सत्यता कसरी पछ्याउने (३३)

आज, हामी पहिले एउटा प्रश्नबारे मनन गरौँ। परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ—के यो तथ्य हो? (हो।) परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुने हुनाले, उहाँले किन अझै पनि मानिसको परीक्षा गर्नुहुन्छ? के तिमीहरूले यो प्रश्नबारे मनन गरेका छौ? (छैनौँ।) तिमीहरूले यसबारे मनन गरेका छैनौ, त्यसैले अब यो प्रश्न उठाइएको हुनाले, तिमीहरूलाई के लाग्छ? के तिमीहरूसँग यस विषयमा कुनै बुझाइ छ? (परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुभए पनि, हामीले अझै पनि शैतानको अघि परमेश्‍वरको गवाही दिनुपर्छ, ताकि शैतानले परमेश्‍वरप्रतिको हाम्रो साँचो हृदय र उहाँप्रतिको हाम्रो बफादारी देख्न सकोस्। यसरी, यो जाँचले हामीलाई शैतानको अघि साक्षी दिने अवसर पनि दिन्छ।) हामीले पछिल्लो पटक सङ्‍गति गरेको विषयको एउटा पक्ष यही हो। यसबाहेक, तिमीहरूले अरू के सोच्न सक्छौ? (मलाई एउटा बुँदा पनि याद आयो: परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुभए पनि, परमेश्‍वरले मानिसको परीक्षा गर्नका लागि वातावरणहरू पनि खडा गर्नुहुन्छ, उसलाई वास्तवमा नै कुराहरू अनुभव गर्न दिनुहुन्छ, र ती वातावरणहरूभित्र, उसलाई निरन्तर आफ्नै भ्रष्ट स्वभावहरूविरुद्ध लड्न र निरन्तर आफ्नो देहविरुद्ध विद्रोह गर्न दिनुहुन्छ, ताकि उसले सत्यता अभ्यास गर्न सकोस् र परमेश्‍वरका वचनहरू अभ्यास गर्न सकोस्। यो सृजित प्राणीले सत्यता प्राप्त गर्ने एउटा व्यावहारिक प्रक्रिया हो।) अरू कसैसँग कुनै बुझाइ छ? तिमीहरू सामान्यतया कुरा गर्न निकै सिपालु छौ, होइन र? त्यसोभए, वास्तविक समस्याको सामना गर्दा तिमीहरूसँग किन कुनै बुझाइ हुँदैन? के तिमीहरूलाई मैले भर्खरै उल्लेख गरेको प्रश्नमा के समावेश छ भन्‍ने कुरा थाहा छ? यसमा परमेश्‍वरको काम गर्ने तरिका समावेश छ, र यसमा परमेश्‍वरका अभिप्रायहरू जान्‍ने कुरा पनि समावेश छ। त्यसोभए तिमीहरूले यसबाट के बुझाइ प्राप्त गर्न सक्छौ? यदि तिमीहरूसँग यस्तो ठूलो विषयको बारेमा कुनै बुझाइ छैन भने, यसले तिमीहरूले यी वास्तविक समस्याहरूका बारेमा मनन गर्दैनौ भन्‍ने प्रमाणित गर्छ, सत्यता बुझ्ने र वास्तविकतामा प्रवेश गर्नु त झनै परको कुरा हो। त्यसकारण, जब तिमीहरूले यस्ता समस्याहरूको सामना गर्छौ, तब तिमीहरूसँग तिनको कुनै प्रत्यक्ष अनुभव हुँदैन र फलस्वरूप तिमीहरू कुनै बुझाइको बारेमा बोल्न सक्दैनौ। यो प्रश्नको बारेमा अरू कसले आफ्नो बुझाइ बताउन चाहन्छ? परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुने हुनाले र मानिसहरू सत्यता अभ्यास गर्न इच्छुक छन्, अर्पित भई आफ्ना कर्तव्यहरू निर्वाह गर्न इच्छुक छन्, र परमेश्‍वरको अधीनमा बस्‍न इच्छुक छन् भन्‍ने कुरा उहाँलाई थाहा हुने हुनाले, के त्यति नै पर्याप्त छैन र? परमेश्‍वरले किन अझै पनि मानिसको परीक्षा गर्नुहुन्छ? यसो गरेर परमेश्‍वरले अन्ततः के परिणाम हासिल गर्ने अभिप्राय राख्नुहुन्छ? (मलाई लाग्छ परमेश्‍वरले मानिसलाई परीक्षा र शोधनबाट गुजार्नका लागि वातावरणहरू खडा गर्नुहुन्छ ताकि सत्यतालाई लिएर उसमा लागू गर्न सकियोस्, र सत्यतालाई उसको जीवन बनाउन सकियोस्; यो तुलनात्मक रूपमा व्यावहारिक प्रक्रिया हो।) के यो सही हो? (हो। म अर्को एउटा कुरा थप्न चाहन्छु: मलाई लाग्छ मानिसको कामप्रति परमेश्‍वरले गर्नुहुने परीक्षाले, एक हिसाबमा, उसलाई परीक्षा र शोधनको अनुभव गर्न लगाएर सत्यतालाई लिने र त्यसलाई उसमा लागू गर्ने काम गर्छ, र अर्को हिसाबमा, मानिसमा परमेश्‍वरको इच्‍छालाई पूरा गर्ने काम गर्छ।) परमेश्‍वरले मानिसलाई परमेश्‍वरको इच्‍छा पूरा गर्न लगाउनका लागि उसलाई परीक्षा गर्नुहुन्छ भनेर तिमीहरू भन्छौ, तर के मानिसले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्छ? (अहँ, सक्दैन।) तिमीहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेका छौ, तैपनि तिमीहरूसँग धेरैजसो कुराहरूको कुनै बुझाइ छैन, विशेष गरी तिमीहरूको दैनिक जीवनका वास्तविक समस्याहरूको कुनै बुझाइ छैन। जेसुकै भए पनि, धेरैजसो मानिसहरूलाई ठूला-ठूला कुराहरू गर्न र खोक्रा धर्मसिद्धान्त र सिद्धान्तहरूका बारेमा कुरा गर्न मात्र आउँछ। कतिपय मानिसहरूले त सत्यतासँग, वास्तविकतासँग कुनै सरोकार नै नभएको—अलिकति सम्बन्ध समेत नभएको— अनि विषयभन्दा पूर्ण रूपमा बाहिरका कुराहरू समेत भन्छन्। कतिपय मानिसहरूले यी प्रश्नहरूका बारेमा मनन नगरेका भए पनि, तिनीहरूसँग अझै पनि केही निश्चित वास्तविक समस्याहरूका बारेमा केही बुझाइ हुन्छ, होइन र? तिमीहरूका जवाफहरूका आधारमा हेर्दा, सामान्य समयमा तिमीहरूको वास्तविक जीवनमा तिमीहरूले अभ्याससम्बन्धी धेरैजसो सत्यताहरूमा कुनै प्रवेश गरेका छैनौ, र त्यसैले तिमीहरूसँग तिनको कुनै अनुभव छैन। तिमीहरूले जस्तोसुकै वास्तविक समस्याको सामना गरे पनि, तिमीहरूसँग बोल्नका लागि कुनै बुझाइ हुँदैन र तिमीहरूलाई धर्मसिद्धान्तहरूका बारेमा कुरा गर्न मात्र आउँछ; जब केही हुन्छ, तब तिमीहरू धर्मसिद्धान्तहरूद्वारा नै जवाफ दिन्छौ। त्यसकारण, कुनै पनि काम वा कर्तव्यको कुनै पनि क्षेत्रमा, तिमीहरूले गर्न सक्ने कुरा अत्यन्तै सीमित हुन्छ, र तिमीहरूले गर्न सक्ने सीमित कुराहरू समेत सत्यता सिद्धान्तहरूसँग मिल्दो हुँदैनन्। सत्यता सिद्धान्तहरू धेरैजसो मानिसहरूको बोधभन्दा बाहिर हुन्छन्, धेरैजसो मानिसहरूले तिनलाई बुझ्न पनि सक्दैनन्, र अझै बढी, तिनीहरू सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न असक्षम हुन्छन्। “परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ, त्यसोभए उहाँले किन अझै पनि मानिसको परीक्षा गर्नुहुन्छ?” भन्‍ने भर्खरैको प्रश्नको हकमा भन्दा, तिमीहरूमध्ये धेरैजसोसँग कुनै बुझाइ थिएन, तर केही व्यक्तिहरूले केही बुझाइ व्यक्त गरेपछि, तिमीहरूमध्ये धेरैजसोले अझै पनि आफ्नो हृदयमा पुष्टि प्राप्त गर्न र कसले अझै सही रूपमा र तथ्यहरूसँग तुलनात्मक रूपमा मिल्दो हुने गरी बोलेको छ भनेर निर्धारण गर्न सक्यौ। त्यसोभए, यो प्रश्नलाई ठ्याक्कै कसरी बुझ्नुपर्छ? हामीले यसबारे सङ्‍गति गर्नुपर्छ।

मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नु भनेको परमेश्‍वर स्वयम्सँग भएको क्षमता हो। परमेश्‍वरसँग मानवजातिको, सृजित प्राणीहरूको बारेमा गहिरो बुझाइ छ; यो कुरा पूर्ण रूपमा सही छ; यो तथ्यलाई नकार्न सकिँदैन। तैँले यो अनुभव गरेको भए पनि वा नभए पनि, तैँले यसको कुनै बुझाइ प्राप्त गरेको भए पनि वा नभए पनि, र तैँले यो कहिल्यै महसुस गरेको भए पनि वा नभए पनि, जेसुकै भए पनि, परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ भन्‍ने कुरा एउटा तथ्य हो। परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुने हुनाले, स्वाभाविक रूपमा उहाँसँग मानिसको बारेमा विशेष गरी गहिरो बुझाइ हुन्छ। मानिसको क्षमता र नैसर्गिक प्रवृत्तिहरू कस्ता छन्, उसको कद कति ठूलो छ, उसले के गर्न सक्छ र के गर्न सक्दैन, र उसमा के-कस्ता भ्रष्ट स्वभावहरू छन्—परमेश्‍वरलाई यी सबै कुराहरू छर्लङ्गै थाहा छ; परमेश्‍वर यी कुराहरूका बारेमा पूर्ण रूपमा स्पष्ट हुनुहुन्छ! त्यसोभए परमेश्‍वरले किन अझै पनि मानिसको निरन्तर परीक्षा गर्नुहुन्छ? यो जाँचको उद्देश्य के हो? परमेश्‍वर मानिसले आफ्नै व्यवहार र प्रकटीकरणहरूमार्फत उहाँलाई जवाफ देओस् भन्‍ने चाहनुहुन्छ। परमेश्‍वर मानिसको सङ्कल्प, उसका चाहनाहरू, उसका प्रार्थनाहरू, वा उसले परमेश्‍वरको अघि खाने शपथहरूले पुष्टि प्राप्त गरेको देख्न चाहनुहुन्छ। परमेश्‍वरका नजरमा, यो एउटा अत्यावश्यक प्रक्रिया हो; यसले परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ र उहाँले कसरी उहाँका वचनहरूलाई लिएर अनि सत्यतालाई लिएर तिनलाई मानिसमा लागू गर्नुहुन्छ भन्‍ने कुरासँग सरोकार राख्छ। पछिल्लो पटक, हामीले परमेश्‍वरले किन मानिसको परीक्षा गर्नुहुन्छ भन्‍ने कुराको एउटा भागको बारेमा पनि सङ्‍गति गरेका थियौँ, जसमा मानिसले उहाँको लागि गवाही देओस् भन्‍ने उहाँले चाहनुहुने हुनाले उहाँले मानिसको परीक्षा गर्नुहुन्छ भनेर उल्लेख गरिएको थियो। तर यो त कारणको अत्यन्तै सानो भाग मात्रै हो। मुख्य कारण के हो भने, मानिसको परीक्षा गरेर, परमेश्‍वर मानिसले परमेश्‍वरका वचनहरूलाई लेओस्, सत्यतालाई लेओस्, र तिनलाई अभ्यास गरोस् र तिनलाई आफ्नै वास्तविकतामा परिणत गरोस् भन्‍ने अभिप्राय राख्‍नुहुन्छ। यसको उद्देश्य मानिसले परमेश्‍वरका वचनहरू पढेर केवल एउटा छाप वा केही विचार, अभिप्रायहरू, वा सङ्कल्प मात्रै राखोस् भन्‍ने होइन। बरु, मानिसले परमेश्‍वरका वचनहरू पढेपछि, तिनमा मनन गरोस् र तिनको बारेमा सङ्‍गति गरोस्, र यसरी सत्यता बुझ्न सकोस्, र सत्यतालाई अभ्यास गर्न सकोस् ताकि यो उसको जीवन वास्तविकता बनोस् भन्‍ने हो। त्यसोभए परमेश्‍वरले किन मानिसले अभ्यास गरोस् भन्‍ने चाहनुहुन्छ? यो अभ्यास मानिसले मुक्ति प्राप्त गर्नका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो एउटा अत्यावश्यक प्रक्रिया हो जसद्वारा परमेश्‍वरले सत्यता लिनुहुन्छ र यसलाई मानिसमा लागू गर्नुहुन्छ। सत्यता अभ्यास गरेर, एक हिसाबमा, मानिसले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्छ; अर्को हिसाबमा, उसले परमेश्‍वरका वचनहरूले के बोल्छन् भन्‍ने कुरा साँच्चै अनुभव गर्छ, परमेश्‍वरका माग गरिएका मानकहरू के-के हुन् र उहाँका अभिप्रायहरू के-के हुन् भन्‍ने कुरा साँच्चै अनुभव गर्छ, र आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने र परमेश्‍वरको अधीनमा बस्‍ने प्रक्रियालाई पनि साँच्चै अनुभव गर्छ। यस प्रक्रियामार्फत, मानिसमा परमेश्‍वरका वचनहरू र सत्यता लागू हुन्छन्। अवश्य नै, यो परिणाम भनेको सत्यतालाई एक वा दुई पटक अभ्यास गरेर हासिल गर्न सकिने परिणाम होइन; बरु, मानिसले दीर्घकालीन रूपमा सत्यताको हरेक पक्षलाई अभ्यास गर्नुपर्छ र ऊ त्यसमा प्रवेश गर्नुपर्छ। यस दीर्घकालीन प्रक्रियामा, मानिसले निरन्तर अनुभव गर्दै जाँदा र ऊ निरन्तर कुराहरूबाट गुज्रिँदै जाँदा, उसका भ्रष्ट स्वभावहरू बिस्तारै विभिन्न हदसम्म समाधान हुन्छन्। मानिसका भ्रष्ट स्वभावहरूको समाधान अझै पनि परमेश्‍वरले उसलाई परीक्षा गरेर हासिल गर्न चाहनुहुने अन्तिम परिणाम भने होइन। अन्तिम परिणाम के हो त? परमेश्‍वरले मानिसमा पूरा गर्न चाहनुहुने कुरा के हो भने, सत्यताले ऊभित्र प्रभाव पारेर, उसलाई उसका भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नु र त्यसपछि सत्यता लिएर यसलाई उसको जीवन बनाउनु हो; अन्तिम परिणाम यही हो। जब सत्यता मानिसको जीवन बन्छ, तब उसका भ्रष्ट स्वभावहरू जडबाटै समाधान हुन्छन्। मानिसका भ्रष्ट स्वभावहरू जडबाटै समाधान हुनु नै मानिसले मुक्तिको मार्गमा हिँडेर हासिल गर्ने अन्तिम परिणाम हो। परमेश्‍वरले मानिसको परीक्षा गर्नुको मुख्य कारण यही हो। त्यसकारण, कतिपय मानिसहरूले “परमेश्‍वरले मानिसको परीक्षा गर्नुहुन्छ, एक हिसाबमा, यसको एउटा कारण उहाँ मानिसले साक्षी देओस् भन्‍ने चाहनुहुन्छ, र अर्को हिसाबमा, मानिसले परमेश्‍वरको इच्छा पालन गरोस् भन्‍ने चाहनुहुन्छ” भनेर बताएका दुई वटा कुराहरू वास्तवमा परमेश्‍वरको व्यवस्थापनको योजना र मानिसलाई पूर्ण पार्ने र मानिसलाई मुक्ति हासिल गर्न सक्षम तुल्याउने उहाँको उद्देश्यको तुलनामा त्यति महत्त्वपूर्ण छैनन्। महत्त्वपूर्ण कुरा के हो भने परमेश्‍वरले, मानिसको परीक्षा गर्ने प्रक्रियाको दौरान, उहाँका वचनहरूलाई लिने र सत्यतालाई लिने र तिनलाई मानिसमा लागू गर्ने अभिप्राय राख्‍नुहुन्छ। अन्तिम परिणाम भनेको परमेश्‍वरका वचनहरूलाई र सत्यतालाई मानिसको जीवन बन्न सक्षम तुल्याउनु, उसको पुरानो जीवन—उसका भ्रष्ट स्वभावहरूलाई—प्रतिस्थापन गर्नु हो। के त्यसपछि मानिस परमेश्‍वरद्वारा प्राप्त गरिनेथिएन र? (थियो।) मानिस अन्ततः परमेश्‍वरद्वारा प्राप्त गरिनु नै परमेश्‍वरले उसको परीक्षा गरेर हासिल गर्न चाहनुभएको परिणाम हो। यो परीक्षाले धेरै रूपहरू लिन्छ। कहिलेकाहीँ परमेश्‍वरले तँलाई परीक्षा र शोधनबाट गुजार्न एउटा वातावरण प्रयोग गर्नुहुन्छ; कहिलेकाहीँ उहाँले तँलाई सजाय दिन र न्याय गर्न वातावरण प्रयोग गर्नुहुन्छ; र कहिलेकाहीँ उहाँले तँलाई घचघच्याउन र चेतावनी दिन एउटा वातावरण प्रयोग गर्नुहुन्छ। कहिलेकाहीँ उहाँले तँलाई सम्झाउन, चेतावनी दिन, र काटछाँट गर्न अरू मानिसहरूलाई प्रयोग गर्नुहुन्छ; र कहिलेकाहीँ उहाँले तँलाई स्पष्ट रूपमा हप्काउन, ताडना दिन, र अनुशासित गर्न उहाँका वचनहरू प्रयोग गर्नुहुन्छ, वा तँलाई स्पष्ट रूपमा न्याय गर्न र तेरो विद्रोहीपनलाई खुलासा गर्न समेत उहाँका वचनहरू प्रयोग गर्नुहुन्छ। यी सबै परमेश्‍वरले मानिसको परीक्षा गर्ने तरिकाहरू हुन्; परमेश्‍वरले मानिसको परीक्षा गर्ने तरिकाहरू धेरै र विविध छन्। त्यसोभए, परमेश्‍वरले मानिसको परीक्षा गर्ने सर्तहरू के-के हुन्? परमेश्‍वरले तेरो परीक्षा गर्नका लागि तैँले कस्ता सर्तहरू पूरा गर्नुपर्छ? तँसँग जीवन प्रवेश हुनैपर्छ। परमेश्‍वरले तेरो गहन-जाँच गर्नुहुन्छ; तैँले हृदयमा के सोचिरहेको छस् भन्‍ने उहाँलाई थाहा हुन्छ, र तँसँग कस्तो प्रकारको प्रकृति सार छ भन्‍ने उहाँलाई थाहा हुन्छ। तर, यदि तँसँग जीवन प्रवेश छैन भने—अर्को शब्दमा भन्दा, यदि तैँले सामान्यतया सत्यता पछ्याउँदैनस् र कुनै पनि कुरामा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने—परमेश्‍वरले तँलाई सत्यताको एउटा पक्ष बुझ्न मद्दत गर्नका लागि तँलाई प्रबोधन गर्नुभए पनि र मार्गदर्शन गर्नुभए पनि, तँ उदासीन नै रहन्छस्, तँ भित्री रूपमा प्रभावित हुँदैनस्, र न त तेरो हृदयमा न त तेरो व्यक्तिपरक सचेतनामा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने कुनै अभिप्राय नै हुन्छ। त्यस्तो अवस्थामा, परमेश्‍वरले मानिसको परीक्षा गर्ने विभिन्न तरिकाहरू तँमाथि विरलै आइपर्नेछन्। यसले के सङ्केत गर्छ? यसले तँ अझै पनि श्रम गर्ने चरणमा छस् र मुक्तिको मार्गमा अझै हिँडेको छैनस् भन्‍ने सङ्केत गर्छ। यो केको चिन्‍ह हो? तैँले अझै पनि श्रम गरिरहेको छस् भन्‍ने कुराको! श्रम गर्नुको अर्थ के हो? यसको अर्थ जब तैँले आफ्नो अलिकति कर्तव्य निर्वाह गर्छस् र ती कामहरू गर्छस्, तब यो केवल मेहनत लगाउने काम मात्रै हुन्छ, र सत्यता सिद्धान्तहरूसँग यसको कुनै सरोकार हुँदैन। तैँले केवल मेहनत लगाइरहेको हुनाले, त्यहाँ अभ्यासका सिद्धान्तहरूको कुनै कुरा हुँदैन, न त सत्यता सिद्धान्तहरू खोज्ने कुनै कुरा नै हुन्छ। यदि तैँले मेहनत लगाउन सक्छस्, अवरोधहरू खडा गर्दैनस्, बाधाहरू खडा गर्दैनस्, जानी-जानी सुव्यवस्थालाई अवरोध गर्दैनस्, जानी-जानी कुनै कुरालाई बिगार्दैनस्, र जानी-जानी कुनै पनि प्रकारको उपकरणलाई क्षति पुर्‍याउँदैनस् भने त्यति नै पर्याप्त हुन्छ। तँबाट गरिएका मागहरू उच्च हुँदैनन्; यदि तैँले मेहनत लगाउन सक्छस्, बाधाहरू खडा गर्दैनस्, र बाहिरी हिसाबले तुलनात्मक रूपमा असल व्यवहार भएको देखिन्छस् भने त्यति नै पर्याप्त हुन्छ। तँसँग माग गरिएको मानक त्यही हो। तँसँग किन यस्तो मानक माग गरिन्छ त? किनभने तैँले सत्यता पछ्याउँदैनस्, तँसँग सामान्यतया जीवन प्रवेश हुँदैन, र तैँले कुनै पनि कुरामा सत्यता खोज्दैनस्। कतिपय मानिसहरूले यसो भन्छन्, “कुराहरू आइपर्दा हामीले सत्यता नखोजे पनि, हामीले कुनै सिद्धान्तहरू उल्लङ्घन गरेका छैनौँ। परमेश्‍वरको घरले हामीलाई जे गर्न भन्छ हामी त्यही गर्छौँ, हामी आज्ञाकारी भएका छौँ, र हामीले हाम्रा कामहरू पूरा गरेका छौँ। हामीले जानी-जानी अवरोध वा बाधाहरू पनि खडा गरेका छैनौँ, त्यसोभए तपाईं कसरी हामीले श्रम गरिरहेका छौँ भनेर भन्न सक्नुहुन्छ?” के यी मानिसहरूले श्रम गरिरहेका छन् भनेर भन्दा तिनीहरूलाई अन्याय हुन्छ त? (हुँदैन।) मानिसहरूलाई यो अन्याय होइन भन्‍ने कुरा धर्मसिद्धान्तको हिसाबमा थाहा हुन्छ, तर कतिपय त अझै पनि आफ्नो हृदयमा विश्वस्त हुँदैनन्। यी मानिसहरूले श्रम गरिरहेका छन् भनेर किन भनिन्छ? (परमेश्‍वर आखिरी दिनहरूमा देह बन्नु र उहाँले सत्यता व्यक्त गर्नुको मुख्य उद्देश्य भनेको हामीलाई सत्यता स्विकार्न, सत्यता अभ्यास गर्न, र सत्यतालाई हाम्रो जीवनको रूपमा प्राप्त गर्न दिनु हो। यदि हामीले हाम्रा कर्तव्यहरू सिद्धान्तविना निर्वाह गर्छौँ भने, सत्यतासँग तिनलाई निर्वाह गर्नुको कुनै सरोकार हुँदैन र यसलाई श्रम गर्नु मात्रै भन्न सकिन्छ।) यी वचनहरू सुनेपछि, कतिपय मानिसहरूले तिनलाई स्वीकार गर्न सक्दैनन्, र भन्छन्, “हामीले यति धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छौँ र हाम्रा कर्तव्यहरू निर्वाह गर्न यति ठूलो मूल्य चुकाएका छौँ, र पनि हामीले अझै पनि कसरी श्रम गरिरहेका हुन सक्छौँ र? हामीलाई यो कुरामा पत्यार लगेको छैन! के परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्न र? तैपनि उहाँप्रतिको हाम्रो हृदय कस्तो छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छैन, र उहाँले हामीलाई बुझ्नुहुन्न! यदि परमेश्‍वरले हामीलाई बुझ्नुहुन्न भने, परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ भनेर कसरी भन्न सकिन्छ? यदि परमेश्‍वरले मानिसलाई बुझ्नुहुन्न भने, उहाँले मानिसलाई सजिलै अन्याय गर्न सक्नुहुन्छ।” त्यस्तो व्यक्तिले परमेश्‍वरले उसलाई अन्याय गर्नुभएको छ भन्‍ने विश्‍वास गर्छ; के उसले यसरी सोच्नु सही हो? (होइन।) उसले परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ भन्‍ने कुरा स्वीकार गर्छ तैपनि परमेश्‍वरले उसलाई अन्याय गर्नुभएको छ भनेर पनि भन्छ। के उसले परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ भन्‍ने कुरालाई साँच्चै स्वीकार गर्छ? (गर्दैन। यदि उसले परमेश्‍वरले उसलाई अन्याय गर्नुभएको छ भन्‍ने विश्‍वास गर्छ भने, उसले “परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ” भनेर भने पनि, यो साँचो बुझाइ हुँदैन।) परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ, त्यसोभए के उहाँले मानिसहरूका विभिन्न स्थिति र सारहरू बुझ्नुहुन्छ? (बुझ्नुहुन्छ।) के परमेश्‍वरले बुझ्नुहुने हुनाले, वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका धेरै मानिसहरूले अझै पनि श्रम गरिरहेका छन्—तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन् र तिनीहरू मुक्तिको मार्गमा हिँडेका छैनन्—भनी उहाँले गर्नुभएको ठहर सही छ? (सही छ।) यो केमा आधारित छ? (हाम्रा वास्तविक स्थितिहरूमा। परमेश्‍वरले खडा गर्नुहुने वातावरणहरूमा, हामी हाम्रा भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्दैनौँ, र हामी सत्यता सिद्धान्तहरूविना हाम्रा कर्तव्यहरू निर्वाह गर्छौँ, त्यसैले मलाई लाग्छ हाम्रो बारेमा परमेश्‍वरको ठहर सही छ।) तिमीहरूले अझै पनि यो कुरा छर्लङ्गै देख्न सक्दैनौ।

