४. अलग्याइएपछिका चिन्तनहरू
सन् २०२३ को मार्चमा, हाम्रो जिल्लामा जिल्ला अगुवा छान्नका लागि उप-चुनाव हुँदै थियो। मैले मनमनै सोचेँ, “मेरो जीवन प्रवेश सबैभन्दा राम्रो नभए पनि, मैले सधैँ सुसमाचारको कामको जिम्मेवारी लिँदै आएकी छु। मेरो जिम्मेवारीको दायरा निकै फराकिलो रहेको छ, र कामले केही नतिजाहरू दिएको छ। यो जिल्ला अगुवाको चुनावमा, ब्रदर-सिस्टरहरूले सायद मलाई नै चुन्नुपर्ने हो, होइन र? म अहिले सुसमाचारको कामकी सुपरिवेक्षक भए पनि, तर यो एउटै कार्यमा सीमित काम हो, र मलाई थोरै मानिसले मात्र चिन्छन्। तर जिल्ला अगुवा हुनु भनेको फरक कुरा हो। उनीहरू समग्र कामको सुपरिवेक्षण गर्छन्, र धेरै मानिसले उनीहरूलाई आदरभाव देखाउँछन् र प्रशंसा गर्छन्। यदि अन्त्यमा म चुनिएँ भने, ब्रदर-सिस्टरहरूले म सत्यता पछ्याउँछु, र सुसमाचारको कामको सुपरिवेक्षण गर्न मात्र होइन, अगुवा बन्न पनि सक्छु भनी पक्कै सोच्नेछन्।” यो सोचेर, म साह्रै खुसी भएँ।
ती दिनहरूमा, म आफ्नो कर्तव्यमा ज्यादै सक्रिय थिएँ, अनि जबजब कसैले ग्रुप च्याटमा प्रश्न सोध्थ्यो, म तुरुन्तै जवाफ दिन्थेँ, र कहिलेकाहीँ, म अगुवाहरूसँग समस्याहरूबारे सोधीखोजी गर्थेँ र आफूले भेट्टाएका समस्याहरू उनीहरूलाई गोप्य रूपमा रिपोर्ट गर्थेँ, ताकि उनीहरूले ममा बोझ र जिम्मेवारीको भावना छ भनी सोचून्, र चुनावमा मलाई भोट दिऊन्। मेरो लागि एकदमै अचम्मको कुरा के भयो भने, एक रात, मैले माथिल्ला अगुवाहरूबाट आएको एउटा म्यासेज देखेँ, जसमा सिस्टर चार्लोटलाई जिल्ला अगुवा चुनिएको घोषणा गरिएको थियो। त्यो नाम देख्दा, म साँच्चै निराश भएँ, र मैले सोचेँ, “चार्लोटले सधैँ अगुवाइका कर्तव्यहरू निर्वाह गर्दै आएकी भए पनि, उनी हाम्रो जिल्लामा सुसमाचार प्रचार गर्न भर्खरै आएकी हुन् र यहाँको अवस्थाबारे खासै परिचित छैनन्। त्यसोभए उनलाई किन जिल्ला अगुवा चयन गरियो त? केही समयदेखि मैले उनको कामको सुपरिवेक्षण गर्दै आएकी थिएँ, तर अब उनलाई अगुवा चुनिएको छ र उनले मेरो कामको अनुगमन गर्नेछिन्, त्यसैले अब म आफ्नो अनुहार कसरी देखाउन सक्छु त? के ब्रदर-सिस्टरहरूले मलाई साँच्चै त्यति निम्न-स्तरीय देख्न सक्छन् होला त?” मलाई चित्तै बुझेन। “म कुन हिसाबले चार्लोटभन्दा निम्न-स्तरीय छु? हाम्रो आ-आफ्नो जिम्मेवारीको दायराको हिसाबले, उनको दायरा मेरोभन्दा फराकिलो छैन; कामको अनुभव र सिद्धान्तहरूमा पोख्त भएको कुरामा पनि, उनी मभन्दा राम्री छैँदै छैनन्; अनि दुःख भोग्ने र मूल्य चुकाउने कुरामा, मैले पक्कै पनि धेरै दुःख भोगेकी छु। म सुसमाचारको कामको सुपरिवेक्षक भएको समयमा, मण्डलीले मलाई जे गर्न लगायो, मैले त्यही गरेँ, र मलाई काममा समस्याहरू आइपर्दा, परिस्थिति जतिसुकै कठिन वा पीडादायी भए पनि, मैले कहिल्यै गुनासो वा गनगन गरिनँ। तर मेरो यत्रो कडा मिहिनेतको बाबजुद, चार्लोटलाई किन चुनियो र मलाई किन चुनिएन? के ममा केही खराबी भएको हुन सक्छ र? के म जिल्ला अगुवा बन्न लायक थिइनँ र? के म एउटै कार्यमा सीमित कर्तव्य निर्वाह गर्न मात्रै लायक थिएँ र?” मैले त्यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै असहज महसुस भयो, र मैले आफ्ना कर्तव्यहरू पूरा गर्ने उत्प्रेरणा गुमाएँ।
त्यस समयमा, मण्डलीको सुसमाचारको काममा केही कठिनाइ र समस्याहरू आइपरे, र संयोगवश चार्लोट मुख्यगरी यही क्षेत्रका लागि जिम्मेवार थिइन्। चार्लोट यी समस्याहरू कसरी समाधान गर्ने भनी छलफल गर्न ब्रदर-सिस्टरहरूसँग कुरा गर्दै थिइन्। यो काम मेरो सुपरिवेक्षणको दायराभन्दा बाहिरको भए तापनि, मैले अझ लामो समयदेखि सुसमाचारको कामको सुपरिवेक्षण गर्दै आएकी थिएँ, त्यसैले मैले समाधानबारे छलफल गर्न उनीहरूसँग सहकार्य गर्नुपर्थ्यो। तर जब मैले यो चार्लोट जिम्मेवार रहेको कामको दायरा हो भन्ने सोचेँ, तब मलाई लाग्यो, यदि मैले साँच्चै समस्याहरू समाधान गरिदिएँ भने, माथिल्ला अगुवाहरूले पक्कै पनि यो चार्लोटको उपलब्धि हो भनी सोच्नेछन्, र उनीसित कार्य सामर्थ्य छ भनेर भन्नेछन्। जब मैले यस्तो सोचेँ, मलाई छलफलमा भाग लिने चाहना भएन। सहभागी हुन भनिँदा पनि, म विनम्रतापूर्वक बहाना बनाउँथेँ, र भन्थेँ, “तपाईँहरू छलफल गर्नुहोस्, मलाई यसबारे खासै थाहा छैन।” यहाँसम्म कि म चार्लोटका कमजोरीहरूलाई पक्रेर उसलाई समस्यामा पार्थेँ, बेलाबेलामा मेरा वरपरका सिस्टरहरूसँग आफ्नो असन्तुष्टि पोख्थेँ, र भन्थेँ, “सिद्धान्तहरू नबुझी हुँदै हुँदैन। अहिले काममा यति धेरै समस्याहरू हुँदा, सिद्धान्तहरू नबुझी उनले कसरी कामको अनुगमन गर्न र समस्याहरू समाधान गर्न सक्छिन् र?” उनीहरू सुनेर सहमति जनाउँदै भन्थे, “हो नि, उनले सिद्धान्तहरू नबुझ्नु साँच्चै ठीक होइन, किनभने यसरी त उनले समस्याहरू समाधान गर्न सक्दिनन्।” यो सुनेपछि, म भित्रभित्रै खुसी हुन्थेँ, र सोच्थेँ, “तिमीहरूले मलाई खासै महत्त्व नदिने हुनाले, तिमीहरूले जसलाई चुन्यौ उसैलाई काम गर्न देऊ न त। म उसले वास्तवमा कति राम्रोसँग काम गर्न सक्छे भनी हेर्न चाहन्छु। जब काममा समस्याहरू उत्पन्न हुन्छन्, तब म तथ्यहरू प्रयोग गरेर तिमीहरूको छनोट गलत थियो भनी प्रमाणित गर्नेछु, र म तिमीहरूलाई मलाई नछान्नुको परिणाम देखाउनेछु।” वास्तवमा, त्यस समयमा, म अन्धकार र पीडाले भरिएकी थिएँ, अनि काममा