३०. तथाकथित आत्मज्ञान

परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, म सधैँ लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका ब्रदर सिस्टरहरूसँग भेला गर्थेँ। जब मैले हरेकले परमेश्‍वरका वचनमा सङ्गति गर्दा आफूले प्रकट गरेको भ्रष्टताबारे कुराकानी गर्न, आफूलाई परमेश्‍वरका वचनअनुसार जाँच र आत्मचिन्तन गरी आफ्ना भ्रष्ट स्वभावको विश्लेषण गर्न सकेको देखेँ, तब म निकै ईर्ष्यालु भएँ र तिनीहरूको नक्कल गर्न थालेँ। बिस्तारै, मैले पनि आफूलाई परमेश्‍वरका वचनअनुसार जाँच गर्न र भेलामा आफ्नो भ्रष्टता स्वीकार गर्न सक्षम भएँ। मैले सोचेँ यो आत्मज्ञान हो। केही ब्रदर सिस्टरले मैले दुई वा तीन वर्षदेखि मात्रै परमेश्‍वरमा विश्‍वास गरेको देखेका थिए, तर आत्मज्ञानका बारेमा कुरा गर्दा, म निकै व्यवस्थित र गहन तरिकाले बोल्थेँ, र तिनीहरूले मलाई प्रशंसाको दृष्टिले हेर्थे। मलाई निकै गर्व लाग्यो, सोचेँ मसँग राम्रो क्षमता छ र आफूलाई कसरी चिन्ने भन्‍ने थाहा छ, र यसरी नै मैले पछ्याइरहेँ भने, म स्वभाव परिवर्तन र मुक्तिबाट टाढा हुनेछैन। त्यसपछि, मैले आफ्नो आत्मज्ञानबारे सङ्गति गर्ने प्रयासमा ध्यान केन्द्रित गरेँ, अरूलाई मेरो बुझाइ गहन र तीक्ष्ण रहेको र मेरो जीवन प्रवेश अरूको भन्दा राम्रो रहेको देखाउन म प्रायः आफूलाई जाँच गर्न मानिसलाई खुलासा गर्ने परमेश्‍वरका कठोर वचन उद्धृत गर्थेँ। यस प्रकारको बुझाइ सही रहे नरहेकोबारे मैले कहिल्यै चिन्तन गरिनँ, र पछि धेरै पटक मेरो काटछाँट गरिएपछि मात्र मेरो आत्मज्ञान सबै नक्कली रहेछ भन्‍ने मैले बुझेँ।

सन् २०२० नोभेम्बरमा, म अरू केही ब्रदर-सिस्टरले बनाएका भिडियोहरूको समीक्षा अन्य दुई सिस्टरहरूसँग मिलेर गर्दै थिएँ। त्यो बेला, धेरै भिडियो पेस गरिएको थियो, र ब्रदर-सिस्टरहरूले धेरै सवाल उठान गरेको थिए, त्यहाँ रहेका केही सवाल यस्ता थिए जसलाई कसरी हल गर्ने भन्‍ने मलाई थाहा थिएन। त्यो समयमा, मेरो लापरवाह मनोवृत्ति सामुन्ने आयो। मैले सोचेँ, “ममा धेरै समूहको जिम्मेवारी छ, त्यसैले म निकै व्यस्त छु र समीक्षा गर्नुपर्ने केही भिडियो थुप्रिएर बसेका छन्। यदि मैले सिद्धान्तका आधारमा प्रत्येक भिडियोलाई ध्यानपूर्वक विचार र मूल्याङ्कन गरी ब्रदर-सिस्टरहरूले उठाएका प्रत्येक सवाललाई इमानदारीपूर्वक हल गर्ने प्रयास गर्ने हो भने यसमा निकै मेहनत गर्नुपर्नेछ। अनि मसँग कति पो फुर्सदिलो समय हुनेछ र? मैले बुझ्न नसकेका केही सवाललाई अहिलेका लागि एकातिर राख्नेछु। साथै, मसँग सहकार्य गरिरहेका दुई सिस्टर भिडियोको समीक्षा गर्न अलिक सुस्त छन्, त्यसैले मैले छिटो छिटो भिडियो जाँच गरेँ भने, आफैलाई हानि पुर्‍याउनेछैन र? म अरूकै गतिमा काम गर्नेछु। यसबाहेक, कसैले पनि आफ्नो कर्तव्य पूर्ण रूपमा गर्न सक्दैन। धेरै सत्यता यस्ता छन्, जसलाई म पनि पूर्ण रूपमा बुझ्न सक्दिनँ। हरेक समस्यालाई पूर्ण रूपमा हल गर्न असम्भव छ, तसर्थ नजिक पुग्नु नै काफी हुन्छ।” यो सोचेर, मैले भिडियोमा भएका केही समस्या वा ब्रदर-सिस्टरहरूको दुबिधा हल गर्न धेरै प्रयास लगाइनँ। पछि, मैले आफूसँग भएका सबै भिडियोको समीक्षा पूरा गरेँ, र मैले मलाई सहयोग गर्ने सिस्टरहरूभन्दा धेरै भिडियो समीक्षा गरेकाले केही हदसम्म आत्मसन्तुष्टि महसुस गरेँ, र सोचेँ म आफ्नो कर्तव्यमा निकै लगनशील र जिम्मेवार हुँदै छु। तर केही समयपछि, हामीले पेस गरेका भिडियोहरू सुपरभाइजरले समीक्षा गर्दा उनले सिद्धान्तमा आधारित धेरै समस्या फेला पारे र हामीलाई काटछाँट गर्न कठोर पत्र लेखे, “तपाईँहरूले यो कर्तव्य लामो समयदेखि पूरा गरिरहनुभएको छ, तैपनि सिद्धान्तका यी सामान्य समस्याहरू दोहोरिइरहेका छन्। यस्तो त पक्कै हुनुहुँदैन! तपाईँहरूले सिद्धान्त नबुझेको पनि होइन—यो लापरवाह व्यवहारको गम्भीर मामिला हो। तपाईँहरूले आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिमा राम्रोसँग चिन्तन गर्न आवश्यक छ!” सुपरभाइजरको कठोर काटछाँट सुनेर, मलाई आफूमाथि अन्याय भएको लाग्यो र म प्रतिरोधी भएँ। मैले सोचेँ, “मैले हालै आफ्नो कर्तव्यमा निकै प्रयास लगाइरहेको छु। तपाईँले हाम्रोबारेको कुनै पनि सकारात्मक कुरा किन उल्लेख नगरेको र हाम्रो समस्या खुलासा गर्नमा मात्र किन केन्द्रित भइरहेको? त्यसबाहेक, कसैले पनि आफ्नो कर्तव्य पूर्ण रूपमा गर्न सक्दैन, त्यहाँ सधैँ कमी रहन्छन्। हामीसँग सत्यताको छिपछिपे बुझाइ छ र केही विषय राम्रोसँग बुझ्न सक्दैनौँ, त्यसैले हामीले पेस गरेका केही भिडियोमा समस्या हुनु सामान्य हो—तपाईँ किन यो बुझ्नुहुन्न?” मैले मनमनै बहस गरिरहेँ। मेरा सहकर्मी सिस्टरहरूसँग कुराकानी गर्दा मैले जानाजान वा अनजानमा मेरो विचार यसरी व्यक्त गर्न पुगेँ, “सुपरभाइजर अति धेरै माग गर्ने खालका छन्। पूर्णताजस्तो कुनै कुरा हुँदैन। कुनै भिडियो जति पटक जाँचे पनि केही समस्या देखिने नै छन्…।” पछि, जब