१३. इमानदार भएर गरिएको रिपोर्टको दमन हुँदा
म मलजल समूह अगुवा भएको बेला, मेरिलिन मण्डली अगुवा थिइन् जसले मेरो कामको निरीक्षण गर्थिन्। हाम्रा कुराकानी मार्फत्, मैले उनी कुरा धेरै गर्ने अनि काम पूरा गर्ने समयमा भने केही नगर्ने प्रवृत्तिकी भएको पाएँ। उनी परिणाम प्राप्तिमा केन्द्रित हुनुको सट्टा नारा भट्याउँथिन्, अनि वास्तविक समस्या निराकरण गर्न सक्दिनथिन्। उनले हामीलाई हाम्रा कर्तव्यमा आएका समस्या र विचलनको संक्षेपीकरण र हल गर्न अगुवाइ गर्दिनथिन्, अनि परमेश्वरका वचन र सान्दर्भिक सिद्धान्तहरूमाथि सङ्गति गर्ने वा अभ्यासको बाटो देखाउने गर्दिनथिन्। उनले गर्ने भनेको खालि भाषण दिनु र हामीलाई गाली गर्नु मात्र थियो। ब्रदर-सिस्टरहरूले सुझाव दिँदा उनी प्राय: तिनलाई अस्वीकार गर्थिन्। यी व्यवहारले मलाई उनी झुटो अगुवा हुन् कि भन्ने लाग्यो, त्यसैले मैले उनीभन्दा वरिष्ठ, जेसिकासँग सम्पर्क गरी यसबारे कुरा गर्न चाहेँ। तर त्यहीबेला मैले सोचेँ: “जेसिका र मेरिलिन प्राय: भेट्छन्, अनि उनीहरू धेरै काम सँगै गर्छन्। मैले मेरिलिनमा देखेका समस्या जेसिकाले पक्कै देख्न सकेको हुनुपर्छ, अझ, मेरिलिन थुप्रै समूहका कामको लागि उत्तरदायी छिन्, अनि एक दर्जनभन्दा बढी समूह अगुवाहरूको निरीक्षण गर्छिन्। उनीहरूले पनि उनका समस्या देखेका छैनन् र? उनीहरूमध्ये कसैले पनि रिपोर्ट गरेका छैनन् भने म किन बोल्नु पर्यो? म गलत रहिछु भने अनि म मेरिलिनप्रति पूर्वाग्राही छु र उनको कमजोरी फेला पार्न लागेकी छु भनेर जेसिकाले भनिन् भने? सायद मैले आफ्नो गर्दन थाप्नु हुन्न, यसो गर्दा म कुनै झमेलामा पर्ने छैन।” तर त्यहीबेला मैले म विगतमा कसरी झुटा अगुवा तथा ख्रीष्टविरोधीद्वारा पीडित भएकी थिएँ भन्नेबारे विचार गरेँ। त्यतिबेला पनि मैले तिनीहरूविरुद्ध तत्कालै रिपोर्ट गरेकी थिइनँ, र तिनीहरूले धेरै मण्डलीका काम बिगारेका थिए, अनि ब्रदर-सिस्टरहरूको जीवन प्रभावित भएको थियो। मैले मेरिलिनका समस्याबारे तत्कालै रिपोर्ट नगर्ने हो भने मण्डली हितको रक्षा गरिरहेकी हुने थिइनँ। जब मेरो मनमा फ्याट्ट यस्तो विचार आयो, मैले असहज महसुस गरेँ, र मैले सोचेँ यसबारेमा अरू ब्रदर-सिस्टरहरूसँग मैले कुरा गर्नुपर्छ अनि उनीहरूले के भन्छन् हेर्नुपर्छ। म ब्रदर जोर्डनकहाँ गएँ, र उनले पनि मेरिलिनले वास्तविक मुद्दाहरू निराकरण नगरेको, कामका बारेमा थप जानकारी नलिएको वा सोधखोज नगरेको, अनि पेशागत सिपका कुरा आउँदा, उनले ब्रदर-सिस्टरहरूलाई सिद्धान्तमा प्रवेश गर्न नसिकाएको वा सहयोग नगरेको आफूले पत्ता लगाएको बताए। उनले मेरिलिन काम बाँडफाँडका बेला तानाशाही र अव्यवस्थित भएको, अनि कामको प्राथमिकता निर्धारण गर्न असफल भएको पनि बताए। यसले गर्दा कार्यकुशलता र कार्यप्रभावकारितामा वास्तवमै नोक्सान पुगेको र कामकुराहरू गम्भीररूपमा ढिला भएका थिए। अरूले यसका बारेमा सावधान गराउँदा उनले यसलाई गम्भीर रूपमा लिन्नथिन्। भेला अवधिमा, उनले आफूले कसरी चिन्तन गरेँ, आफ्नैबारे ज्ञान प्राप्त गरेँ अनि समस्या पर्दा परमेश्वरका वचन अभ्यास गरेँ भन्नेबारे कहिल्यै सङ्गति गरिनन्। उनी खालि वचन र धर्मसिद्धान्त भट्भटाउँथिन्, सुन्दा राम्रा लाग्ने केही केही कुरा भन्थिन् तर वास्तविक काम केही गर्दिनथिन्। मैले देखेकै समस्या जोर्डनले पनि देखेको भन्ने सुनेपछि, म मेरिलिन वास्तविक काम नगर्ने झुटो अगुवा हुन् भन्नेमा निकै विश्वस्त भएँ। उनी यही पदमा रहिरहे यसले मण्डलीको कार्यमा ठुलो हानि पुर्याउने थियो। मेरिलिनका समस्या गम्भीर छन् र यिनका बारे जेसिकालाई तुरून्तै रिपोर्ट गर्नुपर्छ भन्ने मैले महसुस गरेँ। तर त्यै बेला, मैले के सम्झेँ भने मेरिलिनले मेरा कामको प्रत्यक्ष निरीक्षण गर्छिन्, त्यसैले मैले कुरा लगाएपछि उनी बर्खास्त भइनन् र मैले रिपोर्ट गरेको उनले थाहा पाइन् भने, उनले मेरो जीवन निकै कठिन बनाउलिन् वा मलाई नै बर्खास्त गर्लिन्। पद प्राप्त गरेको केही समयमै यसलाई गुमाएमा म निकै अपमानित हुने थिएँ। भनिन्छ “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ”, त्यसैले मेरिलिनका बारे रिपोर्ट गर्ने म पहिलो व्यक्ति बन्नु हुन्न भन्ने मैले सोचेँ। जोर्डनसँग कुरा गरौँला र बरू उनलाई यो कुरा अगाडि ल्याउन लगाउँला अनि उनको रिपोर्टको समर्थन गरौँला भन्ने मैले निर्णय गरेँ। यसरी म कुनै जोखिममा पर्ने थिइनँ। तर जब मैले उनीसँग कुरा गर्ने प्रयास गरेँ, मैले कुनै शब्दै निकाल्न सकिनँ। मैले के विचार गरेँ भने बरू मैले कुर्नुपर्ला र कुरा कसरी अगाडि बढ्दा रहेछन् हेर्नुपर्ला। तर परमेश्वरले मानिसका हृदय र मन देख्नुहुन्छ, अनि चुप लगेर बस्ने कुराले मलाई असहज महसुस भयो। मैले बिलकुल दोषी र अपराधी महसुस गरेँ, त्यसैले यो विषय मार्फत् आफूलाई बुझ्नका लागि ज्ञान दिन अनुरोध गर्दै मैले परमेश्वरको प्रार्थना गरेँ।
त्यसपछि मैले परमेश्वरका वचनको एउटा अनुच्छेद पढेँ जसले मेरो स्थितिमाथि प्रकाश पारिदियो: परमेश्वर भन्नुहुन्छ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्याइरहेका, र परमेश्वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्वरको घरका हितहरूमा हानि पुग्नुसँग मेरो के सम्बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्बन्ध छैन। यो मेरो जिम्मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीवचन नियन्त्रित गर्छन्। … तैँले भन्ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्ना जिम्मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ बस झाराटारुवा मात्र हुन्छस्। तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्छस्। तैँले सत्यता स्विकार्नु र अभ्यास गर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन। तँलाई तेरो शैतानी स्वभावले नियन्त्रण गरेपछि, त्यो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्। … तँ कहिल्यै सत्यताको खोजी गर्दैनस्, अभ्यास गर्नु त परको कुरा हो। तँ केवल निरन्तर प्रार्थना गर्छस्, सङ्कल्प गर्छस्, आकाङ्क्षा राख्छस् र आफ्नो मनमा प्रतिज्ञा गर्छस्। अनि यसको परिणाम के निस्कन्छ त? तँ चापलुस नै रहन्छस्, आफूले सामना गर्ने समस्याहरूबारे खुलस्त हुँदैनस्, दुष्ट मानिसहरूलाई देखेर पनि वास्ता गर्दैनस्, कसैले दुष्कर्म गर्दा वा बाधा पुर्याउँदा केही गर्दैनस्, र आफूलाई व्यक्तिगत रूपमा असर नपरेसम्म तर्केर परै बस्छस्। तँ सोच्छस्, ‘म आफूसँग सरोकार नभएका कुनै पनि कुराको बारेमा कुरा गर्दिनँ। मेरो रुचि, अभिमान र छविलाई असर नगरेसम्म म हरेक कुरालाई बिना अपवाद बेवास्ता गर्छु। म अत्यन्तै चनाखो हुनुपर्छ, थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ। म बेवकुफी गर्नेछैनँ!’ तँ तेरो दुष्ट, छली, कठोर, र सत्यताप्रति प्रतिकूल रहने भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा र बलियोसँग नियन्त्रित छस्। तेरा लागि यो वानर राजाले लगाउने कसिलो सुनौलो फेटाभन्दा असहनीय भएको छ। भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले मेरो स्वार्थी र छली भ्रष्ट स्वभावको खुलासा गरिदिए। मेरिलिन आफ्नो कर्तव्यमा अत्यन्त अनुत्तरदायी भएकी मैले देखेकी थिएँ। उनले समस्याको निराकरण गर्न सक्दिनथिन्, वास्तविक काम गर्दैनथिन्, न त सत्यता स्विकार गर्थिन्। उनी आफ्नो कर्तव्यमा तानाशाही थिइन् र हरेक कुरा उनले भनेअनुसारै गर्नुपर्थ्यो। यी सबै व्यवहारले उनी झुटो अगुवा भएको पुष्टि गर्थे। उनी आफ्नो पदमा रहिरहँदा यसले मण्डलीको कार्यमा गम्भीर असर पार्ने थियो अनि ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई बिलम्ब गराउने थियो। यो कुराबारे तत्काल रिपोर्ट गर्नुपर्छ भन्ने मलाई हृदयमा ज्ञात भयो, तर मैले उनलाई रिस उठाएँ भने उनले मलाई त्यसको पछुतो गर्न बाध्य पार्नेछिन् वा मलाई निकालिदिनेछिन् भनेर म डराएकी थिएँ। मेरो आफ्नै स्वार्थ रक्षाका लागि मैले रिपोर्ट गर्नुको सट्टा मण्डलीको कार्यमा हानि हुन दिनु ठीक ठानेँ। मैले छली बन्ने निर्णय गरेँ र अरूलाई अघि सर्न लगाएँ ताकि पछि म उसको पछाडि लाग्न सकूँ। यस तवरले, कोही समस्यामा परे पनि म पर्ने थिइनँ, अनि मैले कुनै खतरा मोल्नुपर्ने थिएन। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” अनि “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ” भन्ने शैतानी नियममा जिइरहेकी थिएँ। मैले खालि आफ्नो स्वार्थ जोगाउने बारे मात्र सोचेँ, र न त मण्डलीको हितका बारेमा सोचेँ न ब्रदर-सिस्टरहरूको जीवनले कति दुःख भोग्ला भन्ने बारे नै सोचेँ। म कति स्वार्थी र छली थिएँ! म जहिल्यै ममा न्यायचेतना छ अनि म मण्डली हितको रक्षा गर्न सक्छु भन्ने सोच्थेँ, तर यो अनुभवले मलाई के देखाइदियो भने म त हावा जता बह्यो उतै झुक्ने पिपलपाते स्वार्थी र छली व्यक्ति थिएँ। म शैतानी दर्शनमा जिइरहेकी थिएँ, अनि झुटो अगुवाबारे रिपोर्ट गर्न असफल भएकी थिएँ। म शैतानको पक्षमा उभिएर परमेश्वरका चुनिएका मानिसहरूलाई चोट पुर्याइरहेकी थिएँ। म झुटो अगुवाकी मतियार थिएँ। म डरछेरुवा बनिरहन सक्दिनथेँ, मैले देखेका समस्याबारे रिपोर्ट गर्नैपर्थ्यो।
मैले रिपोर्ट गर्ने सङ्कल्प गरेकी मात्र के थिएँ, एकजना अगुवाले हामीलाई मेरिलिन र उनकी सहकर्मीको मूल्याङ्कन लेख्नका लागि अनुरोध गरे। यसको मतलब अगुवाले मेरिलिनका समस्याहरू पहिचान गरेका छन्, भन्ने सोचेर मैले निकै खुसी महसुस गरेँ, अनि उनको व्यवहारबारे विस्तृत रूपमा सबैकुरा लेखिदिएँ। तर अचम्म, बर्खास्तीमा पर्ने उनी नभएर उनकी सहकर्मी थिइन्, र मेरिलिनले भने अगुवा भएर काम गरिरहिन पाइन्। केही दिनपछि, मेरिलिन सङ्गति गर्दा रून थालिन्, भनिन्, “म वास्तविक काम गरिरहेकी छैन, म झुटो अगुवा हुँ र ममा कुनै मानवता छैन। मैले ब्रदर-सिस्टरहरूका समस्या निराकरण गरिरहेकी छैन, अरूलाई दमन समेत गर्छु। अब कोही पनि मलाई सुझाव दिने आँट गर्दैनन्। म गैरजिम्मेवार भएकी छु, अनि परमेश्वरलाई दुःखित तुल्याएकी छु। मैले यति धेरै दुष्टता गरेकी छु, र म मानवताहीन छु। मण्डलीले मलाई आफ्नो कर्तव्य पालन गरिरहन एउटा मौका दिएको छ, त्यसैले मैले प्रायश्चित्त गर्नैपर्छ। तपाईंहरू मध्ये कसैले ममा समस्या देख्नुभयो भने कृपया मलाई भन्नुहोला, र म यो खुसीसाथ स्विकार्ने छु।” उनी बोल्दै गर्दा सार्है नराम्रोसँग रोइन्, अनि साँच्चै हो जस्तो गरिन्। मलाई जान्न मन लाग्यो “के म गलत थिएँ त? आखिरमा उनी सत्यता स्विकार्न नसक्ने पनि त होइनन्। मैले उनीबाट यति धेरै आशा गर्नु हुन्नथ्यो। उनी प्रायश्चित्त गर्न तयार छिन् भने असल काम पनि गर्न सक्छिन्। त्यसो भए केही छैन, उनी बर्खास्तीमा नपरेकी हुँदा उनीसँग काम गर्न मैले भरसक कोसिस गर्नुपर्छ।” त्यसैले मैले उनलाई के भन्दै मेसेज पठाएँ भने, “हामीले तपाईंका सङ्घर्ष बुझेनौँ। अबदेखि सँगै काम गरौँ र आफ्नो कर्तव्यपालन राम्रोसँग गरौँ।” उनले जवाफ पठाइन् र आफूलाई भविष्यमा सुझाव दिइरहन र सहयोग गर्न मलाई अनुरोध गरिन्। म के सोच्दै अति उत्साहित भएँ भने, उनले सत्यता स्विकार गर्न सकिन् र परिस्थितिलाई सुधार गर्न सकिन् भने, उनी असल अगुवा बन्न सक्छिन्।
म वास्तवमै के देखेर छक्क परेँ भने उनले कुनै पनि कुरा परिवर्तन गरिनन्। उनी अझै पनि भेलामा हल्ला मात्र धेरै गरिरहन्थिन् तर वास्तविक समस्याको निराकरण गर्दिनथिन्। त्यही अवधिमा, मण्डलीका साधारण कामकाजमा केही समस्या आइपरे, तर उनले भेलामा खालि केही बाहिरी कुराहरूका बारेमा बोलिन्। उनले त्यस्तो प्रकारको परिस्थितिमा सत्यता खोजी कसरी गर्ने भन्नेबारे सङ्गति नै गरिनन्। यस्तो कुराले सबैलाई चिन्तित बनायो, र कसैले पनि आफ्नो कर्तव्यपालनमा सहज महसुस गरेनन्, जसले गर्दा मण्डली जीवन गम्भीर रूपमा खलबलियो। यो सबै देखिसकेपछि, म उनलाई आफ्ना विचारहरू बताउन गएँ। अचम्म लाग्नेगरी उनले भनिन्, “यहाँ समस्या भएको तपाईं हो, तपाईं बाहेक सबैले मैले जे भन्यो त्यही गर्छन्। बाधा पुर्याउने तपाईं हो!” उनले त्यसो भनेको सुनेपछि म नकारात्मक भएँ। आफ्नो कर्तव्यपालन कसरी गर्ने मैले थाहै पाइनँ, अनि म निकै तनावमा परेँ। मैले मेरिलिनलाई वेवास्ता गरेर उनको गाली खान सक्थेँ, वा उनले भनेको मान्न सक्थेँ जसले अरू ब्रदर-सिस्टरहरूका लागि समस्या ल्याउन सक्थ्यो। म साँच्चै निरीह भएकी थिएँ—मलाई निसास्सिएको झैँ भयो। मैले मेरिलिनको समस्याबारे जेसिकालाई बताउने पनि विचार गरेँ, तर फेरि माथिका अगुवाहरूलाई मैले कसरी मेरिलिनका बारेमा बताएकी थिएँ भन्ने सम्झेँ। उनीहरूले उनलाई कत्तिपनि तह लगाएका थिएनन्, झन् उल्टो अर्की वास्तविक कार्य गर्ने अगुवालाई बर्खास्त गरेका थिए। मेरिलिनका बारेमा मैले फेरी बताएँ भने उनीहरूले म चैँ समस्या सिर्जना गर्दैछु भन्लान्, अनि समस्याग्रस्त म हो भन्ने सोच्लान् कि? उनीहरूले मलाई केही आरोप लगाएर बर्खास्त गरे भने के होला? जब म यो स्थितिमा थिएँ, तब मैले अँध्यारो मात्र महसुस गरेँ, अनि हृदय भासिएको अनुभव गरेँ, परमेश्वरको उपस्थिति महसुस गर्नै सकिनँ।
छिट्टै परमेश्वरको घरबाट एउटा कार्य व्यवस्था जारी भयो। यसमा के उल्लेख थियो भने वास्तविक कार्य नगर्ने कोही झुटा अगुवा र कामदारहरू, दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरू मण्डलीभित्र फेला परेमा, मण्डलीको हितरक्षाका निम्ति तिनीहरूको खुलासा गर्नुपर्छ र तिनीहरूको विषयमा रिपोर्ट गर्नुपर्छ। यो नै परमेश्वरका चुनिएका मानिसहरूको उत्तरदायित्व हो। कोही अगुवा वा कामदारले उसको विरुद्ध रिपोर्ट गरेकोमा कुनै ब्रदर वा सिस्टरलाई दमन गर्ने वा सजाय दिने गर्छ भने, त्यो ख्रीष्टविरोधी हो। हरेक अगुवा र कामदारले आफ्नोविरुद्ध रिपोर्ट गर्ने कसैलाई पनि दमन गर्ने छैन भन्ने सपथपत्रमा हस्ताक्षर गर्नुपर्छ। त्यो कार्यव्यवस्था देखेपछि मैले प्रसन्नता र पछुतो दुवै महसुस गरेँ। परमेश्वरले हाम्रो कद कति सानो छ भन्ने जान्नुहुन्छ, साथै उहाँले झुटा अगुवा र ख्रीष्टविरोधीहरूको खुलासा गर्न हामीलाई प्रोत्साहन गरिरहनुभएको छ भनेर मलाई खुसी लाग्यो। मलाई पछुतो पनि लाग्यो किनभने मण्डलीमा झुटा अगुवा र कामदारहरू भएको मलाई थाहा थियो, तर मैले तिनीहरूविरुद्ध रिपोर्ट गरिनँ किनकि म दमनमा या दुर्व्यवहारमा पर्छु भनेर डराएकी थिएँ, अनि मैले मण्डलीको काममा नोक्सान पुग्न दिएँ। म परमेश्वरका चुनिएका मानिसहरू मध्ये एक हुन लायक थिइनँ। त्यसैले, मैले मेरिलिनको मामिला बारेमा अरू दुईजना अगुवाहरूसँग कुरा गरेँ, र