६३. एउटा सन्तोषजनक रिपोर्ट

यो केही वर्ष पहिले ग्रीष्म ऋतुको कुरा हो। मैले मण्डली अगुवा सिस्टर झोउले ब्रदर लीको क्षमता निकै राम्रो छ र उनले भेलामा दिने सङ्गति अन्तर्दृष्टिपूर्ण छ भन्दै तिनलाई मलजल कामको डिकनको रूपमा नियुक्त गरेको भन्ने सुनेँ। यो खबर सुन्दा म छक्‍कै परेँ। मैले पहिले पनि मेरो कर्तव्यमा तिनीसँगै काम गरेकी थिएँ, त्यसकारण मलाई तिनको बारेमा निकै थाहा थियो। तिनी बोल्‍नमा सिपालु छन् र भेलामा सङ्गति गर्दा धाराप्रवाह बोल्‍न सक्छन् भन्‍ने कुरा साँचो थियो, तर तिनले भन्‍ने धेरैजसो कुरा शाब्दिक सिद्धान्त हुन्थ्यो र व्यवहारिक समस्याहरूलाई समाधान गर्दैनथियो। तिनी निकै अहङ्कारी पनि थिए र आफ्‍नै तरिकाले काम गर्ने प्रवृत्ति थियो, र तिनले अरूसँग छलफल नै नगरी काम सम्‍बन्धी निर्णयहरू गर्थे। यसले गर्दा केही समस्याहरू पैदा भए जसले मण्डलीको काममा हानि गर्‍यो। सुपरभाइजर र मैले यी समस्याहरूका बारेमा तिनलाई धेरै पटक कुरा गर्‍यौँ, तर तिनले तर्क गरिरहे, यसलाई स्वीकार गरेनन्, आफ्‍नो बारेमा कहिल्यै मनन गरेनन्, र अन्त्यमा तिनी कहिल्यै परिवर्तन भएनन्। केही समयपछि, तिनी सधैँ सिद्धान्तको कुरा गर्ने, र सत्यतालाई स्वीकार गर्न नसक्‍ने व्यक्ति हुन् भन्‍ने मैले थाहा पाएँ। परमेश्‍वरको घरमा अगुवा र सेवकहरूलाई निर्वाचित गर्ने सिद्धान्त भनेको के हो भने व्यक्तिसँग सत्यताको शुद्ध बुझाइ हुनुपर्छ, उसले सत्यतालाई स्वीकार गर्न सक्‍नुपर्छ, उसमा जिम्‍मेवारीको बोध हुनुपर्छ, र राम्रो क्षमता हुनुपर्छ। यसको साथै, मलजलको डिकन सत्यताको सङ्गति गरी समस्याहरू समाधान गर्न सिपालु हुनुपर्छ र केही व्यवहारिक कार्य गर्न सक्‍ने हुनुपर्छ। सिस्टर झोउले तिनीसँग केही क्षमता र बोल्‍न सिपालु भएकोले मात्रै तिनलाई मलजल कार्यको डिकन बनाएकी थिइन्। त्यो कार्य सिद्धान्त अनुरूप थिएन। यसको बारेमा जति विचार गरेँ मलाई त्यति नै असहज महसुस भयो, र म सिस्टर झोउलाई मेरो विचार बताउन जान चाहन्थेँ, तर म हिचकिचाएँ। मैले मनमनै विचार गरेँ, “मलाई भर्खरै मलजल गर्ने डिकनको कर्तव्यबाट बर्खास्त गरिएको छ। यदि अगुवाले भर्खरै छनौट गरेको व्यक्तिलाई विरोध गरेँ भने, त्यसले मलाई कस्तो देखाउनेछ? के मानिसहरूले म त्यो कर्तव्यबाट भर्खरै निष्कासित भएकी हुँ, त्यसैले त्यो पद पाउने व्यक्तिप्रति मलाई डाहा लागेको हो, र म मेरो मार्गबाट बाहिर गएर तिनमा गल्ती भेट्टाउन लागिपरेकी छु भनेर सोच्‍नेछन्? मैले मण्डलीको काममा बाधा पुर्‍याइरहेकी छु भनेर तिनीहरूले मेरो नयाँ कर्तव्य खोसे भने के गर्ने? होस्, नदुखेको टाउको दुखाउनुभन्दा सबै कुरा सरल रूपमा हेर्नु नै राम्रो हुन्छ।” त्यसकारण मैले मुख खोल्‍न लागेको बेला मैले मेरा शब्‍दहरूलाई चपाएँ। पछि, अर्को समूहका केही ब्रदर-सिस्टरहरूले पनि ब्रदर लीसँग पहिलेसँग काम गरेका थिए, र तिनीहरूलाई उनले आफ्‍नो कर्तव्यमा कहिल्यै बोझ लिँदैनन्, र तिनी डिकनको रूपमा सेवा गर्न योग्य छैनन् भन्‍ने कुरा तिनीहरूले अनुभूति गरेको भन्ने मैले सुनेँ। यो सुनेपछि, म तिनको बारेमा सही थिएँ भन्‍ने कुराप्रति अझै निश्‍चित भएँ र सोचेँ, “मैले जति सक्दो चाँडो सिस्टर झाउसँग कुरा गर्नुपर्छ ताकि काममा गलत व्यक्ति आएकोले परमेश्‍वरको घरको काममा ढिलाई नहोस्। तर ब्रदर लीलाई नियुक्ति गर्ने व्यक्ति सिस्टर झाओ नै थिइन्, त्यसकारण यदि मैले उनीसँग यो कुरा उठाएँ भने, के मैले उनकै अघि उनको गल्ती खोतलिरहेकी हुँदिनँ र? मैले पहिले उनीसँग काम गर्दा मलाई उनी निकै अहङ्कारी, आत्मधर्मी र घमण्डी लागेको थियो। मैले यी कुराहरूको बारेमा उनीसँग कुरा गरेकी