४०. किन म अरू मानिसहरूमा अन्धाधुन्ध विश्वास गर्छु
सन् २०२१ मा, म तीनवटा चर्चमा मलजल गर्ने कामको जिम्मेवारी सम्हाल्थेँ। एउटा मण्डलीमा मलजन गर्ने समूहका अगुवाहरू लि केन र झाङ झुआनले, मसँग काम गर्ने गर्थे। त्यस बेला मलाई लि केन आफ्ना कर्तव्यमा सक्षम र जिम्मेवारी बोध भएकी व्यक्ति हुन् भन्ने लाग्यो। उनले मेरा कर्तव्यका कुनै विचलनहरू समयमै औँल्याएर सच्याउन सहायता गर्थिन्। उनले रेखदेख गरेकी र सम्झाएकीले केही काम ढिलो भएन। झाङ झुआन पनि जिम्मेवारी बोध भएकी व्यक्ति थिइन् अनि म खराब स्थितिमा हुँदा प्रेमिलो हृदयले मलाई सहायता गर्थिन्। म तिनीहरूसँग काम गरेर निकै खुसी थिएँ, तिनीहरूका काम गर्ने क्षमता, सामर्थ्य र आफ्ना कर्तव्यप्रतिको मनोवृत्ति निकै असल छन् भनेर सोच्थेँ। यहाँ तिनीहरू दुईले जिम्मेवारी सम्हालेकाले, मैले यस मण्डलीको मलजल कामबारे त्यत्ति चिन्ता गर्नु पर्दैनथ्यो र अन्य दुई मण्डलीका काममा ध्यान लगाउन सक्थेँ। पछि, तिनीहरूका पत्रहरूबाट, मैले के देखेँ भने तिनीहरू कार्य परिणामहरू अरू मण्डलीहरूको भन्दा राम्रा थिए। म तिनीहरूका कार्य क्षमता राम्रा छन् भनेर झनै पक्का भएँ, त्यसैले म तिनीहरूका काममा त्यति संलग्न भइनँ।
एकपटक मेरा अगुवाले मलाई पत्र पठाएर मलजल काममा व्यावहारिक रूपले सहभागी हुन र काममा ढिलाइ हुनबाट बच्न मैले पत्ता लगाएका कुनै पनि अयोग्य कर्मचारीहरूलाई तुरुन्तै हेरफेर गर्नू भने। त्यो पत्र पाएपछि म तुरुन्तै अरू दुई मण्डलीमा काम कस्तो भइरहेछ भनी हेर्न गएँ। मैले मलजल समूह अगुवाले वास्तविक काम गर्न नसकेको पाएँ र तुरुन्तै हेरफेर गरेँ। मैले लि केनले रेखदेख गर्ने मण्डलीको भ्रमण गर्न लागेको बेला, सोचेँ, “चाहे तिनीहरूका कार्य क्षमता, जिम्मेवारी बोध वा सामर्थ्यका सन्दर्भमा किन नहोस्, तिनी र झाङ झुआन सबै मामिलामा ठिक छन्। तिनीहरू दुई त्यहाँ भएकाले निश्चय नै कामसम्बन्धी कुनै पनि समस्या हुनेछैन।” त्यसकारण मैले तिनीहरूका काम जाँच गरिनँ। अर्कोपटक, मैले धेरै मण्डलीबाट मलजल समूह अगुवाहरूलाई भेला गरेँ किनकि म तिनीहरूको कामका विचलनबारे विस्तृत रूपमा जान्न चाहन्थेँ, ताकि समस्याहरू पत्ता लाएर समयमा नै ती समाधान गर्न सकूँ। तैपनि, त्यो बेला मैले मुख्यतः अन्य समूह अगुवाहरूको कामबारे सोधपुछ गरेँ, तिनीहरूले नयाँ विश्वासीहरूका निम्ति कसरी भेला सञ्चालन गर्छन् सङ्गति गर्न र नयाँ विश्वासीहरूका प्रश्नहरूको हल आदि गर्न परमेश्वरका कुन वचनहरू प्रयोग गर्छन् भनी सोधेँ। विस्तृत प्रश्न गरेपछि मैले केही समस्या पाएँ तीबारे सङ्गति गरेँ, अनि तिनीहरूले उति नै बेला ती उल्टाए। जब लि चेन र झाङ्ग जुआनको कुरा आयो, मैले सोचेँ आफनो कर्तव्य निर्वाहमा तिनीहरूको जिम्मेवारी बोध र कार्य क्षमता राम्रा थिए, त्यसैले मैले तिनीहरूको कामबारे विस्तारमा सोधपुछ गरिनँ। पछि, मेरा अगुवाले मलाई तुलनात्मक रूपमा राम्रो मलजलकर्ता प्रबन्ध गर्नू भने, यसकारण मैले लि केनलाई सिफारिस गरेँ। तैपनि, परिस्थिति जाँचेपछि ती अगुवाले लि केनको मलजल परिणाम राम्रो नभएको पाए र मैले त्यस्तो व्यक्तिलाई कसरी नियुक्त गर्न सकेँ भनी मलाई सोधे। मैले सोचेँ, “के अगुवाका मागहरू अति उच्च थिए त? मैले लि केनलाई बुझेअनुसार यदि तिनलाई बढुवा गर्न नसके पनि, मण्डलीमा विश्वासीहरूलाई मलजल गर्न तिनी एकदमै सक्षम छिन्।” पछि, ती अगुवाले मलाई भने, “लि केन र झाङ जुआन अल्छी र धूर्त छन् अनि कर्तव्य निर्वाहमा आराम खोज्छन्। हामीले यसबारे तिनीहरूसँग सङ्गति गरिसकेका छौँ; हेरौँ, भविष्यमा तिनीहरू कसरी कार्यसम्पादन गर्छन्।” यो सुनेर मैले यसलाई गम्भीरतासाथ नलिएको मात्र होइन, यस्तो पनि सोचेँ, “कसले पो आफ्नो देहबारे नसोच्ला र? यदि तिनीहरू आफ्नो वर्तमान काम गर्छन् भने, के त्यो पर्याप्त होइन र?” त्यसपछि, मैले अझै तिनीहरूको कामको अनुगमन वा रेखदेख गरिनँ।
