९०. पुलिसले पैसा माग्दा
जुलाई २००९ को एक दिन, सिस्टर लियूले हतारहतार मेरो घरमा आएर हाम्रो मण्डली अगुवा पक्राउ परे, र पुलिसले मण्डलीको पैसाको केही रसिद बरामद गर्यो भनेर बताइन्। यो सुनेपछि मलाई निकै चिन्ता लाग्यो, र सोचेँ: “मेरो परिवारले मण्डलीको केही भाग पैसा राखेको छ। मेरो र मेरो श्रीमान्को नाम रसिदमा उल्लेख छ। त्यो नाम पुलिसको हातमा पर्यो भने, हामी अवश्य नै पक्राउ पर्नेछौँ र हाम्रो पैसा जफत गरिनेछ।” त्यसैले हतारहतार मैले मण्डलीको पैसा अर्को ठाउँ स्थानान्तर गरेँ।
केही दिनपछि, गाउँको सार्वजनिक सुरक्षा प्रमुख २० जनाभन्दा बढी अफिसरहरू लिएर हाम्रो घरमा छापा मार्न आए। एउटा अफिसरले रसिद देखाउँदै सोध्यो: “यो तैँले लेखेको हो? तिमीहरूले मण्डलीको लागि राखेको २५०,००० युआन अहिले नै दिइहाल्!” म अलिक आत्तिएँ, त्यसकारण मैले तुरुन्तै परमेश्वरलाई हृदयदेखि प्रार्थना गरेँ: “हे परमेश्वर, बिन्ती छ मलाई विश्वास र सामर्थ्य दिनुहोस्। म भेटी अरूलाई दिइपठाउने वा तपाईंलाई धोका दिने काम गर्नेछैनँ।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्वरका वचनहरू याद आए: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १)। मैले मनमनै सोचेँ: “सबै कुरा परमेश्वरकै हातमा छन्, त्यसकारण यो परीक्षाको सामना गर्न म परमेश्वरको भर पर्नुपर्छ।” त्यसपछि पुलिस अफिसरले हामीलाई दबाब दियो: “कसले तिमीहरूलाई पैसा राख्न दियो? त्यो पैसा खुरुक्क हामीलाई दे!” मलाई निकै रिस उठ्यो, र सोचेँ: “पैसा परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई चढाएको भेटी हो। त्यो पैसामाथि तेरो के दाबी चल्छ? मैले किन तँलाई त्यो पैसा दिने?” हामी चुप लागेको देखेर, एउटाले मेरो श्रीमान्लाई टाउकोमा समातेर पैसा कहाँ छ भनेर फेरि सोध्दै पर्खालमा बजार्यो। मलाई रिस उठ्यो र चिन्तित भएँ। मेरो श्रीमान् पहिले कार दुर्घटनामा परेको कारण उनको स्वास्थ्यमा केही समस्या थियो, त्यसकारण उनले त्यस्तो दुर्व्यवहार सहन सक्दैनथे। सार्वजनिक सुरक्षा प्रमुखले त्यो अफिसरलाई भन्यो: “यसलाई सन्चो छैन, र कुनै पनि बेला मर्न सक्छ।” आफ्नो हातमा हत्याको दोष आइनलागोस् भन्ने चाहेर, त्यो अफिसरले बल्ल त्यसो गर्न छोड्यो। त्यसपछि तिनीहरूले मलाई अर्को कोठामा लगे, स्कुटरमा हतकडीले कसेर कठोरताको साथ मलाई प्रश्न गरे: “२५०,००० तैँले कहाँ राखिस्? त्यो भनिस् भने, हामी तँलाई पक्राउ गर्नेछैनौँ र तेरो इज्जतमा कुनै हानि हुनेछैन। तर भनिनस् भने, तँलाई पक्राउ गरिनेछ!” मैले प्रतिक्रिया नदिएपछि, दश जनाभन्दा बढी अफिसरहरूले हाम्रो घरमा उन्माद रूपमा खानतलासी गर्न थाले। तिनीहरूले घरभित्र र बाहिर, सबै खोपी र खाटमुनि खोजे, अनि टिभी र वासिङ मेसिनको पछाडिको कभरसमेत उक्काएर हेरे। केही अफिसरहरूले बामे सर्दै भुइँको टाइलमा टकटक हानिरहेका थिए र अरूले पर्खालको सबैतिर ट्याकट्याक पारिरहेका थिए। कुनै ठाउँ खोक्रो जस्तो लाग्यो भने, तिनीहरूले त्यसलाई तोडेर हेर्थे। केही समयपछि, एक जना रमाउँदै चिच्याएको सुनेँ: “भेट्यौँ, भेट्यौँ!” एक अफिसरले आफ्नो काँधमा पैसाले भरिएको झोला भिरेर आयो र तिनीहरूले त्यो पैसा गन्न थाले। जम्मा, तिनीहरूले १२१,५०० रुपैयाँ प्राप्त गरे। मैले अफिसरहरूलाई भनेँ: “त्यो त मेरो परिवारको बचत हो।” तर ती अफिसरहरूले मेरो कुरालाई बेवास्ता गरे। अझै पनि २५०,००० नभेट्टाइएकोले, तिनीहरूले खोजिरहे। तिनीहरूले हरेक कुनाकाप्चा खोजे। तिनीहरूले कुकुर बस्ने घर भत्काए र हाम्रो मार्बलले बनेको टेबल टुक्राटुक्रा पारे। हाम्रो छानाको चिम्नीसमेत नष्ट गरे। तिनीहरूले धेरै वटा कोठाको कार्पेट हटाए र आँगनमा भएको रूखहरूको फेदमा पनि पैसा खोज्नको लागि माटो खने। तिनीहरूले हाम्रो पूरै घर लथालिङ्ग पारेको बेला म विवश भएर हेरिरहेँ। मलाई साह्रै रिस उठेको थियो। मण्डलीको पैसा जफत गर्ने प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टीको लागि कुनै पनि कार्य नीच थिएन। कस्ता पिशाचहरू! मलाई रिस उठेको थियो, तर मलाई चिन्ता पनि लागेको थियो। कार दुर्घटनामा परेपछि, मेरो श्रीमान्ले गाह्रो कामहरू गर्न सक्दैनथे र हाम्रो परिवारको रोजीरोटीको मुख्य श्रोत म नै थिएँ। ती वर्षहरूमा, मैले जतिसक्दो कम खर्च गर्ने गर्थेँ र त्यो पैसा बचाउन धेरै परिश्रम गरेकी थिएँ। पुलिसले त्यो सबै रकम लगेपछि अब हामीले के गर्ने? अहिले हाम्रो छोरा ठूलो भइसकेको थियो र उसको विवाह गर्ने बेला भइसकेको थियो। अब हामीसँग उसलाई विवाह गरिदिने पैसा पनि थिएन। यो बाधालाई कसरी सामना गर्ने मलाई थाहा थिएन। मैले परमेश्वरसँग प्रार्थना गर्न र उहाँको अगुवाइ माग्नबाहेक केही पनि गर्न सक्दिनथेँ। प्रार्थना गरिसकेपछि, मलाई शैतानले अय्यूबलाई परीक्षा गरेको घटना याद आयो। रातारात, तिनका सबै चौपाया चोरी भयो। तिनले धेरै वर्ष लगाई जम्मा गरेको सम्पत्ति एकै क्षणमा नष्ट भयो र तिनका दशै जना छोराछोरी मरे। तिनको पूरै शरीरमा घाउ पनि भएको थियो तर तिनले कहिल्यै गुनासो गरेनन्, र यसोसमेत भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले त्यस्तो ठूलो परीक्षाको सामना गरे, र गवाहीको रूपमा खडा भएर तिनले शैतानलाई लाजमा परे। अफिसरहरूले हाम्रो घरमा त्यसरी खानतलास गर्नु र हाम्रो पैसा जफत गर्नु शैतानको परीक्षा र आक्रमण, साथै परमेश्वरले हामीलाई जाँच्ने एउटा तरिका थियो। मैले अय्यूबको उदाहरणलाई पछ्याएर, परमेश्वरमा भरोसा गर्नुपर्थ्यो, र यी परिस्थितिहरूबाट पार पाउन आफ्नो विश्वासको प्रयोग गर्नुपर्नेथ्यो। जेसुकै भए पनि, मैले भेटीहरू तिनीहरूको हातमा पर्न दिनु हुँदैनथ्यो र म परमेश्वरको लागि गवाहीको रूपमा खडा हुनुपर्थ्यो।
पुलिसले बिहान २-३ बजेसम्म मेरो घरमा खोजी गरिरह्यो। तिनीहरूले ७ घण्टाभन्दा बढी यताउता चहार्दै बिताए, तर तिनीहरूले थप पैसा भेट्टाउन सकेनन्। मेरो श्रीमान्लाई कुटेर बेहोस पारिएको थियो, र मलाई सोधपुछको लागि सशस्त्र प्रहरी केन्द्रमा लगियो। मलाई लगिएको कोठामा पहिले नै सादा पोसाकका चारपाँच जना पुलिस आइसकेका थिए। तिनीहरू रिसाहा र घमण्डी देखिन्थे, र तिनीहरूले मलाई दुष्ट मुस्कान दिए। मलाई अत्यन्तै डर लागेको थियो र मेरो हात नियन्त्रण गर्नै नसकिने गरी कामिरहेको थियो। मैले हतारहतार परमेश्वरसँग प्रार्थना गरेँ र मलाई विश्वास दिनुहोस् भनी अनुरोध गरेँ। प्रार्थना गरेपछि, मलाई दानिएललाई षड्यन्त्र गरी सिंहको खोरमा हालिएको, तर परमेश्वरको सुरक्षाले गर्दा सिंहले उनलाई नखाएको घटना याद आयो। सबै कुरा परमेश्वरकै हातमा छन्। शैतान निर्दयी र दुष्ट हुन सक्छ, तर परमेश्वरले नै यसको सीमा निर्धारित गर्नुहुन्छ। परमेश्वरको अनुमतिविना, तिनीहरूले मलाई हानि गर्न सक्दैनथे। म परमेश्वरमा भरोसा गरेर गवाहीको रूपमा खडा हुनुपर्थ्यो। त्यसपछि सार्वजनिक सुरक्षा ब्युरोका राजनैतिक प्रमुख हातमा एउटा कागज बोकेर आयो। के लेखिएको छ भन्ने कुरा समेत नबताई, उसले मलाई हस्ताक्षर गर् भन्यो। मैले हस्ताक्षर गरिनँ, त्यसकारण उसले एक फुट लामो प्लास्टिकको लाठी लियो र मलाई हात र मुखमा हान्न थाल्यो। एकदुई पटक हान्दा नै, मेरो हात र मुख दुवै सुनियो। त्यसपछि उसले मेरो छेउमा उभिरहेका दुई जना अफिसरलाई भन्यो: “त्यसलाई सुत्न नदेओ। दुई दिनमा गल्नेछे र त्यसले हामीलाई सबै कुरा भन्नेछे” त्यसपछि मतिर फर्केर उसले यसो भन्दै धम्की दियो: “पैसा कहाँ छ भनिनस् भने, हामी तेरो घर भत्काइदिन्छौँ।” यो सुन्दा मलाई निकै चिन्ता लाग्यो। हामीले धेरै मेहनत गरेर बनाएको यो घरलाई केही घण्टामै पुलिसले लथालिङ्ग पारेको थियो। ती अफिसरहरू निर्दयी र जे पनि गर्न सक्ने खालका थिए—यदि मैले तिनीहरूलाई मण्डलीको पैसा कहाँ छ भनेर बताइन भने, के तिनीहरूले साँच्चै मेरो घर भत्काइदिन्छन्? के तिनीहरूले मलाई यातना दिएर मार्नेछन्? यसबारेमा मैले जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो। मैले परमेश्वरसँग निरन्तर प्रार्थना गरिरहेँ, त्यसपछि मनमा प्रभु येशूका यी वचनहरू आए: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। परमेश्वरका वचनहरूले मलाई विश्वास र साहस दिए। मेरो जीवन परमेश्वरकै हातमा थियो। पुलिस जति नै निर्दयी भए पनि, तिनीहरूले मेरो शरीरलाई मात्रै नाश गर्न सक्थे, र परमेश्वरको अनुमतिविना, तिनीहरूले मलाई केही पनि गर्न सक्दैनथे। यदि परमेश्वरले पुलिसलाई मेरो ज्यान लिन र मेरो घर भत्काउन अनुमति दिनुभयो भने, म यसमा समर्पित हुन तयार थिएँ। यो कुरा महसुस गरेपछि, मलाई पहिले जत्तिको डर लागेन। त्यसपछि अफिसरहरूले मलाई घिस्याएर एउटा कुर्सीमा लगे र त्यसमा मलाई हतकडीले बाँधे। म झुल्नेबित्तिकै तिनीहरूले मलाई खुट्टामा नराम्ररी लातले हान्थे। त्यस रातभर म सुत्न पाइनँ।
भोलिपल्ट बिहान, धेरै अफिसरहरूले पालैपालो मलाई मण्डलीको पैसा राखिएको स्थानको बारेमा सोधपुछ गरे। हताश हुँदै, त्यस राजनैतिक प्रमुखले मलाई सोध्यो: “तैँले राखेको पैसा कहाँ गयो? रसिदमा त स्पष्ट रूपमै २५०,००० लेखिएको छ, किन थोरै रकम मात्रै भेटियो? बाँकी रकम कहाँ छ?” मैले आफ्नो शिर निहुराएँ र केही पनि भनिनँ। उसले मलाई दबाब दिइरह्यो: “तैँले बाँकी रकम खर्च गरिस्? भनिहाल्!” मैले मनमनै सोचेँ: “हामी परमेश्वरलाई चढाइएको भेटी कहिल्यै पनि हिनामिना गर्दैनौँ। परमेश्वरलाई चढाइएको भेटी हिनामिना गर्ने मानिसहरू भूत हुन् र तिनीहरू श्रापित र नरकमा दण्डित हुनेछन्!” त्यसपछि मैले पैसा राखिएको ठाउँको बारेमा बताउँछु कि भनेर त्यस प्रमुखले मलाई अलिक नरम तरिकाले मनाउने प्रयास गर्यो। उसले भन्यो: “हामीलाई भनिहाल्। तैँले भन्नेबित्तिकै, तँ आफ्नो परिवारकोमा जान सक्छस्।” त्यसपछि उसले भन्यो: “तँ बस्ने ठाउँमा मैले सैन्य सेवा गरेको छु, त्यसकारण हामी त एउटै गाउँले हौँ। अहिले भनिहाल् अनि तँलाई कुनै समस्या हुँदैन।” मैले मनमनै सोचेँ, यी अफिसरहरूले अनेक किसिमका धूर्त युक्तिहरू बनाउँछन्। म तिनीहरूको चलाकीमा पर्नु हुँदैन। त्यसपछि अर्को अफिसरले मलाई सोध्यो: “तैँले २५०,००० रकम राखिरहेकी थिइनस् र? १२१,५०० मात्रै बाँकी छ त, बाँकी रकम हामीलाई कति वर्षमा फर्काउने सोच छ? तैँले हामीलाई ग्यारेन्टी पत्र लेखिस् भने, हामी तँलाई अहिले नै घर जान दिन्छौँ। तँलाई के लाग्छ?” यो सुन्दा, म रिस र घृणाले भरिएँ। यी अफिसरहरूले हाम्रो सबै पैसा चोरेका थिए र पनि ऋण पत्र बनाउन चाहन्छन्? कस्तो वाहियात!
बिहानको १ बजेतिर, त्यो पुलिसले फेरि पनि मलाई मण्डलीको पैसा राखिएको स्थानको बारेमा बारम्बार यसो भन्दै सोधपुछ गरिरह्यो: “पैसा कहाँबाट आयो तँलाई थाहा छ? यो मानिसहरूले दुःखले कमाएको पैसा हो, र यो मानिसहरूलाई नै फिर्ता दिनुपर्छ।” त्यसको कुरूप अनुहार हेर्दा, मलाई भित्रैदेखि घिन लागेर आयो। यो पैसा परमेश्वरका चुनिएका मानिसहरूले परिश्रम गरेर कमाएका थिए, जसले परमेश्वरको अनुग्रह प्राप्त गरेका थिए र त्यसपछि परमेश्वरलाई भेटी चढाएका थिए। यी परमेश्वरलाई चढाइएका भेटी हुन् भन्ने कुरा स्पष्टै थियो। “मानिसहरूले दुःखले कमाएको पैसा” सँग यो पैसाको कुनै सम्बन्ध थिएन। के यो सफेद झूट थिएन र? चिनियाँ कम्युनिस्ट पार्टीको पुलिसले गरेको यो नाटकले गर्दा मैले तिनीहरूको दुष्ट अनुहारलाई अझै स्पष्ट रूपमा देख्न सकेँ। मलाई तिनीहरू तुच्छ र घृणित लाग्यो। त्यसपछि त मलाई तिनीहरूको कुरा अझै बेवास्ता गर्न मन लाग्यो। म अझै नबोलेको देखेपछि, दुई जना अफिसरहरूले मलाई पालैपालो थप्पड हान्न थाले, र कतिपटक हाने मलाई थाहा छैन। तिनीहरू थाकुन्जेल तिनीहरूले मलाई थप्पड हानिरहे त्यसपछि तिनीहरूले मलाई प्लास्टिकको फोल्डरले कुट्न थाले। मलाई रिँगटा लागिरहेको थियो, मधुरो देख्न थालेँ र गालामा नराम्ररी दुखिरहेको थियो। त्यसपछि तिनीहरूले इलेक्ट्रिक बेटनले मेरो हतकडीमा करेन्ट लगाए। करेन्टले मेरो पूरै शरीरमा झट्का दियो र हरेक नसामा चेतना गुमेको जस्तो भयो। मलाई त मर्दा नै ठीक हुन्छ जस्तो लाग्यो। तर पनि तिनीहरू रोकिएनन्। तिनीहरूले मेरो नलिखुट्टोमा बुटले लात हाने र पाइतालामा टेके, र त्यो अत्यन्तै पीडादायी थियो। कुटपिट र यातनापछि, म पूर्ण रूपमा थकित भएँ र मलाई रिँगटा लागिरहेको थियो, र म मर्न लागेकी छु जस्तो भयो। मैले परमेश्वरसँग अटुट रूपमा प्रार्थना गरेँ, कष्टको सामना गर्न र गवाही बन्न मलाई दृढता दिनुहोस् भनेर उहाँलाई बिन्ती गरेँ। प्रार्थनापछि, मलाई परमेश्वरका वचनहरूको एउटा भजन याद आयो: “कसरी सिद्ध पारिने” “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। यो साँचो हो। मलाई यातना दिइँदा मेरो देहले केही हदसम्म कष्ट भोग्यो, तर परमेश्वरले मेरो विश्वासलाई सिद्ध पार्न यो कष्टको प्रयोग गर्नुभयो। पुलिसले मलाई जति यातना दिए पनि र क्रूर ढङ्गले कुटपिट गरे पनि, मैले परमेश्वरमा भरोसा गरेर गवाहीको रूपमा खडा हुनुपर्थ्यो। त्यसपछि एउटा अफिसरले मलाई उठ्न आदेश दियो, तर मेरो हात कुर्सीमा बाँधिएको हुनाले, म उठ्न सकिनँ। म मेरो कम्मरमा ३० पाउन्डको कुर्सी झुण्ड्याएर घोप्टिन मात्रै सकेँ। त्यसपछि त्यो अफिसरले कुर्सी यताउता झड्कायो, जसले गर्दा मेरो नाडीमा हतकडी अझै गहिरो भासियो। अत्यन्तै पीडा भयो। त्यसले दुष्ट मुस्कान दिँदै भन्यो: “यो तेरो गल्ती हो, तैँले हामीलाई दोष दिन मिल्दैन।” मैले आँखा बन्द गरेर पीडा सहने प्रयास गरेँ। तिनीहरूको उन्माद हाँसो सुन्दा, मलाई त्यो भूतहरूको समूहप्रति अत्यन्तै घृणा जाग्यो।
त्यो बेलासम्म, मलाई कुर्सीमा हतकडीले बाँधिएको एक दिन एक रात भइसकेको थियो। मेरो शिर झमझमाइरहेको र रिँगटा लागिरहेको थियो, र ढाड दुख्ने र पोल्ने भइरहेको थियो। म तोडिन लागेकी थिएँ र म कति लामो समयसम्म सहन सक्छु मलाई थाहै थिएन। मैले हृदयमा परमेश्वरलाई पुकारेँ: “प्रिय परमेश्वर! म अब कति बेर सहन सक्छु मलाई थाहा छैन। कठिनाइ जति नै ठूलो भए पनि, बिन्ती छ मलाई गवाहीको रूपमा खडा हुने विश्वास र शक्ति दिनुहोस्।” प्रार्थनापछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “आखिरी दिनहरूका मानिसहरूको समूहमाझ मैले गर्ने काम अभूतपूर्व उद्यम हो, तसर्थ, मेरो महिमाले आकाशमण्डललाई ढाक्न सकोस् भनेर, सबै मानिसहरूले मेरो लागि अन्तिम कष्ट भोग्नुपर्छ। के तिमीहरूले मेरो अभिप्राय बुझ्यौ त? मैले मानिसलाई दिने अन्तिम सर्त यही हो, भन्नुको अर्थ, सबै मानिसहरूले ठूलो रातो अजिङ्गरको अघि मेरो लागि बलियो, सानदार गवाही दिन सकून्, तिनीहरूले अन्तिम पटक मेरो लागि आफूलाई अर्पण गर्न सकून्, र अन्तिम एक पटक मेरो मापदण्डहरूलाई पूरा गर्न सकून् भन्ने मेरो आशा छ। के तिमीहरूले साँच्चै यसो गर्न सक्छौ त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३४)। मैले परमेश्वरका वचनहरूबाट उहाँको आशा र प्रोत्साहन अनुभव गर्न सकेँ। यस्तो कठिनाइमाझ नै म शैतानको अघि गवाहीको रूपमा खडा हुनुपर्थ्यो। मैले पीडा र कष्टलाई भोग्नुपर्थ्यो, अनि साक्षीको रूपमा खडा भएर शैतानलाई लज्जित पार्नुपर्थ्यो! परमेश्वरका वचनहरूको मार्गनिर्देशन पाएपछि, मलाई परमेश्वर सधैँ मसँगै हुनुहुन्छ, र पीडा अलिक कम भएजस्तो अनुभव भयो। एक रात यातना र कुटपिट सहेपछि, मेरो पूरै जीउ नीलडाम र घाउले भरिएको थियो। मेरो अनुहार चोटैचोटले भरिएको थियो र मेरा खुट्टाहरू सुन्निएका थिए। म अत्यन्तै कमजोर अवस्थामा थिएँ। अर्को सिफ्टमा काम गर्ने अफिसरले मेरो अवस्था हेर्नै नसकेर भन्यो: “केटाहरूले हदै गरेछन्। किसानले कति दुःख गरेर हातमुख जोड्नुपर्छ, र अहिले तिनीहरूको धेरै पैसा पनि लुटिएको छ।”
तेस्रो दिन, त्यो राजनैतिक प्रमुख मेरो विश्वासका साथै त्यो २५०,००० युआन राखिएको ठाउँको बारेमा सोधपुछ गर्न आयो। मैले भनेँ: “२५०,००० युआन पहिले नै हटाइएको थियो। तपाईंहरूले लिनुभएको पैसा मेरो परिवारको पैसा हो।” त्यो प्रमुखले तुरुन्तै पछि फर्केर विवरण लेख्ने मान्छेलाई भन्यो: “यो कुरा नलेख्।” मैले सोधेँ: “किन नलेख्ने?” ऊ रिसायो र कुर्सीबाट जुरुक्क उठ्यो र टेबल ठटाउँदै भन्यो: “यहाँ सोधपुछ गर्ने को हो? पैसा लाने मान्छेको नाम के हो? त्यो मान्छे कहाँ गयो?” मैले केही नभनेको देखेर, उसले जङ्गिँदै भन्यो: “अहिले भनिनस् भने, तेरा छोराछोरीले कहिल्यै जागिर नपाउने बनाइदिन्छु। तेरो परिवार यस्तो अवस्थाबाट कहिल्यै बच्नेछैन!” यो सुन्दा मलाई धेरै चिन्ता लाग्यो। मेरा छोराछोरी अझै सानै थिए—यदि चिनियाँ कम्युनिस्ट पार्टीले तिनीहरूलाई साँच्चै काम गर्न दिएन भने, भविष्यमा तिनीहरूले के गरी खालान्? प्रार्थनापछि, मलाई परमेश्वरका वचनहरू याद आए: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरू मनन गरेपछि, मलाई निकै स्थिर भएको अनुभव भयो। मेरा छोराछोरीको भविष्य परमेश्वरकै हातमा थियो। यस विषयमा ठूलो रातो अजिङ्गरको कुनै निर्णय हुँदैनथ्यो। मैले गवाहीको रूपमा खडा हुन परमेश्वरमा भरोसा गर्नुपर्थ्यो! जहाँसम्म मेरो सन्तानको भविष्य र मेरो परिवारको नियतिको कुरा थियो, परमेश्वरले धेरै पहिले नै ती सबै कुरा निर्धारित गरिसक्नुभएको थियो। म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ।
भोलिपल्ट तिनीहरूले सार्वजनिक सुरक्षा प्रमुखको साथमा मेरो छोरालाई पनि लिएर आए। मेरो अनुहारमा घाउचोट लागेको र सुन्निएको देखेपछि, मेरो छोरा रुन थाल्यो र भन्यो: “आमा, चिन्ता नगर्नुहोस्। हामी अहिले विवाह गर्नेछैनौँ र तपाईंलाई यहाँबाट निकाल्न म केही ऋण खोज्छु।” उसको कुरा सुन्दा मलाई मनभित्र साह्रै दुख्यो र मलाई नरमाइलो लाग्यो। त्यसपछि, त्यो राजनैतिक प्रमुखले सार्वजनिक सुरक्षा प्रमुखलाई यसो भन्दै आदेश दियो: “तपाईंले यो पैसाको समस्यालाई पनि समाधान गर्न सहयोग गर्नुपर्छ।” त्यसपछि उसले अनौठो कुरा गर्यो: “के तिनीहरूको कुनै आफन्त छन्? तिनीहरूले आफन्तबाट पैसा सापट लिन सक्छन् कि हेर्नुहोस्।” सार्वजनिक सुरक्षा प्रमुखले सहमतिमा शिर हल्लाएर झुक्दै भन्यो: “म फेरि फर्केर गएपछि, म यसका दिदीबहिनी र दाजुभाइसँग कुरा गर्छु र यसको बूढोलाई केही उपाय लगाउन लगाउँछु।” तिनीहरू कति लोभी छन् भन्ने देखेपछि, मैले रिसाउँदै भनेँ: “म मेरो दाजुभाइ-दिदीबहिनीसँग सम्पर्कमा छैन। तिनीहरूलाई सम्पर्क नगर्नुहोस्।” अर्को अफिसरले चिच्याउँदै भन्यो: “रसिदमा २५०,००० भनिएको छैन र? हामीले १२०,००० मात्रै भेट्टायौँ, त्यसैले तैँले जसरी भए पनि बाँकी रकम निकाल्नुपर्छ।” मेरो केही सीप लागेन र मसँग अरू कुनै विकल्प थिएन, त्यसैले मैले भनेँ: “त्यसो भए मेरो घर बेचिदिनुहोस्।” सार्वजनिक सुरक्षा प्रमुखले मलाई उपेक्षाको नजरले हेर्दै भन्यो: “तेरो घर त्यति धेरै दाममा बिक्दैन। के त्यो बेचेर तैँले बाँकी पैसा निकाल्न सक्छस् जस्तो लाग्छ?” यो कुरा सुनेपछि, अफिसर मेरो छोरालाई जबरजस्ती ऋण खोज्न लगाउन गयो। मेरो छोरासँग सहमति जनाउनेबाहेक केही विकल्प थिएन। ऊ आँसु झार्दै त्यहाँबाट गयो। त्यस बेला मलाई अत्यन्तै रिस उठेको थियो—ठूलो रातो अजिङ्गर अत्यन्तै नीच र घृणित छ। तिनीहरूले सधैँ धार्मिक स्वतन्त्रतालाई समर्थन गर्छौं भनी दाबी गर्छन्, तर वास्तविकतामा तिनीहरूले विश्वासीहरूलाई दमन, पक्राउ र हिंस्रक व्यवहार गर्छन्। तिनीहरूले हाम्रो पैसा लुट्न र परमेश्वरको भेटी जफत गर्न जुनसुकै तरिका पनि अपनाउँछन्, र मानिसहरूलाई कङ्गाल बनाउँछन्। ठूलो रातो अजिङ्गर परमेश्वरको विरोध गर्ने र मानवजातिलाई क्रूर व्यवहार गर्ने पिशाच हो भन्ने कुरा मैले स्पष्ट रूपमा देखेँ। यो सबै कुराले परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्पलाई दह्रिलो बनायो। अनि मैले मनमनै बस भजन गाइरहेँ: “परीक्षा र सङ्कष्टहरूबाट गुज्रिँदै, म अन्ततः ब्युँझेँ। मैले सिसीपीको घृणास्पदता, क्रूरता, र दुष्टता राम्ररी देखेँ। परमेश्वरप्रति चरम घृणा राख्ने, यो शैतानको मूर्त रूप हो। मैले ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्न र परमेश्वरका लागि गवाही दिन आफ्नो जीवन अर्पण गर्ने वाचा गरेँ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, म मृत्युसम्मै बफादारी साथ परमेश्वरलाई पछ्याउने बाचा गर्छु)। शैतानले मलाई जति निर्दयी व्यवहार गरे पनि, म गवाहीको रूपमा खडा भएर शैतानलाई लज्जित तुल्याउनेवाला थिएँ।
त्यसपछिका केही दिनसम्म, तिनीहरूले फरकफरक किसिमको यातना दिए। तिनीहरूले मलाई कुर्सीमा बाँधे र पैसा कहाँ छ भनेर बारम्बार केरकार गर्दै मलाई सुत्न-खान दिएनन्। म हरेक दिन पूरै समय चिन्ता र तनावमा हुन्थेँ। राजनैतिक प्रमुखले अझै पनि मेरो मुखबाट एक शब्द ननिस्केको देखेपछि, आठौँ दिनमा फेरि मेरो छोरालाई ल्याए र उसले १३०,००० लिएर नआएसम्म मलाई जान नदिने भनेर बताए। चिन्तित हुँदै बिन्ती गरेर मेरो छोराले त्यति धेरै रकम निकाल्न नसक्ने बतायो। मैले रिसाउँदै भनेँ: “हामी सानो किसान परिवारका हौँ र मेरो श्रीमान् बिरामी हुनुभएको वर्षौं भयो, कहाँबाट त्यत्रो पैसा निकाल्न सक्छौँ?” तर त्यसले मेरो कुरा बेवास्ता गर्यो, र मेरो छोरालाई घुरेर हेर्दै भन्यो: “पैसा निकाल्ने उपाय निकाल्, जा।”
तिनीहरूले मबाट केही पनि बहुमूल्य कुरा नपाउने भएपछि, दशौँ दिनमा तिनीहरूले मलाई घर जान दिए। म जाँदै गर्दा, तिनीहरूले मलाई बाँकी २५०,००० जतिसक्दो चाँडो दिनू भनेर चेतावनी दिए। तिनीहरूले यो पनि भने: “तैँले पैसा राख्न दिएको व्यक्ति हामीलाई चिनाइदिइस् भने, हामी तेरो पैसा फिर्ता दिन्छौँ।” मैले मनमनै सोचेँ: “तिनीहरूलाई यो मेरो परिवारको पैसा हो, त्यो मण्डलीको पैसा होइन भन्ने थाहा छ, र तिनीहरूले मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई बेच्न बाध्य पार्ने प्रयासमा यो कुरा प्रयोग गरिरहेका छन्। तर म त्यसो हुन दिनेछैनँ!” मलाई पछि मात्रै थाहा भयो, मेरो छोराले मलाई रिहा गर्न पुलिसलाई ८०,००० युआन दिएको रहेछ।
