१४. लापरवाह र झाराटारुवा बन्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

के कुराले झाराटारुवा बनाउँछ? के त्यो तेरो शैतानी, भ्रष्ट स्वभावले होइन र? झाराटारुवा हुनु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो; मानिसहरूलाई तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा बाध्य तुल्याइएपछि यस्तो हुन्छ। तिनीहरूले आफ्ना कर्तव्यमा प्राप्त गर्ने नतिजालाई यसले प्रत्यक्ष प्रभाव पार्छ, यसले तिनीहरूलाई आफ्नो काम भद्रगोल बनाउनेसमेत तुल्याउँछ, र मण्डलीको काममा असर पुर्याउँछ। यो परिणाम अत्यन्तै गम्भीर हुन्छ। यदि तँ आफ्नो कर्तव्यमा निरन्तर रूपले झाराटारुवा हुन्छस् भने, यो कस्तो समस्या हो? यो तेरो मानवतासँग सम्बन्धित समस्या हो। विवेक र मानवता नभएका मानिसहरू मात्र निरन्तर रूपले झाराटारुवा हुन्छन्। के तिमीहरूलाई सधैँ झाराटारुवा हुने मानिसहरू भरपर्दा हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। झाराटारुवा तरिकाले काम गर्ने व्यक्ति गैरजिम्मेवार व्यक्ति हो, र आफ्ना कार्यहरूमा गैरजिम्मेवार हुने व्यक्ति इमान्दार व्यक्ति होइन—त्यो भरोसायोग्य व्यक्ति होइन। उसले जे कर्तव्य निभाए पनि, भरोसा गर्न नमिल्ने व्यक्ति झाराटारुवा नै हुन्छ, किनकि उसको चरित्र स्वीकार्य मानकअनुसारको हुँदैन, उसले सत्यतालाई प्रेम गर्दैन, र ऊ निश्चय नै इमान्दार व्यक्ति होइन। के परमेश्वरले भरोसा गर्न नमिल्ने मानिसहरूलाई कुनै पनि कुरा सुम्पन सक्नुहुन्छ? कदापि सक्नुहुन्न। परमेश्वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुने हुनाले, उहाँले कर्तव्यहरू निभाउन छली मानिसहरू कदापि प्रयोग गर्नुहुन्न; परमेश्वरले इमान्दारहरूलाई मात्र आशिष् दिनुहुन्छ, र उहाँले इमान्दार र सत्यतालाई प्रेम गर्नेहरूमाथि मात्र काम गर्नुहुन्छ। जबजब कुनै छली व्यक्तिले कुनै कर्तव्य निभाउँछ, त्यो मान्छेद्वारा गरिएको बन्दोबस्त हुन्छ, र त्यो मान्छेको गल्ती हुन्छ। झाराटारुवा हुन मन पराउने मानिसहरूमा विवेक र समझ हुँदैन, तिनीहरूको मानवता कमजोर हुन्छ, तिनीहरू भरोसायोग्य हुँदैनन्, र तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। के पवित्र आत्माले त्यस्ता मानिसहरूमाथि काम गर्नुहुनेछ? कदापि गर्नुहुनेछैन। त्यसैले, आफ्ना कर्तव्यमा झाराटारुवा हुन रुचाउने मानिसहरू परमेश्वरद्वारा कहिल्यै सिद्ध पारिनेछैनन्, र तिनीहरू उहाँद्वारा कहिल्यै प्रयोग गरिनेछैनन्। जोझाराटारुवा हुन रुचाउने मानिसहरू सबै छली, दुष्ट मनसायले भरिएका हुन्छन्, र तिनीहरूमा विवेक र समझ बिलकुलै हुँदैन। तिनीहरू सिद्धान्त वा सीमाहरूविना कार्य गर्छन्; तिनीहरू आफ्नै रुचिअनुसार कार्य गर्छन्, र हरप्रकारका खराब कुराहरू गर्न सक्षम हुन्छन्। तिनीहरूका सबै कार्यहरू तिनीहरूको मुडमै आधारित हुन्छन्: यदि तिनीहरू राम्रो मुडमा छन् र प्रसन्न छन् भने, तिनीहरूले अलि राम्रो गर्छन्। यदि तिनीहरू खराब मुडमा छन् र बेखुसी छन् भने, तिनीहरू झाराटारुवा हुन्छन्। यदि तिनीहरू रिसाएका छन् भने, तिनीहरूले मनमौजी र असावधान हुन र महत्त्वपूर्ण मामिलाहरूमा ढिलाइ गर्न सक्छन्। तिनीहरूका हृदयमा परमेश्वर बिलकुलै हुनुहुन्न। तिनीहरू यतिकै मृत्यु पर्खेरै दिन कटाउँछन्। त्यसैले, झाराटारुवा तरिकाले कर्तव्य निभाउने मानिसहरूलाई जसरी उपदेश दिइए पनि, त्यो काम लाग्दैन, र तिनीहरूसित सत्यताबारे सङ्गति गर्नु बेकार हुन्छ। बारम्बारको चेतावनीपछि पनि तिनीहरू आफ्नो मार्ग परिवर्तन गर्न अस्वीकार गर्छन्, तिनीहरू हृदयहीन छन्; तिनीहरूलाई हटाउन मात्र सकिन्छ, त्यही नै सबैभन्दा उचित कार्य हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा झारा टार्ने काम मात्रै गर्नु वर्जित गरिएको मुख्य कुरा हो। तैँले कर्तव्य निर्वाह गर्दा जहिले पनि झारा टार्ने काम मात्र गर्छस् भने, कुनै हालतमा आफ्नो कर्तव्य स्वीकार्य स्तरमा निर्वाह गर्न सक्दैनस्। यदि तँ वफादार भई आफ्नो कर्तव्य निभाउन चाहन्छस् भने, तैँले पहिला झारा टार्ने समस्यालाई सुल्झाउनैपर्छ। तैँले त्यो देख्नेबित्तिकै ती सच्याउने कदमहरू चाल्नुपर्छ। यदि तँ अन्योलमा छस्, कहिल्यै समस्या देख्न सक्दैनस्, जहिल्यै पनि झारा टार्ने काम मात्र गर्छस्, र लापरवाही तरिकाले कामहरू गर्छस् भने, तैँले कुनै हालतमा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नेछैनस्। त्यसकारण, तैँले जहिले पनि आफ्नो कर्तव्यमा मन लगाउनैपर्छ। यो अवसर मानिसहरूले पाउनु निकै कठिन थियो! जब परमेश्‍वर तिनीहरूलाई मौका दिनुहुन्छ, तर पनि तिनीहरूले यसलाई बुझ्दैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्‍वरको कामले कसैलाई पनि पर्खँदैन, न त व्यक्तिले गर्नुपर्ने कर्तव्यले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, “मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई निर्वाह गर्न चाहन्छु, त्यसकारण यसपटक मैले सङ्कल्प गरेको छु; म अझै बढी कर्तव्यनिष्ठ बन्नेछु र अझै बढी परिश्रम गर्नेछु, र यसलाई राम्ररी पूरा गर्नेछु।” “मैले असफलताका बाबजुद फेरि यसमा लाग्नुपर्छ।” यस्तो सङ्कल्प हुनु एकदमै राम्रो हो, तर कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनेर तँ स्पष्ट हुनैपर्छ, र तैँले सत्यताका लागि प्रयास गर्नैपर्छ। सत्यता राम्ररी बुझ्नेहरूले मात्र आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। सत्यता नबुझ्नेहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तँ सत्यताबारे जति बढी स्पष्ट हुन्छस्, उति नै आफ्नो कर्तव्यमा प्रभावकारी बन्नेछस्। यदि तैँले यो मामिला के हो भनेर बुझ्न सकिस् भने, तँ सत्यताका लागि लागिपर्नेछस्, र तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने आशा हुन्छ। वर्तमान समयमा, कर्तव्य निभाउने धेरै अवसरहरू उपलब्ध छैनन्, त्यसकारण अवसर आउँदा तैँले तिनलाई पक्रिहाल्नुपर्छ। जुन बेला कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ, ठीक त्यही बेला नै तैँले प्रयत्‍न लगाउनुपर्छ; ठिक त्यही बेला नै तैँले आफूलाई अर्पित गर्नुपर्छ र परमेश्‍वरमा समर्पित हुनुपर्छ, र ठिक त्यही बेला नै तैँले मूल्य चुकाउनुपर्छ। कुनै पनि कुरालाई रोकेर नराख्‌, कुनै पनि षड्यन्त्र नगर्, आफूलाई कुनै पनि छुट नदे, र आफ्नो लागि उम्कने बाटो नबना। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। मानौँ, तैँले यसो भन्‍न सक्छस्, “मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!” यो कस्तो प्रकारको सोचाइ हो? के तैँले मानिसहरूको र परमेश्‍वरको पनि आँखा छलेको छस् भन्‍ने तँलाई लाग्छ? तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन? उहाँलाई थाहा हुन्छ। वास्तवमा, तँसँग केही समयसम्‍म अन्तरक्रिया गर्ने जोकोहीले तेरो भ्रष्टता र दुष्टता थाहा पाएका हुन्छन्, र तिनीहरूले सीधै नभने पनि, तिनीहरूले आफ्‍नो मनमा तेरो बारेमा मूल्याङ्कन गरेका हुन्छन्। धेरै मानिसहरू छन् जसलाई प्रकाश गरियो र हटाइयो किनभने अरू धेरैले तिनीहरूको वास्तविकता बुझेका थिए। सबैले तिनीहरूको सारलाई देखेपछि, तिनीहरूले ती मानिसहरूको वास्तविकता खुलासा गरे, र तिनीहरूलाई हटाए। त्यसकारण, सत्यताको खोजी गरे पनि नगरे पनि, मानिसहरूले आफ्‍नो कर्तव्य क्षमताले भ्याउञ्‍जेल राम्ररी पूरा गर्नुपर्छ; व्यावहारिक कामहरू गर्नको लागि तिनीहरूले आफ्‍नो विवेकको प्रयोग गर्नुपर्छ। तँमा कमीकमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्‍नो कर्तव्यपालनमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ म ठिक छु, मलाई पक्कै हटाइनेछैन भनेर सोचिरहेको हुन्छस्, यदि तैँले अझै पनि आत्मचिन्तन वा आफूलाई चिन्‍ने प्रयास गर्दैनस्, र उचित कामलाई बेवास्ता गर्छस्, यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले तँप्रतिको सहनशीलता गुमाएको क्षण तेरो असली रूप पर्दाफास गरिदिनेछन्, र सम्भवतः तँलाई पक्कै हटाइनेछ। यस्तो हुन्छ किनकि सबैले तेरो वास्तविकता छर्लङ्गै देखेका हुन्छन् र तैँले मर्यादा र निष्ठा गुमाइसकेको हुन्छस्। यदि कसैले तँलाई भरोसा गर्दैन भने, के परमेश्‍वरले तँलाई भरोसा गर्न सक्‍नुहुन्छ त? परमेश्‍वरले मानिसको भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले त्यस्ता व्यक्तिलाई फिटिक्‍कै भरोसा गर्न सक्‍नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

