७३. झूटो प्रतिवेदनको सामना
एक दिन मैले प्रतिवेदन पत्र पाएँ जसमा ब्रदर-सिस्टरहरूले सिस्टर चेन मो नामकी मण्डली अगुवाले आफ्नो कर्तव्यको भार उठाउन नसकेको, मानिसहरूका समस्याहरू समाधान गर्न नसकेको, वास्तविक काम नगरेको र उनी झूटी अगुवा भएको दाबी गरेका थिए। पत्र पढेपछि, चेन मोबारे ब्रदर-सिस्टरहरूको मूल्याङ्कन कस्तो छ भनी अझ राम्रोसँग बुझ्न मैले तुरुन्तै उनीहरूसँग बैठकको व्यवस्था गरेँ। तर परिस्थितिको वास्तविकता पत्रका विषयवस्तुसँग मेल खाएन। त्यस मण्डलीका सबै ब्रदर-सिस्टरहरूले, चेन मोले आफ्नो कर्तव्यमा जिम्मेवारी वहन गरेकी छिन्, मण्डलीका सबै परियोजनाहरू सक्रियतापूर्वक कार्यान्वयन गरेकी छिन्, मानिसहरूका समस्याहरू तुरुन्त समाधान गर्न सकेकी छिन् र उनले वास्तविक काम गरेकी छिन् भने भन्न सकिन्छ भने। मैले मनमनै सोचेँ: “यो प्रतिवेदन पत्रले यस मण्डलीको अवस्थालाई गलत रूपमा प्रस्तुत गर्यो। यहाँ के भइरहेको छ?”
पछि, यो विषयलाई गहिराइमा हेर्दा, मैले यो प्रतिवेदन पत्र झाओ हुई र लिउ यिङ नामका दुई मण्डली सदस्यहरूद्वारा लेखिएको थाहा पाएँ। उनीहरूले प्रतिवेदन लेख्नुको कारण के थियो भने, एक पटक उनीहरूले एक मलजल गर्ने डिकन नव आगन्तुकहरूलाई मलजल गर्न ढिला आएको देखेका थिए, र जब उनीहरूले यो कुरा चेन मोलाई रिपोर्ट गरे, उनले त्यो डिकनलाई हप्काइनन्—किनभने त्यस समयमा अन्य अत्यावश्यक परियोजनाहरूका कारणले उनी ढिला भएका थिए तर, फेरि कहिल्यै ढिला भएनन् भन्ने उनले थाहा पाएकी थिइन्। झाओ र लिउले यी परिस्थितिहरूको विचार गरेनन् र चेन मोले समस्याहरू समाधान नगरेको, अन्य वरिष्ठ सदस्यहरूको संरक्षण गरेको र कुनै वास्तविक काम नगरेको भन्दै उनको आलोचना गर्न मौकाको फाइदा उठाए। त्यसमाथि, झाओ र लिउले यो कुरालाई त्यत्तिकै छोडेनन्। उनीहरू प्रायः भेला गर्दा चेन मो र अन्य डिकनहरू केवल एकअर्कालाई संरक्षण गरिरहेका छन्, उनीहरूले वास्तविक काम गरिरहेका छैनन् र उनीहरू झूटा अगुवाहरू र कामदारहरू हुन् भन्दै आलोचना गर्ने गर्थे। यो अवरोधले मण्डलीको जीवनमा असर पार्यो र चेन मो स्वयम् नकारात्मकतामा डुबिन्, जसले मण्डलीको कामलाई थप बाधा पुर्यायो। जब मैले झाओ र लिउको व्यवहारका बारेमा सुनेँ, मलाई याद आयो, केहि वर्षअगाडि म त्यो मण्डलीको अगुवा हुँदा, उनीहरू दुई जना मिलेर अगुवाहरू र कामदारहरूलाई आक्रमण गरेका थिए र एक ख्रीष्टविरोधीलाई निष्कासन गरिएको कार्यलाई समेत “अन्यायपूर्ण” भनेका थिए। उनीहरूले जसरी झमेला गरिरहेका थिए, त्यसले मण्डलीको जीवनमा गम्भीर अवरोध ल्याइरहेको थियो। त्यस समयमा, म भर्खरै अगुवा बनेकी थिएँ। यस्तो परिस्थितिलाई पहिलो पटक सम्हाल्दै थिएँ र म अझै आस्थामा तुलनात्मक रूपमा नयाँ थिएँ, त्यसैले मैले निकै सीमितता महसुस गरेँ र उनीहरूलाई खुलासा गर्ने वा प्रतिबन्ध लगाउने हिम्मत गरिनँ। त्यसले निम्त्याएको अशान्ति छ महिनाभन्दा बढी समयसम्म चलिरह्यो। जब एक उच्च-स्तरीय अगुवाले आएर सङ्गति गरे र उनीहरूको दुष्ट व्यवहारको प्रकृति र परिणामलाई खुलासा गरे, त्यसपछि मात्र उनीहरूले समस्या खडा गर्न छोडे। उनीहरूले मण्डलीको जीवनमा अवरोध गर्न बन्द गरेकाले र पश्चात्ताप गर्न तयार भएको दाबी गरेकाले, उनीहरूलाई निगरानीमा मण्डलीमा रहन अनुमति दिइयो। तर पछि थाहा भयो कि उनीहरूले फेरि पनि समस्या र बाधा सिर्जना गरिरहेका थिए, अगुवाहरू र कामदारहरूलाई आक्रमण र आलोचना गरिरहेका थिए। झाओ र लऔले प्रायः अगुवाहरू र कामदारहरूको गल्ती देखाएर निन्दा गर्थे, मण्डलीभित्र अराजकता सिर्जना गर्थे र पश्चात्ताप गर्न अनिच्छुक हुन्थे। उनीहरूको निरन्तरको व्यवहारलाई हेर्दा, यो स्पष्ट थियो कि उनीहरूमा दुष्ट मानिसहरूको प्रकृति सार थियो। यो कुरा बुझेपछि, मैले सोचेँ: “यस पटक, मैले उनीहरूलाई पूर्ण रूपमा खुलासा र प्रतिबन्धित गर्नुपर्छ। म उनीहरूलाई दुष्ट काम गरिरहन र मण्डलीमा अवरोध पुर्याइरहन दिन सक्दिनँ।” तर त्यसपछि मैले यो पनि सोचेँ: “उनीहरू अगुवाहरूको गल्ती देखाउन र समस्या खडा गर्न रुचाउँछन्। यदि उनीहरूले मैले केही गलत बोल्दै वा कुनै गल्ती गर्दै गर्दा समाते भने?” मैले पहिला एउटा ख्रीष्टविरोधीको मामिला हेरिरहेको बेला, कसरी त्यस ख्रीष्टविरोधीले मलाई दुई पटक रिपोर्ट गरेको थियो भन्नेबारे सोचेँ। यदि झाओ र लिउले मलाई रिपोर्ट गरेर परिस्थितिका तथ्यहरूलाई तोडमोड गरे भने ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? मलाई बारम्बार रिपोर्ट गरिएकाले, के उनीहरूले ममा केही समस्या छ वा म झूटो अगुवा हुँ भनेर शङ्का गर्ने त होइनन्? यही कारणले मलाई बर्खास्त गरियो भने के होला? मैले यसबारे जति धेरै सोचेँ, उति नै डराउन थालेँ, र उनीहरूलाई सामना गर्ने आँट गर्न सकिनँ। त्यस समयमा मेरो अन्य धेरै कामहरू पनि थिए, त्यसैले मैले प्रतिवेदन पत्रको कामलाई पछि सारिरहेँ।
