सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो

परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य मुक्ति प्राप्त गर्नु हो, तर के मुक्ति प्राप्त गर्नु साधारण कुरा हो? यसमा सबैभन्दा कठिन कुरा के छ? धेरै मानिसहरूले यसलाई स्पष्टसँग देख्न सक्दैनन्, तर वास्तवमा मुक्ति प्राप्त गर्नको निम्ति सबैभन्दा कठिन कुरा भनेको सत्यता प्राप्त गर्नु हो। त्यसकारण, चाहे तैँले जतिसुकै नै प्राप्त गरे पनि, सत्यता प्राप्त गर्नको लागि धेरै पीडा भोग्नु र मूल्य चुकाउनु सधैं उचित हुन्छ। त्यसो भए, सत्यता प्राप्त गर्नको निम्ति तैँले के-कस्तो कष्ट सहनुपर्छ? तैँले न्याय र सजाय, र जाँच र शोधनको कष्ट सहनुपर्छ, अनि तैँले काटछाँट र निराकरण हुनुपर्छ, तैँले परमेश्‍वरलाई पछ्याउँदा आइपर्ने सतावट र प्रतिकूलता सहनुपर्छ, र तैँले कारावास अनि धार्मिक संसारको गालीबेइज्‍जती र निन्दा सहनुपर्छ। तैँले यी सबै कठिनाइहरू सहनुपर्छ। यदि यी सबै कुराहरू सहन सक्छस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। अहिले धेरैजसो मानिसहरू सत्यता पछ्याउन इच्छुक छन्। तिनीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नमा केन्द्रित छन् र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दै सत्यता अभ्यास गर्नमा प्रशिक्षित हुन र सत्यता प्राप्त गर्न चाहन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु जीवनको सही मार्ग हो। यो मार्ग छान्नु सही कुरा हो र यो परमेश्‍वरको सबैभन्दा बढी आशिष् प्राप्त गर्ने कुरा हो। मानिसहरूले इमान्दारीपूर्वक उहाँको निम्ति आफैलाई खर्चिन र सृष्टि गरिएका प्राणीहरूको कर्तव्य पूरा गर्न सक्छन्—यो परमेश्‍वरको महान्‌ अनुग्रह र आशिष् हो। कर्तव्य निर्वाह गर्नुको महत्त्वलाई स्पष्ट रूपमा नदेख्नेहरू पनि केही छन्, जो सधैँ परमेश्‍वरसँग लेनदेन सम्झौता गर्ने प्रयास गर्छन्—तिनीहरूमाथि जे आइलागे पनि तिनीहरूलाई सधैँ विवश र विचलित पार्न सकिन्छ, तिनीहरूलाई सधैँ प्रभावित पार्न र बटार्न सकिन्छ, र यसले तिनीहरूलाई सामान्य रूपमा आफ्नो कर्तव्यहरू निर्वाह गर्न असमर्थ बनाउँछ, यतिसम्म कि तिनीहरू आफ्ना कर्तव्यहरू त्यागेर भाग्न पनि सक्छन्। कति खेदजनक कुरो! तिनीहरूले त्यति धेरै पछुतो महसुस नगर्न सक्छन्, तर विपत्तिहरू भीमकाय बन्दा र परमेश्‍वरको काम समाप्त हुँदा अनि उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिन सुरु गर्नुहुँदा, तिनीहरूले यस कार्यको परिणाम जान्नेछन्। त्यसैले, तिमीहरूले बारम्बार सँगै मिलेर प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको सामु आफूलाई शान्त राख्नुपर्छ, अझ बढी उहाँका वचनहरू पढ्नुपर्छ र अझ बढी सत्यता सङ्गति गर्नुपर्छ। अहिलेको लागि, सत्यता पछ्याउने कुरासँग असम्बन्धित र अहिले ध्यान नदिनुपर्ने विषयहरूलाई अलग राख। जीवनमा विवाह, काम, आफ्नो भविष्य र घर बसाल्ने प्रक्रिया मात्र महत्त्वपूर्ण कुरा होइनन्, न त समाजमा आफ्नो स्थान खोज्नु र खानको लागि पर्याप्त बन्दोबस्त हुनु नै महत्त्वपूर्ण कुरा हो। जीवनमा यीमध्ये कुनै पनि सबैभन्दा महत्त्वपूर्ण कुरा होइनन्। त्यसो भए, जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो त? यो सृष्टि गरिएको प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्य र कार्य पूरा गर्नु अनि परमेश्‍वरको मिसन र उहाँले तिमीहरूलाई सुम्पनुभएको काम पूरा गर्नु हो। त्यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। मानिसहरूमा हुनुपर्ने सङ्कल्प नै यही हो।

अहिले, तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूले हरेक दिन उहाँका वचनहरू खान र पिउन सक्छौ र धेरै सत्यता पछ्याउनेहरूले त कर्तव्यहरू पनि निर्वाह गरिरहेका छौ। यो तिमीहरूको जीवनदिशाको निम्ति सही सुरुवाती बिन्दु हो, यसैले तिमीहरूले यस मार्गमा कसरी निरन्तर हिँडिरहनुपर्छ? (हामीले जीवन प्रवेशको मार्गमा जग बसाल्नुपर्छ।) हो, यदि तिमीहरूले सत्य र जीवन प्राप्त गर्न चाहन्छौ भने, तिमीहरूले परमेश्‍वरको वचनको जग बसाल्नुपर्छ। यसले तिमीहरूलाई सत्यता खोजी गर्ने मार्गमा अगाडि बढ्न मदत दिनेछ, यो नै जीवनको लक्ष्य र दिशा हो। यदि तैँले उहाँको वचन र सत्यतालाई तेरो हृदयमा जग बसाल्न दिन्छस् भने मात्र तँ साँच्‍चिकै परमेश्‍वरका चुनिएका र पूर्वनिर्धारित गरिएका व्यक्तिहरूमध्येको एक होस्। अहिले तिमीहरूका जगहरू अझ पनि अस्थिर नै छन्। ठूलो विपत्ति वा जाँचको त कुरै छोडौँ, यदि शैतानको सानो परीक्षा पनि तिमीहरूमाथि आइलाग्यो भने, तिमीहरू थर्कन र ढल्न सक्छौ। यो जगको कमी हो, जुन एकदमै खतरनाक छ! सतावट र प्रतिकूलता आइपर्दा धेरै मानिसहरूले ठेस