११. मैले बिमारबाट पाठ सिकेँ

सिया यु, चीन

सन् २०२३ को मार्चमा, मलाई अक्सर तिर्खा लाग्ने, मुख सुक्ने, र दृष्टि कमजोर हुँदै गएको थाहा भयो। कहिलेकाहीँ, भेलामा जान दश मिनेटको छोटो बाटो मात्र हुन्थ्यो, तर अतिथि सेवकको घर पुग्दा, मैले तुरुन्तै पानी पिउनुपर्थ्यो। एउटी सिस्टरले मलाई सुगर जाँच्न सम्झाइन्। उनले यसो भन्दा, गर्भवती हुँदा मलाई गर्भावधि मधुमेह भएको, र बच्चा जन्मेपछि पनि मेरो सुगर अझै उच्च रहेको, त्यसैले डाक्टरले मलाई केही औषधि लेखिदिएको कुरा मैले सम्झेँ। त्यतिबेला, म जवान भएकीले यो सानोतिनो बिमार ठूलो कुरा होइन, र चिनी नखाएरै यसलाई नियन्त्रण गर्न सक्छु भन्‍ने मैले सोचेँ, र त्यसपछि मैले कहिल्यै जाँच गरिनँ। ती सिस्टरले मलाई यस्तो सुझाव दिएपछि, म घर गएर आफ्नो सुगर नापेँ, र लगातार दुई दिनसम्म मेरो सुगर १५ mmol/L भन्दा माथि थियो। मलाई मन भारी भयो र आफूलाई मधुमेह भएको निश्चित भएँ। मैले कसरी मेरी आमा बयालीस वर्षको उमेरमा बित्नुभएको, र उहाँलाई पनि अक्सर तिर्खा लाग्थ्यो भनेर सोचेँ, जसले गर्दा मलाई वंशाणुगत मधुमेह भएको शङ्का लाग्यो, र म पनि मेरी आमाजस्तै चाँडै मर्छु कि भनेर नडराई सक्दै सकिनँ। यस बिमारले मलाई निसास्सिएको महसुस भयो, सोचेँ, “मधुमेह रुघाखोकीजस्तो होइन, एकपटक लागेपछि, यो जीवनभर रहन्छ!” त्यस अवधि, मैले आफ्ना कर्तव्यबाट घर फर्केपछि गर्ने पहिलो कुरा भनेकै आफ्नो सुगर कसरी घटाउने भनेर सोच्दै, इन्टरनेटमा उपचार खोज्नु थियो। एकपटक, वेबसाइट हेर्दै गर्दा, एक डाक्टरले मधुमेहका जटिलताहरू एकदमै गम्भीर हुन्छ, र त्यसले अन्धोपन गराउन सक्छ र, गम्भीर अवस्थामा त, हातखुट्टा काट्नुपर्ने हुन सक्छ भनी बताएको देखेँ। मलाई साह्रै दुःख लाग्यो, सोचेँ “म तीस-चालिस वर्षकी मात्र छु, मलाई यो रोग कसरी लाग्न सक्यो? यदि यो झन्-झन् बिग्रँदै गयो र म अन्धो भएँ अनि हातखुट्टा काट्नुपर्‍यो भने त म पूर्ण रूपमा बेकामको हुनेछु। के त्यो मृत्युभन्दा पनि खराब हुनेछैन र? म अझै एकदमै जवान छु, भविष्यमा मैले के गर्ने? लामो समयसम्म मेरो सुगर राम्ररी नियन्त्रण नगर्दा मेरो ज्यान जोखिममा पर्न सक्छ!” म त्रास र चिन्ताको स्थितिमा जिइरहेकी थिएँ, मेरो बिमार बल्झेमा के होला र म कति जिउन सक्छु त भनेर सोच्ने गर्थेँ। मलाई मेरो बिमार साँच्चै गम्भीर रहेछ, र आफ्नो कर्तव्य निर्वाहमा अझ धेरै कष्ट भोग्दा मेरो शरीरलाई हानि मात्र पुग्नेछ भन्‍ने लाग्यो। राम्रो स्वास्थ्यविना, कर्तव्यमा कष्ट भोग्नु र मूल्य चुकाउनुको के अर्थ हुनेछ र? अन्त्यमा, म मृत्यु सामना गर्नेछु, र त्यसपछि मेरा सबै पछ्याइहरू अर्थहीन हुनेछन्!

