सत्यता कसरी पछ्याउने (३७)

सत्यता कसरी पछ्याउने भन्‍ने सम्बन्धमा, हामीले यस समयावधिमा “देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरू त्याग्‍ने” विषयमा सङ्गति गर्दै आएका छौँ। यस विषयभित्र, हामीले “परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने” सँग सम्बन्धित विषयवस्तुका बारेमा सङ्गति गर्‍यौँ, होइन र? (हो।) पछिल्लो पटक, हामीले पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गरेको विषयमा सङ्गति गर्‍यौँ, जुन परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने कुरासँग सम्बन्धित छ। हामीले विषयवस्तुका दुई वटा पक्षहरूका बारेमा सङ्गति गर्‍यौँ। मलाई भन, यी दुई वटा पक्षहरूले केलाई जनाउँछन्? (एउटा मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने हो; अर्को गुटबन्दी नगर्ने हो।) विषयवस्तुका दुई वटा मुख्य पक्षहरू यिनै हुन्। यी दुवै पक्षहरूमा परमेश्‍वरको सेवा गर्ने विषयवस्तु समावेश हुन्छ, र तिनमा मानिसहरूले परमेश्‍वरको सेवा गर्दा गर्नुपर्ने काम, साथै परमेश्‍वरको सेवा गर्दा प्रायजसो उत्पन्न हुने केही विचलनहरू र जोगिनुपर्ने केही समस्याहरू समावेश हुन्छन्। हामीले पहिले छलफल गरेका कुराहरू मानिसहरूले गर्नुपर्ने केही कुराहरू र कामका यी दुई वटा पक्षहरूका सम्बन्धमा तिनीहरूले ध्यान दिनुपर्ने केही मामिलाहरू, साथै कामका यी दुई वटा पक्षहरू गर्दा तिनीहरूले पालन गर्नुपर्ने सिद्धान्तहरू थिए। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले आफ्नो काम गर्न सुरु गरेदेखि अहिलेसम्म, उनले निरन्तर रूपमा कामका यी दुई वटा पक्षहरू गर्दै आएका छन्, कामका यी दुई वटा पक्षहरू गर्ने सिद्धान्तहरूलाई सधैँ पालन गर्दै आएका छन्, र कामका यी दुई वटा पक्षहरू गर्दाका परिणामहरू पनि हासिल गरेका छन् र यसको महत्त्वलाई पनि महसुस गरेका छन्। के तिमीहरू विषयवस्तुका यी दुई वटा पक्षहरूका बारेमा सङ्गति गरेर, कामका यी दुई वटा पक्षहरू किन गरिनुपर्छ, र कामका यी दुई वटा पक्षहरू गर्दा ध्यान दिनुपर्ने मामिलाहरू के-के हुन् र सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरामा स्पष्ट छौ? (हामी अहिले अलिक स्पष्ट भएका छौँ।) मैले कामका यी दुई वटा पक्षहरूका—मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने, र गुटबन्दी नगर्नेका—सिद्धान्तहरूका बारेमा त्यति धेरै विस्तृत रूपमा सङ्गति गरिनँ; मैले परमेश्‍वरको सेवा गर्ने विषयको सम्बन्धमा तिमीहरूलाई अलिकति सरल सङ्केत मात्रै दिएँ। परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा, कामका यी दुई वटा भागहरू अपरिहार्य हुन्छन्, र यी दुई वटा अत्यन्तै महत्त्वपूर्ण र निर्णायक काम हुन्। मैले कामका यी दुई वटा भागहरूका बारेमा सङ्गति गर्नुको कारण के हो भने ती हामीले सङ्गति गर्दै आएको व्यापक विषयसँग, अर्थात्, “परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने” सँग सम्बन्धित छन्। परमेश्‍वरको सेवा गर्ने व्यक्तिको रूपमा, यदि कसैले परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न चाहन्छ भने, कामका यी दुई वटा भागहरू—मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने, र गुटबन्दी नगर्ने—गरिनुपर्छ। अर्थात्, तिमीले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा र तिम्रो काममा, तिमीले कामका यी दुई वटा भागहरू गर्नुपर्छ, र तिमीले कामका यी दुई वटा भागहरू गर्ने सिद्धान्तहरूलाई पनि पालन गर्नुपर्छ। यी दुई वटा अपरिहार्य काम हुन्। तिमीहरूले यो कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। हामीले मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने कार्यको उद्देश्य र महत्त्वका बारेमा केही सामान्य सङ्गति गरेका छौँ, र हामीले गुटबन्दी नगर्ने कामको सम्बन्धमा ध्यान दिनुपर्ने मामिलाहरू र पालन गर्नुपर्ने सिद्धान्तहरू, साथै कामको यो पक्ष गर्नुको महत्त्वका बारेमा पनि अलिकति सङ्गति गरेका छौँ। केही विस्तृत काम कस्तो हुन्छ र निश्‍चित काम कसरी गर्ने भन्‍ने कुराको हकमा, तिमीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा र आफ्नो दैनिक जीवनमा बिस्तारै सिद्धान्तहरू बुझ्नुपर्छ र विवरणहरू पत्ता लगाउनुपर्छ। उदाहरणका लागि, यसअघि सत्यताका अन्य पक्षहरूका बारेमा सङ्गति गर्दा, हामीले मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने कामसँग सम्बन्धित विवरणहरूका बारेमा सङ्गति गर्‍यौँ, जस्तै कुन मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने, तिनीहरूलाई कसरी बढुवा दिने र संवर्धन गर्ने, बढुवा दिइएका र संवर्धन गरिएका मानिसहरूलाई कसरी अवलोकन गर्ने, तिनीहरूका बारेमा कसरी जान्ने, तिनीहरूको कामलाई कसरी पछ्याउने, र तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र तिनीहरूले सिद्धान्तहरूअनुसार काम गर्ने बिन्दुमा पुग्न कसरी संवर्धन गर्ने, र यसरी तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुने र परमेश्‍वरको निम्ति प्रयोगयोग्य हुने बिन्दुमा कसरी पुर्‍याउने। मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने काममा, तिमीहरूले यसलाई आफै अभ्यास र अनुभव गर्नुपर्छ, र तिमीहरूले सिद्धान्तहरू नबुझेसम्म बिस्तारै आफ्नो बाटो पहिल्याउनुपर्छ। छोटकरीमा भन्दा, यति धेरै वर्षसम्म पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको सम्पर्कमा आएको र उहाँसँग सङ्गत गरेको हुनाले, मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने काम पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा गरिने एउटा महत्त्वपूर्ण काम हो भन्‍ने कुरा तिमीहरूले बुझेको हुनुपर्छ वा यसलाई पुष्टि गरेको हुनुपर्छ। यसका साथै, गुटबन्दी नगर्नु पनि पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा पालन गर्ने सिद्धान्तहरूमध्ये एउटा हो—यो तिमीहरू सबैले महसुस गर्न सक्ने कुरा हो, होइन र? (हो।)

परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा, यी दुई वटा पक्षहरू, अर्थात् मानिसहरूलाई बढुवा दिने र संवर्धन गर्ने, र गुटबन्दी नगर्ने कार्यका प्रकटीकरणहरूका बाहेक, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले आफ्नो काम गर्ने प्रक्रियामा अर्को एउटा प्रकटीकरण प्रदर्शन गर्छन् जसका बारेमा आज हामी सङ्गति गर्नेछौँ। यो प्रकटीकरण भनेको आफ्नो काम नत्याग्नु हो। यो पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको कार्यभार स्वीकार गर्ने र काम गर्ने कार्यको प्रकटीकरण हो, र यो परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने कुरासँग सम्बन्धित एउटा अत्यन्तै महत्त्वपूर्ण प्रकटीकरण हो। के आफ्नो काम नत्याग्नु अभ्यासको एउटा पक्ष हो, कि मानवताको प्रकटीकरण हो? (यो दुवै हो।) यो पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको काममा हुने अभ्यासको एउटा निश्‍चित पक्ष हो, र यो उनले आफ्नो मानवतामा जिउने वास्तविकताको एउटा पक्ष पनि हो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा आफ्नो काम नत्याग्ने यो पक्ष अत्यन्तै निश्‍चित र अत्यन्तै व्यावहारिक रूपमा प्रकट हुन्छ। हरेक व्यक्तिले, परमेश्‍वरमा विश्‍वास गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र परमेश्‍वरको सेवा गर्ने क्रममा जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, प्रायजसो नकारात्मकता र कमजोरी वा पन्छिने स्थितिहरू हुन्छन्। किनभने परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, मानिसहरूले दैनिक जीवन र बचाइका धेरै कठिनाइ वा आफ्नो कर्तव्यका कठिनाइहरू, साथै व्यक्तिगत कठिनाइहरू अनिवार्य रूपमा सामना गर्नेछन्। यी कठिनाइहरूले प्रायजसो मानिसहरूलाई पिरोल्छन् र प्रभाव पार्छन्, जसले गर्दा आफ्नै हितहरू, जीवन र मृत्यु, र यस्तै अन्य कुराहरू समावेश हुने विशेष वातावरण र विशेष परिस्थितिहरूमा तिनीहरूले कमजोरी, नकारात्मकता, र पन्छिने प्रवृत्ति विकास गर्छन्, वा परमेश्‍वरबारे गलत बुझाइहरू राख्छन्, र तिनीहरू पवित्र आत्माको काम महसुस गर्न असमर्थ हुन्छन्। यस्ता परिस्थितिहरूमा, जब मानिसहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन् वा परमेश्‍वरमाथिको आस्था गुमाउँछन् वा जब तिनीहरू कुनै आशा देख्दैनन् र पवित्र आत्माको स्पष्ट काम महसुस गर्न सक्दैनन्, तब धेरैजसोले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू त्याग्ने छनौट गर्नेछन्। तिनीहरूले तिनलाई अस्थायी रूपमा त्यागे पनि वा स्थायी रूपमा त्यागे पनि, तिनीहरूले यसरी त्याग्नु भनेको, मेरो विचारमा, आफ्नो काम त्याग्नु नै हो। अर्थात्, जब मानिसहरूले कठिनाइहरूको सामना गर्छन्, तिनीहरू नकारात्मकता र कमजोरीमा फस्छन्, परमेश्‍वरलाई गलत बुझ्ने कुरामा फस्छन्, र परमेश्‍वरसँग निराश हुने कुरामा फस्छन्, तब तिनीहरूले कठिनाइहरूको डटेर सामना गर्नु वा आफ्नो स्थानमा दृढ रहन पीडा सहनुको सट्टा आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू त्याग्ने र पन्छिने छनौट गर्नेछन्। मेरो नजरमा, यस्तो प्रकारको प्रकटीकरण र यस्तो प्रकारको व्यवहार भनेको आफ्नो काम त्याग्नु हो। यदि साधारण विश्‍वासीहरूमा आफ्नो काम त्याग्ने समस्या देखा पर्छ भने, यसले मण्डलीको काममा खासै प्रभाव पार्दैन, र यसले व्यक्तिलाई मात्र असर गर्छ। तर जब यो परमेश्‍वरको सेवा गर्ने कुनै व्यक्ति हुन्छ, तब तिनी जुनसुकै स्तरका अगुवा वा कामदार भए पनि, यदि तिनले आफ्नो काम त्याग्छन् र हरेस खान्छन् भने, परमेश्‍वरको घरको काममा यसले पार्ने प्रभाव निकै ठूलो हुनेछ। यसले मण्डलीको जीवनमा मात्र असर गर्दैन, तर यसले सुसमाचार फैलाउने काममा पनि असर गर्नेछ। यसरी यस व्यक्तिको पन्छिने प्रवृत्तिले गर्दा र उसले आफ्नो काम त्यागेको कारणले गर्दा मण्डलीको काम, वा परमेश्‍वरको घरको समग्र काम सबै प्रभावित हुनेछ, त्यसमा बाधा पुग्नेछ, र क्षति समेत पुग्नेछ। यदि कुनै जिल्ला अगुवाले आफ्नो काम त्याग्छ, वा ऊ आफ्नो कर्तव्य र मिसन त्यागेर भाग्छ भने, यसले सम्पूर्ण जिल्लाको कामलाई प्रभावित पार्नेछ वा ठप्प समेत पार्नेछ। यदि कुनै क्षेत्रीय अगुवा वा अझै उच्च स्तरको अगुवा वा कामदारले आफ्नो काम त्याग्छ भने, परमेश्‍वरको घरको काममा कस्तो परिस्थिति उत्पन्न होला भनेर कल्पना गर्न सकिन्छ। यदि अगुवा र कामदारहरूले वास्तविक काम गर्दैनन्, काम लागू गर्दैनन्, वा कामको अनुगमन गर्दैनन् भने, यसले पहिलो केही दिनसम्म खासै प्रभाव पार्नेछैन—दाजुभाइ-दिदीबहिनीहरूले सामान्य रूपमा परमेश्‍वरको वचन खान र पिउन, र सामान्य रूपमा भेला हुन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछन्। यदि अगुवा र कामदारहरूले कहिल्यै वास्तविक काम गर्दैनन् भने, समय बित्दै जाँदा, दाजुभाइ-दिदीबहिनीहरूले माथिबाट कामको प्रबन्धहरू प्राप्त नगर्दा र जीवन प्रवेशको हिसाबमा मलजल, भरणपोषण, सहयोग, र मद्दत प्राप्त नगर्दा, मण्डलीका मानिसहरूको हृदय तितरबितर हुनेछ, मण्डलीको जीवनले कुनै राम्रो परिणाम दिनेछैन, मण्डलीको काम पनि ठप्प हुनेछ, र मण्डलीले पवित्र आत्माको काम गुमाउनेछ—उत्पन्न हुने परिणामहरू यी नै हुन्। त्यसैले, अगुवा र कामदारहरूले आफ्नो काम त्याग्नु भनेको अत्यन्तै गम्भीर समस्या हो। यदि परमेश्‍वरको सेवा गर्ने क्रममा यस्तो परिस्थिति उत्पन्न भयो भने, त्यो अगुवा वा कामदार, वा त्यसभन्दा माथिल्लो स्तरका अगुवा र कामदारहरूले जिम्मेवारी लिनुपर्छ। वास्तवमा, यो जिम्मेवारी तैँले बोक्न नसक्ने कुरा हो—त्यसोभए, किन म जिम्मेवारी लिने कुरा गर्छु त? किनभने, जब तँ परमेश्‍वरसामु लेखा दिन आउँछस्, तब तैँले लेखा दिन सक्नेछैनस्। परमेश्‍वरले तँलाई एक वा त्योभन्दा बढी मण्डलीहरूका आफ्ना चुनिएका मानिसहरू र ती मण्डलीहरूको काम सुम्पनुभयो, तर जब केही विशेष परिस्थितिहरू उत्पन्न भए, तब तैँले काम गर्न छोडिस् र त्यसको सट्टा आफ्नै निजी मामिला र कठिनाइहरूमा ध्यान दिइस्, र मण्डलीको कामको बोझ बिसाइस्। परमेश्‍वरको नजरमा, यो तैँले परमेश्‍वरको सेवा गर्ने क्रममा गरेको गम्भीर अपराध हो; यो परमेश्‍वरले घृणा गर्ने र दोषी ठहराउने कुरा हो।

परमेश्‍वरको कार्यभार स्वीकार गरेपछि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, उनी कहिल्यै पछि हटेका छैनन् र उनले कहिल्यै आफ्नो काम त्यागेका छैनन्। सुरुमा, पवित्र आत्माले उनमा काम गर्नुभयो र उनलाई मण्डलीहरू सुम्पनुभयो। त्यस बेला, उनले धेरै सत्यता सिद्धान्तहरू बुझेका थिएनन्। ती परिस्थितिहरूमा, उनले पवित्र आत्माको प्रबोधन र मार्गदर्शनमा मात्र भर परेर काम गरे, र उनी मण्डलीको काम गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियामा उनले प्राप्त गरेका अन्तर्दृष्टि र बुझाइहरूमा पनि भर परे। मण्डलीको काम गर्ने प्रक्रियामा, उनले आफ्नो जीवनबाट आउने र आफ्नो कामबाट आउने धेरै कठिनाइ, कष्ट, र अन्योलहरू अपरिहार्य रूपमा नै सामना गर्थे। यस सन्दर्भमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस निरन्तर रूपमा काम गर्नमा लागिरहे। उनले जतिसुकै ठूला कठिनाइहरूको सामना गरे पनि, र उनले जस्तोसुकै बाधाहरूको सामना गरे पनि, उनी मण्डलीहरूलाई भरणपोषण गर्ने र मण्डलीहरूलाई मलजल गर्ने काम गर्दै निरन्तर जताततै मण्डलीहरूको यात्रा गर्थे, उनले सधैँ आफ्नो बाटो पहिल्याउँदै र कुराहरू अनुभव गर्दै, अहिलेसम्म कामलाई अझै राम्रो र अझै राम्रो गर्दै आएका छन्। उनले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, परमेश्‍वरको सेवा गर्ने क्रममा नकारात्मक नबन्ने र ढिलासुस्ती नगर्ने वा आफ्नो काम नत्याग्ने कुराको व्यावहारिक प्रकटीकरण यही हो। जब उनले पहिलो पटक मण्डलीहरूको अगुवाइ गर्न, एक मण्डलीबाट अर्को मण्डलीको यात्रा गर्न, मण्डलीहरूलाई भरणपोषण गर्न, र मण्डलीहरूको प्रशासनिक र कर्मचारी व्यवस्थापनको काम गर्न सुरु गरे, तब उनले धेरै कठिनाइहरूको पनि सामना गरे। मानव दृष्टिकोणबाट हेर्दा, कसैले पनि कहिल्यै मण्डलीहरूको अगुवाइ गरेको थिएन, र कसैले पनि यसअघि कहिल्यै मण्डलीको काम गरेको थिएन; मण्डलीको धेरैजसो काम शून्यबाट सुरु भइरहेको थियो। मानिसका लागि, यो सबैभन्दा ठूलो कठिनाइ हो। यसलाई किन सबैभन्दा ठूलो कठिनाइ भनिन्छ? पवित्र आत्माले प्रयोग गर्नुभएका मानिससँग पवित्र आत्माको काम भएको र पवित्र आत्माको प्रबोधन र मार्गदर्शन भएको, र उनले यो कार्यभार वहन गर्न सक्ने भए पनि, उनी स्वयम् कुनै विशेष वरदानविनाको एक साधारण व्यक्ति मात्र थिए, र उनी मण्डलीको काम कसरी गर्ने भन्‍ने जानेर जन्मेका थिएनन्। किनभने उनको पहिचान साधारण भ्रष्ट मानवजातिको एक सदस्यको मात्र थियो; उनीसँग परमेश्‍वरको जीवन थिएन, तर एक साधारण व्यक्तिको जीवन मात्र थियो। अर्थात्, उनी परमेश्‍वरको घरको काम कसरी गर्ने भनेर जानेर जन्मेका थिएनन्; कुरा यति मात्र हो, परमेश्‍वरको कार्यभार स्वीकार गरेपछि उनीसँग पवित्र आत्माको प्रेरणा र पवित्र आत्माको अगुवाइ आयो। उनको हकमा भन्दा, एकदमै सुरुमा, उनलाई परमेश्‍वरको घरको कामको बारेमा, साथै पवित्र आत्माको काम वा परमेश्‍वरको कामको बारेमा केही पनि थाहा थिएन; उनले परमेश्‍वरको घरको कामको हरेक कुरा शून्यबाट सुरु गरे। उनले शून्यबाट सुरु गरे भन्नुको अर्थ के हो? यसको अर्थ उनले गर्ने हरेक कामका लागि, उनी प्रार्थना र खोजी गर्न परमेश्‍वरको अघि आउनुपर्थ्यो। पवित्र आत्माको अगुवाइ, ज्योति, प्रबोधन, र मार्गदर्शन प्राप्त गरेपछि, उनले आफ्नो बाटो पहिल्याउँथे र अनुभव गर्थे। यस प्रक्रियाको दौडान, उनले बिस्तारै अभ्यासका केही मार्ग र सिद्धान्तहरू भेट्टाए, त्यसपछि उनले बिस्तारै आफूले पत्ता लगाएका विभिन्न सिद्धान्तहरूलाई लिएर तिनलाई मण्डलीको काममा लागू गरे। उनले तिनलाई लागू गर्दा, उनले पवित्र आत्माको प्रबोधन र पवित्र आत्माको अगुवाइ अनुभव गरे। साथसाथै, उनले आफ्नो अनुभवको सार पनि निकाले, मानिसहरूलाई खुट्ट्याउन र कामकुराहरूलाई खुट्ट्याउन सिके, र पवित्र आत्माको कामको प्रवृत्ति र पवित्र आत्माको काम गर्ने विधिहरू, साथै पवित्र आत्माको अगुवाइ र प्रबोधनलाई महसुस गर्न सिके। यो प्रक्रिया अत्यन्तै स्वाभाविक, र अत्यन्तै व्यावहारिक र अत्यन्तै निश्‍चित पनि थियो; यो पटक्कै खोक्रो थिएन।

के पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मण्डलीहरूको अगुवाइ गर्दा र परमेश्‍वरको घरको समग्र काम गर्दा आफ्नो बाटो पहिल्याउने प्रक्रियामा धेरै कठिनाइहरूको सामना गरे? (गरे।) यस प्रक्रियाको साथमा कठिनाइहरू निरन्तर आइरहे। चालिएको हरेक कदम र गरिएको हरेक काम सबैभन्दा नयाँ काम थियो; यो एउटा प्रयास थियो, यो एउटा अनुभव पनि थियो, र अझ बढी, यो प्रगतिको एउटा रूप थियो। कठिनाइहरूको सामना गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले के गरे? परमेश्‍वर देह बन्नुभएपछि र देखा पर्नुभएपछि, उनले मसँग छलफल र सङ्गति गर्न सक्थे। परमेश्‍वरले देहधारी परमेश्‍वरको गवाही दिनुभन्दा पहिले, कठिनाइहरूको सामना गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले के गर्थे? (उनले प्रार्थना र खोजी गर्थे।) उनले प्रार्थना गर्नुपर्थ्यो, र उनले खोजी गर्नुपर्थ्यो। उनमा कहिल्यै पछि नहट्ने एउटा जोस थियो। यसका लागि बोलचालको शब्द के हो? मरिहत्ते गर्नु। उनले कठिनाइहरू समाधान गर्न मरिहत्ते गरे। उनले जस्तोसुकै कठिनाइको सामना गरे पनि, उनी लड्नु हुँदैनथियो, उनले पर्खन सक्दैनथिए, र उनी अरूमा भर पर्न सक्दैनथिए, किनभने अरू कसैले पनि बुझेको थिएन। उनलाई नै मण्डली सुम्पिएको थियो, र यसका साथै, उनलाई नै मण्डलीको काम सुम्पिएको थियो। जब उनले कुनै कठिनाइको सामना गर्थे र यसबारे अरूसँग सङ्गति गर्थे, तब तिनीहरूले बुझ्न सक्दैनथे र यो कुरा तिनीहरूको पहुँचभन्दा बाहिर हुन्थ्यो। त्यस बेला, तिनी अत्यन्तै एकलो थिए, र यो उनका लागि अत्यन्तै गाह्रो थियो। जब उनले आफ्नो वरिपरिका सहकर्मीहरूसँग सङ्गति गर्थे, तब तिनीहरूमध्ये कसैले पनि यसलाई गम्भीरतापूर्वक लिँदैनथे, र भन्थे, “तिमी के कुरा गर्दैछौ? हामी बुझ्न सक्दैनौँ र यो हाम्रो पहुँचभन्दा बाहिर छ। हामीले यी कुराहरूका बारेमा कहिल्यै सोचेका छैनौँ।” कसैलाई पनि यी कुराहरूको चासो थिएन, कसैले पनि यी कुराहरू बुझेको थिएन, र उनले सामना गरिरहेका कठिनाइहरू वास्तवमा के थिए भनेर कसैले पनि महसुस गर्न सक्दैनथ्यो। ती परिस्थितिहरूमा, उनी अरूमा भर पर्न चाहे पनि, उनी त्यसो गर्न सक्ने स्थितिमा थिएनन्, र उनी कसैमा पनि भर पर्न सक्दैनथिए। उनले परमेश्‍वरको अघि प्रार्थना गर्नुपर्थ्यो, र उनले खोजी गर्नुपर्थ्यो र पर्खनुपर्थ्यो। कतिपय मानिसहरूले यसो भन्छन्, “त्यसोभए के उनले परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढेर परमेश्‍वरका वचनहरूमा मार्ग भेट्टाउन सक्दैनथे र?” त्यस बेला, परमेश्‍वरका त्यति धेरै वचनहरू व्यक्त गरिएका थिएनन्। अहिले, सत्यताका विभिन्न पक्षहरूका बारेमा व्यापक रूपमा बोलिएको छ र सबै कुरा स्पष्ट रूपमा व्याख्या गरिएको छ, र त्यसमाथि, यदि उनले कुनै कठिनाइहरूको सामना गरे भने, उनले सीधै मसँग सङ्गति गर्न सक्छन्; सङ्गतिमार्फत बुझेपछि, उनले गएर त्यसलाई लागू गर्छन्। एकदमै सुरुमा, यी परिस्थितिहरू थिएनन्। त्यसोभए सबै प्रकारका कठिनाइहरूको सामना गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले के गर्थे? उनले तिनको एकलै सामना गर्नुपर्थ्यो। उनी तीबाट पन्छिन सक्दैनथिए, न त उनी कसैमा भर पर्न नै सक्थे, उनले अरू कसैमाथि जिम्मेवारी सार्न सक्ने कुरा त झनै परको थियो। कतिपय मानिसहरूले यसो भन्छन्, “उनीसँग तिनलाई समाधान गर्ने कुनै उपाय नभएको हुनाले, र भर पर्नका लागि कोही नभएको हुनाले, र परमेश्‍वरलाई प्रार्थना गर्दा उनले पर्खनुपर्ने हुनाले, पवित्र आत्माले उनलाई कहिले प्रबोधित गर्नुहुनेछ र अगुवाइ गर्नुहुनेछ भन्‍ने थाहा नभएको हुनाले, उनले काम नगर्दा नै बेस हुन्छ, र कुराहरूलाई आफ्नै गतिमा चल्न दिनुपर्छ। उनले आफूले चाहेको बेला मात्रै काम गर्न सक्छन्, र आफू सक्षम भएको बेला मात्रै काम गर्न सक्छन्।” के यसरी स्वेच्छाचारी रूपमा काम गर्नु स्वीकार्य हुन्छ? (हुँदैन।) यो किन अस्वीकार्य छ? परमेश्‍वरको कार्यभार स्वीकार गरेकाहरूमध्ये, धेरैजसोसँग सायद यो अनुभव हुँदैन: जब परमेश्‍वरले तँलाई कुनै काम सुम्पिनुहुन्छ, र यो काममा धेरै निश्‍चित कामहरू र धेरै निश्‍चित विषयवस्तुहरू, साथै यी कामहरू र यस कामको विषयवस्तुमा समावेश हुने समस्याहरू हुन्छन्, तब पवित्र आत्माले तिमीलाई केही भावनाहरू दिनुहुन्छ ताकि तिमीले भित्रका समस्याहरू देख्न र तिमीले गर्नुपर्ने काम देख्न सक, तर यो कसरी गर्ने भन्‍ने कुरामा, तिमीले आफै खोजी गर्नुपर्छ र आफ्नो बाटो पहिल्याउनुपर्छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस, वा परमेश्‍वरबाट ठूलो कार्यभार स्वीकार गरेको व्यक्तिसँग मात्रै यी भावनाहरू हुन्छन् र यी अन्तर्दृष्टिहरू हुन्छन्, र, अझ बढी, यस विषयमा बोझ र जिम्मेवारी हुन्छ। कुनै कठिनाइको सामना गर्दा, उनको अगाडि जतिसुकै ठूलो कठिनाइ भए पनि, उनलाई यो काम गर्नैपर्छ भन्‍ने लाग्छ; उनीसँग यो अन्तर्दृष्टि हुन्छ र यो प्रेरणा पनि हुन्छ। यो कार्य परमेश्‍वरद्वारा गरिन्छ; परमेश्‍वरले मानिसहरूलाई यसरी नै प्रेरित गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई यसरी नै प्रयोग गर्नुहुन्छ: उहाँले तिमीलाई केही अन्तर्दृष्टि दिनुहुन्छ र तिमीलाई केही हदसम्म प्रेरित गर्नुहुन्छ, र कुनै निश्‍चित काम कुनै निश्‍चित तरिकाले गरिनुपर्छ भनेर तिमीलाई तिम्रो चेतनामा सचेत गराउनुहुन्छ। सायद तिम्रो व्यक्तिपरक चेतनामा तिमीले यो काम गर्नुको महत्त्व र मूल्य, वा त्यसपछि हासिल गरिने परिणामहरू अझै महसुस गरेका हुँदैनौ होला, र तिमीलाई यी कुराहरूका बारेमा अझै थाहा हुँदैन। तर जब पवित्र आत्माले तिमीलाई प्रेरित गर्नुहुन्छ, तब तिमीलाई कुनै खास तरिकाले काम गर्नु राम्रो हो, र यो यसरी नै गरिनुपर्छ भन्‍ने लाग्छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरबाट यस्तो प्रेरणा प्राप्त गर्छन्; उनले यो काम यसरी नै गर्नुपर्छ र मण्डलीहरूलाई यस दिशामा अगुवाइ गर्नुपर्छ भन्‍ने उनलाई लाग्छ, त्यसैले उनले मरिहत्ते गर्छन् र यो गर्नका लागि आफ्नो सम्पूर्ण सामर्थ्य लगाउँछन्। उनले जस्तोसुकै कष्टहरूको सामना गरे पनि, र जस्तोसुकै कठिनाइहरू भए पनि, उनले कामलाई निरन्तर अगाडि बढाउँछन्। विशेष गरी केही महत्त्वपूर्ण कामको हकमा, अरूले यसको महत्त्व अझै महसुस गरेका नहुन सक्छन्, र अन्य अगुवा र कामदारहरूसँग यस कामको लागि कुनै मार्ग वा दिशा पटक्कै नहुन सक्छ। तर जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यो काम गर्नुको आवश्यकता महसुस गर्छन्, तब उनले प्रार्थना र खोजी गर्न यो बोझ परमेश्‍वरको अघि ल्याउँछन्। धेरैजसो मानिसहरूसँग यो बोझ र जिम्मेवारीको बोध हुँदैन। जब गर्नका लागि कुनै काम हुँदैन, तब तुलनात्मक रूपमा अलिक सिपालुहरूले बढीमा आत्मिक भक्ति गर्छन् र भजनहरू सिक्छन्, जबकि अरू धेरैजसो चाहिँ व्यर्थका कुराकानी गर्न मात्रै भेला हुन्छन्। धेरैजसो अगुवा र कामदारहरूले माथिले तिनीहरूलाई जे काम गर्न भन्छन् त्यही मात्र गर्छन् र माथिले तिनीहरूलाई जे काम लागू गर्न भन्छन् त्यही मात्र लागू गर्छन्; तिनीहरूले त्यसलाई लागू गरेपछि, कुरा त्यहीँ सकिन्छ। तिनीहरूसँग मण्डलीको कामको लागि कुनै बोझ हुँदैन, र तिनीहरूसँग सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्ने मनोवृत्ति हुँदैन; यदि तिनीहरूले आफ्नो काम त्यागेनन् भने त्यो नै पनि निकै राम्रो कुरा हो। तर, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस परिस्थितिहरू जस्तोसुकै भए पनि यो बोझ र जिम्मेवारीका साथ जिउँछन्। केही विशेष कठिनाइहरूको सामना गर्दा, तिनलाई समाधान गर्नका लागि उनले प्रयोग गर्ने विधिहरूमध्ये एउटा भनेको एकान्तमा बस्नु र प्रार्थना गर्नु, ती कठिनाइहरू समाधान गर्नका लागि अभ्यासको मार्ग र सिद्धान्तहरू खोजी गर्नु हो। अरू खाँदै, पिउँदै, रमाइलो गर्दै, र व्यर्थका कुराकानी गर्दै गर्दा, र कतिपयले झगडा गर्ने, हाँस्ने, र ठट्टा समेत गर्दै गर्दा, उनले एकछेउमा एकलै भजनहरू सुन्छन्, प्रार्थना गर्छन्, र खोजी गर्छन्। बाहिरी रूपमा, उनले भजनहरू सुनिरहेका हुन्छन्, र कुनै ठूलो कुरा भइरहेको छैन जस्तो देखिन्छ; उनले कुनै काम गरिरहेका हुँदैनन्, सङ्गति वा प्रचार गरिरहेका हुँदैनन्, र कामको कुनै पनि पक्षलाई मार्गदर्शन गरिरहेका हुँदैनन्। तर मलाई के थाहा छ भने, उनको हृदयमा, उनले मनन गरिरहेका हुन्छन्, उनले खोजी गरिरहेका हुन्छन्, उनले प्रार्थना गरिरहेका हुन्छन्, र उनले बोझ बोकेर पवित्र आत्माको अगुवाइ पर्खिरहेका हुन्छन्, वा परिणाम पर्खिरहेका हुन्छन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले काममा आउने कठिनाइहरू समाधान गर्न प्रयोग गर्ने विधिहरूमध्ये एउटा यही हो: एकान्तमा बस्नु र प्रार्थना गर्नु, कठिनाइहरू समाधान गर्ने मार्ग खोजी गर्नु। अर्को एउटा विधि पनि छ। जब परिस्थितिहरूले उनलाई एकलै हुन दिँदैनन्, वा जब उनीसँग कुनै शान्त वातावरण हुँदैन, तब उनीसँग एउटा उपाय पनि हुन्छ: उनले अगुवा, कामदार, र दाजुभाइ-दिदीबहिनीहरूलाई सङ्गति गर्न सँगै भेला गर्छन्, र सङ्गति गर्ने प्रक्रियामा, उनले पवित्र आत्माको प्रेरणा महसुस गर्छन्, पवित्र आत्माको अगुवाइ महसुस गर्छन्, पवित्र आत्माले उनलाई दिनुहुने प्रबोधन महसुस गर्छन्, र अहिलेको कठिनाइलाई ठ्याक्कै कसरी समाधान गरिनुपर्छ, र अभ्यास गर्न र अर्को कदम लागू गर्नका लागि कुन सिद्धान्तहरू पालन गरिनुपर्छ भनेर खोजी गर्छन्। अगुवा र कामदारहरूसँग भेला हुँदा वा कुराकानी गर्दा, उनले केही सिद्धान्त र मार्गहरू पत्ता लगाएका हुन सक्छन्। त्यसपछि उनलाई निकै खुसी लाग्छ, मानौँ कुनै भारी बोझ हटेको छ र उनलाई केही राहत महसुस हुन्छ। तर, निश्‍चित कार्यान्वयन योजना पूर्ण रूपमा तय भइसकेको हुँदैन, त्यसैले उनले अगुवा र कामदारहरूसँग यी मामिलाहरूमा सङ्गति जारी राख्ने अवसरहरू खोज्छन्। जबसम्म उनले सही कार्यान्वयन योजना निर्धारण गर्दैनन् तबसम्‍म, उनले कहिलेकाहीँ पूरै बिहान सङ्गति गर्छन्, र कहिलेकाहीँ पूरै दिउँसो सङ्गति गर्छन्। बाहिरी रूपमा, उनले अगुवा र कामदारहरूसँग कामको बारेमा कुराकानी र सङ्गति गरिरहेका हुन्छन्, तर वास्तवमा, मण्डलीको काममा उत्पन्न भएका कठिनाइ र समस्याहरू समाधान गर्नका लागि उनले यसो गरिरहेका हुन् भन्‍ने कुरा उनलाई मात्र आफ्नो हृदयमा थाहा हुन्छ, जबकि अगुवा र कामदारहरूलाई थाहा हुँदैन र तिनीहरू सबै अनभिज्ञ नै हुन्छन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले काममा आउने कठिनाइहरू समाधान गर्नका लागि प्रयोग गर्ने अर्को एउटा विधि पनि छ, त्यो हो विभिन्न ठाउँका मण्डलीहरूमा घटेका केही कुराहरू र मण्डलीको काममा उत्पन्न भएका परिस्थितिहरू, साथै दाजुभाइ-दिदीबहिनीहरूमा देखा पर्ने विभिन्न स्थितिहरूका बारेमा अगुवा र कामदारहरूबाट जान्नु, त्यसपछि उनले प्रार्थना र खोजी गर्छन्, र कठिनाइहरू समाधान गर्ने सिद्धान्त र मार्गहरू भेट्टाउँछन्। यी कठिनाइहरूको सामना गर्दा, बाहिरी रूपमा उनी अझै पनि सामान्य रूपमा जिउँछन्, उनले दिनको तीन पटक खाना खान्छन् र समयमै विश्राम गर्छन्, त्यसपछि अगुवा र कामदारहरूसँग सङ्गति गर्छन् र आफ्नो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्छन्। कहिलेकाहीँ उनी आराम गर्न बाहिर पनि जान्छन्, गीतका क्यासेट टेपहरू खोज्न वा पुस्तकहरू किन्न बजार जान्छन्। बाहिरी रूपमा, उनको दिनचर्या सामान्यभन्दा फरक हुँदैन; कहिलेकाहीँ त, रूपको हिसाबमा, उनले काम गरिरहेका पनि हुँदैनन्। तर, उनको हृदयमा, उनले सधैँ कामको बारेमा सोचिरहेका हुन्छन् र समस्याहरूबारे मनन गरिरहेका हुन्छन्। विशेष गरी जब मण्डलीले केही ठूला कठिनाइहरूको सामना गर्छ, वा जब केही महत्त्वपूर्ण काममा केही कठिनाइहरू उत्पन्न हुन्छन्, वा जब कसैले बाधाहरू दिइरहेको हुन्छ, तब यी कठिनाइ र समस्याहरू कसरी समाधान गर्ने भनेर खोजी गर्न उनले सधैँ आफ्नो हृदयमा बोझ बोक्छन्।