वर्षौँको दौडान, मैले यति धेरै सत्यताहरू बोलेको छु र यति धेरै सत्यता सिद्धान्तहरू सङ्‍गति गरेको छु—के तिमीहरू तिनलाई अभ्यास गर्न इच्छुक छौ? (इच्छुक छौँ।) तिमीहरू सत्यता अभ्यास गर्न इच्छुक छौ, त्यसोभए के तिमीहरूले यसबारे कहिल्यै प्रार्थना गरेका छौ र सङ्कल्प गरेका छौ वा परमेश्‍वरको अघि शपथ खाएका छौ? (कहिलेकाहीँ म शपथ खान्छु र सङ्कल्प गर्छु।) धेरैजसो मानिसहरू आफ्नो हृदयमा सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, र तिनीहरूले प्रायजसो प्रार्थना गर्छन् र सङ्कल्प गर्छन्, र तिनीहरूले परमेश्‍वरको अघि शपथ पनि खान्छन्; कतिपयले त मलाई ताडना दिनुहोस् भनेर समेत परमेश्‍वरलाई भन्छन्। तर के यो इच्छुकताको अर्थ मानिसहरूसँग सत्यता वास्तविकता छ भन्‍ने हुन सक्छ? के यसले तिनीहरूले सत्यता अभ्यास गर्ने कुराको स्थान लिन सक्छ? (सक्दैन।) यसले तिनीहरूले सत्यता अभ्यास गर्ने कुराको स्थान लिन सक्दैन। हेर त, के धेरैजसो मानिसहरू यही स्थितिमा छैनन् र? सत्यता अभ्यास गर्ने वा सत्यताको कुनै निश्चित पक्षको बारेमा सङ्‍गति गर्ने कुराको हकमा, जहाँसम्‍म मानिसहरूका व्यक्तिपरक अभिप्रायहरूको कुरा छ, कसैले पनि यसप्रति प्रतिरोध राख्न चाहँदैन; तिनीहरू सबै सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्। उदाहरणका लागि, इमानदार व्यक्ति बन्नु, आफ्नो कर्तव्य अर्पित भई निर्वाह गर्नु, झाराटारुवा नहुनु, मिलेर सहकार्य गर्नु, कामकुरा गर्दा अवरोध वा बाधाहरू खडा नगर्नु, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न र परमेश्‍वरको गवाही कायम राख्न सक्षम हुनु, इत्यादि—सबै मानिसहरू यी सत्यताहरू अभ्यास गर्न र तिनमा प्रवेश गर्न इच्छुक हुन्छन्। यदि तैँले “सत्यता अभ्यास गर्न को इच्छुक छैन?” भनेर सोधिस् भने, कसैले पनि हात उठाउनेछैन; सबै जना यसलाई अभ्यास गर्न इच्छुक हुन्छन्। त्यसपछि यदि तैँले “तिमीले यसलाई कहिलेदेखि अभ्यास गर्न सुरु गर्ने योजना बनाएका छौ?” भनेर सोधिस् भने, उसले भन्नेछ, “म अबदेखि यसलाई अभ्यास गर्न सुरु गर्नेछु।” तर त्यसपछि, उसले कुनै वास्तविक कदम चाल्दैन; उसले अझै पनि आफ्नो हृदयमा यस्तो सोचिरहन्छ, “परमेश्‍वर, म सत्यता अभ्यास गर्न इच्छुक छु।” उसले परमेश्‍वरको अघि यसरी प्रार्थना गर्ने मात्र होइन, तर उसले आफ्नो सङ्कल्प पनि व्यक्त गर्छ र सबैको अगाडि आफ्ना चाहनाहरू व्यक्त गर्छ, र कहिलेकाहीँ त उसले अनुहारबाट आँसु बग्ने र भक्कानिएर रुने हदसम्म आफूलाई भावुक समेत बनाउँछ। भावुक हुनु एउटा कुरा हो, तर उसले वास्तवमा सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनेर भन्न गाह्रो हुन्छ। कतिपय मानिसहरू सधैँ सत्यता अभ्यास गर्न इच्छुक हुने चरणमा नै रहन्छन्; तैँले तिनीहरूलाई जहिले सोधे पनि, तिनीहरूले म अभ्यास गर्न इच्छुक छु भनेर भन्छन्, ठ्याक्‍कै एउटा बच्चाले वयस्कको कुरा बोलेको जस्तै। उदाहरणका लागि, कतिपय आमाबुबाले आफ्नो बच्चालाई ऊ ठूलो भएपछि आमा र बुबालाई पाल्न पैसा कमाउन इच्छुक हुनेछ कि हुनेछैन भनेर सोध्छन्, र बच्चाले भन्छ, “हुनेछु!” तर उसले ठूलो भएपछि वास्तवमा आफ्ना आमाबुबालाई पाल्छ कि पाल्दैन भन्‍ने कुरा अर्कै हो। बच्चाले आफू आफ्ना आमाबुबालाई पाल्न इच्छुक छु भनेको सुनेपछि, कतिपय आमाबुबाले ती शब्दहरूलाई गम्भीरतापूर्वक लिन्छन् र तिनीहरूले आफ्ना सबै आशाहरू बच्चामाथि राख्छन्, यहाँसम्म कि तिनीहरू उसको लागि हाड घोट्न समेत तयार हुन्छन्। वास्तवमा, बच्चाले ठूला-ठूला कुरा मात्रै गरिरहेको हुन्छ; ऊ आफैले यो “इच्छुकता” को अर्थ के हो भन्‍ने समेत बुझेको हुँदैन। उसले त केवल आफ्ना आमाबुबाले यो सुनेर खुसी र सन्तुष्ट भएसम्म, उसको “इच्छुकता” पूरा भएको छ भन्‍ने सोच्छ। उसले ठूलो भएपछि यो “इच्छुकता” को खातिर के-कस्ता कठिनाइहरू सहनुपर्नेछ, कति मूल्य चुकाउनुपर्नेछ, वा के-कस्ता जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्नेछ भन्‍ने कुरा उसलाई थाहा हुँदैन। यो “इच्छुकता” लाई कसरी अभ्यास गर्नुपर्छ, यसलाई कसरी पूरा गर्नुपर्छ, वा यसलाई कसरी वास्तविकतामा परिणत गर्नुपर्छ भन्‍ने कुरा उसलाई थाहा हुँदैन। बच्चाले ठूला-ठूला कुरा मात्रै गरिरहेको हुन्छ, र कुरा त्यहीँ सकिन्छ; जब ऊ ठूलो हुन्छ, तब उसले बाल्यकालमा भनेका कुराहरू पूर्ण रूपमा बिर्सन्छ र तिनलाई हावामा उडाइदिन्छ। वास्तविक जीवनमा पैसा कमाउनु सजिलो छैन; वास्तविकता यति कठोर छ, र उसले जस्तोसुकै काम गरे पनि कुनै पनि कुरा सहज रूपमा अघि बढ्दैन। त्यसोभए, के उसले “म मेरा आमाबुबालाई पाल्न इच्छुक छु” बाल्यकालमा भनेको कुरा हासिल गर्न सक्छ त? (यो हासिल गर्न सजिलो हुँदैन।) तिमीहरूमध्ये धेरैजसो पनि यही स्थितिमा छौ; तिमीहरू परमेश्‍वरका लागि केवल श्रम गर्न मात्रै अनिच्छुक छौ, र परमेश्‍वरप्रति अर्पित भई आफूलाई अर्पण गर्न इच्छुक छौ, परमेश्‍वरको अधीनमा बस्‍न इच्छुक छौ, सत्यता वास्तविकतामा प्रवेश गर्न इच्छुक छौ, र सत्यता सिद्धान्तहरूअनुसार सबै कुरा गर्न इच्छुक छौ। तर, इच्छुक हुने कुरामा मात्रै रोकिँदा त्यसले तेरो वास्तविकतालाई प्रतिनिधित्व गर्दैन र यो तेरो वास्तविकता होइन; तँसँग यी क्षेत्रहरूमा कुनै वास्तविकता हुँदैन। मानिसहरू इच्छुक हुने कुरामा मात्रै रोकिन्छन्, त्यसपछि तिनीहरूले सोच्छन्, “म इच्छुक भएको हुनाले, म बफादार भएको र मैले सत्यता अभ्यास गरेको गनिन्छ। मसँग यो सङ्कल्प भएको हुनाले, मैले मेरा भ्रष्ट स्वभावहरू फाल्न र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्छु।” तिनीहरूले इच्छुक हुनुको अर्थ तिनीहरूले सत्यतालाई पहिले नै आफ्नो जीवनको रूपमा प्राप्त गरिसकेका छन् र तिनीहरूसँग पहिले नै सत्यता वास्तविकता छ भन्‍ने ठान्छन्। तिनीहरूको यो “इच्छुकता” तिनीहरूका चाहना र विचारहरूमा मात्रै सीमित रहन्छ; वास्तविकतासँग यसको कुनै सरोकार हुँदैन, र सत्यता अभ्यास गर्ने कुरा र यसको बीचमा, अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने कुरा र यसको बीचमा अझै पनि केही दूरी हुन्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। तँ सत्यता अभ्यास गर्न इच्छुक भए पनि, तैँले यसलाई अभ्यास गरेको छैनस् र तँसँग कुनै वास्तविक प्रकटीकरणहरू छैनन्, त्यसैले तँ अझै पनि तेरा व्यक्तिपरक अभिप्रायहरूका कल्पनाहरूमा नै रहन्छस्, र तँ अझै पनि तेरा भ्रष्ट स्वभावहरूले तेरा विचार र व्यवहारलाई निर्देशित गर्ने चरणमा जिउँछस्। तँ यस चरणमा रहँदा, के तेरो इच्छुकताले तेरा भ्रष्ट स्वभावहरूलाई जित्न सक्छ त? (सक्दैन।) तैँले जेसुकैको सामना गरे पनि, तँ अझै पनि तेरा भ्रष्ट स्वभावहरूद्वारा जिउँछस्। उदाहरणका लागि, जब तैँले तेरो कर्तव्य निर्वाह गर्दा कसैसँग सहकार्य गर्छस्, तब तैँले ऊसँग सहकार्य गरिस् र कुराहरू छलफल गरिस् भने, यसले तँलाई ऊभन्दा तल्लो स्तरको देखाउनेछ, र यसरी, तैँले तेरो हैसियत र प्रतिष्ठा गुमाउनेछस् भन्‍ने सोच्छस्। त्यसैले, तँ ऊसँग सहकार्य गर्दैनस्, र तँ सबै निर्णयहरू आफै गर्छस्। जब तैँले कसैले आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा गरिरहेको देख्छस्, तब तैँले उसलाई खुलासा गर्दैनस् वा काटछाँट गर्दैनस्, र मनमनै यसो सोच्छस्, “सामान्यतया यो व्यक्तिसँग राम्रो मेरो सम्बन्ध छ। यदि उसले झाराटारुवा गर्छ भने, गरोस्; जे भए पनि, मेरा व्यक्तिगत हितहरूमा कुनै घाटा भएको छैन। म केही सङ्केतहरू दिनेछु र उसलाई अलिकति सल्लाह दिनेछु—त्यतिले काम गर्नेछ; यदि उसले पश्चात्ताप गरेन भने, म उसलाई अझै केही समय अवलोकन गर्नेछु र उसलाई केही छुट दिनेछु।” तैँले जेसुकैको सामना गरे पनि तँ सत्यता अभ्यास गर्दैनस्। तेरो त्यो “इच्छुकता” एउटा तुलनात्मक रूपमा सकारात्मक विचार मात्रै हुन्छ; यो पटक्कै तेरो वास्तविकता हुँदैन। तैँले सत्यता पटक्कै अभ्यास गरेको छैनस्, न त तँ सत्यता वास्तविकतामा नै प्रवेश गरेको छस्। जब-जब तैँले सत्यता अभ्यास गर्नुपर्ने कुनै कुराको सामना गर्छस्, तब-तब तैँले सधैँ तेरा भ्रष्ट स्वभावहरूका आधारमा यसलाई लिन्छस् र सम्हाल्छस्; तैँले सत्यता सिद्धान्तहरू खोज्दैनस्, न त तँ सत्यता वास्तविकतामा नै प्रवेश गर्छस्। अनि तेरो हृदयमा तैँले निरन्तर यस्तो सोच्छस्, “म सत्यता अभ्यास गर्न इच्छुक छु, म परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छु, र म परमेश्‍वरको अधीनमा बस्‍न इच्छुक छु,” र यसरी तैँले आफै सत्यता अभ्यास गरिसकेको, आफै परमेश्‍वरलाई प्रेम गरिसकेको, र आफै परमेश्‍वरको अधीनमा बसिसकेको भनेर मानिलिन्छस्। तैँले आफैलाई “सत्यता अभ्यास गर्ने र सत्यता पछ्याउने व्यक्ति” को राम्रो सुनिने उपाधि दिँदै, आफैलाई परिभाषित समेत गर्छस्। तैँले आफैलाई धोका दिइरहेको छस्, र तैँले परमेश्‍वरलाई पनि धोका दिइरहेको छस्। तैँले जेसुकैको सामना गरे पनि तँ सत्यता वास्तविकतामा प्रवेश गर्दैनस्, र तैँले कुराहरू समाधान गर्न सत्यता प्रयोग गर्दैनस्, तैपनि तैँले परमेश्‍वरको अघि अझै पनि सङ्कल्प गर्छस्: “परमेश्‍वर, म तपाईंप्रति बफादार हुन इच्छुक छु, म तपाईंको अधीनमा बस्‍न इच्छुक छु, म तपाईंलाई प्रेम गर्न इच्छुक छु, र म तपाईंका लागि आफूसँग भएको सबै कुरा त्याग्न इच्छुक छु।” प्रार्थना गरेपछि, जब परमेश्‍वरले तेरा लागि एउटा वातावरण खडा गर्नुहुन्छ, तब तैँले सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनस् र सत्यता अभ्यास गर्दैनस्; तेरो इच्छुकता धेरै अघिदेखि नै पन्छाएर राखिएको हुन्छ। त्यो मामला बितेपछि, तैँले तुरुन्तै फेरि तेरो सङ्कल्प व्यक्त गर्न थाल्छस्: “म सत्यता अभ्यास गर्न इच्छुक छु, म परमेश्‍वरको अधीनमा बस्‍न इच्छुक छु, म परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छु।” तेरो हृदयमा तँलाई निरन्तर यसो भनिरहने एउटा आवाज हुन्छ: “म यी सबै कुराहरू गर्न इच्छुक भएको हुनाले, म श्रमिक होइनँ; म परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हुँ, सत्यता अभ्यास गर्ने व्यक्ति हुँ।” तैँले आफैलाई निकै राम्ररी मूर्ख बनाउँछस्, तर के उहाँलाई यसरी धोका दिन परमेश्‍वरले तँलाई दिनुहुन्छ र? (दिनुहुन्‍न।) तैँले आफैलाई धोका दिन सक्छस्, तर उहाँलाई यसरी धोका दिन परमेश्‍वरले तँलाई अनुमति दिनुहुनेछैन। तैँले आफैलाई धोका दिन र तेरो वरिपरिका मानिसहरूलाई धोका दिन सक्छस् होला, तर तैँले परमेश्‍वरलाई धोका दिन सक्दैनस्। तैँले परमेश्‍वरको अघि बारम्बार यस्तो सङ्कल्प गर्छस्: “परमेश्‍वर, म तपाईंको अधीनमा बस्‍न इच्छुक छु, म तपाईंलाई सन्तुष्ट पार्न इच्छुक छु!” “परमेश्‍वर, म तपाईंप्रति आफूलाई अर्पण गर्न इच्छुक छु, म मेरो सम्पूर्ण कुरा तपाईंलाई चढाउन इच्छुक छु!” तैँले परमेश्‍वरको अघि खाएका शपथहरूमध्ये कुनचाहिँलाई तैँले अभ्यास गरेको छस्? कुनचाहिँलाई तैँले पूरा गरेको छस्? एउटा पनि पूरा गरिएको छैन; अन्त्यमा, तँ अझै पनि इच्छुक हुने चरणमा नै रहन्छस्। त्यसकारण, तैँले जतिसुकै मेहनत लगाएको भए पनि, तँ अझै पनि इच्छुक हुने चरणमा नै रहेसम्म, सत्यता सिद्धान्तहरू खोज्न सुरु नगरेसम्म, र सत्यता अभ्यास गर्न सुरु नगरेसम्म, तँसँग कुनै जीवन प्रवेश हुँदैन। के जीवन प्रवेश नभएको व्यक्तिसँग जीवन हुन्छ? (हुँदैन।) जीवन नभएको व्यक्ति कस्तो प्रकारको चीज हो? ऊ श्रमिक हो कि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक हो? के ऊ परमेश्‍वरले मुक्ति दिनुहुनेहरू मध्येमा पर्छ? के ऊ परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको व्यक्ति हुन्छ? के ऊ परमेश्‍वरको प्रभुत्वअन्तर्गत अधीनमा बस्‍ने व्यक्ति हुन्छ? (हुँदैन।) तँसँग जीवन प्रवेश छैन, तैपनि तैँले म सत्यता अभ्यास गर्ने व्यक्ति हुँ भनेर दाबी गर्छस् र म श्रमिक होइनँ भनेर दाबी गर्छस्। यदि तँ श्रमिक होइनस् भने, तँ के होस् त? के तँ परमेश्‍वरका मानिसहरूमध्ये एक होस्, वा परमेश्‍वरद्वारा मुक्ति पाएको र सिद्ध पारिएको व्यक्ति होस्? (कुनै पनि होइनस्।) मेरो विचारमा, तँलाई श्रमिक भन्नु नै पनि तँलाई तेरो योग्यताभन्दा बढी श्रेय दिनु हो; कतिपय मानिसहरू त श्रमिक समेत होइनन्—तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न अलिकति मेहनत लगाउन समेत अनिच्छुक हुन्छन् र हिचकिचाउँछन्। तिमीहरूले अलिकति मेहनत लगाउँछौ र सत्यता अभ्यास गर्ने इच्छुकता राख्छौ भन्दैमा, तिमीहरू आशिष्‌ र इनामहरू प्राप्त गर्न योग्य छौ र तिमीहरूसँग परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्ने पूँजी छ भन्‍ने नसोच। तिमीहरू मुक्ति हासिल गर्ने अवस्थाबाट अझै धेरै टाढा छौ। तिमीहरूमध्ये लगभग कसैसँग पनि अझै कुनै स्पष्ट जीवन प्रवेश छैन। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्न आएपछि, आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्नो परिवार र करियरलाई पछाडि छोड्नु र परमेश्‍वरको घरले तिमीहरूका लागि प्रबन्ध गर्ने जुनसुकै कुरा गर्न इच्छुक हुनुको अर्थ तिमीहरूसँग सत्यता वास्तविकता छ भन्‍ने सोच्छौ। तर वास्तवमा, तिमीहरूको त्यो इच्छुकताको पछाडि के लुकेको हुन्छ? तिमीहरूको इच्छुकता धेरै दूषित छ र यो परीक्षामा खरो उत्रन सक्दैन, त्यसैले तिमीहरूलाई श्रमिकका रूपमा ठहर गरिनु भनेको तिमीहरूलाई अलिकति पनि अन्याय गर्नु होइन। तँसँग जीवन प्रवेश छैन, त्यसोभए के तँ श्रमिक नै होइनस् र? मैले तँलाई एउटा दियाबलस नभनेको नै पनि निकै राम्रो कुरा हो। जीवन प्रवेश नभएको व्यक्ति जीवन नभएको व्यक्ति हो। कतिपय मानिसहरूले दश वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् तर तिनीहरूसँग जीवन हुँदैन; कतिपयले बीस वर्षदेखि विश्‍वास गरेका हुन्छन् तर तिनीहरूसँग जीवन हुँदैन; कतिपयले त तीस वर्षभन्दा बढी समयदेखि विश्‍वास गरेका हुन्छन्, तैपनि तिनीहरूसँग अझै जीवन हुँदैन। तिनीहरूले कुनै वास्तविक काम गर्न सक्दैनन् र सबैभन्दा सरल र सबैभन्दा सतही सत्यताहरूलाई समेत स्पष्ट रूपमा व्याख्या गर्न वा स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन्—के यसको अर्थ तिनीहरूसँग जीवन छैन भन्‍ने हुँदैन र? परमेश्‍वरमा विश्‍वास गरेका आफ्ना वर्षौँको दौडान, तिनीहरूले सधैँ आफ्नो विश्‍वासमा निकै राम्रो गरिरहेको छु भन्‍ने सोचेका हुन्छन्, र प्रायजसो यसो भन्छन्, “म परमेश्‍वरका लागि दौडधूप गर्न र परमेश्‍वरप्रति आफूलाई अर्पण गर्न इच्छुक छु, म परमेश्‍वरका लागि मूल्य चुकाउन इच्छुक छु, र म परमेश्‍वरप्रति बफादार हुन इच्छुक छु। मैले परमेश्‍वरप्रति कति चढाएको छु र आफूलाई कति अर्पण गरेको छु हेर्नुहोस्। मैले आफ्नो समय र ऊर्जा समर्पित गरेको छु र मेरो परिवार, अध्ययन, काम, र पैसा त्यागेको छु। मलाई जे गर्न भनिन्छ म त्यही गर्न इच्छुक छु। म परमेश्‍वरको अधीनमा बस्‍न इच्छुक छु, म परमेश्‍वरलाई सन्तुष्ट पार्न इच्छुक छु, म काटछाँट स्वीकार गर्न इच्छुक छु, र म सजाय र न्याय स्वीकार गर्न इच्छुक छु।” के त्यो “इच्छुकता” को अर्थ तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भन्‍ने हुन सक्छ? तेरो त्यो “इच्छुकता” तेरो जिब्रोबाट कसरी यति सजिलै निस्कन सक्छ? तँ यति धेरै कुरा गर्न “इच्छुक” छस्, तर तैँले कति सत्यता अभ्यास गरेको छस्? तेरो सत्यता वास्तविकता कहाँ छ? तँ यति धेरै कुरा गर्न “इच्छुक” छस्, तर के तँसँग अनुभवात्मक गवाही छ? किन अहिले पनि, तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना शतप्रतिशत नै छ? यो अलिकति पनि किन घटेको छैन? यदि यो बीस वा तीस प्रतिशतले घटेको भए पनि, बिस्तारै घट्दै गएको भए पनि, यसलाई अलिकति सत्यता अभ्यास गरेको र त्यसमा प्रवेश गरेको मानिनेथियो। तर तैँले त्यति कुरा पनि हासिल गर्न सक्दैनस्। तेरो त्यो “इच्छुकता” धोका हो; यो परमेश्‍वरविरुद्धको सबैभन्दा ठूलो धोका हो। त्यो परमेश्‍वरप्रतिको बफादारी होइन, न त यो परमेश्‍वरप्रतिको साँचो हृदय नै हो। के तँलाई एउटा झूट हजार वा दश हजार पटक बोलियो भने, त्यो वास्तवमा सत्यता बन्छ, तथ्य बन्छ भन्‍ने लाग्छ? परमेश्‍वरको हकमा, यो दाबी सत्य ठहरिँदैन; यो विकृत तर्क र विधर्म हो। परमेश्‍वरले मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्नुहुन्छ। तैँले परमेश्‍वरप्रति आफूलाई अर्पण गर्न इच्छुक छु भनेर जतिसुकै भने पनि, र तेरा शब्दहरू जतिसुकै राम्रा सुनिए पनि, तँ कस्तो प्रकारको चीज होस् भन्‍ने कुरा परमेश्‍वरले पूर्ण स्पष्टताका साथ अवलोकन गर्नुहुन्छ। तैँले सत्यता अभ्यास गर्न इच्छुक छु भनी निरन्तर दाबी गर्छस्, र तँसँग सत्यता पछ्याउने वास्तविकता छ, र तँसँग यसलाई अभ्यास गरेको प्रमाण छ भनेर भन्छस्। त्यसोभए जब परमेश्‍वरले तेरो परीक्षा गर्नुहुन्छ तब तैँले उहाँलाई के फिर्ता दिन्छस् त? तैँले दुष्ट मानिसहरूले परमेश्‍वरको घरमा अवरोध र बाधाहरू खडा गरिरहेको देख्छस्, तैपनि तैँले यसमा कुनै ध्यान दिँदैनस् र आफूलाई संलग्न गराउँदैनस्। कसैले समस्या रिपोर्ट गरे पनि, तैँले यसलाई समाधान गर्दैनस् वा सम्हाल्दैनस्, र तँ दुष्ट मानिसहरूलाई दुष्टता गर्न र जथाभावी गर्न दिन्छस्। के यो परमेश्‍वरप्रतिको तेरो अधीनता हो? के यो परमेश्‍वरप्रतिको तेरो बफादारी हो? तैँले आफू परमेश्‍वरप्रति बफादार छु भन्‍ने सोच्ने हुनाले, तँ अगुवा वा कामदार हुँदा कति पटक परमेश्‍वरको घरका हितहरूको रक्षा गरिस्? मण्डलीको कामको सामान्य सञ्चालन सुनिश्चित गर्दै, तैँले कुन-कुन मामलाहरूमा समस्याहरू पहिचान गर्न र समाधान गर्न पहल गरिस्? जब दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधाहरू खडा गरिरहेका थिए, तब तिनीहरूलाई खुलासा गर्न र तिनीहरूले खडा गरेका बाधाहरू समाधान गर्न तँ कति पटक खडा भइस्? भेटीहरूको प्रयोग र खर्चमा तैँले कहिले सिद्धान्तहरू कायम राखिस् र परमेश्‍वरका भेटीहरूलाई नोक्सान हुनबाट उचित रूपमा रक्षा गरिस्? यी मामलाहरूमा, दुष्ट मानिसहरूलाई दुष्टता गर्नबाट रोक्नका लागि कडा जाँचहरू गर्दै, तैँले परमेश्‍वरका अभिप्रायहरूलाई कहिल्यै ख्याल गरेको छैनस्। बरु, मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूले घाटा भोगिरहेको हेरिरहने र पनि उदासीन रहँदै, तँ पूर्ण रूपमा गैरजिम्मेवार भएको छस्। विशेष गरी भेटीहरूको खर्चको सम्बन्धमा, तैँले कुनै जाँच गर्दैनस्, र जथाभावी रूपमा अनुमोदन दिन्छस् र हस्ताक्षर गर्छस्। तेरो मुखको एउटा सामान्य शब्द र तेरो कलमको एउटा हस्ताक्षरले, दशौँ हजार वा लाखौँ भेटीहरू खेर फाले, र तैँले आँखा समेत झिम्क्याइनस्। पछि, जब परमेश्‍वरको घरले तँलाई जवाफदेही बनायो, तब तँलाई घाटाको क्षतिपूर्ति दिनुपर्छ भन्‍ने डर लाग्यो, त्यसैले तँ नक्कली प्रमाणहरू बनाउन, प्रमाणहरू ढाकछोप गर्न र हस्ताक्षरहरू परिवर्तन गर्न कसैलाई खोज्न समेत सक्षम भइस्। परमेश्‍वरप्रतिको तेरो “बफादारी” यही हो। जब दुष्ट मानिसहरूले खराब काम गर्दै र मण्डलीको काममा अवरोध र बाधाहरू खडा गर्दै जथाभावी गरिरहेका थिए, र जब तैँले मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा झाराटारुवा गरिरहेको र परमेश्‍वरको घरमा सित्तैँमा खाइरहेको देखिस्, तब तैँले नदेखेको जस्तो र नजानेको जस्तो गर्दै, बहिरा र लाटाको नाटक गरिस्, र आफ्नो हृदयमा यस्तो सोचिस्, “म परमेश्‍वरप्रति बफादार हुन इच्छुक छु, म परमेश्‍वरको घरको लागि मेरो किल्‍लामा पहरा दिन, यसको ढोकाको राम्ररी रक्षा गर्न, र बगालको राम्ररी हेरचाह गर्न इच्छुक छु।” तँ इच्छुक छस्, तर के तैँले त्यसो गरेको छस्? तँ आफ्नो किल्‍लामा पहरा दिन र परमेश्‍वरको घरको लागि कडा जाँचहरू गर्न र यसको ढोकाको राम्ररी रक्षा गर्न इच्छुक छु भनेर तँ भन्छस्, तर के तँसँग परमेश्‍वरप्रतिको बफादारी छ? के तँ यी शब्दहरू बोल्न योग्य छस्? के तँसँग कुनै सचेतना छ? तैँले आफ्नो बारेमा धेरै नै उच्च सोचिरहेको छस्! यदि तैँले यो काम गर्न सक्दैनस् भने, जथाभावी नबोल्। तैँले इच्छुक छु भनेर भन्छस्, र तँ परमेश्‍वरको अघि सङ्कल्प गर्छस् र शपथ खान्छस्। तैँले शपथ खाएपछि, परमेश्‍वरले पर्खनुहुन्छ; तैँले त्यसपछि के गर्छस्, तैँले सत्यता अभ्यास गर्छस् कि गर्दैनस्, र तैँले भनेका शब्दहरू पूरा भएका छन् कि छैनन् भनी हेर्न परमेश्‍वरले अवलोकन गर्नुहुनेछ र हेर्नुहुनेछ। यदि तैँले तिनलाई पूरा गर्दैनस् भने, परमेश्‍वरका नजरमा तँ धोकेबाज होस्, र तैँले परमेश्‍वरका अघि गरेका सङ्कल्पहरू र खाएका शपथहरू झूटहरू हुन्। तँ खुलेआम परमेश्‍वरलाई धोका दिन्छस् र खुलेआम परमेश्‍वरलाई मूर्ख बनाउने प्रयास गर्छस्; तँ कस्तो प्रकारको चीज होस्? के तँलाई परमेश्‍वरसामु तेरो सङ्कल्प व्यक्त गर्नु, अलिकति मेहनत लगाउनु, र झाराटार्नुलाई सत्यता अभ्यास गरेको मानिन्छ भन्‍ने लाग्छ? तैँले परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गरिस्, तैपनि तँ अझै पनि परमेश्‍वरले तँलाई स्वीकार गर्नुभएको होस् भन्‍ने चाहन्छस्, र अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई अनुमोदन गरून् भन्‍ने चाहन्छस्; तँ परमेश्‍वरसँग मोलतोल गर्न समेत चाहन्छस्, र इनाम प्राप्त गर्न समेत चाहन्छस्—के कुराहरू साँच्चै तेरो लागि यति सजिलो हुन सक्छ र? तँ परमेश्‍वरलाई धोका दिन्छस् र उहाँसँग झाराटारुवा तरिकाले व्यवहार गर्छस्, र तँ उहाँलाई खेलाउँछस्, तैपनि तँ अझै पनि परमेश्‍वरले तँलाई इनाम दिनुभएको होस् भन्‍ने चाहन्छस्; तँ कस्तो प्रकारको चीज होस्? यदि तँ यसो गर्न सक्षम छस् भने, के तँसँग जीवन छ? यदि भ्रष्ट मानवजातिसँग मानव विवेक र समझ भएको भए, तिनीहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि परमेश्‍वरसँग यसरी व्यवहार गर्नेथिएनन्। तैपनि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस् र यति धेरै वर्षसम्म प्रवचनहरू सुनेको छस्, र अझै पनि परमेश्‍वरलाई मूर्ख बनाउने र उहाँसँग झाराटारुवा तरिकाले व्यवहार गर्ने प्रयास गर्न, र उहाँलाई धोका दिन र उहाँलाई खेलाउन सत्यता अभ्यास गर्ने कुराको स्थानमा आफ्नै इच्छुकतालाई प्रयोग गर्दै, परमेश्‍वरलाई यसरी व्यवहार गर्न सक्छस्। मलाई भन्, तँ कस्तो प्रकारको चीज होस्? तँ एउटा शैतान होस्, दियाबलस होस्—मानव होइनस्। परमेश्‍वरका नजरमा, तँ सृजित प्राणी समेत होइनस्; तँ एउटा दियाबलस मात्रै होस्, मर्न लायकको एउटा तुच्छ चीज मात्रै होस्! मलाई भन्, के यस्तो व्यक्ति मर्न लायक हुँदैन र? (हुन्छ।)

