८४. के कडा मिहिनेतले स्वर्गमा प्रवेश गराउँछ?
म क्याथोलिक परिवारमा जन्मेकी थिएँ। सानै उमेरदेखि मेरी हजुरआमाले मलाई प्रार्थना कसरी गर्ने र क्याथोलिक रीतिरिवाज कसरी मान्ने भनेर सिकाउनुभयो। म पन्ध्र वर्षकी भएपछि, मैले क्याथोलिक धर्मसिद्धान्त पढ्न सुरू गरेँ। हाम्रा धर्मगुरूले सधैँ के भन्थे भने हामीले परमेश्वरका आज्ञाहरू सधैँ पालना गर्ने, एकअर्कालाई प्रेम गर्ने, मिस्सामा उपस्थित हुने र असल काम गर्ने गर्नुपर्छ। उनले के भन्थे भने, यी काम गर्नेहरू मात्र खाँटी विश्वासीहरू हुन् र जब परमेश्वर आउनुहुन्छ तब उहाँले तिनीहरूलाई स्वर्गको राज्यमा लानुहुन्छ। मैले प्राय: आफैँलाई भन्ने गर्थें, “मैले परमेश्वरले भन्नुभएअनुसार नै गर्नुपर्छ, मण्डलीका सबै नियम मान्नुपर्छ र क्रियाशील भएर असल कार्य गर्नुपर्छ, ताकि परमेश्वरले मलाई माया गर्नुहोओस् अनि उहाँ फर्कनुभएपछि उहाँले मलाई आशिष दिनुहोओस् र मलाई स्वर्गको राज्यमा लैजानुहोओस्।”
कलेज गएपश्चात्, मैले मण्डलीमा आफ्नो सेवा प्रदान गर्न मसँ बढी समय होस् भनेर मेरो अध्ययनलाई रोकेँ। यो अवधिमा, मैले के देखेँ भने, मण्डलीमा आउनेहरू मण्डलीमा हुँदा एकदम धार्मिक देखिन्थे, प्रार्थना गर्ने र मिस्सामा सहभागी हुने गर्थे, तर आफ्नो जीवनमा उनीहरू धुम्रपान गर्थे, रक्सि पिउँथे, अनि उच्छृङ्खल पार्टीहरूमा जान्थे। मलाई यो सोचेर घिन लाग्थ्यो, “प्रभुले हामीलाई उहाँलाई माया गर्न, आवश्यकतामा परेकालाई सहयोग गर्न, र सांसारिक प्रलोभनबाट टाढै बस्न सिकाउनुहुन्छ। यी मानिसहरू प्रभुमाथि विश्वास गर्ने जस्ता देखिएलान् तर यिनीहरूले उहाँका लागि वास्तवमा केही पनि गर्दैनन्। यिनीहरू सांसारिक कुराको लालसा राख्छन् र सांसारिक सुख खोज्छन्। यो परमेश्वरको शिक्षाविरुद्ध भएन र? म त उनीहरू जस्ती हुन सक्दिनँ। म प्रभुका लागि अझ धेरै राम्रा कामहरू गर्नेछु ताकि समय आएपछि म स्वर्गको राज्यमा पस्न सकूँ।” तर समयसँगै, मैले थाहा पाएँ कि म पनि मेरो दैनिक जीवनमा परमेश्वरका आज्ञाहरू पालना गर्न सक्दिनँ। जब म ती आनन्द खोज्ने मण्डली सदस्यहरूलाई खुसी र स्वतन्त्रतापूर्वक जिएको देख्थेँ जबकि म कठिनाइ र विपत्ति भोगिरहेकी हुन्थेँ, तब म परमेश्वरलाई दोष नदिइरहन सक्दैनथेँ। प्रभुले हामीलाई अरूलाई पनि आफूलाई झैँ माया गर्नू भन्ने शिक्षा दिनुहुन्छ तर म सधैँ मानिसको इर्ष्या गर्थेँ र तिनीहरूलाई होच्याउँथेँ। जब म केही नराम्रो गर्थेँ तब मेरो परिवारले मलाई गाली गर्थ्यो तर म खालि बहाना बनाउँथेँ, आलटाल गर्थेँ र उनीहरूसँग रिसाउँथेँ। प्रभुले हामीलाई विनम्र र क्षमाशील बन्ने शिक्षा दिनुहुन्छ तर मैले यसलाई पालना गर्दिनथेँ। मलाई आफू नाम मात्रको विश्वासी भएझैँ दोषी महसुस भयो। म सोच्न थालेँ: “म किन मेरा पापमाथि कहिल्यै विजय प्राप्त गर्न सक्दिन? म हरेक चोटि पाप गर्दा मेरा धर्मगुरसामु त्यो कबुल गर्थेँ र सो पापको क्षतिपूर्तिस्वरूप असल कामहरू गर्थेँ, तैपनि अन्त्यमा म त्यही पाप गर्नपुग्थेँ। मेरो जस्तो आस्थालाई परमेश्वरले