ती दुई सिस्टरले आफ्नो चिन्तन र ज्ञानबारे लेखिरहेको देखेँ, तब मैले बुझेँ, म एकदमै प्रतिरोधी र काटछाँट गरिँदा बहस गर्न खोज्ने भएको रहेछु, र यो आत्मज्ञान पटक्कै होइन! यो काटछाँट परमेश्‍वरबाट आएको थियो, र मैले यसलाई स्विकारेर आत्मचिन्तन गरी आफूलाई चिन्नु पर्थ्यो। त्यसैले, मैले आफ्नो लापरवाह स्थितिलाई सम्बोधन गर्न परमेश्‍वरका सान्दर्भिक वचन भेट्टाएँ, र म आफ्नो आत्मचिन्तनबारे झनै गहन तरिकाले कसरी लेख्न सक्छु भनेर विचार गरेँ। मैले मानिसको लापरबाहीको खुलासा गर्ने परमेश्‍वरका कठोर वचनहरू उद्धृत गरेँ, आफ्नो कर्तव्यलाई लापरवाह तरिकाले लिनु परमेश्‍वरप्रतिको गम्भीर विश्‍वासघात हो, कर्तव्यमा लापरवाह हुनुले खराब मानवतालाई दर्साउँछ, र मानिसलाई बहकाउन भ्रम फैलाउनुले मलाई कुहिएको स्याउ बनाएको छ भनेर भनेँ। लेखिसकेपछि, मैले आफ्नो चिन्तनलाई ती दुई सिस्टरको चिन्तनसँग तुलना गरेँ, र मलाई मेरो चिन्तन निकै गहन रहेको लाग्यो। काटछाँट गरिँदा म आत्मचिन्तन गरेर आफूलाई चिन्न सक्छु, परमेश्‍वरका वचनको प्रकाशमा आफूलाई गहन विश्लेषण गर्न सक्छु भन्‍ने सोच्दै म आफूसँग निकै खुसी भएँ, र मैले मैले पाठ सिकेको छु भन्ठानेँ। मेरो चिन्तन पढेपछि सुपरभाइजरले पक्कै समूह अगुवाका रूपमा मसँग मेरा सहकर्मी सिस्टरहरूको भन्दा गहन बुझाइ छ, र मेरो जीवन प्रवेश तिनीहरूको भन्दा राम्रो छ भन्‍ने महसुस गर्नेछन् भनी सोच्दै केही गर्व पनि महसुस गरेँ। साथै, मैले आफूबारे निकै नकारात्मक रूपमा लेखेको थिएँ, त्यसैले, सुपरभाइजरसँग यस पटक भन्नका लागि धेरै कुरा रहनेथिएन। तर अचम्म, केही दिनपछि, मैले सुपरभाइजरबाट अर्को पत्र पाएँ। यो पत्र पहिलेको भन्दा नि धेरै कठोर थियो, पत्रमा मेरो आत्मचिन्तन र ज्ञान सतही छ, मैले आफूलाई साँचो रूपमा चिनेको छैन, र मेरो भ्रामक विचारले ती सिस्टरहरूलाई बहकाएको छ र सबैलाई आत्मज्ञान उपेक्षा गर्ने तुल्याएको गरेको छ भनी भनिएको थियो। पत्रमा यसको परिणाम गम्भीर हुन्छ र मैले थप चिन्तन गर्नुपर्छ पनि भनिएको थियो। मलाई खुलासाका यी कठोर शब्दहरू स्विकार्न गाह्रो भयो, सोचेँ, “मैले कसरी आफूलाई साँचो रूपमा नचिनेको भयो? मैले मेरो भ्रष्टताबारे चिन्तन र विश्लेषण गर्न परमेश्‍वरका वचनको सहारा लिइरहेको छु, र मेरो बुझाइ सहकर्मी सिस्टरहरूको भन्दा गहिरो छ। के यो साँचो आत्मज्ञान होइन र? ती सिस्टरहरूले आफूलाई नै चिनेका छैनन् भने कसरी मबाट बहकिएको भयो? मैले त यत्तिकै बोलिरहेको थिएँ—मैले कसरी तिनीहरूलाई बहकाइरहेको थिएँ?” धेरै दिनसम्म, मैले प्रतिरोध र निकै अन्याय महसुस गरिरहेँ, सुपरभाइजरले मलाई निशाना बनाइरहेको र मेरा लागि जीवन कठिन बनाउन खोजिरहेको ठानेँ। मैले आफ्नो पूरै ध्यान उनीमाथि केन्द्रित गरेँ र राम्रोसँग आत्मचिन्तन गर्ने वा आफूलाई चिन्नतिर लागिनँ। मेरो हृदय अँध्यारो र उदास हुँदै गयो, मैले आफ्नो कर्तव्यमा हृदयलाई शान्त राख्न सकिनँ, र मेरा प्रार्थनाले परमेश्‍वरलाई भेट्टाउन सकेनन्। मलाई आफ्नो स्थितिमा केही गडबड छ भन्‍ने महसुस भयो। यस घडीमा, मैले सुपरभाइजरलाई लेखेको पत्र सम्झेँ। मैले त्यो पत्र राम्ररी लेखेको थिएँ, र मैले नकारात्मकता फैलाएको, सहकर्मी सिस्टरहरूलाई आफ्नो पक्षमा पारेको र सुपरभाइजरसँग असन्तुष्ट बनेको भनेर स्विकारेको थिएँ, साथै, मैले भ्रम फैलाउँदा र मानिसलाई बहकाउँदा म कुहिएको स्याउ भएको पनि स्वीकार गरेको थिएँ, तर किन सुपरभाइजरले यसरी मेरो खुलासा गरी काटछाँट गर्दा मैले यसलाई स्विकार्न सकिनँ र यत्तिको प्रतिरोधी भएँ? यसको अर्थ मेरो पहिलेको बुझाइ गलत रहेछ भन्‍ने थिएन र? यो साँचो आत्मज्ञान नै थिएन! मैले के पनि बुझेँ भने मैले सुपरभाइजरमा राम्रो छाप छोड्नका लागि आफूलाई जाँच्न र चिन्न जबरजस्ती केही शब्द लेखेको मात्र थिएँ भन्‍ने कुरा पनि बुझेँ। के यस प्रकारको आत्मज्ञान मिथ्या र भ्रामक थिएन? यस घडीमा, मैले बिस्तारै बुझेँ कि मैले काटछाँट गरिनुलाई वास्तवमा स्विकारेकै रहेनछु, मसँग कुनै साँचो आत्मज्ञान रहेनछ, र मैले हृदयमा महसुस गरेको अँध्यारो र उदासी मैले गरेको कार्यबाट परमेश्‍वर वाक्क हुनुभएको र मबाट आफ्नो अनुहार लुकाउनुभएकाले रहेछ। म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, आफूभित्र भएका समस्या स्पष्ट देख्नका लागि उहाँसँग अन्तर्दृष्टि मागेँ।

