१०. मुक्ति पाउन इमानदार बन्नैपर्छ
सन् २०२१ को अगस्टमा, म नयाँ विश्वासीहरूलाई मलजल गर्न एउटा मण्डलीमा आएँ। केही समयपछि, मैले एक जना नयाँ विश्वासीको स्वभाव अलि अहङ्कारी रहेको, उनले प्रायजसो आफ्नै विचारमा अड्डी कस्ने गरेको, अनि आफ्ना ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्न नसक्ने कुरा पत्ता लगाएँ। अरूले उनको समस्याबारे सल्लाह दिँदा, उनले सुन्न अस्विकार्नुका साथै मानिस र मामिलाहरूमा बहस गर्ने र खोट खोज्ने समेत गर्थिन्, अनि तिनीहरूको पिठ्यूँपछाडि आलोचना र निन्दा गर्थिन्। यसले ब्रदर-सिस्टरहरूलाई उनीद्वारा बाँधिएको महसुस गरायो र मण्डलीको काममा अवरोध पुग्यो। सिद्धान्तअनुसार, उनलाई बर्खास्त गर्नुपर्थ्यो। यद्यपि, मलाई केही चिन्ता लागिरहेको थियो, किनभने मैले यस विषयमा उनीसँग सङ्गति गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर म यसअघि कहिल्यै अगुवा वा कामदार भएकी थिइनँ, यस विषयमा कसैसँग कहिल्यै सङ्गति गरेकी थिइनँ, र मैले यो कसरी गर्ने भनेर मलाई थाहा थिएन। तर म सुपरिवेक्षकलाई सोध्न पनि चाहन्नथेँ, मलाई डर थियो, उनले म यति समस्या पनि समाधान गर्न सक्दिनँ भन्ने थाहा पाइन् यो भने मलाई अयोग्य ठान्नेछिन्, मेरो वास्तविकता थाहा पाउनेछिन्, र पछि मलाई महत्त्व दिने वा मेरो संवर्धन गर्ने छैनन्। मैले ती नयाँ विश्वासी फ्रान्सेली हुन्, र मलाई फ्रान्सेली भाषा त्यति राम्ररी बोल्न आउँदैन भन्ने तथ्यबारे पनि सोचेँ। यदि मैले आफ्नो कुरा स्पष्ट रूपमा व्यक्त गरिनँ भने, ती नयाँ विश्वासी नकारात्मक र कमजोर हुन सक्थिन् र आफ्नो आस्थाबाट पछि हट्न सक्थिन्, र यो मेरो गल्ती हुनेथियो। मैले बारम्बार यसबारे सोचेँ, र यो मामिला सम्हाल्न मण्डली अगुवा ब्रदर क्लाउडतिर सारिदिएँ। मैले यो क्लाउडका लागि संवर्धन हो, यसले उनलाई कसरी आफैँ समस्याहरू समाधान गर्ने भनी सिकाउँछ भन्ने मीठो तर्क पनि बनाएँ। तर पछि, उनले आफ्नो सङ्गतिमा कुराहरू स्पष्ट रूपमा व्याख्या गर्न नसकेकाले, ती नयाँ विश्वासी नकारात्मक भइन् र उनलाई गलतफहमी भयो, अनि उनी पछि हटिन् र विश्वास गर्न छोडिन्। यसकारण, क्लाउड धेरै दिक्दार भए। उनले आफू सङ्गति गर्न नसक्ने एकदमै मूर्ख भएको बताए। मलाई यो मामिला मेरो जिम्मेवारी हो भन्ने थाहा थियो, तर मैले उनीसँग मेरा समस्याहरू खुलेर विश्लेषण गरिनँ। मैले शान्तपूर्वक उनीसँग सङ्गति गरेँ र उनीसँगै विचलनहरूको सारांश निकालेँ। मैले आफ्नो साँचो अवस्था प्रकट नगरेकी मात्र होइन, समस्याहरू समाधान गर्न म धेरै सिपालु छु भन्ने भान पारेँ।
केही दिनपछि एउटा भेलामा, हाम्री अगुवाले आफ्नो सङ्गतिमा मेरो अवस्था औँल्याइन्। उनले एक जना मलजल गर्ने व्यक्तिले जिम्मेवारी नलिई आफ्नो कर्तव्य पूरा गरेको बताइन्। समस्याको सामना हुँदा आफैँले समाधान गर्नुको साटो उनले त्यसलाई नयाँ विश्वासी अगुवातिर सारिन्, नतिजास्वरूप समस्या राम्ररी समाधान भएन र एक जना नयाँ विश्वासी पछि हटिन्। जब मैले अगुवाले मेरो समस्यालाई यति ठाडै औँल्याएको सुनेँ, मेरो अनुहार रातोपिरो भयो, र मैले आफ्नो ठूलो बेइज्जत भएको महसुस गरेँ। त्यहाँ विभिन्न मण्डलीका सुपरिवेक्षक र मलजल गर्ने व्यक्तिहरू थिए। त्यो सुनेर सबैले मेरो बारेमा के सोच्ने होलान्? तिनीहरूले मलाई पक्कै पनि भरोसायोग्य नभएको ठान्नेछन्। आफ्नो सङ्गति सकेपछि, उनले सबैलाई बोल्न दिइन्। मैले सोचेँ, “अगुवाले यति सीधै भनिन्, र त्यसमा संलग्न मै थिएँ। यदि मैले अहिले सङ्गति गरिनँ भने, के यसले मसँग काटछाँट स्विकार्ने मनोवृत्ति छैन भन्ने देखाउँदैन र? यसले त अगुवामा पक्कै पनि नराम्रो छाप पार्नेछ।” आफ्नो छवि सुधार्न, मैले सबैभन्दा पहिले