१२. सौहार्दपूर्ण सहकार्यको मेरो कठिन बाटो
जुलाई २०२० मा, मलाई मण्डली अगुवाका रूपमा निर्वाचित गरिएको थियो र सिस्टर चेन शीसँग मिलेर मण्डलीको कामको जिम्मेवारी दिइएको थियो। मैले त्यो कर्तव्य निर्वाह गर्न सुरु गर्दा, धेरै सिद्धान्तहरू प्रस्टसँग बुझेको थिइनँ र मनमा कुनै प्रश्न उठ्दा म उनीसँग छलफल गर्थेँ। म उनले दिएको कुनै पनि सल्लाह सजिलै स्वीकार गर्थेँ। केही समय पछि, मैले मेरो कर्तव्यमा केही नतिजा पाउन थालेँ; मलाई लाग्यो कि म मेरो काममा सक्षम छु र स्वतन्त्र रूपमा काम गर्न सक्छु। त्यसपछि, काम तोक्ने बेला, म चेन शीसँग छलफल नगरीकन आफैँले त्यो सम्हाल्ने गर्थेँ। हामीले सँगै निर्णय लिनुपर्ने केही अवस्थामा समेत म आफैँ निर्णय लिन्थेँ। मैले सिद्धान्तअनुसार काम नगरिरहेको देखेर, चेन शी मलाई मनमानी निर्णयहरू गर्न बन्द गर्न बारम्बार सम्झाउने गर्थिन्। कहिलेकाहीँ उनी डिकनहरूको अगाडि पनि यसो भन्थिन्। मलाई लाग्यो कि उनी मेरो खिलाफमा लागेकी थिइन्—उनी मेरो मर्यादाको कुनै ख्याल गर्दिनथिन् र मलाई लज्जित पार्दै थिइन्। त्यसैले मैले उनीप्रति केही प्रतिरोधी महसुस गरेँ। कहिलेकाहीँ जब हामी कामका बारेमा छलफल गर्थ्यौँ, उनी मेरा विचारहरू अस्वीकार गर्थिन्, र म यस्तो सोच्दै अवज्ञा गर्ने मनस्थितिमा पुग्थेँ “मण्डलीको कामको जिम्मेवारी हामी दुवैमाथि छ, त्यसो भए किन तपाईंंले भन्नुभएको कुरा सही छ, र मैले भनेको कुरा गलत छ? तपाईंं सधैँ मेरा विचारहरू अस्वीकार गर्नुहुन्छ—के त्यसले तपाईंं मभन्दा राम्रो हुनुहुन्छ जस्तो देखाउँदैन? के ब्रदर-सिस्टरहरूले म खराब अगुवा हुँ भन्ने सोच्ने छैनन्? त्यसपछि मैले सबैको सामना कसरी गर्ने?” मैले उनीप्रति पूर्वाग्रह राख्न थालेँ। त्यसपछि, जब हामी कामका बारेमा छलफल गर्थ्यौं, मेरो विचार अस्वीकार गरिएलगत्तै, म चुपचाप बस्थेँ। कहिलेकाहीँ मलाई लाग्थ्यो कि उनी सही थिइन्, तर उनीसामु झुक्ने विचारले मलाई असहज बनाउँथ्यो। समय बित्दै जाँदा, उनीप्रतिको मेरो पूर्वाग्रह बढ्दै गयो। म उनीसँग कुरा गर्न चाहन्नथेँ, उनीसँग कामका बारेमा छलफल गर्न त झनै चाहन्नथेँ। उनी मेरो कारणले निकै सीमित भएकी थिइन्, र मैले पनि धेरै निषेधित र दमित महसुस गरेकी थिएँ।
जनवरी २०२१ मा, स्वास्थ्यसम्बन्धी समस्याहरू, हाम्रो लामो समयदेखिको सौहार्दपूर्ण सहकार्यको अभाव, र मद्वारा बाँधिएको भावनाका कारण, चेन शी नकारात्मकताको शिकार भइन् जसबाट उनी कहिल्यै निको भइनन्। उनले अन्ततः पदबाट राजीनामा दिइन्। अक्टोबरमा, मण्डलीले नेतृत्वको खाली पद भर्न निर्वाचन गरिरहेको थियो। एक माथिल्लो अगुवाले चेन शीको कुरा निकाल्दै उनको अवस्थाबारे सोधे। एक सहकर्मी, सिस्टर वाङ जिक्सिनले भनिन्, “उनको स्थिति हालसालै धेरै सुधार भएको छ र उनी आफ्नो कर्तव्यमा बढी बोझ बोक्दै छिन्।” यसले मलाई केही चिन्तित बनायो: “मलाई लाग्छ उनी चेन शीका बारेमा राम्रो सोच्छिन्। त्यो सुनेर, अगुवाले निश्चित रूपमा चेन शी पदका लागि उपयुक्त छिन् भन्ने सोच्नेछन्। यदि उनी वास्तवमै निर्वाचित भइन् भने, के त्यसको मतलब हामी फेरि सँगै काम गर्नेछौँ भन्ने हुनेछैन र?” हामीले सँगै बिताएको समय सम्झँदा, म डराएँ: “पहिले, हामीबीच कसरी काम अगाडि बढाउने भन्नेबारे फरक विचार हुँदा, अधिकांश सहकर्मीहरू चेन शीको पक्षमा उभिन्थे—कसैले मेरो कुरा सुन्दैनथे। उनीसँग न्यायको भावना पनि छ। जब उनले म सिद्धान्तअनुसार काम गरिरहेको छैनँ भन्ने देख्थिन्, उनले मलाई त्यो औँल्याउथिन्, मलाई लज्जित महसुस गराउँथिन्। उनीसँग काम गर्नु साँच्चै कष्टकर थियो। यदि मैले फेरि उनीसँग काम गर्नुपर्यो भने, त्यस्तै हुनेछैन र? यदि उनले सधैँ मेरा समस्याहरू औँल्याइरहिन् भने, के ब्रदर-सिस्टरहरूबीच मैले स्थापित गरेको छवि बिग्रिने छैन?” यो बुझेर, म चेन शीसँग साँच्चै काम गर्न चाहन्नथेँ। मैले सोचेँ, “यसरी हुँदैन, मैले उनले पहिले प्रकाश गरेको भ्रष्टाताका बारेमा सबैलाई बताउनुपर्छ, अन्यथा उनी निर्वाचित भएमा, त्यसले निकै अप्ठ्यारो पार्नेछ।” त्यससँगै, मैले चाँडै उनी कसरी हैसियतलाई लिएर चिन्तित थिइन् र उनले आफ्नो कर्तव्यमा बोझ बोक्दिनथिन्, र थप यस्ता कुरा जस्ता