९४. म बल्ल कमजोर क्षमताका बन्धनहरूबाट मुक्त भएँ

सन् २०२० को अप्रिलमा, मलाई प्रचारकको रूपमा निर्वाचित गरियो र दुई वटा मण्डलीको कामको जिम्मेवारी दिइयो। मेरो क्षमता वा कार्य सामर्थ्य त्यति राम्रो नभए पनि, मलाई यो कर्तव्य दिन परमेश्‍वरले अनुमति दिनुभएको हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण म परमेश्‍वरमा भर पर्न र यो काममा सक्दो गर्न तयार थिएँ। सुसमाचारको काम फैलिरहेको हुनाले, मण्डलीले तत्काल सुसमाचार प्रचारक र मलजलकर्ताहरूलाई संवर्धन गर्नुपर्ने थियो। मैले लेखन-पठनको काम र मण्डली सफाइको काममा पनि सहभागिता जनाउनुपर्थ्यो। मैले एक पटकमा एउटा कुरामा मात्रै ध्यान दिन सक्थेँ, र कामले मलाई अत्याउँथ्यो। म केही समस्याहरू छर्लङ्ग बुझ्न पनि सक्दिनथेँ, र कुनै पनि कामले कुनै परिणाम दिइरहेको थिएन। यो परिस्थितिको सामना गर्दा, मलाई ठूलो दबाब महसुस हुन्थ्यो। मैले अघिल्लो प्रचारकको बारेमा सोचेँ। उनको क्षमता र कार्य सामर्थ्य राम्रो थियो, र उनले धेरै काम सम्हाल्न सक्थिन्। उनको तुलनामा, मेरो क्षमता निकै खराब थियो। मेरो क्षमता कमजोर भएकोले, मैले कुनै पनि काम राम्ररी गर्न सक्दिनथिएँ र कुनै पनि दिन म बर्खास्तमा पर्न सक्थेँ। मलाई निकै छटपटी भयो। पछि, मैले आफ्नो कर्तव्यको प्रभावकारितालाई सुधार गर्ने उपायहरू खोजेँ। जब म समस्या भेट्टाउँथेँ, तब तुरुन्तै त्यसलाई टिपोट गर्थेँ र सम्बन्धित सत्यता सिद्धान्तहरू खोज्थेँ। तर केही समयपछि पनि, नतिजाहरूमा अझै सुधार आएको थिएन। मलाई मेरो क्षमता कमजोर छ र मैले जति नै मेहनत गरे पनि, यो मैले गर्न सक्‍ने यति नै हो भन्‍ने मात्रै लाग्थ्यो। केही समयपछि, माथिल्लो स्तरको नेतृत्व मतसर्वेक्षण गर्न मण्डलीमा आए। मेरो क्षमता कमजोर छ र मैले वास्तविक काम गर्न सक्दिनँ भन्‍ने देखेपछि, उनीहरूले मलाई बर्खास्त गरे।

बर्खास्त भएपछि, मलाई निकै नकारात्मक महसुस भयो, र मैले मनमनै सोचेँ, “मेरो क्षमता किन यति कमजोर छ? यदि परमेश्‍वरले मलाई अलिक राम्रो क्षमता दिनुभएको भए, मैले आफ्नो कर्तव्य त्यति नराम्ररी निर्वाह गर्नेथिइनँ। राम्रो क्षमता भएका मानिसहरूले जहाँ गए पनि विभिन्‍न कामहरू सम्हाल्न सक्छन्। यी मानिसहरूले अझै धेरै असल कार्यहरू जम्मा गर्छन् र तिनीहरूसँग मुक्ति पाउने मौका अझै बढी हुन्छ। मेरो क्षमता यति कमजोर छ कि मैले कुनै पनि काम राम्ररी गर्न सक्दिनँ। यदि म परमेश्‍वरको घरमा बेकामको भएँ र मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने, मसँग कुनै असल कार्यहरू हुनेछैनन् र मसँग मुक्ति पाउने कुनै आशा हुनेछैन।” पछि, मण्डलीले मलाई सुसमाचारको कामको मूख्य कार्यभार सुम्प्यो, र मलाई अलिक आशा लाग्यो, र मैले सोचेँ, “म प्रचारक हुँदा सबै किसिमका कामहरू सम्हाल्नुपर्ने हुन्थ्यो, र क्षमता कमजोर भएकोले मैले राम्रो काम गरेकी थिइनँ। अब मैले यो एकल-कार्यको कर्तव्य राम्ररी गर्न सक्‍नुपर्छ।” मलाई सुसमाचारको कामको बारेमा त्यति थाहा नभएको हुनाले, मैले सम्बन्धित सिद्धान्तहरू सिक्‍न मेहनत गरेँ। केही समयपछि, मैले केही सामान्य समस्याहरू सम्हाल्न सकेँ, तर केही जटिल समस्याहरू राम्रोसँग बुझ्न सक्थिनथेँ। सुसमाचारको कामले अझै पनि कुनै उल्लेखनीय नतिजाहरू ल्याएन, त्यसकारण म अझै नकारात्मक भएँ, र मैले सोचेँ, “म यो एउटा काम समेत राम्ररी गर्न सक्दिनँ। के मेरो लागि यति हो? के परमेश्‍वरले मेरो क्षमता कमजोर छ र म काम नलाग्‍ने छु भनेर खुलासा गर्न यो कर्तव्यलाई प्रयोग गरिरहनुभएको छ? के उहाँले