६३. समस्याहरू औँल्याउनुपछाडि लुकेका अपवित्रताहरू के हुन्?

सन् २०२१ को नोभेम्बरमा, म मण्डली अगुवा चुनिएँ। म आफ्नो कर्तव्यमा सक्रिय भएकी र मेरो कामबाट केही नतिजाहरू प्राप्त भएकाले, ब्रदर-सिस्टरहरूले मलाई निकै सम्मान गर्थे। माथिल्ला अगुवाहरूले पनि मेरो मान गर्थे र प्रायजसो मेरो स्थितिबारे सोधपुछ गर्थे। अन्य मण्डलीहरूमा सुसमाचार प्रचार गरिनुपर्ने सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू थिए, र सुसमाचार सुपरिवेक्षकले मलाई सुसमाचार प्रचार गर्न अघि सार्नुभयो। मेरी सहकर्मी सिस्टरले पनि यति सानो उमेरमा यस्तो क्षमता भएकामा मेरो प्रशंसा गरिन्। म धेरै खुसी भएँ र सोचेँ, “म अगुवा भएकी धेरै समय नभए पनि, ब्रदर-सिस्टर र माथिल्ला अगुवाहरू सबैले मलाई सम्मान गर्छन्, र अन्य मण्डलीकाहरूलाई पनि म काम गर्न सक्षम छु भन्‍ने थाहा छ। म आफूले गर्ने काममा निकै राम्रो छु जस्तो देखिन्छ, र सबैले मलाई अवश्य नै दुर्लभ प्रतिभा ठान्छन्।” यी सोचहरूले मलाई साँच्चै खुसी बनाउँथे, र म सधैँ ऊर्जाले भरिएको महसुस गर्थेँ।

सन् २०२२ को मे महिनामा, लिउ युनलाई हाम्रो मण्डलीमा अगुवाका रूपमा काम गर्न सरुवा गरियो। लिउ युन हाम्रो मण्डलीमा आइपुगेपछि, उनले आफूलाई कर्मचारीहरूसँग परिचित गराउन थालिन् र विभिन्न कामको प्रगतिबारे अनुगमन गर्न पनि थालिन्। उनले पुस्तकहरू राखिएका घरहरूमध्ये एउटा असुरक्षित रहेको र त्यहाँ सिद्धान्त उल्लङ्घनसँग सम्बन्धित केही समस्या भएको पत्ता लगाइन्। उनले भेलाको समयमा अविश्‍वासी टिप्पणीहरू व्यक्त गर्ने कतिपयले मण्डली जीवनमा बाधा पुऱ्याइरहेका, र बारम्बार सङ्गति गर्दा पनि सुधार नगरेको पनि पत्ता लगाइन्। लिउ युनले हामीलाई हामीले खुट्याउन सिक्नुपर्छ र सिद्धान्तअनुसार यस व्यक्तिलाई अलग गर्नुपर्छ भनेर सम्झाइन्। लिउ युनले नकारात्मक, कमजोर र भेलामा अनियमित हुने नयाँ विश्‍वासीहरूलाई सक्रिय रूपमा साथ दिन थालिन्, र बिस्तारै, नयाँ विश्‍वासीहरूको स्थितिमा सुधार हुन थाल्यो। उनी केही मानिसलाई विश्‍वासमा ल्याउन पनि सफल भइन्। यी कुराहरू देखेर, मलाई लिउ युन साँच्चै नै समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्ने सक्षम कामदार हुन् भन्‍ने लाग्यो, तर मलाई भित्र केही तिक्तता पनि महसुस भयो। “हामी दुवै मण्डली अगुवा हौँ, तर उनले केही यस्ता समस्याहरू समाधान गरिन् जुन मैले देखेकी समेत थिइनँ। सबैले पक्कै हाम्रो तुलना गरिरहेका र लिउ युन मभन्दा राम्रो छिन् भन्‍ने सोचिरहेका होलान्। अरूको नजरमा मेरो हैसियत अलि घट्नेछैन र?” पछि, सहकर्मी सभामा, लिउ युनले हालै आफूले कसरी नयाँ विश्‍वासीहरूलाई साथ दिइरहेकी छु भनेर बताइन्। माथिल्ला अगुवाहरूले सुन्दै सहमतिमा टाउको हल्लाए र सहकर्मी ब्रदर-सिस्टरहरूले पनि ध्यानमग्न भएर सुने। सबैले उनीप्रति झन् झन् धेरै ध्यान दिइरहेको मैले देखेँ, र मलाई असहज र अलि उपेक्षित महसुस भयो, मैले सोचेँ, “म भेलाहरूमा आफ्नो अनुभवात्मक ज्ञानबारे धेरै कुरा गर्थेँ र अगुवाहरूले पनि मलाई निकै महत्त्व दिन्थे। अब, सबैको ध्यान लिउ युनमा केन्द्रित छ। यदि यस्तै हुँदै गयो भने, मलाई कसले ध्यान देला वा मान गर्ला र? अहँ, मैले सबैलाई उनमा कमी छ भनेर देखाउनुपर्छ। यसले उनको उत्साह अलि घटाइदिनेछ र उनको मनोबल खस्काउनेछ साथै सबैलाई उनको मान गर्नबाट रोक्नेछ। यसले सबैको ध्यान मतिर फर्काउनेछ र म आफ्नो प्रतिष्ठा पुनःस्थापित गर्न सक्नेछु।”

