१७. सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह नगर्दाको परिणाम
सन् २०२२ को सुरुतिर, म दस वटा मण्डलीको कामको जिम्मेवारीमा थिएँ। तीमध्ये तीन वटा मण्डलीका अगुवा र डिकनहरूको क्षमता अलि कमजोर थियो, र मण्डलीको जीवन त्यति राम्रो थिएन। साथै, अरू केही मण्डलीहरूमा पनि अगुवा र डिकनहरूको अभाव थियो, त्यसैले मैले हतार-हतार चुनाव गराउन ब्रदर-सिस्टरहरूलाई सङ्गठित गरेँ। ब्रदर-सिस्टरहरूले चुनावका सिद्धान्तहरू राम्ररी बोध नगरेकाले, चुनावको काम एकदमै सुस्त गतिमा अघि बढ्यो। पछि, माथिल्लो अगुवाहरूले चुनावको सुस्त गतिको कारण पत्ता लगाउन हामीसँग एउटा भेला राख्नुभयो। उहाँहरूले अगुवा र डिकनहरू छान्नुको महत्त्वबारे पनि सङ्गति गर्नुभयो। यो कुरा सुन्दा मेरो मन आत्तियो। मैले मनमनै सोचेँ, “मेरो जिम्मेवारीमा रहेका मण्डलीहरूमा यति धैरे अगुवा र डिकनहरूको अभाव छ। के यसले मेरो कार्य सामर्थ्य ज्यादै कमजोर छ भन्ने देखाउँदैन र? अगुवाहरूले मेरो बारेमा के सोच्नुहोला? यस्तो त हुनु भएन। मैले खाली भएका अगुवा र डिकनका पदहरू भर्न छिटो उपनिर्वाचन गराउनुपर्छ। यसले म अझै पनि केही वास्तविक काम गर्न सक्छु भनेर सबैलाई देखाउनेछ।” त्यसपछि, मैले हतार-हतार अगुवा र डिकनहरूको चुनावहरू आयोजना गरेँ, तर अगुवा र डिकनहरू छान्ने सिद्धान्तहरूबारे विस्तृत रूपमा सङ्गति गरिनँ। मलाई के लाग्यो भने चुनिएका मानिसहरू आफ्नो कर्तव्यमा अपेक्षाकृत रूपमा सक्रिय भए र तिनीहरूले दुःख भोग्न अनि मूल्य चुकाउन सके भने, त्यो पनि ठीकै हुन्छ। केही समयको कडा मेहनतपछि, मण्डलीहरूले बिस्तारै अगुवा र डिकनहरू चुने। जब मैले यी “नतिजाहरू” देखेँ, तब म धेरै खुसी भएँ। मैले के सोचेँ भने, अब कसैले पनि मेरो कार्य सामर्थ्यमाथि प्रश्न उठाउनेछैन। तर, पछि दुई जना सिस्टरले धेरै पटक रिपोर्ट पठाएर भर्खरै चुनिएका एक जना अगुवा, ब्रदर चेन लिनमा इन्साफको बोध नभएको, उनीमा मान्छे खुसी पारिहिँड्ने गम्भीर स्वभाव भएको र उनी अगुवा बन्न अनुपयुक्त भएको कुरा जानकारी गराउनुहुनेछ भन्ने मैले अपेक्षा गरेकी थिइनँ। मैले मनमनै सोचेँ, “सबैमा भ्रष्टता र कमीकमजोरीहरू त हुन्छन् नै। तिमीहरूको माग अलि धेरै नै भयो। यदि हामीले मानिसहरूलाई जोख्न तिमीहरूकै मापदण्डअनुसार चल्ने हो भने, हामीले अगुवा र डिकनका सबै पदहरू कहिले भर्न सकौँला र?” मलाई के लाग्यो भने चेन लिनलाई छान्नुमा कुनै समस्या छैन, बरु समस्या त ती दुई सिस्टरहरूले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न नसक्नुमा छ। त्यसैले, मैले उनीहरूसँग सङ्गति गर्न र सम्झाउने प्रयास गर्न एउटा पत्र लेखेँ। तैपनि, केही दिनमै ती सिस्टरहरूले मलाई फेरि पत्र लेखे र भने, “चेन लिनमा मान्छे खुसी पारिहिँड्ने स्वभाव एकदमै गम्भीर छ। उनले मण्डलीको कामको सुरक्षा गर्दैनन्, र उनी अगुवा बन्न उपयुक्त छैनन्।” तर त्यतिबेला, म भ्रष्ट स्वभावमा जिइरहेकी थिएँ, र मलाई हतारमा अगुवा र कामदारहरू छान्नु थियो, त्यसैले मैले यो कुरामा कुनै ध्यान दिइनँ।