केही दिनपछि, इन्फ्लुएन्जा ए फैलियो, र मेरा तीन जना छोराछोरीलाई रुघाखोकी र ज्वरो आयो। मैले हरेक दिन छोराछोरीलाई सुई लगाउन लैजानुपर्थ्यो, र त्यसपछि आफ्नो कर्तव्य गर्न बाहिर जानुपर्थ्यो। मेरा दिनहरू दौडधूपमा बित्थे, र मलाई धेरै थकाइ लाग्थ्यो। म मनमनै सोच्थेँ, “के यो मेरो बिमारको कारणले हो? मैले आफूलाई यसरी थकाउनु हुँदैन, नत्र मेरो शरीरले धान्नेछैन!” मैले यो पनि सोचेँ, “मैले परमेश्‍वरलाई पाएको केही समयपछि नै आफूलाई समर्पित गर्न र मूल्य चुकाउन थालिसकेकी थिएँ। परमेश्‍वरले किन मलाई रक्षा गर्नुभएन र यो बिमार निको पार्नुभएन?” मैले मनमनै गुनासो गरेँ, र आफ्नो कर्तव्य गर्ने प्रेरणा गुमाएँ। त्यतिबेला, म मण्डलीमा अगुवा थिएँ र मैले आफ्नो कर्तव्य गरिरहेको देखिए पनि, भेलाहरूमा सधैँ मेरो ध्यान अन्तै हुन्थ्यो र मेरो सोचाइ सधैँ आफ्नो बिमारको उपचार कसरी गर्ने भन्‍नेमा हुन्थ्यो। मैले मण्डली कामका समस्याहरू देखिनँ, झन् तिनलाई सम्बोधन गर्नु परै जाओस्। म आफ्नो कर्तव्यमा केवल झारा टारिरहेकी थिएँ, र मलाई केही हदसम्म दोषी महसुस भयो, तर मैले आफैलाई सान्त्वना दिएँ, “कोही मानिस मजस्तो व्यस्त नभई आफ्नो कर्तव्य गर्छन्, र के तिनीहरू ठिक छैनन् र? मैले आफू व्यस्त भएकै कारण आफ्नो बिमार बिगार्नु हुँदैन। राम्रो स्वास्थ्यविना सबथोक गुम्छ, र म मरेँ भने, मुक्ति पाइनेछैन। मैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ।” केही दिनपछि, मेरा छोराछोरीहरू बिस्तारै निको भए। तर मलाई ज्वरो आउन थाल्यो, र औषधिले काम गरेजस्तो लागेन। म यति धेरै खोकिरहेकी थिएँ कि मेरो छाती दुख्थ्यो र कस्सिएको महसुस हुन्थ्यो, र ममा भेलामा जाने ऊर्जा थिएन, त्यसैले म घरमै आराम गरेर बसें। अचानक, मलाई कर्तव्य गर्नु र परिवारको हेरचाह गर्नु दुवै एकदमै थकाइलाग्दो लाग्यो, त्यसैले कर्तव्य नगर्ने सोच मेरो मनमा आयो। मैले मनमनै गुनासो पनि गरेँ, “यति सानो उमेरमा मैले किन यो बिमार भोग्नुपरेको? म आफ्नो आस्था र कर्तव्यमा एकदमै सक्रिय छु। परमेश्‍वरले किन मलाई यस बिमारबाट जोगाउनुभएन?” केही दिनपछि, म रुघाखोकीबाट निको भएँ तर पनि आफ्नो कर्तव्य गर्न बाहिर गइनँ। मैले सोचेँ, “यदि मैले आफ्ना कर्तव्य गरिनँ भने, अरूले गर्नेछन्। अहिलेका लागि मैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ। अब मलाई यो बिमार लागेको छ, म आफूलाई थकाउन र यसलाई झन् खराब बनाउन डराउँछु। मैले यति धेरै मेहनत गरिरहनु हुँदैन।” त्यतिबेला, म परमेश्‍वरका वचनहरू पढ्न चाहन्नथेँ, र आफ्नो बिमारको उपचार कसरी गर्ने भनेर मात्र दिनहरू बिताउँथेँ। म आफ्नै सोचमा डुबेर, अन्धकारमा फसेर, कष्ट र यातना भोग्दै दिनहरू बिताउँथेँ।

एक दिन, सिस्टर झाओ जिङ मलाई भेट्न आइन्। उनले माथिल्लो नेतृत्वले काम कार्यान्वयनबारे छलफल गर्न भेलाको बन्दोबस्त पत्र पठाउनुभएको थियो, र उनीहरूले मलाई दुईपटक खोज्ने प्रयास गरे तर सम्पर्क गर्न सकेनन् भनेर भनिन्। केही काम पूरा गरिएका थिएनन्, र केही मामिलामा ढिलाइ भएका थियो। मलाई अलि दोषी महसुस भयो। मैले म यी सबै दिनहरू भेलामा नगई वा आफ्नो कर्तव्य नगरी कसरी घरमै बसिरहेकी थिएँ भन्‍नेबारे सोचेँ, र मैले आफूलाई यस्तो नसोधी सक्दै सकिनँ, “म कसरी यस्तो भएँ? ममा कसरी विवेक र समझको यति धेरै कमी हुन गयो?” मैले झाओ जिङलाई आफ्नो स्थितिबारे बताएँ, र उनले मलाई यस मामिलामा परमेश्‍वरका अभिप्राय अझ धेरै खोज्न सम्झाइन्। त्यसैले मैले खोज्न र मनमनै सोच्न थालेँ, “मैले यस बिमारबाट