कसरी आशिष् दिनुहुन्थ्यो?” तर हाम्रा धर्मगुरुले सधैँ भन्नुहुन्थ्यो कि हामीले पाप गरेपछि उहाँका सामु स्वीकार गर्नाले हामीलाई माफी मिल्नेछ, र हामीले प्रभुका लागि काम गरून्जेल अनि असल कार्य गरून्जेल उहाँले हामीमाथि कृपा गर्नुहुनेछ, हामीलाई आशिष् दिनुहुनेछ र हामीलाई उहाँको राज्यमा आउन दिनुहुनेछ, किनकि बाइबलमा भनिएको छ: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। धर्मगुरुले भन्नुभएको कुरा विचार गर्दा मलाई सान्त्वना मिल्यो। मैले सोचेँ कि म मिस्सामा धेरै सहभागी भइन्जेल, कबुल गर्न जाऊन्जेल र मैले आफूलाई प्रभुप्रति समर्पित गरून्जेल मसँग स्वर्गको राज्यमा जान पाउने आशा हुन्छ। त्यसैले मैले आफूलाई असल कार्यमा व्यस्त राखेँ। म बिरामी मान्छे र कैदीहरूलाई भेट्न जान्थेँ, अनि मैले एउटा अनाथालयमा स्वयंसेवा गरेँ।
सन् २०१७ को एकदिन सधैँ झैँ मैले मेसेज स्क्रोल गर्न फेसबुक खोलेँ त्यहीबेला बेट्टी नामकी एउटी सिस्टरले पोस्ट गरेको एउटा अनुच्छेद देखेँ: “धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे तापनि, थोरैले मात्र परमेश्वरप्रतिको विश्वासको अर्थ के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। … ‘परमेश्वरमाथिको विश्वास’ भनेको परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु हो; परमेश्वरमा विश्वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु भनेको परमेश्वरमा साँचो रूपले विश्वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्वास हो। परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्न हुन्छन्: परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने विश्वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्वरमाथिको विश्वास’ भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्वरमाथिको विश्वासलाई प्रायजसो एउटा साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको अर्थ गुमाइसकेका हुन्छन्, र तिनीहरूले आखिरीसम्म विश्वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज वचन र खोक्रा सिद्धान्तहरू अनुसार परमेश्वरमा विश्वास गर्ने मानिसहरू पनि अझै छन्। तिनीहरूले आफूमा परमेश्वरमाथिको विश्वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहका आशिष्हरूको लागि परमेश्वरसँग प्रार्थना गर्छन्। हामी रोकिएर, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्वरमा विश्वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्ने हुनसक्छ? के परमेश्वरलाई नचिनी उहाँमा विश्वास गर्ने वा परमेश्वरमा विश्वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। यी वचनहरू यति ताजा र नवीन थिए। म त तुरून्तै मोहित भएँ। विशेषगरी यस अंशको अन्त्यमा भएका प्रश्नबारे मैले पहिले कहिल्यै विचार गरेकी थिइनँ। मैले सोचेँ: “यो त गज्जबको छ! यी वचनहरू कसका हुन्? यति छोटो अनुच्छेदले परमेश्वरमाथिको आस्थाको अर्थ र हामीले हाम्रो आस्थबाट प्राप्त गर्न खोजेको