८. नयाँ विश्वासीहरूलाई मलजल गर्दाको एउटा विशेष अनुभव

जोर्जिना, म्यान्मार

सन् २०२१ को अगस्टमा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्दै थिएँ। केही समयसम्म, मैले अनलाइनमा तीन जना नयाँ विश्वासीहरूलाई मलजल गरेँ। यी तीन जना नयाँ विश्वासीहरू भेलाहरूमा उपस्थित हुन निकै उत्सुक थिए, तर उनीहरूको गाउँमा इन्टरनेट नभएकाले, उनीहरू इन्टरनेटका लागि टाढाको पहाडमा जानुपर्थ्यो, तैपनि तिनीहरू हरेक भेलामा उपस्थित हुन्थे। तिनीहरूसँग कुरा गर्दा मैले उनीहरूका दुई छिमेकी गाउँहरू प्रत्येकमा एक सयभन्दा बढी मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार अझैसम्म नसुनेको थाहा पाएँ। मैले यी मानिसहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिने र तिनीहरूलाई परमेश्‍वरसामु ल्याउने जिम्मेवारी महसुस गरेँ। एउटा भेलाको क्रममा, मैले यी तीन जना नयाँ विश्वासीहरूसँग मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायबारे सङ्गति गरेँ, र मैले उनीहरूलाई परमेश्‍वरको वचनको एउटा खण्ड पढेर सुनाएँ: “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले यसरी सङ्गति गरेँ, “परमेश्‍वरका वचनहरू बिस्तारै पूरा हुँदैछन्, र प्रकोपहरू दिनप्रतिदिन झन् खराब हुँदैछन्। प्रकोपहरू अरू देशहरूमा मात्र आइरहेका नभई, हाम्रो वा प्रदेशले पनि गम्भीर महामारी भोगिरहेको छ। अहिले सहर र गाउँहरू लकडाउनमा छन्, र धेरै मानिसहरू क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बस्दा खाना वा पानी नपाएर कतिले त हाम फालेर आत्महत्या गरेका छन्, अनि कति चाहिँ महामारी लागेपछि क्वारेन्टाइनको खर्च तिर्न नसकेर झुन्डिएर मरेका छन्। काम गर्न बाहिर गएका केही मानिस लकडाउनका कारण घर फर्कन सकेनन्, उनीहरूका परिवारका सदस्यहरू मरे, तर उनीहरूले अन्तिम पटक भेट्नसमेत पाएनन्। हरेक दिन, अनगिन्ती मानिसहरू सङ्क्रमित हुन्छन्, र मर्नेहरूको सङ्ख्या त गनिसाध्य छैन। आज हामी ठीकठाक भए पनि, भोलि के हुन्छ कसैलाई थाहा छैन। परमेश्‍वरको काम स्वीकार गर्न र उहाँका वचनहरू सुन्न पाएकोमा हामी भाग्यमानी छौँ। हामीले तुरुन्तै हाम्रा परिवार, छिमेकी र साथीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्नुपर्छ, ताकि उनीहरूले पनि परमेश्‍वरको आवाज सुन्न, उहाँसामु आउन, सत्यता प्राप्त गर्न, र उहाँको मुक्ति पाउन सकून्। यदि हामीले अहिले उनीहरूलाई सुसमाचार सुनाएनौँ, र कुनै दिन उनीहरू सङ्क्रमित भएर बितिहाले भने, के हामीलाई पछुतो लाग्नेछैन र? तर त्यतिबेला हामी चेत हुनेगरी रोए पनि, काम लाग्नेछैन। के तपाईँहरू आफ्नो गाउँमा सुसमाचार प्रचार गर्न इच्छुक हुनुहुन्छ?” यो सुनेपछि, उनीहरू सबैले त्यसो गर्न सहमति जनाए। भोलिपल्ट साँझ, उनीहरूले सुसमाचार स्विकार्ने सम्भावना भएका कैयौँलाई लिएर आए। उनीहरूमध्ये गाउँ प्रमुखको छोरो र गाउँमा निकै प्रतिष्ठित लेखापाल पनि थिए। सुसमाचार प्रचारकले उनीहरूसँग साँचो परमेश्‍वर र झूटा ईश्‍वरहरूबीचको भिन्नता छुट्याउनेसम्बन्धी सत्यताबारे, र कसरी प्रकोपहरूमा साँचो परमेश्‍वरमा विश्वास गरेर मात्र सुरक्षित रहन सकिन्छ, अनि झूटा ईश्वरहरूमा विश्वास गर्नेहरू कसरी प्रकोपहरूमा पर्नेछन् र अन्तमा आगो र गन्धकको कुण्डमा पर्नेछन् भन्नेबारे सङ्गति गरे। तीमध्ये कतिपयले परमेश्‍वरका वचनहरू सुनेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वर मात्र सम्पूर्ण मानवजातिलाई मुक्ति दिन सक्नुहुने एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी बुझे। उनीहरू परमेश्‍वरका वचनहरू सुनेर खुसी भए र भावविभोर भएर रोए। पछि, उनीहरूले अपेक्षाकृत असल मानवता भएका आफ्ना आफन्त र साथीहरूलाई परमेश्‍वरका वचनहरू सुन्न ल्याए। बीस दिनभन्दा बढी समयमै, यी दुई गाउँबाट एक सयभन्दा बढी मानिसहरू परमेश्‍वरका आखिरी दिनहरूको कामको खोजीनिति गर्न आए, र तीमध्ये साठीभन्दा बढीलाई मलजल गर्ने जिम्मेवारी मेरो थियो। मैले एकैचोटि यति धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्लान् भनेर कहिल्यै सोचेको थिइनँ।

