ख. भ्रष्ट मानवजातिले शक्ति हातमा लिँदा मानिसहरूमा आइपर्ने हानि र दुष्परिणामहरू

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्न अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन तल खस्केको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्ने मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मान्छेले परमेश्‍वरको जीवनको भरणपोषण र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने इच्छा, र उसको आत्मिक खालीपनको समस्या समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

सायद, तेरो देश अहिले समृद्ध होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जान दिइस् भने, तेरो देशले आफूलाई परमेश्‍वरको आशिष्‌बाट अझै वञ्‍चित भएको पाउनेछ। तेरो देशको सभ्यतालाई अझै पैतालोले कुल्चिइनेछ, र छोटो समयभित्रै मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। अनि यसरी, मानवले नजानिकन नै देशको भविष्य विनाश हुनेछ। परमेश्वरद्वारा श्रापित ती देशहरूसँग सामना गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरूलाई उठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई पृथ्वीबाट हटाइदिनुहुनेछ। कुनै देश वा राज्यको उत्थान र पतन त्यहाँका शासकहरूले आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गरेका छन् वा छैनन् भन्‍ने आधारमा पक्का गरिनेछ। तैपनि, यस अन्तिम युगमा परमेश्‍वरलाई साँचो रूपमा खोज्ने र आराधना गर्नेहरू अति नै सीमित भएका हुनाले इसाई विश्‍वासलाई राष्ट्रिय विश्‍वास वा धर्मका रूपमा स्वीकार गर्ने देशहरूमाथि परमेश्‍वरले विशेष दया देखाउनुभएको छ। उहाँले ती देशहरूलाई एकसाथ जम्मा गरेर तुलनात्मक रूपले धर्मी समूह बनाउनुहुन्छ, जबकि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्नेहरू धर्मी समूहका विरोधी बन्छन्। यसरी, आफ्नो काम गर्नका लागि मानवजातिका बीचमा परमेश्‍वरको स्थान मात्र नभएको होइन, तर उहाँको विरोध गर्ने देशहरूमाथि अधिकार गर्दा र प्रतिबन्ध लगाउँदा, धर्मी अख्तियारको अभ्यास गर्ने देशहरूलाई फाइदा पुग्‍नेछ। तैपनि यो सबै हुँदाहुँदै पनि परमेश्‍वरलाई आराधना गर्न अझै पनि मानिसहरू अगाडि आउँदैनन्, किनकि मानव उहाँबाट अति नै टाढा भइसकेको छ, र मानवले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ। इन्साफको अभ्यास गर्ने र अन्यायको विरोध गर्ने देशहरू मात्र पृथ्वीमा रहन्छन्। तर यो परमेश्‍वरको चाहनाभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले तिनीहरूका मानिसहरूलाई परमेश्‍वरभन्दा माथि राख्‍न चाहँदैनन्, अनि कुनै पनि राजनीतिक दलले परमेश्‍वरलाई आराधना गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ जम्मा गर्नेछैन; हरेक देश, राज्य, सत्तामा भएको दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि परमेश्‍वरले आफ्नो सही स्थान गुमाउनुभएको छ। धर्मी शक्तिहरू यस संसारमा रहे तापनि परमेश्‍वरले मानवको हृदयमा पाउनुपर्ने शासनको स्थान कमजोर भएको छ। परमेश्‍वरका आशिष विना, राजनीतिक क्षेत्र अलमलमा पर्नेछ र आक्रमणको जोखिममा पर्नेछ। मानवजातिका निम्ति परमेश्‍वरका आशिष् विना रहनु चाहिँ सूर्यविना रहनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले जति नै परिश्रमका साथ काम गरे पनि मानवजातिले एकसाथ जति नै धेरै धर्मी सम्मेलनहरू गरे पनि यी कुनै पनि कुराले घटनाको गति-पथलाई परिवर्तन गर्नेछैन वा मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसहरूले जुन देशमा खान र लाउन पाउँछन्, जहाँ तिनीहरू एकसाथ शान्तिले बस्न पाउँछन्, त्यो देशचाँहि असल नेतृत्व भएको असल देश हो भनेर मान्छेले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो विचार गर्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई उहाँले नै विनाश गर्नुहुनेछ भनी उहाँ विश्‍वास गर्नुहुन्छ। मानवको विचार गर्ने तरिका परमेश्‍वरको भन्दा अति नै अनौठो छ। यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, तब त्यस देशको नियति दुःखद हुनेछ, अनि त्यस देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ।