कतिपय मानिसहरूले के सोच्छन् भने, तिनीहरूले परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा धेरै मेहनत लगाएका छन्, र तिनीहरू परमेश्‍वरप्रति आफूलाई अर्पण गर्न इच्छुक छन्, परमेश्‍वरका वचनहरू सुन्न इच्छुक छन्, र सत्यता अभ्यास गर्न इच्छुक छन्। जब तिनीहरूले इच्छुक छु भनेर भन्छन्, तब तिनीहरू केही हदसम्म भावुक हुन्छन् र तिनीहरूमा केही साँचोपन हुन्छ, त्यसैले तिनीहरूले आफूलाई सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने पत्रुसजस्ता मानिसहरूका रूपमा उचाल्छन्, र आफूलाई सिंहासनमा राख्छन्। के एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो र? के एउटा सृजित प्राणीमा यस्ता प्रकटीकरणहरू हुनुपर्छ र? (पर्दैन।) जीवन प्रवेश भएको व्यक्तिसँग इच्छुकता मात्रै हुँदैन; त्यो इच्छुकताको आधारमा, उसले अभ्यास गर्छ र ऊसँग प्रवेश हुन्छ। त्यसोभए, त्यस्तो व्यक्तिमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् त? जीवन प्रवेश हुनुको अर्थ व्यक्तिले बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ र बिस्तारै परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउँछ भन्‍ने हुन्छ। परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउने मानिसहरूले सामान्यतया के प्रकटीकरण गर्छन् र तिनीहरू के कुरामा जिउँछन्? परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूका प्रकटीकरणहरू के-कस्ता हुन्छन्? (जीवन प्रवेश भएको व्यक्तिमा धेरै वटा मुख्य प्रकटीकरणहरू हुन्छन्। एक हिसाबमा, ऊसँग आफ्नो बारेमा साँचो ज्ञान हुन्छ। उसले के देख्छ भने, ऊ अझै पनि परमेश्‍वरका मागहरू पूरा गर्ने अवस्थाबाट धेरै पछाडि छ र उसको कद अझै पनि अत्यन्तै सानो छ। उसले आफ्ना केही अपराधहरू र भ्रष्टताका प्रकटीकरणहरूलाई लिएर पीडित र व्याकुल महसुस गर्छ, र उसले परमेश्‍वरले खडा गर्नुभएका अझै धेरै वातावरणहरू अनुभव गर्ने र अझै धेरै बोझहरू बोक्ने आशा पनि गर्छ, र यस प्रक्रियामा सत्यता अभ्यास गर्न आफूलाई तालिम दिन्छ, किनभने यसरी मात्रै उसले सत्यता प्राप्त गर्न सक्छ। अर्को हिसाबमा, कम्तीमा पनि, ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनबाट जोगिन सक्छ र उसले बारम्बार चिन्तन गर्न सक्छ। यदि उसले सिद्धान्तहरू उल्लङ्घन गरेको छ वा कुनै पक्षमा चुकेको छ भन्‍ने पत्ता लगायो भने, उसले तुरुन्तै सुधार गर्न सक्छ। यसका साथै, परमेश्‍वरका प्रशासनिक आदेशहरू वा परमेश्‍वरका भेटीहरूसँग सम्बन्धित मामलाहरूको कुरामा, ऊसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ र उसले परमेश्‍वरको स्वभावलाई चिढ्याउने आँट गर्दैन।) (म एउटा कुरा थप्न चाहन्छु। जीवन प्रवेश भएको व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा सतर्क र होसियार हुनेछ, उसले परमेश्‍वरका वचनहरूमा मेहनत लगाउनेछ र सत्यता सिद्धान्तहरू खोज्नेछ, र ऊ आफ्नै इच्छाअनुसार जथाभाबी काम गर्नबाट जोगिनेछ। उसले सत्यता बुझ्ने मानिसहरूसँग मामलाहरूबारे छलफल र कुराकानी पनि गर्नेछ, र उसले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नेछ।) तिनीहरूको वास्तविक जीवनमा, जीवन प्रवेश भएका मानिसहरूसँग सोहीअनुरूपको जियाई र प्रकटीकरणहरू हुन्छन्। तिनीहरू अभिप्रायहरूको स्तरमा मात्रै रहँदैनन्; तिनीहरू बफादार हुन र अधीनमा बस्‍न मात्रै इच्छुक हुँदैनन्। बरु, तिनीहरूसँग खास जियाई र प्रकटीकरणहरू हुन्छन्। सबैभन्दा सरल कुरा के हो भने, तिनीहरूको दैनिक जीवनमा जेसुकै भए पनि, तिनीहरूले सक्रिय र सचेत रूपमा सत्यता सिद्धान्तहरू खोज्न सक्छन्। काम गर्नुअघि, तिनीहरूले पहिले यो कुरा गर्ने सिद्धान्तहरूलाई लिन्छन् र तिनको स्पष्ट बुझाइ प्राप्त गर्छन्, र तिनीहरूले जथाभाबी दुष्कर्म गर्दैनन्। यदि तिनीहरूले ती बुझेनन् भने, तिनीहरूले परमेश्‍वरका वचनहरूमा सिद्धान्तहरू खोज्छन्। यदि ती भेट्टाएपछि पनि तिनीहरू अझै पूर्ण रूपमा स्पष्ट भएनन् भने, तिनीहरूले सत्यता बुझ्ने व्यक्तिलाई खोजेर तिनका बारेमा थप सङ्‍गति र छलफल गर्छन्। तिनीहरूले सिद्धान्तहरू बुझेपछि, तिनीहरूले तिनलाई अभ्यास गर्न सक्छन्। सकारात्मक पक्षमा, तिनीहरू सत्यता अभ्यास गर्नमा विशेष रूपमा सक्रिय र विशेष रूपमा कर्तव्यनिष्ठा हुन्छन्। तिनीहरूले जेसुकै कुराको सामना गरे पनि, मामला महत्त्वपूर्ण भए पनि वा सामान्य भए पनि—र विशेष गरी जब यो परमेश्‍वरको घरको कामसँग सम्बन्धित ठूलो मामला हुन्छ—तब तिनीहरू विशेष रूपमा सतर्क हुन्छन्। तिनीहरूले आफै जथाभाबी निर्णयहरू गर्दैनन् तर अरूसँग धेरै परामर्श गर्छन्, धेरै सोधपुछ गर्छन्, र धेरै खोजी गर्छन्। नकारात्मक पक्षमा, जब तिनीहरूले केही गल्ती गर्छन्, तब तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरूमा चिन्तन गर्न र तिनलाई चिन्न सक्छन्, र आफ्ना अपर्याप्तता र कमीकमजोरीहरू, आफूलाई थाहा नभएका क्षेत्रहरू, र आफू नकारात्मक र कमजोर हुने र मापदण्डमा पुग्न असफल हुने क्षेत्रहरूलाई चिन्न सक्छन्। तिनीहरूले बारम्बार चिन्तन गर्छन्। यस प्रक्रियाको दौरान, एक हिसाबमा, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र सत्यता खोज्छन्, परमेश्‍वरको न्याय र खुलासाका वचनहरूमार्फत आफ्‍नो बारेमा चिन्तन गर्छन् र आफूलाई चिन्छन्; अर्को हिसाबमा, तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रतिक्रिया दिन आग्रह गर्छन्। कुनै काम पूरा गरेपछि, तिनीहरूले कुनै पक्षमा सिद्धान्तहरू उल्लङ्घन गरे कि, कुनै कुरालाई बेवास्ता गरे कि, कुनै विकृतिहरू थिए कि, वा माथिको कामको प्रबन्धसँग कुनै अमेल कुरा थियो कि भनेर बारम्बार मनन गर्छन्। तिनीहरूले निरन्तर चिन्तन गर्छन्। चाहे त्यो सकारात्मक पक्षमा होस् वा नकारात्मक पक्षमा, तिनीहरूको अभ्यासको लक्ष्य र दिशा भनेको आफ्नै इच्छाअनुसार काम गर्नुको सट्टा, सत्यता सिद्धान्तहरूअनुसार काम गर्ने र सत्यता सिद्धान्तहरूसँग मिल्ने प्रयास गर्नु हो। यदि तिनीहरूले सत्यता सिद्धान्तहरू बुझेका छैनन् वा तिनका बारेमा स्पष्ट छैनन् भने, तिनीहरूले कुरालाई मनमै गुम्साएर राख्दैनन्। बरु, तिनीहरूले सत्यता बुझ्ने मानिसहरूलाई खोज्छन् र सिद्धान्तहरू स्पष्ट नभएसम्म तिनीहरूसँग सङ्‍गति गर्छन्, त्यसपछि मात्रै तिनीहरूले सिद्धान्तहरूलाई अभ्यासमा ल्याउँछन् र तिनलाई लागू गर्छन्। छोटकरीमा भन्दा, जब अभ्यास गर्ने कुरा आउँछ, तब तिनीहरूले आफ्ना प्राथमिकता वा मुडअनुसार काम गर्दैनन्, आफ्नै इच्छाअनुसार जथाभाबी दुष्कर्म गर्नु त झनै परको कुरा हो; बरु, तिनीहरूले सत्यता खोज्न र सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। अभ्यासमा तिनीहरूको प्रकटीकरण यही हुन्छ। यसका साथै, परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिको हिसाबमा, तिनीहरूले परमेश्‍वरका मागहरूलाई कसरी लिन्छन् र परमेश्‍वरसँग सम्बन्धित मामलाहरूका हरेक पक्षलाई कसरी लिन्छन् भन्‍ने कुरामा, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय, परमेश्‍वरसँग डराउने हृदय, र त्रास र कम्पनले भरिएको हृदय हुन सक्छ। तिनीहरूले गलत मार्ग लिन्छन् कि वा केही गलत कुरा गर्छन् र परमेश्‍वरको हृदयलाई चोट पुर्‍याउँछन् कि भनेर तिनीहरू अत्यन्तै डराउँछन्, र तिनीहरूले परमेश्‍वरलाई चिढ्याउँछन् कि, परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छन् कि, वा परमेश्‍वरको स्वभावलाई चिढ्याउँछन् कि भनेर अत्यन्तै डराउँछन्। परमेश्‍वरप्रति तिनीहरूको यस्तो मानसिकता हुन्छ, र सत्यतालाई लिने तिनीहरूको तरिकामा र सत्यता सिद्धान्तहरूलाई लिने तिनीहरूको तरिकामा तिनीहरूसँग यी वास्तविक व्यवहार र प्रकटीकरणहरू हुन्छन्; यसले मात्रै जीवन प्रवेशलाई जनाउँछ, होइन र? (हो।) के तिमीहरूमा यी प्रकटीकरणहरू छन्? यी प्रकटीकरणहरू भएकाहरूसँग जीवन प्रवेश हुन्छ; नभएकाहरू सबैले श्रम गरिरहेका हुन्छन्। यदि तँलाई तैँले हरेक दिन दौडधूप गर्दा र आफूलाई अर्पण गर्दा तँ के गर्नमा व्यस्त थिइस् भनेर सोधियो, र तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ र परमेश्‍वरलाई अर्पण चढाइरहेको थिएँ भनेर भनिस् भने, के तेरा शब्द र व्यवहारहरू सिद्धान्तमा आधारित हुन्छन् त? के ती परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्? यदि तैँले बोल्ने हरेक शब्द, तैँले गर्ने हरेक कुरा, र तैँले राख्ने हरेक दृष्टिकोण परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित छैनन् भने, यदि तैँले कुराहरू आइपर्दा सत्यता खोज्दैनस् र तँसँग कुनै जीवन प्रवेश छैन भने, के तैँले केवल श्रम मात्रै गरिरहेको हुँदैनस् र? यसलाई राम्रोसँग भन्दा, तैँले श्रम गरिरहेको हुन्छस्; अलि नराम्रोसँग भन्दा, तैँले केवल मेहनत लगाइरहेको हुन्छस्; र अझै स्पष्ट रूपमा भन्दा, तैँले केवल आफ्नो श्रम बेचिरहेको हुन्छस्! आफ्नो श्रम बेच्नु भनेको श्रम गर्नु बराबर हो। आफ्नो श्रम बेचेर तैँले के प्राप्त गर्न सक्छस्? तैँले केवल केही अनुग्रह प्राप्त गर्छस्: केही राम्रो खाना खान, केही राम्रा लुगा लगाउन, जीवनका केही सुखसुविधाहरूको आनन्द लिन, तुलनात्मक रूपमा फराकिलो ठाउँमा बस्‍न, र जाडोमा तुलनात्मक रूपमा न्यानो र गर्मीमा तुलनात्मक रूपमा शीतल हुन पाउँछस्। यो पहिले नै निकै राम्रो कुरा हो। यदि तैँले केवल मेहनत लगाउँछस् भने, तैँले अरू के प्राप्त गर्ने आशा गर्छस्? तँ आफ्नो कर्तव्य निर्वाह गर्न मात्रै इच्छुक छस् तर सत्यता अभ्यास गर्दैनस्। यो परमेश्‍वरको मार्ग पछ्याउनु होइन। त्यस्तो अवस्थामा, तैँले गरिरहेको कुरा केवल श्रम गर्नु मात्रै हुन्छ। श्रम गर्नेहरूले सत्यता अभ्यास गर्दैनन् र तिनीहरूले गर्ने कुनै पनि कुरामा तिनीहरूका कुनै सिद्धान्त हुँदैनन्। यसरी श्रम गर्दा यसले तिनीहरूलाई जीवन दिन सक्दैन; अलिकति अनुग्रहको आनन्द लिन सक्नु पनि पहिले नै निकै राम्रो कुरा हो। तँ मेहनत लगाउन इच्छुक छस्, र तेरो परिश्रमलाई ख्याल गर्दै, परमेश्‍वरको घरले तँलाई केही दैनिक आवश्यकताहरू प्रदान गर्छ, जसले गर्दा तँ अलिकति राम्रोसँग जिउन पाउँछस्, तैँले वर्षभरि ताजा तरकारीहरू पाउँछस्, र केही अर्गानिक खाना खान पाउँछस्। यो पहिले नै परमेश्‍वरको अनुग्रह हो—तैँले अरू केको आनन्द लिने आशा गर्छस्? यदि तैँले संसारमा पैसा कमाउनका लागि काम गरेको र मेहनत लगाएको भए, तैँले के खान वा लगाउन सक्थिस्? तँलाई खाना वा लुगाफाटो त्यत्तिकै दिइनेथिएन; तैँले ती किन्नका लागि आफै पैसा कमाउनुपर्नेथियो, र तैँले अरूबाट दुर्व्यवहार पनि सहनुपर्नेथियो र तँ हेपिनुपर्नेथियो। परमेश्‍वरको घरमा मेहनत लगाएर, तैँले परमेश्‍वरको अनुग्रहको आनन्द लिन पाउँछस् र तँ हेपिनबाट जोगिन सक्छस्; तैँले राम्रो खान, राम्रो लगाउन, राम्रो ठाउँमा बस्न, र सुखद जीवन बिताउन सक्छस्। कसैले तँलाई हेप्दैन, कसैले तँलाई आक्रमण गर्दैन र तँविरुद्ध बदला लिँदैन, र जब तँ बिरामी हुन्छस्, तब दाजुभाइ-दिदीबहिनीहरूले तेरो वास्ता र हेरचाह गर्छन्। के यो अनुग्रह होइन र? के तिमीहरूले खोज्ने कुराहरू यिनै होइनन् र? यदि तिमीहरूले खोज्ने कुराहरू यति मात्रै हुन् भने, तिमीहरूले ती पहिले नै प्राप्त गरिसकेका छौ; तिमीहरूले खोजेको कुरा तिमीहरूले पहिले नै प्राप्त गरिसकेका छौ। के जीवन नभएका मानिसहरूले खोज्ने कुराहरू यिनै होइनन् र? यी कुराहरू खोज्दा के तिनीहरूका सबै चाहनाहरू पूरा भएका हुँदैनन् र? तेरो “इच्छुकता” लाई परमेश्‍वरबाट प्राप्त हुने यो अनुग्रह र यी सुखसुविधाहरूको लागि मात्रै साट्न सकिन्छ। त्यो पहिले नै निकै राम्रो कुरा हो; परमेश्‍वरले तँलाई ठग्नुभएको छैन। वास्तवमा, तेरो त्यो “इच्छुकता” मूल्यहीन छ। जीवन प्रवेशविना, तैँले यसलाई जीवनको लागि साट्न सक्दैनस्; तैँले यसलाई अलिकति अनुग्रहको लागि मात्रै साट्न सक्छस्। के तिमीहरूले प्राप्त गरेको अनुग्रहले तिमीहरूले मागेको वा कल्पना गरेको कुरालाई पहिले नै उछिनेको छैन र? (छ।) त्यसोभए के तिमीहरूले चाहेको कुरा यही हो त? के तिमीहरूले पछ्याउने कुरा यही हो त? जब तिमीहरू पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्न आयौ, तब के तिमीहरूले यो अनुग्रह प्राप्त गर्ने र त्यतिमै सीमित रहने आशा मात्रै गरेका थियौ? (थिएनौँ।) त्यसोभए के तिमीहरूसँग अरू कुनै आकाङ्क्षाहरू छन्? (छन्। हामी मुक्ति प्राप्त गर्ने कुरालाई पनि पछ्याउन चाहन्छौँ।) यदि तँसँग सत्यता अभ्यास गर्ने अभिप्राय मात्रै छ तर तैँले यसलाई कहिल्यै व्यवहारमा लागू गर्दैनस् भने, के तेरो यो आकाङ्क्षा—मुक्ति प्राप्त गर्ने कुरालाई पछ्याउने आकाङ्क्षा—अझै पनि साकार हुन सक्छ त? (सक्दैन।) यो किन साकार हुन सक्दैन? किनभने तँ इच्छुक हुने स्तरमा मात्रै रहन्छस् र तैँले सत्यतालाई अभ्यास गरेको छैनस्। तँ शारीरिक सुखसुविधा र सहजताको वातावरणमा जिउँछस्, परमेश्‍वरको अनुग्रहको आनन्द लिन्छस्, र आफ्नो हृदयमा निकै सन्तुष्ट महसुस गर्छस्। के यसरी अघि बढ्नु राम्रो हो? (होइन।) यसमा के खराबी छ? के तिमीहरूले पछ्याउने कुराहरू यिनै होइनन् र? (सत्यता अभ्यास नगरी, र मानव रूपमा नजिईकन अभिप्रायहरूको स्तरमा मात्रै रहनु—मलाई लाग्छ यसरी जिउनु अर्थहीन र मूल्यहीन हुन्छ।) के राम्रो खानु र राम्रो लगाउनु नै जिउनुको मूल्य हो भन्‍ने तिमीहरूलाई लाग्दैन? राम्रो खानु, राम्रो लगाउनु, राम्रो ठाउँमा बस्नु, र राम्रो जीवनको आनन्द लिनु; खाना वा लुगाफाटोको कुनै चिन्ताविना जीवनभरि धन, सम्मान, र शान्तिको आनन्द लिनु—के विगतका सम्राटहरूले पछ्याएका कुराहरू यिनै थिएनन् र? सम्राटहरूले समेत यी कुराहरू पछ्याएका थिए भने, तिमीहरूजस्ता साना मानिसहरूले अरू के पछ्याउने आशा गर्छौ र? तिमीहरू प्रत्येकलाई हेर त: तिमीहरू जीवन पछ्याउँदैनौ र तिमीहरू मुक्ति प्राप्त गर्ने कुरा पछ्याउँदैनौ; तिमीहरू राम्रो खाने, राम्रो लगाउने, र राम्रो जीवनको आनन्द लिने कुरा मात्रै पछ्याउँछौ। के तिमीहरूको पछ्याइको पूर्ण हद त्यति नै होइन र? त्यो पछ्याइ हासिल गर्न अत्यन्तै सजिलो छ। सत्यतामा सङ्‍गति गर्नुपर्ने कुनै आवश्यकता छैन; सङ्‍गतिको एउटा थप शब्द पनि अनुचित हुनेछ। तिमीहरूलाई सत्यता चाहिँदैन। तिमीहरूलाई के चाहिन्छ त? तिमीहरू सबै धित मरुञ्जेल खान खोज्छौ। तिमीहरूको देहले शान्ति र आनन्दको उपभोग गर्छ, तिमीहरूसँग खाना र लुगाफाटो छ, र तिमीहरू यो जीवनभरि खुसीसाथ जिउँछौ भने, तिमीहरूका लागि त्यति नै पर्याप्त हुन्छ। तिमीहरू मुक्ति प्राप्त गर्ने कुरा पछ्याउँदैनौ, त्यसैले धेरैजसो मानिसहरूमा सत्यता पछ्याउने सचेतना वा सङ्कल्प थोरै मात्र हुन्छ। मैले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित कुनै भनाइ सय पटक दोहोर्‍याए पनि, तिमीहरूमध्ये कति जनाले यसलाई ग्रहण गर्न सक्छौ? तिमीहरूमध्ये कति जनाले यसलाई हृदयमा लिन्छौ? मैले देखेअनुसार, अत्यन्तै थोरैले मात्र। मैले तिमीहरूसँग यति धेरै वर्षदेखि अन्तरक्रिया गरेको छु। सम्हालिने मामला त्यो सामान्य मामिला होस्, वा मण्डलीको कामसँग सम्बन्धित मामिला होस् अथवा कर्तव्यहरूको निर्वाहसँग सम्बन्धित मामला होस्—यदि मैले आफूले भनेको कुरामा विशेष जोड नदिईकन, र कडा लवज प्रयोग नगरीकन शान्तपूर्वक मात्रै बोलेँ भने, मैले के पाउँछु भने, पछि अत्यन्तै थोरै मानिसहरूले मात्रै कुराहरूलाई कडाइका साथ अभ्यासमा ल्याउन र तिनलाई सत्यता सिद्धान्तहरूअनुसार लागू गर्न सक्छन्। मैले यति धेरै वर्षदेखि सत्यता सिद्धान्तहरू सङ्‍गति गरेको छु, तैपनि तिमीहरूले अझै पनि तिनलाई बुझ्न सक्दैनौ र तिमीहरूको हृदयमा तिनको कुनै सचेतना छैन। तिमीहरूले तिनलाई याद गर्न र पालन गर्न सक्नुभन्दा पहिले कसैले तिमीहरूलाई काँटछाँट गर्नुपर्छ र तिमीहरूलाई ताडना दिनुपर्छ। यदि मैले तिमीहरूसँग शान्तपूर्वक मात्रै बोलेँ भने, तिमीहरू बेवास्ता गर्छौ र सत्यता अभ्यास गर्ने कुरालाई पटक्कै गम्भीरतापूर्वक लिँदैनौ। अलिकति क्षमता भएका मानिसहरूले थोरै धर्मसिद्धान्त मात्रै बुझ्छन्, त्यसपछि तिनीहरूले तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भन्‍ने सोच्छन् र आफूप्रति निकै खुसी समेत महसुस गर्छन्। कतिपय त अझै हौसिन्छन् पनि, अनि आफूलाई प्रदर्शन गर्छन्। के यो निर्लज्जता होइन र?

हालै, मैले कुनै एउटा मण्डलीमा समस्याहरू समाधान गरिरहेको छु, र मैले तिनीहरूसँग केही सिद्धान्तहरू सङ्‍गति गरेँ। मैले विगतका केही वर्षहरूमा यी सिद्धान्तहरू केही पटक सङ्‍गति गरेको छु, तैपनि आजसम्म जिम्मेवार व्यक्तिहरूले तिनलाई बोध गरेका छैनन्। म शान्तपूर्वक मात्रै बोल्छु, तर कतिपय मानिसहरूले मानव भाषा बुझ्न सक्दैनन्। तिनीहरूलाई के गर्ने भन्‍ने थाहा हुँदैन, र तिनीहरूलाई कुराहरू कसरी लागू गर्ने भन्‍ने थाहा हुँदैन। मैले यी कुराहरू धेरै पटक भनेको छु तर ती कुरा तिनीहरूको एउटा कानबाट पस्छन् र अर्को कानबाट निस्कन्छन्; ती कुराहरू सुन्दा-सुन्दा तिनीहरूका कान पाकिसकेका छन्, तैपनि तिनीहरूले अझै बुझ्दैनन्। मलाई भन, तिनीहरू कस्ता प्रकारका चीजहरू हुन्? के तिनीहरू मानव हुन् त? म तिनीहरूलाई कुनै मामला कुन सिद्धान्तअनुसार सम्हाल्नुपर्छ र यसलाई कसरी गर्नुपर्छ भनेर बताउँछु। म नियमित रूपमा सत्यतामा पनि सङ्‍गति गर्छु, र विशेष परिस्थितिहरू आउँदा, म केही विशेष सिद्धान्तहरू सङ्‍गति गर्छु। तैपनि अहिले पनि, तिनीहरूलाई सिद्धान्तहरू के हुन् भन्‍ने थाहा छैन। मलाई भन, के तिनीहरूले सिद्धान्तहरू कायम राख्न सक्छन्? के तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छन्? तिनीहरूले सिद्धान्तहरू कायम राख्न सक्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास नै गर्न सक्छन्, त्यसैले तिनीहरूले गर्ने कुरालाई कर्तव्यको निर्वाह मान्न सकिँदैन। त्यसोभए, तिनीहरूले के गरिरहेका छन् त? के तिनीहरूले केवल मेहनत मात्रै लगाइरहेका छैनन् र? यदि तँ मैले तँलाई भनेका सत्यता सिद्धान्तहरू पालन गर्न सक्दैनस् भने, के तैँले त्यो अलिकति मेहनत लगाउनु नै सत्यता अभ्यास गर्नु हो त? के यसको अर्थ तँसँग जीवन प्रवेश छ भन्‍ने हुन्छ? त्यो जीवन प्रवेश होइन; त्यो श्रम गर्नु हो। यदि तेरो श्रमले तेरो खानाको खर्च जुटाउन सक्छ भने, त्यो पहिले नै निकै राम्रो कुरा हो; तैँले जीवन प्राप्त गर्न सक्दैनस्। तैँले मैले बोल्ने सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनस्, त्यसोभए म तँलाई कसरी ठहर गरूँ? यदि तैँले सत्यता सिद्धान्तहरू बुझ्न सक्छस् भने, तँसँग मानवता छ, तँ मानव होस्। यदि तैँले सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनस् भने, तँसँग कुनै मानवता छैन, तँ पशु होस्। यदि तँ सत्यताप्रति वितृष्ण छस् र सत्यतालाई घृणा गर्छस्, र जानी-जानी आफूलाई परमेश्‍वरको घरको विरुद्धमा खडा गर्छस् भने, तँ शैतान होस्, र तँ दियाबलस होस्। यदि तैँले मैले भनेको कुरा बुझ्छस् र सोहीअनुसार काम गर्छस् भने—यदि मैले दोस्रो पटक जोड नदिईकन र मैले तँलाई फेरि नघचघच्याईकन तैँले बुझ्छस्, मेरा वचनहरूअनुसार अभ्यास गर्न सक्छस्, र तिनलाई कायम राखिरहन सक्छस् भने—तँसँग विवेक र समझ छ भन्‍ने कुरा म देख्न सक्छु। मेरो हृदयमा, म तँलाई आदर गर्छु र तँलाई सम्मान गर्छु, र तँलाई मानवको रूपमा व्यवहार गर्छु। यदि मैले कुनै कुरा हजार वा दश हजार पटक भनेको छु र तैँले अझै पनि त्यो बुझेको छैनस् भने, म तँलाई मानवको रूपमा व्यवहार गर्दिनँ; मेरो हृदयमा, तँ मानव होइनस्, तँ पशु होस्। किन? यदि तैँले मैले यति सरल र स्पष्ट रूपमा, र यति प्रस्ट रूपमा बोलेका वचनहरू समेत बुझ्न सक्दैनस् भने, तँ पशु नभएर अरू के होस् त? तँ पशुभन्दा पनि खराब होस्। मसँग भएको कुकुरले मानिसहरूले सामान्यतया भन्ने कुराहरू बुझ्न सक्छ। मैले यसलाई के गर्न लगाउन चाहन्छु भन्‍ने कुरा यसलाई थाहा नहुन सक्छ, तर यति धेरै वर्षसम्म मसँग बसेपछि, मैले यसले के नगरोस् भन्‍ने चाहन्छु भन्‍ने कुरा यसलाई थाहा हुन्छ। सामान्यतया, यसले मलाई मन नपर्ने कुराहरू गर्नबाट आफूलाई रोक्छ। यो कुरा कसरी देख्न सकिन्छ? उदाहरणका लागि, जब म यसका छाउराहरूलाई ताडना दिन्छु, तब यसले सकेसम्म सहकार्य गर्छ, ती दुई साना कुकुरहरूले बुझ्न नसक्लान् र आफ्नो मालिकलाई रिसाउने तुल्याउलान् भन्‍नेमा यो अत्यन्तै डराउँछ। आँगनमा सुकाउन राखिएका सामान वा लुगाहरू टोक्न अनुमति छैन र यदि यसले त्यसो गर्‍यो भने आफ्‍नो मालिक रिसाउनुहुनेछ भन्‍ने कुरा यसलाई थाहा हुन्छ। हरेक पटक यो आँगनमा पस्दा, यसले पहिले ती दुई छाउराहरूलाई नियन्त्रणमा राख्छ र तिनीहरूलाई सुकाउन राखिएका सामानहरू टोक्नबाट रोक्छ। यदि यसले मलाई रिसाउने तुल्याउने कुनै काम गर्‍यो भने, यसले मलाई फकाउने र मलाई खुसी बनाउने प्रयास गरिरहन्छ। जब म यसलाई सुम्सुम्याउन र यससँग फेरि बोल्न इच्छुक हुन्छु, तब मात्रै यो खुसी हुन्छ। कुकुरको सोचाइ अत्यन्तै सरल हुन्छ, तर कुकुरसँग भ्रष्ट मानवजातिसँग नभएको एउटा सबैभन्दा बहुमूल्य कुरा हुन्छ: कुकुरको इमानदारी मानवजातिसँग नहुने कुरा हो। यदि मानवजातिमा इमानदारीको कमी छ भने, तिनीहरूलाई कसरी मानवजाति भन्न सकिन्छ र? मानवजातिका सदस्यहरूले मानव छाला ओढेका र बाहिरी रूपमा मानव रूप धारण गरेका भए पनि, सारमा तिनीहरू मानव होइनन्। तिनीहरूमा सबैभन्दा आधारभूत विवेक र समझको समेत कमी हुन्छ, त्यसोभए तिनीहरूले कसरी इमानदारी प्रकट गर्न सक्छन् त? कतिपय मानिसहरूले सिद्धान्तहरू बुझ्न सक्छन् र तिनलाई अभ्यास गर्न सक्छन्; त्यस्ता मानिसहरूलाई मानव भन्न सकिन्छ। किन? (एक हिसाबमा, सिद्धान्तहरू बुझ्ने तिनीहरूको क्षमताले तिनीहरूसँग आत्मिक बुझाइ छ र तिनीहरूलाई परमेश्‍वरका वचनहरूको अर्थ र परमेश्‍वरका अभिप्रायहरू थाहा छ भन्‍ने कुरा प्रदर्शन गर्छ। अर्को हिसाबमा, त्यस्ता मानिसहरूसँग विवेक र समझ हुन्छ, तिनीहरूको आत्मआचरणका सीमाहरू हुन्छन्, र तिनीहरूले सिद्धान्तहरू पालन गर्न सक्छन्; त्यसकारण, त्यस्ता मानिसहरूलाई मात्रै मानव भन्न सकिन्छ।) सही हो। एक हिसाबमा, तिनीहरूसँग बोध सामर्थ्य हुन्छ। तिनीहरूले मानव भाषा बुझ्न सक्छन् र अरू मानिसहरूका लागि सामान्य हुने तरिकाहरूमा सोच्न र बुझ्न सक्छन्। अर्को हिसाबमा, तिनीहरूसँग विवेक र समझ हुन्छ, विवेकका सीमाहरू हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, र यसलाई अभ्यास गर्न सक्षम हुन्छन्। त्यस्तो व्यक्तिलाई मानव भन्न सकिन्छ; यी दुई कुराहरू नभएकाहरू मानव होइनन्। यदि कुनै व्यक्ति मानव होइन भने, उससँग कसरी विवेक हुन सक्छ र समझ हुन सक्छ? विवेक र समझविना, उसले कसरी मानव भाषा बुझ्न सक्ला र? विवेक र समझ नभएको व्यक्तिले अलिकति धर्मसिद्धान्त बुझेर त्यसो गर्न चाहे पनि प्रावधानहरू समेत पालन गर्न सक्दैन। तैपनि उसले अझै पनि के सोच्छ भने, सत्यता अभ्यास गर्ने उसको इच्छुकताको अर्थ ऊ परमेश्‍वरप्रति बफादार व्यक्ति हो र परमेश्‍वरले स्वीकार गर्नुहुने र प्रेम गर्नुहुने व्यक्ति हो। के त यो बदमासको तर्क होइन र? (हो।) बदमासको तर्क भएका मानिसहरूले अन्ततः सत्यता प्राप्त गर्न सक्दैनन्। कस्ता मानिसहरूसँग बदमासको तर्क हुन्छ? अन्योलमा परेका मानिसहरूसँग। अन्योलमा परेका मानिसहरूले सधैँ बदमासको तर्क निकाल्छन्। मैले तिमीहरूलाई यी कुराहरू भन्नुको अर्थ के हो? मैले तिमीहरूलाई सत्यता अभ्यास गर्न प्रेरित गर्ने प्रयास गरिरहेको छु, कि मैले तिमीहरूका समस्याहरूको सार खुलासा गरिरहेको छु? (हामी अझै सत्यता पछ्याउने मार्गमा हिँडेका छैनौँ भनेर तपाईंले हामीलाई स्पष्ट रूपमा देखाइरहनुभएको छ र हामीलाई त्यो मार्गमा हिँड्न सुरु गर्न लगाइरहनुभएको छ।) कतिपय मानिसहरूले भन्छन्, “के तपाईंले हामीलाई सत्यता अभ्यास गर्न प्रेरित गर्नका लागि मात्रै यी कुराहरू भनिरहनुभएको होइन र?” मेरो अभिप्राय साँच्चै नै त्यो होइन। तैँले सत्यता अभ्यास गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्नै मामला हो र मसँग यसको कुनै सरोकार छैन। मैले सङ्‍गति गर्नुपर्ने सत्यताहरू मैले स्पष्ट रूपमा सङ्‍गति गरिसकेपछि, मैले मेरा जिम्मेवारी र दायित्वहरू पूरा गरेको हुनेछु। तैँले कुन बाटो छान्छस् र तैँले कुन मार्ग लिन्छस् भन्‍ने कुरामा, म हस्तक्षेप गर्दिनँ। तैँले अन्ततः मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा पूर्ण रूपमा तेरो आफ्नै छनौटहरूमा निर्भर हुन्छ र पूर्ण रूपमा तैँले लिने मार्गमा आधारित हुन्छ; तिमीहरूप्रतिको मेरो जिम्मेवारी यहीँ समाप्त हुन्छ। अर्थात्, म तिमीहरूले बुझ्नुपर्ने सबै सत्यताहरूलाई लिन्छु र ती तिमीहरूलाई बताउँछु, र यदि तिमीहरू तिनलाई अभ्यास गर्न इच्छुक छौ भने, त्यो स्वाभाविक रूपमा अझै राम्रो हो, तर यदि तिमीहरू अनिच्छुक छौ भने, म हस्तक्षेप गर्नेछैनँ। म निश्चय नै हरेक दिन तिमीहरूको पछि-पछि लाग्ने र तिमीहरूको सुपरिवेक्षण गर्ने काम गर्नेछैनँ, तिमीहरूलाई सत्यता अभ्यास गर्न बाध्य पार्नु त झनै परको कुरा हो। म त्यस्ता कुराहरू गर्दिनँ; त्यो मेरो काम होइन, न त त्यो मेरो कामको दायराभित्र नै पर्छ। यदि तिमीहरूले केही नियमहरू पालन गर्न, अलिकति आज्ञाकारिता देखाउन, र अलिकति सत्यता अभ्यास गर्न सक्नुभन्दा पहिले मैले तिमीहरूलाई हरेक दिन काँटछाँट गर्दै र ताडना दिँदै दासहरूलाई जस्तो व्यवहार गरोस् भन्‍ने तिमीहरू चाहन्छौ भने, मेरा नजरमा, त्यस्ता मानिसहरू उद्धार गर्न नसकिने मानिसहरू हुन्। यदि मैले सत्यता सिद्धान्तहरू हजार वा दश हजार पटक बोलेको छु र तिमीहरूले अझै पनि तिनलाई बुझेका छैनौ र खोज्दैनौ भने, मैले अरू के भन्न सक्छु र? यसप्रति मेरो मनोवृत्ति के छ त? तिमीहरूलाई जे मन लाग्छ त्यही गर। यदि तिमीहरू सुन्न अनिच्छुक छौ भने, नसुन। तिमीहरूले जसरी मन लाग्यो त्यसरी विश्‍वास गर्न सक्छौ; म हस्तक्षेप गर्नेछैनँ, न त म त्यसमा मेहनत लगाउन नै चाहन्छु। तिमीहरूलाई सित्तैँमा सत्यता प्रदान गरिएको छ, तर तिमीहरूलाई यसको कदर गर्न आउँदैन। तिमीहरूले अन्ततः मुक्ति प्राप्त गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरा तिमीहरूकै आफ्नै मामला हो र मसँग यसको कुनै सरोकार छैन। यदि तैँले अलिकति सत्यता अभ्यास गर्न वा परमेश्‍वरको घरको काम र तेरो कर्तव्यको लागि लाभदायक हुने कुनै कुरा गर्न मुस्किलले मात्रै सक्नुभन्दा पहिले तँलाई सुपरिवेक्षण गर्न, काँटछाँट गर्न, र ताडना दिनका लागि तैँले सधैँ अरू मानिसहरूमा भर पर्नुपर्छ भने, त्यो मैले चाहने कुरा होइन। यदि तिमीहरू सबै जना यस्तै छौ भने, मैले सत्यता सङ्‍गति गर्नुको कुनै अर्थ हुँदैन; सत्यताको कुनै पनि पक्ष सङ्‍गति गर्नु व्यर्थ हुनेछ, र पूर्ण रूपमा अनावश्यक हुनेछ। यदि तिमीहरूसँग सामान्य मानवतामा हुनुपर्ने विवेक र समझ समेत छैन, र यति धेरै सत्यता सङ्‍गति गरिएको सुनेपछि पनि सत्यता कसरी अभ्यास गर्ने र सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भन्‍ने बारेमा तिमीहरूसँग अझै पनि कुनै व्यक्तिपरक अभिप्राय वा योजना छैन भने, तिमीहरूले मुक्ति प्राप्त गर्ने कुनै आशा हुँदैन। के त्यो कुरा सही हो? (हो।)