कतिपय मानिसहरूले आफ्नो कर्तव्यपालन गर्दा कुनै जिम्मेवारी लिँदैनन्, तिनीहरू सधैँ लापरवाह र झाराटारुवा हुन्छन्। तिनीहरू समस्या देख्न सक्ने भए पनि समाधान खोज्न अनिच्छुक हुन्छन् र मानिसहरूलाई चिढ्याउन डराउँछन्, त्यसैले तिनीहरू हतारमा कामकुरा गर्छन्, र फलस्वरूप उक्त काम दोहोऱ्याएर गर्नुपर्ने हुन्छ। तैँले यो कर्तव्य निभाइरहेको हुनाले यसको जिम्मेवारी पनि तैँले नै लिनुपर्छ। तँ किन यसलाई गम्भीरतापूर्वक लिँदैनस्? तँ किन झाराटारुवा र लापरवाह हुन्छस्? के तैँले यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्दा तँ आफ्ना जिम्मेवारीहरूलाई उपेक्षा गरिरहेको हुँदैनस् र? मूल जिम्मेवारी जसले लिए पनि, कामकुरामाथि निगरानी राख्न अरू सबै जिम्मेवार हुन्छन्, यो बोझ र जिम्मेवारीको भावना सबैले बोक्नैपर्छ—तर तिमीहरूमध्ये कसैले पनि ध्यानै दिँदैनौ, तिमीहरू वास्तवमै झाराटारुवा छौ, तिमीहरूमा वफादारी छैन, तिमीहरू आफ्ना कर्तव्यलाई उपेक्षा गर्छौ! तिमीहरूले समस्या देख्न नसक्ने होइन, तर तिमीहरू जिम्मेवारी लिन इच्छुक छैनौ—न त समस्या देख्दा तिमीहरू यस मामलाप्रति कुनै ध्यान दिन चाहन्छौ, तिमीहरू “कामचलाउ” समाधान मै चित्त बुझाउँछौ। के यसरी लापरवाह र झाराटारुवा हुनु परमेश्वरलाई छल्ने प्रयास होइन र? यदि, मैले काम गर्दा र तिमीहरूसँग सत्यताबारे सङ्गति गर्दा, मलाई “कामचलाउ” नै स्वीकार्य लागेको भए, तिमीहरू प्रत्येकले आफ्नो क्षमता र पछ्याइ अनुसार त्यसबाट के पाउन सक्छौ? यदि ममा तिमीहरूको जस्तै मनोवृत्ति भएको भए भने, तिमीहरूले केही पाउन सक्थेनौ। म किन यसो भन्छु? किनभने एकातिर तिमीहरू कुनै पनि कार्य निष्ठासाथ गर्दैनौ, र अर्कोतिर तिमीहरू कमजोर क्षमताका र अत्यन्तै बोधो छौ। मैले तिमीहरू सबै बोधो र सत्यताप्रति प्रेमविहीन, अनि सत्यता नपछ्याइरहेको, र कमजोर क्षमताका भएको देखेका कारण मैले विस्तारमा बोल्नैपर्छ। मैले सबथोक विस्तृत रूपमा भन्नैपर्छ, र मेरो प्रवचनमा कामकुरालाई खण्ड-खण्डमा विश्लेषण गर्नैपर्छ, र तिनलाई हरेक कोणबाट र हरेक तरिकाले व्याख्या गर्नैपर्छ। त्यसपछि मात्र तिमीहरूले अलि बुझ्छौ। यदि मैले तिमीहरूसित झारा टार्ने काम गरेँ र आफूलाई जब मन लाग्यो तब जेसुकै विषयमा अलिकति बोलेँ, तर त्यसमा सोच, मेहनत र हृदय लगाइनँ, आफूलाई बोल्न मन नलाग्दा बोलिनँ भने, तिमीहरूले के पाउन सक्नेथियौ? तिमीहरूमा जस्तो क्षमता छ, त्यसमार्फत त तिमीहरूले सत्यता बुझ्नेथिएनौ। तिमीहरूले केही पनि पाउनेथिएनौ, मुक्ति त झनै पाउनेथिएनौ। तर मैले त्यसो गर्न मिल्दैन, मैले त विस्तारमा बोल्नुपर्छ। मैले विस्तृत रूपमा हरप्रकारको व्यक्तिको स्थिति, सत्यताप्रति मानिसहरूमा भएको मनोवृत्ति, र हरेक प्रकारको दुष्ट स्वभावसम्बन्धी उदाहरणहरू दिनैपर्छ; त्यसपछि मात्र तिमीहरूले मैले भनिरहेको र आफूले सुनेको कुरा बुझ्नेछौ। सत्यताको जुनै पक्ष सङ्गति गरिए पनि, म विभिन्न विधिद्वारा बोल्छु, वयस्क र बालबालिकालाई सङ्गति गर्ने शैलीहरू अपनाउँछु, र तर्क र कथाका रूपमा पनि सिद्धान्त र अभ्यास प्रयोग गर्छु, र अनुभवहरू बताउँछु, ताकि मानिसहरू सत्यता बुझेर वास्तविकतामा प्रवेश गर्न सकून्। यसरी, क्षमता र हृदय बोकेका मानिसहरूसित सत्यता बुझ्ने र स्विकार्ने अनि मुक्ति पाउने मौका हुनेछ। तर आफ्नो कर्तव्यप्रति तिमीहरूमा सधैँ लापरबाही र झारातिराइ, र ढिलाइको मनोवृत्ति रहिआएको छ, र आफूले कति ढिलाइ गरेका छौ भन्नेबारे तिमीहरूलाई वास्ता छैन। तिमीहरू समस्याहरू समाधान गर्नका निम्ति कसरी सत्यता खोज्ने भनी चिन्तन गर्दैनौ, परमेश्वरको साक्षी दिन सक्ने हुनका निम्ति कसरी आफ्नो कर्तव्य उचित रूपले निर्वाह गर्ने भनी सोच्दैनौ। यो आफ्नो कर्तव्यलाई बेवास्ता गर्नु हो। त्यसैले तिमीहरूको जीवन निकै सुस्त गतिमा अघि बढ्छ, तर तिमीहरू आफूले कति समय खेर फालेको छु भनेर उदास हुँदैनौ। वास्तवमा, यदि तिमीहरूले होसियारीसाथ र जिम्‍मेवारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गरेका भए, आफ्‍ना अनुभवहरू बताउन र परमेश्‍वरको गवाही दिन सक्‍ने बन्न पाँच-छ वर्ष पनि लाग्‍दैनथियो, अनि विभिन्‍न काम निकै प्रभावकारी रूपमा पूरा हुनेथियो—तर तिमीहरू परमेश्‍वरको इच्‍छालाई ध्यान दिन इच्‍छुक हुँदैनौ, न त सत्यताप्रति नै तिमीहरू लागिपर्छौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ। तिमीहरूले लिनैपर्ने थोरै जिम्मेवारी यो मात्रै हो—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू मिठा-मिठा कुरा मात्रै गर्छौ। तिमीहरूलाई आफूले के गर्नुपर्छ भन्‍ने मनमा थाहा हुन्छ, तर तिमीहरू सत्यता अभ्यास नै गर्दैनौ। यो परमेश्‍वरविरुद्ध विद्रोह हो, र मुख्यतः यो सत्यताप्रति प्रेम नहुनु हो। सत्यताअनुसार कसरी काम गर्ने त्यो तिमीहरूलाई मनमा एकदमै राम्ररी थाहा छ—तिमीहरू यसलाई अभ्यास मात्रै गर्दैनौ। यो गम्‍भीर समस्या हो; तिमीहरू सत्यता अभ्यास नगरी यसलाई हेरी मात्रै रहेका छौ। तिमीहरू परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति हुँदै होइनौ। तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न कम्तीमा पनि सत्यता खोजी र अभ्यास गर्नैपर्छ अनि सिद्धान्तहरूअनुसार काम गर्नैपर्छ। तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता अभ्यास गर्न सक्दैनस् भने, यसको अभ्यास कहाँ गर्न सक्छस् र? अनि यदि तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्। तँ सत्यता स्विकार्दैनस्—यसलाई अभ्यास गर्नु त कता हो कता—र परमेश्‍वरको घरमा अल्याङटल्याङ गर्छस् भने तेरो उद्देश्य वास्तवमा के हो? के तँ परमेश्‍वरको घरलाई तेरो अवकाशगृह वा दानशाला बनाउन चाहन्छस्? यदि त्यस्तो हो भने, तँ गलत छस्—परमेश्‍वरको घरले फाइदा लुट्ने वा भतुवा मानिसहरूलाई हेरचाह गर्दैन। कमजोर मानवता भएको, आफ्‍नो कर्तव्य खुसीसाथ पूरा नगर्ने, कर्तव्य पूरा गर्न अयोग्य सबैलाई हटाइनैपर्छ; सत्यता पटक्‍कै स्वीकार नगर्ने सबै गैरविश्‍वासीहरूलाई हटाइनैपर्छ। कतिपय मानिसहरू सत्यता बुझ्छन् तर आफ्‍नो कर्तव्य निर्वाह गर्दा यसको अभ्यास गर्न सक्दैनन्। कुनै समस्या देख्दा, तिनीहरू त्यसलाई समाधान गर्दैनन्, अनि त्यो आफ्नो जिम्‍मेवारी हो भन्‍ने थाहा हुँदा पनि, तिनीहरू त्यो काम तनमनले गर्दैनन्। तैँले गर्न सक्‍ने जिम्‍मेवारीहरूसमेत पूरा गर्दैनस् भने, आफ्‍नो कर्तव्य पूरा गर्दा के-कस्ता मूल्य वा परिणाम निस्कन सक्छन् र? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु अर्थपूर्ण हुन्छ र? सत्यता बुझ्‍ने तर यसलाई अभ्यास गर्न नसक्‍ने, आफूले भोग्‍नुपर्ने कष्ट भोग्‍न नसक्‍ने व्यक्ति कर्तव्य निर्वाहको लायक हुँदैन। कर्तव्य पूरा गर्ने कतिपय मानिसहरू पेट भर्न मात्रै त्यसो गर्छन्। तिनीहरू भिखारी हुन्। तिनीहरू आफूले परमेश्‍वरको घरमा केही काम गरे भने, आफ्नो गाँसबासको व्यवस्था हुनेछ, काम नगरी खान पाइनेछ भन्‍ने विचार गर्छन्। के त्यस्तो मोलमोलाइ पनि हुन्छ र? परमेश्‍वरको घरले भतुवाहरूलाई पाल्दैन। यदि कसैले अलिकति पनि सत्यता अभ्यास गर्दैन, र जो आफ्‍नो कर्तव्यमा निरन्तर लापरवाह र झाराटारुवा हुन्छ, अनि परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ भने, के परमेश्‍वर उसलाई स्वीकार गर्नुहुन्छ? त्यस्ता सबै मानिसहरू गैरविश्‍वासी हुन् र परमेश्‍वरको नजरमा तिनीहरू दुष्कर्मी हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ

यदि तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउँदैनस्, न त सत्यताका सिद्धान्तहरू खोज्छस्, यदि तँ अलमलमा वा दुविधामा छस्, र तैँले सक्दो सजिलो तरिकाले कामहरू गर्छस् भने त्यो कस्तो प्रकारको मानसिकता हो? यो झारातिरुवा शैलीमा काम गर्ने एउटा तरिका हो। यदि तँ आफ्नो कर्तव्यप्रति प्रतिबद्ध छैनस्, यदि तँसित त्यसप्रति जिम्मेवारी बोध, वा मिसनको कुनै बोध छैन भने, के तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्? के तैँले स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निभाउन सक्नेछस्? अनि यदि तैँले आफ्नो कर्तव्य स्वीकार्य स्तरमा निभाउन सकिनस् भने, के तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्? अवश्य सक्नेछैनस्। यदि, प्रत्येक पटक आफ्नो कर्तव्य निभाउँदा, तँ उदासीन हुन्छस्, कुनै कोसिस गर्दैनस्, र कुनै गेम खेलिरहेको जस्तो सोचविचार नगरी अल्याङटल्याङ गर्छस् भने, के त्यो समस्या होइन? तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गरेर के हासिल गर्न सक्छस्? अन्त्यमा, मानिसहरूले तँ आफ्नो कर्तव्य निभाउँदा, तँमा जिम्मेवारी बोध नभएको, लापरवाही र झाराटारुवा बनेको, अनि तैँले झारा मात्र टार्ने गरेको देख्छन्—जुन अवस्थामा तँई हटाइने खतरामा हुन्छस्। तैँले आफ्नो कर्तव्य निभाउँदाको सम्पूर्ण प्रक्रिया परमेश्वरले हेरिरहनुभएको हुन्छ, अनि परमेश्वरले के भन्नुहुनेछ? (यो व्यक्ति उहाँको आज्ञा वा भरोसाको लायक छैन।) परमेश्वरले तँ भरपर्दो छैन र तँलाई हटाउनुपर्छ भनेर भन्नुहुनेछ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा सामान्य जुनै कर्तव्य निर्वाह गरे पनि, यदि तँ आफूलाई सुम्पिएको काममा हृदय लगाउँदैनस् वा आफ्नो जिम्मेवारी पूरा गर्दैनस्, अनि त्यसलाई परमेश्वरको आज्ञाको रूपमा हेर्दैनस्, वा आफ्नो कर्तव्य र दायित्वको रूपमा लिँदैनस् र सधैँ लापरवाह तरिकाले कामकुरा गर्छस् भने, यो समस्या बन्नेछ। “भरोसायोग्य छैन”—यी दुई शब्दले तँ आफ्नो कर्तव्य कसरी गर्छस् भन्ने स्पष्ट पार्छन्। ती शब्दहरूको अर्थ के हो भने तेरो कर्तव्य गराइ मापदण्डअनुसार भएको छैन, र तँलाई निकालिएको छ अनि परमेश्‍वरले तेरो चरित्र ठिक छैन भन्नुहुन्छ। यदि तँलाई कुनै एउटा विषय सुम्पिइएको छ, तापनि त्यसप्रति तँ यस्तै मनोवृत्ति राख्छस् र तँ त्यसरी नै त्यसलाई सम्हाल्छस् भने, के भविष्यमा तँलाई अरू कुनै कामहरू दिइन्छ? के तँलाई कुनै महत्त्वपूर्ण कुरा सुम्पन सकिन्छ? तैँले साँचो पश्‍चात्ताप नदेखाउञ्जेल त्यसो गर्न बिलकुलै सकिँदैन। तर, परमेश्‍वरले भित्र मनमा तँप्रति सधैँ केही अविश्‍वास, र असन्तुष्टि राख्‍नहुनेछ। यो एउटा समस्या हुनेछ, हुनेछैन र? तैँले आफ्नो कर्तव्य निभाउने कुनै पनि अवसर गुमाउन सक्छस्, र तैँले मुक्ति नपाउलास्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