पवित्र आत्माले प्रयोग गर्नुभएका मानिससँग आफ्नो काम नत्याग्ने कुरामा केही व्यावहारिक अभ्यास छ। अर्थात्, जब उनले कठिनाइहरूको सामना गर्छन् वा मण्डलीको काममा समस्याहरूको सामना गर्छन्, तब उनले पछि हट्ने विकल्पहरू खोज्ने वा आफ्ना लागि उम्कने बाटो छोड्ने प्रयास गर्दैनन्, न त उनले आफ्नै लागि विचार वा योजना नै बनाउँछन्। यसबाहेक, उनी नकारात्मक वा कमजोर बन्दैनन्, उनले गुनासो गर्नु त झनै परको कुरा हो। बरु, उनले सकारात्मक र सक्रिय रूपमा कठिनाइहरूको सामना गर्छन्, तिनलाई समाधान गर्ने मार्ग भेट्टाउन हरसम्भव प्रयास गर्छन्, निरन्तर प्रार्थना र खोजी गर्छन्, त्यसपछि परमेश्‍वरको प्रबोधन र परमेश्‍वरको अगुवाइ पर्खन्छन्। यी सबै आफ्नो काम नत्याग्‍नुका निश्‍चित प्रकटीकरणहरू हुन्। के उनीसँग निश्‍चित अभ्यासहरू छैनन् र? (छन्।) उनीसँग निश्‍चित अभ्यासहरू छन्, र ती पटक्कै अलौकिक छैनन्। उनका यी अभ्यासहरूबाट हेर्दा, उनीसँग पवित्र आत्माको प्रबोधन छ र पवित्र आत्माको अगुवाइ पनि छ, र उनले पवित्र आत्माको मार्गदर्शन पनि स्वीकार गर्छन्। तर, जब उनले कठिनाइहरूको सामना गर्छन्, तब परमेश्‍वरले उनलाई तिनको सामना कसरी गर्ने र तिनलाई कसरी समाधान गर्ने भन्‍ने बारेमा सीधै अलौकिक वचनहरू वा अलौकिक विचारहरू दिनुहुन्न, न त उहाँले के गर्ने भनेर सीधा, स्पष्ट, र प्रस्ट रूपमा नै बताउनुहुन्छ; कुनै निश्‍चित निर्देशनहरू हुँदैनन्—उनले आफ्नो बाटो पहिल्याउन र खोजी गर्न आफैमा मात्र भर पर्नुपर्छ। यदि व्यक्तिसँग बोझ छैन, उसको हृदयमा परमेश्‍वरप्रति साँचो विश्वास वा इमानदारी छैन, र परमेश्‍वरको ख्याल गर्ने हृदय छैन भने, जब उसले कठिनाइहरूको सामना गर्छ, तब उसले सजिलै परमेश्‍वरबारे गुनासो गर्नेछ र परमेश्‍वरलाई गलत बुझ्नेछ, त्यसपछि ऊ कमजोर बन्नेछ, नकारात्मक बन्नेछ, र पछि हट्नेछ, र परमेश्‍वरले उसलाई दिनुभएको कार्यभारलाई पन्छाउने र बेवास्ता समेत गर्नेछ। यसको विपरीत, जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले विभिन्न कठिनाइहरूको सामना गर्छन्, तब उनले पनि कुनै अलौकिक प्रकाशहरू वा अलौकिक अगुवाइ प्राप्त गर्दैनन्, र उनले पनि परमेश्‍वरका वचनहरूबाट कुनै प्रस्ट निर्देशनहरू प्राप्त गर्दैनन्, तर उनी नकारात्मक वा कमजोर बन्दैनन्, र परमेश्‍वरले उनलाई मेघको गर्जनजस्तो आवाजमा बोल्नुहुनेछ वा उनको हृदयमा के गर्ने भनेर बताउने कुनै वचन राखिदिनुहुनेछ भन्‍ने लालची आशा राख्दैनन्। मण्डलीहरूलाई कुन दिशामा अगुवाइ गर्ने र कामको कुनै निश्चित पक्ष कुन दिशामा गर्ने, वा कठिनाइहरूको सामना गर्दा, उनले तिनलाई कसरी सम्हाल्नुपर्छ, उनले कहाँबाट सुरु गर्नुपर्छ, र उनले कुन सिद्धान्तहरू पालन गर्नुपर्छ भनेर प्रस्ट वचनहरूमा बताउनुहोस् भनेर उनले परमेश्‍वरसँग माग्दैनन् पनि। उनले परमेश्‍वरसँग कुनै माग गर्दैनन्, र परमेश्‍वरले पनि यसरी काम गर्नुहुन्न। तर यस्ता वास्तविक परिस्थिति र अवस्थाहरूमा, र यस्तो प्रक्रियाको दौडान पनि, उनले अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्छन्, खोजी गर्छन् र परमेश्‍वरको अगुवाइ पर्खन्छन्, र नकारात्मक वा कमजोर नभई पवित्र आत्माको प्रबोधन पर्खन्छन्। यी कठिनाइहरूको सामना गर्दा, उनी आफैलाई पनि ती कठिन छन् भन्‍ने लाग्छ र ती समाधान गर्न सजिलो छैन भन्‍ने लाग्छ। तर, कतिपय मानिसहरूले यी व्यक्तिलाई बुझ्दैनन्, र यसो भन्न सक्छन्, “उनी पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस हुन्। उनमा पवित्र आत्माले काम गर्नुहुन्छ। उनको नजरमा, सबै कुरा अत्यन्तै सजिलो छ। पवित्र आत्माले उनलाई भित्रबाट प्रबोधित गर्नुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, त्यसैले अवश्य पनि यो काम सजिलो छ! हाम्रो लागि यो सजिलो छैन; हामीसँग त्यो विशेष पहिचान छैन, र हामीले पवित्र आत्माबाट त्यस्तो प्रकारको विशेष अगुवाइ प्राप्त गरेका छैनौँ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस फरक छन्। उनी पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस भएकाले, उनले बुझ्ने सत्यताहरू, उनले गर्न सक्ने काम, र उनका क्षमताहरू साधारण मानिसहरूका भन्दा उत्कृष्ट छन् र औसत मानिसहरूका भन्दा उच्च छन्। उनी औसत मानिसहरूभन्दा बढी चलाख छन्, र कामकुराहरूलाई जाँच्ने उनको क्षमता औसत मानिसहरूको भन्दा बढी अलौकिक छ।” यो दृष्टिकोण पूर्ण रूपमा र सरासर गलत छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कामका यी कुराहरू लिन सक्नु र परमेश्‍वरले दिनुभएको यो कार्यभार र यो जिम्मेवारी वहन गर्न सक्नुको कारण के हो भने, सबैभन्दा पहिले, मानवताको हिसाबमा, यस व्यक्तिसँग हामीले पहिले उल्लेख गरेका परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने चार वटा सर्तहरू छन्, जुन साँचो विश्वास हुनु, परमेश्‍वरप्रति इमानदार हुनु, परमेश्‍वरको ख्याल गर्नु, र परमेश्‍वरका अभिप्रायहरूको बुझाइ हुनु हुन्। त्यसपछि मात्रै उनले काम गर्ने प्रक्रियामा र परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा बिस्तारै पवित्र आत्माको प्रबोधन प्राप्त गर्छन् र परमेश्‍वरको अगुवाइ प्राप्त गर्छन्। यो प्रबोधन र अगुवाइ परमेश्‍वरको विशेष र अनुग्रही व्यवहार हो, र अवश्य नै, उनी स्वयम्सँग मानवताका ती चार वटा प्रकटीकरणहरू भएकाले पनि ती प्राप्त भएका हुन्। उनले प्राप्त गर्ने पवित्र आत्माको प्रबोधन, मार्गदर्शन, र मद्दत, साथै परमेश्‍वरले उनलाई सिद्ध पार्ने कुरा, पटक्कै अलौकिक छैनन्। यसको ठूलो भाग उनको आफ्नै प्रयास, उनको आफ्नै सकारात्मक र सक्रिय सहकार्य, उनको आफ्नै इमानदारी, र उनले चुकाउने मूल्यको बदलामा प्राप्त हुन्छ; यो परमेश्‍वरले उनलाई स्वेच्छाचारी रूपमा दिनुहुने कुरा हो। यी व्यक्तिको अन्तर्निहित मानवता जस्तोसुकै भए पनि, र उनी काम गर्न इच्छुक भए पनि वा नभए पनि, परमेश्‍वरले यी सबै कुरा उनीमाथि लाद्नुहुन्छ, उनलाई निरन्तर काम गर्न लगाउनुहुन्छ र उनलाई निरन्तर प्रबोधित गर्नुहुन्छ, उनले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि उनलाई के गर्ने भनेर सीधै बताउनुहुन्छ भन्‍ने होइन—कुरा यस्तो होइन। विभिन्न कष्टहरू र विभिन्न कठिनाइहरूको सामना गर्दा, विशेष गरी ठूलो रातो अजिङ्गरको उन्मत्त दमन र अत्यन्तै प्रतिकूल वातावरणको सामना गर्दा, उनले कहिल्यै आफ्नो काम त्याग्दैनन्—अर्थात्, उनले मण्डलीको काम कहिल्यै छोड्दैनन्, परमेश्‍वरले दिनुभएको कार्यभार कहिल्यै छोड्दैनन्, र परमेश्‍वरको घरको समग्र काम कहिल्यै छोड्दैनन्। यसको सट्टा, उनले आफ्नो इमानदारी, र परमेश्‍वरप्रतिको आफ्नो विश्वास, अर्पण, र ख्यालका साथ आफ्नो जिम्मेवारी पूरा गर्छन्। यहाँ अलौकिक कुरा केही पनि छैन; उनले निकै सामान्य र निकै व्यावहारिक तरिकाले काम गर्छन्। यसबाहेक, परमेश्‍वरले पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसमा गर्नुहुने काम—उनलाई गरिने प्रबोधन, मार्गदर्शन, र अगुवाइ, र उनलाई दिइने ताडना, न्याय, र सजाय लगायत—सबै उनको सामान्य मानवताले बुझ्न सक्ने, हासिल गर्न सक्ने, प्राप्त गर्न सक्ने, र अनुभव गर्न र महसुस गर्न सक्ने हदअनुसार गरिन्छ। यो पटक्कै अलौकिक हुँदैन। यसका साथै, कठिनाइहरूको सामना गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले प्राप्त गर्ने प्रबोधन र ज्योति, साथै अभ्यासका सिद्धान्तहरू र अभ्यासका मार्गहरू, सबै परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा अलि-अलि गर्दै अनुभव गरेर अनि खोजी गरेर सङ्कलन भएका र निर्माण भएका कुरा हुन्। यी पनि अलौकिक छैनन्। उनले सङ्कलन गरेका अभ्यासका यी सिद्धान्तहरू र अभ्यासका मार्गहरू, साथै उनीसँग भएको सत्यता वास्तविकता भनेका वरदानहरू होइनन्। ती वरदानहरू होइनन् भन्नुको अर्थ के हो? यसको अर्थ यी व्यक्ति कुनै अलौकिक क्षमताहरू लिएर जन्मेका थिएनन् भन्‍ने हुन्छ। उनको मानवताका सबै पक्षहरूका नैसर्गिक प्रवृत्तिहरू सामान्य छन्; उनको मानवताको क्षमता र उनको आइक्यू, साथै उनका सामर्थ्य, रुचि, सोख, र कामकुराहरूलाई जाँच्ने क्षमता, सबै सामान्य मानवताको दायराभित्र पर्छन्, र ती पटक्कै अलौकिक छैनन्। कहिलेकाहीँ, केही समस्याहरू समाधान गरेपछि, ब्रदरले तिमीहरूलाई सोध्छन्, “के यो मामिला सम्हाल्न सरल छैन र?” कतिपय मानिसहरू चुप लाग्छन्, र तिनीहरूले सोच्छन्, “परमेश्‍वरले हामीलाई भन्दा तपाईंलाई बढी दिनुभएको छ, त्यसैले कुनै पनि कुरा सम्हाल्न तपाईंका लागि पक्कै पनि सरल हुन्छ।” कतिपय मानिसहरूले त यसो समेत भन्छन्, “तपाईंमा पवित्र आत्माले काम गर्नुहुन्छ, त्यसैले अवश्य पनि तपाईंलाई सबै कुरा स्पष्ट हुन्छ, र तपाईंलाई सबै कुरा सजिलो हुन्छ। तपाईंलाई सबै कुरा कसरी गर्ने भन्‍ने थाहा हुन्छ, र कुनै पनि समस्या कसरी सम्हाल्ने भन्‍ने थाहा हुन्छ। यदि पवित्र आत्माले हामीमा काम गर्नुभएको भए, हामी पनि तपाईंजस्तै हुनेथियौँ; हामी तपाईंभन्दा कम हुनेथिएनौँ!” के यी शब्दहरू सही छन्? (छैनन्।) यी शब्दहरू पूर्ण रूपमा र सरासर गलत छन्; यो एउटा गलत बुझाइ हो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले धेरै समस्याहरू सम्हाल्न सक्छन्, र हरेक मामिलामा उनले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन् र सिद्धान्तहरूको बोध गर्न सक्छन्, र यसमा समावेश मापदण्डहरू के-के हुन् भन्‍ने उनलाई थाहा हुन्छ। उनले धेरै समस्याहरू सहजताका साथ सम्हाल्छन्, र मानिसहरूले हेर्दा यो अत्यन्तै सरल र अत्यन्तै सजिलो देखिन्छ, तर उनको यो क्षमता जन्मजात होइन। यसमा उनको व्यक्तिगत प्रयास र उनले चुकाउने मूल्य, साथै परमेश्‍वरको अनुग्रही व्यवहार र परमेश्‍वरको अगुवाइ समावेश हुन्छ; परमेश्‍वरको प्रबोधन र ज्योति पनि छ, साथै परमेश्‍वरले व्यक्तिगत रूपमा उनलाई सिद्ध पार्नुहुने कार्य पनि छ। उनले प्राप्त गरेका सत्यताका सिद्धान्तहरू, उनले प्राप्त गरेको परमेश्‍वरद्वारा सिद्ध पारिने कुरा, र विभिन्न समस्याहरू सम्हाल्न उनले हासिल गरेका सिद्धान्त र क्षमताहरू—यीमध्ये कुनै पनि कुरा जन्मजात होइनन्, न त ती जन्मजात वरदानहरू नै हुन्, न त ती पूर्ण रूपमा पवित्र आत्माद्वारा दिइएका वा पवित्र आत्माद्वारा गरिने काम नै हुन्; बरु, उनले तिनलाई आफ्नो खोजी, आफूले चुकाएको मूल्य, र पवित्र आत्माको काम र अगुवाइअन्तर्गत विभिन्न पक्षहरूमा आफ्नो प्रकटीकरणमार्फत प्राप्त गरेका हुन्। उनले हासिल गरेका यी प्राप्तिहरू पहिले नै उनको जीवन बनिसकेका छन्। के कुरा यही होइन र? (हो।) तिमीहरू यसलाई यसरी हेर्नुपर्छ: “पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस पनि एक मानव हुन्, उनी पनि एक भ्रष्ट मानव हुन्—यति मात्र हो, उनले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका छन् र उनी पवित्र आत्माद्वारा प्रयोग गरिएका छन्। त्यसोभए उनलाई समस्याहरू सम्हाल्न किन यति सजिलो हुन्छ? केही वाक्यहरूमा नै उनले कुनै समस्यालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छन्। हामीलाई मामिलाहरू सम्हाल्न किन यति गाह्रो हुन्छ?” कतिपय मानिसहरूले यो एउटा वरदान हो भन्‍ने सोच्छन्, र कतिपय मानिसहरूले यो परमेश्‍वरले गर्नुभएको काम हो भन्‍ने सोच्छन्। यी दुवै दृष्टिकोणहरू गलत छन्। एक हिसाबमा, यो जन्मजात वरदान होइन; अर्को हिसाबमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिससँग आज काम गर्ने क्षमता हुनुको कारण के हो भने उनले परमेश्‍वरले सिद्ध पार्नुहुने काम अनुभव गरेका छन्, र उनले आफ्नो व्यक्तिगत प्रयास र कडा मेहनत लगाएका छन्। किनभने जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पहिलो पटक परमेश्‍वरको सेवा गर्न सुरु गरे, तब उनले पनि धेरै कुराहरू बुझेका थिएनन्। परमेश्‍वरको सेवा गर्ने सबैले जस्तै, उनले पनि केही कठिनाइहरूको सामना गर्थे, र उनले पनि परमेश्‍वरका अभिप्रायहरू नबुझ्ने केही मामिलाहरूको सामना गर्थे; उनी अन्योलमा पर्थे र हराएको महसुस गर्थे, र अवश्य नै, उनका आफ्नै धारणा र कल्पनाहरू पनि हुन्थे। तर, जब उनले यी मामिलाहरूको सामना गरे, तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरले उनलाई गर्न भन्नुभएको काम गर्न आफ्नो इमानदारी प्रयोग गरेर आफ्नो सम्पूर्ण शक्ति लगाउने, र परमेश्‍वरले उनलाई दिनुभएका कार्यहरू र परमेश्‍वरले उनलाई दिनुभएका जिम्मेवारीहरू पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने र मरिहत्ते गर्ने छनौट गरे। जुनसुकै समयावधि भए पनि, उनले जस्तोसुकै कठिनाइको सामना गरेको भए पनि, र परिस्थितिहरूले त्यो कठिनाइ समाधान गर्न अनुमति दिएको भए पनि वा नभए पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कहिल्यै हरेस खाएका छैनन् वा उनी पछि हटेका छैनन्, त्यसैले उनले यस यात्रामा ठूलो प्राप्ति हासिल गरेका छन्। उनी पछि नहट्ने हुनाले, र उनले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्ने हुनाले, सकारात्मक र सक्रिय रूपमा सत्यताको खोजी गर्ने हुनाले, र उनले जस्तोसुकै परिस्थितिको सामना गरे पनि उनी सकारात्मक र सक्रिय रूपमा प्रार्थना गर्न परमेश्‍वरको अघि आउने हुनाले, उनको सकारात्मक र सक्रिय सहकार्यको क्रममा, परमेश्‍वरले उनलाई अलि-अलि गर्दै प्रबोधित गर्नुहुन्छ, र उनले बुझ्नुपर्ने हरेक पक्षका सत्यताहरू, काम गर्ने सिद्धान्त र विधिहरू, साथै कामको हरेक पक्ष गर्दा परमेश्‍वरले हासिल गर्न चाहनुहुने लक्ष्यहरू र कामको त्यो पक्ष गर्नुको महत्त्व उनलाई देखाउनुहुन्छ, र उनलाई अलि-अलि गर्दै ती सबै बुझ्न र ती सबैलाई बोध गर्न सक्ने बनाउनुहुन्छ। उनले यो प्राप्ति हासिल गर्न सक्नुको एउटा अत्यन्तै महत्त्वपूर्ण कारण के हो भने, विभिन्न कठिनाइहरूको सामना गर्दा, उनी कहिल्यै पछि हटेका छैनन्; बरु, नोआले जस्तै, परमेश्‍वरको कार्यभार स्वीकार गरेदेखि उनी सधैँ आफ्नो स्थानमा दृढ रहेका छन्—उनले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, उनले प्रार्थना गर्छन् र उनी परमेश्‍वरमा भर पर्छन्, तिनलाई समाधान गर्न हरसम्भव प्रयास गर्छन्, र उनले कहिल्यै आफ्नो काम त्यागेका छैनन्। उनले आफ्‍नो काम नत्याग्नुको अर्थ के हो? यसको अर्थ उनले सधैँ मण्डलीका विभिन्न कामहरू क्रमबद्ध र व्यवस्थित रूपमा गर्दै आएका छन्, र मानव क्षमताको सीमाभित्र रहेर उनले गर्न सक्ने र उनले सोच्न सक्ने जुनसुकै कुरा गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएका छन्, र आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गरेका छन्।

जब परमेश्‍वरले कुनै व्यक्तिलाई कार्यभार दिनुहुन्छ वा कुनै व्यक्तिलाई प्रयोग गर्नुहुन्छ, जब परमेश्‍वरले कुनै व्यक्तिमा काम गर्नुहुन्छ वा तिनीहरूलाई उहाँका अभिप्रायहरू बुझ्न, सत्यताको एउटा पक्ष बुझ्न, र सिद्धान्तहरूको एउटा पक्ष बुझ्न प्रबोधित गर्नुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, तब परमेश्‍वरले गर्नुहुने यो कुनै पनि काम अलौकिक हुँदैन। मानिसहरूले सक्रिय रूपमा सहकार्य गर्दा र सक्रिय रूपमा खोजी गर्दा यी सबै कुराहरू तिनीहरूलाई दिइन्छ। परमेश्‍वरले आफ्नो काममा मानिसहरूमाथि जबरजस्ती गर्नुहुन्न। यदि तिमीसँग खोजी गर्ने हृदय छ र बोझ छ, र तिमीले विभिन्न कठिनाइहरूको सामना गर्दा सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्न सक्छौ भने, परमेश्‍वरले तिमीलाई यी कुराहरू दिनुहुनेछ, र सत्यता सिद्धान्तहरू बुझ्न तिमीलाई प्रबोधित गर्नुहुनेछ र मार्गदर्शन गर्नुहुनेछ। तर, यदि तिमीले कठिनाइहरूको सामना गर्दा पन्छिने र पछि हट्ने छनौट गर्छौ र तिमी सहकार्य गर्न इच्छुक हुँदैनौ भने, परमेश्‍वरले तिमीमाथि जबरजस्ती गर्नुहुनेछैन। परमेश्‍वरले यो जिम्मेवारी तिमीमाथि जबरजस्ती लाद्नुहुनेछैन, न त उहाँले काम गर्ने यी तरिका, विधि, र सिद्धान्तहरू तिमीलाई बुझाउन तिमीमाथि जबरजस्ती लाद्नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको इच्छाविपरीत जबरजस्ती गर्नुहुन्न। यदि तिमी परमेश्‍वरको कार्यभार स्वीकार गर्न इच्छुक छौ, र तिमीले सक्रिय रूपमा सहकार्य गर्न सक्छौ, र खोजी गर्नका लागि मूल्य चुकाउन सक्छौ भने, तिमीलाई बुझाउनका लागि परमेश्‍वरले तिमीलाई प्रबोधित गर्नुहुनेछ। यदि तिमी यो काम गर्न इच्छुक छैनौ र तिमीले हरेस खाने र आफ्नो काम त्याग्ने छनौट गर्छौ भने, परमेश्‍वरले तिमीलाई तिम्रो इच्छाविपरीत जबरजस्ती गर्नुहुनेछैन। तिमीसँग आफ्‍नो स्वतन्त्रता छ; यदि तिमी यो गर्न इच्छुक छैनौ भने, परमेश्‍वरको काम त्यसरी नै अगाडि बढिरहनेछ। परमेश्‍वरले तिमीलाई छान्नुभएको छ, तर तिमीले सहकार्य गर्दैनौ, तिमीले कार्यभार त्याग्ने छनौट गर्छौ, तिमी परमेश्‍वरको बोझको ख्याल गर्न इच्छुक हुँदैनौ, र तिमीले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनौ, त्यसैले परमेश्‍वरले यो काम गर्न अरू कसैलाई खोज्‍नुहुनेछ। जसले उहाँको कार्यभार स्वीकार गर्न सक्छ, जो उहाँको बोझको ख्याल गर्न इच्छुक हुन्छ, मूल्य चुकाउन इच्छुक हुन्छ, अर्पित हुन र आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्न इच्छुक हुन्छ, र जसले परमेश्‍वरको कार्यभार पूरा गर्न सक्छ, परमेश्‍वरले यो बोझ उसैमाथि राख्नुहुनेछ। परमेश्‍वरले तिम्रा प्रकटीकरणहरू हेर्नुहुन्छ, तिमीले के छनौट गर्छौ भनी हेर्नुहुन्छ, र उहाँको कार्यभारप्रतिको तिम्रो मनोवृत्ति हेर्नुहुन्छ। परमेश्‍वरको कार्यभार स्वीकार गर्ने सम्बन्धमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्ने छनौट गर्छन्, आफ्नो सम्पूर्ण सामर्थ्य लगाउँछन्, र आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छन्। उनले परमेश्‍वरको कार्यभार स्वीकार गरेका हुनाले र यो जिम्मेवारी स्वीकार गरेका हुनाले, उनी आफ्नो परम कर्तव्यको रूपमा अन्तसम्मै निरन्तर लागिरहन्छन्, र उनले परमेश्‍वरलाई धोका दिँदैनन्। उनले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, कुरा यसैमा आउँछ: धनुषलाई पूरै तन्काउनु र आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनु, मरिहत्ते गर्नु र अर्पित हुनु, र कहिल्यै आफ्नो कामबाट नभाग्नु। सायद पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पनि प्रायजसो तिमीहरूलाई यसो भन्छन्: “यदि, हामीले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, हामीले मरिहत्ते गर्यौँ, र परमेश्‍वरको कार्यभारलाई पूर्ण रूपमा सम्पन्न गर्यौँ भने, हामीले हाम्रो जीवन व्यर्थमा जिएका हुनेछैनौँ। परमेश्‍वरको कार्यभार पूरा गर्ने कुनै सूत्र हुँदैन। कुरा यत्ति हो: धनुषलाई पूरै तन्काउनु र आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनु, र मरिहत्ते गर्नु र अर्पित हुनु!” के उनले प्रायजसो तिमीहरूलाई यसो भन्छन्? (भन्छन्।) परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले बोलेका, “हामीले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, हामीले मरिहत्ते गर्नुपर्छ” भन्‍ने वचनहरू कुनै नारा होइनन्, न त ती खोक्रा कुरा नै हुन्। उनले यसरी नै काम गर्छन्, र उनले यसरी नै तिमीहरूलाई सहयोग र मद्दत गर्छन्। तिमीहरूले यसलाई स्वीकार गर्न सके पनि वा नसके पनि, र तिमीहरूले यसरी अभ्यास गरे पनि वा नगरे पनि, उनी स्वयम्‌ले यसरी नै काम गर्छन्। उनको आफ्नै अनुभवमा, उनले परमेश्‍वरको प्रबोधन र ज्योति प्राप्त गरेका छन्, परमेश्‍वरको मद्दत र सहयोग प्राप्त गरेका छन्, र परमेश्‍वरको अगुवाइ र मार्गदर्शन प्राप्त गरेका छन्, र उनले निरन्तर मरिहत्ते गरेर काम गर्दै आएका छन्। मण्डलीको कुनै पनि काम गर्दा, उनी सूत्रहरूमा ध्यान केन्द्रित गर्दैनन्, बरु जसरी परिणामहरू हासिल हुन्छन् त्यसरी नै गर्छन्। परमेश्‍वरले दिनुभएका कार्यहरू, उनले बुझेका कुराहरू, उनले गर्नुपर्ने कुराहरू, र उनले गर्न सक्ने कुराहरू, साथै परमेश्‍वरले उनलाई गर्नका लागि अगुवाइ गर्नुहुने काम—उनले ती सबैलाई एकचित्त भएर लागू गर्छन्। उनले प्रायजसो तिमीहरूलाई भन्छन्, “तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्छ। छली व्यवहार नगर र ढिलासुस्ती नगर, सुख-सुविधाको लालसा नगर, आफ्नो काम नत्याग, र आफ्ना लागि उम्कने बाटो नखोज वा फाइदाहरू नखोज।” उनले यसो भन्छन्, र उनले यसरी नै काम पनि गर्छन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्न सुरु गरेदेखि अहिलेसम्म, उनले सधैँ तिमीहरूसँग यसरी नै सङ्गति गर्दै, तिमीहरूलाई सहयोग र मद्दत गर्दै आएका छन्। उनले किन यसो भन्छन्? उनले अरूलाई देखाउनका लागि नाराहरू लगाइरहेका हुँदैनन्; बरु, उनी स्वयम्‌ले ठ्याक्कै यसरी नै काम गर्छन्। परमेश्‍वरको घरका धेरै कामहरू गर्नु उनका लागि किन यति सरल र यति सजिलो छ भन्‍ने कुरा उनी स्वयम्‌लाई पनि थाहा नहुन सक्छ। समस्या जस्तोसुकै भए पनि, उनले केही शब्दहरूमा नै त्यसलाई स्पष्ट पार्न सक्छन्। कसैले रिपोर्ट गर्ने जस्तोसुकै समस्यालाई कसरी सम्हाल्ने, वा मण्डलीको कामको कुनै पनि पक्षलाई कसरी अगाडि बढाउने—उनको विचारमा, यी कुराहरू अत्यन्तै सजिला र अत्यन्तै सहज छन्। किन? के हुन सक्छ भने, यस यात्रामा, उनले कुराहरूको सार निकालेका छैनन्, र उनलाई अहिले किन यस्तो प्राप्ति र यस्तो कार्य सक्षमता प्राप्त भएको छ भन्‍ने थाहा छैन। तर, मेरो विचारमा, यो उनको व्यक्तिगत प्रयास, परमेश्‍वरको सेवा गर्दा उनले हिँड्ने मार्ग, परमेश्‍वरप्रतिको उनको इमानदारी र ख्याल, र उनीसँग भएको चरित्रबाट अलग गर्न नसकिने कुरा हो। जब घटनाहरू घट्छन्, तब तिमीहरूलाई प्रायजसो तिनलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन, र तिनलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा हुँदैन। तिमीहरूले सामना गर्ने कठिनाइहरू असीम छन् र तिनलाई कसरी समाधान गर्ने भन्‍ने तिमीहरूलाई थाहा छैन भन्‍ने तिमीहरूलाई महसुस हुन्छ। तैपनि, ब्रदरको नजरमा, यो अत्यन्तै सरल हुन्छ। त्यसपछि उनले तिमीहरूसँग सत्यता सिद्धान्तहरू सङ्गति गर्छन्, र तिमीहरूले प्रार्थना र खोजी गर्नुपर्छ, र सिद्धान्तहरू बुझेपछि गएर तिनको अभ्यास गर्नुपर्छ भनेर तिमीहरूलाई बताउँछन्। त्यसपछि तिमीहरूले सोच्छौ, “ब्रदरलाई सबै कुरा कसरी थाहा हुन्छ? उनलाई मामिलाहरू सम्हाल्न किन यति सजिलो हुन्छ? यो परमेश्‍वरले गर्नुभएको कुरा हो; उनी यो क्षमता लिएर जन्मेका थिए। हामीसँग त्यो क्षमता छैन, न त परमेश्‍वरले हामीलाई विशेष निगाह नै देखाउनुभएको छ।” पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले विशेष सहजता र आनन्दका साथ काम गर्छन् भन्‍ने तथ्यको बारेमा धेरैजसो मानिसहरूमा गलत बुझाइहरू छन्। उनले पर्दा पछाडि कस्तो कष्ट सहेका छन् र कस्ता मूल्यहरू चुकाएका छन्, परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा उनले कसरी अभ्यास गर्छन् र परमेश्‍वरको कार्यभारलाई कसरी लिन्छन्, परमेश्‍वरले दिनुभएको यो कार्यभार र यो बोझलाई उनले कसरी दृढतापूर्वक पक्रन्छन्, र उनले कसरी आफ्ना जिम्मेवारीहरू पूरा गर्छन् र परिणामहरू हासिल गर्छन् भन्‍ने कुरा कसैलाई पनि थाहा छैन। तिमीहरूले उनलाई सबै कुरा सम्हाल्न अत्यन्तै सहज र अत्यन्तै सजिलो भएको मात्र देख्छौ, तर पर्दा पछाडि उनको अभ्यासका कार्यहरू कस्ता छन् भन्‍ने कुरा कसैलाई पनि थाहा छैन। के कुरा यही होइन र? (हो।)

