८१. कर्तव्य पन्छाउनुको पछाडि

युचेन, चीन

सन् २०२३ को मार्चमा, म मण्डलीमा प्रचारकको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ। आफ्नो कर्तव्यमा केही परिणाम हासिल भएकाले, मैले आफ्नो कार्य सामर्थ्य र क्षमता राम्रो छ भनी महसुस गर्न थालेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले सत्यता सिद्धान्तहरू नखोजीकन अहङ्कारी स्वभावमा काम गरेँ। यसले काममा अवरोध र बाधा पुऱ्यायो, र म बर्खास्त भएँ। बर्खास्त भएपछि, मैले एकदमै नकारात्मक महसुस गरेँ, सोचेँ, मैले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएकी छु, र मलाई अब आफूसँग मुक्ति पाउने मौका नै छैन भन्ने लाग्यो। म हरेक दिन पीडामा जिएँ। दश दिनभन्दा बढी समयसम्म चिन्तन गरेपछि, मण्डलीले मेरा लागि लेखन-पठनका कर्तव्यहरू पूरा गर्ने प्रबन्ध मिलायो। फेरि पनि प्रकटित भएर बर्खास्त भइएला कि भनेर मलाई साह्रै डर थियो, त्यसैले म निरन्तर आफूलाई सतर्क राख्थेँ, सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने र आफ्नो अहङ्कारी स्वभावबाट काम नगर्ने सुनिश्चित गर्थेँ।

तीन महिनापछि म मण्डली अगुवा चुनिएँ। माथिल्लो अगुवाइबाट यसबारे मलाई कस्तो लाग्यो भनेर सोधियो, र यो कर्तव्य परमेश्‍वरबाट आएको हो र मैले इन्कार गर्न मिल्दैन भनेर जानेकी भए पनि, मैले मनमा साह्रै प्रतिरोध महसुस गरेँ। मैले मनमनै सोचेँ, “म वास्तवमा मण्डली अगुवा बन्न सक्दिनँ। एक् अगुवा समग्र कामका लागि जिम्मेवार हुन्छ, र उसले कामका सबै पक्षलाई बुझ्नुपर्छ, अघि बढाउन प्रोत्साहन गर्नुपर्छ, र अनुगमन गर्नुपर्छ, अनि उसका जिम्मेवारी धेरै हुने हुँदा, ऊ आफ्ना धेरै भ्रष्टता प्रकट गर्न पुग्छ र छिट्टै नै प्रकटित हुन्छ। यदि म अगुवा बनेँ र आफ्ना पुरानै तरिकामा पुगेँ, र मैले आफ्नो अहङ्कारी स्वभावका कारण फेरि काममा अवरोध र बाधा पुऱ्याएँ र प्रकटित भएर बर्खास्त भएँ भने, त्यो त गम्भीर समस्या हुनेछ, र म निकालिन र हटाइन पनि सक्छु। तब मैले फेरि आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै मौका पाउनेछैन, अनि म कसरी मुक्ति पाउन सक्छु र?” यसबारे सोचिसकेपछि, मैले लेखन-पठनका कर्तव्य निर्वाह गर्नु तुलनात्मक रूपमा सुरक्षित हुन्छ भन्‍ने महसुस गरेँ, त्यसैले मैले अस्वीकार गर्दै, भनेँ, “ममा स्वास्थ्य समस्याहरू छन्, र अगुवा हुँदा जिम्मेवारी धेरै हुन्छन्। यदि मैले दिनभरि त्यति व्यस्त भएर बिताएँ भने, मेरो शरीरले धान्न सक्दैन। तपाईंहरूले अरू कसैलाई खोज्नुहोस्।” अन्तमा, अगुवाहरूले मलाई यसबारे सोचेर पछि जवाफ दिन आग्रह गरे।

त्यो साँझ घर फर्केपछि, मलाई ज्वरो आयो र पखाला लाग्यो, र मैले यी कुराहरू हुनुका पछाडि परमेश्‍वरका अभिप्रायहरू छन् भन्ने महसुस गरेँ। मैले सोचेँ, “आफूले परमेश्‍वरमा विश्‍वास गरेका यतिका वर्षमा, मण्डलीले मेरा लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरेपनि मैले त्यसलाई स्वीकार र पालन गरेकी छु, र मेरो स्वास्थ्यमा समस्या भए तापनि, त्यसले मेरो कर्तव्य निर्वाह गर्ने क्षमतामा असर गर्दैन। त्यसोभए यस पटक उनीहरूले मलाई अगुवाका रूपमा चुन्दा म समर्पित हुन किन अनिच्छुक भएँ त?” त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँसँग खोजेँ। प्रार्थना गरेपछि, मैले पढ्नका लागि छिटोछिटो परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परिवारले अर्को प्रकारको सिकाइने कुराका प्रभाव पनि पार्ने गर्छ। उदाहरणको लागि, तेरो परिवारका सदस्यहरूले तँलाई सधैँ यसो भन्छन्: ‘भीडबाट धेरै माथि उठ्ने व्यक्ति नबन्, तैँले आफूलाई काबुमा राख्‍नुपर्छ र आफ्‍ना बोलीवचन र व्यवहारमा, साथै आफ्‍ना व्यक्तिगत प्रतिभा, क्षमता, बौद्धिक स्तर, आदि इत्यादि कुरामा संयम अपनाउनुपर्छ। त्यस्तो अरूभन्दा माथि उठ्ने व्यक्ति नबन्। यो त “थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ,” र “लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ” भन्‍ने भनाइजस्तै हो। यदि तँ आफ्‍नो रक्षा गर्न चाहन्छस्, र आफ्‍नो समूहमा दीर्घकालीन र स्थिर स्थान निर्माण गर्न चाहन्छस् भने, धेरै थुतुनो निकाल्‍ने नगर्‌, तैँले आफूलाई काबुमा राख्‍नुपर्छ र अरू सबैभन्दा माथि उठ्ने आकाङ्क्षा राख्‍नु हुँदैन। चट्याङ छडबारे विचार गर्, जसमाथि चट्याङ पर्दा सुरुमै प्रहार हुन्छ, किनभने चट्याङले सबैभन्दा उच्च विन्दुमा प्रहार गर्छ: र तुफान आउँदा, सुरुमा सबैभन्दा अल्गो रूखमै यसले प्रहार गर्छ र ढाल्छ; अनि मौसम चिसो हुँदा, सबैभन्दा अल्गो हिमालमै सुरुमा हिउँ पर्छ। मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ—यदि तँ सधैँ अरूभन्दा माथि उठेर ध्यान खिच्छस्, र पार्टीको नजर तँतिर पर्‍यो भने, यसले तँलाई दण्ड दिनेबारे गम्‍भीर विचार गर्नेछ। थुतुनो निकाल्‍ने चरो नबन्, र एकलै नउड्। तँ बगालभित्रै बस्‍नुपर्छ। अन्यथा, तेरो वरिपरि कुनै सामाजिक अभियान सुरु भयो भने, सुरुमा दण्डित हुने तैँ हुनेछस्, किनभने तँ थुतुनो निकाल्‍ने चरो बनेको हुन्छस्। मण्डली अगुवा वा समूह अगुवा नबन्। अन्यथा, परमेश्‍वरको घरमा कामसम्‍बन्धी कुनै घाटा वा समस्या पैदा हुनेबित्तिकै, अगुवा वा सुपरभाइजरको रूपमा, तँलाई नै सुरुमा निसाना बनाइनेछ। त्यसकारण, थुतुनो निकाल्‍ने व्यक्ति नबन्, किनभने थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ। तैँले आफ्‍नो शिर झुकाएर कछुवाजस्तो लुक्‍न सिक्‍नुपर्छ।’ तँलाई तेरा आमाबुबाले बताएका यी शब्‍दहरू याद हुन्छ, अनि अगुवा छनौट गर्ने समय आउँदा, तैँले यसो भन्दै त्यो पद इन्कार गर्छस्, ‘अहो, म यो काम गर्न सक्दिनँ! मेरो परिवार र छोराछोरी छन्, म तिनीहरूसँग एकदमै बाँधिएको छु। म अगुवा हुन सक्दिनँ। यो काम त तपाईँहरूले नै गर्नुपर्छ, मलाई छनौट नगर्नुहोस्।’ मानौँ, त्यसको बाबजुद पनि तँलाई अगुवाको रूपमा निर्वाचित गरियो भने पनि, तँलाई अझै पनि यो काम गर्न मन हुँदैन। अनि, तँ भन्छस्, ‘मलाई लाग्छ, मैले यो पद त्याग्‍नैपर्छ। तपाईँहरू अगुवा बन्‍नुहोस्, म तपाईँहरू सबैलाई अवसर दिँदै छु। म तपाईँहरूलाई यो पद लिन दिँदै छु, र म पछि हट्दै छु।’ तैँले हृदयमा सोच्छस्, ‘हैट! थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ। जति अल्गो चढियो, त्यति नै नराम्ररी झरिन्छ, र टुप्‍पोमा एक्लै भइन्छ। म त तिमीहरूलाई नै अगुवा हुन दिनेछु, र तिमीहरू छनौट भएपछि, तिमीहरूको तमासा हेर्ने दिन आउनेछ। तर म कहिल्यै अगुवा बन्‍न चाहन्‍नँ, म भर्‍याङ चढ्न चाहन्‍नँ, त्यसको मतलब म धेरै अल्गोबाट लड्ने पनि छैनँ। सोच त, के फलानो-फलानोलाई अगुवा हुँदा बर्खास्त गरिएको होइन र? बर्खास्त भएपछि तिनीहरू निष्कासित भए—तिनीहरूले साधारण विश्‍वासी बन्‍ने मौकासमेत पाएनन्। “थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ” र “लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ” भन्‍ने भनाइहरूको राम्रो उदाहरण यही हो। के मेरो कुरा ठीक होइन र? के तिनीहरूले दण्ड पाएनन् र? मानिसहरूले आफ्‍नो रक्षा गर्न सिक्‍नुपर्छ, नत्र तिनीहरूमा मस्तिष्क भएको के काम? यदि टाउकोमा मस्तिष्क छ भने, आफ्‍नो रक्षार्थ यसको प्रयोग गर्नु नै पर्छ। कतिपय मानिसहरूले स्पष्ट रूपमा यो समस्या देख्‍न सक्दैनन्, तर समाजमा र मानिसहरूको कुनै पनि समूहमा अवस्था यस्तै हुन्छ—“थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ।” थुतुनो निकाल्दा तबसम्‍म अत्यन्तै आदर गरिन्छ, जबसम्‍म प्रहार गरिँदैन। त्यसपछि महसुस हुनेछ कि आफूलाई अग्रपङ्क्तिमा राख्‍नेहरू ढिलो-चाँडो दण्डित हुने नै छन्।’ यी कुराहरू तेरा आमाबुबा र परिवारले सिकाउने गम्‍भीर शिक्षाहरू हुन्, र ती अनुभवका आवाज र तिनीहरूले जीवनकालमा सिकेका ज्ञान-बुद्धिका कुरा पनि हुन्, जसलाई तिनीहरूले केही बाँकी नराखी तँलाई कानैमा बताउँछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने मानिसहरू शैतानले भरिदिएका “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” “लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ,” “जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ,” र “टुप्‍पोमा एक्लै भइन्छ” जस्ता दर्शनहरूद्वारा जिउँछन्। उनीहरू भीडमा अघि सर्नु वा आँटिलो काम गर्नु हुँदैन, र यस तरिकाले नै आफूलाई जोगाउन सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। म यिनै दृष्टिकोणहरूद्वारा जिइरहेकी थिएँ, र अगुवा भएर धेरै जिम्मेवारीहरू लिँदा, मैले धेरै भ्रष्टता प्रकट गर्नेछु, र जति माथि चढेँ, त्यति नै जोडले खस्नेछु भन्‍ने विश्‍वास गर्थेँ। यही कुरा मनमा राखेर, मैले आफूलाई जोगाउन चाहेँ र केवल एक साधारण विश्‍वासी बन्न चाहेँ, यसलाई नै सबैभन्दा सुरक्षित विकल्प ठानेँ। साथै, म पहिले एक पटक बर्खास्त भइसकेकीले, यदि म फेरि बर्खास्त भएँ भने, मैले साधारण विश्‍वासी बन्ने मौका पनि नपाउन सक्छु। यी मूर्ख र तर्कहीन विचारहरूका कारण, जब म अगुवाको रूपमा चुनिएँ, मेरो पहिलो सोचाइ के थियो भने यदि मैले यो कर्तव्य राम्ररी पूरा गरिनँ भने, म प्रकटित भएर हटाइन सक्छु, जसको मतलब मैले मुक्ति पाउन सक्नेछैन र मेरो कुनै राम्रो परिणाम वा गन्तव्य हुनेछैन। त्यसैले मैले अस्वीकार गर्ने बहानाहरू भेट्टाएँ। मैले गैरविश्‍वासीहरू कसरी स्थिर जीवन जिउन, आफूलाई जोगाउन र समूहमा आफ्नो पकड बनाउन, कम बोल्ने र कम अघि सर्ने सिद्धान्तमा काम गर्छन् भन्नेबारे सोचेँ, र मैले आफ्नो दृष्टिकोण पनि गैरविश्‍वासीहरूको जस्तै रहेको महसुस गरेँ। कर्तव्यको सामना गर्दा, मैले यी शैतानी दर्शनहरूअनुसार त्यसको मूल्याङ्कन गरेँ, अनि त्यो कर्तव्यलाई अस्वीकार गर्दै परमेश्‍वरप्रति गलतफहमी र सतर्कतामा जिएँ। म साँच्चै नै स्वार्थी र छली बनेकी रहेछु!

