१९. विवाहलाई कसरी लिने

बाइबलका वचनहरू

“अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु।” (उत्पत्ति २:१८)

“अनि यहोवा परमेश्वरले आदममाथि गहिरो निन्द्रा पारिदिनुभयो, र उनी झपक्क भए: अनि उहाँले उनको एउटा करङ लिनुभयो, त्यस ठाउँमा मासुले बन्द गर्नुभयो; अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो। अनि आदमले भने, यो त मेरै हड्डीहरूको हड्डी र मासुको मासु हो: तिनलाई स्‍त्री भनिनेछ किनभने तिनलाई पुरुषबाट लिइएको थियो। त्यसकारण, पुरुष आफ्ना बुबा र आमालाई छोडिजानेछ, र आफ्नी श्रीमतीसँग जोडिनेछ: अनि उनीहरू एउटै देह बन्नेछन्” (उत्पत्ति २:२२-२३)

“उहाँले उक्त स्त्रीलाई भन्नुभयो, म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ। अनि उहाँले आदमलाई भन्नुभयो, तैँले तेरी श्रीमतीको कुरा सुनेको छस्, र मैले तँलाई यसबाट नखानू भनेर आज्ञा दिएको रुखबाट खाएको छस् त्यसकारण: तेरो खातिर भूमि श्रापित भएको छ; तैँले दु:खमा जीवनभर यसबाट खानेछस्; यसले तँलाई काँडा र घोच्‍ने फूल पनि दिनेछ; अनि तैँले बारीको झारपात खानेछस्; तँ भूमिमा नफर्कुञ्जेलसम्म, तैँले पसिना काढेर गुजारा गर्नेछस्; किनभने तँ यसबाटै निकालिएको थिइस्: तँ धूलो होस् र तँ धूलोमै फर्कनेछस्” (उत्पत्ति ३:१७-१९)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

यसको उत्पत्ति र स्रोत परमेश्वरको सृष्टिमा छ। परमेश्वरले पहिलो मानव सृष्टि गर्नुभयो, जसलाई सहयोग र साथ दिन, ऊसँग बस्न जोडीको आवश्यकता पर्‍यो, त्यसैले परमेश्वरले उसका लागि जोडी सृष्टि गर्नुभयो, अनि त्यसपछि मानव विवाह अस्तित्वमा आयो। कुरा त्यति हो। यो त्यति सरल छ। तँमा विवाहबारे हुनुपर्ने आधारभूत बुझाइ यही नै हो। विवाह परमेश्वरबाट आउँछ; उहाँले यसलाई बन्दोबस्त र निर्धारण गर्नुहुन्छ। तैँले कम्तीमा पनि यो नकारात्मक कुरा होइन, बरु यो त सकारात्मक कुरा हो भनेर भन्न सक्छस्। विवाह उचित कुरा हो, मानव जीवनक्रमको अनि मानव अस्तित्वको प्रक्रियाभित्रको एक उचित खण्ड हो भनेर पनि सटीक रूपमा भन्न सकिन्छ। यो दुष्ट कुरा होइन, न त मानवजातिलाई भ्रष्ट बनाउने औजार वा साधन नै हो; यो उचित र सकारात्मक कुरा हो, किनकि यो परमेश्वरद्वारा रचना र निर्धारण गरिएको हो, अनि अवश्य नै यसको बन्दोबस्त उहाँले गर्नुभएको हो। मानव विवाहको उत्त्पत्ति परमेश्वरको सृष्टिमा भएको हो, अनि यो उहाँले व्यक्तिगत रूपमा बन्दोबस्त र निर्धारण गरेको कुरा हो, त्यसैले त्यसलाई यो कोणबाट हेर्दा, विवाहबारे राख्नुपर्ने एकमात्र दृष्टिकोण के हो भने, यो परमेश्वरबाट आउँछ, यो उचित र सकारात्मक कुरा हो, यो नकारात्मक, दुष्ट, स्वार्थी वा खराब कुरा होइन। यो मानिसबाट आउँदैन, न त शैतानबाट नै आउँछ, झन् प्रकृतिभित्र स्वभाविक रूपमा विकास हुनु त परको कुरा हो; बरु परमेश्वरले आफ्नै हातले यसको सृष्टि, बन्दोबस्त र निर्धारण गर्नुभयो। यो बिलकुलै निश्चित कुरा हो। विवाहको सबैभन्दा मौलिक, सटीक परिभाषा र अवधारणा यही नै हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (९)

विवाहको साँचो अर्थ मानवजातिको वृद्धि मात्र होइन, तर अझ महत्त्वपूर्ण, परमेश्वरले हरेक पुरुष र महिलाका निम्ति जोडी बन्दोबस्त गर्नका लागि हो, जसले तिनीहरूलाई जीवनको हर घडी साथ दिनेछ, चाहे गाह्रो र कष्टकर हुँदा होस्, वा चाहे सहज, आनन्ददायी र सुखमय हुँदा होस्—ती सब घडीमा तिनीहरूसँग मनको कुरा पोख्न, हृदय र मन एक भई रहन, अनि आफ्नो दु:ख, पीडा, खुसी र हर्ष साट्न कोही हुन्छ। परमेश्वरले मानिसहरूका लागि विवाहको बन्दोबस्त गर्नुपछाडिको अर्थ यही नै हो, अनि यो हरेक व्यक्तिको व्यक्तिपरक आवश्यकता हो। परमेश्वरले मानवजातिको सृष्टि गर्नुहुँदा तिनीहरू एक्लो भएको चाहनुभएको थिएन, त्यसैले उहाँले तिनीहरूका लागि विवाहको बन्दोबस्त गर्नुभयो। विवाहमा पुरुष र महिलाले फरक-फरक भूमिका उठाउँछन्, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले एकअर्कालाई साथ र सहयोग दिनु, हरेक दिन राम्रोसँग बिताउनु, जीवनको बाटोमा राम्ररी हिँड्नु हो। एकातिर, तिनीहरू एकअर्कालाई साथ दिन सक्छन्, अनि अर्कोतिर, एकअर्कालाई सहयोग गर्न सक्छन्—विवाहको अर्थ र यसको अस्तित्वको आवश्यकता यही नै हो। अवश्य नै, मानिसहरूमा विवाहप्रति हुनुपर्ने बुझाइ र मनोवृत्ति पनि यही हो, अनि यो नै तिनीहरूले विवाहप्रति पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (९)

विवाह व्यक्तिको जीवनको एउटा मुख्य घटना हो; व्यक्तिले विभिन्‍न प्रकारका जिम्‍मेवारीहरू लिन सुरु गर्ने, अनि विभिन्‍न प्रकारका मिसनहरू क्रमिक रूपमा पूरा गर्दै जाने समय यही नै हो। मानिसहरूले आफैले अनुभव गर्नुभन्दा पहिले विवाहको बारेमा अनेक किसिमका भ्रम बोकेका हुन्छन्, अनि यी भ्रमहरू निकै सुन्दर हुन्छन्। स्‍त्रीहरूले तिनीहरूको हुनेवाला श्रीमान निकै आकर्षक राजकुमार हुनेछ भन्‍ने कल्‍पना गर्छन्, अनि पुरुषहरूले हिउँजस्तै गोरी केटीलाई बिहे गर्नेछु भनेर कल्‍पना गरेका हुन्छन्। यी कल्‍पनाहरूले के देखाउँछ भने विवाहको लागि हरेक व्यक्तिसँग निश्‍चित आवश्यकताहरू, तिनीहरूका आफ्‍नै माग र मापदण्डहरू हुन्छन्। यो दुष्ट युगमा मानिसहरूलाई अटुट रूपमा विवाह सम्‍बन्धी विकृत सन्देश दिइन्छ, जसले थप मागहरू पैदा गर्छ र मानिसहरूलाई अनेक किसिमका बोझ अनि अनौठा मनोवृत्तिहरू प्रदान गर्छ, तैपनि व्यक्तिले यसलाई जसरी बुझे पनि, यसप्रति व्यक्तिको मनोवृत्ति जस्तो भए पनि, विवाह व्यक्तिगत छनौटको विषय होइन भन्‍ने कुरा विवाहको अनुभव गरिसकेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ।

व्यक्तिले आफ्‍नो जीवनमा धेरै मानिसहरूलाई भेट्टाउँछ, तर विवाहमा उसको जीवनसाथी को बन्‍नेछ भन्‍ने कसैलाई पनि थाहा हुँदैन। विवाहको विषयमा हरेकसँग तिनीहरूका आ-आफ्‍नै विचार र व्यक्तिगत अवधारणाहरू हुनेभए पनि, साँचो रूपमा अन्त्यमा तिनीहरूको जीवनसाथी को बन्‍नेछ भन्‍ने बारेमा कसैले पनि पूर्वानुमान गर्न सक्दैन, र व्यक्तिका आफ्‍नै विचारहरूको त्यति अर्थ हुँदैन। तैँले मन पराउने कुनै व्यक्तिलाई भेटिसकेपछि, तैँले त्यस व्यक्तिलाई पाउने प्रयास गर्न सक्छस्; तर उक्त व्यक्ति तँप्रति इच्‍छुक हुन्छ कि हुँदैन, तेरो जीवनसाथी बन्‍न सक्छ कि सक्दैन भन्‍ने कुरा तैँले निर्णय गर्ने कुरा होइन। तैँले माया गरेको मान्छे नै तेरो जीवनसाथी बन्‍नेछ भन्‍ने अनिवार्य छैन; अनि यसबीच, तैँले कहिल्यै अपेक्षा नगरेको व्यक्ति तेरो जीवनमा चुपचाप प्रवेश गर्न सक्छ अनि तेरो जीवनसाथी, तेरो नियतिको सबैभन्दा महत्त्वपूर्ण तत्व, तेरो अर्धाङ्ग बन्‍न सक्छ, जोसँग तेरो भाग्य अपरिहार्य रूपमा बाँधिन्छ। त्यसैले, संसारमा करोडौँ विवाहहरू हुनेभए पनि, हरेक विवाह फरक छ: कति विवाहहरूमा असन्तुष्टि छ, कतिमा भने खुशी छ; कति पूर्व र पश्चिम लाग्छन्, कति उत्तर र दक्षिण लाग्छन्; कति उत्तम जोडी बन्छन्, कति उस्तै सामाजिक स्तरका हुन्छन्; कति खुशी र सद्भावपूर्ण हुन्छन्, कति पीडा र शोकमा हुन्छन्; कतिले अरूप्रति डाहा पैदा गर्छन्, कतिलाई गलत रूपमा बुझिन्छ र आँखा तरिन्छ; कति आनन्दित हुन्छन्, कति आँसुमा डुब्छन् र हैरान हुन्छन्…। यी विभिन्‍न प्रकारका विवाहमा, मानिसले विवाहप्रति वफादारीता र जीवनपर्यन्त प्रतिबद्धता गर्छन्; तिनीहरूले प्रेम, घनिष्ठता, र नछुट्ने नाता, वा परित्याग र असमझदारी प्रकट गर्छन्। कतिले आफ्‍नो विवाह-सम्‍बन्धलाई धोका दिन्छन्, वा यसलाई घृणा समेत गर्छन्। विवाहले खुशी ल्याए पनि वा पीडा दिए पनि, विवाह सम्‍बन्धी हरेकको मिसन सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ र यो परिवर्तन हुनेछैन; यो मिसन हरेकले पूरा गर्नैपर्ने कुरा हो। हरेक विवाहको पछाडि रहने हरेक व्यक्तिको नियति अपरिवर्तनीय छ, जसलाई सृष्टिकर्ताले धेरै पहिले नै अग्रिम रूपमा पूर्वनिर्धारित गर्नुभएको हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

विवाह व्यक्तिको जीवनको एउटा महत्त्वपूर्ण मोड हो। यो व्यक्तिको नियतिको उपज हो र यो उसको नियतिको एउटा महत्त्वपूर्ण कडी हो; यो कुनै पनि व्यक्तिको व्यक्तिगत इच्‍छा वा रुचिमा स्थापित हुँदैन, र कुनै पनि बाहिरी तत्वहरूद्वारा यो प्रभावित हुँदैन, तर यो पूर्णतया दुवै पक्षहरूको नियतिद्वारा निर्धारित हुन्छ, दम्पतीका दुवै सदस्यहरूका नियति सम्‍बन्धी सृष्टिकर्ताको बन्दोबस्त र पूर्वनिर्धारणद्वारा निर्धारित हुन्छ। झट्ट हेर्दा, मानवजातिको निरन्तरता नै विवाहको उद्देश्य हो भन्‍नेजस्तो देखिन्छ, तर खासमा, विवाह भनेको आफ्‍नो मिसन पूरा गर्नको लागि व्यक्तिले पूरा गर्ने विधि बाहेक केही पनि होइन। विवाहमा, मानिसहरूले अर्को पुस्ता हुर्काउने भूमिका मात्रै निर्वाह गर्दैनन्; तिनीहरूले त विवाहलाई कायम राख्‍नको लागि निर्वाह गर्नुपर्ने विभिन्‍न भूमिकाहरू र ती भूमिकाहरूका लागि आवश्यक मिसनहरू सबैलाई अपनाउँछन्। व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिसहरू, घटना, र अन्य कुराहरूलाई प्रभाव पार्ने हुँदा, उसको विवाहले पनि यी मानिसहरू, घटना, र अन्य कुराहरूलाई अपरिहार्य रूपमै प्रभाव पार्नुका साथसाथै तिनीहरू सबैलाई विभिन्‍न तरिकाले रूपान्तरण गर्नेछ।