के पाठ सिक्नुपर्छ?” मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “यदि तेरो जीवनमा रोगबिमारी आइपर्‍यो, र तैँले जति नै धर्मसिद्धान्त बुझेको भए पनि तैँले यसलाई जित्‍न सक्दैनस् भने, तेरो हृदय अझै पनि हैरान, बेचैन र चिन्तित हुन्छ, र तैँले यो कुरालाई शान्त भएर सामना गर्न नसक्‍ने मात्रै होइन, तेरो हृदयसमेत गुनासाहरूले भरिन्छ। तैँले निरन्तर यस्तो सोचिरहेको हुन्छस्, ‘किन अरू कसैलाई यो रोग लागेको छैन? किन मलाई यो रोग लाग्यो? किन मलाई यस्तो भयो? यो त म अभागी र मेरो भाग्य खोटो भएर भएको हो। मैले कसैलाई कहिल्यै चिढ्याएको छैन, न त कुनै पाप नै गरेको छु, त्यसकारण मलाई किन यस्तो भयो? परमेश्‍वरले मसँग साह्रै अन्यायपूर्ण व्यवहार गरिरहनुभएको छ!’ देखिस् त, तँ हैरानी, बेचैनी र चिन्ताबाहेक डिप्रेसनमा पनि पर्छस्, एकपछि अर्को नकारात्मक संवेगमा डुब्छस् र तैँले जति धेरै चाहे पनि तँ कुनै हालतमा ती संवेगहरूबाट उम्कन सक्दैनस्। यो वास्तविक रोग नै भएकोले, यो सहजै हट्ने वा निको हुने हुँदैन, त्यसकारण तैँले के गर्नुपर्छ? तँ समर्पित हुन चाहन्छस् तर सक्दैनस्, र एकदिन तँ समर्पित भइस् भने, भोलिपल्‍ट तेरो अवस्था झन् खराब हुन्छ र धेरै पीडा हुन्छ, त्यसपछि तँलाई समर्पित हुन मन लाग्‍न छोड्छ, र तैँले फेरि पनि गुनासो गर्न थाल्छस्। तँ यसरी नै सधैँ अगाडि-पछाडि गरिरहन्छस्, त्यसकारण तैँले के गर्नुपर्छ? म तँलाई सफलताको रहस्य बताउँछु। तैँले ठूलो रोग सामना गरे पनि वा सानो रोग सामना गरे पनि, तेरो रोग गम्‍भीर हुनेबित्तिकै वा तैँले मृत्यु सामना गरिरहेको बेला, बस एउटा कुरा याद गर्: तैँले मृत्युको डर नमान्। तँ क्यान्सरको अन्तिम चरणमै भए पनि, तँलाई लागेको रोगको मृत्यु दर धेरै भए पनि, तैँले मृत्युको डर नमान्। तेरो कष्टभोग जति ठूलो भए पनि, तैँले मृत्युको डर मानिस् भने, तँ समर्पित हुँदैनस्। कतिपय मानिसहरू भन्छन्, ‘तपाईँले यसो भन्‍नुभएको सुन्दा, मलाई उत्प्रेरणा प्राप्त भयो र मैले अझै राम्रो विचार पाएको छु। म मृत्युको डर नमान्‍ने मात्रै होइन, बरु म यसैको लागि बिन्ती गर्नेछु। के यसो गर्दा अघि बढ्न सजिलो हुँदैन र?’ किन मृत्युको लागि बिन्ती गर्ने? मृत्युको लागि बिन्ती गर्नु चरम विचार हो, तर मृत्युको डर नमान्‍नुचाहिँ अपनाउनुपर्ने उपयुक्त मनोवृत्ति हो। के त्यो साँचो होइन र? (हो।) मृत्युको डर नमान्‍नको लागि तैँले अपनाउनुपर्ने सही मनोवृत्ति के हो? यदि तेरो रोग अत्यन्तै गम्‍भीर अवस्थामा पुगेर तँ मर्ने सम्भावना भयो भने, र रोग लागेको व्यक्ति जति उमेरको भए पनि यो रोगको मृत्यु दर धेरै छ, र यो रोग लागेपछि मृत्यु हुने अवधि निकै थोरै छ भने, तैँले हृदयमा के विचार गर्नुपर्छ? ‘मैले मृत्युको डर मान्‍नु हुँदैन किनभने अन्त्यमा सबैजना मर्छन्। तर परमेश्‍वरमा समर्पित हुने कार्य धेरैजसो मानिसहरूले गर्न नसक्‍ने कुरा हो, र मैले यो रोगलाई प्रयोग गरेर परमेश्‍वरमा समर्पित हुने अभ्यास गर्न सक्छु। ममा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने सोच र मनोवृत्ति हुनुपर्छ, र मैले मृत्युको डर मान्‍नु हुँदैन।’ मर्नु सजिलो छ, जिउनुभन्दा निकै सजिलो। तँ चरम पीडामा हुन सक्छस् र पनि तँलाई यो पीडा थाहा हुँदैन, र तेरो आँखा बन्द भएर तेरो सासले छोड्नेबित्तिकै, तेरो प्राणले शरीर त्याग्छ, र तेरो जीवनको अन्त्य हुन्छ। मृत्यु यसरी नै हुन्छ; यो यति सरल छ। मृत्युको डर नमान्‍नु भनेको अपनाउनुपर्ने एउटा मनोवृत्ति हो। यसबाहेक, तैँले तेरो रोग अझै खराब भएर जान्छ कि जाँदैन, वा तेरो उपचार भएन भने तँ मर्छस् कि मर्दैनस्, वा तँ कति समयपछि मर्छस्, वा मर्ने बेलामा तँलाई कस्तो पीडा हुन्छ भन्‍नेबारेमा पटक्‍कै चिन्ता गर्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता गर्नु हुँदै हुँदैन; तैँले चिन्ता गर्नुपर्ने कुराहरू यी हुँदै होइनन्। किनभने त्यो दिन आउने नै छ, र त्यो कुनै साल, महिना, र कुनै निश्‍चित दिनमा पक्‍कै आउनेछ। तँ यसबाट लुक्‍न सक्दैनस् र यसबाट उम्कन सक्दैनस्—यो तेरो नियति हो। तेरो तथाकथित नियति परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ र उहाँले पहिले नै यसको बन्दोबस्त मिलाइसक्‍नुभएको छ। तेरो आयु र उमेर अनि तँ मर्ने समय परमेश्‍वरले पहिले नै तय गरिसक्‍नुभएको छ, त्यसकारण तँ केको चिन्ता गर्छस्? तैँले यसबारे चिन्ता गर्न सक्छस् तर यसले केही परिवर्तन गर्दैन; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर तैँले यो घटनालाई रोक्‍न सक्दैनस्; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर त्यो दिन आउनबाट रोक्‍न सक्दैनस्। त्यसकारण, तेरो चिन्ता अनावश्यक छ, र यसले तेरो रोगको बोझ झन् गह्रौँ बनाइदिने मात्रै गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्‍वरका वचनहरू पढेपछि के बुझेँ भने बिमारको सामना गर्दा मृत्युदेखि डराउनु र चिन्ता गर्नु व्यर्थ छ। मैले यस मामिलामा परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन सिक्नुपर्थ्यो। परमेश्‍वरले मानिस कहिले मर्नेछ भनी निर्धारण गर्नुभएको हुन्छ र कोही पनि यसबाट उम्कन सक्दैन। चिन्ताले केही परिवर्तन गर्न सक्दैन, र यसले आफूमाथि अझ गह्रौँ बोझ मात्र थप्नेछ। आफ्नो बिमारबारे चिन्तन गर्दा, मैले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गरेकी रहेनछु भन्‍ने बुझेँ। ममा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने मानसिकता वा मनोवृत्ति थिएन, र मलाई मेरो मधुमेह नियन्त्रण गर्न सकिएन भने, यसले धेरै जटिलताहरू निम्त्याउन सक्छ, र यदि यो गम्भीर भयो भने, म अन्धो हुन सक्छु, मेरा हातखुट्टा काट्नुपर्ने हुन्छ, वा मर्नसमेत सक्छु भन्‍ने चिन्ता लाग्यो। मलाई एकदमै डर लाग्यो। मैले कसरी मेरी आमा बयालीस वर्षको उमेरमा बित्नुभएको थियो भनेर पनि सोचेँ। के म पनि मेरी आमाजस्तै जवानैमा मर्नेछु? मैले आफ्नो हृदयमा धेरै पीडा र कष्ट महसुस गरेँ। म आफ्ना कर्तव्यलाई कुनै विचार नगरी पूर्णतया आफ्नो बिमारको वशमा परेकी थिएँ। मैले आफ्नो बिमारको उपचार गर्न घरेलु उपचारहरू खोज्दै दिनहरू बिताएँ, र यस बिमारको गम्भीरता र म मर्छु कि मर्दिनँ भन्‍ने कुरा परमेश्‍वरले नै निर्धारण गर्नुहुन्छ भन्‍ने कुरा मैले विश्‍वासै गरिनँ। व्यक्तिको जीवन र मृत्यु परमेश्‍वरले धेरै पहिले नै निर्धारण गर्नुभएको हुन्छ। म मर्छु कि मर्दिनँ भन्‍ने कुरा म भाग्न सक्ने कुरा होइन, र यसबारे चिन्ता गर्नु वा यसदेखि डराउनु व्यर्थ छ। मैले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन यस बिमारमार्फत प्रशीक्षण लिनुपर्थ्यो। ममा हुनुपर्ने मानसिकता र मनोवृत्ति यही हो। म मृत्युसँग डराउनु हुँदैन, न त मैले आफ्नो बिमारको कारण आफ्नो कर्तव्य नै त्याग्नु हुन्छ।