उनीहरू मसँग सहमत भए। हामीले झुटा अगुवा र कामदारहरूलाई एकैसाथ पहिचान गर्ने सिद्धान्तका बारेमा सङ्गति गर्यौँ र अन्त्यमा मेरिलिन वास्तवमै झुटो अगुवा हुन्, र उनलाई सजाय हुनबाट जोगाउने माथिल्लो तहका अगुवाहरूमा पनि समस्या छ भन्ने टुङ्गो लगायौँ। हामी सबैले तिनीहरूमाथि संयुक्त रिपोर्ट लेख्ने निर्णय गर्यौँ। मैले रिपोर्ट लेखेपछि, अरूहरूले मलाई रिपोर्ट पहिले पठाउनु र उनीहरूलाई नकुर्नु भने। म फेरि मेरिलिनले रिपोर्टका बारेमा थाहा पाइन् भने मलाई अफ्ठ्यारोमा पार्न सक्छिन् भनेर चिन्तित हुन थालेँ। मैले परमेश्वरको प्रार्थना गरेँ र उहाँलाई मेरो आँखा खोलिदिन र आत्मचिन्तन गर्ने मार्गदर्शन गर्न अनुरोध गरेँ। त्यसपश्चात् मैले परमेश्वरका वचनमा यो कुरा पढेँ: “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका प्रश्नले मलाई अक्क न बक्क बनाइदिए। म सधैँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुने तथा मण्डलीको कार्यको हिफाजत गर्नेबारे कुरा गर्थेँ, तर मेरिलिनले वास्तविक कार्य नगरेको, मानिसहरूलाई धर्मसिद्धान्तले भ्रमित बनाइरहेको, तानाशाही व्यवहार गरेको र आफ्नो कर्तव्यमा बेलगाम रहेको, अनि यसले गर्दा मण्डलीको जीवनमा गम्भीर प्रभाव परेको देख्दा पनि म अतिसावधान र अनिर्णित भइरहेकी थिएँ। मैले उनको बारेमा रिपोर्ट गरेकी थिइनँ किनकि म आफूलाई जोगाउन चाहन्थेँ, अनि मैले अन्धकारका शक्तिहरूविरुद्ध खडा हुने तथा लड्ने साहस गरेकी थिइनँ। मैले मण्डलीकार्यको कत्तिपनि हिफाजत गरेकी थिइनँ। ममा रत्तिभर पनि विवेक र समझ थिएन। मैले परमेश्वरको अगाडि कसरी मुख देखाउँला? परमेश्वरका हरेक वचन मेरो अचेत हृदयका लागि चेतावनीका घन्टी थिए, अनि मैले आफूलाई जोगाउन बन्द गर्ने वाचा गरेँ। मैले उनको खुलासा गर्नै पर्थ्यो चाहे त्यसका कारणले म दमित हुन किन नपरोस्, त्यसैले मैले रिपोर्ट पठाइदिएँ।
केही दिनपछि, सहकर्मीको एउटा भेलामा, मेरिलिन फेरि रुँदै थिइन् अनि “प्रायश्चित्त” को अर्को नाटक गर्दै थिइन्। उनले भनिन्, “म रातदिन काम गर्दैछु, तर कसैको पनि सहयोग पाउन सकेकी छैन, अझ मेरोविरुद्ध रिपोर्ट पनि परेको छ। यो परमेश्वरको मप्रतिको प्रेम हो, र मलाई थाहा छ मैले अडिएर आत्मचिन्तन गर्नुपर्छ। ब्रदर र सिस्टरहरूले मेरोबारे रिपोर्ट गरेर मलाई सहयोग गर्दैछन्, अनि मैले मेरोबारे रिपोर्ट लेख्ने कसैलाई पनि कहिल्यै दमन गर्दिनँ भनेर सपथपत्रमा हस्ताक्षर गरेकी छु…।” पछि, उनी मेरो काममा मलाई कुनै समस्या छ कि अनि मेरो स्थिति कस्तो भनेर सोध्न मकहाँ आइन्, साथै उनी पहिले जस्तो बनावटी पनि देखिन्नथिन्—उनले मेरा लागि खानेकुरा समेत ल्याइन्। सुरुमा ममा विवेकशक्तिको कमी भयो, म सोच्दै थिएँ सायद उनले साँचो प्रायश्चित्त गरेकी छिन्। तर त्यहीबेला मैले सोचेँ, “एकैछिनको शालीनताले म पग्लिनु हुन्न—मैले के हुन्छ पर्खेर हेर्नुपर्छ। अघिल्लोपटक उनी रोइन्, अनि ‘प्रायश्चित्त’ गरिन्, तर पछि केही पनि परिवर्तन आएन। हुनसक्छ मैले रिपोर्ट गरेको उनलाई थाहा छ त्यसैले मसँग राम्रो बन्दैछिन्। हुनसक्छ जतिबेला अगुवाले मेरो रिपोर्ट अनुसन्धान गर्छन् त्यतिबेला आफू परिवर्तन भैसकेको भनेर मलाई बताउन चाहन्छिन्। उनले मलाई भ्रममा पार्दैछिन्, र म शैतानको जालमा पर्नु हुँदैन, अनि उनको छलमा फेरी पर्नु हुँदैन।” जब मेरो मनमा यस्तो विचार आयो, तब तुरून्तै मैले मेरो हृदयको हेरविचार गरिदिन परमेश्वरसँग अनुरोध गर्दै एउटा प्रार्थना गरेँ ताकि अघिल्लोपटक जस्तो म उनको आँशुको भ्रममा नपरूँ। म उनले आफ्नो मुकुण्डो यति छिट्टै उतारेकोमा साह्रै अचम्मित भएँ।
केहीदिनपछि नै हामी मानिसलाई खुट्ट्याउने सत्यताको बारेमा सङ्गति गर्दै थियौँ, उनले यो मौकाको सदुपयोग गर्दै भनिन्, “हामी केवल टाउको झुकाएर आफ्नोबारे थाहा पाउन सक्दैनौँ, हामीले अरूलाई खुट्ट्याउन सिक्नुपर्छ। हालसालै मण्डलीले हामीलाई रिपोर्ट लेख्न प्रोत्साहित गरेको थियो, अनि यसै सिलसिलामा केही दुष्ट मानिसहरूको भण्डाफोर भयो। तिनीहरूले अगुवा तथा कामदारहरूलाई आरोप लगाउने केही कुरा भेटे र त्यसपछि उनीहरूमाथि आक्रमण गर्न त्यसकै प्रयोग गरे। हामीले त्यस्ता दुष्ट मानिसहरू, र उनीहरूको पछिलाग्ने मसिना झिँगाहरूको भण्डाफोर गर्नुपर्छ। हामीले हरेक दुष्ट व्यक्ति र ख्रीष्टविरोधीलाई जवाफदेही बनाउनै पर्छ।” उनले त्यसो भनेको सुन्दा मलाई खुबै रिस उठ्यो। उनका सबै कथित स्व-ज्ञान झुटा भएको मैले देखेँ। उनले आफूलाई कत्तिपनि चिनेकी थिइनन्, अनि उनको बारेमा रिपोर्ट लेख्ने मानिसहरूलाई नै औँला ठड्याइरहेकी थिइन्। यसले मलाई परमेश्वरका वचनको दुइटा खण्ड सम्झायो: “ख्रीष्टविरोधीहरू त पश्चात्ताप गर्नभन्दा मर्न तयार हुन्छन्। तिनीहरूमा कुनै लाजको बोध हुँदैन; त्यस बाहेक, तिनीहरू द्वेषपूर्ण र दुष्ट स्वभावका हुन्छन्, र तिनीहरूमा सत्यताप्रति चरम वितृष्णा हुन्छ। के सत्यताप्रति यति धेरै वितृष्ण व्यक्तिले यसलाई अभ्यास गर्न, वा पश्चात्ताप गर्न सक्छ? त्यो असम्भव हुनेछ। तिनीहरू सत्यताप्रति पूर्णतया वितृष्ण हुनुको अर्थ तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन् भन्ने हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। “मलाई भन त, के ख्रीष्टविरोधीहरूले काटछाँट स्विकार्छन्? के तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको कुरा स्विकार्छन्? (अहँ, तिनीहरूले स्विकार्दैनन्।) तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको कुरा स्विकार्दैनन्, तर काटछाँट गरिएपछि पनि तिनीहरू आफूलाई चिन्ने ढोँग गर्छन्। तिनीहरू मानवतारहित र कमजोर क्षमताका दियाबलस र शैतान हौँ, र कामकुरालाई राम्रोसँग ख्याल गर्न सक्दैनौँ, मण्डलीले प्रबन्ध गरेका कार्यहरू गर्न अयोग्य छौँ, र आफ्ना कर्तव्य राम्ररी निर्वाह गरेका छैनौँ भनेर भन्छन्। त्यसपछि, तिनीहरूले अधिकांश मानिसहरूको अगाडि आफ्नो भ्रष्ट स्वभाव स्विकार्छन्, आफू दियाबलस भएको स्विकार्छन्, र अन्त्यमा, यो परमेश्वरले तिनीहरूलाई शोधन गरिरहनुभएको र मुक्ति दिइरहनुभएको, हो भन्छन्, र यसो गरेर मानिसहरूलाई तिनीहरू काटछाँट स्विकार्न कति सक्षम छन् र तिनीहरू सत्यताप्रति कति समर्पित छन् भन्ने कुरा देखाउँछन्। तिनीहरू आफूलाई किन काटछाँट गरिएको हो वा आफ्ना कार्यले मण्डलीको कामलाई कति हानि र नोक्सान पुऱ्याएको छ भन्ने कुरा उल्लेख गर्दैनन्। तिनीहरू मानिसहरूलाई परमेश्वरको घरले आफूमाथि गरेको काटछाँट अनुपयुक्त र अन्यायपूर्ण छ भनी गलत अर्थ लगाउने तुल्याउन यी मामिलाहरूदेखि टाढै बस्छन् र खोक्रा वचन, धर्मसिद्धान्त, कुतर्क, र व्याख्यात्मक टिप्पणीहरू बोल्छन्, मानौँ तिनीहरूले कुनै ठूलो अन्याय भोगेका छन्। काटछाँट गरिएपछि पनि तिनीहरू हृदयमा अडिग रहन्छन्, आफ्ना कुनै पनि विविध दुष्कर्मलाई अलिकति पनि स्विकार्दैनन्। त्यसोभए, आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने, सत्यता स्विकार्न इच्छुक हुने, र काटछाँटमा समर्पित हुन सक्ने भन्नेबारे तिनीहरूले गरेको सङ्गतिका यी शब्दहरू के हुन् त? के यी तिनीहरूका साँचो भावना हुन्? बिलकुलै होइनन्। ती सब मानिसहरूलाई बहकाउन र प्रलोभनमा पार्नका खातिर बोलिएका झूट, ढोँग, दुष्ट शब्दहरू