३६. अन्धो भएपछि मैले के पाएँ
सन् २०१० मा, मेरी श्रीमतीले मलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिन्। परमेश्वरका वचनहरू पढेर, मैले सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले मानवजातिलाई धुन र मुक्ति दिन सत्यता व्यक्त गर्दैहुनुहुन्छ भनी थाहा पाएँ। म असाध्यै खुसी भएँ र मनमनै सोचेँ, “अबदेखि मैले इमानदारीपूर्वक परमेश्वरमा विश्वास गर्दै उहाँलाई पछ्याउनुपर्छ। आउँदा दिनहरूमा मैले परमेश्वरका आशिषहरू र मुक्ति पाएँ भने म कति धन्य होउँला!” केही समयपछि, मैले मण्डलीमा नवप्रवेशीहरूलाई मलजल गर्न थालेँ, र पछि म मण्डली अगुवा भएँ। म हरेक दिन मण्डलीका विभिन्न कामहरू सम्हाल्न व्यस्त हुन्थेँ र मलाई साँच्चै खुसी लाग्थ्यो, अनि म आफूले यसरी नै आफ्नो कर्तव्य निर्वाह गरिरहेँ भने, मैले पक्कै पनि मुक्ति पाउनेछु भन्ने सोच्थेँ। आफ्नो कर्तव्यमा पूर्ण-समय समर्पित हुनको लागि, मैले आफ्नो राम्रो आम्दानी भइरहेको काठको व्यापार एक जना नातेदारलाई सुम्पिदिएँ।
सन् २०१७ को जनवरीमा, मेरो देब्रे आँखाको रेटिना छुट्टिएको कारणले मैले अपरेसन गराएँ, तर अपरेसन राम्रो भएन, त्यसैले मेरो दृष्टि केवल ०.१ मात्र थियो। म अक्षरहरू पनि स्पष्ट देख्न सक्दिनथेँ, र हेर्नका लागि दाहिने आँखा मात्र प्रयोग गर्न सक्थेँ। मैले सुरुमा केही समयपछि फेरि अर्को अपरेसन गर्ने योजना बनाएको थिएँ, तर जून महिनामा, एक जना यहूदाको धोकाका कारण, चिनियाँ कम्युनिस्ट पार्टीकाे पुलिसले हामीलाई जताततै पक्रने कोशिस गर्न थाल्यो, त्यसैले मेरी श्रीमती र म भागेर अर्को ठाउँमा गयौँ, र मैले उपचारको लागि अस्पताल जाने आँट गरिनँ। त्यसबेला, म घरमा बसेर लेखन-पठनसम्बन्धी कर्तव्यहरू मात्र पूरा गर्न सक्थेँ, तर लामो समयसम्म कम्प्युटरमा हेर्दा, मेरो दृष्टि धमिलो हुन्थ्यो र म आफ्नो कर्तव्य पूरा गर्न एकदमै गाह्रो महसुस गर्थेँ। मेरो वरपरका ब्रदर-सिस्टरहरूको दृष्टि एकदम राम्रो रहेको देखेर, म मनमनै सोच्थेँ, “विगत केही वर्षदेखि, मैले आफ्नो व्यापार छोडेर मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै आएको छु, त्यसोभए किन मलाई नै आँखाको रोग लाग्नुपरेको? मेरो दाहिने आँखाको पनि पहिले अपरेसन भएको थियो, त्यसैले यदि त्यसमा पनि केही गडबड भयो भने, म कुन कर्तव्य पूरा गर्न सकूँला र? मैले कर्तव्य पूरा गरिनँ भने, म कसरी मुक्ति पाउन सकूँला?” मैले जोखिम मोलेर उपचारको लागि अस्पताल जान चाहेँ, तर मलाई चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पर्ने डर लाग्यो, त्यसैले मैले जाने आँट गरिनँ। मैले कसरी कतिपय ब्रदर-सिस्टरहरू बिरामी परेपछि पनि आफ्नो कर्तव्यमा लागिरहे, र पछि पूर्ण रूपमा निको भए भन्नेबारे सोचेँ। यदि म पनि आफ्नो कर्तव्यमा लागिरहेँ भने, के परमेश्वरले ममाथि कृपा गरेर मलाई पनि निको पार्नुहुने थिएन र? सायद मेरो आँखा निको पो भइहाल्छ कि? त्यसैले मैले त्यसरी नै आफ्नो कर्तव्य पूरा गरिरहेँ।
सन् २०२४ को मे १ मा, मेरो दाहिने आँखा अचानक एकदमै सुन्निएर दुख्न थाल्यो, र मलाई रिङ्गटा लागेर वाकवाकी आयो। एकैछिन त मैले केही पनि देख्न सकिनँ। केही समयपछि, मैले मेरो अगाडि हल्लिरहेका आकृतिहरू धमिलो गरी देख्न सकेँ, तर मैले आफू हिँडिरहेको ठाउँ स्पष्ट देख्न सकिनँ। म अचानक अलमल्ल परेँ र सोच्न थालेँ, “के भइरहेको छ? बीस वर्षभन्दा अघि, मेरो दायाँ आँखामा रेटिना छुट्टिने समस्या भएकाले शल्यक्रिया गरिएको थियो। के यो पुरानो रोग फेरि बल्झिएको हो? यो त एकदमै नराम्रो पो भयो त। मेरो देब्रे आँखा अझै निको भएको छैन, र अब म दाहिने आँखाले पनि देख्न सक्दिनँ। यदि मेरा दुवै आँखाले देख्न नसकिने भयो भने, मैले कुनै पनि कर्तव्य पूरा गर्न सक्नेछैन। परमेश्वरको काम सकिनै लागेको छ, र यो महत्वपूर्ण समयमा, यदि मैले देख्न सकिनँ भने, के म बेकामे हुनेछैन र? के मलाई हटाइएला?” म धेरै चिन्तित भएँ, र के गर्ने भन्ने थाहै पाइनँ। त्यसपछि, मेरो दाहिने आँखा तीव्ररूपले पोल्ने गरी दुख्न थाल्यो, मेरो टाउको असाध्यै दुख्यो, र मलाई बान्ता होलाजस्तो भइरह्यो। अरू कुनै विकल्प नभएपछि, म जोखिम मोलेर जँचाउनका लागि अस्पताल गएँ। डाक्टरले मलाई एक्युट एङ्गल-क्लोजर ग्लकोमा भएको, त्यसले गर्दा मेरो आँखाको प्रेसर बढेको, आँखाको नानी फैलिएको र आँखामा अत्यधिक रक्तसञ्चार भएर रातो भएको बताए। उनले मेरो मधुरो दृष्टि काँच समान तरल पदार्थ धमिलो भएको वा लेन्स सरेको कारणले हुनसक्ने बताए। उनले तुरुन्तै अस्पताल भर्ना हुनुपर्ने, नत्र मेरो दाहिने आँखा सधैँको