३१. देखावटीपन बारे चिन्तन

सु काई, चीन

२०२३ मार्च ६ मा, अगुवाले हामी केही सहकर्मीसँग भेलाको समय तय गर्नुभयो। म सामान्यतया त्यस्ता भेलाहरू उत्सुकतापूर्वक पर्खेर बस्थेँ, सोच्थेँ, हामी सबैले परमेश्‍वरका वचनहरूको आफ्नो बुझाइ र ज्ञानबारे सङ्गति गर्न, अनुभवहरू आदानप्रदान गर्न, अनि हाम्रो काममा सामना गरेका विभिन्न समस्या र कठिनाइहरूबारे छलफल गर्न सक्छौँ, र एक-अर्काका सबल पक्षहरूबाट सिकेर आ-आफ्ना कमजोरीहरू परिपूर्ति गर्न सक्छौँ—जुन उत्तम थियो। तर यस पटक, मलाई अलि चिन्ता लाग्यो। मैले पछिल्ला दुई महिनामा, अगुवाले कसरी मेरो काममा थुप्रै समस्या औंल्याउनुभएको, जस्तै सुसमाचारको कामको प्रगति सुस्त रहेको, प्रतिभाशाली भनेर पहिचान गरिएका मानिसहरूलाई मैले समयमै संवर्धन गर्न नसकेको, र भेलाहरूमा मेरो सङ्गतिले आफैलाई उच्च पार्ने र आडम्बर देखाउने खालको भएको, अनि म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको कुरासमेत भनेको सम्झेँ। मैले सोचेँ, “यदि अगुवाले मलाई यस भेलामा मैले हालसालै कामकुरालाई कसरी अनुभव गरिरहेकी छु, कसरी यी विचलनहरू सच्याएर सत्यता अभ्यास गरी त्यसमा प्रवेश गरेकी छु भनेर सोध्नुभयो, र मैले केही भन्न सकिनँ भने, तब उहाँले म आफ्नो काम राम्ररी गरिरहेकी छैन र मेरो जीवन प्रवेश कमजोर छ भनी सोच्नुहुनेछ कि? त्यसपछि उहाँ र मेरा सहकर्मीहरूले मलाई कस्तो दृष्टिले हेर्लान्?” यो सोचेर म धेरै आत्तिएँ, त्यसैले मैले कुन-कुन कामहरूलाई पछ्याएकी छैन वा मेरो पकडमा छैन भनी सोच्न थालेँ। मलाई भेलाअघि नै मैले छिट्टै स्पष्ट बुझाइ प्राप्त गर्नुपर्छ भन्ने लाग्यो। साथै, पछिल्लो पटक अगुवाले आफैलाई उच्च पार्ने र आडम्बर देखाउने मेरो समस्या औंल्याउनुभएको थियो। यद्यपि मैले पछि परमेश्‍वरका केही वचनहरू पढेँ, तर मैले आत्मचिन्तन र प्रवेशमा ध्यान केन्द्रित गरिनँ। मैले सोचेँ, “यदि मैले साँचो बुझाइ बाँड्न सकिनँ भने, के अगुवाले काटछाँटको सामना गर्दा पनि म आत्मचिन्तनमा ध्यान दिन्न र म सत्यता खोजी गर्ने व्यक्ति होइन भन्नुहोला? मैले पहिले पढेका परमेश्‍वरका वचनका खण्डहरू फेरि हेरेर मनन गर्नु, र केही गहिरो बुझाइ व्यक्त गर्नसक्ने हुन प्रयास गर्नु बेस हुन्छ। त्यसरी, अगुवाले मेरो कर्तव्य निर्वाहमा धेरै समस्या भए पनि र मैले भ्रष्ट स्वभाव प्रकट गरे पनि, पछि मैले अझै पनि केही हदसम्म सत्यता खोजी गरेर अभ्यास र प्रवेश गर्न सक्छु भन्ने देख्न सक्नुहुन्छ। यसरी, म अगुवाको नजरमा आफ्नो छवि पुनःस्थापित गर्न सक्नेछु।”

भेलाको दिन, अगुवाले सधैँझैँ हाम्रा स्थितिहरूबारे कुराकानी गरेर सुरु गर्नुभयो। मैले मनमनै सोचेँ, “सहकर्मीहरूलाई पहिले बोल्न दिऊँ, त्यसरी म उनीहरूले कस्तो अनुभवात्मक बुझाइ प्राप्त गरेका छन् सो सुन्न सक्छु। म उनीहरूको सङ्गतिबाट केही ज्योति लिन सक्छु, र यस अवसरलाई आफ्नै अनुभवात्मक बुझाइबारे थप सोच्न पनि प्रयोग गर्न सक्छु।” मेरा सहकर्मीहरूको निकै व्यावहारिक सङ्गति सुनेर म अलि आत्तिन थालेँ, र सोचेँ, “यदि मैले राम्रोसँग सङ्गति गरिनँ भने, अगुवाको मनमा मेरो छाप झनै खराब हुनेछ।” यो सोचले मलाई शान्त हुन गाह्रो बनायो, र मैले आफ्नो सङ्गतिमा कसरी आफूलाई अझ स्पष्ट र गहिरो रूपमा व्यक्त गर्न सक्छु भनेर मनन गर्न थालेँ। तर जति नै मनन गरे पनि, मेरो बुझाइ पहिले जस्तै सतही नै रह्यो, जसले मलाई अलि निरुत्साहित बनायो: “आ छाडौँ। मैले जे बुझेकी छु, त्यही बाँड्नेछु।” तर फेरि मैले सोचेँ, “मैले अगुवामा पहिले नै खराब छाप छाडिसकेकी छु। यदि उहाँले मेरो बुझाइ निकै सतही रहेको सुन्नुभयो भने, के