पछि, ती दुई गाउँबाट साँचो मार्गको खोजीनिति गर्न झन्-झन् धेरै मानिसहरू आए। छिमेकी गाउँका एक जिल्ला अधिकारीले गाउँलेहरूले हाम्रा प्रवचनहरू सुनिरहेको थाहा पाए, र उनले गाउँका मिलिसियालाई गस्ती र निरीक्षण गर्न परिचालन गरे। भर्खरै साँचो मार्गको खोजीनिति गर्न थालेका सोह्र जना नयाँ विश्वासीहरूलाई पक्राउ गरियो, र उनीहरूलाई जरिवाना पनि तिराइयो। मिलिसियाले दिनरात गस्ती गर्ने भएकाले, गाउँलेहरूले गाउँमा प्रवचन सुन्ने आँट गरेनन्, र कतिपय त भेलाका लागि पहाडमा आउनै छोडे। गाउँमा इन्टरनेट नभएकाले, नयाँ विश्वासीहरू आफैले इन्टरनेट खोजेर मलाई सम्पर्क नगरेसम्म, तिनीहरूलाई सम्पर्क गर्न निकै गाह्रो थियो। त्यतिबेला, मलाई अब सबै सकिएझैँ लाग्यो। अरूलाई सुसमाचार सुनाउने कुरा त परै जाओस्, पछिल्ला दुई दिनमा भर्खरै परमेश्‍वरको काम स्विकारेका नयाँ विश्वासीहरू समेत दह्रिलो भएर खडा हुन नसक्लान्। त्यही बेला, एक जना भेला समूह अगुवाले इन्टरनेट चलाउन पहाडमा गएर मसँग सम्पर्क गरे। उनले भने, “अहिले परिस्थिति निकै खराब छ, अनि पुलिस र मिलिसियाले हरेक दिन जताततै गस्ती गरिरहेका छन्। के हामी महिनामा एक पटक मात्र भेला हुन सक्छौँ?” मैले मनमनै सोचेँ, “त्यसो गरेर हुँदैन। नयाँ विश्वासीहरूको कद सानो छ; उनीहरूले धेरै सत्यता बुझेका छैनन् र उनीहरूलाई निरन्तर मलजल र साथ-सहयोग चाहिन्छ। जेसुकै भए पनि, हामीले नयाँ विश्वासीहरू भेलामा उपस्थित हुन सक्ने कुरा सुनिश्चित गर्नैपर्छ।” समूह अगुवा र मैले “सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर” नामक वृत्तचित्र हेर्‍यौँ। मैले भनेँ, “मोशाले इस्राएलीहरूलाई मिश्रबाट निकालेर लग्दा, उनीहरूको अगाडि लाल समुद्र थियो, र पछाडि पिछा गरिरहेको सैनिकहरू थिए। अघि बढ्ने कुनै बाटो थिएन, तर उनीहरू शान्त भए, परमेश्‍वरलाई प्रार्थना गरे, उहाँमा भर परे, र परमेश्‍वरले उनीहरूका लागि एउटा बाटो खोलिदिनुभयो। उनीहरूले परमेश्‍वरको अख्तियार देखे। परमेश्‍वरले लाल समुद्रलाई दुई भागमा बाँड्नुभयो, र बीचमा सुख्खा जमिन देखा पर्‍यो। इस्राएलीहरूले लाल समुद्र पार गरे, जबकि पिछा गरिरहेका सैनिकहरू पानीमा डुबे। यसले परमेश्‍वरले जसलाई मुक्ति दिने निधो गर्नुभएको छ, उहाँले तिनीहरूलाई निश्चय नै मार्गदर्शन गर्नुहुनेछ भन्ने देखाउँछ।” त्यसपछि मैले उनलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाएँ: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। त्यसपछि मैले यसरी सङ्गति गरेँ, “बाहिरबाट हेर्दा, अधिकारीले हाम्रो परमेश्‍वरप्रतिको विश्वासमा अड्चन हालिरहेको जस्तो देखिन्छ, तर यसको पछाडि शैतानको बाधा छ। शैतान हामीले परमेश्‍वरका वचनहरू सुनेको चाहँदैन, त्यसैले त्यसले हामीलाई आफ्नो आस्था त्याग्न बाध्य पार्नका लागि हामीलाई सताउन र पक्रन अधिकारीलाई प्रयोग गरिरहेको छ। जसरी अय्यूबलाई जाँचिदा र उनले आफ्नो सबै धनसम्पत्ति गुमाउँदा, बाहिरबाट हेर्दा त्यो डाँकुहरूको काम जस्तो देखिन्थ्यो, तर वास्तवमा, यो त शैतानले अय्यूबलाई परीक्षामा पारेको र आक्रमण गरेको थियो। जब अय्यूबले यी सबै परीक्षाहरूको सामना गरे, उनले परमेश्‍वर विरुद्ध गुनासो गरेनन् बरु यहोवा परमेश्‍वरको नाउँको प्रशंसा गरे। शैतानले अय्यूबलाई जति नै बाधा दिए पनि, उनले परमेश्‍वरलाई त्यागेनन्, र अन्तमा, शैतान लज्जित भयो र पछि हट्यो। अहिले, अधिकारीको बाधा र सतावट सामना गर्दा, यदि हामी महिनामा एक पटक मात्र परमेश्‍वरका वचनहरू सुन्ने गरी बाँधियौँ भने, के त्यसको मतलब शैतानको षड्यन्त्र सफल भयो भन्ने हुँदैन र? यदि हामी यस्तो परिस्थितिमा भेला हुन लागिपरिरह्यौँ भने, शैतान लज्जित हुनेछ।” मेरो सङ्गति सुनेपछि, समूह अगुवाले आफू फिर्ता गएर यी नयाँ विश्वासीहरूलाई भेलामा बोलाउन इच्छुक भएको कुरा बताए। समूह अगुवाको सङ्गतिमार्फत, नयाँ विश्वासीहरूले एकपछि अर्को गर्दै भने, “परमेश्‍वरले अनुमति नदिई केही पनि हुन सक्दैन।” “हामी पक्राउ पर्छौँ कि पर्दैनौँ भन्ने कुरा परमेश्‍वरको हातमा छ।” “शैतान हामीलाई हाम्रो आस्था त्याग्न लगाउन र हामीलाई घिसारेर नरकमा लैजान सरकारको बाधा प्रयोग गर्न चाहन्छ। उनीहरूले हामीलाई जति नै सताए पनि, हामी निश्चय नै परमेश्‍वरलाई पछ्याउनेछौँ र हाम्रो आस्था कहिल्यै त्याग्नेछैनौँ।” परिस्थिति निकै प्रतिकूल भए पनि, केही बढी उत्सुक नयाँ विश्वासीहरूले भेलामा उपस्थित हुनका लागि इन्टरनेट सिग्नल पाउने उपायहरू खोजे। तर, उनीहरूका भेला हुने ठाउँहरू खुलासा भएकाले, उनीहरू पहिले जस्तो साठी वा सत्तरी जनाको समूहमा भेला हुन सक्दैनथे, र प्रत्येक भेला हुने ठाउँमा बढीमा बीस जना मात्रै हुन सक्थे। हामीले साना-साना समूहमा भेलाहरूको प्रबन्ध गर्ने तयारी गरिरहेकै बेला, हामीले अर्को कठिनाइको सामना गऱ्यौँ। नयाँ विश्वासीहरूसँग इन्टरनेट चल्ने दुईवटा मात्र सिम कार्ड भएकाले, यदि उनीहरू भेलाका लागि छुट्टिए भने, सबैलाई पुग्ने सिम कार्ड हुने थिएन, त्यसैले केही गाउँलेहरूले अझै पनि परमेश्‍वरका वचनहरू सुन्न पाउने थिएनन्। साथै, बीस जनाले एउटै फोन प्रयोग गरेर भेला गर्दा, इन्टरनेट राम्ररी नचलेको बेला, कतिपयले स्पष्टसँग सङ्गति सुन्न सक्दैनथे, र भेलाहरूमा राम्रो नतिजा हासिल हुँदैनथ्यो। परिस्थिति निकै गाह्रो लागेकाले, म निरुत्साहित हुन थालेँ। त्यतिबेला, मैले सोचेँ, “बरु म आफैँ त्यहाँ जान सकेको भए, म आफैँ उनीहरूलाई मलजल गर्न सक्थेँ।” त्यसपछि मैले सुपरिवेक्षकलाई आफ्ना विचारहरू बताएँ र सुपरिवेक्षक मलाई स्थानीय क्षेत्रमा जान दिन सहमत हुनुभयो।

