पावलको प्रकृति सार कसरी पहिचान गर्ने

तिमीहरूले “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” भन्‍ने शीर्षकको परमेश्‍वरका वचनहरूको खण्डमा निकै लामो समयसम्म सङ्गति गरेका छौ। त्यसले कुन मुद्दाहरूको विषयमा छलफल गर्छ, र यो कुन-कुन सत्यताहरूसँग सम्‍बन्धित छ? (यो विश्‍वासीको रूपमा मानिसले हिँड्ने मार्गसँग सम्‍बन्धित छ।) यो विषय मुख्यतया पत्रुस र पावलले लिएका मार्गहरूमा केन्द्रित छ, हो? यति लामो समयसम्म सङ्गति गरेपछि, तिमीहरूले यसबाट केही प्राप्त गरेका छौ भन्‍नेमा म पक्‍का छु—सायद धेरै कुराहरू प्राप्त गरेका छौ। तिमीहरूले यस अवधिमा सुनेका प्रवचनहरूको तात्पर्यको संक्षेपगर्नुपर्छ, त्यसपछि यसको मुख्य भावहरूलाई क्रमबद्ध गर्नुपर्छ, र यस सोचाइको तरिका, अनि तिमीहरूले संक्षेप गरेका महत्त्वपूर्ण कुरा र भावहरू अनुरूप अनुभव गर्नुपर्छ। यसले तिमीहरूलाई परमेश्‍वरको कामको अनुभव कसरी गर्ने, कसरी आफ्नो कर्तव्य उचित तरिकाले पूरा गर्ने, र वास्तविक जीवनमा कसरी राम्रोसँग गवाही दिने भन्‍ने कुरामा सहयोग गर्नेछ। तिमीहरूले संक्षेप गरिसकेपछि, तिमीहरूको जीवन प्रवेश र आत्मिक कदले ठूलो अग्रगामी कदम चाल्नेछ भन्‍ने मेरो आशा छ। त्यसोभए, जब तिमीहरूले त्यस अध्यायबाट बुझ्नु पर्ने सत्यताहरूलाई संक्षेप गर्छौ, तब तिमीहरूले पावलको अनुभवबाट सुरु गर्छौ, कि पत्रुसको अनुभवबाट? (पावलको अनुभवबाट।) किन? (पावल असफल भएका कारणहरूको आधारमा आत्म-चिन्तन गरेर, हामीले आफू पावलको मार्गमा छौं कि छैनौं भनेर जान्‍नेछौं। त्यसपछि, हामी पत्रुस कस्तो मार्गमा थिए भनेर हेर्नेछौं, ताकि हामीसँग पछ्याउने लक्ष्य र दिशा होस्।) वास्तवमा, हुनुपर्ने यस्तो नै हो। पावलले भोगेका सबै कुरा र तिनले पछ्याएको बाटोका अनुभवहरूबाट पाठ सिक र त्यसलाई संक्षेप गर। तिनी कुन बाटोमा थिए, किन परमेश्‍वरले विश्‍वासीहरूलाई सही मार्ग पछ्याउने माग गर्नुहुन्छ, र सही मार्ग भनेको के हो भनेर बुझ। यदि तैँले सत्यता पछ्याउने मार्ग पछ्याउन सक्छस् भने, तँ जीवनका वास्तविक परिस्थितिहरूमा, साथै तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने अवधिमा परमेश्‍वरको कामको अनुभव गर्दा पथभ्रष्ट हुनबाट जोगिन सक्नेछस्। तँ परमेश्‍वरको काममा बाधा पुर्‍याउन, गल्तीबस गलत मार्गमा पर्न वा पावलले जस्तै अन्तमा आफैमाथि दण्ड ल्याउनबाट जोगिन सक्‍नेछस्।

अब, पावलका अनुभवहरूका आधारमा, तिनले लिएको बाटोका विशेषताहरू, तिनले परमेश्‍वरमा विश्‍वास गरेको तरिका, र तिनले पछ्याएका लक्ष्य र दिशाहरूलाई संक्षेप गरौं। हामी सुरुमा यी कोणहरूबाट पावलको मानवताको गुणस्तर र तिनको स्वभावलाई हेर्नेछौं। पावलको जीवन र तिनलाई के भयो भन्‍ने कुराका कथाहरूलाई मूल्याङ्कन गर्दा, तिनको स्वभावका केही पक्षहरू छन्: अहङ्कार, आत्म-धार्मिकता, छालीपन, सत्यताप्रतिको घृणा, दुष्टता, र क्रूरता। मानिसहरूले पावलको स्वभावका जति सुकै मुख्य पक्षहरूलाई देख्‍न वा संक्षेप गर्न सके पनि, यदि तैँले तिनको स्वभावका यी पक्षहरूको बारेमा मात्र कुरा गर्छस् भने, तैँले सायद त्यो एकदम खोक्रो छ भन्‍ने महसुस गर्नेछस्, हो? जब तैँले तिनको स्वभावका यी पक्षहरूका बारेमा उल्लेख गर्छस्, के ती कुराहरू तिनको खोजी, तिनको जीवनको दिशा र एक विश्‍वासीको रूपमा तिनले पछ्याएको मार्गसँग जोडिएका हुन्छन्? जब तैँले तिनको अहङ्कारको बारेमा कुरा गर्छस्, के तँसँग त्यो पुष्टि गर्ने कुनै तथ्यहरू हुन्छ? तैँले तिनलाई अहङ्कारी देख्‍नुको कारण के हो? तैँले तिनलाई छलीको रूपमा देख्‍नुको कारण के हो? तैँले तिनलाई सत्यतालाई घृणा गर्ने व्यक्तिको रूपमा देख्‍नुको कारण के हो? यदि तैँले तिनको स्वभावका यी पक्षहरूको सार मात्रै संक्षेप गर्छस् र तिनको खोजी, तिनको जीवनको दिशा, र विश्‍वासीको रूपमा तिनले पछ्याएको मार्गको बारेमा कुरागर्दैनस् भने, ती खोक्रा शब्दहरू हुन्छन्, र अहिलेका मानिसहरूका लागि तिनको कुनै सकारात्मक वा लाभदायक प्रयोग हुनेछैन। पावलको खोजी र तिनको मार्गको दृष्टिकोणबाट बोल्नु राम्रो हुन्छ। व्यक्तिको सार बुझ्नु कुनै सरल मामला होइन। कुनै व्यक्तिले केही कार्य नगर्दा, वा केही महत्त्वहीन कामहरू गर्दा उसको प्रकृति सार यस्तो छ भनेर निर्क्योल निकाल्न सकिँदैन। तिनीहरूले कसरी नियमित रूपमा आफूलाई प्रकटगर्छन् र तिनीहरूका कार्य पछाडिको अभिप्राय र मनसाय के हो तैँले त्यसलाई हेर्नुपर्छ, अर्थात्, तिनीहरूको खोजी, चाहनाहरू, र तिनीहरूले पछ्याउने मार्गलाई हेर्नुपर्छ। अझ महत्त्वपूर्ण पक्ष भनेको, कुनै व्यक्तिले परमेश्‍वरले उसको लागिप्रबन्ध गर्नुभएको परिस्थितिको सामना गर्दा, वा परमेश्‍वरले उसलाई व्यक्तिगत रूपमा केही गर्नुहुँदा, जस्तै परीक्षा, शोधन र काटछाँट गर्नुहुँदा, वा परमेश्‍वरले व्यक्तिगत रूपमा उसलाई ज्योति दिनुहुँदा र मार्गदर्शन गर्नुहुँदा, उसले त्यसलाई कसरी सम्‍हाल्‍छ त्यो हेर्नुपर्छ। परमेश्‍वरले मुख्यतया यी पक्षहरूलाई हेर्नुहुन्छ। यी पक्षहरू केसँग सम्बन्धित छन्? यी पक्षहरू व्यक्तिले काम गर्ने, जिउने, आफ्‍नो आचरण प्रस्तुत गर्ने र संसारसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरूसँग, साथै तिनीहरूले पछ्याउने लक्ष्य र दिशा, तिनीहरूले पछ्याउने मार्ग, तिनीहरूले जिउने तरिका, तिनीहरू के कुरासाथ जिउँछन् त्यो, र तिनीहरूको अस्तित्वको आधारसँग सम्‍बन्धित छन्। यी पक्षहरू यिनै कुरासँग सम्‍बन्धित छन्। त्यसकारण त म भन्छु, यदि हामीले यी सबै कुराहरूलाई पन्छाएर पावलको प्रकृति सारको बारेमा मात्र कुरा गऱ्यौँ भने, हामीले जतिसुकै बोले पनि वा जतिसुकै विस्तृत कुरा गरे पनि, ती खोक्रा शब्दहरू मात्र हुनेछन्। यदि हामीले पावलको सारलाई तिनी को थिए भन्‍ने कुराको हरेक पक्षबाट हेर्न चाह्यौँ, र आजका मानिसहरूलाई सहयोग गर्न चाहन्छौं, वा तिनीहरूलाई आफूलाई हेर्नका लागि एउटा ऐना दिन चाहन्छौं भने, हामीले सुरुमा पावलले पछ्याएको मार्ग, तिनले पछ्याएका लक्ष्यहरू, ती लक्ष्‍यहरूको अस्तित्वको आधार, र परमेश्‍वरप्रतिको तिनको मनोवृत्तिलाई संक्षेप गर्नुपर्छ। यदि हामीले यी कोणहरूबाट तिनको स्वभावको हरेक पक्षलाई विश्‍लेषण गऱ्यौँ भने, के हामीसँग आधार हुँदैन र? यसरी सङ्गति र संक्षेप गर्नुको आंशिक उद्देश्य तैँले पावललाई अझ स्पष्ट रूपमा देख्‍न सक्नेछस् भन्‍नेहेतु हो, तर मुख्य उद्देश्य भनेको आजका मानिसहरूले परमेश्‍वरको मुक्ति र सार्वभौमिकताको सामना गर्दा, तिनीहरूले यसलाई कसरी लिने, र कसरी सत्यताको पछ्याउने भनी जानून्तिनीहरू पावलको पाइला पछ्याउनबाट जोगिन सकून् र तिनी जस्तै दण्डित हुनबाट जोगिन सकून् भन्‍ने हो। सबैभन्दा प्रभावकारी विधि यही हो।

जब तँ पावलले आफूलाई प्रस्तुत गरेका सबै तरिकाहरूलाई हेर्छस्, तब तैँले तिनको प्रकृति सार देख्‍न सक्‍नुपर्छ, र तिनको खोजीको दिशा, लक्ष्य, स्रोत, र प्रेरणा गलत थियो, र यी कुराहरू परमेश्‍वरप्रतिविद्रोही र प्रतिरोधी, उहाँलाई अप्रसन्‍न पार्ने, र परमेश्‍वरले घृणा गर्नुहुने कुरा थिए भन्‍ने निष्कर्षमा पुग्‍न पूर्ण रूपमा सक्‍नुपर्छ। पावलले आफूलाई प्रस्तुत गरेको पहिलो मुख्य तरिका के थियो? (तिनले मुकुटको खातिर परिश्रम र काम गरे।) तिनले आफूलाई यसरी प्रस्तुत गरेको वा तिनी यस्तो स्थितिमा रहेको तिमीहरूले कहाँ देख्यौ? (तिनका शब्‍दहरूबाट।) तिनका प्रसिद्ध भनाइहरूबाट। सामान्यतया, प्रसिद्ध भनाइहरू सकारात्मक हुन्छन्, र सङ्कल्प, आशा र आकाङ्क्षा भएकाहरूका लागि सहयोगी र लाभदायक हुन्छन्; तिनले त्यस्ता मानिसहरूलाई प्रोत्साहित र उत्प्रेरित गर्न सक्छन्, तर पावलका प्रसिद्ध भनाइहरूको प्रकार्य के थियो? तिनका भनाइहरू धेरै थिए। के तिमीहरू तिनका सबैभन्दा प्रसिद्ध भनाइहरूमध्ये एउटा भन्‍न सक्छौ? (“मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)।) यी शब्दहरूले तिनको प्रकृति सारको कुन पक्षलाई प्रतिनिधित्व गर्छन्? हामीले यसलाई सत्यता अनुसार कसरी परिभाषित गर्नुपर्छ? (अहङ्कारी, आत्म-धर्मी, र परमेश्‍वरसँग सम्झौता गर्ने व्यक्ति।) तिनलाई यी कुरा बोल्न तुल्याउने तिनको अहङ्कारी प्रकृति नै थियो।—यदि अन्त्यमा मुकुट नभएको भए तिनी दौडनेथिएनन्, तिनले काम गर्नेथिएनन्, वा परमेश्‍वरमा विश्‍वास समेत गर्नेथिएनन्। यति धेरै प्रवचनहरू सुनेपछि, अब मानिसहरूले पावलले प्रकट गरेको यो प्रकटीकरण र स्थितिलाई चिन्‍न सक्‍नुपर्छ, तर के तिमीहरूले यसलाई परिभाषित गर्न सक्छौ? हामीले “संक्षेप” भन्दा, हाम्रो मतलब कुनै कुरालाई परिभाषित गर्नु हो; तिमीहरूले कुनै कुरालाई परिभाषित गर्न प्रयोग गर्ने शब्दहरू नै साँचो बुझाइ हुन्। जब तैँले कुनै कुरालाई सही रूपमा परिभाषित गर्न सक्छस्, यसले के कुरालाई प्रमाणित गर्छ भने तैँले त्यस मामलालाई स्पष्ट रूपमादेख्छस्; जब तैँले कुनै कुरालाई परिभाषित गर्न सक्दैनस् र अरूको परिभाषाहरू मात्र अनुकरण गर्छस्, तब तैँले साँच्‍चै बुझेको छैनस् भन्‍ने कुरा यसले प्रमाणित गर्छ। कुन मानसिकता वा स्थितिले पावललाई त्यो क्षणमा ती शब्दहरू बोल्न प्रेरित गऱ्यो? कुन अभिप्रायले तिनलाई त्यसो गर्न लगायो? यी शब्दहरूले तँलाई देखाउने तिनको खोजीको सार के हो? (आशिषहरू प्राप्त गर्नु।) तिनी निकै दौडिए, आफैलाई खटाए र आफ्‍नो त्यति धेरै कुरा सुम्पिए किनभने तिनको अभिप्राय आशिषहरू प्राप्त गर्नु थियो। त्यो तिनको प्रकृति सार, र तिनको हृदयको भित्री स्थानमा बसेको कुरा थियो। भर्खरै, तिमीहरूले यो कुराको विश्‍लेषण गरिरहँदा, तिमीहरूले पावलले परमेश्‍वरसँग सम्झौता गरिरहेका थिए भनेर भन्यौ। यसले पावलमा भएको कस्तो मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ? अहिले हामी मुकुट पाउने, आशिष् प्राप्त गर्ने र परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रतिको पावलको सबैभन्दा साँचो मनोवृत्तिलाई संक्षेप गर्ने प्रयास गरिरहेका छौँ; हामील पावलले परमेश्‍वरसँग सम्झौता गरिरहेका थिए कि थिएनन् र तिनी साँचो विश्‍वासी थिए कि थिएनन् भन्ने कुरा संक्षेप गर्ने प्रयास गरिरहेका छैनौं। मलाई फेरि भन। (तिनले सत्यतालाई प्रेम गर्दैनथिए र घृणा गर्थे।) यो मनोवृत्ति होइन; यो तिनको स्वभावको भाग हो। अहिले हामी तिनको मनोवृत्तिबारे कुरा गरिरहेका छौँ। (तिनी लोभी थिए।) यो तिनको आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय, र तिनको इच्छा जस्तै तिनको प्रकृति सारको एउटा पक्ष हो। मनोवृत्ति भनेको के हो? उदाहरणको लागि, म भन्छु सधैँ मसालेदार खाने कुराहरू खानु पेटको लागि खराब हुन्छ, र कसैले जवाफ दिन्छ, “मलाई थाहा छ, मसालेदार खाना खानु खराब हो, तर मलाई मसालेदार खाना खान मनपर्छ! यदि मैले मसालेदार खाना खाइनँ भने के खाने?” म जवाफ दिन्छु, “तेरो स्वास्थ्यको लागि, जबसम्म तैँले मसालेदार खाना खाँदैनस्, तबसम्‍म म तँलाई खानेकुरा किन्‍नको लागि हरेक पटक पाँच डलर दिनेछु।” त्यसपछि, तिनीहरू निकै खुसी हुन्छन्, र भन्छन्, “त्यसोभए ठीक छ, म मसालेदार खाना खानेछैनँ!” एउटा सम्झौता गरिएको छ र तिनीहरू त्यसलाई पालन गर्छन्। तर तिनीहरूले किन आफूलाई मसालेदार खाना खानबाट रोक्‍न सक्छन्? यो वास्तवमा त्यो पैसाको कारणले हो। यदि मैले तिनीहरूलाई पैसा दिइनँ भने, तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्‍नेथिएनन्; तिनीहले पहिले जस्तै मसालेदार खाना खाइरहनेथिए। तिनीहरूले फाइदा लिनको लागि मात्र मसालेदार खाना खान छोडेका हुन्छन्—पैसाको लागि। तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ। तिनीहरूको हृदयको गहिराइमा लुकेको कुरा यही हो। के तिनीहरूले सत्यताको अभ्यास गरिरहेका कारण, तिनीहरूलाई भनिएझैँ गरिरहेका कारण, वा परमेश्‍वरलाई प्रसन्न पार्नका लागि मसालेदार खाना खान छोडेका हुन्? (होइन।) होइन, यो तीमध्ये कुनै पनि कारणका लागि होइन। तिनीहरूले सत्यताको अभ्यास गरिरहेकाले, वा आफ्नो स्वास्थ्यमा ध्यान दिएकाले मसालेदार खाना खानबाट आफूलाई रोकेका हुँदैनन्; तिनीहरूको मनोवृत्ति झारा-तारुवा र सतही छ; तिनीहरूले यसलाई लेनदेनको रूपमा हेर्छन्, र चापलुसी गर्न यसो गरिरहेका हुन्छन्। यदि तिनीहरूले आफ्नो उद्देश्य हासिल र पैसा प्राप्त गरेनन् भने, तिनीहरू फेरि आफूले चाहेकै खानेकुरा खान थाल्नेछन्, र पहिलेको भन्दा बढी खान समेत सक्छन्। यो सबैभन्दा उपयुक्त उदाहरण नहोला, तर हामीले यसलाई पावलसँग तुलना गर्दा के-कस्ता समानताहरू छन् त? (यो पावलले कसरी आशिष् प्राप्त गर्नका लागि उत्प्रेरित भएर परमेश्‍वरसँग सम्झौता गरे भन्‍ने तथ्य समान छ।) पावलले असल लडाइँ लड्नु, दौड दौड्नु, काम गर्नु, आफूलाई खटाउनु, र मण्डलीको मलजल गर्नुलाई समेत धार्मिकताको मुकुटसँग साट्न सकिने कुरा र त्यसतर्फ बढ्ने मार्गको रूपमा हेरे। त्यसकारण, चाहे तिनले कष्ट भोगे पनि, आफूलाई खटाए पनि, वा दौड दौडे पनि, जति सुकै कष्ट भोगे पनि, तिनको मनमा रहेको एकमात्र लक्ष्य भनेको धार्मिकताको मुकुट प्राप्त गर्नु थियो। तिनले धार्मिकताको मुकुट पछ्याउनु र आशिषहरू पछ्याउनुलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यको उचित उद्देश्यको रूपमा, र कष्ट भोग्‍ने, आफूलाई खटाउने, काम गर्ने, र दौड दौड्ने कार्यलाई त्यसतर्फ जाने मार्गको रूपमा लिएका थिए। तिनले सबै बाहिरी असल व्यवहार देखावटीको लागि गरेका थिए; तिनले त्यसलाई अन्तमा आशिष् सँग साट्नका लागि गरेका थिए। यो पावलको प्रमुख पापहरूमध्ये पहिलो हो।

पावलले भनेका र गरेका सबै कुराहरू, तिनले प्रकट गरेका कुरा, तिनको काम र तिनले दौडेका दौड, दुवैको अभिप्राय र लक्ष्य, साथै यी दुवै कुराप्रतिको तिनको मनोवृत्ति—के यी कुराहरूमा सत्यतासँग मेल खाने कुनै कुरा छ? (अहँ, छैन।) तिनमा सत्यतासँग मिल्दोजुल्दो कुरा केही छैन, र तिनले गरेको कुनै पनि कुरा प्रभु येशूले मानिसहरूलाई गर्नु भनी निर्देशन गर्नुभएको कुरा अनुरूप थिएन, तर के तिनले यस कुराको बारेमा चिन्तन गरे? (अहँ, गरेनन्।) तिनले यसको बारेमा कहिल्यै मनन नै गरेनन्, न त खोजी नै गरे, त्यसोभए तिनीसँग आफ्नो सोचाइ सही हो भनेर मान्‍नको लागि के आधार थियो त? (तिनका धारणा र कल्पनाहरू।) यसमा एउटा समस्या छ; तिनले कसरी आफूले कल्‍पना गरेको कुनै कुरालाई आफ्नो सम्पूर्ण जीवन भरि पछ्याउने लक्ष्य बनाउन सके? के तिनले कहिल्यै यसको बारेमा कुनै विचार गरे वा आफैलाई यो प्रश्‍न गरे, “केमेरो सोच ठीक छ त? अरू मानिसहरूले यसरी सोच्दैनन्, म मात्र सोच्छु। के यो समस्या हो?” तिनलाई यी शङ्काहरू नलागेको मात्र होइन, तिनले आफ्ना विचारहरू पत्रमा लेखेर सबै मण्डलीहरूमा समेत पठाए, ताकि सबैले ती पत्रहरू पढ्न सकून्। यो व्यवहारको प्रकृति के हो? यसमा एउटा समस्या छ; किन तिनले कहिल्यै आफ्नो सोच सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर प्रश्‍न गरेनन्, सत्यताको खोजी गरेनन्, वा यसलाई प्रभु येशूले भन्‍नुभएको कुरासँग तुलना गरेनन्? यसको सट्टा, तिनले आफूले कल्पना गरेको कुरा, र आफ्नो धारणामा सही ठानेको कुरालाई पछ्याउनु पर्ने लक्ष्यको रूपमा लिए। यहाँ समस्या के छ? तिनले आफूले कल्पना गरेको र आफूले सही ठानेका सोचलाई सत्यता र पछ्याउने लक्ष्यको रूपमा लिए। के यो अत्यन्तै अहङ्कारी र आत्म-धर्मी कुरा होइन? के तिनको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति ठाउँ थियो? के तिनले अझै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्थे? यदि तिनी परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्थेनन् भने, परमेश्‍वरप्रति तिनको मनोवृत्ति के हुनेथियो? के तिनी पनि परमेश्‍वर बन्‍न चाहन्थे? होइन भने, तिनले आफ्नै विचार र धारणामा कल्पना गरेको कुरालाई आफूले पछ्याउनुपर्ने लक्ष्यका रूपमा लिनेथिएनन्, न त तिनले आफ्ना धारणा वा कल्पना गरेका कुराहरूलाई सत्यता मानेर नै पछ्याउनेथिए। तिनी आफूले सोचेको कुरा सत्यता हो, र यो सत्यता अनुरूप र परमेश्‍वरको इच्छा अनुरूप छ भनी विश्वास गर्थे। तिनले आफूले सही ठानेको कुरालाई मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई पनि भने, र तिनीहरूमा त्यो कुरा हालिदिए, अनि सबैलाई तिनले भनेका हास्यास्पद कुराहरूको पालना गर्न लगाए; तिनले प्रभु येशूका वचनहरूलाई आफ्नै शब्दहरूले प्रतिस्थापन गरे, र तिनले तिनका लागि जिउनु ख्रीष्ट हो भनी गवाही दिन आफ्‍ना यी हास्यास्पद शब्दहरू प्रयोग गरे। के यो पावलको दोस्रो मुख्य पाप होइन र? यो समस्या अत्यन्तै गम्भीर छ!

पावलसँग मिल्दोजुल्दो धेरै मानिसहरू विभिन्‍न युगमा आएका छन्, त्यसोभए हामी पावललाई नै किन उत्कृष्ट उदाहरणको रूपमा प्रयोग गर्छौं? किनभने तिनको बारेमा बाइबलमा अभिलेख गरिएको छ, र तिनले भनेका झूट र भ्रमहरूले, साथै तिनी आफैले पनि सबै इसाईहरूमा ठूलो प्रभाव पारेका छन्। तिनले गरेको हानि अति ठूलो छ भनेर भन्‍न सकिन्छ। तिनीद्वारा बहकाइएकार विषाक्त पारिएका मानिसहरू अति धेरै छन्। तिनले धेरै पुस्ताका मानिसहरूलाई विषाक्त पारेका मात्र छैनन्, त्यो विष अत्यन्तै गहिरो गरी पसेको छ। कति गहिरो? (सबै इसाईहरूले तिनलाई आदर्शको रूपमा हेर्छन् र तिनको अनुकरण गर्छन्; तिनीहरूले तिनका शब्दहरूलाई परमेश्‍वरको वचन मानेर अभ्यास गर्छन्।) यदि तैँले ख्रीष्टका वचनहरू र परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्छस् भने, कसैले पनि यसलाई ठूलो कुरा बनाउँदैन। तर जब तैँले पावलका शब्दहरूबारे सङ्गति गर्छस्, तिनीहरू जुरुक्क उठेर सुन्छन्। यसको मतलब के हो? (तिनीहरूले पावललाई ख्रीष्ट जस्तै व्यवहार गर्छन्।) जब मानिसहरूले पावललाई ख्रीष्ट जस्तै व्यवहार गर्छन्, तब तिनले तिनीहरूको हृदयमा रहेको प्रभु येशू ख्रीष्टको स्थान लिएका हुन्छन्। के यो चरम पाप होइन? (हो।) पावल इतिहासको सबैभन्दा ठूलो ख्रीष्ट-विरोधी हुन्! तिनका शब्दहरूको अभिप्राय अत्यन्तै स्पष्ट छ; तिनका लक्ष्यहरू र धूर्तता स्पष्ट रूपमा देखिन्छन्; तिनको सार अत्यन्त कपटपूर्ण र विषालु छ। यसको प्रकृति चरम रूपमा समस्यापूर्ण छ! त्यसकारण मैले यस कुरालाई उठाएर विश्‍लेषण गर्नुपरेको हो। यदि मैले त्यसो गरिनँ भने, मानिसहरू तिनको बहकाइमा परिरहनेथिए। तर, यदि मैले पावलका समस्याहरूलाई विश्‍लेषगर्न जाँदै थिए भने, मैले तिनलाई आजका मानिसहरूको लागि के गर्नु हुँदैन भन्‍ने कुराको उदाहरणको रूपमा उपयोग हुने तुल्याउनुपर्थ्यो। भर्खरै हामीले पावलका दुई वटा पाप बारे सारांश गऱ्यौँ। पहिलो के थियो? (पावलले काम र दौडलाई मुकुट साट्न मिल्ने कुराको रूपमा लिएका थिए। तिनले आशिष् र मुकुट प्राप्त गर्नुलाई पछ्याउनुपर्ने उपयुक्त लक्ष्यको रूपमा हेरेका थिए।) ठीक भन्यौ। पावलको सबैभन्दा ठूलो समस्या के थियो भने तिनले यी कुराहरूलाई आफूले पछ्याउनु पर्ने लक्ष्यको रूपमा लिएका थिए। सुरुदेखि नै, यो एउटा लेनदेन थियो जसमा विद्रोहिपन र दुष्ट प्रकृति समावेश थियो, तर पावलले यसलाई पछ्याउनको लागि उपयुक्त लक्ष्यको रूपमा लिएका थिए। यो सबैभन्दा गम्भीर समस्या हो। दोस्रो के थियो? (पावलले आफूले कल्पना गरेका, र आफ्नो धारणामा सही ठानेका कुराहरूलाई सत्यताको रूपमा लिएका थिए। तिनले यसबारे कहिल्यै चिन्तन वा खोजी गरेनन्; बरु, तिनले मानिसहरूलाई बहकाए, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनका शब्‍दहरू र हास्यास्पद सिद्धान्तहरू पालन गर्न लगाएर, मानिसहरूलाई तिनलाई ख्रीष्ट झैँ व्यवहार गर्न लगाए।) यो निश्‍चित रूपमा गम्भीर समस्या हो। यी समस्याहरूको सही-सही टिपोट गर; ती संक्षेप गरेर भ्याएपछि तिमीहरूले आफूलाई ती कुराहरूसँग तुलना गर्नुपर्छ। जब हामी कुनै विषयमा छलफल गर्छौं, हामीले सुरुमा सत्यताको त्यो विशेष पक्षको बारेमा कुरा गर्नुपर्छ, त्यसपछि तुलना गर्नुपर्छ। पावलले आफूलाई कसरी प्रदर्शन गरे भन्‍ने कुराको विश्लेषणले सबैको लागि चेतावनीको रूपमा काम गर्छ, साथै मानिसहरूलाई तिनीहरूले सही मार्ग रोज्नुपर्छ, त्यसपछि अभ्यासको सही मार्ग खोज्‍नुपर्छ र पावलको पाइला पछ्याउनबाट जोगिनुपर्छ भनेर बताउँछ। त्यसपछि, तिमीहरू पूर्ण रूपमा प्रभावकारी हुनेछौ।

पावलको अर्को पनि गम्भीर पाप छ, र त्यो के हो भने तिनले आफ्नो काम पूर्ण रूपमा आफ्नो मानसिक क्षमता, शैक्षिक ज्ञान, ईश्‍वरशास्त्रीय ज्ञान र प्रतिपादित सिद्धान्तको आधारमा गर्थे। यो तिनको प्रकृति सारसँग सम्बन्धित कुरा हो। तिमीहरूले यसलाई संक्षेप गर्नुपर्छ, र त्यसपछि यी कुराहरूप्रति तिनको मनोवृत्ति कस्तो थियो भनेर जाँच्नुपर्छ। यो निकै विशेष र महत्त्वपूर्ण पाप हो, र मानिसहरूले बुझ्नु नै पर्ने कुरा हो। पावलको कुन प्रकटीकरणमा यो पाप समावेश थियो भनेर एक क्षणको लागि सोच; यी प्रकटीकरणहरू मार्फत तिनको प्रकृति सार के थियो भनेर हेर, र तिनले आफ्‍नो अन्तस्करणमा के कुरालाई महत्त्व दिएका थिए, तिनका लक्ष्यहरू के थिए भन्‍ने कुरालाई स्पष्ट रूपमा चित्रण गर। तिनले गलत मार्ग किन हिँड्न थाले भन्‍ने कुराको जडमा तिनको अभिप्राय र लक्ष्यहरू नै छन्। तिमीहरूले स्पष्ट रूपमा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। पावलसँग के-कस्ता वरदान थिए? (पावलसँग व्यवस्थाको युगको धेरै बाइबलीय ज्ञानको राम्रो बोध थियो।) त्यो बेला पुरानो करार मात्र अस्तित्वमा थियो। पावल यी धर्मशास्त्रहरूसँग परिचित थिए, र आजका धर्मशास्त्रीय शिक्षकहरू, पाष्टरहरू, प्रचारकहरू र फादरहरू जस्तै तिनी पनि यी कुराको बारेमा निकै जानकार थिए। तिनको धर्मशास्त्रीय ज्ञान तिनीहरूको भन्दा फराकिलो समेत रहेको हुन सक्छ, तर तिनले संसारमा जन्मेपछि मात्र यो कुरा सिकेका हुन्। पावलसँग जन्मैदेखि नै के थियो? (तिनको जन्मजात क्षमताहरू।) पावल प्राकृतिक रूपमै चलाख थिए, बोल्नमा सिपालु थिए, आफूलाई राम्रोसँग व्यक्त गर्थे, र मञ्चमा बोल्‍न डराउँदैनथिए। अब हामी तिनको जन्मजात क्षमताहरू, वरदानहरू, बुद्धि, सक्षमता, साथै तिनले आफ्नो जीवनभर सिकेको ज्ञानको बारेमा कुरा गरौँ। तिनी बोल्नमा सिपालु थिए भन्‍ने तथ्यको अर्थ के हो? तिनले आफूलाई कुन तरिकामा प्रकट र प्रस्तुत गर्थे? तिनलाई ठूला-ठूला सिद्धान्तहरूको बारेमा भटभट्याउन मन पर्थ्यो; तिनले निरन्तर गहन आत्मिक धर्मसिद्धान्त, सिद्धान्त र ज्ञान, र मानिसहरूले प्रायजसो उल्लेख गर्ने तिनका प्रसिद्धलेख र भनाइहरूको बारेमा कुरा गर्थे। पावलका शब्दहरूलाई सारांशित गर्ने एउटा शब्द के हो? (खोक्रो।) के खोक्रा शब्दहरू मानिसहरूका लागि सुधारात्मक हुन्छन्? जब तिनीहरूले ती शब्दहरू सुन्छन्, तब तिनीहरूले उत्साहित भएको महसुस गर्छन्, तर केही समयपछि तिनीहरूको उत्साह हराउँछ। पावलले बताएका कुराहरू अस्पष्ट र भ्रमपूर्ण थिए, जुन कुराहरूलाई वास्तवमा ठोस शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तिनले बताएका सिद्धान्तहरूमा, तैँले अभ्यास गर्ने कुनै मार्ग, वा अभ्यास गर्ने दिशा पत्ता लगाउन सक्दैनस्; तैँले वास्तविक जीवनमा सही रूपमा लागू गर्न सक्‍ने कुनै पनि कुरा पत्ता लगाउन सक्दैनस्—चाहे सिद्धान्तहरू हुन् वा आधारहरू, कुनै पनि वास्तविक जीवनमा लागू हुँदैनन्। त्यसकारण त म भन्छु, तिनले बताएका धार्मिक सिद्धान्तहरू र आत्मिक धर्मसिद्धान्तहरू खोक्रा, अव्यवहारिक शब्दहरू थिए। यी बारेमा कुरा गर्नुको पछाडि पावलको लक्ष्य के थियो? कतिपय मानिसहरू भन्छन्, “तिनले सधैँ यी कुराहरूको बारेमा बोल्थे किनभने तिनले अझ धेरै मानिसहरूलाई आफूतिर तान्‍न चाहन्थे, र तिनीहरूलाई तिनको आदर गर्ने र सम्‍मान गर्ने बनाउन चाहन्थे। तिनले प्रभु येशूको स्थान लिन र धेरै मानिसहरूलाई जित्न चाहन्थे, ताकि तिनी आशिषित हौऊन्।” के आज हामीले कुरा गर्न चाहेको विषय यही हो? (अहँ, होइन।) जसलाई काँटछाँट गरिएको छैन, न्याय गरिएको वा सजाय दिइएको छैन, जसले परीक्षा वा शोधन भोगेको छैन, जोसँग तिनको जस्ता वरदानहरू छ, र ख्रीष्ट-विरोधीको प्रकृति सार छ त्यस्तो व्यक्तिले यसरी धाक लगाउनु र यस्तो व्यवहार देखाउनु अत्यन्तै सामान्य कुरा हो, त्यसकारण हामी यस विषयमा गहिरिएर जानेछैनौँ। हामी के कुराको बारेमा गहिरिएर कुरा गर्नेछौँ त? तिनको यस समस्याको सार, तिनले यी कार्यहरू गर्नु पछाडिको मूल कारण र मनसाय, र के कुराले तिनलाई यस्तो कार्य गर्न उत्प्रेरित गर्‍यो, त्यो कुराको बारेमा। आज मानिसहरूले तिनले बोलेका यी सबै कुराहरूलाई धर्मसिद्धान्त, सिद्धान्तहरू, धर्मशास्त्रीय ज्ञान, जन्मजात वरदानहरू, वा कामकुराहरूबारे तिनको आफ्नै व्याख्यान भने पनि, आधारभूत रूपमा भन्‍नुपर्दा, पावलको सबैभन्दा ठूलो समस्या के थियो भने तिनले मानव इच्छाबाट आउने कुराहरूलाई सत्यताको रूपमा लिन्थे। त्यसकारण तिनमा मानिसहरूलाई आफूतिर तान्‍न र सिकाउनका लागि यी धर्मशास्त्रीय सिद्धान्तहरू निर्णायक, साहसी र खुला रूपमा प्रयोग गर्ने आँट थियो। समस्याको सार यही हो। के यो गम्भीर समस्या हो? (हजुर, हो।) तिनले के-कस्ता कुराहरूलाई सत्यताको रूपमा लिए? तिनले जन्‍मजात पाएका वरदानहरू, साथै तिनले जीवनभर सिकेका ज्ञान र धर्मशास्त्रीय सिद्धान्तहरूलाई। तिनले धर्मशास्त्रीय सिद्धान्तहरू शिक्षकहरूबाट, धर्मशास्त्रहरू पढेर सिकेका थिए, र तिनले बुझेका र कल्पना गरेका कुराहरूबाट पनि ती उत्पन्‍न भएका थिए। तिनले आफ्नो मानवीय बुझाइबाट आएको धारणा र कल्पनालाई सत्यताको रूपमा लिएका थिए, तर यो सबैभन्दा गम्भीर समस्या थिएन, योभन्दा अझ ठूलो एउटा समस्या थियो। तिनले ती कुराहरूलाई सत्यताको रूपमा लिएका थिए, तर के तिनले त्यो बेला ती कुराहरूलाई सत्यता हुन् भनेर सोचेका थिए? के तिनीसँग सत्यता के थियो भन्‍ने बारेमा अवधारणा थियो? (अहँ, थिएन।) त्यसोभए तिनले ती कुराहरूलाई केकारूपमा लिएका थिए त? (जीवनको रूपमा।) तिनले ती सबै कुराहरूलाई जीवनको रूपमा लिएका थिए। तिनले जति धेरै प्रवचनहरू प्रचार गर्न सक्छन्, वा ती जति धेरै उच्च स्तरीय हुन्छन्, तिनको जीवन त्यति नै महान् हुनेछ भन्‍ने सोच्थे। तिनले ती कुराहरूलाई जीवनको रूपमा लिएका थिए। के यो गम्भीर मामला हो? (हो, यो गम्भीर मामला हो।) यसले के असर पारेको थियो? (यसले तिनले पछ्याएको मार्गलाई असर पारेको थियो।) यो यसको एउटा पक्ष हो। अरू के? (तिनले यी कुराहरू प्राप्त गर्नाले मुक्ति पाउनेछन् र तिनलाई यी कुराले स्वर्गको राज्यमा प्रवेश प्राप्त गर्ने तुल्याउनेछ भन्‍ने सोचेका थिए।) यो अझै पनि आशिष् प्राप्त गर्ने कार्यसँग नै सम्बन्धित छ; तिनको जीवन जति महान् हुन्छ, स्वर्गको राज्यमा प्रवेश गर्ने र स्वर्ग आरोहण गर्ने तिनको सम्भावना त्यति नै ठूलो हुन्छ भन्‍ने तिनलाई लाग्थ्यो। “स्वर्ग आरोहण गर्नु” भन्‍ने अर्को तरिका के हो? (परमेश्‍वरको साथमा बसेर शासन गर्नु र शक्ति चलाउनु।) स्वर्गको राज्यमा प्रवेश गर्ने तिनको उद्देश्य परमेश्‍वरको साथमा रहेर शासन गर्नु र शक्ति चलाउनु थियो, तर यो तिनको अन्तिम लक्ष्य थिएन, तिनको अर्को एउटा लक्ष्य पनि थियो। तिनले यसको बारेमा कुरा गरेका छन्। तिनले यसलाई कसरी उल्‍लेख ग? (“मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्‍पी १:२१)।) तिनले तिनको लागि जिउनु ख्रीष्ट हो, र मर्नु प्राप्ति हो भने। यसको अर्थ के हो? तिनी मरेपछि परमेश्‍वरमा परिणत हुनेछन् भन्‍ने हो? तिनको महत्त्वाकाङ्क्षाको कुनै सीमा छैन! तिनको समस्या अत्यन्तै गम्भीर छ! त्यसोभए, के हामीले पावलको कुरालाई विश्‍लेषण गर्नु गलत हो त? पटक्‍कै होइन। तिनले आफ्‍ना वरदानहरू र आफूले सिकेको ज्ञानलाई जीवनको रूपमा कहिल्यै लिनु हुँदैनथियो। यो तिनको तेस्रो मुख्य पाप हो। तैँले यी तीन पापहरूमध्ये जुनसुकैमा पावलको प्रकृति सार देख्‍न सक्छस्। तिनको प्रकृति सारका विशेषताहरू प्रत्येक पापमा खुलासा गरिएका छन्; कुनै पनि कुरा लुकेको वा छुटेको छैन। तिनको प्रकृति सार ती सबैमा प्रतिनिधित्व गरिएको छ।