उहाँले म आफ्नो काम राम्ररी गरिरहेकी छैन र मेरो कुनै जीवन प्रवेश छैन भनी सोच्नुहोला, र मलाई निगरानीमा राख्नुपर्ने वा बर्खास्त गर्नुपर्ने व्यक्ति ठान्नुहोला? यदि म बर्खास्त भएँ भने, ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्लान्? हुँदैन, मैले आफूलाई अझ राम्रो देखाउनै पर्छ।” जब मेरो स्थिति र बुझाइ बताउने पालो आयो, म गहन बुझाइ प्रस्तुत गर्न चाहन्थेँ, तर जति म बोल्दै गएँ, त्यति नै अलमलिएर बोलेँ। मैले बोलिसकेपछि, अगुवाले भन्नुभयो, “तपाईँले भनेका सबै कुरा सुनेपछि पनि, तपाईँ मुख्य स्थिति के हो, म अझै भन्न सक्दिनँ।” एक जना सहकर्मीले पनि भने, “तपाईँ अलि नकारात्मक सुनिनुहुन्छ। यदि तपाईँसँग साँच्चै बुझाइ र प्रवेश छ भने, तपाईँ नकारात्मक हुनुहुँदैन।” त्यतिबेला, मेरो अनुहार रातोपिरो भयो, र मलाई कतै प्वालमा लुक्न पाए हुन्थ्यो जस्तो लाग्यो। मैले मनमनै सोचेँ, “राम्रो भयो, मैले राम्रो छाप पार्न नसकेको मात्र होइन, आफूलाई झनै लज्जितसमेत बनाएँ।” मैले यसबारे जति सोचेँ, मलाई त्यति नै लाजमर्दो महसुस भयो। म केवल भेला छिट्टै सकियोस् भन्ने आशामा थिएँ। त्यसपछि अगुवाले मेरो स्थितिबारे सोध्न छाड्नुभयो र मैले एउटा उजुरी पत्रलाई कसरी सम्हालेँ भनेर सोध्न थाल्नुभयो। मैले मनमनै सोचेँ, “म यो उजुरी पत्रसम्बन्धी परिस्थितिसँग राम्ररी परिचित छु, त्यसैले म आफूलाई अलिकति देखाउन यो विषयमा कुरा गर्न सक्छु। तर मैले सहकार्य गरेकी सिस्टर पनि यसमा रहेकीले, यदि उनले पहिले बोलिन् भने, के अगुवाले उनैले परिस्थितिको बारेमा सङ्गति गरेर त्यसलाई सम्हालिन् भनी सोच्नुहोला? हुँदैन, म पहिले बोल्नैपर्छ। मैले पहिले नै आफूलाई लज्जित बनाइसकेकी छु, त्यसैले यस पटक केही इजजत फर्काउनुपर्छ।” यो सोचेर, म जवाफ दिन हतारिएँ। तर आफूलाई राम्रो देखाउने हतारमा, मैले आफूलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिनँ। वास्तवमा मैले सहकार्य गरेकी सिस्टरले नै थप सङ्गति दिएर कुरा स्पष्ट पारिन्। त्यतिबेला, मलाई साँच्चै नराम्रो लाग्यो—म अघि सरेर आफूलाई देखाउन चाहेकी थिएँ, तर अन्त्यमा आफूलाई झनै लज्जित बनाएँ। त्यो साँझ, दिनका घटनाहरूमाथि चिन्तन गर्दा, मैले जति प्रयास गरे पनि आफ्नो मन शान्त पार्न सकिनँ। म आफ्नो गुमेको अभिमान कसरी फर्काउने भनेर फेरि सोच्नबाट आफूलाई रोक्न सकिनँ। तर जति मैले यसमा ध्यान केन्द्रित गरेँ, म झनै बेचैन भएँ, र मेरो दिमाग कुइरीमण्डल भयो।

भोलिपल्ट बिहान मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “के तिमीहरू काम गरिरहेको र कर्तव्य निभाइरहेको बेला आफ्नो व्यवहार र आफ्ना मनसायहरू बारम्बार जाँच्ने गर्छौ? (बिरलै मात्र गर्छौँ।) यदि तिमीहरू आफूलाई बिरलै मात्र जाँच्ने गर्छौ भने, के तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरू पहिचान गर्न सक्छौ त? के तिमीहरू आफ्नो वास्तविक स्थिति बुझ्न सक्छौ?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफूलाई जाँच्न थालेँ र यो भेलाका लागि मेरो अभिप्राय सही थिएन भन्ने महसुस गरेँ। मैले आफ्नो अनुभवात्मक बुझाइबारेको सङ्गति आफूलाई प्रदर्शन गर्न र अरूमाथि छाप पार्न प्रयोग गर्न चाहेकी थिएँ। मैले आफ्नो अभिप्राय र व्यवहारमाथि जति चिन्तन गरेँ, मैले त्यति नै सङ्गतिको दौरान मेरो व्यवहारमा छली तत्त्वहरू थिए, र म छलमा सहभागी भइरहेकी थिएँ भन्ने महसुस गरेँ। यो जाँचेपछि, मैले मभित्र द्वन्द्व महसुस गर्न थालेँ। “के मैले आजको भेलामा अगुवालाई हिजोको मेरो स्थितिबारे बताउनुपर्छ?” मैले सोचेँ। “यदि मैले बताएँ भने, भेलाको दौरान त्यस्तो तुच्छ अभिप्राय राखेको थाहा पाएपछि उहाँ र मेरा सहकर्मीहरूले मलाई कस्तो दृष्टिले हेर्लान्? तर यदि मैले बताइनँ भने, परमेश्‍वरले मलाई कस्तो दृष्टिले हेर्नुहोला?” धेरै सोचविचार गरेपछि, मैले अगुवालाई अघिल्लो दिनको मेरो वास्तविक स्थितिबारे बताउने निर्णय गरेँ। तर, त्यो बेला मैले उहाँसँग छुट्टै कुरा गरेँ, किनभने मलाई मेरा सहकर्मीहरूको अगाडि यसबारे छलफल गर्न धेरै लाज लागेको थियो।