यसपछि, लिउ युनसँग सहकार्य गर्दा, म जानाजानी उनका त्रुटि र कमजोरीहरूमा ध्यान केन्द्रित गर्थेँ। मैले उनले कहिलेकाहीँ देखावटी गर्ने गरेको फेला पारेँ र मैले उनको यस समस्याबारे कुरा गर्न चाहेँ। तर सत्य कुरा के थियो भने अरूले यो कमजोरी औँल्याइसकेका थिए र उनले केही हदसम्म सुधार गरेकी थिइन्। तर लिउ युनलाई निरुत्साहित गर्ने यो मौका छोप्न, मैले उनले घमण्ड गरेका कुराहरूको भित्रभित्रै हिसाब राखेँ र तिनलाई मनमनै टिपोट गरेँ, ताकि मैले उनलाई केही “मार्गदर्शन र मद्दत” दिँदा, मसँग अवश्यै अकाट्य आधार होस् र मैले अवश्यै उनलाई यस पक्षमा उनको भ्रष्ट स्वभाव अझै एकदमै गम्भीर छ र उनी अझै खासै परिवर्तन भएकी छैनन् भनेर बुझ्न लगाऊँ। त्यसरी, उनी अलि ओझेलमा पर्नेथिइन् र म विशिष्ट देखिन सक्नेथिएँ। पछि, मैले उनमा लागू गर्ने परमेश्‍वरका केही कठोरखुलासा र न्यायका वचनहरू भेट्टाएँ। मैले परमेश्‍वरका यी कठोर वचनहरू देखेर मनमनै सोचेँ, “लिउ युनले थोरै मात्र भ्रष्टता प्रकट गरिरहेकी छिन् र परिवर्तन हुने कोसिस गर्दै छिन्। यदि मैले परमेश्‍वरका यी वचनहरू उनमा लागू गरेँ भने, के उनले सामना गर्न सक्नेछिन्?” तर मैले फेरि सोचेँ, “उनले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छिन्; उनी ठिकै हुनुपर्छ। यसबाहेक, उनमा साँच्चै यो समस्या छ, र यदि उनले त्यो स्विकार्न नसकेर नकारात्मक र कमजोर भइन्, र उनको काम खस्किन थाल्यो भने, यसले केवल मलाई विशिष्ट हुन सक्षम बनाउनेछ।” त्यसपछि, मैले यसो गर्दा कसैले मेरो गोप्य मनसायमा शङ्का गर्नेछैन भन्‍ने सोचेर, उनको प्रवेशका लागि अभ्याससम्बन्धी परमेश्‍वरका केही वचन मात्र भेट्टाएँ। भोलिपल्ट, सहकर्मी सभामा, मैले उनले आफ्नो स्थितिबारे के भनिरहेकी सुनेँ भने, हालै उनी बाहिरी कुराहरूमा व्यस्त भएकी थिइन् र उनले जीवन प्रवेशमा ध्यान दिएकी थिइनन्, र उनले पावलको बाटोमा हिँड्न नचाहे पनि, आफैलाई रोक्न सकिनन्—उनले आफ्नो कुरा सिध्याउनअघि नै, मैले आफूलाई रोक्न सकिनँ। मैले सोचेँ, “उनी जीवन प्रवेशमा ध्यान केन्द्रित गर्न चाहन्छिन्, त्यसैले, म यस क्षणलाई उनका समस्याहरू औँल्याउने र उनलाई उनका कमीकमजोरी देख्न लगाउने मौकाका रूपमा लिन सक्छु। अझ महत्त्वपूर्ण कुरा, माथिल्ला अगुवाहरू, ब्रदर-सिस्टरहरू सबै यहीँ छन्, त्यसैले यदि म बोलेँ भने, सबैले उनका कमजोरीबारे थाहा पाउनेछन् र उनलाई त्यति धेरै प्रशंसा गर्न छोड्नेछन्। अनि जब सबैले म उनलाई कसरी मार्गदर्शन र मद्दत गर्न सक्षम छु भन्‍ने देख्छन्, तब उनीहरूले मलाई बोझ बोक्ने व्यक्तिका रूपमा हेर्नेछन्। एकै तीरले दुई सिकार हुनेछ!” यस्तो