परमेश्‍वरको घरले जस्तोसुकै काम गरे पनि, जब यसले पहिलो पटक त्यो काम सुरु गर्छ, तब यसले शून्यबाट सुरु गर्छ। लगभग कुनै विशेषज्ञ वा पेसेवर ज्ञान भएका कर्मचारीहरू हुँदैनन्, र लगभग कुनै योग्य पेसेवर प्राविधिक कर्मचारीहरू पनि हुँदैनन्। यसबाहेक, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस लगायत कसैलाई पनि हरेक कामको सिद्धान्तहरूको बारेमा स्पष्ट हुँदैन। सुसमाचारको काम लगायत हरेक काम शून्यबाट सुरु गरिन्छ भनेर भन्न सकिन्छ। शून्यबाट सुरु गर्नुको अर्थ के हो? यसको अर्थ कसैले पनि यो काम पहिले गरेको हुँदैन र कसैसँग पनि अनुभव हुँदैन भन्‍ने हो। यो काम कसरी गर्ने, मार्ग के हो, ध्यान दिनुपर्ने मामिलाहरू के-के हुन्, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, परमेश्‍वरले माग गर्नुहुने सिद्धान्तहरू के-के हुन्, यो काम गर्ने दायरा के हो, यो काम गर्दा के-कस्ता समस्याहरू उत्पन्न हुन सक्छन्, तिमीले तिनको सामना कसरी गर्नुपर्छ, तिमीले तिनलाई कसरी सम्हाल्नुपर्छ र समाधान गर्नुपर्छ, र यस्तै अन्य कुराहरू तिमीलाई कसैले पनि बताउन सक्दैन। तिमीलाई यी कुनै पनि विवरणहरू बताउन सक्ने एक जना पनि अनुभवी व्यक्ति हुँदैन। यो सबै शून्यबाट सुरु हुन्छ। विशेष गरी पेसेवर ज्ञान समावेश हुने परमेश्‍वरको घरको कामको हकमा, जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पहिलो पटक यस्तो काम गर्न सुरु गर्छन्, तब उनले आफै मनन गर्छन्, आफ्नो बाटो पहिल्याउँछन्, र खोजी गर्छन्। केही कुराहरूमा उनले मलाई जानकारी गराउँछन्, र म उनीसँग सङ्गति गर्छु, र उनले यसबाट केही प्रेरणा प्राप्त गर्छन् र अभ्यासका केही मार्गहरू पत्ता लगाउँछन्। कहिलेकाहीँ, पहिले कहिल्यै नगरिएको काम गर्दा अपरिहार्य रूपमा नै धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ। त्यसोभए के गर्नुपर्छ त? पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सक्रिय रूपमा यो कामको जिम्मेवारी लिन्छन्, त्यसपछि परामर्श गर्छन्, सोधपुछ गर्छन्, र आफ्नो बाटो पहिल्याउँछन्। यो काम गर्दा, उनले दीन हृदय र परमेश्‍वरको डर मान्‍ने हृदय र परमेश्‍वरको तृष्णा गर्ने हृदयका साथ अभ्यासका सिद्धान्तहरू पनि खोजी गर्छन्, आफ्नो बाटो पहिल्याउँदै काम गर्छन्। यस प्रक्रियामा, पवित्र आत्माको प्रबोधन र अगुवाइमार्फत, हरेक काम झन्-झन् राम्रो हुँदै जान्छ, झन्-झन् सहज रूपमा हुन्छ, र परमेश्‍वरको घरको कामको रक्षा गर्ने र परमेश्‍वरको साक्षी दिने परिणामलाई अझै बढी हासिल गर्ने तरिकाले गरिन्छ। तिमीहरू पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको अगुवाइलाई पछ्याइरहेका छौ। उनको सहयोग, मद्दत, र अगुवाइअन्तर्गत रहेर, जबसम्म तिमीहरूले आज्ञाकारी हुन र सिद्धान्तहरूअनुसार काम गर्न सक्छौ, तबसम्म त्यति नै पर्याप्त हुन्छ; त्यसपछि आफ्नो कर्तव्य निर्वाह गर्ने कार्य तिमीहरूका लागि अत्यन्तै सजिलो हुनेछ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको हकमा भन्दा, उनी अगुवा हुन् र घरका मूली हुन्। हरेक काम गर्दा, जब-जब उनले कुनै कठिनाइको सामना गर्छन् वा कुनै छनौट गर्नुपर्ने हुन्छ, तब-तब अझ राम्रा परिणामहरू हासिल गर्न यसलाई कसरी गर्ने र परमेश्‍वरको गवाहीको रक्षा गर्न यसलाई कसरी गर्ने भन्‍ने कुरा उनले स्पष्ट रूपमा खुट्ट्याउनुपर्छ। यो सिद्धान्तले उनको हृदयमा प्रमुख स्थान ओगट्छ। पेसेवर सीपहरूसँग सम्बन्धित कामको हकमा, उनी स्वयम्‌ले सान्दर्भिक पेसेवर ज्ञान बुझ्दैनन्। के यो त काममा कठिनाइको सामना गर्नु होइन र? कठिनाइको सामना गर्दा उनले के गर्नुपर्छ? उनले सिक्नुपर्छ। शून्यबाट कुनै कुरा सिक्नु सजिलो हुँदैन र यसमा कठिनाइहरू समावेश हुन्छन्। मानिसहरूको ऊर्जा, मानिसहरूको ज्ञान, र मानिसहरूको जीवन अनुभव जस्ता कुराहरू सबै सीमित हुन्छन्। यी परिस्थितिहरूमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पूर्ण रूपमा साधारण मानिसको रूपमा कुनै निश्चित पेसेवर कामको मार्गदर्शन र अध्यक्षता गरिरहँदा, के उनलाई कठिनाइहरू हुन्छन् जस्तो तिमीहरूलाई लाग्छ? के उनलाई यो काम गर्न गाह्रो हुन्छ? (हो, गाह्रो हुन्छ।) उनी सधैँ भन्छन्, “म त एक साधारण मानिस मात्र हुँ।” उनले यो कुरा झूटो विनम्रताका कारण भनेका होइनन्; उनलाई साँच्चै नै आफू साधारण मानिस हुँ र पेसेवर सीपहरू बुझ्दिनँ भन्‍ने लाग्छ। तैपनि, आफ्नो इमानदार हृदयमा भर परेर, र आफ्नो तृष्णा गर्ने हृदय र आफ्नो दीन हृदयमा भर परेर, उनले आफ्ना जिम्मेवारीहरू पूरा गर्न मरिहत्ते गर्छन्, यो कामको जिम्मेवारी लिन, यसलाई राम्ररी गर्न, र यसको राम्ररी रक्षा गर्न चाहन्छन्, ताकि काम अगाडि बढ्न सकोस्। कहिलेकाहीँ उनले पेसेवर कामसँग सम्बन्धित भिडियोहरू वा सिकाइ सामग्रीहरू अनलाइन खोज्छन्, जस्तै सङ्गीत रचना, धुन, गायन प्रविधिहरू, र नृत्यको बारेमा भिडियोहरू र स्रोतहरू, अनि तिनमा भएका केही विषयवस्तुहरूलाई उपयोग गर्छन्। जानकारी नभएकाहरूले उनीसँग फुर्सदको समय हुँदा, उनले गैरविश्‍वासीहरूका गीतहरू समेत सुन्छन् र गैरविश्‍वासीहरूका नृत्यहरू हेर्छन् भन्‍ने सोच्न सक्छन्। वास्तवमा, उनले आफ्नो हृदयमा के कुरामा ध्यान केन्द्रित गरिरहेका हुन्छन्? यी कुराहरू गर्नुमा उनको उद्देश्य के हुन्छ? उनको लक्ष्य परमेश्‍वरको घरका यी कामहरू राम्ररी गर्नु हो, ताकि तिनले परमेश्‍वरको साक्षी दिने कुरामा अझ राम्रो परिणामहरू हासिल गर्न सकून्। यो पेसेवर काम गर्नका लागि उनी स्वयम्‌सँग कुनै पेसेवर ज्ञान हुँदैन, तैपनि उनले अझै पनि सिक्न, अनुसन्धान गर्न, र काममा आउने विभिन्न समस्या र कठिनाइहरू कसरी समाधान गर्ने भनेर मनन गर्नमा ध्यान केन्द्रित गर्छन्; उनको लक्ष्य केवल यी कामहरूलाई सही मार्गमा ल्याउनु नै हो। उनको उमेर र ऊर्जालाई विचार गर्दा, उनले यस्तो मूल्य चुकाउन सक्नु र यी कुराहरू गर्न सक्नु उनले मरिहत्ते गर्नुको प्रकटीकरण होइन र? (हो।) के यो उनले आफ्नो सम्पूर्ण शक्ति लगाएको कुरा होइन र? (हो।) उनले आफ्नो सम्पूर्ण शक्ति लगाएको कुराको व्यावहारिक प्रकटीकरण यही हो। यस्ता ठूला कठिनाइहरू, पेसेवर सीपहरू र विशेष ज्ञान समावेश हुने कठिनाइहरूको सामना गर्दा, उनी कहिल्यै पछि हटेका छैनन्, न त उनले यो काम गर्न छोडेका नै छन्। उनले हरेस नखाएको निश्‍चित प्रकटीकरण के हो? त्यो के हो भने उनले पेसेवर सीपहरू नबुझेकोले गर्दा र आफू साधारण मानिस भएको कारणले गर्दा उनले कहिल्यै पनि अरूमाथि काम थोपरेका छैनन्। यसको सट्टा, उनले सबैलाई सामग्रीहरू खोज्न र सिक्न आग्रह गर्नमा अगुवाइ गर्छन्। उनले उपयुक्त सिकाइ सामग्रीहरू भेट्टाएपछि, र अभ्यासका सिद्धान्तहरू र अभ्यासका मार्गहरू भेट्टाएपछि, उनले तिमीहरूसँग सङ्गति गर्छन्, ताकि तिमीहरूले पनि सिद्धान्तहरूको बोध गर्न सक र सही मार्गअनुसार अभ्यास गर्न सक। उनले प्रायजसो तिमीहरूका लागि मार्ग औँल्याउँछन्, तिमीहरूलाई स्रोतहरू खोज्न र मार्गहरू पत्ता लगाउन लगाउँछन्। कुनै पनि सिद्धान्तहरू नभएकाले, तिमीहरू अन्धाधुन्ध रूपमा खोज्छौ—आँखा र हृदय दुवैमा अन्धो छौ—अनि कहिलेकाहीँ तिमीहरूले नबुझे पनि बुझेको जस्तो नाटक गर्छौ, कसरी सिक्ने भन्‍ने समेत जान्दैनौ। कुनै विकल्प नभएपछि, ब्रदरले तिमीहरूलाई व्यक्तिगत रूपमा निर्देशन दिनुपर्छ, तिमीहरूलाई सीधै कस्ता स्रोतहरू खोज्ने भनेर बताउनुपर्छ। अन्त्यमा, तिमीहरूले बल्ल अलिकति केही सिक्छौ र आफ्नो कर्तव्य निर्वाह गर्दा केही परिणामहरू हासिल गर्छौ। हेर त, यो एउटा अत्यन्तै निश्‍चित, अत्यन्तै सानो कुराबाट, परमेश्‍वरको सेवा गर्ने कुरामा उनीसँग इमानदार हृदय छ, र उनले आफ्नो सम्पूर्ण शक्ति पनि लगाएका छन् भन्‍ने कुरा देख्न सकिन्छ, जसलाई बोलचालको भाषामा मरिहत्ते गर्नु भनिन्छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले काम गर्दा सधैँ आफ्नो सर्वस्व दिन्छन्। उनले कुनै ऊर्जा बचाएर राखेका छैनन्, सुख-सुविधाको लालसा गरेका छैनन्, र फुर्सद खोजेका छैनन्। उनले सबै काम आफै वहन गर्छन्; उनी तिमीहरूमा भर परेका छैनन्, न त उनले काम पन्छाएर तिमीहरूमा लादेका छन्। उनी आफ्नो जिम्मेवारीबाट पन्छिएका छैनन्। नियमतः, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको र आफ्ना कर्तव्यहरू निर्वाह गरेको अहिले धेरै वर्ष भइसक्यो; तिमीहरूले यो बोझ वहन गर्न सक्नुपर्छ, र पेसेवर कामका विभिन्न कुराहरू आत्मनिर्भर रूपमा पूरा गर्नुपर्छ। तिमीहरू सधैँ ब्रदरमा निर्भर हुनु हुँदैन। तैपनि, तिमीहरू कहिल्यै स्वतन्त्र रूपमा काम गर्न सक्षम हुँदैनौ, र यो गर्नका लागि तिमीहरूलाई सधैँ ब्रदरको मद्दत र अगुवाइ चाहिन्छ। तिमीहरू वास्तवमा अल्छी छौ वा तिमीहरूको क्षमता कमजोर छ र यो कसरी गर्ने भन्‍ने जान्दैनौ भन्‍ने कुराको हकमा, हामी त्यस पक्षको बारेमा कुरा गर्नेछैनौँ। यति मात्र भनौँ, ब्रदरले गर्ने धेरैजसो काम वास्तवमा तिमीहरूका खातिर र तिमीहरूलाई तिमीहरूको काम गर्न मद्दत गर्नका लागि गरिन्छ। यो तिमीहरूको जिम्मेवारी हो, तर उनले यसलाई एकलै वहन गर्छन्। के उनलाई कठिनाइहरू हुँदैनन् र? उनी पनि थकित हुन्छन्! यसबाहेक, काम गर्दा, उनले एउटा मात्र काम गर्दैनन्। जुनसुकै स्तरका तिमीहरू अगुवाहरूले गर्ने काम एउटा मात्र काम हुन्छ; ब्रदरले मात्र समग्र काम, व्यापक काम गर्छन्। कुनै पनि काममा जस्तोसुकै कठिनाइ उत्पन्न भए पनि, तिमीहरूमध्ये कसैले पनि यसलाई समाधान गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउँदैनौ, र तिमीहरूमध्ये कसैले पनि बोझको भार लिन चाहँदैनौ; तिमीहरू सबैले यसलाई उनीमाथि मात्रै पन्छाउँछौ। के ब्रदरले कहिल्यै गुनासो गरेका छन्? उनले कहिल्यै गुनासो गरेका छैनन्। उनले कहिलेकाहीँ मलाई यसो मात्रै भन्छन्, “यी मानिसहरूको क्षमता साँच्चै कमजोर छ! मैले जति नै सङ्गति गरे पनि, तिनीहरूले सिद्धान्तहरू बुझ्दैनन् र परिणामहरू हासिल गर्न सक्दैनन्!” उनले कहिलेकाहीँ यसो भन्छन्, तर काममा कुनै ढिलाइ हुँदैन वा यसलाई पटक्कै त्यागिँदैन। यसबाहेक, उनले सक्रिय रूपमा समस्याहरू पत्ता लगाउँछन् र गर्नका लागि सक्रिय रूपमा काम खोज्छन्। जब उनले समस्याहरू पत्ता लगाउँछन्, तब उनले तिनलाई तुरुन्तै समाधान गर्छन्। जब उनले कुनै निश्चित टोली आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरूको बोध गर्न सधैँ असफल हुन्छ, र पहिले समाधान गरिएका समस्याहरू फेरि देखा परेका छन् भन्‍ने देख्छन्, तब उनले तिनीहरूलाई मार्गदर्शन गर्छन् र तिनीहरूसँग फेरि सङ्गति गर्छन्। कहिलेकाहीँ म भन्छु, “यी मानिसहरूको क्षमता यस्तै छ; जबसम्म मण्डलीको कामका विभिन्न पक्षहरूले परिणामहरू हासिल गर्न सक्छन् र ती सहज र सामान्य रूपमा अगाडि बढ्न सक्छन्, तबसम्म त्यति नै पर्याप्त हुन्छ। यदि तिमी थकित छौ भने, केही बेर विश्राम गर।” मैले यसो भन्दा पनि, उनी विश्राम गर्दैनन्, र विश्राम नलिई काम गर्ने जिद्दी गर्छन्। तिमीहरूको कमजोर क्षमता वा सिक्ने कुरामा तिमीहरूको लगनशीलताको कमीले गर्दा, ब्रदरले तिमीहरूलाई मार्गदर्शन गर्ने सिद्धान्तहरूले छोटो समयमा तिमीहरूमा नगण्य प्रभाव पारेको हुन सक्छ, तर उनी अझै पनि अल्छी नभई तिमीहरूलाई मार्गदर्शन गर्न र मद्दत गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउँछन्। यसले थोरै मात्र प्रभाव पारे पनि, उनले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु भन्‍ने महसुस गर्छन्; उनको जिम्मेवारी पूरा भएपछि, उनको हृदय शान्त हुन्छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सधैँ भन्छन्, “यदि काम सकिएन भने, म खान सक्दिनँ र राम्ररी सुत्न सक्दिनँ।” काम सकिएपछि मात्रै उनको हृदय शान्त हुन्छ, र त्यसपछि मात्रै उनले विश्राम लिन्छन्। यदि तिमीहरू अगुवा र कामदारहरूसँग परमेश्‍वरको कार्यभारप्रति पवित्र आत्माले प्रयोग गर्नुभएका मानिससँग भएको इमानदारीको आधा मात्रै इमानदारी भएको भए पनि, तिमीहरूको काम अहिलेको भन्दा धेरै राम्रो हुनेथियो। तर तिमीहरूसँग यो इमानदारी छैन। ब्रदरले तिमीहरूलाई यति लामो समयदेखि मार्गदर्शन गरेका छन्, तैपनि तिमीहरूले सिक्नमा आफ्नो हृदय लगाउँदैनौ र धेरै प्रगति गर्दैनौ। र पनि, ब्रदरले हरेस खाँदैनन्। उनले अझै पनि हरेक केही दिनमा तिमीहरूलाई मार्गदर्शन गर्छन्, र तिमीहरूलाई मार्गदर्शन गरेपछि, उनले यस मामिलाबाट आफ्नो हात झिक्दै झिक्दैनन्; जब उनले समस्याहरू पत्ता लगाउँछन्, तब उनले समस्याहरू समाधान नभएसम्म तिमीहरूसँग सङ्गति गर्न र तिमीहरूलाई मार्गदर्शन गर्न जारी राख्छन्। हेर त, परमेश्‍वरको कार्यभार स्वीकार गर्ने कुरामा, उनीसँग इमानदार हृदय मात्रै छैन, तर उनले मरिहत्ते गर्न र परमेश्‍वरको कार्यभार पूरा गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउन पनि सक्छन्। उनले परमेश्‍वरको सेवा गर्न सुरु गरेदेखि, उनले आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पण गर्नेछु भनेर भने, र त्यसपछि उनले परमेश्‍वरको अघि गरेको सङ्कल्पअनुसार अभ्यास गरे र पछ्याए। परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा, उनले मण्डलीको काम गर्ने र मण्डलीका विभिन्न मामिलाहरू सम्हाल्ने दुवै कुरालाई आफ्नो जीवनको नियमित अवस्था र आफ्नो जीवनको सम्पूर्णताको रूपमा लिन्छन्। उनले परमेश्‍वरको अघि खाएको कसम र परमेश्‍वरको अघि गरेको सङ्कल्पलाई निरन्तर पूरा गरिरहेका छन् र निरन्तर अभ्यास गरिरहेका छन्, र उनले कठिनाइ वा थकानको बारेमा कहिल्यै गुनासो गर्दैनन्। यदि काम धेरै छ, उनी धेरै व्यस्त छन्, र उनलाई थकान महसुस भयो भने, उनले आफैलाई सन्तुलनमा राख्ने तरिकाहरू खोज्छन्, व्यायाम गर्छन् वा बाहिर हिँड्न जान्छन्, र आफ्नो बाँकी सबै समय र ऊर्जा मण्डलीको काम गर्नमा लगाउँछन्। यस कुरामा, उनी तिमीहरूभन्दा फरक छन्। तिमीहरू सधैँ यसो भन्दै कराइरहेका हुन्छौ, “म मेरो सम्पूर्ण यौवन परमेश्‍वरमा अर्पण गर्नेछु! म कहिल्यै विवाह गर्नेछैनँ र मेरो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पण गर्नेछु! म जीवनभर परमेश्‍वरको सेवा गर्नेछु!” तैपनि जब काम अलिक व्यस्त र अलिक थकाउने हुन्छ, जब तिमीहरूको शरीरले अलिकति कठिनाइ भोग्छ र तिमीहरूले सुख-सुविधाको आनन्द लिन पाउँदैनौ, तब तिमीहरूलाई अन्याय भएको महसुस हुन्छ। तिमीहरूले एउटा मात्रै थप कामको जिम्मेवारी लिनुपर्दा पनि तिमीहरूलाई अन्याय भएको महसुस हुन्छ र तिमीहरू गुनासो गर्छौ। तिमीहरू सधैँ थोरै मात्रै काम चाहन्छौ र आफ्नो बाँकी समय सुख-सुविधाको आनन्द लिन र शारीरिक जीवनको आनन्द लिनमा बिताउन चाहन्छौ। जब काम अलिक तनावपूर्ण हुन्छ र अलिकति दबाब हुन्छ, वा जब अलिकति कठिनाइ उत्पन्न हुन्छ, तब तिमीहरू कठिनाइको बारेमा गुनासो गर्छौ र थकानको बारेमा गुनासो गर्छौ, नखरा गर्छौ, र आफ्नो काम त्याग्न समेत चाहन्छौ र भाग्न चाहन्छौ, र दिक्दारीको स्थितिमा डुब्छौ र निकै आवेगी बन्छौ। तिमीहरूले यसो गरेर कसरी काम राम्ररी गर्न सक्छौ र?

पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले प्रभुमा विश्‍वास गर्न सुरु गरेदेखि अहिलेसम्म, यति धेरै वर्षहरूमा, उनले जतिसुकै कुराहरू अनुभव गरेका भए पनि, जतिसुकै वातावरणहरू अनुभव गरेका भए पनि, वा जतिसुकै खतराहरू अनुभव गरेका भए पनि, र मण्डलीहरूमा जतिसुकै असामान्य र विशेष परिस्थितिहरू उत्पन्न भएका भए पनि, वा उनले जतिसुकै विशेष घटनाहरू अनुभव गरेका भए पनि, उनले निरन्तर रूपमा आफ्नो कर्तव्यलाई दृढतापूर्वक पक्रेका छन्। उनले दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्न र भरणपोषण गर्न निरन्तर सत्यतामा सङ्गति गरेका छन्, अगुवा र कामदारहरूलाई मार्गदर्शन दिएका छन्, र मण्डलीको कामका विभिन्न कुराहरू गरेका छन्, जस्तै सुसमाचारको काम, मण्डलीलाई मलजल गर्ने काम, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसम्बन्धी काम, परमेश्‍वरको सेवा गर्ने अगुवा र कामदारहरूसम्बन्धी काम, र मण्डलीको प्रशासनिक र सामान्य मामिलाहरूको काम। यी वर्षहरूमा, उनले निरन्तर रूपमा हरेक काम गर्नमा आफ्नो सम्पूर्ण हृदय र सामर्थ्य लगाउँदै आएका छन्; यो उनको जीवनको सामान्य अवस्था हो। यदि तिमीहरूले यसरी जिउनुपरेको भए, तिमीहरूलाई यो नीरस र दिक्कलाग्दो छ भन्‍ने महसुस हुनेथियो; तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिमीहरूलाई अझै पनि खालीपन महसुस हुनेथियो। तर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस फरक छन्। परमेश्‍वरको कार्यभार पूरा गर्नका लागि जिउनु नै सबैभन्दा अर्थपूर्ण र सबैभन्दा मूल्यवान् कुरा हो भन्‍ने उनलाई लाग्छ। गैरविश्‍वासीहरू खान, पिउन, खेल्न, र रमाइलो गर्न मन पराउँछन्, र तिनीहरू यात्रा गर्न मन पराउँछन्; कतिपय पुरुषहरू कार हाँक्‍न वा विद्युतीय ग्याजेटहरूसँग खेल्न मन पराउँछन्, र कतिपय महिलाहरू सौन्दर्य उपचार, कपाल बनाउन, वा नाच्न मन पराउँछन्। गैरविश्‍वासीहरूमाझ लोकप्रिय रहेका यी कुराहरू उनका लागि चाखलाग्दा छैनन्। जब उनीसँग अलिकति फुर्सदको समय हुन्छ, तब उनी एकलै त्यहाँ बस्छन्, र समस्याहरूको बारेमा सोच्छन् र मनन गर्छन्, जस्तै कुनै निश्चित अगुवा वा कामदारले गरेको कुनै निश्चित कुराको प्रकृति के हो र यसलाई कसरी सम्हाल्नुपर्छ, सुसमाचारको काममा के-कस्ता समस्याहरू उत्पन्न भएका छन् र तिनलाई कसरी समाधान गर्नुपर्छ, र यस्तै अन्य कुराहरू। जब उनले तिमीहरूसँग कुराकानी गर्छन्, तब उनले यी कुराहरूमा सङ्गति गर्छन्। उनी तिमीहरूको सम्पर्कमा आउँदा उनले जे कुराको बारेमा सङ्गति गर्छन्, त्यो उनले सामान्यतया आफ्नो हृदयमा मनन गर्ने र सोच्ने कुरा नै हुन्छ; उनले आफ्नो हृदयमा राख्ने कुराहरू मण्डलीका यिनै मामिलाहरू हुन्। त्यसैले हेर त, जब उनले समस्याहरू सम्हाल्छन्, तब उनले केही वाक्यहरूमा नै सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्न सक्छन्, र उनले समस्याहरू सम्हाल्ने तरिका पनि अत्यन्तै सरल देखिन्छ। तर, पर्दा पछाडि, उनले कति वर्ष अनुभव गरेका छन्; उनले कति वर्ष तयारी गरेका छन्; उनले कति कठिनाइहरू अनुभव गरेका छन्; यी कठिनाइहरूको सामना गर्दा उनी कति पटक प्रार्थना र खोजी गर्न परमेश्‍वरको अघि आएका छन्, पवित्र आत्माको प्रबोधन प्राप्त गरेका छन्, र अन्ततः विभिन्न पक्षहरूमा अभ्यासका सिद्धान्तहरू पत्ता लगाएका छन्—तिमीहरूलाई यी कुनै पनि कुरा थाहा छैन। उनले प्राप्त गरेको पवित्र आत्माको प्रबोधन तिमीहरूले पढेका परमेश्‍वरका वचनहरूभन्दा पनि बढी हुन सक्छ। यो तुलना त्यति उपयुक्त नहुन सक्छ, तर यसो भन्नुको तात्पर्य के हो? पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले व्यक्तिगत रूपमा कस्तो मूल्य चुकाएका छन् र मण्डलीको काम गर्ने र परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा उनी कुन मार्गमा हिँडेका छन् भन्‍ने कुरा तिमीहरूलाई थाहा दिनु हो—तिमीहरूलाई यी कुराहरूमा स्पष्ट पार्नु हो।

पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मुख्य भूमि चीनमा काम गरिरहेको समयावधिमा, तिनले सबैभन्दा धेरै सामना गरेको समस्या भनेको तिनको व्यक्तिगत सुरक्षा खतरामा पार्ने किसिमका खतरनाक वातावरणहरूको निरन्तर सामना गर्नु थियो। तिनी जहाँ गए पनि, तिनीसँग लुक्‍ने कुनै ठाउँ हुन्थेन, आश्रय लिने कुनै ठाउँ हुन्थेन, र पूर्ण रूपमा सुरक्षित हुने कुनै ठाउँ हुन्थेन। कतिपय पटक त तिनी चिनियाँ कम्युनिस्ट पार्टीका प्रहरीहरूसँग आमनेसामने भए र तिनीहरूकै आँखाअगाडिबाट उम्किए। तिनले सामना गरेको खतरा यस्तै प्रकारको थियो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका लागि, खतरा वा मृत्यु कुनै पनि क्षण आइपर्न सक्थ्यो। त्यस्ता प्रतिकूल वातावरणहरूमा पनि, तिनी पछि हटेनन्, तिनले परमेश्‍वरले तिनलाई सुम्पनुभएको कार्यभार वा परमेश्‍वरले तिनलाई सुम्पनुभएको जिम्मेवारी त्यागेनन्, र तिनले निरन्तर मण्डलीको काम गरिरहे। जब तिनले खतराको सामना गर्थे, र तिनी आफू भएको ठाउँमा बस्न सक्दैनथे, तब तिनी तुलनात्मक रूपमा अझै सुरक्षित रहेको अर्को ठाउँमा जान्थे। जब तिनी पहिलो पटक त्यहाँ पुग्थे, तब तिनमा अझै पनि डर बाँकी हुन्थ्यो, तर केही दिनभित्रै, तिनले फेरि केही अगुवा र कामदारहरूलाई हरेक दिन भेला हुन, प्रचार गर्न, सङ्‍गति गर्न, र कामको बारेमा छलफल गर्नका लागि बोलाउँथे। केही समयपछि, तिनीहरूलाई कुनै अज्ञात व्यक्तिले घात गर्थ्यो वा गैरविश्‍वासीहरूले रिपोर्ट गर्थे, त्यसैले त्यो ठाउँ पनि असुरक्षित बन्थ्यो, र तिनी तुरुन्तै अर्को ठाउँमा सर्नुपर्थ्यो। नयाँ ठाउँमा पुगेपछि, त्यसै गरी, केही दिनभित्रै, तिनले फेरि नजिकैका अगुवा र कामदारहरू, साथै आफ्नो खोजीमा तुलनात्मक रूपमा इमानदार रहेका साधारण विश्‍वासीहरूलाई भेला हुन र सङ्‍गति गर्न, कामको बारेमा छलफल गर्न, र समस्याहरू समाधान गर्न बोलाउँथे। ती प्रतिकूल वातावरणहरूमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले जीवन र मृत्युलाई पन्छाए। यसबाहेक, तिनले गरिरहेको हरेक काममा, तिनले सधैँ गति बढाउँथे, र मानिसहरूलाई त्यो काम गर्न आग्रह गर्थे र जोड दिन्थे। धेरैजसो मानिसहरूमा यो हतारको बोध हुँदैन; तिनीहरूले आफ्नो दैनिक जीवन बिताएजस्तै गरी मण्डलीको काम गर्छन्—कुनै चिन्ताविना, हतार महसुस नगरी, गाडा तानिरहेको बूढो गोरुजस्तै सुस्त तरिकाले र फुर्सदमा काम गर्छन्। तर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई काम गर्दा हतार महसुस हुन्थ्यो। उदाहरणका लागि, परमेश्‍वरका वचनहरूका पुस्तकहरू छाप्ने कामको सम्बन्धमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले निरन्तर आग्रह गर्थे: “तिनलाई छिटो छाप। पुस्तकहरू ब्रदर-सिस्टरहरूको हातमा पुगेपछि, सबै ठीक हुनेछ; पुस्तकहरू पूर्ण रूपमा सुरक्षित हुनेछन्। हामीले ठूलो रातो अजिङ्गरलाई ती कब्जा गर्न दिनु हुँदैन। यो कामलाई सकेसम्म चाँडो सम्पन्न गर्न प्रयास गर, ताकि परमेश्‍वरका चुनिएका सबै मानिसहरूको हातमा परमेश्‍वरका वचनहरू होऊन्।” भजन र प्रवचनहरूका लागि क्यासेट टेपहरू रेकर्ड गर्ने सम्बन्धमा पनि, तिनले मानिसहरूलाई ती छिटो रेकर्ड गर्न आग्रह गर्थे र जोड दिन्थे। काम गर्दा, तिनमा सधैँ हतारको बोध हुन्थ्यो, तैपनि गर्नका लागि सधैँ अनन्त काम हुन्थ्यो नै, र तिनको सम्पूर्ण अस्तित्व निरन्तर अत्यन्तै तनावपूर्ण स्थितिमा हुन्थ्यो। मलाई भन, यदि कुनै व्यक्ति सधैँ उच्च दबाब र तनावको स्थितिमा हुन्छ भने, के उसको शरीर पनि प्रभावित हुन्छ र त्यसमा हानि पुग्छ? (पुग्छ।) जोकोहीमा यो कुरा लागू हुन्छ, जसमा लामो समयदेखि सतावटको वातावरणमा रहेका मुख्य भूमि चीनका ब्रदर-सिस्टरहरू पनि समावेश छन्। तिनीहरूका स्नायुहरू सधैँ अत्यन्तै तनावपूर्ण हुन्छन्, र धेरै मानिसहरूले प्रायजसो यस्तो सपना देख्छन् जहाँ, तिनीहरू भेला भइरहेकै बेला, प्रहरीहरू ढोका ढकढक्याउन आउँछन्, र सबै जना हतार-हतार भाग्छन्—तिनीहरूले निरन्तर यस्तो प्रकारको सपना देख्छन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले त्यस्तो उच्च-दबाबको वातावरणमा यति भारी बोझ बोकेका र यति महत्त्वपूर्ण काम गरेका हुनाले, मलाई भन, के तिनको स्वास्थ्य राम्रो हुन सक्थ्यो र? जब कुनै व्यक्ति उच्च दबाबमा हुन्छ, तब उसको मस्तिष्क उत्तेजित हुन्छ, र उसको शरीरले थकान महसुस गर्छ र पीडा महसुस गर्छ। तैपनि, त्यस्ता वातावरणहरूको सामना गर्दा पनि, तिनले आफ्नो काम त्यागेनन्। जब तिनले खतरनाक वातावरणको सामना गर्थे र सहकर्मीहरूको भेला आयोजना गर्नका लागि कुनै उपयुक्त ठाउँ हुँदैनथ्यो, वा जब केही समयका लागि स्थिति निकै तनावपूर्ण हुन्थ्यो, कम्युनिस्ट पार्टीको गिरफ्तारी र सतावट झन्-झन् उन्मत्त बन्दै जान्थ्यो र वातावरण पहिलेभन्दा बढी प्रतिकूल बन्थ्यो, तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस केही पनि खान नसक्ने अवस्थामा पुग्थे। जब मानिसहरूले खतरनाक वातावरणहरूको सामना गर्छन्, वा जब तिनीहरू कुनै कुरालाई लिएर चिन्तित र उत्तेजित हुन्छन्, र हृदयमा व्याकुलता महसुस गर्छन्, तब तिनीहरूको भोक हराउँछ। तर सामान्य शारीरिक कार्यहरू कायम राख्नका लागि, तिनीहरूले अझै पनि खानुपर्छ; यदि तिनीहरूले निरन्तर खाएनन् भने, तिनीहरूको शरीर ढल्नेछ, र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछैनन्। त्यसैले ब्रदरले चटनीमा चोबेर केही हरियो प्याज खान्थे, र केही गाँस भात खान्थे, त्यसैलाई खाना मानिन्थ्यो; तिनले आफ्नो लागि कहिल्यै विशेष खाना तयार गर्न लगाउँथेनन्। ती प्रतिकूल वातावरणहरूमा, यदि मानिसहरूसँग थोरै विश्वास छ, तिनीहरू परमेश्‍वरप्रति इमानदार छैनन्, र तिनीहरूसँग परमेश्‍वरको ख्याल गर्ने हृदय छैन, र यदि तिनीहरूसँग परमेश्‍वरको अगुवाइ पनि छैन भने, कोही पनि टिक्न सक्दैनथ्यो। तिनले सहकार्य गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएको बाहेक, परमेश्‍वरको अगुवाइमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको घरको कामलाई वर्तमानसम्म अगाडि बढाएका छन्, परमेश्‍वरको कार्यभार पूरा गरेका छन्, र तिमीहरूलाई पनि वर्तमानसम्म अगुवाइ गरेका छन्। मुख्य भूमि चीनको त्यो खतरनाक वातावरणले मण्डलीको जीवन र मण्डलीको काममा ठूलो अवरोध र बाधाहरू ल्यायो, र ठूला कठिनाइहरू सिर्जना गर्‍यो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका लागि मुख्य भूमि चीनजस्तो प्रतिकूल वातावरणमा काम गर्नु अत्यन्तै खतरनाक थियो। यदि तिनी पक्राउ परेका भए, सोधपुछको कुनै आवश्यकता नै हुनेथिएन—तिनलाई सीधै गोली हानिन्थ्यो; मृत्यु निश्चित थियो। तैपनि तिनले अझै पनि आफ्नो कर्तव्य त्यागेनन्, न त तिनले खतरनाक वातावरणसँग डराएको कारणले परमेश्‍वरले दिनुभएको कार्यभार नै त्यागे। तिनले एक दिनका लागि पनि हरेस खाएनन्। तिनले बाहिरी रूपमा हरेस नखाएको मात्र होइन, तर तिनीभित्र त्यस्ता विचार वा योजनाहरू समेत थिएनन्। तिनले निरन्तर रूपमा यसरी नै काम गरिरहे, सबै स्तरका अगुवा र कामदारहरूलाई अगुवाइ गरे र साथ दिए, जसले गर्दा सबै स्तरका अगुवा र कामदारहरूले पनि धेरै लाभ प्राप्त गर्न सके। तिनी स्वयम्‌ले ठूलो खतरा र ठूलो दबाबको सामना गरे, तैपनि तिनले अगुवा र कामदारहरूलाई मण्डलीको काम राम्ररी गर्नमा साथ दिनुपर्थ्यो, र खतरनाक वातावरणहरूको सामना गर्दा कसरी बुद्धि प्रयोग गरेर जबाफ दिने, कसरी अनुभव गर्ने, परमेश्‍वरका अभिप्रायहरू कसरी पूरा गर्ने, र परमेश्‍वरका लागि कसरी गवाही दिने भन्‍ने कुरामा साधारण ब्रदर-सिस्टरहरूलाई सहयोग गर्नुपर्थ्यो। खतरनाक वातावरणहरूको सामना गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका यी प्रकटीकरणहरूको हकमा भन्दा, मलाई भन, परमेश्‍वरको नजरमा, के ती मानकअनुरूप छन्? के परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ? (हुनुहुन्छ।) परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ भन्‍ने कुरा शतप्रतिशत पक्का छ। त्यस्ता वातावरणहरूको सामना गर्दा तिनीसँग यी अभ्यासहरू हुन्छन्, र परमेश्‍वरले तिनलाई दिनुभएको कार्यभारका लागि तिनले यति धेरै मूल्य चुकाएका छन्। यसका साथै, अवश्य नै, तिनले धेरै कुरा प्राप्त पनि गरेका छन्। तिनले परमेश्‍वरको सुरक्षा र परमेश्‍वरको अगुवाइ महसुस गरेका छन्, र त्योभन्दा पनि बढी, तिनले जीवन प्रवेशको सन्दर्भमा प्राप्ति हासिल गरेका छन्, र तिनी बिस्तारै परमेश्‍वरद्वारा सिद्ध पारिएका छन्। परमेश्‍वरले मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्न। यदि तिमी परमेश्‍वरप्रति इमानदार छौ, यदि तिमीले साँचो मूल्य चुकाउँछौ, यदि तिमीले आफ्ना कसमहरू पूरा गर्छौ, र यदि तिमी परमेश्‍वरको बोझको ख्याल गर्न इच्छुक छौ भने, परमेश्‍वरले तिमीमाथि बोझ राख्नुहुनेछ। यदि तिमीले सय पाउन्ड बोक्न सक्छौ भने, परमेश्‍वरले तिमीमाथि सय पाउन्ड नै राख्नुहुनेछ। यदि तिमीले “म अझै बढी प्रयास गर्छु र एक सय पचास पाउन्ड बोक्छु” भन्यौ भने, परमेश्‍वरले तिम्रो कद र तिम्रो सङ्कल्पअनुसार बिस्तारै त्यो तिमीमाथि राख्नुहुनेछ। यो बोझ तिमीमाथि राख्‍ने क्रममा, परमेश्‍वरले आफ्नो जीवन तिमीभित्र सञ्चार गर्नुहुन्छ। परमेश्‍वरको सेवा गर्ने र परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने व्यक्तिले अन्ततः प्राप्त गर्ने सबैभन्दा ठूलो परिणाम यही हो।

पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मण्डलीको काम गर्ने क्रममा, तिनले ठूलो खतराको सामना गरे। वातावरण झन्-झन् प्रतिकूल बन्दै जाँदा, ठूलो रातो अजिङ्गरको गिरफ्तारी झन्-झन् उन्मत्त बन्दै गयो, र त्यसले पाइलैपिच्छे कडा दबाब दिइरह्यो। सन् २००० सम्ममा, लुक्ने ठाउँ लगभग कतै थिएन। तिनी यो प्रान्तबाट त्यो प्रान्तमा भागे, र यो ठाउँबाट त्यो ठाउँमा भागे; त्यहाँ तुलनात्मक रूपमा सुरक्षित ठाउँहरू समेत बाँकी थिएनन्। ब्रदर-सिस्टरहरूले तिनलाई अतिथि सत्कार नगर्ने भन्‍ने होइन, बरु समग्र वातावरणले नै त्यसको अनुमति दिँदैनथ्यो। ती परिस्थितिहरूमा पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अझै पनि आफ्नो काम त्यागेनन्। तिनले अझै पनि आफूले सम्पर्क गर्न सक्नेहरूका बीचमा, अगुवा र कामदारहरूलाई मलजल गर्न र भरणपोषण गर्न, र मण्डलीको काम गर्नमा तिनीहरूलाई मार्गदर्शन गर्नका लागि आफूले सक्ने सबै कुरा गरे। त्यस बेला, मण्डलीको कामको सबैभन्दा महत्त्वपूर्ण कुरा सुसमाचारको काम थियो। यो काम सन् १९९५ मा सुरु भएको थियो, र सन् २००० सम्ममा, यो पाँच वर्षभन्दा बढी समयदेखि चलिरहेको थियो। हरेक प्रान्तका मण्डलीहरूमा निरन्तर नयाँ मानिसहरू सामेल भइरहेका थिए, मण्डलीहरूले धेरै नयाँ समस्याहरूको सामना गरिरहेका थिए, र धेरै नयाँ कामहरू देखा परेका थिए। त्यस्ता परिस्थितिहरूमा, सुरक्षाको कुनै ग्यारेन्टी नहुँदा पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस अझै पनि काममा मार्गदर्शन प्रदान गर्न अगुवा र कामदारहरूसँग सम्पर्क गर्नका लागि केही ठाउँहरूमा जान्थे, र आफ्नो फुर्सदको समयमा, तिनले ब्रदर-सिस्टरहरूलाई प्रोत्साहन दिनका लागि जीवन अनुभवका केही भजनहरू पनि रचना गर्थे, र मण्डलीहरूलाई सहयोग गर्न भजनको माध्यम प्रयोग गर्थे। वातावरण त्यति प्रतिकूल भए पनि, ब्रदर पछि हटेनन्, र तिनले हरेस खाएनन्। यसको सट्टा, तिनले मण्डलीको कामको दायरा नछोडी र मण्डलीको कामको वातावरण नछोडी, मण्डलीको काम गर्न हरसम्भव उपाय अपनाए र आफूले सक्ने सबै कुरा गरे। कहिलेकाहीँ, यदि तिनी कुकुरको बजार भएको ठाउँमा गए भने, ब्रदर तनाव कम गर्न र आराम गर्न विभिन्न कुकुरहरू हेर्न पनि जान्थे—तिनको जीवन नीरस थिएन, होइन र? (हो।) त्यस्ता ठूला कठिनाइहरूको सामना गर्दा पनि तिनले मण्डलीको काम गर्न छोडेनन्, र तिनका लागि परिस्थितिहरू कति कठिन थिए भन्‍ने कुरा कसैले पनि देखेन। संसारका ती ठूलाबडाहरूलाई हेर त—जब तिनीहरूले कठिनाइहरूको सामना गर्छन् र विशेष गरी ठूलो दबाबमा हुन्छन्, तब तिनीहरू कोही पनि नभएको ठाउँ खोज्छन् र ठूलो स्वरमा रुन्छन्, टेबलहरू पल्टाउँछन्, र सामानहरू फुटाउँछन्, र कतिपय त त्यत्तिकै भाग्छन्। तिनीहरूलाई परिस्थितिहरू यति गाह्रो लाग्छ कि, जसले गर्दा अवस्था यस बिन्दुसम्म पुग्छ। कतिपय गैरविश्‍वासीहरूले आफ्नो करियरमा संलग्न हुने क्रममा कठिनाइहरूको सामना गर्दा हरेस खाँदैनन्। यसको कारण के हो भने तिनीहरूसँग कुनै विकल्प हुँदैन—तिनीहरूका शत्रुहरू अत्यन्तै धेरै हुन्छन्, र तिनीहरूलाई मार्न वा तिनीहरूसँग बदला लिन खोज्नेहरू अत्यन्तै धेरै हुन्छन्, त्यसैले तिनीहरूले हरेस खाने आँट गर्दैनन्। तिनीहरूले हरेस खाए र आफ्नो शक्ति गुमाए भने, तिनीहरूको घाँटीमा चक्कु हुनेछ, त्यसैले चक्कुको धारमा भए पनि, तिनीहरू निरन्तर अगाडि बढिरहनुपर्छ। मण्डलीको काम गर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस यो काम गर्नका लागि त्यस्तो प्रकारको इच्छाशक्तिमा भर पर्दैनन्। तिनी परमेश्‍वरमाथिको विश्वासमा भर पर्छन्, सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने विश्वास गर्छन्, र सबै कुरा परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भन्‍ने विश्वास गर्छन्; तिनी परमेश्‍वरको अधीनताको हृदयमा भर पर्छन्, परमेश्‍वरप्रति इमानदार हृदय राख्छन्, र परमेश्‍वरप्रतिको अधीनताको मनोवृत्ति राख्छन्। यस जगमा रहेर, तिनी कुनै पनि समयमा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू स्वीकार गर्न तयार हुन्छन्, त्यसपछि तिनले आफ्नो सम्पूर्ण शक्ति चढाउँछन् र आफूले स्वीकार गरेको परमेश्‍वरको कार्यभारका लागि आफ्नो सम्पूर्ण अस्तित्व चढाउँछन्। तिनले यी कुराहरू कसरी गर्न सक्छन् भन्‍ने कुरामा जटिल कुरा पटक्कै केही पनि छैन; यसमा कुनै छोटो बाटो वा युक्तिहरू समावेश छैनन्। वास्तवमा, तिनले यी सबै कुरा अनुभव गर्छन् र आफ्नो व्यक्तिगत प्रयास, र परमेश्‍वरप्रतिको आफ्नो इमानदारी र परमेश्‍वरप्रतिको अधीनताको मनोवृत्तिमा भर परेर परमेश्‍वरको सेवा गर्छन्। तिनले अनुभव गर्ने कतिपय कुराहरू मानिसहरूलाई अत्यन्तै गाह्रो लाग्न सक्छन्। कतिपय मानिसहरूले आफ्नो हृदयमा सोच्छन्, “ब्रदरले कसरी पार गरे? त्यो त परमेश्‍वरले गर्नुभएको थियो! ब्रदर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस हुन्। तिनले परमेश्‍वरलाई प्रार्थना गर्छन्, र परमेश्‍वरले तिनलाई केही अलौकिक भावनाहरू दिनुहुन्छ, त्यसपछि तिनी डराउँदैनन्। तिनको शरीरले दबाब महसुस गर्दैन। तिनी यी सबै कुराभन्दा माथि छन्।” मलाई भन, के कुरा यस्तो हो त? (होइन।) वास्तवमा, कुरा यस्तो होइन। जब तिनले खतरनाक वातावरणहरूको सामना गर्छन्, तब तिनी पनि डराउँछन्, तिनी पनि मृत्युसँग डराउँछन्, र तिनले पनि चिन्ता गर्छन् र व्याकुलता महसुस गर्छन्। कुनै निश्चित ठाउँमा खतरनाक वातावरण छ र ब्रदर-सिस्टरहरू पक्राउ परेका छन् भन्‍ने सुन्दा तिमीहरूलाई जस्ता भावनाहरू हुन्छन्, लगभग तिनलाई पनि त्यस्तै भावनाहरू हुन्छन्। तिमीहरू आत्तिन्छौ; तिमीहरूमध्ये कतिपयको टाउको झमझमाउँछ, कतिपयको खुट्टा कमजोर हुन्छ, र अरू कतिपयको सास बढ्छ। के ब्रदरलाई यी भावनाहरू हुन्छन्? तिनलाई पनि यी भावनाहरू हुन्छन्, तर तिनले आफ्नो कर्तव्य नत्याग्ने, आफ्नो काम नत्याग्ने, र अझै पनि आफ्नो सम्पूर्ण शक्ति लगाउने छनौट गर्न सक्छन्। के तिनको चरित्रसँग यसको सम्बन्ध छ? (छ।) तिनले आफ्नो कर्तव्य नत्याग्ने छनौट गर्न सक्छन्—मलाई भन, के यो अलौकिक कुरा हो? (यो अलौकिक कुरा होइन।) इन्कार गर्न नसकिने एउटा कुरा के हो भने, तिनले जस्तोसुकै खतराको सामना गरे पनि, तिनको मनोवृत्ति आफ्नो कर्तव्य नत्याग्नमा निरन्तर लागिरहने, कुनै पनि हालतमा भगौडा नबन्ने, र परमेश्‍वरलाई धोका नदिने नै रहन्छ, र यदि तिनले परमेश्‍वरलाई धोका दिए भने, तिनी मृत्युको योग्य र श्रापको योग्य हुनेछन् भन्‍ने तिनलाई लाग्छ। जब तिनले यस्तो प्रकारको मनोवृत्ति छनौट गर्छन्, तब परमेश्‍वरले निरन्तर तिनको हृदयमा प्रेरणा-शक्तिको रूपमा काम गर्नुहुन्छ र तिनलाई सामर्थ्य दिनुहुन्छ। जब कुनै व्यक्तिले बोक्ने दबाब उसको सीमाभन्दा बाहिर जान्छ, तब परमेश्‍वरले काम गर्नुहुनेछ; परमेश्‍वरले उसलाई आड दिनुहुनेछ, र परमेश्‍वरले उसलाई सामर्थ्य दिनुहुनेछ। धेरैजसो मानिसहरू यी खतरनाक वातावरणहरूको सामना गर्दा डरले स्तब्ध हुन्छन् र डरले कमजोर बन्छन्, र काम गर्ने आँट गर्दैनन्। कतिपय मानिसहरूले त यसो समेत भन्छन्, “जब मेरो जीवनमा घटनाहरू घटे, तब मैले परमेश्‍वरले मलाई सामर्थ्य दिनुभएको महसुस गरिनँ, न त मैले कुनै चमत्कारहरू नै महसुस गरेँ।” तिम्रो कुरा सही हो; तिमीले यो महसुस नगर्नु वा अन्ततः परमेश्‍वरले तिमीलाई दिनुभएको सामर्थ्य प्राप्त नगर्नु भन्‍ने तथ्य सीधै परमेश्‍वरप्रतिको तिम्रो व्यक्तिगत मनोवृत्ति, तिम्रो मिसनप्रतिको तिम्रो मनोवृत्ति, र तिम्रो हृदय सही छ कि छैन त्यस कुरासँग सम्बन्धित छ। यदि ब्रदरले पनि आफ्नो काम त्याग्ने छनौट गरेका भए, र पछि हट्ने र आफ्नै ज्यान बचाउने छनौट गरेका भए, तिनले पनि परमेश्‍वरले दिनुहुने सामर्थ्य प्राप्त गर्नेथिएनन्। यदि, यी खतरनाक वातावरणहरूको सामना गर्दा, तिनले व्यक्तिपरक रूपमा मण्डलीको काम नगर्ने र खतरा नटरेसम्म पर्खेर मात्र काम गर्ने भनेर छनौट गरेका भए, परमेश्‍वरले तिनलाई दबाब दिनुहुनेथिएन। परमेश्‍वरले तिनलाई यसो भन्दै जबरजस्ती गर्नुहुनेथिएन, “तिमी डराएको भए पनि तिमीले यो गर्नैपर्छ; तिमीलाई मर्न भनिए पनि, तिमीले यो गर्नैपर्छ।” परमेश्‍वरले मानिसहरूलाई जबरजस्ती गर्नुहुन्न। यसको अर्थ के हो? यसले तिमीलाई के बताइरहेको छ भने जब घटनाहरू घट्छन्, तब तिम्रो मानसिकता र परमेश्‍वरले दिनुहुने कार्यभारप्रतिको तिम्रो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छन्; तिमीले आफ्नो ज्यान बचाउने छनौट गर्छौ कि परमेश्‍वरप्रति बफादार हुने छनौट गर्छौ, तिमीले आफ्नो हृदयमा के सोच्छौ, र तिम्रो हृदयको झुकाव के हो भन्‍ने कुरा नै निर्णायक हुन्छ। तिम्रो हृदयको झुकाव यस्तो हुन सक्छ: “म मेरो काम नत्याग्ने छनौट गर्छु; परमेश्‍वरले मलाई दिनुहुने काम गर्नु मेरो परम कर्तव्य हो। म खतराको सामना गर्ने र मृत्युसँग नडराउने मनोवृत्तिका साथ काम गर्ने, र मृत्युको जोखिम मोलेर काम गर्ने छनौट गर्छु।” जब तिमीसँग यस्तो मनोवृत्ति हुन्छ, तब परमेश्‍वरले तिम्रो रक्षा गर्नुहुनेछ र तिमीलाई यी खतराहरूबाट जोगिन सक्षम तुल्याउनुहुनेछ, साथै तिमीलाई सामर्थ्य दिनुहुनेछ ताकि तिमीसँग विश्वास होस्। तिमीले स्पष्ट रूपमा सामना गरिरहेको कुरा शैतानको शक्तिशाली शासन हो, तैपनि तिम्रो हृदयमा, तिमीसँग परमेश्‍वरको सार्वभौमिकताप्रति विश्वास र अधीनता हुन्छ। जब तिमीले काम गर्छौ, तब परमेश्‍वरले तिम्रो लागि उपयुक्त वातावरण खडा गर्नुहुनेछ, र तिमीलाई जोखिम नमोलीकन यो काम गर्न र यसलाई पूरा गर्न दिनुहुनेछ। यी कठिनाइ र खतराहरूको सामना गर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पनि मानिसहरूले अपेक्षा गर्न नसक्ने धेरै कुराहरू अनुभव गरे। तिनले यी कुराहरू अनुभव गर्ने क्रममा, परमेश्‍वरले यी खतराहरूलाई पन्छाउनुहुन्थ्यो। जब परमेश्‍वरले यी खतराहरूलाई पन्छाउनुहुन्थ्यो, तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई यो कुरा थाहा हुन्थेन। तिनीसँग यो लालची चाहना थिएन, र तिनले पहिले नै यस्तो सोचेनन्, “परमेश्‍वरले मलाई पक्कै पनि खतराको सामना गर्न दिनुहुनेछैन, उहाँले मलाई पक्कै पनि मर्न दिनुहुनेछैन। समय आएपछि, परमेश्‍वरले खतरालाई लिनुहुनेछ र पन्छाउनुहुनेछ। मैले यो काम गरिरहेको छु, त्यसैले परमेश्‍वरले निरन्तर मेरो रक्षा गर्नुपर्छ र मलाई मर्न दिनु हुँदैन।” तिनले यसरी सोच्थेनन्। तिनीसँग कहिल्यै यो लालची आशा थिएन। तिनले के सोच्थे? तिनले आफ्नो हृदयमा यस्तो सोच्थे, “मैले जस्तोसुकै कठिनाइ वा खतराहरूको सामना गरे पनि, परमेश्‍वरले मलाई पक्राउ पर्न दिनुभए पनि र मलाई मर्न दिनुभए पनि, त्यो हुनुभन्दा पहिले, मैले काम राम्ररी गर्नुपर्छ, मैले परमेश्‍वरको कार्यभार र परमेश्‍वरले मलाई दिनुभएको मिसन पूरा गर्नुपर्छ, मण्डलीको कामलाई सही मार्गमा ल्याउनुपर्छ, र अगुवा र कामदारहरूलाई सही मार्गमा ल्याउनुपर्छ।” तिनको हृदयमा भएका विचार र योजनाहरू यिनै थिए। खतराको सामना गर्दा कसरी उम्कने भनेर तिनले कहिल्यै सोचेनन्; तिनले केवल आफ्नो सम्पूर्ण शक्ति लगाए र यसरी नै अर्पित भए, इमानदारीका साथ मण्डलीको काम गरे। तिनले कुनै पनि वातावरणबाट उम्कने बारेमा सोचेनन्, बरु काम सिध्याउन, र परमेश्‍वरको कार्यभार र परमेश्‍वरले तिनलाई दिनुभएको मिसन पूरा गर्न हरसम्भव उपाय अपनाए। तर, यस प्रक्रियामा, धेरै अद्भुत कुराहरू र मानिसहरूले अपेक्षा गर्न नसक्ने कुराहरू घटे। कति पटक, जब तिनले ठूलो रातो अजिङ्गरको धरपकडको सामना गरे, तब तिनी अद्भुत रूपमा खतराबाट उम्किए। मानव दृष्टिकोणबाट हेर्दा, ठूलो रातो अजिङ्गरले चारैतिर जाल बिछ्याएको यस्तो प्रतिकूल वातावरणमा, के पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले एउटै पनि दुर्घटनाविना यसरी काम गर्न सक्थे र? कुनै पनि मानवले एउटै पनि दुर्घटना हुँदैन भनेर सुनिश्चित गर्न सक्दैन; परमेश्‍वरले मात्रै यसो गर्न सक्नुहुन्छ। अर्थात्, तिमीले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो ज्यान जोखिममा हाले पनि, परमेश्‍वरले तिमीलाई कुनै पनि हालतमा शैतानको शासनको हातमा पर्न दिनुहुनेछैन। परमेश्‍वरले मात्रै यसो गर्न सक्नुहुन्छ—यति मात्र हो कि यो कुरा उहाँले यसो गर्नुहुन्छ कि गर्नुहुन्न भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तिमी परमेश्‍वरको सेवा गर्ने व्यक्ति हौ, यदि तिमी परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्ति हौ, परमेश्‍वरले महत्त्वपूर्ण कार्यहरू र ठूलो भूमिकाका लागि प्रयोग गर्न चाहनुहुने व्यक्ति हौ, र परमेश्‍वरको कामका लागि अपरिहार्य व्यक्ति हौ भने, परमेश्‍वरले पूर्ण रूपमा तिम्रो सुरक्षालाई सुनिश्चित गर्नुहुनेछ, र एउटै पनि दुर्घटना हुनेछैन। तिमी शैतानको शासन र शैतानका नोकरहरूकै आँखाअगाडि भए पनि, परमेश्‍वरले तिम्रो सुरक्षा सुनिश्चित गर्नुहुनेछ। जब धेरैजसो मानिसहरूले यी कुराहरू अनुभव गर्दैनन्, तब तिनीहरूसँग परमेश्‍वरप्रति यस्तो विश्वास हुँदैन, न त तिनीहरूसँग परमेश्‍वरको सार्वभौमिकताको बारेमा यस्तो बोध वा यस्तो बुझाइ नै हुन्छ।

ठूलो रातो अजिङ्गरले चारैतिर जाल बिछ्याएको त्यो प्रतिकूल वातावरणमा पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अझै पनि सघन रूपमा सहकर्मीहरूको भेला आयोजना गरे र मण्डलीको कामका विभिन्न कुराहरू गर्न अगुवा र कामदारहरूसँग सम्पर्क गरे। यस प्रक्रियामा, तिनले धेरै पटक खतराको सामना पनि गरे, तर तिनी सधैँ अद्भुत रूपमा खतराबाट उम्किए। ठूलो रातो अजिङ्गरको शब्दमा भन्दा, तिनी हरेक पटक नै उम्किए। सुरुमा, जब तिनी उत्तरपूर्वमा रहेको आफ्नो गृहनगरमा थिए, तब सबैभन्दा ठूलो गिरफ्तारी अभियान चल्यो। त्यस बेला, धेरै स्थानीय ब्रदर-सिस्टरहरू पक्राउ परे। त्यो गिरफ्तारी अभियानमा परमेश्‍वरको असल अभिप्राय समावेश थियो—पवित्र आत्माको कामको केन्द्रलाई मुख्य भूमि चीनको उत्तरपूर्वी क्षेत्रबाट मध्य तराइ क्षेत्रमा सार्नु। त्यो वातावरणमार्फत, परमेश्‍वरले पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस र केही महत्त्वपूर्ण अगुवा र कामदारहरूलाई मध्य तराइ क्षेत्रमा ल्याउनुभयो। त्यस बेला, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस सफलतापूर्वक खतराबाट उम्किएपछि, तिनले रेल चढेर मध्य तराइ क्षेत्रसम्मको यात्रा गरे र मध्य तराइ क्षेत्रमा मण्डलीको काम सुरु गरे। यो पवित्र आत्माको काम मुख्य भूमि चीनको मध्य तराइ क्षेत्रमा आधिकारिक रूपमा सुरु हुनु सरह थियो, त्यसपछि यो काम अझै ठूलो र व्यापक स्तरमा गरियो। त्यो खतरनाक वातावरण अनुभव गरेपछि, उत्तरपूर्वका ती केही महत्त्वपूर्ण सहकर्मीहरू पनि मध्य तराइ क्षेत्रमा आए। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी सहकर्मीहरूलाई भेटेपछि, तिनीहरूले प्रायजसो प्रयोग गर्ने एउटा वाक्यांश “हर्ष र बिस्मातको मिश्रण, साथै लाखौँ विचारहरू” भन्‍ने थियो। त्यसपछि तिनीहरूले मध्य तराइ क्षेत्रका विभिन्न मण्डलीहरूमा काम गर्न थाले। परमेश्‍वरका वचनहरूका पुस्तकहरू छाप्ने, सहकर्मीहरूको भेलाका लागि अगुवा र कामदारहरूलाई बोलाउने, सहकर्मीहरूको भेला आयोजना गर्नका लागि ठाउँहरू तयार गर्ने—कामको हरेक कुरा सुरु हुन थाल्यो। धेरै समय नबित्दै, ठूलो रातो अजिङ्गरले फेरि आफ्नो गिरफ्तारी र सतावट सुरु गर्‍यो, र तिनीहरूमाथि वातावरणहरू आइपर्न थाले। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मध्य तराइ क्षेत्रका धेरै प्रान्तहरूमा सहकर्मीहरूको भेला आयोजना गरे, मानिसहरूलाई भरणपोषण गर्न र सहयोग गर्न सत्यतामा सङ्‍गति गरे, मण्डलीको कामको बारेमा थाहा पाए, र काममा उत्पन्न भएका विभिन्न समस्या र कठिनाइहरू समाधान गरे, र साथै बेला-बेलामा धेरै ठूला सतावट अभियानहरू पनि अनुभव गरे। तीमध्ये एउटा घटनामा, सबै स्तरका अगुवा र कामदारहरू र स्थानीय मण्डलीहरूबाट संवर्धन गर्न सकिने ब्रदर-सिस्टरहरूका लागि एउटा ठूलो भेला आयोजना गरिनेवाला थियो। केही अन्य मामिलाहरू सम्हाल्नुपर्ने भएकोले, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले आफ्नो सट्टामा भेलाको अध्यक्षता गर्न एउटी सिस्टरलाई पठाए। त्यही रात, भेला भएको ठाउँमा प्रहरीले छापा मार्‍यो, र धेरै मानिसहरू पक्राउ परे। भोलिपल्ट बिहान मात्रै कुनै व्यक्ति ब्रदरलाई यो खबर सुनाउन आयो। यो सुन्‍नेबित्तिकै, ब्रदरले तुरुन्तै त्यो क्षेत्र छोडे। यदि तिनी अलिकति मात्रै ढिलो निस्केका भए, कसैले तिनलाई घात गर्नेबित्तिकै, ब्रदर पनि पक्राउ पर्न सक्थे। वास्तवमा, तिनीहरूले खबर सुनाउने काम त्यति समयमै भएको थिएन, तर परमेश्‍वरले पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई पक्राउ पर्न अनुमति दिनुभएन। खबर ढिलो आए पनि, तिनी अझै पनि सुरक्षित रूपमा निस्के र सफलतापूर्वक खतराबाट उम्किए। अरू केही पटक पनि ब्रदरले ठूलो भेला आयोजना गरिरहेको बेला, बाहिर गस्ती गरिरहेका ब्रदर-सिस्टरहरूले करिब एक माइल टाढाबाट प्रहरीका गाडीहरू आफूतिर आइरहेको देखेको खबर गर्थे, त्यसैले ब्रदर तुरुन्तै त्यहाँबाट निस्कन्थे। यस्ता परिस्थितिहरू धेरै पटक घटे। अर्को ठाउँमा सरेपछि एक दिन वा आधा दिन विश्राम गरेपछि, ब्रदरले, व्याकुलताको मनोभाव बोकेर, काम गर्न अगुवा र कामदारहरूसँग सम्पर्क गर्न जारी राख्थे। तिनले हरेस खाएनन्, र तिनी कमजोर बनेनन्, तिनी नकारात्मक बन्‍नु त झनै परको कुरा हो। हेर त, यदि यो कुनै औसत व्यक्ति भएको भए, दुई पटक खतराको सामना गरेपछि उसको सातो जानेथियो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई कम्युनिस्ट पार्टीले खोजिरहेको थियो। एक पटक पक्राउ परेपछि, मृत्यु निश्चित थियो; कम्युनिस्ट पार्टीद्वारा पक्राउ पर्दाका परिणामहरूको बारेमा तिनी स्वयम् पनि स्पष्ट थिए। तर मुख्य भूमि चीनमा हुँदाका ती वर्षहरूमा, ठूलो रातो अजिङ्गरको उन्मत्त सतावटको साथसाथै, तिनले त्यस्ता प्रतिकूल वातावरणहरूको सामना गर्दै काम गरे। आज यहाँ केही गडबड हुन्थ्यो, र भोलि त्यहाँ कुनै परिस्थिति उत्पन्न हुन्थ्यो, त्यसका साथसाथै प्रायजसो अगुवा र कामदारहरू पक्राउ पर्ने घटनाहरू हुन्थे, तर तिनले निरन्तर रूपमा मण्डलीको काम गरिरहे। चाहे त्यो मण्डलीको मलजल गर्ने काम होस्, सुसमाचारको काम होस्, वा सामान्य मामिलाहरूको काम होस्, तिनी कहिल्यै रोकिएनन्। एक साल त यस्तो पनि भयो, जुन बेला ठूलो रातो अजिङ्गरले कडा कारबाही सुरु गर्‍यो, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको गिरफ्तारी र सतावट अझै उन्मत्त बन्यो। त्यो सबैभन्दा खतरनाक समय थियो, तैपनि पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अझै पनि मण्डलीको काम गर्न छोडेनन्। एक पटक, अन्य प्रान्तका ब्रदर-सिस्टरहरूले आफूले संवर्धन गर्न चाहेका असल क्षमता भएका केही नयाँ मानिसहरूलाई भेलाहरूमा उपस्थित हुन मध्य तराइ क्षेत्रमा ल्याए। जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी नयाँ मानिसहरू निकै जोसिला छन्, तिनीहरूको बोधगम्यता निकै राम्रो छ, र तिनीहरू संवर्धन गर्न सकिने मानिसहरू हुन् भन्‍ने सुने, तब तिनले हतार-हतार तिनीहरूका लागि भेलाहरू आयोजना गरे। पछि, स्थिति अत्यन्तै तनावपूर्ण भएकोले, केही दिनसम्म भेलाहरू आयोजना गरेपछि, तिनले तिनीहरूलाई तुरुन्तै त्यहाँबाट निस्कन लगाए। त्यस्तो प्रकारको खतरनाक वातावरणमा, यदि कुनै औसत व्यक्तिले यो मामिलाको सामना गरेको भए, उसले यस्तो सोच्नेथियो, “अहिले स्थिति अत्यन्तै तनावपूर्ण छ। आएका केही मानिसहरूको क्षमता असल भए पनि, र तिनीहरूका लागि भेला आयोजना गर्नु केही हदसम्म उपयोगी हुन सके पनि, तिनीहरू एकैचोटि सिद्ध पारिने त होइनन्। भेला आयोजना नगर्नु नै बेस हुन्छ; स्थिति शान्त भएपछि भेला हुँदा पनि ढिला हुनेछैन।” यदि कुनै औसत व्यक्तिले यो मामिलाको सामना गरेको भए, उसले यो कामलाई पछि सार्नेथियो। तर, ती परिस्थितिहरूमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अझै पनि काम गर्न जारी राखे। यदि तिनी नगएका भए, तिनलाई आफ्नो हृदयमा असहज महसुस हुनेथियो। तिनले भने, “ब्रदर-सिस्टरहरू यहाँसम्म आउन लामो यात्रा गरेर आएका छन्, र तिनीहरू सबै केही सङ्‍गति सुन्न चाहन्छन्। यदि म गइनँ भने यो अनुचित हुनेछ। मैले तिनीहरू आएको कुरालाई व्यर्थ बनाउनु हुँदैन, होइन र? यदि मैले सङ्‍गति गरेँ भने, तिनीहरूले अलिकति बढी प्राप्त गर्न सक्नेछन्। अवस्था खतरनाक भए पनि, म जानैपर्छ। परमेश्‍वरले रक्षा गर्नुहुन्छ!” तिनले आफ्नो विश्वास ल्याए र आफ्नो इमानदारी ल्याए, र तिनले जोखिमहरू पनि मोले। यदि साँच्चै केही गडबड भयो भने त्यसको परिणाम के हुनेछ भन्‍ने तिनलाई थाहा भए पनि, तिनी अझै पनि यसरी नै काम गर्नमा निरन्तर लागिरहे, र तिनले आफ्नो काम त्यागेनन्। यी मानिसहरूको क्षमता असल छ र तिनीहरूलाई संवर्धन गर्न सकिन्छ भन्‍ने तिनलाई लाग्यो, त्यसैले तिनले यो काम अरूमाथि पन्छाएनन्, बरु व्यक्तिगत रूपमा आफैले गरे। वातावरण जतिसुकै खतरनाक भए पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस यसरी नै काम गर्नमा निरन्तर लागिरहे।

