहाँलाई गलत बुझ्न हुँदैन। निश्‍चित रूपमा, परमेश्‍वरले तेरो वरिपरि मिलाउनुभएका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको सामना गर्दा, ती कुराहरू तैँले चाहना गरे अनुसार छैनन् भनी बारम्बार महसुस नगर्; तीबाट बारम्बार उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत प्रकारले बुझ्ने नगर्। यदि तँ निरन्तर यी कुराहरू गर्छस् भने, तैँले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न धेरै कठिन बनाउनेछ। जब तैँले पूर्ण रूपमा बुझ्न नसक्‍ने कुनै कुराको सामना गर्छस्, जब कुनै कठिनाइ उत्पन्न हुन्छ, तैँले अधीनमा बस्न सिक्नुपर्छ। तैँले परमेश्‍वरको अगाडि आएर अझ धेरै प्रार्थना गर्दै यो काम सुरु गर्नुपर्छ। त्यसरी, तैँले थाहै नपाई, तेरो आन्तरिक अवस्थामा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको कामको अनुभव गर्न सक्नेछस्। जब यस्तो हुन्छ, तँभित्र सत्यता वास्तविकता आउँछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको अवस्थामा रूपान्तरण आउनेछ। तँ यो परिवर्तनबाट भएर गएपछि र तैँले यो सत्यता वास्तविकता प्राप्त गरेपछि, तैँले कद पनि प्राप्त गर्नेछस्, र कदको साथमा जीवन पनि आउनेछ। यदि कुनै व्यक्ति सधैँ भ्रष्ट शैतानी स्वभावको आधारमा जिउँछ भने, उनीहरूसँग जति धेरै उत्साह वा ऊर्जा भए पनि, उनीहरूसँग कद, वा जीवन छ भनेर मानिँदैन। परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, घटना र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले तैँले अलिअलि पनि कष्ट नभोग्‍नु कसरी सम्भव हुन्छ? तैँले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा तिनीहरूले कष्ट सहनुपर्छ। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन् र मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँका बारेमा धारणाहरूसमेत राख्छन्, तब त्यो पनि पीडादायी नै हुन सक्छ। कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता प्रकाश गर्न, तिनीहरूलाई आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न बाध्य गराउनको लागि कुनै परिस्थिति ल्याइदिनुहुन्छ, र त्यसबेला पनि तिनीहरूले अलिकति पीडा भोग्‍छन्। कहिलेकाहीँ, जब मानिसहरूलाई प्रत्यक्ष रूपमा काटछाँट र खुलासा गरिन्छ, तब तिनीहरूलाई कष्ट हुन्छ। यो त तिनीहरू चक्‍कुको धारमुनि भएजस्तै कुरा हो—यदि यस्तो कुनै कष्ट हुन्‍न भने, प्रभाव पनि केही हुँदैन। यदि हरेकपटक तँलाई काँटछाँट गरिँदा, र हरेकपटक कुनै वातावरणले तँलाई प्रकाश गर्दा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्, र तँसित कद हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

कसैले आलोचना र काटछाँटको सामना गर्दा उसले बहानाहरू बनाउने गर्छ भने, त्यहाँ के भइरहेको हुन्छ? यो अत्यन्तै अहङ्कारी, आत्मधर्मी र हठी खालको स्वभाव हो। अहङ्कारी र हठी मानिसहरूलाई सत्यता स्विकार्न कठिन हुन्छ। तिनीहरू आफ्ना दृष्टिकोण, राय र सोचहरूसँग नमिल्ने केही कुरा सुन्दा त्यसलाई स्विकार्न सक्दैनन्। तिनीहरू अरूले भन्‍ने कुरा सही छ कि गलत, वा त्यो कसले भन्यो, त्यो कुन प्रसङ्गमा भनिएको थियो, वा त्यो तिनीहरूका आफ्नै जिम्मेवारी र कर्तव्यहरूसँग सम्बन्धित छ कि छैन भन्‍नेबारे वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूबारे वास्ता गर्दैनन्; तिनीहरू पहिला आफ्नै भावनालाई सन्तुष्ट गर्ने हतारमा हुन्छन्। के यो हठी हुनु होइन र? हठी हुनुले मानिसहरूलाई अन्ततः कस्ता घाटाहरू पुर्‍याउँछ? तिनीहरूलाई सत्यता प्राप्त गर्न कठिन हुन्छ। सत्यताको अस्वीकृति मान्छेको भ्रष्ट स्वभावले निम्त्याउँछ, र त्यसको अन्तिम परिणामस्वरूप तिनीहरूले सजिलै सत्यता प्राप्त गर्न सक्दैनन्। मान्छेको प्रकृति सारबाट प्राकृतिक रूपमै जे प्रकाश हुन्छ त्यो सत्यताविरुद्ध हुन्छ र सत्यतासँग त्यसको केही सरोकार हुँदैन; त्यस्तो कुनै पनि कुरा सत्यतासँग मिल्दैन वा सत्यताको नजिक हुँदैन। त्यसकारण, मुक्ति हासिल गर्न व्यक्तिले सत्यतालाई स्वीकार र अभ्यास गर्नैपर्छ। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन र सधैँ आफ्नै रुचिहरूअनुसार कार्य गर्न चाहन्छ भने त्यस व्यक्तिले मुक्ति हासिल गर्न सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

केही मानिस काँटछाटँमा पर्दा प्रायः तर्क गर्दै आफ्नो बचाउ गर्ने प्रयास गर्छन्। तिनीहरूले सधैँ मामलाको कारकतत्त्वमा जोड दिन्छन् र आफ्नो असफलताको विभिन्‍न स्पष्टीकरण दिन्छन् जुन धेरै नै दुःखदायी हुन्छ। तिनीहरूमा समर्पित हुने वा सत्य खोज्‍ने मनोवृत्ति नै हुँदैन। त्यस्ता खाले मानिसहरूको क्षमता कमजोर हुन्छ र तिनीहरू औधी जिद्दी पनि हुन्छन्। तिनीहरूले अरू मानिसका कुराहरू बुझ्दैनन्, सत्य तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छ र तिनीहरूको प्रगति धेरै सुस्त बन्छ। तिनीहरूको प्रगति किन सुस्त बन्छ? किनभने तिनीहरूले सत्य खोज्दैनन् र गल्तीहरू हुँदा तिनीहरू अन्य मानिसहरूलाई सधैँ कारकको रूपमा हेर्छन् र पूर्ण रूपमा अरूलाई त्यसको जिम्मेवारी थोपर्छन्। तिनीहरू संसारसँग व्यवहार गर्ने दर्शनहरूअनुसार जिउँछन् अनि आफू सुरक्षित र स्वस्थ रहेसम्म तिनीहरू आफैँसँग विशेष खुसी रहन्छन्। तिनीहरूले कुनै पनि हालतमा सत्य पछ्याउँदैनन् र त्यही नै परमेश्‍वरमाथि विश्‍वास गर्ने एकदमै राम्रो तरिका हो भन्‍ने ठान्छन्। यस्तो सोच्ने मानिसहरू पनि हुन्छन्, “जहिले पनि सत्यको पछि लाग्ने र पाठहरू सिक्नेबारेमा धेरै कुरा हुन्छ तर के साँच्चै सिक्नुपर्ने त्यति धेरै पाठहरू छन् त? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु एकदमै झन्झटिलो हुन्छ!” अन्य मानिसहरूले कुनै मामला आइपरेर सत्य खोजिरहेको र पाठहरू सिकिरहेको देख्दा तिनीहरू भन्छन्, “तिमीहरूले सबै कुराहरूबाट कसरी पाठ सिक्छौ? मेरो निम्ति सिक्नुपर्ने यति धेरै पाठहरू किन छैनन्? के तिमीहरू सबै यति अनभिज्ञ छौ र? के तिमीहरूले अन्धाधुन्ध प्रावधानहरू पालना गरिरहेका छैनौ र?” यो अभिव्यक्तिबारे तिमीहरू के सोच्छौ? यो अविश्‍वासीहरूको दृष्टिकोण हो। के कुनै अविश्‍वासीले सत्य प्राप्त गर्न सक्छ? यस किसिमको व्यक्तिले सत्य प्राप्त गर्न धैरै कठिन हुन्छ। केही मानिसहरू भन्छन्, “म ठूला मामिलाहरूमा परमेश्‍वरलाई बिन्ती गर्छु, तर साना मामिलाहरूमा उहाँलाई दुःख दिन्नँ। परमेश्‍वर ब्रह्माण्ड र सबै कुराहरूको प्रशासनमा, र हरेक व्यक्तिको प्रशासनमा एकदमै व्यस्त हुनुहुन्छ। त्यो कति थकाइलाग्दो छ! म परमेश्‍वरलाई दुःख दिन्नँ, यो मामिलाको समाधान म आफैँ गर्नेछु। परमेश्‍वर प्रसन्न हुनुभएसम्म, त्यो पर्याप्त हुनेछ। म उहाँलाई चिन्ता गर्न लगाउन चाहन्नँ।” यस्तो भावनाबारे तिमीहरूको के विचार छ? यो पनि अविश्‍वासीहरूको दृष्टिकोण हो, मानिसहरूको कल्पना हो। मान्छेहरू सृष्टि गरिएका प्राणीहरू हुन्, तिनीहरू कमिलाभन्दा पनि निम्नस्तरका हुन्छन्। तिनीहरूले सृष्टिकर्तालाई कसरी स्पष्ट देख्न सक्छन् र? परमेश्‍वरले ब्रह्माण्ड र सबै कुराहरूलाई के थाहा, कति अरब वा दशौँ अरब वर्षदेखि शासन गर्दै आउनुभएको छ। के उहाँले आफू थकित भएँ भनेर भन्‍नुभएको छ र? के उहाँले आफू एकदमै व्यस्त भएँ भनेर भन्‍नुभएको छ र? अहँ, छैन। मानिसहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि कहिल्यै पनि स्पष्टसँग देख्न सक्नेछैनन् अनि तिनीहरूले आफ्नै धारणा र कल्पनाहरूबाट बोल्नु अत्यन्तै अज्ञानता हो। सृष्टिकर्ताका अनुसार, परमेश्‍वरका चुनिएका हरेक मानिस र तिनीहरूको वरिपरि हुने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तभित्र हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा, तैँले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, सत्य खोज्नुपर्छ र सबै कुराहरूबाट पाठ सिक्नुपर्छ। सत्य प्राप्त गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ परमेश्‍वरका अभिप्रायको ख्याल गर्न सक्छस् भने, तैँले उहाँमाथि भर पर्नुपर्छ र सत्यताका निम्ति लागिपर्नुपर्छ; त्यो परमेश्‍वरलाई प्रसन्न पार्ने कुरा हो। जब तैँले सत्य प्राप्त गर्छस् र जब तँ सिद्धान्तहरूबमोजिम चल्न सक्छस्, परमेश्‍वर अझ बढी सन्तुष्ट हुनुहुनेछ, तर तँ परमेश्‍वरबाट जति टाढिन्छस्, उहाँ त्यति नै बढी दुःखी हुनुहुनेछ। केले परमेश्‍वरलाई दुःखी बनाउँछ? (परमेश्‍वरले मानिसहरूलाई उहाँका वचनहरू अनुभव गर्न र सत्य प्राप्त गर्न दिन परिस्थितिहरूको व्यवस्था गर्नुभएको छ, तर मानिसहरूले परमेश्‍वरको मन बुझ्दैनन्; तिनीहरूले उहाँलाई गलत बुझ्छन् र यसले परमेश्‍वरलाई दुःखी बनाउँछ।) त्यो सही हो। परमेश्‍वरले प्रत्येक व्यक्तिको लागि पीडादायी मूल्य चुकाउनुभएको छ र प्रत्येक व्यक्तिप्रति उहाँका अभिप्रायहरू छन्। तिनीहरूको निम्ति उहाँसँग अपेक्षाहरू छन् र उहाँले तिनीहरूमाथि आशाहरू राख्नुभएको छ। उहाँका कडा परिश्रमहरू सबै मानिसहरूलाई स्वतन्त्र र स्वेच्छाले प्रदान गरिन्छ। उहाँले दिनुहुने जीवन र सत्यको भरणपोषण पनि