मलाई हटाउने योजना बनाउँदै हुनुहुन्छ? परमेश्‍वरको काम समाप्त हुन लागेको छ, र यदि मैले कुनै कर्तव्य राम्ररी पूरा गर्न सकिनँ भने, मैले मुक्ति पाउने कुनै आशा हुँदैन। के यतिका वर्षको विश्‍वास व्यर्थ भएको हो? यहाँ सुसमाचारको काममा बाधा दिनुको सट्टा, मैले राजीनामा दिएर केही सामान्य मामलाहरू पूरा गर्नु नै राम्रो हुन्छ। सायद म अझै पनि सेवाकर्ता बन्‍न र बाँच्न त सक्छु।” मलाई निकै छटपटी भयो, र आफ्नो कर्तव्यमा हतास भएर हरेस खाँदै दिनहरू बिताउँथेँ। मलाई सुसमाचार प्रचार गर्ने कार्यसँग सम्बन्धित सत्यताहरूद्वारा आफूलाई सुसज्जित गर्ने प्रयास गर्न पनि अनिच्छा भयो, र मैले खुलासा गरेका भ्रष्टताहरूलाई समाधान गर्न सत्यताको खोजी गर्न चाहिनँ। मेरो क्षमता कमजोर भएको हुनाले, थप पछ्याउनु व्यर्थ हुन्छ भन्‍ने मलाई लाग्यो। यस बिन्दुपछि, मेरो स्थिति अझै खराब हुँदै गयो। मैले समस्याहरू समाधान गर्न सकिनँ, र मेरो कामका परिणामहरू अझै खस्किए। हरेक दिनको अन्त्यमा, म शारीरिक र मानसिक रूपमा थकित हुन्थेँ, र साँझ आठ-नौ बजेतिर, मलाई निद्रा लाग्‍न थाल्थ्यो। म आफ्नो कर्तव्यमा अत्यन्तै निष्क्रिय भएँ, र धेरै पटक, मैले प्रचार गर्नुपर्ने सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरूका बारेमा समेत बिर्सेकी थिएँ। यसले मलाई अझै नकारात्मक तुल्यायो। मैले मेरी छोरीलाई भनेँ, “मेरो क्षमता यति कमजोर छ कि मैले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ। तैँले लगनशीलताको साथ पछ्याइरहनुपर्छ, र मचाहिँ तँलाई बास दिने र केही सेवा गर्ने भूमिका मात्रै लिनेछु।” त्यसपछि मेरी छोरीले मसँग सङ्गति गरिन्, “आमा, परमेश्‍वरले कहिल्यै पनि व्यक्तिको क्षमता कमजोर हुनु भनेको मुक्ति पाउन नसक्नु हो भनेर भन्‍नुभएको छैन। परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभावलाई घृणा गर्नुहुन्छ। यदि व्यक्तिले सत्यता पछ्याउँछ, आफ्नो स्वभाव परिवर्तन गर्नतिर ध्यान दिन्छ, र आफ्नो सक्षमताले भ्याएसम्म आफ्नो कर्तव्य पूरा गर्छ भने, कमजोर क्षमता भए पनि तिनीहरूले मुक्ति पाउन सक्छन्। आजभोलि, तपाईंले परिस्थितिहरू आइपर्दा परमेश्‍वरका अभिप्रायहरूको खोजी गरिरहनुभएको छैन र तपाईंले आफ्नो कमजोर क्षमताको बारेमा निरन्तर गुनासो गरिरहनुभएको छ भन्‍ने देख्छु। तपाईंको यो स्थिति निकै खतरनाक छ, र यदि यो समाधान भएन भने, अन्त्यमा, तपाईंले मुक्ति पाउन सक्‍नुहुन्‍न, र तपाईंले सत्यता नपछ्याएकाले यस्तो हुनेछ, तपाईंको कमजोर क्षमताको कारणले होइन।” मेरी छोरीका शब्दहरूले मलाई छक्क पारे। “ठीक भन्यौ। यस अवधिमा, मेरो कर्तव्यमा कुनै नतिजाहरू नआएका हुनाले, मैले मेरो क्षमता नै कमजोर छ, त्यसैले मैले जति नै पछ्याए पनि, यो व्यर्थ हुनेछ भन्‍ने सोच्दै आफूलाई सीमित गरिरहेकी थिएँ। म आफ्नो कर्तव्यका कठिनाइहरूका बारेमा सोच्न पनि अनिच्छुक भएकी छु, न त म अध्ययनमा मेहनत लगाउन नै इच्छुक छु। म नकारात्मक स्थितिमा फसेकी छु र म बाहिर निस्कन सक्दिनँ। यदि मैले नकारात्मक भएर आफूलाई सीमित गरिरहेँ, आफ्नो कर्तव्य उचित रूपमा पूरा गरिनँ वा सत्यताको खोजी गरिनँ भने, यो त साँच्‍चै नै मैले आफूलाई नै हटाएको हुनेछ। मैले परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्छ र मेरा समस्याहरूलाई तुरुन्तै समाधान गर्नुपर्छ।” पछि, म प्रार्थना गर्न परमेश्‍वरको अघि आएँ, “हे परमेश्‍वर, मलाई मेरो कमजोर क्षमताले गर्दा, म मुक्ति पाउन नसक्‍ने बेकामे व्यक्तिको रूपमा प्रकटन भएकी छु जस्तो लाग्छ। मलाई यो स्थितिमा निकै नकारात्मक र कमजोर महसुस हुन्छ। हे परमेश्‍वर, बिन्ती छ मलाई यो गलत स्थितिबाट बाहिर निकाल्नु‍होस्।”