कतिपय मानिसहरूले सधैँ मसँग चालबाजी गर्ने र छल गर्ने प्रयास गरिरहेका हुन्छन्। जब-जब तिनीहरूले केही गर्छन्, तब-तब तिनीहरूले काम गर्नुअघि मैले आदेश दिओस् भनेर पर्खन्छन्। मैले जतिसुकै पटक सिद्धान्तहरूमा सङ्‍गति गरेको भए पनि, यसले तिनीहरूलाई कुनै असर गर्दैन; तिनीहरू सिद्धान्तहरूअनुसार अभ्यास नै गर्दैनन्। तिनीहरूले निरन्तर यस्तो सोचिरहन्छन्, “मैले यस मामलाको बारेमा तपाईंबाट आदेश प्राप्त गर्नैपर्छ। यदि तपाईंले हामीले यो काम गर्न सक्छौँ भनेर भन्नुभयो भने, हामी यो गर्नेछौँ; यदि तपाईंले हामीले यो काम गर्नु हुँदैन भनेर भन्नुभयो भने, हामी गर्नेछैनौँ। यदि मैले तपाईंले व्याख्या गर्नुभएका सिद्धान्तहरूअनुसार काम गरेँ र, मैले सकेपछि, तपाईं असन्तुष्ट हुनुभयो भने नि? यदि तपाईंले मलाई दुःख दिनुभयो भने नि? यदि तपाईंले मलाई घाटाको क्षतिपूर्ति दिन लगाउनुभयो भने नि?” तिनीहरू मसँग चालबाजी गर्छन्, न त सिद्धान्तहरूअनुसार काम गर्छन् न त मानवको जिम्मेवारीहरू नै पूरा गर्छन्। तिनीहरू आफ्नै जिम्मेवारीभित्र पर्ने कुनै पनि कुरा गर्दैनन्—अरूसँग सहकार्य गर्ने, अरूसँग मामलाहरूबारे छलफल र सङ्‍गति गर्ने, वा सन्दर्भ सामग्रीहरू परामर्श गर्ने केही गर्दैनन्। बरु, तिनीहरू निरन्तर मेरो पछि लाग्छन् र मलाई झर्को लगाउँछन्, यो र त्यो सोध्छन् र सधैँ यसो भन्छन्, “के तपाईंलाई मैले यसरी काम गर्नु ठीक हो जस्तो लाग्छ?” वास्तवमा, मैले सिद्धान्तहरू लिएर तिनलाई अत्यन्तै स्पष्ट रूपमा व्याख्या गरेको छु, तर यी मानिसहरूले तिनलाई पटक्कै गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “तपाईंले सङ्‍गति गर्नुभएका सिद्धान्तहरू केवल एउटा व्यापक रूपरेखा मात्रै हुन्—मानिसहरूलाई धोका दिनका लागि बोलिएका शब्दहरू हुन्। तपाईंले मलाई यो मामला कसरी सम्हाल्ने भनेर बताउनैपर्छ, र तपाईंले मलाई हरेक विवरण व्याख्या गर्नैपर्छ।” तैँले मैले व्याख्या गरेका सिद्धान्तहरू ग्रहण गर्न सक्दैनस् र तिनलाई गम्भीरतापूर्वक लिँदैनस्, र हरेक कुरा कसरी गर्ने भनेर सीधै तँलाई बताउन मलाई लगाउँछस्। के त्यसले तँलाई काम नलाग्ने बनाउँदैन र? के तँसँग दिमाग छैन? के तँसँग विचारहरू छैनन्? तेरो कर्तव्य के हो? तँ मानवले निर्वाह गर्नुपर्ने कुनै पनि कर्तव्य वा उसले लिनुपर्ने कुनै पनि जिम्मेवारीहरू बोक्न चाहँदैनस्; तँ केवल मैले तँलाई सीधै के गर्ने भनेर बताएको चाहन्छस्। त्यसोभए, तेरो हृदय र दिमागको के काम त? तँ यसमा आफ्नो हृदय लगाउन चाहँदैनस्, तँ आफ्नो दिमाग प्रयोग गर्न चाहँदैनस्, न त तँ मेहनत लगाउन नै चाहन्छस्, र तँ जिम्मेवारी लिन पनि डराउँछस्। तँ कस्तो प्रकारको व्यक्ति होस्? के तँ चिप्ले माछा होइनस् र? तेरो क्षमता निकै कमजोर छ, तैपनि तँ युक्तिहरूले भरिएको छस्! मसँग यो चालबाजी गर्दा त्यसले काम गर्नेछैन। तैँले सिद्धान्तहरू बुझ्न नसक्नु नै पर्याप्त रूपमा घिनलाग्दो कुरा हो, तैपनि तँ अझै पनि मसँग चालबाजी गर्ने प्रयास गर्छस् र जिम्मेवारी लिन डराउँछस्। तैँले कसरी सत्यतालाई अभ्यास गर्न सक्थिस् र? आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउनुको प्रकृति के हो? यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा के त्यसमा कुनै साँचो हृदय हुन्छ? के त्यहाँ कुनै अर्पण हुन्छ? (हुँदैन।) यदि त्यहाँ न त साँचो हृदय हुन्छ न त अर्पण नै हुन्छ भने, के त्यहाँ कुनै जीवन प्रवेश हुन्छ? के यो कर्तव्यको निर्वाह हो? (होइन।) त्यसोभए यसरी आफ्नो कर्तव्य निर्वाह गर्नुको प्रकृति के हो त? यो श्रम गर्नु हो; यसको प्रकृति त्यही हो। मसँग चालबाजी गर्ने जोकोहीदेखि मलाई घिन लाग्छ। यदि तैँले इमानदार, व्यावहारिक तरिकाले काम गर्छस्, तैँले नबुझ्दा तुरुन्तै खोज्छस्, र तैँले तिनका बारेमा सोधेपछि र स्पष्टता प्राप्त गरेपछि सिद्धान्तहरूअनुसार अभ्यास गर्छस् भने, तैँले कहिलेकाहीँ विशेष परिस्थितिहरूमा थप एक पटक सोधे पनि, म तेरो कमजोर क्षमता देखेर दिक्क हुनेछैनँ। तर यदि कुनै व्यक्ति सधैँ भित्री रूपमा मसँग होड गरिरहेको छ, उसले चालबाजी गर्छ र मभन्दा बाठो बन्‍ने प्रयास गर्छ, कुनै पनि जिम्मेवारी लिन मान्दैन, आफूले सामना गर्ने हरेक कुराको बारेमा मलाई सोध्छ, र मैले निर्देशन दिएपछि मात्रै काम गर्छ भने, यो कस्तो समस्या हो? बाहिरी रूपमा, तिनीहरू हरेक कुरामा परमेश्‍वरको अधीनमा बसेको जस्तो देखिन्छन्, तर वास्तवमा, तिनीहरू धूर्त भइरहेका हुन्छन्। तिनीहरूले के सोच्छन् भने, यसरी काम गर्दा केही गल्ती भयो भने आफूले कुनै जिम्मेवारी लिनु पर्दैन; साथै, तिनीहरूले आफू हरेक कुरामा परमेश्‍वरको अधीनमा बस्छु भनेर अरूलाई देखाउन सक्छन्। त्यसकारण, तिनीहरूले जेसुकै गरे पनि, तिनीहरू सधैँ परमेश्‍वरले व्यक्तिगत रूपमा दिनुभएका निर्देशनहरू सुन्न चाहन्छन्, मानौँ परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध निकै नजिक छ। यसले परमेश्‍वरका विचारहरूमा बाधा पुर्‍याउँछ, उहाँको काममा बाधा पुर्‍याउँछ, र उहाँलाई तिनीहरूप्रति वितृष्ण र घिन लाग्ने तुल्याउँछ भन्‍ने कुरा तिनीहरूले महसुस गर्दैनन्। तिनीहरूले के समेत सोच्छन् भने, तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन् र परमेश्‍वरप्रति आफूलाई अर्पण गरिरहेका छन्, परमेश्‍वरले तिनीहरूलाई यसरी मार्गदर्शन गर्नुपर्छ, परमेश्‍वरको घरले तिनीहरूलाई यसरी काम गर्न अनुमति दिनुपर्छ, र परमेश्‍वरको घरले तिनीहरूलाई साना बच्चाहरूलाई जस्तै पुलपुल्याउनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले भित्री रूपमा प्रसन्न महसुस गर्छन् र आफूले आनन्द लिइरहेका छौँ भन्‍ने महसुस गर्छन्। यो कस्तो प्रकारको सोचाइ हो? के यो सत्यता पछ्याउने व्यक्ति हो? के त्यस्तो व्यक्तिसँग समझ हुन्छ? (हुँदैन।) सत्यता बुझ्ने मानिसहरूले समझका साथ काम गर्छन्। कम्तीमा पनि, तिनीहरूले आफूले समाधान गर्न सक्ने समस्याहरू आफै समाधान गर्छन् र परमेश्‍वरलाई एकपछि अर्को प्रश्न सोधेर झर्को लगाउँदैनन्। तिनीहरूले आफै समस्या समाधान गर्न नसके पनि, तिनीहरूले आफूले सहकार्य गर्ने दाजुभाइ-दिदीबहिनीहरूसँग वा सत्यता बुझ्ने मानिसहरूसँग खोजी गर्नुपर्छ र सङ्‍गति गर्नुपर्छ। यसरी, तिनीहरूले समस्या समाधान गर्न र अभ्यासको मार्ग खोज्न सक्छन्। समझ भएको व्यक्तिले यसो गर्न सक्छ; समझ नभएका मानिसहरूले आफ्नै इच्छाअनुसार जथाभाबी दुष्कर्म गर्ने सम्भावना हुन्छ। यदि जीवन प्रवेश भएको व्यक्तिले सत्यता बुझ्छ, यसलाई अभ्यास गर्न र ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ, र उसले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाएको छ भने, के उससँग परमेश्‍वरप्रति यस्तो प्रकारको मनोवृत्ति हुन्छ वा उसले यसरी व्यवहार गर्छ त? के उसले परमेश्‍वरसँग यसरी अन्तरक्रिया गर्छ त? (गर्दैन।) उसले गर्दैन; त्यो निश्चित छ। त्यसोभए, यसरी काम गर्ने मानिसहरूलाई के भइरहेको हुन्छ त? स्पष्ट रूपमा, तिनीहरूसँग कहिल्यै जीवन प्रवेश थिएन। तिनीहरूले हरेक कुरा पूर्ण रूपमा आफ्ना हित र अभिप्रायहरूअनुसार गर्छन्, तैपनि तिनीहरूले निरन्तर यसो भन्दै दाबी गर्छन्, “म परमेश्‍वरप्रति बफादार हुन इच्छुक छु, म परमेश्‍वरको लागि सेवा गर्न इच्छुक छु, र म परमेश्‍वरको लागि मर्न इच्छुक छु! जबसम्‍म म इच्छुक हुन्छु, तबसम्‍म म परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हुन्छु, र म परमेश्‍वरप्रति बफादार हुने र उहाँको अधीनमा बस्ने व्यक्ति हुन्छु!” यसको झन्डा उठाएर, तिनीहरूले आफूसँग जीवन छ भन्‍ने सोच्छन्। तिनीहरूलाई ब्रह्माण्डमा आफ्‍नो स्थान के हो भन्‍ने थाहा हुँदैन! के यो समझको कमी हुनुको प्रकटीकरण होइन र? (हो।) यदि कसैसँग समझ छ भने, के उसले यो “इच्छुकता” लाई लिएर यसलाई जीवन मान्छ त? (मान्दैन।) किन मान्दैन? (किनभने उसले आफूमा अझै पनि समाधान नभएका धेरै भ्रष्ट स्वभावहरू छन् र आफूले अभ्यास गर्न नसक्ने धेरै सत्यताहरू छन् भन्‍ने कुरा देख्छ, र आफू परमेश्‍वरका मागहरू पूरा गर्नबाट चुकेको छु महसुस गर्छ, अनि उसले आफूसँग जीवन छ भन्‍ने सोच्दैन।) समझ भएको व्यक्तिको सबैभन्दा प्रमुख विशेषता भनेको के हो भने, उसले बारम्बार चिन्तन गर्न सक्छ। जब उसले आफ्ना समस्याहरू पत्ता लगाउँछ, तब उसले तिनलाई विवेकपूर्ण रूपमा लिन्छ र तिनलाई बुझ्छ, र तिनलाई समाधान गर्न उसले सत्यताको खोजी गर्छ। त्यस्तो व्यक्तिसँग मात्रै साँचो जीवन प्रवेश हुन्छ। सत्यता बुझ्ने मानिसहरू सबैसँग आफ्नो बारेमा केही साँचो ज्ञान हुन्छ; तिनीहरू सबैसँग आफ्नो बारेमा सही मूल्याङ्कन र आकलन हुन्छ। तिनीहरूको क्षमता कस्तो छ, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू कति अभ्यास गरेका छन्, र तिनीहरूले अझै कति अभ्यास गर्न बाँकी छ भन्‍ने कुरा तिनीहरूलाई ठ्याक्कै थाहा हुन्छ। तिनीहरूसँग यी विचारहरू हुनेछन्, र तिनमा मनन गरेपछि, तिनीहरूले यी लाभहरू प्राप्त गर्नेछन्। यी लाभहरू प्राप्त गरेपछि, तिनीहरूले सोच्छन्, “आफ्नो व्यक्तिपरक अभिप्रायको हिसाबमा मानिसमा इच्छुकता हुनु जीवन होइन। केवल इच्छुक हुनु मात्रै व्यर्थको कुरा हो; मैले अझै सत्यतालाई अभ्यास गरेको छैन। मभित्र अझै पनि भ्रष्टता र विद्रोहीपन छ, र मेरो मानवता त्यति राम्रो छैन। म सधैँ आफूलाई अरूसँग तुलना गर्न चाहन्छु, र मैले जे गरे पनि, म सधैँ एकतर्फी र स्वेच्छाचारी रूपमा काम गर्न चाहन्छु। म कहिल्यै पनि मामलाहरूबारे छलफल गर्न वा कसैसँग सहकार्य गर्न चाहन्नँ; म केवल आफै अन्तिम निर्णय गर्न चाहन्छु। म सबैलाई हेला गर्छु र कसैलाई पनि आदर गर्दिनँ। यी मानवता हुनुका प्रकटीकरणहरू होइनन्, र यी सत्यता अभ्यास गर्नुका प्रकटीकरणहरू होइनन्!” परमेश्‍वरका वचनहरू र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरूसँग तुलना गरी चिन्तन गरेर अनि आफूलाई चिनेर, तिनीहरूले यी परिणामहरू प्राप्त गर्न र यी लाभहरू हासिल गर्न सक्छन्। यी लाभहरू हासिल गरेपछि, के तिनीहरू आफ्नो पछ्याइ र आफ्ना विभिन्न प्रकटीकरणहरूका बारेमा कुनै निष्कर्षमा पुग्छन् त? (पुग्छन्।) तिनीहरू कुन निष्कर्षमा पुग्छन्? (तिनीहरू अझै सत्यता पछ्याउने व्यक्ति होइनन् भन्‍ने निष्कर्षमा।) तिनीहरूले तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्, तिनीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरू अझै पनि परमेश्‍वरका मागहरू पूरा गर्नबाट धेरै पछाडि परेका छन् भन्‍ने कुरा पहिचान गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले केवल अलिकति मेहनत मात्रै लगाएका छन् र अझै सत्यतालाई अभ्यास गरेका छैनन् भन्‍ने कुरा पहिचान गर्छन्। तिनीहरू निकाल्‍ने निष्कर्ष यही हो। के त्यसपछि सत्यता अभ्यास गर्ने तिनीहरूको अभिप्राय अझै बलियो हुँदैन र? (हुन्छ।) विवेक र समझ भएका मानिसहरू चिन्तनमार्फत यी परिणामहरूमा पुगेपछि, सत्यता अभ्यास गर्ने तिनीहरूको अभिप्राय अझै बलियो हुन्छ। जब कुनै कुरा हुन्छ, तब तिनीहरू आफूमा के-कस्ता विद्रोही विचारहरू छन्, आफूमा के-कस्ता भ्रामक विचार र दृष्टिकोणहरू छन्, आफूमा के-कस्ता भ्रष्ट स्थितिहरू र भ्रष्ट स्वभावका प्रकटीकरणहरू छन्, र तिनीहरूले कसरी तिनको विरुद्ध विद्रोह गर्नुपर्छ र तिनीहरूले तिनलाई कसरी समाधान गर्नुपर्छ भनेर मनन गर्छन्। यी कुराहरूमा मनन गरेपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूले के भन्छन् र परमेश्‍वरले मानिसलाई कसरी अभ्यास गर्न माग गर्नुहुन्छ भनेर खोजी गर्नेछन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्नेछन्। जब तिनीहरूले सत्यता सिद्धान्तहरू भेट्टाउँछन्, तब सत्यता अभ्यास गर्ने तिनीहरूको अभिप्राय अझै बलियो हुन्छ। परमेश्‍वरका माग गरिएका मानकहरू के-के हुन् र तिनीहरूले निश्‍चित रूपमा कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूका लागि मार्ग स्पष्ट हुन्छ, र तिनीहरूको अर्को कदम भनेको अभ्यास गर्नु हो।

मलाई भन, के विवेकशीलता नभएका मानिसहरूले आफैमाथि चिन्तन गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले कहिल्यै आत्म-चिन्तन गर्नेछैनन्; तिनीहरूले सधैँ के सोच्छन् भने, तिनीहरूमा भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरूले तिनलाई कहिल्यै प्रकट गरेका छैनन्, तिनीहरू सधैँ सही छन् र हरेक कुरामा अरू सबैभन्दा असल छन्, र तिनीहरू कहिल्यै गलत भएका छैनन् अनि तिनीहरूले कहिल्यै कुनै गलत काम गरेका छैनन्। तिनीहरूले किन यसरी सोच्न सक्छन्? विवेकशीलताविहीन हुनु भनेको यही हो। विवेकशीलता नभएका मानिसहरूले आत्म-चिन्तन गर्नेछैनन् र आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नेछैनन्। तिनीहरूले आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नेछैनन् र तिनीहरूसँग आफ्नो बारेमा तुलनात्मक रूपमा सही मूल्याङ्कन, आँकलन, वा ज्ञान हुँदैन, त्यसोभए के तिनीहरूसँग सत्यता अभ्यास गर्ने अभिप्राय हुन्छ त? तिनीहरूमा यो अभिप्राय उत्पन्न हुन सक्दैन। त्यसोभए के तिनीहरूले सत्यतालाई प्रेम गर्नेछन्? के तिनीहरू सत्यता खोज्न परमेश्‍वरको अघि आउनेछन्? आउनेछैनन्। तिनीहरूले आफूले गर्नुपर्ने सबै कुरा गरेका छन् भन्‍ने विश्‍वास गर्छन्, ठीक पावलले भनेजस्तै, “मैले विश्‍वासलाई जोगाएको छु, मैले असल लडाइँ लडेको छु।” अलिकति मेहनत मात्रै लगाएपछि पनि, तिनीहरूले आफ्नो बारेमा यो निष्कर्ष निकाल्छन्, त्यसैले तिनीहरूले सत्यता खोज्दैनन्। विवेकशीलता नभएका मानिसहरूले आफूलाई यसरी ठहर गर्छन् र सत्यता खोज्दैनन्, त्यसोभए के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले कहिलेकाहीँ केही प्रावधानहरू पालन गरेर झारा टारे पनि, र बाहिरी रूपमा तिनीहरूले सत्यता अभ्यास गरिरहेका छन् जस्तो देखिए पनि, वास्तविकतामा तिनीहरूले प्रावधानहरू पालन गरिरहेका हुन्छन्, तैपनि तिनीहरूले अझै पनि आफूले सत्यता अभ्यास गरिरहेका छौँ भन्‍ने विश्‍वास गर्छन्। के यो आफैलाई धोका दिनु होइन र? मानिसहरू किन प्रावधानहरू पालन गर्न यति धेरै प्रवृत्त हुन्छन्? किनभने तिनीहरू सत्यता खोज्न सिपालु हुँदैनन्। यदि तिनीहरूले सत्यता खोज्दैनन् भने, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्ने सम्भावना नै हुँदैन, र सत्यता अभ्यास गर्ने मार्ग के हो भन्‍ने कुरा तिनीहरूले बुझ्ने सम्भावना नै हुँदैन। त्यसकारण, तिनीहरूले जे गरे पनि, तिनीहरूले केही प्रावधानहरू पालन मात्र गर्छन् र झारा टार्छन्। तिनीहरूले स्पष्ट रूपमा प्रावधानहरू पालन गरिरहेका हुन्छन् तैपनि आफूले सत्यता अभ्यास गरिरहेका छौँ भनेर भन्छन्—यो एउटा बहाना हो, यो एउटा धोका हो, र यो खेलबाड गर्नु हो। तैँले त एउटा प्रावधान मात्र पालन गरिरहेको छस्। यो त ठीक पावलको जस्तै अवस्था हो: उसले आफ्नो काम र प्रचारमा धेरै कष्ट भोग्यो र ठूलो मूल्य चुकायो, तैपनि उसले केवल झारा टार्ने काम गर्‍यो र परमेश्‍वरको मार्ग कहिल्यै पछ्याएन। अर्थात्, उसले गरेको हरेक कुरामा, उसले परमेश्‍वरका अभिप्रायहरू कहिल्यै खोजेन, परमेश्‍वरका वचनहरूलाई कहिल्यै हृदयमा लिएन, तिनको आधारमा कहिल्यै अभ्यास गरेन, र केवल आफ्नै इच्छाअनुसार काम गर्‍यो। त्यसपछि उसले आफ्नो कष्ट र आफूलाई समर्पित गरेको कुरालाई पूँजीका रूपमा प्रयोग गर्‍यो जसद्वारा उसले परमेश्‍वरसँग इनामको माग गर्‍यो: “मैले दौड्नुपर्ने दौड पूरा गरेको छु। मलाई मुकुट दिनुहोस्; मलाई इनाम दिनुहोस्!” कसैले उसलाई सोध्यो, “के तिमीलाई प्रभु येशू को हुनुहुन्छ भन्ने थाहा छ?” उसले भन्यो, “उहाँ ख्रीष्ट हुनुहुन्छ।” त्यस व्यक्तिले उसलाई फेरि सोध्यो, “त्यसोभए तिमी को हौ त?” उसले भन्यो, “म पनि ख्रीष्ट नै हुँ।” के उसको सक्कली रूप खुलासा भएन र? के ऊसँग सत्यता अभ्यास गरेको कुनै वास्तविक प्रकटीकरण थियो? (थिएन।) कहिल्यै आत्म-चिन्तन नगर्ने मानिसहरूले कहिल्यै सत्यता अभ्यास गर्न जान्नेछैनन्। तिनीहरूमा सत्यता अभ्यास गर्ने कुनै सचेतना हुँदैन र तिनीहरूले कहिल्यै सत्यताको खोजी गर्नेछैनन्। तिनीहरूले सत्यता अभ्यास गर्ने मार्ग भेट्टाउन सक्दैनन्, सत्यता अभ्यास गर्नुका विवरणहरू बुझ्नु त झनै परको कुरा हो। त्यसकारण, जब तिनीहरूले जीवन अनुभवको बारेमा गवाही लेख लेख्ने प्रयास गर्छन्, तब आफ्नो सम्पूर्ण बल लगाएर प्रयास गरेपछि पनि, तिनीहरूले कलम चलाउन सक्दैनन्। तिनीहरूले अत्यन्तै प्रदर्शन गर्न चाहन्छन्, र आफूले के गर्न सक्छन् भनेर अत्यन्तै देखाउन चाहन्छन्, तर तिनीहरूले त्यसो सक्दैनन्; तिनीहरू यति चिन्तित हुन्छन् कि, तिनीहरूलाई पसिना आउँछ, तैपनि तिनीहरूले अझै केही लेख्न सक्दैनन्। यस्तो किन हुन्छ? तिनीहरूले कहिल्यै सत्यता अभ्यास गरेका हुँदैनन् र तिनीहरू सत्यताको खोजी गर्ने र यसलाई अभ्यास गर्ने प्रक्रियाबाट कहिल्यै गुज्रेका हुँदैनन्। के यी मानिसहरूसँग जीवन प्रवेश हुन्छ त? (हुँदैन।) के जीवन प्रवेश नभएका मानिसहरूसँग जीवन हुन्छ? तिनीहरूसँग जीवन हुँदैन। त्यसोभए तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा केमा भर पर्छन् त? (तिनीहरू आफ्नै इच्छामा भर पर्छन् र आफ्नै प्राथमिकताहरूमा भर पर्छन्।) तिनीहरू आफ्नै इच्छामा भर पर्छन् र आफ्नै प्राथमिकताहरूमा भर पर्छन् भनेर भन्नु सही हो, तर तिनीहरूले अझै पनि अन्यायमा परेको महसुस गर्छन् र यस कुरालाई स्वीकार गर्दैनन्। त्यसोभए हामी यस कुरालाई यसरी भन्न सक्छौँ: तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा केमा भर पर्छन् त? तिनीहरू केवल यस कुरामा भर पर्छन्: “म सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न इच्छुक छु; म परमेश्‍वरप्रति बफादार हुन इच्छुक छु; म सत्यतामा समर्पित हुन इच्छुक छु; म परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्न इच्छुक छु; म पश्चात्ताप गर्न र मेरा गल्तीहरू स्वीकार गर्न इच्छुक छु; म सत्यता पछ्याउन र मुक्तिको मार्गमा हिँड्न इच्छुक छु।” तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिनीहरू “म इच्छुक छु” भन्‍ने यस्ता चाहनाहरूमा मात्रै भर पर्छन्; तिनीहरूले आफ्नै इच्छाअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुको आधार यही हो। तिनीहरूका लागि, यो “इच्छुकता” ले सबै कुराको स्थान लिन सक्छ र सबै कुरा पूरा गर्न सक्छ, तर परमेश्‍वरका लागि, तिनीहरूको यस इच्छुकताको मूल्य एक पैसाको जति पनि हुँदैन। किन? परमेश्‍वरले तेरो हृदय अवलोकन गर्नुहुन्छ र तँ सत्यता अभ्यास गर्न इच्छुक छस् र तँ सत्यता पछ्याउन इच्छुक छस् भन्‍ने उहाँलाई थाहा हुन्छ। परमेश्‍वरले तेरो अभ्यास र तेरो प्रवेशको प्रतीक्षा गर्नुहुन्छ, तैपनि उहाँले तँबाट कुनै वास्तविक कार्य कहिल्यै देख्नुहुन्न वा तँबाट कुनै जीवन प्रवेश देख्नुहुन्न। त्यसकारण, त्यस्ता मानिसहरूसँग कुनै जीवन हुँदैन; यो निश्चित छ। जीवन नभएका मानिसहरूमा एउटा अत्यन्तै स्पष्ट विशेषता हुन्छ: तिनीहरूले सधैँ परमेश्‍वरलाई कुनै व्यक्तिलाई व्यवहार गर्ने मनोवृत्तिका साथ व्यवहार गर्छन्। तिनीहरू सधैँ परमेश्‍वरसँग कसरी होड गर्ने र उहाँको विरुद्धमा कसरी दाउपेच गर्ने भनेर सोचिरहेका हुन्छन्, परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ भनेर सधैँ अनुमान लगाइरहेका हुन्छन्, र अर्को व्यक्ति वा कुनै हाकिमसँग अन्तरक्रिया गरिरहेको जस्तो गरी परमेश्‍वरसँग सधैँ व्यवहार गरिरहेका हुन्छन्। तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन, र तिनीहरूसँग परमेश्‍वरप्रतिको समर्पणको मनोवृत्ति हुँदैन। जीवन नभएको व्यक्तिको सबैभन्दा स्पष्ट विशेषता यही हो। आफ्नो हृदयमा, तिनीहरूले सधैँ परमेश्‍वरको बारेमा अनुमान लगाइरहेका हुन्छन्: “तपाईंले के सोचिरहनुभएको छ? तपाईंको हेराइको अर्थ के हो? तपाईंको बोल्ने शैली र तपाईंको आवाजको पछाडि के अर्थ छ? के तपाईं मलाई यो कुरा यसरी वा त्यसरी गर्नु भनेर भनिरहनुभएको छ?” तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्दैनन्; तिनीहरूमा परमेश्‍वरको कुनै डर हुँदैन, केवल शङ्का, सतर्कता, र विवाद हुन्छ। जीवन नभएको व्यक्तिमा कहिल्यै पनि परमेश्‍वरको डर हुन सक्दैन, त्यसैले उसमा देहधारी परमेश्‍वरप्रति सबैभन्दा आधारभूत आदर समेत हुँदैन। तैँले प्रार्थना गर्दा सधैँ “परमेश्‍वर, परमेश्‍वर” भन्न सक्छस्, र यो सुन्दा निकै राम्रो लाग्न सक्छ। बाहिरी रूपमा, तैँले देहधारी परमेश्‍वरलाई धेरै आदर गर्छस् जस्तो देखिन सक्छ, तर वास्तविकतामा, तँसँग कुनै जीवन प्रवेश नभएको हुनाले र परमेश्‍वरका वचनहरू तेरो जीवन नभएको हुनाले, जब तैँले “परमेश्‍वर” भनेर पुकार्छस्, तब तैँले एउटा शब्द मात्रै बोलिरहेको हुन्छस्। यसको अर्थ तैँले परमेश्‍वरको सार र उहाँको पहिचानलाई चिन्छस् वा उहाँलाई साँच्चै परमेश्‍वरको रूपमा व्यवहार गर्छस् भन्‍ने होइन। यो केवल सम्बोधनको एउटा रूप मात्रै हो, ठीक तैँले तेरा आमाबुबा, हजूरबुबा-हजुरआमा, वा कुनै ठूलाबडालाई सम्बोधन गर्न प्रयोग गर्ने शब्दहरू जस्तै हो। तेरा लागि, “परमेश्‍वर” एउटा आदरणीय सम्बोधन मात्रै हो किनभने, तेरो सवालमा भन्दा, परमेश्‍वर तेरो आराधनाको पात्र हुनुहुन्न, र तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन। बुझ्यौ? (बुझ्यौँ।) परमेश्‍वरका वचनहरू व्यक्तिको जीवन बनेपछि मात्रै ऊभित्र परमेश्‍वरको डर मान्‍ने हृदय बिस्तारै उत्पन्न हुनेछ। यो भनाइले तिमीहरूलाई के देखाउँछ? परमेश्‍वरका वचनहरू व्यक्तिभित्रको जीवन बनेपछि मात्र परमेश्‍वरको डर मान्‍ने हृदय उत्पन्न हुन्छ; यो कुरा व्यक्तिको विवेक र समझबाट उत्पन्न हुँदैन। विवेक हुनु र समझ हुनुले परमेश्‍वरको डर मान्‍ने हृदय उत्पन्न गर्न सक्दैन। तँ असल व्यक्ति, नियम पालन गर्ने व्यक्ति, र निष्कपट अनि आफ्नो उचित स्थानमा बस्ने व्यक्ति भए पनि, यदि तँसँग परमेश्‍वरको कुनै ज्ञान छैन वा तँसँग कहिल्यै जीवन प्रवेश छैन भने, बढीमा तँसँग परमेश्‍वरप्रति अलिकति आदर, शिष्टता, र विनम्रता मात्रै हुन्छ; यसलाई डर भनेर भन्न सकिँदैन। परमेश्‍वरका वचनहरू व्यक्तिको जीवन बनेका छन् भने मात्र परमेश्‍वरप्रति व्यक्तिमा डर उत्पन्न हुन्छ। त्यसकारण, केवल “इच्छुकता” ले सबै कुरालाई समावेश गर्न सक्छ वा सबै कुराको स्थान लिन सक्छ भन्‍ने नसोच्। परमेश्‍वरका लागि, तेरो इच्छुकता मूल्यहीन हुन्छ र यसको थोरै मात्र मूल्य हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “के तपाईंले मानिसमा परमेश्‍वरप्रति समर्पणको मनोवृत्ति हुनुपर्छ भनेर सङ्गति गर्नुभएको थिएन र?” परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति र तेरो व्यक्तिपरक अभिप्राय—तँ के गर्न इच्छुक छस् भन्‍ने कुरा—दुई फरक कुराहरू हुन्। परमेश्‍वरप्रति समर्पणको मनोवृत्ति हुनु भनेको तँसँग हुनुपर्ने विवेकशीलता हो, जबकि तेरो व्यक्तिपरक अभिप्राय र तेरो इच्छुकता केवल तेरो चाहना वा सङ्कल्प मात्रै हुन्। यसको कुञ्‍जी भनेको तैँले यो कुरा स्पष्ट रूपमा पहिचान गर्नु नै हो: तेरो इच्छुकताले तँलाई मुक्तिको मार्गमा डोर्‍याउन सक्छ, र अवश्य नै, यो तँलाई मुक्तिको मार्गमा हिँड्न दिने पूर्वसर्त पनि हो, तर सत्यता अभ्यास गर्न इच्छुक हुनुको अर्थ तैँले यसलाई पहिले नै अभ्यास गरिसकेको छस् भन्‍ने होइन, न त यसको अर्थ तँ पहिले नै सत्यता वास्तविकतामा प्रवेश गरिसकेको छस् भन्‍ने नै हो, तँसँग सत्यता वास्तविकता छ वा जीवन प्रवेश छ भन्‍नु त झनै परको कुरा हो। अर्थात्, यदि तँ सत्यता अभ्यास गर्न इच्छुक हुने चरणमा मात्रै रहन्छस् भने, तँसँग पहिले नै जीवन छ भनेर भन्न सकिँदैन। त्यसोभए तँसँग साँच्चै जीवन प्रवेश कहिले हुन्छ त? जब तैँले सत्यता अभ्यास गर्न सक्छस्, र तैँले आफैलाई चिन्छस्, अनि परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्न सक्छस्—तब यसको अर्थ मात्रै साँच्चै जीवन प्रवेश हुनु हो। तँसँग जीवन प्रवेश हुन्छ किनभने, सत्यताको तेरो बुझाइद्वारा, तेरा विचार र दृष्टिकोणहरू, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, र तेरा भ्रष्ट स्वभावहरू सबै विभिन्न हदसम्म परिवर्तन भएका हुन्छन्; परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति र आफ्‍नो कर्तव्य निर्वाह गर्नेप्रतिको तेरो मनोवृत्ति सुधारिएका हुन्छन्, र तँ उप्रान्त तेरा भ्रष्ट स्वभावहरूद्वारा वा भ्रामक विचार र दृष्टिकोणहरूद्वारा जिउँदैनस्; मानिसहरू र कामकुरालाई हेर्ने, अनि तेरो आत्मआचरण र कार्य गर्ने कुरामा, तँ परमेश्‍वरका वचनहरूलाई आफ्नो आधारको रूपमा लिन र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिन सक्षम हुन्छस्—यो मात्रै जीवन हुनु हो। के तिमीहरूसँग जीवन छ? तँसँग यी वास्तविकताहरू भएपछि मात्रै तँसँग जीवन हुन्छ; यी वास्तविकताहरूविना, तँसँग जीवन हुँदैन। यदि तँसँग जीवन छैन भने, तँ कस्तो प्रकारको व्यक्ति होस् त? तँ एउटा पशु होस्, तँ एउटा दियाबलस होस्, र तँ शैतानको होस्। शैतानको हुने मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा केमा भर पर्छन् त? तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरूमा भर पर्छन् र आशिष्‌को आफ्नो चाहनामा भर पर्छन्। अन्तिम परिणाम के हुन्छ? तिनीहरू जथाभाबी गर्छन् र दुष्कर्म गर्छन्; तिनीहरू सत्यता अभ्यास गर्न पूर्ण रूपमा असक्षम हुन्छन्, परमेश्‍वरको मार्ग पछ्याउन असक्षम हुन्छन्, र मुक्ति प्राप्त गर्न त झनै असक्षम हुन्छन्। परिणाम यही हो।

