४. सधैँ परमेश्‍वरबाट माग गरिरहने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा तिनीहरूमा अत्यधिक कुनै चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दै छस्, आफ्नै इच्छा रोज्दै छस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। परमेश्‍वरसँग माग गर्नु नै समझको कमी हो; यदि तँ साँच्चै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यह महसुस नै गर्नेछस्, चाहे तैँले ती उचित छन् कि कि छैनन् भनेर सोचेको किन नहोस्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्, अरू कुनै विकल्प हुनेछैन। आज मानिसहरूले स्वेच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्‍वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि मानिसमा साँचो आस्था र बलियो विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धैरै साँचो विश्वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, र जति धेरै स्पष्टीकरण दिन्छन्, तिनीहरूलाई निराकरण गर्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरूले गुनासो गर्न थाल्छन्, र परिस्थितिलाई आशाहीन ठान्छन् र लापरवाहीसँग कार्य गर्छन्। पछि तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निर्दयी उत्पीडक बनिरहेका होइनन् र? यस्ता श्रृंखलाबद्ध समस्याहरूलाई जराबाटै समाधान गरिनुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

परमेश्‍वरसँग निरन्तर माग गर्ने मानिसहरूलाई सम्हाल्नु जत्तिको कठिन अरू केही हुँदैन। यदि परमेश्‍वरको कार्य तेरो सोचाइसँग मिल्दैन र उहाँले तेरो सोचाइअनुसार काम गर्नुभएको छैन भने, तैँले विरोध गर्ने धेरै सम्भावना हुन्छ—जुन कुरा, प्रकृतिले नै तँ परमेश्‍वरको विरोध गर्छस् भनेर देखाउन पर्याप्त छ। यो समस्यालाई बारम्‍बार आत्मचिन्तन गरेर अनि यसरी सत्यता बुझेर मात्रै चिन्न सकिन्छ, अनि सत्यतापछ्याएर मात्रै यसलाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। जब मानिसहरू सत्यता बुझ्दैनन्, तब तिनीहरूले परमेश्‍वरसँग धेरै माग गर्दछन्, तर जब तिनीहरूले सत्यतालाई बुझ्छन्, तब तिनीहरूले एउटै पनि माग गर्दैनन्; तिनीहरू आफूले परमेश्‍वरलाई पर्याप्त सन्तुष्ट पार्न नसकेको, आफू पर्याप्त मात्रामा परमेश्‍वरप्रति समर्पित नभएको मात्रै महसुस गर्छन्। सधैँ परमेश्‍वरसित माग गर्ने मानिसहरूले आफ्नो भ्रष्ट प्रकृतिलाई झल्काउँछन्। यदि तँ आफूलाई चिन्न सक्दैनस् र यस मामिलामा साँचो पश्चात्ताप गर्दैनस् भने, परमेश्वरप्रतिको तेरो विश्‍वासको मार्गमा गुप्त खतरा र सङ्कटहरू आइपर्नेछन्। तँ साधारण कुराहरूलाई जित्न सक्छस्, तर जब तेरो भाग्य, सम्भावना र गन्तव्यजस्ता महत्त्वपूर्ण कुरा संलग्न हुन्छन्, तब तैँले सायद तिनलाई जित्न सक्नेछैनस्। त्यस बेला, यदि तँमा अझै सत्यताको कमी छ भने, तँ आफ्ना पुराना चालहरूमा फर्केर जान सक्छस्, र यसरी तँ ती नष्ट हुनेहरूमध्ये एक हुनेछस्। धेरै मानिसहरूले सधैँ यसरी नै पछ्याएका र विश्वास गरेका छन्; तिनीहरूले परमेश्वरलाई पछ्याएको समयमा राम्रो व्यवहार गरेका छन्, तर यसले भविष्यमा के हुनेछ भनेर निर्धारण गर्दैन। किनभने तँलाई मानिसको कमजोर पक्ष, वा परमेश्वरको विरोध गर्न सक्ने मानिसको प्रकृतिभित्रका कुरा कहिल्यै थाहा हुँदैन, र तिनले तँलाई विपत्तिमा पुर्‍याउनुअघि तँ यी कुराबारे अनभिज्ञ रहन्छस्। परमेश्वरको विरोध गर्ने तेरो प्रकृतिको समस्या समाधान नहुने हुनाले, यसले तँलाई विपत्तिका लागि तयार पार्छ, अनि जब तेरो यात्रा सकिन्छ र परमेश्वरको काम पूरा हुन्छ, तब तैँले परमेश्वरको सबैभन्दा धेरै विरोध गर्ने कामहरू गर्नेछस् र उहाँको निन्दा हुने कुराहरू भन्नेछस्, र यसरी तँलाई दोषी ठहऱ्याएर हटाइनेछ। अन्तिम क्षणमा, सबैभन्दा सङ्कटपूर्ण समयमा पत्रुस भाग्न खोजे। त्यस बेला उनले परमेश्वरको अभिप्राय बुझेनन्, अनि बाँच्ने र मण्डलीहरूको काम गर्ने योजना बनाए। पछि येशू उनीकहाँ देखा परेर भन्नुभयो: “के तँ मलाई तेरा लागि फेरि क्रुसमा टाँगिन लगाउँछस्?” त्यसपछि पत्रुसले परमेश्वरको अभिप्राय बुझे, र तुरुन्तै समर्पित भए। मानिलिऊँ, त्यो बेला उनले आफ्नै माग राख्दै यसो भने, “म अहिले मर्न चाहन्नँ, मलाई पीडासँग डर लाग्छ। के तपाईं हाम्रो खातिर क्रुसमा टाँगिनुभएको थिएन र? किन तपाईं मलाई क्रुसीकरण हुनू भन्दै हुनुहुन्छ? के म क्रुसीकरणबाट जोगिन सक्छु?” यदि उनले यस्तो माग गरेका भए, उनी हिँडेको बाटो व्यर्थ हुनेथियो। तर पत्रुस सधैँ परमेश्वरप्रति समर्पित हुने र उहाँको अभिप्राय खोज्ने व्यक्ति थिए, र अन्तमा उनले परमेश्वरको अभिप्राय बुझे र पूर्ण रूपमा समर्पित भए। यदि पत्रुसले परमेश्वरको अभिप्राय नखोजेर आफ्नै सोचअनुसार काम गरेका भए, गलत मार्ग लिनेथिए। मानिसमा