६८. प्रतिष्ठा र हैसियतले ल्याएको पीडा
मार्च २०२० मा मलाई टोलीको अगुवामा बढुवा गरियो र म धेरैवटा समूहहरूलाई पानी हाल्ने कामको प्रभारी भएँ। यसले गर्दा म निकै खुसी भएँ, तर म केही चिन्तित पनि थिएँ। म यसभन्दा पहिले कुनै पनि कामको प्रभारी बनेको थिइनँ—यदि मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकिनँ, र राम्रोसँग कामको व्यवस्थापन गर्न सकिनँ भने, मेरा ब्रदर-सिस्टर्सहरूले मेरो बारेमा के सोच्लान्? यदि म काम सम्हाल्न नसकेर पदच्युत भएँ भने त धेरै लाजमर्दो हुनेछ। म केही चिन्तित भए पनि, त्यो मेरो कर्तव्य हो र मैले त्यसलाई परमेश्वरबाट स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ भनी जान्दथेँ यसैकारण मैले कर्तव्य स्वीकार गरेँ। म त्यो कामसँग त्यत्ति परिचित नभएको देखेर मेरी सहकर्मी सिस्टरले सुरुमा मलाई दुईवटा समूहको मात्र जिम्मेवारी दिइन्। जब मैले म अरू ब्रदर-सिस्टरहरूसँग भेला हुनुपर्छ भन्ने कुरा सोचेँ, तब म बेचैन भएँ। विगतमा, म मलजकर्ता मात्र थिएँ, त्यसैले मेरो सङ्गति सतही हुँदा वा मैले पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह नगर्दा, त्यसलाई प्रायः सामान्य कुरा नै मानिन्थ्यो। तर अहिले त म टोलीको अगुवा थिएँ र मैले मेरा ब्रदर-सिस्टरहरूका स्थिति समाधान गर्न सत्यतामा सङ्गति गरूँ, साथै तिनीहरूका कर्तव्यहरूमा भइरहेका समस्या वा कठिनाइहरूमा तिनीहरूलाई सहायता गरूँ भन्ने अपेक्षा मबाट गरिएको थियो। तब मात्र मानिसहरूले मलाई अनुमोदन गर्नेथिए र म एक सक्षम कामदार हुँ भन्नेथिए। यदि म तिनीहरूका समस्याहरू समाधान गर्न असमर्थ भएँ भने, तिनीहरूले मलाई अवश्यै तुच्छ ठान्नेछन्, र मेरो बारेमा निम्न धारणा बनाउनेछन्। यी सबै कुरा सोचेर, म आत्मविश्वास गुमाएँ र मेरो पहिलेको कर्तव्य निर्वाह गरिरहनु नै राम्रो हुन्छ भन्ने सोचेँ। त्यसो हुँदा, कम्तीमा मेरा अपर्याप्तताहरू त्यत्ति राम्ररी खुलासा हुनेथिएनन्, र मैले केही इज्जत बचाउन सक्नेथेँ। त्यसपछिका केही दिनसम्म, यी सबै कुराहरू सोचेर मेरो ध्यान भङ्ग भइरह्यो। भेलाहरू भएको समयमा म मेरो हृदयलाई शान्त पार्न सक्दिनथेँ। यदि मैले राम्रो सङ्गति गरिनँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्लान् भन्ने चिन्ता मलाई भइरह्यो, अनि म जति धेरै चिन्तित भएँ, त्यत्ति नै धेरै बेचैन भएँ। मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरूको जड देख्न वा ती समाधान गर्न सहायता गर्न सकिनँ, अनि म भेलाहरूमा जान डराउँथेँ। यो अति नै दुःखी थिएँ, यसैलेे मैले धेरै पटक परमेश्वरसित प्रार्थना गरेँ, उहाँले मलाई मेरो स्थिति अझ राम्ररी बुझ्न मार्गदर्शन गर्नुहोओस् भनी बिन्ती गरेँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड देखेँः “सबै भ्रष्ट मानिसहरू एउटा साझा समस्याबाट ग्रसित हुन्छन्: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले कसैसँग अन्तरक्रिया गर्दा वा बोल्दा आफूलाई उच्च देखाउने गर्दैनन्, न त तिनीहरूले आफ्नो बोलीवचनमा निश्चित शैली वा भाव नै अपनाउँछन्; तिनीहरू पूर्ण रूपमा सर्वसाधारण र सामान्य हुन्छन्, र तिनीहरूले आफैलाई बाहिरी आवरणले ढाक्न आवश्यक हुँदैन। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाबको महसुस गर्दैनन्, र तिनीहरूले खुला रूपमा र हृदयबाट नै सङ्गति गर्न सक्छन्। तिनीहरू मित्रवत् र अन्तरक्रिया गर्न सहज किसिमका हुन्छन्; अरूलाई तिनीहरू अत्यन्तै असल मानिसहरू हुन् भन्ने लाग्छ। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरू आफूमा एक प्रकारको कुलिनता छ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्ने लाग्छ। तिनीहरू के विचार गर्छन् भने, अगुवाको निश्चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा अलिक उच्च हुनुपर्छ, उनीहरूसँग अझै ठूलो कद हुनुपर्छ र उनीहरू जिम्मेवारी लिन अझ बढी सक्षम हुनुपर्छ; उनीहरूले के विश्वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्न र समर्पित हुन, अनि शैतानको कुनै पनि प्रलोभन सामना गर्न सक्नुपर्छ। उनीहरूका मातापिता वा परिवारका सदस्यहरू मरे पनि नरुन उनीहरूमा आत्मसंयम हुनैपर्छ, वा कम्तीमा उनीहरू कसैले नदेख्ने गरी गुप्तमा रुनुपर्छ, ताकि कसैले पनि उनीहरूका कमीकमजोरी, दोष, वा दुर्बलता देख्न नसकून्। तिनीहरूलाई अगुवाहरू नकारात्मक भए भने, उनीहरूले त्यस्तो कुरा कसैलाई पनि थाहा दिनु हुँदैन; बरु, यस्ता सबै कुरा लुकाउनुपर्छ भन्नेसमेत लाग्छ। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्—जब तिनीहरू आफूलाई यसमा सीमित राख्छन्, र यस्तो प्रकारको काम गर्छन्—तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरको वचनले मलाई म हैसियत र प्रतिष्ठाले बाँधिएको र जकडिएको कारण कसरी स्वतन्त्र भएर जिउन असक्षम छु भन्ने कुरा प्रकाश गऱ्यो। एक टोली अगुवा बन्नुअघि, म सधैँ कामबारे छलफल गर्थेँ र सबैसँग समस्याहरूबारे कुरा गर्थेँ। हामी सबै ब्रदर-सिस्टहरू भएकाले हामी सबैसँग करिबकरिब उस्तै कद छ भनी सोच्थेँ, त्यसैले, म अरूले मेरो बारेमा के सोच्छन् भन्ने चिन्ता गर्दिनँथेँ र खुल्ला र स्वतन्त्र हुन सक्थेँ। तर म टोली अगुवा बन्नेबित्तिकै, मैले अचानक मेरा ब्रदर-सिस्टहरूको भन्दा मेरो हैसियत उच्च छ, मैल तिनीहरूले भन्दा बढी सत्यता बुझेँ र तिनीहरूका समस्याहरू र कठिनाइहरू समाधान गर्न जानेँ भने मात्र आफ्नो काम राम्ररी हुन सक्छ भन्ने सोचेँ। भेला उपस्थित हुनभन्दा अघि नै, यदि मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकिनँ भने तिनीहरूले मलाई तुच्छ ठान्लान् भनी म चिन्तित हुन्थेँ। तिनीहरूसामु आफै मूर्ख बन्नबाट बच्नका निम्ति मैले कुनै पनि भेलाहरूमा भाग लिने आँट गरिनँ। म गहिरो वेदना र दुःखमा थिएँ। मैलेे आफैलाई उँचो स्थानमा राखेँ र मेरो हैसियत त्याग्न सकिनँ। यसबारे मनन गर्दा, मैले आफू आफ्नो प्रतिष्ठा र हैसियतमै अति ध्यानमग्न छु भन्ने बुझेँ। म सधैँ सबैका सामु असल देखिने कोसिस गर्थेँ अनि मेरा कमजोरीहरू खुलासा हुने र इज्जत गुम्ने खतरा हुनेबित्तिकै, म आफैलाई छोप्थेँ र लुकाउँथेँ। मैले मेेरो बढुवालाई कर्तव्य र जिम्मेवारीको नभई मेरो हैसियतको चिन्हका रूपमा लिएको थिएँ। म आफ्नो उन्नति गर्न र मेरा ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन मेरो हैसियत प्रयोग गर्न चाहन्थेँ। म अति नीच र लाजमर्दो थिएँ! यसैले मैैले मेरो हृदयमा परमेश्वरसित प्रार्थना गरेँ, र म यी खराब अभिप्राय र धारणाहरूविरुद्ध विद्रोह गर्न चाहन्छु भनी उहाँलाई बताएँ। त्यसपछि, मेरो मनमा परमेश्वरको वचनको खण्डको सम्झना आयोः “जब परमेश्वरले मानिसहरूलाई आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्ने