अवश्य नै, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस पनि एक साधारण व्यक्ति नै हुन्। परमेश्‍वरको सेवा गर्दाको तिनको सम्पूर्ण यात्राभरि, तिनले पक्कै पनि धेरै वातावरणहरू अनुभव गरेका छन्, र यसको साथसाथै तिनको आफ्नै प्रयास, र परमेश्‍वरको अगुवाइ र परमेश्‍वरले सिद्ध पार्नुहुने कामले गर्दा मात्रै तिनको विश्वास बिस्तारै झन्-झन् ठूलो हुँदै गएको छ। सुरुमा, परमेश्‍वरप्रतिको तिनको विश्वास केही हदसम्म काल्पनिक थियो, तर त्यो काल्पनिक भए पनि र त्यसमा व्यक्तिगत धारणाहरू समावेश भए पनि, वा त्यसमा केही साँचो प्रकृति समावेश भए पनि—त्यो जस्तोसुकै भए पनि—तिनले दिएको कुरा तिनको इमानदारी थियो र तिनले चुकाएको कुरा साँचो, व्यक्तिगत मूल्य थियो। यसबाहेक, परमेश्‍वरको कार्यभार पूरा गर्ने, परमेश्‍वरको इच्छा पालन गर्ने, र परमेश्‍वरको कामलाई सहज रूपमा फैलाउन सक्षम तुल्याउने लक्ष्यका साथ, तिनी कहिल्यै हरेस नखाई सधैँ आफ्नो काममा निरन्तर लागिरहेका छन्। ठूलो रातो अजिङ्गरको सतावट सहने र शैतानको सतावट सहने कुराको हकमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कहिल्यै आफ्नो काम त्यागेका छैनन्। यी वातावरणहरू अनुभव गरेपछि, ठूलो रातो अजिङ्गरको सतावटबाट उम्किएपछि, र पश्चिमी देशमा आएपछि पनि, तिनले अझै पनि प्रायजसो आफूलाई टाउको दुख्छ भनेर भन्छन्। हेर त, ठूलो रातो अजिङ्गरको सतावट अनुभव गर्दा र त्यस्तो ठूलो दबाब र जोखिमहरू सहँदा केही प्रतिकूल शारीरिक प्रतिक्रियाहरू उत्पन्न भए। विदेश गएपछि पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस ठूलो रातो अजिङ्गरको सतावटको छायामा नै निरन्तर जिइरहेका छन्। ठूलो रातो अजिङ्गरले अझै पनि पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको खोजी गर्न छोडेको छैन। यसले ब्रदर कहाँ बस्छन् भनेर पत्ता लगाउन र तिनलाई हैरान गर्न केही विशेष कर्मचारीहरू पठाएको छ। मलाई भन, यो दियाबलस कति बेलगाम र कति दुष्ट छ! तर त्यस्ता परिस्थितिहरूमा पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरले तिनलाई दिनुभएको कार्यभार त्यागेका छैनन्, र अझै पनि मण्डलीको काम गरिरहेका छन्। परमेश्‍वरको सेवा गर्ने मार्गको यात्राको दौडान वर्तमानसम्मका तिनका व्यक्तिगत अनुभवहरूलाई हेर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले निरन्तर रूपमा परमेश्‍वरले खडा गर्नुभएका वातावरणहरू अनुभव गरिरहेका छन्, निरन्तर रूपमा परमेश्‍वरको साँचो ज्ञान विकास गरिरहेका छन्, र परमेश्‍वरप्रतिको तिनको विश्वास झन्-झन् साँचो र वास्तविक बन्दै गएको छ। अन्ततः, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले प्राप्त गरेको कुरा तिनी स्वयम्‌ले भनेजस्तै छ: “परमेश्‍वरको अघि मानिस नगण्य छ। मानिसले जेसुकै गरे पनि, उसले जसरी योजना बनाए पनि, र उसको व्यक्तिगत स्थिति जस्तोसुकै भए पनि, ऊ परमेश्‍वरको हातमा हुन्छ; यसमा उसको नियति पनि समावेश हुन्छ, र त्यो पनि परमेश्‍वरकै हातमा हुन्छ। मानिस जिउँछ कि मर्छ, उसको जीवन कसरी बित्छ, र ऊ कस्ता परिस्थितिहरूमा मर्छ भन्‍ने कुरा सबै परमेश्‍वरको हातमा हुन्छ। मानिसले गर्न सक्ने एउटै मात्र कुरा भनेको परमेश्‍वरले दिनुभएको मिसन पूरा गर्नु, एक सृजित प्राणीका जिम्मेवारीहरू पूरा गर्नु, र सृष्टिकर्ताका योजनाबद्ध कार्य र प्रबन्धहरूमा अधीनमा रहनु हो।” तिनले प्रायजसो यही भन्छन्। अन्ततः, तिनले यसलाई यसरी संक्षेप गरेका छन्: “आफ्नै छनौटहरू नगरी, सृष्टिकर्ताका योजनाबद्ध कार्य र प्रबन्धहरूको अधीनमा बस। परमेश्‍वरको सेवा गर्ने यस मार्गको मेरो सम्पूर्ण यात्राभरि, मैले योजना बनाएका कुराहरू र मैले योजना नबनाएका कुराहरू सबै परमेश्‍वरका चाहनाहरूअनुसार पूरा भइरहेका छन्। मैले अनुभव गरेका कुराहरू, चाहे ती पहिले नै अपेक्षा गरिएका होऊन् वा अपेक्षा नगरिएका होऊन्, ती सबै परमेश्‍वरका योजनाबद्ध कार्यहरूअन्तर्गत छन्, र ती सबै परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छन्। मानिसहरूले जतिसुकै ठूलो मामिलाको सामना गरे पनि, तिनीहरू सबै परमेश्‍वरको हातमा हुन्छन्, र तिनीहरू अधीनमा मात्रै रहनुपर्छ।” सायद तिनले बीस वर्षअघि यो कुरा भन्दा, यसमा केही व्यक्तिगत धारणाहरू वा तिनका व्यक्तिपरक अभिप्रायहरू समावेश हुन्थे। तर, वर्तमान दिनसम्म परमेश्‍वरको सेवा गरेपछि तिनले यी वचनहरू भन्न सक्छन् भन्‍ने तथ्यबाट म के बोध गर्छु र पुष्टि गर्छु? तिनको अधीनता दश वर्षअघि, बीस वर्षअघि, वा तीस वर्षअघिको भन्दा बढी साँचो र सटीक छ; यो उप्रान्त कुनै धारणा र कल्पना होइन, र यो कुनै नारा वा धर्मसिद्धान्त होइन। बरु, यो हृदयबाट आएको कुरा हो; यो त तिनले यस यात्रामा परमेश्‍वरको मुक्ति र सिद्ध पार्ने काम अनुभव गरेपछि र अन्ततः परमेश्‍वरको ज्ञान प्राप्त गरेपछि निकालेका अभ्यासको सिद्धान्त र अभ्यासको मार्ग हो। हेर त, एक साधारण व्यक्तिले परमेश्‍वरको कार्यभार स्वीकार गरेपछि, उसले परमेश्‍वरका वचनहरू र परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्छ, परमेश्‍वरको कामसँग सहकार्य गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउँछ, साँचो रूपमा कष्ट भोग्छ र मूल्य चुकाउँछ, र सही मार्गमा हिँड्न सत्यता पछ्याउँछ। उसले अन्ततः प्राप्त गर्ने कुरा सृष्टिकर्ताप्रतिको निसर्त अधीनता हो। यो हासिल गर्न सक्नु भनेको परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिनु हो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिनका लागि, तिनले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा पालन गरेको एउटा सिद्धान्त यो हो: तिनले कुनै पनि समयमा आफ्नो काम त्याग्दैनन्, र तिनी आफ्ना जिम्मेवारीहरू पूरा गर्न, परमेश्‍वरले तिनलाई दिनुभएको कार्यभार पूरा गर्न, र एक सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्नमा सधैँ निरन्तर लागिरहन्छन्। कुनै पनि कठिनाइहरूको सामना गर्दा, र कुनै पनि अवरोध र असफलताहरूको सामना गर्दा, तिनले सधैँ आफ्नो काम नत्याग्ने, र अन्तसम्मै बफादार रहने छनौट गर्छन्। तिनले परमेश्‍वरले तिनलाई दिनुभएको मिसन पूरा गर्ने, परमेश्‍वरको घरको काम गर्ने, र एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कुरालाई आफ्नो जीवनको नियमित अवस्थाको रूपमा, र आफ्नो जीवन र अस्तित्वको मुख्य विषयवस्तुको रूपमा लिन्छन्। तिनले परमेश्‍वरले तिनलाई दिनुभएको कार्यभार पूरा गर्न आफ्नो शारीरिक जीवन र आफ्नो जीवनभरिको ऊर्जा प्रयोग गर्छन्। यो पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले हासिल गरेको कुरा हो। परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सधैँ ठूलो रातो अजिङ्गरको सतावट अनुभव गर्दै र शैतानको शासनको सतावट अनुभव गर्दै आएका छन्। तैपनि, तिनी अझै पनि काम गर्नमा निरन्तर लागिरहन्छन्, र अझै पनि तिनले आफ्नो मिसन त्याग्दैनन्; तिनले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई लिन्छन् र यसलाई संसारका सबै देश र ठाउँहरूमा फैलाउँछन्, परमेश्‍वरको घरको कामलाई सधैँ सहज रूपमा अगाडि बढ्न दिन्छन्, र परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरका अभिप्रायहरूलाई लिन्छन् र तिनलाई परमेश्‍वरका चुनिएका हरेक मानिसहरूसम्म पुर्‍याउँछन्। शैतानको शासनको सतावट अनुभव गर्ने कार्यको हकमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस आफ्नो मिसनमा खरो उत्रिन्छन्। ठूलो रातो अजिङ्गर जतिसुकै उन्मत्त भए पनि, र वातावरण जतिसुकै प्रतिकूल भए पनि, तिनले आफ्नो काम त्याग्दैनन्। तिनले यो जिम्मेवारी तिनका लागि पूरा गर्न लगाउनका लागि अरूमाथि पन्छाउने अनि सुख-सुविधाको जीवनको आनन्द लिँदै, हाकिम जस्तो व्यवहार गर्ने कहिल्यै गर्दैनन्। यसको सट्टा, हरेक कामका लागि, तिमीहरूले यसलाई जसरी गरिरहेको भए पनि, तिनले व्यक्तिगत रूपमा यसबारे सोधपुछ गर्छन्, व्यक्तिगत रूपमा यसको जिम्मेवारी लिन्छन्, व्यक्तिगत रूपमा यसलाई अनुगमन गर्छन्, र व्यक्तिगत रूपमा यसलाई मार्गदर्शन गर्छन्। जब तिनले आफूले नबुझ्ने वा आफू अपोख्त रहेको पेसेवर कामको सामना गर्छन्, तब तिनले व्यक्तिगत रूपमा यसलाई सिक्छन् र व्यक्तिगत रूपमा यसलाई गर्छन्। तिनी पछि हट्दैनन्, तिनी जिम्मेवारीहरूबाट पन्छिनु त झनै परको कुरा हो। यो पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा आफ्नो काम नत्याग्‍नुको एउटा प्रकटीकरण हो।

परमेश्‍वरको सेवा गर्ने क्रममा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले आफ्नो काम नत्याग्नुको अर्को एउटा प्रकटीकरण छ। त्यो के हो भने, जब मण्डलीमा केही विशेष परिस्थितिहरू उत्पन्न हुन्छन्—जस्तै जब ख्रीष्टविरोधीहरू देखा पर्छन्, जब फरक-फरक आवाजहरू उठ्छन्, र जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका विरुद्धमा विभिन्न दोषारोपणहरू आउँछन्—तब के उनी कमजोर बन्छन्? के उनले आफ्नो काम त्याग्छन्? (त्याग्दैनन्।) उनले आफ्नो काम त्याग्दैनन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसविरुद्धमा आउने ठूलो रातो अजिङ्गर, शैतानको शासन, धार्मिक संसार, गैरविश्‍वासी संसार, र मण्डलीभित्रका सबै प्रकारका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका दोषारोपण, बदनामी, र निन्दाहरू—यीमध्ये कुनै पनि कुराले उनलाई परमेश्‍वरको घरको काम राम्ररी गर्नमा असर गर्दैन। जब साधारण मानिसहरूले यी कुराहरूको सामना गर्छन्, तब तिनीहरूले आफ्नो हृदयमा अलिकति व्याकुलता महसुस गर्नेछन्, र यसले तिनीहरूलाई काम गर्नमा असर गर्नेछ। यदि तिनीहरूले यी कुराहरू धेरै सुने भने, तिनीहरूले यस्तो समेत सोच्नेछन्, “परमेश्‍वरको घरको काम गर्न अत्यन्तै गाह्रो रहेछ। मैले यति ठूलो दबाब सहनुपर्छ, र यति धेरै गलत ठहराइ र दोषी ठहराइ सहनुपर्छ। मैले ती कामहरू गरिनँ, र म त्यस्तो प्रकारको व्यक्ति होइनँ! म परमेश्‍वरलाई मेरो बचाउ गर्नुहोस् र मलाई निर्दोष साबित गर्नुहोस् भनी बिन्ती गर्छु। यदि परमेश्‍वरले मेरो बचाउ गर्नुहुन्न र मलाई निर्दोष साबित गर्नुहुन्न भने, म यो काम गरिरहन सक्नेछैनँ।” धेरै मानिसहरूले यसरी नै व्यवहार गर्नेछन्। तर यी कुराहरूको सामना गर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यसो गर्दैनन्। यसको विपरीत, जब उनले यी कुराहरूको सामना गर्छन्, तब उनी कमजोर नबन्‍ने मात्र होइन, तर परमेश्‍वरले उनलाई दिनुभएको काम महत्त्वपूर्ण छ भन्‍ने उनलाई अझ बढी महसुस हुन्छ, र उनलाई आफ्नो काँधको बोझ भारी छ भन्‍ने महसुस हुन्छ। जब उनले ठूलो रातो अजिङ्गरका दुष्ट शक्तिहरूबाट आउने यति धेरै निन्दा र बदनामी, साथै धार्मिक संसारका गलत ठहराइ र झूटा आरोपहरूको सामना गर्छन्, तब के दाजुभाइ-दिदीबहिनीहरूले यी कुराहरू सुन्दा तिनीहरू प्रभावित र विचलित हुन्छन्? वास्तवमा, मानवीय दृष्टिकोणबाट हेर्दा, यी कुराहरूको सामना गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई सान्त्वना दिइनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले उनलाई यसो भन्दै सान्त्वना दिनुपर्छ, “तपाईं त्यस्तो प्रकारको व्यक्ति हुनुहुन्न। परमेश्‍वरलाई थाहा छ, र हामीलाई पनि थाहा छ। तपाईंले ती कामहरू गर्नुभएको होइन; तपाईं हाम्रो असल अगुवा हुनुहुन्छ।” तर दाजुभाइ-दिदीबहिनीहरूले उनलाई बुझ्दैनन्। यसको सट्टा, उनले नै दाजुभाइ-दिदीबहिनीहरूलाई सान्त्वना दिनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरू अनि अगुवा र कामदारहरूलाई ठूलो रातो अजिङ्गर, धार्मिक संसार, र अन्य विभिन्न शक्तिहरूबाट आउने यी निन्दा र दोषी ठहराइहरूबाट प्रभावित हुनबाट सुरक्षा दिनका लागि, उनले अलिकति पनि समय खेर नफाली मण्डलीको काम गर्नुपर्छ। उनी यस्ता परिस्थितिहरूमा जति धेरै पर्छन्, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अगुवा र कामदारहरूका लागि आफ्नो आपूर्ति र सहायताको गति त्यति नै बढाउँछन्, र मण्डलीको जीवनका लागि आफ्नो प्रबन्ध र योजनाको गति त्यति नै बढाउँछन्। साथसाथै, मण्डलीभित्र उनले कडाइका साथ व्यवस्थापन गर्छन् र प्रशासनिक काम राम्ररी गर्छन्, र कुन-कुन मण्डलीहरूमा ख्रीष्टविरोधीहरूले देखा परेर मण्डलीको काममा बाधा पुर्‍याएका छन्, ठूलो रातो अजिङ्गर, शैतानको शासन, र धार्मिक संसारबाट आउने आधारहीन अफवाहहरू र निन्दाहरूलाई निर्लज्जतापूर्वक प्रसार गरेर मण्डलीको जीवनमा बाधा पुर्‍याएका छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई सामान्य रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा असर गरेका छन् भनेर जाँच गर्छन्। त्यस्ता मानिसहरूलाई पत्ता लगाएपछि, उनले तिनीहरूलाई कारबाही गर्न र तह लगाउनका लागि प्रशासनिक आदेशहरू प्रयोग गर्छन्, मण्डलीको जीवनलाई तुरुन्तै सुरक्षा गर्छन्, र परमेश्‍वरको घरको कामको सामान्य र सहज प्रगतिलाई पनि तुरुन्तै सुरक्षा गर्छन्। यो त प्रवाहको विरुद्धमा काम गर्नु हो, र यो गाह्रो पनि छ! हेर त, जब परमेश्‍वरले निरन्तर वाणीहरू व्यक्त गरिरहनुभएको र बोलिरहनुभएको हुन्छ, र जब पवित्र आत्माले शक्तिशाली रूपमा काम गरिरहनुभएको हुन्छ, तब सबै कुरा सहज रूपमा अघि बढ्छ। जब मानिसहरूले परमेश्‍वरले काम गरिरहनुभएको कुरा स्पष्ट रूपमा देख्छन्, र चमत्कारहरू स्पष्ट रूपमा देख्छन्, तब तिनीहरू सबैसँग जोस हुन्छ र तिनीहरू आगोको डल्लो जस्तै बन्छन्; जब मण्डलीको शक्ति महान् हुन्छ, तब काम गर्न पनि सजिलो हुन्छ—परमेश्‍वरको घरले जसरी सङ्गति गरे पनि, मानिसहरू सबैले यो राम्रो छ भनेर भन्छन्, र सबैले यो सही छ भनेर भन्छन्, र धेरैजसो मानिसहरूले समर्थन देखाउनेछन् र तिम्रो लागि समस्या खडा गर्नेछैनन्। तर, जब मण्डलीले शैतानको उन्मत्त दमनको सामना गर्छ, जहाँ इसाईहरूलाई सताइन्छ, पक्राउ गरिन्छ, र झ्यालखानामा हालिन्छ, र ख्रीष्टलाई समेत दोषी ठहराइन्छ, संसारद्वारा त्यागिन्छ, र सम्पूर्ण मानवजातिद्वारा गलत बुझिन्छ, र मण्डलीले विघटनको सामना गर्छ, तब धेरैजसो मानिसहरूले परमेश्‍वरप्रतिको विश्वास गुमाउनेछन्। कतिपय मानिसहरूले अरूको सिको गर्दै परमेश्‍वरमाथि शङ्का गर्न र परमेश्‍वरको काममाथि शङ्का गर्न समेत थाल्नेछन्, र यस्तो सोच्नेछन्, “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्न र परमेश्‍वरको कामको यो चरणमा विश्वास गर्न अत्यन्तै गाह्रो छ। वातावरण शान्त नभएसम्म पर्खेर मात्र मैले विश्वासलाई निरन्तरता दिनु बेस हुन्छ।” तिनीहरूले त केवल रमिता हेर्नेहरू जस्तै व्यवहार गर्छन्, परमेश्‍वरलाई त्याग्न चाहन्छन्, र उप्रान्त विश्वास गर्ने आँट गर्दैनन्। तिनीहरूले यस्तो सोच्छन्, “शैतानको शासनका शक्तिहरू अत्यन्तै ठूला छन्, र धार्मिक संसारका शक्तिहरू अत्यन्तै ठूला छन्। हाम्रो मण्डलीको सङ्ख्या सानो र शक्ति कमजोर भएको हुनाले, हामी पटक्कै दृढ रहन सक्दैनौँ।” तिनीहरूले यो परमेश्‍वरको काम हो भन्‍ने कुरालाई विश्वास गर्दैनन्, तिनीहरूले परमेश्‍वरको अगुवाइ उपस्थित छ भन्‍ने विश्वास गर्दैनन्, र जसरी परमेश्‍वरले मोशालाई अगुवाइ गर्नुभयो र इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकालेर लाल समुद्र पार गराउनुभयो त्यसरी नै उहाँले यी मानिसहरूलाई अगुवाइ गर्न सक्नुहुन्छ भनेर विश्वास गर्दैनन्; तिनीहरूले परमेश्‍वरसँग यो क्षमता छ भनेर विश्वास गर्दैनन्। ठूलो रातो अजिङ्गरका शक्तिशाली, दुष्ट शक्तिहरूद्वारा गरिने मण्डलीको दमन र सतावटको सामना गर्दा, धेरैजसो मानिसहरूले डरको कारण यसबाट पन्छिने बाटो रोज्छन्। कतिपय अगुवा र कामदारहरूले आफ्नो अडान स्पष्ट पार्न वा आफ्ना दृष्टिकोणहरू व्यक्त गर्न समेत आँट गर्दैनन्; विशेष गरी जब तिनीहरूले धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूमा कुनै जोस छैन र तिनीहरू नकारात्मक र कमजोर छन् भन्‍ने देख्छन्, तब तिनीहरू जता हावा बग्छ त्यतै लाग्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्दा परमेश्‍वरप्रति अर्पित हुन माग गर्ने आँट गर्दैनन्, र तिनीहरूले अवरोध र बाधाहरू खडा गर्ने कसैलाई पनि काटछाँट गर्ने आँट समेत गर्दैनन्, यसको सट्टा तिनीहरूलाई केही झाराटारुवा शब्दहरू मात्र भन्छन्। तिनीहरूले शैतानको दुष्ट शासन र ठूला शक्तिहरूप्रति सम्झौताको मनोवृत्ति अपनाउँछन्, साथै आफ्नै लागि उम्कने बाटो तयार गर्छन्। जब यी कठिनाइहरूको सामना गरिन्छ, जब शैतानको शासन र शक्तिशाली शक्तिहरूद्वारा मण्डलीलाई गरिने सतावटको सामना गरिन्छ, र जब यस संसारमा मण्डली प्रतिकूल स्थितिमा हुन्छ, दमनमा पर्छ, र यसले प्रतिबन्धको सामना समेत गर्छ, तब धेरैजसो मानिसहरूले पन्छिने र सम्झौता गर्ने बाटो रोज्छन्; तिनीहरूले डटेर सामना गर्दैनन्, र परमेश्‍वरको घरको कामको सुरक्षा गर्न अघि सर्ने आँट गर्दैनन्। धेरै अगुवा र कामदारहरूले पर्ख र हेरको दृष्टिकोण अपनाउँछन्, र तिनीहरू जता हावा बग्छ त्यतै लाग्छन्। यदि यो हावा रोकियो र मण्डली अस्थायी रूपमा खतरामुक्त भयो भने, तिनीहरू काम गर्न अघि सर्नेछन्। यदि यो हावा छोटो समयमा रोकिएन, र झन्-झन् शक्तिशाली बन्दै गयो भने—र, मानिसहरूको दृष्टिकोणमा, मण्डलीले प्रतिबन्धित हुने खतराको सामना गर्‍यो भने—कतिपय अगुवा र कामदारहरू नकारात्मक बन्नेछन्, र तिनीहरूले आफ्नो काम त्याग्नेछन् र त्यो काम गर्ने आँट गर्नेछैनन्। तिनीहरूले यस्तो सोच्छन्, “यदि मैले निरन्तर काम गरिरहेँ भने, म पक्राउ पर्न सक्छु र मलाई कुटेर मारिन सक्छ, र यस दुष्ट युग र शैतानको यो शक्तिशाली शासनले मलाई निल्नेछ र नामेट पार्नेछ।” धेरै अगुवा र कामदारहरूले यही सोच्छन्। तिनीहरूले आफ्नो हृदयमा यो डर पालेका हुन्छन्। तर, जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी कठिनाइ र खतराहरूको सामना गर्छन्, तब उनलाई तिनको अर्थ के हो भन्‍ने थाहा हुन्छ, र उनले के गर्नुपर्छ भन्‍ने पनि उनलाई थाहा हुन्छ। समय जति खतरनाक हुन्छ, उनले त्यति नै कम खान्छन् र उनी त्यति नै कम सुत्छन्, उनले दिनरात काम गर्छन्, मण्डलीको अस्तित्वको सुरक्षा गर्न, मण्डलीको स्थिरताको सुरक्षा गर्न, अगुवा र कामदारहरूले सामान्य रूपमा काम गर्न सक्ने अवस्थाको सुरक्षा गर्न, र परमेश्‍वरको घरको कामको सामान्य सञ्चालनको सुरक्षा गर्न आफ्नो सम्पूर्ण सामर्थ्य लगाउँछन्, जसले गर्दा काम रोकिँदैन, र कामको हरेक पक्ष क्रमबद्ध र व्यवस्थित रूपमा अघि बढ्छ। साथसाथै, उनले विभिन्न क्षेत्रका अगुवा र कामदारहरू र प्रमुख व्यक्तिहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने वातावरणहरूको सुरक्षा गर्छन्, यी समस्याहरू समाधान गर्न यी बाह्य मामिलाहरू सम्हाल्न सक्षम रहेका उपयुक्त मानिसहरूलाई भेट्न हरसम्भव उपाय अपनाउँछन्, र उनले कामको यस पक्षको आफ्नो कार्यसम्पादनको गति बढाउँछन्। हेर त, के उनले मरिहत्ते गरिरहेका र उनी अर्पित भइरहेका छैनन् र? के उनले परमेश्‍वरको कार्यभार पूरा गर्न आफ्नो सक्दो प्रयास गरिरहेका छैनन् र? (हो।)

