६. दोहोरो सङ्कटद्वारा जाँचिएकी

झोङ झेन, चीन

शनिबार, अक्टोबर १५, २०२२, घाम लागेको, बिस्तारै बादल पनि देखिन थालेको दिन

केही समय पहिले, हुवाजी मण्डलीले ठूलो कारबाहीको सामना गर्‍यो, र अगुवाहरूले मैले आएर घटनाका परिणाममा सहायता गर्नुपर्ने व्यवस्था मिलाए। आज म हुवाजी मण्डलीमा पुगेपछि, वाङ्ग यिङ्गले मलाई आश्रयदाता घरमा लिएर गइन् र भनिन्, “हाम्रा धेरै ब्रदर-सिस्टरहरू, अगुवा र सेवकहरूलाई सेप्टेम्बर २६ मा पक्राउ गरिएको थियो। हाम्रा अधिकांश घरहरू अब सुरक्षित छैनन्; पक्राउ नपरेका हामी सबैको नाम र फोटो पुलिससँग छ, त्यसकारण हामीलाई काममा आउन गाह्रो हुन्छ।” यी शब्दहरू सुनेपछि मेरो हृदय खिन्‍न भयो। मैले मनमनै सोचेँ, “मैले यहाँको काम सकेपछि तुरुन्तै फर्केर जाने योजना बनाएकी थिएँ। तर यतिखेर यहाँको परिस्थिति मैले कल्पना गरेभन्दा निकै खराब रहेको म देख्दैछु। हाम्रा यति धेरै ब्रदर-सिस्टरहरू, अगुवा र सेवकहरूलाई पक्राउ गरिएको छ; परमेश्‍वरको वचनका कति धेरै पुस्तकहरू अन्यत्रै लैजानुपर्ने छन्। अहिले सुरक्षित ठाउँ खोज्‍नु सजिलो हुनेछैन, त्यसमाथि, मैले सुरक्षा खतरामा रहेका मानिसहरूसँग कामको व्यवस्थापनबारे छलफल गर्नुपर्ने छ। म कतिखेर निगरानीपछि पक्राउ पर्छु मलाई नै थाहा छैन। पुलिसले अहिले विश्‍वासीहरूलाई बहुलाहा पाराले पक्राउ गर्दैछ। अहिलेको परिस्थितिमा, मलाई पक्राउ गरियो भने म यातना पाएरै मारिन सक्छु। मलाई पुलिसले यातना दिएर मार्‍यो भने त, मैले आफ्नो कर्तव्य पूरा गर्ने अवसर नै गुमाउँदिन र? त्यसपछि त मैले कसरी मुक्ति पाउन सकुँली र?” तर त्यसपछि मैले सोचेँ यो परिस्थिति परमेश्‍वरकै सार्वभौमिकता र प्रबन्ध अन्तर्गत उत्पन्न भएको हो। समझको मार्गदर्शन पाएर, म परिस्थितिहरूमा समर्पित भएँ अनि तुरुन्तै परमेश्‍वरको वचनका पुस्तकहरूमार्फत् यो परिस्थितिका बारेमा अनुसन्धान गर्न थालेँ।

वाङ्ग यिङ्ग गएपछि, मलाई बास दिने सिस्टरले मलाई, उनको घरमा साथै ब्रदरको घरमा रहेका पुस्तकहरू नसारिएको, र ती ब्रदर पक्राउ परेको कुरा बताइन्। यो सुन्ने बित्तिकै, मेरो मुटु कस्सियो: हाम्रा ब्रदर-सिस्टरहरूलाई पक्राउ गरिएको बीस दिनभन्दा बढी भैसकेको थियो, अनि परमेश्‍वरको वचनका ती पुस्तकहरू अझै पनि असुरक्षित स्थानमै थिए। ती पुस्तकहरू पुलिसको हातमा परे भने, ठूलो घाटा हुने थियो। ती पुस्तकहरूलाई जसरी भएपनि बचाउनु पर्ने थियो। तर मैले तिनलाई आफैँ सार्ने बारेमा सोच्ने बित्तिकै, म चिन्तित भएँ। मलाई पुस्तकहरू सार्ने क्रममा पुलिसले पक्राउ गरी कुटपिट गरेर मारेकी एक जना सिस्टरको याद आयो। यदि म पुस्तकहरू सार्दा पक्राउ परेँ भने के गर्ने? पुलिसले मलाई कहिल्यै छोड्नेछैन, अनि मलाई सम्भवत:निकै ठूलो सजाय हुनेछ। म कुटपिटमा परेर मारिन पनि सक्छु। फलस्वरूप परमेश्‍वरको विश्‍वासी मेरो यस जीवनको अन्त्य हुँदैन र? म आफ्नो भविष्य र परमेश्‍वरका घरको हित मध्ये कुन रोज्‍ने भनेर अन्योलमा थिएँ। मेरो हृदयभरि पीडा र द्वन्द्व उर्लिए। परमेश्‍वरको विश्‍वासीका रूपमा, परमेश्‍वरका वचनका पुस्तकहरू खतरामा पर्दा म केही नगरी बस्थेँ भने, म आत्म-निन्दाले भरिने थिएँ। त्यसकारण मैले तुरुन्तै ती सिस्टरसँग पुस्तकहरू भण्डारण गर्ने ठाउँका बारेमा छलफल गर्न थालेँ। तर यहाँको वातावरण शत्रुवत् थियो र हामीले उपयुक्त ठाउँको बारेमा सोच्न सकेनौँ। काममा कुनै प्रगति नभइरहेको देख्दा, मलाई मेरो हृदय भारी बोझले थिचेको महसुस भयो।

सोमवार, अक्टोबर १७, २०२२, बादल लागेको दिन

हामीले हिजो राति अबेरसम्‍म कामको बारेमा छलफल गर्‍यौँ, त्यसकारण म राती सिस्टर सोङ्ग यिकै घरमा बसेँ। आज दिउँसो, वाङ्ग यिङ्ग आएर अत्तालिँदै मलाई भनिन्, “महामारी फैलिएकोले हिजो रातिदेखि सहर लकडाउन गरिएको छ। तपाईं फर्केर जान मिल्दैन।” यो सुनेपछि, म चिन्तित भएँ। दमनका परिणामहरूको सामना गर्न निकै गाह्रो भइसकेको छ; अहिले महामारी आएर सहर लकडाउन भएको छ। हामीले यस्तो दोहोरो कठिनाइको सामना गरिरहेका बेला यो काम कसरी पूरा होला? अहिले महामारी तीव्र रूपमा फैलिँदै छ; बाहिर, जताततै गस्तीहरू भइरहेका छन्। सबै चेकपोष्टहरूलाई कडाइका साथ नियन्त्रण गरिन्छ। मैले पुस्तकहरूका लागि सुरक्षित ठाउँ भेटे पनि, तिनलाई सार्दै गर्दा, गस्ती गर्ने पुलिसले मलाई पक्रेमा मैले तिनलाई सुरक्षित राख्न सक्ने छैन। त्यो त झन् ठूलो घाटा हुनेछ। तर मैले ती पुस्तकहरू असुरक्षित ठाउँमा छोड्नु पनि त हुँदैन। म के गरूँ? मेरो एउटै मात्र आशा भनेको चाँडै नै लकडाउन हटाइनेछ र मैले जति सक्दो चाँडो पुस्तकहरू सार्न पाउनेछु।