लागि अन्धो हुनसक्ने बताए। यो सुनेपछि, मैले सोचेँ, “अब त म सकिएँ। मेरो देब्रे आँखाको दृष्टि कमजोर छ, र यदि मैले दाहिने आँखाले पनि देख्न सकिनँ भने, के म साँच्चै अन्धो हुनेछैनँ र? कर्तव्य पूरा गर्ने कुरा त छोडिदिऊँ—दैनिक जीवन चलाउन पनि समस्या हुनेछ। तब म के गरूँला? मैले विगत केही वर्षदेखि मण्डलीमा पूर्ण-समय आफ्नो कर्तव्य पूरा गर्दै आएको छु, त्यसोभए मलाई यस्तो रोग कसरी लाग्न सक्यो? यदि ढाड वा खुट्टा दुख्ने रोग मात्र भएको भए पनि ठीकै हुन्थ्यो; कमसेकम त्यसले मेरो कर्तव्यमा बाधा त पुऱ्याउने थिएन। तर यदि मैले आँखा देख्न र कर्तव्य पूरा गर्न सकिनँ भने, के म बेकामे हुनेछैनँ र? यो पाराले त मैले कसरी मुक्ति पाउन सकूँला?” म जति धेरै सोच्थेँ, त्यति नै नकारात्मक हुँदै जान्थेँ। म तीन दिन अस्पतालमै भर्ना भएर बसेँ, र डाक्टरले विभिन्न उपचार प्रयास गरे, तर मेरो आँखाको प्रेसर घट्ने-बढ्ने गरिरह्यो। मेरा आँखाका नानी सामान्य अवस्थामा फर्कन सकेनन्, र म सबै कुरा दुई-दुईवटा देखिरहेको थिएँ, मानौँ मैले २,००० पावरको बाइफोकल चश्मा लगाएको छु। मेरो दृष्टि केवल ०.०४ थियो। डाक्टरले तत्कालको लागि कुनै प्रभावकारी उपचार नभएको, र एउटै विकल्प भनेको पङ्चर सर्जरी गर्ने मात्र हो भनेर बताए। यसरी, उनले आँखाको प्रेसर घट्न सक्छ कि सक्दैन भनेर हेर्न, लेन्सको अवस्था जाँच गर्न, र त्यसपछि दोस्रो अपरेसन गर्ने कि नगर्ने भनेर निर्णय गर्न सक्थे। यो सुनेर मेरो हृदय भासियो, र म ओछ्यानमा पल्टिरहँदा, मेरो मनमा अनेक कुरा खेल्न थाल्यो: “चिनियाँ कम्युनिस्ट पार्टीले मलाई यति धेरै वर्षदेखि खोजिरहेको छ, र मैले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो व्यापार पनि छोडिदिएँ। एउटा मात्र आँखाले ठीकसँग काम गर्दा पनि, मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ, र मेरो कर्तव्यले केही फल पनि ल्यायो, त्यसोभए परमेश्वरले किन मेरो रक्षा गरिरहनुभएको छैन? के मैले पर्याप्त मूल्य चुकाएको वा आफूलाई समर्पित गरेको छैन त?” सिद्धान्तत: मलाई परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति आज्ञाकारी हुनुपर्छ भन्ने थाहा थियो, तर आफ्नो मनमा भने, म अझै पनि परमेश्वरले मेरो आँखा निको पारिदिनुहुन्छ भन्ने आशा गर्थेँ। कुनै चमत्कार भइदिए कत्ति राम्रो हुन्थ्यो होला! पछि, मैले छेउको ओछ्यानमा अर्को बिरामी देखेँ, जसको रेटिना छुट्टिएको अपरेसन भएको थियो, तर त्यसपछि पनि उनको आँखाको प्रेसर उच्च नै रह्यो। उनका दुवै आँखाको ज्योति लगभग गइसकेकाे थियो, उनले बिस्तारै हिँड्नको लागि समेत आफ्नी श्रीमतीको काँधको सहारा लिनुपर्थ्यो, र उनी निको हुने कुनै आशा थिएन। यो देखेर मलाई कतै म पनि उनीजस्तै हुने त होइनँ भनेर फेरि चिन्ता लाग्न थाल्यो। मेरो छोराले मलाई इन्टरनेटमा ग्लकोमाले गुमाएको दृष्टि फर्काउन नसकिने र यो रोगको हाल कुनै उपचार नभएको कुरा लेखेको बतायो। यो सुनेर म झनै दुःखी र व्याकुल भएँ, र म गुनासो गर्न थालेँ, “कत्ति धेरै ब्रदर-सिस्टरहरू बिरामी पर्दा परमेश्वरले निको पार्नुभएको छ, त्यसोभए परमेश्वर किन मलाई अनुग्रह देखाइरहनुभएको छैन?” म मनैदेखि समर्पित हुन सकिनँ, र मलाई अब प्रार्थना गर्ने चाह हुन छोड्यो। म दिनभरि सुस्केरा हाल्दै बिताउँथेँ, मलाई खान मन लाग्दैनथ्यो, र राम्ररी सुत्न पनि सक्दिनथेँ। केही दिनभित्रै मेरो तौल धेरै किलो घट्यो। दोस्रो अपरेसनपछि, डाक्टरले मेरो आँखामा कृत्रिम लेन्स लगाइदिए, र जब म अपरेसन कोठाबाट बाहिर आएँ, मेरो आँखा पोल्ने गरी दुख्यो, र मेरो टाउको पनि नराम्रोसँग दुख्यो। मेरो आँखाको प्रेसर यति उच्च थियो कि त्यसलाई नाप्न पनि सकिएन। डाक्टरले हरेक आधा घण्टामा अपरेसनको घाउबाट आँखाको तरल पदार्थ निकालेर र औषधि प्रयोग गरेर मात्र आँखाको प्रेसर घटाउन सक्थे। तर छ घण्टा बित्यो, र आँखाको प्रेसर अझै घटेन। डाक्टरले यो अवस्था धेरै खतरनाक भएको, अपरेसन व्यर्थै हुनसक्ने, र मेरो दृष्टि बचाउन नसकिने बताए। भविष्यमा मैले आफ्नो दाहिने आँखाले केही पनि देख्न सक्दिनँ होला भन्ने सोचेर, मैले भित्रैदेखि गहिरो पीडा महसुस गरेँ। त्यतिबेला मात्र मैले अन्ततः चिन्तन गर्न थालेँ। मेरो आँखामा रोग लागेदेखि अहिलेसम्म, ममा समर्पणको कुनै मनोवृत्ति थिएन, परमेश्वरप्रति गुनासो र गलत बुझाइ मात्र थियो, र ममा परमेश्वरमा विश्वास गर्ने व्यक्तिमा हुनुपर्ने कुनै समझ थिएन। त्यसैले मैले प्रार्थना गर्दै आफ्नो आँखाको रोग परमेश्वरको हातमा सुम्पिदिएँ, अनि आफ्नो आँखालाई जेसुकै भए पनि परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन तयार भएँ। अप्रत्याशित रूपमा, केही समयपछि, मेरा आँखाहरूले अलि-अलि धमिलो देख्न सके, र मेरो आँखाको प्रेसर बिस्तारै सामान्य हुन थाल्यो। भोलिपल्ट, मेरो दृष्टि अझै धमिलो भए पनि, त्यसमा सुधार भएर ०.२ भएको थियो। म अचानक खुसीले भरिएँ, र यो परमेश्वरको कृपा र मेरो कमजोरीप्रतिको उहाँको बुझाइ हो भनी थाहा पाएर, मैले मनमनै परमेश्वरलाई धन्यवाद दिइरहेँ।