कुरालाई पूर्ण रूपले प्रकट गर्छ।” मैले आफ्नो हृदयलाई शान्त राख्दै, साथै जीवनमा पहिलोचोटि गम्भीरतापूर्वक आफ्नो आस्थाबारे विचार गर्दै यी वचनलाई मनन गरेँ, मैले वर्षौंको आफ्नो आस्थालाई फर्केर हेरेँ। म मण्डलीका अनेकौँ कृयाकलाप तथा समारोहहरूमा सहभागी भएँ, मण्डलीको सेवकाइमा सक्रिय थिएँ, अनि समुदायमा राम्रा कार्यहरू गर्थेँ, साथै मैले केही दुःख झेलेँ र केही मूल्य चुकाएँ। तर मैले ती कामहरू गरेँ ताकि म र मेरो परिवार परमेश्वरबाट आशिषित र संरक्षित हुन सकौँ, अनि विशेषगरी म स्वर्गको राज्यमा प्रवेश गर्न सकूँ। म सधैँ-यस्ता कुराको पछि लाग्नु सही हो, परमेश्वर मेरो आस्थादेखि खुसी हुनुहोला र मैले उहाँको प्रतिज्ञा र आशिष् प्राप्त गरूँला भन्ने सोच्थेँ। तर ती वचनहरू पढिसकेपछि मैले आस्थाको झनै गहिरो अर्थबारे अलिअलि थाहा पाउन थालेँ। केवल स्वर्गको राज्यको आशिष् प्राप्त गर्नका लागि सक्रिय रूपले असल कार्य गर्नु र आफूलाई सुखसयलबाट टाढा राख्नु साँचो अर्थमा परमेश्वरलाई माया गर्नु थिएन। परमेश्वरले यस्तो खालको आस्थालाई कसरी सरहाना गर्नुहोला? तर त्यत्तिखेर मैले म कसरी २० वर्षदेखि प्रभुमाथि विश्वास गरिरहेकी थिएँ र सधैँ मण्डलीको सेवकाइमा संलग्न थिएँ भन्नेबारे सोचेँ। के मेरा सारा दुःख र त्याग व्यर्थ गएका होलान् त? मैले जत्ति बढी ती वचनबारे सोचेँ, त्यत्ति नै बढी मैले सिस्टर बेट्टीको फेसबुक टाइमलाइनमा अरू के के छ भनेर हेर्न चाहेँ ताकि यो सबै मैले आफ्नो दिमागमा सही ढङ्गले बुझ्न सकूँ। त्यसैले मैले उनीसँग सम्पर्क गरेँ र हामीले अनलाइन भेला गर्यौँ।
मैले उनलाई ती वचनहरू पढ्दा कस्तो अनुभव गरेकी थिएँ भनेर भनेँ: “तपाईंले फेसबुकमा पोस्ट गर्नुभएको कुरा गज्जबको थियो। यसले मलाई म केवल प्रभुको आशिषका लागि उहाँमाथि विश्वास गर्छु र यो प्रभुप्रतिको साँचो प्रेम होइन भन्ने देखाइदियो। तर त्यहाँ एउटा कुरा छ जुन मैले बुझेकी छैन। बाइबलले भन्छ: ‘मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ’ (२ तिमोथी ४:७-८)। मेरा धर्मगुरु सधैँ के भन्नुहुन्छ भने, हामीले असल काम र असल कर्म गरिरहुन्जेल प्रभुले हामीलाई आशिष् दिनुहुनेछ र हामी स्वर्गको राज्यमा पस्न सफल हुनेछौँ। मैले मेरो आस्थाका सबै वर्षभरि यसै गरेकी छु। के प्रभुले मैले गरेका कामहरू साँच्चै याद राख्नुहुनेछैन? म स्वर्गको राज्यमा पस्न सक्ने छैन?” बेट्टीले यो सङ्गति शेयर गरिन्, “सधैँ परिश्रम गर्ने, त्याग गर्नु, र प्रभुका लागि असल कार्य गर्ने गर्नाले परमेश्वर खुसी हुनुहुन्छ, र जब उहाँ फर्किनुहुन्छ उहाँले हामीलाई आफ्नो राज्यमा हर्षोल्लासका साथ लैजानुहुनेछ। पावलले यही भन्नुभएको थियो। प्रभु येशूले त यस्तो कहिल्यै भन्नुभएन, न त पवित्र आत्माले नै भन्नुभयो। यी वचनले त केवल पावलको दृष्टिकोण देखाउँछन्, तर प्रभुको अभिप्राय त्यो थिएन। मानिसका वचन सत्यता होइनन्। केवल परमेश्वरका वचन सत्यता हुन्। जब स्वर्गको राज्यमा प्रवेश पाउने जस्तो महत्त्वपूर्ण कुरा आउँछ, तब