१३. विभिन्न कर्तव्यहरूबीच हैसियतको कुनै भिन्नता हुँदैन
हुर्किँदै गर्दा, हाम्रो परिवारमा पुरुषहरू नै सधैँ घरमूली हुन्थे, अनि सबै कुरामा मेरो बुबाले भनेकै चल्थ्यो। उहाँले कहिल्यै घरको कुनै काम गर्नुभएन; खाना पकाउने, लुगा धुने, सफा गर्ने जस्ता कामहरू मेरी आमा र दिदीको जिम्मामा थियो। उहाँले अक्सर म र मेरा दाइहरूलाई “पुरुषहरूले घरबाहिरको काम गर्नुपर्छ र महिलाहरूले घरभित्रको काम सम्हाल्नुपर्छ” भनेर सिकाउनुहुन्थ्यो, र खेती गर्ने अनि पैसा कमाउने काम पुरुषको हो, जबकि खाना पकाउने र लुगा धुने कामचाहिँ महिलाको हो भन्नुहुन्थ्यो। मेरो बुबाको भनाइ र गराइबाट, मेरा दाइहरू सबैले बिहे गरेपछि आ-आफ्नो घरको मूली बने र कहिल्यै घरको कुनै काम गरेनन्। म पनि उनीहरूजस्तै बन्न चाहन्थेँ, किनभने मलाई पुरुष हुनुको उचित आचरण र मर्यादा कायम राख्ने एउटै तरिका यही हो जस्तो लाग्थ्यो। मैले बिहे गरेपछि, मेरी श्रीमती एकदमै असल र सिपालु गृहिणी थिइन्, जसले घरको सबै कामहरू सम्हाल्थिन्। कहिलेकाहीँ खाना खाने बेलामा, उनी मेरो लागि खाना मेरै अगाडि ल्याइदिन्थिन्। यसले गर्दा मलाई झनै के महसुस हुन थाल्यो भने, एक पुरुष भएको नाताले मैले धुने, सिउने, वा बच्चाहरूको हेरचाह गर्ने जस्ता कामहरू गर्नुहुँदैन। ती सबै महिलाका काम थिए। यदि मैले गरेँ भने, त्यो लाजमर्दो र मेरो मान घट्ने कुरा हुन्थ्यो। पछि, मेरी श्रीमतीले बच्चा जन्माएपछि, म कामबाट घर आउँदा उनलाई बच्चा च्यापेर कठिनाइसाथ खाना पकाउँदै घरको काम गरिरहेकी देख्थेँ। म उनलाई मदत गर्न चाहन्थेँ, तर फेरि सोच्थेँ, मजस्तो वयस्क पुरुषले त्यस्तो काम गरेको अरूले थाहा पाए भने कति अपमानजनक होला। त्यसैले म श्रीमतीलाई घरको काममा नसघाई तास खेल्न बाहिर जान्थेँ। परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, मलाई परमेश्वरका वचनहरू पढ्दा असाध्यै आनन्द लाग्थ्यो। उहाँका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्वरमा विश्वास गर्न मैले सबै कुरामा सत्यता अभ्यास गर्नुपर्छ र सामान्य मानवतामा जिउनुपर्छ। मैले अरूलाई मेरो सेवामा मात्र लगाउनु हुँदैनथ्यो—त्यसो गर्नु त साँच्चै अविवेकी हुन्थ्यो। त्यसपछि, मैले श्रीमतीलाई घरको केही काममा सघाउन थालेँ, र खाना पकाउन, तरकारी पखाल्न, अनि सफा गर्न सिकेँ।
२०२३ को जनवरी महिनाको एक दिन, अगुवाले एउटा अतिथि-सत्कार गर्ने घरमा केही सुरक्षा जोखिमहरू भएको र त्यहाँ बसिरहेका युवा सिस्टरहरूलाई तुरुन्तै अन्यत्र सार्नुपर्ने बताउनुभयो। उहाँले मलाई उनीहरूलाई अस्थायी रूपमा अतिथि-सत्कार गर्न आग्रह गर्दै, नयाँ वर्षपछि उपयुक्त घर भेटिनासाथ उनीहरू सर्ने बताउनुभयो। मैले मनमनै सोचेँ, “म त एउटा ब्रदर हुँ। दिनभरि चुलोचौकोमै बिताउनु—त्यो कति मान घट्ने र अप्ठ्यारो कुरा होला! अगुवाले मलाई किन अतिथि-सत्कार गर्ने काम दिनुभयो? उहाँले मलाई अप्ठ्यारोमा पार्न खोज्नुभएको होइन र?” तर त्यसपछि मैले सोचेँ, “मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसक्यो। यदि मैले यो कर्तव्य अस्वीकार गरेँ भने, के अगुवाले मलाई सत्यता नपछ्याउने व्यक्ति नभन्नुहोला र? यसबाहेक, मेरो घर अतिथि-सत्कारको लागि निकै उपयुक्त छ। अनि मेरी श्रीमतीलाई मण्डलीबाट निकालिएको भए तापनि, उनी मलाई कर्तव्य निर्वाहमा समर्थन गर्छिन्, र मेरा दुई छोराछोरीलाई पनि कुनै आपत्ति छैन। ती युवा सिस्टरहरूले मेरो घरमा नयाँ वर्ष मनाउनु सबैभन्दा उपयुक्त हुनेछ। अझ, अगुवाले मलाई उनीहरूलाई अस्थायी रूपमा