जब कुनै व्यक्ति स्वतन्त्र बन्छ, उसले आफ्‍नै जीवन यात्रा सुरु गर्छ, जसले उसलाई उसको विवाहसँग सम्‍बन्ध राख्‍ने मानिसहरू, घटना, र अन्य कुराहरूतर्फ चरणबद्ध रूपमा डोर्‍याउँछ। त्यही समयमा, त्यस विवाहमा संलग्‍न हुने अर्को व्यक्ति तिनै मानिसहरू, घटनाहरू, र अन्य कुराहरूतर्फ चरणबद्ध रूपमा अघि बढिरहेको हुन्छ। सृष्टिकर्ताको सार्वभौमिकतामा, नियति जोडिएका दुई असम्बन्धित मानिसहरू क्रमिक रूपमा एउटै विवाहमा प्रवेश गर्छन् र आश्‍चर्यजनक रूपमा एउटै परिवारमा प्रवेश गर्छन् अर्थात् “एउटै डोरीमा झुण्डिरहेका दुई फट्याङ्ग्रा” जस्ता बन्छन्। त्यसैले, जब व्यक्ति विवाहमा प्रवेश गर्छ, उसको जीवन यात्राले उसको अर्धाङ्गलाई प्रभावित गर्छ र छुन्छ, अनि त्यसरी नै एउटा जीवनसाथीको जीवन यात्राले उसको आफ्‍नै जीवन नियतिलाई प्रभाव पार्नेछ र छुनेछ। अर्को शब्‍दमा भन्दा, मानिसहरूको नियति परस्पर रूपमा सम्‍बन्धित हुन्छन्, र कसैले पनि अरूबाट पूर्ण रूपमा स्वतन्त्र रहेर जीवनमा आफ्‍नो मिसनलाई पूरा गर्न वा आफ्‍नो भूमिका निर्वाह गर्न सक्दैन। व्यक्तिको जन्‍मले सम्‍बन्धहरूको ठूलो साङ्‍लालाई प्रभाव पार्छ; हुर्कने-बढ्ने क्रममा पनि सम्‍बन्धहरूको जटिल साङ्‍ला संलग्‍न हुन्छ; त्यसरी नै, विवाह पनि मानव सम्‍बन्धहरूको विशाल र जटिल जालोभित्र अस्तित्वमा रहन्छ र त्यसैमा यसलाई कायम राखिन्छ, जसमा त्यो जालोको हरेक सदस्य संलग्‍न हुन्छन् र त्यसले यसमा संलग्‍न हरेक व्यक्तिको नियतिलाई प्रभाव पार्छ। विवाह परिवारका दुवै सदस्यहरू, तिनीहरू हुर्केका परिस्‍थितिहरू, तिनीहरूको रूप, उमेर, क्षमता, प्रतिभा, वा अन्य कुनै पनि तत्वहरूको उपज होइन; बरु, यो त साझा मिसन र सम्‍बन्धित नियतिबाट पैदा हुन्छ। सृष्टिकर्ताले योजनाबद्ध गर्नुभएको र बन्दोबस्त गर्नुभएको मानव नियतिको उपज अर्थात विवाहको उत्पत्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

तँमा विवाहबारे, र तेरो जोडी को हो वा तेरो जोडी कस्तो खालको व्यक्ति हो भन्नेबारे कुनै व्यक्तिपरक वा अवास्तविक मनोकल्पनाहरू हुनु हुँदैन; तँमा परमेश्‍वरप्रति आज्ञापालनको मनोवृत्ति हुनुपर्छ, तँ परमेश्‍वरका बन्दोबस्त र पूर्वनिर्धारणप्रति समर्पित हुनुपर्छ, र तैँले तेरो लागि परमेश्‍वरले सबैभन्दा सुहाउँदो व्यक्ति तयार गर्नुहुनेछ भनेर भरोसा राख्नुपर्छ। के आज्ञाकारी मनोवृत्ति राख्नु जरुरी छैन र? (छ।) दोस्रोमा, तैँले समाजका दुष्ट प्रवृत्तिहरूले तँभित्र हालिदिएका जोडी छनोट गर्ने ती मापदण्डहरू त्याग्‍नुपर्छ र त्यसपछि जोडी छनोट गर्ने सही मापदण्ड स्थापित गर्नुपर्छ, अर्थात्, कम्तीमा पनि तेरो जोडी तैँले जस्तै परमेश्‍वरमा विश्‍वास गर्ने र तेरो जस्तै मार्ग हिँड्ने व्यक्ति हुनुपर्छ—यो आम दृष्टिकोणको कुरा हो। यसको साथै, तेरो जोडी वैवाहिक सम्बन्धमा पुरुष वा महिलाका जिम्मेवारीहरू पूरा गर्न सक्ने हुनुपर्छ; ऊ एउटा जोडीका जिम्मेवारीहरू पूरा गर्न सक्ने हुनुपर्छ। तैँले यो पक्षबारे कसरी मूल्याङ्कन गर्न सक्छस्? तैँले उसको मानवताको गुण कस्तो छ, उसमा जिम्मेवारीको भावना छ छैन, र उसको विवेक छ छैन भनेर हेर्नुपर्छ। अनि कुनै व्यक्तिमा विवेक र मानवता छ छैन भनेर तैँले कसरी मूल्याङ्कन गर्छस्? यदि तैँले उसको सङ्गत गरिनस् भने, तँसँग उसको मानवता कस्तो छ भनेर जान्‍ने कुनै उपाय हुनेछैन, र तैँले उसको सङ्गत गरिस् नै भने पनि, यदि त्यो छोटो समयको लागि मात्र थियो भने, तैँले अझै पनि ऊ कस्तो व्यक्ति हो भनेर थाहा नपाउन सक्छस्। त्यसैले, कुनै व्यक्तिमा मानवता भएको वा नभएको कुरा तँ कसरी मूल्याङ्कन गर्छस्? उसले आफ्नो कर्तव्य, परमेश्‍वरको आज्ञा, र परमेश्‍वरको घरको कामको जिम्मेवारी लिन्छ लिदैन भनेर हेर्, अनि उसले परमेश्‍वरको घरका हितहरू रक्षा गर्न सक्छ सक्दैन र ऊ आफ्नो कर्तव्यप्रति इमानदार छ छैन भनेर हेर्—यो नै कसैको मानवताको गुण मूल्याङ्कन गर्ने उत्तम उपाय हो। मानौँ, यो व्यक्तिको चरित्र निकै इमानदार छ र, परमेश्‍वरको घरले उसलाई जिम्मा लगाउने काममा, ऊ अत्यन्तै समर्पित, जिम्मेवार, गम्भीर र सच्चा, र अत्यन्तै सावधान छ, बिलकुलै लापरवाह छैन, र कहिल्यै हेलचेक्र्याइँ गर्दैन, र उसले सत्यता पछ्याउँछ र परमेश्‍वरको सबै कुरा ध्यानपूर्वक र सचेत भएर सुन्छ। जब त्यो कुरामा ऊ प्रस्ट हुन्छ र उसले त्यो बुझ्छ, उसले त्यसलाई तुरुन्तै अभ्यास गर्छ; यस्तो व्यक्तिमा उच्च क्षमता नहुन सक्ने भए पनि, ऊ कम्तीमा पनि आफ्नो कर्तव्य र मण्डलीको कामप्रति लापर्बाही नगर्ने, बरु सच्चा रूपले आफ्नो जिम्मेवारी लिन सक्ने व्यक्ति हो। यदि ऊ आफ्नो कर्तव्यप्रति इमानदार र जिम्मेवार छ भने, ऊ निश्‍चय नै आफ्नो जीवन सम्पूर्ण हृदयले तँसित जिउनेछ र अन्त्यसम्मै तेरो जिम्मेवारी लिनेछ—यस्तो व्यक्तिको चरित्रले परीक्षाहरू सहन सक्छ। यदि तँ बिरामी परिस्, वृद्ध भइस्, कुरूप भइस् भने पनि, वा तँमा गल्ती र कमजोरीहरू भए पनि, यो व्यक्तिले तँलाई सधैँ सही व्यवहार गर्नेछ र तँलाई सहनेछ, र उसले सधैँ तेरो र तेरो परिवारको रक्षा गर्न, तँलाई सुरक्षा दिन, र तँलाई स्थिर जीवन दिलाउन सक्दो प्रयास गर्नेछ, ताकि तैँले मनमा शान्ति बोकेर जिउन सक्। विवाहित जीवनमा कुनै पुरुष वा महिलाको लागि यो नै सबैभन्दा खुसीको कुरा हो। उसले तँलाई सम्पन्न, विलासी, वा रोमान्टिक जीवन दिनेछ नै त भन्न सकिन्न, र उसले तँलाई स्नेह वा अरू कुनै पनि पक्षमा कुनै फरक कुरा दिन सक्नेछ नै पनि भन्न सकिन्न, तर कम्तीमा पनि, उसले तँलाई सहज महसुस गराउनेछ र ऊसित तेरो जीवन व्यवस्थित हुने, कुनै खतरा वा असहजता नहुने महसुस गराउनेछ। जब तँ त्यो व्यक्तिलाई हेर्छस्, तैँले उसको जीवन अबको २०-३० वर्षमा र वृद्धावस्थामा समेत कस्तो हुनेछ भनेर बुझ्न सक्नेछस्। यस्तो व्यक्ति नै जोडी छनोट गर्ने तेरो मापदण्ड हुनुपर्छ। अवश्य नै, जोडी छनोट गर्ने यो मापदण्ड अलि उच्चस्तरको छ र आधुनिक मानिसहरूमाझ यस्तो व्यक्ति भेट्टाउनु सजिलो छैन, हैन र? कसैको चरित्र कस्तो छ र उसले वैवाहिक जीवनमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छ सक्दैन भनी मूल्याङ्कन गर्नको लागि तैँले कर्तव्यप्रतिको उसको मनोवृत्ति हेर्नुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष भनेको तैँले उसमा परमेश्‍वरको डर मान्ने हृदय छ छैन भनेर हेर्नुपर्छ। यदि छ भने, उसले कम्तीमा पनि कुनै अमानवीय वा अनैतिक वा बेइमान काम गर्नेछैन, र उसले निश्‍चित रूपमा तँलाई राम्रो व्यवहार नै गर्नेछ। यदि उसमा परमेश्‍वरको डर मान्ने हृदय छैन, र ऊ निर्लज्ज र मनमौजी छ, वा उसमा क्रूर, छली, र अहङ्कारी मानवता छ भने; यदि उसको हृदयमा परमेश्‍वर नै हुनुहुन्‍न र उसले आफूलाई अरूभन्दा उच्च ठान्छ भने; यदि उसले काम, कर्तव्य, र परमेश्‍वरको आज्ञासमेत र परमेश्‍वरको घरको कुनै पनि ठूलो मामलालाई लापर्बाहीपूर्वक उसको आफ्नै इच्छाअनुसार सम्हाल्छ, बेकाबु व्यवहार गर्छ, कहिल्यै सचेत हुँदैन, सिद्धान्तहरू खोज्दैन, र विशेषगरी भेटीको सम्बन्धमा उसले त्यो लापर्बाहीपूर्वक लिन्छ र हिनामिना गर्छ, र केही कुराको डर मान्दैन भने, तँ त्यस्तो व्यक्तिको खोजीमा कदापि लाग्नु हुँदैन। परमेश्‍वरको डर मान्ने हृदय छैन भने, उसले जे पनि गर्न सक्छ। यतिखेर, त्यस्तो मानिसले तँसँग मिठामिठा कुरा गरिरहेको र अमर प्रेमको वाचा गरिरहेको हुन सक्छ, तर जब कुनै दिन ऊ खुसी हुँदैन, जब तैँले उसका आवश्यकताहरू पूरा गर्न सक्दैनस् र तँ उसको प्रिय व्यक्ति हुँदैनस्, तब उसले तँलाई म तिमीलाई प्रेम गर्दिनँ र ममा तँप्रति कुनै भावना बाँकी छैन भन्नेछ, अनि उसले जतिखेर मन लाग्यो त्यतिखेरै तँलाई अचानक छोड्नेछ। तिमीहरूको सम्बन्धविच्छेद भइसकेको नभए पनि, ऊ अरू कसैको खोजीमा लाग्नेछ—र यो सबै सम्भव छ। उसले तँलाई जुनसुकै बेला र जुनसुकै स्थानमा त्याग्न सक्छ, र उसले जे पनि गर्न सक्छ। यस्ता मानिसहरू निकै खतरनाक हुन्छन् र तैँले आफ्नो सम्पूर्ण जीवन सुम्पन लायकका हुँदैनन्। यदि तैँले तेरो प्रेमी, तेरो प्रियतम, वा तेरो चुनिएको जोडीको रूपमा यस्तो मान्छे भेटिस् भने, तँ समस्यामा पर्नेछेस्। ऊ अग्लो, धनी, आकर्षक र अत्यन्तै प्रतिभावान् छ र उसले तेरो राम्रो ख्याल राख्छ र ऊ तँप्रति विचारशील छ भने पनि, र सतही रूपमा भन्नुपर्दा, ऊ तेरो ब्वाइफ्रेण्ड वा श्रीमान्‌ जे भए पनि उसले त्यो मापदण्ड पूरा गर्छ, तर उसमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, त्यो व्यक्ति तेरो चुनिएको जोडी हुन सक्दैन। यदि तैँले ऊप्रति आकर्षित भएर ऊसँग डेट गर्न थालिस र त्यसपछि विवाह गरिस् भने, ऊ तेरो लागि जीवनभर अभिशाप र विनाश बन्नेछ। तँ “मलाई डर छैन, म सत्यता पछ्याउँछु” भनेर भन्छेस्। तर तँ दियाबलसको हातमा परेकी छेस् र उसले परमेश्‍वरलाई घृणा गर्छ, परमेश्‍वरको अवज्ञा गर्छ, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा पुर्‍याउन हरतरिका लगाउँछ—के तँ यसबाट पार पाउन सक्छेस् त? तेरो सानो कद र आस्थाले उसको सतावट सहन सक्दैन, र केही दिनभित्र नै तँ यति सताइएकी हुन्छेस् कि तैँले कृपा माग्छेस् र परमेश्‍वरमा विश्‍वास गरिरहन सक्दिनस्। तैँले तेरो आस्था गुमाउँछेस् र तेरो मनमा यो द्वन्द्व चलिरहन्छ। यो त मिलको जाँतोमा पिसिएर धूलो हनुजस्तै हो, जहाँ कुनै मानव झल्कोसमेत हुँदैन, तँ त्यसमै पूरै डुबेकी हुन्छेस्, र अन्तत: तैँले पनि आफूले विवाह गरेको त्यो दियाबलसको जस्तै नियति भोग्छेस्, र त्यसरी नै तेरो जीवन सकिनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१०)