यसपछि, हामी पावललाई सबैभन्दा बढी प्रतिनिधित्व गर्ने तिनका सबैभन्दा महत्त्वपूर्ण र गम्भीर समस्याहरूलाई हेर्नेछौं। पावलले लेखेका पत्रहरूमा, तिनले प्रायजसो के-कस्ता शब्दहरू प्रयोग गर्थे? जाओ र बाइबलको मूल वचनले के भन्छ भनेर हेर, अनि हामी त्यसलाई विश्लेषण र चिरफार गर्नेछौं, तिनको मनमा वास्तवमा के थियो, र परमेश्‍वरले तिनलाई किन हेला र घृणा गर्नुभयो भन्‍ने कुरा हेर्नेछौँ। प्रारम्भिक मण्डलीहरूको कामको लागि प्रसिद्ध र प्रमुख साधनका रूपमा रहेको पावल जस्तो व्यक्तिले कसरी दण्ड पाए? परमेश्‍वरले आफ्‍नो मनमा पावललाई कसरी मूल्याङ्कन गर्नुभयो? परमेश्‍वरले तिनलाई कसरी हेर्नुभयो? परमेश्‍वरले किन तिनलाई यसरी मूल्याङ्कन गर्नुभयो, र त्यस्तो फैसला गर्नुभयो? परमेश्‍वरलेअन्ततः पावललाई कुन आधारमा परिभाषित गर्नुभयो र उसको परिणाम निर्धारण गर्नुभयो? यी सबै कुराहरूलाई सूचीबद्ध गर ताकि मानिसहरूले कसरी तिनले परमेश्‍वरको प्रतिरोध गरे भन्‍ने तथ्यहरू देख्‍न सकून्, तिनलाई गलत रूपमा दोषी ठहराइएको हो भन्‍ने नसोचून्। जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब तिनीहरूले बाहिरी रूपको आधारमा मानिसहरूलाई परिभाषित गर्ने सम्‍भावना सबैभन्दा बढी हुन्छ। मानिसहरूले अरूलाई बाहिरी रूपअनुसार परिभाषित गर्ने आधार के हो? यसको एउटा भाग परम्परागत संस्कृति र सामाजिक शिक्षाहरू हो। अर्को भाग भनेको घरबाट दिइने शिक्षा, राम्रो-नराम्रो सम्‍बन्धी विचार र अवधारणाहरू, र सही र गलत सम्‍बन्धी विचार र अवधारणाहरू हो। अझै अर्को भाग भनेको विद्यालयबाट दिइने शिक्षा हो। यी सब कुराहरू मिलेर, पूर्णतः शैतानी शिक्षा प्रणाली निर्माण गर्छन्। शैतानले मानिसहरूमा यी कुराहरू हालिदिनुको परिणाम के हो भने मानिसहरूले आफ्‍ना धारणा र प्राथमिकताहरू अनुसार यो राम्रो, त्यो नराम्रो, यो सही, र त्यो गलत भनेर परिभाषित गर्छन्। मानिसहरूमा हुने यी सबै परिभाषाहरूको आधार के हो? वास्तवमा, ती कुराहरू शैतानी सिद्धान्त र दर्शनहरूमा आधारित छन्; मानिसहरूसँग हुने यी आधारहरू परमेश्‍वर वा सत्यताबाट आएका हुँदै हुँदैनन्। त्यसैले त भ्रष्ट मानिसहरूले कुनै व्यक्ति वा घटनालाई चाहे जसरी परिभाषित गरे पनि तिनीहरू गलत नै हुन्छन्—सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन, र यो परमेश्‍वरको इच्छा अनुरूप हुँदैन; परमेश्‍वर वा उहाँका वचनहरूसँग यसको कुनै सरोकार हुँदैन। परमेश्‍वरले आफ्नो स्वभाव र सार अनुसार मानिसहरू र घटनाहरूको बारेमा फैसला गर्नुहुन्छ। परमेश्‍वरको स्वभाव र सार के हो? सत्यता हो। सत्यता भनेको सबै सकारात्मक कुराहरूको अभिव्यक्ति हो, र सबै सकारात्मक कुराहरूको वास्तविकता हो। परमेश्‍वरले अस्तित्वमा रहेका सबै कुराहरू, र मानिसहरूको सम्पर्कमा आउने सबै मानिसहरू, घटनाहरू, र कामकुराहरूका बारेमा सत्यता अनुसार फैसला गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको फैसला तिनीहरूको प्रकृति सार, तिनीहरूको कार्यलाई के कुराले उत्प्रेरित गर्छ, तिनीहरूले हिँडिरहेको मार्ग, र सकारात्मक कुराहरू र सत्यताप्रति तिनीहरूको मनोवृत्तिको आधारमागर्नुहुन्छ। परमेश्‍वरका निष्कर्षहरूको आधार यही हो। परमेश्‍वरले सबै कुराहरूबारे गर्नुहुने फैसला सत्यता अनुरूप हुन्छ। शैतानले के आधारमा सबै कुराहरूलाई परिभाषित गर्छ? (त्यसको आफ्नै तर्क।) शैतानी दर्शन र तर्क, जुन सत्यताको ठीक विपरीत हुन्छ। सारा मानवतालाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसहरूसँग सत्यता छैन; तिनीहरूले शैतानको प्रतिनिधित्व गर्छन् र त्यसको मूर्त रूप धारण गर्छन्। तिनीहरूले सबै कुराहरूलाई शैतानी दर्शन र तर्क अनुसार परिभाषित गर्छन्। तसर्थ, तिनीहरूले कुराहरूलाई परिभाषित गर्दा के निष्कर्ष निकाल्छन् त? सत्यताको ठ्याक्कै विपरीत, अनि विरोध गर्ने निष्कर्षहरू। के तिमीहरूले पावलले आफ्ना पत्रहरूमा धेरैजसो प्रयोग गर्ने शब्दहरू भेट्यौ? पढ त। (“परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरितका रूपमा बोलाइएका पावल” (१ कोरिन्थी १:१)।) देख्यौ? पावलले परमेश्‍वर र ख्रीष्टलाई यसरी श्रेणीगत गरेका छन्: “परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरितका रूपमा बोलाइएका पावल।” यस श्रेणीमा पावल कहाँ छन्? (तेस्रो स्थानमा।) पावलको मनमा, नम्बर एक को हो? (परमेश्‍वर।) अनि नम्बर दुई? (प्रभु येशू।) येशू ख्रीष्‍ट। तेस्रो को हो? (पावल स्वयम्।) तिनी आफै। “परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरितका रूपमा बोलाइएका पावल।” पावलले यो वाक्यांश बारम्बार प्रयोग गर्थे, र यो एक भारी वाक्यांश हो। सर्वप्रथम त, पावल प्रभु येशू ख्रीष्टका प्रेरित हुन् भन्‍ने कुरा हामीलाई थाहा छ। त्यसोभए, पावलको दृष्टिकोणबाट, प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? उहाँ मानिसको पुत्र हुनुहुन्छ, र स्वर्गमा हुनुहुने परमेश्‍वरपछिको दोस्रोश्रेणीमा हुनुहुन्छ। चाहे पावलले प्रभु येशू ख्रीष्टलाई मालिक भने पनि वा प्रभु भने पनि, तिनको दृष्टिकोणमा, पृथ्वीमा आउनुभएका ख्रीष्ट परमेश्‍वर हुनुहुन्‍नथियो, बरु मानिसहरूलाई सिकाउन र आफ्‍नो पछि लगाउन सक्‍ने मानिस हुनुहुन्थ्यो। यस्तो मानिसको प्रेरितको रूपमा पावलको प्रकार्य के थियो? सुसमाचार फैलाउनु, मण्डलीहरू भ्रमण गर्नु, प्रवचनहरू प्रचार गर्नु, र पत्रहरू लेख्‍नु। तिनले आफूले यी कुरा प्रभु येशू ख्रीष्टको तर्फबाट गरिरहेको भन्‍ने विश्‍वास गर्थे। आफ्नो हृदयमा, तिनले सोच्थे, “जहाँ तपाईं जान सक्‍नुहुन्‍न त्यहाँ म गएर तपाईंलाई सहयोग गर्नेछु, र जहाँ तपाईं जान चाहनुहुन्‍न त्यहाँ म तपाईंको तर्फबाट गएर हेर्नेछु।” प्रेरितको बारेमा पावलको अवधारणा यही थियो। तिनको मनमा रहेको दर्जा अनुसार तिनी र प्रभु येशू दुवै साधारण मानिसहरू थिए। तिनले आफूलाई र प्रभु येशू ख्रीष्टलाई समान, मानव देख्थे। तिनको मनमा, तिनको र उहाँको स्थानको बीचमा आधारभूत रूपमा कुनै भिन्‍नता थिएन, न ततिनको र उहाँको पहिचानमा नै कुनै भिन्‍नता थियो, तिनको र उहाँको सेवकाइमा भिन्‍नता हुनु त परको कुरा थियो। तिनको र उहाँको नाम, उमेर, पारिवारिक परिस्थिति र पृष्ठभूमि मात्र फरक थिए, र तिनी र उहाँसँग फरक-फरक किसिमको बाहिरी वरदान र ज्ञान थियो। पावलको मनमा, तिनी हरेक तरिकामा प्रभु येशू ख्रीष्ट जस्तै थिए, र तिनलाई पनि मानिसको पुत्र भन्‍न सकिन्थ्यो। तिनी प्रभु येशू ख्रीष्टभन्दा पछिल्‍लो श्रेणीमा हुनुको एउटै कारण भनेको तिनी प्रभु येशूका प्रेरित थिए; तिनले प्रभु येशू ख्रीष्टको शक्ति प्रयोग गर्थे, र तिनलाई प्रभु येशू ख्रीष्टले मण्डलीहरू भ्रमण गर्न र मण्डलीको काम गर्न पठाउनुहुन्थ्यो। पावलले प्रेरितको रूपमा आफ्नो पद र पहिचान यही रहेको विश्‍वास गर्थे—तिनले यस कुरालाई यसरी नै अर्थ्याएका थिए। साथै, “ख्रीष्‍ट येशूका प्रेरितका रूपमा बोलाइएका पावल” भन्ने वाक्यांशमा भएको पाँचौ शब्‍द “बोलाइएका” भन्‍ने शब्द हो। यस शब्दबाट हामी पावलको मानसिकता देख्‍न सक्छौं। तिनले किन “परमेश्‍वरको इच्‍छाद्वारा … बोलाइएका…” भन्‍ने शब्दहरू प्रयोग गरे त? प्रभु येशू ख्रीष्टले तिनलाई आफ्‍नो प्रेरित हुन बोलाउनुभएको हो भन्‍ने तिनलाई लागेको थिएन; तिनी सोच्थे, “प्रभु येशू ख्रीष्टसँग मलाई कुनै पनि कार्य गर्ने आदेश दिने शक्ति छैन। म उहाँले आज्ञा गर्नुभएअनुसार कार्य गरिरहेको छैनँ; म उहाँका लागि केही गरिरहेको छैनँ। बरु, म स्वर्गमा हुनुहुने परमेश्‍वरको इच्छाद्वारा यी कुराहरू गरिरहेको छु। म प्रभु येशू ख्रीष्ट जस्तै छु।” यसले अर्को कुरालाई सङ्केत गर्छ—पावलले आफू पनि प्रभु येशू ख्रीष्ट जस्तै मानिसको पुत्र भएको सोच्थे। “परमेश्‍वरको इच्‍छाद्वारा … बोलाइएका…” भन्‍ने शब्‍दहरूले पावलले आफ्नो हृदयको गहिराइमा कसरी प्रभु येशू ख्रीष्टको पहिचानलाई इन्कार र शङ्का गर्थे भनेर प्रकट गर्छन्। पावलले तिनी परमेश्‍वरको इच्छाद्वारा प्रभु येशू ख्रीष्टका प्रेरित भएका हुन्, परमेश्‍वरले तिनलाई प्रेरित बन्न भन्‍नुभएको हो, तिनलाई परमेश्‍वरले नियुक्त र स्थापित गर्नुभएको हो, र परमेश्‍वरले तिनलाई बोलाउनुभएको र इच्छा गर्नुभएको हुनाले तिनी प्रभु येशू ख्रीष्टका प्रेरित बनेका हुन् भनेर भने। पावलको मनमा, तिनी र प्रभु येशू ख्रीष्ट बीचको सम्बन्ध यही थियो। तैपनि, यसको सबैभन्दा खराब पक्ष यो होइन। सबैभन्दा खराब पक्ष के हो? पावलले तिनी प्रभु येशू ख्रीष्टको इच्छाद्वारा होइन तर परमेश्‍वरको इच्छाद्वारा प्रभु येशू ख्रीष्टका प्रेरितभएका हुन्, तिनलाई बोलाउने प्रभु येशू होइन, तर स्वर्गमा हुनुहुने परमेश्‍वले तिनलाई त्यसो गर्न लगाउनुभएको हो भन्‍ने सोचे। तिनलाई प्रभु येशू ख्रीष्टको प्रेरित बनाउने शक्ति वा योग्यता कसैसँग छैन, स्वर्गमा हुनुहुने परमेश्‍वरसँग मात्र त्यो शक्ति छ, र स्वर्गमा हुनुहुने परमेश्‍वरले नै तिनलाई सीधै मार्गदर्शन गरिरहनुभएको छ भन्‍ने तिनले सोच्थे। त्यसोभए, यसले के सङ्केत गर्छ? पावलले आफ्‍नो हृदयको गहिराइमा, स्वर्गमा हुनुहुने परमेश्‍वर एक नम्बरमा हुनुहुन्छ, र तिनी आफै दोस्रो नम्बरमा छन् भन्‍ने विश्‍वास गर्थे। त्यसोभए तिनले प्रभु येशूलाई कहाँ राख्थे त? (आफू भएकै दर्जामा।) समस्या यो हो। आफ्नो ओठले, तिनले प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भनी घोषणा गर्थे, तर ख्रीष्टको सार परमेश्‍वरको सार नै हो भनेर तिनले पहिचान गरेनन्; तिनले ख्रीष्ट र परमेश्‍वर बीचको सम्बन्ध बुझेनन्। यही बुझाइको कमीको कारण नै यस्तो गम्भीर समस्या पैदा भएको थियो। कुन तरिकामा यो गम्भीर थियो? (तिनले प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेनन्। तिनले प्रभु येशूलाई इन्कार गरे।) हो, त्यो अत्यन्तै गम्भीर कुरा हो। प्रभु येशू ख्रीष्ट देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट स्वर्गबाट पृथ्वीमा आउनुहुँदा परमेश्‍वरको देह हुनुहुन्थ्यो, र प्रभु येशू परमेश्‍वरको देहधारी शरीर हुनुहुन्थ्यो भन्‍ने कुरालाई तिनले इन्कारे। के यसले पावलले पृथ्वीमा आउनुभएका परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेको सङ्केत गर्दैन र? (हजुर, गर्छ।) यदि तिनले पृथ्वीमा आउनुभएका परमेश्‍वरको अस्तित्वलाई इन्कार गरे भने, के तिनले प्रभु येशूका वचनहरूलाई स्वीकार गर्न सक्थे? (अहँ, तिनले सक्दैनथिए।) यदि तिनले उहाँका वचनहरू स्वीकार गरेनन् भने, के तिनले ती वचनलाई मान्‍न सक्थे? (अहँ, तिनले सक्दैनथिए।) तिनले प्रभु येशू ख्रीष्टका वचनहरू, शिक्षाहरू, वा पहिचानलाई स्वीकार गरेनन् भने, के प्रभु येशू ख्रीष्टको कामलाई स्वीकार गर्न सक्थे? (अहँ, तिनले सक्दैनथिए।) तिनले प्रभु येशू ख्रीष्टले गर्नुभएको काम, वा प्रभु येशू ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गरेनन्, तैपनि यो सबैभन्दा खराब पक्ष थिएन। सबैभन्दा खराब पक्ष के थियो? दुई हजार वर्ष पहिले, प्रभु येशू सबैभन्दा ठूलो काम गर्न पृथ्वीमा आउनुभयो—अनुग्रहको युगको छुटकाराको काम, जहाँ उहाँ देहधारी बन्नुभएर पापी देहको रूप लिनुभयो, र सारा मानवजातिका लागि पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। के यो ठूलो काम थियो? (हो, थियो।) यो सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम थियो, र यो परमेश्‍वर आफैले गर्नुभएको काम थियो, तैपनि पावलले हठ पूर्वक यसलाई इन्कार गरे। प्रभु येशूले गर्नुभएको छुटकाराको काम परमेश्‍वर स्वयम्‌ले गर्नुभएको थियो भन्‍ने कुरालाई तिनले इन्कार गरे, र यो कुरा परमेश्‍वरले छुटकाराको काम पहिले नै पूरा गरिसक्‍नुभएको छ भन्‍ने तथ्यलाई इन्कार गर्नु थियो। के यो गम्भीर समस्या हो? यो अत्यन्तै गम्भीर समस्या हो! पावलले प्रभु येशू ख्रीष्टको क्रूसीकरणको तथ्यलाई बुझ्न नखोजेका मात्र होइन, तर तिनले यसलाई स्वीकार समेत गरेनन्, र यसलाई स्वीकार नगर्नु भनेइन्कार गर्नु हो। तिनले क्रूसमा टाँगिएर सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वर नै हुनुहुन्थ्यो भन्‍ने कुरालाई स्वीकार गरेनन्, न त तिनले परमेश्‍वर सम्पूर्ण मानवजातिका लागि पापबलि बन्‍नुभयो भन्‍ने कुरालाई नै स्वीकार गरे। यसले के जनाउँछ भने परमेश्‍वरले आफ्नो काम गरेपछि सारा मानवजातिले छुटकारा पाए, वा तिनीहरूको पाप क्षमा भयो भनेर तिनले स्वीकार गरेनन्। यसको साथै, तिनले आफ्‍ना पापहरू पनि क्षमा भएको छैन भन्‍ने सोच्थे। प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभयो भन्‍ने तथ्यलाई तिनले स्वीकार गरेनन्। तिनको दृष्टिकोणमा त, ती सबै कुरा मेटिएको थियो। यो सबैभन्दा गम्भीर समस्या हो। भर्खरै, मैले विगत दुई हजार वर्षको अवधिका सबैभन्दा ठूलो ख्रीष्टविरोधी पावल नै थिए भनेर उल्लेख गरें; यो तथ्य पहिले नै प्रकट भइसकेको छ। यदि यी तथ्यहरू बाइबलमा अभिलेख नगरिएका भए, र पावलले परमेश्‍वरको अवज्ञा गर्थे र तिनी ख्रीष्टविरोधी थिए भनेर परमेश्‍वरले भन्‍नुभएको भए, के मानिसहरूले यो कुरा विश्‍वास गर्थे त? तिनीहरूले पक्‍कै पनि गर्दैनथिएधन्न, बाइबलले पावलका पत्रहरू अभिलेख गऱ्यो, र ती पत्रहरूमा तथ्यगत प्रमाण छ; नत्र त, मैले भनिरहेका कुराहरूलाई समर्थन गर्न केही पनि हुने थिएन, र तिमीहरूले यो कुरा स्वीकार गर्थेनौ होला। अब, हामीले पावलका वचनहरू निकालेर पढेर हेर्दा, पावलले प्रभु येशूले भन्‍नुभएका सबै कुराहरूलाई कसरी हेर्थे भन्‍ने देख्छौँ? प्रभु येशूले भन्‍नुभएका कुराहरू पावलको आफ्नै धार्मिक सिद्धान्तहरूमध्ये एउटासँग पनि तुलना गर्न लायक छैनन् भन्‍ने तिनले सोच्थे। त्यसकारण, प्रभु येशूले यस संसार छोडेर जानुभएपछि, पावलले सुसमाचार फैलाएका, काम गरेका, प्रचार गरेका, र मण्डलीहरूको गोठालो गरेका भए पनि, तिनले कहिल्यै पनि प्रभु येशूका वचनहरू प्रचार गरेनन्, ती वचनहरू अभ्यास वा अनुभव गर्नु त परको कुरा हो। उल्टै, तिनले पुरानो करार सम्‍बन्धी आफ्नै बुझाइ प्रचार गरे, जुन पुरानो र रित्ता वचनहरू थिए। पछिल्ला दुई हजार वर्षमा, प्रभुमा विश्‍वास गर्नेहरूले बाइबल अनुसार नै विश्‍वागर्ने गर्छन्, र तिनीहरूले स्वीकार गर्ने सबै कुरा पावलका खोक्रा सिद्धान्तहरू हुन्। फलस्वरूप, मानिसहरू दुई हजार वर्षदेखि अन्धकारमा रहेका छन्। यदि तैँले आज धार्मिक मानिसहरूको समूहलाई पावल गलत थिए भनिस् भने, तिनीहरूले विरोध गर्नेछन् र त्यो स्वीकार गर्नेछैनन्, किनभने तिनीहरू सबैले पावललाई सम्‍मान गर्छन्। पावल तिनीहरूको आदर्श र तिनीहरूका संस्थापक पिता हुन्, र तिनीहरू पावलका प्यारा पुत्र र सन्तानहरू हुन्। तिनीहरू कुन हदसम्म बहकाइएका छन्? तिनीहरू परमेश्‍वरको विरोधमा पावलसँग उभिसकेका छन्; तिनीहरूको दृष्टिकोण, प्रकृति सार र खोजीको विधि पावलको जस्तै छ। तिनीहरू पावलद्वारा पूर्ण रूपमा समिकृत भइसकेका छन्। पावलको चौथो मुख्य पाप यही हो। पावलले प्रभु येशू ख्रीष्टको पहिचानलाई इन्कार गरे, र व्यवस्थाको युगपछि अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कामलाई इन्कार गरे। सबैभन्दा गम्भीर कुरा यही हो। अर्को गम्भीर कुरा के हो भने तिनले आफूलाई प्रभु येशू ख्रीष्टकै स्तरमा राखेका थिए। पावल जिएको युगमा, तिनले प्रभु येशू ख्रीष्टलाई भेटे तर उहाँलाई परमेश्‍वरको रूपमा हेरेनन्; उल्टै, तिनले प्रभु येशू ख्रीष्टलाई एक आम व्यक्तिको रूपमा लिए, मानौं उहाँ मानवजातिको अर्को सदस्य मात्रै हुनुहुन्छ; भ्रष्ट मानिसहरूको जस्तै स्वभावको सार भएको मानिस। कुनै पनि हिसाबले पावलले प्रभु येशूलाई ख्रीष्टको रूपमा व्यवहार गरेनन्, उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु त परको कुरा हो। यो अत्यन्तै गम्भीर कुरा हो। त्यसोभए पावलले किन यसो गरे? (तिनले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको सार छ भन्‍ने कुरा पहिचान गरेनन्, त्यसैले प्रभु येशू ख्रीष्टलाई परमेश्‍वरको रूपमा व्यवहार गरेनन्।) (तिनले प्रभु येशूका वचनहरूलाई सत्यता झैँ देखेनन्, न त प्रभु येशू ख्रीष्ट सत्यताको मूर्त रूप झैँ देखे।) (सतहमा, पावलले प्रभु येशूमा विश्‍वास गर्छु भनेर स्वीकार गरेका थिए, तर तिनले वास्तवमा स्वर्गका अस्पष्ट परमेश्वरलाई विश्वास गर्थे।) (तिनले सत्यताको खोजी गरेनन्, त्यसैले ख्रीष्ट नै सत्य र जीवन हुनुहुन्छ भन्‍ने कुरा बुझ्‍न सकेनन्।) भन्दै जाऊ। (पावलले तिनको लागि, जिउनु भनेको ख्रीष्ट हो भनेका थिए। तिनी परमेश्‍वर बनेर प्रभु येशूलाई प्रतिस्थापन गर्न चाहन्थे।) तिमीहरूले भनेका सबै कुरा तथ्यहरूसँग मिल्छन्। पावलले आफूलाई प्रकट गरेका प्रत्येक तरिका, र तिनका प्रत्येक पापहरू, पहिलेका भन्दा अझै गम्भीर थिए।

