१. पादरीको घर फर्काइ

जङ जियन, चीन

मेरो परिवारले पुस्तौँदेखि क्याथोलिक मान्दै आएका थियो। म २० वर्षको हुँदा, मैले ईसाई सन्यासी बनेर प्रभुको सेवामा आफ्‍नो जीवन सुम्पने निर्णय गरेँ। सेमिनारीमा सात वर्ष विधिवत्‌ धर्मशास्‍त्रीय तालिम लिएपछि, मलाई २७ वर्षको उमेरमा पादरीको रूपमा पवित्रकरण गरियो, र ३० वर्ष पुग्दा, मलाई एउटा इसाई मठको फादरको रूपमा बढुवा गरियो। त्यो बेला, म साह्रै अहङ्कारी थिएँ। मलाई कलिलै उमेरमा मठको फादर बन्‍न सक्षम भएँ भन्‍ने लाग्थ्यो, र पादरी र इसाई सन्यासीहरू सबैले मेरो प्रवचन सुनेर फाइदा पुग्यो भन्थे, त्यसकारण मैले अरूले भन्दा राम्ररी बाइबल बुझेको छु र प्रभुको बारेमा मसँग ज्ञान छ भन्‍ने लाग्थ्यो। सोच्थेँ, प्रभु आउनुहुँदा, मैले अवश्यै उहाँको अनुमोदन पाउनेछु र स्वर्गको राज्यमा प्रवेश गर्न सक्‍नेछु।

जुन २००१ को एक साँझ, डिकन वाङले हतारहतार आएर दुई जना इसाईहरू आएका छन्, र तिनीहरू विश्‍वासको बारेमा औधी गहन रूपमा बोल्छन् भनेर भने। तिनीहरू इसाईहरू हुन् भनेको सुन्दा, मैले तिनीहरूलाई त्यति गम्‍भीर रूपमा लिइनँ। सोचेँ, “क्याथोलिक मण्डली नै साँचो मण्डली हो, र यसमा येशूको मुक्तिको पूर्ण सत्यता छ। मैले धेरै वर्षसम्‍म धर्मशास्‍त्रीय तालिम लिएको छु, र बाइबलको हरेक अध्याय पङ्क्तिपङ्क्ति गरी अध्ययन गरेको छु। म गएर तिनीहरूसँग विश्‍वासको सवालमा छलफल गर्नेछु र तिनीहरूलाई क्याथोलिक विश्‍वासमा आउन विश्‍वस्त तुल्याउनेछु।” त्यसपछि, डिकन वाङले मलाई ती दुई जनासँग भेट्न लगे। तिनीहरू ब्रदर चेङ शि र ब्रदर जियाङ गुवाङ रहेछन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको छ-सात वर्ष मात्रै भयो भन्‍ने थाहा पाउँदा, मैले तिनीहरूलाई झनै कम गम्‍भीर रूपमा लिएँ, तैपनि तिनीहरूलाई क्याथोलिक मण्डलीमा आबद्ध गराउन क्याथोलिक विश्‍वासको इतिहासबारे धैर्यसाथ बताएँ। तिनीहरू साँच्‍चै स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छन् भने, तिनीहरू साँचो मण्डली, अर्थात् क्याथोलिक मण्डलीमा प्रवेश गर्नुपर्छ भनेर तिनीहरूलाई आग्रह गरेँ। तर ती दुई ब्रदरहरू विश्‍वासमा आउन चाहनु त परको कुरा, बरु जियाङ गुवाङले उल्टै यसोसमेत भने, “क्याथोलिक विश्‍वास र इसाई जगत दुवैमा अहिले मण्डलीको स्थिति साह्रै उजाड छ। प्रचारकहरूले अन्तर्दृष्टिविनै धर्मशास्‍त्र पढ्छन् र प्रचार गर्छन्, तिनीहरूले कुनै पनि नयाँ वा गहन प्रवचनहरू दिन सक्दैनन्। कैयौँ प्रचारकहरूले सांसारिक कुराहरू पछ्याउन थालेका र सेवाको मार्ग छोडेका छन्। विश्‍वासीहरू त झन् नकारात्मक र कमजोर भएका छन्; तिनीहरूको विश्‍वास सेलाएको छ। भेलाको बेला, तिनीहरूले आफ्‍नो दैनिक जीवन वा पैसा कमाउनेबारेमा छलफल गर्छन्, अनि तिनीहरूले एकअर्कालाई जागिर र जोडी खोजिदिन्छन्। यस्ता धेरै विश्‍वासीहरू पनि छन् जो सांसारिक प्रचलन पछ्याउँछन्, र कति त बाहिरी संसारमा समेत फर्केका छन्। मण्डलीको स्थिति कसरी व्यवस्थाको युगका पछिल्ला दिनहरूको मन्दिरको स्थितिभन्दा फरक छ र? व्यवस्थाको युगको अन्त्यमा, मन्दिर स्पष्ट रूपमै उजाड भएको थियो। मानिसहरूले त्यहाँ पैसा साटिरहेका र गाइगोरु, भेडा, र ढुकुरहरू लेनदेन गरिरहेका थिए—यो चोरहरूको अड्‍डा बनेको थियो। यसले पवित्र आत्‍माले मन्दिरमा काम गरिरहनुभएको थिएन भन्‍ने देखाउँछ। त्यसो भए, पवित्र आत्‍माले कहाँ काम गरिरहनुभएको थियो? त्यो बेला, प्रभु येशूले मन्दिरभन्दा बाहिर पहिल्यैदेखि नयाँ काम गरिरहनुभएको थियो, त्यसैले पवित्र आत्‍माको काम प्रभु येशूको काममा सरेको थियो। यो त जाडो याममा चुलोले कोठा न्यानो बनाउँछ, तर चुला हटाइयो भने, कोठा बिस्तारै सेलाउँछ भनेत्यस्तै हो। यही शैलीमा, जब पवित्र आत्‍माको काम मण्डलीमा हुन्छ, तब ब्रदर-सिस्टरहरूमा विश्‍वास हुन्छ र तिनीहरूले उत्साहसाथ खोजी गर्छन्, तर पवित्र आत्‍माको काम हराएपछि, मण्डली क्रमिक रूपमा उजाड हुँदै जान्छ। सबै ठाउँका मण्डलीहरू व्यवस्थाको युगका पछिल्ला दिनहरूमा मन्दिर जुन अवस्थामा थियो त्यस्तै अवस्थामा छन्। ती सबै उजाड छन्। पवित्र आत्‍माको काम कतै सरेको त छैन भन्‍नेबारेमा तपाईंले कहिल्यै सोच्‍नुभएको छ? आज पवित्र आत्‍माले कहाँ काम गर्नुहुन्छ?” यी शब्‍दहरू सुन्दा म अलिक चकित भएँ। तिनीहरूले व्यवस्थाको युगका पछिल्ला दिनहरूमा आएको मन्दिरको उजाड अवस्थालाई प्रभु येशूको कामसँग जोड्छन् भन्‍ने मैले अपेक्षा गरेको थिइनँ। यो बुझाइ निकै नयाँ र ताजगीपूर्ण थियो। हामीले हाम्रो मण्डलीका कुराहरूलाई त्यसरी कहिल्यै बुझेका थिएनौँ। म तिनीहरूले मण्डलीको स्थितिबारे गरेको मूल्याङ्कनप्रति सहमत भएँ। यी कुराहरूबाहेक, धेरै विश्‍वासयोग्य जनहरूले धर्मशास्‍त्र पढ्ने र प्रभुको दिन मान्‍ने अभ्यास पालना गर्न छोडेका थिए। तिनीहरूले अविश्‍वासीहरूले जस्तै सम्पत्ति र सांसारिक सुख पछ्याइरहेका थिए, र मण्डलीका मानिसहरूको सङ्ख्या घटिरहेको थियो। यी तथ्यहरू थिए। मण्डली साँच्‍चै उजाड अवस्थामा थियो। यी ब्रदरहरूका कुरा तथ्यहरू र बाइबलअनुरूप थियो, र तिनीहरूको बुझाइमा केही गहनता थियो, त्यसकारण मैले सोचेँ, “मैले यतिका वर्ष बाइबल अध्ययन गरेर पनि यो कुरा बुझेको रहेनछु, तर तिनीहरूले केही वर्ष विश्‍वास गरेर पनि यस्तो कुरा गर्न सक्छन्। मैले तिनीहरूलाई कम आँकेछु।” मैले तिनीहरूलाई मनाउन वा तिनीहरूका प्रश्‍नहरूको उत्तर दिन सक्दिनँ भन्‍ने देखेपछि, मैले बस तिनीहरूका केही शब्‍दहरू दोहोर्‍याएँ, र लज्जित हुनबाट जोगिन बहाना बनाउँदै घर गएँ।