झन्डै दस दिनपछि, वरिष्ठ अगुवाहरूले मलाई प्रतिवेदन पत्रको प्रगति बारे सोध्दै पत्र लेखे। जब उनीहरूलाई मैले अझै झाओ हुइ र लिउ यिङसँग सङ्गति गरेको छैन भनेर भनेँ, अगुवाहरूले यो विषयलाई सकेसम्म चाँडै सम्हाल्न मलाई आग्रह गरे। मलाई लाग्यो, यदि मैले यो परिस्थितिलाई तुरुन्तै सुल्झाइन भने त्यो मेरो गम्भीर गैरजिम्मेवारी हुनेछ, त्यसैले मैले झाओ र लिउसँग भेटघाटको समय तय गर्न र उनीहरूको दुष्ट व्यवहार पुष्टि गर्न उनीहरूलाई पत्र लेख्ने निर्णय गरेँ। अचम्मको कुरा, भोलिपल्टै मैले उनीहरूबाट अर्को पत्र पाएँ, जसमा चेन मोले वास्तविक काम नगरेको र वास्तविक समस्याहरू समाधान नगरेको भनेर रिपोर्ट गरिएको थियो। पत्रका केही विषयवस्तुले तथ्यहरूलाई तोडमोड गरेको थियो, र त्यसका केही अंशबारे सोधपुछ र पुष्टि गर्न आवश्यक थियो। उनीहरू कत्ति दुष्ट छन् भन्ने देखेर र उनीहरूले कसरी चेन मोलाई कठोरताका साथ आरोप लगाएर फसाए भन्ने बुझेर, म केही डराउन थालेँ र सोचेँ: “मैले आमने-सामने उनीहरूलाई खुलासा गर्दा उनीहरूले मिलेर मलाई आक्रमण गरे भने के गर्ने? यदि उनीहरूले मेरो काममा कमीकमजोरी पाए वा तथ्यहरूलाई पूर्ण रूपमा गलत व्याख्या गरेर प्रतिवेदन पत्र बुझाए भने के गर्ने?” यसबारे जति सोचेँ, म उति नै डराउन थालेँ। आफूलाई असहाय महसुस गर्दै, मैले परमेश्वरसँग प्रार्थना गरेँ: “हे परमेश्वर, दुष्ट व्यक्तिहरूले मण्डलीको जीवनमा गर्ने अवरोधको सामना गरिरहेका बेला, मलाई थाहा छ, मण्डलीको काम जोगाउन मैले अडान लिएर उनीहरूलाई खुलासा गर्नुपर्छ, तर म डरपोक र भयभीत भइरहेकी छु। कृपया मलाई सत्यताको अभ्यास गर्न र यी दुष्ट व्यक्तिहरूद्वारा नबाँधिन मार्गदर्शन गर्नुहोस्।” त्यसपछि मैले परमेश्वरका वचनहरूको एक खण्ड देखेँ, जसले भन्छ: “ख्रीष्टविरोधीहरूमा अत्यन्तै क्रूर स्वभाव हुन्छ। यदि तैँले तिनीहरूलाई काटछाँट वा खुलासा गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँमाथि विषालु सर्पहरूले जस्तै दाँत गाड्नेछन्। तैँले जति नै धेरै प्रयास गरे नि तिनीहरूलाई लतारेर वा झट्काएर फ्याँक्न सक्नेछैनस्। त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, के तिमीहरू डराउँछौ? कति मानिसहरू त डराउँछन् र यसो भन्छन्, ‘म तिनीहरूलाई काटछाँट गर्ने दुस्साहस गर्दिनँ। तिनीहरू अत्यन्तै आक्रामक छन्, विषालु सर्पहरूजस्ता छन्, र तिनीहरूले मलाई बेह्रे भने, म खत्तमै हुनेछु।’ तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू अत्यन्तै सानो कदका मानिसहरू हुन्, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाहीहरू होइनन्, र तिनीहरूले परमेश्वरको गवाही दिन सक्दैनन्। त्यसैले, जब तिमीहरूले त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्छौ, तब तिमीहरूले के गर्नुपर्छ? यदि तिनीहरूले तँलाई धम्की दिए वा तेरो ज्यान लिने प्रयास गरे भने, के तँ डराउनेछस्? … मानिसहरू ख्रीष्टविरोधीहरूले आफूलाई प्रतिशोध लिने मौका पाउँछन् कि भनी सधैँ डराउने गर्छन्। तर के तँ परमेश्वरलाई चिढ्याएर उहाँद्वारा तिरस्कृत हुने कुराले डराएको छैनस् र? यदि तँलाई ख्रीष्टविरोधीले तँसँग बदला लिने दह्रिलो मौका खोजिरहन्छ भन्ने डर लाग्छ भने, किन ख्रीष्टविरोधीबारे रिपोर्ट र खुलासा गर्न त्यसका दुष्कर्महरूको प्रमाण प्रयोग नगर्ने? त्यसो गरेर, तैँले परमेश्वरका चुनिएका मानिसहरूको अनुमोदन र सहयोग प्राप्त गर्नेछस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले तेरा असल कर्महरू र न्यायसङ्गत कार्यहरूलाई सम्झनुहुनेछ। त्यसैले, किन त्यसो नगर्ने? परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको आज्ञालाई सधैँ ध्यानमा राख्नुपर्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाउनु शैतानविरुद्धको युद्धको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो। यो लडाइँ जितियो भने, यो विजेताको गवाही बन्नेछ। यो शैतान र दियाबलसहरू विरुद्ध लडिने युद्ध परमेश्वरका चुनिएका मानिसहरूमा हुनुपर्ने अनुभवात्मक गवाही हो। यो विजेताहरूमा हुनैपर्ने सत्यता वास्तविकता हो। तैँले गवाही दिन र मण्डलीको काम रक्षा गर्न सक् भन्ने उद्देश्यले परमेश्वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्वरले घृणा गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्न सकिन्छ। तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होस्, परमेश्वरको एक अनुयायी होस्। तैँले चुनौतीहरूको डर मान्नु हुँदैन; तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। विजेता बन्नु भनेको यही हो। यदि दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बदला लेलान् भन्ने डरले तँलाई चुनौतीहरूदेखि डर लाग्छ र तैँले सम्झौता गर्छस् भने, तँ परमेश्वरको अनुयायी होइनस्, र तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होइनस्। तँ केही न कामको छस्, र तँ सेवाकर्ताहरूभन्दा पनि नीच छस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनले मलाई गहिरो चोट पुर्याए—के म परमेश्वरले भन्ने गरेका बेकम्मा दयनीय मानिसहरूजस्तै थिइनँ? मण्डलीका दुष्ट व्यक्तिहरूले मण्डली जीवनमा अवरोध पुऱ्याइरहेको कुरालाई विचार गर्दा, एक अगुवाका रूपमा मण्डलीको कामको सुरक्षा गर्न उनीहरूलाई खुलासा र सीमित गर्न अडान लिनु मेरो काम थियो। तर महत्त्वपूर्ण क्षणमा म डराएर पछि हटेँ। जाओ र लिउ प्रायः तथ्यहरूलाई तोडमोड गर्थे र मानिसहरूका खोट निकाल्थे, र विगतमा मलाई आक्रमण गरेका थिए भन्ने थाहा भएकाले, मैले उनीहरूलाई चिढ्याएँ भने, उनीहरूले फेरि समस्या खडा गरेर मेरो प्रतिकार गर्नेछन् भन्ने मलाई डर थियो। त्यसैले, मैले आफूलाई जोगाउन समस्या समाधानलाई पछि सारेँ अनि उनीहरूलाई अगुवा र कामदारहरूलाई आलोचना र आक्रमण गर्न र मण्डली जीवनमा अवरोध पुर्याउन दिएँ। मेरो गवाही कहाँ थियो? के मैले दुष्ट मानिसहरूलाई बचाएर मण्डलीका हितमा नोक्सान पुर्याइरहेकी थिइनँ? परमेश्वर यस्तो व्यवहारलाई घृणा गर्नुहुन्छ! यो बुझेपछि, मलाई आफू र आफ्नो गहन स्वार्थीपनप्रति घिन लाग्यो। म निकम्मा दयनीय व्यक्ति भइरहन, कर्तव्यबाट भागिरहन र द्वन्द्वबाट टाढा भइरहन मिल्दैनथ्यो। मैले अडान लिनुपर्थ्यो र मण्डलीको कामको सुरक्षा गर्नुपर्थ्यो।
अर्को दिन, म झाओ र लिउलाई भेट्न गएँ। उनीहरूले मलाई देख्नासाथ केरकार गर्न थाले: “तपाईं के काम गर्दै हुनुहुन्छ? के तपाईं कुनै झुटा अगुवाको मुद्दा जाँच गर्दै हुनुहुन्छ? कि अगुवा र कामदारहरूले तपाईंलाई हामीसँग सङ्गति गर्न पठाएका हुन्?” मैले प्रतिवेदन पत्रको विषयवस्तु पुष्टि गर्न आएको भनेपछि, उनीहरूले चेन मो सामूहिक भेलामा प्रायः सहभागी हुँदिनन्, ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्दिनन् र नयाँ विश्वासीहरूको हेरचाह गर्दिनन् भनेर दाबी गर्दै, उनलाई आक्रमण र आलोचना गर्न तथ्यहरू बङ्ग्याउन थाले। उनीहरूले अझै पनि नयाँ आगन्तुकसँगको भेलाका लागि मलजल गर्ने डिकन समयमै नआएको बारे गुनासो गर्दै थिए, र चेन मोले वास्तविक काम नगरेको भन्दै थिए। उनीहरूले उनका केही कमीकमजोरी बताइदिँदा, उनले उनीहरूलाई निन्दा र दमन गरेकी थिइन् भनेर उनीमाथि आरोप लगाएर उनलाई बदनामसमेत गरे। उनीहरू एकदमै रबाफ जमाउने भएकाले म फेरि हिचकिचाउन थालेँ: “उनीहरूमा मानवता छैन, र उनीहरू सधैँ समस्या खडा गरिरहेका हुन्छन्। अगुवा र डिकनहरूले चेन मोबारे उनीहरूसँग सङ्गति गरे, तर उनीहरूले अझै पनि यसलाई जान दिन मानेनन्। यदि मैले अहिले उनीहरूलाई सिधै खुलासा गरेँ भने, उनीहरूले रिसाएर के गर्ने हो, कसलाई थाहा!” म अत्यन्तै विचलित भएँ र यो प्रतिवेदन पत्रलाई सम्हाल्न आएर पछुतोसमेत लाग्यो। मैले मनमनै सोचेँ: “म केवल उच्च तहका अगुवाहरूलाई पत्र लेखेर यस परिस्थितिबारे जानकारी गराउन र उनीहरूलाई त्यो सम्हाल्न दिन सक्छु। यसरी मैले झाओ र लिउको सामना गर्नुपर्दैन र यसबारे तनाव झेल्नुपर्दैन।” त्यसैले, मैले उनीहरूको प्रश्नहरूको झाराटारुवा उत्तर दिएँ र हतारिदै त्यहाँबाट निस्किएँ। त्यसपछि मैले प्रतिवेदन पत्रको पुष्टीकरण अनि झाओ र लिउको