पछि, मैले मेरो स्थितिसँग सम्बन्धित परमेश्‍वरका वचनहरू खोजेँ। एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, निराशा, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो घमण्ड, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सक्रिय तत्वहरू कमैमात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्‍याउनेछन्। ती नकारात्मक स्थितिहरू दबाउन मानिसहरू सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले पूर्ण रूपले ती नकारात्मक र प्रतिकूल कुराहरू चिन्‍न सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्। तँभित्रै अत्यन्तै धैरै नकारात्मक र प्रतिकूल चीजहरू छन्, र ती चीजहरूले तेरो हृदय भरिएको छ, त्यसैले तँ बारम्बार नकारात्मक, आत्मिक रूपमा उदास हुन्छस्, र तँ परमेश्‍वरबाट झन्झन् टाढा हुन्छस्, अनि झन्झन् कमजोर बन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरले खुलासा गर्नुभएका कुराहरू मेरो साँचो स्थिति थिए। वास्तवमा, मेरो क्षमता कस्तो छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ। मलाई प्रचारक कामबाट बर्खास्त गरिएपछि, मण्डलीले मलाई सुसमाचारको काम सम्हाल्न लगायो, किनभने तिनीहरूले धेरैथोक गर्नुपर्ने कामहरू मैले सम्हाल्न नसक्ने देखेका थिए। तर म निरन्तर मेरो कमजोर क्षमताको बन्धनमा परेकी थिएँ, र सुसमाचारको काममा कुनै नतिजाहरू नदेख्दा, समस्याहरू समीक्षा गरेर आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर थाहा पाउन सिद्धान्तहरू खोज्नुको सट्टा, परमेश्‍वरले मलाई मुक्ति पाउने कुनै आशा नभएको बेकामेका रूपमा प्रकट गरिरहनुभएको छ भन्‍ने मलाई लाग्यो। म यति नकारात्मक भएँ कि मैले पूर्ण रूपमा हरेस खाएँ, र आफूले पूरा गर्न सक्‍ने कर्तव्य समेत पूरा गर्न सकिनँ। मेरो जीवन प्रवेशमा हानि मात्र भएन, मेरो कर्तव्यमा पनि ढिलाइ भयो। यदि म यस्तो नकारात्मक भइरहेँ भने, म परमेश्‍वरबाट अझै टाढा हुँदै जान्थेँ, र अन्त्यमा, मैले साँच्‍चै नै कुनै कर्तव्य निर्वाह गर्न पाउँदिनथिएँ। त्यो परमेश्‍वरले मलाई प्रकटन गर्नुभएको नभएर मैले आफूलाई हटाएको हुनेथियो।

त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्‍चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरूले मलाई गहिरोसँग छोए। मैले के देखेँ भने मानिसहरूप्रति परमेश्‍वरका मागहरू उच्च छैनन्, र तिनीहरूको क्षमता जस्तोसुकै भए पनि, परमेश्‍वरको अघि आउने हरेकले परमेश्‍वरका वचनहरूको भरणपोषणको आनन्द लिन्छ र मुक्तिको अवसर पाउँछ। परमेश्‍वरले मानिसहरूलाई सबैभन्दा बढी हदसम्‍म मुक्ति दिनुहुन्छ। व्यक्तिको क्षमतालाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र व्यक्तिले कुन-कुन कर्तव्यहरू निर्वाह गर्न सक्छ भन्‍ने कुरा परमेश्‍वरलाई ठ्याक्‍कै थाहा हुन्छ। परमेश्‍वरले अज्ञानी वा कमजोर क्षमता भएको व्यक्तिलाई घृणा गर्नुहुन्‍न। उहाँका मागहरू सबैका लागि एउटै हुँदैनन्। बरु, उहाँले हरेक व्यक्तिको क्षमतासुहाउँदो कर्तव्यहरू बन्दोबस्त गर्नुहुन्छ र तिनीहरूको क्षमताको आधारमा तिनीहरूका लागि मागहरू तय गर्नुहुन्छ। व्यक्तिले आफ्नो कर्तव्य पूर्ण हृदयको समर्पण र मेहनतको साथ निर्वाह गर्छ भने, उसले परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू पूरा नगरे पनि, परमेश्‍वरले उसलाई दोषी ठहराउनुहुनेछैन, न त उहाँले