केही समयपछि, अगुवाले लि केनले रेखदेख गरेको मण्डलीमा मलजल गर्ने काममा धेरै समस्या छन् भनेर पत्र पठाए र मलाई ती सकेसम्म चाँडो समाधान गर्नू भने। जब मैले त्यो पत्र देखेँ, तब सोचेँ, “लि केनले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दैआएकी र अगुवाका रूपमा सेवा गर्दै आएकी छिन्। म तिनको कार्य क्षमता र योग्यता थाहा छ। के परिस्थिति त्यत्ति खराब भएको हुन सक्छ? के ती अगुवाले गल्ती त गरेका होइनन्? तर अगुवाले त्यसो भनेकाले, त्यसको कुनै कारण त हुनैपर्छ। मैले त्यस परिस्थितिलाई व्यावहारिक रूपमा जाँच्नुपर्छ।” मैले परिस्थितिबारे जानेपछि मात्र लि केन र झाङ जुआन दुवैले राम्रो काम नगरिरहेका थाहा पाएँ। तिनीहरूले मण्डलीका संवर्धन गर्नुपर्ने प्रतिभाशाली व्यक्तिहरूलाई संवर्धन गरेका थिएनन्, अनि नयाँ विश्वासीहरूले भेलामा खाने र पिउने कुरा परमेश्वरको काम जान्नेसम्बन्धी सबैभन्दा आधारभूत सत्यता थिएन। त्यहाँ चिनियाँ कम्युनिस्ट पाटीको झुटो हल्ला सुनेर नकारात्मक बनेका केही नयाँ विश्वासी पनि थिए, अनि लि केन र झाङ जुआनले अचम्म लाप्रकारले आफूलाई समर्थन गर्ने गैरजिम्मेवार व्यक्तिलाई नियुक्त गरेका थिए। नयाँ विश्वासीहरूका समस्या समाधान गरिएका थिएनन्, अनि लि केन र झाङ जुआनले नयाँ विश्वासीहरूसित सङ्गति गर्ने र तिनीहरूलाई अझ सहायता गर्ने तरिकहरू पाएका थिएनन्। कतिपय नयाँ विश्वासीहरू लगभग पछि हटिसकेका थिए। आखिरमा, नयाँ विश्वासीहरूले आफै परमेश्वरको वचन पढेर आफ्नो स्थिति सुल्टाएका थिए। मलजलका काममा धेरै विचलन र कमी कमजोरी भए पनि, लि केन र झाङ जुआनले आत्मचिन्तन गरेनन्, र अरूलाई दोष लाउने कोसिससमेत गरे। यी कुरा थाहा पाएर म छक्क परेँ, कसरी परिस्थिति यसरी बदलियो? मैले तिनीहरूलाई बुझेअनुसार तिनीहरू पहिले आफ्ना कर्तव्य निभाउने बोझ उठाउँथे। अहिले कसरी परिस्थिति यसरी बदलियो? तर तथ्यहरू मेरै आँखासामु प्रस्तुत थिए, मैले यसलाई स्विकार्नुपर्थ्यो। यस सँगसँगै मलाई एकदमै दोषी महसुस भयो। यदि मैले तिनीहरूको काम रेखदेख गरेकी र जाँचेकी भए, मलजलका काममा त्यत्ति धेरै समस्या उत्पन्न हुने थिएनन्। यसका निम्ति मसँग उम्कन नमिल्ने एउटा जिम्मेवारी थियो।
पछि, मैले परमेश्वरका वचनमा एउटा खण्ड देखेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्ना उचित कामहरू नगर्ने सुपरभाइजरहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई लाग्छ कि तिनीहरूले सुपरभाइजर छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरभाइजरले आफै कामका सबै मामलाहरू सम्हाल्न सक्नेछ। त्यसकारण झूटा अगुवाहरूले नियमित रूपमा भेला आयोजना मात्रै गर्छन्, र कामको निगरानी गर्ने वा यो कसरी अघि बढिरहेको छ भनेर सोध्दैनन्, अनि काम नगरी अरूलाई अह्राउने हाकिमले जस्तै व्यवहार गर्छन्। यदि कसैले सुपरभाइजरको समस्याबारेमा रिपोर्ट गर्यो भने, झूटो अगुवाले भन्नेछ, ‘यो सामान्य समस्या मात्रै हो, ठीकै छ। तपाईंहरू आफैले यो कुरा सम्हाल्न सक्नुहुन्छ। मलाई नसोध्नुहोस्।’ समस्या रिपोर्ट गर्ने व्यक्तिले भन्छ, ‘सुपरभाइजर अल्छी भातमारा हो। उसले खाने र मनोरञ्जन गर्नेबाहेक केही गर्दैन, र तिनी फोकटमा बस्छन्। तिनले कर्तव्यमा अलिकति पनि कठिनाइ भोग्न चाहँदैनन्, र आफ्नो काम र जिम्मेवारीहरूबाट पन्छिन सधैँ छलपूर्ण रूपमा अल्याङटल्याङ गर्छन् र बहाना गर्ने गर्छन्। तिनीहरू सुपरभाइजर हुन लायक छैनन्।’ झूटो अगुवाले भन्छ, ‘सुपरभाइजर छनौट गरिँदा ऊ निकै राम्रो थियो। तपाईंले भन्नुभएको कुरा साँचो होइन, वा हो नै भने पनि, यो क्षणिक प्रकटीकरण मात्रै हो।’ झूटो अगुवाले सुपरभाइजरको परिस्थितिबारे थप कुरा पत्ता लगाउने प्रयास गर्नेछैन, बरु त्यो सुपरभाइजरले विगतमा कस्तो छाप पारेको थियो भन्ने आधारमा त्यो मामिलाबारे मूल्याङ्कन गरेर फैसला गर्छ। सुपरभाइजरमा रहेका समस्याहरूबारे जसले रिपोर्ट गरे पनि, झूटो अगुवाले तिनीहरूलाई बेवास्ता गर्छ। यस्तो सुपरभाइजरले कुनै वास्तविक काम गरिरहेको हुँदैन, र मण्डलीको काम झण्डै ठप्प बनेको हुन्छ, तर झूटो अगुवालाई मतलब हुँदैन, मानौ तिनीहरू यसमा संलग्न समेत छैनन्। कसैले सुपरभाइजरका समस्याहरू रिपोर्ट गर्दा तिनीहरूले देखे पनि नदेखे जस्तो गर्नु आफैमा पनि वाक्क लाग्दो कुरा हो। तर सबभन्दा घिनलाग्दो कुराचाहिँ के हो? जब सुपरभाइजरका साँच्चै गम्भीर समस्याहरूबारे मानिसहरूले तिनीहरूलाई रिपोर्ट गर्छन्, तिनीहरूले त्यो सुल्झाउने प्रयास गर्नेछैनन्, बरु तिनीहरूले हरप्रकारका बहानाहरूसमेत बनाउनेछन्: ‘यो सुपरभाइजरलाई मैले चिनेको छु, उसले परमेश्वरमा साँच्चै विश्वास गर्छ र उसमा कहिल्यै कुनै समस्या आउँदैन। उसमा सानो समस्या नै आयो भने पनि, परमेश्वरले उसलाई सुरक्षा र अनुशासनमा राख्नुहुनेछ। उसले कुनै गल्ती गर्यो भने, त्यो ऊ र परमेश्वरबीचको कुरा हो—हामीले यस बारेमा चासो दिनु पर्दैन।’ झूटा अगुवाहरूले आफ्नै धारणा र कल्पनाअनुसार काम गर्छन्। तिनीहरूले सत्यता बुझेको र आफूसँग विश्वास भएको बहाना गर्छन् तर तिनीहरूले मण्डलीको काम भद्रगोल पार्छन्, र यो पूरै ठप्प समेत हुनसक्छ, तर तिनीहरूले यसबारेमा सधैँ अन्जान रहेको बहाना गर्नेछन्। के झूटा अगुवाहरूले काम गरेको नाटक गर्ने मानिसहरूले जस्तै व्यवहार गर्दैनन् र? तिनीहरूले आफै वास्तविक काम गर्न सक्दैनन्, र तिनीहरू समूह अगुवा र सुपरभाइजरको कामलाई पनि स-साना कुरामा ध्यान दिएर गर्दैनन्—तिनीहरूले यसको बारेमा फलोअप गर्ने वा सोधपुछ गर्ने गर्दैनन्। मानिसहरूसम्बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्नै सोचइ र कल्पनामा आधारित हुन्छ। जब कसैले केही समयसम्म राम्ररी काम गरिरहेको देख्छन्, तब यो व्यक्ति सधैँ असल रहनेछ, र परिवर्तन हुनेछैन भन्ने तिनीहरूको विश्वास हुन्छ; यो व्यक्तिमा समस्या छ भन्ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिको बारेमा कसैले चेतावनी दिँदा, तिनीहरूले बेवास्ता गर्छन्। के झूटा अगुवाहरू मूर्ख हुन्छन् भन्ने तिमीहरूलाई लाग्छ? तिनीहरू बेवकुफ र मूर्ख हुन्छन्। … झूटा अगुवाहरूमा एउटा घातक अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र पाखण्डी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यस व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्ने सम्भावना छैन, मैले उचित भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू हुनु हुँदैन; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने व्यक्ति होइन। तिनीहरू अवश्य नै विश्वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तिनीहरू कुनै प्रकारको विशेषज्ञ हुन्? के तिनीहरूसित एक्स-रेको जस्तै दृष्टि छ? के तिनीहरूसँग यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्वरद्वारा प्रकाश नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले झूटा अगुवाहरूले व्यक्तिको क्षणिक हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कन्को आधारमा उसलाई निर्धक्क विश्वास गर्छस्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छन्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मवारपूर्ण भइरहेका हुँदैनन् र?” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (३))। परमेश्वरले मेरो अवस्था ठ्याक्कै प्रकट गर्दै हुनुहुन्थ्यो; म आफ्नो कर्तव्यप्रति अति नै गैरजिम्मेवार थिएँ। मैले पहिले लि केन र झाङ जुआनसँग काम गरेकी थिएँ, र तिनीहरूमा काम गर्ने केही क्षमता भएकाले, र तिनीहरूले आफ्ना कर्तव्यमा केही परिणाम प्राप्त गरेकाले, मैले तिनीहरूमाथि सजिलै विश्वास गरेकी थिएँ। मैले तिनीहरूलाई पूर्णतया कम सुम्पेपछि त्यसको रेखदेख वा सोधपुछसमेत गरेकी थिइनँ। अगुवाले मलाई मलजल समूह अगुवाहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन् भनेर जाँच्नू भन्दा, मैले तिनीहरूमा विश्वास गरेकीले तिनीहरूको काम जाँचेकी