९४. आफ्नो कर्तव्यमा सजिलो काम रोज्नु र गाह्रो कामबाट पन्छिनुका परिणामहरू
सन् २०२३ को अक्टोबरमा, अगुवाहरूले मेरो लागि स्पेसल इफेक्ट बनाउने कामको प्रबन्ध मिलाउनुभयो। सुरुमा त, मैले केही आधारभूत कार्यहरू मात्र सिकेँ, र यसका लागि त्यति धेरै प्राविधिक सीप चाहिँदैनथ्यो। सिकिसकेपछि, मैले छिट्टै केही इफेक्टहरू बनाएँ। अझ राम्रा र बढी वास्तविक स्पेसल इफेक्टहरू बनाउनका लागि, मैले थप प्रविधिहरू सिक्नु आवश्यक थियो। तर मेरो मनमा केही चिन्ताहरू थिए, “यी प्रविधिहरू निकै गाह्रा छन्, र मलाई आफू ती सिक्न सक्छु कि सक्दिनँ भन्ने थाहा छैन।” पछि, ट्युटोरिअलहरू अध्ययन गर्ने क्रममा, म त्यतिबेला सम्झेका कतिपय कार्य पछि बिर्सिन्थेँ। कहिलेकाहीँ, म ट्युटोरिअलमा भएका कुराहरू बुझ्दिनथेँ, त्यसैले ती सिक्न गाह्रो हुन्थ्यो। केही समय सिकेपछि, मलाई यो काम मानसिक रूपमा साह्रै थकाइलाग्दो लाग्यो, त्यसैले म पछि हट्न चाहेँ। त्यतिबेला, मैले टोलीमा एक जना ब्रदरले ग्राफिक डिजाइन सिकिरहेको देखेँ, र मैले सोचेँ, “सुपरिवेक्षकले मेरो लागि ग्राफिक डिजाइन गर्ने प्रबन्ध किन मिलाउनुभएन? मैले यो काम पहिले सिकेको छु, त्यसैले मैले यो काम गर्थेँ भने, सुरु गर्न सजिलो हुनेथ्यो, र यसरी मलाई अलि सजिलो हुनेथ्यो।” पछि, मैले ती सहकर्मीलाई मेरा विचारहरू बताएँ, तर उनले अहिले स्पेसल इफेक्टको कर्तव्य निर्वाह गर्ने पर्याप्त मानिसहरू नभएकाले, मैले स्पेसल इफेक्ट नै सिकिरहनुपर्छ भनी तिनीहरूले सुझाव दिए। मलाई यो कुरा ठीकै लाग्यो, त्यसैले मैले सिकिरहने निधो गरेँ। दुई-तीन महिनापछि, मैले केही ट्युटोरिअल अध्ययन गरेँ र अझ कठिन स्पेसल इफेक्टहरूमा काम गर्न थालेँ। जब मलाई कुनै कठिनाइ आइपर्थ्यो, म कुनै अनुसन्धान गर्ने झन्झट गर्दिनथेँ, र सोझै मैले सहकार्य गरिरहेको ब्रदरकहाँ जान्थेँ। ती ब्रदरले मलाई धैर्यतापूर्वक कामकुरा सम्झाउँथे, र समस्या छिट्टै समाधान हुन्थ्यो। म मनमनै सोच्थेँ, “अर्को पटक कठिनाइ आइपर्दा, म मेरो सहकर्मीसँग मद्दत माग्नेछु। यसरी कामकुराहरू धेरै सजिला हुन्छन्, र मैले त्यति धेरै चिन्ता वा सोचविचार गर्नुपर्दैन।” पछि, मैले प्राविधिक सीपहरू अध्ययन गर्न र तल्लीन भएर बुझ्नमा ध्यान दिन छोडेँ, र म सामान्यतया केही सरल स्पेसल इफेक्टहरू मात्र बनाउँथेँ, त्यसैले मेरा सीपहरूमा एकदमै बिस्तारै सुधार भयो। सन् २०२४ को मार्चको अन्त्यमा, हामीले एउटा अझ जटिल स्पेसल इफेक्ट बनाउनुपर्ने भयो, र मैले मनमनै सोचेँ, “यो बनाउन अलि झन्झटिलो हुनेछ। मैले ट्युटोरिअलहरू अध्ययन गर्नमा निकै धेरै प्रयास लगाउनुपर्नेछ, र विभिन्न स्रोतहरूबाट जानकारी खोज्नुपर्नेछ, अनि यो शारीरिक रूपमा थकाइलाग्दो हुनेछ। यसलाई मेरो सहकर्मीलाई नै गर्न लगाउनु बेस हुन्छ।” पछि, मैले मेरो सहकर्मीले यो स्पेसल इफेक्ट बनाएर आफ्नो प्राविधिक सीपमा सुधार गरेको देखेँ, जबकि मैले भने कुनै प्रगति गरेको थिइनँ, त्यसैले मलाई अलिकति दोषी महसुस भयो र केही पछुतो लाग्यो। मेरा सीपहरू पहिले नै त्यति राम्रा थिएनन्, र यदि मैले मेरो सहकर्मीसँग निकट भएर केही जटिल स्पेसल इफेक्टहरूमा तल्लीन भएर काम गरेको भए, मैले पनि मेरा केही सीप सुधार गर्न सक्थेँ।
