२०. सतावट र सङ्कष्ट कसरी अनुभव गर्ने

बाइबलमा परमेश्‍वरका वचनहरू

“अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ” (मत्ती १०:२८)

“आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ” (मत्ती १०:३९)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण गर्दै तिमीहरूले साँच्चै नै प्राप्त गरेको उच्च उत्थान अनि मुक्तिको सराहना गर्नैपर्छ। परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू अपमान र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाका रूपमा प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्‍वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो। अर्थात्, उहाँलाई विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिमाथि प्रकाश पार्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै छ परमेश्‍वरको अभिप्राय। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

जब म औपचारिक रूपमा मेरो काम सुरु गर्दछु, म अघि बढ्दा सबै मानिसहरू पनि अघि बढ्छन्, यसरी कि सारा ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मसँगसँगै ममा व्यस्त राख्छन्, सारा ब्रह्माण्डभरि “हर्षोल्लास” हुन्छ, र मानिस मद्वारा अझै प्रोत्साहित हुन्छ। त्यसको फलस्वरूप, ठूलो रातो अजिङ्गर आफै मद्वारा उन्मत्त र अलमल्ल अवस्थामा पुग्छ, र त्यसले मेरो काम गर्छ र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, तर मेरो नियन्त्रणमा समर्पित हुनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनाहरूमा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु र मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको परिवारमा समाप्त हुन्छ। यसरी, ठूलो रातो अजिङ्गर ठीक सँगले मेरो सेवा अझै गर्न सक्षम छ, जसको माध्यमबाट म त्यसलाई जित्‍नेछु र मेरो योजना पूरा गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २९

आखिरी दिनहरूका मानिसहरूको समूहमाझ मैले गर्ने काम अभूतपूर्व उद्यम हो, तसर्थ, मेरो महिमाले आकाशमण्डललाई ढाक्‍न सकोस् भनेर, सबै मानिसहरूले मेरो लागि अन्तिम कष्ट भोग्‍नुपर्छ। के तिमीहरूले मेरो अभिप्राय बुझ्यौ त? मैले मानिसलाई दिने अन्तिम सर्त यही हो, भन्‍नुको अर्थ, सबै मानिसहरूले ठूलो रातो अजिङ्गरको अघि मेरो लागि बलियो, सानदार गवाही दिन सकून्, तिनीहरूले अन्तिम पटक मेरो लागि आफूलाई अर्पण गर्न सकून्, र अन्तिम एक पटक मेरो मापदण्डहरूलाई पूरा गर्न सकून् भन्‍ने मेरो आशा छ। के तिमीहरूले साँच्‍चै यसो गर्न सक्छौ त? विगतमा तिमीहरू मेरो हृदयलाई सन्तुष्ट तुल्याउन असमर्थ थियौ—के तिमीहरूले अन्तिम पटक यो ढाँचालाई तोड्न सक्छौ? म मानिसहरूलाई मनन गर्ने मौका दिन्छु; तिनीहरूले मलाई अन्तिममा उत्तर दिनुभन्दा पहिले म तिनीहरूलाई ध्यान दिएर चिन्तन गर्ने मौका दिन्छ—के यसो गर्नु गलत हुन्छ त? म मानिसको प्रतिक्रिया पर्खन्छु, म उसको “प्रतिक्रियाका शब्दहरू” पर्खिन्छु—के तिमीहरूसँग मेरा सर्तहरूलाई पूरा गर्ने विश्‍वास छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३४

यी मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तान हुन् भनेर यसभन्दा पहिले भनिएको थियो। वास्तवमा, स्पष्ट रूपमा भन्दा, तिनीहरू ठूलो रातो अजिङ्गरका मूर्तरूप हुन्। जब परमेश्‍वरले तिनीहरूलाई बाटोको अन्त्यतर्फ धपाउँदै लैजानुहुन्छ र तिनीहरूको वध गर्नुहुन्छ—कुनै शङ्का छैन—तब ठूलो रातो अजिङ्गरको आत्मासँग तिनीहरूमा काम गर्ने थप कुनै मौका हुँदैन। यसरी, जब मानिसहरू बाटोको अन्त्यमा पुग्छन् तब ठूलो रातो अजिङ्गरको पनि मृत्यु हुन्छ। के भन्‍न सकिन्छ भने, यसले परमेश्‍वरको “महान दया” को ऋण तिर्न मृत्युको प्रयोग गर्दैछ—जुन ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको कामको उद्देश्य हो। जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। “देह” को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्—अनि यस क्षणमा, देहले अर्को कार्य गर्नेछ, र औपचारिक रूपमा परमेश्‍वरका आत्माको निर्देशन प्राप्त गर्न थाल्नेछ। यो अनिवार्य प्रक्रिया हो, यो चरणबद्ध रूपमा हुनुपर्छ; नत्र भने, जिद्दी देहमा काम गर्ने कुनै माध्यम परमेश्‍वरसँग हुनेछैन। परमेश्‍वरको बुद्धि नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६

शैतान जति नै “शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालना गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, मेरो क्रोध तँमाथि खनिनेछ, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक दुःख भोग्नेछस्। तैँले सबै भोग्नुपर्छ; तँसँग भएका सबै कुराहरू मेरो लागि त्याग्न र मलाई पछ्याउनको लागि तैँले गर्नसक्ने सबै कुरा गर्न, र तेरो सबै कुरा अर्पण गर्न तँ तयार हुनुपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो असल अभिप्रायबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?