समस्याहरू आएको देख्दा, कहिलेकाहीँ मलाई दोषी पनि महसुस हुन्थ्यो, र यी समस्याहरू जतिसक्दो चाँडो समाधान गर्न मैले चार्लोटसँग मिलेर काम गर्नुपर्छ भनी सोच्थेँ। मैले धेरै चोटि चार्लोटलाई म्यासेज गर्न चाहेँ, तर आफूलाई जिल्ला अगुवा नचुनिएको बारेमा सोच्दा, म आफ्नो घमण्ड त्याग्न सक्दिनथेँ, र म किबोर्डबाट हात हटाउँथेँ। मेरो हृदयलाई सास्ती भइरहेको थियो; मभित्र द्वन्द्व चलिरहेको थियो; त्यो अत्यन्तै कष्टकर थियो। मैले मेरो स्थिति गलत छ र यसलाई तुरुन्तै सुधारेर परिवर्तन गर्नुपर्छ भन्ने महसुस गरेँ, तैपनि म चार्लोटबाट सङ्गति खोजेर आफ्नो अभिमान त्याग्न चाहन्नथेँ। त्यस समयमा, म ख्याति र हैसियतको मोहमा डुबेकी थिएँ, र मेरो ध्यान आफ्नो कर्तव्यमा थिएन। अगुवाहरूले केही काम कार्यान्वयन गर्दा म सहकार्य गर्न अनिच्छुक हुन्थेँ; मेरा ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा सिद्धान्तहरू बुझ्न नसक्दा, उनीहरू कठिनाइमा जिउँदा र दिशाहीन हुँदा, मैले उनीहरूका कठिनाइहरू समाधान गर्न मदत गरिनँ; अनि माथिल्ला अगुवाहरूले मलाई सुसमाचारको कामको अनुगमनमा मदत गर्न मार्गदर्शन प्रदान गर्दा, मैले समयमै त्यसको अनुगमन गरिनँ वा मार्गदर्शनलाई कार्यान्वयन गरिनँ। फलस्वरूप, सुसमाचारको कामको प्रभावकारिता निरन्तर घटिरह्यो र यो लगभग गतिरोधको स्थितिमा पुग्यो।
केही समय नबित्दै मलाई बर्खास्त गरियो। त्यसपछि अगुवाहरूले मलाई एउटा सुसमाचार समूहको कामको जिम्मेवारी दिनुभयो। मैले आफूलाई किन बर्खास्त गरियो भनी चिन्तन त गरिनँ नै, उल्टै, मैले अगुवाहरूले मलाई बर्खास्त गर्नु हुँदैनथ्यो भनी गुनासो गरेँ, र कामको अनुगमन गर्ने कुनै सोच नराखी प्रतिरोधको भावनामा जिइरहेँ। काममा भएका समस्याहरू समयमा समाधान नगरेको र अनुगमनको काममा सुस्त भएको कारणले सुपरिवेक्षकले मलाई खुलासा र काँटछाँट गर्नुभयो, तर मैले त्यो कुरा स्विकार्नै सकिनँ। एक महिनाभन्दा अलि बढी समयपछि, मैले जिम्मा लिएको काममा अझै कुनै सुधार देखिएन। मैले सत्यता स्वीकार गर्न र आत्मचिन्तन गर्न लगातार अस्वीकार गरेको सुपरिवेक्षकले देख्नुभयो, त्यसैले उहाँले मलाई समूह अगुवाको पदबाट बर्खास्त गर्नुभयो। त्यसपछि, मलाई एउटा साधारण मण्डलीमा झारियो, र मेरो स्थिति झनै खस्कियो। म कसैसँग बोल्न चाहन्नथेँ, र भेलाहरूमा सङ्गति गर्न मुखसमेत खोल्दिनथेँ। अगुवाहरूले मलाई धेरै चोटि मदत गर्न खोज्नुभयो, तर मैले उहाँहरूको फोन उठाइनँ। समूह अगुवाले मेरो कामको अनुगमन गरेकोप्रति म प्रतिरोध महसुस गर्थेँ, र लगातार धेरै महिनासम्म, मेरो कर्तव्यबाट कुनै नतिजा आएन। चार महिनापछि, एक जना अगुवाले अचानक मलाई सम्पर्क गरेर भन्नुभयो, “ब्रदर-सिस्टरहरूले तिमी आफ्नो कर्तव्यप्रति उपेक्षापूर्ण मनोवृत्ति राख्छौ, तिमीले कुनै वास्तविक नतिजा हासिल गरेकी छैनौ, र तिम्रो मानवता खराब छ भनेर रिपोर्ट गरेका छन्। तिमीलाई बर्खास्त गरेदेखि नै तिमी नकारात्मक र प्रतिरोधी स्थितिमा जिइरहेकी छौ। तिमीमा सत्यता स्वीकार गर्ने मनोवृत्ति नै छैन, र तिमी समूह अगुवाले तिम्रो कामको सुपरिवेक्षण र अनुगमन गरेको पनि स्वीकार गर्दिनौ। सिद्धान्तहरू अनुसार, तिमीलाई चिन्तन गर्नका लागि अलग्याइनुपर्छ।” जब मैले आफूलाई अलग्याइन लागिएको छ भन्ने थाहा पाएँ, मेरो दिमाग नै खाली भयो। यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि र आफ्नो कर्तव्यका लागि परिवार र करियर त्यागेपछि, मलाई अन्त्यमा अलग्याइनेछ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। ती दिनहरूमा, अगुवाले मलाई चिरफार गर्दा भन्नुभएको कुरा म अक्सर सम्झन्थेँ, “तिमी सत्यता स्वीकार गर्ने व्यक्ति होइनौ,” “तिम्रो मानवता खराब छ,” र “तिमीमा साँचो समर्पणता छैन।” यी शब्दहरू मेरो दिमागमा घुमिरहन्थे। म आफैलाई सोधिरहन्थेँ, “के मेरो आस्थाको यात्रा यहीँ समाप्त भएको हुन सक्छ त?” मलाई हृदयमा खोक्रो महसुस भयो, र म रुन चाहन्थेँ, तर आँसु आउँदैनथ्यो। मलाई मेरो लागि कुनै राम्रो परिणाम छैन जस्तो लाग्यो, र मलाई संसारमा फर्कने सोच समेत आयो। जब मैले साँच्चै छोड्न चाहेँ, मेरो हृदय ग्लानिले भरियो, र मैले कुनै पनि हालतमा परमेश्वरलाई नछोड्ने भनी एक पटक आफूले गरेको वाचा सम्झेँ। मैले यति धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, र मैले परमेश्वरका यति धेरै वचन खाएकी र पिएकी थिएँ र उहाँको यति धेरै अनुग्रह र आशिष्को आनन्द लिएकी थिएँ। यदि म यसरी छोडेर गएँ भने म साँच्चै विवेकहीन हुनेथिएँ। तर जब मैले आफूलाई मण्डलीले अलग्याइसकेको कुरा सोचेँ, म साह्रै नकारात्मक भएँ र मलाई के गर्ने भनी थाहा थिएन। त्यस समयमा, म कसैलाई भेट्न चाहन्नथेँ, र मैले जिउँदो लासझैँ जिएर दिनहरू बिताएँ।