त्यो बेला, मैले पवित्र आत्माको काम कतै सरिरहेको त छैन भनेर सोचिरहेँ। तर म पवित्र आत्मा क्याथोलिक मण्डलीको प्राण हुनुहुन्छ भनेर पनि विश्‍वास गर्थेँ, त्यसकारण पवित्र आत्माले त्यहाँ काम गर्नुहुन्‍नथ्यो भने, अरू कहाँ काम गर्न सक्‍नुहुन्थ्यो? मैले यो कुरा बुझ्‍न सकिनँ, त्यसकारण मैले यसबारेमा त्यति धेरै सोचिनँ। त्यसपछि, चेङ शि र जियाङ गुवाङ मलाई भेट्न फेरि दोस्रोपटक आए। तिनीहरूले भने, “प्रभु नयाँ वचनहरू व्यक्त गर्न, मानिसलाई न्याय र शुद्धीकरण गर्ने काम गर्न, हामीलाई पापको बन्धनबाट मुक्त गर्न, र परमेश्‍वरको राज्यमा लैजान देह बन्‍नुभएको छ।” त्यो बेला, ममा एकदमै प्रतिरोध जाग्यो र सोचेँ, “के तिमीहरूले साँच्‍चै बाइबल बुझेका त छौ? प्रभु येशूले छुटकाराको काम पूरा गरिसक्‍नुभएको छ, र आखिरी दिनहरूमा उहाँ मानिसहरूको परिणाम निर्धारित गर्नको लागि आत्माको रूपमा बादलमा ओर्लनुहुनेछ। उहाँले कसरी देह बनेर नयाँ काम गर्न सक्‍नुहुन्छ?” त्यसपछि मलाई कही समयअघि पूर्वीय ज्योतिको प्रचार गर्ने केही मानिसहरूबारे सुनेको कुरा याद आयो। यी मानिसहरूले प्रभु देहधारी भएर आइसक्‍नुभएको छ र उहाँले नयाँ काम गरिरहनुभएको छ भनेर गवाही दिन्थे, र तिनीहरूका प्रवचनहरू निकै गहन हुन्थे। चेङ शि र जियाङ गुवाङले पनि पूर्वीय ज्योतिमा विश्‍वास गर्छन् भन्‍ने लगभग पक्‍का भयो। तर म क्याथोलिक मण्डली नै साँचो मण्डली हो भन्‍ने सोच्थेँ, र मैले त्यसभन्दा पहिले पूर्वीय ज्योतिको बारेमा कहिल्यै सुनेको थिइनँ। तिनीहरू साँचो मण्डलीका होइनन्, त्यसकारण तिनीहरूले प्रचार गर्ने सबै कुरा पक्‍कै गलत हुन् भन्‍ने लाग्यो। मैले तिनीहरूको कुरा सुनिरहनु हुँदैनथ्यो, त्यसकारण मैले तिनीहरूको कुरा रोकेर सोधेँ, “तपाईंहरू पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ, होइन र? तपाईंहरू भन्‍नुहुन्छ, प्रभु फेरि देह बन्‍नुभएको छ र उहाँले नयाँ काम गरिरहनुभएको छ। त्यो असम्‍भव कुरा हो। म त्यो कुरा पत्याउँदिन! यदि तपाईंहरू मलाई त्यो सुसमाचार सुनाउन चाहनुहुन्छ भने, दुःख नगर्नुहोस्!” चेङ शि र जियाङ गुवाङले मसित धैर्यसाथ सङ्गति गरिरहे, तर त्यो बेला मेरा धारणाहरू एकदमै बलिया थिए, र मैले तिनीहरूको कुरा पटक्‍कै सुनिनँ। मैले तिनीहरूलाई रिसाउँदै भनेँ, “तपाईंहरूले प्रचार गरेको कुरा मेरो विश्‍वाससँग बाझिन्छ, र म अब सुन्‍न चाहन्‍नँ!” ममा यस्तो मनोवृत्ति देखेपछि, तिनीहरू बोल्‍न छोडे। त्यसपछि तिनीहरूले मसँग दुईपटक कुरा गरे, तर मैले अत्यन्तै प्रतिरोध गरेँ। तिनीहरूले जे भने पनि, एउटा कानबाट सुनेर अर्को कानबाट उडाइदिन्थेँ। अन्तिममा, तिनीहरूले मलाई वचन देहमा देखा पर्नुहुन्छ नामक पुस्तक दिए र यसबारेमा अनुसन्धान गर्न अनुरोध गरे। तिनीहरू कति गम्भीर छन् भन्‍ने देखेर, मलाई यो इन्कार गर्न अप्ठ्यारो लाग्यो र मैले पुस्तक राखेँ। वचन देहमा देखा पर्नुहुन्छको बाक्‍लो किताब देखेपछि, मलाई अलि जिज्ञासा लाग्यो, र यसमा के लेखिएको रहेछ भनी जान्‍न मन लाग्यो। त्यसकारण, मैले पुस्तकको विषय-सूची हेरेँ, र पेजहरू सरर पल्टाएँ। पुस्तकका केही भागहरू परम्‍परागत शिक्षाभन्दा फरक थिए, जस्तै त्रीएक परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ कि हुन्‍न र मानवजातिको भविष्यको परिणाम र गन्तव्यजस्ता कुराहरू, त्यसकारण मैले पुस्तक बन्द गरेँ र फेरि हेरिनँ। त्यो बेला, इसाई मठको फादरको रूपमा बथानको रक्षा गर्नु नै मेरो कर्तव्य हो, र मैले पादरी र इसाई सन्यासीहरूलाई भ्रममा पर्नबाट रोक्‍नका लागि यो कुरा बताउनुपर्छ भन्‍ने सोचेँ। त्यसकारण, नयाँहरूको एउटा तालिमको बेला, मैले पादरी र इसाई सन्यासीहरूलाई भनेँ, “हामी आखिरी दिनहरूमा छौँ, र धेरै झूटा ख्रीष्टहरू देखा परिरहेका छन्। केही दिनपहिले, मैले पूर्वीय ज्योतिका दुई मानिसहरू भेटेँ। तिनीहरूले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, उहाँले देह बनेर नयाँ काम गरिरहनुभएको छ भनेर भन्थे। त्यो कसरी सम्‍भव हुन सक्छ?” मैले वचन देहमा देखा पर्नुहुन्छलाई उठाएँ र आफ्‍नो कुरा जारी राखेँ, “हेर्नुहोस्, यो तिनीहरूको पुस्तक हो। मैले यसलाई सरर हेरेँ, र यसले सिकाउने कुरा हाम्रो परम्‍परागत आस्थाभन्दा फरक छ। यो परमेश्‍वरबाट आएको होइन भन्‍नेमा म निश्‍चित छु। तपाईंहरू सतर्क हुनैपर्छ। तिनीहरूको पुस्तक नपढ्नुहोस्, तिनीहरूलाई नभेट्नुहोस्, र तिनीहरूको प्रचार नसुन्‍नुहोस्। तपाईंहरूले मण्डली सदस्यहरूलाई तिनीहरूको बहकाउमा पर्नबाट बचाउनुपर्छ!” मेरो कुरा सुनेपछि, पादरी र इसाई सन्यासीहरू सबैले यो आत्मा बचाउने महत्त्वपूर्ण विषय हो, र मण्डली सदस्यहरूलाई रक्षा गरिनैपर्छ भन्‍नेमा सहमति जनाए। सबै जना यति आज्ञाकारी भएका देख्दा, मलाई आफूले अत्यन्तै धर्मी काम गरेको र आफ्‍नो बगाल रक्षा गर्ने इसाई मठको फादरको जिम्‍मेवारी र दायित्व पूरा गरेको छु जस्तो लाग्यो। मैले परमेश्‍वरलाई विरोध गरिरहेको छु भन्‍ने मैले पटक्‍कै महसुस गरिनँ।

यो घटनाको केही दिनपछि, जियाङ गुवाङ मलाई भेट्न आए र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेँ कि पढिनँ भनेर सोधे। मैले तिनलाई भनेँ, “सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू हाम्रो मण्डलीका परम्‍परागत शिक्षाभन्दा फरक छन्, त्यसकारण म त्यो अनुसन्धान गर्नेछैनँ, र त्यो अनुसन्धान गर्न कसैलाई दिनेछैनँ, किनभने यो आस्थासँग सम्‍बन्धित कुरा हो। हामी तपाईंहरूको प्रचार सुनेर कहिल्यै प्रभुलाई धोका दिनेछैनौँ!” जियाङ गुवाङले मलाई धैर्यसाथ भने, “तपाईंले अझै पनि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नुभएको छैन रहेछ। तपाईंले ती प्रभुका आवाज र वचनहरू होइनन् भन्‍ने निर्णय गर्नुभएको छ, र त्यसमा भएको एउटा कुरा तपाईंको मण्डलीको परम्‍परागत शिक्षाभन्दा फरक भएकोले यसबारेमा अनुसन्धान गर्न अस्वीकार गर्नुभयो। के त्यो अलिक हतपते कदम भएन र? सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा आइनहाल; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू कम्तीमा पनि नम्र र श्रद्धापूर्ण हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले पनि अरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। प्रभुका विश्‍वासीहरूका रूपमा, हामीमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ। हामीले परमेश्‍वरका वचनहरू र काम हाम्रा धारणा वा कल्‍पनाहरूसँग नमिल्दा तिनलाई अन्धाधुन्ध दोष दिनु हुँदैन। यदि हामीमा परमेश्‍वरसामु नम्र र खोजी गर्ने मनोवृत्ति छैन भने, यदि हामी परमेश्‍वरका नयाँ काम र वचनहरूलाई सधैँ आफ्‍नै मस्तिष्क र कल्‍पनाहरूअनुसार मूल्याङ्कन गर्छौँ भने, हामीले सहजै परमेश्‍वरलाई दोषारोपण र विरोध गरेर ठूलो पाप गर्न सक्छौँ। यो त प्रभु येशू काम गर्न आउनुभएको घटनाजस्तै हो: फरिसीहरूले उहाँका वचनहरू र कामले व्यवस्थालाई नाघेको देखे, त्यसकारण तिनीहरूले उहाँविरुद्ध प्रयोग गर्न सकिने केही कारणहरू खोजे, उहाँलाई दोष दिए, र अन्तिममा उहाँलाई क्रूसमा टाँग्‍न मानिसहरूलाई बहकाए। तिनीहरूले गम्‍भीर रूपमा परमेश्‍वरको स्वभाव चिढ्याए, र परमेश्‍वरले अन्तिममा तिनीहरूलाई श्राप र दण्ड दिनुभयो। यो रगतद्वारा चुक्ता गरिएको पाठ थियो। आज, हामीले प्रभुको पुनरागमनको विषयलाई कसरी लिन्छौँ त्यसप्रति हामी होसियार हुनुपर्छ, किनभने गलत रूपमा दोषारोपण गर्‍यौँ भने, हामीले पवित्र आत्‍माविरुद्ध ईश्‍वरनिन्दा गर्न सक्छौँ। प्रभु येशूले धेरै पहिले भन्‍नुभएको थियो: ‘मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन(मत्ती १२:३१)। यो पाप गर्नु भयानक कुरा हो! सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न थाल्‍नुभएपछि, विभिन्‍न सम्प्रदायका धेरै अगुवाहरूले उहाँको आखिरी दिनहरूको कामलाई अन्धाधुन्ध दोष दिएका छन्। कतिले त सर्वशक्तिमान्‌ परमेश्‍वरको गिल्‍ला र निन्दासमेत गरेका छन्। गम्‍भीर प्रतिरोध गर्ने धेरै मानिसहरूमाथि दण्ड आएको छ। यो विषयलाई होसियारीसाथ लिएनौँ भने, हामीले सहजै आफ्‍नो गन्तव्य गुमाउन सक्छौँ।” त्यो बेला, मैले सोचेँ, “मैले मण्डली सदस्यहरूबारे अनि तिनीहरूलाई छलमा पर्नबाट बचाउनेबारे सोचिरहेको छु। यसले कसरी प्रभुलाई चिढ्याउन सक्छ?” तर यसबारेमा अझ गम्‍भीर रूपमा सोच्दा, तिनले भनेको कुरा ठीकै हो भन्‍ने लाग्यो। मलाई पूर्वीय ज्योतिबारे वास्तवमै त्यति थाहा थिएन, तैपनि मैले तिनीहरूलाई हतारहतार दोष दिएँ, र पादरी र इसाई सन्यासीहरूलाई पनि यही कुरा प्रचार गरेँ। यदि मैले तिनले भनेजस्तै यसलाई गलत रूपमा दोष दिइरहेको थिएँ भने, यसले परमेश्‍वरलाई चिढ्याउने थियो। त्यसका परिणामहरू अशोचनीय हुने थिए। यो सोचेपछि, मैले जियाङ गुवाङलाई भनेँ, “मैले पहिले यस्तो कहिल्यै सोचेको थिइनँ, तर भविष्यमा यस विषयलाई गम्‍भीर रूपमा लिनेछु।” त्यसपछि, हाम्रो मण्डलीमा केही घटनाहरू घटे जसले मलाई सोच्‍न बाध्य तुल्यायो। एकपटक, मैले हाम्रो बिशपलाई भेटेँ, र तिनले मलाई दुःखी हुँदै भने, “यो डायोसिसका धेरै पादरीहरू दशांश-भेटी नबुझाउने बहाना बनाइरहेका छन्, र कतिपय पादरीहरू व्यभिचारमा संलग्‍न छन् र पश्‍चात्ताप गर्न मान्दैनन्। एक वृद्ध पादरीले मलाई आफूले अर्कैको नाममा दशांश-भेटी स्थानान्तर गरेर कारखाना खोलेको छु भनेर गोप्य रूपमा भने…।” यी कुराहरू सुनेपछि, मैले सोचेँ, “पादरी व्यभिचारमा संलग्‍न हुनु वा दशांश-भेटी उडाउनु र हिनामिना गर्नु त प्रभुविरुद्ध ठूलो पाप गर्नु हो। प्रभुले भन्‍नुभयो: ‘प्रायश्‍चित गर्दैनौ भने, तिमीहरू त्यसरी नै सबै नाश हुनेछौ(लूका १३:३)। यदि पादरीहरू सबै पापमा जिउँछन् र कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू कसरी स्वर्गको राज्यमा प्रवेश गर्नेछन्?” विगतमा यस्ता समस्याहरू केही पादरीहरूको जीवनमा मात्रै आउँथे। अहिले यति धेरै मानिसहरू नैतिक पतनमा पुगेका छन् भन्‍ने कहिल्यै कल्‍पना गरेको थिइनँ। यी कुराहरूका कारण, म जियाङ गुवाङले व्याख्या गरेको मण्डलीको उजाड अवस्थाबारे नसोची बस्‍न सकिनँ। मैले सोचेँ, “विगतमा, पवित्र आत्माले मण्डलीमा काम गर्नुहुँदा, हामीले गलत काम गर्‍यौँ भने पवित्र आत्माले हामीलाई अनुशासनमा राख्‍नुहुन्थ्यो। तर अहिले यति धेरै पादरीहरूले परमेश्‍वरविरुद्ध पाप गरिरहेका छन्—किन पवित्र आत्‍माले तिनीहरूलाई अनुशासनमा राखिरहनुभएको छैन? के पवित्र आत्‍माले साँच्‍चै हाम्रो मण्डलीमा काम गर्न छोड्नुभएको हो?” त्यो बेला, मैले यो कुरा बुझ्नै सकिनँ।