धेरै मानिसहरू प्राय आफ्नो कर्तव्य पालना गर्ने क्रममा लापरवाह र झाराटारूवा हुन्छन्। काँटछाँट र निराकरण गरिने अवस्था आइपर्दा, तिनीहरू अझै पनि सत्यता स्विकार्न इन्कार गर्छन्, र जिद्दी गर्दै आफ्नो कुरा राख्छन् र परमेश्‍वरको घरले उनीहरूप्रति अन्याय गरेको अनि करुणा र सहिष्णुता नदेखाएको गुनासो पनि गर्छन्। के यो अनुचित होइन र? अझ वस्तुगत रूपमा भन्नुपर्दा, यो अहङ्कारी स्वभाव हो, र तिनीहरूसँग थोरै पनि विवेक र समझ हुँदैन। परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले कम्तीमा पनि सत्यता स्विकार्न अनि विवेक र समझ उल्लङ्घन नगरी काम गर्न सक्नुपर्छ। काँटछाँट र निराकरण स्विकार्न र समर्पित हुन नसक्ने मानिसहरू अति अहङ्कारी, आत्मधर्मी र केवल अविवेकी हुन्छन्। तिनीहरूलाई पशु भन्दा अत्युक्ति हुँदैन किनभने तिनीहरू आफूले गर्ने सबै काममा अत्यन्तै बेपरवाह हुन्छन्। तिनीहरू आफूलाई मन लागेअनुसार र परिणामको वास्तै नगरी काम गर्छन्; समस्याहरू आइपरे पनि तिनीहरू मतलब गर्दैनन्। यस्ता मानिसहरू सेवा प्रदान गर्न योग्य हुँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य यसरी गर्ने हुनाले अन्य मानिसहरू तिनीहरूलाई देखिसहँदैनन् र भरोसा पनि गर्दैनन्। के त्यसोभए परमेश्‍वरले तिनीहरूलाई विश्‍वास गर्न सक्नुहुन्छ त? यो न्यूनतम मापदण्ड पनि पूरा नगर्नाले तिनीहरू सेवा प्रदान गर्न पनि अयोग्य हुन्छन् र तिनीहरूलाई निष्कासन गर्न मात्र सकिन्छ। … सत्यतालाई प्रेम नगर्नेहरू लापरवाह र झाराटारूवा तरिकाले कर्तव्य निभाउँछन्—तिनीहरूसँग सही मनोवृत्ति हुँदैन, तिनीहरू सत्यता सिद्धान्तहरू कहिल्यै खोजी गर्दैनन् र तिनीहरू परमेश्‍वरको घरका मापदण्डहरू र आफूले प्राप्त गर्नुपर्ने नतिजाहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरूले कसरी पर्याप्त मात्रामा आफ्नो कर्तव्य गर्न सक्छन्? यदि तँ इमान्दारीसाथ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तँ लापरवाह र झाराटारूवा भएको बेला, तैँले उहाँलाई प्रार्थना गर्नुपर्छ र आफूबारे आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ; तैँले आफ्ना भ्रष्ट स्वभावहरू त्याग्नुपर्छ, तैँले सत्यता सिद्धान्तहरूमाथि मेहनत गर्नुपर्छ, र उहाँले तय गर्नुभएका मापदण्डहरू पूरा गर्ने प्रयास गर्नुपर्छ। यदि तैँले यसरी आफ्नो कर्तव्य गरिस् भने, तैँले बिस्तारै परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्न सक्नेछस्। साँचो कुरा के हो भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न त्यति गाह्रो छैन। यसको लागि विवेक र समझ हुनुपर्छ, र आफू सोझो र लगनशील हुनुपर्छ, त्यति भए पुग्छ। इमानदारीसाथ काम गरेर सफल बन्‍ने धेरै अविश्‍वासीहरू छन्। तिनीहरूलाई सत्यता सिद्धान्तहरूबारे केही पनि थाहा हुँदैन, र पनि तिनीहरू कसरी यति सफल हुन्छन्? किनभने तिनीहरू सावधान र लगनशील हुन्छन्, त्यसकारण तिनीहरूले उत्सुकतापूर्वक काम गर्न अनि सूक्ष्म कुराहरूमा ध्यान दिन, र यसरी सहजै काम पूरा गर्न सक्छन्। परमेश्‍वरको घरका कुनै पनि कर्तव्यहरू अति कठिन छैनन्। तैँले यसमा आफ्‍नो सारा हृदय लगाइस् र सक्दो प्रयास गरिस् भने, राम्रो काम गर्न सक्छस्। तँ सोझो छैनस्, र आफूले गर्ने कुनै पनि कुरामा तँ लगनशील हुँदैनस्, सधैँ आफूलाई समस्याबाट जोगाउने प्रयास गर्छस्, सधैँ लापरवाही गर्छस् र झारा टार्छस्, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनस्, कामकुरा भताभुङ्ग गरेर परमेश्‍वरको घरमा हानि पुर्‍याउँछस् भने, त्यसको अर्थ तैँले दुष्कर्म गरिरहेको छस्, र यो परमेश्‍वरको निम्ति घृणित अपराध बन्‍नेछ। सुसमाचार सुनाउने महत्त्वपूर्ण क्षणमा, तैँले आफ्‍नो कर्तव्यमा राम्रो परिणाम हासिल गरिनस् र सकारात्मक भूमिका खेलिनस्, वा बाधा र व्यवधान ल्याइस् भने, परमेश्‍वरले स्वाभाविक रूपले तँलाई घृणा गर्नुहुनेछ र तँ हटाइनेछस् अनि तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। यसमा तँलाई सदैव पछुतो हुनेछ! तँलाई आफ्‍नो कर्तव्य पूरा गरेकोमा परमेश्‍वरले उचाल्‍नु नै तैँले मुक्ति पाउने एक मात्र मौका हो। यदि तँ गैरजिम्‍मेवार भइस्, यसलाई हल्कासित लिएर लापरवाह र झाराटारूवा भइस् भने, तैँले यही मनोवृत्तिले सत्यता र परमेश्‍वरलाई लिनेछस्। यदि तँ अलिकति पनि इमानदार वा आज्ञाकारी छैनस् भने, तैँले कसरी परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस्? अहिले समय अत्यन्तै बहुमूल्‍य छ; हरेक दिन र हरेक पल महत्त्वपूर्ण छ। यदि तँ सत्यता खोजी गर्दैनस्, जीवन प्रवेशमा ध्यान दिँदैनस्, र लापरवाह र झाराटारूवा छस् र परमेश्‍वरलाई धोका दिन्छस् भने, त्यो साँच्‍चै समझहीन र खतरनाक कुरा हो! परमेश्‍वरले तँलाई घृणा गरेर हटाउनुहुनेबित्तिकै, पवित्र आत्माले तँमा काम गर्न छोड्नुहुनेछ, र त्यसलाई फेरि सुल्ट्याउनु सम्भव हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तिमीहरू केवल झारा टार्छौ र परिणामहरू बिलकुलै हासिल गर्न खोज्दैनौ भने, तिमीहरू ढोँगी, भेडाको भेषमा ब्‍वाँसो हौ। तैँले मानिसहरूलाई छल्‍न सक्छस्, तर परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन। यदि तैँले परमेश्‍वरमाथिको आफ्नो आस्थामा र आफ्नो कर्तव्यपालनमा साँच्चिकै प्रयास गर्दैनस् भने; यदि तँ सधैँ झारा टार्न चाहन्छस् र एक अविश्‍वासीले हाकिमको अधीनमा काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा लापरवाह हुन्छस् भने; यदि तँ नाममात्रको काम गर्छस्, दिमाग लगाउँदैनस्, हरेक दिन काम आइपर्दा लटरपटर गर्दै अघि बढ्छस्, समस्याहरू देख्दा तिनलाई बेवास्ता गर्छस्, कुनै कुरा छरपष्ट भएको देख्दा पनि तँ त्यसलाई सफा गर्दैनस्, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी पन्छाइदिन्छस् भने—के यो समस्या होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तिनीहरूमध्ये एकजनालाई पनि परमेश्‍वरले मान्यता प्रदान गर्नुहुन्‍न। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँ हृदयमा साँचो भइरहेको छस् कि छैनस् र तैँले प्रयास गरिस् कि गरिनस् भन्‍नेबारेमा परमेश्‍वरले हिसाब राख्‍नुहुन्छ, र तँलाई पनि पूर्ण रूपमाथाहा हुन्छ। त्यसो भए, के तिमीहरूले कहिल्यै आफ्नो कर्तव्य साँच्चिकै पूरा गर्ने प्रयास गरेका छौ? के तिमीहरूले यसलाई कहिल्यै गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तिमीहरूको दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? तैँले यी मामिलाहरूबारे उचित तरिकाले मनन गर्नैपर्छ र जान्‍नैपर्छ, र यसो गर्दा तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने समस्याहरू समाधान गर्न सजिलो हुनेछ, र यो तेरो जीवन प्रवेशका लागि लाभदायी हुनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गैरजिम्मेवार हुन्छस्, अनि तैँले समस्याहरू पत्ता लगाउँदा अगुवा र सेवकहरूलाई त्यसको रिपोर्ट गर्दैनस्, न त ती समस्या आफै समाधान गर्न सत्यता खोजी गर्छस्, सधैँ “जति कम समस्या उति राम्रो” भनी सोच्छस्, सधैँ संसारलाई सामना गर्ने दर्शनहरूअनुसार जिउँछस्, कर्तव्य निर्वाह गर्दा सधैँ लापरवाह र झाराटारुवा बन्छस्, कहिल्यै कुनै समर्पण देखाउँदैनस्, र काटछाँट र निराकरण गरिँदा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् भने—यदि तँ यसरी आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तँ खतरामा छस्; तँ सेवाकर्तामध्येको एक होस्। सेवाकर्ताहरू परमेश्‍वरको घरका सदस्य होइनन्, केवल कर्मचारी, र भाडाका खेताला मात्र हुन्। काम सकिएपछि, तिनीहरूलाई हटाइनेछ, र स्वाभाविक रूपमै तिनीहरू महाविपत्तिमा पर्नेछन्। परमेश्‍वरको घरका मानिसहरू फरक छन्; तिनीहरूले कर्तव्य निभाउँदा, त्यो पैसा कमाउन, मजदुरी गर्न, वा आशिष्‌ पाउनको लागि होइन। तिनीहरू सोच्छन्, “म परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई चासो लाग्‍ने कुरा मलाई पनि चासो लाग्छ। परमेश्‍वरको घरका मामलाहरू मेरै मामलाहरू हुन्। मैले परमेश्‍वरको घरमा आफ्‍नो हृदय लगाउनुपर्छ।” यसले गर्दा, तिनीहरूले परमेश्‍वरको घरसँग सम्बन्धित हरेक मामलामा हृदय लगाउँछन् र त्यसको जिम्‍मेवारी लिन्छन्। तिनीहरूले आफूले सोच्‍न र देख्‍न सक्‍ने सबै कुराको जिम्‍मेवारी लिन्छन्। तिनीहरू सम्हाल्नुपर्ने मामलाहरूमाथि निगरानी राख्छन्, र तिनीहरूले मामलाहरूलाई हृदयदेखि लिन्छन्। परमेश्‍वरको घरका मानिसहरू यिनीहरू नै हुन्। के तिमीहरू पनि त्यस्तै छौ? (छैनौँ।) यदि तिमीहरू देहसुखको चाहना मात्र गर्छौ, परमेश्‍वरको घरमा सम्हाल्नुपर्ने मामलाहरू देख्दा कुनै ध्यान दिँदैनौ, एउटा सानो सिन्कासमेत भाँच्दैनौ, र समस्या छ भनेर हृदयमा थाहा भएर पनि तिमीहरू यसलाई समाधान गर्दैनौ भने, तिमीहरूले परमेश्‍वरको घरलाई आफ्‍नो घरजस्तो ठानिरहेको छैनौ। के तिमीहरू यस्तै छौ? छौ भने, तिमीहरू यति पतित भएका छौ कि तिमीहरू र अविश्‍वासीहरूको बीचमा कुनै भिन्‍नता छैन। तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरूलाई परमेश्‍वरको घरबाहिरका मानिसहरूका रूपमा गन्ती गरिनुपर्छ; तिमीहरूलाई बीचैमा रोकेर निष्कासित गरिनुपर्छ। वास्तवमा परमेश्‍वरले हृदयमा तिमीहरूलाई आफ्‍नो परिवारका सदस्यका रूपमा व्यवहार गर्न चाहनुहुन्छ, तैपनि तिमीहरू सत्यता स्वीकार गर्दैनौ, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सधैँ लापरवाह, झारा टारुवा, र गैरजिम्‍मेवार हुन्छौ। तिमीहरूलाई सत्यताबारे जसरी सङ्गति दिए पनि, तिमीहरू पश्‍चात्ताप गर्दैनौ। आफूलाई परमेश्‍वरको घरबाहिर राख्‍ने त तिमीहरू आफै हौ। परमेश्‍वर तिमीहरूलाई मुक्ति दिन र आफ्‍नै परिवारका सदस्य बनाउन चाहनुहुन्छ, र पनि तिमीहरू यो कुरा मान्दैनौ। त्यसकारण तिमीहरू उहाँको घरबाहिर छौ; तिमीहरू अविश्‍वासी हौ। अलिकति पनि सत्यता स्वीकार नगर्नेलाई अविश्‍वासीको रूपमा मात्रै व्यवहार गर्न सकिन्छ। आफ्‍नो परिणाम र स्थान स्थापित गर्ने तिमीहरू आफै हौ। तिमीहरूले यसलाई परमेश्‍वरको घरबाहिर स्थापित गरेका छौ। यसको लागि तिमीहरूबाहेक अरू कसलाई दोष दिने? … तसर्थ, आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेर मात्र तँ परमेश्वरको घरमा दृढ रहन अनि विपत्तिबाट बच्न सक्छस्। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। परमेश्वरको घरका मानिसहरू कम्तीमा पनि इमानदार हुन्छन्। तिनीहरू आफ्नो कर्तव्यमा भरोसायोग्य, परमेश्वरको आज्ञा स्विकार्न सक्ने, र वफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू हुन्। यदि मानिसहरूमा साँचो आस्था, विवेक, र समझ छैन, र यदि तिनीहरूमा परमेश्वरको डर मान्ने र आज्ञाकारी हृदय छैन भने, तिनीहरू कर्तव्यपालन गर्न उचित हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्यपालन गर्ने भए पनि त्यसमा लापरवाही गर्छन्। तिनीहरू सेवाकर्ता—साँचो रूपमा पश्चात्ताप नगरेका मानिसहरू हुन्। यस्ता सेवाकर्ताहरू ढिलोचाँडो हटाइनेछन्। वफादार सेवाकर्ताहरू मात्र रहनेछन्। वफादार सेवाकर्ताहरूमा सत्यता वास्तविकता नभए पनि, विवेक र समझ हुन्छ, तिनीहरू इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्, र परमेश्वरले तिनीहरूलाई रहन अनुमति दिनुहुन्छ। सत्यता वास्तविकता भएका र परमेश्वरको जोरदार गवाही दिन सक्नेहरू उहाँका मानिस हुन्, र तिनीहरूलाई रहन दिइनेछ र तिनीहरू उहाँको राज्यमा ल्याइनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ

अहिले, अधिकांश मानिसहरू कुनै दुष्टता नगरी तिनीहरूको कर्तव्य निर्वाहमा अडिग रहन सक्छन्, तर के तिनीहरू निष्ठावान हुन्छन्? के तिनीहरू स्वीकार्य मानकअनुसार आफ्ना कर्तव्य निभाउन सक्छन्? तिनीहरू अझै पनि ठुलो अन्तरले पछि पर्छन्। मानिसहरूले आफ्ना कर्तव्य राम्ररी निभाउन सक्नु वा नसक्नु मानवताको विषयसँग सम्बन्धित हुन्छ। त्यसोभए तिनीहरूले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निभाउन सक्छन्? तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन तिनीहरूमा के कुरा हुनैपर्छ? तिनीहरूले जे कर्तव्य निभाउने भए पनि वा तिनीहरूले जे गर्ने भए पनि, मानिसहरू अति सतर्क र इमानदार हुनैपर्छ, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ; त्यसपछि मात्र तिनीहरूका हृदयले स्थिर र शान्त अनुभूत गर्नेछ। आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भन्नुको अर्थ के हो? त्यसको अर्थ लगनशील हुनु, आफ्ना जिम्मेवारीहरूमा आफ्नो पूरै हृदय लगाउनु, र तैँले गर्नुपर्ने सबै कुराहरू गर्नु हो। उदाहरणका लागि, मानिलिऊँ कुनै मण्डली अगुवाले तँलाई कुनै कर्तव्य निभाउन लगाए र त्यसका सामान्य सिद्धान्तहरूबारे तँलाई सङ्गति दिए, तर विस्तारमा चर्चा गरेनन्—यो कर्तव्य राम्ररी निभाउनका निम्ति तैँले कसरी कार्य गर्नुपर्छ? (आफ्नो विवेकमाथि भर पर्नुपर्छ।) त्यो काम गर्न तैँले कम्तीमा पनि तेरो विवेकमाथि भर पर्नैपर्छ। “आफ्नो विवेकमाथि भर पर्नुपर्छ”—तैँले यी वचनहरू कसरी कार्यान्वयन गर्न सक्छस्? तैँले कसरी यी वचनहरू लागू गर्छस्? (परमेश्वरको घरका हितहरूबारे सोचेर, र परमेश्वरको अपमान हुने कुनै कार्य नगरेर।) यो एउटा पक्ष हो। त्यसैगरी, तैँले कुनै कार्य गर्दा त्यसमाथि बारम्बार चिन्तन गर्नुपर्छ, त्यसलाई सत्यता सिद्धान्तहरूअनुसार मापन गर्नुपर्छ। यदि त्यो काम सकाएपछि तेरो हृदयलाई शान्तिको आभास हुँदैन, र तँलाई त्यसमा अझै पनि एउटा समस्या छ जस्तो लाग्छ, र त्यसलाई जाँच गरेपछि वास्तवमै एउटा समस्या पत्ता लाग्छ भने, त्यस अवस्थामा तैँले के गर्नुपर्छ? तैँले त्यसलाई झट्टै सुल्झाउनुपर्छ र त्यस समस्यालाई समाधान गर्नुपर्छ। यो कस्तो खाले मनोवृत्ति हो? (यो अति सतर्कता र मसिनो कुरामा ध्यान दिनु हो।) यो अति सतर्कता र मसिनो कुरामा ध्यान दिनु हो, जुन इमानदार र कर्कश मनोवृत्ति हो। आफ्नो कर्तव्य निभाउने काम इमानदार, जिम्मेवार मनोवृत्तिमा आधारित हुनैपर्छ, र तैँले यसो भन्नुपर्छः “यो काम मलाई सुम्पिएको छ, त्यसैले मैले यसलाई आफूले जान्न र हासिल गर्न सक्ने दायराभित्रै रहेर आफूले सक्दो गर्नैपर्छ। मैले कुनै गल्तीहरू गर्न मिल्दैन।” तैँले “नजिक-नजिक पुगे पनि हुन्छ” भन्ने मानसिकता राख्न मिल्दैन। यदि तँ सधैँ झाराटारुवा तरिकाले सोच्छस् भने, के तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस्? (सक्दिनँ।)

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

मानिसहरूसँग भ्रष्ट स्वभावहरू हुने भएकाले उनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अक्सर झारा टारुवा र लापरवाह हुन्छन्। यो सबैभन्दा गम्भीर समस्यामध्ये एक हो। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू उचित तरिकाले गर्ने हो भने, पहिला झारा टारुवा शैली र लापरवाहीपनको यो समस्या हल गर्नुपर्छ। उनीहरूसँग यस्ता झारा टारुवा र लापरवाही मनोवृत्ति भइन्जेलसम्म, उनीहरू आफ्ना कर्तव्यहरू उचित तरिकाले गर्न सक्षम हुनेछैनन्। त्यसको अर्थ, झारा टारुवा शैली र लापरवाहीपनको समस्या समाधान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसोभए, उनीहरूले कसरी यसलाई अभ्यास गर्नुपर्छ? सर्वप्रथम, उनीहरूले आफ्नो मनस्थितिको समस्या समाधान गर्नुपर्छ; उनीहरूले आफ्ना कर्तव्यहरूलाई सही तरिकाले लिनुपर्छ, छली र बेपरवाह हुने अभिप्राय राख्नुहुन्न, गम्भीरतासाथ र जिम्मेवारीको भावले काम गर्नुपर्छ। कर्तव्य परमेश्‍वरको लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिको लागि गरिँदैन; यदि मानिसहरू परमेश्‍वरको जाँच स्वीकार गर्न सक्षम छन् भने, उनीहरूसित सही मनस्थिति हुनेछ। त्यसबाहेक, मानिसहरूले केही काम गरेपछि त्यसलाई जाँच्नुपर्छ र त्यसबारे चिन्तन गर्नुपर्छ, अनि यदि उनीहरूको हृदयमा कुनै असहजता छ, र राम्ररी निरीक्षण गर्दा साँच्‍चै समस्या रहेको पत्ता लाग्यो भने, उनीहरूले त्यसमा परिवर्तनहरू गर्नुपर्छ; यी परिवर्तनहरू गरिसकेपछि उनीहरूले हृदयमा सहजता महसुस गर्नेछन्। जब मानिसहरूले असहजता महसुस गर्छन्. यसले कुनै समस्या छ भन्‍ने प्रमाणित गर्छ र उनीहरूले आफूले गरेको कुरालाई, विशेष गरी मुख्य चरणहरूलाई लगनशील भई जाँच गर्नुपर्छ। यो आफ्‍नो कर्तव्यलाई पूरा गर्ने कार्यप्रतिको गम्भीर, जिम्‍मेवार मनोवृत्ति हो। जब व्यक्ति गम्भीर बन्न सक्छ, उसले जिम्‍मेवारी लिन्छ, र आफ्‍नो सारा हृदय र शक्ति लगाउँछ, तब काम उचित तरिकाले पूरा हुनेछ। कहिलेकहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट समस्या पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्‍नेथिइस्। यदि पवित्र आत्‍माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्‍न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यता सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्‍नेथिइस्? तैँले देख्‍न सक्‍नेथिइनस्। यसबाट के देखिन्छ? यसले के देखाउँछ भने मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको मनस्थिति एकदमै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना सोच र विचारहरू कता निर्देशित गर्छन् भन्‍ने पनि महत्त्वपूर्ण छ। मानिसहरूको मनस्थिति कस्तो छ, र आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले सूक्ष्म जाँचपड्ताल गर्नुहुन्छ र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। तिनीहरूको सहकार्य महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्‍वरको निम्ति ऋणी नबन्‍ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्। यदि तँ आफ्नो कर्तव्य निभाउन पूरै हृदय र शक्ति निरन्तर लगाउन सक्दैनस्, यदि तँ लापरवाह र झारा टारुवा भइरहन्छस्, र कामलाई ठूलो हानि पुऱ्याउँछस्, अनि परमेश्‍वरले माग गर्ने परिणाम हासिल गर्न सक्दैनस् भने, तँलाई एउटै कुरा हुन सक्छ: तँ हटाइनेछस्। अनि के त्यसपछि पछुतो गर्ने अझै समय रहनेछ? रहनेछैन। यी कार्यहरू अनन्त विलाप, कलङ्क हुनेछन्! निरन्तर लापरवाह र झाराटारुवा हुनु कलङ्क हो, यो गम्भीर अपराध हो—हो कि होइन? (हो।) तैँले आफ्नो दायित्व, र गर्नुपर्ने सबै कुरा आफ्नो सारा हृदय र शक्तिले पूरा गर्ने प्रयास गर्नैपर्छ, तँ लापरवाह र झाराटारुवा पटक्कै हुनु हुँदैन, वा पछुतो गर्नुपर्ने ठाउँ छोड्नैहुँदैन। यदि तैँले त्यसो गर्न सकिस् भने, तेरो कर्तव्य निर्वाहलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछ। परमेश्‍वरले स्मरण गर्ने कुराहरू असल कार्य हुन्। त्यसोभए, परमेश्‍वरले खुशीसाथ स्मरण नगर्ने कुराहरू के-के हुन् त? (ती अपराधहरू र दुष्ट कर्महरू हुन्।) यदि वर्तमानमा तीबारे यसरी व्याख्या गरियो भने तैँले ती दुष्ट कार्यहरू हुन् भनेर स्वीकार नगर्न सक्छन्, तर यदि यी कुराहरूको गम्‍भीर परिणामहरू देखा पर्ने दिन आयो, र तिनले नकरात्मक प्रभाव उत्पन्न गराए भने, यी कुराहरू व्यवहारगत अपराध मात्रै होइनन्, ती दुष्ट कार्यहरू नै हुन् भन्‍ने तैँले थाहा पाउनेछस्। जब तैँले यस्तो महसुस गर्छस्, तँलाई पछुतो हुनेछ, र तैँले मनमनै विचार गर्नेछस्: “मैले अलिकति होसियारी अपनाएको भए हुनेथियो! सुरुमै अलिकति बढी सोचेको र प्रयास गरेको भए, यो परिणामलाई पन्छ्याउन सकिन्थ्यो।” तेरो हृदयबाट यो अनन्त कलङ्कलाई कुनै कुराले पनि हटाउन सक्‍नेछैन, र यदि यसले तँलाई स्थायी रूपमा ऋणी तुल्यायो भने तँ समस्यामा पर्नेछस्। त्यसैले, तैँले आज प्रत्येक कर्तव्यलाई सफा विवेकले, कुनै पछुतोविना, र परमेश्‍वरले स्मरण गर्ने शैलीमा पूरा गर्न आफ्नो सारा हृदय र शक्ति परमेश्‍वरले तँलाई दिएको आज्ञामा लगाउने प्रयास गर्नैपर्छ। तैँले जे गरे पनि, लापरवाह र झाराटारुवा नबन्। यदि तैँले आवेगमा गल्ती गरिस् र त्यो गम्भीर अपराध हो भने, यो अनन्त कलङ्क बन्नेछ। तँलाई पछुतो भइसकेपछि, तैँले त्यो परिपूर्ति गर्न सक्नेछैनस्, र त्यो स्थायी पछुतो हुनेछ। यी दुवै मार्ग स्पष्ट रूपमा देखिनुपर्छ। परमेश्‍वरको प्रशंसा पाउन तैँले रोज्नुपर्ने मार्ग कुन हो? आफ्‍नो कर्तव्य सारा हृदय र शक्तिले पूरा गर्नु, र कुनै पनि पछुतो नहुने गरी असल कार्यहरू गर्ने तयारी गर्नु र त्यस्ता कार्यहरू बढाउनु। तैँले जे गरे पनि, अरूको कर्तव्य पालनमा बाधा पुग्ने दुष्ट काम नगर्, सत्यता र परमेश्‍वरविरुद्ध हुने परमेश्‍वरको प्रतिरोध गर्ने कुनै पनि काम नगर्, र आफूलाई जीवनभरि पछुतोमा नहाल्। व्यक्तिले धेरै अपराध गरेको छ भने के हुन्छ? तिनीहरूले परमेश्‍वरको उपस्थितिमा तिनीहरूमाथि उहाँको क्रोध ल्याइरहेका हुन्छन्! यदि तैँले अझै बढी अपराध गर्छस् भने, र तँप्रतिको परमेश्‍वरको क्रोध अझै बढ्दै गयो भने, अन्तिममा तँलाई दण्ड हुनेछ।