बिहीवार, नोभेम्बर १०, २०२२, बादल लागेर पानी परिरहेको दिन

आज बिहान, मैले चिन्तित हुँदै झ्यालबाट बाहिर हेरेँ। तलको सडकमा, पीसीआर परीक्षण गर्ने मानिसहरूको लामो लाइन थियो। मैले लकडाउन हटाइनेछ भन्‍ने कुनै लक्षण देखिनँ। चिन्तामै, मैले मलाई बास दिने सिस्टरलाई बाहिर जाने अर्को बाटो छ कि भनेर हेर्न अनुरोध गरेँ। इन्कार गर्दै, उनले भनिन्, “महामारी झन्-झन् बढ्दै गइरहेको छ। कसैलाई पनि आफू बसेको ठाउँ छोड्न अनुमति छैन; सबै कुरा बन्द गरिएको छ।” यो सुनेपछि मलाई अझै चिन्ता लाग्यो, र मैले सोचेँ, “सहर पूर्ण रूपमा लकडाउन भएको बेला मैले यो काम कसरी पूरा गर्ने? यदि लकडाउन जारी रह्यो भने, मैले कसरी परमेश्‍वरका वचनका पुस्तकहरू सार्ने? लकडाउन वास्तवमा कहिले समाप्त होला? म यहाँ आएको २० दिनभन्दा बढी भएको छ, र मलाई बास दिने सिस्टरलाई पनि पुलिसले खेदो गरिरहेको छ। म कुनै पनि बेला पक्राउ पर्ने खतरामा छु। सहर महामारीको उच्च जोखिम भएको क्षेत्र पनि हो, त्यसकारण यदि लकडाउन हटाइयो भने पनि, म बाहिर जाँदा सङ्क्रमित हुन र त्यसपछि क्वारेन्टाइनमा राखिन सक्छु। अनि यदि म यहाँ सङ्क्रमित भएर मरेँ भने के गर्ने?” यस बारेको सोचाइले मेरो हृदयलाई कमजोर बनायो। मैले सोचेँ, “अहिले मसँग बस्‍नलाई सुरक्षित ठाउँ समेत छैन। अत्यन्तै खतरनाक छ! मैले यहाँ आफ्नो काम जति सक्दो चाँडो पूरा गरेर फर्किहाल्नुपर्छ ताकि म ठाउँ-ठाउँमा लुक्‍नु नपरोस् र म यस्तो दमनकारी स्थितिमा जिउनु नपरोस्। तर अहिले महामारी बढिरहेको छ; बस र रेलहरू चल्दैनन्, त्यसो भए, म कसरी फर्केर जाने होला?” मैले सुरक्षित रूपमा फर्केर जाने उपायहरूका बारेमा सोचिरहेँ। मैले जति विचार गरेँ, म परमेश्‍वरबाट त्यति टाढा भएँ। म हैरान र व्याकुल भएँ। म कष्टमा थिएँ।

त्यो साँझ, म बिरामी परेँ। मेरो टाउको अति दुखिरहेको र सम्पूर्ण शरीर कमजोरीले दुखेको थियो। म स्थिर भएर हिँड्न सकिनँ र मेरो शरीर सिथिल भयो। मैले टाउको उठाउन नसकेर टेबलमा अड्याएँ। मलाई त आफूले महामारीका लक्षणहरू अनुभव गरिरहेकी जस्तो लाग्यो। म यी सबै कुराले गर्दा अत्यन्तै अन्योलमा परेँ। पहिले म पूर्ण रूपमा स्वस्थ थिएँ, तर कसरी अचानक बिरामी परेँ? मैले सिक्नुपर्ने पाठ के हो? यो परिस्थितिमा परमेश्‍वरको अभिप्राय के हो?

