५. राम्ररी कर्तव्य निर्वाह गर्नका लागि इमानदारी चाहिन्छ

मरीयन, संयुक्त राज्य अमेरिका

मण्डलीका नयाँ विश्वासीहरूलाई मलजल गर्ने जिम्मेवारी ममाथि छ। केही नयाँ विश्वासीहरू आएको धेरै समय भएको थिएन, र मैले तीमध्ये केही भेलामा धेरै नबोल्ने गरेको र नियमित सहभागी नहुने गरेको देखेँ। उनीहरू मन लागे मात्र आउँथे। मैले व्यक्तिगत सङ्गतिका लागि सम्पर्क गर्दा, उनीहरू पैसा कमाउने र पारिवारिक सम्पत्ति थुपार्नेबारे कुरा गर्न रुचाउँथे, तर आस्थाको कुरा उठ्नेबित्तिकै तिनीहरू त्यसबाट छुटकारा पाउन बहाना बनाउँथे। मलाई उनीहरूलाई सत्यतामा रुचि नभएको र उनीहरू साँचो विश्वासी नभएको जस्तो लाग्यो। तर उनीहरू आस्थामा नयाँ भएकाले म पूर्ण रूपमा निश्चित थिइनँ, त्यसैले उनीहरूलाई सहयोग गरिरहेँ। केही समयपछि पनि उनीहरू त्यस्तै थिए र भेलाहरूमा बिस्तारै सहभागी हुन छाडे। त्यसपछि मात्र मैले अगुवालाई उनीहरूको परिस्थितिबारे भनेँ। उहाँले मलाई सोध्नुभयो, “तिमी कसरी उनीहरूलाई मलजल गर्दै आइरहेकी छौ? अन्य मलजलकर्ताहरूसँग हुँदा उनीहरू सामान्य तरिकाले सहभागी भइरहेका थिए, अनि तिमीसँग हुँदा कसरी कुरा फरक भयो? के तिमीले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेका र स्पष्टसँग सङ्गति गरेका छौ? हामीले लापरवाहीपूर्वक कर्तव्य निर्वाह गरेका कारण नयाँ विश्वासीहरू नियमित रूपमा भेला हुँदैनन् भने, त्यसको जिम्मेवारी हाम्रो मात्र हुन्छ।” उहाँले आफ्नो कामप्रतिको जिम्मेवारीबोधले यो कुरा भनिरहनुभएको छ भन्ने मलाई थाहा थियो, तर मैले औचित्य पुष्टि गर्नेबारे सोच्नबाट आफूलाई रोक्न सकिनँ। “सबै जना परिवर्तन हुन सक्छन्,” मैले मनमनै सोचेँ। “पहिले नयाँ विश्वासीहरू नियमित रूपमा सहभागी हुन्थे भन्दैमा त्यसको अर्थ सधैँ हुनेछन् भन्ने थिएन। त्यसको अलावा, मैले पहिलोपल्ट भेट्दा उनीहरू नियमित रूपमा भेला हुँदैनथे, त्यसैले यो अचानक भएको परिवर्तन हैन। म केही समय उनीहरूलाई मलजल गरेर कस्तो हुन्छ हेर्न चाहन्थेँ, त्यसैले सुरुमै तपाईंलाई भनिनँ। यदि तपाईंले मलाई उनीहरू सहभागी नहुनुको हिसाब दिन बोलाउनुभएको हो भने, मैले त्यसको परिणाम भोग्नुपर्नेछ, र मलाई काटछाँट वा बरखास्तसमेत गरिन सक्थ्यो। मैले त्यो पहिले नै थाहा पाएकी भए, तपाईंसँग त्यसबारे पहिले नै कुरा गर्नेथिएँ, ताकि सारा जिम्मेवारी मैले नै लिन नपरोस्।” यसबारे जाँबुझ गरेपछि अगुवाले मलाई जवाफदेही ठहराउनुभएन, तर त्यसपछि नयाँ विश्वासीहरूसँग अन्तरक्रिया गर्दा म सजग नभई रहन सकिनँ। एक जनामा केही समस्या देखेमा वा ऊ भेलाहरूमा नआएमा, म अगुवालाई सुनाउन हतारिन्थेँ। कहिलेकाहीँ अगुवाले मलाई मैले भन्न खोजेको के हो र मैले तिनीहरूलाई मलजल गर्न छोड्न खोजेकी त हैन भनी सोध्नुहुन्थ्यो। म भन्थेँ, “हैन, तपाईं अगुवा हुनुहुन्छ। म यति मात्र चाहन्थेँ कि तपाईंलाई नयाँ विश्वासीहरूको हालचाल कस्तो छ भन्ने थाहा होस्।” मैले यसो भनेपछि उहाँले केही पनि थप्नुहुन्नथ्यो। कहिलेकाहीँ मैले उहाँलाई यसबारे बताएपछि, तिनीहरूलाई केही समय मलजल गरिरहन र यदि तिनीहरू साँच्चै भेला हुन चाहँदैनन् भने, तिनीहरूलाई जबरजस्ती गर्न मिल्दैन र हामीले तिनीहरूलाई त्याग्न मात्र सक्छौँ भनेर भन्नुहुन्थ्यो। म पूर्ण रूपमा सहमत हुन्थेँ, र सोच्थेँ “अगुवा नयाँ विश्वासीहरूको अवस्थाबारे अवगत भैसक्नुभएकाले, मैले केवल सहयोग गर्ने प्रस्ताव गरे पुग्छ। सहयोगले काम गर्यो भने निकै राम्रो, र काम गरेन, र उपरान्त नयाँ विश्वासीहरू सहभागी हुन चाहँदैनन् भने, त्यो आश्चर्यजनक हुनेछैन र अगुवाले म कर्तव्यमा गैरजिम्मेवार भएको भन्नेछैनन्।” यही सोचले, आफ्नो कर्तव्यमा मैले ध्यान दिन छोडेँ। हरेक दिन, म सधैँझैँ एकै तरिकाले मलजल गर्थेँ। मैले एक नयाँ विश्वासीलाई बोलाउँदा, तिनले जवाफ दिए भने, केही समयका लागि सङ्गति गर्थेँ, र दिएनन् भने त्यसबारे चिन्ता गर्दिनथेँ। मलाई लाग्थ्यो, तिनले जवाफ दिएनन् भने म केही गर्न सक्दिनँ र उसको समस्या समाधान गर्न म के गर्न सक्थेँ भनेर