उनका सबै खराब व्यवहारहरू वर्णन गरेँ। म पर्याप्त रूपमा स्पष्ट भइरहेकी छैन कि भनेर चिन्ता गर्दै, मैले मेरो कुरा प्रमाणित गर्न केही वास्तविक उदाहरणहरू पनि अघि सारेँ। अगुवाले मैले चेन शीलाई निष्पक्ष व्यवहार गर्न सक्दिनथेँ भन्ने बुझे, र अरूलाई निष्पक्ष व्यवहार गर्ने सिद्धान्तमा मसँग सङ्गति गरे, तर मैले त्यो बुझिनँ। केही दिन पछि, निर्वाचन औपचारिक रूपमा सुरु भयो, र सिस्टर ली मिङले मलाई चेन शीको अवस्थाबारे सोधिन्। मैले सोचेँ, “उनी चेन शीसँग नजिक छैनन् र तिनलाई राम्रोसँग चिन्दिनन्। मैले उनलाई चेन शी अगुवा बन्नका लागि उपयुक्त छैनन् भन्ने कुरा बताउनुपर्छ। त्यसरी, उनले तिनलाई भोट हाल्ने छैनन्।” त्यसैले, मैले उनलाई चेन शीको पहिलेदेखिकै नराम्रो व्यवहारबारे सबै कुरा बताएँ, जसमा उनले कर्तव्यमा बोझ नबोक्ने कुरा पनि सामेल थियो। तर त्यतिबेलै, नजिकैकी एक सिस्टरले भन्नुभयो, “चेन शी त्यसबेला खराब स्थितिमा भएकीले उनले बोझ बोकिनन्। पछिल्लो समय, उनले आफ्नो स्थिति सुधार गरेकी छिन् र आफ्नो कर्तव्यमा बढी बोझ बोक्दै छिन्। साथै, हामीले कर्तव्यमा केही नबुझ्दा, उनी हामीसँग धैर्यपूर्वक सङ्गति र हामीलाई मद्दत गर्छिन्।” यो सुनेपछि म चिन्तित भएँ: “तपाईंं किन चेन शीको प्रशंसा गरिरहनुहुन्छ? के तपाईंंले तिनलाई भोट हालिसक्नुभयो? ली मिङले तपाईंंले भनेका कुरा सुनेपछि उनले पनि तिनलाई भोट हाल्नेछिन्? यदि तिनी साँच्चै निर्वाचित भइन् भने, हामी फेरि सँगै काम गर्नेछौँ। त्यसपछि, म आफूलाई अलग देखाउन असमर्थ मात्र हुनेछैन, त्यसमाथि म सधैँ उनीद्वारा सच्याइनुपर्नेछ। नयाँ सहकर्मी छानिएको भए राम्रो हुन्थ्यो। त्यसरी, म केही समयदेखि अगुवा भएकीले र धेरै सिद्धान्तहरू बुझेकीले, उनीहरू अधिकांश समय मेरा विचारहरूसँग सहमत हुनेछन्। मैले केही गलत गरे पनि, उनीहरूले सायद त्यो स्पष्ट रूपमा देख्नेछैनन् र मलाई प्रत्यक्ष रूपमा आलोचना गर्नेछैनन्, जसले गर्दा मेरो हैसियत चुनौतीरहित हुनेछ।” मैले यसबारे जति सोचेँ, त्यति नै मैले चेन शीलाई निर्वाचित हुन दिन मिल्दैन भन्ने महसुस गरेँ। त्यसैले मैले तुरुन्तै भनेँ कि चेन शीसँग धेरै जीवन अनुभव छैन र उनले केवल शब्दहरू र धर्मसिद्धान्तहरू बताउँछिन्। ली मिङले टाउको हल्लाउँदै गरेको देखेर, मलाई केही राहत महसुस भयो, यसको मतलब सायद उनले चेन शीलाई भोट हाल्दिनन् भन्ने सोचेँ। अचम्मको कुरा, अन्तमा चेन शी र अर्की सिस्टरले सबैभन्दा धेरै बराबर भोट पाए। चेन शी निर्वाचित हुनेछिन् र फेरि मसँग काम गर्न थाल्नेछिन् भनेर म अझ बढी चिन्तामा परेँ। केही समय पछि, अगुवाले मलाई सोधे, “यदि चेन शी साँच्चै निर्वाचित भइन् भने, तपाईंंलाई कस्तो लाग्नेछ?” प्रश्नले मलाई चिन्तित बनायो कि उनीहरूले साँच्चै चेन शीलाई निर्वाचित गर्न सक्छन्, त्यसैले मैले हतारिदै भनेँ: “चेन शीसँग धेरै जीवन अनुभव छैन र उनमा गम्भीर भ्रष्ट स्वभाव छ …” अगुवाले म चेन शीप्रति कति प्रतिरोधी थिएँ भन्ने बुझिन् र मलाई फेरि खुलासा गरिन्, “तपाईंंले केवल मानिसहरूका कमजोरीहरू देख्नुहुन्छ र कहिल्यै उनीहरूका सबल पक्षलाई ध्यान दिनुहुन्न। तपाईंं त्यस्तो भएर कसैसँग राम्ररी सहकार्य गर्न सक्नुहुनेछैन। तपाईंं अहङ्कारी र अभिमानी हुनुहुन्छ।” अगुवाले म कसैसँग राम्ररी सहकार्य गर्दिन भनेको सुनेर मलाई नराम्ररी असर गर्यो। मलाई लाग्यो कि अगुवाले मेरा अभिप्रायहरू पत्ता लगाएका छन्, र निश्चित रूपमा मलाई राम्रो सोच्नेछैनन्। अब, ब्रदर-सिस्टरहरू र अगुवाहरू दुवैले चेन शीलाई मन पराउँथे, त्यसो भए, मैले कसरी मेरो कर्तव्य निर्वाह गर्न जारी राख्ने? मलाई निकै नराम्रो लाग्यो र अब त अगुवासमेत बन्न चाहन्नथेँ। मैले सोचेँ, “यदि तपाईंं सबैले उनलाई त्यति राम्रो मान्नुहुन्छ भने, उनलाई नै निर्वाचित गर्नुहोस्।” त्यसैले मैले अगुवालाई भनेँ, “ममा राम्रो मानवता छैन र म कसैसँग सहकार्य गर्न सक्दिनँ। म अब यो कर्तव्य गर्न सक्दिनँ। मलाई लाग्छ कि तपाईंले मेरो ठाउँमा अर्को अगुवा छान्नुपर्छ।” अगुवाले यसो भन्दै मसँग सङ्गति गरे, “म तपाईंंलाई सीमित गर्न तपाईं अहङ्कारी र अभिमानी भइरहनुभएको छ भनेर भन्दै छैन, बरु तपाईंंलाई सत्यता