मापदण्ड दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूलो कामको जिम्मेवारी वहन गर्नू भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरूअनुसार निरन्तर अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। … तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त बफादारीपूर्वक, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरको वचनद्बारा मैले बुझेँ कि, परेमश्वरले हामीबाट धेरै कुराको माग गर्नुहुन्न—उहाँले निश्चित मात्राको काम वा उपलब्धिहरू, वा हामी कुनै प्रकारको सर्वशक्तिशाली महामानव बनौँ भन्ने माग गर्नुहुन्न। उहाँ हामी साँचो सृजित प्राणी बनौँ, उहाँका मागहरूअनुसार व्यावहारिक रूपमा आफ्ना कर्तव्य गरौँ भन्ने मात्र चाहनुुहुन्छ। जब मण्डलीले मलाई टोली अगुवा बनाउने प्रबन्ध मिलायो, त्यो मलाई प्रतिष्ठा र हैसियतको पछि लाग्न दिनका निम्ति थिएन, तर मलाई एउटा जिम्मेवारी उठाउन दिनका लागि थियो। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा व्यावहारिक रूपले सत्यतालाई पछ्याउनुपर्छ। मैले कुनै पनि कठिनाइको सामना गरेँ भने, परमेश्वरसित प्रार्थना गर्ने जिम्मा म आफैले लिनुपर्छ अनि समाधानको बाटो पाउन उहाँमाथि भर पर्नुपर्छ। ब्रदर-सिस्टरहरूसँग भेला हुँदा, मैले आफूले बुझेजत्ति मात्र सङ्गति गर्नुपर्छ, अनि, यदि म कुनै कुरामा अस्पष्ट छु भने, म सीधा हुनुपर्छ र तिनीहरूसँग खुलेर कुरा गर्नुपर्छ अनि एकसाथ मिलेर समाधान खोज्नुपर्छ। तब मात्र मैले परमेश्वरको अगुवाइ पाउन सक्नेछु। मैलेे परमेश्वरको अभिप्राय बुझेपछि, मसँगआफ्नो कर्तव्य उठाउने हिम्मत भयो। मेरा ब्रदर-सिस्टरहरूसँग भेला भएको बेला, म सचेत भएर परमेश्वरसँग प्रार्थना गर्थेँ, इज्जत वा हैसियतको चिन्ता गर्दिनथेँ, र ब्रदर-सिस्टरहरूसँग मेरो भ्रष्टताबारे खुल्ला रूपमा कुरा गर्न सक्थेँ। कामबारे छलफलहरू गर्दा, म पवित्र आत्माको ज्ञान र मार्गदर्शन महसुस गर्न र केही समस्याहरू पत्ता लाउन सक्थेँ। म त्यो मार्गदर्शन वास्तविक परिस्थितिहरूमा लागू गर्न र सल्लाहहरू दिन सक्थेँ। ममा अझै पनि धेरै दोष र अपर्याप्तताहरू थिए, तर मैले सबैसँग छलफल गरेर अगाडि बढने केही मार्गहरू भेट्टाएँ। मैले देखेँ, यदि मेरो अभिप्राय सही छ, म मेरो सही स्थानमा खडा हुन्छु, र परमेश्वरका मागअनुसार इमानदार र सीधा तरिकाले मेरो कर्तव्य निर्वाह गरेँ भने, उहाँको मार्गदर्शन प्राप्त गर्न मलाई सजिलो हुनेछ।
तीन महिनापछि मलाई अरू केही समूहहरूको जिम्मा दिइयो। समस्याहरू समाधान गर्न त्यत्ति धेरै ब्रदर-सिस्टरहरूका लागि सङ्गति गर्ने कुराको सोचले नै म फेरि निकै बेचैन भएँ। प्रत्येक समूहको एउटा फरक परिस्थिति थियो, र मैले यी समूहका ब्रदर-सिस्टरहरूमध्ये कसैलाई कहिल्यै भेटेको थिइनँ, अनि तिनीहरूका परिस्थितिहरूसँग परिचित थिइनँ। यदि म गएर तिनीहरूका समस्याहरू वा कठिनाइहरू समाधान गर्न सकिनँ भने, के तिनीहरूले मलाई तुच्छ ठान्नेछन् र म वास्तविक समस्या समाधान गर्न सक्दिनँ र म टोली अगुवा बन्न लायक छैनँ भन्नेछन्? सबैको अनुमोदन पाउन, मैले आफूलाई सत्यताले सुसज्जित पार्न परमेश्वरका वचन पढ्नमा बढी समय बिताएँ, तर भेला हुने समय आउँदा, मलाई अझै पनि बेचैनीले छोप्थ्यो। सुरुमा, म कुनै समूहको भेलामा सहभागी हुन जाँदा, म अति नै चिन्तित भएको थिएँ, मेरो अनुहारका सबै