सोच्दिनथेँ। पछि एक भेलामा, अगुवाले आइन्दा मलजलको कामबारे सोध्दा, मलजलकर्ताले नयाँ विश्वासीहरूको परिस्थितिका बारेमा भनेको कुरा सुनिरहँदा, उहाँ मलजलकर्ताले तिनीहरूसँग सत्यताको कुन पक्ष सङ्गति गरेका हुन्, र विशेषगरी उनीहरूले तिनीहरूलाई कसरी साथ दिएका हुन् भन्ने कुरा पनि जान्न चाहेको भनेर बताउनुभयो। त्यस आधारमा, उहाँले मलजलकर्ताले साँचो काम गरेको वा नगरेको भनी मापन गर्नुहुनेथ्यो। यदि कुनै मलजलकर्ताले नयाँ विश्वासीहरूसित सत्यताको सङ्गति गर्नमा हृदय नलगाएका कारण, उनीहरू नियमित रूपमा सहभागी नहुने वा छोडेर जाने स्थिति आयो भने, त्यो मलजलकर्ताको जिम्मेवारी हुनेथियो। जब मैले त्यो सुनेँ, तब मैले नयाँ विश्वासीहरूसँग सङ्गति गर्दा कसरी परमेश्वरका कुन-कुन वचनहरू पढेँ वा कुन सत्यता सङ्गति गरेँ भनेर लेख्ने नगरेकोबारे सोचेँ। यसको अर्थ, कुनै नयाँ विश्वासीले भेलामा सहभागी हुन छोडेमा, मसित कामको कुनै प्रमाण हुनेथिएन। के अगुवाले मैले कुनै वास्तविक काम नगरिरहेको र म मलजल गर्ने कार्यमा गैरजिम्मेवार भएको सोच्नुहुनेछ, र मलाई काटछाँट गर्नुहुनेछ? त्यसैले, मैले नयाँ विश्वासीहरूलाई परमेश्वरका सन्देश र वचनहरू पठाउन अझ बढी ध्यान दिन थालेँ, अनि नयाँ विश्वासीसित प्रत्येक चोटि सङ्गति गर्दा हामीले छलफल गरेका कुराको अभिलेख राख्न थालेँ। कहिलेकाहीँ मैले सन्देश पठाउँदा कुनै नयाँ विश्वासीले कुनै जवाफ दिँदैनथे, तर म त्यति वास्ता गर्दिनथेँ। मैले पठाउनुपर्ने परमेश्वरका सबै वचन तिनीहरूलाई पठाइसकेँ र चाहिएको कुरामा सङ्गति गरिसकेँ भन्ने ठान्थेँ। तिनीहरू भेलामा जान छाडे भने, अगुवाले मेरो अभिलेख हेर्न सक्थिन् र सायद मलाई गैर-जिम्मेवार भन्ने थिइनन्।

केहि समय पश्चात, अगुवाले केही नयाँ विश्वासीहरू अझै भेला हुन नचाहेको देख्नुभयो, र मैले तिनीहरूलाई कसरी मलजल गरेकी थिएँ भनेर सोध्नुभयो। मैले सजिलै उहाँलाई मेरा अभिलेखहरू देखाएँ, सोचेँ, “भाग्यवश मैले अभिलेख बनाएर राखेकी छु। नत्र मसँग देखाउन केही ठोस कुरा हुनेथिएन र त्यसपछि अगुवाले मलाई के भन्नेथिइन्, कसलाई थाहा?” म आफैलाई बधाई दिइरहेको बेला, अगुवाले भन्नुभयो, “म यी अभिलेखहरूमा केही समस्या देख्दिन, तर थुप्रै नयाँ विश्वासीहरू एकपछि अर्को गर्दै भेलाहरूमा उपस्थित हुन छाडेकाले तिम्रो काममा कुनै समस्या हुनैपर्छ। त्यो समस्या के होला भनेर म अहिले नै स्पष्टसँग देख्न सक्दिनँ, तर हालसालै हाम्रो कुराकानीमा नयाँ विश्वासीहरूमा रहेका धेरै समस्याको कुरा तिमीले गरेकी छौ, जुन अलिक असामान्य कुरा हो। समस्या कहाँ छ भनेर तिमीले आफैलाई सोध्न आवश्यक छ। तिमीले झाराटारुवा तरिकाले काम गरेको र तिनीहरूलाई राम्ररी मलजल नगरेको कारण नयाँ विश्वासीहरू मण्डलीबाट हटेर आस्था परित्याग गरिरहेका छन् भने, त्यो तिमी गैर-जिम्मेवार हुनु र राम्रोसँग कर्तव्य निर्वाह नगर्नुसँग सम्बन्धित कुरा हो।” उनले भनेको कुरा साँच्चिकै ठुलो झट्काका रूपमा आयो। म स्तब्ध भएँ। मेरा समस्याका कारण नयाँ विश्वासीहरू बिचैमा छोडेर गइरहेका छन् भने, त्यो दुष्कर्म गर्नु थियो भनी मलाई डर लाग्यो। यस कारण मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईँको अनुमतिले नै आज अगुवाले मलाई यो कुराले आश्चर्यचकित तुल्याउनुभयो, त्यसैले मैले सिक्नुपर्ने एउटा पाठ हुनैपर्छ। म मेरा समस्याका कारण यी नयाँ विश्वासीहरूलाई हानि नहोस् भन्ने चाहन्छु, तर म भावशून्य भएकी छु र मलाई मेरो समस्या कहाँ छ भन्ने थाहा छैन। कृपया आफैलाई चिन्न र समयानुकूल परिवर्तन गर्न मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”