एक दिन, मेरो दाँत अचानक साह्रै दुख्यो, र मैले प्रयोग गरेको कुनै पनि औषधिले काम गरेन। राति, म एक्लै सिरकभित्र रोएँ, र मेरो हृदयमा बयान गर्न नसकिने एक्लोपन र उराठिलोपन भरिएको थियो। म परमेश्वरलाई प्रार्थना गर्न चाहन्थेँ, तर उहाँसँग आमनेसामने हुन मलाई साह्रै लाज लाग्यो। मलाई लाग्यो, म परमेश्वरले मुक्ति दिने व्यक्ति होइन, र म अब परमेश्वरलाई प्रार्थना गर्न योग्य छैन। मैले परमेश्वरप्रति आफ्नो हृदय जति बन्द गरेँ, मेरो दाँत त्यति नै बढी दुख्दै गयो। मैले हृदयमा पुकारेँ, “परमेश्वर, परमेश्वर…” मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मलाई साह्रै गाह्रो भइरहेको छ। म तपाईँमाथिको आस्था त्याग्न चाहन्न, तर मलाई के गर्ने भन्ने थाहा छैन।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनका यी खण्डहरू सम्झेँ: “यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ)। “तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्न नदे। निरन्तर अघि बढिराख्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरू मनन गर्दा, म साह्रै भावुक भएँ। मलाई परमेश्वरले अझै पनि मार्गदर्शन गरिरहनुभएको, हार नमान्न र अगाडि बढिरहन प्रोत्साहन दिइरहनुभएको महसुस भयो, र मैले हृदयमा ठूलो शक्ति महसुस गरेँ, र साह्रै दोषी पनि महसुस गरेँ। मैले ख्याति र हैसियत पछ्याएकी थिएँ, सही मार्गमा हिँडेकी थिइनँ, र मण्डलीको काममा अवरोध गरेकी र बाधा दिएकी थिएँ। मेरो व्यवहारका कारण, मण्डलीले मलाई जसरी तह लगाए पनि त्यो न्यायोचित थियो। तैपनि एक्ल्याइएपछि, मैले परमेश्वरलाई धोका दिनसमेत चाहेँ। म कति हठी रहेछु! मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, मैले उहाँका अति धेरै वचन खाएकी र पिएकी थिएँ, र मलाई यो साँचो मार्ग हो भन्ने थाहा थियो। परिणाम राम्रो नहुँदा पनि, मैले अन्त्यसम्मै परमेश्वरलाई पछ्याउनुपर्छ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मैले गल्ती गरेकी छु, र म साह्रै विद्रोही भएकी छु। म यस बिन्दुमा पुग्नु मेरो आफ्नै गल्तीले गर्दा हो। परमेश्वर, म गम्भीरतापूर्वक आत्मचिन्तन गर्न र म जहाँ लडेकी छु त्यहीँबाट उठ्न तयार छु। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, ताकि मैले आफूलाई बुझ्न सकूँ।” ती दिनहरूमा, मैले यसरी नै परमेश्वरलाई पुकारिरहेँ।
मेरो एउटा उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ र आफूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू छली, कुटिल र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै क्रूर पनि हुन्छन्। तिनीहरूको हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाउँदा, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक शत्रुवत् हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा झाराटारुवा हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्च नठानेपछि, र तिनीहरूद्वारा कोही नबहकिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय नहुने मात्र होइन, रत्तीभर समर्पण पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्वरको घर, मण्डली, अनि अगुवा र कामदारहरूलाई घृणा गर्ने सम्भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्वरको डर मान्ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा बफादार हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। जब मैले परमेश्वरका वचनको यो खण्ड देखेँ, म साह्रै व्यथित भएँ। मलाई परमेश्वरले खुलासा गर्नुभएको हरेक व्यवहारले मेरै वर्णन गरिरहेको छ भन्ने महसुस हुन्थ्यो, विशेष गरी ख्रीष्टविरोधीहरूले आफ्नो ख्याति र हैसियतलाई सबैभन्दा बढी प्रिय ठान्छन् र तिनीहरूमा परमेश्वरप्रति कुनै समर्पण वा डर हुँदैन भनेर परमेश्वरले भनेको सुन्दा मलाई त्यस्तो महसुस हुन्थ्यो। तिनीहरू हैसियत प्राप्त गर्नका लागि दिमाग खियाउँछन् र जुनै पनि उपाय अपनाउँछन्, र जब उनीहरूले आफ्नो ख्याति र हैसियत, वा मानिसहरूको समर्थन र प्रशंसा गुमाउँछन्, तिनीहरू तुरुन्तै शत्रुवत् बनिहाल्छन्, नकारात्मक बन्छन् र आफ्नो काममा ढिलासुस्ती गर्छन्, र हृदयमा रोष र असन्तुष्टि महसुस गर्छन्। तिनीहरू मण्डलीको काममा समस्याहरू उत्पन्न होऊन् भन्ने चाहन्छन् ताकि तिनीहरूले मण्डलीलाई गिल्ला गर्न सकून्। त्यसपछि मैले आफ्नो व्यवहारबारे सोचेँ—के त्यो ठ्याक्कै त्यस्तै थिएन र? विगतमा, जिल्ला अगुवा चुनिन र ब्रदर-सिस्टरहरूको सम्मान पाउनका लागि, जब मैले ब्रदर-सिस्टरहरूले मेसेजमा प्रश्नहरू सोधेको देख्थेँ, म अगुवाहरूको ध्यान खिच्नका लागि तुरुन्तै जवाफ दिन्थेँ। तर जब मैले चार्लोटलाई जिल्ला अगुवा चुनिएको थाहा पाएँ, मैले आफूमा कहाँ कमी छ भनी चिन्तन गरिनँ। बरु, आफूलाई नचुनिएकाले, र मैले हैसियत वा धेरै मानिसको प्रशंसा पाउन नसकेकाले, म प्रतिरोधी बनेँ र मैले हृदयमा तर्क गरेँ। मलाई आफूसँग धेरै अनुभव छ र आफूले चार्लोटभन्दा लामो समयदेखि सुसमाचारको कामको सुपरिवेक्षण गर्दै आएकी छु भन्ने लाग्यो, र यी कुराहरूलाई पुँजीका रूपमा लिएर, म असन्तुष्ट र अप्रसन्न भएँ, र मैले आफ्नो कुण्ठा पोख्न आफ्ना कर्तव्यहरू प्रयोग गरेँ। जब मैले चार्लोट जिम्मेवार रहेको सुसमाचारको काममा समस्याहरू आइपरेको देखेँ, मैले ती समस्याहरू समाधान गर्न मदत त गरिनँ नै, उल्टै उनका समस्याहरूमा खुसी मानेँ र उनलाई हेरेर हाँसेँ, यहाँसम्म कि मैले यी समस्याहरू समाधान नहोऊन् भनी कामना गरेँ ताकि उनी ब्रदर-सिस्टरहरूका अगाडि अपमानित होऊन् र उनी साँच्चै मजत्ति राम्री छैनन् भनी सबैले देखून्। यति मात्र होइन, मैले आफू वरपरका सिस्टरहरूसँग आफ्नो असन्तुष्टि पनि पोखेँ। ब्रदर-सिस्टरहरूले मेरो पक्ष लिनेछन् र मण्डलीले गलत व्यक्ति छानेको र मजस्तो प्रतिभाशाली व्यक्तिलाई दबाएको छ भनी