९६. देखावटीपनाको विवेकहीनता

जुनिएर, जिम्बाब्वे

जुन २०२० मा मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनका कामलाई स्वीकार गरेँ। अझ धेरै सत्यताहरू जन्ने तीव्र चाहाना राख्दै, म परमेश्‍वरका वचन पढ्ने र सुसमाचारीय चलचित्रहरू हेर्नेआनन्दमा डुबेँ। बिस्तारै मैले सत्यताका धेरै रहस्यहरू बुझ्न थालेँ, जस्तै, बाइबलको भित्री कथा, शैतानले मानवजातिलाई भ्रष्ट बनाउनुको वास्तविकता परमेश्‍वरको देहधारण र नाउँका रहस्यहरू, आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको काम आदि। मैले परमेश्‍वरका आखिरी दिनहरूको मुक्तिको काम चाँडै समाप्त हुनेछ, अनि ठूलो विपत्तिहरूको सुरुवात भईसकेको छ। र परमेश्‍वरको न्यायका आखिरी दिनहरूको कामको स्वीकार, उद्धार पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने एक मात्र मार्ग थियो। त्यसपछि मैले सक्रिय रूपमा सुसमाचार प्रचार गरेँ र परमेश्‍वरको प्रेम चुक्ता गर्न उहाँको गवाही दिएँ। पछि, मैले कसरी सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेँ भन्ने विषयमा एउटा अनुभवात्मक गवाही लेख लेखेँ। एक जना सिस्टरले त्यसलाई पढिन् र खुशी हुँदै भनिन्, “ब्रदर, तपाईँसँग धेरै बझाइ र अन्तर्ज्ञान छ।” यो सुनेपछि मेरो क्षमता धेरै राम्रो रहेछ भनि सोच्दै आफैसँग अलिकति खुशी भएँ।

केही महिना पछि, म समूहको अगुवा भएँ अनि ब्रदरहरू र सिस्टरहरूको एउटा समूहलाई मलजल गर्ने जिम्मेवारी पाएँ। हरेक भेलामा, सङ्गगति गरिसेकेपछि, सबै ब्रदर-सिस्टरहरूले मेरो बुझाइ राम्रो छ र मेरो सङ्गगति निकै अन्तर्दृष्टिपूर्ण छ, र बिगतमा तिनीहरूले स्पष्टसँग नबुझेका विषयहरूलाई मेरो सङ्गगति सुनिसेकेपछि बुझे भनी भन्थे। मैले सोचेँ, “मैले परमेश्‍वरको कामलाई स्वीकार गरेको धेरै भएको पनि थिएन तर पनि अन्य नव-विश्वासीहरूलाई मलजल गर्न सक्ने भईसकेको छु, साथै, मैले ब्रदर-सिस्टरहरूबाट प्रशंसा पनि पाएको छु। म त अरूभन्दा उत्तम छु जस्तो देखिन्छ।” त्यसपछि अरूधेरै ब्रदरहरू र सिस्टरहरूद्वारा सम्मान पाउन र स्वीकार्य हुन मैले पहिलेको भन्दा झन् बढि परिश्रम गरेँ। म हरेक भेला हुनु अघि पूर्वतयारी गर्थेँ, भेलाको विषयसँग सम्बन्धित परमेश्‍वरका वचनहरू र चलचित्रहरू खोज्थेँ। जब मैले एउटा चलचित्रको सङ्गतिबाट ज्योति पाउथेँ, मैले त्यसलाई लेख्थेँ र भेलाको समयमा त्यसबारे सङ्गति गर्थेँ। म मनमनै सोच्थेँ, यदि ब्रदर-सिस्टरहरूले मेरो सङ्गगतिबाट अझ धेरै लाभ पाए भने, तिनीहरूले निश्चय नै मलाई सम्मान गर्ने छन् र आदरको दृष्टिले हेर्नेछन्। छोटो समयमा नै मलाई ब्रदर र सिस्टरहरूले मण्डलीको अगुवाको रुपमा चुने। मैले मनमनै सोचेँ, “म साँच्चै अरू भन्दा उत्तम रहेछु नत्र किन सबैले मलाई नै चुन्थे र?” म साँच्चै नै आफ्नो प्रशंसा गर्थेँ। पछि मैले केही ब्रदर-सिस्टरहरूबाट तिनीहरू मप्रति इर्ष्यालु भएकाले नकारात्मक भएका छन् भन्ने सुनेँ। यो कुरा सुन्दा म दुःखी भइनँ, बरु धेरै खुसी भएँ, किनकि मेरो बुझाई साँच्चै नै असल रहेछ भन्ने त्यसले देखाउथ्यो। जब