थिइनँ। मैले तिनीहरूसँग भेला हुँदा पनि तिनीहरूको कामबारे विस्तृत सोधपुछ गरेकी थिइनँ। पछि, अगुवाले तिनीहरू आफ्ना कर्तव्यमा आरामको लालसा गर्छन् र वास्तविक काम गर्दैनन् भनेर भन्दा, मेरा मनमा अलि प्रतिविरोध जाग्यो। तिनीहरू त्यस्ता छैनन्, र अगुवाले तिनीहरूलाई राम्रोसँग चिन्दैनन् भन्ने सोचेँ। मैले तिनीहरूका पक्षमा हृदयमा तर्कसमेत गरेकी थिएँ। त्यसबारे विचार गर्दा, मैले केही महिना मात्र तिनीहरूसँग बातचित गरेकी रहेछु। बाहिरबाट हेर्दा, तिनीहरूमा केही कार्य क्षमता र कर्तव्य निभाउनमा केही जिम्मेवारी बोध भएको देखिन्थ्यो, तर मैले तिनीहरूको मानवता र स्वभाव सारलाई पटक्कै बुझेकी थिइनँ। मैले क्षणिक प्रभाव र राम्रो अनुभूतिका आधारमा तिनीहरूलाई विश्वास गरेकी थिएँ, त्यसपछि रेखदेख नगरी तिनीहरूलाई काम सुम्पँदा ढुक्क महसुस गरेँ। परमेश्वरले मानिसहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन् भनेर खुलासा गर्नुभयो, त्यसैले तिनीहरूका सारा भ्रष्ट स्वभावहरू समाधान भएका छैनन्, तिनीहरू सबै लापरवाह, गैरजिम्मेवार हुन सक्छन्, अनि तिनीहरू सिद्ध पारिनुअघि नै आफ्नो बाटो लाग्छन्। मैले कामकुरालाई परमेश्वरका वचनका आधारमा हेरिरहेकी थिइनँ, बरु म आफ्ना धारणा र कल्पनाहरूमा भर परेकी थिएँ, र तिनीहरूका क्षणिक असल कार्यसम्पादनका आधारमा मेरा मनमा तिनीहरूको राम्रो पक्षलाई मजबुत बनाएँ। अगुवाले तिनीहरूका समस्याहरू औंल्याउँदासमेत, मलाई विश्वास लागेन, अगुवाले तिनीहरूबाट अति उच्च माग गरेको ठानेँ। शैतानको स्वभावअनुसार जिउँदा, मैले विशेष गरी आफूमा भरोसा राखेँ अनि कामकुरालाई हेर्न आफ्नै दृष्टिकोणमा अडिग रहेँ, आफूले असल ठानेको कुरा निर्विवाद हो भन्ने ठानेँ, अरूले जे बताए पनि त्यो स्विकारिनँ, जसको कारण काममा ढिलाइ भयो। म एकदमै अहङ्कारी र अभिमानी थिएँ!
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड देखेँ: “आज, धेरै मानिसहरूले कर्तव्य निर्वाह गर्ने भए पनि, सत्यता खोजी गर्ने थोरै मात्र छन्। ज्यादै कम मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता पछ्याउने र सत्यता वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुरा गर्दा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्वरप्रति समर्पित हुने मानिसहरू होइनन्; तिनीहरू मुखले मात्र सत्यतालाई प्रेम गर्छु, र सत्यता पछ्याउन इच्छुक छु, अनि सत्यताप्रति लागिपर्न इच्छुक छु भनी दाबी गर्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्म टिक्छ थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समय वा स्थानमा आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्ने सम्भावना हुन्छ। तिनीहरूमा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध हुँदैन, तिनीहरू प्राय: झारा टार्छन्, तिनीहरू जस्तो इच्छा लाग्छ त्यस्तै कार्य गर्छन्, र काटछाँट स्विकार्न समेत सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै तिनीहरूले आफ्नो कर्तव्य त्याग्ने सम्भावना हुन्छ—यो प्रायजसो भइरहन्छ, योभन्दा आम कुरा अरू केही छैन; सत्यता खोजी नगर्ने मानिसहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरोसा र विश्वास गर्न नसकिने हुन्छन्। तिनीहरू विश्वास गर्न नसकिने हुन्छन् भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले कठिनाइ वा बाधा सामना गर्दा, तिनीहरू पतन हुने, र नकारात्मक र कमजोर बन्ने सम्भावना धेरै हुन्छ भन्ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्ने मानिसहरू फरक हुन्छन्। साँच्चिकै सत्यता बुझेका मानिसहरूमा अवश्यै परमेश्वरको डर मान्ने, र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र परमेश्वरको डर मान्ने हृदय भएका मानिसहरू मात्रै भरोसायोग्य मानिसहरू हुन्; परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरू भरोसायोग्य