सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ

व्यक्तिले जीवन प्रवेशमा पहिलो कदम चाल्दा कहाँबाट सुरु गर्नुपर्छ? जीवन प्रवेश हासिल गर्न व्यक्तिलाई के चाहिन्छ? सत्यता वास्तविकताहरूभित्र प्रवेश गर्न व्यक्तिले पछ्याउनु र प्राप्त गर्नुपर्ने सबैभन्दा अनिवार्य र महत्त्वपूर्ण कुराहरू के-के हुन्? के तिमीहरूले कहिल्यै यी प्रश्‍नहरू ख्याल गरेका छौ? जीवन प्रवेश भनेको के हो? जीवन प्रवेश भनेको व्यक्तिको दैनिकी जीवनमा, तिनीहरूका कार्यहरूमा, तिनीहरूका जीवनको दिशामा, र तिनीहरूको खोजको उद्देश्यमा परिवर्तन हुनु हो। विगतमा मूर्ख र अज्ञानी भएकाले, र सधैँ देहका विचारहरू, धारणाहरू, र कल्पनाहरू अनुसार काम गरेकाले, अब व्यक्तिले, परमेश्‍वरको खुलासा, सिञ्‍चन, र आपूर्तिद्वारा, उसले परमेश्‍वरको वचनअनुसार काम गर्नुपर्छ भनी बुझ्न पुग्न सक्छ। यसका साथै, यो व्यक्ति परमेश्‍वरका वचनहरूको नतिजास्वरूप दैनिक जीवनमा उसका विचारहरू र उसको संसारसँग व्यवहार गर्ने र आफूलाई आचरणमा ढाल्ने शैलीको तरिकामा, र जीवनमा उसको दिशा र उद्देश्यहरूको सम्बन्धमा रूपान्तरण भएको हुन्छ। यही नै जीवन प्रवेश हो। जीवन प्रवेशको आधार के हो? (परमेश्‍वरका वचनहरू।) सही हो। जीवन प्रवेश परमेश्‍वरका वचनहरूबाट अविभाज्य हुन्छ; यो सत्यताबाट अविभाज्य हुन्छ; परमेश्‍वरले बोल्नुहुने हरेक वचन सत्यता हो। जीवन प्रवेश हासिल गरेका मानिसहरूमा के प्रकट हुन्छ? (तिनीहरू जिउनका लागि परमेश्‍वरका वचनहरूमा भर पर्न सक्छन्।) सही हो। तिनीहरू जिउनका लागि परमेश्‍वरका वचनहरूमा भर पर्न सक्छन्। तिनीहरूका कार्यहरू, बोलीवचनहरू, समस्याहरूका बारेमा विचारहरू, दृष्टिकोणहरू, अडानहरू, र परिप्रेक्ष्यहरू सबै परमेश्‍वरका वचनहरूमा र सत्यतामा निर्भर हुन्छन्। यी जीवन प्रवेश हासिल गरेको प्रकटीकरणहरू हुन्। त्यसोभए, जीवन प्रवेश मुख्यतः केसँग जोडिएको हुन्छ त? (परमेश्‍वरका वचनहरूसँग।) जीवन प्रवेश परमेश्‍वरका वचनहरू र सत्यतासँग जोडिएको हुन्छ। त्यसोभए, के अब जीवन प्रवेश भएको व्यक्तिलाई सत्यता पछ्याउने व्यक्ति, अनि साँच्चै सत्यता पछ्याउने व्यक्तिलाई जीवन प्रवेश भएको व्यक्तिका रूपमा परिभाषित गर्न सकिन्छ त? (सकिन्छ।) अनि, यी कुराहरूलाई यसरी परिभाषित गर्नुको उद्देश्य के हो? हामीले हाम्रो सङ्गतिलाई कुन दिशातर्फ लक्षित गर्नुपर्छ? (सत्यता पछ्याउनतर्फ।) सत्यता पछ्याउनु नै आज मैले सङ्गति गर्न चाहेको मुख्य विषय हो। वर्तमान समयमा, तिमीहरू जीवन प्रवेश र सत्यताको पछ्याइबीचको सम्बन्धबारे त्यति स्पष्ट छैनौ—यो तिमीहरूलाई त्यति प्रस्ट छैन। म सधैँ जीवन प्रवेश र स्वभाव परिवर्तन, अनि पावलको मार्ग चिरफार गर्नेबारे सङ्गति गरिरहेको हुन्छु। यो सबैको सङ्गम हुने मुख्य विषय के हो? त्यो सत्यता पछ्याउनु हो। मैले चाहे पावलले पछ्याएको मार्गबारे चिरफार गरे पनि, वा पत्रुसले पछ्याएको सिद्धताको मार्गबारे कुरा गरे पनि—मैले जेबारे कुरा गरे पनि, अन्ततः मेरो उद्देश्य सबैले कस्तो प्रकारको मार्ग पछ्याऊन् भन्‍ने हो? (सत्यता पछ्याउने मार्ग।) जब मानिसहरू सत्यता पछ्याउन, सत्यता वास्तविकताहरूमा प्रवेश गर्न, परमेश्‍वरका वचनहरूअनुसार जिउन, परमेश्‍वरका अभिप्रायहरू बुझ्न, र परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूअनुसार कामकुरा गर्न सक्छन्, तब के तिनीहरूले पछ्याउने उद्देश्य र मार्गहरू स्पष्ट हुँदैनन् र? (हुन्छन्।) मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, आफ्नो स्वभाव रूपान्तरण गर्न खोज्दा, अनि मुक्ति पछ्याउँदा, सत्यता पछ्याउने एउटा यस्तो विषय हो जसलाई पन्छाउनु असम्भव हुन्छ। सत्यता पछ्याउनेहरू मात्र साँचो विश्‍वासीहरू हुन्, र तिनीहरूले मात्र मुक्ति हासिल गर्न सक्छन्। केही मानिसहरूमा जोस हुन्छ अनि तिनीहरू परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउने मानिसहरू नै हुन् भन्‍ने जरुरी हुँदैन। सत्यता पछ्याउन सबैजना इच्छुक भए पनि, केही मानिसहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूमा बोध क्षमताको कमी हुन्छ, र तिनीहरू सत्यता बुझ्न सक्दैनन्। केही मानिसहरूमा आत्मिक बुझाइ हुँदैन; तिनीहरूले जसरी प्रवचन सुने पनि कहिल्यै बुझ्दैनन्, न त परमेश्‍वरका वचनहरू पढ्दा नै बुझ्छन्। तिनीहरू सधैँ विभिन्न कुराहरूलाई विकृत रूपमा बोध गर्छन्, अनि प्रावधानहरू लागू गर्ने प्रयास गर्छन्। यी मानिसहरू आत्मिक बुझाइ नभएका मानिसहरू हुन्। मण्डलीमा आत्मिक बुझाइ भएका मानिसहरू हुन्छन्, र आत्मिक बुझाइ नभएका मानिसहरू पनि हुन्छन्; र बोध क्षमताको कमी भएका कमजोर क्षमताका मानिसहरू पनि हुन्छन्, अनि असल क्षमता भएका र परमेश्‍वरका वचनहरूलाई विशुद्ध रूपमा बोध गर्नेहरू पनि हुन्छन्; सत्यता पछ्याउनेहरू पनि हुन्छन्, र सत्यता नपछ्याउनेहरू पनि हुन्छन्। यी सबै विभिन्न प्रकारका मानिसहरूको विभिन्न स्थिति र प्रकटीकरण हुन्छन्, अनि तैँले तिनीहरूबीचको भिन्नता स्पष्टसँग खुट्ट्याउन सक्नैपर्छ।

अब हामी सबैभन्दा पहिलो प्रकारको व्यक्ति—आत्मिक बुझाइ नभएका मानिसहरूबारे छलफल गरेर आरम्भ गरौँ। उदाहरणका लागि, हामी सत्यताको कुनै पक्षबारे सङ्गति गर्छौँ, र सत्यताको यस पक्ष अनि मानिसहरूको स्थिति, मनोवृत्ति, अभिप्राय, र प्रकटीकरणहरूबारे सङ्गति गरिसकेपछि, त्यहाँ केही यस्ता मानिसहरू हुन्छन्, जो के भनिएको थियो, केबारे सङ्गति गरिएको थियो भन्‍ने नै बुझ्दैनन्, जसले आफूलाई त्यो कुरासँग तुलना गर्नै सक्दैनन्, अनि सङ्गति गरिएको सत्यतासँग तिनीहरूको व्यवहार र प्रकटीकरणहरू, तिनीहरूको भ्रष्ट स्वभाव, अनि तिनीहरूको प्रकृति सारको के सम्बन्ध हुन्छ भन्‍ने कुरै बुझ्दैनन्। तिनीहरूलाई आफूले आफ्नो जीवनमा पछ्याउने कुराहरूसँग यसको के सम्बन्ध हुन्छ वा यो प्रवचन किन प्रचार गरियो भन्‍ने पनि थाहा हुँदैन—तिनीहरूले त्यसबाट धर्मसिद्धान्त मात्र बुझ्छन्, अनि त्यसभित्र प्रावधानहरू भेट्टाउँछन्। कसैले तिनीहरूलाई के बुझ्यौ भनी सोध्दा, तिनीहरू यसो भन्छन्, “आज धेरै विषयहरूमा सङ्गति गरिए पनि, मुख्य बुँदा उही थियो: केही भइहाल्यो भने, अझ धेरै प्रार्थना गर्नू।” अरूले चाहिँ यस्तो भन्छन्, “म बुझ्छु। परमेश्‍वरले मानिसहरूलाई असल बन्न, खराब कुराहरू नगर्न, अनि धेरै असल कार्यहरू तयार गर्न लगाउनुहुन्छ। परमेश्‍वरलाई यो मनपर्छ।” अझै यस्तो भन्‍नेहरू पनि हुन्छन्, “परमेश्‍वरले मानिसहरूलाई उहाँप्रति समर्पित हुनैपर्छ, अनि अझ बढी मूल्य चुकाउनुपर्छ भन्दै हुनुहुन्छ।” के तिनीहरूले परमेश्‍वरका वचनहरू बुझेका हुन्छन् त? (हुँदैनन्।) यी सबै मानिसहरूले तिनीहरूले उहाँका वचनहरू बुझेका छन् भन्ठान्छन्, तर खासमा तिनीहरू अँध्यारोमा छामछुम गरिरहेका हुन्छन्, उहाँका वचनहरूको बस एउटा वाक्यमा टाँसिइरहेका हुन्छन्। तिनीहरूको बुझाइ अत्यन्तै एकतर्फी हुन्छ, र तिनीहरूले परमेश्‍वरले भन्न खोज्नुभएको कुरा पटक्कै बुझ्दैनन्। परमेश्‍वर चाहे जति नै बोल्नुभए पनि, परमेश्‍वरका वचनहरू नबुझ्ने मानिसहरूले केवल प्रावधानहरू, धर्मसिद्धान्तहरू, एक किसिमको सिद्धान्त, एक किसिमको दृष्टिकोण, वा एक किसिमको भनाइ मात्र देख्छन्। अनि, जब त्यो अभ्यास गर्ने कुरा आउँछ, तिनीहरूले त्यो कसरी अभ्यास गर्छन्? उदाहरणका लागि, जब हामीले परमेश्‍वरप्रति समर्पित हुने सत्यताबारे कुरा गर्छौँ, त्यो सुनिसकेपछि तिनीहरू यसो भन्छन्, “परमेश्‍वरले मलाई जे गर् भन्नुहुन्छ, म त्यही गर्नेछु। उहाँका वचनहरू सुन्नु अनि उहाँप्रति समर्पित हुनु भनेको यही हो।” के यो ज्यादै सरल भएन र? तिनीहरूले बुझ्न सक्ने भनेको यति मात्र हो। तिनीहरू परमेश्‍वरका वचनहरूको अभ्यास गर्ने कुन तरिका उहाँप्रतिको साँचो समर्पणता हो, अनि कसरी परमेश्‍वरका अभिप्राय खोज्‍नुपर्छ र उहाँप्रतिको समर्पण हासिल गर्नुपर्छ, कसरी पवित्र आत्माको मार्गदर्शन पछ्याउनुपर्छ, अनि कसरी परमेश्‍वरका वचनहरूअनुसार सत्यता अभ्यास गर्नुपर्छ भनी बुझ्दैनन्, परमेश्‍वरको पक्षमा कसरी उभिनुपर्छ र मण्डलीको कामको सुरक्षा कसरी गर्नुपर्छ भनेर तिनीहरूले झनै बुझ्दैनन्। परमेश्‍वरमा समर्पित हुन महत्त्वपूर्ण हुने सत्यतासँग कुनै कुरा जति धेरै सम्बन्धित हुन्छ, त्यति नै तिनीहरू त्यो बोध गर्न असक्षम हुन्छन्। तिनीहरूलाई आउने भनेको त प्रावधानहरू पालन गर्न मात्र हो। आत्मिक बुझाइ नहुनु भनेकै यही हो। प्रावधानहरू पालन गर्ने र आफ्नै विचारका दलदलमा भासिनेबाहेक, आत्मिक बुझाइ नभएका मानिसहरू समझप्रति बोधो हुन्छन्। आत्मिक बुझाइ नभएका मानिसहरूको मुख्य अभिव्यक्ति के हुन्छ? (प्रावधानहरू पालन गर्ने।) प्रावधानहरू पालन गर्ने हुन्छ। तिनीहरू प्रायजसो एउटा वाक्य वा एउटा घटना लिन्छन् र त्यसलाई पछ्याउनुपर्ने प्रावधान वा तरिकाका रूपमा निर्धारण गर्छन्। त्यसोभए के यी मानिसहरूले, सत्यतालाई पनि त्यसरी नै लिन्छन्? (लिन्छन्।) आत्मिक बुझाइ नभएकाहरूले तैँले आज सङ्गति गरेको सत्यताको प्रकटीकरणको एउटा पक्ष याद राख्छन्; तिनीहरूले ती वचनहरू र व्यवहारहरूलाई अभ्यास गर्नुपर्ने प्रावधानहरूका रूपमा निर्धारण गर्छन्, र यी प्रावधानहरू कण्ठ गर्छन्। त्यसपछि, अर्कोचोटि, एउटा फरक परिस्थिति सामना गर्दा, र कसैले पनि सङ्गति नगरेमा, तिनीहरूले ती पूर्व विधिहरू र प्रावधानहरू अन्धाधुन्ध लागू गर्नेछन्, र तिनलाई अभ्यास गर्नेछन्। यो आत्मिक बुझाइ नभएका व्यक्तिहरूको एउटा ठोस प्रकटीकरण हो। त्यस्ता मानिसहरूले प्रावधानहरू पालन गरिरहँदा कस्तो महसुस गर्छन्? (थकित।) तिनीहरूले थकित महसुस गर्दैनन्; यदि गर्ने भएका भए, तिनीहरू रोकिनेथिए। तिनीहरूलाई तिनीहरूले सत्यता अभ्यास गरिरहेका छन् भन्‍ने लाग्छ; तिनीहरू तिनीहरूले प्रावधानहरू एउटा थान पालन गरिरहेका छन् भनी महसुस गर्दैनन्, न त तिनीहरूले तिनीहरूमा आत्मिक बुझाइ छैन भन्‍ने नै महसुस गर्छन्। तिनीहरूले सत्यता बुझेका छैनन्, वा सत्यता सिद्धान्तहरू के हुन् भनी बुझेका छैनन् भन्‍ने त झनै कम महसुस गर्छन्। यसको विपरीत, तिनीहरूले सत्यताको व्यावहारिक पक्ष, साथसाथै सत्यताको त्यस पक्षका सिद्धान्तहरू बुझेका छन् भनी सोच्छन्; सँगसँगै, तिनीहरूले परमेश्‍वरका अभिप्राय बुझेका छन्, र यदि तिनीहरूले आफ्ना प्रावधानहरू अनुसार कार्य गर्न सके भने तिनीहरू सत्यता वास्तविकताको त्यस पक्षमा प्रवेश गरेका, तिनीहरूले परमेश्‍वरका अभिप्राय पूरा गरेका, र सत्यता अभ्यास गरेका हुनेछन् भनी सोच्छन्। के आत्मिक बुझाइ नभएका मानिसहरूले सोच्‍ने कुरो यही होइन र? (हो, यही हो।) के यस्तो सोच्ने तरिका परमेश्‍वरद्वारा माग गरिएका मानकअनुरूप हुन्छ त? के प्रावधानहरू पालन गरेर अभ्यास गर्नु वास्तवमा सत्यता पछ्याउनुको प्रकटीकरण हो त? (होइन।) किन होइन? (किनकि केही घटना घट्दा तिनीहरू सत्यता खोज्दैनन्, र सो मामलाबारे चिन्तन गर्नमा मेहनत लगाउँदैनन्; तिनीहरू बस जिद्दी भएर आफ्नै सधैँझैँ काम गर्ने तरिकामै टाँसिइरहन्छ।) आत्मिक बुझाइ नहुने खालका मानिसहरू यसरी नै कार्य गर्छन्—तिनीहरू जिद्दी भएर पुरानै तरिकाहरूमा टाँसिइरहन्छ, अल्छी हुन्छन्, केही घटना घट्दा सत्यता खोज्दैनन्, अनि कामकुराहरूबारे सोच्ने वा अनुसन्धान गर्ने गर्दैनन्। अनि, तिनीहरूले अनुसन्धान गरे नै भने पनि, के तिनीहरूले त्यसको अर्थ बुझ्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले किन बुझ्दैनन् त? (किनकि तिनीहरूमा आत्मिक बुझाइ हुँदैन।) ठिक भन्यौ। आखिरमा कुरा यो हो कि, यस्ता मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, अनि तिनीहरूले कहिल्यै सत्यता बुझ्नेछैनन्।

वास्तवमा, आत्मिक बुझाइ नभएका मानिसहरू, हृदयमा सत्यता पछ्याउन इच्छुक हुन्छन्, तर तिनीहरू गलत रूपले सत्यता पछ्याउँछन्। ठ्याक्कै भन्नुपर्दा, तिनीहरू मुख्यतः प्रावधानहरू पालन गर्न, सीमाहरूभित्र रहन, अनि धर्मसिद्धान्तको पालन गर्न वा अरूको काम गर्ने तरिका लागू गर्न, र अरूका वचनहरू नक्कल गर्नमा भर पर्छन्। अनि, यस्तो खालको व्यक्तिको सार के हुन्छ? किन तिनीहरू प्रावधानहरू पालन गर्नुलाई सत्यता अभ्यास गर्नु मान्छन्, अनि किन यसरी अभ्यास गर्नु सत्यता पछ्याउनु हो भन्‍ने सोच्छन्? यो समस्या किन पैदा हुन्छ? यसको एउटा जड छ—के तिमीहरू त्यो देख्न सक्छौ? (तिनीहरू आफ्ना विचार, धारणा, र कल्पनाहरूलाई सत्यता मान्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्दैनन्, र तिनीहरूले साँचो रूपमा परमेश्‍वरका अभिप्राय बोध गरेका हुँदैनन्।) यो त्यसको एउटा अंश हो। अरू के छ? (तिनीहरू अहङ्कारी अनि आत्म-धर्मी हुन्छन्, अनि केही आइपर्दा सत्यता खोज्दैनन्। तिनीहरू आफूले सही ठान्‍ने कुराहरूलाई सत्यता मान्छन्।) आत्मिक बुझाइ नभएका केही मानिसहरू यस्तै हुन्छन्, तर यो समस्याको जड होइन। यस्ता मानिसहरूलाई के कुराले यस्तो शैलीमा आफूलाई प्रकट गर्ने तुल्यायो? आत्मिक बुझाइ नभएका र प्रावधानहरू पालन गर्न मन पराउने मानिसहरू एकदमै गम्भीरतासाथ प्रवचनहरू सुन्छन्, र विशेषगरी जब यो तिनीहरूको अभ्याससँग सम्बन्धित हुन्छ। जस्तै, कर्तव्य कसरी निर्वाह गर्ने, तिनीहरूले गर्नुपर्ने काम कसरी राम्रोसँग गर्नेजस्ता विषयहरू। तिनीहरू ध्यान दिन्छन्, तर मुख्‍य समस्या के हुन्छ भने, तिनीहरूले आफ्नो स्थिति र प्रवचनमा सुनेका कुराहरूलाई तुलना गर्न सक्दैनन्। उदाहरणका लागि, यदि प्रवचनमा मानिसहरूको विद्रोहीपनबारे बताइएको छ भने, त्यो कुरा सुनिसकेपछि, तिनीहरू यस्तो सोच्छन्, “विद्रोहीपन? ममा त छैन! यदि मानिसहरूलाई विद्रोही हुने अनुमति छैन भने, यदि मैले भविष्यमा यस्तो परिस्थिति सामना गरेँ भने, मैले आवाज उठाउनु हुँदैन। मैले बस सहनुपर्छ, अनि मानिसहरूको बोली र हाउभाउ बुझ्नुपर्छ। म मेरा वरपरका मानिसहरूले के भन्छन्, कसरी कामकुरा गर्छन्, त्यो हेर्नेछु, र त्यही पछ्याउनेछु। त्यसपछि, म विद्रोही हुनेछैन, होइन र?” प्रवचन सुनेपछि, तिनीहरूले निकाल्ने निर्क्योल, तिनीहरूका आफ्नै केही तर्क र अभ्यासका विधिहरू हुन्छन्। प्रवचनमा खुलासा गरिएका कुनै पनि स्थितिहरूप्रति तिनीहरूको कुनै प्रतिक्रिया हुँदैन, अनि तिनलाई आफूसँग तुलना गर्न सक्दैनन्। तिनीहरूको मन अलमलिएको हुन्छ। यहाँ मैले “अलमलिएको” भन्नुको अर्थ के हो? तिनीहरूलाई प्रवचनले वास्तवमा के भनिरहेको छ भन्‍ने नै थाहा हुँदैन। भित्रभित्रै, तिनीहरू यस्तो सोच्छन्, “सङ्गति केबारे भइरहेको छ? किन यो सरल भाषामा नगरिएको हो? आज यो कुराबारे सङ्गति गरिँदै छ, र भोलि केही अर्कै कुराबारे हुनेछ।” तिनीहरूको दृष्टिकोणबाट, सत्यता अभ्यास गर्न सजिलो छ: खालि आफूलाई जे अह्राइएको छ त्यही गर्नू। अनि जहाँसम्म प्रवचनमा खुलासा गरिएका सबै स्थिति र भ्रष्ट स्वभावको कुरा छ, तिनीहरूले तिनलाई आफूसँग तुलना गर्नै सक्दैनन्। तिनीहरू जीवन प्रवेशको प्रक्रिया दौरान, हरेक प्रकारको परिस्थितिमा मानिसहरूले कस्ता सोच, कस्ता विचार, र विविध भ्रष्ट स्वभावहरू प्रकट गर्छन् भन्‍नेबारे अस्पष्ट र अवधारणाहीन हुन्छन्। तिनीहरू न त विभिन्‍न विवरणहरूबीच भिन्नता छुट्याउन सक्छन्, न त आफूसँग तुलना नै गर्न सक्छन्। आफूसित तुलनै गर्न नसक्ने मानिसहरूले सत्यता सुनिसकेपछि कस्तो महसुस गर्छन्? (तिनीहरू त्यसमा अरू मानिसहरूको कुरा गरिँदै छ, अनि आफूसँग त्यसको कुनै सरोकार छैन भन्‍ने सोच्छन्।) कुरो त्यही हो। यो मुख्य विशेषता हो; तिनीहरू आफूसित कुनै तुलना गर्न सक्दैनन्। जब तिनीहरू मानिसहरूको भ्रष्ट स्थितिहरू खुलासा गर्ने वचनहरू देख्छन्, तिनीहरू त्यसले अरू नै मानिसहरूको कुरा गरिरहेको छ भन्ठान्छन्। तिनीहरू मानिसहरूमा हुने औसत वा आम समस्याहरू खुलासा हुँदा मान्न सक्छन्, तर भ्रष्ट स्वभावहरू वा मानिसहरूका सारसम्बन्धी वचनहरू आउँदा, तिनीहरूले ठाडै अस्वीकार गर्छन्; तिनीहरूले कुनै पनि परिस्थितिमा त्यो मान्नेछैनन्—तिनीहरू त्यो स्विकार्नुको अर्थ आफू निन्दित हुनु हो भनेजस्तो गर्छन्। आत्मिक बुझाइ नभएका सबै मानिसहरूमा हुने साझा समस्या यही हो। जब तिनीहरूले मानिसहरूमा हुने हरप्रकारको स्थिति र प्रकटीकरणबारे, अनि तिनीहरूको प्रकृति सारले आफैलाई प्रकटीकरण गर्ने हरतरिकाबारे परमेश्‍वरले गर्नुहुने खुलासा सामना गर्छन्, तिनीहरू ती कुनै पनि कुरा स्विकार्दैनन्, न त तिनलाई आफूसँग तुलना नै गर्छन्, न चिन्तन नै गर्छन्। यसको साटो, तिनीहरूले प्रायः यी वचन र समस्याहरू टिपेर अरू मानिसहरूमाथि थोपर्छन्, ती कुराको आफूसँग कुनै सरोकार नै छैन भन्ठान्छन्। यस्ता मानिसहरूले सत्यता नस्विकार्ने मात्र होइन, तिनीहरूको सोच्ने तरिका पनि सामान्य हुँदैन, तिनीहरूका शब्दहरू पनि चक्मा दिने अनि घुमाउरो हुन्छन्, र तिनीहरूले दिने जबाफ पनि तैँले सोधेको प्रश्‍नको जवाफ हुँदैन। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई खाना खाइसकेको हो कि भनेर सोधिस् भने, पानी त चाहिँदैन भन्छन्; यदि तिनीहरूलाई निन्द्रा लागिरहेको छ कि भनेर सोधिस् भने, तिर्खा लागेको छैन भन्छन्। तिनीहरू प्रायः यस्तै प्रकारको अलमलिएको स्थिति, र अस्तव्यस्त मनस्थितिमा हुन्छन्। आत्मिक बुझाइ नभएका मानिसहरूले आफूलाई प्रकट गर्ने तरिका यस्तै हुन्छ। हरेक मण्डलीमा आत्मिक बुझाइ नभएका मानिसहरू हुन्छन्। तिनीहरूमा एकअर्काका जस्तै साझा समस्याहरू भए पनि, केही सूक्ष्म भिन्नताहरू पनि हुन्छन्। अनि, के आत्मिक बुझाइ फिटिक्कै नभएका मानिसहरू पनि हुन्छन्? (हुन्छन्।) परमेश्‍वरमा विश्‍वास गरेको तीन वर्षभन्दा कम भएका मानिसहरू परमेश्‍वरमाथिको विश्‍वास, जीवन प्रवेश, सत्यता पछ्याउने, स्वभावको रूपान्तरण पछ्याउने, र सिद्ध पारिनेजस्ता मामिलाहरूमा निकै अस्पष्ट हुन्छन्। तिनीहरू कर्तव्य पूरा गर्न केवल जोसमा भर पर्छन्, परमेश्‍वरका लागि दौडधुप गर्छन्, र तिनीहरू मेहनत र श्रम गर्ने चरणमा हुन्छन्। तिनीहरू जीवन प्रवेशसँग सम्बन्धित मामिलाहरू बुझ्दैनन्, र तिनीहरूसँग जीवन प्रवेश र सत्यता पछ्याउनेबारे कुनै अवधारणा हुँदैन। तिनीहरू बाहिरी रूपमा काम मात्र गर्न मन पराउँछन्, अनि सो गर्न आफ्नो जोसको आड लिन्छन्। यी अलिकति पनि आत्मिक बुझाइ नभएका मानिसहरू हुन्। के यो चरणमा अलिकति पनि आत्मिक बुझाइ नहुने व्यक्तिलाई सत्यता नपछ्याउने व्यक्तिका रूपमा चित्रण गर्न दिन मिल्छ? (मिल्दैन।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको पर्याप्त समय नभएकाले तिनीहरूलाई सो रूपमा चित्रण गर्न मिल्दैन। तिनीहरू अझै पनि जोसकै चरणमा भएकाले, तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको लक्ष्य, मानिसहरूको मुक्तिको मार्ग, वा हरेक प्रकारको व्यक्तिले पछ्याउने फरक-फरक मार्गहरूबारे केही बुझेका हुँदैनन्, त्यसैले तिनीहरूको आत्मिक बुझाइको कमी क्षमायोग्य नै हुन्छ; यो सामान्य कुरा हो। तर, जीवन प्रवेश भनेको के हो भन्‍ने बुझिसकेका, अनि जीवन प्रवेश र स्वभाव रूपान्तरणसँग सम्बन्धित सबै सत्यतासँग परिचित हुन थालिसकेकाहरूको कुरा आउँदा, के तिनीहरूमाझ आत्मिक बुझाइ फिटिक्कै नभएका मानिसहरू छन्? (हो, छन्।) अझै पनि त्यस्ता मानिसहरू छन्। यदि आत्मिक बुझाइ फिटिक्कै नभएको व्यक्ति आफ्नो हृदयमा सत्यता पछ्याउन इच्छुक छ नै भने पनि, उसले त्यो हासिल गर्न सक्दैन, त्यसैले निश्‍चित रूपमा के भन्न सकिन्छ भने आत्मिक बुझाइ फिटिक्कै नभएका मानिसहरू कुनै पनि तरिकाले सत्यता पछ्याउने मानिसहरू हुन सक्दैनन्, र तिनीहरूको प्रकटीकरण सत्यता पछ्याउने व्यक्तिको जस्तो हुन बिलकुलै सक्दैन।

आत्मिक बुझाइ भएका अनि आत्मिक बुझाइ नभएका मानिसहरूले आफूलाई प्रकट गर्ने भिन्नाभिन्नै तरिकाहरू के-के हुन्? आत्मिक बुझाइ नभएका मानिसहरू परमेश्‍वरले सङ्गति गर्नुभएका सत्यताहरू, साथै उहाँका वचनहरूका स्थिति, प्रसङ्ग, र सङ्केतहरूबारे आधारभूत रूपमै अचेत र अनजान हुन्छन्, अनि तीसँग तिनीहरूले आफूलाई तुलना गर्न सक्दैनन्। आत्मिक बुझाइ भएका मानिसहरू ठ्याक्कै उल्टो हुन्छन्। उदाहरणका लागि, यदि म मानिसहरूको विद्रोहीपनबारे, अनि त्यो विद्रोहीपनभित्र हठीपन, स्वार्थ, र जिद्दी मूर्खता साथै परमेश्‍वरबारेका गलतफहमीहरू, अनि उहाँप्रतिको प्रतिरोध र विरोध हुन्छन् भनी सङ्गति गर्छु, जब यो विषयसँग सम्बन्धित स्थितिहरूबारे बताउँछु, मैले उदाहरण दिए पनि वा नदिए पनि, सत्यताको कुनै पक्षबारे बताए पनि वा नबताए पनि, वा तेरो हृदयमा भएको स्थितिलाई छोए वा नछोए पनि वा सत्यता सिद्धान्तहरूबारे विषयहरू सङ्गति गरे पनि वा नगरे पनि, यदि तैँले आफूले सुनेको कुरा साँच्चै नै बुझ्छस् भने, तँ आत्मिक बुझाइ भएको व्यक्ति होस्। यदि तैँले आफूले सुनेको कुरा बुझ्छस् र त्यो अभ्यास गर्न सक्छस् भने, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होस्। जब आत्मिक बुझाइ भएका मानिसहरूले परमेश्‍वरका वचनहरू सुन्छन्, तिनीहरूमा विशुद्ध रूपमा बोध गर्ने क्षमता हुन्छ, र तिनीहरूले सत्यतासमेत बुझ्न सक्छन्। परमेश्‍वरले जेसुकैबारे बोल्नुभए पनि, तिनीहरूले बुझ्न सक्छन्, अनि आफ्नो स्थिति र परमेश्‍वरका वचनहरूबीच तुलना गर्न, र अभ्यास गर्ने मार्ग खोज्‍न सक्छन्। यो आत्मिक बुझाइ हुनुको प्रकटीकरण हो। आत्मिक बुझाइ भएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढेपछि, तिनीहरूको हृदय उज्ज्वल हुन्छ, अनि तिनीहरूले त्यसबाट केही प्राप्त गर्छन्। तिनीहरूको आत्मा विशेष रूपमा आजाद हुन्छ, अनि तिनीहरूलाई आफूले पछ्याउन सक्ने मार्ग छ भन्‍ने महसुस हुन्छ। तसर्थ, तिनीहरूले हरेकपटक प्रवचन सुन्दा, त्यसबाट केही न केही प्राप्त गर्छन्, अनि हरेकपटक परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरू अझ सम्पन्न हुन्छन्। आत्मिक बुझाइको प्रकटीकरण हुने यसरी नै हो। परमेश्‍वरले जेसुकैबारे सङ्गति गर्नुभए पनि, आत्मिक बुझाइ भएकाहरूले त्यो सुनेपछि, तिनीहरूको मनमा चित्रहरू प्रकट हुन्छन्, अनि परमेश्‍वरले मानिसहरूको स्थिति खुलासा गर्नुहुँदा, तिनीहरूले तुलनाहरू गर्न सक्छन्। जब उहाँले परमेश्‍वरबारेका गलतफहमीहरूबारे बताउनुहुन्छ, तिनीहरूले त्यसलाई आफ्नो स्थितिमा लागू गर्छन् र “मेरो यो माग, अनि मेरा यी कल्पनाहरू वास्तवमा परमेश्‍वरबारेका गलतफहमीहरू रहेछन्” भन्‍ने बोध गर्छन्। तिनीहरूले तीबीच सम्बन्ध गाँसेका हुन्छन्। जब उहाँले परमेश्‍वरप्रतिको प्रतिरोध र विरोधबारे बताउनुहुन्छ, यदि तिनीहरूमा त्यही संवेगहरू छन्, तिनीहरू त्यही स्थितिहरूमा जिउँछन्, अनि तिनीहरूभित्र ती स्वभावहरू र सारहरू छन् भने, तिनीहरूले ती कुराहरूबीच तुलना गर्न सक्छन्। तिनीहरूले यस्तो तुलना गर्न के-कस्ता कुराहरू प्रयोग गर्न सक्छन्? आफ्ना सोच, विचारहरू, वा आफूले प्रदर्शन गर्ने कार्य र व्यवहारहरू; यी सबै कुरा यस्तो तुलना गर्न प्रयोग गर्न सकिन्छ। जब मानिसहरूले परमेश्‍वर के भनिरहनुभएको छ, र ठ्याक्कै केबारे बोलिरहनुभएको छ भन्‍ने बुझ्न, र परमेश्‍वरले खुलासा गर्नुभएका, अनि प्रवचनमा बताउनुभएका स्थितिहरूसँग आफ्ना कुन व्यवहार, प्रकाश, प्रकटीकरण, स्थिति, र सार मिल्छन् भनी जान्न सक्छन्, तब तिनीहरूले आत्मिक बुझाइको प्रकटीकरण गरेका हुन्छन्। के तिमीहरू आफूमा आत्मिक बुझाइ छ कि छैन भनेर बताउन सक्छौ? (कहिलेकाहीँ ममा हुन्छ, र कहिलेकाहीँ हुँदैन।) यसलाई समाधान गर्न सकिन्छ, तर यदि तँमा छँदै छैन भनेचाहिँ, यो समस्याजनक हुन्छ। यदि तँलाई परमेश्‍वरका वचनहरूले प्रायः केबारे कुरा गरिरहेका छन् भन्‍ने थाहा हुन्छ भने, तैँले ती र आफूबीच तुलना गर्न नसके पनि, तँलाई आफूमा यस्तो खाले स्थितिहरू छन् भन्‍ने थाहा छ, वा तैँले ती स्थिति अरू व्यक्तिमा याद गरेको छस्, र तँलाई सत्यताको यो पक्ष, र कसरी प्रवेश गर्नुपर्छ भन्‍ने कुरा थाहा छ भने, त्यसलाई आत्मिक बुझाइ भएको मानिसकिन्छ। तर, के यस्तो खालको व्यक्तिले हरेकपटक प्रवचन सुन्दा आत्मिक बुझाइको प्रकटीकरण गर्न सक्छ त? सक्दैन, उसमा कहिलेकाहीँ आत्मिक बुझाइ हुन्छ, र कहिलेकाहीँ हुँदैन। किनकि जीवन प्रवेशले सत्यताका धेरै पक्षहरू छुन्छ। कुनै सत्यताहरू तैँले बुझ्छस् र तँ तिनमा प्रवेश गरेको हुन्छस्, अनि कति अरू सत्यताहरू तैँले बुझ्दैनस् र तिनमा अहिलेसम्म तँ प्रवेश गरेको हुँदैनस्। कतिपय सत्यताहरू तैँले सामना नै नगरेका, र नसुनेका समेत हुन्छन्। अहिले तैँले सुनेको त छस्, तर तैँले त्यो बोध गर्न सक्छस् कि सक्दैनस् भन्न गाह्रो छ, अनि तँमा त्यसबारे धारणाहरू वा गलतफहमीहरू समेत हुन सक्छन्। तर, यो सामान्य कुरा हो। यदि तैँले सत्यताका केही पक्षहरू बुझ्छस् भने, ती तँमा आत्मिक बुझाइ भएका पक्षहरू हुन्; यदि तैँले सत्यताका केही पक्षहरू बुझ्दैनस् भने, ती तँमा आत्मिक बुझाइ नभएका पक्षहरू हुन्; यदि तैँले सत्यताका केही पक्षहरूबारे कहिल्यै सुनेको छैनस्, अनि तँलाई ती अझै निकै अपरिचित लाग्छन्, वा तँमा तीबारे धारणाहरूसमेत छन् भने, ती तँमा अझै बढी आत्मिक बुझाइ नभएका पक्षहरू हुन्। ती पक्षहरूबारे आत्मिक बुझाइ प्राप्त गर्नुपहिले, तैँले त्यो सत्यता बुझुन्जेल एउटा अनुभवको अवधिबाट गुज्रनैपर्छ। उदाहरणका लागि, केही मानिसहरूमा परमेश्‍वरबारे गलतफहमीहरू हुन्छन्, तर तिनीहरू अझै यस्तो सोच्छन्, “मैले परमेश्‍वरलाई गलत बुझेको छैन; मैले कहिल्यै परमेश्‍वरलाई गलत बुझेको छैन। म परमेश्‍वरलाई असीम प्रेम गर्छु! त्यसैले कसरी म उहाँलाई गलत बुझ्न सक्छु र?” यी त आत्मिक बुझाइ नभएका मानिसहरूले बोल्ने शब्दहरू हुन्। यदि तँ यसो भन्छस्, “मानिसहरूले प्रायः परमेश्‍वरलाई गलत बुझ्छन्, तर त्यो तिनीहरूको वशमै हुँदैन; गलतफहमीहरू कुनै पनि समय र स्थानमा देखा पर्न सक्छन्। तर, यो समयमा, मैले परमेश्‍वरलाई गलत बुझेको वा म उहाँविपरीत भएको कुनै पक्षबारे मलाई थाहा छैन। मलाई त काइँयोले कोरेझैँ विभिन्‍न कुराहरू केलाउनुपर्छ, अनुभवहरू हासिल गर्नुपर्छ, र मलाई यी कुराहरू प्रकाश गरिदिने परिस्थितिहरू खडा गरिदिन परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।” भने यो सर्वोत्तम हो। तेरो मनमा हुनुपर्ने चाहना यही हो—तैँले सुधार गर्ने प्रयास गरिरहनैपर्छ। यदि “मैले कहिल्यै परमेश्‍वरलाई गलत बुझेको छैन। यसले अरू मानिसहरूबारे भनिरहेको छ” भनेर कसैले भन्छ भने, तिनीहरूले यति वाहियात कुरा भन्न सक्छन् भन्‍ने तथ्यले नै तिनीहरूमा आत्मिक बुझाइ छैन भन्‍ने देखाउँछ। अनि, आत्मिक बुझाइ नभएका मानिसहरूले मुख्यतः कुन स्वभाव प्रकट गर्छन्? अहङ्कार र जिद्दी मूर्खता। यो जिद्दी मूर्खता भनेको के हो? यो भनेको तँ मूर्ख र जिद्दी दुवै होस्। यो ठोस रूपमा कसरी प्रकटीकरण हुन्छ? (तिनीहरू अरू सबैले देख्न सक्ने भ्रष्ट स्वभावहरूबारे अनभिज्ञ हुन्छन्, अनि तिनीहरू आफूमा ती स्वभावहरू छैनन् भन्ठान्छन्। तिनीहरू निकै आत्मधर्मी हुन्छन्, अनि तिनीहरू पूर्णतः सही छन् भन्ठान्छन्।) तिनीहरूले आफूमा भ्रष्टताको यो पक्ष नभएको ठान्ने मात्र नभई, तिनीहरू ठीकै छन् भन्‍ने पनि सोच्छन्। तिनीहरू भित्रैबाट तिनीहरूको अहङ्कारी स्वभावबाट नियन्त्रित हुन्छन्, अनि तिनीहरूले कहिल्यै त्यस्तो गर्नेथिएनन् भन्‍ने सोच्छन्। अरू मानिसहरूले जेसुकै भने पनि, तिनीहरूले आफैले केही कुरा बोध नगरे, नदेखे वा अनुभव नगरेसम्म, त्यसलाई चिन्तन गर्नुपर्ने, बुझ्नुपर्ने वा स्विकार्नुपर्ने आवश्यकता छैन भन्ठान्छन्। जिद्दी मूर्खता भनेको यही हो। जिद्दी मूर्खतालाई अर्को कुन तरिकाले वर्णन गर्न सकिन्छ? यो तब हुन्छ जब तँ समझप्रति बोधो बन्छस्। के अरू कुनै शब्द छ? (बेवकुफी।) हो, जिद्दी मूर्खता मुख्य रूपमा बेवकुफीसँग निकै सम्बन्धित हुन्छ—तिनीहरू मूर्ख र जिद्दी दुवै हुन्छन्। उदाहरणका लागि, अरू मानिसहरू भन्छन्, “तिमी होसियार हुनुपर्छ। सधैँ चिसो पानी पिउनाले पाचन ढिलो हुन सक्छ र तिम्रो पेट दुख्‍न सक्छ।” अनि तिनीहरू जवाफ दिन्छन्, “मेरो शरीर एकदमै स्वस्थ छ। मलाई केही भएको छैन। तिमी यतिकै चिन्ता गरिरहेका छौ।” के यो जिद्दी मूर्खता होइन र? (हो।) तिनीहरूले केही पनि अनुभव गरेका हुँदैनन्, तैपनि अत्यन्तै आत्मधर्मी हुन्छन्, त्यसैले तिनीहरू निकै जिद्दी र मूर्ख देखिन्छन्। म तिनीहरू जिद्दी र मूर्ख हुन्छन् भनी किन भन्छु त? किनकि तिनीहरूसँग कुनै अनुभव नै हुँदैन, तैपनि तिनीहरू अनुभव भएको व्यक्तिले भनेको कुरा काट्ने दुस्साहस गर्छन्। तिनीहरू ती वचनहरू सही छन् कि छैनन् भनी पुष्टि गर्ने वा तीबाट पाठ सिक्‍ने गर्दैनन्; त्यसको सट्टा, आफू अत्यन्तै सही छु भन्‍ने सोच्छन्, अनि अरू मानिसहरूले भनेका कुरा स्विकार्दैनन्। यो जिद्दी र मूर्ख, साथै अहङ्कारी र आत्मधर्मी हुनु हो। पत्रुस आफ्नो जीवन प्रवेशमा अरूको असफलताबाट सिक्न सक्षम थियो। परमेश्‍वरका वचनहरूले के भन्छन्? (परमेश्‍वर भन्नुहुन्छ, पत्रुसले “विगतको समयका असल कुराहरूलाई आत्मसात् गर्‍यो, अनि खराब कुरालाई इन्कार गर्‍यो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने)।) जिद्दी र मूर्ख मानिसहरू आफ्नै आँखाअगाडि हुने कुराहरूसमेत स्विकार्न सक्दैनन्, र तिनीहरूले ती कुराहरूबाट सिक्ने गर्दैनन्। मानिसहरू यसलाई मूर्ख हुनुको रूपमा लिन्छन्, तर वास्तवमा यो तिनीहरूको स्वभावको समस्या हो—यो अहङ्कारी स्वभावका कारण भएको हुन्छ।