के वैवाहिक सुख पछ्याउनु मानिसले विवाह गरेपछि जीवनमा पछ्याउनुपर्ने लक्ष्य होइन र? के यसको परमेश्वरले तोकेको विवाहसँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्वरले मानिसलाई विवाह दिनुभएको छ, र उहाँले तँलाई तैँले विवाहको संरचनाभित्र पुरुष वा स्त्रीका जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्ने परिवेश दिनुभएको छ। परमेश्वरले तँलाई विवाह दिनुभएको छ, यसको मतलब उहाँले तँलाई जोडी दिनुभएको छ। यो जोडीले तँलाई यो जीवनको अन्त्यसम्म साथ दिनेछ र तँलाई जीवनको हरेक चरणमा साथ दिनेछ। मैले “साथ दिनेछ” भन्नुको अर्थ के हो? मेरो भन्नुको मतलब के हो भने तेरो जोडीले तँलाई मद्दत र हेरचाह गर्नेछ, तेरो जीवनमा आइपर्ने सबै कुरा बाँड्नेछ। अर्थात्, तँलाई जति नै कुरा आइपरे पनि, अबउप्रान्त तैँले ती एक्लै सामना गर्नेछैनस्, बरु तिमीहरू दुवैले सँगै ती सामना गर्नेछौ। यसरी जिउँदा जीवन अलि सहज र अझ ढुक्कको हुन्छ, किनकि दुवैले आफूले गर्नुपर्ने काम गर्छन्, दुवैले आफ्ना सीप र क्षमता प्रयोग गर्छन्, र आफ्नो जीवन सुरुवात गर्छन्। यो त्यति सरल छ। तर, परमेश्वरले यसो भन्दै मानिसबाट कहिल्यै कुनै माग गर्नुभएन, “मैले तँलाई विवाह दिएको छु। अहिले तँ विवाहित होस्, त्यसैले तैँले आफ्नो जोडीलाई अन्त्यसम्म पूर्ण रूपले प्रेम गर्नैपर्छ र असाध्यै प्रशंसा गरिरहनैपर्छ—यो तेरो मिसन हो।” परमेश्वरले तँलाई विवाह दिनुभएको छ, तँलाई जोडी दिनुभएको छ, र जिउने फरक परिवेश दिनुभएको छ। जिउने यस्तो परिवेश र अवस्थामा, उहाँले तेरो जोडीलाई तँसित सबथोक सँगै बाँड्न र सामना गर्न लगाउनुहुन्छ, ताकि तँ अझ स्वतन्त्र र सहज रूपमा जिउन सकेस्, साथसाथै उहाँले तँलाई जीवनको फरक चरणलाई कदर गर्न दिनुहुन्छ। तर, परमेश्वरले तँलाई विवाह दिएर विश्वासघात गर्नुभएको छैन। मैले यसो भन्नुको मतलब के हो? मेरो मतलब के हो भने परमेश्वरले तेरो जीवन, तेरो भाग्य, तेरो मिसन, तैँले जीवनमा पछ्याउने मार्ग, तैँले जीवनमा रोज्ने दिशा, अनि तेरो आस्था फिर्ता लिनुभएको छैन अनि ती सब निर्धारण गर्न तेरो जोडीलाई दिनुभएको छैन। उहाँले महिलाको भाग्य, पछ्याइ, जीवनमार्ग, र जीवनबारे दृष्टिकोण उसको श्रीमानले निर्धारण गर्नैपर्छ वा पुरुषको भाग्य, पछ्याइ, जीवनबारे दृष्टिकोण र जीवन उसकी श्रीमतीले निर्धारण गर्नैपर्छ भनेर भन्नुभएको छैन। परमेश्वरले यस्ता कुराहरू कहिल्यै भन्नुभएको छैन र यस तरिकाले कामकुरा तोक्नुभएको छैन। हेर् त, के परमेश्वरले मानवजातिका लागि विवाह स्थापना गर्दा कुनै यस्तो कुरा भन्नुभयो? (भन्नुभएन।) परमेश्वरले वैवाहिक सुख पछ्याउनु भनेको स्त्री वा पुरुषको जीवनको मिसन हो, र तैँले आफ्नो जीवनको मिसन पूरा गर्न र आफूलाई सृष्टि गरिएको प्राणीको रूपमा सफलतापूर्वक व्यवहार गर्न तेरो वैवाहिक सुखलाई कायम राख्नैपर्छ भनेर कहिल्यै भन्नुभएको छैन—परमेश्वरले यस्तो कुनै कुरा भन्नुभएको छैन। न त परमेश्वरले यस्तो नै भन्नुभएको छ, “तैँले विवाहको संरचनाभित्र आफ्नो जीवनमार्ग रोज्नैपर्छ। तैँले मुक्ति प्राप्त गर्ने-नगर्ने कुरा तेरो विवाह र तेरो जोडीले निर्धारण गर्नेछ। जीवन र भाग्यबारे तेरो दृष्टिकोण तेरो जोडीले निर्धारण गर्नेछ।” के परमेश्वरले कहिल्यै यस्तो कुरा भन्नुभएको छ? (छैन।) परमेश्वरले तेरा लागि विवाह तोक्नुभएको छ र तँलाई जोडी दिनुभएको छ। तँ विवाहमा प्रवेश गर्छस् तर परमेश्वरसामुतेरो पहिचान र हैसियत परिवर्तन हुँदैन—तँ तँ नै रहन्छस्। यदि तँ स्त्री होस् भने परमेश्वरसामु रस्त्री नै हुन्छस्; यदि तँ पुरुष होस् भने परमेश्वरसामु पुरुष नै हुन्छस्। तर तिमीहरू दुवैको मिल्ने एउटा कुरा छ, त्यो हो, चाहे तँ पुरुष होस् वा स्त्री, सृष्टिकर्तासामु तिमीहरू सबै सृष्टि गरिएका प्राणी हौ। तिमीहरू विवाहको संरचनाभित्र एकअर्कालाई सहन्छौ र प्रेम गर्छौ, एकअर्कालाई सहयोग र साथ दिन्छौ, र यो तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु हो। तर परमेश्वरसामु, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र मिसनलाई तैँले जोडीप्रति पूरा गर्ने जिम्मेवारीले प्रतिस्थापित गर्न मिल्दैन। त्यसकारण, जब तैँले जोडीप्रति निभाउनुपर्ने जिम्मेवारी र सृष्टि गरिएको प्राणीले परमेश्वरसामु निभाउनुपर्ने कर्तव्य बाझिन्छ, तब तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु पर्छ, आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्ने होइन। तैँले रोज्नुपर्ने दिशा र लक्ष्य यही हो र, पक्कै पनि, तैँले पूरा गर्नुपर्ने मिसन पनि यही हो। यद्यपि, कतिपय मानिस गल्तीले वैवाहिक सुख पछ्याउनुलाई, वा आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्नु, उस चासो दिनु, हेरचाह गर्नु र प्रेम गर्नुलाई आफ्नो जीवनको मिसन बनाउँछन्, अनि आफ्नो जोडीलाई अति महत्त्व दिन्छन्, नियति ठान्छन्—यो गलत हो। तेरो नियति परमेश्वरको सार्वभौमिकतामा हुन्छ र त्यो तेरो जोडीको नियन्त्रणमा हुँदैन। विवाहले तेरो नियति परिवर्तन गर्न सक्दैन न त तेरो नियति परमेश्वरको नियन्त्रणमा हुन्छ भन्ने तथ्यलाई नै परिवर्तन गर्न सक्छ। तैँले जीवनबारे राख्नुपर्ने दृष्टिकोण र पछ्याउनु पर्ने मार्गको सम्बन्धमा भन्नुपर्दा, तैँले यी कुराहरू परमेश्वरका शिक्षण र मापदण्डका वचनहरूमा खोज्नुपर्छ। यी कुराहरू तेरो जोडीमा निर्भर हुँदैनन् र ती उसले निर्णय गर्ने कुरा होइनन्। उसले तँप्रति जिम्मेवारीहरू पूरा गर्नुबाहेक, तँमाथि नियन्त्रण जमाउनु हुँदैन, न त तैँले तेरो जीवनको दिशा परिवर्तन गरेको माग गर्नु हुन्छ, न त कुन मार्ग पछ्याउने भनी निर्णय गर्नु हुन्छ, न त जीवनबारे तेरो कस्तो दृष्टिकोण हुनुपर्छ भनी निर्णय नै गर्नु हुन्छ, झन् तँलाई मुक्ति पछ्याउनमा बाधा दिनु वा अवरोध पुऱ्याउनु त हुँदै हुँदैन। जहाँसम्म विवाहको कुरा छ, मानिसले केवल परमेश्वरबाट त्यो प्राप्त गर्न र विवाहबारे मानिसका लागि परमेश्वरले तोकेको परिभाषा पालना गर्न, साथै श्रीमान् र श्रीमती दुवैले एकअर्काप्रति जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। तिनीहरूले आफ्नो जोडीको नियति, अघिल्लो जीवन, वर्तमान जीवन, वा आउँदो जीवन निर्धारण गर्न सक्दैनन्, झन् अनन्तकालको त कुरै छाडौँ। तेरो गन्तव्य, तेरो नियति, र तैँले पछ्याउने मार्ग सृष्टिकर्ताले मात्र निर्धारण गर्न सक्नुहुन्छ। त्यसकारण, सृष्टि गरिएको प्राणी भएको नाताले, चाहे तेरो भूमिका श्रीमतीको होस् वा श्रीमानको, तैँले यो जीवनमा पछ्याउनुपर्ने खुसी तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाएर र सृष्टि गरिएको प्राणीको मिसन पूरा गरेर मिल्छ। यो विवाहबाट मिल्दैन, झन् तैँले विवाहको संरचनाभित्र श्रीमती वा श्रीमानका जिम्मेवारीहरू पूरा गरेर मिल्नु त परै जाओस्। अवश्य नै, तैँले पछ्याउ रोज्ने मार्ग र जीवनबारे अपनाउने दृष्टिकोण वैवाहिक सुखमा आधारित हुनु हुँदैन, झन् दम्पतीमध्ये कुनै एकले निर्धारण गर्न मिल्नु त परको कुरा हो—यो तैँले बुझ्नुपर्ने कुरा हो। त्यसैले, वैवाहिक जीवनमा प्रवेश गर्ने मानिसहरू जसले केवल वैवाहिक सुख पछ्याउँछन् र यो पछ्याइलाई आफ्नो मिसन ठान्छन्, तिनीहरूले यस्तो सोच र दृष्टिकोण, आफूले अभ्यास गर्ने तरिका अनि जीवनमा लिएको दिशा परिवर्तन गर्नुपर्छ। तँ परमेश्वरले तोकेअनुसार विवाहमा प्रवेश गरेर आफनो जोडीसँग जिइरहेको छस्, कुरा त्यति हो, र तिमीहरूले सँगै जिउँदा श्रीमान् वा श्रीमती जिम्मेवारीहरू पूरा गरे पुग्छ। तँ कस्तो मार्ग पछ्याउँछस् र जीवनबारे कस्तो दृष्टिकोण अपनाउँछस् भन्ने सन्दर्भमा भन्नुपर्दा, त्यसमा तेरो जोडीको दायित्व हुँदैन र ऊसँग यी कुराहरू निर्धारण गर्ने अधिकार हुँदैन। तेरो विवाह भइसकेको र तँसँग जोडी भए पनि, तेरो तथाकथित जोडीले परमेश्वरद्वारा तोकिएको जोडीको भूमिका मात्र निर्वाह गर्न सक्छ। उसले जोडीका जिम्मेवारीहरू मात्र पूरा गर्न सक्छ, र तैँले आफ्नो जोडीसँग असम्बन्धित अरू सबथोक रोज्न र निर्णय गर्न सक्छस्। अवश्य नै, झनै महत्त्वपूर्ण कुरा के हो भने तेरा रोजाइ र निर्णयहरू आफ्नै रुचि र बुझाइमा आधारित हुनु हुँदैन, बरु परमेश्वरको वचनमा आधारित हुनुपर्छ। के तैँले यस मामलाबारे सङ्गति बुझिस्? (बुझेँ।) त्यसकारण, जसरी पनि वैवाहिक सुख पछ्याउने वा जुनै पनि त्याग गर्ने कुनै जोडीले विवाहको संरचनाभित्र गर्ने कार्यहरूलाई परमेश्वरले सम्झनुहुनेछैन। तैँले आफ्नो जोडीप्रति जति नै राम्ररी वा जति सिद्ध नै तरिकाले पूरा गरे पनि, वा तैँले जति नै आफ्नो जोडीका अपेक्षाहरू पूरा गरे पनि—अर्को शब्दमा भन्नुपर्दा, तैँले आफ्नो वैवाहिक सुखलाई जति नै राम्ररी वा सिद्ध तरिकाले कायम राखे पनि, वा त्यो जति नै मनपर्दो भए पनि—त्यसको अर्थ तैँले सृष्टि गरिएको प्राणीको मिसन पूरा गरेको छस् भन्ने होइन, न त त्यसले तँ मापदण्डबमोजिमको सृष्टि गरिएको प्राणी होस् भन्ने नै प्रमाणित गर्छ। सायद तँ सिद्ध श्रीमती वा सिद्ध श्रीमान् होस्, तर त्यो विवाहको मापदण्डभित्रै सीमित रहन्छ। परमेश्वरले तँ कस्तो व्यक्ति होस् भन्ने कुरा तैँले सृष्टिकर्तासामु कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउँछस्, कस्तो मार्ग पछ्याउँछस्, जीवनबारे तेरो कस्तो दृष्टिकोण छ, तैँले जीवनमा के पछ्याउँछस्, र सृष्टि गरिएको प्राणीको मिसन कसरी पूरा गर्छस् भन्ने आधारमा मापन गर्नुहुन्छ। परमेश्वरले यी कुराहरूद्वारा तैँले सृष्टि गरिएको प्राणीको रूपमा पछ्याउने मार्ग र तेरो भावी गन्तव्य मापन गर्नुहुन्छ। उहाँले यी कुराहरूलाई तैँले कसरी श्रीमती वा श्रीमानको जिम्मेवारी र दायित्व पूरा गर्छस् भन्ने आधारमा मापन गर्नुहुन्न, न त तेरो जोडीप्रतिको तेरो प्रेमले उहाँलाई खुसी तुल्याउँछ कि तुल्याउँदैन भन्ने आधारमा नै मापन गर्नुहुन्छ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (११)