सोच्नेछन् भन्ने आशामा मैले चार्लोटको कर्तव्यमा भएका केही सानातिना समस्याहरूलाई समातेर उनको पिठ्यूँ पछाडि उनको आलोचना गरेँ। बर्खास्त गरिएपछि, मैले आत्मचिन्तन गर्ने वा आफूलाई चिन्नु काम त गरिनँ नै, बरु प्रतिरोध र समर्पित हुन इन्कार पनि गरिरहेँ, र जब अगुवाहरूले मसँग सङ्गति गर्न खोज्नुभयो, म उहाँहरूसँग सङ्गत गर्न अनिच्छुक भएँ। ममा सत्यता स्वीकार गर्ने वा खोज्ने मनोवृत्ति बिलकुलै थिएन। त्यतिबेला, मैले अगुवा नचुनिनु वास्तवमा मेरो लागि एउटा सुरक्षा थियो भनी अचानक महसुस गरेँ। मेरो स्वभाव क्रूर भएको र मैले हैसियतमा त्यति धेरै ध्यान दिने हुनाले, हैसियत प्राप्त नगर्दा, म घृणाले भरिएँ, अरूलाई हेरेर हाँसे, र मैले अरूको आलोचना गर्ने र अरूलाई कमजोर पार्ने कामसमेत गरेँ। यदि मैले साँच्चै हैसियत प्राप्त गरेकी हुन्थेँ भने, मैले मेरो कुरा नसुन्ने जोकोहीलाई पक्कै पनि दबाउनेथिएँ र बहिष्कार गर्नेथिएँ, र मैले अझ ठूला दुष्टताहरू गर्नेथिएँ। यो कुरा मनन गर्दा, मैले मेरो स्थिति कति खतरनाक रहेछ भनी महसुस गरेँ। तैपनि म पूरै अनभिज्ञ थिएँ, हठी र अडिग रहिरहेँ। यदि मलाई नअलग्याइएको भए, म जिद्दी र अपश्चात्तापी नै रहने थिएँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मार्गदर्शन गर्नुभएकोमा तपाईँलाई धन्यवाद। अब मैले आफूबारे थोरै बुझाइ प्राप्त गरेकी छु, र म आफूलाई भीरको किनारामा उभिरहेको देख्छु। मलाई निष्कासित नगरिनु नै तपाईँको कृपा हो र तपाईँले मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको हो। परमेश्वर, म साँच्चै पश्चात्ताप गर्न इच्छुक छु। कृपया मलाई हैसियत पछ्याउनुका सार र परिणामहरू छर्लङ्गै देख्न मार्गदर्शन गर्नुहोस्।”
मेरो एउटा उपासनाको क्रममा, मैले परमेश्वरका वचनहरू पढेँ, र आफ्नो प्रकृति सारबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। … के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, प्राप्ति वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबाट, मैले देखेँ, ख्रीष्टविरोधीको ख्याति र हैसियतको पछ्याइ अस्थायी हुँदैन, र यो तिनीहरूको प्रकृति र सारभित्रै हुने कुरा हो। ख्रीष्टविरोधीहरूले ख्याति र हैसियतको पछ्याइलाई आफ्नो जीवनको लक्ष्यका रूपमा लिन्छन्। तिनीहरू ख्याति र हैसियत पाएपछि आफूले सबथोक पाइन्छ, र ख्याति र हैसियत गुमाएपछि, जीवनको अर्थ नै गुम्छ भन्ने विश्वास गर्छन्। मैले म ठ्याक्कै यस्तै भएकी रहेछु भन्ने महसुस गरेँ। बाल्यकालदेखि नै, म “अरूभन्दा असल बन” र “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” जस्ता शैतानिक विषहरूअनुसार जिएँ। विद्यालयमा, म सर्वोत्कृष्ट विद्यार्थी र कक्षाको सबैभन्दा राम्रो बन्न लागिपर्थेँ, र म यसले मलाई मेरा शिक्षक र सहपाठीहरूको प्रशंसा दिलाउँछ भन्ने सोच्थेँ। विवाहपछि, जब मैले मेरो श्रीमान्पट्टिका धेरै आफन्त र छिमेकीहरू हामीभन्दा धनी भएको देखेँ, म पछि पर्न तयार थिइनँ, त्यसैले मैले मेरो श्रीमान्सँग मिलेर एउटा व्यावसाय सुरु गरेँ, किनकि म गाउँमा धनी व्यक्ति बनेर अरूको प्रशंसा पाउन चाहन्थेँ। परमेश्वरलाई भेट्टाएपछि, अगुवा बनेर मेरो जिम्मेवारीको दायरा फराकिलो हुनेछ, र अझ धेरै मानिसले मलाई आदरभावले हेर्नेछन् भन्ने सोचले, मैले अझै पनि ख्याति र हैसियतलाई मेरो पछ्याइको लक्ष्य बनाएँ। मैले यही नै अर्थपूर्ण र मूल्यवान् जीवन जिउने एउटा मात्र उपाय हो भनी विश्वास गरेँ। हैसियत र प्रशंसा पाउनका लागि, मैले त्यसैका लागि लागिपर्दै दिमाग खियाइरहेँ। तर जब मलाई अगुवा चयन गरिएन र मैले मेरा ब्रदर-सिस्टरहरूको प्रशंसा र समर्थन पाउन सकिनँ, म असन्तुष्ट र अप्रसन्न भएँ, र मैले नव निर्वाचित अगुवाको आलोचना गरेँ। जब मैले सुसमाचारको काममा समस्याहरू देखेँ, मैले तिनलाई बेवास्ता गरेँ, र ती समस्या देखेर आनन्द पनि लिएँ। जब मलाई बर्खास्त गरियो, म नकारात्मक र विरोधी भइरहेँ, र जब अरूले मेरो कामको अनुगमन गरे, मैले प्रतिरोध पनि महसुस गरेँ। आफूलाई अलग्याइँदा समेत, मैले आत्मचिन्तन गरिनँ, र मैले परमेश्वरलाई धोका दिने र उहाँको घर छोड्ने विचारसमेत गरेँ। मैले आफूले गरेको हरेक कुरा ख्याति र हैसियतका लागि सङ्घर्ष गर्नलाई गरिएको थियो, ख्याति र हैसियतको पछ्याइ मेरो प्रकृतिको पाटो बनिसकेको थियो, र म पहिले नै ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ भन्ने देखेँ। त्यतिबेला, मलाई ख्याति र हैसियतले मलाई साँच्चै धेरै हानि पुर्याएको रहेछ भनेर भित्री रूपमा अनुभूति भयो। ख्याति र हैसियतका खातिर, मैले आफ्नो मानवता र समझ गुमाएकी थिएँ। मैले मण्डलीको काममा अवरोध र मेरा वरपरका मानिसहरूलाई हानि पुर्याएँ; मेरो ख्याति र हैसियतको पछ्याइले मलाई परमेश्वरबाट झन्-झन् टाढा लग्यो, जसले गर्दा ममा मानव रूपको झन्-झन् कमी हुन थाल्यो। म ख्याति र हैसियतको नियन्त्रण र बन्धनबाट चाँडो मुक्त हुन चाहन्थेँ, र मैले सत्यता पछ्याउने सङ्कल्प राख्न थालेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र मैले ख्याति र हैसियत पछ्याउनु विनाशतर्फ डोर्याउने मार्ग हो भनी स्पष्ट रूपमा महसुस गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्नुपर्दा, तेरो पछ्याइको दिशा वा लक्ष्य जेसुकै भए