हामी अब आत्मिक बुझाइ भएका मानिसहरूले, अनि आत्मिक बुझाइ नभएका मानिसहरूले आफूलाई कसरी प्रकट गर्छन् भन्‍ने विषयतर्फ फर्किऔँ। मैले भर्खरै आत्मिक बुझाइ भएकाहरूले आफूलाई प्रकट गर्ने मुख्य तरिका के हो भनेँ? मलाई भन त। (आत्मिक बुझाइ भएकाहरू परमेश्‍वरका वचनहरूले कुन मानव स्थितिहरू खुलासा गरिरहेका छन् भनेर बुझ्न र तिनलाई आफ्नो दैनिक जीवनका आफ्ना सोच, विचार, कार्य र व्यवहारसँग तुलना गर्न सक्छन्। तिनीहरू परमेश्‍वरले के भन्दै हुनुहुन्छ भनेर बुझ्न सक्छन्।) तैँले धेरैजसो मुख्य बुँदाहरू छोइस्। आत्मिक बुझाइ भएका मानिसहरूले परमेश्‍वरको खुलासात्मक वचनहरू पढ्दा, तिनीहरू ती वचनहरूसित आफूलाई तुलना गर्न सक्छन्, अनि परमेश्‍वरका वचनहरूले कुन सत्यताबारे बताइरहेका छन्, मानिसहरू केमा प्रवेश गर्नुपर्छ, उहाँका वचनहरूले कुन मानव स्वभावहरू, स्थितिहरू र प्रकटीकरणहरू खुलासा गरिरहेका छन् भनेर थाहा पाउँछन्। तिनीहरू आफूलाई यी सबै कुराहरूसँग तुलना गर्न सक्छन्, अनि तीबारे सचेत हुन सक्छन्। आत्मिक बुझाइ आफै यसरी नै प्रकट हुन्छ। केही अघि, मैले आत्मिक बुझाइ भएका मानिसहरूले आफूलाई कसरी प्रकट गर्छन् भन्‍नेबारे सङ्गति गरिरहँदा, हामीले तिनीहरूसँग सबै मामिलाहरूबारे आत्मिक बुझाइ हुन्छ कि हुँदैन भन्‍ने प्रश्‍न उठाएका थियौँ। हुन्छ त? (हुँदैन। केही मामलाहरूमा, तिनीहरू परमेश्‍वरका वचनहरूले खुलासा गर्ने स्थितिहरूसँग आफूलाई तुलना गर्न सक्छन्, र त्यसैले तिनीहरू आत्मिक बुझाइको प्रकटीकरण गर्छन्; तर तिनीहरूले अझै अनुभव नगरेका मामलाहरूमा तिनीहरू आफूसँग त्यस्तो तुलना गर्न सक्दैनन्, त्यसैले तिनीहरूसँग आत्मिक बुझाइ हुँदैन।) यदि तिनीहरूले अझै पनि केही कुरा अनुभव गरेका छैनन् र आफूसँग तुलना गर्न सक्दैनन् भने, तिनीहरूसँग आत्मिक बुझाइ हुँदैन। के तर तिनीहरूले अनुभव गरिसकेका कामकुराहरू छन्, तर तीभित्रका सत्यताहरू बुझ्दैनन्, र त्यसकारण तिनलाई स्विकार्दैनन्, वा तिनलाई सत्यता भनी मान्दैनन् भने—त्यसलाई आत्मिक बुझाइ भएको मानिन्छ त? (मानिँदैन।) त्यो पनि आत्मिक बुझाइ नहुनु नै हो। अनि तिनीहरू आफूले सुनेका कुराहरू सत्यता हुन् भन्‍ने बुझ्दैनन् भने—के यसलाई चाहिँ आत्मिक बुझाइ भएको मानिन्छ? (मानिँदैन।) के तिमीहरूमध्ये कसैले आफूलाई यी तरिकाहरूले प्रकट गर्छौ? उदाहरणका लागि, जब समर्पणताको सत्यताबारे कुरा आउँछ, केही मानिसहरू यसो भन्छन्, “हामी यो मामलामा समर्पणकारी हुनैपर्छ। मानिसहरूले फुर्ती लाउनुपर्ने केही कुरा छैन, समर्पणकारी हुनु त तिनीहरूको कर्तव्य र दायित्व नै हो।” यो सुनेपछि, तँ आफैसँग सोच्छस्, “यो के खालको सत्यता हो? यो मामलामा पनि समर्पणकारी हुनुपर्ने? मैले हेर्दा त, यहाँ समर्पणकारी हुनुपर्ने कुनै आवश्यकता नै छैन!” के यो मामलाबारे तँमा आत्मिक बुझाइको कमी भएको होइन र? (हो।) वास्तवमा, तेरा अनुभव कतिको गहन वा सतही छन् भन्‍ने कुरासँग यसको कुनै सम्बन्धै छैन; यो त विशुद्ध रूपमा तँमा आत्मिक बुझाइ छ कि छैन भन्‍ने सवाल हो। म एउटा उदाहरण दिन्छु। अय्यूबको जाँच गरिँदा लिइँदा, उसले के भन्यो? (“यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)।) उसले यसो भनेको सुनेपछि, के मानिसहरूले त्यसभित्रको सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) त्यसोभए के मानिसहरूमा यस मामलाबारे आत्मिक बुझाइ हुन्छ त? (हुँदैन।) अहँ, तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। हरेक व्यक्ति परमेश्‍वरले दिनुहुने र लैजानुहुने यी दुई मामलाहरू अनुभव गर्न सक्षम हुन्छ, होइन र? (हो।) तैँले यी दुवै कुराहरू अनुभव गरिसकिस्, तर तँ तीभित्रको सत्यता बुझ्दैनस्, त्यसोभए के तँमा यी मामलाहरूबारे आत्मिक बुझाइ हुन्छ त? (हुँदैन।) अहँ, तँभित्र आत्मिक बुझाइ हुँदैन। अय्यूबले बोलेका वचनहरूभित्र कुन सत्यता छ? (परमेश्‍वर सार्वभौम हुनुहुन्छ र उहाँले सबैमाथि शासन गर्नुहुन्छ।) त्यो यो हो कि, परमेश्‍वर सबै घटना र यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, अनि दिने वा लैजाने निर्णय पनि उहाँमै निहित हुन्छ। त्यसोभए, मानिसहरूले के अभ्यास गर्नुपर्छ? (समर्पणता।) ठिक भनिस्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकताप्रति समर्पित हुनुपर्छ, त्यसलाई स्वीकार, र प्रशंसा गर्नुपर्छ। जब मानिसले यी वचनहरू र यी वचनहरूभित्रको सत्यता बुझ्छन्, तब तिनीहरूसँग यो मामलाको आत्मिक बुझाइ हुन्छ। यदि मानिसहरूले यी वचनहरूभित्रको सत्यता बुझ्दैनन् भने, तिनीहरूमा यो मामलाको आत्मिक बुझाइ हुँदैन। यो समयमा, के तिमीहरूसँग अय्यूबका वचनहरूको आत्मिक बुझाइ छ त? (छैन।) यदि तैँले बुझेको कुरा धर्मसिद्धान्त हो भने, तँ यसो भन्छस्, “अय्यूबको अनुभव राम्रो थियो। परमेश्‍वरले अय्यूब धर्मी व्यक्ति थिए भनेर भन्नुभयो, त्यसैले उनले गरेका सबै कार्यहरू निश्चय नै सत्यताअनुरूप, र परमेश्‍वरका अभिप्राय पूरा गर्न सक्षम रहेको हुनुपर्छ।” तँ धर्मसिद्धान्त बुझ्छस्। त्यसोभए, यो धर्मसिद्धान्त कहिले तेरो सत्यता वास्तविकता बन्नेछ? (जब परमेश्‍वरले साँच्चै नै मबाट विभिन्‍न कुराहरू लैजाने परिस्थितिहरू खडा गर्नुहुन्छ, र जब म परमेश्‍वरलाई धन्यवाद र प्रशंसा दिन, गुनासो नगरी परमेश्‍वरप्रति समर्पित हुन, र यसरी सत्यताको यो पक्ष अभ्यास गर्न सक्छु।) तँ अभ्यास त गर्न सक्छस्, तर तेरो यो अभ्यास प्रावधानहरू पालन गर्ने र अरूको नक्कल गर्ने अभ्यास हो, कि तेरो हृदयको गहिराइभित्र परमेश्‍वरको सार्वभौमिकताको साँचो बुझाइ हो? यी दुईबीच फरक हुन्छ, हुँदैन र? यीमध्ये कुनचाहिँ सत्यता वास्तविकतामा प्रवेश गर्नु हो? अहिले अय्यूबले खडा गरेको उदाहरण देखेर, धेरै मानिसहरू अय्यूबले भनेकै कुराहरू भन्न सक्छन्, तर जब तिनीहरू यी कुराहरू भन्छन्, के तिनीहरूले उसको नक्कल मात्र गरिरहेका हुन्, कि तिनीहरूका शब्दहरू अय्यूबको झैँ, कैयौँ दशकको अनुभवपछि, परमेश्‍वर मानवजातिमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने सत्यता र तथ्य बोध भएपछि बोलिएका हुन्? यीमध्ये कुनचाहिँ सत्यता वास्तविकता हो? (अनुभवबाट आएको चाहिँ वास्तविकता हो।) तैँले अनुभवद्वारा महसुस गर्ने र बुझ्ने कुराहरू मात्र सत्यता वास्तविकता हुन्; अरूले भनेको कुरा नक्कल गर्नु वास्तविकता होइन। अय्यूबले बोलेको वाक्यांशमा वास्तविकताको पक्ष थियो, तर त्यही वाक्यांश उसको शब्दहरूको नक्कल गर्ने मानिसहरूद्वारा बोलिँदा, त्यो एउटा नारा बन्छ जुन तिनीहरूले आफूलाई आत्मिक मानिसजस्तो रूप धारण गर्न र भेष बदल्न प्रयोग गर्छन्। यी मानिसहरू धार्मिक ठगहरू हुन्। मण्डलीमा अगुवाका पदमा चुनिएका अनि जिम्मेवारी र हैसियत भएका केही मानिसहरू प्रायः दाजुभाइ-दिदीबहिनीहरूसँग अय्यूबले बोलेका ती शब्दहरूबारे सङ्गति गर्छन्: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यो सुन्ने मानिसहरूले कस्तो महसुस गर्छन्? तिनीहरूले यस्तो महसुस गर्छन्, “यी शब्दहरू परमेश्‍वरबाट आएका हुन्। यी शब्दहरू पवित्र आत्माको अन्तर्दृष्टि र परमेश्‍वरको मार्गदर्शनद्वारा अघि ल्याइएका थिए। यी एकदमै व्यावहारिक छन्।” अनि, एक वर्ष पनि नपुग्दै, ती अगुवाहरू वास्तविक काम गर्न नसकेको, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा, र मण्डलीको कामको प्रगतिमा ढिलाइ गरेका कारण बर्खास्त हुन्छन्, र त्यसपछि तिनीहरू नकारात्मक बन्छन् र गुनासो गर्छन्। यस्ता मानिसहरू अय्यूबले बोलेकै शब्दहरू बोल्छन्, तर तिनीहरूले अय्यूबले अनुभव गरेका कुराहरू अनुभव गरेका हुँदैनन्, तिनीहरूसित ती शब्दहरूबारे गहन अनुभव वा बुझाइ हुँदैन। तसर्थ, जब तिनीहरू बोल्छन्, तब के तिनीहरू नक्कल गरिरहेका हुन्छन् कि निष्कपट रूपमा बोलिरहेका हुन्छन्? (तिनीहरू नक्कल गरिरहेका हुन्छन्।) जब तिनीहरूले भित्र गहिराइमा के सोच्छन् भन्‍ने कुरा आउँछ, तिनीहरूले बोल्दा तिनीहरूका शब्दहरूमा तिनीहरूका व्यक्तिगत भावनाहरू हुन्छन्, अनि ती शब्दहरू निष्कपट रूपमा बोलिएका हुन्छन्। तिनीहरूमा के चाहना हुन्छ भने, परमेश्‍वरले तिनीहरूलाई केही दिनुहुँदा, तिनीहरू सधैँ उहाँले तिनीहरूलाई प्रदान गर्नुभएका आशिष् र वरदानहरूका लागि उहाँलाई प्रशंसा र धन्यवाद दिन सकून्, अनि परमेश्‍वरले केही लैजानुहुँदा, बिलकुलै कुनै गुनासो नगरून्, बरु अय्यूबले झैँ परमेश्‍वरको प्रशंसा गर्न, अनि उहाँको मार्गदर्शन र सार्वभौमिकताका लागि धन्यवाद दिन सकून्। तर, यो चाहना मात्र हुन्छ, र तिनीहरूले अनुभव गरिसकेको कुरा हुँदैन। जब तिनीहरूले ओहदा र पदवी गुमाउँछन्, र सामान्य विश्‍वासी बन्छन्, के तिनीहरू आफूले बोलेअनुसार व्यवहार गर्छन् त? (गर्दैनन्।) म तिनीहरूले बोलेअनुसार पटक्कै व्यवहार गर्दैनन् भन्न सक्दिनँ; त्यो तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भन्‍नेमा भर पर्छ। सत्यता पछ्याउने मानिसहरूले ती शब्दहरूलाई आफ्नो व्यवहार मूल्याङ्कन गर्न प्रयोग गर्छन्, र तिनलाई आफ्नो अनुभवको मार्गदर्शकका रूपमा उपयोग गर्छन्, अनि तिनीहरू आफूलाई ती शब्दहरूसँग तुलना गर्न र तिनमा अभ्यासको मार्ग पत्ता लगाउन सक्षम हुन्छन्। तिनीहरू अति निराश वा नकारात्मक हुँदैनन्, बरु आफ्नो कर्तव्य सामान्य रूपमै निर्वाह गर्न सक्षम हुन्छन्। तर त्यसको विपरीत, सत्यता नपछ्याउने र नारा मात्र भट्याउने मानिसहरू समस्यामा हुन्छन्; तिनीहरू आफूलाई भिन्नै रूपमा प्रकट गर्छन्। तिमीहरूले देखेका यस्ता प्रकारका मानिसहरूले आफूलाई प्रकट गर्ने सबैभन्दा स्पष्ट तरिकाहरू के-के हुन्? (बर्खास्त गरिएपछि, केही अगुवाहरू आफैलाई चिन्ने प्रयास गर्दैनन्, र समर्पित हुँदैनन्। तिनीहरू आफूलाई बर्खास्त गरिनु अन्यायपूर्ण थियो भन्ठान्छन्, अनि नकारात्मक भएर गुनासो गर्छन्। अर्कोपटक चुनाव हुँदा तिनीहरू फेरि शक्ति पाउन सङ्घर्ष गर्छन्, अनि अन्ततः ख्रीष्टविरोधी बन्छन् र निष्कासित हुन्छन्।) यो सबैभन्दा गम्भीर मामला हो। अरू के-कस्ता प्रकटीकरणहरू छन्? (केही मानिसहरू बर्खास्त गरिएपछि सामान्य जागिर मात्र गर्छन्, तर कर्तव्य निर्वाह गर्दैनन्।) तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन्? तिनीहरू पहिलेचाहिँ किन धाक र नारा लगाउँथे? तिनीहरू अरूले सुनून् भनी विभिन्‍न कुराहरू भट्याउँथे, अनि यी नारा, धर्मसिद्धान्त, अनि कर्ण-प्रिय शब्दहरू आफूलाई सुशोभित पार्न, अरूलाई आफ्नो पक्षमा ल्याउन, अनि मानिसहरूलाई तिनीहरूको आदर गराउन प्रयोग गर्थे। तिनीहरूको उद्देश्य त्यही हुन्थ्यो। अरू के-कस्ता प्रकटीकरणहरू छन्? (बर्खास्त गरिनुअघि, केही अगुवा र सेवकहरू बाहिरबाट हेर्दा एकदमै पछ्याइरहेका जस्ता देखिन्छन्, अनि तिनीहरू भन्छन्, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ,” तर बर्खास्त गरिएपछि, तिनीहरू नकारात्मक बन्छन् र आफूलाई उठाउनै सक्दैनन्, मानिसहरूसँग झोक्किने र रिसाउनेसमेत गर्छन्, र परमेश्‍वरको घर तिनीहरूप्रति ऋणी भएझैँ गरी, आफू पहिले समर्पित भएको र आफूले त्याग गरेको सबै व्यर्थ थियो भन्ठान्छन्।) यस्ता कुरा भन्‍ने र यसरी कार्य गर्ने मानिसहरूमा गम्भीर समस्या हुन्छ। सर्वप्रथम, तिनीहरूले यी कुराहरू भन्नुको प्रकृति खुट्टयाउनुपर्छ। तिनीहरू सत्यता पछ्याउँदैनन्; तिनीहरू अय्यूबका शब्दहरू नक्कल गर्छन्; तिनीहरू मानिसहरूलाई रवाफ देखाउन र बहकाउन आफ्नो शिरका लागि एउटा सुन्दर ताज रच्छन्, र आफू आत्मिक मानिस भएझैँ देखाउँछन्। के यो सत्यतासँग खेलाँची गर्नु, र परमेश्‍वरविरुद्ध निन्दा गर्नुको प्रकटीकरण होइन र? मलाई भन् त, कस्तो प्रकारका मानिसहरू आफ्नो ख्याति, प्राप्ति, अनि हैसियत गुमाएपछि अत्यन्तै ठूलो प्रतिक्रिया देखाउँछन्, नकारात्मकतामा हाम फाल्छन्, आफ्नो कर्तव्य पूरा गर्न बन्द गर्छन्, आफ्नो कुनै आशा नरहेको मान्दै खराब परिस्थितिलाई अझ खराब बनाउँछन्, र विश्‍वास गर्नसमेत बन्द गर्छन्? (कमजोर मानवता भएकाहरू, र दुष्ट मानिसहरू।) ठिक भनिस्। कमजोर मानवता भएकाहरू अनि दुष्ट मानिसहरू निश्‍चय नै सत्यता पछ्याउने मानिसहरू होइनन्, तर यदि असल मानवता भएका मानिसहरूले पनि सत्यता पछ्याउँदैनन् भने, के तिनीहरूले पनि यसरी नै आफूलाई प्रकट गर्नेछन् त? निश्चय नै गर्नेछन्। दुष्ट मानिसहरूले आफूलाई यसरी प्रकट गर्नेबाहेक, अर्को एउटा परिस्थिति पनि छ, जुन मानिसहरूले के पछ्याउँछन् र तिनीहरू कुन मार्गमा हिँड्छन् भन्‍ने कुरासँग सिधै जोडिएको हुन्छ। सतही रूपमा, सत्यतालाई प्रेम नगर्ने मानिसहरूसँग केही मानवता भएजस्तो देखिए पनि त्यसबाट कुनै राम्रो कुरा आउनेछैन, अनि तिनीहरू सबैमा दुष्ट सार हुन्छन्, र तिनीहरू सत्यतालाई उल्लङ्घन गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छन्, अनि तिनीहरूसँग हैसियत छ भने त, तिनीहरू दुष्टता नै गर्न सक्छन्। अर्को सबैभन्दा गम्भीर समस्या पनि छ, जुन के हो भने, यस्ता खालका मानिसहरू हैसियत पछ्याउन विशेष रूपमा इच्छुक हुन्छन्। यदि तिनीहरूलाई हैसियत प्राप्त गर्न, वा अगुवा बन्न दिइएन भने, तिनीहरूको जीवन नै खोसेजस्तो हुन्छ। के तिनीहरूले त्यो स्विकार्न सक्छन् त? जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरूले जतिसुकै कष्ट भोगे पनि वा जतिसुकै दुर्व्यवहार सहे पनि, तिनीहरू इच्छुक नै रहन्छन्। तर, तिनीहरू इच्छुक रहन्छन्, वा कष्ट सहन्छन् र मूल्य चुकाउँछन् भन्दैमा, तिनीहरूलाई सत्यता पछ्याउने मानिसहरू भन्न मिल्दैन। त्यसो भन्नु गलत हुनेथियो। तिनीहरूले पछ्याउने भनेको त ख्याति, प्राप्ति, अनि हैसियत हो; तिनीहरूले पछ्याउने त हैसियतका लाभहरू हुन्। अनि, यो कुन तरिकाले पावलसँग मेल खान्छ? (उसले मुकुट पछ्यायो।) ठिक भनिस्। उसले मुकुट पछ्यायो, र त्यो धार्मिकताको मुकुट थियो। पावलजस्ता मानिसहरूले पछ्याउने कुरा नै यही हो—तिनीहरू मुकुटको पछ्याइलाई उचित पछ्याइ, र सत्यता पछ्याइका रूपमा लिन्छन्। अयसपछि, के तिमीहरूसँग यस्ता खाले मानिसहरूबारे केही सुझबुझ हुनेछ? (हुनेछ।) मानौँ, कुनै व्यक्ति बर्खास्त भएपछि र आफ्नो हैसियत गुमाएपछि झोक्किन्छ र रिसाउँछ, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई देख्दा ध्यान दिँदैन वा बोल्दैन, अनि सुसमाचार प्रचार गर्न लगाउँदा, यसो भन्छ, “म सुसमाचार प्रचार गर्नेछैनँ। म तिम्रा लागि सेवा प्रदान गर्नेछैन! म चाहिँदा तिमी मलाई सम्झिन्छौ, तर नचाहिँदा मलाई छेउ लगाउँछौ अनि बर्खास्त गर्छौ। म त्यति मूर्ख छैन!” यी कस्ता खालका शब्दहरू हुन्? के ती खुट्ट्याउन सजिलो छ? त्यो कसरी विश्‍वासी हो? त्यो कुनै पनि किसिमको विश्‍वासी, वा कुनै खालको असल व्यक्ति होइन। बर्खास्त भएपछि सबैभन्दा ठूलो प्रतिक्रिया जनाउने मानिसहरू कस्ता प्रकारका हुन्? (ख्याति, प्राप्ति, र हैसियत पछ्याउने मानिसहरू।) भर्खरै, तिमीहरूले यस्ता प्रकारकाका मानिसहरूमा कमजोर मानवता हुन्छ, र तिनीहरू सत्यता वा जीवन प्रवेश पछ्याउँदैनन् भनेर भन्यौ। के त्यो यो समस्याको सारसँग सम्बन्धित छ त? (छैन।) तिमीहरूले भनेको कुरा केही अर्थपूर्ण रहेजस्तो लाग्छ, तर यो समस्याको सारसँग त्यसको कुनै सम्बन्ध छैन। यो समस्याको सार त्यो होइन। भर्खरै, तिमीहरूले केही मानिसहरूले बर्खास्त गरिएपछि गुनासो गर्ने र आफू सक्‍किएको ठान्‍ने कारण तिनीहरूमा कमजोर मानवता भएकाले हो भन्यौ। यो धर्मसिद्धान्त हो भनेर म किन भन्छु? किनकि केही मानिसहरूमा ठिकठाकै असल मानवता हुन्छ, र तिनीहरू निष्कपट रूपमा आफूलाई त्याग र समर्पित गर्छन्, खालि कुरा के हो भने, तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु सधैँ प्रतिष्ठा र हैसियत पछ्याउँछन्। परिणामस्वरूप, अन्ततः तिनीहरूलाई बर्खास्त गरिँदा, तिनीहरूले ठूलै प्रतिक्रिया देखाउँछन्। यसले के देखाउँछ भने, तिनीहरूको आफूलाई प्रकट गर्ने शैली केवल कमजोर मानवताको समस्या मात्र होइन, यो त तिनीहरूको स्वभावको समस्या हो—तिनीहरूको स्वभाव एकदमै गम्भीर रूपमा भ्रष्ट तुल्याइएको हुन्छ! केही मानिसहरूले यसलाई एउटै वाक्यांशमा समेट्दै यसो भन्छन्, “यस व्यक्तिले सत्यता पछ्याउँदैन, कारण त्यही हो।” यो भनाइ अति अस्पष्ट छ। सत्यता नपछ्याउने कार्य धेरै किसिमले प्रकट हुन सक्छ: गुनासो गर्नु, अर्पित भएर आफ्नो कर्तव्य निर्वाह नगर्नु, आदि सबै उदाहरणहरू हुन्। हरेक समस्यालाई “तिनीहरूले सत्यता पछ्याउँदैनन्” भन्‍ने एउटै वाक्यांशले व्याख्या गर्न सकिँदैन। यो अति अस्पष्ट हुन्छ र ठोस हुँदैन। यो त धर्मसिद्धान्तका आधारमा गरिएको व्याख्या हो।