सङ्गति गरेँ, र हल्का रुन्चे स्वरमा भनेँ, “यस्तो घटना हुन दिएकोमा मलाई धेरै पछुतो लागेको छ। म अहिले आफू धेरै गैर-जिम्मेवार व्यक्ति हुँ भन्ने देख्छु।” आत्मज्ञान देखाएपछि म आफ्नो सफाइ दिन थालेँ, र भनेँ, “पहिले मैले नयाँ विश्वासीको अवस्थाबारे बुझ्ने प्रयास गरेकी थिएँ र उनीसँग परमेश्वरको वचनमा सङ्गति गरेकी थिएँ, अनि उनलाई मद्दत र साथ-सहयोग दिन धेरै प्रयास गरेकी थिएँ। तर भाषागत समस्याले गर्दा, उनलाई बर्खास्त गर्ने कुरा आउँदा, मैले यो काम क्लाउडलाई सुम्पिदिएँ। मैले यसका परिणामबारे विचार गरिनँ, जसले गर्दा ती नयाँ विश्वासी पछि हटिन्।” कुरा गरिसकेपछि, एक जना सिस्टरले मलाई एउटा सन्देश पठाइन् र कुरा नचपाइकन स्पष्टसँग भनिन्, “तपाईँको बोलीको लबज अति नरम, केही हदसम्म चलाखीपूर्ण थियो। सुन्दा असहज लाग्यो, मानौँ मानिसहरूलाई तपाईँले आफू गलत रहेको तपाईँलाई पहिल्यै थाहा छ, र उनीहरूले तपाईँलाई हकारिरहनु पर्दैन भनेर भनिरहनुभएको थियो।” जब मैले त्यो सन्देश पढेँ, मेरो अनुहार रातोपिरो भयो र मलाई साँच्चै लाज लाग्यो। यो धेरै लाजमर्दो थियो, मानौँ कसैले खेलिरहेको चाल पर्दाफास गरिरहेको छ। पछि, मैले ती सिस्टरका कुराहरू सधैँ आफ्नो मनमा राखेँ। मैले सोचेँ, उनले मेरा समस्याहरू ठाडै औँल्याइन्, र यसको पछाडि पक्कै पनि परमेश्वरको अभिप्राय हुनुपर्छ। मैले राम्ररी चिन्तन गर्नुपर्छ र आफूलाई अझ राम्रोसँग बुझ्ने प्रयास गर्नुपर्छ। चिन्तन गर्दै गर्दा, मैले यस्तो महसुस गरेँ: जब-जब मेरो काटछाँट हुन्थ्यो, म सधैँ स्वेच्छाले आफ्ना समस्याहरू स्वीकार गर्थेँ र त्यसपछि अरूको सहानुभूति र समझदारी जित्नका लागि दुःखी र पीडित स्वरमा मेरा वास्तविक कठिनाइहरू व्यक्त गर्थेँ, ताकि सबै मप्रति नरम होऊन् र मलाई जवाफदेही नठहराऊन्। साथसाथै, म अरूले मलाई काटछाँट स्विकार्न सक्ने ठानून्, र अरूमा मेरो राम्रो छाप परोस् भन्ने पनि चाहन्थेँ। तब मात्र मैले मेरा शब्दहरू छलकपटले भरिएको महसुस गरेँ। त्यसपछि, मैले यस विषयमा परमेश्वरका सान्दर्भिक वचनहरू खोजेर खाएँ र पिएँ।
एक दिन, मैले बाइबलमा परमेश्वर र शैतानबीचको संवाद सम्झेँ: “अनि यहोवाले शैतानलाई भन्नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। परमेश्वरले शैतानले बोल्ने तरिकालाई खुलासा र विश्लेषण गर्नुभएको छ: “शैतानका शब्दहरूमा केही निश्चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्चित जवाफ दिँदैन।) यस किसिमको बोल्ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। विगतमा, जब मैले परमेश्वरले शैतान बहकाउने र गालत दिशातर्फ डोर्याउने तरिकाले बोल्छ भनेर भन्नुभएको छ भनी पढ्थेँ, मलाई सधैँ यस्ता चालहरू चल्न सक्ने मानिसहरू सबै षड्यन्त्रकारी र धूर्त हुन्छन् भन्ने लाग्थ्यो। तर जब मैले परमेश्वरको वचन पढेँ, तब आफूले पनि यस्तै प्रकारको व्यवहार प्रकट गरेकी रहेछु भन्ने पत्ता लगाएँ। जब अगुवाले मलाई मेरा ब्रदर-सिस्टरहरूको अगाडि खुलासा गरिन्, बाहिरी रूपमा मैले त्यसलाई स्वीकार गरेँ र मैले जिम्मेवारीपूर्वक काम गरेकी छैन भनेर मानेँ। वास्तवमा, मैले यसलाई साँच्चै स्वीकार गरेकी थिइनँ, र अलिकति अन्याय भएको महसुस गरेँ। मलाई लाग्यो, मैले यो कर्तव्य धेरै समयदेखि निर्वाह गरेकी थिइनँ, त्यसैले यी समस्याहरू क्षमायोग्य थिए। उनले भेलामा मेरो अलिकति पनि इज्जत नराखी मलाई यति सीधै किन खुलासा गरिन्? त्यसपछि त, सबैले पक्कै पनि म विश्वास गर्न लायक नभएको र गैर-जिम्मेवार रहेको सोचे होलान्। आफ्नो छवि सुधार्न, ब्रदर-सिस्टरहरूले मलाई काटछाँट स्विकार्न सक्ने सोचून् भनेर, मैले स्वेच्छाले आफ्नो गल्ती स्वीकार गरेँ, र जानेबुझेरै रुन्चे