अस्पतालबाट डिस्चार्ज भएपछि, म आराम गर्न र निको हुनको लागि केही समय एक जना नातेदारको घरमा बसेँ। यस अवधिमा, अगुवाहरू, सुपरिवेक्षकहरू र अन्य ब्रदर-सिस्टरहरूले पनि मप्रति चिन्ता व्यक्त गर्न, मेरो स्थितिबारे सोध्दै र मलाई मद्दत र सहयोग गर्न परमेश्वरका वचनहरू खोजेर पत्र लेखे। मेरी श्रीमतीले पनि मलाई परमेश्वरका वचनहरू पढेर सुनाइन्, जसमध्ये परमेश्वरका वचनका दुई खण्डहरू मेरा लागि धेरै सहयोगी थिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब तँलाई बिमार र कष्ट आइपर्छ, के तँ परमेश्वरलाई प्रार्थना गरेर उहाँको खोजी गर्छस्? तँलाई मार्गदर्शन र अगुवाइगर्न पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? के उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति मात्र दिनुहुन्छ? त्यो एउटै मात्र उहाँको विधि होइन; उहाँले तँलाई जाँच्नुहुन्छ र शोधन पनि गर्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई कसरी जाँच्नुहुन्छ? के उहाँले कष्ट भोग्न लगाएर मानिसहरूलाई जाँच्नुहुन्न र? परीक्षाहरूसँगै कष्ट पनि आउँछ। परीक्षा नहुने हो भने, मानिसहरूले कसरी कष्ट भोग्छन्? परीक्षाहरूको कष्ट नभोगी, मानिसहरू कसरी परिवर्तन हुन सक्छन् र? कष्ट परीक्षासँगै आउँछ—यदि मानिसहरू परमेश्वरप्रति समर्पित हुन सके भने, पवित्र आत्माले काम गर्नुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। “जब रोगबिमारीले घेर्छ, तब मानिसहरूले कुन मार्ग अपनाउनुपर्छ? तिनीहरूले कसरी छनौट गर्नुपर्छ? मानिसहरू हैरानी, बेचैनी र चिन्तामा डुब्नु हुँदैन, र आफ्नै भावी सम्भाव्यता र मार्गहरूबारे चिन्तन गर्नु हुँदैन। बरु, जति धेरै यस्तो समय र यस्ता विशेष परिस्थिति र अवस्थाहरूमा परिन्छ, र जति धेरै यस्ता तात्कालिक कठिनाइहरूमा फसिन्छ, मानिसहरूले त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ। यस्तो गरे मात्रै तैँले विगतमा सुनेका प्रवचनहरू र तैँले बुझेका सत्यताहरू व्यर्थमा जानेछैनन् र तिनले काम गर्नेछन्। तैँले यस्ता कठिनाइहरू जति धेरै सामना गर्छस्, तैँले त्यति नै धेरै आफ्ना इच्छाहरू त्यागेर परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। परमेश्वरले यस्तो परिस्थिति तय गर्नु र यस्ता अवस्थाहरू बन्दोबस्त गर्नुको उद्देश्य तँलाई हैरानी, बेचैनी र चिन्ताका संवेगहरूमा डुबाउनु होइन, र यो तँ बिरामी हुँदा परमेश्वरले तँलाई निको पार्नुहुन्छ कि हुन्न भनेर उहाँलाई जाँच्न, अनि यसरी मामिलाको वास्तविकता बताउन लगाउनको लागि पनि होइन; परमेश्वरले यी विशेष परिस्थिति र अवस्थाहरू तय गर्नुहुन्छ ताकि तैँले यस्ता परिस्थिति र अवस्थाहरूमा व्यावहारिक पाठ सिक्न सक्, सत्यतामा अझै गहन प्रवेश पाउन र परमेश्वरप्रति अझै धेरै समर्पणता हासिल गर्न सक्, र परमेश्वरले मानिस, घटना, र कामकुराहरू कसरी योजनाबद्ध गर्नुहुन्छ भन्ने कुरा अझै स्पष्ट र सही रूपमा जान्न सक्। मानिसको नियति परमेश्वरको हातमा हुन्छ र, मानिसहरूले महसुस गरे पनि नगरे पनि, तिनीहरूलाई साँच्चै थाहा भए पनि नभए पनि, तिनीहरू यो कुराप्रति समर्पित हुनुपर्छ र यसको विरोध र इन्कार गर्नु हुँदैन, र तैँले अवश्यै परमेश्वरलाई जाँच्नु पनि हुँदैन। जुनसुकै अवस्थामा पनि तँ मर्न सक्छस्, र तैँले परमेश्वरलाई विरोध, इन्कार, र जाँच गर्छस् भने, तेरो नतिजा कस्तो हुनेछ त्यो भन्नै पर्दैन। बरु यसविपरीत, यदि तैँले त्यस्तै परिस्थिति र अवस्थाहरूमा सृष्टि गरिएको प्राणी कसरी सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ भनेर खोजी गर्न सक्छस् भने, परमेश्वरले तेरो जीवनमा ल्याउनुहुने परिस्थितिहरूमा तैँले के-कस्ता पाठहरू सिक्नुपर्छ र कुन-कुन भ्रष्ट स्वभावहरू चिन्नुपर्छ भनेर खोजी गर्न सक्छस् भने, अनि त्यस्ता परिस्थितिहरूमा परमेश्वरका अभिप्राय बुझ्न, र परमेश्वरका मापदण्डहरू पूरा गर्न राम्ररी गवाही दिन सक्छस् भने, तैँले गर्नुपर्ने कुरा नै त्यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको श्रमसाध्य अभिप्राय महसुस गरेँ। परमेश्वरको अभिप्राय म चिन्ता र दुःखका नकारात्मक