३९. परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न कसरी खोजी गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

“परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्‍ने” कार्य र परमेश्‍वरलाई चिन्ने कार्य एउटै धागोमा अविभाज्य रूपमा गाँसिएका छन्, र तिनीहरू बीचको सम्बन्ध आफै प्रमाणित छ। यदि कसैले दुष्‍टताबाट अलग बस्‍ने चाहना गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको साँचो डर मान्‍नुपर्छ; यदि कसैले परमेश्‍वरको साँचो डर मान्‍ने इच्छा गर्छ भने ऊसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनुपर्छ; यदि कसैले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्ने इच्छा गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ, परमेश्‍वरको ताडना र अनुशासन कार्यवाही अनुभव गर्नुपर्छ, उहाँको सजाय र उहाँको न्याय अनुभव गर्नुपर्छ; यदि कसैले परमेश्‍वरका वचनहरू अनुभव गर्ने इच्छा गर्छ भने, ऊ पहिला परमेश्‍वरका वचनहरूको आमनेसामने आउनुपर्छ, परमेश्‍वरको आमनेसामने आउनुपर्छ, र मानिस, घटना र वस्तुहरू समावेश भएको सबै किसिमका वातावरणको रूपमा परमेश्‍वरका वचनहरू अनुभव गर्ने अवसर प्रदान गर्नुहोस् भनी परमेश्‍वरसँग अनुरोध गर्नुपर्छ। यदि कसैले परमेश्‍वर र उहाँका वचनहरूको आमनेसामने आउने इच्छा गर्छ भने ऊसँग पहिला सरल र इमानदार हृदय हुनुपर्छ, सत्यता स्वीकार गर्ने तत्परता हुनुपर्छ, दुःखकष्ट सहने इच्छा हुनुपर्छ, दुष्‍टताबाट अलग बस्‍ने सङ्‍कल्प र साहस हुनुपर्छ, र सृष्‍टि गरिएको साँचो प्राणी बन्‍ने आकांक्षा हुनुपर्छ…। यसरी तँ चरणबद्ध तरिकाले अघि बढ्दै परमेश्‍वरको नजिक जानेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र परमेश्‍वरको बारेमा तेरो ज्ञान वृद्धि भएपछि तेरो जीवन र जीवित रहनुको महत्त्व अझ बढी अर्थपूर्ण र बत्ती अझ धेरै उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ जुन दिन तैँले महसुस गर्नेछस् कि सृष्‍टिकर्ता अबउप्रान्त प्रहेलिका हुनुहुन्न, सृष्‍टिकर्ता तँबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले आफ्नो मुहार तँबाट कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तँबाट बिलकुलै टाढा हुनुहुन्न, सृष्‍टिकर्ता तैँले आफ्नो विचारमा परिकल्पना गरी पर्खिरहेको एउटै उहाँ हुनुहुन्‍न बरु उहाँ त तेरा भावनाहरूद्वारा पुग्‍न नसकिने हुनुहुन्छ, उहाँ त तेरो दाहिने र देब्रेतिर साँच्‍चिकै र वास्तविक रूपमा तेरो पहरेदारी गर्न खडा हुनुहुन्छ, उहाँले त तेरो जीवनलाई आपूर्ति दिँदै हुनुहुन्छ र तेरो नियतिलाई नियन्त्रण गर्दैहुनुहुन्छ। उहाँ टाढा क्षितिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा नै लुकाउनुभएको छ। उहाँ तँ नजिकै हुनुहुन्छ, उहाँले तेरा सबै कुरा सञ्‍चालन गरिरहनुभएको छ, उहाँ नै तँसँग भएका सबै कुरा हुनुहुन्छ, र उहाँ नै तँसँग भएको केवल एउटै कुरा हुनुहुन्छ। यस किसिमको परमेश्‍वरले तँलाई हृदयदेखि उहाँलाई प्रेम गर्न, उहाँमा झुण्डिरहन, उहाँलाई नजिकबाट समात्‍न, उहाँको प्रशंसा गर्न, उहाँलाई गुमाउने डर मान्‍न, र उहाँलाई अबउप्रान्त इन्कार गर्न, उहाँविरुद्ध विद्रोह गर्न वा उहाँलाई छल्‍न वा टाढा राख्‍न अनिच्छुक हुन लगाउनुहुन्छ। तैँले चाहने भनेकै उहाँलाई वास्ता गर्नु, उहाँप्रति समर्पित हुनु, उहाँले दिनुभएका सबै थोकको सही पैँचो तिर्नु, उहाँको प्रभुत्वमा आत्मसमर्पण गर्नु मात्र हो। तैँले फेरि कहिल्यै उहाँद्वारा मार्गदर्शन, बन्दोबस्त, हेरचाह प्राप्त गर्न, उहाँद्वारा सुरक्षित हुन इन्कार गर्दैनस्, तैँले फेरि कहिल्यै उहाँले तँलाई दिनुभएको हुकुम र आदेश इन्कार गर्दैनस्। तैँले चाहने सबै कुरा भनेको उहाँलाई पछ्याउनु, उहाँकै साथमा उहाँ वरिपरि रहनुहुन्छ, तैँले चाहने सबै कुरा भनेको उहाँलाई तेरो एक मात्र जीवनको रूपमा स्वीकार गर्नु, उहाँलाई तेरो एक मात्र प्रभुको रूपमा ग्रहण गर्नु, तेरो एक मात्र परमेश्‍वरको रूपमा स्वीकार गर्नु हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अज्ञात डर र त्रास होइन, न त उम्कनु हो, न त टाढा राख्‍नु हो, न त यो आदर्शीकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त आदर, सम्‍मान, भरोसा, बुझाइ, वास्ता, समर्पण, पवित्रकरण, प्रेम, साथै निसर्त र गनगनविनाको आराधना, प्रत्युपकार र आत्मसमर्पण हो। परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो प्रशंसा, साँचो भरोसा, साँचो बुझाइ, साँचो वास्ता वा समर्पण हुनेछैन, बरु केवल डर र असहजपन, शङ्‍का, गलत बुझाइ, छल र बेवास्ता मात्र हुन्छ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो पवित्रकरण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो आराधना र आत्मसमर्पण हुनेछैन, केवल अन्ध-आदर्शीकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिले परमेश्‍वरको मार्ग पछ्याउन असम्भव हुन्छ, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्‍टताबाट अलग बस्‍ने कुरा असम्भव हुन्छ। यसको विपरीत, मानिस सहभागी हुने हरेक क्रियाकपाल र आचरण विद्रोह र अवज्ञाले भरिएको हुनेछ, उहाँको बारेमा निन्दनीय आरोप र द्वेषपूर्ण मूल्याङ्कनले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्‍ट आचरणले भरिएको हुनेछ।

जब मानवजातिको परमेश्‍वरमा साँचो भरोसा हुन्छ, तब तिनीहरू उहाँलाई पछ्याउने र उहाँमा भर पर्ने कुरामा सच्‍चा हुन्छन्; परमेश्‍वरमा साँचो भरोसा र निर्भरताको कारण मात्र मानवजातिले साँचो बुझाइ र बोध प्राप्त गर्न सक्छ; परमेश्‍वरको साँचो बोधसँगै उहाँप्रतिको साँचो वास्ता आउँछ; परमेश्‍वरप्रतिको साँचो वास्ताले मात्र मानवजातिमा साँचो समर्पण आउन सक्छ; परमेश्‍वरको साँचो समर्पणले मात्र मानवजातिमा साँचो पवित्रकरण आउन सक्छ; परमेश्‍वरप्रतिको साँचो पवित्रकरणले मात्र मानवजातिमा निसर्त र गनगनविनाको प्रत्युपकार आउन सक्छ; साँचो भरोसा र निर्भरता, साँचो बुझाइ र वास्ता, साँचो समर्पण, साँचो पवित्रकरण र प्रत्युपकारद्वारा मात्र मावनजातिले परमेश्‍वरको स्वभाव र सारको बारेमा साँचो रूपले थाहा पाउन सक्छ, र सृष्‍टिकर्ताको पहिचान थाहा पाउन सक्छ; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न थाल्छन्, तब मात्र मानवजातिले आफूभित्र साँचो आराधना र आत्मसमर्पण जगाउन सक्छन्; जब तिनीहरूसँग सृष्‍टिकर्ताप्रति साँचो आराधना र आत्मसमर्पण हुन्छ, तब मात्र मानवजाति आफ्ना दुष्‍टतालाई साँच्‍चिकै पन्छाउन सक्षम हुनेछन्, अर्थात्, तिनीहरू दुष्‍टताबाट अलग बस्‍न सक्‍नेछन्।

यो भनेको “परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने” सम्पूर्ण प्रक्रिया हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने कार्यको समष्टिगत विषयवस्तु पनि हो। परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने आचरण प्राप्‍त गर्नको लागि यात्रा गर्नुपर्ने मार्ग यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