अब म आत्मिक बुझाइको कमी आफै कसरी प्रकट हुन्छ भन्‍नेबारे सङ्गति गर्नेछु। आत्मिक बुझाइ नभएका मानिसहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? तिनीहरूले आफ्नो स्थिति, प्रकटीकरणहरू, अनि आफूले प्रकट गर्ने भ्रष्टतालाई कसरी लिन्छन्? के तिनीहरूसँग सत्यता पछ्याउने व्यक्तिका प्रकटीकरणहरू हुन सक्छ? (सक्दैन।) यहाँ सबैभन्दा ठूलो समस्या के हो? (तिनीहरू परमेश्‍वरका वचनहरूले कुन-कुन मानव स्थितिहरू र प्रकटीकरणहरूको खुलासा गरिरहेका छन् भनी बुझ्दैनन्, र आफूसँग तुलना गर्न ती कुराहरू प्रयोग गर्न सक्दैनन्।) मुख्य कुरा भनेकै तिनीहरू ती कुराहरूसँग आफूलाई तुलना गर्न सक्दैनन्। अनि, यदि तिनीहरू ती कुराहरूसँग आफूलाई तुलना गर्न सक्दैनन् भने, के तिनीहरूले सत्यता बुझ्छन् भनेर भन्न सकिन्छ त? (सकिँदैन।) तँ एउटा कुराबारे बोलिरहेको हुन्छस्, तर तिनीहरू सधैँ त्यसको ठ्याक्कै उल्टो कुराबारे बोल्ने गर्छन्; तिनीहरू र तँमा सधैँ मतान्तर हुन्छ अनि तिनीहरू सधैँ तँसँग विवाद गर्छन्। तैँले र उसले विवाद गरिरहेको मुद्दाको केन्द्र साझा हुँदैन, र त्यो मामला पनि उही हुँदैन, तर तिनीहरू अझै पनि एकदमै सही छन् भन्‍ने ठान्छन्। आत्मिक बुझाइ नभएका मानिसहरूले यसरी नै आफूलाई प्रकट गर्छन्। आत्मिक बुझाइ नभएका मानिसहरूले सत्यता बुझ्न सक्दैनन्। अनि के तिनीहरू सत्यता पछ्याउनचाहिँ सक्षम हुन्छन् त? (हुँदैनन्।) यो समस्याग्रस्त कुरा हो। यदि तिनीहरू सत्यता पछ्याउन सक्दैनन् भने, के तिनीहरूसँग जीवन प्रवेश हुन सक्छ त? (सक्दैन।) सत्यता नपछ्याउनेहरूसँग जीवन प्रवेश हुन सम्भवै हुँदैन; यो ध्रुवसत्य हो। यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको कैयौँ वर्ष भइसक्यो तर उसले सत्यता पटक्कै बुझ्दैन भने, के ऊ सत्यता पछ्याउने व्यक्ति हो त? निश्चय नै होइन। केही मानिसहरू यसो भन्छन्, “सधैँ त्यस्तै हुन्छ भन्‍ने हुँदैन। कतिपय मानिसहरू सत्यता बुझ्दैनन्, तैपनि तिनीहरू एकदमै जोसिला हुन्छन्, र तिनीहरू परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न सबथोक त्याग्छन्। तिनीहरू सत्यता नपछ्याउने व्यक्ति कसरी हुन सक्छन् र?” के यो दृष्टिकोण सही हो त? कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनी मूल्याङ्कन गर्दा, उसले आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न सबथोक त्याग्छ कि त्याग्दैन भन्‍ने कुरा मात्र हेर्न मिल्दैन। हेर्नैपर्ने मुख्य कुरा भनेको त उसको हृदयले केलाई महत्त्व दिन्छ भन्‍ने हो। यदि उसको हृदयले सत्यता अभ्यास गर्न, सत्यतामा प्रवेश गर्न, र सत्यता प्राप्ति गर्नमा महत्त्व दिन्छ, अनि ऊ प्रभावकारी रूपमा जीवन प्रवेश गर्छ भने ऊ सत्यता पछ्याउने व्यक्ति हो। यदि उसले मुकुट वा इनाम पाउन आफूलाई त्याग्छ र समर्पित गर्छ, अनि उसले धेरै वर्षसम्म आफूलाई त्यागेको र समर्पित गरेको र धेरै कष्ट सहेको छ, तर पनि सत्यता बुझ्न वा सत्यता वास्तविकतामा प्रवेश गर्न, अनि परमेश्‍वरलाई बुझ्न सकेको छैन भने, के उसको त्याग र समर्पण वास्तवमै सत्यताको पछ्याइ हो त? यो प्रस्टै छ कि ऊ सत्यता पछ्याउने व्यक्ति होइन, किनकि उसको त्याग र समर्पणको परिणामस्वरूप उसले सत्यता बुझेको वा सत्यता वास्तविकतामा प्रवेश गरेको छैन। तसर्थ, ऊ आफूलाई त्याग्छ र समर्पित गर्छ भन्दैमा, उसले सत्यता पछ्याउँछ भनेर भन्न मिल्दैन। यस्ता मानिसहरू पावलजस्तै हुन्छन्। पावलले आफ्नो आधा जीवन प्रचार गरेर र प्रभुका लागि काम गरेर बितायो, तर उसले न त सत्यता प्राप्त गर्‍यो, न त प्रभुलाई नै प्राप्त गर्‍यो। त्यसैले, के तैँले पावललाई सत्यता पछ्याउने व्यक्ति भन्न मिल्छ त? जब कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्‍ने कुरा आउँछ, तब उसले पछ्याइरहेको लक्ष्य र उसको अभिप्रायले सत्यता प्राप्त गर्नमा महत्त्व दिन्छ कि दिँदैन भनी हेर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि उसले वास्तवमै सत्यताप्रति मेहनत लगाउनमा महत्त्व दिन्छ, र ऊ सत्यता अभ्यास र वास्तविकतामा प्रवेश गर्नेजस्ता कुराहरूमा प्रभावकारी भइरहेको छ भने मात्र, ऊ सत्यता पछ्याउने व्यक्ति हुन्छ। साँच्चै सत्यता पछ्याउने हरेक व्यक्ति सत्यता अभ्यास गर्न सक्ने व्यक्ति हुन्छ, र सत्यता अभ्यास गर्नेहरू मात्रै जीवन प्रवेश भएका व्यक्तिहरू हुन्छन्। यदि कसैले ऊ सत्यता पछ्याउने व्यक्ति हो भन्छ, तर ऊ सत्यता अभ्यास गर्दैन भने, के तिमीहरू ऊसँग जीवन प्रवेश छ भन्छौ त? ऊसँग जीवन प्रवेश निश्‍चय नै हुँदैन। सत्यता अभ्यास नगर्ने व्यक्तिसँग कसरी जीवन प्रवेश हुन सक्छ र? त्यो पूर्णतः असम्भव छ। यदि ऊ आफूलाई सत्यता पछ्याउने व्यक्ति भएको, र आफूसँग जीवन प्रवेश रहेको ठान्छ भने, तैँले उसलाई “तेरो जीवन प्रवेशको प्रमाण के हो?” भनेर सोध्नुपर्छ। उसको गफ सुनेर मान्नु मात्र काफी हुँदैन। यदि कुनै प्रमाण छैन भने, उसले बोलेको कुराको कुनै वजन हुँदैन। यदि तँ सत्यता पछ्याउने व्यक्ति हुँ भनेर भन्छस् भने, तँ कतिवटा सत्यता बुझ्छस्? तैँले कतिवटा सत्यता अभ्यास गरेको छस्? तैँले सत्यता वास्तविकताको कुन पक्षहरूमा प्रवेश गरेको छस्? के तँ आफ्नो अनुभवात्मक गवाहीबारे बताउन सक्छस्? यदि तँ आफ्नो अनुभवात्मक गवाहीबारे बताउन सक्दैनस् भने, तैँले तँ सत्यता पछ्याउने व्यक्ति होस् भनेर मानिसहरूलाई झुक्याइरहेको र बहकाइरहेको हुन्छस्। म किन पावल सत्यता पछ्याउने व्यक्ति थिएन भन्छु त? किनकि पावलले लेखेका पत्रहरूमा जीवन अनुभवका कुनै पनि गवाहीहरू थिएनन्; ऊ परमेश्‍वरसम्बन्धी साँचो बुझाइबारे बताउन सक्षम नै थिएन, प्रभु येशूप्रतिको प्रेम र समर्पणताबारे बताउन त झनै सक्षम थिएन। उसले आफ्नो भ्रष्ट स्वभावसमेत बुझेको थिएन। उसले आफू सबैभन्दा खराब पापी भएको भनेर मात्र भन्थ्यो। उसले यो कुरा प्रभु येशूको प्रतिरोध गरेर दण्डित गरिएको आधारमा भनेको थियो। यसरी आफू सबैभन्दा खराब पापी हुँ भनेर, उसले आफूले उन्मत्त रूपमा प्रभु येशूको प्रतिरोध गर्दै पाप गरेँ भनेर मात्र मानिरहेको थियो। के यसको अर्थ उसले आफ्नो भ्रष्ट स्वभाव र सार साँच्चै चिनेको थियो त? (थिएन।) त्यसैले त म भन्छु, केलाई सत्यता पछ्याएको मान्ने र कस्तो खालको व्यक्तिसँग जीवन प्रवेश हुन्छ भन्‍ने कुरा आउँदा, यो कुरालाई व्यक्ति आफैले भन्‍ने कुराका आधारमा नभई, उसले सत्यता बुझ्छ कि बुझ्दैन र सत्यता अभ्यास गर्छ कि गर्दैन भन्‍ने कुराका आधारमा निर्धारण गर्नुपर्छ। के तिमीहरूले अब मैले भनेको कुरा बुझ्यौ? हामी किन यति विस्तृत रूपमा सङ्गति गरिरहेका छौँ? के यो आवश्यक छ त? (छ।) किन आवश्यक छ? मैले तिमीहरूको भ्रमपूर्ण दृष्टिकोण चिरफार गर्न, तिमीहरूले गलत रूपमा सही ठान्ने कुराहरू सच्याउन, तिमीहरूलाई त्यसबाट बाहिर निस्कने बाटो खोज्‍न मदत गर्न, र तिमीहरूलाई आफूले गलत रूपमा सही ठानेका कुराहरू त्याग्न, अनि त्यसपछि साँचो रूपमा सत्यता पछ्याउने मार्ग प्रवेश गर्न मदत गर्न यसरी सङ्गति गरिरहेको छु। तब मानिसहरूसँग साँच्चै नै जीवन प्रवेश हुनेछ, र तिनीहरूले सत्यताको साँचो पछ्याइ हासिल गर्न सक्नेछन्। आत्मिक बुझाइ नभएका मानिसहरूले जीवन प्रवेश वा स्वभाव रूपान्तरणका मामलाहरू बुझ्दैनन्। तिनीहरूले आफ्ना धेरै पक्षहरू रूपान्तरण गरिसकेको र जीवन प्रवेश हासिल गरिसकेको भन्‍ने सोच्छन्। उदाहरणका लागि, तिनीहरूले केही खराब बानी परिवर्तन गरेका हुन्छन्: तिनीहरू अति धेरै खाने र सुत्ने गर्दैनन्, अल्छी बन्दैनन्, र पहिलेभन्दा धेरै मेहनती बन्छन्, त्यसैले तिनीहरूले यसलाई नै आफूले जीवन प्रवेश पाएको ठान्छन्। यस्तै अरू मानिसहरू पनि छन्, जो पहिले सधैँ अरूलाई हप्काउने गर्थे, तर अहिले त्यसो गर्दैनन्; तिनीहरू अहिले मानिसहरूलाई राम्रा र रचनात्मक कुराहरू भन्न सक्छन्, र कहिलेकाहीँ मानिसहरूलाई मदत पनि गर्न सक्छन्। यी कुराहरू गर्न सक्ने भएकाले, तिनीहरू पहिले नै तिनीहरूले सत्यता अभ्यास गरिरहेका र आफू रूपान्तरणबाट गुज्रिएका भन्‍ने ठान्छन्। कतिपय मानिसहरू आफूले ख्याति, प्राप्ति, हैसियत, अनि भौतिक सुखहरूको पछ्याइ त्याग्न सकेकाले आफूसँग जीवन प्रवेश भएको ठान्छन्। यो सबै मानिसहरूमा हुने साझा समस्या हो। तिनीहरूले आफूले बुझेका अनि आफ्ना धारणाहरूअनुसार सही र असल लाग्ने कुराहरू अभ्यास गरेका हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको र सत्यता पछ्याएको भन्दै, देहका कैयौँ खराब बानी र समस्याजनक गुणहरू निराकरण गरिसकेका, वा जीवनशैलीको रहनसहन बदलिसकेका हुन्छन्। त्यो सँगसँगै, तिनीहरूले कैयौँ देहगत फाइदाहरू, आफ्नो परिवार र काम, वैवाहिक जीवन र बाह्य संसार त्यागेका हुन्छन्। तिनीहरू आफूलाई रूपान्तरण र मुक्ति दिइएको ठान्छन्, र यसो भन्छन्, “यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए यी सबै त्याग्न सक्थेँ र? के ममा यति ठूलो रूपान्तरण हुनेथ्यो र?” के यो विश्‍वासीहरूमा हुने सबैभन्दा ठूलो गलतफहमी होइन र? (हो।) मानिसहरूसँग आत्मिक बुझाइ भए वा नभए पनि, तिनीहरू सबैमा यो गलतफहमी हुन्छ। म किन यो गलतफहमी हो भन्दै छु? म किन यहाँ गम्भीर समस्या छ भन्दै छु? यसको मुख्य कारण के हो भने, मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तर उहाँको अभिप्राय बुझ्दैनन्, अर्थात् तिनीहरू परमेश्‍वरले मानिसहरूबाट ठ्याक्कै के माग गर्नुहुन्छ भन्‍ने कुरा नै बुझ्दैनन्। त्यसको सट्टा, तिनीहरू मानव धारणा र कल्पनाहरूअनुसार सोच्छन्, अनि आफ्नो परिवार, काम, भावना, बाह्य संसार, देहका उल्झनहरू, अनि आफ्नो सम्पत्तिसमेत त्याग्न सक्नु भनेको तिनीहरूसँग जीवन प्रवेश हुनु हो भन्‍ने विश्‍वास गर्छन्। यो गलतफहमी हो। वास्तवमा, परमेश्‍वरको अभिप्राय भनेको त मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव समाधान गरून्, परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको समस्या समाधान गरून्, अनि तिनीहरूले गर्ने पापको मूलजड समाधान गरून् भन्‍ने हो। यसो गर्न, मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्नु र परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्नुअघि तिनीहरूले सत्यता अनि परमेश्‍वरको स्वभाव बुझ्नैपर्छ। परमेश्‍वरले मानिसहरूबाट गर्नुहुने माग यही हो, र यो ठ्याक्कै परमेश्‍वरले मुक्तिको काम गरेर हासिल गर्ने अभिप्राय राख्नुभएको नतिजा पनि हो। मुक्ति दिने काम हो। मानिसहरूलाई परमेश्‍वरको कामबारे केही पनि थाहा हुँदैन; तिनीहरू उहाँले आफ्नो कामद्वारा पूरा गर्न खोज्नुभएको उद्देश्य र प्रभाव देख्दैनन्, त्यसैले तिनीहरू सत्यतालाई मानव धारणा र कल्पनाहरूले प्रतिस्थापन गर्छन्, अनि मानिसहरूको पछ्याइ अनि तिनीहरूले हासिल गर्न सक्ने कुराहरूलाई नै परमेश्‍वरको अभिप्राय र उहाँले मानिसहरूबाट गर्नुहुने मागका रूपमा लिन्छन्। यो त मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरूमा हुने गलतफहमी हो। तिनीहरूले हासिल गर्न सक्ने यी कुराहरूले तिनीहरूको जोस मात्र देखाउँछ, अनि तिनीहरूले विभिन्‍न कुराहरू त्याग्दा, वास्तवमा परमेश्‍वरसँग लेनदेन गर्न खोजिरहेका हुन्छन्—त्यो त्याग इनाम र मुकुटका बदलामा गरिएको हुन्छ। तिनीहरू यस्ता लेनदेनहरू साँच्चै सार्थक रहेको र आफूलाई राम्रो सौदा मिलेको ठान्छन्। तिनीहरू यसै कारण सब थोक त्याग्छन्। विविध कुराहरू त्याग्दैमा तिनीहरूसँग सत्यता वास्तविकता हुन्छ वा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् भन्‍ने हुँदैन। तिनीहरूले त्याग र अर्पण गरिरहँदा, के तिनीहरूले साँच्चै सत्यता बुझ्छन् त? (बुझ्दैनन्।) यदि तिनीहरू सत्यता बुझ्दैनन् भने, के तिनीहरूको त्याग र समर्पण कलङ्कित हुँदैन र? निश्चय नै हुन्छ। त्यसोभए, तिनीहरूले यसरी आफूलाई समर्पित गरेर र कष्ट सहेर के पछ्याइरहेका हुन्छन् त? यस्ता किसिमका मानिसहरूले सत्यता के हो, वा परमेश्‍वरका मागहरू के हुन् भनी कहिल्यै मतलब गरेका हुँदैनन्; तिनीहरू सधैँ यी कुराहरूको आफूसँग केही सम्बन्ध छैन भन्ठान्छन्। तिनीहरूले आफ्नो हृदयमा जे ठिक हो, जे असल हो, र जे जीवन प्रवेश हो भन्‍ने सोच्छन्, तिनीहरू त्यही अभ्यास गर्छन्, अनि अभ्यास गरेपछि, तिनीहरू परमेश्‍वरले त्यसलाई याद गर्नुभएको छ भन्‍ने सोच्छन्। तिनीहरू यी कुराहरूलाई लेनदेन गर्ने वस्तु र पुँजीका रूपमा लिन्छन्। के यी कुराहरू सत्यता पछ्याउनुका प्रकटीकरणहरू हुन् त? (होइनन्।) यो सत्यता नपछ्याउने मानिसहरूले सिर्जना गर्ने गलतफहमी हो। यो जीवन प्रवेशलाई गलत बुझ्ने मानिसहरूले विभिन्‍न कुराहरू अर्थ्याउने तरिकाहरूमध्ये एक हो। त्यसोभए, कुनै व्यक्तिले यी कुराहरू आफूले सत्यता पछ्याएको प्रकटीकरणहरू होइनन्, र आफूसँग जीवन प्रवेश छैन भनी कसरी मूल्याङ्कन र पुष्टि गर्न सक्छ? उसले बोल्ने कुराहरू गलत हुन् भनेर पुष्टि गर्न कुन तथ्यहरू प्रयोग गर्न सकिन्छ? (उसले सत्यता सिद्धान्तहरूविना कार्य गर्छ।) त्यो एउटा अंश हो। ऊ आफ्नो कल्पनाका आधारमा कार्य गर्छ। बाहिरबाट, ऊ साँचो विश्‍वासीजस्तो देखिन्छ; ऊ विभिन्‍न कुराहरू त्याग्न र आफूलाई समर्पित गर्न सक्छ, तर ऊ आफ्नो कार्यमा असैद्धान्तिक हुन्छ। अनि, ऊ किन असैद्धान्तिक हुन्छ? किनकि ऊ सत्यता पछ्याउँदैन, विभिन्‍न कामकुराहरूप्रतिको उसका दृष्टिकोण अझै पनि गैरविश्वासीहरूको सरह हुन्छ, र उसका धारणा र कल्पनाहरू अझै पनि रहन्छन्। यस्ता मानिसहरूमा एउटा सबैभन्दा मुख्य समस्या हुन्छ: के तिनीहरू परमेश्‍वरले खडा गर्नुहुने वातावरणमा समर्पित हुन्छन् त? के तिनीहरूले यी वातावरणहरू परमेश्‍वरले किन खडा गर्नुभएको हो भनी बुझ्छन् त? (बुझ्दैनन्।) के तिनीहरूसँग जीवन प्रवेश छैन भनी पुष्टि गर्न यो काफी हुन्‍न र? (हुन्छ।) तिनीहरूले आफ्ना खराब बानी र समस्याजनक गुणहरूमा धेरै परिवर्तन ल्याएका हुन्छन्, र धेरै त्याग गरेका हुन्छन्। अन्ततः तिनीहरूको परीक्षा लिइँदा, तिनीहरू परमेश्‍वरको अभिप्राय नबुझ्ने मात्र होइन, अझै गुनासो गर्ने र समर्पित हुन नसक्‍ने हुन्छन्। यो के समस्या हो? यो तिनीहरूसँग जीवन प्रवेश नै नभएको समस्या हो। जीवन प्रवेश नहुने मानिसहरूसँग सत्यता वास्तविकताहरू हुँदैनन्, होइन र? (हो।) जब केही आइपर्छ, तिनीहरू पूर्णतः आफ्नै धारणा, कल्पना, र प्राकृतिक प्राथमिकताहरूमै भर पर्छन्। जब तँ तिनीहरूसँग साँच्चै गम्भीर हुन्छस् र तिनीहरूलाई समर्पित हुन भन्छस्, तब तिनीहरू समर्पणकारी पटक्कै हुँदैनन्; तिनीहरू केवल मानव समझ, बहाना, र कल्पनाहरूमा भर पर्छन्, अनि आफ्नो प्रतिरक्षा गर्न र परमेश्‍वरप्रति समर्पित नहुने, र परमेश्‍वरको काम इन्कार्ने आफ्नो उद्देश्य पूरा गर्न हरउपाय खोज्छन्। कतिपय यस्ता मामलाहरू समेत हुन्छन् जसमा मानिसहरू समर्पित हुन नसक्ने मात्र होइन, तिनीहरूले त अझै पनि आफ्नै धारणा र कल्पनाहरू सही छन्, अनि आफूले सोचेका विधि र मार्ग सही छन्, अनि परमेश्‍वरको कार्य र योजनाबद्ध कार्यहरू सही नहुन पनि सक्छन् भन्‍ने पुष्टि गर्ने हरउपाय सोच्ने प्रयास गर्छन्। यसले तिनीहरूसँग कुनै जीवन प्रवेश छैन भन्‍ने प्रकाश गर्छ; तिनीहरूले गर्ने सबैकुरा अनि तिनीहरूले गर्ने आफ्नो त्याग र परिवर्तनहरू जीवन प्रवेश होइनन्, यो त बस तिनीहरूका दुष्ट बानीहरू हुन् जुन उप्रान्त छैनन्। तिनीहरूका व्यक्तिगत बानीहरू, दिनचर्या, अनि जीवन जिउने तरिका हल्का परिवर्तन भएका हुन्छन्, अनि केही मानिसहरूको चाहिँ रिसाउने बानी पनि परिवर्तन भएको हुन सक्छ; तिनीहरू अलिक नरम र अलिक सुसंस्कृत तरिकाले बोल्छन्, र तिनीहरूको बाहिरी व्यवहार अझ स्तरीय भएको हुन सक्छ, तर तिनीहरूले काम गर्दा तिनीहरूमा कुनै सत्यता वास्तविकता हुँदैन, र तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरू वा सत्यताअनुसार काम गर्दैनन्; सबै कुरा तिनीहरूका आफ्नै व्यक्तिगत कल्पना र चाहनाहरूअनुसार हुन्छ। तिनीहरूमा परमेश्‍वरबारे कुनै वास्तविक बुझाइ हुँदैन; तिनीहरूलाई खालि अलिअलि आत्मिक सिद्धान्तबारे बोल्न मात्र आउँछ, र तिनीहरू मानव धारणा, कल्पना र भावनाहरूमा अड्केका हुन्छन्। तिमीहरूलाई के लाग्छ, के यी मानिसहरू दयनीय होइनन् र? (हुन्।) के यस्ता मानिसहरू धेरै हुन्छन्? (हुन्छन्।) तिमीहरूलाई धेरै हुन्छन् भनेर कसरी थाहा भयो? (किनकि म पनि तिनीहरूमध्ये एक हुँ।) यो तँसित मिल्यो, होइन त? त्यसोभए यसबारे तिमीहरूका अनुभवहरू बताओ त। (म एउटा अनुभव सुनाउँछु। एउटा दाजुले अरू धेरै दाजुभाइ-दिदीबहिनीहरूसामु मेरा कमीहरू औँल्याए, अनि त्यसबेला मलाई अपमानित महसुस भयो। मेरो आत्मगौरव पुनः प्राप्त गर्न, मैले प्रतिरक्षा गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गरेँ। मैले ती ब्रदरको टिप्पणी स्विकारिनँ।) तँलाई तेरो आत्मगौरवले बाँध्यो। किन मानिसहरू सधैँ आत्मगौरवद्वारा बाँधिन्छन्? आत्मगौरव भएका सबै मानिसहरू अति संवेदनशील हुन्छन्, त्यही कारण हो त? (होइन।) वास्तवमा, मानिसहरू यसो गर्नुको कारण के हो भने, तिनीहरू अरूका आँखामा आफ्नो सिद्ध छवि कायम राख्न चाहन्छन्। तिनीहरू आफ्नो हैसियतबारे चिन्ता गर्छन्, अनि आफूलाई विशेष सिद्ध तरिकामा, र त्रुटिरहित रूपमा प्रस्तुत गर्न चाहन्छन्। तिनीहरू मानिसहरूका मनमा सिद्ध छाप छोड्न चाहन्छन्, र आफू वास्तवमा कस्तो छु भन्‍ने सत्यता अरूलाई देख्‍न दिन चाहँदैनन्। यो अहङ्कारी स्वभावको परिणाम हो। के यो समस्या अहिले समाधान भइसक्यो? (अझै भएको छैन। म अझै पनि प्रायः त्यो प्रकट गरिरहेकै हुन्छु।) यदि व्यक्तिले आफैबारे चिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्छ भने, बदलिन सजिलो हुनेछ। यदि उसले आफूबारे चिन्तन गर्दैन, आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्दैन, अनि आफ्ना समस्याहरूबारे बोधो छ र सचेत छैन भने, बदलिन कठिन हुनेछ। यदि ऊ सचेत भइसकेको छ, र उसलाई उसको अहङ्कारी स्वभाव गम्भीर छ, उसको पछ्याइमा विचलनहरू छन्, र ऊ सत्यता पछ्याउनबाट अझै पनि टाढै छ भन्‍ने महसुस हुन्छ, तर काँटछाँट गरिँदा, ऊ केही दिनसम्म नकारात्मक बन्छ, र हरेक परिस्थितिमा सधैँ आफ्नो आत्मगौरव पुनः प्राप्त गर्ने उपाय खोज्छ भने, के यस्तो व्यक्ति बदलिन सक्छ? उसलाई बदलिन गाह्रो हुन्छ। त्यसैले, उसले यो समस्या कसरी समाधान गर्नुपर्छ? सत्यता स्विकारेर अनि आत्मचिन्तन गरेर मात्र, उसले समस्या समाधान गर्न सक्ने आशा हुन्छ। यदि उसले सत्यता स्विकार्न सक्दैन भने, ऊसँग त्यो समस्या समाधान गर्ने कुनै उपाय हुँदैन। मुख्य कुरा त मानिसहरूसँग सत्यता पछ्याउने सङ्कल्प र चाहना हुनैपर्छ। जब तिनीहरूमा सत्यताका लागि एकदमै तिर्खाउने हृदय हुन्छ, तिनीहरूले सत्यतालाई प्रेम र स्वीकार गर्न सक्नेछन्, अनि तिनीहरूसँग सत्यता अभ्यास गर्ने र देहविरुद्ध विद्रोह गर्ने शक्ति हुनेछ। सत्यता स्विकारेर मात्र मानिसहरूले भ्रष्ट स्वभावको समस्या पूरै सुल्झाउन सक्छन्, अनि तिनीहरूको भ्रष्ट स्वभाव सुल्झिएपछि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्, र त्यसपछि तिनीहरूसँग जीवन प्रवेश हुनेछ।

आत्मिक बुझाइ नभएका, अनि सत्यता र जीवन प्रवेशको सधैँ गलत अर्थ लगाउने मानिसहरू सत्यता पछ्याउन सजिलो हुन्छ भन्‍ने सोच्छन्, तिनीहरू यो भनेको केही खराब बानीहरू वा समस्याजनक गुणहरू बदल्नु, वा बेलाबेलामा आफ्नो हितमा रहेका कुराहरू त्याग्नु हो भन्ठान्छन्, दुष्टता नगरेसम्‍म, र अन्त्यसम्म आफ्नो आस्थामा डटिरहेसम्‍म, तिनीहरूले जीवन प्राप्त गरेका हुन्छन्, र यी कुराहरू तिनीहरूले परमेश्‍वरका इनाम र आशिष्‌सित साट्न सक्छन् भन्‍ने सोच्छन्। के परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई यस्ता दृष्टिकोणमा आधारित गर्ने मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? (होइनन्।) के सत्यता नपछ्याउने मानिसहरूसँग जीवन प्रवेश हुन सक्छ त? (सक्दैन।) धेरै मानिसहरू जीवन प्रवेश के हो भन्‍नेबारे बिलकुलै प्रस्ट छैनन्। तिनीहरू के सोच्छन् भने, व्यक्तिले बस अलिकति मेहनत गर्दैमा, केही कर्तव्य पूरा गर्दैमा, केही खराब बानी र समस्याजनक गुणहरू बदल्दैमा, अह्राएको मान्दैमा, र अलिअलि समर्पित हुँदैमा ऊसँग जीवन प्रवेश हुन्छ। तिनीहरू जीवन प्रवेशलाई अति नै सरल तरिकाले हेर्छन्। परमेश्‍वरमा यसरी विश्‍वास गरेर, के तिनीहरूले आफ्नो स्वभाव रूपान्तरण गर्नेछन् त? (गर्नेछैनन्, तिनीहरूले आफूलाई बाहिर मात्र परिवर्तन गरिरहेका हुन्छन्, तिनीहरूको सार परिवर्तन भएको हुँदैन।) तिमीहरू अहिले अलिकति परिवर्तित भएका छौ, तर के तिमीहरूको बाहिरी व्यवहारमा परिवर्तन आएका छन्, अथवा के तिमीहरूको जीवन स्वभावमा केही परिवर्तन आएका छन्? के तिमीहरूले जीवन प्रवेशबारे आफ्ना गलत दृष्टिकोणबाट बाहिर निस्कने बाटो भेट्टाएका, र जीवन प्रवेश पाउन थालेका छौ? के तिमीहरू आफ्ना कुन पाटाहरू बदलिएका छन्, र कुन छैनन् भनी मूल्याङ्कन गर्न सक्छौ? यदि तँलाई कुनै कर्तव्य निर्वाह गर्न दिइयो, र त्यसमा तँ पहिले समर्पित हुनै सक्दैनथिस् भने, अहिले तँ कुन हदसम्म समर्पित हुन सक्छस्? उदाहरणका लागि, तँ एक ब्रदर होस्, र तँलाई अरू दाजुभाइ-दिदीबहिनीहरूका लागि हरदिन खाना बनाउन र भाँडा माझ्न भनियो भने, के तँ समर्पित हुनेथिइस्? (हुनेथिएँ जस्तो लाग्छ।) सायद अल्पकालीन रूपमा हुन सक्थिस् होला, तर दीर्घकालीन रूपमा यो कर्तव्य पूरा गर्न भनियो भने, के तँ समर्पित हुनेथिइस् त? (बेलाबेलामा समर्पित हुन सक्थेँ होला, तर समय बित्दै जाँदा हुन सक्दिनथेँ होला।) यसको अर्थ तँ समर्पित भएको छैनस्। मानिसहरूलाई केले समर्पित नहुने तुल्याइरहेको हुन्छ? (किनभने मानिसहरूका हृदयमा परम्परागत धारणाहरू हुन्छन्। उनीहरू के सोच्छन् भने, पुरुषहरू घरबाहिर काम गर्नुपर्छ, अनि महिलाले चाहिँ घरगृहस्थी सम्हाल्नुपर्छ, खाना बनाउने महिलाको काम हो र पुरुषले खाना बनाउँदा उसको इज्जत जान्छ। त्यसैले तिनीहरूलाई समर्पित हुन सजिलो हुँदैन।) ठिक भनिस्। श्रम-विभाजनका कुरामा लैङ्गिक विभेद हुन्छ। पुरुषहरू यस्तो सोच्छन्, “हामी पुरुषहरूले बाहिर गएर जीविका कमाउनुपर्छ। खाना पकाउने र धो-पखाली गर्नेजस्ता काम महिलाहरूले गर्नुपर्छ। हामीलाई यस्तो काम गराइनुहुँदैन।” तर यी विशेष परिस्थितिहरू हुन्, अनि तँलाई त्यही काम गर्न भनिँदै छ भने, तँ के गर्छस्? तँ समर्पित हुनुअघि तैँले कुन-कुन मनस्थिति पार लाउनुपर्छ? मामिलाको चुरो कुरो नै यही हो। तँ तेरो लैङ्गिक विभेद पार जानुपर्छ। कुनै पनि काम पुरुषले गर्नुपर्ने, वा महिलाले गर्नुपर्ने भन्‍ने हुँदैन। श्रमलाई यसरी विभाजन नगर्। मानिसहरूले निर्वाह गर्ने कर्तव्य तिनीहरूको लिङ्गका आधारमा निर्धारण गरिनुहुँदैन। तैँले आफ्नो घरमा र दैनिक जीवनमा यसरी श्रम विभाजन गर्न सक्छस्, तर अब यो तेरो कर्तव्यसँग सम्बन्धित भएपछि, तैँले यसलाई कसरी अर्थ्याउनुपर्छ? तैँले यो कर्तव्य परमेश्वरबाट लिनुपर्छ र स्विकार्नुपर्छ, अनि आफूभित्रका गलत दृष्टिकोण बदल्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “म पुरुष हो भन्‍ने साँचो हो, तर म परमेश्‍वरका नजरमा मण्डलीको सदस्य र एक सृजित प्राणी हुँ। मलाई मण्डलीले जेसुकै काममा खटाए पनि म गर्नेछु; कामकुराहरू लिङ्गका आधारमा विभाजित हुँदैनन्।” सर्वप्रथम त, तैँले आफ्ना गलत दृष्टिकोणहरू त्याग्नुपर्छ, त्यसपछि आफ्नो कर्तव्य स्विकार्नुपर्छ। के आफ्नो कर्तव्य स्विकार्नु साँचो समर्पणता हो त? (होइन।) त्यसपछिका दिनहरूमा, कसैले तेरो खाना अति नुनिलो छ, वा त्यसमा मसला पुगेको छैन, वा तैँले केही खानेकुरा राम्रोसँग बनाइनस् अनि तिनीहरूलाई त्यो खान मन भएन भने, वा तँलाई केही नयाँ खाना बनाउन लगाइयो भने, के तँ त्यो स्विकार्न सक्नेछस्? त्यो बेला, तँलाई असहज लाग्नेछ, अनि तँ यस्तो सोच्नेछस्, “म आत्मसम्मान भएको पुरुष हुँ, म यी सब दाजुभाइ-दिदीबहिनीहरूका लागि खाना पकाउने गरी झुकिसकेको छु, तैपनि तिनीहरू यी सब गल्तीहरू औँल्याउँछन्। अब त मेरो आत्मसम्मान नै बाँकी रहेन।” त्यो बेला, तँ समर्पित हुन चाहँदैनस्, चाहन्छस् त? (चाहँदिनँ।) यो कठिनाइ हो। जबजब तँ समर्पित हुन सक्दैनस्, त्यो कुनै भ्रष्ट स्वभाव प्रकट भएका कारण हुन्छ र त्यसले समस्या पैदा गर्छ, र तँलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन नसक्ने बनाउँछ। त्यो बेला, तेरो हृदय दोधारमा हुनेछ—तेरा सोचहरूले तँलाई नियन्त्रण गरिरहेका र तेरो नाक काटियो भन्‍ने सोच्ने तुल्याइरहेका हुन्छन्, अनि तँ भित्रभित्रै बेखुस हुन्छस्। त्यस बेला तैँले के गर्नुपर्छ? (सत्यता खोज्नुपर्छ।) अनि, सत्यता कसरी खोज्छस्? तैँले प्रार्थना गर्नुपर्छ, “परमेश्‍वर, अरू मानिसहरूले मलाई जे अह्राए पनि, म त्यसलाई आफ्नो कर्तव्य जसरी लिनेछु। मैले बाहिरी रूपमा जोसुकैको सेवा गरिरहेको वा जोसुकैका लागि काम गरिरहेको पनि, म त्यो सबै परमेश्‍वरबाट स्विकार्नेछु। यो मेरो कर्तव्य हो र म समर्पित हुनुपर्छ; मलाई मेरो आत्मसम्मान चाहिँदैन। परमेश्‍वरका घरमा, कर्तव्यहरू उच्च-तहको र तल्लो-तहको, उच्च-हैसियतको र तल्लो-हैसियतको, पुरुषको, महिलाको, वृद्ध-वृद्धाको र युवाको भनेर छुट्ट्याइँदैनन्। यहाँ त केवल राम्रोसँग पूरा गरिएका र राम्रोसँग पूरा नगरिएका कर्तव्य हुन्छन्, र अर्पित भएर अनि नभइकन गरिएका कर्तव्य हुन्छन्।” अनि, तैँले आफ्नो आत्मसम्मान, हैसियत, पद र गरिमा त्यागेपछि, के आफूलाई पनि पूर्णतः त्यागेको हुन्छस्? (हुँदिनँ।) तँसित अझै पनि प्रतिक्रिया हुनेछ। कहिलेकाहीँ, मानिसहरूले तँलाई अनादर गर्नेछन्, तँलाई मूर्ख ठान्नेछन्, तँलाई निकृष्ट व्यवहार गर्नेछन् र यसो भन्‍नेछन्, “खाना पकाउनमा नै यति खुसी हुने पुरुष केहीमा सफल हुनेछैन! म त कहिल्यै त्यो गर्नेथिइनँ।” तिनीहरूले तँलाई गलत दिशामा डोऱ्याउनेछन्, तँभित्र गलत विचार र धारणाहरू हाल्नेछन्, अनि तेरो अभ्यासलाई प्रभावित पार्नेछन्। तैँले जीवन प्रवेशलाई दिएको महत्त्व, तँ सामान्य व्यक्ति भएको, र तँ आफ्नो कर्तव्यमा अर्पित भएको जस्ता सकारात्मक कुराहरूलाई तिनीहरूले अपमानका रूपमा हेर्छन्, र तसर्थ तँलाई निकृष्ट जसरी व्यवहार गर्छन् र तेरो आलोचना गर्छन्। यदि तैँले सहन सकिनस् भने, तँ तुरुन्तै नकारात्मकतामा डुब्नेछस् र यो कर्तव्यले सधैँ अरूसामु तेरो नाक काट्ने, अनि मानिसहरूलाई तँलाई निकृष्ट जसरी व्यवहार गर्ने र तँमाथि हैकम चलाउने तुल्याउँछ भन्‍ने सोच्‍नेछस्। त्यसपछि तँ फेरि समर्पित हुनेछैनस्, होइन र? कसैले पनि तँलाई निकृष्ट जसरी व्यवहार वा आलोचना नगर्दा, तँ आफू समर्पित हुन सक्ने भइसकेको, र तँसँग जीवन प्रवेश, केही सत्यता वास्तविकता, अनि केही कद भइसकेको ठान्छस्। के यसरी सोच्नु सही हुन्छ र? अनि त्यसोभए, कसैले तेरो आलोचना गर्दा र तेरो कदमाथि चुनौती आउँदा, तँ किन नकारात्मक हुन्छस् र यस्तो सोच्छस्, “अझै कति समय खाना पकाएपछि यो बन्द हुने हो? यो व्यक्तिले सधैँ मलाई हेप्छ। उसले मलाई हेप्नु ठिक होइन, र यो म स्विकार्न सक्दिनँ!”? फेरि समस्या उत्पन्न भएको छ। जब तँ स्विकार्न सक्दैनस्, के तँ त्यही बेला गुनासो गर्दै यसो पनि भन्छस्, “अगुवाले यस्तो खाले कर्तव्यमा कसरी मलाई खटाउन सके? उनले अरूको सट्टा मलाई नै किन छाने? के म सजिलै हेपिनेजस्तो देखिन्छु? मानिसहरू मलाई हेप्छन्, अगुवा मलाई राम्रो नजरले हेर्दैनन्, र परमेश्‍वर मलाई सुरक्षा दिनुहुन्न”? तेरो विद्रोही स्वभावले फेरि टाउको उठाएको छ। यहाँ समस्या के हो? के तेरो कद अति सानो भएको हुन सक्छ? तँ यति जाबो अपमान पनि सहन सक्दैनस्, र यति जाबो कुराले तँलाई नकारात्मक हुने र गुनासो गर्ने तुल्याउँछ। सत्यता वास्तविकताहरू हुनु भनेको यही हो त? तँसँग कुनै सत्यता वास्तविकता छैन। यो समस्या समाधान गर्ने एकदमै सरल तरिका छ: तैँले हृदयमा यस्तो सोच्नैपर्छ, “मलाई जोसुकैले हेपे पनि वा उपेक्षासाथ हेरे पनि, मैले आफ्नो कर्तव्य गर्नुपर्छ। म परमेश्‍वरको आज्ञा त्याग्‍न सक्दिनँ। मैले यो कर्तव्य अरू मानिसहरूका लागि गरिरहेको छैन, न त अरूले मेरो बारे केही सोचून् भनेर नै गरिरहेको छु—अरूले मेरो बारे केही सोचेर के नै फाइदा हुन्छ र? मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नैपर्छ।” तैँले हृदयमा यसरी नै सोच्नुपर्छ। अब तैँले खाना बनाउँदा, के तँलाई ढुक्क महसुस हुँदैन र? के त्यसोभए अब समस्या समाधान भयो त? वास्तवमा, यो पूर्ण रूपमा समाधान भएको छैन। अन्ततः तँ निरन्तर तनावको स्थितिमा रहन्छस्, निरन्तर कमजोरी र नकारात्मकतामा डुब्‍ने र त्यसपछि आफूलाई माथि तान्‍ने गरिरहन्छस्; तँ निरन्तर क्षय भइरहन्छस्। तैँले हरेक स्थिति जाँचेको हुन्छस्, र तँ सधैँ यति कष्टदायी शैलीले जिउन अनिच्छुक हुन्छस्। तँ यी कठिनाइले आफूलाई सधैँ ग्रस्त पारून्, बाधा दिऊन्, वा बाँधून् भन्‍ने चाहँदैनस्। तँ आफ्नो कर्तव्य सहज र सरल रूपमा पूरा गर्न चाहन्छस्। त्यसैले तँ यो कसरी पूरा गर्छस्? तैँले निरन्तर सत्यता खोज्नैपर्छ, निरन्तर आफ्नो दृढ विश्‍वासमा अडिग रहनैपर्छ, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु सधैँ नै सही हुन्छ। तैँले यसो भन्‍नुपर्छ, “मलाई कसैले बाधा दिन सक्दैन। यो मेरो कर्तव्य हो; यो मलाई परमेश्‍वरले दिनुभएको आज्ञा हो; यो मेरो जिम्मेवारी र दायित्व हो। मलाई जोसुकैले गिज्याए, उक्साए, वा परीक्षा लिए पनि, त्यो काम लाग्दैन। मैले आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु गौरवको कुरा हो, अनि यदि मैले यो सम्हाल्न सकेँ भने, सबै महिमा परमेश्‍वरलाई जान्छ। यदि मैले सम्हाल्न सकिनँ भने, मैले आफूलाई लज्जित बनाएको हुन्छु। यो कर्तव्यमा मेरो मजाक उडाउने र मलाई हेप्ने कोही पनि सत्यता पछ्याउने व्यक्ति होइन।” के यो तथ्य होइन र? (हो।) यो तथ्य हो। अय्यूबले परीक्षा अनुभव गर्दा, शैतानले उसलाई बाधा र प्रलोभनमा पार्‍यो, तर के अय्यूबले शङ्का गर्‍यो त? (गरेन।) किनकि उसको हृदयमा सत्यता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको मार्ग थिए। परिस्थिति र परीक्षाहरू सामना गर्दा, तैँले सत्यता अनि परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा कायम गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तँ कुन हदसम्म सत्यता जान्दछस्, बुझ्दछस् र स्विकार्छस् भन्‍नेमा निर्भर हुन्छ। केही मानिसहरू सधैँ सत्यताबारे शङ्कालु हुन्छन्, र त्यसबारे निश्‍चयताको स्थानमा पुग्नै सक्दैनन्, वा आफ्नो कर्तव्यका सन्दर्भमा, तिनीहरू कुनै कुरा कसरी गर्नुपर्छ, वा तिनीहरूले गरिरहेको तरिका ठिक छ कि छैन भन्‍नेमा कहिल्यै निश्‍चित हुँदैनन्। तिनीहरू कहिल्यै सही कुराहरूमा अडिन सक्दैनन्; तिनीहरू सधैँ केही मानिस, घटना, र कामकुराहरूको बाधामा पर्छन्, अनि जब खराब र दुष्ट मानिसहरू, पिशाच वा शैतानहरू थाहै नभई तिनीहरूतिर आउँछन् र तिनीहरूको परीक्षा लिने वा तिनीहरूलाई बाधा दिने कुराहरू भन्छन्, तिनीहरू कमजोर बन्छन् र बहकिन्छन्। के यसको मतलब तिनीहरू सानो कदका छैनन् र? (छन्।) के सानो कद सच्याउन सजिलो हुन्छ? सैद्धान्तिक रूपमा, सजिलै हुन्छ। यो तँ हिँडिरहेको मार्ग परमेश्‍वरद्वारा डोऱ्याइएको मार्ग हो भन्‍नेमा निश्‍चित हुन सक्छस् कि सक्दैनस् भन्‍नेमा निर्भर हुन्छ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, सत्यता अभ्यास गर्नुपर्छ र परमेश्‍वरको आज्ञा स्विकार्नुपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। डराउनुपर्ने कुरा के मात्र हो भने, तेरो हृदयमा तेरो कर्तव्यबारे पूर्वाग्रही दृष्टिकोण छ, र तँ तेरो कर्तव्यले तेरो नाक कटाउँछ र त्यो व्यर्थ हुन्छ भन्‍ने सोच्छस्। तँमा पूर्वाग्रही दृष्टिकोण हुँदा, र त्यसमाथि तँलाई अरूले बाधा दिँदा, यो अझै बढी समस्याजनक बन्छ। तेरो हृदय अस्तव्यस्त हुँदा, तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस्। अय्यूबको परीक्षा लिइँदा, उसको वरपर उसलाई बाधा दिने धेरै मानिसहरू थिए। उसकी पत्नीले के भनेकी थिई रे? (“परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)।) उसकी पत्नीको आशय यस्तो थियो, “विश्‍वास नगर्नुहोस्। यदि तपाईँले विश्‍वास गर्नुभएको वास्तवमै परमेश्‍वर भएका भए, यी कुराहरू तपाईँलाई किन हुन्थे र?” अनि, अय्यूबले के भन्यो? (“तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ” (अय्यूब २:१०)।) अय्यूबले उसकी पत्नीको निन्दा गर्‍यो, किनकि परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ, यो परमेश्‍वरले नै गर्नुभएको हो, यो उहाँकै सार्वभौमिकता हो, अनि यो उहाँका हातकै काम हो भन्‍नेमा ऊ निश्‍चित थियो। अय्यूब त त्यति निश्‍चित थियो, त्यसैले आज सत्यता बुझेपछि, मानिसहरू किन साँचो मार्गमा अडिग रहन र आफ्नो गवाहीमा दृढ हुन सक्दैनन्? किनकि मानिसहरूको हृदय एकदमै कलङ्कित हुन्छ; तिनीहरू सत्यता त बुझ्दैनन् नै, तिनीहरू सत्यतालाई प्रेम गर्ने वा सत्यता पछ्याउने मानिसहरू पनि होइनन्। तसर्थ, तिनीहरूले जति नै धेरै शब्द वा धर्मसिद्धान्तहरूबारे बोल्न सके पनि वा जति नै धेरै गुञ्जायमान नारा फलाक्न सके पनि, अन्ततः तिनीहरू दृढ रहनै सक्दैनन्। मण्डलीमा कसैले थोरै फरक कुरा बोल्‍नेबित्तिकै, वा कसैले केही बाधा दिने वा बहकाउने कुराहरू, वा निन्दा र अपमान गर्ने कुराहरू बोल्‍नेबित्तिकै, तिनीहरूले आफू गिल्ला र अपमानमा परेजस्तो सोच्छन्, र तिनीहरू पूरै टुट्छन्। यदि मानिसहरूले आफूलाई यसरी नै प्रकट गर्छन् भने, भित्रभित्रै निरन्तर द्विविधामा हुन्छन्, र निरन्तर आफ्नो दृष्टिकोण समायोजन गर्छन्, तर सँगसँगै, निरन्तर परमेश्‍वरको सार्वभौमिकताहरू र प्रबन्धहरू स्विकार्छन्, सत्यता बुझ्न जारी राख्‍छन्, बिस्तारै सत्यताका विभिन्न पाटाहरूमा प्रवेश गर्छन्, सबै सत्यतामा प्रवेश गर्छन्, अनि अन्ततः कुनै पनि खालको व्यक्ति, घटना र कामकुराबाट बाधित, प्रभावित वा नियन्त्रित हुनबाट जोगिन सक्छन्, र आफूले अभ्यास गर्ने सत्यता सिद्धान्तहरू सही छन् भनी दृढ विश्‍वास गर्न सक्छन् भने, तिनीहरूले आफ्नो स्वभाव रूपान्तरित गरेका हुन्छन्।