भावनाहरूमा जिऊँ भन्ने थिएन, बरू उहाँले मलाई प्रार्थना गर्न, उहाँमा भर पर्न, र उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन दिनुभएको थियो, ताकि यस मामिलाबाट, म सत्यता खोज्न, चिन्तन गर्न र आफूलाई चिन्न सकूँ। परमेश्वर मेरो भ्रष्टता पखाल्न मेरो रोगको प्रयोग गर्दै हुनुहुन्थ्यो, र यो उहाँको प्रेम थियो। आफूले परमेश्वरको अभिप्राय बुझेपछि, म हरेक दिन प्रार्थना गर्न थालेँ, अनि कुनै पाठ सिक्नको लागि मलाई डोऱ्याउनुहोस् भनी परमेश्वरसँग बिन्ती गरेँ। मेरी श्रीमती पनि प्रायः मलाई परमेश्वरका वचनहरू पढेर सुनाउँथिन्। बिस्तारै, मैले त्यति धेरै दिक्दार महसुस गर्न छोडेँ, र मेरो स्थितिमा निकै सुधार भयो। केही समयपछि, म अर्को चेकअपका लागि अस्पताल गएँ, र आश्चर्यजनक रूपमा, मेरो दृष्टि ०.३ पुगेको थियो। मैले अर्को चश्मा लगाएँ, र म कम्प्युटरका अक्षरहरू अलि स्पष्ट देख्न सक्थेँ, र मेरो टाइपिङमा पनि त्यति धेरै असर परेन।
त्यसपछि, म मनन गर्न थालेँ, “यो रोगमार्फत, मैले यति धेरै गुनासा र गलत बुझाइहरू प्रकट गरेँ—मैले आफ्नो कुन भ्रष्ट स्वभावको पक्षमा चिन्तन गर्नुपर्ला?” एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “यी मानिसहरूले परमेश्वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष् पाउनुभन्दा परमेश्वरमा विश्वास गर्नुको कुनै पनि लक्ष्य बढी वैध हुँदैन—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुराले यो लक्ष्यमा योगदान गर्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसबाट अविचलित रहन्छन्। आज परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको लक्ष्य र अभिप्राय वैध देखिन्छ, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गर्दा, परमेश्वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम लक्ष्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासको लक्ष्य परिवर्तन गर्न सक्दैनन्। … तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष् पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ। अब कुराहरू यस बिन्दुमा पुगिसकेका हुनाले, कसले पो यस्तो मार्ग परिवर्तन गर्न सक्छ र? अनि कति जना मानिसहरू यो सम्बन्ध कति गम्भीर भइसकेको छ भनी साँच्चै बुझ्न सक्षम छन् र? मलाई के विश्वास छ भने, जब मानिसहरू आशिषित हुने आनन्दमय वातावरणमा डुब्छन्, तब कसैले पनि परमेश्वरसँगको यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप छ भनी कल्पना गर्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्वरले मेरो वास्तविक स्थितिको खुलासा गरिदिनुभयो। आफूले परमेश्वरमा विश्वास गरेका यति धेरै वर्षहरूमा, मैले आफ्नो घर र पेसा त्यागेँ, कठिनाइ सहेँ, र आफूलाई समर्पित गरेँ, र यो सबै मैले आशिष, मुक्ति र स्वर्गको राज्यमा प्रवेश पाउन सकूँ भन्नका लागि थियो। मैले पहिलो पटक परमेश्वरलाई भेट्टाएको समयलाई फर्केर सोच्दा, मैले जबसम्म म आफ्नो कर्तव्य पूरा गर्छु, कामकुराहरू त्याग्छु र आफूलाई समर्पित गर्छु, मैले पक्कै पनि परमेश्वरका आशिष्हरू पाउनेछु भन्ने विश्वास गरेको थिएँ। यही कारण, मैले सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गरेँ, र आफ्नो कर्तव्यमा ढिलाइ हुन नदिन, मैले आफ्नो व्यापार पनि त्यागिदिएँ। मलाई आफूमा अनन्त शक्ति भएको महसुस हुन्थ्यो, र मेरो एउटै लक्ष्य आशिषहरू पछ्याउनु थियो। पछि, मेरो देब्रे आँखामा रोग लाग्यो र मेरो दृष्टि घट्यो, तर म अझै पनि आफ्नो कर्तव्यमा लागि नै रहेँ। मैले परमेश्वरले आफ्नो कर्तव्यमा मेरो निरन्तरता र उहाँप्रतिको मेरो समर्पणको ख्याल गर्नुहुनेछ, अनि त्यसैकारण मेरो आँखा निको पार्नुहुनेछ, र भविष्यमा मलाई एउटा राम्रो गन्तव्य दिनुहुनेछ भन्ने सोचेको थिएँ। तर अचम्म, मेरो देब्रे आँखा निको नभएको मात्र होइन मेरो दाहिने आँखामा समेत ग्लुकोमा भयो। मैले केही पनि देख्न सकिनँ, र कुनै पनि कर्तव्य पूरा गर्न सकिनँ। जब मैले आशिष पाउने कुनै आशा छैन भन्ने देखेँ, मैले अत्यन्तै पीडा र दुःख महसुस गरेँ, र म परमेश्वरप्रति गलत बुझाइ र गुनासोले भरिएँ। मैले मनमनै परमेश्वरसँग बहस गरि नै रहेँ र उहाँले मलाई निको पारिदिनुपर्छ भनी माग गरिरहेँ। परमेश्वरका वचनहरूको न्याय र खुलासामार्फत, मैले अन्ततः म आफ्नो कर्तव्यलाई स्वर्गको राज्यका आशिषहरूका निम्ति मोलतोल गर्न प्रयोग गर्ने कोशिस गरिरहेको रहेछु, र परमेश्वरसँगको मेरो सम्बन्ध केवल खुला स्वार्थको मात्र रहेछ भन्ने बुझेँ। आफूले आफ्नो कर्तव्य पूरा गरेका यति धेरै वर्षहरूमा, मैले सत्यता पछ्याएको रहेनछु, र मेरो भ्रष्ट स्वभाव त्यति परिवर्तन भएको रहेनछ। मैले दुःख भोग्नु र मूल्य चुकाउनुको पछाडि परमेश्वरसँग मोलतोल गर्ने गुप्त प्रयासहरू रहेछन्। म परमेश्वरप्रति माग र छलले भरिएको थिएँ र मसँग अलिकति पनि इमानदारी थिएन। पछि, मैले, “आफ्नो आस्थामा आशिषहरू प्राप्त गर्ने मेरो अविचल इच्छाको जड कारण के हो?” भनेर खोजी गर्न थालेँ।