केही समयपछि, ब्रदर जियाङ गुवाङ र ब्रदर फ्याङ यि मलाई भेट्न आए। त्यो बेला, म अझै पनि केही प्रतिरोधी नै थिएँ। मैले सोचेँ, “तिमीहरू प्रभु नयाँ काम गर्न देहधारी भएर आउनुभएको छ भनेर गवाही दिन्छौ। के यसको कुनै बाइबलीय आधार छ? तिमीहरूसँग कुनै प्रमाण छ जस्तो लाग्दैन! यसपटक, म तिमीहरूलाई सुरुमै केही प्रश्‍नहरू गर्नेछु। तिमीहरूले उत्तर दिन सकेनौ भने, तिमीहरू गयौ।” त्यसकारण, मैले सोधेँ, “आखिरी दिनहरूमा, प्रभु आत्मिक शरीरको रूपमा बादलको सवारीमा आउनुहुनेछ भनेर बाइबलले भन्छ। तैपनि तपाईंहरू उहाँ नयाँ काम गर्न देहधारी भई फर्केर आउनुभएको छ भनी भन्‍नुहुन्छ। तपाईंहरूले कुन आधारमा यसो भन्‍नुभएको हो?” फ्याङ यिले शान्त हुँदै भने, “परमेश्‍वरले धेरै पहिले नै उहाँ आखिरी दिनहरूमा देह भएर आउनुहुनेछ भनेर योजना र बन्दोबस्त गर्नुभएको थियो। प्रभु येशूको आफ्‍नै अगमवाणीमा यो कुराको प्रमाण छ। हामी केही पदहरू हेरौँ। लूका १७:२४–२५ ले भन्छ, “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। त्यसपछि, “यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। साथै, “तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:३७)। देखिहाल्‍नुभयो, यी पदहरू सबैले ‘मानिसको पुत्र’ भनेर उल्‍लेख गर्छन्। "मानिसको पुत्र" ले यहाँ केलाई जनाउँछ? हामी सबैलाई थाहा छ, प्रभु येशू मानिसको पुत्र र देहधारी परमेश्‍वर हुनुहुन्छ। यसमा कुनै शङ्का छैन। मानिसको पुत्रले साधारण मानिस बन्‍नको लागि परमेश्‍वरको आत्माले देहधारण गर्नुलाई जनाउँछ—यसको अर्थ देहधारी परमेश्‍वर भन्‍ने हुन्छ। त्यसकारण, प्रभु येशूले ‘मानिसको पुत्रको आगमन’बारे अगमवाणी गर्नुभएको तथ्यले उहाँ फर्केर आउनुहुँदा, देहधारी भएर आउनुहुनेछ भन्‍ने देखाउँछ। यसअलावा, धर्मशास्‍त्रका खण्डहरूले यसो पनि भन्छन्: ‘तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यसको अर्थ के हो? यसको अर्थ प्रभु येशू फर्केर आउनुहुँदा, मानिसहरूले उहाँलाई चिन्‍ने वा पहिचान गर्नेछैनन्, र सम्पूर्ण पुस्ताले उहाँलाई दोष दिने र इन्कार गर्नेछन्। के भन्‍न सकिन्छ भने मानिसको पुत्रको रूपमा देह बनेर मात्रै परमेश्‍वरले धेरै कष्ट भोग्‍न र यो पुस्ताद्वारा इन्कारिन सक्‍नुहुन्छ। यदि प्रभु येशू यहूदी पुरुषको रूपमा, प्रताप र सबै महिमासाथ देखा पर्दै आत्मामा आउनुहुन्थ्यो भने, उहाँलाई देखेर को झुक्दैनथ्यो र अनि को उहाँको आराधना गर्दैनथ्यो र? त्यसरी त कसरी उहाँले ठूलो कष्ट सहनुहुन्थ्यो र? कसरी उहाँलाई यो पुस्ताले इन्कार गर्थ्यो र? त्यसकारण, जब प्रभु आउनुहुन्छ, तब उहाँ देहधारी मानिसको पुत्रको रूपमा आउनुहुनेछ। यसमा कुनै शङ्का छैन।”

फ्याङ यिको सङ्गति सुनेपछि, म चकित नभई बस्‍न सकिनँ। मैले मनमनै सोचेँ: “तिनको कुरा सही हो। यदि प्रभु येशू फेरि आत्मिक शरीरमा महान् महिमासाथ बादलको सवारीमा आउनुभयो भने, मानिसहरूले उहाँलाई देख्‍नेबित्तिकै घुँडा टेक्‍ने थिए। कसले उहाँलाई इन्कार गर्न आँट गर्नेथ्यो र? उहाँले कसरी धेरै कष्ट भोग्‍नुहुनेथ्यो र? भौतिक शरीरले मात्रै पीडा भोग्‍न सक्छ। के यसले प्रभु देहधारी भएर आउनुहुनेछ भन्‍ने कुरा प्रमाणित गर्दैन र? फ्याङ यिको सङ्गति पूर्ण रूपमा मनासिब र तर्कपूर्ण छ! धार्मिक संसारका कुनै पनि ईश्‍वरशास्‍त्री वा आत्मिक व्यक्तित्वहरूले प्रभु येशूको यो अगमवाणी व्याख्या गर्न सकेका थिएनन्। तिनीहरू सबैले यो प्रभुको रहस्य हो र मानवले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन भनेर भन्थे। मैले यति धेरै वर्षदेखि बाइबल अध्ययन गर्दै आएको थिएँ, तर मैले यो अगमवाणी कहिल्यै बुझ्‍न सकेको थिइनँ। प्रभु आत्मिक रूपमा आउनुहुनेछ त्यसकारण उहाँले किन ठूलो कष्ट भोग्‍नुहुनेछ भन्‍ने मलाई थाहा थिएन। पूर्वीय ज्योतिका मानिसहरूले यो अगमवाणीको रहस्य व्याख्या गर्न सक्‍छन् भनेर मैले कहिल्यै सोचेको थिइनँ। यसले साँच्‍चै ध्यान खिचेको छ! के प्रभु साँच्‍चै देहधारी भएर फर्कन सक्‍नुहुन्छ? तर बाइबलमा प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्‍नेबारेमा अरू धेरै अगमवाणीहरू छन्।” त्यसकारण मैले ब्रदरहरूलाई सोधेँ, “बाइबलमा त्यस्ता धेरै अगमवाणीहरू छन्, जसमा प्रभु फर्केर आउनुहुँदा, उहाँ बादलको सवारीमा आउनुहुनेछ भनेर भनिएको छ। उदाहरणको लागि, प्रभु येशूले भन्‍नुभयो: “र त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्ह देखा पर्नेछ: र त्यसपछि पृथ्वीका सबै जातिहरूले शोक गर्नेछन्: अनि तिनीहरूले मानिसको पुत्रलाई ठूलो शक्ति र वैभवसाथ स्वर्गको बादलमा आइरहेको देख्‍नेछन्(मत्ती २४:३०)। “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)। यदि उहाँ साँच्‍चै देहधारी भएर आउनुभयो भने, यी अगमवाणीहरू कसरी पूरा हुनेछन्?”