मांशपेशीहरू कसिएका थिए। म मेरा ब्रदर-सिस्टरहरूले त्यो थाहा नपाऊन् भन्ने चाहन्थेँ, त्यसैले मैले शान्त बनेर कम्प्युटरमा परमेश्वरको वचन हेरेको जस्तो अभिनय गरेँ, तर परमेश्वरले मलाई शान्त रहन सहायता गर्नुहोओस् भनी मैले आफ्नो हृदयमा व्याकुलतासाथ प्रार्थना गरिरहेको थिएँ। मैले केही ब्रदर-सिस्टरहरूलाई उनीहरूका स्थिति र कठिनाइहरूका बारेमा सोधेँ, अनि सङ्गति गरेपछि मैले सबै जनासँग फरक-फरक समस्या रहेछ अनि उनीहरूलाई परमेश्वरका वचनका विभिन्न खण्डहरूको संगतिको खाँचो थियो भनी बुझेँ। यसैलेे साँच्चै मलाई अलमल्ल बनायो—यदि मैले सबैका समस्याहरू समाधान गर्न परमेश्वरका उचित वचन भेट्टाउन सकिनँ भने, त्यो भेला धेरै नीरस हुनेछ। कति अप्ठ्यारो कुरा! म जति धेरै बेचैन भएँ, त्यत्ति नै कम स्पष्ट रूपमा सोच्न सकेँ। धेरै समय बितेर गयो र पनि मैले परमेश्वरका वचनको उचित खण्ड भेट्टाउन सकिनँ। वास्तवमा, म मेरा ब्रदर-सिस्टरहरूसँग खुलस्त हुन र एकसाथ मिलेर खोज्न चाहन्थेँ। तर मलाई यो पनि चिन्ता थियो कि यदि म, एउटा टोलीअगुवाले सबैका समस्या र कठिनाइहरू समाधान गर्न सक्दिनँ भन्ने खबर फैलियो भने, म हाँसोको पात्र बन्नेछु। यी कुराहरू सोचेर म खुलस्त भएर बोल्नै सकिनँ अनि आखिरमा परमेश्वरका वचनका केही खण्डहरू यत्तिकै चुन्न मात्र सकेँ र मैले आफूलाई मेरा ब्रदर-सिस्टरहरूको स्थितिका निम्ति साँच्चै असान्दर्भिक शाब्दिक बुझाइ बताउन मात्र बाध्य पारेँ। त्यस समयको वातावरण अति नै अप्ठ्यारो थियो। त्यो भेला असफल भयो र त्यसरी नै समाप्त भयो। त्यो भेला असफल भयो र त्यसरी नै समाप्त भयो। अर्कै समूहको भेलाबाट ग्रहण गरेकी कुराहरूका विषयमा उत्साहित भएर सङ्गति गरिरहेकी सुनेँ, तर म निकै उदास थिएँ र मैले यति दुःखी अनुभव गरेँ कि मलाई सास लिन पनि गाह्रो भइरहेको थियो। मैले म यसबारे जति धेरै सोचेँ, म टोली अगुवा बन्न योग्य छैनँ भन्ने महसुस त्यति नै गरेँ, अनि म मेरो कर्तव्य छोड्न चाहन्थेँ। अति दुःखी बनेर, मैले परमेश्वरसँग घरीघरी प्रार्थना गरेँ, “प्रिय परमेश्वर, म अति नै दुःखी महसुस गरिरहेको छु। म सधैँ हैसियत र प्रतिष्ठामा ध्यानमग्न हुन्छु, यो कर्तव्य कसरी गर्नुपर्ने हो, त्यो म जान्दिनँ, न त ममा अझ बेस्सरी लागिपर्ने इच्छा नै छ। म प्रार्थना गर्छु, तपाईंले मलाई आफूलाई बुझ्न र यो नकारात्मक स्थितिबाट आफूलाई बाहिर निकाल्न मार्गदर्शन गर्नुहोस्।”
आफ्नो खोजमा मैले ख्रीष्टविरोधीहरूको स्वभाव सारलाई खुलासा गर्ने परमेश्वरका वचनको एउटा खण्ड भेटेँ, अनि म धेरै प्रभावित भएँ। परमेश्वरका वचनले भन्छन्: “ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्नुको मतलब, परमेश्वरमाथिको विश्वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्वरमाथिको विश्वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्ने विश्वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्बार विचार गर्छन्, आफ्नो लागि परमेश्वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। मैले यसको तुलना आफ्नै स्थिति र व्यवहारसँग गरेँ अनि आफू प्रतिष्ठा र हैसियतको विषयमा आसक्त भएको पाएँ। म सधैँ नाम कमाउन र चिनिएको महसुस गर्न चाहन्थेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा, मेरो चासो प्रशंसा पाउनुमा र मेरो आफ्नै छवि बनाउनुमा मात्र हुन्थ्यो। मैलेे