तँभित्र मेरो साहस हुनुपर्छ, र विश्‍वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्‍ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्‌ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्‍नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।

येशूको उत्कृष्ट जीवन देखा परिसकेको छ; तैँले डराउनुपर्ने कुरा केही छैन। शैतानहरू हाम्रो पाउमुनि छन्, र तिनीहरूको समय धेरै टिक्नेछैन। बिउँझी! दुराचारको संसारलाई त्याग्; आफूलाई मृत्युको सुरुङबाट मुक्त गर्! जेसुकै भए तापनि मप्रति निष्ठावान बन्, र साहसी भएर अघि बढ्; म तेरो शक्तिको चट्टान हुँ, त्यसैले मप्रति भरोसा राख्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्‍पनाहरूसँग अलिकति पनि मिल्दैन भनेर अहिले सबै जनाले देख्न सक्छन्। परमेश्‍वरले धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, अनि मानिसहरूले ती सत्यता हुन् भनेर स्वीकार गर्न सके पनि, तिनीहरूमा परमेश्‍वर सम्‍बन्धी धारणाहरू फैदा हुने सम्‍भावना अझै हुन्छन्। यदि मानिसहरूले सत्यता बुझेर यसलाई प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले पहिले नै जे देखेका छन् र तिनीहरूका अनुभवबाट जे प्राप्त गरेका छन् त्यसमा खडा हुन तिनीहरूमा आत्मविश्‍वास र इच्छाशक्ति हुनुपर्दछ। परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ अनि परमेश्‍वरसामु इमानदार हुनुपर्छ र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति समर्पित हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—के भन्न सकिन्छ भने, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरका कठोर वचनहरू हुन्। परमेश्‍वर आउनुहुँदा, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानवजातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। सृष्टि गरिएका प्राणीहरूको रूपमा मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नुपर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तेरो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहको विरुद्धमा विद्रोह गर्नुपर्छ, देहको विरुद्धमा विद्रोह गर्। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो। यदि तँ मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै दुःख र संकल्पहरू व्यर्थ भएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