त्यसपछिका केही दिनहरूमा मैले यस विषयमा परमेश्वरलाई धेरै प्रार्थना गरेँ। त्यसपछि एक दिन मैले परमेश्वरका वचनहरूको एक अंश सहितको एक अनुभवात्मक गवाही लेख पढेँ, जसले मलाई उत्प्रेरित गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “तँ सहि व्यक्ति होस् कि होइनस् सो देख्‍नको लागि तैँले आफैलाई होसियारीको साथ जाँच गर्नुपर्छ। के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्? अरूलाई देखाउनको लागि तैँले गलत आवरण धारण गर्छस् र तँ चुपचाप आत्म-धार्मिकताको भावलाई धारण गर्छस्; तैँले आफैलाई रक्षा गर्नको लागि यसो गर्छस्। तँ तेरो दुष्टतालाई ढाकछोप गर्न यसो गर्छस्, र तँ त्यो दुष्टतालाई अरूमा लाद्‍नको लागि उपायहरू समेत सोच्छस्। तेरो हृदयमा कस्तो छलले बास गर्छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। मान्छेहरू आफ्नो हितको रक्षा गर्न र दुष्कर्म लुकाउन झूट बोल्ने र अरूमाथि जिम्मेवारी थोपर्ने काम गर्नेछन् र यसरी उनीहरू आफूलाई बचाउँछन् भन्ने कुरा परमेश्वरका वचनहरूले खुलासा गर्छन्, यो छली व्यवहार हो। यी वचनहरूले मेरो आफ्नै अस्थिति खुलासा गरेको जस्तो लाग्यो। मैले आत्म-चिन्तन गर्न थालेँ, म किन सधैँ नयाँ विश्वासीहरूका समस्याबारे अगुवालाई बताइरहन्थेँ भनी सोध्थेँ। कसैलाई समस्या भएको वा भेलामा नआएको देख्नेबित्तिकै, म अगुवालाई बताउन हतारिन्थेँ। मैले केवल तथ्य बताइरहेजस्तो देखिए पनि, वास्तवमा मेरा व्यक्तिगत लक्ष्य र उद्देश्य थिए। कोही सहभागी हुने छाडे भने, अगुवाले मलाई जिम्मेवार ठहराउनुहुनेछ वा बरखास्तसमेत गर्नुहुनेछ भन्ने डर थियो, त्यसैले त्यसो हुन नदिन मैले नयाँ विश्वासीका समस्याहरू बताएँ भने, त्यसले अगुवामा नयाँ विश्वासी त्यति राम्रो नभएको र म जिम्मेवार नभएको झूटो छाप छोड्नेछ भनी सोचेँ। मैले तिनीहरूलाई पर्याप्त सहयोग गर्न सकिनँ र तिनीहरू सहभागी हुन छोडे भने, त्यो तिनीहरूकै समस्या थियो। यसो गर्दा मेरा हातहरू पूर्ण रूपमा सफा हुने थिए। यदि तिनीहरू पछि भेलामा फेरि आउन चाहे भने, मैले श्रेय लिन सक्थेँ। आत्म-चिन्तनको यस बिन्दुमा, म चकित भएँ। मैले आफ्ना शब्दहरूमा यस्तो नीच, घृणित मनसाय लुकाएको छु भन्ने कहिल्यै सोचेकी थिइनँ। म साह्रै कपटी थिएँ!

पछि, मैले सोचेँ मैले कसरी अचेतन रूपमै यति बेइमान र कपटी काम गर्न पुगेँ। मेरो आत्म-चिन्तनमा, मानिसहरूको भ्रष्ट स्वभावलाई खुलासा गर्ने परमेश्वरका वचनहरू पढेर मैले आफूलाई थोरै बुझ्न थालेकी मात्र थिएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूका दुष्टतामा एउटा स्पष्ट विशेषता हुन्छ, र म यसलाई चिन्‍ने रहस्य तिमीहरूलाई बताउनेछु: तिनीहरूको बोली र व्यवहार एउटै हुन्छ, तैँले तिनीहरूको मन बुझ्‍न वा तिनीहरूको हृदय बुझ्न सक्दैनस्। तिनीहरूले तँसँग कुरा गर्दा, आफ्नो आँखा सधैँ यताउता घुमाइरहेका हुन्छन्, र तिनीहरूले कस्तो किसिमको षड्यन्त्र बुनिरहेका छन् भन्‍ने कुरा तैँले थाहा पाउन सक्दैनस्। कहिलेकाहीँ, तिनीहरूले तँलाई तिनीहरू निष्ठावान् वा निकै इमानदार छन् भन्‍ने महसुस गराउँछन्, तर वास्तविकता यस्तो हुँदैन—तैँले तिनीहरूको वास्तविकता कहिल्यै देख्‍न सक्दैनस्। तेरा हृदयमा कुनै खास अनुभूति हुन्छ, तिनीहरूका सोचमा गहन धूर्तता, अथाह गहिराइ छ, तिनीहरू छली हुन् भन्‍ने अनुभूति हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। “ख्रीष्टविरोधीहरू व्यवहारले कुटिल हुन्छन्। तिनीहरू कसरी कुटिल हुन्छन्? तिनीहरू सधैँ छलकपटको भरमा व्यवहार गर्छन्, र तिनीहरूका शब्दहरूले केही प्रकट गर्दैनन्, त्यसैले मानिसहरूलाई आफ्ना अभिप्राय र लक्ष्यहरू बुझ्न कठिन हुन्छ। त्यो कुटिल कुरा हो। तिनीहरू आफूले भन्ने वा गर्ने कुरामा सजिलै निष्कर्षमा पुग्दैनन्; तिनीहरू आफ्ना मातहतका मानिसहरू र श्रोताहरूलाई तिनीहरूको अभिप्रायबारे आभास गराउँछन्, र ती मानिसहरूले ख्रीष्टविरोधीलाई बुझेपछि उसका एजेन्डा र प्रेरणाअनुसार कार्य गर्छन् र उसको आदेश पालन गर्छन्। यदि कुनै काम पूरा भयो भने, ख्रीष्टविरोधी खुसी हुन्छ। यदि पूरा भएन भने, कसैले पनि ऊविरुद्ध कुनै कुरा भेट्टाउन, वा उसले गर्ने कामपछाडिका प्रेरणा, अभिप्राय, वा लक्ष्यहरू बुझ्न सक्दैन। ख्रीष्टविरोधीहरूको कुटिलपन गोप्य षड्यन्त्र र लक्ष्यहरूमा हुन्छ, ती सबैको उद्देश्य नै अरू सबैलाई धोका दिने, अरूसित खेलवाड गर्ने, र अरूलाई नियन्त्रणमा