जे देखाएको थिएँ, त्यो ख्रीष्ट विरोधीको स्वभाव थियो। टोली अगुवामा मेरो बढुवा भएको क्षणदेखि नै, मैले आफैलाई हैसियत भएको व्यक्तिका रूपमा सोच्न थालेँ—मैले आफूलाई उच्च स्थानमा राखेँ अनि मलाई कुनै पनि भेलामा बोलाइँदा म चिन्तित हुन्थेँ र मैले वास्तविक समस्याहरू समाधान गर्न सकिनँ भने, मैले मेरा ब्रदर-सिस्टरहरूको सम्मान साथै एक टोली अगुवा हुनुको आफ्नो हैसियत गुमाउनेछु भनी म निकै डराउँथेँ। मेरो ब्रदर-सिस्टरहरूका समस्याहरू सम्हाल्दा, ती समाधान गर्न परमेश्वरको वचनका कुन खण्डहरू प्रयोग गर्ने, सो मलाई थाहा हुन्थेन अनि म खुलस्त कुरा गर्न र इमानदार हुन, एकसाथ मिलेर खोज्न र सङ्गति गर्न इच्छुक थिइनँ। मेरो आफ्नै हैसियत बचाउन मैले आफ्नो भेष बदलेँ, परिस्थितिहरूलाई कम असहज बनाउन शब्द र धर्मसिद्धान्तहरूबारे कृत्रिम कुरा गरेँ, र मैले मेरा ब्रदर-सिस्टरहरूका कठिनाइहरू साँच्चै समाधान गरेको छु कि छैनँ भन्नेबारे विचार गरिनँ। यसैले ती भेलाहरू सबै प्रभावहीन थिए। समस्याहरू उत्पन्न हुँदा मैले आत्मचिन्तन गरिनँ, तर मेरो इज्जत गुम्दा, म नकारात्मकसमेत बनेँ र छोडेर जान चाहेँ। ममा मानवताको धेरै कमी थियो! यी सबै कुरा बुझेपछि मलाई धेरै पछुतो भयो, त्यसैले मैले मेरो हृदयमा परमेश्वरसित प्रार्थना गरेँ र म पश्चात्ताप गर्न र रूपान्तरित हुन इच्छुक थिएँ।
पछि, मैले परमेश्वरको वचनको यो खण्ड पनि देखेँः “सारांशमा भन्नुपर्दा, तेरो पछ्याइको दिशा वा उद्देश्य जेसुकै भए नि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे मनन गर्दैनस्, र यी कुराहरू पन्छाउन तँलाई निकै गाह्रो हुन्छ भने, यी कुराहरूले तेरो जीवन प्रवेशमा असर पार्नेछन्। जबसम्म तेरो हृदयमा हैसियतको स्थान हुन्छ, तबसम्म यसले तेरो जीवन दिशा र तँ लागिपर्ने लक्ष्यहरू पूर्ण रूपमा नियन्त्रित र प्रभावित पार्नेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्न पनि गाह्रो हुनेछ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा झन् त भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई पन्छाउन सकिनस् भने, यसले पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई सृष्टि गरिएको स्वीकार्य प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। अनि प्रकृतिको हिसाबमा, के यो सबै परमेश्वरको विरुद्ध हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टि गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनको कठोरताले मलाई धेरै भयभीत बनायो। मैले बुझेँ, परमेश्वर हैसियत पछ्याउने मानिसहरूदेखि जत्ति अरू कसैदेखि घिनाउनुहुन्न। यदि कसैले पश्चात्ताप गर्दैन भने त्यसले आखिरमा व्यक्तिगत हानि र विनाश गराउँछ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको थिएँ, अनि परमेश्वरका धेरै अनुग्रह र उहाँका वचनहरूको मलजल र आपूर्ति पाएको थिएँ। आज परमेश्वर मप्रति अनुग्रही हुनुहुन्थ्यो, र मलाई यो बोझ दिनुभयो, अनि मेरो कर्तव्य निर्वाहमार्फत् अझ बढी सत्यता सिद्धान्तहरू खोज्ने अनुमति दिनुभयो ताकि म सत्यता बुझ्न सकूँ र जीवन प्रवेश प्राप्त गर्न सकूँ। तर मेैले परमेश्वरको प्रेमको ऋण तिर्न मैले कसरी सत्यता पछ्याउनुपर्छ भनेर कहिल्यै विचार गरिनँ। मैले आफ्नै ख्याति, लाभ र हैसियतको मात्र विचार गरेँ। ममा विवेक र समझको पूरै कमी थियो। गहिरो