त्यसको केही समय नबित्दै, मैले माथिका अगुवाहरूबाट एउटा पत्र प्राप्त गरेँ जसमा भनिएको थियो, “चेन लिनमा मान्छे खुसी पारिहिँड्ने स्वभाव एकदमै गम्भीर छ। उनले मण्डलीको कामको सुरक्षा गर्दैनन्, र अहिले पनि, उनमा पश्चात्तापको कुनै सङ्केत देखिँदैन। सिद्धान्तअनुसार, उनी अगुवा बन्न उपयुक्त छैनन्।” त्यो पत्र पढ्नेबित्तिकै, मैले के महसुस गरेँ भने ती सिस्टरहरूले पहिले नै चेन लिनका समस्याहरूबारे रिपोर्ट गर्न केही पत्रहरू पठाएका थिए, तर मैले तिनीहरूलाई गम्भीरतापूर्वक लिइनँ र खोजी गरिनँ, उल्टै मलाई त्यसप्रति चरम प्रतिरोधी महसुस भएको थियो। म त असाध्यै अहङ्कारी र आत्म-धर्मी भएकी रहेछु भन्ने देखेँ! मैले अरूका सुझावहरू स्वीकार गरेकी थिइनँ, र आफ्नै इच्छाअनुसार काम गरेकी थिएँ। त्यतिबेला, मलाई यति धेरै लाज लाग्यो कि, मलाई त धर्ती फाटोस् र म त्यहीँ भासिएर जाऊँ जस्तो भयो। मेरो अनुहार लाजले रातो भयो, र मेरो दिमागमा अनेकौँ विचारहरू आउन थाले, “अब म खत्तम भएँ। अब, माथिका अगुवाहरूलाई के थाहा भयो भने मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छैन। उहाँहरूले मेरो काम गराइबारे पत्ता लगाउन छानबिन गर्न सक्नुहुन्छ। त्यसो भयो भने के म बर्खास्त हुनेछैन र?” ती केही दिन, मलाई तनाव र असहज महसुस भयो। मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “यदि तैँले आफ्नै इच्छाअनुसार काम गर्ने अवसर पाइस् भने, तैँले सत्यता खोजी गर्ने अवसर पनि पाएको हुन्छस्, अनि तैँले सत्यतालाई आफ्नो व्यवहारको सिद्धान्तको रूपमा प्रयोग गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१५))। जब मैले परमेश्वरका वचनहरू मनन गरेँ, तब मेरो मुटुमा छुरा रोपेजस्तै पीडा भयो। हो, मैले सत्यता खोज्ने मौका पाएकी थिएँ, तर मैले सत्यता नपछ्याएको हुनाले, मैले सिद्धान्तहरू खोजिनँ र कर्तव्यहरूमा आफ्नै इच्छाअनुसार काम गरेँ। यसले काममा अवरोध र बाधा पुर्यायो। यस अवधिमा, म चुनावको काममा द्रुत सफलता पाउनका लागि आतुर थिएँ र मैले सिद्धान्तहरू खोजेकी थिइनँ, जसले गर्दा गलत व्यक्ति चुनिन पुग्यो। मेरा ब्रदर-सिस्टरहरूले यो कुरा औँल्याउँदा पनि, मैले आत्मचिन्तन गरेर समस्या सच्याइनँ। यो कसरी मेरो कर्तव्य पूरा गरेको भयो र? तर, मैले आफ्नो प्रकृति र म हिँडिरहेको बाटोबारे कुनै बुझाइ हासिल गरेकी थिइनँ, र त्यसको लगत्तै, मेरो पुरानो समस्या फेरि दोहोरियो। त्यस समयमा, माथिका अगुवाहरूले एउटा पत्र पठाएर हरेक मण्डलीले अन्य क्षेत्रमा कर्तव्य निर्वाह गर्न केही प्रतिभाशाली व्यक्तिहरू उपलब्ध गराउनुपर्ने कुरा बताउनुभयो, र उनीहरूले सुसमाचारको काममा आफ्नो तर्फबाट योगदान पुर्याउनुपर्ने थियो। त्यसपछि, मैले हतार-हतार उम्मेदवारहरूको जाँचबुझ गरेँ। जब मैले जाँचिसकेका नामहरूको सूची पढेँ, तब म साँच्चै खुसी भएँ। म यो नसोची बस्न सकिनँ, “के धेरै मानिसहरू उपलब्ध गराउँदा यसले मेरो कार्य सामर्थ्य अझ बलियो छ भन्ने देखाउँदैन र? मैले मेहनत गर्नुपर्छ ताकि माथिल्लो अगुवाहरूले मैले अझै पनि केही वास्तविक काम गर्न सक्छु भन्ने देखून्।” त्यतिबेला, सूचीमा एक जना ब्रदर हुनुहुन्थ्यो जो परमेश्वरमा विश्वास गरेकै कारण पक्राउ परेको रेकर्ड थियो। उहाँ प्रहरीको खोजीको सूचीमा हुनुहुन्छ कि