प्रत्येक व्यक्तिलाई स्वेच्छाले प्रदान गरिन्छ। परमेश्‍वरले यसो गर्नुको उद्देश्य यदि मानिसहरूले बुझ्न सके भने, उहाँले सन्तुष्ट महसुस गर्नुहुनेछ। तेरो निम्ति परमेश्‍वरले जुनसुकै परिस्थितिहरू व्यवस्था गर्नुभएको भए पनि, यदि तैँले यो परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्षम हुन्छस् भने, र उहाँप्रति समर्पित हुन्छस् र सत्य खोज्छस् र यी सबै कुराहरूमाझ पाठहरू सिक्छस् भने, परमेश्‍वरले पीडादायी मूल्य व्यर्थमा तिरेछु भनेर सोच्नुहुनेछैन। परमेश्‍वरले खर्चनुभएका सबै विचार र प्रयासको इज्‍जत राख्‍न वा तेरो लागि उहाँका अपेक्षाहरू पूरा गर्न तँ असफल हुनेछैनस्। तँमाथि आइपर्ने हरेक खालका परिस्थितिहरूमा तैँले पाठहरू सिक्न र इनामहरू पाउन सक्षम हुनेछस्। यस तरिकाद्वारा, परमेश्‍वरले तँमाथि गर्नुभएको कामले अपेक्षित प्रभाव हासिल गर्नेछ र परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि तँ परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन असमर्थ हुन्छस् भने, यदि तैँले सधैँ परमेश्‍वरको प्रतिरोध र इन्कार गर्छस् र उहाँविरुद्ध लडाइँ गर्छस् भने, के परमेश्‍वर चिन्तित हुनुहुनेछ भन्‍ने तँलाई लाग्दैन? परमेश्‍वरको हृदयले चिन्तित र व्याकुल हुँदै यसो भन्‍नेछ, “मैँले तँलाई पाठ सिकाउनको निम्ति यति धेरै परिस्थितिहरू बन्दोबस्त गरेँ। यीमध्ये कुनैले पनि किन तँलाई केही प्रभाव पारेन?” परमेश्‍वर शोकले व्याकुल हुनुहुनेछ। तँ भावशून्य, अनभिज्ञ, सुस्त र जिद्दी भएको कारण, तैँले उहाँका अभिप्राय नबुझेको र सत्यता स्वीकार नगरेको कारण, अनि तेरो जीवनप्रति जिम्मेवार बन्दै उहाँले गरिरहनुभएका धेरै कुरा देख्न नसकेको, र तैँले उहाँ तेरो जीवनप्रति चिन्तित र व्याकुल हुनुहुन्छ भनेर नबुझेको र उहाँविरुद्ध विद्रोहसमेत गर्दै उहाँबारे गुनासो गरेको कारण परमेश्‍वर दुःखी हुनुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

सही र गलतबारे तर्क गर्न मन पर्नु भनेको, हरेक मामलामा सही के हो कि गलत के हो भनेर स्पष्ट पार्ने प्रयास गर्नु, मामला स्पष्ट नभएसम्म र को सही हो र को गलत हो भनेर नबुझेसम्म नरोकिनु, र कुराहरू औँल्याउने कार्यमा जिद्दी पूर्वक एकोहोरो लाग्‍नु हो। यसरी व्यवहार गर्नुको के अर्थ? के आखिरमा सही र गलतको बारेमा तर्क गर्नु सही हुन्छ? (हुँदैन।) गल्ती कहाँ छ? के सत्यता अभ्यास गर्नुसँग यसको कुनै सम्बन्ध छ? (कुनै सम्बन्ध छैन।) किन कुनै सम्बन्ध छैन भनेर भन्छस्? सही र गलतको बारेमा तर्क गर्नु भनेको सत्यता सिद्धान्तहरू पालन गर्नु होइन, यो सत्यता सिद्धान्तहरूबारे छलफल वा सङ्गति गर्नु होइन; बरु, मानिसहरूले सधैँ को सही हो र को गलत हो, को ठीक हो र को बेठीक हो, को सही पक्षमा छ र को छैन, कोसँग राम्रो कारण छ, र कोसँग छैन, र कसले उच्च सिद्धान्त व्यक्त गर्छ भन्नेबारे कुरा गर्छन्; तिनीहरू यही कुरामा लागिपर्छन्। जब परमेश्‍वरले मानिसहरूलाई परीक्षाहरूको सामना गराउनुहुन्छ, तब तिनीहरूले सधैँ परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छन्, तिनीहरू सधैँ कुनै न कुनै कारण लिएर आउँछन्। के परमेश्‍वरले तँसँग त्यस्ता कुराहरूका बारेमा छलफल गर्नुहुन्छ? के परमेश्‍वरले प्रसङ्ग के हो भनेर सोध्नुहुन्छ? के परमेश्‍वरले तेरो कारण र अभिप्रायहरू के-के हुन् भनेर सोध्नुहुन्छ? सोध्‍नुहुन्‍न। परमेश्‍वरले तँलाई जाँच्दा तँमा समर्पणको मनोवृत्ति छ कि प्रतिरोधको मनोवृत्ति छ भनेर सोध्नुहुन्छ। परमेश्‍वरले तैँले सत्यता बुझ्छस् कि बुझ्दैनस्, तँ समर्पित छस् कि छैनस् भनेर सोध्नुहुन्छ। परमेश्‍वरले माग गर्नुहुने यति हो, अरू केही छैन। परमेश्‍वरले तँलाई तेरो समर्पणको कमीको कारण के हो भनेर सोध्नुहुन्न, तँसँग असल समझ छ कि छैन भनेर हेर्नुहुन्न—उहाँले यस्ता कुराहरूका बारेमा बिलकुलै सोचविचार गर्नुहुन्न। परमेश्‍वरले तँ समर्पित छस् कि छैनस् भन्‍ने कुरा मात्रै हेर्नुहुन्छ। तेरो जिउने वातावरण र प्रसङ्ग जस्तोसुकै भए पनि, परमेश्‍वरले तेरो हृदयमा समर्पण छ कि छैन, तँमा समर्पणको मनोवृत्ति छ कि छैन भनेर मात्रै जाँच्नुहुन्छ। परमेश्‍वरले तँसँग सही र गलतको बारेमा बहस गर्नुहुन्न; परमेश्वरले तेरा तर्कहरू के हुन् भन्‍नेबारे चासो राख्नुहुन्न। परमेश्वरले त तँ साँच्‍चै समर्पित छस् कि छैनस् भन्‍ने कुराबारे मात्रै चासो राख्नुहुन्छ—परमेश्‍वरले तँलाई यति मात्र माग्नुहुन्छ। के यो सत्यता सिद्धान्त होइन र? सही र गलतको बारेमा तर्क गर्न, साथै भनाभनमा संलग्‍न हुन मन पराउने मानिसहरू—के तिनीहरूको हृदयमा सत्यता सिद्धान्तहरू हुन्छ? (हुँदैन।) किन हुँदैन? के तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरूमा ध्यान दिएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई पछ्याएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई खोजेका हुन्छन्? तिनीहरूले कहिल्यै पनि तिनलाई ध्यान दिएका पछ्याएका वा खोजी गरेका हुँदैनन्, र ती कुराहरू तिनीहरूको हृदयमा हुँदै हुँदैनन्। फलस्वरूप, तिनीहरू मानव धारणाहरूमा मात्रै जिउन सक्छन्, तिनीहरूको हृदयमा सही र गलत, ठीक र बेठीक, निहुँ, कारण, कुतर्क, र तर्कहरू मात्र हुन्छन्, त्यसपछि चाँडै तिनीहरूले एक-अर्कालाई आक्रमण गर्छन्, आलोचना गर्छन्, र दोष दिन्छन्। यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ भने तिनीहरू सही र गलतबारे बहस गर्न र मानिसहरूको आलोचना र दोष दिन मन पराउँछन्। यस्ता मानिसहरूसँग सत्यताप्रति कुनै प्रेम वा स्वीकारोक्ति हुँदैन, तिनीहरूले परमेश्‍वरलाई जाँच्ने र उहाँसँग तर्क गर्ने, परमेश्‍वरको आलोचना र अवज्ञा गर्ने समेत सम्भावना हुन्छ। अन्त्यमा, तिनीहरू दण्डित हुन पुग्छन्।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (१५)

सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ घमण्डी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्‍नो दृष्टिकोण र मानसिकता सही छन्, र अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्‍ने सोच्छन्। तिनीहरू सधैँ आफ्‍नै रायमा झुण्डिरहन्छन्, र जोसुकैले भने पनि, उसको कुरा सुन्‍ने छैनन्। अरूले भनेको कुरा सही छ वा सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्ये स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनेको जस्तो मात्रै गर्नेछन्, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने बेलामा, तिनीहरू अझै पनि आफ्‍नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भन्‍ने कुरा सही र उचित ठान्छन्। … परमेश्‍वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्‍नुहुनेछ? उहाँले यसो भन्‍नुहुनेछ: “तँ जब्बर छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्ना विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्‍ने स्पष्ट हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छ्स्, पश्चात्ताप गर्दैनस् भने तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तँ सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति राख्छ्स्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ निकै हास्यास्पद र निरर्थक व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!” कुन तरिकामा तँसँग व्यवहार गर्नु गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली होइन, न त गलत व्यवहार नै हो। यो त तेरो स्वभावको प्रकटीकरण हो। कुन स्वभावको प्रकटीकरण भएको? त्यो स्वभाव जसमा तँ सत्यताप्रति वाक्‍क मान्छस्, र सत्यतालाई घृणा गर्छस्। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चिनिएपछि परमेश्‍वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार, अप्रिय ठान्‍नुहुनेछ, र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट हेर्दा, उनीहरू धेरैजसोले भन्‍नेछन्: “यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, जब्बर, र अहङ्कारी छ! यो व्यक्तिसँग ठ्याक मिलाउनै गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र ऊ सत्यता अभ्यास गर्दैन।” धेरैभन्दा धेरै, सबैले तँलाई मूल्याङ्कन गर्नेछन् तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्‍वर मानिसको हृदय जाँच्नुहुन्छ, र साथै उहाँ तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्‍वरले यसरी तँलाई परिभाषित गर्नुहुन्छ र तँ सत्यतालाई घृणा गर्छस् भनेर भन्‍नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी मात्र छस् भन्‍नुहुन्‍न भने के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त सङ्कट हो, र यो सङ्कट मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्‍ने कुरामा नभई, परमेश्‍वरले सत्यता घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुरामा आधारित हुन्छ। त्यसोभए, परमेश्‍वर त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्‍वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ? अनि त्यति नै हो त? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्‍वरको प्रतिनिधित्व गर्छ।) यसमाथि मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने परमेश्‍वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुका रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्‍वरलाई घृणा गर्छ! तिनीहरू परमेश्‍वरलाई घृणा गर्छन् भनेर म किन भन्छु? के तिनीहरूले परमेश्‍वरलाई सरापे? के तिनीहरूले उहाँलाई आमनेसामने विरोध गरे? के तिनीहरूले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरे? त्यो त होइन। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्‍वरलाई घृणा गर्नु हो भनेर किन म भन्छु? यो तिललाई पहाड बनाउनु होइन, यो त परिस्थितिको वास्तविकता हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गरेको कारण प्रभु येशूलाई क्रूसमा टाँग्‍नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यतादेखि वाक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, तिनीहरूले यसलाई कुनै पनि समय र कहीँ पनि प्रकट गर्न सक्छन्, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्‍वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यता वा छनौट गर्ने कार्य मुछिएको कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमै परमेश्‍वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्‍वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो। यदि तेरो स्वभाव यस्तो छ भने, तैँले परमेश्‍वरले बोलेका वचनलाई पनि प्रश्न गर्नेछस् र तिनको विश्लेषण र चिरफार गर्न चाहनेछस्। त्यसपछि तँ परमेश्‍वरको वचनलाई शङ्का गर्दै भन्‍नेछस्, “के यो साँच्चै परमेश्‍वरको वचन हो? मलाई त यो सत्यता जस्तो लाग्दैन, त्यो सबै मलाई सही छैन जस्तो लाग्छ!” यसरी, के सत्यतालाई घृणा गर्ने तेरो स्वभाव प्रकट भएको छैन त? जब तँ यसरी सोच्छस्, तब के तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? पक्कै पनि सक्दैनस्। यदि तँ परमेश्‍वरप्रति समर्पित हुन सक्दैनस् भने, के उहाँ अझै तेरो परमेश्‍वर हुनुहुन्छ त? हुनुहुन्‍न। त्यसोभए, तेरा लागि परमेश्‍वर के हुनुहुन्छ त? तैँले उहाँलाई अनुसन्धानको विषयझैँ, शङ्का गर्नुपर्ने व्यक्तिझैँ, निन्दा गर्नुपर्ने व्यक्तिझैँ व्यवहार गर्नेछस्; तैँले उहाँलाई सामान्य व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्, र उहाँलाई सोही तरिकाले निन्दा गर्नेछस्। यसो गर्दा, तँ परमेश्‍वरको विरोध र निन्दा गर्ने व्यक्ति बन्‍नेछस्। कस्तो स्वभावले गर्दा यो हुन्छ? यो अहङ्कारी स्वभावले गर्दा हुन्छ, जुन निश्चित हदसम्म मौलाएको छ; तेरो शैतानी स्वभाव प्रकट हुने मात्र होइन, तर तेरो शैतानी अनुहार पनि पूर्ण रूपमा उदाङ्गो हुनेछ। परमेश्‍वरको विरोध गर्ने चरणमा पुगिसकेको व्यक्ति—जसको विद्रोहपन निश्चित हदसम्म पुगिसकेको छ—र परमेश्‍वरबीचको सम्बन्धलाई के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्ध बन्छ जसमा व्यक्तिले परमेश्‍वरलाई आफ्नो विपक्षमा राख्छ। यदि तँ परमेश्‍वरप्रतिको आफ्ना विश्‍वासमा सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्दैनस् भने परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्‍न। यदि तँ सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने मानिस बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्‍वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्‍न। परमेश्‍वर तँलाई मुक्ति पाउने मौका दिनुहुन्छ र तँलाई शत्रु ठान्‍नुहुन्‍न, तर तँ सत्यता स्विकार्न सक्दैनस् र परमेश्‍वरलाई आफ्ना विपक्षमा राख्छस्; तैँले परमेश्‍वरलाई आफ्नो सत्यता र आफ्नो मार्ग ठान्‍न नसक्नुले गर्दा तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्छस्। यो समस्या कसरी सुल्झाउन सकिन्छ? तैँले तुरुन्तै पश्चात्ताप गरेर मार्ग बदल्नैपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै समस्या वा कठिनाइ सामना गर्दा र तँलाई त्यो समाधान गर्न नआउँदा, तैँले त्यसबारे अन्धाधुन्ध मनन गर्नु पटक्कै हुँदैन, तैँले पहिला आफूलाई परमेश्‍वरसामु शान्त पार्नैपर्छ, प्रार्थना र उहाँबाट खोजी गर्नैपर्छ, र उहाँको वचनले त्यसबारे के भन्छ त्यो हेर्नैपर्छ। यदि तैँले परमेश्‍वरको वचन पढिसकेपछि पनि अझै बुझिनस् र यस मामिला कुन सत्यतासँग सम्बन्धित छ भनेर थाहा पाइनस् भने, तँ एउटा सिद्धान्तमा दृढ हुनैपर्छ—त्यो हो, पहिले समर्पित हुने, व्यक्तिगत विचार वा सोच नराख्ने, शान्त हृदयले पर्खने, अनि परमेश्‍वर कसरी अभिप्राय राख्नुहुन्छ र कसरी कार्य गर्न चाहनुहुन्छ हेर्ने। जब तँ सत्यता बुझ्दैनस्, तैँले अन्धाधुन्ध र लापरवाह तरिकाले कार्य गर्नुभन्दा सत्यता खोज्नुपर्छ, र परमेश्‍वरको प्रतीक्षा गर्नुपर्छ। तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सल्लाह दिन्छ र सत्यताअनुसार कसरी काम गर्ने भनेर बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुसार रहेछ भनेर तँ पक्‍का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुसार छैन भनेर तैँले निर्धारित गरिस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल छ। तैँले सत्यता खोज्दा, धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि जो कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्‍नुपर्छ, उसका सबै शब्दहरू गम्भीरतापूर्वक लिनुपर्छ। तिनलाई बेवास्ता नगर् वा तुच्छ नठान् किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति वाक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, मामिला एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; अरूले तँलाई सुझाव दिइसकेपछि र तैँले बुझिसकेपछि, तँ परिस्थितिहरू ठिक गर्न र सिद्धान्तअनुसार कार्य गर्न सक्षम हुनेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्‍वरका लागि यो ठूलो कुरा हो। किन म यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्‍वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यतादेखि वाक्‍क नमान्‍ने व्यक्ति हुन्छस्—परमेश्‍वरले तेरो हृदय जाँच्नुहुँदा, तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्‍नुपर्दा, तैँले परमेश्‍वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जिउने र प्रकट गर्ने सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँमा हुने मनोवृत्ति, सोच, र स्थिति परमेश्‍वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्‍वरले तिनको सूक्ष्म जाँच गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

यो सच्चा विश्‍वास कसरी पुष्टि गर्न सकिन्छ? सिद्धान्ततः कुनै व्यक्तिलाई केही आइपर्दा उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भन्‍ने हेरेर त्यो पुष्टि गरिन्छ। यदि उसले कहिल्यै सत्यता स्विकारेको पनि छैन र अभ्यास पनि गरेको छैन भने, वास्तवमा उसलाई प्रकट गरिसकिएको हुन्छ, र उसलाई प्रकट गर्न कुनै परीक्षण पर्खिरहनुपर्दैन। जब कुनै व्यक्तिको दैनिक जीवनमा परिस्थितिहरू आइपर्छन्, उसमा सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा तैँले त्यतिखेरै प्रस्ट देख्न सक्छस्। कैयौँ यस्ता मानिसहरू हुन्छन् जो प्रायजसो सत्यता पछ्याउँदैनन्, र आफूलाई केही आइपर्दा सत्यता अभ्यास गर्दैनन्। के यस्ता मानिसहरूले आफूलाई प्रकट गर्नका लागि कुनै परीक्षण पर्खिरहनुपर्छ र? बिलकुलै पर्दैन। केही समयपछि, यदि तिनीहरू अपरिवर्तित रहे भने, यसको मतलब तिनीहरू पहिल्यै प्रकट भइसकेका छन्। यदि तिनीहरूलाई काटछाँट गरियो तर अझै पनि तिनीहरू सत्यता स्विकार्दैनन् र दृढ रूपमा अपश्‍चात्तापी रहन्छन् भने, तिनीहरूको झनै बढी प्रकटीकरण भएको हुन्छ, र तिनीहरूलाई हटाइनु र निष्कासन गरिनुपर्छ। प्रायजसो सत्यता स्विकार्न वा अभ्यास गर्नमा ध्यान नदिनेहरू सबै अविश्‍वासीहरू हुन, र तिनीहरूलाई कुनै काम वा कुनै जिम्मेवारी दिइनु हुँदैन। के सत्यताबिनाको व्यक्ति अडिग रहिरहन सक्छ? के सत्यता अभ्यास गर्नु महत्त्वपूर्ण छ? बस सत्यता कहिल्यै अभ्यास नगरेकाहरूलाई हेर्—तिनीहरू सबैको प्रकटीकरण हुन धेरै वर्ष लाग्नेछैन। तिनीहरूसित अनुभव गवाही बिलकुलै छैन। तिनीहरू कति गरीब र दयनीय छन्, र तिनीहरूलाई कति लाज महसुस हुँदो हो!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु भनेको के हो