व्यवहारबारे उच्च तहका अगुवाहरूलाई पत्र लेखेँ। दुई दिनपछि, अगुवाहरूले जवाफमा लेखे: “तपाईंले हामीलाई झाओ हुई र लिउ यिङसँगको वर्तमान समस्याबारे बताउनुभएको छ, तर यस समस्यालाई कसरी सम्हाल्ने भन्नेबारे केही बताउनुभएको छैन। तपाईंले केवल यो मामिला हामीमाथि थोपर्नुभएको छ। यस अवस्थाबारे तपाईंको विचार के छ?” त्यो पढेपछि मलाई निकै नराम्रो लाग्यो। मैले झाओ र लिउ सारमा दुष्ट मानिस हुन् भनेर निर्धारित गरिसकेकी थिएँ, किनभने उनीहरूले निरन्तर अरूको दोष देखाउँथे, आलोचना र आक्रमण गर्थे, मण्डली जीवनमा अवरोध पुर्याउँथे र पश्चात्ताप गर्न अस्वीकार गर्थे। यदि उनीहरूलाई बस्न दिइएको भए, मण्डलीका कार्यमा झनै गम्भीर अवरोध पुग्नेथ्यो। सिद्धान्तअनुसार, उनीहरूलाई तुरुन्तै मण्डलीबाट हटाउनुपर्थ्यो, तर मैले आफूलाई जोगाउन वरिष्ठ नेतृत्वलाई जिम्मेवारी सुम्पेकी थिएँ। म साह्रै छली थिएँ।
पछि, परमेश्वरका वचनका निम्न दुई खण्डहरू पढेपछि, मैले आफ्ना कार्यहरूका प्रकृति र परिणाम अझ राम्रोसँग बुझेँ। परमेश्वरका वचन यसो भन्छन्: “हामी प्रायजसो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूबारे सङ्गति र चिरफार गर्छौं, र तिनीहरूलाई कसरी चिन्ने र पहिचान गर्ने भनेर छलफल गर्छौं, र यो सबै सत्यताबारे स्पष्ट सङ्गति गर्ने उद्देश्यको लागि, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न मानिसहरूलाई समझशक्ति दिने उद्देश्यको लागि हो, ताकि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न सकून्। यसरी, परमेश्वरका चुनिएका मानिसहरू अबदेखि ख्रीष्टविरोधीहरूले बहकाउ वा बाधामा पर्नेछैनन्, र तिनीहरू शैतानको प्रभाव र बन्धनबाट मुक्त हुन सक्नेछन्। तैपनि, कतिपय मानिसहरूको हृदयमा अझै पनि दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू हुन्छन्। तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चिन्ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले चाटुकार मानिसहरूको भूमिका खेल्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू विरुद्ध लड्दैनन्, तिनीहरूको लागि स्पष्ट सीमा तोक्ने काम गर्दैनन्, र आफ्नै हितहरू रक्षा गर्न खुकुलो र मध्यमार्गी शैली अपनाउँछन्। तिनीहरूले यी दियाबलसहरू, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई परमेश्वरको घरमा रहन दिन्छन्, र दियाबलसहरूलाई पालनपोषण गरेर खतरा निम्त्याउँछन्। तिनीहरूले यी दियाबलसहरूलाई मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा बेलगाम बाधा दिने अनुमति दिन्छन्। त्यस्ता मानिसहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरू ख्रीष्टविरोधीहरूका ढाल र मतियार बन्छन्। तैँले ख्रीष्टविरोधीहरूले जस्तै काम नगरे पनि वा उस्तै दुष्ट कार्यहरू नगरे पनि, तँ तिनीहरूको दुष्कर्ममा सहभागी भएको हुन्छस्—तँ दोषी ठहरिन्छस्। तैँले ख्रीष्टविरोधीहरूलाई सहन्छस् र आश्रय दिन्छस्, र कुनै कारबाही वा अरू केही नगरी तिनीहरूलाई तेरो वरिपरि बरबादी ल्याउन दिन्छस्। के तैँले ख्रीष्टविरोधीहरूको दुष्टतामा सहभागिता जनाएको हुँदैनस् र? त्यसैले कतिपय झूटा अगुवा र चाटुकार मानिसहरू ख्रीष्टविरोधीहरूका मतियार बन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काम बिथोलिरहेको देखेर पनि तिनीहरूलाई खुलासा नगर्ने वा तिनीहरूको निम्ति स्पष्ट सीमा नतोक्ने जोकोही तिनीहरूको सेवक र मतियार बन्छ। तिनीहरूसँग परमेश्वरप्रति समर्पण र बफादारीको कमी हुन्छ। परमेश्वर र शैतानबीचको युद्धका महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरू शैतानको पक्षमा खडा हुन्छन्, र यसरी ख्रीष्टविरोधीहरूलाई रक्षा गर्छन् र परमेश्वरलाई धोका दिन्छन्। त्यस्ता मानिसहरू परमेश्वरको लागि घृणित हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “हरेक मण्डलीमा कोही न कोही न कोही खुसामदी गर्ने मानिसहरू हुन्छन्। यी खुसामदी गर्ने मानिसहरूलाई निर्वाचनमा धाँधली गर्ने र अवरोध ल्याउने दुष्ट मानिसहरूबारे कुनै समझ हुँदैन। तिनीहरूमा थोरै समझ भए पनि, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। मण्डली निर्वाचनमा देखा पर्ने कुनै पनि समस्याहरूप्रतिको तिनीहरूको मनोवृत्ति ‘यदि यी कुराहरूले व्यक्तिगत रूपमा कसैलाई असर गर्दैनन् भने