शुक्रवार, नोभेम्बर ११, २०२२, घाम लागेको दिन

आज बिहान मेरो भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मुख्यभूमि चीनमा, परमेश्‍वरका चुनिएका मानिसहरू सबैले ठूलो रातो अजिङ्गरको सतावट र गिरफ्तारी भोगेका छन्, र केही परीक्षा पनि अनुभव गरेका छन्। तिनीहरू जतिसुकै पटक कमजोर र असफल भएका भए पनि, सत्यता पछ्याउन सक्नेहरू सबैको कद क्रमिक रूपमा बढेको छ र तिनीहरूले जीवन प्रवेश प्राप्त गरेका छन्। यदि तिनीहरूले विगतमा भोगेका परिस्थिति र परीक्षाहरू फेरि सामना गरे भने, तिनीहरूमा केही आस्था हुनेछ। यदि कुनै दिन तिनीहरूको अनुभवले तिनीहरूलाई मृत्युसँग नडराउने अवस्थामा पुर्‍याउँछ, र तिनीहरू मानिसहरूको जीवन र मृत्यु साँच्चै परमेश्‍वरको हातमा छ र परमेश्‍वरद्वारा योजनाबद्ध र प्रबन्ध गरिन्छ भनी छर्लङ्गै देख्न सक्छन् भने, के यसको अर्थ तिनीहरूको आस्था अझै ठूलो भएको छ भन्‍ने होइन र? पुरानो करारको युगमा जस्तै—दानिएललाई सिंहको खोरमा फालिँदा सिंहहरूले उनलाई किन टोकेनन्? किनभने उनीसँग परमेश्‍वरले सिंहहरूलाई आफूलाई टोक्न अनुमति दिनुहुन्न भन्‍ने विश्‍वास थियो। त्यसोभए दानिएल आफ्नो हृदयमा के सोचिरहेका थिए? उनले परमेश्‍वरबारे गुनासो गरेनन्। उनले आफ्नो हृदयमा यसो भने, ‘परमेश्‍वरले मलाई सिंहको खोरमा फाल्नुभएको छ। म र सिंहहरू दुवै प्राणी हौँ। यदि परमेश्‍वर तिनलाई मलाई खान अनुमति दिनुहुन्छ भने, मेरो मर्ने समय आएको छ। यदि परमेश्‍वर अनुमति दिनुहुन्न भने, सिंहहरूले मलाई खानेछैनन्। यसले म अझै पनि परमेश्‍वरको हातमा जिउनुपर्छ, र मेरो आयु अझै सकिएको छैन र म मर्नुपर्ने होइन भन्‍ने प्रमाणित गर्छ। यो कुरा सृष्टिकर्ताद्वारा निर्धारण गरिन्छ।’ जब दानिएलले यस मामिलाको सामना गरे, तब पहिलो कुरा, उनले परमेश्‍वरको नामलाई इन्कार गरेनन्, दोस्रो कुरा, परमेश्‍वरले गर्नुभएको कामप्रति उनलाई कुनै शङ्का थिएन, उनले यसको आलोचना वा निन्दा गरेनन्, वा परमेश्‍वरविरुद्ध विद्रोह गरेनन्, र उनी परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुन सक्षम भए। यसरी शैतान पराजित र अपमानित भयो। त्यसोभए, दानिएलका कार्य र प्रकटीकरणहरू के थिए? ती गवाही थिए। तँसँग यस्तो कद भएपछि मात्रै तैँले यस्ता परीक्षाहरू सामना गर्नेछस्। परमेश्‍वरले तँलाई सिंहको खोरमा राख्नुभए पनि, तँ डराउँदैनस्, र सिंहहरूले तँलाई खाने आँट गर्दैनन् भने, यसले तँसँग साँचो आस्था छ र तँ सिद्ध पारिने मार्गमा लागेको छस् भन्‍ने प्रमाणित गर्छ। जीवनको वृद्धि ठ्याक्कै यस्तै हुन्छ। अय्यूबको असीमित सम्पत्ति खोसिएजस्तै, सिंहको खोरमा फालिनु पनि एउटा परीक्षा हो। अय्यूबको प्रकटीकरण के थियो? (समर्पण।) उनी किन समर्पित हुन सक्षम भए? किनभने परमेश्‍वरले गरेको कामबारे अय्यूबलाई कुनै शङ्का थिएन। परमेश्‍वरले इनाम दिनुभए पनि वा खोस्नुभए पनि, अय्यूबका लागि त्यो ठीकै थियो। परमेश्‍वरले एक दिन दिनुभएर अर्को दिन खोस्नुभए पनि, अय्यूब अझै पनि समर्पित हुन्थे। परमेश्‍वरले जसरी कार्य गर्नुभए पनि, अय्यूबका लागि त्यो ठीकै थियो; उनी परमेश्‍वरलाई उहाँको इच्छाअनुसार योजनाबद्ध गर्न दिन र परमेश्‍वरमा समर्पित हुन सक्थे। उनी परमेश्‍वरसँग मिल्ने व्यक्ति थिए। अर्थात्, परमेश्‍वरले जसरी कार्य गर्नुभए पनि, परमेश्‍वरले उनलाई खेलौना बनाउनुभए पनि, उनी अझै पनि समर्पित हुन सक्थे। … साँचो आस्थामा साँचो समर्पण समावेश हुन्छ, र साँचो समर्पणले साँचो आस्थालाई जन्म दिन्छ। यदि तँसँग साँचो आस्था छ र तँ साँचो समर्पण हासिल गर्न सक्छस् भने, कुन परीक्षाले तँलाई हराउन सक्छ? कुन परिवेशले तँलाई हराउन सक्छ? तँलाई कुनै पनि परिवेशले हराउन सक्दैन। तँलाई सिंहको खोरमा फालिए पनि, सिंहहरूले तँलाई खाने आँट गर्नेछैनन्। के यो राम्रो कुरा होइन र? (हो।)” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई आकाशदीप जस्तै उज्यालो बनाइदिए। जब राजाको दमनमा दानिएललाई सिंहको खोरमा फ्याँकियो, उसले मृत्युको सामना गरिरहेको भए पनि परमेश्‍वरलाई दोष दिएन। बरु, उसले सबै कुरामाथिको परमेश्‍वरको सार्वभौमिकतामा आफ्नो दृढ़ विश्‍वास राखिरह्यो र आफूलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पित गर्‍यो। उसले परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको थियो। दानिएलको अनुभवले मलाई प्रेरणा दियो। यसले मलाई के देखायो भने, मैले पनि दानिएलले जस्तै परमेश्‍वरमाथि विश्‍वास गर्नुपर्छ अनि सतावट र दमनयुक्त वातावरणमा उहाँको सार्वभौमिकतामा समर्पित हुनुपर्छ। तर यी वास्तविक जीवनका परिस्थितिहरूको सामना गर्दा, ममा दानिएलको जस्तो विश्‍वासको कमी थियो। जब मण्डलीले ठूलो दमनको सामना गर्‍यो र परमेश्‍वरका वचनका पुस्तकहरूलाई तुरुन्तै सारिनुपर्ने भयो, मैले कर्तव्यमा समावेश रहेका ठूला जोखिमहरूका बारेमा पहिले विचार गरेँ। मलाई पुलिसले बाटोमा पक्राउ गरी कुटपिट गरेर मार्ला भन्‍ने डर लागेको थियो। जब महामारी फैलियो, तब मलाई सङ्क्रमित भएर मर्छु भन्‍ने डर लाग्यो, र म डर र कायरताको स्थितिमा जिएँ। म आफूलाई बचाउन र जति सक्दो चाँडो भागेर जानका लागि आफ्नो कर्तव्यलाई त्याग्न समेत चाहन्थेँ। यो प्रतिकूल वातावरणले परमेश्‍वरप्रति मेरो साँचो विश्‍वास र समर्पणको कमीलाई प्रकट गर्‍यो। जब गैर-विश्‍वासीहरूले सम्पूर्ण सहर महामारीमा डुबेको देख्छन्, तिनीहरू आतङ्क र भयमा डुब्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगर्ने र तिनीहरूले भरोसा गर्ने कोही नहुने हुनाले यस्तो भएको हो। परमेश्‍वरको विश्‍वासी भएर पनि, म अझै यति डराएकी थिएँ अनि मलाई परमेश्‍वरको सर्वशक्तिमानता र सार्वभौमिकतामाथि विश्‍वास थिएन, त्यसकारण मैले कसरी आफूलाई विश्‍वासी भन्न सक्थेँ र? मैले अर्काको देशमा पुऱ्याइएको, अनि राजाद्वारा सताइएर परमेश्‍वरको प्रार्थना गर्नबाट बन्चित भएको दानिएलका बारेमा सोचेँ। दानिएलले झुक्नुको सट्टा मृत्यु रोज्दै, अन्धकारका शक्तिहरूसँग सम्झौता गर्न अस्वीकार गऱ्यो र परमेश्‍वरलाई प्रार्थना गरिरह्यो। अन्तिममा, उसलाई सिंहको खोरमा फ्याँकियो, तर परमेश्‍वर उसको साथमा हुनुभएकोले, सिंहहरूले उसलाई हानि गर्ने आँट गरेनन्। त्यसरी नै, हामी महामारीको चपेटा वा पक्राउमा पर्ने सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ। म पक्राउ पर्छु कि पर्दिनँ भन्‍ने कुरा पूर्ण रूपमा परमेश्‍वरकै हातमा हुन्छ। म पक्राउ परेर जेल पुगे पनि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्दै उहाँको गवाहीमा दृढ़ रहनुपर्छ। यदि मलाई भाइरस लाग्यो भने, म उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनेछु। म मरेछु भने पनि, गुनासो छैन। अहिले सबैभन्दा अत्यावश्यक कुरा भनेको परमेश्‍वरका वचनका पुस्तकहरूको संरक्षण गर्नु हो। जस्तोसुकै जोखिम भए पनि, मैले तिनलाई जति सक्दो चाँडो सार्नका लागि परमेश्‍वरमा भरोसा गर्नुपर्छ। मैले आफ्ना चिन्ताहरूलाई त्याग्दै कारबाहीपछिको यो कामलाई उचित रूपमा सम्हाल्न मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्नुपर्छ। यसरी सोच्न थालेपछि, मलाई निकै राहतको अनुभूति भयो। आज दिउँसो, मैले थाहा पाउनु अघि नै, मलाई निकै हलुका महसुस भयो।