राख्ने हुन्छ। कुटल व्यवहारको सार यही हो। कुटिलपन भनेको केवल झूट बोल्नु वा कुनै खराब कुरा गर्नु होइन; बरु, यसमा त्योभन्दा ठूला आशय र लक्ष्यहरू हुन्छन्, जुन साधारण मानिसहरूले बुझ्नै सक्दैनन्। यदि तैँले कुनै कुरा गरेको छस् र त्यसबारे कसैले थाहा नपाओस् भन्ने चाहन्छस्, अनि झूट बोल्छस् भने, के त्यो कुटिलपन हो? (होइन।) त्यो केवल छलीपन हो, र यो कुटिलपनको तहमा पुग्दैन। के कारणले कुटिलपन छलीपनभन्दा गहन हुन्छ? (मानिसहरू त्यसलाई बुझ्न सक्दैनन्।) मानिसहरूलाई त्यो बुझ्न गाह्रो हुन्छ। त्यो यसको एउटा पक्ष हो। अरू के हो? (मानिसहरूसँग कुटिल व्यक्तिविरुद्ध कुनै कुरा भेट्टाउँदैनन्।) ठिक भनिस्। कुरा के हो भने मानिसहरूलाई ऊविरुद्ध कुनै कुरा भेट्टाउन कठिन हुन्छ। त्यस व्यक्तिले खराब कामकुरा गरेको छ भनेर कतिपय मानिसलाई थाहा भए पनि, उनीहरू ऊ असल व्यक्ति हो कि खराब हो, दुष्ट व्यक्ति हो कि ख्रीष्टविरोधी हो भनेर निर्क्योल गर्न सक्दैनन्। मानिसहरू उसलाई छर्लङ्गै बुझ्न सक्दैनन्, तर ऊ असल हो भन्ठान्छन्, र उसको भ्रममा पर्न सक्छन्। त्यो कुटिलपन हो। सामान्यतया, मानिसहरू झूटहरू बोल्ने र सानातिना षड्यन्त्रहरू रच्ने झुकाव राख्छन्। त्यो छलीपन मात्र हो। तर ख्रीष्टविरोधीहरू सामान्य छली मानिसभन्दा अनिष्टकार हुन्छन्। तिनीहरू दियाबलस राजाजस्तै हुन्छन्; तिनीहरूले गर्ने कुरा कसैले बुझ्न सक्दैन। तिनीहरूले इन्साफको नाममा धेरै दुष्ट कामकुरा गर्न सक्छन्, र मानिसहरूलाई चोट पुर्‍याउँछन्, तर मानिसहरू अझै पनि तिनीहरूको गुनगान गाउँछन्। यसलाई कुटिलपन भनिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। मैले परमेश्वरका वचनबाट ख्रीष्टविरोधीहरू दुष्ट स्वभावका हुन्छन् र तिनीहरूले धूर्त तरिकाले कामकुरा गर्छन् भन्ने देखेँ। यो छली भ्रष्टता देखाउनुभन्दा फरक हुन्छ। छली हुनु भनेको स्पष्ट रूपमा झूट बोल्नु र छल गर्नु हो, र यसलाई सजिलै देख्न सकिन्छ। धूर्त तरिकाले कामकुरा गर्नु भनेको आफ्ना व्यक्तिगत मनसाया, उद्देश्य र एजेन्डा गहिरो सँग लुकाइ, झूटो छाप छोड्नु हो, ताकि आफूले भन्ने र गर्ने कुरामा अरूले कुनै समस्या नदेखून्। अरूले कुनै समस्या छ भन्ने महसुस गरिहाले भने पनि, तिनीहरूले उनीहरूलाई दोष दिन कुनै गल्ती भेट्टाउन सक्दैनन्। मानिसहरूले उनीहरूलाई बुझ्न निकै गाह्रो हुन्छ। धूर्त व्यक्तिले यसरी नै मानिसहरूलाई बहकाउँछ र आफ्ना गुप्त उद्देश्य पूरा गर्छ। परमेश्वरका वचनका आधारमा आफूलाई जाँच्दा, मैले चाँडै र सक्रिय रूपमा अगुवासँग नयाँ विश्वासीहरूका बारेमा कुरा गर्दै आफ्नो कर्तव्यमा बोझ बोकेको बोध भएको र उहाँको सुपरिवेक्षण सहर्ष स्विकारेको झूटो छाप छोडे पनि, वास्तवमा मैले नियमित रूपमा सहभागी नहुने नयाँ विश्वासीहरूबारे उहाँमा नकारात्मक छाप पर्ने तुल्याउन तिनीहरूका समस्याबारे चिन्तन गरिरहेकी थिएँ। त्यसो गर्दा, कुनै दिन कुनै नयाँ विश्वासी भेलामा सहभागी हुन छाडे भने, उनले मलाई जवाफदेही ठहराउने थिइनन्। साथै, अगुवाले मेरो कामको विस्तृत जानकारी लिन चाहँदा, मेरो सङ्गतिको विषयवस्तुमा केही समस्या नभएको देखिन्थ्यो। मैले नयाँ विश्वासीहरूसँग सङ्गति गर्न समय मिलाएकी थिएँ र परमेश्वरका वचन पठाइरहेकी थिएँ, ताकि अगुवाले म लगनशील र उनीहरूप्रति प्रेमिलो रहेको देख्नुहोओस्। तर वास्तवमा मलाई आफू नयाँ विश्वासीहरूसँगको सङ्गतिमा पटक्कै गम्भीर नभएको थाहा थियो। अगुवाले कामको अभिलेखको समीक्षा गर्नुहुनेथ्यो र मैले उहाँलाई हिसाबकिताब दिनुपर्नेथ्यो भन्ने जानेर म झाराटारुवा तरिकाले काम गर्थेँ। फर्किएर यसबारे सोच्दा, मैले विभिन्न चाल पनि प्रयोग गरेँ, आफूले बोल्दा अरूलाई बहकाएँ र काम गर्दा कुनै सुराक छोडिनँ, ताकि मलाई जवाफदेही नठहराइयोस्, र मेरो हैसियत र भविष्य सुरक्षित होस्। स्पष्ट रूपमा, मेरो मन आफ्नो कर्तव्यमा थिएन, जसले गर्दा केही नयाँ विश्वासीहरू नियमित रूपमा सहभागी हुन छोडेका थिए। अगुवालाई पनि मेरो कर्तव्यमा केही समस्या भएझैँ लागेको