हुन्। तिनीहरूले मानिसहरूलाई बहकाउनुको उद्देश्य के हो? (मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउनु।) ठ्याक्कै यही हो, यसको उद्देश्य मानिसहरूलाई बहकाउ र प्रलोभनमा पारेर आफूलाई पछ्याउन र सुन्न लगाउनु, र सबैलाई आफू सही र असल भएको सोच्न लगाउनु हो। यसरी, तिनीहरूलाई कसैले पनि छर्लङ्गै देख्न वा तिनीहरूको विरोध गर्न सक्दैन। त्यसविपरित, मानिसहरूले तिनीहरू सत्यता स्विकार्ने, काटछाँट स्विकार्ने, र पश्चात्ताप गर्ने मानिस हुन् भनेर विश्वास गर्छन्। त्यसोभए, तिनीहरूले किन आफ्ना दुष्कर्म वा आफूले परमेश्वरको घरको काममा पुऱ्याएका नोक्सानीलाई स्विकार्दैनन्? तिनीहरूले किन यी मामिलाहरूलाई सङ्गति गर्नका लागि सार्वजनिक गर्दैनन्? (यदि तिनीहरूले यी कुरा भन्ने हो भने, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने थिए।) यदि मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने, छर्लङ्ग देख्ने, र तिनीहरूको मानवता र स्वभाव सार छर्लङ्ग देख्ने हो भने, उनीहरूले तिनीहरूलाई त्याग्ने थिए। के उनीहरू अझै पनि तिनीहरूका छलकपटमा परेर बहकिने थिए त? के उनीहरूले अझै पनि तिनीहरूलाई उच्च सम्मान दिनेथिए त? के उनीहरूले अझै पनि तिनीहरूको उच्च प्रशंसा गर्नेथिए त? के उनीहरूले अझै पनि तिनीहरूको आराधना गर्नेथिए त? उनीहरूले यीमध्ये केही पनि गर्नेथिएनन्। ख्रीष्टविरोधीहरूले आफूलाई चिनेको नाटक गर्छन्, तर वास्तवमा, यो सब मानिसहरूलाई बहकाउन र आफ्ना लागि खडा गराउन रचिएका मिथ्या र आत्म-स्पष्टीकरण हुन्, जुन तिनीहरूको गुप्त मनसाय हो। तिनीहरू मानिसहरूलाई बहकाउन र प्रलोभनमा पार्न, आफूलाई सम्मान र आराधना गर्न लगाउन महत्त्वपूर्ण मामिलाहरूलाई छल्छन् र आफैलाई चिन्ने र काटछाँट स्विकार्ने कुराबारे हल्का रूपमा कुरा गर्छन्। के यो विधि निकै दुष्ट छैन र? कतिपय मानिसहरू साँच्चै यो कुरा पत्याउँछन्, र ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि यसो भन्छन्, ‘त्यो व्यक्ति कस्तो राम्ररी बोल्छ—म निकै उत्प्रेरित भएँ। म धेरै पटक रोएँ।’ त्यतिबेला, यी मानिसहरूले तिनीहरूलाई निकै आराधना र सम्मान गर्छन्, तर अन्त्यमा तिनीहरू ख्रीष्टविरोधी निस्कन्छन्; यो ख्रीष्टविरोधीहरूले अरूलाई बहकाउनु र प्रलोभनमा पार्नुको नतिजा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई))। ख्रीष्टविरोधीहरूको प्रकृति नै अत्यन्त अहङ्कारी र अभिमानी हुन्छ, र तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। उनीहरू सत्यताप्रति वितृष्ण हन्छन्, यसलाई घृणा गर्छन्। जतिनै तितो असफलताको अनुभव गरेपनि उनीहरू प्रायश्चित्त गर्न वा परिवर्तन हुन मान्दैनन्। मानिसलाई भ्रममा पारेर बहकाउन उनीहरू सिपालु हुन्छन्, उनीहरू अत्यन्त कपटी र छली हुन्छन्। यो बुझेपछि म मेरिलिनलाई अझ राम्रोसँग खुट्याउन सक्ने भएँ। उनको बारेमा रिपोर्ट परेपछि, उनी रोइन्, अनि स्व-ज्ञानका बारेमा कुरा गरिन्, रिपोर्ट पर्नु भनेको परमेश्वरको प्रेम हो अनि म आफैँमा चिन्तन गर्नेछु पनि भनिन्। उनले आफूमा मानवता नभएको र परमेश्वरलाई निराश गराएको भनिन् अनि प्रायश्चित गर्ने प्रण गरिन्। उनले अरू रायसुझाव पनि मागिन्। तर त्यो सबै नक्कली थियो, यी सबै मानिसलाई धोखा दिने अभिप्रायले बोलिएका झुठ थिए। सबैले उनी काटछाँट स्वीकार गर्छिन् र उनी सत्यताप्रति समर्पित हुन सक्छिन् भन्ने सोचुन् भनेर हामीलाई भ्रमित पार्नका लागि उनले यी सबै बाहिरी आवरणको प्रयोग गरिन्। तर आफ्नो वास्तविक काम नगर्ने, आफ्नो कर्तव्यपालनमा तानाशाही हुने, अनि मण्डलीको कार्यलाई हानि पुर्याउने, जस्ता आफूलाई झुटो अगुवा साबित गराउने व्यवहारहरूलाई भने वास्तविक रूपमा कहिल्यै सम्बोधन गरिनन्। उनले केवल मानवताको कमी रहेकोबारे केही शब्द बोलिन्, तर आफूले कसरी मानवीयताको कमी प्रदर्शन गरेँ भन्नेबारे कहिल्यै विश्लेषण गरिनन्। उनले आफ्नै भ्रष्ट स्वभावबारे आफूले कसरी ज्ञान पाएँ भन्नेबारे कहिल्यै बताइनन्, अनि परमेश्वरको धार्मिकताको गवाही पनि दिइनन्। त्यसैले मानिसहरूले उनलाई आदर गरे र उनीसँग कद छ, आफ्नोविरुद्ध रिपोर्ट गर्नेलाई उनले उचित तरिकाले व्यवहार गर्नेछिन् भन्ने सोच्दै उनीप्रति सहानुभूति प्रकट गरे। उनको सङ्गति कुनै पनि तवरबाट साँचो स्व-ज्ञान थिएन, उनी खालि मानिसलाई भ्रमित पार्न र उनीहरूको समर्थन पाउन चाहन्थिन् ताकि आफ्नो पद कायम राख्न सकुन्। तर त्यो ढोँग धेरै समय टिकेन। मौका पाउने बित्तिकै उनले आफ्नो पश्चातापको पाखण्डी आवरणलाई फाल्दै, आफ्नोविरुद्ध रिपोर्ट गर्नेहरूमाथि खनिइन्। हामीलाई सार्वजनिक रूपमा निन्दा गर्दै र हामीसँग बदला लिँदै तिलको पहाड बनाइन्। यसले पूर्ण रूपमा उनको वास्तविक रूप, सत्यताप्रतिको उनको घृणा, र उनको द्वेषपूर्ण प्रकृतिको खुलासा गरिदियो। उनी एउटी दुष्ट व्यक्ति थिइन् जसको प्रकृति सार सत्यतालाई घृणा गर्ने र सत्यताप्रति वितृष्णा राख्ने थियो। उनी झुटो अगुवा मात्र थिइनन्, उनमा ख्रीष्टविरोधीको सार पनि थियो।
त्यसपछि मैले मेरिलिन र उनको समूहले उनलाई प्राय: सुझाव दिइरहने जोर्डनलाई निकाल्नका लागि सूचनासामग्री तयार गरिरहेको थाहा पाएँ। जब अर्को अगुवाले जोर्डनलाई निकाल्नका लागि मापदण्ड पूरा भएको छैन भनिन्, तब उनीहरूले उनलाई नै झुट्टो अगुवा भन्दै बर्खास्त गरे। उनीहरूले मसँगै मेरिलिनको बारेमा रिपोर्ट गर्ने अरू दुई जना समूह अगुवालाई बर्खास्त गर्ने बहाना पनि भेट्टाए। ब्रदर-सिस्टरहरूले मलाई पदमै राखिरहन मत दिएकाले मात्र म बर्खास्तीमा पर्नबाट जोगिएँ। त्यस लगत्तै मण्डलीले वार्षिक चुनाव गर्यो, तर अचम्म ज-जसको बारेमा रिपोर्ट परेको थियो ती सबै नै फेरि अगुवा र कामदार बन्नका लागि चुनिए। मेरिलिनकी बहिनीसहित उनीहरूकै नजिक रहेका, सबैले अगुवाइको भूमिका पाए। म अलि अन्योलमा परेँ अनि कसरी यस्तो हुन पुग्यो बुझ्नै सकिनँ। तिनीहरूले त मण्डलीको कामलाई स्पष्टै रूपमा भद्रगोल पारेका थिए, अनि कसरी तिनीहरू फेरि अगुवा र कामदारका रूपमा चुनिन सके? मैले त मण्डली पनि सम्बन्ध र शक्तिको वरिपरी घुम्ने अधार्मिक जगतजस्तै हो कि क्या हो भनेर शङ्कासमेत गर्न थालेँ। यस्तो सोचेपछि, मेरो हृदय अन्धकारले भरियो अनि मैले आफ्नो कर्तव्यपालनको इच्छाशक्ति नै गुमाएँ। मलाई त कसैले देख्न नसक्ने कुनामा घुस्रेर बसौँ झैँ भयो। मैले त परमेश्वरको धार्मिकताबारे नै शङ्कासमेत गर्न थालेँ। मैले भेलाहरूमा बोल्न र आफ्ना विचार राख्न करिब-करिब छोडिदिएँ। म सबैदेखि सावधान थिएँ अनि आफ्नो कर्तव्य यान्त्रिकरूपले पूरा गर्थेँ। कहिलेकाहीँ “मैले पनि तिनीहरूको चाप्लुसी गर्नुपर्छ कि” भन्ने पनि सोच्थेँ। “मैले म गलत थिएँ भनेर माफी माग्दै कुरा मिलाएँ भने तिनीहरूले रिपोर्टका बारेमा बिर्सेलान्। त्यसो गर्दा कमसेकम मलाई मण्डलीबाट निकालिन्न।”