बिहीवार, डिसेम्बर १५, २०२२, पानी पर्दै गरेको दिन

समय कति छिटो बित्ने रहेछ। म यहाँ आएको दुई महिना भैसकेछ। म यहाँ आएदेखि नै मैले दमनका नतिजाहरूलाई सम्हाल्दै आएकी छु, तर प्रतिकूल वातावरणका कारण, प्रगति ढिलो भएको छ। हिजो साँझ, कसैले यहूदा जस्तै बनेर धेरै अगुवा, सेवक, ब्रदर-सिस्टरहरूलाई धोका दिएको भन्‍ने मैले सुनेँ। मैले मनमनै सोचेँ, “यहाँ मानिसहरूलाई राख्न सकिने घरहरू अब सुरक्षित छैनन्। हाम्रो सबै काममा ठूलो बाधा आएको छ, र अहिले परिस्थिति अझै खराब भएको छ। यो काम पूरा गर्न ठ्याक्कै कति समय लाग्ला?” यो सोचले मलाई उकुसमुकुस बनायो। आज राती, वाङ्ग यिङ्ग आइन्, र उनले आफूलाई अघिल्लो रात कसैले पछ्याएको ज्यादै सम्भावना भएकोले अब यहाँ सुरक्षित नरहेको कुरा बताइन्। उनले मलाई फर्केर जाने सुझाव दिइन्। म उनको सुझावमा अत्यन्तै सहमत भएँ, र मैले सोचेँ, “यस्तो खराब परिस्थितिमा, फर्केर जानु नै राम्रो हुन्छ। जे भएनि, म यहाँ बस्न नचाहेकी त होइन, यहाँ बस्‍ने सुरक्षित ठाउँ नभएर मात्र हो। अहिले म जानु पूर्ण रूपमा उचित हुनेछ।” तर मैले त्यहाँबाट जाने बारेमा सोच्ने बित्तिकै, मलाई फेरि ग्लानि हुन थाल्यो। यहाँ गर्नुपर्ने काम अझै धेरै छ। के मैले आफ्नो कर्तव्य त्यागेर जानु उचित होला र? अहिलेको प्रतिकूल परिस्थितिमा पनि, हाम्रा ब्रदर-सिस्टरहरूले यहाँ आएर कामका बारेमा छलफल गर्ने उपाय फेला पारेकै छन्। म फर्केर गएँ भने त, मैले कामका बारेमा थप जानकारी लिन सक्दिनँ। तर यहाँ बस्नका लागि सुरक्षित ठाउँ कहीँ छैन। म त्रसित पक्षी जस्तै निरन्तर डर र तनावमा जिइरहेकी छु। मलाई के गर्ने-गर्ने भएको छ। जाने कि बस्ने? के गर्ने मलाई थाहा छैन।