वर्तमान समयमा, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, के तिमीहरू अझै पनि हरेक खालको व्यक्ति, घटना र कामकुराद्वारा बाँधिने सम्भावना हुन्छ? के तिमीहरू सत्यतामा अडिग रहन र सिद्धान्तअनुरूप कामकुराहरू गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए, तिमीहरूलाई प्रायः हुने कठिनाइहरू के-के हुन्? (कहिलेकाहीँ, जब म अरू मानिसहरूले परमेश्‍वरको घरको हितमा हानि हुने कार्यहरू गरेको देख्छु, म त्यो औँल्याउँछु, तर तिनीहरूले त्यो नस्विकारेको, वा तिनीहरूको मनोवृत्ति खराब भएको देख्दा, म विवाद सुरु गर्न डराउँछु, त्यसैले म सम्झौता गर्छु।) सम्झौता गर्नु सही हो कि गलत हो? (गलत हो, तर मलाई यदि मैले त्यस मामलामा अझै जोर लगाएँ भने विवाद उब्जिन्छ र शान्ति खलबलिन्छ, र मानिसहरूमा मेरो छाप राम्रो हुनेछैन भन्‍ने डर लाग्छ।) यदि तँ विवादहरूबाट बच्न चाहन्छस् भने, के त्यसको उपाय सम्झौता गर्नु मात्रै हो त? तँ कस्ता परिस्थितिहरूमा सम्झौता गर्न सक्छस्? यदि यो तेरो आफ्नै हित वा आत्मसम्मानजस्तो सानातिनो मामला हो भने, त्यसबारे बहस गर्नु आवश्यक छैन। त्यसमा तैँले सहने वा सम्झौता गर्ने विकल्प रोज्न सक्छस्। तर मण्डलीका काममा असर गर्न सक्‍ने र परमेश्‍वरको घरका हितहरूमा हानि गर्न सक्‍ने कुरामा चाहिँ, तँ सिद्धान्तहरूमा अडिग हुनैपर्छ। यदि तैँले यो सिद्धान्त पालन गरिनस् भने, तँ परमेश्‍वरप्रति बफादार भइरहेको हुँदैनस्। यदि तँ आफ्नो इज्‍जत बचाउन वा आफ्ना अन्तरवैयक्तिक सम्बन्ध जोगाउन सम्झौता गर्छस् र सत्यता सिद्धान्तहरू त्याग्‍ने निर्णय गर्छस् भने, के यो तेरो स्वार्थीपन र नीचता होइन र? के यो तँ आफ्नो कर्तव्यमा गैरजिम्मेवार र परमेश्‍वरप्रति बेइमान भएको सङ्केत होइन र? (हो।) तसर्थ, तैँले कर्तव्य निर्वाह गर्ने क्रममा सबै जना असहमत हुने समय आयो भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? के तैँले यसबारे सारा शक्तिले बहस गरेर यो समस्या हल हुन्छ? (हुँदैन।) त्यसो भए, तैँले कसरी यो समस्या समाधान गर्नुपर्छ त? यस अवस्थामा, समस्या हल गर्न सत्यता बुझ्ने व्यक्ति अघि सर्नुपर्छ, पहिला सबैसामु समस्या पेस गर्नुपर्छ र दुवै पक्षलाई आ-आफ्नो राय राख्‍न दिनुपर्छ। त्यसपछि, सबैले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गरेपछि, सङ्गति गर्नका लागि परमेश्‍वरका वचनहरूमा भएका सान्दर्भिक सत्यता अघि सार्नुपर्छ। सत्यता सिद्धान्तहरूबारे सङ्गति गरेर दुवै पक्ष स्पष्ट भइसकेपछि, तिनीहरू समर्पित हुन सक्‍नेछन्। तिनीहरू सत्यतामा समर्पित हुन सिक्नैपर्छ। यदि धेरैजसो मानिसहरू सत्यतामा समर्पित हुन सक्छन्, तर केही मानिसहरू सत्यतामा समर्पित हुँदैनन्, वा तिनीहरूलाई समझ प्राप्त गर्ने तुल्याउन सकिँदैन भने, तिनीहरू सत्यता नस्विकार्ने मानिसहरू हुन्, र तिनीहरूको प्रकृति दुष्ट मानिसहरूको जस्तो हुन्छ, अनि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई सजिलै खुट्ट्याउनेछन्। मण्डलीमा हुने विवादहरूको समस्या हल गर्ने सबैभन्दा राम्रो उपाय यही हो। समस्याहरू हल गर्न सत्यता प्रयोग गर्नु एक महत्त्वपूर्ण सिद्धान्त हो, र व्यक्तिले सिद्धान्तहीन सम्झौताहरू गर्नु हुँदैन। यदि, आफ्ना व्यक्तिगत सम्बन्ध, घमन्ड, अनि स्वार्थका लागि तँ परमेश्‍वरको घरका हितहरूको बलि चढाउँछस् भने, तँ शैतानसँग सम्झौता गरिरहेको हुन्छस्। यो सिद्धान्तहीन, र परमेश्‍वरप्रति बेइमानी हुन्छ। यदि हरेक व्यक्ति आफ्नै इज्जत बचाउन लड्छ र आफ्नै तर्कहरूमा जोर दिन्छ भने, के यो सत्यता पछ्याउने मनोवृत्ति हो त? के कर्तव्य निर्वाह गर्दा व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही हो त? (होइन।) कर्तव्यमा बफादारी हासिल गर्न, व्यक्तिले ख्याति वा प्राप्तिका लागि लड्नु हुँदैन, उसले परमेश्‍वरलाई अख्तियार दिनुपर्छ, र सत्यतालाई आफ्नो मालिक बन्न दिनुपर्छ; परमेश्‍वरको घरका हितहरू र प्रभावकारी काम नै सबैभन्दा अगाडि आउँछन्। के यो सिद्धान्त सही होइन र? (हो।) यदि तिमीहरूले सबै यो सिद्धान्त पालन गर्न सक्छौ भने, मानिसहरूसँग बहस गर्न के कुरा नै बाँकी हुन्छ र? विवाद नै हुनेछैन। आफ्नो हित मात्र सुरक्षा गर्ने अनि सत्यता अभ्यास गर्दै नगर्नेहरू असल मानिसहरू होइनन्, अनि सधैँ अरूको निगाह पाउन परमेश्‍वरको घरका हितहरूलाई धोका दिनेहरू त झन् त्योभन्दा पनि खराब हुन्छन्। यी सबै अविश्‍वासीहरू, र परमेश्‍वरलाई धोका दिने मानिसहरू हुन्। यदि कुनै व्यक्तिले परमेश्‍वरको घरका हितहरू र मण्डलीको कामको प्रभावकारिताको सुरक्षा गर्न अरूसँग बहस र वादविवाद गर्छ र उसको मनोवृत्ति अलिक अरट्ठो छ भने, के तिमीहरू त्यसलाई समस्या भन्छौ? (अहँ, भन्दैनौ।) किनभने उसको अभिप्राय सही छ; यो परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्नका लागि हो। यो व्यक्ति परमेश्‍वरको पक्षमा खडा हुने र सत्यता सिद्धान्तहरूमा अडिग रहने व्यक्ति हो, जससँग परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ। परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दा दह्रिलो र दृढ मनोवृत्ति राख्‍नु भनेको दृढ अडान र सिद्धान्तहरूमा अडिग रहेको सङ्केत हो, र यसलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ। मानिसहरूले यो मनोवृत्तिमा समस्या छ भन्‍ने ठान्लान्, तर यो ठूलो समस्या होइन; भ्रष्ट स्वभावको खुलासासँग यसको कुनै सम्बन्ध छैन। याद राख, सत्यता सिद्धान्तहरूमा दृढ रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

जीवन प्रवेश सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जीवन प्रवेश मूल रूपमा केसँग सम्बन्धित हुन्छ? (सत्यता पछ्याउने कार्यसँग।) ठिक भनिस्। यो मूल रूपमा सत्यता पछ्याउने कार्यसँग सम्बन्धित हुन्छ। सत्यता पछ्याउनेहरूसँग मात्र जीवन प्रवेश हुन्छ। यदि मानिसहरू जीवन प्रवेश पाउन चाहन्छन् भने, त्यो सत्यताको अभ्याससँग सम्बन्धित हुन्छ। व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्‍ने कुरा कसरी खुट्ट्याउनुपर्छ? कस्तो प्रकारको व्यक्तिले सत्यता पछ्याउँदैन? के तिमीहरूलाई थाहा छ? मैले बताएको पहिलो प्रकारका मानिसहरू आत्मिक बुझाइ नभएका मानिसहरू थिए। आत्मिक बुझाइ नभएका मानिसहरूको सार के हो? (मानिसहरूको भ्रष्ट स्वभाव खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढेपछि, तिनीहरू परमेश्‍वरका वचनहरू र आफ्नै स्थितिहरू अनि प्रकटीकरणहरूबीच सम्बन्ध कोर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरले अरू नै मानिसहरूबारे बताउँदै हुनुहुन्छ भन्‍ने सोच्छन्।) मूलतः तिनीहरू परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्न सक्दैनन्, तर के तिनीहरूलाई यो थाहा हुन्छ त? (हुँदैन।) आत्मिक बुझाइ नभएका मानिसहरू यी कुराहरू बोध गर्नै सक्दैनन्। तिनीहरूको हृदय अझै घमाइलै हुन्छ; तिनीहरू परमेश्‍वरका वचनहरूमध्ये धेरै बुझ्छु भन्‍ने ठान्छन्, तर वास्तवमा, तिनीहरूका लागि हरेक वचन केवल एउटा प्रावधान हुन्छ। तिनीहरू यस्तो सोच्छन्, “परमेश्‍वरले मलाई जे गर्न भन्नुभयो, मैले त्यही गरेँ। यदि उहाँले मलाई जे त्याग्न भन्नुभयो, मैले त्यही त्यागेँ, र मैले उहाँले भन्नुभए अनुसार आफूलाई समर्पित गरेँ। यसरी परमेश्‍वरमा समर्पित भएर, मैले मुक्ति पाउँछु।” यसरी कैयौँ वर्ष विश्‍वास गरेपछि, तिनीहरू पावलले भनेजस्तै आफूसँग पुँजी छ भन्ठान्छन्, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। तैँले जसरी व्यक्त गरे पनि, पावलमा कुनै आत्मिक बुझाइ थिएन। यो एकदमै दयनीय कुरा हो। ऊसँग आत्मिक बुझाइ नहुनु नै समस्याजनक थियो, तर त्यसमाथि, उसले सत्यता पछ्याउने समेत गरेन। उसले आफ्ना सबै धर्मसिद्धान्त, नारा, कल्पना, धारणा, ज्ञान, र दर्शनहरूलाई सत्यता जसरी लियो, अनि तिनलाई आफ्नो पछ्याइ विस्तार गर्ने आधारका रूपमा प्रयोग गर्‍यो। परिणामस्वरूप, उसले जेसुकै गरे पनि, उसले सत्यता वास्तविकता जिइरहेका थिएन, र त्यो परमेश्‍वरका अभिप्रायअनुरूप थिएन। उसको समस्या गम्भीर थियो! आत्मिक बुझाइको कमी हुने कुरा आउँदा, पावल सबैभन्दा पहिलो स्थानमै पर्छ, होइन र? (हो।) के आत्मिक बुझाइ नभएका मानिसहरूले सत्यतालाई प्रेम गर्छन् त? बिलकुलै गर्दैनन्, किनकि आत्मिक बुझाइ नभएका मानिसहरूले सत्यता बोध गर्न सक्दैनन्, अनि तिनीहरूले सत्यता बोध गर्न सक्दैनन् भने, तिनीहरूले सत्यतालाई प्रेम गर्न सक्ने त कुनै उपाय नै हुँदैन। आत्मिक बुझाइ नभएका मानिसहरूले आफूलाई कसरी प्रकट गर्छन्? मुख्य प्रकटीकरण भनेको मानिसहरूले तिनीहरूसँग परमेश्‍वरका वचनहरूबारे जसरीसुकै सङ्गति गरे पनि, तिनीहरू अझै पनि बुझ्दैनन्, अनि तिनीहरूसँग जति नै स्पष्ट रूपमा सत्यताबारे सङ्गति गरे पनि, तिनीहरू अझै पनि त्यो बोध गर्न सक्दैनन्। यो अति कम क्षमता हुनुसँग सीधै सम्बन्धित हुन्छ। अनि, के आत्मिक बुझाइ नभएका मानिसहरूले सत्यता पछ्याउन सक्छन् त? तिनीहरूले चाहेर पनि त्यसो गर्न सक्दैनन्‌। आत्मिक बुझाइ नभएका मानिसहरूले परमेश्‍वरले केबारे कुरा गर्दै हुनुहुन्छ, उहाँले कुन-कुन स्थितिहरू खुलासा गर्दै हुनुहुन्छ भन्‍ने बुझ्न सक्दैनन्, अनि आफूसँग ती स्थितिहरू तुलना गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरका सबै वचनहरूलाई प्रावधान, वाक्यांश, नारा र धर्मसिद्धान्त जसरी लिन्छन्, अनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी कहिल्यै जान्दैनन्। यहाँ समस्या के हो? समस्या तिनीहरूको क्षमता एकदमै कम हुनु, तिनीहरूमा बुझ्ने क्षमता बिलकुलै नहुनु, अनि तिनीहरूमा आत्मिक बुझाइको कमी प्रकट हुनु हो।

दोस्रो किसिमका मानिसहरू चाहिँ आत्मिक बुझाइ भएका मानिसहरू हुन्। आत्मिक बुझाइ भएका मानिसहरू सत्यता बुझ्न, परमेश्‍वरका वचनहरू खाँदा-पिउँदा आफूसँग तुलना गर्न, अनि परमेश्‍वरका वचनहरूले के खुलासा गरिरहेका छन्, परमेश्वरका वचनहरूमा कुन सत्यताहरू छन्, अनि परमेश्‍वरले के माग गर्नुहुन्छ भनेर बुझ्न सक्छन्। अनि, बुझ्ने क्षमता हुनु भनेको प्रवेश हुनुसरह हो त? (होइन।) त्यसोभए, जब म तिनीहरूले बुझ्न सक्छन् भन्छु, त्यसले केलाई जनाइरहेको हुन्छ? त्यसले केलाई सम्बोधन गरिरहेको हुन्छ? (यो कि, तिनीहरूले परमेश्‍वरका वचनहरू र आफूबीच तुलना गर्न सक्छन्।) आफूसँग तुलना गर्ने क्षमता त्यसको एउटा अंश हो। तिनीहरूले मानिसका भ्रष्ट स्वभावहरू र परमेश्‍वरले खुलासा गर्नुहुने हरप्रकारको स्थिति मान्छन्। त्यसोभए, के तिनीहरू परमेश्‍वरले के माग गर्नुहुन्छ भनेर जान्न सक्षम हुन्छन् त? तिनीहरूलाई एउटा निश्चित हदसम्म त थाहा हुनुपर्छ—परमेश्‍वरका मागहरू के हुन्, परमेश्‍वरका वचनहरूमा कुन सिद्धान्तहरूबारे बताइन्छ, अनि उहाँका अभिप्राय के हुन् भनेर थाहा हुनुपर्छ। तिनीहरू यी कुराहरूमा स्पष्ट हुन्छन् र ती कुरा बुझ्छन्; त्यसैले तिनीहरूलाई आत्मिक बुझाइ भएका मानिसहरू भनिन्छ। परमेश्‍वरका वचनहरू खाँदा-पिउँदा, आत्मिक बुझाइ भएका मानिसहरूले, ती वचनहरूसित आफूलाई तुलना गर्न र परमेश्‍वरका वचनहरूले के जनाइरहेका छन् अनि उहाँका मागहरू के हुन् भनी जान्न सक्छन्। यसले यस्तो प्रकारका व्यक्तिमा सत्यता बोध गर्ने क्षमता र खुबी हुन्छ भन्‍ने देखाउँछ। तर यो क्षमता र खुबी हुँदैमा, के तिनीहरूसँग जीवन प्रवेश छ भन्ने हुन्छ त? (हुँदैन।) यसका धेरै फरक परिदृश्यहरू हुन्छन्। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, अनि तिनीहरूसँग उहाँका वचनहरू बुझ्ने क्षमता र खुबी हुन्छ, तर तिनीहरूले कहिल्यै ती वचनहरूसँग आफूलाई तुलना गरेका हुँदैनन्। तिनीहरू केवल परमेश्‍वरका वचनहरू र अरू मानिसहरूबीच तुलना गर्छन्, अरू मानिसहरूमा त्रुटि खोज्छन्, तिनीहरूको कमजोरीलाई मुद्दा बनाइरहन्छन्, अरूका स्थितिहरू कोट्याइरहन्छन्, र आफू डिटेक्टर नै भए जसरी अरूको मन पढ्ने कोसिस गर्छन्। तिनीहरू अरू काम केही नहुँदा, अरू मानिसहरूले के सोच्छन् भनेर ध्यानमग्‍न हुन्छन्, र मानिसहरूले हृदयमा के सोचिरहेका छन्, तिनीहरूको हृदयमा के सोच र विचारहरू छन्, तिनीहरूको अभिप्राय, लक्ष्य र प्रेरणा के हो, तिनीहरू के आशा गर्छन्, अनि तिनीहरूले कामकुराहरू गर्दा कुन भ्रष्ट स्वभावहरू प्रकट गर्छन् भन्‍ने कुरा पत्ता लगाउन खोज्छन्। अनि, तिनीहरूको यी कुराहरू पत्ता लगाउन खोज्‍नुको उद्देश्य के हो? परमेश्‍वरका वचनहरू र अरू मानिसहरूबीच तुलना गर्नु, त्यसपछि तिनीहरूको समस्या समाधान गर्नु हो। उदाहरणका लागि, “फलानो” जिउने गर्ने वातावरण कुन हो, उसको पारिवारिक पृष्ठभूमि कस्तो छ, उसले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो, उसलाई सामान्यतः के-के समस्याहरू हुन्छन्, स्वभाव रूपान्तरण गर्ने लक्ष्य पछ्याउँदा उसमा के-के कमजोरीहरू हुन्छन्, कामकुरा आइपर्दा उसलाई प्रायः कस्ता कठिनाइहरू हुन्छन्, ऊ कुन अवस्थाहरूमा सजिलै नकारात्मक बन्छ, उसले आफ्नो कर्तव्य कति राम्रोसँग निर्वाह गर्छ, उसले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छ, र उसको आत्मिक जीवन सामान्य छ कि छैन—तिनीहरूसँग यो सब कुराहरूबारे प्रस्ट बुझाइ हुन्छ। तिनीहरू एकदमै तीक्ष्ण-बुद्धिका हुन्छन्, तर दुर्भाग्यवश तिनीहरूले आफ्नो तीक्ष्ण-बुद्धि सही ठाउँमा कार्यान्वयन गर्दैनन्। तिनीहरू अरू मानिसहरूको समस्या हल गर्छन्, तर आफै चाहिँ सत्यता अभ्यास गर्दैनन्। यस्तो प्रकारको व्यक्ति प्रायः अगुवा वा कामदार हुन्छ, वा केही जिम्मेवारी भएको व्यक्ति हुन्छ। के यस्तो प्रकारको व्यक्तिमा हुने यो पछ्याइ विधि समस्याजनक छैन र? (छ।) यो पछ्याइ विधि समस्याजनक छ, र यो अत्यन्तै गम्भीर रूपमा समस्याजनक छ। तर कति गम्भीर रूपमा? हामीले यसबारे सङ्गति गर्नुपर्छ। यस्तो प्रकारको व्यक्तिमा आत्मिक बुझाइ हुन्छ, उसले परमेश्वरका वचनहरू बुझ्न सक्छ, उसले परमेश्‍वरका वचनहरूसँग तुलना गर्न जान्दछ, तर उसले कहिल्यै परमेश्‍वरका वचनहरू र आफूबीच तुलना गरेको हुँदैन; त्यसको सट्टा, उसले परमेश्‍वरका वचनहरू र अरू मानिसहरूबीच तुलना गर्छ। अनि, अरू मानिसहरूसँग यस्तो तुलना गर्नुको उसको उद्देश्य के हो? (आफ्नो प्रदर्शन गर्नु हो।) ठिक भनिस्। तिनीहरू आफ्ना चाहना र उन्मत्त अभिलाषा पूरा गर्न, आफ्नो हैसियत अझै सुरक्षित बनाउन, अनि आफूलाई मानिसहरूको हृदय अझै धेरै जित्न सक्ने बनाउन आफ्नो प्रदर्शन गर्छन्। तिनीहरूले यसो गर्न सक्छन् भन्ने तथ्य तिनीहरूको प्रकृतिसँग जोडिएको हुन्छ, र त्यो परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरूले के पछ्याइरहेका हुन्छन् भन्‍ने कुरासँग सिधै जोडिएको हुन्छ। यदि कसैले तिनीहरू कामकुराहरूमा पूरै हृदय लगाउँछन् र पूर्ण हदसम्‍मै काम गर्छन्, र तिनीहरू अरू मानिसहरूमा हुने विभिन्न स्थितिहरू मज्‍जाले बोध गर्न सक्छन् भन्‍ने आधारमा तिनीहरूको मूल्याङ्कन गर्ने हो भने, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भन्न मिल्छ त? मिल्छ नै भन्‍ने हुँदैन। त्यसोभए, कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो कि होइन भनेर कसरी भन्न सकिन्छ? यदि ऊ दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको कुरा आउँदा विशेष रूपमा जिम्मेवार हुन्छ, कामकुराहरूमा निकै हृदय र मेहनत लगाउँछ, आफ्नो काम एकदमै राम्रोसँग गर्छ, दाजुभाइ-दिदीबहिनीहरूमा भएका हरेक खालका स्थितिहरूका सन्दर्भमा प्रायः सत्यता खोजी गर्छ र त्यसपछि समस्याहरू समाधान गर्छ भने, के यसरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्दा, ऊ मानकअनुरूप अगुवा हुन्छ त? उसका यी प्रकटीकरण र खुलासाहरूबाट मूल्याङ्कन गर्दा, के ऊ सत्यता पछ्याउने व्यक्ति नै हो भन्‍नेमा निश्‍चित हुन सकिन्छ त? (सकिन्छ नै भन्‍ने हुँदैन।) किन? (उसले अरू मानिसहरूका समस्या त समाधान गर्न सक्छ, तर कहिल्यै परमेश्‍वरका वचनहरू र आफूबीच तुलना गरेको हुँदैन।) यदि उसले आफ्नै समस्याहरू कहिल्यै समाधान गरेको छैन भने, अरूका समस्याहरूचाहिँ कसरी समाधान गर्छ त? (ऊ ती समस्या समाधान गर्न शब्द र धर्मसिद्धान्तहरूमा भर पर्छ।) उसले केही शब्द र धर्मसिद्धान्तहरू बुझ्छ, उसमा केही बुद्धि हुन्छ, उसको स्मरणशक्ति राम्रो हुन्छ, ऊ कामकुराहरूप्रति चाँडै प्रतिक्रिया दिन्छ, र प्रवचन सुनिसक्नेबित्तिकै, अरूसामु गएर आफ्नो प्रदर्शन गर्न सक्छ। यी कुराहरूबाट मूल्याङ्कन गर्दा, के ऊसँग प्रवेश हुन्छ त? (हुँदैन।) अरू मानिसहरूका कठिनाइहरू समाधान गर्नु तर आफ्ना कठिनाइहरू कहिल्यै समाधान नगर्नु सत्यता पछ्याउनुको प्रकटीकरण होइन। ऊ केवल अरू मानिसहरूलाई मनाउन र विश्वस्त पार्न धर्मसिद्धान्त र परमेश्‍वरका वचनहरू, वा हरप्रकारका तौरतरिका र विधिहरू प्रयोग गर्छ; ऊ मानिसहरूलाई कठिनाइबाट निक्लन मदत गर्न आफूले बुझेका शब्द र धर्मसिद्धान्त प्रयोग गर्ने वा जीवन अनुभवका वचनहरू नक्कल र देखासिकी गर्ने गर्छ। आफूले व्यक्तिगत रूपमा भोगेको र आफ्ना वास्तविक अनुभवहरू प्रयोग गर्नुको सट्टा ऊ अरू मानिसहरूका कठिनाइहरू समाधान गर्न यिनै विधिहरू प्रयोग गर्छ। यसले यो व्यक्ति सत्यता पछ्याउने व्यक्ति होइन भन्‍ने पुष्टि हुन्छ। उसले अरू मानिसहरूलाई प्रदान गर्ने कुराचाहिँ के हो त? (धर्मसिद्धान्त।) हामी किन त्यो धर्मसिद्धान्त हो भन्छौँ त? किनकि त्यो उसको आफ्नै अनुभवहरूबाट आएको हुँदैन, ऊ आफैले त्यो भोगेको हुँदैन, अनि त्यो उसको साँचो बुझाइ हुँदैन। उसले अरूलाई केले सिञ्चन गरिरहेको हुन्छ? मानिसहरूलाई विश्‍वास र सान्त्वना दिलाउने धर्मसिद्धान्त, वाक्यांश, र वचनहरूले। ऊ मानव विधि, युक्ति र चातुर्य पनि प्रयोग गर्छ, अनि जेसुकै भए पनि, मानिसका प्रश्‍नहरूको उत्तर दिनु भनेकै समस्याहरू समाधान गर्नु हो, र काम गर्नु भनेकै यही हो भन्‍ने ठान्छ। उसका प्रकटीकरणहरू, उसले अरूलाई प्रदान गर्ने कुराहरू, उसले काम गर्ने तरिका, र उसले पछ्याउने मार्ग मूल्याङ्कन गर्दा, के यो सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) ऊ सत्यता पछ्याउने व्यक्तिहरू होइन। के आफूसँग प्रवेश नहुँदा पनि समस्या समाधान गर्न सत्यता प्रयोग गर्नु अलिक बेइमानी होइन र? (हो।) यो बेइमानी नै हो; यो पाखण्ड हो, र यसले अरूलाई छल्छ। त्यसोभए, के यस्ता मानिसहरूले राम्रोसँग तिनीहरूका कर्तव्य निर्वाह गर्न सक्छन् त? (सक्दैनन्।) किन सक्दैनन्? किनकि तिनीहरू सत्यता पछ्याउँदैनन्, अनि राम्रोसँग कर्तव्य निर्वाह गर्नु र सत्यता बुझ्नुबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। उदाहरणका लागि, मण्डलीमा सिञ्चन गर्न व्यक्तिले सत्यता बुझ्नैपर्छ; समस्याहरू समाधान गर्न व्यक्तिले सत्यता बुझ्नैपर्छ; समस्याहरू सम्हाल्न पनि व्यक्तिले सत्यता बुझ्नैपर्छ; मानिसहरूलाई खुट्ट्याउन त झन् सत्यता बुझ्नु अझै बढी आवश्यक हुन्छ। मण्डलीको कामको हरेक पाटो सत्यतासँग सम्बन्धित हुन्छ; यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले मण्डलीका महत्त्वपूर्ण कामहरू राम्रोसँग गर्नेछैन, र सामान्य कार्यहरू पनि ठिकठाक मात्र गर्नेछ। तसर्थ, यदि अगुवाले सत्यता पछ्याउँदैन भने, ऊ जति नै व्यस्त भए पनि, उसले जति नै भागदौड गरे पनि, वा जति नै कष्ट भोगे पनि, उसले राम्रो काम गर्नेछैन, अनि कार्य र जिम्मेवारीहरूको पूरा हदसम्म गएर उसले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछैन। जब उसले काम गर्छ, ऊ विनाकारण एक ठाउँदेखि अर्को ठाउँ दौडन्छ, अनि समस्याहरू कहाँ छन् भनी हर्दै तिनलाई सरल तरिकाले समाधान गर्छ। कसैलाई कुनै किसिमको कठिनाइ हुँदा, उसले अलिअलि धर्मसिद्धान्त सङ्गति गर्छ, अनि कोही नकारात्मक र कमजोर हुँदा, उसले ती मानिसहरूलाई उत्प्रेरणा र अर्ती दिन्छ; उसले गर्ने कुराहरू यिनै हुन्। उसले के सोच्छ भने, उसले अगुवाइ गर्ने मानिसहरूमाथि नजर राखेसम्म, सबैजना व्यस्त भएसम्म र खाली नबसेसम्म, तिनीहरूले आफ्नो काम राम्रोसँग गरिरहेका हुन्छन्, अनि यदि उसका बारेमा कसैले रिपोर्ट वा खुलासा नगरी, उसले सबैतिर गएर कामको निरीक्षण र निर्देशन गर्न पाएमा, प्रचार गर्न र बोल्न पाएमा, सबथोक अवरोधविना मज्‍जाले अघि बढेमा, उसले आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गरिरहेको हुन्छ। यो त हैसियतको स्थानबाट काम गर्नु हो, व्यावहारिक रूपमा समस्या समाधान गर्न सत्यता प्रयोग गर्नु होइन। ऊ काम गर्नुलाई महत्त्व दिन्छ, अनि काम गर्नमा महत्त्व दिँदै गर्दा, उसले आफ्नो हैसियतका लागि केही नगर्न पनि सक्छ—ऊ यो व्यक्तिलाई अर्ती दिन वा त्यो व्यक्तिलाई उत्प्रेरणा दिन एकोहोरो रूपमा धर्मसिद्धान्त र नाराहरू प्रयोग गर्ने मात्र गर्छ, र ऊ एकोहोरो रूपमा आफूलाई यही काममा व्यस्त राख्छ। ऊ आफू खाली नबसेसम्म, सबै ठिक छ भन्‍ने सोच्छ। पहिलो कुरा त उसले अल्छी गर्नै हुँदैन, दोस्रो कुरा ऊ परिश्रमी हुनैपर्छ, अनि तेस्रो कुरा उसले कष्ट सहन सक्नैपर्छ। ऊ दिनभर यताउता गरिरहन्छ—यदि कतै केही समस्या छ भने, सकेसम्म चाँडो त्यसलाई समाधान गर्नैपर्छ, अनि कसैलाई केही समस्या छ कि भनी सोधिरहनैपर्छ। ऊ यसो गर्नु नै सत्यता पछ्याउनु हो भन्ठान्छ। वास्तवमा, के यी प्रकटीकरणहरू हुनु भनेको उसले सत्यता पछ्याउँछ नै भन्‍ने हुन्छ त? के यो भनेको ऊसँग जीवन प्रवेश छ नै भन्‍ने हो त? यो अझै पनि प्रश्‍नकै कुरा हो। यो आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउने मानिसहरूको पहिलो प्रकटीकरण हो।

आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउने मानिसहरूको दोस्रो प्रकटीकरण भनेको, परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍नु, उहाँका वचनहरूले बताइरहेको कुराको व्यावहारिक पाटो बुझ्न सक्नु, अनि ती वचनहरू र आफूबीच तुलना गर्न सक्नु, तर त्यो कहिल्यै अभ्यास नगर्नु हो। यस्तो प्रकारको व्यक्तिले परमेश्‍वरका वचनहरू वा सत्यता सिद्धान्तहरूअनुसार कामकुरा गर्दैन, न त आफूलाई रोक्ने नै गर्छ। केही आइपर्दा, ऊ केवल मानिसहरूलाई ऊप्रति समर्पित गराउन र उसको कुरा सुन्ने बनाउन चाहन्छ, तर आफू भने सत्यतामा समर्पित हुन चाहँदैन। उसले सत्यता अभ्यास र सत्यताप्रतिको समर्पणलाई अरू मानिसहरूको जिम्मेवारी, दायित्व, र कर्तव्य, र अरूले गर्नुपर्ने कुराका रूपमा लिन्छ। ऊ आफू अलग भएझैँ ठान्छ। उसले जतिसुकै बुझे पनि, वा जति धेरै परमेश्‍वरका वचनहरू आफूसँग जोड्न सके पनि, परमेश्‍वरले भन्नुहुने सबथोक अरू मानिसहरूतर्फ लक्षित छ र ऊसँग त्यसको कुनै सम्बन्ध छैन भन्‍ने ठान्छ। त्यसोभए, उसले गर्छ चाहिँ के त? ऊ एकदम व्यस्त पनि हुन्छ। ऊ मण्डली जान्छ कसले उसको आलोचना गरेको छ भनी हेर्छ, अनि त्यसको टिपोट गर्छ। त्यसपछि, ऊ त्यसलाई “ठिक पार्ने” तरिकाहरू सोच्न दिमाग खियाउँछ। ऊ यसो भन्छ, “हामी खुलस्त होऔँ अनि सङ्गति गरौँ। तिमीले भित्र जे सोच्छौ, तिमीसँग मबारे जे-जति गुनासोहरू छन्, बस मलाई भन, अनि म परिवर्तन हुन र फरक तरिकाले कामकुरा गर्ने सक्दो प्रयास गर्नेछु।” यसरी ऊ परिवर्तन हुनु चाहनुको उद्देश्य के हो? अरू मानिसहरूलाई आफूलाई मन पराउने तुल्याउनु। यसबाहेक, उसले आफूबारे कोसँग गुनासो छ, र को ऊप्रति समर्पित छैन भनी हेर्छ, अनि त्यो अवस्था “ठिक पार्न” परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोज्छ। ऊ यसो भन्छ, “परमेश्‍वरको घरले अगुवा र कामदारहरू चुन्दा, परमेश्‍वर नै मालिक हुनुहुन्छ। परमेश्‍वरको घरमा, सत्यता नै अख्तियार हो। दाजुभाइ-दिदीबहिनीहरूले जसलाई अगुवाका रूपमा छनौट गर्छन्, त्यो नै परमेश्‍वरको चाहना हो, अनि तिमीहरू त्यस छनौटमा समर्पित हुनुपर्छ। तिमी ममा समर्पित भइरहेका हुँदैनौ, बरु पवित्र आत्माको मार्गदर्शन, र सत्यतामा समर्पित भइरहेका हुन्छौ। यदि तिमी समर्पित भएनौ भने, तिमी दण्डित हुनेछौ!” यो सुनेपछि, कतिपय मानिसहरूलाई अगुवाले परमेश्‍वरका वचनहरू गलत अर्थ्याइरहेको छ, र मानिसहरूलाई बहकाउन तथ्यहरू बङ्गाइरहेको छ भन्‍ने थाहा हुन्छ, अनि तिनीहरू कुरा सुन्दैनन्। जब अगुवाले ती मानिसहरू ऊप्रति त्यति समर्पित नभएको देख्छ, उसले यस्तो सोच्छ, “तिमी मप्रति समर्पित हुन इन्कार गरिरहेको छौ, होइन त? तिमीलाई निराकरण गर्ने मसँग अरू तरिकाहरू छन्। म अब नम्र भएर पेस आउनेवाला छैनँ।” अगुवाप्रति समर्पित नहुने मानिसहरूलाई ऊ यसो भन्छ, “के तिमीले मैले दिएको कार्य सक्कायौ?” अनि ती मानिसहरूले भन्छन्, “सक्‍किनै लाग्यो, थोरै मात्र बाँकी छ। यसका कारण कुनै ढिलाइ हुनेछैन।” अगुवाले भन्छ, “अलिकति बाँकी हुनु कसरी ढिलाइ नहुनु हो? परमेश्‍वरका नजरमा, अलिकति भनेको धेरै हुन्छ। यो तिम्रो अर्पणको कमीको प्रकटीकरण हो। तिमी यसलाई आफ्नो कर्तव्य गरेको भन्छौ?” वास्तवमा, के अगुवालाई साँच्चै यही भन्न मन लागेको हो त? उसको हृदयमा के उद्देश्य हुन्छ? ऊ अरू मानिसहरूलाई समर्पित गराउन, हराउन, अनि अपमानित गर्न चाहन्छ, तर सिधै त्यो भन्न सक्दैन। यदि उसले त्यसो गरेमा, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई छर्लङ्ग देख्नेथिए अनि उसको खुलासा गर्नेथिए, त्यसैले उसले कामकुरा गर्न उचित कारण र बहाना खोज्नैपर्छ; उसले मानिसहरूलाई “आदरपूर्वक र समझदार” रूपमा दबाउनुपर्छ, ताकि उसले मानिसहरूलाई दबाइसकेपछि त्यो कुरा अरूलाई जाहेर नहोस्, उसले सान्दर्भिक मानिसहरूलाई पालन गराउन सकियोस्, अनि उसको अडान बलियो बनाउन र हैसियत मजबुत बनाउने लक्ष्य हासिल होस्। यो कुन स्वभाव हो त? (धूर्त र षडयन्त्रकारी।) ऊ धूर्त, षडयन्त्रकारी, दुर्भावपूर्ण हुन्छ र उसले हैसियतका लागि काम गर्छ। उसको हैसियतसँग सम्बन्धित नहुने कुराहरू ऊ वास्तै गर्दैन, र ती कुरामा कत्ति पनि हृदय लगाउँदैन, तर उसको ख्याति, प्राप्ति, हैसियत, गौरव, र मण्डलीमा रहेको उसको पदमा असर पार्ने कुराहरू आउँदा, ऊ ती कुराहरूमै टाँसिन्छ र ती कुरालाई छाड्दै छाड्दैन, र गम्भीर हुन थाल्छ। प्रायजसो भइरहने भेलाहरूमा सत्यताबारे सङ्गति गर्दा, ऊ कहिलेकाहीँ आफूलाई चिन्छ, परमेश्‍वरका वचनहरू र आफूबीच तुलनाहरू गर्छ, अनि आफ्ना भ्रष्ट स्वभाव खुलासा गर्छ, तर यसपछाडि एउटा उद्देश्य, र अभिप्राय हुन्छ: सबैलाई उसको आदर गर्ने, डाहा गर्ने, र सम्मान गर्ने बनाउने अनि आफ्नो हैसियत मजबुत पार्ने। उसमा उन्मत्त अभिलाषाहरू र उद्देश्य हुन्छन्। आफ्नो हैसियतका खातिर नभएमा, ऊ एक शब्द पनि बोल्दैन; आफ्नो हैसियत सुरक्षित राख्नका खातिर होइन भने, ऊ केही पनि गर्दैन—उसले गर्ने सबथोक उसको हैसियतका खातिर हुन्छ। ऊ आफ्नो हैसियतका लागि मरिमेटी गर्नेछ, तर मण्डलीको कामका लागि भने, उसले समस्या पत्ता लगाउँदा पनि समाधान गर्नेछैन, अरू मानिसहरूले समस्याहरू रिपोर्ट गर्दा पनि उसले तिनलाई सम्बोधन गर्नेछैन, र कुनै कुरा रेखदेख गर्न औँला पनि उठाउनेछैन; उसले अरू मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त भएको देख्छ, तर आफू भने केही पनि गर्दैन। यो कस्तो खालको व्यक्ति हो? (नीच र दुष्ट व्यक्ति जो ख्याति, प्राप्ति, अनि हैसियतका लागि मात्र जिउँछ।) हैसियतका लागि मात्र जिउने व्यक्ति सत्यता पछ्याउने व्यक्ति हुन्छ त? के उसले सत्यता पछ्याउन सक्छ त? (सक्दैन।) भन्न गाह्रो छ। यदि उसमा अलिकति विवेकको सचेतना, लाजको बोध, आत्मसम्मान र निष्ठा छ, अनि उसले केही ताडना र न्याय, काँटछाँट अनुभव गरेपछि, वा जाँच र शोधन भोगेपछि, सत्यता स्विकार्न सक्छ भने, उसले कामकुरा सुल्ट्याउन सम्भव छ। तर यदि ऊ बोधो, मन्दबुद्धि, र हठी छ, र सत्यता बिलकुलै स्विकार्दैन भने, उसले जतिसुकै बुझे पनि, के त्यो केही काम लाग्छ र? (लाग्दैन।) उसले जतिसुकै बुझे पनि, त्यसले उसको हृदय उत्प्रेरित गर्न सक्नेछैन। ऊ बाहिरबाट जति नै व्यस्त देखिए पनि, उसले जति नै टाढा यात्रा गरे पनि, उसले जति नै बलिदान, त्याग, र समर्पण गरे पनि, के हैसियतका खातिर मात्र बोल्ने र काम गर्ने खालका मानिसहरूलाई सत्यता पछ्याउने मानिसहरू मान्न मिल्छ त? बिलकुलै मिल्दैन। हैसियतका लागि, तिनीहरूले कुनै पनि मूल्य चुकाउनेछन्। हैसियतका लागि, तिनीहरूले कुनै पनि कठिनाइ सहनेछन्। हैसियतका लागि, तिनीहरू कहीँकतै रोकिनेछैनन्। तिनीहरूले अरू मानिसहरूमा खोट पत्ता लगाउने, उनीहरूलाई फसाउने, वा उनीहरूका लागि कठिनाइ खडा गर्ने कोसिस गर्छन्, यसरी अरू मानिसहरूलाई पैतालामुनि कुल्चिन्छन्। तिनीहरू दण्ड र प्रतिशोधको जोखिमको डरसमेत मान्दैनन्; तिनीहरू परिणामबारे केही नसोची हैसियतका लागि काम गर्छन्। यस्ता खाले मानिसहरूले के पछ्याउँछन्? (हैसियत।) यो कहाँनेर पावलसँग समान छ? (मुकुट पछ्याउने कुरामा।) तिनीहरू धार्मिकताको मुकुट पछ्याउँछन्, र तिनीहरू हैसियत, ख्याति र प्राप्ति पछ्याउँछन्, अनि सत्यता पछ्याउनुको सट्टा हैसियत, ख्याति र प्राप्तिको पछ्याइलाई नै जायज पछ्याइ मान्छन्। अनि, यस्ता मानिसहरूको सबैभन्दा पहिलो विशेषता के हो? त्यो के हो भने, तिनीहरू हरेक पक्षमा, हैसियत, ख्याति, र प्राप्तिका लागि कार्य गर्छन्। हैसियत, ख्याति, र प्राप्तिका लागि कार्य गर्ने यस्तो प्रकारको व्यक्ति अरूलाई बहकाउनमा सबैभन्दा सिपालु हुन्छ। जब तँ पहिला यस्तो व्यक्तिलाई पहिलोपटक भेट्छस्, तँ उसलाई छर्लङ्ग देख्न सक्दैनस्। तैँले देख्दा उसले बोल्ने धर्मसिद्धान्त राम्रो सुनिन्छ, उसले भन्‍ने कुरा व्यावहारिक लाग्छ, उसले प्रबन्ध गरेको काम निकै उचित हुन्छ, र ऊसँग केही क्षमता भएजस्तो देखिन्छ, अनि तँ उसको निकै सराहना गर्छस्। यस्तो प्रकारको व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउन पनि इच्छुक हुन्छ। ऊ हरेक दिन मेहनत गर्छ तर कहिल्यै थाकेको गुनासो गर्दैन। उसमा एक रत्ती पनि कमजोरी हुँदैन। अरू मानिसहरू कमजोर हुँदा, ऊ कमजोर हुँदैन। ऊ देहको आनन्दपछाडि मोहित हुँदैन, र खानामा पनि गनगने हुँदैन। उसको अतिथिसत्कार गर्ने परिवारले उसलाई केही विशेष बनाइदिँदा, ऊ त्यो इन्कार गर्छ र खाँदैन। ऊ सामान्य खानेकुरा मात्र खान्छ। यस्ता मानिसहरूलाई जसले देख्दा पनि सराहना गर्छन्। त्यसैले, उसले हैसियतका खातिर कार्य गरिरहेको छ कि छैन भनेर कसरी खुट्टयाउन सकिन्छ? सर्वप्रथम, ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन भनेर हेर्नुपर्छ। यो कहाँनेर प्रस्ट हुनेछ? (कामकुराहरू गर्दा उसको अभिप्राय र प्रारम्भ विन्दुमा।) त्यो यसको एउटा अंश हो। यो मुख्यतः उसले पछ्याइरहेका उद्देश्यमा प्रस्ट हुन्छ। यदि त्यो सत्यता पाउनका खातिर हो भने, उसले प्रायः परमेश्‍वरका वचनहरू पढ्न, सत्यता बुझ्न अनि परमेश्‍वरका वचनहरूमार्फत आफूलाई चिन्नमा महत्त्व दिनेछ। यदि उसले प्रायः आफूलाई चिन्नेबारे सङ्गति गर्छन् भने, उसले आफूमा अति धेरै कुराहरूको कमी भएको, र आफूसँग सत्यता नभएको देख्न सक्नेछ, अनि स्वतः सत्यता पछ्याउनमा लागिपर्नेछ। मानिसहरूले जति धेरै आफूलाई चिन्छन्, त्यति नै धेरै सत्यता पछ्याउन सक्छन्। सधैँ हैसियतका खातिर बोल्ने र काम गर्नेहरू स्पष्ट रूपमा सत्यता पछ्याउने मानिसहरू होइनन्। जब तिनीहरूको काँटछाँट हुन्छ, तिनीहरू त्यो स्विकार्दैनन्—तिनीहरू आफ्नो प्रतिष्ठा खराब हुन्छ भनी एकदमै डराउँछन्। त्यसोभए, के तिनीहरू परमेश्‍वरको न्याय र ताडनाका वचन स्विकार्न र आत्म-चिन्तन गर्न सक्छन् त? के तिनीहरूले आफ्नो अनुभवमा भएका विचलनहरू साँच्चै बुझ्न सक्छन् त? यदि तिनीहरूमा यीमध्ये कुनै पनि प्रकटीकरणहरू हुँदैनन् भने, तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन् भनेर निश्‍चित हुन सकिन्छ। मलाई भन् त, सत्यतालाई प्रेम नगर्ने र हैसियत पछ्याउने मानिसहरूमा हुने अरू प्रकटीकरणहरू के-के हुन्? (अरूले तिनीहरूको आलोचना गर्दा, तिनीहरू स्विकार्दैनन्, अनि त्यसको सट्टा आफ्नो प्रतिरक्षा गर्छन्, र आफूलाई सही साबित गर्न खोज्छन्, र त्यसका कारणहरू प्रस्तुत गर्छन्। तिनीहरू आत्मगौरव कायम गर्न र आफ्नो हैसियत बचाउन बोल्‍ने गर्छन्। यदि कसैले तिनीहरूको समर्थन गरेन भने, तिनीहरू उसलाई आक्रमण र आलोचना गर्छन्।) जब मानिसहरू अरूलाई आक्रमण र आलोचना गर्छन्, अनि जब आत्मगौरव र हैसियतका लागि बोल्छन् र आफ्नो प्रतिरक्षा गर्छन्, तब तिनीहरूका कार्यहरूपछाडिको अभिप्राय र उद्देश्य स्पष्ट रूपमै गलत हुन्छ, र तिनीहरू पूर्णतः हैसियतका लागि जिइरहेका हुन्छन्। के आफ्नो हैसियतका खातिर सबथोक भन्‍ने र गर्ने यस्ता खाले मानिसहरूले परमेश्‍वरका अभिप्रायको ख्याल गर्न सक्छन् त? के तिनीहरूले सत्यता स्विकार्न सक्छन् त? बिलकुलै सक्दैनन्। तिनीहरू आफूसँग परमेश्‍वरका अभिप्रायप्रतिको ख्याल भएमा, तिनीहरूले सत्यता अभ्यास गर्नैपर्छ, अनि सत्यता अभ्यास गरेमा, कष्ट सहनैपर्छ र मूल्य चुकाउनैपर्छ भन्‍ने सोच्छन्। त्यसपछि, तिनीहरूलाई लाग्छ कि तिनीहरूले हैसियतसँग आउने आनन्द गुमाउनेछन्, र हैसियतका लाभ उपभोग गर्न पाउनेछैनन्। तसर्थ, तिनीहरू ख्याति, प्राप्ति र हैसियत पछ्याउन नै छनौट गर्छन् अनि इनाम पाउनमा लागिपर्छन्। हैसियत पछ्याउने मानिसहरूले अरू कुन-कुन तरिकाहरूमा आफूलाई प्रकट गर्छन्? तिनीहरूले अरू के-के कुरा गर्छन्? (यदि तिनीहरूले आफ्नो वरपर सत्यता पछ्याउन बढी लागिपर्ने, संवर्धन गरिन योग्य, र दाजुभाइ-दिदीबहिनीहरूले बढी समर्थन गर्न सक्ने केही प्रतिभावान् व्यक्तिहरू देखे भने, ती प्रतिभावान् व्यक्तिहरूले माथि उठेर तिनीहरूलाई प्रतिस्थापन गर्लान् र तिनीहरूको हैसियतलाई जोखिममा पार्लान् भन्‍ने डरले, तिनीहरू ती प्रतिभावान् व्यक्तिहरूलाई दबाउने तरिकाहरू सोच्छन्, र तिनीहरूलाई होच्याउन हरप्रकारका कारण र बहानाहरू बनाउँछन्। सबैभन्दा धेरै प्रयोग हुने तरिकाचाहिँ, तिनीहरूलाई अति अहङ्कारी, आत्मधर्मी, अनि अरूलाई सधैँ बाँध्ने व्यक्ति भनेर चित्रण गरिदिनु, अनि मानिसहरूलाई यी कुराहरू साँचो हुन् भनी विश्‍वास दिलाउनु, र परमेश्‍वरको घरलाई ती व्यक्तिहरूलाई प्रवर्धन वा संवर्धन गर्न नदिनु हो।) यो सबैभन्दा आम प्रकटीकरण हो। अरू केही थप्न मन छ? (तिनीहरू सधैँ आफ्नै गवाही दिन र आफ्नै प्रदर्शन गर्न मन पराउँछन्। तिनीहरू सधैँ आफ्ना केही अद्भुत कुराहरू सुनाउँछन्; तिनीहरू कहिल्यै आफ्नो कुरूप पाटोबारे कुरा गर्दैनन्, अनि तिनीहरूले केही खराब कार्य गरे भने, आफ्ना कार्यहरूबारे चिन्तन वा चिरफार गर्ने गर्दैनन्।) तिनीहरू सधैँ तिनीहरूले कसरी कष्ट सहन्छन् र मूल्य चुकाउँछन्, अनि तिनीहरूलाई परमेश्‍वरले कसरी मार्गदर्शन दिनुहुन्छ भनेर बताउँछन्, र आफ्ना योगदानहरू प्रदर्शन गर्छन्। यो हैसियत सुरक्षित र मजबुत पार्ने व्यवहार प्रकट हुने तरिकाको एउटा भाग पनि हो। हैसियत पछ्याउने र हैसियतका खातिर काम गर्ने मानिसहरूमा हुने अर्को सबैभन्दा खास विशेषता भनेको, चाहे जेसुकै भए पनि, आखिरमा निर्णय तिनीहरूलाई नै लिनुपर्छ। तिनीहरू हैसियत पछ्याउँछन् किनकि तिनीहरू आखिरमा आफै निर्णय लिन चाहन्छन्। तिनीहरू निर्णय लिने र अख्तियार भएको एकमात्र व्यक्ति हुन चाहन्छन्। परिस्थिति जेसुकै होस्, तिनीहरूलाई सबैले सुन्नैपर्छ, र चाहे जोसुकैलाई समस्या होस्, उसले तिनीहरूकहाँ आएर निर्देशन खोज्‍ने र माग्‍ने गर्नैपर्छ। तिनीहरूले आनन्द लिन चाहने हैसियतका लाभहरू यिनै हुन्। परिस्थिति जेसुकै भए पनि, तिनीहरूलाई अन्तिम निर्णय लिनैपर्छ। तिनीहरूले भनेको कुरा सही वा गलत जे भए पनि, त्यो गलत नै भए पनि, तिनीहरूलाई अझै पनि अन्तिम निर्णय त आफैले नै लिनैपर्छ, र अरूलाई आफ्नो कुरा सुन्ने र आफूलाई पालन गर्ने तुल्याउनैपर्छ। यो एकदमै गम्भीर समस्या हो। परिस्थिति जेसुकै भए पनि, तिनीहरूलाई अन्तिम निर्णय आफै लिनैपर्छ; त्यो परिस्थिति तिनीहरूले बुझ्ने भए पनि वा नबुझ्ने भए पनि, तिनीहरूलाई त्यसमा टाङ अडाउनैपर्छ र अन्तिम निर्णय लिनैपर्छ। अगुवा र कामदारहरूले जुनसुकै समस्याबारे सङ्गति गरिरहेका भए पनि, निर्णय तिनीहरूले नै लिनैपर्छ, र अरूलाई बोल्ने स्वतन्त्रता हुनै हुँदैन। तिनीहरूले जे समाधान सुझाए पनि, तिनीहरूलाई सबैलाई त्यो स्विकार्न लगाउनैपर्छ, अनि यदि अरूले त्यो स्विकारेनन् भने त, तिनीहरू क्रोधित भइहाल्छन् र नसुन्नेहरूलाई काटछाँट गरिहाल्छन्। यदि कसैसँग आलोचना वा राय छ भने, त्यो सही र सत्यताअनुरूप भए पनि, तिनीहरूलाई त्यो नकार्ने हरउपाय सोच्नैपर्छ। तिनीहरू शब्दजालमा विशेष रूपमा माहिर हुन्छन्, अनि अर्को व्यक्तिलाई चिप्ला शब्दले फकाउँछन्, र अन्ततः तिनीहरूकै तरिकामा उसलाई काम गर्न लगाउँछन्। तिनीहरूलाई सबथोकमा अन्तिम निर्णय लिनैपर्छ। तिनीहरू कहिल्यै आफ्ना सहकर्मी वा साझेदारहरूसँग संवाद गर्दैनन्; तिनीहरू लोकतान्त्रिक हुँदैनन्। तिनीहरू अति अहङ्कारी र आत्मधर्मी हुन्छन्, सत्यता पटक्कै स्विकार्न सक्दैनन्, अनि सत्यताप्रति पटक्कै समर्पित हुँदैनन् भन्‍ने पुष्टि गर्न यो काफी छ। यदि, केही ठूलै वा केही अति महत्त्वपूर्ण कुरा आइपर्दा, कोही सबैलाई मूल्याङ्कन गर्न र राय राख्न लगाउन सक्षम हुन्छ, अनि अन्ततः बहुमतको रायअनुसार अभ्यास विधि रोजिन्छ, अनि त्यसले परमेश्‍वरको घरका काममा हानि नपुग्‍ने, र समग्रमा काममा लाभ हुने सुनिश्‍चित पारिन्छ भने—यदि तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ भने, तिनीहरू परमेश्‍वरको घरको कामको सुरक्षा गर्ने र सत्यता स्विकार्न सक्ने व्यक्ति हुन्छन्, किनकि यसरी काम गर्नुको पछाडि सिद्धान्तहरू हुन्छन्। तर, के हैसियत पछ्याउने मानिसहरूले यसरी काम गर्छन् त? (गर्दैनन्।) त्यसोभए, तिनीहरू कसरी काम गर्छन् त? केही आइपर्दा, भने, तिनीहरू अरू मानिसहरूसँग के सुझाव छ भनी वास्ता गर्दैनन्। अरूले सुझाव साझा गर्नु अगावै, तिनीहरूसँग मनमै समाधान वा निर्णय हुन्छ। आफ्नो हृदयमा, तिनीहरूले यही गर्नेछु भनी पहिल्यै निर्णय गरिसकेका हुन्छन्। यस बिन्दुमा, मानिसहरूले जेसुकै भने पनि, तिनीहरू त्यसलाई कुनै वास्ता गर्नेछैनन्। कसैले तिनीहरूलाई झपारे पनि, तिनीहरू मतलबै गर्नेछैनन्। तिनीहरू सत्यता सिद्धान्तहरूलाई ख्याल नै गर्दैनन्, चाहे त्यसबाट मण्डलीको काममा फाइदा होस् वा नहोस्, वा दाजुभाइ-दिदीबहिनीहरूले त्यो स्विकार्न सकून् वा नसकून्। यी कुराहरू तिनीहरूले ख्याल गर्ने कुराहरूको क्षेत्रमै पर्दैनन्। तिनीहरूले केचाहिँ ख्याल गर्छन् त? तिनीहरूलाई अन्तिम निर्णय आफैले लिनैपर्छ; तिनीहरू यो मामलामा निर्णयकर्ता हुन चाहन्छन्; यो मामला तिनीहरूकै तरिकाबाट गरिनुपर्छ; तिनीहरूले यो मामला तिनीहरूको हैसियतका लागि लाभदायक हुन्छ कि हुँदैन भनी हेर्नैपर्छ। तिनीहरूले मामलाहरूलाई यही दृष्टिकोणले हेर्छन्। के यो सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) सत्यता नपछ्याउने मानिसहरूले काम गर्दा, तिनीहरू सधैँ आफ्नो हैसियत, ख्याति, र प्राप्तिलाई ख्याल गर्छन्; तिनीहरू त्यसले आफूलाई कसरी फाइदा हुन्छ भनी ख्याल गर्छन्। तिनीहरूको कामकुरा गर्ने प्रारम्भ विन्दु नै यही हो।

कतिपय मानिसहरूमा आत्मिक बुझाइ हुन्छ तर तिनीहरू सत्यता पछ्याउँदैनन्। यस्ता केही मानिसहरू वास्तवमै हुन्छन्। अनि तिनीहरूका मुख्य प्रकटीकरणहरूको कुरा गर्नुपर्दा, पहिलो प्रकार भनेको झारा टार्न मात्र कामकुरा गर्नु हो; तिनीहरू काम गर्न मन पराउँछन् र नचली बस्नै सक्दैनन्। केही काम गर्दै व्यस्त रहेसम्‍म, तिनीहरू खुसी हुन्छन् र तिनीहरूले उपलब्धिको बोध गर्छन्, र उपस्थितिको बोध गर्छन्। दोस्रो प्रकारको प्रकटीकरण भनेको हैसियतका खातिर कामकुरा गर्नु हो। यस्ता प्रकारका मानिसहरूमा अत्यन्तै प्रबल लक्ष्यहरू र चाहनाहरू हुन्छन्। तिनीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न र जित्न, अनि परमेश्‍वरलाई प्रतिस्थापना गर्न चाहन्छन्। परमेश्‍वरलाई प्रतिस्थापन गर्न चाहनु—यो पावलका पछ्याइहरूमध्ये कुनसँग सम्बन्धित छ? (उनको ख्रीष्ट बन्ने पछ्याइसँग।) तिनीहरूले हैसियत पछ्याउनुको लक्ष्य केवल भद्र बन्न, अरूले श्रद्धा गर्ने हैसियत भएको व्यक्ति बन्नका लागि मात्र हुँदैन। तिनीहरूको अन्तिम उद्देश्य त मानिसहरूलाई जित्नु र नियन्त्रण गर्नु, अरूलाई आफ्नो श्रद्धा गर्ने र परमेश्‍वरलाई जस्तै व्यवहार गर्ने तुल्याउनु, अनि सबैलाई आफूलाई पछ्याउने, आफूमा समर्पित हुने, अनि आफूमा विश्‍वास गर्ने तुल्याउनु हो। यो सबको अर्थ के हो? यसको अर्थ मानिसहरूको हृदयमा तिनीहरू परमेश्‍वर बन्नेछन् भन्‍ने हो। यो सत्यतापछ्याउनु होइन, बरु शैतानलाई पछ्याउनु हो। हैसियत पछ्याउनु स्पष्ट रूपमा सत्यता पछ्याउनु होइन, न त काम वा प्रतिष्ठा पछ्याउनु नै सत्यता पछ्याउनु हो। अनि अरू प्रकटीकरणहरू के-के छन्? (तिनीहरू आशिष्‌ पछ्याउँछन्।) ठिक भनिस्। तिनीहरू मूल्य चुकाउँछन्, आफूलाई समर्पित गर्छन्, कष्ट भोग्छन्, अनि हरप्रकारका मामलाहरूमा आफ्नो स्वार्थ त्याग्न सक्छन्, तर तिनीहरू आशिषित हुन यसो गर्छन्। तिनीहरू आशिषित हुन र असल गन्तव्य पाउन मात्रै आफूलाई त्यसरी प्रकट गर्छन्। यो पनि सत्यता पछ्याउनु होइन। आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउने मानिसहरूले आफूलाई प्रकट गर्ने यो तेस्रो तरिका हो। पावलजस्तै, तिनीहरू आशिषित हुन अनि आफ्नो गन्तव्यका खातिर कामकुरा गर्छन् र कष्ट भोग्छन्, र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउँछन्। कामकुराहरू गर्ने तिनीहरूको लक्ष्य प्रस्ट छ: आशिष्हरू पाउन जे सबैभन्दा महत्त्वपूर्ण र आवश्यक हुन्छ, तिनीहरू केवल त्यसैमा केन्द्रित हुन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अनुमोदन पाउन्जेल, सब ठिक हुन्छ। तिनीहरू सबैले तिनीहरूलाई कसरी हेर्छन्, माथिले तिनीहरूलाई कसरी हेर्छन्, अनि तिनीहरू परमेश्‍वरको हृदयमा छन् कि छैनन् भन्‍नेमा मात्र केन्द्रित हुन्छन्। तिनीहरूले आशिष् र इनाम पाउने निश्‍चित भइन्जेल सब ठिक हुन्छ। तर, तिनीहरू आफूले गरेका कार्यहरूको मूल्याङ्कन गर्न सत्यता कहिल्यै प्रयोग गर्दैनन्, अनि आशिषित हुने चाहना कहिल्यै त्याग्दैनन्; तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रति समर्पित हुँदैनन्। यदि तिनीहरूले गरेको कुनै कुरा खराब भयो र तिनीहरूलाई काटछाँट गरियो भने, र यदि माथि तिनीहरूसँग प्रसन्न छैनन्, र तिनीहरूले आशिषित हुने र असल गन्तव्य पाउने आशा छैन भन्ने देखे भने, तिनीहरू नकारात्मक बन्नेछन् र आफ्नो कर्तव्य त्याग्नेछन्, उप्रान्त कर्तव्य निभाउन चाहनेछैनन्। कतिपय यस्ता पनि हुन्छन् जो बस विश्‍वास गर्न चाहँदैनन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन भन्ठान्छन्। यी माथि उल्लेखित पछ्याइका तीन विधिहरू सबै सत्यता नपछ्याउने मानिसहरूले पछ्याउने मार्गहरू हुन्। यस्ता प्रकारका मानिसहरू हरेक मण्डलीमा राम्रै सङ्ख्यामा हुन्छन्, र तिनीहरू सबै सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू सधैँ त्यसलाई आफ्नो स्वार्थसँग, र आशिष्हरू, इनामहरू पाउनुसँग जोड्छन्, र कहिल्यै आफ्नो जीवन प्रवेश, सत्यताको बुझाइ, वा आफ्नो स्वभाव रूपान्तरणसँग जोड्दैनन्। तिनीहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका, वा आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि, तिनीहरूले कहिल्यै आत्मज्ञान, जीवन प्रवेश पछ्याएका र परमेश्‍वरलाई प्रेम गर्न वा उहाँमा समर्पित हुन खोजेका हुँदैनन्। तिनीहरूले जेसुकै गरिरहेका भए पनि, सत्यता खोजी गर्दैनन्। तिनीहरूले जुनसुकै भ्रष्टता प्रकट गरे पनि, त्यसमा र परमेश्‍वरका वचनहरूमा भएका सत्यताबीचको सम्बन्ध पहिचान गर्दैनन्। तिनीहरूले जेसुकै गरिरहेका भए पनि, तिनीहरूका अभिप्राय स्वार्थी र दुष्ट हुन्छन्, ती सबै आशिष्हरू र व्यक्तिगत लाभ सुरक्षित गर्न लक्षित हुन्छन्। तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, तिनीहरू आत्म-चिन्तन गर्दैनन्, अनि आफूलाई सही ठान्न जारी राख्छन्। यस्ता प्रकारका मानिसहरू विरलै नकारात्मक हुन्छन्। तिनीहरूले जति नै धेरै कष्ट सहनुपरे पनि यदि त्यसको अर्थ तिनीहरूले आशिष् पाउन र राज्य प्रवेश गर्न सक्नेछन् हुन्छ भने तिनीहरू डराउँदैनन्। तिनीहरूमा वास्तवमै दृढता हुन्छ, तर तिनीहरूलाई सत्यता स्विकार्न निकै कठिन हुन्छ। तिनीहरू आत्मचिन्तन र आफूबारे ज्ञान प्राप्त गर्नुभन्दा मर्न बेस हुन्छ भन्ठान्छन्, अनि आफूले राम्रै गरिरहेको सोच्छन्। आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउने मानिसहरूमा अर्को प्रकटीकरण पनि हुन्छ: कतिपय मानिसहरूले धेरै प्रवचनहरू सुनेका हुन्छन्, तर परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतामा,वा मानिसहरूका विभिन्न स्थितिहरू खुलासा गर्ने उहाँका वचनहरूमा रुचि राख्दैनन्। तिनीहरूले यी कुराहरू बुझे पनि, रुचि राख्दैनन्। त्यसोभए, रुचि नहुँदा पनि, तिनीहरू किन अझै परमेश्‍वरमा विश्‍वास गर्छन् त? तिनीहरूको हृदयमा निश्चय नै एक प्रकारको अस्पष्ट र अवास्तविक सोच हुन्छ। तिनीहरू यसो भन्छन्, “पृथ्वीका परमेश्‍वरले के गर्न सक्नुहुन्छ भन्‍ने मलाई थाहा छैन। म भन्न सक्दिनँ। उहाँ मुख्यतः सत्यता सङ्गति गर्न सक्नुहुन्छ जस्तो देखिन्छ। म यी कथित सत्यताहरू त्यति बुझ्दिनँ, तर जे भए होस्, उहाँले भन्‍नुहुने कुराहरू निकै राम्रा हुन्छन्, र तिनले मानिसहरूलाई सही मार्ग पछ्याउने तुल्याउँछन्। तर, उहाँ वास्तवमै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्नचाहिँ म सक्दिनँ।” तिनीहरूले परमेश्‍वरलाई यति शङ्का गर्छन् भने, किन परमेश्‍वरको घर नछोडी त्यहीँ बस्छन् त? किनकि तिनीहरूको हृदयमा अस्पष्ट विचार र कल्पना हुन्छ। तिनीहरू यस्तो सोच्छन्, “मैले यहीँ अलमलिरहेँ भने, अन्ततः मृत्युबाट उम्किन, अनि स्वर्ग प्रवेश गर्न र महान् आशिष्‌हरू पाउन सक्छु होला।” त्यसैले, अरूले स्वभाव परिवर्तन पछ्याइरहँदा र काटछाँट स्विकारिरहँदा, तिनीहरू स्वर्गका परमेश्‍वरलाई प्रार्थना गरिरहेका हुन्छन् र यसो भन्छन्, “हे परमेश्‍वर, मलाई यी कठिनाइहरूबाट पार लगाउनुहोस्, अनि काटछाँट स्विकार्न सक्ने बनाउनुहोस्। म तपाईँका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुन इच्छुक छु।” तैँले सुन्दा तिनीहरूका प्रार्थनाका शब्दहरू गलत नभएझैँ लाग्छ, तर तिनीहरू कहिल्यै आफूमा भ्रष्ट स्वभाव छ वा आफू गलत छु भनी स्विकार्दैनन्। तिनीहरू हृदयमा स्वर्गका परमेश्‍वरलाई मात्र मान्छन्। पृथ्वीमा हुनुहुने परमेश्‍वर—अर्थात् देहधारी परमेश्‍वर—र परमेश्‍वरका न्यायका वचनहरूलाई चाहिँ, तिनीहरू तिनलाई वास्ता गर्दैनन्, मानौँ यी कुराहरूको तिनीहरूसँग कुनै सम्बन्ध नै छैन। परमेश्‍वरमा तिनीहरूको विश्‍वास यति सरल र रित्तो हुन्छ। अरूले मानिसहरूको भ्रष्ट स्वभावबारे कुरा गर्दै स्वभाव परिवर्तन पछ्याउनु जरुरी छ भनेर जसरीसुकै बताए पनि, तिनीहरू यस्तो सोच्छन्, “तिमीहरू सबै यति भ्रष्ट छौ त, म कसरी नहुँला र?” तिनीहरू आफू सिद्ध र दोषरहित भएको, र आफूमा भ्रष्ट स्वभाव नै नभएको सोच्छन्। कहिलेकाहीँ, तिनीहरू पूर्वाग्रही हुने वा अरूलाई हेप्ने गर्छन्, तर तिनीहरू यो सामान्य हो, केवल खराब सोच हो र त्यो सोच दबाएमा हराउँछ भन्ठान्छन्। अथवा, अरू मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेको देख्दा, तिनीहरू यस्तो सोच्छन्, “मैले कहिल्यै परमेश्‍वरविरुद्ध विद्रोह गरेको छैन। उहाँप्रति मेरो हृदयमा भएको प्रेम कहिल्यै डगमगाएको छैन।” तिनीहरू केवल यिनै दुई-चार वाक्य बोल्छन् र आत्म-चिन्तन गर्दैनन् र सिद्धान्तहरूअनुरूप कसरी कार्य गर्ने भन्‍ने नै जान्दैनन्। के यस्ता मानिसहरू सत्यता पछ्याउने व्यक्ति हुन् त? (होइनन्।) त्यसोभए तिनीहरू अझै पनि आफूलाई किन यति असल ठान्छन्, र परमेश्‍वरमा यसरी विश्‍वास गर्नु खराब होइन भन्‍ने सोच्छन्? यहाँ के हुँदै छ? यसले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने देखाउँछ। मानिसहरूका धारणाअनुसार, तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू आफूलाई कसरी प्रकट गर्छन्? तिनीहरू बोल्न सिपालु, चतुर, छिट्टै सिक्ने, र कुराहरू बुझ्‍ने बलियो क्षमता भएका हुन्छन्। तिनीहरू तेरो मुखबाट कुनै शब्द निस्कनेबित्तिकै तैँले के भन्दै छस् भनेर बुझ्छन्, र विशेषगरी तिनीहरू धर्मसिद्धान्त छिट्टै बुझ्न सक्छन्। तर, जे-जति बुझे पनि, तिनीहरूले आशिष्हरू पाउन पछ्याउने दिशा र लक्ष्य भने उही रहन्छ। त्यसमाथि, तिनीहरू आफूले बुझेका सत्यताहरूलाई धर्मशास्‍त्रीय सिद्धान्त, वा कट्टरपन्थ वा शिक्षणहरूजसरी लिन्छन्। तिनीहरू ती सत्यता हुन् भन्‍ने सोच्दैनन्, र तसर्थ तिनलाई आफ्नो जीवनमा लागू गर्न त परै जाओस्, तिनलाई अभ्यास वा अनुभव पनि गर्दैनन्। तिनीहरू आफ्ना धारणाहरू र कल्पनाहरूअनुरूप भएका आफूलाई मनपर्ने धर्मसिद्धान्त मात्र स्वीकार र प्रचार गर्छन्, केही प्राप्त गरेको भन्ठान्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर प्राप्त गर्ने सबैभन्दा ठूलो कुरा भनेकै धर्मसिद्धान्तहरू प्रचार गर्न र धेरै मानिसहरूमा आफ्नो छाप छोड्न सक्नु हो। जहाँसम्‍म तिनीहरू सत्यता अभ्यास गर्छन् कि गर्दैनन् वा तिनीहरूमा आत्‍मज्ञान छ कि छैन भन्‍ने कुरा छ, तिनीहरू यी खासै महत्त्व नभएका मामुली मामलाहरू हुन्, र आत्मिक धर्मसिद्धान्त प्रचार गर्न, प्रश्‍नहरूको उत्तर दिन, अरू मानिसहरूलाई आफ्नो सम्मान गर्ने बनाउन सक्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हुन् र तिनले तिनीहरूलाई हैसियतका लाभहरूको आनन्द लिन योग्य बनाउँछ भन्ठान्छन्। तसर्थ, तिनीहरू सत्यता अभ्यास गर्न ध्यानै दिँदैनन्, आत्म-चिन्तन गर्दैनन्, र उच्च सुनिने प्रवचनहरू प्रचार गर्न सक्नमै सन्तुष्ट हुन्छन्। यो समस्या तुलनात्मक रूपमा अझ गम्भीर हुन्छ, आत्मिक बुझाइ नभएकाहरूमा हुनेमा भन्दा पनि गम्भीर हुन्छ, किनकि तिनीहरू यो सत्यता हो भन्‍ने जान्दछन् तर त्यसलाई अभ्यास वा अनुभव गर्दैनन्। यो सत्यतादेखि वितृष्ण भएको र सत्यतासँग खेलाँची गर्ने व्यक्ति हो। के यो समस्याको प्रकृति एकदमै गम्भीर छैन र?