अहिले, तैँले बुझ्ने ती दर्शन र ती सत्यताहरूले तेरा भविष्यका अनुभवहरूको निम्ति एउटा जग बसालिरहेका छन्; भविष्यको सङ्कष्टमा तिमीहरू सबैसित यी वचनहरूको व्यावहारिक अनुभव हुनेछ। पछि, जब तँमाथि परीक्षाहरू आइपर्छन् अनि तँ सङ्कष्टबाट गुज्रन्छस्, तब तैँले आज भनेको वचनहरूबारे सोच्नेछस्, जुन यी हुन्: “मैले जुनसुकै सङ्कष्ट, परीक्षा, वा ठूला विपत्तिहरू सामना गर्नुपरे तापनि, परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ।” पत्रुसका अनुभवहरूलाई अनि त्यसपछि अय्यूबका अनुभवहरूलाई सम्झी—तँ आजका वचनहरूद्वारा उत्तेजित हुनेछस्। केवल यसरी मात्रै तेरो विश्‍वास प्रेरित हुन सक्नेछ। त्यस समयमा, परमेश्‍वरको न्याय र सजाय पाउन आफू योग्य छैन भनी पत्रुसले भने, अनि जब समय आउँछ, तब तँद्वारा सबै मानिसहरूले धर्मी स्वभाव देखून् भन्‍ने कुरामा तँ पनि इच्‍छुक हुनेछस्। तैँले उहाँको न्याय र सजाय तत्परताका साथ स्वीकार गर्नेछस् र उहाँको न्याय, सजाय र श्राप तेरो निम्ति सान्त्वना हुनेछन्। अहिले, सत्यताले सुसज्जित नहुनु तेरो निम्ति स्वीकारयोग्य छैन। यसविना, तँ भविष्यमा दृढ भई खडा हुन नसक्ने मात्रै होइन, तर तँ हालको काम पनि अनुभव गर्न नसक्ने हुन सक्छस्। यदि यस्तो भयो भने, के तँ ती हटाइने र दण्डित हुनेहरूमध्ये हुनेछैनस् र? अहिले, तँकहाँ कुनै तथ्यहरू आएका छैनन्, अनि तँमा जुन पक्षको कमी छ, त्यसैमा मैले तँलाई प्रदान गरेको छु; म हरेक पक्षबाट बोल्छु। तिमीहरूले धेरै कष्ट सहेका छैनौ; तिमीहरूले कुनै मूल्य नतिरीकनै जे उपलब्ध छ, त्यो लिन्छौ, अनि त्योभन्दा बढी, तिमीहरूसित कुनै साँचो अनुभव वा अन्तर्दृष्टिहरू छैनन्। त्यसैले, जे बुझ्छौ, त्यो तिमीहरूको साँचो कद होइन। तिमीहरू आफ्ना बुझाइ, ज्ञान, र दृष्टिमा सीमित छौ, तर तिमीहरूले धेरै फसल कटनी गरेका छैनौ। यदि मैले तिमीहरूलाई कहिल्यै वास्ता नगरेर तिमीहरूका आफ्नै घरमा अनुभवहरूबाट गुज्रन दिएको भए, तिमीहरू धेरैअघि नै ठूलो फराकिलो संसारमा फर्किसकेका हुनेथियौ। भविष्यमा तैँले जुन मार्ग हिँड्नेछस्, त्यो कष्टको मार्ग हुनेछ, अनि यदि तँ सफलतापूर्वक हालको मार्गको अन्तिम भागसम्म हिँड्छस् भने, जब तँ भविष्यमा ठूलो सङ्कष्टबाट गुज्रनेछस्, तब तँसित गवाही हुनेछ। यदि तैँले मानव जीवनको महत्त्वलाई बुझ्छस् र मानव जीवनको सही मार्ग लिएको छस् भने, र यदि परमेश्‍वरले तँसित जसरी व्यवहार गर्नुभए पनि तँ कुनै गुनासो नगरी वा छनौट नगरी उहाँका योजनाहरूमा आफैलाई सुम्पिन्छस् भने, अनि यदि तँ परमेश्‍वरलाई कुनै माग गर्दैनस् भने, तँ मूल्यवान् व्यक्ति हुनेछस्। अहिले तँ सङ्कष्टबाट गुज्रेको छैनस्, त्यसैले तँ कुनै भेदभावविना आज्ञापालन गर्न सक्छस्। परमेश्‍वरले तँलाई जसरी डोऱ्याउनुभए पनि त्यो मार्ग ठीक छ, अनि उहाँका सबै योजनाबद्ध कार्यहरूमा तैँले सबै कुरालाई सुम्पिन्छस् भनेर तँ भन्छस्। परमेश्‍वरले तँलाई सजाय वा श्राप दिनुभए पनि, तँ उहाँलाई सन्तुष्ट गर्न इच्छुक हुनेछस्। त्यति भनिसकेपछि पनि, तैँले अहिले भन्‍ने कुराले तेरो कदलाई प्रतिनिधित्व गर्छ नै भन्‍ने छैन। अहिले तँ जे गर्न इच्छुक छस्, त्यसले तँ अन्त्यसम्म पछ्याउन सक्षम छस् भनी देखाउँदैन। जब ठूला परीक्षाहरू तँमाथि आउँछन् वा जब तँ केही सतावट वा दबाब वा अझ ठूला परीक्षाहरू भएर जान्छस्, तब तैँले ती वचनहरू भन्न सक्नेछैनस्। यदि तँसित तब त्यस प्रकारको बुझाइ हुन सक्छ र तँ दृढ भई खडा हुन्छस् भने, यो तेरो कद हुनेछ। त्यस समयमा पत्रुस कस्ता थिए? पत्रुसले भने: “प्रभु, म तपाईंको निम्ति मेरो जीवन अर्पण गर्नेछु। यदि तपाईंले म मरेको चाहनुहुन्छ भने पनि म मर्नेछु!” उनले त्यस समयमा त्यसरी नै प्रार्थना गरे। उनले यसो पनि भने: “यदि अरूले तपाईंलाई प्रेम गर्दैनन् भने पनि म तपाईंलाई अन्त्यसम्‍मै प्रेम गर्नेछु। म तपाईंलाई हर समय पछ्याउनेछु।” त्यस समय उनले भनेको कुरा यही नै हो, तर उनीमाथि परीक्षाहरू आउनेबित्तिकै उनी टुटे र धुरुधुरु रोए। पत्रुसले तीन पल्टसम्म प्रभुलाई इन्कार गरे भन्‍ने कुरा तिमीहरू सबैलाई थाहा छ, छैन त? धेरै मानिसहरू छन् जो आफूमाथि परीक्षाहरू आउँदा धुरुधुरु रुनेछन् र मानव कमजोरी देखाउनेछन्। तँ आफ्नै मालिक होइनस्। यसमा, तैँले आफूलाई नियन्त्रण गर्न सक्दैनस्। सायद, आज तैँले धेरै राम्रो गर्दैछस्, तर तँसित अनुकूल वातावरण भएकोले गर्दा यसो भएको हो। यदि भोलि त्यो परिवर्तन भयो भने, तैँले आफ्नो कायरता र असक्षमता, तेरो घिनलाग्दोपन र अयोग्यता देखाउनेछस्। तेरो “पुरुषार्थ” निष्फल भएको लामो समय भइसकेको हुनेछ, अनि कहिलेकहीँ तैँले तेरो कामलाई एकातिर पन्छ्याउनेछस् र आफ्नो बाटो लाग्नेछस्। यसले के देखाउनेछ भने, त्यस समय तैँले जे बुझिस्, त्यो तेरो वास्तविक कद थिएन। कुनै व्यक्तिले वास्तवमै परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन्, उनी साँच्चै परमेश्‍वरको योजनामा पूर्ण रूपमा समर्पित हुन सक्छन् कि सक्दैनन्, अनि परमेश्‍वर जे माग गर्नुहुन्छ, त्यसलाई प्राप्त गर्न उनले सबै शक्ति लगाउन सक्छन् कि सक्दैनन्, अनि आफ्नो जीवन बलिदान दिनुपरे पनि उनी परमेश्‍वरप्रति वफादार रहन, र उहाँलाई सबै थोकको सर्वोत्तम भाग दिन सक्छन् कि सक्दैनन् भनेर हेर्न उनको वास्तविक कदलाई हेर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