उसलाई त्याग्‍ने वा हटाउने बारेमा हल्का रूपमा नै निर्णय गर्नुहुनेछ। तर जब मेरो जीवनमा परिस्थितिहरू आइपरे, तब मैले परमेश्‍वरका अभिप्रायहरूको खोजी गरिनँ। मेरो कमजोर क्षमताको कारण मलाई प्रचारकबाट बर्खास्त गरिएपछि र मैले सुपरिवेक्षण गरिरहेको सुसमाचारको काममा कुनै परिणाम नदेखेपछि, म नकारात्मकतामा डुबेँ, अनि मेरो कमजोर क्षमताले गर्दा म बेकामे व्यक्ति बनेको छु भन्‍ने सोचेँ। मैले हरेस खाएँ र राजीनामा दिने बारेमा समेत सोचेँ। तर वास्तवमा, परमेश्‍वरले कहिल्यै पनि कमजोर क्षमता भएको व्यक्तिले मुक्ति पाउन सक्दैन भनेर भन्‍नुभएको छैन, न त उहाँले कहिल्यै पनि व्यक्तिको क्षमताभन्दा बाहिरका अति उच्च मागहरू नै तय गर्नुभएको छ। जब धेरै कामहरू समेट्ने कर्तव्यहरूका लागि मेरो क्षमता अपर्याप्त भयो, मण्डलीले मलाई मेरो क्षमता अनुसार सुसमाचारको काम सम्हाल्न लगायो, जसले गर्दा मैले तालिम लिने अवसर पाएँ। यदि मेरो कर्तव्यले कुनै नतिजाहरू दिएन भने, मैले यसका कारणहरूको बारेमा अनुसन्धान गर्नुपर्थ्यो, मेरा कमीकमजोरी पूर्ति गर्न अझै धेरै मेहनत गर्नुपर्थ्यो, र यो काम गर्न सक्दो गर्नुपर्थ्यो। यदि अन्तमा मलाई अयोग्यताको कारण बर्खास्त गरियो भने पनि, कम्तीमा पनि मलाई कुनै पछुतो हुनेथिएन। यी कुराहरू बुझेपछि, म आफ्नो कर्तव्यमा त्यति धेरै कमजोर क्षमताको बन्धनमा पर्न छोडेँ। मैले आफूलाई सुसमाचार प्रचार गर्ने सत्यताले सुसज्जित गर्न र सुसमाचारका चलचित्र र भिडियोहरू हेर्न थालेँ। जब मैले कुनै कुरा बुझेको हुन्थिनँ, तब म मेरा ब्रदर-सिस्टरहरूसँग यसको बारेमा कुराकानी र छलफल गर्थेँ। केही समयसम्म तालिम लिएपछि, मैले समस्याहरूलाई पहिलेको भन्दा स्पष्ट रूपमा देख्‍न थालेँ, मैले कठिनाइमा परेका मेरा ब्रदर-सिस्टरहरूलाई वास्तविक मार्गदर्शन र सहयोग प्रदान गर्न सकेँ, र काममा विचलनहरू हुँदा, म मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर समीक्षा गर्थेँ। क्रमिक रूपमा, सुसमाचारको काममा केही सुधार देखिन थाल्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले गर्दा मैले मेरा समस्याहरूका बारेमा अझै बढी बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “गैरविश्‍वासीहरूमाझ एउटा भनाइ छ: ‘सित्तैँमा खाना पाइँदैन।’ ख्रीष्टविरोधीहरूले पनि यस्तो तर्क राख्छन्, र सोच्छन्, ‘यदि मैले तपाईँका लागि काम गरेँ भने, बद्लामा तपाईँ मलाई के दिनुहुन्छ? म केकस्ता फाइदाहरू प्राप्त गर्न सक्छु?’ यस प्रकृतिलाई कसरी सारांशीकरण गर्नुपर्छ? यो त नाफाद्वारा प्रेरित हुनु, अरू सबै कुराभन्दा पहिले नाफालाई राख्‍नु, अनि स्वार्थी र घृणित हुनु हो। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। तिनीहरू नाफा र आशिष्‌ प्राप्त गर्ने उद्देश्यले मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले केही कष्ट भोगे पनि वा केही मूल्य चुकाए पनि, त्यो सबै परमेश्‍वरसँग सौदा गर्नका लागि हो। आशिष् र इनाम प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा अत्यन्तै ठूलो हुन्छ, र तिनीहरू यस कुरामा कसिएर लागिरहन्छन्। तिनीहरू परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यतामध्ये कुनैलाई पनि स्वीकार गर्दैनन्, तिनीहरू हृदयमा सधैँ के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्‌ र राम्रो गन्तव्य प्राप्त गर्नु हो, यो सर्वोच्च सिद्धान्त हो, र यसलाई कुनै कुराले उछिन्न सक्दैन। तिनीहरू के सोच्छन् भने मानिसहरूले आशिष्‌ प्राप्त गर्नका लागि होइन