पछि, मैले भेलाको दौरान जे प्रकट गरेकी थिएँ, त्यसबारे थप चिन्तन गर्दा, मैले परमेश्‍वरले फरिसीहरूको पाखण्डलाई कसरी खुलासा गर्नुहुन्छ भनी सम्झेँ, र मैले परमेश्‍वरका यी वचनहरू भेट्टाएँ: “फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोँगी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरू ढोँगीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यता वास्तविकता होइनन्, केवल शब्‍दहरू र धर्मसिद्धान्तहरू हुन्। केही मानिसहरूले शब्‍दहरू र धर्मसिद्धान्तहरूलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको शब्‍दहरू र धर्मसिद्धान्त वाचन कला झन्-झन् व्यापक बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यता वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई बहकाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौँ भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति अर्पित देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि अर्पित हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै कामकारवाहीहरू गरिरहेका र आफ्‍नै उद्यमहरू अघि बढाइरहेका हुन्छन्, र मण्डलीको भरमा बाँचिरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोँगी फरिसीहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूले फरिसीहरू पाखण्डी र आफूलाई भेष बदल्नमा सिपालु छन् भनी खुलासा गर्दछ। तिनीहरूको बोली र व्यवहारमा लुकेका मनसाय र उद्देश्यहरूद्वारा प्रेरित हुन्छन्। तिनीहरू परमेश्‍वरका मार्ग पछ्याउँदैनन्, बरु आफूलाई प्रदर्शन गर्न शब्द र धर्मसिद्धान्तहरूको प्रचार गर्छन्। तिनीहरू आफूलाई विनम्र, मायालु र अरूप्रति धैर्यवान् देखाउन बाहिरी असल व्यवहार प्रयोग गरेर आफूलाई सजाउँछन् र ढाक्छन्। तिनीहरू सडकका कुनाहरूमा उभिएर समेत प्रार्थना गर्छन्, ताकि अरूले तिनीहरूको भक्ति देख्न सकून् र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्नेहरू हुन् भनेर बुझून्। फरिसीहरूले अरूलाई भ्रमित पार्ने, र मानिसहरूको प्रशंसा र समर्थन प्राप्त गर्ने अभिप्राय र उद्देश्यले भेष बदल्छन् र आफूलाई सजाउँछन्, यी सबै आफ्नो हैसियत कायम राख्नका लागि गर्छन्। मैले जे प्रकट गरेकी थिएँ, त्यसमाथि चिन्तन गर्दा मैले आफू फरिसीहरूजस्तै रहेछु भन्ने महसुस गरेँ। पछिल्लो भेलामा, अगुवाले मेरो काममा भएका समस्याहरू औंल्याउनुभएको थियो। अगुवाले मप्रति नकारात्मक दृष्टिकोण राख्नुहोला भन्ने चिन्ताले, मैले यस सङ्गतिमा राम्रो प्रदर्शन गरेर उहाँको नजरमा आफ्नो छवि पुनःस्थापित गर्न चाहेकी थिएँ। मैले केही कामहरू राम्ररी सम्हालेकी थिइनँ र विवरणहरू बुझेकी थिइनँ। अगुवाले यो कुरा थाहा पाउनुहोला भन्ने डरले, मैले तुरुन्तै विवरणहरू बुझ्न कदम चालेँ, र आफ्नो काम र भेलाहरूमा सधैँको भन्दा बढी लगनशील भएँ। मेरो उद्देश्य अगुवालाई म अझै पनि केही वास्तविक काम गर्न सक्छु भनी सोच्ने बनाउनु थियो। कामको अनुगमन गर्ने र समस्याहरू सम्बोधन गर्न सङ्गति गर्ने मेरो लगनशील प्रयासहरू आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरको अभिप्रायप्रति विचारशील हुनका लागि थिएनन्, बरु अगुवाको नजरमा मेरो छवि पुनःस्थापित गर्न र मेरा सहकर्मीबाट प्रशंसा पाउनका लागि थियो भन्ने मैले देखेँ। म साँच्चै नै स्वार्थी र छली रहेकी थिएँ! आफ्नो कर्तव्य पूरा गर्दाका मेरा प्रकटीकरणहरूमाथि चिन्तन गर्दा, मैले धेरै पटक आफ्नो अभिमान जोगाउन र अरूका अगाडि आफूलाई राम्रो देखाउन काम गरेकी रहेछु भन्ने महसुस गरेँ। कतिपय अवसरमा, अगुवाले कामबारे जानकारी लिन अनुगमन गर्दा मैले केही कामहरू गरेकी नै हुन्नथेँ, तर उहाँले मलाई अकुशल भन्नुहोला भन्ने चिन्ताले, मैले पहिले नै अनुगमन गरिरहेकी छु भनेर झूट बोल्थेँ, र पछि हतार-हतार काम गर्थें। मैले धेरैजसो समयमा आफूले प्रकट गरेका कुरा र भेलाको दौरानको मेरो कार्यसम्पादनमाथि चिन्तन गर्दा, म साह्रै बेचैन भएँ। मैले आफ्नो अभिमान जोगाउन आफूलाई ढाकछोप गरिरहेकी र भेष बदलिरहेकी थिएँ, र पाखण्डी बनिरहेकी थिएँ। फरिसीहरू र मबीच के भिन्नता थियो र?

पछि, मैले आफ्नो स्थितिसँग सम्बन्धित परमेश्‍वरका वचनहरूका केही खण्डहरू खोजेँ, र एउटा विशेष खण्डले मलाई गहिरो रूपमा छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अरू मानिसहरूमाझ रहेको आफ्नो हैसियतबारे ख्रीष्टविरोधीहरू निकै संवेदनशील हुन्छन्। समूहमा हुँदा, तिनीहरूले आफ्नो उमेर र शारीरिक स्वास्थ्यको कुनै महत्त्व हुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरूले महत्त्वपूर्ण ठान्‍ने कुराहरू त के मात्र हुन् भने, बहुसङ्ख्यकले तिनीहरूलाई कसरी हेर्छन्, बहुसङ्ख्यकले तिनीहरूलाई समय दिन्छन् कि दिँदैनन् र आफ्‍नो बोली र व्यवहारमा तिनीहरूलाई स्थान दिन्छन् कि दिँदैनन्, बहुसङ्ख्यकको हृदयमा रहेको तिनीहरूको हैसियत र पद उच्च छ कि साधारण छ, बहुसङ्ख्यकले तिनीहरूलाई उच्च ठान्छन् कि साधारण वा खासै विशेष नरहेको ठान्छन्, र आदि इत्यादि कुराहरू; बहुसङ्ख्यकले परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको योग्यतालाई के ठान्छन्, मानिसहरूमाझ तिनीहरूका शब्दहरू कति वजनदार हुन्छन्, अर्थात् कति मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, कतिले तिनीहरूलाई प्रशंसा गर्छन्, स्याबास दिन्छन्, ध्यान दिएर सुन्छन्, र तिनीहरूले केही कुरा भनेपछि त्यसलाई हृदयमा राख्छन्; साथै, बहुसङ्ख्यकले तिनीहरूलाई ठूलो आस्था भएको व्यक्तिको रूपमा हेर्छन् कि थोरै आस्था भएको व्यक्तिको रूपमा हेर्छन्, कष्ट सहने तिनीहरूको सङ्कल्प कस्तो छ, तिनीहरूले कति कुरा त्याग्छन् र समर्पित गर्छन्, परमेश्‍वरको घरमा तिनीहरूले दिने योगदानहरू के-के हुन्, परमेश्‍वरको घरमा तिनीहरूले लिने पद उच्च छ कि न्यून छ, तिनीहरूले विगतमा के-कस्ता कष्ट भोगेका छन्, र तिनीहरूले के-कस्ता महत्त्वपूर्ण कुराहरू गरेका छन्—तिनीहरूले सबैभन्दा बढी चासो लिने कुराहरू यिनै हुन्। … ख्रीष्टविरोधीहरूले मुख्य रूपमा प्रवचन दिने कार्यमा र परमेश्‍वरका वचनहरू यस्तो तरिकाले व्याख्या गर्ने कुरामा ध्यान दिन्छन् जसले उनीहरूलाई प्रदर्शित गरोस् र अरूको नजरमा उच्‍च बनाओस्। तिनीहरूले यस्तो प्रयास गरिरहेको बेला, सत्यता कसरी बुझ्ने वा सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भनेर खोजी गरिरहेका हुँदैनन्, बरु तिनीहरूले यी वचनहरू कसरी याद गर्ने र कसरी अझै धेरै मानिसहरूलाई आफ्नो सबल पक्ष देखाउन सकिन्छ भनेर मनन गरिरहेका हुन्छन्, ताकि अझै धेरै मानिसहरूले तिनीहरू साँच्‍चै नै केही न केही त हुन्, तिनीहरू साधारण मानिसहरू मात्र होइनन्, तिनीहरू सक्षम छन्, र तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भनेर