299 परमेश्वरको असल समाचार कुर्दै
१
तृषित आँखाका साथ, तपाईँ आतुरताका साथ बोलाउनुहुन्छ।
क्रूर मानवजातिलाई सामना गर्दै, आफ्ना हृदयका वचन बोल्नुहुन्छ।
तपाईँको एउटै कामनाका लागि, घोर अन्याय सहनुहुन्छ,
अत्यन्तै परिश्रमी हेरचाह र अपेक्षा खन्याउनुहुन्छ।
अतिशय माग नगरी, खुसीसाथ सबथोक दिनुहुन्छ।
बिहान देखि रातिसम्म कठिनाइ भोगी,
मानिसमाझ हर प्रकारका सतावट भोग्नुहुन्छ।
सुन्दरतामा तपाईँसँग को तुलनीय छ, सबैभन्दा सम्माननीय, पवित्र प्रिय?
तपाईँको महान् अभूतपूर्व कार्य युगौँभर प्रशंसा गरिनेछ।
२
म पापमा पतित भएँ, तर ज्योतिमा खडा हुन्छु।
तपाईँबाट निकै उत्थान गरिएकोमा म कृतज्ञ छु।
देहधारी परमेश्वर कष्ट भोग्नुहुन्छ,
त्यसोभए म, भ्रष्ट व्यक्तिले कति कष्ट भोग्नुपर्छ!
म अँध्यारा प्रभावसामु झुकेँ भने, परमेश्वरलाई कसरी देख्नेथिएँ?
तपाईँका वचनहरू सम्झँदा, तपाईँका लागि तृष्णाले भरिन्छु।
तपाईँको मुहार देख्दा, पछुतो अनि सम्मानले भरिन्छु।
तथाकथित स्वतन्त्रता खोज्दै तपाईँलाई कसरी त्याग्न सक्छु?
तपाईँको घाइते हृदयलाई निको पार्न, बरु हर प्रकारका कष्ट भोग्नेथिएँ।
जब फूल फेरि फुल्छन्, तपाईँको असल समाचार सुन्नेछु।