६. परमेश्वरविरुद्ध प्रतिरक्षात्मक हुनुको परिणाम के हुन्छ
सन् २०१३ मा मैले कर्तव्यमा सिद्धान्तको खोजी नगरेकी, आफ्नो अहङ्कारी स्वभावलाई मेरा कार्यमा हावी हुन दिएकी, यी सबैले मण्डलीको सुसमाचारको काममा बाधा र अवरोध ल्याएको थाहा पाएपछि मलाई झुटो अगुवा ठहर गरी बर्खास्त गरियो। म बर्खास्त भएपछिको समयमा मलाई निकै नकारात्मक र पछुतो महसुस भयो। परमेश्वरका वचन पढेर र आत्मचिन्तन गरेर मैले आफ्नो भ्रष्ट स्वभावबारे केही ज्ञान हासिल गरेँ, तर भित्रभित्रै अझैपनि परमेश्वरप्रति निकै प्रतिरक्षात्मक भइरहेकी थिएँ र सोचेँ, ममा यस्तो भ्रष्ट स्वभाव छ, मैले धेरै गम्भीर अपराध गरेकी छु, त्यसैले मैले भोलिका दिनमा कुनै महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नुहुँदैन। फेरि मैले अर्को अपराध गरेँ भने, कम्तीमा म बर्खास्त त हुने नै छु र गम्भीर परिदृश्यमा, मलाई पूर्णतया खुलासा गरी हटाइनेछ र मैले मुक्ति पाउने मौका गुमाउनेछु। विशेष गरी, प्रतिभा र क्षमता भएका, महत्त्वपूर्ण कर्तव्य निर्वाह गरेका मानिसहरू अन्ततः झुटा अगुवा भन्ने खुलासा भई बर्खास्त गरिएका वा ख्रीष्टविरोधी समेत ठहर गरिएका, र सत्यता नखोजेका, निरन्तर हैसियत र प्रतिष्ठा पछ्याएका, अहङ्कारी स्वभावका आधारमा कार्य गरेका, पश्चात्ताप गर्न असफल भएकाले मण्डलीको काममा बाधा र अवरोध ल्याएको भन्दै निष्कासित गरिएको देखेर मेरो सोच सही थियो भनी म झन् निश्चित भएँ। अबदेखि म ठूलो जिम्मेवारी र जोखिम नभएका कर्तव्य मात्र निर्वाह गर्नेछु, यसरी मसँग अझै पनि परमेश्वरको काम समाप्त हुँदा मुक्ति पाउने मौका हुनेछ। पछि, मेरो अगुवाले मलाई मण्डलीको सफाइ काम दिए। मैले मनमनै सोचेँ, “सफाइका काम गर्ने केही सिस्टरहरूलाई आफ्ना भ्रष्ट स्वभावअनुसार कार्य गरेको र सिद्धान्त पालना नगरेको, र त्यसले मण्डलीको काममा बाधा अवरोध गरेको भनी बर्खास्त गरिएको थियो। ममा सत्यताबारे तिनीहरूभन्दा कम ज्ञान छ, त्यसमाथि यति गम्भीर अहङ्कारी स्वभाव छ—यदि मैले अवरोध वा बाधा ल्याउने कुनै कार्य गरेँ भने मैले दुष्कर्म गरेकी हुनेछु!” यसमाथि विचार गरेपछि, मैले त्यो काम नलिने निर्णय गरेँ। त्यसपछि, अगुवाले मलाई लेखापढीको काम दिए, र यो काम पाउँदा म निकै खुसी भएँ। मैले सोचेँ, लेखापढीको काममा मैले मण्डलीका लागि ठूला निर्णय गर्नुपर्ने छैन, यसमा जोखिमपूर्ण परिस्थिति आउनेछैन, त्यसैले मैले खुसीसाथ यसलाई स्वीकार गरेँ। सन् २०१७ मा, मेरो अगुवाले मलाई फेरि खोजे, मण्डलीको सफाइ काममा सेवकहरूको एकदमै खाँचो भएको र मैले परमेश्वरको अभिप्रायलाई ख्याल गरी सफाइ टोलीमा एउटा भूमिका सम्हाल्ने आशा गरेको बताए। मलाई अझै पनि अलिक हिचकिचाहट भयो, तर फेरि सोचेँ, मैले त्यो काम एकपटक अस्वीकार गरिसकेकी छु, फेरि पनि भविष्य र सम्भावनाबारे सोचेर यसलाई अस्वीकार गरेँ भने मैले परमेश्वरलाई धोका दिइरहेको हुनेथ्यो। म यति विवेकहीन हुन सक्दिनथेँ! कष्टको बीच, मैले परमेश्वरलाई प्रार्थना गरी त्यस्तो अनुचित स्थितिबाट निकाल्न मार्गदर्शनको बिन्ती बिसाएँ।
पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “कतिपय मानिसहरू आफूले जति धेरै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनलाई समाधान गर्न सत्यता खोज्दैनन्। फलस्वरूप, परमेश्वरमा वर्षौँको विश्वासपछि पनि तिनीहरूका स्वभावहरू परिवर्तन भएका हुँदैनन्। तिनीहरू यस्तो सोच्छन्, ‘जब-जब म केही गर्छु, म मेरा भ्रष्ट स्वभावहरू प्रकट गर्छु; यदि मैले आफूलाई केही गर्नबाट रोकेँ भने, मैले भ्रष्ट स्वभाव प्रकट गर्नेछैनँ। के त्यसले उक्त समस्या समाधान गर्दैन र?’ के यो निसास्सिने डरले खान छोड्नु होइन र? यसको परिणाम के हुनेछ? यसले भोकमरी मात्र निम्त्याउन सक्छ। यदि व्यक्तिले भ्रष्ट स्वभावहरू प्रकट गर्छ र तिनलाई समाधान गर्दैन भने, त्यो सत्यतालाई नस्विकार्नु र एक्कासि मर्नुसरह हो। यदि तैँले परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता पछ्याउँदैनस् भने त्यसको परिणाम के हुनेछ? तैँले आफ्नो चिहान आफैले खनिरहेको हुनेछस्। भ्रष्ट स्वभावहरू परमेश्वरप्रतिको तेरो विश्वासका शत्रु हुन्; तिनले तँलाई सत्यता अभ्यास गर्न, परमेश्वरको काम अनुभव गर्न, र उहाँप्रति समर्पित हुनमा बाधा पुर्याउनेछन्। फलस्वरूप, तैँले अन्त्यमा परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनस्। के त्यो तैँले आफ्नै चिहान खन्नु होइन र? शैतानी स्वभावहरूले तँलाई सत्यता स्विकार्न र अभ्यास गर्नमा बाधा पुर्याउँछन्। तैँले तिनलाई पन्छाउन सक्दैनस्; तैँले तिनीहरूको सामना गर्नैपर्छ। यदि तैँले तिनलाई पार लगाउँदैनस् भने, तिनले तँलाई नियन्त्रण गर्नेछन्। यदि तैँले तिनलाई पार लगाउन सकिस् भने, तँ तीबाट बाधित हुन छोड्नेछस्, र तँ मुक्त हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनलाई मनन गर्दा म पनि अड्केला भन्ने डरले खाइरहेकी रहेनछु भन्ने बुझेँ। मैले सत्यता नखोजेकी, आफ्नै अहङ्कारी स्वभावअनुसार कार्य गरेकी र मण्डलीको सुसमाचार काममा बाधा अवरोध पुऱ्याएकी भनेर बर्खास्त भएकीले म प्रतिरक्षात्मक भएकी, गलतफहमीले भरिएकी थिएँ। म महत्त्वपूर्ण कर्तव्य लिन तयार भइनँ, र कुनै महत्त्वहीन कर्तव्य निर्वाह गर्नमा खुसी थिएँ—मेरा लागि महत्त्व राख्ने कुरा भनेको मैले कुनै गल्ती नगर्नु वा मलाई कुनै समस्या नहुनु थियो। जब मेरो सामु महत्त्वपूर्ण कर्तव्य आयो, तब थाहै नपाई म आत्मसुरक्षाको मनस्थितिमा पुगेँ। यदि मैले आफ्नो भ्रष्ट स्वभावलाई कार्यमा हावी हुन दिएँ र फेरि मण्डलीको काममा बाधा अवरोध भयो भने, मलाई सम्भवतः बर्खास्त गरी हटाइनेछ भन्ने चिन्ता थियो। म सधैँ काम अस्वीकार गर्न खोज्थेँ, यसो गरेर म आफूलाई जोगाउन सक्छु भन्ने लाग्थ्यो। म सधैँ आफ्नो स्वभावलाई सामना गर्नबाट बच्न खोजेँ, र यसलाई समाधान गर्न सत्यता खोजी गरिनँ। यदि म यसरी नै चलिरहेँ भने मेरो जीवन स्वभाव अलिकति पनि नबदलिने मात्र होइन, मुक्ति पाउने मेरो क्षमता पनि अनिश्चित हुनेथ्यो। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग पनि दिए, भ्रष्ट स्वभावलाई सामना गर्नबाट म जोगिनुहुँदैन, र यसलाई हल गर्न सत्यता खोज्नुपर्छ भनेर देखाए।
पछि, मैले कुन भ्रष्ट स्वभावले मलाई सधैँ परमेश्वरप्रति प्रतिरक्षात्मक हुन र दिएको कर्तव्य अस्वीकार गर्न लगाइरहेको छ भन्नेबारे चिन्तन गरेँ। एक दिन, मैले परमेश्वरका वचनको यो खण्ड फेला पारेँ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ निकै छली छस् भने, तँ सबै मानिस र मामिलाहरूप्रति सतर्क र शङ्कालु हुनेछस्, यसैले मप्रतिको तेरो आस्था शङ्काको जगमाथि निर्माण हुनेछ। म त्यस्तो आस्था कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्वरलाई शङ्का गर्न जिम्मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्वास पापभन्दा कम होइन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने)। परमेश्वरका वचनलाई राम्ररी मनन गरेपछि, आफूमा छली र दुष्ट प्रकृति रहेको बुझेँ—मेरा सोच अधर्मी व्यक्तिको जस्तै थियो, म सधैँ परमेश्वरबारे अड्कल