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरूले जे-जति गर्छन्—चाहे प्रार्थना गर्दा होस् वा सङ्गति गर्दा होस् वा प्रवचन दिँदा होस्—तिनीहरूले सोच्ने कुरा, र तिनीहरूले पछ्याउने र चाहना गर्ने कुरा, सधैँ परमेश्वरबाट केही प्राप्त गर्न सकिन्छ कि भन्ने आशामा उहाँबाट कुराहरू माग्नु र याचना गर्नुमै सीमित हुन्छ। कतिपय मानिसहरूले ‘यो मानव प्रकृतिमा निर्भर हुन्छ’ भन्छन्, जुन सही हो। यसका साथै, मानिसहरूले परमेश्वरसँग धेरै मागहरू राख्नु र धेरै अनावश्यक चाहनाहरू राख्नुले मानिसहरू पूर्ण रूपमा विवेक र समझविहीन छन् भनी प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गरिरहेका हुन्छन्, वा आफूलाई सत्य साबित गर्ने र बहानाहरू बनाउने प्रयास गरिरहेका हुन्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जसले ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। मानिसहरूले परमेश्वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने, शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दा उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। “हृदयमा परमेश्वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्वर नहुनेहरूका लागि, परमेश्वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्वरका आशिष्हरू खोज्छन् र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्वरको कामको अन्त्य भएपछि ‘खेदिनेछ’, र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, ‘दयालु-हृदयको’ व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। परमेश्वरका वचनहरूले मलाई मेरो आशिषहरूको निरन्तरको पछ्याइ “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो” र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी विषहरूद्वारा जिउनुका कारण उत्पन्न भएको रहेछ भन्ने महसुस गराए। मैले गरेको हरेक काम आफूलाई फाइदा पुऱ्याउने उद्देश्य लक्षित थियो, र मेरो प्रकृति विशेष गरी लोभी र स्वार्थी थियो। जब मैले पहिलो पटक परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, मैले परमेश्वर मानवजातिलाई मुक्ति दिने आफ्नो कामको अन्तिम चरण पूरा गर्दै हुनुहुन्छ, र परमेश्वरमा विश्वास गरेर र आफ्नो कर्तव्य पूरा गरेर मात्र मैले मुक्ति पाउने र रहने मौका पाउन सक्छु भन्ने थाहा पाएँ। मैले यसलाई जीवनमा एक पटक मात्र आउने अवसरको रूपमा हेरेँ, त्यसैले मैले बिना कुनै हिचकिचाहट आफ्नो व्यापार छोडिदिएँ र पूर्ण-समय आफ्नो कर्तव्य पूरा गर्ने कुरा छनौट गरेँ। यदि आशिष र लाभ पाउने आशा नभएको भए, ममा त्यति धेरै उत्साह हुने नै थिएन। वर्षौँदेखि, एउटा मात्र आँखाले स्पष्ट देख्न सक्ने भए तापनि, म आफ्नो कर्तव्यमा लागि नै रहेँ, यसो गर्नाले म मुक्ति पाउनेछु र राम्रो गन्तव्य पाउनेछु भन्ने सोच्थेँ। मैले परमेश्वरलाई एक रोजगारदाताजस्तो व्यवहार गरेँ, र अलिकति कर्तव्य पूरा गरेपछि, मैले निर्लज्जतापूर्वक परमेश्वरसँग आशिष र प्रतिज्ञाहरू मागेँ, अनि परमेश्वरबाट कसरी फाइदा लिन सक्छु भनेर सोचिरहेँ। जब मेरो दाहिने आँखा रोगी भयो र मैले अन्धो हुने र कुनै पनि कर्तव्य पूरा गर्न नसक्ने सम्भावनाको सामना गरेँ, मैले म अब एक बेकामे व्यक्ति बन्न लागेको छु र हटाइनेछु भन्ने सोचेँ। मैले मेराे यति धेरै वर्षकाे प्रयास र खर्च व्यर्थ हुने भयो, र आशिष पाउने मेरो आशा चकनाचुर हुनसक्छ भन्ने महसुस गरेँ। त्यसैले मैले त्यसलाई स्वीकार गर्नै सकिनँ र म परमेश्वरप्रतिको गलत बुझाइ र गुनासोले भरिएँ। मैले उहाँले ममाथि यस्तो रोग किन आउन दिनुभयो भनेर पनि प्रश्न गरेँ। मेरा यी व्यवहारहरू ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभए जस्तै नै थिए: “मानवता नभएकाहरूमा परमेश्वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, ‘दयालु-हृदयको’ व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्।” मैले आफ्नो आस्थामा परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार नै गरिनँ। मैले आफ्नो कर्तव्यलाई आशिषहरू र स्वर्गको राज्यमा प्रवेशको बदलामा साट्न सकिने