बाइबलमा उल्‍लेख सदोममाथि परमेश्‍वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्‍चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसारभरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य अभूतपूर्व रूपमा विनाशमा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्‍न लगाइयो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र भविष्य थियो: परमेश्‍वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँ सुरुमा रोकिने स्थान अधिनायकवादी शासनको नमुना: नास्तिकवादको कट्टर गढ, चीन हो। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्‍ट दिएको छ, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि, परमेश्‍वरले गर्ने अभिप्राय राख्‍नुभएको काम उहाँले गर्न जारी राख्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। बरु, अझ धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई बाधा दिनेहरू, परमेश्‍वरको वचनको प्रतिरोध गर्नेहरू र परमेश्‍वरको योजनालाई खलबलाउने र बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामलाई प्रतिरोध गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामलाई प्रतिरोध गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ

हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ कि ती अभेद्य र गैर-जैवनिम्‍नीकरणीय[१] बनेका छन्। मानिसहरू नरकको अठारौं चक्रमा बस्छन्, जहाँ उनीहरूलाई परमेश्‍वरले कालकोठरीमा हालिदिनुभएझैं, उज्यालो कहिल्यै देख्‍न सकिँदैन। सामन्ती सोचले मानिसहरूलाई यति दमन गरेको छ कि उनीहरूलाई सास फेर्न पनि मुस्किल छ र तिनीहरू निस्सासिरहेका छन्। तिनीहरूसँग विरोध गर्ने अलिकति पनि शक्ति छैन; तिनीहरूले चुपचाप सहेको सहेकै गर्न मात्र सक्छन्…। न्याय र निष्पक्षताका लागि संघर्ष गर्न वा खडा हुने हिम्मत कहिल्यै कसैले गरेको छैन; मानिसहरू दिनदिनै र हरेक वर्ष सामन्ती प्रहार र दुर्व्यवहारमुनि पशुको भन्दा नराम्रो जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा खुसी पाउन परमेश्‍वरलाई खोज्नुपर्छ भनी कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरू यतिसम्म पिटिएका छन् कि तिनीहरू शरदमा झरेका पातहरूझैँ सुकेका, खरिएका र पहेँलो-खैरो भएका छन्। मानिसहरूले आफ्नो स्मरण शक्ति गुमाएको धेरै भइसकेको छ; तिनीहरू असहाय बनेर त्यो नरकमा बस्छन् जसलाई मानव संसार भनिन्छ, त्यहाँ तिनीहरू त्यस अन्तिम दिनको आगमन पर्खिरहेका छन् जहाँ तिनीहरू यस नरकसँगै नष्ट हुन सक्छन्, मानौं तिनीहरूले चाहना गरेका त्यो अन्तिम दिन मानिसले आरामदायी शान्ति पाउने दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा लगिसकेको छ, जसले मानिसको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाएको छ। सबै प्रकारका उत्पीडनले मानिसलाई एकपछि अर्को चरण गरी धकेल्दै, पातालको झन्झन् गहिराइतिर खसाल्छ, परमेश्‍वरबाट झन्-झन् टाढा बनाउँछ, र आजको दिनसम्ममा ऊ परमेश्‍वरप्रति पूर्ण अपरिचित भइसकेको छ र उहाँलाई भेट्दा ऊ तर्की भाग्‍न हतार गर्छ। मानिसले उहाँलाई ध्यान दिँदैन र उहाँलाई एकलै उभिनका निम्ति छोडिदिन्छ, मानौं मानिसले कहिल्यै उहाँलाई चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। …प्राचीन संस्कृतिको ज्ञानले थाहै नदिई मानिसलाई परमेश्‍वरको उपस्थितिमाझबाट चोरेर लगेको छ र उसलाई दियाबलसहरूको राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरूले[क] मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्ग्रहित गर्नेहरूलाई पहिलेभन्दा बढी प्रशंसा गर्ने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वरसम्बन्धी आफ्नो धारणालाई अझ खराब बनाउँछ। मानिसले थाहै नपाई, दियाबलसहरूको राजाले क्रूरतापूर्वक उसको हृदयबाट परमेश्‍वरलाई निकालेको छ र त्यो ठाउँमा विजयको हर्षसहित आफै बसेको छ। त्यस समयदेखि नै, मानिस घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित दियाबलसहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरियो, र दियाबलसहरूको राजाको द्वेषपूर्ण दुर्भावना ऊ पूर्ण रूपमा बरबाद नहुन्जेलसम्म मानिसहरूभित्र दिनदिनै फैलिरह्यो। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र दियाबलसहरूको राजाको बन्धनबाट मुक्त हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुनेबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा आफ्नो शैशवकालमा थियो, तब दियाबलसहरूको राजाले त्यसमा नास्तिकता रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर्नु; चार आधुनिकीकरण महसुस गर्नु; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हर अवसरमा यसो भन्दै चिच्याउँछ: “सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नै उद्यमी परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको छेउमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानीकन अहङ्कारका साथ सबै श्रेय (अर्थात्, सबै मानवजातिलाई उहाँकै हातमा राख्‍ने परमेश्‍वरको श्रेय) आफैले लियो। त्यसमा यसले कहिल्यै पनि शर्मको कुनै अनुभूति गरेन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई अँठ्यायो र तानेर आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र आफूलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, र बाक्ला थोपाहरू बनेर जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोन विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, परमेश्‍वरको काम कहाँ छ?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्‍न कुराहरू भन्दै अर्थात् समर्थन गर्न नहुने यस्ता भनाइहरू बोल्दै कराइरहेका हुन्छन्: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आजको संसार करिबकरिब एक अर्ब वर्षपहिले सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यो आफैलाई भित्तामा झुण्ड्याएर वा टेबलमा राखेर श्रद्धा र भेटी चढाउने बनाउँछ। यसको साथै यो “परमेश्‍वर हुनुहुन्‍न” भन्दै कराउँछ, यसले आफैलाई परमेश्‍वरजस्तो उच्‍च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र दियाबलसहरूको राजाको भूमिकालाई ग्रहण गर्दै, अभद्रपूर्ण तरिकाले परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यो कुराले यसलाई अत्यन्तै घिनलाग्दो बनाउँछ। यस्तो लाग्छ, परमेश्‍वर र यो कट्टर शत्रुहरू हुन्, र यी दुई सँगसँगै रहन सक्दैनन्। व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[२] यसले परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो दियाबलसहरूको त्यस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? परमेश्‍वरको कामलाई नाश नपारुन्जेल र सबै कुरा पूरै लथालिङ्ग[३] नबनाउन्जेल यसले विश्राम गर्दैन, मानौं यसले माछा नमारुञ्‍जेल वा जाल नफाटुन्जेल अन्त्यसम्मै परमेश्‍वरको कडा विरोध गर्न चाहन्छ, जानीजानी आफैलाई परमेश्‍वरको विरोधी बनाउँछ र झन्-झन् अगाडि आउँछ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोटैचोट र नीलडामले भरिएको[४] छ र दुःखद स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एकै गाँसमा निलेपछि मात्र त्यसले आफ्नो हृदयको घृणालाई कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! यसलाई समाप्त गरेर अनि पूर्ण रूपमा नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्गसूर्यलाई जान्दैन, र ऊ जीवनरहित र भावहीन भएको छ। मानिसले आफ्नो सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन अनि परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यहाँ उत्पात मच्‍चायो। तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्, उनीरूलाई थाहै नदिई भीरमुनि धकेलेर टुक्रा-टुक्रा पारी उनीहरूको लास खाने गोप्य योजना बनाउँदैछन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग जुवा खेल्ने र एउटै दाउमा सबै जित्‍ने[५] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्‍न। उहाँले पहिले नै यसलाई दियाबलसतिर हुत्याइसक्‍नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानवजातिको पापको लागि अबउप्रान्त दुःख महसुस गर्नुहुन्‍न, बरु उहाँले सबै मानवजातिको लागि मुक्ति ल्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “गैर-जैवनिम्‍नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्‍ने हो।

२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने जनाउँछ।

३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्‍ने जनाउँछ।

४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।

५. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्‍ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।


हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा नराम्ररी प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्‍बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको देखा पराइलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानवजाति मेरो व्यवस्थापनको थप भाग हो भन्‍ने कुरा सत्य भए पनि, यसलाई अझ स्पष्टताका साथ भन्‍दा मानिसहरू मेरो शत्रुबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मेरो विरोध र मविरुद्ध विद्रोह गर्ने दुष्टहरू हुन्। मानिसहरू मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मलाई धोका दिएको प्रधान स्वर्गदूतका सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मैले धेरै पहिले तिरस्कार गरेको दुष्टको विरासतबाहेक कोही पनि होइनन्, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ। सुरुमा मैले मानवजातिलाई बनाएँ; अर्थात् मानवजातिको पुर्खा आदमलाई बनाएँ। ऊ बल, तेजले भरिएको स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको सहभागितामा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेका मानिसहरू मेरा सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए। आदम मूल रूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा बनाइएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको भन्‍ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्‍ने, मेरो प्रतिरूप भएको र मेरो सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो। सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै ठहराएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृजिएकी दोस्री मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाहीका हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए। तथापि, मानवजातिको संसारलाई पूर्ण अन्धकारमा धकेल्दै मानवजातिका पुर्खाहरूका सन्तानलाई दुष्टले कुल्चियो र बन्दी बनायो र ती सन्तानले मेरो अस्तित्वमा विश्‍वासै नगर्ने बनाइदियो। त्योभन्दा घृणित कुरा त यो छ कि दुष्टले मानिसहरूलाई भ्रष्ट पार्ने र तिमीहरूलाई कुल्चीमिल्ची पार्ने काम गर्दा यसले मेरो महिमा, मेरो गवाही, मैले तिनीहरूलाई दिएको जीवनशक्ति, तिनीहरूमाथि मैले फुकेको सास र जीवन, मानव संसारमा भएको सारा महिमा र मैले मानवजातिमा खर्च गरेको मुटुको सारा रगतलाई क्रूरताका साथ जबरजस्ती खोस्दै छ। मानवजाति अब उप्रान्त ज्योतिमा छैन, मानिसहरूले मैले दिएका सबै कुराहरू गुमाएका छन् र मैले दिएको महिमालाई तिनीहरूले लत्याएका छन्। सृष्टि गरिएका सबै प्राणीहरूको परमप्रभु म नै हुँ भन्‍ने कुरा तिनीहरूले कसरी स्वीकार्न सक्छन्? स्वर्गमा भएको मेरो अस्तित्वलाई तिनीहरूले कसरी निरन्तर विश्‍वास गर्न सक्छन्? पृथ्वीमा मेरो महिमाको प्रकटीकरणलाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? तिनीहरूका पुर्खाहरूले डर मानेका परमेश्‍वरलाई यी नातिनातिनाहरूले कसरी तिनीहरूलाई सृष्टि गर्ने परमेश्‍वरको रूपमा लिन सक्छन्? यी दयनीय नातिनातिनाहरूले मैले आदम र हव्वालाई दिएको महिमा, प्रतिरूप र गवाहीका साथै मैले मानवजातिलाई प्रदान गरेको अस्तित्वमा रहनको निम्ति तिनीहरू भर पर्ने जीवन उदारतापूर्वक दुष्टलाई “सुम्पिएका” छन्; र दुष्टको उपस्थितिप्रति तिनीहरू पूर्णरूपमा अनभिज्ञ छन्, र मेरो सारा महिमा त्यसलाई दिन्छन्। “मैला” शब्दको स्रोत यही होइन र? यस्तो मानवजाति, यस्ता दुष्ट भूतहरू, यस्ता हिँड्ने लाशहरू, यस्ता शैतानका आकृतिहरू, यस्ता मेरा शत्रुहरूले कसरी मेरो महिमा प्राप्त गर्छन्? म मेरो महिमालाई पुनः कब्जा गर्नेछु, मानिसहरूको माझमा रहेको मेरो गवाही र कुनै बेला मसँग भएका सबै कुराहरू र मैले धेरै पहिले मानवजातिलाई दिएका कुराहरूलाई म पुनः कब्जा गर्नेछु—म मानवजातिलाई पूर्ण रूपमा जित्‍ने छु। तथापि, मैले सृष्टि गरेका मानवहरू मेरा प्रतिरूप र मेरो महिमा भएका पवित्र मानिसहरू थिए भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तिनीहरू शैतानका थिएनन्, न त तिनीहरू त्यसको कुल्चाइका वशमा नै थिए, तर तिनीहरू अलिकति पनि शैतानको विष नभएका मेरा विशुद्ध प्रकटीकरण थिए। अनि यसैले, मैले मेरा हातले सृष्टि गरेका, मैले प्रेम गर्ने र अन्य कसैको स्वामित्वमा नभएका पवित्र जनहरूलाई मात्र म चाहन्छु भन्‍ने कुराको जानकारी म मानवजातिलाई दिन चाहन्छु। यसका अतिरिक्त, म तिनीहरूमा आनन्दित हुनेछु र तिनीहरूलाई मेरा महिमा ठान्‍नेछु। तथापि, शैतानले भ्रष्ट पारेको, आज शैतानको वशमा भएका र जो उप्रान्त मेरो मूल सृष्टि होइनन् ती मानवजातिको चाहना मैले गरेको होइन। किनकि शैतानलाई पराजित गरेको महिमाको प्रमाणको रूपमा मानव संसारमा अस्तित्वमा रहेको मेरो महिमालाई म पुनः कब्जा गर्नेछु, मानवजातिका बीचमा बाँचेकाहरूमाथि म पूर्ण विजय हासिल गर्नेछु। मेरो व्यक्तित्वको क्रिस्टलीकरणको लागि मेरै गवाहीलाई मात्र मेरो आनन्दको वस्तुको रूपमा म लिन्छु। मेरो अभिप्राय यही हो।