परमेश्वरका अभिप्राय प्रत्यक्ष रूपमा बुझ्ने क्षमताको कमी हुन्छ, तर यदि तिनीहरूले सत्यता बुझेपछि समर्पित हुँदैनन् भने परमेश्वरलाई धोका दिइरहेका हुन्छन्। भन्नुको अर्थ, मानिसहरूले सधैँ परमेश्वरसँग मागहरू गर्नु तिनीहरूको प्रकृतिसँग सम्बन्धित छ: तिनीहरूसँग जति धेरै माग हुन्छन्, त्यति नै धेरै तिनीहरू विद्रोही र प्रतिरोधी बन्छन्, र उति नै धेरै धारणाहरू पाल्छन्। परमेश्‍वरसँग जति धेरै माग गरिन्छ, उहाँविरुद्ध विद्रोह गर्ने, उहाँको प्रतिरोध गर्ने र विरोधसमेत गर्ने सम्भावना उति नै धेरै हुन्छ। सायद एक दिन तिनीहरूले परमेश्वरलाई धोका दिएर छोड्न सक्छन्। यदि तँ यो समस्या समाधान गर्न चाहन्छस् भने तैँले सत्यताका केही पक्षहरू बुझ्नुपर्ने हुन्छ, अनि यसलाई राम्ररी बुझ्न र पूर्णरूपमा समाधान गर्नका लागि तँमा केही व्यावहारिक अनुभव पनि हुनुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

मानिसहरूले परमेश्‍वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्‍वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने चाहे मानिसहरूलाई जे नै होस्, वा तिनीहरूले जे सम्हालिरहेका हुन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र सबै कुरा आफ्नै देहको रक्षा गर्न र आफ्नै सम्भावनाको खातिर योजना बुन्ने गर्छन्। तिनीहरू सबै परमेश्‍वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्‍वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरू प्राकृतिक तवरमै लोभी हुन्छन्, र परमेश्‍वरसामु तिनीहरूमा कुनै समझ हुँदैन भन्ने प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—तिनीहरूले चाहे प्रार्थना गरिरहेका हुन् वा सङ्गति दिइरहेका वा सुसमाचार सुनाइरहेका—तिनीहरूको पछ्याइ, सोच र आकाङ्क्षाहरू, यी सबै कुरा परमेश्‍वरसँग माग गर्ने र उहाँबाट चीजहरू माग्ने प्रयास हुन्, मानिसहरू ती सबै कुरा परमेश्‍वरबाट केही पाउने आशामा गर्छन्। कतिपय मानिस भन्छन्, “यो मानव प्रकृति हो,” जुन सही कुरा हो! यसबाहेक, मानिसहरूले परमेश्‍वरसँग अत्यन्त धेरै माग गर्नु र अत्यधिक धेरै इच्छाहरू राख्नुले तिनीहरूमा साँच्ची नै विवेक र समझको कमी छ भन्ने प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गर्छन्, वा तर्क गर्ने र बहानाहरू खोज्ने प्रयास गर्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जुन “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुराको पूर्ण प्रमाण हो। मानिसहरूले परमेश्‍वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा उहाँलाई परमेश्‍वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। केही मानिस भन्छन्: “यदि हामीले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गरेका थिएनौँ भने, हामी किन उहाँमा अझै विश्‍वास गर्ने थियौँ र? यदि हामीले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार नगरेको भए, के उहाँलाई अहिलेसम्म पछ्याइरहन सक्थ्यौँ र? के हामीले यो सारा कष्ट सहन सक्थ्यौँ?” यसो हेर्दा, तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउन सक्षम छस्, तैपनि उहाँप्रतिको तेरो मनोवृत्तिमा, र धेरै कुरालाई हेर्ने तेरो दृष्टिकोणमा, तैँले परमेश्‍वरलाई अलिकति पनि सृष्टिकर्ताको रूपमा व्यवहार गर्दैनस्। यदि तँ परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्छस्, उहाँलाई सृष्टिकर्ताको रूपमा व्यवहार गर्छस् भने, तँ सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थानमा उभिनुपर्छ, र तैँले परमेश्‍वरसँग कुनै मागहरू गर्नु वा कुनै अत्यधिक इच्छाहरू राख्नु असम्भव हुनेछ। बरु तँ हृदयबाटै साँचो समर्पण गर्न सक्षम हुनेछस्, अनि परमेश्‍वरको मापदण्डअनुसार उहाँमा विश्‍वास गर्न र उहाँका सबै काममा समर्पित हुन पूर्ण सक्षम हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

आफ्नो विश्‍वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्‍वरलाई करमा पार्न खोज्छन्, उहाँलाई तिनीहरूको नोकर बनाउन खोज्छन्, जहिल्यै पनि तिनीहरूसँग शान्तिमय र मित्रताको सम्बन्ध राख्न लगाउँछन्, ताकि कुनै पनि समय तिनीहरूका बीचमा कुनै प्रकारको द्वन्द्व नहोस्। अर्थात्, तिनीहरूले बाइबलमा पढेका “म तिमीहरूका सबै प्रार्थनाहरू सुन्‍नेछु” भन्‍ने वचनको आधारमा उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले जे सुकै मागे पनि त्यो प्रदान गर्ने उहाँको प्रतिज्ञालाई परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासले माग गर्दछ। तिनीहरू परमेश्‍वरले कसैको न्याय नगरून् वा कसैलाई काटछाँट नगरून् भनी आशा गर्छन्, किनकि उहाँ सधैँ दयालु मुक्तिदाता येशू हुनुहुन्छ, जसले हरसमय र सबै ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध राख्नुहुन्छ। मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्दछन्: तिनीहरू विद्रोही वा आज्ञाकारी जो भए पनि, उहाँले तिनीहरूलाई अन्धाधुन्ध जे पनि दिनुहुन्छ भनी विश्‍वास गर्दै तिनीहरूले निर्लज्ज बनी परमेश्‍वरसँग माग गर्छन्। तिनीहरूले निरन्तर परमेश्‍वरबाट “ऋण उठाउँछन्,” र उहाँले कुनै विरोध नगरी “चुक्ता” गर्नुपर्छ, यसबाहेक त्यसको दोबर तिर्नुपर्छ भनी विश्‍वास गर्छन्; परमेश्‍वरले तिनीहरूबाट केही प्राप्त गर्नुभए पनि नभए पनि, उहाँ तिनीहरूको चालबाजीमा मात्रै पर्नुपर्छ, र उहाँले मनमानी ढङ्गले मानिसहरूलाई योजनाबद्ध तरिकाले चलाउन सक्नुहुन्न, धेरै वर्षदेखि लुकेर रहेको उहाँको बुद्धि र धर्मी स्वभाव उहाँले चाहनुभएको बेला मानिसहरूको अनुमति नलिई तिनीहरूलाई प्रकट गर्न सक्‍ने कुरा त परै जाओस्। तिनीहरूले आफ्ना पापहरू परमेश्‍वरको सामु स्वीकार मात्रै गर्छन्, र परमेश्‍वरले ती पापहरूलाई बिलाउनुहुन्छ, उहाँले त्यसो गर्न दिक्क मान्नुहुन्न र यो कुरा सदासर्वदा भइरहन्छ भनी विश्‍वास गर्छन्। परमेश्‍वर मानिसहरूबाट सेवा पाउन आउनुभएन, तर तिनीहरूको सेवा गर्न आउनुभयो, र उहाँ तिनीहरूका दास बन्नका निम्ति यहाँ आउनुभएको हो भनी बाइबलमा लेखिएको हुनाले उहाँले तिनीहरूको कुरा मानिहाल्‍नुहुन्छ भन्दै तिनीहरूले परमेश्‍वरलाई आदेश दिन्छन्। के तिमीहरूले सधैँ यस किसिमले विश्‍वास गरेका छैनौ र? जब तैँले परमेश्‍वरबाट कुनै कुरा प्राप्त गर्न सक्दैनस्, तँ भाग्ने इच्छा गर्छस्; जब तँ कुनै कुरा बुझ्दैनस्, तब तँ धेरै रिसाउँछस्, र उहाँलाई हरप्रकारको गाली गर्ने हदसम्‍म जान्छस्। तिमीहरू परमेश्‍वरलाई स्वयम्‌लाई उहाँको बुद्धि र चमत्कार प्रकट गर्ने अनुमति दिँदै-दिँदैनौ; त्यसको साटो, तिमीहरू क्षणिक आराम र सुविधाको आनन्द मात्र लिन चाहन्छौ। अहिलेसम्म, परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूको मनोवृत्ति तिनै पुराना विचारहरूद्वारा बनेको छ। यदि परमेश्‍वरले तिमीहरूलाई प्रतापको सानो झल्को मात्र देखाउनुभयो भने, तिमीहरू दुःखी बन्नेछौ। के तिमीहरूले अहिले आफ्नो कद कति ठूलो छ भनी ठीकसँग देख्छौ? जब तिमीहरूका पुराना विचारहरू बदलिएकै छैनन् भने तिमीहरू सबै परमेश्‍वरप्रति बफादार छौ भनी नसोच। जब तँमाथि केही पनि आइलाग्दैन, तब तँ सबै कुरा ठीकसँगले चलिरहेको छ, र परमेश्‍वरप्रतिको तेरो प्रेम सर्वोच्च बिन्दुमा पुग्छ भन्‍ने विश्‍वास गर्छस्। जब तँलाई कुनै सानो कुरा हुन्छ, तँ पातालमा झर्छस्। के परमेश्‍वरप्रति बफादार हुनु भनेको यही हो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

मानिसहरूको समझ अति कमजोर हुन्छ—तिनीहरू परमेश्वरबाट अत्यन्तै धेरै मागहरू गर्छन् अनि तिनीहरू उहाँबाट अति धेरै माग्छन्, तिनीहरूमा अलिकति पनि समझ हुँदैन। मानिसहरू सधैँ परमेश्वरले यो गर्नुपऱ्यो वा त्यो गर्नुपऱ्यो भन्दै माग गरिरहन्छन् अनि उहाँमा पूर्णत: समर्पित हुन वा उहाँको आराधना गर्न सक्दैनन्। बरू, तिनीहरू आफ्नै प्राथमिकताअनुसार परमेश्वरबाट अव्यावहारिक मागहरू गर्छन्; तिनीहरू उहाँ एकदमै उदार हुनुपर्छ, उहाँ कहिल्यै पनि कुनै पनि कुराबाट क्रोधित हुनुहुँदैन, अनि उहाँले हरेक पटक मानिसहरू भेट्दा सधैँ मुस्कुराइरहनुपर्छ र तिनीहरूसँग सधैँ बोल्नुपर्छ, र तिनीहरूलाई सत्यता आपूर्ति गर्नुपर्छ अनि तिनीहरूसँग सत्यताबारे सङ्गति गर्नुपर्छ भन्ने माग गर्छन्। तिनीहरूले उहाँ सधैँ धीर हुनुपर्छ अनि तिनीहरूको वरिपरि हुँदा प्रसन्न मुद्रामा हुनुपर्छ भन्ने पनि माग गर्छन्। मानिसहरूका अति धेरै मागहरू हुन्छन्; तिनीहरू अति कचकचे हुन्छन्! तिमीहरूले यी मामिलाहरूबारे जाँच गर्नुपर्छ। मानव समझ कति कमजोर छ, होइन र? मानिसहरू परमेश्वरद्वारा योजनाबद्ध अनि बन्दोबस्त गरिएका कार्यहरूमा पूर्णत: समर्पित हुन वा परमेश्वरबाट आउने सबथोक स्विकार्न नसक्ने मात्र होइन, उल्टै, परमेश्वरमाथि नै थप मागहरू थोपर्छन्। यस्ता मागहरू राख्ने मनिसहरू कसरी परमेश्वरप्रति निष्ठावान हुन सक्छन् त? तिनीहरू कसरी परमेश्वरका प्रबन्धहरूप्रति समर्पित हुन सक्छन् त? तिनीहरूले कसरी परमेश्वरलाई प्रेम गर्न सक्छन् त? सबै मानिसहरूसँग परमेश्वरले तिनीहरूलाई कसरी प्रेम गर्नुपर्छ, सहनुपर्छ, तिनीहरूको निगरानी, सुरक्षा, हेरचाह गर्नुपर्छ भन्नेबारे मागहरू हुन्छन्, तर तिनीहरूमध्ये कसैमा पनि आफूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ, उहाँबारे सोच्नुपर्छ, उहाँको ख्याल गर्नुपर्छ, उहाँलाई सन्तुष्ट पार्नुपर्छ, आफ्नो हृदयमा उहाँलाई राख्नुपर्छ अनि उहाँको आराधना गर्नुपर्छ भन्नेबारे चाहिँ कुनै माग हुँदैन। के यी कुरा मानिसहरूको हृदयमा हुन्छन् त? मानिसहरूले सम्पन्न गर्नुपर्ने