मोलतोल गर्ने माध्यमको रूपमा व्यवहार गरेँ। सारमा, म आफ्नो मूल्य चुकाइ र कडा परिश्रम ठूला आशिषहरूसँग साट्न प्रयोग गर्न सक्छु भन्ने सोच्दै, परमेश्वरलाई प्रयोग गर्ने र उहाँविरुद्ध षडयन्त्र गर्ने प्रयास गरिरहेको थिएँ। ममा मानवता वा समझ नै कहाँ रहेछ र? जब यो परीक्षा आयो, मैले परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भनेर सोचिनँ, र मैले चिन्ता गरेको भनेको खालि आफ्नै भविष्य र गन्तव्यको बारेमा मात्र थियो। म साँच्चै स्वार्थी र नीच रहेछु! मैले आखिरी दिनहरूमा परमेश्वरको काम स्वीकार गरेदेखि, मैले परमेश्वरका वचनहरूको मलजल र भरणपोषण पाइरहेको थिएँ, र परमेश्वरले मलाई आफ्नो कर्तव्य पूरा गर्ने अवसरहरू पनि दिनुभयो, अनि मेरो कर्तव्यको दौरान, मलाई बिस्तारै सत्यताका विभिन्न पक्षहरू बुझ्न र प्राप्त गर्न दिनुभयो। यो सबै मेरो लागि परमेश्वरको प्रेम र मुक्ति थियो, तर मैले आफ्नो कर्तव्यलाई आशिषहरू पाउने भऱ्याङको रूपमा व्यवहार गरेँ। यो परमेश्वरको लागि साँच्चै घृणित र घिनलाग्दो कुरा थियो! मैले पावलले भनेको कुराबारे सोचेँ “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले आफ्नो कडा परिश्रम र चुकाएको मूल्यलाई परमेश्वरसँग धार्मिकताको मुकुट माग्नका लागि प्रयोग गरे, अनि परमेश्वरले उनलाई त्यो दिनुभएन भने उहाँ अधर्मी हुनुहुनेछ भनी दाबी गरे, र उनले खुलेआम परमेश्वरविरुद्ध हल्ला गर्दै उहाँको विरोध गरे। यसले परमेश्वरको स्वभावलाई चिढ्यायो, त्यसैले पावल परमेश्वरद्वारा दण्डित भए। के म अहिले पावलकै बाटोमा हिँडिरहेको थिइनँ र? मैले पश्चात्ताप नगरेमा, म नरकमा दण्डित हुन पुग्ने थिएँ!
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनहरू कत्ति स्पष्ट छन्! कर्तव्य भनेको मानिसलाई परमेश्वरको आज्ञा हो, र यो एक सृजित प्राणीको पन्छाउन नमिल्ने जिम्मेवारी हो। यसमा कुनै गोप्य अभिप्राय वा अशुद्धताहरू हुनु हुँदैन। जसरी छोराछोरीले आफ्ना आमाबुबाप्रति आज्ञाकारी हुनु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हुन्छ, त्यसरी नै यसमा लाभको कुनै पछ्याइ हुनु हुँदैन। यसबाहेक, कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, उसले सत्यतालाई पछ्याउँछ कि पछ्याउँदैन, परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेर्छ कि हेर्दैन, र उसको भ्रष्ट स्वभाव पखालिन र रूपान्तरण हुन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ। यदि कोही व्यक्ति परमेश्वरका मापदण्डहरूअनुसार उचितरूपले आचरण गर्न र आफ्ना कामहरू कर्तव्यनिष्ठापूर्वक गर्न सक्छ, एक सृजित प्राणीको स्थानमा खडा भएर आफ्नो कर्तव्य पूरा गर्न सक्छ, र जतिसुकै ठूला परीक्षाहरू वा शोधनहरू आए पनि, उ कुनै गलत बुझाइ वा गुनासो नराखी बिनाशर्त परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्छ, र अन्तमा परमेश्वरप्रति समर्पण र डर हासिल गर्छ भने, त्यस्तो व्यक्ति मुक्ति हुन सक्छ र अन्ततः रहिरहनेछ। कसैले आफ्नो कर्तव्य पूरा गर्न सक्दैमा, उसको भ्रष्ट स्वभावमा अलिकति पनि परिवर्तन नभए पनि उसले मुक्ति पाउनेछ भन्ने होइन—त्यो दृष्टिकोण पूर्ण रूपमा मेरो आफ्नै धारणा र कल्पना थियो, र पूर्णरूपमा तर्कहीन थियो। त्यसपछिदेखि, म आफूमाथि आइपर्ने सबै कामकुराहरूमा परमेश्वरका अभिप्राय खोज्न र सत्यता पछ्याउन, अनि परमेश्वरको मुक्तिको बदला चुकाउन आफ्नो कर्तव्य पूरा गर्न तत्पर भएँ। त्यसपछि मेरो स्थिति केही हदसम्म बदलियो। अझैपनि कहिलेकाहीँ प्रवचनहरू पढेको केही समयपछि मेरा आँखाहरू धमिला हुन्थे र मैले आराम गर्नुपर्थ्यो, तर मैले पहिलेको जस्तो मनमा त्यति दुःख महसुस गरिनँ।
आफ्नो भक्तिको समयमा, मैले परमेश्वरका वचनका यी खण्डहरू पढेँ। परमेश्वर भन्नुहुन्छ: “हामीले रोगका बारेमा कुरा गरिरहेका छौँ; यो धेरैजसो मानिसहरूले आफ्नो जीवनमा अनुभव गर्ने कुरा हो। त्यसकारण, कुन समयमा वा कुन उमेरमा मानिसहरूलाई कुन रोगले सताउनेछ र तिनीहरूको स्वास्थ्य स्थिति कस्तो हुनेछ भन्ने जस्ता सबै कुरा परमेश्वरले तय गर्नुभएको हुन्छ र मानिसहरूले यी कुराहरूको निर्णय आफै गर्न सक्दैनन्; कुनै व्यक्तिको जन्म हुने समय उसले आफै निर्धारित गर्न नसक्ने जस्तै, यो कुरा पनि त्यस्तै हो। त्यसोभए, के आफूले निर्णय गर्न नसक्ने कुराहरूमा हैरानी, तनाव, र चिन्ता महसुस गर्नु मूर्खता होइन र? (हो।) मानिसहरू आफूले समाधान गर्न सक्ने कुराहरूलाई समाधान गर्नतिर लाग्नुपर्छ, र तिनीहरू आफैले गर्न नसक्ने कुराहरूका हकमा परमेश्वरलाई पर्खनुपर्छ; मानिसहरू चुपचाप समर्पित