मानवजातिलाई आजको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि पतनमा डुबेको छ। मानवजाति मैले इच्छा गरे जस्तो मानवजाति रहेन, र यसैले मेरो नजरमा मानिसहरू मानवजातिको नामले बोलाइन योग्‍यका छैनन्। बरु तिनीहरू मानवजातिका मैलाहरू हुन् जसलाई शैतानले बन्दी बनाएको छ, तिनीहरू शैतानले बास गरेका हिँड्ने कुहिएका लाशहरू हुन्, जसलाई शैतानले कपडाको रूपमा पहिरिन्छ। मानिसहरूलाई मेरो अस्तित्वमाथि भरोसा छैन, न त तिनीहरूले मेरो आगमनलाई स्वागत नै गर्छन्। मानवजातिले मेरा अनुरोधहरूलाई अस्थायी रूपमा स्वीकार गरे तापनि असन्तुष्टिका साथ तिनको जवाफ दिन्छ र जीवनका आनन्द तथा दुःखहरू मसँग इमानदारीका साथ बाँड्दैन। मानिसहरूले मलाई रहस्यमय ठान्‍ने हुनाले तिनीहरूले मलाई देखावटी मुस्कान दिन्छन्, तिनीहरूको मनोवृत्ति शक्तिको चापलुसी गर्ने खालको जस्तो छ, किनकि मानिसहरूलाई मेरो कामको ज्ञान छैन, मेरो अहिलेको अभिप्रायको त कुरै नगरौं। म तिमीहरूसँग इमान्दार हुनेछु: जब त्यो दिन आउँछ मेरा आराधना गर्ने जोकोहीको दुःख तिमीहरूका भन्दा सहन गर्न सक्‍ने किसिमका हुनेछन्। ममाथिको तिमीहरूको विश्‍वास वास्तवमा अय्यूबको भन्दा बढी छैन—यहूदी फरिसीहरूको विश्‍वासले पनि तिमीहरूको विश्‍वासलाई जित्छ—यसैले आगोको दिन आउँदा तिमीहरूको दुःख येशूले हप्‍काउनुभएका फरिसीहरू, मोशाको विरोध गर्ने २५० अगुवाहरू र आफ्नो विनाशको प्रचण्ड ज्वालाको चपेटामा परेको सदोमको भन्दा गम्भीर हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र यी विषको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

मानिसलाई भ्रममा पार्नका लागि विज्ञानका विभिन्‍न परिणाम र निष्कर्षहरू प्रयोग गर्नेबाहेक, मानिसलाई परमेश्‍वरले दिनुभएको जिउने वातावरणलाई मनोमानी रूपमा विनाश र शोषण गर्न पनि शैतानले विज्ञानकै प्रयोग गर्छ। मानिसले वैज्ञानिक शोध-अध्ययन गरेमा मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर सुधार हुनेछ, र वैज्ञानिक विकासको उद्देश्य भनेकै मानिसहरूको दैनिक रूपमा बढ्दो भौतिक खाँचोहरू र तिनीहरूको जीवनको गुणस्तरमा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता पूरा गर्नु हो भन्‍ने बहानामा त्यसले यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तैपनि, विज्ञानले मानवजातिमा के ल्याएको छ त? के हाम्रो जिउने वातावरण, र सारा मानवजातिको जिउने वातावरण, दूषित पारिएको छैन र? के मानिसले सास फेर्ने हावा दूषित पारिएको छैन र? के हामीले पिउने पानी दूषित पारिएको छैन र? के हामीले खाने खाना प्राङ्गारिक र प्राकृतिक छ र? धेरैजसो अन्‍न र सागसब्जीलाई आनुवांशिक संशोधन गरी, रासायनिक मलको प्रयोग गरेर उमारिन्छ र तीमध्ये केही त विज्ञानको प्रयोग गरी सिर्जना गरिएका फरक प्रजातिहरू पनि छन्। हामीले खाने सागसब्‍जी र फलफूलसमेत अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन, र शैतानको तथाकथित विज्ञानले पहिले नै प्रशोधन गरेको कारण अन्डाहरूको स्वाद पहिलेजस्तो छैन। बृहत् चित्रलाई हेर्दा, सम्पूर्ण वायुमण्डललाई नष्ट र प्रदूषित गरिएको छ; हिमाल, तालतलैया, वनजङ्गल, खोलानाला, समुद्र, र जमिनमाथि एवं जमिनमुनिका सबै कुरालाई तथाकथित वैज्ञानिक उपलब्धिले तहसनहस पारेको छ। छोटकरीमा, परमेश्‍वरले मानवजातिलाई दिनुभएको जिउने वातावरण अर्थात प्राकृतिक वातावरणलाई सम्पूर्ण रूपमा तथाकथित विज्ञानले नष्ट र विनाश गरेको छ। जीवनको गुणस्तरको हिसाबमा, आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गर्ने र यसरी आफ्ना इच्‍छाहरू र देहलाई सन्तुष्ट पार्ने मानिसहरू धेरै छन्, तैपनि मानिस जिउने वातावरणलाई विज्ञानले ल्याएका विभिन्‍न “उपलब्धिहरू” ले नष्ट र विनाश गरेका छन्। एकपटक चोखो हावाको सास फेर्ने अधिकारसमेत हामीसँग अब रहेन। के यो मानवजातिको लागि शोक होइन र? यस प्रकारको स्थानमा जिउनुपर्दा, के मानिससँग अब कुरा गर्नको लागि कुनै खुशी बाँकी रहेको छ र? मानिस बस्‍ने यो स्थान र जिउने वातावरणलाई सुरुबाटै परमेश्‍वरले मानिसको लागि सृष्टि गर्नुभएको थियो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने विविध प्रकारका खानेकुरा, साथै बोटबिरुवा, सजीव प्राणीहरू, पहाड, तालतलैया र समुद्रसमेत—यस जीवित वातावरणको हरेक भाग परमेश्‍वरले मानिसलाई दिनुभएको थियो; यो प्राकृतिक छ, परमेश्‍वरले तय गर्नुभएको प्राकृतिक नियमअनुसार चलिरहेको छ। विज्ञान नै नभएको भए पनि, मानिसहरूले परमेश्‍वरप्रदत्त तौरतरिकाहरू अवलम्बन गर्नेथिए, तिनीहरूले मौलिक र प्राकृतिक अवस्थामा रहेका सबै कुराको आनन्द लिन सक्‍नेथिए, र तिनीहरू खुसी नै हुनेथिए। तर, अहिले यो सबैलाई शैतानले नष्ट र विनाश गरेको छ; मानिसहरू जिउने आधारभूत क्षेत्र अब मौलिक रहेन। तर यस्तो अवस्था केले पैदा गर्‍यो वा यो कसरी भयो भनी कसैले पहिचान गर्न सक्दैन, बरु धेरैभन्दा धेरै मानिसहरू विज्ञानको शरण पर्छन् र