आफ्नो खोजीमा, मैले परमेश्‍वरका वचनहरूले यस्तो भन्छन् भन्ने पढेँ: “कतिपय मानिस सोच्छन्, ‘अगुवाका रूपमा सेवा गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छ अनि उसले आफ्नै विनाश निम्त्याइरहेको हुन्छ, किनभने जब कुनै व्यक्तिले अगुवाका रूपमा सेवा गर्छ, तब उसले अनिवार्य रूपमा परमेश्‍वरसामु भ्रष्टता प्रकट गर्छ। यदि तिनीहरूले यो काम नगरेका भए के यति धेरै भ्रष्टता प्रकट हुनेथियो?’ कस्तो हास्यास्पद विचार! के तँ तैँले अगुवाका रूपमा काम गरिनस् भने भ्रष्टता प्रकट गर्नेछैनस् भन्ने सोच्छस्? अगुवा नहुनुको अर्थ, तैँले कम भ्रष्टता प्रकट गरे पनि, मुक्ति पाउनेछस् भन्ने हो? यो तर्कअनुसार, के अगुवाका रूपमा सेवा नगर्नेहरू सबै बाँच्न र मुक्ति पाउन सक्नेहरू हुन्? के यो कथन धेरै हास्यास्पद छैन र? अगुवाका रूपमा सेवा गर्ने मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन अनि परमेश्‍वरको काम अनुभव गर्न मार्गदर्शन गर्छन्। यो माग गरिएको मानक उच्च छ, त्यसैले अगुवाहरूले पहिलोपटक तालिम लिन थाल्दा केही भ्रष्ट स्थिति प्रकट गर्नु अवश्यम्भावी छ। यो सामान्य हो, र परमेश्‍वर यसलाई निन्दा गर्नुहुन्न। परमेश्‍वर यसलाई निन्दा गर्नुहुन्न मात्रै होइन, तर उहाँ यी मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, ज्योति दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूलाई बोझहरू प्रदान गर्नुहुन्छ। जबसम्म तिनीहरू परमेश्‍वरको मार्गदर्शन र काममा समर्पित हुन सक्छन्, तबसम्म तिनीहरूले साधारण मानिसहरूले भन्दा छिटो जीवनमा प्रगति गर्नेछन्। यदि तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिने मार्गमा लाग्न सक्छन्। यो नै परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिष्‌ दिइएको कुरा हो। कतिपय मानिसले परमेश्‍वरको धार्मिकता देख्न सक्दैनन्, न त तिनीहरूले परमेश्‍वर हरेक व्यक्तिप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भनेर नै देख्न सक्छन्, र यहाँसम्म कि तिनीहरू तथ्यहरूलाई बङ्ग्याउँछन्। तिनीहरूको बुझाइअनुसार, अगुवाको भूमिकामा रहेका मानिसहरू जतिसुकै परिवर्तन भए पनि, परमेश्‍वरले यो हेर्नुहुनेछैन, र उहाँले अगुवा र कामदारहरूले कति भ्रष्टता प्रकट गर्छन् भनेर मात्र हेर्नुहुनेछ, र केवल यसैका आधारमा तिनीहरूलाई निन्दा गर्नुहुनेछ; र जो अगुवा र कामदारहरू होइनन्, तिनीहरूका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले कम भ्रष्टता प्रकट गर्ने हुनाले, तिनीहरू परिवर्तन नभए पनि, परमेश्‍वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्‍वरविरुद्ध निन्दा होइन र? यदि तँ आफ्नो हृदयमा परमेश्‍वरको यति गम्भीर रूपमा प्रतिरोध गर्छस् भने, के तँ मुक्ति पाउन सक्छस्? सक्दैनस्। परमेश्‍वर मानिसहरूका परिणामहरू मुख्यतया तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्‍ने आधारमा निर्धारण गर्नुहुन्छ, र यो मुख्यतया तिनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि कसैले सत्यता पछ्याउँछ भने, उसले अपराध गर्दा अनि न्याय र सजाय सामना गर्दासमेत, साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ। जबसम्म उसले परमेश्‍वरको निन्दा हुने तरिकामा बोल्दैन वा कार्य गर्दैन, तबसम्म उसले निश्चित रूपमा मुक्ति प्राप्त गर्न सक्छ। तिमीहरूको कल्पनाअनुसार, अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउने सबै साधारण विश्‍वासीहरूले मुक्ति प्राप्त गर्न सक्छन्, जबकि अगुवाका रूपमा सेवा गर्नेहरू सबै हटाइनेछन्। यदि तिमीहरूलाई अगुवा बन्न भनिएको भए, तिमीहरूले यो नगर्नु ठिक हुँदैन भनी सोच्नेथ्यौ, तर यदि तिमीहरूले अगुवाका रूपमा सेवा गरेका भए, तिमीहरूले आफूले नचाहेर पनि निरन्तर भ्रष्टता प्रकट