खान्छन् र परमेश्‍वरलाई धोका दिन्छन्। केही हैसियत प्राप्त गरिसकेपछि केही मानिसहरूले लापरवाही गर्न थाल्छन् र त्यसपछि तिनीहरूको पर्दाफास र निष्कासन हुन्छ। तिमीहरू सबैले यी कुराहरू एकदमै स्पष्टसँग देख्न सक्छौ। यसैले तिमीहरूले पहिले जीवनमा पछ्याउनुपर्ने दिशा र लक्ष्यका साथै तिमीहरूले हिँड्नुपर्ने बाटो निर्धारण गर्नुपर्छ र त्यसपछि उक्त लक्ष्यको निम्ति आफ्नो मनलाई शान्त पार्ने र कडा परिश्रम गर्ने, आफ्नै जीवन खर्चने, र मूल्य चुकाउने कार्य गर्नुपर्छ। अहिलेलाई अन्य मामिलाहरू पन्छाइदे—यदि तैँले ती कुराहरू निरन्तर विचार गर्छस् भने, यसले तेरो कर्तव्य निर्वाहलाई प्रभावित पार्नेछ र यसले तेरो सत्यता पछ्याइ र तेरो मुक्तिको महत्तवपूर्ण विषयलाई प्रभावित पार्नेछ। यदि तैँले काम खोज्ने, धेरै पैसा कमाउने, धनी बन्ने र समाजमा आफ्नो दह्रिलो पकड स्थापित गर्ने अनि आफ्नो स्थान खोज्नेबारेमा सोच्नुपर्छ भने, यदि तैँले विवाह र जोडी खोज्ने अनि परिवारलाई भरणपोषण गर्ने र राम्रो जीवन प्रदान गर्नेबारेमा सोच्नुपर्छ भने, अनि यदि तँ केही नयाँ सिपहरू सिक्न, अरू मानिसहरूभन्दा उत्कृष्ट र राम्रो बन्न पनि चाहन्छस् भने—के यी सबै कुराहरूको बारेमा सोच्नु थकाइलाग्दो हुन्‍न र? तेरो दिमागमा कति कुराहरू अट्न सक्छन्? कुनै एक व्यक्तिको जीवनकालमा कति उर्जा हुन्छ? एउटा व्यक्तिसँग राम्रा वर्षहरू कति हुन्छन्? यस जीवनमा बीस वर्षदेखि चालिस वर्षसम्मको उमेरमा मानिसहरूसँग सबैभन्दा धेरै उर्जा हुन्छ। यस अवधिमा, परमेश्‍वरका विश्‍वासीहरूले बुझ्न आवश्यक कुराहरूमा तिमीहरू निपुण हुनुपर्छ, अनि सत्यको वास्तविकतामा प्रवेश गर्नुपर्छ र परमेश्‍वरको न्याय र सजायका साथै उहाँका शोधन र जाँचहरू स्वीकार गर्नुपर्छ, र जस्तोसुकै परिस्थितिमा पनि तिमीहरू परमेश्‍वरलाई इन्कार गर्दै नगर्ने बिन्दुमा पुग्नुपर्छ। यो सबैभन्दा आधारभूत कुरा हो। यसअलावा, तँलाई लोभ्याउन र प्रलोभनमा पार्न जोसुकैले प्रेम र विवाह प्रयोग गरे पनि, वा कसैले तँलाई जतिसुकै ख्याति, धन, हैसियत वा लाभहरू प्रदान गरे पनि, तैँले आफ्नो कर्तव्य वा सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुराहरू त्याग्नु हुँदैन। पछि परमेश्‍वरले तँलाई चाहनुभएन नै भने पनि, तैँले सत्यता खोजी गरिरहनुपर्छ, तैँले अझै पनि परमेश्‍वरको भय मान्ने र दुष्टबाट अलग बस्‍ने मार्ग हिँड्न खोजिरहनुपर्छ। तँ यो उचाइमा पुग्नैपर्छ। यस तरिकाले, तैँले परमेश्‍वरको लागि आफैलाई खर्चेका वर्षहरू व्यर्थमा जानेछैनन्। यदि तैँले आफ्नो जीवनका उत्तम वर्षहरू राम्रो जागिर भेट्टाउने वा जोडी खोज्‍नेबारेमा सोच्‍दै बिताउँछस्, र परमेश्‍वरमा विश्‍वास गर्दा दैहिक जीवनको आनन्द लिने अर्थात् दुवै काम एकैसाथ गर्ने आशा गर्छस् भने, केही वर्षपछि तैँले जोडी पनि भेट्टाउलास्, विवाह पनि गर्लास्, बच्चा पनि जन्माउलास् अनि घर र करियर पनि बनाउलास्, तर तैँले ती सबै वर्षहरूमा परमेश्‍वरमा विश्‍वास गरेर केही पनि प्राप्त गरेको हुनेछैनस्, तैँले कुनै सत्य प्राप्त गरेको हुनेछैनस्, तैँले तेरो हृदय खाली भएको महसुस गर्नेछस् र तेरा उत्तम वर्षहरू त्यसै बितेर गएका हुनेछन्। जब तैँले चासिल वर्षको उमेरमा पछाडि फर्केर हेर्नेछस्, तँसँग परिवार पनि हुनेछ, तेरा बच्चाहरू पनि हुनेछन् र तँ एक्लो पनि हुनेछैनस्, तर तैँले तेरो परिवारको भरणपोषण गर्नुपर्नेछ। अनि यो एक यस्तो जन्जिर हो जसबाट तँ मुक्त हुनै सक्दैनस्। यदि तँ आफ्नो कर्तव्य निभाउन चाहन्छस् नै भने पनि तैँले तेरो परिवारको जन्जिरमा बाँधिएर कर्तव्य निभाउनुपर्नेछ। तेरो हृदय जतिसुकै ठूलो भए तापनि तैँले दुवै कुरालाई ध्यान दिन सक्दैनस्—तँ परमेश्‍वरलाई पूर्ण हृदयले पछ्याउन र राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्षम हुनेछैनस्। परिवार र सांसारिक कुराहरू त्याग्ने धेरै मानिसहरू छन्, तर परमेश्‍वरलाई केही वर्ष विश्‍वास गरेपछि तिनीहरूले अझ पनि केवल ख्याति, नाफा र हैसियत पछ्याउँछन्। तिनीहरूले कुनै सत्य प्राप्त गरेका छैनन् र तिनीहरूसँग कुनै वास्तविक अनुभव गवाही छैन। यो त तिनीहरूले आफ्नो समय बर्बाद गर्नुसरह हो। अहिले, जब तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, तिनीहरूले सत्यको एउटा सानो अंश पनि बुझ्दैनन् र जब तिनीहरूलाई केही हुन्छ, तिनीहरू यसलाई कसरी अनुभव गर्ने भन्ने नै जान्दैनन्—यसैले तिनीहरू रुन थाल्छन् र ठूलो पश्‍चातापले भरिन्छन्। जब तिनीहरूले सुरुको कुरा सोच्‍न थाल्छन्, सबै जवान मानिसहरू मण्डलीमा सँगै बसेको, आफ्ना कर्तव्यहरू पूरा गरेको, सँगै भजनहरू गाएको र सँगै परमेश्‍वरको प्रशंसा गरेको कुरा सोच्‍न थाल्छन्, तब तिनीहरूले