त्यो साँझ, म स्थानीय अतिथि सत्कारक निवासमा पुगेँ। ठीक त्यही बेला, नयाँ विश्वासीहरूको समूह अगुवाहरूले मलाई म्यासेज गरे, त्यसैले मैले उनीहरूलाई भोलिपल्ट मध्याह्नमा एउटा भेलाका लागि ब्रदर-सिस्टरहरूलाई बोलाउन भनेँ, र जति सक्दो धेरै मानिसहरूलाई बोलाउन र गुप्त ठाउँ खोज्न लगाएँ। भोलिपल्ट, हामी सहमति भएको ठाउँमा पुग्यौँ, र म त स्तब्ध भएँ। आश्चर्यजनक रूपमा, साठीभन्दा बढी नयाँ विश्वासीहरूको समूह नै त्यहाँ उपस्थित भयो, र एक-एक गर्दै उनीहरू मसँग हात मिलाउन र अङ्गालो हाल्न आए, हरेक जना उत्सुकतासाथ आफ्नो परिचय दिइरहेका थिए। उनीहरू खुशीले उफ्रिरहेका चराहरूको बगाल जस्तै थिए, र यो यस्तो दृश्य थियो जुन मैले पहिले कहिल्यै देखेको थिइनँ। त्यस दिनको भेलापछि, उनीहरूले अर्को गाउँका नयाँ विश्वासीहरूलाई सुसमाचार सुन्न बोलाए। तेस्रो दिन, समूह अगुवाले हामीलाई लामो पहाडी बाटो हुँदै लगे, र हामीले एउटा शान्त, गुप्त ठाउँ भेट्टायौँ। लगभग पचास जना नयाँ विश्वासीहरू आए। तर हामी भेला गरिरहेकै बेला, गाई चराइरहेको एक जना गैरविश्‍वासीले हामीलाई देख्यो। मैले सोचेँ, “के उसले मेरो उजुरी गर्ला? के अधिकारी वा पुलिस मलाई पक्रन आउलान्?” मैले भाग्ने विचार गरेँ। तर त्यही क्षण, मैले पहिले पढेको परमेश्‍वरको वचनको एउटा खण्ड याद गरेँ: “ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: ‘मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।’ … यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्‍नो ठूलो ‘जिम्‍मेवारी बोध’ र ‘बफादारिता’ देखाउँछन्। यदि कुनै काम गर्नुको अर्थ तिनीहरूले जोखिम उठाउनुपर्छ भन्ने हुन्छ, र त्यसमा तिनीहरू खतरामा पर्ने, तिनीहरूलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने सम्भावना हुन्छ भने, तिनीहरूले बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्‍ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्‍नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूबारे कुनै वास्ता नगरी, आफूलाई उम्काउने र आफ्‍नो कर्तव्य त्याग्‍ने उपाय सोच्छन्, र आफूलाई खतराबाट निकाल्ने बारे मात्रै चासो राख्छन्। तिनीहरूले मानसिक रूपमा आफूलाई तयार गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ भन्नेबारे, वा परमेश्‍वरको घरका हितहरूमा त्यसले के-कस्तो हानि गर्न सक्छ भन्‍नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी आफूले गरिरहेको सबै काम तुरुन्तै छोड्नेछन्—तिनीहरूलाई भाग्‍नुको मात्रै मतलब हुन्छ। तिनीहरूले आफूलाई रक्षा गर्नका लागि ‘धूर्त जुक्ति समेत लुकाएर राखेका हुन्छन्’: तिनीहरूमाथि खतरा आइपर्नेबित्तिकै वा तिनीहरू पक्राउ पर्नेबित्तिकै, तिनीहरू आफूलाई थाहा भएका सबै कुरा बताउँछन्, आफ्नो सुरक्षा कायम राख्न आफूलाई निर्दोष साबित गर्छन् र सबै जिम्‍मेवारी त्याग्छन्। तिनीहरूले तयार पार्ने योजना यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। ख्रीष्टविरोधीहरूले खतरा नभएको बेला सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह र काम गर्न सक्छन्, तर जब खतरा आइपर्छ, उनीहरूले सबैभन्दा पहिले आफ्नै सुरक्षाबारे सोच्छन्। उनीहरू आफ्नो सुरक्षालाई सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्छन् र मण्डलीको हितको कुनै वास्ता गर्दैनन्। ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्, र उनीहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन। मेरो आफ्नै व्यवहार पनि ख्रीष्टविरोधीको जस्तै थियो। सुरुमा, म नयाँ विश्वासीहरूसँग भेला हुन पहाडमा जान सक्थेँ, र मैले केही काम गरिरहेको र केही कष्ट भोगिरहेको जस्तो देखिन्थ्यो, तर जब मेरो आफ्नै सुरक्षामा असर पऱ्यो, म आफ्नो कर्तव्य त्यागेर उम्कन चाहेँ। मैले आफ्नो सुरक्षालाई सबैभन्दा माथि राखिरहेको थिएँ, र मैले यी नयाँ विश्वासीहरूका लागि पहिले प्रबन्ध मिलाउने कुरा कहिल्यै सोचिनँ। यति धेरै नयाँ विश्वासीहरू पक्राउ परे भने, उनीहरूको कद सानो भएकाले सम्भवतः पछि हट्ने थिए, तर म केवल आफूलाई खतराबाट बाहिर निकाल्ने चिन्तामा थिएँ। म साँच्चै स्वार्थी थिएँ! यो सोचेर, मैले तुरुन्तै नयाँ विश्वासीहरूलाई सुरक्षित ठाउँमा लगेँ। कोही खाडलमा लुके, कोही घाँसमा, र कोही जङ्गलमा। गाई चराउने मानिस गएपछि, हामीले भेलालाई निरन्तरता दियौँ, र पहरा दिनका लागि केही ब्रदरको प्रबन्ध मिलायौँ। भेलापछि, हामीले अर्को भेलाको समय तोक्यौँ।