पावलको यो भनाइलाई विश्लेषण गरौं: “मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” यी प्रभावशाली शब्दहरू हुन्। तिनले छनौट गरेका शब्दहरूलाई हेर: “धार्मिकताको मुकुट।” सामान्यतया, “मुकुट” शब्द प्रयोग गर्नु आफैमा एकदम साहसी कार्य हो, तर मुकुटलाई परिभाषित गर्न “धार्मिकता” भन्‍ने शब्‍दलाई एउटा विशेषणको रूपमा प्रयोग गर्ने हिम्मत कसले गर्छ? पावलले मात्र यो शब्द प्रयोग गर्ने साहस गर्नेथिए। तिनले यो शब्द किन प्रयोग गरे? यो शब्दको उत्पत्ति छ, र यो शब्द होशियारिसाथ चुनिएको थियो; तिनका शब्दहरूका पछाडि गहिरो अर्थहरू लुकेका छन्! कस्ता अर्थहरू? (तिनले यो शब्‍दद्वारा परमेश्‍वरलाई बाध्य गर्ने प्रयास गरिरहेका थिए।) परमेश्‍वरलाई बाध्य गर्न चाहनु यसको एउटा पक्ष हो। तिनको अभिप्राय पक्‍कै पनि लेनदेन गर्नु थियो, र यसमा परमेश्‍वरसामु सर्तहरू राख्न खोज्ने तत्व पनि छ। यसबाहेक, के तिनले सधैँ धार्मिकताको यस मुकुटको बारेमा प्रचार गर्नुको पछाडि कुनै उद्देश्य थियो? (तिनले मानिसहरूलाई बहकाउन चाहन्थे, र यदि तिनले मुकुट पाएनन् भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने सोच्ने तुल्याउन चाहन्थे।) तिनले यसबारे प्रचार गर्नुको पछाडि उक्साउने र बहकाउने गुण छ, र यो कुरा पावलको इच्छा र महत्वाकांक्षासँग सम्‍बन्धित छ। धार्मिकताको मुकुट प्राप्त गर्ने आफ्नो इच्छालाई अन्ततःसाकार पार्न र पूरा गर्नका लागि, तिनले जताततै यसको बारेमा प्रचार गर्ने रणनीति प्रयोग गरे। आंशिक रूपमा, यी शब्दहरू प्रचार गर्नुको तिनको लक्ष्य मानिसहरूलाई उक्साउनु र बहकाउनु थियो; सुन्‍नेहरूमा एउटा निश्‍चित विचार हालिदिनका लागि थियो, अर्थात्, “आफूलाई धेरै समर्पण गर्ने, धेरै यात्रा गर्ने, र यसरी पछ्याउने म जस्तो व्यक्तिले धार्मिकताको मुकुट प्राप्त गर्न सक्‍नेछ।” यो सुनेपछि, मानिसहरूले स्वतः के महसुस गरे भने पावल जस्तो व्यक्तिले मुकुट पाए भने मात्र परमेश्‍वर धर्मी हुनुहुन्छ। तिनीहरूले पावलले जस्तै पछ्याउने, यात्रा गर्ने र समर्पित हुने गर्नुपर्छ, तिनीहरूले प्रभु येशूको कुरा सुन्‍नु हुँदैन, र पावल नै मानक हुन्, तिनी प्रभु हुन्, र तिनी मानिसहरूले हिँड्नु पर्ने दिशा र लक्ष्य हुन् भन्ने तिनीहरूलाई लाग्यो। तिनीहरूले के पनि सोचे भने यदि मानिसहरूले पावलले जसरी नै काम गरे भने, तिनीहरूले पनि तिनले जस्तै मुकुट, परिणाम र गन्तव्य पाउनेछन्। एक हिसाबले, पावलले मानिसहरूलाई उक्साइरहेका र बहकाइरहेका थिए। अर्को हिसाबमा, तिनको लक्ष्य अत्यन्तै कपटपूर्ण थियो। आफ्नो हृदयको गहिराइमा, तिनले यस्तो सोचेका थिए, “कदाचित् मैले मुकुट पाइनँ भने, यो मेरो आफ्नै कल्पना र मेरो आफ्नै अभिलाषापूर्ण सोच मात्र रहेछ भने, यसको मतलब म लगायत ख्रीष्टमा विश्‍वास गर्ने सबै जना आफ्‍नो विश्‍वासमागलत हुनेछौँ। यसको मतलब पृथ्वीमा कुनै परमेश्वर छैन भन्‍ने हुनेछ, र परमेश्‍वर, म स्वर्गमा रहेको तपाईंको अस्तित्वलाई पनि इन्कार गर्नेछु, र तपाईंले यसको बारेमा केही गर्न सक्‍नुहुनेछैन!” तिनको तात्पर्य के थियो भने: “यदि मैले यो मुकुट प्राप्त गरिनँ भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तपाईंलाई इन्कार मात्र गर्नेछैनन्, तर म तपाईँलाई मैले उक्साएका र यी वचनहरू जान्‍ने सबै मानिसहरूलाई प्राप्त गर्नबासमेत रोक्‍नेछु। म तिनीहरूलाई तपाईँ प्राप्त गर्नबाट पनि रोक्‍नेछु, यसको साथै, म स्वर्गमा हुनुहुने परमेश्‍वरका रूपमा रहेको तपाईंको अस्तित्वलाई इन्कार गर्नेछु। तपाईं धर्मी हुनुहुन्‍न। यदि म, पावल, मुकुट प्राप्त गर्न सक्दिनँ भने, कसैले पनि प्राप्त गर्नु हुँदैन!” यो पावलको दुष्ट पक्ष थियो। के यो ख्रीष्ट-विरोधीको व्यवहार होइन? यो त ख्रीष्ट-विरोधी पिशाचको व्यवहार हो: मानिसहरूलाई उक्साउने, बहकाउने र लोभ्याउने, साथै परमेश्‍वरको विरुद्धमा खुल्लमखुल्ला झगडा गर्ने र विरोध गर्ने। आफ्नो हृदयको गहिराइमा, पावल सोच्थे, “यदि मैले मुकुट प्राप्त गरिनँ भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न। यदि मैले मुकुट प्राप्त गरेँ भने मात्र, त्यो धार्मिकताको मुकुट हो, अनि मात्र परमेश्‍वरको धार्मिकता साँच्‍चै धर्मी हुन्छ।” तिनको “धार्मिकताको मुकुट” को उत्पत्ति यही नै हो। तिनले यसो गरेर के गरिरहेका थिए? तिनले परमेश्‍वरलाई पछ्याउनेहरूलाई खुल्लमखुल्ला उक्साइरहेका र छलिरहेका थिए। यसको साथै, तिनले परमेश्‍वरको विरुद्धमा खुल्लमखुल्ला झगडा गर्न र विरोध गर्न यी विधिहरूको प्रयोग गरिरहेका थिए। अर्को शब्दमा भन्दा, तिनको व्यवहार विद्रोही थियो। यसको प्रकृति कस्तो थियो? सतहमा, पावलले प्रयोग गरेका शब्दहरू शिष्ट र उचित देखिन्छन्, र ती शब्दमा केही गलत छैन जस्तो देखिन्छ—धार्मिकताको मुकुट प्राप्त गर्न र आशिषित हुन परमेश्‍वरमा कसले विश्‍वास गर्नेथिएन र? क्षमता नभएका मानिसहरूले पनि स्वर्गमा पस्नका लागि, कम्‍तीमा पनि परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिनीहरूलाई स्वर्गमा सडकहरू सफा गर्न वा प्रवेशद्वारको रक्षा गर्न लगाइयो भने पनि तिनीहरू खुसी हुनेछन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यो अभिप्राय र उद्देश्य राख्‍नुलाई उचित र स्वाभाविक मान्‍न सकिन्छ। तर, पावलको उद्देश्य त्यो मात्र थिएन। आफ्‍नो धार्मिकताको मुकुटको बारेमा प्रचार गर्ने क्रममा तिनले धेरै मेहनत गरे, धेरै ऊर्जा लगाए, र धेरै हो-हल्‍लामच्चाए। पावलले भनेका कुराहरूले तिनको द्वेषपूर्ण प्रकृति, साथै तिनीभित्र लुकेका, अँध्यारा कुराहरूलाई खुलासा गरे। त्यो बेला, पावलले ठूलो नाम कमाए र तिनलाई आदर्शमानेर पूजा गर्ने मानिसहरू धेरै थिए। तिनी यी सिद्धान्तहरू र उत्कृष्ट सुनिने विचारहरू, आफ्‍ना धारणा र कल्पनाहरू, साथै तिनले आफ्नो अध्ययनमा सिकेका कुराहरू, र तिनले आफ्नो दिमाग प्रयोग गरेर निर्क्योल निकालेका कुराहरू प्रचार गर्न जताततै घुम्थे। जब पावलले यी कुराहरू जताततै प्रचार गरे, तब त्यस बेलाका मानिसहरूमा यसले कति ठूलो प्रभाव पाऱ्यो होला, र यसले तिनीहरूको हृदयको गहिराइमा कति गम्भीर हानि पुऱ्यायो र त्यसलाई कति विषाक्त पाऱ्यो होला? साथै, तिनका पत्रहरूबाट यी कुराहरू सिक्‍ने पछिल्‍ला पुस्ताका मानिसहरूमा यसले कति ठूलो प्रभाव पारेको छ? तिनका वचनहरू पढेका मानिसहरूले जतिसुकै लामो समय प्रयास गरे पनि यी कुराहरूबाट आफूलाई उम्काउन सक्दैनन्—तिनीहरू अत्यन्तै गहन रूपमा विषाक्त पारिएका छन्! कति गहन रूपमा? एउटा अवस्था नै देखा परेको छ, जसलाई “पावलको प्रभाव” भनिन्छ। पावलको प्रभाव के हो? धर्ममा एउटा अवस्था आएको छ जहाँ मानिसहरू पावलका विचार, दृष्टिकोण, तर्कहरू, र तिनले प्रकट गरेका भ्रष्ट स्वभावहरूबाट प्रभावित हुन्छन्। यसले विशेष गरी मा ती मानिसहरूलाई असर गर्छ जसको परिवारले धेरै पुस्तादेखि परमेश्‍वरमा विश्‍वास गरी आएका छन्—ती परिवारहरूलाई जसले धेरै दशकदेखि ख्रीष्टलाई पछ्याई आएका छन्। तिनीहरू यसो भन्छन्, “हाम्रो परिवारले पुस्तौँदेखि प्रभुमा विश्‍वास गरेको छ, र सांसारिक प्रचलनहरूलाई पछ्याउँदैन। हामीले आफूलाई बाहिरी संसारबाट टाढा राखेका छौं, आफ्‍नो परिवार र जागिर-पेसा त्यागेर परमेश्वरमा समर्पित भएका छौं। हामीले गर्ने सबै कुरा पावलले गरेका कुराहरू जस्तै छन्। यदि हामीले मुकुट प्राप्त गरेनौं वा स्वर्गमा प्रवेश गरेनौं भने, परमेश्‍वर आउनुहुँदा हामीसँग उहाँसँगबहस गर्ने आधार हुनेछ।” के मानिसहरूले यस्तो तर्क गर्दैनन् र? (हो, गर्छन्।) र यो प्रचलन एकदमै लोकप्रिय छ। यो प्रचलन कहाँबाट आयो? (पावलले प्रचार गरेको कुराबाट।) यो त पावलले रोपेको ट्यूमरको घातक परिणाम हो। यदि पावलले मानिसहरूलाई यसरी नउक्साएका भए, र सधैँ “मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” र “मेरो लागि जिउनु ख्रीष्ट हो” भनेर नभनेका भए, इतिहासको त्यो युगको पृष्ठभूमिबिना, अहिले मानिसहरूलाई ती कुराहरूको बारेमा कुनै ज्ञान हुनेथिएन। यदि तिनीहरूको सोच्ने तरिका त्यस्तो भएको भए पनि, तिनीहरूसँग पावलको जस्तो दुस्साहस हुनेथिएन। यो सबै पावलको प्रोत्साहन र उक्साइको कारण भएको हो। यदि कुनै दिन यी मानिसहरूआशिषित भएनन् भने, यिनीहरूसँग प्रभु येशूलाई खुल्लमखुल्ला चुनौती दिने साहस हुनेछ, र तिनीहरू तेस्रो स्वर्गमा गएर प्रभुसँग यस मामलाबारे विवाद गर्न पनि इच्छुक हुनेछन्। के यो धार्मिक संसारले प्रभु येशूको विरुद्धमा विद्रोह गर्नु होइन र? धार्मिक संसार पावलद्वारा गम्भीर रूपमा प्रभावित भएको छ भन्ने कुरा स्पष्ट छ! अब मैले यस बिन्दुसम्‍म कुरा गरिसकेको हुनाले, पावलको पाँचौं पाप के थियो भनेर तिमीहरूले निष्कर्ष निकाल्‍न सक्छौ, सक्दैनौ त? पावलले उल्‍लेख गरेका “धार्मिकताको मुकुट” को उत्पत्तिलाई संक्षेप गर्दा, “धार्मिकता” भन्ने शब्दमा ध्यान केन्द्रित हुन्छ। तिनले किन “धार्मिकता” भन्‍ने शब्‍द उल्लेख गरे? पृथ्वीमा, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उक्साउन र बहकाउन चाहन्थे, ताकि तिनीहरूले पनि तिनले जस्तै सोचून्। स्वर्गमा, तिनले यो शब्दद्वारा परमेश्‍वरलाई बाध्य पार्न चाहन्थे, र उहाँको विरुद्धमा झगडा गर्न चाहन्थे। पावलको उद्देश्य यही थियो। तिनले यस कुरालाई कहिल्यै मुखले नभनेका भए पनि, “धार्मिकता” भन्‍ने शब्द नै परमेश्‍वरको विरुद्धमा झगडा गर्ने तिनको उद्देश्य र झुकावलाई पूर्णतः प्रकट गरिसकेको छ। यो खुलस्त भइसकेको थियो; यी सबै तथ्यहरू हुन्। यी तथ्यहरूको आधारमा, के पावलको प्रकृति सारलाई अहङ्कारी, आत्म-धर्मी, छली, र सत्यतालाई प्रेम नगर्ने भनेर मात्र संक्षेप गर्न सकिन्छ त? (सकिँदैन।) यी शब्‍दहरूले यसलाई संक्षेप गर्न सक्दैनन्। मैले यी तथ्य उठाएर र तिनलाई चिरफार, विश्लेषण र परिभाषित गरेकोले, तिमीहरूले पावलको प्रकृति सारलाई अझ स्पष्ट र राम्ररी देख्‍न सक्‍नुपर्छ। सारलाई तथ्यको आधारमा विश्लेषण गरेर हासिल गरिने प्रभाव यही हो। जब पावलले परमेश्‍वरको विरुद्धमा झगडा गरे, त्यो तिनको व्यक्तिगत सानो भावनात्मक क्षण, सानो विद्रोही स्वभाव, वा समर्पित हुन नसक्‍ने क्षमता थिएन। यो भ्रष्ट स्वभाव प्रकट गर्ने औसत समस्या थिएन; बरु, यो त पत्रहरूमार्फत र सार्वजनिक स्थानहरूमा मानिसहरूलाई उक्साउन र बहकाउन सबै प्रकारका विधिहरू खुल्लमखुल्ला प्रयोग गर्ने चरम अवस्थामा पुगेको थियो, ताकि सबै जना परमेश्‍वरको विरोध गर्न र उहाँ विरुद्ध झगडा गर्न क्रोधित भएर एकसाथ उठ्न सकून्। पावलले परमेश्‍वरको विरुद्धमा झगडा मात्र गरेनन्, तर तिनले अरू सबैलाई पनि परमेश्‍वरको विरुद्धमा झगडा गर्न उक्साए—तिनी अहङ्कारी मात्र थिएनन्, दियाबलस पनि थिए! यो पाप यसभन्दा पहिलेको भन्दा अझ बढी गम्भीर छ। हामीले झन्-झन् गम्भीर पापहरूको बारेमा कुरा गरिरहेका छौँ भन्‍ने कुरा राम्रो हो कि नराम्रो हो? (राम्रो हो।) यो कसरी राम्रो हो? (किनभने हामीले पावलको बारेमा थप विवेक प्राप्त गरिरहेका छौँ।) जब तँसँग अझै बढी विवेक हुन्छ, तब तैँले पावलका विभिन्‍न प्रकटीकरण, भ्रष्‍टताका, र पावालका वास्तविक अनुहारलाई राम्ररी उजागर गर्न र स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। के यसो गरेर तिमीहरूले हाम्रो लक्ष्य प्राप्त गरेका हुन्छौ? (अहँ, प्राप्त गरेका हुँदैनौँ।) हामीले संक्षेप गरेका पावलका सबै प्रकटीकरणहरू, साथै तिनको मुख्य सामग्री, विषयवस्तु, र सारलाई लिएर त्यसलाई आफू र आफ्‍नो वरपरका मानिसहरूसँग जोड्नुपर्छ। जब तिमीहरूले हिँड्ने मार्ग र सार पावलको भन्दा कति फरक रहेछ भन्‍ने कुरा स्पष्ट देखेका हुन्छौ, तब तिमीहरूले पूर्ण रूपमा परिणामहरू हासिल गरेका हुनेछौ, र तिमीहरूले पावललाई विश्‍लेषण गर्नुको हाम्रो लक्ष्य हासिल गरेका हुनेछौ। कतिपयले यसो भन्छन्, “ममा पावलको जस्तो धार्मिकताको मुकुट पछ्याउने प्रकटीकरणहरू कुनै छैनन्।” तेरा प्रकटीकरणहरू र तेरो सार पावलको जस्तो गम्भीर नहोला, तर तेरो सार र तिनको सार केही मात्रामा समान चाहिँ छन्। तिनमा यस्ता प्रकटीकरणहरू थिए, र तँमा यस्ता स्थितिहरू छन्। पावलका प्रकटीकरणहरूको नाप १० वा १२ थिए भनी भन्न सकिन्छ भने, तेरो कति छ त? (म सात वा आठमा छु।) पावलले यी कुराहरू सधैँ प्रकट गर्थे, र सधैँ यी कुराहरूले भरिएका हुन्थे। तैँले यी कुराहरू सधैँ प्रकट नगरे पनि, प्रायजसो प्रकट गर्छस्। तैँले सायद आफ्नो आधा जीवन यी कुराहरू गरेर, अनि यी स्थितिहरूमा जिएर नै बिताउँछस्। विशेष गरी जब परमेश्‍वरले तँलाई परीक्षामा पार्नुहुन्छ, जब परमेश्‍वरको काम तेरा धारणाहरूसँग मिल्दैनन्, जब उहाँले तेरो काँट-छाँट गर्नुहुन्छ, र जब उहाँले तेरो लागि योजनाबद्ध गर्नुभएको वातावरण तेरा अपेक्षाहरू अनुरूप हुँदैन, तँमा यस्ता विभिन्‍न प्रकारकास्थितिहरू देखा पर्न सक्छन्; तैँले परमेश्‍वरको विरुद्धमा झगडा गर्ने र उहाँको विरोध गर्ने सम्‍भावना हुन्छ। त्यस्ता समयहरूमा, पावलले मानिसहरूलाई कसरी उक्साए र बहकाए भन्‍ने बारेमा हामीले गरेको विश्लेषण तेरो लागि उपयोगी हुन सक्छ। किन? किनभने अब, तँलाई पावलका प्रकटीकरणहरू प्रकृतिको हिसाबले कति गम्भीर थिए भन्‍ने कुराबारे तेरो मन सचेत छ; ती भ्रष्ट स्वभावका साधारण प्रकटीकरणहरू थिएनन्, तर परमेश्‍वरको विरोध गर्नेदियाबलसीय प्रकृति सार थिए। जब तँमा यस्ता स्थितिहरू देखा पर्छन्, तँलाई यो समस्या कति गम्भीर छ भनेर थाहा हुनेछ। त्यसपछि तँ पछि हट्नुपर्छ, तैँले पश्चात्ताप गर्नुपर्छ र तैँले यो गलत स्थितिलाई त्याग्‍नुपर्छ। तँ यसबाट टाढा जानुपर्छ, तैँले सत्यताको खोजी गर्नुपर्छ, र परमेश्‍वरप्रति समर्पणको मार्ग खोज्नुपर्छ। मानिसहरूले पछ्याउनुपर्ने साँचो मार्ग, र सृष्टि गरिएका प्राणीहरूले पालना गर्नुपर्ने नियम यही हो। यो सङ्गति मानिसहरूको लागि सहयोगी हुन्छ।

पावलको अर्को प्रसिद्ध वाक्यांश छ—त्यो के हो? (“मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्पी १:२१)।) तिनले प्रभु येशू ख्रीष्टको पहिचानलाई, प्रभु येशू ख्रीष्ट पृथ्वीमा जिइरहनुभएको देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, वा प्रभु येशू ख्रीष्ट परमेश्‍वरको मूर्त रूप हुनुहुन्थ्यो भन्‍ने तथ्यलाई स्वीकार गरेनन्। यसको विपरीत, पावलले आफूलाई ख्रीष्टको रूपमा हेर्थे। के त्यो घिनलाग्दो कार्य होइन र? (हो।) त्यो घिनलाग्दो कार्यहो, र यस समस्याको सार अत्यन्तै गम्भीर छ। पावलको मनमा, ख्रीष्ट ठ्याक्कै को हुनुहुन्थ्यो? उहाँको पहिचान के थियो? पावल किन ख्रीष्ट बन्‍न त्यति धेरै मरिहत्ते भएर लागिपर्न सक्थे? यदि, पावलको मनमा, ख्रीष्ट भ्रष्ट स्वभाव भएका एक साधारण व्यक्ति हुनुहुन्थ्यो, वा कुनै उल्लेखनीय भूमिका नखेल्ने, कुनै शक्ति, कुनै महान् हैसियत, र साधारण मानिसहरूको भन्दा बढि कुनै क्षमता वा सीप नभएको एक महत्त्वहीन व्यक्ति हुनुहुन्थ्यो भने, के पावल अझै पनि ख्रीष्ट बन्‍न चाहने थिए र? (अहँ, चाहने थिएनन्।) तिनले पक्‍कै पनि चाहने थिएनन्। तिनले आफूलाई सुशिक्षित ठान्थे, र साधारण व्यक्ति हुन चाहँदैनथे, तिनी एक महामानव, महान व्यक्ति हुन चाहन्थे, र अरूलाई उछिन्‍न चाहन्थे—अरू मानिसहरूले नम्र र महत्त्वहीन ठान्‍ने ख्रीष्ट बन्‍न कसरी चाहन सक्थे र? यसलाई ध्यानमा राख्दै, पावलको हृदयमा ख्रीष्टको हैसियत र भूमिका के थियो त? ख्रीष्ट हुनको लागि व्यक्तिसँग कस्तो पहिचान र हैसियत हुनुपर्छ, र उसले कस्तो अख्‍तियार, शक्ति र वेग देखाउनुपर्छ? यसले पावलले ख्रीष्ट के हुनुहुन्छ भनेर कल्पना गरेका थिए, र ख्रीष्टको बारेमा तिनले के जान्दथे, अर्थात्, तिनले ख्रीष्टलाई कसरी परिभाषित गरेका थिए भन्‍ने कुरालाई खुलासा गर्दछ। यही कारणले गर्दा पावलसँग ख्रीष्ट बन्‍नेमहत्त्वाकाङ्क्षा र इच्छा थियो। पावल किन ख्रीष्ट बन्‍न चाहन्थे भन्‍ने कुराको एउटा निश्‍चित कारण छ, त्यो आंशिक रूपमा तिनका पत्रहरूमा प्रकट हुन्छ। हामी विभिन्‍न मामलाहरूलाई विश्लेषण गरौं। जब प्रभु येशूले काम गरिरहनुभएको थियो, उहाँले केही त्यस्ता कुराहरू गर्नुभयो जसले ख्रीष्टको रूपमा रहेको उहाँको पहिचानलाई प्रतिनिधित्व गरे। यी कुराहरू ख्रीष्टको पहिचानमा रहेका चिन्‍ह र अवधारणाहरू हुन् भन्‍ने पावलले देखे। यी कुराहरू के-के थिए? (चिन्ह र चमत्कारहरूको प्रदर्शन।) ठीक भन्यौ। ती कुराहरू ख्रीष्टले मानिसहरूको रोग निको पार्नु, भूतहरू निकाल्नु, अनि चिन्हहरू, चमत्कारहरू र आश्‍चर्यकर्महरू गर्नु थिए। पावलले प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका भए पनि, उहाँले देखाउनुभएका चिन्हहरू र चमत्कारहरूको कारण मात्र तिनले त्यसो गरेका थिए। तसर्थ, जब पावलले प्रभु येशूको सुसमाचार फैलाए, तिनले प्रभु येशूले भन्‍नुभएका वचनहरू, वा उहाँले प्रचार गर्नुभएका कुराका बारेमा कहिल्यै पनि बोलेनन्। गैर-विश्‍वासी, पावलका नजरमा, ख्रीष्टले त्यति धेरै कुरा बोल्‍न, त्यति धेरै प्रचार गर्न, त्यति धेरै काम गर्न, र त्यति धेरै मानिसहरूलाई आफ्‍नो पछि लगाउन सक्‍नुभएको तथ्यले, प्रभु येशूको पहिचान र हैसियतलाई निश्‍चित सम्मान प्रदान गरेको थियो; उहाँसँग अपार महिमा र कुलीनता थियो, जसले मानिसहरूको बीच प्रभु येशूको स्थानलाई निकै महान् र प्रतिष्ठित बनाएको थियो। पावलले देखेको कुरा यही हो। प्रभु येशू ख्रीष्टले काम गर्दा प्रकट र खुलासा गर्नुभएको कुरा, साथै उहाँको पहिचान र सारबाट, पावलले परमेश्‍वरको सार, सत्यता, मार्ग, वा जीवन देखेनन्न, न त परमेश्‍वरकोप्रेमिलोपन वा बुद्धि नै देखे। पावलले के देखे त? आधुनिक शैलीको वाक्यांश प्रयोग गरेर भन्दा, तिनले ख्यातिको तमकझमक देखे, र तिनी प्रभु येशूका फ्यान बन्‍न चाहन्थे। प्रभु येशूले बोल्नुहुँदा वा काम गर्नुहुँदा, धेरै मानिसहरूले सुने—त्यो कति महिमित अवस्था थियो होला! यो पावलले लामो समयदेखि प्रतिक्षा गरेको कुरा थियो, र तिनी यो क्षणको आगमनको लोभ गर्थे। तिनले त्यस दिनको तृष्णा गर्थे जब तिनले प्रभु येशूले जस्तै अनवरत रूपमा प्रचार गर्न सकून्, जसलाई यति धेरै मानिसहरूले आँखामा प्रशंसा र लालसाका साथ निकै ध्यान दिएर हेर्थे अनि पछ्याउन चाहन्थे। प्रभु येशूको प्रभावशाली वेगले पावल आश्चर्यचकित भएका थिए। वास्तवमा, तिनलाई यस कुराले साँच्चै आश्चर्यचकित तुल्याएको थिएन; बरु, तिनलाई मानिसहरूले सम्मान गर्ने, ध्यान दिने, आदर्श मान्‍ने, र उच्‍च ठान्‍ने पहिचान रवेगलाई ईर्ष्या गर्थे। तिनलाई यही कुराको ईर्ष्या लागेको थियो। त्यसोभए तिनले यो कसरी प्राप्त गर्न सक्थे त? तिनले प्रभु येशू ख्रीष्टले यी कुराहरू आफ्नो सार र पहिचान मार्फत हासिल गर्नुभएको हो भन्‍ने विश्‍वास गरेनन्, तर यो त उहाँको पदवी नामको कारणले आएको हो भन्‍ने विश्‍वास गरे। तसर्थ, पावल ख्रीष्‍टको नाम बोक्ने व्यक्तित्व बन्‍न चाहन्थे, र त्यो भूमिका निभाउन चाहन्थे। पावलले आफूलाई त्यस्तो भूमिकामा ल्याउन धेरै प्रयास गरेका थिए, होइन र? (हो।) तिनले के-कस्ता प्रयासहरू गरे? तिनले जताततै प्रचार गरे, र चमत्कारहरू पनि देखाए। अन्तमा, तिनले आफ्‍नो भित्री इच्छा र महत्त्वाआकाङ्क्षालाई सन्तुष्ट पार्ने वाक्यांश प्रयोग गरेर आफूलाई परिभाषित गरे। तिनले आफूलाई परिभाषित गर्न कुन वाक्यांश प्रयोग गरे? (“मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो।”) जिउनु ख्रीष्ट हो। तिनले हासिल गर्न चाहेको मुख्य कुरा यही हो; तिनको मुख्य चाहना ख्रीष्ट हुनु नै थियो। तिनको व्यक्तिगत खोजी र तिनले हिँडेको मार्गसँग यस चाहनाको के सम्बन्ध छ? (तिनले शक्तिलाई आदर गर्थे, र मानिसहरूले तिनको सम्मान गरून् भन्‍ने चाहन्थे।) यो एउटा सिद्धान्त हो; तिमीहरूले केही तथ्यहरूको बारेमा भन्नुपर्छ। पावलले ख्रीष्ट बन्‍ने आफ्नो चाहनालाई व्यावहारिक तरिकाले प्रकट गरेका थिए; तिनको बारेमा रहेको मेरो परिभाषा तिनले बोलेका एउटै वाक्यांशमा आधारित छैन। तिनका कार्यहरूको शैली, विधि र सिद्धान्तहरूबाट, हामी के देख्‍न सक्छौं भने तिनले गरेका सबै कुराहरू ख्रीष्ट बन्‍ने तिनको लक्ष्यमा केन्द्रित थिए। पावलले यति धेरै कुराहरू भन्‍नु र गर्नुको जड र सार यही हो। पावल ख्रीष्ट बन्‍न चाहन्थे, र यसले तिनको खोजी, जीवन मार्ग र विश्‍वासलाई प्रभावित गरेको थियो। यो प्रभाव कस्ता तरिकाहरूबाट प्रकट भएको थियो? (पावलले आफ्नो सबै काम र प्रचारमा आफ्नै देखावट गर्थे र आफ्नै गवाही दिन्थे।) यो एउटा तरिका हो; पावलले हरेक मोडमा देखावट गर्थे। तिनले कसरी कष्ट भोगेका थिए, कसरी काम गरे, र तिनका अभिप्रायहरू के थिए भनेर मानिसहरूलाई स्पष्ट पारे, ताकि मानिसहरूले यो कुरा सुन्दा, तिनीहरूले तिनी पूर्ण रूपमा ख्रीष्ट समान छन् भन्‍ने सोचून्, र साँच्‍चै तिनलाई ख्रीष्ट भनेर बोलाउन चाहून्। तिनको लक्ष्य त्यही थियो। यदि मानिसहरूले तिनलाई साँच्‍चै ख्रीष्ट भनेर बोलाए भने, के तिनले यसलाई इन्कार गर्ने थिए त? के तिनले यसलाई अस्वीकार गर्ने थिए? (अहँ, गर्ने थिएनन्।) तिनले पक्‍कै पनि इन्कार गर्ने थिएनन्—तिनी पक्‍कै पनि प्रफुल्लित हुने थिए। तिनको खोजमा यसले पारेको एउटा प्रभाव एक हिसाबले यसरी प्रकट भएको थियो। अरू के-के तरिकामा प्रकट भयो त? (तिनले पत्रहरू लेखे।) हो, तिनले केही पत्रहरू लेखे ताकि ती पछिका युगहरूमा हस्तान्तरण हुन सकून्। तिनका पत्रहरूमा, काममा, र मण्डलीहरूको गोठालो गर्ने प्रक्रिया दौरान, तिनले एक पटक पनि प्रभु येशू ख्रीष्टको नाम उल्लेख गरेनन्, वा प्रभु येशू ख्रीष्टको नाममा कार्यहरू गरेनन्, वा प्रभु येशू ख्रीष्टको नामलाई उच्च पारेनन्। तिनले सधैँ यसरी काम गरिरहँदा र बोलिरहँदा त्यसले के नकारात्मक प्रभाव ल्यायो? प्रभु येशूलाई पछ्याउनेहरूलाई यसले कस्तो प्रभाव पाऱ्यो? यसले मानिसहरूलाई प्रभु येशू ख्रीष्टलाई इन्कार गर्ने बनायो, अनि पावलले उहाँको स्थान लिए। मानिसहरूले यस्तो सोधून् भन्‍ने तिनलाई ठूलो चाहना थियो, “प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? मैले उहाँको बारेमा कहिल्यै सुनेको छैनँ। हामी त पावल ख्रीष्टमा विश्‍वास गर्छौं।” त्यसरी तिनी खुसी हुनेथिए। यो तिनको लक्ष्य थियो, र तिनले खोजेको कुराहरूमध्ये एउटा कुरा थियो। त्यो प्रभाव प्रकट भएको एउटा तरिका तिनले काम गर्ने शैली थियो; तिनी खोक्रा विचारहरूका बारेमा फलाकी रहन्थे, र मानिसहरूलाई आफ्नो काममा तिनी कति सक्षम र जोशिला छन्, तिनले मानिसहरूलाई कति मद्दत गरे, र प्रभु येशू ख्रीष्ट फेरि प्रकट हुनुभए झैं तिनको एक निश्‍चितवेग छ भनेर देखाउनका लागि खोक्रा सिद्धान्तहरूको बारेमा अनवरत कुरा गर्थे। त्यो प्रभाव प्रकट हुने अर्को तरिका के थियो भने तिनले कहिल्यै प्रभु येशू ख्रीष्टलाई उच्च पारेनन्, र तिनले पक्‍कै पनि उहाँको नामलाई उचालेनन्, न त तिनले प्रभु येशू ख्रीष्टको वचन र कामको, वा मानिसहरूले यी कुराहरूबाट कसरी फाइदा उठाए भन्‍ने कुराको गवाही नै दिए। के पावलले मानिसहरूले कसरी पश्चात्ताप गर्नुपर्छ भनेर प्रवचन प्रचार गरे त? तिनले पक्‍कै पनि त्यसो गरेनन्। पावलले प्रभु येशू ख्रीष्टले गर्नुभएको काम, उहाँले बोल्‍नुभएका वचनहरू, वा उहाँले मानिसहरूलाई सिकाउनुभएका सबै सत्यताहरूका बारेमा कहिल्यै प्रचार गरेनन्—पावलले आफ्नो हृदयमा यी कुराहरूलाई इन्कार गरे। पावलले प्रभु येशू ख्रीष्टले भन्‍नुभएका वचनहरू र उहाँले मानिसहरूलाई सिकाउनुभएको सत्यतालाई मात्र इन्कार गरेनन्, तर तिनले आफ्नै शब्दहरू, काम र शिक्षाहरूलाई सत्यताको रूपमा व्यवहार गरे। तिनले प्रभु येशूका वचनहरूलाई प्रतिस्थापन गर्न यी कुराहरू प्रयोग गरे, र मानिसहरूलाई तिनका आफ्‍नै वचनहरूको अभ्यास र पालना गर्न लगाए, मानौँ ती सत्यता नै थिए। के कुराले यी प्रकटीकरण रव्यवहारलाई उत्प्रेरित गर्यो? (ख्रीष्ट बन्‍ने तिनको इच्छाले।) यी कुराहरू ख्रीष्ट बन्‍ने तिनको अभिप्राय, चाहना र महत्त्वाकाङ्क्षाद्वारा प्रेरित थिए। यो तिनको अभ्यास र खोजीसँग निकै नजिकबाट जोडिएको थियो। यो पावलको छैटौं पाप हो। के यो गम्भीर छ? (हजुर, छ।) वास्तवमा, तिनका सबै पापहरू गम्भीर छन्। ती सबैले मृत्युलाई निम्त्याउँछन्।