एक दिन, मैले एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ जसको शीर्षक थियो कोविड लाग्दा म खुलासा भएँ त्यस भिडियोमा, परमेश्‍वरका वचनको एउटा खण्ड थियो जसले मलाई एकदमै प्रेरित गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुपहिले, हृदयको गहिराइभित्र आफ्ना सम्‍भाव्यताहरू, आशिष्‌हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू पूर्ण विश्‍वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्‍वरले तोक्‍नुहुने इमानदारिता, साँचो विश्‍वास र बफादारिता हुन्छ त? यो विन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारिता, विश्‍वास, वा इमानदारिता देख्‍न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुपहिले पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र इच्छाहरूको पूर्वसर्तको आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु भन्‍ने हुन्छ। यो भन्‍न सकिन्छ कि तिनीहरूले कर्तव्य निर्वाह गर्नको लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्‌हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्‍वरले मानवजातिको लागि तयार गरिएको छ भनेर भनेका सबै आशिष्‌ र फाइदाहरू प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही इमानदारिता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्‍वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा, यसलाई उत्साह भनेर पनि भन्‍न सकिन्छ। तर यसमा कुनै साँचो विश्‍वास वा बफादारिता हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई इमानदारिता भन्‍न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्‌हरू प्राप्त गर्ने, स्वर्गको राज्य प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रतिको तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा यो देखिन्छ कि, धेरै ख्रीष्टविरोधीहरूले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरूले पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्‍न सक्‍ने कुरा हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वर ख्रीष्टविरोधीहरू आफ्नो भविष्य र सुन्दर गन्तव्यका लागि अत्यधिक इच्छाहरूले भरिएका हुन्छन् भनेर खुलासा गर्नुहुन्छ। तिनीहरू यस्ता अभिप्रायहरू लिएर, केवल आशिष्‌ पाउन आफ्ना कर्तव्य गर्न आउँछन्, तिनीहरूमा कुनै इमानदारी वा निष्ठा हुँदैन। जब मैले यो कुरा आफैमा लागू गरेँ, तब मेरो पछ्याइ ख्रीष्टविरोधीको जस्तै रहेछ भन्‍ने बुझेँ। जब मैले परमेश्‍वरका आखिरी दिनहरूको काम पहिलोचोटि स्विकारेँ, तब राज्यमा प्रवेश गर्न र आशिष्‌ पाउन उत्साहपूर्वक आफूलाई समर्पित गरेँ। म आफ्नो कर्तव्यमा मात्र ध्यान केन्द्रित गर्न आफ्ना छोराछोरी र परिवारलाई पन्छाउन इच्छुक थिएँ। तर जब मैले मेरो सुगर कति उच्च छ भन्‍ने देखेँ, र यसले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ भन्‍ने थाहा पाएकाले, आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति पूर्ण रूपमा बदलियो, र मैले गएर आफ्नो कर्तव्यलाई पन्छाएँ। मैले आफ्नो कर्तव्य गर्नुको अभिप्राय परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्नु थियो, र आशिष्‌ पाउने आफ्नो चाहना चकनाचूर हुँदा, मैले आफ्नो कर्तव्य त्यागेँ र परमेश्‍वरलाई विश्‍वासघात गरेँ। परमेश्‍वर विश्‍वासघातलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तर मैले ठ्याक्कै त्यही गरेँ। मलाई धेरै पछुतो लाग्यो। मैले पावल यी वचनहरूप्रति दृढ भएको कुरा सम्झेँ: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनको समर्पण, कठिनाइ र त्याग सबै आशिष्‌ र मुकुट पाउनका लागि थिए, र सृजित प्राणीका कर्तव्य गर्ने उद्देश्यका लागि थिएनन्। उनको मार्ग गलत