मैले कुनै बेला मलजल गरेका नवविश्वासीहरूले म कुन कर्तव्य पूरा गर्दैछु भनी सोध्थे, म गर्वका साथ भन्थेँ, “म अहिले मण्डली अगुवा हुँ।” म अब एउटा समूहको समान्य अगुवा मात्र होइन भन्ने कुरा तिनीहरूले थाहा पाएको र मलाई एउटा समान्य ब्रदरको रुपमा तिनीहरूले व्यवाहार गर्नु हुँदैन भन्ने कुरा जानून् भन्ने म चाहान्थे। म मण्डलीको अगुवा हुँदा पहिलेको भन्दा धेरै व्यस्त हुन्थेँ। आफैलाई सुसज्जित गर्नका लागि म हरेक दिन परमेश्‍वरका धेरै वचनहरू पढ्थेँ र सुसमाचारीय चलचित्रहरू हेर्थेँ। भेलाहरू र नवविश्वासीहरूका प्रश्नहरूको उत्तर दिनमा व्यस्त भएकाले म प्रायः समयमा खान वा आराम गर्न भ्याउथिन म मनमनै गुनासो गर्थेँ, तर त्यो मेरो कर्तव्य हो भनि जानेर, म अघि बढ्थेँ र ती काम गर्थेँ। भेलाहरूमा, म ब्रदर-सिस्टरहरूसँग प्रायः मैले कसरी पीडा भोगेको थिएँ र सत्यताले आफूलाई सुसज्जित गरेको थिएँ, र परमेश्‍वरका लागि कसरी आफूलाई समर्पित गरेको थिएँ भन्नेबारे सङ्गति गर्थेँ। म हरेक दिन आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा समयमा खान नसकेका कुराहरू र अन्य कुराहरूको उल्लेख गर्थे। यद्यपि मैले आफ्नो गुनासाहरू कैहिले उल्लेख गरिन। यो सबै सुनेपछि ब्रदर-सिस्टरहरूले मलाई साँच्चै नै आदर गरे। मैले मेरो कर्तव्यको बोझ उठाएकोमा र तिनीहरूले नसकेका कुराहरू हासिल गरेकोमा तिनीहरूले मेरो प्रशंसा गरे, र मबाट सिक्ने चाहना व्यक्त गरे। ती सबै कुराहरू सुनेर म धेरै खुसी भएँ। पछि, म भेलाहरूमा सधैँ त्यसरी नै सङ्गति गर्थेँ, मैले पीडा सहन सक्दिनँ भन्ने सोच ब्रदर-सिस्टरहरूले नराखून् भन्ने चाहन्थेँ। यदि तिनीहरूलाई त्यस्तो लागेको भए, उप्रान्त मलाई कसैले कदर गर्न छोड्थे। बिस्तारै, ब्रदर-सिस्टरहरू ममाथि भर पर्न थाले, तिनीहरूले आफ्ना कर्तव्यमा जस्तोसुकै कठिनाइ वा समस्या सामना गरे पनि, तिनीहरू कहिल्यै परमेश्‍वरमा भर परेनन् र सत्यता सिद्धान्तहरू खोजेनन्, बरु त्यसको सट्टा मेरो सहायता खोजे।

एक पटक, लामो समयसम्म कम्प्युटर र फोन चलाएको हुनाले मेरो आँखा रातो भयो र चिलाउन र दुख्न थाल्यो, मेरो दृष्टि तिब्रताका साथ कमजोर हुन थाल्यो र म प्रस्ट देख्न सक्दिनथेँ। कसैले मलाई यी सबै गम्भीर लक्षणहरू हुन् र मैले तुरुन्तै उपचार गराइनँ भने, म अन्धो हुन सक्छु भनेर भन्यो। त्यसबेला म एकदमै डराएँ। म केहि हदसम्म नकारात्मक भएँ, र गुनासो गर्दै सोचेँ, “म आफ्नो कर्तव्यमा यति परिश्रम गर्छु; तैपनि किन मलाई यो रोग लाग्यो?” मेरो आँखाको समस्याले गर्दा मेरो कर्तव्यमा पनि असर पर्यो। पछि, कसैले मलाई यस समस्याको घरेलु उपचारबारे बतायो, र अन्ततः मेरो दृष्टिमा सुधार आउन थाल्यो। तर भेलाहरूमा म आफ्नो राम्रो पक्षबारे मात्र कुरा गर्थेँ, म मेरो कर्तव्य जतिसुकै व्यस्त भए पनि र मेरो आँखाको समस्याले जति पीडा उत्पन्न गरेको भए पनि, मैले मेरो कर्तव्य त्यागेको छैन भन्ने कुरालाई जोड दिन्थेँ। मैले यो परमेश्‍वरबाट आएको परीक्षा हो र मेरो गवाहीमा म अडिग हुनुपर्छ भनेर पनि भनेँ। तर मेरा