थिएँ र उनले यसलाई स्वीकार गर्न नमानेकी मात्र होइन, मलाई उल्टै हप्काएकी पनि थिइन्। त्यसकारण यदि मैले उनले बढुवा दिएकी व्यक्तिको समस्याको बारेमा उल्‍लेख गरेँ भने सायद उनले उनीप्रति मैले कठिनाइ ल्याइरहेकी छु, र मैले उनको खुट्टा तानिरहेकी छु भन्‍ने सोच्‍नेछिन्। त्यसपछि यदि उनले मेरो लागि अवस्था कठिन तुल्याइदिइन् भने मैले के गर्ने? मलाई याद छ, केही वर्ष पहिले एक जना सिस्टर र मैले एक जना अगुवाका केही गल्तीहरू औँल्याइदिँदा ती अगुवाले हामीलाई गुटबन्दी गरेर तिनलाई आक्रमण गरेको आरोप लगाए। त्यसको कारण मैले आफ्‍नो कर्तव्य गुमाएँ। पछि ती अगुवालाई ख्रीष्टविरोधीको रूपमा खुलासा गरेर बहिष्कार गरिएको भए पनि मलाई ख्रीष्टविरोधीले बाधा दिएको कारण मैले धेरै लामो समयसम्‍म कर्तव्य पूरा गर्न पाइनँ। मलाई सिस्टर झोउले मैले उठाएको समस्यालाई स्वीकार गर्नेछैनन्, र मबाट मेरो कर्तव्य खोस्‍ने बहाना खोज्‍नेछिन् भन्‍ने चिन्ता लाग्यो। त्यसपछि मैले के गर्ने? अहिले कर्तव्य पूरा गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो। मलाई यदि मैले कर्तव्य पूरा गर्न सकिनँ र यस्तो समयमा असल कार्य गर्न सकिनँ भने मुक्ति पाउने मौका गुमाउँछु भन्‍ने चिन्ता थियो। त्यसपछि के मैले सबै कुरा गुमाउनेछैन र?” यो सोच्दा मैले यो समस्यालाई बताउने विचार नै मनबाट हटाएँ।

त्यसपछि, मैले केही ब्रदर-सिस्टरहरूले के भनेको सुनेँ भने, ब्रदर ली मलजलको डिकन बनेदेखि तिनले भेलाहरूमा सिद्धान्तको कुरा गर्ने र मनमा जे लाग्यो त्यही भन्‍ने गरेका, र तिनले मानिसहरूलाई वास्तविक समस्या समाधान गरिरहेका छैनन्। तिनले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी पनि लिइरहेका थिएनन्, र तिनी जिम्‍मेवारी रहेका धेरै जना नयाँ विश्‍वासीहरू कम्युनिस्ट पार्टीको झूटद्वारा भ्रममा परेर भेलाहरूमा जान छोडेका थिए। उनले तिनीहरूलाई समयमा नै सङ्गति र सहयोग प्रदान गरेनन्, त्यसकारण कतिपयले विश्‍वास त्यागेका थिए। यो सुन्दा मैले समस्या कति गम्‍भीर भइसकेको छ भन्‍ने थाहा पाएँ। यदि तिनले मलजल डिकनको रूपमा सेवा गरिरहे भने यसले मण्डलीको काममा अझै बढी हानि गर्नेथियो, र यसको बारेमा माथिका अगुवाहरूमा मैले तुरुन्तै रिपोर्ट गरिहाल्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर अगुवालाई चिढ्याउँछु र आफूलाई समस्यामा पार्छु भन्‍ने डर थियो, त्यसकारण मलाई के गर्ने नगर्ने भयो: “मैले यसको बारेमा रिपोर्ट गर्ने कि नगर्ने? रिपोर्ट गरेँ भने यसले ममा पार्ने प्रभावको बारेमा मलाई डर लागेको छ, र रिपोर्ट गरिनँ भने मलाई यसको बारेमा दोषी महसुस हुनेछ। मैले आफ्‍नो रक्षा गर्ने गरी र केही समस्या नआउने गरी कसरी यसलाई अघि बढाउने त्यो सोच्छु।” म यी विचारहरूको जालमा यति परेँ कि म माकुराको जालमा परेको छु जस्तै लाग्यो, जसले गर्दा मलाई असहज र खटपट भयो।

एक पटक भेलामा, हाम्रो समूह अगुवाले हामीलाई ब्रदर लीको बढुवाको बारेमा कुनै विचार छन् कि भनेर सोधे, र छन् भने, हामीले ती कुरा लेखेर तिनलाई दिनु भने। यो सुन्दा म निकै उत्साहित भएँ र सोचेँ, “यो निकै राम्रो अवसर हो। अग्रस्थानमा तिनी नै हुनेछन्, र अगुवालाई बताउनको लागि तिनले हाम्रा विचारहरू सङ्कलन गर्नेछन्, त्यसपछि कसले के लेखेको हो भन्‍ने अगुवालाई थाहा हुनेछैन। यदि उनले साँच्‍चै नै यसको बारेमा खोजीनिधो गर्ने प्रयास गरिन् भने समूह अगुवा हाम्रो रक्षाकवच हुनेछन्।” त्यसकारण मैले आफूले देखेका समस्याहरू लेखेर समूह अगुवालाई दिएँ। अचम्‍मको कुरा, भोलिपल्ट बिहान तिनले मलाई मैले रिपोर्ट गरेको कुरा अगुवालाई