बाहिरबाट हेर्दा, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, वा तिनीहरूले दुष्टले गर्ने काम गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार नगरेको, तिनीहरू अविश्‍वासीहरूजस्ता भएको कुरा खुलासा हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले यी मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। तिनीहरू आफ्ना कर्तव्यहरूको पालनमा सधैँ झारा टार्ने र पश्‍चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको खुलासा हुन्छ। पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गरेका भए पनि तिनीहरूमा तीप्रति सधैँ गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र अल्याङटल्याङ गर्ने, लापरवाह आचरण, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, आफ्ना कर्तव्यहरूलाई आफ्नो पूरै हृदय दिने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरूमा आफ्नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरको नजरबाट हेर्दा तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै र लापरवाह हुँदै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्ना कर्तव्यहरूलाई र परमेश्‍वरका आज्ञाहरूलाई निरन्तरता दिन्छन्। पूरै समय, यो जिद्दी, कट्टर स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको लापरवाहीपन र झारातिराइ अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै पछुतो, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौँ। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यस्तो प्रकारको मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्‍वरले यो देख्‍नुहुन्छ र भन्‍नुहुन्छ: “यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्‍ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्‍ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्‍नो कर्तव्य पू्रा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा सेवा गर्ने योग्यका छैनन्।” किन परमेश्‍वरले यसो भन्‍नुहुन्छ त? किनभने जब तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँछन् र काम गर्छन्, तिनीहरू निरन्तर लापरवाह र झाराटारुवा हुन्छन्। तिनीहरूलाई जति नै काटछाँट र निराकरण गरिए पनि, र तिनीहरूप्रति जति नै सहनशीलता र धैर्यता देखाए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई पश्‍चात्ताप गराउन वा बदल्न सक्दैन। यसले तिनीहरूलाई कर्तव्य राम्ररी निभाउने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई सत्यता खोजी गर्ने मार्ग लिन दिँदैन। त्यसकारण, यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्‍ने परमेश्‍वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले तिनीहरूलाई छाडिदिनुहुनेछ। कतिपय मानिसहरू सधैँ यसो भन्दै बिन्ती गर्छन्, “हे परमेश्‍वर, मसँग कठोर व्यवहार नगर्नुहोस्, मलाई कष्ट नदिनुहोस्, मलाई अनुशासनमा नराख्‍नुहोस्। मलाई केही स्वतन्त्रता दिनुहोस्! मलाई अलिअलि लापरवाही र औपचारिकताको लागि मात्र काम गर्न दिनुहोस्! म अलिअलि छाडा बनूँ! म आफ्नै मालिक बनूँ!” तिनीहरू बन्धनमा बस्‍न चाहँदैनन्। परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले सही मार्गमा हिँड्न नचाहने हुनाले, म तँलाई जान दिनेछु। म तँलाई बेलगाम छोडिदिनेछु। जा अनि तँलाई जे मन लाग्छ त्यही गर्। म तँलाई मुक्ति दिनेछैन, किनभने तँलाई सुधार गर्न सकिँदैन।” सुधार गर्न नसकिनेहरूमा विवेकको अनुभूति हुन्छ त? के तिनीहरूसँग ऋणी भएको आभास हुन्छ त? के तिनीहरूसँग दोषारोपणको आभास हुन्छ त? के तिनीहरूले परमेश्‍वरको धिक्कार, अनुशासन, प्रहार, र न्यायलाई अनुभूति गर्न सक्छन् त? तिनीहरूले यो कुरा अनुभूति गर्न सक्दैनन्। यी कुराहरूको बारेमा तिनीहरू अनभिज्ञ हुन्छन्; तिनीहरूको हृदयमा यी कुराहरू अस्पष्ट रूपमा हुन्छन् वा नहुन पनि सक्छन्। जब कुनै व्यक्ति यो चरणसम्म आइपुग्छ र उसको हृदयमा अबउप्रान्त परमेश्‍वर नै हुनुहुन्‍न, तब के उसले मुक्ति प्राप्त गर्न सक्छ त? यो कुरा भन्‍न एकदमै गार्हो छ। जब व्यक्तिको विश्‍वास त्यस्तो बिन्दुमा आइपुगेको हुन्छ, तिनीहरू खतरामा हुन्छन्। यो परिणाम टार्न र त्यस्तो स्थिति पैदा नहुने कुरा सुनिश्चित गर्नको लागि, तिमीहरूले कसरी खोजी गर्नुपर्छ, कसरी अभ्यास गर्नुपर्छ र कुन मार्ग रोज्नुपर्छ भन्‍नेबारे के तिमीहरूलाई थाहा छ? सबैभन्दा महत्त्वपूर्ण कुरा त, सर्वप्रथम सही मार्ग रोज्नुपर्छ र त्यसपछि तिमीले हाल निर्वाह गर्नुपर्ने कर्तव्यलाई राम्रोसँग निर्वाह गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यो नै न्युनतम मानक, सबैभन्दा आधारभूत मानक हो। यसकै आधारमा तिमीहरूले सत्यता खोज्नुपर्छ र आफ्नो कर्तव्य पर्याप्त मात्रामा पूरा गर्ने मानकहरूका लागि प्रयास गर्नुपर्छ। किनभने तँलाई परमेश्‍वरसँग जोड्ने बन्धनलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्‍बित गर्ने कुरा भनेको परमेश्‍वरले तँलाई सुम्पने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कर्तव्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने र सबैभन्दा व्यावहारिक कुरा यही हो। परमेश्‍वर कुरिरहनुभएको छ; उहाँ तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यो महत्त्वपूर्ण मोडमा, तैँले झट्टै परमेश्‍वरलाई आफ्नो स्थान थाहा दिनुपर्छ, उहाँको आज्ञा स्विकार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्‍वरसँगको तेरो सम्‍बन्ध सामान्य बन्‍नेछ। जब परमेश्‍वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्‍चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई गम्भीरतासाथ् लिँदैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठिक विपरीत कुरा हुँदैन र? के तँ यसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? पक्कै पनि सक्दैनस्। तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउने छैनस्। त्यसकारण, आफ्‍नो कर्तव्य पूरा गर्दा तैँले धारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, आफ्नो कर्तव्य निभाउन नसक्नेहरूलाई हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूले वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेका हुन्छन्। यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तैँले आफ्‍नो कर्तव्य इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै गर्छस् र तँ परमेश्‍वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी तेरो दैनिक जीवनमा लागू गर्नुपर्छ त? तैँले “परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्ने” कार्यलाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ सुस्त हुन र झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तेरो ध्यान भड्किन्छ वा तैँले आफै मस्ती गरिरहेको हुन्छस्, तैँले यो सोच्नुपर्छ: “यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? के यसो गरेर म निष्ठाहीन भइरहेको छु? यसो गरेर, के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको कार्यभार पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?” तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले आफू कर्तव्यमा सधैँ लापरवाह र झाराटारुवा भएको, वफादार नभएको, र आफूले परमेश्‍वरलाई चोट पुर्‍याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मलाई त्यो बेला केही गलत छ भन्‍ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई लापरवाहीसाथ ढाकछोप गर्न खोजेँ। अहिले मात्रै मलाई म साँच्‍चै लापरवाह र झाराटारुवा बनेँ, र आफ्‍नो जिम्‍मेवारीको स्तरमा जिइनँ भन्‍ने थाहा भयो। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ!” तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण अब, तैँले आफूलाई परिवर्तन गर्नुपर्छ! कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति गलत थियो। अतिरिक्त काम गरेजस्तै तँ यो काममा लापरवाह थिइस्, र तैँले यसमा आफ्‍नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि लापरवाह र झाराटारुवा भइस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्‍न र ताडना दिन लगाउनुपर्छ। आफ्‍नो कर्तव्य निभाउँदा तँसित यस्तो इच्‍छाशक्ति हुनुपर्छ। त्यसपछि मात्रै तैँले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति रूपान्तरित हुन्छ भने मात्रै तैँले आफूलाई परिवर्तन गर्न सक्छस्। जब तँ पश्चात्ताप गर्छस्, तैँले साँच्चै आफ्नो सारा हृदय, सारा मन, र सारा शक्ति कर्तव्य निर्वाह गर्नमा लगाउँछस् कि लगाउँदैनस् भनेर अक्सर चिन्तन गर्नैपर्छ; त्यसपछि, तैँले परमेश्वरका वचनहरू मापनका रूपमा प्रयोग गरेर र ती आफूमा लागू गरेर आफ्नो कर्तव्य निर्वाहमा अझै कस्ता समस्याहरू रहेछन् भनेर जान्नेछस्। यसरी निरन्तर समस्याहरू सुल्झाएर, के तैँले परमेश्वरको वचनअनुसार सारा हृदय, मनर शक्तिले आफ्नो कर्तव्य निर्वाहलाई वास्तविकतामा उतारिरहेको हुँदैनस् र? यस्तो तरिकामा आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको: के तैँले पहिल्यै सम्पूर्ण हृदय, मन, र शक्तिले त्यसो गरिसकेको होइनस् र? यदि विवेकले पटक्कै घोच्दैन, यदि तेरो योग्यता पुग्छ र तैँले आफ्नो कर्तव्य निर्वाहमा वफादारी देखाउन सक्छस् भने, तब मात्र तेरो हृदयमा साँच्चै शान्ति र खुसी छाउनेछ। आफ्नो कर्तव्य निर्वाह थप बोझ र अरू कसैका लागि गरिएको कामजस्तो बिलकुलै नभई एकदमै प्राकृतिक र जायज जिम्मेवारीझैँ लाग्नेछ। यस तरिकाले कर्तव्य निर्वाह गर्नाले तँलाई सन्तुष्ट र आफू परमेश्वरको उपस्थितिमा जिइरहेको अनुभूति हुनेछ। यस्तो व्यवहार गर्दा तँलाई मनमा शान्ति मिल्छ। के यसले तँलाई बढी मानव र कम जिउँदो लासजस्तो बनाउनेछैन र? के यस्तो व्यवहार गर्नु सजिलो हुन्छ? वास्तवमै हुन्छ, तर सत्यता नस्विकार्नेका लागि चाहिँ सजिलो हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