जानून्। यस्ता विचार, अभिप्राय, र दृष्टिकोणहरू राखेर, ख्रीष्टविरोधीहरू विभिन्‍न किसिमका कामकुराहरू गर्दै मानिसहरूमाझ जिउँछन्। तिनीहरूमा यी दृष्टिकोणहरू हुने हुनाले, र तिनीहरूमा यी पछ्याइ र महत्त्वाकाङ्क्षाहरू हुने हुनाले, तिनीहरूले ठूलासाना हरकिसिमका असल व्यवहार, सही भनाइ, र असल कार्यहरू प्रदर्शन नगरी बस्‍न सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचनहरूले ख्रीष्टविरोधीहरू मानिसहरूमाझ उच्च हैसियत पछ्याउनका लागि मात्र आफ्नो कर्तव्य पूरा गर्छन्, आफ्ना बोली र व्यवहारद्वारा मानिसहरूको अनुमोदन र प्रशंसा प्राप्त गर्ने लक्ष्य राख्छन् भनी खुलासा गर्दछन्। आफ्नो हैसियत सुरक्षित गर्न, तिनीहरूले त्याग गर्छन् र आफूलाई समर्पित गर्छन्, कष्ट भोग्छन् र मूल्य चुकाउँछन्, धेरै असल कार्यहरूमा संलग्न हुन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूमा पनि मेहनत गर्छन्, आफूलाई शब्द र धर्मसिद्धान्तहरूले सुसज्जित गर्छन्, ताकि तिनीहरूले अरूको अगाडि प्रचार गर्न सकून्। तिनीहरूसँग आफूलाई तुलना गर्दा, म उस्तै रहेछु भन्ने मैले महसुस गरेँ। मैले आफ्नो अभिमान र हैसियतलाई सबैभन्दा बढी प्राथमिकता दिएकी थिएँ। जब मेरा कर्तव्यहरू पूरा गर्दा मेरा कमजोरी र समस्याहरू खुलासा हुन्थे, मैले आफ्नो स्थान पुनः प्राप्त गर्न सबै प्रकारका तरिकाहरू अपनाउँथेँ। मैले स्पष्ट रूपमा आफूलाई उच्च पार्ने र आडम्बर देखाउने समस्याउपर चिन्तन गर्नमा ध्यान केन्द्रित गरेकी थिइनँ, न त मसँग साँचो बुझाइ नै थियो, तर पनि मैले ब्रदर-सिस्टरहरूलाई छल गर्दै आफूलाई ढाक्ने र सजाउने प्रयास गरेकी थिएँ। म कति छली रहेछु भन्ने मैले देखेँ। यसरी कामकुरा गर्नु सारमा परमेश्‍वरलाई धोका दिनु थियो, जुन कुरालाई उहाँले घृणा गर्नुहुन्छ र दोषी ठहराउनुहुन्छ। यो सोचेर मलाई केही डर लाग्यो, र यदि मैले आफ्नो अवस्था परिवर्तन गरिनँ भने, म परमेश्‍वरद्वारा तिरस्कृत हुनेछु भन्ने महसुस भयो।

पछि, मैले सधैँ मानिसहरूको नजरमा राम्रो छवि कायम राख्न चाहनुको कारण “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूद्वारा शासित थिएँ भन्ने कुरामाथि चिन्तन गरेँ। हालसालै परमेश्‍वरले सत्यताको यस पक्षबारे सङ्गति गर्नुभएको थियो भन्ने मैले सम्झेँ, त्यसैले मैले परमेश्‍वरका वचनहरूमा सान्दर्भिक खण्डहरू खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइले मानिसहरूलाई आफ्नो उत्कृष्ट प्रभाव जमाउन र आफूलाई राम्रो देखाउने कामहरू बढी गर्नलाई महत्त्व दिन—बरु खराब वा अपमानजनक कामहरू नगर्न, आफ्नो कुरूप पक्ष नदेखाउन—र सम्मान वा इज्जत नभएको जीवन नजिउन भन्छ। आफ्नो अभिमानको खातिर, आफूलाई राम्रो देखाउनका खातिर, व्यक्तिले आफू पूर्ण रूपमा बेकम्मा छु भनी भन्न सक्दैन, अरूलाई आफ्नो नराम्रो पाटो र लाजमर्दो पक्षहरू बताउने कुरा त परै जाओस्, किनभने व्यक्तिले सम्मानजनक र इज्जतिलो जीवन जिउनुपर्छ, र इज्जत हुनका लागि अभिमान चाहिन्छ, र अभिमान हुनका लागि ढोँग गर्नुपर्ने र आफूलाई सजाउनुपर्ने हुन्छ। के यो कुरा इमानदार व्यक्ति हुनुसँग बाझिँदैन र? (बाझिन्छ।) तँ इमानदार व्यक्ति बनिरहँदा, तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइलाई पहिले नै त्यागिसकेको हुन्छस्। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, आफ्नो स्वरूपलाई महत्त्व नदे; व्यक्तिको स्वरूपको मूल्य एक पैसा पनि हुँदैन। सत्यताको उपस्थितिमा, व्यक्तिले आफ्नो खुलासा गर्नुपर्छ, ढोँग गर्नु वा बनावटी रूप देखाउनु हुँदैन। व्यक्तिले परमेश्‍वरलाई आफ्ना साँचो विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, आदि प्रकट गर्नुपर्छ, र यी कुराहरूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसामु पनि उदाङ्गो पार्नुपर्छ। यो आफ्नो अभिमानको खातिर जिउनु होइन, बरु इमानदार व्यक्ति बन्नका लागि जिउनु, सत्यतालाई पछ्याउनका लागि जिउनु, साँचो सृजित प्राणी बन्नका लागि जिउनु, र परमेश्‍वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनका लागि जिउनु हो। तर जब तैँले यो सत्यता बुझ्दैनस्, र परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनस्, तब तेरो परिवारले तँलाई सिकाएका कुराहरू तेरो हृदयमा हाबी हुने गर्छन्। त्यसैले जब तैँले केही गलत गर्छस्, तब तैँले त्यसलाई लुकाउँछस् र ढोँग गर्छस्, र यसो सोच्छस्, ‘मैले यसबारे कसैलाई बताउन मिल्दैन, र म यो कुरा थाहा पाउने अरू कसैलाई पनि यसबारे मानिसहरूलाई बताउन दिनेछैन। यदि तिमीहरूमध्ये कसैले कसैलाई भन्यौ भने, म त्यसलाई सजिलै छोड्नेछैन। मेरो अभिमान पहिलो प्राथमिकता हो। जिउनु भनेको आफ्नो अभिमानबाहेक अरू केहीका लागि होइन, जुन अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिसँग अभिमान छैन भने, उसले आफ्नो सबै इज्जत गुमाउँछ। त्यसैले तैँले साँचो बोल्न सक्दैनस्, तैँले ढोँग गर्नुपर्ने हुन्छ, तैँले ढाकछोप गर्नुपर्ने हुन्छ, नत्र तँसँग अभिमान वा इज्जत रहनेछैन, र तेरो जीवन बेकम्मा हुनेछ। यदि कसैले तँलाई आदर गर्दैन भने, तँ केवल बेकम्मा हुन्छस्, तँ केवल निकृष्ट रद्दी हुन्छस्।’ के यसरी अभ्यास गरेर इमानदार व्यक्ति बन्न सम्भव हुन्छ? के आफूलाई उदाङ्गो पार्न र आफूलाई चिरफार गर्न सम्भव हुन्छ? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्‍ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। “परिवारले एकदुई वटा भनाइले मात्रै होइन, अनगिन्ती प्रसिद्ध उद्धरण र उक्तिहरूको बाढीद्वारै मानिसहरूलाई सिकाउने गर्छ। उदाहरणको लागि, के तेरो परिवारका अग्रज र आमाबुबाले प्रायजसो ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने भनाइ उल्लेख गर्दैनन् र? (हो।) तिनीहरूले तँलाई यसो भनिरहेका हुन्छन्: ‘मानिसहरूले आफ्नो प्रतिष्ठाकै खातिर बाँच्नुपर्छ। मानिसहरूले आफ्नो जीवनकालमा राम्रो छवि बनाउन र अरूको मनमा राम्रो छाप छोड्नबाहेक अरू केही खोज्नु हुँदैन। तिमीले जोसँग कुरा गरे पनि, तिनीहरूसँग मिठासपूर्ण शब्दहरू बोल, चिप्लो घस्ने र दया देखाउने शब्दहरू मात्र बोल, र तिनीहरूलाई नचिढ्याऊ। बरु, अझ धेरै असल कामकुरा र दयालु कार्यहरू गर।’ परिवारले सिकाउने कुराको यो विशेष प्रभावले मानिसहरूको व्यवहार वा आचरणका सिद्धान्तहरूमा निश्चित प्रभाव पार्छ, जसको परिणामस्वरूप तिनीहरूले अपरिहार्य रूपमा ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्। अर्थात्, तिनीहरूले आफ्नो ख्याति, प्रतिष्ठा, मानिसहरूको मनमा तिनीहरूले सिर्जना गर्ने छाप, र तिनीहरूले गर्ने हरेक काम र व्यक्त गर्ने हरेक रायबारे अरूले गर्ने मूल्याङ्कनलाई ठूलो महत्त्व दिन्छन्। मानिसहरूले ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्, त्यसैले ती प्रसिद्ध भनाइहरूका शब्दहरू र परम्परागत संस्कृतिमा कामकुराहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू तिनीहरूको हृदयमा हाबी हुन्छन्, यहाँसम्म कि तिनलाई पूर्ण रूपमा ओगट्छन्। थाहै नपाईकन, तिनीहरूले सत्यता र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् कि छैनन् भन्‍ने कुरालाई महत्त्वहीन देख्न थाल्छन्, र तिनीहरूले त्यस्ता विचारहरूलाई पूर्ण रूपमा