थियो, तर उहाँलाई ती के थिए भनेर थाहा थिएन र मलाई जवाफदेही ठहराउन उहाँले कुनै प्रमाण फेला पार्न सक्नुभएन। मान्छेलाई बहकाउन म निकै खप्पिस थिएँ। मैले पहिले कहिल्यै आफ्नो व्यवहार र कार्य गर्ने तरिकालाई धूर्त हुनसँग जोडेकी थिइनँ। मलाई सधैँ प्रायः लामो अनुभव बटुलेका वृद्ध मानिसहरू छट्टु, कुटिल र धूर्त हुन्छन्, जबकि म त जवान, अनुभवहीन वा जटिल मानसिकता नभएकी मान्छेहुँ जस्तो लाग्थ्यो। मेरो व्यवहारलाई धूर्त भन्नु त्यति सुहाउँदो थिएन। तर तथ्यले स्पष्ट रूपमा देखाउँथ्यो कि ममा ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव थियो। त्यसपछि, मेरो दिमागमा अर्कै कुरा आयो। एउटा नयाँ विश्वासी थिइन्, जो प्रायः प्रश्न सोध्ने गर्थिन् र निकै निष्कपट थिइन्। मैले भेलाम सङ्गति गरेको कुरा बुझिनन् भने, मलाई लाज लाग्ने गरी उनी ठाडै मेरो खण्डन गर्थिन्। आफ्नो इज्जत जोगाउन मलाई उनीसँग भेलामा जान मन लाग्न छोड्यो, तर अगुवाले मलाई काटछाँट गर्नुहुनेछ भन्ने डरले खुल्लमखुल्ला त्यसो भन्न सक्दिनथेँ। म उनलाई कसैगरी अर्को मलजलकर्ता तिर धकेल्न चाहन्थेँ। एक पटक, ती नयाँ विश्वासीले त्यतिकै यस समूहमा पहिलेको समूहभन्दा थोरै मान्छे रहेको भनेर भनिन्। यही मौकामा मैले अगुवालाई उनलाई हाम्रो भेला निकै सानो लागेको, र ठूला समूह मनपर्ने भनी बताएँ, र उनलाई अर्कै समूहमा सरुवा गरिदिन आग्रह गरेँ। अगुवाले तुरुन्तै त्यसको व्यवस्था गरिदिनुभयो। यस प्रकार, म ती नयाँ विश्वासीलाई आफ्नो समूहबाट हटाउन सफल भएँ। झुक्किएर अगुवालाई ममा कर्तव्यको भार वहन बोध रहेको र मैले नयाँ विश्वासीका बारेमा सोचिरहेको भन्ने लाग्यो। म साँच्चिकै धूर्त र दुष्ट, र अरूलाई झुक्क्याउन प्रवृत्त थिएँ।

पछि मैले आफ्नो स्थितिबारे परमेश्वरका थप वचन खाएँ र पिएँ। मैले यी वचनहरू पढेँ: “म तिमीहरूलाई बताउन चाहन्छु, परमेश्‍वरले यसप्रकारका हठी मानिसहरूलाई नै सबैभन्दा बढी घृणा गर्नुहुन्छ र त्याग्न चाहनुहुन्छ। तिनीहरू आफ्ना गल्तीहरूबारे पूर्ण रूपमा सचेत हुन्छन् तर पश्‍चात्ताप गर्दैनन्, आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैनन् र सधैँ आफैलाई सही ठहर्‍याउन र दोष पन्छाउन बहाना र तर्कहरू बनाउँछन्, र कुरा टार्न सहज र छली तरिकाहरू खोजिहिँड्छन्, अरूको नजरबाट आफ्ना कार्यहरू लुकाउँछन्, हृदयमा अलिकति पनि पश्‍चात्ताप वा पाप-स्वीकार नगरी, निरन्तर गल्तीहरू गर्छन्। यस्तो व्यक्ति निकै झन्झटिया हुन्छ, र उसलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। तिनीहरू ती मानिसहरू हुन् जसलाई परमेश्‍वर त्याग्न चाहनुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। यो सोचेर, मैले जे भए पनि, सत्यता स्वीकार गर्नु नै मुख्य कुरा हो भन्ने बुझें। आफ्नो कर्तव्यमा भएको गल्ती स्वीकार गर्न नसक्ने, र काटछाँटमा पर्दा पनि आफूलाई उचित ठहराउने र ढाकछोप गर्ने खालको व्यक्तिले बिलकुलै सत्यता स्विकार्दैन। परमेश्वरका लागि तिनीहरू अस्वीकार्य र घृणित हुन्छन्। मैले मण्डलीले मलाई कसरी मलजलकर्ता नियुक्त गरेको थियो भन्ने कुरा सम्झेँ, र मैले नयाँ विश्वासीहरूलाई प्रेम र धैर्यसाथ मद्दत गर्नुपर्थ्यो र साथ दिनुपर्थ्यो, दर्शनका सत्यतामा सङ्गति गर्नुपर्थ्यो र तिनीहरूलाई साँचो मार्गमा चाँडो स्थापित गर्न सहयोग गर्नुपर्थ्यो। केही नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा सहभागी हुन सक्दैनथे, र जिम्मेवारी ममाथि थियो भन्ने बुझेकी थिएँ, तर अगुवाले यो विषयमा सोधेर मलाई काटछाँट गर्दा पनि यो परमेश्वरबाट आएको भनी अङ्गीकार गरिनँ, न अगुवाको गाली र सम्झौटो स्वीकार गरेँ। नयाँ विश्वासीहरूलाई कसरी सहयोग गर्ने भन्नेबारे झट्टै सोच्नुको सट्टा, आफूले राम्ररी कर्तव्य निर्वाह नगरेको कुरा लुकाउन म मतलबी, चिप्ले र धूर्त हुन थालेँ। मेरो काममा देखिएका समस्या र विचलनहरू थाह नहोस् भनेर अगुवालाई अन्धकारमा राखिरहेको थिएँ। म उम्कन सफल भएकोमा सन्तुष्ट र आफ्नो चलाखीमा आनन्दित भएँ। तर