पछि, एक सयभन्दा बढी मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरे। त्यतिबेला, ती दुई गाउँका नयाँ विश्वासीहरूको सङ्ख्या लगभग दुई सय पुगेको थियो। यति धेरै मानिसहरू परमेश्‍वरका वचनहरू सुन्न आएकाले अधिकारीको ध्यान झनै तानियो, र उसले गाउँका गैरविश्‍वासीहरू र प्राथमिक तहका विद्यार्थीहरूलाई समेत पहाडमा गस्ती गर्न आदेश दियो। अधिकारीले यसो पनि भन्यो कि यदि उनीहरूले हाम्रो भेला हुने ठाउँ भेट्टाए भने, उनीहरू हरेकलाई एक सय युआन इनाम दिइनेछ। त्यतिबेला, गाउँमा मात्र होइन पहाडमा पनि गस्ती हुन्थ्यो। त्यसैले परिस्थिति झन्-झन् खराब हुँदै गयो, तर हरेक दिन, नयाँ विश्वासीहरूले आफ्ना आफन्त र साथीहरूलाई परमेश्‍वरका वचनहरू सुन्न ल्याइरहे, र दुवै गाउँका गाउँ प्रमुख र उप-प्रमुख समेत परमेश्‍वरका वचनहरू सुन्न आए। अधिकारीको सतावटका कारण, हामीले हाम्रो भेला हुने ठाउँ लगातार फेरिरहनुपर्थ्यो। कहिले हामी खेतमा भेला हुन्थ्यौँ, कहिले बलौटे क्षेत्रमा, कहिले जङ्गलमा, र कहिले हामी भेला हुनका लागि टाढाको पहाडसम्म जानुपर्थ्यो। जब म नयाँ विश्वासीहरूलाई मलजल गर्न जान्थेँ, म हरेक दिन अधिकारीको घरको छेउ हुँदै जान्थेँ। त्यो मेरो बाटोमा पर्थ्यो र म त्यसलाई छल्न सक्दिनथेँ, र मलाई प्रायः अधिकारी र पुलिसले मलाई देख्लान् र त्यसपछि अचानक अधिकारीको गेटकै अगाडि रोकेर पक्रेलान् भन्ने डर लाग्थ्यो। यदि म पक्राउ परेँ र मेरो परिवारले थाहा पायो भने म के गर्थें? उनीहरू पहिले नै मेरो आस्थाको विरोध गर्थे; यदि उनीहरूले म पक्राउ परेको थाहा पाए भने के उनीहरूले मलाई झनै बढी सताउने थिएनन् र? यस्तो होला भन्ने सोच हरेक दिन मेरो दिमागमा आइरहन्थ्यो, र यसबारे सोच्दा मात्रै पनि मलाई निकै डर लाग्थ्यो। हरेक दिन नयाँ विश्वासीहरूलाई मलजल गर्न जाँदा, म साँच्चै तनावमा हुन्थेँ। अधिकारीको घरको छेउ हुँदै जाँदा, म सास फेर्न पनि मुश्किलले आँट गर्थेँ, र म पछाडि फर्केर हेर्ने आँट नगरी मेरो मोटरसाइकलमा हुइँकिन्थेँ। जब म डराउँथे, म मनमनै परमेश्‍वरलाई पुकार्थेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा भजन याद गरेँ, “परमेश्‍वरले सिद्ध पार्ने कुरा आस्था हो”: “आखिरी दिनहरूको काममा हामीबाट सबैभन्दा ठूलो आस्था र प्रेम आवश्यक हुन्छ, थोरै लापरवाहीको कारण हामीले ठेस खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्‍वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौँ शोधनहरू सहिसकेका हुन्छन् र तिनीहरूसँग अय्यूबको भन्दा ठूलो आस्था हुन्छ, जसका लागि तिनीहरूले कहिल्यै परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहनुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित हुन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो आस्था हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। जब मैले यो भजन गाएँ, मैले भित्र बलियो महसुस गरेँ। परमेश्‍वरले मलाई उहाँका वचनहरू अनुभव गर्ने र उहाँमाथिको मेरो आस्थालाई बलियो बनाउने अनुमति दिनका लागि यस्तो परिस्थिति आउन दिनुभएको थियो भन्ने कुरा मैले बुझेँ। यो गाउँमा आउनुअघि, मलाई आफूमा परमेश्‍वरप्रति ठूलो आस्था छ जस्तो लाग्थ्यो, तर ममाथि तथ्यहरू आइपरेपछि, त्यसले मेरो साँचो कद प्रकट गऱ्यो। मैले परमेश्‍वरमाथिको मेरो आस्था निकै सानो रहेछ भन्ने देखेँ। परमेश्‍वर मेरो आस्थालाई सिद्ध पार्नका लागि यो सतावटको वातावरण प्रयोग गरिरहनुभएको थियो। म यो अनुभव गर्न परमेश्‍वरमा भर पर्न इच्छुक भएँ। पछि, अधिकारीबाट हुने सतावट झनै गम्भीर भयो। उसले गाउँलेहरूलाई भेला गरिरहेको जो कोहीलाई देखे पनि उजुरी गर्न, र उनीहरूले एक जना विश्वासीको उजुरी गरेबापत ५०० युआन र दुई जनाका लागि १,००० युआन इनाम पाउने भनेर भन्यो। मलाई उनीहरू एकदमै दुष्ट लाग्यो। हामीले परमेश्‍वरमा विश्वास गरेर कुनै अपराध गरेका थिएनौँ, तैपनि उनीहरूले हामीलाई पक्रन कुनै कसर बाँकी राखेनन्। म उनीहरूलाई मनैदेखि निकै घृणा गर्थेँ। उनीहरूले पत्ता नलगाऊन् भनेर, हामीले भेलाको समय बिहान १० बजेबाट बिहान ६ बजे सार्‍यौँ। त्यो डिसेम्बर महिना थियो, र निकै चिसो थियो, तर नयाँ विश्वासीहरू अझै पनि उत्सुकतासाथ भेलाहरूमा आउँथे। कोही ६० वर्षभन्दा माथिका थिए र अझै पनि भेलामा लागिपरिरहन्थे, कोही आफ्नो पूरै परिवारसँग आउँथे, र कोही त भर्खर एक महिनाको बच्चा बोकेर पहाडमा भेलाका लागि आउँथे। उनीहरू सक्रिय रूपमा भेलाहरूमा सहभागी भएको देखेर, म गहिरो रूपमा प्रभावित भएँ र मेरो आस्था उनीहरूको जस्तो बलियो छैन भन्ने सोचेर लाज पनि लाग्यो। म मानिसहरूलाई परमेश्‍वरका वचनहरू सुन्नबाट रोक्नका लागि गाउँका सबैलाई गस्ती गर्न र विश्वासीहरूको उजुरी गर्न परिचालन गर्ने यो शैतानी शासनलाई घृणा पनि गर्थेँ। यसको बावजुद, सुसमाचारको काममा कुनै असर परेन, र सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार यस क्षेत्रमा फैलिरह्यो। साथै, गस्ती गर्नेहरूले हामीलाई एक पटक पनि भेट्टाएनन्। परमेश्‍वरको सुरक्षाका लागि हामी उहाँप्रति साँच्चै आभारी थियौँ!

