६६. एक जना डाक्टरको पश्‍चात्ताप

मैले चिकित्सा क्षेत्रमा अभ्यास गर्न थालेपछि, सधैँ दयालु र व्यावसायिक व्यक्ति बन्‍न लागिपरेँ। यसको साथै, म मानिसहरूसँग राम्रो व्यवहार गर्थेँ, र सटीक निदान गर्थेँ। केही समयपछि नै, मैले हाम्रो ठाउँका सबैको भरोसा जितेँ। वर्षौँपछि, मैले मेरा समकक्षीहरू सबैले कार किनेका छन् र तिनीहरू ठूला-ठूला घरमा बस्छन्, तर मेरो परिवार अझै पनि पुरानो बंगलामा बस्छ, र म अझै पनि साइकल चढेर हिँड्छु भन्‍ने देखेँ। मेरा जुम्‍ल्याहा छोराहरू चाँडै बढिरहेका थिए र खर्च धेरै हुन्थ्यो, तर मसँग अझै पनि पर्‍याप्त पैसा हुँदैनथियो। हाम्रो आर्थिक स्थितिको बारेमा सोच्दा, मलाई भोक-निद्रा लाग्दैनथियो। सोच्थेँ: “किन मलाई खान-लाउन पनि राम्ररी पुगेको छैन, तर अरू सबै डाक्टरहरूले यति धेरै पैसा कमाइरहेका छन्?”

एक पटक, म केही सहकर्मी र मित्रहरूसँग गफ गरिरहेको थिएँ। मैले तिनीहरूलाई कसरी त्यति धेरै पैसा कमायौ भनेर सोधेँ। डाक्टर सुनले भने, “केन्द्रीय अधिकारीहरूले यसो भनेका छन्: ‘बिरालो कालो होस् कि सेतो, मुसा मारे भैगो नि।’ आजको समाजमा पैसा नै सबथोक हो। पैसा कमाउनु पनि आफैमा एउटा सीप हो। तर विवेकको पछि लागियो भने, जीवनभरि गरिब भइन्छ!” अर्का डाक्टर लीले भने: “बढी पैसा कमाउन चाहनुहुन्छ भने, बिरामीहरूलाई हातमा राख्‍नुहोस्। उपचार गर्दा, तिनीहरूलाई केही हार्मोनहरू दिनुहोस्। यसले चाँडै निको पार्छ, र बिरामीहरू सन्तुष्ट हुनेछन्। तपाईंको नाम चल्छ, र अझै धेरै बिरामीहरू आउनेछन् अनि तपाईंले धेरै पैसा कमाउनुहुनेछ।” डाक्टर जिनले भने: “अर्को उपाय पनि छ: सानातिना रोगको ठूलो उपचार गर्नु।’ यदि कुनै व्यक्ति रुघा लागेर आयो भने, सामान्य उपचारले पैसा कमिदैन। यसलाई निमोनियाँलाई जस्तो उपचार गर्नुपर्छ। उपचारले काम गर्नेछ, तपाईंले अझै बढी पैसा कमाउनुहुनेछ, र बिरामी पनि सन्तुष्ट हुनेछ। सबै खुसी हुनेछन्।” तिनीहरू सबैको पैसा कमाउने उपायहरू सुन्दा, म त झस्किएँ। के विवेकलाई ध्यान नदिई बिरामीहरूबाट त्यसरी पैसा कमाउनु चिकित्साको हिसाबमा नैतिक कुरा हो? के डाक्टरहरूको व्यवहार यस्तै हुनुपर्छ? के यो नीच व्यवहार होइन र? तर मैले तिनीहरू बस्‍ने ठूला-ठूला घरहरू, तिनीहरूले चलाउने राम्रा कारहरू, र तिनीहरू कति निर्धक्‍कतासाथ बोल्छन् भन्‍ने कुरा पनि सोचेँ। जब कि म अझै साइकल चलाउँथेँ, र गरिब नै थिएँ। तिनीहरूले भने जस्तो गरिनँ भने, मैले कसरी थप पैसा कमाउनेथिएँ र? मैले मेरो परिवारलाई कहिले सुखी जीवन दिनेथिएँ? यसको साथै, सबै जना यस्तै छन् भन्‍ने लाग्थ्यो। मैले नैतिक रूपमा नै चिकित्साको अभ्यास गरे पनि, समाज परिवर्तन गर्न सक्दिनथिएँ। धेरै पैसा कमाउने आशामा, मैले आफ्‍नो विवेकलाई बेवास्ता गरेर मेरा सङ्गीहरूले सिकाएका विधिहरू प्रयोग गरी हेर्ने निर्णय गरेँ। म पैसा कमाउन बिरामीहरूलाई चाहिनेभन्दा बढी उपचार गर्थेँ र धेरै औषधी बेच्थेँ।