ती दिनहरू कति असल थिए र आफू त्यो समयमा फर्कन पाए पनि हुन्थ्यो नि भनेर सोच्छन्। तर दुर्भाग्य, यस संसारमा पश्‍चातापको कुनै उपचार नै छैन। चाहँदैमा कसैले पनि समयलाई फर्काउन सक्दैन। सुरुको समयमा फर्केर जाने र जीवनलाई पुनः जिउने कुनै उपाय नै छैन। यसैले, एउटा मौका आएर गइसकेपछि, त्यो फर्केर आउनेवाला छैन। एक व्यक्तिको आयु केही दशक लामो मात्र हुन्छ, त्यसलै यदि तैँले सत्यता पछ्याउने यो सर्वोत्तम समय गुमाइस् भने, तैँले पछुतो गर्नु बेकार हुनेछ। कतिपय मानिसहरूले आजसम्‍मै परमेश्‍वरमा विश्‍वास गरेका छन्, तैपनि तिनीहरू अझै रनभुल्लमै परिरहेका छन्। तिनीहरू परमेश्‍वरको काम कुन चरणमा पुगेको छ भन्नेबारेमा पुरै अनभिज्ञ छन्। ठूला विपत्तिहरू आइसकेका छन् तर यी मानिसहरू भने “परमेश्‍वरले उहाँको काम सक्नुअघि अझै धेरै समय बाँकी छ! मानिसहरू अहिले पनि साबिकको झैँ खाने, पिउने र विवाह गर्ने काम गरिरहेका छन्। मैले पनि हतारहतार गर्दै जीवनको आनन्द लिनुपर्छ, मैले यो मौका छोड्नुहुँदैन!” भन्ने सोच्दै सपनामा बाँचिरहेका छन्। तिनीहरू अझै पनि दैहिक आनन्दको लालच गर्छन्, तिनीहरूको हृदयमा सत्यताप्रति अलिकित पनि तृष्णा छैन। यसरी तिनीहरूले जीवनभरमा एकपटक मात्र आउने मुक्तिको मौका गुमाउँछन्। वास्तवमा, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ, अनि उहाँको मुक्तिको काम सकिएपछि, एक व्यक्ति मात्र बाँच्छ भने पनि परमेश्‍वरले यो त एकदमै कम भयो भनेर सोच्नुहुनेछैन। परमेश्‍वरले त्यही एक व्यक्तिलाई लैजानुहुनेछ र अरू सबै पछि छुट्नेछन्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई कसैले पनि स्पष्टसँग बुझ्न सक्दैन। जब परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नाश गर्न लाग्नुभएको थियो, तब उहाँमाथि विश्‍वास गर्नेहरूलाई बचाउनको निम्ति उहाँले नोआलाई ठूलो जहाज निर्माण गर्ने निर्देशन दिनुभयो। जब त्यो ठूलो जहाजको निर्माण पूरा भयो, नोआको परिवारका आठ सदस्यहरूले मात्र त्यो जहाजमा प्रवेश गरे र तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गरे। बाँकी अरूलाई चाहिँ के भयो? तिनीहरू सबै बाढीमा डुबे र त्यो विपत्तिमा परेर मरे। आज, परमेश्‍वरले यी सबै सत्यताहरू अभिव्यक्त गर्नुभएको देख्ने मानिसहरू धेरै छन्, तिनीहरूलाई परमेश्‍वरले मुक्तिको कार्य गरिरहनुभएको छ भन्ने कुरा राम्रोसित थाहा छ, तर तिनीहरू अझ पनि शंका गर्छन्, आफ्नै धारणाहरू बनाउँछन् र यसलाई स्वीकार गर्न इन्कार गर्छन्। यसप्रकारका व्यक्तिहरू आफैँमा खुसी हुन्छन्, तर जब ठूलो विपत्ति आउँछ, तिनीहरू नष्ट हुनेछन् र यसको निम्ति तिनीहरूले कसलाई दोष लाउन मिल्ला र? परमेश्‍वरको नजरमा, उहाँको मुक्ति स्वीकार नगर्नेहरू उडुसहरू हुन्, तिनीहरू जीवित भूतहरू हुन्, तिनीहरू पशुहरूभन्दा कमका छन्! परमेश्‍वरको मुक्तिको अवधिमा, उहाँको स्वभाव दयालु, प्रेमिलो र क्षमाशील छ, तर जब परमेश्‍वरको मुक्तिको कार्य समाप्त हुन्छ, उहाँले अब फेरि मानिसलाई आफ्नो क्षमा प्रदान गर्नुहुनेछैन। परमेश्‍वरले यसलाई फिर्ता लिनुहुनेछ र मानिसहरूले उहाँको क्रोध र प्रताप मात्र सामना गर्नेछन्। अहिले तिमीहरू यस महान् क्षणको समयमा छौ—परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गरिरहनुभएको छ। मानिसहरूको निम्ति परमेश्‍वरमार्फत मुक्ति पाउने र सिद्ध पारिने यो एउटै अवसर हो। तिमीहरू सबैले परमेश्‍वरको राज्य सुसमाचार विस्तारको यस महत्वपूर्ण क्षणमा आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छौ। यो वास्तवमा परमेश्‍वरले तिमीहरूलाई असाधारण रूपमा माथि उठाउनुभएको कुरा हो। तैँले जुनसुकै क्षेत्रको अध्ययन गरेको भए तापनि वा तँसँग जुनसुकै क्षेत्रको ज्ञान भए तापनि वा तँमा जुनसुकै वरदान वा विशेषज्ञता भए तापनि, यस्ता जुनसुकै अवस्थामा परमेश्‍वरले आफ्नो घरको कर्तव्य पूरा गर्नको निम्ति यो विशेषज्ञता प्रयोग गर्ने अनुमति दिनुहुँदै तँलाई अनुग्रह देखाउँदै हुनुहुन्छ। यो प्राप्त गर्न एकदमै गाह्रो हुने मौका हो। जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँ कुनै पनि व्यक्तिप्रति पक्षपाती हुनुहुन्न, उहाँले सबैलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ। सत्यता स्वीकार र अभ्यास गर्ने जोकोहीलाई उहाँले अनुग्रहका साथ व्यवहार गर्नुहुन्छ र सत्यलाई प्रेम नगर्ने, सत्यप्रति दिक्‍क मान्‍ने र सत्यलाई इन्कार गर्ने जोकोहीलाई उहाँले घृणा गर्नुहुन्छ। उहाँ हरेक व्यक्तिप्रति न्यायी हुनुहुन्छ। जबसम्म तँ सत्यता स्वीकार गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छस्, तबसम्म परमेश्‍वरले तँलाई अनुग्रहसाथ व्यवहार गर्नुहुनेछ र