र नरम स्वरमा बोलेँ, किनभने म मानिसहरूलाई भन्न चाहन्थेँ, मलाई आफू गलत छु भनेर पहिल्यै थाहा छ, मलाई पछुतो र धेरै दुःख लागेको छ, र उनीहरूले मलाई अब दोष दिनुहुँदैन; र म आफ्ना गल्तीहरू सच्याउन र सत्यता स्विकार्न सक्ने व्यक्ति हुँ। बाहिरबाट हेर्दा, मैले आफूलाई चिनेको जस्तो देखिन्थ्यो, तर वास्तवमा मैले मानिसहरूको मुख बन्द गर्न र उनीहरूलाई मेरा समस्याहरूबारे कुरा गर्न वा मलाई जवाफदेही बनाउनबाट रोक्न यो तरिका प्रयोग गरेकी थिएँ। यो नै मेरो वास्तविक अभिप्राय थियो। जब मैले यसबारे चिन्तन गरेँ, तब मात्र मैले आफू शैतान जस्तै कपटी र धूर्त रहेको महसुस गरेँ। मेरा शब्द मानिसहरूलाई बहकाउने र भ्रमित पार्ने षडयन्त्रहरूले भरिएका थिए। मैले गैरजिम्मेवार तरिकाले आफ्नो कर्तव्य पूरा गर्दा समस्याहरू उत्पन्न भए र अगुवाले मेरो नाम लिइन्। मैले पश्चात्ताप त गरिनँ नै, उल्टै ब्रदर-सिस्टरहरूको अगाडि आत्मज्ञान भएको नाटक गरेँ, ताकि उनीहरूले मलाई सत्यता स्विकार्न सक्ने व्यक्ति सोचून्। म साँच्चै चतुर र छली थिएँ! खुलेर बोल्नु र आफूलाई चिन्नु सत्यता अभ्यास गर्नुका अभिव्यक्तिहरू हुनुपर्छ, तर मेरो स्पष्ट स्वीकारोक्तिमा चालबाजी थियो, यो जिम्मेवारीबाट पन्छिनका लागि आफूलाई सही ठहराउनु थियो। म साँच्चै धेरै कपटी थिएँ!
त्यसपछि, मैले मानिसहरूको दुष्ट स्वभावलाई खुलासा गर्ने परमेश्वरको वचनको अर्को खण्ड देखेँ। परमेश्वर भन्नुहुन्छ: “सामान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तँ तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी परिष्कृत हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको दुई-तीन दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभावको प्रकटीकरण देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, उसले कामकुरा त्याग्न र आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ छ, परमेश्वरलाई प्रेम गर्ने हृदय छ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै छ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्)। परमेश्वरको वचनले दुष्ट स्वभाव भएका मानिसहरूको मुख्य विशेषता आफ्नो बोलीव्यवहारमा गोप्य हुनु हो भनी खुलासा गर्छ। आफ्ना अभिप्रायहरू अरूबाट लुकाउन, तिनीहरू सधैँ सही शब्दहरू प्रयोग गर्छन्, र आफ्नो गोप्य उद्देश्य हासिल गर्न मानव संवेदनाअनुरूप र सत्यताअनुरूप देखिने तरिकाहरू अपनाउँछन्। मैले आफूले गरेका ती कुराहरूबारे सोचेँ; त्यो उही चाल थियो: म नयाँ विश्वासीका समस्याहरू समाधान गर्न सक्दिनथेँ, त्यसैले सुपरिवेक्षकबाट आफ्नो साँचो कद लुकाउन, मैले त्यो मामिला नयाँ विश्वासी अगुवालाई सुम्पिदिएँ। मैले एउटा मीठो बहाना पनि बनाएँ: यो क्लाउडका लागि आफैँ समस्याहरू कसरी समाधान गर्ने भनेर उनलाई सिकाउने संवर्धन हो। अन्तमा, उनले त्यो राम्ररी सम्हालेनन्, र मैले उनीसँग सङ्गति गरेँ र उनका विचलनहरूको सारांश निकालेँ। मैले आफ्नो वास्तविक रूप प्रकट त गरिनँ नै, समस्याहरू सम्हाल्न म सिपालु छु भन्ने भान पार्न उनको अगाडि एउटा राम्रो छवि पनि प्रस्तुत गरेँ। जब मलाई मेरो अगुवाद्वारा खुलासा गरियो, तब सबैको हृदयमा मेरो छवि सुधार्न, मैले अरू मानिसहरूले कुरा नकाटून् भनेर आफ्ना गल्तीहरू स्वीकार गरेँ, र सबैको सहानुभूति र समझदारी जित्न, र उनीहरूमा म सत्यता स्विकार्न सक्छु, आफूलाई चिन्छु, र ममा पश्चात्तापको मनोवृत्ति छ भन्ने सोच भर्न रुन्चे स्वरसमेत प्रयोग गरेँ। यसरी, उनीहरूले मलाई उप्रान्त जिम्मेवार ठहराउने थिएनन्। परमेश्वरका वचनहरूको प्रकाशमा मेरा बोलीव्यवहारबारे चिन्तन गरेर हेर्दा, आफूलाई निकै भयङ्कर रहेको