मात्र अतिथि-सत्कार गर्न भन्नुभएको छ। उपयुक्त अतिथि-सत्कारक घर भेट्टाउने बित्तिकै उनीहरू सरिहाल्नेछन्।” यति सोचेर, म राजी भएँ। तर जब अतिथि-सत्कार गर्ने बेला आयो, तब “पुरुषहरूले घरबाहिरको काम गर्नुपर्छ र महिलाहरूले घरभित्रको काम सम्हाल्नुपर्छ” भन्ने मेरो मानसिकता फेरि देखिन थाल्यो। मेरी श्रीमती बिहानको खाजा पसलमा काम गर्ने भएकीले, घरमा हरेक दिन बिहान र दिउँसोको खाना पकाउने काम मेरै थियो। मेरी श्रीमती मलाई धेरै पटक सम्झाउँथिन्, “तपाईं खाना पकाउँदा एप्रोन र बाहुला-कभर लगाउनुहोस्, नत्र तपाईंको लुगा फोहोर हुन्छ र धुन गाह्रो हुन्छ।” म मुखले त हुन्छ भन्थेँ, तर मैले एक पटक पनि लगाइनँ। मैले सोचेँ, “ऊ मलाई बाहुला-कभर र एप्रोन लगाओस् भन्ने चाहन्छे? म कस्तो देखिउँला? म त बूढी गृहिणी जस्तो देखिन्छु नि! सिस्टरहरूले मलाई त्यस्तो हालतमा देखे भने, कति लाजमर्दो होला? खाना पकाउने र धुने-पखाल्ने कामहरू त सिस्टरहरूले गर्ने हो, ब्रदरहरूले होइन। यदि ब्रदर-सिस्टरहरूले मैले अतिथि-सत्कार गरिरहेको थाहा पाए भने, उनीहरूले मलाई पक्कै हेला गर्नेछन्। म त पत्याउनै सक्दिनँ, लेखन-पठनको काम गर्ने म जस्तो ब्रदर अहिले आएर व्यावसायिक भान्छे बनेको छु!” केही समयपछि, अगुवाले अर्की एक जना युवा सिस्टरलाई पनि मेरो घरमा बस्ने व्यवस्था मिलाउनुभयो, र ती सिस्टरहरूको त सर्ने कुनै सुरसार नै देखिँदैनथ्यो। मैले मनमनै सोचेँ, “उहाँहरूले उनीहरू नयाँ वर्षपछि सरिहाल्छन् भन्नुभएको होइन र? किन मेरो घरमा झन् मान्छे थपिँदै छ? दिनदिनै यसरी खाना पकाइरहनु त साह्रै मान घट्ने कुरा भयो। यसको अन्त्य कहिले हुने हो?” म नकारात्मकताले निसास्सिएँ, र मैले खाना पकाउनमा मन लगाउन छोडेँ र झारा टार्न थालेँ। मैले पकाएको भात कि त एकदम साह्रो हुन्थ्यो कि एकदम गिलो, अनि मैले भुटेका खानेकुराहरू कि त एकदमै नुनिला हुन्थे कि त पूर्णरूपमा खल्ला। तर मैले अलिकति आफूमा चिन्तन गरिनँ; अझ मलाई खाना बनाएर दिन सक्नु नै ठूलो कुरा हो भन्ने समेत लाग्थ्यो। पछि, उनीहरूले मलाई मैले पकाएको चाउचाउ काँचै थियो, र चिसै खाने परिकारमा हालेको नुनका ढिक्काहरू पग्लेकै थिएनन् भनेर प्रतिक्रिया दिन थाले। यो सुनेर मलाई झन् नरमाइलो लाग्यो। “मजस्तो वयस्क पुरुषले दिनभरि तिमीहरूका लागि खाना पकाएर बस्नु नै एकदम मान घट्ने कुरा हो, त्यसमाथि तिमीहरू हरेक कुरामा कमजोरी फेला पार्दैछौ? यो त असह्य कुरा हो!” आफ्नो मनमा, म केवल उनीहरू छिट्टै सरेर गइदिऊन् भन्ने कामना गर्थेँ। पछि, मैले आफ्नो स्थिति गलत भएको महसुस गरेँ, त्यसैले मैले मेरा आफ्नै समस्याहरू बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनी परमेश्वरलाई प्रार्थना गरेँ।
त्यतिबेला, मैले परमेश्वरका वचनहरूको एउटा भजन सुनेँ:
सुरुका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए
१ सुरुमा मैले मानवजातिलाई बनाएँ; अर्थात्, मानवजातिको पुर्खा आदम बनाएँ। ऊ बल, जीवनशक्तिले भरिएको, स्वरूप र प्रतिरूपले सुसम्पन्न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको साथमा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेको मानिस मेरो सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए।
२ आदम मूल रूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा सृष्टि गरिएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको प्राणी हो भन्ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्ने, मेरो प्रतिरूप भएको र मेरो सास प्राप्त गरेको सृजित एक मात्र प्राणी थियो।
३ सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै पूर्वनिर्धारित गरेको थिएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी सृजित प्राणी थियो। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृष्टि गरिएकी दोस्रो मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाही हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो
भजनका शब्दहरूमा मनन गर्दा, मैले के बुझेँ भने जब परमेश्वरले सुरुमा मानवजाति—आदम र हव्वा—लाई सृष्टि गर्नुभयो, उहाँले कहिल्यै पनि महिलाभन्दा पुरुषहरू श्रेष्ठ हुन्छन् वा पुरुषहरूको भन्दा महिलाहरूको दर्जा तल्लो हुन्छ भन्नुभएन। परमेश्वरको नजरमा, पुरुष र महिला बराबर छन्। परमेश्वरको घरमा पनि त्यस्तै हो। कसैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, परमेश्वरले कहिल्यै पनि कुनै कर्तव्य ब्रदरहरूले नै पूरा गर्नुपर्छ र कुनैचाहिँ सिस्टरहरूले मात्र पूरा गर्नुपर्छ भन्नुभएको छैन। तर मलाई सानैदेखि मेरो बुबाको भनाइ र गराइले सिकाएको थियो, र म पुरुषहरू नै श्रेष्ठ हुन्छन् भन्ने विचार बोकेर बाँचेको थिएँ। म सधैँ महिलाहरूलाई तुच्छ ठान्थेँ र खाना पकाउने, धुने-पखाल्ने जस्ता कामहरूलाई हेला गर्थेँ, र ती सबै महिलाहरूले गर्ने काम हुन् भनी सोच्थेँ। त्यसैले म आफ्नो अतिथि-सत्कारको कर्तव्यप्रति यति धेरै प्रतिरोधी थिएँ, र मैले त्यो कर्तव्य पूरा गर्दा पनि, म केवल झारा टारिरहेको थिएँ। मैले सोचेका र गरेका सबै कुरा परमेश्वरको अभिप्रायअनुसार थिएनन्। यो कुरा बुझेपछि, म समर्पित हुन र लगनशीलताका साथ आफ्नो अतिथि-सत्कारको कर्तव्य पूरा गर्न तयार भएँ। त्यसपछि, चाउचाउ पकाउँदा, म अलि बढी बेर उमाल्थेँ, र चिसै खाने परिकारहरूलाई पहिले नै मेरिनेट गर्थेँ। म आफूले बनाउने परिकारहरूमा पनि विविधता ल्याउनेबारे सोच्न थालेँ। जब मैले केही युवा सिस्टरहरू बिरामी भएर खोकिरहेका देखेँ, मैले उनीहरूका लागि मिश्री-नासपातीको पेय बनाएँ। ममा परिवर्तन मात्रै के हुन थालेको थियो, तिनीहरू अप्रत्यासीत रूपमा सरिहाले।
उनीहरू गएपछि, म अक्सर मनन गर्थेँ, “मैले अतिथि-सत्कार गर्दाको समयमा किन यति धेरै प्रतिरोध देखाएँ?” पछि, मैले पुरुष-श्रेष्ठतावादको समस्यालाई खुलासा गर्ने परमेश्वरका वचनहरू पढेँ, र मैले आफ्नो बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरैजसो मानिसहरू यस्तो सोच्छन्, ‘धुने र टालटुल गर्ने जति सबै महिलाको काम हो। ती काम महिलालाई नै गर्न देऊ। ती कामहरू गर्नुपर्दा मलाई दिक्क लाग्छ; मलाई पुरुषको स्तरबाट घटेको महसुस हुन्छ।’ … पुरुषहरूमा यी पुरुषप्रधान विचारहरू हुन्छन्, र तिनीहरूले बच्चाहरू हेरचाह गर्ने, घर चिटिक्क पार्ने, धुने-पखाल्ने, र सरसफाइ गर्नेजस्ता कामहरूलाई तुच्छ ठान्छन्। कतिपयमा त दह्रिला पुरुषप्रधान प्रवृत्तिहरू हुन्छन्, र तिनीहरूले यी कामहरूलाई घृणा गर्छन्, यी काम गर्न अनिच्छुक हुन्छन्, अनि यदि तिनीहरूले यी काम गरे नै भने पनि, अरूले तिनीहरूको खिल्ली उडाउँछन् भनेर मात्र मन नलागी-नलागी गर्छन्। तिनीहरूले यस्तो सोच्छन्, ‘यदि मैले सधैँ यी कामहरू गरिरहेँ भने, के म छोरीमान्छे जस्तो हुँदिनँ र?’ यो विचार र दृष्टिकोणलाई के कुराले सञ्चालित गरेको हुन्छ? के तिनीहरूको विचारमा कुनै समस्या छैन र? (हो, छ।) तिनीहरूको विचार समस्याले भरिएको छ। … पुरुषप्रधान मानसिकता धेरै हाबी भएका केही क्षेत्रहरूमा, मानिसहरूलाई पारिवारिक शिक्षण र प्रभावले नै बिगारेको हुन्छ भन्ने कुरा नकार्न सकिँदैन। यस्तो शिक्षणले तिनीहरूलाई बचाएको छ, कि हानि गरेको छ? (यसले तिनीहरूलाई हानि गरेको छ।) यो कुरा तिनीहरूको लागि हानिकारक रहेको छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। “उदाहरणका लागि, मानौँ तँ एक ब्रदर होस्, र तँलाई हरेक दिन अन्य ब्रदर-सिस्टरहरूका लागि खाना बनाउन र भाँडा माझ्न भनियो। के तँ समर्पित हुन सक्नेथिइस्? (मलाई त्यस्तै लाग्छ।) सायद तँ छोटो समयका लागि सक्नेथिइस्, तर यदि तँलाई लामो समयसम्म यो कर्तव्य निर्वाह गर्न भनियो भने, के तँ समर्पित हुन सक्नेथिइस्? (मैले यो कर्तव्य कहिलेकाहीँ मात्रै निर्वाह गर्नुपरेको भए, म समर्पित हुन सक्नेथिएँ। यदि यो लामो समयका लागि भएको भए, सायद म सक्ने थिइनँ।) यसले तँमा समर्पणता छैन भन्ने देखाउँछ। मानिसहरूमा केले गर्दा समर्पणता हुँदैन? (मानिसहरूले आफ्नो हृदयमा परम्परागत धारणाहरू पालेका कारण यस्तो हुन्छ। तिनीहरू पुरुषहरूले घरबाहिर काम गर्नुपर्छ, र महिलाहरूले घरायसी काम सम्हाल्नुपर्छ, खाना पकाउनु महिलाको काम हो र ब्रदरले खाना पकाउँदा इज्जत जान्छ भन्ने सोच्छन्। त्यसैले समर्पित हुन सजिलो हुनेथिएन।) ठीक भनिस्। श्रम विभाजनको कुरा आउँदा मानिसहरू लैङ्गिक भेदभाव गर्छन्। पुरुषहरू सोच्छन्, ‘हामी पुरुषहरू बाहिर गएर जीविकोपार्जन गर्नुपर्छ। खाना पकाउने र सरसफाइ गर्ने जस्ता कामहरू महिलाहरूले गर्नुपर्छ। हामीलाई यो गर्न लगाउनु हुँदैन।’ तर अहिले यी विशेष परिस्थितिहरू हुन्, र तँलाई यो गर्न भनिएको छ, त्यसैले तँ के गर्छस्? समर्पित हुनका लागि तैँले कुन-कुन कठिनाइहरू समाधान गर्नैपर्छ? यो नै कुरोको चुरो हो। तैँले आफ्नो लैङ्गिक भेदभावलाई जित्नैपर्छ। पुरुषहरूले नै गर्नुपर्ने कुनै काम छैन, न त महिलाहरूले नै गर्नुपर्ने कुनै काम छ। सबैभन्दा पहिले, यसरी श्रम विभाजन नगर्। कसले कुन कर्तव्य गर्छ भन्ने कुरा उसको लिङ्गअनुसार निर्धारण गरिनु हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। परमेश्वरका वचनहरूले ठ्याक्कै मेरो अवस्थालाई खुलासा गरिदिए। मैले बाल्यकालदेखि नै आफ्नो बुबाको भनाइ र गराइ अनि आफ्नो पारिवारिक हुर्काइबाट प्रभावित भएर, आफूले कसरी सधैँ “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” र “पुरुषहरूले घरबाहिरको काम गर्नुपर्छ र महिलाहरूले घरभित्रको काम सम्हाल्नुपर्छ” भन्ने विश्वास गरेको थिएँ भन्ने बारे सोचेँ। मलाई लुगा धुने, खाना पकाउने, र सरसफाइ गर्ने जस्ता घरका कामहरू सबै महिलाले गर्ने कुरा हुन्, जबकि पुरुषहरूले केवल खेती गरे वा काम गरेर पैसा कमाए पुग्छ भन्ने लाग्थ्यो। म पुरुषको हैसियत महिलाको भन्दा उच्च हुन्छ, त्यसैले उनीहरूका पत्नीहरूले स्वाभाविक रूपमा उनीहरूको सेवा गर्नुपर्छ, र यदि पुरुषले घरको काम गर्यो भने, त्यो मान घट्ने कुरा हो र उनीहरूलाई हेला गरिन्छ भन्ने विश्वास गर्थेँ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नुअघि, मैले कहिल्यै घरको कुनै काम गरिनँ। जब म मेरी श्रीमतीलाई बच्चा च्यापेर हतार-हतार घरको काम गरिरहेकी देख्थेँ, मलाई नराम्रो लाग्थ्यो र मदत गर्न मन लाग्थ्यो, तर त्यसपछि म आफूजस्तो वयस्क पुरुषले त वास्तविक पुरुष हुनुको आचरण र मर्यादा कायम राख्नुपर्छ भन्ने सम्झिन्थेँ। अरूले मलाई महिलाको काम गरिरहेको देखे भने मेरो कति इज्जत जान्छ होला भनेर सोच्थेँ, त्यसैले म उनलाई घरको काममा सघाउनुको साटो तास खेल्न र रमाइलो गर्न बाहिर