तिनलाई त्यस्तै हुन दिऊँ’ भन्ने हुन्छ। तिनीहरूले अगुवा को बन्छ त्यसले फरक पार्दैन र त्यस कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। खुशीसाथ आफ्नो दैनिक जीवन बिताउन पाउन्जेलसम्म, तिनीहरूलाई ठिकै लाग्छ। यस्ता मानिसहरू तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू खुसामदी गर्ने मानिसहरू हुन्, र तिनीहरूलाई अविश्वासी पनि भन्न सकिन्छ। यी मानिसहरू सत्यता पछ्याउँदैनन्; तिनीहरूले देहसुखको लालसा गर्दै सहज जीवन जिउने प्रयास मात्रै गर्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र अत्यन्तै धूर्त हुन्छन्। के समाजमा त्यस्ता मानिसहरू धेरै छन्? जुनसुकै राजनीतिक पार्टी सत्तामा भए पनि, तिनीहरू एकदमै प्यारा हुन्छन्, तिनीहरू आफ्ना सामाजिक सम्बन्धहरूलाई एकदम राम्ररी सम्हाल्न सक्छन्, र तिनीहरू आरामपूर्वक जिउँछन्; जुनसुकै राजनीतिक अभियान उत्पन्न भए पनि, तिनीहरू त्यसमा फस्दैनन्। यिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? यिनीहरू सबैभन्दा छली, सबैभन्दा धूर्त मानिस हुन्, यिनीहरू ‘पकडमा नआउने’ र ‘बूढो सर्पहरू’ भनेर चिनिन्छन्। तिनीहरू अलिकति पनि सिद्धान्त नपछ्याई शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू जोसँग शक्ति छ, त्यसैलाई ध्यान दिन्छन्, त्यसैको चापलुसी गर्छन्, र त्यसैको गुनगान गाउँछन्। तिनीहरू आफूभन्दा माथिकाहरूलाई बचाव गर्नेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूलाई कहिल्यै चिढ्याउँदैनन्। तिनीहरूका वरिष्ठहरूले जति धेरै दुष्कर्म गरे पनि, तिनीहरूले विरोध पनि गर्दैनन् वा समर्थन पनि गर्दैनन्, बरु आफ्ना विचारहरू भित्री रूपमा लुकाएर राख्छन्। शक्तिमा जो भए पनि तिनीहरू एकदमै प्यारा हुन्छन्। शैतान र दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्। किन दियाबलस राजाहरूले यस्ता व्यक्तिहरू मन पराउँछन्? किनभने तिनीहरूले दियाबलस राजाहरूका मामलाहरू बरबाद पार्दैनन् र तिनीहरूको लागि कुनै खतरा पैदा गर्दैनन्। यस्तो व्यक्ति सिद्धान्तअनुसार चल्दैन, उसको आचरणको कुनै आधार हुँदैन, र तिनीहरूमा निष्ठा र मर्यादाको कमी हुन्छ; तिनीहरूले समाजका प्रचलनहरू पछ्याउँछन् र तिनीहरू शैतानका राजाहरूसामु झुक्छन्, र आफूलाई तिनीहरूको रुचिअनुसार समायोजित गर्छन्। के मण्डलीमा त्यस्ता मानिसहरू पनि हुँदैनन् र? के त्यस्ता मानिसहरू विजेता हुन सक्छन्? के तिनीहरू ख्रीष्टका असल सिपाहीहरू हुन्? के तिनीहरू परमेश्वरका साक्षी हुन्? जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले टाउको उठाउँछन् र मण्डलीको काम बिथोल्छन्, तब के त्यस्ता मानिसहरूले खडा भएर यिनीहरूविरुद्ध युद्ध गर्न, यिनीहरूलाई खुलासा गर्न, चिन्न, र त्याग्न, र यिनीहरूका दुष्कर्महरू रोक्न र परमेश्वरको गवाही दिन सक्छन्? अवश्य नै सक्दैनन्। पकडमा नआउने यी मानिसहरू परमेश्वरले सिद्ध पार्नुहुने वा मुक्ति दिनुहुने मानिसहरू होइनन्। तिनीहरूले परमेश्वरको गवाही दिने वा उहाँको घरका हितहरू कायम गर्ने कहिल्यै गर्दैनन्। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, ती मानिसहरू उहाँलाई पछ्याउने वा उहाँमा समर्पित हुने मानिस होइनन्, बरु अन्धाधुन्ध समस्या खडा गर्ने मानिस, शैतानको गिरोहका सदस्यहरू हुन्—उहाँले आफ्नो काम पूरा गरेपछि हटाउने मानिसहरू ती नै हुन्। परमेश्वर यस्ता नीचहरूलाई कदर गर्नुहुन्न। तिनीहरूसँग न त सत्यता हुन्छ न त जीवन नै; तिनीहरू पशु र दियाबलसहरू हुन्; तिनीहरू परमेश्वरको मुक्ति पाउन र उहाँको प्रेमको आनन्द लिन लायक हुँदैनन्। त्यसकारण, परमेश्वर त्यस्ता मानिसहरूलाई सहजै त्याग्नुहुन्छ र हटाउनुहुन्छ, अनि र मण्डलीले तिनीहरूलाई अविश्वासी मानेर तुरुन्तै हटाउनुपर्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१९))। परमेश्वरका वचनबाट मैले जानेँ कि जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले मण्डलीको जीवन र काममा अवरोध पुर्याउँछन्, मानिसहरूले मण्डलीको हितको रक्षा गर्न रोज्छन् कि आफ्नै हितको भनेर परमेश्वरले हेर्नुहुन्छ। यदि उनीहरूले आफ्ना हितहरू मात्र जोगाउन रोजे, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीको काममा बाधा र अवरोध ल्याउन दिए भने, परमेश्वरको नजरमा, उनीहरू अविश्वासनीय, कपटी, स्वार्थी, र