भने परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र त्यो आशिष्‌का लागि होइन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ वा मूल्य हुँदैन, त्यसले यसको अर्थ र मूल्य गुमाउनेछ। के ख्रीष्टविरोधीहरूमा यी विचारहरू अरू कसैले हालिदिएको हुन्छ? के ती अरूको शिक्षा वा प्रभावबाट आएका हुन्छन्? होइन, ती कुरा ख्रीष्टविरोधीहरूको अन्तर्निहित प्रकृति सारद्वारा निर्धारित हुन्छन्, जुन कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने आशिष्‌हरू पाउने मेरो अत्यधिक इच्छाको कारण मलाई नकारात्मकता र पीडा भएको हो। म “इनामविना औँलो पनि नउठाउनू,” र “नाफा नै मुख्य हो” जस्ता शैतानका विषहरूद्वारा नियन्त्रित भएकी थिएँ। मैले गर्ने सबै कुरा फाइदाको पछि लाग्‍ने कार्यद्वारा उत्प्रेरित थियो र यो आशिष्‌हरू प्राप्त गर्नमा लक्षित थियो। जब मैले सुरुमा परमेश्‍वरलाई भेट्टाएँ, म हरेक दिन बिहानै उठ्थेँ र राति अबेरसम्‍म काम गर्थेँ, स्वेच्छाले कष्ट भोग्थे र आफूलाई समर्पित गर्थेँ, किनभने मैले आफ्नो कर्तव्यमा अझै बढी लगनशीलता देखाएँ भने अझै सुन्दर गन्तव्य प्राप्त गर्नेछु भन्‍ने विश्‍वास गरेकी थिएँ। तर मेरो कमजोर क्षमताको कारण मलाई बर्खास्त गरिएपछि, मैले आफ्नो उत्प्रेरणा गुमाएँ। मलाई के लाग्यो भने क्षमताका समस्याहरू भ्रष्ट स्वभावहरू जस्ता होइनन् जसलाई परिवर्तन गर्न सकिन्छ। मलाई म यो स्थितिमा नै रहिरहन्छु, म संवर्धन गरिन लायक छैनँ, म काम नलाग्ने व्यक्ति मात्रै हुँ र मलाई पक्‍कै पनि हटाइनेछ भन्‍ने लाग्थ्यो। विशेष गरी सुसमाचारको काममा कुनै नतिजाहरू नआउँदा, मैले यो कुरालाई परमेश्‍वरले मलाई प्रकट गरी हटाउन लाग्‍नुभएको हो भनेर गलत बुझ्न पुगेँ। म नकारात्मक स्थितिमा जिएँ र आफूले गर्न सक्‍ने कर्तव्य निर्वाह गर्न लागिपर्न छोडेँ, र मैले आफ्नो कर्तव्य त्याग्‍ने बारेमा समेत विचार गरेँ। ममा साँच्‍चै नै मानवता थिएन! मैले के देखेँ भने, यतिका वर्ष आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गरिरहेकी रहेछु, मानौँ मैले बाहिरी संसारको मालिकका लागि काम गरिरहेकी छु जहाँ मैले तलब पाएमा म मेहनत गर्नेथिएँ, र नपाएमा काम छोड्नेथिएँ। मैले आफ्नो कर्तव्यमा सत्यता पछ्याइरहेकी थिइनँ, बरु राम्रो गन्तव्यका लागि सौदाबाजी गर्न यसलाई प्रयोग गर्न खोजिरहेकी थिएँ। मैले यसमा परमेश्‍वरलाई गलत रूपमा प्रयोग गर्ने र छल गर्ने प्रयास गरिरहेकी थिएँ। मेरो प्रकृति अत्यन्तै घृणित र दुष्ट थियो, र यसले गर्दा परमेश्‍वरलाई मप्रति साँच्‍चै नै घृणा गर्ने बनायो! मेरो कमजोर क्षमता र गहन भ्रष्टता हुँदाहुँदै पनि, परमेश्‍वरले अझै पनि मलाई तालिम लिने मौका दिनुभयो, तर मैले यसलाई कदर गरिनँ वा परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने प्रयास गरिनँ। बरु, मैले उहाँसँग सौदाबाजी गर्न खोजेँ। म परमेश्‍वरप्रति साँच्‍चै ऋणी थिएँ! परमेश्‍वरमाथिको मेरो विश्‍वासमार्फत आशिष्‌हरू प्राप्त गर्ने बारेमा रहेका मेरा अभिप्राय र दृष्टिकोणहरू प्रकट गर्नका लागि परमेश्‍वरले यो परिस्थिति मिलाउनुभएकोमा म कृतज्ञ भएँ। यसले गर्दा मैले समयमा नै मेरा विचलनहरूलाई पहिचान गर्न र सुधार गर्न सकेँ, नत्र भने, मैले सत्यता पछ्याउनुको सट्टा आशिष्‌हरू पछ्याइरहने थिएँ, र अन्तिममा, म साँच्‍चै नै मुक्तिभन्दा बाहिर जानेथिएँ।