जान्थेँ। ती सबै वर्षहरूमा, मेरी श्रीमती चुपचाप सहिरहेकी थिइन्, र थकित अनि कष्टकर जीवन बिताइरहेकी थिइन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, म पुरुषहरू नै श्रेष्ठ हुन्छन् भन्ने विचारहरूबाट यति धेरै प्रभावित भएकोले, आफू परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सकिनँ। जब अगुवाले मलाई अस्थायी रूपमा सिस्टरहरूलाई अतिथि-सत्कार गर्ने व्यवस्था मिलाउनुभयो, मैले घरको कामलाई महिलाको कामको रूपमा हेरेँ र एक ब्रदर भएको नाताले अतिथि-सत्कारको कर्तव्य पूरा गर्नु लाजमर्दो र मेरो लागि मान घट्ने कुरा हो भन्ने महसुस गरेँ। आफ्नो पुरुष छवि जोगाउन, सिस्टरहरूले मलाई हेला गर्लान् भन्ने डरले, मैले खाना पकाउँदा एप्रोन वा बाहुला-कभर लगाउने आँटसमेत गरिनँ। आफ्नो भित्री प्रतिरोधका कारण, मैले आफ्नो कर्तव्यमा झारा टारिरहेको थिएँ; मैले चाउचाउ समेत राम्ररी पकाउन सकिनँ, चिसै खाने परिकारको नुन पग्लिएकै थिएन। जब सिस्टरहरूले मलाई सुझाव दिए, मैले उनीहरूले बढी अपेक्षा गरेको ठानेँ र उनीहरू जतिसक्दो चाँडो सरेर गइदिऊन् भन्ने कामना मात्र गरेँ। मैले के देखेँ भने, यी परम्परागत सांस्कृतिक विचारहरूअनुसार जिउँदा, आफ्नो तथाकथित पुरुष मर्यादा र हैसियत जोगाउनको लागि, म अविश्वसनीय रूपमा स्वार्थी र कठोर, अनि पूर्ण रूपमा सामान्य मानवताविहीन बनेको थिएँ। आफ्नो कर्तव्यप्रति ममा अलिकति पनि समर्पण वा निष्ठा थिएन। यो कुरा बुझेपछि, मैले प्रार्थना गरेँ, अनि सत्यता बुझ्न र मेरो पुरुष-श्रेष्ठतावादी विचारका बन्धन र नियन्त्रणबाट मुक्त हुन मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्वरलाई बिन्ती गरेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासको एउटा मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “के पुरुष र स्त्रीका सामाजिक जिम्मेवारीहरू छुट्याउनुपर्छ? के पुरुष र स्त्रीको समान सामाजिक हैसियत हुनुपर्छ? के अनावश्यक रूपमा पुरुषको हैसियतलाई माथि उचाल्नु र स्त्रीको हैसियतलाई तल झार्नु निष्पक्ष हो? (होइन, यो पक्षपात हो।) त्यसोभए, ठ्याक्कै पुरुष र स्त्रीको सामाजिक हैसियतलाई निष्पक्ष र उचित तरिकामा सम्हाल्नुपर्छ? यसको सिद्धान्त के हो? (त्यो हो, पुरुष र स्त्री समान हुन् र उनीहरूलाई निष्पक्ष तरिकामा व्यवहार गरिनुपर्छ।) निष्पक्ष व्यवहार सैद्धान्तिक आधार हो, तर यसलाई निष्पक्षता र उचितपना झल्काउने तरिकामा कसरी अभ्यास गर्नुपर्छ? के यसको व्यावहारिक समस्यासँग कुनै सम्बन्ध छैन? प्रथमतः हामीले पुरुष र स्त्रीको हैसियत समान छ भनेर निर्धारित गर्नैपर्छ—यो निर्विवाद कुरा हो। तसर्थ, पुरुष र स्त्रीबीचको सामाजिक श्रम विभाजन पनि समान हुनुपर्छ, अनि यसलाई तिनीहरूको सामर्थ्य र क्षमताअनुसार विचार गर्नु र मिलाउनुपर्छ। विशेष गरी मानव अधिकारको सन्दर्भमा समानता हुनुपर्छ, अनि समाजमा पुरुष र स्त्रीबीच समान हैसियत हुने सुनिश्चित गर्न, स्त्रीले पनि पुरुषले जे उपभोग गर्न सक्छ त्यो उपभोग गर्नुपर्छ। जसले जागिर खान सक्छ उसलाई जागिर खान दिनुपर्छ वा जो अगुवा बन्न योग्य छ उसलाई अगुवा बन्न दिनुपर्छ, चाहे ऊ पुरुष होस् वा स्त्री होस्। तँलाई यो सिद्धान्त कस्तो लाग्छ? (राम्रो।) यसले पुरुष र स्त्रीबीचको समानतालाई झल्काउँछ। उदाहरणको लागि, दुई पुरुष र दुई स्त्रीले अग्निनियन्त्रक कर्मचारी पदको लागि निवेदन दिन्छन् भने, यसमा कसलाई नियुक्त गर्नुपर्छ? निष्पक्ष व्यवहार भनेको सैद्धान्तिक आधार र सिद्धान्त हो। तर