शैतानले तिनीहरूको मनमस्तिष्कमा घुसाइदिएको विचारहरूद्वारा यसलाई बुझ्छन्। के यो अत्यन्तै घृणास्पद र दयनीय कुरा होइन र? अहिले, शैतानले मानिसहरू अस्तित्वमा रहेको क्षेत्रका साथै तिनीहरू जिउने वातावरणलाई लिइसकेको छ र तिनीहरूलाई भ्रष्ट तुल्याई यो स्थितिमा पुर्‍याएको छ, र मानवजाति अटुट रूपमा यही मार्गमा विकसित भइरह्यो भने, के यी मानिसहरूलाई व्यक्तिगत रूपमा परमेश्‍वरले नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरूले यहीअनुरूप विकास हुने कार्यलाई जारी राखे भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरू नष्ट पारिनेछन्।) तिनीहरू कसरी नष्ट पारिनेछन्? ख्याति र प्राप्तिसम्‍बन्धी मानिसहरूको लोभी खोजबाहेक, तिनीहरूले अटुट रूपमा वैज्ञानिक अन्वेषणलाई अघि बढाउँछन् र गहन शोध-अध्ययन गर्छन्, र त्यसपछि तिनीहरू आफ्‍नै भौतिक खाँचो र इच्‍छाहरू पूरा गर्न अनवरत रूपमा कार्य गर्छन्; यस्तो हुँदा, मानिसको लागि के-कस्ता परिणामहरू हुन्छन् त? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रन्छ, र जब यस्तो हुन्छ, यो असन्तुलित वातावरणद्वारा मानिसहरूका शरीर, तिनीहरूका भित्री अङ्गहरूमा प्रतिकूल असर र क्षति पुग्छ, र संसारभरि विभिन्‍न प्रकारका सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यो अवस्था मानिसले नियन्त्रण गर्नै नसक्‍ने भएको छ भन्‍ने कुरा के साँचो होइन र? अब तिमीहरूले यसलाई बुझिसकेका छौ, यदि मानवजातिले परमेश्‍वरलाई पछ्याउँदैन, बरु निरन्तर आफैलाई सम्पन्‍न तुल्याउन ज्ञान प्रयोग गर्दै, मानव जीवनको भविष्यको निरन्तर अन्वेषण गर्न विज्ञान प्रयोग गर्दै, निरन्तर बाँचिरहन यस प्रकारको विधि प्रयोग गर्दै, सधैँ यसरी नै शैतानलाई पछ्याउँछ भने, मानवजातिको अन्त्य कसरी हुन्छ, के तँ पहिचान गर्न सक्छस्? मानवजाति प्राकृतिक रूपमै लोप हुनेछ: एकएक कदम गर्दै मानवजाति विनाशतर्फ—आफ्नै विनाशतर्फ अघि बढ्छ। के यो आफैमाथि विनाश ल्याउनु होइन र? अनि, के यो वैज्ञानिक प्रगतिको परिणाम होइन र? यस्तो लाग्छ, विभिन्‍न कुराहरू पत्ता लगाउने प्रयास गर्दा, तिमीहरूले कुहिरोको धूमिल दृष्टिभित्र बसेर यसो गर्नुपरोस् भनी मान्छेको लागि शैतानले तयार गरेको जादुको ओखती अब विज्ञान नै हो; तैँले जति नै जोड गरी हेरे पनि, स्पष्ट रूपमा देख्‍न सक्दैनस्, अनि तैँले जति नै कठिन प्रयास गरे पनि, तैँले तिनलाई पत्ता लगाउन सक्दैनस्। तर, शैतानले तेरो अभिलाषालाई अझै बढाउन र तँलाई सधाएको जन्तुलाई झैं एकपछि अर्को कदम गर्दै अतलकुण्ड र मृत्युतर्फ डोर्‍याउन विज्ञानको नाम प्रयोग गरिरहन्छ। अवस्था यस्तो भएको हुँदा, मानिसहरूले त्यसलाई स्पष्टसित देख्‍नेछन्, मानिसको विनाश शैतानको हातले गराएको हो, र शैतान नै गिरोहको नाइके हो भनेर स्पष्टसित देख्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

सम्बन्धित भजनहरू

परमेश्‍वर हरेक देश र जातिको नियति नियन्त्रण गर्नुहुन्छ

परमेश्‍वरको स्वभावलाई रिस उठाउनेहरू दण्डित हुनैपर्छ

अघिल्लो: क. शैतानले मानवजातिलाई छल गर्नु र भ्रष्ट पार्नु नै संसारको अन्धकार र दुष्टताको जड हो

अर्को: ग. परमेश्‍वरले आखिरी दिनहरूमा शैतानको क्षेत्रको अन्धकार युगलाई कसरी समाप्त गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्