सर्वप्रथम, हामीलाई परमेश्‍वरको स्वभाव भनेको प्रताप र क्रोध हो भन्‍ने थाहा छ; उहाँ जो कसैले काटेर मार्ने भेडा होइन, झन् मानिसहरूले चाहेजसरी काबूमा रहने कठपुतली हुने त कुरै छैन। उहाँ यता-उता गराउन सकिने रित्तो हावाको पोको पनि होइन। यदि तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी सच्चा रूपमा विश्‍वास गर्छस् भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, अनि तैँले उहाँको सार क्रोधित पारिनु पर्ने कुरा होइन भनी जान्नुपर्छ। यस्तो क्रोध एउटा शब्दले, वा शायद एउटा विचारले, वा शायद कुनै प्रकारको दुष्ट व्यवहारले, वा शायद कुनै रूपको सामान्य व्यवहार, वा मानव आँखाहरू र आचारनीतिअनुसार ठीकै लाग्‍ने व्यवहारले पैदा गराउन सक्छ; वा शायद यो क्रोधलाई कुनै धर्मसिद्धान्त वा सिद्धान्तले भड्काउँछ। तथापि, तैँले परमेश्‍वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुमिसकेको हुन्छ, अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो एकदम भयानक कुरा हो! यदि तैँले परमेश्‍वरलाई ठेस पुर्‍याउनु हुँदैन भन्‍ने कुरा बुझ्दैनस् भने, तँ परमेश्‍वरसँग डराउँदैनस्, र शायद तैँले नियमित रूपमा उहाँलाई ठेस पुर्‍याउँदै गरेको हुन सक्छस्। यति तँलाई कसरी परमेश्‍वरको डर मान्ने भन्‍ने कुरा थाहा छैन भने तैँले परमेश्‍वरको डर मान्न सक्दैनस्, र तँलाई कसरी आफूले आफूलाई परमेश्‍वरको मार्ग अर्थात परमेश्‍वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने मार्ग पछ्याउने बाटोमा लैजाने हो सो थाहा हुनेछैन। परमेश्‍वरलाई ठेस पुर्‍याउनु हुँदैन भन्‍ने तँलाई थाहा भइसकेपछि र तँ यसबारेमा सचेत भइसकेपछि, तैँले परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग रहन के गर्ने भन्‍ने थाहा पाउनेछस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्दा ती व्यवहारहरूप्रति उहाँको मनोवृत्ति पनि फरक-फरक नै हुन्छ किनभने न त उहाँ कठपुतली नै हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्तिको बारेमा जान्नु मानवजातिको लागि मूल्यवान् खोजी हो। मानिसहरूले परमेश्‍वरको मनोवृत्तिको बारेमा जानेर कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र उहाँको हृदयलाई बुझ्न सक्छन् भन्‍ने कुरा सिक्नुपर्छ। जब तैँले क्रमिक रूपमा परमेश्‍वरको हृदयलाई बुझ्न थाल्छस् तब तैँले उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने उपलब्धि प्राप्त गर्नु धेरै गाह्रो कुरा हो भन्‍ने महसुस गर्नेछैनस्। अझ भन्‍ने हो भने, जब तैँले परमेश्‍वरलाई बुझ्छस् तब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने सम्भावना कम हुनेछ। जब तैँले उहाँको बारेमा निष्कर्ष निकालिहाल्ने काम बन्द गर्नेछस्, तब तैँले उहाँलाई ठेस पुर्‍याउने सम्भावना कम हुनेछ, अनि तैँले महसुस नै नगरीकन उहाँले तँलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्नेतर्फ डोर्‍याउनुहुनेछ; यसले तेरो हृदयलाई उहाँप्रतिको डरले भरिदिनेछ। त्यसपछि तैँले आफूले ज्ञान हासिल गरेका धर्ममत, शब्द र सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छाड्नेछस्। यसको सट्टा, निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका चाहनाहरूको खोजी गर्दै, तँ अचेतन रूपमै परमेश्‍वरका अभिप्रायहरूअनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको कामलाई मानिसहरूद्वारा देख्न र छुन सकिँदैन, तर जहाँसम्म उहाँको सवाल छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको मनोवृत्तिलाई—परमेश्‍वरले महसुस मात्र गर्न सक्नुहुन्न बरु उहाँले तिनलाई देख्न समेत सक्नुहुन्छ। यो हरेकले पहिचान गर्नुपर्ने र स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। तैँले आफूलाई सधैँ सोधिराखेको हुन सक्छस्, “के यहाँ मैले जे गरिरहेको छु सो परमेश्‍वरलाई थाहा छ? के मैले अहिले जे सोचिरहेको छु सो उहाँलाई थाहा छ? शायद उहाँलाई थाहा छ, शायद उहाँलाई थाहा छैन।” यदि तैँले परमेश्‍वरलाई पछ्याउँदै र परमेश्‍वरमा विश्‍वास गर्दै तर उहाँको काम र उहाँको अस्तित्वको बारेमा शङ्का गर्दै यस प्रकारको दृष्टिकोण अपनाउँछस् भने ढिलो-चाँडो यस्तो दिन आउनेछ जुन दिन तैँले उहाँलाई रिस उठाउनेछस्, किनकि तँ अघिदेखि नै डरलाग्दो भीरको छेउमा हिँडिरहेको हुन्छस्। मैले धेरैलाई देखेको छु जो वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तैपनि तिनीहरूले सत्यता वास्तविकतालाई हासिल गरेका छैनन्, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्ने कुरा त परै जाओस्। यस्ता मानिसहरूले आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन् र तिनीहरूले केवल सबैभन्दा सतही धार्मिक सिद्धान्तहरूलाई मात्र पालन गर्छन्। यस्तो हुन्छ किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफै जीवन हुन् भनेर कहिल्यै पनि मानेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै पनि सामना गरेका र स्वीकार गरेका हुँदैनन्। के तँ ठान्छस् त्यस्ता मानिसहरूलाई देख्दा परमेश्‍वर खुशीले गद-गद बन्‍नुहुन्छ? के तिनीहरूले उहाँलाई सान्त्वना दिन्छन्? यसरी मानिसहरूले परमेश्‍वरमा जे-जसरी विश्‍वास गर्छन् त्यसले तिनीहरूको नियतिलाई निर्धारण गर्छ। मानिसहरूले कसरी परमेश्‍वरको खोजी गर्छन् र तिनीहरू कसरी परमेश्‍वरकहाँ जान्छन् भन्‍ने विषयमा, मानिसहरूका मनोवृत्ति प्राथमिक महत्त्वका हुन्छन्। परमेश्‍वरलाई उहाँ केवल तेरो टाउकोको पछाडि उडिरहने रित्तो हावाको पोको हो जस्तै गरेर बेवास्ता नगर्नू; तैँले विश्‍वास गर्ने परमेश्‍वरलाई सधैँ जीवित परमेश्‍वर, एक वास्तविक परमेश्‍वरको रूपमा सोच्नू। उहाँ माथि तेस्रो स्वर्गमा केही काम नभएर त्यत्तिकै बसेर समय बिताउँदै हुनुहुन्न। बरु, उहाँले त निरन्तर रूपमा हरेक व्यक्तिको हृदयभित्र हेरिरहनुभएको छ, तिमीहरू के गर्न लागेका छौ भनी अवलोकन गरिरहनुभएको छ, तिमीहरूका सानाभन्दा साना हरेक शब्द अनि सानाभन्दा साना हरेक कर्मलाई नियालिरहनुभएको छ, तैँले कसरी व्यवहार गर्छस् भनी नियालिरहनुभएको छ र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी हेरिरहनुभएको छ। तँ आफूले आफूलाई परमेश्‍वरसमक्ष समर्पित गर्न इच्छुक भए पनि नभए पनि तेरा सबै व्यवहारहरू र तेरा भित्री सोचहरू र विचारहरू उहाँ समक्ष उदाङ्गो हुन्छन् र उहाँद्वारा हेरिएका हुन्छन्। तेरो व्यवहारको कारण, तेरा कर्महरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तेरो बारेमा परमेश्‍वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। म केही मानिसहरूलाई केही सल्लाह दिन चाहन्छु: उहाँ तँमा आशक्त हुनुपर्छ झैँ गरी, उहाँले तँलाई कहिल्यै छाड्न सक्नुहुन्न झैँ गरी, अनि तँप्रतिको उहाँको मनोवृत्ति अटल रहेको र त्यो कहिल्यै परिवर्तन नै हुँदैन झैँ गरी, परमेश्‍वरको हातमा आफूलाई शिशु झैँ नराख्, अनि म तिमीहरूलाई सपना देख्न छोड्नू भनेर पनि सल्लाह दिन्छु। हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्‍वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै आशक्तिपनयुक्त र अविवेकपूर्ण हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा जीवनलाई चाहने, दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले तिनीहरूप्रतिको उहाँका अपेक्षाहरू व्यक्त गर्छन् र तिनीहरू मानवजातिलाई बाँच्नको लागि आवश्यक पर्ने कुराहरू हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ र परमेश्‍वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सिद्धान्तमा आधारित छ, यो बिलकुलै पनि कट्टरपन्थी नियमहरूको सँगालो होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको मनोवृत्ति परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्‍वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्‍ने नठान्न सक्छस् र तैँले परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्‍ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्‍वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्‍वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्‍वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ। तसर्थ, म तँलाई तेरो वरिपरिका हरेक कुराहरू सामना गर्ने तरिकामा तँ सावधान र विवेकी हुनू अनि सबै कुराहरूमा “परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्नू भनी स्मरण गराउँछु। तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको मनोवृत्तिसम्बन्धी कुराहरूको बारेमा दरिलो बुझाइ विकास गर्नुपर्छ, तैँले यी कुराहरू तँलाई सुनाउने अन्तर्ज्ञान पाएका मानिसहरू भेट्टाउनुपर्छ, र तैँले इमानदारीतापूर्वक खोजी गर्नुपर्छ। मनलाग्दो गरी उहाँको मूल्याङ्कन गर्दै, मनोमानी ढङ्गले उहाँका बारेमा निष्कर्षहरू निकाल्दै र उहाँले पाउनुपर्ने सम्मान नदिई उहाँप्रति व्यवहार गर्दै—तेरो विश्‍वासको परमेश्‍वरलाई कठपुतलीको रूपमा नहेर्नू। परमेश्‍वरले तेरो लागि मुक्ति ल्याउँदै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, उहाँले तँलाई कृपा, वा सहनशीलता, वा न्याय र सजाय प्रदान गर्न सक्नुहुन्छ, तर जुनसुकै अवस्था भए पनि, तँप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय हुँदैन। यो कुरा उहाँप्रतिको तेरो आफ्नै मनोवृत्तिको साथसाथै उहाँको बारेमा तेरो बुझाइमा निर्भर हुन्छ। परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान वा बुझाइको एक पक्षको आधारमा सधैँको लागि उहाँको परिभाषा नगर्। मृतक परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्। यो कुरा सम्झी!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्‍ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई बाहिर फ्याँकिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरूले आफ्नो अनभिज्ञ असल नियतको दममा परमेश्‍वरको भवनमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीमा उहाँको डर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिमीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्‍वरको सारतत्त्वका विषयमा बुझ्‍न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्‍वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्‍वास गर्छु। परमेश्‍वरको स्वभावलाई नचिढ्याउने अनि तैँले गरेका कुराहरूका बारेमा मलाई देखाउनको लागि तँसँग धेरै कुराहरू हुनेछन् भन्‍ने मेरो आशा छ। त्यसपछि म सुनिश्‍चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्‍वरलाई सधैँभरि राख्‍नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्‍नू, र परमेश्‍वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्‍नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्‍वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्‍वरको निन्दा गरेनौ वा परमेश्‍वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्‍वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्‍वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्‍ने कुनै आवश्यकता छैन,” “परमेश्‍वरको मानवता मेरोभन्दा उच्‍चकोटीको छैन,” “परमेश्‍वरका वचनहरू विश्‍वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्‍चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्‍त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्‍वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्‍वास गरेका हुन सक्छौ, तर परमेश्‍वरका आत्माले त्यसरी हेर्नुहुन्‍न। तिमीहरूले उहाँको देहलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्‍वरको स्वभावको उल्‍लङ्घन गरेका छैनौ र? परमेश्‍वरका आत्माले गर्नुभएका सबै काम उहाँका देहका कामलाई सुरक्षित राख्‍न र यी कामहरू अझ राम्ररी सम्‍पन्‍न गर्नका निम्‍ति हो भन्‍ने कुरा तिमीहरूले याद राख्‍नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्‍यौ भने तिमीहरू कहिल्यै पनि परमेश्‍वरमा विश्‍वास गर्न सफल हुन सक्‍नेछैनौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्‍वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना वा प्रतिक्रिया जागृत नगराईकनै उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्‍ने होइन, न त उहाँमा कृपा छ भन्‍ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्‍ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले सधैँ उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्नुपर्छ, उहाँको मनोवृत्तिप्रति एकदमै राम्ररी ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न थाल्नुपर्छ। हामीले परमेश्‍वरलाई परिभाषित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानिसहरूप्रति मानवीय कल्पनाहरूको आधारमा मानवीय रूपले व्यवहार गराउन उहाँमा मानवीय सोचहरू र इच्छाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा सावधान र विवेकी हुन आग्रह गर्छु। बोलीमा पनि सावधान र विवेकी होऊ—तिमीहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्ने भन्‍ने बारेमा, तिमीहरू जति धेरै सावधान र विवेकी हुन्छौ त्यति नै धेरै राम्रो हुन्छ! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्‍ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू। अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ; यी कार्यहरू पनि परमेश्‍वरको डर मान्नु अनि दुष्टताबाट अलग रहनुको एक अभिव्यक्ति हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि सबैभन्दा मुख्य रूपमा, यदि तँसँग यो मनोवृत्ति छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र वस्तु वा घटनापछाडिका कारणहरूको बुझाइको अभावको लागि तँलाई दोष लगाउनुहुन्न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो मनोवृत्तिको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँप्रति समर्पित हुने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो मनोवृत्ति चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्‍नुहुनेछ अनि तँलाई सजाय समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्न सक्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्‍बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरको डर मानिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो मनोवृत्ति अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरले उहाँको कामको हरेक युगमा, मानिसहरूमाथि केही वचनहरू अर्पण गर्नुहुन्छ र तिनीहरूलाई केही सत्यताहरू बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग रहन सक्षम तुल्याउने मार्ग अनि मानिसहरूले आफ्‍नो जीवनमा र तिनीहरूको जीवन यात्राको क्रममा अभ्यास गर्नुपर्ने तथा अनुसरण गर्नुपर्ने मार्गको काम गर्छन्। यिनै कारणहरूले गर्दा परमेश्‍वरले मानवजाति समक्ष यी वाणीहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरबाट आउने यी वचनहरूलाई मानिसहरूद्वारा पालना गरिनुपर्छ र तिनीहरूको पालना गर्नु भनेकै जीवन प्राप्त गर्नु हो। यदि व्यक्तिले तिनलाई पालना गर्दैन भने, तिनको अभ्यास गर्दैन भने, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू अनुसार जिउँदैनन् भने, त्यो व्यक्तिले सत्यतालाई अभ्यास गरिरहेको हुँदैन। अझ भन्‍ने हो भने, यदि मानिसहरूले सत्यताको अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् अनि तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सकिरहेका हुन्छन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्ने मानिसहरूले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनन्, अनि त्यस्ता व्यक्तिहरूसँग कुनै परिणाम नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरको मार्ग पछ्याउनु भनेको सतही नियमहरू पालना गर्नु होइन; बरु, यो भनेको त तैँले कुनै समस्याको सामना गर्दा तैँले सबैभन्दा पहिले यसलाई परमेश्‍वरद्वारा व्यवस्था गरिएको अवस्था, उहाँले तँलाई प्रदान गर्नुभएको उत्तरदायित्व, वा उहाँले विश्‍वासका साथ तँलाई सुम्पिनुभएको कार्यको रूपमा लिनु हो। यो समस्याको सामना गर्दा तैँले यसलाई परमेश्‍वरले तँलाई गर्नुभएको परीक्षाको रूपमा हेर्नुपर्छ। तैँले यो समस्या सामना गर्दा, तँसँग तेरो हृदयमा एक मापदण्ड हुनुपर्छ अनि तैँले यो कुरा परमेश्‍वरबाट आएको हो भनी सोच्नुपर्छ। तैँले कसरी यसलाई यस्तो तरिकाले निराकरण गर्न सकिन्छ जसबाट तैँले आफू परमेश्‍वरप्रति बफादार रहेरै आफ्नो उत्तरदायित्व निभाउन सक्छस् र साथसाथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई ठेस नपुर्‍याई यो कुरा गर्न सकिन्छ भनेर सोच्नुपर्छ। … यस्तो किन हो भने परमेश्‍वरको मार्ग पछ्याउनको लागि, हामीले हामीमाथि वा हाम्रो वरिपरि घटित हुने कुनै पनि कुरालाई त्यसै छाड्न सक्दैनौँ, चाहे त्यो सानो कुरा नै किन नहोस्; हामीले यसलाई ध्यान दिनुपर्छ भनेर सोचे पनि वा नसोचे पनि, जबसम्म हामीले कुनै कुरालाई सामना गरिरहन्छौँ तबसम्म त्यसलाई हामीले छाड्नु हुँदैन। घटित हुने सबै कुराहरूलाई परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको परीक्षाको रूपमा लिइनुपर्छ। घटित हुने कुराहरूलाई यसप्रकार हेर्ने तरिकाको बारेमा तँलाई कस्तो लाग्छ? यदि तँसँग यस प्रकारको मनोवृत्ति छ भने यसले एउटा कुरालाई पुष्टि गर्छ: भित्र अन्तस्करणमा तैँले परमेश्‍वरको डर मान्छस् र तँ दुष्टताबाट अलग रहन इच्छुक छस्। यदि तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने यस्तो चाहना छ भने, तैँले जे अभ्यास गर्छस् त्यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मापदण्डभन्दा त्यति टाढा हुँदैन।

मानिसहरूले त्यति धेरै ध्यान नदिने र प्रायः नबताउने कुराहरू मामुली तुच्छ वस्तुहरू मात्र हुन्, सत्यता अभ्यास गर्ने कुरासँग जसको कुनै सम्बन्ध हुँदैन भनी विश्‍वास गर्ने व्यक्तिहरू बारम्बार भेटिन्छन्। यस्तो मामला सामना गर्दा तिनीहरूले यस बारेमा त्यति सोचविचार गर्दैनन् र यसलाई त्यत्तिकै जान दिन्छन्। तैपनि, वास्तविक यथार्थमा यो मामला त्यो पाठ थियो जसलाई तैँले अध्ययन गर्नुपर्छ—कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने सम्बन्धी पाठ। अझ भन्‍ने हो भने, यो मामला देखा परी तैँले यसको सामना गर्नु पर्दा परमेश्‍वरले के गरिरहनुभएको हुन्छ भन्‍ने कुरा जान्नमा तँ अझ बढी चिन्तित हुनुपर्छ। तेरो हरेक वचन र कर्म अवलोकन गर्दै, तैँले गर्ने हरेक काम-कुरा हेर्दै र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै परमेश्‍वर ठीक तेरो छेउमा रहनुहुन्छ—यही नै परमेश्‍वरको काम हो। केही मानिसहरूले सोध्छन्, “यदि त्यो सत्य हो भने किन मैले त्यस्तो अनुभूति गरेको छैन त”? तैँले यस्तो अनुभूति गरेको छैनस् किनभने आफ्नो प्राथमिक मार्गको रूपमा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा तँ अडिग रहेको छैनस्, त्यसैले तैँले मानिसहरूमा परमेश्‍वरले गर्नुहुने सूक्ष्म कामको अनुभूति गर्न सक्दैनस् जुन आफै मानिसहरूको विविध सोच विचारहरू र कार्यहरूमा देखा पर्छ। तँ ताल न बेतालको छस्! मुख्य मामला के हो? सानोतिनो मामला के हो? परमेश्‍वरको मार्ग पछ्याउनुसँग सम्‍बन्धित मामला मुख्य र मामुलीमा विभाजित छैन, ती सबै नै महत्त्वपूर्ण कुरा हुन्—के तिमीहरू यो कुरा बुझ्न सक्छौ? (हामी बुझ्न सक्छौँ।) दैनिक मामलाको रूपमा केही मामला छन् जसलाई मानिसहरूले मुख्य र महत्त्वपूर्ण कुराको रूपमा हेर्छन् र अन्य मामलालाई मामुली तुच्छ कुराको रूपमा हेरिन्छ। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्त्वपूर्ण कुराको रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरले नै पठाउनुभएको ठान्छन्। तथापि, जब यी मुख्य मामलाहरू देखा पर्छन् तब मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न प्रायः चुक्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले कुनै पनि मूल्यवान् ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र तिनलाई अलिअलि गर्दै त्यत्तिकै छाडिन्छ। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि जाँच गरिने र उहाँद्वारा परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू, वस्तुहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्यलाई अनि उहाँको नेतृत्वलाई तैँले हरेक दिन, हरेक क्षण निरन्तर रूपमा इन्कार गरिरहेको हुन्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थितिको बन्दोबस्त गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा हेरिरहनुभएको हुन्छ, तेरो हृदयभित्र हेरिरहनुभएको हुन्छ, तेरा सोच-विचारहरू र चिन्तनहरू अवलोकन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् भनेर हेरिरहनुभएको हुन्छ र तैँले कसरी कार्य गर्नेछस् भनी हेर्न प्रतीक्षा गरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस् भने—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू, वा सत्यताप्रति कहिल्यै पनि गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरो लागि निश्चित वातावरणको बन्दोबस्त गर्नुहुँदा उहाँले जे पूरा गर्न चाहनुहुन्छ वा तैँले जुन मापदण्डहरू पूरा गर्छस् भनी उहाँले अपेक्षा गर्नुहुन्छ सोबारेमा तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र वस्तुहरू के-कसरी सत्यता वा परमेश्‍वरका अभिप्रायहरूसँग सम्बन्धित छन् भन्‍ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी अघि बढ्नुहुन्छ? बारम्‍बार परीक्षाहरू सामना गरेपछि, तैँले तेरो हृदयमा परमेश्‍वरलाई महान भनेर सम्मान गरेको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका परिस्थितिहरूलाई तिनीहरू जेका लागि हुन् सो रूपमा अर्थात् परमेश्‍वरले लिनुभएका परीक्षाहरू र जाँचहरूको रूपमा नै देखेको छस्। बरु, एकपछि अर्को गरी, तैँले तेरो लागि परमेश्‍वरले उपलब्ध गराउनुभएका अवसरहरूलाई अस्वीकार गरेको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम विद्रोह होइन र? (हो।) के यसको कारण परमेश्‍वरलाई चोट पुग्‍नेछ? (पुग्‍नेछ।) गलत। परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन! मैले यस्तो कुरा भनेको सुन्दा तिमीहरू एकपल्ट फेरि चकित भएका छौ। तिमीहरूले यस्तो सोचिरहेका छौ होला: “के परमेश्‍वरले सधैँ ठेस पुगेको अनुभूति गर्नुहुन्छ भनेर यसभन्दा अघि भनिएको थिएन र? के परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन त? त्यसो भए परमेश्‍वरले कहिले ठेस पुगेको अनुभूति गर्नुहुन्छ त?” छोटकरीमा, यो परिस्थितिमा परमेश्‍वरले ठेस पुगेको अनुभूति गर्नुहुनेछैन। त्यसो भए, माथि चित्रण गरिएको प्रकारको व्यवहारप्रति परमेश्‍वरको कस्तो मनोवृत्ति हुन्छ? जब मानिसहरूले परमेश्‍वरले पठाउनुभएको परीक्षा र जाँचहरू अस्वीकार गर्छन्, र जब तिनीहरू तीबाट पछि हट्छन्, तब त्यस्ता व्यक्तिहरूप्रति परमेश्‍वरको एउटै मनोवृत्ति हुन्छ। त्यो कस्तो मनोवृत्ति हो? परमेश्‍वरले त्यस प्रकारको व्यक्तिलाई उहाँको हृदयको अन्तस्करणबाटै तिरस्कार गर्नुहुन्छ। यो “तिरस्कार” शब्दको अर्थ दुई तहको हुन्छ। मैले कसरी यसलाई मेरो आफ्नो दृष्टिकोणबाट बताउनुपर्छ? भित्री गहन अर्थमा, “तिरस्कार” शब्दले घृणा र द्वेषको भाव बोक्छ। यसको अर्को तहको अर्थ के हो त? यो त्यो भाग हो जसले कुनै कुरालाई त्याग गरेको जनाउँछ। तिमीहरू सबैलाई “त्याग गर्नु” भनेको के हो थाहा छ, होइन त? सार-संक्षेपमा, “तिरस्कार” शब्दले त्यस शैलीमा व्यवहार गर्ने मानिसहरूप्रति परमेश्‍वरको आखिरी प्रतिक्रिया र मनोवृत्तिको प्रतिनिधित्व गर्छ; यो तिनीहरूप्रतिको चरम द्वेष र घृणा हो र यसर्थ, तिनीहरूलाई त्याग गर्ने निर्णय गरिन्छ। कहिल्यै पनि परमेश्‍वरको मार्ग नपछ्याएको र कहिल्यै पनि परमेश्‍वरको डर नमानेको र दुष्टताबाट टाढा नबसेको व्यक्तिप्रति परमेश्‍वरले गर्नुहुने अन्तिम निर्णय यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

अय्यूब कसरी परमेश्वरको डर मान्न र दुष्टतादेखि टाढा रहन सक्षम भए? उनी मनमनै के सोचिरहेका थिए? उनले कसरी यी दुष्कर्महरू नगर्न सक्षम भए? उनीसँग परमेश्वरको डर मान्ने हृदय थियो। परमेश्वरको डर मान्ने हृदय हुनुको अर्थ के हो? यसको अर्थ के हो भने उनको हृदय परमेश्वरदेखि डराउँथ्यो, उनी परमेश्वरको महान् मानी उहाँलाई आदर गर्न सक्थे, अनि उनको हृदयमा परमेश्वरका लागि ठाउँ थियो। उनलाई परमेश्वरले त्यो कुरा देख्नुहुनेछ वा उहाँ रिसाउनुहुनेछ भन्ने डर थिएन। बरु उनी परमेश्वरलाई महान् मानी उहाँलाई हृदयदेखि नै आदर गर्थे, अनि परमेश्वरलाई सन्तुष्ट तुल्याउन र परमेश्वरका वचनलाई दृढतापूर्वक पालना गर्न इच्छुक थिए। त्यसैले उनी परमेश्वरको डर मान्न र दुष्टतादेखि टाढा रहन सके। अहिले जसले पनि “परमेश्वरको डर मान्नु र दुष्टतादेखि टाढा रहनु” भन्ने वाक्यांश उच्चारण गर्न सक्छ, तैपनि तिनीहरूलाई अय्यूबले त्यो कसरी पूरा गरे भन्ने कुरा थाहा छैन। वास्तवमा, अय्यूबले “परमेश्वरको डर मान्नु र दुष्टतादेखि टाढा रहनु” लाई परमेश्वरप्रतिको विश्वासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण कुराका रूपमा लिएका थिए। त्यसैले, त्यसैले उनले परमेश्वरको आज्ञा नै पालन गरिरहेझैँ यी वचनहरू पालन गर्न सके। उनी परमेश्वरका वचन सुन्थे, किनभने उनको हृदयले परमेश्वरलाई महान् मानी उहाँको आदर गर्थ्यो। मानिसको नजरमा परमेश्वरका वचन जतिसुकै साधारण देखिए भए पनि, ती सामान्य वचन भए भए पनि, अय्यूबको हृदयमा यी वचन परम परमेश्वरबाट आएका थिए; ती सबैभन्दा महान् र सबैभन्दा महत्त्वपूर्ण वचन थिए। यी वचनलाई मानिसले तिरस्कार गरे पनि, यदि ती परमेश्वरका वचन हुन् भने मानिसहरूले तिनलाई पालना गर्नुपर्छ—चाहे त्यसले गर्दा तिनीहरूलाई कसैले किन नगिज्याऊन् वा निन्दा नै किन नगरून्। तिनीहरूले दु:ख-कष्ट सामना गरे पनि वा सतावटमा परे पनि, तिनीहरू अन्त्यसम्मै उहाँका वचनमा दृढ रहनुपर्छ; तिनीहरूले तिनलाई त्याग्नु हुन्न। परमेश्वरको डर मान्नु भनेको यही नै हो। तँ परमेश्वरले मानिसबाट माग गर्नुहुने हरेक शब्दप्रति दृढ रहनुपर्छ। जहाँसम्म परमेश्वरले निषेध गर्नुहुने वा उहाँले घृणा गर्नुहुने कुराहरूको सवाल छ, तँलाई तीबारे कुनै जानकारी छैन भने ठीकै छ, तर तँलाई तीबारे जानकारी छ भने तैँले ती काम गर्दै नगर्न सक्षम हुनुपर्छ। तँलाई तेरो परिवारले त्यागे पनि, गैरविश्वासीहरूले गिज्याए पनि, वा तेरा नजिकका मान्छेले तेरो उपहास गरे पनि वा तँलाई जिस्काए पनि, तँ दृढ रहन सक्नुपर्छ। तँ किन दृढ रहनुपर्छ? तेरो सुरुवाती बिन्दु के हो? तेरा सिद्धान्त के हुन्? तेरो सिद्धान्त यो हो, ”म परमेश्वरका वचनप्रति दृढ रहनुपर्छ र मैले उहाँको इच्छाअनुसार काम गर्नुपर्छ। म परमेश्वरले मन पराउनुहुने काम गर्नमा दृढ रहनेछु, र उहाँले घृणा गर्नुहुने कामकुरा त्याग्नमा अविचल रहनेछु। यदि मलाई परमेश्वरको इच्छा के हो भन्ने थाहा छैन भने, त्यो ठूलो कुरो होइन, तर यदि मलाई उहाँको इच्छा के हो भन्ने थाहा छ अनि म त्यसलाई बुझ्छु भने, म उहाँका वचन सुन्न र पालना गर्नमा दृढ रहनेछु। मलाई कसैले पनि अवरोध गर्न सक्नेछैन, अनि यदि संसारकै अन्त्य भयो भने पनि म डगमगाउने छैन।” परमेश्वरको डर मान्नु र दुष्टतादेखि टाढा रहनुको अर्थ यही हो।