लगाउँथेँ, खराब व्यक्तिविरुद्धझैँ उहाँविरुद्ध प्रतिरक्षात्मक हुन्थेँ। म ठान्थेँ, मलाई महत्त्वपूर्ण कर्तव्य दिनु भनेको मलाई खुलासा गरी हटाउनका लागि हो। मलाई पहिल्यै आफ्नो भ्रष्ट स्वभावको आधारमा अपराध गरेको, र मण्डलीको काममा बाधा अवरोध ल्याएको बिल्ला लागिसकेकोले, फेरि अर्को अपराधको बिल्ला लाग्यो भने म हटाइने जोखिममा पर्नेछु भन्ने चिन्ता थियो। र यसैले म परमेश्वरप्रति प्रतिरक्षा र गलतफहमीको स्थितिमा रहें। त्यसैले अगुवाले मण्डलीको सफाइ कामको सुपरिवेक्षण गर्ने काम दिँदा, मबाट मान्छेको बारेमा मूल्याङ्कन गर्ने कुरामा गल्ती होला भन्ने चिन्ता लाग्यो। यदि मैले गल्तीले असल व्यक्तिलाई नराम्रो गरेँ वा खराब व्यक्ति वा ख्रीष्टविरोधीलाई मण्डलीमा रहन दिएँ, अनि मण्डलीमाथि गोप्य खतरा घुमिरह्यो भने त्यसलाई ठूलो अपराध मानिनेछ र मलाई सायद हटाइनेछ। यस्ता कारणहरूले गर्दा मैले आफूलाई दिइएको काम नलिन र अस्वीकार गर्न बहाना बनाएँ। अहिले यसबारे चिन्तन गर्दा, मसँग बर्खास्त भएको अनुभव नहुँदो हो त आफूसँग यस्तो अहङ्कारी स्वभाव थियो भनेर कहिल्यै थाहा पाउने थिइनँ, मैले सत्यता नखोजेकी र काममा मनोमानी ढङ्गले कार्य गरेकी र ख्रीष्टविरोधको मार्गमा हिँडिरहेकी भन्ने कुरा त झन् थाहा पाउने थिइनँ। परमेश्वरले समयमै प्रयोग गर्नुभएको सजाय र ताडनाले मलाई आत्मचिन्तन गर्न लगायो, र आफू हिँडिरहेको गलत मार्गबाट बाहिर ल्यायो। परमेश्वरको कार्य नभएको भए, आफ्नै अहङ्कारी र घमण्डी स्वभावको वशमा परेर मैले कस्तो भयङ्कर दुष्टता गर्नेथिएँ, के थाहा। बर्खास्त भएकीले मैले केही कष्ट भोग्नुपरेको भएपनि यो बर्खासी वास्तवमा परमेश्वरले मलाई रक्षा गर्ने तरिका थियो र यो उहाँको इमानदार अभिप्रायले ओतप्रोत थियो। यो असफलताले ममा गहिरो छाप पाऱ्यो: यसले मलाई अहङ्कारी स्वभावअनुसार काम गर्दा हुने परिणामको गम्भीरता देखायो, र परमेश्वरको धर्मी स्वभावले उल्लङ्घन सहँदैन भन्ने कुराको अनुभव गरायो। अबको मेरो कर्तव्यमा मैले अहङ्कारी स्वभावलाई आफ्नो कार्यमा हावी हुन दिनुहुँदैन, बरु परमेश्वरको डर मान्ने हृदय राख्नुपर्छ भनी आफूलाई सम्झाएँ। मेरोसामु समस्या आउँदा म अरूको सुझाव लिनेछु, र ठूलो गल्ती गर्नबाट बच्न सत्यता सिद्धान्त खोज्नेछु। परमेश्वरको स्वभाव धर्मी र असल छ, उहाँको प्रेम र मुक्ति झुटोपनरहित अनि व्यावहारिक र वास्तविक छन्। मैले आत्मचिन्तन गरी बुझाइ प्राप्त गरेसम्म परमेश्वरले अभ्यास गर्ने मौका दिनुहुनेथ्यो, तर म सधैँ परमेश्वरबारे अड्कल गर्थेँ, उहाँविरुद्ध प्रतिरक्षात्मक रहन्थेँ, र उहाँ समान्य मान्छेजस्तै छुद्र र अविवेकी हुनुहोला, उहाँमा निष्पक्षता र धार्मिकता नहोला भन्ने ठान्थेँ, परमेश्वरले यो कर्तव्य मलाई खुलासा गरी हटाउन मात्र प्रयोग गर्दै हुनुहुन्छ भन्ने लाग्थ्यो—के मैले परमेश्वरको निन्दा गरिरहेकी थिइनँ र? म कति छली रहेछु! परमेश्वरलाई इमानदार मानिस मन पर्छ, र इमानदार मानिसले सत्यतालाई स्वीकार गरी अभ्यास गर्न सक्छन्। जहाँसम्म मेरो कुरा छ, मेरो छली स्वभावले मलाई परमेश्वरमाथि शङ्का गर्ने बनायो, उहाँविरुद्ध प्रतिरक्षात्मक हुने बनायो। मैले बारम्बार आफूलाई दिइएको कर्तव्य सारेँ र खुला र इमानदार हृदयले जिम्मेवारी र कर्तव्य पूरा गर्न असमर्थ भएँ। यदि म यसरी नै चल्दै गएमा, आफैलाई खत्तम पार्ने थिइनँ र? यो बुझेर मलाई निकै पछुतो भयो, र मैले मनमनै परमेश्वरलाई प्रार्थना गरी कर्तव्य निर्वाह गर्ने अवसरको कदर गर्न इच्छुक छु, सफाइको काम राम्ररी गर्न परमेश्वरमा भर पर्छु, दिएको कर्तव्यप्रति प्रतिरोधी हुन र त्यसलाई इन्कार गर्न छोड्नेछु भनेँ।