हामीले भर्खरै जीवन प्रवेशको कमी भएका मानिसहरूका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गर्‍यौँ। यो सुनेपछि, कतिपय मानिसहरूले भन्छन्, “त्यसोभए यति लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, हामीसँग अझै कुनै जीवन प्रवेश रहेनछ र हामीले सत्यता र जीवन प्राप्त गरेका रहेनछौँ। त्यसोभए, तपाईंको हृदयमा, के तपाईं हामीलाई मन पराउनुहुन्न र हामीदेखि धेरै वाक्क हुनुभएको छ?” त्यस्ता मानिसहरू सधैँ मैले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छु भन्‍ने कुरामा चिन्तित हुन्छन्। के यो सही हो? (होइन।) यो किन सही होइन? (परमेश्‍वरले आज हामीसँग यति धेरै सङ्गति गर्नुहुन्छ ताकि हामीले हाम्रो साँचो स्थितिलाई स्पष्ट रूपमा पहिचान गर्न सकौँ र अहिलेसम्म, हामी सत्यता पछ्याउने मार्गमा हिँडेका छैनौँ र, हाम्रा कर्तव्यहरू निर्वाह गर्दा, अझै पनि श्रम गर्ने चरणमा छौँ भन्‍ने कुरा स्पष्ट रूपमा देख्न सकौँ। यसले हामीलाई समयमै बिउँझने र पश्चात्ताप गर्ने तुल्याउँछ, र हामीलाई सत्यता अभ्यास गर्ने सही मार्ग भेट्टाउन दिन्छ। यदि हामी परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्ने प्रयास नगरी परमेश्‍वरले हामीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ र हेर्नुहुन्छ भनेर अनुमान मात्रै गर्छौँ भने, यो सत्यता नपछ्याउनुको प्रकटीकरण हो, र अन्ततः हामीले अझै पनि सत्यता प्राप्त गर्नेछैनौँ।) मैले तँलाई जसरी मूल्याङ्कन गरे पनि वा तँप्रति ममा जस्तो छवि भए पनि, यो तैँले वास्ता गर्नुपर्ने विषय होइन, र यो तेरो चिन्ताको केन्द्र होइन। के त्यसो होइन र? (हो।) तँ मैले तँलाई मन पराएको र मसँग तेरो बारेमा राम्रो छवि होस् भन्‍ने समेत चाहन्छस्? तिमीहरूको कार्यप्रदर्शनलाई हेर्दा त, यदि तिमीहरूले मलाई तिमीहरूप्रति विकर्षण महसुस नगराउन सक्यौ भने त्यो नै निकै राम्रो कुरा हुन्छ। म तिमीहरूलाई मन पराउँछु कि पराउँदिन, ममा कसको बारेमा राम्रो छवि छ, र म कसलाई उच्च ठान्छु भन्‍ने कुराको हकमा, मेरा आफ्नै सिद्धान्तहरू छन्। यो तिमीहरूले वास्ता गर्नुपर्ने विषय होइन, न त यो तिमीहरूले जान्नुपर्ने कुरा नै हो। यसबाहेक, मैले बोल्दा तिमीहरूप्रतिको मेरो मनोवृत्ति जस्तोसुकै भए पनि वा कुनै व्यक्तिको बारेमा मेरा दृष्टिकोणहरू जस्तोसुकै भए पनि, म गरम मिजासीपन वा भावनाहरूबाट प्रेरित भएर काम गर्नेछैनँ, संवेगबाट प्रेरित भएर काम गर्नु त झनै परको कुरा हो; म तिमीहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नेछु। तिमीहरूको कार्यप्रदर्शन अत्यन्तै खराब भए पनि, नकारात्मक नबन र बन्धनमा नपर। परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार तिमीहरूले गर्नुपर्ने कर्तव्य पूरा गर्नमा मात्रै ध्यान केन्द्रित गर। तिमीहरूमध्ये हरेक व्यक्ति कुन मार्गमा हिँड्न सक्छौ भन्‍ने कुराको हकमा, त्यो तिमीहरूका पछ्याइ र छनौटहरूमा निर्भर हुन्छ। अवश्य नै, मेरो दृष्टिकोणबाट हेर्दा, म तिमीहरू हरेकले सत्यता पछ्याउन र सत्यता स्वीकार गर्न सकोस् र हरेक व्यक्ति मुक्तिको मार्गमा हिँड्न सकोस् भन्‍ने आशा गर्छु। खास गरी, म के आशा गर्छु भने तिमीहरूमध्ये जसले परिश्रम गर्छन् र भारी बोझ लिन्छन् र जसले महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्छन्, जसको आत्मिक बुझाइ छ र क्षमता तुलनात्मक रूपमा राम्रो छ, र जोसँग असल मानवता छ तिनीहरू सबै सत्यता पछ्याउने मानिसहरू बनून्, जतिसक्दो चाँडो मुक्तिको मार्गमा हिँड्न सकून्, र सत्यता अभ्यास गर्न सकून् र तिनीहरूले सबै कुरामा जीवन प्रवेश प्राप्त गर्न सकून्। तर, यदि तिमीहरू सत्यता पछ्याउन र मुक्तिको मार्गमा हिँड्न अनिच्छुक छौ भने, म तिमीहरूलाई जबरजस्ती गर्नेछैनँ; म तिमीहरूलाई बाध्य पार्नेछैनँ। मेरो मनोवृत्ति यही हो। तिमीहरू हरेकको हकमा भन्दा, तिमीहरूको क्षमता कस्तो छ, र तिमीहरूका पछ्याइहरू कस्ता छन् भन्‍ने कुरा म जान्दछु र बुझ्छु, र तिनीहरूका बारेमा मेरा आफ्नै दृष्टिकोणहरू छन्। तर म अहिले तिमीहरूका बारेमा निष्कर्ष निकाल्नेछैनँ। तिमीहरू कुन मार्गमा हिँड्छौ र तिमीहरू कति टाढासम्म जान सक्छौ भन्‍ने कुरा तिमीहरूकै छनौटहरूमा निर्भर हुन्छ। मानिसहरूलाई व्यवहार गर्ने बारेमा परमेश्‍वरको घरका सिद्धान्तहरू छन्। यदि तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गरिस् भने, मण्डलीले सिद्धान्तहरूअनुसार तँलाई जसरी निराकरण गर्नुपर्ने हो त्यसरी नै निराकरण गर्नेछ। म तँलाई बचाउनेछैनँ; मैले तेरो उच्च मूल्याङ्कन गरे पनि, म तँलाई बचाउनेछैनँ। तैँले विगतमा धेरै मेहनत लगाएको भए पनि र तँ परिश्रम गरेको, भारी बोझ लिएको, र पहिले परमेश्‍वरको घरको कामको कुनै निश्चित क्षेत्रमा योगदान दिएको व्यक्ति भए पनि, यदि तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गरिस् भने, मण्डलीले तँलाई जसरी निराकरण गर्नुपर्ने हो त्यसरी नै निराकरण गर्नेछ। तेरा खुट्टाका फोकाहरू तैँले हिँडेर नै आएका हुन्; तँ हिँडिरहेको मार्ग तैँले आफै रोजेको मार्ग हो। गलत मार्ग लिनुका परिणामहरू यिनै हुन्। यी मामलाहरू सम्हाल्नु मेरो लागि सरल कुरा हो। सामान्य मामलाहरूमा मेरो केही व्यक्तिहरूसँग केही व्यवहार हुन्छ। तिनीहरूले काम गर्ने तरिका निकै विकर्षक र निकै घृणास्पद हुन्छ, तर म अझै पनि तिनीहरूलाई सही रूपमा व्यवहार गर्न सक्छु। मेरा विचारहरूका बारेमा निरन्तर अनुमान गर्न छोड्। मानिसहरूले निरन्तर मेरा शब्दहरूभित्र लुकेको अर्थ खोज्ने र मेरो हाउभाउ हेर्ने, मैले के सोचिरहेको छु भनेर निरन्तर सोधपुछ गर्ने, र म तिनीहरूलाई मन पराउँछु कि मन पराउँदिन वा तिनीहरूको बारेमा ममा कस्तो छवि छ भनेर निरन्तर अनुमान लगाउने कार्यप्रति म सबैभन्दा बढी वितृष्ण छु। मलाई यी कुराहरूदेखि अत्यन्तै घिन लाग्छ। मेरा विचारहरू कहिल्यै अनुमान नगर् वा मैले तँलाई कसरी हेर्छु र तेरो मूल्याङ्कन कसरी गर्छु, तेरो बारेमा मसँग के-कस्ता योजनाहरू छन्, वा म तँलाई कसरी निराकरण गर्नेछु भनेर मनन नगर्। यी कुराहरूका बारेमा चिन्ता नगर्, र तिनका बारेमा मनन गर्न मेहनत पनि नलगा। तैँले तिनका बारेमा जति धेरै मनन गर्छस्, म तँदेखि त्यति नै धेरै वाक्क हुन्छु। सत्यता सङ्गति गर्दा मैले तेरा जुनसुकै समस्याहरू औँल्याए पनि, त्यो तँलाई पूर्ण रूपमा खारेज गर्नका लागि होइन, त्यो तँलाई आक्रमण गर्नका लागि होइन, न त त्यो तँलाई दोषी ठहराउनका लागि नै हो। बरु, त्यो तँलाई तेरा समस्याहरू समाधान गर्न मद्दत गर्नका लागि हो ताकि तैँले सत्यता बुझ्न सकेस्, तँसँग अभ्यासको मार्ग होस्, र अन्ततः तँ मुक्तिको मार्गमा हिँड्न सकेस्। त्यसकारण, तैँले मैले प्रयोग गर्ने शब्दहरू वा मेरो आवाजको शैलीमा आफ्नो मन केन्द्रित गर्नु हुँदैन। तैँले मैले भन्ने कुराको विषयवस्तुमा ध्यान केन्द्रित गर्नुपर्छ, आफैलाई त्यससँग तुलना गर्नुपर्छ, र मैले भनेको कुराले तेरो समस्यालाई सम्बोधन गर्छ कि गर्दैन, र यसले तेरो समस्या समाधान गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि मैले तँसँग अलिक बढी कुरा गरेँ भने, यदि मैले तेरो उच्च मूल्याङ्कन गरेँ भने, वा मैले तँलाई महत्त्वपूर्ण स्थानमा राखेँ भने, अहङ्कारी नबन्। कहिलेकाहीँ मैले तँलाई भन्ने शब्दहरू अत्यन्तै कठोर र अत्यन्तै घोच्ने खालका हुन्छन्, र तँलाई म अत्यन्तै रिसाएको छु भन्‍ने लागे पनि, तँ नकारात्मक बन्नु हुँदैन। म तँलाई आक्रमण गर्न यसो गरिरहेको हुँदिनँ; म केवल निष्पक्ष रूपमा मामला सम्हालिरहेको हुन्छु र समस्यालाई यसको गुण-दोषका आधारमा मूल्याङ्कन गरिरहेको हुन्छु। म सत्यता लिएर यसलाई स्पष्ट रूपमा सङ्गति गर्न र यसलाई पूर्ण रूपमा सङ्गति गर्नका लागि यसो गर्छु, तँलाई व्यक्तिगत रूपमा दुःख दिनका लागि होइन। म तेरो समस्याको बारेमा सङ्गति गर्छु किनभने यसमा सत्यताको एउटा पक्ष समावेश हुन्छ वा मानवजातिको स्थितिको एउटा पक्ष समावेश हुन्छ। हामीले यसबारे सङ्गति गर्नुपर्छ ताकि सबैले अन्तर्दृष्टि प्राप्त गर्न सकून् र यस मामलामार्फत पाठ सिक्न सकून्। मेरा विचारहरू अनुमान नगर्; यदि तैँले त्यसो गरिस् भने, तैँले आफ्नो मेहनत गलत ठाउँमा लगाइरहेको हुन्छस्। बुझिस्? (बुझेँ।) यदि तैँले हरेक दिन मैले के सोचिरहेको छु, म तँलाई कसरी हेर्छु र तेरो मूल्याङ्कन कसरी गर्छु, तेरो बारेमा मेरा के-कस्ता योजनाहरू छन्, र म तँलाई निराकरण गर्नेछु वा तँलाई कष्ट भोग्न लगाउनेछु कि भनेर मनन गर्छस् भने—यदि तँ सधैँ यी कुराहरूका बारेमा सोचिरहन्छस् भने, तँ गलत हुन्छस् र तैँले आफ्नो मेहनत गलत ठाउँमा लगाइरहेको हुन्छस्। यदि मैले तँलाई सम्हाल्‍न चाहन्थेँ भने, मैले व्यक्तिगत रूपमा त्यसो गर्न आवश्यक हुनेथिएन; अगुवा र कामदारहरूले सिद्धान्तहरूअनुसार तँलाई सीधै सम्हाल्‍नेथिए। परमेश्‍वरको घरमा प्रशासनिक नियमहरू छन्, र मण्डलीले सिद्धान्तहरूअनुसार प्रक्रियाहरू पालन गर्नेछ र मामलालाई निष्पक्ष रूपमा सम्हाल्नेछ। यदि मैले तँलाई सम्हाल्‍न चाहन्थेँ भने, म मण्डलीका अगुवा र कामदारहरूलाई सत्यता सङ्गति गर्न र तेरा प्रकटीकरणहरूका आधारमा समस्या समाधान गर्न भन्नेथिएँ, त्यसपछि सिद्धान्तहरूअनुसार तँलाई सम्हाल्‍न तिनीहरूलाई लगाउनेथिएँ; यो अत्यन्तै सजिलो हुनेथियो। त्यसकारण, तैँले मेरा शब्दहरूभित्र लुकेको अर्थ खोज्न र मेरो हाउभाउ हेर्न आवश्यक छैन, र तैँले मैले भन्ने कुरामा सङ्केतहरू सुन्न पनि आवश्यक छैन, तैँले मेरो आवाजको शैलीमा ध्यान दिनु पर्ने त झनै परको कुरा हो। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ भने, यदि तैँले परमेश्‍वरले मानिसको भित्री हृदयको गहन-जाँच गर्नुहुन्छ भन्‍ने विश्‍वास गर्छस् भने, र यदि तैँले परमेश्‍वर सत्यता, मार्ग, र जीवनको स्रोत हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छस् भने, तँसँग मेरो बारेमा यी अनुमानहरू हुनु हुँदैन वा तैँले मलाई यसरी व्यवहार गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) तैँले मलाई यो मानसिकताका साथ र यसरी व्यवहार गरेको मलाई मन पर्दैन। मैले तेरो सार बुझ्नु, तेरो मानवता बुझ्नु, र तेरा भ्रष्ट स्वभावहरू बुझ्नु मेरो लागि पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। तर यदि तैँले मैले मेरो हृदयमा के सोचिरहेको छु, म तँलाई कसरी हेर्छु, र मैले तँलाई के गर्ने योजना बनाएको छु भन्‍ने कुरा बुझ्न चाहन्छस् भने, तँ गलत छस्। के तँलाई तँ कहाँ गलत छस् भन्‍ने थाहा छ? (हामीले गलत स्थान लिएका छौँ।) यो गलत स्थान लिनु हो। यदि तैँले मसँग अन्तरक्रिया गर्दा गलत स्थान लिन्छस् भने, तँ ठूलो खतरामा हुन्छस्। तँ कुनै पनि हालतमा यो मार्गमा हिँड्नु हुँदैन; यदि तैँले त्यसो गरिस् भने, तँ खतरामा हुनेछस्।

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरका वचनहरूभित्र लुकेको अर्थ खोज्न र उहाँको हाउभाउ हेर्न आवश्यक छैन, न त तँ उहाँप्रति सतर्क वा शङ्कालु नै हुनुपर्छ। के तिमीहरूले के गर्नुपर्छ र कसरी काम गर्नुपर्छ भन्‍ने कुरा तिमीहरूलाई हृदयमा स्पष्ट रूपमा थाहा छ? (अहिले अलिक स्पष्ट भएको छ। हामी परमेश्‍वरसँग खुलस्त र इमानदार हुनुपर्छ र हामीले परमेश्‍वरले व्यक्त गर्नुहुने वचनहरू र उहाँले सङ्गति गर्नुहुने सत्यताहरूमा मेहनत लगाउनुपर्छ।) यी कुराहरू भन्न सजिलो छ, तर के तिनलाई अभ्यास गर्न सजिलो छ? (छैन।) जब म कतिपय मानिसहरूका स्थिति र समस्याहरूलाई खुलासा गर्छु र विश्लेषण गर्छु, तब यदि म नम्रतापूर्वक बोलेँ भने, कतिपय मानिसहरूले यसलाई एक कानले सुन्छन् र अर्को कानले उडाइदिन्छन्; यदि म अझै कडा वा कठोर रूपमा बोलेँ भने, कतिपय मानिसहरूलाई नराम्रो लाग्छ र तिनीहरू नकारात्मक बन्छन्, अनि तिनीहरूले भन्छन्, “परमेश्‍वर मसँग बोल्दा कति रिसाउनुहुन्छ। उहाँले मलाई पक्कै पनि अब मन पराउनुहुन्न र उहाँ मसँग असन्तुष्ट हुनुहुन्छ, त्यसैले के मैले मुक्तिको सबै आशा गुमाएको छैन र? परमेश्‍वरले मलाई अब चाहनुहुन्न, त्यसैले जिउनुको अर्थ के छ र? म मरेकै बेस!” के यसलाई बुझ्ने सही तरिका यही हो त? (होइन।) के तिमीहरूले यसरी सोच्छौ? (सोच्दैनौँ।) कतिपय मानिसहरू लाजसरम नभएका हुन्छन्। तिनीहरूलाई जतिसुकै खुलासा गरिए पनि वा काटछाँट गरिए पनि, तिनीहरूले वास्ता गर्दैनन्। तैँले तिनीहरूलाई जेसुकै भने पनि, तिनीहरूलाई हृदयमा नराम्रो लाग्दैन, र तिनीहरूले यस्तो सोच्छन्, “तपाईंले जे मन लाग्यो त्यही भन्‍न सक्‍नुहुन्छ। यदि मैले यसलाई मेरो हृदयमा स्वीकार गरिनँ भने, तपाईंले केही पनि गर्न सक्‍नुहुन्‍न। तपाईंले मलाई काटछाँट गर्न सक्‍नुहुन्छ, तर जबसम्म तपाईंले मलाई निकाल्‍नुहुन्‍न वा निष्कासित गर्नुहुन्‍न, तबसम्‍म म नकारात्मक बन्नेछैनँ, न त म कमजोर नै बन्‍नेछु। म पहिले जस्तै कामकुरा गरिरहनेछु। म सत्यता अभ्यास गर्नेछैनँ। जबसम्म मैले दुष्टता गर्दिनँ, तबसम्‍म तपाईंले मलाई के गर्न सक्‍नुहुन्छ र?” यो समस्याजनक कुरा हो। यदि तिनीहरूले सत्यता स्वीकार पनि गर्दैनन् र सत्यता अभ्यास पनि गर्दैनन् भने, के तिनीहरूले अझै पनि मुक्ति हासिल गर्न सक्छन् त? (सक्दैनन्।) हेर् त, मानिसहरूसँग व्यवहार गर्न निकै गाह्रो छ। तिनीहरूसँग व्यवहार गर्न कुन कुराले गाह्रो बनाउँछ? एक हिसाबमा, तिनीहरूसँग सबै प्रकारका भ्रामक विचार र दृष्टिकोणहरू हुन्छन्; अर्को हिसाबमा, तिनीहरूसँग एउटा घातक कुरा हुन्छ—तिनीहरूका भ्रष्ट स्वभावहरू। भ्रामक विचार र दृष्टिकोणहरूले गर्दा निश्चित कुराहरूका बारेमा, तँसँग भ्रामक बुझाइ र बोधहरू हुन्छन्, र भ्रामक मनोवृत्तिहरू हुन्छन्। यस आधारमा, तैँले तेरा भ्रष्ट स्वभावहरूमार्फत तेरा भ्रामक विचार र दृष्टिकोणहरू पनि व्यक्त गर्छस्, र एउटा गल्तीमाथि अर्को गल्ती थप्छस्। के यस कुरालाई सुल्झाउन गाह्रो हुँदैन र? (छ।) तेरा दृष्टिकोण र मनोवृत्तिहरू आफैमा भ्रामक हुन्छन्, तैपनि तँ अझै पनि तिनमा टाँसिन्छस्, अझै पनि आफ्‍नो पक्षमा तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गर्छस्, र सत्यता स्वीकार गर्न मान्दैनस्। तैँले आफैलाई दोषमुक्त गर्न र आफू जिम्मेवारीबाट पन्छिनका लागि केही युक्तिहरू समेत प्रयोग गर्छस् र सबै प्रकारका कारण र बहानाहरू दिन्छस्। के यो त आफ्‍ना भ्रामक दृष्टिकोणहरूमा अझै पनि टाँसिइरहँदै भ्रष्ट स्वभावहरू प्रकट गर्नु होइन र? (हो।) भ्रष्ट स्वभावहरू हुनु पहिले नै अत्यन्तै समस्याजनक कुरा हो, तैपनि तँ अझै पनि भ्रामक विचार र दृष्टिकोणहरूमा टाँसिन्छस्। के यसले समस्यालाई गम्भीर बनाउँदैन र? यसले तँ तेरो हृदयमा हठी छस्, तैँले सत्यतालाई वितृष्णा गर्छस्, तँ अहङ्कारी छस्, र छली छस्, र तैँले बोल्ने कुनै पनि कुरामा कुनै छिद्र छोड्दैनस् भन्‍ने कुरालाई खुलासा गर्छ। के यो त जीवित शैतान होइन र? (हो।) यदि तैँले आफूलाई यसरी आचरणमा ढाल्छस् भने, तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। यदि, यो कुरा पहिचान गरेपछि, तैँले तेरा भ्रामक विचार र दृष्टिकोणहरूलाई त्याग्न सक्छस्, कुराहरूलाई हेर्न तिनको प्रयोग गर्न छोड्न सक्छस्, तेरो गलत मनोवृत्तिलाई उल्टाउन सक्छस्, र परमेश्‍वरका वचनहरूअनुसार र परमेश्‍वरले मानिसलाई सिकाउनुहुने तरिकामा, परमेश्‍वरको डर मान्‍ने हृदयका साथ इमानदारीपूर्वक र निष्कपट रूपमा तैँले सामना गर्ने समस्याहरू समाधान गर्न सक्छस् भने, तँसँग जीवन प्रवेश हुन्छ। तँसँग जीवन प्रवेश भएपछि, तैँले तेरा भ्रामक विचार र दृष्टिकोणहरूविरुद्ध विद्रोह गरेपछि, तिनलाई समाधान गरेपछि, र तिनलाई त्यागेपछि, र तैँले सत्यता अभ्यास गर्ने र जीवन प्रवेश प्राप्त गर्ने प्रक्रियामा तैँले आफ्‍ना शैतानी स्वभावहरूविरुद्ध विद्रोह गरेपछि, तिनलाई समाधान गरेपछि, र तिनलाई त्यागेपछि, तैँले जिउने र प्रकट गर्ने कुरा के हुन्छ त? सत्यता सिद्धान्तहरूसँग मिल्ने र परमेश्‍वरका मागहरूसँग मिल्ने कुराहरू। त्यसकारण तैँले जिउने कुरा परमेश्‍वरले माग गर्नुहुने सत्यताको जीवन हो। होइन र? (हो।) जीवन प्रवेश प्राप्त गर्ने मुख्य कुरा के हो? (सत्यता अभ्यास गर्ने चाहना हुनु र व्यक्तिपरक अभिप्राय हुनु मात्रै पर्याप्त होइन; व्यक्तिसँग सत्यता अभ्यास गर्नुका वास्तविक प्रकटीकरणहरू हुनुपर्छ।) सबैले यसलाई धर्मसिद्धान्तको हिसाबमा जान्दछन् र बुझ्दछन्, तर यसलाई अभ्यास गर्न त्यति सजिलो छैन; यो गाह्रो छ। यो, निश्चित हदसम्म, व्यक्तिको मानवता असल छ कि खराब छ भन्‍ने कुरासँग सम्बन्धित छ। विवेक र समझ भएका मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्, त्यसैले तिनीहरूलाई यो अभ्यास गर्न कम मात्रामा गाह्रो हुन्छ; यदि तिनीहरूले प्रयास गरे भने, तिनीहरूले यसलाई अभ्यास गर्न सक्छन्। विवेक र समझ नभएका मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, त्यसैले तिनीहरूलाई यो अभ्यास गर्न निकै गाह्रो हुन्छ; तिनीहरूले त्यसो गर्नै सक्दैनन्। सत्यता अभ्यास गर्न सक्नेहरूसँग मात्रै जीवन प्रवेश हुन्छ। नियमित रूपमा सत्यता अभ्यास गरेर, तिनीहरूले बिस्तारै जीवन प्राप्त गर्छन्। सत्यता अभ्यास गर्न नसक्नेहरू जीवन प्रवेशबाट झन्-झन् टाढा हुँदै जान्छन् र तिनीहरूले जीवन प्राप्त गर्न सक्दैनन्, होइन र? (हो।) यो पक्ष अत्यन्तै सरल समस्या हो; यो मानिसहरूको दैनिक जीवनमा प्रायजसो छलफल गरिने समस्या हो। कतिपय व्यक्तिहरूको दिमागमा अलिकति इन्द्रियगत बुझाइ हुन सक्छ, तर अझै पनि तिनीहरूमा यस समस्याको व्यक्तिगत अनुभव र बुझाइको कमी हुन्छ। यदि तिनीहरूलाई आफ्नो बुझाइको बारेमा बोल्न भनियो भने, तिनीहरूले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन् र तिनीहरूले यसलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन्। यसरी सङ्गति गरेपछि, के तिमीहरू अहिले स्पष्ट भयौ? (भयौँ।) त्यसोभए यसलाई संक्षेपमा भन: परमेश्‍वरले मानिसको भित्री हृदयको गहन-जाँच गर्नुहुन्छ, त्यसोभए उहाँले किन अझै पनि मानिसको परीक्षा गर्नुहुन्छ? (किनभने मानिसले परमेश्‍वरले खडा गर्नुहुने वातावरणहरूमार्फत परमेश्‍वरको कामलाई व्यावहारिक रूपमा अनुभव गर्नुपर्छ, आफ्नै भ्रष्ट स्वभावहरूलाई चिन्नुपर्छ, र सत्यतालाई आफ्नो जीवनको रूपमा प्राप्त गर्नुपर्छ। यो एउटा यस्तो प्रक्रिया पनि हो जसमा परमेश्‍वरले सत्यतालाई लिनुहुन्छ र उहाँका वचनहरूलाई लिनुहुन्छ, र तिनलाई मानिसमा लागू गर्नुहुन्छ। यस प्रक्रियामा, मानिस बारम्बार आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध लड्छ, उसले बारम्बार आफ्ना त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूलाई इन्कार गर्छ, र ऊ बिस्तारै देहविरुद्ध विद्रोह गर्न र परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्षम हुन्छ; अन्ततः, उसले सत्यता अभ्यास गर्न र यसलाई प्राप्त गर्न सक्छ।) यो प्रक्रियालाई स्पष्ट रूपमा व्याख्या गरिएको छ। के तिमीहरू सबैले बुझ्यौ? (बुझ्यौँ।) यसरी भन्दा, प्रश्न अत्यन्तै सरल देखिन्छ। शब्दहरूमा व्याख्या गर्दा यो सरल देखिन सक्छ, तर यसलाई अभ्यास गर्ने कुरामा धेरै विवरणहरू समावेश हुन्छन्। सिद्धान्तमा, शब्दहरूमा प्रस्तुत गरिएअनुसार, यसले यसरी नै काम गर्छ। लगभग, यो प्रश्नको बारेमा अहिले स्पष्ट रूपमा सङ्गति गरिएको छ: परमेश्‍वरले मानिसको परीक्षा गर्नु भनेको एउटा यस्तो प्रक्रिया हो जसद्वारा परमेश्‍वरले उहाँका वचनहरूलाई लिनुहुन्छ र तिनलाई मानिसमा लागू गर्नुहुन्छ ताकि ती वचनहरू उसको जीवन बनून्; यो परमेश्‍वरले काम गर्नुहुने एउटा तरिका हो, र यो मानिसले मुक्ति प्राप्त गर्नका लागि गुज्रनैपर्ने एउटा प्रक्रिया पनि हो। यस विषयको हाम्रो सङ्गति यतिमा नै समाप्त हुन्छ।