तेरा विगतका अपराधहरूप्रति तँलाई जवाफदेही बनाउनुहुनेछैन। परमेश्‍वरले तेरो निम्ति जस्तोसुकै बाटो खोल्नुभए पनि र उहाँले तँसँग जतिसुकै अनुग्रहसाथ व्यवहार गर्नुभए पनि, उहाँसँग अन्ततः एउटै मात्र इच्छा हुन्छ, जुन तेरो जीवन प्रगतिको अनुकूल हुने वातावरणमा तँलाई उहाँको इच्छा बुझ्ने, पाठहरू सिक्ने र सत्यता बुझ्ने बनाउनु हो। जब परमेश्‍वरका वचन र सत्यताहरू तँभित्र गढाइएको हुन्छ र जब ती तेरो जीवन बनेका हुन्छन्, र जब तैँले परमेश्‍वरलाई तेरो नयाँ जन्मको अभिभावकको रूपमा व्यवहार गर्छस् र जब तँ परमेश्‍वरप्रतिको समर्पण र परमेश्‍वरको भय प्राप्त गर्न सक्षम हुन्छस्, तब तँ परमेश्‍वरको इच्छाबमोजिमको व्यक्ति हुन्छस्। तिमीहरूमध्ये धेरैजसो जवान नै भए तापनि, यदि परमेश्‍वरको वचनहरू पढेर र सत्य बुझेर, तिमीहरू सबैले सङ्कल्प प्राप्त गर्छौ, तिमीहरू जीवनमा वृद्धि हुन्छौ, तिमीहरूले आफ्नो हृदयमा परमेश्‍वरको डर राख्छौ, अनि परीक्षा र प्रतिकूलताले सताउँदा तिमीहरू दृढ रहन सक्षम हुन्छौ भने, तिमीहरूसँग कद हुनेछ र परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँलाई अनुग्रहसाथ व्यवहार गरेर व्यर्थमा कष्टप्रद मूल्य चुकाइनछु भनेर परमेश्‍वरले भन्‍नुहुनेछ। उहाँले सफलता हात पार्नुहुनेछ, तँमा आफ्नो कामका फलहरू देख्नुहुनेछ, र यो कुरालाई खुसी र आनन्दसाथ हेर्नुहुनेछ। यो परिणाम सम्पूर्ण रूपमा परमेश्‍वरको कामद्वारा प्राप्त हुन्छ; यो मानिसले घमण्ड गर्नुपर्ने कुरा होइन।

परमेश्‍वरले हरेक व्यक्तिको जन्‍मदेखि अहिलेसम्‍मका दशकहरूमा उसको लागि मूल्य मात्रै चुकाउनुहुन्‍न। परमेश्‍वरको नजरमा, तँ यो संसारमा धेरैपटक आएको छस्, र तैँले धेरैपटक पुनर्जन्म लिएको छस्। यो सबको पछाडि कसको हात छ? यसको पछाडि परमेश्‍वरको हात छ। तँलाई कुनै पनि हालतमा यी कुराहरू थाहा हुँदैन। हरेकपटक तँ यो संसारमा आउँदा, परमेश्‍वरले व्यक्तिगत रूपमा तेरो लागि बन्दोबस्तहरू मिलाउनुहुन्छ: तँ कति वर्ष बाँच्‍नेछस्, कस्तो परिवारमा जन्‍मनेछस्, तैँले कहिले घर र करियर बनाउनेछस्, साथै यो संसारमा तैँले के गर्नेछस् र कसरी यो जीवन धान्‍नेछस्, त्यो सबैको बन्दोबस्त उहाँले मिलाउनुहुन्छ। परमेश्‍वरले तेरो लागि जीवनयापन गर्ने मार्ग तयार गर्नुहुन्छ, ताकि तैँले कुनै बाधाविना यस जीवनमा आफ्‍नो मिसन पूरा गर्न सक्। अनि जहाँसम्‍म तैँले तेरो अर्को जन्ममा के गर्नुपर्ने भन्‍ने कुरा छ, परमेश्‍वरले तँलाई तैँले के पाउनुपर्छ र तँलाई के दिइनुपर्छ भन्‍ने आधारमा सबै कुरा मिलाएर त्यो जीवन प्रदान गर्नुहुन्छ…। परमेश्‍वरले तेरो लागि धेरैपटक यस्ता बन्दोबस्तहरू गर्नुभएको छ, र अन्त्यमा तँ आखिरी दिनहरूको यो युगमा तेरो अहिलेको वर्तमान परिवारमा जन्‍मेको छस्। परमेश्‍वरले तेरो लागि तैँले परमेश्‍वरलाई विश्‍वास गर्न सक्‍ने वातावरण मिलाउनुभएको छ; उहाँले तँलाई उहाँको आवाज सुन्‍न र उहाँसामु आउन दिनुभएको छ, र यसरी तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य पूरा गर्न सक्छस्। परमेश्‍वरबाट यस्तो मार्गदर्शन पाएर मात्रै तैँले आजको दिनसम्‍म जिएको छस्। मानिसहरूमाझ तँ कतिपटक जन्मेको छस्, तेरो रूप कतिपटक परिवर्तन भएको छ त्यो तँलाई थाहा छैन, न त तँलाई तेरा कतिवटा परिवारहरू थिए, कतिवटा युग र वंशहरू तैँले बाँचिसकिस् त्यो नै थाहा छ—तर यो पुरै समय, परमेश्‍वरले तँलाई साथ दिइरहनुभएको छ, र तँलाई सधैँ हेरचाह गरिरहनुभएको छ। व्यक्तिको लागि परमेश्‍वर कति धेरै मेहनत गर्नुहुन्छ! कतिपय मानिसहरू भन्छन्, “म साठी वर्ष पुगेँ। साठी वर्षसम्‍म परमेश्‍वरले मलाई हेरचाह, रक्षा, र मार्गनिर्देशन गर्दै आउनुभएको छ। साठी वर्षसम्‍म, उहाँले मेरो भाग्यमाथि शासन गर्नुभएको छ। म वृद्ध भएपछि, यदि मैले कर्तव्य पूरा गर्न सकिनँ र केही गर्न सकिनँ भने—के परमेश्‍वरले मलाई अझै वास्ता गर्नुहुनेछ?” के यसो भन्‍नु मूर्खता होइन र? केवल एउटै जीवनकालको लागि मात्रै मानिसको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता रहने र उहाँले त्यतिन्जेल मात्रै मानिसलाई हेरचाह र सुरक्षा गर्ने भन्‍ने हुँदैन। यदि यो एउटै जीवनकाल, एउटै जीवन-अवधिको लागि मात्रै भएको भए, यसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने कुरा देखाउन सक्दैनथ्यो। परमेश्‍वरले कुनै व्यक्तिको लागि गर्नुहुने परिश्रम र चुकाउनुहुने मूल्य उसले यस जीवनमा के गर्छ त्यसलाई बन्दोबस्त गर्नको लागि मात्रै होइन, बरु यो त उसको लागि अनगिन्ती जीवनकालको बन्दोबस्त गर्नको लागि हो। पुनर्जन्‍म लिने हरेक प्राणको लागि परमेश्‍वरले पूर्ण जिम्‍मेवारी लिनुहुन्छ। उहाँले हरेक व्यक्तिलाई डोऱ्याउँदै र उसको जीवनको हरेक बन्दोबस्त