कुरा यिनै हुन्, त्यसोभए तिनीहरू किन यी कुरामा मिहिनेती भएर लागी पर्दैनन् त? केही मानिसहरू केही समयका लागि उत्सुक हुन सक्छन् अनि थोरबहुत कुराहरू त्याग्न अनि आफूलाई समर्पित गर्न सक्छन्, तर यो टिकाउ हुँदैन; अलिकति अप्ठेरो आइपर्दैमा तिनीहरू निरुत्साहित हुन, आशा छाड्न अनि गुनासो गर्न सक्छन्। मानिसहरूका एकदमै धेरै कठिनाइहरू हुन्छन्, अनि सत्यता पछ्याउने र परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न खोज्ने मानिसहरू अति कम हुन्छन्। मानवहरूमा समझ हुँदै हुँदैन, तिनीहरू गलत स्थानमा उभिन्छन्, अनि आफूलाई विशेषरूपमा मूल्यवान् ठान्छन्। यस्तो भन्ने मानिसहरू पनि हुन्छन्: “परमेश्वरले हामीलाई उहाँको आँखाको नानीझैँ देख्नुहुन्छ। उहाँ मानवजातिलाई छुटकारा दिनका निम्ति आफ्नो एक मात्र पुत्रलाई क्रूसमा टाँगिने अनुमति दिन हिच्किचाउनुभएन। परमेश्वरले हामीलाई फिर्ता किन्नका लागि भारी मूल्य चुकाउनुभयो—हामी एकदमै मूल्यवान् छौँ अनि परमेश्वरको हृदयमा हामी सबैले विशेष स्थान ओगट्छौँ। हामी विशेष मानिसहरूको समूह हौँ अनि हाम्रो हैसियत अविश्वासीहरूकोभन्दा निकै उच्च हुन्छ—हामी स्वर्गको राज्यका मानिसहरू हौँ।” तिनीहरू आफूलाई निकै उच्च र महान् ठान्छन्। विगतमा, धेरै अगुवाहरूको यो मानसिकता हुन्थ्यो, तिनीहरूको पदोन्नति भएपछि परमेश्वरको घरमा आफ्नो निश्चित हैसियत अनि स्थान भएको विश्वास गर्थे। तिनीहरू यसो सोच्थे, “परमेश्वरले मलाई एकदम कदर गर्नुहुन्छ अनि मेरोबारे राम्रो सोच्नुहुन्छ, अनि मलाई अगुवा भएर सेवा गर्ने अनुमति दिनुभएको छ। मैले उहाँका लागि दौडधुप र काम गर्न सक्दो गर्नुपर्छ।” तिनीहरू आफूसँग अति नै प्रसन्न हुन्थे। तर, केही अवधिपछि, तिनीहरूले केही खराब गर्थे र तिनीहरूको असली रङ्ग देखिन्थ्यो, र त्यसपछि तिनीहरू प्रतिस्थापित हुन्थे, अनि तिनीहरू निराश हुन्थे र आफ्नो शिर झुकाउँथे। जब तिनीहरूको अनुचित व्यवहारको खुलासा र काट-छाँट हुन्थ्यो, तिनीहरू अझ बढी नकारात्मक बन्थे अनि विश्वास गर्न जारी राख्न नै सक्दैनथे। तिनीहरू आफैसँग यसो सोच्थे, “परमेश्वरले मेरो भावनाहरूको वास्ता नै गर्नुहुन्न, उहाँलाई मेरो आत्मसम्मान जोगाउनेबारे कुनै मतलबै छैन। परमेश्वर मानिसको कमजोरीहरूप्रति सहानुभूति राख्नुहुन्छ भन्छन्, त्यसोभए म चाहिँ किन केही सानातिना अपराधहरूपछि नै हटाइएँ?” त्यसपछि तिनीहरू निरुत्साहित हुन्थे अनि आफ्नो आस्था त्याग्न चाहन्थे। के यस्ता मानिसमा परमेश्वरप्रति साँचो आस्था हुन्छ त? यदि तिनीहरू आफूलाई काँट-छाँट गरिएको पनि स्विकार्न सक्दैनन् भने, तिनीहरूको कद अति सानो छ, अनि तिनीहरूले भविष्यमा सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरा अनिश्चित हुन्छ। यस्ता मानिसहरू खतरामा हुन्छन्।

मानिसहरूले आफूबाट उच्‍च अपेक्षाहरू गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरबाट भने उच्‍च अपेक्षाहरू गर्छन्। तिनीहरूले उहाँलाई तिनीहरूमाथि विशेष दया देखाउन, र तिनीहरूप्रति धैर्य हुन र उपकारीहुन, तिनीहरूलाई प्यारो ठान्‍न, तिनीहरूको निम्ति आवश्यक कुराहरू जुटाइदिन, र तिनीहरूप्रति मुस्कुराइदिन, तिनीहरूप्रति उदार हुन, तिनीहरूलाई छूट दिन, र तिनीहरूलाई धेरै तरिकाले हेरचाह गर्न अनुरोध गर्छन्। तिनीहरूले उहाँ तिनीहरूप्रति पूर्ण रूपमा कठोर नहुनुहुने वा तिनीहरूलाई अलिकति पनि व्याकुल बनाउने कुनै पनि कुरा नगर्नुहुने अपेक्षा गर्छन्, र उहाँले तिनीहरूसँग हरेक दिन मीठो कुरा गर्नुभयो भने मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। मानिसहरूको समझदारी अति कमजोर हुन्छ! तिनीहरूले के गर्नुपर्छ, तिनीहरूले के हासिल गर्नुपर्छ, तिनीहरूसँग के-कस्ता दृष्टिकोणहरू हुनुपर्छ, परमेश्‍वरको सेवा गर्ने कार्यमा तिनीहरू कुन स्थानमा उभिनुपर्छ, र तिनीहरूले आफूलाई कुन स्थानमा राख्‍नु उचित हुन्छ भन्‍ने कुरामा तिनीहरू स्पष्ट हुँदैनन्। अलिकति हैसियत भएका मानिसहरूले आफूलाई अत्यन्तै ठूलो ठान्छन्, अनि हैसियत नभएकाहरूले पनि आफूलाई निकै ठूला नै ठान्छन्। मानिसहरूले आफूलाई कहिल्यै चिन्दैनन्। तँ परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा यस्तो अवस्थामा पुग्‍नुपर्छ कि जुन अवस्थामा उहाँले तँसँग जसरी बोल्‍नुभए पनि, उहाँले तँसँग जति कठोर व्यवहार गर्नुभए पनि, र उहाँले तँलाई जति धेरै बेवास्ता गर्नुभए पनि, तैँले कुनै गुनासो नगरीकन विश्‍वास गरिरहन सक्छस् र सामान्य रूपमा नै आफ्‍नो कर्तव्य निर्वाह गरिरहन सक्छस्। त्यसपछि तँ परिपक्‍व र अनुभवी व्यक्ति बन्‍नेछस्, र तँसँग साँचो रूपमा केही कद र सामान्य व्यक्तिको थोरै समझ हुनेछ। तैँले परमेश्‍वरसमक्ष सर्तहरू राख्नेछैनस्, तँसँग अबउप्रान्त कुनै लालची इच्‍छाहरू हुनेछैन, र