खोज्न र तपाईंंको भ्रष्ट स्वभाव समाधान गर्न दबाब दिन भन्दै छु…।” यो सुनेर, मैले मेरो कर्तव्यमाथि मेरो रिस पोखिरहेकी थिएँ भन्ने बुझेँ, र केही दोषी र असहज महसुस गरेँ। तर जब म चेन शीसँग काम गर्नेबारे सोच्थेँ, म उत्तेजित हुन्थेँ। म यो अवस्थालाई सम्हाल्न चाहन्नथेँ, त्यसैले, मैले मेरो अरू काम छ भन्दै बहाना बनाएँ र निस्केँ। मैले भित्रभित्रै साँच्चै उदास महसुस गरेँ—मैले म परमेश्वरको विरोधमा उभिएकी थिएँ र उहाँले मबाट आफ्नो अनुहार लुकाउनुभएको थियो भन्ने बुझेँ। उहाँले मेरा लागि प्रबन्ध गर्नुभएको परिस्थितिलाई पनि मैले छलिरहेकी थिएँ। यदि मैले कामकुरालाई ठीक नगरेको खण्डमा, परमेश्वरले मलाई घृणा गर्नुहुनेथ्यो र मैले पवित्र आत्माको काम गुमाउनेथिएँ। यस बिन्दुमा, मलाई केही डर लाग्यो, त्यसैले म परमेश्वरसमक्ष प्रार्थना गर्न आएँ: “परमेश्वर, तपाईंले आज मेरा लागि प्रबन्ध गर्नुभएको परिस्थितिबाट मैले सिक्नैपर्ने एउटा पाठ छ। यसलाई छल्नु र प्रतिरोध गर्नु मेरो गल्ती हो, तर म कसरी आत्मचिन्तन गर्ने र आफैँलाई बुझ्ने भनेर निश्चित छैन। कृपया मलाई तपाईंंको प्रबन्धमा समर्पित हुन र त्यसक्रममा पाठ सिक्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना पछि, मैले केही शान्त महसुस गरेँ।
भोलिपल्ट निर्वाचन परिणाम घोषणा गरियो: चेन शी अगुवाका रूपमा निर्वाचित भएकी थिइन्। समाचारले मलाई त्यति असर गरेन। मैले आत्मचिन्तन गर्न थालेँ: मैले लगातार चेन शीको भ्रष्टता र कमीकमजोरीहरूको आलोचना गर्दै आइरहेकी थिएँ, तर उनका सबल पक्ष र योग्यता कहिल्यै उल्लेख गरेकी थिइनँ। के म उनलाई बहिष्कार गरिरहेकी थिइन? त्यसैले, मैले ख्रीष्टविरोधीहरूले कसरी आफ्ना विरोधीहरूलाई बहिष्कार गर्छन् भन्नेबारे परमेश्वरका वचनहरूका खण्डहरू खोजेँ। परमेश्वरका वचनको एउटा खण्डले साँच्चै मेरो मन छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले सत्यताको पछि लाग्नेहरूलाई कसरी बहिष्कार र आक्रमण गर्छन्? तिनीहरू प्रायः अरूले तर्कसङ्गत र उचित ठान्ने तरिकाहरू प्रयोग गर्छन्, तिनीहरू मानिसहरूलाई आक्रमण गर्न, निन्दा गर्न र बहकाउन सत्यताबारेका वादविवादहरू समेत प्रयोग गर्छन्। उदाहरणका लागि, एक ख्रीष्टविरोधीले के सोच्दछ भने, यदि उसका साझेदारहरू सत्यताको पछि लाग्ने मानिसहरू हुन् भने, तिनीहरूले उसको हैसियतमाथि खतरा पैदा गर्न सक्छन्, अनि त्यसैले ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउन र मानिसहरूलाई उसको आदर गर्न लगाउनका लागि वजनदार प्रवचनहरू दिने र आत्मिक सिद्धान्तहरू छलफल गर्नेछन्। यसरी, तिनीहरूले आफ्ना साझेदारहरू र सहकर्मीहरूलाई तुच्छ देखाउन र दबाउन सक्छन्, र मानिसहरूलाई तिनीहरूका अगुवाका साझेदारहरू सत्यताको पछि लाग्ने मानिसहरू त हुन्, तैपनि तिनीहरू योग्यता र क्षमताको हिसाबले तिनीहरूको अगुवाको बराबरीका छैनन् भन्ने महसुस गराउन सक्छन्। कतिपय मानिसहरू यस्तो पनि भन्छन्, ‘हाम्रा अगुवाका उपदेशहरू वजनदार छन्, र कसैले तुलना गर्न सक्दैन।’ ख्रीष्टविरोधीका लागि यस्तो टिप्पणी सुन्नु अत्यन्त सन्तोषजनक कुरो हुन्छ। तिनीहरू मनमनै सोच्छन्, ‘तँ त मेरो साझेदार होस्, के तँमा केही सत्यता वास्तविकताहरू छैनन्? तँ मजस्तो वाकपटुता र उच्चतासाथ किन बोल्न सक्दैनस्? तँ अब पूरै अपमानित भइस्। तँमा क्षमताको कमी छ, तैपनि तँ मसँग प्रतिस्पर्धा गर्ने हिम्मत गर्छस्!’ ख्रीष्टविरोधीले यस्तै सोचिरहेको हुन्छ। ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरू अरू मानिसहरूलाई दबाउने, तुच्छ देखाउने र आफूलाई तिनीहरूभन्दा माथि राख्ने जस्ता हरसम्भव उपायहरू प्रयोग गर्दैछन्। सत्यताको पछि लाग्ने वा तिनीहरूसँग काम गर्ने सबैलाई ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्ने गर्छ। … यी दुष्कर्महरूको अलावा, ख्रीष्टविरोधीहरूले तीभन्दा पनि घृणित काम गर्छन्, अर्थात् तिनीहरूले सत्यता खोजी गर्ने मानिसहरूलाई कसरी काबुमा राख्ने भनेर सधैँ समाधान निकाल्ने प्रयास गर्छन्। उदाहरणको लागि, यदि कसैले व्यभिचार गर्यो वा अरू कुनै अपराध गर्यो भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई आक्रमण गर्न यी कुराहरूको फाइदा उठाउँछन्, तिनीहरूलाई अपमान, खुलासा, र निन्दा गर्ने मौका हेर्छन्, तिनीहरूको कर्तव्यप्रतिको जोस मार्न अनेक नाम दिन्छन्, जसले गर्दा तिनीहरूले नकारात्मक महसुस गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूप्रति पक्षपात, घृणा र इन्कार गर्ने पनि बनाउँछन्, जसले गर्दा सत्यता खोजी गर्नेहरू एक्लो बन्छन्। अन्त्यमा, जब सत्यता खोजी गर्नेहरू सबैले नकारात्मक र कमजोर महसुस गर्छन्, सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न छोड्छन्, र भेलाहरूमा जान मन गर्दैनन्, तब ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। सत्यता खोजी गर्नेहरूले ख्रीष्टविरोधीहरूको हैसियत र शक्तिमा खतरा पुर्याउन छोडेकाले, र कसैले पनि तिनीहरूको रिपोर्ट वा खुलासा गर्ने आँट नगर्न नगरेकाले तिनीहरू ढुक्क हुन्छन्। … सङ्क्षेपमा, ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूका आधारमा, हामी तिनीहरूले नेतृत्वको कर्तव्य पूरा गरिरहेका छैनन् भनेर निर्धारित गर्न सक्छौँ, किनभने तिनीहरूले मानिसहरूलाई परमेश्वरको वचन खान र पिउनमा वा सत्यताबारेको सङ्गतिमा अगुवाइ गरिरहेका छैनन्, र तिनीहरूले मानिसहरूलाई मलजल वा भरणपोषण गरिरहेका छैनन्, सत्यता हासिल गर्न दिइरहेका छैनन्। बरु, तिनीहरूले मण्डलीको जीवनमा बाधा र अवरोध पुर्याउँछन्, मण्डलीको कामलाई भताभुङ्ग पार्छन् र नष्ट गर्छन्, र मानिसहरूलाई सत्यताको पछि लाग्ने र मुक्ति प्राप्त गर्ने मार्गमा व्यवधान खडा गर्छन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन चाहन्छन् र तिनीहरूलाई मुक्ति पाउने मौका गुमाउने तुल्याउन चाहन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याएर हासिल गर्न चाहेको अन्तिम लक्ष्य यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्वरका वचनको यो खण्डले मलाई दुख्ने ठाउँमै दह्रोसँग प्रहार गर्यो। परमेश्वरले ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत सुदृढ गर्न कसरी आफ्ना विरोधीहरूलाई दमन र बहिष्कार गर्छन्, सत्यता पछ्याउनेहरूमा खोट निकाल्छन् र तिरस्कार गर्छन् भनेर खुलासा गर्नुहुन्छ। के मैले चेन शीसँग त्यसरी नै व्यवहार गरिरहेकी थिइनँ र? निर्वाचनका बेला, जब मैले सबैले उनीबारे राम्रो सोचेको देखेँ, मैले हामी पहिले सँगै काम गर्दा, कसरी अरू सबैले उनका विचारहरू धेरैजसो स्वीकार गर्थे र मेरो सट्टा सबैको ध्यान उनलाई जान्थ्यो भन्ने सम्झेँ। उनले सधैँ मेरा गल्तीहरू पनि औँल्याउँथिन्, जसले गर्दा मैले इज्जत गुमाउँथेँ। यदि उनी फेरि निर्वाचित भइन् भने, पहिले जस्तै होला भनेर म चिन्तित थिएँ—ब्रदर-सिस्टरहरूले उनको कुरा मात्र सुन्ने र उनको मात्र प्रशंसा गर्नेथिए, र त्यसउप्रान्त कसैले मेरो कुरा सुन्नेथिएनन्। त्यसैले, जब एक सहकर्मीले चेन शी बोझ बोक्न सक्छिन् भनेर भनिन्, र अर्की सिस्टरले उनलाई भोट हाल्ने विचार गरिन्, मैले सङ्कटको अनुभूति गरेँ र उनका सबल पक्षलाई इन्कार गर्न सक्दो प्रयास गरेँ, उनका पहिलेका भ्रष्टताका घटनाहरूलाई ठूलो कुरा बनाएँ। मैले उनीसँग धेरै जीवन अनुभव छैन र उनले सत्यता पछ्याउँदिनन् भनेर भनेँ, उनलाई भोट नहालून् भनेर सबैलाई उनीप्रति पूर्वाग्रह राख्न लगाउने प्रयास गरेँ। जब अगुवाले मेरो समस्या देखे र चेन शीलाई अनुचित व्यवहार गरेकोमा मलाई काटछाँट गरे, मैले आफूले चाहेको कुरा नपाएको देखेँ, त्यसपछि म अव्यावहारिक भएँ, आफ्नो कर्तव्य त्याग्न चाहेँ। मैले भनेका सबै कुरा धूर्त र गुप्त मनसायले भरिएका थिए। यो सबै मेरो घमण्ड र हैसियत जोगाउनका लागि थियो। आफ्नो हैसियत सुदृढ गर्न सत्यता पछ्याउनेहरूलाई आक्रमण गर्ने ख्रीष्टविरोधीहरूभन्दा त्यो कसरी फरक थियो? अब, मण्डलीको काममा मानिसहरूले सहकार्य गर्न तत्कालै आवश्यक थियो; चेन शीले भ्रष्टताका सङ्केतहरू देखाएकी र उनमा कमीकमजोरीहरू रहेको भए तापनि, उनमा न्यायको भावना थियो र उनले आफ्नो कर्तव्यमा बोझ बोक्थिन्। उनी समस्याको सामना गर्दा सत्यता खोज्थिन् र सत्यता पछ्याउने व्यक्ति थिइन्, त्यसैले उनले अगुवाका लागि आवश्यक योग्यता पूरा गर्थिन्। तर म उनले अरूको नजरमा मेरो हैसियतलाई