पनि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे चिन्तन गर्दैनस्, र यसलाई पन्छाउन तँलाई निकै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर पार्नेछ। जबसम्म तेरा हृदयमा हैसियतले स्थान पाउँछ, तबसम्म यो तेरो जीवनको दिशा र तेरो पछ्याइको लक्ष्यलाई नियन्त्रित र प्रभावित पार्न पूर्ण रूपमा सक्षम हुनेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्ने बारेमा त कुरै नगरौँ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा त झन् भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई त्याग्न सकिनस् भने, यसले मानकअनुरूप कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई मानकअनुरूपको सृजित प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले दोष दिने कुरा हो, र परमेश्वरले न्याय गर्ने र पखाल्ने कुरा पनि यही हो। मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछ्याइ भनेको बर्बादीको बाटो हो। हैसियतको पछि लाग्ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले त्यो कुरा तँलाई दिनुभएन भने, तँ त्यो प्राप्त गर्ने लडाइँमा असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तँलाई प्रकट गरिनेछ र हटाइनेछ—तँ बर्बादीको बाटोमा हुनेछस्। कुरो बुझिस् नि, हैन?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, ख्याति र हैसियतको पछ्याइ सही मार्ग होइन, र यो परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा हो। परमेश्वरले मानिसहरूलाई कर्तव्य दिनुहुन्छ, हैसियत दिनुहुन्न, र उहाँको अभिप्राय मानिसहरू मानकअनुरूपका सृजित प्राणी बनून् भन्ने हो, मानिसहरू प्रसिद्ध वा महान् बन्न खोजून् भन्ने होइन। यदि मानिसहरूले निरन्तर ख्याति र हैसियत पछ्याउँछन् भने, यो परमेश्वरका मागहरूविरुद्ध हुन जान्छ, र सारमा, यो परमेश्वरको विरोध गर्नु हो, र यसको अन्तिम परिणाम परमेश्वरद्वारा प्रकाश गरिनु र हटाइनु हो। सुसमाचारको कामको सुपरिवेक्षकका रूपमा मेरो विगतको सेवाबारे चिन्तन गर्दा, मैले मसँग धेरै जिम्मेवारीहरू छन् भन्ने देखेँ, तर मैले आफ्नो मुख्य काम कसरी राम्रोसँग गर्ने भन्नेमा ध्यान दिइनँ। बरु, मैले उच्च हैसियत प्राप्त गर्न र धेरै मानिसहरूको प्रशंसा पाउन जिल्ला अगुवामा निर्वाचित हुन मात्र चाहेँ। जब मलाई जिल्ला अगुवामा चुनिएन र मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएनन्, म असन्तुष्ट र अप्रसन्न भएँ, र मैले आफ्नो कुण्ठा मण्डलीको काममा समेत पोखेँ, जसले गर्दा सुसमाचारको काम लगभग गतिरोधको स्थितिमा पुग्यो। यदि मैले पश्चात्ताप नगरेकी भए, मेरा अनेकौँ दुष्ट कार्यहरूका कारण मलाई पक्कै पनि निष्कासित गरिने र हटाइनेथियो। त्यतिबेला, मैले ख्याति र हैसियतको पछ्याइ निकासहीन मार्ग हो भनी परमेश्वरले भन्नुभएको कुरा केही हदसम्म बुझ्न थालेँ। जब मैले यसबारे सोचेँ, म परमेश्वरप्रति साँच्चै आभारी भएँ। यदि मलाई नअलग्याइएको भए, म समयमा ब्यूँझने थिइनँ, र मैले ख्याति र हैसियत पछ्याउनुका प्रकृति र परिणामहरू थाहा पाउने थिइनँ। मण्डलीले मलाई निष्कासित नगरी केवल अलग्याउनु नै मप्रति परमेश्वरको कृपा थियो, र मैले चाँडो पश्चात्ताप गर्नुपर्थ्यो।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, र मैले आफूलाई जिल्ला अगुवा नचुनिएको तथ्यलाई कसरी हेर्नुपर्छ भनी थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ आफू अगुवा हुन योग्य भएको, आफूमा अगुवाइका लागि प्रतिभा, क्षमता र मानवता भएको ठान्छस्, तैपनि परमेश्वरको घरले तँलाई प्रवर्द्धन गरेको छैन र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुनेका छैनन् भने, तैँले यस मामलालाई कुन रूपमा लिनुपर्छ? यहाँ तैँले पछ्याउन सक्ने एउटा अभ्यासको मार्ग छ। तैँले आफूलाई राम्ररी चिन्नैपर्छ। मुख्य कुरा तेरो मानवतामै समस्या हो कि, वा तेरो भ्रष्ट स्वभावको केही पक्षको प्रकटीकरण मानिसहरूलाई घृणास्पद लागेको हो कि; वा तँसित सत्यता वास्तविकता नभएको र तँ अरूका लागि विश्वसनीय नभएको, वा तेरो कर्तव्य निर्वाहले मानक पूरा नगरेको हो कि भनेर हेर्। तैँले यी सारा कुराहरूबारे चिन्तन गरेर तेरो कमीकमजोरी ठ्याक्कै कहाँनेर छ भनेर हेर्नैपर्छ। … तैँले जीवन प्रवेश पछ्याउन, पहिला आफ्ना रवाफी चाहनाहरू सुल्झाउन, इच्छापूर्वक अनुयायी बन्न, र परमेश्वरले जे योजनाबद्ध वा प्रबन्ध गर्नुभए पनि त्यसप्रति कुनै गुनासो नगरी उहाँप्रति साँचो रूपमा समर्पित हुन जरुरी छ। जब तँसँग यो कद हुन्छ, तब तेरो अवसर आउनेछ। तैँले गह्रौँ भार बोक्ने इच्छा गर्नु र तँमा यो बोझ हुनु राम्रो कुरा हो। यसले तँमा प्रगति गर्न खोज्ने सक्रिय हृदय छ र तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल राख्न र परमेश्वरको इच्छा पछ्याउन चाहन्छस् भन्ने देखाउँछ। यो कुनै महत्त्वाकाङ्क्षा नभई साँचो बोझ हो; यो सत्यता पछ्याउनेहरूको जिम्मेवारी र तिनीहरूको पछ्याइको लक्ष्य हो। तँसित कुनै स्वार्थी मनसायहरू छैनन् र तँ आफ्नै निम्ति काम गरिरहेको छैनस्, बरु परमेश्वरको गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न खोजिरहेको छस्—परमेश्वरद्वारा सबैभन्दा आशिषित् कुरा यही हो, र उहाँले तेरा लागि उचित प्रबन्धहरू गर्नुहुनेछ। … परमेश्वरको अभिप्राय उहाँको गवाही दिन