गर्नेथ्यौ, र अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई निन्दा नगरिन्जेल र नहटाइन्जेल जति लामो समय सेवा गर्थ्यौ, त्यति नै बढी भ्रष्टता प्रकट गर्नेथ्यौ। तिमीहरूलाई यस्तो लाग्नेथ्यो मानौँ तिमीहरू फाँसीको तख्तामा पर्खिरहेका छौ। के यो पूर्ण रूपमा परमेश्‍वरप्रतिको तिमीहरूको गलतफहमीको कारणले भएको होइन र? यदि मानिसहरूका परिणामहरू तिनीहरूले प्रकट गर्ने भ्रष्टताद्वारा निर्धारण गरिएका भए, कसैले पनि मुक्ति पाउन सक्थेन। त्यस्तो अवस्थामा, परमेश्‍वरले मुक्तिको कार्य गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्‍चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्‍वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानिसहरूले परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्नेथिएनन्। तसर्थ, तिमीहरू सबैले परमेश्‍वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्‍वरको साँचो ज्ञान छैन भन्‍ने देखाउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कहिलेकहीँ, परमेश्‍वरले तँलाई प्रकाश गर्न वा तँलाई अनुशासनमा राख्‍न निश्‍चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्‍ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्‍ने हुन्छ? हुँदैन। … वास्तवमा, धेरै अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्‍नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्यतः भन्नुपर्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्‍ने तिनीहरूको डर हो। तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, ‘यदि परमेश्‍वरले मलाई प्रकाश गर्नुभयो, र मलाई हटाउनुभयो, र अस्वीकार गर्नुभयो भने के गर्ने?’ यो तैँले परमेश्‍वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्‍वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूलाई प्रकाश गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। परमेश्‍वरले मानिसहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार प्रकाश गर्न, तिनीहरूलाई आफैलाई चिन्ने, र साँचो पश्‍चात्ताप हासिल गर्न सक्‍ने तुल्याउन तिनीहरूको खुलासा गर्नुहुन्छ; त्यसैले, मानिसहरूलाई प्रकाश गर्नु भनेको तिनीहरूको जीवनको वृद्धिविकासमा सहयोग गर्नका लागि हो। शुद्ध बुझाइविना, मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्ने र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ। तिनीहरू आफैप्रति हार मान्न पनि सक्छन्। वास्तवमा, परमेश्‍वरद्वारा प्रकाश गरिनुको अर्थ तँलाई अनिवार्य रूपमै हटाइन्छ भन्‍ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्‍न मदत गर्न, र तँलाई पश्‍चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूले भ्रष्टता प्रकट गर्दा तिनीहरूले त्यो समाधान गर्न सत्यता नखोज्ने भएकाले, प्रायजसो परमेश्‍वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूलाई प्रकाश गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्‍याउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ, अगुवा र कामदारहरूका रूपमा, उनीहरूले जतिसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि वा विगतमा जेसुकै अपराधहरू गरेका भएपनि, जबसम्म उनीहरू सत्यता पछ्याउँछन्, आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छन् अनि साँचो पश्चात्ताप र परिवर्तन प्राप्त गर्छन्, तबसम्म उनीहरूले मुक्ति हासिल गर्न सक्छन्। जो अगुवा छैनन्, उनीहरूमा प्रकट हुने भ्रष्टता थोरै भए पनि, यदि उनीहरू सत्यता पछ्याउँदैनन् वा आफूबारे कुनै साँचो बुझाइ राख्दैनन् भने, अन्ततः उनीहरूको स्वभाव परिवर्तन हुनेछैन, र उनीहरूले मुक्ति पाउनु अझपनि सम्भव हुनेछैन। वास्तवमा, हामीले