हामी वैवाहिक खुसीप्रतिको खोज त्याग्ने विषयमा सङ्गति गरिरहेका छौँ, तर यसको उद्देश्य तैँले विवाहको औपचारिकता त्याग् भनेर होइन, न त यो तँलाई सम्बन्धविच्छेद गर्न उक्‍साउन भनेर नै हो, बरु तैँले वैवाहिक खुसीप्रतिका ती खोजहरू त्याग्‌ भनेर हो। सर्वप्रथम, तैँले वैवाहिक खुसीप्रतिको खोजमा तँभित्र हाबी हुने ती विचारहरू त्याग्नुपर्छ, त्यसपछि तैँले वैवाहिक खुसी खोजिहिँड्ने अभ्यास त्याग्नुपर्छ र तेरो अधिकांश समय र शक्ति सृष्टि गरिएको प्राणीको कर्तव्यपालन र सत्यता पछ्याउनमा समर्पित गर्नुपर्छ। विवाहको सन्दर्भमा भन्नुपर्दा, जबसम्‍म त्यो तेरो सत्यता पछ्याइसँग जुध्‍ने वा बाझिने गर्दैन, तबसम्‍म विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने दायित्वहरू, तैँले हासिल गर्नुपर्ने मिसन, र तैँले खेल्नुपर्ने भूमिका परिवर्तन हुनेछैनन्। त्यसकारण, तँलाई वैवाहिक खुसीप्रतिको खोज त्याग् भन्नुको अर्थ तँलाई औपचारिक रूपमा विवाहलाई त्यागिदे वा सम्बन्धविच्छेद गर् भनेको होइन, बरु त्यसको अर्थ तँलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो मिसन पूरा गर् र विवाहमा निभाउनुपर्ने जिम्मेवारीहरू ध्यानमा राख्दै आफूले निभाउनुपर्ने कर्तव्य राम्ररी निर्वाह गर् भनेको हो। तर अवश्य नै, यदि तेरो वैवाहिक खुसीप्रतिको खोजले सृष्टि गरिएको प्राणीको तेरो कर्तव्यपालनमा असर, अवरोध, र बर्बादी ल्याउँछ भने, तैँले तेरो वैवाहिक खुसीप्रतिको खोज मात्र नभई पूरै वैवाहिक जीवनलाई नै त्याग्नुपर्छ। अनि, यी मामलाहरूमा सङ्गति गर्नुको अन्तिम उद्देश्य र अर्थ के हो? यसको उद्देश्य वैवाहिक खुसीले तेरा कदममा ढिलाइ नपुर्‍याओस्, तेरा हातहरू नबाँधोस्, तेरा आँखा नछोपोस्, तेरो दृष्टि नबिगारोस्, तेरो मनमस्तिष्क बाधा र कब्जामा नपारोस् भन्ने हो; यसको उद्देश्य वैवाहिक खुसीप्रतिको खोजले तेरो जीवन मार्ग र तेरो जीवन नभरोस्, र तैँले तेरो वैवाहिक जीवनमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूलाई सही ढङ्गले ली र आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वबारे सही निर्णय गर् भन्ने हो। अझ राम्ररी अभ्यास गर्ने तरिकाचाहिँ आफ्नो कर्तव्य पूरा गर्नमा बढी समय र शक्ति समर्पित गर्नु, आफूले निभाउनुपर्ने कर्तव्य निभाउनु, र परमेश्‍वरले तँलाई सुम्पनुभएको मिसन हासिल गर्नु हो। तैँले आफू सृष्टि गरिएको प्राणी हो, परमेश्‍वरले नै तँलाई जीवनमा यो क्षणसम्म अगुवाइ गर्नुभएको हो, परमेश्‍वरले नै तँलाई वैवाहिक जीवन र परिवार दिनुभएको हो, र परमेश्‍वरले नै तँलाई विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू प्रदान गर्नुभएको हो, अनि विवाह तैँले आफै रोजेको होइन, तेरो विवाह अचानक भएको होइन, वा तैँले तेरा आफ्नै क्षमता र शक्तिमा भर परेर वैवाहिक खुसी कायम राख्न सक्ने होइन भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन। के अब मैले भनेको कुरा प्रस्ट भयो? (भयो।) के अब तँ आफूले के गर्नुपर्ने हो भनेर बुझ्छस्? के अब तँ मार्गबारे प्रस्ट छस्? (प्रस्ट छु।) यदि तैँले वैवाहिक जीवनमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू अनि सृष्टि गरिएको प्राणीको तेरो कर्तव्य र मिसनबीच कुनै मतभेद वा विरोधाभास छैन भने, यस्ता परिस्थितिहरूमा, तैँले तेरा जिम्‍मेवारीहरू विवाहको संरचनाभित्र जेजसरी पूरा गर्नुपर्ने हो त्यसरी नै पूरा गर्नुपर्छ, र तैँले तेरा ती जिम्मेवारीहरू राम्ररी पूरा गर्नुपर्छ, र आफूले वहन गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्नुपर्छ, तिनलाई पन्छाउने कोसिस गर्नु हुँदैन। तैँले आफ्नो जोडीको जिम्मेवारी लिनुपर्छ, र तैँले आफ्नो जोडीको जीवन, भावना, र उसको सबथोकको जिम्मेवारी लिनुपर्छ। तथापि, जब विवाहको संरचनाभित्र तैँले बोक्ने जिम्मेवारी अनि दायित्वहरू र सृष्टि गरिएको प्राणीको तेरो मिसन अनि कर्तव्यबीच मतभेद हुन्छ, तब तैँले त्याग्‍नुपर्ने कुरा भनेको तेरो कर्तव्य वा मिसन होइन, विवाहको संरचनाभित्रका तेरा जिम्मेवारीहरू हुन्। परमेश्‍वरले तँबाट यही अपेक्षा गर्नुहुन्छ, यही नै तेरो लागि परमेश्‍वरको आज्ञा हो, र अवश्यै यही नै परमेश्‍वरले कुनै पनि पुरुष वा महिलाको लागि तोक्‍नुभएको मापदण्ड पनि हो। यसो गर्न सके मात्र, तैँले सत्यता पछ्याइरहेको र परमेश्‍वरलाई अनुसरण गरिरहेको हुनेछस्। यदि तँ यसो गर्न सक्षम छैनस् र तैँले यस तरिकाले अभ्यास गर्न सक्दैनस् भने, तँ नाममात्रको विश्‍वासी होस्, तँ साँचो हृदयले परमेश्‍वरलाई पछ्याउँदैनस्, र तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। अहिले तँसित चीन छोडेर आफ्नो कर्तव्य निभाउने अवसर र अवस्था छ, तर कतिपय मानिसहरू भन्छन्, “यदि मैले आफ्नो कर्तव्य निभाउन चीन छोडेँ भने, मैले मेरो जीवनसाथीलाई घरमै छोड्नुपर्ने हुन्छ। कतै हामी फेरि कहिल्यै नभेट्ने त हैनौँ? कतै हामीले छुट्टाछुट्टै बस्नुपर्ने त होइन? कतै हामीसँग वैवाहिक जीवन नै बाँकी नरहने त होइन?” कतिपय मानिसहरू सोच्छन्, “ओहो, मेरो जीवनसाथी मविना कसरी जिउँछ होला? यदि म बसिनँ भने हाम्रो विवाह टुट्नेछैन र? के हाम्रो विवाह सक्किने त होइन? भविष्यमा म के गर्ने होला?” के तैँले भविष्यबारे सोच्नुपर्छ र? तैँले सबैभन्दा धेरै के कुराबारे सोच्नुपर्ने हो? यदि तँ सत्यता पछ्याउने व्यक्ति हुन चाहन्छस् भने, तैँले सबैभन्दा बढी सोच्‍नुपर्ने भनेको परमेश्‍वरले तँलाई त्याग्न लगाउनुभएका कुराहरू कसरी त्याग्ने र परमेश्‍वरले तँलाई हासिल गर्न लगाउनुभएका कुराहरू कसरी हासिल गर्ने भन्नेबारे हो। यदि भविष्यमा तेरो वैवाहिक जीवन र जीवनसाथी तेरो साथ नहुने नै हो भने पनि, आउने दिनहरूमा तँ वृद्धावस्थासम्‍मै जिउन सक्‍नेछस् र पहिलेजतिकै राम्ररी नै जिउन सक्‍नेछस्। तर यदि तैँले यो अवसर त्यागिस् भने, त्यो तैँले आफ्नो कर्तव्य र परमेश्‍वरले तँलाई दिनुभएको मिसन त्याग्नुसरह हो। परमेश्‍वरको नजरमा, त्यसपछि तँ सत्यता पछ्याउने, परमेश्‍वरलाई साँच्चिकै चाहने, वा मुक्तिको खोजमा रहेको व्यक्ति हुनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने र तेरो मिसन पूरा गर्ने अवसर र अधिकार सक्रिय रूपले त्याग्ने इच्छा गर्छस् र त्यसको साटो विवाह रोज्छस्, श्रीमान्‌ र श्रीमती एक भएर रहने, जीवनसाथीसँगै रहेर उसलाई सन्तुष्ट तुल्याउने, र आफ्नो विवाहलाई अटुट राखिराख्ने निर्णय गर्छस् भने, अन्त्यमा तैँले केही कुरा प्राप्त गर्नेछस् र केही कुरा गुमाउनेछस्। तैँले के गुमाउनेछु भनेर बुझ्छस् नि, होइन? विवाह तेरो सबथोक होइन, न त वैवाहिक खुसी नै तेरो सबथोक हो—यसले तेरो भाग्य र भविष्य निर्धारण गर्न सक्दैन, र यसले तेरो गन्तव्य निर्धारण गर्न त झनै सक्दैन। त्यसैले, मानिसले के-कस्ता विकल्पहरू रोज्‍नुपर्छ, र तिनीहरूले वैवाहिक खुसीप्रतिको खोज त्यागेर सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनुपर्छ कि पर्दैन भनेर तिनीहरूले नै निर्णय गर्ने कुरा हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१०)

तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न, अर्को व्यक्तिसँग शान्तिपूर्वक जिउन र सँगै जीवन बिताउन, अनि आफ्नो जोडीसित जीवन बिताउँदा कस्तो हुन्छ र आफूलाई आइपर्ने सम्पूर्ण कुरा कसरी सँगै मिलेर सम्हाल्ने भनी अनुभव गर्न, तेरो जीवन अझ सम्पन्न र फरक बनाउन सिकेस् भनेर नै परमेश्वरले तेरा लागि विवाह तोक्नुभएको छ। तर, उहाँ तँलाई विवाह दिएर विश्वासघात गर्नुहुन्न र, अवश्य नै, उहाँ तँलाई तँलाई तेरो जोडीको दास बनाएर धोका दिनुहुन्न। तँ उसको दास होइनस्, र ऊ पनि तेरो मालिक होइन। तिमीहरू बराबर हौ। तेरो आफ्नो जोडीप्रति स्वास्नी वा लोग्नेको जिम्मेवारी मात्र हुन्छ, र तैँले यी जिम्मेवारीहरू पूरा गर्दा, परमेश्वर तँलाई योग्य स्वास्नी वा लोग्ने मान्नुहुन्छ। तेरो जोडीसित भएको हर कुरा तँसित छ, र तँ तेरो जोडीभन्दा खराब छैनस्। यदि तँ परमेश्वरमा विश्वास गर्छस् र सत्यता पछ्याउँछस्, आफ्नो कर्तव्य निभाउन सक्छस्, प्राय: भेलाहरूमा सहभागी हुन्छस्, प्रार्थना गर्दै परमेश्वरका वचनहरू पढ्छस्, र परमेश्वरसामु आउँछस् भने, यी परमेश्वरले स्विकार्ने र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने अनि जिउनुपर्ने सामान्य जीवन हुन्। यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन, न त तैँले आफूले यस्तो जीवनशैली अपनाउने भएकाले आफ्नो जोडीप्रति कुनै कुराको दायित्व नै महसुस गर्नुपर्छ—आफ्नो जोडीप्रति तेरो कुनै दायित्व छैन। यदि तैँले चाहेमा, तँमा आफ्नो जोडीलाई परमेश्वरको कामको गवाही दिने दायित्व छ। तर, यदि ऊ परमेश्वरमा विश्वास गर्दैन, र तैँले पछ्याउने मार्ग पछ्याउँदैन भने, उसलाई कुनै कुराबारे बताउनु वा व्याख्या गर्नु वा आफ्नो आस्था वा आफूले पछ्याउने मार्गबारे कुनै जानकारी दिनु आवश्यकता छैन वा दायित्व हुँदैन, न त त्यसबारे जान्ने उसको कुनै अधिकार नै हुन्छ। तँलाई साथ दिनु, प्रोत्साहन दिनु र रक्षा गर्नु उसको जिम्मेवारी र दायित्व हो। यदि उसले यो गर्न सक्दैन भने, उसमा मानवता छैन। किन? किनभने तँ सही मार्ग पछ्याउँछस्, र तैँले सही मार्ग पछ्याउने भएकाले नै तेरो परिवार र तेरो जोडी आशिषित् छन् र तँसँगै तिनीहरूले परमेश्वरको अनुग्रह पाउँछन्। तेरो जोडीले तेरो आस्था वा तैँले उत्पीडन भोगिरहेको कारण वा तैँले अझ बढी घरायशी कामधन्दा र अन्य कुरा गर्नुपर्छ, वा ऊप्रति तेरो केही दायित्व छ भन्ने विश्वास गर्दै तँविरुद्ध भेदभाव गर्नु वा तँलाई धम्काउनुको साटो यसरी आशिष् र अनुग्रह पाएकोमा ऊ कृतज्ञ हुनैपर्छ। तेरो ऊप्रति भावनात्मक, आत्मिक, वा अरू कुनै रूपमा दायित्व छैन—उसको चाहिँ तँप्रति दायित्व छ। तैँले परमेश्वरमा आस्था राखेको कारण, उसले परमेश्वरबाट थप अनुग्रह र आशिष् पाउँछ, र उसले यी कुराहरू अत्यधिक रूपमा पाउँछ। मैले “उसले यी कुराहरू अत्यधिक रूपमा पाउँछ” भन्नुको अर्थ के हो? मेरो भन्नुको अर्थ हो, त्यस्तो व्यक्ति ती कुराहरू पाउन योग्य हुँदैन र उसले ती कुराहरू पाउनु हुँदैन। किन उसले ती पाउनु हुँदैन? किनभने ऊ परमेश्वरलाई पछ्याउँदैन र स्विकार्दैन, त्यसैले तैँले परमेश्वरमा आस्था राखेको कारण उसलाई अनुग्रह प्राप्त हुन्छ। तँसँगै उसले पनि लाभ र आशिष् पाउँछ, र ऊ तँप्रति कृतज्ञ हुनैपर्छ। अर्को शब्दमा भन्नुपर्दा, उसले यी थप आशिष् र अनुग्रह पाउने भएकाले, आफ्ना जिम्मेवारीहरू झन् पूरा गर्नुपर्छ र तँलाई तेरो परमेश्वरप्रतिको विश्वासमा झन् साथ दिनुपर्छ। परिवारको एक जनाले परमेश्वरमा विश्वास गर्नाले गर्दा, कतिपय मानिसको पारिवारिक व्यावसाय राम्ररी चल्छ र ठूलो सफलता मिल्छ। तिनीहरूले धेरै पैसा कमाउँछन्, त्यो परिवारले राम्रो जीवन जिउँछ, तिनीहरू भौतिक तवरमा सम्पन्न बन्छन्, र तिनीहरूको जीवनस्तर बढ्छ—यो सब कसरी भयो? के तिमीहरूमध्ये एक जनाले परमेश्वरमा विश्वास नगरेको भए तेरो परिवारले यी सबै कुरा पाउन सक्नेथ्यो? कतिपय मानिस “परमेश्वरले तिनीहरूलाई राम्रो भाग्य पाउन तोक्नुभएको छ” भन्छन्। यो कुरा परमेश्वरले तोक्नुभएको सही हो, तर यदि तिनीहरूको परिवारमा परमेश्वरमा विश्वास गर्ने त्यो एउटा व्यक्ति नभएको भए, तिनीहरूको व्यवसाय यति अनुग्रहित र आशिषित् हुन्थेन। तिनीहरूसँग परमेश्वरमा विश्वास गर्ने त्यो व्यक्ति भएकाले, परमेश्वरमा विश्वास गर्ने त्यो व्यक्तिमा साँचो आस्था भएकाले, उसले इमानदारीसाथ पछ्याउने भएकाले, र ऊ परमेश्वरमा अर्पित र समर्पित हुन इच्छुक भएकाले, उसको गैरविश्वासी जोडीले अत्यधिक रूपमा अनुग्रह र आशिष् प्राप्त गर्छ। परमेश्वर यो सानो कुरा एकदमै सजिलोसित गर्नुहुन्छ। विश्वास नगर्नेहरू अझै सन्तुष्ट छैनन्, र तिनीहरू परमेश्वरमा विश्वास गर्नेहरूलाई दबाउने र धम्काउनेसमेत गर्छन्। देश र समाजले विश्वासीहरूलाई दिने उत्पीडन तिनीहरूका लागि विपत्ति बनिसकेको छ, अनि त्यसमाथि पनि तिनीहरूको परिवारका सदस्यहरूले झनै बढी दबाब दबाब दिन्छन्। यस्ता परिस्थितिमा, यदि तँ अझै आफूले तिनीहरूलाई निराश तुल्याइरहेको छु भन्ठान्छस् र आफ्नो विवाहको दास बन्न चाहन्छस् भने, तैँले त्यो गर्नै हुँदैन। तिनीहरू तँलाई परमेश्वरमा विश्वास गर्न साथ दिँदैनन् भने ठिकै छ; तिनीहरू परमेश्वरप्रतिको तेरो विश्वासलाई समर्थन् गर्दैनन् भने त्यो पनि ठिकै छ। तिनीहरूले ती कुराहरू नगर्न पाउँछन्। तर, तैँले परमेश्वरमा विश्वास गरेकै कारण तिनीहरूले तँलाई दासजस्तो व्यवहार गर्नु मिल्दैन। तँ दास होइनस्, तँ मानव होस्, मर्यादित र सोझो व्यक्ति होस्। कम्तीमा पनि, परमेश्वरसामु तँ सृष्टि गरिएको प्राणी होस्, न कि कसैको दास। यदि तँ दास हुनैपर्छ भने, सत्यता र परमेश्वरको मात्र दास हुन सक्छस्, कुनै व्यक्तिको दास हुन सक्दैनस्, झन् तेरो जोडी तेरो मालिक हुन परको कुरा हो। दैहिक सम्बन्धको सन्दर्भमा भन्नुपर्दा, तेरा आमाबुबाबाहेक यो संसारमा तेरो निकटतम व्यक्ति भन्नु नै तेरो जोडी हो। तैपनि तैँले परमेश्वरमा विश्वास गर्ने भएकाले, उसले तँलाई शत्रुझैँ व्यवहार गर्छ, आक्रमण गर्छ र सताउँछ। उसले तँ भेलामा सहभागी भएकोमा आपत्ति जनाउँछ, यदि उसले कुनै गफगाफ सुन्यो भने घर आएर तँलाई गाली र दुर्व्यवहार गर्छ। तैँले उसको सामान्य जीवनमा असर नपुऱ्याई घरमा प्रार्थना गर्दा वा परमेश्वरका वचन पढ्दासमेत उसले तँलाई गाली र विरोध गर्नेछ र कुटपिटसमेत गर्नेछ। लौ भन् त, यो कस्तो कुरा हो? के ऊ पिशाच होइन र? के तेरो निकटतम व्यक्ति यही हो? के यस्तो व्यक्तिप्रति तैँले कुनै जिम्मेवारी पूरा गर्नु उचित हुन्छ? (हुँदैन।) अहँ, उचित हुँदैन! त्यसकारण, यस्तो वैवाहिक जीवनमा हुने कतिपय मानिस अझै आफ्नो जोडीले उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने गर्छन्, सबथोक त्याग्न तत्पर हुन्छन्, आफ्नो कर्तव्य निर्वाहमा खर्चनुपर्ने समय, आफ्नो कर्तव्य निभाउने अवसर, र आफूले मुक्ति प्राप्त गर्ने अवसरसमेत त्याग्छन्। तिनीहरूले यस्तो काम गर्नु हुँदैन, र कम्तीमा पनि तिनीहरूले यस्ता विचार त्याग्नुपर्छ। परमेश्वरबाहेक अरू कसैप्रति कुनै दायित्व हुँदैन। तेरा आमाबुबा, श्रीमान्, श्रीमती, छोराछोराप्रति तेरो दायित्व हुँदैन, झन् तेरा साथीसँगीप्रति दायित्व हुनु परै जाओस्—तेरो कसैप्रति कुनै दायित्व छैन। मानिसको विवाहलगायत सबथोकको स्रोत परमेश्वर नै हुनुहुन्छ। दायित्व कुरा गर्नैपर्दा, मानिसको दायित्व परमेश्वरप्रति मात्र हुन्छ। अवश्य नै, परमेश्वर तँलाई उहाँको ऋण फिर्ता माग्नुहुन्न, उहाँ तैँले जीवनमा सही मार्ग पछ्याएको मात्र माग गर्नुहुन्छ। विवाहको सन्दर्भमा परमेश्वरको सबैभन्दा ठूलो अभिप्राय भनेको तैँले विवाहको कारण आफ्नो मर्यादा र निष्ठा नगुमाएस्, तँ पछ्याउने सही मार्ग नभएको, जीवनबारे आफ्नै दृष्टिकोण वा पछ्याइको दिशाविनाको, अनि सत्यता पछ्याउनसमेत छोड्ने, मुक्ति प्राप्त गर्ने मौका र आफूलाई परमेश्वरले दिएको आदेश वा मिसनसमेत त्याग्ने व्यक्ति नबनेस्, बरु स्वेछाले आफ्नो विवाहको दास बनेस् भन्ने हो। यदि तँ आफ्नो विवाहलाई यसरी सम्हाल्छस् भने, तैँले बिहे गर्दै नगरेको भए राम्रो हुनेथ्यो, तँलाई एक्लो जीवन नै राम्रो सुहाउनेथ्यो। यदि तँ जे गर्दा पनि यस्तो वैवाहिक अवस्था वा संरचनाबाट निस्कन सक्दैनस् भने, आफूलाई वैवाहिक जीवनबाट पूर्णतया मुक्त गर्नु नै उत्तम हुनेछ, र स्वतन्त्र व्यक्तिको रूपमा जिउनु तेरा लागि राम्रो हुनेछ। मैले भनेझैँ, परमेश्वरले विवाह तोक्नुको उद्देश्य भनेको तैँले जोडी पाउन, आफ्नो जोडीको साथमा जीवनका उतारचढाव झेल्न र जीवनका हरचरण पार गर्न सकेस्, तँ जीवनको हरचरणमा एक्लो नहोस्, तेरो साथमा कोही होस्, आफ्नो मनका कुराहरू सुनिदिने र आफूलाई सान्त्वना दिने र तेरो ख्याल राख्ने कोही होओस् भन्ने हो। यद्यपि, परमेश्वर तँसँग आफ्नो मार्ग रोज्ने कुनै अधिकार नहोस् र तँ विवाहको दास बनेस् भनी विवाहलाई प्रयोग गरेर तँलाई बन्धनमा पार्नुहुन्न वा तेरा हातखुट्टा बाँध्नुहुन्न। परमेश्वरले तेरा लागि विवाह तोक्नुभएको छ र तेरा लागि जोडी मिलाइदिनुभएको छ; उहाँले तेरा लागि मालिक दिनुभएको होइन, न त उहाँ तँ आफ्नो पछ्याइ, जीवन लक्ष्य, पछ्याइको सही दिशा, र मुक्ति खोज्ने अधिकारविना विवाहभित्र सीमित भएको नै चाहनुहुन्छ। त्यसको विपरीत, चाहे तँ विवाहित होस् वा नहोस्, परमेश्वरले तँलाई दिएको सबैभन्दा ठूलो अधिकार भनेको आफ्नो जीवन लक्ष्य पछ्याउने, जीवनबारे सही दृष्टिकोण राख्ने, र मुक्ति खोज्ने अधिकार हो। यो अधिकार तँबाट कसैले खोस्न सक्दैन, र त्यसमा तेरो जोडीलगायत कसैले हस्तक्षेप गर्न मिल्दैन। त्यसैले, तिमीहरूमध्ये आफ्नो वैवाहिक जीवनमा दासको भूमिका खेल्नेहरूले यस्तो जीवनशैली, आफ्नो विवाहको दास हुन चाहनेसम्बन्धी आफ्ना विचार र अभ्यासहरू त्याग्नुपर्छ, अनि त्यो परिस्थितिबाट निस्कनुपर्छ। आफ्नो जोडीको बन्धनमा नपर्, अनि आफ्नो जोडीको भावना, दृष्टिकोण, बोली, मनोवृत्ति वा उसको कार्यद्वारा समेत प्रभावित, सीमित, नियन्त्रित नहो वा बन्धनमा नपर्। ती सबैबाट बाहिर निस्की अनि बहादुरीसाथ र साहसपूर्वक परमेश्वरमा भर पर्। जब तँ परमेश्वरका वचनहरू पढ्न चाहन्छस्, तब परमेश्वरका वचनहरू पढ्, भेलाहरूमा सहभागी हुनुपर्ने बेला सहभागी हो, किनकि तँ मानव होस्, कुकुर होइनस्, र तँलाई तेरो व्यवहार नियमन गर्न वा तेरो जीवनलाई नियन्त्रण गर्न कोही चाहिँदैन। आफ्नो जीवनको लक्ष्य र दिशा रोज्ने अधिकार तँसँग छ—परमेश्वरले तँलाई यो अधिकार दिनुभएको छ, र खास गरी, तँ सही मार्गमा हिँडिरहेको छस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब परमेश्वरको घरलाई निश्चित काम गर्न तेरो आवश्यकता पर्छ, जब परमेश्वरको घरले तँलाई कुनै कर्तव्य सुम्पन्छ, तब तैँले कर्तव्यनिष्ठ भई कुनै रोजाइ वा वा आनाकानी नगरी सबथोक त्याग्नुपर्छ र आफूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ र परमेश्वरले तँलाई दिएको मिसन पूरा गर्नुपर्छ। यदि तैँलेयस कामका लागि दस दिन वा एक महिनाका लागि घर छोड्नुपर्छ भने, आफ्नो कर्तव्य राम्ररी निभाउन, परमेश्वरले तँलाई सुम्पेको आदेश पूरा गर्न, र उहाँको हृदय सन्तुष्ट तुल्याउन रोज्नुपर्छ—सत्यता पछ्याउनेहरूमा हुनुपर्ने मनोवृत्ति, सङ्कल्प र चाहना यही हो। यदि यो कामका लागि तँ छ महिना, एक वर्ष, वा अनिश्चित कालका लागि घरबाट टाढा रहनुपर्छ भने, तैँले कर्तव्यनिष्ठ भई आफ्नो परिवार र वैवाहिक जोडीलाई त्याग्नुपर्छ र परमेश्वरले तँलाई दिएको मिसन पूरा गर्नुपर्छ। किनभने यही बेला परमेश्वरको घरको काम र तेरो कर्तव्यलाई तेरो सबैभन्दा बढी आवश्यकता हुन्छ, र यो तेरो वैवाहिक जीवन र तेरो जोडीलाई तेरो सबैभन्दा बढी आवश्यकता पर्ने समय होइन। तसर्थ, तैँले आफू विवाहित हो भने आफ्नो विवाहको दास बन्नैपर्छ वा तेरो विवाह अन्त्य भयो वा टुट्यो भने त्यो बदनाम हुन्छ भन्ने सोच्नै हुँदैन। वास्तवमा, त्यो बदनाम होइन, र तैँले विवाह कुन परिस्थितिमा अन्त्य भयो र परमेश्वरको बन्दोबस्त के थियो भनेर हेर्नैपर्छ। यदि त्यो परमेश्वरले तोक्नुभएको र चलाउनुभएको थियो, र मानिसले निम्त्याएको होइन भने, त्यो गौरवको कुरा हो, त्यो सम्मान हो, किनभने तैँले सही कारणले, परमेश्वरलाई सन्तुष्ट तुल्याउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो मिसन पूरा गर्न आफ्नो विवाह त्यागेको र अन्त्य गरेको छस्। यो त परमेश्वरले सम्झने र स्विकार्ने कुरा हो, त्यसैले म यो गौरवको कुरा हो, बदनाम होइन भनेर भन्छु! कतिपय मानिसको विवाह तिनीहरूको जोडीले तिनीहरूलाई छोडेकाले र धोका दिएकाले—बोलीचालीको भाषामा भन्नुपर्दा, तिनीहरूलाई थाङ्नामा सुताउँछ—अन्त्य हुने भए पनि यसमा लाज मान्नुपर्ने कुनै कारण छैन। बरु तैँले यसो भन्नुपर्छ, “यो मेरा लागि सम्मानको कुरा हो। किन? मेरो वैवाहिक जीवन यो मोडमा पुगेर यसरी अन्त्य हुनु परमेश्वरले तोक्नुभएको र चलाउनुभएको हो। परमेश्वरको मार्गदर्शनले नै मलाई यो कदम चाल्न लगाएको थियो। यदि परमेश्वरले यसो नगर्नुभएको भए र मलाई लत्याउन उसलाई नलगाउनुभएको भए, ममा यो कदम चाल्ने विश्वास र साहस हुने नै थिएन। परमेश्वरको सार्वभौमिकता र मार्गदर्शनप्रति आभारी छु! परमेश्वरको महिमा होस्!” यो सम्मानको कुरा हो। तैँले सबै प्रकारका विवाहमा यस्तो अनुभव गर्न सक्छस्, परमेश्वरको मार्गदर्शनमा सही मार्ग पछ्याउन, परमेश्वरले तँलाई दिएको मिसन पूरा गर्न, यस्तो अवस्थामा र यस्तो प्रेरणाले आफ्नो जोडीलाई छोड्न, र आफ्नो वैवाहिक जीवन अन्त्य गर्न रोज्न सक्छस्, र यो बधाइ पाइने कुरा हो। रमाउन लायक कम्तीमा एउटा कुरा छ, र त्यो हो तँ अब आफ्नो विवाहको दास रहिनस्। तँ आफ्नो विवाहको दासत्वबाट उम्केको छस् र तैँले अबउप्रान्त आफू विवाहको दास भएकाले र त्यसबाट मुक्त हुन चाहेर पनि नसकेको कारण चिन्ता लिनु, पीडा भोग्नु र सङ्घर्ष गर्नु पर्दैन। त्यस क्षणपश्चात, तँ उम्केको छस्, तँ स्वतन्त्र छस्, र त्यो राम्रो कुरा हो। यसो भनेर म आशा गर्छु भने विगतमा जसको विवाहको दुःखदायी अन्त्य भएको छ र जसलाई अझै पनि यो कुराले सताइरहन्छ, तिनीहरूले आफ्नो विवाहलाई, त्यसले आफूमा पारेका असरलाई, त्यसले आफूमा ल्याएको घृणा, रिस, र पीडासमेत त्याग्न सक्छन्, अनि तिनीहरूले आफ्नो जोडीका लागि गरेका सम्पूर्ण त्याग र प्रयासहरूको बदलामा वैवाहिक धोका, विश्वासघात र उपहास पाएको कारण अबउप्रान्त पीडा र आक्रोश महसुस गर्दैनन्। मलाई आशा छ, तैँले ती सब छोड्छस्, आफू अब विवाहको दास नभएकोमा रमाउँछस्, आफूले वैवाहिक जीवनको मालिकका लागि केही गर्नु वा अनावश्यक त्याग गर्नु नपरेकोमा रमाउँछस्, बरु, परमेश्वरको मार्गदर्शन र सार्वभौमिकतामा रहेर जीवनमा सही मार्ग पछ्याउँछस्, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउँछस्, र अबउप्रान्त खिन्न हुँदैनस् र अरू केहीबारे चिन्ता लिँदैनस्। अवश्य नै, अब तैँले आफ्नो जोडीबारे चासो राख्नुपर्ने, वा चिन्तित र बेचैन हुनुपर्ने वा मनमा उसकै बारेमा सोच्नुपर्ने कुनै आवश्यकता हुँदैन, अबदेखि सबथोक राम्रो हुनेछ, अबउप्रान्त तैँले आफ्नो जोडीसँग व्यक्तिगत मामलाबारे छलफल गर्नुपर्दैन, र तँ उसको बन्धनमा हुनुपर्दैन। तैँले केवल सत्यता खोज्ने र परमेश्वरका वचनमा सिद्धान्त र आधार खोज्ने गर्नुपर्छ। तँ स्वन्त्र भइसकिस् र अब आफ्नो विवाहको दास रहिनस्। भाग्यवश तँ आफ्नो विवाहको भयावह अनुभवबाट निस्केको छस्, सच्चा रूपमा परमेश्वरसामु आएको छस्, आफ्नो विवाहको नियन्त्रणमा छैनस्, र तँसँग परमेश्वरका वचन पढ्ने, भेलामा सहभागी हुने, र आत्मिक भक्ति गर्न अझ बढी समय छ। तँ पूर्णतया स्वतन्त्र छस्, अबउप्रान्त तैँले अरू कसैको मुडअनुसार निश्चित तरिकाले कार्य गर्नु पर्दैन, कसैको खिसीटिउरी सुन्नु पर्दैन, र कसैको मुड वा भावनालाई विचार गर्नु पर्दैन—तँ एक्लो जीवन जिइरहेको छस्, एकदम राम्रो! तँ अब दास रहिनस्, तँ आफूले मानिसहरूप्रति विविध जिम्मेवारीहरू पूरा गर्नुपरेको वातावरणबाट बाहिर निस्कन सक्छस्, तँ साँचो सृष्टि गरिएको प्राणी हुन, सृष्टिकर्ताको प्रभुत्वमा सृष्टि गरिएको प्राणी हुन, र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्छस्—शुद्ध रूपमा यसो गर्नु कति राम्रो कुरा हो! तैँले फेरि कहिल्यै आफ्नो विवाहबारे विवाद गर्नु, चिन्ता लिनु र दुःख भोग्नु, सहनु र कष्ट उठाउनु, वा रिसाउनु पर्दैन, तैँले फेरि कहिल्यै त्यो घृणित वातावरण र जटिल परिस्थितिमा जिउनु पर्दैन। यो एकदम राम्रो हो, यी सबै राम्रा कुरा हुन्, र सबै राम्रै चलिरहेको छ। जब कोही सृष्टिकर्तासामु आउँछ, तब उसले परमेश्वरका वचन र सत्यता सिद्धान्तबमोजिम कार्य गर्छ र बोल्छ। सबै कुरा राम्रै चल्छ, ती जथाभाबीका विवादहरू हुन छोड्छन्, र तेरो हृदय शान्त बन्न सक्छ। यी सबै राम्रा कुरा हुन्, तर कतिपय मानिस अझै पनि यस्तो घृणित वैवाहिक वातावरणमा दास हुन इच्छुक हुनु लाजमर्दो कुरा हो र तिनीहरू त्यसबाट उम्कँदैनन् वा बाहिर निस्कँदैनन्। जे भए पनि, मलाई अझै आशा छ, यी मानिसहरूले आफ्नो विवाह अन्त्य नगरे पनि र टुटेको विवाहलाई नबिर्से पनि, कम्तीमा तिनीहरू आफ्नो विवाहको दासचाहिँ हुनु हुँदैन। तेरो जोडी जो भए पनि, उसमा जे प्रतिभा वा मानवता भए पनि, उसको हैसियत जति नै उच्च भए पनि, ऊ जति नै सिपालु र सक्षम भए पनि, ऊ तेरो मालिक होइन। ऊ तेरो जोडी हो, र तिमीहरू बराबर हौ। ऊ तँभन्दा उच्च होइन, न त तँ ऊभन्दा निम्न होस्। यदि उसले आफ्ना वैवाहिक जिम्मेवारीहरू पूरा गर्न सक्दैन भने, तँसँग उसलाई झपार्ने अधिकार छ, र उसलाई ठिक पार्नु र डाँट्नु तेरो दायित्व हो। तैँले आफूलाई ऊ अति खतरनाक छ भनी सोचेर वा उसले तँसँग दिक्क मान्नेछ, तँलाई अस्वीकार र तिरस्कार गर्नेछ वा त्याग्नेछ भन्ने डरले, वा तैँले स्वेच्छाले उसको र आफ्नो विवाहको दास हुन झुक्दै आफ्नो वैवाहिक सम्बन्ध जारी राख्न चाहेकोले गर्दा निचो नपार् वा आफूलाई शोषित हुन नदे—यो उचित होइन। कुनै व्यक्तिले विवाहको संरचनाभित्र यस्तो व्यवहार गर्नु हुँदैन, न त यो कसैले पूरा गर्नुपर्ने जिम्मेवारी नै हो। परमेश्वर तँ दास बनेको माग गर्नुहुन्न, न त मालिक बनेको नै माग गर्नुहुन्छ। उहाँ त तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको मात्र माग गर्नुहुन्छ, त्यसैले तैँले वैवाहिक जीवनमा आफूले निभाउनुपर्ने जिम्मेवारीहरू सही रूपमा बुझ्नैपर्छ, र आफूले विवाहमा खेल्ने भूमिकालाई पनि सही रूपमा बुझ्ने र प्रस्टसित नियाल्ने गर्नुपर्छ। यदि तैँले निभाउने भूमिका विकृत छ र मानवतासँग वा परमेश्वरले तोकेको कुरासँग मिल्दैन भने, तैँले आफूलाई जाँचेर कसरी यो स्थितिबाट बाहिर निस्कने भनी चिन्तन गर्नुपर्छ। यदि आफ्नो जोडीलाई झपार्न मिल्छ भने झपार्; यदि तैँले आफ्नो जोडीलाई झपार्दा अप्रिय परिणाम निस्कन्छ भने, अझ बुद्धिमानी र उचित निर्णय लिनुपर्छ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (११)

विवाह गरेपछि मानिसहरू सबै आफूलाई भाग्यमानी र सुखी ठान्छन्। धेरैजसो मानिस विवाह गरेपछि आफ्नो जोडी नै आफूले चयन गरेको भावी जीवनको प्रतीक हो र, अवश्य नै, आफ्नो विवाह नै यो जुनीमा आफूले खोज्ने गन्तव्य हो भनी विश्वास गर्छन्। यसको अर्थ के हो? यसको अर्थ हो, विवाह गर्ने हरव्यक्तिले विवाह आफ्नो गन्तव्य हो, र आफ्नो विवाह भैसकेपछि त्यो विवाह आफ्नो गन्तव्य हो भन्ने विश्वास गर्छ। “गन्तव्य” भन्नुको अर्थ के हो? यसको अर्थ टेको हो। तिनीहरू आफ्नो सम्भावना, भविष्य र खुसी आफ्नो विवाह र आफूले विवाह गरेको जोडीलाई सुम्पन्छन्, त्यसकारण विवाह गरेपछि तिनीहरू आफूलाई फेरि कहिल्यै केही कुराको चाहना वा कुनै चिन्ता नहुने ठान्छन्। किनभने तिनीहरूलाई आफूले गन्तव्य भेटाइसकेको, र त्यो गन्तव्य आफ्नो जोडी र आफूले त्यो जोडीसँग मिलेर बनाउने घरबार दुवै हो भन्ने लाग्छ। तिनीहरूले आफ्नो गन्तव्य भेटाइसकेकाले, अबउप्रान्त कुनै कुरा पछ्याउनु वा कुनै कुराको आशा गर्नु आवश्यक छैन। … कुनै व्यक्ति विवाहमा प्रवेश गर्दा, यदि उसले विवाहलाई आफ्नो गन्तव्य ठान्छ, जबकि आफ्ना सम्पूर्ण पछ्याइ, जीवनप्रतिको दृष्टिकोण, जीवनमा आफूले पछ्याउने मार्ग, र परमेश्वरले ऊबाट माग गर्ने कुरालाई फुर्सदमा गर्ने फाल्तु कुरा ठान्छ भने, थाहा नपाउने गरी विवाहलाई आफ्नो गन्तव्य बनाउनु राम्रो कुरा होइन, त्यसको विपरीत त्यो आफूले सही जीवन लक्ष्य पछ्याउने, जीवनबारे सही दृष्टिकोण बनाउने, र मुक्ति पछ्याउने काममा समेत बाधा, ठोकर, र प्रतिरोध बन्छ। किनभने जब विवाह गर्ने व्यक्तिले आफ्नो जोडीलाई आफ्नो गन्तव्य र यो जीवनको आफ्नो नियति ठान्छ, तब उसले आफ्नो जोडीका विविध भावना, उसको सुख-दुःख आफूसँग सम्बन्धित छ, र आफ्ना सुख-दुःख अनि विविध भावना आफ्नो जोडीसँग सम्बन्धित छ, त्यसैले आफ्नो जोडीको जीवन, मृत्यु, खुसी र आनन्द आफ्नो जीवन, मृत्यु, खुसी र आनन्दसँग गाँसिएको छ भन्ने विश्वास गर्छ। त्यसकारण, विवाह नै आफ्नो जीवनको गन्तव्य हो भन्ने यी मानिसहरूको विचारले तिनीहरूको जीवन मार्ग, सकारात्मक कुरा, र मुक्तिको पछ्याइलाई एकदमै सुस्त र निष्क्रिय बनाउँछ। यदि आफ्नो विवाहमा परमेश्वरलाई पछ्याउने व्यक्तिको जोडीले परमेश्वरलाई नपछ्याउने बरु सांसारिक कुराहरू पछ्याउने निर्णय गर्छ भने, परमेश्वरलाई पछ्याउने व्यक्तिमा आफ्नो जोडीबाट गम्भीर असर पर्नेछ। … किनभने उसको हृदयमा, आफ्नो श्रीमान् नै उसको प्राण, उसको जीवन, र अझ उसको सर्वस्व, सबथोक हो। उसलाई आफ्नो अतिप्रिय श्रीमानले सबैभन्दा बढी प्रेम गर्छ, र ऊ पनि आफ्नो श्रीमानलाई सबैभन्दा बढी प्रेम गर्छे। तर अहिले ऊ एउटा समस्यामा पर्छे: यदि उसको श्रीमानले परमेश्वरप्रतिको आफ्नो विश्वासको विरोध गऱ्यो र उसको प्रार्थनाले काम गरेन भने, के होला? ऊ यसबारे निकै चिन्ता लिन्छे। उसले घरबाट टाढा गएर आफ्नो कर्तव्य निभाउनुपर्दा, आफूलाई पनि परमेश्वरको घरमा कर्तव्य निभाउने चाहना भए पनि, जब उसले कर्तव्य निभाउन आफू घर छाडेर टाढा जानुपर्ने, र लामो समयसम्म घरबाट टाढा रहनुपर्ने कुरा थाहा पाउँछे, तब उसलाई असाध्यै पीडा महसुस हुन्छ। किन त्यस्तो भएको? उसलाई आफूले घर छोडेर गएपछि आफ्नो श्रीमानको हेरचाह गर्ने कोही हुनेछैन, श्रीमानको यादले सताउनेछ र श्रीमानको चिन्ता लागिरहनेछ भनेर चिन्ता लाग्छ। उसलाई श्रीमानको चिन्ता लाग्नेछ अनि उसको कमी महसुस हुनेछ र उसको साथविना आफू जिउन सक्दिनँ, आफूले जीवनको आशा र दिशा गुमाउनेछु, र सम्पूर्ण हृदयले आफ्नो कर्तव्य पनि निभाउन सक्दिनँ भन्नेसमेत लाग्नेछ। अहिले, त्यसबारे सोच्दा मात्र भने पनि, उसको हृदय पिरोलिन्छ, झन् साँच्चै त्यस्तो भयो भने त के होला त्यसको त कुरै नगरौँ। त्यसकारण, मण्डलीमा ऊ अर्को ठाउँमा गएर आफ्नो कर्तव्य निभाउनका लागि अनुरोध गर्ने आँट कहिल्यै गर्दिन, वा यदि लामो समयसम्म टाढा रहेर केही काम गर्ने कसैको आवश्यकता पऱ्यो र घरबाट टाढा रात कटाउनुपर्छ भने, ऊ त्यो कामका लागि कहिल्यै अग्रसर हुँदिन वा त्यस्तो अनुरोध स्विकार्ने आँट गर्दिन। ऊ दाजुभाइ र दिदीबहिनीहरूका पत्रहरू पुऱ्याने, वा कहिलेकाहीँ तिनीहरूका लागि आफ्नो घरमा भेला राख्नेजस्ता आफ्नो सामर्थ्यले भ्याउने सबै कुरा मात्र गर्छे, तर कहिल्यै दिनभरि श्रीमानबाट छुट्टिने आँट गर्दिन। … यी मानिसहरूलाई आफ्नो जोडीलाई हेर्न, उसको हात समाउन, र ऊसँग जिउन पाउनु भनेको आफूले जुनीभरको साथ पाउनु, जस्तै ढुक्क लाग्नु र दिलासा पाउनु हो भन्ने लाग्छ। तिनीहरू आफूलाई खान-लाउनको कुनै चिन्ता, हुनेछैन, फिक्री हुनेछैन र आफ्नो जोडी नै आफ्नो गन्तव्य हो भन्ठान्छन्। अविश्वासीहरूको यस्तो भनाइ नै छ, “यो जुनीमा तिमीलाई पाएँ भने, मलाई अरू केही चाहिँदैन।” यी मानिसहरू आफ्नो विवाह र जोडीप्रति हृदयमा यस्तै महसुस गर्छन्; तिनीहरू आफ्नो जोडी खुसी हुँदा खुसी र आफ्नो जोडी चिन्तित हुँदा चिन्तित हुन्छन्, अनि आफ्नो जोडीलाई कष्ट हुँदा उसलाई पनि कष्ट हुन्छ। आफ्नो जोडीको मृत्यु भयो भने, तिनीहरू पनि जिउन चाहँदैनन्। अनि आफ्नो जोडी अरू कसैसित प्रेममा पऱ्यो भने, तिनीहरू के गर्छन्? (तिनीहरू जिउन चाहँदैनन्।) कतिपय मानिस जिउनै चाहँदैनन्, त्यसैले आत्महत्या गर्छन्, र कतिपयचाहिँ मानसिक सन्तुलन गुमाउँछन्। ल भन् त, यो सब केका लागि हो? कस्तो व्यक्तिले मानसिक सन्तुलन गुमाउँछ? मानसिक सन्तुलन गुमाउनुले आफू आफ्नो जोडीप्रति पागल छ भन्ने देखाउँछ। कतिपय स्त्रीहरू आफ्नो श्रीमान् आफ्नो जीवनको गन्तव्य हो, र त्यस्तो पुरुष पाइसकेपछि आफूले फेरि अरू कुनै पुरुषलाई प्रेम गर्नेछैनँ भन्ने सोच्छन्—यो त “यो जुनीमा उसलाई पाएँ भने, मलाई अरू केही चाहिँदैन” भन्ने कुरा हो। तर उसको श्रीमानले उसलाई निराश तुल्याउँछ, अरू कसैलाई प्रेम गर्छ, र उसलाई बिलकुलै चाहँदैन। त्यसोभए अन्त्यमा के हुन्छ? त्यसपछि ऊ सम्पूर्ण विपरीत लिङ्गीव्यक्तिहरूलाई असाध्यै घृणा गर्छे। उसलाई अर्को कुनै पुरुष देख्दा, थुक्न, सराप्न, र कुट्न मन लाग्छ। उसमा हिंस्रक प्रवृत्ति विकास हुन्छ, र उनको समझशक्ति खलबलिन्छ। कतिपयले आफ्नो मानसिक सन्तुलन साँच्चै गुमाउँछन्। मानिसले विवाहलाई सही ढङ्गले नबुझ्नुका परिणामहरू यिनै हुन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (११)