एक दिन, मेरो गैरविश्‍वासी पति सेनाबाट अचानक घर फर्किए। उनी नयाँ वर्षमा फर्कने कुरा थियो, तर अनपेक्षित रूपमा, उनी यस पटक चाँडै घर आए। उनले मलाई घरमा नदेखेपछि म कहाँ गएको थिएँ भनेर सोध्न फोन गरे, र भोलिपल्ट बिहान तुरुन्तै घर फर्कन भने। भोलिपल्ट, जब उनले म नफर्केको देखे, उनले मलाई म्यासेज पठाए। त्यतिबेला, मसँग इन्टरनेट थिएन र मैले उनलाई जवाफ दिइनँ, र उनी निकै रिसाए। पछि, मेरो पतिले मलाई घर फर्कन भन्दै फोन गरिरहे, यदि म छिटो नफर्केमा सम्बन्धविच्छेद गर्ने धम्कीसमेत दिए। मैले कमजोर महसुस गरेँ। मेरो परिवारले पहिले नै मेरो परमेश्‍वरप्रतिको विश्वासको विरोध गर्थ्यो, र मेरी सासुले मेरो पतिलाई मसँग सम्बन्धविच्छेद गर्न अक्सर उक्साउनुहुन्थ्यो। यदि म घर फर्किनँ भने, के मेरो पतिले साँच्चै मसँग सम्बन्धविच्छेद गर्लान् त? मेरो हृदय पीडाले भरियो, र मैले सोचेँ, “के म केही दिनका लागि घर जाऊँ?” तर मलाई थाहा थियो, एक पटक फर्केपछि, मलाई फेरि निस्कन गाह्रो हुनेछ। यी नयाँ विश्वासीहरूलाई कसले मलजल गर्ला? मेरो हृदयमा ठूलो छटपटी भयो, र मैले आफ्नो हृदयमा उम्लिरहेका गुनासाहरूलाई रोक्न सकिनँ। “परमेश्‍वरले ममाथि यस्तो हुन किन दिनुभयो? मेरो पति मलाई घर जान कर गरिरहन्छन्, र यदि म गइनँ भने, उनले मसँग सम्बन्धविच्छेद गर्नेछन् भनेर भन्छन्। तर यदि म घर गएँ भने, म कसरी आफ्नो कर्तव्य पूरा गर्न सक्छु र?” मेरो हृदयमा, म परमेश्‍वरको अभिप्राय के हो भनेर सोचिरहेँ। सोच्दा-सोच्दै, मैले अचानक परमेश्‍वरका वचनहरू याद गरेँ: “मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्‍ने प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू सबैभन्दा अहङ्कारी र परमेश्‍वरप्रति सबैभन्दा विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यो परमेश्‍वरलाई धोका दिनु र समर्पणविहीन हुनु हो। परमेश्‍वरसँग मागहरू गर्नु आफैमा समझविहीन हुनु हो; यदि तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै विश्‍वास गर्छस् भने, तैँले उहाँसँग मागहरू राख्ने आँट गर्नेछैनस्—जुन गर्न तँ योग्य पनि छैनस्—चाहे ती तर्कसङ्गत होऊन् वा नहोऊन्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्—अरू कुनै विकल्प छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। मैले आफू परमेश्‍वरले खुलासा गर्नुभएजस्तै नै रहेको बुझेँ। जब परमेश्‍वरले मेरा इच्छाहरू अनुरूप परिस्थितिहरू मिलाउनुहुन्थ्यो, म समर्पित हुन इच्छुक हुन्थेँ, तर जब ती मेरा इच्छाहरू अनुरूप हुँदैनथे, म समर्पित हुन अनिच्छुक हुन्थेँ र परमेश्‍वरसँग अविवेकी मागहरू गरिरहन्थेँ। मैले सोचेँ, मैले आफ्नो कर्तव्य निर्वाह र सुसमाचार प्रचार गरिरहेकीले, परमेश्‍वरले मेरो रेखदेख गर्नुपर्छ, मेरो पतिको सतावट र बाधाबाट बचाउनुपर्छ र उनलाई चाँडै घर आउन दिनुहुँदैन, किनकि उनी घर फर्केमा मैले सुसमाचार प्रचार गर्न सक्ने थिइनँ। म परमेश्‍वरले मेरा मागहरू पूरा गरिदिनुहोओस् भन्ने चाहन्थेँ, र जब उहाँले त्यसो गर्नुभएन, मैले उहाँका प्रबन्धहरू अनुपयुक्त भएको भनेर गुनासो गरेँ र जिद्दी भएर उहाँसँग बहस गरेँ। म साँच्चै अविवेकी थिएँ! विगतमा, जब म सुसमाचार प्रचार गर्न घर छोड्न सक्थेँ, मलाई मेरो कद बढेको छ र म परमेश्‍वरमा समर्पित भइसकेको छु भन्ने लाग्थ्यो। अब, मैले अन्ततः मेरो साचो कद स्पष्ट देखेँ। ममाथि आइपरेको यो कुरा मेरा धारणाहरूसँग मेल नखाए पनि, यो मेरा लागि आफूलाई बुझ्ने एउटा राम्रो अवसर थियो।