कुरा विचार गर्दै, मैले अघिपछिभन्दा अलि ठुलो स्वर बनाएँ, र लिउ युनलाई अलि बढी उत्साहित लबजमा भनेँ, “तिमी जीवन प्रवेशमा ध्यान केन्द्रित गर्न चाहन्छु भनिरहन्छ्यौ, तर तिमीसँग अभ्यासको कुनै विशेष मार्ग छैन। तिमीले वास्तवमा ससाना कुराहरूमा चिन्तन गरेर सुरु गर्न सक्थ्यौ। मैले तिमीमा देखेका केही समस्याहरू लेखेकी छु। तिमी यिनीहरूबारे अलि चिन्तन गर्न सक्छौ।” मैले बोल्दै आफूले लेखेको पत्र खोल्न थालेँ, जसमा उनले देखावटी गरेका कुराहरू सूचीकृत थिए। त्यसपछि मैले उनलाई गम्भीर लबजमा देखावटी गर्न मन पराउनेहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ भन्‍नेबारे बताएँ र यी मानिसहरू हिँडिरहेको मार्ग र त्यसमा हिँड्दाका परिणामहरू चिरफार गरेँ। त्यसपछि मैले अभ्यासका केही मार्गहरू प्रस्ताव गरेँ। मैले यी सबै कुरा गरेपछि, लिउ युन केही असहज र लज्जित देखिइन्, र भनिन्, “तपाईँले भनेका कुरा म स्विकार्छु, र मैले केही समय लिएर चिन्तन गर्नुपर्छ।” उनले यसो भन्दा मलाई अलि दोषी महसुस भयो, र म सबैले मेरो गोप्य मनसाय रहेछ भन्‍ने बुझे कि भनेर डराएँ। तर त्यसपछि मैले सोचेँ, “मैले भनेको कुरा सत्य थियो, र यसबाहेक, मैले अभ्यासका केही मार्ग पनि भेट्टाएँ, त्यसैले खासै ठूलो कुरा त नहुनुपर्ने हो।” माथिल्ला अगुवाहरू, ब्रदर-सिस्टरहरूले मेरो खण्डन गरेनन्, त्यसैले उनीहरू मसँग सहमत भएजस्तो देखियो। यस सोचले मलाई अलि ढुक्क महसुस गरायो।

केही दिनपछि एक साँझ, जब लिउ युन र म सँगै कामबारे छलफल गरिरहेका थियौँ, तब मैले आफूले उनलाई दिएको “मद्दत” बारे हल्का असहजता महसुस गरेँ, र उनको स्थितिबारे सोधेँ। उनले त्यो त्यति राम्रो नभएको बताइन्। उनलाई यति धेरै वर्षसम्म विश्‍वासी भएर पनि आफ्नो भ्रष्ट स्वभावको यस पक्षलाई खासै परिवर्तन गर्न नसकेकीले आफू परिवर्तित हुन असक्षम छु भन्‍ने निष्कर्षमा पुगेकी र धेरै नकारात्मक महसुस भएको थियो। यो सुनेर मलाई असहज लाग्यो, सोचेँ, “के मैले उनको समस्या औल्याउनुले उनलाई नकारात्मक महसुस गराउने हदसम्म चोट पुऱ्याएको हुन सक्छ त?” त्यसपछि मैले उनको भ्रष्ट स्वभावको यो पक्ष समाधान गर्ने मार्गबारे होसियारीपूर्वक सङ्गति गर्न परमेश्‍वरका वचनहरू प्रयोग गरेँ, र त्यसपछि उनलाई यस कुराको सही रूपमा सामना गर्नुपर्छ र आफ्नो स्थिति सुधार्नुपर्छ भनेर बताएँ। उनले अलि बुझेको देखेर मलाई हल्का शान्ति महसुस भयो। पछि, मैले यस मामिलाका आधारमा आत्मचिन्तन गरेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, आफ्नै भ्रष्ट स्वभाव चिन्न उहाँलाई मार्गदर्शन मागेँ। मैले परमेश्‍वरका वचनमा यी खण्डहरू पढेँ: “कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “ख्रीष्ट विरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने तेस्रो तरिका: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्। केही मानिसहरू सकारात्मक कुराहरू, न्याय र ज्योतिलाई, र सत्यताका बारेमा सङ्गति गर्न मन पराउँछन्। तिनीहरू प्रायः सत्यताको खोजी गर्ने र