तैँले अबउप्रान्त आफ्‍नै प्राथामिकताहरूको आधारमा अरूलाई वा परमेश्‍वरलाई अनुरोध गर्नेछैनस्। यसले निश्‍चित हदसम्‍म, तँसँग मानवको रूप छ भन्‍ने देखाउनेछ। हाल, तिमीहरूसँग धेरै नै सर्तहरू छन्, र ती अत्यन्तै अनावश्यक छन्, अनि तँमा अति धेरै मानव अभिप्राय छन्। यसले के प्रमाणित गर्छ भने, तँ सही स्थानमा उभिरहेको छैनस्; तँ उभिरहेको स्थान अति नै उच्‍च छ, र तैँले आफैलाई अत्यन्तै आदरणीय ठानेको छस्—मानौं तँ स्थानको हिसाबमा परमेश्‍वरभन्दा त्यति कमको छैनस्। त्यसकारण, तँलाई निराकरण गर्न कठिन हुन्छ, र शैतानको प्रकृति ठीक यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सधैँ परमेश्वरसँग माग गर्नु मानिसको प्रकृतिको पाटो हो, र तिमीहरूले यो प्रकृतिलाई परमेश्वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तिमीहरूले यसलाई कसरी चिरफार गर्नुपर्छ? पहिलो चरण भनेको परमेश्वरको सम्बन्धमा मानिसहरूमा कुन अनुचित मागहरू र कुन अत्यधिक इच्छाहरू छन् भनेर स्पष्ट हुनु हो र तिमीहरूले ती प्रत्येकको यसरी विश्लेषण गर्नुपर्छ: मानिसहरू किन त्यस्तो माग गर्छन्? तिनीहरूको मनसाय के हो? तिनीहरूको उद्देश्य के हो? तँ जति धेरै सचेत भएर यसलाई यसरी चिरफार गर्छस्, त्यति नै धेरै तैँले आफ्नो प्रकृतिबारे बुझ्नेछस् र त्यो बुझाइ उति नै धेरै विस्तृत हुनेछ। यदि तँ यसलाई विस्तृत रूपमा चिरफार गर्दैनस्, तर मानिसहरूले परमेश्वरसँग माग गर्नु हुँदैन भन्ने मात्र तँलाई थाहा छ, परमेश्वरसँग माग गर्नु अनुचित हो भनेर मात्र बुझ्छस्, र कुरा त्यति नै हो भने, तैँले अन्ततः प्रगति गर्नेछैनस्, र तँ बदलिनेछैनस्। कतिपय मानिस यसो भन्छन्: “हामी अति स्वार्थी भएकाले परमेश्वरसँग धेरै माग गर्छौँ। हामीले के गर्नुपर्छ?” स्वभावतः मानिसहरूले सत्यता बुझ्नैपर्छ र स्वार्थको सार थाहा पाउनैपर्छ। जब तँ मानव स्वार्थको सारलाई साँचो रूपमा बुझ्छस्, तब तैँले आफूमा के कमी छ भनी थाहा पाउनेछस्; भयावह कुरा त मानिसले यसलाई कतै बुझ्न सक्दैनन् कि भन्ने हो। चिरफारमार्फत् स्पष्ट देखिने अत्यधिक वा अनुचित मागहरू चिन्न सजिलो र आफूलाई घृणा गर्न सम्भव हुन्छ। कहिलेकाहीँ तँलाई तेरा मागहरू उचित र ठिक लाग्ला, अनि तैँले तिनलाई उचित ठानेकाले र कामकुरा यसरी नै हुनुपर्छ भनी सोचेकाले, र अरूले पनि उस्तै मागहरू गर्ने भएकाले, तँलाई तेरा मागहरू अत्यधिक होइनन्, तर जायज र स्वाभाविक हुन् भन्ने लाग्ला। यसले के देखाउँछ भने तँमा अझै पनि सत्यता छैन, त्यसैले तँ ती कुरा स्पष्ट रूपमा बुझ्न सक्दैनस्। एउटा उदाहरण हेरौँ: मानिलिऊँ एक जना मानिसले परमेश्वरलाई पछ्याएको धेरै वर्ष भयो, र धेरै कठिनाइ र चुनौतीहरू भोगेको छ। उसले सधैँ राम्रो व्यवहार गरेको देखिन्थ्यो, अनि उसको मानवता, कष्ट भोगाइ र परमेश्वरप्रतिको निष्ठा ठिकै देखिन्थ्यो। ऊसँग निकै विवक थियो, ऊ परमेश्वरको प्रेमको साटो तिर्न इच्छुक थियो, र सामान्यतया आफ्नो काम गर्दा सावधानीपूर्वक कदम चाल्न जान्दथ्यो। पछि मैले के पाएँ भने यो मान्छे स्पष्ट र राम्रोसँग बोल्थ्यो, तर ऊ अलिकति पनि समर्पणकारी थिएन, त्यसैले मैले उसलाई प्रतिस्थापन गरेँ र भविष्यमा फेरि उसलाई प्रयोग नगर्न आदेश दिएँ। उसले धेरै वर्षदेखि मण्डलीका लागि काम गर्दै आएको थियो, र धेरै कष्ट भोगेको थियो, तैपनि अन्ततः उसलाई प्रतिस्थापित गरियो। त्योभन्दा पनि, मैले उसका केही व्यावहारिक कठिनाइहरू समाधान गरिदिएको थिइनँ। यस्तो अवस्थाबारे मानिसहरूले के सोच्नेथिए? पहिलो त, धेरै मानिस उसको बचाउमा आएर भन्नेथिए, “यो ठिक होइन। यी परिस्थितिहरूमा परमेश्वरले ऊप्रति अपार कृपा र अनुग्रह देखाउनुपर्छ, किनभने ऊ परमेश्वरलाई प्रेम गर्छ, र आफूलाई उहाँमा समर्पित गर्दछ। धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्ने ऊजस्तो व्यक्तिलाई हटाउन सकिन्छ भने झन् हामीजस्ता नयाँ विश्वासीहरूको के आशा छ र?” यहाँ फेरि मानिसहरूका थप मागहरू देखा पर्छन्, तिनीहरू परमेश्वरले त्यो व्यक्तिलाई आशिष् दिनुहुनेछ र उसलाई रहन दिनुहुनेछ भन्ने सधैँ आशा गर्छन्, अनि अझै यस्तो सोच्छन्: “त्यो व्यक्तिलाई परमेश्वरले उचित व्यवहार गर्नुभएको छ, परमेश्वरले उसलाई निराश पार्नु हुँदैन!” मानिसहरूले परमेश्‍वरसँग गर्ने धेरै मागहरू मानव धारणा र कल्पनाबाट उत्पन्न हुन्छन्। मानिसहरू परमेश्वरले मानिसलाई के दिनुपर्छ, अनि उहाँले तिनीहरूलाई तिनीहरूमाझ के उचित र तर्कसङ्गत हुन्छ भन्ने विवेकको मापदण्डअनुसार कसरी व्यवहार गर्नुपर्छ भनेर मापन गरिरहेका हुन्छन्, तर यो कसरी सत्यताअनुरूप हुन सक्छ? मानिसजातिका मागहरू सबै अनुचित छन् भनेर म किन भन्छु? किनभने ती त मानिसहरूले अरू मानिसहरूबाट माग गर्ने मापदण्डहरू हुन्। के मानिसहरूसँग सत्यता छ? के तिनीहरू