अब म पावलको सातौं पापको बारेमा सङ्गति गर्नेछु। यो अझ गम्भीर छ। पावललाई प्रभुद्वारा बोलाइनुअघि, यहूदी धर्मका विश्‍वासी थिए। यहूदी धर्म यहोवा परमेश्‍वरमाथिको विश्‍वास हो। यहोवा परमेश्‍वरमा विश्‍वास गर्नेहरूसँग परमेश्‍वरको बारेमा के अवधारणा हुन्छ? यहोवा परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट कनानको असल भूमिमा डोर्याएर ल्याउनुहुँदा तिनीहरूका पुर्खाहरूले अनुभव गरेका कुराहरू: कसरी यहोवा परमेश्‍वर मोशासामु देखापर्नुभयो, कसरी उहाँले मिश्रमा दश विपत्तिहरू ल्याउनुभयो, कसरी उहाँले इस्राएलीहरूलाई अगुवाइ गर्न बादल र आगोका खम्बाहरू प्रयोग गर्नुभयो, र कसरी उहाँले तिनीहरूलाई आफ्ना व्यवस्थाहरू दिनुभयो, आदि। त्यस बेला यहूदी धर्ममा विश्‍वास गर्नेहरूले यी सबै कुराहरूलाई केवल कल्पना, धारणा र पौराणिक कथाहरू ठाने कि, तिनलाई तथ्यहरू माने? त्यो बेला, परमेश्‍वरका चुनिएका मानिसहरू र साँचो अनुयायीहरूले स्वर्गका परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र उहाँ वास्तविक हुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे र स्वीकार गर्थे। तिनीहरूले सोच्थे, “परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभएको तथ्य साँचो हो। यो घटना चाहे जति लामो समयअघि भएको भए पनि, यो तथ्य साँचो नै रहन्छ। हामीले यसलाई विश्‍वास मात्र गर्ने होइन, हामी निश्‍चित हुनुपर्छ, र यो तथ्य फैलाउनुपर्छ। यो हाम्रो जिम्मेवारी र दायित्व हो।” तर, गैर-विश्‍वासीहरूको अर्को समूहलाई यी कुराहरू सायद पौराणिक कथाहरू मात्रै हुन् भन्‍नेलाग्यो। कसैले पनि यी कथाहरू पुष्टि गर्ने वा ती वास्तविक हुन् कि काल्पनिक हुन् अनुसन्धान गर्ने प्रयास गरेनन्तिनलाई आधा मात्र विश्वास गरे। जब तिनीहरूलाई परमेश्‍वरको आवश्यकता हुन्थ्यो, तिनीहरूले उहाँ वास्तविक हुनुहुन्छ र तिनीहरूले पछ्याएको, प्रार्थना गरेको, र तृष्णा गरेको कुरा तिनीहरूलाई प्रदान गर्न सक्‍नुहुन्छ भन्‍ने आशा गर्थे; जब तिनीहरूले केही पाउने आशामा परमेश्‍वरसँग प्रार्थना गर्थे, तिनीहरूले यो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने आशा गर्थे। यसो गरेर, तिनीहरूले परमेश्‍वरलाई मनोवैज्ञानिक सहाराको रूपमा मात्रै व्यवहार गरिरहेका हुन्थे। तिनीहरूले परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुन्छ भन्‍ने तथ्यलाई देखेनन्, न त परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताहरूलाई स्वीकार गरे। यो परमेश्‍वरमाथिको साँचो विश्‍वास थिएन; तिनीहरू गैर-विश्‍वासी बनिसकेका थिए। सबैभन्दा नीच प्रकारको व्यक्तिले आफूलाई कसरी प्रकट गर्थ्यो? उसले मण्डलीमा परमेश्‍वरको सेवा गर्ने, उहाँलाई भेटी चढाउने, सबै विधिविधानहरू पछ्याउने, र सबै प्रकारका पौराणिक कथाहरूलाई समेत विश्‍वास गर्ने काम मात्र गर्थ्यो। तर, तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्थेन, र तिनीहरूका धारणा र कल्पनाका परमेश्‍वर अस्पष्ट र खोक्रो हुन्थ्यो। यस्तो व्यक्तिले केमा विश्‍वास गर्थ्यो? भौतिकवादमा। तिनीहरू आफूले देख्‍न सक्‍ने कुरामा मात्र विश्‍वास गर्थे। तिनीहरूको नजरमा, पौराणिक कथाका कुराहरू, अस्पष्ट कुराहरू, र तिनीहरूले आफ्नो हातले छुन नसक्‍ने, आफ्नो आँखाले देख्‍न नसक्‍ने, वा आफ्नो कानले सुन्‍न नसक्‍ने आत्मिक क्षेत्रका कुनै पनि कुरा अस्तित्वमा थिएनन्। कतिपय मानिसहरू भन्छन्, “त्यसोभए, के तिनीहरूले सूक्ष्मजीवहरू जस्ता देख्‍न नसकिने कुराहरूको अस्तित्वमा विश्‍वास गर्छन् त?” तिनीहरूले ती कुरामा पूर्ण रूपमा विश्‍वास गर्छन्। तिनीहरू विज्ञान, इलेक्ट्रोन, सूक्ष्मजीव-विज्ञान, र रसायन विज्ञानमा पूर्ण रूपमा विश्‍वास गर्छन्। गैर-विश्‍वासीहरूले कुनै पनि कुई भन्दा बढी ती कुराहरू साँचो हुन् भनी विश्‍वास गर्छन्। तिनीहरू साँचो भौतिकवादी हुन्। हामी यी तीन प्रकारका मानिसहरूको विश्लेषण गर्न यसको बारेमा कुरा गरिरहेका छौँ: साँचो विश्‍वासीहरू, अर्धविश्‍वासीहरू, र परमेश्‍वरको अस्तित्वमा विश्‍वास नै नगर्ने भौतिकवादीहरू। कतिपय मानिसहरू भन्छन्, “के साँच्‍चै परमेश्‍वर हुनुहुन्छ? उहाँ कहाँ हुनुहुन्छ? उहाँ कस्तो देखिनुहुन्छ? मैले त परमेश्‍वर तेस्रो स्वर्गमा हुनुहुन्छ रे भनेको सुनेको। त्यसोभए, तेस्रो स्वर्ग कति माथि छ त? त्यो कति टाढा छ, र यो कति ठूलो छ त? मानिसहरूले स्वर्ग छ, र त्यहाँ सुनको इँटा र हिराको टाइल छापिएको छ, र त्यसका पर्खालहरू पनि सुनका छन् भनेर भन्छन्। यस्तो अद्भूत ठाउँ कसरी हुन सक्छ र? यो बकवास हो! व्यवस्थाको युगमा, परमेश्‍वरले आफ्ना चुनिएका मानिसहरूलाई आफ्ना व्यवस्थाहरू दिनुभयो, र व्यवस्थाका पाटीहरू अझै पनि अस्तित्वमा छन् भन्‍ने सुनेको थिएँ। सायद यो सबै केवल पौराणिक कथा हो, शासक वर्गले जनतालाई नियन्त्रण गर्न प्रयोग गर्ने कुरा हो।” के मानिसहरूको यो समूहले परमेश्‍वरमा साँचो विश्‍वास गर्छ त? (अहँ, गर्दैन।) तिनीहरूले परमेश्‍वर साँच्‍चै हुनुहुन्छ, वा उहाँले मानिसहरूलाई सृष्टि गर्नुभएको हो र आजको दिनसम्म मानवजातिलाई अगुवाइ गर्नुभएको हो भन्‍ने तथ्यलाई विश्‍वास गर्दैनन्। त्यसोभए, तिनीहरूले किन अझै पनि मण्डलीमा सेवा गर्छन्? (किनभने तिनीहरूले परमेश्‍वरको सेवालाई जागिर र हातमुख जोड्ने टिकटको रूपमा लिन्छन्।) ठीक भन्यौ। तिनीहरूले यसलाई जागिर र हातमुख जोड्ने टिकटको रूपमा हेर्छन्। त्यसोभए, पावल कुन प्रकारको व्यक्ति थिए त? (तेस्रो प्रकारको।) यो कुरा उसको प्रकृति सारसँग जोडिएको छ। पावल खोक्रा सिद्धान्तहरूका बारेमा भटभट्याउन मन पराउँथे। तिनलाई खोक्रा कुराहरू, अस्पष्ट कुराहरू र काल्पनिक कुराहरू मन पर्थ्यो। तिनलाई गहन र बुझ्न गाह्रो, अनि ठोस रूपमा बताउन नसकिने कुराहरू मनपर्थ्यो। तिनलाई कुराहरूबारे बढी सोच्न मन पर्थ्यो, अनि तिनी पूर्वाग्रही र जिद्दी थिए, र तिनको बुझाइ विकृत थियो। यस्ता मानिसहरू मानव होइनन्। तिनी त्यस्तो खालका व्यक्ति थिए। पावलको स्वभाव र प्रकृति सार, साथै तिनका प्राथमिकताहरू, आशाहरू, खोजीहरू र आकाङ्क्षाहरूलाई हेर्दा, तिनले मण्डलीमा सेवा गरेका र तिनी एक प्रसिद्ध शिक्षकको विद्यार्थी रहेका भए पनि, तिनले सिकेको ज्ञान तिनका लागि आफ्नै चाहनाहरू, महत्त्वाकाङ्क्षाहरू, र आडम्बरलाई सन्तुष्ट पार्ने, र समाजमा हातमुख जोड्न, हैसियत, र स्थान पाउन प्रयोग गर्ने एउटा औजार मात्र थियो। पावलको प्रकृति सार र खोजीलाई हेरेर भन्दा, यहोवामाथि तिनको आस्था कति थियो? तिनको आस्था प्रतिज्ञा थिएन, केवल खोक्रा शब्दहरू मात्र थिए। तिनी गैर-विश्‍वासी, नास्तिक र भौतिकवादी थिए। कतिपय मानिसहरूले सोध्छन्, “यदि पावल अविश्‍वासी थिए भने, तिनले किन प्रभु येशू ख्रीष्टका प्रेरित बने र तिनले कसरी अनुग्रहको युगको सुसमाचार फैलाए?” मलाई भन, तिनले कसरी यो बाटो हिँड्न सके? तिनलाई के कुराले उत्प्रेरित गर्यो? तिनले कुन मोडलेयो भूमिका निभाउने, र तिनी जस्तो गैर-विश्‍वासीलाई यस्तो बाटोमा हिँड्ने, र मोडिने तुल्यायो? मैले “मोड” भन्दा के जनाइरहेको छु? जब पावललाई दमस्कसको बाटोमा प्रहार गरियो—त्यो तिनको जीवनको मोड थियो। तिनले दुई प्रकारको मोड अनुभव गरे: एउटा के थियो भने तिनी परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्तिबाट परमेश्‍वर निश्‍चित रूपमा अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्ने व्यक्ति बने किनभने तिनले पहिला सताइरहेका प्रभु येशू दमस्कसको बाटोमा तिनीसामु देखा पर्नुभयो। पावलले सोधे, “तपाईं को हुनुहुन्छ, प्रभु?” वास्तवमा, भित्री मनमा, पावलले यो प्रभु र परमेश्‍वरको अस्तित्व छ भनेर विश्‍वास गरेका थिएनन्, तर तिनी “तपाईं को हुनुहुन्छ, प्रभु?” भनेर नपुकारी बस्‍न सकेनन्। प्रभु येशूले के भन्‍नुभयो? (“म येशू हुँ जसलाई तिमी सताउँछौ” (प्रेरित ९:५)।) प्रभु येशूले यसो भन्नेबित्तिकै, पावल एउटा तथ्यबारे विश्‍वस्त भए: तिनले पहिले कहिल्यै नदेखेका, तिनले कल्पना नै गर्न नसक्ने, र तिनले कल्पना गरेको भन्दा पनि शक्तिशाली एउटा प्रभु देखा पर्नुभएको थियो। प्रभु तिनले कल्पना गरेको भन्दा शक्तिशाली हुनुहुन्छ भनेर तिनी कसरी विश्‍वस्त भए? किनभने पावलले अपेक्षा नै नगरेको बेलामा, तिनले परमेश्‍वर भनेर विश्‍वास नै नगरेका येशू तिनको अघि नै देखा पर्नुभयो। प्रभु येशू कति शक्तिशाली हुनुहुन्छ? उहाँको ज्योतिले पावलको आँखा अन्धो भएपछि उहाँको शक्ति परिमाणबारे तिनी विश्‍वस्त भएका थिए। त्यसोभए, के तिनी प्रभु येशू नै परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वस्त हुन सके त? (सकेनन्।) किन सकेनन्? (किनभने पावलले त परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर समेत विश्‍वासगर्दैनथे।) ठीक भन्यौ, किनभने तिनले परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनथिए। अहिले, तिमीहरूको सबैको हृदयमा आस्था र जग छ, त्यसैले यदि परमेश्‍वरतँ सामु देखा पर्नुभयो भने, उहाँको आवाज मात्रै सुनिस् वा उहाँको ढाड मात्र देखिस् भने पनि, र उहाँ तँसँग बोल्नुभयो वा उहाँले तेरो नाम बोलाउनुभयो भने, तँ एउटा तथ्यबारे विश्‍वस्त हुने थिइस्: “मैले विश्‍वास गरेको परमेश्‍वर उहाँ नै हुनुहुन्छ। मैले उहाँलाई देखेको छु र सुनेको छु। परमेश्‍वर मेरो नजिक आउनुभएको छ।” तँ विश्‍वस्त हुने थिइस् किनभने तेरो हृदयमा आस्था छ, तैँले यस क्षणको बारेमा सपना देखेको छस्, र तँ डराउँदैनस्। तर के पावलले यही सोचेका थिए त? (थिएनन्।) तिनको हृदयमा कहिल्यै पनि आस्था थिएन। तिनको पहिलो विचार के थियो? (डर।) तिनी डराए किनभने यो प्राणीले तिनलाई प्रहार गर्न र मार्न सक्थ्यो! यसले तिनलाई आफूले कहिल्यै देख्‍न नसक्ने नरकले भन्दा बढी भयभीत र त्रसित तुल्याएको थियो। तिनलाई मनैदेखि डर लागेको थियो। तिनको हृदयमा परमेश्‍वरप्रति कुनै आस्था नै थिएन—तिनीसँग परमेश्‍वरको बारेमा कुनै अवधारणा नै थिएन भनेर पनि भन्‍न सकिन्छ। त्यसकारण, जब प्रभु येशूले आफ्नो काम गर्नुभयो, चाहे त्यो चिन्ह र चमत्कार प्रदर्शन होस् वा प्रवचनहरूको प्रचार होस्, जति धेरै मानिसहरूले उहाँलाई पछ्याए पनि, उहाँ जति प्रभावशाली हुनुभए पनि, वा त्यो दृश्य जति ठूलो भए पनि, पावलको मनमा, प्रभु येशू एक साधारण व्यक्तिभन्दा बढी अरू केही हुनुहुन्‍नथियो। तिनले प्रभु येशूलाई तुच्छ दृष्टिले हेर्थे र उहाँलाई गम्भीरतासाथ लिँदैनथे। तर अहिले, मानिसको साधारण पुत्र, जसलाई तिनले तुच्छ ठानेका थिए, उहाँ तिनको अगाडि नै उभिरहनुभएको थियो, अब साधारण व्यक्तिको शरीरमा हुनुहुन्‍नथियो, र आवाजमा मात्र होइन, तरज्योतिको स्तम्भको रूपमा हुनुहुन्थ्यो! तिनका लागि, यो तिनले लाखौँ वर्षमा पनि कहिल्यै नबिर्सने क्षण थियो। त्यो ज्योति अन्धो पार्ने किसिमको थियो! परमेश्‍वरले पावललाई कसरी प्रहार गर्नुभयो? जब परमेश्‍वर पावलकहाँ आउनुभयो, पावल एकै क्षणमा अन्धा भए र भुइँमा ढले। के भइरहेको थियो? के तिनी जानीजानी र स्वेच्छाले लडे, वा के तिनी यसका लागि तयार भइसकेका थिए? (होइन, तिनले यो सहनै सकेनन्।) मानिसको शरीर त देह मात्र हो; यसले सहन सक्दैन। जब परमेश्‍वर साँच्‍चै तेरो नजिक आउनुहुन्छ, उहाँ तैँले प्रभु येशूलाई देखेको साधारण भौतिक शरीरमा हुनुहुनेछैन—जुन निकै मनमोहक र पहुँचयोग्य, यति नम्र र साधारण, देह र रगतले बनेको, जो तेरो लागि महत्त्वहीन देखिन्छ, र जसलाई तँ गम्भीर रूपमा लिँदैनस्। जब परमेश्‍वर साँच्‍चै तेरो नजिक आउनुहुन्छ, उहाँले तँलाई प्रहार गर्नुभएन भने पनि तैँले सहन सक्नेछैनस्! पावलले आफ्‍नो हृदयको गहिराइमा, महसुस गरेको पहिलो कुरा के थियो भने, “मैले सताउने गरेको र तुच्छ नजरले हेर्ने गरेको प्रभु येशू मकहाँ आउनुभएको छ। यो ज्योति साह्रै शक्तिशाली छ!” के परमेश्‍वरले उसलाई झुक्‍न लगाउनुभयो? के उहाँले यसो भन्‍नुभयो, “तँ झुक्नुपर्छ”? (अहँ, उहाँले त्यसो भन्‍नुभएन।) त्यसोभए पावल किन भुइँमा घोप्टो परे त? (तिनी डराएका थिए।) होइन। मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तिनीहरू यति साना र कमजोर छन् कि जब परमेश्‍वरको ज्योतिले तिनीहरूको शरीर छुन्छ, तब तिनीहरू भुइँमा नलडी बस्‍न सक्दैनन्। परमेश्‍वर अत्यन्तै विशाल र शक्तिशाली हुनुहुन्छ; उहाँ तिनीहरूको क्षमता र स्नायुहरूले सम्‍हाल्‍न नै नसक्ने किसिमको हुनुहुन्छ। पावलले प्रभु येशूलाई परमेश्‍वर, वा प्रभुको रूपमा स्वीकार गरेका थिएनन्, र पनि किन तिनी आफै झुक्‍न बाध्य भए त? तिनी घोप्टो परेर ढलेका थिए; तिनी पूर्ण रूपमा शक्तिहीन र हलचल गर्न नसक्‍ने भएका थिए। तिनको पहिलेका घमण्ड, अहङ्कार, ठाडोपन, आत्म-धर्मीपन, र अहमता त्यही क्षणमा हरायो। परमेश्‍वर पावलसामु आफ्नो वास्तविक स्वरूपमा समेत देखा पर्नुभएको थिएन; उहाँको ज्योति मात्र पावलमा परेको थियो, र जब तिनले यो देखे, परिणाम यस्तो भयो; यसले तिनमा यति ठूलो प्रभाव पारेको थियो। यो पावल परिवर्तन भएको मोड थियो। यदि यस मोडको पछाडि कुनै पृथक परिवेश नभएको भए, वा यो कुनै विशेष मामला नभएको भए, मानवता र विवेक भएको एक साधारण व्यक्ति, जसले सकारात्मक कुराहरू र सत्यता पछ्याउँछ, उसका लागि यो राम्रो कुरा हुनेथियो किनभने जब कुनै व्यक्तिले परमेश्‍वरलाई देख्छ, यसले उसको सम्पूर्ण जीवनको खोजीलाई प्रभावित गर्छ। बाइबलमा अभिलेख गरिएकाकुराको आधारमा मूल्याङ्कन गर्दा, शताब्दीयौंभरि कुनै व्यक्तिले परमेश्‍वरले बोल्नुभएको सुन्‍नु दुर्लभ कुरा थियो। परमेश्‍वरले अय्यूबलाई जाँचेपछि उहाँले तिनीसँग आँधीबेहरीमा कुरा गर्नुभयो। अय्यूबले आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरकोप्रबन्धहरूमा समर्पित हुन र परमेश्‍वरको सार्वभौमिकता बुझ्नमा बिताएका थिए, तर अय्यूबले सत्तरी वर्षको उमेरभन्दा अगाडि परमेश्‍वरलाई कहिल्यै देखेनन्; तिनले उहाँको सार्वभौमिकता अनुभव मात्र गरेका थिए, तैपनि अय्यूबसँग त्यस्तो विश्‍वास थियो। जब तिनले परमेश्‍वर बोल्‍नुभएको आफ्‍नै कानले सुने, तब के यो तिनको विश्‍वासका लागि ठूलो मोड थिएन र? (हो, थियो।) यो मोड एक उत्थान थियो, एउटा बिन्दु जहाँबाट तिनको विश्‍वास झनै बढेको थियो। यसले अय्यूबलाई तिनले विश्वास गरेको र पालन गरेको परमेश्‍वरले मानिसहरूमा गर्नुभएका सबै काम सही र असल छन्, र मानिसहरूले उहाँलाई पालन गर्नुपर्छ भन्‍ने कुरा झनै बढी पुष्टि गरिदियो। यो औसत व्यक्तिले अनुभव गर्ने जस्तो सानो परिवर्तनको मोड थिएन, जहाँ तिनीहरू बिस्तारै शङ्कालु विश्‍वासबाट शङ्का विहीन साँचो आस्थामा सर्छन्। बरु, यो त एउटा उत्थान थियो, जसद्वारा तिनको विश्‍वास एउटा नयाँ उचाइमा पुग्यो। पावलको सन्दर्भमा भन्दा, तिनलाई प्रहार गर्ने रूपमा भएको परमेश्‍वरको देखापराइले तिनमा कस्तो परिवर्तनको मोड ल्यानुपर्थ्यो? त्यो पक्‍कै पनि उत्थान त होइन, किनभने तिनले त्यसभन्दा पहिले परमेश्‍वरमा कहिल्यै पनि विश्‍वास गरेका थिएनन्, त्यसैले त्यसलाई उत्थान भन्‍न सकिँदैन। त्यसोभए, त्यसले तिनमा कस्तो प्रभाव पाऱ्यो त? यो कुरा फेरि पनि तिनको खोजीसँग जोडिएको छ। मलाई भन। (आफ्नो जीवन जोगाउनका लागि, पावलले सुसमाचार फैलाएर अनि सेवा गरेर आफ्नो पापको प्रायश्‍चित गर्न चाहन्थे।) एकदम ठीक भन्यौ। तिनलाई मृत्युको पनि डर थियो, र तिनी निकै बेइमान थिए। जब तिनले आफूले सताएको येशू वास्तवमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनलाई साह्रै डर लाग्यो, र तिनले यसो सोचे, “म के गरूँ? प्रभुका आज्ञाहरू मान्नु बाहेक मसँग विकल्‍प छैन, नत्र म मर्नेछु!” त्यस बेलादेखि, तिनले परमेश्‍वरकोआज्ञा स्वीकार गरे र आफ्ना पापहरूको प्रायश्‍चित गर्नका लागि सुसमाचार फैलाउन र सेवा गर्न थाले। तिनले यसो सोचे, “यदि म वास्तवमा सुसमाचार फैलाउनमा सफल भएँ र प्रभु येशू सन्तुष्ट हुनुभयो भने, मैले मुकुट र इनाम समेत पाउन सक्छु!” तिनले आफ्‍नो हृदयको गहिराइ गरेका हिसाबकिताबहरू यस्ता थिए। तिनले बल्‍ल आशिष् प्राप्त गर्ने राम्रो मौका पाएको छु भन्‍ने सोचे। पावलले आफ्ना पापहरूको प्रायश्‍चित गर्न र आफ्नो जीवन जोगाउनका लागि प्रभुको आज्ञा स्वीकार गरेका थिए; तिनले प्रभुमा विश्‍वास गर्नु र उहाँलास्वीकार गर्नु पछाडि तिनको अभिप्राय र लक्ष्य यही थियो। तिनलाई दमस्कसको बाटोमा प्रभु येशूले भेटेर प्रहार गरेदेखि नै, तिनले एउटा मोड लिए, जुनतिनको खोजी र परमेश्‍वरमा विश्‍वास गर्ने जीवनमा एउटा नयाँ सुरुवात भएको चिन्ह भयो। यो नयाँ सुरुवात सकारात्मक थियो कि नकारात्मक? (यो नकारात्मक थियो।) तिनले परमेश्‍वरको धार्मिकतालाई चिनेनन्, र तिनले लेनदेनको विधि प्रयोग गरेर प्रभु येशूको आज्ञाहरू स्वीकार गरे जुन झनै बेइमानीपूर्ण, अकथनीय, र छलपूर्ण थियो, किनभने तिनलाई परमेश्‍वरको प्रतापको र प्रहार गरिन्छु भन्‍ने डर थियो। यो त झनै घिनलाग्दो कुरा हो। तर, मेरो आजको सङ्गतिको मुख्य बुँदा त्यो होइन। परमेश्‍वरको महान् ज्योतिको सामना गरेपछि पावलले लिएको मोड, र तिनले आफूलाई प्रकट गरेका विभिन्‍न तरिकाहरूबाट, हामी पावल कुन बाटोमा थिए, र तिनको प्रकृति सारले देखाए अनुसार तिनी कस्तो प्रकारको व्यक्ति थिए भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छौं। यी कुराहरू पूर्ण रूपमा स्पष्ट छन्।

प्रहार गरिएपछि नै, पावलले प्रभु येशू ख्रीष्ट अस्तित्वमा हुनुहुन्छ, र प्रभु येशू ख्रीष्ट नै परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गरेको थियो। उसले विश्‍वास गरेका परमेश्‍वर तुरुन्तै स्वर्गका परमेश्‍वरबाट प्रभु येशू ख्रीष्टमा परिवर्तन हुनुभएको थियो—उहाँ पृथ्वीका परमेश्‍वरमा परिवर्तन हुनुभएको थियो। त्यस क्षणदेखि, उसले प्रभु येशूको आज्ञालाई इन्कार गर्न सकेन, र देहधारी परमेश्‍वर प्रभु येशूका लागि दृढतासाथ सेवा गर्न थाल्यो। अवश्य नै, उसको सेवाको लक्ष्य आफूलाई आंशिक रूपमा आफ्‍ना पापबाट मुक्त गर्नु थियो, साथै आंशिक रूपमा आशिष् पाउने आफ्‍नो इच्छा पूरा गर्नु र आफूले चाहेको गन्तव्य प्राप्त गर्नु पनि थियो। पावलले “परमेश्‍वरको इच्छाद्वारा” भन्दा, “परमेश्‍वर” शब्दले यहोवालाई कि येशूलाई जनाएको थियो? ऊ अलि अन्योलमा थियो, र सोच्यो, “म यहोवामा विश्‍वास गर्छु, तर किन मलाई येशूले प्रहार गर्नुभयो? येशूले मलाई प्रहार गर्दा यहोवाले किन उहाँलाई रोक्‍नुभएन? वास्तवमा उहाँहरूमध्ये कोचाहिँ परमेश्‍वर हुनुहुन्छ?” उसले यो कुरा पत्ता लगाउन सकेन। जे भए पनि, उसले प्रभु येशूलाई आफ्नो परमेश्‍वरको रूपमा कहिल्यै हेर्नेथिएन। उसले उहाँलाई मुखले स्विकारे पनि, उसको हृदयमा अझै शङ्का थियो। समय बित्दै जाँदा, उसले फेरि बिस्तारै “केवल यहोवा परमेश्‍वर हुनुहुन्छ” भनी विश्‍वास गर्न थाल्यो, त्यसैले पावलले आफ्ना सबै पत्रमा, “परमेश्‍वरको इच्छाद्वारा” भन्‍ने लेख्दा, त्यसमा “परमेश्‍वर” ले मुख्यतः यहोवा परमेश्‍वरलाई जनाएको थियो। पावलले प्रभु येशू यहोवा हुनुहुन्छ भनेर कहिल्यै स्पष्टसँग बताएको छैन, प्रभु येशूलाई सधैँ परमेश्‍वरको पुत्रको रूपमा हेरेको छ, उहाँलाई पुत्रको रूपमा उल्लेख गरेको छ, र “पुत्र र पिता एक हुनुहुन्छ” जस्ता कुरा कहिल्यै भनेको छैन, त्यसैले यसले के प्रमाणित गर्छ भने पावलले प्रभु येशूलाई साँचो परमेश्‍वरको रूपमा कहिल्यै चिनेको थिएन; ऊ अनिश्चित थियो र यसमा अर्धविश्‍वास गरेको थियो। परमेश्‍वरप्रति पावलको यो दृष्टिकोण, र उसको पछ्याइको विधिलाई हेर्दा, ऊ सत्यता पछ्याउने व्यक्ति थिएन। उसले देहधारणको रहस्य कहिल्यै बुझेन, र प्रभु येशूलाई एक मात्र साँचो परमेश्‍वरको रूपमा कहिल्यै चिनेन। यसबाट पावल शक्तिको पूजा गर्ने अनि चलाक र धूर्त थियो भनेर भन्‍नु गाह्रो छैन। पावलले दुष्टता, शक्ति र हैसियतको पूजा गर्थ्यो भन्‍ने तथ्यले उसको विश्‍वास कस्तो थियो भनेर हामीलाई के देखाउँछ? के ऊसँग साँचो विश्‍वास थियो? (थिएन।) ऊसँग साँचो विश्‍वास थिएन, त्यसोभए के उसले आफ्नो हृदयमा परिभाषित गरेका परमेश्‍वर वास्तवमा अस्तित्वमा हुनुहुन्थ्यो? (थिएन।) त्यसोभए किन उसले प्रभु येशू ख्रीष्टको खातिर यताउता यात्रा गऱ्यो, आफूलाई समर्पित गऱ्यो, र काम गऱ्यो त? (ऊ आशिष् पाउने आफ्नो अभिप्रायद्वारा नियन्त्रित थियो।) (उसलाई सजाय पाउने डर थियो।) हामी फेरि घुम्दै फिर्दै यही बुँदामा आएका छौँ। उसलाई सजाय पाउने डर थियो, र उसको शरीरमा छेस्को थियो, जसलाई उसले निकाल्न सकेको थिएन, त्यसैले उसले सधैँ यताउता यात्रा गरिहिँड्नु र काम गर्नुपऱ्यो, ताकि उसलाई आफ्नो शरीरको छेस्कोले सहनै नसक्‍ने गरी पीडा दिन नसकोस्। उसका यी प्रकटीकरणहरूबाट, उसका शब्दहरूबाट, दमस्कसको बाटोमा घटेको घटनाप्रति उसले देखाएको प्रतिक्रिया, र दमस्कसको बाटोमा प्रहार गरिएपछि उसलाई परेको प्रभावबाट, हामी उसको हृदयमा कुनै विश्‍वास थिएन भन्‍ने कुरा बुझ्न सक्छौँ; ऊ गैरविश्‍वासी र नास्तिक थियो भन्‍ने कुरामा लगभग झनै पक्‍का हुन सकिन्छ। उसको दृष्टिकोण यस्तो थियो, “जोसँग शक्ति छ, म उसैमा विश्‍वास गर्नेछु। जोसँग शक्ति छ र जसले मलाई वशमा पार्न सक्छ, म उसका लागि काम गर्नेछु र सक्दो प्रयास गर्नेछु। जसले मलाई गन्तव्य र मुकुट दिन सक्छ, अनि आशिष् पाउने मेरो इच्छा पूरा गर्न सक्छ, म उसैलाई पछ्याउनेछु। म उसलाई अन्त्यसम्म पछ्याउनेछु।” उसको हृदयका परमेश्‍वर को हुनुहुन्थ्यो? ऊभन्दा शक्तिशाली र उसलाई वशमा पार्न सक्‍ने जोकोही उसका परमेश्वर हुन सक्थ्यो। के पावलको प्रकृति सार यस्तै थिएन र? (थियो।) त्यसोभए, उसले अन्त्यमा विश्‍वास गरेको व्यक्तित्व को थियो जो उसलाई दमस्कस जाने बाटोमा प्रहार गर्न सक्षम हुनुहुन्थ्यो? (प्रभु येशू ख्रीष्ट।) उसले प्रयोग गरेको नाम “प्रभु येशू ख्रीष्ट” थियो, तर उसले वास्तवमै विश्‍वास गरेको ईश्‍वर त उसको हृदयमा रहेको परमेश्‍वर थियो। उहाँका परमेश्‍वर कहाँ छ? यदि तैँले उसलाई, “तपाईंको परमेश्‍वर कहाँ हुनुहुन्छ? के उहाँ स्वर्गमा हुनुहुन्छ? के उहाँ सृष्टि गरिएका सबै कुरामध्ये एक हुनुहुन्छ? के उहाँ सारा मानवजातिमाथि सार्वभौम परमेश्‍वर हुनुहुन्छ?” भनेर सोधेको भए, उसले भन्‍नेथियो, “होइन, मेरो परमेश्‍वर दमस्कस जाने बाटोमा हुनुहुन्छ।” वास्तवमा उसका परमेश्‍वर उहाँ नै हुनुहुन्थ्यो। के पावलले प्रभु येशू ख्रीष्टलाई सतावट हुँदाको अवस्थाबाट उहाँका लागि काम गर्ने, आफूलाई समर्पित गर्ने, र आफ्नो जीवन त्याग गर्न सक्‍ने अवस्थामा पुग्‍नुको कारण—ऊ यति धेरै परिवर्तन हुन सक्‍नुको कारण—उसको विश्‍वासमा परिवर्तन आएकाले गर्दा हो? के उसको विवेक जागृत भएको कारणले गर्दा थियो? (होइन।) त्यसोभए यसको कारण के थियो त? के परिवर्तन भयो? तिनको मनोवैज्ञानिक सहारा परिवर्तन भएको थियो। पहिले, उसको मनोवैज्ञानिक सहारा स्वर्गमा थियो; यो खोक्रो र अस्पष्ट कुरा थियो। यदि येशू ख्रीष्टले यसको स्थान लिनुभएको भए, पावलले उहाँलाई अत्यन्तै महत्त्वहीन ठान्‍नेथियो—येशू केवल साधारण व्यक्ति हुनुहुन्थ्यो, त्यसकारण उहाँ मनोवैज्ञानिक सहारा हुन सक्‍नुहुन्‍नथ्यो—र पावल प्रसिद्ध धार्मिक व्यक्तित्वहरूलाई झनै कम भाव दिन्थ्यो। पावल त आफूलाई वशमा पार्न र आशिष् दिन सक्‍ने व्यक्ति खोज्‍न मात्रै चाहन्थ्यो। उसलाई दमस्कसको बाटोमा भेटेको व्यक्तित्व सबैभन्दा शक्तिशाली हुनुहुन्छ, र आफूले विश्‍वास गर्नुपर्ने व्यक्ति उही हो भन्‍ने लागेको थियो। उसको विश्‍वास परिवर्तन हुनेबित्तिकै उसको मनोवैज्ञानिक सहारा पनि परिवर्तन भयो। यस आधारमा, पावलले साँच्‍चै परमेश्‍वरमा विश्‍वास गरे कि गरेनन्? (गरेन।) अब पावलको पछ्याइ र ऊ हिँडेको मार्गलाई केले प्रभाव पारेको थियो भन्‍ने कुरालाई सारांशमा एकै वाक्यमा बताऔँ। (उसको मनोवैज्ञानिक सहाराले।) त्यसोभए, हामीले पावलको सातौँ पापलाई कसरी परिभाषित गर्नुपर्छ? सबै हिसाबले, पावलको विश्‍वास मनोवैज्ञानिक सहारा थियो; त्यो खोक्रो र अस्पष्ट थियो। ऊ पूर्ण रूपमा गैरविश्‍वासी र नास्तिक थियो। ऊजस्तो नास्तिक र गैरविश्‍वासीले किन धर्मको संसार छोडेन? एक हिसाबले, उसको अस्पष्ट कल्पनामा गन्तव्यको मामला थियो। अर्को हिसाबले, उसको हातमुख जोड्ने मामला थियो। ख्याति, लाभ, हैसियत, र हातमुख जोड्ने स्रोत उसको जीवनको पछ्याइ थियो, र मृत्युपछि गन्तव्य पाउने सोच उसका लागि सान्त्वना थियो। यी कुराहरूद्वारा नै यस्ता मानिसहरूले पछ्याउने र प्रदर्शन गर्ने कुरा अनि तिनीहरू हिँड्ने मार्गको जड र सहारा निर्माण हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, पावल को थियो? (गैरविश्‍वासी। ऊ अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्थ्यो।) ऊ नास्तिक थियो, अनि इसाई जगतमा लुकेर बसेको गैरविश्‍वासी र अवसरवादी थियो भनेर भन्‍नु सटीक हुन्छ। यदि तैँले उसलाई फरिसी मात्र भनिस् भने, के त्यो कम हुँदैन र? यदि तैँले पावलले लेखेका पत्रहरू हेरिस्, र झट्ट हेर्दा “परमेश्‍वरको इच्छाद्वारा” भनिएको देखिस् भने, पावलले स्वर्गमा हुनुभएको परमेश्‍वरलाई सर्वोच्च परमेश्‍वरको रूपमा हेर्थे, र मानिसहरूका धारणाको कारणले मात्र, वा तिनीहरू अज्ञानी र परमेश्‍वरलाई नबुझ्‍ने भएकाले, तिनीहरूले परमेश्‍वरलाई पिता, पुत्र र पवित्र आत्मा गरी तीन तहमा विभाजन गरे, र त्यो मानिसको मूर्खता मात्र हो, र यो त्यति गम्भीर समस्या होइन, किनभने सम्पूर्ण धार्मिक संसारले पनि त्यस्तै सोच्छ भन्ने तँलाई लाग्न सक्छ। तर, अहिले, विश्लेषण गरेपछि के कुरा यही हो त? (अहँ, होइन।) पावलले त परमेश्‍वरको अस्तित्वसमेत स्विकारेन। ऊ नास्तिक र गैरविश्‍वासी थियो, र उसलाई नास्तिक र गैरविश्‍वासीहरूकै वर्गमा राखिनुपर्छ।