एक दिन, एक जना बिरामी दाँत दुख्‍ने समस्या लिएर आए। गिजामा सङ्क्रमण भएको रहेछ, जसको उपचार सस्तो औषधिले गर्न सकिन्थ्यो। तर डाक्टर जीनले भनेको यो कुरा मलाई याद आयो: “सानातिना रोगको ठूलो उपचार गर्नु।” त्यसकारण, मैले पश्चिमी र परम्‍परागत चिनियाँ औषधि दुवै दिएँ, र केही सुईहरू लगाइदिएँ। बिरामीले यति धेरै औषधि इन्कार गर्नेछन् भन्‍ने मलाई डर लागेको थियो, त्यसकारण मैले दया देखाएको नाटक गर्दै भनेँ: “औषधि धेरै भयो, तर यसले तपाईंको समस्याको जडलाई समाधान गर्छ।” बिरामीले मुस्कुराएजस्तो गर्दै सहमति जनाए, र पैसा तिरेर केही नबोली गए। तिनी गएको देख्दा, मलाई भएको चिन्ता हट्दै गयो। मलाई अलिक अप्ठ्यारो लागे पनि, मैले सामान्यभन्दा निकै बढी पैसा कमाएको थिएँ, र त्यो भावना चाँडै हराएर गयो। अर्को पटक, एक जना आमा पाँच वर्षको छोरा लिएर आए। तिनलाई चिसो लागेर खोकी लागेको रहेछ, त्यसकारण तिनलाई केही दिनको सस्तो औषधि मात्रै चाहिन्थ्यो। तर यस्तो उपचारले धेरै पैसा कमाइँदैन भन्‍ने कुरा सम्झेँ। त्यसकारण, मैले बच्‍चाकी आमालाई भनेँ: “तपाईंको छोराको स्वासनलीमा सङ्क्रमण भएको रहेछ। तिनलाई तुरुन्तै नसाबाट औषधी दिइनुपर्छ, नत्र निमोनियाँ हुन्छ।” तिनी छक्‍क परिन्, तर मैले भनेको सबै कुरा निसङ्कोच पत्याइन्, र मैले तिनको छोरालाई चार दिनसम्‍म नसाबाट औषधी दिएर राखेँ। यसरी त मैले पहिलेभन्दा धेरै गुणा बढी पैसा कमाउने रहेछु भन्‍ने देखेँ। मलाई अप्ठ्यारो लाग्यो, तर पनि, अरू डाक्टरहरूले यसो भनेको सम्झेँ, “विवेकले बिल तिर्दैन वा खान दिँदैन। यसको कुरा सुन्‍नुभयो भने, सधैँ गरिब नै रहनुहुनेछ।” तिनीहरूले भनेको कुरा सुन्दा, मेरो अप्ठ्यारोपन हरायो। यो समाजमा, धनी बन्‍न मान्छेलाई ठग्‍नु नै पर्ने रहेछ। मसँग अरू कुनै विकल्‍प थिएन। पछि, फोक्सो नलीमा दिर्घकालीन समस्या भएको एक जना बिरामी मलाई भेट्न आए। उनको रोगको कारण उनले निरन्तर केही सामान्य औषधि खाइरहनुपर्थ्यो। तर अवश्य नै, त्यसरी मैले धेरै पैसा कमाउदिनथिएँ। त्यसकारण, मैले उनलाई भनेँ: “तपाईंलाई नसाबाट औषधी दिइनुपर्छ, नत्र तपाईंलाई दमको रोग लाग्‍नेछ, र त्यो पनि बिग्र्यो भने मुटुरोग हुन्छ।” मैले भनेपछि, उनले खुसीसाथ सात दिन नसाबाट औषधी लिएर बस्‍न तयार भइन्। उपचारको अन्तिम दिन, उनले मेरो हात समाउँदै यसो भनेकी थिइन्: “धन्यवाद, डाक्टर साब। तपाईंले गर्दा समयमा नै यसको उपचार भयो। अहिले मलाई निकै सन्चो भएको छ। यदि यो दमरोग वा मुटुरोगमा परिणत भएको भए, म साँच्‍चै बाच्‍नेथिइनँ।” यो सुन्दा मेरो विवेकले घोच्यो, र मेरो अनुहार रातो भयो। तर फेरि सोचेँ: “यो समाजमा, झूट नबोल्‍ने वा नठग्‍ने को छ र? पैसा कमाउनु आफैमा पनि सीप हो।” यो सोचेपछि, मेरो असहजता हराएर