त्याग्न पनि सक्छन्। तिनीहरूको हृदयमा, ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने जस्ता शैतानी दर्शनहरू र परम्परागत संस्कृतिका चर्चित भनाइहरू अत्यन्तै महत्त्वपूर्ण बन्छन्। … यसरी तैँले गर्ने सबै कुरा सत्यता अभ्यासको लागि गरेको हुँदैनस्, न त परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि गरेको हुन्छस्, बरु, यो त तेरो आफ्नै प्रतिष्ठाको लागि गरेको हुन्छस्। यस तरिकाले, तैँले गर्ने सबै कुरा स्वतः के बनेको हुन्छ? यो एउटा धार्मिक कार्य बनेको हुन्छ। तेरो सार के बनेको हुन्छ? तँ फरिसीको ठेट उदाहरण बनेको हुन्छस्। तेरो मार्ग के बनेको हुन्छ? यो एक ख्रीष्टविरोधीको मार्ग बनेको हुन्छ। परमेश्‍वरले यसलाई यसरी नै चित्रण गर्नुहुन्छ। त्यसकारण, तैँले गर्ने सबै कुराको सार परिवर्तन भएको छ, यो अहिले फरक भएको छ; तैँले सत्यता अभ्यास गरिरहेको वा सत्यता पछ्याइरहेको हुँदैनस्, बरु ख्याति र प्राप्ति पछ्याइरहेको हुन्छस्। अन्त्यमा, परमेश्‍वरको नजरमा तेरो कर्तव्य निर्वाह एक शब्‍दमा भन्दा मानकअनुरूप छैन। यस्तो किन हुन्छ? किनभने तँ परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरामा वा सृजित प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्यमा नभई आफ्नो प्रतिष्ठाप्रति मात्र अर्पित छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थिति खुलासा गरिदिए। म सधैँभरि “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी दर्शन र नियमहरू अनुसार जिइरहेकी थिएँ। म सानो छँदा, मेरा आमाबाबुले प्रायः “मानिसहरू आफ्नो अभिमानका लागि जिउँछन्” भन्नुहुन्थ्यो, र बारम्बार “फलानोको छोरा वा छोरीलाई हेर, आफ्ना आमाबाबुको बेइज्जत गराउँदैछ” जस्ता कुराहरू भन्नुहुन्थ्यो। त्यसबलादेखि, मैले आफ्नो अभिमान जोगाउने र राम्रो प्रतिष्ठा राख्नुको महत्त्व बुझ्न थालेँ। मैले अरूसँग अन्तरक्रिया गर्दा, उनीहरूको हाउभाउ र मुडलाई बुझेर, उनीहरूको रुचिअनुसार आफ्नो बोली र व्यवहार मिलाउनुपर्छ भनेर सिकेकी थिएँ। यसो गर्दा जब मैले वरपरका मानिसहरूबाट प्रशंसा पाएँ र राम्रो प्रतिष्ठा स्थापित गर्न सफल भएँ, तब मैले यी शैतानी दर्शनरू र नियमहरूलाई झनै स्वीकार गरेँ, र यसरी बाँच्दा मानसम्मान मिल्छ भन्ने विश्वास गरेँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि पनि, मैले अक्सर आफ्नो अभिमान जोगाउनका लागि बोल्ने र व्यवहार गर्ने गर्थें, सधैँ मेरा ब्रदर-सिस्टरहरूको हृदयमा राम्रो छवि स्थापित गर्न र उनीहरूको प्रशंसा पाउन चाहन्थेँ। पछिल्लो सङ्गतिमा, अगुवाले मेरा धेरै समस्याहरू औंल्याउनुभएको थियो। आफ्नो अभिमान फर्काउन र अगुवालाई म परिवर्तन भएकी छु भनेर देखाउन, मैले भेलाभरि नै बहाना गरिरहेँ र आफूलाई ढाकछोप गरिरहेँ, आफ्नो साँचो स्थिति र काममा भएका कमजोरीहरू खुलाउन अनिच्छुक भएँ। मेरा समस्याहरू खुलासा भए र मानिसहरूले मेरो वास्तविकता देखे पनि, मैले अझै पनि आफ्नो गुमेको इज्जत फर्काउने उपायहरू खोज्ने प्रयास गरेँ। अभिमान र हैसियतको पछ्याइले मलाई झन्-झन् पाखण्डी र छली बनाएको थियो। मैले सबै कामकुरा गर्दा आफ्नो अभिमान र हैसियत कसरी कायम राख्ने भन्नेमा ध्यान केन्द्रित गरेँ, परमेश्‍वरको घरको हितलाई विचार गरिनँ। मैले सत्यता सिद्धान्तहरूमा पनि मेहनत गरिनँ, ममा मेरा कर्तव्यहरूप्रति बोझ र जिम्मेवारीको बोधको कमी थियो। जस्तै यस भेलामा, मैले आफ्नो वास्तविक स्थिति र काममा भएका कमजोरीहरू ढाकछोप गरेँ। अगुवाले मेरा समस्याहरू पहिचान गर्न सक्नुभएन, त्यसैले उहाँले मलाई मदत गर्न सक्नुभएन, र मेरो काममा