त्यसपछि, व्यक्तिले यसलाई वास्तवमा कसरी कार्यान्वयन गर्नुपर्छ? मैले भर्खरै भनेझैँ, जो जे कामको लागि योग्य छ उसलाई उसको योग्यता र क्षमताअनुसार त्यही गर्न दिनुपर्छ। यी व्यक्तिहरूमध्ये को शारीरिक रूपमा योग्य छ र बेढङ्गको छैन भन्ने कुरा हेरेर सिद्धान्तअनुसार छनौट गर्। अग्निनियन्त्रण भनेको आपत्कालीन स्थितिमा तुरुन्तै गर्नुपर्ने काम हो। यदि तँ कछुवा वा बुढी भैँसीजस्तो असाध्यै बेढङ्गको, मन्द बुद्धिको र सुस्त छस् भने, तैँले काममा ढिलाइ गर्नेछस्। अग्निनियन्त्रण कार्यसम्बन्धी प्रत्येक आवेदकको क्षमता, योग्यता, अनुभव र दक्षता आदि इत्यादिबारे तिनीहरूका गुणहरू पत्ता लगाइसकेपछि, एक पुरुष र एक स्त्री दुवै निकै उपयुक्त रहेछन् भन्ने निष्कर्ष निस्कन्छ: पुरुष अग्लो छ, शारीरिक रूपमा बलियो छ, ऊसँग अग्निनियन्त्रण कार्यको अनुभव छ, र ऊ कैयौँ अग्निनियन्त्रण र उद्धारकार्यमा सहभागी भइसकेको छ; स्त्री फुर्तिलो छे, उसले कडा प्रशीक्षण लिएकी छे, ऊसँग अग्निनियन्त्रण र सम्बन्धित कार्यप्रक्रियाको ज्ञान छ, क्षमता छ अनि उसले आफूलाई अन्य काममा पनि अब्बल बनाएर इनामहरू पाएकी छे। त्यसैले अन्त्यमा, ती दुवैजना छनौट हुन्छन्। के त्यो सही हो? (हो।) कसैलाई काखी नच्यापी सर्वोत्कृष्टमध्ये सर्वोत्कृष्टलाई छान्नु भनेको यही हो। … सर्वप्रथम त, कुनै मामिला सम्हाल्दा, तँमा पुरुष वा स्त्रीप्रति कुनै पूर्वाग्रह हुँदैन। तँलाई उत्कृष्ट र प्रतिभाशाली स्त्रीहरू धेरै छन् भन्ने विश्वास हुन्छ, अनि तँ यस्ता धेरै व्यक्तिहरूलाई चिन्छस्। त्यसैले, तँ आफ्नो अन्तर्ज्ञानद्वारा स्त्रीको कार्य क्षमता पुरुषको भन्दा कम छैन अनि स्त्रीले समाजमा ल्याउने महत्त्व पुरुषले ल्याउनेभन्दा कम छैन भनेर विश्वस्त हुन्छस्। तँमा यो अन्तर्ज्ञान र बुझाइ भएपछि, भविष्यमा कार्य गर्दा, तैँले यही तथ्यको आधारमा सही निर्णय र छनौट गर्नेछस्। अर्को शब्दमा भन्नुपर्दा, यदि तैँले कसैलाई काखी च्याप्दैनस् र कुनै लैङ्गिक पूर्वाग्रह राख्दैनस् भने, यो सन्दर्भमा तेरो मानवता तुलनात्मक रूपमा अलि सामान्य हुनेछ, र तैँले निष्पक्ष रूपमा काम गर्न सक्नेछस्। अनि, पुरुषलाई स्त्रीभन्दा श्रेष्ठ ठानिन्छ भन्ने अर्थ दिने परम्परागत संस्कृतिका बन्देजहरू हट्नेछन्, अबउप्रान्त तेरो विचार सीमित हुनेछैन र तँ परम्परागत संस्कृतिको यो पक्षद्वारा प्रभावित हुनेछैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। परमेश्वरका वचनहरू पढेपछि, मैले ठूलो स्पष्टता महसुस गरेँ, र मैले के बुझेँ भने “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” र “पुरुषहरूले घरबाहिरको काम गर्नुपर्छ र महिलाहरूले घरभित्रको काम सम्हाल्नुपर्छ” जस्ता परम्परागत सांस्कृतिक विचारहरूको साङ्लोबाट मुक्त हुन, मैले सबैभन्दा पहिले पुरुष र महिला बराबर छन् भन्ने तथ्यलाई स्वीकार गर्नुपर्थ्यो। पुरुषहरू महिलाप्रति पूर्वाग्रही बन्नुहुँदैन, उनीहरूलाई तुच्छ ठान्ने वा दमन गर्ने त परै जाओस्। त्यो अनैतिक र मानवताविहीन काम हो। पुरुषहरूले महिलाहरूलाई निष्पक्ष व्यवहार गर्नुपर्छ र घरको कामलाई महिलाहरूले स्वाभाविक रूपमा गर्नुपर्ने कुराको रूपमा हेर्ने, जबकि उच्च-हैसियत ल्याउने प्रतिष्ठित काम भने पुरुषको हो भनेर सोच्ने गर्नुहुँदैन। यस्तो दृष्टिकोण शैतानका धर्मद्रोही शिक्षाहरू र भ्रमहरूमध्ये एक हो, र यो सत्यताको पूर्ण विरुद्धमा हुन्छ। परमेश्वरको घरमा कुन कर्तव्य ब्रदरहरूले र कुनचाहिँ सिस्टरहरूले पूरा गर्नुपर्छ भनी तोक्ने कुनै नियम