मैले यी नयाँ विश्वासीहरू कति उत्सुकतासाथ परमेश्‍वरका वचनहरूको तृष्णा गर्छन् भन्नेबारे सोचेँ। मौसम जतिसुकै चिसो भए पनि, यात्रा जतिसुकै लामो भए पनि, वा परिस्थिति जतिसुकै भयानक भए पनि, उनीहरू अझै पनि भेलाहरूमा उपस्थित हुन लागिपरिरहे। यदि म घर फर्केँ भने, उनीहरूलाई कसले मलजल गर्ला? तर यदि म फर्किनँ भने, मैले सम्बन्धविच्छेदको सामना गर्नुपर्ने हुन सक्थ्यो। जब म निर्णय गर्न सङ्घर्ष गरिरहेको थिएँ, ठीक त्यही बेला मैले सुपरिवेक्षकले पहिले सुनाउनुभएको परमेश्‍वरको वचनको एउटा खण्ड याद गरेँ: “के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकका मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति धेरै मानिसहरूले गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई यो स्थितिमा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले, त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्‍वर देखा पर्नुभएको र यति धेरै वर्षदेखि काम गरिरहनुभएको छ, तर धेरै मानिसहरूलाई अझै पनि थाहा छैन र तिनीहरू झूटा ईश्वरको पूजा गरिरहेका छन्, शैतानको छलमा जिइरहेका छन्। पहिले परमेश्‍वरको सुसमाचार पाएका हामीमा उहाँको कामको गवाही दिने जिम्मेवारी छ ताकि उनीहरूले परमेश्‍वरको आवाज सुन्न र सकेसम्म चाँडो परमेश्‍वरसामु आउन सकून्। यी नयाँ विश्वासीहरूसँगका भेलाहरूबारे फर्केर सोच्दा, जब हामी उनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउँथ्यौँ, तब उमेर वा लिङ्गको जेसुकै होस्, उनीहरू सबैको आँखामा तृष्णा हुन्थ्यो, मानौँ उनीहरूले भर्खरै अँध्यारो संसारमा ज्योति आएको देखेका थिए, मानौँ उनीहरूले धेरै लामो समयदेखि ज्योतिको आगमनको प्रतीक्षा गरिरहेका थिए र अन्ततः आशा भेट्टाएका थिए। सरकारी सतावट र पक्राउ पर्ने र जरिवाना तिर्नुपर्ने जोखिमको सामना गर्दा पनि, लामो यात्रा गर्नुपरे पनि, र कतिपयसँग त भर्खर एक महिनाको बच्चा हुँदा पनि, उनीहरू एउटै भेला पनि छुटाउन इच्छुक हुँदैनथे, र उनीहरू परमेश्‍वरका वचनहरू सुन्न दिनभरि भेला हुन चाहन्थे। उनीहरू सरकारी सतावटदेखि डराउँदैनथे, बरु उनीहरू परमेश्‍वरका वचनहरू सुन्न र भेला हुन नपाउने कुरादेखि डराउँथे। केही नयाँ विश्वासीहरूले भने, “सिस्टर, नडराउनुहोस्। हामी शैतानसँग छापामार युद्ध लड्नेछौँ। यदि उनीहरू पहाडमा गए भने, हामी तल झर्नेछौँ। हामी भेला हुने उपाय खोज्नेछौँ।” यो सुन्नु निकै हृदयस्पर्शी थियो। यदि मैले उनीहरूलाई यसरी नै छोडेर गएँ, जसले गर्दा उनीहरूले परमेश्‍वरका वचनहरू सुन्न सकेनन् भने, मेरो विवेकले मलाई दोष दिने थियो। मैले कसरी परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन कति धेरै सत्यता व्यक्त गर्नुभएको छ, र कसरी मैले परमेश्‍वरका वचनहरूको मलजल र प्रबन्धको आनन्द उठाएको छु, सत्यताका धेरै रहस्य बुझेको छु, र मेरो भ्रष्ट स्वभावलाई फाल्ने मार्ग पाएको छु भन्नेबारे सोचेँ। परमेश्‍वरले मलाई यति धेरै दिनुभएको छ, र उहाँको प्रेम कति महान् छ! म परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु, र म परमेश्‍वरलाई निराश पार्नेछैनँ वा उहाँको प्रेमलाई खेर फाल्नेछैनँ भनिरहन्थेँ, तर मेरो पतिले मसँग सम्बन्धविच्छेद गर्लान् भन्ने डरले, मैले आफ्नो कर्तव्य त्याग्न र नयाँ विश्वासीहरूलाई पछाडि छोड्न चाहेँ। मैले यदि म गएँ भने के होला भनेर समेत सोचेकी थिइनँ: अधिकारीले उनीहरूलाई सताइरहनेथिए, यदि उनीहरू पक्राउ परे भने, उनीहरूलाई जरिवाना तिराइनेछ वा जेल हालिनेछ भनेर धम्की दिनेथिए। के तिनीहरू कमजोर र डरपोक हुनेथिए, अनि भेलामा उपस्थित हुन आँट गर्नेथिएनन्? उनीहरूलाई मलजल गर्ने कोही नभएपछि, के तिनीहरू नकारात्मक भएर पछि हट्नेथे र? उनीहरूले सत्यताको यति धेरै तृष्णा गर्थे कि परमेश्‍वरका वचनहरू सुन्नका लागि, उनीहरू बिहान उज्यालो हुनुअघि नै भेला हुने ठाउँमा आइपुग्थे, र मेरो प्रतीक्षा गर्थे। यदि उनीहरूले परमेश्‍वरका वचनहरू सुन्न सक्थेनन् भने, के उनीहरूलाई सास्ती र पीडा हुनेथियो? यदि मैले यसरी नै छोडेर गएँ भने, के मैले परमेश्‍वर र उनीहरूप्रति ठिक गरिरहेको हुने थिएँ र? यदि मैले सम्बन्धविच्छेदको डरले यी नयाँ विश्वासीहरूलाई छोडेँ, जसले गर्दा उनीहरू कमजोर भएर पछि हटे भने, म परमेश्‍वरको सामु आफ्नो अनुहार देखाउन सक्ने थिइनँ! मैले यसबारे जति धेरै सोचेँ, त्यति नै मैले परमेश्‍वरप्रति ऋणी महसुस गरेँ।