हुँदैनन्। परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूलाई अनुगमन गर्नुपर्छ, र अझ धेरै सहयोग र निर्देशन दिनुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्न सक्छन् भन्ने सुनिश्चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई भरणपोषण गर्नु, सहयोग गर्नु, वा काटछाँट गर्नु, तिनीहरूको विचलन सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा कुनै पनि द्वेषपूर्ण कुरा हुँदैन। मानिसहरूको रेखदेख गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्वरमाथिका विश्वासमा सही मार्गमा प्रवेश गर्न, परमेश्वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न सहयोग गर्न, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्वरको घरको कामप्रतिको जिम्मेवारी देखाउनु हो; यसमा कुनै द्वेषभाव लुकेको हुँदैन” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (७))। मैले परमेश्वरका वचनबाट के बुझेँ भने, हामीले मण्डलीमा आफ्नो कर्तव्य निभाए पनि र ती निभाउन हामी इच्छुक भए पनि, यो एउटा असल अभिप्राय मात्र हो। हामी सबैमा भ्रष्ट स्वभावहरू भएकाले हामी पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन सकेनौँ र हाम्रा कार्यमा सिद्धान्तहरू कमी भयो। यसले गर्दा हाम्रो काममा विचलनहरू आए, र हामी प्रायः लापरवाह र गैरजिम्मेवार भयौँ। त्यसकारण, अगुवाहरू र कामदारहरूले कामको रेखदेख गरेर तुरुन्तै समस्याहरू पत्ता लगाएर ठिक गर्नु आवश्यक थियो। लि केन र झाङ जुआन पनि भ्रष्ट मानिसहरू थिए। पहिले तिनीहरू आफ्ना कर्तव्य निर्वाहमा बोझ लिने व्यक्ति भए पनि, त्यसको अर्थ तिनीहरूलाई सधैँ त्यस्तै हुनेछ भन्ने थिएन। त्यसबाहेक, तिनीहरूमा राम्रो योग्यता र कार्य क्षमता हुनुको अर्थ तिनीहरूले मामिला सम्हाल्न सत्यता सिद्धान्तहरू प्राप्त गरेका छन्, र तिनीहरू पूर्ण रूपमा भरोसायोग्य छन् भन्ने थिएन। यसका निम्ति तिनीहरूका कामको रेखदेख र अनुगमन गर्नुपर्थ्यो। म मानिसहरूको भ्रष्ट सार देख्न सक्दिनँथेँ अनि मानिसहरूलाई आफ्ना धारणा र कल्पनाका आधारमा हेर्थेँ, तिनीहरूलाई सजिलै विश्वास गर्थेँ अनि रेखदेख नगरी काम सुम्पिन्थेँ। म वास्तवमै मूर्ख थिएँ। यदि मैले तिनीहरूलाई अन्धाधुन्ध विश्वास नगरेकी भए अनि आफ्नो जिम्मेवारी पूरा गर्दै परमेश्वरको घरका मागअनुसार तिनीहरूको कामको नियमित रूपमा रेखदेख र जाँच गरेकी भए, मलजलको काम धेरै महिनासम्म त्यत्ति प्रभावहीन हुने थिएन। मैले यसबारे जति धेरै सोचेँ त्यत्ति नै आफूलाई दोषाएँ।
मैले यसबारे धेरै विचार गरेँ: किन मैले लि केन र झाङ जुआनलाई तिनीहरूका कर्तव्यको रेखदेख र जाँच नगरी त्यत्ति धेरै भरोसा गरेँ? अगुवाले मलाई सम्झाउँदा पनि मैले त्यसलाई ध्यान दिइनँ। यसको पछि कुन भ्रष्ट स्वभावले मलाई नियन्त्रण गरिरहेको थियो? मैले मनन गर्दा परमेश्वरका वचनको एउटा खण्ड देखेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्वरको स्थानमा बस्न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरको वचनबारे मनन गर्दा मैले आफ्नो असफलताको कारण फेला पारेँ: यो मुख्यतः मेरो अहङ्कारी स्वभाव र आफैमाथिको अत्यधिक भरोसाको कारण भएको थियो। मलाई तिनीहरू आफ्ना कर्तव्यमा गम्भीर र जिम्मेवार छन्, बोझ लिने व्यक्ति हुन् र लापरवाह हुनेछैनन् भन्ने लाग्यो। त्यसैले, मैले आफूलाई पूर्ण रूपमा भरोसा गरेँ, सधैँ “मेरा विचारमा,” “मलाई विश्वास छ,” “मलाई लाग्छ,” भनी सोच्थेँ, अनि मानिसहरूबारे मेरो मूल्याङ्कन सही छ र गलत हुन सक्दैन भनी सोच्थेँ। मैले तिनीहरूलाई काम सुम्पेपछि, तिनीहरूबारे रेखदेख वा सोधपुछ गर्ने कष्टसमेत उठाइनँ। अगुवाले स्पष्ट रूपमा तिनीहरूका समस्या औंल्याउँदा पनि मैले त्यसलाई गम्भीरतासाथ लिइनँ, तिनीहरूले केही भ्रष्टता प्रकट गरेका मात्र हुन्, त्यो कुनै ठूलो कुरा होइन भनी सोचेँ। मेरो असफलता आफूलाई अत्यधिक भरोसा गर्नुले भएको थियो। म आफ्ना