फ्याङ यिले यसो भन्दै सङ्गति गरे, “प्रभु येशूले आखिरी दिनहरूमा आत्माको रूपमा बादलको सवारीमा आउँछु र सार्वजनिक रूपमा सबै राष्ट्र र मानिसहरूको न्याय गर्छु भनेर अगमवाणी गर्नुभएको कुरा साँचो हो। यी अगमवाणीहरू अवश्यै पूरा हुनेछन्। तर सुरुमा उहाँ गुप्त रूपमा देह बन्‍नुहुन्छ; पछि उहाँ बादलको सवारीमा सबैसामु खुल्लमखुल्ला देखा पर्नुहुन्छ। अर्को शब्‍दमा, प्रभु येशू दुई किसिमले फर्केर आउनुहुनेछ। पहिलो, उहाँ सत्यता व्यक्त गर्न, मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने आफ्‍नो काम गर्न, र विजेताहरूको समूह निर्माण गर्न देहमा आउनुहुनेछ। त्यसपछि, ठूलाठूला विपत्तिहरू आउन थाल्‍नेछन्, र देहधारी परमेश्‍वरको गुप्त काम पूरा हुनेछ। विपत्तिहरूपछि, परमेश्‍वर महिमासाथ सबैसामु देखा पर्नुहुनेछ, र असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। त्यसकारण, उहाँको देहधारण र गुप्त कामको अवधिमा परमेश्‍वरलाई पश्‍चातापविहीन रूपमा विरोध गर्ने र दोष दिने सबैले मुक्ति पाउने मौका पूर्ण रूपमा गुमाउनेछन्। तिनीहरू विपत्तिहरूमा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। यसले प्रकाशको पुस्तकको यो अगमवाणी पूरा गर्छ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जसले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)। फेङ यिको सङ्गतिपछि, मेरो हृदय अकस्मात् खुला र स्पष्ट भयो। प्रभुको पुनरागमन हुँदा, उहाँ खुल्लमखुल्ला बादलमा ओर्लनुहुने मात्रै होइन, सुरुमा उहाँ देह बनेर गुप्त रूपमा समेत ओर्लनुहुनेछ। प्रभुको पुनरागमन हुने दुई तरिका यिनै हुन्। विगतमा मलाई एउटा तरिकाको बारेमा मात्रै थाहा थियो—मसँग यसबारेमा अपूरो बुझाइ रहेछ। पूर्वीय ज्योतिले उचित र तार्किक रूपमा बाइबलीय अगमवाणीहरूको रहस्य खुलासा गरेको देख्दा, मलाई यो पक्‍कै पनि परमेश्‍वरबाट आएको हो र यो अनुसन्धान गर्न लायक छ भन्‍ने लाग्यो। त्यसपछि, मेरो मनोवृत्ति पूर्ण रूपमा परिवर्तन भयो, र म कुनै प्रतिरोधविना तिनीहरूको सङ्गति सुन्‍न र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न तयार भएँ।

केही समयसम्‍म सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, मलाई प्रभु देहधारी भएर आउनुहुनेछ भन्‍नेमा पक्‍का भयो, तर सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनेर कसरी निर्धारित गर्ने मलाई थाहा थिएन। मलाई क्याथोलिक मण्डली नै साँचो मण्डली हो, र यसमा येशूको मुक्तिको पूर्ण सत्यता छ भन्‍ने लाग्थ्यो। म क्याथोलिक विश्‍वासद्वारा मात्रै हाम्रो आत्माले मुक्ति पाउँछ र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ भन्‍ने सोच्थेँ। यदि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गरेँ, तर वास्तवमा म आफ्‍नो विश्‍वासबाट बरालिएको रहेछु भने के गर्ने? के मैले प्रभुलाई धोका दिइरहेको हुँदिनँ र? त्यसपछि त म कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु र? मैले यो समस्याको उत्तर पत्ता लगाउन नसकेकोले मलाई अझै अप्ठ्यारो लागिरहेको थियो। त्यो बेला, मैले पादरी युआन योङजिनले पनि सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरे भन्‍ने सुनेँ। म तिनलाई साँच्‍चै भेट्न चाहन्थेँ, किनभने तिनी पनि क्याथोलिक विश्‍वासबाटै आएका थिए, र हाम्रा शिक्षा र दृष्टिकोणहरू मिल्थे। म तिनले यो समस्यालाई कसरी बुझे भनी हेर्न चाहन्थेँ। केही दिनपछि, हाम्रो भेट भयो र मैले मेरा चिन्ताका विषयहरू राखेँ।

युआन योङजिनले मसित यस्तो सङ्गति गरे, “मलाई पनि कुनै बेला यही कुराको चिन्ता थियो। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गर्नु भनेको प्रभु येशूलाई धोका दिनु हो भन्‍ने चिन्ता लाग्थ्यो। यो समस्या सुल्झाउनको लागि हामीले गर्नुपर्ने मुख्य कुरा सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू एउटै आत्मा हुनुहुन्छ कि हुनुहुन्‍न, र उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भनेर चिन्‍नु हो। व्यवस्थाको युगमा, यहोवाले काम गरिरहनुभएको थियो, र अनुग्रहको युगमा प्रभु येशूले काम गरिरहनुभएको थियो। परमेश्‍वरको नाम परिवर्तन भएको र उहाँले गर्नुभएको काम फरक रहेको भए पनि, के प्रभु येशू र यहोवा एउटै परमेश्‍वर हुनुहुन्‍न भनेर भन्‍न सकिन्छ? के प्रभु येशूमा विश्‍वास गर्नु यहोवालाई धोका दिनु हो भनेर भन्‍न सकिन्छ? अवश्यै सकिँदैन। त्यसकारण, उहाँहरूको नामको आधारमा उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भनेर निर्धारित गर्न सकिँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर हेर्नु हो। सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता र परमेश्‍वरको आवाज व्यक्त गर्न सक्‍नुहुन्छ, र मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ भने, उहाँ परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्छ, र उहाँ, अनि यहोवा र प्रभु येशू एउटै परमेश्‍वर हुनुहुन्छ। हामी सबैलाई थाहा छ, व्यवस्थाको युगमा यहोवाले मानवजातिको जीवन अगुवाइ गर्न व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो, ताकि मानिसहरूले पाप भनेको के हो, पापको प्रायश्‍चित गर्न कसरी बलिदान चढाउने, र परमेश्‍वरको आराधना कसरी गर्ने भनेर जान्‍न सकून्। व्यवस्थाको युगको अन्त्यमा, मानिसहरूले झन्झन् बढी पाप गरिरहेका थिए, र तिनीहरूको सबै पापको लागि चढाउन पर्याप्त बलिदान थिएन। मानिसहरू सबै व्यवस्थाद्वारा दोषी ठहरिएर मारिने खतरामा थिए, त्यसकारण यहोवाले अगमवक्ताद्वारा अगमवाणी गर्नुभयो: “हेर, एक जना कन्याको गर्भमा बालक बस्‍नेछ, र तिनीहरूले तिनको नाम इम्‍मानुएल राखिदिनेछन्,(मत्ती १:२३), “किनकि हाम्रा निम्ति एउटा बालक जन्मेको छ, हामीलाई एउटा पुत्र दिइएको छ: र सरकार उहाँको काँधमा हुनेछ(यशैया ९:६)। यी वचनहरूले इस्राएलीहरूलाई मसीह आउनुहुनेछ, र उहाँ मानवजातिलाई छुटकारा दिने पापबलि बन्‍नुहुनेछ भनेर बताए। प्रतिज्ञा गरिएझैँ, परमेश्‍वर प्रभु येशूको रूपमा देह बन्‍नुभयो र व्यवस्थाको कामको जगमा रही मानवजातिको छुटकाराको काम गर्नुभयो। प्रभु येशूले धेरै सत्यता व्यक्त गर्नुभयो, मानिसलाई पश्‍चात्तापको मार्ग दिनुभयो, त्यसपछि मानवजातिको निम्ति अनन्त पापबलिको रूपमा क्रूसमा टाँगिएर सारा मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। त्यसपछिदेखि, जबसम्म मानिसहरूले येशू ख्रीष्‍टलाई आफ्नो मुक्तिदाताको रूपमा स्विकारेर उहाँको अघि पश्‍चात्ताप गर्छन्, तबसम्म परमेश्‍वरले तिनीहरूको पाप क्षमा गर्नुहुनेछ र व्यवस्था उल्‍लङ्घन गरेको कारण तिनीहरूले मर्नु पर्दैन। मानिसहरू प्रार्थना गर्न र परमेश्‍वरको अनुग्रह र शान्ति पाउन उहाँको अघि आउन योग्य भए। यसरी, प्रभु येशूको कामले पुरानो करारका अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्‍यो। यसले मानिसहरूलाई व्यवस्थाको बन्धनबाट छुटकारा दियो, व्यवस्थाको युग समाप्त गर्‍यो, र मानवजातिलाई अनुग्रहको युगमा ल्यायो। प्रभु येशू मुक्तिदाता र आउनुभएका मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न त्यो नै पर्याप्त छ। प्रभु येशू र यहोवा एउटै आत्मा र एउटै परमेश्‍वर हुनुहुन्छ, र यो प्रभु येशूले भन्‍नुभएको जस्तै हो: ‘के म पितामा छु र पिता ममा हुनुहुन्छ(यूहन्‍ना 14:11), ‘म र पिता एक हौँ(यूहन्‍ना १०:३०)। प्रभु येशूले छुटकाराको काम पूरा गर्नुभएपछि, प्रभुमा विश्‍वास गर्नेहरूलाई पापक्षमा हुन्छ, तर मानिसको पापी प्रकृति अझै समाधान भएको हुँदैन। मानिसहरूले अझै पाप गर्छन् र प्रभुलाई विरोध गर्छन्, र तिनीहरू पूर्ण रूपमा पापको बन्धनबाट मुक्त भएका हुँदैनन्। केही उदाहरणहरू यसप्रकार छन्: हामी अझै पनि व्यक्तिगत फाइदाको लागि झूट बोल्छौँ र छल गर्छौँ। हामीले अझै पनि डाहा गर्न, अरूलाई घृणा गर्न, अनि शक्तिको लागि संघर्ष गर्न सक्छौँ। जब हामीले रोग वा संकष्टको सामना गर्छौँ, हामी अझै प्रभुलाई दोष दिन्छौँ, र उहाँलाई इन्कार गर्ने र त्याग्‍नेसमेत गर्छौँ। बाइबलमा लेखिएको छ, “पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५), “तिमीहरू पवित्र बन; किनभने म पवित्र छु(१ पत्रुस १:१६)। परमेश्‍वर पवित्र हुनुहुन्छ, र उहाँ मानिसहरूले अन्तिममा उहाँका वचनहरूमा समर्पित हुन र पवित्रता प्राप्त गर्न सकून् भन्‍ने चाहनुहुन्छ। तर अहिले हामी अझै पनि पापी, फोहोरी र भ्रष्ट छौँ। हामी पापको बन्धनबाट मुक्त भएका छैनौँ, र हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छैनौँ। त्यसकारण प्रभु येशूले म आखिरी दिनहरूमा सत्यता व्यक्त गर्न र न्यायको काम गर्न आउनेछु, मानवजातिलाई पाप र शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछु, र हामीलाई स्वर्गको राज्यमा लैजानेछु भनेर धेरैपटक अगमवाणी गर्नुभएको छ। उहाँको भविष्यवाणी यस्तो छ, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३), “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। अनि १ पत्रुस ४:१७ मा यसो भनिएको छ, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।” अनि उहाँले प्रतिज्ञा गर्नुभएजस्तै, प्रभु येशू मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्न आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देहधारी भई आउनुभएको छ। प्रभु येशूको कामको जगमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसको पापी प्रकृति समाधान गर्न र मानवजातिलाई सारा सत्यतामा डोर्‍याउन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ, र यसरी प्रभु येशूका अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्नुभएको छ।”