मुक्ति पाउने वा हटाइने कुराको हामीले निर्वाह गर्ने कर्तव्य वा हाम्रो हैसियत उच्च छ वा निम्न भन्‍ने कुरासँग कुनै सम्बन्ध हुँदैन। मुख्य कुरा हाम्रो व्यक्तिगत पछ्याइ, अर्थात् हामी सत्यता पछ्याउने र सत्यतालाई प्रेम गर्ने गर्छौँ कि गर्दैनौँ भन्‍नेमा भर पर्छ। परमेश्‍वरका घरले मानिसहरूलाई क्षणिक कार्य वा व्यवहारका आधारमा हटाउँदैन, बरु व्यक्तिको निरन्तर व्यवहार र उसको प्रकृति सारका आधारमा यी कुराहरूको निर्णय गर्छ। जस्तै, निकालिने वा निष्कासित गरिने ती दुष्ट मानिस र ख्रीष्टविरोधीहरू, उनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र सत्यतालाई घृणा गर्छन्, र उनीहरू अक्सर आफ्ना कर्तव्यमा सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्छन् र धेरै दुष्ट कार्यहरू गर्छन्। उनीहरू धेरै पटकको सङ्गतिका बाबजुद पश्चात्ताप गर्न अस्वीकार गर्छन्, त्यसैले परमेश्‍वरका घरले उनीहरूलाई निकाल्छ र हटाउँछ। मेरो अघिल्लो बर्खास्ती मेरो गहिरो अहङ्कारी स्वभाव, मैले कर्तव्यमा सिद्धान्तहरू पालन गर्न नसक्नु र मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउनुका कारणले भएको थियो। तर, मेरो बर्खास्ती मलाई हटाउनका लागि थिएन, बरु त्यस अनुभवमार्फत मलाई आत्मचिन्तन गर्न र साँचो रूपमा पश्चात्ताप गर्न दिनका लागि थियो, र जब मैले आफूबारे केही बुझाइ प्राप्त गरेँ, मण्डलीले मेरा लागि लेखन-पठनका कर्तव्यहरूको प्रबन्ध मिलाइदियो। मैले परमेश्‍वरले मलाई यसरी प्रकट गर्नुको उद्देश्य मलाई परिवर्तन र शुद्ध गर्नु हो, हटाउनु होइन भन्ने महसुस गरेँ। जब मैले सत्यता नखोजीकन परिस्थितिहरूको सामना गरेँ, मैले मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति र उहाँको श्रमसाध्य विचारहरूलाई बुझ्न सकिनँ। मैले तर्कहीनरूपमा के सोचेँ भने म एक पटक बर्खास्त भइसकेकीले, यदि मैले अर्को गल्ती गरेँ भने, मलाई निकालिने र हटाइने छ। के म परमेश्‍वरका अभिप्रायलाई गलत बुझिरहेकी थिइनँ र?

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र आफ्नो प्रकृति सारबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई सीमाङ्कन गर्न शैतानको तर्क र सोच उपयोग गर्दै, तिनीहरूले परमेश्‍वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्‍ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्‍वरप्रतिका धारणा, प्रतिरोध, र विद्रोहले भरिएका हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको प्रेमसम्‍बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्‍नवाचक चिन्‍ह—सन्देह मात्रै हुन्छ, र तिनीहरू यसप्रति शङ्‍काग्रस्त, र इन्कार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्‍वरको स्वभावबारे तिनीहरूको सोच यस्तो भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। ख्रीष्टविरोधीहरूको सार यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई वास्तवमा कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरू परमेश्‍वरको पहिचान र सारलाई शङ्का र इन्कार गर्छन्। उनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी विश्‍वास गर्दैनन्, न त उहाँको धर्मी र पवित्र स्वभावमा नै विश्‍वास गर्छन्। बरु, उनीहरू मानवीय दृष्टिकोण र तर्कद्वारा परमेश्‍वरको कामको अध्ययन गर्छन्, र उनीहरू परमेश्‍वरप्रति धारणा, शङ्का, इन्कार, र सन्देहहरूले भरिएका हुन्छन्। मैले आफ्नो व्यवहार ख्रीष्टविरोधीकै जस्तो भएको रहेछ भन्ने देखेँ। मैले सधैँ परमेश्‍वरलाई शङ्का गरेकी थिएँ। आफूलाई प्रचारकको पदबाट बर्खास्त गरिएपछि, आफूले परमेश्‍वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गरेका तरिकाहरू मैले बुझ्न खोजिनँ, न त आफूले कसरी मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएँ भन्नेबारे चिन्तन नै गरेँ। ममा परमेश्‍वरको धर्मी स्वभावबारे कुनै बुझाइ नै थिएन, र बरु मैले परमेश्‍वरलाई एक शासकका रूपमा हेरेँ, व्यक्तिले एकपटक अपराध गरेपछि, उहाँले उसलाई पश्चात्ताप गर्ने कुनै मौका दिनुहुन्न र उसलाई निकालिदिनुहुन्छ र हटाइदिनुहुन्छ भनी सोचेँ। मैले कसरी यो बर्खास्तीको सामना हुनुमा परमेश्‍वरको अभिप्राय मलाई आत्मचिन्तन गर्न, आफूलाई चिन्न र पाठ सिक्न लगाउनु थियो भन्नेबारे सोचेँ। म अगुवाका रूपमा चुनिनु भनेको परमेश्‍वरले मलाई तालिमको अर्को अवसर दिँदै हुनुहुन्थ्यो, र यो उहाँको अनुग्रह र उन्नयन पनि थियो। तर परमेश्‍वरको प्रेम र मुक्तिका लागि कृतज्ञ हुनुको सट्टा, मैले परमेश्‍वरलाई शङ्का गरेँ, उहाँविरुद्ध छलमा लागेँ, र आफ्नो कर्तव्य इन्कार गरेँ, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने यो अवसर मलाई प्रकट गर्ने र हटाउने कुनै षड्यन्त्र हो भन्ने ठानेँ। के म कालोलाई सेतो भन्दै र तथ्यहरूलाई बङ्ग्याउँदै थिइनँ र? ममा साँच्चै कुनै मानवता थिएन! यदि म “टुप्‍पोमा एक्लै भइन्छ” र “जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ” जस्ता शैतानी भ्रमहरूद्वारा जिइरहेँ, र आफ्ना कर्तव्यमा सत्यता सिद्धान्तहरू खोज्न बेवास्ता गरेँ, र निरन्तर परमेश्‍वरप्रति सतर्क रहँदै उहाँलाई गलत सम्झिरहेँ भने, म अन्ततः परमेश्‍वरद्वारा घृणित हुनेछु र उहाँद्वारा प्रकटित भई हटाइनेछु। मैले परमेश्‍वरलाई पश्चात्तापको प्रार्थना गरेँ: “हे परमेश्‍वर, म सधैँ तपाईंलाई शङ्का गर्ने र तपाईंप्रति सतर्क रहने यति छली र दुष्ट बनेकी छु। तैपनि तपाईं आफ्ना वचनहरू प्रयोग गर्दै मलाई तपाईंका अभिप्राय बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिने गर्नुहुन्छ। म तपाईंको मुक्तिको साँच्चै अयोग्य छु! हे परमेश्‍वर, म पश्चात्ताप गर्न र तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु, र अब उप्रान्त तपाईंविरुद्ध विद्रोह गरेर तपाईंको हृदयलाई चोट पुऱ्याउनेछैन।”

त्यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र मैले अभ्यासको मार्ग पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “वास्तवमा अधिकांश मानिसहरूको हकमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरूले तिनलाई समाधान गर्न सत्यता खोज्छन् भने, तिनीहरूले भ्रष्टताको प्रकटीकरणको सङ्ख्या बिस्तारै घटाउँदै लगेर अन्त्यमा योग्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। परमेश्‍वरको काम अनुभव गर्ने प्रक्रिया यही हो। तैँले कुनै भ्रष्ट स्वभाव प्रकट गर्नेबित्तिकै त्यसलाई समाधान गर्न तैँले सत्यता खोज्नुपर्छ, र तेरो शैतानी स्वभाव खुट्ट्याउनुपर्छ र त्यसको विश्लेषण गर्नुपर्छ। यो तेरो शैतानी स्वभावविरुद्ध लड्ने प्रक्रिया हो, र यो तेरो जीवन अनुभवको लागि आवश्यक छ। परमेश्‍वरको काम अनुभव गर्ने र तेरो स्वभाव परिवर्तन गर्ने क्रममा, तँ आफ्नो शैतानी स्वभावविरुद्ध लड्न आफूले बुझ्ने सत्यताहरू प्रयोग गर्छस्, अन्त्यमा आफ्नो भ्रष्ट स्वभावहरू समाधान गर्छस् र शैतानमाथि विजय प्राप्त गर्छस्, र यसरी जीवन स्वभावमा परिवर्तन हासिल गर्छस्। व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया भनेको मानव धारणा र कल्पना, अनि शब्द र धर्मसिद्धान्तहरूलाई विस्थापित गर्न, र संसारसँग व्यवहार गर्ने दर्शन र शैतानबाट आउने विभिन्न विधर्म र भ्रमहरूलाई विस्थापित गर्दै बिस्तारै यी कुराहरूलाई सत्यता र परमेश्‍वरको वचनद्वारा प्रतिस्थापन गर्नको निम्ति सत्यताको खोजी र स्वीकार गर्नु हो। यो सत्यता प्राप्त गर्ने र व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। यदि तँ आफ्नो स्वभाव कति परिवर्तन भएको छ भनी जान्‍न चाहन्छस् भने, तैँले आफूले कति वटा