म तिमीहरूलाई कसैले कसरी व्यवहार गर्‍यो भन्‍ने बारेमा बताउँछु, र तिमीहरूले सुनेर समस्या के थियो भनेर हेर्न सक्छौ। त्यो हिउँदमा, हिउँ पर्‍यो, र मैले मानिसहरूलाई गएर बेल्चाले हिउँ फाल्नुपर्छ भनेर भनेँ। कसैले यो मानिसहरूले फाल्नुपर्छ कि मेसिनले फाल्नुपर्छ भनेर सोध्यो। मैले भनेँ, “यदि हिउँ धेरै बाक्लो छ भने, मेसिन प्रयोग गर्; यदि मानिसहरूले बेल्चाले फाल्न सक्छन् भने, मेसिन प्रयोग नगर्।” मैले उसलाई मेसिन प्रयोग गर्नुअघि हिउँ कति बाक्लो हुनुपर्छ, वा कस्तो परिस्थितिमा मानिसहरूले बेल्चाले फाल्नुपर्छ भनेर नभने पनि, मैले उसलाई सिद्धान्तचाहिँ बताएको थिएँ। तर उसले यो बुझ्नै सकेन र हिउँ कसरी फाल्ने भन्‍ने कुरा उसलाई पटक्कै थाहा भएन। मलाई भन, के मेरा वचनहरू बुझ्न सजिलो थिएन र? यदि तिमीहरूलाई यो लागू गर्न भनिएको भए, तिमीहरूले यसलाई कसरी लागू गर्नेथियौ? (सुरुमा, म जम्मा भएको हिउँ कति बाक्लो छ भनेर हेर्नेथिएँ र वास्तविक परिस्थितिका आधारमा निर्णय गर्नेथिएँ।) कतिपय ठाउँमा, जम्मा भएको हिउँ एक मिटर बाक्लो थियो, जबकि अरू ठाउँमा यो पाँच इन्च मात्र बाक्लो थियो। तैँले के गर्नेथिइस्? (यदि धेरैजसो ठाउँमा हिउँ पाँच इन्चभन्दा कम बाक्लो थियो भने, मानिसहरूले बेल्चाले फाल्नुपर्थ्यो, र केही छिटपुट ठाउँहरू सफा गर्न मेसिन प्रयोग गर्न सकिन्थ्यो।) यो सिद्धान्तको बारेमा तिमीहरूलाई के लाग्छ? (यो उचित छ।) कतिपय मानिसहरूलाई यति सरल कुरा कसरी लागू गर्ने भन्‍ने समेत थाहा हुँदैन। यसलाई कसरी लागू गर्ने भन्‍ने थाहा नहुनुको अर्थ के हो? यसको अर्थ सामान्य परिस्थितिहरूलाई कसरी सम्हाल्ने भन्‍ने समेत थाहा नहुनु हो। जब हिउँ एक इन्च बाक्लो थियो, तब उसले सोध्यो, “के हामीले बाहिर गएर हिउँ फाल्नुपर्छ? मानिसहरूले फाल्नुपर्छ कि हामीले मेसिन प्रयोग गर्नुपर्छ?” मैले भनेँ, “हिउँ पर्न रोकिएपछि मात्रै तैँले हिउँ फाल्न सक्छस्। यदि हिउँ मानिसहरूले फाल्न नसक्ने गरी निकै बाक्लो भयो भने, यसलाई सम्हाल्न मेसिन प्रयोग गर्। सिद्धान्त यही हो।” उसले बुझेँ भनेर भन्यो। जब हिउँ दुई इन्च बाक्लो भयो, तब हिउँ फाल्नुपर्छ कि पर्दैन भनेर सोध्न ऊ फेरि आयो, र मैले सिद्धान्तलाई फेरि एक पटक दोहोर्‍याएँ। जब हिउँ सात इन्च बाक्लो भयो, तब ऊ फेरि सोध्न आयो। मलाई भन, के यो व्यक्तिसँग कुनै क्षमता छ? (छैन।) मैले धेरै पटक सिद्धान्त बताएँ, तैपनि उसले यो बुझ्न सकेन र के गर्नुपर्छ भनेर बारम्बार सोधिरह्यो। हिउँ कहिले फाल्नुपर्छ, कस्तो परिस्थितिमा मानिसहरूले फाल्नुपर्छ, वा कस्तो परिस्थितिमा मेसिन प्रयोग गर्नुपर्छ भनेर उसले खुट्ट्याउन सकेन। उसको क्षमता कति खराब रहेको हुनुपर्छ? त्यस्तो व्यक्तिको लागि कामको प्रबन्ध गर्दा उसले बुझ्न सक्नुभन्दा पहिले उसलाई अझै कति धेरै कुरा भन्नुपर्ने हुन्छ? त्यस्तो व्यक्तिले कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैन। त्यसोभए उसको यो व्यवहारमा के समस्या थियो? के मैले भनेको कुरा उसले बुझ्यो त? (उसले बुझेन; उसले प्रावधानहरू पालन गरिरहेको थियो।) यदि उसले प्रावधानहरू पालन गरिरहेको थियो भने, उसले हतार-हतार हिउँ फाल्नुपर्थ्यो। उसले त्यो फाल्‍न मानिसहरूलाई प्रबन्ध गरे पनि वा मेसिनले फाल्न लगाए पनि, ऊ कम्तीमा एउटा वा अर्को कुरामा अडिग रहनुपर्थ्यो। तर के ऊ कुनै एउटा कुरामा अडिग रह्यो त? ऊ हिउँ फाल्न गएन; उसले हिउँ फाल्नुपर्छ कि पर्दैन, र मानिसहरूले फाल्नुपर्छ कि मेसिन प्रयोग गर्नुपर्छ भनेर बारम्बार सोधिरह्यो। कुनै काम गर्नुको सट्टा उसले किन सोधिरह्यो? (उसले वास्तवमा हिउँ फाल्नका लागि मेसिन प्रयोग गर्न चाहन्थ्यो, तर उसले आफै निर्णय गर्नेथिएन; उसले केवल परमेश्‍वरले आज्ञा दिनुहुन्छ कि भनेर पर्खिरहेको थियो।) उसले मैले आज्ञा दिन्छु भनेर पर्खिरहेको थियो। के उसको यो मनोवृत्तिले समर्पित हुने कुनै अभिप्राय देखायो? (देखाएन।) पहिले, मैले बताएको सिद्धान्त उसले बुझ्न सक्यो कि सकेन भनेर हेरौँ। के मैले भनेको कुरा उसले बुझ्यो त? (बुझेन।) उसले बुझेन। के गर्ने, के नगर्ने, र कसरी गर्ने भनेर मैले उसलाई सीधै भनिदिएको मात्रै उसले चाहन्थ्यो। उसले बुझ्न सक्ने शब्दहरू त्यस्ता मात्रै थिए; उसले सिद्धान्तहरू पटक्कै बुझ्न सकेन। सिद्धान्त सुनेपछि, ऊ पूर्ण रूपमा अन्योलमा पर्‍यो, मानौँ उसले कुनै नबुझिने रहस्यमय कुरा पढिरहेको थियो र उसलाई सबै कुरा रहस्य जस्तो लाग्यो। उसले सिद्धान्त बुझ्न सकेन र के गर्ने भन्‍ने उसलाई थाहा भएन, त्यसैले जब जम्मा भएको हिउँलाई सम्हाल्ने कुरा आयो, तब मानिसहरूले फाल्नुपर्छ कि मेसिन प्रयोग गर्नुपर्छ भनेर सोधिरहनु मात्रै उसलाई आयो। मलाई भन, के यस्तो प्रकारको व्यक्तिसँग व्यवहार गर्दा तिमीहरूलाई असहज र दिक्क महसुस हुँदैन र? (हुन्छ, यसले मलाई दिक्क र अत्यन्तै थकित बनाउँछ।) त्यस्तो व्यक्तिसँग व्यवहार गर्दा कस्तो हुन्छ? यसलाई वर्णन गर। (यो अलिकति भैँसीको अगाडि बीणा बजाएजस्तै हो; जति गरे पनि, उसले बुझ्दैन।) के यस्तो प्रकारको व्यक्तिसँग कुरा गर्नु तीनदेखि पाँच वर्षको बच्चासँग व्यवहार गर्नु जस्तै होइन र? के यो पशुसँग कुरा गरेजस्तै होइन र? (हो।) त्यसोभए मलाई भन, के यस्तो प्रकारको व्यक्तिसँग व्यवहार गर्नु थकाउने कुरा हो? के यसले तिमीहरूलाई रिस उठाउँछ? (हो, यसले मलाई रिस उठाउँछ।) यस्तो प्रकारको व्यक्तिसँग व्यवहार गर्नु दिक्कलाग्दो र थकाउने दुवै हुन्छ। त्यसोभए यस्तो प्रकारको व्यक्तिलाई कसरी सम्हाल्नुपर्छ? उसलाई तुरुन्तै पठाइदेऊ र कुरा खतम गर। जसले यो सिद्धान्त बुझ्न सक्छ र, यो सुनेपछि, यस सिद्धान्तअनुसार अभ्यास गर्न र काम पूरा गर्न सक्छ, र मामलालाई समाधान गर्न सक्छ, उसैलाई प्रयोग गर। सिद्धान्त बुझ्न नसक्ने व्यक्तिलाई केही भन्नु अर्थहीन हुन्छ। तैँले यसलाई जतिसुकै व्याख्या गरे पनि, उसले अझै पनि बुझ्नेछैन र उसले तँलाई मूर्खले जस्तै अनवरत प्रश्नहरू सोधेर झर्को लगाउनेछ। उसले यसरी प्रश्नहरू सोध्नु अत्यन्तै उचित हो भन्‍ने समेत सोच्छ, र यस्तो विचार गर्छ, “हेर त, के मैले यो काम अत्यन्तै निश्‍चित र अत्यन्तै सूक्ष्म तरिकाले गरिरहेको छैन र? जब हिउँ एक इन्च बाक्लो थियो, तब मैले हिउँ फाल्नुपर्छ कि पर्दैन भनेर हतार-हतार सोधेँ, र जब यो दुई इन्च पुग्यो, तब मैले ढिला गर्ने आँट गरिनँ र हतार-हतार फेरि सोधेँ। हेर त, म जथाभाबी काम गर्दिनँ। के ममा अधीनता र बफादारी छैन र? के म जिम्मेवार भइरहेको छैन र? म तुरुन्तै प्रश्नहरू सोध्छु र समयमै जानकारी दिन्छु, कुनै पनि कुरामा अलिकति पनि ढिलाइ गर्दिनँ!” के ऊ आफैमा मक्ख पर्दैन र? (पर्छ।) यदि तैँले उसलाई घर पठाइदिइस् भने, उसले के सोच्नेछ? उसले अन्यायमा परेको समेत महसुस गर्नेछ, र सोच्नेछ, “मैले यस मामलाको लागि यति धेरै चिन्ता गरेँ र यति धेरै दौडधूप गरेँ! के यो मेरो लागि सजिलो भएको छ र? अन्त्यमा मलाई कसरी पठाउन सकियो?” के उसले आफ्नो हृदयमा यो कुरा स्वीकार गर्नेछ त? (गर्नेछैन।) यस्तो प्रकारको व्यक्तिको क्षमता अत्यन्तै खराब हुन्छ। सत्यता सिद्धान्तहरू उसको समझभन्दा बाहिर हुन्छ भन्‍ने त कुरै नगरौँ; साधारण काम गर्ने सिद्धान्तहरू समेत उसले बुझ्न सक्दैन र ती उसको समझभन्दा बाहिर हुन्छन्। उससँग सामान्य व्यक्तिको जति पनि आइक्यू हुँदैन, त्यसोभए सत्यता उसको पहुँचमा कसरी हुन सक्छ र? उसलाई घर पठाइदिनु भनेको वास्तवमा सिद्धान्तहरू अनुरूप नै हुन्छ, तर उसले यो कुरा बुझ्दैन र अन्यायमा परेको र दुःखी भएको समेत महसुस गर्छ। यस्तो प्रकारको व्यक्तिले सानातिना मामलाहरूमा समेत सिद्धान्तहरू बोध गर्न सक्दैन, त्यसोभए के ठूला मामलाहरू, सत्यता समावेश हुने मामलाहरू, उसको पहुँचमा हुन्छन् त? (हुँदैनन्।) झनै हुँदैनन्। त्यसैले, सत्यता बुझ्न नसक्ने कतिपय मानिसहरूका हकमा, सत्यता सिद्धान्तहरू तिनीहरूको समझभन्दा बाहिर हुन्छन्। के त्यस्ता मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) कतिपय मानिसहरूले भन्छन्, “तपाईंले भन्नुभएको कुराअनुसार, यस्तो प्रकारको व्यक्तिले सत्यता अभ्यास गर्न नसक्ने हुनाले, के यसको अर्थ उसले मुक्ति प्राप्त गर्न सक्दैन भन्‍ने हुँदैन र?” के कुरा त्यस्तै हो त? यदि सत्यता सिद्धान्तहरू तेरो समझभन्दा बाहिर छन् भने तैँले के गर्नुपर्छ? एउटा सरल तरिका छ जसले तँलाई तेरो कर्तव्य अन्त्यसम्म निर्वाह गर्न सक्षम बनाउनेछ। यदि सत्यता सिद्धान्तहरू तेरो समझभन्दा बाहिर छन् भने, एउटा प्रावधान पालन गर्: आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तँसँग साँचो र इमानदार हृदय हुनैपर्छ, तैँले गर्न सक्ने कुरा सकेसम्म राम्ररी गर्न तेरो विवेक र समझमा भर पर्नुपर्छ, र तैँले पटक्कै चलाकी गर्नु हुँदैन। तेरो क्षमता पहिले नै अत्यन्तै खराब भएको हुनाले र तँसँग सत्यता बुझ्ने क्षमता नभएको हुनाले, यदि आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तँसँग अझै पनि साँचो हृदय पटक्कै छैन र तँ अझै पनि चलाकी गर्छस् भने, के त्यो दियाबलसीय प्रकृति होइन र? त्यस्तो व्यक्ति खत्तम हुन्छ। त्यसोभए आफ्नो कर्तव्य निर्वाह गर्दा साँचो हृदय हुनुको अर्थ के हो? यसको अर्थ तँ जति गर्न सक्षम छस् त्यति नै गर्नु हो। उदाहरणका लागि, हिउँ फाल्ने कुरालाई नै लिऊँ। दिइएको सिद्धान्तअनुसार, मानिसहरूले सक्छन् भने बेल्चाले फाल्नुपर्छ, र सक्दैनन् भने मेसिन प्रयोग गर्नुपर्छ। यदि तैँले एक इन्च हिउँ परेको देख्छस् र यसलाई हातले फाल्नुपर्छ कि मेसिनले फाल्नुपर्छ भन्‍ने तँलाई थाहा छैन भने, तैँले सुरुमा यसलाई हातले फाल्न सुरु गर्न सक्छस् र यदि तैँले साँच्चै हातले सम्हाल्न सकिनस् भने मात्रै मेसिन प्रयोग गर्न सक्छस्। यसो गर्नु सही हो कि होइन भन्‍ने तँलाई थाहा नभए पनि, तैँले छली व्यवहार नगरी वा ढिला-सुस्ती नगरी, आफ्नो सम्पूर्ण शक्ति लगाएर यो काम गर्छस्। तैँले लगाएको मेहनत व्यर्थ साबित भए पनि, कम्तीमा पनि, परमेश्‍वरको अघि तेरो हृदय इमानदार हुन्छ। जब परमेश्‍वरले तँसँग इमानदार हृदय छ, र तैँले छली व्यवहार गरेको छैनस् वा ढिला-सुस्ती गरेको छैनस् र उहाँसँग चलाकी गरेको छैनस् भन्‍ने देख्नुहुन्छ, तब परमेश्‍वरले तेरो असल व्यवहारलाई स्वीकार गर्नुहुनेछ। तर यदि तँ छली व्यवहार गर्छस् र ढिला-सुस्ती गर्छस् र परमेश्‍वरसँग चलाकी गर्छस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ, र यदि तैँले पश्चात्ताप गरिनस् भने, परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ र तँलाई हटाउनुहुनेछ। परमेश्‍वरसँग चलाकी गर्नुका केही प्रकटीकरणहरू के-के हुन्? तैँले मनमनै यसो सोच्छस्, “भर्खरै दिइएको सिद्धान्त मैले बुझिनँ। एक इन्च हिउँ परेको छ, त्यसोभए यसलाई हातले फाल्नुपर्छ, कि मेसिन प्रयोग गर्नुपर्छ? यदि यसलाई हातले फाल्नु पर्दैन, र मैले त्यही गरेँ भने, के यसको अर्थ अतिरिक्त मेहनत लगाउनु होइन र? यदि मैले मेसिन प्रयोग गरेँ, त्यसोभए हिउँ बाक्लो छैन र यसलाई हातले फाल्नुपर्छ, तर मैले मेसिन नै प्रयोग गरेँ भने के हुन्छ—के मैले जथाभाबी मेसिन प्रयोग गरेको र इन्धन खेर फालेकोमा दोष पाउनेछैन र? मैले निश्चय नै जथाभाबी काम गर्नु हुँदैन। यदि मैले त्यसो गरेँ भने, मेरो सबै मेहनत खेर जान सक्ने मात्र होइन, तर मैले दोष पनि पाउनेछु। मलाई काटछाँट गरिन र घाटाको क्षतिपूर्ति तिर्न लगाइन पनि सक्छ। मैले काम गर्नुअघि स्पष्ट जवाफ पाउनैपर्छ।” तेरो मनमा यस्तो प्रकारको दाउपेच हुन्छ। यसलाई के भनिन्छ? (छलीपन।) यो चलाकी गर्नु हो। जब त्यो व्यक्तिले यसरी चलाकी गर्‍यो, तब बाहिरी रूपमा ऊ समर्पित देखिएको हुन सक्छ, र उसले आफूले खोजिरहेको र जथाभाबी काम गरिरहेको छैन भन्‍ने नाटक गर्‍यो, तर वास्तवमा ऊसँग भित्री उद्देश्यहरू थिए। मानिसहरूले भन्न सकेनन्, तर परमेश्‍वरले यो व्यक्ति निष्कपट छैन भन्‍ने कुरा धेरै अघि नै देखिसक्नुभएको थियो। उसले काम गर्न चाहँदैनथ्यो, त्यसैले उसले सधैँ प्रश्नहरू सोध्न बहानाहरू खोजिरहेको हुन्थ्यो। उसले आफ्नो अभिप्राय लुकाउनका लागि असल व्यवहारको रूपलाई भेषको रूपमा प्रयोग गर्‍यो। जब कसैले चलाकी गर्छ र ऊ यसरी छलीपनमा संलग्न हुन्छ, तब यसले परमेश्‍वरको नजरमा अपराध खडा गर्छ। के तिमीहरूले बुझ्यौ? (हो, हामीले बुझ्यौँ।) त्यसोभए, के अब तँ आफूलाई कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरामा स्पष्ट भइस्? तैँले सत्यता सिद्धान्तहरू नबुझे पनि, तैँले परमेश्‍वरसँग चलाकी गर्नु हुँदैन। तैँले यसो भन्नुपर्छ, “मेरो सोचाइ अन्योलपूर्ण छ, मेरो क्षमता खराब छ, र सत्यता सिद्धान्तहरू मेरो समझभन्दा बाहिर छन्। त्यसैले म केही व्यावहारिक कुरा गर्नेछु: म अलिकति बढी मेहनत लगाउनेछु र आफै अलिकति बढी काम गर्नेछु। जब म थाक्छु, तब म केही बेर आराम गर्नेछु र त्यसपछि काम गर्न जारी राख्नेछु।” तैँले लगाएको मेहनत अनावश्यक र व्यर्थ थियो भनेर अन्ततः कसैले गुनासो गरे पनि, परमेश्‍वरले तेरो हृदय साँचो र इमानदार छ भन्‍ने देख्नुहुनेछ। परमेश्‍वरले तँलाई मान्यता दिनुहुनेछ, र तैँले अपराध गरेको हुनेछैनस्। के यो कुरा हासिल गर्न सजिलो छ? (हो, यो सजिलो छ।) यो अभ्यासको सबैभन्दा सरल सिद्धान्त हो। यो सरल भए पनि, चिन्ताको कुरा के हो भने तँ यो गर्न असफल हुन्छस् होला। सत्यता बुझ्नेहरूसँग आफूले सामना गर्ने जुनसुकै कुरा समाधान गर्ने तरिकाहरू हुन्छन्, र तिनीहरूसँग हरेक प्रकारको व्यक्तिलाई कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरू हुन्छन्: तिनीहरूसँग मूर्ख मानिसहरूलाई गर्ने आफ्‍नो व्यवहारमा, त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने त्यसका सिद्धान्तहरू हुन्छन्, र तिनीहरूसँग दुष्ट मानिसहरूलाई गर्ने आफ्‍नो व्यवहारमा, त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने त्यसका सिद्धान्तहरू हुन्छन्। यदि तैँले सत्यता बुझ्छस् तर यसलाई अभ्यास गर्दैनस् र यसको सट्टा चलाकी गर्छस् भने, यसले अपराध खडा गर्छ। यदि तँसँग साँचो हृदय छ, र तैँले कुनै सिद्धान्त बुझेपछि, परमेश्‍वरको अघि अपराध नगरीकन त्यसैअनुसार यसलाई अभ्यास गर्न सक्छस् भने, तैँले गर्ने कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुनेछ। यहाँ मुख्य बुँदा के हो? (चलाकी नगर्नु, र सुरुमा हामीले बुझ्न सक्ने कुराअनुसार अभ्यास गर्नु।) चलाकी नगर्; परमेश्‍वरप्रति साँचो हृदय राख्। परमेश्‍वरले तँलाई दिनुहुने काम, कार्यहरू, र मिसनप्रति साँचो हृदय राख्। तैँले जति बुझ्छस् त्यति नै अभ्यास गर्। तैँले नबुझे पनि, तैँले अझै पनि परमेश्‍वरका वचनहरूको आधारभूत अर्थलाई पक्रिराख्न सक्छस्; तैँले प्रावधानहरू पालन गरिरहेको भए पनि, तैँले अझै पनि यसलाई पक्रिराख्नुपर्छ। होइन र? (हो।) यहाँ सिद्धान्त के हो? मानिसका लागि परमेश्‍वरको माग गरिएको मानक के हो? मानिससँग परमेश्‍वरका मागहरू उच्च छैनन्; अर्थात्, तँसँग साँचो हृदय हुनुपर्छ। सिद्धान्तहरू नबुझ्ने र खराब क्षमता भएका मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुभए पनि र मन नपराउनुभए पनि, यदि तँसँग साँचो हृदय छ भने, परमेश्‍वरले अझै पनि तँलाई स्वीकार गर्नुहुनेछ, र उहाँले तँलाई निष्पक्ष रूपमा व्यवहार गर्नुहुनेछ। यदि तँसँग साँचो हृदय छैन र तँ सधैँ परमेश्‍वरसँग चलाकी गर्छस् भने, तेरो क्षमता जतिसुकै राम्रो भए पनि वा तेरो बोधगम्यता जतिसुकै उच्च भए पनि, परमेश्‍वरले तँलाई उसै गरी घृणा गर्नुहुनेछ, र उहाँले तैँले गर्ने अपराधहरूको अभिलेख राख्नुहुनेछ। के तिमीहरूले बुझ्यौ? (हो, हामीले बुझ्यौँ।) यी सबै दैनिक जीवनमा सामान्यतया सामना गरिने कुराहरू हुन्। तिमीहरूसँग अब त्यस्ता कुराहरूलाई कसरी हेर्ने भन्‍ने बारेमा मार्ग हुनुपर्छ, होइन र? (हो।) हामी यस पक्षको हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्नेछौँ।

यसभन्दा पहिले, हामीले देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरूका बारेमा निकै सङ्गति गरेका थियौँ। हामीले देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरूलाई कसरी त्याग्ने र कसरी समाधान गर्ने भन्‍ने बारेमा पनि विस्तृत रूपमा सङ्गति गरेका थियौँ। यस विषयवस्तुको आधारमा, हामी परमेश्‍वरसँग कसरी मौन समझदारी हासिल गर्ने भन्‍ने बारेमा सङ्गति गरेर अन्त्य गर्नेछौँ। अवश्य नै, वर्तमान चरणमा, यसले देहधारी परमेश्‍वरसँग मौन समझदारी हुनुलाई जनाउँछ। के परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न सजिलो छ? (अहँ, यो सजिलो छैन।) तिमीहरूले बुझ्न सक्ने कुराको दायराभित्र, परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि, व्यक्तिसँग कम्तीमा पनि के हुनुपर्छ? परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि, क्षमता, मानवता, पछ्याइ, ऊ हिँड्ने मार्ग, इत्यादिको हिसाबमा उससँग के हुनुपर्छ? (क्षमताको हिसाबमा, व्यक्तिसँग बोध सामर्थ्य हुनुपर्छ; मानवताको हिसाबमा, व्यक्तिसँग कम्तीमा पनि विवेक र समझ हुनुपर्छ; र व्यक्तिले केही सत्यताहरू बुझ्न पनि सक्नुपर्छ। त्यसपछि मात्रै व्यक्तिले परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न सक्छ।) (परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि, सुरुमा, व्यक्तिसँग साँचो हृदय हुनुपर्छ र ऊ परमेश्‍वरप्रति इमानदार हुनुपर्छ। अर्को हिसाबमा, व्यक्तिसँग क्षमता हुनुपर्छ र उसले परमेश्‍वरका अभिप्रायहरू र मानिसका लागि उहाँका मागहरू बुझ्नुपर्छ। अर्को पक्ष के हो भने कामकुराहरूप्रतिको व्यक्तिको दृष्टिकोण र उसको पछ्याइपछाडिको दृष्टिकोण परमेश्‍वरको दृष्टिकोणसँग मिल्ने हुनुपर्छ। त्यसपछि मात्रै परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न सजिलो हुनेछ।) अरू केही छ? (मलाई एउटा पक्ष याद आयो: परमेश्‍वरले मानिसहरूसँग बोल्नुहुँदा उहाँ अत्यन्तै इमानदार हुनुहुने हुनाले, यदि मानिसहरू परमेश्‍वरसँग मौन समझदारी राख्न चाहन्छन् भने, तिनीहरूसँग पनि इमानदार मनोवृत्ति हुनैपर्छ।) यो पनि एउटा पक्ष हो; कम्तीमा पनि, यो एउटा दृष्टिकोण हो। कसरी परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने भन्‍ने कुरा अत्यन्तै व्यापक विषय हो। यो अत्यन्तै गहिरो विषय पनि हो। तिमीहरूसँग यस विषयवस्तुमा सङ्गति गर्नु भनेको किन्डरगार्टनका बच्चाहरूलाई विश्वविद्यालयका पाठ्यक्रमहरू पढाएजस्तै हो। तिमीहरूले भर्खरै बाँडेको बुझाइबाट हेर्दा, तिमीहरूमध्ये धेरै जना यस पक्षमा पूर्ण रूपमा अनभिज्ञ छौ। यसले तिमीहरू कति कमजोर छौ भन्‍ने कुरालाई अझै पुष्टि गर्छ: तिमीहरूले सत्यताको यो पक्ष बुझ्दैनौ, तिमीहरूले यस विषयको बारेमा कहिल्यै सोचेका छैनौ, र यो विषय तिमीहरूको समझभन्दा बाहिर छ। कसरी परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने भन्‍ने कुरा देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरू त्याग्ने सम्बन्धको अन्तिम विषय हो। यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। यो देहधारी परमेश्‍वरलाई पछ्याउँदा व्यक्तिले अन्ततः हासिल गर्न सक्ने लक्ष्य हो, र यो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दा र सत्यतालाई आफ्नो जीवनको रूपमा प्राप्त गर्दा जिउन सक्ने जीवन सारको एउटा अभिव्यक्ति पनि हो। देहधारी परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्नु भनेको परमेश्‍वरबारे कुनै धारणा नहुनु मात्रै होइन। सत्यताको यस पक्षमा देहधारी परमेश्‍वरबारेका धेरै धारणा र कल्पनाहरू समावेश हुन्छन्, र यसमा देहधारी परमेश्‍वरप्रतिको मानिसहरूका विभिन्न मनोवृत्तिहरू, उहाँप्रतिको तिनीहरूका विभिन्न बुझाइहरू, र उहाँलाई गर्ने तिनीहरूको व्यवहारमा अभ्यास गर्ने तिनीहरूका विभिन्न तरिकाहरू पनि समावेश हुन्छन्। देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरू त्याग्ने यस पक्षलाई अभ्यास गरेर अन्ततः हासिल गर्न सकिने सबैभन्दा उत्तम परिणाम भनेको मानिसहरूले देहधारी परमेश्‍वरसँग मौन समझदारी राख्नु हो। यो “मौन समझदारी हुनु” भनेको बोल्ने मानवीय तरिका हो; हामीले प्रायजसो प्रयोग गर्ने शब्दहरूमा, यसको अर्थ परमेश्‍वरसँग एकमत हुनु र परमेश्‍वरसँग मिल्ने हुनु हो। तर मानिसको कदलाई विचार गर्दा, मानिसका गुणहरूलाई विचार गर्दा, र मानिसको सारलाई विचार गर्दा, र उसको पृष्ठभूमि र अवस्थाहरूका हरेक पक्षबाट हेर्दा, मानिस परमेश्‍वरसँग एकमत हुने बिन्दुमा पुग्नु वा परमेश्‍वरसँग मिल्ने किसिमको हुने बिन्दुमा पुग्नु वास्तवमा पूर्ण रूपमा असम्भव छ। त्यसकारण “परमेश्‍वरसँग मिल्ने हुनु” भन्‍ने अभिव्यक्ति प्रयोग गर्नु केही हदसम्म अवास्तविक, र केही हदसम्म खोक्रो र अवस्तुगत हुनेछ। त्यसैले मैले यसबारे होसियारीसाथ विचार गरेँ र “मौन समझदारी” भन्‍ने शब्दलाई अझै वस्तुगत र अझै उपयुक्त पाएँ, र यसलाई तुलनात्मक रूपमा सुहाउँदो मान्न सकिन्छ। होइन र? (हो।) देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरू त्याग्दा अन्ततः तँ परमेश्‍वरसँग मिल्ने हुनुपर्छ भनेर माग गरिँदैन। किनभने सारको हिसाबमा मानिसको जीवन र परमेश्‍वरको जीवन फरक हुन्छन्, र हरेक पक्षमा मानिसका समस्याहरू हुने हुनाले, मानिस परमेश्‍वरसँग मिल्ने हुनु सम्भव नै छैन। एउटा कुरा मात्रै माग गरिन्छ: व्यक्तिले परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नैपर्छ। यो मौन समझदारीको अर्थ के हो? यसको अर्थ जब-जब कुनै कुरा उठ्छ, तब-तब तँ परमेश्‍वरकै पक्षमा उभिन सक्छस्, तैँले उस्तै विचार र दृष्टिकोणहरू राख्न सक्छस्, र कुनै पनि व्यक्ति, घटना, वा कामकुरालाई हेर्न, बुझ्न, र सम्हाल्न सत्यता सिद्धान्तहरूसँग मिल्ने उस्तै मानकहरू प्रयोग गर्न सक्छस्। मौन समझदारी भनेको यही हो। सरल रूपमा भन्दा, मौन समझदारी भनेको एक-अर्कासँग नबोलीकन अर्कोले के सोचिरहेको छ भन्‍ने जान्नु, र शब्दहरूमा कुराकानी गर्नुपर्ने कुनै आवश्यकताविना, एउटै कुरामा एउटै दृष्टिकोण राख्नु हो। मौन समझदारीलाई वर्णन गर्ने अर्को तरिका के हो? (एउटै सोचाइ हुनु।) ठीक भन्यौ, एउटै सोचाइ हुनु। दुई जना एउटै क्षेत्र वा एउटै ठाउँमा नबसे पनि, तिनीहरूसँग एउटै विचार र दृष्टिकोण हुने हुनाले, र तिनीहरूसँग एउटै अडान र एउटै हेराइ हुने हुनाले, र हरेक कुराप्रति तिनीहरूको एउटै मनोवृत्ति हुने हुनाले, कुराकानी गर्नुपर्ने आवश्यकताविना र कुनै शब्दहरू आदानप्रदान गर्नुपर्ने आवश्यकताविना, तिनीहरू कुनै पनि समस्या सम्हाल्नका लागि एउटै विधि र मार्गहरूमा पुग्न सक्छन्, र तिनीहरूले यसलाई सम्हाल्न एउटै लक्ष्य र उद्देश्यहरू पनि राख्न सक्छन्। यसलाई नै मौन समझदारी भनिन्छ; यो कुरा मानिसहरूले एउटै सोचाइ हुनु भनेर जुन कुरालाई भन्छन् त्यस्तै हो। यदि व्यक्ति परमेश्‍वरसँग एउटै सोचाइको हुन सक्छ भने, यसलाई मौन समझदारी भनिन्छ। परमेश्‍वरसँग—वा कम्तीमा पनि, देहधारी परमेश्‍वरसँग—मौन समझदारी हासिल गर्नका लागि व्यक्तिसँग के हुनुपर्छ? तिमीहरूले भर्खरै केही कुराहरू भन्यौ। तिमीहरूमध्ये कतिपयले अझै सही रूपमा बोल्यौ, जबकि अरूले त्यति सही रूपमा बोलेनौ। सही रूपमा बोल्नेहरूसँग परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने आशा हुन्छ।

परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि व्यक्तिसँग कस्ता सर्तहरू हुनुपर्छ? सुरुमा, व्यक्तिसँग साँचो विश्‍वास हुनुपर्छ। के यो कुरा महत्त्वपूर्ण छ? (छ।) तोकेर भन्दा, सच्चा आस्था हुनुको अर्थ परमेश्‍वरमा साँचो विश्‍वास हुनु हो। अर्थात्, तैँले उहाँ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा स्वीकार गर्छस्, उहाँले यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्छस्, र मानवजातिप्रतिको उहाँको मनोवृत्ति कस्तो छ, र सबै घटना र कामकुराहरूप्रतिको उहाँको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा बुझ्छस्। उहाँले के भन्नुहुन्छ र के गर्नुहुन्छ त्यसको बारेमा, उहाँको सार, उहाँको पहिचान, उहाँको सर्वशक्तिमान्‌ता, उहाँको शक्ति, उहाँको अख्तियार, इत्यादि कुराहरूको बारेमा तेरो हृदयमा केही बोध र ज्ञान हुन्छ। साँचो विश्‍वास भनेको यही हो। यो सच्चा आस्थाले विश्‍वासलाई जनाउँछ। तर, यो विश्‍वास भनेको देहधारी परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर मौखिक रूपमा स्वीकार गर्नु मात्रै होइन; यो उहाँको पहिचान, हैसियत, र सारलाई स्वीकार गर्नु र पहिचान गर्नु मात्रै होइन। बरु, यसको अर्थ उहाँको पहिचान, हैसियत, र सारको बारेमा आधारभूत वा गहन बुझाइ र ज्ञान हुनु हो। साँचो आस्था भनेको यही हो। तँसँग साँचो र आधारभूत बुझाइ, ज्ञान, र अनुभव भएपछि मात्रै तँसँग सृष्टिकर्ताप्रति साँचो विश्‍वास हुन सक्छ। परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि व्यक्तिमा हुनुपर्ने सर्त यही हो। अर्को हिसाबमा, व्यक्तिसँग साँचो हृदय हुनुपर्छ। साँचो हृदय हुनुको अर्थ परमेश्‍वरप्रतिको तेरो हृदय साँचो छ भन्‍ने हुन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने काम अन्योलपूर्ण तरिकाले गर्दैनस्, न त तैँले केवल खेलबाड मात्रै गरिरहेको हुन्छस्। परमेश्‍वरमाथिको तेरो आस्था र परमेश्‍वरलाई पछ्याउने तेरो कार्य तैँले कुनै साधारण व्यक्तिलाई गर्ने व्यवहार जस्तो हुँदैन; यो कुनै धार्मिक विश्‍वास पनि होइन, यो कुनै अनुष्ठान होइन, यो दर्शन गर्ने कार्य होइन, यो भेटी चढाउने कार्य त झनै होइन। बरु, तँसँग साँचो हृदय हुन्छ। साँचो हृदय हुनुको अर्थ, कम्तीमा पनि, तँसँग भएका सबै कुरा तैँले परमेश्‍वरलाई चढाउन सक्नुपर्छ; तँ कम्तीमा पनि त्यसो गर्न तयार हुनुपर्छ। यदि परमेश्‍वरले तँलाई मर्न भन्नुभयो भने, तैँले यसबारे विचार गर्छस्: “परमेश्‍वरले मलाई मर्न भन्नुभएको छ, त्यसैले म गएर मर्नेछु। म आफ्नो हृदयमा अनिच्छुक भए पनि, मैले अझै पनि आफूलाई परमेश्‍वरमा चढाउनुपर्छ।” तँसँग यस्तो प्रकारको साँचो हृदय हुनैपर्छ। यसबाहेक, परमेश्‍वरले तँसँग जेसुकै माग गर्नुभए पनि, उहाँले तँलाई जेसुकै चढाउन भन्नुभए पनि, वा उहाँले तँलाई जेसुकै गर्न भन्नुभए पनि, तँ उहाँको अधीनमा बस्न सक्छस् र तैँले उहाँसँग मोलतोल गर्दैनस्; परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति गम्भीर र इमानदार हुन्छ। तँसँग भ्रष्ट स्वभावहरू भए पनि, र तँसँग अझै पनि परमेश्‍वरबारे धेरै धारणा र कल्पनाहरू भए पनि, कम्तीमा पनि, तेरो यो हृदय साँचो हुन्छ, र तँ परमेश्‍वरप्रति इमानदार हुन्छस्। परमेश्‍वरप्रति साँचो हृदय हुनु भनेको परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि व्यक्तिसँग हुनुपर्ने दोस्रो सर्त हो।

यदि व्यक्तिले देहधारी परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न चाहन्छ भने, साँचो विश्‍वास र साँचो हृदयका दुई सर्तहरू भएपछि, उससँग हुनुपर्ने तेस्रो सर्त भनेको ख्याल गर्नु हो। “ख्याल गर्नु” भन्‍ने शब्द अलिक अमूर्त छ; ख्याल गर्नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले के भन्न चाहनुहुन्छ र परमेश्‍वरले के गर्न चाहनुहुन्छ, परमेश्‍वर के कुरामा चिन्तित र व्याकुल हुनुहुन्छ, र परमेश्‍वर के कुरामा खुसी हुनुहुन्छ भन्‍ने कुराले तेरो हृदयलाई छुन सक्छ, र यसले तेरो मुड र तेरा भावनाहरूलाई असर गर्न सक्छ भन्‍ने हुन्छ। परमेश्‍वरले के सोच्नुहुन्छ भन्‍ने बारेमा तैँले सोच्न सक्छस् र परमेश्‍वर जे कुरामा चिन्तित हुनुहुन्छ त्यसमा तँ चिन्तित हुन सक्छस्; यसलाई नै ख्याल गर्नु भनिन्छ। ख्याल गर्नुको अर्थ जब तैँले परमेश्‍वरले भन्नुहुने कुराको अर्थ देख्छस् र परमेश्‍वरको हरेक चाल देख्छस्, तब तैँले परमेश्‍वरको हृदय बुझ्न सक्छस्, र सकारात्मक र सक्रिय रूपमा परमेश्‍वरसँग सहकार्य गर्न सक्छस्, आफूले सक्ने सबै कुरा गर्न सक्छस्, र आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्छस्, परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न र सान्त्वना दिन सक्छस् भन्‍ने हुन्छ। ख्याल गर्नु भनेको यही हो। साथै, परमेश्‍वरका मागहरूको सम्बन्धमा, तैँले तिनलाई स्वीकार गर्न सक्छस् र तँ तिनको अधीनमा बस्न सक्छस्, र यसरी परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्; तँसँग परमेश्‍वरको इच्छा पालन गर्ने चाहना हुन्छ र तैँले सक्रिय रूपमा सहकार्य गर्न सक्छस्। यसलाई नै ख्याल गर्नु भनिन्छ। उदाहरणका लागि, जब तैँले “मेरा भेडाहरूलाई कसले खुवाउन सक्छ? मेरो पत्रुस को हो? मेरो इच्छा पालन गर्ने व्यक्ति को हो?” भन्‍ने परमेश्‍वरका यी वचनहरू पढ्छस्, तब परमेश्‍वरका यी वचनहरूले तँलाई छुनेछन्। परमेश्‍वरका यी वचनहरू सुनेपछि, तैँले उहाँको चिन्ता र उहाँको दुःख महसुस गर्न सक्छस्; तेरो हृदय तरङ्गित हुनेछ, र तैँले परमेश्‍वरका वचनहरूलाई हृदयमा लिनेछस् र तिनमा मनन गर्नेछस्। जब-जब तैँले परमेश्‍वरका यी वचनहरू देख्छस्, तब-तब तँ भावुक हुनेछस्; परमेश्‍वरका यी वचनहरूले तेरो हृदयमा ठाउँ ओगट्नेछन्, र तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने, उहाँका अभिप्रायहरू सन्तुष्ट पार्ने र उहाँलाई सान्त्वना दिने चाहना हुनेछ। के यो ख्याल गर्नु हो? (हो।) उदाहरणका लागि, परमेश्‍वर भन्नहुन्छ, “म पृथ्वीमा मेरा अभिप्रायहरूअनुरूप हुने मानिसहरूको एउटा समूह प्राप्त गर्न चाहन्छु।” तैँले आफ्नो हृदयमा यस्तो मनन गर्छस्, “परमेश्‍वरले पृथ्वीमा उहाँका अभिप्रायहरूअनुरूप हुने मानिसहरूको एउटा समूह प्राप्त गर्न चाहनुहुन्छ। परमेश्‍वरले यो कसरी गर्नुहुन्छ? यो कुन माध्यमबाट पूरा हुनेछ? परमेश्‍वरलाई सन्तुष्ट पार्न मैले कसरी सहकार्य गर्नुपर्छ?” ख्याल गर्नु भनेको यही हो। परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बन्नका लागि तैँले परमेश्‍वरको कामको कसरी अनुभव गर्नुपर्छ, र परमेश्‍वरद्वारा सिद्ध पारिन र उहाँका अभिप्रायहरूअनुरूप हुनका लागि तैँले कसरी सत्यता पछ्याउनुपर्छ र कसरी सत्यता अभ्यास गर्नुपर्छ भन्‍ने कुरामा तँ आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। यदि तँसँग यस्ता विचारहरू छन् भने, तँ परमेश्‍वरसँग सक्रिय रूपमा सहकार्य गर्न इच्छुक हुनेछस्। ख्याल गर्नु भनेको यही हो। यो एउटा मनोवृत्ति हो, र यो व्यक्तिले आफूलाई कसरी आचरणमा ढाल्छ भन्‍ने कुराको एउटा छनौट पनि हो। ख्याल गर्नु भनेको यही हो। यो मानिसहरूले आफ्ना आमाबुबालाई आदर गरेजस्तै हो—जब आफ्ना आमाबुबालाई कठिनाइहरू हुन्छन्, तब तिनीहरू सहयोग गर्न इच्छुक हुन्छन्; जब तिनीहरूले आफ्ना आमाबुबाको स्वास्थ्य खराब भएको देख्छन्, तब तिनीहरू आफ्नो हृदयमा चिन्तित हुन्छन् र आफ्ना आमाबुबाले सकेसम्म चाँडो स्वास्थ्य लाभ गर्न सकून् र उनीहरूको रोग र पीडा कम हुन सकोस् भनेर आफ्ना आमाबुबाको लागि चिकित्सा उपचार र स्वास्थ्य सेवा प्राप्त गर्न हरसम्भव प्रयास गर्छन्। यो आफ्ना आमाबुबालाई आदर गर्नुको एउटा प्रकटीकरण हो। अर्थात्, यदि तँलाई तेरा आमाबुबाका कठिनाइ, रोग, र पीडाको बारेमा थाहा छैन भने, त्यो बेग्लै कुरा हो; जब तँलाई तिनको बारेमा थाहा हुन्छ, तब तँ निकै चिन्तित हुन्छस् र तँ निकै ध्यान दिने हुनेछस्, र तैँले तेरा आमाबुबाको कष्ट कम गर्न आफ्नो सक्दो प्रयास गर्नेछस्। ख्याल गर्नु भनेको यही हो। त्यसोभए तैँले परमेश्‍वरलाई गर्ने व्यवहारको बारेमा के भन्न सकिन्छ त? मानिसप्रतिका परमेश्‍वरका मागहरू उच्च छैनन्। छोराछोरीले आफ्ना आमाबुबाको ख्याल गर्न सक्छन् भने, मानिसले पनि परमेश्‍वरको ख्याल गर्न सक्छ। के तिमीहरूले अब परमेश्‍वरको ख्याल गर्ने यस पक्षलाई बुझ्यौ? (बुझ्यौँ।)