गयो। यसरी, म धनको मोहमा झन्-झन् डुब्दै गएँ। केही वर्षपछि, मैले धेरै पैसा कमाएँ। मेरो घर ठूलो थियो, मेरा छोरा-छोरीले विवाह गरेका थिए, र जीवन सुखी थियो। तर मलाई प्रायजसो पीडा र ग्‍लानि भइरहन्थ्यो। मलाई निरन्तर चिन्ता हुन्थ्यो। कसैले मैले गरेको यो काम थाहा पाएर मेरो पिठ्युँपछाडि सबैलाई भनिरहेका छन् कि भन्‍ने मलाई चिन्ता लाग्थ्यो। यो सोच्दा सहनै गाह्रो हुन्थ्यो।

एक दिन, हाम्रो गाउँका एक जना सिस्टरले मलाई सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार सुनाइन्, र मैले परमेश्‍वरका वचनहरू नियमित रूपमा पढ्न थालेँ। एक पटक, भेलामा, हामीले इमानदार व्यक्ति बन्‍ने बारेमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। … आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको सार विश्‍वासयोग्य छ, र उहाँलाई इमानदार मानिसहरू मन पर्छ भन्‍ने कुरा बुझेँ। हामीले हाम्रो बोली-वचन र व्यवहारमा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्नुपर्छ, र परमेश्‍वर वा अरूसँग झूट बोल्‍नु हुँदैन भनेर उहाँले हामीलाई माग गर्नुभएको छ। हामी इमानदार र विश्‍वासयोग्य मानिसहरू बन्‍नुपर्छ, किनभने त्यस्ता मानिसहरूले मात्रै मुक्ति पाउन र परमेश्‍वरको राज्यमा प्रवेश पाउन सक्छन्। परमेश्‍वरले हामीबाट माग गर्नुभएका कुराहरू सोच्दा, मैले डाक्टरको रूपमा मेरा बिरामीहरूको उपचार गर्ने वा तिनीहरूको कष्ट कम गर्ने बारेमा सोचिनँ, तर आफ्‍नो लागि अझै बढी पैसा कसरी कमाउने भन्‍ने बारेमा मात्रै सोचेँ भन्‍ने कुरा याद आयो। पैसा कमाउन, म बिरामीको उपचार गर्दा तिनीहरूलाई छल गर्थेँ। म मानिसहरूको डरलाई प्रयोग गरेर सानातिना समस्यालाई गम्‍भीर बनाउथेँ र महँगा औषधी र दीर्घकालीन उपचार दिन्थेँ। म तिनीहरूलाई पैसा खेर फाल्‍न लगाउँथेँ, तर पनि तिनीहरूले मलाई धन्यवाद दिन्थे। यो घृणित र लाजमर्दो व्यवहार थियो! यसो गरेर मेरो जीवन सहज भएको भए पनि, म सधैँ डरमा र तनावमा हुन्थेँ, र कहिल्यै ढुक्‍कले बस्‍न सक्दिनथिएँ। मैले विवेकविना व्यवहार गर्ने गरेको थिएँ। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने अरूलाई झूट बोल्‍ने र छल गर्ने मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र यी मानिसहरूले असल अन्त्य पाउँदैनन्। इमानदार मानिसहरूले मात्रै परमेश्‍वरको स्याबासी र मुक्ति प्राप्त गर्न सक्छन्। त्यहाँदेखि, मलाई इमानदार व्यक्ति बन्‍न मन लाग्यो। मैले म अबदेखि कसैलाई धोका दिँदिनँ र बिरामीहरूबाट पैसा ठग्दिनँ भनेर निर्णय गरेँ। म सम्‍माननीय र इमान्दारीपूर्वक चिकित्सा अभ्यास गर्न चाहन्थेँ।