खतरामा पार्नेछिन् भनेर चिन्तित थिएँ, त्यसैले मण्डलीको कामको थोरै पनि विचार नगरी, मैले उनलाई तिरस्कार र बहिष्कार गर्न सक्दो प्रयास गरेकी थिएँ। मैले परमेश्वरका अभिप्रायलाई कत्ति पनि ध्यान दिएकी थिइनँ—मैले कसरी आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ र? मैले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेकी थिएँ; म दुष्टता गरिरहेकी थिएँ! यो बुझेपछि, मलाई एक्कासि म कति भयानक थिएँ भन्ने लाग्यो। विगतमा, मैले सधैँ मानिसहरूलाई बहिष्कार गर्नु र दण्ड दिनु भनेको ख्रीष्टविरोधीको काम हो भन्ने सोचेकी थिएँ, तर अब मैले बुझेँ कि ममा पनि ख्रीष्टविरोधी स्वभाव थियो र म ख्रीष्टविरोधीको बाटो हिँडिरहेकी थिएँ। यदि मैले पश्चाताप नगरेमा, मलाई परमेश्वरले तिरस्कार गर्नुहुनेथ्यो र मलाई हटाउनुहुनेथ्यो। यो बुझ्न पुगेपछि, म भयभित भएँ, तर मैले काटछाँट र प्रकाश गरिनु भनेको मेरो आत्मचिन्तन र पश्चाताप गर्ने अवसर हो भनेर पनि बुझेको थिएँ। मैले मेरो भ्रष्ट स्वभाव समाधान गर्न सत्यताको खोजी गर्न, र मण्डलीको काम राम्रोसँग गर्नका लागि चेन शीसँग राम्रोसँग सहकार्य गर्न र विगतका पश्चात्तापहरूको परिपूर्ति गर्न आवश्यक थियो।
त्यसपछि, मैले मेरो भ्रष्टताका बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई खुलस्त रूपमा बताएँ, ताकि उनीहरूले चेन शीका बारेमा मेरो पहिलेका भनाइहरू खुट्ट्याउना सकून् र उनलाई उचित व्यवहार गरून्। मैले चेन शीलाई देख्दा उनलाई बहिष्कार र प्रतिरोध गर्न बन्द गरेँ, र सक्रिय रूपमा उनको स्थितिबारे सोधेँ र चासो राखेँ, कामका बारेमा छलफल गरेँ र उनीसँग सहकार्य गरेँ। बिस्तारै, हामी एकअर्कासँग धेरै राम्रोसँग मिल्न थाल्यौँ, र मैले धेरै सहज महसुस गर्न थालेँ। विशेष गरी, भेलाहरूको क्रममा, जब चेन शीले आफ्नो अनुभव र बुझाइका बारेमा धेरै व्यावहारिक रूपमा बोल्थिन्, मलाई अझ धेरै लज्जा महसुस हुन्थ्यो, अनि—मैले गर्दा मेरी सिस्टरले झण्डै अगुवाका रूपमा अभ्यास गर्ने यो अवसर गुमाएकी थिइन्। मैले झण्डै दुष्टता गरेकी थिएँ।
पछि, मैले सत्यता खोज्न र आत्मचिन्तन गर्न जारी राखेँ। मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। … ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्नुको मतलब, परमेश्वरमाथिको विश्वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्वरमाथिको विश्वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्ने विश्वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्बार विचार गर्छन्, आफ्नो लागि परमेश्वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। ख्रीष्ट विरोधीहरूले कसरी प्रतिष्ठा र हैसियतको कदर गर्छन्, र तिनीहरूले गर्ने सबै कुराले तिनीहरूको शक्तिको पछ्याइमा कसरी काम गर्छ भनी परमेश्वरले खुलासा गर्नुहुन्छ। तिनीहरू सबैले तिनीहरूको आज्ञापालन गरून् र उनीहरूको हृदयमा तिनीहरूका लागि ठाउँ होस् भन्ने चाहन्छन्। सारमा, तिनीहरू यो सबै आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न र परमेश्वरसँग मानिसहरूका लागि प्रतिस्पर्धा गर्न—मानिसहरूलाई तिनीहरूको पूजा गर्न लगाउन गर्छन्। मैले मेरा प्रकटीकरणहरू कसरी परमेश्वरले खुलासा गर्नुभएका जस्तै थिए भन्ने देखेँ। म सधैँ अरूको नजरमा मेरो छवि जोगाउन प्रयास गरिरहेकी हुन्थेँ, हैसियत खोजिरहेकी हुन्थेँ र अन्तिम निर्णय आफैँ गर्न चाहन्थेँ। म सबैको ध्यानको केन्द्र हुन चाहन्थेँ। मभन्दा बढी प्रतिभाशाली कोही आउँदा, मैले उनीहरूलाई मेरो हैसियतका लागि खतराका रूपमा हेर्थें, र उनीहरूलाई आक्रमण र बहिष्कार गर्थेँ। मैले चेन शिलाई ठ्याक्कै त्यस्तै व्यवहार गरेकी थिएँ। यदि उनी अगुवाका रूपमा छनोट भएमा म आफूलाई अलग देखाउन सक्दिनँ भन्ने चिन्तामा, उनलाई भोट नगर्नका लागि अरूलाई बहकाउन मैले उनको विगतका भ्रष्टतालाई ठूलो कुरा बनाएँ। मैले नयाँ सहकर्मी निर्वाचित भएहुन्थ्यो भन्नेसमेत आश गरेँ। त्यसरी, म धेरै समयदेखि अगुवा भएकी हुनाले, मैले जे भने वा गरे नि, त्यो सिद्धान्तअनुरूप नभए नि, मेरो नयाँ सहकर्मीले स्पष्ट रूपमा कामकुरा देख्ने थिएनन् र मलाई खुलासा