कमजोरी, चिन्ता र डरहरू र परमेश्‍वरबारे मेरा गलत बुझाइहरू र गुनासाहरूको विषयमा मैले एक शब्द पनि बोलिनँ, मेरा कमजोरीहरू पनि छन् भन्ने ब्रदर-सिस्टरहरूले थाहा पाऊन् भन्ने म चाहन्थिनँ। मेरो सङ्गति सुनिसकेपछि ब्रदर-सिस्टहरू सबैले मलाई सम्मान गरे र आदरको दृष्टिले हेरे, मेरो अनुभव राम्रो छ भनेर भने। केही ब्रदर-सिस्टहरूले यसो पनि भने, “यो ब्रदरको साँच्चै कद छ। उहाँले ठूलो रोगको सामना गर्नुपरेतापनि, उहाँ नकारात्मक हुनुभएन र आफ्नो कर्तव्य पूरा गरिरहन सक्नुभयो। यदि म भएको भए त्यसो गर्न सक्नेथिइनँ होला।” यी कुराहरू सुनेपछि म धेरै खुसी भएँ, र यस्तो नसोची बस्न सकिनँ, “म एउटा जवान र अझै पनि नव विश्वासी भएता पनि मेरो क्षमता अरू ब्रदर-सिस्टरहरूको भन्दा उत्तम छ, र म तिनीहरूभन्दा धेरै लगनशीलतासाथ सत्यतालाई पछ्याउँछु।” तर त्यो भेला सकिएपछि मलाई एउटा अनौठो र अवर्णनीय डरको महसुस भयो। यो डर यस्तो प्रकारको थियो कि जब म सानो छँदा कुनै गल्ती गर्थे तब मेरा आमाबुवाले मलाई तडना दिनुहुन्छ भन्ने थाहा पाउनुजस्तै थियो। मैले केही पनि खान सकिनँ र एकदमै असहज महसुस गरेँ। म यस्तो सोच्दै आत्मचिन्तन नगरी बस्ने सकिनँ, “के मैले भेलामा दिएको त्यो सङ्गगति अनुचित थियो?” मैले कसरी भेलामा मेरो आफ्नो वास्तविक स्वरूपबारे सङ्गति गरेको थिइनँ, र कसरी मेरा कमजोरीहरू लुकाएको थिएँ भन्नेबारे सोच्दा, मैले मेरो अभिप्राय गलत थियो भन्ने बुझेँ, र आत्मनिन्दा महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्, जसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ, ताकि अझ धेरै मानिसहरूले तिनीहरूलाई कदर गरून्, उच्च ठानून्, प्रशंसा गरून्, साथै आराधना गरून् र आदरभावले हेरून् र अनुसरणसमेत गरून्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्नु उचित हो त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन, अर्थात्, तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूबारे बढाइ गर्ने र गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष बदल्छन् र आफूलाई प्रस्तुत गर्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरू आफैबारे बढाइ गर्ने र गवाही दिने तरिका होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्‍वरको बचन पढिसकेपछि, मैले उहाँको पवित्रता र धार्मिकता महसुस गरे परमेश्‍वरले सबैकुराको छानबीन गर्नुहुन्छ र मभित्र लुकेका सबैकुराको खुलासा गर्नुहुन्छ मानिसहरूमा रहेका भ्रष्ट स्वाभावहरू परमेश्‍वरले खुलासा गर्नुहुन्छ तिनीहरू आफ्ना कर्तव्य निर्वाह गर्दा वा कुनै कुरा गर्दा, अरूका हृदयमा आफ्नो हैसियत र छवि स्थापित गर्ने र अरूबाट सम्मान र आराधना पाउने उद्देश्यले अनजानमै आफूलाई उचाल्छन् र देखावा गर्छन्, यो सब तिनीहरूका भ्रष्ट शैतानी स्वाभावका नियन्त्रणमा गरिएको हन्छ। मैले के महसुस गरेँ भने, म कष्ट भोग्न, मूल्य चुकाउन सक्छु र परमेश्‍वरप्रति बफादार छु भनेर सबैलाई देखाउने, र यसो गरेर सबैको प्रशंसा र सम्मान पाउने