त्यसपछि, मैले मण्डलीमा सफाइको काम सुरु गरेँ। एक दिन, एउटा निष्कासनको घटनाले मेरो ध्यान खिच्यो। निष्कासनमा पर्ने व्यक्ति सुश्री ली थिइन्, उनी मेरो पूर्व घरबेटी थिइन्। उनले सधैँ घरबेटीको रूपमा सेवा गरेकी थिइन् उनले कम महत्त्वको कर्तव्य गरेको देखेर मलाई डाह समेत भएको थियो किनभने उनले ठूलो अपराध गर्ने सम्भावना कम छ भन्ने म ठान्थेँ—त्यसरी आस्थाको अभ्यास गर्नु कम जोखिमपूर्ण हुनेथियो। तर, वास्तविकताले मेरो धारणाको खण्डन गऱ्यो—महत्त्वपूर्ण कर्तव्य नगरेको भएपनि सुश्री लीको अहङ्कारी स्वभाव कहिल्यै बदलिएन, र आफ्नी मण्डली अगुवा छोरीलाई समेत प्रयोग गरेर र फकाएर मण्डलीमा नियन्त्रण राख्ने व्यर्थ प्रयास गरिरहन्थिन्, जसले मण्डलीमा अराजकता ल्याएको थियो। मलाई के पनि लाग्यो भने, अविश्वासी र दुष्ट मानिस भनेर खुलासा भएका धेरै मानिसले महत्त्वपूर्ण कर्तव्य गरिरहेका थिएनन्, तर सत्यता नपछ्याएको, शैतानी स्वभावअनुसार मनपरी र स्वेच्छाचारी भएर कार्य गरेको, पश्चात्ताप गर्न असफल भएको, हर प्रकारका दुष्टता गरेकाले अन्ततः हटाइएका थिए। यो बुझाइबाट म निकै प्रभावित भएँ र पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “कतिपय मानिस सोच्छन्, ‘अगुवाका रूपमा सेवा गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छ अनि उसले आफ्नै विनाश निम्त्याइरहेको हुन्छ, किनभने जब कुनै व्यक्तिले अगुवाका रूपमा सेवा गर्छ, तब उसले अनिवार्य रूपमा परमेश्वरसामु भ्रष्टता प्रकट गर्छ। यदि तिनीहरूले यो काम नगरेका भए के यति धेरै भ्रष्टता प्रकट हुनेथियो?’ कस्तो हास्यास्पद विचार! के तँ तैँले अगुवाका रूपमा काम गरिनस् भने भ्रष्टता प्रकट गर्नेछैनस् भन्ने सोच्छस्? अगुवा नहुनुले, तैँले कम भ्रष्टता प्रकट गरे पनि, मुक्ति पाउनेछस् भनेर जनाउँछ? यो तर्कअनुसार, के अगुवाका रूपमा सेवा नगर्नेहरू सबै बाँच्न र मुक्ति पाउन सक्नेहरू हुन्? के यो कथन धेरै हास्यास्पद छैन र? अगुवाका रूपमा सेवा गर्ने मानिसहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि परमेश्वरको काम अनुभव गर्न मार्गदर्शन गर्छन्। यो माग गरिएको मानक उचालिएको छ, त्यसैले अगुवाहरूले पहिलोपटक तालिम लिन थाल्दा केही भ्रष्ट स्थिति प्रकट गर्नु अवश्यम्भावी छ। यो सामान्य हो, र परमेश्वर यसलाई निन्दा गर्नुहुन्न। परमेश्वर यसलाई निन्दा गर्नुहुन्न मात्रै होइन, तर उहाँ यी मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, ज्योति दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूलाई बोझहरू प्रदान गर्नुहुन्छ। जबसम्म तिनीहरू परमेश्वरको मार्गदर्शन र काममा समर्पित हुन सक्छन्, तबसम्म तिनीहरूले साधारण मानिसहरूले भन्दा छिटो जीवनमा प्रगति गर्नेछन्। यदि तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिने मार्गमा लाग्न सक्छन्। यो नै परमेश्वरद्वारा सबैभन्दा बढी आशिष् दिइएको कुरा हो। कतिपय मानिसले परमेश्वरको धार्मिकता देख्न सक्दैनन्, न त तिनीहरूले परमेश्वर हरेक व्यक्तिप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भनेर नै देख्न सक्छन्, र यहाँसम्म कि तिनीहरू तथ्यहरूलाई बङ्ग्याउँछन्। तिनीहरूको बुझाइअनुसार, अगुवाको भूमिकामा रहेका मानिसहरू जतिसुकै परिवर्तन भए पनि, परमेश्वरले यो हेर्नुहुनेछैन, र उहाँले अगुवा र कामदारहरूले कति भ्रष्टता प्रकट गर्छन् भनेर मात्र हेर्नुहुनेछ, र केवल यसैका आधारमा