वा आलोचना गर्ने थिएनन्। त्यसपछि म मण्डलीमा शीर्ष व्यक्ति हुने थिएँ, मैले जे भनेँ त्यो हुने थियो, र म आफूले चाहेको जेसुकै गर्न सक्थेँ। मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूर्ण रूपमा नियन्त्रणभन्दा बाहिर थिए—म गम्भीर खतरामा थिएँ! आफ्नो निरंकुश शासन कायम राख्न, चिनियाँ कम्युनिष्ट पार्टीले मानिसहरूलाई आफ्नो पछि लाग्न र आफूमा समर्पित गर्न मात्र अनुमति दिन्छ। त्यसले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न र उहाँको पछि लाग्न पूर्ण रूपमा निषेध गर्छ, र जो विश्वास गर्छन् उनीहरूलाई क्रूरतापूर्वक पक्राउ गरिनेछ र सताइनेछ। म पनि मेरो हैसियत जोगाउन मानिसहरूलाई दमन गर्न र बहिष्कार गर्न सक्थेँ। म हैसियतका लागि कति भयानक भएकी थिएँ भनेर मैले विश्वास गर्नै सकिनँ। मण्डली अगुवाका रूपमा, मण्डलीको काम राम्रोसँग गर्न, मैले हृदय र मन एकताबद्ध बनाएर सत्यता पछ्याउनेहरूसँग मिलेर काम गर्नुपर्छ ब्रदर-सिस्टरहरूलाई परमेश्वरसामु ल्याउनुपर्छ। तर म प्रतिष्ठा र हैसियत बारे मात्र सोच्थेँ—मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशका लागि मेरो हृदयमा कुनै ठाउँ थिएन, र मसँग परमेश्वरको डर मान्ने हृदय छँदै थिएन। मैले वर्षौँदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, तैपनि मैले मेरो हैसियतका लागि मेरी सिस्टरलाई दमन गरेँ। मैले जे गरेँ, त्यसलाई परमेश्वरले साँच्चिकै घृणा गर्नुभयो!
मैले चेन शीलाई दमन र बहिष्कार गर्नुको अर्को कारण थियो भन्ने बुझेँ: उनले निरन्तर मेरो आलोचना गरेकी थिइन्, मलाई खुलासा गरेकी थिइन्, र मलाई इज्जत गुमाउने तुल्याएकी थिइन्। मैले यो स्थितिको सम्बन्धमा परमेश्वरका वचनको निम्न खण्ड फेला पारेँ: “यदि तैँले ख्रीष्टविरोधी मार्गबाट टाढा रहने इच्छा गर्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई प्रेम गर्ने, सीधा मानिसहरूको नजिक जान अग्रसरता लिनुपर्छ, र तेरा समस्याहरू औँल्याउन सक्ने, सत्य बोल्न सक्ने र तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई गाली गर्न सक्ने, र विशेषगरी तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई काटछाँट गर्न सक्ने मानिसहरूको नजिक जानुपर्छ—तेरो लागि सबैभन्दा फाइदाजनक व्यक्ति तिनै हुन्, र तैँले तिनीहरूको कदर गर्नुपर्छ। यदि तैँले त्यस्ता असल मानिसहरूलाई बहिष्कार गर्छस् र निकाल्छस् भने, तैँले परमेश्वरको सुरक्षा गुमाउनेछस्, र तँमाथि बिस्तारै विपत्ति आइपर्नेछ। असल र सत्यता बुझ्ने मानिसहरूको नजिक आउँदा, तैँले शान्ति र खुसी पाउनेछस्, र विपत्तिलाई आफूभन्दा टाढा राख्न सक्नेछस्; नीच, निर्लज्ज, र तेरो खुसामद गर्ने मानिसहरूको नजिक गइस् भने, तँ खतरामा पर्नेछस्। तँ सजिलै धोका र छलमा पर्ने मात्र होइन, तँमाथि कुनै पनि समय विपत्ति आइपर्नसमेत सक्नेछ। तँलाई कस्तो खालको व्यक्तिले फाइदा पुर्याउँछ भनेर तैँले जान्नैपर्छ—तैँले केही गलत गर्दा, वा आफूलाई उचाल्दा र आफूबारे गवाही दिँदा र अरूलाई बहकाउँदा, तँलाई खबरदारी गर्ने मानिसहरूले नै तँलाई सबैभन्दा बढी फाइदा पुर्याउन सक्छन्। त्यस्ता मानिसहरूको नजिक जानु नै लिनुपर्ने सही मार्ग हो। के तिमीहरू यसो गर्न सक्षम छौ? यदि कसैले तेरो प्रतिष्ठामा आँच पुर्याउने कुनै कुरा बोल्छ र तँ आफ्नो बाँकी जीवन ऊदेखि रिसाउँदै ‘तैँले किन मेरो खुलासा गरिस्? मैले तँलाई कहिल्यै नराम्रो व्यवहार गरेको छैन। तैँले किन सधैँ मेरो लागि कामकुरा कठिन बनाउँछस्?’ भनेर भन्छस् र आफ्नो हृदयमा द्वेष पाल्छस्, र एउटा दरार उत्पन्न हुन्छ, र तँ सधैँ ‘म अगुवा हुँ, मसँग यो पहिचान र हैसियत छ, र म तँलाई त्यसरी बोल्ने अनुमति दिनेछैन’ भनेर सोचिबस्छस् भने, यो कस्तो प्रकटीकरण हो? यो सत्यता नस्विकार्नु र आफूलाई अरूविरुद्ध खडा गर्नु हो; यो समझप्रतिको बहिरोपन हो। के तेरो यो हैसियतको सोचले समस्या खडा गरिरहेको छैन र? यसले तेरा भ्रष्ट प्रकटीकरणहरू अत्यन्तै गम्भीर छन् भनेर देखाउँछ। सधैँ हैसियतका सोच पाल्नेहरू गम्भीर ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू हुन्। यदि तिनीहरूले पनि दुष्टता गरे भने, तिनीहरूलाई एकदमै