त्यसलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्न खोज्छन्। यो देखेर ख्रीष्टविरोधी रिसले चूर हुन्छ। उसका लागि, सत्यताको पछि लाग्नेहरू सबै आँखामा छेस्को, घोच्ने काँडा हुन्; उसले सत्यताको खोजी गर्ने सबैलाई आफ्नो आक्रमण, बहिष्कार र हमलाको सिकार बनाउँछ। निस्सन्देह, ख्रीष्टविरोधीले यी मानिसहरूलाई स्पष्ट रूपमा थाहा पाउन सकिने क्रूर, बर्बर युक्तिहरू चलाएर मात्र आक्रमण गर्दैन। उसले सत्यतामा सङ्गति गर्ने तरिका अपनाउनेछ, र केही वचन र धर्मसिद्धान्तहरू चलाएर उसले मानिसहरूको मूल्याङ्कन गर्नेछ र तिनीहरूमाथि प्रहार गर्नेछ। यसले मानिसहरूलाई उसले गरिरहेको काम उचित र तर्कसङ्गत छ, ऊ मदतगार भइरहेको छ—उसले जे गरिरहेका छन् त्यसमा केही गलत छैन भनी सोच्ने तुल्याउँछ। उसको यी ‘उचित र तर्कसङ्गत’ तरिकाहरू के हुन्? (उसले मानिसहरूलाई मूल्याङ्कन गर्न र तिनीहरूमाथि प्रहार गर्न परमेश्‍वरका वचनहरू उद्धृत गर्छ।) सही हो—उसले मानिसहरूलाई खुलासा गर्न र तिनीहरूलाई मूल्याङ्कन गर्न परमेश्‍वरका वचनहरू उद्धृत गर्छ। यो उसको सबैभन्दा आम विधि हो। सतही रूपमा हेर्दा, यसरी बोल्ने यो तरिका निष्पक्ष, तर्कसङ्गत र एकदमै उचित देखिन्छ, तर भित्र भने, उसको मनसाय अरूको फाइदाका लागि मदत गर्नु होइन, बरु तिनीहरूको खुलासा गर्नु, तिनीहरूलाई मूल्याङ्कन गर्नु, तिनीहरूको निन्दा गर्नु र तिनीहरूलाई अपमान गर्नु हो। उसले हासिल गर्न चाहेको कुरा यही हो। तसर्थ, उसले कहाँबाट सुरु गर्छ भन्‍नेमा समस्या छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। “ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, निष्कासन, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्यहरू सबै लक्षित हुन्छन्। निःसन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र तिनीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूलाई निसाना बनाउन यस्ता विधिहरू प्रयोग गर्छन्। यी मानिसहरूलाई जितेर, तिनीहरूले आफ्‍नै स्थान दह्रिलो बनाउने उद्देश्य हासिल गर्छन्। यसरी मानिसहरूलाई आक्रमण र निष्कासन गर्नु खराब प्रकृति हो। तिनीहरूको भाषा र बोल्ने शैलीमा आक्रामकता अर्थात् खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने प्रवृत्ति हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई उल्टोपाल्टो पार्दा मानिसहरूलाई जित्‍ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। मतविरोधीहरूलाई यसरी आक्रमण र निष्कासन गर्ने यो कार्य कस्तो मानसिकताबाट उत्पन्न हुन्छ? धेरैजसो यो ईर्ष्यालु मानसिकताबाट आएको हुन्छ। दुराशयी स्वभावमा, डाहले कठोर घृणा बोकेको हुन्छ; अनि डाहका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, तिनीहरूले आफ्‍नो हैसियत गुमाए, र तिनीहरूलाई आघात भयो भने, तिनीहरू यस कुरालाई न त स्विकार्छन् न यसप्रति खुसी नै हुन्छन्, र बदलाको कठोर मानसिकता विकास गर्नु तिनीहरूलाई झन् सजिलो हुन्छ। बदला एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा बुद्धिमानी रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाह र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, ख्रीष्टविरोधीहरूले प्राय: आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्‍म अर्को पक्षले भनेको मान्दैन, तबसम्‍म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई आफ्नो मनको बोझ हल्का भए झैँ लाग्छ। मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई होच्याउनु।) अरूलाई होच्याउने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर सहनै नसक्‍ने अवस्थामा नपुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई होच्याउने छन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुनेछन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। मैले परमेश्‍वरका वचनहरू पढेपछि के बुझेँ भने म अरूले लिउ युनलाई मात्र वास्ता गर्लान् र मलाई सम्मान नगर्लान् भनेर डराएकी रहेछु, त्यसैले मैले उनलाई आक्रमण गरेँ र पाखा लगाएँ, र यो दुर्भावनापूर्ण स्वभाव थियो। लिउ युन हाम्रो मण्डलीलाई साथ दिन आएकी थिइन् र उनले केही वास्तविक काम मात्र गरिनन्, तर मेरो आफ्नै कर्तव्यमा पनि मलाई मद्दत गरिन्। तर मैले कर्तव्यहरू गर्न वा मण्डलीको कामको सुरक्षा गर्न उनीसँग कसरी सद्भावपूर्ण सहकार्य गर्ने भन्‍नेबारे सोचिनँ, मैले उनलाई आफ्नो हैसियतका लागि खतराका रूपमा मात्र सोचेँ र यदि यस्तै अवस्था रहिरह्यो भने कसैले पनि मलाई सम्मान गर्नेछैनन् भनेर डराएँ, त्यसैले मैले जानाजानी उनका कमजोरीहरू खोजेँ र त्यसपछि उनलाई आक्रमण गर्न “मार्गदर्शन र मद्दत” लाई माध्यम बनाएर तिनको दुरुपयोग गरेँ। मैले उनलाई आफैलाई बुझ्न मद्दत गरिरहेकी जस्तो देखिए पनि, वास्तवमा, उनी हरेक कुरामा मभन्दा राम्रो भएकामा म उनको ईर्ष्या मात्र गरिरहेकी थिएँ। म परमेश्‍वरको खुलासा र न्यायका वचनहरू पढेपछि उनले आफैलाई सीमित गरून् र निराश होऊन् भन्‍ने चाहन्थेँ, ताकि उनी त्यति विशिष्ट नदेखिऊन्। मैले लिउ युनप्रतिको मेरो “मद्दत” वास्तवमा उनलाई आक्रमण गर्ने बहाना मात्र रहेछ भन्‍ने देखेँ। म उनीप्रति ईर्ष्यालु भएकी थिएँ र मैले उनलाई गिराउन, नकारात्मक महसुस गराउन र आफूमुनि राख्न चाहेकी थिएँ। मेरा कार्यहरू सत्यता पछ्याउनेहरूलाई आक्रमण गर्ने र पाखा लगाउने ख्रीष्टविरोधीहरूको जस्तै थिए, जसले मानिसहरूलाई दबाउन यसो हेर्दा वैध र उचित देखिने विधिहरू प्रयोग गर्छन्, र त्यसरी ब्रदर-सिस्टरहरूको नजरमा आफ्नो हैसियत बलियो बनाउँछन्। यसले प्रकट गरेको कुरा त क्रूर स्वभाव पो रहेछ! परमेश्‍वरका वचनहरूका अतिरिक्त अर्थले मलाई महसुस गराए भने परमेश्‍वर ख्रीष्टविरोधीहरूका स्वभावप्रति तिरस्कार र घृणा राख्नुहुन्छ र म पीडा र डरको बोधले भरिएँ। मैले परमेश्‍वरले मलाई पक्कै घृणा गर्नुहुन्छ भन्‍ने सोचेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर, म पश्चात्ताप गर्न चाहन्छु। म फेरि मेरा ब्रदर-सिस्टरहरूलाई आक्रमण गर्न वा पाखा लगाउन चाहन्नँ। कृपया ममाथि कृपा गर्नुहोस् र मलाई यसबाट आफूबारे केही साँचो पहिचान प्राप्त गर्न दिनुहोस्।