मानिस दुष्टताबाट अलग रहन सक्षम हुनका निम्ति पूर्वसर्त भनेको परमेश्वरको डर मान्ने हृदय हुनु हो। परमेश्वरको डर मान्ने हृदय कसरी निर्माण गरिन्छ? परमेश्वरलाई महान् मान्दै उहाँको आदर गरेर। परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्नुको अर्थ के हो? यसको अर्थ व्यक्तिले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता छ भनी जान्नु, अनि उसको हृदयले परमेश्वरको डर मान्नु हो। परिणामस्वरूप, ऊ कुनै पनि परिस्थिति मूल्याङ्कन गर्दा परमेश्वरका वचन प्रयोग गर्न, अनि परमेश्वरका वचनलाई आफ्नो मापदण्ड र मानकको रूपमा प्रयोग गर्न सक्षम हुन्छ। परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्नुको अर्थ यही नै हो। सरल शब्दमा भन्दा, परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्नु भनेको तेरो हृदयमा परमेश्वर हुनु, हृदयले परमेश्वरबारे सोच्नु, आफूले गर्ने काममा आफूलाई नभुल्नु, अनिआफै कामकुरा गर्ने पहल नगर्नु, बरु परमेश्वरलाई कामकुराको नेतृत्व गर्न दिनु हो। तँ सबै कुरामा यस्तो सोच्छस्, “म परमेश्वरमा विश्वास गर्छु र उहाँलाई पछ्याउँछु। म परमेश्वरले चुन्नुभएको एउटा सानो सृजित प्राणी बाहेक केही पनि होइन। मैले आफ्नै इच्छाबाट उत्पन्न हुने दृष्टिकोण, सुझाव र निर्णयहरूलाई त्याग्नुपर्छ, अनि परमेश्वरलाई मेरो मालिक हुन दिनुपर्छ। परमेश्वर मेरो प्रभु, मेरो सहारा, अनि मैले गर्ने सबै कामकुरामा मलाई मार्गदर्शन गर्ने उज्यालो ज्योति हुनुहुन्छ। मैले उहाँका वचन र उहाँको इच्छाअनुसार कामकुराहरू गर्नैपर्छ, र आफैलाई प्राथमिकता दिनु हुन्न।” आफ्नो हृदयमा परमेश्वर हुनु भनेको यही हो। तैँले केही गर्न चाहँदा, आवेगमा आएर वा हतारमा कार्य नगर्। पहिला, परमेश्वरका वचनले के भन्छन्, उहाँले तेरा कार्यलाई घिनाउनुहुन्छ कि हुन्न, अनि तेरा कार्य उहाँको इच्छाअनुरूप छन् कि छैनन्, त्यसबारे सोच्। पहिलाहृदयमा, आफैलाई सोधपुछ गर्, सोच् अनि मनन गर्; हतार नगर्। हतार गर्नु भनेको आवेगमा आउनु, अनि उत्तेजना र मानव इच्छाद्वारा उत्प्रेरित हुनु हो। यदि तँ सधैँ हतार गर्छस् र आवेगमा आउँछस् भने, यसले तेरो हृदयमा परमेश्वर हुनुहुन्न भन्ने कुरालाई देखाउँछ। अनि जब तँ परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्छु भन्छस्, के यी खोक्रा शब्द हुँदैनन् र? तेरो वास्तविकता खोइ? तेरो कुनै वास्तविकता छैन, अनि तैँले परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्न सक्दैनस्। तँ सबै मामिलामा घरको मालिक झैँ व्यवहार गर्छस्, हरेक मोडमा आफूखुसी गर्छस्। त्यसोभए, यदि तँ आफूसँग परमेश्वरको डर मान्ने हृदय छ भन्छस् भने, के यो बकवाद होइन र? यी शब्दहरू प्रयोग गरेर तँ मानिसलाई छल गर्दैछस्। यदि कुनै व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय छ भने, त्यो वास्तवमा कसरी प्रकट हुन्छ? परमेश्वरलाई महान् मान्दै उहाँको आदर गरेर। परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्नुको ठोस प्रकटीकरण भनेको तिनीहरूको हृदयमा परमेश्वरका लागि स्थान हुनु ओ—अग्र स्थान हुनु हो। तिनीहरू हृदयदेखि नै परमेश्वरलाई आफ्नो प्रभु मान्छन् र उहाँको अख्तियार स्विकार्छन्। केही आइपर्दा तिनीहरूको हृदय परमेश्वरप्रति आज्ञाकारी हुन्छ। तिनीहरू न त हतार गर्छन्, न त आवेगमा नै आउँछन्, अनि तिनीहरू लापरवाह रूपमा कार्य पनि गर्दैनन्; बरु तिनीहरू शान्त भएर त्यसलाई सामाना गर्न, अनि सत्यता सिद्धान्तहरू खोज्नका लागि आफूलाई परमेश्वरसामु शान्त राख्न सक्छन्। तँ कामुकुरा परमेश्वरका वचनअनुसार गर्छस् कि आफ्नै इच्छाअनुसार, अनि तैँले परमेश्वरको वचनलाई नेतृत्व गर्न दिन्छस् कि आफ्नै इच्छालाई भन्ने कुरा तेरो हृदयमा परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा भर पर्छ। तँ तेरो हृदयमा परमेश्वर हुनुहुन्छ भन्छस्, तर केही आइपर्दा, तँ अन्धाधुन्ध काम गर्छस्, अन्तिम निर्णय आफै गर्छस्, अनि परमेश्वरलाई पाखा लगाउँछस्। के यो परमेश्वर हुनुभएको हृदयको प्रकटीकरण हो त? कतिपय मानिसहरू केही आइपर्दा परमेश्वरलाई प्रार्थना गर्छन्, तर प्रार्थना गरिसकेपछि विचारमग्न हुँदै यस्तो सोच्छन्, “मलाई लाग्छ मैले यही नै गर्नुपर्छ। मलाई लाग्छ मैले त्यही नै गर्नुपर्छ।” तँ सधैँ आफ्नै इच्छा पछ्याउँछस्, र अरूले तँसँग जसरी सङ्गति गरे पनि, कसैको कुरा सुन्दैनस्। के यो परमेश्वरको डर नमान्ने हृदयको प्रकटीकरण होइन र? तैँले सत्यता सिद्धान्तहरूको नखोज्ने हुनाले अनि सत्यता अभ्यास नगर्ने हुनाले, जब तँ परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्छु भन्छ्स्, तब ती खोक्रा शब्द मात्र हुन्छन्। आफ्नो हृदयमा परमेश्वर नहुने, अनि परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्न नसक्नेहरू, परमेश्वरको डर मान्ने हृदय नभएका मानिस हुन्। केही आइपर्दा सत्यताको खोज्न नसक्ने, अनि परमेश्वरप्रति आज्ञाकारी हृदय नभएका सबै मानिसहरू विवेक र समझ नभएका मानिस हुन्। यदि कसैसँग साँच्चै विवेक र समझ छ भने, केही आइपर्दा उसले स्वाभाविक रूपमै सत्यता खोज्न सक्नेछ। उसले सबैभन्दा पहिले यस्तो सोच्नैपर्छ, “म परमेश्वरमा विश्वास गर्छु। म परमेश्वरको मुक्ति खोज्न आएको छु। मेरो स्वभाव भ्रष्ट भएकाले, मैले जे गरे पनि, म आफैसँग मात्र सबै अख्तियार छ भन्ने ठान्छु; म सधैँ परमेश्वरको इच्छाविरूद्ध जान्छु। मैले पश्चात्ताप गर्नैपर्छ। मैले यसरी परमेश्वरको विद्रोह गरिरहनु हुँदैन। मैले परमेश्वरप्रति कसरी आज्ञाकारी हुने भनेर सिक्नैपर्छ। मैले परमेश्वरका वचनले के भन्छन्, अनि सत्यता सिद्धान्तहरू के हुन् भनेर खोज्नैपर्छ।” सामान्य मानवताको समझबाट उत्पन्न हुने विचार तथा आकाङ्क्षा यिनै हुन्। तैँले यिनै सिद्धान्त र मनोवृत्तिका साथ कामकुराहरू गर्नुपर्छ। जब तँसँग सामान्य मानवताको समझ हुन्छ, तब तेरो मनोवृत्ति यस्तो हुन्छ; जब तँसँग सामान्य मानवताको समझ हुँदैन, तब तेरो मनोवृत्ति यस्तो हुँदैन। त्यसैले सामान्य मानवताको समझ हुनु जरूरी र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो प्रत्यक्ष रूपमा मानिसहरूको सत्यता बुझाइ र मुक्ति प्राप्तिसँग सम्बन्धित हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरप्रतिको अय्यूबको डर र समर्पण मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सोझोपन मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तैपनि तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी बुझे, र यो कुरा बुझेकाले नै तिनले परमेश्‍वरको भय माने, र परमेश्‍वरप्रतिको तिनको भयको कारण तिनी परमेश्वरप्रति समर्पित हुन सक्षम थिए। तिनले आफूसँग भएका सबै थोकहरूमाथि परमेश्‍वरलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरको सामु घोप्टो परे, र त्यस बेला यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई त्यसो गर्न दिनेथेँ भनी भने। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सोझो मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारिता र दयाको परिणामस्वरूप, अय्यूब परमेश्‍वरको अस्तित्वसम्बन्धी आफ्नो बुझाइ र अनुभवमा अटल थिए। यही जगको आधारमा तिनले आफ्नै लागि मापदण्ड तय गरे अनि परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएअनुसार र सबै थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरको सामु आफ्नो सोचविचार, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई यही मापदण्डअनुरूप बनाए। समय बित्दै जाँदा, तिनका अनुभवहरूले तिनमा परमेश्‍वरप्रतिको साँचो र वास्तविक भय उत्पन्‍न गरायो र तिनलाई दुष्टताबाट अलग बस्‍ने बनायो। अय्यूबले दह्रिलो गरी पक्रेको निष्ठाको स्रोत यही थियो। अय्यूबमा निष्कपट, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको भय मान्‍ने, परमेश्वरप्रति समर्पित हुने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूको कारणले गर्दा मात्र तिनी शैतानको त्यस्तो डरलाग्दो आक्रमणमाझ आफ्नो गवाहीमा दृढ भएर खडा हुन सकेका थिए, र त्यही कारणहरूले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका जाँचहरू आइलाग्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