तेरो जोडी वफादार नहुँदा तैँले त्यो कसरी सम्हाल्नुपर्छ? तैँले झगडा गरेर समस्या खडा गर्नु हुँदैन, र तमाशा लगाएर भुईंमा लडीबुडी गर्नु हुँदैन। तैँले के बुझ्नुपर्छ भने, यस्तो हुँदा आकास खस्दैन, न त गन्तव्यबारे तेरो सपना नै चकनाचुर हुन्छ, न त अवश्य पनि त्यसको अर्थ तेरो विवाह अन्त्य हुनैपर्छ र टुट्नैपर्छ भन्ने नै हो, झन् त्यसको अर्थ तेरो विवाह असफल भएको छ वा त्यो अन्त्य हुनै लागेको छ भन्ने त हुँदै होइन। के मात्र हो भने, सबैमा भ्रष्ट स्वभाव हुने भएकाले, अनि मानिसहरू संसारका दुष्ट प्रवृत्ति र आम अभ्यासद्वारा प्रभावित हुने र तिनीहरूमा दुष्ट प्रवृत्तिबाट आफूलाई जोगाउने प्रतिरोधात्मक क्षमता नहुने भएकाले, मानिसहरू गल्ती नगर्न, अवफादार नहुन, आफ्ना विवाहमा विचलित नहुन, र आफ्नो जोडीलाई निराश नपार्न सक्दैनन्। यदि तैँले यो समस्यालाई यस दृष्टिकोणबाट हेरिस् भने, यो त्यस्तो ठूलो कुरै होइन। सबै वैवाहिक परिवारमा संसारको सामान्य परिवेश अनि समाजका दुष्ट प्रवृत्ति र आम अभ्यासको प्रभाव छ। साथै, कुनै व्यक्तिको दृष्टिकोणबाट हेर्दा, मानिसमा यौन चाहना हुन्छ, र त्यसको साथै तिनीहरूमा चलचित्र र टिभी नाटकमा देखाइने पुरुष र स्त्रीबीचको प्रेम सम्बन्ध अनि समाजका अश्लील सामग्रीको प्रचलनजस्ता कुराहरूको प्रभाव पर्छ। मानिसलाई आफूले कायम राख्नुपर्ने सिद्धान्तहरू पालना गर्न कठिन हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, मानिसलाई न्युनतम नैतिकता कायम राख्न कठिन हुन्छ। यौन चाहनाका सीमाहरू सजिलै भत्किन्छन्; यौन चाहना आफैमा भ्रष्ट होइन, तर मानिसमा भ्रष्ट स्वभाव हुने, साथै मानिस यस्तो सामान्य परिवेशमा जिउने भएकाले, जब पुरुष र स्त्रीबीचको सम्बन्धको कुरा आउँछ तब तिनीहरू सजिलै गल्ती गर्ने गर्छन्, र यो तैँले प्रस्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यस्तो सामान्य परिवेशमा भ्रष्ट स्वभावको कसैले पनि प्रलोभन वा लोभ्याइलाई रोक्न सक्दैन। मानव यौन चाहना कुनै पनि बेला र कुनै पनि ठाउँमा पोखिन सक्छ, र मानिसहरू कुनै पनि बेला र कुनै पनि ठाउँमा व्यभिचार गर्न पुग्छन्। यौन चाहनामै समस्या भएर यस्तो हुने होइन, बरु मानिसहरूमै खराब कुरा भएर यस्तो हुने हो। मानिसहरू आफ्ना यौन चाहनालाई आफ्नो नैतिकता, आचारसंहिता र निष्ठा गुम्ने कामहरू गर्न प्रयोग गर्छन्, जस्तै, व्यभिचार गर्ने, अनुचित प्रेम सम्बन्ध गाँस्ने, प्रेमिका बनाउने आदि। त्यसकारण, यदि तैँले, परमेश्वरमा विश्वास गर्ने व्यक्तिको नाताले, यी कुराहरूलाई सही ढङ्गले लिन सकिस् भने, तिनलाई विवेकी ढङ्गमा सम्हाल्न सक्छस्। तँ भ्रष्ट परिएको मानव होस्, र ऊ पनि भ्रष्ट परिएको मानव नै हो, त्यसैले तैँले आफू आफ्नो विवाहप्रति वफादार रहन सक्छस् भन्दैमा ऊ पनि तँजस्तै होस् र वफादार रहोस्, कहिल्यै अवफादार हुनै हुँदैन भनेर माग गर्नु हुँदैन। यस्तो भएमा, तैँले त्यसलाई सही तरिकाले सामना गर्नुपर्छ। किन? हरव्यक्तिलाई यस्तो परिवेश वा प्रलोभन सामना गर्ने अवसर हुन्छ। तँ आफ्नो जोडीलाई बाजले झैँ निगरानी गर्न त सक्छस्, तर त्यसले फरक पार्दैन, र तैँले उसलाई जति नजिकबाट नियाल्छस्, त्यत्ति छिटो र चाँडो त्यो घट्ना घट्छ। किनभने हरव्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, हरव्यक्ति दुष्ट समाजको यो सामान्य परिवेशमा जिउँछ, र अत्यन्तै थोरै मानिस लम्पट हुँदैनन्। तिनीहरूलाई त्यस्तो हुनबाट तिनीहरूका परिस्थिति र अवस्थाले मात्र रोकेका हुन्छन्। मानव पशुभन्दा श्रेष्ठ हुने कुरा त्यति धेरै छैन। कम्तीमा, पशुले आफ्ना यौन नैसर्गिक प्रवृत्तिप्रति स्वाभाविक रूपमै प्रतिक्रिया जनाउँछ, तर मानवमा त्यस्तो हुँदैन। मानव जानाजानी लम्पटता र हाडनाता करणीमा संलग्न हुन सक्छ—मानिस मात्र लम्पटतामा संलग्न हुन सक्छ। त्यसकारण, यस दुष्ट समाजको सामान्य परिवेशमा, परमेश्वरमा विश्वास नगर्नेहरू मात्र नभई लगभग सबै मानिसले यस्ता काम गर्न सक्छन्। यो निर्विवाद तथ्य हो, र व्यक्ति यो समस्याबाट उम्कन सक्दैन। त्यसैले, यस्तो कुरा जोकोहीलाई हुन सक्ने भएकाले, तँ किन आफनो श्रीमानलाई त्यस्तो हुन दिँदैनस्? वास्तवमा यस्तो हुनु अत्यन्तै सामान्य कुरा हो। तँ ऊसँग भावनात्मक रूपमा जोडिएको हुनाले मात्र उसले तँलाई त्याग्दा वा फाल्दा, तँ त्यसलाई जित्न र सहन सक्दैनस्। यदि यस्तै घटना अरू कसैलाई भएको भए, तैँले कटु मुस्कान दिँदै सोच्नेथिस्, “यो त सामान्य हो। समाजमा हरव्यक्ति यस्तै हुँदैन र?” त्यो भनाइ कस्तो पो हो? लड्डुबारे भनाइ? (तिनीहरू दुवै हातमा लड्डु चाहन्छन्।) यी सबै चर्चित शब्दहरू र संसारका दुष्ट प्रवृत्तिका कुरा हुन्। मान्छेको लागि यो सराहनीय कुरा हो। यदि कुनै मान्छेसँग लड्डु छैन र उसले एउटा पनि खान सक्दैन भने, त्यसले उसमा क्षमता नभएको देखाउँछ र मानिसहरू उसलाई हाँसोमा उडाउँछन्। त्यसैले कुनै महिलालाई यस्तो कुरा आइपर्दा, उसले तमाशा लगाउन, लडीबुडी गर्न, र आवेश पोख्न, रुन, समस्या खडा गर्न सक्छे, र यस्तो भएकाले खाना खाँदिन, र मर्न, झुन्डिन, र आत्महत्या गर्न चाहन्छे। कतिपय महिला यति साह्रो रिसाउँछन् कि मानसिक सन्तुलन नै गुमाउँछन्। यो कुरा विवाहप्रतिको उसको मनोवृत्तिसँग थाहै नपाउने गरी सम्बन्धित छ, र यो अवश्य पनि “उसको श्रीमान उसको गन्तव्य हो” भन्ने विचारसँग सिधै सम्बन्धित छ। यो महिला उसको श्रीमानले तिनीहरूको विवाह टुटाएर भरोसा तोडेको र उसको जीवनको सुन्दर आकाङ्क्षा नष्ट पारेको ठान्छे। उसको श्रीमानले नै पहिले तिनीहरूको विवाहको सन्तुलन बिगारेको, नियम तोडेको, उसलाई फालेको, विवाह वाचा तोडेको, र उसको सुन्दर सपनालाई दुःस्वप्नमा परिणत गरेकाले गर्दा, उसले यी तरिकामा आफ्नो कुरा व्यक्त गर्छे र यस्ता चरम व्यवहार देखाउँछे। यदि मानिसले परमेश्वरबाट विवाहको सही बुझाइ स्विकारे भने, अलि बढी विवेकी ढङ्गमा व्यवहार गर्नेछन्। साधारण मानिसलाई यस्तो कुरा आइपर्दा, तिनीहरू चित्त दुखाउनेछन्, रुनेछन्, र तिनीहरूलाई पीडा हुनेछ। तर जब तिनीहरू साम्य भएर परमेश्वरका वचन र समाजको सामान्य वातावरणबारे सोच्छन्, र त्यसपछि हरव्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ भन्ने वास्तविक परिस्थितिबारे सोच्छन्, तब तिनीहरूले उक्त मामलालाई विवेकी र सही ढङ्गले सम्हाल्नेछन्, र कुकुर हड्डीमा अल्झिएझैँ त्यसमा अल्झिनुभन्दा सलाई त्याग्नेछन्। मैले “त्यसलाई त्याग्नु” भन्नुको अर्थ के हो? मेरो भन्नुको मतलब तेरो श्रीमानले यो कुरा गरेको र ऊ तिमीहरूको विवाहप्रति बेइमान भएको हुनाले, तैँले यो तथ्यलाई स्विकार्नुपर्छ, ऊसँग बसेर कुरा गर्नुपर्छ र यसरी सोध्नुपर्छ, “तपाईंको के योजना छ? अब हामी के गर्ने? हामी हाम्रो विवाहलाई कायम राखौँ कि अन्त्य गरेर छुट्टाछुट्टै बस्ने निधो गरौँ?” बसेर कुरा मात्र गर्; झगडा गर्नु वा समस्या खडा गर्नु आवश्यक छैन। यदि तेरो श्रीमानले विवाहलाई अन्त्य गर्न जोर दिन्छ भने, त्यो ठूलो कुरा होइन। अविश्वासीहरू प्राय: यसो भन्ने गर्छन्, “खुट्टा भए जुत्ता जति पनि,” “पुरुष भनेका सिटी बसजस्तै हो—एउटा गए अर्को आउँछ,” अनि अर्को भनाइ के पो हो? “एउटा आलुका लागि सिङ्गै बोरा नफाल्।” यो आलु कोत्रे मात्र हुँदैन, भित्र कुहिएको पनि छ। के यी भनाइहरू सही हुन्? यी त अविश्वासीहरूले आफ्नो मन बुझाउन प्रयोग गर्ने कुरा हुन्, तर के सत्यतासँग तिनको कुनै सम्बन्ध छ? (छैन।) त्यसोभए सही सोचाइ र दृष्टिकोण कस्तो हुनुपर्छ? तँलाई त्यस्तो घट्ना आइपर्दा, सर्वप्रथम तँ आवेशमा आउनु हुँदैन, र तैँले रिस थामेर यसो भन्नुपर्छ, “शान्त भएर कुरा गरौँ। तपाईंको के गर्ने योजना छ?” ऊ भन्छ, “मेरो त तिमीसँगै बस्न कोसिस गर्ने योजना छ।” त्यसपछि तँ भन्छेस्, “त्यसोभए, त्यो कोसिस जारी राखौँ। अबउसो कुनै प्रेम सम्बन्ध नराख्नुस्, श्रीमानको जिम्मेवारी निभाउनुस्, र हामी यो समस्या हल गर्न सक्छौँ। यदि तपाईं त्यसो गर्न सक्नुहुन्न भने, हामी सम्बन्ध तोडेर आ-आफ्नो बाटो लागौँ। परमेश्वरले हाम्रो विवाह यहीँ टुङ्गिनुपर्छ भनी तोक्नुभएको हुन सक्छ। यदि त्यसो हो भने, म उहाँको बन्दोबस्त मान्न इच्छुक छु। तपाईं फराकिलो मार्ग पछ्याउन सक्नुहुन्छ, मचाहिँ परमेश्वरप्रतिको आस्थाको मार्ग पछ्याउनेछु, र हामी एकअर्कालाई असर पार्नेछैनौँ। म तपाईंलाई हस्तक्षेप गर्नेछैनँ, र तपाईंले मलाई नियन्त्रण गर्नु हुँदैन। मेरो भाग्य तपाईंमा निर्भर हुँदैन र तपाईं मेरो गन्तव्य हुनुहुन्न। मेरो भाग्य र गन्तव्य परमेश्वरले निर्धारण गर्नुहुन्छ। यो जीवनमा म जहाँ पुगेर रोकिन्छु त्यही मेरो अन्तिम बिसौनी हुनेछ, र म आफ्नो गन्तव्यमा पुगेकी हुनेछु—मैले परमेश्वरलाई सोध्नैपर्छ, उहाँलाई थाहा छ, उहाँमा सार्वभौमिकता छ, र म उहाँका योजना र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहन्छु। जेहोस्, यदि तपाईं हाम्रो विवाह जारी राख्न चाहनुहुन्न भने, हामी शान्तिपूर्वक छुट्टिऔँ। ममा कुनै विशेष सीप नभए पनि र यो परिवार आर्थिक रूपले तपाईंमै निर्भर भए पनि, म तपाईंविना जिउन सक्छु, र म राम्रै जीवन जिउनेछु। परमेश्वर एउटा भँगेरालाई त भोको राख्नुहुन्न भने म जीवित मानवका लागि त उहाँले झन् कति धेरै गर्नुहुनेछ। मसँग हातखुट्टा छन्, म आफ्नो हेरचाह गर्न सक्छु। तपाईंले चिन्ता लिनु पर्दैन। यदि परमेश्वरले मेरो बाँकी जीवनभर तपाईंविना एक्लो हुने तोक्नुभएको छ भने, म त्यो मान्न र गुनासो नगरी यो तथ्य स्विकार्न इच्छुक छु।” के यसो गर्नु राम्रो कुरा होइन र? (हो, राम्रो हो।) यो ठूलो कुरा हो, होइन र? विवाद र झगडा गर्नु आवश्यक छैन, त्यसबारे सबैले थाहा पाउने गरी कहिल्यै नटुङ्गिने समस्या खडा गर्नु त झनै आवश्यक छैन—त्यो कुनै गर्नु आवश्यक छैन। विवाह तेरो र तेरो श्रीमानको चासोको कुरा हो, अरू कसैको होइन। यदि विवाहमा खटपट भयो भने, तिमीहरू दुईले नै त्यो समाधान गर्नुपर्छ र त्यसको परिणामरू भोग्नुपर्छ। तँ परमेश्वरको विश्वासीको नाताले, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, चाहे परिणाम जेसुकै होस्। अवश्य पनि, विवाहको कुरामा भन्नुपर्दा, जस्तोसुकै फाटो देखा परे पनि वा जे परिणाम उत्पन्न भए पनि, चाहे विवाह रहोस् वा नरहोस्, तैँले आफ्नो विवाहमा नयाँ जीवन सुरु गरे पनि, वा त्यतिबेलै र त्यहीँ नै तेरो विवाह अन्त्य भए पनि, विवाह तेरो गन्तव्य होइन, र तेरो श्रीमान पनि तेरो गन्तव्य होइन। परमेश्वरले उसलाई त तेरो जीवन र अस्तित्वमा देखा परेर तेरो जीवन यात्रामा तँलाई साथ दिने भूमिका खेल्ने मात्र तोक्नुभएको हो। यदि ऊ तँलाई यात्राको अन्त्यसम्म साथ दिन र अन्तिम अवस्थासम्म तँसँगै हुन सक्छ भने, त्योभन्दा राम्रो केही हुँदैन, र तँ परमेश्वरप्रति उहाँको अनुग्रहका लागि धन्यवादी हुनुपर्छ। यदि वैवाहमा कुनै समस्या आयो भने, चाहे फाटो आओस् वा तँलाई मन नपर्ने केही आइपरोस्, र अन्तत: विवाह अन्त्य भए पनि, त्यसको अर्थ अब तेरो गन्तव्य नै छैन, अब तेरो जिन्दगी अन्धकार भएको छ, वा त्यसमा कुनै उज्यालो छैन, र तेरो भविष्य छैन भन्ने होइन। तेरो विवाह अन्त्य हुनु अझ राम्रो जीवनको थालनी हुन सक्छ। यो सब परमेश्वरको हातमा छ, र त्यो परमेश्वरले नै योजना मिलाउने र बन्दोबस्त गर्ने हो। हुन सक्छ, तेरो विवाह अन्त्य हुँदा तैँले विवाहबारे अझै गहन समझ पाउँछस् र विवाहको मूल्याङ्कन गर्न सक्छस् र विवाहलाई बुझ्छस्। अवश्य पनि, तेरो विवाह अन्त्य हुनु तेरा लागि आफ्नो जीवनको लक्ष्य र दिशा, साथै आफू हिँड्ने मार्गमा महत्त्वपूर्ण मोड हुन सक्छ। त्यसले तँलाई तिता यादहरू छोड्नेछैन, झन् पीडादायी यादहरू छोड्नु त परै जाओस्, न त त्यो सबै नकारात्मक अनुभव र नतिजा नै हुनेछन्, बरु त्यसबाट तैँले सकारात्मक र सक्रिय अनुभवहरू बटुल्नेछस् जुन यदि तँ विवाहित रहेको भए पाउन सक्थिनस्। यदि तेरो विवाह जारी रहेको भए, सायद तँ आफ्नो अन्तिम दिनसम्म सधैँ यस्तै सादा, औसत र फिका जीवन जिउनेथिस्। तर यदि तेरो विवाह अन्त्य भयो र टुट्यो भने, त्यो नराम्रो हो भन्न मिल्दैन। पहिले तँ आफ्नो विवाहको खुसी र जिम्मेवारी, साथै श्रीमानप्रतिको चासो, हेरचाह, ध्यान, वास्ता, र चिन्ताको भावना वा जीवनशैलीद्वारा नियन्त्रित थिइस्। तर, तेरो विवाह अन्त्य भएको दिनदेखि, तेरो जीवनका सबै परिस्थिति, जिउनुका लक्ष्य र जीवनका पछ्याइको आमूल र पूर्ण परिवर्तन हुनेछन्, अनि यो परिवर्तन तेरो विवाह अन्त्य हुनुको नतिजा हो भनेर भन्नैपर्छ। परमेश्वर तेरा लागि उहाँले तोकेको विवाहबाट तैँले यही नतिजा, परिवर्तन र रूपान्तरण पाएको चाहनुहुन्छ, अनि उहाँ तैँले आफ्नो विवाह अन्त्य गरेर यही प्राप्त गरेस् भन्ने चाहनुहुन्छ। तैँले चोट पाएको र कष्टदायी मार्गमा हिँडेको भए पनि, अनि तैँले विवाहको संरचनाभित्र केही अनावश्यक त्याग र सम्झौताहरू गरेको भए पनि, अन्त्यमा जे प्राप्त गर्छेस् त्यो विवाहित जीवनमा प्राप्त गर्न सकिँदैन। त्यसकारण, अवस्था जे भए पनि, “विवाह तेरो गन्तव्य हो” भन्ने सोच र दृष्टिकोण त्याग्नु सही हो। चाहे तेरो विवाह जारी रहोस् वा सङ्कटमा परोस्, वा तेरो विवाह टुट्न लागेको वा अन्त्य भइसकेको होस्, परिस्थिति जस्तोसुकै भए पनि, विवाह नै तेरो गन्तव्य होइन। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (११)