उद्देश्यले म सधैँ ब्रदर-सिस्टरहरूसामु आफूले कर्तव्यमा कति कष्ट भोगेको छु भन्नेबारे कुरा गर्थेँ, भेलाहरूमा, म आफ्नो राम्रो पक्षबारे मात्र कुरा गर्थेँ, बिरामी पर्दा, आफू कसरी परमेश्‍वरमा भर परेँ र आफ्ना गवाहीमा अडिग रहेँ भनी बताउँथेँ, र अरूको भन्दा मेरो कद ठूलो छ भनी धाक लगाउन चाहन्थेँ। तथापि, मैले बिरामी पर्दा देखाएका भ्रष्टता र कमजोरीहरूका सन्दर्भमा चाहिँ ब्रदर-सिस्टरहरूले मेरो साँचो कद थाहा पाए भने, तिनीहरूले मलाई सम्मान दिन वा र आराधना गर्न छोड्नेछन् भन्ने डरले चुप्पी साधेँ, मैले निरन्तर आफूलाई उचाल्ने र देखावा गर्ने भएकाले ब्रदर-सिस्टरहरू परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँमा भर पर्नेबारे सोच्नुको सट्टा प्रायः आफ्ना समस्या र कठिनाइहरू लिएर मकहाँ आउथे। के मैले साँच्चै परमेश्‍वरमा विश्वास गरिरहेको र आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ? के मैले मानिसहरूलाई बहकाइरहेको र फसाइरहेको त थिइनँ? ती ब्रदर—सिस्टरहरुले मलाई एउटा अगुवाको रुपमा चुनेका थिए, तर मैले न त परमेश्‍वरलाई उचालेँ न त उहाँको गवाही दिएँ, न त तिनीहरूलाई उहाँसामु नै ल्याएँ। बरु, मैले तिनीहरूलाई मेरो आराधना गर्न र ममाथि भर पर्न लगाएँ म साँच्चै घृणित र निर्लज्ज व्यक्ति थिएँ; परमेश्‍वरले मलाई अवश्यै तिरस्कार गर्नहुन्छ!

यो क्षण, मैले पहिले पढेका परमेश्‍वरका यी वचनहरू सम्झेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, पुजेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही काफी हुन्छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्‍ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्‍वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्‍ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मैले परमेश्‍वरका वचनबाट के बुझेँ भने, म आफूलाई लगातार उचाल्थेँ र आफ्नो प्रदर्शन गर्थेँ किनभने मुख्यतः मेरो प्रकृतिले गर्दा म एकदमै अहङ्कारी थिएँ। मेरो अहङ्कारी र अभिमानी स्वाभावले गर्दा, परमेश्‍वरका लागि मेरा हृदयमा कुनै ठाँउ थिएन, र म अरूलाई तुच्छ ठान्थेँ। म मानिसहरूसामु देखावटी गर्न र शान देखाउन मन पराउँथेँ, तिनीहरूबाट आदर र प्रशंसा खोज्थेँ। मेरो घमण्डी स्वभावद्वारा अरूको ध्यान नखिची काम गर्न र व्यावहारिक रूपमा कामकुरा गर्न इच्छुक भइरहेको थिइनँ। म जहिले पनि भीडभन्दा अलग हुन चाहन्थेँ के म परमेश्‍वरलाई विरोध गर्ने पावलकै मार्गमा हिँडिरहेको थिइनँ र? पावलले प्रभुका लागि प्रचार र काम गर्दा, त्यस समयका मण्डलीहरूलाई धेरे पत्र लेखे, प्रायः आफूलाई उचाल्थे अनि प्रभुका लागि आफूले भोगेको कष्ट र गरेको समर्पणबार गवाही दिन्थे, जसले गर्दा धेरै मानिसले तिनको आदर र अराधना गरे। पावलले प्रचार र काम गर्दा धेरै कष्ट भोगे पनि, कहिल्यै परमप्रभुको वचनबारे गवाही दिएनन् र विश्वासीहरूलाई प्रभुसामु ल्यएनन्। बरु, आफूसामु ल्याए। तिनले आफ्ना महत्त्वाकाङ्क्षा र अभिप्रायहरूबारे मनन गरेनन्, आफूले