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनको एउटा खण्ड याद गरेँ: “जब परमेश्‍वर काम गर्नुहुन्छ—जब परमेश्‍वरले कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले उसलाई योग्य ठान्नुहुन्छ र अनुमोदन गर्नुहुन्छ—तब शैतानले नजिकबाट पछ्याउँछ, र उसलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्‍वर त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुहुने हुनाले, शैतानले आफ्नो अवर्णनीय उद्देश्य हासिल गर्नका लागि, बाटो छेक्न आफ्नो भएभरको शक्ति लगाउँछ, र परमेश्‍वरको काममा बाधा दिन र क्षति पुर्‍याउन विभिन्‍न घृणित उपाय प्रयोग गर्छ। यो उद्देश्य के हो त? त्यसले परमेश्‍वरले कुनै पनि व्यक्ति प्राप्‍त गर्नुहोस् भन्ने चाहँदैन; परमेश्‍वरले प्राप्त गर्ने अभिप्राय राख्‍नुभएका सबैलाई त्यसले थुतेर लग्न चाहन्छ, ताकि त्यसले तिनीहरूलाई कब्जा गर्न, नियन्त्रण गर्न, र आफ्नो अधीनमा राख्‍न सकोस्, ताकि तिनीहरूले त्यसको आराधना गरून् अनि परमेश्‍वरको प्रतिरोध गर्नका निम्ति दुष्टता गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र? … परमेश्‍वरसँग युद्ध गर्दा, र उहाँको पछि-पछि लाग्दा, शैतानको उद्देश्य परमेश्‍वरले गर्न चाहेका सबै काम ध्वस्त पार्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहेकाहरूलाई कब्जा र नियन्त्रण गर्नु हुन्छ। त्यसले परमेश्‍वरले प्राप्त गर्न चाहेकाहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छ, वा यदि तिनीहरू नष्ट भएनन् भने तिनीहरूलाई आफ्नो बनाएर प्रयोग गर्न चाहन्छ। यसको उद्देश्य यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरका वचनहरू मनन गरेर, मैले जहाँ परमेश्‍वरको काम जान्छ, शैतानको बाधा त्यहीँ पछि लाग्छ भन्ने कुरा बुझेँ। परमेश्‍वर उहाँमा साँचो रूपमा विश्वास गर्नेहरूलाई प्राप्त गर्न चाहनुहुन्थ्यो, तर शैतानले उनीहरूलाई सताउन सरकारलाई प्रयोग गरिरहेको थियो, उनीहरूलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न कुनै कसर बाँकी राखेको थिएन। जब शैतानले यस्तो सतावटद्वारा आफ्नो लक्ष्य हासिल गर्न नसकिने देख्यो, तब त्यसले आफ्नो रणनीति बदल्यो, र मेरो पतिलाई सम्बन्धविच्छेदको धम्की दिन लगायो, मलाई त्यो गाउँ छोड्न बाध्य पार्न खोज्यो, किनकि यसरी, यी नयाँ विश्वासीहरूलाई मलजल गर्ने कोही हुने थिएन। शैतानको लक्ष्य उनीहरूलाई परमेश्‍वरका वचनहरू सुन्नबाट रोक्नु र उनीहरूलाई बिस्तारै पछि हटाउनु थियो। शैतान साँच्चै नीच र निर्लज्ज छ! यदि म घर फर्केँ भने, के म शैतानको चालमा फस्ने थिइनँ र? शैतानको कुटिल अभिप्राय स्पष्ट देखेर, मैले यी नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्ने मन बनाएँ। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म घर फर्किन्नँ। म यी दुई गाउँका नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्न तपाईँमा भर पर्नेछु। मेरो पतिले मसँग सम्बन्धविच्छेद गरे पनि, म फर्किन्नँ।” सम्बन्धविच्छेदका लागि आफूलाई तयार पारिसकेपछि, मैले कहिल्यै अपेक्षा नगरेको कुरा के भयो भने, भोलिपल्टै मेरो पतिले मलाई आफ्नो राम्रो ख्याल राख्न भन्दै म्यासेज पठाए। उनले चिसो भएकाले, मैले धेरै लुगा लगाउनुपर्छ र सुसमाचार प्रचार गर्दा होसियार हुनुपर्छ भनेर भने। उनले म आफूलाई मन लागेको बेला फर्के हुन्छ भनेर पनि भने र मलाई जाडोको लुगा किन्न ४,००० युआन समेत पठाइदिए। म साँच्चै परमेश्‍वरप्रति आभारी भएँ!