तुरुन्तै खुलासा गरिनेछ र हटाइनेछ। मानिसहरूले सत्यता इन्कार्नु र नस्विकार्नु अत्यन्तै खतरनाक कुरा हो! सधैँ हैसियतको लागि होड गर्ने चाहना राख्नु र हैसियतका फाइदाहरूको लोभ गर्न चाहनु खतराका सङ्केतहरू हुन्। जब व्यक्तिको हृदय सधैँ हैसियतद्वारा बाँधिएको हुन्छ, तब के उसले अझै पनि सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार कामकुरा सम्हाल्न सक्छ र? यदि व्यक्तिले सत्यता अभ्यास गर्न सक्दैन र सधैँ ख्याति, लाभ, र हैसियतको खातिर कार्य गर्छ, र काम गर्नको लागि सधैँ आफ्नो शक्ति प्रयोग गर्छ भने, के ऊ आफ्नो साँचो रङ्ग देखाइरहेको प्रस्ट ख्रीष्टविरोधी होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्वरका वचन पढ्दा, मैले बुझेँ कि ब्रदर-सिस्टरहरूले मलाई खुलासा र मेरो आलोचना गर्नुको उद्देश्य मेरो मजाक उडाउनु, अपमान गर्नु, वा लज्जित पार्नु थिएन, तर मलाई आफैँलाई चिन्न मद्दत गर्नु थियो। यो मेरो जीवनका लागि फाइदाजनक हुनेथ्यो र म गलत बाटोमा नजाने कुरा सुनिश्चित गर्नेथ्यो। मैले चेन शी र मैले सहकार्य गरेको बेला सम्झेँ, र उनले म अहङ्कारी, अभिमानी र मनमानी व्यवहार गरिरहेको देखेपछि मलाई सिधै खुलासा गरेकी थिइन्। त्यो उनले मलाई दिएको प्रेमपूर्ण सहायता थियो। मलाई सुपरिवेक्षण गर्नका लागि त्यस्तो व्यक्ति मेरो छेउमा हुनु मेरो जीवनको वृद्धिका लागि लाभदायक थियो। तर, त्यतिबेला, मैले परमेश्वरबाट त्यो स्वीकार गरिनँ र उनले मलाई अरूका अगाडि आलोचना र खुलासा गरेर मलाई इज्जत गुमाउने तुल्याएको जस्तो लाग्यो, जसकारण मैले उनीप्रति पूर्वाग्रह राखेँ र उनलाई बहिष्कार गरेँ। यी सबै मेरा ख्रीष्टविरोधी स्वभावका प्रकटीकरण थिए। परमेश्वरका वचनले मलाई अभ्यासको बाटो दिएका थिए: मैले सत्यता पछ्याउने इमानदार, सोझा मानिसहरूसँग बढी समय बिताउनुपर्छ, र मैले केही गलत गर्दा र सिद्धान्तविपरीत जाँदा, मैले मेरो हैसियत र घमण्ड त्यागेर उनीहरूको विचार सुन्नुपर्छ। यसरी, म दुष्टता गर्नबाट बच्न सक्छु। मैले कसरी म एक अगुवा भए पनि, ममा अझै पनि धेरै विषयहरूबारे अन्तर्दृष्टि छैन र र म मेरो भ्रष्ट स्वभावको नियन्त्रणमा छु, जसकारण म आफ्नो कर्तव्यमा केही बाधा र अवरोध पैदा गर्नबाट जोगिन सक्दिन भन्नेबारे सोचेँ। अरूसँग मिलेर काम गरेर र आपसी सहयोग र साथमा संलग्न भएर मात्र म मेरो कर्तव्य निर्वाह गर्न र मण्डलीको काम राम्रोसँग गर्न सक्षम हुनेथेँ। परमेश्वरको अभिप्राय बुझेपछि, म चेन शीसँग खुलेँ र उनीसँग माफी मागेँ, उनलाई कसरी मैले आक्रमण र दमन गरेकी थिएँ भन्नेबारे सम्पूर्ण कथा सुनाएँ। त्यो सुनेर, उनले मलाई मद्दत गर्न आफ्नै अनुभवमा सङ्गति गरिन्। खुलस्त भएर र सङ्गति गरेर हामी हाम्रो बीचको अवरोध हटाउन सक्षम भयौँ।
एक समय थियो, जब म अरू काममा व्यस्त भएकीले मैले सामान्य मामिलाको कामलाई बेवास्ता गरेकी थिएँ। सो कामको जिम्मा लिएकी सिस्टर याङ यानयीले मलाई आलोचना गर्न कुनै शब्द बाँकी राखिनन्, “तपाईंंले हामीसँग दुई महिनादेखि भेला गर्नुभएको छैन, तपाईंंले हामीले हाम्रा कर्तव्यमा भोगेका कठिनाइहरू समाधान गर्नुभएको छैन, र हाम्रो जीवन नकारात्मक रूपमा प्रभावित भएको छ। परमेश्वरका वचनले भन्छन् कि झूटा अगुवा र कामदारहरूले काम तोक्छन् र त्यसपछि त्यसको अनुगमन गर्दैनन्, त्यसोभए तपाईंं झूटा अगुवा होइन र?” सिस्टरले यसो भन्दा, मैले त्यो अस्वीकार गरेँ, र आफैँलाई सही ठहर्याएँ: “मैले यो दुई महिनामा तपाईंको स्थितिबारे सोधपुछ गरेकी छु, तर धेरै पटक होइन। साथै, म अन्य काममा व्यस्त भएको कारण पनि त्यस्तो भएको हो। त्यसै कारणले मात्रै तपाईंं मलाई झूटा अगुवा भन्न सक्नुहुन्न। तपाईंं यस्तो हुनुहुन्छ भने, म भविष्यमा तपाईंंको कामको अनुगमन कसरी गर्न सक्छु? यदि तपाईंंले मलाई फेरि केही गलत गर्दै गरेको देख्नुभयो भने, र झूटा अगुवाका रूपमा मलाई रिपोर्ट गर्न र मेरो कुरा लाउन माथिल्लो-स्तरका अगुवाहरूकहाँ जानुभयो भने, के मैले मेरो हैसियत गुमाउने छैन? यसरी त हुँदैन, म तपाईंंलाई भविष्यमा कामको निरीक्षण गर्न दिन सक्दिनँ।” तर त्यसपछि, मैले पहिले कसरी चेन शीलाई आक्रमण र बहिष्कार गरेकी थिएँ भनेर सोचेँ, र