हुनुहुन्न, र उहाँलाई लामो यात्रामा जानु खतरनाक हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट थिएन। मलाई अलि असहज महसुस भयो, तर अगुवाहरूले मेरो कामले नतिजा ल्याउँछ भन्ने देखून् भनेर धेरै प्रतिभाशाली व्यक्तिहरू उपलब्ध गराउन, मैले ती ब्रदरलाई अर्को क्षेत्रमा कर्तव्य निर्वाह गर्न जाने व्यवस्था मिलाइदिएँ। मैले के अपेक्षा गरेकी थिइनँ भने उहाँ कर्तव्य निर्वाह गर्न जाने क्रममा बाटोमै पक्राउ पर्नुहुनेछ। त्यसको लगत्तै, माथिल्लो अगुवाहरूले पत्र लेखेर हामीले उपलब्ध गराएका केही मानिसहरू अन्य क्षेत्रमा कर्तव्य निर्वाह गर्न अनुपयुक्त भएको कुरा बताउनुभयो। उहाँहरूले हामीलाई सिद्धान्तअनुसार काम गर्न र जोशको भरमा मानिसहरू उपलब्ध नगराउन सम्झाउनुभयो। पत्र पढ्दा मलाई धर्ती फाटोस् र म त्यहीँ भासिएर जाऊँ जस्तो भयो। मलाई साँच्चै जमिनको दुलोभित्र पस्न मन लाग्यो। छातीमा हात राखेर, मैले आफैलाई सोधेँ, “के यसो गर्नु कर्तव्य पूरा गर्नु हो त? यो त खुलेआम अवरोध र बाधा पुर्याउनु पो हो!” अति वेदनामा, म परमेश्वरलाई प्रार्थना गर्न उहाँसामु आएँ, र मलाई अन्तर्दृष्टि दिन र मेरो आफ्नै भ्रष्ट स्वभाव बुझ्न डोर्याउनुहोस् भनी परमेश्वरलाई बिन्ती गरेँ।
पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ऊ बाहिरबाट जति नै व्यस्त देखिए पनि, उसले जति नै टाढा यात्रा गरे पनि, उसले जति नै बलिदान, त्याग, र समर्पण गरे पनि, के हैसियतका खातिर मात्र बोल्ने र काम गर्ने खालका मानिसहरूलाई सत्यता पछ्याउने मानिसहरू मान्न मिल्छ त? बिलकुलै मिल्दैन। हैसियतका लागि, तिनीहरूले कुनै पनि मूल्य चुकाउनेछन्। हैसियतका लागि, तिनीहरूले कुनै पनि कठिनाइ सहनेछन्। हैसियतका लागि, तिनीहरू कहीँकतै रोकिनेछैनन्। तिनीहरूले अरू मानिसहरूमा खोट पत्ता लगाउने, उनीहरूलाई फसाउने, वा उनीहरूका लागि कठिनाइ खडा गर्ने कोसिस गर्छन्, यसरी अरू मानिसहरूलाई पैतालामुनि कुल्चिन्छन्। तिनीहरू दण्ड र प्रतिशोधको जोखिमको डरसमेत मान्दैनन्; तिनीहरू परिणामबारे केही नसोची हैसियतका लागि काम गर्छन्। यस्ता खाले मानिसहरूले के पछ्याउँछन्? (हैसियत।) यो कहाँनेर पावलसँग समान छ? (मुकुट पछ्याउने कुरामा।) तिनीहरू धार्मिकताको मुकुट पछ्याउँछन्, र तिनीहरू हैसियत, ख्याति र प्राप्ति पछ्याउँछन्, अनि सत्यता पछ्याउनुको सट्टा हैसियत, ख्याति र प्राप्तिको पछ्याइलाई नै जायज पछ्याइ मान्छन्। अनि, यस्ता मानिसहरूको सबैभन्दा पहिलो विशेषता के हो? त्यो के हो भने, तिनीहरू हरेक पक्षमा, हैसियत, ख्याति, र प्राप्तिका लागि कार्य गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। “ख्रीष्टविरोधीहरूको लागि उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्वरका वचनहरू जति धेरै पढे पनि आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको मार्ग लिएकोमा अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसले हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्वास गर्दैनन् र उनीहरू परमेश्वरको अस्तित्वमा पटक्कै विश्वास गर्दैनन् भनेर पनि भन्न सकिन्छ। यसैले उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्बन्धी