पछि, मैले परमेश्‍वरका वचनका दुई खण्ड पढेँ: “कतिपय मानिसले आफूलाई जान्‍नेबारे सङ्गति गर्दा, तिनीहरूको मुखबाट सुरुमा यो कुरा निस्कन्छ, ‘म दियाबलस, जिउँदो शैतान हुँ, परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति हुँ। म उहाँविरुद्ध विद्रोह गर्छु र उहाँलाई धोका दिन्छु; म सर्प हुँ, श्रापित हुनुपर्ने दुष्ट व्यक्ति हुँ।’ के यो आफूलाई साँचो रूपमा चिन्‍न हो? तिनीहरूले समग्रमा मात्रै बोल्छन्। किन तिनीहरू उदाहरणहरू दिँदैनन्? तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरूलाई किन चिरफार गर्नका लागि बाहिर ल्याउँदैनन्? कतिपय समझ नभएका मानिस तिनीहरूको कुरा सुनेर सोच्छन्, ‘यो त साँचो आत्मज्ञान हो! तिनीहरू आफूलाई दियाबलसका रूपमा चिनेर आफूलाई सराप्न—तिनीहरू कति उचाइमा पुगिसकेका रहेछन्!’ धेरै मानिसहरू, विशेष गरी नयाँ विश्‍वासीहरू यस्तो कुराद्वारा भ्रमित हुने सम्‍भावना हुन्छ। तिनीहरूले यस्तो बोल्‍ने व्यक्ति शुद्ध छ र उसमा आत्मिक बुझाइ छ, ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, त्यसकारण नेतृत्व पदका लागि ऊ योग्य छ भन्‍ने सोच्छन्। तैपनि, तिनीहरूले त्यस व्यक्तिसँग केही समय कुराकानी गरिसकेपछि, वास्तविकता यो रहेनछ, त्यो व्यक्ति तिनीहरूले कल्‍पना गरेजस्तो रहेनछ, बरु अत्यन्तै झूटो र छली रहेछ, वास्तविकता लुकाउन र बहाना बनाउनमा सिपालु रहेछ भन्‍ने थाहा पाउँछन्, र यसले तिनीहरूलाई निकै खिन्‍न तुल्याउँछ। … उदाहरणको लागि, कुनै व्यक्तिले आफू छली छु, युक्ति र षड्यन्त्रले भरिएको छु भन्‍ने जानेको हुन सक्छ, र अरूले छलीपन प्रकट गर्दा उसले बताउन पनि सक्छ। त्यसैले, उसले आफू छली भएको स्विकारेपछि, साँचो रूपमा पश्‍चात्ताप गरेर आफ्‍नो छलीपन हटाउँछ कि हटाउँदैन, त्यो हेर्। अनि उसमा फेरि छलीपन प्रकट भयो भने, उसलाई फेरि छली भएकामा आफूप्रति धिक्‍कार र लाज लाग्छ कि लाग्दैन, उसले साँच्‍चै पछुतो गर्छ कि गर्दैन त्यसलाई हेर। यदि उसमा लाजको कुनै बोध पनि हुँदैन र उसले पश्‍चात्ताप पनि गर्दैन भने, उसको आत्मज्ञान सतही, र लटरपटर गरिएको कुरा मात्रै हुन्छ। उसले झारा मात्रै टारिरहेको हुन्छ; उसको ज्ञान साँचो हुँदैन। उसलाई छल त्यस्तो दुष्ट वा पिशाची कुरा हो भन्‍ने अनुभूति हुँदैन, र उसलाई निश्चय नै छल भनेको कति निर्लज्ज र नीच व्यवहार हो भन्‍ने अनुभूति हुँदैन। ऊ सोच्छ, ‘मानिसहरू सबै छली हुन्छन्। मूर्खहरू मात्र छली हुँदैनन्। अलिकति छली हुँदैमा तिमी खराब व्यक्ति हुँदैनौ। मैले दुष्टता गरेको छैनँ; म सबैभन्दा छली व्यक्ति होइन।’ के यस्तो व्यक्तिले साँचो रूपमा आफूलाई चिन्‍न सक्छ? कदापि सक्दैन। किनकि उसलाई आफ्नो छली स्वभावबारे ज्ञान हुँदैन, उसले छललाई घृणा गर्दैन, र आत्मज्ञानबारे उसले भन्‍ने सबथोक ढोँग र खोक्रो कुरा मात्र हुन्। आफ्ना भ्रष्ट स्वभावहरू नचिन्‍नु साँचो आत्मज्ञान होइन। छली मानिसहरूले साँचो रूपमा आफूलाई चिन्‍न नसक्नुको कारण के हो भने, तिनीहरूका लागि सत्यता स्विकार्नु सजिलो कुरा होइन। त्यसैले, तिनीहरूले जति नै वचन र धर्मसिद्धान्त ओकल्न सक्ने भए पनि, तिनीहरू साँचो रूपमा परिवर्तन हुनेछैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ)। “कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर कसरी छुट्याउन सकिन्छ? एक हिसाबमा, यस व्यक्तिले आफूलाई परमेश्‍वरको वचनका आधारमा चिन्‍न सक्छ कि सक्दैन, उसले आफ्ना बारेमा मनन गर्न र साँचो ग्‍लानि महसुस गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ; अर्का हिसाबमा, उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ भने, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको कामप्रति समर्पित हुने व्यक्ति हो। यदि यस्ता व्यक्तिहरूले सत्यतालाई केवल पहिचान गर्छन्, तर स्विकार्ने वा अभ्यास गर्ने कहिल्यै गर्दैनन् अर्थात्, ‘म सबै सत्यता बुझ्छु, अभ्यास गर्नचाहिँ सक्दिनँ’ भन्‍नेले जस्तै व्यवहार गर्छन् भने, तिनीहरू सत्यलाई प्रेम गर्ने मानिसहरू होइनन्। कतिपय मानिसहरूले परमेश्‍वरको वचन सत्यता हो र आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्छन्, र तिनीहरू पश्‍चात्ताप गर्न र आफूलाई बदलेर नयाँ पार्न तयार छौँ पनि भन्छन्, तर त्यसपछि तिनीहरूमा कुनै परिवर्तन आउँदैन। तिनीहरूको बोली र व्यवहार पहिलेको जस्तै हुन्छ। जब तिनीहरूले आफूलाई चिन्‍नेबारेमा कुरा गर्छन्, यस्तो लाग्छ कि तिनीहरूले चुट्किला सुनाइरहेका वा नारा फलाकिरहेका छन्। तिनीहरूले हृदयदेखि मनन गर्ने वा आफूलाई चिन्‍ने प्रयास बिलकुलै गर्दैनन्; मुख्य समस्या त तिनीहरूमा पछुताउने मनोवृत्ति नै हुँदैन। तिनीहरूले साँचो रूपमा आत्मचिन्तन गर्न आफ्‍नो भ्रष्टताबारे जस्ताको तस्तै खुलाउने काम त झनै कम गरिरहेका हुन्छन्। बरु, तिनीहरूले विधि पूरा गरेजस्तो गर्दै अनि झारा टार्दै आफूलाई चिनेको बहाना बनाइरहेका हुन्छन्। तिनीहरू आफूलाई साँचो रूपमा चिन्‍ने वा सत्यता स्विकार्ने मानिसहरू होइनन्। जब त्यस्ता मानिसहरूले आफूलाई चिनेका बारेमा कुरा गर्छन्, तिनीहरूले केवल झारा टारिरहेका हुन्छन्; तिनीहरू नाटक गर्न र छल्न अनि झूटो आत्मिकता देखाउनमा लागिरहेका हुन्छन्। कतिपय मानिस छली हुन्छन्, र जब तिनीहरूले अरूले आफ्‍नो आत्मज्ञान सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले सोच्छन्, ‘अरू सबैले आफ्‍नो छलको बारेमा खुलेर चिरफार गर्छन्। यदि मैले केही भनिनँ भने त मैले आफूलाई चिनेकै छैन भनेर सबैले सोच्लान्। यस्तोमा मैले पनि केही बोलेजस्तो त गर्नैपर्ने भो!’ त्यसपछि, तिनीहरूले आफ्‍नो छललाई अत्यन्तै गम्‍भीर भन्छन्, यसलाई नाटकीय शैलीमा प्रस्तुत गर्छन्, र हेर्दा खेरि तिनीहरूको आत्मज्ञान निकै गहनजस्तो लाग्छ। तिनीहरूको कुरा सुन्‍ने हरेकले तिनीहरूले साँच्‍चै आफूलाई चिनेका रहेछन् भन्‍ने सोच्छन्, र तिनीहरूलाई डाहाको नजरले हेर्छन्, अनि तिनीहरू महिमावान् भएको, तिनीहरूका शिरमा तेजस्वी ज्योति छाएको जस्तो महसुस गर्छन्। आत्मज्ञान पाएजस्तो नाटक गर्ने तिनीहरूको यो शैली, साथै देखावटी व्यवहार र छलले अरूलाई भ्रममा पार्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ)। परमेश्‍वरका वचनको खुलासा र यसअनुसार आफूलाई जाँच गर्दा, मैले बुझेँ कि मेरो आत्मज्ञान पाखण्ड र छलबाहेक केही थिएन। मेरो आत्मज्ञान सुपरभाइजरलाई खुसी पार्नका लागि देखावट मात्र थियो। मैले सोचेँ, हामी आफ्ना कर्तव्यमा गैरजिम्मेवार र लापरवाह छौँ भनी भनेर उनले हाम्रो समस्या औँल्याएका थिए, र मेरा सहकर्मी सिस्टरहरूले आफैबारे चिन्तन गर्दै थिए, अब मैले आफूलाई चिनिनँ भने यसले मैले काटछाँट गरिनुलाई स्वीकार नगरिरहेको देखिने थियो। समूह अगुवाका रूपमा मेरो चिन्तन अरूको भन्दा छिपछिपे भयो भने, के यसले मेरो जीवन प्रवेश खराब रहेको देखाउने थिएन र? यो अभिप्रायले, मैले अनिच्छापूर्वक चिन्तन र आत्मज्ञानका केही शब्द लेखेँ, तर त्यो मेरो हृदयबाट निक्लेको साँचो ज्ञान थिएन, न यो परमेश्‍वरका वचनको न्याय र सजाय स्विकारेर आएको वास्तविक बुझाइ थियो। मैले कुनै पीडाबोध वा ऋणी महसुस गरिनँ। यो अरूलाई देखाउन मात्र थियो कि म केवल नारा र आडम्बरी शब्द फलाकिरहेको थिएँ। मैले मुखले आफूमा लापरवाह मनोवृत्ति भएको स्विकारेँ, तर वास्तवमा यसमा विश्‍वास गरिनँ। मैले के पनि सोचेँ भने, “मेरो कर्तव्यमा केही समस्या वा विचलन हुनु कुनै ठुलो कुरा होइन। समस्यारहित रूपमा कसले पो कर्तव्य निर्वाह गर्न सक्छ र? सुपरभाइजरले मलाई काटछाँट गर्न र हप्काउन मेरो कर्तव्यमा रहेको सानो समस्या पक्रिरहेका छन्। तिनी अति धेरै माग गर्दै छन्!” मैले सुपरभाइजरको पछाडि उनीविरुद्ध असन्तोष पनि फैलाइरहेको थिएँ। यो कसरी वास्तविक आत्मज्ञान भयो? यसभन्दा खराब कुरा भनेको मैले भित्रबाट सुपरभाइजरको काटछाँट स्पष्ट नस्विकारेको भए पनि मानिसको लापरबाही खुलासा गर्ने परमेश्‍वरका वचन आफूमा लागू गरेर मैले स्विकारेको जस्तो गरेँ। मैले आफ्नो भित्री र बाहिरी स्थितिबिच विरोधाभास पाएँ, मैले अरूलाई धोका दिइरहेको र तिनीहरूमा झुटो छाप पारिरहेको थिएँ। म साँच्चिकै छली थिएँ! तथ्यहरूको प्रकटीकरणले मात्र म पूर्णतः आश्‍वस्त भएँ। मसँग आफूबारे वास्तविक बुझाइ थिएन। मेरो आत्मज्ञान केवल औपचारिक र खोक्रा शब्दहरू थिए, ढोँग र छलभन्दा अरू केही थिएनन्। मेरो चिन्तन जतिसुकै गहन वा पूर्ण देखिए पनि यो सबै केवल झुटो र नक्कली थिए। यो बुझेपछि म बल्ल होसमा आएँ। परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा, मैले सधैँ आत्मज्ञानका बारेमा बोलेको र भेलामा आफूलाई विश्लेषण गरेको थिएँ, तर यी सारा ज्ञान हुँदा पनि खासै परिवर्तन आएको थिएन। मेरो आत्मज्ञान अरूको प्रशंसा प्राप्त गर्न, मेरो तथाकथित राम्रो जीवन प्रवेशको आडम्बर गर्न, साथै, भेलाहरूमा मेरा सङ्गति र ज्ञान मेरा सिस्टरहरूको सङ्गति र ज्ञानसँग गुप्त रूपमा तुलना गरी कसको बुझाइ धेरै गहिरो र गहन थियो भनेर हेर्न मात्र थियो। मेरो आत्मज्ञान कागजी मात्र थियो, म भव्य नाराहरूले भरिएको र आफूलाई कठोरतापूर्वक खुलासा गरेको, कहिलेकाहीँ आफूलाई दियाबलस, शैतान वा ख्रीष्टविरोधी समेत भनेको भए पनि यो परमेश्‍वरका वचनको न्यायको साँचो स्वीकारोक्ति थिएन, र यो हृदयबाट आएको थिएन। बरु, मैले गहन सुनिने भव्य धर्मसिद्धान्त फलाक्न मात्र परमेश्‍वरका वचनबाट उद्धरण टिपिरहेको थिएँ, तर यी आफ्नो भ्रष्ट स्थितिबारे वास्तविक बुझाइविनाको खोक्रा थिए। यस प्रकारको आत्मज्ञानले अरूलाई छल गर्‍यो र मलाई अन्धो बनायो। म सधैँ के सोच्थेँ भने आफ्नो भ्रष्टता स्वीकार गरेर र परमेश्‍वरका वचनले मानिसको भ्रष्ट सारबारे खुलासा गर्ने कुराअनुसार आफूलाई जाँचेर म आफूलाई साँचो रूपमा चिन्दै थिएँ, र यसका लागि आफ्नै प्रशंसासमेत गरेँ। तर वास्तवमा, म एउटा सही रायसमेत स्वीकार गर्न सक्दिनथेँ, र काटछाँटमा पर्दा म जवाफी बहस थाल्थेँ र आफूलाई सही ठहराउने कोसिस गर्थेँ। यदि म यसरी नै चल्दै गएँ भने, मैले जीवनभर परमेश्‍वरमा विश्‍वास गरे पनि र आत्मज्ञानबारे हरेक दिन कुरा गरे पनि मैले अझै पनि साँचो पश्चात्ताप वा परिवर्तन हासिल गर्ने थिइनँ, र अन्तमा मेरो शैतानी स्वभाव अपरिवर्तित रहनेथ्यो, र परमेश्‍वरले मलाई निश्चित रूपमा त्याग्नु र हटाउनुहुनेथ्यो। यो महसुस गरेर म कति मूर्ख र कति खतरामा रहेछु भन्‍ने बल्ल देखेँ!