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ जसले मलाई मेरो समस्याबारे केही बुझाइ दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कुनै व्यक्तिले आफूभन्दा राम्रो कसैलाई देख्छ र उसलाई होच्याउने प्रयास गर्छ, उसको बारेमा अफवाह फैलाउँछ वा उसलाई बदनाम गर्न र उसको प्रतिष्ठा गिराउन घृणित माध्यमहरू प्रयोग गर्छ—र उसलाई कुल्चिमिल्चीसमेत गर्छ—र यो सबै काम मानिसहरूको मनमस्तिष्कमा आफ्नो स्थान जोगाउनको लागि गर्छ भने, यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कार र दम्भ मात्र होइन, यो त शैतानको स्वभाव हो, यो दुष्ट स्वभाव हो। यस व्यक्तिले आफूभन्दा राम्रा र सबल मानिसहरूलाई आक्रमण गर्न र एकल्याउन सक्‍नु कपटीपन र दुष्टता हो। अनि ऊ मानिसहरूलाई होच्याउन कहीँकतै नरोकिनुले ऊभित्र धेरै हदसम्म दियाबलस रहेको हुन्‍छ भन्‍ने देखाउँछ! यस्ता मानिसहरूले शैतानको स्वभावअनुसार जिएर, मानिसहरूलाई होच्याउन, तिनीहरूलाई फसाउने प्रयास गर्न, र तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइदिन सक्छन्। के यो दुष्कर्म होइन र? अनि यसरी जिएर पनि तिनीहरूले म ठीक छु, म असल व्यक्ति हुँ भनी सोच्छन्—तर तिनीहरूले आफूभन्दा उत्तम कसैलाई देख्दा, तिनीहरूले दुष्ट काम गरेर तिनीहरूलाई गाह्रो परिस्थितिमा पार्न, तिनीहरूलाई कुल्चीमिल्ची पार्न सक्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्न सक्‍ने मानिसहरूमा अनैतिक र मनोमानी हुँदैनन् र? त्यस्ता मानिसहरूले आफ्ना हितहरू मात्रै सोच्छन्, तिनीहरूले आफ्नै भावनाबारे मात्रै विचार गर्छन्, र तिनीहरू आफ्नै इच्छा, महत्त्वाकाङ्क्षा, र उद्देश्य हासिल गर्न मात्र चाहन्छन्। आफूले मण्डलीको काममा कति हानि पुऱ्याउँछु भनेर तिनीहरूले वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमस्तिष्कमा रहेको आफ्नो हैसियत र तिनीहरूको आफ्नै प्रतिष्ठा जोगाउन परमेश्‍वरको घरका हितहरूलाई बलि चढाउन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरूले परमेश्‍वरका अभिप्रायलाई पटक्‍कै वास्ता गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर उल्लेखयोग्य हुनुहुन्‍न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। के आफ्नो हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान नहुने, र परमेश्‍वरको भय मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठाको लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्‍वरको भय मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दियाबलस र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका नोकरहरूमा त्यस्तो कुराको कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदै हुँदैन। तिनीहरूले जुनसुकै दुष्ट काम गर्न सक्छन्; तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रुहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। मैले परमेश्‍वरका