हुनुपर्छ र आफ्नो सुरक्षा गरिदिन परमेश्वरलाई बिन्ती गर्नुपर्छ—मानिसहरूमा यही मानसिकता हुनुपर्छ। जब रोगले साँच्चै तिनीहरूलाई प्रहार गर्छ र मृत्यु नजिकै आउँछ, तब मानिसहरू समर्पित हुनुपर्छ र गुनासो वा परमेश्वरविरुद्ध विद्रोह गर्नु हुँदैन, वा उहाँको ईशनिन्दा गर्ने वा उहाँलाई आक्रमण गर्ने कुराहरू भन्नु हुँदैन। बरु, मानिसहरू सृजित प्राणीका रूपमा उभिनुपर्छ र परमेश्वरबाट आउने सबै कुरालाई अनुभव गर्नुपर्छ र कदर गर्नुपर्छ—तिनीहरू आफैले ती कुराहरू छनौट गर्ने प्रयास गर्नु हुँदैन। यो तेरो जीवनलाई समृद्ध पार्ने विशेष अनुभव हुन सक्छ, र यो खराब कुरा नै त होइन नि, होइन र? त्यसकारण, रोगबिमारीको कुरा आउँदा, मानिसहरूले सुरुमा रोगको स्रोतका बारेमा आफ्ना गलत विचार र दृष्टिकोणहरूलाई सुल्झाउनुपर्छ, त्यसपछि तिनीहरूले यसबारे चिन्ता गर्न छोड्नेछन्; यसको साथै, मानिसहरूसँग ज्ञात-अज्ञात कुराहरूलाई नियन्त्रण गर्ने कुनै शक्ति हुँदैन, न त ती कुराहरूलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ, किनभने यी सबै कुराहरू परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छन्। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको सिद्धान्त भनेको प्रतीक्षा गर्नु र समर्पित हुनु हो। बुझ्ने कार्यदेखि अभ्यास गर्ने कार्यसम्म, यी सबै सत्यता सिद्धान्तहरू अनुरूप गरिनुपर्छ—सत्यतालाई पछ्याउनु भनेको यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। “त्यसोभए, तैँले कसरी निर्णय गर्नुपर्छ, र बिरामी हुने कुरालाई कसरी लिनुपर्छ? यो अत्यन्तै सरल छ, र पछ्याउनुपर्ने एउटै बाटो छ: सत्यता खोजी गर्। सत्यता खोजी गर् र त्यो मामिलालाई परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार हेर्—मानिसहरूमा हुनुपर्ने बुझाइ यही हो। अनि तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले यी सबै अनुभवहरूलाई लिनुपर्छ, र आफूले पाएको बुझाइ र बुझेका सत्यता सिद्धान्तहरूलाई सत्यता र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र यी कुरालाई आफ्नो वास्तविकता र जीवन बनाउनुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तैँले आफ्नो कर्तव्य छोड्नु हुँदैन। तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्म तँ बाचिरहेको हुन्छस्, जबसम्म तैँले बोल्न र हिँड्न सक्छस्, तबसम्म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्मर कसेर शिष्ट भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्मेवारी त्याग्नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ। कतिपय मानिसहरू भन्छन्, ‘तैँले भन्ने यी कुराहरू खासै विचारशील छैनन्। म बिरामी छु र मलाई सहन गाह्रो भइरहेको छ!’ जब तँलाई गाह्रो हुन्छ, तब तैँले विश्राम लिन सक्छस्, र तैँले आफ्नो हेरचाह र उपचार गर्न सक्छस्। यदि तँ अझै पनि आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तैँले आफ्नो कार्यभार घटाएर कुनै उपयुक्त कर्तव्य पूरा गर्न सक्छस्, अर्थात् तँलाई निको हुन असर नगर्ने काम गर्न सक्छस्। यसले प्रमाणित गर्नेछ कि तैँले हृदयबाट आफ्नो कर्तव्य त्यागेको छैनस्, तेरो हृदय परमेश्वरबाट टाढा भएको छैन, तैँले आफ्नो हृदयमा परमेश्वरको नाम इन्कार गरेको छैनस्, र तैँले सृष्टि गरिएको उचित प्राणी बन्ने इच्छा आफ्नो हृदयबाट हटाएको छैनस्। कतिपय मानिसहरू भन्छन्, ‘मैले त्यो सब गरेको छु, त्यसोभए के परमेश्वरले मबाट यो रोग हटाउनुहुनेछ?’ उहाँले हटाउनुहुनेछ त? (हटाउनुहुनेछ नै भन्ने छैन।) परमेश्वरले तँबाट तेरो रोग हटाउनुभए पनि नहटाउनुभए पनि, परमेश्वरले तँलाई निको पार्नुभए पनि नपार्नुभए पनि, तैँले गर्ने कुरा भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो। तँ शारीरिक रूपमा आफ्नो कर्तव्य पूरा गर्ने अवस्थामा भए पनि नभए पनि, तैँले कुनै काम लिन सके पनि नसके पनि, तेरो स्वास्थ्य स्थितिले तँलाई कर्तव्य लिन दिए पनि नदिए पनि, तेरो हृदय परमेश्वरबाट टाढा जानु हुँदैन, र तैँले आफ्नो हृदयबाट कर्तव्य त्याग्नु हुँदैन। यसरी, तैँले आफ्नो जिम्मेवारी, दायित्व, र कर्तव्य पूरा गर्नेछस्—तँमा हुनुपर्ने विश्वासयोग्यता यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने जीवनको जुनसुकै चरणमा कसैले रोग वा कठिनाइको सामना गरे पनि, यो सबै परमेश्वरको सार्वभौमिकताअन्तर्गत हुन्छ र परमेश्वरद्वारा व्यवस्थित गरिएको हुन्छ, अनि त्यो सबै कुराको अर्थ हुन्छ। ठ्याक्कै म जस्तै—यदि आँखाको यो रोगले मलाई लगभग अन्धो नबनाएको भए, मैले