केही समयपछि, मैले बिरामीहरूलाई छल्‍न र बढी उपचार दिन छोडेको हुनाले, मेरो आम्दानी निकै घटेको छ भन्‍ने थाहा पाएँ। त्यो बेला, प्रमुख अस्पतालको प्रस्तुति हाम्रो क्‍लिनिकको औषधि बिक्रीसँग जोडिएको थियो। एक दिन, अस्पतालले प्रस्तुति मूल्याङ्कन भेला बोलायो। प्रमुखले मलाई अस्पताललाई पतन गराएको आरोप लगाए, र हामीलाई “वृहत् क्‍लिनिक” भनी नाम दिएको कदरपत्र हटाए। अस्पतालले यसका कर्मचारीहरूलाई प्रोत्साहन रकम दिन थालेको थियो। उदाहरणको लागि, यदि कुनै डाक्टरले मासिक कोटाभन्दा बढी औषधि बिक्री गरायो भने, अतिरिक्त आम्दानीको पचास प्रतिशत तिनलाई नाफाको रूपमा दिइन्थ्यो। यदि मैले बिरामीहरूलाई बढी उपचार गर्न थालेँ भने, मैले हरेक महिना थप ४,००० युआन कमाउनेथिएँ, जसको अर्थ मैले हरेक वर्ष फाल्टो ५०,००० युआन कमाउनेथिएँ। तर, मैले बिरामीहरूलाई बढी उपचार दिने कार्यलाई निरन्तरता दिइनँ भने, हाम्रो लागि दिइएका निसानालाई कहिल्यै पुर्‍याउनेथिइनँ, र मलाई धेरै पैसा घाटा हुनेथियो। यसको बारेमा जति सोचेँ, मलाई मेरो कामको क्षेत्रमा इमानदार व्यक्ति बन्‍नु असम्‍भव छ, र मैले मानिसहरूलाई छलिन भने, मैले पैसा कमाउँदिनँ भन्‍ने त्यति नै लाग्यो। यसपछि, म परमेश्‍वरको मापदण्ड विपरीत गएँ। म मेरो विवेकलाई बेवास्ता गरेर मेरो पुरानो शैलीमा फर्किएँ।

एक दिन, विवाहित दम्पतीले मलाई भेट्न आफ्‍नो छोरा लिएर आए। तिनलाई चिसो लागेको थियो, जसले स्वासप्रस्वासमा सङ्क्रमण भएको थियो, र केही औषधि दिएर यसको उपचार हुन सक्थ्यो। चिन्तित भएको नाटक गर्दै, मैले स्टेथोस्कोप लिएँ र बच्‍चाको छाती र ढाड जाँचेँ। यो देखावटी जाँच गरेपछि, मैले आमाबुबालाई कडाइका साथ भनेँ: “तपाईंहरूको बच्‍चालाई निमोनियाँ भएछ। फैलिसकेको छ। तपाईंहरू अलिक चाँडै आउनुपर्थ्यो! एक दिन ढिलो भएको भए तिनलाई साह्रै समस्या हुन्थ्यो! धन्‍न, थोरै भए पनि समय छ। हामी उसलाई केही दिनसम्‍म नसाबाट औषधी दिनेछौँ, र तिनलाई निको हुनेछ।” त्यसरी, म फेरि बिरामीहरूबाट पैसा ठग्‍ने काममा फर्केँ। मैले जानी-जानी यो बच्‍चाको रोग गम्‍भीर देखाएको थिएँ। पछि, मलाई आफैप्रति धिक्‍कार लाग्यो। मैले गरेको कामको खुलासा हुनेछ भन्‍ने मलाई साह्रै डर लाग्थ्यो, त्यसकारण हरेक दिन म तनावमा नै जिउँथेँ। कहिलेकहीँ, म आफूलाई यो अन्तिम पटक हो, र त्यसपछि म छोड्नेछु भनी भन्थेँ। तर म पैसाको प्रलोभनलाई रोक्‍नै सक्दिनथिएँ, र यी पापहरू गर्नबाट आफूलाई कहिल्यै रोक्‍न सकिनँ। मेरो जीवन एउटा सङ्घर्ष बनेको थियो। परमेश्‍वरले हामीलाई इमानदार व्यक्ति बन्‍न माग गर्नुभएको छ भन्‍ने मलाई थाहा थियो, तर मैले आफूलाई काबुमा राख्‍न वा बिरामीहरू ठोग्‍नबाट रोक्‍न सकेको थिइनँ।