त्यसपछि, मैले सोच्न थालेँ, “म मेरो कर्तव्यमा अध्ययन गर्न, अनुसन्धान गर्न, र कठिनाइहरू पार गर्नमा किन कहिल्यै प्रयास लगाउन चाहन्नँ?” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले ठ्याक्कै मेरो स्थितिलाई सम्बोधन गर्थ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “देहसुखको लालसा गर्नु पनि गम्भीर समस्या हो। तिमीहरूका विचारमा देहसुखको लालसा गर्नुका केही प्रकटीकरणहरू केके हुन्? तिमीहरूले आफ्नै अनुभवहरूमा देखेका के-कस्ता उदाहरणहरू दिन सक्छौ? के हैसियतका लाभहरूको आनन्द उठाउनु त्यसमा पर्छ? (पर्छ।) अरू केही छ? (आफ्नो कर्तव्य निर्वाह गर्दा कठिन कामभन्दा सजिलो काम रोज्नु, र सधैँ हल्का काम चुन्न चाहनु।) कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछ—जबकि वास्तवमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। तिनीहरूले जे काम गरे पनि वा जे-जस्तो कर्तव्य निर्वाह गरे पनि कष्ट भोग्न चाहँदैनन्। … साथै, कुनै कर्तव्य पूरा गर्दा, उनीहरू कठिनाइहरूबारे सधैँ गुनासो गर्छन् र कुनै प्रयास लगाउन चाहँदैनन्, र अलिकति फुर्सद हुनेबित्तिकै तिनीहरू आराम गर्ने, गफ चुट्ने, वा आराम र मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिने गर्छन्। अनि कामको बोझ बढेर तिनीहरूको जीवनको तालमेल र दिनचर्या बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा बन्छन्। यो देहसुखको लालसा गर्नु हो, होइन र? … के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्नेबारे बोल्नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा अति धेरै कठिनाइ हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, आफ्नो कर्तव्यमा कष्टहरूबारे सधैँ गुनासो गर्नु, कठिनाइहरूको सामना गर्दा पछि हट्नु, र सजिलो तथा सुविधाजनक कामहरू मात्र गर्नेबारे सोच्नु भनेको सजिलो काम रोज्नु र दैहिक सुखभोगमा लिप्त हुनु हो। कुनै पनि कष्ट भोग्न वा कुनै मूल्य चुकाउन नचाहने मानिसहरू कुनै पनि व्यावहारिक काम गर्न असमर्थ हुन्छन्। यस्ता मानिसहरू बेकम्मा हुन्छन् र तिनीहरूलाई हटाउन मात्र सकिन्छ। म ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएको जस्तै अल्छी व्यक्ति थिएँ। मलाई स्पेसल इफेक्टको कर्तव्यमा जनशक्तिको कमी छ भन्ने राम्ररी थाहा थियो, तर मलाई यो सीप सिक्न धेरै प्रयास गर्नुपर्छ र यो मानसिक रूपमा धेरै थकाइलाग्दो हुन्छ भन्ने लाग्यो, र जब-जब मलाई कठिनाइहरू आइपर्थे, म सिक्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन नचाहँदै पछि हट्न खोज्थेँ। जब मैले टोलीमा एक जना ब्रदरले ग्राफिक डिजाइन सिकिरहेको देखेँ, मलाई लाग्यो, मैले यस क्षेत्रमा केही अनुभव भएको र ग्राफिक डिजाइन त्यति गाह्रो नभएकोले, म ग्राफिक डिजाइन गर्न र स्पेसल इफेक्टको कर्तव्यबाट उम्किन चाहन्छु। पछि, अझ जटिल स्पेसल इफेक्टहरू बनाउँदा, जब-जब म कठिन प्राविधिक समस्याहरूको सामना गर्थेँ, म मेरो सहकर्मीलाई नै ती समाधान गर्न लगाउँथेँ, र म सक्रिय रूपमा अध्ययन वा गहिरो अनुसन्धान गर्दिनथेँ, जसको परिणामस्वरूप मेरा सीपहरूमा एकदमै बिस्तारै सुधार भयो। मैले गर्न सजिलो हुने कर्तव्यहरू रोजेँ, धेरै मानसिक वा शारीरिक प्रयास आवश्यक नपर्ने सरल, सजिला कामहरू मात्र गर्न चाहेँ, र जब-जब मलाई कठिनाइहरू आइपर्थे, मलाई चुनौतीहरूलाई पार गरेर परमेश्वरलाई सन्तुष्ट पार्ने कुनै अभिप्राय नराखी आफ्ना कर्तव्यहरू त्याग्ने चाहना हुन्थ्यो। यो मनोवृत्तिले गर्दा, मैले कुनै सीप सिक्न सकिनँ, कर्तव्यहरू पूरा गर्ने कुरा त परै जाओस्, र म केवल बेकम्मा बन्ने र परमेश्वरद्वारा हटाइने थिएँ। म अब उप्रान्त यसरी नै चलिरहन चाहन्नथेँ। पछि, मैले अझ जटिल स्पेसल इफेक्ट सीपहरू अध्ययन गर्न पहलकदमी लिएँ, र मैले ती आफूले सोचेजस्तो गाह्रो नरहेको पाएँ। केही समयपछि, मेरा प्राविधिक सीपहरूमा उल्लेख्य सुधार भयो। मैले सुरुमा नबुझेका अवधारणाहरू स्पष्ट हुँदै गए, र म धेरैजसो समस्याहरू समाधान गर्न सक्थेँ। म धेरै खुसी थिएँ।