त्यसपछिका दिनहरूमा, म मेरो पतिद्वारा त्यति नबाँधिएको भए पनि, तर अधिकारीको सतावट कम हुनुको सट्टा झन्-झन् गम्भीर हुँदै गयो। पछि, मैले “ख्रीष्टलाई पछ्याउँदै, म मृत्युसम्म पनि कहिल्यै पछाडि फर्कनेछैन” भन्ने भजन सुनेँ “ख्रीष्टलाई पछ्याउँदै, म कहिल्यै पछि हट्नेछैन, मृत्युसम्म पनि”:

आखिरी दिनहरूका मानिसको पुत्र सत्यता व्यक्त गर्नुहुन्छ, र अनगिन्ती हृदयलाई ब्युँझाउनुहुन्छ। म परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् भन्ने देख्छु, त्यसैले म उहाँलाई पछ्याउँछु। शैतान, ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उन्मत्त रूपमा दमन गर्छ र पक्रन्छ। ख्रीष्टलाई पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्नेहरू आफ्नो जीवन जोखिममा पारेर त्यसो गर्छन्। परमेश्‍वरको गवाही दिएको कारण म कुनै दिन पक्राउ पर्न र सताइन सक्छु। म आफ्नो हृदयमा यो धार्मिकताका खातिर गरिएको सतावट हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्छु। सुसमाचार प्रचार गरेको कारण म कुनै दिन पक्राउ पर्न र जेल पर्न सक्छु। यो उहाँलाई पछ्याउनेहरूका लागि परमेश्‍वरले नियोजन गर्नुभएको कष्ट हो। सुसमाचार प्रचार गर्ने यस मार्गमा म अझै कति हिँड्न सक्छु भन्ने कुरा मलाई थाहा छैन, तर म जीवित हुञ्जेल परमेश्‍वरका वचनहरू प्रसार गर्नेछु र ख्रीष्टको गवाही दिनेछु। म सत्यता पछ्याउन र परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि मात्र आफूलाई समर्पित गर्छु। यस जीवनमा, ख्रीष्टलाई पछ्याउन र उहाँको गवाही दिन पाउँदा मेरो हृदय गर्वले भरिन्छ। मैले राज्य साकार भएको दिन देख्न नसके पनि, आज गवाही दिन र शैतानलाई अपमानित गर्न सक्नु नै मेरो लागि पर्याप्त छ। सतावट र सङ्कष्टमा परमेश्‍वर मेरो साथमा हुनुहुन्छ; उहाँ मेरो सहारा हुनुहुन्छ। सायद मेरो जीवन क्षणिक आतसबाजीजस्तै बिलाएर जानेछ, तर परमेश्‍वरका लागि शहीद हुनु भनेको एउटा जोडदार गवाही दिनु हो। मैले राज्यको सुसमाचार फैलाउनमा आफ्नो झिनो बल अर्पण गरेको छु। मलाई कुनै गुनासो छैन र कुनै पछुतो छैन। परमेश्‍वरको गवाही दिन सक्षम हुनु भनेको मेरो जीवन व्यर्थ नजानु हो। यो परमेश्‍वरको नियोजन हो, र म उहाँलाई प्रशंसा र धन्यवाद चढाउँछु।

परमेश्‍वरका वचनहरू संसारभर फैलिन्छन्; ख्रीष्टको राज्य मानिसहरूको बीचमा देखा परेको छ। प्रकोपहरूको बीचमा, परमेश्‍वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ, र ती सबैले उहाँको गवाही दिइरहेका छन्। अन्धकार हटेर जाँदैछ, र धार्मिकताको बिहानी देखा परेको छ। परमेश्‍वरले शैतान, ठूलो रातो अजिङ्गरलाई हराउनुभएको छ। महिमा प्राप्त गर्नुभएका परमेश्‍वरको प्रशंसा होस्!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

यो भजन सुनेपछि म साँच्चै प्रभावित र उत्प्रेरित भएँ। यी दुई गाउँहरूमा नयाँ विश्वासीहरूलाई मलजल गर्दा म पक्राउ पर्न र सताइन सक्थेँ—परमेश्‍वरको महिमाको दिन देख्नुअघि नै मर्न पनि सक्थेँ—तर मलाई पछुतो लाग्नेथिएन। परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न र उहाँको राज्यको सुसमाचार प्रसार गर्न पाउनु कस्तो सम्मानको कुरा हो। यो बुझेपछि, मैले भविष्यमा आइपर्ने जेसुकै पनि अनुभव गर्न अझै बढी आस्था प्राप्त गरेँ।

अधिकारीले हामी हरेक बिहान ६ बजे भेला हुन्थ्यौँ भन्ने थाहा पायो, र त्यसैले ऊ ५ बजे आफ्नो आँगनमा आगो बालेर हामीलाई पर्खिरहेको हुन्थ्यो। जब म उसको घरको छेउबाट मोटरसाइकल चलाएर जान्थेँ, उसले मलाई देख्ला कि भन्ने डरले म आफ्नो बत्ती निभाउँथेँ वा इन्जिन बन्द गरेर ठेल्दै जान्थेँ। हामी पहाडमा जाँदा टर्चलाइट बाल्ने आँट गर्दैनथ्यौँ, र कहिलेकाहीँ पानी पर्दा, हामी गाउँको दुर्गम भेगका ब्रदर-सिस्टरहरूको घरमा भेला हुन्थ्यौँ। अरूले पत्ता नलगाऊन् भनेर, भेला सकिएपछि, केही ब्रदर-सिस्टरहरू दाउरा बोकेर घर फर्कन्थे, कोही गाईवस्तु डोर्याएर फर्कन्थे, र कोही जङ्गली साग टिपेर घर लैजान्थे। अधिकारी आफ्नो आँगनमा आगो बालेर हामीलाई पर्खिरहेको हुन्थ्यो, तर हामी एक पटक पनि फेला परेनौँ। मलाई थाहा थियो, यो सबै परमेश्‍वरको हातमा थियो, र उहाँले अधिकारीका आँखा छोपिदिनुभएको थियो। यस्तो परिस्थिति अनुभव गरेर, मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरेँ। पछि, यी दुई गाउँका मानिसहरूमध्ये, अधिकारी, उसकी श्रीमती, र खराब मानवता भएका केही मानिसहरू बाहेक, सबैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरे। अधिकारीको भाइ, बहिनी, बुहारी, र ससुराले समेत स्वीकार गरे। अन्तमा, हामीले उनीहरू मार्फत अर्को गाउँका मानिसहरूलाई सुसमाचार प्रचार गऱ्यौँ, र त्यतिबेला, लगभग सत्तरीदेखि असी जनाले परमेश्‍वरको काम स्वीकार गरे। अधिकारीले हामीलाई जति नै सताए पनि, यी नयाँ विश्वासीहरू अझै पनि सक्रिय रूपमा भेलाहरूमा आउँथे, र नयाँ विश्वासीहरूको सङ्ख्या बढिरह्यो। यो साँच्चै पवित्र आत्माको कामको नतिजा थियो। मैले शैतानले जुनसुकै विधि प्रयोग गरे पनि, त्यसले सुसमाचारको कामको विस्तारलाई रोक्न सक्दैन भन्ने देखेँ।

त्यस समयमा, मैले केही शारीरिक कठिनाइहरू भोगेँ, र मैले सरकारी सतावट र मेरो पतिबाट भएको बाधा पनि अनुभव गरेँ, जुन त्यतिबेला निकै पीडादायी थियो, तर मैले धेरै कुरा पाएँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ४. अलग्याइएपछिका चिन्तनहरू

अर्को: १०. अगुवा बन्न मेरो अनिच्छाको पछाडि के लुकेको छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

४०. ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्