तिनीहरूलाई निन्दा गर्नुहुनेछ; र जो अगुवा र कामदारहरू होइनन्, तिनीहरूका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले कम भ्रष्टता प्रकट गर्ने हुनाले, तिनीहरू परिवर्तन नभए पनि, परमेश्वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्वरविरुद्ध निन्दा होइन र? यदि तँ आफ्नो हृदयमा परमेश्वरको यति गम्भीर रूपमा प्रतिरोध गर्छस् भने, के तँ मुक्ति पाउन सक्छस्? सक्दैनस्। परमेश्वर मानिसहरूका परिणामहरू मुख्यतया तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, र यो मुख्यतया तिनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि कसैले सत्यता पछ्याउँछ भने, उसले अपराध गर्दा अनि न्याय र सजाय सामना गर्दासमेत, साँचो रूपमा पश्चात्ताप गर्न सक्छ। जबसम्म उसले परमेश्वरको निन्दा हुने तरिकामा बोल्दैन वा कार्य गर्दैन, तबसम्म उसले निश्चित रूपमा मुक्ति प्राप्त गर्न सक्छ। तिमीहरूको कल्पनाअनुसार, अन्त्यसम्म परमेश्वरलाई पछ्याउने सबै साधारण विश्वासीहरूले मुक्ति प्राप्त गर्न सक्छन्, जबकि अगुवाका रूपमा सेवा गर्नेहरू सबै हटाइनेछन्। यदि तिमीहरूलाई अगुवा बन्न भनिएको भए, तिमीहरूले यो नगर्नु ठिक हुँदैन भनी सोच्नेथ्यौ, तर यदि तिमीहरूले अगुवाका रूपमा सेवा गरेका भए, तिमीहरूले आफूले नचाहेर पनि निरन्तर भ्रष्टता प्रकट गर्नेथ्यौ, र अन्त्यमा परमेश्वरले तिमीहरूलाई निन्दा नगरिन्जेल र नहटाइन्जेल जति लामो समय सेवा गर्थ्यौ, त्यति नै बढी भ्रष्टता प्रकट गर्नेथ्यौ। तिमीहरूलाई यस्तो लाग्नेथ्यो मानौँ तिमीहरू फाँसीको तख्तामा पर्खिरहेका छौ। के यो पूर्ण रूपमा परमेश्वरप्रतिको तिमीहरूको गलतफहमीको कारणले भएको होइन र? यदि मानिसहरूका परिणामहरू तिनीहरूले प्रकट गर्ने भ्रष्टताद्वारा निर्धारण गरिएका भए, कसैले पनि मुक्ति पाउन सक्थेन। त्यस्तो अवस्थामा, परमेश्वरले मुक्तिको काम गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानिसहरूले परमेश्वरको धर्मी स्वभाव देख्न सक्नेथिएनन्। तसर्थ, तिमीहरू सबैले परमेश्वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्वरको साँचो ज्ञान छैन भन्ने देखाउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनबाट मैले सिकेँ कि मानिसले के कर्तव्य गर्छन्, कति भ्रष्टता प्रकट गरेका छन् ती कुराका आधारमा परमेश्वरले तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्न, बरु तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, भ्रष्टता प्रकट गरेपछि भ्रष्ट स्वभाव हल गर्न केन्द्रित हुन्छन् हुँदैनन् भन्ने आधारमा गर्नुहुन्छ। परमेश्वरले शैतानबाट भ्रष्ट तुल्याइएकालाई मुक्ति दिनुहुन्छ; परमेश्वरले मानिसको परिणाम तिनीहरूले प्रकट गरेको भ्ष्टताको आधारमा निर्धारण गर्नुहुन्थ्यो त हामी सबै हटाइसकिने थियौँ। अनि मुक्ति चैँ कसले पाउन सक्थ्यो र? मेरो विश्वास निकै हास्यास्पद थियो। मैले महसुस गरेँ कि अगुवा र सुपरिवेक्षकको भ्रष्टता र कमजोरी बारम्बार खुलासा भए पनि, तिनीहरूले सत्यता पछ्याउञ्जेल, बारम्बार आत्मचिन्तन गरुञ्जेल र समस्या हल गर्न सत्यता खोजुञ्जेल, तिनीहरूले झन् धेरै सत्यता बुझ्दै जानेछन्, र तिनीहरूको जीवन प्रवेश पनि धेरै छिटो अघि बढ्नेछ। मैले सोचेँ, खुलासा भएर हटाइएका झुटा अगुवा र ख्रीष्टविरोधीहरूले अगुवा र सुपरिवेक्षक भएर सेवा गरेका कारण त्यो नियति भोगेका थिएनन्, बरु तिनीहरू सबैले सत्यताप्रति वितृष्ण भएका, प्रतिष्ठा र हैसियतको निरन्तर खोजी गरेका, मण्डलीको कामलाई बाधा दिने दुष्कर्म गरेका, र धेरैपटक काँटछाँट हुँदा पनि पश्चात्ताप गर्न असफल भएका कारण भोगेका थिए। मैले सत्यता नपछ्याएकी र सही मार्गमा नहिँडेकी हुनाले त्यसअघि अगुवाको कर्तव्यबाट बर्खास्त गरिएको रहेछ भन्ने नि थाहा पाएँ—महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्ने कुरासँग यसको सम्बन्ध थिएन। तैपनि म यो तथ्य बुझ्न असफल भएँ मेरो पतन र असफलताको मूल कारणमाथि चिन्तन गरिनँ, अघि बढ्दा सचेत हुनुपर्ने पाठ सिकिनँ, बरु परमेश्वरको बारेमा अड्कल लगाउन र उहाँको मूल्याङ्कन गर्न भ्रामक दृष्टिकोण प्रयोग गरेँ। यो परमेश्वरको निन्दा थिएन र? मैले पत्रुसलाई सम्झेँ, जो परमेश्वरको न्याय र सजायमा रमाउँथे। परमेश्वरको न्याय र सजायले उनको साथ छोडेमा उनी आत्तिन्थे, बेचैन हुन्थे र अब जिउन सक्दिनँ भन्ठान्थे। पत्रुसले सम्पूर्ण हृदयले सत्यतालाई प्रेम गर्थे, सकारात्मक कुराको तृष्णा गर्थे, परमेश्वरको न्याया, सजाय, ताडना र अनुशासनको कदर गर्थे। त्यस वातावरणमा उनले आफ्ना कमीकमजोरीमा विचार गर्न सके, सत्यता खोजी गर्न र परिवर्तन पछ्याउन सके। जहाँसम्म मेरो कुरा छ, असफल भई खुलासा भएपछि म प्रतिरक्षा, गलतफहमी, नकारात्मकता र प्रतिरोधको स्थितिमा धसिएँ। मलाई डर थियो, यदि मैले अर्को महत्त्वपूर्ण कर्तव्य सम्हालेँ भने म फेरि खुलासा हुनेछु, त्यसैले मैले बारम्बार मलाई दिएको काम लिँन मानिनँ। मैले देखेँ, म सत्यताप्रति साँच्चै नै वितृष्ण रहेछु। मैले सधैँ आफ्नो भ्रष्ट स्वभाव लुकाउन चाहेँ, तर यसो गरेर, मैले आत्मज्ञान पाउन सकिनँ, सत्यता खोजेर मेरा समस्या समयमै समाधान गर्न त झन् सक्षम भइनँ। अन्ततः, मेरो स्वभाव कहिल्यै बदलिनेथिएन र मैले मुक्तिको मौका गुमाउनेथेँ। मैले पत्रुसको अनुभवबाट केही अभ्यासका मार्ग पाएँ: जब म भ्रष्टता प्रकट गर्छु, म आफूलाई चिन्न र सत्यता खोजेर यसको समाधान गर्न केन्द्रित हुनुपर्छ, र मैले अरूको असफलताको पाठलाई आफ्नो चेतावनीको रूपमा समेत लिनुपर्छ।
सन् २०२१ को अगस्टमा, ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवा चुने। तर म यो जिम्मेवारी लिन अझै आनाकानी गर्दैथिएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे, परमेश्वर, म यो कर्तव्य सम्हालेर आफूले गर्नुपर्ने योगदान गर्न चाहन्छु, तर धेरै चिन्ता लाग्छ। बिन्ती मलाई मार्गदर्शन र निर्देशित गर्नुहोस्।” प्रार्थनापछि, मैले सम्झेँ, परमेश्वरका वचन खाँदै र पिउँदै गर्दा, मानिसलाई कर्तव्य गर्न लगाउनुको परमेश्वरको उद्देश्य तिनीहरूलाई हटाउन नभएर सत्यता खोज्ने, स्वभाव रूपान्तरण हासिल गर्ने र कर्तव्य निर्वाहको क्रममा मुक्ति पाउने मौका दिनु रहेछ भन्ने थाहा पाएँ। मण्डली अहिले विभाजित भएको अवस्थामा मण्डलीको कामका लागि धेरै हात चाहिएका छन् भन्ने पनि मैले सम्झेँ—त्यस निर्णायक घडीमा, मैले आफ्नै हितबारे मात्र सोच्नुहुँदैन। यसले फेरि आफ्नो कार्यभार अस्वीकार गर्नु मानवताको ठूलो कमी हो भन्ने देखाउनेथ्यो! मैले परमेश्वरको अभिप्रायलाई ख्याल गरी आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न जरुरी थियो। पछि, मैले सोचिरहेँ, “मलाई महत्त्वपूर्ण कर्तव्य दिइँदा म किन डरपोक र भयभीत हुन्छु? यसको पछि कस्ता अनुचित अभिप्रायहरू छन्?” मेरो खोजीको क्रममा मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “ख्रीष्टविरोधीहरू परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष् र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापरवाही गर्नै हुँदैन! परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्वरमा समेत भर पर्न सकिँदैन। म तीमध्ये कसैलाई भरोसा गर्न सक्दिनँ। तँ सबभन्दा बढी भर पर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन्, जबकि आशिष्हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्। त्यसैले, आफ्ना कर्तव्य अह्रावटमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष पाउने आशा छ भन्ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो भने, तिनीहरू यो ठूलै समस्या हो भन्ने अनुमान गर्छन् र आशिष्हरू पाउने आशा थोरै छ भन्ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण बेतुकको छ!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनले कसरी ख्रीष्टविरोधी केवल आशिष् पाउन परमेश्वरमा विश्वास गर्छन्, कर्तव्यमा आफ्ना हितलाई उच्च प्राथमिकता दिन्छन्, र आशिष् प्राप्तिलाई अत्यन्त महत्त्व दिन्छन् भनी खुलासा गरे। मेरा आफ्नै व्यवहारबारे चिन्तन गर्दा म पनि ख्रीष्टविरोधी जस्तै रहेछु। मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भन्ने सोचिनँ, बरु आशिष् पाउनुलाई प्राथमिकता दिएँ। कर्तव्यमा म सधैँ डरपोक र सतर्क रहेँ, मबाट चूक भयो र अपराध गरेको बिल्ला आयो भने आशिष् पाउने मौका गुमाउनेछु भनी सधैँ चिन्तित हुन्थेँ। मेरो यस्तो व्यवहार “अरूको होइन आफ्नो दुनो सोझ्याउनुपर्छ” र “योग्यता नखोज, बरु आरोपबाट बच” भन्ने शैतानी दर्शनको नतिजा रहेछ, जुन मेरो हृदयमा गहिरोसँग गडेको थियो र मेरो जीवन सिद्धान्तका रूपमा क्रियाशील थियो। मैले यही मात्र ठानेँ कि मानिसले आफ्नो निम्ति जिउनुपर्छ, र आशिष् पाउन परमेश्वरमा विश्वास गर्नु सही र उचित हो। मण्डलीले कर्तव्य निर्वाहका लागि मलाई खोज्दा मैले आफूलाई कुन कर्तव्यले आशिष् पाउने सबभन्दा राम्रो मौका दिन्छ भनेर तौलिरहेँ, सोही समयमा आफ्नो कमजोरी र भ्रष्टता प्रकट हुने जोखिम लिइनँ, र कुनै ठूलो गल्ती हुनसक्ने परिस्थितिमा जोगिएँ। म यी सर्तहरू पूरा हुने कर्तव्यमात्र गर्न इच्छुक थिएँ। यसको विपरीत, मैले आशिष् नपाउने कुनै पनि कर्तव्यलाई इन्कार र प्रतिरोध गरेँ। आशिष प्राप्तिको चाहना मेरो कर्तव्य निर्वाहको हरेक पक्षमाथि हावी थियो, र कुन कर्तव्य स्विकार्ने भन्नेमा म निकै किचकिचे बनेकी थिएँ—मैले मण्डलीको कामलाई अलिकति पनि ख्याल गरिनँ। परमेश्वरप्रति मेरो समर्पण र बफादारी कहाँ थियो? म संसारसँग व्यवहार गर्ने शैतानी दर्शनअनुसार जिएकी थिएँ, परमेश्वरबाट सट्टामा सधैँ केही पाउन खोज्थेँ, र आफ्नो सम्भावना र गन्तव्यका खातिर आफूलाई दिइएको कर्तव्य अस्वीकार गर्थेँ। मैले परमेश्वरलाई धोका दिइरहेकी थिइनँ र? मैले जति सोचेँ, उति परमेश्वरमाथि विश्वास गर्नुको मेरा अभिप्राय निकै घृणित रहेको पाएँ। यदि मैले यो समस्या हल नगरेकी भए यो व्यवधान बनेर मलाई परमेश्वरमा विश्वासको सही मार्गमा कदम राख्नबाट रोक्नेथियो। वास्तवमा, म यसरी नै चलिरहेँ र मेरो जीवन स्वभाव बदलिएन भने परमेश्वर रुष्ट भई अन्नतः मलाई हटाउनुहुनेथ्यो। मैले पावललाई सम्झेँ, उनले आफ्नो सारा जीवन मुकुट र इनाम पाउनका लागि मात्रै परमेश्वरमा समर्पित गरेका थिए। आफ्नो कामको दौरान उनले सत्यता वा स्वभाव परिवर्तन पछ्याएनन्, र धेरै वर्षसम्म काम गरेपनि, उनको शैतानी स्वभाव जस्ताको तस्तै रह्यो। अन्तमा, उनले परमेश्वरको प्रतिरोध गरेका कारण उहाँबाट दण्ड पाए। म पावल हिँडेकै बाटोमा हिँडिरहेकी थिएँ, र मैले पश्चात्ताप गरिनँ भने, परमेश्वर सत्यता नपछ्याएको भनी मसँग रुष्ट हुनुहुनेथ्यो र म हटाइने थिएँ! मैले परमेश्वरसामु घुँडा टेकेर प्रार्थना गरेँ: “हे परमेश्वर, म कति स्वार्थी र घृणित रहेको रहेछु भन्ने बल्ल बुझेकी छु, आस्थामा प्रवेश गरेदेखि नै मैले आशिषमात्र खोजेकी छु। म यो गलत बाटोमा हिँडिरहन चाहन्नँ। म केवल आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउने मार्गमा हिँड्न चाहन्छु।”