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ: “यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई ‘उच्‍च शिक्षा दिइने’ संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। “हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्‍याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्‍ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। परमेश्‍वरका वचनहरूले मलाई के खुलासा गरे भने हामी बस्‍ने समाजलाई शैतानले भ्रष्ट तुल्याएको छ। “चलाकीविनाको धन हुँदैन” “पैसा नै पहिलो कुरा हो” र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—समाजमा प्रचलित रहेका व्यवहार सम्‍बन्धी यी दर्शनहरू सबै शैतानबाट आएका हुन्। यी विषहरूले प्रभावित भएर अनि विषाक्त भएर, हाम्रो दृष्टिकोण, र जीवनका मूल्य-मान्यताहरू बिग्रिएका हुन्छन्। हामी पैसालाई नै सबैभन्दा पहिलो स्थानमा राख्छौँ। हामी हाम्रा फाइदाहरूलाई बढाउन विवेक र नैतिकतालाई त्याग्छौँ। हामी झूट बोल्छौँ र धोका दिन्छौँ, यसरी झन्-झन् स्वार्थी, छली, लोभी र घातक बन्दै जान्छौँ, र हाम्रो मानवता झन्-झन् बढी गुमाउँदै जान्छौँ। डाक्टरको कर्तव्य भनेका आफ्‍ना बिरामीहरूलाई उपचार गर्नु र चिकित्सा क्षेत्रका नैतिकताहरूको अभ्यास गर्नु हो, र उसले मानव विवेकलाई गुमाउनु हुँदैन। तर, पैसाको जालमा परेर, धेरैजसो डाक्टरहरूले बिरामीहरूलाई बढी उपचार र औषधि दिन्छन्, र तिनीहरूलाई छलेर हार्मोनहरू लिन बाध्य गर्छन्। बिरामीहरूले सुरुमा खतरा नदेखे पनि, धेरै समयसम्‍म धेरै औषधि र हार्मोन उपचार गरियो भने यसले तिनीहरूको शरीरलाई चरम रूपमा हानि गर्न सक्छ। औषधिका विषहरू तिनीहरूको शरीरमा जम्‍मा हुनेछन्, र प्रायजसो तिनीहरूलाई दिर्घकालीन रोग लाग्‍नेछ। यो एक किसिमको बिस्तारै गरिने हत्या नै हो। यसको बारेमा जति सोचेँ, मलाई त्यति नै डर लाग्यो। चिकित्सा क्षेत्रमा अध्ययन गर्दा, सुरुमा म साधारण मानिसहरूलाई सहयोग गर्न चाहन्थेँ। तर म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “पैसा नै पहिलो कुरा हो” र “बिरालो कालो होस् कि सेतो, मुसा मारे भैगो नि” जस्ता शैतानी दृष्टिकोणहरूको नियन्त्रणमा परेँ, र मरिहत्ते गर्दै पैसाको पछि लाग्‍न थालेँ। म पैसा कमाउनकै लागि तीन दिनमा निको हुने रोगलाई पाँच दिन उपचार गर्थेँ। म बिरामीलाई चाहिनेभन्दा बढी महँगा औषधी दिन्थेँ। शैतानले मलाई साँच्‍चै यतिसम्‍म भ्रष्ट तुल्याएको थियो कि मैले मेरो सबै विवेक र समझशक्ति गुमाएको थिएँ। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेपछि, मलाई परमेश्‍वरले हामीलाई इमानदार मानिसहरू बन्‍न लगाउनुहुन्छ भन्‍ने थाहा थियो। तर मैले अझै पनि पैसा वा व्यक्तिगत लाभको प्रलोभनलाई इन्कार्न सकिनँ, र फेरि पनि, मेरा बिरामीहरूलाई ठग्‍ने कामलाई जारी राखेँ। शैतानका विषहरू मेरो प्रकृतिको भाग नै बनेका थिए। मैले परमेश्‍वरका वचनहरू नपढेका र मेरा झूट कति घृणास्पद र खतरनाक छन् भन्‍ने नदेखेका भए, म ठगको रूपमा नै जिइरहनेथिएँ। म मेरो सारा जीवनभरि चिन्ता र ग्‍लानिले भरिनेथिएँ, र मेरो दुष्ट व्यवहारको कारण म नरक जानेथिएँ र