पठाइसकेको बताए। तिनले अगुवालाई ती कुराहरू हाम्रो समूहबाट आएको समग्र पृष्ठपोषणको रूपमा बताएका रहेनछन् भन्‍ने कुरा सुन्‍ने बित्तिकै मलाई अत्यन्तै चिन्ता भयो। मैले सोधेँ, “तपाईंले किन मेरो मेसेज सीधै सिस्टर झोउलाई पठाउनुभयो?” मेरो कठोर प्रतिक्रिया देखेर तिनले भने, “सबैका विचारहरू एकैसाथ अगुवालाई पठाइएको छ र हाम्रो विचारको बारेमा हामी सबै इमानदार हुनुपर्छ। चिन्ता गर्नुपर्ने कारण के छ?” यसको जवाफमा के भन्‍ने मलाई थाहा थिएन। म आश्‍चर्यमा परेँ र अलिक लाज पनि लाग्यो, र सोचेँ, “ठीक भन्‍नुभयो, समस्याको बारेमा सीधै बताउन मलाई किन अत्यन्तै डर लागेको?” म परमेश्‍वरको अगुवाइ खोज्दै र आफ्‍नै बारेमा मनन गर्दै उहाँसामु प्रार्थना गर्न आएँ।

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “अनि, अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानवत्व भएको व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर विश्‍लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र आफूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूबारे कुनै वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्‍वरको गवाही दिने काम गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। … कतिपय मानिसहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको हुँदा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई तुरुन्तै रिपोर्ट पनि गर्दैनन्। मानिसहरूले अवरोध र बाधा पुऱ्याइरहेको तिनीहरूले देख्दा, तिनीहरू आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा पनि तिनीहरू उनीहरूलाई रोक्‍ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर ख्याल नै गर्छन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू मान्छे खुसी पार्दै हिँड्नेहरू र आरामको लालसा गर्नेहरू हुन्; तिनीहरू आफ्नै आडम्बर, इज्‍जत, हैसियत र हितको लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुराहरूमा मात्र आफ्नो समय र प्रयास समर्पण गर्न इच्छुक हुन्छन्। त्यस किसिमको व्यक्तिका कार्य र उद्देश्यहरू सबैलाई स्पष्ट हुन्छ: जब मुख देखाउने वा केही आशिष्‌ पाउने अवसर हुन्छ, तब तिनीहरू देखा परिहाल्छन्। तर जब मुख देखाउन पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाएजस्तै तिनीहरू दृश्यबाट हराइजान्छन्। के यस प्रकारको मानिसमा विवेक र समझ हुन्छ? (हुँदैन।) के यस्तो व्यवहार गर्ने विवेक र समझहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस्ता मानिसहरूमा स्व-निन्दाको कुनै बोध हुँदैन। यस प्रकारको व्यक्तिको विवेकले केही काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासन ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। म जुन स्थितिमा थिएँ परमेश्‍वरका वचनहरूले त्यही स्थितिलाई व्याख्या गरेका थिए। अगुवाले मानिसहरूलाई सिद्धान्तहरू अनुसार नियुक्ति गरिरहेकी थिइनन् भन्ने मलाई थाहा थियो, र ब्रदर लीले मलजलको डिकनको रूपमा व्यावहारिक काम गरिरहेका थिएनन्, र तिनले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा दिइरहेका थिए भन्‍ने मैले देखेकी थिएँ। मैले खडा भएर मण्डलीको कामको रक्षा गर्न उक्त समस्याको बारेमा रिपोर्ट गर्नुपर्थ्यो। परमेश्‍वरका चुनिएका मानिसको रूपमा त्यो मैले पूरा गर्नुपर्ने कर्तव्य थियो। तर मैले सिस्टर झोउलाई चिढ्याउँछु र आफ्‍नो कर्तव्य गुमाउँछु भन्‍ने डर थियो, त्यसकारण मैले समस्याप्रति आँखा चिम्‍लेँ। मैले समूह अगुवासँग लिखित रूपमा मेरो विचार व्यक्त गरे पनि त्यो लेख्‍ने