अब, तिमीहरू आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउने मानिसहरू खुट्ट्याउन सक्छौ, होइन त? के तिमीहरू कुनै तरिकाले आफूलाई यो व्यक्तिजसरी प्रकट गर्छौ? (गर्छु, मुख्यतः म हैसियतका खातिर काम गर्दा आफूलाई यसरी प्रकट गर्छु।) हैसियतका खातिर बोल्‍ने अनि हैसियतकै खातिर कामकुरा गर्ने—सबथोक हैसियतको वरिपरि घुम्छ; यो कुरा समस्याजनक हुन्छ। के यसरी सत्यता पछ्याउन सम्भव हुन्छ त? हैसियतका खातिर काम गर्नुका प्रकटीकरणहरू के-के हुन्? मुख्यतः, यसमा आफ्नो इज्‍जत, छवि र मानमर्यादा, साथै अरूको हृदयमा हुने आफ्नो हैसियत— अरूले आफूलाई उच्‍च नजरले हेर्छन् कि हेर्दैनन् र आफूलाई श्रद्धा गर्छन् कि गर्दैनन् भन्‍नेमा केन्द्रित हुने कुरा समावेश हुन्छ। जेसुकै गर्दा पनि, तिनीहरू यिनै पक्षहरूलाई मात्र ध्यान दिन्छन्, र कहिल्यै परमेश्‍वरलाई उच्च पार्ने वा उहाँको गवाही दिने गर्दैनन्। उदाहरणका लागि, सत्यता नपछ्याउने व्यक्तिले नयाँ विश्‍वासी भेट्दा, उसले हृदयमा यस्तो सोच्छ, “तिमीले परमेश्‍वरमा विश्‍वास गरेको केही वर्ष मात्र भएको छ, तिमी केही पनि बुझ्दैनौ,” र उसलाई हेयको दृष्टिले हेर्छ। यदि त्यो नयाँ विश्‍वासी सत्यता खोजी गर्न चाहन्छ भने, सत्यता नपछ्याउने व्यक्तिले सर्वप्रथम त्यो नयाँ विश्‍वासीको रूप, उसको बोल्ने शैली, र आफूलाई ऊ मन पर्‍यो कि परेन भन्‍ने कुरा ख्याल गर्छ। यदि त्यो नयाँ विश्‍वासीको क्षमता कमजोर छ भने, ऊ सत्यता सङ्गति गर्न इच्छुक हुनेछैन; उसले हौसलाका केही वचनहरू बोल्नेछ र कुरो त्यहीँ सक्‍काउनेछ। यहाँ समस्या के हो त? (ऊ विश्‍वासी भएको धेरै वर्ष भएको छ र ऊसँग पुँजी छ भन्ठान्छ, त्यसैले आफ्नो वरिष्ठताको रवाफ देखाइरहन्छ।) यो उसले आफ्नो हैसियत जमाउनुको प्रकटीकरण हो। जब कसैले आफ्नो वरिष्ठता प्रदर्शन गर्छ, उसले ऊसँग हैसियतको स्थानबाट बोल्ने हक छ भन्‍ने विश्‍वास गर्छ—जुन हैसियत उसलाई अरू कसैले होइन, बरु आफूले आफैलाई दिएको हुन्छ। के यसरी काम गर्ने र बोल्ने मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? (होइनन्।) के तिमीहरू आफूलाई यसरी प्रकट गर्छौ त? तिमीहरू यसो भन्छौ, “मैले परमेश्‍वरमा विश्‍वास गरेको दस वर्ष भयो। के दुई वर्ष मात्र विश्‍वास गरेको व्यक्तिसँग मलाई सहकार्य गर्न लगाउनु मेरो अपमान होइन र? म ऊसँग बोल्न पनि चाहन्‍नँ। म एकै वचनमा थाक्नेछु। ऊ केही बुझ्दैन!” अहङ्कारी स्वभाव हाबी भएका कारण यस्तो हुन्छ। यदि तँमा हैसियतलाई महत्त्व दिने हृदय नभएको भए, यदि तैँले मानिसहरूलाई अनुभव वा वरिष्ठताका आधारमा श्रेणीकरण नगर्ने भए, र यदि तैँले आफूसँग पुँजी छ भनेर नसोच्ने भए, के तैँले कसैलाई यसरी व्यवहार गर्नेथिस् त? स्पष्टतः, तँभित्र भ्रष्ट स्वभाव भएकोले, अरूसँग व्यवहार गर्ने तेरो शैलीका प्रकटीकरणहरूले अरूलाई लाभ पुऱ्याउँदैनन्, तिनले तेरो भ्रष्ट स्वभाव, तेरा पछ्याइहरू, र तेरो हृदयको गहिराइमा भएका कुराहरू खुलासा गर्छन्। हैसियतका खातिर कार्य गर्नुको अर्को पनि प्रकटीकरण हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले पेसागत ज्ञान हासिल गरेका हुन्छन् वा तिनीहरू कुनै निश्‍चित क्षेत्रमा विज्ञ हुन्छन्। तर, यस क्षेत्रबारे छलफल गर्दा, अरूले पहिला बोले भने, तिनीहरूले ठुस्स पर्छन् र यस्तो सोच्छन्, “तिमीहरू विनासमझ कसरी बोल्न सक्छौ? तिमीहरूले त महान्‌ता आफ्नै अगाडि भए पनि थाहा पाउनेथिएनौ!” तिनीहरू यसो भन्छन्, “विश्‍वविद्यालयमा मेरो मुख्य विषय यही थियो र मैले यिनै मुद्दाहरूमा मेरा सबै शोध-अध्ययन गरेँ। विद्यावारिधि पछि, मैले यही क्षेत्रमा केही वर्ष काम गरेँ। दस वर्षअघिदेखि परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि मैले यो पेसा त्यागेको छु, तर म आँखा चिम्लेरै यसबारे सबथोक सम्झन सक्छु। मलाई यसबारे बोल्‍न मन पर्दैन, किनकि मैले आफ्नो प्रदर्शन गरिरहेजस्तो देखिन्छ।” तिमीहरूलाई यी शब्दहरू कस्ता लाग्छन्? यी शब्दहरू गैरविश्‍वासी संसारका बौद्धिकहरूका शब्दहरू हुन्, र यी शैतानी दर्शनहरूका आधारमा बोलिन्छन्, र यी वचनहरूमार्फत तिनीहरू ज्ञानीजस्ता देखिन्छन् र सबको अनुमोदन पाउँछन्। तिनीहरूले आफ्नो प्रदर्शन गर्न चाहन्‍नँ भन्‍ने दावा त गरे, तर अलिक कुशल तरिकाले ठ्याक्कै त्यही गरिरहेका छन्। तिनीहरूले आफूले यो पेसा अध्ययन गरेको वर्ष सङ्ख्या अनि आफूले के पाएँ भन्‍नेजस्ता कुरा बताएर आफूसँग भएको पुँजी उल्लेख गरे, र यो विधि प्रयोग गरेर आफू यो क्षेत्रमा विज्ञ हुँ भन्‍ने जानकारी गराए। के कुनै क्षेत्रमा विज्ञ हुँदैमा तैँले त्यो क्षेत्र बुझ्छस् नै भन्‍ने हुन्छ त? यदि तँ परमेश्‍वरको घरमा काम गरिरहेको विज्ञ होस् भने, के तैँले यो तरिका अपनाउनैपर्छ त? (पर्दैन।) त्यसोभए तैँले के गर्नुपर्छ त? (सत्यता खोज्नुपर्छ; दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर छलफल र खोजी गर्नुपर्छ।) सबैले सँगै मिलेर खोजी गर्नुपर्छ। तैँले यसो भन्‍नुपर्छ, “म इमानदार हुनुपर्छ। मैले केही वर्ष यो पेसामा काम गरेको थिएँ र मलाई यसबारे केही थाहा छ, तर परमेश्‍वरको घरले यो पेसा प्रयोग गर्नुपछाडि कुन सिद्धान्तहरू हुन्छन् भन्‍ने मलाई थाहा छैन। मसँग भएको ज्ञान परमेश्‍वरको घरका लागि उपयोगी हुन्छ कि हुँदैन भन्‍ने मलाई थाहा छैन—हामी सँगै बसेर छलफल गर्न सक्छौँ। म तिमीहरूलाई यो क्षेत्रका आधारभूत कुराहरू अलिकति बताउनेछु।” यो तर्कसङ्गत बोल्ने शैली हो। ऊ यो पेसाबारे जानकार भए पनि, ऊ विनम्र हुन्छ र घमन्डी हुँदैन। ऊ देखावटी गरिरहेको हुँदैन; ऊ साँच्चै राम्रो कार्य गर्न चाहन्छ, र आफूले सिकेका र जानेका कुरा केही नलुकाई सबैसँग बाँड्न चाहन्छ। उसलाई अरूले जसरी हेरे पनि वा जसरी व्यवहार गरे पनि, ऊ पूर्णतः आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नका खातिर नै यो गरिरहेको हुन्छ। ऊ पूर्णतः परमेश्‍वरलाई सन्तुष्ट पार्न, र सत्यता प्राप्त गर्न र मानव रूपमा जिउनका खातिर नै कर्तव्य निर्वाह गरिरहेको हुन्छ। तसर्थ, उसको कर्तव्य निर्वाहको हरेक पक्षमा, उसले परमेश्‍वरको घरका हितलाई ख्याल गर्छ र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई ध्यान दिन्छ। उसले जेसुकै गरे पनि, पहिला सबैसँग सङ्गति गर्छ, अनि सहमतिमा पुग्न सामूहिक रूपमा छलफल गर्छ, र सबै एकजुट भएर राम्रोसँग कार्य पूरा गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई विचार र मेहनत योगदान गर्न दिन्छ। तिमीहरूलाई यो तरिका कस्तो लाग्छ? सत्यता पछ्याउने मानिसहरूले मात्र यसरी कार्य गर्नेछन्। परमेश्‍वरमा उही तरिकाले विश्‍वास गर्ने भए पनि, सत्यता पछ्याउने र नपछ्याउनेहरूले आफूलाई भिन्नाभिन्नै तरिकाले प्रकट गर्छन्। अनि, कुन खालको व्यक्तिचाहिँ घिनलाग्दो हुन्छ त? (सत्यता नपछ्याउने व्यक्तिहरू घिनलाग्दा हुन्छन्।) तँलाई कुनै पेसाबारे अलिक थाहा छ भन्दैमा आफ्नो प्रदर्शन गर्नुपर्ने र अरूलाई होच्याउनुपर्ने वा बन्धनमा पार्नुपर्ने पनि कुनै जरुरी छैन। कतिपय मानिसहरू अगुवा वा कामदार बनेपछि आफूलाई उच्च ठान्छन्, स्वाङ पारेर हिँड्छन्-बोल्छन्, र अधिकारी नै हुँ जस्तो समेत गर्छन्। यसरी कामकुरा गर्नु अझ बढी घिनलाग्दो हुन्छ। तँसँग केही हैसियत छ भने पनि तैँले त्यसको सान देखाउनुपर्ने वा घमन्ड गर्नुपर्ने कुनै आवश्यकता छैन। तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कर्तव्य राम्रोसँग निर्वाह गर्नमा डोर्‍याउन जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ। यो तेरो जिम्मेवारी अनि तैँले पूरा गर्नुपर्ने कुरा हो। त्यसमाथि, यदि तँमा मानवता छ र तँ अर्पित छस् भने, तैँले कामकुराहरू गर्दा जिम्मेवारी लिनैपर्छ। तैँले जिम्मेवारी कसरी लिनुपर्छ? मानिसहरूले नबुझ्ने क्षेत्रहरूबारे, तिनीहरूले गल्ती गर्ने वा तिनीहरू बहकाउमा पर्ने सम्भावना भएका क्षेत्रहरूबारे सङ्गति गरेर, अनि कुनै गल्ती र विचलनहरू भएमा तिनलाई सच्याएर, तैँले सबैजनाले सही विधि प्रयोग गरेर काम गर्ने सुनिश्‍चित गर्नुपर्छ, ताकि तिनीहरूले अबउप्रान्त गल्तीहरू नगरून् वा अरूको बन्धनमा नपरून्। यसो गर्दा तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। आफ्नो कर्तव्यमा जिम्मेवार र अर्पित हुनु भनेकै यही हो। एकपटक तैँले यो हासिल गरिसकेपछि, के अरूले अझै पनि तँ हैसियत पछ्याउँछस् भनेर भन्न सक्‍नेछन् र? अहँ, सक्नेछैनन्। तैँले अभ्यास गर्ने सिद्धान्तका साथै तेरो मार्ग पनि पहिल्यै सही भइसकेका हुन्छन्। सत्यता पछ्याउनेहरूका प्रकटीकरणहरू यिनै हुन्; सत्यता पछ्याउनेहरूले अभ्यास गर्नुपर्ने यसरी नै हो। यसविपरीत गरिने कुराहरू अनगिन्ती लज्जास्पद व्यवहार बाहेक केही होइनन्। रवाफ देखाउन र उच्च मानिन चाहनु, तर आफूलाई थाहा भएको कुरा अरूले जाने भने आफूले आफ्नो प्रदर्शन गर्न पाइनेछैन वा आफूलाई उच्च रूपमा सम्मानित गरिनेछैन भनी ती कुरा नभनी लुकाउनसमेत चाहनु—त्यो एकदमै विद्रोही कुरा हो! तिनीहरू परमेश्‍वरको घरका हितलाई वास्तै गर्दैनन्, बरु छेउ लागेर केही नगरी हेर्ने मात्र गर्छन्, र आफैसँग यसो भन्दै खिस्‍स हाँस्छन्, “म बोलिनँ भने, कसैले यो मामला प्रस्टाउन सक्छ कि सक्दैन हेरौँ न त! मैले केही भनिहालेँ भने पनि, सबथोक भन्‍नेछैनँ। म आज अलिकति, भोलि अलिकति खुलाउनेछु, अनि तिमीहरूलाई अझै पनि सत्यता बताउनेछैन। म तिमीहरूलाई आफै मनन गर्न दिनेछु। मबाट केही निकाल्न त्यति सजिलो छैन! मैले आफूले बुझेको सब बताएर तिमीहरूलाई बुझ्ने बनाएँ भने, मसँग केही पनि बाँकी हुनेछैन, अनि तिमीहरू मभन्दा राम्रो हुनेछौ। त्यसपछि तिमीहरूले मलाई कसरी हेर्नेछौ?” कस्तो खाले प्राणीले यसरी सोच्छ? यस्तो व्यक्ति दुर्भावपूर्ण हुन्छ! ऊ केही कामको हुँदैन। के ऊ इमानदार व्यक्ति हो त? (होइन।) के तिमीहरूमध्ये कसैले यस्तो गरेका छौ? (मैले गरेको छु। विशेषगरी मैले लामो अवधिसम्‍म सुसमाचार प्रचार गरेर केही नतिजा पाइसकेपछि, मलाई मसँग केही सम्पत्ति र पुँजी छ जस्तो लाग्यो। अरूले मलाई केही राम्रो विधि वा अनुभव साझा गर्न आग्रह गर्दा, मैले इन्कार गरेँ। म शैतानको विषालु भनाइअनुसार जिएँ, “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ।” मलाई अरू मभन्दा अघि बढ्नेछन्, अनि मैले आफ्नो हैसियत गुमाउनेछु भन्‍ने डर थियो।) अरूले आफ्नो चमक खोस्छन् भन्‍ने डरलाई जित्न त्यति सजिलो हुँदैन। मानिसहरूले आफ्नो पूरै जीवन ख्याति र प्राप्तिको उद्देश्यका लागि लडेर बिताउँछन्, तर ती तेरो हृदयका दुई खन्जर पनि हुन्—तिनले तेरो ज्यानै लिनेछन्!

मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीलाई लाभ हुने काम गरेका कतिपय मानिसहरू तिनीहरूले योगदान गरेका छन् र मण्डलीभित्र तिनीहरूको केही हैसियत छ भन्ठान्छन्। हरेकपटक तिनीहरू अरूसामु हुँदा, आफूले गरेका ती असल कामहरू उल्लेख गर्छन्, ताकि सबैले तिनीहरूलाई पूर्णतः नयाँ रूपमा हेरून् र बुझून्—तिनीहरूको पुँजी र हैसियत, अनि मण्डलीभित्रको तिनीहरूको प्रतिष्ठा र पद बुझून्। तिनीहरू किन यसो गर्छन्? (आफ्नो प्रदर्शन गर्न र सान देखाउन।) अनि सान देखाउनुको अर्थ के हो? आफूलाई स्थापित गर्न। अनि तिनीहरूले आफूलाई स्थापित गरेर के गर्न सक्छन्? (अरू मानिसहरूलाई तिनीहरूको सम्मान गर्ने बनाउन सक्छन्।) तिनीहरूले अरू मानिसहरूलाई तिनीहरूको सम्मान, गुणगान, र श्रद्धा गर्ने बनाउन सक्छन्। यी कुराहरू हासिल गरेपछि, तिनीहरूले भित्र कस्तो महसुस गर्छन्? (तिनीहरूले त्यसमा आनन्द मान्छन्।) तिनीहरूले हैसियतका लाभहरूको आनन्द उठाउँछन्। के तिमीहरू पनि यी कुराहरू पछ्याउँछौ? मानिसहरूमा हुने यी सोच, विचार र सोच्ने तरिकाहरूको कारण के हो? तिनलाई केले उत्पन्न गराउँछ? तिनको स्रोत के हो? तिनको स्रोत मानिसको भ्रष्ट स्वभाव हो। मानिसहरूलाई यसरी प्रकट हुने तुल्याउने, र यस्ता खालका पछ्याइहरू पैदा गराउने कुरा मानिसको भ्रष्ट स्वभाव हो। कतिपय मानिसहरू परमेश्‍वरको घरमा आफू वरिष्ठ भएको महसुस गर्छन्। तर कुन तरिकाले? तिनीहरूलाई केले यसरी आफूलाई वरिष्ठ भएको महसुस गर्ने तुल्याउँछ? उदाहरणका लागि, कतिपय मानिसहरूलाई कुनै विदेशी भाषा बोल्न आउँछ, अनि तिनीहरू यसको अर्थ आफूसँग वरदान र क्षमता छ, र परमेश्‍वरको घरमा तिनीहरू नहुने हो भने, सायद परमेश्‍वरको घरको काम विस्तार गर्न एकदमै कठिन हुनेथ्यो भन्ठान्छन्। नतिजा स्वरूप, तिनीहरू जहाँ गए पनि मानिसहरूलाई आफ्नो सम्मान गर्ने बनाउन चाहन्छन्। यस्ता मानिसहरूले अरूलाई भेट्दा कस्तो विधि अपनाउँछन्? आफ्नो हृदयमा, तिनीहरूले परमेश्‍वरको घरमा भिन्नभिन्नै कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई भिन्नभिन्नै दर्जा दिन्छन्। अगुवाहरू शिखरमा हुन्छन्, विशेष प्रतिभा भएका मानिसहरू दोस्रोमा हुन्छन्, त्यसपछि औसत प्रतिभा भएका मानिसहरू आउँछन्, अनि सबैभन्दा तल विभिन्न सहायक कर्तव्य निर्वाह गर्न व्यक्तिहरू हुन्छन्। कतिपय मानिसहरू महत्त्वपूर्ण र विशेष कर्तव्यहरू निर्वाह गर्ने क्षमतालाई पुँजी मान्छन्, अनि त्यसलाई सत्यता वास्तविकता हुनु भन्‍ठान्छन्। यहाँ समस्या के हो? के यो बेतुकको छैन र? केही विशेष कर्तव्यहरू निर्वाह गरेका कारण तिनीहरू अहङ्कारी र घमन्डी हुन्छन्, अनि सबैलाई हेयको दृष्टिले हेर्छन्। कसैलाई भेट्दा, तिनीहरू सधैँ सुरुमै कुन कर्तव्य गर्छौ भनी सोध्छन्। यदि त्यो व्यक्तिले औसत कर्तव्य गर्छ भने, तिनीहरू उसलाई हेयको दृष्टिले हेर्छन्, अनि ऊ वास्तालायक छैन भन्‍ने सोच्छन्। यस व्यक्तिले तिनीहरूसँग सङ्गति गर्न चाहँदा, तिनीहरू बाह्य रूपमा त सहमत हुन्छन्, तर भित्रभित्रै यस्तो सोच्छन्, “तिमी मसँग सङ्गति गर्न चाहन्छौ? तिमी कोही पनि होइनौ। तिमीले निर्वाह गर्ने कर्तव्यहरू हेर—तिमी मसँग बोल्न कसरी योग्य छौ?” यदि त्यो व्यक्तिले निर्वाह गर्ने कर्तव्य तिनीहरूको भन्दा महत्त्वपूर्ण छ भने, तिनीहरू उसको चापलुसी र ईर्ष्या गर्छन्। जब तिनीहरूले अगुवा वा कामदारहरूलाई देख्छन्, तिनीहरू चापलुस बन्छन् र चिप्लो घस्छन्। के तिनीहरू मानिसहरूसँग व्यवहार गर्ने तिनीहरूको तरिकामा सिद्धान्तपरक हुन्छन् त? (हुँदैनन्। तिनीहरू मानिसहरूलाई उनीहरूले निर्वाह गर्ने कर्तव्यका आधारमा, र तिनीहरू आफैले तोकिदिएका दर्जाअनुसार व्यवहार गर्छन्।) तिनीहरू मानिसहरूलाई अनुभव र वरिष्ठता, र प्रतिभा र वरदानअनुसार दर्जा दिन्छन्। यस तरिकाले मानिसहरूलाई दर्जा दिनुबाट के तथ्यहरू खुलासा हुन्छन्? तिनीहरूको आफ्नै पछ्याइ, जीवन प्रवेश, प्रकृति सार, र चरित्र सबै यसद्वारा प्रकाश हुन्छन्। कतिपय मानिसहरू कुनै वरिष्ठ अगुवा देख्दा, शिर तल गर्दै हल्का झुक्छन्, र शिष्ट हुन्छन्। जब तिनीहरूले केही क्षमता भएको, वरदान भएको, बोल्न सिपालु, परमेश्‍वरको घरमा महत्त्वपूर्ण कर्तव्य निर्वाह गरेको, वा माथिले बढुवा गरेको र महत्त्वपूर्ण मानेको व्यक्ति देख्छन्, तिनीहरू विशेष शिष्टतासाथ बोल्छन्। जब तिनीहरूले कमजोर क्षमता भएको वा औसत कर्तव्य निर्वाह गर्ने व्यक्ति देख्छन्, तिनीहरू उसलाई हेयको दृष्टिले हेर्छन् र उसलाई अदृश्यझैँ व्यवहार गर्छन्—ऊप्रति व्यवहार गर्ने तिनीहरूको तरिकै फरक हुन्छ। तिनीहरूले भित्रभित्रै के सोचिरहेका हुन्छन्? “तिमीले परमेश्‍वरमा विश्‍वास गरे पनि तिमी तल्लो तहको हौ, तैपनि तिमी मेरै स्तरको भए जसरी बोल्न, र जीवन प्रवेश र इमानदार व्यक्ति बन्नेबारे सङ्गति गर्न चाहन्छौ। तिमी त्यसो गर्न योग्य छैनौ!” यो के स्वभाव हो? अहङ्कार, क्रूरता, र दुष्टता। के मण्डलीमा यस्ता प्रकारका मानिसहरू धेरै हुन्छन्? (हुन्छन्।) के तिमीहरू यस्तो प्रकारको व्यक्ति हौ? (हौँ।) मानिसहरूलाई तिनीहरू को हुन् भन्‍ने आधारमा फरकफरक व्यवहार गर्नु—यी कुनै पनि कुराहरू सत्यता पछ्याउने मानिसहरूका प्रकटीकरणहरू होइनन्। तिनीहरूले के पछ्याइरहेका हुन्छन् त? (तिनीहरूले हैसियत पछ्याइरहेका हुन्छन्।) मानिसहरूका व्यवहार, प्रकाश, र नियमित प्रकटीकरणहरूले तिनीहरूका सबै सोच, विचार, अभिप्राय र पछ्याइका साथसाथै तिनीहरू हिँडिरहेको मार्ग देखाउन सक्छन्। तैँले जे प्रकाश गर्छस्, र निरन्तर जे प्रकट गर्छस्, तैँले त्यही कुरा पछ्याउँछस्—तेरो पछ्याइको खुलासा हुन्छ। यस्ता प्रकारका मानिसहरूमा आत्मिक बुझाइ भए पनि, र तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न, उहाँका वचनहरूसँगका सम्बन्ध जोड्न, र उहाँका वचनहरूलाई आफ्ना स्थितिहरूसँग तुलना गर्न सके पनि, जेसुकै आइपरे पनि तिनीहरू सत्यता खोजी गर्दैनन्, र परमेश्‍वरका वचनहरूको सत्यतालाई आफ्नो सिद्धान्त मानेर त्यसलाई लिँदैनन्। त्यसको सट्टा, तिनीहरू आफ्नै धारणा, कल्पना, अभिप्राय, उद्देश्य, चाहना र प्राथमिकताहरूअनुसार त्यसलाई लिन्छन् र कार्य गर्छन्। के यस्ता मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूको हृदयमा अझै पनि विश्वास नगर्ने मानिसहरूले संसारसँग व्यवहार गर्न प्रयोग गर्ने सिद्धान्त र विधिहरू हुन्छन्; तिनीहरू अझै पनि मानिसहरूलाई अनुभव र वरिष्ठताअनुसार दर्जा दिन्छन्, अनि परमेश्‍वरको घरका मानिसहरूलाई हरप्रकारका भिन्नभिन्नै दर्जाहरू दिन्छन्। तिनीहरू मानिसहरूलाई मूल्याङ्कन गर्न सत्यता होइन, विश्‍वास नगर्नेहरूका विचार र मानक प्रयोग गर्छन्। के यो सत्यताको पछ्याइ हो त? (होइन।) बोल्दा र प्रचार गर्दा, तिनीहरू सत्यता बुझ्ने व्यक्तिजस्ता देखिए पनि, के तिनीहरूको कर्तव्य निर्वाह गर्ने तरिकामा अलिकति पनि सत्यता वास्तविकता देख्न सकिन्छ त? (सकिँदैन।) त्यसोभए, के यी मानिसहरू जीवन प्रवेश भएका मानिसहरू हुन् त? (होइनन्।) तिनीहरूभित्र अत्यन्तै धेरै भ्रष्ट कुराहरू हुन्छन्, र तिनीहरू मुक्तिका लागि चाहिने मागहरू पूरा गर्नबाट निकै पर हुन्छन्। यदि तिनीहरूले सधैँ यी कुराहरूलाई पुँजीका रूपमा लिए भने, तिनीहरूले बुझ्ने परमेश्‍वरका वचनहरूमध्ये तिनीहरू कतिवटा अभ्यास गर्न सक्छन्? के तिनीहरूको हृदयमा साँच्चै सत्यता, वा परमेश्‍वरका वचनहरू हुन्छन्? तिनीहरूका लागि, जीवन प्रवेश र स्वभाव रूपान्तरणको वजन कति हुन्छ? तिनीहरूको हृदयमा ठ्याक्कै केले जरा गाडेको हुन्छ? त्यसमा निश्‍चय नै पूराका पूरा शैतानी दर्शन र मानिसबाट पुस्तान्तरण गरिएका कुराहरू, साथै परमेश्‍वरप्रतिको विश्‍वासबारे तिनीहरूका धारणा र कल्पनाहरू हुन्छन्। यदि यी कुराहरूले मानिसहरूको हृदयको गहिराइमै जरा गाडेमा, तिनीहरूलाई सत्यता स्विकार्न एकदमै कठिन हुनेछ। तिनीहरू माथिले तिनीहरूलाई कसरी हेर्छन्, माथिले तिनीहरूको सराहना गर्छन् कि गर्दैनन्, तिनीहरू परमेश्‍वरको हृदयमा छन् कि छैनन्, अनि परमेश्‍वरले तिनीहरूलाई चिन्नुहुन्छ कि चिन्नुहुन्‍न भन्‍ने कुरालाई सधैँ ख्याल गर्छन्। तिनीहरू अरू मानिसहरूलाई पनि त्यही तरिकाले हेर्छन्: तिनीहरू माथिले ती मानिसहरूको सराहना गर्छन् कि गर्दैनन्, अनि परमेश्‍वर ती मानिसहरूसँग प्रसन्न हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरा हेर्छन्—तिनीहरू मानिसहरूलाई तिनीहरू जो हुन् त्यसका आधारमा भिन्नभिन्नै व्यवहार गर्छन्। तिनीहरूको हृदयले सधैँ यिनै कुराहरूलाई महत्त्व दिँदा, सत्यताले तिनीहरूमा कति नै प्रभाव पार्न सक्छ र? सधैँ यिनै स्थितिहरू र संसारसँग व्यवहार गर्ने यी दर्शनहरूमा जिउने मानिसहरूले वास्तवमा के पछ्याइरहेका हुन्छन्? के तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए तिनीहरू आफ्नो जीवन केअनुसार जिउँछन् त? (तिनीहरू संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूअनुसार जिउँछन्।) तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्, तैपनि तिनीहरू आफूसँग ज्ञान छ, आफू शिक्षित र बुद्धिमानी छु भन्ठान्छन्, अनि भित्रभित्रै निकै रमाइलो महसुस गर्छन्। तिनीहरू परमेश्‍वरको घरलाई केका रूपमा हेर्छन्? (समाजका रूपमा हेर्छन्।) तिनीहरू त्यसलाई समाज ठान्छन्। तिनीहरूले अझै पनि यो विचार त्यागेका छैनन्। त्यसोभए, तिनीहरूले यी समस्याहरू कसरी सुल्झाउँछन् त? यो मानिसहरूले केवल परमेश्‍वरका वचनहरू पढ्ने र परमेश्‍वरले खुलासा गर्नुभएका तथ्यहरू अनुमोदन गर्ने मामला होइन। तिनीहरूले काँटछाँट, परीक्षा र शोधन पनि अनुभव गर्नैपर्छ। तिनीहरूले आफ्नो प्रकृति सार, पुँजी, वरदान, ज्ञान र योग्यताको सार स्पष्ट रूपमा बुझेर, यी कुरालाई त्यागेर, परमेश्‍वरका वचनहरूमा हुने सत्यतालाई स्विकार्नु र सत्यताअनुसार जिउनु पनि पर्छ। त्यसपछि मात्र भ्रष्ट स्वभावको समस्या समाधान गर्न सकिन्छ।

सत्यता पछ्याउनु सजिलो मामला होइन। मानिसहरूले कामकुराहरू परमेश्‍वरका वचनहरूअनुसार हेर्न सिक्नैपर्छ। विगतमा, मानिसहरूमा धेरै गलत विचार थिए। यदि तिनीहरूले सत्यताको खोजी गरेनन् भने, तिनीहरूलाई ती बोध नै गर्नेछैनन्, र तिनीहरू अझै पनि पहिलेजस्तै गरी आफूलाई सही ठान्दै, अहङ्कारी र आत्मधर्मी हुँदै, अघि बढिरहनेछन्, त्यो बेला तैँले तिनीहरूको काँटछाँट गरिस् भने पनि, तिनीहरूले आफ्नो गल्ती मान्नेछैनन्। सत्यता नपछ्याउने मानिसहरूले जुन दृष्टिकोणले कामकुराहरूलाई हेर्ने गर्छन्, त्यो परिवर्तन गर्न निकै गाह्रो हुन्छ। उदाहरणका लागि, तिनीहरूले मण्डलीमा पहिले कुनै कम्पनी हाँकेको व्यक्ति देखे भने, तिनीहरूको हृदयमा आदर र सह्रनीका भावनाहरू पैदा हुन्छन्। तिनीहरू यस्ता मानिसहरूको ईर्ष्या, सराहना, सम्मान र श्रद्धासमेत गर्छन्। तिनीहरूको हृदयमा त्यस व्यक्तिको हैसियत हुन्छ। यस्तो अवस्थामा के गर्नुपर्छ? तैँले यस व्यक्तिलाई खुट्टयाउनुपर्छ, र उसलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ, र ऊ सत्यतालाई प्रेम गर्ने र पछ्याउने, अनि आदरयोग्य व्यक्ति व्यक्ति हो कि होइन भनी हेर्नुपर्छ। यदि, ऊसँग अन्तरक्रिया गरेपछि र उसलाई खुट्टयाएपछि, तैँले ऊ यसखालको व्यक्ति होइन भन्‍ने पत्ता लगाइस् भने, तैँले आफ्नो हृदयमा उप्रान्त उसको आदर गर्नेछैनस्, र उसलाई उच्च सम्मान दिनेछैनस्। तैँले उसलाई सामान्य रूपमा व्यवहार गर्नुपर्छ र ऊसँग सामान्य तवरमै अन्तरक्रिया गर्नुपर्छ। उसलाई सामान्य रूपमा व्यवहार गर्नु भनेको के हो? त्यो भनेको उसलाई सही तरिकाले व्यवहार गर्न सक्नु हो। मानिसहरूको हृदय तिनीहरूका आफ्नै प्राथमिकता, चाहना, र पछ्याइहरूले भरिएको हुन्छ र तिनीहरूका मूल्यमान्यता कैयौँ सूक्ष्म व्यवहारहरूमा प्रकट हुन्छन्। यदि तिनीहरूले श्रद्धा गर्ने कुनै व्यक्ति छ भने, तिनीहरूले ऊबारे कुरा गर्दा, तिनीहरूका शब्दहरू विशेष रूपमा शिष्ट र विनम्र हुनेछन्, अनि तिनीहरूले उनीहरूलाई विशेष आदरसाथ सम्बोधन गर्नेछन्। यसले के सङ्केत गर्छ? यसले तिनीहरूको हृदयमा त्यो व्यक्तिको हैसियत छ, र उसले त्यो व्यक्तिलाई सम्मान गर्छ भन्‍ने देखाउँछ। यसबाहेक, तिनीहरूले अरू कुरा पनि भन्छन्। तिनीहरू प्रायः यसो भन्छन्, “यो व्यक्ति त पहिले अधिकारी थियो। यदि ऊ परमेश्‍वरको घरमा आयो र उसलाई सामान्य व्यक्तिझैँ गरी व्यवहार गरियो भने, त्यो ऊप्रतिको अनुचित व्यवहार हुनेछ।” तिनीहरूलाई मनमा के लाग्छ भने, परमेश्‍वरको घरले प्रतिभावान् व्यक्तिहरूलाई महत्त्व दिँदैन। यस्तो विशिष्ट व्यक्तित्व आफूलाई विनम्र बनाएर परमेश्‍वरको घर आउन, विश्‍वासी बन्न र कर्तव्य निर्वाह गर्न सक्यो, तैपनि कसैले उसको सम्मान वा बढुवा गरेन, र माथिले उसलाई दाजुभाइ-दिदीबहिनीहरूसँग परिचय गराउन विशेष ध्यान पनि दिएनन्। तैँले तिनीहरूलाई त्यो व्यक्तिको कर्तव्य कस्तो हुँदै छ भनी सोध्दा, तिनीहरू यसो भन्छन्, “यी व्यक्तिको आफ्नै कम्पनी थियो, अनि यिनको मातहतमा हजारौँ मानिसहरू थिए। यति थोरै काम गर्नु यिनका लागि केही पनि होइन। परमेश्‍वरको घरमा यिनीभन्दा उच्च क्षमता भएको कोही पनि छैन। यिनी विशिष्ट व्यक्ति हुन्। परमेश्‍वरको घरमा विशिष्ट व्यक्तिहरू नै छैनन्।” यो कस्तो गफ हो? तिनीहरूलाई के लाग्छ भने गैरविश्वासी संसारमा विशिष्ट व्यक्ति हुन्छन्, तर परमेश्‍वरको घरमा हुँदैनन्। परमेश्‍वरको घरका मानिसहरूसँग सत्यता हुन्छ—के गैरविश्वासी संसारका मानिसहरूसँग सत्यता हुन्छ त? तँ गैरविश्वासी संसारमा विशिष्ट व्यक्तिहरू हुन्छन् भन्छस्, त्यसोभए तँ किन विशिष्ट व्यक्तिहरूमै विश्‍वास गर्दैनस् त? तँ यहाँ परमेश्‍वरमा विश्‍वास गर्न किन आएको? तँसँग परमेश्‍वरबारे धारणाहरू छन्, र तँ तुरुन्तै गैरविश्वासी संसारमा फिर्ता गइहाल्नुपर्छ। तिनीहरूले यस्ता कुराहरू बोल्न सक्नु भनेको के त्यो शैतानको आवाज होइन र? यो शैतानकै आवाज हो। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरको घरमा आउँछन् तर शैतानलाई उच्च पार्छन्। तिनीहरूले करिबकरिब यसो भनिसकेका छन्, “यदि कुनै प्रसिद्ध व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ भने, ऊ सबैभन्दा उच्च क्षमता भएको व्यक्ति हुनेछ। यदि उसलाई सिद्ध पार्न सकिँदैन भने, हाम्रो कुनै आशा हुँदैन। तिनीहरूका नजरमा त हामी केही पनि होइनौँ।” तिनीहरूको हृदय र नजरमा, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू गैरविश्वासी संसारका प्रसिद्ध मानिसहरू, व्यवसायी र अधिकारीजति असल हुँदैनन्। केवल ती मानिसहरू मात्रै विशिष्ट हुन्छन्, र उनीहरूको मात्रै वजन हुन्छ। तिनीहरूले भनेका कुराहरूको भित्री अर्थ बुझ्दा, के तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् त? (होइनन्।) तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, तिनीहरूका विचार र सोचहरू, संसारबारे तिनीहरूका रायहरू, र प्रसिद्ध मानिस र विशिष्ट व्यक्तिहरूबारे तिनीहरूका राय र विचारहरू परिवर्तन हुँदैनन्। के तिनीहरूले सत्यता पाएका हुन्छन् त? के तिनीहरूसँग जीवन प्रवेश हुन्छ त? (हुँदैन।) यी मानिस के हुन्? (अविश्‍वासी।) तिनीहरू अविश्‍वासी हुन्। तिनीहरू यहूदा र गद्दार हुन्! तिनीहरूका मनमा, परमेश्‍वर सर्वोच्‍च हुनुहुन्‍न र सत्यता पनि सर्वोच्‍च हुँदैन। बरु, सांसारिक शक्ति, इज्जत, ख्याति र प्राप्ति सर्वोच्‍च हुन्छन्। यो व्यक्ति गद्दार हो। यी यहूदाका सोच र विचारहरू हुन्। यी शैतानका सोच र तर्कहरू हुन्। यी मानिसहरूले सत्यता बुझ्ने सके पनि, तिनीहरूका सोच र विचारहरू परिवर्तन हुनेछैनन्। तिनीहरू प्रतिष्ठा, हैसियत र शक्ति पछ्याउँछन्। जब तँ यस्तो व्यक्तिको छेउछाउ हुन्छस्, उसले तँसँग बोल्दा उसको हाउभाउ सही हुँदैन, अनि त्यसले तँलाई यस्तो महसुस गराउँछ: यो व्यक्तिसँग नजिकिन गाह्रो छ, र उसका लागि औसत व्यक्ति अदृश्य हुन्छ। त्यसैले, ऊ परमेश्‍वरबारे यति धेरै धारणाहरू राख्न सक्छ। परमेश्‍वरले जति नै धेरै सत्यता व्यक्त गर्न सक्‍नुभए पनि, उसको हृदयमा परमेश्‍वर र ऊबीच सधैँ छेकबार हुन्छ। ऊ देहधारी परमेश्‍वरको सामान्य मानवता मामुली छ, र विशाल वा शक्तिमान्‌ पटक्कै छैन भन्ठान्छ। त्यसैले ऊ ज्ञान र वरदानको श्रद्धा गर्न, र महान् व्यक्तित्वहरूको पूजा गर्न सक्छन्। जब शैतानी स्वभावले भरिएका यस्ता अहङ्कारी, अहमी, र अभिमानी मानिसहरूले सामान्य मानवता भएको र सत्यताले भरिपूर्ण ख्रीष्टलाई देख्छन्, तिनीहरू कसरी पो उहाँसामु शिर झुकाउन र उहाँको आराधना गर्न सक्छन् र? भित्रभित्रै तिनीहरू यस्तो सोच्छन्, “तपाईँ परमेश्‍वर हुनुहुन्छ। तपाईँसँग सत्यता मात्र छ, ज्ञान छैन। मसँग वरदानहरू छन्; मेरो ज्ञान तपाईँको भन्दा विकसित छ; मेरा प्रतिभाहरू तपाईँका भन्दा विकसित छन्। कामकुराहरू सम्हाल्ने मेरो क्षमता तपाईँको भन्दा बलियो छ, र म बाहिरी संसारसँग तपाईँभन्दा राम्ररी बोल्न सक्छु।” जब तिनीहरूले मण्डलीमा केही काम गर्छन्, जब तिनीहरूसँग केही पुँजी हुन्छ, वा जब तिनीहरूले केही योगदान गर्छन्, तिनीहरू परमेश्‍वरलाई झन् कम ठान्छन्। के यो सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) सत्यता नपछ्याउने मानिसहरूले विभिन्न किसिमका कुरूप व्यवहारहरू प्रदर्शन गर्छन्, र तिनीहरूमा रत्तीभर समझ हुँदैन। त्यसैले तिनीहरू प्रायः मानिस, घटना, र कामकुराहरूका बाह्य परिघटनामा अल्झिन्छन्—तिनीहरू एकैछिनमा परमेश्‍वरलाई सही ठान्छन्, एकैछिनमा गलत ठान्छन्; एकैछिनमा परमेश्‍वर हुनुहुन्छ भन्ठान्छन्, एकैछिनमा परमेश्‍वर नै हुनुहुन्न भन्ठान्छन्; एकैछिनमा स्वर्गहरू र पृथ्वी अनि यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने परमेश्‍वर नै हुनुहुन्छ भन्ठान्छन्, एकैछिनमा स्वर्गहरू र पृथ्वी अनि यावत् थोकमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरामा शङ्का गर्छन्। तिनीहरूको हृदय सधैँ द्वन्द्वमा र सङ्घर्षरत हुन्छ। दोस्रो प्रकारको यो व्यक्तिमा आत्मिक बुझाइ भए पनि र उसले सत्यता एकदमै सतही रूपमा बुझे पनि—जुन आफैमा केवल शब्द र धर्मसिद्धान्त हो, र यो अझै पनि थोरबहुत बोध क्षमता भएका रूपमा गनिन्छ—उसले यसरी केही सत्यता बुझे पनि, तिनको अभ्यास कहिल्यै गर्दैन। अनि, उसका प्रकटीकरणहरू केके हुन्छन्? कामको पछ्याइ, आशिषित हुने पछ्याइ, आफ्नो अस्पष्ट आस्था र आत्मिक भरणपोषण पूरा गर्ने पछ्याइ, र प्रतिष्ठा र हैसियतको पछ्याइ। यो दोस्रो प्रकारको व्यक्ति हो।