एकदिन मैले परमेश्वरका वचनको एउटा पाठ सुनेँ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्वरलाई शङ्का गर्न जिम्मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्वास गर्छौ, कि देहधारी परमेश्वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्वरको मात्र छ भनी विश्वास गर्दछौ। तिमीहरू विश्वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। … तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दियाबलसको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्वरको स्वभाव विरुद्धको तिमीहरूको उल्लङ्घनको उत्कृष्ट उदाहरण होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई कसरी चिन्ने)। परमेश्वरको न्याय सुनेर म लज्जित भएँ। मेरो धारणासँग मेल नखाने कुराहरू भैरहँदा पनि मैले सत्यताको खोजी गरिनँ, बरू परमेश्वरको धार्मिकतामाथि नै शङ्का गरेँ। मैले शक्तिशालीहरूले एकअर्कालाई जोगाउँछन् अनि परमेश्वरको घरमा अन्धकारले राज गर्छ कि भन्ने शङ्का गरेँ। म, मानिसले जस्तै परमेश्वरले पनि दुष्टता र अन्धकारलाई प्रेम गर्नुहुन्छ भन्ने शङ्का गर्दै थिइनँ त? यो कुनै विषयवस्तुलाई हेर्ने अर्थहीन दृष्टिकोण थियो! परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ, अनि उहाँको घरमा सत्यता र धार्मिकताले शासन गर्छन्। झुट्टा अगुवा र ख्रीष्टविरोधीहरूले केही समयका लागि मण्डलीमा आफूले चाहेजस्तो गर्न सक्लान्, अनि केही मानिसलाई भ्रमित पार्न र नियन्त्रणमा राख्न सक्लान्, तैपनि यहाँ उनीहरूले कहिल्यै वास्तविक पकड जमाउन सक्दैनन्—परमेश्वरले अन्ततः उनीहरूको भण्डाफोर गर्नुहुनेछ र उनीहरूलाई हटाउनु हुनेछ। परमेश्वरले ती मानिसहरूलाई मण्डलीमा उपस्थित हुन दिनुहुन्छ ताकि उहाँका चुनिएका जनहरूले सही सुझबुझ विकास गरी ती मानिसहरू मार्फत् परमेश्वर-विरोधी शैतानको दुष्ट अनुहार राम्रोसँग देखुन्, अनि तिनीहरूलाई अस्वीकार गरून् र तिनीहरूको भ्रम तथा नियन्त्रणबाट मुक्त होउन्। परमेश्वरको कामको बौद्धिकता यही हो। तर मैले झुट्टा अगुवा तथा ख्रीष्टविरोधीहरूले मण्डली नियन्त्रण गरेको अनि अरूलाई दण्ड दिएको र दमन गरेको देखेपछि, तिनीहरूले मलाई पनि दमन गर्लान् भन्ने सोचेर म सावधान र सतर्क भएँ। मैले गलत कुरा भनुँला अनि ख्रीष्टविरोधीहरूले मेराविरुद्ध प्रयोग गर्ने केही कुरा पाउलान् र मलाई बर्खास्त गर्लान् वा हटाउलान् भन्ने भयले म ब्रदर-सिस्टरहरूसँग कुरा गर्न पनि डराएँ। मैले आफूलाई जोगाउनका लागि, सांसारिक लेनदेन गर्ने र तिनीहरूको चाप्लुसी गर्ने अधार्मिक दर्शनको उपयोग गर्ने कुरासमेत सोचेँ। म वास्तवमै डरछेरूवा थिएँ र ममा दृढता बिलकुलै थिएन। म परमेश्वरको धार्मिकतालाई अस्वीकार गर्दै थिएँ, उहाँको घरमा सत्यता र ख्रीष्टको नै शासन हुन्छ भन्ने कुरा मान्न इन्कार गर्दै थिएँ। विशेष गरी परमेश्वरका यी वचनले मेरो हृदयमा साँच्चै गहिरो प्रभाव पारे: “अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ।” म आफ्ना बेतुकका विचारमार्फत् परमेश्वरको निन्दा तथा बदनामी गरिरहेकी थिएँ। मैले मेरो आस्थामा परमेश्वरलाई सही अर्थमा बुझेकी रहिनछु। ती झुट्टा अगुवा तथा ख्रीष्टविरोधीहरूले मलाई दमन गरेपश्चात्, ती ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिबारे सुझबुझ प्राप्त गर्न वा तिनको सामना गर्न र तीसँग लड्न मैले साँचो सत्यताको खोजी नै गरिनँ, उल्टै परमेश्वरका घरको धार्मिकतामाथि नै शङ्का गरेँ। त्यो मेरो दुष्टता थियो! झुट्टा अगुवा तथा ख्रीष्टविरोधीहरू परमेश्वरको अनुमतिले मात्र मण्डलीमा उपस्थित हुन् पाउँछन्। हामीलाई साँचो पाठ पढाउन उहाँले तिनलाई प्रयोग गर्नुहुन्छ, ताकि हामी सत्यता र सुझबुझ प्राप्त गर्न सकौँ। यो वातावरणको माध्यमबाट मैले सत्यताको खोजी गर्नु र पाठ सिक्नु आवश्यक थियो। यो कुराको अनुभूति भएपछि, मैले घुँडा मारेर परमेश्वरको प्रार्थना गरेँ। मैले भनेँ, “परमेश्वर, म हजुरसामु प्रायश्चित्त गर्न चाहन्छु। कृपया मलाई भरोसा दिनुहोस्। यसभन्दा पछि मैले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरोस्, त्यसबाट पार पाउनका लागि हजुरकै भर पर्नेछु।” आफ्नो प्रार्थनापछि मैले फुक्का अनुभव गरेँ।
एकदिन मेरिलिनकी बहिनीले मलाई केही ब्रदर-सिस्टरले मेरो बारेमा रिपोर्ट गरेको र मलाई अस्थायी रूपमा निलम्बन गर्नुपर्ने कुरा बताइन्। उनले मेरोविरुद्ध के कुराको रिपोर्ट परेको हो सो बताइनन्, खालि मलाई आत्मचिन्तन गर्नु मात्र भनिन्। उनले मलाई कसैले किन निलम्बनमा परेको भनेर सोधे भने मैले केही भन्न मिल्दैन भनेर पनि भनिन्। यी सबै कुरा यति अचानक भए, के गर्ने-नगर्ने भयो। म पूरै चकित परेँ अनि मेरो दिमाग खाली भयो। म घर गएँ र स्तब्ध भएर बसेँ, सोचि नै रहेँ। के तिनीहरूले मलाई मण्डलीबाट निष्कासन गर्न लागेका हुन्? तिनीहरूले जोर्डनलाई निकाल्दा, पहिले उनलाई कर्तव्यपालन गर्नबाट रोक्न उनको उमेरको बहाना बनाए, अनि पछि उनलाई निकाल्नका लागि चाहिने सूचनासामग्री सङ्कलन गरे। मेरोविरुद्ध पनि तिनीहरूले त्यही रणनीति प्रयोग गरे भने म के गर्ने भन्ने मलाई थाहै भएन। म निक्कै भयभीत थिएँ। कहिलेकाहीँ म अलि आशावादी भएर पनि हेर्थें, सायद मेरोबारे कसैले साँच्चै रिपोर्ट गरेको होला, र उनीहरूले अनुसन्धान गरिसकेपछि, मलाई पुन: भेला हुन र आफ्नो कर्तव्य पूरा गर्न देलान् भन्ने सोच्थेँ। म आशावाद र निराशावादको भूमरीमा घुमिरहेँ। मलाई मेरो टाउको फुट्न लागेजस्तो लाग्थ्यो। म असाध्यै दुःखी थिएँ, यस्तो लाग्थ्यो मानौँ मेरो छातीमा ठूलो भार छ। यो परिस्थितिबाट कसरी उत्रिने मैले थाहा पाउनै सकिनँ, अनि म फेरि परमेश्वरको सार्वभौमिकतामाथि शङ्का गर्दै थिएँ। म कुदेर प्रार्थना गर्न गएँ, परमेश्वरलाई मेरो ख्याल राख्नुहोस् ताकि हजुरमाथिको मेरो भरोसा नटुटोस् अथवा म हजुरका कार्यमा शङ्का नगरुँ भन्दै अनुनय गरेँ। मलाई थाहा थियो परमेश्वरले ममाथि यस्तो हुन दिनुहुँदैथियो, र यो मेरो जीवनका लागि लाभकारी थियो। म शान्त हुन चाहन्थेँ र वास्तवमै सत्यताको खोजी गर्न चाहन्थेँ। त्यो समयावधिमा, मैले परमेश्वरको सार्वभौमिकता बुझ्ने र परीक्षा पास गर्ने बारे उहाँका थुप्रै वचनहरू पढेँ, अनि परमेश्वरले नै यस्तो हुन दिनुहुँदैथियो भन्ने बुझेँ। ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति जति नै कठोर भए पनि, परमेश्वरको अनुमतिविना मलाई केही गर्न सक्दैनथे। मलाई ती झुट्टा अगुवा र ख्रीष्टविरोधीहरूले के गर्न लाग्दैथिए भन्न सक्दिनथेँ, तर मैले कुर्न र खोजी गर्न सिक्नु जरूरी थियो, र कमसेकम परमेश्वरलाई आरोप लगाउनु वा शैतानलाई मेरो खिल्ली उडाउन दिनु हुँदैनथ्यो। तिनीहरूले मलाई साँच्चै निष्कासन गरेपनि, म मेरो आस्था त्याग्न सक्दिनथेँ, र मैले अझैपनि सुसमाचार फैलाउँदै आफ्नो कर्तव्य पालन गर्नु थियो। मैले यसलाई त्यो रूपले सोचेपछि त्यति कमजोर र भयभीत महसुस गरिनँ।