आजभोलि, परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरूले अझै पनि सही मार्ग हिँड्न थालेका छैनन् र तिनीहरूले सत्यता बुझ्‍न सकेका छैनन्, त्यसकारण तिनीहरू आफूभित्र अझै पनि खोक्रो महसुस गर्छन्, जीवनलाई कष्ट ठान्छन्, र तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्ने शक्ति हुँदैन। तिनीहरूको हृदयमा कुनै दर्शन नआएसम्म परमेश्‍वरका विश्‍वासीहरू यस्तै हुन्छन्। मानिसहरूले सत्यता प्राप्त गरेका छैनन् र तिनीहरू परमेश्‍वरलाई अझै चिन्दैनन्, त्यसकारण तिनीहरू अझै पनि खासै आनन्द महसुस गर्दैनन्। विशेष गरी, तिमीहरू सबैले सतावट भोगेका छौ र घर फर्कन अप्ठ्यारो अनुभव गरेका छौ। कष्ट भोग्दा, तँभित्र मृत्युका सोचहरू र बाँच्ने अनिच्छा पनि जाग्छन्। यी देहका कमजोरीहरू हुन्। केहीले त के पनि सोच्छन् भने, “परमेश्‍वरमा विश्‍वास गर्नु आनन्दमयी हुनुपर्छ। अनुग्रहको युगमा, पवित्र आत्माले मानिसहरूलाई शान्ति र खुसी प्रदान गर्नुभयो। अहिले शान्ति र खुसी एकदमै कम छ, र अनुग्रहको युगको भएजस्तो आनन्द अहिले छैन। आज परमेश्‍वरमा विश्‍वास गर्नु भनेको अत्यन्त पिरोल्ने कुरा भएको छ।” तँलाई के मात्र थाहा छ भने दैहिक आनन्द अरू कुनै पनि चीजभन्दा राम्रो कुरा हो। तर तँलाई थाहा छैन, परमेश्‍वरले आज के काम गर्दै हुनुहुन्छ। तिमीहरूको स्वभाव रूपान्तरण गर्न परमेश्‍वरले तिमीहरूको देहलाई कष्ट भोग्न दिनुपर्छ। तेरो देहले कष्ट भोगे पनि, तँसँग परमेश्‍वरको वचन र उहाँको आशिष्‌ छ। तैँले चाहेर पनि मर्न सक्दैनस्। के तँ परमेश्‍वर नचिन्ने र सत्यता प्राप्त नगर्ने कुरा स्विकार्न सक्छस्? अहिले, बढीमा के मात्र हो भने, मानिसहरूले सत्यता प्राप्त गरेका छैनन्, र तिनीहरूसँग जीवन छैन। तिनीहरू मुक्ति खोज्ने आधा बाटोमा छन्, त्यसैले यस क्रममा तिनीहरूले थोरै कष्ट भोग्नैपर्छ। आज, संसारका हरेक व्यक्तिको परीक्षा भइरहेको छ, परमेश्‍वरसमेत कष्ट भोग्दै हुनुहुन्छ, त्यसकारण के तिमीहरूले कष्ट नभोग्नु उचित कुरा हो त? ठूला विपद्‌मार्फत शोधन नभई सच्चा विश्‍वास हुन सक्दैन, र सत्यता र जीवन प्राप्त गर्न सकिँदैन। परीक्षा र शोधन नभए काम हुँदैन। पत्रुसलाई नै हेर्—अन्त्यमा (ऊ त्रिपन्न वर्ष पुगेपछि) सात वर्षसम्म उसको परीक्षा भयो। ती सात वर्षभरि उसले सयौँ परीक्षाहरू भोग्यो। हरेक केही दिनको अन्तरालमा उसको एउटा परीक्षा हुन्थ्यो, र सबैखाले परीक्षाहरू सामना गरेपछि मात्र उसले जीवन प्राप्त गर्‍यो र आफ्नो स्वभाव रूपान्तरण भएको अनुभव गर्‍यो। जब तैँले साँच्चिकै सत्यता प्राप्त गरेर परमेश्‍वरलाई चिन्‍न पुग्छस्, तैँले आफू परमेश्‍वरको लागि बाँचिरहेको हुनुपर्ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरको लागि बाँच्दैनस् भने, तैँले पछुताउनेछस्; तैँले तेरा बाँकी दिनहरू नमिठो अफसोस र घोर पश्‍चात्तापमा जिउनेछस्। तँ अझै मर्न सक्दैनस्। तँ आफ्नो मुठ्ठी कसेर दृढतापूर्वक बाँचिरहनुपर्छ। तैँले परमेश्‍वरका लागि भनेर जीवन जिउनुपर्छ। जब मानिसहरूमा सत्यता हुन्छ, तिनीहरूसँग यो दृढता हुन्छ र फेरि कहिल्यै मर्ने इच्छा गर्दैनन्। मृत्युले तँलाई तर्साउँदा, तैँले यसो भन्नेछस्, “हे परमेश्‍वर, म मर्न इच्छुक छुइनँ। म अझै पनि तपाईलाई चिन्दिनँ। मैले अझै तपाईँको प्रेमको ऋण तिरेको छुइनँ। तपाईँलाई राम्ररी नचिनीकन म मर्न सक्दिनँ।” के तिमीहरू अहिले यो बिन्दुमा पुगेका छौ? अझै पुगेका छैनौ, छौ र? केही मानिसले परिवारको पीडा भोग्छन्, केहीले विवाहको कष्ट, र केहीले सतावट भोग्छन्, र तिनीहरूको बस्ने ठाउँसमेत हुँदैन। तिनीहरू जहाँसुकै जाऊन्, त्यो अरू कसैको घर हुनेछ, र तिनीहरूले हृदयमा पीडा महसुस गर्छन्। तिमीहरूले अहिले भोगिरहेको पीडा परमेश्‍वरले भोग्नुभएकै पीडा होइन र? तिमीहरू परमेश्‍वरसँगै कष्ट भोगिरहेका छौ, र पीडामा मान्छेलाई परमेश्‍वरले साथ दिनुहुन्छ। आज ख्रीष्टको दुःख, राज्य र अटलतामा तिमीहरू सबैको भूमिका छ, र अन्त्यमा तिमीहरूले महिमा प्राप्त गर्नेछौ! यो कष्ट सार्थक छ। त्यस्तै हो नि, होइन र? तँसँग यो इच्छा नै नहुने हुनु हुँदैन। तैँले आज कष्ट भोग्नुको अर्थ के हो र किन यति धेरै कष्ट भोग्दैछस् त्यो बुझ्नुपर्छ। तैँले सत्यता खोजी गरी परमेश्‍वरको अभिप्रायको बुझाइमा पुग्नुपर्छ, त्यसपछि तँभित्र कष्ट भोग्ने इच्छा जाग्नेछ। यदि तैँले परमेश्‍वरको अभिप्राय बुझ्दैनस्, र कष्ट भोग्नेबारे मात्र सोच्छस् भने, तैँले त्यसबारे जति सोच्छस् उति नै