११. किन परमेश्‍वरका विश्‍वासीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ। अनि अवश्य नै परमेश्‍वरले मानिसहरूलाई मापदण्डहरू दिनुहुन्छ, र यी मापदण्डहरू नै तिनीहरूका कर्तव्यहरू हुन्। मानिसहरूको कर्तव्य परमेश्‍वरको काम र मानवजातिप्रतिका उहाँका मापदण्डहरूबाट आएको हो भन्‍ने कुरा स्पष्ट छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यो उसले गर्न सक्‍ने सबैभन्दा उचित कुरा हो, यो मानवजातिमाझको सबैभन्दा सुन्दर र न्यायसङ्गत कुरा हो। मानिसहरूले सृष्टि गरिएका प्राणीहरूको रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरूले परमेश्‍वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्‍वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिमीहरूले आ-आफ्‍ना जिम्‍मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्‍वरले तोक्‍नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य पृथ्वीमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र नैतिकवान्‌ हुन्छ; मानवजातिमाझ सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृष्टि गरिएको व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यो समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्‍वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्‍ने, सृष्टिकर्ताले व्यक्त गर्नुभएका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरू अनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा सानदार गवाही हो, र परमेश्‍वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृष्टि गरिएको प्राणीले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र सबै मानिसहरूले प्रशंसा गर्ने एउटा कथाको रूपमा फैलाउनुपर्ने कुरा हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई सुम्पनुहुने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिको लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने सबैको लागि, योभन्दा सुन्दर वा उत्सवयोग्य कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। … जब कुनै व्यक्ति सृष्टि गरिएको प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृष्टि गरिएका प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरून् भन्‍ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, र उहाँले मानिसहरूमाझ कामको थप चरण सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा उहाँबाट सत्यता हासिल गर्न सक्छन्, अनि यस मार्फत आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र शुद्ध पारिन सक्छन्। यसरी तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न पाउँछन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको भय मान्न र दुष्टताबाट अलग बस्‍न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्‍न सक्षम हुन्छन्। मानवजातिले आफ्ना कर्तव्यहरू निर्वाह गरेर अन्त्यमा हासिल गरून् भनी परमेश्‍वरले चाहनुभएको प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वरले तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँले तँलाई तैँले सृष्टि गरिएको प्राणीको हैसियतले तेरो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँले त तँलाई शुद्ध पारिने र मुक्ति पाउने, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन आउने मौका प्रदान गर्नुहुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात)

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धर्मी अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ

परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्‍वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूको सहकार्यको आवश्यकता पर्ने विभिन्‍न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको मापदण्ड हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार प्रचारमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो। पृथ्वीका मानिसहरू जसरी जिए पनि परमेश्‍वरको व्यवस्थापन कार्यविना के तिनीहरूसित कर्तव्यहरू हुन्थ्यो? हुँदैनथ्यो। अब तँ प्रस्ट रूपमा बुझ्छस्। व्यक्तिको कर्तव्य केसँग सम्बन्धित हुन्छ? (त्यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ।) ठिक भनिस्। मानवजातिका कर्तव्यहरू, सृष्टि गरिएका प्राणीहरूका कर्तव्यहरू र मानवजातिको मुक्तिको निम्ति परमेश्‍वरको व्यवस्थापन कार्यका बीचमा प्रत्यक्ष सम्बन्ध छ। भन्नु नै हो भने, परमेश्‍वरले मानवजातिलाई मुक्ति नदिनुभएको भए, र देहधारी परमेश्‍वरले मानिसहरूमाझ व्यवस्थापन कार्य सुरु नगर्नुभएको भए, मानिसहरूसित गर्नुपर्ने कुनै कर्तव्य हुनेथिएन भनेर भन्न सकिन्छ। कर्तव्यहरू परमेश्‍वरको कामबाटै उत्पन्न हुन्छन्; परमेश्‍वर मानिसहरूबाट यही नै माग गर्नुहुन्छ। यसलाई यो दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरको पछि लाग्ने हरेक व्यक्तिका लागि कर्तव्य महत्त्वपूर्ण हुन्छ, होइन र? यो निकै महत्त्वपूर्ण हुन्छ। मोटामोटी रूपमा कुरा गर्दा, तैँले परमेश्‍वरको व्यवस्थापन योजनाको काममा भाग लिइरहेको छस्; अझ स्पष्ट रूपमा भन्‍ने हो भने, तैँले विभिन्न समयमा र विभिन्न मानिसहरूका समूहमा आवश्यक पर्ने परमेश्‍वरका धेरै प्रकारका कार्यहरूमा सहकार्य गरिरहेको छस्। तेरो कर्तव्य जे सुकै भए पनि, त्यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसन हो। कहिलेकहीँ तैँले कुनै महत्त्वपूर्ण कुराको देखरेख वा सुरक्षा गर्नुपर्छ। यो तुलनात्मक रूपमा सानोतिनो कार्य हुन सक्छ जसलाई केवल तेरो जिम्मेवारी हो भनेर मात्र भन्न सकिन्छ, तर त्यो कार्य परमेश्‍वरले तँलाई दिनुभएको काम हो; तैँले त्यो उहाँबाट स्विकारेको होस्। तैँले त्यो परमेश्‍वरको हातबाट स्वीकार गरिस्, र त्यो तेरो कर्तव्य हो। मामलाको जडमै गएर बताउनुपर्दा, तेरो कर्तव्य परमेश्‍वरले तँलाई सुम्पनुभएको हो। यसमा मुख्यगरी सुसमाचार फैलाउने, गवाही दिने, भिडियो बनाउने, मण्डलीको अगुवा वा सेवक बन्ने कामहरू समावेश हुन्छन्, वा त्यो अझ जोखिमपूर्ण र अझ महत्त्वपूर्ण काम हुन सक्छ। चाहे जे नै भए पनि, यदि त्यो परमेश्‍वरको काम र सुसमाचार फैलाउने कामको आवश्यकतासँग सम्बन्धित छ भने, मानिसहरूले त्यसलाई परमेश्‍वरबाट पाएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ। यसलाई अझ विस्तृत रूपमा भन्नुपर्दा, कर्तव्य भनेको व्यक्तिको मिसन हो, परमेश्‍वरले सुम्पनुभएको आज्ञा हो; अझ स्पष्ट रूपमा भन्नुपर्दा, यो तेरो जिम्मेवारी हो, तैँले गर्नैपर्ने काम हो। यो तेरो मिसन हो, परमेश्‍वरले तँलाई सुम्पिनुभएको आज्ञा, र तेरो जिम्मेवारी र कर्तव्य हो, त्यसकारण तेरो व्यक्तिगत मामिलाहरूसँग तैँले कर्तव्य निर्वाह गर्नुको कुनै सम्बन्ध हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?

अब तिमीहरूलाई यो दर्शन प्रस्ट भएको हुनुपर्छ: परमेश्‍वरमाथि विश्‍वास गर्नको लागि आफ्नो कर्तव्य निर्वाह गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अहिले परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कर्तव्य निर्वाह गर्नु नै हो। कर्तव्य राम्ररी निर्वाह नगरीकन, वास्तविकता हुनै सक्दैन। कर्तव्य निर्वाह गरेर मानिसहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्षम हुन्छन्, र तिनीहरूले बिस्तारै उहाँसित सामान्य सम्बन्ध निर्माण गर्न सक्छन्। कर्तव्य निर्वाह गरेर मानिसहरूले बिस्तारै आफ्ना समस्याहरू पहिचान गर्छन्, अनि आफ्ना भ्रष्ट स्वभाव र सार चिन्‍ने अवस्थामा पुग्छन्। त्यो सँगसँगै, आफूमाथि चिन्तन गरेर मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई के-कस्तो मापदण्ड दिनुहुन्छ भनेर बिस्तारै पत्ता लगाउन पनि सक्छन्। के अब परमेश्‍वरमा विश्‍वास गर्दा, तैँले विश्‍वास गर्ने कुरा के हो भनेर बुझ्छस्? खासमा, त्यो सत्यतामाथिको विश्‍वास हो, त्यो सत्यता प्राप्ति हो। कर्तव्य निर्वाह गर्नाले सत्यता र जीवन प्राप्त गर्न मदत मिल्छ। कर्तव्य निर्वाह नगरीकन सत्यता र जीवन प्राप्त गर्न सकिँदैन। यदि कसैले कर्तव्य निर्वाह नगरीकन परमेश्‍वरमा विश्‍वास गर्छ भने के त्यसमा वास्तविकता हुन सक्छ? (सक्दैन।) त्यसमा वास्तविकता हुनै सक्दैन। यसर्थ, यदि तैँले तेरो कर्तव्य राम्ररी निर्वाह गर्दैनस् भने, तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। तँलाई हटाइएपछि, यसले तैँले परमेश्‍वरमा विश्‍वास गर्न सकिनस् भन्‍ने देखाउँछ। तैँले उहाँमा विश्‍वास गर्छु भनेर भन्छस् नै भने पनि, तेरो विश्‍वास अर्थहीन भैसकेको हुन्छ। यो पूर्णतया बोध गर्नैपर्ने कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्ट कार्यहरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्‍ने विचारलाई निर्धक्कसाथ प्रचार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर तीखो आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध बनाइनको लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ र विभिन्‍न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्‍ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले जे सुम्‍पनुहुन्छ सो कुराप्रति कस्तो व्यवहार गर्ने भन्‍नेबारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र तिनीहरूले कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरले दिनुभएको बढाइ र विशेष निगाहहरू हुन् र ती सबैभन्दा महिमामयी कुराहरू हुन् भनेर बुझ्‍नुपर्छ। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ। यदि व्यक्तिले आफ्नो जीवन नै बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरू पूरा गर्नैपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्‌हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र दुर्भाग्य भोग्छन्। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