भएकाले, उनले हरेक मोडमा परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गरे, र अन्त्यमा, उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र उहाँद्वारा दण्डित भए। मैले आशिष्‌को बदलामा आफूलाई समर्पित पनि गरेँ, जुन परमेश्‍वरलाई चालबाजी गर्नु थियो। के पछ्याइबारे मेरो दृष्टिकोण पावलको जस्तै थिएन र? परमेश्‍वरका आखिरी दिनहरूको न्याय र सजायको काम भनेको उहाँका वचनहरूमार्फत् मानिसहरूलाई शुद्ध र सिद्ध पार्नु हो, तर मैले अनुग्रह र आशिष्‌ पाउन मात्र परमेश्‍वरमा विश्‍वास गरेँ, आफूले सक्रिय रूपमा आफ्नो कर्तव्य गरेँ भने परमेश्‍वरले मेरो रक्षा गर्नुहुनेछ र मलाई बिमार वा विपत्ति आइपर्न दिनुहुनेछैन भन्‍ने सोचेँ। यो विश्‍वास मेरो आफ्नै धारणा र कल्पनाहरूमा आधारित थियो। यस्तो खोजीको दृष्टिकोण गलत छ, परमेश्‍वरको अभिप्रायसँग मेल खाँदैन, र उहाँको लागि घृणित छ। मैले म राम्रोसँग पछ्याइरहेकी छु भन्‍ने सोचेकी थिएँ, तर यस बिमारमार्फत, मैले आफूले भविष्य र भवितव्यका लागि मात्र परमेश्‍वरमा विश्‍वास गरेकी रहेछु र म व्यक्तिगत लाभका लागि परमेश्‍वरलाई प्रयोग गर्ने प्रयास गरिरहेकी छु भन्‍ने बुझेँ। यदि मैले आशिष्‌ नपाएकी भए, म आफ्ना कर्तव्य गर्न अनिच्छुक भइरहेकी हुन्थेँ, न त म आफ्ना समस्याहरू समाधान गर्न सत्यता नै खोज्थेँ। ममा परमेश्‍वरप्रति इमानदारी वा बफादारी पटक्कै थिएन। परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसैले उहाँ यस्तो घृणित प्रकारको पछ्याइलाई कसरी घृणा गर्नुहुन्न र? अब फर्केर हेर्दा, यदि मैले यस बिमारको प्रकटीकरण अनुभव नगरेकी भए, आत्मचिन्तन गर्नेथिइनँ, न त मेरो पछ्याइ गलत हो भने नै बुझ्नेथिएँ।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेटेँ जसले मलाई एकदमै फाइदा पुर्‍यायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरूले परमेश्‍वरले योजनाबद्ध गर्नुभएका वातावरण र उहाँको सार्वभौमिकता स्पष्ट देख्‍न, बुझ्‍न, स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्, र जब मानिसहरूले आफ्‍नो दैनिक जीवनमा विभिन्‍न कठिनाइ सामना गर्छन्, वा जब यी कठिनाइहरू सामान्य मानिसहरूले सहन सक्‍नेभन्दा बढी हुन्छन्, तब तिनीहरूलाई अर्धचेतन रूपमै हरकिसिमको चिन्ता र बेचैनी हुन्छ, र हैरानीसमेत हुन्छ। भोलि वा पर्सिको दिन कस्तो हुनेछ, वा केही वर्षको अवधिमा अवस्था कस्तो हुनेछ, वा तिनीहरूको भविष्य कस्तो हुनेछ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, त्यसकारण तिनीहरूलाई हरेक कुराबारे हैरानी, बेचैनी र चिन्ता महसुस हुन्छ। कुन प्रसङ्गमा मानिसहरूले हरकिसिमका कुराहरूप्रति हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास नगर्ने हुनाले यस्तो हुन्छ—अर्थात्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्न र यसलाई भित्रसम्म देख्‍न नबुझ्ने हुनाले यस्तो हुन्छ। तिनीहरूले यो कुरालाई आफ्‍नै आँखाले देखे पनि यसलाई बुझ्दैनन् वा विश्‍वास गर्दैनन्। तिनीहरूलाई परमेश्‍वरले तिनीहरूको भाग्यमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, र तिनीहरूको जीवन परमेश्‍वरको हातमा छ भन्‍ने कुरामा विश्‍वास लाग्दैन, त्यसकारण परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति तिनीहरूको हृदयमा शङ्का उत्पन्‍न हुन्छ, र त्यसपछि दोषारोपण पैदा हुन्छ, र तिनीहरू समर्पित हुन सक्दैनन्। दोषारोपण गर्ने र समर्पित हुन नसक्‍नेबाहेक, तिनीहरू आफ्‍नै जीवनको मालिक बन्‍न र आफ्‍नै