त्यसपछि, युआन योङजिनले मलाई सर्वशक्तिमान् परमेश्‍वरको वचनको एउटा खण्ड पढेर सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। युआन योङजिनले यसो भन्दै सङ्गति गरे, “अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम गर्नुभयो र मानिसलाई पापको दोषबाट मुक्त गर्नुभयो, तर त्यो मुक्तिको आधा काम मात्रै हो। सर्वशक्तिमान् परमेश्‍वरको न्यायको कामले मात्रै मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सक्छ। यदि हामीले परमेश्‍वरको आखिरी दिनहरूको न्याय र सजाय स्वीकार गर्‍यौँ भने, र यदि हामीलाई हाम्रो भ्रष्टताबाट मुक्त पारियो, हामी पापबाट मुक्त भयौँ, र हामी दियाबलसको छल र नियन्त्रणमा पर्न छोड्यौँ भने मात्रै हामी मुक्ति पाउन र स्वर्गको राज्य प्रवेश गर्न योग्य हुन सक्छौँ। यसको अर्थ सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम प्रभु येशूको छुटकाराको कामबाटै अघि बढ्छ, र यो युग अन्त्य गर्ने काम हो भन्‍ने हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँहरू एउटै आत्मा र एउटै परमेश्‍वर हुनुहुन्छ।” बाइबलमा उल्‍लेख गरिएका कामका तीन चरण र तथ्यहरूका बारेमा युआन योङजिनको सङ्गति सुन्दा, मेरो हृदय उज्यालो भयो। प्रभु येशू आखिरी दिनहरूमा हाम्रो पापी प्रकृति समाधान गर्न, र हामीलाई पापको बन्धनबाट मुक्त गर्नको लागि न्यायको काम गर्न फर्केर आउनुभएको छ। हामी अहिले वास्तवमै पापमा जिइरहेका छौँ, र हामी यसबाट आफूलाई मुक्त गर्न नसक्‍ने अवस्थामा छौँ। हामी पाप गर्छौँ, त्यसपछि पापस्वीकार गर्छौँ, र स्वीकार गरेपछि, फेरि पाप गर्छौँ। हामी सधैँ यो अन्त्यहीन चक्रमा फसिरहेका हुन्छौँ। पादरीहरूले समेत आफूलाई पापको बन्धनबाट मुक्त गर्न सक्दैनन्, साधारण विश्‍वासीहरूको त कुरै छोडौँ। यी अखण्डनीय तथ्यहरू हुन्। विगतमा, मैले यसको कारण कहिल्यै बुझेको थिइनँ, तर अहिले बुझेँ। प्रभुले पुनरागमन गर्नुभएर मानिसहरूलाई पूर्ण रूपमा शुद्ध पार्ने र परिवर्तन गर्ने काम गर्नु हाम्रो लागि वास्तवमै जरुरी थियो। सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम परमेश्‍वरबाटै आएको हो भन्‍ने सम्‍भावना धेरै भएजस्तो लाग्यो।

यसपछि, युआन योङजिनले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको अर्को खण्ड सुनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्‍बन्धित छन्, र यो साङ्‍लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्‍लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्‍बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिनँ, बरु सीधै मानिसलाई न्याय र सजाय गर्न आउँछु? मानिसलाई न्याय र सजाय गर्ने मेरो काम क्रूसीकरणपछि नआएको भए, मेरो आगमन पवित्र आत्‍माको गर्भधारणद्वारा नभएकोले मानिसलाई न्याय र सजाय गर्नको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्‍लो चरणको कामको जगमै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा, यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तितर्फ ल्याउँछ। येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। … यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दुष्टलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। युआन योङजिनले यसो भन्दै सङ्गति गरे, “परमेश्‍वरको कामका तीन चरणहरूको विषयवस्तु फरक भए पनि र परमेश्‍वरको नाम हरेक युगमा एउटै नभए पनि, यो काम सबै एउटै आत्मा र एउटै परमेश्‍वरले गर्नुभएको हुन्छ। यी तीन चरणका कामहरू घनिष्ठ रूपमा जोडिएका छन्, र हरेक चरणको काम अघिल्‍लो चरणको काममा निर्मित हुन्छ, हरेक नयाँ काम पहिलेको भन्दा उच्‍च र गहन हुन्छ, र अन्तिममा यो कामले मानिसहरूलाई शैतानको प्रभुत्वबाट मुक्ति दिलाउँछ र तिनीहरूलाई परमेश्‍वरको राज्यमा ल्याउँछ। त्यसकारण, उहाँको नयाँ काम ग्रहण गरेर हामीले प्रभुलाई धोका दिइरहेका हुँदैनौँ, बरु उहाँको कामको गति पछ्याइरहेका हुन्छौँ।” त्यो बेला मेरो हृदय झनै उज्यालो भयो। अब मैले बुझिसकेको थिएँ कि कामका यी तीन चरणहरू घनिष्ठ रूपमा जोडिएका छन्, हरेक काम अघिल्‍लो भन्दा उच्‍च र गहन छ, र कामको कुनै पनि चरण अरूबाट मुक्त छैन। यी एउटै परमेश्‍वरले गर्नुभएका तीन चरणका काम हुन्। यहोवा, प्रभु येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर सबै एउटै हुनुहुन्छ। म सधैँ क्याथोलिक मण्डली नै साँचो मण्डली हो, क्याथोलिक विश्‍वासले मात्रै आत्मालाई बचाउन र स्वर्गको राज्यमा लैजान सक्छ, अनि क्याथोलिक विश्‍वास त्याग्‍नु भनेको प्रभुलाई धोका दिनु र मुक्ति पाउने मौका गुमाउनु हो भन्‍ने सोच्थेँ। अहिले मैले के बुझेँ भने, म त प्रभु येशूको छुटकाराको काममा मात्रै अल्झिरहेको रहेछु। यदि मैले सर्वशक्तिमान् परमेश्‍वरको न्यायको काम ग्रहण गरेको भए, थुमाका पाइलाहरू पछ्याइरहेको हुन्थेँ, प्रभुलाई धोका दिइरहेको हुन्‍नथेँ। तर यदि म क्याथोलिक विश्‍वासमै रहन्थेँ र प्रभु येशूको मुक्तिमै अल्झेर बस्थेँ भने, मैले परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गर्दिनथेँ, र म स्वर्गको राज्य प्रवेश गर्न पाउदिनथेँ। यो सोचेपछि, म सर्वशक्तिमान् परमेश्‍वरको न्यायको काम परमेश्‍वरको आखिरी दिनहरूको नयाँ काम हो भन्‍नेमा लगभग विश्‍वस्त भएँ। त्यसपछि, युआन योङजिनले मलाई थप सत्यताहरू सङ्गति गरे, जस्तै परमेश्‍वरका नामहरूको अर्थ, बाइबलको भित्री कथा, र परमेश्‍वरले मानवजातिको अन्त्य र गन्तव्यको निर्धारण कसरी गर्नुहुन्छ। युआन योङजिनको सङ्गति सुनेपछि, म भावुक भएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो, तर मैले पहिले कहिल्यै यस्तो उत्कृष्ट प्रचार सुनेको थिइनँ। त्यो दिन मैले साँच्‍चै धेरै कुरा बुझेँ—मैले प्रभुमा विश्‍वास गरेको यतिका वर्षमा जति सिकेको थिएँ, त्योभन्दा बढी कुरा सिकेँ!

युआन योङजिनले मलाई सर्वशक्तिमान् परमेश्‍वरका अझै धेरै वचनहरू सुनाए। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता र रहस्यहरू खुलासा गर्नुभएको छ भन्‍ने थाहा पाएँ र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू परमेश्‍वरको आवाज हुन् भन्‍ने गहन अनुभव भयो। त्यो दिन घर फर्केपछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यो खण्डबाट मैले के बुझेँ भने, सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै प्रभु येशूको देखापराइ र काम हुनहुन्छ कि हुन्‍न भनेर निर्धारित गर्नको लागि, मैले उहाँले बोल्नुहुने सत्यताहरू र गर्नुहुने कामलाई सिद्धान्तको आधारमा हेर्नुपर्छ। यदि उहाँले सत्यता व्यक्त गर्न र मानिसहरूलाई मुक्ति दिने र शुद्ध पार्ने काम गर्न सक्‍नुहुन्छ भने, उहाँ पक्‍कै पनि प्रभुको देखापराइ र काम हुनुहुन्छ। प्रभु येशूले एकपटक यसो भन्‍नुभएको थियो, “म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन(यूहन्‍ना १४:६)। त्यसकारण, परमेश्‍वर देखा पर्नुभई बोल्‍नुभएको र काम गर्नुभएको बेलामा बाहेक, अरू कसैले सत्यता व्यक्त गर्न सक्दैन। त्यसपछि, मैले हरेक दिन समय निकालेर सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ। दुई महिनाभित्रमा, मैले धेरै कुरा बुझिसकेको थिएँ, जस्तै परमेश्‍वरका देहधारण र नामहरूका रहस्यहरू, परमेश्‍वरको काम र मानिसको कामको भिन्‍नता, साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू कसरी छुट्याउने, आदि इत्यादि। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सम्‍पन्‍न र व्यापक रहेको देखेँ, र तिनले साँच्‍चै मेरो आँखा खोलिदिए। मैले मनमनै सोचेँ: फर्कनुभएका प्रभुले बाहेक, कसले यति धेरै सत्यता व्यक्त गर्न र यति धेरै रहस्य खुलासा गर्न सक्छ? प्रभु साँच्‍चै नै फर्केर आउनुभएको छ, र मानवजातिलाई न्याय गर्ने र शुद्ध पार्ने नयाँ काम गरिरहनुभएको छ। म सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको काम नै प्रभुको नयाँ काम हो, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ भनेर पूर्ण विश्‍वस्त भएँ! त्यो बेला, मलाई साह्रै खुसी लाग्यो। हामीले धेरै वर्षदेखि प्रतीक्षा गरेका प्रभु येशू साँच्‍चै नै फर्केर आउनुभएको छ। परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गर्न पाउँदा मैले भाग्यमानी महसुस गरेँ। सोचेँ, ती ब्रदरहरूले मलाई सुसमाचार सुनाउँदै आएको लगभग एक वर्ष भएको थियो, र मैले निरन्तर यसको विरोध र इन्कार गरेको थिएँ। परमेश्‍वरको कृपा र मुक्ति नपाएको भए, र ती ब्रदरहरूले मलाई बारम्‍बार सुसमाचार नसुनाएका भए, म परमेश्‍वरको अघि आउन सक्‍ने थिइनँ। यसको लागि, म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ छु। तर त्यसपछि मलाई मैले कसरी परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी वा अनुसन्धान नगरी बसेँ, कसरी यसलाई आलोचना गरेँ र दोष दिएँ, र कसरी मण्डलीको ढोका बन्द गरेर मण्डली सदस्यहरूलाई यसबारे खोजी र अनुसन्धान गर्न दिइनँ भन्‍ने याद आयो। यसबारेमा सोच्दा, मलाई साह्रै ग्‍लानि भयो, र परमेश्‍वरलाई चिन्‍नै नसक्‍ने गरी अत्यन्तै अन्धो भएकोमा, ममा परमेश्‍वरको डर मान्‍ने हृदय नभएकोमा, र मैले उहाँको प्रतिरोध गरेकोमा, मलाई आफैप्रति घृणा जाग्यो। के म पनि प्रभु येशूको प्रतिरोध गर्ने फरिसीहरूजस्तै थिइनँ र? मैले वर्षौँदेखि ईश्‍वरशास्‍त्रको अध्ययन गरेको र सधैँ प्रभुको सेवा गरेको थिएँ, त्यसैले मसँग उहाँको बारेमा केही ज्ञान हुनुपर्छ भन्‍ने सोच्थेँ। मैले यसरी प्रभुलाई “भेट्छु” भनेर कहिल्यै सोचेको थिइनँ। त्यो बेला, मैले प्रभुलाई विरोध गरेर ठूलो पाप गरेको छु, र अब उहाँले मलाई कस्तो व्यवहार गर्नुहोला भनेर सोच्दा मलाई साह्रै अप्ठ्यारो लाग्यो। मैले परमेश्‍वरको अघि घुँडा टेकेर आफ्‍नो पाप स्विकार्न प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, म साह्रै अहङ्कारी भएछु। मैले तपाईंलाई चिनिनँ, तपाईंको कामको विरोध र आलोचना गरेँ, र मण्डलीको ढोका बन्द गरेर मण्डली सदस्यहरूलाई तपाईंको कामबारे खोजी र अनुसन्धान गर्न दिइनँ। मैले गरेको काम फरिसीहरूको जस्तै थियो, र म साँच्‍चै तपाईंको दण्ड पाउन लायक छु। म साँच्‍चै नै तपाईंको मुक्ति पाउन लायक छैनँ!” ती दिनहरूमा म पछुतो र चिन्ताको स्थितिमा जिएँ। सर्वशक्तिमान् परमेश्‍वरलाई विरोध गर्ने र दोष दिने मानिसहरूलाई खुलासा गर्ने उहाँका वचनहरू पढ्दा, मलाई हरेकपटक नै परमेश्‍वरले मैसँग बोलिरहनुभएजस्तो लाग्थ्यो। मलाई पहिले नै दोषी ठहराइएको छ र परमेश्‍वरले मलाई मुक्ति दिनुहुन्‍न जस्तो लाग्थ्यो।

पछि, मैले आफ्‍नो स्थितिबारे ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ, र तिनीहरूले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पढेर सुनाए, जसले मलाई निकै सान्त्वना दियो। परमेश्‍वर भन्‍नुहुन्छ: “प्रत्येक व्यक्ति जो परमेश्‍वरका वचनहरूद्वारा जितिनका निम्ति समर्पित हुन्छन् तिनीहरूले मुक्ति पाउने प्रशस्त मौका पाउनेछन्; यी प्रत्येक मानिसमा आएको परमेश्‍वरको मुक्तिले उहाँको परम उदारतालाई देखाउनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्याधिक सहिष्णुता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलो पटक परमेश्‍वरको विरुद्धमा विद्रोह गऱ्यो, उहाँले तिनीहरूलाई मार्ने कुनै इच्छा गर्नुहुन्‍न; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्‍वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्‍वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँले वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, ज्ञान दिनुहुन्छ, र डोऱ्याउनुहुन्छ, र तिनीहरूलाई मार्न उहाँले डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। तिनीहरूले परमेश्‍वरका वचनहरू सुनाएपछि, एक ब्रदरले भने, “हामीलाई शैतानले भ्रष्ट तुल्याएको छ, हामी सबैमा भ्रष्ट स्वभाव छ, र हाम्रो हृदयमा परमेश्‍वरप्रति कुनै डर छैन। जब हामी परमेश्‍वरका वचनहरू र काम हाम्रा धारणाहरूसँग नमिलेको देख्छौँ, तब हामी परमेश्‍वरविरुद्ध विद्रोह गर्छौँ र उहाँको विरोध गर्छौँ, र सम्भवतः उहाँलाई इन्कार्छौँ र दोष दिन्छौँ। तर हामीले सत्यता बुझेपछि, यदि सही मार्गमा फर्क्यौँ र साँचो रूपमा परमेश्‍वरसँग पश्‍चात्ताप गर्‍यौँ भने, उहाँले अझै पनि हामीलाई मुक्तिको मौका दिनुहुन्छ। तर जिद्दी, अपश्‍चात्तापी र दृढतासाथ परमेश्‍वरको विरोध गर्नेहरू उहाँद्वारा दोषी ठहरिनेनेछन्, र अन्त्यमा दण्डित हुनेछन्।” त्यो बेला, म साह्रै भावुक भएँ। मैले सोचेँ, “मैले परमेश्‍वरको विरोध गरेँ र यस्तो ठूलो दुष्कर्म गरेँ, र पनि परमेश्‍वरले अझै मलाई कृपा गर्दै मुक्ति दिनुभयो। परमेश्‍वरको प्रेम अत्यन्तै महान् छ! भविष्यमा, मैले धेरै मानिसहरूलाई सुसमाचार सुनाएर परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। मैले मण्डली सदस्यहरूलाई प्रभुको पुनरागमनको सुखद खबर सुनाउनुपर्छ, ताकि तिनीहरूले पनि उहाँको आवाज सुनेर उहाँलाई स्वागत गर्न सकून्।” त्यसैले त्यसपछि, मैले मण्डली सदस्यहरूलाई सुसमाचार सुनाउन थालेँ।

एकपटक, मैले मण्डलीका एक सदस्यलाई सर्वशक्तिमान् परमेश्‍वरको नयाँ कामको गवाही दिएको थिएँ र बिशपले थाहा पाएर मलाई कल गरेर भेट्न बोलाए। म मण्डली पुगेपछि, सुरुमा मैले एक फादरलाई भेटेँ, जो असी वर्षमाथिका थिए। तिनले मलाई कानेखुसी गर्दै, पूर्वीय ज्योतिमाथिको मेरो विश्‍वासप्रति बिशप अत्यन्तै विरोधमा छन् भनेर बताए। ती फादरले मलाई बिशपको अगाडि आफ्‍नो गल्ती स्विकार्न, पश्‍चात्ताप गर्न, र आफूप्रति लचक बन्‍न बिन्ती गर्न मनाउन खोजे। यो सुनेपछि, म साह्रै दुःखी भएँ, त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर, यो अवस्था कसरी सामना गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई रक्षा गर्नुहोस्, र मलाई विश्‍वास र सङ्कल्‍प दिनुहोस्। यसपछि जे भए पनि, मेरो अनुरोध छ, मलाई अगुवाइ गर्नुहोस्, ताकि म साँचो मार्गमा दह्रिलो गरी खडा हुन सकूँ।” प्रार्थना गरिसकेपछि, मलाई अलिक ढुक्‍क भयो। मैले बिशपलाई भेटेपछि, तिनले मलाई पूर्वीय ज्योतिमा लागेको हो भनी सोधे र मैले हो भनेँ। तिनी धेरै रिसाए र तिनले भने, “तपाईं पूर्वीय ज्योतिका मानिसहरूको सम्पर्कमा आउनुभएको थियो भन्‍ने सुनेको थिएँ, तर मैले यसबारेमा त्यति विचार गरिनँ। तपाईं पादरी हुनुहुन्छ र तपाईंले विशेष धर्मशास्‍त्रीय तालिम प्राप्त गर्नुभएको छ, त्यसकारण तपाईंले पूर्वीय ज्योति कहिल्यै ग्रहण गर्नुहुनेछैन भन्‍ने लागेको थियो। तपाईंले त्यसमा विश्‍वास गर्नुभयो भन्‍ने त पत्याएरै लाग्दैन!” मैले तिनलाई भनेँ, “मैले अन्योलमा परेर पूर्वीय ज्योति ग्रहण गरेको होइनँ। मैले यसबारेमा डेढ वर्षभन्दा बढी अनुसन्धान गरेँ र सर्वशक्तिमान् परमेश्‍वरको धेरै वचन पढेँ। यी वचनहरू सत्यता हुन्, कुनै पनि मानवले बोल्‍न नसक्‍ने कुरा हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ...।” मेरो कुरै नसकिई, बिशपले अधीर हुँदै भने, “पूर्वीय ज्योति फर्कनुभएका प्रभु हुनुहुन्छ कि हुन्‍न भनेर निर्णय गर्ने काम पोपको हो। विश्‍वासको विषयमा पोप कहिल्यै गलत हुँदैनन्। पोपले यसलाई पहिचान गरे भने, हामी पनि गर्छौँ। यदि तिनले पहिचान गर्दैनन् र पूर्वीय ज्योति झूटो शिक्षा हो भनी भन्छन् भने, हामीले यसमा विश्‍वास गर्नु हुँदैन!” तिनको कुरा सुनेपछि, मैले सोचेँ, “पोप पनि भ्रष्ट मानव नै हुन्। तिनले खोजी गरेनन् भने, तिनले पवित्र आत्‍माको अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्न, वा प्रभुको नयाँ काम पहिचान गर्न सक्दैनन्। तपाईं प्रभुमा विश्‍वास गर्नुहुन्छ, तर उहाँका वचनहरू सुन्‍नुको सट्टा, अन्धाधुन्ध पोप अर्थात् एउटा मान्छेका शब्‍दहरू पालन गर्नुहुन्छ। यो कसरी प्रभुमा विश्‍वास गरेको भयो र? के यो मान्छेमा विश्‍वास गर्नु होइन र?” मैले बिशपलाई निरन्तर सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिएँ, तर तिनले पटक्‍कै सुनेनन्। तिनले भने, “यदि पोपले पूर्वीय ज्योति फर्कनुभएका प्रभुको काम हो भनेर भन्दैनन् भने, हामीले यसमा विश्‍वास गर्नु हुँदैन। यो साँचो मार्ग हो कि होइन भन्‍ने कुरा पोपको निर्णयमा भर पर्छ!”