निरन्तरको खोजीमा तिनीहरूले परमेश्वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीहरूले आफ्नो हृदयको गहिराइमा यस्तो विश्वास गर्छन्, ‘सबै प्रतिष्ठा र हैसियत आफ्नै प्रयासहरूद्वारा कमाइन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत परमेश्वरको वचनमा भनिएजस्तै सबै कुरामा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृजित प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्कै टिप्नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।’ ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गरून्, गल्तीहरू स्वीकार गरून् र साँचो पश्चात्ताप गरून् भन्ने आशा गर्छौ भने त्यो असम्भव हुन्छ—तिनीहरूले कदापि त्यो गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा शैतानको प्रकृति सार हुन्छ, तिनीहरू सत्यतालाई घृणा गर्छन्, त्यसकारण तिनीहरू जहाँ गए पनि, तिनीहरू पृथ्वीको अन्तिम छेउमा गए पनि प्रतिष्ठा र हैसियत खोजी गर्ने तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन, न त विभिन्न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ, न त तिनीहरूको मार्ग नै परिवर्तन हुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूले के खुलासा गर्छन् भने ख्रीष्टविरोधीहरूले जीवनभन्दा प्रतिष्ठा र हैसियतलाई महत्त्वपूर्ण ठान्छन्। उनीहरूले जे गरे पनि, सधैँ आफ्नो प्रतिष्ठा कायम राख्ने कोसिस गर्छन्। उनीहरू प्रतिष्ठा र हैसियतलाई नै आफ्नो खोजीको उद्देश्य र दिशा मान्छन्, र हैसियतका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन्। उनीहरूले आफ्नै इच्छाअनुसार काम गर्छन्, र सत्यता सिद्धान्तहरू रत्तिभर खोज्दैनन्। उनीहरू केवल आफ्नो ख्याति, प्राप्ति र हैसियतका लागि सबैभन्दा फाइदाजनक हुने तरिकाले काम गर्छन्। के यस अवधिमा मेरो व्यवहार ठ्याक्कै यस्तै थिएन र? बाहिरी रूपमा मैले कर्तव्य पूरा गर्दा कठिनाइहरू सहन र मूल्य चुकाउन सके पनि, मैले गरेका सबै काम ख्याति, प्राप्ति र हैसियतका खातिर थिए। चाहे त्यो अगुवा र डिकनहरूको चुनाव होस् वा प्रतिभाशाली मानिसहरू उपलब्ध गराउने काम होस्, म द्रुत सफलताका लागि आतुर थिएँ। म मेरा ब्रदर-सिस्टरहरूलाई मैले कर्तव्य पूरा गर्दा नतिजा हासिल गरेको छु र मसँग कार्य सामर्थ्य छ भनेर देखाउन चाहन्थेँ, र यसरी सबैको प्रशंसा र अनुमोदन जित्न चाहन्थेँ। जब उपयुक्त अगुवा वा डिकनहरू छान्न सकिएन, तब मैले मेरा ब्रदर-सिस्टरहरूसँग चुनावका सिद्धान्तहरूबारे सङ्गति गर्नुपर्थ्यो भन्ने मलाई महसुस भएको थियो, तर माथिल्लो अगुवाहरूलाई मैले अगुवा र डिकनहरूको चुनाव छिटो सम्पन्न गर्न सक्छु भनेर देखाउन, म द्रुत सफलताका लागि अति नै आतुर भएँ, र मैले सिद्धान्तअनुसार चुनाव गराइनँ। जब मेरा सिस्टरहरूले हामीले अनुपयुक्त व्यक्ति छानेका छौँ भनेर औँल्याउनुभयो, तब मैले यो कुरा स्वीकार गरिनँ, र उल्टै उहाँहरूको माग धेरै कडा भयो भन्ने सोचेँ। त्यसपछि मैले उहाँहरूलाई मनाउने र हामीले छानेका मानिसहरू उपयुक्त छन् भनेर प्रमाणित गर्ने उपायहरू सोचेँ। एक अगुवाका