मिलाउँदै, एकदमै ध्यान दिएर काम गर्नुहुन्छ र आफ्नै जीवनको मूल्य चुकाउनुहुन्छ। परमेश्‍वरले यसरी मानिसको खातिर मेहनत गर्नुहुन्छ र मूल्य चुकाउनुहुन्छ, अनि उहाँले मानिसलाई यी सबै सत्यता र यो जीवन दिनुहुन्छ। यदि मानिसहरूले यी आखिरी दिनहरूमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दैनन्, र तिनीहरू सृष्टिकर्ताको अघि फर्किँदैनन् भने—यदि अन्त्यमा, तिनीहरूले जति नै जीवन र पुस्ता पार गरेको भए पनि, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनन् र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दैनन् भने—के परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुँदैन र? के तिनीहरू परमेश्‍वरले चुकाउनुभएका सबै मूल्यहरूको लागि अयोग्य हुँदैनन् र? तिनीहरूमा विवेकको यति कमी हुनेछ कि तिनीहरू मान्छे भनिनसमेत लायक हुनेछैनन्, किनभने परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुनेछ। यसैले, यो जीवनमा—मैले तेरो पूर्व जीवनहरूबारे कुरा गरिरहेको छैन, तर यदि यो जीवनमा—तैँले आफ्नो मिसनको निम्ति आफूले प्रेम गरेका वा बाह्य कुराहहरू—जस्तै भौतिक सुखहरू र परिवारको प्रेम र आनन्द—त्याग्न सक्षम छैनस् भने, यदि तैँले परमेश्‍वरले तेरो निम्ति चुकाउनुभएको मूल्यको खातिर देहको सुख त्याग्न सक्दैनस् भने वा परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्दैनस् भने, तँ साँच्चै नै दुष्ट होस्। वास्तवमा, तैँले परमेश्‍वरको लागि तिर्ने जुनसुकै मूल्य पनि सार्थक नै हुन्छ। परमेश्‍वरले तेरो खातिर चुकाउनुभएको मूल्यको तुलनामा, तैँले प्रदान गर्ने सानो रकम वा खर्चको मूल्य कति हुन्छ र? तैँले भोगेको थोरै कष्टको मूल्य कति नै हुन्छ र? के तँलाई परमेश्‍वरले कति कष्ट भोग्नुभएको छ भन्ने थाहा छ? परमेश्‍वरले सहनुभएको कष्टसँग तुलना गर्दा, तैँले थोरे कष्ट त उल्लेख गरिन पनि योग्य छैन। साथै, अहिले कर्तव्य निर्वाह गरेर तैँले सत्य र जीवन प्राप्त गरिरहेको छस् र अन्त्यमा तँ बाँच्नेछस् र परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछस्। त्यो कति ठूलो आशिष्‌को कुरा हो! जब तैँले परमेश्‍वरलाई पछ्याउँछस्, चाहे तैँले कष्ट भोग् वा मूल्य तिर्, तैँले वास्तवमा परमेश्‍वरसँग काम गरिरहेको हुन्छस्। परमेश्‍वरले हामीलाई जे गर्न लगाउनुभए पनि, हामी परमेश्‍वरका वचनहरू सुन्छौँ र तीबमोजिम अभ्यास गर्छौँ। परमेश्‍वरको अवाज्ञा गर्ने वा उहाँलाई दुःखी पार्ने कुनै पनि काम नगर्। परमेश्‍वरसँग काम गर्नको निम्ति, तैँले केही कष्ट भोग्नुपर्छ अनि तैँले केही कुराहरू त्याग्नु र अलग गर्नुपर्छ। तैँले ख्याति र लाभ, हैसियत, पैसा र सांसारिक सुखहरू त्याग्नुपर्छ—तैँले विवाह, काम र तेरा सांसारिक सम्भाव्यताहरू पनि त्याग्नुपर्छ। तैँले यी कुराहरू त्यागिस् कि त्यागिनस् भन्ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ? के परमेश्‍वरले यी सबै देख्नुहुन्छ? (देख्‍नुहुन्छ।) तैँले यी कुराहरू त्यागिसकेको परमेश्‍वरले देख्नुभयो भने, उहाँले के गर्नुहुनेछ? (परमेश्‍वरलाई सान्त्वाना मिल्नेछ, र उहाँ प्रसन्न हुनुहुनेछ।) परमेश्‍वर प्रसन्न मात्र हुनुहुनेछैन, र उहाँले यसो भन्नुहुनेछ, “मैले तिरेको मूल्यले फल फलाएको छ। मानिसहरू मसँग काम गर्न राजी छन्, तिनीहरूसँग यस्तो सङ्कल्प छ र मैले तिनीहरूलाई प्राप्त गरेको छु।” चाहे परमेश्‍वरलाई प्रसन्नता वा खुसी, सन्तुष्टि वा सान्त्वना मिलोस् वा नमिलोस, परमेश्‍वरसँग त्यो मनोवृत्ति मात्र हुँदैन। उहाँ काम पनि गर्नुहुन्छ र उहाँ आफ्नो कामले प्राप्त गरेको परिणाम हेर्न चाहनुहुन्छ, नत्र त उहाँले मानिहरूबाट चाहनुभएको कुरा अर्थहीन हुनेछ। परमेश्‍वरले मानिसप्रति देखाउनुहुने अनुग्रह, प्रेम र करुणा एउटा मनोवृत्ति मात्रै होइन—त्यो एउटा तथ्य पनि हो। त्यो कुन तथ्य हो? त्यो तथ्य हो, परमेश्‍वरले तँभित्र आफ्‍ना वचनहरू राखिदिनुहुन्छ, र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, ताकि तैँले उहाँमा के कुरा प्रेमिलो छ, र यो संसार केको बारेमा हो भनेर देख्‍न सक्, ताकि तेरो हृदय ज्योतिले भरियोस्, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्‍न मदत मिलोस्। यसरी, तैँले थाहै नपाई सत्यता प्राप्त गर्छस्। परमेश्‍वरले हरेक वास्तविक तरिकामा तँमा यति धेरै काम गर्नुहुन्छ, यसरी तैँले सत्यता प्राप्त गर्न सक्छस्। जब तैँले सत्यता प्राप्त गर्छस्, जब तैँले सबैभन्दा बहुमूल्‍य कुरा अर्थात् अनन्त जीवन प्राप्त गर्छस्, तब परमेश्‍वरको इच्‍छा पूरा हुन्छ। जब परमेश्‍वरले मानिसहरूले सत्यता पछ्याएको र उहाँसँग सहकार्य गर्ने इच्‍छा गरेको