परमेश्‍वरमा आस्था राख्नका लागि सत्यतालाई स्विकार्नु आवश्यक हुन्छ—त्यो नै सही मनोवृत्ति हो। सत्यतालाई नस्विकार्नेहरू समस्याहरू उत्पन्‍न हुँदा बहाना र कारणहरू खोज्छन्, र जिम्मेवारी अरू नै कसैलाई थोपरिदिन्छन्। तिनीहरू अरू मानिसहरूले तिनीहरूलाई राम्रो व्यवहार नगरेको, तिनीहरूबारे नसोचेको वा तिनीहरूको ख्याल नराखेको बारे सधैँ गुनासो गर्छन्। तिनीहरू अनेक थरीका तर्कहरू खोज्छन्। यी सबै तर्कहरू खोज्नुको उद्देश्य के हो? के यसले तेरो सत्यताको अभ्यासलाई प्रतिस्थापन गर्न सक्छ? के यसले परमेश्‍वरप्रतिको तेरो समर्पणलाई प्रतिस्थापन गर्न सक्छ? अहँ, सक्दैन। यसो भन्‍नुको मतलब, तँसित जस्तो तर्क भए पनि, तँसित आकाशभन्दा ठूला गुनासोहरू भए पनि, यदि तैँले सत्यतालाई स्विकार्दैनस् भने तँ सक्किन्छस्। परमेश्‍वरले विशेषगरी सत्यतालाई अभ्यास गर्ने मामलाका सम्बन्धमा तेरो मनोवृत्ति के छ भनी हेर्न चाहनुहुन्छ। के तैँले गुनासो गरेर केही काम छ त? के तेरा गुनासाहरूले भ्रष्ट स्वभावको समस्यालाई समाधान गर्न सक्छन्? यदि तैँले गुनासो गरेर आफूलाई सही ठानिस् भने, त्यसले तेरो बारेमा के भन्‍नेथ्यो? के तैँले सत्यता प्राप्त गरेको हुनेथिस्? के परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेथ्यो? यदि परमेश्‍वरले, “तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्, त्यसैले बाटो छोड्। म तँलाई घृणा गर्छु” भन्‍नुभयो भने, के तँ सक्किँदैनस् र? परमेश्‍वरले “म तँलाई घृणा गर्छु” भन्‍नुले तेरो खुलासा गर्नेथ्यो र तँ को होस् भन्‍ने कुरा निर्क्योल गर्नेथ्यो। परमेश्‍वरले किन तेरो बारेमा निर्क्योल गर्नुहुन्छ? किनकि तँ सत्यतालाई स्विकार्दैनस्; तँ परमेश्‍वरका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकता स्विकार्दैनस्। तँ सधैँ बाह्य कारणहरू खोजिरहेको, कामकुरालाई सधैँ अरू मानिसहरूमाथि थोपरिरहेको हुन्छस्। परमेश्‍वरले तँलाई समझ नभएको र सत्यतालाई प्रेम नगर्ने व्यक्तिको रूपमा देख्नुहुन्छ; असमझ, मनोमानी गर्ने, र वशमा राख्न नसकिने व्यक्तिको रूपमा देख्नुहुन्छ। तँलाई पाखा लगाएर बेवास्ता गर्नुपर्छ ताकि तैँले आत्मचिन्तन गर्न सक्। तँलाई प्रवचनहरू सुन्‍न र सत्यताबारे सङ्गति गर्न लगाउनुको उद्देश्य तैँले सत्यता बुझ्न, तेरा समस्याहरू समाधान गर्न, र तेरो भ्रष्टतालाई फाल्न सक् भनी हो। के सत्यता भनेको तैँले बकम्फुसे कुरा गर्ने विषय हो? के यो तैँले ओठले मात्र बोल्ने अनि छोडिदिने कुरा हो? के सत्यताको बुझाइले तेरो प्राणको खोक्रोपनलाई पूर्ति गर्ने आत्मिक लङ्गरका रूपमा कार्य गर्नुपर्ने हो? अहँ, तैँले त्यसलाई यो उद्देश्यका निम्ति प्रयोग गर्ने होइन। तैँले आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्नका निम्ति सत्यता अवस्थित छ। यसको उद्देश्य तँलाई एउटा मार्ग प्रदान गर्नु हो, र तैँले समस्याहरू सामना गर्दा तैँले यी सत्यताहरूद्वारा जिउन, र जीवनमा उचित मार्ग लिन सक्छस्। सत्यतालाई बुझिसकेपछि, त्यसउप्रान्त तैँले तेरो प्राकृतिकता, तेरो भ्रष्टता, वा तेरो शैतानी शिक्षा भित्रका ती कुराहरूका आधारमा कार्य गर्नेछैनस्। त्यसउप्रान्त तैँले शैतानी तर्क र सिद्धान्तहरूद्वारा संसारसँग व्यवहार गर्नेछैनस्। बरु, तँ सत्यताद्वारा जिउनेछस्, तैँले सत्यताद्वारा कार्य गर्नेछस्। यसले मात्र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

परमेश्‍वरमा विश्‍वास गर्ने तेरा कारणहरू जेसुकै भए पनि, परमेश्‍वरले अन्ततः तैँले सत्यता प्राप्त गरेको छस् कि छैनस् भन्‍ने आधारमा तेरो परिणाम निर्धारित गर्नुहुनेछ। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तैँले गर्ने जस्तोसुकै औचित्य पुस्ट्याँइ वा बहाना पनि काम लाग्‍नेछैन। चाहे जस्तोसुकै तर्कवितर्क गर्ने प्रयास गर्, चाहे आफैलाई गाँठो पारेर बस्—के परमेश्‍वरले वास्ता गर्नुहुनेछ? के परमेश्‍वरले तँसँग कुराकानी गर्नुहुनेछ? के उहाँले तँसँग विवाद र तर्क गर्नुहुनेछ? के उहाँले तँसँग सल्‍लाह लिनुहुनेछ? उत्तर के हो? अहँ। उहाँले अवश्य नै त्यसो गर्नुहुनेछैन। तैँले दिएको कारण जति नै दह्रिलो भए पनि, त्यो टिक्‍नेवाला छैन। तैँले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन, र कारण र बहानाहरू प्रदान गर्न सके सत्यता पछ्याउनु पर्दैन भन्‍ने सोच्‍ने हुँदैन्। परमेश्‍वर तैँले सबै परिस्थितिमा र तँलाई आइपर्ने हरेक मामलामा सत्यता खोजी गर्न सक्षम बन्, र यसरी अन्त्यमा सत्यता वास्तविकतामा प्रवेश हासिल गर् र सत्यता प्राप्त गर् भन्‍ने चाहनुहुन्छ। परमेश्‍वरले तेरो लागि मिलाउनुभएका परिस्‍थितिहरू, अनि तैँले भेट्ने मानिसहरू र घटनाहरू, र तँमाथि आइपर्ने वातावरण जे-जस्ता भए पनि, तिनलाई तैँले परमेश्‍वरसित प्रार्थना गर्दै र सत्यता खोजी गर्दै सामना गर्नुपर्छ। ती कुराहरू तैँले सत्यता पछ्याउने क्रममा सिक्‍नुपर्ने पाठहरू हुन्। यदि तैँले सधैँ यी परिस्थितिहरूबाट बाहिर निसक्‍ने वा यी परिस्थिति टार्ने, इन्कार्ने, र विरोध गर्ने बहाना बनाउन खोज्छस् भने, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। तर्कवितर्क गर्नु वा हठी वा कठिन बन्‍नुको कुनै अर्थ छैन—यदि परमेश्‍वरले तँप्रति कुनै सरोकार राख्‍नुहुन्‍न भने, तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। परमेश्‍वरको लागि, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन; उहाँले हरेक व्यक्तिको लागि बन्दोबस्तहरू गर्नुभएको हुन्छ, र उहाँसँग तिनीहरूलाई सम्‍हाल्‍ने तरिका हुन्छ। तेरा तर्क र बहानाहरू औचित्यपूर्ण छन् कि छैनन् भनेर परमेश्‍वरले तँसँग छलफल गर्नुहुन्‍न। तैँले तेरो प्रतिरक्षामा गरेका तर्कहरू विवेकसङ्गत छन् कि छैनन् भनेर परमेश्‍वरले ध्यान दिनुहुन्न। उहाँले तँलाई यो मात्रै सोध्‍नुहुनेछ, “के परमेश्‍वरका वचनहरू सत्यता हुन्? के तँसँग भ्रष्ट स्वभाव छ? के तैँले सत्यता पछ्याउनुपर्छ?” तँ केवल एउटा कुराको बारेमा स्पष्ट हुनुपर्छ: परमेश्‍वर सत्यता हुनुहुन्छ, तँ एक भ्रष्ट मानव होस्, त्यसकारण तैँले जिम्मेवार भई आफै सत्यता खोजी गर्नुपर्छ। कुनै पनि समस्या वा कठिनाइ छ भनेर, वा तर्क वा बहाना गरेर धर पाइनेछैन; यदि तैँले सत्यता स्विकार्दैनस् भने, तँ नष्ट हुनेछस्। सत्यता पछ्याउन र सत्यता वास्तविकतामा प्रवेश गर्न व्यक्तिले चुकाउने कुनै पनि मूल्य सार्थक हुन्छ। मानिसहरूले सत्यता स्विकार्न र जीवन पाउन आफ्‍ना सबै बहानाहरू, स्पष्टीकरणहरू, र कष्टहरू त्याग्‍नुपर्छ, किनभने परमेश्‍वरका वचनहरू र सत्यता नै तिनीहरूले प्राप्त गर्नुपर्ने जीवन हो, र यो यस्तो जीवन हो जसलाई कुनै पनि कुरासँग साट्न सकिँदैन। यदि तैँले यो अवसर गुमाइस् भने, तँलाई यसको लागि बाँकी जीवनभरि पछुतो गर्नुपर्ने मात्र होइन—यो पछुतोको कुरा मात्र होइन—तैँले आफूलाई पूर्ण रूपमा बरबाद गरिसकेको समेत हुनेछस्। तेरो लागि कुनै पनि परिणाम वा गन्तव्य हुनेछैन, र सृष्टि गरिएको प्राणी तँ अन्त्यमा पुगिसकेको हुनेछस्। तैँले मुक्ति पाउने मौका फेरि कहिल्यै पाउनेछैनस्। तिमीहरूले कुरा बुझ्यौ? (बुझ्यौँ।) सत्यता नपछ्याउनलाई बहाना बनाउने वा कारणहरू खोज्‍ने नगर्। त्यस्ता कुराहरूको कुनै काम हुँदैन; तिमीहरूले आफैलाई मूर्ख मात्रै बनाइरहेका हुन्छौ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (१)

यदि तँ परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, सुरुमा तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउनबाट जोगिनुपर्छ। पहिले शान्त बन् र परमेश्‍वरको अघि मौन बस्, र हृदयमा उहाँलाई प्रार्थना गर् र उहाँबाट खोजी गर्। हठ नगर्; पहिले समर्पित बन्। त्यस्तो मानसिकताद्वारा मात्रै तैँले समस्याहरूको अझ उत्तम समाधान निकाल्न सक्छस्। यदि तँ परमेश्‍वरको अघि जिउनमा दृढ रहन सकिस्, र तँमाथि जेसुकै आइपरे पनि, तैँले उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र समर्पणको मानसिकताले त्यसलाई सामना गर्न सक्छस् भने, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले विगतमा जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तैँले सत्यताको खोजी गर्छस्, तबसम्म ती कुरालाई समाधान गर्न सकिनेछ। तँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि, तँ दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तैँले सत्यतालाई स्वीकार गर्न, र परमेश्‍वरका मापदण्डहरूबमोजिम उहाँमा समर्पित हुन सक्छस्, तबसम्म तँ सत्यतालाई अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुन्छस्। तँ कहिलेकाहीँ अलिक विद्रोही र प्रतिरोधी हुन सक्‍ने भए पनि, र कहिलेकाहीँ प्रतिरक्षात्मक तर्क प्रस्तुत गर्ने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्‍नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तैँले सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँमा किन त्यस्तो विद्रोहीपन र प्रतिरोध पैदा भयो भन्‍नेबारेमा मनन गर्। कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्ष शुद्ध हुन सक्छ। त्यसरी ठोक्किएर लडेर धेरै पटक उठेपछि, तैँले सत्यता अभ्यास गर्न नसकुन्जेलसम्म, तेरो भ्रष्ट स्वभाव क्रमिक रूपमा हट्दै जानेछ। त्यसपछि, तँभित्र सत्यताले शासन गर्नेछ र त्यो तेरो जीवन बन्‍नेछ, र सत्यतासम्‍बन्धी तेरो अभ्यासमा थप बाधाहरू आउनेछैनन्। तँ परमेश्‍वरमा साँचो रूपले समर्पित हुन सक्‍नेछस्, र तैँले सत्यता वास्तविकतामा जिउनेछस्। यस अवधिमा, तैँले सत्यता अभ्यास गर्ने र परमेश्‍वरप्रति समर्पित हुने