परमेश्वरका वचन नै हाम्रो आधार हुनुपर्छ। हामी मानिसका वचनअनुसार चल्यौँ भने प्रभुको मार्गबाट भड्किन सक्छौँ। त्यसोभए स्वर्गको राज्यमा जान ठ्याक्कै को सफल हुन्छ त? प्रभु येशू हामीलाई प्रष्ट भन्नुहुन्छ: ‘मलाई प्रभु-प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्छ भन्ने छैन: तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्ने व्यक्ति भने स्वर्गको राज्यमा प्रवेश गर्नेछ’ (मत्ती ७:२१)। यसले हामीलाई के देखाउँछ भने परमेश्वरले हामी स्वर्गको राज्यमा जान पाउँछौँ कि पाउँदैनौँ भनेर निर्धारण गर्ने बेला हामीले कति त्याग गरेका छौँ भन्ने हेर्नुहुन्न। बरू हामी उहाँको इच्छा पालन गर्छौँ कि गर्दैनौँ सो हेर्नुहुन्छ। मतलब, स्वर्गको राज्यमा प्रवेश पाउनका लागि मानिसले आफूलाई आफ्नो पापपूर्ण स्वभावबाट मुक्त गर्नुपर्छ र आफूलाई धुनुपर्छ, अनि उनीहरूले परमेश्वरका वचनहरू पालना गर्नुपर्छ, साथै परमेश्वरप्रति समर्पित हुनुपर्छ र परमेश्वरलाई प्रेम अनि आराधना गर्नुपर्छ। हामीले मिहिनेत गरेर धेरै काम र त्याग गर्यौँ, तर हामीले परमेश्वरका वचन पालना गर्न सकेनौँ, अनि बारम्बार पाप गर्यौँ र परमेश्वरको प्रतिरोध गर्यौँ भने, हामीले स्वर्गको राज्यमा प्रवेश पाउन सक्दैनौँ। परमेश्वरको प्रतिरोध गर्ने ती यहुदी फारसीहरूले वर्षौंवर्ष मन्दिरमा परमेश्वरको सेवा गरे अनि परमेश्वरको सुसमाचार टाढा टाढासम्म फैलाए। तिनीहरूले निकै ठूलो कष्ट भोगे अनि ठुलो मूल्य चुकाए। बाहिरबाट तिनीहरू परमेश्वरप्रति बफादार देखिन्थे तर तिनीहरूलाई खालि धार्मिक रिवाज पूरा गर्नुसँग मात्र मतलब थियो। तिनीहरूले केवल मानवीय परम्परा र धर्मसिद्धान्तको पालना गरे र सोही कुराको प्रचार गरे, अनि परमेश्वरको व्यवस्था र आज्ञालाई बेवास्ता गरे। तिनीहरूको सेवा पूर्णरूपले परमेश्वरको इच्छा विरुद्ध थियो र तिनीहरू परमेश्वरको मार्गबाट भड्किए। विशेषगरी जब प्रभु येशू आफ्नो काम गर्न आउनुभयो, तब ती फारसीहरूले आफ्नो पद तथा रोजीरोटी जोगाउनका खातिर उहाँको निकै निन्दा र बदनामी गरे, अनि मानिसहरूलाई उहाँको पछि लाग्नबाट रोक्न आफूले सक्नेजति सबैथोक गरे। अन्त्यमा, प्रभु येशूलाई क्रुसमा टाँग्नका लागि रोमको सरकारसँग साँठगाँठ गरे, र परमेश्वरको दण्ड निम्त्याए। यसले के प्रमाणित गर्छ भने मानिसहरूले कडा परिश्रम गर्लान्, त्याग गर्लान् र आफूलाई समर्पित पनि गर्लान्, तर त्यसको अर्थ उनीहरू परमेश्वरको इच्छा पालन गर्छन् भन्ने होइन। यस्तो किन हो भने, मानिसहरूले त्याग गरेका भए पनि र परमेश्वरप्रति आफूलाई अति नै समर्पित गरेका भए पनि, उनीहरूको पाप पखालिएको छैन, अनि उनीहरू अझै पाप गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। अनि हामी त्यस्तै छौँ। हामी कडा परिश्रम गर्नेजस्तो, दयालु र दानी जस्तो देखिन्छौँ, अनि हामी आफूजस्तै मण्डलीमा जानेहरूलाई सहयोग गर्छौँ, तर हाम्रो उद्देश्य आशिषित हुनु र स्वर्गको राज्यमा प्रवेश पाउनु हो। परमेश्वरले हामीलाई आशिष् दिँदा हामी उहाँलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ। हामी बिरामी वा विपत्तिमा पर्दा, उहाँलाई गलत बुझ्छौँ, र आरोप लगाउँछौँ, अझ धोका पनि दिन सक्छौँ। यसले हामीलाई के देखाउँछ भने हामी परमेश्वरप्रतिको प्रेमका कारण वा उहाँलाई सन्तुष्ट पार्न यस्ता काम गर्दैनौँ, बरू उहाँसँग लेनदेन गर्न यस्तो गर्छौँ। हामी खालि आफ्ना महत्त्वाकाङ्क्षा र अभिलाषा पूरा गर्न परमेश्वरलाई प्रयोग गरिरहेका छौँ। त्यसोभए हामी स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्ने मानिस कसरी भयौँ? बाइबल भन्छ: ‘तिमीहरू पवित्र हुनुपर्छ, किनभने म पवित्र छु’ (लेवी ११:४६)। परमेश्वर पवित्र हुनुहुन्छ, तसर्थ हामीजस्ता घिनलाग्दा मानिसलाई उहाँले कसरी स्वर्गको राज्यमा डोर्याएर लैजान सक्नुहोला? हाम्रो पापी स्वभावलाई फालेपछि, पखालिएपछि, र पाप गर्न वा परमेश्वरको प्रतिरोध गर्न छोडेपछि मात्र हामी परमेश्वरबाट अनुमोदित हुन सक्छौँ, र स्वर्गको राज्यमा प्रवेश पाउन लायक हुन्छौँ।” उनले भनेको सुनेपछि मैले सोचेँ, “म सोच्ने गर्थेँ असल काम गरेपछि म स्वर्गको राज्यमा प्रवेश पाउन सकुँला, तर अहिले त लाग्छ मैले आफ्नो आस्थालाई परमेश्वरको इच्छा विपरीत अभ्यास गर्दै आइरहेकी छु। मानिसहरू पवित्र भएर मात्र स्वर्गको राज्यमा प्रवेश गर्न पाउँछन् तर कसरी पवित्र हुने हो मलाई थाहा छैन।” मैले मेरा विचार सिस्टर बेट्टीलाई बताएँ।
उनले मलाई सर्वशक्तिमान् परमेश्वरको वचनका केही सान्दर्भिक अनुच्छेद पढेर सुनाइन्: “भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्वरद्वारा सिद्ध भई नसकेको तँजस्तो पापी, के तँ परमेश्वरका अभिप्रायअनुरूपको बन्न सक्छस्? अझै आफ्नो पुरानो व्यक्तित्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिको कारण तँ पापको स्वामित्वमा हुँदैनस् भन्ने साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी पवित्र बन्न सक्छस्? भित्री रूपमा, तँ अपवित्रताले भरिएको, स्वार्थी र तुच्छ छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्वरका अभिप्रायअनुरूपको बन्नका लागि, परमेश्वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; नत्रभने, तैँले पवित्रता प्राप्त गर्न सक्नेछैनस् किनभने तँलाई छुटकारा मात्र प्रदान गरिएको छ। यसरी तँ परमेश्वरका असल आशिषहरूमा भाग पाउन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कार्यको एक चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले यसर्थ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पद र पहिचानको सम्बन्धमा)। “येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानी भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुनेले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। त्यसपछि सिस्टर बेट्टीले भनिन्, “अनुग्रहको युगमा प्रभु येशूले खालि छुटकाराको काम गर्नुभयो। उहाँको मुक्तिलाई स्विकारेपछि, हामीले केवल पाप कबुल र प्रायश्चित्त गरे पुग्छ, अनि हाम्रा