देखेँ। मैले आफ्नै घृणित मनसायहरू लुकाउन मानिसहरूको संवेदना र सत्यताअनुरूप देखिने शब्दहरू प्रयोग गरेँ, र त्यसद्वारा मानिसहरूलाई बहकाएँ र अलमलाएँ। म वास्तवमा यस्तो गहिरो धूर्तताले भरिएको कुटिल र छली व्यक्ति रहेछु। पहिले, मानिसहरूको दुष्ट स्वभावलाई खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दाखेरि म तिनलाई कहिल्यै आफूमा लागू गर्दिनथेँ, म त्यस्तो व्यक्ति होइन भन्ने सोच्थेँ। तथ्यहरूद्वारा खुलासा गरिएपछि, र परमेश्वरका वचनहरूमा आधारित भई थप आत्म-परीक्षण गरेपछि, मैले अन्ततः आफ्नो दुष्ट स्वभावबारे थोरै ज्ञान पाएँ।
थप चिन्तन गरेर मैले धेरै क्षेत्रहरूमा आफ्नो दुष्ट स्वभाव प्रकट गरेकी रहेछु भन्ने बुझेँ। मैले सम्झेँ, केही समयअघि, सुपरिवेक्षकले मलाई एउटा काम सिस्टर मरिनालाई सुम्पन र मेरो ठाउँमा त्यो सम्हाल्न दिन भनेकी थिइन्। यो प्रबन्ध सुनेर, म निराश भएँ। म दुई वर्षभन्दा बढी समयदेखि यो कामका लागि एक्लै जिम्मेवार रहेकी थिएँ, र मैले यो कर्तव्यमा मलाई कसैले प्रतिस्थापन गर्न सक्दैन भन्ने सोचेकी थिएँ। मैले यो अरू कसैलाई दिइनेछ भन्ने सोचेकी थिइनँ। म साँच्चै सुपरिवेक्षकलाई आफू यो कामको जिम्मेवारीमा रहिरहन सक्छु कि भनेर सोध्न चाहन्थेँ, तर मलाई सुपरिवेक्षकले मलाई धेरै महत्त्वाकाङ्क्षी र अविवेकी ठान्लिन् भन्ने डर थियो, त्यसैले मैले केही भनिनँ। बाहिरी रूपमा, मैले आज्ञा पालन गरेँ, तर जब मैले काम हस्तान्तरण गरेँ, मैले सुपरिवेक्षक र मरिनाको उपस्थितिको फाइदा उठाई जानीजानी यस कामका केही मुख्य विवरणहरू उल्लेख गरेँ। सुपरिवेक्षकले मलाई यो कर्तव्य निर्वाह गरिरहन देलिन् कि भनेर म उनीहरूलाई मैले यो कर्तव्य निर्वाह गर्दा बटुलेको अनुभव र सिकेका सिद्धान्तहरू केही दिन वा हप्तामै सिक्न सकिँदैन भन्ने देखाउन चाहन्थेँ। नभन्दै, हस्तान्तरणपछि, सुपरिवेक्षकले मलाई अझै केही समयसम्म मरिनालाई सिकाउन सक्नुहुन्छ कि भनेर सोधिन्। यो सुनेर म धेरै खुसी भएँ। म कामका लागि जिम्मेवार रहिरहन नसके पनि, मैले भनेका कुराले मेरो आफ्नै उद्देश्य पूरा गरेको थियो। त्यसपछि, मरिनाले आफ्नो कर्तव्यमा जस्तोसुकै समस्या र कठिनाइहरूको सामना गरे पनि, उनी कामकुराको मूल्याङ्कन र निर्णय गर्न मकहाँ आउँथिन्, र हरेक कामको समीक्षा गर्न पनि अनुरोध गर्थिन्। यसरी, मैले चुपचाप आफ्नै हातमा शक्ति फिर्ता लिएँ। त्यस समयको मेरो व्यवहारलाई विस्तृत रूपमा फर्केर हेर्दा, म स्पष्ट रूपमै अरू कसैले मेरो ठाउँ लिओस् भन्ने चाहन्नथेँ, तर सुपरिवेक्षकले मलाई अहङ्कारी र अविवेकी नठानून् भनेर, मैले काम हस्तान्तरण गर्ने अवसरलाई आफ्नो योग्यता देखाउन प्रयोग गरेँ, र सुपरिवेक्षकको अनुमोदन जितेँ। यसरी, मैले सफलतापूर्वक यो शक्तिलाई आफैमा राखेँ, र “चलाखीपूर्वक” आफ्नै अभिप्रायहरू लुकाएँ। मैले आफ्नो व्यवहारबारे जति धेरै चिन्तन गरेँ, मलाई त्यति नै बढी डर लाग्यो। मैले आफू यस प्रकारको व्यक्ति हुँ भनेर पत्याउने आँट नै गरिनँ।
एउटा भेलाको दौरान, मैले ख्रीष्टविरोधीहरूका दुष्ट स्वभावलाई खुलासा गर्ने परमेश्वरका वचनहरूका दुई खण्ड पढेँ जसले मलाई आफ्नो बारेमा थप ज्ञान दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूको दुष्टतामा एउटा स्पष्ट विशेषता हुन्छ, र म यसलाई चिन्ने रहस्य तिमीहरूलाई बताउनेछु: तिनीहरूको बोली र व्यवहार दुवैमा, तैँले तिनीहरूको मन बुझ्न वा तिनीहरूको हृदय बुझ्न सक्दैनस्। तिनीहरूले तँसँग कुरा गर्दा, आफ्नो आँखा सधैँ यताउता घुमाइरहेका हुन्छन्, र तिनीहरूले कस्तो किसिमको षड्यन्त्र बुनिरहेका छन् भन्ने कुरा तैँले थाहा पाउन सक्दैनस्। कहिलेकाहीँ, तिनीहरूले तँलाई तिनीहरू बफादार वा निकै