मानिसको सारलाई स्पष्ट देख्न सक्छन्? केही मानिसहरू परमेश्वरले मानिसलाई विवेकको मापदण्डअनुसार व्यवहार गरेको माग गर्छन्, परमेश्वरलाई मानिसहरूले माग गरेको मापदण्डमा राख्दछन्। यो सत्यतासँग मेल खाँदैन र यो अनुचित हो। मानिसहरू केही सानातिना मामिलामा सहन गर्न सक्छन्, तर तिनीहरूको परिणाम अन्ततः निर्धारित हुँदा त्यो सहन नसक्लान्। तिनीहरूका मागहरू प्रकट हुनेछन्, र तिनीहरूको मुखबाट विना रोकटोक गुनासो र निन्दाका शब्दहरू निस्कनेछन्, र तिनीहरूले आफ्नो वास्तविक रूप देखाउन थाल्नेछन्। त्यतिखेर तिनीहरूले आफ्नो प्रकृतिबारे थाहा पाउनेछन्। मानिसहरू सधैँ मानव धारणा र आफ्नै इच्छाअनुसार परमेश्वरसँग माग गरिरहेका हुन्छन्, र यस प्रकारका धेरै माग गर्छन्। तिमीहरूले सामान्यतया याद नगरौला, र कहिलेकाहीँ कुनै कुराका लागि परमेश्वरलाई प्रार्थना गर्नु माग गर्नु होइन भन्ने सोच्छौ, तर वास्तवमा सावधानीपूर्वक चिरफार गर्दा के देखिन्छ भने धेरै मानव मागहरू अनुचित, समझहीन र हास्यास्पदसमेत हुन्छन्। तैँले यस मामिलाको गम्भीरतालाई पहिले चिनिनस्, तर यसबारे भविष्यमा बिस्तारै थाहा पाउँदै जानेछस्, र त्यसपछि तैँले आफ्नो प्रकृतिलाई साँचो अर्थमा बुझ्नेछस्। अलिअलि गर्दै, अनुभवले तँलाई आफ्नो प्रकृतिबारे ज्ञान र समझ प्रदान गर्नेछ, र साथै सत्यतामा सङ्गति गर्दा तैँले यसलाई स्पष्टरूपमा जान्नेछस्—त्यसपछि तँ यस सम्बन्धमा सत्यतामा प्रवेश गरेको हुनेछस्। जब तँ मानिसको प्रकृति सारलाई स्पष्टसँग बुझ्दछस्, तब तेरो स्वभाव परिवर्तन हुनेछ र त्यसपछि तैँले सत्यता पाउनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

मानिसका सबै माग र गुप्त योजनाहरू सत्यतासँग मेल खाँदैनन्, र परमेश्‍वरका माग र अभिप्रायसँग बाझिन्छन्। परमेश्‍वर ती कुनै कुरालाई पनि प्रेम गर्नुहुन्‍न, ती सबैलाई तिरस्कार र घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरसँग गर्ने माग, पछ्याउने सबै कुरा र तिनीहरू हिँड्ने मार्ग यी सबै कुराको सत्यतासँग कुनै सम्बन्ध छैन। केही मानिस सोच्छन्, “म मण्डलीका लागि धेरै वर्षदेखि काम गरिरहेको छु—यदि म बिरामी भएँ भने परमेश्‍वरले मलाई निको पार्नुपर्छ आशिष् दिनुपर्छ।” विशेष गरी, लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्नेहरू उहाँबाट अझ धेरै माग गर्छन्; विश्‍वास गरेको केही समय मात्र भएकाहरू आफूलाई माग गर्न अयोग्य ठान्छन्, तर केही समयपछि आफूलाई यसको हकदार ठान्न थाल्नेछन्। मानिसहरू यस्तै हुन्छन्; यो मानिसको प्रकृति हो र यसको अपवाद कोही छैन। कतिपय मानिस भन्छन्, “मैले परमेश्‍वरसँग कहिल्यै अत्यधिक माग गरेको छैन किनभने म सृष्टि गरिएको प्राणी हुँ, र उहाँसँग कुनै पनि कुरा माग्न म योग्य छैनँ।” त्यसो भन्न हतार नगर्, समयले सबै कुरा खुलाउनेछ। मानिसको प्रकृति र मनसाय अन्ततः एक दिन खुलासा हुनेछन् र विस्फोट भएर निस्कनेछन्। मानिसहरू परमेश्‍वरसँग माग गर्दैनन् किनभने तिनीहरूलाई यो आवश्यक छ वा सही समय हो भन्ने लाग्दैन, वा तिनीहरूले पहिले नै परमेश्‍वरसँग धेरै मागहरू गरिसकेका छन्, तैपनि तिनीहरूलाई यो माग हो भन्ने लाग्दैन। छोटकरीमा भन्नुपर्दा, मानिसहरूमा यस्तै खाले प्रकृति हुन्छ, त्यसैले तिनीहरूले यो प्रकट नगर्नु असम्भव हुन्छ। सही परिस्थिति वा अवसर आउनसाथ यो स्वतः प्रकट हुनेछ। आज यसबारे किन सङ्गति गर्ने? मानिसहरूलाई आफ्नो प्रकृतिमा के छ भनेर बुझाउनका लागि। तिमीहरूले परमेश्‍वरमा केही वर्षदेखि विश्‍वास गर्नु वा मण्डलीका लागि केही दिन काम गर्नुको अर्थ उहाँका लागि आफूलाई खर्चेका, समर्पण गरेका वा धेरै कष्ट भोगेका छौ अनि भौतिक वस्तु, शारीरिक भरणपोषणजस्ता केही कुरा पाउनुपर्छ, वा अरूबाट अझ धेरै सम्मान र कदर पाउनुपर्छ, वा परमेश्‍वरले तिमीहरूसँग नरम बोल्नुपर्छ, वा तिमीहरूको अझ धेरै ख्याल गर्नुपर्छ र तिमीहरूले राम्रोसँग खाइरहेका र लाइरहेका छौ कि छैनौ, तिम्रो शारीरिक स्वास्थ्य कस्तो छ भनी सोध्नुपर्छ भन्ने आदि कुरा होइन। मानिसहरूले परमेश्‍वरका लागि लामो समयदेखि आफूलाई खर्चेका बेला तिनीहरूमा यी कुराहरू थाहै नपाई उत्पन्न हुन्छन्, अनि उहाँबाट जुनसुकै कुरा माग्न आफूलाई योग्य ठान्छन्। तिनीहरूले थोरै समय मात्र परमेश्‍वरका लागि आफूलाई खर्चिरहेको बेला परमेश्‍वरसँग माग गर्ने आफ्नो अधिकार छैन भन्ने सोच्छन् र माग गर्ने साहस गर्दैनन्। तर समय बित्दै जाँदा, तिनीहरूले आफूसँग पूँजी छ भन्ने सोच्नेछन् अनि तिनीहरूका मागहरू बाहिर निस्कन थाल्नेछन्, र तिनीहरूको प्रकृतिका यी पक्षहरू खुलासा हुनेछन्। के मानिसहरू यस्तै हुँदैनन् र? किन मानिसहरू परमेश्‍वरसँग यस्ता मागहरू गर्नु उचित हो कि होइन भनेर विचार गर्दैनन्? के तँ यी कुराहरूको योग्य छस्? के