रूपमा, मण्डलीको चुनावजस्तो महत्त्वपूर्ण विषयमा आफ्नै ख्याति, प्राप्ति र हैसियत जोगाउनका लागि मैले सिद्धान्तविपरीत काम गर्नु भनेको, खुलेआम परमेश्वरलाई धोका दिनु र उहाँको प्रतिरोध गर्नु थियो। साथै, प्रतिभाशाली मानिसहरू उपलब्ध गराउने विषयमा, यदि कसैले साँच्चै परमेश्वरका अभिप्रायहरू ख्याल राख्छ भने, ऊ परमेश्वरका चिन्ताहरूमा सहभागी हुन सक्छ र उसले राज्यको सुसमाचारमा आफ्नो तर्फबाट योगदान पुर्याउन योग्य मानिसहरू उपलब्ध गराउँथ्यो। तर, मानिसहरूलाई मसँग कार्य सामर्थ्य छ भनेर देखाउनका लागि, मैले सङ्ख्या पुर्याउनका लागि मात्रै केही यस्ता मानिसहरूलाई सूचीमा राखेँ जसको बारेमा मलाई स्पष्ट रूपमा थाहा थिएन। उदाहरणका लागि, पक्राउ परेको रेकर्ड भएका ती ब्रदरलाई लिन सकिन्छ। मलाई उहाँको अवस्थाबारे स्पष्ट थाहा थिएन, त्यसैले सुरक्षित हुनका लागि मैले उहाँको अवस्था के छ भनेर अझै अवलोकन गर्नुपर्ने थियो। तर, म केवल मेरो आफ्नै इज्जत र हैसियत जोगाउनका लागि धेरै मानिसहरू उपलब्ध गराउन चाहन्थेँ, जसको कारण ती ब्रदर पक्राउ पर्नुभयो। म कसरी प्रतिष्ठा र हैसियतको पछि लागेँ र मैले सिद्धान्तअनुसार काम गरिनँ, र आफ्नै इज्जत र हैसियत जोगाउनका लागि मेरा ब्रदर-सिस्टरहरूको सुरक्षालाई समेत बेवास्ता गरेँ भन्ने देखेँ, मण्डलीको हितलाई ख्याल नगरेको कुरा त भन्नै पर्दैन। मैले मेरा ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्याएँ। म ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले पश्चात्ताप गरिनँ भने, म परमेश्वरद्वारा तिरस्कार गरिनेछु र हटाइनेछु।
पछि, मैले परमेश्वरका अझ धेरै वचनहरू पढेँ: “केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति पाउनमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्नो कर्तव्य विश्वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा बाधा र अवरोध पुर्याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्वरको इच्छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने मानिसहरूले हिँड्ने मार्ग परमेश्वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्चयतापूर्वक भन्न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। मानिसहरू आफ्ना हितहरूको पछि लाग्नुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—र ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। जब मैले परमेश्वरले खुलासा गर्नुभएका ख्रीष्टविरोधीहरूको व्यवहारसँग मेरो आफ्नै व्यवहार दाँजेर हेरेँ, तब मैले ती उस्तै रहेको देखेँ। मैले अगुवा र डिकनहरूको चुनाव गर्ने र प्रतिभाशाली मानिसहरू उपलब्ध गराउने अवसरहरूलाई आफ्नो व्यक्तिगत उद्यममा लगाएँ, र मानिसहरूलाई मसँग कार्य सामर्थ्य छ भनेर देखाउने अनि मानिसहरूले मेरो प्रशंसा गरून् भन्ने उद्देश्य हासिल गर्ने प्रयास गरेँ। बाहिरी रूपमा मैले ठूलो जोसका साथ आफ्नो कर्तव्य पूरा गरिरहेकी छु जस्तो देखिए पनि, भित्रभित्रै म आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएकी थिएँ। ख्याति, प्राप्ति र हैसियतका पछि लाग्न, म मण्डलीको महत्त्वपूर्ण काममा झाराटारुवा