दृष्टिकोणलाई मानिसहरूलाई मापन गर्ने मापदण्डका रूपमा प्रयोग गर्दथेँ। अरूले जे भने पनि, म त्यो स्वीकार गर्दिनँथेँ। म मानिसहरूबारे मेरो मूल्याङ्कन सही छ, म तिनीहरूलाई राम्ररी चिन्दछु, र तिनीहरूको मूल्याङ्कन गर्न योग्यकी छु भन्ने ठान्थेँ। म आफ्नोभन्दा फरक अरूका कुनै पनि विचारसँग असहमत हुन्थेँ र ती अस्वीकार गर्थेँ। मैले आफ्ना विचार र दृष्टिकोण गलत, पूर्वाग्रही हुन सक्छ, वा त्यसले काममा हानि पुऱ्याउन सक्छ भन्ने मैले कहिल्यै विचार गरिनँ। म साँच्चै अहङ्कारी र समझहीन थिएँ! आफ्ना कर्तव्य निभाउन आफ्नो अहङ्कारी स्वभावमा भर पर्दा, मैले अरूको सुझाउहरूलाई गम्भीरतासाथ लिइनँ, झन् सत्यता सिद्धान्तहरू खोज्नु त परै जाओस्। म एकदमै अहङ्कारी र अरूलाई बरखास्त गर्ने व्यक्ति थिएँ, मेरा हृदयमा परमेश्वरका निम्ति कुनै स्थान थिएन। सोचेँ, मैले भरोसा गरेका मानिसहरू र आफूले निर्णय गरेका कुराहरू आफ्नै धारणा र कल्पनाअनुसार निश्चित रूपमा सही छन् हठी हुँदै आफ्ना दृष्टिकोणमा टाँसिरहेँ र आफ्ना कर्तव्यलाई बेवास्ता गरेँ, जसले गर्दा काममा ठूलो हानि पुग्यो। यसो गरेर, के मैले आफ्नो कर्तव्य निभाइरहेकी थिएँ? मैले परमेश्वरको विरोध र दुष्टता गरिरहेकी थिएँ। प्रकृति र नतिजाको गम्भीरतालाई बुझेर, मैले तुरुन्तै परमेश्वरसामु आई प्रार्थना र पश्चात्ताप गरेँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड देखेँ जसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले जे गरिरहेको भए पनि, कसरी सत्यता खोज्ने र त्यसप्रति समर्पित हुने त्यो सिक्नैपर्छ; तँलाई जसले सल्लाह दिइरहेको भए पनि, यदि यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, त्यो सानो बालकबाट नै आए पनि, तैँले यसलाई स्विकार्नैपर्छ र यसमा समर्पित हुनैपर्छ। व्यक्तिमा जे-जस्ता समस्याहरू भए पनि, यदि तिनीहरूका शब्दहरू र सल्लाह सत्यता सिद्धान्तहरूअनुरूप छन् भने, तैँले तिनलाई स्विकार्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ। यसरी काम गर्दाका नतिजाहरू असल र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनेछन्। मुख्य कुराचाहिँ आफ्नो मनसाय, अनि कामकुरा सम्हाल्ने आफ्ना सिद्धान्त र विधिहरूलाई हेर्नु हो। यदि कामकुरा सम्हाल्ने तेरा सिद्धान्त र विधिहरू मानव इच्छा, मानव सोच र धारणा, वा शैतानी दर्शनहरूबाट उत्पन्न हुन्छन् भने, ती सिद्धान्त र विधिहरू अव्यावहारिक छन्, र ती अप्रभावकारी हुनेछन्। किनभने तेरा सिद्धान्त र विधिहरूको स्रोत नै गलत छ, र सत्यता सिद्धान्तहरूअनुरूप छैन। यदि तेरा दृष्टिकोणहरू सत्यता सिद्धान्तहरूमा आधारित छन्, र तैँले सत्यता सिद्धान्तहरूअनुरूप कामकुरा सम्हाल्छस् भने, तैँले ती अवश्य नै सही तरिकामा सम्हाल्नेछस्। तैँले त्यति बेला कामकुरा सम्हाल्ने तरिकालाई कतिपय मानिसले स्वीकार नगरे पनि, वा यसबारे तिनीहरूले धारणाहरू राख्ने वा यसको प्रतिरोध गर्ने भए पनि, केही समयपछि यो मान्य हुनेछ। सत्यता सिद्धान्तहरूअनुरूपका कुराहरूले झन्-झन् धेरै सकारात्मक परिणाम ल्याउनेछन्, जबकि सत्यता सिद्धान्तअनुरूप नरहेका कुराहरू त्यो बेला मानिसका धारणासँग मेल खाए पनि, तिनले झन्-झनै धेरै नकारात्मक नतिजा ल्याउनेछन्। मानिसहरू सबैले यसको पुष्टि पाउनेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग)। परमेश्वरका वचनले मलाई के बुझाए भने, कुनै परिस्थिति आइपर्दा, हामीले पहिले आफूलाई इन्कार गर्नुपर्छ, सत्यता खोज्नुपर्छ र मामिलालाई परमेश्वरका वचनका आधारमा हेर्नुपर्छ। हामीले आफ्ना विचार र दृष्टिकोण परमेश्वरका अभिप्रायअनुरूप छन् कि छैनन् अनि ती परमेश्वरका वचन र सत्यता सिद्धान्तमा आधारित छ् कि छैनन् भनेर जाँच्नुपर्छ। ब्रदर-सिस्टरहरूले सम्झाउँदा र सुझाउहरू दिंदा हामीमा खोजी गर्ने हृदय हुनुपर्छ, आफ्नै दृष्टिकोणमा अडिग रहनु हुँदैन। हामीले तिनलाई सिद्धान्तअनुसार सम्हाल्नुपर्छ। यस्तो मनोवृत्ति हुनु भनेको परमेश्वरसामु खोजी गर्नु, समर्पित हुनु र विवेकी हुनु हो। मेरो पहिलेको शैलीबारी विचार गर्दा, मैले कामकुरा सत्यता सिद्धान्तमा आधारित भएको देखिनँ तर म अरूले भन्दा राम्रो जान्दछु भन्ने सोच्दै आफ्नै दृष्टिकोणमा अडिग भएकी थिएँ। ब्रदर-सिस्टरहरूले सुझाउ दिँदा, ममा खोज्ने हृदय थिएन र मैले आफूमा अत्यधिक भरोसा गरेँ। मेरो असफलताको मुख्य कारण यही नै थियो। अगि बढनका निम्ति, मैले पहिले आफूलाई इन्कार गर्नु र ब्रदर-सिस्टरहरूका सुझाउहरू सुन्नु आवश्यक थियो।