निष्कपट छन् भन्ने महसुस गराउँछन्, तर वास्तविकता यस्तो हुँदैन—तैँले तिनीहरूको नियत बुझ्न सक्दैनस्। तेरो हृदयमा कुनै खास अनुभूति हुन्छ, तिनीहरूको सोचमा गहन सूक्ष्मता, अथाह गहिराइ छ, तिनीहरू छली हुन् भन्ने अनुभूति हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। “यहाँ, ‘कुटिल’ को अर्थ कपटी र धूर्त हो, र यसले असामान्य व्यवहारलाई जनाउँछ। यो असामान्यताले गहिरो रूपमा लुकेको र यस्ता मानिसहरूले के सोचिरहेका वा गरिरहेका छन् भनी औसत व्यक्तिले बुझ्न नसक्ने हुनुलाई जनाउँछ। अर्को शब्दमा, यस्तो व्यक्तिका कार्यहरूका विधि, मनसाय, र सुरुवात बुझ्न निकै कठिन हुन्छन्, र कहिलेकाहीँ तिनीहरूको व्यवहार पनि गुपचुपको र गोप्य हुन्छ। छोटकरीमा भन्नुपर्दा, व्यक्तिको कुटिलपनको खास प्रकटीकरण र स्थितिलाई व्याख्या गर्न सक्ने एउटा शब्द छ, त्यो हो ‘पारदर्शिताको कमी,’ जसले गर्दा अरूले तिनीहरूलाई बुझ्न र बोध गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूका कार्यहरूको प्रकृति यस्तै हुन्छ—अर्थात्, जब तँलाई तिनीहरूले कुनै काम गर्नुका अभिप्राय स्पष्ट छैन भन्ने महसुस र आभास हुन्छ, तब तँलाई ती निकै डरलाग्दा लाग्छन्, तर छोटो समयमा वा कुनै कारणवश तैँले तिनीहरूका मनसाय र अभिप्रायहरू अझै पनि बुझ्न सक्दैनस्, र थाहै नपाई तँलाई तिनीहरूका कार्यहरू कुटिल छन् भन्ने अनुभूति हुन्छ। किन तँलाई यस्तो अनुभूति हुन्छ? किनभने एकातिर तिनीहरू के भन्छन् वा गर्छन् भनेर कसैले बुझ्न सक्दैन। अर्कोतिर तिनीहरू प्रायजसो घुमाउरो तरिकाले बोल्छन्, तँलाई बहकाउँछन्, र अन्त्यमा तँलाई तिनीहरूका कुन अभिव्यक्तिहरू सही र कुन गलत हुन्, अनि तिनीहरूका शब्दहरूको वास्तविक अर्थ के हुन् भनेर अनिश्चित बनाउँछन्। तिनीहरूले झूट बोल्दा, तँलाई त्यो नै सत्यता हो भन्ने लाग्छ; तँलाई कुन अभिव्यक्ति सही वा गलत हो भनी थाहा हुँदैन, र आफूलाई प्राय: मूर्ख बनाइएको र झुक्याइएको महसुस हुन्छ। यस्तो भावना किन आउँछ? किनभने यस्ता मानिसहरू कहिल्यै पारदर्शी रूपमा काम गर्दैनन्; तैँले तिनीहरू के गरिरहेका छन् वा केमा व्यस्त छन् भनेर प्रस्टसित देख्न सक्दैनस्, जसले गर्दा तँमा तिनीहरूप्रति शङ्का जाग्छै जाग्छ। अन्त्यमा, तैँले तिनीहरूको स्वभाव छली, कपटी, र दुष्ट पनि छ भन्ने देख्छस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्वरका वचनहरूले ख्रीष्टविरोधीहरूका अत्यन्तै दुष्ट स्वभावलाई खुलासा गरे। तिनीहरू जे भन्छन् र जे गर्छन्, त्यसका पछाडि सधैँ गोप्य मनसायहरू हुन्छन्, जसले गर्दा तिनीहरूलाई बुझ्न असम्भव हुन्छ। आफ्ना लक्ष्यहरू प्राप्त गर्न, ख्रीष्टविरोधीहरूले प्रायः भ्रम र धूर्त तरिकाहरू प्रयोग गरेर मानिसहरूलाई छल गर्छन् र बहकाउँछन्। तिनीहरू अरूलाई यस्तो उल्लु बनाउँछन् कि तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटो हुन् भनेर कसैलाई पनि थाहा हुँदैन। मेरो व्यवहार ख्रीष्टविरोधीको जस्तै धूर्त थियो; मैले भनेका र गरेका हरेक कुरामा सधैँ व्यक्तिगत मनसायहरू हुन्थे। जब मलाई आफ्नो कर्तव्य पूरा गर्नमा समस्या हुन्थ्यो, म त्यसबाट बच्ने उपायहरू खोज्न, साथै मेरो सुपरिवेक्षकको अगाडि मेरो साँचो कद खुलासा हुनबाट रोक्न पनि आफ्नो दिमाग खियाउँथेँ। जब मेरो अगुवाले मेरो कर्तव्यमा भएका समस्याहरू खुलासा गरिन्, तब मैले कसरी मानिसहरूलाई म सत्यता स्विकार्ने व्यक्ति हुँ भन्ने महसुस गराउने, र कसरी आफ्नो जिम्मेवारी पन्छाउने भन्नेबारे विचार गरेँ। जब म शक्ति कब्जा गर्न र आफ्नो पद जोगाउन चाहन्थेँ, तब म कसरी आफ्नो महत्त्वाकाङ्क्षा प्रकट नगर्ने, र सुपरिवेक्षकले मलाई काममा संलग्न रहिरहन र अन्तिम निर्णय