आइतबार, डिसेम्बर १८, २०२२, घाम लागेको दिन

आज, मैले मनन गरिरहेँ, “मलाई प्रतिकूल वातावरणको सामना गर्दा किन सधैँ भाग्‍न मन लाग्छ?” मैले एक जना सिस्टरबाट पत्र प्राप्त गरेँ, र यो पढिसकेपछि म निकै भावुक भएँ। उनले पक्राउबाट रिहाइ भएपछि, दमनपछिका परिस्थितिहरूबारे काम गर्न मण्डलीमा बस्न चाहेको बारेमा लेखेकी थिइन्। तर उनलाई कुनै पनि बेला पुलिसले पक्राउ गर्न सक्छ भन्‍ने चिन्ता लागेको हुनाले, उनी गइन्। परिणामस्वरूप, उनले केही समयसम्म आफ्नो कर्तव्य पूरा गर्न सकिनन्, जसले गर्दा उनलाई पछुतो भयो। खास गरी, उनले परमेश्‍वरका वचनहरूको एउटा खण्ड उद्धृत गरिन् जुन मेरो आफ्नै स्थितिसँग निकै सम्बन्धित थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, सकारात्मक कुरा चाहिँ, यदि तैँले आफ्ना कर्तव्यहरूलाई सही रूपमा लिन सकिस्, जस्तोसुकै परिस्थितिहरू आइपरे पनि तिनलाई कहिल्यै त्यागिनस्, र अरूले आस्था गुमाएर आफ्ना कर्तव्यहरू निभाउन छाड्दा पनि तँ आफ्नो कर्तव्यमा अडिग रहिस् र तिनलाई सुरुदेखि अन्त्यसम्म कहिल्यै त्यागिनस्, र अन्त्यसम्मै आफ्ना कर्तव्यहरूप्रति अडिग र वफादार रहिस् भने, तँ आफ्ना कर्तव्यहरूलाई साँच्चिकै कर्तव्यकै रूपमा लिइरहेको हुन्छस् र पूर्ण बफादारी देखाइरहेको हुन्छस्। यदि तँ यो मानक पूरा गर्न सक्छस् भने, तैँले पर्याप्त मात्रामा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने लक्ष्य मूलभूत रूपमा पूरा गरेको छस्; यो सकारात्मक पाटो हो। तर, यो मानकसम्म पुग्नुअघि, नकारात्मक पाटो के हो भने, व्यक्ति विविध परीक्षाहरू सहन सक्षम हुनैपर्छ। कुनै व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परीक्षाहरू सहन नसकेकाले आफ्नो कर्तव्य त्यागेर भाग्छ र आफ्नो कर्तव्यमाथि विश्‍वासघात गर्छ भने, यो कस्तो समस्या हो? यो परमेश्‍वरलाई विश्‍वासघात गर्नुसरह हो। परमेश्‍वरको आज्ञामाथि विश्‍वासघात गर्नु भनेको परमेश्‍वरलाई विश्‍वासघात गर्नु हो। के परमेश्‍वरलाई विश्‍वासघात गर्ने व्यक्तिले अझै पनि मुक्ति प्राप्त गर्न सक्छ? यो व्यक्तिले मुक्ति पाउने आशा सक्किन्छ; सबै आशा गुम्छ, र उसले यसअघि निर्वाह गरेका कर्तव्यहरू श्रम गरेको मात्र थिए, जुन उसले विश्‍वासघात गरेसँगै बिलाएर गएको छ। त्यसैले, आफ्नो कर्तव्यमा अडिग रहनु अत्यावश्यक कुरो हो; यसो गरेमा आशा रहन्छ। बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेमा व्यक्तिले मुक्ति प्राप्त गर्न र परमेश्‍वरको अनुमोदन पाउन सक्छ। आफ्नो कर्तव्यप्रति अडिग रहनमा हरव्यक्तिलाई सबैभन्दा कठिन लाग्ने कुरा के हो? त्यो भनेको परीक्षा सामना गर्दा ऊ अडिग रहन सक्छ कि सक्दैन भन्‍ने कुरा हो। यी परीक्षाहरूमा के-के पर्छन्? पैसा, हैसियत, आत्मीय सम्बन्ध, भावनाहरू। अरू के-के पर्छन्? यदि केही कर्तव्यहरूमा जोखिमहरू छन्, ज्यानकै जोखिम समेत छन्, र त्यस्ता कर्तव्यहरू निर्वाह गर्दा पक्राउ पर्ने र कैद हुने वा सताएर मारिने सम्भावना समेत छ भने, के तँ अझै आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्? के तँ डटिरहन सक्छस्? यी परीक्षाहरूलाई जित्न कति सहज हुन्छ भन्‍ने कुरा व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्‍ने कुरामा भर पर्छ। यो व्यक्तिले सत्यता पछ्याउने क्रममा बिस्तारै यी परीक्षाहरू खुट्ट्याउन र चिन्न सक्ने, तिनको सार र तीपछाडिका शैतानी चालहरू चिन्न सक्ने क्षमतामाथि भर पर्छ। यसका लागि व्यक्तिले आफ्ना भ्रष्ट स्वभाव, प्रकृति सार, र आफ्ना कमजोरीहरू चिन्न पनि आवश्यक हुन्छ। व्यक्तिले परमेश्‍वरलाई उसको रक्षा गर्न निरन्तर अनुरोध पनि गर्नुपर्छ, ताकि उसले यी परीक्षाहरू सहन सकोस्। यदि कसैले तिनलाई सहन सक्छ, र कुनै पनि परिस्थितिमा विश्‍वासघात वा उम्कने काम नगरी अडिग रहन सक्छ भने, मुक्ति प्राप्त गर्ने सम्भावना ५० प्रतिशत पुग्छ। के यो ५० प्रतिशत सजिलै प्राप्त गर्न सकिन्छ? हरेक कदम खतराले भरिएको एउटा चुनौती हो; यो हासिल गर्न सजिलो छैन!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई गहन रूपमा छोए। मेरो जीवनमा जस्तोसुकै परिस्थिति आए पनि धोका नदिई वा नभागी म सधैँ आफ्नो कर्तव्यमा अडिग रहूँ भन्‍ने आशा नै परमेश्‍वरको अभिप्राय हो। त्यसपछि मात्रै मसँग साँचो गवाही हुनेछ। मैले प्रतिकूल वातावरणको सामना गर्दा कायरता र डरले पछि हट्दै, आत्मसंरक्षणका नाममा आफ्नो कर्तव्य त्यागेँ भने, मैले परमेश्‍वरलाई धोका दिइरहेकी हुनेछु र आफ्नो गवाही गुमाउनेछु। यति धेरै ब्रदर-सिस्टरहरूलाई पक्राउ गरिएका हुनाले, दमनको परिणामहरूका बारेमा तुरुन्तै ध्यान दिनु आवश्यक छ। मैले परमेश्‍वरका धेरै वचनहरू पढेकी छु र परमेश्‍वरले प्रदान गर्नुभएका सबै कुराको आनन्द लिएकी छु, तर सत्यताको क्षणमा, म परमेश्‍वरप्रति बफादार रहन सक्दिनँ वा सिर्जित प्राणीका रूपमा आफ्नो भूमिका निर्वाह गर्न सक्दिनँ। म यहाँको प्रतिकूल वातावरणलाई छोड्ने बहानाका रूपमा समेत प्रयोग गर्न चाहन्छु। म कति स्वार्थी र धूर्त छु! यदि म गएँ भने, मैले मेरा ब्रदर-सिस्टरहरूका सामु कामको बारेमा छलफल गर्न पाउँदिन। यसले काममा असर गर्नेछ। यसका साथै, ठूलो सङ्ख्यामा गरिएका पक्राउका कारण ब्रदर-सिस्टरहरू अलिक त्रसित र भयभीत भइरहेका छन्, त्यसकारण यतिबेला हामीले एक-अर्कालाई साथ र प्रोत्साहन दिनुपर्छ। मैले तिनीहरूसँग परमेश्‍वरको अभिप्रायका साथै सतावट र कठिनाइहरूको सामना गर्दा कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने भन्‍ने बारेमा धेरै भन्दा धेरै सङ्गति गर्नुपर्छ। त्यसकारण, म यहाँ बस्नु कामका लागि फाइदाजनक हुन्छ। यदि मैले मृत्युको डरले आफ्ना हितहरूका बारेमा मात्रै चिन्ता गरेँ र आफ्नो कर्तव्य त्यागेँ भने, म त एक स्पष्ट भगौडा तथा परमेश्‍वरको विश्‍वासघाती बन्नेछु। त्यो कति स्वार्थी, घृणित र मानवताहीन कुरा होला! यी कुराहरूलाई ध्यानमा राख्दा, मैले के गर्नुपर्छ भन्‍ने मलाई थाहा छ। मैले वर्तमान परिस्थितिहरूसँग डर मान्‍नु हुँदैन, न त मैले खालि वाङ्ग यिङ्गलाई कसैले पछ्याइरहेको र मलाई पनि यसमा संलग्‍न गराइएला भन्‍ने डरले आफ्नो कर्तव्य त्यागेर जान मिल्छ। मैले परमेश्‍वरमा भरोसा गरेर मलाई यहाँ हेर्न पठाइएको दमन पछिको परिस्थितिलाई सम्हाल्न सक्नेजति गर्नुपर्छ। मेरो जीवनमा जति नै खतराहरू आइपरे पनि वा काम जति नै गाह्रो भए पनि, म आफ्नो बफादारी देखाउन तयार छु। म मरूँ वा बाँचूँ, म आफूलाई परमेश्‍वरमा सुम्पन्छु, उहाँलाई नै सबै कुरा योजनाबद्ध गर्न दिन्छु, र म उहाँको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन्छु। यसको लागि मेरो ज्यान गए पनि, म यो काम राम्ररी पूरा गर्नेछु।