तेस्रो प्रकारका मानिसहरू भनेका आत्मिक बुझाइ भएका र सत्यता पछ्याउने मानिसहरू हुन्। आत्मिक बुझाइ भएका मानिसहरूले परमेश्‍वरका वचनहरूले के भनिरहेका छन् भनेर बुझ्न, परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका विभिन्न स्थितिहरू लिएर आफूसँग तुलना गर्न, र आफ्नो स्थितिमा समस्याजनक कुरा के छ भनी पहिचान गर्न सक्छन्। तर, आफूसँग तुलना गर्न सक्ने हुँदैमा, तँ सत्यता पछ्याउने व्यक्ति होस् भन्‍ने हुँदैन। यदि तैँले आफूसँगका तुलना गरिसकेपछि, सत्यता अभ्यास गर्छस् र त्यसमा प्रवेश गर्छस् भने मात्र, तँ सत्यता पछ्याउने व्यक्ति होस्। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, र आफूले बुझेका परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूलाई सत्यतामा प्रवेश गर्ने आधारका रूपमा साँच्चै प्रयोग गर्न सक्छन् भने, यस्ता मानिसहरूले सत्यता पछ्याउने सन्दर्भमा आफूलाई कसरी प्रकट गर्छन्? एक हिसाबमा, तिनीहरू परमेश्‍वरको आज्ञा स्विकार्न र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छन्। अर्का हिसाबमा, तिनीहरू परमेश्‍वरले खडा गर्नुभएका परिस्थितिहरू सामना गर्दा सत्यता खोजी गर्न र समर्पणता हासिल गर्न सक्छन्। अर्को पक्ष भनेको तिनीहरूले आफ्नो दैनिक जीवनका स्थिति र प्रकटीकरणका हरेक पक्ष जाँच्नुलाई महत्त्व दिन्छन्, अनि त्यसपछि परमेश्‍वरका वचनहरूअनुसार आफूसँग तुलना गर्न सक्छन्, समस्याहरू सुल्झाउन सक्छन्, अनि हरेक मामला सम्हाल्ने तरिकामा सिद्धान्तपरक हुने, र हरेक मामलामा अभ्यासको मार्ग हुने विन्दुसम्म पुग्न सक्छन्। उदाहरणका लागि, यसअघि मैले पावलका सात मुख्य पापहरू सङ्गति र चिरफार गरेँ, तिमीहरूले त्यसलाई आफूसँग तुलना गर्न, त्यसलाई साँच्चै बुझ्न, त्यसलाई अभ्यास गर्न र त्यसमा प्रवेश गर्न सक्‍ने भएको हुनैपर्छ। आफूसँग तुलना गर्ने कार्य र जीवन प्रवेश एकअर्कासँग घनिष्ठ रूपमा गाँसिएका हुन्छन्। आफूसँग तुलना गर्न सक्नु भनेको जीवन प्रवेशको द्वार हो। तैँले त्यो द्वार पार गरेपछि कसरी प्रवेश गर्छस् भन्‍ने कुरा तैँले सत्यताको यो पक्ष बुझ्छस् कि बुझ्दैनस् भन्‍नेमा निर्भर हुन्छ। तैँले सत्यताको एउटा पक्ष बुझ्न सक्दा, तँ वास्तविकताको एउटा पक्षमा प्रवेश गर्न सक्छस्, र तैँले सत्यताको दुइटा पक्ष बुझ्न सक्दा, तँ वास्तविकताको दुइटा पक्षमा प्रवेश गर्न सक्छस्। यदि तँ धर्मसिद्धान्त मात्र बुझ्छस् तर तँसँग प्रवेशका सिद्धान्तहरू छैनन् भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। तसर्थ, तैँले पहिला धेरै सत्यताहरू बुझ्नु महत्त्वपूर्ण हुन्छ। तैँले ती सत्यताहरू कसरी बुझ्न सक्छस्? तैँले परमेश्‍वरका धेरै वचनहरू पढ्नैपर्छ, उहाँका वचनहरू मनन गर्नैपर्छ, ती र तेरो वास्तविक जीवन र तैँले निर्वाह गर्ने कर्तव्यहरूको बीच सम्बन्ध पहिचान गर्नैपर्छ, अनि अभ्यासका सिद्धान्तहरू, र अभ्यासको मार्ग भेट्टाउनैपर्छ। त्यसपछि, वास्तविकतामा प्रवेश गर्न सजिलो हुनेछ। यदि कुनै वास्तविक समस्याहरू छन् भने, तैँले तिनलाई परमेश्‍वरका वचनहरूको सान्दर्भिक खण्डसँग तुलना गरेर समाधान गर्नैपर्छ। यदि तँसँग परमेश्‍वरबारे धारणा वा गलतफहमीहरू छन् भने, परमेश्‍वरका वचनहरूसँग तुलना गर्नु, र ती धारणा वा गलतफहमीहरू कुन तरिकामा वास्तवमै गलत छन्, र ती कुन प्रकृतिका समस्याहरू हुन् भनी खुट्ट्याउन सक्‍नु झनै बढी आवश्यक हुन्छ। तैँले यी समस्याहरू चिरफार गर्न, त्यसपछि तिनलाई हल गर्नका लागि सम्बन्धित सत्यताहरू खोजी गर्न सक्नैपर्छ। जीवन प्रवेशको मार्ग यही हो। पावलले अति धेरै काम काम गरे, तर के ऊसँग जीवन प्रवेशको मार्ग थियो त? बिलकुलै थिएन। अनि, पावलका सात मुख्य पापहरूमध्ये पहिलो पाप के थियो? उसले मुकुटको पछ्याइ र आशिष्‌को पछ्याइलाई उचित उद्देश्य मान्यो। आशिष्‌को पछ्याइलाई उद्देश्य मान्नु कुन तरिकाले गलत हुन्छ? यो पूर्णतः सत्यताविरुद्ध जान्छ, र यो मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायअनुरूप छैन। आशिषित हुनु मानिसहरूका लागि पछ्याउने उचित उद्देश्य नभएकाले, उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तन पछ्याउनु, र परमेश्‍वरका सबै योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्षम हुनु: मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणका लागि, मानौँ तँलाई काटछाँट गरिएकाले तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ समर्पित हुन असमर्थ बन्छस्। तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्‍ने लाग्छ। तँ नकारात्मक र उद्विग्न बन्छस्, र आफ्‍नो कामबाट विमुख हुन र कर्तव्य त्याग्न चाहन्छस्। यसको कारण के हो? तेरो पछ्याइमा समस्या छ। त्यसोभए यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्‍नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्‍नुपर्छ, “म आफ्नो कामबाट बिमुख हुनुहुँदैन, मैले अझै पनि सृजित प्राणीले गर्नुपर्ने कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो चाहनालाई पन्छ्याउनुपर्छ।” जब तैँले आशिषित हुने चाहना त्याग्छस्, र तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकता हुन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसले आफूलाई बाँध्न दिँदैनस्, र हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो पछ्याइको उद्देश्यलाई सत्यताको पछ्याइमा परिणत गर्छस्, र तँ मनमनै सोच्छस्, “सत्यता पछ्याइ सृजित प्राणीको कर्तव्य हो। आज निश्‍चित सत्यताहरू बुझ्‍नुजत्तिको महान् फसल अरू कुनै हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष्‌ हो। यदि परमेश्‍वरले मलाई चाहनुहुन्‍न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचुर हुन्छ भने पनि, मैले अझै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछु, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, म यसलाई मेरो उचित कर्तव्य निर्वाहमा असर गर्न दिनेछैनँ, म यसलाई परमेश्‍वरको आज्ञा पूरा गर्नमा असर गर्न दिनेछैनँ; म यही सिद्धान्तअनुसार आफूलाई आचरणमा ढाल्छु।” अनि के यसरी, तैँले देहका बन्धनहरूलाई पार गरेको हुँदैनस् र? कतिपयले भन्लान्, “म अझै नकारात्मक छु भने के गर्ने?” त्यसो भए, यसलाई समाधान गर्न फेरि सत्यता खोजी गर्। तँ जति धेरैपटक नकारात्मक बने पनि, यदि तँ यसलाई समाधान गर्न सत्यता खोजी गरिरहन्छस्, र सत्यताप्रति लागिपरिरहन्छस् भने, तँ बिस्तारै तेरो नकारात्मकताबाट बाहिर आउनेछस्। अनि एक दिन, तैँले तँमा आशिष्‌हरू पाउने चाहना छैन र तँ तेरो गन्तव्य र परिणामद्वारा बाँधिएको छैनस्, र यसरी जिउनु अझ सहज र स्वतन्त्र हुन्छ भन्ने अनुभूति गर्नेछस्। हरदिन आशिष्‌हरू र आफ्नो गन्तव्य प्राप्त गर्ने उद्देश्यले तैँले जिएको तेरो पहिलाको जीवन तँलाई थकाइलाग्दो थियो भन्ने महसुस हुनेछ। हरदिन आशिष्‌ पाउनका लागि बोल्नु, काम गर्नु र दिमाग खियाउनु—यसबाट अन्त्यमा तैँले के नै पाउनेथिस् र? यस्तो जीवनको के मूल्य छ? तैँले सत्यता पछ्याइनस्, बरु आफ्ना सबै सर्वोत्कृष्ट दिनहरू महत्त्वहीन कुराहरूमा खेर फालिस्। अन्त्यमा, तैँले कुनै सत्यता प्राप्त गरिनस्, र अनुभवात्मक गवाहीबारे बताउन सकिनस्। तैँले आफूलाई मूर्ख बनाइस्, पूर्णतया अपमानित भइस् र असफल भइस्। अनि वास्तवमा यसको कारण के हो त? आशिष्‌हरू प्राप्त गर्ने तेरो अभिप्राय असाध्यै बलियो थियो, तेरो परिणाम र गन्तव्यको सोचले तेरो हृदय ओगटेको र तँलाई एकदमै बलियोसँग जकडेको थियो। तैपनि तँ तेरा सम्भाव्यताहरू र नियतिको बन्धनबाट बाहिर आउने समय आउँदा, तैँले सबै थोकलाई पछि छोडेर परमेश्‍वरलाई पछ्याउन सक्‍नेछस्। तैँले कहिले ती कुरालाई पूरै त्याग्‍न सक्‍नेछस्? तेरो जीवन प्रवेश निरन्तर गहिरिँदै जाँदा, तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्नेछस्, र त्यही बेला तँ ती कुरा पूरै त्याग्‍न सक्षम हुनेछस्। कतिपयले भन्छन्, “म आफूले चाहेको बेला ती कुरा त्याग्‍न सक्छु।” के यो प्राकृतिक नियमसँग मेल खान्छ? (खाँदैन।) अरूले भन्छन्, “मैले यो सब रातारात पत्ता लगाएँ। म सरल व्यक्ति हुँ, बाँकी तिमीहरूजस्तो जटिल वा नाजुक छैनँ। तिमीहरूका महत्त्वाकाङ्क्षा र चाहना अति ठूला छन्, जसले तिमीहरू मभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएका छौ भन्‍ने देखाउँछ।” के परिस्थिति यही हो त? होइन। सबै मानवजातिसित एउटै भ्रष्ट प्रकृति हुन्छ, यसको गहनतामा कुनै अन्तर हुँदैन। एउटै अन्तर भनेको तिनीहरूमा मानवता छ कि छैन, र तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भन्‍ने हो। सत्यतालाई प्रेम गर्ने र स्विकार्नेहरू आफ्नो भ्रष्ट स्वभावबारे तुलनात्मक रूपमा गहिरो, स्पष्ट ज्ञान प्राप्त गर्न सक्षम हुन्छन्, अनि अरूले चाहिँ भूलवश त्यस्ता मानिसहरूलाई गहन रूपमा भ्रष्ट छन् ठान्छन्। सत्यतालाई प्रेम नगर्ने वा नस्विकार्नेहरूले सधैँ तिनीहरूमा भ्रष्टता नै छैन, र अलिकति बढी असल व्यवहारहरू देखाएमा, तिनीहरू पवित्र मानिस हुनेछन् भन्ठान्छन्। यो दृष्टिकोण अवश्य नै अमान्य छ—वास्तवमा, तिनीहरूको भ्रष्टता सतही हुने होइन, बरु तिनीहरू सत्यता बुझ्दैनन् अनि तिनीहरूमा आफ्नो भ्रष्टताको सार र सत्यताबारे स्पष्ट ज्ञान नै छैन। सङ्क्षेपमा भन्‍नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नका लागि, व्यक्तिले सत्यता स्वीकार गर्नैपर्छ, अनि सत्यता अभ्यास गरेर वास्तविकतामा प्रवेश गर्नैपर्छ, र आफ्नो पछ्याइको गलत दिशा र मार्गलाई बदल्न सक्‍नुअघि, अनि आशिष्‌हरू पछ्याउने र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्‍नुअघि, आफ्नो जीवन स्वभावमा परिवर्तनहरू हासिल गर्नैपर्छ। यसरी व्यक्ति परमेश्‍वरबाट मुक्ति दिइएको र सिद्ध पारिएको हुन्छ। मानिसलाई न्याय गर्न र शुद्ध पार्न परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताले यही उद्देश्यतर्फ काम गर्छन्।

अहिले, के तिमीहरूमध्ये कसैलाई अझै पनि परमेश्‍वर बन्ने चाहना छ? (छैन।) के यो चाहना नहुनुको कारण तैँले त्यस्तो दुस्साहस गर्नै नसकेर हो, कि तँसँग आशा वा उचित पृष्ठभूमि र वातावरण नभएर हो? यो भन्न गाह्रो छ। सर्वप्रथम, परमेश्‍वर बन्ने चाहनालाई सक्रिय रूपमा पछ्याउने कोही पनि छैन भन्‍ने कुरा निश्‍चित भयो। तर, विशेष परिस्थितिहरूमा, यदि तेरो सम्मान गर्ने, तँलाई उच्च पार्ने र वाहवाही गर्ने र तँलाई स्याबासी दिने मानिसहरू हुन्थे, र तिनीहरूका हृदयमा तेरो हैसियत हुन्थ्यो, र तिनीहरूले अचेत रूपमै तँलाई एक खालको सिद्ध र महान् छविका रूपमा स्थापित गर्थे भने—तिनीहरूले तँ परमेश्‍वर होस् भनी गवाही नदिए पनि, अनि तिनीहरूलाई तँ मानव नै होस् भन्‍ने थाहा भए पनि, तिनीहरू अझै पनि तँलाई गर्थे, तँलाई पालन गर्थे, अनि तँलाई परमेश्‍वरलाई झैँ व्यवहार गर्थे भने—तँलाई भित्र कस्तो महसुस हुनेथ्यो? के तैँले अत्यधिक आनन्द र सन्तुष्टि महसुस गर्नेथिइनस् र? (गर्नेथिएँ।) तँमा अझै पनि यो चाहना छ भन्‍ने पुष्टि गर्न यही नै काफी हुन्छ। भ्रष्ट स्वभाव हुने हरकसैमा परमेश्‍वर बन्ने चाहना हुन्छ। कुरा के मात्र हो भने, कसैले पनि तँलाई परमेश्‍वरजसरी व्यवहार नगर्दा, तँलाई तँ योग्य छैनस् भन्ने महसुस हुन्छ। जब तैँले तँ योग्य छस्, वातावरण सही छ, र अवस्थाहरू पर्याप्त छन् भन्‍ने लाग्छ, तैँले आफूलाई त्यस पदमा उचाल्नेछस्। अथवा, तैँले आफूलाई त्यसरी उचाल्नेछैनस् होला, तर जब अरू मानिसहरूले एकाग्र भई तँलाई माथि उचाल्छन्, के तँ अझै पनि नम्रै रहनेछस् त? तैँले त्यो उठाइ “विनासङ्कोच” स्विकार्नेछस्। यहाँ के भइरहेको छ? शैतानको प्रकृति मानिसहरूभित्र गहिरो रूपमा गडिसकेको छ, र यो हल नभइकन रहन्छ—मानिसहरू कहिल्यै मानिस हुन चाहँदैनन्, तिनीहरू सधैँ परमेश्‍वर हुन चाहन्छन्। के व्यक्तिले चाहेरै ऊ परमेश्‍वर बन्न सक्छ त? शैतान सधैँ परमेश्‍वर बन्न चाहन्थ्यो, अनि त्यसलाई के भयो? त्यसलाई स्वर्गबाट धर्तीमा फ्यालियो। परमेश्‍वर बन्‍न चाहेका कारण शैतानको नियति त्यस्तो भयो। मलाई भन त, म आफ्नो पहिचान, हैसियत र सारबारे कस्तो महसुस गर्छु? तिमीहरूलाई निश्चय नै थाहा छैन। म केही पनि महसुस गर्दिनँ; सबथोक एकदम सामान्य छ। देहधारी परमेश्‍वर अत्यन्तै व्यावहारिक र सामान्य हुनुहुन्छ। उहाँबारे कुनै कुरा अलौकिक कुरा छैन, उहाँमा कुनै निश्चित भावनाहरू हुँदैनन्। तँलाई थाहा छ तैँले के सोच्छस्; तँलाई थाहा छ तँलाई के मनपर्छ; तँ कुन परिवारमा जन्मिस्, तेरो उमेर कति भयो, र तैँले कति शिक्षा पाएको छस्, र तँ कस्तो देखिन्छस् भन्ने तँलाई थाहा छ। तर के तँलाई तेरो भित्री सार के हो त्यो थाहा हुनु सामान्य हो, कि त्यो थाहा नहुनुचाहिँ सामान्य हो? (त्यो थाहा नहुनु सामान्य हो।) यसबारे कुनै भावना नहुनु सामान्य हो। यसबारे भावना हुनु त अलौकिक हुनेथियो। यो देह हुनेथिएन, र यो सामान्य मानवता हुनेथिएन। अलौकिकता असामान्य हो। सधैँ असामान्य तरिकाले आफूलाई व्यक्त गर्ने र असामान्य भावना हुनेहरू दुष्टात्मा हुन्, नश्‍वर प्राणी होइनन्। कतिपय मानिसहरू मलाई म को हुँ भन्ने थाहा छ कि छैन भनी सोध्छन्। मलाई भन त, के मलाई त्यो थाहा हुन्छ? के मलाई त्यो थाहा हुनुपर्छ? मसँग तर्क छ, अनि सामान्य मानवताका सोच्ने तरिकाहरू छन्। मसँग सामान्य सोचहरू छन्, र मेरो देहको सामान्य दिनचर्या छ। ममा सामान्य मानवताको विवेक, चेतना र निसाफ छ, अनि सामान्य मानवताको आत्मआचरण अँगाल्ने, मामलाहरू सम्हाल्ने र अरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू छन्। यी कुराहरू सब प्रस्ट छन्। अनि, कामकुराहरू कसरी गर्ने, फरक-फरक मानिसहरूसित कसरी व्यवहार गर्ने, मानिसहरूलाई कसरी सहयोग गर्ने, र कुन मानिसहरूलाई सहयोग गर्ने भन्‍ने सन्दर्भमा, मसँग यी सबै सिद्धान्तहरू छन्। सामान्य मानवतामा जिउनु अनि मैले गर्नुपर्ने कामकुराहरू गर्नु सामान्य मानवता हो। यसमा अलौकिक केही छैन। परमेश्‍वर अलौकिक कार्यहरू गर्नुहुन्न। मलाई थाहा नहुनु सामान्य कुरा हो। मलाई थाहा भएको भए, समस्या पैदा हुनेथ्यो। अनि, किन समस्या पैदा हुनेथ्यो? यदि मलाई थाहा भएको भए भने, त्यसले ममा बोझ दिनेथियो, अत्यन्तै धेरै मामलाहरू उल्झिनेथिए, र ती एकअर्कासँग बेमेलको स्थितिमा हुन्थे, किनभने मलाई थाहा भएको पाटो देहको वा भौतिक संसारको हुनेथिएँ, त्यो अलौकिक हुनेथ्यो, र त्यो यस संसारका मामलाहरूसँग बेमेलको स्थितिमा हुनेथ्यो। त्यो त केही मानिसहरूले आत्मिक क्षेत्रमा हुने कुराहरू देख्न सकेजस्तै हो। तिनीहरू देहमा र भौतिक संसारमा जिउँछन्, तैपनि अमानव, अभौतिक संसार देख्छन्। तिनीहरू दुईवटा संसारहरू देख्न सक्छन्, अनि केही अनौठा कुराहरू बोल्न सक्छन्। यो सामान्य होइन। यसले अरू मानिसहरूको सोच र काममा असर पार्छ। यसबाहेक, परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मानिसहरूका हकमा कुरा गर्नुपर्दा, तिनीहरूले आत्मिक क्षेत्रका मामलाहरूबारे थोरबहुत जान्नु अझै पनि आवश्यक नै हुन्छ। मानिसहरूले थाहा पाउन सक्दै-नसक्ने धेरै कुराहरू हुन्छन्, तर थाहा नहुनु वास्तवमा क्षति नै होइन; थाहा हुनु वा नहुनु दुवै ठिकै हो। परमेश्‍वरले पहिले नै नश्‍वर प्राणीहरूले बुझ्न, थाहा पाउन, र महसुस गर्न सक्ने कुराहरूलाई सीमित गरिदिनुभएको छ। परमेश्‍वरले तैँले थाहा पाउनुपर्नेभन्दा एक वाक्य पनि कम बोल्नुहुन्न—उहाँले तँलाई सबथोक बताउनुहुन्छ, र तेरो ज्ञानमा कमी गरेर छोड्नुहुन्न। तर, उहाँले तैँले थाहा पाउन आवश्यक नभएका कुराहरूलाई पूर्ण रूपमा बन्द गरेर राख्‍नुहुन्छ। उहाँले ती कुरा तँलाई बताउनुहुनेछैन, र तेरो मनमस्तिष्क खलबलाउनुहुनेछैन। अर्को पक्ष के हो भने, नश्‍वर प्राणीहरूका लागि, आत्मिक क्षेत्रका मामलाहरू रहस्यजस्तो, अनौठो परिघटनाजस्तो, वा छुट्टै संसारका मामलाहरूजस्तो हुन्छन्। मानिसहरूको हृदयमा, त्यसबारे थोरै जान्ने चाह हुन्छ, तर यो ज्ञानले तैँले के नै गर्न सक्छस् र? के तँ यसलाई पुष्टि गर्न सक्छस् र? के तँ यसको एउटा अंश बन्न सक्छस्? आत्मिक क्षेत्रका कैयौँ मामलाहरू गोप्य हुन्छन् र समय आउनुअघि तिनलाई प्रकाश गर्न मिल्दैन। यो कसैले पनि भाग लिन नसक्ने कुरा हो—थोरै जान्नु नै काफी हुन्छ। परमेश्‍वर यो संसार र यस मानवजातिमाथि सार्वभौम हुनुहुन्छ, र यहाँ अत्यन्तै धेरै रहस्यहरू छन्। हामीले परमेश्‍वरका वचन र सत्यताहरू, र उहाँका अभिप्राय बुझ्नुपर्छ; हामी सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ, हामीले मानिसहरूको पहुँच हुने परमेश्‍वरको सबै सार्वभौमिकताप्रति समर्पणता हासिल गर्नुपर्छ, र त्यसलाई बुझ्नु र चिन्नुपर्छ, र त्यसपछि परमेश्‍वरको डर मान्न र परमेश्वरलाई तेरो सृष्टिकर्ता मान्‍न, र परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्य मान्न सक्नुपर्छ, र अन्त्यमा, अय्यूबले बोलेका यी वचनहरू बोल्न सक्ने बन्‍नुपर्छ: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। मानिसहरूले यस्तो नतिजा हासिल गर्न के अनुभव गर्नैपर्छ? तिनीहरूले न्याय र सजाय, काँटछाँट, जाँच र शोधन अनुभव गर्नैपर्छ, अनि परमेश्‍वरले प्रबन्ध गर्नुहुने हरेक खालको परिस्थिति अनुभव गर्नैपर्छ, र त्यसबाट, तिनीहरूले परमेश्‍वरका कार्यहरू, उहाँको स्वभाव चिन्‍नुपर्छ, सृष्टिकर्ताको सार बुझ्‍नुपर्छ, अनि तिनीहरूले आफूले पढेका परमेश्‍वरका वचन वा सुनेका प्रवचनहरूसँग आफ्नो तुलना गर्न सक्नुपर्छ। अन्ततः, परमेश्‍वरले तिनीहरूलाई जसरी व्यवहार गर्नुभए पनि, उहाँले लैजानुभए पनि वा दिनुभए पनि, तिनीहरूले परमेश्‍वरका कार्यहरूबारे उचित र सही बुझाइ हासिल गर्छन्, र सृजित प्राणीहरूको चेतनासँग मिल्दो रूपमा ती कार्यहरूप्रति समर्पित हुन्छन् र तिनलाई स्वीकार गर्छन्। परमेश्‍वरको यही पूरा गर्ने लक्ष्य राख्नुहुन्छ।

अब हामी हाम्रो आजको सङ्गतिको विषयतिर फर्कौँ। सत्यता पछ्याउने र सत्यता नपछ्याउने मानिसहरूका प्रकटीकरणहरू आधारभूत रूपमा यी तीन प्रकारका हुन्छन्। मैले यी तीन प्रकारका मानिसहरूबारे विस्तृत भिन्नता बताइसकेको छु: पहिलो प्रकारका मानिसहरू आत्मिक बुझाइ नभएकाहरू हुन्; दोस्रो प्रकारका मानिसहरू आत्मिक बुझाइ भएका तर सत्यता नपछ्याउनेहरू हुन्; अनि तेस्रो प्रकारका मानिसहरू आत्मिक बुझाइ भएका र सत्यता पछ्याउनेहरू हुन्। यी तीन प्रकारका मानिसहरूमध्ये, कुनचाहिँको सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने र मुक्ति हासिल गर्ने आशा हुन्छ? (तेस्रो प्रकारका मानिसहरूको।) कुन प्रकारको व्यक्तिसँग सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने, अर्थात् ऊ विकसित भएर सत्यता वास्तविकताहरू भएको व्यक्तिमा विकसित हुने आशा हुन्छ? (दोस्रो प्रकारको व्यक्ति।) के त्यसोभए पहिलो प्रकारको व्यक्तिलाई प्रभावकारी रूपमै मृत्युदण्ड दिइएको हो त? के आत्मिक बुझाइ नभएका मानिसहरू आत्मिक बुझाइ भएका, वा आधा बुझाइ भएका मानिसहरूमा परिणत हुन सक्छन् त? आधा बुझाइ भएकाहरूसँग अलिकति आशा हुन्छ; तिनीहरू आत्मिक बुझाइ हुँदै नभएकाहरूभन्दा अलिक असल हुन्छन्। यी तीनै प्रकारका मानिसहरूमध्ये, कसले मुक्ति पाउने सबैभन्दा धेरै आशा हुन्छ? (तेस्रो प्रकारका मानिसहरूले।) अनि, दोस्रो प्रकारका मानिसहरूले नि? (त्यो तिनीहरूको व्यक्तिगत पछ्याइमा निर्भर हुन्छ। यदि तिनीहरूले साँच्चै कामकुरा सुल्ट्याउन, पश्‍चात्ताप गर्न अनि सत्यता पछ्याउन सके भने, तिनीहरूले मुक्ति पाउने आशा हुन सक्छ।) म तिमीहरूसित प्रस्ट कुरा गर्न चाहन्छु। तिमीहरूले अझै पनि दोस्रो प्रकारका व्यक्तिहरूबारे स्पष्टसित बुझेका छैनौ। दोस्रो प्रकारका मानिसहरूमा आत्मिक बुझाइ हुनेभए पनि, तिनीहरू सबै सत्यता नपछ्याउने मानिसहरू हुन्, र यो निर्णायक कुरा हो। तिनीहरूमा आत्मिक बुझाइ भए पनि वा नभए पनि, जबसम्‍म तिनीहरूले सत्यता पछ्याउँदैनन्, तबसम्‍म कुनै हालतमा पनि तिनीहरूले मुक्ति हासिल गर्न सक्दैनन्। यहाँ म आत्मिक बुझाइ नभएका पहिलो प्रकारका मानिसहरूबारे जोड दिन चाहन्छु। मानौँ कि तिनीहरूमा आत्मिक बुझाइ छैन, तर असल मानवता छ, र तिनीहरू इच्छुक भई परमेश्‍वरप्रति समर्पित हुन्छन्, परमेश्‍वरले भन्नुहुने हरेक कुरामा ध्यान दिन्छन्, अनि तिनीहरूसँग समर्पित हुने हृदय छ—कुरा के मात्र हो भने सत्यताको कुरा आउँदा तिनीहरूसँग बोध क्षमता नै हुँदैन—तर तिनीहरू परमेश्‍वरका केही वचनहरू बुझ्न सक्छन् र ती वचनहरूसँग आफूलाई तुलना गर्न, अनि ती अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्छन्। त्यस्ता मानिसहरूले मुक्ति पाउने आशा हुन्छ। केही समयसम्म त्यस्ता अनुभवहरू भोग्दै गएपछि तिनीहरूले बिस्तारै आत्मिक बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरू जति धेरै ध्यान लाएर परमेश्‍वरका वचनहरू पढ्छन्, पवित्र आत्माले तिनीहरूलाई उति नै बढी अन्तर्दृष्टि दिनुहुन्छ; तिनीहरूले परमेश्‍वरका वचनहरूबाट आफूले जे बुझ्छन् तिनलाई आफ्ना स्थितिहरूसँग तुलना गर्न सक्छन्, परमेश्‍वरको काँटछाँट, न्याय, सजाय, परीक्षा र शोधन स्विकार्न, यसका लागि मूल्य चुकाउन, र, अन्त्यमा, आफ्नो स्वभावमा तदनुरूप परिवर्तन हासिल गर्न सक्छन्। त्यस्ता मानिसहरू पनि सत्यता पछ्याउने व्यक्ति मानिन्छन्। तिनीहरू सत्यता पछ्याउने मानिसहरू मानिने भएकाले, के तिनीहरूसित मुक्ति पाउने आशा हुन्छ? (हुन्छ।) तिनीहरूसित आशा हुन्छ—त्यसकारण, त्यस्ता व्यक्तिहरूलाई “मृत्यु”मा धकेल्न सकिँदैन। यसविपरीत, सत्यता बुझ्न सक्ने र आफैलाई त्यससँग तुलना गर्न सक्ने, तैपनि कहिल्यै त्यसमा प्रवेश नगर्ने प्रकारका मानिसहरूको परिणाम के हुनेछ भनी भन्न गाह्रो छ। यो समस्याको जड के हो? (सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति।) यो सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो, जुन अनादर र तिरस्कार गर्ने किसिमको हुन्छ। “तिरस्कार” को अर्थ के हो? यसको अर्थ सत्यता स्वीकार नगर्नु हो; यसको अर्थ सत्यतालाई हेयका दृष्टिले हेर्नु हो। यसको अर्थ परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा नमान्नु, र तिनलाई गम्भीरतापूर्वक नलिनु हो। तिनीहरूले आफूले सुनेका कुरा जति नै धेरै बुझे पनि, सत्यता अभ्यास गर्दैनन्; र, तिनीहरूले जुनै हदसम्म आफैलाई तीसँग तुलना गरे पनि, र आफू कस्तो प्रकारको मानिस हुँ भनी समेत जाने पनि, अझै पश्‍चात्ताप गर्दैनन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको निर्णायक पक्ष सत्यता अभ्यास गर्नु हो भन्‍ने थाहा भए पनि, तिनीहरूका लागि “अभ्यास” भन्‍ने शब्द नै असान्दर्भिक हुन्छ। त्यस्ता मानिसहरूलाई सहजै मुक्ति दिन सकिँदैन।