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड भेटेँ, जसले मलाई कर्तव्य निर्वाह गर्नुको अर्थ र मूल्य राम्रोसँग सम्झाए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गर्ने भए पनि, यो सबैभन्दा उचित कुरा हो, र मानवजातिमाझ सबैभन्दा सुन्दर र न्यायवान् कुरा हो। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य यो मानव संसारमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र सद्गुणी हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यस समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्ने, सृष्टिकर्ताले व्यक्त गरेका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरूअनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा गुञ्जायमान गवाही हो, र परमेश्वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृजित प्राणीले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। … जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। वास्तवमा, जसरी छोराछोरीको आमाबुबाप्रति कर्तव्यपरायण बन्ने दायित्व र जिम्मेवारी हुन्छ, त्यसरी नै सृजित प्राणीको आफ्नो कर्तव्य निर्वाह गर्ने जिम्मेवारी हुन्छ। कर्तव्य निर्वाह गर्दा कुनै प्रकारको लेनदेन सामेल हुनुहुँदैन। म एउटा सृजित प्राणी हुँ, र परमेश्वरले मलाई जीवन अनि आवश्यक सबै कुरा दिनुभएको छ, र उहाँले अनुग्रहपूर्वक उहाँसामु आएर उहाँका वचनको आपूर्ति लिने र कर्तव्य निर्वाह गर्ने मौका दिनुभयो—यो परमेश्वरको प्रेम र कृपाको प्रतीक हो। परमेश्वरलाई म कर्तव्य गर्ने क्रममा सत्यता खोजी गरेर जीवन प्रवेशलाई पछ्याउनेछु भन्ने आशा छ। मेरा लागि उहाँबाट योजनाबद्ध परिस्थितिको माध्यमबाट मैले आत्मचिन्तन गरी आत्मज्ञान हासिल गर्नेछु, र आफ्नो भ्रष्ट स्वभाव हल गर्नेछु, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गतर्फ पाइला बढाउनेछु, आफ्नो भ्रष्टता फालेर उहाँको मुक्ति पाउनेछु भन्ने उहाँको कामना छ। मैले आशिष् पाउने आफ्नो अभिप्राय र चाहनालाई पन्छाउनु, मेरो हृदय परमेश्वरमा अर्पित गर्नु र परमेश्वरको हृदयलाई सान्त्वना दिन आफ्नो जिम्मेवारी र कर्तव्य इमानदारीपूर्वक गर्नु थियो। त्यसपछि, मैले कर्तव्यमा निकै स्वतन्त्र महसुस गरेँ; म अझै पनि परमेश्वरविरुद्ध प्रतिरक्षा र गलतफहमी राख्ने भएपनि, मैले सचेत भई सत्यता खोजी गर्न, आफैविरुद्ध विद्रोह गर्न, मण्डलीका हितलाई प्राथमिकता दिन, सत्यता सिद्धान्तअनुसार कर्तव्य निर्वाह गर्न सुरु गरेँ, र डरपोक र सतर्क हुन छोडेँ। यसरी अभ्यास गर्न थालेपछि मलाई निकै शान्ति र सहज महसुस भयो।
यो पूरै अनुभवबारे फेरि सोच्दा अगुवा हुँदा होस् वा बर्खास्तमा पर्दा, परमेश्वरले सावधानीपूर्वक यी सबै परिस्थिति रच्नुको कारण मलाई आत्मज्ञान दिन र मेरो भ्रष्टता फाल्न नै थियो। परमेश्वरका वचनका अन्तर्दृष्टि र ज्योतिले मलाई आफ्नो भ्रामक विचार, कर्तव्यमा रहेका भ्रष्टता र अशुद्धता चिन्न सहयोग गरे, अनि मानवलाई मुक्ति दिने परमेश्वरको इमानदार अभिप्राय बुझाए, र अन्ततः मलाई आफ्नो गलतफहमी र प्रतिरक्षात्मकताबाट मुक्त हुन सहयोग गरे।