परमेश्‍वरका लागि धेरै त्याग र समर्पण गरेको छु भन्नेसमेत सोचे र आफ्ना लागि धार्मिकताको मुकुट राखिनेछ भन्ने विश्वास गरे। अन्त्यमा, तिनले आफ्ना लागि जिउनु नै ख्रीष्ट हो भनेर गवाहीसमेत दिए, अरूलाई उसको उदाहरण पछ्याउन लगाउँछन्। पावलको स्वाभाव अति नै अहङ्कारी थियो र अन्त्यमा, तिनलाई परमेश्‍वरको स्वाभावलाई गम्भीर विरोध गरेकोमा परमेश्‍वरद्वारा दण्ड दिइयो मैले यसलाई आफ्नो व्यवहारसँग तुलना गर्दा, कर्तव्यमा आफैलाई लगातार उचालेको र देखावा गरेको पनि देखेँ, ब्रदर-सिस्टरहरूबाट प्रशंसा र आराधना पाउन म तिनीहरूभन्दा हरतरिकाले श्रेष्ठ छु भनी तिनीहरूलाई देखाएँ। ब्रदर-सिस्टरहरू सबैले कर्तव्यमा मेरो राम्रो क्षमता अनि कष्ट भोग्ने र मूल्य चुकाउने खुबीका लागि आदर र प्रशंसा गर्दा, मैले डर नमानेको वा आत्मचिन्तन नगरेको मात्रै होइन, त्यसमा मलाई आनन्द लाग्थ्यो र म आत्मसन्तुष्ट हुन्थेँ म साँचै नै एकदमै अहङ्कारी र अभिमानी थिएँ, ममा परमेश्‍वरको भय मान्ने हृदय छँदै थिएन। मैले गरेका सबै थोकमा, चाहे त्यो ब्रदर-सिस्टरहरूका प्रश्नको उत्तर दिन आफूलाई परमेश्‍वरका वचनले सुसज्जित पार्नु होस् वा भेलाहरूमा आफ्ना अनुभवहरूबारे सङ्गति गर्नु होस्, मेरा अभिप्राय र मनसाय सत्यताको बुझाइ खोज्नु, आफ्नो कर्तव्य राम्ररी गर्नु वा इमानदारीसाथ अरूलाई सहायता गर्नु थिएन। बरु, त्यो मानिसहरूका हृदयमा भव्य छवि बनाउनु र तिनीहरूको प्रशंसा पाउनु मात्र थियो। त्यो त परमेश्‍वरविरुद्ध जानु र उहाँको प्रतिरोध गर्नु थियो! मण्डली अगुवाका रूपमा मैले परमेश्‍वरलाई उचाल्नु र उहाँको गवाही दिनुपर्थ्यो र ब्रदर-सिस्टहरूलाई सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्न सहयोग गर्नुपर्थ्यो ताकि तिनीहरू परमेश्‍वरको अघि आउन, उहाँमा भर पर्न र उहाँलाई आदर गर्न सकून्। तर मैले निरन्तर देखावटी गरेँ र तडकभडक देखाएँ, जसले गर्दा ब्रदर-सिस्टरहरूको हृदयमा परमेश्‍वरका लागि नभई मेरा लागि स्थान भयो। तिनीहरू आफूले गर्ने हरेक थोकमा ममाथि भर पर्थे र मेरो आराधना गर्थे। म साँच्चै नै यति अहङ्ककारी थिएँ कि मैले सबै समझ गुमाइसकेको थिएँ। सतहमा, मैले मेरो कर्तव्य पूरा गरेता पनि वास्तवमा म केवल ब्रदर-सिस्टरहरूलाई हानि गरिरहेको थिएँ, तिनीहरूलाई परमेश्‍वरबाट टाढा लगिरहको थिएँ र एक व्यक्तिलाई आराधना गर्न लगाइरहेको थिएँ। मेरा कार्यरूको प्रकृति परमेश्‍वरको स्वभावलाई चिढ्याउने खालको थियो; म परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेको थिएँ। यदि मैले पश्चात्ताप नगरेको भए, म पनि निश्चय नै पावलजस्तै परमेश्‍वरद्वारा दण्डित र श्रापित हुनेथिएँ। यसबारे मनन गर्दा मलाई डर लाग्यो। मैले महसुस गरेँ कि यदि मैले पश्चात्ताप गरिनँ भने, मैले पवित्र आत्माको काम गुमाउनेछु, अन्धकारमा पर्नेछु र परमेश्‍वरद्वारा तिरस्कृत हुनेछु र हटाइनेछु। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो प्रकृति अति अहङ्ककारी छ, र मसँग तपाईँको डर मान्ने हृदयको कमी छ। म सधैँ अरूको अगाडि देखावटी गर्छु, जसले गर्दा तपाईँ मलाई निकै घृणा गर्नुहुन्छ। म यसरी नै चलिरहन चाहन्नँ। कृपया मलाई सहायता गर्नुहोस्; म तपाईँका मागअनुसार अभ्यास गर्न चाहन्छु।”