दण्डित हुनेथिएँ। परमेश्‍वरले हामीलाई इमानदार बन्‍न लगाउनु कति महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले बल्‍ल बुझेँ। इमानदार बन्दा र इमानदार काम गर्दा यसले हामीलाई इज्‍जत र गरिमा दिन्छ। इमानदार व्यक्ति बन्‍नु मात्रै परमेश्‍वरको स्याबासी पाउने र हृदयमा विश्राम पाउने एउटा मात्र उपाय हो। परमेश्‍वरको इच्‍छा बुझेपछि, मैले उहाँलाई प्रार्थना गरेँ। म नयाँ सुरुवात गर्न, आफूलाई त्याग्‍न, सत्यताको अभ्यास गर्न, र इमानदार व्यक्ति बन्‍न तयार भएँ।

एक दिन, अर्को गाउँका एक जना बिरामी मलाई भेट्न आए। ध्यान दिएर जाँचेपछि, मैले तिनलाई खुट्टाको अल्सर भएको रहेछ भन्‍ने निर्धारित गरेँ। यसलाई प्रायजसो “खुट्टा कुहिने रोग” भनिन्छ। यो निकै जिद्दी र उपचार गर्नु गाह्रो हुन्छ, तर मलाई कम खर्चमा नै निको पार्ने गोप्य उपचार थाहा थियो। बिरामीले मलाई तिनले काउन्टीका डाक्टरहरू, साथै केही परम्‍परागत बैद्यहरूलाई पनि देखाएको र हजारौँ युआन खर्च भएको तर निको नभएको कुरा बताए। यो सुनेपछि, मैले सोचेँ: “तिनले पहिले नै हजारौँ युआन खर्च गर्दा पनि निको भएको रहेनछ, त्यसकारण मैले उपचारको लागि तिनलाई २-४ सय माग्दा, केही फरक पर्दैन, होइन र? यो पैसा त्यतिकै खेर जान दिनु लाजमर्दो कुरा हुनेछ।” यो सोच्दा, मेरो हृदय उफ्रियो। “म यो एक जना अन्तिम व्यक्तिलाई ठग्‍नेछु, अनि त्यहाँदेखि इमानदार हुनेछु।” तर, मैले तिनको लागि औषधि लेखिदिने तयारी गर्दा, मैले परमेश्‍वरको अघि गरेको सङ्कल्‍प सम्झेँ। मैले परमेश्‍वरलाई प्रार्थना गर्न थालेँ: “प्रिय परमेश्‍वर, मलाई अझै झूट बोल्‍ने इच्छा हुन्छ। मैले आफ्‍नो प्रतिज्ञा तोडेर तपाईंलाई निराश तुल्याइरहनु हुँदैन भन्‍ने मलाई थाहा छ। हे परमेश्‍वर, बिन्ती छ, आफ्‍ना व्यक्तिगत हितहरूलाई पन्छाएर इमानदार व्यक्ति बन्‍न मलाई सहयोग गर्नुहोस्।” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरलाई आदर गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरूको यो खण्डले मलाई साँचो विश्‍वासीहरूले हृदयमा परमेश्‍वरलाई आदर गर्छन्, तिनीहरू इमानदार र भरोसा गर्न लायक हुन्छ भन्‍ने देखायो। तिनीहरूले खुलस्त रूपमा काम गर्छन्, परमेश्‍वरको छानबिन स्वीकार गर्छन्, र अरूलाई छल्दैनन्। तिनीहरूले सबै कुरा सन्तको शैलीमा गर्छन्, र परमेश्‍वरका मापदण्डहरू अनुसार व्यवहार गर्छन्। तिनीहरूले परमेश्‍वरलाई अनादर तुल्याउने काम गर्दैनन्। परमेश्‍वरको अगुवाइ र अन्तर्दृष्टिप्रति म अत्यन्तै कृतज्ञ भएँ, र मैले परमेश्‍वरलाई मनमनै फेरि प्रार्थना गरेँ: “हे परमेश्‍वर! पहिले, मैले पैसाको लागि झूट बोलेँ र धोका दिएँ, र शैतानले जस्तो जीवन जिएँ। तर आजदेखि, म इमानदार व्यक्ति बन्‍न, र शैतानलाई लाजमा पार्न चाहन्छु।” प्रार्थना गरिसकेपछि, मैले बिरामीलाई इमानदारिताको