सत्यताहरू बुझ्छु, कति वटा सत्यताहरू व्यवहारमा लागू गरेको छु, र कति वटा सत्यताहरू जिउन सक्छु भनी प्रस्ट रूपमा देख्नै पर्छ। तेरा कति वटा भ्रष्ट स्वभावहरू आफूले बुझेका र प्राप्त गरेका सत्यताहरूद्वारा प्रतिस्थापित गरिएका छन्, र तिनले तँभित्रका भ्रष्ट स्वभावहरूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छन्, अर्थात्, तैँले बुझ्ने सत्यताहरूले कुन हदसम्म तेरा सोच र अभिप्रायहरू, अनि तेरो दैनिक जीवन र अभ्यासलाई मार्गदर्शन गर्न सक्छन् भनी तैँले प्रस्ट रूपमा देख्नैपर्छ। तँमाथि केही आइपर्दा, तेरा भ्रष्ट स्वभावहरूले तँलाई नियन्त्रणमा राख्छन्, वा तैँले बुझ्ने सत्यताहरू हाबी भएर तँलाई मार्गदर्शन गर्छन् भन्‍ने कुरा तैँले प्रस्ट रूपमा देख्न सक्नुपर्छ। तेरो कद र जीवन प्रवेश मापन गर्ने मानक यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “अहिले तँ बस सत्यताप्रति लागिपर्, जीवन प्रवेशमा ध्यान केन्द्रित गर्, र आफ्नो कर्तव्यमा राम्रो कार्यसम्पादन गर्न खोज्। यसमा कुनै गलत छैन! परमेश्‍वरले अन्त्यमा तँलाई जे-जसरी सम्हाल्नुभए पनि, त्यो धर्मी नै हुने कुरा निश्‍चित छ; तैँले यो कुरामा शङ्का गर्नु हुँदैन, र तैँले यसबारे चिन्ता गर्नु पर्दैन। … यदि बेलाबेला तँ अनजानमै स्वच्छन्द हुन्छस्, र परमेश्‍वरले तँलाई त्यो कुरा औँल्याइदिनुहुन्छ र तँलाई काटछाँट गर्नुहुन्छ, अनि तँ सुध्रन्छस् भने, परमेश्‍वरले तँलाई यो कुराको लागि जवाफदेही बनाउनुहुनेछैन। यो स्वभाव रूपान्तरणको सामान्य प्रक्रिया हो, र यस प्रक्रियामा मुक्तिको कामको साँचो महत्त्व प्रकट हुन्छ। यो नै कुञ्जी हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले उहाँका अभिप्राय बुझ्न पाएँ। परमेश्‍वरको काम हाम्रो भ्रष्ट स्वभावहरूलाई परिवर्तन र शुद्ध गर्नु हो। हामी शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएकाले, हामी आफ्नो कर्तव्यमा निरन्तर भ्रष्टता प्रकट गर्छौँ। त्यसैले, हामीले यसलाई समाधान गर्न सचेत रूपमा सत्यता खोज्नुपर्छ, साँचो पश्चात्ताप गर्नुपर्छ, र आफ्नो जीवन प्रवेशमा बिस्तारै प्रगति गर्नुपर्छ। यसो गरेर मात्र हामी अन्ततः मुक्ति हासिल गर्न सक्छौँ। वास्तवमा, मुक्तिको सबैभन्दा ठूलो बाधा व्यक्तिको आफ्नै भ्रष्ट स्वभाव हो, जसको उसले कुन कर्तव्य निर्वाह गर्छ भन्‍ने कुरासँग कुनै सम्बन्ध छैन। मैले अगुवाको कर्तव्य निर्वाह नगरे पनि, यदि मेरो भ्रष्ट स्वभाव समाधान भएन भने, म अझै पनि प्रकटित भई हटाइनेछु। एक सृजित प्राणीका रूपमा, मैले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई स्वीकार गरी तिनमा समर्पित हुनुपर्थ्यो, र मैले आफ्नो कर्तव्यमा आफ्नो सबथोक लगाउनुपर्थ्यो र उप्रान्त परमेश्‍वरलाई गलत सम्झनु वा उहाँप्रति सतर्क रहनु हुँदैनथ्यो! परमेश्‍वरका अभिप्राय बुझिसकेपछि, मलाई अगुवाका रूपमा प्रकटित हुने वा हटाइने डर लाग्न छोड्यो, त्यसैले मैले यो कर्तव्य स्वीकार गर्न माथिल्लो अगुवाइलाई पत्र लेखेँ।

यस अनुभवमार्फत, मैले परमेश्‍वरलाई शङ्का गर्ने र उहाँप्रति सतर्क रहने आफ्नो छली स्वभावबारे केही बुझाइ प्राप्त गरेकी छु, र मैले आफ्ना भ्रामक दृष्टिकोणहरूबारे पनि केही अन्तर्ज्ञान पाएकी छु। मैले जब परमेश्‍वर मानिसहरूलाई प्रकट गर्नुहुन्छ, त्यो उनीहरूलाई हटाउनका लागि होइन, बरु उहाँले जसरी काम गर्नुभए तापनि, उनीहरूलाई शुद्ध पार्न र मुक्ति दिनका लागि हो भन्ने महसुस गरेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ७९. अगुवा बन्न अनिच्छुक हुनु—म के कुरामा यति चिन्तित थिएँ?

अर्को: ८२. आमाको मृत्युको शोकबाट म कसरी बाहिर निस्केँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

४०. ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्