भएका विचलन र कमीहरू समयमै सम्बोधन हुन सकेनन्। तब मलाई के महसुस भन्यो भने यी शैतानी विषहरूअनुसार जिउनु र अभिमान र हैसियत पछ्याउनु सही मार्ग होइन; यसले मानिसहरूलाई परमेश्‍वर विरुद्ध विद्रोह गर्ने, उहाँको प्रतिरोध गर्ने र अन्ततः उहाँद्वारा हटाइनेतिर मात्र डोर्‍याउँछ। यो बुझेपछि, म शैतानद्वारा भ्रष्ट तुल्याइरहन र प्रयोग भइरहन अनिच्छुक भएँ, जसले मेरो सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौकालाई बर्बाद गर्थ्यो। मैले आफ्नो अभिमान र हैसियतलाई पन्छाएर परमेश्‍वरको मागअनुसार एक इमानदार व्यक्ति बन्ने कुरा पछ्याउन चाहेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने अभिमान र हैसियतलाई त्याग्ने मार्ग एक इमानदार व्यक्ति बन्नुबाट सुरु हुन्छ। यसको अर्थ आफ्ना कमजोरी र भ्रष्टतालाई ढाकछोप नगर्नु वा भेष नबदल्नु, बरु खुला भएर तिनलाई समाधान गर्न सत्यता खोजी गर्नु हो। यसरी मात्र मैले मेरा भ्रष्ट स्वभावहरू फाल्ने, पछ्याइसम्बन्धी मेरा गलत दृष्टिकोणहरू सच्याउने, र परमेश्‍वरको घरको हितलाई कायम राख्न आफ्का कर्तव्यहरू पूरा गर्ने मौका पाउन सक्थेँ।

अगस्त २०२३ मा, मेरो कर्तव्यमा भएको फेरबदलको कारण, मैले एउटा मण्डलीको जिम्मेवारी सम्हाल्न सिस्टर झाङ छिनसँग सहकार्य गर्न थालेँ। म कार्यभार सम्हाल्ने केही कामहरूसँग अपरिचित भएकीले, म झाङ छिनलाई साँच्चिकै सोध्न चाहन्थेँ। यद्यपि, मैले उनलाई सोध्दा मेरा कमजोरीहरू खुलासा हुनेछन् भन्ने चिन्ता लाग्यो र उनले “तिमी त पहिले मण्डली अगुवा थियौ; कसरी तिमी केही पनि थाहा नभएजस्तो देखिएकी? कस्तो कमजोर” भन्न सक्छिन् भन्ने सोचेँ। जब ममा यी विचारहरू आए, मैले त्यो समस्यालाई भित्रै दबाएँ र सोचेँ, “आ छाडौँ। म आफै पत्ता लगाउनेछु।” केही दिन बिते, र अझै पनि कामका केही पक्षहरू थिए जुन मैले बुझिनँ। म चिन्तित हुन थालेँ, र त्यतिबेला मलाई महसुस भयो, झाङ छिनलाई सोध्ने मेरो अनिच्छा आफ्नो अभिमान जोगाउने र देखावटीपन गर्ने अर्को तरिका मात्र रहेछ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झें: “तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मैले चुपचाप प्रार्थना गरेँ, र उप्रान्त आफ्नो अभिमानका लागि जिउन अनिच्छुक भएँ। आफूले नबुझेका पक्षहरू वा बुझ्न कठिन समस्याहरूबारे मैले गएर झाङ छिनलाई सोधेँ। उनको सङ्गतिद्वारा, मैले अगाडिको मार्ग फेला पारेँ। त्यपछिको सहकार्यको क्रममा, कहिलेकाहीँ मैले केही पक्षहरू नबुझ्दा वा मेरो काममा विचलन हुँदा, म अझै पनि कहिलेकाहीँ आफ्नो अभिमानका लागि केही भन्न वा मेरा कमजोरीहरू ढाक्न चाहन्थेँ। तर, परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्ने कुरा सम्झँदा, मलाई मैले सत्यता अभ्यास गर्नुपर्छ र परमेश्‍वरको मागअनुसार एक इमानदार व्यक्ति बन्नुपर्छ भन्ने महसुस भयो। यसो गरेर मात्र मैले देखावटीपन र पाखण्डका भ्रष्ट स्वभावहरू फाल्न सक्थेँ। यो कुरा मनमा राखेर, म आफै विरुद्ध विद्रोह गर्न, आफ्ना कमजोरी र भ्रष्टताहरू बारेमा खुलेर भन्न इच्छुक भएँ, र उप्रान्त मलाई अभिमान जोगाउने चिन्ताले त्यति धेरै बाँधेको वा बन्धनमा पारेको महसुस भएन। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३०. अब म आफ्ना समस्याहरूको सामना गर्ने आँट गर्छु

अर्को: ३२. प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यमा अडिग रहनु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४९. जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

५९. इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्