अब, हामीले सत्यता पछ्याउनुलाई कसरी परिभाषित गर्नुपर्छ? सत्यता पछ्याउनु भनेको ठ्याक्कै के हो? मलाई कसले बताउन सक्छ? (परमेश्‍वरका वचनहरू स्विकार्न सक्नु, आत्मचिन्तन गर्न र आफूसँग तुलना गर्न परमेश्वरका वचनहरू प्रयोग गर्न सक्नु, अनि जीवन प्रवेश पनि हुनु। यसलाई मात्र सत्यता पछ्याएको मान्न सकिन्छ।) सही हो। सत्यता स्विकार्न र अभ्यास गर्न सक्षम हुने व्यक्ति मात्र सत्यता पछ्याउने व्यक्ति हो। यदि उसले परमेश्‍वरका वचनहरू स्विकार्न र आत्मचिन्तन गर्न सक्दैन भने, ऊसँग जीवन प्रवेश हुनेछैन, र ऊ सत्यता पछ्याउने व्यक्ति हुँदैन। तसर्थ, सत्यता पछ्याउनु र जीवन प्रवेशबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। यदि व्यक्तिले धेरै शब्द र धर्मसिद्धान्त बोल्न सक्छ, तर उसले कहिल्यै सत्यता पछ्याएको छैन, र ऊ परमेश्‍वरमा साँचो आस्था राख्दैन भने, अनि यदि उसलाई कुनै कुरा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू हो, र त्यो परमेश्‍वरबाट आउँछ भन्‍ने स्पष्ट रूपमा थाहा भए पनि, ऊ समर्पित हुँदैन, बरु प्रतिरोध, आलोचना, र विद्रोह गरिरहन्छ, र अझै शैतानी दर्शनहरूअनुसार जिउँछ, र आफ्नै प्राथमिकताअनुसार कामकुराहरू गर्छ भने, ऊ सत्यता पछ्याउने व्यक्ति होइन। कतिपय मानिसहरूसँग आत्मिक बुझाइ हुन्छ र तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, तर सत्यतालाई प्रेम गर्दैनन्, त्यसैले तिनीहरू सत्यता अभ्यास गर्दैनन्—त्यस्ता मानिसहरू सत्यता पछ्याउनेहरू होइनन्। कतिपय मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन्, तर तिनीहरूको क्षमता अति नै कमजोर हुन्छ, र तिनीहरू सत्यतासम्म पुग्नै सक्दैनन्। नतिजास्वरूप, तिनीहरू परमेश्‍वरमा धेरै वर्षसम्म विश्‍वास गर्छन् तर सत्यता बुझ्नै सक्दैनन्। के यस्ता मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? होइनन्। सत्यता नपछ्याउने मानिसहरूका मुख्य प्रकटीकरणहरू के हुन्छन्? सबैभन्दा पहिलो प्रकटीकरण के हो भने, तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दैनन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न इच्छुक हुँदैनन्, सङ्गति गर्नमा इच्छुक त झनै हुँदैनन्, र तिनीहरू भेलामा सहभागी हुन वा प्रवचनहरू सुन्नसमेत इच्छुक हुँदैनन्। तिनीहरूले प्रवचनहरू सुन्दा, हरेक वचन तिनीहरूप्रति लक्षित भएको, र तिनीहरूको पर्दाफास गरिरहेको महसुस गर्छन्, र त्यसले तिनीहरूलाई फसेको र असहज महसुस गराउँछ। त्यसैले, जब-जब प्रवचन सुन्ने बेला हुन्छ, तिनीहरू सुत्न वा बेकारको गफमा संलग्न हुन चाहन्छन्। यस्ता मानिसहरू राम्रै सङ्ख्यामा हुन्छन्। तिनीहरू सत्यता स्विकार्न, सत्यता प्राप्त गर्न, आफ्नो भ्रष्टता फाल्न, मानव रूपमा जिउन, वा परमेश्‍वरबाट मुक्ति पाउन होइन, आशिषित हुन मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। समस्याको जड के हो भने, मुख्यतः तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र सत्यताप्रति रुचि राख्दैनन्। तिनीहरू आशिष्हरू पाउन मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूको तृष्णाको एकमात्र केन्द्रबिन्दु त्यही हुन्छ। आशिष् पाउनका खातिर तिनीहरू श्रम गर्न र त्यागहरू गर्न सक्छन्, तर सत्यता स्विकार्न सक्दैनन् र सत्यताप्रति रुचि राख्दैनन्। तिनीहरू के सोच्छन् भने, धर्मसिद्धान्तहरू बुझ्नु नै काफी छ, र अलि कम दुष्ट कार्यहरू गरेको हुनु नै तिनीहरू बदलिएका हुनु हो, र त्यसमाथि तिनीहरूले श्रम गरेका, त्यागहरू गरेका र कष्ट सहेका हुनाले तिनीहरू आशिषित हुन योग्य छन्। परमेश्‍वरप्रतिको विश्‍वासबारे तिनीहरूको दृष्टिकोण यही नै हुन्छ। तसर्थ, तिनीहरूले जति धेरै वर्ष विश्‍वास गरे पनि, जति धेरै धर्मसिद्धान्त बुझ्न र प्रचार गर्न सके पनि, अनि तिनीहरूको मुखबाट सत्यताअनुरूपका जति धेरै वचनहरू निस्किए पनि, तिनीहरू सत्यता अभ्यास गर्न कहिल्यै सक्दैनन्, तिनीहरूले प्रकट गर्ने स्वभावहरू स्वेच्छाचारी, लिप्त र बेलगाम नै रहन्छन्, तिनीहरू हरमोडमा आफ्नै गौरव र स्वार्थहरूको रक्षा गर्छन्, तिनीहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्, अनि तिनीहरूले हप्काइ खाँदा वा काँटछाँट भोग्दा पनि त्यो स्विकार्नै सक्दैनन्, र तिनीहरूमा रत्तीभर पनि समर्पणता हुँदैन। त्यस्ता मानिसहरू मनपरी गर्छन्; तिनीहरू कुनै कार्य गर्नुअघि अरूसँग छलफल गर्दैनन्, र छलफल गरिहाले भने पनि, अरू कुनै विकल्प नहुँदा र औपचारिकताका खातिर मात्र त्यसो गर्छन्—तिनीहरू घुमाउरो कुरा गर्छन्, सिधै बताउँदैनन्, र अन्त्यमा अरूलाई अझै पनि आफूले भनेकैअनुसार काम गराउँछन्। यस्तो कार्यशैलीमा कुन स्वभाव प्रकट हुन्छ? (छलीपन।) यो केवल छलीपन मात्र होइन; यसमा केही अझै बढी गम्भीर कुरा पनि छ। तिनीहरूले अरूलाई, सुझाव दिँदा र यी कुरा परमेश्‍वरको घरका प्रबन्धहरू हुन् भनी व्याख्या गर्दा र अरूलाई समर्पित हुन लगाउँदा, तिनीहरूका कुरा जति नै मिठा सुनिए पनि, तिनीहरू आफैचाहिँ यसरी व्यवहार गर्दैनन्। त्यसको सट्टा, तिनीहरू हठी र विद्रोही हुन्छन्, समर्पित हुँदैनन्, र तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुनै सक्दैनन्। यसबाहेक, तिनीहरू अरूसँग अन्तरक्रिया गर्दा कसरी प्रकट हुन्छन्? तिनीहरू हरमोडमा फाइदा खोज्दै र आफ्ना व्यक्तिगत सम्बन्धहरूको सुरक्षा गर्दै, संसारसँग व्यवहार गर्ने दर्शनहरूअनुसार कार्य गर्छन्। यस प्रकारका मानिसहरूमा निकै कपटी स्वभाव हुन्छ। यो कपट अन्त्यमा केमा पुग्छ? यो दुष्टतामा पुग्छ। सामान्यतः मानिसहरूलाई दुष्ट स्वभाव चिन्न सहज हुँदैन। दुष्ट स्वभाव भएका मानिसहरूले अरूसँग बोल्दा, त्यसमा सधैँ जाँच्ने र जानकारीको सोधपुछ गर्ने तत्त्व हुन्छ। तिनीहरूले कुराहरू सिधै भन्दैनन्, र तिनीहरूले आफूलाई खुलाइहाले भने पनि, तिनीहरूको लक्ष्य तँलाई तेरो हृदय खोल्‍न लगाउने हुन्छ—तिनीहरू कहिल्यै आफ्नो कुनै पनि वास्तविक कुरा खुलाउँदैनन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू कहिल्यै आफ्नो वास्तविक कुरा खुलाउँदैनन् भनेर तपाईँ कसरी भन्न सक्नुहुन्छ? तिनीहरू सधैँ मानिसहरूसँग आफूले प्रकट गर्ने भ्रष्ट स्वभावबारे सङ्गति गरिरहेका हुन्छन्।” त्यो थोरै सङ्गतिको के अर्थ हुन्छ र? तिनीहरूले भित्रभित्रै साँच्‍चिकै के सोच्छन्, त्यो कसैलाई बताउँदैनन्। साथै, तिनीहरू आफूलाई ढाकछोप गर्न र आफ्नो भेष बदल्न हरप्रकारका युक्ति र विधिहरू प्रयोग गर्छन् र मानिसहरूसामु आफ्नो झूठो छवि प्रस्तुत गर्छन्। यदि केही मानिसहरूले तिनीहरू साँच्चै कस्ता छन् भन्‍ने कुरा, र तिनीहरूले गरेका खराब कामकुराहरूबारे थाहा पाए भने, तिनीहरू बस नाटक गर्छन् र पश्‍चात्तापका केही वचनहरू बोल्छन्, र मानिसहरूलाई तिनीहरूले पश्‍चात्ताप गरिसके र तिनीहरू बदलिसके भन्‍ने विश्‍वास दिलाउन भ्रामक विधिहरू अपनाउँछन्। यदि तिनीहरूले फेरि केही खराबी गरे र तिनीहरूका खराब कार्यहरूको पर्दाफास भयो, मानिसहरूले तिनीहरू वास्तवमै दुष्ट मानिस हुन् भन्ने देखे भने, तिनीहरूले आफ्नो दिमाग खियाउँछन् र यो कुरा ढाकछोप गर्न र मानिसहरूलाई अझै पनि तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनीजसरी नै व्यवहार गर्ने बनाउन हरतरिका सोच्छन्। यो कस्तो स्वभाव हो? यो दुष्ट स्वभाव हो। यस्तो खालको दुष्ट स्वभाव भएका मानिसहरूले कुनै पनि तरिकामा सत्यता नस्विकार्ने मात्र होइन, तिनीहरू त ढोँग गर्न पनि सिपालु हुन्छन्, र तिनीहरूले सधैँ आफ्नो प्रतिरक्षा गर्ने वा आफूलाई सही साबित गर्ने चलाख तरिका निकाल्छन्। तिनीहरू ढोँगी फरिसीहरू हुन्। यस्तो प्रकारको व्यक्तिले सबैभन्दा डर मान्ने कुरा भनेकै मानिसहरूले सत्यता सङ्गति गर्नु, आफूलाई चिन्न र चिरफार गर्न हृदय खोल्नु, वा कुनै मामलाको सत्य-तथ्य खुलासा गर्नु र त्यसरी तिनीहरूको खुलासा गर्नु हो। जब कसैले सत्यता सङ्गति गरिरहेको हुन्छ, तिनीहरू निकै झर्को मान्छन् र सुन्न चाहँदैनन्; तिनीहरूको हृदयले प्रतिरोध गर्छ र तिनीहरू रुष्ट हुन्छन्। यसले तिनीहरू सत्यताप्रति वितृष्ण रहेको कुरूप पक्षको पूर्णतः खुलासा गर्छ। सत्यता बुझ्ने तर अभ्यास नगर्नेबाहेक, यस प्रकारको व्यक्तिमा अर्को समस्या पनि हुन्छ, जुन के हो भने, उसमा सकारात्मक कुरा र सही दृष्टिकोणहरूप्रति, र विशेषगरी सत्यताअनुरूपका वचनहरूप्रति प्रतिरोध र तिरस्कारको मनोवृत्ति हुन्छ। कुनै पनि सकारात्मक कुरा वा सत्यताअनुरूपका कुनै पनि वचनहरूको कुरा आउँदा, त्यो तिनीहरूले असल मान्ने कुरा नभएसम्म वा त्यो तिनीहरूले नभई अरू कसैले बोलेसम्म, तिनीहरू त्यसलाई स्वीकार गर्नेछैनन्। यो कस्तो स्वभाव हो? बेवकुफी, हठीपन, र मूर्खता। कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनेर तैँले कसर मूल्याङ्कन गर्नुपर्छ? मुख्य कुरा, तिनीहरूले सामान्यतः कर्तव्य निर्वाह गर्दा र कार्यहरू गर्दा के प्रकाश र प्रकट भनी हेर्नुपर्छ। यसबाट, तैँले व्यक्तिको स्वभाव देख्‍न सक्छस्। तैँले उसको स्वभावबाट उसले कुनै परिवर्तन हासिल गरेको छ कि छैन वा कुनै जीवन प्रवेश हासिल गरेको छ कि छैन भनेर देख्‍न सक्छस्। यदि कसैले काम गर्दा भ्रष्ट स्वभावहरू मात्र प्रकट गर्छ र ऊसँग कुनै पनि सत्यता वास्तविकताहरू छैनन् भने, ऊ निश्‍चय नै सत्यता पछ्याउने व्यक्ति होइन। के सत्यता नपछ्याउने व्यक्तिहरूसँग जीवन प्रवेश हुन्छ? अहँ, पक्कै पनि हुँदैन। तिनीहरूले जेसुकै नै गरे पनि, तिनीहरूले दिनहुँ गर्ने कामकुराहरू, तिनीहरूको दौडधुप, समर्पण, कष्ट, तिनीहरूले चुकाउने मूल्य—ती सबै श्रम हुन्, र तिनीहरू श्रमिक हुन्। व्यक्तिले जति नै धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने हो। कुनै व्यक्तिले कुन कुरालाई प्रेम गर्छ र केलाई पछ्याउँछ भन्‍ने कुरा उसलाई सबैभन्दा बढी के गर्न मन पर्छ त्यसबाट देख्‍न सकिन्छ। यदि कुनै व्यक्तिले गर्ने धेरैजसो कामकुरा सत्यता सिद्धान्त र परमेश्‍वरका मागहरूअनुरूप छन् भने, यो व्यक्ति सत्यतालाई प्रेम गर्ने र सत्यता पछ्याउने व्यक्ति हो। यदि उसले सत्यता अभ्यास गर्न सक्छ, र उसले दैनिक गर्ने कामकुरा उसको कर्तव्य निर्वाहमा पर्छन् भने, ऊसँग जीवन प्रवेश, र सत्यता वास्तविकताहरू छन्। केही निश्‍चित मामिलाहरूमा उसका कार्यहरू उचित नहोलान्, वा उसले सत्यता सिद्धान्तहरू सही तरिकाले बोध नगर्ला, वा उसमा यसबारे जिद्दी पूर्वाग्रहहरू होलान्, वा कहिलेकाहीँ ऊ अहङ्कारी र आत्मधर्मी बन्ला, आफ्नै तरिकामा जिद कसला, र सत्यता स्वीकार गर्न चुक्ला, तर यदि पछि ऊ पश्‍चात्ताप गर्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छ भने, यसले निस्सन्देह ऊसँग जीवन प्रवेश छ र ऊ सत्यता पछ्याउँछ भन्‍ने प्रमाणित गर्छ। यदि कसैले कर्तव्य निर्वाह गर्ने क्रममा केवल भ्रष्ट स्वभावहरू, झुटहरू, रवाफ, आसक्ति, र अति घमन्ड प्रकट गर्छ, आफूलाई जे मन लाग्यो त्यही गर्छ, र आदि इत्यादि गर्छ भने, र उसले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि वा जति नै धेरै प्रवचन सुने पनि, यदि अन्त्यमा यी भ्रष्ट स्वभावहरू अलिकति पनि परिवर्तन हुँदैनन् भने, यो निश्चय नै सत्यता पछ्याउने व्यक्ति होइन। परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गर्ने मानिसहरू धेरै छन्, जो बाहिरबाट हेर्दा दुष्ट मानिसहरू झैँ लाग्दैनन्, र जसमा केही असल व्यवहारसमेत हुन्छन्। तिनीहरू निकै तन्मयताका साथ परमेश्‍वरमा विश्‍वास गर्छन्, तर तिनीहरूका जीवन स्वभावहरू फिटिक्‍कै परिवर्तन हुँदैन, र तिनीहरूसँग बताउनका लागि अलिकति अनुभवात्मक गवाहीसमेत हुँदैन। के यस्ता मानिसहरू दयनीय हुँदैनन् र? परमेश्‍वरमा यत्तिका वर्ष विश्‍वास गरेपछि, तिनीहरूसँग अलिकति अनुभवात्मक गवाहीसमेत हुँदैन। तिनीहरू विशुद्ध रूपमा श्रमिक हुन्। तिनीहरू साँच्‍चै दयनीय छन्! छोटकरीमा, कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊसँग जीवन प्रवेश छ कि छैन भनी मूल्याङ्कन गर्न, तैँले उसले प्रकट गर्ने र अभिव्यक्त गर्ने स्वभाव र सारलाई, र उसको स्वभावमा केही बदलाव आएको छ कि भनी हेर्नैपर्छ। सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्ने, र ढोँग र धूर्ततामा संलग्न हुने कुरा धेरै समयसम्म टिक्न सक्दैन। उसले अरूलाई छल गर्ने नभई, आफूलाई हानि मात्र पुऱ्याउँछ। सत्यता नस्विकार्ने र सत्यता नपछ्याउनेहरूको ढिलोचाँडो खुलासा हुनेछ र तिनीहरू हटाइनेछन्। सत्यता स्विकार्ने र अभ्यास गर्नेहरूले मात्र जीवन प्रवेश पाउन र स्वभाव परिवर्तन गर्न सक्छन्।

मैले जीवन प्रवेश भनेको के हो, सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारे, र सत्यता पछ्याउने व्यक्तिहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति गरेर सक्काइसकेको छु। मानिसहरूले यी कुरालाई आफूसँग तुलना गर्न प्रयोग गर्नुपर्छ, अनि तिनीहरूले सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? त्यो के हो भने, तिनीहरू सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि तीसँग आफूलाई तुलना गर्न, र आफूबारे केही ज्ञान पाउन सके पनि, तिनीहरू किन सत्यता अभ्यास गर्न सक्दैनन्? अधिकांश मानिसहरूले त कारण नै भेट्टाउन सक्दैनन्। उदाहरणका लागि, सबै मानिसहरूमा अहङ्कारी स्वभावहरू हुन्छन्—तिनीहरू सबै निकै अहङ्कारी र आत्मधर्मी हुन्छन्। अधिकांश मानिसहरू यो पहिचान गर्न सक्‍ने हुन्छन्, तर के तिनीहरू आफ्नो अहङ्कार प्रकट गर्नबाट जोगिन सक्छन् त? त्यो हासिल गर्न सजिलो छैन। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा, आफूलाई तीसँग तुलना गर्न, आफूमा अहङ्कारी स्वभाव छ, र आफूसँग अभ्यासको मार्ग छ भनी माने पनि, गाह्रो कुरा के हो भने, तिनीहरूले जे गर्दा पनि तिनीहरूका प्रायः आफ्नै प्राथमिकता, अभिप्राय, र लक्ष्यहरू हुन्छन्, र यी सब तिनीहरूका भ्रष्ट स्वभावसँग जोडिएका हुन्छन् भनी देख्न सक्दैनन्। तिनीहरूले यी कुराहरू खुट्ट्याउन सिक्नुपर्छ, र सत्यता बुझ्नैपर्छ, समाधान गर्नुपर्ने कुरा समाधान गर्नैपर्छ, र त्याग्नुपर्ने कुरा त्याग्नैपर्छ। अर्थात्, तिनीहरूले अबउप्रान्त आफ्ना अभिप्राय, चाहना, घमण्ड, हैसियत, र स्वार्थका खातिर काम गर्नु हुँदैन। तिनीहरूले आफ्नो दुष्कर्मको कार्य रोक्नुपर्छ, र तिनीहरू आफ्नो स्वार्थका खातिर अर्को एउटा वाक्य पनि बोल्न र अर्को एउटा कार्य पनि गर्नबाट जोगिनुपर्छ। तैँले यसो गरिस् भने, पश्‍चात्तापको हृदय पाइसकेको हुनेछस्, र आफ्नो नकारात्मक पक्ष रूपान्तरित गर्न थालिसकेको हुनेछस्। यदि तैँले थप पहल गरिस् भने, र आफ्ना खातिर नबोल्नेबाहेक, तँ आफूलाई चिरफार गर्न, दाजुभाइ-दिदीबहिनीहरूले तेरो अहङ्कारी स्वभावको प्रकटीकरणबाट केही सिक्न सकून्, केही शिक्षा लिन सकून्, केही लाभ पाउन सकून्, र अभ्यासको मार्ग भेट्न सकून् भनेर तिनीहरूलाई त्यो देख्‍न दिन सक्छस् भने, त्यो अझै राम्रो हुनेछ। यसमा गाह्रो कुरा के हो? गाह्रो कुरा के हो भने, आफ्ना सबै अभिप्राय, लक्ष्य, उन्मत्त महत्त्वाकाङ्क्षा, चाहना र स्वार्थहरू त्याग्नु, आफ्ना खातिर कामकुराहरू नगर्नु, र आआफ्ना खातिर आफूलाई व्यस्त नबनाउनु वा भागदौड नगर्नु गाह्रो हो। पावलले आफ्नो दौड पूरा गरिसकेको भनेको थियो। ऊ यो दौड कसका लागि दौडिरहेको थियो? (ऊ आशिषित हुन र मुकुट प्राप्त गर्न त्यो दौड दौडेको थियो।) तर पावलले यो कुरा बुझेको थिएन। उसले सम्भवतः अझै पनि आफ्ना खातिर नभई परमेश्‍वरकै खातिर र परमेश्‍वरकै आज्ञा पूरा गर्न ऊ त्यो दौड दौडिरहेको छ भन्‍ने सोचिरहेको थियो। त्यसैले उसले त्यस्तो घमन्डी र निर्लज्ज रूपमा आफ्नै प्रदर्शन गर्ने र आफ्नै गवाही दिने दुस्साहस गऱ्यो। उसले स्पष्ट रूपमा आफ्नै प्रतिरक्षा गरिरहेको र आफ्नै स्पष्टीकरण दिइरहेको थियो। सँगसँगै, यो कुरा उसले उसका लागि त जिउनु भनेकै ख्रीष्ट हो भन्‍ने गवाही दिइरहेको थियो भन्‍ने सर्वोत्तम प्रमाण हो। ऊ खुल्लमखुल्ला आफ्नै गवाही दिइरहेको थियो र सत्यताको प्रतिरोध गरिरहेको थियो; उसले सत्यताको निन्दा गरिरहेको थियो। अहिले पावललाई श्रद्धा गर्ने, अनि हृदय चाहनाहरू र उन्मत्त महत्त्वाकाङ्क्षाहरूले भरिएका धेरै मानिसहरू छन्, जो आफ्नै गवाही दिन चाहन्छन्: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। यसो गरेर, के तिनीहरूले आफ्ना चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरूलाई खुला छोडिरहेका छैनन् र, तिनलाई निरन्तर फुल्‍लिन दिँदै, हरेक परिस्थितिमा तिनलाई प्रकट गरेर तिनलाई पूरा हुन दिइरहेका छैनन् र? यदि तँ आफ्ना चाहनाहरूलाई जित्न सक्दैनस् भने, तेरा लागि सब सक्किसक्यो; तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। यो समस्याको चुरो के हो? (हामीले आफ्ना अभिप्रायविरुद्ध विद्रोह गर्नैपर्छ।) आफ्ना अभिप्रायविरुद्ध विद्रोह गर्नु भनेको अभ्यास गर्ने नकारात्मक तरिका हो। तैँले अरू मानिसहरूको खुलासा गरेजस्तै, सक्रिय रूपमा तिनको खुलासा गर्न पनि सक्नैपर्छ। यदि तैँले यस्तो केही भनिस् रे, “म तिमीहरूलाई मेरो बारे सत्यता बताउँछु: ममा अत्यधिक महत्त्वाकाङ्क्षाहरू छन्, र म तिमीहरूलाई आफ्नो पक्षमा जित्न चाहन्छु। अहिले म तिमीहरूसामु हृदय खोलिरहेको छु। म देहविरुद्ध विद्रोह गर्न इच्छुक छु; म शैतानको मतियार बन्‍नेछैनँ। मैले यसरी आफ्नो खुलासा गर्नुको लक्ष्य भनेको तिमीहरूलाई मेरो साँचो रूप प्रस्टसित देखाउनु हो, ताकी तिमीहरूले मेरो श्रद्धा नगर।”—यस्तो अभ्यासको तरिकाको नतिजा के हुन्छ? सबैले निश्चय नै तेरो सराहना गर्नेथिए। के हरकिसिमका नीच रणनीति प्रयोग गरेर पाएको श्रद्धा र उच्च सम्मानभन्दा यो धेरै राम्रो हुनेथिएँ र? (हुनेथियो।) कम्तीमा पनि यो सकारात्मक त छ। तर सबैले तेरो केही सराहना गरे पनि, तिनीहरूले तँलाई उच्च मानेर हेर्नेथिए त? सायद कतिपयले हेर्लान्, तर तैँले तिनीहरूलाई त्यस्तो व्यवहार त्याग गर्न लगाउने उपायहरू पत्ता लगाउनुपर्छ। तैँले सधैँ यसो भन्दै आफ्नो खुलासा गर्, “म पनि विद्रोही छु, र मेरो विद्रोहीपन तिमीहरूको भन्दा गम्भीर छ। म छली र दुष्ट पनि छु। त्यो बेला मैले बोल्दा, मेरो मनमा एउटा लक्ष्य थियो, र त्यो तिमीहरूलाई मेरो आदर गराउने र मलाई हेयका दृष्टिले नहेर्ने बनाउने भन्‍ने थियो।” यो सुनेपछि तिनीहरू सबैले हृदयमा तँलाई हेयका दृष्टिले नहेर्ने मात्र होइन, तेरो झन् बढी सम्मान पनि गर्नेछन्। यो अभ्यास गर्ने निष्कपट तरिका हो। सत्यतालाई प्रेम गर्ने मानिसहरूले मात्र यस्तो गर्नेछन्; सत्यतालाई प्रेम नगर्ने मानिसहरू जेसुकै भए पनि यस्तो गर्न सक्दैनन्। यदि, तँ आफ्नो हृदयमा, यसो गर्नु एकदमै असल र ठूलो सौभाग्य हो, र यसले परमेश्‍वरलाई प्रसन्न पार्छ भन्‍ने सोच्छस्, र यसरी कार्य गर्ने आकाङ्क्षा राख्छस् भने; यदि तेरो हृदयमा यसो गर्नुपर्छ र तँ यस्तो खालको व्यक्ति बन्नुपर्छ भन्‍ने प्रबल चाहना छ भने—एक यस्तो व्यक्ति जो निष्कपट छ, इमानदार छ अनि उसले भनेको कुरामा कुनै झुट पाउन सकिन्न, एक यस्तो व्यक्ति जो पूर्ण रूपमा आफ्नो भ्रष्ट स्वभावविरुद्ध र शैतानविरुद्ध विद्रोह गर्छ—त्यस्तो व्यक्ति बन्‍ने प्रबल चाहना छ भने, तब मात्र तँ साँच्चै ज्योतिमा जिउने खालको व्यक्ति बन्नेछस्। अनि, यदि तँ यस्तो खालको व्यक्ति बन्नतर्फ तानिन्छस् र यस्तो खालको बन्‍न मन पराउँछस् भने, तैँले सत्यतालाई प्रेम गर्न, सत्यतामा प्रवेश गर्न र शैतानका कुराहरू त्याग्न सक्नेछस्। तर यदि तँ अझै आफ्ना अभिप्राय, लक्ष्य, उन्मत्त महत्त्वाकाङ्क्षाहरू, चाहना, र स्वार्थहरूमै रुचि राख्छस्, र तँमा ज्ञान, ख्याति, प्राप्ति, र हैसियत पछ्याउने लगाव अझै बाँकी छ भने, यी कुराहरूका लागि तेरो हृदयमा अझै ठाउँ छ। तँ भन्छस्, “मसँग उचित हैसियत नहुन्जेल मलाई सहज रहन देऊ, अनि त्यसपछि हेरौँला।” यो भनेको आफूलाई लिप्त बनाउनु र आफूविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न नसक्नु हो। आफूलाई यसरी लिप्त बनाउँदा, तेरो जीवन प्रवेश सुस्त बन्छ, अनि देहका सुखको लालसा गर्ने र हैसियतका लाभहरूमा लिप्त हुने तेरा समस्याहरू नसुल्झिबसेका हुने मात्र नभई, ती झन् बढ्दो रूपमा ढीठ भइबसेका समेत हुन्छन्। त्यसोभए, के तेरा हृदयमा भएका शैतानका कुराहरू पूर्ण रूपमा पखाल्न सकिन्छ त? के तेरो जीवन अनुभव अझै गहिरिन, र तेरो जीवन अझै वृद्धि भइरहन सक्छ त? के तँ अझै पनि परमेश्‍वरद्वारा सिद्ध पारिने कार्य हासिल गर्न सक्छस् त? तँ पहिले नै देहका सुखहरूमा डुबिसकेको छस्, र हैसियतका लाभहरूले तँलाई कसेर बाँधिसकेका छन्—यस्तोमा के तँ अझै पनि ती कुराबाट आजाद हुन सक्छस् त? तँ ती कुराबाट आजाद हुन चाहँदैनस्; बिस्तारै तँ मानिसहरूलाई बहकाउने व्यक्ति बन्छस्। त्यो समस्याजनक हुनेछ, र तेरो पाप गम्भीर बन्‍नेछ। पावललाई अन्त्यमा भएका कुराहरू किन भए? किनकि उसले सत्यता पटक्कै पछ्याएन। उसले सधैँ आफ्ना महत्त्वाकाङ्क्षाहरू र तृष्णाहरू पछ्यायो, अनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न चाह्यो, ताकि तिनीहरू सबैले उसलाई पछ्याउन्, र उसले चाहेजस्तै गरून्। उसले कडा परिश्रम र मूल्य चुकाउने कार्य प्रयोग गरी परमेश्‍वरसँग सौदा गर्न अनि इनाम र मुकुट पाउने गल चेप बनाउन पनि चाह्यो। अन्ततः ऊ परमेश्‍वरद्वारा दण्डित भयो। यदि कसैले ठ्याक्कै पावलकै मार्ग पछ्याउँछ भने, उसलाई मद्दत गर्न सकिँदैन र ऊ पूर्ण रूपमा सक्‍किसकेको हुन्छ। ठ्याक्कै पावलकै प्रकारको हरेक व्यक्ति ख्रीष्टविरोधी हुन्छ, जसले जेसुकै भए पनि पश्‍चात्ताप गर्नेछैन। यदि तँमा पावलमा भएका केही स्थितिहरू मात्र छन्, तर तैँले पछ्याउने उद्देश्य पावलको भन्दा अलि फरक छ भने, तैँले तुरुन्तै पश्‍चात्ताप गर्नैपर्छ, अनि सायद तँ बेलैमा बच्‍न सक्छस्। यदि तँ पावलले गरेजस्तै गर्छस्, पावललाई श्रद्धा गर्छस्, अनि तँ ठ्याक्कै पावलसरह छस् भने, तँ अविश्‍वासी मात्र होइनस्, तँ त परमेश्‍वर र ख्रीष्ट बन्न चाहन्छस्। के यो परमेश्‍वर बराबर बन्न चाहनु होइन र? तँ तेरा हृदयमा, स्वर्गको अस्पष्ट परमेश्‍वरलाई आराधना गर्छस्; तँ ख्रीष्ट बराबर बन्न चाहन्छस्, अनि आफ्ना वरदान र ज्ञानलाई जीवन समेत मान्छस्, र अनुचित पछ्याइहरूलाई उचित ठान्छस्। तैँले पछ्याउने उद्देश्यहरू, र तैँले पछ्याउने तौरतरिका झन्झन् पावलको जे थिए त्यही हुँदैछन्, र पावलका पछ्याइहरूसँग झन्झन् बढी मिल्दै छन्। यसले तेरा लागि समस्या निम्त्याउँछ; तँ पूर्णतया आशाहीन छस्, र तैँले मुक्ति पाउन सक्दैनस्। तैँले पत्रुसले गरेझैँ गर्नैपर्छ र सत्यता पछ्याउने मार्ग पछ्याउनैपर्छ, देहविरुद्ध पूर्ण रूपमा विद्रोह गर्नैपर्छ, र शैतानका कुराहरूविरुद्ध विद्रोह गर्नैपर्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउने आशा हुनेछ। के अब तिमीहरूसँग मुक्ति पाउने मार्ग छ त? (निरन्तर आफ्नो खुलासा गरिरहने र आफूलाई त्याग गर्ने।) सर्वप्रथम, तैँले आफ्ना व्यक्तिगत अभिप्राय, लक्ष्य, चाहना, र उन्मत्त महत्त्वाकाङ्क्षाहरूलाई त्याग्नैपर्छ। तैँले सक्रिय रूपमा पछ्याए पनि, वा नकारात्मक र निष्क्रिय रूपमा पछ्याए पनि, यी कुराहरू त्याग्नैपर्छ र समर्पित हुन सिक्‍नुपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आफूलाई केही आइपर्दा, यदि तैँले कुनै निश्‍चित तरिकाले कार्य गर्ने निर्णय गरिस् भने, सुरुमा तैँले आफूले केका लागि यो तरिकाले कार्य गर्दै छु भनेर मूल्याङ्कन गर्नैपर्छ। यदि त्यो घमण्ड र हैसियतका लागि हो भने, त्यहीँ रोक्‍की, अनि त्यो कार्यतर्फ तैँले बढाइरहेका तेरा कदम सुस्त पार्। अनि, तैँले प्रार्थना गर्नैपर्छ: “परमेश्‍वर, म यो गर्न इच्छुक छैनँ। म यसविरुद्ध विद्रोह गर्न चाहन्छु, तर ममा बल छैन। कृपया मलाई बल दिनुहोस्, मेरो सुरक्षा गर्नुहोस् र मेरो दुष्कर्मलाई तुरुन्तै त्यहीँ रोकिदिनुहोस्।” त्यसपछि, थाहै नपाई, तँसँग बल हुनेछ। कहिलेकाहीँ पापमाथि जित हासिल गर्ने, देहविरुद्ध विद्रोह गर्ने, र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने मानिसहरूको क्षमता तिनीहरूको चाहना र सङ्कल्प, र सत्यतालाई प्रेम गर्ने तिनीहरूको चाहनाबाट आउँछ। कहिलेकाहीँ, यसका लागि परमेश्‍वरको काम, र परमेश्‍वरमाथि भर पर्नु आवश्यक हुन्छ—मानिसहरूले परमेश्‍वरलाई छोड्न सक्दैनन्। कहिलेकाहीँ तैँले सत्यता बुझ्छस्, तँसँग पछ्याउने मार्ग हुन्छ, अनि सोच्छस् कि तँ स्वतन्त्र भएर जिउन सक्छस्, तर जब तेरो सामना नयाँ परिस्थितिहरूसँग हुन्छ, तँलाई कसरी अभ्यास गर्ने भन्‍ने थाहै हुँदैन—तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँमा भर पर्नैपर्छ। मानिसहरूको जीवन उतारचढावले भरिएको हुन्छ। यो भन्न सकिन्छ कि मानिसहरू परमेश्‍वरविना हुन कहिल्यै सक्दैनन्। तिनीहरूले जति नै धेरै सत्यता बुझे पनि, उहाँलाई छोड्न सक्दैनन्। तिनीहरूमा जति नै धेरै नकारात्मकता, वा निष्क्रियताका क्षणहरू आए पनि, अन्ततः तिनीहरूले परमेश्‍वरको अगुवाइ र मार्गदर्शन छोड्न सक्दैनन्। तँ जति धेरैपटक परमेश्‍वरमा समर्पित हुन्छस्, त्यति नै धेरै तेरा सत्यता वास्तविकताहरू बढ्नेछन्। तेरा सत्यता वास्तविकताहरू बढ्दै जानुको अर्थ तेरो जीवन प्रवेश झन्झन् गहिरिँदै गएको हुन्छ। तेरो जीवन प्रवेश अझ गहिरिँदै जाँदा, यसको अर्थ तेरो स्वभाव झन्झन् परिवर्तन हुनु हो। जब तेरो स्वभाव धेरै रूपान्तरित भएको हुन्छ, यसको अर्थ तैँले कद पाएको हुन्छस्। तेरो कदले तेरो जीवन प्रवेश प्रतिनिधित्व गर्छ। जब तँसँग कद हुन्छ, तैँले भ्रष्ट स्वभावको तँमाथिको नियन्त्रण र बन्धनमाथि जित हासिल गर्न सक्छस्, अनि पापमाथि जित हासिल गर्ने तेरो क्षमता झन् सबल हुनेछ, र तेरो हृदयमा बल हुनेछ। तँमा केवल भावात्मक चाहना, आशा र महत्त्वाकङ्क्षा मात्र हुनेछैन; तँ यो तहमा अल्झिरहनेछैनस्। बरु, तँ माथि उठ्नेछस्, र वयस्क बन्नेछस्, र सत्यता र मानवता भएको व्यक्ति बन्नेछस्। यो सत्यता पछ्याउने मार्ग हो, र यो सत्यता पछ्याउनुको नतिजा पनि हो। के तिमीहरू यो दिशा देख्न सक्छौ त? के तिमीहरू आशा देख्न सक्छौ? (सक्छौँ।) त्यो राम्रो कुरा हो।

जीवन प्रवेश कहिल्यै नटुङ्गिने प्रक्रिया हो। तैँले जीवन प्रवेशबाट लाभ पाउन र परिवर्तित हुन जीवनभरको अनुभव गर्नैपर्छ। यदि तँ अझै पनि देह सुख र हैसियतका लाभहरूको लालसा गर्छस् भने, तँ सत्यता पछ्याउने मार्ग हिँडिस् नै भने पनि, तँ त्यसैगरी ठेस खाने र असफल हुनेछस्। अहिले तेरो मार्ग सही छ, र तैँले आफ्नो दिशा भेट्टाएको छस्। तैँले गलत र नकारात्मक कुराहरूलाई स्पष्टसित खुट्ट्याइसकेको छस्। यी कुराहरू र तेरो बीच सीमा छ। जहाँसम्‍म सकारात्मक कुराहरूको कुरा छ, तैँले ती पनि बुझेको छस्, र तीबाट धेरै प्राप्त गरेको छस्, र तँ ती कुराहरू धेरै बोध गर्न र स्विकार्न सक्ने भइसकेको छस्। गलत, दुष्ट र नकारात्मक कामकुरा र कार्यहरूबारे सुझबुझ पाइसकेपछि, अब गर्न बाँकी रहने भनेको ती कुराहरूलाई आफ्नो हृदयबाट पूर्ण रूपमा निकालेर फाल्नु, तिनलाई पूर्ण रूपमा त्याग्नु र तीविरुद्ध विद्रोह गर्नु, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु मात्र हो। यस तरिकाले, तँसँग जीवन प्रवेश हुनेछ। जीवन प्रवेश वास्तवमा गाह्रो हुँदैन; यो त बस तैँले सत्यतालाई साँच्चै प्रेम गर्छस् कि गर्दैनस् भन्‍नेमा मात्र निर्भर हुन्छ। यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्छस् भने, यी नकारात्मक कुराहरूले तँलाई पराजित गर्न सक्नेछैनन्। तँ केही समयका लागि नकारात्मक र कमजोर होलास्, तर अझै पनि तँ अघि बढिरहन सक्नेछस्। यदि तँ सत्यतालाई प्रेम गर्दैनस्, वा सत्यतालाई त्यति प्रबल रूपमा प्रेम गर्दैनस्, बाहिरी औपचारिकता पूरा गर्न, आफूलाई थोरै समर्पित गर्न र आफ्नो अलिकति दिन, र कर्तव्य निभाउन छिटो उठ्न र ढिलो सुत्न सक्षम हुनमा मात्र केन्द्रित हुन्छस् भने; यदि तँ श्रम गर्ने चरणमै झुलिरहन्छस्, सत्यताको बुझाइ प्राप्त गर्न वा वास्तविकतामा प्रवेश गर्न चाहँदैनस्, बस परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न र ठूला अपराध नगर्नमै सन्तुष्ट हुन्छस्, र तँ गतिहीन बन्छस् र अघि बढ्दैनस् भने, यो सबको परिणाम के हुनेछ? तैँले परमेश्‍वरको अनुमोदन किमार्थ पाउनेछैनस्। यदि तँ तेरो सत्यता पछ्याइलाई सफल होस् भन्ने चाहन्छस्, अनि साँच्चै जीवन प्राप्त गर्न चाहन्छस् भने, यो सरल कुरा होइन। तैँले आफ्नो स्वार्थ त्याग्‍नुपर्छ र ख्याति, प्राप्ति, हैसियत, आशिष्हरू, मुकुट वा इनाम पछ्याउनेजस्ता तेरा सब अनुचित पछ्याइहरू त्याग्‍नुपर्छ। यी सब कुराहरू त्याग्‍नैपर्छ। यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्छस् र परमेश्‍वरका वचनहरू मनन गर्नमा आनन्द लिन्छस् भने, तेरा निम्ति जीवन प्रवेश कठिन कुरा हुनेछैन। जबसम्म तैँले सत्यता बुझ्छस्, तबसम्‍म तँसँग स्वतः मार्ग हुनेछ, र तँलाई त्यति धेरै कठिनाइ हुनेछैन।

जुन २१, २०१८

अघिल्लो: पावलको प्रकृति सार कसरी पहिचान गर्ने

अर्को: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्