मंगलबार, डिसेम्बर २०, २०२२, घाम लागेको दिन

मेरो जीवनमा के भइरहेको छ भनेर एक-एक दृश्यको विचार गर्दा, मैले यस्तो मनन गरेँ: “म किन खतरनाक वातावरणको सामना गर्ने बित्तिकै भाग्न र आफ्नो कर्तव्य त्याग्न चाहन्छु? कुन प्रकृतिले मलाई नियन्त्रण गरिरहेको छ?” मैले खोजी गर्दा, परमेश्‍वरका वचनहरूका दुई वटा खण्डहरू भेटेँ: “ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। … ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्‍वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको भेटी र उहाँका चुनिएका मानिसहरू हत्याउन अनुमति दिनुजस्तै हो। के यो परमेश्‍वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्‍वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्‍ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको असर सम्‍हाल्‍ने खतरा मोल्‍छन्, अनि आफू पछि हट्नुअघि परमेश्‍वरको घरमा हुने नोक्सान कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्‍नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्‍वरको आज्ञा हो, र परमेश्‍वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्‍नो कर्तव्य निभाउने खतरा मोल्‍नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्‍नो सुरक्षा सुनिश्‍चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्‍वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्‍नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ। परमेश्‍वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्ट विरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्‍वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्ट विरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्‍म तिनीहरू ढुक्‍क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। “ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति कुनै बफादारी देखाउँदैनन्। जब तिनीहरूलाई काम दिइन्छ, तिनीहरू खुशीसाथ यो काम स्वीकार गर्छन्, र केही राम्रा घोषणाहरू गर्छन्, तर खतरा आइपर्दा, तिनीहरू सबैभन्दा छिटो भाग्छन्; सबैभन्दा पहिले दौडने, सबैभन्दा पहिले भाग्‍ने तिनीहरू नै हुन्छन्। यसले तिनीहरूको स्वार्थीपन र घृणित अवस्था अत्यन्तै गम्भीर छ भन्‍ने देखाउँछ। तिनीहरूमा कुनै जिम्मेवारी वा बफादारीको भाव हुँदैन। समस्या सामना गर्दा, तिनीहरूलाई कसरी भाग्‍ने र कसरी लुक्ने भन्‍ने मात्रै थाहा हुन्छ, र तिनीहरू आफ्नो रक्षा गर्नेबारे मात्रै विचार गर्छन्, आफ्नो जिम्मेवारी वा कर्तव्यबारे कहिल्यै विचार गर्दैनन्। आफ्नो व्यक्तिगत सुरक्षाको लागि, ख्रीष्टविरोधीहरू निरन्तर आफ्नो स्वार्थी र घृणित प्रकृति प्रदर्शन गर्छन्। तिनीहरू परमेश्‍वरको घरको काम वा आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिँदैनन्। परमेश्‍वरको घरका हितहरूलाई त झन् तिनीहरू अझै कम मात्र प्राथमिकता दिन्छन्। बरु यसको साटो, तिनीहरूले आफ्नै सुरक्षालाई प्राथमिकता दिन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरले ख्रीष्ट-विरोधीहरूको स्वार्थीपन र घृणितपनलाई खुलासा गर्नुहुन्छ। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रतिकूल वातावरणको सामना गर्दा, तिनीहरू जहाँ गए पनि आफ्नो बारेमा मात्रै सोच्छन्। तिनीहरूले आफ्नो सुरक्षा र जीवनलाई विशेष महत्त्व दिन्छन्। तिनीहरूको आफ्नै हितहरूमा असर परेपछि, तिनीहरूले परमेश्‍वरका घरको कामलाई त्याग्छन् र परमेश्‍वरप्रति कुनै बफादारी देखाउँदैनन्। ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, मेरो हृदय छेडियो। मैले यस्तै आचरण देखाएकी थिइनँ र? यहाँ मण्डलीको खराब वातावरण र महामारीको प्रकोप देख्दा, म पुलिसले पक्राउ गर्ला र यातना दिएर मार्ला भनेर डराएँ; म भाइरस लागेर मर्छु भनेर पनि डराएँ। मलाई मृत्युको विशेष डर थियो र म जति सक्दो चाँडो भाग्न चाहन्थेँ। “अरूको होइन, आफ्‍नो दुनो सोझ्याउनुपर्छ” “आफ्नो नियति आफ्नै हातमा हुन्छ” र “खराब जीवन असल मृत्युभन्दा असल हुन्छ,” भन्‍ने जस्ता शैतानी विषहरूद्वारा जिइरहेकी हुनाले, हामीले जीवनमा आफ्नै बारेमा सोच्नुपर्छ भन्‍ने मलाई विश्‍वास थियो; म आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउनुको सट्टा नीच अस्तित्वमा रहन चाहने रहिछु। म अत्यन्तै स्वार्थी र घृणित छु! आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्ने ती ब्रदर-सिस्टरहरूले प्रतिकूल वातावरणमा त्यसो गर्नुका जोखिमहरू थाहा पाए पनि, परमेश्‍वरमा भरोसा गरेर आफ्नो ज्यान