सक्ने अझ धेरै मानिसहरू प्राप्त गर्नु हो; उहाँलाई प्रेम गर्ने सबैलाई सिद्ध पार्नु, र उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको एउटा समूहलाई सकेसम्म चाँडो पूर्ण बनाउनु हो। त्यसकारण, परमेश्वरका घरमा, सत्यता पछ्याउनेहरू सबैका ठूला सम्भाव्यताहरू छन्, र सच्चा रूपमा परमेश्वरलाई प्रेम गर्नेहरूको सम्भाव्यता असीमित छ। सबैले परमेश्वरको अभिप्राय बुझ्नुपर्छ। यो बोझ हुनु वास्तवमै सकारात्मक कुरा हो, र यो विवेक र समझ भएकाहरूमा हुनुपर्ने कुरा हो, तर गह्रौँ भार बोक्न सबै जना सक्षम हुनेछन् भन्ने छैन। यो अन्तर कहाँबाट आउँछ? तेरा तागत र सामर्थ्यहरू जति नै भए पनि, र तेरो बौद्धिक क्षमता जति उच्च भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो पछ्याइ र तैँले हिँड्ने मार्ग हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (६))। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले के महसुस गरेँ भने, मण्डलीले अगुवाहरूको चुनाव सिद्धान्तहरूमा आधारित भएर गर्दो रहेछ। अगुवाका रूपमा, व्यक्तिमा मानवता हुनैपर्छ, उसले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्नैपर्छ, उसमा निश्चित कार्य सामर्थ्य हुनैपर्छ र उसले सत्यता पछ्याउनैपर्छ। यदि व्यक्तिले सत्यता पछ्याउँदैन र ऊ गलत मार्गमा हिँड्छ भने, ऊ अगुवा बनिहाले पनि धेरै अगाडि जान सक्दैन। तर म कुनै व्यक्ति अगुवा बन्न सक्छ कि सक्दैन भन्ने कुरा उसले जिम्मा लिएको कर्तव्यको दायरा, उसले कति दुःख सह्यो, र उसले तालिममा कति समय बितायो भन्ने आधारमा मात्रै मूल्याङ्कन गर्थेँ। मेरा मानकहरू परमेश्वरका वचनसँग बिलकुलै मिल्दैनथे। पछाडि फर्केर सोच्दा, मैले सुसमाचार प्रचार गर्न लामो समय तालिम लिएकी, सुसमाचार प्रचारका केही सिद्धान्त बुझेकी, र आफ्नो कर्तव्यमा केही नतिजा प्राप्त गरेकी भए पनि, मैले आफ्नो जीवन प्रवेशमा ध्यान दिइनँ, र म हरेक दिन आफ्नो कर्तव्यमा व्यस्त रहेनमै सन्तुष्ट थिएँ। म आफूलाई आइपरेका कुराहरूमा बिरलै आत्मचिन्तन गर्ने र आफूलाई चिन्ने गर्थेँ, र म सत्यताका सिद्धान्तहरू बिरलै मनन गर्थेँ। म सत्यतालाई प्रेम गर्ने वा पछ्याउने व्यक्ति बिलकुलै थिइनँ। अगुवाको मुख्य जिम्मेवारी ब्रदर-सिस्टरहरूलाई सत्यता बुझ्न र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नु हो। म आत्मचिन्तन गर्न र आफूलाई चिन्नमा केन्द्रित भइनँ, बाहिरी काम गर्नमा मात्र ध्यान दिएँ, र थोरै मात्र जीवन प्रवेश प्राप्त गरेकी थिएँ, त्यसैले म अगुवा बन्न योग्य थिइनँ। यदि म साँच्चै अगुवामा निर्वाचित भएँ तर मैले वास्तविक काम गर्न सकिनँ भने, के म झूटो अगुवा हुने थिइनँ र? अझ भन्नुपर्दा, अगुवा बन्नका लागि, व्यक्तिले कामका सबै पक्षको निरीक्षण गर्नु र उसमा निश्चित कार्य सामर्थ्य हुनु आवश्यक हुन्छ। म त्यतिबेला सुसमाचारको कामको मात्र सुपरिवेक्षण गरिरहेकी थिएँ, र कहिलेकाहीँ अति धेरै काम हुँदा, म तिनलाई सम्हाल्न सक्दिनथेँ। मसँग अगुवा बन्नका लागि आवश्यक क्षमता वा कार्य सामर्थ्य छँदै थिएन। चार्लोट पहिलेदेखि नै अगुवा रहँदै आएकी थिइन्, र उनी सत्यताबारे मभन्दा स्पष्ट रूपमा सङ्गति गर्थिन्, र सुसमाचारको कामको सुपरिवेक्षणमा उनीसँग अनुभवको कमी भए पनि, उनको हृदय ठिक ठाउँमा थियो, र उनी अभ्यास गर्न र सिक्न इच्छुक थिइन्। उनलाई अगुवामा निर्वाचित गर्नु उपयुक्त थियो, र मैले चार्लोटको कामलाई समर्थन गर्नुपर्छ। यस विषयमा मनन गरेपछि, मैले अगुवामा निर्वाचित नहुनुलाई शान्तपूर्वक स्विकार्न सकेँ।
पछि, मैले परमेश्वरका वचनका दुइटा खण्ड पढेँ र परमेश्वर कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ भनी बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सृजित मानवजातिको एक सदस्यका रूपमा, तँ आफ्नो उचित स्थानमा रहनैपर्छ, र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्नैपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई कर्तव्यनिष्ठ भई मजबुत रूपमा पक्रिराख्। हद नाघेर काम नगर्, वा तेरो क्षमताको दायराभन्दा बाहिरका वा परमेश्वरलाई घृणित लाग्ने कुराहरू नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति बन्नुको पछि नलाग्, र परमेश्वर बन्नुको पछि नलाग्। यी सबै मानिसहरूले राख्न नहुने इच्छाहरू हुन्। महान् व्यक्ति वा अतिमानव बन्नुको पछि लाग्नु बेतुके कुरा हो। परमेश्वर बन्नुको पछि लाग्नु त झनै लज्जास्पद छ; यो घिनलाग्दो र घृणित कुरा हो। वास्तवमै बहुमूल्य कुरा, र सृजित प्राणीहरूले अरू सबै कुराभन्दा बढी पक्रिराख्नुपर्ने कुरा भनेको एक साँचो सृजित प्राणी बन्नु हो; सबै मानिसले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के हो भने, तैँले उहाँका वचनअनुसार दृढ भई अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। … कस्ता प्रकारका मानिसहरूलाई परमेश्वरको कामले मुक्ति दिन्छ अनि उहाँको मुक्तिको अर्थ के हो भनेर तिमीहरू सबै स्पष्ट हुनैपर्छ। परमेश्वर मानिसहरू उहाँसामु आएको, तिनीहरूले उहाँका वचनहरू सुनेको, सत्यता स्विकारेको, आफ्नो भ्रष्ट स्वभाव त्यागेको, र परमेश्वरले भन्नुभए र आज्ञा गर्नुभएअनुसार अभ्यास गरेको माग गर्नुहुन्छ। यसको अर्थ आफ्नो धारणा, कल्पना, शैतानी दर्शनअनुसार जिउनु वा मानव ‘खुसी’ पछ्याउनु नभई उहाँको वचनअनुसार जिउनु हो। जो व्यक्ति परमेश्वरको वचन सुन्दैन वा सत्यता स्विकार्दैन तर अझै पश्चात्ताप नगरी शैतानको दर्शन र शैतानी स्वभावअनुसार जिउँछ, यस्तो व्यक्तिले परमेश्वरको मुक्ति पाउन सक्दैन। तँ परमेश्वरलाई पछ्याउँछस्, तर अवश्य यो पनि परमेश्वरले तँलाई चुन्नुभएकोले नै हो—तर परमेश्वरले तँलाई चुन्नुको अर्थ के हो त? यो त तँलाई परमेश्वरमा भरोसा गर्ने, साँच्चै नै परमेश्वरलाई पछ्याउने, परमेश्वरका निम्ति सबै कुरा परित्याग गर्ने, अनि परमेश्वरको मार्गलाई पछ्याउन सक्ने; आफ्नो शैतानी स्वभाव फालेको, शैतानलाई पछ्याउन वा त्यसका शक्तिमा जिउन छोडेको व्यक्तिमा परिणत गर्नु हो। यदि तैँले परमेश्वरलाई पछ्याउँछस् र उहाँको घरको आफ्नो कर्तव्य निर्वाह गर्छस्, तैपनि हरेक पक्षमा सत्यता उल्लङ्घन गर्छस् र उहाँको वचनअनुसार अभ्यास वा अनुभव गर्दैनस्, उहाँको विरोधसमेत गर्न सक्छस् भने, के तँ परमेश्वरद्वारा स्विकारिन सक्छस्? पक्कै पनि सक्दैनस्। मैले यसो भन्नुको अर्थ के हो? तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त बफादारीपूर्वक, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरले हामीलाई व्यावहारिक तरिकाले आफूलाई आचरणमा ढाल्न, सृजित प्राणीको उचित स्थानमा खडा हुन, र आफ्नो कर्तव्यमा लागिरहन भन्नुहुन्छ। हामीले पछ्याउनुपर्ने लक्ष्यहरू यिनै हुन्, र एउटा साँचो व्यक्तिको रूप यस्तै हुनुपर्छ। यदि कसैले सत्यता कहिल्यै पछ्याउँदैन र यसलाई कहिल्यै स्वीकार गर्दैन भने, उसको हैसियत वा प्रतिष्ठा बढेर जतिसुकै ठूलो भए पनि, परमेश्वरको नजरमा, ऊ तुच्छ र बेकामको हुन्छ, र उसले उहाँको अनुमोदन प्राप्त गर्न सक्दैन। मैले कुनै समय मेरो जिम्मेवारीको दायरा निकै फराकिलो रहेको, तर मैले केवल ख्याति र हैसियत पछ्याएको र सत्यता नपछ्याएको कुरा सोचेँ। मलाई जिल्ला अगुवामा नचुनिँदा, मैले कुण्ठा पोख्न आफ्नो काम प्रयोग गरेँ र थाहै नपाई, म परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँड्न पुगेँ, र मण्डलीको काममा अवरोध गरेको र बाधा दिएको अनि जिद्दीपूर्वक पश्चात्ताप गर्न इन्कार गरेकोले मलाई बर्खास्त गरियो। मैले केही ख्रीष्टविरोधीहरू अगुवा रहेको र तिनीहरूको हैसियत उच्च भएको, तर तिनीहरूले ख्याति र हैसियत पछ्याएको, सिद्धान्तहरू नखोजी आफ्नो कर्तव्य निर्वाह गरेको, र कदापि काँटछाँट स्विकार्न नमानेको कुरा पनि सोचेँ। अन्त्यमा, तिनीहरूका अनेकौँ दुष्ट कार्यहरूका कारण, तिनीहरूलाई मण्डलीद्वारा निष्कासित गरियो र हटाइयो। यी तथ्यहरूबाट, मैले परमेश्वरको धार्मिकता देखेँ। कुनै व्यक्तिको हैसियत जतिसुकै उच्च भए पनि वा उसलाई जतिसुकै मानिसहरूले प्रशंसा गरे पनि, यदि ऊ सत्यता पछ्याउँदैन भने, उसलाई अन्ततः हटाइनेछ। हैसियत छ कि छैन वा मानिसहरूले प्रशंसा गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्त्वपूर्ण होइन, किनकि ख्याति र हैसियतले व्यक्तिलाई सत्यता बुझ्न र मुक्ति पाउन मदत गर्न सक्दैन। परमेश्वरले व्यक्तिको परिणाम उसले अन्ततः सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने आधारमा मापन र निर्धारण गर्नुहुन्छ, उसको हैसियत कति उच्च छ भन्ने आधारमा गर्नुहुन्न। यदि मैले अरूको प्रशंसा पाउनका लागि मात्र परमेश्वरमा विश्वास गरेँ र सत्यता पछ्याइनँ वा आफूले सामना गरेका कुराहरूमा परमेश्वरका अभिप्रायहरू पूरा गर्न सत्यता खोज्नमा केन्द्रित भइनँ भने, मैले अन्त्यसम्म विश्वास गरे पनि, मैले सत्यता बुझ्न वा प्राप्त गर्न सक्ने थिइनँ, र मलाई अझै पनि हटाइने नै थियो। सत्यता पछ्याउने, आफ्नो कर्तव्य पूरा गर्ने, र परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुनेहरू मात्र परमेश्वरका नजरमा बहुमूल्य हुन्छन्। परमेश्वरको घरमा, मण्डलीले कामको आवश्यकता र व्यक्तिको सामर्थ्य र क्षमताका आधारमा प्रत्येक व्यक्ति कुन कर्तव्यका लागि उपयुक्त छ भनी उचित रूपमा निर्धारण गर्छ र उसलाई सोहीअनुसार खटाउँछ। म परमेश्वरको सार्वभौमिकताप्रति समर्पित हुनुपर्छ, आफ्नो उचित स्थानमा खडा हुनुपर्छ, र मैले मेरो हालको कर्तव्यमा सक्दो राम्रो गर्नुपर्छ। म सबैभन्दा नगण्य व्यक्ति भए पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ। यो बुझाइ प्राप्त गरेपछि, मैले अझ बढी शान्त र स्वतन्त्र महसुस गरेँ। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, म तपाईँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। कसैले मेरो प्रशंसा गरोस् वा नगरोस्, अरूमाझ मेरो हैसियत जस्तोसुकै होस्, मेरो कर्तव्य आँखा तान्ने खालको नभए पनि, म आफ्नो कर्तव्य पूरा गर्नेछु र आफू जे गर्न सक्छु त्यो गर्नेछु।” मैले अक्सर यसरी नै प्रार्थना गरेँ, र बिस्तारै, मेरो पहिलेका नकारात्मक, निष्क्रिय, र प्रतिरोधी भावनाहरू घट्दै गए, र मेरो कर्तव्यको नतिजामा अलि-अलि गर्दै सुधार आयो।