अहिले पनि, यानयीले मेरो बारेमा धारणा व्यक्त गरेपछि मैले फेरि उनलाई कामको निरीक्षण गर्न नदिन चाहिरहेकी थिएँ। के म अझै फरक विचार भएकाहरूलाई आक्रमण र बहिष्कार गरिरहेकी थिइनँ? मैले परमेश्वरका वचनको खण्ड सम्झेँ: “तँ आफूसँग सत्य बोल्न सक्ने मानिसहरूको नजिक हुनुपर्छ; आफ्नो आसपास यस्ता मानिस हुनु तेरो लागि निकै फाइदाजनक हुन्छ। विशेषगरी, तँमा कुनै समस्या पत्ता लगाएपछि तँलाई गाली र खुलासा गर्ने आँट भएका असल मानिसहरू तेरो वरिपरि हुँदाखेरि, त्यसले तँलाई बाटो बिराउनबाट रोक्न सक्छ। तिनीहरूले तेरो हैसियत के हो भनेर वास्ता गर्दैनन्, र तिनीहरूले तैँले सत्यता सिद्धान्तविरुद्ध केही गरेको पत्ता लगाउनेबित्तिकै, आवश्यक परे तँलाई गाली र खुलासा गर्नेछन्। त्यस्ता मानिसहरू मात्र सीधा, र न्यायबोध भएका मानिसहरू हुन्, र तिनीहरूले तँलाई जसरी खुलासा वा गाली गरे नि यो सबले तेरो मद्दत गर्छ, र यो सब तेरो सुपरिवेक्षण गर्न र तँलाई अघि ठेल्नको लागि हो। तैँले त्यस्ता मानिसहरूको छेउ जानुपर्छ; तेरो छेउ त्यस्ता मानिसहरू हुनु, र तिनीहरूले तँलाई मद्दत गर्नुले तँलाई तुलनात्मक रूपमा सुरक्षित बनाउँछ—परमेश्वरको सुरक्षा हुनु भनेको यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्वरका वचन मनन गर्दै, म बिस्तारै शान्त भएँ। मैले ध्यान दिएर विचार गरेँ कि, यानयीले मलाई कठोर रूपमा काटछाँट गरेकी भए पनि, उनले सत्यता बोलेकी थिइन्। ती दुई महिनामा, मैले उनको स्थिति र उनका समस्याहरू बुझेकी वा समाधान गरेकी थिइनँ। उनको जीवन प्रवेश वास्तवमा प्रतिकूल रूपमा प्रभावित भएको थियो। मण्डली अगुवाका रूपमा, ब्रदर-सिस्टरहरूको स्थितिको जानकारी राख्नु र उनीहरूको जीवन प्रवेशमा आउने कठिनाइहरू समाधान गर्नु मेरो जिम्मेवारी थियो—म जति व्यस्त भए पनि म मेरो जिम्मेवारीबाट पन्छिन सक्दिनथेँ। तर मैले यानयीका लागि कुनै चासो देखाएकी थिइन। उनले मलाई केही सुझाव दिएको बेला, मैले उनलाई बदला लिने मनसायले आक्रमण गर्न चाहेकी थिएँ किनभने मलाई लाग्थ्यो कि उनले मेरो प्रतिष्ठा र हैसियतलाई क्षति पुर्याइरहेकी थिइन्, र यदि उनले मेरो कुरा लगाइन् भने मेरो हैसियत गुम्ने थियो। म साँच्चै दुर्भावनापूर्ण थिएँ! जब यानयीले मलाई काटछाँट गरिन्, उनी मेरो कामको निरीक्षण र सत्यता अभ्यास गर्दै थिइन्। यदि मैले उनलाई आक्रमण गरेको र उनीसँग बदला लिन खोजेको भए, म सत्यताविरुद्ध गइरहेको र दुष्टता गरिरहेको हुनेथेँ। यो बुझेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे प्रिय परमेश्वर, मैले बुझेँ कि ममा दुर्भावनापूर्ण प्रकृति छ। मेरो प्रतिष्ठा जोगाउन, म यानयीलाई आक्रमण गर्न र उनीसँग बदला लिन चाहन्थेँ। यो मानिसहरूलाई दण्डित गर्नु हो। हे परमेश्वर, म अब मेरो भ्रष्ट स्वभावअनुसार कार्य गर्न चाहन्न। म सत्यता अभ्यास गर्न र यानयीका सुझावहरू स्वीकार गर्न तयार छु।” प्रार्थनापछि, मैले निकै दोषी महसुस गरेँ र माफी माग्न चाहन्थेँ, तर आश्चर्यको कुरा, उनले आफू हदभन्दा बाहिर गरेको, र भ्रष्ट स्वभावससाथ बोलेको भनेर भन्दै पहिले आफैँले पो मसँग माफी मागिन्। मैले पनि उनीसँग माफी मागेँ: “तपाईंंले मलाई काटछाँट गर्नु सही थियो। मैले साँच्चै वास्तविक काम गरिनँ र मैले यस बारेमा चिन्तन गर्नुपर्छ।” मलाई लाग्यो कि ब्रदर-सिस्टरहरूले मलाई काटछाँट र मद्दत गर्नुको उद्देश्य मैले आफूले वास्तविक काम गरेकी थिइनँ भनेर बुझ्न सकूँ भन्ने थियो। यो परमेश्वरबाट आएको थियो र यो मेरा लागि उहाँको सुरक्षा थियो। परमेश्वरको धन्यवाद होस्!
यी अनुभवहरू मार्फत, मैले बुझेँ कि म शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएकी थिएँ र प्रतिष्ठा र हैसियतको लोभ गरेकी थिएँ। जब मेरो घमण्ड र हैसियतको कुरा आउँथ्यो, म मानिसहरूलाई दमन र बहिष्कार गर्न पनि सक्थेँ। मैले यो पनि बुझेँ कि, हामी जस्तोसुकै परिस्थिति सामना गरौँ, हामी आत्मचिन्तन गर्न र आफूलाई चिन्नमा, र हाम्रो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्नमा केन्द्रित हुनुपर्छ। त्यसपछि मात्र हामी दुष्टता गर्नबाट बच्न र परमेश्वरको विरोध गर्न सक्छौँ। परमेश्वरलाई धन्यवाद होस्!