अब मैले परमेश्वरका वचनबाट बुझें कि परमेश्वरलाई मेरा गुप्त षडयन्त्र र छुद्र चालहरूबारे सबै थाहा थियो। तिनलाई लुकाउने कुनै उपाय थिएन। मेरो कर्तव्य निर्वाहमा रहेका समस्याहरू बाहिर आउने नै थियो। अगुवाले मलाई सचेत नगराएको भए, मैले आत्म-चिन्तन गर्न जान्नेथिइनँ, पश्चात्ताप गर्ने चाहना राख्नु त झन् टाढाको कुरा भयो। म साँच्चिकै भावशून्य थिएँ। मैले सत्यता स्वीकार गरिनँ, न मेरो काममा भएका विचलन र समस्यालाई समीक्षा र सुधार गरेँ। केवल अगुवाको आँखामा छारो हालेर आफ्नो इज्जत र हैसियत जोगाउने मात्रै सोचेँ। मैले आफ्नो कर्तव्य राम्रोसँग नगरेको वास्तविकतालाई ढाकछोप गर्न म चिप्ले, र धूर्त बनेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्नमा र उनीहरूका समस्या सुल्झाउन मद्दत गर्नमा आफ्नो मन लगाइनँ, जसले गर्दा केहीका समस्या लामो समयसम्म समाधान भएनन्। अहिले पनि तीमध्ये केही नियमित रूपमा भेलामा सहभागी भइरहेका थिएनन्। पछि मलाई निकै डर लागेको चाहिँ मैले फरक समूहमा धपाएकी ती नयाँ विश्वासी अचानक मलजलकर्ता फेरिएका कारण उप्रान्त भेलाहरूमा सहभागी हुन नचाहँदा थियो। अरू ब्रदर सिस्टरहरूले उनलाई भेलामा फेरि सहभागी हुन मनाउन, धैर्यपूर्वक र लामो समयसम्म सङ्गति गर्नुपरेको थियो। म कस्ती थिएँ र के गरिरहेकी थिएँ भन्नेबारे सोच्दा निकै दुःख लाग्थ्यो। हरेक नयाँ विश्वासीलाई परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्न सजिलो छैन, र यसका लागि तिनीहरूले कष्टकर प्रयास गर्नु आवश्यक छ। तर म यसमा निकै लापरवाह भएकी थिएँ। मैले दुष्टता गरिरहेकी थिएँ। अगुवाले सचेत र काटछाँट नगरेको भए, म किनारको कति नजिक थिएँ भन्ने थाहै पाउने थिइनँ। म ख्रिस्टविरोधीको दुष्ट स्वभावअनुसार जिइरहन चाहन्नथेँ। म त्यो दुष्ट बाटो छाडेर परमेश्वरसामु पश्चात्ताप गर्न चाहन्थेँ।

मैले केही ज्ञान प्राप्त गरेलगत्तै, अगुवाले मेरो पछिल्लो स्थितिबारे सोधिन्। मैले आत्म-चिन्तनबाट बुझ्न पुगेका कुरा उनलाई सुनाएँ। उनले मलाई परमेश्वरका वचनको एउट खण्ड पठाइन्। परमेश्‍वर भन्‍नुहुन्छ: “इमानदारीता अभ्यास गर्दा यसले धेरै पक्ष समेट्छ। अर्को शब्‍दमा भन्दा, इमानदार बन्‍नुको मानक एक पक्षबाट मात्रै पूरा गर्न सकिँदैन; इमानदार बन्‍नुभन्दा पहिले तँ धेरै हिसाबमा मानकको स्तरमा पुग्‍नुपर्छ। कतिपय मानिसहरूले इमानदार बन्‍नका लागि झूट मात्रै नबोले पुग्छ भन्‍ने सोच्छन्। के यो दृष्टिकोण सही छ? के इमानदार बन्‍ने कार्यमा झूट नबोल्‍ने कुरा मात्रै संलग्‍न हुन्छ? होइन—यसमा अरू धेरै पक्षहरू पनि सम्बन्धित हुन्छन्। पहिलो कुरा, तैँले जेसुकै सामना गरे पनि, चाहे त्यो कुरा तैँले आफैले देखेको होस् वा अरू कसैले तँलाई बताएको होस्, चाहे यो मानिसहरूसँग अन्तरक्रिया गर्ने विषय होस् वा समस्या समाधान गर्ने कुरा होस्, चाहे यो तैँले पूरा गर्नुपर्ने कर्तव्य होस् वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा नै किन नहोस्, तैँले यसलाई सधैँ इमानदार हृदयका साथ लिनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयका साथ लिने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् त्यही भन् र इमानदारीसाथ बोल्; खोक्रा, आडम्बरी, वा मिठो सुनिने कुराहरू नबोल्, चापलुसीपूर्ण वा पाखण्डी झूटा कुराहरू नबोल्, बरु तेरो हृदयमा भएका कुराहरू बोल्। इमान्दार बन्‍नु भनेको यही हो। आफ्नो हृदयमा भएका वास्तविक विचार र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफूले सोचेका कुराहरू कहिल्यै भन्दैनस्, र शब्दहरू तेरो हृदयभित्र घाउझैँ पाक्छन्, र तैँले बोलेका कुराहरू तैँले सोचेका कुराहरूसँग कहिल्यै मिल्दैनन् भने, त्यो इमान्दार व्यक्तिले गर्ने कुरा हुँदै होइन। उदाहरणका लागि, मानौँ तँ आफ्नो कर्तव्य राम्रोसित निभाउँदैनस्, र जब मानिसहरूले यो के भइरहेको हो भनेर सोध्छन्, तँ यस्तो जबाफ दिन्छस्, ‘म आफ्नो कर्तव्य राम्रोसित निभाउन चाहन्छु, तर विविध कारणहरूले गर्दा, मैले त्यो राम्ररी गर्न सकेको छैनँ।’ वास्तवमा, तँलाई आफ्नो हृदयमा आफू मेहनती नभएको कुरा थाहा हुन्छ, तर तैँले सत्य बोल्दैनस्। यसको साटो, तैँले सत्य-तथ्य ढाकछोप गर्न र जिम्‍मेवारीबाट पन्छन हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिक्छस्। के इमान्दार व्यक्तिले यस्तै गर्छ? (गर्दैन।) तैँले यी कुराहरू बोलेर मानिसहरूलाई मूर्ख बनाउँछस् र जसोतसो कुरा टार्छस्। तर तँभित्र जे छ, तँभित्र जे-जस्तो अभिप्राय, त्यसको सार भ्रष्ट स्वभाव नै हो। यदि तँ आफूभित्र भएका कुराहरू र आफ्ना अभिप्रायहरू खुला रूपमा बाहिर ल्याउन र विश्‍लेषण गर्न सक्दैनस् भने, ती कुराहरूलाई शुद्ध पार्न सकिँदैन—र यो कुरा सानोतिनो मामिला होइन! तैँले साँचो रूपमा बोल्नुपर्छ, ‘मैले कर्तव्य निभाउने कुरालाई अलि पछि सारेको सार्‍यै गर्दै आइरहेको छु। म झाराटारूवा र असावधान हुँदै आइरहेको छु। जब म राम्रो मुडमा हुन्छु, म अलिअलि प्रयत्‍न लगाउन सक्छु। तर जब म खराब मुडमा हुन्छु, म सुस्‍त भइहाल्छु, र मलाई प्रयत्‍न लगाउनै मन लाग्दैन, र म दैहिक आरामको लालच गर्न थाल्छु। त्यसैले, कर्तव्य निभाउने मेरा प्रयासहरू अप्रभावकारी छन्। विगतका केही दिनहरूदेखि परिस्थिति उल्टो हुँदै गइरहेको छ, र म तनमन लगाउँदै मेरो कार्यकुशलता सुधार्ने र राम्रोसित कर्तव्य निभाउने प्रयास गरिरहेको छु।’ हृदयबाट बोल्‍नु भनेको यही हो। त्यो अर्को तरिकाले बोलेको चाहिँ हृदयबाट बोलेको होइन। आफूलाई काटछाँट गरिएला, आफ्नो समस्या मानिसहरूले थाहा पाउलान्, र आफूलाई जबाफदेही ठहराइएला भन्‍ने डरले, तैँले सत्यतथ्य ढाकछोप गर्न हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिकिस्, र सुरुमा अरू मानिसहरूलाई त्यो परिस्थितिबारे बोल्न बन्द गर्ने तुल्याइस्, र त्यसपछि काटछाँटमा पर्नबाट जोगिन जिम्‍मेवारी अन्यत्र मोडिदिइस्। तेरा झूटहरूको स्रोत यही हो। झूटाहरूले जतिसुकै बोले पनि, तिनीहरूले बोलेको केही न केही कुरा निश्‍चय नै सत्य र वास्तविक नै हुने गर्छ। तर तिनीहरूले बोलेका मुख्य कुराहरूमा केही न केही झूट र तिनीहरूको केही न केही अभिप्राय रहेकै हुन्छ। त्यसकारण, के कुराचाहिँ सत्य हो र केचाहिँ असत्य हो भनेर खुट्ट्याउनु र छुट्याउनु एकदमै महत्त्वपूर्ण हुन्छ। तर यस्तो गर्न सजिलो छैन। तिनीहरूले बोलेका केही कुराहरू दूषित र सिँगारपटार गरिएका हुन्छन्, तिनीहरूले बोलेका कतिपय कुराहरू तथ्यसँग मेल खान्छन्, र तिनीहरूले बोलेका कति कुराचाहिँ तथ्यसँग बाझिन्छन्; यसरी तथ्य र कल्पना मिसिएपछि, सत्य र असत्य छुट्याउन गाह्रो हुन्छ। यस्तो व्यक्ति सबैभन्दा छली, र पहिचान गर्न सबैभन्दा गाह्रो व्यक्ति हुन्छ। यदि यस्ताले सत्यता स्विकार्न र इमान्दारिता अभ्यास गर्न सक्दैनन् भने, तिनीहरू निश्‍चय नै निष्कासित हुनेछन्। त्यसोभए, मानिसहरूले कुन मार्ग चुन्‍नुपर्छ? इमान्दारीता अभ्यास गर्ने मार्ग कुन हो? तिमीहरूले सत्य बोल्न सिक्‍नुपर्छ, र आफ्ना वास्तविक स्थिति र समस्याहरूबारे खुलस्त सङ्गति गर्न सक्षम बन्‍नुपर्छ। इमान्दार मानिसहरूले अभ्यास गर्ने यसरी नै हो, र यस्तो अभ्यास सही हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरको वचनका यो खण्ड पढ्दा मेरो मन छोयो। परमेश्वरले हामीलाई एकदमै राम्रोसँग चिन्नुहुन्छ। उहाँलाई हामी सबैको कर्तव्यमा समस्या र विचलन हुन्छ भन्ने थाहा छ। यो अपरिहार्य हो। तर मुख्य कुरा चाहिँ समस्या पर्दा व्यक्तिको मनोवृत्ति कस्तो हुन्छ भन्ने हो। के उनीहरू सच्चा हुन्छन्, इमानदारीसाथ गल्ती स्विकार्छन् र सच्याउँछन् कि आफूलाई उचित ठहराउन खोज्छन् र समस्यालाई ढाकछोप गर्न छल गर्छन्? म आफ्नो शैतानी स्वभावअनुसार जिइरहेकी थिएँ। म छली र कपटी थिएँ, र गलत मार्गतर्फ उन्मुख थिएँ। म त्यही मार्गमा रहिरहन हुन्नथ्यो। म एक इमानदार व्यक्ति हुन र परमेश्वरको छानबिन स्विकार्न चाहन्थेँ। मेरो कर्तव्यमा जस्तोसुकै विचलन वा समस्या आए पनि, वा अगुवाले मेरो कामबारे सोधे पनि, मैले त्यसलाई निष्कपटतासाथ सामना गर्नुपर्थ्यो र इमानदारीसाथ सम्हाल्नुपर्थ्यो, सच्चा हुनुपर्थ्यो र मनमा भएको कुरा भन्नुपर्थ्यो। मैले जे-जस्तो छ, त्यस्तै भन्न, र मैले कुनै कुरा गर्न बेवास्ता गरेको भए त्यसबारे साँचो रूपमा बताउन आवश्यक थियो, ढाँट्नु वा तर्क गरेर त्यसबाट निस्कन खोज्नु हुन्नथ्यो। इमानदारीसाथ बोल्नुको अलावा, आफ्ना बोली र कार्यपछाडिका मनसायबारे नियमित रूपमा चिन्तन गर्ने अभ्यास गर्न, र ती सही नभए तत्कालै तिनलाई बदल्न चाहन्थेँ। आफ्नै स्वार्थ जोगाउन मैले मानिसहरूलाई ठग्न छाडनुपर्थ्यो।