मैले पावलका सातवटा पापबारे सारांश दिइसकेको छु। ती के-के हुन् भनेर मलाई सङ्क्षेपमा बता। (पहिलो पाप हो पावलले धार्मिकताको मुकुट पछ्यायो र आशिष् पछ्याउनुलाई उचित उद्देश्यठान्यो; दोस्रो हो, पावलले आफ्ना कल्पना र आफ्नो धारणाअनुसार सोचेका कुराहरूलाई सत्यता ठान्यो, र ती चारैतिर प्रचार गऱ्यो, मानिसहरूलाई धोका दियो; तेस्रो हो, पावलले आफ्नो प्रतिभा र ज्ञानलाई जीवन ठान्यो; चौथो हो, पावलले प्रभु येशू ख्रीष्टको पहिचान र सारलाई इन्कार गऱ्यो, अनि प्रभु येशूको छुटकाराको कामलाई इन्कार गऱ्यो; पाँचौँ हो, पावलले “मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” भनेर प्रचार गऱ्यो अनि मानिसहरूलाई खुल्लमखुल्ला उक्सायो र बहकायो, यसरी तिनीहरूलाई परमेश्‍वरको हातलाई कर गर्न, उहाँविरुद्ध कोलाहल मच्चाउन र उहाँको विरोध गर्ने प्रयास गरायो; छैटौँ हो, पावलले आफू जिउनु नै ख्रीष्ट हो भनी विश्‍वास गऱ्यो। उसले प्रभु येशूले व्यक्त गरेको सत्यता इन्कार गऱ्यो, प्रभु येशूका वचनहरूलाई आफ्ना शब्दहरूले प्रतिस्थापन गऱ्यो, अनि मानिसहरूलाई ती अभ्यास गर्न र पालन गर्न लगायो। पावलको सातौँ पाप हो, उसले परमेश्‍वरमाथिको विश्‍वासलाई मनोवैज्ञानिक सहारा ठान्यो, अनि ऊ नास्तिक र गैरविश्‍वासी थियो।) पावलमा भएका यी समस्यासम्‍बन्धी हाम्रो विश्लेषण यति विस्तृत छ कि पावललाई आराधना गर्ने सबैको यसले होस खोल्न सक्छ। यो अर्थपूर्ण छ। पावलले प्रदर्शन गरेका र प्रकट गरेका यी स्वभाव र सारहरू, अनि उसको पछ्याइका व्यक्तिगत विधिहरूमध्ये, कुनचाहिँको तिमीहरूसँग स्पष्ट रूपमा पारस्परिक सम्बन्ध छ? (ती सबैको।) पहिलो पाप धार्मिकताको मुकुट र आशिषहरू पछ्याउनुलाई उचित उद्देश्य ठान्नुसित सम्बन्धित छ। किन म यो गलत छ, र मानिसहरूले यसबारे मनन गरेर यसलाई परिवर्तन गर्नुपर्छ भन्छु? जब पावलले धार्मिकताको मुकुट पछ्यायो, आशिष् पछ्यायो, र स्वर्गको राज्यमा प्रवेश गर्न खोज्यो, तब उसले यी लाभहरू पछ्याउनुलाई उचित मान्यो। त्यसोभए, के तिमीहरू वास्तविक जीवनमा त्यस्ता कुरा देखाउँछौ र व्यक्त गर्छौ जुन यो स्थितिसँग मिल्छ? (कहिलेकाहीँ म परमेश्‍वरको घरमा महत्त्वपूर्ण काम गर्न र योगदान दिन खोज्छु। यी कुराहरू पछ्याएँ भने, परमेश्‍वरले अन्त्यमा मलाई सिद्ध पार्नुहुनेछ भन्‍ने मलाई लाग्छ। म आफूले गर्ने काम र निभाउने कर्तव्यलाई उपलब्धिहरूको सूची ठान्छु।) यो यसको एक भाग हो। आफूले निभाउने कर्तव्यलाई उपलब्धिहरूको सूची ठान्नु भनेको धार्मिकताको मुकुट पछ्याउनुजस्तै हो; यो उस्तै प्रकारको कुरा हो; यो उही अवस्था हो। तैँले त्यसैका लागि काम गर्छस् र कष्ट भोग्छस्। त्यही कुराले तेरो कष्टको स्रोत र कारणलाई निर्देशित गर्दछ। यदि यी कुराले तँलाई निर्देशित नगर्ने हो भने, तँमा कुनै ऊर्जा हुनेथिएन; तँ पूर्ण रूपमा लखतरान हुनेथिइस्। के कसैसँग अरू केही छ? (आफूले विभिन्‍न कुरा त्यागेको, आफूलाई समर्पित गरेको, आफूले कष्ट भोगेको, पक्राउ परेर जेलमा समय बिताएको, र त्यस्ता विगतका कुराहरूलाई व्यक्तिगत पूँजीको रूपमा, र आशिष् पाउने आधार र कारणको रूपमा लिनु।) यो त वर्णन मात्र हो। यहाँ अन्तर्निहित अवस्था के हो? कस्तो परिस्थितिले तँलाई यस अवस्थामा पुऱ्याउँछ? तैँले कुनै कारणविना यस्तो विचार गर्नेछैनस्। तैँले दैनिक खाना खाँदा, सुत्दा, वा कामकुरा गर्दा सधैँ कदापि यस्तो कुरा सोचिरहेको हुँदैनस्। तँलाई यस्तो स्थितिमा पुऱ्याउने पृष्ठभूमि र परिस्थितिबारे थाहा हुनुपर्छ। मलाई बता त। (जब म आफ्नो कर्तव्यमा अलिक प्रभावकारी हुन्छु, तब मलाई के लाग्छ भने, मैले परमेश्‍वरका लागि यताउता यात्रा गरेको छु, उहाँका लागि आफूलाई समर्पित गरेको छु, परिश्रम गरेको छु र धेरै कुरा गरेको छु। पावललाई जस्तै, मलाई पनि आफूले परमेश्‍वरका लागि उत्तम लडन्त लडेको छु, र योगदान दिएको छु भन्ने लाग्छ। यस्तो बेला नै मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू प्रकट हुन्छन्।) वास्तवमा, सुरुमा तँ महत्त्वाकाङक्षा र चाहनाविनाको थिइनस्; ती कुरा सुरुदेखि नै तेरो हृदयमा लुकेका थिए, र अहिले ती बाहिर निस्केर आफूलाई प्रकट गरिरहेका छन्। जब यस्तो हुन्छ, तब तँ नम्र रहँदैनस्, तेरा शब्दहरू अप्रत्यक्ष हुँदैनन्, र तँ घमण्डी बन्छस्। पावलका गलत विचारहरू उसले गरेका सबै कुराको जड थिए। परमेश्‍वरमाथिको उसको विश्‍वासपछाडिका विचारहरू गलत थिए, त्यसले उसका कार्यहरूको जड गलत थियो भन्ने निश्चित भयो। तर, उसले यो कुरा महसुस गरेन, र यसलाई उचित समेत ठान्यो, त्यसैले उसले गलत दिशा पछ्यायो। यसले गर्दा उसको पछ्याइको परिणाम उसले चाहेको कुराविपरीत भयो; त्यसको परिणाम राम्रो भएन, र उसले सत्यता प्राप्त गरेन। अहिलेका मानिसहरू पनि उस्तै छन्। यदि तेरो पछ्याइलाई डोऱ्याउने विचार र दिशा सधैँ गलत छ, तर पनि तँ तिनलाई अझै पछ्याइको सही विधि ठान्छस् भने, तैँले अन्त्यमा के प्राप्त गर्नेछस्? सायद यसले तँलाई निराश पार्नेछ वा तेरो प्रकृतिलाई बढाइचढाइ गर्नेछ। उदाहरणका लागि, यदि परमेश्‍वर तँलाई विशेष तरिकामा आशिष् दिनुहुन्छ, वा तँलाई मात्र केही कुरा दिनुहुन्छ भने, तैँले यस्तो सोच्‍नेछस्, “हेर, परमेश्‍वर मप्रति उदार हुनुहुन्छ। यसबाट मैले गर्ने सबै कुरा परमेश्‍वर स्विकार्नुहुन्छ भन्‍ने कुरा प्रमाणित हुन्छ। परमेश्‍वरले यसलाई स्वीकार गर्नुभएको छ। मेरो त्याग र प्रयास व्यर्थ गएन। परमेश्‍वर मानिसहरूलाई अनुचित व्यवहार गर्नुहुन्‍न।” तँ परमेश्‍वरले मानिसहरूलाई अनुचुति व्यवहार नगर्नुलाई, उहाँका आशिष् र स्वीकारलाई यसरी बुझ्छस्, तर यो बुझाइ गलत र विकृत हो। अहिले, मुख्य कुरा भनेको यी गलत र विकृत अभिप्राय, विचार, र पछ्याइलाई सही र शुद्ध विचार अनि दृष्टिकोणमा कसरी रूपान्तरित गर्ने भन्‍ने हो। सही विचार र दृष्टिकोणअनुसार काम गर्दा मात्र सत्यता अभ्यास हुन्छ, र तैँले सत्यता प्राप्त गर्न सक्‍ने एकमात्र तरिका यही हो। मुख्य कुरा यही हो।

मानिसहरूले बारम्बार प्रवचनहरू सुनेर अहिले आत्मचिन्तन गर्न, र आफूलाई परमेश्‍वरको वचनसँग तुलना गर्न थालेका छन्। तिनीहरूले कर्तव्य पूरा गर्दा आफूमा हुने समस्याहरूलाई पहिचान गर्न थालेका छन्, र आफ्ना असामान्य अवस्था, अत्यधिक चाहना, र भ्रष्‍टता प्रकटलाई पत्ता लगाउन सक्छन्। तिनीहरूलाई पूर्ण रूपमा थाहा नहुने होइन। एउटै समस्या के हो भने, जब तिनीहरूले आफू गलत अवस्थामा छु, वा आफूले भ्रष्‍टता देखाइरहेको छु भन्‍ने पत्ता लगाउँछन्, तब तिनीहरूमा त्यो रोक्‍ने क्षमता हुँदैन, र तिनीहरू त्यो समाधान गर्न सत्यता खोजी गर्दैनन्। कहिलेकाहीँ तिनीहरू शैतानी दर्शनअनुसार जिउँछन्, कसैलाई चिढ्याउँदैनन्, र आफूलाई निकै असल ठान्छन्। तर, तिनीहरू वास्तविक रूपमा परिवर्तन भएका हुँदैनन्; तिनीहरूले भ्रमित भएर नै आफ्नो समय बरबाद गर्छन्, फलस्वरूप, एक दशकसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तिनीहरूसँग भन्‍नलाई अनुभवात्मक गवाही हुँदैन, र तिनीहरूलाई लाज लाग्छ। अहिले समाधान गर्नुपर्ने मुख्य समस्या भनेको, तेरो पछ्याइको गलत दिशालाई कसरी परिवर्तन गर्ने भन्‍ने हो। तँलाई सत्यता पछ्याउने मार्ग नै सही हो भनेर स्पष्ट छ, तैपनि तँ ख्याति, लाभ र हैसियत पछ्याउनमा जिद्दी गर्छस्। यो समस्या कसरी समाधान गर्न सकिन्छ ताकि तँ सत्यताको बाटोमा हिँड्न सकेस्? विश्‍वासीहरूले समाधान गर्नैपर्ने वास्तविक समस्या यही हो। तिमीहरूले परमेश्‍वरको काम कसरी अनुभव गर्ने भन्‍नेबारे बारम्‍बार सङ्गति गर्नुपर्छ, र सत्यता पछ्याइको अनुभवात्मक गवाही कोसँग छ, र कसको अनुभवात्मक गवाही राम्रो छ भनेर हेर्नुपर्छ, त्यसपछि त्यसलाई स्वीकार गरेर पछ्याउनुपर्छ, ताकि तैँले यसबाट लाभ उठाएस् र तँ आफ्‍नो भ्रष्ट स्वभावको बन्धनबाट मुक्त भएस्। सत्यता पछ्याउने मार्गमा हिँड्नु सजिलो छैन—तैँले आफ्‍ना अपराधहरूलाई मात्र होइन, तर आफैलाई पनि बुझ्नैपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्‍नो भ्रष्ट स्वभाव के हो, आफ्नो प्राथमिकता र पछ्याइमा के गलत छ, र कस्ता परिणाम आउन सक्छ भनेर बुझ्नु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। अधिकांश मानिस ख्याति, लाभ र हैसियतको पछि लाग्छन्। हरेक दिन, तिनीहरू कसरी अगुवा बन्‍ने, अरू मानिसलाई कसरी आफ्‍नो आदर गर्न लगाउने, आफ्‍नो प्रदर्शन कसरी गर्न सकिन्छ, र कसरी मर्यादित जीवन बिताउने भनेर सोच्छन्। यदि मानिसहरूले यी कुराबारे मनन गर्न सक्दैनन्, यसरी जिउनुको सारलाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र अन्त्यमा धेरै वर्षपछि असफल भई ठक्‍कर खाएर होस नआइञ्‍जेलसम्‍म अल्याङटल्याङ गरिरहन्छन् भने, के यसले तिनीहरूको जीवन वृद्धिको महत्त्वपूर्ण कुरामा ढिलाइ गराउनेछैन र? मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव र आफूले रोजेको मार्गलाई स्पष्ट रूपमा हेरेर मात्र सत्यता पछ्याउने बाटोमा कदम चाल्न सक्छन्। यदि तिनीहरूले हासिल गर्न चाहने परिणाम यही हो भने, के तिनीहरूले आफूलाई बुझ्नु महत्त्वपूर्ण छैन र? कतिपय मानिस आफूलाई अलिकति पनि बुझ्दैनन्, तैपनि अरूका समस्याको सानोतिनो कुरालाई पनि स्पष्टसँग बुझ्छन्, र तिनीहरू निकै समझदार हुन्छन्। त्यसोभए, तिनीहरूले अरूलाई बुझ्दा, आफूलाई जाँच्न किन यसलाई ऐनाको रूपमा प्रयोग गर्दैनन्? यदि तँ सधैँ अरू मानिस अहङ्कारी, आत्मधर्मी, छली छन्, र सत्यतामा समर्पित हुँदैनन् भनेर भन्छस्, तर आफू पनि त्यस्तै छु भन्‍ने कुरा देख्‍न सक्दैनस् भने, तँ समस्यामा पर्छस्। यदि तँ आफ्‍ना समस्याहरू कहिल्यै बुझ्दैनस्, र तैँले सत्यतामा दिइएको प्रवचनहरू जति नै सुने पनि, सुनेको कुरा बुझे पनि आफूलाई त्यससँग दाँज्दैनस्, आफ्‍नो स्थिति जाँच्न चाहँदैनस्, र आफ्‍ना समस्याहरूलाई गम्भीर रूपमा सम्हाल्न र समाधान गर्न सक्दैनस् भने, तँसँग जीवन प्रवेश हुनेछैन। यदि मानिसहरू सधैँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न असक्षम हुन्छन् भने, के तिनीहरूको हृदयमा खोक्रो भावना हुनेछैन र? तिनीहरूलाई परमेश्‍वरले तिनीहरूमा के काम गर्नुभएको छ भनेर महसुस हुनेछैन, मानौँ तिनीहरूमा कुनै समझ छैन। तिनीहरू सधैँ भ्रमित स्थितिमा हुनेछन्, र तिनीहरूको पछ्याइ सही उद्देश्य वा दिशातर्फ लक्षित हुनेछैन। तिनीहरूले आफ्नै रुचिअनुसार मात्र पछ्याउनेछन्, र तिनीहरू आफ्नै मार्गमा हिँड्नेछन्। यो त पावलले जस्तै इनाम र मुकुट पछ्याउनुलाई मात्रै महत्त्व दिनु, र पटक्कै सत्यता नस्विकार्नु वा अभ्यास नगर्नु हो। यदि तेरो मन सधैँ अस्पष्ट स्थितिमा हुन्छ, र तँसँग पछ्याइको सही मार्ग हुँदैन भने, तैँले कैयौँ वर्षदेखि प्रवचनहरू सुन्दै आए पनि कुनै परिणाम प्राप्त गरेको हुँदैनस्, र साँचो मार्गले तेरो हृदयमा कहिल्यै जरा गाडेको हुँदैन। तँलाई धेरै सिद्धान्तबारे कसरी कुरा गर्ने भन्‍ने थाहा होला, तैपनि यसले तेरो नकारात्मक अवस्था वा भ्रष्ट स्वभावलाई पटक्कै हटाउन सक्दैन। जब तँलाई कुनै पनि प्रकारको कठिनाइ आइपर्छ, तब तैँले बुझ्ने सिद्धान्तले तँलाई यसलाई जित्‍न, वा यसलाई सहज रूपमा पार गर्न सहयोग गर्नेछैन; यसले तँलाई तेरो स्थिति परिवर्तन गर्न वा सुधार्न सहयोग गर्नेछैन, झन् तँलाई विवेक चलाएर जिउन, स्वतन्त्रता र उन्मुक्ति दिन, वा कुनै कुराको बन्धनमा पर्नबाट रोक्न मद्दत गर्नु त परको कुरा हो। तँ पहिले कहिल्यै यस्तो स्थितिमा परेको छैनस्, त्यसैले यसले के कुरा प्रमाणित गर्छ भने तँ आधारभूत रूपमा सत्यता वास्तविकताहरूमा प्रवेश गरेको छैनस्। यदि तँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न, परमेश्‍वरका वचनहरू बुझ्न, परमेश्‍वरमा साँचो विश्‍वास गर्न, परमेश्‍वरलाई चिन्‍न, र परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भनी निश्‍चित हुन चाहन्छस् भने, तैँले आफ्नो स्थितिलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नैपर्छ, अनि त्यसपछि परमेश्‍वरका वचनमा अभ्यास र प्रवेश गर्न मार्ग खोज्नैपर्छ। कतिपय मानिस परमेश्‍वरका वचनहरू पढ्छन् र त्यससँग आफूलाई तुलना गर्न चाहन्छन्, तर तिनीहरूले जति नै प्रयास गरे पनि, त्यसो गर्न सक्दैनन्। उदाहरणका लागि, जब परमेश्‍वर मानिसको स्वभाव साह्रै अहङ्कारी छ भनेर प्रकट गर्नुहुन्छ, तब तिनीहरू सोच्छन्, “म धेरै नम्र छु र म आफ्नो प्रदर्शन गर्दिनँ। म अहङ्कारी छैनँ।” परमेश्‍वरले कुरा गरेको यो अहङ्कार के हो? यो एक प्रकारको स्वभाव हो, घमण्डी व्यक्तित्व प्रकट गर्नु होइन, वा चर्को आवाजमा वा विशेष गरी ठाडे तरिकामा बोल्नु होइन। बरु, यसले तर तेरो स्वभावमा भएको केही कुरालाई जनाउँछ—यो त कुनै कुरामा नझुक्‍ने, र सबै कुरालाई तिरस्कार गर्ने, तुच्छ ठान्‍ने, र बेवास्ता गर्ने तेरो स्वभाव हो। तँ अहङ्कारी, अभिमानी, आत्मधर्मी छस्, सधैँ आफूलाई सक्षम ठान्छस्, र कसैको कुरा सुन्दैनस्। यदि तैँले सत्यताका वचन सुनिस् भने पनि त्यसलाई वास्ता गर्दैनस् र सत्यतालाई महत्त्वहीन ठान्छस्। तँलाई आफूले भ्रष्ट स्वभाव प्रकट गर्दा, यो समस्या हो भन्ने लाग्दैन, र कोही पनि तेरो बराबरीमा आउन सक्दैन भन्‍नेसमेत सोच्छस्, सधैँ आफूलाई अरूभन्दा असल ठान्छस्, र अरूले तेरो कुरा सुन्‍नुपर्छ भन्‍ने माग गर्छस्। अहङ्कारी र आत्मधर्मी व्यक्ति पो यस्तो हुन्छ। यस्ता मानिसहरूसँग जीवन प्रवेश र सत्यता वास्तविकताहरू हुँदैन।

कुनै व्यक्तिसँग सत्यताका वास्तविकताहरू छन् कि छैनन् भनेर कसरी मूल्याङ्कन गर्नुपर्छ? अवश्य नै, परमेश्‍वरको वचनअनुसार सही मूल्याङ्कन गर्नैपर्छ। पहिले, तैँले साँचो रूपमा आफूलाई बुझ्छस कि बुझ्दैनस्, र तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई साँचो रूपमा बुझ्छस् कि बुझ्दैनस्, त्यो हेर्। उदाहरणका लागि, के तेरो स्वभाव अहङ्कारी छ? के तँ कामकुरा गर्दा अहङ्कारी स्वभाव देखाउँछस्? यदि तँलाई थाहा छैन भने, तँ आफूलाई नचिन्ने व्यक्ति होस्। यदि कुनै व्यक्तिले आफ्नो स्थितिलाई स्पष्ट रूपमा देख्‍न सक्दैन, आफूले प्रदर्शन गर्ने भ्रष्‍टतालाई अलिकति पनि बुझ्दैन, आफ्नो वचन र कार्यलाई सत्यतामा आधारित गर्दैन, आफूलाई आइपर्ने परिस्थितिलाई चिन्दैन, र हरेक कुरालाई हेर्दा अन्धाधुन्ध नियमहरू लागू गर्छ, तर यो सही हो कि गलत हो भन्‍ने उसलाई थाहा हुँदैन भने, ऊ सत्यता नबुझ्ने व्यक्ति हो। यदि तैँले सत्यता बुझिस् भने, आफूलाई बुझ्न सक्‍नेछस्, आफूमा अहङ्कारी स्वभाव छ भनेर जान्‍नेछस्, आफ्‍नो साँचो स्थिति बुझ्न, साँच्‍चै पश्चात्ताप गर्न र परिवर्तन हुन सक्‍नेछस्, अनि सत्यता अभ्यास गर्ने तरिका जान्‍नेछस्। तर, यदि तँ सत्यता पछ्याउँदैनस्, परमेश्‍वरका वचनको सत्यताको व्यावहारिक पक्षलाई बुझ्दैनस्, परमेश्‍वरले प्रकट गर्ने मानिसहरूको भ्रष्ट सारबारे मनन गर्दैनस्, वा त्यससँग आफूलाई तुलना गर्दैनस् भने, तँ सधैँ नै बेवकुफ व्यक्ति हुनेछस्। सत्यताले मात्र तँलाई समझदार बनाउन सक्छ, र तँलाई सही र गलत, अनि कालो र सेतोबीच भिन्‍नता छुट्याउन सक्‍ने बनाउँछ; सत्यताले मात्र तँलाई स्मार्ट र विवेकी बनाउन बुद्धि दिन, र सकारात्मक र नकारात्मक कुराहरू के हुन् भनेर स्पष्ट रूपमा छुट्याउने क्षमता दिन सक्छ। यदि तैँले यी कुराहरूबीचको भिन्नता स्पष्ट रूपमा छुट्याउन सक्दैनस् भने, तँ सधैँभरि बेवकुफ व्यक्ति हुनेछस्; तँ सधैँ भ्रमित, अनभिज्ञ र अन्योल अवस्थामा हुनेछस्। यस्ता व्यक्तिहरूले कुनै पनि हालतमा सत्यता बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरे पनि, तिनीहरू अझै सत्यता वास्तविकताहरूमा प्रवेश गर्न असमर्थ हुन्छन्। यदि तिनीहरूको सेवाले मापदण्ड पूरा गर्न सक्दैन भने, तिनीहरूलाई गर्ने भनेकै हटाउनु मात्र हो। उदाहरणका लागि, कुनै अति प्रख्यात व्यक्तिले केही गर्छ, र धेरैजसो मानिसले यसलाई राम्रो कुरा ठान्छ, तर यदि सत्यता बुझ्ने व्यक्तिले यसलाई हेऱ्यो भने, त्यो बुझ्‍नेछ, र उसको कार्यपछाडि दुष्ट अभिप्राय लुकेको छ भनेर निर्धारित गर्छ—यो देखावटी भलाइ, चाल र छल हो, अनि दुष्ट व्यक्ति वा दियाबलस राजाले मात्र त्यस्तो काम गर्न सक्छ। यसो भन्‍नुको आधार के हो? यो “असल कुरा” को सार सत्यताअनुसार निर्धारण गरिएको हो। अरू मानिसले जे भने पनि, यसको मूल्याङ्कन गर्न सत्यता प्रयोग गरेर मात्र तैँले यसको सारलाई स्पष्ट रूपमा देख्‍न सक्छस्: यदि यो असल छ भने, यो राम्रो हो; यदि यो खराब छ भने, यो खराब हो। परमेश्‍वरको वचनअनुसार यसको मूल्याङ्कन गर्नु पूर्ण रूपमा सही हुनेछ। तर, यदि तँ सत्यता बुझ्दैनस् भने, तँमा धारणाहरू उत्पन्‍न हुनेछन्, र तैँले यसो भन्‍नेछस्, “राम्रो काम गर्दा पनि किन उसलाई खुलासा गरिँदै छ र निन्दा गरिँदै छ? उसलाई निष्पक्ष व्यवहार गरिँदै छैन!” तैँले यसलाई यसरी मूल्याङ्कन गर्नेछस्। तैँले यस मामिलालाई सत्यताको आधारमा मूल्याङ्कन गर्दैनस्, बरु आफ्नो मनले कल्पना गरेका कुराहरूको आधारमा गर्छस्। यदि तँ सधैँ मानव धारणा र कल्पनाअनुसार विभिन्‍न कुरालाई हेर्छस् भने, समस्याहरूको सारलाई कहिले पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछैनस्; तँ बाहिरी रूपले धोका मात्र खानेछस्। तँसँग सत्यता छैन भने, तैँले जे कुरालाई हेरे पनि, तेरो दृष्टिकोण सधैँ भ्रमित, धूमिल, घुर्मैलो र अस्पष्ट हुनेछ, तैपनि तँलाई आफूसँग अन्तर्दृष्टि र गहन सोच छ भन्‍ने लाग्छ। यो त आफूलाई निचिन्नु हो। उदाहरणका लागि, यदि परमेश्‍वर कुनै व्यक्ति खराब छ र उसलाई सजाय दिनुपर्छ भनेर भन्‍नुहुन्छ, तर तँ ऊ असल व्यक्ति हो र उसले असल कामहरू गरेको छ भनेर भन्छस् भने, के तेरा शब्दहरू ठ्याक्कै परमेश्‍वरको वचनविरुद्ध र विपरीत हुँदैनन् र? मानिसहरूले सत्यता नबुझ्दा, र तिनीहरूमा समझशक्ति नहुँदा यस्तै हुन्छ। कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भइसकेको हुन्छ, तर पनि सत्यतालाई बुझ्दैनन्। तिनीहरू कुनै पनि कुरामा सावधानी अपनाउँदैनन्, र धेरै कुरालाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्। तिनीहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूले सजिलै धोका दिन्छन्; जे परिस्थिति उत्पन्‍न भए पनि, कुनै दुष्ट व्यक्तिले बाधा पैदा गर्छ भने, तिनीहरू पनि थाहै नपाई अन्योलमा पर्छन् र दुष्ट व्यक्तिले जस्तो बोल्छन्। दुष्ट व्यक्तिलाई खुलासा र प्रकट गरिएपछि मात्र तिनीहरूको होस खुल्छ। यस्ता व्यक्तिहरू प्रायजसो अनभिज्ञ मनस्थितिमा जिउँछन्, र तिनीहरूको सार बेवकुफ व्यक्तिको हुन्छ। यस्ता मानिसहरूसँग अलिकति पनि क्षमता हुँदैन; तिनीहरूले सत्यता नबुझ्‍ने मात्र होइन, तर तिनीहरू कुनै पनि समय धोकामा पर्न सक्छन्, त्यसैले तिनीहरू कुनै हालतमा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। हरेक मण्डलीमा यस्ता कतिपय मानिस हुन्छन्—जब झूटो अगुवाले काम गर्छ, तिनीहरू उसलाई पछ्याउँछन्; जब कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई धोका दिइरहेको हुन्छ, तब तिनीहरू उसलाई पछ्याउँछन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले अगुवा जस्तो व्यक्ति भए पनि उसलाई पछ्याउनेछन्; तिनीहरू त आफ्‍ना श्रीमानले जे गरे पनि उसको पछि लाग्‍ने महिलाजस्ता हुन्। यदि अगुवा असल व्यक्ति हो भने, तिनीहरू असल व्यक्तिलाई पछ्याउँछन्; यदि अगुवा खराब व्यक्ति हो भने, तिनीहरू खराब व्यक्तिलाई पछ्याउँछन्। तिनीहरूको आफ्नो विचार वा दृष्टिकोण हुँदैन। त्यसकारण, यस्तो व्यक्तिले सत्यता बुझ्न वा वास्तविकतामा प्रवेश गर्न सक्छ भनेर अपेक्षा नगर्। तिनीहरूले थोरै मात्रामा सेवा गर्न सक्नु नै ठूलो कुरा हो। पवित्र आत्माले सत्यतालाई प्रेम गर्ने मानिसहरूमा काम गर्नुहुन्छ। सत्यतालाई प्रेम गर्ने मानिसहरू सबै क्षमता हुने मानिस हुन् जसले कम्‍तीमा पनि परमेश्‍वरका वचन बुझ्न, र परमेश्‍वरको घरको प्रवचन र सङ्गति बुझ्न सक्छन्। धर्मको संसारले जतिसुकै झूटो शिक्षा र भ्रम प्रसार गरे पनि र फैलाए पनि, अनि ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिले मण्डलीलाई जसरी बदनाम, निन्दा गरे पनि र सताए पनि, सत्यतालाई प्रेम गर्ने मानिसहरू परमेश्‍वरको वचन सत्यता हो भन्‍नेमा विश्वस्त नै हुन्छन्, र परमेश्‍वरको घरको प्रवचन, सङ्गति र अनुभवात्मक गवाही सत्यताअनुरूप छन् र ती वास्तविक गवाही हुन् भन्‍ने विश्‍वास गर्छन्। बुझ्ने क्षमता हुनु भनेको यही हो। यदि तैँले परमेश्‍वरले बोल्ने सबै वचन सत्यता र मानिसहरूमा हुनुपर्ने जीवन वास्तविकता हुन् भन्‍ने बुझिस् भने, यो बुझाइबाट तैँले सत्यताको भाग बुझिसकेको छस् भन्‍ने कुरा प्रमाणित हुन्छ। यदि तैँले परमेश्‍वरले व्यक्त गर्ने सबै सत्यता सकारात्मक कुरा र सत्यता वास्तविकता हुन् भनेर बुझिस्, र मामिला यही भन्‍नेमा तँ निर्धक्क छस् र मामिला यही हो भनेर शतप्रतिशत स्वीकार गर्छस् भने, तैँले परमेश्‍वरको कामलाई बुझ्छस्। सत्यता बुझ्नु सजिलो कुरा होइन; यो त पवित्र आत्माद्वारा अन्तर्दृष्टि पाएका मानिसहरूले मात्र बुझ्न सक्‍ने कुरा हो। सत्यतालाई साँचो अर्थमा बुझ्नेहरूले परमेश्‍वरले गरेका सबै कुरा सकारात्मक हुन्छ, त्यो सबै सत्यता हो, र त्यो सबै मानवजातिका लागि एकदमै बहुमूल्य छ भन्‍ने कुरालाई पहिले नै आफ्नो हृदयमा स्वीकार गरिसकेका हुन्छन्। सत्यतालाई साँचो रूपमा बुझ्ने मानिसहरूले अविश्‍वासीहरूको संसारका सबै कुरा नकारात्मक छन्, र ती सत्यताविरुद्ध जान्छन् भनेर स्पष्ट रूपमा देख्‍न सक्छन्। तिनीहरूका सिद्धान्तहरू जतिसुकै राम्रो लागे पनि, तिनले मानिसहरूलाई धोका दिन्छन् र हानि गर्छन्। परमेश्‍वरले गर्ने सबै कुरा सकारात्मक हो, सत्यता हो, र मानिसहरूका लागि मुक्ति हो। शैतान र दियाबलसले गर्ने सबै कुरा नकारात्मक, गलत र हास्यास्पद हुन्छन्, र तिनले मानिसहरूलाई धोका दिन्छन् र हानि गर्छन्; यो त परमेश्‍वरले गर्ने कुराको ठिक विपरीत हो। यदि तँ यस कुरामा पूर्णतया स्पष्ट छस् भने, तँसँग समझशक्ति छ। यदि तैँले सत्यता पछ्याउन, परमेश्‍वरका वचनको न्याय र सजाय स्वीकार गर्न, परमेश्‍वरका वचनमार्फत आफूलाई बुझ्‍न र तीसँग आफूलाई तुलना गर्न, आफ्नो भ्रष्टताको वास्तविकता देख्‍न, परमेश्‍वरले तेरा लागि तय गर्ने हरेक परिस्थितिमा तैँले देखाउने भ्रष्ट स्वभावहरू हटाउन, र अन्त्यमा आफूलाई बुझ्न सक्न मात्र होइन, तर अरूप्रति समझदार बन्न सक्छस्, र परमेश्‍वरमा साँचो विश्‍वास गर्ने को हो, गैरविश्‍वासी को हो, झूटो अगुवा को हो, ख्रीष्टविरोधी को हो, र कसले मानिसहरूलाई धोका दिन्छ भन्‍ने कुरा बुझ्न सक्छस् भने—यदि तैँले यी कुराहरूलाई सही तरिकामा मूल्याङ्कन गर्न र बुझ्न सक्छस् भने—यसको मतलब तँ सत्यता बुझ्छस् र तँमा केही वास्तविकता छ। उदाहरणको लागि, मानौँ तेरा आफन्त वा आमाबुबा परमेश्‍वरका विश्‍वासी हुन्, तर दुष्कर्म गरेको र बाधा पुऱ्याएको वा सत्यता अलिकति पनि नस्विकारेको कारण, तिनीहरूलाई हटाइन्छ। तर तँ तिनीहरूलाई चिन्दैनस्, तिनीहरूलाई हटाउनुको कारण थाहा पाउँदैनस्, तँ निकै व्याकुल हुन्छस्, अनि परमेश्‍वरको घरमा प्रेम छैन र यो मानिसहरूप्रति निष्पक्ष छैन भनेर सधैँ गुनासो गर्छस्। तैँले परमेश्‍वरसँग प्रार्थना गरी सत्यताको खोजी गर्नुपर्छ, त्यसपछि यी आफन्तहरू कस्ता मानिसहरू हुन् भनेर परमेश्‍वरका वचनहरूको आधारमा मूल्याङ्कन गर्नुपर्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझिस् भने, तिनलाई सही रूपमा परिभाषित गर्न सक्‍नेछस्, र परमेश्‍वरले गर्ने हरकुरा सही हुन्छ, र उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर देख्‍नेछस्। त्यसपछि, तँमा कुनै गुनासो हुनेछैन, तँ परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्‍नेछस्, अनि तैँले आफन्त वा आमाबुबाको बचाउ गर्ने प्रयास गर्नेछैनस्। यो तिमीहरूको सम्बन्ध तोड्ने कुरा होइन; यो त बस तिनीहरू कस्ता मानिस हुन् भनेर परिभाषित गर्नलाई हो, र तैँले तिनीहरूलाई चिन्‍न र तिनीहरूलाई किन हटाइयो भनेर जान्‍न सक्‍ने अवस्था सिर्जना गर्नलाई हो। यदि तेरो हृदयमा यी कुराहरू साँच्‍चै स्पष्ट छन् र तेरो दृष्टिकोण सही र सत्यताअनुरूप छ भने, तँ परमेश्‍वरकै पक्षमा खडा हुन सक्‍नेछस्, अनि यो मामिलाप्रतिको तेरो दृष्टिकोण परमेश्‍वरको वचनसँग पूर्ण रूपले मेल खानेछ। यदि तँ सत्यता स्विकार्न वा परमेश्‍वरको वचनअनुसार मानिसहरूलाई हेर्न सक्दैनस्, र मानिसहरूलाई हेर्दा अझै पनि दैहिक सम्बन्ध र दृष्टिकोणको पक्ष लिन्छस् भने, तैँले कहिल्यै पनि दैहिक सम्बन्ध त्याग्‍न सक्‍नेछैनस्, अनि तैँले यी मानिसहरूलाई अझै पनि आफ्नाजनकै रूपमा व्यवहार गर्नेछस्—तैँले तिनीहरूलाई मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूभन्दा पनि घनिष्ठ ठान्‍नेछस्, र त्यो स्थितिमा यो मामिलाबारे परमेश्‍वरको वचन र परिवारप्रतिको तेरो दृष्टिकोण बाझिनेछन्—द्वन्द्व हुनेछ, र यस्तो परिस्थितिमा तँलाई परमेश्‍वरको पक्षमा खडा हुनसमेत असम्भव हुनेछ, अनि तैँले परमेश्‍वरबारे धारणा र गलतफहमी पाल्‍नेछस्। तसर्थ, यदि मानिसहरूलाई परमेश्‍वरअनुरूप हुनु छ भने, सर्वप्रथम यस्ता मामलाहरूबारे तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरूअनुरूप हुनैपर्छ; तिनीहरूले मानिस र परिस्थितिलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्न, परमेश्‍वरका वचन सत्यता हुन् भनेर स्विकार्न, र मानिसहरूका परम्‍परागत धारणाहरूलाई पन्छ्याउन सक्‍नैपर्छ। तैँले जुनै व्यक्ति वा मामिलाको सामना गरे पनि, परमेश्‍वरको जस्तै दृष्टिकोण र सोच कायम राख्‍न सक्‍नैपर्छ, अनि तेरो दृष्टिकोण र विचार सत्यताअनुरूप हुनैपर्छ। यसरी, तेरो विचार र मानिसहरूसँग व्यवहार गर्ने शैली परमेश्‍वरविरोधी हुनेछैन, र तँ परमेश्‍वरप्रति समर्पित बन्‍न र परमेश्‍वरअनुरूप हुन सक्‍नेछस्। त्यस्ता मानिसहरूले सम्भवतः फेरि कहिल्यै परमेश्‍वरको विरोध गर्न सक्‍नेछैनन्; परमेश्‍वरले प्राप्त गर्न चाहने मानिसहरू तिनीहरू नै हुन्।

सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने पहिलो कदम भनेको परमेश्‍वरको वचनअनुसार आत्मचिन्तन गर्नु र आफ्ना सबै फरक-फरक स्थितिलाई उहाँका वचनसँग तुलना गर्नु हो। यदि तँ अझै गहिरिन चाहन्छस् भने, तैँले आफ्नो भ्रष्ट स्वभावलाई अझ गहन रूपमा विश्लेषण गर्नैपर्छ र बुझ्नैपर्छ। तैँले यो बुझिसकेपछि के गर्नुपर्छ? तैँले अभ्यास गर्ने र प्रवेश गर्ने तरिका पत्ता लगाउनुपर्छ, र सत्यता अभ्यास कसरी गर्ने र आफ्नो भ्रष्ट स्वभाव कसरी त्याग्‍ने भनेर विचार गर्नुपर्छ; सही मार्ग यही हो। कतिपय मानिस आफूलाई बुझेपछि नकारात्मक हुन्छन्; तिनीहरू आफूलाई हटाइएको छ अनि आफू सेवा गर्ने र प्रतिभार हुन् भनेर रुन्छन् र सुँकसुकाउँछन् र आफ्नो कर्तव्यसमेत पूरा गर्न चाहँदैनन्। यी कस्ता प्रकारका मानिस हुन्? यी निरर्थक मानिस, र नौटङ्की गर्ने हुन्। त्यसोभए, यसलाई सच्याउने सबैभन्दा राम्रो तरिका के हो? कम्‍तीमा पनि, तिनीहरू रुनु वा बेचैन हुनु हुँदैन, यसबाहेक, तिनीहरूले हार मान्‍नु हुँदैन वा परमेश्‍वरलाई दोष दिनु हुँदैन। तिनीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता खोज्नु अनि परमेश्‍वरको इच्छा वास्तवमा के हो, सबैभन्दा समझदार कार्य के हो, र आफूले कुन मार्ग रोज्नुपर्छ भनेर बुझ्नु हो; सबैभन्दा महत्त्वपूर्ण कुरा यिनै हुन्। आशिष् पाउने अभिप्रायद्वारा निरन्तर नियन्त्रित हुँदा मानिसहरू सजिलै आफ्नो समझ गुमाउँछन्। समझ नभएका मानिसहरू नै सबैभन्दा दयनीय हुन्छन्, तर सबै कुरामा परमेश्‍वरको आज्ञा पालन गर्न रोज्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्ने मानिसहरू सबैभन्दा बढी समझदार र सबैभन्दा बढी विवेक भएका मानिस हुन्। जब परमेश्वर कुनै व्यक्तिलाई खुलासा गर्नुहुन्छ, तब उसले यस कुरालाई कसरी सम्हाल्नुपर्छ, र के छनौट गर्नुपर्छ? उसले सत्यता खोज्नैपर्छ, र कुनै पनि हालतमा बेवकुफ बन्नु हुँदैन। परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नु, अनि आफ्‍नो भ्रष्टता जस्ताका त्यस्तै देख्‍नु तेरा लागि राम्रो कुरा हो, र पनि किन तँ नकारात्मक बन्छस्? परमेश्‍वर तँलाई खुलासा गर्नुहुन्छ ताकि तैँले आफूलाई बुझेस्, र मुक्ति पाएस्। वास्तवमा, तैँले देखाउने भ्रष्ट स्वभाव तेरो प्रकृतिबाट उत्पन्‍न हुन्छ। परमेश्‍वर तँलाई खुलासा गर्न चाहनुहुन्छ भन्‍ने होइन, तर यदि उहाँले तँलाई खुलासा गर्नुभएन भने पनि, के तैँले यो देखाउँदैनस् र? तैँले परमेश्‍वरमा विश्‍वास गर्नुअघि, उहाँले तँलाई खुलासा गर्नुभएको थिएन, त्यसकारण के तँ जिउने सबै कुरा शैतानी भ्रष्ट स्वभाव थिएन र? तँ शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस्। तँ यी कुराले यति चकित हुनु पर्दैन। तँ अलिकति भ्रष्‍टता देखाउँदा नै डरले थुरथुर हुन्छस्, र आफ्नो सबै कुरा खतम भयो, परमेश्‍वर तँलाई चाहनुहुन्‍न, र तैँले गरेका सबै कुरा फुस्स भएको छ भन्‍ने सोच्छस्। अनावश्यक प्रतिक्रिया नदे। परमेश्‍वरले मुक्ति दिने त भ्रष्ट मानिसलाई नै हो, रोबटलाई होइन। मैले भ्रष्ट मानिस भनेर कसलाई भन्‍न खोजेको हुँ? मैले शैतानी भ्रष्ट स्वभाव देखाउने, अहङ्कारी र आत्मधर्मी, सत्यता नस्विकार्ने, परमेश्‍वरको विरोध र विद्रोह गर्न सक्‍ने, उहाँप्रति शत्रुता राख्न सक्‍ने, र पावलको पाइला पछ्याउन सक्‍ने मानिसहरू भन्‍न खोजेको हुँ। परमेश्‍वरले मुक्ति दिने मानिसहरू यिनै हुन्। यदि तँ परमेश्‍वरको मुक्ति स्विकार्न र मुक्ति पाउन चाहन्छस् भने, तैँले आफ्नो हृदयको भ्रष्ट स्वभाव, आफूले हरेक दिन देखाउने भ्रष्ट स्वभाव सामना गर्नैपर्छ, र तैँले हरेक दिन सत्यता खोज्नैपर्छ र आत्मचिन्तन गर्नैपर्छ, आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नैपर्छ, आफूले देखाउने भ्रष्ट स्वभावलाई बुझ्नैपर्छ र विश्लेषण गर्नैपर्छ अनि त्यसलाई त्यससँग लड्नैपर्छ। कतिपय मानिस यससँग धेरैपटक लड्छन् तर पराजित हुन्छन्, र भन्छन्, “म किन सधैँ अहङ्कार देखाउँछु? अरू मानिसहरू किन देखाउँदैनन्?” वास्तवमा, सबैले अहङ्कार देखाउँछन्। अरू मानिसले यो देखाउँदा, तँलाई थाहा हुँदैन, तर तिनीहरूलाई त थाहा हुन्छ। अथवा, तिनीहरूलाई आफूले अहङ्कार देखाएको थाहा नहुन सक्छ, तर परमेश्‍वरलाई थाहा हुन्छ। साथै, मानिसहरूले याद गर्नैपर्ने अर्को समस्या पनि छ: परमेश्‍वर मानिसहरूको भ्रष्ट स्वभाव सच्याउनुहुन्छ; उहाँ तिनीहरूको कामकुरा गर्ने तरिका सच्याउनुहुन्‍न। परमेश्वर तैँले कुनै कुरा गर्ने क्रममा तँमा हुने क्षणिक अभिप्रायलाई, वा कामकुरा गर्ने कुनै निश्‍चित तरिकालाई घृणा गर्नुहुन्न, वा तँ कहिलेकाहीँ अल्छी हुन्छस् वा मूल्य चुकाउँदैनस्; त्यस्ता कुरालाई परमेश्‍वर घृणा गर्नुहुन्‍न; परमेश्‍वर त तेरो भ्रष्ट स्वभावलाई घृणा गर्नुहुन्छ। जब तँलाई भ्रष्ट स्वभाव देखाइरहेको छु भन्‍ने लाग्छ, तब त्यो तँलाई परमेश्‍वरले ताडना दिनुअघि नै थाहा हुनुपर्छ। परमेश्‍वरले तँलाई घृणा गर्नुहुन्छ वा हटाउनुभएको छ भनेर तैँले अनुमान गर्नु हुँदैन; तँलाई आफ्नो समस्या थाहा हुनुपर्छ, त्यसपछि तैँले कसरी पश्चात्ताप गर्नुपर्छ, र सत्यता अभ्यास गर्ने कुन तरिकाले परिवर्तन ल्याउनेछ भनेर खोजी गर्नुपर्छ। यो सामान्य समझको प्रकटीकरण हो। तँलाई पहिले थाहा हुनुपर्ने कुरा हो, “मेरा यी शब्दहरू समझपूर्ण छैनन्, र त्यसमा अहङ्कार देखिन्छ। म यो कार्य गर्न सक्षम छैनँ, तैपनि म आफ्‍नो बढिबढाइ गर्दै सक्छु भनेर भन्छु, तब के त्यो ठुलठुलो गफ हाँक्नु मात्र होइन र? मैले ठुलठुलो गफ हाँक्नु र आफ्‍नो बढिबढाइ गर्नुले ममा अहङ्कारी स्वभाव छ भन्ने देखाउँछ।” परमेश्‍वर तँलाई ठुलठुलो गफ हाँकेकोमा दोषी ठहराउनुहुन्‍न, तर के त्यसको मतलब तैँले त्यो त्यतिकै त्याग्‍न सक्छस् भन्‍ने हो? होइन, तैँले त्यो त्याग्‍न सक्दैनस्। तैँले त्यो विश्लेषण गरेर भन्नैपर्छ, “किन म आफ्‍नो बढाइचढाइ गर्न र ठुलठुलो गफ हाँक्न यति सिपालु छु? किन म आफूले गर्न नसक्‍ने, वा आफूले गर्न सक्‍छु भनेर थाहा नभएका कुरामा समेत फुइँ लगाउँछु? ममा किन यो चरित्रदोष छ?” यो चरित्रदोष होइन। चरित्रदोष त सतही तहको खराब बानी हो। ठुलठुलो गफ हाँक्नु भनेको अहङ्कारी स्वभाव आफै प्रकट हुने तरिकाहरूमध्ये एक हो; त्यो त तँलाई यस्तो अवस्थामा जिउन निर्देशन दिने तेरो शैतानी स्वभाव हो—तँ पूर्ण रूपमा आफ्नो स्वभावद्वारा निर्देशित हुन्छस्। यदि तँ यसलाई दबाउन सक्छस्, र अहङ्कारी स्वभाव देखाउँदैनस् भने, के यसको मतलब तँसँग अब अहङ्कारी स्वभाव छैन भन्‍ने हो? के यसको मतलब यो समाधान भएको छ भन्‍ने हो? यो पक्‍कै पनि त्यति सरल कुरा होइन। तैँले कुनै कुरा गर्ने तरिका परिवर्तन गरेर, बाहिरी रूपमा नियम पालक र शिष्ट बनेर, अक्कड नबनेर, र सुसंस्कारी बनेर मात्र तँमा अहङ्कार नहुने होइन। ती त केवल देखावटी कुरा मात्र हुन्, र तिनले अहङ्कारमाथि नयाँ समस्याहरू थपिदिन्छन्, अनि परिणाम झनै कष्टकर हुन्छ। यदि तँ आफ्नो अहङ्कार हटाउन चाहन्छस्, र हरप्रकारको भ्रष्ट स्वभाव त्याग्न चाहन्छस् भने, तैँले यसो गर्न आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोजी गर्नैपर्छ। सही तरिका यही हो। उदाहरणका लागि, मानिलिऊँ अगुवाले तँलाई कुनै निश्‍चित कर्तव्य पूरा गर्न खटाउँछ, र कुरा सुनेपछि तँ खेलाँचीसँग भन्छस्, “मैले पहिले पनि यस्तै कर्तव्यहरू पूरा गरेको छु। यो त बायाँ हातको खेल हो!” तर यसको तुरुन्तैपछि, तँलाई आफूले अहङ्कार देखाएको, र यस्तो सोचाइ गलत हो भन्ने महसुस हुन्छ, र तुरुन्तै प्रार्थना गरेर “हे परमेश्‍वर! मैले फेरि अहङ्कार देखाएको छु। कृपया मलाई निराकरण गर्नुहोस्; म आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्न इच्छुक छु,” भन्दै आफ्नो सोचाइ सुधार्छस्, तैँले गर्नुपर्ने पहिलो कुरा यही हो। त्यसोभए, तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? तँ सोच्छस्, “यो त म परमेश्‍वरका लागि गर्दै छु, र म यो उहाँको उपस्थितिमा गर्दै छु, त्यसैले मैले यसलाई सावधानीपूर्वक सम्हाल्नैपर्छ। मैले यसमा गडबड गर्नु हुँदैन। गडबड गरेँ भने, यो एकदमै लाजमर्दो हुनेछ!” त्यसपछि, तँ यसबारे विचार गर्छस्, र सोच्छस्, “होइन, त्यो ठिक होइन। किन आफूलाई लज्जित पार्छु कि भनेर डराउने?” यो स्थिति पनि सही होइन; तैँले बाटो बिराउन थालेको छस्। तैँले यसलाई कसरी सच्याउनुपर्छ? कुन दिशामा जानु सही बाटो हो? त्यसबाहेक, यसको सम्बन्ध समस्या समाधान गर्नका लागि सत्यता अभ्याससँग छ। तैँले यस्तो सोच्नुपर्छ, “म आफूलाई लज्जित पार्छु कि भनी डराउँदिनँ। मुख्य कुरा के हो भने मैले मण्डलीको काममा हानि पुऱ्याउनु हुँदैन,” अनि तेरो स्थिति परिवर्तन भएको हुनेछ। तर त्यसपछि यदि तँ “मैले मण्डलीको काममा हानि पुऱ्याएँ, र मलाई काटछाँट र निराकरण गरियो भने के हुन्छ? ममा घमण्ड हुनेछैन” भनेर सोच्छस् भने, तेरो स्थिति फेरि गलत हुनेछ। यसलाई कसरी समाधान गर्न सकिन्छ? तैँले आफ्‍नो हृदयमा यस्तो सोच्नैपर्छ, “म आफ्नो कर्तव्यलाई कहिल्यै महत्त्व दिँदिनँ, म यो पूरा गर्न अल्छी गर्छु, र म साह्रै अहङ्कारी छु। म निराकरण गरिन लायक छु। मैले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई काम गर्न दिनैपर्छ। म जब्बर छु, तर परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँका लागि केही पनि असम्भव छैन, त्यसैले म परमेश्‍वरमा भर पर्नेछु।” यो सही हो; यो अभ्यास गर्ने सही तरिका हो। परमेश्‍वरले तँलाई केही प्रतिभा दिनुभएको छ, र तँलाई केही ज्ञान प्राप्त गर्न दिनुभएको छ, तर यो ज्ञान प्राप्त गर्नुको अर्थ तैँले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छस् भन्‍ने होइन। के यो तथ्य होइन र? (हो।) कुनै व्यक्ति कसरी यस निष्कर्षमा पुग्छ? (अनुभवद्वारा।) यस अनुभवले तँलाई पाठ सिकायो, र तँलाई अन्तर्ज्ञान दियो। अर्थात्, परमेश्‍वरले मानिसहरूलाई दिने कुरा नैसर्गिक रूपमा हुने कुरा होइन, न त त्यो तिनीहरूको पूँजी नै हो; परमेश्‍वर आफूले तिनीहरूलाई दिएको कुरा कुनै पनि बेला फिर्ता लिन सक्‍नुहुन्छ। जब परमेश्‍वर तँलाई खुलासा गर्न चाहनुहुन्छ, तब तँ कुनै कुरामा जति नै प्रतिभाशाली भए पनि, तैँले त्यो बिर्सनेछस् र त्यो प्रयोग गर्न सक्नेछैनस्—तँ कुनै महत्त्वको हुनेछैनस्। यदि यसबेला तँ “परमेश्‍वर, मेरो कुनै महत्त्व छैन। तपाईंले दिनुभएकाले नै मसँग यो क्षमता छ। बिन्ती छ, मलाई शक्ति दिनुहोस्! कृपया मलाई आशिष् दिनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि मैले तपाईंको काममा हानि नगरूँ” भनेर प्रार्थना गर्छस् भने, के यो प्रार्थना गर्ने सही तरिका हो? (अहँ, होइन।) यस मोडमा तैँले कस्तो परिवर्तन गर्नुपर्छ? तँ भन्छस्, “हे परमेश्‍वर! म तपाईंको बन्दोबस्तमा समर्पित हुन इच्छुक छु। मैले जहिले पनि आफूलाई सही ठान्नु हुँदैन। मलाई कामको यस क्षेत्रबारे केही कुरा थाहा भए पनि, र यसबारे ममा केही सिप भए पनि, यसको मतलब म त्यो काम राम्रोसँग गर्न सक्छु भन्‍ने हुँदै होइन। मेरो भ्रष्ट स्वभावमा बाधा पुगेको हुनाले, म लापरवाही र सुस्त तरिकामा काम गर्न पुग्छु, र आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिँदिनँ। म आफूलाई नियन्त्रण गर्न असक्षम छु, र आफूलाई पकडमा राख्‍न सक्दिनँ। बिन्ती छ, मेरो रक्षा गर्नुहोस् र मलाई मार्गदर्शन गर्नुहोस्। म तपाईंमा समर्पित हुन, सक्दो गर्न, र तपाईंलाई महिमा दिन इच्छुक छु।” यदि तँ आफ्नो कर्तव्य राम्ररी गर्छस् अनि ८० प्रतिशत श्रेय परमेश्‍वरलाई र बीस प्रतिशतचाहिँ आफूलाई दिन्छस् भने, के त्यो उचित हो? (अहँ, होइन।) त्यसरी बाँडफाँड गर्नु उचित होइन। यदि परमेश्‍वरले काम नगर्नुभएको भए, के तैँले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्थिस्? अवश्य नै सक्दैनस्, किनभने तँसँग सत्यताको कमी छ मात्र होइन, तर भ्रष्ट स्वभाव पनि छ। मानिसहरूको हृदयमा जस्तो प्रकारको भ्रष्ट अवस्था भए पनि, तिनीहरूले सधैँ आत्मचिनन्तन गर्नैपर्छ, र त्यो हटाउन सत्यता खोज्नैपर्छ। तिनीहरूको भ्रष्ट स्वभाव हटाइएपछि, तिनीहरूको स्थिति सामान्य हुनेछ।

कहिलेकाहीँ व्यक्तिको हृदयमा गलत सोच वा विचार देखा पर्नेछ, र त्यसले उसको हृदय व्याकुल बनाउँछ। तिनीहरू त्यो स्थितिमा अल्झेर बस्छन्, र एक-दुई दिनसम्म त्यसबाट निस्कन सक्दैनन्। यस्तो समयमा व्यक्तिले के गर्नुपर्छ? तैँले त्यो परिस्थिति सुल्झाउन सत्यता खोज्नुपर्छ। पहिलो, तँ गलत सोच वा विचार कसरी उत्पन्‍न भयो, त्यसले तँलाई कसरी पकडमा पाऱ्यो, नकारात्मक र निराश बनायो, र सबै प्रकारका विद्रोह र भद्दा तरिका देखाउन लगायो भनेर स्पष्ट हुनुपर्छ। त्यसपछि, जब तँलाई आफ्नो भ्रष्ट स्वभावद्वारा यी कुराहरू निर्देशित छन्, र परमेश्‍वर त्यसलाई घृणा गर्नुहुन्छ भनेर महसुस हुन्छ, तब तैँले आफूलाई परमेश्‍वरसामु शान्त राख्नुपर्छ र प्रार्थना गर्नुपर्छ, “परमेश्‍वर, मलाई अनुशासनमा राख्‍नुहोस् र मलाई मैले सिक्नुपर्ने पाठहरू सिकाउनुहोस्। म खुलासा हुन डराउँदिनँ, न त लज्जित हुन वा इज्‍जत गुमाउन नै डराउँछु। मलाई त मेरो व्यवहारले तपाईंका प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्छ कि, र तपाईंलाई अप्रसन्‍न पार्छ कि भन्‍ने कुराको मात्रै डर छ।” यो नै सही बाटो हो, तर के तँसँग यो बाटोमा हिँड्ने कद छ? (छैन।) यदि तँसँग कद छैन भने, के यसको मतलब तैँले यस दिशामा प्रार्थना गर्न सक्दैनस् भन्‍ने हो? यो सही बाटो हो, त्यसैले तैँले यस दिशामा प्रार्थना गर्नुपर्छ। अहिले, मानिसहरूको कद सानो छ, तिनीहरू बारम्बार परमेश्‍वरसामु आउनैपर्छ, परमेश्‍वरमा भर पर्नैपर्छ, अनि तिनीहरूको थप सुरक्षा गर्न र तिनीहरूलाई थप अनुशासनमा राख्न परमेश्वरलाई दिनैपर्छ। जब तिनीहरूको कद बढेको हुन्छ, र तिनीहरूले थप बोझ उठाउन र थप कार्य गर्न सक्छन्, तब परमेश्‍वरले त्यति धेरै चिन्ता लिनुपर्नेछैन, र तिनीहरूलाई निरन्तर सुरक्षा दिनु, अनुशासनमा राख्‍नु, परीक्षण गर्नु, वा रेखदेख गर्नु पर्नेछैन। यो हृदयको कुरा हो, र परमेश्‍वर मानिसहरूको हृदय हेर्नुहुन्छ। तँ बाहिरी रूपमा कति शिष्ट वा आज्ञाकारी छस् भनेर परमेश्‍वर वास्ता गर्नुहुन्‍न; उहाँ तेरो मनोवृत्ति हेर्नुहुन्छ। सायद तँ दिनभरि केही बोल्दैनस्, तर तेरो हृदयमा कस्तो मनोवृत्ति छ? “मलाई यो कर्तव्य दिइएको छ, त्यसैले यसलाई राम्रोसँग गर्नु मेरो जिम्मेवारी हो, तर मेरो बेलगाम हुने बानी छ, र म जहिले पनि आफूखुसी गर्छु। मलाई ममा यो समस्या छ भन्‍ने थाहा छ, तर म आफूलाई नियन्त्रण गर्न सक्दिनँ। परमेश्‍वरले मेरो वातावरण योजनाबद्ध गर्नुहोओस्, अनि मलाई बाधा दिन सक्‍ने, मेरो कर्तव्य निर्वाहमा वा सत्यता अभ्यासमा असर गर्न सक्‍ने मेरो वरपरका मानिस, मामिला र कामकुरालाई हटाउनुहोओस् भन्‍ने म चाहन्छु, ताकि म प्रलोभनमा नपरूँ, मैले परमेश्‍वरका परीक्षाहरू स्विकार्न सकूँ, र उहाँको अनुशासन स्विकार्न सकूँ।” तँमा स्वेच्छाले समर्पण गर्ने हृदय हुनुपर्छ। जब यी विचारहरू तेरो हृदयमा हुन्छन्, तब परमेश्‍वर ती कसरी देख्‍न सक्‍नुहुन्‍न र? उहाँ तिनलाई कसरी ध्यान दिनसक्नुहुन्‍न र? त्यसैले, परमेश्‍वर कार्य गर्नुहुन्छ। कहिलेकाहीँ जब तँ एक-दुई पटक यसरी प्रार्थना गर्छस्, तब परमेश्‍वर तँलाई ध्यान दिनुहुन्‍न। उहाँले कुनै व्यक्तिको काम र सच्चापन जाँच्नुहुँदा, केही पनि भन्‍नुहुनेछैन, तर यसको मतलब तैँले गरेको कुरा गलत थियो भन्ने होइन। कुनै पनि परिस्थितिमा तैँले परमेश्‍वरलाई लोभ्याउनु हुँदैन। यदि तँ सधैँ परमेश्‍वरलाई लोभ्याउने प्रयास गर्छस्, र “के मैले यसो गर्नु सही हो? के तपाईंले देख्‍नुभयो त परमेश्‍वर?” भनेर भन्छस् भने, तँ समस्यामा छस्। यो गलत स्थिति हो। काम गर्नमा मात्र ध्यान दे। परमेश्‍वरले तँलाई अनुशासनमा राखिरहनुभएको, अगुवाइ गरिरहनुभएको, जाँचिरहनुभएको, वा मार्गदर्शन गरिरहनुभएको छ भने पनि, ध्यान नदे। आफूले बुझेको सत्यतामा प्रयास गर्न, र परमेश्‍वरको इच्छाअनुरूप कार्य गर्नमा ध्यान केन्द्रित गर्। त्यति गरे पुग्छ। जहाँसम्म परिणाम के हुनेछ भन्‍ने कुरा छ, प्रायजसो त्यो तेरो जिम्मेवारी हुँदैन। तैँले केका लागि जिम्मेवारी लिनुपर्छ? तैँले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न, तैँले लगाउनुपर्ने समय लगाउन, र चुकाउनुपर्ने मूल्य चुकाउन। त्यति गरे पर्याप्त हुन्छ। सत्यतासँग सम्बन्धित कुनै पनि कुरालाई जाँच्नैपर्छ, र त्यो बुझ्ने प्रयास गर्नैपर्छ। मानिसहरू आफूले हिँड्नुपर्ने बाटोमा हिँड्नु नै महत्त्वपूर्ण कुरा हो। त्यति गर्नु पर्याप्त हुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा यही हो। तँमा कुन स्तरको कद छ, तँ कस्ता परीक्षाहरूबाट गुज्रिनुपर्छ, तैँले कस्तो अनुशासन अनुभव गर्नुपर्छ, तैँले के-कस्ता परिस्थिति अनुभव गर्नुपर्छ, र परमेश्‍वर कसरी सार्वभौम शासन गर्नुहुन्छ भन्‍ने कुराका हकमा भन्दा, तैँले तिनमा ध्यान दिनु पर्दैन। त्यो त परमेश्‍वरले नै गर्नुहुनेछ। तँ भन्छस्, “म कदमा सानो छु। हे परमेश्‍वर, मलाई कुनै परीक्षामा नपार्नुहोस्, मलाई डर लाग्छ!” के परमेश्‍वर त्यसो गर्नुहुन्छ? (अहँ, गर्नुहुन्‍न।) तैँले चिन्ता लिनु पर्दैन। तँ भन्छस्, “म कदमा धेरै ठूलो छु, र मसँग प्रशस्त विश्‍वास छ। हे परमेश्‍वर, तपाईं मलाई किन केही परीक्षामा पार्नुहुन्‍न? मलाई पनि अय्यूबलाई जस्तै जाँच्‍नुहोस् र मेरा सबै कुरा फिर्ता लिनुहोस्!” परमेश्‍वर त्यसो गर्नुहुन्‍न। तँलाई आफ्नो कद थाहा हुँदैन, तर परमेश्‍वर राम्ररी जान्‍नुहुन्छ र यसबारे उहाँ अत्यन्तै स्पष्ट हुनुहुन्छ; उहाँ हरेक व्यक्तिको हृदय पढ्न सक्‍नुहुन्छ। के मानिसले परमेश्‍वरको हृदय पढ्न सक्छ? (अहँ, सक्दैनन्।) मानिसहरू परमेश्‍वरको हृदय पढ्न सक्दैनन्, त्यसोभए तिनीहरू कसरी परमेश्‍वरलाई बुझ्छन् र उहाँसँग सहकार्य गर्छन्? (उहाँका वचनहरूमार्फत।) उहाँका वचन बुझेर, आफ्नो कर्तव्य राम्ररी पूरा गरेर, र मानिसको रूपमा आफ्नो स्थानमा अडिग रहेर। मानिसहरूको कर्तव्य के हो? यो मानिसहरूले गर्नुपर्ने, र गर्न सक्‍ने श्रम हो। यी नै परमेश्‍वरले तँलाई दिएका कार्य हुन्। तँलाई दिइएका कार्यहरूमा के-के समावेश छन्? तँ परिचित कार्य क्षेत्र, मण्डलीले तँलाई दिने कामहरू, तैँले गर्नुपर्ने कामहरू, र तैँले गर्न सक्ने कामहरू। यो यसको एउटा भाग हो। अर्को भाग जीवन प्रवेशको मामिलासँग सम्बन्धित छ। तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञा पालन गर्न सक्नैपर्छ। सत्यता अभ्यास र त्यसमा प्रवेश गर्नमा मात्र ध्यान दे। अरूले गर्ने तेरो मूल्याङ्कन वा परमेश्‍वर तँलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुरामा ध्यान नदे। तैँले यी कुरामा ध्यान दिनु पर्दैन, न त यी कुराहरूमा ध्यान दिनु नै आवश्यक हुन्छ—यी तैँले कष्ट उठाउनुपर्ने कुरा होइनन्। मानिसहरू आफ्नो सौभाग्य, दुर्भाग्य, दीर्घायु, आफ्नो जीवनकालमा अनुभव गर्ने सबै कुरा, आफ्नो भाग्य, वा आफ्नो जीवनबारे केही निर्णय गर्न सक्दैनन्; कसैले पनि यी कुराहरू परिवर्तन गर्न सक्दैन। तँ यसबारे स्पष्ट हुनैपर्छ। परमेश्‍वर यी कुराहरूमाथि सार्वभौम हुनुहुन्छ। मानिसहरूले आफ्नो हृदयमा यसलाई स्पष्ट रूपमा चिन्‍नु र बुझ्‍नु नै पर्ने हुन्छ। परमेश्‍वरको तर्फबाट कुनै पनि कुराबारे चिन्ता नगर्; परमेश्‍वर के गर्न चाहनुहुन्छ भनेर निर्णय गर्ने प्रयास नगर्। तैँले आफूले के गर्नुपर्छ, आफू केमा प्रवेश गर्नुपर्छ, र कुन मार्गमा हिँड्नुपर्छ भन्‍ने कुरालाई प्रभावकारी तरिकाले सम्‍हाल्नमा मात्र ध्यान दे। त्यो पर्याप्त हुन्छ। तेरो भावी गन्तव्य कस्तो हुनेछ भन्‍ने हकमा, के तँ यसबारे कुनै निर्णय गर्न सक्छस्? (सक्दिनँ।) त्यसोभए तँ कसरी यो समस्या समाधान गर्न सक्छस्? एक त, तैँले प्रत्येक दिन आफूले गर्नुपर्ने हरकुरा राम्रोसँग गर्नु, र व्यक्तिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नु हो। यो नै परमेश्‍वरले सबैलाई दिने अभिभारा हो। तँ यस संसारमा आइस्, र परमेश्‍वरले तँलाई यतिका समय डोऱ्याउँदै आउनुभएको छ—उहाँले तँलाई विभिन्‍न प्रकारका वरदान दिनुभएको भए पनि, वा तँलाई भरणपोषण गर्नुभएको र प्रतिभा वा क्षमता दिनुभएको भए पनि, यसले परमेश्‍वरले तँलाई अभिभाराहरू दिनुभएको छ भन्‍ने देखाउँछ। परमेश्‍वरले तँलाई के अभिभारा दिनुभएको छ भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ, र परमेश्‍वरले तँलाई सिधै बताउनु पर्दैन। उदाहरणका लागि, यदि तँलाई अंग्रेजी आउँछ भने, अवश्य नै यस क्षेत्रमा परमेश्‍वरलाई तेरो आवश्यकता छ। यो तेरो कर्तव्य हो। परमेश्‍वरले स्वर्गबाट तँलाई बोलाएर सिधै यसो भन्‍नु आवश्यक छैन, “तेरो कर्तव्य अनुवाद गर्नु हो, र यदि तैँले त्यो गरिनस् भने, म तँलाई दण्ड दिनेछु।” यसो भन्‍नु आवश्यक छैन। यो कुरा तँलाई पहिले नै एकदमै स्पष्ट छ किनभने परमेश्‍वरले तँलाई सामान्य विवेक, सोच्ने प्रक्रिया र सोचाइ, साथै यो भाषा बुझ्ने क्षमता दिनुभएको छ। त्यो नै पर्याप्त हो। परमेश्‍वरले तँलाई जे दिनुभएको छ त्यो नै उहाँले तँलाई गर्नू भनिरहेको कुरा हो, र यो कुरा तेरो हृदयमा अत्यन्तै स्पष्ट छ। तैँले आफ्‍नो कर्तव्य निर्वाह र परमेश्‍वरबाट अभिभारा स्वीकार गर्ने क्रममा, परमेश्‍वरले तेरा लागि गरेका सबै कुरा स्वीकार गर्नैपर्छ, जसमा उहाँले तँलाई दिएको सकारात्मक मार्गदर्शन, मलजल र भरणपोषण समावेश छन्। उदाहरणका लागि, परमेश्‍वरका वचनहरू बारम्बार खानु र पिउनु, प्रवचनहरू सुन्‍नु, मण्डली जीवन जिउनु, सत्यतामा सङ्गति गर्नु, र आफ्नो कर्तव्य निर्वाहमा अरूसँग मिलेर सहकार्य गर्नु। अर्को कुरा, व्यक्तिगत जीवन प्रवेशद्वारा हो—यो सबैभन्दा महत्त्वपूर्ण छ। कतिपय मानिस आफूसँग जीवन छ कि छैन, र आफू प्रभावकारी छ कि छैन भनेर सधैँ जान्‍न चाहन्छन्। यी कुराहरूबारे एकछिन विचार गर्नु ठिकै हुन्छ, तर तिनमा ध्यान केन्द्रित नगर्। यो त प्रत्येक वर्ष बाली लगाउनुजस्तै हो—कुनै पनि किसानले त्यो वर्ष कति उत्पादन हुनैपर्छ र यदि त्यति उब्जनी भएन भने, मरिनेछ भनेर भन्दैन। ऊनीहरू त्यति मूर्ख हुँदैनन्। तिनीहरू सबैले बीउ छर्ने समयमा बीउ छर्छन्, त्यसपछि पानी हाल्छन्, मल हाल्छन्, र सामान्य रूपमा तिनको हेरचाह गर्छन्। त्यसपछि, ठिक मौसम आएपछि, तिनीहरूले फसल पाउने ग्यारेन्टी हुन्छ। तँमा यस्तै विश्‍वास हुनुपर्छ; परमेश्‍वरप्रतिको साँचो विश्‍वास यही हो। परमेश्‍वरसँग यसो भन्दै हिसाबकिताब नगर्, “मैले हालै केही मेहनत गरेको छु, तब के परमेश्‍वरले मलाई इनाम दिनुहुनेछ?” कार्यालयको कामदारले महिनाको अन्त्यमा आफ्नो ज्याला मागेजस्तै सधैँ इनाम माग्‍नु स्वीकार्य हुँदैन। सधैँ ज्याला माग्‍नु स्वीकार्य हुँदैन। मानिसहरूको विश्‍वास अत्यन्तै कमजोर छ, र परमेश्‍वरप्रति तिनीहरूमा साँचो विश्‍वास छैन। तैँले परमेश्‍वरलाई पछ्याउने मार्ग मुक्तिको मार्ग र वास्तविक जीवन हो, यो मानिसहरूले पछ्याउनुपर्ने सही मार्ग र सृष्टि गरिएको प्राणीमा हुनुपर्ने जीवन हो भनेर स्पष्ट रूपमा बुझेपछि, सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्न खोजी गर्ने, परमेश्‍वरका वचन सुन्‍ने, र परमेश्‍वरले तँलाई देखाउने दिशामा हिँड्ने र कार्य गर्ने कुरामा ध्यान केन्द्रित गर्। यो सही कुरा हो। परमेश्‍वरलाई सधैँ यसरी नसोध्, “परमेश्‍वर, मैले तपाईंलाई अन्त्यसम्म पछ्याउँदा कति लामो समय लाग्छ? मैले कहिले मुक्ति पाउनेछु? मैले कहिले इनाम र मुकुट पाउनेछु? परमेश्‍वरको दिन कहिले आउनेछ?” यी सबै स्थिति मानिसहरूमा हुन्छ, तर के यसले त्यस कुरालाई सही ठहराउँछ? (ठहराउँदैन।) कतिपय मानिस भन्छन् “सबै हाकिम भए कानुन केका लागि” तर यो भनाइ भ्रम हो, यो साँचो होइन, र यो सत्यतासँग मेल खाँदैन। सबैसँग यी स्थिति हुन्छन् भन्‍ने तथ्यले सबैसँग भ्रष्ट स्वभाव हुन्छ भन्‍ने प्रमाणित गर्छ, त्यसैले तिनीहरू सबैले यो समस्या र बाधालाई हटाउनैपर्छ। तैँले जहिले पनि आफ्नो हृदय जाँच्नैपर्छ, अरूले के-कसरी गरिरहेका छन् भनेर ध्यान दिनु हुँदैन, तैँले आफूलाई जाँच्दा, आफूसँग भएका कुनै पनि भ्रष्ट स्थितिलाई सच्याउनैपर्छ। मानिसहरूको दिमाग गतिशील हुन्छ, र यसले सधैँ सक्रिय रूपमा सोचिरहन्छ—घरी बायाँ झुक्छ, घरी दायाँ झुक्छ; तिनीहरूको सोच्‍ने तरिका सधैँ अलिकति अनौठो हुन्छ। तिनीहरू सही बाटोमा हिँड्दैनन्। तिनीहरू अरूलाई पछ्याउन, र संसारका दुष्ट प्रचलनहरूलाई पछ्याउन अनि गलत बाटोमा हिँड्न जिद्दी गर्छन्। यो मानिसहरूको प्रकृति सार हो, र तिनीहरू चाहेर पनि त्यो नियन्त्रण गर्न सक्दैनन्। यदि तँ त्यो नियन्त्रण गर्न सक्दैनस् भने, नियन्त्रण नगर्। जब गलत अभिप्राय वा दृष्टिकोण देखा पर्छ, तब त्यसलाई समाधान गर्। यसरी, तैँले देखाउने भ्रष्‍टता बिस्तारै कम हुनेछ। त्यसोभए, तैँले त्यो कसरी समाधान गर्न सक्छस्? प्रार्थना गरेर, अनि निरन्तर समझ प्राप्त गरेर र परिस्थिति परिवर्तन गरेर। कहिलेकहीँ, तैँले परिस्थिति जसरी परिवर्तन गर्ने प्रयास गरे पनि, ती कुरा देखा परिहाल्छन्, त्यसैले तिनलाई ध्यान नदे, र तैँले गर्नुपर्ने कुरा मात्र गर्। यो सबैभन्दा सजिलो तरिका हो। त्यसोभए मानिसहरूले के गर्नुपर्छ? आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आफ्नो कर्तव्यमा लागिराख्‍नुपर्छ। परमेश्‍वरले तँलाई दिएको अभिभारालाई तैँले अस्वीकार गर्न मिल्दैन; तैँले त्यो राम्रोसँग पूरा गर्नु नै पर्छ। यसबाहेक, व्यक्तिगत जीवन प्रवेशको सन्दर्भमा भन्नुपर्दा, तैँले आफ्नो कर्तव्य पूरा गर्दा सत्यताका लागि सक्दो प्रयास गर्नैपर्छ, र आफूले प्राप्त गर्न सक्ने प्रवेशको जुनसुकै स्तर प्राप्त गर्न कडा मेहनत गर्नुपर्छ। तँ अन्त्यमा खरो उत्रनेछस् कि छैनस् भन्‍ने कुरा परमेश्‍वरले नै निर्णय गर्नुहुन्छ। मानिसहरूको भावना र फैसला बेकार हुन्छन्। मानिसहरू आफ्नै नियतिको निर्णय गर्न सक्दैनन्, र आफ्‍नो व्यवहारको मूल्याङ्कन गर्न, वा आफ्‍नो अन्त्य कस्तो हुनेछ भनेर निर्धारण गर्न सक्दैनन्। परमेश्‍वरले मात्र यी कुराहरूको मूल्याङ्कन र निर्धारण गर्न सक्‍नुहुन्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर तैँले भरोसा गर्नु नै पर्छ। अविश्‍वासीहरूका शब्दहरूलाई अपनाएर हेर्दा, तैँले काम गर्ने, आफ्नो कार्यहरूका लागि जवाफदेही बन्‍ने, तथ्यहरूको सामना गर्ने, र जिम्मेवारी लिन बन्न सक्ने साहस गर्नैपर्छ। विवेक र समझ भएका मानिसहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ र जिम्मेवारी लिनुपर्छ।