परमेश्वरसँग मोलतोल गर्न कोशिस गर्ने आफ्नो नीच अभिप्राय कहिल्यै थाहा पाउने थिइनँ, अनि म सधैँ पावलको बाटोमा हिँडिरहेको थिएँ भन्ने कुरा त झन् थाहा पाउने नै थिइनँ, र म अन्ततः परमेश्वरको प्रतिरोध गरेकोले दण्डित हुने थिएँ। म त्यस अवधिमा दुःख र पीडाले भरिएको भएपनि, त्यसले गर्दा मैले आफैमा चिन्तन गरेर आफूलाई चिन्न पाएँ, र जीवनमा केही वृद्धि हासिल गरेँ। यो सबै परमेश्वरको अनुग्रह थियो। मैले यी कुराहरू सहज वातावरणमा कहिल्यै सिक्ने थिइनँ। मैले अय्यूबको बारेमा पनि सोचेँ—उनी परमेश्वरको डर मान्थे। जब उनले साँच्चै ठूला परीक्षाहरू र शोधनहरूको सामना गरे, उनका सबै सम्पत्ति डाँकुहरूले लगे, उनका छोराछोरीहरू मरे, र उनी दर्दनाक खटिराले ढाकिए। उनी आफ्नो पीडा कम गर्न खरानीमा बसेर माटाको भाँडाको टुक्राले आफ्ना खटिराहरू कन्याउँथे, तैपनि उनले आफ्नो मुखले पाप गरेनन्। उनकी श्रीमतीले उनलाई परमेश्वरको नाम त्याग्न आग्रह गर्दा, र उनका तीन जना साथीहरूले उनलाई दोषी ठहऱ्याउँदा समेत, उनले परमेश्वरविरुद्ध गुनासो गरेनन्। उनले यसो समेत भने, “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। “के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले परमेश्वरप्रति समर्पित हुन छोड्नु वा परमेश्वरको योजनाबद्ध कार्यहरूको कृपामा रहन छोड्नुभन्दा बरु आफैलाई सराप्न समेत रुचाए, र यसरी शैतानलाई लज्जित पारे। अनि पत्रुसको कुरा—उनले केवल सात वर्षमा सयौँ परीक्षाहरू र शोधनहरू अनुभव गरे, र उनी सधैँ सत्यता पछ्याउने मार्गमा हिँडे। उनी आफैमा चिन्तन गर्दै आफूलाई चिन्नमा केन्द्रित भए, र उनले हरेक कुरामा परमेश्वरका अभिप्रायलाई सन्तुष्ट पार्न खोजे। अन्ततः, उनी परमेश्वरलाई अत्यन्तै प्रेम गर्ने भए, र उनी मृत्युपर्यन्त समर्पित रहे। न त अय्यूब न त पत्रुसले परमेश्वरसँग कुनै माग वा अनुरोध गरे, उनीहरूले आफ्नो कस्तो परिणाम होला भनेर चिन्ता गर्ने कुरा त परै जाओस्। उनीहरूले सोचेको एउटै कुरा परमेश्वरप्रति कसरी समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने भन्ने थियो, र अन्तमा, उनीहरू परमेश्वरको लागि आफ्नो गवाहीमा दृढ रहे र शैतानलाई पूर्ण रूपमा अपमानित गरे। यी मानिसहरू सबै मैले अनुकरण गर्नुपर्ने उदाहरणहरू हुन्। मैले एउटा दृढ संकल्प गरेँ: “मसँग आफ्नो कर्तव्य पूरा गर्ने मौका रहेसम्म, र मैले अक्षरहरू देख्न सकुन्जेल, मेरा हातहरूले अझै टाइप गर्न सकुन्जेल, अनि मेरो दिमाग सफा रहेसम्म, म आफ्नो कर्तव्यमा पूर्ण प्रयास गर्नेछु। यदि कुनै दिन मैले आफ्नो दृष्टि गुमाएँ र अब आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने पनि, म समर्पित नै रहन तत्पर हुनेछु। मैले देख्न नसके पनि, म परमेश्वरका वचनहरूको पठन सुन्न सक्छु र उहाँका वचनहरू आफ्नो हृदयमा मनन गर्न सक्छु, र म आफ्नाे अनुभवात्मक बुझाइ मेरी श्रीमती र छोराछोरीहरूलाई मौखिक रूपमा बताउन सक्छु, ताकि उनीहरूले मलाई अनुभवात्मक गवाही लेखहरू लेख्न मद्दत गर्न सकून्। म परमेश्वरको सङ्गति सुन्नका लागि उहाँसामु आफूलाई शान्त पार्न केन्द्रित हुनेछु, र आफूमा चिन्तन गर्दै आफूलाई चिन्न र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्वरका वचनहरूमा भर पर्नेछु।” त्यसपछिको समयमा, मैले आफ्नी श्रीमतीसँग भेलाहरूमा उपस्थित हुन र परमेश्वरका वचनहरू पढ्न पढ्दा लगाउने चश्मा लगाएँ। मैले दैनिक प्रवचनहरू लेख्ने काम जारी राखेँ, र जब मसँग समय हुन्थ्यो, म अनुभवात्मक गवाहीका लेखहरू पनि लेख्थेँ। लामो समयसम्म कम्प्युटरमा हेरेपछि जब मेरा आँखाहरू धमिलो हुन्थे, म आँखामा अलिकति औषधी हाल्थेँ र आँखालाई केही बेर आराम दिन्थेँ, र जब अप्ठ्यारो कम हुन्थ्यो, म आफ्नो कर्तव्य निर्वाह जारी राख्थेँ। मेरो आँखाको अपरेसन भएको लगभग दुई महिनापछि, म फलो-अपको लागि अस्पताल गएँ, र डाक्टरले मलाई लेजर थेरापीले उपचार गरे। यसले मेरो आँखाको धमिलोपन केही हटायो, र मैले नजिकका वस्तुहरू पहिलेभन्दा धेरै स्पष्टरूपमा देख्न सकेँ। मलाई अब कम्प्युटरको पाठ हेर्न पढ्दा लगाउने चश्मा आवश्यक पर्न छोड्यो, र म साना अक्षरहरू पनि स्पष्टरूपले देख्न सक्थेँ। म साँच्चै उत्साहित थिएँ र परमेश्वरको अनुग्रहका लागि उहाँलाई हृदयदेखि नै धन्यवाद दिएँ।
यो अनुभवमार्फत, मैले आफ्नो आस्थामा परमेश्वरसँग मोलतोल गर्ने प्रयास गर्ने म कति स्वार्थी र घृणित रहेछु भन्ने बुझ्न सकेँ। परमेश्वरका वचनहरूले नै मलाई आफ्नो बारेमा केही बुझाइ दिए र ममा केही परिवर्तन ल्याए। म परमेश्वरलाई इमानदारीपूर्वक धन्यवाद दिन्छु!