विगतमा, म पनि पोपको उपासना गर्थेँ। म तिनी प्रभुका प्रतिनिधि हुन्, र हामीले सबै कुरामा तिनको कुरा सुन्‍नुपर्छ भन्‍ने सोच्थेँ। तर पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ र यस विषयमा मेरो दृष्टिकोण परिवर्तन भयो। मलाई एउटा खण्ड याद आयो, जसमा यसो भनिएको छ, “संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले जित्‍ने काम, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने पोप एक अगुवा, सृष्टि गरिएका प्राणी मात्र हुन्, र तिनले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ। उहाँले नै स्वर्ग र पृथ्वी अनि यावत् थोक, साथै मानिसलाई सृष्टि गर्नुभयो, र मानवजातिलाई आजको दिनसम्‍म डोर्‍याएर ल्याउनुभयो। परमेश्‍वरले मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ, र परमेश्‍वरले मात्रै मानिसहरूलाई मुक्ति दिन र हामीलाई सुन्दर गन्तव्यमा पुर्‍याउन सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। यो काम कुनै पनि सृष्टि गरिएको प्राणीले गर्न सक्दैन, न त कुनै धार्मिक अगुवाले नै गर्न सक्छ। पोपहरूको हैसियत उच्‍च भए पनि, तिनीहरू पनि भ्रष्ट मानव नै हुन्। तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्, मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नु त परको कुरा हो, त्यसकारण तिनीहरूको हैसियत जति नै उच्‍च भए पनि, तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनन्। परमेश्‍वरले आफ्‍नो नयाँ काम गर्नुहुँदा तिनीहरूले खोजी गर्दैनन् भने, तिनीहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि वा ज्योति दिनुहुनेछैन, र अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ र हटाउनुहुनेछ। तिनीहरू पनि प्राचीन समयका मुख्य पूजाहारी र फरिसीहरूजस्तै हुन्—तिनीहरूले उच्‍च हैसियत प्राप्त गरेका थिए, तर जब प्रभु येशू काम गर्न आउनुभयो, तब तिनीहरूले खोजी नै गरेनन्। तिनीहरूले प्रभु येशूलाई विरोध गरे र दोष दिए, र परमेश्‍वरले तिनीहरूलाई श्राप र दण्ड दिनुभयो।

त्यसपछि, बिशपले मलाई अबदेखि पूर्वीय ज्योतिका मानिसहरूसँग सम्पर्क नगर्नू भनेर आदेश दिए। मैले सहमति जनाइनँ, त्यसकारण तिनी साह्रै रिसाए र तिनले भने, “त्यसो भए फादरको रूपमा तपाईंको पद खारिज भएको मान्‍नुहोस्। मठका खाताहरू हस्तान्तरण गर्नुहोस् र भुइँतलामा गई आफूले गरेको कुराबारे मनन गर्नुहोस्।” त्यो बेला म अलिक चकित भएँ, र तिनीहरूले मलाई यति चाँडै बर्खास्त गर्छन् भन्‍ने अपेक्षा गरेको थिइनँ। मलाई अलिक अन्योल भयो। मैले फादरको रूपमा सेवा गरेको यतिका वर्षमा, म जहाँ गए पनि पादरी र इसाई सन्यासीहरू मेरो वरिपरि भेला भएर मेरो कुरा सुन्थे र मैले जे भन्यो त्यही मान्थे। अहिले बिशपले मलाई मेरो पदबाट निकालेका थिए, त्यसकारण पादरी र इसाई सन्यासीहरूले अब मलाई त्यसरी सम्‍मान गर्नेछैनन् भन्‍ने थाहा थियो। मैले फादर र पादरीको पद पाउनका लागि कति धेरै काम गरेको थिएँ त्यसबारेमा पनि सोचेँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने निर्णय गर्नेबित्तिकै, म सम्भवतः फादर र पादरी रहिरहन सक्दिनथेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामबारे म विश्‍वस्त भइसकेको थिएँ, तर मलाई क्याथोलिक विश्‍वासबाट आफूलाई पूर्ण रूपमा अलग गर्ने साहस अझै थिएन। मैले सोचेँ, “यो निर्णय सानोतिनो होइन। मैले निर्णय गर्नुपहिले राम्ररी सोच्‍नुपर्छ।” म भुइँतला गएँ र पादरी झाओलाई भेटेँ, जसलाई त्यहाँ तिनको व्यभिचारको कारण मनन गर्न राखिएको थियो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेको कारण मलाई त्यहाँ पठाइएको हो भनेर मैले तिनलाई भनेँ। तिनी छक्‍क परे र तिनले क्षणिक कमजोरीको कारण मात्र व्यभिचारको पाप गरेको हुनाले प्रभुको अघि पाप स्वीकार गरे तिनलाई मुक्ति मिल्न सक्छ भनेर भने। तर मेरो समस्या अझै गम्‍भीर छ, यो विश्‍वाससँग सम्‍बन्धित कुरा हो, र हामीले हाम्रो विश्‍वास गलत ठाउँमा लगाउनेबित्तिकै, हामीले मुक्ति पाउन र स्वर्गको राज्य प्रवेश गर्न पाउँदैनौँ भनेर भने। त्यो बेला, मलाई तिनका शब्‍दहरूले कुनै प्रभाव पारेन।

दुईतीन दिनपछि, मसँग हिसाबकिताब पुष्टि गर्न पादरी वाङ र कोषाध्यक्ष भुइँतला आए। पादरी वाङले मलाई तिरस्कारको नजरले हेरे, र मलाई हिसाबकिताब सोध्दा, कैदीलाई सोधपुछ गरिरहेको शैलीमा सोधे। मलाई साह्रै अप्ठ्यारो लाग्यो। तिनीहरू गएपछि, म दयनीय र अन्याय महसुस गर्दै दुर्बल रूपमा ओछ्यानमा पल्टिएँ। मैले इसाई मठ सञ्चालन गर्दा कसरी सबैले मलाई आदरसाथ व्यवहार गर्थे भन्‍नेबारेमा सोचेँ। म जहाँ बास बसे पनि, पादरी र इसाई सन्यासीहरू खुसीसाथ मलाई अभिवादन गर्न आउँथे, र बासदाताले फलफूल दिएर मलाई राम्रो सत्कार गर्थे। पादरी र इसाई सन्यासीहरूले सधैँ मेरा प्रवचनहरू सुन्‍ने अपेक्षा गर्थे, र कुनै पनि विषयमा छलफल गर्दा प्राय मेरै निर्णय पर्खन्थे। म प्राय पादरीहरू र इसाई सन्यासीहरूको कामको बाँडफाँट गर्थेँ, र तिनीहरू सबैले मेरो कुरा सुनेर पालना गर्थे। तर अहिले, मलाई मेरो पदबाट हटाइएको हुनाले, तिनीहरू सबैले मलाई हेलाको दृष्टिले हेर्थे। पादरीहरूले मलाई आदर गर्न छोडेका थिए, र म भुइँतलामा हुँदा सबैले मलाई बेवास्ता गरिरहेका थिए। म फादर हुँदाको अवस्थामा भन्दा यो पूर्ण फरक अवस्था थियो! हैसियत नहुँदा यसले साँच्‍चै परिस्थिति बदल्‍ने रहेछ। त्यसपछि मलाई के याद आयो भने, यदि मैले भविष्यमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने निर्णय गरेँ भने, मैले फेरि कहिल्यै पनि फादरको जीवनको आनन्द लिन पाउनेछैनँ, र मैले प्राप्त गरेका हैसियत र सम्मानपूर्ण व्यवहार हराउनेछ। त्यो सोच्दा मलाई खिन्‍न लाग्यो। तर त्यसपछि सोचेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर नै साँच्‍चै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। यदि मैले आफ्‍नो हैसियत र आनन्दको लागि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याइनँ भने, के म परमेश्‍वरको साँचो विश्‍वासी हो र? के मलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ र?” मैले कुन मार्ग अपनाउने हो थाहै थिएन। मलाई साह्रै पीडा भयो, र अबदेखि हैसियत र प्रतिष्ठाको बन्धनमा नपरूँ, र परमेश्‍वरका पाइलाहरू पछ्याउन सकूँ भन्दै घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ र अन्तर्दृष्टि र अगुवाइ मागेँ। प्रार्थना गरिसकेपछि, मलाई मेरा ब्रदर-सिस्टरहरूले पढेर सुनाएको सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “परमेश्‍वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँ यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको बास स्थानमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने ठूलो कठिनाइ मात्र देहधारी परमेश्‍वरले भोग्ने कठिनाइ होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मा देहमा प्रकट हुनुभएको छ। उहाँको आत्मा यति उच्च र महान् हुनुहुन्छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको योग्यता, अन्तर्दृष्टि, चेतना, मानवता, र जीवनले तिमीहरू परमेश्‍वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्‍वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्‍वर अत्यन्तै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै बस्नुहुन्छ। परमेश्‍वर अत्यन्तै नम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ)। यो साँचो हो। चीनले जत्ति चरम रूपमा कुनै पनि देशले परमेश्‍वरको विरोध गर्दैन। परमेश्‍वर बोल्‍न र काम गर्न ठूलो रातो अजिङ्गरको देशमा देहधारी भई आउनुभएको छ, उहाँले कम्युनिस्ट पार्टीको हातबाट सतावट र निन्दा, अनि धार्मिक संसारबाट दोषारोपण र इन्कार सहनुभएको छ। परमेश्‍वर कति सर्वोच्‍च, र आदर्शपूर्ण हुनुहुन्छ, तैपनि उहाँले पृथ्वीमा आएर ठूलो अपमान सहनुभयो, र उहाँले गर्नुहुने सबै कुरा हामीलाई मुक्ति दिनको लागि हो। परमेश्‍वर साँच्‍चै नम्र र प्रेमिलो हुनुहुन्छ! तर मलाई हैसियतका लाभहरूमा आनन्द लिनेबाहेक अरू चाहना थिएन, र मलाई अरूको साथ र भक्ति साह्रै मन पर्थ्यो। म परमेश्‍वरको कामबारे पहिले नै विश्‍वस्त भइसकेको भए पनि, म अझै उहाँलाई पछ्याउनको लागि आफ्‍नो हैसियत त्याग्‍न इच्छुक थिइनँ। के मैले साँचो मार्ग चिनेर पनि जानीजानी विरोध गरिरहेको थिइनँ र? के ममा साँच्‍चै विवेकको कमी थिएन र? यो कुरा महसुस गरेपछि, मलाई अलिक ग्‍लानि र सरम लाग्यो, र मैले आफूलाई आफ्‍नो पद त्याग्‍न तयार गरेँ।

केही दिनपछि, मलाई मनाउन र मनन गर्न लगाउन मेरो बडाको छोरा भुइँतला आए, र यदि मैले मनन गरिनँ भने, बिशपले मलाई मण्डलीबाट निकाल्‍नेछन् भने। यो सुन्दा, म छक्‍क परेँ। हाम्रो मण्डलीबाट कसैलाई बहिष्कार गरिएको मैले कहिल्यै सुनेको थिइनँ। यदि म निष्कासनमा पर्थेँ भने, मैले चिनेजानेका सबै मण्डली सदस्यहरू र सम्पूर्ण डायोसिसका सबैले मलाई इन्कार गर्ने थिए। मेरो बडाको छोरा गएको केही दिनसम्‍म, मैले भित्री रूपमा संघर्ष गरिरहेँ। प्रभुमा विश्‍वास गरेको क्षणदेखि, मलाई बहिष्कृत गरिएला भन्‍ने कहिल्यै लागेको थिइनँ, र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गरेको कारण बिशपले मलाई बहिष्कार गर्लान् भन्‍ने सोचेको थिइनँ। ती दिनहरूमा मैले यी कुराहरूबारे बारम्‍बार सोचिरहेँ। जबजब बाइबलमा म परमेश्‍वरको आखिरी दिनहरूको कामसम्बन्धी अगमवाणीहरू देख्थेँ, तब हरेकपटक नै मलाई ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान् परमेश्‍वरको कामबारे दिएको गवाही र मैले पढेको परमेश्‍वरको वचनका खण्डहरू याद आउँथ्यो। यी दृश्यहरू चलचित्रजस्तै मेरो मनमा चलिरहन्थे। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र मैले उहाँलाई पछ्याउन छोड्नु हुँदैनथ्यो। तर जब म क्याथोलिक मण्डलीलाई छोड्ने वा निष्कासित हुनेबारेमा सोच्थेँ, तब म निर्णय लिन सक्दिनथेँ।

पछि, बिशप भुइँतला आए र तिनले मेरो मनन कस्तो हुँदै छ भनी सोधे। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास कायमै राखेको छु भन्‍ने देख्दा, तिनी रिसाए र तिनले भने, “तपाईंले पूर्वीय ज्योतिमा विश्‍वास गर्नु सानोतिनो कुरा होइन। तपाईंले आफ्‍नो बारेमा साँच्‍चै मनन गर्नुपर्छ। यदि तपाईंले आफूलाई साँचो रूपमा चिन्‍नुभयो, पश्‍चात्ताप गर्नुभयो, र पूर्वीय ज्योतिलाई इन्कार गर्नुभयो भने, हामी तपाईंको गल्ती बिर्सिदिनेछौँ र तपाईं फादरको पदमा रहन सक्‍नुहुनेछ।” बिशप गएपछि, पादरी झाओले फेरि मलाई मनाउने प्रयास गरे। तिनले भने, “तपाईंले आफ्‍नो मननबाट निकालेका निष्कर्षहरूलाई लेख्‍नुपर्छ। लेख्‍नुभयो भने, तपाईं फादरको रूपमा रहिरहनुहुनेछ। लेख्‍नुभएन भने, बिशपले तपाईंलाई हल्कासँग छोड्नुहुनेछैन!” यो सुनेपछि, मैले सोचेँ, “बिशपले मलाई अन्तिम सर्त दिइसकेका छन्, त्यसकारण मैले आफ्‍नो मननका परिणामहरू लेखिनँ भने, मैले फादरको पद गुमाउनेछु, र मलाई मण्डलीबाट निष्कासन गरिनेछ।” यो सोच्दा मलाई दुःख लाग्यो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने निर्णय लिनुपर्छ भन्‍ने मलाई थाहा भए पनि, म अझै आफ्‍नो पद त्याग्‍न तयार थिइनँ। पीडामा, म परमेश्‍वरको अघि आएँ र गम्भीरतासाथ उहाँलाई पुकारेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, अहिले मैले अन्तिम निर्णय गर्नुपर्ने छ। बिन्ती छ, मलाई सहयोग र अगुवाइ गर्नुहोस्, ताकि मैले सही निर्णय लिन सकूँ।” प्रार्थना गरिसकेपछि, मलाई मेरा ब्रदर-सिस्टरहरूले कुनै बेला पढेर सुनाएका परमेश्‍वरका केही वचनहरू याद आयो। परमेश्‍वरका वचनहरूले भन्छन्, “परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ)। यो साँचो हो। अहिले सबै ठाउँका मण्डली उजाड, र पवित्र आत्‍माको कार्यविहीन छन्। बिशप र पादरीहरूको प्रवचनमा कुनै ज्योति हुँदैन, तिनीहरूले केही धर्मशास्‍त्रीय सिद्धान्त र धर्मसिद्धान्तहरूबारे मात्रै प्रचार गर्न सक्छन्, र कडाइसाथ केही धार्मिक विधिविधान र मानव-निर्मित नियमहरू मात्रै पालन गर्न सक्छन्। तर यी कुराहरूमा अल्झिरहँदा यसले मानिसहरूको जीवनमा अलिकति पनि भरणपोषण वा सुधार ल्याउँदैन; सबैजना हरेक दिन पाप गर्ने अनि पाप स्वीकार गर्ने, र फेरि पाप गर्ने चक्रमा बाँचिरहन्छन्। मानिसहरूले जति नै कठिन प्रयास गरे पनि, यो समस्या समाधान गर्न सक्दैनन्। पादरीवर्गसमेत दशांश-भेटी चोर्ने वा व्यभिचार गर्नेजस्ता प्रष्टै देखिने पापबाट अलग बस्‍न सक्दैनन्, जस्तै पादरी झाओ पतनको यति गहिराइमा डुबेका थिए कि यस्तो ठूलो पाप गरेर पनि तिनलाई पटक्‍कै लाज भएन। आजको क्याथोलिक विश्‍वास हिले पोखरीबाहेक अरू केही होइन! सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली फरक छ। जब हामी हरेक भेलामा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सङ्गति गर्छौँ, तब यसले हामीलाई सत्यता बुझ्‍न, र हाम्रो जीवनमा भरणपोषण र सुधार प्राप्त गर्न सहयोग गर्छ। यदि मैले सर्वशक्तिमान् परमेश्‍वरको कामको गति पछ्याउँदिनथेँ र उहाँले आखिरी दिनहरूमा व्यक्त गरिरहनुभएका सत्यताहरू प्राप्त गर्दिनथेँ भने, म पापबाट कहिल्यै पनि मुक्त हुने थिइनँ। म हरेक दिन पापको बन्धनमा परेको हुन्थेँ र आफूलाई मुक्त गर्न सक्दिनथेँ। त्यसपछि त धर्ममा रहेर सबैको साथमा रमाउनुको अर्थ के हुन्थ्यो र? त्यसपछि मलाई फेरि परमेश्‍वरका केही वचनहरू याद आयो, “ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरू स्वीकार गरेर उहाँको बाटो पालन गर्नैपर्छ। सत्यता प्राप्त गर्न असक्षम हुँदाहुँदै र जीवनको प्रावधान स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैनन्। यसको साथै, यो दिनपश्‍चात तैँले परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफूलाई छुटकारा दिलाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जसको विरोध गर्छस् त्यो मानिस होइन, तैँले जसलाई तिरस्कार गर्छस् त्यो कुनै तुच्छ अस्तित्व होइन, त्यो त ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के-के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, घृणित पाप गरेको हुनेछस्। त्यसैले म हरकोहीलाई सल्लाह दिन्छु: सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाही रूपमा आलोचना नगर, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्यबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि देख्‍ने तुल्याउन सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई सत्यता, जीवन र बाटो दिनुहुन्छ। हामी यी सत्यताहरूद्वारा मात्रै शुद्ध र मुक्त हुन सक्छौँ। परमेश्‍वरको अनुग्रह र उत्थानले गर्दा मात्रै मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू स्विकार्न र भ्रष्ट स्वभाव परिवर्तन गर्ने उपाय पाउन सकेको थिएँ। यदि म क्याथोलिक विश्‍वासमै बस्‍ने निर्णय गर्थेँ, हैसियत र आनन्दको लोभ गर्थेँ, र परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति इन्कार गर्थेँ भने, मलाई परमेश्‍वरले सदासर्वदाको लागि दोषी ठहराउनुहुन्थ्यो र मैले मुक्ति पाउने असर पूर्ण रूपमा गुमाउँथेँ। म त मुख्य पूजाहारी र फरिसीहरूजस्तै हुन्थेँ। यहूदीहरूमाझ तिनीहरूले उच्‍च हैसियत पाएका थिए, र तिनीहरू सबैको राम्रो विचार र सहयोगमा रमाउँथे। जब प्रभु येशू आउनुभयो, तब तिनीहरूले उहाँका प्रवचनहरूमा अख्‍तियार र शक्ति छन् भन्‍ने देख्थे, तर आफ्‍नो हैसियत र आम्दानी रक्षा गर्न, तिनीहरूले उहाँको मुक्ति स्वीकार्न मानेनन्, र उहाँलाई क्रूसमा समेत टाँगे। अन्त्यमा, तिनीहरू सबैलाई परमेश्‍वरले अनन्त श्राप र दण्ड दिनुभयो। मैले तिनीहरूको पाइला पछ्याउनु हुँदैनथ्यो! सर्वशक्तिमान् परमेश्‍वरको नयाँ काम पछ्याएर, उहाँका वचनहरूको मलजल र भरणपोषण प्राप्त गरेर, तीमार्फत आफूलाई चिनेर, आफ्‍नो पापको जड पत्ता लगाएर, र आफ्नो भ्रष्टता कसरी पखाल्ने भन्‍ने बुझेर मात्रै मैले मुक्ति हासिल गर्न र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्थेँ—के त्यो उच्‍च हैसियत पाउनुभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण थिएन र? मैले यसबारेमा जति सोचेँ, मेरो हृदय त्यति नै उज्यालो भयो। मैले स्पष्ट रूपमा धर्ममा बस्‍नुको कुनै अर्थ छैन, र म त्यहाँ बसिरहनु आवश्यक छैन भनेर बुझेँ। त्यसकारण, मैले पादरी र फादरको पद त्यागेर दृढतासाथ क्याथोलिक विश्‍वास छोडेँ।

मैले भुइँतलामा बिताएका ती केही दिनमा केही कठिनाइ भोगेको भए पनि, परमेश्‍वरका वचनहरूको अगुवाइ र नेतृत्वले मलाई मैले हैसियत खोजी गर्नु हुँदैन, र यो परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा होइन भन्‍ने कुरा बुझायो। अगाडिको बाटो स्पष्ट थियो। विगतमा, मलाई बाइबलको ज्ञान र धर्मशास्‍त्रीय सिद्धान्तहरू बुझेपछि मैले परमेश्‍वरलाई चिनेको हुन्छु भन्‍ने लाग्थ्यो। तर मैले सिकेका धर्मशास्‍त्रीय सिद्धान्तहरू परमेश्‍वरको बारेमा रहेका धारणा र कल्‍पनाहरू मात्रै रहेछन्, र ती सत्यताअनुरूप पटक्‍कै रहेनछन् भन्‍ने महसुस भएको थिएन। ती मेरो वरिपरि निर्माण गरिएका दह्रिला पर्खालहरू जस्तै थिए, जसले मलाई परमेश्‍वरको बारेमा आफ्‍नै निष्कर्ष निकाल्‍ने र उहाँको कामको विरोध गर्ने तुल्याए। ती कुराले मलाई झन्झन् अहङ्कारी, आत्मधर्मी र हठी पनि बनाउँदै लगेका थिए। परमेश्‍वरप्रति ममा नम्र, खोजी गर्ने, र डर मान्‍ने हृदय थिएन। सर्वशक्तिमान्‌ परमेश्‍वरको कृपा नपाएको भए, मैले उहाँको मुक्ति पाउनु असम्‍भव थियो! यसको साथै, जब मैले हैसियत र आनन्दको लोभ गरिरहेको थिएँ र कस्तो निर्णय गर्ने भन्‍ने जान्दिनथेँ, तब परमेश्‍वरले मलाई आफ्‍ना वचनहरूद्वारा निरन्तर अन्तर्दृष्टि र अगुवाइ दिनुभयो र मलाई आफ्‍नो पद त्यागेर उहाँको कार्य पछ्याउने तुल्याउनुभयो। परमेश्‍वरको भरणपोषण र साथ नपाएको भए, म उहाँको अघि कहिल्यै फर्कने थिइनँ। साँच्‍चै नै परमेश्‍वरको प्रेम अत्यन्तै व्यावहारिक र वास्तविक छ!

अर्को: २. परमेश्‍वरको राज्यको मार्ग सधैँ सहज हुन्छ भन्‍ने छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्