दुई हप्ता वा त्यस्तै पछि, मेरिलिनकी बहिनीले मलाई सिस्टर जेनका बारेमा मूल्याङ्कन गरेर लेख्न भनिन्, उनले मसँगै मेरिलिनका बारेमा रिपोर्ट गरेकी थिइन्। सायद तिनीहरू उनलाई मण्डलीबाट निष्कासन गर्न सूचनासामग्री तयार पार्दैछन् भन्ने मैले ठानेँ, त्यसैले मैले भएका जति सबै अनि मेरिलिन र अरूले गरेका कुराहरू, विस्तृतमा शान्त भएर स्मरण गरेँ। मलाई म तिनीहरूलाई राम्रोसँग खुट्ट्याउन सक्छु भन्ने लाग्यो। मैले परमेश्वरका वचनको एक खण्ड पढेँ: “ख्रीष्टविरोधीले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्नुको मुख्य उद्देश्य के हो? तिनीहरू मण्डलीमा यस्तो स्थिति बनाउन खोज्छन् जहाँ तिनीहरूका आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जसमा तिनीहरूको शक्ति, तिनीहरूको नेतृत्वकारी हैसियत, र तिनीहरूका कुराहरू सबै सर्वमान्य होऊन्। सबैले तिनीहरूको कुरामा ध्यान दिनुपर्छ, र तिनीहरूको विचार फरक हुँदा पनि तिनीहरूले यसलाई व्यक्त गर्नु हुँदैन, बरु आफ्नो हृदयमै लुकाएर राख्नुपर्छ। खुल्लमखुल्ला तिनीहरूसित असहमत हुन आँट गर्ने जोकोही ख्रीष्टविरोधीहरूको शत्रु बन्छन्, र तिनीहरूले उनीहरूलाई समस्यामा पार्न हर उपाय सोच्नेछन्, र जतिसक्दो चाँडो उनीहरूलाई विलय गराउन चाहनेछन्। आफ्नो हैसियतलाई कायम राख्न र आफ्नो शक्तिलाई रक्षा गर्न ख्रीष्टविरोधीहरूले आफ्ना मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्ने एउटा तरिका यही हो। तिनीहरू सोच्छन्, ‘तिमीले फरक विचार राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र प्रतिष्ठाको बारेमा सम्झौता गर्ने कुरा त परै जाओस्। यदि तिमी केही भन्न चाहन्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भनेर मेरो अपमान गर्यौ भने, तिमी समस्या निम्त्याइरहेका छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ!’ यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्ट विरोधीहरूले अरूलाई स्वतन्त्र रूपमा बोल्न दिँदैनन्। यदि तिनीहरूसँग कुनै विचार छ भने—चाहे ख्रीष्ट विरोधीको वा अरू कुनै कुराको बारेमा होस्—तिनीहरूले त्यो कुरा यतिकै उठाउन मिल्दैन; तिनीहरूले ख्रीष्ट विरोधीको इज्जतलाई विचार गर्नुपर्छ। होइन भने, ख्रीष्ट विरोधीले तिनीहरूलाई शत्रु ठान्नेछ, र तिनीहरूलाई आक्रमण र निष्कासन गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्ट विरोधीको प्रकृति हो। र तिनीहरूले किन यसो गर्छन्? तिनीहरूले मण्डलीमा अरू कुनै वैकल्पिक आवाज उठ्न दिँदैनन्, तिनीहरूले मण्डलीमा मतविरोधीहरूलाई रहन दिँदैनन्, तिनीहरूले परमेश्वरका चुनिएका जनहरूलाई खुलस्त रूपमा सत्यताको सङ्गति गर्न र मानिसलाई खुट्ट्याउन दिँदैनन्। तिनीहरूलाई मानिसहरूद्वारा आफ्नो खुलासा गरिने र खुट्ट्याइने सबैभन्दा बढी डर हुन्छ; तिनीहरूले आफ्नो शक्तिलाई र मानिसहरूको हृदयमा भएको तिनीहरूको हैसियतलाई निरन्तर दह्रिलो पार्ने प्रयास गरिहरेका हुन्छन्, जुन कहिल्यै पनि हल्लनु हुँदैन भन्ने तिनीहरूलाई लाग्छ। आफ्नो अभिमान, इज्जत वा हैसियत र अगुवाको रूपमा तिनीहरूको महत्त्वलाई जोखिम पुर्याउने वा असर गर्ने कुनै पनि कुरा तिनीहरू कहिल्यै सहँदैनन्। के यो ख्रीष्टविरोधीहरूको दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र अनन्त प्रभुत्व पाउन खोज्छन्। तिनीहरूले अरूको व्यवहार नियन्त्रण गर्न मात्र चाहँदैनन्, तर तिनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। परमेश्वरका वचनद्वारा मैले देखेँ मण्डलीभित्र आफ्नो शक्ति र पदलाई मजबुत बनाउन, ख्रीष्टविरोधीहरू उनीहरूसँग विमति राख्ने र उनीहरूका बारेमा रिपोर्ट गर्ने जो कोहीलाई दमन गर्छन् र सजाय दिन्छन्। मेरिलिन र उनको समूह ठ्याक्कै परमेश्वरले व्याख्या गर्नुभएजस्तै ख्रीष्टविरोधी थिएनन् त? जब केही ब्रदर र सिस्टरहरूले तिनीहरूलाई प्रष्टै देखे अनि रिपोर्ट गरे, तब मेरिलिनको गिरोहले उनीहरूविरुद्ध प्रयोग गर्न केही कुरा फेला पारे अनि उनीहरूलाई बर्खास्त गराए। उनीहरूले आफूलाई खुट्ट्याउने जति सबैलाई निगरानी गरे, र उनीहरूको विरुद्ध लाग्नेलाई दोषी साबित गरी निष्कासित गरे। उनीहरूले आफ्ना नातेदार तथा आफूले महत्त्वपूर्ण ठानेका मानिसहरूलाई अगुवा र कामदारको पद दिलाउने व्यवस्था पनि गरे। उनीहरूले गुटबन्दी गर्नका लागि गिरोह बनाइसकेका थिए। कुरा हामीले रिपोर्ट लेखेको बेलाभन्दा झन् बिग्रेको थियो—तिनीहरू असली ख्रीष्टविरोधी गिरोह थिए! मैले तिनीहरूको दुष्ट कार्यको रिपोर्ट नगर्दा, मण्डलीको काममा नोक्सान हुने मात्रै हैन कि मण्डलीमा भएका सबै ब्रदर-सिस्टरलाई हानि हुने थियो। तर तिनीहरूविरुद्ध फेरि रिपोर्ट गर्ने कुराले म आत्तिएँ। मैले सोचेँ, “तिनीहरू सबै अगुवाको भूमिकामा छन्, मलाई हटाएर भेलामा उपस्थित हुनबाट निलम्बन गरिसकिएको छ, मैले तिनीहरूविरुद्ध फेरि रिपोर्ट गरेँ भने अरूले पत्याउलान्? तिनीहरूले पहिले जस्तैगरी मेरो रिपोर्ट हात पारे भने, यसले केही राम्रो गर्नु त परै जाओस्, तिनीहरूले त मलाई मण्डलीबाटै निकालिदिनेछन्। त्यसपछि त म सकिन्छु!” मण्डलीबाट निकालिने सोचले मेरो मन चिसो भयो। तर त्यतिबेलै मैले तिनीहरूले मण्डलीको कामलाई पहिले नै धेरै बाधा गरिसकेका छन्, अनि तिनीहरू अझै ब्रदर-सिस्टरहरूलाई दमन गर्ने र सजाय दिने उपद्रो मच्चाइनै रहेका छन् भन्नेबारे सोचेँ। मैले तिनीहरूका बारे रिपोर्ट लेख्न अति डराउने र तिनीहरूलाई मनलाग्दी गर्न छोडिदिने हो भने, कति ब्रदर-सिस्टरहरूले कष्ट भोग्नुपर्थ्यो थाहा थिएन। त्यसो गर्नु परमेश्वरका सामु गम्भीर अपराध हुने थियो अनि उहाँले मलाई निश्चय नै घृणा गर्नुहुनेथियो र मलाई त्यागिदिनुहुनेथियो। मैले ती केही दिनमा मुस्किलले खान वा सुत्न सकेँ। पछि, ब्रदर म्याक्सले मलाई फोन गरी, हामीले हाम्रो रिपोर्टमा ठ्याक्कै के लेखेका छौँ र मैले परिस्थितिबारे अहिले के सोचेकी छु भनेर सोधे। मैले भनेँँ, “कुरेर हेरौँ।” उनले जवाफ दिए, “तपाईंले अहिले नै दृढ भएर मेरिलिनका बारेमा रिपोर्ट गर्नुभएन भने उनले तपाईंलाई साँच्चै नै छोड्छिन् जस्तो लाग्छ? यो व्यक्तिगत विषय हैन, यो मण्डलीको कामसँग सम्बन्धित कुरा हो। यसबारे विचार गर्नुहोला।” फोन राखिसकेपछि, मैले उनले भनेका कुराबारे नसोची बस्नै सकिनँ। मलाई अति निसास्सिएको महसुस भयो र के गर्ने भन्ने थाहा भएन। एउटा क्षणमा म लड्न र अर्को रिपोर्ट लेख्न चाहन्थेँ, अर्को क्षणमा, मेरो भविष्य र भाग्यको बारेमा सोच्थेँ, र निष्कासित हुने र आस्थाको जीवनको अन्त्य कसरी हुनसक्ला भन्नेबारे चिन्तित हुन्थेँ। म एकदमै अशान्तिको स्थितिमा थिएँ! त्यसपछि मैले परमेश्वरका वचनको एउटा खण्ड देखेँ: “मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। त्यसमाथि विचार गर्दा, मैले के देखेँ भने मैले आफूलाई घरिघरि जोगाएँ र मेरिलिनका बारेमा रिपोर्ट गर्न डराएँ किनकि म “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन” र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी विषअनुसार जिइरहेकी थिएँ। ती शैतानी विषले मेरो हड्डी र रगतमा जरा गाडेका थिए; मैले भन्ने र गर्ने हरेक कुरामा खालि आफ्नैबारे मात्र सोचेँ, अनि म अत्यन्त स्वार्थी र छली थिएँ। म विश्वासी बन्नुभन्दा पहिले, चाहे मेरो काममा होस् या व्यक्तिगत जीवनमा, मैले कहिल्यै कसैको पनि चित्त दुखाउने कुनै काम गर्न चाहिनँ। मण्डलीमा जोडिएपछि पनि म यी शैतानी दर्शनमै जिइरहेँ, सत्यताको अभ्यास गर्नुको सट्टा हरेक मोडमा आफूलाई जोगाइरहेँ। मेरिलिन र अन्य व्यक्तिहरू ख्रीष्टविरोधी गिरोह हुन्, र परमेश्वरको पक्षमा उभिएर मैले तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ भन्ने मलाई थाहा थियो। तैपनि, मैले आफ्नै भविष्य र भाग्यका बारेमा मात्र सोचेँ, मण्डलीको काम अथवा ब्रदर-सिस्टरहरूको जीवनका बारेमा ध्यानै दिइनँ। यो कसरी परमेश्वरको गवाही दिने काम भयो र? मैले दुष्टता गरिरहेकी थिएँ!