तर केही समयपछि, म फेरि यथास्थितिमै सन्तुष्ट भएँ। कहिलेकाहीँ, मेरो सहकर्मी जटिल प्रविधिहरूमा तल्लीन भएको देख्दा, म मनमनै सोच्थेँ, “ती प्रविधिहरूमा निपुण हुन निकै गाह्रो हुनेछ, र ती सबै अपरिचित कोडहरूले मेरो टाउको दुखाउँछन्। ती सिक्नका लागि ठूलो मूल्य र धेरै मानसिक प्रयास आवश्यक पर्नेछ। त्यो त साह्रै थकाइलाग्दो हुनेछ! म अहिलेसम्म जहाँ पुगेको छु त्यो नै राम्रो छ। आफ्नै लागि कामकुरालाई थप गाह्रो बनाउनु आवश्यक छैन। म यी कठिन सीपहरू मेरो सहकर्मीलाई नै अनुसन्धान गर्न दिनेछु, र म आफूले सक्ने काम मात्र गर्नेछु।” मेरो सहकर्मीले म अझ कठिन सीपहरू सिक्न चाहन्छु कि चाहन्नँ भनी मलाई सोधे, र मुखले त, मैले समय भयो भने सिक्नेछु भन्दै सहमति जनाएँ, तर वास्तवमा, मैले ती कुराहरू कहिल्यै अध्ययन गरिनँ। एक पटक, उनले मैले अझै पनि पहिलेकै ट्युटोरिअलहरू अध्ययन गरिरहेको देखे र भने, “तिमीले यो कर्तव्य निर्वाह गरेको ८ वा ९ महिना भइसक्यो; यो सेट अझैसम्म कसरी सिध्याएको छैनौ?” उनका शब्दहरूले मलाई घोचे, तर उनी सही थिए। साँच्चै, यदि मैले यो ट्युटोरिअल सेट राम्ररी अध्ययन गरेको भए, मैले ३ वा ४ महिनामा सिध्याउन सक्थेँ, तर मैले केही प्रविधिहरूमा निपुणता हासिल गरेपछि गम्भीरतापूर्वक त्यो अध्ययन गर्नमा केन्द्रित हुन छोडेको थिएँ, त्यसैले मैले अझै पनि यो सिक्न सिध्याएको थिइनँ। म यसरी कसरी प्रगति गर्न सक्थेँ र? आफ्नो कर्तव्यप्रति मेरो यो निरन्तरको मनोवृत्ति देखेर मलाई धेरै असहज महसुस भयो, त्यसैले मैले प्रार्थना गरेँ, र आफूलाई चिन्न र पाठ सिक्न मार्गदर्शन पाऊँ भनी परमेश्वरलाई बिन्ती गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको असक्षमता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरले अल्छी मानिसहरू बेकम्मा, परजीवी र मानवताविहीन हुन्छन् भनी खुलासा गर्नुहुन्छ, र परमेश्वर त्यस्ता मानिसहरूलाई साँच्चै घृणा गर्नुहुन्छ। परमेश्वरका वचनहरूबारे मनन गर्दै, मैले आफ्नो कर्तव्यमा रहेको आफ्नो व्यवहारबारे चिन्तन गरेँ: म कठिनाइहरूलाई झन्झटिलो ठान्थेँ, कष्टहरू आइपर्दा पछि हट्थेँ, र अलिकति पनि दुःख भोग्न चाहन्नथेँ। मेरो सहकर्मीले नयाँ प्रविधिहरू अध्ययन गरिरहेको र तिनमा तल्लीन भइरहेको देखेर, मलाई ती प्रविधिहरू धेरै गाह्रा र झन्झटिला छन् भन्ने लाग्यो, त्यसैले मलाई ती अध्ययन गर्ने चाहना भएन। मलाई लाग्यो, मसँग भएको सीपको स्तरमा पुग्नु नै पर्याप्त छ, त्यसैले मानिसहरूले मसँग त्यस्ता उच्च माग राख्नुहुँदैन। म साँच्चै पूर्ण रूपमा आशाहीन भएको थिएँ। मैले मेरो कर्तव्य पूरा गरिरहेको भए पनि, मैले मेरो सीप सुधार गर्नमा कुनै प्रयास लगाइनँ, र नयाँ प्रविधिहरूमा तल्लीन भइनँ, जसको मतलब म जटिल इफेक्टहरू बनाउन सक्दिनथेँ। तीनदेखि चार महिनामा पूरा गर्न सकिने एउटा ट्युटोरिअल सेट पूरा गर्न मलाई नौ महिना लाग्यो। म परमेश्वरको घरले दिएको खाना खाइरहेको थिएँ र परमेश्वरको अनुग्रहको आनन्द लिइरहेको थिएँ, तैपनि मैले आफ्नो