परमेश्‍वरका वचनहरूको एउटा खण्डले मलाई गहन रूपमा छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘मेरो क्षमता कम भए पनि, मसँग इमानदार हृदय छ।’ यी वचनहरू अत्यन्तै वास्तविक सुनिन्छन्, र परमेश्‍वरले मानिसबाट गर्नुहुने एउटा मागबारे कुरा गर्छ। कस्तो माग? यो माग के हो भने, यदि मानिसहरूमा क्षमताको कमी छ भने, त्यो संसारको अन्त्य होइन, तर उनीहरूमा इमानदार हृदय हुनुपर्छ र छ भने, उनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, तँ आफ्नो कर्तव्य निभाउनमा निष्ठावान् हुनुपर्छ, तैँले झारा टार्न खोज्नु हुँदैन, छट्टु वा छली व्यक्ति हुनुहुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिसहरू आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मापदण्डअनुरूप ननिभाएको सोच्छन्। तिनीहरूले आफूले गर्ने काम सक्दो राम्ररी गर्छन्, तर कहिल्यै सिद्धान्त बुझ्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः, उनीहरू केवल आफू कम क्षमताको भएको गुनासो गर्छन् अनि नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्‍वरले पहिले भन्नुभएझैँ, उहाँ इमानदार तर अज्ञानी व्यक्तिहरूले गर्दा दुखी बन्नुहुन्छ। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरैजसो कमजोर क्षमता हुँदा देखा पर्छ। जब मानिसहरू कमजोर क्षमताका हुन्छन्, तब तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ। यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइमा सीमित हुन्छ—यो धर्मसिद्धान्त र प्रावधानहरूमा सीमित हुन्छ। त्यसैले तिनीहरूले धेरै समस्याहरूलाई बुझ्न सक्दैनन् र कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू आत्मसात् गर्न, वा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनन्। त्यसोभए, के परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्‍वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) के त्यति भनेर मात्र तिमीहरू इमानदार व्यक्ति बन्न सक्छौ? (सक्दैनौँ, हामीमा इमानदार व्यक्तिको प्रकटीकरण हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा बफादार भएर लाग्‍नुपर्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने कमजोर क्षमता भएका मानिसहरूमा समस्याहरूका बारेमा सतही बुझाइ हुने भए पनि, यदि तिनीहरूमा इमानदार हृदय छ भने, तिनीहरूले साँचो रूपमा सत्यताको खोजी गर्छन्, र आफ्नो सारा हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छन् भने, तिनीहरूको जीवन क्रमिक रूपमा सुधार हुन सक्छ, र अन्त्यमा, तिनीहरूले मुक्ति पाउन सक्छन्। मेरो क्षमता साँच्‍चै नै कमजोर थियो। ममा समस्याहरूलाई सतही रूपमा मात्रै हेर्ने प्रवृत्ति थियो र मैले सिद्धान्तहरूलाई लचकताको साथ लागू गर्न सक्दिनथिएँ। तर खराब क्षमता घातक रोग होइन भनेर परमेश्‍वरले भन्‍नुहुन्छ, र मैले परमेश्‍वरका मागहरू अनुसार इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सकेँ, आफूले छर्लङ्ग देख्‍न नसक्‍ने समस्याहरूका बारेमा परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा अझै बढी भर पर्न सकेँ, आफूलाई उपयुक्त सत्यताहरूले सुसज्जित गर्ने प्रयास गर्न सकेँ, र कठिनाइहरूको सामना गर्दा सत्यता बुझेका मानिसहरूसँग सक्रिय रूपमा सङ्गति गर्न सकेँ भने, मैले मेरा कमीकमजोरी पूर्ति गर्न र आफ्नो कर्तव्यमा केही नतिजाहरू प्राप्त गर्न सक्छु। मैले आदर गरेको प्रचारकको बारेमा पनि सोचेँ। उनले आफ्नो कर्तव्यमा समस्याहरू समाधान गर्न र नतिजाहरू प्राप्त गर्न सत्यतामा सङ्गति गर्न सक्थिन्, तर उनले आफ्नो कर्तव्य लगनशीलताको साथ पूरा गरेकी र पवित्र आत्माको काम प्राप्त गरेकी हुनाले चाहिँ यस्तो भएको थियो। तर पछि उनी भ्रष्ट स्वभावमा जिइन्, उनले ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्न थालिन्, र आफ्नो उचित काममा ध्यान दिन छोडिन्, र उनको कर्तव्यले कुनै नतिजा ल्याउन सकेन। ब्रदर-सिस्टरहरूले सङ्गति र सहयोग गर्दा पनि, उनले पश्चात्ताप गरिनन्, र अन्त्यमा, उनलाई बर्खास्त गरियो र हटाइयो। यसले के देखायो भने व्यक्तिमा राम्रो क्षमता भए पनि, उसले सत्यता पछ्याएन भने उसले पवित्र आत्माको काम प्राप्त गर्नेछैन र आफ्नो कर्तव्यमा असल नतिजाहरू हासिल गर्न सक्दैन। मेरो क्षमता कमजोर भए पनि, यो मैले सत्यता वा केही पनि बुझ्न नसक्‍ने गरी भने कमजोर थिएन। उदाहरणका लागि, मेरो सुसमाचारको कर्तव्यमा, यदि मैले आफ्नो भविष्यका सम्भावनाहरूमा ध्यान नदिएर आफ्नो कर्तव्य विवेकशील रूपमा निर्वाह गरेँ, अनि आफूलाई थाहा नभएका कुरा सिक्न र बुझ्न मेहनत गरेँ भने, मैले अझै पनि आफ्नो कर्तव्यमा केही नतिजाहरू हासिल गर्न सक्थेँ। मैले के देखेँ भने “कमजोर क्षमता छ भने व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैन र मुक्ति पाउन सक्दैन, र राम्रो क्षमता भएको व्यक्तिले मात्रै मुक्ति पाउन सक्छ” भन्‍ने मेरो पहिलेको विश्‍वास पूर्ण रूपमा हास्यास्पद र भ्रमपूर्ण थियो र यो सत्यता अनुरूप पटक्‍कै थिएन!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्‍वरले कैयौँ वचनहरू व्यक्त गर्नुभएको छ, र यसो गर्नुभन्दा पहिले, उहाँले तयारीको धेरै काम अघि बढाउनुभयो। यदि तैँले अन्त्यमा उहाँले व्यक्त गर्नुभएका यी वचनहरू पछ्याइनस् वा तँ यी वचनहरूमा प्रवेश गरिनस् भने, परमेश्‍वरले तँलाई कस्तो नजरले हेर्नुहुनेछ? परमेश्‍वरले तेरो बारेमा कस्तो फैसला गर्नुहुनेछ? यो कुरा दिनको उज्यालोझैँ स्पष्ट छ। त्यसकारण, हरेक व्यक्तिको हकमा कुरा गर्दा, तेरो क्षमता, तेरो उमेर, वा तैँले परमेश्‍वरमा विश्‍वास गरेको वर्ष सङ्ख्या जे-जति भए पनि, तैँले सत्यता पछ्याउने मार्गतर्फ प्रयास लगाउनुपर्छ। तैँले कुनै पनि वस्तुगत कारणलाई जोड दिनु हुँदैन; तैँले निःसर्त सत्यता पछ्याउनुपर्छ। झारा टार्दै नबस्। मानौँ तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनमा ठूलो मामलाका रूपमा लिन्छस्, र यसतर्फ लागिपर्छस् र मेहनत गर्छस्, र सायद अन्त्यमा तैँले तेरो पछ्याइमा प्राप्त गरेका र हासिल गर्न सकेका सत्यता तैँले चाहना गरेको जस्तो नहुन सक्छ, तर परमेश्‍वरले सत्यताको तेरो पछ्याइमा तैँले राख्ने मनोवृत्ति र तेरो निष्कपटताका आधारमा तँलाई उचित गन्तव्य दिनेछु भनी भन्‍नुहुन्छ—त्यो कति अद्भुत हुनेछ! अहिलेका लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ, अनि के हुनेछ र भविष्य कस्तो छ, वा तँ प्रकोपबाट जोगिन सक्‍नेछस् र मर्नेछैनस् कि भन्ने कुरामा केन्द्रित नहो—यी कुराहरूका बारेमा सोच्‍ने वा यी कुराहरूका बारेमा अनुरोधहरू गर्ने नगर्। परमेश्‍वरका वचन र उहाँका मागहरूमा मात्रै केन्द्रित हो, र सत्यता पछ्याउन, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न पुग्, र परमेश्‍वरको छ हजार वर्षको प्रतीक्षा, र उहाँको छ हजार वर्षको अपेक्षालाई खिन्‍न तुल्याउनबाट जोगिई। परमेश्‍वरलाई अलि सान्त्वना दे; तँमा आशा छ भन्‍ने उहाँलाई देखा, र तँमा उहाँका कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्‍वरले तँलाई अन्यायपूर्ण व्यवहार गर्नुहुनेथियो? अवश्यै गर्नुहुनेथिएन! अनि यदि अन्तिम नतिजाहरू तैँले कामना गरेजस्तो छैनन् भने पनि, सृजित प्राणीका रूपमा तैँले