पछि, मैले परमेश्वरको वचनहरूको अर्को खण्ड देखेँ, जसले भन्छ: “शाब्दिक अर्थबाट मूल्याङ्कन गर्दा, सुपरिवेक्षणको अर्थ निरीक्षण: अर्थात् कुन मण्डलीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गरेका छन् र कुनले गरेका छैनन्, कार्यान्वयनको प्रगति कस्तो छ, कुन अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् र कुनले गरिरहेका छैनन्, र कुनै अगुवा वा कामदारहरू निश्चित कामहरूमा सहभागी नभई कामका प्रबन्धहरू मात्र बाँडफाँट गरिरहेका छन् कि भनी जाँच्नु हो। सुपरिवेक्षण एउटा निश्चित कार्य हो। कामका प्रबन्धहरूको कार्यान्वयनको सुपरिवेक्षण बाहेक—ती कार्यान्वयन भएको वा नभएको, कार्यान्वयनको गति, कार्यान्वयनको गुणस्तर, र हासिल गरिने नतिजाहरू—उच्च तहका अगुवा र कामदारहरूले अगुवा र कामदारहरूले कामका प्रबन्धहरू कडाइका साथ पालना गरिरहेका छन् कि छैनन् भनी जाँच्नुपर्छ। कतिपय अगुवा र कामदारहरू बाहिरी रूपमा आफू कामका प्रबन्धहरू पालना गर्न इच्छुक रहेको भन्छन्, तर कुनै निश्चित वातावरण सामना गरेपछि, उनीहरू पक्राउ पर्ने डर मान्छन् र लुक्नमा मात्र ध्यान केन्द्रित गर्छन्, र उनीहरूले कामका प्रबन्धहरूलाई धेरै पहिले मनमा पछिल्तिर स्थानान्तरण हुन्छन्; दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरू समाधान हुँदैनन, र उनीहरूलाई कामका प्रबन्धहरूले के तोकेका छन् वा अभ्यासका सिद्धान्तहरू के-के हुन् भन्ने थाहा हुँदैन। यसले कामका प्रबन्धहरू बिलकुलै कार्यान्वयन भएका छैनन् भन्ने देखाउँछ। अन्य अगुवा र कामदारहरूले कामका प्रबन्धहरूमा भएका केही मागहरूबारे रायहरू, धारणाहरू, र प्रतिरोध राखेका हुन्छन्। जब तिनलाई कार्यान्वयन गर्ने समय आउँछ, उनीहरू कामका प्रबन्धहरूको वास्तविक अर्थबाट विचलित हुन्छन्, आफ्नै विचारअनुसार कामकुरा गर्छन्, झारा टार्छन् र कामकुरा सकाउनकै लागि गरे जस्तो मात्र गर्छन्, वा आफ्नै मार्गमा हिँड्छन्, र मन लागेसरी कामकुरा गर्छन्। यस्ता सबै परिस्थितिहरूका लागि माथिल्लो तहका अगुवा र कामदारहरूको सुपरिवेक्षण आवश्यक हुन्छ। सुपरिवेक्षणको उद्देश्य भनेको कामका प्रबन्धहरूले माग गर्ने निश्चित कार्यहरूलाई विचलित नभईकन र सिद्धान्तहरूअनुसार राम्रोसँग कार्यान्वयन गर्नु हो। सुपरिवेक्षण गर्ने क्रममा, उच्च तहका अगुवा र कामदारहरूले वास्तविक काम नगर्ने वा कामका प्रबन्धहरू कार्यान्वयन गर्नमा गैरजिम्मेवार र सुस्त कोही छ कि भनी पहिचान गर्नमा ठूलो जोड दिनुपर्छ; यदि कसैले कामका प्रबन्धहरूबारे प्रतिरोधी मुड देखाउँछ र ऊ तिनलाई कार्यान्वयन गर्न अनिच्छुक हुन्छ वा उसले तिनलाई छानेर कार्यान्वयन गर्छ, वा कामका प्रबन्धहरू बिलकुलै पालना गर्दैन र बरु आफ्नै व्यवसायलाई अघि बढाउँछ; यदि कसैले कामका प्रबन्धहरू रोकिरहेको छ, र तिनलाई आफ्नै विचारअनुसार मात्र सञ्चार गर्छ, परमेश्वरका चुनिएका मानिसहरूलाई कामका प्रबन्धहरूका साँचो अर्थ र निश्चित मागहरू जान्न दिँदैन भने—यी समस्याहरूलाई सुपरिवेक्षण र निरीक्षण गरेर मात्र उच्च तहका अगुवाहरूले वास्तवमा के भइरहेको छ भनेर थाहा पाउन सक्छन्। यदि उच्च तहका अगुवाहरूले सुपरिवेक्षण र निरीक्षण सञ्चालन गरेनन् भने, के यी समस्याहरूलाई पहिचान गर्न सकिन्छ त? (अहँ।) सकिँदैन। त्यसकारण, अगुवा र कामदारहरूले कामका प्रबन्धहरू सञ्चार गर्ने र प्रत्येक