पेसागत सीप र कामको दक्षता कसरी सुधार गर्ने भनी नसोची यति थोरै काम मात्र गर्नमै शान्ति महसुस गरिरहेको थिएँ। म एक परजीवीको जीवन जिइरहेको थिएँ। ममा साँच्चै मानवताको कमी थियो, र म ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएको विवेक वा समझविनाको जनावर जस्तै थिएँ। यदि मैले अध्ययन गर्न प्रयास लगाएको भए, मेरा सीपहरू पक्कै पनि पहिलेको भन्दा सुध्रिने थिए। तर म शारीरिक सुखभोगमा लिप्त भएँ, र कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक थिएँ। म सधैँ आफ्नो आरामको घेराभित्रै बस्थेँ, प्रयास लगाउन अनिच्छुक थिएँ, र मैले अरूको श्रमको फल मात्र आफैले लिएँ। मेरो शरीर त थाकेन, तर मैले मेरो सीपमा एकदमै थोरै प्रगति गरेँ, र मैले मेरा कर्तव्यहरूमा मुख्य भूमिका खेल्न सकिनँ। यो ठ्याक्कै परमेश्वरले भन्नुभएजस्तै थियो: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्।” मैले मेरो कर्तव्य निर्वाह गरिरहेको तरिका चलाखीपूर्ण थिएन, बरु मूर्खतापूर्ण थियो!
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो कर्तव्यमा झाराटारुवा हुनु र सजिलो काम रोज्नु अत्यन्तै खतरनाक हो भन्ने महसुस गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसमा आफ्नो कर्तव्य पूरा गर्दा समर्पणता भएजस्तो देखिन्छ, र माथिले जे प्रबन्ध गर्नुहुन्छ त्यही गर्छन्। तर ‘के तिमी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्छौ? के तिमी यो सिद्धान्तहरूअनुसार गर्छौ?’ भनेर सोधिँदा, तिनीहरू कुनै निश्चित जवाफ दिन सक्दैनन्, र यति मात्रै भन्छन्, ‘म माथिले निर्देशन दिएअनुसार गर्छु र कुकर्म गर्दै जथाभाबी हिँड्ने आँट गर्दिनँ।’ जब तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गरेको कि नगरेको भनी सोधिन्छ, तब तिनीहरू भन्छन्, ‘अँ, म आफूले गर्नुपर्ने काम गरिरहेको छु।’ देखिस्? तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ यस्तो मनोवृत्ति हुन्छ—तिनीहरू हतार गर्दैनन्, बिस्तारै काम गर्छन्, र आधा मन लगाउँछन्। तँ तिनीहरूमा साँच्चै गल्ती भेट्टाउन सक्दैनस्, तर यदि तैँले तिनीहरूको कर्तव्यको निर्वाहलाई सत्यता सिद्धान्तहरूअनुसार मापन गरिस् भने, यो अकुशल हुन्छ र मानकअनुरूप हुँदैन। तैपनि, तिनीहरू वास्ता गर्दैनन्, तिनीहरू पहिले गरेजस्तै कार्य गरिरहन्छन्, र तिनीहरू अग्रसरता लिएर गर्नुपर्ने कामहरू अझै पनि गर्दैनन्—तिनीहरू पटक्कै परिवर्तन हुँदैनन्। के तिनीहरू निर्लज्ज रूपमा हठी छैनन् र? तिनीहरू सधैँ यो मनोवृत्ति कायम राख्छन्: ‘तेरा हजारौँ उत्कृष्ट योजनाहरू हुन सक्छन्, तर मेरा आफ्नै नियमहरू छन्। म यस्तै छु। हेरौँ, तँ मलाई के गर्न सक्छस्। मेरो मनोवृत्ति यही हो!’ तिनीहरूले कुनै अत्यन्तै विश्वासघाती वा दुष्ट काम गरेका हुँदैनन्, तर साथै तिनीहरूले थोरै मात्र असल कार्य गरेका हुन्छन्। तँ तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भनी भन्छस्? के परमेश्वरमा विश्वास र आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्ति असल हो? (होइन।) बाइबलमा, परमेश्वर यसो भन्नुहुन्छ: ‘त्यसैले तँ, न त चिसो न त तातो, बरु मनतातो भएको हुनाले, म तँलाई मेरो मुखबाट ओकलिदिनेछु’ (प्रकाश ३:१६)। न चिसो न तातो, मनतातो हुनु—के यो मनोवृत्ति असल हो? (होइन।) कतिपय मानिस सोच्छन्, ‘यदि मैले दुष्टता गरेँ र अवरोधहरू उत्पन्न गरेँ भने, मलाई तुरुन्तै