रूपमा भ्रष्ट भएको मानवजातिलाई मुक्ति दिन परमेेश्वरले देहधारण गर्नुभयो र यो संसारमा आउनुभयो, अनि धेरै अपमान सहनुभयो। परमेश्वर सर्वोच्च र महान् हुनुहुन्छ, तर उहाँ कहिल्यै आत्म-प्रशंसा गर्नुहुन्न। उहाँ चुपचाप सत्यता व्यक्त गर्नुहुन्छ र हाम्रा भ्रष्ट स्वभावहरूलाई न्याय र शुद्धीकरण गर्नुहुन्छ, ताकि हामी आफ्नो फोहोर मैला फालेर उहाँको मुक्ति प्राप्त गर्न सकौँ। मैले परमेश्वर कति नम्र र प्यारो हुनुहुन्छ भनी देखेँ। म त फोहोर र भ्रष्टताले भरिएको एउटा झिनोमसिनो सृजित प्राणी मात्र हुँ, तापनि मानिसहरूबाट सम्मान पाउन मैले सधैँ मेरो छवि बनाउने कोसिस गरिरहेको थिएँ। म असहनीय रूपमा अहङ्कारी, घमण्डी र निर्लज्ज थिएँ। मैले पावलका बारेमा पनि सोचेँ, जसले अरूबाट प्रशंसा र सम्मान पाउनका लागि प्रचार गर्न र काम गर्न मन पराउँथे। आफ्नो त्यत्ति धेरै वर्षको विश्वासमा तिनले कहिल्यै आफ्नो स्वभाव रूपान्तरण गर्न खोजेनन्, सधैँ हैसियत, इनामहरू र मुकुट प्राप्त गर्न मात्र लागिपरे। तिनले तिनका निम्ति जिउनु भनेको ख्रीष्ट हो भनी दाबी गरे, अनि मानिसहरूका हृदयहरूमा परमेश्वरको स्थान लिने व्यर्थको कोसिस गरे। पावल परमेश्वरको विरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेका थिए र उनले आखिरमा परमेश्वरको स्वभावलाई चिढ्याए र उहाँले तिनलाई अनन्त दण्ड भोग्न नरकमा फालिदिनुभयो। यदि मैले आफैलाई फर्काइनँ भने, मैले पनि पावलको जस्तै भाग्य भोग्नेथिएँ। मैले यी कुरा थाहा पाइसकेपछि, मैले पश्चात्ताप गर्न परमेश्वरसित प्रार्थना गरेँ, अनि उहाँले मलाई अभ्यास गर्ने सही मार्ग भेट्टाउन मार्गदर्शन गर्नुहोओस् भनी बिन्ती गरेँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, जसले भन्छः “प्रतिष्ठा र हैसियत त्याग्न सजिलो छैन—यो सत्यता खोजी गर्ने मानिसहरूमा निर्भर हुन्छ। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्न, ख्याति, लाभ र हैसियत पछ्याउनुको खोक्रोपन देख्न, र मानवजातिको भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्न सक्छ। व्यक्तिले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै उसले प्रतिष्ठा र हैसियत त्याग्न सक्छ। आफ्नो भ्रष्ट स्वभाव त्याग्न सजिलो छैन। यदि तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्ने कुरा पहिचान त गर्छस्, तर सत्यता पछ्याउन कुनै प्रयास गर्दैनस्, बरु पाखण्डीपनमा संलग्न हुन्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्ने विश्वास गर्छन् भने, यसले तँलाई खतरामा पार्नेछ—अनि, ढिलोचाँडो तैँले ठक्कर खाएर लड्ने समय आउनेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तैँले यो स्विकार्नैपर्छ कि तँमा कमजोरीहरू छन्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमी छन्। यो सामान्य कुरा हो, किनभने तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। जब अरूले तँलाई हेला गर्छन् वा व्यङ्ग्य गर्छन्, तब तिनीहरूले भनेको कुरा नराम्रो लागेको कारण तुरुन्तै तिरस्कारसाथ प्रतिक्रिया नदे, वा तैँले आफूलाई सक्षम र सिद्ध ठान्ने गरेको कारण यसको प्रतिरोध नगर्—यस्तो कुराप्रति तेरो मनोवृत्ति यस्तो हुनु हुँदैन। तेरो मनोवृत्ति कस्तो हुनुपर्छ त? तैँले आफैलाई यसो भन्नुपर्छ, ‘मेरा गल्तीहरू छन्, ममा भएको सबै कुरा भ्रष्ट र त्रुटिपूर्ण छ, र म साधारण व्यक्ति मात्रै हुँ। तिनीहरूले मलाई तिरस्कार र व्यङ्ग्य गरेको बाबजुद पनि, के यसमा कुनै सत्यता छ? यदि तिनीहरूले भनेको कुराको एउटा भाग साँचो हो भने, मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ।’ यदि तँमा यस्तो मनोवृत्ति छ भने, यो तैँले हैसियत, प्रतिष्ठा र अरूले तेरो बारे के भन्छन् भन्ने कुरालाई सही रूपमा सम्हाल्न सक्छस् भन्ने कुराको प्रमाण हो। … जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता खराब कुराहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्वरले स्मरण र अनुमोदन गर्नुहुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचन पढेपछि मैले बुझेँ कि म शैतानद्वारा भ्रष्ट पारिएको एक व्यक्ति मात्र हुँ, त्यसैले ममा दोषहरू र अपर्याप्तहरू हुनु सामान्य कुरा हो। परमेश्वरले म सर्वोत्तम कामदार हुनुपर्छ, ममा सर्वोत्तम योग्यता र कद हुनुपर्छ, वा म उच्च र सिद्ध व्यक्ति हुनुपर्छ भनी कहिल्यै माग गर्नुभएको छैन। उहाँ त केवल ममा शुद्ध, निष्कपट हृदय होस्, म गम्भीरतासाथ सत्यताको पछि लागूँ र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने बाटोमा हिंडूँ भन्ने इच्छा गर्नुहुन्छ। मैले यो पनि बुझेँ कि, परमेश्वरको घरमा उच्च र नीच हैसियतबीच कुनै भिन्नता हुँदैन, अनि मण्डलीका अगुवाहरू र कामदारहरू र टोली अगुवाहरू कामका निम्ति आवश्यक परेकाले मात्र स्थापित गरिएका हुन्, तर हामीले जुनै काम गरे पनि, हामी सबै आफ्ना कर्तव्यहरू निर्वाह गर्ने सृजित प्राणीहरू मात्र हौँ। म टोली अगुवा भएकाले मसँग सत्यता वास्तविकता छ नै भन्ने हुन्थेन, तर मैले सधैँ आफूसँग प्रत्येक समस्याको जडमा पुग्ने र प्रत्येक समस्या समाधान गर्ने माग गरेँ। यो साँच्चै अव्यावहारिक थियो र मेरो अहङ्कार र आफैलाई नबुझ्नुको परिणाम थियो। ब्रदर-सिस्टरहरू र मैले एकअर्काबाट सिक्नुपर्छ अनि अनि हामीले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा सामना गर्ने कुनै पनि समस्या र कठिनाइहरू समाधान गर्न एकसाथ मिलेर सत्यताको खोजी गर्नुपर्छ। यदि मैैले कुनै कुरा बुझिनँ भने, मैले देखावटी गर्न वा आफैलाई लुकाउनु पर्दैन— मैले साहसपूर्वक मेरा अपर्याप्तताहरूबारे खुलस्त कुरा गर्नुपर्छ र मेरा ब्रदर-सिस्टरहरूसँग खोजी गर्नुपर्छ। तब मात्र म मेरा कर्तव्यहरू अझ राम्ररी गर्न सक्छु।
एक पटक, त्यहाँ केही ब्रदर-सिस्टरहरू थिए, जो नकारात्मकतामा जिइरहेका थिए र मैले तिनीहरूलाई भेला गरेर सङ्गति गर्न परेको थियो। सुरुमा म केही बेचैन थिएँ। यदि मैले राम्रोसँग सङ्गति गरिनँ भने, तिनीहरूले मलाई के सोच्लान् भनेर म चिन्तित बनेँ, अनि मैले समयअगावै घरमा परमेश्वरका वचनका सान्दर्भिक खण्डहरू हेर्दै आफूलाई सुसज्जित पार्न चाहेँ, यसो गरेर भेला भएको समयमा म तिनीहरूका समस्याहरू समाधान गर्न, र सबैबाट सम्मान पाउन सक्छु भन्ने सोचेँ। त्यसपछि, मैले मेरो कर्तव्य निर्वाह गर्नुमा गलत अभिप्राय रहेछ भन्ने बुझेँ। म मेेरा सबै ब्रदर-सिस्टरहरूबाट प्रशंसा र सम्मान पाउन सकूँ भनी तिनीहरूका सबै समस्याहरू समाधान गर्न चाहन्थेँ—मैले अझै पनि प्रतिष्ठा र हैसियतका लागि काम गरिरहेको थिएँ। यसैले मैले आफ्नो हृदयमा परमेश्वरसित प्रार्थना गर्दै मेरा गलत अभिप्रायहरूविरुद्ध विद्रोह गर्न सहायता गर्नुहोओस् भनी बिन्ती गरेँ। मैले