परमेश्‍वरले तँलाई यी कुराहरूको प्रतिज्ञा गर्नुभएको थियो? यदि कुनै चीज तेरो होइन, तैपनि तँ हठपूर्वक यसको माग गर्छस् भने, यो सत्यतासँग बाझिन्छ, र यो पूर्णरूपमा तेरो शैतानी प्रकृतिबाट जन्मिएको हो। प्रधानदूतले सुरुमा कस्तो व्यवहार गरेको थियो? यसलाई अति धेरै उच्च स्थान दिइएको थियो, अत्यन्त धेरै कुरा दिइएको थियो, त्यसैले यसले आफूले जे चाह्यो र जे पायो त्यसको आफू योग्य छ भन्ने सोच्यो, र अन्तिममा त्यो यसो भन्ने हदमा पुग्यो, “म परमेश्‍वरको बराबरी हुन चाहन्छु!” त्यसैले मानिसहरू अति धेरै मागहरू गर्दै, अति ठूला इच्छाहरू राख्दै परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिनीहरूले आफूलाई जाँचेनन् र समस्याको गम्भीरता बोध गर्न सकेनन् भने एक दिन यसो भन्नेछन्, “हे परमेश्‍वर, अवकाश लिनुहोस्। म आफै लगभग परमेश्‍वर बन्न सक्छु,” वा, “हे परमेश्‍वर, तपाईं जे लगाउनुहुन्छ, म त्यही लगाउनेछु, तपाईं जे खानुहुन्छ म त्यही खानेछु।” यस तहमा पुगेका मानिसहरूले पहिले नै परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गरिरहेका छन्। मानिसहरूले देहधारी परमेश्‍वर नै परमेश्‍वर स्वयम् हुनुहुन्छ भनेर मुखले स्विकारे पनि, यी सबै देखावटी बोली मात्र हुन्। यथार्थमा, तिनीहरूको हृदयमा परमेश्‍वरप्रति अलिकति पनि समर्पण वा डर हुँदैन। कतिपय मानिस त परमेश्‍वरसमेत बन्न चाहन्छन्, अनि यदि तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छाहरू यस हदसम्म बढ्यो भने समस्या हुनेछ। तिनीहरूमाथि विपत्ति खनिन सक्नेछ, र तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिए पनि परमेश्‍वरबाट अझै दण्ड पाउनेछन्।

परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नुपर्छ, र त्यसो गरेर मात्र तिनीहरूले साँचो अर्थमा परमेश्‍वरमा विश्‍वास गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरको हैसियतलाई मात्र स्वीकार गर्नु हुँदैन, तिनीहरूसँग परमेश्‍वरको सार र स्वभावको साँचो बुझाइ र डर हुनुपर्छ, र तिनीहरू पूर्ण रूपमा समर्पणकारी हुनुपर्छ। यसलाई अभ्यास गर्ने यहाँ केही तरिका छन्: पहिलो, परमेश्‍वरसँग अन्तरक्रिया गर्दा कुनै पनि धारणा वा कल्पना नबोकी आफूभित्र भक्तिभाव र इमानदार मनोवृत्ति कायम राख्नुपर्छ, अनि तिनीहरूमा समर्पणकारी हृदय हुनुपर्छ। दोस्रो, आफूले भन्ने हरेक कुरा, सोध्ने हरेक प्रश्न र परमेश्‍वरसामु आफूले गर्ने सबै कुरालाई जाँच्ने र प्रार्थना गर्ने मनसाय राख्नुपर्छ। सत्यता सिद्धान्तअनुसार र परमेश्‍वरको वचनको आधारमा कसरी अभ्यास गर्ने भनेर थाहा पाएर मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तँ सत्यता खोजी गर्दैनस् भने, सत्यता वास्तविकतामा प्रवेश गर्न असमर्थ हुने मात्र होइन, तर तैँले झन्-झन् धेरै धारण बटुल्नेछस्, र यसले समस्या निम्त्याउनेछ। जब तँ परमेश्‍वरलाई व्यक्ति ठान्छस्, तब तैँले विश्‍वास गर्ने परमेश्‍वर स्वर्गका अस्पष्ट परमेश्‍वर हुनुहुन्छ; तैँले देहधारणलाई पूर्ण रूपमा अस्वीकार गरेको हुनेछस्, र तैँले उप्रान्त आफ्नो हृदयमा व्यावहारिक परमेश्‍वरलाई स्वीकार गर्नेछैनस्। यस बेला, तँ ख्रीष्टविरोधी बन्नेछस् र अन्धकारमा खस्नेछस्। तँ आफूलाई जति धेरै सही ठान्छस्, तैँले परमेश्‍वरबाट त्यति नै धेरै मागहरू गर्नेछस्, र तँमा उहाँबारे त्यति नै धेरै धारणा हुनेछन्, जसले तँलाई झन् झन् खतरामा पार्नेछ। तँ परमेश्‍वरबाट जति धेरै माग गर्छस्, त्यति नै धेरै यसले के तँ परमेश्‍वरलाई केवल परमेश्‍वरको रूपमा व्यवहार गर्दैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्नो हृदयमा सधैँ परमेश्‍वरसँग मागहरू राख्छस् भने, समयको दौडान तैँले आफूलाई परमेश्‍वर ठान्ने सम्भावना हुनेछ, र मण्डलीमा काम गर्दा आफ्नै गवाही दिनेछस्, यसोसमेत भन्नेछस्, “के परमेश्‍वर आफ्नो गवाही दिनुहुन्न र? म किन दिन सक्दिनँ र?” तैँले परमेश्‍वरको काम नबुझ्ने भएकाले, उहाँबारे धारणा राख्नेछस्, र तँसँग परमेश्वरको डर मान्ने हृदय हुनेछैन। तेरो बोल्ने लबज परिवर्तन हुनेछ, तेरो स्वभाव अहङ्कारी हुनेछ, र अन्त्यमा तँ बिस्तारै आफूलाई उचाल्न र आफ्नो गवाही दिन थाल्नेछस्। यो मानिसको पतन हुने प्रक्रिया हो, र यो पूर्णतया उसले सत्यता नपछ्याएकोले गर्दा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