घृणास्पद ठहरिन्छन्। परमेश्वर यस्ता व्यक्तिहरूलाई सिद्ध पार्नुहुन्न र उनीहरूलाई निन्दा गर्ने र हटाउने कामसमेत गर्नुहुन्छ। जब मैले परमेश्वरका वचनहरूबारे मनन गरेँ, म निकै चिन्तित भएँ। मलाई राम्ररी थाहा थियो कि झाओ हुई र लिउ यिङले लगातार मण्डलीको जीवनमा अवरोध पुर्याउँथे र अगुवाहरूलाई आक्रमण र आलोचना गर्थे, जसले गर्दा अगुवाहरूले आफ्नो कर्तव्य ठीकसँग निर्वाह गर्न सक्दैनथे, र मण्डलीको कार्य अवरुद्ध भइरहन्थ्यो। तर, म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “समझदार मानिसहरू आत्म-सुरक्षामा राम्रो हुन्छन्, केवल गल्तीहरू गर्नबाट जोगिन खोज्छन्” र “जति कम समस्या, त्यति राम्रो” जस्ता शैतानी दर्शनहरूमा जिउँथे, र त्यसको परिणामस्वरूप, मैले उनीहरूको गलत कार्य र अवरोध प्रस्ट देखे पनि, उनीहरूलाई खुलासा गर्न र रोक्न अडान लिन सकिनँ। यदि मैले उनीहरूलाई चिढ्याएँ भने, उनीहरूले मेरा कमजोरीहरू औँल्याउलान् र मबारे रिपोर्ट गरेर मेरो प्रतिकार गर्लान् भनेर म चिन्तित थिएँ, त्यसैले म निरन्तर उनीहरूलाई खुलासा गर्नबाट बच्थेँ र आफ्नो कर्तव्यबाट विमुख हुन्थेँ, यहाँसम्म कि मेरा कर्तव्य उच्च नेतृत्वलाई सुम्पिन्थेँ। यसरी, मैले आफू उनीहरूलाई चिढ्याउनबाट बच्न र आफ्नो सुरक्षा गर्न सक्छु भन्ने महसुस गरेँ—कति स्वार्थी र कपटी थिएँ म! एक अगुवाका रूपमा, आफ्ना ब्रदर-सिस्टरहरूको रक्षा गर्न, मण्डलीको जीवनमा अवरोध आउँदा तुरुन्तै अडान लिनु र दुष्ट मानिसहरूलाई खुलासा गर्नु मेरो दायित्व थियो तर मैले मेरो जिम्मेवारी पूरा गरिरहेकी थिइनँ, मेरो बफादारी देखाउनु त झन् टाढाको कुरा हो। यी कुराहरू बुझेर, मैले अन्ततः देखेँ कि शैतानको विषलाई मेरो जीवनशैलीलाई निर्देशन गर्न दिनुमा, ममा मानवताको अलिकति पनि झल्को थिएन र ममा पूर्ण रूपमा तर्क वा विवेकको कमी थियो। मैले प्रभु येशूले भन्नुभएका कुराहरू सम्झिएँ: “जो मेरो साथमा छैन त्यो मेरो विरोधमा छ; र जो मसँग भेला हुँदैन त्यो बाहिरतर्फ तितरबितर हुन्छ” (मत्ती १२:३०)। परमेश्वर र शैतान बीचको युद्धमा, जो परमेश्वरको पक्षमा हुँदैनन्, उनीहरू शैतानको पक्षमा हुन्छन्—त्यहाँ कुनै मध्यस्थ स्थान छैन। तैपनि, मैले वरिष्ठ नेतृत्वलाई काम सुम्पन रोजेर दुष्ट मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने बारेमा चालाकी गर्ने प्रयास गरेँ। मैले सिद्धान्तभन्दा आत्म-संरक्षणलाई प्राथमिकता दिँदै मध्यस्थ स्थानमा खडा हुन प्रयास गरेँ। के यो स्पष्ट रूपमा शैतानको पक्षमा खडा भएर परमेश्वरमाथि विश्वासघात गर्नु थिएन त? मैले दुष्ट मानिसहरूसँग संलग्न नभएर आफूले चलाख काम गरेको छु भन्ने समेत सोचेँ, तर म आफ्नै चालाकीको शिकार बनेकी थिएँ। मैले ती दुष्ट मानिसहरूले जस्तै दुष्टता गरेको र मण्डलीमा अवरोध पुर्याएको थिइनँ होला, तर उनीहरूको दुष्टता र अवरोधहरू स्पष्ट रूपमा देखेपछि, म उनीहरूलाई तुरुन्तै सम्हाल्न असफल भएको थिएँ। म उनीहरूको दुष्कर्ममा संलग्न भएकी थिएँ र मैले उनीहरूलाई बचाएकी पनि थिएँ। म उनीहरूको दुष्कर्ममा सहभागी भएकी थिएँ! मेरो विवेक, मेरो मानवता कहाँ थियो? म मानव कहलिन योग्य थिइनँ! यो सबै बुझेपछि, मलाई आफूले गरेका कार्यहरूप्रति पछुतो लाग्यो। म आफ्नो कर्तव्य निर्वाह गर्न र राम्रो कार्यहरू तयार गर्न असफल भएकी थिएँ। उल्टै, म दुष्कर्महरूको पोर्टफोलियो बनाउँदै थिएँ र यदि म यसरी नै अघि बढिरहेको भए, परमेश्वरले मलाई तिरस्कार गर्नुहुनेथ्यो र मलाई हटाउनुहुनेथ्यो।
पछि, मैले म दुष्ट मानिसहरूसँग किन डराउँछु भनेर चिन्तन गरेँ र परमेश्वरका वचनका दुई खण्ड भेट्टाएँ, जसले ख्रीष्टविरोधीहरूको सत्यता प्रकट गर्छन्: “तिनीहरूले सोच्छन्, परमेश्वरको घर समाजजस्तै हो, र जो दृढ र हैकमवाल छ ऊ दह्रिलो गरी खडा हुन सक्छ, जो निर्दयी, खुँखार, र दुष्ट छ उसलाई कसैले छुने आँट गर्दैन, र काटछाँट हुन स्विकार्ने मानिसहरू सबै अयोग्य र असमर्थ मानिसहरू हुन्। तिनीहरूले सोच्छन्, केही क्षमता भएका मानिसहरूलाई कसैले छुने आँट गर्दैन, गल्ती गरे पनि ती मानिसहरूलाई कसैले खुलासा गर्ने आँट गर्दैन, र तिनीहरू कठोर मानिसहरू हुन्!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “परमेश्वरले भन्नुभएको छ: ‘परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलो हल्लाउने स्वतन्त्रतासमेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्।’ तैँले यी वचनहरूमा कति हृदसम्म विश्वास गर्न सक्छस्? ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूविरुद्ध लड्दा त्यसले तेरो विश्वासको मात्रा प्रकट गर्छ। यदि तँसँग परमेश्वरप्रति साँचो विश्वास छ भने, तँसँग साँचो विश्वास हुन्छ। यदि तँसँग परमेश्वरप्रति थोरै मात्र विश्वास छ, र त्यो विश्वास अस्पष्ट र खोक्रो छ भने, तँसँग साँचो विश्वास छैन। यदि तँलाई परमेश्वर यो सबै कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ र शैतान परमेश्वरको प्रभुत्वमा हुन्छ भन्ने कुरामा विश्वास छैन, र तँ अझै पनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको डर मान्छस्, र तिनीहरूले मण्डलीमा दुष्कर्म गर्दा, मण्डलीको काम बिथोल्दा र बरबाद गर्दा तैँले सहन सक्छस्, र आफूलाई रक्षा गर्न शैतानसँग सम्झौता गर्न वा त्यसको कृपा माग्न सक्छस्, तर तिनीहरू विरुद्ध खडा हुन र लड्न आँट गर्दैनस्, र तँ भगुवा, चाटुकार, र रमिते बनेको छस् भने, तँमा परमेश्वरमाथिको साँचो विश्वास छैन। परमेश्वरमाथिको तेरो विश्वासमा प्रश्न उठ्छ, जसले तेरो विश्वासलाई अत्यन्तै दयनीय बनाउँछ!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ कि परमेश्वर सबै कुरामा सार्वभौम हुनुहुन्छ र उहाँ सबै कुराको नियन्त्रण गर्नुहुन्छ। परमेश्वरको घरमा, केवल ख्रीष्ट र सत्यताको अख्तियार हुन्छ। ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीमा दुष्कर्म गरेर र मण्डलीको जीवनमा अवरोध पुऱ्याएर जतिसुकै उत्पात मच्चाए पनि, उनीहरू परमेश्वरले आफ्ना चुनिएका मानिसहरूको खुट्ट्याउने क्षमतालाई सिद्ध पार्न प्रयोग गर्ने साधन मात्र हुन्। उनीहरूले आफ्नो भूमिका निर्वाह गरेपछि, परमेश्वरले उनीहरूलाई एक एक गरेर खुलासा गरि हटाउनुहुन्छ। तर मैले परमेश्वरको शासन र धार्मिकता चिनिनँ र म सधैँ दुष्ट व्यक्तिहरूलाई चिढ्याउँला कि भनेर डराउँथेँ। समाजमा कुनै व्यक्ति जति धेरै हुकुमी र डरलाग्दो हुन्छ, उसलाई उति नै कम चुनौती दिइन्छ र ऊ उति धेरै सफल हुन्छ भन्ने मेरो विश्वास थियो। मैले यही कुरा परमेश्वरको घरमा पनि लागू हुन्छ, र यदि मैले कुनै दुष्ट व्यक्तिलाई चिढ्याएको खण्डमा पक्कै नकारात्मक परिणामहरू आउँछ भन्ने सोचेँ। मेरा लागि परमेश्वरको घर बाँकी समाजजस्तै थियो जहाँ “शत्रुहरूले लड्नुभन्दा एकअर्कासँग मेल गर्नु उत्तम हुन्छ” र “बदमाशलाई चिढ्याउनुभन्दा शिष्ट व्यक्तिलाई चिढ्याउनु राम्रो हुन्छ”। यी विचारहरूको प्रभावमा, मैले मण्डलीको जीवनमा दुष्ट व्यक्तिहरूले ल्याएको अवरोधलाई रोक्ने साहस गरिनँ किनकि मलाई उनीहरूले प्रतिकार गर्नेछन्, र मबारे अफवाह फैलाएर मलाई झूठो अगुवा भनेर रिपोर्ट गर्नेछन् भन्ने डर थियो। यदि यसबाट बर्खास्त भई मैले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने अवस्था आयो भने, मैले कहिल्यै राम्रो गन्तव्य पाउने थिइनँ। मैले यी दुष्ट व्यक्तिहरूको शक्तिलाई बढी आकलन गरेँ र परमेश्वरको धार्मिकता र परमेश्वरले सबै कुरामाथि शासन गर्नुहुन्छ भन्ने तथ्यलाई पूर्ण रूपमा नकारे। मैले कुनै बेला चिनेको सिस्टर चेन झेङ्सिनका बारेमा सोचेँ। जब उनलाई एउटा मण्डलीमा उत्पन्न भएको विकार समाधान गर्न नियुक्त गरियो, त्यहाँ अवरोध ल्याइरहेका दुष्ट मानिसहरूले उनलाई मण्डलीबाट धपाए, उनलाई आक्रमण गरे र भेलाहरूमा सहभागी हुन दिएनन्। तर ती दुष्ट व्यक्तिहरूको सामु, झेङ्सिनले अलिकति पनि डर देखाइनन्—उनी उनीहरूका दुष्ट कार्यहरू खुलासा गर्न परमेश्वरमाथि भर परिन् र अन्ततः सबै दुष्ट व्यक्तिहरू मण्डलीबाट निष्कासित भए। झेङ्सिनको हकमा, उनलाई दुष्ट व्यक्तिहरूको आक्रमणले पराजित गर्न सकेन, र उनले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखिन्। उनको कथाले मलाई परमेश्वरको घरमा सत्यताले कसरी शासन गर्छ, कसरी उहाँ सबै कुरामाथि प्रभुत्व राख्नुहुन्छ र हामीले उचित काम गर्दा परमेश्वरले कसरी हामीलाई स्याबासी दिनुहुन्छ र सुरक्षा र मार्गदर्शन गर्नुहुन्छ भन्ने व्यावहारिक समझ दियो। यस प्रतिवेदन पत्रसँगको मेरो अनुभवले मलाई मण्डलीले यस्ता पत्रहरूको समीक्षा र प्रमाणीकरणको कार्यलाई कति गम्भीरतासाथ लिन्छ, र कसरी ती पत्रहरूलाई सत्यता सिद्धान्तअनुसार निष्पक्ष र धार्मिक तरिकाले सम्पादन गर्छ भनेर देखाएको थियो। झाओ होई र लिउ यिङ्गले आफ्नो प्रतिवेदन पत्रमा सत्यतालाई विकृत गरेर चेन मोका दोषहरूको आलोचना गर्दा, मण्डलीले उनलाई पत्रका आधारमा बर्खास्त गरेन, तर पहिले अधिकांश ब्रदर-सिस्टरहरूको मूल्याङ्कनसँग परामर्श लियो र रिपोर्ट लेख्ने र रिपोर्ट गरिएको व्यक्ति दुवैको अवस्था स्पष्ट रूपमा बुझ्यो। यदि रिपोर्ट झूटो भएमा, मण्डलीले अन्यायलाई निवारण गर्नेथ्यो। यदि त्यो साँचो भए, त्यसलाई सिद्धान्तका आधारमा सम्हालिनेथ्यो। विगतमा, एउटा ख्रीष्टविरोधीले मबारे दुई पटक रिपोर्ट गरेको थियो, तर पछि गरिएको अनुसन्धानबाट दुवै रिपोर्ट झुटो साबित भए, र त्यसको परिणामस्वरूप मण्डलीले मबाट मेरो कर्तव्य खोसेन। मैले देखेँ कि मण्डलीले सबै कुरा सत्यता सिद्धान्त अनुसार गर्छ र कसैको मुद्दा केवल एउटा पक्षको कुरा सुनेर त्यत्तिकै सम्पादन गर्दैन। यसले असल व्यक्तिलाई अन्याय गर्दैन र दुष्टलाई त्यत्तिकै छोड्दैन। यस विषयबारे सोच्दा, मैले मेरा अघिल्ला दृष्टिकोणहरू वाहियात—अविश्वासीहरूको दृष्टिकोण भएको महसुस गरेँ। साथै, मैले महसुस गरेँ कि यो परिस्थिति म न्यायको तर्फ मोडिन सक्छु कि सक्दिनँ, दुष्ट शक्तिहरूसँग लड्न सक्छु कि सक्दिनँ, र परमेश्वरको गवाहीमा दृढ भएर उभिन सक्छु कि सक्दिनँ भनेर जाँच्ने एक परीक्षा थियो।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ, जसमा भनिएको छ: “मण्डलीमा, मप्रतिको साक्षीमा दृढ़ होऊ, सत्यलाई समर्थन गर; सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो। कालो अनि सेतोमा नअलमलिओ। तिमीहरू शैतानसँग लड्नु पर्नेछ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नुपर्नेछ, ताकि त्यो फेरि कहिल्यै पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरा अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ-यो नभुल” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरका वचनद्वारा, मैले सिकेँ कि परमेश्वरले इमानदार र न्यायको भावना भएका व्यक्तिहरूलाई माया गर्नुहुन्छ। यस्ता व्यक्तिहरू सत्यताको अभ्यास गर्न र सिद्धान्तको पालना गर्न र मण्डलीको हितको रक्षा गर्न सक्षम हुन्छन्, र उनीहरू मानिसहरूलाई चिढ्याउन डराउँदैनन्। परमेश्वरले यस्ता व्यक्तिहरूको मात्र सराहना गर्नुहुन्छ। यो कुरा बुझेपछि, मैले आस्थाको पुनःजागरण महसुस गरेँ र मण्डलीको हितको रक्षा गर्न अडान लिन तयार भएँ। मैले विगतमा कसरी म दुष्ट व्यक्तिहरूद्वारा बाँधिएको महसुस गरेर, मैले उनीहरूलाई खुलासा गर्ने र रोक्ने साहस गरेको थिइनँ, जसले मण्डलीमा छ महिनासम्म अव्यवस्था ल्याएको थियो, र मण्डलीको जीवन र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा गम्भीर प्रभाव पारेको थियो भन्नेबारे सोचेँ। यो मैले जीवनभरि लिएर जिउनुपर्ने पछुतो थियो। मलाई थाहा थियो कि यसपटक मैले सत्यताको अभ्यास गर्नुपर्छ र डरपोकझैँ आफैँलाई मात्र जोगाउन बन्द गर्नुपर्छ। मैले दुष्ट व्यक्तिहरूलाई तुरुन्तै मण्डलीबाट सफा गर्नुथ्यो र ब्रदर-सिस्टरहरूमाझ समझशक्ति जागृत गर्नुथ्यो ताकि दुष्ट व्यक्तिहरूले उनीहरूलाई पुनः नबहकाऊन् र अवरोध नपुर्याऊन्। त्यसपछि, मैले झाओ हुई र लिउ यिङसँग भेट गरेँ र तिनीहरूको दुष्कर्मलाई खुलासा र विश्लेषण गर्न तिनीहरूको निरन्तरको व्यवहारका साथै परमेश्वरका वचनहरू उद्धृत गरेँ। त्यसो गरेपछि मैले अत्यन्तै शान्त र सहज महसुस गरेँ। त्यसलगत्तै, र ब्रदर-सिस्टरहरूको मतदानपछि, मण्डलीबाट ती दुई दुष्ट व्यक्तिहरूलाई निकालियो। यसले मण्डलीको अस्तव्यस्तताको अवधिलाई अन्त्य गर्यो, र ब्रदर-सिस्टरहरूमाझ दुष्ट व्यक्तिहरूलाई खुट्ट्याउने शक्ति जागृत गर्यो। मैले परमेश्वरलाई उहाँको धार्मिकताका लागि पूरा हृदयले धन्यवाद अर्पण गरेँ।
यस अनुभवबाट, मैले मेरो स्वार्थी र छली प्रकृतिबारे केही सचेतना पाएँ र परमेश्वरको पवित्रता र धार्मिकता देखेँ। मैले कसरी सत्यता र धार्मिकताले परमेश्वरको घरमा शासन गर्छन्, र कसरी कुनै पनि दुष्ट प्रभाव भित्र पाइला टेक्न सक्दैन भन्ने कुरा साँच्चै महसुस गरेँ। मैले सत्यताको अभ्यास र मण्डलीका हितको रक्षा गरेर मात्र हामी परमेश्वरको अभिप्रायहरूसँग मेल खान्छौँ र शान्ति महसुस गर्छौँ भन्ने पनि बुझेँ। परमेश्वरलाई धन्यवाद!