तँ आफ्‍नो कर्तव्य निभाउँदा लापरवाह र सुस्त बन्‍न चाहन्छस्। तँ अल्याङटल्याङ गर्ने, र परमेश्‍वरको सूक्ष्म जाँचबाट पन्छिने प्रयास गर्छस्। त्यस्तो बेला, तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरिहाल्, र यो सही किसिमको व्यवहार हो कि होइन भनेर मनन गर्। त्यसपछि यो कुरा विचार गर्: “म किन परमेश्‍वरमा विश्‍वास गर्छु? त्यस्तो लापरवाहीले मान्छेको आँखा छल्‍न सक्‍ला, तर के परमेश्‍वरको आँखा छल्‍न सक्छ? अनि, मैले लापरवाही गर्नलाई परमेश्‍वरमा विश्‍वास गरेको होइन—यो त मुक्ति पाउनको लागि हो। मैले यसरी व्यवहार गर्नु सामान्य मानवताको अभिव्यक्ति होइन, न त परमेश्‍वरले यसलाई प्रिय नै ठान्‍नुहुन्छ। हो, बाहिर संसारमा मैले लापरवाही गर्न सक्थेँ र आफूलाई मन लागेअनुसार गर्न सक्थेँ, तर अहिले त म परमेश्‍वरको घरमा छु, म परमेश्‍वरको सार्वभौमिकताको अधीनमा, परमेश्‍वरको नजरको सूक्ष्म जाँचमा छु। म एक व्यक्ति हुँ, मैले आफ्‍नो विवेकअनुसार काम गर्नुपर्छ, आफ्‍नो खुशीअनुसार होइन। मैले परमेश्‍वरका वचनहरूअनुसार काम गर्नुपर्छ, म लापरवाह र झाराटारुवा हुनु हुँदैन, म सुस्त बन्‍नु हुँदैन। त्यसो भए, म कसरी सुस्त नभई, लापरवाह र झाराटारुवा काम नगरी बस्‍न सक्छु? मैले केही प्रयास गर्नैपर्छ। भर्खरै मलाई यसरी काम गर्न धेरै झमेला हुन्छ जस्तो लाग्यो, म कठिनाइबाट बच्‍न चाहेँ, तर अब मैले यो कुरा बुझेँ: यसरी काम गर्न धेरै झमेला हुन्छ होला, तर यो प्रभावकारी तरिका हो, त्यसकारण यो काम यसरी नै गरिनुपर्छ।” जब तैँले काम गरिरहेको हुन्छस् र अझै पनि तँलाई कठिनाइको डर लाग्छ, तब त्यस्तो बेला तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म अल्छी र छली छु, मलाई अनुशासनमा राख्‍नुहोस् र गाली गर्नुहोस्, ताकि मेरो विवेकले केही अनुभूत गरोस्, अनि मलाई लाजको अनुभूति होस्। म लापरवाह र झाराटारुवा बन्‍न चाहन्‍नँ। बिन्ती छ मलाई अगुवाइ र अन्तर्दृष्टि प्रदान गर्नुहोस्, र मेरो विद्रोहीपन र कुरूपता देखाइदिनुहोस्।” जब तैँले त्यसरी प्रार्थना गर्छस् र आत्मचिन्तन गर्दै आफूलाई चिन्‍ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना पैदा गर्छ, अनि तैँले आफ्‍नो कुरूपतालाई घृणा गर्न सक्नेछस्, अनि तेरो गलत स्थिति परिवर्तन हुन थाल्छ, र तैँले यस विषयमा मनन गरेर आफूलाई यसो भन्‍न सक्नेछस्, “म किन लापरवाह र झाराटारुवा छु? म किन सधैँ सुस्त हुन खोज्छु? यस्तो व्यवहार गर्नु भनेको विवेक वा समझमा कमी हुनु हो—के म अझै परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुँ त? मैले किन यस्ता कुराहरूलाई गम्‍भीर रूपमा लिन सक्दिनँ? के मैले अलिक बढी समय र प्रयास लगाउनु आवश्यक छैन र? यो ठूलो बोझ त होइन। मैले गर्नुपर्ने यही हो; मैले योसमेत गर्न सक्दिनँ भने, के म मानव भनिनसमेत लायक हुन्छु र?” फलस्वरूप, तैँले सङ्कल्‍प गर्नेछस् र शपथ खानेछस्: “हे परमेश्‍वर! मैले तपाईंलाई निराश तुल्याएँ, म साँच्‍चै नै गहन रूपमा भ्रष्ट भएको छु, ममा कुनै विवेक वा समझ छैन, म मानवताहीन छु, अब म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई क्षमा गर्नुहोस्, म अवश्य परिवर्तन हुनेछु। मैले पश्‍चात्ताप गरिनँ भने, तपाईं मलाई दण्ड दिनुहोस्।” त्यसपछि, तेरो मानसिकतामा परिवर्तन आउनेछ, र तँ बदलिन थाल्नेस्। तैँले पहिलेजस्तो लापरवाह र झाराटारुवा नभई, बरु कर्तव्यनिष्ठ भएर काम गर्न र आफ्‍नो कर्तव्य निभाउन थाल्नेछस्, र अब तँ कष्ट भोग्‍न र मूल्य चुकाउन सक्षम हुनेछस्। तँलाई यसरी कर्तव्य पूरा गर्नु अद्‌भूत हुन्छ जस्तो लाग्नेछ, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। जब मानिसहरूले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन्, उहाँलाई प्रार्थना गर्न र भरोसा गर्न सक्छन्, तब तिनीहरूको स्थिति चाँडै परिवर्तित हुनेछ। जब तेरो हृदयको नकारात्मक स्थिति उल्ट्याइएको हुन्छ, र तैँले आफ्नो अभिप्राय र देहका स्वार्थी चाहनाहरू त्यागेको हुन्छस्, जब तँ देहगत ऐसआराम र आनन्द त्याग्न, अनि परमेश्वरको मापदण्डअनुसार कार्य गर्न सक्षम हुन्छस्, अनि मनोमानी र लापरवाह हुन छोड्छस्, तब तँलाई हृदयमा शान्ति हुनेछ र तेरो विवेकले तँलाई घोच्नेछैन। के देहगत कुरा त्याग्नु र परमेश्वरको मापदण्डअनुसार यस तरिकाले कार्य गर्नु सजिलो छ? यदि मानिसहरूमा परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा छ भने, तिनीहरू देहगत कुरा त्याग्न र सत्यता अभ्यास गर्न सक्छन्। र यदि तैँले यसरी अभ्यास गर्न सकिस् भने, तँ आफूले थाहै नपाई सत्यताको वास्तविकताभित्र प्रवेश गरिरहेको हुनेछस्। त्यो बिलकुलै कठिन हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो

तैँले जे-जस्तो कर्तव्य निर्वाह गर्छस् र तैँले जे गर्न सक्छस्, त्यसलाई तेरो जिम्मेवारी र कर्तव्य ठान्, त्यसलाई स्वीकार गर् र त्यो काम राम्ररी गर्। तैँले कसरी त्यसलाई राम्ररी गर्छस्? ठ्याक्कै परमेश्‍वरका मापदण्डहरूअनुसार गरेर—तेरो सारा हृदय, सारा दिमाग, र सारा शक्ति लगाएर। तैँले यी वचनहरू मनन गर्नुपर्छ र आफूले कसरी सारा हृदयले आफ्नो कर्तव्य निभाउन सक्छु भनी विचार गर्नुपर्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई सिद्धान्तहरूबिना, लापर्बाहीपूर्वक र आफ्नै इच्छाअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छस्, र तैँले “मलाई मतलब छैन, त्यो मेरो जिम्मेवारी होइन” भनी मनमनै सोच्छस् भने, के यो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो त? होइन, यो गैरजिम्मेवार हुनु हो। यदि तँ जिम्मेवार व्यक्ति होस् भने, तँलाई यस्तो परिस्थिति आइपर्दा, तैँले यसो भन्नेछस्, “यसरी हुँदैन। यो मेरो रेखदेखको दायरामा नपर्ला, तर म यो समस्या अगुवालाई रिपोर्ट गरेर सिद्धान्तहरूबमोजिम सम्हाल्न लगाउन सक्छु।” त्यसो गरेपछि, त्यो उचित थिएछ भनी सबैले देख्नेछन्, अनि तेरो हृदय शान्त हुनेछ, र तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। त्यसपछि तैँले सारा हृदयले आफ्नो कर्तव्य निभाएको हुनेछस्। तैँले जे कर्तव्य निभाइरहेको भए पनि, यदि तँ सधैँ बेवास्ता गर्छस्, र यसो भन्छस् भने, “यदि मैले यो कर्तव्य सरल तरिकाले र हतारमा गरेँ भने, मैले त्यसलाई कामचलाउ तरिकाले गर्न सक्छु। आखिर, कसैले जाँच गर्ने पनि होइन। मैले आफूसँग भएको सीमित क्षमता र पेशागत सीपद्वारा आफूले सक्दो राम्रो गरेको छु। त्यो जसोतसो पूरा गर्दा भइहाल्छ। यसबाहेक, त्यसबारे कसैले मसँग सोध्ने वा गम्भीर छलफल पनि गर्नेछैन—त्यो त्यति महत्त्वपूर्ण छैन।” के यस्तो आशय र यस्तो मानसिकता हुनु सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो र? होइन, यो लापर्बाह र झाराटारुवा हुनु हो, र यो तेरो शैतानी, भ्रष्ट स्वभावको प्रकटीकरण हो। के तैँले तेरो शैतानी स्वभावमा भरोसा गरेर सारा हृदयले आफ्नो कर्तव्य निभाउन सक्छस्? सक्दैनस्, त्यो सम्भव हुनेछैन। त्यसो भए, आफ्नो सारा हृदयले कर्तव्य निभाउनुको मतलब के हो? तैँले यसो भन्नेछस्: “माथिबाट यो कार्यबारे सोधपुछ गर्नुभएको छैन, र परमेश्‍वरको घरका सबै कामहरूमध्येमा यो धेरै महत्त्वपूर्ण देखिँदैन, तैपनि म यो काम राम्ररी गर्नेछु—यो मेरो कर्तव्य हो। कुनै काम महत्त्वपूर्ण हुनु वा नहुनु एउटा कुरा हो; मैले त्यो काम राम्रोसित गर्न सक्नु वा नसक्नु अर्कै कुरा हो।” यहाँ, महत्त्वपूर्ण कुरा के हो? तैँले आफ्नो कर्तव्य राम्ररी र तेरो सारा हृदयले निभाउन सक्नु वा नसक्नु, र तैँले सिद्धान्तहरू पालना गर्न र सत्यताबमोजिम अभ्यास गर्न सक्नु वा नसक्नु। महत्त्वपूर्ण कुरा यही हो। यदि तँ सत्यता अभ्यास गर्न र सिद्धान्तहरूबमोजिम कामकुरा गर्न सक्छस् भने, तँ साँच्चिकै तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। यदि तैँले एक प्रकारको कर्तव्य राम्ररी निर्वाह गरेको छस्, तर तँ अझै सन्तुष्ट छैनस् र त्योभन्दा झन् बढी महत्त्वपूर्ण खालको कर्तव्य निर्वाह गर्ने चाहना गर्छस्, अनि तँ त्यसलाई राम्ररी निर्वाह गर्न सक्षम छस् भने, यो झन् ठूलो मात्रामा तेरो सारा हृदयले कर्तव्य निर्वाह गर्नु हो। अनि, यदि तँ तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छस् भने, यसले के जनाउँछ? एकातिर, यसले तँ परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस् भन्ने अर्थ दिन्छ। अर्कोतिर, यसको अर्थ तैँले परमेश्‍वरको सूक्ष्म जाँच स्वीकार गरेको छस् र तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ; त्यसको मतलब तँ देखाउनको लागि मात्र, वा आफूलाई जसरी मन लाग्छ त्यसरी मात्र, वा आफ्नो अभिरुचिअनुसार मात्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्—बरु तैँले त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाको रूपमा लिइरहेको छस् र तैँले त्यसलाई त्यस्तो जिम्मेवारीसाथ र हृदय लगाएर, अनि तेरो आफ्नै इच्छाअनुसार नभएर पूर्ण रूपमा परमेश्‍वरका मापदण्डहरूअनुसार निर्वाह गरिरहेको छस्। तैँले तेरो सारा हृदय आफ्नो कर्तव्यमा लगाउँदै छस्—यो नै तेरो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