अग्रसरतामा काम गर्नसमेत चाहन्छन्। तिनीहरूले आफ्‍नै अग्रसरतामा काम गर्न थालेपछि वास्तविक अवस्था के हुन्छ? तिनीहरूले आफ्‍नै क्षमता र सामर्थ्यमा भर परेर जिउनेबाहेक केही गर्न सक्दैनन्, तर तिनीहरूले आफ्‍नै क्षमता र सामर्थ्यले हासिल गर्न, वा पहुँच प्राप्त गर्न, वा पूरा गर्न नसक्‍ने धेरै कुराहरू छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्‍वरका वचनहरू पढेपछि, ममा परमेश्‍वरको सार्वभौमिकताबारे बुझाइ छैन भन्‍ने बुझेँ। म सधैँ आफ्नो बिमारबारे पिरोलिएको, व्याकुल र चिन्तित थिएँ, प्रार्थना नगरी वा परमेश्‍वरका अभिप्राय नखोजी सधैँ निरन्तर सोच्ने र योजन बनाउने गर्थेँ। म परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दिनथेँ र सधैँ आफू उम्कने बाटो खोज्न चाहन्थेँ। मैले आफू इसाई कहलिन साँच्चै अयोग्य छु भन्‍ने देखेँ! मैले गैरविश्‍वासीहरू बिरामी पर्दा, तिनीहरू कसरी निराश, असहाय र सहराहीन महसुस गर्छन्, र तिनीहरू कसरी आफूलाई निको पार्ने उपायहरू खोज्न एक्लै छोडिन्छन् भन्‍नेबारे सोचेँ। म परमेश्‍वरको विश्‍वासी हुँ, र परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ, त्यसैले मैले उहाँमा भर पर्नुपर्छ। मैले आफ्नो कर्तव्य पनि राम्ररी गर्दै, आफ्नो उपचारमा सहयोग गर्नुपर्थ्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेको दुई वर्षभन्दा बढी समयबारे चिन्तन गरेँ, र आफूले उपभोग गरेका सबै कुरा, र आफू परमेश्‍वरको हेरचाह र सुरक्षामा जिएको हरेक दिन परमेश्‍वरको अनुग्रह हो भनेर बुझेँ। यो बिमार परमेश्‍वरले नै हुन दिनुभएको थियो। उहाँले मैले आत्मचिन्तन गरूँ र मानव जीवन उहाँकै हातमा छ भनेर बुझूँ, यसरी आशिष्‌ पाउने आफ्नो इच्छालाई शुद्ध पारूँ भनी सावधानीपूर्वक यो परिस्थिति बन्दोबस्त गर्नुभएको थियो। तैपनि मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँविरुद्ध गुनासो गरेँ, उहाँलाई शङ्का गरेँ, अनि निरन्तर आफ्नो देहका लागि उम्कने बाटो खोजेँ। मैले ममा कुनै सत्यता वास्तविकता छैन भन्‍ने देखेँ। म साँच्चै अन्धो र मूर्ख भएकी थिएँ! मैले मण्डलीकी एक वृद्धा सिस्टरबारे पनि सोचेँ जसलाई मुटको गम्भीर समस्या थियो। डाक्टरहरूले उनी बाँच्दिनन् भनेका थिए, र उनको परिवारले उनको अन्त्येष्टिका लागि तयारी गरेको थियो, तर सिस्टर पीडामा भए पनि, उनले परमेश्‍वरविरुद्ध गुनासो गरिनन्, र पछि, उनको अवस्था चमत्कारी रूपमा सुध्रियो। केही समयपछि, उनी अझै आफ्नो कर्तव्य गरिरहेकी थिइन्, र उनले कुनै औषधि लिनुपरेन, र उनको स्वास्थ्य उचित स्तरमा सुध्रिएको थियो। मैले मेरी वृद्धा सिस्टर आफ्नो बिमारमार्फत कसरी परमेश्‍वरमा भर परिन् र आफ्नो गवाहीमा दृढ रहिन् भनेर देखेँ, तर मलाई उनको जति गम्भीर नभएको मेरो बिमारले समेत त्रसित बनायो। ममा साँच्चै उनीमा जत्ति साँचो विश्‍वास थिएन। मलाई एकदमै लाज लाग्यो! म चिन्तित हुनु हुँदैन वा डराउनु हुँदैन, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो अनि मैले परमेश्‍वरले मेरा लागि योजनाबद्ध गरेको परिस्थितिलाई सक्रिय रूपमा अनुभव गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका थब वचनहरू पढेँ: “त्यसोभए, तैँले कसरी निर्णय गर्नुपर्छ, र बिरामी हुने कुरालाई कसरी लिनुपर्छ? यो अत्यन्तै सरल छ, र पछ्याउनुपर्ने एउटै बाटो छ: सत्यता खोजी गर्। सत्यता खोजी गर् र त्यो मामिलालाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार हेर्—मानिसहरूमा हुनुपर्ने बुझाइ यही हो। अनि तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले यी सबै अनुभवहरूलाई लिनुपर्छ, र आफूले पाएको बुझाइ र बुझेका सत्यता सिद्धान्तहरूलाई सत्यता र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र यी कुरालाई आफ्‍नो वास्तविकता र जीवन बनाउनुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तैँले आफ्‍नो कर्तव्य छोड्नु हुँदैन। तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्‍म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्‍म तँ बाचिरहेको हुन्छस्, जबसम्‍म तैँले बोल्‍न र हिँड्न सक्छस्, तबसम्‍म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्‍मर कसेर शिष्ट भई आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्‍मेवारी त्याग्‍नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्‌हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरले जबसम्म व्यक्तिमा सास रहन्छ, तबसम्म उसले आफ्नो कर्तव्य राम्ररी गर्नुपर्छ र आफ्ना जिम्मेवारी त्याग्नु हुँदैन भनेर भन्नुभएको छ, किनभने आफ्ना कर्तव्यहरू सृजित प्राणीको स्वर्ग-प्रदत्त काम र परमेश्‍वरबाटको आज्ञा हुन्। मेरो परिस्थिति जस्तोसुकै भए पनि, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो, किनकि त्यसो गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ। मैले मेरो कर्तव्य मैले आशिष्‌ पाउनु वा दुर्भाग्य भोग्नुसँग सम्बन्धित छैन भनेर पनि बुझेँ। परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि आफ्नो स्वभावमा परिवर्तन आउँदा आशिषहरू प्राप्त हुन्छ। जब व्यक्ति परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन, सृजित प्राणीको कर्तव्य राम्ररी गर्न, र अब उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह वा प्रतिरोध नगर्न सक्षम हुन्छ, तब मात्र उसले परमेश्‍वरको स्वीकार र अनुमोदन पाउन सक्छ। परमेश्‍वरे व्यक्तिको स्वभाव परिवर्तन भयो कि भएन भन्‍ने आधारमा उसको परिणाम निर्धारण गर्नुहुन्छ, तैपनि मैले सधैँ आफ्ना कर्तव्यलाई आशिष्‌का लागि परमेश्‍वरसँग मोलतोल गर्ने माध्यमका रूपमा लिएकी थिएँ। सत्यता नपछ्याई, मैले ठोकर खान र असफल हुन निश्चित थियो। ममा कुनै बिमार नभए पनि, यदि मैले आफ्नो कर्तव्य राम्ररी गर्न नसकेकी र सत्यता नपाएकी भए, के म अन्ततः अझै परमेश्‍वरद्वारा हटाइने र नष्ट पारिनेथिइनँ र? म बिरामी छु कि छैन त्यो वास्तवमा महत्त्वपूर्ण छैन, महत्त्वपूर्ण कुरा त म सत्यता पाउन सक्छु कि सक्दिनँ भन्‍ने हो। अब म आफ्नो बिमारले बाँधिएको महसुस गर्दिनँ, म आवश्यकताअनुसार औषधि लिन्छु र आफ्नो आहारमा ध्यान दिन्छु, र म मर्छु कि मर्दिनँ होला भनेर अबउसो चिन्ता गर्दिनँ। बरु, म सबै कुरा परमेश्‍वरलाई सुम्पने र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने अभ्यास गर्छु।

यस बिमारको मेरो अनुभव मेरा लागि अत्यन्तै लाभदायक भएको छ, किनकि यसले परमेश्‍वरप्रतिको विश्‍वासमा मेरो गलत पछ्याइलाई सच्याएको छ। यदि यो बिमार नभएको भए, म आफ्ना कर्तवय आशिष्‌ पाउने अभिप्रायले गरिरहने थिएँ, र मैले यसरी विश्‍वास गरेर जीवन बिताउँदा परमेश्‍वरको अनुमोदन पाउन सक्नेथिइनँ। परमेश्‍वरले बन्दोबस्त गरेको यो परिस्थिति साँच्चै राम्रो र लाभदायक छ भनेर मैले बुझेँ, र म परमेश्‍वरप्रति एकदमै कृतज्ञ छु!

अघिल्लो: १०. मेरो सतर्कतापन र गलतफहमी हटाइयो

अर्को: १५. एउटी शिक्षिकाको छनौट

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्