परमेश्‍वरलाई देख्‍न वा परमेश्‍वरका वचनहरू सुन्‍न नसकेका बेला तिनमा यी कुराहरू थिए र तिनी यिनै कुराका पछि लागे। तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि, परमेश्‍वरले जुन साधनहरूमार्फत सबै थोकमाथि शासन गर्नुहुन्छ ती साधनहरूको बारेमा तिनले जानेका, र परमेश्‍वरले जुन बुद्धिमार्फत त्यस्तो शासन गर्नुहुन्छ त्यो बुद्धिलाई बुझेका थिए। तिनले परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै पनि नसुनेका भए पनि, मानिसलाई दिने र मानिसबाट फिर्ता लिने सबै काम परमेश्‍वरबाटै हुन्छ भनी तिनले जानेका थिए। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा फरक नभएका भए पनि, तिनले आफ्नो जीवनको सामान्यताद्वारा परमेश्‍वरको सबै कुरामाथिको सार्वभौमिकतासम्बन्धी तिनको ज्ञानमा असर पर्न, वा उहाँको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्ने कार्य प्रभावित हुन दिएनन्। तिनको नजरमा, सबै थोकका नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र परमेश्‍वरको सार्वभौमिकतालाई व्यक्तिको जीवनको जुनसुकै भागमा देख्‍न सकिन्थ्यो। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनले परमेश्‍वरका कामहरू जताततै छन् भनी बुझ्न सके र पृथ्वीमा बितेको तिनको अति सामान्य समयमा तिनले आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कामहरू देख्‍न र महसुस गर्न सके, र तिनले परमेश्‍वरको अचम्मका प्रबन्धहरू देख्‍न सके। परमेश्‍वरको लुप्तपन र मौनताले अय्यूबलाई उहाँको काम बुझ्न बाधा दिएनन्, न त ती कुराले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तिनको ज्ञानलाई नै प्रभावित गरे। तिनको जीवन, तिनको दैनिक जीवनको अवधिमा, सबै थोकहरूमाझ लुक्‍नुभएका परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूको साकार रूप थियो। परमेश्‍वर सबै कुराको माझमा मौन रहनुभएर पनि उहाँले सबै कुराका नियमहरू सञ्‍चालन गर्दै उहाँको हृदयको आवाज र उहाँका वचनहरू व्यक्त गर्नुहुन्छ, र अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको हृदयको त्यो आवाज र परमेश्‍वरका ती वचनहरू सुने र बुझे। यसैले तिमीहरू देख्‍न सक्छौ कि यदि मानिसहरूमा अय्यूबको जस्तै मानवता र खोजी छन् भने तिनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि परमेश्‍वरको सबै थोकमाथिको सार्वभौमिकताबारे अय्यूबले जस्तै बुझाइ र ज्ञान प्राप्त गर्न सक्छन्। परमेश्‍वर अय्यूबको सामु देखा पर्नुभएको वा तिनीसँग बोल्नुभएको थिएन, तैपनि तिनी सिद्ध र सोझो हुन, अनि परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। अर्को शब्दमा भन्दा, परमेश्‍वर मानिसको सामु देखा पर्नु वा बोल्नुभएन भने पनि सबै थोकमाझ परमेश्‍वरले गर्नुभएका कामहरू र उहाँको सबै थोकमाथिको सार्वभौमिकता नै परमेश्‍वरको अस्तित्व, शक्ति र अख्तियारको बारेमा सचेत रहन मानिसका निम्ति पर्याप्त हुन्छ, र परमेश्‍वरको शक्ति र अख्तियार नै मानिसलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्न लगाउन पर्याप्त हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तैँले सत्यता स्विकार्न र अभ्यास गर्न, अनि आफ्‍नो स्थिति दाँज्न र जाँच्न अनि त्यसपछि त्यसपछि तैँले हरेक प्रकारको परिस्थिति सम्हाल्न चलाउने आफ्नो गलत दृष्टिकोण र मनोवृत्तिहरू परिवर्तन गर्न परमेश्वरका वचन प्रयोग गर्न ध्यान लगाउनैपर्छ। आखिरमा, तँसँग हरेक परिस्थितिमा परमेश्‍वरको भय मान्ने हृदय हुनैपर्छ, र तैँले अबउप्रान्त सोचविचार नगरी काम गर्ने, आफ्‍नै विचारहरू पछ्याउने, आफ्नो इच्‍छाअनुसार कामकुरा गर्ने, वा भ्रष्ट स्वभावभित्र जिउने गर्नेछैनस्। बरु, तेरा सबै काम र बोली परमेश्‍वरका वचन र सत्यतामा आधारित हुनैपर्छ। यसरी, तैँले क्रमिक रूपमा आफूमा परमेश्‍वरको भय मान्ने हृदयको विकास गर्नेछस्। व्यक्तिले सत्यतापछ्याउँदा परमेश्‍वरको भय मान्ने हृदय पाउँछ; यो बन्देजबाट आउँदैन। बन्देजले त एक प्रकारको व्यवहार मात्र पैदा गर्छ; यो एक प्रकारको सतही तहको सीमितता हो। परमेश्वरको भय मान्ने साँचो हृदय परमेश्वरका वचनको न्याय र सजाय निरन्तर रूपमा स्वीकारेर अनि उहाँको कार्य अनुभव गर्दा काटछाँट स्विकारेर प्राप्त हुन्छ। मानिसहरूले आफ्नो भ्रष्टताको साँचो रूप देख्दा, सत्यताको मूल्य थाहा पाउनेछन्, र तिनीहरू सत्यतातिर लागिपर्न सक्नेछन्। तिनीहरूका भ्रष्ट स्वभावहरू झन् झन् कम प्रकट हुनेछन्, र तिनीहरू परमेश्वरसामु सामान्य तरिकाले जिउन, हरेक दिन उहाँका वचन खान र पिउन, अनि सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछन्। परमेश्वरको भय मान्ने, परमेश्वरप्रति समर्पित हृदय यही प्रक्रियाबाट पैदा हुन्छ। आफ्ना कर्तव्य निर्वाह गर्दा समस्याहरू सुल्झाउन निरन्तर सत्यता खोज्नेहरू सबै जना परमेश्वरको भय मान्ने हृदय भएकाहरू हुन्। ताडना पाएका अनि मनग्गे काटछाँट अनुभव गरेकाहरू सबैलाई परमेश्वरको भय मान्नु के हो भनेर थाहा छ। तिनीहरू आफ्नो भ्रष्टता प्रकट हुँदा, हृदयमा घबराहट र भय मात्र नभएर परमेश्वरको क्रोध र प्रताप पनि महसुस गर्न सक्छन्। यो अवस्थामा, तिनीहरूको हृदयमा स्वभाविक रूपमा डर पैदा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तैँले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको, अरूसँग अन्तरक्रिया गरिरहेको, वा तँमाथि आइपरेको कुनै खास समस्या सम्हालिरहेको भए पनि वा नभए पनि, तँसँग खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति छ भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ भन्न सकिन्छ। सत्यताको खोजी र पालना गर्न सक्नु नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। यदि तँमा खोजी र आज्ञापालनको मनोवृत्तिको कमी छ, र बरु तँ आफ्नै कुरामा लागिपर्छस् जिद्दी तरिकाले विरोधी छस्, र तँ सत्यतालाई स्विकार्न मान्दैनस् र सत्यतादेखि दिक्क भएको छस् भने, तैँले प्राकृतिक रूपमा नै निकै धेरै दुष्ट काम गर्नेछस्। तैँले यस कार्यलाई रोक्‍न सक्‍नेछैनस्! यदि मानिसहरूले यसलाई समाधान गर्न कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् भने, अन्तिम परिणाम के हुनेछ भने, तिनीहरूले जति नै धेरै अनुभव गरेको भए पनि, तिनीहरू जति नै धेरै परिस्थितिहरूमा परे पनि, परमेश्‍वरले तिनीहरूलाई जति नै पाठहरू दिनुभए पनि, तिनीहरूले अझै पनि सत्यतालाई बुझ्‍नेछैनन्, र अन्तिममा तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न नसक्‍ने अवस्थामा नै रहनेछन्। यदि मानिसहरूमा सत्यता वास्तविकता छैन भने, तिनीहरूले परमेश्‍वरको मार्गलाई पछ्याउन सक्‍नेछैनन्, र यदि तिनीहरूले परमेश्‍वरको मार्गलाई