देख्‍नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट बन्‍नुहुन्छ। त्यसपछि उहाँमा एउटा मनोवृत्ति हुन्छ, र उहाँमा त्यो मनोवृत्तिमा हुँदा, उहाँ काममा लाग्‍नुहुन्छ, र मानिसलाई स्याबासी र आशिष दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ, “म तँलाई तैँले पाउनुपर्ने आशिष्‌हरू प्रदान गर्नेछु।” अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँमा सृष्टिकर्ताको ज्ञान हुन्छ र जब तैँले उहाँप्रतिको राम्रो बुझाइ प्राप्त गरेको हुन्छस्, के तँलाई अझै पनि मनमा रित्तो महसुस हुनेछ? हुनेछैन। तँलाई आफू भरिपूर्ण भएजस्तो र आनन्द महसुस हुनेछ। के व्यक्तिको जीवनमा मूल्य हुनु भनेको यही होइन र? यही नै सबैभन्दा मूल्यवान्‌ र अर्थपूर्ण जीवन हो।

अय्यूबलाई हेर्: के तिनले आफूलाई पहाडभरि पशुधन र अपार सम्पत्ति दिनुहोस् भनेर परमेश्‍वरलाई प्रार्थना गरेका थिए र? (थिएनन्।) तिनले के प्राप्त गर्न खोजे? (तिनले परमेश्‍वरको भय मान्ने र दुष्टताबाट टाढा रहने अवस्था प्राप्त गर्ने खोजे।) परमेश्‍वरले “परमेश्‍वरको भय मान्ने र दुष्टबाट टाढा रहने” कुरालाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले भन्नुभयो, “परमेश्‍वरले त्यसलाई असल देख्नुभयो।” जब मानिसहरू परमेश्‍वरको भय मान्न र दुष्टबाट अलग रहन खोज्छन्, यसले परमेश्‍वरमा सबैभन्दा ठूलो आनन्द ल्याउँछ अनि यसको लागि उहाँले आशिष् दिनुहुन्छ। के परमेश्‍वरले यी वचनहरू मात्र बोल्नुभयो र अरू केही गर्नुभएन? परमेश्‍वरले अय्यूबको निम्ति अरू के गर्नुभयो? (उहाँले अय्यूबलाई जाँच्नुभयो।) परमेश्‍वरले अय्यूबको जाँच गर्न शैतानलाई पठाउनुभयो, तिनको पहाडभरिको पशुधन, तिनको अपार सम्पत्ति, तिनका बालबच्चा, तिनका नोकरचाकरहरू खोस्न लाउनुभयो—परमेश्‍वरले तिनलाई जाँच्नुभयो। तिनलाई जाँचेर परमेश्‍वर के प्राप्त गर्न चाहनुहुन्थ्यो? परमेश्‍वर अय्यूबको गवाही चाहनुहुन्थ्यो। परमेश्‍वरले त्यसबेला अय्यूबलाई के दिनुभयो? मानिसहरू सोच्छन्: “परमेश्‍वरले अय्यूबलाई के दिनुभयो? तिनको पशुधन र अपार सम्पत्ति खोसियो र तिनीसँग के बाँकी थियो र? परमेश्‍वरले तिनलाई केही पनि दिनुभएन!” सतही रूपमा हेर्दा, परमेश्‍वरले अय्यूबलाई जे दिनुभयो त्यो फिर्ता लग्‍नुभयो, र अय्यूबसँग केही पनि बाँकी रहेन जस्तो देखिन्छ, तर परमेश्‍वरले फिर्ता लग्‍नु पनि आफैँमा झन् ठूलो इनाम हो। परमेश्‍वरले अय्यूबलाई दिनुभएको यो इनाम कसैले पनि स्पष्टसँग देख्न सक्दैन। परमेश्‍वर अय्यूबको गवाही चाहनुहुन्थ्यो र उहाँले अय्यूबलाई एउटा मौका दिनुभयो। त्यो कस्तो मौका थियो? त्यो अय्यूबको निम्ति शैतान र सबै मानिसहरूसामु परमेश्‍वरको गवाही दिने, तिनी परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भन्‍ने वास्तविकताको गवाही दिने, परमेश्‍वरको भय मान्ने र दुष्टबाट अलग बस्ने तथ्यको गवाही दिने, आफू सिद्ध र इमानी मान्छे भएको गवाही दिने मौका थियो। के तिनलाई परमेश्‍वरले यो मौका दिनुभएन र? यदि परमेश्‍वरले अय्यूबलाई यो मौका नदिनुभएको भए, के शैतानले अय्यूबविरुद्ध कदम चाल्ने आँट गर्थ्यो र? (गर्दैनथ्यो।) शैतानले निश्‍चय नै आँट गर्ने थिएन, त्यो निश्‍चित कुरा हो। यदि शैतानले अय्यूबको परीक्षा गर्ने आँट नगरेको भए, के अय्यूबले यो मौका पाउँथे होला त? तिनले यो मौका पाउँथेनन्। यसैले परमेश्‍वरले अय्यूबलाई तिनले हिँडेको परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग सही हो, परमेश्‍वरको लागि यो स्वीकार्य छ र अय्यूब धर्मी र इमानी मान्छे हुन् भनी प्रमाणित गर्न यस्तो मौका दिनुभयो। सबैले यो कुरा देखे, परमेश्‍वरले पनि ती कुराहरू देख्नुभयो, अनि यस मौकामाझ अय्यूबले परमेश्‍वरलाई निरास पारेनन्। तिनले परमेश्‍वरको गवाही दिए र शैतानलाई जिते, र परमेश्‍वरले त्यो कुरालाई असल देख्नुभयो। के अन्त्यमा परमेश्‍वरले तिनलाई इनाम दिनुभयो? (दिनुभयो।) अय्यूबको निम्ति परमेश्‍वरको दोस्रो इनाम के थियो? अय्यूबको परमेश्‍वरप्रतिको भय र दुष्टताबाट अलग बस्ने कार्य आफूलाई स्वीकार्य छ भनेर परमेश्‍वरले बताउनुभयो। अय्यूबले शैतानसामु परमेश्‍वरको गवाही दिए र परमेश्‍वरले यो सबैलाई असल देख्नुभयो। उहाँ सन्तुष्ट र हर्षित हुनुभयो र उहाँमा एक खाले मनोवृत्ति आयो। परमेश्‍वरमा यस्तो मनोवृ्ति आएपछि, के उहाँले अरू केही पनि गर्नुभएन? परमेश्‍वरले के गर्नुभयो? तिमीहरू अय्यूबको पुस्तकसँग धेरै परिचित छैनौ जस्तो देखिन्छ। कुन परिस्थितिमा अय्यूबले यसो भने: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ”? परमेश्‍वरले तिनीसँग बोल्नुभएको कुरा सुनेपछि तिनले यी वचनहरू बोले। के यसअघि अय्यूबले परमेश्‍वरलाई देखेका थिए? (थिएनन्।) अय्यूबको