त्यसपछि मैले परमेश्‍वरका वचन पढेँ, जसमा यसो भनिएको थियो: “तैँले सबै कुरा बुझ्छस् भन्‍ने नसोच्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा पनि तैँले मेरो व्यवस्थापन योजनाको हजार भागको एक भाग बुझ्‍नलाई पर्याप्त छैन। अनि, तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्न पनि पर्याप्त छैन! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका अनि तैँले कल्‍पना गरेका सबै कुराहरू मैले एक पलमा गर्ने कामभन्दा पनि थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एक सृष्टि गरिएको प्राणीबाहेक केही पनि होइनस्, तँ कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा पनि थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूलाठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको बलमा आएका हुन् भन्‍ने विश्‍वास गर्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। परमेश्‍वरका वचन मनन गर्दा मलाई लाज लाग्यो। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेको धेरै भएको थिएन, र म आफ्नो कर्तव्यमा केही उत्साहित थिएँ, केही शब्द र धर्मसिद्धान्त बुझेको थिएँ, र आफ्नो काममा केही परिणाम पाएको थिएँ, त्यसैले, मैल आफू अरूभन्दा उत्तम छु र तिनीहरूले भन्दा राम्ररी सत्यता बुझेको छु भन्ने सोच्दै यी कुराहरूलाई आफ्नै कदका रूपमा लिएँ। मैले देखावटी गर्न र अरूबाट सम्मान पाउन यसलाई पूँजीका रूपमा निरन्तर प्रयोग गरेँ। म साँच्चै नै धेरै अहङ्ककारी थिएँ र मसँग आत्मज्ञान थिएन। मैले भेलाहरूमा केही बुझाइमा सङ्गगति गर्न, ब्रदर-सिस्टहरूका केही प्रश्नको उत्तर दिन, र आफ्नो काममा केही परिणाम पाउन सक्नु परमेश्‍वरले व्यक्त गरेका वचनहरूले मलाई केही सत्यता बुझाएको कारणले थियो। परमेश्‍वरका आखिरी दिनका कामहरू, परमेश्‍वरले व्यक्त गरेका सत्यताहरू, अनि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति नभएको भए, मैले कहिल्यै सत्यता बुझ्न सक्ने थिइनँ। चाहे त्यो परमेश्‍वरको कामका सन्दर्भमा होस् या मेरो आफ्नै भ्रष्ट स्वभावका सन्दर्भमा, मैले तीमध्ये कुनै कुरा छर्लङ्ग देख्न सकिनँ। ममा घमण्ड गर्नलायक त्यस्तो केही थिएन। तर परमेश्‍वरको मलजल र प्रबन्धमा म कैहिले पनि कृतज्ञ भइन बरु सबै थोकको श्रेय आफैलाई दिएँ अनि देखावटी गर्न र अरूलाई मेरो सम्मान गर्न लगाउन त्यसलाई पुँजीका रूपमा प्रयोग गरेँ। म साँच्चै नै अहङ्कारी, अज्ञानी र निर्लज्ज, र समझहीन थिएँ! मलाई आफ्नो भ्रष्टता पहिचान गर्न सहयोग गर्नुभएकामा म परमेश्‍वरप्रति आभारी थिएँ, र म परिवर्तन हुन चाहन्थेँ। त्यसैले मैले यस्तो सोच्दै सत्यता खोजी गरिरहेँ, “कसरी म आफ्नो भ्रष्ट स्वभाव हटाउन अनि आफूलाई उचाल्न र देखावटी गर्न छोड्न सक्छु? परमेश्‍वरको महिमा गर्न र उहाँको गवाही दिन मैले कसरी अभ्यास गर्नुपर्छ?”

पछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्‍ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ भन्‍ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “पहिलो कुरा त, मान्छेले आधारभूत स्तरमा आफ्नो समस्या बुझ्न र आफूलाई विश्‍लेषण गर्न र उदाङ्गो पार्नको लागि, तिनीहरूसँग एक इमानदार हृदय र इमानदार मनोवृत्ति हुनुपर्छ, र तिनीहरूले आफ्नो स्वभावमा भएका समस्याहरूबारे आफूले बुझेका कुराहरू बोल्नुपर्छ। दोस्रो कुरा, यदि व्यक्तिले आफ्नो स्वभाव अत्यन्तै खराब भएको महसुस गर्छ भने, उसले सबैलाई यसो भन्‍नुपर्छ, ‘यदि मैले फेरि त्यस्तो भ्रष्ट स्वभाव प्रकट गरें भने, यसबारे मलाई सचेत गराउन र मेरो काटछाँट गर्न नहिच्किचाउनुहोला। यदि मैले त्यो स्विकार्न सकिनँ भने, मप्रति हरेस नखानुहोला। मेरो भ्रष्ट स्वभावको यो पाटो निकै गम्भीर छ, र मेरो पर्दाफास गर्न मलाई थुप्रैपटक सत्यताको सङ्गति गरिनुपर्छ। म सबैबाट काटछाँट हुन खुसीसाथ स्विकार्छु, र म आशा गर्छु, सबैले ममाथि नजर राख्‍नुहुनेछ, मलाई सहयोग गर्नुहुनेछ, र मलाई बाटो बिराउनबाट जोगाउनुहुनेछ।’ त्यस्तो मनोवृत्ति के हो त? सत्यता स्विकार्ने मनोवृत्ति यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा)। मैले परमेश्‍वरको वचन पढेपछि के बुझेँ भने परमेश्‍वरको गवाही दिनमा मुख्यतः परमेश्‍वर मानिसहरूलाई कसरी न्याय र जाँच गर्नुहुन्छ, व्यक्तिले आफ्ना अनुभवहरूमा कस्ता भ्रष्ट स्वाभावहरू प्रकट गर्छ, उसले आफूमा कस्ता कमजोरी र कमीहरू देख्छ, उसमा परमेश्‍वरको काम र उहाँका वचनहरूको कस्तो साँचो बुझाइ छ, र परमेश्‍वरको धार्मिक स्वभावबारे उसमा कस्तो बुझाइ र प्रत्यक्ष अनुभव छ भन्ने कुरारू समावेश छन्। यी सबै कुरामा सङ्गति गर्नु भनेको साँचो रूपमा परमेश्‍वरको गवाही दिनु हो। मेरो कुरा गर्दा, भेलाहरूको दौरान सङ्गति गर्नुको मेरो अभिप्राय अरूलाई मेरो सम्मान र अराधना गर्न लगाउनु थियो। म आफ्ना असल र सक्रिय पक्षहरूको मात्रै कुरा गर्थेँ, आफ्ना कमजोरी र मैले प्रकट गरेका भ्रष्टताहरूलाई बिरलै उल्लेख गर्थेँ। यो मैले आफूलाई उचाल्नु र देखावटी गर्नु थियो, जसलाई परमेश्‍वर तरिस्कार र घृणा गर्नुहुन्थ्यो। म इमानदार व्यक्ति बन्नुपर्थ्यो, आफ्ना भ्रष्टताबारे खुलस्त हुनुपर्थ्यो, र आफ्ना साँचो विचारहरू बताउनुपर्थ्यो, अरूलाई मेरो वास्तविक रूप देख्न दिनुपर्थ्यो, त्यससँगै ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण र सहायता पनि स्विकार्नुपर्थ्यो। मैले त्यसरी नै अभ्यास गर्नुपर्थ्यो। त्यसपछि, भेलाहरूको दौरान मैले ब्रदर-सिस्टरहरूलाईआफूले कसरी देखावटी गरेँ र आफ्नै गवाही दिएँ भनेर, र आफ्ना हृदयका घृणित अभिप्रायहरू र मैले प्रकट गरेका भ्रष्टताहरूबारे खुलस्त बताएँ। मैले तिनीहरूलाई ममा पनि कमजोरीहरू र नकारात्मकता छन् र अबदेखि तिनीहरूले मलाई सम्मान र आराधना गर्नु हुँदैन भनेर पनि भनेँ। यसरी सङ्गति गरेपछि मलाई एकदमै आराम र सहज महसुस भयो। मेरा अनुभवहरूबारे सुनेपछि केही ब्रदर-सिस्टरले तिनीहरूले पनि आफ्ना भ्रष्टताहरूबारे केही बुझेका छन् भनी बताए। पछि, ब्रदर-सिस्टरहरूले पहिलेजस्तो मेरो आराधना गर्न र ममा भर पर्न छाडे, र केही मानिसले अझै पनि कहिलेकाहीँ मेरा सङ्गतिहरूको प्रशंसा गरे पनि, म तिनीहरूका शब्दहरूद्वारा प्रभावित हुन छोडेँ।

त्यस बेलादेखि म प्रायः हरेक भेलाअघि परमेश्‍वरलाई प्रार्थना गर्थेँ, “सर्वशक्तिमान् परमेश्‍वर, तपाई मात्रै प्रशंसाको योग्य हुनुहुन्छ। म त केवल एक भ्रष्ट व्यक्ति हुँ। मैले खुलस्त भएरा आफ्ना साँचो विचारहरू बताउनैपर्छ। कृपया मेरो हृदय छानबिन गर्नुहोस् ताकि मेरा वचन र कार्यहरू देखावटी गर्न नभई तपाईँको गवाही दिनका लागि होऊन्।” यसरी हरेक भेलामा, म परमेश्‍वरका वचन मनन गर्न अनि मेरो बुझाइ र बोधमा सङ्गगति गर्नमा केन्द्रित भएँ, साथै बारम्बार खुलस्त भएँ र आफ्ना भ्रष्ट स्वाभावहरू खुलासा गरेँ। यसबाहेक, ब्रदरहरु र सिस्टरहरुलाई मेरो हेरचाह गर्न लगाए र मैले आफ्नो रुप बद्लिरहेको देखेमा मेरो खुलासा र मलाई काटछाँट गर्न सक्छन् भनेर भनेँ, त्यसले मलाई मेरा भ्रष्टताहरू बुझ्न र यी भ्रष्ट स्वाभावको नियन्त्रणबाट मुक्त हुन सहयोग गर्नेथियो। म अरूले राम्रोसँग सङ्गति गर्दैनन् भन्ने सोच्थेँ, र तिनीहरूका सङ्गति कहिल्यै ध्यान दिएर सुन्दिनथेँ, तर अहिले म ब्रदर-सिस्टरहरूले आफ्ना अनुभव र बुझाइहरूबारे छलफल गर्दा ध्यान दिने गर्छु। पवित्र आत्माबाट अन्तर्दृष्टि आउँदा, म त्यो लेख्छु, र म ब्रदर-सिस्टरहरूका अनुभवहरूबाट धेरै कुरा सिक्न सक्छु। अहिले म यी कुराहरू अभ्यास गर्न सक्नु परमेश्‍वरका वचनको न्याय, खुलासा, अन्तर्दृष्टि र ज्योतिको कारणले भएको हो। परमेश्‍वरको मार्गदर्शनका लागि धन्यवाद!

अघिल्लो: ९५. म अबदेखि परमेश्‍वरलाई सीमित गर्नेछैनँ

अर्को: ९७. जोखिममा पर्दाको निर्णय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू