८५. बुद्धिमती कन्याहरूले मात्रै प्रभुलाई स्वागत गर्न सक्छन्

मिङ्झि, चीन

प्रभु येशूले आफ्‍नो पुनरागमनको अगमवाणी गर्ने क्रममा दुई प्रकारका मानिसहरूको बारेमा बोल्नुभयो: बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू। प्रभुको आवाज सुनेर त्यसलाई स्विकार्ने र त्यसमा समर्पित हुने मानिसहरू बुद्धिमती कन्याहरू हुन्। उहाँको आवाज नसुन्‍ने वा त्यसलाई सुनेर पनि विश्‍वास नगर्ने, वा उहाँलाई इन्कार गर्ने र दोषसमेत दिनेहरू निर्बुद्धि कन्याहरू हुन्। बुद्धिमती कन्याहरूले प्रभुको पुनरागमनको गवाही सुन्दा उहाँको आवाजबारे खोजी गर्छन्, र उहाँको आवाज सुनेपछि तिनीहरूले उहाँलाई चिन्छन् र स्वागत गर्छन्, त्यसकारण तिनीहरू बुद्धिमती हुन्। तर निर्बुद्धि कन्याहरूले प्रभुको आवाज सुन्दैनन्। तिनीहरूले पाष्टर, एल्डर र पादरीहरूले भनेका कुरामा चुपचाप भरोसा गर्छन्, र आफ्‍नै धारणाहरूमा विश्‍वास गर्छन्। तिनीहरूले प्रभुको आवाज त सुन्‍न सक्छन्, तर त्यसलाई स्विकार्ने आँट गर्दैनन्, त्यसकारण प्रभुलाई स्वागत गर्ने अवसर गुमाउँछन्। निर्बुद्धि कन्याहरूले यहीँनेर गल्ती गर्छन्। म पनि पहिले निर्बुद्धि कन्याजस्तै थिएँ। मैले आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन् भन्‍नेबारेमा अन्धाधुन्ध पादरी र बिशपहरूको कुरा पत्याएँ, र प्रभु यशूको पुनरागमन भएको छ र उहाँले आखिरी दिनहरूको न्यायको काम गर्न सत्यता व्यक्त गरिरहनुभएको छ भनी दाबी गर्ने गवाहीहरूबारे सोधखोज नगर्नु नै राम्रो हुन्छ भन्‍ने सोचेँ। त्यसकारण, मैले प्रभुको आखिरी दिनहरूको मुक्तिलाई झण्डै गुमाएँ।

सानो हुँदा मैले मेरो परिवारसँगै क्याथोलिक विश्‍वास पछ्याएको थिएँ, र पादरीले सेवामा सधैँ यसो भनेको सुन्थेँ, “प्रभुको पुनरागमन हुने समय नजिकै छ। अरू कसैको प्रवचन नसुन्‍नुहोस्। बाइबलले भन्छ: ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन्। तपाईंहरू सानो कदका हुनुहुन्छ र तपाईंहरूमा समझशक्तिको कमी छ, त्यसकारण तपाईंहरू सहजै भ्रममा पर्न सक्‍नुहुन्छ। गलत मार्गमा विश्‍वास गर्नु प्रभुलाई धोका दिनु हो! हामी प्रभुको मार्गमै रहिरहनुपर्छ र हामीले उहाँ आएर हामीलाई उहाँको राज्यमा लग्‍नुहुने दिनको प्रतीक्षा गर्नुपर्छ। हामीले कुनै पनि हालतमा अन्य शिक्षाहरू, खास गरी प्रभु फर्केर आइसक्‍नुभएको छ भनी दाबी गर्ने मानिसहरूको शिक्षा सुन्‍ने, पढ्ने, वा सोधपुछ गर्ने गर्नु हुँदैन।” म पादरीले भनेको कुरा सही हो भन्‍ने सोच्थेँ। म जीवनमा अपरिपक्‍व थिएँ र ममा समझशक्तिको कमी थियो, र यदि मलाई झूटो ख्रीष्टले बहकायो भने, मेरो वर्षौँको विश्‍वास व्यर्थ हुने थियो। मैले मनमनै म होसियार हुनेछु, र अन्य शिक्षाहरू सिकाउने अरू कसैको कुरा सुन्दिनँ भनेर सङ्कल्‍प गरेँ।

अप्रिल २०१२ को एक दिन, मु झेङ नामक एक मण्डली सदस्यले भने, “प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। उहाँले बाइबलमा अगमवाणी गरिएझैँ नयाँ काम, अर्थात् परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ।” यो सुन्दा म छक्‍क परेँ, र शङ्का लागेर सोधेँ, “प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले नयाँ काम गरिरहनुभएको छ भनेर तपाईंलाई कसरी थाहा भयो? तपाईं कसरी विश्‍वस्त हुन सक्‍नुहुन्छ?” मु झेङले यस्तो प्रतिक्रिया दिए, “प्रभु येशूले भन्नुभयो, ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७), ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६), र, ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। प्रभु येशूले हामीलाई उहाँ फर्केर आउनुहुनेछ र आफ्‍ना वचनहरूद्वारा हामीलाई ढोकामा ढकढक्याउनुहुनेछ भनी भन्‍नुभएको थियो। उहाँले बोल्‍नुहुने वचनहरूमार्फत उहाँका भेडाहरूले उहाँको आवाज चिन्छन्। तिनीहरू प्रभुको पुनरागमनलाई स्वागत गर्दै थुमाको विवाहभोजमा सहभागी हुन्छन्। तिनीहरू बुद्धिमती कन्याहरू हुन्। प्रभु येशूले देखा परेर आफ्‍नो काम गर्नुभएको कुरा सोच्‍नुहोस् न। पत्रुस, यूहन्‍ना र फिलिपजस्ता मानिसहरूले उहाँको आवाज सुने र तिनीहरूले प्रतीक्षा गरेका मसीह उहाँ नै हुनुहुन्छ भन्‍ने थाहा पाए। तिनीहरूले सहजसाथ प्रभु येशूलाई पछ्याए र प्रभुको मुक्ति प्राप्त गरे। मैले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेको छु र ती सत्यता हुन् भन्‍ने कुरा मलाई पक्‍का भएको छ। ती वचनहरूमा अख्‍तियार छन् र ती प्रभुका आवाज हुन्। त्यसरी म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा विश्‍वस्त छु। प्रभुको आवाज सुन्‍नुको सट्टा, यदि हामी अन्धाधुन्ध झूटा ख्रीष्टहरूविरुद्ध सतर्क हुनमा ध्यान दिन्छौँ, भ्रममा पर्ने डरले ढोका बन्द गर्छौँ, र प्रभुको पुनरागमनको गवाही सुन्दा हामी सोधखोज गर्दैनौँ भने, हामीले प्रभुलाई ढोका बन्द गर्दिने र आखिरी दिनहरूको उहाँको मुक्ति गुमाउने सम्‍भावना धेरै हुन्छ।”

मु झेङको सङ्गति मेरो लागि अन्तर्दृष्टिपूर्ण थियो। प्रभुलाई स्वागत गर्न उहाँको आवाज सुन्‍न ध्यान दिनु बाइबल र प्रभुका वचनहरूअनुरूपको कुरा हो। कसैले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भनेर भन्दा मैले अनुसन्धान गरिनँ वा प्रभुको आवाज सुन्‍न ध्यान दिइनँ भने, मैले कसरी उहाँलाई स्वागत गर्न सक्छु? प्रभुका वचनहरू यसरी सङ्गति गरिएको मैले कहिल्यै सुनेको थिइनँ, र मलाई यसले अन्तर्दृष्टि दियो। म थप जान्‍न चाहन्थेँ, तर त्यसपछि मलाई पादरीले झूटा ख्रीष्टहरूले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिनेछन् भनी हामीलाई बारम्बार चेतावनी दिएको, र कुनै पनि परिस्‍थितिमा अरू मण्डलीको शिक्षामा विश्‍वास नगर्नु भनेको याद आयो। म तुरुन्तै सतर्क भएँ र अन्य शिक्षाहरू लापरवाही रूपमा सुन्‍नु हुँदैन र म गलत विश्‍वासमा लागेँ भने मेरो वर्षौँको विश्‍वास व्यर्थ हुनेछ भनेर आफैलाई सम्झाएँ। त्यसकारण, मैले मु झेङले भनेको कुरालाई बेवास्ता गरेँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नुपर्छ र ती परमेश्‍वरको आवाज हुन् कि भनेर आफै हेर्नुपर्छ भनेर तिनले मलाई एक-दुईपटक भने, तर म सतर्क भएँ, र बहाना बनाएर इन्कार गरिरहेँ।

केही महिनापछि, मेरी श्रीमती माइतबाट आउँदा वचन देहमा देखा पर्नुहुन्छको एक प्रति लिएर आइन्। उनले यो “आत्माले मण्डलीहरूलाई जे भन्‍नुहुन्छ(प्रकाश २:७) त्यो हो र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनेर भनिन्। उनले मलाई यो पढ्न सुझाव दिइन्। उनी बहकाउमा पो परिसकिन् कि भन्‍ने डर लाग्यो, त्यसकारण मैले उनलाई उनले सुनेको प्रचारबारे सतर्क हुनुपर्छ भनेर भनेँ, तर उनले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने अठोट गरेकी थिइन्। उनले प्रभुलाई धोका दिइसकिन् भन्‍ने डर लाग्यो, र मैले उनको लागि उपवास बसेर रुँदै प्रार्थना गर्न मात्रै सकेँ। केही दिनपछि, मेरी सासू पनि मलाई प्रभुको पुनरागमनको बारेमा प्रचार गर्न आइन्। उनले मलाई भनिन्, “प्रभुले भन्‍नुभयो, ‘म चाँडै आउँछु(प्रकाश २२:७)। यदि हामी झूटा ख्रीष्टहरूको बहकाउमा पर्छौँ भन्‍ने डर मानेर प्रभुको पुनरागमनसम्‍बन्धी सबै खबर झूटो हो भनेर भन्छौँ, र यसलाई सुन्‍न, पढ्न, वा अनुसन्धान गर्न सधैँ इन्कार गर्छौँ भने, के हामीले प्रभुको पुनरागमनलाई इन्कार र निन्दा गरिरहेका हुँदैनौँ र? के त्यो घाँटीमा अड्केला भनेर खान छोड्नुजस्तै होइन र? यदि हामीले साँचो ख्रीष्‍टको निम्ति ढोका बन्द गर्‍यौँ भने, पछुतो गर्नु ढिला भइसकेको हुनेछ। हामीलाई झूटा ख्रीष्टहरूका विरुद्धमा सतर्क बन्‍न लगाएर, प्रभुले हामीलाई ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुनेछ, तर झूटा ख्रीष्टहरू पनि देखा पर्नेछन् र मानिसहरूलाई छल गर्न उहाँको नाटक गर्नेछन् भनेर भनिरहनुभएको थियो—यसको अर्थ हामीले साँचो ख्रीष्‍टलाई झूटा ख्रीष्टहरूबाट छुट्याउन सिक्‍नुपर्छ। यदि हामीले त्यसो गर्न सकेनौँ, र प्रभुको पुनरागमनसम्‍बन्धी जुनसुकै खबरलाई इन्कार गर्‍यौँ र सुन्‍न मानेनौँ भने, हामीले प्रभुलाई स्वागत गर्ने मौका गुमाउने सम्‍भावना हुन्छ, र उहाँले हामीलाई त्याग्‍नुहुनेछ।” मेरी सासूको कुरा सुनेर म भावुक भएँ, र सोचेँ, “कुरा सही हो। मैले प्रभुलाई स्वागत गर्न दिनरात प्रतीक्षा गर्दै आइरहेको छु। यदि मैले उहाँको पुनरागमनका खबरहरू सुन्‍न, पढ्न, वा अनुसन्धान गर्न एकनासले इन्कार गरिरहेँ भने, मैले कसरी परमेश्‍वरको आवाज सुनेर प्रभुलाई स्वागत गर्नेछु र? सधैँ सतर्क बस्‍नु यसको समाधान होइन जस्तो लाग्यो। मबाट प्रभुको अस्वीकार भयो भने के गर्ने? त्यो त ठूलो मूर्खता हुनेछ!” मेरी सासू गएपछि, मैले मेरी श्रीमतीले ध्यान दिएर वचन देहमा देखा पर्नुहुन्छ पढिरहेको देखेँ। विगत केही वर्षदेखि मण्डली उजाड अवस्थामा थियो, र सबै मण्डली सदस्यहरू नकारात्मक र कमजोर थिए, र परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरू उदासीन थिए, र म यिनै कुराहरू सोच्दै बस्‍न बाध्य भएँ। मैले मेरी श्रीमतीलाई विश्‍वासले यति भरिपूर्ण भएको नदेखेको धेरै भएको थियो। के तिनीहरूले भनेजस्तै ती वचनहरू यति शक्तिशाली र अख्तियारपूर्ण छन्? के ती परमेश्‍वरको आवाज हुन सक्छन्? मु झेङको कुरा सुन्दा कति अन्तर्दृष्टि मिलेको थियो भन्‍नेबारेमा पनि मैले सोचेँ। प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको हो भने के होला? मैले प्रभुको पुनरागमनलाई स्वागत गर्ने मौका नगुमाउने कुरा सुनिश्‍चित गर्न यसबारेमा थप अनुसन्धान गर्नुपर्छ भन्‍ने निर्णय गरेँ। त्यसकारण, मैले परमेश्‍वरलाई तपाईंको आवाज सुन्‍ने समझशक्ति दिनुहोस् भनेर प्रार्थना गरेँ।

त्यो साँझ खाना खाएपछि, मेरी श्रीमती र मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्यौँ: “‘परमेश्‍वरमाथिको विश्‍वास’ भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्‍नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो त बलियो धार्मिक भावसहितको साधारण आस्था हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्नानुसार छ: परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वासका आधारमा, कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको काम अनुभव गर्छ, अनि यसरी आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्‍वरमाथिको विश्‍वास’ भन्‍न सकिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरका वचनहरू निकै सुन्दर लाग्यो। मैले बुझेँ कि विश्‍वास भनेको हरदिन धर्मशास्‍त्र पाठ गर्नु, र नियमित रूपमा भेला र सङ्गतिमा सहभागी हुनु मात्रै होइन। हामीले परमेश्‍वरका वचनहरू अभ्यास गर्ने, हाम्रो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्ने, र प्रभुको बारेमा साँचो ज्ञान हासिल गर्ने कार्यमा पनि ध्यान दिनुपर्छ। त्यस्तो विश्‍वास मात्रै परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ। मैले यसबारेमा जति विचार गरेँ, मलाई सर्वशक्तिमान् परमेश्‍वरको वचन त्यति नै सुन्दर लाग्यो, ती सत्यता हुन्, र मानिसले बोल्‍न सक्‍ने कुरा होइनन् भन्‍ने लाग्यो। ती परमेश्‍वरका वचनहरू हुन् भन्‍ने सम्‍भावना धेरै देखिन्थ्यो। यस्तो लागेपछि, म त्यति सतर्क हुन छोडेँ।

केही दिनपछि, मु झेङ मलाई भेट्न हाम्रो पसल आए, र मैले तिनलाई विगत केही दिनदेखि आफूले सोच्दै आएका कुराहरू बताएँ। तिनले भने, “मलाई पनि त्यस्तै लाग्थ्यो। मलाई पनि झूटो ख्रीष्टको बहकाउमा पर्छु भन्‍ने डर लाग्थ्यो, त्यसकारण म अन्धाधुन्ध पादरीलाई विश्‍वास गर्थेँ र प्रभुको पुनरागमनबारे प्रचार गर्ने कसैको कुरा सुन्दिनथेँ। तर पादरीका शब्‍दहरू प्रभुका वचनहरूअनुरूप छन् कि छैनन् भनेर कहिल्यै विचार गर्दिनथेँ। प्रभु येशूले आखिरी दिनहरूमा, मानिसहरूलाई धोका दिन झूटा ख्रीष्टहरू आउनेछन् भनी भन्‍नुभयो, किनभने उहाँ हामीले तिनीहरूलाई कसरी चिन्‍ने भनेर सिकौँ भन्‍ने चाहनुहुन्थ्यो। तर पादरीले प्रभु येशूका वचनहरूलाई गलत अर्थ्याए, र हामीलाई प्रभुको पुनरागमनसम्‍बन्धी कुनै पनि खबरबारे अनुसन्धान नगर्नू, नपढ्नू, वा नसुन्‍नू भने। के यो उहाँको पुनरागमन स्वागत गर्नबाट हामीलाई बाधा दिनु थिएन र? यदि हामी धोकामा पर्छौँ भन्‍नेबारेमा पादरीलाई साँच्‍चै चिन्ता थियो भने, किन तिनले हामीलाई साँचो ख्रीष्‍टलाई झूटा ख्रीष्‍टहरूबाट कसरी छुट्याउने भनेर सिकाएनन्? यदि हामीले त्यसो गर्न सक्थ्यौँ भने, हामी बहकाउमा पर्ने थिएनौँ।” मु झेङको व्याख्या मलाई ठीक लाग्यो। यदि हामी पादरीले चाहेजस्तै निष्क्रिय र सतर्क रहन्थ्यौँ भने, त्यो पूर्ण रूपमा प्रभुका वचनहरूविपरीत हुने थियो। यो प्रभुको पुनरागमन स्वागत गर्नबाट हामीलाई रोक्‍ने गोप्य तरिका मात्रै थियो। मैले अबदेखि अन्धाधुन्ध पादरीको कुरा मान्‍नु हुँदैन भन्‍ने थाहा भयो। मैले बुद्धिमती कन्या बनेर प्रभुको आवाज खोजी गर्नुपर्थ्यो र उहाँलाई स्वागत गर्नुपर्थ्यो। मैले उत्सुकतासाथ मु झेङलाई साँचो ख्रीष्‍टलाई झूटा ख्रीष्‍टहरूबाट कसरी छुट्याउने भनी व्याख्या गर्न लगाएँ। तिनले भने, “वास्तवमा, तिनीहरूलाई चिन्‍ने सिद्धान्तहरू प्रभु येशूले पहिले नै मत्ती २४:२४ मा बताइसक्‍नुभएको छ। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरूले ठूलाठूला चिन्‍ह र अचम्‍मका कामहरू देखाउनेछन् भनी उहाँले भन्‍नुभयो। आखिरी दिनहरूका झूटो ख्रीष्टले मानिसहरूलाई छल गर्ने कुराको मुख्य प्रकटीकरण त्यही हो।” त्यसपछि मु झेङले मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाए: “अहिलेको दिनमा, यदि चिन्‍ह र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीलाई निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो येशूको नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा गरिएको नक्कली कुरा हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग अमिल्दो छ; उदाहरणका लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो अगमवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेको हुनाले, फेरि अर्को मसीह आउनु गलत हुनेछ। येशू एक पटक आइसक्‍नुभएको छ, र यदि ‘येशू’ यस पटक फेरि आउनुभएको भए, त्यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको विशेषता हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर बिलकुलै त्यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि परमेश्‍वरले अझै पनि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण कार्यान्वयन गर्नुहुन्छ। उहाँको कामको हरेक चरण पूरा भएपछि, दुष्ट आत्माहरूले तुरुन्तै यसको नक्‍कल गर्ने कोसिस गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग विधि अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँको कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्ने कोसिस गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सुनाइसकेपछि, मु झेङले भने, “परमेश्‍वर अनन्त रूपमा नयाँ हुनुहुन्छ। उहाँले एउटै काम दुईपटक गर्नुहुन्‍न। हरेकपटक उहाँ आफ्‍नो काम गर्न आउनुहुँदा, उहाँले नयाँ युग सुरुवात गर्नुहुन्छ र पुरानो युग अन्त्य गर्नुहुन्छ, र आफ्‍नो कामको अझै नयाँ र उच्‍च चरण अघि बढाउनुहुन्छ। जब प्रभु येशूले आफ्‍नो काम गर्नुभयो, तब उहाँले व्यवस्थाको युगको काम दोहोर्‍याउनुभएन। उहाँले यसैको जगमा नयाँ काम अर्थात् मानवजातिको छुटकाराको काम गर्नुभयो। उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युग अन्त्य गर्नुभयो। यदि प्रभु आखिरी दिनहरूमा पनि रोगीलाई निको पार्दै, भूतहरू धपाउँदै, र चिन्‍ह र अचम्‍मका कामहरू गर्दै छुटकाराको काम नै दोहोर्‍याउन आउनुहुन्थ्यो भने, परमेश्‍वरको काम अघि बढ्ने थिएन। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ; उहाँले राज्यको युग सुरु गरेर अनुग्रहको युग समाप्त गर्नुभएको छ। उहाँले प्रभु येशूको छुटकाराको कामको जगमा रही परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। उहाँले मानिसहरूलाई न्याय गर्न र शुद्ध पार्न सत्यता व्यक्त गरिरहनुभएको छ, ताकि तिनीहरूले आफूलाई पापको बन्धन र बाधाबाट मुक्त गर्न सकून्, र शुद्ध भएर मुक्ति पाउन सकून्। तर झूटा ख्रीष्टहरू दुष्ट आत्‍माहरू हुन् र सारमा तिनीहरू दियाबलसहरू हुन्। तिनीहरूले जस्तोसुकै चिन्‍ह र अचम्‍मका कामहरू गरे पनि, वा तिनीहरूले आफूलाई परमेश्‍वर भनी जति धेरै भने पनि, तिनीहरूले सत्यता व्यक्त गर्न वा परमेश्‍वरका वचनहरू बोल्‍न सक्दैनन्, र तिनीहरूले अवश्य नै नयाँ युग सुरुवात गरेर पुरानोलाई समाप्त गर्न सक्दैनन्। झूटा ख्रीष्टहरूले समझ नभएका भ्रमित मानिसहरूलाई छल गर्न प्रभुका पुराना वचनहरू र काम नक्‍कल गर्न वा केही नयाँ चिन्‍ह र अचम्‍मका कामहरू देखाउन र देखावटी भ्रम र झूटा शिक्षाहरू बताउन मात्रै सक्छन्। तर झूटा ख्रीष्टहरूले प्रभु येशूका आश्‍चर्यकर्महरू नक्‍कल गर्न कहिल्यै सक्दैनन्, जस्तै पाँच रोटी र दुई माछाले पाँच हजारलाई खुवाउनु, बतास र समुद्रलाई गाली गर्नु, र लाजरसलाई मृत्युबाट बिउँताउनु।” मु झेङको सङ्गति सुनेपछि मेरो हृदय उज्यालो भयो। मैले सोचेँ, “साँचो ख्रीष्‍टलाई झूटा ख्रीष्‍टहरूबाट कसरी छुट्याउने भन्‍नेबारेमा मैले त्यस्तो स्पष्ट व्याख्या कहिल्यै सुनेको थिइनँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन् र तिनले मानिसहरूलाई पछ्याउने मार्ग दिन्छन्। अहिले मलाई थाहा भयो, झूटा ख्रीष्टहरूले प्रभुले विगतमा गर्नुभएको काम मात्रै नक्‍कल गर्न सक्छन् र मानिसहरूलाई छल्न केही चिन्‍ह र अचम्‍मका कामहरू देखाउँछन्। परमेश्‍वरले मात्रै नयाँ युग सुरु गर्न र पुरानोलाई अन्त्य गर्न, अनि हामीलाई भरणपोषण गर्न सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ।”

त्यसपछि मु झेङले मलाई सर्वशक्तिमान् परमेश्‍वरको वचनका केही थप खण्डहरू पढेर सुनाए: “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता प्रदान गर्न सक्ने ख्रीष्‍टलाई परमेश्‍वर भन्नु बिलकुलै अत्युक्ति हुँदैन। किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँमा परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको कामको बुद्धि छ, जुन मानिसले प्राप्त गर्न सक्दैन। जसले आफैलाई ख्रीष्‍ट भन्छन् तर परमेश्‍वरको काम गर्न सक्दैनन् तिनीहरू ठग हुन्। ख्रीष्‍ट पृथ्वीमा रहनुभएको परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त परमेश्‍वरले पृथ्वीमा आफ्‍नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, परमेश्‍वरलाई पर्याप्त रूपमा प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन प्रदान गर्न सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू सबै पतन हुनेछन्, किनभने तिनीहरूले आफू ख्रीष्‍ट भएको दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार हुँदैन। त्यसैले म भन्छु, ख्रीष्‍टको प्रामाणिकतालाई मानिसले निर्धारण गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले यसको उत्तर दिनुहुन्छ र निर्णय गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ)। “जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर सुनाएपछि, मु झेङले मलाई भने, “ख्रीष्‍ट मानिसको पुत्रको रूपमा देहधारण गर्नुभएका परमेश्‍वर हुनुहुन्छ, जो मानिसमाझ देखा परेर काम गर्नुहुन्छ। बाहिरबाट हेर्दा, उहाँ सामान्य व्यक्तिजस्तै देखिनुहुन्छ, तर उहाँको सार ईश्‍वरीय छ। त्यसैले उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वरको स्वभाव व्यक्त गर्न, अनि मानवजातिलाई छुटकारा दिने र मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ। कुनै पनि मानवले त्यो काम गर्न सक्दैन। साँचो ख्रीष्‍ट चिन्‍ने कडी भनेको उहाँले सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न सक्‍नुहुन्छ कि हुन्‍न भनेर हेर्नु हो। सबैभन्दा आधारभूत र महत्त्वपूर्ण सिद्धान्त यही हो। जब प्रभु येशू देखा पर्नुभयो र आफ्‍नो काम गर्नुभयो, तब उहाँ साधारण व्यक्तिजस्तै देखिनुहुन्थ्यो। तर उहाँले स्वर्गको राज्यका रहस्यहरू प्रकट गर्नुभयो र मानवजातिलाई पश्‍चात्तापको मार्ग दिनुभयो। उहाँले मानिसहरूलाई सारा हृदय, प्राण र मनले प्रभुलाई प्रेम गर्न सिकाउनुभयो। उहाँले तिनीहरूलाई अरूलाई पनि आफैलाई जस्तो प्रेम गर्न, र मानिसहरूलाई सातगुणा सत्तरीपटक क्षमा दिन सिकाउनुभयो। उहाँले परमेश्‍वरको प्रेमिलो, कृपालु स्वभाव व्यक्त गर्नुभयो, र अन्तिममा उहाँ अनन्त पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो, र यसरी उहाँले मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। प्रभु येशूका काम र वचनहरू, र उहाँले व्यक्त गर्नुभएको स्वभावबाट हामी पक्‍का हुन सक्छौँ कि उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो। उहाँ देहधारी परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्थ्यो। अहिले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। उहाँले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाका रहस्यहरू के-के हुन्, मानिसहरूलाई शैतानले कसरी भ्रष्ट तुल्यायो, परमेश्‍वरले मानिसहरूलाई कसरी चरणबद्ध रूपमा मुक्ति दिनुहुन्छ, परमेश्‍वरका देहधारणहरूको रहस्य के हो, आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामको अर्थ के हो, उहाँले फरकफरक प्रकारका मानिसहरूको गन्तव्य र परिणाम कसरी निर्धारित गर्नुहुन्छ, ख्रीष्टको राज्य कसरी पृथ्वीमा पूरा हुनेछ, र यस्तै धेरै कुराहरू प्रकट गर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले बाइबलका रहस्यहरू मात्रै खुलासा गर्नुहुन्‍न, उहाँले त हामीले परमेश्‍वरको विरुद्धमा पाप गर्नु र प्रतिरोध गर्नुको स्रोतलाई पनि खुलासा र न्याय गर्नुहुन्छ—स्पष्ट रूपमा भन्दा, उहाँले मानवजातिको शैतानी प्रकृति र विभिन्‍न शैतानी स्वभावहरूलाई खुलासा र न्याय गर्नुहुन्छ। उहाँले कुनै उल्‍लङ्घन नसहने परमेश्‍वरको धर्मी र पवित्र स्वभाव प्रकट गर्नुहुन्छ, र हामीलाई पाप त्याग्‍ने र शुद्ध हुने मार्ग देखाउनुहुन्छ। उहाँले हामीलाई हामीले कसरी विश्‍वास गर्ने, कसरी पश्‍चात्ताप गरेर परमेश्‍वरको राज्यमा प्रवेश गर्ने, कसरी परमेश्‍वरमा समर्पित हुने र उहाँलाई प्रेम गर्ने, उहाँको इच्‍छा पूरा गर्नु भनेको के हो, र यस्तै अन्य कुराहरू बताउनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामले विजेताहरूको समूह निर्माण गरिसकेको छ, र धेरैभन्दा धेरै परमेश्‍वरका चुनिएका मानिसहरूले शैतानमाथि विजय गरेका गवाहीहरू दिइरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार पूर्वदेखि पश्चिमसम्‍म कैयौँ देशमा फैलिएको छ, र यसले प्रभुको यो अगमवाणी पूरा गरेको छ: ‘किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।(मत्ती २४:२७-२८)। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू, उहाँले गर्नुहुने न्यायको काम, र उहाँको कामको सबै फलले प्रमाणित गर्छन् कि उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। उहाँ नै आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ। कसैले पनि यो कुरालाई इन्कार गर्न सक्दैन। यो त सर्वशक्तिमान् परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: ‘उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको काम र उहाँको सारद्वारा निर्धारित हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो)। झूटा ख्रीष्टहरूमा ईश्‍वरीय सार हुँदैन र तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्। तिनीहरूले म परमेश्‍वर हुँ, म ख्रीष्‍ट हुँ भनेर जति नै जिद्दी गरे पनि, यो सब झूट हो र छल गर्नको लागि मात्र हो। तिनीहरूलाई पछ्याउनु भनेको धूर्त गिरोहलाई पछ्याउनुजस्तै हो, जसले बरबादीमा मात्रै पुर्‍याउँछ। तिनीहरूले आफूलाई ख्रीष्‍टको रूपमा जसरी प्रस्तुत गरे पनि, मानिसहरूलाई केही समयसम्‍म मात्रै छल गर्न सक्छन्। तिनीहरूलाई तथ्यहरूले अवश्यै खुलासा गर्नेछन् र तिनीहरू अन्त्यमा हारेर नष्ट हुनेछन्। ख्रीष्‍टले मात्रै सत्यता व्यक्त गर्न र मानवजातिको मुक्तिको काम गर्न सक्‍नुहुन्छ। त्यसकारण साँचो ख्रीष्‍ट चिन्‍ने कडी भनेको उहाँले सत्यता र परमेश्‍वरको आवाज व्यक्त गर्न र मानिसलाई शुद्ध पार्ने र मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ कि हुन्‍न भनेर हेर्नु हो। महत्त्वपूर्ण कुरा त्यही हो।”