त्यो असहज बन्छ र उति नै बढी तेरो जीवनको बाटो सक्‍किन लागेझैँ नकारात्मक महसुस हुनेछ। तँलाई मृत्युको व्यथाले सताउन थाल्नेछ। यदि तैँले आफ्नो हृदय र सारा कोसिस सत्यतामा लगाउँछस्, र तँ सत्यता बुझ्न सक्षम छस् भने, तेरो हृदय चम्किलो हुनेछ, र तैँले आनन्द अनुभव गर्नेछस्। जीवनमा तैँले आफ्नै हृदयभित्र शान्ति र खुसी पाउनेछस्, र जब रोगले आक्रमण गर्छ वा मृत्यु नजिकिन्छ, तैँले यसो भन्नेछस्, “मैले अझै सत्यता प्राप्त गर्न बाँकी छ, त्यसैले म मर्न सक्दिनँ। मैले परमेश्‍वरमा राम्ररी अर्पित हुनुपर्छ, राम्ररी परमेश्‍वरको गवाही दिनुपर्छ, अनि परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। अन्तिममा, म जसरी मरूँला त्यसले फरक पर्दैन, किनकि मैले सन्तोषजनक जीवन जिएको हुनेछु। जेसुकै होस्, म अहिले नै मर्न सक्दिनँ। म दृढ भई बाँचिरहनुपर्छ।” तँ अब यस विषयमा स्पष्ट हुनुपर्छ, र यी कुराहरूबाट तैँले सत्यता बुझ्नुपर्छ। मानिसहरूमा सत्यता छ भने, तिनीहरूसँग बल हुन्छ। तिनीहरूमा सत्यता छ भने, तिनीहरूको शरीरभरि अटूट शक्ति पनि हुन्छ। तिनीहरूमा सत्यता छ भने, दृढता हुन्छ। सत्यताविना, मानिस कुहिएका तरकारीजतिकै गिला हुन्छन्; तिनीहरूमा सत्यता छ भने, तिनीहरू इस्पातजतिकै कडा बन्छन्। परिस्थिति जतिसुकै तितो भए पनि, तिनीहरूले बिलकुलै तिक्तता महसुस गर्नेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्‍ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्‍वरको अभिप्रायहरू पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्‍नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैँले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यदि यस बेला तैँले साँच्चै परमेश्‍वरमा भरोसा राखिस् भने तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, तँ ढुक्‍क हुनेछस्, र तैँले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्नेछस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैँले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैँले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैँले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टिको पछि लाग्नु भनेको उहाँको वचनलाई व्यवहारमा उतार्नका लागि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रयोग गर्नु हो; समय जुनसुकै भए पनि—जब अरू शक्ति विहीन हुन्छन्—तँभित्र अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने एउटा हृदय हुन्छ, जसले गहिराइमा परमेश्‍वरको तृष्णा गर्छ र उहाँला सम्झन्छ। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्‍ने कुरा तँमा कत्तिको परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तेरो जाँच हुँदा तँ अटल रहन सक्छस् कि सक्दैनस्, कुनै विशेष वातावरण उत्पन्न हुँदा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ; यी तथ्यहरूको आगमनले परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय कस्तो छ भनी प्रकट गर्दछ। परमेश्‍वरले मानिसलाई वास्तवमै माया गर्नुहुन्छ भन्‍ने कुरा परमेश्‍वरको धेरै वटा कामबाट देख्न सकिन्छ, यद्यपि अझसम्म मानिसको आत्माका आँखाहरू पूर्ण रूपले खोलिएको छैन र ऊ परमेश्‍वरको काम र उहाँका अभिप्रायहरू स्पष्ट रूपमा बुझ्न सक्षम छैन, न त उसले परमेश्‍वरलाई प्रिय लाग्ने धेरै कुराहरू बुझ्न सक्छ; मानिसमा परमेश्‍वरको निम्ति थोरै मात्र साँचो प्रेम हुन्छ। तैँले यो सबै समय परमेश्‍वरमा विश्‍वास गरेको छस्, र आज परमेश्‍वरले उम्कने सबै उपायहरू हटाइदिनुभएको छ। वास्तविक कुरा गर्ने हो भने, तँसँग सही मार्ग हिँड्नुबाहेक अर्को कुनै विकल्प छैन, सही मार्ग त्यही हो, जसमा तँलाई परमेश्‍वरको कठोर न्याय र सर्वोच्च उद्धारद्वारा डोऱ्याइएको छ। कठिनाइ र शुद्धीकरणको अनुभव गरेपछि मात्र मानिसले परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भनी जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, यो भन्न सकिन्छ, कि मानिसले परमेश्‍वरको प्रेमको बारेमा केही जानेको छ, तर यो अझै पर्याप्त छैन, किनकि मानिसमा धेरै कमी-कमजोरी छ। मानिसले परमेश्‍वरको अचम्मको कार्यको, अनि सबैभन्दा बढी परमेश्‍वरद्वारा प्रबन्ध गरिएका सबै दुःखको शुद्धीकरणको अनुभव गर्नुपर्दछ। त्यसपछि मात्र मानिसको जीवनको स्वभाव परिवर्तन हुन सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