बनेँ र मैले छलका कामहरू गरेँ। मेरो यो व्यवहार र ख्रीष्टविरोधीको व्यवहारमा के भिन्नता थियो र? अगुवा र डिकनहरूको चुनाव र प्रतिभाशाली मानिसहरूको उपलब्धता दुवै मण्डलीको कामका लागि र सुसमाचार फैलाउनका लागि गरिन्छ। यसको उद्देश्य सङ्ख्या पुर्याउनका लागि मात्र केही अनुपयुक्त मानिसहरूलाई छान्नु भन्ने बिल्कुलै हुँदैन। यदि कामको जिम्मेवारी लिन अनुपयुक्त मानिसहरू छानिए भने, यसले सुसमाचारको कामलाई अघि बढाउन असफल हुने मात्र होइन, यसले अवरोध र बाधाहरू समेत खडा गर्नेछ, र ब्रदर-सिस्टरहरूलाई हानि पुर्याउनेछ। मैले ख्याति, प्राप्ति र हैसियतलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठानेँ। मैले आफ्नो कर्तव्यलाई पटक्कै हृदयमा लिइनँ, र ममा परमेश्वरको डर मान्ने हृदयको कुनै सङ्केतसमेत थिएन। मेरो कर्तव्यप्रतिको यस्तो मनोवृत्तिले साँच्चै परमेश्वरको घृणा निम्त्याउँछ! यदि मैले पश्चात्ताप गरिनँ भने, म परमेश्वरद्वारा हटाइनेथिएँ। पहिले, म सधैँ के विश्वास गर्थेँ भने जति छिटो अगुवा र डिकनहरू छानियो, त्यति नै राम्रो हुन्छ, र जति धैरे प्रतिभाशाली मानिसहरू उपलब्ध गराइयो, परमेश्वरले मलाई उति नै अनुमोदन गर्नुहुन्छ। यो दृष्टिकोण बेतुके छ। परमेश्वरले महत्त्व दिने कुरा त के हो भने, आफ्नो कर्तव्य पूरा गर्दा हामीले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छौँ कि गर्दैनौँ र सिद्धान्तअनुसार काम गर्छौँ कि गर्दैनौँ।
त्यसपछि, अभ्यासको मार्ग खोज्न मैले परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “आफूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, परमेश्वरका अभिप्रायहरू बुझ्नुपर्छ, सम्बन्धित कर्तव्यको सम्बन्धमा उहाँका मापदण्डहरू के-के हुन् भनेर जान्नुपर्छ र त्यो कर्तव्यमार्फत तैँले के हासिल गर्नुपर्छ त्यो बुझ्नुपर्छ। त्यसो गरेर मात्रै तैँले सिद्धान्तअनुसार आफ्नो काम पूरा गर्न सक्छस्। तेरो कर्तव्य पूरा गर्दा, तैँले आफ्ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न मिल्दैन। यसो गर्नु भनेको आफ्नै इच्छाअनुसार काम गर्नु हो। आफ्नो कर्तव्य निभाउने क्रममा, यदि तैँले आफ्नै व्यक्तिगत रुचिहरूमा भरोस गर्छस् र परमेश्वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्वरलाई खुसी तुल्याउँछ भनी भन्छस् भने, र यदि तैँले जबरजस्ती परमेश्वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्य हुन् जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्यता सिद्धान्तहरू हुन् जस्तो गरी पालन गर्छस् भने, के त्यो गल्ती हुन्न र? त्यो कर्तव्य निभाउनु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्वरले सम्झनुहुन्न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले प्रयत्न गरेको र त्यसमा आफ्नो हृदय लगाएको, आफ्नो देहको विरुद्धमा विद्रोह गरेको र कष्ट भोगेको छु भन्ने अनुभूति गर्छन्, त्यसोभए तिनीहरूले किन कहिल्यै सन्तुष्टिजनक रूपमा आफ्ना कर्तव्य पूरा गर्न सक्दैनन् त? परमेश्वर किन सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्वरका मागहरूलाई खोज्नुको साटो तिनीहरूका आफ्नै