पापहरू माफ हुन्छन्, त्यसपछि उहाँले हामीलाई जुन अनुग्रह र आशिष् दिनुहुन्छ, सोको आनन्द लिन सक्छौँ। प्रभु येशूले हाम्रा पापहरू माफ गरिदिनुभयो, तर उहाँले हाम्रो पापी र शैतानी स्वभावलाई भने माफी दिनुहुनेछैन। शैतानले हामीलाई भ्रष्ट बनाएपछि, हामी आफ्नो, अहङ्कार, अभिमान, कुटिलता, छलीपन, दुष्टता, र लालच जस्ता भ्रष्ट स्वभावको प्रभुत्वमा पर्यौँ, त्यसैले हामी पाप र परमेश्वरको प्रतिरोध नगरि रहन सक्दैनौ। हाम्रो पाप र परमेश्वरप्रतिको प्रतिरोधको मूल कारण भनेको हाम्रै शैतानी स्वभाव हो; आफ्नो पापी स्वभावलाई परिवर्तन गरेनौँ भने, हामी पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न कहिल्यै छोड्नेछैनौँ र हामी स्वर्गको राज्यमा प्रवेश पाउन कहिल्यै लायक हुनेछैनौँ। त्यसैले त प्रभुले, हाम्रा शैतानी स्वभावलाई पूर्णरूपले पखाल्न र परिवर्तन गर्न परमेश्वरको घरबाट नै न्यायको काम सुरू गर्न सत्यता व्यक्त गर्दै आखिरी दिनहरूमा आफू फर्किने बताउनुभयो। त्यसपछि हामी पापमुक्त हुन सक्नेछौँ अनि पूर्ण रूपले परमेश्वरको मुक्त पाउनेछौँ र उहाँद्वारा प्राप्त गरिनेछौँ। यो प्रभुले गर्नुभएको भविष्यवाणी जस्तै नै हो: ‘जसले मलाई घृणा गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, उसलाई न्याय गर्ने एउटा छ; मैले बोलेको वचन, त्यसले नै उसलाई आखिरी दिनहरूमा न्याय गर्नेछ’ (यूहन्ना १२:४८)। ‘मैले तिमीहरूलाई अझै धेरै कुरा भन्नु छ: तर तिमीहरूले अहिले सुन्न सक्दैनौ। तर जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यता सिकाउनुहुनेछ। किनभने उहाँले आफ्नो बारेमा बोल्नुहुन्न; तर उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ; र आउनेवाला कुराहरू, उहाँले तिमीहरूलाई देखाउनुहुनेछ’ (यूहन्ना १६:१२–१३)। आखिरी दिनहरूमा फर्कनुभएका प्रभुको न्यायको कार्य स्विकारेर मात्र हामीबाट हाम्रो भ्रष्टता पखालिन सक्छ। त्यसपछि मात्र हामी परमेश्वरको प्रतिज्ञाको उत्तराधिकार प्राप्त गर्न तथा उहाँको राज्यमा प्रवेश गर्न लायक बन्छौँ।” सिस्टर बेट्टीसँगको सङ्गतिले मलाई प्रकाश देख्ने बनाइदियो। यी सबै वर्षहरूमा मैले पाप गरेकी थिएँ, त्यसपछि धर्मगुरुसमक्ष पाप स्विकारेकी थिएँ, अनि असल काम गर्न कडा मिहिनेत गरेकी थिएँ, तर मैले आफैँलाई पाप गर्नबाट रोक्न सकेकी थिईनँ। अब मलाई के थाहा भयो भने, प्रभु येशूले छुटकाराको काम मात्र गर्नुभयो र उहाँमा विश्वास गरेपछि हाम्रा पापहरू माफ मात्र हुन्छन्, तर हाम्रो पापी प्रकृति भने हामीसँगै रहन्छ। त्यसैले त म पाप गर्ने अनि कबुल गर्ने कुचक्रमा जिइहेकी रहेछु। हामीबाट हाम्रो भ्रष्टता पखालिने एकमात्र बाटो भनेको आखिरी दिनहरूमा फर्कनुभएका प्रभुको न्यायको काम स्वीकार गर्नु हो। त्यसो भए मात्र हामी परमेश्वरप्रति साँच्चै समर्पित हुन र उहाँको डर मान्न सक्छौँ अनि परमेश्वरको राज्यमा प्रवेश गर्न लायक बन्छौँ। त्यो विचारले मलाई असाध्यै खुसी गरायो। अब भने मलाई स्वर्गको राज्यमा प्रवेश पाउने आशा जाग्यो!