जोखिममा पार्दै आफ्नो कर्तव्यमा अडिग रहन्छन् र अन्तिममा परमेश्‍वरका वचनका पुस्तकहरू र अरू ब्रदर-सिस्टरहरूका सुरक्षाको हिफाजत गर्छन्। यसको विपरीत, म यति लज्जित छु। यहाँ, वातावरण प्रतिकूल छ, महामारी अलिक खराब छ, तर पनि कतिपय ब्रदर-सिस्टरहरूले मलाई बास दिएर आफूलाई जोखिममा पारेका छन्, तैपनि म आफ्नै बारेमा चिन्ता गरिरहन्छु, र पूर्ण हृदयले आफूलाई आफ्नो कर्तव्यमा समर्पित गर्न सक्दिनँ। ममा साँच्चै नै मानवताको कमी छ! मसँग कुनै विवेक वा समझ र परमेश्‍वरका वचनका पुस्तकहरू खतरामा छन् भन्‍ने थाहा हुँदो हो त, मैले दमनपछिका काम उचित रूपमा गरिएको सुनिश्चित गर्न सक्दो प्रयास गर्ने थिएँ र हानिहरूको न्यूनीकरण गर्ने थिएँ। यदि म साँच्चै नै भागेँ र परमेश्‍वरका वचनका पुस्तकहरू समयमा नै स्थानान्तरण भएनन् भने, ती ठूलो रातो अजिङ्गरको हातमा पर्ने ठूलो सम्भावना थियो। अझै धेरै ब्रदर-सिस्टरहरू पक्राउ पर्ने खतरा थियो, र परिणाम स्वरूप ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा अझै ठूलो घाटा हुनेथियो। यसरी, मैले पक्राउबाट उम्केर आफ्नो ज्यान जोगाए पनि, मैले गम्भीर अपराध छोडेर जाने थिएँ। म अत्यन्तै पछुतोले भरिने थिएँ, तैपनि यसका बारेमा केही गर्नका लागि ढिला भइसकेको हुने थियो! मलाई प्रभु येशूले भन्नुभएको यो वचन याद आयो: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ(मत्ती १०:२८)। “आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ(मत्ती १०:३९)। मलाई सर्वशक्तिमान् परमेश्‍वरको वचनको एउटा खण्ड पनि याद आयो, जसमा भनिएको छ: “परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात् जीवन अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्‍नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्‍ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ। आजकल मानिसहरूको मनमा डर र चिन्ता छ, तर ती भावनाहरूको प्रयोजन के नै हुन्छ र? यदि परमेश्‍वर तैँले यस्तो गर् भन्‍ने चाहनुहुन्‍न भने, यसबारे चिन्ता गरेर के फाइदा? यदि परमेश्‍वर तैँले यो गर् भन्‍ने चाहनुहुन्छ भने, यो जिम्मेवारी तैँले पन्छाउन मिल्दैन न त इन्कार नै गर्न मिल्छ। तैँले सक्रिय भई सहकार्य गर्नुपर्छ र चिन्ता नलिई यसलाई स्विकार्नुपर्छ। व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्‍वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्‍वरबाट आए, र परमेश्‍वरकहाँ नै फर्कन्छन्—सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने जब मैले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला खतरा र मृत्युको चुनौती आउँछ, म परमेश्‍वरप्रति नै बफादार रहनुपर्छ। यसका लागि ज्यान दिनु परे पनि, म आफ्नो कर्तव्यमा दृढ़ भएर लागिरहनुपर्छ र म कहिल्यै पनि शैतानको अघि झुक्‍नु हुँदैन। शैतानलाई जित्ने सबैभन्दा शक्तिशाली गवाही यही हो, जुन कुरालाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। मेरो ज्यान जाने खतराको सामना गर्दा, यदि मैले मृत्युको डरले, परमेश्‍वरको आज्ञालाई इन्कार गरेँ भने यो कलङ्कको एउटा नमुना बन्नेछ र परमेश्‍वरले यसलाई घृणा गर्नुहुनेछ। युगौँदेखि ती अगमवक्ता र धर्मदूतहरूले सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने कार्यका खातिर भयानक मृत्युको सामना गरेका थिए: कतिलाई घोडाले चार टुक्रा हुने गरी च्यातियो, केहीलाई रेटेर मारियो, भने अरू कतिलाई जिउँदै जलाइयो। परमेश्‍वरका खातिर पत्रुसलाई त उँधो मुन्टो नै पारेर क्रूसमा टाँगियो। आखिरी दिनहरूमा, कम्युनिस्ट पार्टीले धेरै ब्रदर-सिस्टरहरूलाई राज्यको सुसमाचार प्रचार गरेकोमा पक्राउ गरेर कठोर यातना दिएको छ। मृत्युको मुखमा समेत, तिनीहरू परमेश्‍वरको नाम इन्कार गर्न मान्दैनन्; भने कतिपयले त यातना भोगेर मर्दा समेत यहूदा बन्न वा परमेश्‍वरलाई धोका दिन मान्दैनन्। तिनीहरूले परमेश्‍वरका लागि सुन्दर र प्रभावशाली गवाहीहरू दिएका छन्। तिनीहरूले साँचो मार्ग जोगाउन आफ्नै जीवन उत्सर्ग गरेका छन् अनि यो दुष्ट संसारलाई आफ्नो मृत्युद्वारा परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर, सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने उद्घोष गर्दै गवाही दिएका छन्। यसका लागि ज्यानकै बलिदान दिनु परे पनि, तिनीहरू हिचकिचाउँदैनन्। परमेश्‍वरको गवाही दिन आफ्नो जीवन त्यागिदिनु बहुमूल्य र अर्थपूर्ण कार्य हो। यो गवाहीको सबैभन्दा उच्च रूप हो। यो महसुस गरेपछि, मलाई त्यति डर लागेन। म परमेश्‍वरमा भरोसा गरेर यो वातावरणको सामना गर्न तयार थिएँ।