अहिले यी वचनहरू बोलिएका छन् भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ: पछि तैँले अझ ठूलो सङ्कष्ट र अझ ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध तुल्याइनु साधारण वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको जस्तो विश्‍वास हुनुपर्छ वा सायद तिनको भन्दा अझ ठूलो विश्‍वास हुनुपर्छ। भविष्यमा अय्यूबका परीक्षाहरूभन्दा ठूला परीक्षा हुनेछन् अनि तँ अझै पनि दीर्घकालीन सजायबाट गुज्रनुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ। के यो सामान्य कुरा हो र? यदि तेरो क्षमतालाई सुधार गर्न सकिँदैन, यदि तेरो बुझ्ने क्षमतामा कमी छ भने, अनि यदि तँलाई अत्यन्तै थोरै कुरा मात्र थाहा छ भने, त्यस समयमा तँसित कुनै गवाही हुनेछैन, तर बरु तँ शैतानको निम्ति ठट्टा र खेलौना हुनेछस्। यदि अहिले तैँले दर्शनहरूलाई पक्रिन सक्दैनस् भने, तँसित बिलकुल कुनै जग छैन, अनि भविष्यमा तँलाई फ्याँकिनेछ! यो मार्गको कुनै पनि भागमा हिँड्नको निम्ति सजिलो छैन, त्यसैले यसलाई हल्का रूपमा नलिई। यसलाई होशियारीपूर्वक तौली र यस मार्गको अन्तिम भागसम्म उचित प्रकारले हिँड्न सकूँ भनेर तयारी गर्। यो, भविष्यमा हिँड्नैपर्ने मार्ग, सबै मानिसहरूले हिँड्नैपर्ने मार्ग हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नुहुँदैन; म तँलाई जे भन्छु, ती सबै व्यर्थ हुन् भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यसलाई राम्ररी प्रयोगमा लगाउनेछस्—मेरा वचनहरू व्यर्थमा बोल्‍न सकिँदैन। यो, आफूलाई सुसज्जित पार्ने समय हो, भविष्यको निम्ति बाटो तयार गर्ने समय हो। तैँले पछि हिँड्नुपर्ने मार्ग तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ भई खडा हुनेछस् भन्‍नेबारे तँ चिन्तित र व्याकुल हुनुपर्छ, अनि तेरो भविष्यको बाटाका निम्ति राम्रोसित तयार गर्नुपर्छ। घिचुवा र अल्छे नहो! तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले सक्नेजति हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। तीन वर्षभन्दा कम समयमा मैले कति धेरै कुरा गरेको छु र कति धेरै काम गरेको छु भनी तिमीहरूले आफ्नै आँखाले देखेका छौ। मैले यसप्रकारले काम गर्नुको एउटा कारण के हो भने, मानिसहरूमा धेरै कुराको कमी छ, अनि अर्को कारण समय अति छोटो छ; अब अरू कुनै ढिलाइ हुन सक्दैन। मानिसहरूले गवाही दिन र उपयोगी हुन सक्नुअघि पहिले पूर्ण रूपमा भित्रैदेखि स्पष्ट हुनैपर्छ भन्‍ने कल्पना गर्छन्—तर के त्यो धेरै सुस्त हुनेथिएन र? त्यसैले, मैले कति लामो समयसम्म तँलाई साथ दिनुपर्ने हो? यदि म बूढो भइञ्‍जेल र मेरो कपाल फुलुञ्‍जेलसम्म मैले तिमीहरूलाई साथ दिएको चाहन्छौ भने, त्यो असम्भव हुनेछ! ठूला सङ्कष्टहरूबाट गुज्रेर नै मानिसहरूभित्र साँचो बुझाइ हासिल गर्न सकिनेछ। काम गर्ने कदमहरू यिनै हुन्। तैँले आज सङ्गति गरेका दर्शनहरूलाई पूर्ण रूपले बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि भविष्यमा तँ जस्तोसुकै कठिनाइहरूबाट गुज्रे तापनि तँ व्याकुल हुनेछैनस्, अनि तैँले त्यसको सामना गर्न सक्‍नेछस्। जब मैले कामको यो अन्तिम कदम पूरा गरेको हुनेछु र आखिरी वचनहरू उच्चारण गरेर सिध्याएको हुनेछु, तब भविष्यमा मानिसहरू आफ्नो मार्गमा हिँड्न आवश्यक हुनेछ। यसले पहिले बोलिएका वचनहरूलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिको निम्ति आज्ञा छ, र हरेक व्यक्तिमा गर्नुपर्ने काम छ। भविष्यमा, हरेक व्यक्ति पवित्र आत्माद्वारा डोरिएर आफू हिँड्नुपर्ने मार्गमा हिँड्नेछन्। सङ्कष्टबाट गुज्रँदा कसले अरूको निम्ति वास्ता गर्न सक्नेछ? हरेक व्यक्तिको आफ्नै कष्ट हुन्छ, अनि हरेकको आफ्नै कद हुन्छ। कसैको कद पनि अरूको कदसित समान छैन। पतिले आफ्‍नी पत्नीको वास्ता गर्न सक्नेछैनन् वा आमाबाबुले छोराछोरीको वास्ता गर्न सक्नेछैनन्; कसैले पनि अरू कसैको वास्ता गर्न सक्नेछैन। त्यो, पारस्परिक वास्ता र सहायता अझै सम्भव भएको अहिलेको समय जस्तो हुनेछैन। त्यो, हरेक प्रकारको व्यक्तिलाई खुलासा गरिने समय हुनेछ। भन्नुको अर्थ, जब परमेश्‍वरले गोठालाहरूलाई प्रहार गर्नुहुन्छ, तब बगालका भेडाहरू छरपष्ट हुनेछन्, अनि त्यस समयमा तिमीहरूसित कुनै साँचो अगुवा हुनेछैन। मानिसहरू विभाजित हुनेछन्—तिमीहरू झुण्डको रूपमा सँगै आउन सक्ने अहिलेको जस्तो यो हुनेछैन। भविष्यमा, जोसित पवित्र आत्माको काम छैन, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई बेच्नेछन्, पत्नीहरूले आफ्ना पतिहरूलाई बेच्नेछन्, बच्चाहरूले आफ्ना बाबुआमाहरूलाई बेच्नेछन्, अनि बाबुआमाहरूले आफ्ना बच्चाहरूलाई सताउनेछन्—मानव हृदय बुझ्न गाह्रो छ! गर्न सकिने एउटै कुरा भनेको व्यक्तिसित जे छ, त्यसलाई पक्रिराख्नु हो अनि मार्गको अन्तिम भागसम्म हिँड्नु हो। अहिले, तिमीहरूले यसलाई प्रस्टसित देख्दैनौ; तिमीहरू सबै निकटको कुरा मात्रै देख्न सक्छौ। कामको यो चरण सफलतापूर्वक अनुभव गर्नु सजिलो कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