विचारअनुसार व्यवहार गर्नु नै तिनीहरूको गल्ती थियो—कारण यही हो। तिनीहरूले आफ्नै चाहना, रुचि, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्वास गरेका थिए त्यो नै सत्य हो भन्ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्वरका अभिप्रायहरूसँग मेल खान्छ भन्ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका मापदण्ड र उहाँका वचनहरूको ठ्याक्कै विपरीत हुन जान्छ भने, तँलाई त्यो सही लागे पनि अस्वीकार्य नै हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तँलाई त्यो जति नै सही हो भन्ने लागे पनि त्यो सत्यतासँग मेल खानेछैन। कुनै कुरा सही वा गलत हो भन्ने कुरा परमेश्वरका वचनहरूको आधारमा निर्धारित हुनुपर्दछ। तैँले कुनै कुरालाई जत्ति नै सही ठाने पनि, परमेश्वरको वचनमा त्यसको आधार छैन भने, त्यो गलत नै हो र तैँले त्यो त्याग्नैपर्छ। त्यो सत्यतासँग मेल खाएमा मात्र स्वीकार्य हुन्छ, र सत्यता सिद्धान्तहरू यसरी कायम राखेमा मात्र तेरो कर्तव्यपालन मानकअनुरूप हुन सक्छ। आखिर कर्तव्य के हो? यो परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्वरको घरको कामको भाग हो, र परमेश्वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि, हामीले पहिले आफ्ना अभिप्रायहरूलाई सच्याउनुपर्छ, व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई त्याग्नुपर्छ, र ख्याति, प्राप्ति र हैसियतका लागि काम गर्नुहुँदैन। न त हामीले आफ्नै विचार र प्राथमिकताहरूलाई सत्यता सिद्धान्तहरू मान्नु हुन्छ। बरु, हामीले परमेश्वरका मागहरू खोज्नुपर्छ, र परमेश्वरका अभिप्रायहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्दा मात्र हामीले सिद्धान्तसङ्गत ढङ्गले काम गर्न सक्छौँ। परमेश्वरको घरमा, कर्तव्य जुनसुकै पक्षमा परे पनि, त्यसमा सम्बन्धित सत्यता सिद्धान्तहरू हुन्छन्। उदाहरणका लागि, जब मण्डलीले अगुवा र डिकनहरूको चुनाव गर्छ, तब हामीले अगुवा र डिकनहरू छान्ने सिद्धान्त र मापदण्डहरू खोज्नुपर्छ। पहिलो कुरा, उनीहरू सत्यता खोज्ने, असल मानवता भएका, र इन्साफको बोध भएका मानिसहरू हुनुपर्छ। केही ब्रदर-सिस्टरहरूको भ्रष्ट स्वभाव अलि बढी गम्भीर हुन सक्छ, तर उनीहरूले अझै पनि सत्यता स्वीकार गर्न सक्छन्, र काटछाँट पछि उनीहरूले आफैलाई बुझ्न सक्छन्, र परमेश्वरका मागहरूतर्फ प्रयास लगाउन सक्छन्। यस प्रकारको व्यक्तिलाई अगुवाका रूपमा छान्नु सिद्धान्तहरू अनुरूप हुन्छ। यसको विपरीत, कतिपय मानिसहरूको दिमाग राम्रो हुन्छ, उनीहरूसँग वरदान र बाह्य जोस हुन्छ, र उनीहरूले कर्तव्य निर्वाह गर्दा दुःख कष्ट सहन सक्छन्, तर उनीहरूको आफ्नै कुनै जीवन प्रवेश हुँदैन; कर्तव्य पूरा गर्दा, उनीहरू अन्धाधुन्ध ख्याति, प्राप्ति र हैसियतका पछि लाग्छन्, र मानिसहरूलाई भ्रमित पार्न शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्छन्। जब उनीहरूको काटछाँट हुन्छ, तब पनि उनीहरूले आफैलाई बुझ्दैनन्। यदि यस प्रकारको व्यक्ति अगुवा भयो भने, उसले कुनै पनि समस्या समाधान गर्न सक्नेछैन, र उसले ब्रदर-सिस्टरहरू र मण्डलीको कामलाई हानि मात्र पुर्याउनेछ।