पछि मैले म उनीहरूसँग यतिबिघ्न किन डराएकी थिएँ भनेर विचार गर्न थालेँ। के तिनीहरूले मेरो भाग्य निर्धारण गर्न सक्थे? मेरो भविष्य र भाग्य पूर्णतः परमेश्वरकै हातमा थिएन र? ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिसँग यतिबिघ्न डराउनु मेरो मूर्खता थिएन? मैले परमेश्वरका वचन सम्झेँ: “परमेश्वरले आफ्नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्ने कुराको पनि प्रतीक हो। यो परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्वरले आफ्नो क्रोध बर्साउनुहुनेछ। परमेश्वरको सारको कारणले गर्दा, परमेश्वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। परमेश्वरको घर अन्य अधार्मिक जगत् जस्तो हैन—यहाँ त परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ नै सत्यता र उहाँ नै धर्मी हुनुहुन्छ, प्रदीप्त, असल र सुन्दर जे जति छन् उहाँ ती सबैको प्रतीक हुनुहुन्छ। यहाँ शैतानका कुनैपनि अँध्यारो र दुष्ट शक्ति जस्तै, ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले वास्तविक पकड कायम गर्न सक्दैनन्, ती सबै परमेश्वरद्वारा श्रापित र दण्डित हुन्छन्। मैले यतिबिघ्न डराउनु वा आत्तिनुपर्ने कुनै कारण नै थिएन। झुट्टा अगुवा तथा ख्रीष्टविरोधीहरू पनि परमेश्वरकै हातमा हुन्छन्। मलाई तिनीहरूले निष्कासन नै गरेपनि यो मैले अनुभव गर्नुपर्ने कुरा हुनेथ्यो। अब म तिनीहरूसँग कत्तिपनि डराउनु हुँदैन भन्ने ज्ञात भयो, मैले सत्यताको अभ्यास गर्नु थियो, दृढ भएर तिनीहरूविरुद्ध रिपोर्ट गर्नु थियो। त्यसैले मैले जेनलाई सँगै रिपोर्ट लेख्नेबारे छलफल गर्नका लागि फोन गरेँ, फोनमा उनले मेरिलिन र उनको समूहले मलाई निष्कासन गर्नका लागि सूचनासामग्री सङ्कलन गर्दैछन् भनेर बताइन्। तिनीहरूले सम्भवतः मलाई निष्कासन गर्ने कुनै उपाय फेला पार्लान् भन्ने मलाई पहिले नै थाहा थियो, तर वास्तवमै त्यो कुरा सुन्दा मलाई यस्तो झड्का लाग्यो कि म त असिनपसिन भएँ। त्यो फोनपछि मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई ‘स-साना झिँगोहरू’ ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि त्यस्तो मण्डलीका मानिसहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्वरको वचनको आनन्द लिन सक्छन्। परमेश्वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचन पढिसकेपछि, मैले मानिसको चिढ्याइ नसहने परमेश्वरको पवित्र र धर्मी स्वभाव साँच्चै महसुस गर्न सकेँ। परमेश्वरले झुट्टा अगुवा र ख्रीष्टविरोधीहरूलाई मण्डलीको काममा अवरोध ल्याउने वा उहाँका छानिएका जनहरूलाई चोट पुर्याउने अनुमति दिनुहुन्न। झुट्टा अगुवा र ख्रीष्टविरोधीहरू देखा पर्दा सत्यताको अभ्यास वा मण्डलीको कामलाई कायम नगर्ने मानिसहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ। ती मानिसहरूले प्रायश्चित्त गरेनन् भने तिनीहरू हटाइने वा दण्डित हुने निश्चित छ। मेरिलिनको झुट्टो र ख्रीष्टविरोधी गिरोहको सामना गर्दा म सत्यताको अभ्यास गर्न असफल भएँ, र तिनीहरूको रिपोर्ट गर्न दृढ भइनँ भन्नुको मतलब, म शैतानको पक्ष लिइरहेकी थिएँ र तिनीहरूलाई मण्डलीको काममा अवरोध पुर्याउन छुट दिइरहेकी थिएँ भन्ने होइन र? त्यस हुँदा तिनीहरूको दुष्टतामा मेरो पनि सहभागिता हुने थियो! म परमेश्वरले दिनुभएको सत्यताको आनन्द लिइरहेकी थिएँ अनि उहाँले प्रदान गर्नुभएको कुरा खाँदै र पिउँदै थिएँ, तर ख्रीष्टविरोधीहरूले उन्मत्त भएर मण्डलीको कामलाई अवरोध पुर्याउँदा र परमेश्वरका चुनिएका जनहरूलाई दमन गर्दा, मैले मण्डलीको कामको रक्षा गरिनँ। म दुश्मनको पक्ष लिइरहेकी थिएँ। त्यो परमेश्वरलाई दिइएको गम्भीर धोका थियो र उहाँले दण्डित गर्ने कार्य थियो। परमेश्वरले भन्नुभए जस्तै: “शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्!” त्यत्तिखेर मात्रै मैले साँचो डरको महसुस गरेँ। मैले प्रायश्चित्त नगरेको भए, म निष्कासित नभए पनि, झुट्टा अगुवा र ख्रीष्टविरोधिहरूसँगै म पनि दण्डित हुने र हटाइने थिएँ। यस्तो महसुस गरेपछि म प्रार्थना गर्नका लागि परमेश्वरका अगाडि आएँ। मैले भनेँ, “परमेश्वर, म हजुरसामु प्रायश्चित्त गर्न चाहन्छु, अनि अतिसावधान हुन र आफैँलाई जोगाउन छोडिदिन्छु। म सत्यता अभ्यास गर्न चाहन्छु, अनि शैतानका काला शक्तिहरूद्वारा नियन्त्रित हुन चाहन्न। म दृढ भएर मण्डलीको कामको रक्षा गर्न चाहन्छु। म निष्कासित हुनुपरे पनि मैले ती ख्रीष्टविरोधीहरूबारे रिपोर्ट गर्नैपर्छ र मलाई थाहा भएका सबैकुरा लेख्नुपर्छ भन्ने मलाई थाहा छ।” त्यसपछि, अर्की सिस्टरले मलाई माथिल्लो तहका एकजना अगुवालाई सिधै रिपोर्ट बुझाउन सहयोग गरिन्। एउटा अनुसन्धान गरियो अनि मेरिलिन र अरूलाई ख्रीष्टविरोधी ठहर गरियो अनि उनीहरूलाई कर्तव्यबाट निलम्बन गरियो। त्यसपछि पनि तिनीहरूले हार मानेनन् अनि अन्तिम व्यग्र प्रयासका लागि गोप्य साँठगाँठ गरे। तिनीहरूले आफ्नो दुष्कर्मको प्रमाण लुकाउन ब्रदर-सिस्टरहरूलाई भ्रमित पार्ने कोशिस गरे, उनीहरूबारेको रिपोर्टको व्यवस्थापन गर्ने सिस्टरमाथि पनि जासुसी गरे। अन्त्यमा, ख्रीष्टविरोधीहरूको त्यो पूरै गिरोह मण्डलीबाट निष्कासित भयो र दमित र दण्डित भएका ब्रदर-सिस्टरहरू सामान्य मण्डली जीवन जिउन र आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने भए।
यी सबै कुराहरू मार्फत् मैले परमेश्वरको धर्मी तथा चिढ्याउन नमिल्ने स्वभावको साँचो महसुस गरेँ, अनि परमेश्वरको घरमा सत्यता, परमेश्वर र धार्मिकताको शासन रहेको देखेँ। शैतान जतिसुकै कठोर भएपनि वा शक्तिशाली देखिएपनि यो त परमेश्वरले उहाँका चुनिएका जनहरूलाई सिद्ध बनाउन प्रयोग गर्ने साधन मात्र हो। परमेश्वरका वचनहरूले भन्छन्: “हामी सधैँ शैतान कति दुष्ट, आक्रामक, र खराब छ, शैतानले सत्यताप्रति वितृष्णा राख्छ र त्यसले सत्यतालाई घृणा गर्छ भनेर भन्छौँ, तर के तँ यो कुरा देख्न सक्छस्? शैतानले आत्मिक क्षेत्रमा के गर्छ देख्न सक्छस्? यसले कसरी बोल्छ र व्यवहार गर्छ, सत्यता र परमेश्वरप्रति यसको मनोवृत्ति के हुन्छ, यसको दुष्टता कहाँ हुन्छ—तैँले यीमध्ये कुनै पनि कुरा देख्न सक्दैनस्। त्यसकारण, शैतान दुष्ट छ, यसले परमेश्वरको विरोध गर्छ, र यसले सत्यताप्रति वितृष्णा राख्छ भनेर हामीले जसरी भने पनि, तेरो मनमा, यो एउटा अभिव्यक्ति मात्रै हुन्छ। यसको कुनै साँचो प्रतिरूप हुँदैन। यो अत्यन्तै खोक्रो हुन्छ, र यो अव्यवहारिक हुन्छ; यसले व्यवहारिक सन्दर्भको काम गर्न सक्दैन। तर व्यक्ति ख्रीष्टविरोधीको सम्पर्कमा आएपछि, उसले शैतानको दुष्ट, कटु स्वभाव र सत्यताप्रति वितृष्णा राख्ने यसको सारलाई अझै स्पष्ट रूपमा देख्छ, र शैतानसम्बन्धी उसको बुझाइ अझै स्पष्ट र व्यवहारिक हुन्छ। मानिसहरू सम्पर्कमा आउने र तिनीहरूले देख्ने यी वास्तविक सङ्ख्या र उदाहरणहरूविना, सत्यतासम्बन्धी मानिसहरूको तथाकथित बुझाइ अस्पष्ट, खोक्रा, र अव्यावहारिक हुन्छन्। तर जब मानिसहरू यी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको वास्तविक सम्पर्कमा आउँछन्, तब तिनीहरूले कसरी दुष्कर्म र परमेश्वरको विरोध गर्छन् भन्ने कुरा मानिसहरूले देख्छन्, र शैतानको प्रकृति सारलाई पहिचान गर्न सक्छन्। तिनीहरूले यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू शैतानका देहधारण हुन्—तिनीहरू जिउँदा शैतानहरू, जिउँदा दियाबलसहरू हुन् भन्ने देख्छन्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू मानिसहरूसँगको सम्पर्कमा आएपछि यस्तो प्रभाव आउँछ। जब शैतानले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको रूपमा पुनर्जन्म लिन्छ, तब यसको देहगत शरीरका क्षमताहरू त्यति धेरै हुँदैनन्, तैपनि त्यसले धेरै खराब कुराहरू गर्न सक्छ, र धेरै समस्याहरू पैदा गर्न सक्छ, र त्यो आनीबानी र व्यवहारमा अत्यन्तै दुष्ट र धूर्त हुन सक्छ। त्यसकारण, शैतानले आत्मिक क्षेत्रमा गर्ने दुष्टता देहमा जिउने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू सबैले मिलेर गर्ने कूल दुष्टताभन्दा सय वा हजार गुणा बढी हुन्छ। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूसँगको सम्पर्कमा आएपछि मानिसहरूले सिक्ने पाठहरूले तिनीहरूलाई समझशक्ति विकास गर्न र शैतानको अनुहार स्पष्ट देख्न मद्दत गर्छन्। यी कुराहरूले मानिसहरूलाई के सकारात्मक छन् र के नकारात्मक छन्, परमेश्वरले केलाई घृणा गर्नुहुन्छ र केले उहाँलाई खुशी पार्छ, के सत्यता हो र के भ्रामक कुरा हो, के धर्मी हो र के दुष्ट हो, परमेश्वरले ठ्याक्कै केलाई घृणा गर्नुहुन्छ र ठ्याक्कै केलाई प्रेम गर्नुहुन्छ, र परमेश्वरले कस्ता मानिसहरूलाई इन्कार्नुहुन्छ र हटाउनुहुन्छ र कस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ र प्राप्त गर्नुहुन्छ भनेर छुट्याउन सिकाउँछन्। यी प्रश्नहरूलाई धर्मसिद्धान्तहरूको हिसाबमा मात्रै बुझ्ने प्रयास गर्नु व्यर्थ हुन्छ। व्यक्तिले धेरै कुराहरू अनुभव गर्नुपर्छ, विशेष गरी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको बहकाउ र बाधा अनुभव गर्नुपर्छ। व्यक्तिले साँचो समझशक्ति प्राप्त गरेपछि मात्रै उसले यी धेरै सत्यताहरू बुझ्न र परमेश्वरले के मापदण्ड दिनुहुन्छ र उहाँले के प्राप्त गर्न चाहनुहुन्छ भन्नेबारे अझै गहन र व्यावहारिक बुझाइ प्राप्त गर्न सक्छ। के यसले परमेश्वरका अभिप्रायहरूबारे अझै राम्रो बुझाइ प्रदान गर्दैन र? के यसले तँलाई परमेश्वर नै सत्यता हुनुहुन्छ र सबैभन्दा प्रेमिलो उहाँ एक हुनुहुन्छ भन्ने कुरामा अझै निश्चित तुल्याउन सक्दैन र? (सक्छ।) परमेश्वरले मानिसहरूलाई परिस्थितिहरू अनुभव गर्ने क्रममा पाठहरू सिक्ने र समझशक्ति विकास गर्ने तुल्याउनुहुन्छ, र उहाँले निश्चय नै मानिसहरूलाई तालिम दिइरहनुभएको हुन्छ, साथै हरप्रकारका मानिसहरूलाई खुलासा पनि गरिरहनुभएको हुन्छ। जब कतिपय मानिसहरूले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीलाई भेट्छन्, तब तिनीहरूले उसलाई खुलासा वा पहिचान गर्ने आँट गर्दैनन्, र तिनीहरूसँग सम्पर्क गर्ने आँट पनि गर्दैनन्। तिनीहरू डराउँछन्, र त्यस्ता मानिसहरूबाट टाढा बस्ने प्रयास मात्र गर्छन्, मानौँ तिनीहरूले कुनै विषालु सर्प देखेका छन्। त्यस्ता मानिसहरू पाठहरू सिक्नै नसक्ने गरी डरपोक हुन्छन्, र तिनीहरूले समझशक्ति विकास गर्दैनन्। दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी सामना गर्ने कतिपय मानिसहरूले पाठहरू सिक्ने वा समझशक्ति प्राप्त गर्ने कार्यमा ध्यान दिँदैनन्; तिनीहरूले आफ्नो जिद्दीपनको आधारमा तिनीहरूसँग व्यवहार गर्छन्, र जब ख्रीष्टविरोधीलाई खुलासा र पहिचान गर्ने समय आउँछ, तब तिनीहरू उपयोगी हुन वा व्यावहारिक काम गर्न सक्दैनन्। कतिपय मानिसहरूले ख्रीष्टविरोधीले धेरै दुष्कर्म गरेको देख्छन्, र हृदयमा तिनीहरूलाई यसप्रति वितृष्णा हुन्छ, तर तिनीहरूले यसबारे केही गर्न सक्दैनन्, तिनीहरूलाई तिनीहरूको हात बाँधिएको छ जस्तो लाग्छ। परिणामस्वरूप ख्रीष्टविरोधीले तिनीहरूलाई स्वेच्छाचारी रूपमा खेलौना बनाउँछन्, र तिनीहरूले यो कुरा सहिरहन्छन् र यसलाई चुपचाप अङ्गालिरहन्छन्। तिनीहरूले ख्रीष्टविरोधीलाई लापरवाही रूपमा काम गर्न र मण्डलीको काम बिथोल्न दिइरहन्छन्, र तिनीहरूले उसको बारे रिपोर्ट वा खुलासा गर्दैनन्। तिनीहरू मानवको रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य निभाउन असफल भएका हुन्छन्। छोटकरीमा भन्दा, जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले विनाश निम्त्याउँदै मनलाग्दी गर्छन्, तब यसले हरप्रकारका मानिसहरूलाई खुलासा गर्छ, र अवश्य नै, यसले सत्यता पछ्याउने र न्यायबोध भएकाहरूलाई तालिम दिने, र तिनीहरूलाई समझशक्ति र अन्तर्ज्ञान वृद्धि गर्न, यसबाट केही कुरा सिक्न, र परमेश्वरका अभिप्रायहरू बुझ्न मद्दत गर्ने कार्य पनि गर्छ। अन्ततः तिनीहरूले परमेश्वरका कुन-कुन अभिप्रायहरू बुझ्छन्? यो कि परमेश्वरले ख्रीष्टविरोधीहरूलाई मुक्ति दिनुहुन्न, बरु तिनीहरूलाई सेवाको लागि मात्रै प्रयोग गर्नुहुन्छ, र जब ख्रीष्टविरोधीहरूले आफ्नो सेवा पूरा गरिसकेका हुन्छन्, तब परमेश्वरले तिनीहरूलाई खुलासा गर्नुहुन्छ र हटाउनुहुन्छ, र अन्ततः तिनीहरूलाई दण्ड दिनुहुन्छ, किनभने तिनीहरू दुष्ट मानिसहरू हुन् र तिनीहरू शैतानका मानिसहरू हुन्। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू आफ्नो भ्रष्ट स्वभावको बाबजुद पनि सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र परमेश्वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्ने, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र अपराध गरेपछि, साँचो रूपमा पश्चात्ताप गर्न सक्ने समूहका मानिसहरू हुन्। यी मानिसहरूले काटछाँट, न्याय र सजाय स्विकार्न सक्छन्, र अरूले तिनीहरूलाई खुलासा गर्दा वा तिनीहरूका समस्याहरू औँल्याउँदा यसलाई सही रूपमा लिन सक्छन्। परमेश्वरले जसरी काम गर्नुभए पनि, यसलाई स्विकार्ने र यसमा समर्पित हुने, र यसबाट केही सिक्न सक्ने मानिसहरू नै परमेश्वरलाई साँचो रूपमा पछ्याउने, उहाँको काम अनुभव गर्ने, र उहाँद्वारा प्राप्त गरिने समूहका मानिसहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। ती ख्रीष्टविरोधीहरूको दमन मार्फत् मैले उनीहरू प्रकृतिगत रूपमै कति दुष्ट र निर्दयी हुन्छन् सही रूपमा देख्न पाएँ। उनीहरू आफूलाई खुट्ट्याउन सक्ने वा उनीहरूले भनेको नसुन्ने, उनीहरूको विरुद्ध रिपोर्ट गर्ने, वा उनीहरूको पद जोखिममा पार्ने जोकोहीलाई दण्ड दिने र हटाउने गर्छन्। अनि, तिनीहरूमा विवेक वा समझ कत्तिपनि हुन्न। तिनीहरू जतिसुकै दुष्टता गरून्, वा जतिसुकै मानिसलाई दमन गरून, जतिसुकै पटक तिनीहरूको काँटछाँट र भण्डाफोर गरियोस्, तिनीहरू रत्तिभर पनि पश्चात्ताप वा प्रायश्चित्त गर्दैनन्। ख्रीष्टविरोधीहरू सारमा सत्यताविरोधी र सत्यतालाई घृणा गर्ने खालका हुन्छन्। तिनीहरू पृथ्वीमा पुनर्जन्म लिएका परमेश्वरविरोधी दुष्टात्माहरू हुन्। मैले व्यक्तिगत रूपमा के पनि अनुभव गरेँ भने तिनीहरूको शक्तिको डर मानेर तिनीहरूको भण्डाफोर र रिपोर्ट गर्ने हिम्मत गरिएन भने, केवल दमित, दण्डित र पीडित बनिन्छ। तपाईं परमेश्वरका पक्षमा उभिएर तिनीहरूसँग लड्न उहाँका वचन तथा सत्यताको प्रयोग गर्नुपर्छ। तपाईंले तिनीहरूबारे रिपोर्ट गर्ने र तिनीहरूको खण्डन गर्ने तथा तिनीहरूलाई मण्डलीबाटै धपाउने गर्नुपर्छ। त्यो नै तिनीहरूको शक्ति र नियन्त्रणबाट जोगिने तथा शैतानमाथि विजय पाउने एकमात्र बाटो हो। यी सबैकुरा मैले प्राप्त गर्नुको सम्पूर्ण श्रेय परमेश्वरका वचनलाई जान्छ! परमेश्वरलाई धन्यवाद!