तिमीहरू हरेकले खुला र इमान्दार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउन पनि तत्पर हुनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, उहाँको निम्ति कष्ट भोग्ने र मूल्य चुकाउने कसैलाई पनि परमेश्‍वरले बेवास्ता गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्‍चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्‍ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

आज, ज-जसले मेरो इच्छालाई पछ्याउन सक्छन्, ज-जसले मेरा बोझहरूलाई उचित ध्यान दिन सक्छन्, र ज-जसले साँचो हृदय र इमानदारिताको साथ आफ्‍नो सम्पूर्णता मलाई दिन सक्छन् तिनीहरूलाई म प्रेम गर्छु। म तिनीहरूलाई निरन्तर रूपमा अन्तर्दृष्टि दिनेछु, र तिनीहरूलाई मबाट फुत्केर टाढा हुन दिनेछैन। म प्रायजसो भन्‍ने गर्छु, “मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।” “आशिष्” ले केलाई जनाउँछ? के तँलाई थाहा छ? पवित्र आत्‍माको वर्तमान कार्यको प्रसङ्गमा, यसले मैले तिमीहरूलाई दिने बोझहरूलाई जनाउँछ। मण्डलीको लागि बोझ बोक्‍न सक्‍ने, र मेरो खातिर आफूलाई इमानदारितापूर्वक अर्पण गर्न सक्‍नेहरू सबैका लागि, तिनीहरूका बोझ र तिनीहरूको तत्परता दुवै मबाट आउने आशिष्‌ हुन्। यसको साथै, मैले तिनीहरूलाई दिने प्रकाशहरू पनि मबाट तिनीहरूले पाउने आशिष्‌ नै हुन्। किनभने जोसँग हाल बोझ छैन तिनीहरूलाई मैले पूर्वनिश्चित र छनौट गरेको होइन; तिनीहरूमाथि मेरो श्रापहरू परिसकेका छन्। अर्को शब्‍दमा भन्दा, मैले पूर्वनिश्चित गरेका र छनौट गरेकाहरू मैले भनेका कुराहरूको सकरात्मक पक्षहरूमा सहभागी हुन्छन्, जबकि मैले पूर्वनिर्धारित नगरेका र छनौट नगरेकाहरू मेरा वाणीहरूका नकरात्मक पक्षहरूमा मात्रै सहभागी हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८२

आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य छन् मप्रति समर्पित हुनेहरू, तिनीहरू अवश्य नै मेरो राज्यमा रहनेछन्। धन्य छन् मलाई चिन्‍नेहरू, तिनीहरूले अवश्य नै मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। धन्य छन् मलाई पछ्याउनेहरू, तिनीहरू निश्‍चय नै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू अवश्य नै मेरो अधीनमा आउनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरा लागि समर्पित गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरा वचनहरूमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। तिमीहरूले अन्धकारको बीचमा मेरो ज्योतिको मार्गदर्शनलाई अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजेता बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको प्रमाणका रूपमा धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सहने कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९

सम्बन्धित भजनहरू

परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र परमेश्‍वरलाई सन्तुष्ट पार्नु नै पहिलो प्राथमिकता हो

अघिल्लो: १०. परीक्षा र शोधन कसरी अनुभव गर्ने

अर्को: १२. व्यक्तिले कसरी आफ्नो कर्तव्य मानक पूरा गर्ने गरी निर्वाह गर्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्