व्यावहारिक अनुभव पाउनेछस् र त्यससँग साक्षात्कार हुनेछस्। पछि तँलाई केही आइपर्दा, तँलाई परमेश्‍वरप्रति समर्पणकारी भएर कसरी अभ्यास गर्ने र कस्तो व्यवहार परमेश्‍वरविरुद्धको विद्रोह हुन्छ भन्‍ने कुरा थाहा हुनेछ। के तैँले यी कुराहरू हृदयमा स्पष्ट हुँदाहुँदै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्नेछैनस् र? यदि तँलाई आफ्ना अनुभवात्मक गवाहीहरू भन्‍न लगाइयो भने, तँलाई त्यो समस्याजनक लाग्नेछैन किनकि तैँले धेरै कुराहरू अनुभव गरेको हुनेछस् र तँलाई अभ्यासका सिद्धान्तहरू थाहा हुनेछ। तैँले जसरी बोले पनि त्यो वास्तविक हुनेछ, र तैँले जे भने पनि त्यो व्यावहारिक हुनेछ। र यदि तँलाई शब्द र धर्मसिद्धान्तहरूबारे छलफल गर्न लगाइयो भने, तँ इच्छुक हुनेछैनस्—हृदयमा तँ ती कुराहरूदेखि वितृष्ण भएको हुनेछस्। तब के तँ सत्यता वास्तविकताभित्र प्रवेश गरेको हुनेछैनस् र? सत्यता पछ्याउने मानिसहरूले केही वर्षको कोसिसपछि नै त्यसको अनुभव हासिल गर्न, र त्यसपछि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यता नपछ्याउनेहरूलाई चाहे पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुँदैन। किनभने सत्यतालाई प्रेम नगर्नेहरूमा ज्यादा विद्रोहीपन हुन्छ। जब पनि तिनीहरूले कुनै मामिलामा सत्यता अभ्यास गर्नुपर्ने हुन्छ, तिनीहरू सधैँ बहानाहरू बनाउँछन् र तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्, त्यसैले तिनीहरूलाई सत्यता अभ्यास गर्न निकै कठिन हुनेछ। तिनीहरूले प्रार्थना र खोजी गर्लान्, र तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक होलान्, तर तिनीहरूलाई केही आइपर्दा, तिनीहरूले कठिनाइहरू सामना गर्दा, तिनीहरूको अलमल प्रस्ट देखिन्छ, र तिनीहरूको विद्रोही स्वभाव प्रकट हुन्छ, र तिनीहरूको मन धमिल्याइदिन्छ। तिनीहरूको विद्रोही स्वभाव कति घोर होला! यदि तिनीहरूको हृदयको सानो भाग अलमलमा छ र ठुलो भाग परमेश्‍वरप्रति समर्पित हुन चाहन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न कम कठिनाइ हुनेछ। सायद तिनीहरूले केही बेर प्रार्थना गर्न सक्लान्, वा कसैले तिनीहरूसित सत्यताबारे सङ्गति गर्न सक्ला; यदि तिनीहरूले त्यो बेला त्यो कुरा बुझ्छन् भने, तिनीहरूलाई त्यो अभ्यास गर्न सजिलो हुनेछ। यदि तिनीहरूको भ्रम यति ठूलो छ कि त्यसले तिनीहरूको हृदयको अधिकांश भाग ओगट्छ, जसमा विद्रोहीपन प्रमुख र समर्पण गौण हुन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछैन, किनकि तिनीहरूको कद अत्यन्तै सानो हुन्छ। र सत्यतालाई पटक्कै प्रेम नगर्नेहरू अत्यन्तै वा पूरै विद्रोही, पूरै अलमल्ल हुन्छन्। यिनीहरू अलमिलिने मानिसहरू हुन् जसले कहिल्यै सत्यतालाई अभ्यास गर्न सक्नेछैनन्, त्यसैले तिनीहरूमाथि जति ऊर्जा खर्चे पनि त्यो बेकार हुनेछ। सत्यतालाई प्रेम गर्नेहरूमा सत्यताप्रति ठूलो हुटहुटी हुन्छ; यदि त्यो तिनीहरूलाई डोऱ्याउने ठूलो भाग वा ठूलो अंश हो, र तिनीहरूलाई सत्यताबारे स्पष्टसँग सङ्गति गरियो भने, तिनीहरूले पक्कै त्यसलाई अभ्यास गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नु सरल कुरा होइन; थोरै इच्छा हुँदैमा त्यसले व्यक्तिलाई सत्यतालाई प्रेम गर्ने तुल्याउँदैन। उसले परमेश्‍वरको वचन बुझेपछि, सत्यतालाई व्यवहारमा लागू गर्नको निम्ति, ऊ मिहिनेत गर्न र कठिनाइ सहन अनि मूल्य चुकाउन सक्ने अवस्थामा पुग्नैपर्छ। त्यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानौँ तँमाथि केही आइपऱ्यो, र तँलाई के गर्ने भनेर थाहै छैन, न त तैँले अरू कसैले के गर्ने भनेर भनेको नै सुनेको छस्। यो कुरा तेरो धारणा र कल्पनाहरूसँग मिल्दो नहुन सक्छ, र यो वास्तवमै तेरो रुचिअनुरूप नहुन सक्छ; त्यसैले तेरो हृदयमा केही प्रतिरोध हुन्छ, र तँ अलि अशान्त हुन्छस्। तब, तैँले के गर्नुपर्छ? यहाँ अभ्यास गर्ने एउटा सबैभन्दा सरल तरिका छ, जुन सबैभन्दा सुरुमा समर्पित हुनु हो। समर्पण कुनै बाहिरी कार्य वा भनाइ होइन, न त यो कुनै मौखिक दाबी नै हो—यसभित्र एउटा स्थिति हुन्छ। यो तिमीहरूको लागि अपरिचित कुरा पक्‍कै नहोला। तिमीहरूको आफ्नै वास्तविक अनुभवहरूको आधारमा, तिमीहरूलाई मानिसहरू वास्तवमै समर्पित हुँदा तिनीहरूले कसरी बोल्छन्, व्यवहार गर्छन् र सोच्छन्, अनि तिनीहरूको स्थिति र मनोवृत्ति कस्तो हुन्छ जस्तो लाग्छ? (आफूले अझै पनि नबुझेका कुराहरूमा, तिनीहरूले सुरुमा आफ्ना धारणा र कल्पनाहरू पन्छाउँछन्। अनि, सत्यता र परमेश्‍वरका अभिप्राय खोज्छन्। यदि तिनीहरूले खोजी गरे पछि पनि नबुझेमा, परमेश्‍वरको समय-छनौट पर्खन सिक्छन्।) यो त्यसको एउटा पक्ष हो। अरू के छ? (जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू तर्क गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने प्रयास गर्दैनन्।) यो यस स्थितिको अर्को पक्ष हो। केही मानिसहरूले तिमीहरूको मुखै अगाडि तर्क र आत्मरक्षा गर्दैनन्, यद्यपि तिनीहरू गुनासो र असन्तुष्टिले भरिएका हुन्छन्। तिनीहरूले यो कुरा तेरो मुखैमा त भन्दैनन्, तर तेरो पछाडि मनपरी बोल्छन्, र यसलाई जताततै फैलाउँछन्। के यो समर्पित हुने मनोवृत्ति हो? (होइन।) त्यसोभए, समर्पित हुने मनोवृत्ति ठ्याक्कै कस्तो हुन्छ? पहिलो कुरा त, तँसँग सकारात्मक मनोवृत्ति हुनुपर्छ: जब तँलाई काटछाँट गरिन्छ, तैँले सुरुमै सही र गलत विश्‍लेषण गर्दैनस्—समर्पित हृदयले यसलाई स्वीकार मात्र गर्छस्। उदाहरणको लागि, कसैले तैँले केही गलत गरिस् भन्न सक्छ। तैँले आफ्नो हृदयमा यो नबुझे पनि, र तँलाई आफूले के गल्ती गरेँ भनेर थाहा नभए पनि, तँ यसलाई स्विकार्छस्। स्वीकार मूलतः सकारात्मक मनोवृत्ति हो। यसका साथै, यसमा अलि बढी नकारात्मक हुने एउटा मनोवृत्ति पनि हुन्छ, जुन मौनता कायम राख्नु र कुनै प्रतिरोध नगर्नु हो। यसमा कस्तो खाले व्यवहार समावेश हुन्छ? तँ तर्क गर्दैनस्, आफ्नो प्रतिरक्षा गर्दैनस्, न आफ्नो लागि वस्तुगत बहानाहरू बनाउँछस्। यदि तँ आफ्नो लागि सधैँ बहाना बनाउँछस्, तर्क गर्छस्, र जिम्मेवारी अरू मानिसहरूमा थोपर्छस् भने, के त्यो प्रतिरोध होइन र? त्यो विद्रोही स्वभाव हो। तैँले अस्वीकार, प्रतिरोध, वा तर्क गर्नु हुँदैन। यदि तैँले सही तर्क गर्छस् नै भने पनि, के त्यो सत्यता हुन्छ र? त्यो त मानिसको वस्तुगत बहाना हो, सत्यता होइन। तँलाई यो कुरा किन भयो, वा यो कसरी आयो भनेर वस्तुगत बहानाहरू सोधिएको होइन बरु, तेरो कार्यको प्रकृति सत्यताअनुरूप छैन भनेर तँलाई भनिएको हो। यदि तँसँग यो स्तरको ज्ञान छ भने, तँ वास्तवमै स्विकार्न र प्रतिरोध नगर्न सक्षम हुनेछस्। तँमाथि केही कुरा आइपर्दा, सुरुमा तँसित समर्पित हुने मनोवृत्ति हुनु महत्त्वपूर्ण छ। केही मानिसहरू यस्ता छन् जो काटछाँट सामना गरेपछि सधैँ तर्क र आत्मरक्षा गर्छन्: “यसको लागि म मात्र दोषी छैन, त्यसैले जिम्मेवारी कसरी मेरै टाउकोमा थोपरियो? किन कसैले मेरो पक्षमा बोल्दैन? यसको जिम्मेवारी म किन एक्लै बोक्दै छु? यो त वास्तवमै ‘फाइदाजति सबैलाई, दोषजति एउटालाई’ भनेजस्तो भयो। म कति अभागी रहेछु!” यो कस्तो भावना हो? यो प्रतिरोध हो। बाहिरबाट तिनीहरूले टाउको हल्लाएर गल्ती भयो भन्छन, र मुखले त्यो गल्ती स्विकार्छन्, तर हृदयमा भने तिनीहरू गुनासो गर्छन्, “मलाई काटछाँट गर्न लागिरहेको छौ भने गर, तर यस्तो कठोर रूपमा किन बोल्नुपऱ्यो? यति धेरै मानिसहरूको अगाडि मेरो आलोचना गरिरहेको छौ, तर मैले आफ्नो अनुहार कहाँ लुकाउने हो? तिमीले मलाई प्रेमसाथ व्यवहार गरिरहेको छैनौ! मैले बस एउटा सानो गल्ती गरेँ, किन निरन्तर त्यसकै कुरा गरिरहन्छौ?” यसरी, तिनीहरू आफ्नो हृदयमा यो व्यवहारलाई प्रतिरोध र अस्वीकार गर्छन्, हठी रूपमा यसको विरोध गर्छन्, र अनुचित र बझौटे बन्छन्। यी विचार र भावनाहरू भएको व्यक्ति स्पष्ट रूपमा प्रतिरोधी र विरोधी हुन्छ, त्यसैले उसमा कसरी साँच्चै समर्पित हुने मनोवृत्ति हुन सक्छ? काटछाँट सामना गर्दा, के-कस्तो कार्यव्यवहारमा स्वीकार गर्ने र समर्पित हुने मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तँ व्यावहारिक हुनुपर्छ र तँमा समझ हुनुपर्छ। तँ सबभन्दा सुरुमा समर्पित हुनुपर्छ, र तैँले प्रतिरोध वा अस्वीकार गर्नु हुँदैन, र तैँले तर्कसङ्गततासाथ व्यवहार गर्नुपर्छ। यसरी, तँसँग न्यूनतम रूपमा आवश्यक समझ हुनेछ। यदि तँ स्वीकार र समर्पणको स्थिति हासिल गर्न चाहन्छस् भने, तैँले सत्यता बुझ्नैपर्छ। सत्यता बुझ्नु सामान्य कुरा होइन। सुरुमा, तैँले परमेश्‍वरबाट आएका कुराहरू स्विकार्नुपर्छ: कम्तीमा पनि तैँले काटछाँट भोग्नु भनेको परमेश्‍वरले नै तँलाई ती भोग्न अनुमति दिनुभएको कुरा हो, वा त्यो परमेश्‍वरबाटै आएको कुरा हो भनेर जान्‍नुपर्छ। चाहे काटछाँट पूर्णतया व्यावहारिक होस् वा नहोस्, तँसँग स्विकार्ने र समर्पित हुने मनोवृत्ति हुनुपर्छ। यो परमेश्‍वरप्रतिको समर्पणको प्रकटीकरण हो, र साथै, परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नु पनि हो। यदि तँ काटछाँट