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “कतिपय ख्रीष्टविरोधीहरू बहाना गर्न, मानिसहरूलाई ठग्न र नाटक गर्नमा निकै पोख्त हुन्छन्। सत्यता बुझ्ने मानिसहरू भेट्दा तिनीहरू आफ्नो आत्मज्ञानबारे कुरा गर्न थाल्छन्, र आफू दियाबलस र शैतान हुँ, आफ्नो मानवता खराब छ, र आफू श्राप पाउन योग्य छु भनेरसमेत भन्छन्। मानौँ तैँले तिनीहरूलाई यस्तो सोधिस् रे, ‘तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्‍नुहुन्छ, त्यसोभए तपाईँले के-कस्ता दुष्ट कार्य गर्नुभयो त?’ तिनीहरूले भन्छन्: ‘मैले केही पनि गरिनँ, तर म दियाबलस हुँ। अनि म दियाबलस मात्र होइन; म त शैतान पनि हुँ।’ तैँले त्यसपछि तिनीहरूलाई सोध्छस्, ‘तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्‍नुहुन्छ, त्यसोभए तपाईँले दियाबलस र शैतानका कुन दुष्ट कार्य गर्नुभयो, अनि तपाईँले कसरी परमेश्‍वरलाई प्रतिरोध गर्नुभयो? के तपाईँ आफूले गरेका दुष्ट कार्यहरूबारे बताउन सक्‍नुहुन्छ?’ तिनीहरूले भन्‍नेछन्: ‘मैले केही पनि दुष्टता गरिनँ!’ त्यसपछि तँ झनै जोड गर्छस् र सोध्छस्, ‘यदि तपाईँले केही पनि दुष्टता गर्नुभएको छैन भने, तपाईँ किन आफू दियाबलस र शैतान हुँ भनेर भन्‍नुहुन्छ। यसो भनेर तपाईँले के हासिल गर्न खोजिरहेको हो?’ जब तँ तिनीहरूसँग यसरी गम्भीर बन्छस्, तब तिनीहरूसँग भन्‍नको लागि केही पनि हुनेछैन। वास्तवमा तिनीहरूले धेरै खराब कार्यहरू गरेका हुन्छन्, तर तिनीहरूले तँसँग त्यसका तथ्यहरू बिलकुलै बताउनेछैनन्। तिनीहरूले आफ्नो आत्मज्ञानबारे खोक्रो रूपमा बताउन केही ठूल्ठूला कुरा मात्र गर्नेछन् र केही धर्मसिद्धान्तहरू फलाक्नेछन्। विशेषगरी तिनीहरूले मानिसहरूलाई कसरी आफूतिर ताने, कसरी छल गरे, मानिसहरूलाई भावनाको आधारमा कसरी प्रयोग गरे, परमेश्‍वरको घरका हितहरूलाई कसरी गम्भीर रूपमा लिएनन्, कसरी कार्य प्रबन्धहरूविरुद्ध गए, कसरी माथिलाई छल गरे, ब्रदर-सिस्टरहरूबाट कसरी कुराहरू लुकाए, र परमेश्‍वरको घरको हितलाई कति क्षति पुर्‍याए भन्‍ने तथ्यहरूबारे तिनीहरूले एक शब्द पनि बोल्नेछैनन। के यो आफूबारेको साँचो ज्ञान हो र? (होइन।) तिनीहरूले आफू दियाबलस र शैतान हुँ भनेर भनिरहँदा, के तिनीहरूले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन आत्मज्ञानको नाटक गरिरहेका हुँदैनन् र? के यो तिनीहरूले प्रयोग गर्ने एउटा विधि होइन र? (हो।) एउटा औसत व्यक्तिले यो विधिलाई छर्लङ्ग देख्न सक्दैन। … शैतानले कहिलेकाहीँ आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम गरेर मानिसहरूलाई बहकाउँछ, र अरू कुनै विकल्प नहुँदा त्यसले कहिलेकाहीँ घुमाउरो पाराले आफ्ना गल्तीहरू स्विकार्न सक्छ, तर यो सब ढोँग हो, र त्यसको उद्देश्य मानिसहरूको सहानुभूति र बुझाइ प्राप्त गर्नु मात्र हुन्छ। त्यसले यस्तोसमेत भन्‍नेछ, ‘कोही पनि सिद्ध हुँदैन। सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले गल्ती गर्न सक्छन्। जबसम्म व्यक्तिले आफ्ना गल्तीहरू सच्याउन सक्छ, तबसम्म ऊ असल मानिस नै हुन्छ।’ मानिसहरूले यो सुनेपछि तिनीहरूलाई यो सही हो भन्‍ने लाग्छ, र तिनीहरूले शैतानलाई आराधना गर्न र पछ्याउन जारी राख्छन्। शैतानको विधि भनेको सक्रिय रूपमा आफ्ना गल्तीहरू स्विकार्नु, र गोप्य रूपमा आफूलाई उच्च पार्नु र मानिसहरूको हृदयमा आफ्नो स्थानलाई माथि सार्नु हो, ताकि मानिसहरूले त्यसका सबथोक—त्यसका त्रुटिहरूसमेत—स्विकारून् र त्यसपछि ती त्रुटिहरूलाई माफ गरून्, तिनलाई बिस्तारै बिर्सिऊन्, र अन्ततः शैतानलाई पूर्ण रूपमा स्विकारून्, मृत्युसम्मै त्यसप्रति बफादार रहून्, त्यसलाई कहिल्यै नछोडून् वा नत्यागून्, र त्यसलाई अन्त्यसम्मै पछ्याऊन्। के यो शैतानको काम गर्ने तरिका होइन र? शैतानले यसरी नै काम गर्छ, र ख्रीष्टविरोधीहरूले पनि मानिसहरूलाई आफूलाई आराधना गर्ने र पछ्याउने तुल्याउने आफ्नो महत्त्वाकाङ्क्षा र उद्देश्य पूरा गर्न यसप्रकारको विधि प्रयोग गर्छ। यसका परिणामहरू पनि उस्तै हुन्छन्, र शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट तुल्याउने परिणामभन्दा कति पनि फरक हुँदैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। आत्मचिन्तन गर्दा, म ठ्याक्कै परमेश्‍वरले खुलासा गरेजस्तै थिएँ। मेरो काटछाँट हुँदा मैले स्पष्ट रूपमा प्रतिवाद गरिरहेको र भित्रैबाट समर्पित हुन इन्कार गरिरहेको थिएँ, तर अरूले म सत्यता स्वीकार गर्न सक्छु भनुन्, र मेरोबारे सुपरभाइजरको नकारात्मक छापलाई सकारात्मक बनाउन सकूँ भनेर मैले विना हिचकिचाहट आफ्नो समस्याको विश्लेषण र पहिचान गरेँ, र मैले आफूलाई जाँच्न केही कठोर शब्दहरू प्रयोग गरेँ, अरूले म आफूलाई गहन रूपमा र राम्ररी बुझ्छु भन्‍ने ठानुन् भन्नका लागि मैले आफूमा “मानवताको कमी छ,” “म अरूलाई बहकाइरहेको छु” र “मण्डलीको काममा बाधा र अवरोध ल्याइरहेको छु” भनेँ। साँचो कुरा त, म दुई कदम अघि बढाउन एक कदम पछि हटिरहेको थिएँ, अरूलाई चुप गराउन, सबको समर्थन र प्रशंसा पाउन अनि म सत्यता स्वीकार गर्न सक्छु, मसँग जीवन प्रवेश छ र गल्ती थाहा हुनेबित्तिकै त्यसलाई सुधार्न सक्छु भनुन् भनेर आफ्नो गल्तीको तुरुन्त स्वीकारोक्ति प्रयोग गरिरहेको थिएँ। मैले आफूलाई राम्रो देखाउन देखावट र खोक्रो धर्मसिद्धान्त प्रयोग गरेँ, जबकि वास्तवमा म आडम्बर देखाउन, आफूलाई उच्च बनाउन र अरूलाई छल गर्न मात्र चाहन्थेँ। मेरो ज्ञानमा आफूलाई दूधले नुहाएको देखाउने, अरूलाई बहकाउने र मलाई प्रशंसा गर्ने बनाउने धेरै लज्जास्पद मनसाय र योजना लुकेको थियो। म साँच्चिकै घृणित थिएँ! यसबाहेक, म वास्तवमा आफ्नो समस्यालाई गम्भीर मान्दिन्थेँ, तर आफूलाई घिनलाग्दो र घृणित बताएँ। सारमा, म अरूलाई बहकाउन झुटो गवाही दिइरहेको थिएँ। यो प्रकटीकरणबाट मात्रै मैले वास्तवमा मेरो प्रकृति आफ्नो आत्मज्ञानको ढोँग गर्न र त्यसलाई नक्कली बनाउन समेत सक्ने गरी छली रहेको देखेँ। सुपरभाइजरको खुलासा र काटछाँट एकदमै सही थियो!