भोलिपल्ट, सिस्टरले निम्न व्याख्या बजाएर सुनाइन् “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” यो अति हृदयस्पर्शी थियो अनि मैले ती वचनहरू अख्तियारपूर्ण भएको पाएँ। उनले मलाई उत्साहपूर्वक भनिन्, “हामीले अत्यन्त चाह गरेका प्रभु देहधारी सर्वशक्तिमान् परमेश्वर भएर फर्किसक्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ अनि परमेश्वरको घरबाट सुरु गर्दै न्यायाको काम गर्नुहुन्छ। हामीले हिजो जे पढेका थियौँ र आज जुन् पठन सुन्यौँ ती सबै सर्वशक्तिमान् परमेश्वरका वाणी हुन्। उहाँ आएर सात छापहरू खोलिसक्नु भएको छ अनि सानो ग्रन्थ फुकाउनु भएको छ। उहाँले हामीले कहिल्यै नबुझेका सम्पूर्ण रहस्यहरू खोलिदिनुभएको छ अनि हामीलाई पूर्ण रूपले मुक्ति पाउन र पखालिन चाहिने सत्यता प्रदान गर्नुभएको छ। यसले प्रकाशको पुस्तकमा गरिएको भविष्यवाणीलाई पूरा गर्छ: ‘कान हुनेले पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ त्यो सुनोस्’ (प्रकाश अध्याय ३, ६)। आज परमेश्वरको वाणी सुन्नु उहाँकै मार्गदर्शनले सम्भव भएको हो, अनि हामी कति धन्य छौँ!” प्रभु फर्किसक्नुभएको खबर सुन्दा म अत्यन्त खुसी र उत्साहित भएँ। मैले सुनेको पाठ तथा अघिल्लो दिन पढेका वचनहरू सबै परमेश्वरका वचनहरू थिए। अनि तिनीहरूमा यति धेरै अख्तियार हुनु अचम्म थिएन! प्रभु कसरी फर्कनुहुन्छ भन्ने कुराको रहस्योद्घाटन अरू कसले पो गर्न सक्थे र? परमेश्वरबाहेक अरू कसैले गर्न सक्दैनथे। यी वचनहरू परमेश्वरकै वाणी हुन् र प्रभु फर्किसक्नुभएको हो भन्नेमा म पूर्ण विश्वस्त थिएँ! म त्यत्तिबेला बहुतै उत्साहित थिएँ। मैले प्रभु फर्कँदा स्वागत गर्न पाउँछु भन्ने कहिल्यै कल्पना गरेकी थिइनँ। मैले अति धन्य भएको महसुस गरेँ। मसँग खालि एउटा प्रश्न थियो: “मानिसलाई पूर्ण रूपले पखाल्न र मुक्ति दिन परमेश्वरले न्यायको काम कसरी गर्नुहुन्छ?”
त्यसपछि मेरो प्रश्नको जवाफमा सिस्टर बेट्टीले सर्वशक्तिमान् परमेश्वरका वचनको निम्न अनुच्छेद पढेर सुनाइन्: “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई तिरस्कार गर्छ भनी खुलासा गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने सन्दर्भमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधीहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्वरको न्यायले मानवलाई परमेश्वरका अभिप्राय, र परमेश्वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्वरले गर्नुभएको न्यायको काम हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। यो पढिसकेपछि सिस्टर बेट्टीले भनिन्, “आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वरले मानिसलाई न्याय गर्न र पखाल्न आफ्ना वचनहरूद्वारा काम गर्नुहुन्छ। उहाँले मानिसको विद्रोह र अधार्मिकतालाई, मानिसका परमेश्वर-विरोधी शैतानी र भ्रष्ट स्वभावलाई न्याय गर्नुहुन्छ, अनि हाम्रो आशिषको उत्कट चाहना र दागी विश्वास साथै परमेश्वरप्रतिको भ्रमपूर्ण विचार र विभिन्न धारणाको खुलासा गरिदिनुहुन्छ। उहाँले हामीलाई कसरी इमान्दार बन्ने र उहाँको अभिप्रायअनुरूप कसरी सेवा गर्ने, कसरी साँचोरूपले उहाँप्रति समर्पित हुने र उहाँलाई प्रेम गर्ने, उहाँको इच्छा कसरी पालन गर्ने आदि कुराहरू देखाइदिनुहुन्छ। उहाँका वचनको न्याय र सजायको अनुभव गरेपछि, हामी शैतानद्वारा कति भ्रष्ट बनाइएका रहेछौँ कति अहङ्कारी, अभिमानी, कुटिल, छली, दुष्ट र लालची भएका छौँ—अनि हामीले जिउने हरेक कुरा कसरी हाम्रो शैतानी स्वभावबाट निस्कन्छ भन्ने देख्छौँ। यसमा हामी कुनै पनि अपराध नस्विकार्ने परमेश्वरको