गर्ने अधिकार दिने कुरा कसरी सुनिश्चित गर्नेबारे लेखाजोखा गर्थेँ। म आफ्ना बोलीव्यवहारका पछाडि यस्ता गोप्य मनसायहरू छन् भनेर कहिल्यै सोच्दिनथेँ! आफ्नो प्रतिष्ठा र पद जोगाउन, आफूलाई कसरी लुकाउने र अरूलाई कसरी छल गर्ने भन्नेबारे मात्रै सोच्थेँ। विशेष गरी मेरो अगुवा र सुपरिवेक्षकको अगाडि, म आफूले बोल्ने हरेक शब्दअघि ध्यान दिएर सोच्थेँ, कुन शब्दले मेरो उद्देश्य पनि पूरा गर्छ र मेरो वास्तविक सोचाइलाई प्रभावकारी रूपमा लुकाउँछ भन्नेबारे सोच्थेँ। यो त ख्रीष्टविरोधी स्वभाव थियो! जब मैले यसबारे चिन्तन गरेँ, म अलिकति डराएँ। परमेश्वर हामी इमानदार मानिस बन्नुपर्ने र हामीले आफूले सोचेकै कुरा भन्नुपर्ने, र हामीले प्रकट गर्ने भ्रष्टता, हामीले नबुझेका कुराहरू र हामीले गर्न नसक्ने कुराहरूबारे खुला हुनुपर्ने माग गर्नुहुन्छ। तर म जति बेला पनि कसरी आफ्नो रूप लुकाउने, कसरी मानिसहरूलाई मप्रति आदर गर्ने बनाउने, र कसरी आफ्नो छवि जोगाउने भन्नेबारे मात्रै सोच्थेँ। मैले गरेका सबै कुरा सोचविचारपूर्ण, कुटिल र धूर्त थिए, र म शैतानको छली र दुष्ट स्वभाव मात्रै प्रकट गर्थेँ। यो कुरा महसुस भएपछि, मेरो आँखा अगाडि दृश्यहरू घुम्न थाले। मैले मेरो बाल्यकाल सम्झिएँ—मेरी आमा मलाई सिकाउनुहुन्थ्यो, “तेज घोडालाई कोर्रा चाहिँदैन, चर्को आवाज भएको ढोललाई गह्रौँ ढोलक चाहिँदैन,” त्यसैले मैले सधैँ “तेज घोडा” र “चर्को आवाज भएको ढोल,” अनि एक आज्ञाकारी र शिष्ट बच्चा बन्न कोसिस गरेँ। मबाट केही गलत भइहालेमा, कसैले सम्झाइरहनु नपर्दै तुरुन्तै स्वीकार गर्थेँ। म हुर्कँदै गर्दा मेरा आमाबाबुले मलाई सायदै कहिल्यै गाली गर्नुभयो वा अनुशासनमा राख्नुभयो, त्यसैले मैले आत्म-सचेत भइयो भने र आफ्ना गल्तीहरू स्वीकार गरियो भने धेरै कष्टबाट बच्न सकिँदो रहेछ भन्ने महसुस गरेँ। उदाहरणका लागि, यदि म परीक्षामा अनुत्तीर्ण भएमा, आमाबुबाले दोष दिन वा गाली गर्नबाट जोगिन, उहाँहरू बोल्नुअघि नै म रुन थाल्थेँ, र दुःखी भएको नाटक गर्थेँ। म रुँदा मेरा आमाबाबुले सहन सक्नुहुन्नथ्यो। उहाँहरूलाई म थप दबाब सहन सक्दिनँ कि भन्ने डर लाग्थ्यो, त्यसैले उहाँहरूले मलाई दोष दिन छोड्नुभयो। बरु, उहाँहरू मलाई सान्त्वना दिनुहुन्थ्यो। यसरी म मेरा आमाबाबुको हप्कीबाट बच्थेँ, र मेरो आत्म-सम्मान पनि कायम रहन्थ्यो। परमेश्वरमा विश्वास गरेपछि पनि, म उस्तै थिएँ। जब म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनथेँ र मैले जिम्मेवारी लिनुपर्थ्यो, तब म आफ्नो लापरवाह र गैरजिम्मेवार व्यवहार लुकाउन दुःखी भएको नाटक गर्थेँ र आफ्नो बचाउका लागि तर्क-वितर्क गर्थेँ ताकि कसैले मलाई काटछाँट नगरोस्। संसारसँग व्यवहार गर्ने शैतानी दर्शनअनुसार जिएर म साँच्चै नै झन्-झन् धूर्त र छली बन्दै गएकी थिएँ। म परिस्थितिअनुसार चल्न, धेरै कुटिल चालहरू प्रयोग गर्न निकै सिपालु थिएँ, र शैतानको साक्षात रूप बनेकी थिएँ। सबैभन्दा डरलाग्दो कुरा त के थियो भने, मलाई चालबाजी र ठगी लगभग सामान्य लाग्न थालेको थियो। यदि मेरी सिस्टरले मलाई चेतावनी नदिएकी र खुलासा नगरेकी भए, ममा अलिकति पनि चेतना हुने थिएन वा मलाई अलिकति पनि लाज लाग्ने थिएन। मैले परमेश्वरको वचनबारे सोचेँ: “परमेश्वरले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले उहाँको राज्यका लागि चाहनुहुने मानिसहरू इमानदार मानिसहरू नै हुन्। यदि तँ झूट बोल्न र जालझेल गर्न सक्छस् भने, तँ छली, कुटिल, र कपटी व्यक्ति होस्; तँ इमानदार व्यक्ति होइनस्। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन, न त तैँले मुक्ति पाउने सम्भावना नै हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरको वचनबाट हामी देख्न सक्छौँ, परमेश्वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ र तिनीहरूदेखि घिन मान्नुहुन्छ। छली मानिसहरूको हृदयमा धेरै अँध्यारा पक्षहरू हुन्छन्। तिनीहरूका बोलीव्यवहारले सधैँ मानिसहरूलाई छल गर्छन् र बहकाउँछन्, र तिनीहरू कहिल्यै परमेश्वरको वचन अभ्यास गर्दैनन्। तिनीहरूले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन हुँदैनन्, र तिनीहरूले कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैनन्। यो कुरा बुझेपछि, मैले आफू साँच्चै खतरामा परेको महसुस गरेँ। मैले आफू पश्चात्ताप गर्न चाहेको भन्नका लागि परमेश्वरलाई प्रार्थना गरेँ, र परमेश्वरलाई मलाई मार्गदर्शन गर्न र साँचो परिवर्तन गर्न मद्दत गर्न बिन्ती गरेँ।
एक दिन, मैले परमेश्वरको वचनमा पढेँ: “इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलबाट छुटकारा पाउन परमेश्वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ स्वच्छ पार्, र प्रार्थनामार्फत परमेश्वरका आत्माद्वारा उत्प्रेरित बन्, यसरी, तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा)। “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्वरले मन पराउनुहुन्न भनी हेर्नको लागि चिरफार गर्न सिक्नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्ने प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मेरो हृदय छोए। वास्तवमा परमेश्वरका मागहरू धेरै सरल छन्। ती यसप्रकार छन्: हामी शुद्ध रूपमा र इमानदारीपूर्वक बोलौँ र काम गरौँ, हाम्रो हृदयमा कुनै छल, ढोँग वा कपट नहोस्, हामी परमेश्वरप्रति इमानदार हृदय राखौँ, र हामी अरूसँग पनि इमानदार होऔँ। यदि हामीले केही गलत गरेका छौँ वा झूट बोलेका छौँ भने, हामीले त्यो स्विकार्नुपर्छ र आत्मचिन्तन गर्नुपर्छ, अनि साँचो मनोवृत्तिले सत्यता स्विकार्नुपर्छ। केवल यसरी नै हामी बिस्तारै हाम्रा शैतानी स्वभावहरू समाधान गर्न सक्छौँ। मैले काटछाँट गरिएका केही ब्रदर-सिस्टरहरूबारे सोचेँ। उनीहरूले त्यस समयमा लज्जित महसुस गरे पनि, स्विकार्न र समर्पित हुन सके। त्यसपछि, उनीहरूले सत्यता खोज्न, आत्मचिन्तन गर्न, र आफ्नो असफलताको कारण पत्ता लगाउन सके। केही समयपछि उनीहरूले झन्-झन् धेरै प्रगति गरे, आफ्ना कर्तव्यहरूमा अझ राम्रा हुँदै गए, र उनीहरूसँग परमेश्वरको मार्गदर्शन थियो। जहाँसम्म मेरो कुरा छ, आफ्नो छवि र पद जोगाउन, मैले सधैँ आफ्ना जिम्मेवारीहरूबाट पन्छिने र काटछाँटबाट बच्ने कदमहरू चालेँ, र मैले चलाखीपूर्ण तरिकाले काम गरिरहेकी छु भनेर मनमनै सोचेँ। परिणाममा मैले के पाएँ? परमेश्वरमा वर्षौँसम्म विश्वास गरेपछि, मेरो जीवन स्वभाव परिवर्तन भएको थिएन। म अझै पनि त्यस्तै धूर्त, छली, र दुष्ट थिएँ। मैले सिद्धान्तहरू बोध नगरी आफ्नो कर्तव्य निर्वाह गरेँ, र समस्याहरू सामना गर्दा, मैले तिनलाई समाधान गर्न जानिनँ। तब मात्र मैले महसुस गरेँ, जिम्मेवारीबाट पन्छिन र काटछाँटबाट बच्न घरीघरी चालबाजी गरेर, म वास्तवमा परमेश्वरको मुक्तिलाई इन्कार गरिरहेकी रहेछु र सत्यता प्राप्त गर्ने मेरा अवसरहरू बर्बाद गरिरहेकी रहेछु। अनि जब म हरेक पटक जिम्मेवारीबाट पन्छिन चालबाजी गर्थेँ, मैले के भन्ने र कुन बहाना प्रयोग गर्ने भनेर सोच्न आफ्नो दिमाग खियाउनुपर्थ्यो। म एक पटक त त्यसबाट उम्कन सक्थेँ होला, तर अर्को पटक मेरो प्रतिष्ठा र छविमाथि खतरा आइपर्दा, मैले मानिसहरूलाई छल गर्न अर्को तरिका सोच्नुपर्थ्यो। हर दिन यो छली र बेइमान स्थितिमा जिउनु धेरै थकाइलाग्दो थियो, परमेश्वर यसलाई घृणा र तिरस्कार गर्नुहुन्छ, र अन्तमा, मैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मेरा अवसरहरू बर्बाद गर्ने थिएँ। यो कसरी चलाखी भयो र? म त अज्ञानी र मूर्ख थिएँ! जब मैले यो महसुस गरेँ, मैले उत्कट रूपमा मेरा छली र दुष्ट स्वभावहरू समाधान गर्न र एक इमानदार व्यक्ति बन्न चाहेँ।