अय्यूबले कहिल्यै पनि आफ्‍नै आँखाले परमेश्‍वरलाई देखेका वा आफ्नै कानले परमेश्‍वरका वचनहरू सुनेका थिएनन्, तैपनि अय्यूबको हृदयमा परमेश्‍वरको स्थान थियो। परमेश्‍वरप्रति अय्यूबको मनोवृति कस्तो थियो? यो “यहोवाको नाउँको प्रशंसा होस्” भनेर पहिले उल्‍लेख गरिएजस्तै थियो। तिनले विनासर्त, जस्तोसुकै परिस्थिति भए पनि र कुनै तर्कको बन्धनमा नबाँधिई परमेश्‍वरको नाउँलाई धन्यको भने। हामी देख्छौं कि अय्यूबले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए, र त्यसलाई परमेश्‍वरद्वारा नियन्त्रित हुन दिएका थिए; तिनका सबै सोच, सबै निर्णय, र तिनले आफ्नो हृदयमा बनाएका सबै योजना परमेश्‍वरको अघि खुला रूपमा राखिएका थिए, र ती कुराहरू परमेश्‍वरबाट लुकाइएका थिएनन्। तिनको हृदय परमेश्‍वरको विरोधमा उभिएको थिएन, र तिनले परमेश्‍वरसँग कहिल्यै पनि आफ्नो निम्ति केही गर्न वा दिन आग्रह गरेनन्, र परमेश्‍वरको आराधनाबाट सबै कुरा प्राप्त गर्ने अनावश्यक चाहना राखेनन्। अय्यूबले परमेश्‍वरसँग व्यापारको कुरा गरेनन्, र कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष्‌ पाएको वा विपत्तिले प्रहार गरेको कुरामा निर्भर थिएन। परमेश्‍वरले मानिसहरूलाई आशिष्‌ दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, उहाँको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्‍ने तिनलाई विश्‍वास थियो। परमेश्‍वरको सार्वभौमिकताको कारण मानिसले परमेश्‍वरबाट आशिष्‌ पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्‍छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हुन्छ। परमेश्‍वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धमा सबै कुराको शासन र प्रबन्ध गर्छन्; मानिसको नियतिका परिवर्तनहरू परमेश्‍वरको शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र व्यक्तिको दृष्टिकोण जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्य परमेश्‍वरको कानमा परे र उहाँसामु आइपुगे, र उहाँले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्‍नुभयो। त्यो हृदयले सधैँ परमेश्‍वरको आज्ञा पर्खन्थ्यो र जुनसुकै समय वा ठाउँ भए पनि आफूमाथि आइपरेको हर कुराको स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग राखेनन्। तिनले परमेश्‍वरबाट आएका सबै बन्दोबस्तहरूको प्रतीक्षा, स्वीकार, सामना, र तीप्रति समर्पण गर्ने मापदण्ड आफ्नै लागि तय गरे; तिनले त्यसो गर्नु आफ्नो कर्तव्य हो भन्‍ने विश्‍वास गरे, र परमेश्‍वर पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो। अय्यूबले कहिल्यै पनि परमेश्‍वरलाई देखेका थिएनन्, न त तिनले उहाँले कुनै वचन बोल्नुभएको, कुनै आदेश जारी गर्नुभएको, कुनै शिक्षा दिनुभएको वा तिनलाई निर्देशन दिनुभएको नै सुनेका थिए। आजका शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले सत्यताको सम्बन्धमा तिनलाई कुनै अन्तर्दृष्टि, मार्गनिर्देशन वा भरणपोषण प्रदान नगर्नुभएको अवस्थामा पनि, तिनमा परमेश्‍वरप्रतिको त्यस्तो ज्ञान र मनोवृति हुनु बहुमूल्य कुरा थियो, र तिनले त्यस्तो कुरा प्रकट गर्नु परमेश्‍वरका लागि पर्याप्त थियो, र तिनको गवाहीलाई परमेश्‍वरले प्रशंसा र कदर गर्नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

मानिसहरू परमेश्‍वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्‍वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? “मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?” अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। परमेश्‍वरले जुन बेला शैतानलाई नष्ट गर्नुहुन्छ, त्यो समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि भरिएको हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्‍वरको धार्मिकता नबुझ्न सक्छन्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्‍ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तँ तँलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ। … परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गर्दै, र परमेश्‍वरका चाहनाअनुसार तिनीहरूलाई आफ्‍नै स्थान प्रदान गरेर सबै थोकलाई व्यवस्थित गर्नुहुन्छ र क्रम मिलाएर राख्‍नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने वा परमेश्‍वरमा कुनै मापदण्ड थोपर्ने आँट गर्दैनन्। त्यसकारण, सृष्टि गरिएको प्राणीको रूपमा मानिसले पनि मानिसको कर्तव्य निभाउनैपर्छ। ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको माझमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानवबाहेक अरू केही होइन, र सृष्टि गरिएको प्राणी अर्थात् महत्त्वहीन मानवजातिबाहेक अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। सृष्टि गरिएको प्राणीको रूपमा, मानिसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्‌हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

अघिल्लो: २. आशिष् प्राप्त गर्ने अभिप्राय र लालची चाहना कसरी समाधान गर्ने

अर्को: ५. परिवारको देहगत सुखचैनको समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्