कहिल्यै पछ्याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू होइनन्। मानिसहरू आफ्‍नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने चाहनाको बारेमा कुरा गरेको गर्‍यै गर्छन्। के यी कुराहरू सरल छन् त? अवश्य नै छैनन्। यी कुराहरू मानिसहरूको जीवनमा अत्यन्तै महत्त्वपूर्ण छन्! व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने कार्य हासिल गर्नको निम्ति आफ्नो कर्तव्य राम्ररी निभाउन सजिलो छैन। तर म तिमीहरूलाई एउटा अभ्यासको सिद्धान्तभन्नेछु: जब तँमाथि कुनै कुरा आइपर्छ तब तँसँग खोजी र आज्ञापालन गर्ने मनोवृत्ति छ भने, यसले तँलाई रक्षा गर्नेछ। अन्तिम लक्ष्य भनेको तेरो सुरक्षा गर्नु होइन। त्यो त तँलाई सत्यता बुझ्‍न लगाउनु र सत्यता वास्तविकतामा प्रवेश गर्नु, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नु हो—अन्तिम लक्ष्य यही हो। तैँले अनुभव गर्ने सबै कुराको बारेमा तँसँग यो मनोवृत्ति भयो भने, आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरको इच्‍छा पूरा गर्नु भनेको रित्तो शब्‍दहरू र नाराहरू हुन् भन्‍ने तँलाई लाग्‍न छोड्नेछ; यो कार्य त्यति झमेलापूर्ण लाग्‍न छोड्नेछ। बरु, तँलाई थाहै नभई, तैँले निकै धेरै सत्यताहरूलाई बुझिसकेको हुनेछस्। यदि तैँले यसरी नै अनुभव गर्न खोजिस् भने, तैँले अवश्य नै इनामहरू प्राप्त गर्नेछस्। तँ जो भए पनि, तँ जति उमेरको भए पनि, तँ जति शिक्षित भए पनि, तैँले परमेश्‍वरमा जति धेरै वर्ष विश्‍वास गरे पनि, वा तैँले जे कर्तव्य निर्वाह गरे पनि, त्यसले केही फरक पार्दैन। जबसम्म तँसँग खोजी गर्ने र आज्ञाकारिताको मनोवृत्ति हुन्छ, जबसम्म तैँले यसरी अनुभव गर्छस्, तबसम्म अन्तिममा तैँले निश्‍चय नै सत्यतालाई बुझ्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। तर तँमाथि आइपर्ने सबै कुराको बारेमा तँसँग खोजी र आज्ञापालनको मनोवृत्ति छैन भने, तैँले सत्यतालाई बुझ्‍न सक्‍नेछैनस्, न त तँ सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तँ बारम्बार परमेश्‍वरसामु आउनैपर्छ, उहाँका वचनहरू खानु र पिउनुपर्छ अनि ती मनन गर्नुपर्छ, उहाँको अनुशासन र मार्गनिर्देशन स्वीकार गर्नुपर्छ, र समर्पणबाट पाठ सिक्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण छ। तँ परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरेका सबै वातावरण, मानिस, वस्तु र मामलाहरूप्रति समर्पित हुन सक्नैपर्छ, र जब तैँले बुझ्दै नबुझ्ने मामलाहरूको कुरा आउँछ, तैँले सत्यताको खोजी गर्दै बारम्बार प्रार्थना गर्नुपर्छ; परमेश्‍वरको इच्छालाई बुझेर मात्र तैँले अघि बढ्ने बाटो भेट्टाउनेछस्। तँमा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ। तैँले गर्नुपर्ने कुरा होसियारीपूर्वक र सावधानीपूर्वक गर्, अनि परमेश्वरप्रति समर्पित हृदयसहित उहाँसामु जिउने गर्। उहाँसामु प्रायः आफूलाई शान्त राख्, अनि दुराचारी नबन्। कम्तीमा, तँलाई केही आइपर्दा, पहिला आफूलाई शान्त पार्, त्यसपछि तुरुन्तै प्रार्थना गर्, अनि प्रार्थना, खोजी र प्रतीक्षा गरेर परमेश्वरको इच्छा बुझ्। के यो परमेश्वरको भय मान्ने मनोवृति होइन र? यदि तँ हृदयमा परमेश्वरको भय मान्छस् र उहाँप्रति समर्पित हुन्छस्, अनि उहाँसामु आफूलाई शान्त पार्न र उहाँको इच्छा बुझ्न सक्छस् भने, यस्तो सहकार्य र अभ्यासले गर्दा तेरो सुरक्षा हुनेछ, र तँ प्रलोभनमा पर्नेछैनस्, न त तैँले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउने कुनै काम नै गर्नेछस्। तैँले प्रष्ट रूपमा देख्न नसक्ने मामिलाहरूमा सत्यता खोज्। अन्धाधुन्ध आलोचना वा निन्दा नगर्। यसो गर्दा, तँलाई परमेश्वरले घृणा गर्नुहुनेछैन, वा तिरस्कार गर्नुहुनेछैन। यदि तँमा परमेश्वरको भय मान्ने हृदय छ भने, तँ उहाँलाई चिढ्याउनदेखि डराउनेछस्, अनि तँलाई प्रलोभनमा पार्ने केही आइपऱ्यो भने, तँ परमेश्वरसामु डर र त्रासमा जिउनेछस्, अनि सबै कुरामा उहाँप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने तीव्र इच्छा राख्नेछस्। तँसँग त्यस्तो अभ्यास भएपछि र बारम्बार आफूलाई परमेश्वरसामु शान्त पारेर अनि बारम्बार उहाँसामु आएर त्यस्तो स्थितिमा जिउन सकेपछि मात्र तँ थाहै नपाई प्रलोभन र दुष्ट कुराहरूबाट अलग बस्न सक्षम हुनेछस्। परमेश्वरको भय मान्ने हृदयविना, वा हृदय उहाँसामु छैन भने, तैँले केही दुष्ट काम गर्न सक्नेछस्। तँमा भ्रष्ट स्वभाव छ, र तँ त्यसलाई वशमा राख्न सक्दैनस्, त्यसैले तैँले दुष्ट काम गर्न सक्छस्। तैँले अवरोध र बाधा पुऱ्याउने जस्तो दुष्ट काम गर्ने हो भने, के त्यसका परिणाम गम्भीर हुनेछैनन् र? कम्तीमा, तँलाई काटछाँट गरिनेछ, र यदि तैँले गरेको काम गम्भीर रहेछ भने, परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछ, र तँलाई मण्डलीबाट निष्कासित गरिनेछ। तर, यदि तँमा परमेश्वरप्रति समर्पित हृदय छ, अनि तेरो हृदय परमेश्वरसामु प्रायः शान्त हुन सक्छ भने, र यदि तँ परमेश्वरको भय मान्छस् र उहाँसँग भयभीत हुन्छस् भने, के तँ थुप्रै दुष्कर्मबाट धेरै टाढा रहन सक्नेछैनस् र? यदि तँ परमेश्वरको भय मानेर “म परमेश्वरदेखि भयभीत छु; म उहाँलाई चिढ्याउन, उहाँको काममा अवरोध पुऱ्याउन अनि उहाँको घृणा निम्त्याउन डराउँछु” भन्छस् भने, के यो तँमा हुने सामान्य मनोवृति र सामान्य स्थिति होइन र? के कुराले तँमा डर सिर्जना गरेको हुनेछ? परमेश्वरको भय मान्ने हृदयबाटै तँमा डर सिर्जना भएको हुनेछ। यदि तेरो हृदयमा परमेश्वरको डर छ भने, तँ दुष्कर्महरूबाट अलग बस्नेछस् र ती देखिस् भने त्यसलाई पन्छाउनेछस्, र यसरी तँ सुरक्षित हुनेछस्। के हृदयमा परमेश्वरको डर नहुने व्यक्तिले उहाँको भय मान्न सक्छ? के ऊ दुष्टताबाट अलग बस्न सक्छ? (सक्दैन।) के परमेश्वरको भय मान्न नसक्ने र उहाँसँग नडराउनेहरू निडर मानिस होइनन् र? के निडर मानिसहरूलाई नियन्त्रण गर्न सकिन्छ? (सकिँदैन।) अनि के ती नियन्त्रण गर्न नसकिने मानिसहरू आवेशमा आएर जे मन लाग्छ त्यही गर्दैनन् र? मानिसहरूले आफ्नै इच्छा, जोस, र भ्रष्ट स्वभावअनुसार कार्य गर्दा केके गर्छन्? परमेश्वरको नजरमा, ती दुष्ट कुरा हुन्। त्यसैले, मान्छेको हृदयमा परमेश्वरको डर हुनु राम्रो कुरा हो भनी तिमीहरूले प्रस्टसित बुझ्नैपर्छ—त्यसो गर्दा, परमेश्वरको भय मान्न सकिन्छ। जब व्यक्तिको हृदयमा परमेश्वर हुन्छ र ऊ परमेश्वरको भय मान्न सक्छ, तब ऊ दुष्ट कुराहरूबाट धेरै टाढा रहन सक्नेछ। यस्ता मानिसहरू मुक्ति पाउने आशा हुने मानिस हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

सम्बन्धित भजनहरू

परमेश्‍वरका वचनहरू मानिसले पालन गर्नुपर्ने मार्ग हुन्

साना-ठूला सबथोकमा परमेश्‍वरको मार्ग पछ्याऊ

मानिससँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ

अघिल्लो: ३८. परमेश्‍वरको डर मान्नुर दुष्टताबाट अलग बस्नु अनि मुक्ति पाउनुबीच के सम्बन्ध छ

अर्को: ४०. परमेश्‍वरको महिमा गर्नु र गवाही दिनु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्