यदि तैँले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्वीकार गर्छस् भने, तैँले सुसमाचार सुनाउने आफ्नो जिम्‍मेवारी पूरा गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नका लागि कष्ट भोग्‍न र मूल्य चुकाउन आफूलाई तयार गर्नुपर्छ। यस्तो मूल्य केही शारीरिक रोगबिमार वा कठिनाइको सामना वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलतबुझाइको कष्ट, साथै सुसमाचार सुनाउँदा सामना हुने सङ्कष्टहरू हुन सक्छन्: कसैले हाम्रो पोल खोलिदिन सक्छ, कुटपिट र हप्की, अनि निन्दा सहनुपर्ने हुन सक्छ—भीडको कुटाइ खाएर ज्यानसमेत जान सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्‍वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्‍वरको महिमाको दिन देख्‍नको लागि तँ बाँच्‍न नपाउने सम्‍भावना पनि हुन्छ। तिमीहरू यसको लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। अब मैले यो कुरा स्पष्ट पारिसकेको छु, र तिमीहरूले बुझिसकेका छौ, त्यसैले यदि तिमीहरूमा अझै पनि यो आकाङ्क्षा छ र यो परिवर्तन हुनेछैन भन्‍नेमा पक्‍का छौ, अनि मृत्युसम्‍मै तिमीहरू बफादार रहन्छौ भने, तिमीहरूमा निश्‍चित कद छ भन्‍ने कुरा प्रमाणित हुन्छ। धार्मिक स्वतन्त्रता र मानव अधिकार भएका यी वैदेशिक राष्ट्रहरूमा सुसमाचार सुनाउनु कुनै खतरा हुनेछैन र तैँले गर्ने सबथोक सहज रूपमा चल्नेछ, त्यो सबैमा परमेश्वरको आशिष् हुनेछ र उहाँको महान् शक्ति र अख्तियारको साथ रहनेछ भन्ने नसोच्। यो त मानव धारणा र कल्पना हो। फरिसीहरूले पनि परमेश्वरमा विश्वास गर्थे, तर तिनीहरूले देहधारी परमेश्वरलाई लगेर क्रूसमा टाँगे। त्यसोभए अहिलेको धार्मिक संसारले देहधारी परमेश्वरलाई कस्ता खराब कामहरू गर्न सक्छ? तिनीहरूले खराब कामहरू एकदमै धेरै गरेका छन्—परमेश्वरको आलोचना गर्ने, उहाँलाई दोष लगाउने, उहाँको निन्दा गर्ने—तिनीहरूले गर्न नसक्ने खराब कुरा नै छैन। प्रभु येशूलाई लगेर क्रूसमा टाँग्नेहरू विश्वासी नै थिए भनेर नबिर्स। तिनीहरूलाई नै यसो गर्ने अवसर मिल्यो। अविश्वासीहरूलाई ती कुराबारे कुनै चासो थिएन। प्रभु येशूलाई लगेर क्रूसमा टाँगेर मार्न सरकारसँग मिलेमतो गर्ने यिनै विश्वासीहरू थिए। यसबाहेक, प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधको निम्ति नियमअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई दोष दिइयो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका आचरणलाई परमेश्वरले परिभाषित गरेको विषयमा कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानिसका धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम फैलाउनका लागि त्यति ठूलो मूल्य चुकाए भने, तर तिनीहरूलाई अन्त्यमा सैतानले मारिदियो। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूको स्थितिमा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, “यी मानिसहरूले परमेश्‍वरको सुसमाचार फैलाउने आफ्नो कर्तव्य गरे, र तिनीहरूलाई असल मानिसहरू मानिनुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?” वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको नतिजा एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको साधन चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृष्टि गरिएका प्राणीहरूका निम्ति परिभाषित गर्नुभएको अन्तिम नतिजा त्यो थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन सही रूपमा तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कामहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कामहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले संसारलाई घोषणा गर्न, प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गर्नुभएको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रतिको परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति—जीवन—अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ। आजकल मानिसहरूको मनमा डर र चिन्ता छ, तर ती भावनाहरूको प्रयोजन के नै हुन्छ र? यदि परमेश्‍वर तैँले यस्तो गर् भन्‍ने चाहनुहुन्‍न भने, यसबारे चिन्ता गरेर के फाइदा? यदि परमेश्‍वर तैँले यो गर् भन्‍ने चाहनुहुन्छ भने, यो जिम्मेवारी तैँले पन्छाउन मिल्दैन न त इन्कार नै गर्न मिल्छ। तैँले सक्रिय भई सहकार्य गर्नुपर्छ र चिन्ता नलिई यसलाई स्विकार्नुपर्छ। व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्‍वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्‍वरबाट आए, र परमेश्‍वरकहाँ नै फर्कन्छन्—सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो। व्यक्तिले सुसमाचार सुनाउँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा बुझ्नुपर्ने अन्तिम सत्य यही हो—देहधारी परमेश्‍वरले आफ्नो काम गरिरहनुभएको र मानवजातिलाई मुक्ति दिइरहनुभएको सम्बन्धमा सुसमाचार सुनाउन र गवाही दिन व्यक्तिले आफ्नो जीवनको मोल चुकाउनुपर्छ। यदि तँमा यो आकाङ्क्षा छ, यदि तँ यसरी गवाही दिन सक्छस् भने, त्यो एकदमै राम्रो हो। यदि तँमा अझै यस्तो आकाङ्क्षा छैन भने पनि तैँले कम्तीमा आफूसामु भएको जिम्मेवारी र कर्तव्य उचित रूपले पूरा गर्नुपर्छ अनि बाँकी कुरा परमेश्‍वरको जिम्‍मामा छोड्नुपर्छ। त्यसपछि सायद महिना र वर्षहरू बित्दै जाँदा, र तेरो अनुभव र उमेर बढ्दै जाँदा अनि सत्यताबारे तेरो बुझाइ गहिरिँदै जाँदा, तँलाई जीवनको अन्तिम क्षणसम्मै परमेश्‍वरको सुसमाचार कार्यमा आफ्नो जीवन अर्पित गर्नु नै जिम्मेवारी र कर्तव्य रहेछ भन्‍ने महसुस हुनेछ।