सन् १९९५ मा परमेश्‍वरको राज्यको सुसमाचार फैलिन थालेदेखि नै, शैतानको शासन, धार्मिक संसार, र अन्य विभिन्न शक्तिहरू, साथै संसारका निश्चित सञ्चारमाध्यमहरूद्वारा परमेश्‍वरको घरविरुद्धको घेराबन्दी र निन्दा कहिल्यै रोकिएको छैन; आजको दिनसम्म, संसारका सबै देश र ठाउँहरूमा सुसमाचार फैलिसक्दा पनि, यी क्षेत्रहरूबाट हुने घेराबन्दी रोकिएको छैन। यीमध्ये सबैभन्दा गम्भीर घटनाहरूमध्ये एउटा कम्युनिस्ट पार्टीले रचेको शान्डोङ झाओयुआन प्रकरण थियो। के तिमीहरू सबैलाई यसबारे थाहा छ? (थाहा छ।) त्यस बेला, चीनमा परमेश्‍वरका चुनिएका मानिसहरू धेरै भइसकेका थिए। चीनमा मण्डली एक निश्चित स्तरमा पुगेको थियो, र यसले धार्मिक संसार र समाजमा केही मात्रामा प्रभाव विकास गरेको थियो, जसले चिनियाँ कम्युनिस्ट पार्टीको ध्यान खिच्यो भनेर भन्न सकिन्छ। हाम्रो मण्डलीको आकारको विस्तार र प्रभावको विस्तारले चिनियाँ कम्युनिस्ट पार्टीलाई बेचैन र असहज महसुस गरायो। यसले आफ्नो शासन खतरामा परेको, र कम्युनिस्ट पार्टीप्रतिको विश्वासले सङ्कटको सामना गरिरहेको महसुस गर्‍यो, त्यसैले यसले मण्डलीलाई फसाउन र झूटा आरोप लगाउन झाओयुआन प्रकरणको षड्यन्त्र रच्यो, र मण्डलीलाई दमन गर्न र प्रतिबन्ध लगाउन यसको प्रयोग गर्‍यो। झाओयुआन प्रकरण घटेपछि, कमजोर जग भएका कतिपय मानिसहरू, थोरै विश्वास भएका कतिपय मानिसहरू, र डरपोक रहेका कतिपय मानिसहरू, साथै कतिपय अविश्‍वासीहरू, जसमा धित मरुञ्जेल रोटी खानेहरूमध्येका कतिपय मानिसहरू पनि समावेश थिए, तिनीहरू डराए र तिनीहरूले उप्रान्त विश्वास गर्ने आँट गरेनन्। मानिसहरूले विश्वास गर्ने आँट नगरेका केही परिस्थितिहरू थिए। कतिपय मानिसहरूले कम्युनिस्ट पार्टीले रचेका अफवाहहरूलाई पूर्ण रूपमा विश्वास गरे र स्विकारे। तिनीहरूले हाम्रो मण्डली मानव-निर्मित समूह हो र यसको उत्पत्ति मानवबाट भएको हो भनेर विश्वास गरे; यसबाहेक, कम्युनिस्ट पार्टीले मण्डलीलाई बदनाम गर्न भनेको कुनै पनि कुरा तिनीहरूले व्यक्तिगत रूपमा नदेखेका भए पनि, तिनीहरूले चुपचाप तिनमा विश्वास गरे। अर्थात्, तिनीहरूले कम्युनिस्ट पार्टीले रचेका अफवाहहरूलाई पूर्ण रूपमा र एकतर्फी रूपमा विश्वास गरे। यस प्रकारका मानिसहरू अविश्‍वासीहरू हुन्। कतिपय मानिसहरूलाई कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य नहुन सक्छ भन्‍ने लाग्यो, तर कसले सत्य बोलिरहेको छ र कसले झूट बोलिरहेको छ भन्‍ने तिनीहरूलाई थाहा थिएन। यस प्रकारका मानिसहरूले परमेश्‍वरले नयाँ काम गर्नुभएको छ भन्‍ने विश्वास गरेनन्, न त तिनीहरूले कम्युनिस्ट पार्टीलाई नै विश्वास गरे, तर तिनीहरूले साँचो मार्ग जान्नका लागि सत्यता खोज्ने काम पनि गरेनन्। त्यसमाथि, परमेश्‍वरमा विश्वास गर्नुको अर्थ यति ठूलो जोखिम मोल्नु थियो—तिनीहरू पक्राउ पर्न र झ्यालखानामा पर्न सक्थे, र कुनै पनि क्षण अपाङ्ग हुने गरी वा मर्ने गरी कुटिन सक्थे—त्यसैले तिनीहरूले विश्वास गर्न नै छोडिदिए। मानिसहरूको एउटा समूह यही थियो। अर्को समूहका मानिसहरूले डरपोकपनको कारणले मात्रै पनि विश्वास गर्ने आँट गरेनन्। तिनीहरूलाई कम्युनिस्ट पार्टीले सधैँ झूट बोल्छ र सधैँ अन्यायपूर्ण, झूटा, र गलत मुद्दाहरू रच्छ भन्‍ने थाहा थियो; कम्युनिस्ट पार्टीले रचेका अन्यायपूर्ण मुद्दाहरू अनगिन्ती छन्, र यसले अनगिन्ती मानिसहरूलाई मारेको छ, र केही जस्तो नमानी मानिसहरूलाई मार्छ। तिनीहरूलाई झाओयुआन प्रकरण कम्युनिस्ट पार्टीले रचेको हो भन्‍ने थाहा थियो, र तिनीहरूलाई परमेश्‍वरले बोल्नुभएका यी वचनहरू सत्यता हुन् भन्‍ने पनि थाहा थियो। तर तिनीहरू डरपोक मात्रै थिए, र तिनीहरू कम्युनिस्ट पार्टीका अफवाहहरू र कम्युनिस्ट पार्टीले निर्माण गरेको दुष्टताको लहर र गति देखेर डरले स्तब्ध भए, र तिनीहरूले विश्वास गर्ने आँट गरेनन्। तिनीहरूले यस्तो सोचविचार गरे, “सर्वशक्तिमान्‌ परमेश्‍वर साँचो परमेश्‍वर हुनुहुन्छ। यदि मैले परमेश्‍वरको कामको यो चरणलाई पछ्याएँ र म अन्तसम्मै विश्वास गर्नमा निरन्तर लागिरहेँ भने, मैले आशिष्‌ प्राप्त गर्नेछु। तर अहिले, कम्युनिस्ट पार्टीका शक्तिहरू अत्यन्तै ठूला छन्। यदि म पक्राउ परेँ भने, मलाई यातना दिइनेछ र मलाई कुटेर मारिन पनि सक्छ। मैले घरमै बसेर गोप्य रूपमा विश्वास गर्नु नै बेस हुन्छ। म भेलाहरूमा उपस्थित हुनेछैनँ, म आफ्‍नो कर्तव्य निर्वाह गर्नेछैनँ, र म सुसमाचार प्रचार गर्नेछैनँ; यसरी, मैले परमेश्‍वरमा विश्वास गर्छु भन्‍ने कुरा कसैलाई थाहा हुनेछैन। कम्युनिस्ट पार्टी नाश भएपछि बाहिर आएर विश्वास गर्न ढिला हुनेछैन।” त्यस बेला, धेरै मानिसहरू नकारात्मक र कमजोर बने, र तिनीहरूले उप्रान्त भेलाहरूमा उपस्थित हुने वा आफ्नो कर्तव्य निर्वाह गर्ने आँट गरेनन्। कतिपय मानिसहरूले मण्डली छोडे। अगुवा र कामदारहरूका बीचमा पनि, कतिपय कमजोर थिए, कतिपयले आफ्नो काम त्यागे र काम गर्ने आँट गरेनन्, र कतिपयले त उप्रान्त विश्वास गर्ने आँट समेत गरेनन्। ती परिस्थितिहरूमा, के परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्ने, सहायता गर्ने र तिनीहरूको विश्वासलाई बलियो बनाउने यो महत्त्वपूर्ण काम, यो भारी बोझ फेरि पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसमाथि परेन र? (पर्‍यो।) यदि तिमीसँग मण्डलीको कामको लागि बोझ छ भने, जस्तोसुकै परिस्थिति आइपरे पनि, र तिमीले जतिसुकै ठूला कठिनाइ र प्रतिरोधको सामना गरे पनि, तिमीले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्‍ने कुरा तिमीलाई थाहा हुनेछ। यदि तिमीसँग मण्डलीको कामको लागि बोझ छैन, र तिमीसँग परमेश्‍वरप्रति इमानदारी वा विश्वास छैन भने, तिमीले कुनै पनि काम गर्ने आँट गर्नेछैनौ। विशेष गरी, ठूलो रातो अजिङ्गरका दुष्ट शक्तिहरूको सामना गर्दा, र शैतानको शक्तिशाली प्रभावको सामना गर्दा, तिमीले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्‍ने कुरा तिमीलाई थाहा भए पनि, तिमीले त्यो गर्ने आँट गर्नेछैनौ। तर, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले ठूला शक्तिहरूको धम्की सहे र उनी अझै पनि मण्डलीको काम गर्नमा निरन्तर लागिरहे। मण्डलीले जति धेरै कठिनाइहरूको सामना गर्‍यो, खतराहरूको सामना गर्‍यो, र हताश अवस्थाहरूको सामना गर्‍यो, उनलाई आफ्नो जिम्मेवारीबाट पन्छिन सकिँदैन भन्‍ने त्यति नै बढी महसुस भयो, र उनले जीवन प्रवेशबारे सङ्गति गर्न, परमेश्‍वरका अभिप्रायहरूबारे सङ्गति गर्न, र मानिसहरूले कसरी यी वातावरणहरूको सामना गर्नुपर्छ र तिनको सामना गर्दा कसरी अभ्यास गर्नुपर्छ भन्‍नेबारे सङ्गति गर्न अगुवा र कामदारहरू, साथै दाजुभाइ-दिदीबहिनीहरूलाई भेलाहरूका लागि बोलाउने गति त्यति नै बढाए। उनी जति धेरै यस्ता परिस्थितिहरूमा पर्थे, उनले भेलाहरू आयोजना गर्ने गति त्यति नै बढाउँथे, र काम कसरी गर्ने, कुन कामको प्रबन्ध र कार्यान्वयन गर्ने, कामको प्रबन्ध र कार्यान्वयन कसरी गर्ने, र दाजुभाइ-दिदीबहिनीहरूलाई कठिनाइहरू पार गर्न कसरी सहायता गर्ने भनेर सिकाउन अगुवा र कामदारहरूलाई बोलाउने गति बढाउँथे। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले गर्ने काम परमेश्‍वरको घरको काम हो, र उनले लड्ने र सङ्घर्ष गर्ने कुराहरू शैतानको शक्तिशाली प्रभाव र सम्पूर्ण संसारका दुष्ट शक्तिहरू हुन्। मानवीय दृष्टिकोणबाट हेर्दा, मानिसहरूसँग भएको थोरै साहसले त, तिनीहरूको सातो जानेथियो। त्यस समयावधिमा, चिनियाँ कम्युनिस्ट पार्टीका टेलिभिजन स्टेसनहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई आक्रमण गर्ने, बदनाम गर्ने, र दोषी ठहराउने नकारात्मक समाचारहरू व्यापक रूपमा प्रसारण गरे। यसले गर्दा संसारभरिका धेरै वेबसाइट र रेडियो स्टेसनहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई आक्रमण गर्ने, बदनाम गर्ने, र दोषी ठहराउने चिनियाँ कम्युनिस्ट पार्टीको शासनका भ्रम र पाखण्डहरूलाई पछ्याए र प्रसारण गरे। कतिपय विश्‍व-प्रसिद्ध टेलिभिजन स्टेसनहरूले समेत परमेश्‍वरको मण्डलीलाई निन्दा गर्न र दोषी ठहराउन नक्कली समाचार र झूटा जानकारीहरू प्रसारण गरिरहेका थिए। समाचार माध्यमहरूका अत्यधिक रिपोर्टहरूको सामना गर्दा, मानिसहरू आफ्नो थोरै विश्वास र थोरै सामर्थ्यमा मात्र भर परेर दृढ रहन पटक्‍कै सक्दैनथे; तिनीहरू सबै पछि हट्नेथिए, लुक्नेथिए, र यो नटरेसम्म चुपचाप बस्नेथिए, तिनीहरूले के गर्नुपर्छ भन्‍ने कुरा जान्दैनथिए, र अगाडि बढ्ने बाटो भेट्टाउन सक्दैनथिए। मानिसहरूको हृदयमा शङ्काहरू हुन्थे: “परमेश्‍वर कहाँ हुनुहुन्छ? यी परमेश्‍वरका वचनहरू हुन् र यो साँचो मार्ग हो, र परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा काम गरिरहनुभएको छ र परमेश्‍वर देखा पर्नुभएको छ, र पनि उहाँले मण्डलीलाई कसरी यस्तो खतराको सामना गर्न दिन सक्नुहुन्छ? उहाँले मण्डली र परमेश्‍वरको घरको कामलाई कसरी यस्तो प्रकारको वातावरणमा ल्याउन सक्नुहुन्छ? हामीले कसरी यस्तो कठिन परिस्थितिको सामना गर्न सक्छौँ?” साधारण मानिसहरू डरपोक र त्रसित बन्नेथिए, र तिनीहरू लुक्नेथिए र फेरि काम गर्नुभन्दा पहिले आँधी शान्त नहुन्जेल तीनदेखि पाँच महिनासम्म पर्खनेथिए। तिनीहरूले सुरुमा आफ्‍नै राम्ररी सुरक्षा गर्नेथिए, र जब तिनीहरूको आफ्नै सुरक्षा सुनिश्चित हुनेथियो, तब तिनीहरू मण्डलीको काम हेर्न फर्कनेथिए। जतिसुकै मानिसहरू बाँकी रहे पनि, आफ्नो सुरक्षा सुनिश्चित गर्नु नै प्राथमिकता हुनेथियो, र आफ्नो ज्यान बचाउनु नै पहिलो कुरा हुनेथियो। तर जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी अत्यधिक निन्दा र अफवाहहरूको सामना गरे, तब उनले के छनौट गरे? उनले मर्न तयार भएर शैतानका शक्तिहरू र शैतानको शासनसँग लड्ने, परमेश्‍वरको लागि आफ्नो गवाहीमा दृढ रहने, आफ्नो किल्‍लामा अडिग रहने, र उचित रूपमा परमेश्‍वरको कामको सुरक्षा गर्ने र उचित रूपमा परमेश्‍वरको गवाहीको सुरक्षा गर्ने छनौट गरे; यो उनको जिम्मेवारी थियो। यदि मण्डलीको काम रोकियो भने, यदि सुसमाचार फैलाउने काममा ठूलो रातो अजिङ्गरले बाधा पुर्‍यायो र तोडफोड गर्‍यो भने, र यदि मण्डलीलाई प्रतिबन्ध लगाइयो भने, यसको अर्थ उनले आफ्नो जिम्मेवारी पूरा गरेका हुँदैनन् र उनले पन्छिन नसकिने जिम्मेवारी बोकेका छन् भन्‍ने उनलाई लाग्थ्यो। उनी सधैँ भन्थे, “यदि मैले परमेश्‍वरले मलाई दिनुभएको कार्यभार पूरा गर्न सकिनँ भने, म श्रापको योग्य हुन्छु!” कसैले पनि उनीमाथी यस्तो बोझ थोपरेको थिएन, र शैतानका शक्तिहरूको घेराबन्दी र निन्दाको सामना गर्दा उनले के गर्नैपर्छ भनेर कसैले पनि उनलाई भनेको थिएन। परमेश्‍वरप्रतिको आफ्नो विश्वासमा भर परेर, र परमेश्‍वरप्रतिको आफ्नो इमानदारी र परमेश्‍वरप्रतिको आफ्नो ख्यालमा भर परेर, उनले यो जिम्मेवारीलाई आफ्नो परम कर्तव्यको रूपमा लिए। उनको दृष्टिकोणमा, यो जिम्मेवारी उनले बोक्नुपर्ने बोझ थियो, र यो काम पूरा गर्न उनी मात्रै उपयुक्त व्यक्ति थिए। अवश्य नै, यो शक्तिमा एकाधिकार जमाउने कार्य थिएन, न त यो शक्तिको खेलमा संलग्न हुने कार्य नै थियो; उनी यो निश्‍चित काम गर्न र आफ्नो जिम्मेवारी पूरा गर्नमा निरन्तर लागिरहेका थिए। जब चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीलाई आक्रमण गर्ने, बदनाम गर्ने, र दोषी ठहराउने काम गरिरहेको थियो, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई उन्मत्त रूपमा सताइरहेको थियो, तब सबै दाजुभाइ-दिदीबहिनीहरूले ठूलो परीक्षा, शोधन, र प्रलोभनहरूको सामना गरिरहेका थिए भनेर भन्न सकिन्छ। विशेष गरी तीनदेखि पाँच वर्षसम्म मात्रै विश्वास गरेका र साँचो मार्गमा अझै जग नबसालेका दाजुभाइ-दिदीबहिनीहरूका लागि, यो एउटा ठूलो परीक्षा थियो। यदि कसैले तुरुन्तै तिनीहरूलाई सहायता, भरणपोषण र अगुवाइ नगरेको भए, कमजोर जग भएकाहरू, डरपोकहरू, र खराब क्षमता भएकाहरू पछि हट्नेथिए र तिनीहरूले मुक्ति पाउने अवसर गुमाउनेथिए। तर, जब मण्डलीले यस्तो प्रकारको विशेष वातावरणको सामना गर्‍यो, तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अगुवा र कामदारहरूलाई दिने आफ्नो निर्देशन र तालिमको गति बढाए, र मण्डलीको कामका विभिन्न कुराहरू गर्ने आफ्नो कार्यसम्पादनको गति बढाए। उनले अलिकति पनि ढिलासुस्ती गरेनन्, र उनी कुनै पनि जिम्मेवारीहरूबाट अलिकति पनि पन्छिएनन्; यसको सट्टा, उनले आफ्नो कामको गति बढाए, र उनको कामको गति र कार्यक्षमता दुवै पहिलेको भन्दा दोब्बर भए। मलाई याद छ, त्यस समयमा, ब्रदरले बिहान उठेर नास्ता खानेबित्तिकै भेलाहरू आयोजना गर्न र सङ्गति गर्न सुरु गर्थे, र मण्डलीको काम र मण्डलीको जीवनमा उत्पन्न भएका समस्याहरू समाधान गर्थे। दिउँसो खाना खाएर एक-दुई घण्टा विश्राम गरेपछि, उनले फेरि कामको बारेमा सङ्गति गर्न सुरु गर्थे। सबैभन्दा व्यस्त समयमा पनि, बिहान र दिउँसो नै सङ्गति गर्नुका साथै, उनले बेलुका पनि थप एक-दुई घण्टा सङ्गति गर्थे। ती व्यस्त वर्षहरू बितेपछि, कामको हरेक पक्ष सही मार्गमा आयो। ती वर्षहरू पूर्ण रूपमा कामको गति बढाउनमै केन्द्रित थिए। मैले मेरो प्रचारको गति बढाएँ, र ब्रदरले आफ्नो सहकार्यको गति बढाए, उनले साथै भेलाहरू आयोजना गर्ने र प्रचार गर्ने काम पनि गरे; र उनले बाँकी समय अगुवा र कामदारहरूलाई निर्देशन दिन र तालिम दिन, साथै उनीहरूलाई विभिन्न कामहरू गर्न र विभिन्न मामिलाहरू सम्हाल्न मार्गदर्शन गर्नमा बिताउँथे। यदि कतिपय मानिसहरूलाई यसबारे केही याद छ भने, तिनीहरूलाई बढीमा यति मात्र थाहा हुन्छ: “त्यस समयमा, ब्रदरले सधैँ हामीसँग सङ्गति गर्थे र मण्डलीको काम गर्न हामीलाई मार्गदर्शन गर्थे।” तर यो कुरा कुन पृष्ठभूमिका बीचमा भएको थियो भन्‍ने कुरा तिमीलाई थाहा नहुन सक्छ, न त ब्रदरले किन यसो गरे भन्‍ने नै तिमीलाई थाहा छ, किनभने तिमीसँग त्यो इमानदारी वा त्यो बोझ छैन, वा तिम्रो कद अत्यन्तै सानो भएकोले तिमीले यो कुरा स्पष्ट रूपमा देख्न नसकेको हुन सक्छ। जब मण्डलीले ठूला चुनौती र दबाबको सामना गर्‍यो त्यस्तो बेलामा, र मण्डलीको कामले बाधा र तोडफोडको सामना गरिरहेको महत्त्वपूर्ण क्षणहरूमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरका अभिप्रायहरूको अझ बढी ख्याल गरे। यी परिस्थितिहरूमा, उनले काम गर्न आफ्नो सम्पूर्ण सामर्थ्य लगाए, र विभिन्न कठिनाइ र समस्याहरू समाधान गर्ने उपायहरू खोज्ने प्रयास गरे। एकातिर, उनले परमेश्‍वरको अगुवाइ खोजे र परमेश्‍वरको मार्गदर्शन खोजे; अर्कोतिर, उनले व्यक्तिगत रूपमा सकारात्मक, सक्रिय तरिकाले सहकार्य गरे। खाने, सुत्ने, र विश्राम गर्ने समयबाहेक, लगातार धेरै वर्षसम्म दिनको चौबीसै घण्टा, उनले प्रायः दिनरात काम गरिरहेका थिए, मण्डलीको काम गर्न साधारण व्यक्तिले भन्दा धेरै गुणा बढी समय र ऊर्जा खर्च गरिरहेका थिए। मण्डलीले आफ्ना सबैभन्दा ठूला कठिनाइहरूको सामना गर्दा मण्डलीको कामको सुरक्षा गर्न पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले चुकाएको मूल्य यही थियो, र अहिले, यो सबैभन्दा कठिन अवधिको चरम सीमा बितिसकेको छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस व्यक्तिगत रूपमा काम गरेका व्यक्ति, यी मामिलाहरू प्रत्यक्ष रूपमा अनुभव गरेका व्यक्ति, र तिनलाई प्रत्यक्ष रूपमा सम्हालेका व्यक्ति भएकाले, कुन वर्षहरू सबैभन्दा व्यस्त थिए र त्यस समयमा के काम गरिएको थियो भन्‍ने कुराले उनमा निकै गहिरो छाप छोडेको छ। अनि के काम गर्दा मण्डलीको कामका विभिन्न कुराहरू क्रमबद्ध र व्यवस्थित रूपमा अघि बढे र स्थिर बने, र काममा सफलता प्राप्त भयो, साथै त्यस समयमा उनले के-कस्ता कठिनाइहरूको सामना गरे, र कुन-कुन कठिनाइहरू सम्हाल्न सजिलो थिएनन्—उनी स्वयम्‌लाई यी सबै कुराहरू थाहा छ, तर तिमीहरू कसैलाई पनि ती कुराहरू थाहा छैन। अरूले पनि त्यसै गरी परमेश्‍वरको सेवा गर्छन्, त्यसै गरी परमेश्‍वरको काम अनुभव गर्छन् र परमेश्‍वरको मुक्ति अनुभव गर्छन्, र परमेश्‍वरको अगुवाइ र भरणपोषणको आनन्द लिन्छन् अनि परमेश्‍वरको अनुग्रहको आनन्द लिन्छन्, तर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले साधारण व्यक्तिले भन्दा धेरै गुणा बढी ऊर्जा र रगत-पसिना अर्पण गरेका छन्, र मूल्य चुकाएका छन्; अन्ततः, उनी परमेश्‍वरद्वारा सिद्ध पारिए, परमेश्‍वरले उनलाई दिनुभएको कार्यभार पूरा गरे, परमेश्‍वरको घरको कामको जिम्मेवारी उठाए, र तिमीहरूलाई आजको दिनसम्म अगुवाइ गरेका छन्। उनले साधारण व्यक्तिले भन्दा धेरै गुणा बढी ऊर्जा र समय अर्पण गरेकाले, र मूल्य चुकाएकाले नै, तिमीहरू सबैले अन्ततः केही प्राप्त गरेका छौ, होइन र? (हो, हामीले केही प्राप्त गरेका छौँ।) निष्पक्ष रूपमा भन्दा, तिमीहरूले प्राप्त गरेको कुरा निकै धेरै छ। परिवारको मूली र तिमीहरूको अगुवाका रूपमा, ब्रदरले सधैँ तिमीहरूलाई परमेश्‍वरको काम अनुभव गर्न अगुवाइ गरेका छन् र विभिन्न कामहरू गर्न तिमीहरूलाई अगुवाइ गरेका छन्, र धेरै कठिनाइहरू पार गराएका छन्; उनले तिमीहरूलाई शोधन, परीक्षा, र प्रलोभनको हरेक घटना—र समाजका सबै क्षेत्रहरूबाट हुने घेराबन्दी र दमन, साथै चिनियाँ कम्युनिस्ट पार्टीका ठूला शक्तिहरूबाट हुने दमन र सतावटलाई समेत—आजको दिनसम्म सहज रूपमा अनुभव गर्न सक्षम तुल्याएका छन्।

आजको दिनसम्म परमेश्‍वरलाई पछ्याएपछि, पूर्ण-समय आफ्ना कर्तव्यहरू निर्वाह गर्ने धेरैजसो मानिसहरूले केही जीवन प्रवेश प्राप्त गरेका छन्, र परमेश्‍वरप्रतिको तिनीहरूको विश्वास पहिलेको भन्दा ठूलो भएको छ। मेरो अवलोकनमा, कतिपय मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आज्ञाकारी हुन र अधीनमा रहन सक्षम छन्। मलाई यसबारे निकै खुसी लाग्छ। यी मानिसहरूको क्षमता अत्यन्तै सीमित भए पनि, तिनीहरूको कार्य सक्षमताको सुधार अत्यन्तै सीमित भए पनि, र तिनीहरूले जीवन प्रवेशमा प्राप्त गरेको कुरा पनि अत्यन्तै सीमित भए पनि—विशेष गरी, अगुवा र कामदारहरूले बोक्न सक्ने बोझ र तिनीहरूले गर्न सक्ने काम पनि अत्यन्तै सीमित भए पनि—धेरैजसो मानिसहरूमाझ हुने एउटा प्रशंसनीय प्रकटीकरण के हो भने तिनीहरू पहिलेभन्दा बढी आज्ञाकारी भएका र अधीनमा रहने भएका छन्। यो आज्ञाकारिता र अधीनताको अर्थ, मेरो नजरमा, तिनीहरू अलिक समझदार बनेका छन्, र तिनीहरूमा वयस्कहरूको जस्तो केही स्वरूप छ भन्‍ने हुन्छ। सत्यता पछ्याउने हिसाबमा तिमीहरू अझै निकै टाढा भए पनि, र जीवन प्रवेशको हिसाबमा पनि तिमीहरू निकै टाढा भए पनि, तिमीहरूको आज्ञाकारी बस्ने र अधीनमा रहने मनोवृत्तिको आधारमा हेर्दा, यदि तिमीहरूले सत्यता पछ्यायौ भने, तिमीहरूले अन्ततः मुक्ति पाउने पूर्ण आशा छ। थोरै मात्र आशा छ भन्‍ने होइन; पूर्ण आशा छ। त्यसैले, मुक्ति हासिल गर्नका लागि, तिमीहरूले प्रयास गर्नैपर्छ। तिमीहरूले अगुवाको रूपमा परमेश्‍वरको सेवा गरे पनि वा विभिन्न कर्तव्यहरू निर्वाह गरे पनि, तिमीहरू सबैले पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसबाट सिक्नैपर्छ। उनी तिमीहरूले अनुकरण गर्न सक्ने सबैभन्दा वास्तविक उदाहरण बन्न सक्छन्, तिमीहरूले सबैभन्दा सजिलै देख्न र छुन सक्ने व्यक्तिको रूपमा—होइन र? (हो।) विगतमा, जब तिमीहरूले मण्डलीको काम गरिरहेका थियौ र तिमीहरू पहिलो पटक ब्रदरको सम्पर्कमा आयौ, तब उनले तिमीहरूलाई काटछाँट गर्दा म अलिक चिन्तित थिएँ; म तिमीहरूका लागि व्याकुल थिएँ, मलाई तिमीहरूले यो सहन सक्नेछैनौ र तिमीहरू नकारात्मक र कमजोर बन्नेछौ भन्‍ने डर थियो, किनभने तिमीहरूले अक्षर र धर्मसिद्धान्तहरू मात्रै अलिकति बुझेका थियौ, तिमीहरूसँग उल्लेख गर्न लायकको कुनै कद थिएन, र परमेश्‍वरप्रति साँचो विश्वास थिएन; तिमीहरूले आफ्नो हृदयमा परमेश्‍वर हुनुहुन्छ भनेर विश्वास मात्रै गर्थ्यौ, तिमीहरूसँग केही जोस र केही निष्कपट प्रेरणा थियो, र तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न इच्छुक थियौ। मैले भनेँ, “तिनीहरूको कद यति सानो भएकोले, जब तिमीले तिनीहरूलाई त्यसरी काटछाँट गर्छौ, तब के तिनीहरू नकारात्मक र कमजोर बन्नेछैनन् र?” ब्रदरले भने, “तिनीहरूलाई पर्याप्त मात्रामा सत्यताको सङ्गति गरिएको छ, र तिनीहरू सबैले यसलाई धर्मसिद्धान्तको रूपमा बुझेका छन्, तर तिनीहरूले सिद्धान्तहरू पालन गर्न मात्रै सक्दैनन्। तिनीहरूलाई काटछाँट नगरी हुँदैन।” मैले भनेँ, “त्यसोभए, काटछाँट गरिनुपर्छ।” तर ब्रदरले तिमीहरूलाई यति धेरै वर्षसम्म काटछाँट गरेपछि, मैले एउटा निष्कर्ष निकालेको छु: कहिलेकाहीँ मैले तिमीहरूका लागि चिन्ता गर्नु अनावश्यक हुन्छ; तिमीहरूले वास्तवमै काटछाँट अनुभव गरेर लाभ प्राप्त गरेका छौ, र तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आज्ञाकारी बन्न र अधीनमा रहने बन्न सक्षम छौ। जे होस्, ब्रदरले तिमीहरूलाई काटछाँट गरेका भए पनि, वा तिमीहरूलाई सकारात्मक अगुवाइ, भरणपोषण, सहायता, र मद्दत प्रदान गरेका भए पनि—जुन सबै उनले परमेश्‍वरको सेवा गरेको र काम गरेको कारणले, र उनले परमेश्‍वरले उनलाई दिनुभएको कार्यभार पूरा गर्नुपर्ने भएको कारणले गरिएको हो—यसले अन्ततः तिमीहरूलाई ठूलो लाभ पुर्‍याएको छ, होइन र? (हो।) उनले तिमीहरूप्रति निरन्तर आफ्ना जिम्मेवारीहरू पूरा गरेका र आफ्ना दायित्वहरू पूरा गरेका, परमेश्‍वरको कार्यभारलाई इमानदारीपूर्वक लिएका, र तिमीहरूलाई इमानदारीपूर्वक व्यवहार गरेका कारणले नै उनले अन्ततः परमेश्‍वरसँग मौन समझदारी हासिल गरे, परमेश्‍वरले उनलाई दिनुभएको कार्यभार पूरा गरे, र परमेश्‍वरले उनलाई दिनुभएका जिम्मेवारीहरू पूरा गरे, साथै तिमीहरूलाई आजको दिनसम्म आइपुग्न र आज तिमीहरूसँग जे छ त्यो प्राप्त गर्न सक्षम तुल्याए, होइन र? (हो।) हेर त, जब मण्डलीले यस्तो ठूलो वातावरणको सामना गर्‍यो र धार्मिक संसार र चिनियाँ कम्युनिस्ट पार्टीका ठूला शक्तिहरूद्वारा आक्रमण, बदनामी, र सतावट र प्रतिबन्धको समेत सामना गर्‍यो, तब यदि पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले तुरुन्तै समय निकालेर काम नगरेर, यसको सट्टा तिमीहरूलाई पन्छाएर तिमीहरूलाई आफ्नै भरमा छोडेका भए—तिमीहरूप्रति कुनै जिम्मेवारीको बोध र कुनै इमानदारी नराखी, केवल नाराहरू मात्रै लगाएर, झाराटारुवा काम गरेर, र त्यसलाई त्यत्तिकै छोडेर, अनि त्यसपछि जीवनको आनन्द लिएर र आफ्ना दायित्वहरू पूरा नगरेका भए—त्यस अवस्थामा, के तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कार्यमा अहिले जहाँ छौ त्यहाँ पुग्न सक्नेथियौ र? (सक्नेथिएनौँ।) तिमीहरू पक्कै पनि त्यहाँ पुग्न सक्नेथिएनौ। अरू कुरा त परै जाओस्, ब्रदरले सधैँ तिमीहरूलाई कुनै निश्चित कामको गति बढाउन र कुनै निश्चित काम छिटो पूरा गर्न आग्रह गर्छन् भन्‍ने तथ्यले मात्रै पनि—उनको यो हतारको बोधले तिमीहरूलाई प्रभाव पार्नेछ र तिमीहरूलाई प्रेरित गर्नेछ, होइन र? (हो।) जब यो हतारको बोध तिमीहरूमा सर्छ, तब तिमीहरूले ढिलासुस्ती गर्ने आँट गर्दैनौ। त्यसमाथि, मानिस केही हदसम्म दास प्रवृत्तिको हुन्छ। तिमीहरू सधैँ ब्रदरले तिमीहरूको काम जाँच गर्लान् भन्‍ने डराउँछौ, ब्रदरले समस्याहरू फेला पार्लान्, उनी रिसाउलान्, र तिमीहरूलाई काटछाँट गर्लान् र हप्काउलान् भनेर डराउँछौ। लेखाजोखा दिनका लागि, आफ्ना कार्यहरू पूरा गर्नका लागि, ब्रदरलाई खुसी पार्नका लागि, र ब्रदरप्रति राम्रो छाप छोड्नका लागि, तिमीहरू यो काम गर्न मरिहत्ते गर्छौ। उदाहरणका लागि, विगतमा तिमीहरूले हरेक दुई हप्तामा एउटा भजन उत्पादन गर्थ्यौ, तर अहिले तिमीहरूले हप्तामा एउटा भजन उत्पादन गर्न सक्छौ। तिमीहरू सधैँ आफूलाई दिइएको लक्ष्यभन्दा बढी काम गर्ने बारेमा सोच्छौ, सधैँ ब्रदरले तिमीहरूलाई कर गर्लान् भनी डराउँछौ। ब्रदरले काम गर्ने यो विधि प्रयोग गर्दा उनी तिमीहरूप्रति अलिक कठोर भए पनि, यसले गर्दा तिमीहरू अझ राम्रो बनेका छौ कि खराब बनेका छौ? यसले तिमीहरूलाई सही मार्गमा डोर्‍याएको छ कि तिमीहरूलाई भड्काएको छ? (यसले हामीलाई सही मार्गमा डोर्‍याएको छ। हामीलाई पनि अहिले हाम्रो काम गर्दा हतारको बोध हुन्छ।) काम गर्ने ब्रदरको तरिका, शैली, र मानसिकता—तिमीहरूले ती सबै सिकेका छौ। पछि, मैले के सुनेँ भने सुसमाचार टोलीका कतिपय दाजुभाइ-दिदीबहिनीहरूले पनि यसरी अभ्यास गर्न थालेका छन्। कतिपय मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा केही ढिलासुस्ती गरे र एक महिनासम्म सुसमाचार प्रचार गर्दा पनि कुनै परिणाम हासिल गरेनन्, त्यसैले सुपरिवेक्षकहरूले भेलाको समयमा तिनीहरूको नामै तोकेर बोलाए, र फलानोको कर्तव्य निर्वाह गर्ने परिणाम “शून्य” छ भनेर भने। ती मानिसहरूलाई लाज लाग्यो र तिनीहरूले यो अपमान सहन सकेनन्, त्यसपछि, तिनीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अलिकति हतारको बोध भयो। मलाई लाग्छ यसरी अभ्यास गर्नु निकै राम्रो कुरा हो। यो विधि अलिक समझदारी विहीन भए पनि र यसमा मानव स्पर्शको कमी भए पनि, यहाँ एउटा राम्रो सन्देश प्रवाह गरिएको छ: ब्रदरको यस्तो कडा अनुशासन, काटछाँट, सुपरिवेक्षण, र घचघच्याइअन्तर्गत, धेरैजसो मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा हतारको बोध विकास गरेका छन्। तिनीहरू सधैँ कसैले तिनीहरूको जाँच गर्ला भनेर डराउँछन्, आफ्नो कामको निरीक्षण होला भनेर डराउँछन्, सधैँ आफ्नो प्रगतिको विवरण राखिएला र डाटा जाँचिएला भनेर डराउँछन्, सधैँ आफ्नो कामको निश्‍चित विवरणहरूको बारेमा सोधिएला भनेर डराउँछन्, कामको प्रगतिमा ढिलाइ होला भनेर डराउँछन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कुनै परिणाम नल्याएको कारणले पूर्णकालीन कर्तव्य मण्डलीबाट निकालिएला भनेर डराउँछन्। त्यसैले, तिनीहरूले आफ्नो कामको गति बढाउँछन्। धेरैजसो मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा हतारको बोध विकास गरेका छन्। यो हतारको बोधलाई हाल इमानदारीको रूपमा मान्न नसकिए पनि, र यो अर्पणको स्तरमा नपुगे पनि, कम्तीमा तिनीहरूले काम गर्दा परिणामहरू हासिल गर्छन्। त्यसैले, अलिकति बढी प्रयास गर, ब्रदरबाट सिक, र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अलिकति इमानदारी कायम राख। झाराटारुवा काम नगर, नाराहरू नलगाऊ, र कार्यहरू पूरा गर्नका लागि मात्रै कामकुराहरू नगर, बरु, परमेश्‍वरलाई लेखाजोखा देऊ, र आफ्नै विवेक र समझको योग्य बन। यदि तिमीहरूले अलिकति इमानदारी कायम राख्न सक्छौ र अलिकति अर्पण कायम राख्न सक्छौ, र सत्यता सिद्धान्तहरूतर्फ प्रयास गर्न सक्छौ भने, तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा मानकअनुरूप हुन सक्छौ। अहिले, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने तिमीहरूमध्ये धेरैजसोको मनोवृत्ति सही छ, तिमीहरूसँग प्रेरणा छ, तिमीहरूले परमेश्‍वरको घरको कामको गतिलाई पछ्याएका छौ, र तिमीहरू ढिलासुस्ती गर्ने आँट गर्दैनौ। आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेकोमा काटछाँटमा परिन्छ भनेर तिमीहरू डराए पनि, कम्तीमा तिमीहरूको हृदयमा डर त छ। पहिले, तिमीहरूमा डर समेत थिएन; तिमीहरूको घटियापन अत्यन्तै गम्भीर थियो, र तिमीहरू अत्यन्तै स्वेच्छाचारी थियौ, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरू आफ्नै लहडमा काम गर्थ्यौ। तिमीहरूले आफ्नो हृदयमा यस्तो सोच्यौ, “तपाईं चिन्तित हुनुहोला, तर म छैनँ। म त्यति छिटो कामकुराहरू गर्न चाहन्नँ। तपाईंले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुसँग मेरो कुनै सरोकार छैन। परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुको अर्थ के हो भन्‍ने मलाई अझै थाहा छैन; यसको अर्थ के हो र यो कसरी गर्ने भन्‍ने थाहा पाएपछि म तिनको ख्याल गर्नेछु।” अहिले अवस्था फरक छ। तिमीले आफ्नो हृदयमा यस्तो सोच्छौ, “तपाईं परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुहुन्छ, र तपाईं मलाई मेरो कामको गति बढाउन र निश्चित समयभित्र कार्य पूरा गर्न भन्नुहुन्छ, त्यसैले मैले यसलाई समयमै पूरा गर्नुपर्छ। यदि मैले यसलाई पूरा गर्न सकिनँ भने, तपाईंले मलाई काटछाँट गर्नुहुनेछ, हप्काउनुहुनेछ, वा मलाई बर्खास्त गरेर हटाउनु समेत हुनेछ। यदि मैले मेरो कर्तव्य निर्वाह गर्न सकिनँ भने, के मेरो मुक्ति पाउने आशा समाप्त हुनेछैन र? मुक्ति पाउनका लागि, मैले मेरो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ; तपाईंलाई मैले मेरो कर्तव्य राम्ररी निर्वाह गर्छु भनेर भन्ने तुल्याउनैपर्छ।” तिम्रो अवस्था केही हदसम्म सक्रिय र सकारात्मक बनेको छ, तर अभ्यासको कुरामा तिमीमा अझै पनि अलिकति कमी छ, होइन र? (हो।) तिमीले सत्यता सिद्धान्तहरूमा मेहनत गर्नैपर्छ। तिमीले काटछाँटको सामना गरे पनि वा कुनै कठिनाइहरूको सामना गरे पनि, तिमीले ब्रदरबाट सिक्नैपर्छ। तिमीले कठिनाइहरूको सामना गर्दा ब्रदरले कसरी काम गर्छन् र के गर्छन्, र उनले आफ्नो मिसनलाई कसरी लिन्छन् र परमेश्‍वरले उनलाई दिनुभएको कार्यभारलाई कसरी लिन्छन् भन्‍ने कुरा अवलोकन गर्नुपर्छ। तिमीले यसबाट अभ्यासका सिद्धान्तहरू खोज्नैपर्छ। सधैँ यस्तो मनन नगर, “मैले ब्रदरले देख्ने गरी कामकुराहरू गर्नुपर्छ। ब्रदरले मलाई नहप्काऊन् भनेर, उनले कामको निरीक्षण गर्दा उनी मप्रति सन्तुष्ट होऊन् र उनमा मेरो बारेमा राम्रो छाप परोस् भन्नका लागि, र उनले मलाई निरन्तर प्रयोग गरून् भनेर सुनिश्चित गर्नका लागि, मैले राम्रो काम गर्नुपर्छ।” यदि तिमी ब्रदरलाई लेखाजोखा दिनका लागि मात्रै कामकुराहरू गर्छौ भने, यो तिमीले पालन गर्नुपर्ने सिद्धान्त होइन; तिमीले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरालाई चाहिँ पछ्याउनैपर्छ। सुरुमा त तिम्रो कर्तव्यको कार्यसम्पादन ब्रदरको नजरमा योग्य हुनैपर्छ; त्यो पहिलो चरण हो। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तिमीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नैपर्छ। यो हासिल गर्नुको अर्थ तिमीसँग सत्यता वास्तविकता छ भन्‍ने हुन्छ। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। यदि तिमी ब्रदरलाई सन्तुष्ट पार्न मात्रै आफ्नो कर्तव्य निर्वाह गर्छौ भने, तिम्रो सुरुवाती लक्ष्य नै गलत हुन्छ; यो परमेश्‍वरमा विश्वास गर्नु र उहाँको अधीनमा रहनु हो। तिम्रो हृदयमा परमेश्‍वरको लागि ठाउँ हुनैपर्छ, र तिमीले सधैँ यस्तो मनन गर्नैपर्छ, “यदि ब्रदर सन्तुष्ट छन् भने, के परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ? यदि ब्रदर सन्तुष्ट छन् र उनले मलाई काटछाँट गर्दैनन्, तर परमेश्‍वर अझै पनि सन्तुष्ट हुनुहुन्न भने, यसले म सत्यता सिद्धान्तहरूअनुसार मेरो कर्तव्य निर्वाह गर्ने बिन्दुमा अझै पूर्ण रूपमा पुगेको छैनँ भन्‍ने प्रमाणित गर्छ। मैले अझै पनि सत्यता खोज्नुपर्छ र सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। म परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम भएपछि, म ढुक्क हुन सक्छु। यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ र परमेश्‍वरले मलाई स्वीकार गर्नुहुन्छ भने, ब्रदर पनि यो देखेर खुसी हुनेछन्।” तिमीले सत्यता सिद्धान्तहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र तिनलाई पछ्याउनुपर्छ। ब्रदरका बोलीवचन र कार्यहरू, उनको बोल्ने तरिका, र उनले काम गर्ने तरिका र विधिहरूबाट, तिमीले परमेश्‍वरलाई सन्तुष्ट पार्न र परमेश्‍वरद्वारा सिद्ध पारिनका लागि उनले आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्छन् भन्‍ने कुरा अवलोकन गर्नुपर्छ, र त्यसपछि तिमीले उनले जस्तै गर्नुपर्छ र उनको अनुकरण गर्नुपर्छ। उनको अनुकरण गर्नुको अर्थ उनले बोल्ने र काम गर्ने तरिकाको अनुकरण गर्नु होइन, बरु उनले कामकुराहरू गर्ने सिद्धान्तहरूको अनुकरण गर्नु र सिक्नु हो। तिमीले उनले कामको हरेक कुरा गर्दा कुन सिद्धान्तहरू पालन गर्छन्, उनले कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरा हासिल गर्छन्, उनले परमेश्‍वरको कार्यभार कसरी पूरा गर्छन्, उनले काम गर्दा कस्तो मानसिकता राख्छन्, उनले कुन सत्यता सिद्धान्त पालन गर्छन्, र उनीसँग सत्यता वास्तविकताको कुन पक्ष छ भन्‍ने कुरा हेर्नुपर्छ। तिमीले यस दिशामा खोज्नुपर्छ, र सिद्धान्तहरू फेला पारेपछि, तिमीले तिनको आधारमा काम गर्नुपर्छ र तिनको अभ्यास गर्नुपर्छ। यसरी अभ्यास गर्दा यसले तिमीलाई छिटो प्रगति गर्न सक्षम तुल्याउनेछ।