एक दिन, मैले एक नयाँ विश्वासीले लगातार धेरै भेला छुटाएको थाहा पाएँ। मैले उनलाई एक-दुई पल्ट फोन गरेँ, तर उनले उठाएनन् र मेरा सन्देशको जवाफ पनि दिएनन्। उनलाई के भइरहेको थियो मलाई थाह थिएन। मलाई उनी भेलामा आउन छाड्लान् कि भनेर चिन्ता लाग्न थाल्यो र ती व्यक्ति कुनै दिन आउनै छाडे भने अगुवाले मलाई जवाफदेही नठहराउन् भनेर उनलाई बताउँ कि भनी सोचेँ। त्यो सोचिरहँदा, मैले छली हुने आफ्नो पुरानो समस्या दोहोरिन लागेको छ भन्ने बुझेँ। अनि मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झिएँ: “तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो सत्य हो। परमेश्वरले हाम्रो हृदयको अन्तस्करणको छानबिन गर्नुहुन्छ। कुटिल चाल चलेर म मान्छेलाई झुक्क्याउन सकुँला, तर परमेश्वरले सबै चिज छर्लङ्ग हुनेगरी छानबिन गर्नुहुन्छ र उहाँले अन्त्यमा सबै कुरा प्रकाश गर्नुहुनेछ। म परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, कुनै व्यक्तिका लागि काम गरिरहेकी थिइनँ। मैले न कुनै खेल खेल्न आवश्यक थियो, न त मान्छेका अगाडि आफ्नो ढाकछोप गर्न नै। विगतजस्तै, त्यस्ता नयाँ विश्वासी थिए, जसलाई मैले सहयोग गर्न सक्दो प्रयास गरेको थिएँ, तैपनि तिनीहरू भेलामा सहभागी हुँदैनथे वा आस्था र सत्यतामा रुचि देखाउँदैनथे। अगुवाले वास्तविक परिस्थिति थाहा पाएपछि तिनीहरू साँचो विश्वासी नभएको निधो गर्नुभयो र त्यसैले मलाई जवाफदेही ठहराउनुभएन। मानिसहरूसँग व्यवहार गर्ने मण्डलीका सिद्धान्तहरू छन् भन्ने कुरा म देख्न सक्थेँ। मैले चतुर्याइँ गरेर आफ्नो जिम्मेवारीबाट मुक्त हुने वा उम्कनु पर्ने कुनै आवश्यकता थिएन। म पहिले आफ्नो शैतानी स्वभावअनुसार जिएकी थिएँ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेकी थिइनँ। यसपल्ट मैले अल्याङ्टल्याङ् मात्र गर्न मिल्दैनथ्यो। मैले आफ्नो हृदय ठीक ठाउँमा ल्याउनु र आफ्ना जिम्मेवारी पूरा गर्नपर्थ्यो। मैले परिवर्तन हुन अनि नयाँ विश्वासीहरूलाई सहयोग र साथ दिन आफूले सक्दो गर्न तयार भई परमेश्वरलाई चुपचाप प्रार्थना गरेँ। मैले गर्नुपर्ने सम्पूर्ण सत्यताको सङ्गति गर्दा पनि, तिनीहरू भेलामा सहभागी हुन चाहेनन् भने, म सिधै त्यसलाई सामना गर्न र अगुवालाई इमानदारीपूर्वक अवस्थाबारे बताउन सक्थेँ। आफ्नो मानसिकता परिवर्तन गरेपछि मैले त्यो नयाँ विश्वासीलाई फेरी सम्पर्क गरेँ, र उनले तत्काल प्रतिक्रिया दिएको, र कामको व्यस्तता र थकानले गर्दा भेलामा नआएको भनेर बताएको देख्दा अचम्मित भएँ। मैले परमेश्वरका वचन प्रयोग गरी उनीसँग सङ्गति गरें, र तीबाट तिनले परमेश्वरको अभिप्राय बुझे र अभ्यासको मार्ग भेट्टाए, र नियमित रूपमा सहभागी हुन थाले। त्यसपछि, नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा सहभागी हुन नसक्दा, मैले तिनीहरूलाई साथ र सहयोग दिन सक्दो प्रयास गरेँ र तिनीहरूसँग परमेश्वरका वचनमा सङ्गति गरेँ। मैले सच्चा मनले तिनीहरूलाई सहयोग गरेँ। तत्पश्चात्, मैले मलजल गरेका अधिकांश नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा सहभागी हुन सके। यसरी अभ्यास गर्दा मलाई सहजता र शान्ति प्राप्त हुन्छ। परमेश्वरलाई धन्यवाद!

अघिल्लो: ३. प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यप्रति निष्ठावान रहनु

अर्को: ७. हामीले अरूलाई हेर्ने एकमात्र आधार परमेश्‍वरका वचनहरू हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्