मानिसहरूले बारम्बार आफूलाई जाँच्नु र परमेश्‍वरको छानबिन स्विकार्नु महत्त्वपूर्ण छ। मानिसहरूले आफूलाई जाँज्दा र आफूमा गलत स्थिति वा दृष्टिकोण छ कि भनी पत्ता लगाउँदा, सत्यता खोज्नु, आफ्नो स्थिति र दृष्टिकोण बदल्नु र ती कुराबाट निस्कनु पनि महत्त्वपूर्ण छ। यसरी तैँले थाहै नपाई गलत स्थितिहरू झन्-झन् कम अनुभव गर्नेछस्, र ती कुरा झन्-झन् स्पष्ट रूपमा बुझ्दै जानेछस्। तैँले आफ्ना गलत स्थितिहरू बद्लेपछि, तँभित्र सकारात्मक कुराहरू बढ्नेछन्, र आफ्नो कर्तव्य झन्-झन् बढी शुद्धताका साथ निर्वाह गर्नेछस्। यसो हेर्दा, तेरो बोल्ने तरिका र व्यक्तित्व पहिलेको जस्तै हुने भए पनि, तेरो जीवन स्वभाव परिवर्तन भएको हुनेछ। यो कुन तरिकामा देखिनेछ? तैँले कामकुरा गर्दा र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू पछ्याउन सक्‍नेछस्, अनि यी कुराहरूमा जिम्मेवारी लिन सक्‍नेछस्; अरूले कामकुरामा लापरवाह गरेको र झारा टारेको देख्दा तँलाई रिस उठ्नेछ, र तैँले नराम्रा घटनाहरू, साथै भ्रष्ट स्वभाव प्रकट गर्ने निष्क्रिय, नकारात्मक, अनुचित र दुष्ट अभ्यासहरू देख्दा, तिनलाई तिरस्कार गर्नेछस्। तैँले यी कुराहरूलाई जति धेरै हेर्छस्, तँलाई त्यति नै खल्लो लाग्नेछ, र तैँले ती कुरालाई झन्-झन् धेरै बुझ्नेछस्। जब तैँले धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको, वचन र सिद्धान्तहरूबारे एकदमै स्पष्ट रूपमा बोल्‍ने, तर कुनै वास्तविक काम नगर्ने र सिद्धान्तको कमी भएका कतिपय मानिसलाई देख्छस्, तब तँलाई रिस उठ्नेछ र घृणा लाग्नेछ। विशेष गरी, जब तँ वास्तविक काम नगर्ने, सधैँ वचन र धर्मसिद्धान्तबारे कुरा गर्ने, अनि वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेको भए पनि परिवर्तन नभएका अगुवा र सेवकहरूलाई देख्छस्, तब तैँले तिनीहरूको वास्तविकतालाई बुझ्नेछस्, तिनीहरूको खुलासा गरेर रिपोर्ट गर्न सक्‍नेछस्, र तँमा न्यायको बोध हुनेछ। तैँले आफूलाई घृणा गर्नेछस् मात्र होइन, तर यी दुष्ट र अन्यायपूर्ण कुराहरू आइपर्दा तिनलाई घृणा पनि गर्नेछस्। यसले तँभित्र परिवर्तन आएको छ भनेर प्रमाणित गर्नेछ। तैँले सत्यताको दृष्टिकोण, परमेश्‍वरको पक्ष र सकारात्मक कुराहरूको दृष्टिकोणबाट समस्याहरूलाई हेर्न, अनि मानिस, घटना र परिस्थितिलाई लिन सक्‍नेछस्—यसले तँमा परिवर्तन आएको छ भन्‍ने देखाउँछ। त्यसोभए, के तँलाई अझै पनि परमेश्‍वरले मूल्याङ्कन गर्नुपर्नेछ? पर्दैन—तैँले यो कुरा आफै महसुस गर्न सक्‍नेछस्। उदाहरणका लागि, यदि तैँले पहिले कसैले लापरवाहीसाथ र झारा टार्दै कामकुरा गरिरहेको देखिस् भने, सोच्थिस्, “त्यो सामान्य हो। म पनि त्यस्तै छु। यदि उसले त्यसरी कामकुरा गरेन भने, मलाई आफूले लापरवाहीसाथ र झारा टार्दै काम गरिरहेको छु जस्तो लाग्नेछ।” सबैले लापरवाहीसाथ र झारा टार्दै कामकुरा गरिरहेका हुन्थे, त्यसैले तँलाई आफूले धेरै राम्ररी काम गरिरहेको छु भन्‍ने लाग्थ्यो। त्यो बेला, तैँले त्यस्तो सोच्‍न छोड्नेछस्। तैँले सोच्‍नेछस्, “लापरवाहीसाथ र झारा टार्दै कामकुरा गर्नु अस्वीकार्य छ। परमेश्‍वरको घरको काम महत्त्वपूर्ण छ। मैले लापरवाहसाथ र झारा टार्दै कामकुरा गर्नु एकदमै विद्रोहीपन थियो—तिमीहरू किन म जस्तो थिएँ त्यस्तो हुन्छौ, र त्यसरी नै कामकुरा गर्छौ?” तैँले पहिले आफू एकदमै अज्ञानी र अपरिपक्‍व थियो, आफ्नो कामकुरालाई हेर्ने तरिका साह्रै घृणित र लाजमर्दो थियो, र आफूले कुनै हालतमा परमेश्वरलाई यसको लेखा दिन सक्दिनँथेँ भनेर सोच्नेछस्, र तेरो विवेकले यसलाई स्विकार्न सक्नेछैन। तैँले यस्तो विचार र भावना राख्न सक्छस् भन्‍ने तथ्यले सत्यता र परमेश्‍वरका वचनहरूले तँमा जरा गाडिसकेका छन् र ती अङ्कुराएका छन् भन्‍ने कुरा प्रमाणित गर्नेछन्। तैँले कामकुरालाई हेर्ने दृष्टिकोण, र मूल्याङ्कन गर्ने मापदण्डहरू परिवर्तन भएका हुनेछन्। तँ आफ्नो भ्रष्ट स्वभावमा जिउने गरेको तेरो पहिलेको व्यक्तिभन्दा पूर्णतया फरक भइसकेको हुनेछस्। तँ वास्तविक तरिकामा परिवर्तन भइसकेको हुनेछस्। के तिमीहरू अहिले अलि परिवर्तन भएका छौ? (अलिकति।) अहिले तिमीहरू अलिकति परिवर्तन भएका छौ, र कहिलेकाहीँ जब तिमीहरू मानिसहरूले लापरवाहीसाथ र झारा टार्दै काम गरिरहेका, सत्यता अभ्यास गर्न नचाहेका, र सधैँ शारीरिक आराममा लिप्त भएका देख्छौ, तब तिमीहरूलाई त्यो राम्रो लाग्दैन। तर, यदि तँलाई तिनीहरूलाई सहयोग र साथ दिन लगाइयो भने, तँलाई शैतानी दर्शनहरूले अझै पनि पकडमा राख्‍नेछन्। तैँले मानिसहरूमा यो समस्या पत्ता लगाए पनि, तिनीहरूलाई चिढ्याउने डरले केही भन्‍ने आँट गर्दैनस्, र यस्तोसमेत सोच्‍न सक्छस्, “कसैले पनि मलाई समूह अगुवाको रूपमा चुनेको छैन, त्यसैले मैले अरूको मामलामा हात हाल्‍नु आवश्यक छैन।” जब तँ यी अन्यायपूर्ण र नकारात्मक कुराहरू सामना गर्छस्, तब आफ्नो बोली र काममा सत्यताको पक्षमा खडा हुन, वा जिम्मेवारी लिन सक्दैनस्; तैँले देखेर पनि नदेखेजस्तो गर्छस्, र आफूलाई विवादबाट टाढा राखेर व्यवहार गर्नु नै राम्रो हो भन्‍ने सोच्छस्। तँ सोच्छस्, “यदि केही खराबी भयो भने मसँग त्यसको कुनै सम्बन्ध हुनेछैन। म आफूलाई मुस्किलले बचाइरहेको छु।” यदि तँसँग अझै यस्ता विचारहरू छन् भने, के तैँले सत्यता अभ्यास गर्न सक्‍नेछस्? के तँसँग जीवन प्रवेश हुनेछ? हृदयमा यस्ता विचारहरू राख्छस् भने, तँ गैरविश्‍वासी होस्, र सत्यता स्विकार्न सक्दैनस्। त्यसकारण यस्ता विचारहरूलाई नसच्याई त्यतिकै छोडिदिनु हुँदैन। यदि तँ जीवन प्रवेश पाउन चाहन्छस् भने, एक हिसाबले, तैँले आफूलाई रेखदेख गर्न सक्नैपर्छ। अर्को हिसाबले, तैँले मुख्यतः परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। यदि तैँले आफ्नो हृदयमा तिरस्कार देखिस् भने, आत्मचिन्तन गर्नुपर्छ, र यो तिरस्कार कहाँबाट आइरहेको छ भनेर पत्ता लगाउनुपर्छ। यदि तँलाई परमेश्‍वरले छानबिन गरिरहनुभएको छ भन्‍ने लाग्यो, र परमेश्‍वरले तँलाई छानबिन गरिरहनुभएको छ भन्‍ने विश्‍वास लाग्यो भने, तैँले उहाँको छानबिन स्वीकार गर्नुपर्छ। बारम्बार पछुतो गरेर, हृदयमा बेचैन बनेर, र ती परिस्थितिमा भएकोमा परमेश्‍वरप्रति ऋणी बनेर मात्रै, तँसँग सत्यता अभ्यास गर्ने र सत्यतामा प्रवेश गर्ने उत्प्रेरणा हुनेछ। सत्यता वास्तविकताहरूमा प्रवेश गर्नका लागि केही मापदण्ड र त्यसका केही व्यावहारिक प्रकटीकरण छन्। अहिले तिमीहरू तिनमा कुन हदसम्म प्रवेश गरेका छौ? (परिस्थिति उत्पन्‍न हुँदा, म आफूमा धेरै कमजोरी देख्‍न सक्छु, तर म त्यो स्थितिमा धेरै समय अल्झेर बस्छु। मलाई आफूमा भएका समस्याहरू विश्‍लेषण गर्न वा बुझ्‍न सत्यताको दृष्टिकोण कसरी अपनाउने भन्‍ने थाहा छैन; मैले आफूलाई स्पष्टसँग बुझेको छैनँ; म आफूलाई स्पष्ट रूपमा देख्दिनँ, र म प्रायजसो अरूका स्थिति पनि स्पष्ट रूपमा देख्‍न सक्दिनँ।) यदि तँ आफूलाई स्पष्ट रूपमा देख्‍न सक्दैनस् भने, अरूलाई पनि स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यो कुरा सही हो। जब अरू मानिसमा कुनै समस्या हुन्छ, तँलाई त्यसको आफूसँग कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ, तर वास्तवमा, स्थितिहरू एकैनासका र उस्तै हुन्छन्। यदि तैँले आफ्नो स्थिति स्पष्ट रूपमा देख्‍न सक्दैनस् भने, आफ्‍ना समस्याहरू समाधान गर्न सक्नेछैनस्, झन् अरूका समस्या समाधान गर्नु त परको कुरा हो। तैँले आफ्ना समस्याहरू समाधान गरिसकेपछि, अरूका समस्या एकदमै स्पष्ट रूपमा देख्‍न र तुरुन्तै समाधान गर्न सक्‍नेछस्। यदि तँ जीवन प्रवेश पाउन चाहन्छस् भने, तैँले निम्न दुई कुरा पालन गर्नु नै पर्छ: एउटा हो, तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नैपर्छ, र अर्को हो, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, आफूलाई बारम्बार जाँच्नैपर्छ, आफ्ना विभिन्‍न गलत विचार, सोच, मनोवृत्ति, अभिप्राय, र स्थितिहरू बदल्न सत्यता खोजी गर्नैपर्छ, र हरप्रकारको गलत स्थितिबाट निस्कनैपर्छ। यदि तँसँग तीबाट निस्कने शक्ति छ भने, तैँले शैतानलाई जित्‍नेछस् र आफ्ना भ्रष्ट स्वभाव त्याग्‍नेछस्। त्यसपछि, तैँले आफूलाई परिवर्तन गरेको हुनेछस्। तँ आफ्नो निष्क्रिय र नकारात्मक स्थितिबाट निस्किएको हुनेछस्, र यी स्थितिहरूको बन्धन वा नियन्त्रणमा हुनेछैनस्। यो आफैमा एक कदम अगाडि बढ्नु हो। तिमीहरूले पहिले यो समस्या समाधान गर्नैपर्छ। तिमीहरूसँग कुन-कुन नकारात्मक वा निष्क्रिय स्थितिहरू छन्? कतिपय मानिस सोच्छन्, “म यस्तै छु। म आफ्‍नो अहङ्कारी स्वभाव हटाउन केही गर्न सक्दिनँ। जे भए पनि, परमेश्‍वरलाई यसबारे थाहा छ, र मलाई लाग्छ उहाँले मलाई वर्गीकरण गरिसक्‍नुभएको छ। मैले धेरैपटक परिवर्तन हुने प्रयास गरेँ, तर म अझै उस्तै छु। म यस्तै हुँ।” तँमा आफूबारे नराम्रो दृष्टिकोण छ, तर यो नकारात्मक स्थिति हो; यो त आफूलाई निराश तुल्याउने मानसिकता हो। तैँले यो समस्या समाधान गर्न सत्यता खोजेको छैनस्, तब तँ किन आफूलाई निराश ठान्छस्? मानिसहरू प्रायजसो यस्ता स्थितिमा जिउँछन्; तिनीहरूले एकपटक क्षणिक भ्रष्‍टता देखाउनेबित्तिकै आफूलाई वर्गीकरण गरिएको छ, र यस्तै प्रकारको व्यक्ति हुँ भन्‍ने ठान्छन्। यो नकारात्मक अवस्था हो; यसलाई बदल्नुपर्छ, र तँ त्यसबाट निस्कनुपर्छ। तँमा अरू कुन-कुन नकारात्मक वा निष्क्रिय स्थितिहरू छन्? (म प्रायजसो यस्तो स्थितिमा जिउँछु जहाँ म आफ्नो प्रतिभा र क्षमताको आधारमा कामकुरा गर्छु, र जहाँ मेरो जीवन प्रवेशको कमी हुन्छ। यो स्थिति अत्यन्तै गम्भीर हो।) जब मानिसहरू आफ्नो प्रतिभा र क्षमताको आधारमा काम गर्छन्, तब तिनीहरूलाई सधैँ अरूसँग प्रतिस्पर्धा गर्न मन लाग्छ, र सोच्छन्, “तिमीले कसरी यो काम पूरा गर्न सक्छौ तर म सक्दिनँ? मैले यो काममा कडा परिश्रम र कोसिस गर्नुपर्छ, अनि तिमीले भन्दा राम्रो गर्ने प्रयास गर्नुपर्छ!” यसमा तेरो शैतानी स्वभाव देखा परेको हुन्छ। यसबारे के गर्नुपर्छ? यदि, तैँले कामकुरा गर्दा तँमा यस्तो मनसाय वा सुरुवात पैदा हुन्छ भने, त्यसलाई ध्यान नदे। यो क्षणिक प्रकाटीकरण, वा क्षणिक अनभिज्ञ विचार हो। यसअनुसार कार्य नगर्, र तँलाई केही हुनेछैन। तैँले कामकुरा व्यावहारिक र गर्नुपर्ने तरिकामा गर्नैपर्छ। यदि तँलाई कुनै कठिनाइ आइपरेमा, अरू मानिसले त्यो कसरी सम्हालेका रहेछन् भनेर अग्रसर भई हेर्। यदि तिनीहरूले त्यो राम्रोसँग सम्हालेका छन् भने, तिनीहरूसँग कुरा गर् र तिनीहरूबाट सिक्। यसरी तैँले आफ्‍ना गलत स्थितिलाई उल्टाउनेछस्। यदि तँमा ती सोचहरू छन् र तँ भित्री भ्रष्‍टता प्रकट गर्छस्, तर त्यसरी कार्य गर्दैनस् भने, तेरा भ्रष्ट स्वभावहरू नाकाम हुनेछन्। तर, यदि तँसँग त्यस्ता सोचहरू छन् र त्यसरी कार्य गर्छस्, अनि तेरो कार्य तेरा सोचभन्दा पनि गम्भीर छ भने, यसले समस्या निम्त्याउँछ, र यसले सबै कुरा भताभुङ्ग बनाउनेछ। मानिसका भ्रष्ट स्वभावहरू नै परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने कुरा हुन्।

परमेश्वर तेरो भ्रष्ट स्वभावहरूलाई लुकाउन, ढाकछोप गर्न, वा छिपाउनका लागि ती सुल्झाउनुहुन्न। बरु, उहाँ तँलाई ती कुरा प्रकट गर्न दिनुहुन्छ, तँलाई खुलासा गर्नुहुन्छ र तीबारे जान्न लगाउनुहुन्छ। तैँले तीबारे जानेपछि, के कुरा त्यतिमै सकिन्छ? त्यस्तो होइन। तैँले तीबारे जानिसकेपछि, र तेरो भ्रष्ट स्वभावअनुसार काम गर्नु गलत हो, र यो निकासहीन बाटो हो भन्‍ने थाहा पाएपछि, तँ परमेश्‍वरसामु आउनैपर्छ, र उहाँलाई प्रार्थना गर्नैपर्छ र आफ्नो भ्रष्ट स्वभावहरू हटाउन सत्यता खोज्नैपर्छ। परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र अभ्यासको सही मार्ग दिनुहुनेछ। परमेश्‍वरका वचनहरूले मानिसहरूले गर्नुपर्ने कुराबारे बताउँछन्, तर मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरू कहिलेकाहीँ परमेश्‍वरले भनेको जस्तो गर्न चाहँदैनन्; तिनीहरू आफ्नै तरिकाले कामकुरा गर्न चाहन्छन्। त्यसोभए, परमेश्‍वर के गर्नुहुन्छ? परमेश्‍वर तँलाई स्वतन्त्रता दिनुहुन्छ, र तँलाई अहिले यसरी कार्य गर्न दिनुहुन्छ। तँ यसरी काम गर्दै अघि बढ्ने क्रममा, लखतरान हुनेछस् र आफूले भताभुङ्ग पारेको महसुस गर्नेछस्। त्यसपछि, तँ परमेश्‍वरकहाँ फर्कनेछस् र आफूले गर्नुपर्ने कुरा खोजी गर्नेछस्। परमेश्‍वरले भन्‍नुहुनेछ, “तैँले हृदयमा, मेरा मागहरू बुझेको छस्। त्यसोभए तँ किन भनेको मान्दैनस्?” अनि तैँले भन्नेछस्, “हे परमेश्‍वर, मलाई अनुशासनमा राख्‍नुहोस्।” परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुनेछ, र यसले तँलाई चोट पुऱ्याउनेछ, त्यसैले तँ यस्तो सोच्‍नेछस्, “परमेश्‍वर मलाई प्रेम गर्नुहुन्‍न। उहाँ मप्रति कसरी यति क्रूर हुन सक्‍नुहुन्छ? उहाँ साह्रै निर्दयी हुनुहुन्छ।” परमेश्‍वरले भन्‍नुहुनेछ, “ठिक छ, त्यसोभए म अबदेखि यसो गर्दिनँ। तैँले आफूखुसी कामकुरा गरिराख्,” र तँ पहिलेकै बाटोमा फर्कनेछस्। तँ कामकुरा गर्नेछस्, फेरि लखतरान हुनेछस्, र सोच्‍नेछस्, “मैले गरिरहेको कुरामा केही गलत छ। मैले फर्केर आफ्ना पापहरू स्विकार्नुपर्छ। म परमेश्‍वरप्रति ऋणी छु।” तँ फेरि परमेश्‍वरकहाँ फर्केर प्रार्थना र खोजी गर्नेछस्, परमेश्‍वरले भन्ने कुरा सही हुन्छ भनेर बुझ्‍नेछस्, अनि त्यसपछि परमेश्‍वरले भन्‍नुभएझैँ गर्नेछस्। तर जब तैँले यसो गरिरहेको हुन्छस्, तब सोच्‍नेछस्, “यसो गर्दा मेरो स्वाभिमानमा चोट पुग्नेछ। सायद म पहिले आफ्नो स्वाभिमानको ख्याल गर्नेछु।” त्यसपछि तँ फेरि समस्यामा पर्नेछस्, र फेरि चुकिसकेको हुनेछस्। तँ केही समय यसरी बारम्बार घरी यता घरी उता गर्नेछस्। यदि मानिसहरूले आत्मचिन्तन गर्न सक्छन्, सधैँ आफूभित्रको विचलनलाई चिन्‍न सक्छन्, आफ्‍नो भ्रष्ट स्वभावबारे मनन गर्न र ती बुझ्न सक्छन्, र त्यसपछि ती समाधान गर्न सत्यता खोज्न सक्छन् भने, यो अनुभव गर्ने क्रममा, तिनीहरूको कद पनि निरन्तर बढ्दै जानेछ। हृदय हुने, सत्यता अभ्यास गर्न र सकारात्मक कुराहरूलाई प्रेम गर्न इच्छुक मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले क्रमिक रूपमा झन्-झन् कम रोकावट र असफलताहरू अनुभव गर्नेछन्, परमेश्‍वरप्रति आज्ञाकारी तिनीहरूका पक्षहरू र सत्यतालाई प्रेम गर्ने तिनीहरूका पक्षहरू वृद्धि हुनेछन्। त्यसैले त परमेश्‍वरले तँलाई सत्यता अनुभव र अभ्यास गर्दा असफल हुन र विद्रोह गर्न दिनुहुन्छ; उहाँ यी कुराहरूलाई हेर्नुहुन्‍न। तैँले परमेश्‍वरको कुरा एकपटक नसुन्दैमा उहाँले तँलाई अब चाहनुहुनेछैन, वा तँलाई नरकमा पठाउनुहुनेछ, वा मृत्युदण्ड दिनुहुनेछ भन्‍ने होइन। परमेश्‍वर यस्तो गर्नुहुन्‍न। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुँदा उहाँको प्रेम अत्यन्त अपार हुन्छ भनेर किन भनिन्छ? यतिबेला नै परमेश्‍वरको प्रेम प्रकट हुन्छ। यो मानिसहरूप्रतिको उहाँको सहनशीलता र धैर्यमा प्रकट हुन्छ। उहाँले तँलाई निरन्तर सहिरहनुभएको छ, तर उहाँ तँमा लिप्त हुनुहुन्‍न। परमेश्‍वरको सहनशीलता भनेको उहाँले मानिसहरूको कद थाहा पाउनु, तिनीहरूको जन्मजात क्षमता जान्नु, मानिसहरूले निश्‍चित परिस्थितिमा के प्रकट गर्छन्, र आफ्नो कदको आधारमा के प्राप्त गर्न सक्छन् भनेर जान्‍नु, र तँलाई यी कुराहरू प्रकट गर्न दिनु, तँलाई निश्‍चित मात्रामा स्थान दिनु, र तँ उहाँकहाँ फर्केर आई ईमानदारीपूर्वक पश्चात्ताप गर्दा तँलाई स्वीकार गर्नु हो, यसै क्रममा तेरो पश्चात्तापको इमानदारीपनलाई पनि स्विकार्नु हो। त्यसकारण, जब तँ फर्केर त्यसो गर्नु उचित हो कि होइन भनेर परमेश्‍वरलाई सोध्छस्, तब उहाँले तँलाई निरन्तर बताउनुहुनेछ र जवाफ दिनुहुनेछ। परमेश्‍वरले तँलाई त्यसरी कार्य गर्नु सही हो भनेर धैर्यपूर्वक बताउनुहुनेछ र तँलाई त्यसको पुष्टि दिनुहुनेछ। तर तैँले फेरि आफ्नो विचार परिवर्तन गरेर, “परमेश्‍वर, म यो गर्न चाहन्‍नँ। यो मेरा लागि फाइदाजनक छैन, र यसले मलाई दुःखी र असहज बनाउँछ—मलाई अझै मैले आफ्नो तरिकाले कामकुरा गर्नुपर्छ, त्यसरी म आफ्नो इज्‍जत गुमाउनेछैनँ, म शिष्ट र बाठो हुनेछु, अनि म हरकुरामा आफूलाई सन्तुष्ट पार्न सक्नेछु भन्ने लाग्छ—म पहिले आफ्ना व्यक्तिगत इच्छाहरू पूरा गर्नेछु” भनेर भन्दा, परमेश्‍वरले यसो भन्‍नुहुनेछ, “तँ खरो उत्रन सक्दैनस्, तर त्यसो गरेर, अन्त्यमा घाटा हुने तँलाई नै हो, मलाई होइन।” जब परमेश्‍वर तँलाई मुक्ति दिनुहुन्छ, तब उहाँ कहिलेकहीँ तँलाई यस्तो हठी हुन दिनुहुन्छ; यो उहाँको सहनशीलता हो र उहाँले मानिसहरूलाई देखाउने कृपा हो। तर, मानिसहरू उहाँको कृपा देख्दा आत्मलिप्त हुनु हुँदैन, र उहाँको धैर्य र सहनशीलतालाई एक प्रकारको कमजोरीको रूपमा लिनु हुँदैन, वा त्यसलाई उहाँविरुद्ध विद्रोह गर्ने र उहाँका वचनहरू नसुन्‍ने बहानाको रूपमा हेर्नु हुँदैन। यो त मानिसहरूको विद्रोह र दुष्टता हो। मानिसहरूले यसलाई स्पष्ट रूपमा बुझ्नैपर्छ। परमेश्‍वरले तँलाई देखाउने सहनशीलता र धैर्यको कुनै सीमा छैन। यदि तँ परमेश्‍वरका सच्चा अभिप्रायहरू अनुभूति गर्न सक्छस् भने, त्यो राम्रो कुरा हो। परमेश्‍वर तँलाई मुक्ति दिन चरम उपायहरू प्रयोग गर्न सक्‍नुहुन्‍न भन्‍ने होइन—तैँले परमेश्‍वरका कार्यपछाडि सिद्धान्तहरू हुन्छन् भन्‍ने कुरा बुझ्‍नु नै पर्ने हुन्छ। उहाँ धेरै तरिकाले कामकुरा गर्नुहुन्छ, तर उहाँ चरम उपायहरू प्रयोग गर्नुहुन्‍न। किन? परमेश्‍वरले तँलाई हरकिसिमका कठिनाइ, निराशा, र संकष्ट, साथै कैयौँ असफलता र बाधाहरूमार्फत अनुभव गर्न दिनुहुन्छ। अन्त्यमा, तँलाई यी कुराहरू अनुभव गर्न दिने क्रममा, परमेश्‍वरले तँलाई उहाँले भन्‍नुभएका सबै कुरा सही र सत्यता हुन् भन्‍ने कुरा महसुस गराउनुहुनेछ। यसको साथै, उहाँले तँलाई तैँले विचार गर्ने र कल्‍पना गर्ने कुराहरू, साथै तेरा धारणा, ज्ञान, दर्शनसम्‍बन्धी सिद्धान्त, दर्शन, र संसारमा तैँले सिकेका र तेरा आमाबुबाले तँलाई सिकाएका सबै कुरा गलत छन्, र ती कुराले तँलाई जीवनको सही मार्गमा डोऱ्याउन अनि सत्य बुझ्न र परमेश्‍वरको सामु आउन अगुवाइ गर्न सक्दैनन् भनेर देखाउनुहुनेछ। यदि तँ अझै पनि यी कुराअनुसार जिउँछस् भने, तँ असफलताको बाटोमा, साथै परमेश्‍वरको विरोध गर्ने र उहाँलाई धोका दिने बाटोमा हिँडिरहेको छस्। अन्त्यमा, परमेश्‍वरले तँलाई यो कुरा स्पष्‍ट रूपमा देखाउनुहुनेछ। यो प्रक्रिया तैँले अनुभव गर्नैपर्ने कुरा हो, र परिणामहरू प्राप्त गर्ने एक मात्र तरिका यही हो, तर यो हेर्दा परमेश्‍वरलाई पीडादायी लाग्‍ने कुरा पनि हो। मानिसहरू विद्रोही छन् र उनीहरूमा भ्रष्ट स्वभाव छ, त्यसकारण तिनीहरूले थोरै कष्ट भोग्‍नु नै पर्छ, र यीमध्ये केही बाधाहरू अनुभव गर्नैपर्छ। यो कठिनाइविना, तिनीहरू शुद्ध पारिने कुनै उपाय हुँदैन। यदि व्यक्तिमा साँचो रूपमा सत्यतालाई प्रेम गर्ने हृदय छ, र परमेश्‍वरको मुक्ति दिने विभिन्‍न प्रकारको विधिहरूलाई स्वीकार गर्न र मूल्य चुकाउन ऊ साँचो रूपमा इच्‍छुक छ भने, उसले त्यति धेरै कष्ट भोग्‍नुपर्ने आवश्यकता हुँदैन। परमेश्‍वरले वास्तवमा मानिसहरूलाई त्यति धेरै कष्ट भोगाउन चाहनुहुन्‍न, र तिनीहरूलआई यति धेरै बाधा र असफलताहरूबाट गुज्रन लगाउन पनि चाहनुहुन्‍न। तैपनि, मानिसहरू अत्यन्तै विद्रोही छन्, तिनीहरू भनेको मान्‍न, पालना गर्न चाहँदैनन्, र तिनीहरू सही मार्गमा हिँड्न सक्दैनन् वा छोटोमीठो तरिका अपनाउन खोज्छन्; उनीहरू आफ्‍नै बाटोमा लागेर परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन्। मानिसहरू भ्रष्ट छन्। परमेश्‍वरले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिन र उनीहरूलाई विभिन्न परिस्थितिहरूमा पारेर निरन्तर सधाउन, र यसरी उनीहरूलाई हरप्रकारका अनुभवहरू र पाठहरू सिकाउन, र अन्त्यमा हरप्रकारका दुष्ट कुराहरूको सार बुझ्‍न लगाउन मात्र सक्‍नुहुन्छ। त्यसपछि, जब ऊनीहरू फर्कन्छन् र फेरि हेर्छन्, तब परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी उनीहरूले महसुस गर्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वर सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ, र परमेश्‍वर मानिसहरूलाई साँचो रूपमा प्रेम र वास्ता गर्ने, चिन्ता गर्ने र मुक्ति दिन सक्‍ने एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्। मानिसहरूले यति धेरै कष्ट भोगून् भन्‍ने परमेश्‍वर चाहनुहुन्‍न, तर मानिसहरू अत्यन्तै विद्रोही छन्, गलत बाटो अपनाउन चाहन्छन्, र यो कठिनाइ भोग्‍न चाहन्छन्। मानिसहरूलाई विभिन्‍न परिस्थितिबाट गुज्रन लगाएर उनीहरूलाई निरन्तर सधाउनेबाहेक परमेश्‍वरसँग कुनै विकल्‍प हुँदैन। आखिरमा, मानिसहरूलाई कुन हदमम्म सधाइन्छ त? त्यस हदसम्म जब तँ भन्नेछस्, “मैले सबै किसिमको परिस्थितिको अनुभव गरेको छु, अब मैले बल्‍ल के बुझेँ भने, परमेश्‍वरबाहेक, एउटै पनि यस्तो व्यक्ति, विषय वा वस्तु छैन जसले मलाई सत्य बुझ्न सक्ने, मलाई सत्यको आनन्द लिन सक्ने, वा मलाई सत्यताका वास्तविकताहरूमा प्रवेश गर्न सक्ने बनाउँछ। यदि म आज्ञाकारी भई परमेश्‍वरको वचनअनुसार अभ्यास गर्छु, एक सृष्टि गरिएको प्राणीलाई दिइएको हैसियत र कर्तव्य पालन गर्छु, आज्ञाकारी रूपमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गर्छु, मसँग परमेश्‍वरबाट आउने कुराहरूबारे थप कुनै गुनासो वा लालची इच्‍छाहरू छैनन्, र म सृष्टिका प्रभुको सामुन्‍ने साँचो रूपमा समर्पित हुन्छु भने मात्र म साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍नेछु।” जब मानिसहरू यो स्तरमा पुग्छन्, तिनीहरू साँच्चै परमेश्‍वरसामु झुक्छन्, र परमेश्‍वरले उनीहरूलाई अनुभव गर्न लगाउनका निम्ति कुनै थप परिस्थितिहरू मिलाउनु आवश्यक पर्दैन। त्यसो भए, तिमीहरू कुन मार्ग लिन चाहन्छौ त? कसैले पनि आफ्नो व्यक्तिगत इच्छामा कठिनाइ भोग्ने चाहना गर्दैन, कसैले पनि अवरोध, असफलता, कठिनाइ, निराशा, वा सङ्कष्ट अनुभव गर्न चाहँदैन, तर त्यहाँ अरू कुनै उपाय नै छैन। मानिसहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू अत्यन्तै विद्रोही छन्, र तिनीहरूका विचार र दृष्टिकोणहरू धेरै जटिल हुन्छन्। प्रत्येक दिन तेरो हृदयमा निरन्तर विरोधाभास, सङ्घर्ष, र छटपटी हुन्छ। तँ थोरै सत्यता बुझ्छस्, तेरो जीवनप्रवेश सतही छ र तँमा धारणा, कल्पना र देहको भ्रष्ट स्वभावहरूमाथि विजय पाउने शक्तिको कमी छ। तैँले मानिसको नियमित तरिका मात्र अपनाउन सक्छस्: निरन्तर असफलता र निराशाको अनुभव गर्नु, निरन्तर लड्नु, कठिनाइको निरन्तर प्रहारमा पर्नु, हिलोमा मुछिनु, यस्तो त्यो दिनसम्म हुन्छ जुन दिन तँ भन्छस्, “म थाकेको छु। म विरक्त भएको छु। म यस्तो प्रकारले जिउन चाहन्नँ। म यी असफलताहरू भोग्न चाहन्नँ। म आज्ञाकारी भई सृष्टिकर्तासामु आउन चाहन्छु; म परमेश्‍वरले भनेको कुरा सुन्नेछु, र उहाँले जे भन्नुहुन्छ म त्यही गर्नेछु। यही मात्र जीवनको सही मार्ग हो।” जुन दिन तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस् र हार स्वीकार गर्छस्, त्यो दिन मात्र तँ परमेश्‍वरसामु आउनेछस्। के यसबाट तैँले परमेश्‍वरको स्वभावबारे केही बुझ्‍न सकिस्? मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूको सर्वोत्तम भलाइ चाहनुहुन्छ। उहाँले जुनसुकै परिस्थिति तयार पार्नुभए पनि वा उहाँले तँलाई जेसुकै गर्न लगाउनु भए पनि, उहाँ सधैँ उत्तम परिणाम हेर्न चाहनुहुन्छ। मानौँ, तैँले कुनै कुरा झेल्छस् र अवरोधहरू र असफलताको सामना गर्छस्। परमेश्‍वरले तँ असफल भएर निरुत्साहित भएको, आफू सिद्धिएको र शैतानद्वारा खोसिई लगिएको छु भन्‍ने सोचेको, हरेस खाँदै यो स्थितिबाट फेरि तैँले कहिल्यै पनि आफूलाई आफ्नो खुट्टामा खडा गर्न नसकेको, र दुःखमा डुबेको देख्न चाहनुहुन्न—परमेश्‍वर यस्तो परिणाम देख्न चाहनुहुन्न। परमेश्‍वर के देख्ने इच्छा गर्नुहुन्छ त? तँ यस विषयमा असफल भएको भए पनि, तैँले सत्यता खोज्‍न र आत्मचिन्तन गर्न सकेको, आफ्नो असफलताको कारण पत्ता लगाउन सकेको, यो असफलताले तँलाई सिकाएको पाठ सिक्‍न, भविष्यमा यस कुरालाई याद गर्न, त्यस्तो तरिकाले काम गर्नु गलत थियो, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु मात्र ठीक हो भन्‍ने जानेको र महसुस गरेको चाहनुहुन्छ, “म खराब व्यक्ति हुँ। मसँग भ्रष्ट शैतानी स्वभाव छ। ममा विद्रोहीपन छ। म परमेश्‍वरले भनेका धर्मी मानिसहरूदेखि टाढा छु, र ममा परमेश्‍वरको डर मान्ने हृदय छैन।” तैँले यो तथ्यलाई स्पष्ट देखेको छस्; तैँले यो मामलाको सत्यता जानेको छस्, र यो बाधा र असफलताबाट, तैँले केही समझ पाएको छस् र तँ परिपक्‍व भएको छस्। परमेश्‍वर यही हेर्न चाहनुहुन्छ। परिपक्‍व भनेको के हो? यसको अर्थ परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्छ, तैँले मुक्ति पाउन सक्छस्, तँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छस्, र तैँले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग अपनाउन थालेको छस् भन्‍ने हो। परमेश्‍वर मानिसहरूले सही मार्ग लिएको हेर्न चाहनुहुन्छ। परमेश्‍वरले उत्कट अभिप्रायद्वारा कामकुरा गर्नुहुन्छ, र यो सबैको पछाडि उहाँको प्रेम लुकेको हुन्छ, तर मानिसहरूले प्रायः यो कुरा महसुस गर्न सक्दैनन्। मानिसहरू सङ्कीर्ण सोचका र अत्यन्तै दयनीय छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूको आनन्द लिन नपाउनेबित्तिकै, परमेश्‍वरलाई दोष दिन्छन्, नकारात्मक बन्छन् र रिस देखाउँछन्, तर परमेश्‍वर यसको कारण तिनीहरूसँग ईख राख्‍नुहुन्‍न। तिनीहरूलाई अज्ञानी बालकजस्तो मान्‍नुहुन्छ र तिनीहरूको सानोतिनो गल्ती कोट्याउनुहुन्‍न। उहाँ मानिसलाई कसरी अनुग्रह र आशिष्‌हरू प्राप्त गर्ने र मानिसको लागि उहाँको अनुग्रहको अर्थ के हो र मानिसले त्यसबाट के लिन सक्छ भनी बुझाउनका लागि तिनीहरूका निम्ति परिस्थितिहरू सिर्जना गर्नुहुन्छ। मानौँ, तँलाई केही कुराहरू खान मन लाग्छ, जुन धेरै खानु तेरो स्वास्थ्यका निम्ति राम्रो होइन भनी परमेश्‍वर भन्नुहुन्छ। तँ त्यो कुरा सुन्दैनस्, र त्यो खाने जिद्दी गर्छस्, र परमेश्‍वर तँलाई स्वतन्त्र रूपमा त्यो निर्णय गर्ने अनुमति दिनुहुन्छ। फलस्वरूप, तँ बिरामी हुन्छस्। धेरैपटक यस्तो अनुभव गरेपछि, तँ परमेश्‍वरले बोलेका वचनहरू वास्तवमा सही छन्, उहाँले भनेका सबै कुरा सत्य छन्, तैँले उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र यही नै सही मार्ग हो भन्‍ने महसुस गर्छस्। त्यसोभए, तैँले भोग्‍ने अवरोध, असफलता र कष्टहरूबाट के आउँछन्? एक हिसाबमा, तैँले परमेश्‍वरको उत्कट अभिप्रायलाई महसुस गर्न सक्छस्। अर्को हिसाबमा, यसले तँलाई परमेश्‍वरका वचनहरू सही र व्यावहारिक छन् भन्‍ने कुरामा विश्‍वस्त तुल्याउँछ, र परमेश्‍वरमाथिको तेरो विश्वास बढ्दै जान्छ। त्यसबाहेक, तैँले असफलताको यस अवधिको अनुभवद्वारा परमेश्‍वरका वचनहरूको सत्यता र यथार्थतालाई महसुस गर्नेछस्, तैँले परमेश्‍वरका वचनहरू सत्य हुन् भनी देख्नेछस्, र तैँले सत्यता अभ्यास गर्ने सिद्धान्त बुझ्नेछस्। यसैले, तैँले असफलताको अनुभव गर्नु राम्रो हो—यद्यपि यसका लागि तैँले कष्ट भोग्‍नुपर्छ, र यसले तँलाई सधाउँछ। तर यदि यसरी सधाइँदा त्यसले अन्त्यमा तँलाई परमेश्‍वरसामु फर्काउँछ, उहाँका वचनहरू बुझ्ने र तिनलाई सत्यताको रूपमा हृदयभित्र अङ्गीकार गर्ने बनाउँछ र यसरी अन्त्यमा तैँले परमेश्‍वरलाई चिन्‍न पुग्छस् भने, तैँले अनुभव गर्ने त्यस्तो सधाइ, अवरोध र असफलताहरू व्यर्थ हुँदैनन्। परमेश्‍वरले देख्न चाहेको नतिजा यही हो। तथापि, कतिपय मानिस भन्छन्, “परमेश्‍वर मानिसहरूप्रति धेरै सहनशील हुनुहुन्छ, त्यसैले म स्वच्छन्द हुनेछु, जसरी मन लाग्छ त्यसरी कामकुरा गर्छु, र आफूले चाहेजस्तो जीवन जिउँछु।” के यो ठिक हो? (अहँ, होइन।) सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरले तिनीहरूलाई देखाएको सही मार्गअनुसार अभ्यास गर्नु र त्यसबाट नडगमगिनु हो। यदि तिनीहरूले परमेश्‍वरको इच्छा पूर्ण रूपमा पूरा गर्न सक्दैनन् भने, जबसम्म सत्यता उल्लङ्घन गर्दैनन्, र परमेश्‍वरको जाँच स्वीकार गर्न सक्छन्, तबसम्म त्यो ठिकै हो। यो न्यूनतम मानक हो। यदि तँ सत्यताबाट तर्किस्, प्रार्थना र खोजी गर्दैनस् भने, परमेश्‍वरबाट अति नै टाढा तर्केको छस्, र खतरनाक क्षेत्रमा प्रवेश गरिसकेको छस्। जब तँ परमेश्‍वरबाट अति टाढा हुन्छस्, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दैनस्, र परमेश्वरले मानिसहरूलाई मुक्ति दिन काम गर्ने ठाउँ छोडिसकेको हुन्छस्, तब पवित्र आत्माले तँमा काम गर्न छोड्नुहुनेछ, र तँसँग मौका हुनेछैन, झन् मुक्ति हुने त कुरै भएन। तेरा लागि, परमेश्‍वरको प्रेम खोक्रा शब्दहरू मात्र हुनेछ।

जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तब तैँले पहिले परमेश्‍वरलाई बुझ्नैपर्छ, उहाँको इच्छा र मानिसप्रतिको उहाँको मनोवृत्तिलाई बुझ्नु नै पर्ने हुन्छ। यसो गरेर, तँलाई परमेश्‍वर अन्त्यमा तैँले कुन सत्यता बुझोस् र प्रवेश गरोस्, र कुन मार्ग पछ्याउनुपर्छ भन्‍ने बुझोस् भन्ने चाहनुहुन्छ भनेर थाहा हुनेछ। तैँले यी कुराहरू थाहा पाएपछि, परमेश्‍वरले गर्न चाहने, र तँमा पूरा गर्न चाहने कुरामा सहकार्य गर्न सक्दो प्रयास गर्नैपर्छ। यदि तैँले साँच्‍चै सहकार्य गर्न सक्दैनस् अनि तेरो ऊर्जा र सामर्थ्य समाप्त भयो भने, त्यो ठिक त्यस्तै हुन्छ; परमेश्‍वर मानिसहरूलाई जबरजस्ती गर्नुहुनेछैन। तर, अहिले मानिसहरू यी कुराहरूमा आफ्नो सबै सामर्थ्य लगाउँदैनन्। यदि तँ सत्यता अभ्यासमा आफ्नो पूरा शक्ति लगाउँदैनस्, तर आशिष् र धार्मिकताको मुकुट प्राप्त गर्न आफ्नो पूरा शक्ति लगाउँछस् भने, तँ सही मार्गबाट तर्केको छस्। तैँले सत्यता अभ्यासमा, र परमेश्‍वरले तँलाई दिने मिसन र कर्तव्यमा सहकार्य गर्न प्रयास लगाउनैपर्छ; तैँले आफूलाई यी कुराहरूका लागि सम्पूर्ण हृदयले अर्पण र समर्पण गर्नैपर्छ। त्यसपछि, तँ परमेश्‍वरको इच्छाअनुरूप हुनेछस्। परमेश्‍वर आफ्नो कर्तव्य उचित रूपमा पूरा नगर्ने मानिसहरूलाई वास्ता गर्नुहुन्‍न, तर तिनीहरूलाई वास्ता नगर्नुको अर्थ उहाँका कार्यपछाडि सिद्धान्तहरू छैनन् भन्‍ने होइन। परमेश्‍वरले तिनीहरूलाई वास्ता नगर्नुले उहाँ सहनशील, स्वीकार गर्ने र धैर्यशील हुनुहुन्छ भन्‍ने देखाउँछ। मानिसहरूले आफ्नो जीवनमा के कुरा अनुभव गर्नैपर्छ, सृष्टि गरिएका यी प्राणीहरूले के पूरा गर्न सक्छन्, र तिनीहरू के होइनन्, निश्‍चित प्रकारका कस्ता मानिसहरूले निश्‍चित उमेरमा के पूरा गर्न सक्छन्, र के सक्दैनन् भन्‍ने कुरा उहाँलाई थाहा हुन्छ। यी कुराबारे सबैभन्दा स्पष्ट त परमेश्वर हुनुहुन्छ, मानिसहरूभन्दा धेरै स्पष्ट हुनुहुन्छ। तर, परमेश्‍वर यी कुराबारे स्पष्ट हुनुहुन्छ भन्दैमा, यसको मतलब तैँले यस्तो भन्‍न सक्छस् भन्‍ने होइन, “त्यसोभए ठिक छ, परमेश्‍वर, तपाईंलाई जस्तो मन लाग्छ त्यस्तै गर्नुहोस्। मैले केही कुराबारे सोच्नु पर्दैन। म दिनभर त्यतिकै बसेर स्वर्गबाट मन्‍ना खस्छ भनी पर्खन सक्छु। परमेश्‍वरले नै सबै कुरा सम्हाल्नु ठिक हुन्छ।” मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा, आफूले गर्नुपर्ने काम गर्दा, आफू प्रवेश गर्नुपर्ने कुरामा प्रवेश गर्दा, आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्दा, र मानिसहरूको जन्मजात क्षमताभित्र पूरा गर्न सक्‍ने कुरा पूरा गर्दा सहकार्य गर्न सक्दो प्रयास गर्नैपर्छ। सहकार्य गर्न सक्दो प्रयास गर्नु भनेको के हो? यसको अर्थ तैँले आफ्नो कर्तव्यमा समय र ऊर्जा लगाउनैपर्छ, कष्ट भोग्नैपर्छ र मूल्य चुकाउनैपर्छ भन्‍ने हो। कहिलेकाहीँ, तेरो घमण्ड, अभिमान र स्वार्थ गुम्नैपर्छ, र तैँले गन्तव्यको तृष्णा र आशिष् पाउने चाहना पूर्ण रूपमा त्याग्नैपर्छ। यी कुराहरू त्याग्नुपर्छ, त्यसैले तैँले तिनलाई त्याग्‍नु नै पर्छ। उदाहरणका लागि, परमेश्‍वर भन्‍नुहुन्छ, “दैहिक सुखचैनको लालसा नगर्, किनकि यो तेरो जीवन वृद्धिका लागि फाइदाजनक हुँदैन।” तँ उहाँमा समर्पित हुन सक्दैनस्, र धेरै असफलता अनुभव गरेपछि, यस्तो सोच्छस्, “परमेश्‍वर सही हुनुहुन्छ। म किन यो अभ्यास गर्न, र देहविरुद्ध विद्रोह गर्न सक्दिनँ? के म परिवर्तन हुन असमर्थ छु? के परमेश्‍वर पनि मलाई यस्तै देख्‍नुहुन्छ? के उहाँले मलाई मुक्ति दिनुहुनेछैन? म असफल व्यक्ति हुँ, त्यसैले म केवल सेवाकर्ता हुनेछु, र अन्त्यसम्म सेवा चढाउनेछु।” के यो स्वीकार्य छ? (अहँ, छैन।) मानिसहरू प्रायजसो यस्तो स्थितिमा हुन्छन्। या त तिनीहरू आशिष् र मुकुट मात्र पछ्याउँछन्, वा केही असफलता अनुभव गरेपछि आफू काम गर्ने स्तरमा पुगेको छैन, र परमेश्‍वरले पनि तिनीहरूबारे फैसला गरिसक्‍नुभएको छ भन्‍ने सोच्छन्। यो गलत हो। यदि तैँले समयमै विभिन्‍न कुरा परिवर्तन गर्न सक्छस्, आफ्‍नो हृदय र मन परिवर्तन गर्न सक्छस्, आफ्‍नो हातले गरेको दुष्कर्मलाई त्यागेर, परमेश्‍वरको अघि फर्किन, परमेश्‍वरसामु यसलाई स्विकार्न र पश्‍चात्ताप गर्न, आफ्ना कार्यहरू र आफू हिँड्ने मार्ग गलत छन् भन्‍ने स्वीकार गर्न, आफ्नो असफलतालाई मान्न, त्यसपछि आफू जति नै कलङ्कित भए पनि सत्यता पछ्याउन हरेश नखाई परमेश्‍वरले तँलाई देखाएको मार्गअनुसार अभ्यास गर्न सक्छस् भने, तैँले सही काम गरिरहेको हुन्छस्। स्वभाव परिवर्तन र मुक्ति अनुभव गर्दाको अवधिमा, मानिसहरूले अपरिहार्य रूपमा नै विभिन्‍न कठिनाइको सामना गर्छन्। उदाहरणका लागि, परमेश्‍वरले प्रस्तुत गरेका परिस्थितिहरूमा समर्पित हुन नसक्‍नु, तिनीहरूका आफ्‍नै विविध सोचाइ, दृष्टिकोण, कल्‍पना, भ्रष्ट स्वभाव, ज्ञान, र वरदान, वा तिनीहरूका आफ्‍नै विभिन्‍न समस्या र गल्तीहरू। तैँले सबै प्रकारका कठिनाइसँग सङ्घर्ष गर्नुपर्छ। तैँले यी असंख्य कठिनाइ र स्थितिलाई जितेपछि, र तेरो हृदयको युद्ध समाप्त भएपछि, तँसँग सत्यता वास्तविकताहरू हुनेछन्, तँ यी कुराहरूको बन्धनमा पर्न छोड्नेछस्, र तँ स्वतन्त्र र मुक्त भएको हुनेछस्। यो प्रक्रियाको बेला मानिसहरूले सामना गर्ने एउटा समस्या के हो भने, आफैमा रहेका समस्याहरूलाई पत्ता लगाउनुअघि, तिनीहरूले आफूलाई पावलले जस्तै अरूभन्दा असल छु, र अरू कसैले आशिष्‌ नपाए पनि आफूले चाहिँ आशिष्‌ पाउनेछु भन्‍ने ठान्छन्। जब तिनीहरूले आफ्‍ना कठिनाइहरू पत्ता लगाउँछन्, तिनीहरूले आफूलाई शून्य भएको, र आफ्नो लागि सबै खतम भएको ठान्छन्। तिनीहरू सधैँ यी दुई चरम स्थितिमा हुन्छन्। तैँले यी दुवै चरम अवस्थाबाट पार पाउनुपर्छ, ताकि तँ यताउता बरालिएर जान नपरोस्। कठिनाइको सामना गर्दा, तँलाई पहिले नै यो समस्या समाधान गर्न कठिन, र सुधार गर्न निकै गाह्रो छ भन्‍ने कुरा थाहा पाइसकेको भए पनि, तैँले यसलाई उचित रूपमा सामना गर्नुपर्छ, परमेश्‍वरको अघि आएर यसलाई समाधान गर्न सहयोग माग्‍नुपर्छ, र सत्यता खोजी गर्नुपर्छ, अनि यसलाई कमिलाले हड्डी खाएजस्तो अलि-अलि गर्दै चपाउँदै हल गर्ने गर्नुपर्छ। तैँले परमेश्‍वरसँग पश्‍चात्ताप गर्नैपर्छ। पश्‍चात्ताप गर्नु भनेको तँसँग सत्यतालाई स्वीकार गर्ने हृदय र समर्पणको मनोवृत्ति छ भन्‍ने कुराको प्रमाण हो, जसको अर्थ तैँले सत्यता प्राप्त गर्नेछस् भन्‍ने अझै आशा छ भन्‍ने हो। यदि, यसबीच, थप कुनै पनि कठिनाइ देखा पर्‍यो भने, नडरा। तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर् र उहाँमा भरोसा गर्; परमेश्‍वरले गुप्त रूपमा तँलाई हेरिरहनुभएको र प्रतीक्षा गरिरहनुभएको हुन्छ, र जबसम्‍म तँ उहाँको व्यवस्थापन कार्यको परिवेश, प्रवाह, र कार्यक्षेत्रबाट बाहिर जाँदैनस्, तबसम्‍म तेरा लागि आशा हुन्छ—तैँले पटक्‍कै हरेस खानु हुँदैन। यदि तैँले सामान्यय भ्रष्ट स्वभाव मात्रै प्रकट गर्छस् भने, जबसम्‍म तैँले यसला बुझ्‍न र सत्यतालाई स्वीकार गर्न, र सत्यताको अभ्यास गर्न सक्छस्, तबसम्‍म यी समस्याहरू समाधान हुने दिन आउने नै छ। यसबारे तँमा विश्‍वास हुनैपर्छ। परमेश्‍वर सत्यता हुनुहुन्छ—तैँले तेरो यो सानो समस्या समाधान हुन सक्दैन भनेर किन डर मान्‍नुपर्छ र? यो सबैलाई समाधान गर्न सकिन्छ, अनि किन नकारात्मक बन्‍ने? परमेश्‍वरले तँप्रति हरेस खानुभएको छैन, तब किन तँ आफै हरेस खान्छस्? तैँले हरेस खानु हुँदैन, र तँ नकारात्मक हुनु हुँदैन। तैँले समस्या सही तरिकाले सामना गर्नुपर्छ। तैँले जीवन प्रवेशका सामान्य नियमहरू जान्नैपर्छ, अनि भ्रष्ट स्वभावको प्रकटीकरण र अभिव्यक्ति, साथै कहिलेकाहीँ आउने नकारात्मकता, कमजोरी, र अन्योललाई सामान्य कुरा ठान्न सक्‍नुपर्छ। आफ्‍नो स्वभाव परिवर्तन गर्ने प्रक्रिया लामो र बारम्बर हुने प्रक्रिया हो। जब तँलाई यस कुराबारे स्पष्ट हुन्छ, तब तैँले ठिक तरिकाले समस्याहरू सामना गर्न सक्‍नेछस्। कहिलेकाहीँ, तेरो भ्रष्ट स्वभाव गम्भीर रूपमा आफै प्रकट हुन्छ, र यसलाई देख्‍ने सबैमा यसप्रति घृणा जाग्छ, र तँ आफैलाई घृणा गर्छस्। वा, कहिलेकाहीँ, तँ अति शिथिल हुन्छस् र परमेश्‍वर तँलाई अनुशासनमा राख्‍नुहुन्छ। यसमा डर मान्‍नुपर्ने कुनै कारण छैन। जबसम्‍म परमेश्‍वरले तँलाई अनुशासनमा राखिरहनुभएको हुन्छ, अझै पनि तेरो हेरचाह र रक्षा गरिरहनुभएको हुन्छ, तँमा अझै काम गरिरहनुभएको हुन्छ, अनि सधैँ तेरो साथमा रहनुहुन्छ, तबसम्‍म परमेश्‍वरले तँप्रति हरेस खानुभएको छैन भन्‍ने यसबाट प्रमाणित हुन्छ। कहिलेकाहीँ तँलाई परमेश्‍वरले त्याग्‍नुभएको महसुस हुन्छ, र तँ अन्धकारमा डुबेको हुन्छस्, तर त्यस्तो बेलामा पनि तँ नडरा: जबसम्‍म तँ अझै जीवितै हुन्छस् र नरकमा हुँदैनस्, तबसम्‍म तँसँग अझै मौका हुन्छ। तर यदि तँ पावलजस्तै हठी हुँदै ख्रीष्टविरोधी मार्गमा हिँड्ने, र अन्ततः मेरा लागि त जिउनु नै ख्रीष्ट हो भनेर गवाही दिने बन्छस् भने, तेरा लागि सबै समाप्त हुन्छ। यदि तेरो होस खुल्न सक्यो भने, तँसँग अझै मौका हुन्छ। अनि, तँसँग कस्तो मौका हुन्छ? कस्तो भने, तँ अझै पनि परमेश्‍वरसामु आउन सक्छस्, र अझै उहाँलाई प्रार्थना गर्न र यसो भन्दै खोजी गर्न सक्छस्, “हे परमेश्‍वर! बिन्ती छ, मलाई सत्यताको यो पक्ष र अभ्यासको मार्गको यो पक्ष बुझ्‍न अन्तर्दृष्टि दिनुहोस्।” जबसम्‍म तँ परमेश्‍वरका अनुयायीहरूमध्येको एक हुन्छस्, तबसम्‍म तँसँग मुक्तिको आशा हुन्छ, र तँ अन्त्यसम्‍मै टिक्‍न सक्छस्। के यी वचनहरू पर्याप्त रूपले स्पष्ट छन्? के तिमीहरू अझै पनि नकारात्मक बन्‍न सक्‍ने सम्‍भावना हुन्छ? (हुँदैन।) जब मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्, तब तिनीहरूको मार्ग फराकिलो हुन्छ। यदि तिनीहरूले उहाँका अभिप्रायहरूलाई बुझ्दैनन् भने, यो मार्ग साँघुरो हुन्छ, तिनीहरूको हृदयमा अन्धकार हुन्छ, र तिनीहरूसँग पाइला चाल्‍ने कुनै मार्ग हुँदैन। सत्यता नबुझ्‍ने मानिसहरू यस प्रकारका हुन्छन्: तिनीहरू सङ्कुचित मनका हुन्छन्, तिनीहरू सधैँ सानातिना कुराहरूको तुलना गर्छन्, र तिनीहरू सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत बुझ्ने गर्छन्। परिणामस्वरूप, तिनीहरू जति अगाडि हिँड्छन्, तिनीहरूको मार्ग त्यति नै हराउँछ। वास्तवमा, मानिसहरू परमेश्‍वरलाई बुझ्दैनन्। यदि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कल्‍पनाअनुसार व्यवहार गर्नुभएको भए, मानवजाति धेरैपहिले नै नष्ट भइसकेको हुनेथ्यो।

पावलका सात पापहरूले भ्रष्ट मानवताको ठेट प्रकटीकरणको प्रतिनिधित्व गर्छन्, तर पावलको मामला नै सबैभन्दा गम्भीर थियो। उसको प्रकृति सार निर्धारित भइसकेको थियो—ऊ त्यस्तो व्यक्ति थियो। तर, यी भ्रष्ट स्वभावहरू सबै भ्रष्ट मानिसका लागि सामान्य हुन्; ती प्रत्येक व्यक्तिमा फरक-फरक हदसम्म हुन्छन्। यी सबै स्थिति भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छन्। तँ पावलजस्तो व्यक्ति नभए पनि, तँमा पनि यी भ्रष्ट स्वभावहरू हुन्छन्; त्यति हो तँ उसले जस्तो गम्भीर रूपमा प्रकटचाहिँ गर्दैनस्। वर्तमान समयमा, तिमीहरूमध्ये अधिकांशमा हुने यस्ता स्थितिलाई परमेश्‍वर भ्रष्ट स्वभाव प्रकट भएको ठान्नुहुन्छ। तर, पावलले भ्रष्ट स्वभाव मात्र प्रकट गरेन; ऊ परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा थियो, र उसले हठी हुँदै पश्चात्ताप गर्न मानेन। उसलाई सजाय तोकियो र दोषी ठहराइयो। उसमा पैशाचिक प्रकृति थियो, र सत्यतालाई घृणा गर्ने उसको यो पैशाचिक प्रकृति सुधार गर्नै नसकिने थियो। यसपछि, तिमीहरूले यस प्रवचनमा सङ्गति गर्नुपर्छ, र आफूलाई यससँग तुलना गर्नुपर्छ। यसको उद्देश्य भनेको पावलले गरेका यी गल्तीहरूको गम्भीरतालाई पहिचान गर्नु हो, त्यसपछि तँसँग भएका पावलका जस्तै सबै भ्रष्ट स्थितिलाई उजागर गरेर तिनलाई चरणबद्ध रूपमा ठिक गर्नु हो। यी भ्रष्ट स्वभावहरूलाई ठिक गर्नुको उद्देश्य मानिसहरूलाई झन्-झन् बढी मानव स्वरूपमा, र परमेश्‍वरसँग झन्-झन् बढी मिलापमा जिउन सक्‍ने बनाउनु हो। यी भ्रष्ट स्वभावहरू ठिक गरेर मात्र मानिसहरू साँच्‍चै परमेश्‍वरसामु आउन सक्छन्, उहाँसँग मिलापमा रहन सक्छन्, सृष्टि गरिएको साँचो प्राणी हुन सक्छन्, र तिनीहरूलाई देखेर परमेश्‍वरलाई सन्तुष्ट लाग्न सक्छ। के तिमीहरू आफू यस्तौ छु भन्ने ठान्छौ? (हामीसित यस सन्दर्भमा अलि कमी छ।) तिमीहरूमा सबैभन्दा कमी रहेको कुरा सत्यता हो। तिमीहरू प्रवेश गर्नुपर्ने कुरा सत्यता नै हो। अहिले तिमीहरूभित्र धेरै कुरा छन्, तर यीमध्ये अधिकांश कुरा भ्रष्ट र खराब छन्। तिमीहरूसँग केही निरर्थक ज्ञान छन्, तिमीहरू साह्रै नीच छौ, सधैँ लेनदेन र कारोबार गर्नेबारे सोच्छौ, तिमीहरूमा नकारात्मक कुराहरू टनाटन छन्, र तिमीहरू आफूबाट कुनै काम राम्ररी नहुँदा वा कठिनाइ देख्दा नकारात्मक हुन्छौ। जब तैँले परमेश्‍वरको काम तेरो इच्छाअनुरूप छैन भन्‍ने देख्छस्, तब तँमा नकारात्मक भावनाहरू पैदा हुन्छन्, र तँ उहाँको कामको विरोध गर्छस् र त्यससँग लड्छस्। जब तैँले आफ्नो काममा कुनै सानो परिणाम प्राप्त गर्छस्, तब तँ अति घमण्डी हुन्छस् र आफैलाई बिर्सन्छस्। तँ अहङ्कारी बन्छस् र तँलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्‍ने थाहा हुँदैन, तँ आफूलाई अरू सबैभन्दा राम्रो ठान्छस्, र यसको सट्टामा परमेश्‍वरले तँलाई मुकुट र इनाम दिनुहोओस् भन्‍ने चाहन्छस्; तँ खुल्लमखुल्ला अनियन्त्रित हुने दुस्साहस पनि गर्छस्। सङ्क्षेपमा भन्नुपर्दा, यी स्थितिहरू पावलका स्थितिसँग मिल्दाजुल्दा छन्—ती उस्तै छन्, र परमेश्‍वर तिनलाई घृणा गर्नुहुन्छ।

हामीले पावलका सात ठूला पापहरूलाई सारांशीकरण र परिभाषित गरेका छौँ। पावल अन्त्यमा सजायको भागीदार बन्यो। जब परमेश्‍वरले पावलको नतिजा निर्धारित गर्नुभयो, तब के उहाँले यसलाई उसको एउटा पापको आधारमा गर्नुभयो? (होइन।) समग्रमा, यो उसले भोग्नुपर्ने नतिजा थियो; यो उसले नतिजा भोग्नुपर्ने तरिका थियो। वास्तविकता तिमीहरूसामु नै छन्; तिमीहरू ती इन्कार गर्न सक्दैनौ। यदि तिमीहरूमध्ये कोही पावलको जस्तो मार्गमा सुरुदेखि अन्त्यसम्म हिँड्छौ, पावलका सबै सातवटा पाप प्रकट गर्छौ, र ती समाधान गर्न सत्यता खोजी गर्न सक्दैनौ भने, अन्त्यमा तिमीहरूको नतिजा के हुनेछ? (पावलको जस्तै हुनेछ।) तिमीहरू पावलजस्तै ख्रीष्टविरोधी पिशाच बन्‍नेछौ, र तिमीहरूलाई सजाय दिनुपर्ने हुन्छ। जब तँलाई सजाय दिइन्छ, परमेश्‍वरलाई अन्यायी भएको आरोप नलगा। बरु, तैँले परमेश्‍वरको धार्मीपनको प्रशंसा गर्नुपर्छ, र भन्‍नुपर्छ, “परमेश्‍वर धर्मी हुनुहुन्छ! परमेश्‍वरले पावलका सात पापहरू खुलासा गर्नुभयो, र उहाँका वचनहरूले ती व्याख्या गरेका छन्। म नै उहाँका वचनहरूमा प्रवेश गरिनँ!” अहिले अवस्था दुई हजार वर्ष पहिलेको भन्दा फरक छ; परमेश्‍वर मानिसहरूलाई हरेक सत्यताबारे स्पष्ट र पारदर्शी रूपमा बताउनुहुन्छ, र यसलाई तेरा लागि लेखिएको छ, ताकि तैँले यसलाई सुनेर बुझेस्, र परमेश्‍वरले वास्तविक जीवनमा यसरी काम गर्नुहुन्छ र विभिन्‍न कुरा पनि पूरा गर्नुहुन्छ भन्‍ने कुरा हेरेस्। यदि तँ अझै पनि सत्यतामा प्रवेश गर्न सक्दैनस्, र परमेश्‍वरको वचनअनुसार आफ्नो भ्रष्ट स्वभाव ठिक गर्न सक्दैनस् भने, परमेश्वरले आफ्नो धर्मी स्वभावअनुसार तँलाई दण्ड दिनुभएकोमा उहाँलाई दोष नदे। प्रकाशको पुस्तकमा, परमेश्‍वरले भन्‍नुभएको छ, “हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ” (प्रकाश २२:१२)। परमेश्‍वर मानिसहरूलाई तिनीहरूले गरेको कामअनुसार प्रतिफल दिनुहुन्छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरको वचनको प्रकाशमा, र परमेश्‍वरले खुलासा गरेका पावलका सात पापहरूको प्रकाशमा आत्मचिन्तन गर्नुपर्छ र आफूलाई बुझ्नुपर्छ, अनि साँचो पश्चात्ताप गर्नुपर्छ। परमेश्‍वर यसैलाई अनुमोदन गर्नुहुन्छ।

जून १४, २०१८

अघिल्लो: सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ

अर्को: सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्