अहिले यी विषयहरूबारे कुरा गर्न सुरु गर्ने उचित समय हो किनकि राज्यको सुसमाचार प्रचार सुरु भइसकेको छ। पहिले, व्यवस्थाको युग र अनुग्रहको युगमा, केही प्राचीन अगमवक्ता र सन्तहरूले सुसमाचार प्रचारमा आफ्नो जीवन दिए, त्यसैले आखिरी दिनहरूमा जन्मेकाहरूले पनि यो उद्देश्यका लागि आफ्नो जीवन दिन सक्छन्। यो कुनै नयाँ वा अचानक हुने कुरा होइन, झन् यो अत्यधिक माग हुनु त परको कुरा हो। यो त सृष्टि गरिएका प्राणीहरूले निभाउनुपर्ने र पूरा गर्नुपर्ने कर्तव्य हो। यो सत्यता हो; यो सर्वोच्च सत्यता हो। यदि तँ परमेश्वरका निम्ति के गर्न चाहन्छस्, कसरी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस्, र परमेश्वरका निम्ति कति समर्पण गर्न चाहन्छस् भन्नेबारे नारा मात्र लगाउँछस् भने, त्यो बेकार हो। जब तँलाई वास्तविकता आइपर्छ, जब तँलाई जीवन बलिदान दिन भनिन्छ, तब के तँ अन्तिम क्षणमा आएर गुनासो गर्नेछस्, के तँ इच्छुक हुनेछस्, के तँ साँचो रूपमा समर्पित हुनेछस्? यो तेरो कदको परीक्षण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र सङ्कष्टमा पर्नेछ। यो सङ्कष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। सङ्कष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइविहीन हुन्छन् तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्‍न सक्‍ने भए तापनि, अन्तिम सङ्कष्टबाट उम्‍कन कोही पनि सक्‍दैन र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो सङ्कष्ट अति बृहत् शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? विजयको काम पूरा भएपछि मानिसलाई मुक्ति दिने कार्य हासिल हुँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वरविहीन हुने ती देखावटी मानिसहरूलाई हटाइएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन् तर जब परमेश्‍वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, सङ्कष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न। तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन् र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन् र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। सङ्कष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमध्ये, अर्थात् तिमीहरूमध्ये कोचाहिँ मानवजातिमाझ रहेको मानव होइनौ र? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब मानवजातिले कसरी प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ; तिमीहरूले निश्‍चय नै यो संसारमा सदासर्वदा रहने आशा अझै पालेका छैनौ र? म अहिले मेरा मानिसहरूमाझ यत्रतत्र हिँडडुल गरिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य छन् मप्रति समर्पित हुनेहरू, तिनीहरू अवश्य नै मेरो राज्यमा रहनेछन्। धन्य छन् मलाई चिन्‍नेहरू, तिनीहरूले अवश्य नै मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। धन्य छन् मलाई पछ्याउनेहरू, तिनीहरू निश्‍चय नै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू अवश्य नै मेरो अधीनमा आउनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरा लागि समर्पित गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरा वचनहरूमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नलाई धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९

सम्बन्धित अनुभवात्मक गवाहीहरू

एन्जेलको कथा

मेरो परिवारको दमन: अनुभवबाट सिकेको कुरा

सुसमाचार सुनाउने कठिन मार्ग

सम्बन्धित भजनहरू

तिमीहरू परमेश्‍वरको उत्तराधिकार पाउनेहरू हौ

विजेताहरूको गीत

तिम्रो कष्ट जति ठूलो भए पनि परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर

जीवन गवाही

अघिल्लो: १९. विवाहलाई कसरी लिने

अर्को: २१. शैतानको प्रलोभनलाई कसरी जित्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्