यस बेला, मेरो मनमा परमेश्‍वरका यी वचनहरू आए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालना गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। परमेश्‍वरका वचनहरूमा अख्तियार र शक्ति हुन्छ। हरेक कुरा परमेश्‍वरकै सार्वभौमिकता र प्रबन्धमा हुन्छ। शैतान जति नै निर्दयी र द्वेषपूर्ण भए पनि, यो समेत परमेश्‍वरले तय गर्नुभएका सीमाहरूबाट उम्कन सक्दैन। परमेश्‍वरको आदेशविना, यसले सीमा पार गर्ने त आँट गर्दैन भने, हामीलाई हानि गर्ने त परको कुरा हो। शैतानले अय्यूबलाई बरबाद गर्न चाहेका बेला, परमेश्‍वरले शैतानलाई अय्यूबको ज्यान लिन दिनुभएन। अनि शैतानले आफूसँग भएका हरेक चाल र षड्यन्त्र प्रयोग गरे पनि, यसले अय्यूबको ज्यान लिने साहस गरेन। यसले गर्दा मलाई परमेश्‍वरको अख्तियार कुनै पनि शत्रु शक्तिहरूको पहुँचभन्दा बाहिर छ भने महसुस भयो। यहाँ परिस्थिति जति नै खराब भए पनि, म पक्राउ परेकी छैन। यो सबै परमेश्‍वरकै संरक्षणका कारणले हो। एक पटक, म एउटा आश्रयदाता घरमा गएकी थिएँ, तर त्यहाँकी सिस्टर कहिल्यै पनि मलाई लिन आइनन्। पछि, मैले के पत्ता लगाएँ भने कुनै यहूदाले त्यो घरलाई धोका दिएको थियो र त्यो पुलिसको कडा निगरानीमा छ। म त्यहाँ पुग्न नसक्‍नु सबै परमेश्‍वरको संरक्षण थियो। यसको साथै, यो महामारीले पुलिसको हात बाँधिदिएको छ, र ब्रदर-सिस्टरहरूलाई पक्राउ गर्ने तिनीहरूको प्रयासमा बाधा दिएको छ। नत्र भने, अझै कति जना ब्रदर-सिस्टरहरूले पक्राउको सामना गर्नेथिए भन्‍ने कसलाई के थाहा। यो सबै परमेश्‍वरको अचम्मको कार्य, बुद्धि र सर्वशक्तिमानता हो। यो प्रतिकूल वातावरणको बीचमा पनि, चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरको अनुमतिविना मलाई छुने आँट गर्दैन। मलाई पक्राउ गरेर कठोर सजाय दिइन्छ कि दिइँदैन भन्‍ने कुरा सबै परमेश्‍वरकै हातमा छ। म अबदेखि आफ्नै लागि जिउन सक्दिनँ; म आफूलाई परमेश्‍वरमा समर्पित गर्न र हरेक दिन उहाँको अगुवाइमा हिँड्न तयार छु। यहाँको वातावरण जति नै प्रतिकूल भए पनि वा महामारी जति नै तीव्र भए पनि, म आफ्नो कर्तव्यमा अन्त्यसम्मै दृढ़ भएर लागिरहनेछु। यो महसुस गरेपछि, मैले मनमा शान्ति पाएँ र आफूलाई आफ्नो कर्तव्यमा समर्पित गरेँ।

शनिवार, डिसेम्बर ३१, २०२२, घमाइलो दिन

हिजो, सु जियाओ र म एउटा मण्डलीमा आइपुग्यौँ। अचम्मको कुरा, हामीलाई बास दिने ब्रदरले हामीलाई पुस्तकहरू भण्डारण गर्ने ठाउँ प्रदान गरे। हामी दुवै उत्साहित भयौँ र त्यसपछि काम विभाजित गर्ने निर्णय गर्‍यौँ। सु जियाओ घरको अवस्था बुझ्‍न गइन् अनि मचाहिँ परमेश्‍वरका वचनका पुस्तकहरू सार्ने विषयमा ब्रदर-सिस्टरहरूसँग छलफल गर्न फर्केर आएँ। त्यो दिउँसोसम्म, हामीले पहिलो एक भाग पुस्तकहरू सफलतापूर्वक सार्न सक्यौँ।

मंगलवार, १४ फेब्रवरी २०२३, घमाइलो दिन

हामीले विगत केही दिनदेखि निरन्तर परमेश्‍वरका वचनहरूका पुस्तकहरू सार्दै आएका छौं, आज बल्ल अन्तिम भाग पुस्तकहरू सार्‍यौँ। आज बिहान लगभग ३ बजे, मैले पुस्तकहरू सार्ने दाजुभाइहरू सुरक्षित रूपमा फर्केर आएका देखेँ, र म यति भावुक भएँ कि त्यसलाई शब्दहरूद्वारा व्यक्त गर्न सकिँदैन। यस अवधिमा, हामीले यस्तो प्रतिकूल वातावरणका बाबजुद पनि सबै पुस्तकहरू सुरक्षित रूपमा सार्न सक्यौँ। यो सबै परमेश्‍वरको अगुवाइ र ब्रदर-सिस्टरहरूको एकताबद्ध सहकार्यको परिणाम हो। घर जान बसमा बस्दै गर्दा, म शान्ति र सुरक्षाको अनुभूतिले भरिएकी थिएँ। यात्राभरि, मैले यस्तो मनन गरिरहेँ: यहाँ खतरनाक वातावरणमा काम गर्न आए पनि, मैले के कुरा गहिरोसँग बुझ्न पाएँ भने यस्तै खतरनाक वातावरणमा हामी परमेश्‍वरका आश्चर्यजनक कार्यहरू देख्न सक्छौं, र परमेश्‍वरको अख्तियार र शक्ति कुनै पनि शत्रु शक्तिहरूको पहुँचभन्दा बाहिर छन् भन्‍ने कुरालाई स्वीकार गर्छौँ। अहिले मैले के पनि बुझेँ भने यस्तो प्रतिकूल वातावरणको अनुभव गर्दा यसले मेरो विश्‍वासलाई सिद्ध पार्न सक्छ, मलाई परमेश्‍वरको सर्वशक्तिमानता र सार्वभौमिकता बुझ्न, र मेरो स्वार्थ र घृणितता प्रकट गर्न सहयोग गर्छ। खतरनाक वातावरणमा हुँदा, म आफ्ना हितहरूको रक्षा गर्ने र आफ्नो भविष्य र नियतिको बारेमा मात्रै सोच्ने प्रवृत्ति राख्थेँ। परमेश्‍वरका वचनहरूले मलाई शैतानको अन्धकारमय प्रभावबाट मुक्त हुन, अन्त्यसम्मै अडिग रहन र गर्न पठाइएको काम पूरा गर्न सहयोग गरे। मैले यो यात्रामा धेरै कुरा सिकेकी छु। यो अविस्मरणीय अनुभव र मेरो जीवनको बहुमूल्य सम्पत्ति हो! परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ५. के “आफूप्रति कठोर र अरूप्रति सहनशील हुनु” साँच्चिकै एउटा सद्गुण हो?

अर्को: ७. भेलाको “तयारी”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

६४. पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

१६. मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्