पछि मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, र मैले लिएको गलत बाटोबारे केही बुझाइ पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जीवनको खोजी गर्नेहरूमध्ये, पावल आफ्‍नै सार थाहा नभएका व्यक्ति थिए। तिनी नम्र वा समर्पित थिँदै थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको आफ्नो सारबारे नै थाहा थियो। त्यसैले, तिनी विस्तृत अनुभवहरूबाट नगुज्रेका र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। तर पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धता, कमजोरी, र सृष्टि गरिएको प्राणीको रूपमा आफूमा रहेको भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्येका एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि योग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू प्राकृतिक रूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार गरेका मानिस हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिर पत्रुसजस्तो व्यक्ति होस् कि पावल जस्तो व्यक्ति होस्, स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै पनि कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र अझै पनि तिनीजस्तै गफ हाँक्‍ने र धाक लाउने छस् भने, तँ अवश्य नै असफल हुने पथभ्रष्ट व्यक्ति होस्। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा हठी छैनस्, तर तैँले आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तँ विजय हासिल गर्न सक्‍ने सृष्टि गरिएको प्राणी बन्‍नेछस्। पावललाई आफ्‍नो सार वा भ्रष्टताको बारेमा थाहा थिएन, झन् तिनलाई आफ्नो विद्रोहीपनबारे थाहा हुने त कुरै नगरौँ। ख्रीष्‍टप्रतिको तिनको घृणित अवज्ञालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनले अत्यन्तै अफसोस नै गरेका थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र तिनी आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मामिलाको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि आवश्यक पोषण प्रदान गर्नुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यसउप्रान्त नसताउनुमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य भविष्यको मुकुट र सङ्क्रमणकालीन कार्यभन्दा अरू केही थिएन, उनले पछ्याएको लक्ष्य प्रशस्‍त अनुग्रह प्राप्त गर्नु थियो। तिनले पर्याप्त सत्यतापछ्याएनन्, न त पहिले आफूले नबुझेको सत्यतामा अझै गहन प्रगति गर्न नै पछ्याए। त्यसकारण तिनको आफ्‍नो बारेको ज्ञानलाई नकली भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने हुँदैन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसअलावा, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले सुरुदेखि नै गर्ने भनी अठोट गरेको कुरा थिएन, न त तिनले आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनले विगतमा गरेका पापहरूको प्रायश्‍चित गरेन, त्यो समयका निश्‍चित मण्डलीहरूमाझ कही निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो व्यक्ति जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, जसले मुक्ति प्राप्त गरेन र जसमा सत्यताको झन् धेरै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गर्नुभएकाहरूमध्ये एक बन्‍न सक्दैनथे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरका वचनले पत्रुस र पावलले लिएको मार्गको खुलासा गर्छन्। परमेश्‍वरमाथिको विश्‍वासमा पत्रुसको सफलता सत्यताको दृढ पछ्याइ र आत्मज्ञानमा केन्द्रित हुनुमा निहित थियो। उनले मानवजातिको खुलासा गर्ने प्रभु येशूका वचनअनुसार आफूलाई कठोरतापूर्वक जाँचे, परमेश्‍वरका वचनको प्रकाशमा आत्मचिन्तन गरे, र अन्ततः साँचो आत्मज्ञान प्राप्त गरे। पावलको असफलता आफ्नो भ्रष्ट सारको ज्ञानको कमीका कारण थियो। उनी मौखिक स्वीकारोक्तिमै सन्तुष्ट थिए, आफूलाई पापी र पापीको मुखिया भन्थे। तर आफूले प्रभु येशूविरुद्ध कसरी विद्रोह र प्रतिरोध गरे, वा आफूले के दुष्टता गरे भन्‍ने कुरालाई विश्लेषण वा उजागर गरेनन्। उनको आत्मज्ञान खोक्रो र झुटो थियो। यसले उनको जीवन स्वभावमा परिवर्तन गर्न नसकेको मात्र होइन, उनलाई झनै अहङ्कारी समेत बनाएको थियो, र अन्तमा, उनले आफूलाई निर्लज्जतापूर्वक गवाही दिए, आफूलाई जीवित ख्रीष्ट भने। परमेश्‍वरका वचनको खुलासाबाट मैले आफू पावलकै बाटोमा हिँडिरहेको छु भन्‍ने बुझेँ। परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा मैले भेलामा र ब्रदर-सिस्टरसामु आत्मज्ञानका बारेमा कुरा गरेको थिएँ, आफूलाई अहङ्कारी, स्वार्थी, नीच र मानवता भनेँ, अनि दियाबलस र शैतान भएको दाबीसमेत गरेँ, मेरो मुखबाट आत्मज्ञानका शब्द सजिलै निस्किरहेका थिए, मैले आफ्नो भ्रष्ट स्वभावको जुनै पक्ष स्विकारिरहेको भए पनि यसबारे म दसदेखि बिस मिनेटसम्म बोल्न सक्थेँ। तर मेरो हृदयमा, मैले कुनै पीडा वा तनाव महसुस गरिनँ। मैले आफैलाई यसो नसोधी बस्न सकिनँ “यो सारा आत्मज्ञानले, यतिका वर्षमा, के मैले परमेश्‍वरका वचनको कुनै न्याय साँचो रूपमा स्विकारेको छु? के मैले साँचो रूपमा आफूलाई घृणा गरेको छु? मेरो भ्रष्ट स्वभावको कुन पक्ष साँच्चिकै परिवर्तन भएको छ?” हरेक पटक भेलामा वा अरूले मेरो खुलासा गर्दा म झारा टार्नका लागि मात्रै केही सैद्धान्तिक ज्ञानको चर्चा गर्थेँ, तर हृदयमा अपराधबोध वा ऋणी रहेको कुनै भावना हुँदैनथ्यो, र त्यसपछि, कसरी परिवर्तन हुन खोज्ने भनी कहिल्यै सोच्दिनँथेँ। मैले यसरी आफूलाई जति स्विकारेँ, त्यति नै लापरवाह हुँदै गएँ, र आफ्नो कर्तव्यमा प्रगति गर्ने प्रेरणा गुमाएँ। मेरो आत्मज्ञानले ममा कुनै परिवर्तन नै ल्याएन। बरु यसले मलाई आत्मसन्तुष्ट र आत्मप्रशंसक बनायो। म सोच्थेँ, मैले आफ्नो लापरबाहीपन, स्वार्थीपन र घृणितपन स्विकारेको थिएँ, र आफूमा मानवता नभएको स्विकारेको थिएँ। साथै, मैले आफ्नो बुझाइ अरूको भन्दा गहन र विस्तृत थियो, र यसको अर्थ मैले सत्यतामा प्रवेश गरेको हो भन्‍ने पनि सोचेँ। यस्तो पाखण्डी आत्मज्ञानले अरूलाई मात्र छल गरेन, मलाई