परमेश्‍वरबाट होइन मानिसबाट आउँछ भन्‍ने सोच्दै, आफ्नो पक्षमा तर्क र प्रतिरक्षा मात्र गर्छस् भने, त्यो तेरो बुझाइ त्रुटिपूर्ण छ। एकातिर, तैँले परमेश्‍वरको जाँचलाई स्विकारेको छैनस्, र अर्कोतिर, परमेश्‍वरले तेरो लागि बनाउनुभएको वातावरणमा तँसँग समर्पित हुने मनोवृत्ति वा व्यवहार छैन। यो त परमेश्‍वरमा समर्पित नहुने व्यक्ति हो। … परमेश्‍वरले मानिसहरूलाई समर्पणको पाठ सिक्‍न दिनुको अन्तिम लक्ष्य के हो? त्यो बेला तैँले, जतिसुकै गल्ती र पीडा भोग्नुपरे पनि, तँ जति लज्जित भए पनि, वा तेरो इज्जत, आडम्बर वा प्रतिष्ठामा जति चोट पुगे पनि, यी सबै गौण हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो स्थिति सुल्ट्याउनु हो। कस्तो स्थिति? सामान्य परिस्थितिमा, मानिसहरूको हृदयको गहिराइमा एक प्रकारको हठी र विद्रोही स्थिति रहेको हुन्छ—र त्यसको मुख्य कारण के हो भने, तिनीहरूको हृदयमा, निश्‍चित प्रकारको मानव तर्क र मानव धारणाहरू हुन्छन्, जुन “मेरो नियत सही भएसम्म, नतिजा जे भए पनि फरक पर्दैन; तैँले मलाई काटछाँट गर्नुहुँदैन, र गरे पनि, मैले मान्नुपर्दैन” भन्‍ने हुन्छ। तिनीहरूले आफ्ना कार्यहरू सत्यता सिद्धान्तअनुरूप छन् कि छैनन् वा परिणामहरू के हुनेछन् भनेर चिन्तन गर्दैनन्। तिनीहरू सधैँ केमा अडिग रहन्छन् भने, “मेरो नियत असल र सही भएसम्म, परमेश्‍वरले मलाई स्विकार्नुपर्छ। परिणाम राम्रो नआए पनि, तैँले मलाई काटछाँट गर्नु हुँदैन, निन्दा गर्नु त झनै हुँदैन।” यो मानव तर्क हो, होइन र? यी मानिसका धारणा हुन्, होइनन् र? मानिस सधैँ आफ्नै तर्कमा अडिग रहन्छ—के यसमा कुनै समर्पणता हुन्छ? तैँले आफ्नै तर्कलाई सत्यता बनाइस् र सत्यतालाई एकातिर पन्छ्याइस्। तँ आफ्नो तर्कसँग मिल्ने कुरा सत्यता हो, र आफ्नो तर्कसँग नमिल्ने कुरा सत्यता होइन भनेर विश्‍वास गर्छस्। के योभन्दा हास्यास्पद कुरा अरू केही हुन्छ? के योभन्दा अहङ्कारी र आत्मधर्मी अरू कोही हुन्छ? समर्पणको पाठ सिक्न कुन भ्रष्ट स्वभाव समाधान गरिनुपर्छ? मानिसहरूले सत्यता अभ्यास गर्दा र तिनीहरू परमेश्‍वरमा समर्पित हुने क्रममा, सबैभन्दा ठूलो बाधा ल्याउने कुरा भनेकै वास्तवमा अहङ्कारी र आत्मधर्मी स्वभाव हो। अहङ्कारी र आत्मधर्मी स्वभाव भएका मानिसहरूले तर्क गर्ने र आज्ञापालन नगर्ने सम्भावना सबैभन्दा धेरै हुन्छ, तिनीहरू सधैँ आफू सही भएको सोच्छन्, र त्यसैले व्यक्तिको अहङ्कारी र आत्मधर्मी स्वभावलाई समाधान र काटछाँट गर्नुभन्दा जरुरी अरू केही हुँदैन। एकपटक मानिसहरूले भद्र भएर आफ्नो पक्षमा तर्क गर्न बन्द गरेपछि, विद्रोहीपनको समस्या समाधान हुनेछ, र तिनीहरू समर्पित हुन सक्षम हुनेछन्। यदि मानिसहरूलाई समर्पित हुन सक्षम बन्‍नु छ भने, के तिनीहरूमा निश्‍चित हदको तर्कसङ्गतता हुनुपर्दैन र? तिनीहरूसँग सामान्य व्यक्तिमा हुनुपर्ने समझ हुनैपर्छ। उदाहरणको लागि, कुनै कुरामा, हामीले सही कार्य गरेको वा नगरेको भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने, हामीले उहाँले भन्‍नुभएअनुसार गर्नुपर्छ, र उहाँका वचनहरूलाई सबै कुराको मानकको रूपमा व्यवहार गर्नुपर्छ। के यो तर्कसङ्गत छ? सबैभन्दा पहिला मानिसहरूमा यस्तो समझ पाइनुपर्छ। हामीले जतिसुकै दुःख भोग्नुपरे पनि, र हाम्रा अभिप्राय, उद्देश्य र कारणहरू जे भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने—यदि उहाँका मापदण्डहरू पूरा भएका छैनन् भने—हाम्रा कार्यहरू निस्सन्देह रूपमै सत्यतासँग मिलेका छैनन्, त्यसैले हामीले परमेश्‍वरलाई सुन्नैपर्छ र उहाँमा समर्पित हुनैपर्छ, र हामीले उहाँसँग तर्क गर्ने वा आफ्नो तर्कसङ्गतता साबित गर्ने प्रयास गर्नु हुँदैन। जब तँसँग यस्तो तर्कसङ्गतता हुन्छ, जब तँसँग सामान्य मानिसको समझ हुन्छ, तेरा समस्याहरू समाधान गर्न सजिलो हुन्छ, र तँ साँचो रूपमा समर्पित हुनेछस्। तँ जस्तोसुकै अवस्थामा भए पनि, तँ विद्रोही हुनेछैनस्, र परमेश्‍वरका मापदण्डहरूलाई अवहेलना गर्नेछैनस्; तैँले परमेश्‍वरले जे माग्‍नुहुन्छ, त्यो सही छन् कि गलत, असल छ कि खराब भनेर विश्‍लेषण गर्नेछैनस्, र तँ आज्ञापालन गर्न सक्षम हुनेछस्—र यसरी तैँले आफ्नो तर्कबाजीपन, हठीपन र विद्रोहीपनको स्थिति समाधान गर्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

परमेश्‍वरमा समर्पित हुनुको सबैभन्दा आधारभूत पाठ भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा मानिस, घटना, कामकुराहरू र विभिन्‍न परिस्थितिहरू पर्छन् जुन परमेश्‍वरले तेरो वरिपरि पैदा गराउनुहुन्छ। त्यसोभए यी परिस्थितिहरू सामना गर्दा तैँले कस्तो प्रतिक्रिया जनाउनुपर्छ? सबैभन्दा मूलभूत कुरा भनेको परमेश्‍वरबाट स्विकार्नु हो। “परमेश्‍वरबाट स्विकार्नु” को अर्थ के हो? गुनासो र प्रतिरोध गर्नु—के यो परमेश्‍वरबाट स्विकार्नु हो? कारणहरू खोज्नु र बहानाहरू बनाउनु—के यो परमेश्‍वरबाट स्विकार्नु हो? होइन। त्यसोभए परमेश्‍वरबाट स्विकार्नुलाई तैँले कसरी अभ्यास गर्नुपर्छ? जब तँलाई केही आइपर्छ, तब सुरुमा शान्त हो, सत्यता खोज्, र समर्पित हुने अभ्यास गर्। बहाना वा स्पष्टीकरणहरू लिएर नआइज। को सही र को गलत छ भनी विश्लेषण गर्ने वा अनुमान लगाउने कोसिस नगर्, अनि कसको गल्ती बढी गम्भीर र कसको कम गम्भीर छ भनी विश्लेषण नगर्। के सधैँ यी कुराहरू विश्लेषण गर्नु परमेश्‍वरबाट स्विकार्ने मनोवृत्ति हो? के यो परमेश्‍वरप्रति समर्पणको मनोवृत्ति हो? यो परमेश्‍वरप्रति समर्पणको, वा परमेश्‍वरबाट स्विकार्ने, वा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्ने मनोवृत्ति होइन। परमेश्‍वरबाट स्विकार्ने कार्य परमेश्‍वरप्रतिको समर्पण अभ्यास गर्ने सिद्धान्तहरूको एउटा पाटो हो। यदि तँ तँलाई आइपर्ने सबथोक परमेश्‍वरको सार्वभौमिकताभित्र पर्छ, ती कुराहरू परमेश्‍वरका बन्दोबस्तहरू र शुभेच्छाका कारण हुन्छन् भनी निश्चित छस् भने, तैँले तिनलाई परमेश्‍वरबाट स्विकार्न सक्छस्। सुरुमा सही र गलत विश्लेषण नगर्, आफैले बहानाहरू नबना, अरूमा खोट नखोज्, गल्तीहरू खोतल्ने काम नगर्, घटनाका वस्तुगत कारणहरूको आलोचनात्मक विश्लेषण नगर्, र कामकुरालाई विश्लेषण र जाँच गर्न तेरो मानव दिमाग प्रयोग नगर्। परमेश्‍वरबाट स्विकार्नका निम्ति तैँले गर्नैपर्ने कामका विवरणहरू यिनै हुन्। यो अभ्यास गर्ने उपाय भनेको सुरुमा समर्पण गर्नु हो। तँमा धारणाहरू भए पनि वा कामकुराबारे तँ प्रस्ट नभए पनि, समर्पित हो। सुरुमै बहाना वा विद्रोहीपनतिर नलाग्। अनि समर्पित भएपछि, सत्यता खोज्, परमेश्‍वरलाई प्रार्थना गर् अनि उहाँबाट खोजी गर्। तैँले कसरी प्रार्थना गर्नुपर्छ? यसो भन्, “हे परमेश्‍वर, तपाईंले आफ्नो शुभेच्छाले मेरा लागि यो परिस्थिति योजनाबद्ध गर्नुभएको छ।” तैँले यसो भन्‍नुको अर्थ के हो? यसको अर्थ तेरो हृदयमा पहिल्यै स्वीकारको मनोवृत्ति छ र परमेश्‍वरले तेरा लागि त्यो परिस्थिति योजनाबद्ध गर्नुभएको हो भनी तैँले स्विकारेको छस्। यसो भन्: “हे परमेश्‍वर, आज मैले सामना गरेको परिस्थितिमा कसरी अभ्यास गर्ने भनेर म जान्दिनँ। म तपाईँलाई मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न अनि मलाई तपाईंको अभिप्राय बुझाइदिन आग्रह गर्छु, ताकि म त्यहीअनुसार कार्य गर्न, र न त विद्रोही न प्रतिरोधी हुन, र मेरो आफ्नै इच्छामा भर नपर्न सकूँ। म सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक छु।” प्रार्थना गरेपछि, तँलाई हृदयमा शान्ति महसुस हुनेछ, र तैँले तेरा बहानाहरूलाई स्वतः त्याग्नेछस्। के यो तेरो मानसिकतामा आएको परिवर्तन होइन र? यसले तेरो लागि सत्यता खोज्ने र अभ्यास गर्ने बाटो खोल्छ, र बाँकी समस्या भनेको तैँले सत्यता बुझिसकेपछि त्यसलाई कसरी अभ्यास गर्नुपर्छ भन्‍ने मात्र हो। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयमा यदि तैँले फेरि पनि विद्रोहीपन प्रकट गर्छस् भने, तैँले फेरि परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ। तेरो विद्रोहीपन समाधान भइसकेपछि, स्वाभाविक रूपमा तँलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