पहिलो कुरा त हाम्रो आर्थिक स्थिति त्यति राम्रो थिएन, त्यसकारण पुलिसले हाम्रो बचत रकम लैजाँदा, हाम्रो जीवन झनै कष्टकर भयो। मलाई पहिलेदेखि नै हात काम्ने समस्या थियो, र पुलिसले यातना दिएपछि, अवस्था झनै खराब भयो। म खाना पकाउन नसक्ने अवस्थामा पुगेँ, बाहिर गएर काम गर्न सक्नु त परै जाओस्, र मेरो श्रीमान्ले त झन् त्यति पनि गर्न सक्दैनथे। आम्दानीको कुनै स्रोत नहुँदा, हामीसँग सागसब्जी, नुडल र दैनिक आवश्यक सामग्री किन्ने पर्याप्त पैसा थिएन। एकपटक, मैले केही ट्वाइलेट पेपर किन्नु पर्नेथ्यो, तर मसँग सुक्को थिएन। चिनियाँ कम्युनिस्ट पार्टीले हाम्रो खल्ती रित्तो पारेको थियो र अहिले हामीसँग हातमुख जोड्नेसमेत पैसा थिएन। हामी कसरी यस्तो अवस्थामा जिउन सक्थ्यौँ? यसबारेमा विचार गर्दा, म अत्यन्तै निराश भएँ। यसको साथै, पुलिसले हामीलाई बेलाबेलामा बोलाइरहन्थे। फोन बजेको सुन्दा म हरेकपटक नर्भस र निराश हुन्थेँ। अझै दुःखको कुरा त, हाम्रा आफन्त र इष्टमित्र हामीबाट परपरै बस्थे किनभने तिनीहरू हाम्रो समस्यामा मुछिन चाहँदैनथे। र गाउँका मानिसहरूले हाम्रो सधैँ आलोचना गरिरहेका हुन्थेँ। मलाई अत्यन्तै कष्ट भयो र म निराशामा डुबेँ। यो मैले सहनै नसक्ने कुरा थियो, र एक दिन म एकलै खेतमा गएँ र रोएँ। रुँदै मैले परमेश्वरलाई यसो भनेर प्रार्थना गरेँ: “प्रिय परमेश्वर! यो अवस्थामा मलाई अत्यन्तै कमजोर महसुस भइरहेको छ र यसबाट कसरी पार पाउने मलाई थाहा छैन। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् र मलाई विश्वास र शक्ति दिनुहोस्।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्वास गर्दछु कि यो परमेश्वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दुःखको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म केवल यति मात्र बिन्ती गर्दछु कि मैले जुन बाटोमा हिँड्नुपर्छ त्यसमा म परमेश्वरका अभिप्रायहरूअनुसार हिँड्न सकूँ। म अरूले हिँडेको बाटो हिँड्दै अरूको अनुकरण गर्न खोज्दिनँ; म यति मात्रै चाहन्छु कि, मेरो तोकिएको मार्गमा हिँडेर मैले मेरो भक्तिसाथ पूर्ण रूपमा पूरा गर्न सकूँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (६))। मैले परमेश्वरका वचनहरू बन्द गर्दा, आँखाबाट आँसु झर्न थाले। मलाई थाहा भयो, चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा भएको देशमा परमेश्वरमा विश्वास गर्दा र उहाँलाई पछ्याएर जिउँदा सबै किसिमका कठिनाइ र दमन आउनु अपरिहार्य छ। मलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेर सताएको कारण मेरो परिवारले सबै बचत गुमाएको र हाम्रो दुःख यो स्थितिमा पुगेको हुन सक्छ। तर यो परमेश्वरले नै अनुमति दिनुभएको थियो, र यो परमेश्वरले मलाई डोर्याएर दिनुभएको विशेष जीवन अनुभव थियो। परमेश्वरले मेरो विश्वासलाई जाँच्नको लागि यो कठिन परिस्थितिको प्रयोग गरिरहनुभएको थियो। यो कठिनाइको अवधिमा मैले परमेश्वरमा समर्पित भएर उहाँको गवाही दिनुपर्थ्यो।
त्यसपछिका दिनहरूमा, मेरो श्रीमान् र म एकअर्कालाई धेरै उत्साह दिन्थ्यौँ र सँगै मिलेर भजनहरू गाउने गर्थ्यौँ। पछि, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले हामीलाई सहयोग गर्न थाले। कतिले हामीलाई पैसा दिए, अरूले हामीलाई चाहिने कुराहरू दिए। अरूले हामीलाई सहयोग र साथ दिँदै सत्यतामा सङ्गति दिए। … ती काला दिनहरूमा हामीलाई अगुवाइ गर्ने परमेश्वरको प्रेम र उहाँका वचनहरू नै थिए।