निम्ति, परमेश्‍वरको आवाज सुन्नु उहाँको मुहार देख्‍नुसरह थियो र के त्यो सृष्टि गरिएको प्राणीले सबैभन्दा धेरै तृष्णा गर्ने आशिष् होइन र? (हो।) अय्यूबले यो प्राप्त गरे। के तिमीहरू तिनको इर्ष्या गर्छौ? (गर्छौँ।) यो आशिष् प्राप्त गर्न सजिलो छैन। अनि, तैँले कसरी यो मौका पाएर यस किसिमको अनुग्रह र इनाम प्राप्त गर्न सक्छस्? तँ परमेश्‍वरको गवाही बन्नुपर्छ, अर्थात् तैँले शैतानका परीक्षाहरूमाझ परमेश्‍वरको गवाही बन्नुपर्छ। तैँले परमेश्‍वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्नुपर्छ। तैँले परमेश्‍वरलाई यसो भन्ने बनाउनुपर्छ, “परमेश्‍वरले त्यो कुरालाई असल देख्नुभयो।” जब परमेश्‍वर सन्तुष्ट र प्रसन्न हुनुहुन्छ, अनि तेरो गवाही र तैँले गरेका सबै कुराहरू असल देख्नुहुन्छ, जब परमेश्‍वरले तँलाई सिद्ध र सत्यता पछ्याउने व्यक्ति होस् भनेर भन्‍नुहुन्छ, तब तँ आशिष्‌हरू प्राप्त गर्न सक्षम हुनेछस्। अय्यूबले परमेश्‍वरको आवाज सुनेपछि, परमेश्‍वरले अरू के गर्नुभयो? उहाँले अय्यूबलाई तिनीसँग पहिले भएको भन्दा धेरै दिनुभयो। अय्यूब पहिलेभन्दा अझ धनी बने—यदि तिनी पहिले करोडपति थिए भने त्यसपछि तिनी अरबपति बनेको हुनुपर्छ। तैँले देख्न सक्छस्, यदि कुनै एक व्यक्तिले परमेश्‍वरको भय मान्छ र दुष्टताबाट टाढा रहन्छ भने, तिनीहरूलाई अरबपति बन्न सजिलो छ; परमेश्‍वरको निम्ति त यो एउटै वचनको कुरा हो। त्यो परमेश्‍वरको अनुग्रह हो। अय्यूबले परमेश्‍वरको भय माने र दुष्टबाट टाढा रहे अनि तिनले परमेश्‍वरको आशिष्‌ प्राप्त गरे।

परमेश्‍वरले मानिसहरूलाई जे दिनुहुहुन्छ त्यो मानिसहरूले मागेको वा कल्पना गरेको भन्दा ज्यादा हुन्छ, तर यदि तैँले मागेको वा कल्पना गरेको भन्दा पनि ज्यादा इनाम प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरको मार्ग पछ्याउनुपर्छ। परमेश्‍वरको मार्ग पछ्याउनु सरल हुँदैन। मानिसहरूले मूल्य चुकाउनुपर्छ, तर त्यो मूल्य व्यर्थमा चुकाइएको हुँदैन, यसको लागि इनाम दिइन्छ। मानिसहरूले आफूहरूप्रति परमेश्‍वरको एउटै प्रकारको मनोवृत्ति मात्र हुन्छ, उहाँले केही पनि गर्नुहुन्न, सधैँ आफूहरूलाई नियालिरहनु मात्र हुन्छ, र आफूहरूले कस्तो व्यावहार गर्छौँ भनेर हेरिरहनु मात्र हुन्छ भन्‍ने सोच्छन्। के यो त्यस्तै हो त? होइन। परमेश्‍वर वास्तवमा अभिभावकजस्तै हुनुहुन्छ। यदि तँ आफ्ना बुबाआमाको कुरा सुन्छस् भने, यदि तँ समझदार छस् भने, र यदि तँ आफ्ना कर्तव्यहरूमा ध्यान दिन्छस् र सही मार्ग पछ्याउनलाई कम्ती कष्ट भोग्दैनस् भने, तेरा बुबाआमाले कस्तो महसुस गर्छन्? तेरा बुबाआमाले तेरो निम्ति प्रेम र दुःख महसुस गर्छन्। तिनीहरू छोराछोरीहरूको खातिर अनि छोराछोरीहरूको कष्ट कम गर्न र छोराछोरीहरूले राम्रो खाने, राम्रो लाउने र जीवनको आउन्द उठाउने कुरा पक्‍का गर्नको खातिर आफ्नो जीवन परित्याग गर्न अत्यन्तै इच्छुक हुन्छन्—अनि बल्‍ल तिनीहरूलाई सन्तुष्टि मिल्छ। तैँले कुनै पनि कष्ट भोगेको तिनीहरू चाहँदैनन्। त्यो बुबाआमाको हृदय हो। बुबाआमाको हृदयसँग तुलना गर्दा परमेश्‍वरको हृदय अझ राम्रो, अझ सुन्दर, अझ दयालु छ—उहाँको हृदय त्योभन्दा कम छैन। तिमीहरू सबैले आफ्ना बुबाआमाको हृदयलाई केही मात्रामा बुझ्न सक्छौ। तिमीहरूका बुबाआमा तिमीहरूप्रति कति असल थिए भन्ने कुरा तिमीहरू सबैलाई थाहा छ र तिमीहरू सबैले आफ्ना बुबाआमालाई आदर गर्न चाहन्छौ। यसैले, परमेश्‍वरको हृदयको ख्याल गर्नको निम्ति तैँले पहिले बुबाआमाप्रतिको त्यो भक्ति प्रयोग गर्नुपर्छ। यस्तो गर्नेहरूसँग सबैभन्दा धेरै समझ हुन्छ। छोराछोरीप्रति बुबाआमामा हुने प्रेम छोराछोरीले महसुस गर्न सक्छन्, तर तिनीहरूले मानिहरूप्रति परमेश्‍वरमा हुने प्रेम झन् बढी महसुस गर्नुपर्छ, किनकि तिनीहरूसँग भएका सबै कुराहरू परमेश्‍वरद्वारा बन्दोबस्त र योजना गरिएका हुन्छन्। व्यक्तिको निम्ति सबै कुरा परमेश्‍वरले मात्र निर्णय गर्न सक्नुहुन्छ। बुबाआमाहरूले त तिनीहरूको प्रेम जति नै ठूलो भए पनि बच्चाको सबै कुरा निर्णय गर्न सक्दैनन्। कम्तिमा पनि अभिभावकहरूसँग सत्यता हुँदैन। तिनीहरूको प्रेम देह र भावनाहरूको कुरा हो; यसले कुनै पनि हालतमा कसैलाई पनि भ्रष्टताबाट मुक्त गर्न सक्दैन, न त यसले तिनीहरूलाई थोरै वृद्धिसमेत प्रदान गर्न नै सक्छ। परमेश्‍वरको प्रेमले मात्र मानिसहरूलाई बचाउन सक्छ। परमेश्‍वरको वचनले मानिहरूलाई अगुवाइ र भरणपोषण गर्न सक्छ ताकि तिनीहरूले जीवनमा सही मार्ग हिँड्न सकून्। परमेश्‍वरको प्रेम बुबाआमाको भन्दा कति ठूलो छ भन्ने तैँले देख्न सक्छस्—परमेश्‍वरले मानिसहरूलाई हरतरहको ख्याल प्रदान गर्नुहुन्छ! तेरा बुबाआमाले तिमीहरूलाई जन्म दिए र तिनीहरूको निम्ति