व्यक्ति म नै हुँ भनेर सिस्टर झोउले थाहा नपाउन् भन्‍ने मेरो चाहना थियो, र यसले मलाई समस्यामा पार्नेछ भन्‍ने डर लागेको थियो। मलाई के महसुस भयो भने मैले त सबै कुरामा आफ्‍नै व्यक्तिगत हितहरूका बारेमा विचार गरिरहेकी छु, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने बारेमा सोचेकी छैन। ममा विवेक र समझको कमी थियो। मैले परमेश्‍वरका वचनहरूबाट धेरै मलजल र भरणपोषण प्राप्त गरेकी थिएँ, तर परमेश्‍वरको घरको काममा समस्या आइरहेको बेला मैले आफैलाई रक्षा गर्ने बारेमा सोचिरहेँ। मसँग परमेश्‍वरप्रति कुनै बफादारिता थिएन। मैले आफूलाई खुवाउने हातलाई नै टोक्दैथिएँ। मसँग कुनै मानवता नै थिएन। मैले यसको बारेमा जति सोचे, मलाई त्यति न दोषी अनुभव भयो, र सोचेँ: “त्यस्तो समस्या आइपर्दा म किन डरले भुतुक्‍कै भएकी, किन त्यति चिन्तित बनेकी? एक शब्‍द साँचो कुरा भन्‍न यति गाह्रो भएको छ—म कस्तो स्वभावद्वारा नियन्त्रित छु?”

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले यो कुरा मेरो लागि स्पष्ट पारिदियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्‍चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीवचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्। स्पष्टता भएको मान्छेले यो कुरा बुझ्न सक्छ; वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, तैँले केवल झारा टार्ने काम मात्र गरेको छस्, र समस्या समाधान गरिएको छैन भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्‍ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र? तैँले भनेका केही कुराहरू मुख्य बिन्दु र महत्त्वपूर्ण विषयहरूमा तथ्यसँग मिल्दो भए पनि, तँ ठग्छस् र मानिसहरूलाई छल गर्छस्, जसले तँ झुट बोल्ने र आफ्नो शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस् भन्‍ने प्रमाणित गर्दछ। तैँले भन्‍ने र सोच्ने सबै कुरा तेरो मस्तिष्कद्वारा प्रशोधित भएको हुन्छ, र यसले गर्दा तेरो हरेक बोली बनावटी, रित्तो, र झूट हुन्छ; वास्तवमा तैँले भनेको हरेक कुरा तथ्यविपरीत हुन्छ, तेरो आफ्नै औचित्य पुष्टि गर्नको लागि, तेरो आफ्‍नै फाइदाको लागि हुन्छ, र तैँले जब मानिसहरूलाई बहकाएको र विश्‍वासमा पारेको हुन्छस्, तँलाई आफ्नो उद्देश्य हासिल गरिसकेको अनुभूति हुन्छ। तैँले बोल्ने शैली यही हो; यसले तेरो स्वभावको प्रतिनिधित्व पनि गर्छ। तँ पूर्ण रूपमा तेरो आफ्नै शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छस्। तैँले भन्‍ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्‍न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म प्रकृतिले नै धूर्त, स्वार्थी, र घृणित भएको कारण मैले सत्यताको अभ्यास गरिरहेकी छैन वा परमेश्‍वरको घरको कामको रक्षा गरिरहेकी छैन। सिस्टर झोउले ब्रदर लीलाई नियुक्ति गर्दा सिद्धान्तहरू पछ्याइरहेकी छैनन् र ब्रदर लीले कुनै व्यवहारिक काम नगरेको हुनाले मण्डलीको काम जोखिममा परिरहेका छन् भन्‍ने कुरा मलाई थाहा थियो भन्‍ने कुरा सोचेँ। मैले यो सबै कुरा घामजस्तै छर्लङ्ग देखेकी थिएँ र मैले यी कुराहरू औँल्याउनुपर्छ, यो मण्डलीको कामको लागि उपयोगी हुन्छ, र यसले सबैको जीवन प्रवेशमा फाइदा गर्छ भन्‍ने मलाई थाहा थियो, तर मैले खडा भएर बोल्‍ने कहिल्यै साहस गरिनँ। त्यसपछि, जब मेरो समूह अगुवाले अग्रसरता देखाए, तब बल्‍ल मैले मेरो विचार लिखित रूपमा राखेँ, तर तिनले यो सीधै अगुवालाई हस्तान्तरण गरेका छन् भन्‍ने सुन्दा मलाई चित्त बुझेन र तिनले मेरो खुलासा गरेका छन् भन्‍ने लाग्यो। म कसरी आफूलाई