चाँडै नै, हाम्रो मण्डलीले अगुवाका लागि उप-चुनाव गर्यो, र कुनै समय मैले सुपरिवेक्षण गरेकी एक सिस्टर निर्वाचित भइन्। त्यसपछि, अगुवाहरूले मलाई समूह अगुवा बन्न र एउटा सानो समूहको भेलाको सुपरिवेक्षण गर्न भन्नुभयो। मलाई तालिमको अर्को मौका दिनुभएकोमा म परमेश्वरप्रति धेरै आभारी भएँ, तर सँगसँगै, म केही निराश पनि भएँ, र मैले आफू केवल समूह अगुवा भएको र आफूमा मण्डली अगुवामा हुने चमकधमक नभएको बारेमा सोचेँ। मैले मेरो ख्याति र हैसियतको चाहना फेरि जाग्दै गरेको महसुस गरेँ, त्यसैले मैले चुपचाप हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “सृजित मानवजातिको एक सदस्यका रूपमा, तँ आफ्नो उचित स्थानमा रहनैपर्छ, र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्नैपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई कर्तव्यनिष्ठ भई मजबुत रूपमा पक्रिराख्। हद नाघेर काम नगर्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। “हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति बनाउनुहुन्न” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरू मनन गर्दा, मेरो हृदय उज्यालो भयो, र मैले ममाथि यो कुरा आइपर्नु भनेको परमेश्वरले मेरो हृदयको छानबिन गर्नु हो भन्ने महसुस गरेँ। विगतमा, म सधैँ आफूलाई आदरभावले हेरियोस् भन्ने चाहन्थेँ र ख्याति र हैसियतलाई जीवनभन्दा बढी महत्त्व दिन्थेँ। जब मैले आफूलाई जिल्ला अगुवाका रूपमा नचुनिएको थाहा पाएँ, तब मैले आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ र म मेरा ब्रदर-सिस्टरहरूको असफलतामा रमाएँ, जसले मण्डलीको काममा ढिलाइ गर्यो, र कहिल्यै नमेटिने दाग छोड्यो। यसले मेरो हृदयमा स्थायी पीडा पनि छोड्यो। अब मैले स्पष्ट रूपमा बुझेँ, हैसियतको तुलनामा जिम्मेवारीहरू बढी महत्त्वपूर्ण हुन्छन्। यस पटक, मैले पहिले जसरी हैसियत पछ्याउनै हुँदैन। म आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न दृढसङ्कल्पित थिएँ। मलाई सबैभन्दा अनकन्टार ठाउँमा राखिए पनि, म आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नेथिएँ, निष्कपट र कर्तव्यनिष्ठ सृजित प्राणी हुनेथिएँ, र विगतको आफ्नो ऋणको परिपूर्ति गर्नेथिएँ। म उप्रान्त शैतानको हाँसोको पात्र बन्न सक्दिनथेँ, परमेश्वरलाई निराश पार्न त झनै सक्दिनथेँ। अगाडि बढ्ने क्रममा, आफ्नो कर्तव्यमा, मैले अगुवाहरूसँग सक्रिय रूपमा सहकार्य गरेँ। मैले समूहमा कुन-कुन समस्याहरू समाधान गर्न मेरो मदत चाहिन्छ भनी सोधेँ, र कहिलेकाहीँ, अगुवाहरूले मलाई ब्रदर-सिस्टरहरूको स्थिति जाँच्न भन्दा, मैले सक्रिय रूपमा त्यो काम गरेँ। यसरी अभ्यास गर्दा मलाई धेरै सहज महसुस हुन्थ्यो। पछि, मेरा वरपरका केही ब्रदर-सिस्टरलाई बढुवा गरिँदै छ, जसमध्ये केही त मैले कुनै समय कामको सुपरिवेक्षण गरेका व्यक्तिहरू पनि छन् भनेर मैले बिस्तारै सुन्न थालेँ। त्यसबेला मलाई अलिकति छटपटी भए पनि, मैले परमेश्वरलाई प्रार्थना गरेँ र यस मामलालाई सही रूपमा सम्हालेँ। केही ब्रदर-सिस्टरले कठिनाइहरू सामना गरिरहेको देख्दा, मैले सङ्गति गरेर उनीहरूलाई मदत गर्न सक्दो प्रयास गरेँ, र हाम्रो कर्तव्यको नतिजामा झन्-झन् सुधार आयो। केही समयपछि, मण्डली अगुवाले मलाई मण्डलीमा पुनः स्वीकार गरिएको बताउनुभयो। यो खबर सुनेर, मेरो हृदयमा वर्णन गर्नै नसकिने भावना पलायो। म धेरै भावुक भएँ, तर त्योभन्दा बढी, मलाई आत्म-धिक्कार बोध भयो। मैले ख्याति र हैसियत पछ्याएकी थिएँ, सही मार्गमा हिँडेकी थिइनँ, र मण्डलीको काममा अवरोध गरेकी र बाधा दिएकी थिएँ, त्यसैले मलाई बर्खास्त गरिएको थियो—यसले परमेश्वरको धार्मिकता पूर्ण रूपमा प्रकट गर्यो। तर परमेश्वरले मलाई हटाउनुभएन; बरु, उहाँले आफ्ना वचनहरूद्वारा मेरो न्याय गर्नुभयो र मेरा वरपरका ब्रदर-सिस्टरहरूमार्फत मलाई काँटछाँट गर्नुभयो। उहाँको उद्देश्य मलाई मैले हिँडिरहेको गलत मार्ग चिन्न र समयमै फिर्ता आउन, ख्याति र हैसियतले ल्याएको दुःखबाट जतिसक्दो चाँडो उम्कन, ममा हुनुपर्ने विवेक र समझ पुनः प्राप्त गर्न, र मानव रूपमा जिउन दिनु थियो। तैपनि मैले परमेश्वरको हृदयलाई बुझिनँ र झण्डै उहाँलाई छोडिदिएँ। मैले परमेश्वरप्रति साँच्चै ऋणी महसुस गरेँ! मैले परमेश्वरको प्रेम देखेँ, र हृदयको गहिराइबाट नै उहाँलाई सच्चा रूपमा कृतज्ञता र प्रशंसा चढाएँ।
यी कुराहरू अनुभव गरेपछि, मैले साँच्चै के महसुस गरेँ भने, परमेश्वरले जे गर्नुभए पनि, त्यो सधैँ मानिसहरूले गम्भीरतापूर्वक पश्चात्ताप गरून् र सही मार्गमा हिँडून् भन्ने आशाले गरिएको हुन्छ। कसैलाई बर्खास्त गरियो वा अलग्याइयो भने पनि, परमेश्वर उनीहरूलाई कहिल्यै त्याग्नुहुन्न बरु निरन्तर उनीहरूलाई हेरचाह र मार्गदर्शन गर्नुहुन्छ। उहाँ मानिसहरूको हृदयलाई जगाउन र उनीहरूलाई परमेश्वरकहाँ फर्काउन विभिन्न उपाय प्रयोग गर्नुहुन्छ। यस अनुभवमार्फत, मैले परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। जब मैले परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गरिरहेँ, तब उहाँको क्रोध ममाथि बर्सियो। उहाँले मेरा वरपरका मानिस, घटना र कामकुराहरूमार्फत मलाई कठोरतापूर्वक काँटछाँट गर्नुभयो र ताडना दिनुभयो, र मलाई पाखा लगाउनुभयो; जुन क्षण म उहाँसामु पश्चात्ताप गर्न इच्छुक भएँ, परमेश्वरले आफ्ना वचनहरू प्रयोग गरेर मलाई निरन्तर अन्तर्दृष्टि र मार्गदर्शन दिनुभयो; जब मैले साँच्चै परमेश्वरतिर फर्केर उहाँका वचनहरूअनुसार अभ्यास गरेँ, तब मण्डलीले मलाई फिर्ता स्वीकार गर्यो। परमेश्वरको स्वभाव जीवन्त र वास्तविक छ, र मानिसहरूलाई मुक्ति दिने उहाँको हृदय सच्चा र असल छ। परमेश्वरलाई धन्यवाद!