जब मण्डलीले कुनै निकै महत्त्वपूर्ण घटनाको सामना गर्छ, तब यदि यो तिमीले पहिले पनि अनुभव गरेको कुरा हो भने, यदि यो तिमीले पहिले गरेको र सम्हालेको प्रकारको कुरा हो भने, र तिमीसँग अनुभव छ भने, कसरी अगाडि बढ्ने भन्‍ने कुरा तिमीलाई थाहा हुनेछ। तर, धेरै मामिलाहरू तिमीले पहिलो पटक सामना गर्ने खालका हुन्छन्। यस प्रकारको मामिलालाई परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुने गरी कसरी सम्हाल्ने, र बाटो नबिराउन वा गम्भीर परिणामहरू नल्याउन कसरी काम गर्ने—यी कुराहरूलाई मानिसहरूले सजिलै स्पष्ट रूपमा देख्न सक्दैनन्, र मानिसहरू आफ्नो हृदयमा यसबारे पूर्ण रूपमा पक्‍का हुँदैनन्। यदि मानिसहरूले कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनन् भने के गर्नुपर्छ? त्यसोभए तिनीहरूले सिद्धान्तहरू बोध गर्नुपर्छ। तिनीहरूले जेसुकैको सामना गरे पनि, र यो ठूलो मामिला होस् वा सानो मामिला होस्, यदि तिनीहरूले यसलाई स्पष्ट रूपमा देख्न सक्दैनन् भने, तिनीहरूले सत्यता खोज्नुपर्छ, र तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र परमेश्‍वरको अगुवाइ माग्नुपर्छ। यो आफ्नो कर्तव्य निर्वाह गर्ने वा परमेश्‍वरको सेवा गर्ने हरेक व्यक्तिसँग हुनैपर्ने सिद्धान्त हो, र सबैले यसरी नै अभ्यास र अनुभव गर्नुपर्छ। त्यसैले, जब मण्डलीले ठूला सङ्कष्ट र परीक्षाहरूको सामना गर्‍यो, तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले तिनबाट पन्छिने छनौट गरेनन्, न त उनले आफूलाई दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको कामबाट अलग नै गरे। यसको सट्टा, उनी काम राम्ररी गर्न आफ्नो सम्पूर्ण प्रयास लगाउँदै, काम गर्नमा निरन्तर लागिरहे। त्यो प्रतिकूल वातावरणमा, उनले मण्डलीको कामलाई रोकिन दिएनन्, बरु मण्डलीको कामलाई सामान्य र सहज रूपमा अगाडि बढ्न सक्षम तुल्याए। अवश्य नै, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मण्डलीमा उत्पन्न हुने विभिन्न समस्याहरू निरन्तर अनुभव गर्ने र मण्डलीको कामको हरेक पक्षलाई सम्हाल्ने प्रक्रियामा परमेश्‍वरबाट तालिम प्राप्त गरेका छन् र उनी सिद्ध पारिएका छन्। अन्ततः, उनले परमेश्‍वरका अभिप्रायहरू बुझे र कामको हरेक भागको सत्यता सिद्धान्तहरू बुझे। त्यसपछि यो मण्डलीको कामको हरेक भाग गर्दा अझ बढी व्यावहारिक प्रयोगमा आउँछ। उनले तिमीहरूलाई काम गर्न मार्गदर्शन गर्ने हुनाले, तिमीहरूले घुमाउरो बाटो लिनु पर्दैन; एक हिसाबमा, तिमीहरूले तयारी खानेकुरा खाइरहेका छौ। तिमीहरूले आफ्नो बाटो खोज्नु वा खोजी गर्नु पर्दैन; तिमीहरूले ब्रदरले सङ्गति गर्ने सिद्धान्तहरूअनुसार सीधै अभ्यास गर्न सक्छौ। तर, तिमीहरूले ब्रदरलाई हरेक कुराको बारेमा सोध्नु हुँदैन र उनले तिमीहरूका लागि कुराहरूको छिनोफानो गरिदेलान् भनी पर्खनु हुँदैन, र कुनै मामिलाको सामना गर्दा यस्तो सोच्नु हुँदैन, “हामीले अब चिन्ता गर्नु पर्दैन, हामीले उहाँका वचनहरू खोज्नु पर्दैन, र हामीले कुनै कुराको सङ्गति वा छलफल गर्नु पर्दैन। हामीले सीधै ब्रदरलाई सोध्न सक्छौँ। ब्रदरले जे भन्छन्, हामी त्यही गर्नेछौँ; ब्रदरले हामीलाई जहाँ लैजान्छन्, हामी त्यहीँ पछ्याएर जानेछौँ। यदि ब्रदरले हामीलाई पूर्व जान लगाए भने, हामी पश्चिम जानेछैनौँ। यसले हामीलाई धेरै समस्याबाट बचाउँछ!” यदि तिमीहरूसँग यस्तो प्रकारको मनोवृत्ति छ, र तिमीहरू सधैँ यसरी ब्रदरमाथि भर पर्छौ भने, अन्ततः ब्रदर परमेश्‍वरद्वारा सिद्ध पारिनेछन्, र उनले धेरै कुरा प्राप्त गर्नेछन्, जबकि तिमीहरूले केही पनि प्राप्त गर्नेछैनौ। के तिमीहरूले आफैलाई हानि पुर्‍याएका हुनेछैनौ र? के तिमीहरूले कहिल्यै यस मामिलाबारे मनन गरेका छौ? (हामीले यसबारे पहिले मनन गरेका छैनौँ।) त्यसोभए के अब यसबारे मनन गर्ने समय आएको छैन र? (आएको छ।) हेर त, मानिसहरूको बाहिरी रूप सबैको लगभग उस्तै हुन्छ—रूपमा सबै मानव हुन्—तर तिनीहरूका भित्री खोजहरू, र तिनीहरूले कसरी सोच्छन् र परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कार्यभारको बारेमा तिनीहरूले आफ्नो हृदयमा कसरी छनौट गर्छन् भन्‍ने कुरा फरक हुन्छ, होइन र? (हो।)

जब मण्डलीले ठूला मामिलाहरूको सामना गर्छ, तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरसँग नजिकबाट र मौन समझदारीका साथ सहकार्य गर्न सक्छन्, र उनले आफ्नो काम त्याग्दैनन्। उनले मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको प्रबन्ध र अगुवाइअन्तर्गत निरन्तर अगाडि बढ्न अगुवाइ गर्छन्, र परमेश्‍वरको घरको कामलाई सहज रूपमा अघि बढ्न सक्षम तुल्याउँछन्। यस पक्ष बाहेक, जब उनले व्यक्तिगत रूपमा केही बदनामी र निन्दाको सामना गर्छन्, तब उनी प्रभावित हुँदैनन्, र उनले आफ्नो काम त्याग्दैनन्। उदाहरणका लागि, जब कसैले उनलाई गलत बुझ्छ, वा जब धार्मिक संसारमा उनको बारेमा केही निन्दा र अफवाहहरू फैलिन्छन्—यी कुराहरूको सामना गर्दा, र उनको व्यक्तिगत प्रतिष्ठा र ख्यातिमा आँच आउँदा—तब, मेरो अवलोकन र मैले थाहा पाएअनुसार, उनी यी कुराहरूबाट खासै प्रभावित भएका देखिँदैनन्, र उनले बाहिरी मानिसहरूले उनलाई कसरी मूल्याङ्कन गर्छन्, विशेष गरी धार्मिक संसारले उनको बारेमा कसरी टिप्पणी गर्छ र उनलाई कसरी गलत ठहराउँछ भन्‍ने कुरालाई वास्ता गर्दैनन्। उनी यी कुराहरूबाट प्रभावित हुँदैनन्। उदाहरणका लागि, जब उनी पहिलो पटक विदेश गए, तब उनले कम्युनिस्ट पार्टीले उनी ठूलो रकम लिएर भागे र उनले कुनै देशमा विलासी महल किने भन्‍ने अफवाहहरू रचेको छ भन्‍ने सुने। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले अरूले त्यस्ता अफवाहहरू रचेको कुरा एक पटकभन्दा बढी सुने, र यी अफवाहहरू अनलाइनमा पनि देखे, तर उनी बन्धनमा परेनन्। यस प्रकारका कुराहरूको सामना गर्दा उनको दृष्टिकोण के हुन्छ? उनले प्रायजसो एउटा सामान्य भनाइ उद्धृत गर्छन्: “खरायो करायो भन्दैमा के तिमी बन्दकोपी रोप्न छोड्छौ र?” म भन्छु यो मानसिकता राम्रै हो। बन्दकोपी रोप्नु पर्ने छ भने, तिमीलाई खरायोको आवाजले बन्धनमा पर्नु हुँदैन। बन्दकोपी भनेको तिमीले खानका लागि हो; खरायोले ती खाँदैमा त्यसले तिमीलाई रोप्नबाट रोक्दैन। यदि त्यसले बन्दकोपी खान चाहन्छ भने, तिमीले त्यसलाई सम्हाल्ने उपाय खोज्नुपर्छ—यस प्रकारको समस्यालाई सम्हाल्ने उपाय सधैँ हुन्छ। उनी यी कुराहरूबाट प्रभावित हुँदैनन् वा बन्धनमा पर्दैनन्, र उनले आफूले गर्नुपर्ने कुरा मात्रै गर्छन्; मण्डलीको काम पनि कुनै बाह्य जनमत वा निन्दाबाट प्रभावित हुँदैन। वास्तवमा, जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी कुराहरूको सामना गर्छन्, तब उनले आफ्नो हृदयमा के सोच्छन्? उनले एउटा सिद्धान्त पालन गर्छन्, त्यो हो: “बाह्य वातावरण जतिसुकै परिवर्तन भए पनि, परमेश्‍वरले मलाई दिनुभएको मिसन मैले गर्नुपर्ने कुरा हो, र मैले यसलाई पूरा गर्नैपर्छ। बाहिरी संसारले मलाई कसरी निन्दा गर्छ, यसले मप्रति कस्तो मनोवृत्ति राख्छ, यसले मलाई आदर गर्छ कि हेला गर्छ, र बाहिरी संसारमा मेरो कस्तो प्रतिष्ठा छ भन्‍ने कुराको हकमा—मेरो मिसनसँग यी कुराहरूको कुनै सरोकार छैन।” जब कतिपय मानिसहरूले बाहिरी संसारले तिनीहरूको बारेमा अफवाहहरू रचेको, तिनीहरूलाई निन्दा गर्न हावाका भरमा कुराहरू बनाएको, र तिनीहरूको ख्यातिमा नकारात्मक प्रभाव पारेको सुन्छन्, तब तिनीहरूको कद अत्यन्तै सानो हुने हुनाले तिनीहरूले यो सहन सक्दैनन्, त्यसैले तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्न छोड्छन्। तिनीहरूलाई जस्तोसुकै कार्यभार दिइए पनि, तिनीहरूले काम गर्दैनन्। तिनीहरूले यस्तो सोच्छन्, “परमेश्‍वरले मलाई प्रयोग गर्नुहुने हुनाले, उहाँले मेरा लागि यी बाह्य अफवाह र निन्दाहरू समाधान गरिदिनुपर्छ र मेरो असल प्रतिष्ठा पुनर्स्थापित गरिदिनुपर्छ। यदि परमेश्‍वरले मेरा लागि तिनलाई समाधान गरिदिनुभएन भने, म काम गर्ने मनस्थितिमा छैनँ; म यो काम गर्न सक्दिनँ।” धेरैजसो मानिसहरूका हकमा, यदि तिनीहरूले सानो कार्यभार स्वीकार गरे, र आफ्ना कर्तव्यहरू अलिकति निर्वाह गरे र आफ्नो जिम्मेवारी अलिकति पूरा गरे भने, तिनीहरूले सधैँ परमेश्‍वरसँग सर्तहरू राख्ने प्रयास गर्छन्। अलिकति काम गरेपछि, तिनीहरूले सधैँ यसलाई अनुग्रहसँग साट्न चाहन्छन्; अलिकति काम गरेपछि, तिनीहरूलाई परमेश्‍वरको अघि आफ्नो योगदान छ र परमेश्‍वरसँग मोलतोल गर्न योग्य छु भन्‍ने महसुस हुन्छ। बाहिरी संसारमा जेसुकै भए पनि, जबसम्म परमेश्‍वरले गर्नुहुने कुरा तिनीहरूलाई मन पर्दैन, तिनीहरूको इच्छाअनुरूप हुँदैन, र तिनीहरूको इच्छाविपरीत हुन्छ, तबसम्म तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरको बारेमा गुनासो गर्छन्, र आफ्नो काम त्याग्न र काम गर्न छोड्न चाहन्छन्। तिनीहरूले काम गरे पनि, तिनीहरूले यसलाई झाराटारुवा तरिकाले गर्छन् र देखावटी रूपमा मात्रै काम गर्छन्। यदि तिनीहरूका व्यक्तिगत समस्याहरू राम्ररी सम्हालिएनन् भने, यसले तिनीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा असर गर्न सक्छ, र परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कार्यभार पूरा गर्नमा असर गर्न सक्छ। मलाई भन, के त्यस्ता अगुवा र कामदारहरू मानकअनुरूप र भरोसायोग्य हुन्छन्? (तिनीहरू मानकअनुरूप हुँदैनन्, न त तिनीहरू भरोसायोग्य नै हुन्छन्।) त्यस्ता मानिसहरू भरोसायोग्य हुँदैनन्! तिनीहरूको व्यक्तिगत जीवन र अस्तित्वको क्रममा जेसुकै घटना घटे पनि त्यसले तिनीहरूलाई परमेश्‍वरको कार्यभार पूरा गर्नमा असर गर्न सक्छ। यदि तिनीहरूलाई कुनै कुरा अलिकति मात्रै पनि मन परेन भने, तिनीहरू रिसाउँछन् र अनुचित व्यवहार गर्छन्, आफ्ना कर्तव्यहरू निर्वाह गर्न छोड्छन्, र आफ्नो काम त्याग्छन्। जब यी बाह्य मामिलाहरू समाधान हुन्छन्, जब यी सबै मामिलाहरू तिनीहरूको इच्छाअनुसार हुन्छन्, र जब तिनीहरू प्रसन्न मनस्थितिमा हुन्छन्, तब मात्रै तिनीहरूले मण्डलीमा अझै काम छ भन्‍ने सम्झन्छन्, र तब मात्रै तिनीहरूले बोझ बोक्ने र निरन्तर काम गर्ने बारेमा सोच्छन्। तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कार्यभारलाई गम्भीरतापूर्वक लिँदैनन्, सधैँ यसलाई सबैभन्दा सानो मामिलाको रूपमा लिन्छन्। तिनीहरूको हृदयमा, परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कार्यभार तिनीहरूको प्रतिष्ठा जति महत्त्वपूर्ण हुँदैन, र मानिसहरूमाझ तिनीहरूको ख्याति जति महत्त्वपूर्ण हुँदैन। जब कसैले तिनीहरूलाई गलत बुझ्छ, वा तिनीहरूप्रति केही व्यक्तिगत पूर्वाग्रह राख्छ र तिनीहरूको पिठ्यूँ पछाडि तिनीहरूलाई गलत ठहराउँछ, वा तिनीहरूप्रति केही हदसम्म विश्वस्त हुँदैन, वा तिनीहरूको कामको बारेमा केही राय वा केही फरक सुझावहरू दिन्छ, तब तिनीहरू बेखुसी हुन्छन्, तिनीहरूले आफ्नो काम त्याग्छन् र काम गर्न छोड्छन्, र परमेश्‍वरको अघि अनुचित व्यवहार गर्छन्। तिनीहरूको जीवनमा उत्पन्न हुने कुनै पनि सानो घटना, वा कसैसँग समस्या परेको वा तिनीहरूसँग विवाद भएको एउटै घटनाले पनि तिनीहरूलाई परमेश्‍वरको कार्यभार पूरा गर्नमा असर गर्न सक्छ, र तिनीहरूलाई आफ्ना जिम्मेवारीहरू पूरा गर्नमा असर गर्न सक्छ। तर, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको हकमा भन्दा, म उनको सम्पर्कमा आएदेखि अहिलेसम्म, मैले जे देखेको छु र मलाई जे थाहा छ त्यसअनुसार, उनी कुनै पनि मामिला सम्हाल्ने प्रक्रियामा एक पटक पनि बन्धनमा परेका छैनन्। उनी सधैँ भन्छन्, “खरायो करायो भन्दैमा के तिमी बन्दकोपी रोप्न छोड्छौ र?” मानवीय दृष्टिकोणबाट हेर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसमा अत्यन्तै बलियो मनोवैज्ञानिक सहनशीलता छ; सत्यताको दृष्टिकोणबाट हेर्दा, यस व्यक्तिमा परमेश्‍वरप्रतिको विश्वास छ, परमेश्‍वरप्रतिको इमानदारी छ, र उनले परमेश्‍वरको ख्याल गर्छन्। परमेश्‍वरप्रतिको उनको विश्वास, इमानदारी, र ख्यालले उनको आफ्नै प्रतिष्ठाप्रतिको चिन्तालाई उछिन्छ। कतिपय मानिसहरूले उनलाई निन्दा गरेर उनको व्यक्तिगत प्रतिष्ठा र ख्यातिमा अत्यन्तै नकारात्मक प्रभाव पारे पनि, उनले वास्ता गर्दैनन्। उनको हृदयमा, परमेश्‍वरको कार्यभार पूरा गर्नु र मण्डलीको कामको जिम्मेवारी उठाउनु अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण छ। मानिसहरूका बीचमा तिम्रो ख्याति जतिसुकै ठूलो भए पनि र तिम्रो प्रतिष्ठा जतिसुकै भए पनि, यदि तिमीले परमेश्‍वरको कार्यभार र परमेश्‍वरले तिमीलाई दिनुभएको मिसन पूरा गरेका छैनौ भने, तिमी समस्यामा छौ। तिमीले भनेको कुनै पनि कुराको कुनै अर्थ हुनेछैन; तिमीले परमेश्‍वरलाई लेखाजोखा दिनैपर्छ, किनभने परमेश्‍वरले नै तिमीलाई यो मिसन दिनुभएको थियो। तिमीले निर्वाह गर्ने कर्तव्य परमेश्‍वरबाट आएको हो; यो तिमीलाई परमेश्‍वरको घरले वा तिम्रो अगुवाले दिएको होइन, न त यो तिमीले आफै माग गरेको कुरा नै हो—यो परमेश्‍वरले नै तिमीलाई दिनुभएको हो। तिम्रो कर्तव्य परमेश्‍वरले नै तिमीलाई दिनुभएको हुनाले, तिमी कुनै पनि कुराबाट बन्धनमा पर्नु हुँदैन। समुद्र सुके पनि र चट्टानहरू टुक्रिए पनि वा तिमी पृथ्वीको अन्त्यमा पुगे पनि, र तिमीले जस्तोसुकै सतावट, सङ्कष्ट, अवरोध, वा असफलताहरूको सामना गरे पनि, तिमीले आफ्नो कर्तव्य निर्वाह गर्न पाएसम्म, तिमीले आफ्नो काम त्याग्नु हुँदैन, तिमीले हरेस खानु हुँदैन, र तिमीले यसबाट पन्छिनु हुँदैन। यदि तिमी यसबाट पन्छिन्छौ र भगौडा बन्छौ भने, तिमी यहूदा बन्छौ, र तिमी सधैँका लागि महापापी हुन्छौ। परमेश्‍वरको कार्यभार स्वीकार गर्ने मामिलामा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सधैँ परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्ने सङ्कल्पका आधारमा आफ्ना जिम्मेवारीहरू पूरा गर्दै र आफ्नो कर्तव्य निर्वाह गर्दै आएका छन्। उनले भनेका छन्, “जबसम्म परमेश्‍वरको काम रोकिँदैन, तबसम्म म मेरो यो सानो गाडा धकेलिरहनेछु।” यी उनकै शब्दहरू हुन्, जसको अर्थ हो: “जबसम्म परमेश्‍वरको काम समाप्त हुँदैन, र परमेश्‍वरले मलाई रोकिन भन्नुहुन्न, तबसम्म म मरिहत्ते गरेर काम गरिरहनेछु। यदि परमेश्‍वरले मलाई उप्रान्त प्रयोग गर्नुभएन, परमेश्‍वरको काम समाप्त भयो भने, र परमेश्‍वरले मलाई रोकिन भन्नुभयो भने मात्रै म रोकिनेछु। यदि परमेश्‍वरले मलाई रोकिन भन्नुभएन भने, म जीवित रहेसम्म र ममा सास रहेसम्म, म काम गरिरहनेछु।” मलाई भन, के उनको विश्वास ठूलो छ? के उनको प्रेरणा ठूलो छ? (छ।) के तिमीहरूसँग यो प्रेरणा छ? (अहिलेसम्म छैन।) धेरैजसो मानिसहरूले अझै पनि सधैँ यस्तो आशा गरिरहेका हुन्छन्: “परमेश्‍वरको काम कहिले समाप्त हुनेछ? महाविपत्तिहरू कहिले आउनेछन्? कति समय बाँकी छ? के हामीले देहको जीवनको अलिकति आनन्द लिन सक्छौँ? सुसमाचार प्रचार गर्दाका र आफ्नो कर्तव्य निर्वाह गर्दाका यी सबै वर्षहरू अत्यन्तै व्यस्त रहेका छन्, हामीले नयाँ वर्ष र अन्य चाडबाडहरूमा राम्ररी विश्राम गरेका छैनौँ, हामीले हाम्रा परिवारहरूलाई छोडेका छौँ, र हामीले उप्रान्त पारिवारिक स्नेहको आनन्द लिन पाउँदैनौँ—यो कहिले समाप्त हुनेछ?” मानिसहरूसँग यस जीवनकालमा आफ्नो मिसन र कर्तव्यलाई प्राण जस्तै रक्षा गर्ने सङ्कल्प वा मानसिकता नै हुँदैन। तिमीले त्यस्ता नाराहरू लगाए पनि र त्यस्ता भाकलहरू गरे पनि, तिम्रा वास्तविक कार्यहरू त्यसअनुरूप भएका छैनन्। यसको विपरीत, उनको व्यक्तिगत प्रतिष्ठा र ख्यातिमा बदनामी र निन्दा हुँदा समेत, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस कतिपय मानिसहरू जस्तै नकारात्मक र कमजोर बन्दैनन् वा उनले आफ्नो बचाउ गर्ने र आफूलाई निर्दोष साबित गर्ने प्रयास गर्दैनन्, यसले काममा असर पर्न दिने कुरा त परै जाओस्। उनले सधैँझैँ काम गरिरहन्छन्, परिस्थिति जस्तोसुकै भए पनि उनी डगमगाउँदैनन्। यो काम, यो मिसन, परमेश्‍वरले नै उनलाई दिनुभएको थियो, त्यसैले उनी नरोकिईकन यो काम गरिरहन्छन्।