पनि बहकायो, र अन्तमा, अन्तमा गुमाउने म नै थिएँ। वास्तवमा, केही ब्रदर-सिस्टरले यो मेरो तथाकथित आत्मज्ञानलाई खुट्याएका थिए। एउटा ब्रदरले मलाई यसो पनि भनेका थिए, “तपाईँले कुरा गर्ने आत्मज्ञान भव्य र अधिकांश मानिसको पहुँचभन्दा बाहिर देखिन्छ; र सुरुमा मैले यसको प्रशंसा गरेँ, तर समयसँगै, तपाईँले खासै परिवर्तन वा प्रवेश प्राप्त गरेको देखिनँ!” चिन्तन गर्दा, यो निकै दयनीय थियो! यतिका वर्षमा, मेरो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरले मेरा लागि धेरै वातावरणको प्रबन्ध गर्नुभयो, र मेरो धेरै काटछाँट पनि भयो, तर मैले यी सबै अवसरलाई फुत्किन दिएँ, र यी मामिलामा मैले उचित रूपमा आत्मचिन्तन गरिनँ वा आफूलाई चिनिनँ। मानिसहरूले साँचो रूपमा परमेश्‍वरका वचनको न्याय स्वीकार गरून्, आफ्नो भ्रष्ट स्वभाव फालून् र मुक्ति प्राप्त गरून् भन्‍ने आशाले उहाँले धेरै वचन व्यक्त गर्नुभएको छ, मानव भ्रष्ट स्वभावका सबै पक्षको खुलासा गर्नुभएको छ। तर, मैले परमेश्‍वरका शाब्दिक वचनलाई देखावट गर्ने साधनका रूपमा मात्र प्रयोग गरेँ, धेरै धर्मसिद्धान्तले आफूलाई सुसज्जित गरेँ, तर मेरा भ्रष्ट स्वभावलाई बिलकुलै परिवर्तन गरिनँ। म ठ्याक्कै पाखण्डी फरिसीहरूजस्तै थिएँ। यो कुरा सोच्दा, मलाई सङ्कटको बोध भयो, र यसरी चलिरहन हुँदैन भन्‍ने लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मेरो गलत पछ्याइलाई सुधार्न र आफूलाई साँचो रूपमा चिन्न उहाँसँग मार्गदर्शन मागेँ।

प्रार्थना र खोजीबाट मैले अभ्यास र परमेश्‍वरका वचनमा प्रवेशको मार्ग भेटेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “यदि तेरो आत्मज्ञानमा सतही कुराहरूलाई हतार-हतार पहिचान गर्ने कार्य मात्र समावेश छ भने—यदि तैँले आफू अहङ्कारी र स्वधर्मी छु र आफूले परमेश्‍वरको विरुद्ध विद्रोह र प्रतिरोध गर्छु भनेर मात्र भन्छस् भने—यो साँचो ज्ञान होइन, यो त धर्मसिद्धान्त हो। तैँले यसमा तथ्यहरूलाई एकट्ठा गर्नुपर्छ: तैँले गलत अभिप्राय र दृष्टिकोण वा विकृत विचारहरू राखेका जुनसुकै कुराहरूलाई सङ्गति र विश्लेषण गर्न प्रकाशमा ल्याउनैपर्छ। यो मात्र आफूलाई वास्तवमै चिन्नु हो। तैँले आफ्ना कार्यहरूको आधारमा मात्र आफू बारे बुझाइ प्राप्त गर्नु हुँदैन; तैँले यसको मूल तत्त्वलाई बुझ्नैपर्छ र समस्याको जडलाई समाधान गर्नुपर्छ। समयको एक अवधि बितेर गएपछि, तैँले आफ्‍नै बारेमा चिन्तन गर्नुपर्छ र तैँले कुन-कुन समस्याहरू समाधान गरिस्, र कुन-कुन अझै बाँकी छन् भनी सारसङ्क्षेप गर्नैपर्छ। र त्यहाँ पनि, यी समस्यालाई समाधान गर्न तैँले सत्यता खोज्नैपर्छ। तँ निष्क्रिय हुनु हुँदैन, कामकुरा गर्न तँलाई सधैँ अरूले फुस्लाउनु, जोड गर्नु वा हात समातेर डोऱ्याउनु हुँदैन; तँसँग जीवन प्रवेशको तेरो आफ्नै बाटो हुनुपर्छ। तैँले भनेका र गरेका कुन-कुन कुराहरू सत्यतासँग मेल खाँदैनन्, तेरा अभिप्रायमध्ये कुन-कुन गलत छन्, र तैँले कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गरेको छस् भनी हेर्न आफैलाई बारम्बार जाँच गर्नैपर्छ। यदि तँ सधैँ यसरी अभ्यास र प्रवेश गर्छस्—यदि तँ आफैँबाट कडा मागहरू गर्छस् भने—तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, र जीवन प्रवेश पाउनेछस्। जब तैँले साँच्चै सत्यता बुझ्छस्, तँ आफू वास्तवमा केही पनि होइनस् भन्‍ने देख्नेछस्। एकातिर, तँमा गम्भीर भ्रष्ट स्वभाव छ; अर्कोतिर, तँमा धेरै कमी छन्, र तँ कुनै पनि सत्यता बुझ्दैनस्। यदि एक दिन तँ साँच्‍चै यस्तो आत्मज्ञानी भइस् भने, तँ त्यस उप्रान्त अहङ्कारी हुन सक्षम हुनेछैनस्, र धेरै मामलाहरूमा तँमा समझ हुनेछ, र तँ समर्पित हुन सक्षम हुनेछस्। अहिलेको मुख्य कुरा के हो? धारणाहरूको सारको सङ्गति र विश्लेषणद्वारा, मानिसहरूले आफूले धारणाहरू बनाउनुको कारण बुझेका छन्; तिनीहरू केही धारणाहरू समाधान गर्न सक्षम छन्, तर यसको मतलब यो होइन कि तिनीहरू प्रत्येक धारणाको सार स्पष्ट रूपमा देख्न सक्छन्, यसको मतलब यो मात्र हो कि तिनीहरूसँग केही आत्म-ज्ञान छ, तर तिनीहरूको ज्ञान अझै पर्याप्त रूपमा गहिरो वा स्पष्ट छैन। अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूले अझै पनि आफ्नो प्रकृति सार स्पष्ट रूपमा देख्न सक्दैनन्, न त तिनीहरूको हृदयमा कस्ता भ्रष्ट स्वभावहरूले जरा गाडेका छन् भनी देख्न नै सक्छन्। कुनै व्यक्तिले यसरी आफ्नो बारेमा कत्तिको ज्ञान प्राप्त गर्न सक्छ भन्‍ने कुराको सीमा हुन्छ। केही मानिसहरू भन्छन्, ‘मलाई थाहा छ कि मेरो स्वभाव अत्यन्तै अहङ्कारी छ—के यसको मतलब म आफैलाई चिन्छु भन्‍ने होइन र?’ यस्तो ज्ञान अति सतही हुन्छ; यसले समस्या समाधान गर्न सक्दैन। यदि तँ साँच्चै आफैलाई चिन्छस् भने, तँ किन अझै पनि व्यक्तिगत उन्नति खोजिरहेको छस्, तँ किन अझै पनि हैसियत र विशिष्टताको लालसा गर्छस्? यसको मतलब तेरो अहङ्कारी प्रकृति निर्मूल भएको छैन। यसर्थ, परिवर्तनको सुरुवात तेरा बोली र कार्य पछाडिका विचार, दृष्टिकोण र अभिप्रायहरूबाट हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ)। परमेश्‍वरका वचन पढेर मैले आत्मज्ञानको मार्गबारे केही स्पष्टता प्राप्त गरेँ। यस मामिलामा मैले आत्मचिन्तन गरी आफूलाई चिनेँ, मैले आफैलाई सोधेँ, “म किन कर्तव्यमा यति लापरवाह भएको? मेरो गैरजिम्मेवारीका लागि सुपरभाइजरले मलाई खुलासा गरी काटछाँट गर्दा स्विकार्न किन इच्छुक भइनँ? यसलाई कुन अभिप्राय र दृष्टिकोणले प्रेरित गर्दै थियो?” आत्मचिन्तन गरी मैले यो कुरा बुझेँ: एकातिर, मैले देहलाई अधिक महत्त्व दिन्थेँ, र दैहिक कष्ट सहनुपर्ने हुँदा आफू लोते हुन चाहन्थेँ, यसबाहेक, ममा यो कर्तव्य तीन जनामा बाँडिएकाले, यदि मैले धेरै समीक्षा वा प्रयास गरेँ, झनै मेहनत लगाएँ वा मेरा सिस्टरहरूभन्दा धेरै कष्ट सहेँ भने, म मूर्ख बन्नेछु र आफ्नै नोक्सान गर्नेछु भन्‍ने घृणित विचार थियो। मैले आफ्नो कर्तव्यलाई रोजगारदाताका लागि काम गरिरहेको जस्तो मानेँ, सधैँ लाभ र हानिको हिसाब गरेँ, र अरूभन्दा अलिक धेरै काम गर्दा वा कष्ट भोग्दा ठगिएको