रक्षा गर्ने भनेर दिमाग खियाइरहेकी थिएँ, ताकि मैले केही पनि गुमाउनु नपरोस्। म साँच्‍चै स्वार्थी र धूर्त थिएछु! म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्” र “थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ” जस्ता शैतानी दर्शनशास्‍त्रहरू अनुसार जिइरहेकी थिएँ। यी कुराहरूले मेरो विचार नियन्त्रण गरिरहेका थिए, मलाई मन्त्रमुग्‍ध पारिरहेका थिए, र मलाई धूर्त र छली बनाइरहेका थिए। ममा विश्‍वास रहेको र मैले परमेश्‍वरका वचनहरू पढेकी भए पनि, मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन। म एक शब्द साँचो कुरा भन्‍न वा वास्तविक परिस्थितिको बारेमा खुलासा गर्न बिरलै सक्थेँ। म दयनीय अस्तित्वमा जिइरहेकी शैतानको पाल्तु कुकुर थिएँ। म स्वार्थी, तुच्‍छ थिएँ, र ममा अलिकति पनि मानवता थिएन। मैले साँच्‍चै नै परमेश्‍वरलाई मप्रति घृणा जगाएँ। मलाई निकै धेरै पछुतो भयो र मैले मनमनै परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, म कति स्वार्थी र धूर्त रहेछु। समस्या देख्दा मैले कुनै जिम्‍मेवारी लिइनँ र मैले सत्यताको अभ्यास वा परमेश्‍वरको घरको कामको रक्षा गरिरहेकी थिइनँ। म यस्तो दयनीय तरिकाले जिइरहेकी रहेछु। परमेश्‍वर, अबदेखि म यसरी जिउन चाहन्‍नँ। बिन्ती छ मलाई यो अवस्थाबाट मुक्त गर्नुहोस्। म सत्यताको अभ्यास गर्न र तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु।” प्रार्थना गरिसकेपछि मैले अलिक आत्मविश्‍वास पाएँ र मेरो रिपोर्ट पढेपछि सिस्टर झोउले कसरी प्रतिक्रिया दिन्छिन् भन्‍ने बारेमा चिन्ता गर्न छोडेँ।

सिस्टर झोउले आफ्ना समस्याहरू सम्‍बन्धी हाम्रा रिपोर्टहरू पढिसकेपछि ब्रदर लीलाई नियुक्त गर्दा सिद्धान्तहरू उल्‍लङ्घन गरेको भन्‍ने कुराप्रति सचेत त हुनेछिन्, तर उनले आफ्‍नो बारेमा मनन गर्दिनन् र तुरुन्तै ब्रदर लीलाई बर्खास्त गर्दिनन् भन्‍ने सोचेकी थिएँ। यसको साथै, परियोजनाहरूमा ढिलाइ हुने वा प्रभावकारी नहुने समस्याहरूलाई उनले व्यवहारिक रूपमा समाधान गरिरहेकी छैनन् भन्‍ने पनि मैले पत्ता लगाएकी थिएँ। मैले सोचेँ: “उनले सत्यतालाई स्वीकार गर्न वा कुनै पनि वास्तविक काम गर्न सक्दिनन्, त्यसकारण झूटा अगुवाहरूलाई पत्ता लगाउने सिद्धान्तहरूका आधारमा त उनी वास्तवमा झूटो अगुवा नै हुन् जस्तो देखिन्छ।” म यस बारेमा माथिका अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ, तर फेरि पनि यस्तो सोच्दै म हिचकिचाएँ, “उनले थाहा पाइन् भने, उनले मलाई के सोच्‍नेछिन्? यदि उनलाई बर्खास्त गरिएन तर अगुवाको रूपमा नै रहिरहिन् भने, के उनले मलाई दमन गर्ने निहुँ खोज्‍नेछिन्? होस्। परिवर्तन हुन वा व्यावहारिक काम गर्न नमान्‍नु उनको समस्या हो; मैले आफ्‍नै कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र परिस्थिति के हुन्छ हेर्नुपर्छ।” त्यसकारण मैले यो कुरालाई त्यतिकै छोडिदिएँ।

केही समयपछि अर्को मण्डलीका एक जना अगुवालाई ख्रीष्टविरोधीको रूपमा खुलासा गरेर निष्कासित गरियो भन्‍ने सुनेँ। अगुवाको रूपमा काम गर्दा तिनले धेरै दुष्कर्म गरेका थिए, र सबैले यो कुरा देखेका थिए, तर कसैले बोल्‍ने आँट गरेका थिएनन्। सम्पूर्ण मण्डलीको एक जना व्यक्तिले पनि तिनको बारेमा रिपोर्ट गर्ने आँट गरेनन्, र तिनलाई खुलासा गरेर निष्कासित गरिसकेपछि पनि, तिनले गरेका दुष्कर्महरूलाई तिनीहरूले बाहिर ल्याएनन्। तिनीहरूले केही थाहा नभएको बहाना गर्दै दोष पन्छाए। तिनीहरू सबैले ख्रीष्टविरोधीको लागि कुरा लुकाउँदै तिनको पक्षमा उभिरहेका थिए, शैतानको मतियारको रूपमा काम गर्दै परमेश्‍वरको विरोध गरिरहेका थिए, जुन कार्यले साँच्‍चै नै परमेश्‍वरको स्वभावलाई चिढ्याएको थियो। परिणाम स्वरूप, सम्पूर्ण मण्डलीलाई अलग गरियो ताकि तिनीहरूले आत्मचिन्तन गर्न सकून्। यसले मलाई निकै ठूलो प्रभाव पार्‍यो, र मलाई परमेश्‍वरका केही वचनहरू स्मरण गरायो: “यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्‍वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई इन्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई ‘स-साना झिँगोहरू’ ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि त्यस्तो मण्डलीका मानिसहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरूबाट, मैले कुनै अपराध नसहने उहाँको प्रतापी, धर्मी स्वभाव र सत्यता अभ्यास नगर्ने मानिसहरूप्रतिको उहाँको क्रोधलाई अनुभूति गर्न सकेँ। झट्ट हेर्दा तिनीहरूले कुनै वास्तविक दुष्कर्म गरेका छैनन् जस्तो देखिए पनि ख्रीष्टविरोधीले दुष्कर्म गर्दा तिनीहरूले हेरिरहे र तिनलाई रिपोर्ट गर्न वा खुलासा गर्न तिनीहरूले केही पनि गरेनन्। तिनीहरूले ख्रीष्टविरोधीलाई जथाभावी गर्न, परमेश्‍वरको घरको काम बरबाद गर्न दिए, तर तिनीहरूले औँलो समेत उठाएनन्। तिनीहरूले ख्रीष्टविरोधीको लागि ढाकछोप गरिरहेका थिए र तिनीहरू शैतानका मतियार थिए। यो त ख्रीष्टविरोधीको दुष्कर्ममा सहभागी हुनु थियो र यसले गम्‍भीर रूपमा परमेश्‍वरको स्वभावलाई चिढ्यायो। के म पनि उस्तै थिइन र? मैले परमेश्‍वरको धेरै वचन पढेकी र केही समझशक्ति प्राप्त गरेकी थिएँ। अगुवाले व्यक्ति छनौट गर्दा सिद्धान्तहरू पालना गरिरहेकी छैनन्, उनले सत्यता स्वीकार गर्न सक्दिनन्, साथै, उनले व्यवहारिक काम गर्न सक्दिनन्, जसले परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउँदै आइरहेको छ भन्‍ने मैले देखेकी थिएँ। मैले तिनी झूटो अगुवा हुन् भन्‍ने देखेकी थिएँ तर मैले उनलाई चिढ्याउनेछु, र उनले मलाई दमन गर्नेछिन् भन्‍ने डर थियो, त्यसकारण यसले मलाई व्यक्तिगत रूपमा प्रभाव नपारेको हुनाले मैले यसलाई त्यतिकै उधो लाग्न छोडिदिएँ। मलाई उनी परिवर्तन हुनु नहुनु उनको काम हो, र त्यसमा मेरो कुनै सम्‍बन्ध छैन भन्‍ने लागेको थियो। मैले परमेश्‍वरबाट त्यति धेरै भरणपोषण प्राप्त गरेकी थिएँ, तर मैले आफूलाई खुवाउने हातलाई नै टोकेर शैतानको पक्ष लिएकी थिएँ। मैले परमेश्‍वरको घरका हितहरू जोखिममा परेको देखेकी थिएँ, तैपनि केही गरिनँ। के म ठीक शैतानजस्तै थिइनँ र? मैले एउटा कर्तव्य पूरा गरिरहेकी भए पनि, मैले गर्ने हरेक काममाथि परमेश्‍वरले नजर लगाइरहनुभएको थियो। मैले पश्‍चात्ताप गरिनँ भने, ममाथि परमेश्‍वरको क्रोध आइपर्नेछ र म उहाँद्वारा हटाइनेछु भन्‍ने मलाई थाहा थियो। यो निकै भयानक कुरा थियो। मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरेँ र पश्‍चात्ताप गरेँ: “हे परमेश्‍वर, मैले सिद्धान्तहरूसँग नमिल्‍ने गरी झूटो अगुवाले काम गरेको र मण्डलीको काममा बाधा दिएको देखेँ, तर पनि मैले आफ्‍नो रक्षा गर्न सकूँ भनेर उनलाई खुलासा र रिपोर्ट गरिनँ। म शैतानको मतियार बनेँ। म कति विद्रोही र घृणास्पद रहेछु। हे परमेश्‍वर, म तपाईंको अघि पश्‍चात्ताप गर्न चाहन्छु, र सत्यता अभ्यास गर्न मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गर्छु।”

त्यसपछि, मैले सोचेँ, “अगुवाका समस्याहरूका बारेमा रिपोर्ट गर्न किन मलाई त्यति डर लाग्यो? मलाई वास्तवमा के कुराको डर थियो?” प्रार्थना र खोजीद्वारा मैले परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ र तिनले मलाई यो कुरा अझै राम्ररी बुझ्‍न सहयोग गरे। परमेश्‍वरको वचनले भन्छ: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा सेवकले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको आज्ञापालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पर्दाफास गर्न, विरोध गर्न र फरक राय राख्‍न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा सेवक, वा ख्रीष्टविरोधी भएको खुलासा भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, पर्दाफास गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरबाट चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दमन गर्छन् र दुःख दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई हटायो भने म सकिन्छु; यदि ऊसले सबैलाई मेरो पर्दाफास गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मैले मण्डली छोडेँ भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई बचाउनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई दुःख दिनु र निष्कासित गर्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट हटाइँदा वा निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि हटाउने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग ममेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीले धम्की दिँदा, यदि तँ माथिकालाई तिनीहरूको रिपोर्ट गर्ने हिम्मत गर्दैनस् भने, यसले तँ शैतानको बन्धनमा परिसकेको छस् र तँ तिनीहरूसँग एकै हृदयको होस् भन्‍ने कुरा देखाउँछ; के यो शैतानलाई पछ्याउनु होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन सक्छ र? शुद्ध र सरल ढङ्गमा भन्नुपर्दा, तिनीहरू मैला हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। “मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव भावना वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि सृष्टि गरिएको प्राणीविरुद्ध झूटो दाबीहरू गर्नुहुन्न(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। यो पढिसकेपछि, मेरो दृष्टिकोण गलत भएको कारण मैले अगुवाको समस्यालाई रिपोर्ट गर्ने आँट नगरेकी रहेछु भन्‍ने थाहा पाएँ। अगुवाले मेरो भविष्य र भाग्य निर्धारित गर्न सक्छन् भन्‍ने सोचिरहेकी थिएँ, त्यसकारण मैले अगुवालाई चिढ्याएँ र मलाई दमन गरे, अनि मलाई कर्तव्य पूरा गर्नबाट रोके भने मैले मुक्ति पाउने सबै मौका गुमाउनेछु। मैले अगुवालाई परमेश्‍वरभन्दा उच्‍च ठानेँ। म कसरी विश्‍वासी थिएँ र? यसलाई सरल रूपमा भन्दा, म त गैरविश्‍वासी पो थिएँ। मानिसको भाग्य परमेश्‍वरकै हातमा छ। मेरो अन्तिम परिणाम के हुन्छ, र मैले मुक्ति पाउन सक्छु कि सक्दिनँ भन्‍ने कुरा पूर्ण रूपमा परमेश्‍वरकै हातमा छ। यसको बारेमा कुनै पनि मानवले निर्णय गर्दैन। विगतमा मैले अगुवाको कामका समस्याहरूलाई औँल्याउँदा मलाई दुर्व्यवहार गरिएको भए पनि, ब्रदर-सिस्टरहरूले पछि तिनी ख्रीष्टविरोधी हुन् भन्‍ने थाहा पाए र तिनलाई मण्डलीबाट निकालियो। मैले क्षणिक रूपमा ख्रीष्टविरोधीको अनुचित दमन सहेको कारण मुक्ति पाउने मौका गुमाएकी थिइनँ, तर मैले ख्रीष्टविरोधीहरूका बारेमा भेदशक्ति विकास गरेँ र केही पाठ सिकेँ। कतिपय ब्रदर-सिस्टरहरूले परमेश्‍वरको घरको कामको रक्षा गर्न झूटा अगुवा र ख्रीष्टविरोधीहरूको खुलासा र रिपोर्ट गर्छन्, त्यसपछि झूटा अगुवा र ख्रीष्टविरोधीहरूले तिनीहरूलाई दमन गर्छन् र तिनीहरूमाथि जाइलाग्छन्। कतिलाई त मण्डलीबाट समेत निकालिन्छ, तर तिनीहरूमा साँचो विश्‍वास रहेको र सुसमाचार सुनाउने र आफ्‍नो कर्तव्यलाई पूरा गर्ने कार्यलाई जारी राखेका कारण तिनीहरूसँग