तँ तिनीहरूको आफ्नै देह र रगत होस्। तिनीहरूले तेरो धेरै वास्ता, लाडप्यार र सुरक्षा गर्छन्—अनि परमेश्‍वरले चाहिँ आफ्नै हातले बनाउनुभएका मानिसहरूलाई कसरी हेर्नुहुन्छ जस्तो लाग्छ? परमेश्‍वरले मानिसहरूलाई आफ्नै सन्तानहरूझैँ लाडप्यार गर्नुहुन्छ; मानिसहरू उहाँका आफ्नै देह र रगत हुन्। यो बुबाआमाले बच्चा जन्माउने मानव अवधारणा र रक्त सम्बन्धको नाताजस्तो होइन—परमेश्‍वरले मानिसहरूलाई आफ्नै हातहरूले सृष्टि गर्नुभयो, र तिनीहरूमा आफ्नो सास भरिदिनुभयो र तिनीहरूमाथि उहाँका अपेक्षाहरू छन्। परमेश्‍वरले मानिसहरूलाई आफ्ना आशाहरू सुम्पनुभएको छ; तिनीहरूप्रति उहाँले तय गर्नुभएका मापदण्डहरू छन् र उहाँले तिनीहरूलाई कामकुराहरू सुम्पनुभएको छ। परमेश्‍वरले सामान्य रूपमा मान्छेको सृष्टि गर्ने, तिनीहरूमा सास हाल्ने, तिनहरूलाई जिउँदो बनाउने अनि आफ्नो काम सक्‍ने मात्र गर्नुभएन। यदि मानवजाति खराब भएको भए उहाँले पुनः बनाउन सक्नुहुन्थ्यो, किनकि आखिर परमेश्‍वर शक्तिशाली र सर्वशक्तिमान् हुनुहुन्छ, तर यो कुरा त्यस्तो होइन। परमेश्‍वरले मान्छेको सृष्टि गर्नुभएपछि, उहाँलाई तिनीहरूप्रति चिन्ता महसुस भयो। मानिसहरू उहाँको देह र रगत हुन्, तिनीहरू उहाँका मित्रहरू हुन् र साथमा उहाँको व्यवस्थापन योजनामा, तिनीहरू उहाँका सारा आशाहरूका गुठियार र वाहकहरू हुन्। अन्ततः उहाँ यी मानिसहरूमा आशा देख्न र परिणाम हासिल गर्न चाहनुहुन्छ। यसको आधारमा यदि तैँले परमेश्‍वरको अभिप्राय र इच्छाप्रति केही बुझाइ देखाउँछस् भने, के त्यसले तेरो बुझाइलाई केही मात्रामा गहिरो बनाउन सक्दैन र? (हो, यसले सक्छ।) यो ठ्याक्‍कै ती बुबाआमाको जस्तै कुरा हो, जो आफ्ना सन्तानहरूले अध्ययन गरी जीवनमा सफल भएको चाहन्छन्, जो आफ्ना सन्तानहरूले सिक्दा छेउमा बसेर पङ्खा हम्किदै, तिनीहरूलाई केही समयपछि चिया दिँदै, खाने बेलामा तिनीहरूको निम्ति मिठो खाना बनाउँदै बस्छन्—ती बुबाआमालाई त्योभन्दा राम्रो कसरी गर्ने भन्ने थाहै हुँदैन, तिनीहरूको मन बस छोराछोरीकै वरिपरि घुमिरहेको हुन्छ। तँमाथि तेरा बुबाआमाको अपेक्षाहरू भएको कारण, तँमाथि आफ्ना आशाहरू राखेको कारण, तिनीहरूले तँलाई यस्तो व्यवहार गरेका होइनन् र? यदि तैँले तिनीहरूको कुरा सुन्दैनस् र निरन्तर तिनीहरूको अवज्ञा गर्छस् भने, के त्यसले तिनीहरूलाई पीडा दिँदैन र? के तिनीहरू दुःखी हुँदैनन् र? (हुन्छन्।) त्यसो भए, अब यस विचारको आधारमा परमेश्‍वरको इच्छाको बारेमा मनन गर्। जब परमेश्‍वरले मान्छेलाई हेर्नुहुन्छ, तिनीहरूको उमेर जति नै भए पनि, उहाँको नजरमा तिनीहरू बालक नै हुन्। यदि तैँले, “म त असी वर्ष पुगेँ,” भन्छस् भने, परमेश्‍वरले तँ बच्चा होस् भन्नुहुनेछ। यदि तँ, “म बीस वर्ष पुगेँ,” भन्छस् भने, तँ त झन् बच्चा होस्। तँ असी वर्षको होस् कि आठ सय वर्षको वा आठ हजार वर्षको होस्, परमेश्‍वरको नजरमा मान्छेहरू बच्चै हुन्। परमेश्‍वरको दृष्टिकोणमा, उमेरले केही पनि फरक पार्दैन। उहाँको नजरमा, मानिसहरू सबै शिशु र बच्चाहरू हुन्; मानवजातिलाई परमेश्‍वरले यसरी नै हेर्नुहुन्छ। त्यसैले, परमेश्‍वरको नजरमा, तँ उहाँको देह र रगत अनि उहाँका मित्रहरूमध्ये एक होस्। त्यसो भए, उहाँलाई सन्तुष्ट पार्नको निम्ति तँ कसरी उहाँको देह र रगत, उहाँको मित्र, र उहाँको हृदयअनुसारको व्यक्ति बन्न योग्य हुन्छस्? के यो मानवजातिले विचार र मनन गर्न योग्य प्रश्‍न होइन र? (हो।) परमेश्‍वरले मानजातिलाई आफ्नो देह र रगत, उहाँको मित्र, अनि उहाँले चुकाउनुभएको मूल्य र रगतका वाहकहरूको रूपमा व्यवहार गर्नुहुन्छ। मानिसहरूको निम्ति परमेश्‍वरसँग कस्तो किसिमको प्रेम छ? उहाँसँग कस्तो मानसिकता छ? यो तहको सम्बन्ध भएको मानिसहरूसँग उहाँले कसरी व्यवहार गर्नुहुन्छ? के मान्छेहरूले थोरै मात्र भए पनि परमेश्‍वरले मान्छेप्रति कस्तो किसिमको प्रेम गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छन्? केही मानिसहरू भन्छन्: “मैले परमेश्‍वरलाई कहिले देखेको छैन, अनि पूर्व जीवनहरूमा उहाँले मेरो निम्ति गर्नुभएका कुराहरू म महसुस गर्न सक्दिनँ।” तँ अहिले जीवित छस्, त्यसैले के तैँले परमेश्‍वरको मार्गनिर्देशन र उहाँले तेरो लागि चुकाउनुभएको मूल्य महसुस गर्न सक्दैनस्? के तँ ती बुझ्न सक्छस्? (सक्छु।) यदि तैँले ती बुझ्न सक्छस् भने, ठीकै छ—यसले तँसँग हृदय र प्राण छ भन्ने प्रमाणित गर्छ। यदि तैँले यति बुझ्न सक्छस् भने त्यो प्रयाप्त हुन्छ। तैँले परमेश्‍वरलाई पछ्याउन सबै कुरा त्याग्नु सार्थक छ।

मे २९, २०१७

अघिल्लो: हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

अर्को: परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्