पवित्र, धर्मी स्वभाव देख्छौँ, अनि आफैँलाई घृणा गर्न, पश्चात्ताप महसुस गर्न, र सत्यता अभ्यासमा केन्द्रित हुन थाल्छौँ। त्यसपछि भने हाम्रो जीवन स्वभाव क्रमिक रूपमा बदलिन थाल्छ। यो सबै परमेश्वरका न्यायको वचनबाट प्राप्त हुन्छ।” त्यसपछि सिस्टर बेट्टीले आफ्नै अनुभव बताइन्। उनको आस्थामा पहिले, उनी आफूले आफैँलाई उत्साहपूर्वक समर्पित गरेकी अनि त्याग गरेकी हुनाले सधैँ प्रभुलाई प्रेम गर्छु भन्ने सोच्थिन्, त्यसैले उनी प्राय: प्रभुको अनुग्रह र आशिष् माग्दै प्रार्थना गर्थिन्। उनले दृढतापूर्वक के विश्वास गर्थिन् भने उनले प्रभुका लागि धेरै कष्ट भोगेकीले, उहाँले निश्चय नै उनलाई स्वर्गको राज्यमा प्रवेश गराएर पुरस्कृत गर्नुहुनेछ। उनले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरिसकेपछि साथै उनी उहाँका वचनद्वारा न्याय र खुलासा गरिएपछि, उनले के देखिन् भने आस्थाप्रतिको उनका धारणाहरू गलत र दागी थिए: उनले प्रेमका कारण वा परमेश्वरप्रतिको समर्पण वा सृजित प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नका लागि विश्वास गरेकी थिइनन्, बरू आफ्नो आशिषको चाहना पूरा गर्न र सट्टामा स्वर्गको राज्यको आशिष प्राप्त गर्नका लागि विश्वास गरेकी थिइन्। यो भनेको परमेश्वरलाई प्रयोग गर्नु र उहाँसँग लेनदेन गर्नु थियो। उनले आफू स्वार्थी, मानवता वा समझविहिन भएको महसुस गरिन्, र उनले यसप्रति पूर्ण रूपले पछुतो मानिन् अनि आफैँलाई घृणा गरिन्। उनले परमेश्वरले माग गरेझैँ सत्यता पछ्याउन सुरू गरिन् अनि उनका आस्थाप्रतिका गलत धारणाहरू सच्याइए। उनको शैतानी स्वभाव पनि परिवर्तन हुन थाल्यो। उनले के देखिन् भने, आफूलाई सही रूपमा चिन्ने र आफ्नो भ्रष्टता पखाल्ने एकमात्र बाटो भनेको परमेश्वरका वचनको न्याय र सजाय स्विकार्नु हो। उनको सङ्गतिबाट मैले परमेश्वरका लागि आखिरी दिनहरूमा सत्यता व्यक्त गर्नु र उहाँको न्यायको काम गर्नु कति व्यावहारिक छ अनि यसले साँच्चै मानिसलाई कसरी परिवर्तन गर्न र पखाल्न सक्छ भन्ने थाहा पाएँ। मैले आखिरी दिनहरूमा उहाँको न्यायको काम गर्नका लागि हामीलाई परमेश्वरको कति धेरै खाँचो छ साथै अब हामीसँग भ्रष्टताबाट मुक्त हुने एउटा बाटो छ भन्ने पनि थाहा पाएँ। म उत्साहित भएँ।
पछिल्ला भेलाहरूमा, सिस्टर बेट्टीले मसँग परमेश्वरको देहधारणको रहस्य, कसरी शैतानले मानिसलाई भ्रष्ट बनाउँछ, कसरी परमेश्वरले एक-एक कदम गर्दै मानिसलाई मुक्ति दिनुहुन्छ, बाइबलको भित्री वृत्तान्त, कस्ता परिणाम र गन्तव्यहरू मानिसलाई पर्खिरहेका छन् लगायत थुप्रै कुराका बारेमा सङ्गति गरिन्। यी परमेश्वरप्रतिको मेरो २० वर्षभन्दा बढीको विश्वासको दौरान मैले कहिल्यै नसुनेका सत्यताहरू थिए। जत्ति बढी मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ, त्यत्ति नै बढी मलाई यी परमेश्वरको आवाज भएझैँ लाग्यो। केवल देहधारी परमेश्वरले मात्र यति अख्तियारपूर्ण र शक्तिशाली वचन व्यक्त गर्न सक्थ्यो। परमेश्वरबाहेक कसले पो शैतानले मानवजातिलाई भ्रष्ट पारेको कुराको सत्यता खुलासा गर्न सक्थ्यो? कसले पो हाम्रो आस्थामा आएको विचलन देखाइदिन सक्थ्यो, र हाम्रो विश्वासमा सही मार्ग देखाउन सक्थ्यो? कसले पो परमेश्वरको ६०००-वर्षीय योजनाको भेद खोल्न र केकस्ता परिणाम तथा गन्तव्यहरू हामीलाई पर्खिरहेका छन् भनेर भन्न सक्थ्यो? म के कुरामा विश्वस्त भएँ भने सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ—उहाँ नै आखिरी दिनका ख्रीष्ट हुनुहुन्छ! मैले त्यसपछि खुसीसाथ सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनको कामलाई स्वीकार गरेँ।