छैन। परमेश्वरको घरमा, कर्तव्यहरू कहिल्यै लिङ्गका आधारमा मिलाइँदैन, बरु प्रत्येक व्यक्तिको क्षमता, सबलताहरू, कार्य सामर्थ्य, र मण्डलीको कामका आवश्यकताहरूको आधारमा उचित रूपमा मिलाइन्छ। उदाहरणको लागि, अगुवाले मलाई अतिथि-सत्कारक कर्तव्यको प्रबन्ध गर्नुभयो किनभने सिस्टरहरू बसिरहेको अतिथि-सत्कारक घरमा सुरक्षा जोखिमहरू थिए, र तुरुन्तै सुरक्षित घर भेट्टाउन सकिएको थिएन। अर्कोतिर, मेरो घर उपयुक्त थियो, र मेरी श्रीमती र छोराछोरी मलाई मेरो कर्तव्य निर्वाहमा समर्थन गर्थे। एकातिर, अगुवाको बन्दोबस्तले सिस्टरहरूलाई सुरक्षित राख्यो, र अर्कोतिर, यसले उनीहरूलाई सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सजिलो भयो, जसले गर्दा मण्डलीको काममा कुनै असर परेन। उनीहरूलाई अतिथि-सत्कार गरेर, म मण्डलीको कामलाई सम्हालिरहेको थिएँ र आफ्नो कर्तव्य पनि पूरा गरिरहेको थिएँ। मैले त्यो बन्दोबस्तलाई स्वीकार गरेर समर्पित हुनुपर्थ्यो, “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” र “पुरुषहरूले घरबाहिरको काम गर्नुपर्छ र महिलाहरूले घरभित्रको काम सम्हाल्नुपर्छ” भन्ने भ्रामक विचार र दृष्टिकोणहरूलाई त्याग्नुपर्थ्यो, र परमेश्वरका वचनहरूअनुसार आफ्नो अतिथि-सत्कारको कर्तव्य पूरा गर्नुपर्थ्यो।
त्यसपछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ र आफ्नो कर्तव्यलाई कसरी उचित रूपमा हेर्ने भनेर सिकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई उच-नीच भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्वरबाट आएको आज्ञा र परमेश्वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्न दिन्छ—र मैले मेरो आफ्नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरो अभिमान र हैसियत, तेरा आफ्नै लाभहरू, र यस्तै अन्य कुरालाई ध्यान दिन्छस्, तब आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पणताको हुँदैन। तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले कसले तँलाई यो काम सुम्पेको हो भनी विश्लेषण गर्नु हुँदैन; बरु, तैँले यसलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ—यो परमेश्वरको आज्ञा हो, यो तेरो कर्तव्य हो, र तँ परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ, र आफ्नो कर्तव्य स्वीकार गर्नुपर्छ। दोस्रो, उच-नीच भनेर नछुट्टया, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि वा नदेखाए पनि, यो सार्वजनिक रूपमा गरिनुपर्ने भए पनि वा पर्दापछाडि गरिनुपर्ने भए पनि, कर्तव्यको प्रकृति के हो भन्नेबारे सरोकार नराख्। यी कुराहरूका बारेमा विचार नगर्। यस मनोवृत्तिको अर्को पक्ष पनि छ: र त्यो समर्पण र सक्रिय सहकार्य हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “उदाहरणका लागि, मानौँ ब्रदर-सिस्टरहरूका लागि खाना पकाउनु तेरो जिम्मेवारी हो, र त्यो तेरो कर्तव्य हो। तैँले यो कामलाई कसरी लिनुपर्छ? (हामीले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ।) तँ सत्यता सिद्धान्तहरू कसरी खोज्छस्? यसमा वास्तविकता र सत्यता समावेश हुन्छन्। तैँले सत्यता कसरी अभ्यास गर्ने र यो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनी सोच्नैपर्छ। यसमा सत्यताका कुन-कुन पक्षहरू समावेश हुन्छन्? पहिलो चरण के हो भने, तैँले सबैभन्दा पहिले यो जान्नैपर्छ, ‘म आफ्नै लागि खाना पकाउँदै छैनँ। यो मेरो कर्तव्य हो।’ यसमा दर्शनको पक्ष समावेश हुन्छ। दोस्रो चरण नि? (हामीले खाना कसरी राम्ररी पकाउने भनी सोच्नैपर्छ।) राम्ररी पकाउनुको मानक के हो? (हामीले परमेश्वरका मागहरूको खोजी गर्नैपर्छ।) ठीक हो। परमेश्वरका मागहरू मात्रै सत्यता, मानक र सिद्धान्त हुन्। परमेश्वरका मागहरूअनुसार कामहरू गर्—यो सत्यताको एउटा पक्ष हो। तैँले सबैभन्दा पहिले सत्यताको यो पक्षबारे सोच्नैपर्छ, र त्यसपछि चिन्तन गर्नैपर्छ, ‘परमेश्वरले मलाई यो कर्तव्य निर्वाह गर्न दिनुभएको छ। परमेश्वरले माग गर्नुभएको मानक के हो?’ तँसँग सबैभन्दा पहिले यो जग हुनैपर्छ। त्यसोभए, परमेश्वरको मानक पूरा गर्न तैँले कसरी कार्य गर्नुपर्छ? तैँले पकाएको खाना स्वस्थकर, स्वादिष्ट, स्वच्छ, र शरीरलाई हानिकारक नहुने हुनुपर्छ—यसमा यिनै कुरा समावेश हुन्छन्। जबसम्म तँ यो सिद्धान्तअनुसार कार्य गर्छस्, तबसम्म तैँले पकाएको खाना परमेश्वरका मागहरूअनुसार बनाइनेछ। म किन यसो भन्छु? किनभने तैँले यो कर्तव्यका सिद्धान्तहरू खोजिस्, र तेरा कार्यहरू परमेश्वरले तोक्नुभएको दायराभन्दा बाहिर गएनन्। तैँले कार्य गरेको तरिका सही थियो। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिस्, र तैँले यो मानकअनुरूप हुने तरिकाले निर्वाह गरिस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्वरको घरमा, कुनै पनि कर्तव्य व्यक्तिको लिङ्गका आधारमा मिलाइँदैन, र कुनै उच्च वा नीच कर्तव्यहरू हुँदैनन्। आफ्नो कर्तव्यप्रतिको उचित मनोवृत्ति भनेको यसलाई परमेश्वरबाट आएको हो भनी स्वीकार गर्नु र समर्पित हुनु हो। कसले मिलाउँछ वा तपाईं चर्चामा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराले फरक पार्दैन, तपाईंले आफ्नो कर्तव्य पूरा गर्न सत्यता सिद्धान्तहरू खोज्नुपर्छ। अभ्यास गर्ने सही तरिका यही हो, र यो परमेश्वरको अभिप्रायसँग मिल्ने कुरा हो। जब अगुवाले मेरो लागि अतिथि-सत्कारको कर्तव्य मिलाउनुभयो, मैले अरूले हेला गर्छन् कि भनेर चिन्ता गर्नुहुँदैनथ्यो, बरु, मैले सत्यता सिद्धान्तहरू खोजेर आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। पहिलो कुरा, मैले सिस्टरहरूको लागि सुरक्षित वातावरण कायम राख्न हरसम्भव प्रयास गर्नुपर्थ्यो। साथै, मैले घर सफा राख्नुपर्थ्यो, र खाना पकाउँदा, भोजनलाई कसरी पौष्टिक र स्वस्थकर बनाउने भनेर विचार गर्नुपर्थ्यो। अतिथि-सत्कारको कर्तव्य पूरा गर्ने कार्यले, एकातिर, मेरो पुरुष-श्रेष्ठतावादी भ्रामक दृष्टिकोणलाई सच्यायो, जसले गर्दा मैले महिलाहरूलाई “पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छ” भन्ने परम्परागत दृष्टिकोणबाट हेर्न छोडेँ। अर्कोतिर, यसले मेरा जीवन जिउने सीपहरूमा पनि सुधार गर्यो। म अहिले तरकारी पखाल्न र काट्नमा पहिलेभन्दा धेरै सिपालु भएको छु, र घरमा, प्रायः खाना पकाउने र सफा गर्ने काम म नै गर्छु। मलाई याद छ, एक पटक दिउँसोको खाना खाने बेलामा, मेरी श्रीमतीले हाँस्दै भनिन्, “पहिले त म तपाईंलाई पकाएर खुवाउँथेँ, तर अहिले त्यसको उल्टो होला भनेर सोचेकै थिइनँ।” मेरा छोराछोरीले पनि म परिवर्तन भएको बताए। कहिलेकाहीँ, केही सिस्टरहरू मेरो घरमा उनीहरूका प्रवचनबारे छलफल गर्न आउँछन्, र धेरैजसो समय, खाना पकाउने काम म नै गर्छु। मलाई अब अलिकति पनि मान घट्ने वा लाजमर्दो महसुस हुँदैन। सिस्टरहरू त मैले पकाएको माछा मीठो छ समेत भन्छन्। यी परम्परागत पुरुष-श्रेष्ठतावादी विचारहरूबाट मुक्त हुन सक्नु र थोरै सामान्य मानवतामा जिउन सक्नु सबै परमेश्वरका वचनहरूमार्फत हासिल गरेको परिणाम हो। परमेश्वरलाई धन्यवाद!