परमेेश्वरका वचनको एउटा खण्ड पढेँ, जसले भन्छः “पवित्र आत्माले कुनै व्यक्तिमा काम गर्नलाई र उसका थुप्रै नकारात्मक स्थितिहरू रूपान्तरित गर्नलाई, उक्त व्यक्तिले बेलाबेलामा कष्ट भोग्दै, मूल्य चुकाउँदै, विभिन्न कुराहरू त्याग गर्दै, र देहविरुद्ध विद्रोह गर्दै, र चरणबद्ध रूपमा आफ्नो दिशा परिवर्तन गर्दै सक्रिय रूपमा सहकार्य र खोजी गर्नुपर्छ। यसबाट परिणाम आउनलाई र उसले सही मार्गमा पाइला टेक्नलाई लामो समय लाग्छ—तर परमेश्वरले व्यक्तिलाई प्रकाश गर्नलाई केही सेकेण्ड मात्र लाग्छ। यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउँदैनस्, बरु सधैँ आफूलाई फरक देखाउन खोज्छस्, र सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्न, फरक देखिन र चम्किन कोसिस गर्छस्, र आफ्नो ख्याति र हितको लागि लड्छस् भने, यो स्थितिमा जिउँदा, के तँ एक श्रमिक मात्र हुँदैनस् र? यदि तँ चाहन्छस् भने तैँले श्रम गर्न सक्छस्, तर तैँले श्रम गरिसक्नुअघि नै तँलाई प्रकाश गरिने सम्भावना हुन्छ। जब मानिसहरूलाई प्रकाश गरिन्छ, तिनीहरूको निन्दा गरिने र हटाइने दिन आइपुग्छ। के त्यो परिणाम उल्ट्याउन सम्भव छ? त्यो सजिलो छैन; परमेश्वरले तिनीहरूको परिणाम निर्धारण गरिसक्नुभएको हुन सक्छ, र यस अवस्थामा, तिनीहरू समस्यामा हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरकका वचनबारे मनन गर्दा मैले बुझेँ, यदि मेरो अभिप्राय देखावट गर्न र प्रशंसा बटुल्नका लागि भेला र सङ्गति प्रयोग गर्ने थियो, अनि मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू र कठिनाइहरू समाधान गर्नु थिएन भने, म अझै पनि परमेश्वरको विरोध गर्ने बाटोमा हिँडिरहेको थिएँ। यदि म भेलामा उपस्थित भएको भए पनि, मसँग परमेश्वरको प्रकाश वा मार्गदर्शन हुनेथिएन र त्यो भेला प्रभावहीन हुनेथ्यो। यो बुझेर, मैले आफ्नो हृदयमा परमेश्वरसित प्रार्थना गरेँ र मेरो अभिप्राय सच्याएँ। भेलाको क्रममा कुराहरू सुनाउने समय आउँदा, म परमेश्वरका सान्दर्भिक वचनमा आधारित भएर ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्थेँ। मैले त्यसउप्रान्त आफ्नो भेष बदल्न छोडिदिएँ र मैले जे बुझेको छु त्यसैमा मात्र सङ्गति गर्न थालेँ, मैले त्यसउप्रान्त आफ्नो भेष बदल्न छोडिदिएँ र मैले जे बुझेको छु त्यसैमा मात्र सङ्गति गर्न थालेँ, एकसाथ मिलेर हामीले हाम्रो सङ्गतिद्वारा अभ्यास गर्ने मार्ग पायौँ अनि हाम्रो स्थितिमा सुधार भयो। मैले धेेरै ढुक्क महसुस गरेँ। मैले कसरी हैसियत र प्रतिष्ठाको चिन्ता त्याग्दा अनि मेरा ब्रदर-सिस्टरहरूसँग एकमत भई मेरा कर्तव्यहरू पूरा गर्दा, मैले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्छु भन्ने देखेँ।
त्यस अवधिमा परमेश्वरका वचनहरूको न्याय र प्रकाशको अनुभव गरेर, मैले आखिरमा आफूलाई चिन्न थालेको छु र मेरो कर्तव्य पूरा गर्नुपछाडिको मेरो अभिप्राय र मनोवृत्तिमा केही परिवर्तनहरू आएका छन्। अहिले म स्पष्ट देख्न सक्छु कि प्रतिष्ठा, हैसियत र अरूबाट पाइने सम्मान र प्रशंसाको पछि लाग्नुको कुनै अर्थ वा मूल्य छैन—त्यसले हानि मात्र गराउँछ। सत्यता अभ्यासमा ध्यान केन्द्रित गर्नु, स्वभावमा परिवर्तन ल्याउन खोज्नु, र परमेश्वरलाई सन्तुष्ट पार्ने मापदण्ड अनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु मात्र उचित पछ्याइहरू हुन्।