पछि, हामीले सिस्टर ली लिङलाई अन्य क्षेत्रमा कर्तव्य निर्वाह गर्न जान सिफारिस गर्यौँ। ती सिस्टर जानुभन्दा केही दिनअघि मात्र, केही ब्रदर-सिस्टरहरूले रिपोर्टको पत्र लेखेर ली लिङले आफ्नो कर्तव्यमा बोझ नबोकेको, वास्तविक काम नगरेको, र उनी निकै अहङ्कारी भएको कुरा बताउनुभयो। उनले सँगै काम गर्ने दुई जना सिस्टरलाई सधैँ मन पराउँदिनथिइन्, र अरू ब्रदर-सिस्टरहरूको अगाडि अक्सर उनीहरूलाई दोष दिने गर्थिन् र होच्याउँथिन्, जसले गर्दा अरूले उनीहरूप्रति पूर्वाग्रह राख्न पुगे। यसले टोलीमा बाधा सिर्जना गर्यो, र नतिजास्वरूप ती दुई सिस्टर नकारात्मक बने। मैले हतार-हतार रिपोर्टको पत्र सम्हाल्ने सिस्टरहरूलाई पत्र लेखेँ, र ली लिङ छिटो जान सकून् भनेर उनका समस्याहरू साधारण तरिकाले खुलासा गर्न भनेँ। त्यसपछि, मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ। म त्यति हतारमा हुनुको कारण के साँच्चै परमेश्वरको घरमा प्रतिभाशाली मानिसहरू उपलब्ध गराउनु नै थियो त? के मैले अझै एक जना प्रतिभाशाली व्यक्ति उपलब्ध गराउँदा म राम्रो देखिन्छु भन्ने सोचेकोले होइन र? मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त बफादारीपूर्वक, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने कर्तव्य व्यक्तिगत मामिला नभई परमेश्वरले सुम्पनुभएको काम भएकोले, हामीले यसलाई परमेश्वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार निर्वाह गर्नुपर्छ। यसो गर्दा मात्र हामी परमेश्वरका अभिप्रायहरू अनुरूप हुनेछौँ। मैले आफ्ना अभिप्रायहरू त्याग्नुपर्छ र अरूले मेरो प्रशंसा गर्छन् कि गर्दैनन् भन्ने कुरामा ध्यान दिन छोड्नुपर्छ। मैले सत्यता खोज्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य राम्ररी पूरा गर्नमा ध्यान दिनुपर्छ। यो नै आफ्नो उचित काममा ध्यान दिनु र सही बाटोमा हिँड्नु हो। यदि आफ्नै ख्याति, प्राप्ति र हैसियतका खातिर, मैले ली लिङका समस्याहरू गम्भीरतापूर्वक जाँचबुझ र सम्बोधन गरिनँ भने, त्यो सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन हुनेछ। जब मैले यस्तो सोचेँ, तब मैले आफ्नै इज्जत र हैसियतलाई ध्यान दिइरहनु हुँदैन भन्ने महसुस गरेँ, र हतार-हतार ब्रदर-सिस्टरहरूलाई रिपोर्टको पत्र प्रमाणित गर्न आग्रह गर्दै पत्र लेखेँ। प्रमाणित गरेपछि, के पुष्टि भयो भने ली लिङ मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न असक्षम थिइन्, उनले मानिसहरूलाई होच्याउने र उनीहरूलाई दोष दिने गर्थिन्, र उनले मानिसहरूसँग मिलेर सहकार्य गर्न सक्दिनथिइन्, र आफ्नो कर्तव्यमा बोझ बोक्दिनथिइन्। जब ली लिङका समस्याहरू खुलासा गरियो र उनलाई बर्खास्त गरियो, तब उनले आत्मचिन्तन गरिनन्, यसलाई स्वीकार गरिनन्, र असन्तुष्टि व्यक्त गरिन्। त्यसैले, हामीले उनलाई अन्य क्षेत्रमा कर्तव्य निर्वाह गर्न दिएनौँ। मेरो अनुभवबाट, मैले के महसुस गरेँ भने कर्तव्य निर्वाह गर्दा, हामीले आफ्ना अभिप्रायहरूलाई सच्याउनुपर्छ, आफ्नै चाहनाहरूलाई त्याग्नुपर्छ, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। तब मात्र हाम्रो हृदयले सहज र शान्त महसुस गर्नेछ।