वचनहरू पढ्दा र तिनलाई मेरो आफ्नै व्यवहारसँग मिलाउँदा के बुझेँ भने ममा परमेश्‍वरको डर मान्ने हृदयको पूर्ण कमी हुनु नै मैले अरूलाई पाखा लगाउनु र दबाउनुको जड थियो। मेरा विचार, सोच, र कार्यहरू सबै मेरो आफ्नै ख्याति र हैसियतका खातिर थिए। लिउ युन आउनुअघि, म हरेक कुरामा अगाडि थिएँ, तर मैले उनले सबै पक्षमा मभन्दा राम्रो गरेकी देख्दा, म ईर्ष्यालु भएँ र मैले उनको श्रेष्ठता स्विकार्न सकिनँ, उनलाई मलाई उछिन्न दिन चाहिनँ। यसैले मैले उनले प्रकट गरेको भ्रष्टताको दुरुपयोग गरेँ र उनलाई अपमानित गर्न, सबैलाई उनका त्रुटिहरू देखाउन, र मानिसहरूको प्रशंसा पुनः प्राप्त गर्न, अनि “मद्दत” गर्नुलाई वैध तरिकाजस्तो देखिने रूपमा प्रयोग गरेँ, यस क्रममा, मैले परमेश्‍वरका वचनहरूलाई उनलाई आक्रमण गर्ने हतियारका रूपमा प्रयोग गरेँ, उनलाई नकारात्मक र आफ्नो कर्तव्य निर्वाहप्रति अनिच्छुक बनाउन चाहेँ, ताकि म विशिष्ट देखिन र अरूलाई मेरो घृणित अभिप्राय देख्न रोक्न सकूँ। म साह्रै अन्तर्घाती र दुष्ट थिएँ! मण्डली हामी दुईका लागि पर्याप्त ठूलो छैन भन्‍ने सोच्दै, म शैतानी विषहरूअनुसार जिएकी थिएँ, मण्डलीमा कसैले मलाई उछिनेको वा मभन्दा राम्रो गरेको म सहन सक्दिनथेँ। म आफूले आफ्नो काममा केही नतिजा हासिल गरकै कारण अरूको प्रशंसा पाइरहन र उनीहरूको हृदयमा स्थान बनाइराख्न चाहन्थेँ। लिउ युन समर्थ कामदार, आफ्नो कर्तव्यमा प्रभावकारी, र मण्डलीका विभिन्न कामहरूलाई अगाडि बढाउन सक्षम थिइन्, तर मैले कर्तव्यहरूगर्न वा मण्डली कामको सुरक्षा गर्न उनीसँग कसरी सद्भावपूर्ण सहकार्य गर्ने भनेर सोचिनँ। मैले केवल सबैभन्दा चम्किलो व्यक्ति बन्नेबारे सोचेँ, यहाँसम्म कि लिउ युनलाई नकारात्मक महसुस गराउन तथा आफूलाई ठूलो देखाउन उनलाई आक्रमणसमेत गरेँ। यसले मण्डलीको काममा असर पार्छ कि पार्दैन भन्‍नेबारे मैले पटक्कै विचार गरिनँ, र मैले आफूमा परमेश्‍वरको डर मान्ने हृदय कत्ति पनि नभएको देखेँ। परमेश्‍वर ब्रदर-सिस्टरहरूले सेवामा सहकार्य गरून् अनि एकै मन र हृदयले आफ्नो कर्तव्य गरून् भन्‍ने चाहनुहुन्छ। तर, मैले मण्डलीमा वास्तविक काम गर्न र समस्याहरू समाधान गर्न सक्ने कसैलाई देख्दा, उनले मलाई अरूको प्रशंसा पाउनबाट कसरी वञ्चित गर्न सक्छे भन्‍नेबारे मात्र सोचेँ, त्यसैले मैले उनलाई पाखा लगाएँ र दबाएँ। मैले मण्डलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने ठाउँका रूपमा लिएँ, र मैले गरेको कुराले अवरोध र बाधा उत्पन्न गरिरहेको थियो, जुन परमेश्‍वरले साँच्चै घृणा गर्ने कुरा हो! मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईँका न्याय, खुलासा, मार्गदर्शन र प्रबन्धका वचनहरूले मलाई बिस्तारै आफूबारे केही बुझाइ प्राप्त गर्न सक्षम बनाएका छन्, र म ख्याति र पद पछ्याउनुले मलाई तपाईँको प्रतिरोध मात्र गराउन सक्छ भनेर बुझ्दछु। म अबदेखि तपाईँविरुद्ध खडा हुन चाहन्नँ। म तपाईँ वचनहरूअनुसार अभ्यास गर्न इच्छुक छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्!”

यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्‍नो स्थान कायम राख्नैपर्छ, र शिष्ट तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति कोसिस नगर्, साथै परमेश्‍वर बन्न नखोज्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। बहुमूल्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। “आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्‍ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्‍ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेर मैले बुझेँ परमेश्‍वर हामीले आफूलाई इमानदारीसाथ आचरणमा ढालौँ, आफ्नो कर्तव्य राम्ररी गरौँ, र सबै कुरा उहाँसामु गरौँ अनि उहाँको छानबिन स्विकारौँ भन्‍ने माग गर्नुहुन्छ। जब हामी अरूले हामीलाई उछिनेको देख्छौँ, तब हामीमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, हामीले उहाँलाई अझ धेरै प्रार्थना गर्नुपर्छ, प्रशंसा, ख्याति, र हैसियतको पछ्याइलाई पन्छाउनुपर्छ, र परमेश्‍वरको घरका हितहरूलाई र आफ्ना कर्तव्य कसरी राम्रोसँग गर्ने, परमेश्‍वरलाई प्रसन्न पार्ने तरिकामा कसरी काम गर्ने भन्‍ने कुरालाई विचार गरेर सुरु गर्नुपर्छ, र त्यसपछि हामीले आफ्ना कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न अरूसँग सद्भावपूर्ण सहकार्य गर्नुपर्छ, र हाम्रा ब्रदर-सिस्टरहरूको जीवनलाई फाइदा पुग्ने कामकुरा गर्नुपर्छ। यसरी आफूलाई आचरणमा ढाल्दा र कामकुरा गर्दा, हामी खुला रूपमा जिउन सक्छौँ र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौँ। यी कुराहरू बुझेपछि, म लिउ युन र अरूलाई आफूले प्रकट गरिरहेको भ्रष्टताबारे खुलस्त बताउन अग्रसर भएँ। यसो गर्दा मलाई निकै लाज लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई साहस माग्दै मनमनै प्रार्थना गरेँ। मेरो पाप-स्वीकारपछि ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठानेनन्, र लिउ युनले के भनिन् भने उनले मेरो मार्गदर्शन र काटछाँटमार्फत आफ्नो भ्रष्ट स्वभावबारे अझ अलि धेरै बुझ्न थालेकी थिइन्। लिउ युनले कामकुरालाई सही रूपमा सामना गर्न र केही प्रवेश पाउन सकेकी देखेर, मैले भित्री हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ, र आफूलाई चिन्न, पश्चात्ताप गर्न, र परिवर्तन हुने मौका दिनुभएकामा पनि परमेश्‍वरलाई धन्यवाद दिएँ।

केही समयपछि, लिउ युन हामीसँग मिलेर कामबारे छलफल गर्दै थिइन्, र उनले कामबारे आफ्ना केही विचारबारे बताइन्। मैले मनमनै सोचेँ, “तिमी यति राम्ररी र यति धेरै बोल्छौ, म कसरी विशिष्ट देखिन सक्छु र? सत्य कुरा के हो भने तिम्रो अनुगमन कामका केही पक्षमा अझै कमी छन्। मैले तिम्रो अनुगमन कामका यी कमजोरीहरू औँल्याउनुपर्छ ताकि हाम्रा सहकर्मीहरूले तिम्रो हालैका कर्तव्यहरूमा विचलनहरू देख्न सकून्।” यस क्षणमा, मैले के बुझेँ भने म फेरि अरूको प्रशंसा खोज्न र लिउ युनलाई उछिन्न चाहन्थेँ। मैले परमेश्‍वरले भन्नुभएको के कुरा सम्झेँ भने, ख्याति र हैसियत पछ्याउनेहरूमा परमेश्‍वरको डर मान्ने हृदय कत्ति पनि हुँदैन, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मात्रै त्यस्तो कुरा गर्छन्। मलाई आफैदेखि अलि घृणा लाग्न थाल्यो र मैले यसरी अघि बढिरहन चाहिनँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सम्झेँ: “परमेश्‍वरको छानबिन स्विकारेर मात्र तिमी उहाँसामु जिउन सक्छौ” जसमा भनिएको छ: “तैँले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, परमेश्‍वरका वचनहरूको तेरो खुवाइ र पियाइ, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र सहकार्यमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ)। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर, म ख्याति र हैसियत खोज्ने आफ्नो चाहनालाई सच्याउन र लिउ युनसँग होड गर्न छोड्न चाहन्छु। कृपया मेरो हृदयको हेरविचार र सुरक्षा गर्नुहोस्। म तपाईँको छानबिन स्विकार्न इच्छुक छु।” यसरी प्रार्थना गरेपछि, मलाई अझ धेरै शान्ति महसुस भयो। त्यसपछि हामीले आफ्नो कर्तव्यमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्‍यौँ। हामीले आपसी सहकार्यमा सङ्गति गरेर केही लक्ष्य र दिशा प्राप्त गऱ्यौँ। यसरी अभ्यास गरेपछि, मलाई हृदयमा अझ शान्ति र स्पष्ट भएको महसुस भयो, र मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दा अरूसँगको व्यवहार सहज र सद्भावपूर्ण हुन्छ भन्‍ने बुझेँ। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ६२. मैले बल्ल केही आत्मचेतना प्राप्त गरेको छु

अर्को: ६४. धन र ख्यातिको दलदलबाट मुक्त हुँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्