मु झेङको सङ्गतिद्वारा मलाई पूर्ण अन्तर्दृष्टि मिल्यो। साँचो ख्रीष्‍ट चिन्‍ने कडी भनेको उहाँले सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ कि हुन्‍न भनेर हेर्नु हो। सक्‍नुहुन्छ भने, उहाँ ख्रीष्‍ट, अर्थात् फर्कनुभएका प्रभु हुनुहुन्छ। सत्यता व्यक्त गर्न नसक्‍ने कुनै व्यक्तिले ख्रीष्‍ट भनी आफूलाई जसरी दाबी गरे पनि, तिनीहरू ठग, झूटो ख्रीष्ट र छली व्यक्ति मात्र हुन्। साँचो र झूटो ख्रीष्ट चिन्‍ने यो शैली मलाई सरल र व्यावहारिक लाग्यो। एकदम राम्रो लाग्यो! साँचो ख्रीष्‍टलाई झूटा ख्रीष्टहरूबाट कसरी छुट्याउने भन्‍नेबारेमा सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्। ती वास्तवमै सत्यता हुन्! पादरीको कुरा अन्धाधुन्ध पत्याउँदै म कति मूर्ख र अज्ञानी भएछु भन्‍नेबारेमा मैले सोचेँ। झूटो ख्रीष्टको बहकाउमा पर्छु भन्‍ने डरले, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामबारे सोधखोज गरिनँ। मैले प्रभुको आवाज सुन्‍ने प्रयास गरिनँ, फलस्वरूप मैले प्रभुलाई स्वागत गर्ने अवसर झन्डै गुमाएँ। प्रभुको कृपा र सहनशीलता नभएको भए, र मलाई निरन्तर सुसमाचार सुनाउने मेरा प्रियजन र मेरा ब्रदरको माध्यममार्फत उहाँले मेरो ढोका नढकढक्याउनुभएको भए, मैले परमेश्‍वरको आवाज नै नसुनी वा प्रभुको पुनरागमनलाई स्वागत नै नगरी जीवनभरि धर्ममा रहेर पर्खिरहेको हुन्थेँ। म सर्वशक्तिमान् परमेश्‍वरको मुक्तिको लागि साँचो रूपमा धन्यवाद टक्र्याउँछु!

अघिल्लो: ८४. आफ्नो स्थान पत्ता लगाउनु महत्त्वपूर्ण कुरा हो

अर्को: ८६. स्नेहले आफ्नो विवेक ढाक्न नदिऔँ

सम्बन्धित विषयवस्तु

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

४९. जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्