तैँले राम्रो जीवन जिउन सकेस् र तेरो हेरविचार गर्ने कोही होस्, तेरो साथमा कोही होस् भनेर मात्र परमेश्वरले तँलाई स्थिर जीवन र जोडी दिनुभएको छ, तैँले परमेश्वर र उहाँका वचनबिर्सन वा आफ्नो कर्तव्य निर्वाहको दायित्व र श्रीमान वा श्रीमती पाइसकेपछि मुक्ति पछ्याउने लक्ष्य त्याग्न र त्यसपछि आफ्नो श्रीमान वा श्रीमतीका लागि जिउन सकेस् भनेर होइन। यदि तँ साँच्चै यस्तो कार्य गर्छस्, यदि तँ साँच्चै यसरी जिउँछस् भने, मलाई आशा छ, तैँले सक्दो चाँडो आफ्नो मार्ग परिवर्तन गर्नेछस्। कुनै व्यक्ति तेरा लागि जति नै महत्त्वपूर्ण भए पनि, वा ऊ तेरो जीवन, जियाइ, वा जीवन मार्गमा जति नै महत्त्वपूर्ण भए पनि, ऊ तेरो गन्तव्य होइन किनभने ऊ केवल भ्रष्ट पारिएको मानव हो। परमेश्वरले तेरा लागि हालको तेरो श्रीमान् वा श्रीमती बन्दोबस्त गर्नुभएको छ, र तँ ऊसँग जिउन सक्छस्। यदि परमेश्वरले आफ्नो मुड परिवर्तन गरेर तेरा लागि अरू कोही बन्दोबस्त गर्नुभयो भने पनि, तँ त्यति नै राम्ररी जिउन सक्छस्, त्यसैले अहिलेको तेरो श्रीमान् वा श्रीमती तेरा लागि एकमात्र व्यक्ति होइन, न त ऊ तेरो गन्तव्य नै हो। तेरो गन्तव्यको जिम्मा लिने एकमात्र व्यक्ति परमेश्वर हुनुहुन्छ, अनि मानवजातिको गन्तव्य जिम्मा लिने व्यक्ति परमेश्वर हुनुहुन्छ। तैँले आफ्ना आमाबुबा छाडिस् भने पनि तँ बाँच्न र जिउन सक्छस्, अनि तैँले आफ्नो जोडीलाई छाडिस् भने पनि तँ अवश्य त्यसै गरी जिउन सक्छस्। तेरा आमाबुबा तेरो गन्तव्य होइनन्, न त तेरो जोडी नै हो। तँसँग जोडी अर्थात् तेरो आत्मा, तेरो प्राण र तेरो देह जिम्मा लिने व्यक्ति हुँदैमा, जीवनका सबैभन्दा महत्त्वपूर्ण कुराहरू नबिर्सी। यदि तैँले परमेश्वरलाई बिर्सिस्, परमेश्वरले तँलाई सुम्पेको कुरा बिर्सिस्, सृष्टि गरिएको प्राणीले निभाउनुपर्ने कर्तव्य बिर्सिस्, र आफ्नो पहिचान बिर्सिस् भने, आफ्नो सारा विवेक र समझ गुमाएकी हुनेछस्। अहिले तेरो जीवन जेजस्तो भए पनि, चाहे तँ विवाहित होस् या नहोस्, सृष्टिकर्तासामु तेरो पहिचान कहिल्यै परिवर्तन हुनेछैन। कोही पनि तेरो गन्तव्य हुन सक्दैन, र तैँले आफूलाई कसैको हातमा सुम्पन सक्दैनस्। परमेश्वरले मात्र तँलाई उचित गन्तव्य दिन सक्नुहुन्छ, परमेश्वर मात्र मानवजातिको अस्तित्व जिम्मे लिने व्यक्ति हुनुहुन्छ, र यो सधैँ यस्तै हुनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (११)

अघिल्लो: १८. आमाबुबाप्रति छोराछोरीको धर्म अर्थात् दैहिक सम्बन्धलाई कसरी लिने

अर्को: २०. सतावट र सङ्कष्ट कसरी अनुभव गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्