आफ्‍नो सारा मन मस्तिष्कले कर्तव्य निभाउन सक्षम हुनको निम्ति तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई स्वीकार गरेर अभ्यास गर्नुपर्छ; अर्थात तैँले परमेश्‍वरका मागहरूलाई स्वीकार र पालना गर्नुपर्छ; तैँले आफ्‍नो कर्तव्यलाई आफ्‍नै व्यक्तिगत मामिलाहरू सम्हाले झैँ गरी सम्हाल्नुपर्छ, र त्यसको लागि तँलाई कसैको निगरानी, परिवेक्षण, तैँले सही तरिकामा कर्तव्य गरिरहेको छस कि छैनस् भनेर जाँच, प्रोत्साहन, निरीक्षण वा निराकरण वा काटछाँटको समेत खाँचो हुनु हुँदैन। तैँले मनमा यस्तो सोचेको हुनुपर्छ, “यो कर्तव्य पूरा गर्ने मेरो जिम्‍मेवारी हो। यो मेरो भाग हो, र यो काम गर्न मलाई दिइएको हुनाले, र मलाई सिद्धान्तहरू बताइएको र मैले ती बुझेको हुनाले, म एकोहोरो भएर लागिरहनेछु। यसलाई राम्ररी पूरा गर्न म आफूले सकेजति गर्नेछु।” तँ यो कर्तव्य निभाउन दृढ रहनुपर्छ, र कुनै व्यक्ति, मामला वा कुराले बाधित हुनुहुन्न। आफ्‍नो सारा मन र मस्तिष्कसहित आफ्‍नो कर्तव्य पालना गर्नु भनेको यही हो र मानिसहरूमा हुनुपर्ने स्वरूप यही हो। त्यसो भए, आफ्‍नो कर्तव्य सारा मन र मस्तिष्कसहित पालना गर्नको लागि मानिसहरू के कुराले सुसज्‍जित हुनुपर्छ? तिनीहरूमा सर्वप्रथम सृष्टि गरिएको प्राणीहरूमा हुनुपर्ने विवेक हुनुपर्छ। न्यूनतम कुरा त्यही हो। त्यसबाहेक, ऊ समर्पित पनि हुनुपर्छ। व्यक्तिले एक मानवको रूपमा, परमेश्‍वरको आज्ञा स्वीकार गर्नका निम्ति ऊ भक्ति-भावयुक्त हुनुपर्छ। व्यक्ति परमेश्‍वरप्रति मात्र पूर्ण रूपमा भक्ति-भावयुक्त हुनुपर्छ, र ऊ आधा मनको हुनु हुँदैन, वा जिम्मेवारी उठाउन असफल हुनु हुँदैन; आफ्नै रुचिहरू वा मनस्थितिको आधारमा कार्य गर्नु गलत हो, यसो गर्नु भक्ति-भावयुक्त हुनु होइन। भक्ति-भावयुक्त हुनुको अर्थ के हो त? यसको अर्थ यही हो कि तैँले आफ्ना कर्तव्यहरू निभाउँछस् र आफ्नो मनस्थिति, वातावरण, वा अरू मानिस, मामिला र कामकुराहरूद्वारा प्रभावित र बाध्य हुँदैनस्। तैँले मनमनै यस्तो सोच्नैपर्छ, “मैले यो आज्ञा परमेश्‍वरबाट पाएको छु; उहाँले मलाई यो दिनुभएको हो। यसको अर्थ मैले गर्नुपर्ने यही नै हो, त्यसकारण, म यसलाई मेरो आफ्नै मामिलाहरू गरे झैँ गरी, राम्रा परिणामहरू ल्याउने जुनसुकै तरिकाद्वारा र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरालाई महत्त्व दिंदै गर्नेछु।” जब तँ यस्तो अवस्थामा हुन्छस्, तेरो विवेक नियन्त्रणमा हुने मात्र होइन, तर तँ भित्र भक्ति-भाव पनि हुन्छ। यदि तँ दक्ष बन्‍ने र परिणामहरू प्राप्त गर्ने आकाङ्क्षा गर्दैनस्, त्यो कार्य सम्पन्‍न गर्दा नै सन्तुष्ट हुन्छस्, अनि त्यसमा आफ्नो पूरै प्रयास लगाउनु नै पर्याप्त हुन्छ भनी विचार गर्छस् भने, त्यो मानिसहरूको विवेकको मापदण्ड पूरा गर्नु मात्र हो, र त्यसलाई भक्ति मान्‍न सकिंदैन। परमेश्‍वरको भक्त हुनु, विवेकको मापदण्डभन्दा उच्‍च माग र मापदण्ड हो। यो आफ्नो पूरै प्रयत्न लगाउने कुरा मात्र होइन; त्यसमा तैँले आफ्नो सम्पूर्ण हृदय पनि लगाउनुपर्छ। तैँले आफ्नो हृदयमा सधैं आफ्नो कर्तव्यलाई आफूले गर्नुपर्ने कामको रूपमा लिनुपर्छ, त्यस कामको लागि बोझ लिनुपर्छ, यदि तैँले सानो गल्ती गरिस् वा तँ लापरवाह स्थितिमा भइस् भने तैँले केही गाली सहनुपर्छ, र तैँले यस्तो आचरण देखाउनुहुँदैन भनी महसुस गर्नुपर्छ किनकि यसले तँलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी बनाउँछ। जुन मानिसहरूमा साँच्‍चै विवेक र समझ हुन्छ उनीहरूले कसैले निगरानी वा सुपरिवेक्षण गरिरहेको भए वा नभए पनि आफ्नो कर्तव्य आफूले गर्नुपर्ने कामजस्तै ठानेर पूरा गर्छन्। परमेश्‍वर उनीहरूसँग खुसी हुनु भए पनि वा नहुनु भए पनि र परमेश्वरले उनीहरूसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, आफ्ना कर्तव्यहरू राम्ररी गर्न अनि परमेश्‍वरले उनीहरूलाई सुम्पनुभएको आज्ञा पूरा गर्न उनीहरूले सधैं आफैसँग कठोर मापदण्डहरू राख्छन्। यसैलाई भक्ति भनिन्छ। के यो विवेकको मापदण्डभन्दा पनि उच्‍च मापदण्ड होइन र? विवेकको मापदण्डअनुसार व्यवहार गर्दा, मानिसहरू प्राय बाहिरी कुराहरूद्वारा प्रभावित हुन्छन्, वा आफ्नो कर्तव्यमा आफ्नो सबै प्रयास लगाउनु मात्रै पनि पर्याप्त हुन्छ भन्ठान्छन्; शुद्धताको स्तर त्यति उच्‍च हुँदैन। तर, “भक्ति” र “विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍ने क्षमता” बारे कुरा गर्दा, शुद्धताको स्तर उच्‍च हुन्छ। यो प्रयास लगाउनु मात्रै होइन; यसको लागि तैँले आफ्‍नो कर्तव्यमा आफ्नो सारा हृदय, मन, शरीर, र प्राण लगाउनु आवश्यक हुन्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न कहिलेकाहीँ थोरै शारीरिक कठिनाइ सहनैपर्छ। तैँले मूल्य चुकाउनैपर्छ र आफ्नो सम्पूर्ण ध्यान आफ्नो कर्तव्य निभाउनमा केन्द्रित गर्नुपर्छ। तैँले जुनसुकै परिस्थितिको सामना गरे पनि त्यसले तेरो कर्तव्यमा असर पार्नेछैन वा तेरो कर्तव्यपालनमा ढिलासुस्ती निम्त्याउने छैन र तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्नेछस्। यसो गर्न तैँले मूल्य चुकाउन सक्नैपर्छ। तैँले आफ्नो दैहिक परिवार, व्यक्तिगत मामिला र स्वार्थ त्याग्नैपर्छ। तैँले आफ्नो घमण्ड, अभिमान, भावना, भौतिक सुख र तेरो युवा अवस्थाका उत्कृष्ट वर्षहरू, तेरो विवाह, तेरो भविष्य र तेरो भाग्यजस्ता सबै कुरालाई त्याग्नुपर्छ, र तैँले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसपछि, तैँले पाएको हुनेछस् र यसरी जिएर तँसँग मानव स्वरूपहुनेछ। यस्ता मानिसमा विवेक हुने मात्रै होइन, तिनीहरूले विवेकको मापदण्डलाई परमेश्वरले मानिससँग माग गर्नुहुने भक्तिभाव आफैबाट माग गर्ने आधारका रूपमा अनि यो भक्तिभावलाई आफैलाई मूल्याङ्कन गर्ने साधनका रूपमा प्रयोग गर्छन्। तिनीहरू लगनका साथ यस लक्ष्य तर्फ लागि पर्छन्। यस्ता मानिसहरू पृथ्वीमा दुर्लभ हुन्छन्। परमेश्वरद्वारा चुनिएका हजारौँ वा दशौँ हजारमा, यस्तो मान्छे एक जना मात्र हुन्छ। के यस्ता मानिसले मूल्यवान जीवन जिउँछन्? के तिनीहरू परमेश्वरले कदर गर्नुहुने मानिस हुन्? निश्चय नै, तिनीहरूले मूल्यावान जीवन जिउँछन् र तिनीहरू परमेश्वरले कदर गर्नुहुने मानिस हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ र विभिन्‍न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? … यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्ट कार्यहरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्‍ने विचारलाई निर्धक्कसाथ प्रचार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर तीखो आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध बनाइनको लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो दायित्वलाई कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

सम्बन्धित अनुभवात्मक गवाहीहरू

लापरवाहीपन पछाडिको सत्यता

लापरवाह बन्दा भएको क्षति

सम्बन्धित भजनहरू

तिम्रो कर्तव्यमा सत्यताको अभ्यास गर्नु मुख्य कुरा हो

अघिल्लो: १२. परमेश्‍वरलाई सीमित पार्ने र निन्दा गर्ने समस्या कसरी समाधान गर्ने

अर्को: १५. स्वार्थीपन र घृणितपनको समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्