त्यो तथ्यलाई कसरी लिनुपर्छ? तँ कुनै व्यक्तिगत योजनाहरू नराखी, सबै कुरामा परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ। के सृष्टि गरिएको प्राणीले लिनुपर्ने दृष्टिकोण यही होइन र? (हो।) यस्तो मानसिकता राख्‍नु सही हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँले व्यक्तिसँग सत्यता छ कि छैन भन्‍ने कुराको आधारमा उसको नतिजा निर्धारित गर्नुहुन्छ। मेरो क्षमता कमजोर भए पनि, मैले आफूलाई नकारात्मक रूपमा सीमित गर्नु हुँदैनथियो। म निरन्तर लागिपर्नुपर्थ्यो, मैले सत्यता पछ्याउनुपर्थ्यो, र आफ्नो स्वभावमा परिवर्तन गर्न खोज्‍नुपर्थ्यो। मैले आफ्नो कर्तव्यमा आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो र सक्दो प्रयास गर्नुपर्थ्यो, र अन्त्यमा मेरो परिणाम र गन्तव्य राम्रो भए पनि नभए पनि, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। सृजित प्राणीको रूपमा ममा हुनुपर्ने समझ यही थियो। प्रचारकको रूपमा काम गर्दा होस् वा सुसमाचारको कर्तव्य निर्वाह गर्दा होस्, मेरा अनुभवहरूका बारेमा चिन्तन गर्दा, मैले नतिजा ल्याउन नसक्नु मेरो कमजोर क्षमताका कारण मात्रै भएको थिएन, तर मैले निरन्तर आफूलाई सीमित गरिरहेकी हुनाले, कमजोर क्षमता घातक रोग हो भन्‍ने विश्‍वास गरेकी हुनाले, र मैले आफूलाई सुधार गर्न नखोजेकी वा सत्यताले सुसज्जित गर्न प्रयास नगरेकी हुनाले भएको थियो। जब म समस्याहरू छर्लङ्ग देख्‍न सक्थिनँ, तब म सत्यताको खोजी वा अरूसँग सङ्गति गर्दिनथिएँ, त्यसकारण परिणाम स्वरूप, मैले कुनै प्रगति गरिनँ। भविष्यमा, मैले काममा जस्तोसुकै समस्याहरूको सामना गरे पनि, म अबदेखि मेरो कमजोर क्षमताको बन्धनमा पर्नु हुँदैनथियो, मैले तिनलाई सही रूपमा सामना गरी समाधानहरूका लागि सत्यताको खोजी गर्नुपर्थ्यो। मैले नबुझेका सत्यता वा मैले देख्‍न नसक्‍ने समस्याहरूका हकमा, मैले आफूलाई सुसज्जित गर्न र सिक्नका लागि वास्तवमा अझै बढी मूल्य चुकाउनुपर्थ्यो। मैले परमेश्‍वरसँग इमानदार भएर सहकार्य गरेमा अवश्य नै प्रगति गर्नेथिएँ। जब मैले यसको बारेमा यसरी विचार गरेँ, तब मलाई आफ्नो कर्तव्यमा अझै सहज र दृढ महसुस भयो। विगतमा, म प्रायजसो मेरो कमजोर क्षमताको बारेमा कुरा गर्थेँ, र “कम क्षमताको” भन्‍ने ती शब्दहरू मलाई कसिलो गरी बाँध्‍ने श्राप जस्तै थिए, जसले गर्दा म तिक्तता र थकानमा डुबिरहन्थेँ र मैले जीवनमा कुनै प्रगति हुँदैनथ्यो। अहिले, मैले हृदयमा स्वतन्त्रताको अनुभूति गरेँ। अघि बढ्दै जाँदा, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्ने कार्यमा ध्यान दिएँ, र मेरा कमीकमजोरी र त्रुटीहरूका हकमा, म आफूलाई उपयुक्त सत्यता सिद्धान्तहरूद्वारा सुसज्जित गर्थेँ। मैले नबुझेका कुराहरूका हकमा, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ र अनुभवी सिस्टरहरूबाट सिक्थेँ। यसरी, मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको मार्गदर्शन महसुस गरेँ, सिद्धान्तहरू अझै राम्ररी बुझेँ, र मैले पहिले अस्पष्ट रहेका समस्याहरूका बारेमा अझै स्पष्ट बुझाइ प्राप्त गरेँ, र सुसमाचारको कामले पनि केही नतिजाहरू दिएको थियो। ममा अझै पनि धेरै कमी भए पनि, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न परमेश्‍वरमा भर पर्न तयार छु। परमेश्‍वर धन्यवाद!

अघिल्लो: ९३. महामारीको बेलाको एउटा पृथक अनुभव

अर्को: ९५. आफूले काममा लगाउनेहरूलाई कहिल्यै शङ्का नगर्नुका परिणामहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्