महसुस गर्थेँ। मैले कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, म दुष्ट योजनाले भरिएको थिएँ र आफ्नै लाभका बारेमा सोच्थेँ। म निकै स्वार्थी र घृणित थिएँ! साथै, मसँग अर्को गलत दृष्टिकोण पनि रहेको पाएँ, त्यो भनेको कोही पनि पूर्ण हुँदैन, कसैले पनि आफ्नो कर्तव्य पूर्ण रूपमा निर्वाह गर्न सक्दैन, र केही समस्या वा विचलन हुनु सामान्य हो भन्‍ने थियो, त्यसैले जब मेरो काटछाँट गरियो, मैले आत्मचिन्तन गरिनँ वा आफूलाई चिनिनँ, बरु सुपरभाइजर धेरै माग गर्ने भइरहेका छन् भन्‍ने सोचेँ। जब मैले साँचो रूपमा आत्मचिन्तन गरी आफूलाई विश्लेषण गरेँ, तब यो दृष्टिकोण सत्यताअनुरूप नरहेको बुझेँ। परमेश्‍वरले हामीबाट पूर्ण रूपमा हाम्रो कर्तव्य निर्वाह गर्नुपर्ने माग नगर्नु भए पनि, हामीले आफ्नो कर्तव्यमा सबै कुरा लगाउनेछौँ भन्‍ने आशाचाहिँ गर्नुहुन्छ। यो हामीले आफ्नो कर्तव्यमा पालना गर्नुपर्ने सिद्धान्त हो। तर म गलत दृष्टिकोण राख्थेँ, र अलिक बढी ध्यान दिँदा समस्यालाई रोक्न सकिने भए पनि प्रयास गर्न इच्छुक हुन्नथेँ। मैले सक्दो गरिरहेको थिइनँ, यसमा हृदय लगाउने त परको कुरा भयो। यसले गर्दा मेरो कर्तव्यमा धेरैभन्दा धेरै समस्या देखिन थाले, जसले मेरो कर्तव्यमा सोझै बाधा र हानि गरिरहेको थियो। यो महसुस गरेर मैले आफ्नो भित्री स्थितिबारे केही बुझ्न सकेँ।

मैले केही बुझाइ प्राप्त मात्रै के गर्न थालेको थिएँ, सुपरभाइजर आएर हामीसँग भेला गरे, हामीले हालैको काटछाँट र खुलासा हुनुलाई कसरी बुझेका छौँ भनेर सोधे। मैले भन्न लागिरहेको कुरालाई दिमागमा व्यवस्थित गर्न थालेँ, सोच्न थालेँ, “म कसरी बोल्दा सुपरभाइजरले मसँग आत्मज्ञान छ भनेर सोच्नेछन्? आफूसँग गहिरो बुझाइ छ भनेर मैले कसरी देखाउन सक्छु? यदि मेरो बुझाइ अति छिपछिपे देखियो भने, के सुपरभाइजर र मेरा सहकर्मी सिस्टरहरूले कमजोर जीवन प्रवेश भएको भन्दै मलाई हेयको दृष्टिले हेर्नेछन्?” जब मैले यसरी सोचेँ, मैले तुरुन्त बुझेँ कि “के म अझै पनि अरूको प्रशंसा पाउनका लागि आफूलाई गहन धर्मसिद्धान्तमा लुकाउन खोजिरहेको छैन र?” म जान्दथेँ, यो परमेश्‍वरले मेरा लागि सत्यताको अभ्यास गर्न र इमानदार व्यक्ति बन्नका लागि तयार गर्नुभएको अवसर थियो, त्यसैले मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र ब्रदर-सिस्टरहरूले मलाई जसरी हेरे पनि मैले हृदयबाटै साँचो बोल्नुपर्छ र आफूले बुझेसम्मको कुरा मात्र भन्नुपर्छ भनी सङ्कल्प गरेँ। त्यसपछि, मैले आफूलाई राम्रो देखाउने र अरूलाई बहकाउने व्यवहार र यसका पछि रहेको अभिप्रायका बारेमा सङ्गति गरेँ। मैले यो पनि स्विकारेँ कि त्यस क्षण मेरो पहिलेको बुझाइ नक्कली रहेको, मात्र स्वीकारोक्ति गरेँ र म मेरो अभिप्रायका बारेमा सचेत थिएँ, तर मैले मेरो लापरबाहीको प्रकृति र परिणाम पूर्ण रूपमा बुझेको थिइनँ। मेरा साँचो विचार र बुझाइ व्यक्त गरेपछि, हृदयमा सहज महसुस भयो, किनकि मैले बल्ल अरूलाई मेरो साँचो रूप देख्न दिएको थिएँ, र आफूलाई राम्रो देखाउन मैले उप्रान्त दिमाग खियाउनु पर्दैनथ्यो। पछि, म प्रायः कर्तव्यमा मेरो लापरवाह स्थितिका बारेमा परमेश्‍वरका न्याय र खुलासाका वचन खान्थेँ र पिउँथेँ, र म आफ्नो स्थिति र व्यवहारबारे आत्मचिन्तन गरी पहिचान गर्थेँ। मैले कुनै कुरा नबुझ्दा ब्रदर-सिस्टरहरूलाई सोध्थेँ। सबैको मार्गदर्शन र सहयोगबाट मैले आफ्नोबारे केही वास्तविक बुझाइ पाएँ, र फेरि कर्तव्य गर्दा मेरो लापरबाही कम भयो। कर्तव्यमा समस्या र कठिनाइको सामना गर्दा र तिनलाई कसरी समाधान गर्ने भन्‍ने थाहा नहुँदा म यी समस्याबारे परमेश्‍वरलाई प्रार्थना गर्थेँ र उहाँमा भर पर्थेँ, सान्दर्भिक सत्यता सिद्धान्त खोज्थेँ, वा आफ्ना सहकर्मी सिस्टरहरूसँग सङ्गति गर्थेँ वा सुपरभाइजरलाई सोध्थेँ, र यी समस्या पूर्ण रूपमा बुझ्ने र तीबारे स्पष्ट हुने प्रयत्न गर्थेँ। यसरी अभ्यास गर्दा धेरै समय र प्रयास लागे पनि र सामान्यभन्दा अलिक कष्ट सहनु परे पनि खोजी र सङ्गतिको माध्यमबाट मैले केही सत्यता अझ राम्रोसँग बुझेँ, समस्याहरू तुरुन्त समाधान भए, र कामको प्रभावकारितामा बिस्तारै सुधार भयो।

यो अनुभवका माध्यमबाट, मैले आत्मज्ञानको सम्बन्धमा अभ्यासका केही मार्ग भेटेँ। मैले मेरो विचार, अभिप्राय र भ्रष्टताको प्रकटीकरणलाई बुझेर, र तिनलाई परमेश्‍वरका वचनको प्रकामा चिन्तन गरेर र बुझेर मात्रै म पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्न, समस्याको प्रकृति देख्न, मेरो भ्रष्ट स्वभाव र सार पहिचान गर्न, आफूलाई साँचो रूपमा घृणा गर्न र पश्चात्ताप गरी परिवर्तन हुन इच्छुक हुन सक्छु भन्‍ने पनि थाहा पाएँ। आफैलाई लेबल लगाउनु, प्रावधानको पालना गर्नु र पाखण्डी तरिकाले आफूलाई पहिचान गर्नु भनेको अरूलाई प्रभाव पार्ने कुरा हुन् र तिनले साँचो पछुतो वा पश्चात्तापतिर लैजाँदैनन्। धेरैभन्दा धेरै, यी कुराको परिणाम प्रावधान र आत्मसंयम पछ्याउनु हुन्छ, तर केही समयपछि पुराना समस्या फेरि आउनेछन्। यो पाप गर्ने र स्विकार्ने धार्मिक मानिस जस्तै हो। तिनीहरूले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरे पनि स्वभावमा परिवर्तन हासिल गर्न सक्दैनन्। मैले आफूलाई साँचो रूपमा चिन्नु कति महत्त्वपूर्ण छ भन्‍ने बुझेँ, किनभने यसको सिधा सम्बन्ध हामीले पश्चात्ताप, परिवर्तन र मुक्ति पाउन सक्छौँ कि सक्दैनौँ भन्‍ने कुरासँग रहन्छ। परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूलाई फर्केर हेर्दा म हरेक दिन परमेश्‍वरका वचन खाने र पिउने, र कर्तव्य पूरा गर्ने देखिन्थेँ, तर मैले साँचो रूपमा परमेश्‍वरका वचनको न्याय वा सजाय स्विकारेको थिइनँ। यदि काटछाँटको यो अनुभव नहुँदो हो त म अझै पनि आफ्नो धारणा र कल्पनामा जिइरहेको हुन्थेँ र आफूलाई चिन्नेथिइनँ। मेरो पछ्याइमा आएको विचलनलाई ठिक गर्न यो परिस्थितिको प्रबन्धका लागि परमेश्‍वरलाई धन्यवाद।

अघिल्लो: २९. परमेश्‍वरतर्फ मेरो यात्राका उकालीओरालीहरू

अर्को: ३१. “विज्ञ” नरहनुमा कति स्वतन्त्रता रहेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्