तहमा मार्गनिर्देशन प्रदान गर्ने मात्र नभई कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्दा कामलाई प्रत्येक तहमा सुपरिवेक्षण पनि गर्नैपर्छ। क्षेत्रीय अगुवाहरूले जिल्लास्तरीय अगुवाहरूको कामको सुपरिवेक्षण गर्नुपर्छ, जिल्लास्तरीय अगुवाहरूले मण्डलीका अगुवाहरूको कामको सुपरिवेक्षण गर्नुपर्छ, र मण्डलीका अगुवाहरूले प्रत्येक समूहको कामको सुपरिवेक्षण गर्नुपर्छ। सुपरिवेक्षण प्रत्येक तहमा गरिनुपर्छ। सुपरिवेक्षणको उद्देश्य के हो? यसको उद्देश्य कामका प्रबन्धहरूको विषयवस्तुको सही कार्यान्वयनलाई तिनको निश्चित मागहरूअनुसार सहजीकरण गर्नु हो। त्यसकारण, सुपरिवेक्षणको कार्य निकै महत्त्वपूर्ण हुन्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (१०))। परमेश्वरको वचनहरूबाट, मैले बुझेँ, पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्न, अगुवा र कामदारहरूले कामको प्रत्येक भागको व्यावहारिक रूपमा रेखदेख र अनुगमन गर्नैपर्छ, एक-एक कुरा राम्ररी जाँच्नैपर्छ, अनि कामको प्रगति जान्नैपर्छ र बुझ्नैपर्छ। तिनीहरूले परमेश्वरका माग र कार्य बन्दोबस्तअनुसार काम गर्नुपर्छ। काममा सिद्धान्तहरू भङ्ग भएको पाइएमा तुरुन्तै सङ्गतिद्वारा त्यसको समाधान गर्नुपर्छ। क्षमतावान् प्रतिभाशाली मानिसहरू पत्ता लगाइएपछि तुरुन्तै तिनीहरूलाई संवर्धन गर्नुपर्छ। यसका निम्ति व्यावहारिक निरीक्षण, सोधपुछ, रेखदेख र अनुगमन आवश्यक पर्छ, जसले आफ्ना कर्तव्यप्रति जिम्मेवार मनोवृत्तिलाई देखाउँदछ। विगतमा, म आफ्ना व्यक्तिगत कल्पनाहरूमा भर परेँ, रेखदेख वा अनुगमन नगरी, र तिनीहरूका काममा वास्तविक परिस्थिति नबुझी, आफ्ना कृपापात्रहरूलाई काम सजिलै हस्तान्तरण गरेँ। यो शैली एकदमै गैरजिम्मेवारीपूर्ण थियो, र मैले आफ्ना कर्तव्य पूरा गरिनँ। भविष्यमा, मैले परमेश्वरका वचनअनुसार अभ्यास गर्नैपर्छ अनि आफू जिम्मेवार रहेको कामबारे व्यावहारिक रूपमा रेखदेख र अनुगमन गर्नैपर्छ।
लि केनलाई बरखास्त गरेपछि, म तिनी जिम्मेवार रहेको मण्डलीमा गएँ र संवर्धन गर्न सकिने केही नयाँ विश्वासीहरूलाई भेटेँ। मैले तिनीहरूका स्थिति र कठिनाइ व्यावहारिक रूपमा बुझ्न, तिनीहरूसँग भेलाहरू राखेर यी समस्याहरू समाधान गर्न सङ्गति दिएँ। मैले मलजल गर्नेहरूका काममा भएका कठिनाइहरू समाधान गर्न तिनीहरूसित पनि सङ्गति गरेँ, तिनीहरूका शैलीमा भएका विचलनहरूलाई सच्याएँ। मैले तिनीहरूलाई परमेश्वरको काम बुझ्नेबारे सत्यता सङ्गति गर्नमा ध्यान दिन लगाएँ, ताकि नयाँ विश्वासीहरूले सकेसम्म चाँडो साँचो मार्गमा बलियो जग बसाल्न सकून्। पछि मैले थाहा पाएँ, यस मण्डलीका नयाँ विश्वासीहरूलाई मलजल गर्नमा भएका समस्याहरू अरू मण्डलीमा पनि हुन सक्छन्। त्यसैले मैले अरू मण्डलीका मलजल समूह अगुवाहरूलाई तुरुन्त पत्र लेखेँ। पत्रहरू लेखेपछि पनि मलाई अझै असहज महसुस भयो किनकि लिखित कुराकानी आमने-सामने सङ्गति गर्नुजस्तो प्रभावकारी हुँदैन। त्यसकारण, मैले अगुवाहरूले यस कामको व्यक्तिगत रूपमा रेखदेख र अनुगमन गरून् भन्ने मेरो आशा गर्दै तिनीहरूलाई पत्र लेखेँ। आखिरमा, ती अगुवाहरूले के जवाफ दिए भने, यी समस्याहरू तिनीहरूका मण्डलीमा पनि विभिन्न स्तरमा छन्, अनि तिनीहरूले उहीअनुरूप रेखदेख र अनुगमन गर्ने छन्। त्यतिबेला मैले साँच्चै के बुझेँ भने, अगुवा र कामदारहरूले व्यावहारिक रूपमा कामको निरीक्षण र अनुगमन गर्नु आवश्यक छ भन्ने परमेश्वरको माग हो।
मैले यस अनुभवद्वारा आफ्नो अहङ्कारी स्वभावलाई केही मात्रामा बुझेकी छु अनि यो कति महत्त्वपूर्ण छ भनी महसुस पनि गरेकी छु “पूर्णतया परमेश्वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु” परमेश्वरले भन्नुभएझैँ। अबदेखि मैले आफ्ना कल्पनाका आधारमा काम गर्नै हुँदैन। परिस्थितिहरू सामना गर्दा, मैले पहिले सत्यत्यता खोजेर आफू वरपरका मानिस, घटना र परिस्थितिलाई परमेश्वरको वचनअनुसार सम्हाल्नैपर्छ।