तिमीहरू परमेश्‍वरको सेवा गर्ने मानिसहरू भए पनि वा आफ्ना विभिन्न कर्तव्यहरू निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरू भए पनि, यदि तिमीहरू परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न र परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न चाहन्छौ भने, यो अहिले तिमीहरूको पहुँचभन्दा बाहिरको कुरा हुन सक्छ। तर कम्तीमा पनि, तिमीहरूसँग परमेश्‍वरप्रतिको साँचो विश्वास र इमानदारचाहिँ हृदय हुनैपर्छ; तिमीहरूले सुरुमा यी दुई कुराहरू हासिल गर्नुपर्छ। त्यसोभए यी दुई कुराहरू हासिल गर्नका लागि तिमीहरूले कसरी अभ्यास गर्नुपर्छ? यो हासिल गर्ने तरिका यस्तो छ: तिमीले निर्वाह गर्ने कर्तव्यमा, तिमीले आधा मनले वा झाराटारुवा तरिकाले काम नगरी, कम्तीमा आफ्नो सम्पूर्ण शक्ति लगाउनैपर्छ। उदाहरणका लागि, मानौँ तिमीले नृत्य टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्छौ, र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले तिमीसँग नृत्य-निर्देशनका सिद्धान्तहरू र कस्तो प्रकारका नृत्यहरू निर्देशन गर्ने भन्‍ने विषयमा सङ्गति गर्छन्, र तिमीले कुन सामग्रीहरू अध्ययन गर्नुपर्छ र काम पूरा गर्न तिमीसँग कति समय छ भनेर तिमीलाई बताउँछन्। टिपोटहरू लिएपछि, तिमीले सबैसँग मिलेर छलफल र सङ्गति गर्छौ। जहाँ सङ्गतिले कुराहरू स्पष्ट पारेको हुँदैन, त्यहाँ तिमी पर्खन्छौ र थप खोजी गर्छौ, वा तिमीले अन्य नृत्य टोलीहरूसँग परामर्श गर्छौ; तिमीले कुरा बुझेपछि, यसलाई तुरुन्तै कार्यान्वयन गर्छौ। यदि तिमीले अझै पनि राम्ररी बुझेका छैनौ भने, तिमी निरन्तर प्रयास गर्छौ र यसको भाव महसुस गर्ने प्रयास गर्छौ; तिमीले कुरा बुझेपछि, तिमी यो काम गर्न र व्यवहारमा लागू गर्न हतार गर्छौ। सबैभन्दा पहिले, तिमीसँग आफ्नै कर्तव्यप्रति इमानदार हृदय हुनैपर्छ। इमानदार हृदय हुनुका प्रकटीकरणहरू के-के हुन्? हामीले भर्खरै पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको अभ्यासको एउटा पक्षको बारेमा कुरा गर्‍यौँ, त्यो के हो भने परमेश्‍वरको सेवा गर्दा, उनले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, उनले कहिल्यै आफ्नो काम त्याग्दैनन्। तिमीले कठिन कुराहरूको सामना गर्दा के गर्नुपर्छ? नडराऊ—कठिनाइविना, तिम्रो कद प्रदर्शन हुन सक्दैन र तिम्रो क्षमता प्रदर्शन हुन सक्दैन। जीवन विभिन्न कठिनाइहरूले भरिएको हुन्छ र मानिसहरू एकपछि अर्को कठिनाइ सामना गर्दै आफ्नो जीवन बिताउँछन्। निरन्तर कठिनाइहरू सामना गर्ने क्रममा, यदि तिमी सत्यता सिद्धान्तहरू खोज्छौ र यी कठिनाइहरू समाधान गर्छौ भने, के तिमीले कठिनाइहरू समाधान गर्ने सामर्थ्य प्राप्त गर्नेछैनौ र? के तिम्रो क्षमता र चरित्रमा सुधार आउनेछैन र? साथै, जब तिमीसँग कठिनाइहरू समाधान गर्ने सिद्धान्तहरू हुन्छन् र तिमी ती अभ्यास गर्छौ, तब के तिमीसँग जीवन प्रवेश हुनेछैन र? कठिनाइहरू समाधान गरेर, तिमीले सत्यताको वास्तविकता प्राप्त गर्छौ—के तिम्रो जीवन बिस्तारै बढ्नेछैन र? त्यसैले, कठिनाइहरू हुनु राम्रो कुरा हो। तिमीले जति धेरै कठिनाइहरूको सामना गर्छौ, तिम्रो इमानदारी त्यति नै धेरै प्रकट हुन्छ, र परमेश्‍वरप्रतिको तिम्रो विश्वासको त्यति नै धेरै परीक्षा हुन्छ। कठिनाइहरू आउँदा नडराऊ, र असफलता र अवरोधहरूसँग नडराऊ। अवश्य नै, तिमीहरूको दैनिक जीवनमा, प्रायजसो कतिपय अन्तरवैयक्तिक द्वन्द्वहरू उत्पन्न हुन्छन्, वा कुनै व्यक्ति तिमीसँग असन्तुष्ट हुन सक्छ, वा उसले तिम्रो पिठ्यूँ पछाडि तिमीलाई गलत ठहराउन र तिमीलाई हेला गर्न समेत सक्छ, साथै अन्य सबै प्रकारका निराशाजनक र अप्रिय कुराहरू हुन सक्छन्; तिमी यी कुराहरूद्वारा बन्धनमा पर्नु हुँदैन, न त तिमीले यी समस्या वा कठिनाइहरूको उदयले तिमीलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा असर गर्न दिनु नै हुन्छ। यदि तिमीसँग तिनलाई सम्हाल्ने समय छ भने, तिमीले तिनलाई सिद्धान्तहरूअनुसार कसरी सम्हाल्ने भनेर खोज्न सक्छौ; यदि तिमी आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त छौ र तिमीसँग तिनलाई सम्हाल्ने समय छैन भने, तिमीले यी दैनिक कामकाज, सानातिना मामिलाहरू, र सही र गलतसम्बन्धी विवादहरूलाई पन्छाउन सक्छौ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने कार्यलाई प्राथमिकता दिन सक्छौ—यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कतिपय मानिसहरूले यसो भन्छन्, “म त सक्दिनँ। कसैले मेरो पिठ्यूँ पछाडि मलाई गलत ठहरायो, र यस कुराले मलाई चोट पुर्‍यायो। मलाई भित्रभित्रै अत्यन्तै नराम्रो महसुस भइरहेको छ, मेरो मनस्थिति खराब छ, मेरो मनोबल घटेको छ, र मलाई मेरो कर्तव्य निर्वाह गर्नमा बन्धन र बाधा पुगेको छ। म यो मामिलालाई जित्न सक्दिनँ—मैले के गर्नुपर्छ?” त्यस्तो अवस्थामा, तिमीले परमेश्‍वरलाई इमानदारीपूर्वक र व्यग्रताका साथ प्रार्थना गर्नुपर्छ, र मलाई मद्दत गर्नुहोस् र मलाई शक्ति दिनुहोस् भन्दै परमेश्‍वरलाई बिन्ती गर्नुपर्छ। तिमीले यसो भन्नुपर्छ, “परमेश्‍वर, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छु, तर अहिले एउटा विवाद उत्पन्न भएको छ। मैले मेरो हृदयमा अत्यन्तै व्याकुल महसुस गरिरहेको छु। म यस मामिलामा ध्यान दिन चाहन्नँ, तर म मेरो हृदयमा सधैँ यसबाट बन्धनमा पर्छु। मलाई मद्दत गर्नुहोस् र मलाई शक्ति दिनुहोस् भनी म तपाईंलाई बिन्ती गर्छु, ताकि म यसलाई जित्न सकूँ र यसबाट बन्धनमा नपरूँ, र मैले मेरो कर्तव्य राम्ररी निर्वाह गर्न सकूँ।” प्रार्थना गरेपछि, यसलाई जित्न र यसको विरुद्धमा विद्रोह गर्न कडा प्रयास गर। तिमीले सहकार्य गर्ने प्रयास गर्दा, यी सानातिना मामिलाहरूले तिमीलाई पटक्कै बाधा पुर्‍याउनेछैनन्, न त तिनले तिमीलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा असर गर्न नै सक्नेछन्। यदि तिमी आफ्नो कर्तव्य निर्वाह गर्नमा इमानदार छौ भने, यदि तिमीले परमेश्‍वरले तिमीलाई गहन-जाँच गर्नुहुन्छ र परमेश्‍वरले तिम्रो कर्तव्य निर्वाह गर्ने तिम्रो मनोवृत्ति देख्नुहुनेछ भनेर साँच्चै विश्वास गर्छौ भने, यदि तिमीसँग परमेश्‍वरप्रति यस्तो विश्वास छ भने, र यदि तिमीले यसरी इमानदारीपूर्वक प्रार्थना गर्छौ भने, परमेश्‍वरले तिमीलाई कठिनाइ पार गर्न र त्यस्ता विवादहरूको बन्धनलाई फाल्न पक्कै मद्दत गर्नुहुनेछ, र तिमीले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछौ। यदि तिम्रो प्रार्थना परमेश्‍वरको परीक्षा लिनका लागि मात्रै हुन्छ भने, र तिमीले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छु भनेर मुखले मात्रै भन्छौ, तर तिम्रो व्यक्तिपरक अभिप्राय विवादमा फस्ने र अर्को पक्षलाई हराउने हो भने, परमेश्‍वरले तिमीसँग कुनै इमानदारी छैन भन्‍ने कुरा देख्नुहुनेछ र तिमीलाई बेवास्ता गर्नुहुनेछ, र तिमीले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछैनौ। आफ्नो कर्तव्य राम्ररी निर्वाह नगर्नुको अन्तिम परिणाम के हुन्छ? तिम्रो कर्तव्यलाई त्याग्न मात्रै सकिन्छ, र तिमीलाई आफ्नो काम नत्यागी बस्‍न गाह्रो हुनेछ। के तिमीहरूले बुझ्यौ? (हामीले बुझ्यौँ।) आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा धेरै पटक तिमीले आफ्नो काम त्याग्न चाहँदैनौ, तिमी विवादहरूमा फस्न चाहँदैनौ, र कुनै पनि मानिस, घटना, र कामकुराहरूबाट बन्धनमा पर्न चाहँदैनौ, र तिमी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मात्रै चाहन्छौ, तापनि जब वास्तवमा तिमीमाथि कुराहरू आइपर्छन्, तब तिमीले आफूलाई नियन्त्रण गर्न सक्दैनौ। तिम्रो आफ्नै इच्छा अत्यन्तै बलियो हुन्छ, र तिमी अरूसँग विवादहरूमा फस्‍नका लागि जिद्दी गर्छौ। यस महत्त्वपूर्ण क्षणमा, परमेश्‍वरले तिम्रा शब्दहरू कति राम्रा सुनिन्छन् भनेर हेर्नुहुन्न; परमेश्‍वरले तिम्रो हृदयलाई मात्रै हेर्नुहुन्छ, तिम्रा व्यक्तिपरक अभिप्रायहरू के हुन् भनेर हेर्नुहुन्छ। यदि तिम्रो झुकाव सही र गलतको बारेमा झगडा गर्ने, आफ्नै हितहरूको रक्षा गर्ने, र मामिलालाई स्पष्ट पार्न र कसले जित्छ भनेर छिनोफानो गर्न अर्को पक्षसँग बहस गर्ने हो भने, परमेश्‍वरले पटक्कै काम गर्नुहुनेछैन, र उहाँले तिमीलाई प्रबोधित वा अगुवाइ गर्नुहुनेछैन। जब परमेश्‍वरले तिम्रो कर्तव्य राम्ररी निर्वाह गर्ने तिम्रो चाहना साँचो होइन, तर आफ्नै प्रतिष्ठा र हैसियतको रक्षा गर्ने तिम्रो चाहनाचाहिँ साँचो हो भन्‍ने देख्नुहुन्छ, तब परमेश्‍वरले तिमीलाई बेवास्ता गर्नुहुनेछ। परमेश्‍वरले तिमी झूटो हौ, र तिमी इमानदार व्यक्ति होइनौ भनेर भन्नुहुनेछ। यी परिस्थितिहरूमा, परमेश्‍वरले तिमीमाथि काम गर्नुहुनेछैन, किनभने पवित्र आत्माले कहिल्यै व्यर्थको काम गर्नुहुन्न। परमेश्‍वरले पहिले तिम्रा व्यक्तिपरक अभिप्रायहरू कतातिर झुकेका छन् भन्‍ने कुरालाई हेर्नुहुन्छ। मानौँ तिम्रो झुकाव आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्‍वरको कार्यभारलाई पूर्णतामा पुर्‍याउने हो, तर तिम्रो व्यक्तिगत शक्ति अत्यन्तै कम छ, तिमीले सामना गर्ने शक्तिहरू अत्यन्तै शक्तिशाली छन्, र तिमीले सामना गर्ने विवादहरू अत्यन्तै समस्याजनक र समाधान गर्न अत्यन्तै गाह्रो छन्; तिम्रो इमानदारी देखेर, परमेश्‍वरले तिमीलाई यी सबै समाधान गर्न मद्दत गर्नुहुनेछ। हेर त, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस पनि भ्रष्ट मानवजातिको बीचमा जिउँछन् र यस भौतिक संसारमा जिउँछन्, र उनले पनि यी कुराहरूको सामना गर्छन्, जस्तै मानिसहरूले गलत ठहराउने कार्य, बदनामी, र अफवाह, उनीप्रतिको मानिसहरूको शत्रुता, र मानिसहरूले उनीसँग हैसियतको लागि गर्ने प्रतिस्पर्धा र अरूमाझ ख्यातिको लागि उनीसँग गर्ने प्रतिस्पर्धा, इत्यादि। तर उनले जस्तोसुकै कुराको सामना गरे पनि, उनले सधैँ आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गर्ने र परमेश्‍वरले उनलाई दिनुभएको मिसन पूरा गर्ने छनौट गर्छन्, र उनलाई उचाल्नुहुने परमेश्‍वरलाई निराश पार्दैनन्। मण्डलीको काम गर्दा उनले सधैँ यो मानसिकता राखेका छन्: उनले जस्तोसुकै कुराको सामना गरे पनि, उनले मण्डलीको काम र परमेश्‍वरले उनलाई दिनुभएको मिसनलाई आफ्नो उच्च प्राथमिकताको रूपमा हेर्छन्, र परमेश्‍वरले उनलाई दिनुभएको कार्यभार र मिसनलाई उनले प्राण जस्तै रक्षा गर्छन्। त्यसैले, जब उनका व्यक्तिपरक अभिप्रायहरूमा यस्तो झुकाव हुन्छ, तब परमेश्‍वरले उनलाई गहन-जाँच गर्नुहुन्छ र उनको इमानदारी देख्नुहुन्छ। जब परमेश्‍वरले उनलाई गहन-जाँच गर्नुहुन्छ र उनको इमानदारी देख्नुहुन्छ, तब मानिसलाई बन्धनमा पार्न, समस्यामा पार्न, र असर गर्न सक्ने, र मानिसका विचार र दृष्टिकोणहरूलाई डगमगाउन र उसले हिँड्ने मार्गलाई डगमगाउन समेत सक्ने ती कुराहरू परमेश्‍वरको अगुवाइअन्तर्गत थाहै नपाई समाधान हुन्छन्, र त्यो पनि अत्यन्तै सजिलोसँग। मण्डलीको काम गर्ने काम यस्तै हो; प्रायजसो कठिनाइहरू उत्पन्न हुन्छन्, र प्रायजसो समस्याहरू देखा पर्छन्। ब्रदर सधैँ भन्छन्, “खरायो करायो भन्दैमा के तिमी बन्दकोपी रोप्न छोड्छौ र?” यो भनाइ सुनेपछि, धेरैजसो मानिसहरूलाई यसको पछाडिको सिद्धान्त सही छ भन्‍ने पनि थाहा हुन्छ, तर जब यसलाई व्यवहारमा लागू गर्ने कुरा आउँछ, तब तिनीहरू किन लागू गर्न असमर्थ हुन्छन्? त्यतिखेर किन कठिनाइ हुन्छ? यो कुरा मानिसहरूको आफ्नो कर्तव्यप्रतिको र आफ्नो मिसनप्रतिको व्यक्तिपरक मनोवृत्तिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। अर्थात्, एकातिर तिम्रो कर्तव्य र परमेश्‍वरको कार्यभार, र अर्कोतिर तिम्रा विभिन्न व्यक्तिगत हितहरूका बीचमा, तिमी आफ्ना व्यक्तिगत हितहरू नै छनौट गर्छौ; तिमीले मूल्यवान् ठान्ने कुरा तिम्रा आफ्नै दैहिक हितहरू, तिम्रो प्रतिष्ठा र हैसियत, र दैहिक आनन्द हुन्। तिमी आफ्नो असी वा नब्बे प्रतिशत रगत-पसिना र ऊर्जा लिन्छौ र यसलाई तिम्रा आफ्नै दैहिक हितहरूमा समर्पित गर्छौ, र यसलाई आफ्नै दैहिक हितहरूको रक्षा गर्नका लागि प्रयोग गर्छौ, जबकि आफ्नो कर्तव्यलाई अतिरिक्त कामको रूपमा लिन्छौ। त्यसोभए, आफ्नो कर्तव्य निर्वाह गर्ने कुराप्रति, परमेश्‍वरको कार्यभारप्रति, र परमेश्‍वरप्रति तिमीसँग कति धेरै इमानदारी हुन सक्छ? (अत्यन्तै कम।) कतिपय मानिसहरूका लागि यो दश प्रतिशतभन्दा कम हुन सक्छ। के तिमीले त्यो थोरै इमानदारीलाई सत्यतासँग साट्नु र यसलाई परमेश्‍वरको सिद्धतासँग साट्नु सम्भव हुन्छ र? (हुँदैन।) परमेश्‍वरको सिद्धता र सत्यता अमूल्य खजाना हुन्! तिमी तिम्रो दश प्रतिशतभन्दा कम ऊर्जा अर्पण गर्छौ र यसलाई सत्यतासँग साट्न सक्छु, यसलाई परमेश्‍वरद्वारा सिद्ध पारिने कुरासँग साट्न सक्छु, र यसलाई परमेश्‍वरबाटको पहिचान र स्वीकृतिसँग साट्न सक्छु भन्‍ने सोच्छौ—मलाई भन, के परमेश्‍वरले तिमीलाई ती कुराहरू दिनुहुनेछ र? (दिनुहुन्न।) तिमीले तिम्रो सय प्रतिशत इमानदारी देखाउनैपर्छ; त्यसपछि मात्रै तिमीले, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले जस्तै, सत्यता प्राप्त गर्न, र परमेश्‍वरको सिद्धता र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौ। सत्यता आफैमा एउटा अमूल्य खजाना हो, र यसको बदलामा कुनै पनि कुरा साट्न सकिँदैन। सत्यता त्यो पूँजी हो जसले एक सृजित मानवलाई सधैँभरि जिउन योग्य हुन सक्षम तुल्याउँछ। विचार गर त, त्यो कति मूल्यवान् छ! अलिकति अर्पण गरेर, अलिकति प्रयास गरेर, र केही नाराहरू लगाएर मात्रै तिमीले सत्यता प्राप्त गर्नु असम्भव हुन्छ। सत्यता प्राप्त गर्ने कुरा त परै जाओस्, पवित्र आत्माको अलिकति प्रबोधन र अगुवाइ प्राप्त गर्न समेत निश्चित मात्रामा इमानदारी र निष्कपटता आवश्यक पर्छ, र यसका अतिरिक्त, पवित्र आत्माको काम प्राप्त गर्नका लागि तिमीले मूल्य चुकाउनैपर्छ—सत्यता प्राप्त गर्नका लागि त झन् कति धेरै मूल्य चुकाउनुपर्ला! त्यसका लागि लगनशील खोजको समयावधि आवश्यक पर्छ, र यो हासिल गर्नका लागि तिमीले धेरै कष्ट सहनुपर्छ र धेरै मूल्य चुकाउनुपर्छ। किनभने सत्यता तिम्रो जीवन बन्नका लागि हो; यो जीवन तिमीमा लागू भएपछि, तिमीले मृत्यु चाख्नुपर्नेछैन—तिमी मर्नेछैनौ। नमर्नुको अर्थ के हो? (यसको अर्थ अनन्त जीवन प्राप्त गर्नु हो।) अनन्त जीवनलाई शाब्दिक रूपमा हेर्दा, यसको अर्थ सधैँभरि बाँच्नु, सधैँभरि जिउनु, र नमर्नु हो, किनभने तिमीसँग जिउने जग हुन्छ, र जिउने पूँजी हुन्छ। त्यसोभए तिमीले यो अमूल्य खजाना, अर्थात् सत्यतालाई कसरी प्राप्त गर्न सक्छौ? कम्तीमा पनि, तिमीसँग केही इमानदारी हुनैपर्छ। यदि तिमीसँग दस प्रतिशत मात्रै इमानदारी छ भने, के त्यो पर्याप्त हुन्छ? मलाई लाग्छ पचास प्रतिशत पनि पर्याप्त हुँदैन; तिमीले अझै पनि सत्यता प्राप्त गर्न सक्नेछैनौ। तिमीले केही सतही सत्यताहरू त बुझ्न सक्छौ, तर तिमीले गहिरा सत्यताहरू—परमेश्‍वरलाई चिन्ने पक्ष, परमेश्‍वरमा समर्पित हुने पक्ष, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पक्षको सत्यता र जीवन—प्राप्त गर्न सक्नेछैनौ। यदि तिमी यी सत्यताहरू तिमीमा लागू भएर तिम्रा वास्तविकता बनून्, र ती तिमीले स्वाभाविक रूपमा प्रकट गर्ने र जिउने कुरा बनून् भन्‍ने चाहन्छौ भने, तिमीले तिम्रो सय प्रतिशत इमानदारी अर्पण गर्नैपर्छ; यो मोलतोल गर्न सकिने कुरा होइन। त्यसकारण, यदि तिमी सत्यता प्राप्त गर्न चाहन्छौ भने, तिमीले कति इमानदारी अर्पण गरेका छौ, र तिमीले त्यसमध्ये केही लुकाएर राखेका छौ कि छैनौ भनेर चिन्तन गर्नैपर्छ। तिमीले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा, र तिमीले सामना गर्ने मानिस, घटना र कामकुराहरूमा, तिमी आफ्नो कर्तव्यलाई बेवास्ता गर्न, उचित कामहरूलाई बेवास्ता गर्न, दैहिक आनन्द पछ्याउन, हैसियत, ख्याति र प्राप्ति पछ्याउन, र आफूलाई प्रदर्शन गर्न र उचाल्नका लागि कति समय बिताउँछौ? आफ्नो कर्तव्य निर्वाह गर्दा तिमी झाराटारुवा काम गर्न, अरूमाथि भर पर्न, र कष्ट सहन र मूल्य चुकाउन अनिच्छुक हुन, साथै समस्याहरूको सामना गर्दा आफ्नो काम त्याग्न, र समस्याहरूको सामना गर्दा स्वेच्छाचारी रूपमा काम गर्न र परमेश्‍वरको बोझको ख्याल नगर्नमा कति समय बिताउँछौ? तिमीले यी सबै कुराहरूलाई गम्भीरतापूर्वक जाँच्नुपर्छ।

हेर त, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी वर्षहरूमा कसरी तिमीहरूको काम अनुगमन गरेका छन्। जब उनले तिमीहरूलाई सहायता र मद्दत गर्न तिमीहरूसँग सत्यता सङ्गति गर्छन्, तब उनले यो कसरी गर्छन्? के त्यसमा उनको आफ्नै कुनै इच्छा मिसिएको हुन्छ? के उनले कहिल्यै आफ्नो काम त्यागेका छन्? के उनी कहिल्यै आफ्ना जिम्मेवारीहरूबाट पन्छिएका छन्? उनले तिमीहरूलाई गर्ने काटछाँट समेत यस्तो इमानदारीका साथ गरिन्छ, र उनले तिमीहरूलाई हप्काउने र तिमीहरूलाई अनुशासनमा राख्ने काम समेत इमानदारीका साथ गरिन्छ—तीमध्ये कुनै पनि काम झारा टार्ने काम हुँदैन। उनले इमानदारीपूर्वक आफ्ना जिम्मेवारीहरू पूरा गर्छन् र तिमीहरूप्रति आफ्ना दायित्वहरू पूरा गर्छन्। यो इमानदारी कहाँबाट आउँछ? यो परमेश्‍वरप्रतिको उनको इमानदारीमा आधारित हुन्छ। उनले परमेश्‍वरको कार्यभार इमानदारीका साथ स्वीकार गरे, र, त्यहाँदेखि उनले परमेश्‍वरको कार्यभारलाई पूर्णतामा पुर्‍याउने र यसलाई राम्ररी गर्ने प्रयास गर्नका लागि आफ्नो इमानदारी प्रयोग गरेका छन्। त्यसोभए उनले यसलाई कसरी अभ्यास गर्छन्? उनले केही शब्दहरू मात्रै बोल्ने, आफ्नो अडान व्यक्त गर्ने, र त्यत्तिकै छोड्ने गर्दैनन्। यसको सट्टा, उनले तिमीहरूमा यो काम व्यावहारिक रूपमा गर्छन्। तिमीहरूले यसको कदर गर्न सक्नुपर्छ, होइन र? (हो।) त्यसकारण, उनले तिमीहरूलाई गर्ने काटछाँट र उनले तिमीहरूलाई हप्काउने काम समेत इमानदारीका साथ गरिएको हुन्छ। जब उनले तिमीहरूलाई काटछाँट गर्छन् र हप्काउँछन्, तब उनी स्वयम्‌लाई पनि आक्रोश महसुस हुन्छ। यदि उनी तिमीहरूप्रति जिम्मेवार नभएको भए र उनमा अलिकति पनि इमानदारी नभएको भए, र तिमीहरूले गरेका कुनै पनि गल्तीहरूलाई उनले वास्ता नगरेको वा तिनलाई हृदयमा नराखेको भए, के उनलाई आक्रोश महसुस हुनेथियो र? जब तिमीहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असफल हुन्छौ र तिमीहरूले परमेश्‍वरको घरको काममा हानि पुर्‍याउँछौ, तब यदि उनले परमेश्‍वरको घरका हितहरूको सुरक्षा नगर्ने भए, यी कुराहरूलाई आफ्नो हृदयमा नराख्‍ने भए, र तिमीहरूको कर्तव्यको कार्यसम्पादन कस्तो छ भनेर वास्ता नगर्ने भए—सबै जना मिलिजुली बसून् र कुराहरू सुखद रहून् भन्‍ने मात्रै चाहने भए—र तिमीहरूप्रति कुनै जिम्मेवारीको बोध वा बोझ पटक्कै नभएको भए, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू उल्लङ्घन गर्दा, के उनलाई आक्रोश महसुस हुनेथियो र? यदि उनलाई आक्रोश महसुस नहुने हो भने, के उनले तिमीहरूलाई काटछाँट गर्न सक्थे र? (सक्दैनथे।) मलाई भन, के उनी रिसाउन इच्छुक छन्? (उनी इच्छुक छैनन्; कुरा के हो भने हामी अत्यन्तै रिस उठाउने खालका छौँ।) सही हो। तिमीहरू अत्यन्तै रिस उठाउने खालका छौ। जतिसुकै पटक कुराहरू सङ्गति गरिए पनि, तिमीहरू अझै पनि तिनै सिद्धान्तहरू उल्लङ्घन गर्छौ; कुराहरूलाई जतिसुकै व्याख्या गरिए पनि, तिमीहरूले तिनलाई याद गर्न सक्दैनौ। अन्त्यमा, कतिपय दाजुभाइ-दिदीबहिनीहरू आफ्नो बारेमा के गर्ने भनेर अलमलमा पर्छन्, र तिनीहरूले ब्रदरलाई सोध्छन्, “हामीले यस पटक दण्ड पाउनैपर्छ, होइन र?” ब्रदरले पनि, के गर्ने के गर्ने भएर, भन्छन्, “यस पटक तिमीहरूलाई दण्ड नदिऊँ।” तिमीहरूलाई काटछाँट गर्नेदेखि लिएर अन्ततः तिमीहरूलाई दण्ड दिइनुपर्छ कि पर्दैन र तिमीहरूलाई कसरी दण्ड दिइनुपर्छ भनेर तिमीहरूसँग छलफल गर्नेसम्म—हेर त, ब्रदरले तिमीहरूलाई परिवारको रूपमा मात्रै व्यवहार गर्छन्। उनले तिमीहरूलाई अगुवाइ गर्नका लागि र तिमीहरूलाई मद्दत गर्नका लागि सबै प्रकारका विधिहरू प्रयोग गर्छन्। अन्त्यमा, उनले तिमीहरूलाई काटछाँट गर्नका लागि रिस गर्न समेत सक्दैनन्। उनी हाँसौँ कि रोऔँ भन्‍ने अवस्थामा पुग्छन्, र यस्तो दृश्य उत्पन्न हुन्छ। यदि ब्रदरमा तिमीहरूको जीवन प्रवेश र तिमीहरूको कर्तव्यको कार्यसम्पादनको लागि बोझ नभएको भए, उनमा परमेश्‍वरको घरको कामप्रति इमानदारी नभएको भए, उनले यसलाई आफ्नै कामको रूपमा नलिएको भए, र यसलाई हृदयमा नराखेको भए, के उनले तिमीहरूलाई यी कुराहरू गर्थे र? (गर्दैनथे।) जब धेरैजसो अगुवा र कामदारहरूले मानिसहरूलाई सिद्धान्तहरू उल्लङ्घन गरेर काम गरिरहेको वा मण्डलीको काममा अवरोध र बाधा पुर्‍याइरहेको देख्छन्, तब के तिनीहरू रिसाउँछन्? अलिकति इन्साफको बोध भएका केही व्यक्तिहरू रिसाउँछन्। तर रिसाएपछि, तिनीहरूले यस्तो मनन गर्छन्, “तिनीहरूले पनि आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाएका छन्; मैले साँच्चै तिनीहरूको आलोचना गर्न मिल्दैन। मैले तिनीहरूलाई अलिकति अर्ती दिनुपर्छ, तिनीहरूसँग कुरा गर्नुपर्छ, र तिनीहरूलाई यो काम राम्ररी गर्न भन्नुपर्छ।” त्यसपछि तिनीहरूले त्यस व्यक्तिलाई भन्छन्, “परमेश्‍वरले हामीलाई हाम्रो कर्तव्य निर्वाह गर्नका लागि उचाल्नुहुन्छ र हामीलाई मुक्ति पाउने अवसर दिनुहुन्छ। हामीसँग विवेक हुनैपर्छ र हामीले परमेश्‍वरको प्रेमको ऋण तिर्नैपर्छ!” तिनीहरूले यसरी नै दुई-चार वाक्य अर्ती दिन्छन् र त्यत्तिकै छोडिदिन्छन्, समस्या समाधान भयो कि भएन भन्‍ने कुराको वास्ता गर्दैनन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले काम गर्दा र आफ्ना जिम्मेवारीहरू पूरा गर्दा, उनले जस्तोसुकै समस्याको सामना गरे पनि वा मण्डलीमा जस्तोसुकै परिस्थिति उत्पन्न भए पनि, परमेश्‍वरले उनलाई दिनुभएको कार्यभार पूरा गर्नका लागि, उनले व्यक्तिगत रूपमा सधैँ एउटा सिद्धान्त पालन गर्छन्, र सही मनोवृत्तिद्वारा निर्देशित भई सधैँ यो जिम्मेवारीलाई दृढताका साथ पक्रन्छन्। उनको यो मानसिकता के हो? त्यो के हो भने, जीवनमा जेसुकै आइपरे पनि, बाह्य वातावरणमा जेसुकै घटना घटे पनि, र मानिस, घटना र कामकुराहरू जसरी परिवर्तन भए पनि, मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुभएको मिसन पूरा गर्नैपर्छ—यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। उनको दृष्टिकोणमा, तिमीले आफ्नो व्यक्तिगत जीवनलाई जतिसुकै राम्ररी व्यवस्थापन गरे पनि, यदि तिमीले परमेश्‍वरको कार्यभार पूरा गरेका छैनौ, तिमीले परमेश्‍वरले तिमीलाई दिनुभएको कार्य राम्ररी गरेका छैनौ र परमेश्‍वरले तिमीलाई दिनुभएको काम राम्ररी गरेका छैनौ, र तिमीले परमेश्‍वरका अभिप्रायहरू पूरा गरेका छैनौ भने, तिमीले भनेको कुनै पनि कुराको कुनै अर्थ हुनेछैन। त्यसकारण, उनले जस्तोसुकै कुराको सामना गरे पनि, उनी बन्धनमा पर्दैनन्, प्रभावित हुँदैनन्, वा उनलाई बाधा पुग्दैन; उनले जे गर्नुपर्ने हो, जसरी गर्नुपर्ने हो, त्यसरी नै गर्छन्। परमेश्‍वरको कार्यभार र परमेश्‍वरले मानिसहरूलाई दिनुहुने मिसन उच्च प्राथमिकताका कुरा हुन्; मानिसहरूले तिनलाई हर समय दृढताका साथ पक्रनैपर्छ। अर्थात्, जेसुकै घटे पनि, परमेश्‍वरको काम नरोकिएसम्म, मण्डलीको काम गर्नु र परमेश्‍वरको घरको काम गर्नु भनेको परमेश्‍वरले तिमीलाई दिनुभएको मिसन हो, र तिमी यसमा अन्तसम्मै निरन्तर लागिरहनुपर्छ। यस जीवनकालमा, परमेश्‍वरले तिमीलाई चुन्नुभएको र तिमीलाई यो मिसन दिनुभएको हुनाले, तिमीले आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरले तिमीलाई दिनुभएको मिसनका लागि जिउनुपर्छ, र परमेश्‍वरले तिमीलाई दिनुभएको कार्यभार पूरा गर्नका लागि जिउनुपर्छ भनेर पूर्वनिर्धारित गरिएको छ। यदि तिमीले उचित कामहरूलाई बेवास्ता गर्यौ र आफ्नो मनलाई अन्य कुराहरूमा भड्किन दियौ, तिमी परमेश्‍वरको कार्यभार बोक्न असफल भयौ, र आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गर्न असफल भयौ, र परमेश्‍वरप्रति ऋणी भयौ र दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी भयौ भने, तिमी मरेपछि, तिमीलाई परमेश्‍वरको सामना गर्न अत्यन्तै लाज लाग्नेछ, र तिमीसँग परमेश्‍वरलाई लेखाजोखा दिने कुनै उपाय हुनेछैन। त्यसकारण, यो मानसिकताद्वारा निर्देशित भई, यी सबै वर्षहरूमा परमेश्‍वरको सेवा गर्ने मार्गमा, उनले जस्तोसुकै कठिनाइहरू अनुभव गरे पनि, उनले जस्तोसुकै वातावरणहरू अनुभव गरे पनि, र मण्डलीको कामले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मण्डलीको कामलाई पन्छाएका छैनन्, र परमेश्‍वरको घरको कामलाई त्यागेका छैनन्। उनले आजको दिनसम्म चरणबद्ध रूपमा काम गरिरहेका छन्, र उनले भविष्यमा पनि यसरी नै गरिरहनेछन्। उनले सधैँ काम गरिरहेका छन्—उनको जीवनको नियमित अवस्था यही हो।

के तिमीहरूले यो सङ्गति बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूले के बुझ्यौ त? (हामीले हर समय आफ्नो कर्तव्यलाई दृढताका साथ पक्रनुपर्छ र परमेश्‍वरले हामीलाई दिनुभएको कार्यभारलाई दृढताका साथ पक्रनुपर्छ। कठिनाइहरू जतिसुकै ठूला भए पनि, हामीले हरेस खानु हुँदैन; हामीले समस्याहरू समाधान गर्न परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। यसका अतिरिक्त, हाम्रो प्रतिष्ठा र हैसियतमा आँच आए पनि वा हाम्रा व्यक्तिगत दैहिक हितहरूमा आँच आए पनि, हामीले हाम्रा व्यक्तिगत हितहरूलाई त्याग्नुपर्छ, हामी यी कुराहरूद्वारा बन्धनमा पर्नु हुँदैन, र परमेश्‍वरले हामीलाई दिनुभएको कार्यभारलाई दृढताका साथ पक्रनुपर्छ।) सबैभन्दा महत्त्वपूर्ण कुरा पनि छ, र त्यो के हो भने परमेश्‍वरको सेवा गर्नु, परमेश्‍वरको घरको काम गर्नु, र परमेश्‍वरले तिमीलाई दिनुभएका जिम्मेवारी र मिसन स्वीकार गर्नु भनेको जीवनभरिको मामिला हो; तिमीले अस्थायी दृष्टिकोण राख्नु हुँदैन। यदि तिमी सधैँ अस्थायी दृष्टिकोण राख्छौ, र “मैले दुई-तीन वर्ष मेरो कर्तव्य निर्वाह गरेपछि, परमेश्‍वरको काम समाप्त हुनेछ, र म परमेश्‍वरमा विश्वास गर्ने कार्यमा सफल हुनेछु; मेरो जीवन सार्थक हुनेछ र म फाइदामा हुनेछु” भनेर भन्छौ भने, तिमी मार्गको अन्त्यसम्म हिँड्न सक्नेछैनौ; परमेश्‍वरको सेवा गर्ने व्यक्तिको रूपमा तिमी मानकअनुरूप छैनौ, र तिमीसँग परमेश्‍वरप्रति कुनै इमानदारी छैन। त्यसोभए अस्थायी दृष्टिकोण राख्नेहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू अवसरवादीहरू हुन्। तिमीसँग परमेश्‍वरप्रति इमानदारी समेत नभएको हुनाले, के तिमीसँग मण्डलीको कामप्रति र दाजुभाइ-दिदीबहिनीहरूप्रति इमानदारी हुन सक्छ र? (त्यो असम्भव हुनेछ।) जब मण्डलीमा कुनै ठूलो घटना घट्छ, वा जब तिम्रो आफ्नै प्रतिष्ठा र हैसियत अनि तिम्रा आफ्नै हितहरू समावेश हुने कुनै कुरा घट्छ, तब तिमीले मण्डलीको कामको सुरक्षा गर्ने छनौट गर्ने सम्भावना हुँदैन, र तिमीले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने सम्भावना हुँदैन। अस्थायी दृष्टिकोण राख्ने यस्ता मानिसहरू ठूलो खतरामा हुन्छन्। जब मण्डलीको काम सामान्य रूपमा अघि बढ्छ, तब तिनीहरूले आफ्नो विश्वासमा पछ्याउन सक्छन्, तर एक पटक मण्डलीले अभूतपूर्व सतावटको सामना गरेपछि र सङ्कट उत्पन्न भएपछि, तिनीहरूले प्रलोभनको सामना गर्नेछन्, र तिनीहरूले परमेश्‍वरलाई निरन्तर पछ्याउन सक्नेछन् कि सक्नेछैनन् भन्‍ने कुरा अनिश्चित हुन्छ। के त्यस्ता मानिसहरूले मार्गको अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउन सक्छन्? (सक्दैनन्।) आफ्नो कर्तव्य निर्वाह गर्दा अस्थायी दृष्टिकोण राख्नु भनेको एउटा खतरनाक सङ्केत हो। कतिपय मानिसहरूले यस्तो सोच्छन्, “मैले अस्थायी दृष्टिकोण राख्दा त्यसले म चलाख छु र मलाई अवसरहरू कसरी छोप्ने भन्‍ने थाहा छ भन्‍ने देखाउँछ। हेर त तिमीहरू कति मूर्ख छौ! म परमेश्‍वरको काम समाप्त हुन लाग्दा र राज्यको सुसमाचार संसारको हरेक देशमा फैलिएपछि मात्रै अलिकति इमानदारी अर्पण गर्नेछु। यदि परमेश्‍वरको काम अझै केही वर्ष वा दशकौँ बाँकी छ र यो छिट्टै समाप्त हुनेछैन भने, म मेरो दिनचर्यामा लाग्नेछु र पहिले संसारलाई पछ्याउनेछु, र परमेश्‍वरको काम समाप्त हुन लाग्दा आफ्नो कर्तव्य निर्वाह गर्न फर्कनेछु।” तँ निकै चलाख र निकै षड्यन्त्रकारी छस्, र तैँले सबै कुरा निकै राम्ररी मिलाएका छस्। मानिसहरूलाई तेरा योजनाहरू थाहा नहुन सक्छ, तर परमेश्‍वरलाई थाहा हुन्छ। तँसँग परमेश्‍वरप्रति कुनै इमानदारी छैन, त्यसैले परमेश्‍वरले तँलाई बोक्नका लागि कुनै बोझ दिनुहुनेछैन। त्यसोभए, परमेश्‍वरको घरको काम, परमेश्‍वरको सेवा गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा, र भविष्यमा मुक्ति पाउने कुरासँग तेरो कुनै सरोकार हुनेछैन। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्‍वरको सेवा गर्ने प्रक्रियामा, परमेश्‍वरप्रति विश्वास हुनु, इमानदारी हुनु, र उहाँको ख्याल गर्नुको साथै, मण्डलीको कामको हरेक कुरालाई आफ्नै कामको रूपमा पनि लिन्छन्। यो जीवन जिउनुको अर्थ काम गर्नु हो, र काम गर्नुको अर्थ जिउनु हो। मण्डलीको कामलाई आफ्नै कामको रूपमा लिनु, र आफ्नो दैनिक जीवन बिताएजस्तै गरी काम गर्नु—के यो मानसिकता निकै राम्रो छैन र? (छ।) के तिमीहरूसँग यो मानसिकता छ? (अहिलेसम्म छैन।) नबिर्स: आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरको कार्यभार पूरा गर्न सक्षम हुनका लागि, कुनै चलाखी र कुनै छोटो बाटो छैन। कुरा यी शब्दहरूमा आएर टुङ्गिन्छ: मरिहत्ते गर र समर्पित होऊ। हर समय, मरिहत्ते गर र आफ्नो सम्पूर्ण शक्ति लगाऊ। तिमीले आफ्नो इमानदारी अर्पण गर्नैपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउनैपर्छ; नत्र भने, तिमी परमेश्‍वरद्वारा सिद्ध पारिनु असम्भव हुन्छ, होइन र? (हो।)

ठीक छ, आजका लागि हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ। बिदा!

फेब्रुअरी २२, २०२५

अघिल्लो: सत्यता कसरी पछ्याउने (३३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्