दोषी ठहराइनेछ। तर यदि मैले सकारात्मक र सक्रिय रूपमा कामकुरा गरेँ भने, म थाक्नेछु, र यदि मैले केही गर्दा गल्ती गरेँ भने, मलाई काटछाँट गरिन सक्छ, वा सायद मलाई बर्खास्त समेत गरिनेछ, जुन धेरै लाजमर्दो हुनेछ! त्यसैले म मनतातो रहन्छु, न चिसो न तातो। तिमी मलाई जे गर्न भन्छौ, म त्यही गर्नेछु। तर यदि तिमी मलाई केही गर्न भन्दैनौ भने, म हस्तक्षेप गर्नेछैनँ। यसरी, म थाक्नेछैनँ, र त्यसमाथि मानिसहरूले ममा गल्ती भेट्टाउन सक्नेछैनन्। यो तरिका उत्कृष्ट छ!’ के आफूलाई आचरणमा ढाल्ने यो तरिका असल हो? (होइन।) तँलाई यो असल होइन भन्ने थाहा छ, त्यसोभए तेरो अभ्यास कसरी परिवर्तन हुनुपर्छ? यदि तँ कहिल्यै सत्यता पछ्याउने मार्गमा हिँड्न खोज्दैनस् र अझै पनि शैतानका दर्शनहरूअनुसार जिउन लागिरहन्छस् भने, तैँले मुक्ति प्राप्त गर्ने कुनै आशा नहुने कुरा निश्चित छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरले मानिसहरू आफ्नो कर्तव्यमा सतही काम मात्र गर्छन्, र तिनीहरू सक्रिय र अग्रसर भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्दैनन् भनी खुलासा गर्नुहुन्छ। यो भनेको आफ्नो कर्तव्य सतही रूपमा र मन नलागी-नलागी गर्नु हो, र यस्ता मानिसहरूलाई अन्ततः परमेश्वरद्वारा हटाइनेछ। मलाई मेरो स्थिति धेरै खतरनाक छ भन्ने महसुस भयो। ममा आफ्नो कर्तव्यमा सक्रिय र अग्रसर मनोवृत्ति थिएन। म सधैँ स्वचालित मोडमा हुन्थेँ, न तातो न चिसो, र कुनै बाधा वा अवरोध सिर्जना नगरी काम चलाउन सक्दासम्म म सन्तुष्ट हुन्थेँ। मैले मेरा कर्तव्यहरूमा एकदमै थोरै प्रगति गरिरहेको थिएँ, केवल सरल कामहरू गरिरहेको र झारा टारिरहेको थिएँ। मन नलागी-नलागीआफ्नो कर्तव्य निर्वाह गरेर, म परमेश्वरले खुलासा गर्नुभएजस्तै निर्लज्ज रूपमा जिद्दी भइरहेको थिएँ, शारीरिक कष्ट भोग्न चाहन्नथेँ, र केवल थोरै प्रयास लगाएर आफू नमर्ने परिणाम हासिल गर्न चाहन्थेँ। मैले आफैलाई छल गर्न सक्थेँ, तर परमेश्वरलाई सक्दिनँथेँ, र यदि मैले पश्चात्ताप गरिनँ भने, मलाई अन्ततः हटाइने थियो।
त्यसपछि, मैले मनन गरेँ, “म किन यति अल्छी छु, र म किन सुखभोगमा लिप्त हुन्छु? यो समस्याको जड के हो?” पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्लाई उछिन्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र सुन्न पनि नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरूले अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरूले तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरू “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,” “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,” र “आफैलाई राम्रो व्यवहार गर” जस्ता शैतानी विषहरूअनुसार जिउँछन्। तिनीहरू दैहिक आनन्दको पछ्याइलाई आफ्नो लक्ष्य बनाउँछन्; तिनीहरूलाई सजिलो र चिन्तामुक्त जीवन जिउनु नै खुसी हो र जीवनको आनन्द लिनु भनेको यही हो भन्ने लाग्छ, त्यसैले तिनीहरूले गर्ने हरेक कुरामा, तिनीहरू कष्ट भोग्न वा मूल्य चुकाउन चाहँदैनन्। फर्केर हेर्दा, जब म अलिक सुस्त गतिको एउटा सानो सहरमा काम गर्थेँ, काम तुलनात्मक रूपमा सजिलो थियो, र म त्यस्तो सुस्त र फुर्सदिलो जीवनको आनन्द लिन्थेँ। तलब थोरै कम भए पनि, म वास्ता गर्दिनँथेँ। मलाई आफू मितव्ययी भएसम्म ठीकै छ भन्ने लाग्थ्यो। परमेश्वरलाई भेट्टाएपछि पनि, म उस्तै थिएँ। म प्रगति