अब्राहामलाई राम्ररी थाहा थियो कि इसहाक परमेश्‍वरले दिनुभएको हो, परमेश्‍वरसँग उसलाई आफ्नो इच्छाबमोजिम व्यवहार गर्ने शक्ति छ, मानिसहरूले यस विषयमा कुनै मूल्याङ्‍कन गर्नु हुँदैन, सृष्टिकर्ताले भन्‍नुभएका सबै कुराले सृष्टिकर्ताको प्रतिनिधित्व गर्दछ र चाहे त्यो तर्कसङ्‍गत देखियोस् कि नदेखियोस्, चाहे त्यो मानव ज्ञान, संस्कृति र नैतिकतासँग मेल खाओस् कि नखाओस्, परमेश्‍वरको पहिचान र उहाँका वचनहरूको प्रकृति परिवर्तन हुँदैनन्। उनलाई स्पष्ट रूपमा थाहा थियो कि यदि मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्‍न, बोध गर्न वा पत्ता लगाउन सक्दैनन् भने, त्यो तिनीहरूको काम हो, परमेश्‍वरले यी वचनहरू व्याख्या गर्नुपर्ने वा स्पष्ट पार्नुपर्ने कुनै कारण छैन, साथै मानिसहरूले परमेश्‍वरका वचनहरू र अभिप्रायहरू बुझेपछि समर्पण गर्ने मात्र होइन, बरु परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरका वचनहरूप्रति एउटै मनोवृत्ति राख्‍नुपर्छ: सुन्‍ने, त्यसपछि स्वीकार गर्ने, अनि समर्पण गर्ने। परमेश्‍वरले अब्राहामलाई गराउनुभएका सबै कुराहरूप्रति अब्राहामको स्पष्ट रूपले खुट्ट्याउन सकिने मनोवृत्ति यही थियो, र यसमा सामान्य मानवताको चेतनाका साथै साँचो आस्था र साँचो समर्पण पनि समावेश छ। सर्वप्रथम, अब्राहामले के गर्नु आवश्यक थियो? परमेश्‍वरका वचनहरूका सही र गलत कुराहरूको विश्लेषण नगर्नु, ती ठट्टामा भनिएका हुन् कि भनेर नजाँच्‍नु वा उहाँको जाँच नगर्नु वा अन्य यस्तै कुराहरू। अब्राहामले त्यस्ता कुराहरूको जाँच गरेनन्। परमेश्‍वरका वचनहरूप्रति उनको तात्कालिक मनोवृत्ति कस्तो थियो? उनको मनोवृत्ति परमेश्‍वरका वचनहरू तर्कद्वारा पुष्टि गर्न सकिँदैन—चाहे तिनीहरू तर्कसङ्‍गत हुन् वा नहुन्, परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचन नै हुन् र परमेश्‍वरका वचनहरूप्रति मानिसहरूको मनोवृत्तिमा छनौट र जाँचको कुनै ठाउँ हुनु हुँदैन भन्ने थियो; मानिसहरूमा हुनुपर्ने समझ र तिनीहरूले गर्नुपर्ने कुरा भनेको सुन्‍नु, स्वीकार गर्नु र समर्पण गर्नु हो। सृष्टिकर्ताको पहिचान र सार के हो र सृजित मानिसले कुन स्थान ओगट्नुपर्छ भनेर अब्राहामलाई हृदयमा राम्ररी थाहा थियो। ठ्याक्कै भन्‍नुपर्दा अब्राहामसँग यस्तो चेतना र यस प्रकारको मनोवृत्ति भएकै कारण उनले असाध्यै पीडा भोग्‍नुपरे पनि, उनले इसहाकलाई सङ्‍कोच वा कुनै हिचकिचाहट बिना परमेश्‍वरलाई अर्पण गरे, र परमेश्वरको चाहनाबमोजिम नै ऊ उहाँलाई फिर्ता गरे। उनलाई परमेश्‍वरले माग्‍नुभएको हुनाले उनले इसहाकलाई उहाँकहाँ फर्काउनुपर्छ र उहाँसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन, वा आफ्नै इच्छा वा मागहरू राख्नु हुँदैन भन्‍ने महसुस भयो। सृजित प्राणीले सृष्टिकर्ताप्रति राख्‍नुपर्ने मनोवृत्ति ठ्याक्कै यही नै हो। यसो गर्नको लागि सबैभन्दा कठिन कुरा नै अब्राहामको सबैभन्दा बहुमूल्य कुरा थियो। परमेश्‍वरले बोल्नुभएका यी वचनहरू अनुचित र मानवीय भावनाहरूको ख्याल नराख्‍ने किसिमका थिए—मानिसहरूले तिनलाई बुझ्‍न वा स्विकार्न सक्दैनन् अनि उमेर जतिसुकै भए पनि वा यो जसलाई यस्तो भए पनि, यी वचनहरूले अर्थ राख्दैनन्, ती अप्राप्य छन्—तर परमेश्‍वरले अझै पनि यसो गर्न लगाउनुभयो। त्यसोभए के गर्नुपर्छ? धेरैजसो मानिसहरूले यी वचनहरू जाँच्‍थे अनि यसो गरेको धेरै दिन पछि, तिनीहरूले मनमनै सोच्‍थे: “परमेश्‍वरका वचनहरू अनुचित छन्—परमेश्‍वरले कसरी यसो गर्न सक्नुहुन्छ? के यो एक प्रकारको यातना होइन र? के परमेश्‍वरले मानिसलाई प्रेम गर्नुहुन्‍न? उहाँले कसरी मानिसहरूलाई यसरी सताउन सक्नुहुन्छ? म मानिसहरूलाई यसरी सताउने परमेश्‍वरमाथि विश्‍वास गर्दिनँ र मैले यी वचनहरूमा समर्पित नहुने निर्णय गर्न पाउँछु।” तर अब्राहामले त्यसो गरेनन्; उनले समर्पित हुने निर्णय गरे। सबैलाई परमेश्‍वरले बोल्‍नुभएको र माग गर्नुभएको कुरा गलत थियो, परमेश्‍वरले मानिसहरूबाट यस्ता मागहरू गर्नु हुँदैन भन्ने लागे पनि, अब्राहाम समर्पित हुन सक्षम भए—जुन उनको सबैभन्दा बहुमूल्य कुरा थियो र अरू मानिसहरूमा ठीक यही कुराको अभाव थियो। यो नै अब्राहामको साँचो समर्पण हो। यसबाहेक, परमेश्‍वरले उनीबाट अपेक्षा गर्नुभएको कुरा सुनेपछि, उनलाई पहिलो कुरा पक्का थियो कि परमेश्‍वरले यो ठट्टामा भन्‍नुभएको थिएन, र त्यो कुनै खेल थिएन। अनि परमेश्‍वरका वचनहरू यी कुराहरू थिएनन् भने, ती के थिए त? यो परमेश्वरले गर्नैपर्छ भनेर तय गर्नुभएको कुरालाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन, परमेश्वरका वचनहरूमा कुनै ठट्टा, जाँच, वा सतावट हुँदैनन्, परमेश्‍वर भरोसायोग्य हुनुहुन्छ, अनि उहाँले भन्‍नुभएका सबै कुरा उचित लागे पनि नलागे पनि सत्य हुन् भन्ने अब्राहामको गहन विश्वास थियो। के यो अब्राहामको साँचो आस्था थिएन र? के उनले यसो भने, “परमेश्‍वरले मलाई इसहाकको बलि चढाउन भन्नुभयो। इसहाक पाएपछि, मैले परमेश्‍वरलाई राम्रोसँग धन्यवाद दिइनँ—के यो परमेश्‍वरले मबाट कृतज्ञता माग गरिरहनुभएको हो? त्यसोभए मैले राम्रोसँग आभार देखाउनैपर्छ। मैले म इसहाकलाई अर्पण गर्न इच्छुक छु, म परमेश्‍वरलाई धन्यवाद दिन इच्छुक छु, म परमेश्‍वरको अनुग्रहलाई जान्दछु र सम्झन्छु अनि मैले परमेश्‍वरलाई चिन्तित बनाउने छैनँ भनेर देखाउनैपर्छ। निस्सन्देह, परमेश्‍वरले मलाई जाँच्‍न र परीक्षण गर्न यी वचनहरू भन्नुभयो, त्यसैले मैले झारा टार्नुपर्छ। म सबै तयारी गर्नेछु, त्यसपछि म इसहाकसँगै एउटा भेडा ल्याउनेछु, अनि यदि बलिदानको समयमा परमेश्‍वरले केही भन्‍नुभएन भने, म भेडाको बलि चढाउनेछु। औपचारिकता पूरा गरे पुग्छ। यदि परमेश्‍वरले मलाई साँच्चै इसहाकको बलि चढाउन लगाउनुभयो भने, मैले उसलाई वेदीमा देखाउन लैजानुपर्छ; जब समय आउँछ, परमेश्‍वरले मलाई अझै पनि मेरो बच्चाको नभई भेडाको बलि चढाउन दिन सक्नुहुन्छ”? के अब्राहामले सोचेको कुरा यही थियो? (थिएन।) यदि उसले त्यस्तो सोचेको भए, उसको हृदयमा कुनै पीडा हुने थिएन। यदि उनले त्यस्तो सोचेका भए, उनको हृदयमा कुनै सन्ताप हुनेथिएन। यदि उनले त्यस्ता कुराहरू सोचेका भए, उनीसँग कस्तो प्रकारको निष्ठा हुने थियो? के उनीसँग साँचो आस्था हुने थियो? के उनीसँग साँचो समर्पण हुने थियो? अहँ, हुने थिएन।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई)

सृष्टिकर्ताले जे गर्नुहुन्छ त्यो सही हुन्छ र त्यो सत्यता हुन्छ। उहाँले जेसुकै गरे पनि, उहाँको पहिचान र हैसियत परिवर्तन हुँदैन। सबै मानिसले उहाँको आराधना गर्नुपर्छ। उहाँ मानवताको अनन्त प्रभु र अनन्त परमेश्‍वर हुनुहुन्छ। यो तथ्य कहिल्यै पनि परिवर्तन हुन सक्दैन। परमेश्‍वरले मानिसहरूलाई उपहारहरू दिँदा मात्र तिनीहरूले उहाँलाई परमेश्‍वर भनी स्विकार्न, वा उहाँले तिनीहरूबाट कुराहरू लैजानुहुँदा उहाँलाई परमेश्‍वर भनी नस्विकार्न मिल्दैन। यो मानिसको त्रुटिपूर्ण दृष्टिकोण हो, परमेश्‍वरको कार्यमा भएको गल्ती होइन। यदि मानिस सत्यता बुझ्छन् भने तिनीहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्नेछन्, र यदि, तिनीहरूले भित्रबाट यो सत्यता हो भनी स्विकार्न सके भने, परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध झन्-झन् सामान्य हुँदै जानेछ। यदि तँ परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्विकार्छु भन्छस्, तर तँमाथि केही आइपर्दा उहाँलाई बुझ्दैनस्, र उहाँलाई दोष समेत दिन्छस् अनि उहाँप्रति साँचो रूपमा समर्पित हुँदैनस् भने, तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्विकार्छु भन्‍नु व्यर्थ हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो हृदयले सत्यता स्विकार्न सक्नुपर्छ, र जेसुकै भए पनि, तैँले परमेश्‍वरका कार्य सही छन्, र उहाँ धर्मी हुनुहुन्छ भनी देख्न सक्नुपर्छ। परमेश्‍वरलाई बुझ्ने खालको मानिस यस्तै हुन्छ। धर्मसिद्धान्त बुझ्नमा मात्र ध्यान केन्द्रित गर्ने धेरै विश्‍वासीहरू छन्। तिनीहरू आत्मिक सिद्धान्त स्विकार्छन्, तर आफूमाथि केही आइपर्दा, सत्यता स्विकार्दैनन्, त्यसप्रति समर्पित हुँदैनन्। यी पाखण्डी मानिसहरू हुन्। तैँले सामान्यतः भन्‍ने कुराहरू सही हुन्छन्, तर आफ्ना धारणासँग नमिल्ने कुनै कुरा हुनेबित्तिकै, तँ त्यसलाई स्विकार्न सक्दैनस्। तँ परमेश्‍वरले यो वा त्यो गर्नुहुँदैन थियो भन्‍ने सोच्दै उहाँसँग बहस गर्छस्। तँ परमेश्‍वरको कामप्रति समर्पित हुन सक्दैनस्, अनि सत्यता खोज्दैनस् वा आफ्नो विद्रोहीपनबारे चिन्तन गर्दैनस्। यसको अर्थ तँ परमेश्‍वरप्रति समर्पित छैनस्। तँ सधैँ परमेश्‍वरसँग बहस गर्न मन पराउँछस्; तँ सधैँ आफ्ना तर्कहरू सत्यताभन्दा माथि छन्, अनि ती बताउन तँ मञ्चमा जान पाए धेरै मानिसहरूले तेरो समर्थन गर्नेथे भन्‍ने सोच्छस्। तर धेरै मानिसहरूले तेरो समर्थन गरे तापनि, तिनीहरू सबै भ्रष्ट मानव नै हुन्। के समर्थन गर्ने र समर्थन पाउने सबै भ्रष्ट मानव नै होइनन् त? के तिनीहरू सबैमा सत्यताको अभाव छैन त? पूरै मानवजातिले तेरो समर्थन गरेर परमेश्‍वरको विरोध गरे पनि, परमेश्‍वर अझै पनि सही नै हुनुहुने थियो। परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने मानवजाति नै गलत हुने थियो। के यो एउटा भनाइ मात्र हो र? होइन। यो तथ्य हो; यो सत्यता हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति

सृष्टि गरिएको प्राणीमा सृष्टिकर्ताप्रति हुनुपर्ने एक मात्र मनोवृत्ति भनेको समर्पणको मनोवृत्ति, निसर्त समर्पणको मनोवृत्ति हो। यो यस्तो कुरा हो, जसलाई आज केही मानिसले स्विकार्न नसक्लान्। यस्तो किन हुन्छ भने मानिसको कद धेरै सानो छ र तिनीहरू सत्यता वास्तविकतारहित छन्। परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कामहरू गर्नुहुँदा, यदि तैँले परमेश्‍वरलाई गलत बुझ्‍ने सम्‍भावना छ—तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र उहाँलाई विश्‍वासघात गर्नेसमेत सम्‍भावना छ भने, तँ परमेश्‍वरप्रति समर्पित हुन सक्नबाट धेरै टाढा छस्। मानिसलाई परमेश्‍वरको वचनद्वारा भरणपोषण र सिञ्चन गरिँदा, वास्तवमा उसले एउटै उद्देश्यका लागि जोड गरिरहेको हुन्छ, र त्यो अन्त्यमा विनासर्त परमेश्‍वरप्रति पूर्ण समर्पण गर्न सक्नु हो—जुन बेला तँ, यो सृष्टि गरिएको प्राणी, आवश्यक स्तरमा पुगेको हुनेछस्। कहिलेकाहीँ परमेश्‍वरले जानीजानी तेरा धारणाविपरीत कामहरू गर्नुहुन्छ, र जानीजानी तेरा इच्‍छाहरूविरुद्ध जाने कुराहरू गर्नुहुन्छ, र त्यो सत्यतासँग नमिल्‍ने, तँप्रति अविचारशील र तेरो आफ्नै प्राथमिकताहरूसँग मेल नखाने किसिमको समेत देखिन सक्छ। यी कुराहरू स्वीकार गर्न तँलाई गाह्रो हुन सक्छ, तैँले ती कुरा बुझ्न सक्दैनस् होला, र तैँले तिनको विश्‍लेषण जसरी गरे पनि, तँलाई ती गलत लाग्‍न सक्छ र तैँले तिनलाई स्वीकार गर्न सक्दैनस्, तँलाई परमेश्‍वरले यसो गर्नु अनुचित हो भन्‍ने लाग्‍न सक्छ—तर वास्तवमा, परमेश्‍वरले यो जानीजानी गर्नुभएको हुन्छ। त्यसोभए, परमेश्‍वरले यी कुराहरू गर्नुको उद्देश्य के हो? तँलाई जाँच गर्न र खुलासा गर्न, तैँले सत्यता खोजी गर्न सक्छस् कि सक्दैनस्, तँ साँचो रूपमा परमेश्‍वरप्रति समर्पित छस् कि छैनस् भनेर हेर्न यसो गरिएको हुन्छ। परमेश्‍वरले गर्ने र आज्ञा दिने सबै कुराको आधार नखोज्, र किन भनेर नसोध्। परमेश्‍वरसँग तर्क गर्नुको कुनै अर्थ हुँदैन। तैँले बस परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ र तँ पूर्ण समर्पण गर्न सक्षम हुनुपर्छ। तैँले बस परमेश्‍वर तेरा सृष्टिकर्ता र तेरा परमेश्‍वर हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ। यो कुनै पनि तर्क, कुनै पनि सांसारिक बुद्धि, कुनै पनि मानव नैतिकता, आचारनीति, ज्ञान, दर्शन, वा परम्‍परागत संस्कृतिभन्दा उच्‍च छ—मानव भावना, मानव धार्मिकता, र कथित मानव प्रेमभन्दा पनि अझै उच्‍च छ। यो सबै कुराभन्दा उच्‍च छ। यदि तँलाई यो कुरा स्पष्ट छैन भने, ढिलोचाँडो तेरो जीवनमा कुनै परिस्थिति आइपर्ने र तँ पतन हुने दिन आउनेछ। कम्तीमा पनि, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछस् र तँ विचलीत मार्गमा हिँड्नेछस्; यदि तैँले अन्त्यमा पश्‍चात्ताप गर्न, र परमेश्‍वरको माधुर्यलाई पहिचान गर्न र परमेश्‍वरले तँमा गर्नुभएको कामको महत्त्व चिन्‍न सक्छस् भने, तँसँग अझै पनि मुक्ति पाउने आशा हुन्छ—तर यो कुराको कारण तँ लड्छस् र उठ्न सक्दैनस् भने, तँसँग कुनै आशा हुँदैन। परमेश्‍वरले मानिसहरूलाई न्याय, ताडना, वा श्राप दिनुभए पनि, यो सब तिनीहरूलाई मुक्ति दिनको लागि हुन्छ, र तिनीहरूले डराउनु पर्दैन। तैँले के कुराको चाहिँ डर मान्‍नुपर्छ त? परमेश्‍वरले “म तँलाई तिरस्कार गर्छु” भन्‍नुहोला भन्‍ने डर तैँले मान्‍नुपर्छ। यदि परमेश्‍वरले यसो भन्‍नुभयो भने, तँ समस्यामा हुन्छस्: यसको अर्थ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन र तैँले मुक्ति पाउने कुनै आशा छैन भन्‍ने हुन्छ। त्यसकारण, परमेश्‍वरको काम स्वीकार गर्दा, मानिसहरूले परमेश्‍वरको अभिप्राय बुझ्‍नुपर्छ। तैँले जेसुकै गरे पनि, परमेश्‍वरका वचनहरूबारे यसो भन्दै गल्ती कोट्याउने नगर्, “न्याय र सजाय ठीकै छ, तर दण्डाज्ञा, श्राप, विनाश—के त्यसको अर्थ मेरो लागि सब खतम भो भन्‍ने हुँदैन र? सृष्टि गरिएको प्राणी बन्‍नुको अर्थ के भो र? त्यसकारण म तपाईंको सृष्टि बन्‍नेछैनँ, र तपाईं अबदेखि मेरा परमेश्‍वर हुनुहुन्‍न।” यदि तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुँदैनस् भने, परमेश्‍वरले तँलाई साँच्‍चै नै इन्कार गर्न सक्‍नुहुन्छ। के तिमीहरूलाई यो कुरा थाहा छ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले जति धेरै यात्रा गरेका भए पनि, तिनीहरूले जति धेरै काम गरेका भए पनि, वा तिनीहरूले जति वटा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले यो अवधिमा गरेको सबैथोक एउटै कुराको तयारीको लागि हो। त्यो के हो? तिनीहरूले अन्त्यमा परमेश्‍वरप्रति पूर्ण समर्पण, निसर्त समर्पणको तयारी गरिरहेका हुन्छन्। “निसर्त” को अर्थ के हो? यसको अर्थ तैँले आफ्नो सफाइ नदिनु, र आफ्‍नै उद्देश्यमूलक तर्कहरूको कुरा नगर्नु हो, यसको अर्थ तँ झिनामसिना कुराहरूमा तेरो-मेरो भनिरहेको छैनस् भन्‍ने हो; तँ यसको लायक छैनस्, किनभने तँ सृष्टि गरिएको प्राणी होस्। जब तैँले परमेश्‍वरसँग सानातिना कुराहरूमा तेरो-मेरो भनिरहेको हुन्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र जब तैँले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छस्, तब फेरि पनि, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्। परमेश्‍वरसँग तर्क नगर्, सधैँ कारण पत्ता लगाउने प्रयास नगर्, समर्पित हुनुभन्दा पहिले बुझ्‍नुपर्छ भनेर जिद्दी नगर्, र नबुझ्दा समर्पण गर्दिनँ भनेर जिद्दी नगर्। जब तैँले यसो गर्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र त्यस्तो अवस्थामा परमेश्‍वरप्रतिको तेरो समर्पण पूर्ण समर्पण हुँदैन; यो तुलनात्मक र सर्तमा आधारित समर्पण हुन्छ। के परमेश्‍वरमा समर्पित हुँदा सर्तहरू राख्ने मानिसहरू परमेश्‍वरमा साँचो समर्पण गर्नेहरू हुन्? के तैँले यसरी परमेश्‍वरसँग परमेश्‍वरलाई जस्तो व्यवहार गरिरहेको हुन्छस्? के तैँले परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा आराधना गर्छस्? यदि गर्दैनस् भने, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरप्रतिको पूर्ण र निसर्त समर्पण गर्नका लागि तैँले के अनुभव गर्नुपर्छ? अनि तैँले कसरी अनुभव गर्नुपर्छ? एउटा कुरा के हो भने, मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, अनि तिनीहरूले काटछाँट स्वीकार गर्नैपर्छ। यसबाहेक, तिनीहरूले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ, आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले सत्यता खोजी गर्नुपर्छ, जीवन प्रवेशसँग सम्‍बन्धित सत्यताका विभिन्‍न पक्षलाई, अनि परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। कहिलेकाहीँ, यो कुरा मानिसहरूको क्षमताभन्दा बाहिरको हुन्छ, र तिनीहरूमा सत्यता बुझने अन्तर्दृष्टि हुँदैन, र अरूले तिनीहरूलाई सङ्गति दिँदा वा परमेश्‍वरले तय गर्नुभएका विभिन्‍न परिस्थितिबाट पाठहरू सिकेर मात्रै तिनीहरूले थोरथोरै बुझ्‍न सक्छन्। तर तँलाई के कुराको चेतना हुनुपर्छ भने तँमा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले परमेश्‍वरसँग तर्क गर्ने वा सर्तहरू अघि सार्ने प्रयास गर्नु हुँदैन; परमेश्‍वरले जे गर्नुहुन्छ ती सबै गरिनुपर्ने कुराहरू हुन्, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ र तँ सृष्टि गरिएको प्राणी होस्। तँमा समर्पणको मनोवृत्ति हुनैपर्छ, र तैँले सधैँ कारण माग्ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन। यदि तँमा समर्पणको सबैभन्दा आधारभूत मनोवृत्तिसमेत छैन, र तँ परमेश्‍वरलाई शङ्का गर्ने र उहाँप्रति सतर्क बन्‍नेसमेत प्रवृत्तिको छस्, वा तैँले आफ्‍नो हृदयमा “परमेश्‍वरले मलाई साँच्‍चै मुक्ति दिनुहुन्छ कि दिनुहुन्‍न र परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भनेर मैले हेर्नुपर्छ। सबैले परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर भन्छन्—ठिक छ त्यसोभए, परमेश्‍वरले ममा जे गर्नुहुन्छ त्यसमा साँच्‍चै प्रेम लुकेको छ कि छैन, यो साँच्‍चै प्रेम हो कि होइन, मैले हेर्नुपर्छ” भनी भन्छस् भने, यदि तैँले परमेश्‍वरले गर्ने कुरा तेरा धारणा र रुचिहरू, वा तैँले सत्यता भनी ठानेका समेत कुराहरूअनुरूप छ कि छैन भनेर निरन्तर जाँचिरहेको हुन्छस् भने, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र तँ समस्यामा छस्: तैँले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना धेरै हुन्छ। समर्पणसँग सम्‍बन्धित सत्यताहरू महत्त्वपूर्ण छन्, र कुनै पनि सत्यतालाई एक-दुई वाक्यमा पूर्ण र प्रष्टसँग बताउन सकिँदैन; ती सबै मानिसहरूका विभिन्‍न स्थितिहरू र भ्रष्टतासँग सम्‍बन्धित छन्। एक वा दुई, वा तीन वा पाँच वर्षमै सत्यता वास्तविकतामा प्रवेश हासिल गर्न सकिँदैन। यसका लागि धेरै कुराको अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको धेरै न्याय र सजाय अनुभव गर्नुपर्छ, धेरै काटछाँट अनुभव गर्नुपर्छ। तैँले अन्तिममा सत्यता अभ्यास गर्ने क्षमता हासिल गरेपछि मात्रै तेरो सत्यताको खोजी प्रभावकारी हुनेछ, र त्यसपछि मात्रै तैँले सत्यता वास्तविकता प्राप्त गर्नेछस्। सत्यता वास्तविकता प्राप्त गर्ने मानिसहरू मात्रै साँचो अनुभव भएका मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मैले काटछाँट स्विकारेर के पाएँ

अघिल्लो: २. आशिष् प्राप्त गर्ने अभिप्राय र अत्यधिक चाहनाहरू कसरी समाधान गर्ने

अर्को: ४. सधैँ परमेश्‍वरबाट माग गरिरहने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्