अझै पनि पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइ हुन्छ। तिनीहरूले अझै पनि असल कार्य गर्न र मुक्ति पाउन सक्छन्। जब ख्रीष्टविरोधीको खुलासा हुन्छ र उसलाई हटाइन्छ, तब तिनीहरूलाई मण्डलीमा फेरि आउन दिइन्छ। यसले मलाई के देखायो भने, परमेश्‍वर धर्मी हुनुहुन्छ र परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ। मलाई फेरि पनि त्यो मण्डलीको बारेमा याद आयो जहाँ कसैले पनि ख्रीष्टविरोधीको खुलासा गरेनन् र उसका दुष्ट कार्यहरूप्रति सबैले आँखा चिम्‍ले, आफूलाई व्यक्तिगत रूपमा प्रभाव नपार्ने कुरालाई बेवास्ता गरे, ख्रीष्टविरोधीलाई मण्डलीमा वाधा दिन छाडा छोडे। तिनीहरूलाई दमन नगरिएको र तिनीहरूले आफ्‍नो मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गरिरहन सकेका भए पनि तिनीहरू परमेश्‍वरको विरुद्धमा खडा हुँदै ख्रीष्टविरोधीको पक्षमा उभिरहे। अन्त्यमा सम्पूर्ण मण्डली परमेश्‍वरद्वारा घृणा र इन्कार गरिए। यसको बारेमा विचार गर्दा, मलाई के विश्‍वास भयो भने झूटो अगुवा वा ख्रीष्ट-विरोधीलाई रिपोर्ट नगर्नु भनेको शैतानको रक्षा गर्नु र परमेश्‍वरको स्वभावलाई चिढ्याउनु हो। मलाई अलिक डर लाग्यो, र आफैप्रति साँच्‍चै घृणा जाग्यो। यसले मलाई सत्यता अभ्यास गर्ने उत्प्रेरणा प्रदान गर्‍यो।

मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। यस विषयको सामना गर्ने क्रममा मैले परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिनुपर्थ्यो, त्यस कुरालाई प्रमुख मानेर मेरा गलत मनसायहरूलाई सचेत रूपमा त्याग्‍नु पर्नेथियो। मैले आफ्‍नो व्यक्तिगत हितहरूलाई पहिलो प्राथमिकता दिन छोड्नुपर्थ्यो। त्यसकारण म आफूले देखेका समस्याहरूलाई लेखेर ती कुरा माथिका अगुवालाई रिपोर्ट गर्न तयार भएँ। ठीक त्यही बेला, अरू एक-दुई जना सिस्टरहरूले पनि मलाई के बताए भने सिस्टर झोउले व्यावहारिक काम नगरेको, मण्डलीमा लामो समयदेखिका समस्याहरू समाधान नगरेको, आफ्‍नो इच्‍छा अनुसार मानिसहरूलाई बढुवा दिने गरेको र उचित व्यक्ति भेट्टाउन नसकेको बहाना बनाउँदै काममा अयोग्य रहेका कमजोर क्षमताका अनि आफ्‍नो कर्तव्यमा लापरवाही गर्ने कतिपय मानिसहरूलाई बर्खास्त गर्न नमानेको कुरा देखेका छन्। यसले मण्डलीको काममा ठूलो नोक्सान पुर्‍याएको थियो। सिद्धान्तहरू अनुसार, सिस्टर झोउ झूटो अगुवा थिइन्। त्यसकारण हामीले उनीबारे रिपोर्ट गर्दै मिलेर पत्र लेख्यौँ, र अगुवालाई बुझायौँ।

पछि, माथिका अगुवाहरूले अवस्थाको बारेमा खोजीनिधो गरे, र सिस्टर झोउले कहिल्यै व्यवहारिक काम नगरेकी, तानाशाही व्यवहार गरेकी र अरूलाई बन्धनमा राख्‍न आफ्‍नो हैसियतको प्रयोग गरेकी भन्‍ने पत्ता लगाए। उनलाई झूटो अगुवाको रूपमा पहिचान गरियो र उनको पदबाट हटाइयो। ब्रदर ली पनि मलजल डिकनको रूपमा अयोग्य रहेको पाइयो, त्यसकारण उनलाई अर्को कर्तव्य दिइयो। परिणाम यस्तो आएको देख्दा सबै प्रकारका भावनाहरू मनमा आए। मैले परमेश्‍वरको घरमा, ख्रीष्‍ट र सत्यताले नै राज गर्छ भन्‍ने देखेँ, र मैले सत्यतालाई अभ्यास गर्न अझै धेरै आत्मविश्‍वास प्राप्त गरेँ। म परमेश्‍वरप्रतिको कृतज्ञताले भरिएँ। ती शैतानी दर्शनशास्‍त्रहरूको नियन्त्रण र बन्धनबाट मलाई क्रमिक रूपमा मुक्त हुन सहायता गर्ने, र सत्यता अभ्यास गर्न, झूटो अगुवालाई रिपोर्ट गर्न, र गौरवको साथ जिउन सहायता गर्ने परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइप्रति म अत्यन्तै कृतज्ञ छु!

अघिल्लो: ६२. मैले कसरी ख्रीष्टविरोधीको रिपोर्ट गरेँ

अर्को: ६४. के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्