गर्ने प्रयास नगरी आफ्नो कर्तव्य निर्वाह गर्थेँ, र म सधैँ उदासीन हुन्थेँ र यथास्थितिमै सन्तुष्ट थिएँ। जब मैले स्पेसल इफेक्टको मेरो कर्तव्यका लागि कठिन प्रविधिहरू सिक्नु आवश्यक छ भन्ने देखेँ, म प्रगति गर्ने प्रयास नगरी कठिनाइमा डुबेँ, र मैले मूल्य चुकाएर ती प्रविधिहरूमा निपुणता हासिल गर्न सक्ने भए तापनि सिक्न चाहिनँ। म केवल जहाँको त्यहीँ रहन र यथास्थिति कायम राख्नमै सन्तुष्ट थिएँ, र ममा परमेश्वरलाई सन्तुष्ट पार्ने वा उहाँको ख्याल गर्ने कुनै चाहना थिएन। परमेश्वरले मलाई कर्तव्य निर्वाह गर्ने अवसर दिएर अनुग्रह प्रदान गर्नुभयो, जसको पछाडि उहाँको अभिप्राय भनेको मेरो कर्तव्यको क्रममा, मैले सत्यता पछ्याऊँ, मेरो भ्रष्ट स्वभावलाई हटाऊँ, र मेरा कर्तव्य पूरा गरूँ भन्ने थियो। तर म सधैँ दैहिक सुखभोगमा लिप्त भएँ र मेरा कर्तव्य पूरा गर्नका लागि कष्ट भोग्न वा मूल्य चुकाउन अनिच्छुक थिएँ। यति धेरै वर्षसम्म आफ्ना कर्तव्य निर्वाह गरेपछि पनि, मैले कुनै पनि पेसागत सीपमा निपुणता हासिल गरेको थिइनँ, र मैले कुनै प्रविधि सिकेको थिइनँ। म आफै कामकुरा सम्हाल्न असमर्थ थिएँ, र म एकदमै बेकम्मा थिएँ। मैले देखेँ, म कुनै मर्यादा वा निष्ठाविना शैतानका विचार र दृष्टिकोणहरूअनुसार जिइरहेको थिएँ, र म मेरा कर्तव्य पूरा गर्न असफल मात्र भइनँ, तर अझ महत्त्वपूर्ण कुरा त, मैले सत्यता प्राप्त गर्न सकिनँ, र मलाई परमेश्वरद्वारा मुक्ति दिइने थिएन। शैतानी विषहरू नकारात्मक कुराहरू हुन् र तिनीहरूले मानिसहरूलाई भ्रमित पार्छन्, जसले गर्दा तिनीहरू दुराचारमा पर्छन्। म अब उप्रान्त यसरी जिउन चाहन्नथेँ। आफ्ना कर्तव्यहरूप्रतिको मनोवृत्ति बदल्न, आफ्नो देहविरुद्ध विद्रोह गर्न, र आफ्नो कर्तव्य पूर्ण हृदयले गर्न इच्छुक भई, मैले परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले नोआले परमेश्वरको आज्ञालाई कसरी व्यवहार गरे भन्नेबारे परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मैले अभ्यासका केही मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अनेक प्रकारका समस्या, कठिन परिस्थिति र चुनौतीहरूको सामना गर्दा, नोआ कहिल्यै पछि हटेनन्। तिनका केही थप कठिन इन्जिनियरिङ कार्यहरू बारम्बार विफल र क्षतिग्रस्त हुँदा, नोआलाई हृदयमा उदास र चिन्तित महसुस भए पनि, जब तिनले परमेश्वरका वचनहरूबारे सोच्थे, जब तिनले परमेश्वरले तिनलाई दिनुभएको आज्ञाका हरेक वचन र परमेश्वरले तिनलाई गर्नुभएको उत्थानलाई सम्झन्थे, तब तिनलाई प्रायः अत्यन्तै उत्प्रेरित महसुस हुन्थ्यो: ‘म हार मान्न सक्दिनँ, परमेश्वरले मलाई आज्ञा गर्नुभएको र सुम्पनुभएको कुरालाई म त्याग्न सक्दिनँ; यो परमेश्वरको आज्ञा हो, र मैले यसलाई स्वीकार गरेको हुनाले, मैले परमेश्वरले बोल्नुभएका वचन र परमेश्वरको आवाज सुनेको हुनाले र मैले यसलाई परमेश्वरबाट स्वीकार गरेको हुनाले, म पूर्ण रूपमा समर्पित हुनुपर्छ, मानवजातिले हासिल गर्नु पर्ने कुरा यही हो।’ तसर्थ, तिनले जुनसुकै प्रकारका कठिनाइहरू भोगे पनि, तिनले जस्तोसुकै उपहास वा अपमान सामना गरे पनि, तिनको शरीर जतिसुकै शिथिल र थकित भए पनि, तिनले परमेश्वरले तिनलाई सुम्पनुभएको कुरालाई त्यागेनन्, र परमेश्वरले भन्नुभएको र आज्ञा गर्नुभएको हरेक वचनलाई निरन्तर मनमा राखे। तिनको परिवेश जतिसुकै परिवर्तन भए पनि, तिनले जतिसुकै ठूलो कठिनाइ सामना गरे पनि, तिनमा विश्वास थियो कि यीमध्ये कुनै पनि कुरा सदाका लागि रहनेछैन, केवल परमेश्वरका वचनहरू कहिल्यै बितेर जानेछैनन्, र परमेश्वरले गर्न भनेर आज्ञा गर्नुभएका कुराहरू मात्र अवश्यै पूरा हुनेछन्। नोआलाई परमेश्वरप्रति साँचो आस्था थियो, र तिनमा हुनुपर्ने समर्पण थियो, अनि तिनले परमेश्वरले अह्राउनुभएको जहाज बनाउने कामलाई निरन्तरता दिए। दिनप्रतिदिन, वर्षेनी, नोआ वृद्ध बन्दै गए, तर तिनको आस्था घटेन, र परमेश्वरको आज्ञा पूरा गर्ने तिनको मनोवृत्ति र दृढतामा कुनै परिवर्तन आएन। तिनको शरीरलाई थकित र शिथिल महसुस भएको, र तिनी बिरामी परेको, हृदयमा तिनी कमजोर भएको समयहरू आए पनि, परमेश्वरको आज्ञा पूरा गर्ने र परमेश्वरको वचनमा समर्पित हुने तिनको दृढता र अठोटमा कमी आएन। नोआले जहाज बनाएका वर्षहरूमा, तिनी परमेश्वरले भन्नुभएका वचनहरू सुन्ने र तिनमा समर्पित हुने अभ्यास गर्दै थिए, र तिनी एक सृजित प्राणी र सामान्य व्यक्तिका रूपमा परमेश्वरको आज्ञा पूरा गर्न आवश्यक पर्ने एक महत्त्वपूर्ण सत्यताको अभ्यास पनि गर्दै थिए” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई))। यसबारे सोच्दा, जहाज बनाउँदा नोआले जतिसुकै ठूला कठिनाइहरूको सामना गरे तापनि, उनले कहिल्यै गुनासो गरेनन्, पछि हट्ने कुरा त परै जाओस्। उनले परमेश्वरको आज्ञा कहिल्यै बिर्सेनन्, उनी १२० वर्षसम्म निरन्तर लागिरहे, र अन्ततः जहाज बनाएर सिध्याए, र परमेश्वरको आज्ञा पूरा गरे। परमेश्वरको आज्ञा पूरा गर्ने र परमेश्वरका वचनहरूमा समर्पित हुने नोआको दृढता र लगनशीलताले परमेश्वरको अनुमोदन प्राप्त गर्यो। त्यसपछि मैले फेरि आफैलाई हेरेँ। आफ्ना कर्तव्यमा सामान्य कठिनाइहरूको सामना गर्दा, म पछि हट्न चाहन्थेँ, र ममा कष्ट भोग्ने र मूल्य चुकाउने सङ्कल्प, र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्ने इच्छाको कमी थियो। वास्तवमा, मसँग प्रविधिहरू सिक्नका लागि तयार ट्युटोरिअलहरू थिए र म मेरो सहकर्मीसँग पनि सल्लाह गर्न सक्थेँ, त्यसैले म यी कुराहरू सिक्न असक्षम थिइनँ, तर मैले कष्ट भोग्नुपर्ने र मूल्य चुकाउनुपर्ने भएकाले, म अध्ययन गर्न चाहन्नथेँ। मैले देखेँ, ममा आफ्ना कर्तव्यप्रति कुनै बफादारी थिएन, र यदि म जहाज बनाउने काममा संलग्न भएको भए, म धेरै पहिले नै भागिसकेको हुनेथिएँ, र त्यो जहाज कहिल्यै पूरा हुने थिएन। हामीले परमेश्वरको आज्ञाप्रति नोआको मनोवृत्ति अनुकरण गर्न सकौँ भन्ने आशामा, परमेश्वरले नोआको उदाहरणबारे यति विस्तृत रूपमा सङ्गति गर्नुभयो। भविष्यमा आफ्ना कर्तव्यमा कठिनाइहरूको सामना गर्दा, म फेरि भाग्नु वा पछि हट्नुहुँदैन, मैले सजिलो काम मात्र गर्न चाहन र दैहिक सुखभोगमा लिप्त हुन छोड्नुपर्थ्यो, र मैले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। साथै, मैले पेसागत सीपहरू सिक्न र आफ्ना कर्तव्य पूरा गर्न थप मूल्य चुकाउनुपर्थ्यो।
त्यसपछि, मैले नयाँ सीपहरू सिक्नका लागि समय मिलाएँ। सन् २०२४ को अक्टोबरको सुरुमा, हामीले एउटा नयाँ स्पेसल इफेक्ट बनाउनुपर्ने भयो। यस प्रकारको इफेक्ट सधैँ मेरो सहकर्मीले बनाउने गर्थे, त्यसैले मैले सोचेँ, यदि मैले यो बनाएँ भने, कठिनाइहरूको सामना गरेको खण्डमा, मैले तीबारे मनन गर्न धेरै समय र मानसिक प्रयास लगाउनुपर्नेछ, र यो धेरै झन्झटिलो हुनेछ। मलाई आफूले फेरि आफनो देहको ख्याल गरिरहेको महसुस भयो, त्यसैले मैले यस पटक, यो झन्झटिलो देखिन्छ भन्दैमा पछि हट्न सक्दिनँ भन्ने ठानेँ। त्यसपछि मैले भनेँ, “यो स्पेसल इफेक्ट म बनाउँछु।” मैले परमेश्वरका वचनहरू सम्झेँ: “यदि तैँले परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यसरी सहकार्य गर्न सकेको भए, परमेश्वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुभएको हुन्थ्यो, ताकि तैँले मामिलाहरू सम्हाल्दै गर्दा ती सबै आफै ठिक हुनेथिए, र त्यसले राम्रो नतिजा निकाल्नेथ्यो। तैँले त्यति अत्यन्तै ठूलो मात्रामा ऊर्जा लगाउनु पर्नेथिएन; जब तैँले सहकार्य गर्न आफूले सक्दो प्रयास गर्थिस्, परमेश्वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्नुभएको हुनेथ्यो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। आफूमाथि आएका कर्तव्यहरूप्रति मानिसहरूको मनोवृत्तिलाई परमेश्वरले हेर्नुहुन्छ। यदि मानिसहरूसँग सहकार्य गर्ने हृदय छ भने, परमेश्वरले तिनीहरूका लागि एउटा मार्ग बनाइदिनुहुनेछ, त्यसैले मैले पहिले कहिल्यै यस्तो प्रकारको स्पेसल इफेक्ट नबनाएको भए तापनि, म सहकार्य गर्नका लागि परमेश्वरमा भर पर्नुपर्थ्यो। पछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँको मार्गदर्शन मागेँ, र काम गर्ने क्रममा, मैले जानकारी खोजेँ र छिट्टै केही विचारहरू पाएँ। स्पेसल इफेक्ट बनाउने प्रक्रियाको क्रममा पछि केही कठिनाइहरूको सामना गरे तापनि, अध्ययन र अनुसन्धानमार्फत, समस्याहरू अन्ततः समाधान भए, र मैले निकै सहज महसुस गरेँ। साथै, मेरो सीपमा पनि केही सुधार भयो।
डिसेम्बरमा, म स्पेसल इफेक्टहरू बनाउनका लागि एउटा नयाँ तरिका अनुसन्धान गर्न चाहन्थेँ। त्यसले काम गरेको खण्डमा, दक्षतामा सुधार गर्ने थियो। सुरुमा कामकुरा निकै सहज रूपमा अघि बढ्यो, तर अघि बढ्दै जाँदा, मलाई एउटा प्राविधिक चुनौती आइपर्यो। मैले सबै प्रकारका तरिकाहरू अपनाएँ, तर मैले त्यो चुनौती समाधान गर्नै सकिनँ। मेरो सहकर्मी पनि मद्दत गर्न आए, तर हामीले कुनै राम्रो समाधान सोच्न सकेनौँ। मैले मनमनै सोचेँ, “यो समस्या मेरा वर्तमान प्रविधिहरूले समाधान गर्न सकिँदैन, त्यसैले सायद मेरो सीपमा सुधार भएपछि म यसमा फर्कनुपर्छ।” तर त्यसपछि मैले विगतमा आफ्ना कर्तव्य निर्वाह गर्दा, म कसरी कठिनाइको पहिलो सङ्केतमा नै सधैँ पछि हट्थेँ भन्नेबारे सोचेँ, त्यसैले अब म सजिलै हार मान्न चाहन्नथेँ, र मैले मार्गदर्शनका लागि परमेश्वरलाई प्रार्थना गरेँ। भोलिपल्ट, मैले मेरो अनुसन्धान जारी राखेँ, र बारम्बारको परीक्षणपछि, अप्रत्याशित रूपमा, समस्या समाधान भयो। म धेरै खुसी भएँ, र मैले परमेश्वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद दिएँ। मैले के महसुस गरेँ भने, यदि हामीले आफ्नो कर्तव्यमा मन लगायौँ र मूल्य चुकायौँ भने, हामीले आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछौँ, र जबसम्म हामी परमेश्वरसँग सहकार्य गर्न इच्छुक हुन्छौँ, परमेश्वरले हामीलाई मार्गदर्शन गर्नुहुनेछ। अहिले मेरा प्राविधिक सीपहरूमा अझै पनि धेरै कमीकमजोरीहरू छन्, र मैले अझ कठिन प्रविधिहरू सिक्न थालेको छु। नयाँ प्रविधिहरू सिक्दा, म अब उप्रान्त कठिनाइमा डुब्दिनँ, र यसको सट्टा आफ्नो कर्तव्य पूरा गर्न परमेश्वरलाई प्रार्थना गर्छु र उहाँमा भर पर्छु। मलाई परमेश्वरको मार्गदर्शनमा त्यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु साँच्चै अत्यन्तै राम्रो लाग्छ! परमेश्वरलाई धन्यवाद!