क्लाउडलाई अझै पनि मैले उनलाई नयाँ विश्वासीसँग सङ्गति गर्न लगाउनु पछाडिका मेरा घृणित मनसाय थाहा थिएन भन्ने कुरा मलाई याद आयो। यदि मैले उनीसामु खुलेर कुरा गरिनँ भने, उनले मलाई खुट्ट्याउने त थिएनन् नै, उनले मलाई अझै पनि आदर गर्नेथिए, र उनी अझै पनि नकारात्मक स्थितिमा रहनेथिए र आफूले काम गर्न नसक्ने महसुस गर्नेथिए। त्यसैले, म क्लाउडसमक्ष गएँ, उनलाई नयाँ विश्वासीसँग सङ्गति गर्न पठाउनु पछाडिका मेरा मनसायबारे खुलेर कुरा गरेँ, र मैले यस मामिलाबाट सिकेको कुरा उनलाई बताएँ। मैले के पनि बताएँ भने, नयाँ विश्वासी पछि हट्नुको धेरैजसो दोष मेरै थियो र म स्वार्थी र घृणित थिएँ। केवल आफ्नो इज्जत र स्वार्थ जोगाउन, मैले उनलाई छल गरेकी र उनलाई जिम्मेवारी लिन लगाएकी थिएँ। त्यसपछि उनले मसामु आफ्नो आत्मचिन्तन, ज्ञान, र यस मामिलामा उनाले प्राप्त गरेको कुराबारे खुलेर बताए। उनीसँग सङ्गति गरेपछि, मैले ठूलो राहत महसुस गरेँ। मैले महसुस गरेँ, सत्यता अभ्यास गरेर र इमानदार व्यक्ति बनेर मात्र हामीले मनमा शान्ति महसुस गर्न सक्ने रहेछौँ। त्यसपछि, मेरो सुपरिवेक्षकले हाम्रो काममा भएका विचलन र समस्याहरूको सारांश निकाल्न एउटा बैठक आयोजना गरिन्। त्यो महिना मेरो प्रभावकारिता धेरै घटेको थियो। म यो कामको बैठकबाट भाग्न चाहन्थेँ, तर मलाई स्पष्ट रूपमा थाहा थियो, परमेश्वरले म कस्तो व्यवहार गर्छु भनेर हेर्न—म आफ्नो छवि र पद जोगाउन मेरा पुराना चालहरू फेरि अपनाउँछु, र आफ्ना कमीकमजोरी र समस्याहरू लुकाउँछु कि, म आफ्नो कर्तव्यमा भएका समस्याहरूको सामना गर्छु, खुलेर बोल्छु, र एक इमानदार व्यक्ति बन्छु भनेर हेर्न मेरो हरेक बोलीव्यवहारको छानबिन गर्नुहुनेछ। मैले सत्यता अभ्यास गर्नुपर्छ, चाहे त्यसले मेरो छविलाई किन नबिगरोस् भनेर आफैलाई भनेँ। त्यसैले, मैले त्यस अवधिमा आफ्नो काममा कसरी अलमल र चालबाजी गरेँ भन्नेबारे खुलेर कुरा गरेँ, र म मेरा समस्या र विचलनहरूको सारांश निकाल्नेछु, आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति सच्याउनेछु, र अझ प्रभावकारी हुन लागिपर्नेछु भनेर भनेँ। यो सङ्गतिपछि, मैले ठूलो राहत महसुस गरेँ, र मसँग आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने इच्छा र प्रेरणा थियो। मैले सकिसकेपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई हेयको नजरले हेरेनन्। बरु, उनीहरूले मसँग हाम्रा कर्तव्यहरू निर्वाह गर्ने अभ्यासका केही तरिकाहरूबारे छलफल गरे। मैले उनीहरूको सङ्गतिबाट धेरै फाइदा पाएँ, र आफ्ना विचलनहरू सच्याउने थप तरिकाहरू पनि सिकेँ। त्यसपछि, आफ्ना कर्तव्यहरू पूरा गर्दा मैले यी तरिकाहरूलाई व्यवहारमा ढालेँ, र म बिस्तारै आफ्नो काममा अझ प्रभावकारी हुँदै गएँ। म परमेश्वरप्रति धेरै आभारी थिएँ।
यो अनुभवबाट, हाम्रा कर्तव्यहरूमा हामीले जस्तोसुकै गल्ती गरे पनि वा जस्तोसुकै भ्रष्टता प्रकट गरे पनि, जबसम्म हामी शान्तपूर्वक कामकुराहरूको सामना गर्न, आफ्नो हृदय खोल्न, र सत्यता खोज्न सक्छौँ, तब कसैले हामीलाई हेयको नजरले नहेर्ने मात्र होइन, हामी आत्मचिन्तन गर्न र आफ्ना कर्तव्यहरू अझ राम्रोसँग पूरा गर्न पनि सक्छौँ भन्ने कुरा मलाई साँच्चै महसुस हुन्छ। मलाई सत्यता अभ्यास गर्ने र इमानदार हुने मानिसहरूको मात्र चरित्र र गरिमा हुन्छ, र उनीहरूले मात्र साँच्चै सहज र स्वतन्त्र महसुस गर्छन् भन्ने कुरा पनि महसुस भयो।