साथ भनेँ: “यो रोग उपचार गर्न गाह्रो भए पनि, म यस्तो औषधी दिन्छु जसले तपाईंको रोग अवश्य नै निको हुनेछ। अनि यसको लागि कति पनि पैसा लाग्दैन।” यदि यो बिरामी पहिले आएको भए, यस्तो उपचारको लागि योभन्दा धेरै बढी पैसा लाग्थ्यो। तर अहिले परमेश्‍वरका वचनहरूले मलाई सत्यताको अभ्यास गर्ने, इमानदार र समझदार व्यक्ति बन्‍ने आत्मविश्‍वास दिएको थियो। म अबदेखि मानिसहरूको पैसा ठग्‍नेथिइनँ। बिरामी आफ्‍नो औषधि लिएर गएपछि, मलाई साह्रै खुसी र भित्री शान्तिको अनुभव भयो। दश दिनपछि, बिरामी फर्केर आए, र कृतज्ञताको साथ भने: “यो रोगको उपचार गर्न म सबै ठाउँ गएको थिएँ, तर कहीँ निको भएन। मैले तपाईंले दिनुभएको सबै औषधि प्रयोग समेत गरिनँ, तर मेरो घाउ निको भयो! यो त अचम्‍म तरिकाले निको भयो! धेरै-धेरै धन्यवाद! म चिनेका सबैलाई तपाईंको बारेमा भन्‍नेछु। तपाईं कुशल मात्रै हुनुहुन्‍न, तर तपाईंको सेवा सहुलियत पनि छ।” यी शब्‍दहरू सुन्दा, परमेश्‍वरप्रति म अत्यन्तै कृतज्ञ भएँ, र परमेश्‍वरका वचनहरूले मलाई अगुवाइ गरेका हुनाले ममा यो सानो परिवर्तन आएको छ भन्‍ने मलाई थाहा थियो।

मलाई याद छ, म यस्तो सोच्थेँ: “पैसा नै पहिलो कुरा हो” “चलाकीविनाको धन हुँदैन” र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यी विषहरूको दास बनेर, मैले मेरो विवेक, इज्‍जत, र नैतिकतालाई गुमाएको थिएँ। म कालो मनको मान्छे थिएँ। परमेश्‍वरका वचनहरू र मुक्तिले मेरो विवेक र समझलाई पुनर्स्थापित गरेर मलाई व्यवहारका सिद्धान्तहरू खोज्‍न सहयोग गरेका थिए। त्यहाँदेखि, मलाई भेट्न आउने हरेक बिरामीलाई मैले इमान्दार पूर्वक उपचार गर्न थालेँ। म तिनीहरूलाई चाहिएको औषधि मात्रै दिन्थेँ, र तिनीहरूको अवस्थाको बारेमा इमानदारसाथ भन्थेँ। मैले इमानदार बन्‍ने मेरो मापदण्डलाई कायम राखेँ। केही समयसम्‍म यसरी अभ्यास गरेपछि, मलाई साँच्‍चै स्थिरता, शान्ति, र चिन्तामुक्त भएको अनुभव भयो। यसको साथै, अहिले निको भइसकेका धेरै बिरामीहरूले मसँगको तिनीहरूको अनुभवका बारेमा अरूलाई बताएका छन्। वरिपरिका गाउँका सबै मानिसहरू मसँग उपचार गर्न चाहन्छन्। मैले के सिकेँ भने साँचो कुरा बनेर अनि इमानदार बनेर मात्रै व्यक्तिले साँचो मानवको रूप पाउन सक्छ। झूटहरूलाई इन्कार गर्नु र सत्य कुरा बताउनु नै इमानदार व्यक्ति बन्‍ने पहिलो कदम थियो, र मैले परमेश्‍वरका मापदण्डहरू अनुसार अझै धेरै परिश्रम गर्नुपर्छ, र साँचो इमानदार व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ भन्‍ने मलाई थाहा छ।

अघिल्लो: ६४. के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

अर्को: ६७. सुसमाचार सुनाउँदा कठिनाइहरूको सामना कसरी गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१६. मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्