यदि व्यक्ति देहधारी परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न चाहन्छ भने, ऊसँग हुनुपर्ने चौथो सर्त भनेको परमेश्‍वरका अभिप्रायहरू बुझ्नु हो। यदि तैँले परमेश्‍वरको हृदयको ख्याल गर्न चाहन्छस्, उहाँलाई सन्तुष्ट पार्न चाहन्छस्, उहाँका चाहनाहरू पूरा होऊन् भन्‍ने चाहन्छस्, र उहाँले सान्त्वना प्राप्त गरून् भन्‍ने चाहन्छस् भने, तैँले यस्तो मनन गर्नुपर्छ: “परमेश्‍वरका अभिप्रायहरू के-के हुन्? परमेश्‍वरले के गर्न चाहनुहुन्छ? परमेश्‍वरले के चाहनुहुन्छ? परमेश्‍वर के कुरामा चिन्तित हुनुहुन्छ? उहाँ के कुरामा व्याकुल हुनुहुन्छ? उहाँ के कुरामा दुःखी हुनुहुन्छ? उहाँ के कुरामा पीडित हुनुहुन्छ? परमेश्‍वरले के कुराको लागि मूल्य चुकाउनुहुन्छ? परमेश्‍वरको माग गरिएको मानक के हो? परमेश्‍वरका मागहरू के-के हुन्? परमेश्‍वरले के व्यक्त गर्नुभएको छ? परमेश्‍वरले मानवजातिलाई के भन्नुभएको छ?” यदि तँ परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न चाहन्छस् भने, तैँले उहाँका अभिप्रायहरू के हुन् भनेर बुझ्नैपर्छ। परमेश्‍वरका अभिप्रायहरू बुझ्नका लागि, तैँले आफूले सामना गर्ने विभिन्न कुराहरूमा बारम्बार खोजी गर्नुपर्छ र मनन गर्नुपर्छ। तँ अगुवा वा कामदार, कुनै कामको सुपरिवेक्षक, वा साधारण विश्‍वासी जेसुकै भए पनि, तैँले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूमा परमेश्‍वरका अभिप्रायहरू के-के हुन् र उहाँको माग गरिएको मानक के हो भन्‍ने कुरा तैँले खोजी गर्नैपर्छ। तैँले तिनका बारेमा अथक रूपमा विचार गर्नुपर्छ, र कुनै पनि रूपमा सीमित नभईकन तिनलाई खोजी गर्नुपर्छ र तिनमा मनन गर्नुपर्छ। अन्ततः, तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको माग गरिएको मानक बुझेपछि, तैँले परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न सक्छस्, र तँसँग आधारभूत सर्तहरू हुनेछन्। त्यसोभए मलाई भन, परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि व्यक्तिसँग कस्ता आधारभूत सर्तहरू हुनुपर्छ? (व्यक्तिसँग चार वटा क्षेत्रहरूमा सर्तहरू हुनुपर्छ: पहिलो, परमेश्‍वरमा साँचो विश्‍वास गर्नु; दोस्रो, परमेश्‍वरप्रति साँचो हृदय हुनु; तेस्रो, परमेश्‍वरको ख्याल गर्नु; र चौथो, परमेश्‍वरका अभिप्रायहरूको बुझाइ हुनु।) के तिमीहरूलाई ती याद छ? के ती चार वटा यिनै हुन्? (हो।) यी चार वटा सर्तहरूमध्ये कुनै पनि सर्तको कमी हुनु हुँदैन; जब तैँले यी चार वटा सर्तहरू पूरा गर्छस्, तब तैँले परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न सक्छस्। हरेक कुरा हेर्दा अत्यन्तै सरल देखिन्छ, तर वास्तवमा यसलाई प्राप्त गर्न सजिलो छैन। त्यसोभए, यी चार वटा सर्तहरूमध्ये तिमीहरूसँग कुनचाहिँ छ? (कडाइका साथ भन्दा, हामीले अहिलेसम्म तीमध्ये कुनै पनि प्राप्त गरेका छैनौँ।) कडाइका साथ भन्दा, तिमीहरूसँग तीमध्ये कुनै पनि छैन। यदि हामीले यसलाई त्यति कडाइका साथ भनेनौँ भने, धेरैजसो मानिसहरूसँग परमेश्‍वरप्रति अलिकति मात्र साँचो हृदय हुन्छ। के यसो भन्नु उचित हो? (यो उचित हो।) अन्य तीन वटा सर्तहरू—साँचो विश्‍वास हुनु, परमेश्‍वरको ख्याल गर्नु, र परमेश्‍वरका अभिप्रायहरूको बुझाइ हुनु—का हकमा भन्दा, मानिसहरूसँग ती अलिकति पनि छैनन्, होइन र? (हो।) तँसँग ती भए पनि वा नभए पनि, तैँले यी पक्षहरूमा मेहनत गर्नैपर्छ र तँ सकेसम्म अघि बढ्नुपर्छ। यदि तैँले सक्दो प्रयास गरेको छस् भने, तँ अन्ततः जुनसुकै स्तरमा पुग्न सके पनि, कम्तीमा पनि तँसँग सफा विवेक हुनेछ र आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको हुनेछैनस्। तर यदि तँ माथि उठ्न प्रयास गर्दैनस् र अन्ततः तँसँग पछुतो मात्रै बाँकी रहन्छ भने, तैँले छाती पिट्ने र आफैलाई दोष दिने बाहेक अरू केही गर्न सक्दैनस्। तँ यी चार वटा सर्तहरूमा खरो उत्रन सके पनि वा नसके पनि, र तँ जुनसुकै स्तरमा पुग्न सके पनि, कम्तीमा पनि तैँले माथि उठ्न प्रयास गर्नैपर्छ। किनभने अहिले मानक घटाइएको छ, र सर्त खुकुलो पारिएको छ। तँ परमेश्‍वरसँग मिल्ने हुनुपर्छ भनेर माग गरिँदैन। परमेश्‍वरसँग मिल्ने हुने मानक अत्यन्तै उच्च छ, र तँ त्यसमा खरो उत्रन सक्दैनस्। अहिले तँसँग परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न मात्रै माग गरिन्छ। तैँले यसतर्फ माथि उठ्नका लागि आफ्नो सक्दो प्रयास गर्नुपर्छ—हरेस नखा—र अन्ततः तँ परमेश्‍वरमा साँचो विश्‍वास राख्ने, परमेश्‍वरप्रति साँचो हृदय राख्ने, परमेश्‍वरको ख्याल गर्ने, र परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्ने हुनुपर्छ। यी चार वटा सर्तहरू प्राप्त गर्ने प्रक्रिया परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने प्रक्रिया पनि हो। अवश्य नै, जब तैँले यी चार वटा सर्तहरू पूर्ण रूपमा प्राप्त गर्छस्, तब तैँले परमेश्‍वरसँग पूर्ण मौन समझदारी हासिल गर्न सक्छस्।

परमेश्‍वरसँग मौन समझदारी हासिल गर्नका लागि व्यक्तिसँग हुनुपर्ने यी चार वटा सर्तहरूका बारेमा हामीले सङ्गति गरिसकेका छौँ। सधैँको अभ्यासअनुसार, के हामीले केही उदाहरणहरू दिनु पर्दैन र? तिमीहरूले सबैभन्दा बढी सुन्न मन पराउने कुरा यही हो, र तिमीहरूले विभिन्न सत्यताहरू बुझ्ने अत्यावश्यक मार्ग र विधि पनि यही हो। केही सकारात्मक र नकारात्मक उदाहरणहरू दिँदा यसले तिमीहरूलाई परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने बारेमा सत्यता र यससँग सम्बन्धित अभ्यासका सिद्धान्तहरू बुझ्न सक्षम बनाउनेछ। तिमीहरूको विचारमा, तिमीहरूको वरिपरिका मानिसहरू वा तिमीहरूले चिनेका मानिसहरूमध्ये, यी चार वटा सर्तहरू प्राप्त गरिसकेको—अर्थात्, परमेश्‍वरसँग मौन समझदारी हासिल गरिसकेको—कोही छ? कम्तीमा पनि, तिमीहरूको नजरमा, परमेश्‍वरसँग यस व्यक्तिको मौन समझदारी छ, उसले ठूलो बोझ लिन सक्छ, र परमेश्‍वरले दिनुभएको मिसन पूरा गर्न सक्छ। केही उदाहरणहरू देऊ। त्यस्तो व्यक्ति को हो? (पवित्र आत्माले प्रयोग गरेका व्यक्ति।) पवित्र आत्माले प्रयोग गरेका व्यक्तिबाहेक, के तिमीहरूले परमेश्‍वरसँग मौन समझदारी भएका मानिसहरूका अरू केही उदाहरणहरू दिन सक्छौ? हामी यस्ता प्रकारका मानिसहरूमा के-कस्ता साझा कुराहरू हुन्छन् भन्‍ने हेरौँ। तिनीहरूका केही उदाहरणहरूमार्फत, यस्ता प्रकारका मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् भनेर सबैले देखून्: तिनीहरूका बोलीवचन, व्यवहार, र आचरण, आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने कुरामा तिनीहरूका विचार र दृष्टिकोणहरू, परमेश्‍वरप्रतिको र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, आफ्ना मिसन र कर्तव्यहरूप्रतिको तिनीहरूको मनोवृत्ति—यी सन्दर्भहरूमा तिनीहरूमा हुने प्रकटीकरणहरू र तिनीहरूसँग हुने साझा विशेषताहरू। के पवित्र आत्माले प्रयोग गरेका व्यक्तिबाहेक, त्यस्ता अरू कुनै मानिसहरू छन् त? (छैनन्।) त्यसोभए पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले परमेश्‍वरसँग कसरी मौन समझदारी हासिल गरे, वा, अर्को शब्दमा भन्दा, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले परमेश्‍वरसँग मौन समझदारीका प्रकटीकरणहरूका रूपमा के-कस्ता कुराहरू गरेका छन् भन्‍ने बारेमा हामी सङ्गति गरौँ। कतिपय मानिसहरूलाई यी कुराहरूको बारेमा थाहा हुन सक्छ, र कतिपयलाई थाहा नहुन सक्छ। तिमीहरूलाई तिनको बारेमा थाहा भए पनि वा नभए पनि, जे भए पनि, तिमीहरूले आज सङ्गति गरिएको विषयको आधारमा बुझाइ प्राप्त गर्ने प्रयास गर्नुपर्छ र तुलना गर्ने प्रयास गर्नुपर्छ।

पवित्र आत्माले प्रयोग गरेका व्यक्तिको परमेश्‍वरसँगको मौन समझदारीका प्रकटीकरणहरूका बारेमा सङ्गति गर्नका लागि, हामीले मण्डलीहरूलाई दिइएका पवित्र आत्माका वाणी र वचनहरूबाट सुरु गर्नुपर्छ। मण्डलीहरूलाई पवित्र आत्माको पहिलो वाणीले त्यो बिन्दुलाई सङ्केत गर्‍यो जहाँबाट परमेश्‍वरले औपचारिक रूपमा परमेश्‍वर स्वयम्‌को पहिचानमा मानवजातिलाई वचनहरू बोल्न र वाणीहरू दिन सुरु गर्नुभयो, र उहाँको कामको तेस्रो चरण—राज्यको युगको काम, अर्थात्, सजाय र न्याय गर्न सम्पूर्ण मानवजातिसँग बोल्ने कामलाई अघि बढाउनुभयो। पवित्र आत्माको पहिलो वाणीबाट सुरु गर्दै, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले तिनलाई पढे, तर उनले तिनलाई आफैले मात्रै पढेर मण्डलीमा वितरण गर्ने काम मात्रै गरेनन्। उनले मनमनै सोचे, “यी वचनहरू न त साधारण छन् न त सामान्य नै; ती त पवित्र आत्माबाट आएका हुन् जस्तो देखिन्छ। ती पवित्र आत्माबाट आएका हुनाले, तिनलाई हेर्ने अधिकार मण्डलीका सबै दाजुभाइ-दिदीबहिनीहरूसँग छ। यो परमेश्‍वरको वाणी हो, र यो ठूलो समाचार सबैलाई थाहा दिनुपर्छ।” त्यसैले, मण्डलीका सबैलाई यस समाचारको बारेमा थाहा दिन र पवित्र आत्माका वचन र वाणीहरू देखाउन, के गर्नुपर्छ? साधारण मानिसहरूसँग साँच्चै नै यो बोझ थिएन, न त तिनीहरूलाई यो काम कसरी गर्ने भन्‍ने नै थाहा थियो। त्यसपछि पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यो काम गर्न सुरु गरे; अर्थात्, उनले पवित्र आत्माका वचनहरू लिए र तिनलाई मण्डलीभित्र फैलाए, ताकि परमेश्‍वरका अझै धेरै चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्न पाऊन्। त्यस समयमा, एउटा सीमितताका कारण—विश्‍वासलाई सताइने मुख्य भूमि चीनको वातावरणमा परमेश्‍वरमाथिको विश्‍वासबारे खुलेर पुस्तकहरू छाप्न नसकिने हुनाले—पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले मण्डलीका सफासँग लेख्ने र कामकुराहरू गर्नमा लगनशील भएका जवान मानिसहरूलाई पवित्र आत्माका वचनहरू सार्न र कार्बन कपीहरू बनाउन सङ्गठित गरे। ती सारिएपछि, ती प्रतिलिपिहरूलाई हरेक क्षेत्र र जिल्लामा पठाइयो; त्यसपछि जिल्लाहरूले तिनलाई विभिन्न ठाउँका मण्डलीहरूमा पठाए, र मण्डलीहरूले तिनलाई व्यक्तिहरूकहाँ पठाए। कम्तीमा पनि, हरेक मण्डलीसँग अरू मण्डलीहरूलाई पवित्र आत्माले दिनुभएका वचनहरूका एक वा त्योभन्दा बढी हस्तलिखित प्रतिलिपिहरू हुनुपर्थ्यो। जब-जब परमेश्‍वरका ताजा वाणीहरूमध्ये कुनै एउटा व्यक्त हुन्थ्यो, तब पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले मानिसहरूलाई त्यसको कार्बन प्रतिलिपिहरू बनाउन प्रबन्ध गर्थे। जब व्यक्त गरिएका वचनहरू निश्चित मात्रामा पुग्थे, तब उनले तिनलाई पुस्तकका रूपमा छाप्नका लागि मानिसहरूलाई सङ्गठित गर्थे। परमेश्‍वरलाई यति उन्मत्त रूपमा प्रतिरोध गर्ने चीनजस्तो ठाउँमा, परमेश्‍वरमाथिको विश्‍वासबारे पुस्तकहरू छाप्ने कुरा त झनै परै जाओस्, परमेश्‍वरमा विश्‍वास गर्ने कुरामा समेत जोखिम हुन्थ्यो। पक्राउ परेपछि, मृत्युदण्ड दिइन्थ्यो। त्यसकारण, त्यस समयमा छाप्ने मेसिनरी र उपकरणहरू किन्ने कुरामा पनि जोखिम हुन्थ्यो। त्यस्ता परिस्थितिहरूमा समेत, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले अझै पनि मानिसहरूलाई यो काम राम्ररी गर्नका लागि सङ्गठित गरे, मानिसहरूलाई केही मेसिनरी र उपकरणहरू किन्न लगाए, अनि मानिसहरूलाई टाइप गर्न र टाइपसेटिङ सिक्नका लागि सङ्गठित गरे, र दाजुभाइ-दिदीबहिनीहरूलाई छपाइको जिम्मा लिन र परमेश्‍वरका वचनहरूलाई पुस्तकका रूपमा बाइन्डिङ गर्नका लागि प्रबन्ध गरे। टाइपिङ, टाइपसेटिङ, प्रुफरिडिङ, र छपाइदेखि लिएर बाइन्डिङ गर्ने र त्यसपछि विभिन्न ठाउँका मण्डलीहरूमा पुस्तकहरू वितरण गर्नेसम्म—पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले मानिसहरूलाई यी सबै काम गर्नका लागि सङ्गठित गरे। मलाई भन, यदि पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यसलाई सङ्गठित नगरेका भए, यो काम गर्न कसले अगुवाइ गर्नेथियो? (कसैले पनि गर्नेथिएन।) यो काम गर्दा, एकातिर, सुरक्षा सुनिश्चित गरिनुपर्थ्यो; अर्कोतिर, कामको हरेक चरणका लागि छनौट गरिएका मानिसहरू उपयुक्त हुनुपर्थ्यो। यस प्रक्रियामार्फत, यी पुस्तकहरू अन्ततः एकपछि अर्को गर्दै विभिन्न ठाउँका मण्डलीहरूमा पठाइए। त्यस समयमा पुस्तकहरूको छपाइको गुणस्तर अहिलेको भन्दा निकै खराब भए पनि, त्यस समयको वातावरण, मण्डलीको आर्थिक अवस्थाहरू, र हरेक पक्षमा मानिसहरूका अवस्थाहरूलाई विचार गर्दा, मण्डलीहरूलाई पवित्र आत्माका वचनहरू र थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् को प्रतिव्यक्ति एक प्रतिलिपि प्राप्त गर्नु नै अत्यन्तै राम्रो र अत्यन्तै गाह्रो कुरा थियो। यदि कसैले यसलाई सङ्गठित नगरेको भए र यो काम गर्नका लागि कुनै सच्चा व्यक्ति नभएको भए, मण्डलीहरूलाई पवित्र आत्माले जतिसुकै वचनहरू दिनुभएको भए पनि, तिनलाई समयमै मण्डलीहरूमा पठाउन सकिनेथिएन, र ती दाजुभाइ-दिदीबहिनीहरूसम्म पटक्कै नपुग्न पनि सक्थे र प्रतिव्यक्ति एक प्रतिलिपि हासिल गर्न सकिनेथिएन। परमेश्‍वरले आफ्नो पहिलो वाणी व्यक्त गर्न सुरु गर्नुभएको समयदेखि अहिलेसम्म, पवित्र आत्माले प्रयोग गरेका व्यक्ति यो काम गर्नमा लागिरहेका छन्। पुस्तकहरू छाप्ने कामको लामो इतिहास छ, र प्रतिव्यक्ति एक प्रतिलिपि हासिल गरिएपछि, छपाइको कामले परिणामहरू हासिल गरेको मान्न सकिन्थ्यो।

मानिसहरूलाई मण्डलीहरूलाई पवित्र आत्माका वचनहरू भन्‍ने पुस्तक छाप्ने र यसलाई समयमै वितरण गर्न प्रबन्ध गर्ने बाहेक, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले गरेको अर्को काम भनेको विभिन्न ठाउँहरूमा मण्डलीहरू स्थापना गर्नु थियो। त्यस समयमा, विभिन्न ठाउँका मण्डलीहरू सबै कामको यो चरण भर्खरै स्विकारेका मानिसहरू मिलेर बनेका थिए। धेरै मण्डलीहरूमा उपयुक्त अगुवा र कामदारहरू थिएनन्। मण्डलीहरू आन्तरिक रूपमा भद्रगोल थिए, प्रशासनिक संरचनाहरू भद्रगोल थिए, र मानिसहरूसम्बन्धी मामलाहरू पनि भद्रगोल थिए—अर्थात्, हरेक पक्ष भद्रगोल थियो। त्यसपछि पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले कुराहरूलाई सुधार्न, प्रशासनिक संरचनाहरू खडा गर्न र अगुवा र कामदारहरूलाई संवर्धन गर्न सुरु गरे। त्यसपछि, चरणबद्ध रूपमा, उनले केही जोस भएका, आफूलाई समर्पित गर्न सक्ने, संवर्धन गर्न सकिने, र आफ्ना परिवारहरू पनि त्याग्न सक्ने सबैलाई भेट्टाए, र तिनीहरूलाई मण्डलीको काम गर्न लगाए। त्यस समयमा, कतिपय ठाउँका मानिसहरूले चाँडै विवाह गर्थे। तिनीहरूले सोह्र-सत्र, वा अठार-उन्नाइस वर्षको उमेरमा, विवाह गर्ने, छोराछोरी जन्माउने, र वंश विस्तार गर्ने बारेमा सोच्थे। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू पनि अपवाद थिएनन् र तिनीहरू पनि यी स्थानीय चलनहरूबाट प्रभावित थिए। परमेश्‍वरमाथिको विश्‍वासमा जोसिला भएका धेरै दाजुभाइ-दिदीबहिनीहरू पनि यो उमेरमा पुगेका थिए। यदि मण्डलीले तिनीहरूलाई बढुवा नदिएको र संवर्धन नगरेको भए, तिनीहरूलाई बारम्बार मलजल नगरेको भए, तिनीहरूमाथि बोझ नराखेको भए, र तिनीहरूलाई विभिन्न ठाउँहरूमा काम गर्न नलगाएको भए, यी मानिसहरूले विवाह गरिसकेका हुन्थे होलान् र अहिलेसम्ममा हजुरआमा वा हजूरबुबा भइसकेका हुन्थे होलान्। त्यस समयमा, यी जवान मानिसहरूमध्ये कतिपयले विशेष निगाह प्राप्त गरेका थिए भनेर मान्न सकिन्थ्यो। कतिपय मण्डलीहरूले अगुवा र कामदारहरूको रूपमा सेवा गर्नका लागि पाका मानिसहरूमध्येबाट असल क्षमता भएका मानिसहरू भेट्टाउन सकेनन्। तुलनात्मक रूपमा असल क्षमता भएका कतिपय मानिसहरूले अझै पनि आफ्ना परिवारहरू त्याग्न सकेका थिएनन्, जबकि अरू कतिपयको क्षमता खराब थियो र तिनीहरू वास्तविक काम गर्न पूर्ण रूपमा असक्षम थिए, अनि तिनीहरूसँग केही जोस मात्रै थियो र तिनीहरू दौडधूप गर्न र आफूलाई समर्पित गर्न इच्छुक थिए। त्यसोभए, के गर्नुपर्थ्यो त? पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले असल क्षमता भएका केही जवान मानिसहरूलाई संवर्धन गरे र तिनीहरूलाई विभिन्न ठाउँका मण्डलीहरूमा यात्रा गर्न र काम गर्न बढुवा दिए, किनभने तिनीहरूले आफ्ना परिवारहरू त्याग्न सक्थे र तिनीहरू तुलनात्मक रूपमा स्वतन्त्र थिए। यी मानिसहरूलाई संवर्धन गरिएपछि, विभिन्न ठाउँका मण्डलीहरूमा कम्तीमा पनि मण्डली जीवनलाई सुनिश्चित गर्न सकिन्थ्यो। मण्डलीहरूलाई पवित्र आत्माका वचनहरूसँगै, विभिन्न ठाउँका मण्डलीहरूमा मण्डली जीवन र मण्डलीको काम केही हदसम्म अझै सामान्य बन्यो। यी जवान मानिसहरूमध्ये कतिपय अहिले करिब पचास वर्षका भएका छन्। अहिलेसम्म परमेश्‍वरलाई पछ्याएका हुनाले, तिनीहरूले धेरै कुरा अनुभव गरेका छन् भनेर भन्न सकिन्छ। सायद तिनीहरूलाई सबैभन्दा भाग्यशाली महसुस हुने कुरा के हो भने, तिनीहरूले त्यस समयमा परमेश्‍वरको घरद्वारा बढुवा पाउने र संवर्धन गरिने अवसर गुमाएनन्, न त तिनीहरू गैरविश्‍वासीहरूले जस्तै त्यो उमेरमा पुगेपछि विवाहको बारेमा छलफल गर्न सुरु गरेर विवाह बन्धनमा नै बाँधिए। तिनीहरू आजसम्म अविवाहित रहे पनि, तिनीहरूले धेरै कुरा प्राप्त गरेका छन् र निकै धेरै सत्यताहरू बुझेका छन्। विभिन्न ठाउँहरूमा मण्डलीहरू स्थापना गर्नु र अगुवा र कामदारहरूलाई संवर्धन गर्नु कामको एउटा पक्ष थियो। अर्को पक्ष के थियो भने मण्डली जीवन भनेको परमेश्‍वरका वचनहरू पढ्न पाउनु र पवित्र आत्माको काम प्राप्त गर्नु मात्रै थिएन। मण्डली जीवनका लागि धेरै विषयवस्तुको आवश्यकता पर्थ्यो। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्नुका साथै, सत्यताको बारेमा सङ्गति गर्न र आफ्ना अनुभवहरूका बारेमा कुरा गर्न पनि आवश्यक थियो। भजन गाउने र नाच्ने जस्ता मनोरञ्जनका तरिकाहरूसँग सम्बन्धित केही आवश्यकताहरू पनि तिनीहरूसँग थिए। त्यसकारण, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले एउटा भजन समूह स्थापना गरे, केही मानिसहरूलाई अनुभवात्मक भजनहरू लेख्न सङ्गठित गरे, र आफैले पनि भजनहरू लेखे। यसको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूलाई गाउनका लागि गीतहरू दिनु र मण्डली जीवनलाई समृद्ध बनाउनु थियो। भजनहरू लेखिसकेपछि, सबै दाजुभाइ-दिदीबहिनीहरूले ती गाउन सिक्न सकून् भनेर तिनलाई कसरी मण्डलीहरूमा एकसमान रूपमा वितरण गर्न सकिन्थ्यो? पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले मानिसहरूलाई भजनहरू गाउन सङ्गठित गरे र तिनलाई रेकर्ड गर्न मानिसहरू खोजे। त्यस समयमा, गायक र सङ्गीतकारहरू सबै गैर-व्यावसायिक थिए। तिनीहरूले व्यावसायिक तालिम लिएका थिएनन् र धेरै साङ्गीतिक ज्ञानविना नै अभ्यास गर्न सुरु गरेका थिए। गीतहरू रेकर्ड गर्दा, कुनै राम्रो रेकर्डिङ उपकरण थिएन, न त साङ्गीतिक वाद्यवादनका लागि उच्च-स्तरीय बाजाहरू नै थिए। एर्हुलाई तुलनात्मक रूपमा व्यावहारिक बाजा मानिन्थ्यो, र त्यो छ भने त्यसैलाई वाद्यवादन भएको मान्न सकिन्थ्यो। केही व्यक्तिहरूले एकर्डियन वा विद्युतीय कीबोर्ड पनि अलिअलि बजाउन सक्थे। छोटकरीमा भन्दा, तिनीहरू सबै गैर-व्यावसायिक थिए, तर त्यस समयमा त्यो स्तरमा पुग्नु नै पनि त्यति सजिलो काम थिएन। अवश्य नै, अन्ततः उत्पादन गरिएका कृतिहरू राम्रा भए पनि वा नभए पनि, यस मामलालाई सङ्गठित गर्नका लागि कसैको आवश्यकता थियो। मण्डलीहरूलाई जे कुराको आवश्यकता भए पनि, दाजुभाइ-दिदीबहिनीहरूलाई जे कुराको आवश्यकता भए पनि, र परमेश्‍वरको कामले मानिसबाट जस्तोसुकै सहकार्यको माग गरे पनि, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले ती सबैको बारेमा सोच्न सक्थे र यी मामलाहरूलाई निरन्तर अनुगमन गरिरहन्थे। अर्थात्, उनी जति कुरा गर्न सक्षम थिए त्यसभित्र रहेर, मानिसले सोच्न सक्ने हरेक कुरालाई उनले लिए र त्यसलाई वास्तविकतामा परिणत गरे, र मानिसले गर्न सक्ने हरेक कुरा गर्न आफ्नो सक्दो प्रयास पनि गरे। यसरी, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यस कामलाई सङ्गठित गरे र अनुगमन गरे, र परमेश्‍वरका वचनहरूका छापिएका पुस्तकहरू, भजनका पुस्तकहरू, र रेकर्ड गरिएका क्यासेट टेप र सिडीहरू सबै मण्डलीहरूमा पठाए, ताकि सबै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनहरू पढ्न पाऊन्, भजनहरू सिक्न पाऊन्, र तिनीहरूसँग मण्डलीको असल जीवन हुन सकोस्। त्यस समयको मण्डली जीवन अहिलेको तुलनामा तुलनात्मक रूपमा सादा भए पनि, र अवस्थाहरू तुलनात्मक रूपमा कठिन भए पनि, कुनै आधुनिक उपकरण वा उच्च-स्तरीय मेसिनरी नभए पनि, र प्रयोगका लागि उपयुक्त कुनै अगुवा र कामदारहरू वा प्राविधिक कर्मचारीहरू नभए पनि, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यस कामलाई सङ्गठित गरेका र अनुगमन गरेका हुनाले र कामको हरेक पक्षलाई निरन्तर सुधार गरेका हुनाले, मानिसहरूले अझै पनि त्यस समयका परिस्थितिहरूमा रहेर मण्डलीको असल जीवनको आनन्द लिन पाए। मण्डलीको यो असल जीवनको अर्थ मानिसहरूले परमेश्‍वरका ताजा वचनहरू पढ्न पाउँथे, आनन्द महसुस गर्न पाउँथे र छुटकारा प्राप्त गर्न सक्थे भन्‍ने थियो। सबैले मानवजातिका लागि परमेश्‍वरका ताजा वाणीहरू पढ्न पाउँथे र त्यही क्षणमा परमेश्‍वरका अभिप्रायहरू, मानिसबारे परमेश्‍वरका विचारहरू, र मानिसका लागि उहाँका मागहरू जान्न सक्थे। अझ राम्रो कुरा त के थियो भने, कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरूमा भएको सत्यता बुझ्न र केही प्रवेश प्राप्त गर्न सक्थे। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यसरी कामकुराहरूलाई सङ्गठित र प्रबन्ध गरेका हुनाले, एकातिर, मण्डलीहरू स्थापना भए, र अर्कोतिर, मानिसहरू सबैले सामान्य र व्यवस्थित मण्डली जीवन जिउन थाले। परमेश्‍वरको घर कुनै धार्मिक समूह होइन। मण्डली जीवनमा धार्मिक अनुष्ठानहरू अभ्यास गरिँदैन, एकोहोरो प्रवचन अभ्यास गरिने कुरा त झनै परै जाओस्। परमेश्‍वरको घरको मण्डली जीवनमा परमेश्‍वरका वचनहरू खाने र पिउने काम समावेश हुनैपर्छ, र यसमा पवित्र आत्माको काम पनि समावेश हुनैपर्छ; यसमा सत्यताको बारेमा सङ्गति गर्ने र अनुभवात्मक गवाहीहरूका बारेमा कुरा गर्ने कार्यहरू समावेश हुनैपर्छ, र परमेश्‍वरको प्रशंसामा भजनहरू गाउने कुरा पनि समावेश हुनैपर्छ। यस्तो प्रकारको मण्डली जीवन भनेको परमेश्‍वरको अगुवाइ र निर्देशन, मलजल र आपूर्ति, र मार्गदर्शन र सहयोगअन्तर्गतको मण्डली जीवन हो; यो साँचो मण्डली जीवन हो। अहिलेको मण्डली जीवनको तुलनामा यो अत्यन्तै सतही, अत्यन्तै एकमुखी, र अत्यन्तै सरल भए पनि, त्यस समयमा मानवजातिलाई आवश्यक पर्ने कुरा त्यही थियो, र मानवजातिले पवित्र आत्माको प्रबोधन र ज्योतिको आनन्द लिन सकून् भनेर पनि यो दिइएको थियो—अर्थात्, परमेश्‍वरका सबै चुनिएका मानिसहरूले मण्डली जीवनमा परमेश्‍वरका वचनहरूको आनन्द लिन सकून् र आफ्नै कानले परमेश्‍वरको आवाज सुन्न सकून् भनेर दिइएको थियो। यो मण्डली जीवनका लागि एउटा असल सुरुवात थियो। त्यस्तो मण्डली जीवनविना, तिमीहरू आजसम्म आइपुग्न सम्भव नै हुनेथिएन। व्यावहारिक परिणामहरू सहितको यस्तो प्रकारको नियमित, स्थिर मण्डली जीवन भएकोले नै, मानिसहरू चरणबद्ध रूपमा आजको अवस्थामा आइपुग्न सके र आजको अवस्थामा ल्याइन सके, र तिनीहरूसँग आजको कद र हरेक पक्षमा आजका प्राप्तिहरू छन्। मण्डलीको प्रशासन, मानिसहरूसम्बन्धी मामला, र मण्डलीको निश्‍चित कामको सन्दर्भमा पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले गरेका काम यही हो। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले अर्को क्षेत्रमा पनि महत्त्वपूर्ण काम गरे, त्यो भनेको मण्डलीहरूलाई पवित्र आत्माका वचनहरू आउनेबित्तिकै प्रवचनहरू दिनु थियो। उनले नियमित वा अनियमित रूपमा अगुवा र कामदारहरूलाई भेलाहरूका लागि सँगै बोलाउँथे र परमेश्‍वरका अभिप्रायहरू सङ्गति गर्थे, मानिसहरूले आफ्नो दैनिक जीवनमा र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू सङ्गति गर्थे, र मण्डलीहरू कसरी स्थापना गर्ने र मण्डलीहरूलाई कसरी मलजल गर्ने भन्‍ने बारेमा पनि सङ्गति गर्थे, र परमेश्‍वरको सेवा कसरी गर्ने भन्‍ने बारेमा सङ्गति गर्थे। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यो काम राम्ररी गर्नका लागि सक्दो प्रयास गरे, जीवन प्रवेशका विषयहरूमा सङ्गति गरे र परमेश्‍वरको सेवासँग सम्बन्धित सत्यताहरूमा पनि सङ्गति गरे। मलाई सबैभन्दा गहिरो प्रभाव पारेको कुरा यही हो।

पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले गरेका काम परमेश्‍वरका अभिप्रायहरूसँग र पृथ्वीमा मण्डलीहरू स्थापना गर्ने परमेश्‍वरको उद्देश्यसँग नजिकबाट सम्बन्धित थियो, र यो परमेश्‍वरले आफ्ना चुनिएका मानिसहरूमा गर्न लाग्नुभएको कामसँग अटुट रूपमा जोडिएको थियो। कडाइका साथ भन्दा, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले जे भने, उनले जे कुरामा ध्यान केन्द्रित गरे, उनले जे कुरालाई पछ्याए, उनले जे कुराको सुपरिवेक्षण गरे, र हरेक अवधिमा उनले मण्डलीमा जे गरे ती सबै पवित्र आत्माको कामसँगको नजिकको सहकार्यमा गरिएका थिए; पवित्र आत्माले प्रदान गर्नुभएको जुनसुकै अगुवाइ, परमेश्‍वरले दिनुभएका जुनसुकै प्रकाशहरू, र परमेश्‍वरका वचनहरूमा भएका जुनसुकै अर्थ र मागहरूलाई लागू गर्न उनले सक्दो सहकार्य गर्ने प्रयास गरे, ताकि परमेश्‍वरका वचनहरू व्यर्थ नहोऊन्, ताकि परमेश्‍वरका अभिप्रायहरू व्यर्थ नहोऊन्, र ताकि त्यस समयका मानिसहरू सबैले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरका वचनहरू जान्न र बुझ्न सकून्। यो हरेक घरपरिवारलाई थाहा हुने बिन्दुमा नपुगे पनि, कम्तीमा पनि, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिको अगुवाइमा, त्यस समयका मानिसहरू सबैले यस प्रवाहलाई नजिकबाट पछ्याउन सके र यस प्रवाहमा पवित्र आत्माको काम छ, परमेश्‍वरको काम छ, परमेश्‍वरका वचनहरू छन्, र परमेश्‍वरका अभिप्रायहरू छन् भन्‍ने महसुस गर्न सके। यो प्रवाह परमेश्‍वरबाट आएको हो भन्‍ने कुरामा तिनीहरू निश्चित थिए, यो प्रवाह सही छ भन्‍ने कुरामा निश्चित थिए, र कम्तीमा पनि, पवित्र आत्माले प्रयोग गरेका व्यक्ति सच्चा व्यक्ति हुन् भन्‍ने कुरामा निश्चित थिए। उनले त्यस बेला गरेका सबै कुरा र अहिले भइरहेका कुराहरूबीच जतिसुकै अन्तर भए पनि, छोटकरीमा भन्दा, उनले गरेका सबै कुरा पवित्र आत्माले गर्नुभएको कामलाई कायम राख्न र त्यससँग सहकार्य गर्नका लागि नै थियो। त्यस समयमा मण्डलीका मानिसहरूले सत्यतालाई जुन स्तरमा बुझेका थिए, त्यसको हिसाबमा, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यी कुराहरू गर्न सके र मण्डलीलाई त्यस बेला पुगेको स्तरमा ल्याउन सके—परमेश्‍वरसँग मौन समझदारीका चार वटा प्रकटीकरणहरूमध्ये उनीसँग कुनचाहिँ थियो भनेर तिमीहरू भन्छौ? (मलाई उनीसँग चार वटै थिए जस्तो लाग्छ।) उनीसँग चौथो प्रकटीकरण, “परमेश्‍वरका अभिप्रायहरूको बुझाइ” पनि थियो भन्नु अलिक अवस्तुगत हुनेछ, तर मेरो विचारमा, उनीसँग कम्तीमा पनि अन्य तीन वटा थिए: साँचो विश्‍वास हुनु, साँचो हृदय हुनु, र ख्याल गर्नु, जसमा “ख्याल गर्नु” सबैभन्दा स्पष्ट थियो। उनी परमेश्‍वरको बोझको ख्याल गर्ने व्यक्ति थिए, र यति धेरै काम गर्दा, उनले पैसा वा व्यक्तिगत लाभसँग सम्बन्धित कुनै पनि कुरा आफ्नो लागि प्राप्त गर्ने षड्यन्त्र कहिल्यै गरेनन्। मैले यसो भन्नुको अर्थ के हो भन्‍ने कुरा तिमीहरूले बुझ्दैनौ होला, त्यसैले म तिमीहरूलाई एउटा उदाहरण दिनेछु। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले पुस्तकहरूको छपाइ सङ्गठित गर्न सुरु गरेको समयदेखि अहिलेसम्म, हाम्रो मण्डलीले वितरण गरेका कुनै पनि पुस्तकका लागि दाजुभाइ-दिदीबहिनीहरूसँग एक पैसा पनि लिइएको छैन। मण्डलीसँग साधनहरू भएपछि मात्रै हामीले तिनका लागि पैसा लिन छोडेका हौँ भन्‍ने होइन; सुरुमा पनि, जब आर्थिक अवस्था निकै कमजोर थियो, त्यो बेला पनि हामीले एक पैसा पनि लिएनौँ। किन? त्यस समयमा मण्डली आर्थिक रूपमा त्यति सम्पन्न नभए पनि, त्यस बेला उपलब्ध सीमित आर्थिक स्रोतहरूका आधारमा, यसले लगभग पुस्तकहरू छाप्ने लागत जस्ता खर्चहरू बेहोर्न सक्थ्यो, त्यसैले दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गरिएका पुस्तकहरूका लागि पैसा लिइएन र तिनीहरूले ती निःशुल्क पढ्न पाए। पुस्तकहरू छाप्ने काम जारी रहँदा, मण्डलीको कोषको कुल रकम झन्-झन् कम हुँदै गयो। त्यस समयमा, धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूसँग आम्दानीको कुनै स्रोत थिएन किनभने तिनीहरूले सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका थिए, र तिनीहरूसँग हातमा धेरै पैसा थिएन। फलस्वरूप, चढाइएको पैसाले कहिलेकाहीँ मण्डलीको खर्च र विभिन्न लागतहरू बेहोर्न नै सक्दैनथ्यो। मलाई निकै स्पष्ट रूपमा याद छ, एक पटक, पुस्तकहरूको एउटा खेप छाप्नुपर्ने थियो, तर मण्डलीसँग केही हजार युआन मात्रै बाँकी थियो। पुस्तकहरू छाप्ने लागत तिरिसकेपछि, मण्डलीको कामका लागि कुनै पैसा बाँकी रहनेथिएन। यदि अगुवा र कामदारहरू कतै जाँदा यात्रा खर्च बेहोर्नुपर्ने भयो भने, वा ठूलो भेलाका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार गर्दा जीवनयापनको खर्च बेहोर्नुपर्ने भयो भने, पैसा उपलब्ध नहुन सक्थ्यो। त्यसोभए के गर्नुपर्थ्यो त? यी परिस्थितिहरूमा, के अझै पनि पुस्तकहरू छाप्नुपर्थ्यो त? (पर्थ्यो।) पुस्तकहरू अझै पनि छाप्नुपर्थ्यो, र पैसा अझै पनि तिरिनु नै पर्थ्यो। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले एउटा उपाय सोचे। उनले यस खेपको प्रत्येक पुस्तकका लागि सुरुमा केही युआन अग्रिम रूपमा सङ्कलन गर्नुपर्छ भनेर भने—जुन यस खेपलाई छाप्ने लागत बेहोर्नका लागि मात्रै पर्याप्त हुन्थ्यो। यस सन्दर्भमा, त्यस अवसरमा अग्रिम रूपमा पैसा सङ्कलन गरिएको थियो। तर केही समयपछि, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले फेरि भेटीहरू चढाए, र पुस्तकहरूको अर्को खेपका लागि छपाइ लागत बेहोर्नका लागि पर्याप्त पैसा भयो। त्यसपछि, मण्डलीको आर्थिक अवस्थामा सुधार आयो, र हामीले पुस्तकहरू छाप्नका लागि फेरि कहिल्यै पैसा लिएनौँ। त्यो घटना एउटा सानो घटना मात्रै थियो। यो कुरा उल्लेख गर्नुको उद्देश्य के हो? उद्देश्य के हो भने, आर्थिक अवस्था अत्यन्तै कमजोर भएको बेलामा समेत, हामीले हाम्रा पुस्तकहरू छाप्न छोडेनौँ। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले हरसम्भव उपायहरू प्रयोग गरे र, उनी घरको मुली जस्तै, यस मामलाको बारेमा चिन्तित भए, उनले चिन्तन गरे, र योजनाहरू बनाए। धेरैजसो मानिसहरूलाई यी कुराहरूको बारेमा थाहा छैन। जब परमेश्‍वरका वचनहरूका यी पुस्तकहरू मण्डलीहरूमा वितरण गरिए, तब धेरैजसो मानिसहरूले पुस्तक प्राप्त गरेपछि यसो भन्थे, “यो पुस्तक कति राम्रो छ! हामीले यसलाई आफैले छापेका हौँ—यो काम कति गाह्रो भएको हुनुपर्छ!” कतिपयले त यस पुस्तकको कदर समेत गरेनन् वा यसलाई राम्ररी पनि पढेनन्। तर, यो काम गर्दा र यो पुस्तक छाप्दा माथिले पर्दा पछाडि कति धेरै कठिनाइहरू सामना गर्नुभयो भन्‍ने कुरा मानिसहरूलाई थाहा थिएन। हाम्रो मण्डलीका धेरै मानिसहरू स्थानीय मण्डली वा अन्य सम्प्रदायहरूबाट आएका थिए। पहिले, ती सम्प्रदायहरूका अगुवाहरू र मुख्य भूमिबाट आएका प्रेरितहरूले पुस्तकहरू छाप्ने काम गर्दैनथे। तिनीहरूले विभिन्न मण्डलीहरूमा दाजुभाइ-दिदीबहिनीहरूले चढाएको धेरैजसो पैसा लैजान्थे, तर तिनीहरूले पुस्तकहरू छाप्दैनथे वा भजनहरूलाई व्यापक रूपमा उपलब्ध गराउँदैनथे। माथिल्लो स्तरहरूबाट जस्तोसुकै प्रवचनका रेकर्डिङहरू आएका भए पनि ती कहिल्यै तलका मानिसहरूलाई वितरण गरिँदैनथियो। तिनीहरूले यीमध्ये कुनै पनि काम गर्दैनथे। परमेश्‍वरका चुनिएका मानिसहरूसँग बाइबलबाहेक अरू केही थिएन। यदि तँ प्रवचनहरू वा अनुभवात्मक गवाहीहरूको सङ्ग्रह पढ्न चाहन्थिस् भने, तैँले त्यो प्राप्त गर्न सक्दैनथिस्; यदि तैँले केही राम्रा भजनहरू सुन्न चाहन्थिस् भने, त्यो त झनै गाह्रो थियो। कसैले पनि यो काम गर्दैनथ्यो। यदि तँ आत्मिक पुस्तकहरू पढ्न चाहन्थिस् भने, तिनीहरूले तँलाई पढ्न दिनुभन्दा पहिले तिनीहरूसँग तेरो व्यक्तिगत सम्बन्ध हुनुपर्थ्यो। परमेश्‍वरका चुनिएका मानिसहरूले जीवनको आपूर्ति पटक्कै प्राप्त गर्न सक्दैनथे, र मण्डली जीवनलाई अगुवाइ गर्न र व्यवस्थापन गर्नका लागि कुनै असल मानिसहरू थिएनन्। ती प्रेरितहरू र अगुवाहरूले कुनै पनि वास्तविक काम पटक्कै गर्दैनथे। तिनीहरूले नियमित रूपमा गर्ने एउटा काम भनेको बेलाबेलामा सहकर्मीहरूको बैठक आयोजना गर्नु थियो जहाँ तिनीहरूले भव्य रूपमा खान्थे र पिउँथे। तिनीहरूले गर्ने “काम” सायद यही थियो। म त्यतिखेर जवान थिएँ, सत्र वा अठार वर्षको मात्रै थिएँ, र जब मैले यी कुराहरूको बारेमा सुनेँ, तब मलाई यस्तो लाग्यो, “कस्तो भद्रगोल! के यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन्? यो कसरी परमेश्‍वरमा विश्‍वास गर्नेहरूले गर्ने कुरा जस्तो देखिन्छ र?” यो सुनेपछि म अत्यन्तै आक्रोशित भएँ। तिनीहरूले के खाए वा तिनीहरूले के कुराको आनन्द लिए भन्‍ने कुरासँग हाम्रो सरोकार छैन। छोटकरीमा भन्दा, कम्तीमा पनि, तिनीहरूले मण्डली जीवनलाई उचित रूपमा सङ्गठित गरेनन्, तिनीहरूले मानिसहरूलाई आवश्यक पर्ने आत्मिक भोजन—पुस्तकहरू र भजनहरू—वितरण गरेनन्, र तिनीहरूले अगुवा र कामदारहरूलाई संवर्धन गरेनन्। तिनीहरूले यीमध्ये कुनै पनि काम गर्दैनथे। मण्डलीले भेटीहरूमा थोरै रकम प्राप्त गर्दैनथ्यो, तर जब तिनीहरू विभिन्न ठाउँका मण्डलीहरूमा जान्थे, तब तिनीहरूले खाने, पिउने, र मोजमस्ती गर्ने कुराको मात्रै वास्ता गर्थे। तिनीहरूले कुनै वास्तविक काम गर्थेनन् र भेटीहरू कहिल्यै पनि मण्डलीको कामका लागि प्रयोग गर्थेनन्। भेलाहरूमा, तिनीहरूले केही धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्थे र केही नाराहरू लगाउँथे, र कुरा त्यतिमै सकिन्थ्यो; तिनीहरूले वास्तविक समस्याहरू कहिल्यै समाधान गर्थेनन्। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले काम गर्न सुरु गरेपछि, उनले यी घटनाहरूलाई रोके। उनले हरेक समस्या समाधान गर्न सुरु गरे र अलि-अलि गर्दै ठोस काम गर्न थाले, ताकि मण्डली जीवन र मण्डलीको कर्मचारीहरूसम्बन्धी काम बिस्तारै परिवर्तन होस् र सही मार्गमा आओस्, र यो अहिलेसम्म जारी नै छ। परमेश्‍वरका भेटीहरू भनेका मानिसहरूले परमेश्‍वरलाई चढाएका कुराहरू हुन्। यदि तैँले भेटीहरूको व्यवस्थापन र प्रयोगलाई हेरिस् भने, देहधारी परमेश्‍वरको जीवनयापनको खर्चले त्यसको अत्यन्तै सानो भाग मात्रै ओगट्छ। भेटीहरूको बाँकी धेरैजसो भाग सुसमाचार प्रचार गर्ने काम, अगुवा र कामदारहरू र पूर्ण-समय आफ्ना कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूको जीवनयापनको खर्च, र मण्डलीको कामका लागि आवश्यक पर्ने मेसिनरी र उपकरणहरूको खरिद, इत्यादिका लागि प्रयोग गरिन्छ। छोटकरीमा भन्दा, यी सबै खर्चहरू उचित छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्न नसक्ने खालका काम नलाग्ने मानिसहरूलाई पाल्नको सट्टा परमेश्‍वरको घरको कामका लागि प्रयोग गरिन्छ। परमेश्‍वरको घरको कामको कुरा गर्दा, यसको दायरा व्यापक छ। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यी भेटीहरूलाई उचित रूपमा प्रयोग गरे, अलि-अलि गर्दै मण्डली जीवन निर्माण गरे, र अलि-अलि गर्दै प्रशासनिक कामलाई व्यवस्थित गरे। मण्डलीका विभिन्न प्रकारका मानिसहरूलाई पनि वर्गीकरण गरियो: आफ्ना कर्तव्यहरू निर्वाह गर्नेहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह नगर्नेहरूबाट छुट्याइयो, र सत्यतालाई प्रेम गर्नेहरूलाई सत्यताप्रति वितृष्ण हुनेहरूबाट छुट्याइयो। पखाल्नुपर्नेहरूलाई पखालियो, र विभिन्न अवधिहरूमा संवर्धन गर्न उपयुक्त मानिसहरूलाई पनि बढुवा दिइयो। यी कुराहरू तिमीहरू सबैले देखेका र अनुभव गरेका कुराहरू नै हुन्। यस यात्राको दौडान, अवश्य नै, पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यी कुराहरू अनुभव गर्ने क्रममा बिस्तारै सत्यता बुझ्न र काम गर्ने सिद्धान्तहरूलाई पक्रिराख्न थाले। एकातिर, उनले काम गर्ने क्रममा पवित्र आत्माको प्रबोधन प्राप्त गरे। अर्कोतिर, परमेश्‍वरको काम र वचनहरूमार्फत, उनले बिस्तारै परमेश्‍वरका अभिप्रायहरू अझै बढी बुझ्न थाले। उनको बुझाइ धर्मसिद्धान्तहरूको स्तरमा मात्रै सीमित रहेन, न त यो प्रावधान र अभ्यासहरूभित्र मात्रै सीमित रह्यो। बरु, उनको बुझाइ झन्-झन् व्यावहारिक बन्दै गयो, र उनी परमेश्‍वरका मागहरूअनुसार मण्डलीको काम अझै राम्ररी गर्न सक्षम बन्दै गए, जसले मण्डली जीवनलाई अझै स्थिर र अझै सामान्य, र मानिसहरूको जीवन प्रवेशका लागि अझै लाभदायक बनायो। त्यसकारण, निरन्तर खोजी गर्ने र निरन्तर अन्वेषण गर्ने प्रक्रियामा नै पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू बुझ्न, परमेश्‍वरसँग नजिकबाट सहकार्य गर्न, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न, र मण्डलीको काम राम्ररी गर्न सक्दो प्रयास गर्न थाले, र परमेश्‍वरका अभिप्रायहरू व्यर्थ नहोऊन् र परमेश्‍वरको इच्‍छालाई अघि बढाउन सकियोस् भनेर अझै धेरै सटीकताका साथ त्यसलाई सुनिश्चित गर्ने प्रयास गरे। चाहे त्यो मानिसहरूसम्बन्धी कुरा होस् वा जीवन प्रवेशसम्बन्धी कुरा होस्, र चाहे त्यो बाह्य मामलाहरूसँग सम्बन्धित कुरा होस् वा आन्तरिक मामलाहरूसँग सम्बन्धित कुरा होस्, उनले गर्ने हरेक कुरामा उनी दायाँ वा बायाँ नतर्कीकन, सिद्धान्तहरू अनुरूप हुन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन प्रयास गर्छन्। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले यी चार वटा सर्तहरूका साथ आफ्नो काम गर्छन्: साँचो विश्‍वास हुनु, साँचो हृदय हुनु, ख्याल गर्नु, र परमेश्‍वरका अभिप्रायहरूको बुझाइ हुनु। तिमीहरूका लागि, यो अत्यन्तै लाभदायक र अत्यन्तै उपयोगी मात्रै होइन; यो तिमीहरूको आशिष्‌ हो! यदि यो व्यक्ति सच्चा व्यक्ति नभएर, ख्याति र प्राप्ति पछ्याउने र हैसियतका फाइदाहरूको लालसा गर्ने व्यक्ति, छली व्यक्ति, नाफा मात्रै खोज्ने र पैसा देखेपछि मरिहत्ते गर्ने व्यक्ति, वा अविश्‍वासी भएको भए, मलाई भन, के उनले यो काम गर्न सक्थे? के उनले यी सबै तरिकाले सहकार्य गर्न सक्थे? के उनले देहधारी परमेश्‍वरसँग यस्तो मौन समझदारी हासिल गर्न सक्थे? (सक्दैनथे।) त्यसैले, यी व्यक्ति अत्यन्तै महत्त्वपूर्ण छन्! पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले मण्डलीको यो काम राम्ररी गर्न सक्नुको मुख्य कारण उनीसँग हामीले भर्खरै कुरा गरेका चार वटा सर्तहरू हुनु नै हो। एउटै मामलाको कुरा आउँदा, मानिसहरूसँग छनौट गर्ने अधिकार र छनौट गर्ने विकल्प दुवै हुन्छ। तिनीहरूले यसलाई खराब तरिकाले सम्हाल्ने छनौट गर्न सक्छन्, र अवश्य नै तिनीहरूले यसलाई राम्ररी सम्हाल्ने छनौट पनि गर्न सक्छन्। यदि तिनीहरूले यसलाई राम्ररी सम्हाले भने, असङ्ख्य मानिसहरू लाभान्वित हुनेछन्, र परमेश्‍वरले बोल्नुहुने वचनहरू र परमेश्‍वरले गर्नुहुने कामले बिस्तारै मानिसहरूमा परिणामहरू हासिल गर्नेछन्। तर यदि कुनै व्यक्ति असल मार्गमा हिँड्दैन र यसको सट्टा उसले जथाभावी गर्छ भने, उसले कस्ता प्रकारका कुराहरू गर्नेछ? उसले परमेश्‍वरका सबै भेटीहरू व्यक्तिगत आनन्दका लागि प्रयोग गर्नेछ, विलासी कारहरू र विलासी घरहरू किन्नेछ, र संसारभरिका देशहरूमा यात्रा गर्न निजी विमान र क्रुज जहाजहरू समेत किन्नेछ, र खाने, पिउने, र मोजमस्ती गर्ने कुराको आनन्द लिनेछ। बढीमा, उसले कहिलेकाहीँ केही प्रवचनहरू दिनेछ, र कुरा त्यतिमै सकिनेछ। उसले मण्डलीको कुनै पनि काम गर्नेछैन र मण्डली पूर्ण रूपमा भद्रगोल भए पनि त्यसलाई बेवास्ता गर्नेछ, र आफ्नै आनन्दको बारेमा मात्रै ख्याल गर्नेछ। यदि त्यस्तो व्यक्तिले मण्डलीको अगुवाइ गर्ने हो भने, के तिमीहरूलाई मण्डलीको असल जीवन र आफ्ना कर्तव्यहरू निर्वाह गर्नका लागि असल वातावरण पाउन सजिलो हुनेथियो र? (हुनेथिएन।) त्यसैले पवित्र आत्माले प्रयोग गरेका व्यक्ति जस्तो असल व्यक्तिले तिमीहरूलाई अगुवाइ गर्नु साँच्चै नै आवश्यक छ। कतिपय मानिसहरूले पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले गरेका काम देख्छन् र अझै पनि यसलाई केही होइन भन्‍ने ठान्छन्, र यस्तो सोच्छन्, “यो सजिलो छ। यो कुरा कसले गर्न सक्दैन र? जबसम्म व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू बुझ्छ, र ऊ परमेश्‍वरले प्रयोग गरेको व्यक्ति, परमेश्‍वरले तोकेको व्यक्ति हुन्छ, तबसम्म यो काम गर्नु सजिलै हुन्छ।” मलाई भन, के काम यो सजिलो छ त? (छैन।) यो काम राम्ररी गर्नु सजिलो छैन, मुख्य भूमि चीनको जस्तो धार्मिक सतावटको वातावरणमा त झनै सजिलो छैन। पवित्र आत्माले प्रयोग गरेका व्यक्तिलाई अधिकारीहरूले खोजिरहेका थिए; उनी भेलाहरूमा उपस्थित हुन जहाँ गए पनि वा उनले जुनसुकै काम गरे पनि, उनले आफ्नो ज्यान जोखिममा पारिरहेका हुन्थे, र पक्राउ पर्नुको अर्थ मृत्यु हुन्थ्यो। त्यसोभए के उनले आफ्नो कर्तव्य त्यागे त? के उनी पछि हटे? के उनले छली व्यवहार गर्ने र ढिलासुस्ती गर्ने प्रयास गरे? (गरेनन्।) उनी आफ्नो हृदयमा जतिसुकै डराएको भए पनि वा जतिसुकै कमजोर भएको भए पनि, उनले आफ्नो कर्तव्य कहिल्यै त्यागेनन्। कतिपय मानिसहरूले महत्त्वपूर्ण कामको बोझ बोक्दैनन् र तिनीहरूले जहाँ गए पनि कुनै ठूलो खतराको सामना गर्दैनन्। जब तिनीहरूले “मैले आफ्नो कर्तव्य निर्वाह गर्न छोडेको छैन” भनेर भन्छन्, तब यो भन्न सजिलो र गर्न सजिलो हुन्छ। तर पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले झेलेका परिस्थितिहरूलाई विचार गर्दा, उनले त्यस्तो खतरनाक वातावरणमा हरेस नखान र मण्डलीको कामको हरेक पक्षमा ध्यान दिन सक्‍नका लागि—उनले कामको हरेक क्षेत्र र हरेक मामलाको बारेमा सोच्नुपर्थ्यो, र अरू कसैले सोच्नुभन्दा पहिले नै तिनको बारेमा सोच्नुपर्थ्यो—के यो कुरा गर्न सजिलो थियो भनेर तिमीहरू भन्छौ? (थिएन।) मानिसको ऊर्जा र मानिसको प्राकृतिक क्षमताले सहन सक्ने कुरा दुवै सीमित हुन्छन्। जब तैँले उनले यो गरिरहेको देख्छस् तब यो सजिलो देखिन्छ, तर यदि तँलाई यो काम गर्न लगाइएको भए, यो कति गाह्रो छ र यो सजिलो हुने अवस्थाबाट कति टाढा छ भन्‍ने कुरा तँलाई थाहा हुनेथियो। यति धेरै वर्षसम्म प्रवचनहरू सुनेका तिमी मानिसहरूमध्ये, मैले यस्तो दोस्रो व्यक्ति भेट्टाएको छैन, न त मैले यो कामको बोझ बोक्न सक्ने कसैलाई नै भेट्टाएको छु। पवित्र आत्माले मण्डलीहरूलाई बोल्न सुरु गर्नुभएपछि धेरै मानिसहरूले पछ्याउन सुरु गरे र तिनीहरूले अहिलेसम्म जारी राखेका छन्। मण्डली आफ्नो वर्तमान अवस्थामा विकसित भएर आउँदा यो के-कस्ता कुराहरूबाट गुज्रेको छ र यो चरणबद्ध रूपमा यहाँसम्म कसरी आइपुगेको छ भन्‍ने कुरा तिनीहरूलाई थाहा हुनुपर्छ र स्पष्ट हुनुपर्छ। यदि पवित्र आत्माले प्रयोग गरेका व्यक्तिले परमेश्‍वरको बोझका लागि देखाएको ख्याल र बुझाइ नभएको भए, मानव दृष्टिकोणबाट भन्दा, मण्डली आफ्नो वर्तमान अवस्थामा विकसित भएर आउनु सम्भव नै हुनेथिएन। अवश्य नै, कतिपय मानिसहरूले यसो भन्नेछन्, “के उनलाई आफ्नो काममा यस्ता परिणामहरू हासिल गर्न सक्षम बनाउने कुरा पवित्र आत्माको काम र अगुवाइ नै थिएन र?” पवित्र आत्माले तँमाथि पनि काम गर्न चाहनुहुन्छ, तर के तँसँग त्यो साँचो हृदय र ख्याल छ त? के तैँले यो काम गर्न सक्छस्? मलाई तैँले यो काम गर्न सक्छस् जस्तो लाग्दैन। यो तँलाई होच्याएको होइन; बरु, तैँले आधारभूत रूपमै यो काम गर्न सक्दैनस्। पवित्र आत्माले प्रयोग गरेका व्यक्ति र तँ दुवै मानव हौ, तैपनि उनले यो गर्न सक्छन् र तैँले सक्दैनस्। यसले मानिसहरूबीच भिन्‍नताहरू हुन्छन् भन्‍ने कुरालाई प्रमाणित गर्छ। परमेश्‍वरले यो काम गर्नका लागि उनलाई छान्नुभयो, र आफूले छानेको व्यक्तिमा परमेश्‍वर गलत हुनुहुन्नथ्यो। कम्तीमा पनि, यी व्यक्तिसँग यो सर्त छ र उनीसँग यो योग्यता छ, जबकि तँसँग छैन। तँसँग परमेश्‍वरले माग गर्नुभएका सर्तहरू छैनन्, त्यसैले परमेश्‍वरले उनलाई छान्नुभयो र तँलाई छान्नुभएन। तँसँग विश्‍वस्त हुनुबाहेक अरू कुनै विकल्प छैन। यो एउटा तथ्य हो, र यसलाई कसैले इन्कार गर्न सक्दैन, होइन र? (हो।)

हामीले मण्डली जीवन, पुस्तकहरूको छपाइ, र मण्डलीका हरेक पक्षका बारेमा कुरा गरिसकेका हुनाले, अब हामी सन् १९९५ देखि सुरु भएको सुसमाचार प्रचार गर्ने कामबारे कुरा गरौँ। त्यस बेला, पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले मलाई, “के अब सुसमाचार प्रचार गर्दा हुन्छ? कतिपय मानिस बाहिर गएर सुसमाचार प्रचार गर्न चाहेको भन्छन्” भनेर बताए र म सहमत भएँ। त्यसपछि, पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले यस कामका लागि प्रबन्धहरू गर्न थाले। उनले सुसमाचार टोलीहरूलाई साधारण तरिकाले सङ्गठित गरेर निश्‍चित मानिसहरूलाई सुसमाचार प्रचार गर्न निश्‍चित ठाउँहरूमा पठाउने, त्यो एउटा साधारण प्रबन्ध गर्ने, र सबै कुराको प्रबन्ध भयो भनेर ठान्ने काम गरेनन्। सुसमाचार टोलीहरूलाई सङ्गठित गर्दा, उनले विभिन्न धर्म र सम्प्रदायका मानिसहरूलाई कसरी प्रचार गर्ने, विभिन्न धर्म र सम्प्रदायका मानिसहरूलाई सुसमाचारका कस्ता सत्यताहरू आवश्यक पर्छ, र सुसमाचारका पुस्तकहरूमा समावेश गर्नका लागि परमेश्‍वरका वचनहरूबाट कुन-कुन खण्ड र विषयवस्तु छनौट गर्ने भनेर मनन गरे। त्यसपछि उनले सुसमाचारका सत्यताहरूका विभिन्न पक्षसँग सम्बन्धित परमेश्‍वरका केही अत्यावश्यक वचन छनौट र सङ्कलन गरे र तिनलाई विशेष गरी सुसमाचार प्रचार गर्नका लागि नै भनेर पुस्तकहरूका रूपमा छाप्न लगाए। पुस्तकहरू छापिएपछि, पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले सुसमाचारसम्बन्धी कामदारहरूको तालिम गर्ने व्यवस्था पनि गरे र सुसमाचार प्रचार गर्ने सिद्धान्तहरू व्यक्तिगत रूपमा तयार पारे। उनले गरेका ठोस काम यही थियो। अर्थात्, जब म उनलाई कुनै मामिलाबारे बताउँछु, तब उनी अर्को शब्द नबोलीकनै र कुनै सम्झौता नगरीकनै गएर त्यसलाई लागू गर्छन्। यो कसरी गर्ने भनी प्रश्नहरू सोधेर उनी मलाई दुःख दिँदैनन् वा झर्को लगाउँदैनन्; मैले यसबारे चिन्ता लिनु पर्दैन। यदि कुनै मामिला तिमीहरूलाई सुम्पिइयो भने, मैले अझै पनि यसबारे चिन्ता लिनुपर्छ र यसको जाँच गर्नुपर्छ। तर पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिको हकमा भन्दा, के गर्ने भनेर म उनलाई एउटै वाक्य भन्छु, र उनी गएर त्यो काम गर्छन् र त्यसलाई लागू गर्छन्। ममा सबैभन्दा गहिरो छाप छोडेको कुरा के थियो भने, पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले सुसमाचार प्रचार गर्ने धेरै सिद्धान्त तयार पारे, जस्तै सुसमाचार कसरी प्रचार गर्ने, कसलाई प्रचार गर्न सकिन्छ र कसलाई प्रचार गर्न सकिँदैन, र प्रचार गर्न कुन-कुन विधिहरू प्रयोग गर्ने र कुन-कुन विधिहरू प्रयोग नगर्ने। उनले एक-एक गर्दै निश्‍चित तरिका र विधिहरू अत्यन्तै विस्तृत रूपमा तयार पारे। त्यसपछि उनले सुसमाचार टोलीहरूका लागि बारम्बार भेलाहरू आयोजना गरे, तिनीहरूलाई प्रश्नहरू उठाउन लगाए, र जवाफहरू प्रदान गर्न तिनीहरूसँग सङ्गति गरे। धार्मिक मानिसहरूमा परमेश्‍वरको आखिरी दिनहरूको कामबारे के-कस्ता धारणा र प्रश्नहरू हुन्छन्, तिनको सामना कसरी गर्नुपर्छ, कुन-कुन सत्यताहरू सङ्गति गर्नुपर्छ, र तिनीहरूका प्रश्नहरू समाधान गर्न कुन-कुन विधिहरू प्रयोग गर्नुपर्छ भन्‍ने कुरा पनि उनले पत्ता लगाए। उनले साना वा ठूला हरेक मामिलामा ध्यान दिए, अनि कमिलाले हड्डी चपाएजस्तै गरी तिनलाई अलि-अलि गर्दै समाधान गरे। हेर् त, मैले एउटै वाक्य बोलेँ र उनले गएर त्यसलाई लागू गरे, र म जेमा पनि हात नहाल्ने प्रबन्धक बन्न सकेँ। म किन यसो भन्छु? पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले त्यहाँ काम गरिरहेको हुनाले, मैले चिन्ता लिनु परेन, किनभने उनी यो कामको अभिभारा उठाउन पूर्ण रूपमा सक्षम थिए। उनले ख्याल गरे र खोजी पनि गरे; अवश्य नै, उनी अधीनस्थ रहने पनि थिए र उनले साँच्चै मूल्य चुकाए। अर्थात्, उनी मैले बोलेका वचनहरू र मेरा मागहरूलाई लिएर तिनलाई लागू गर्न सक्थे। यसरी, सुसमाचार अलि-अलि गर्दै फैलियो। जतिसुकै मानिसहरूले सुसमाचार प्रचार गरिरहेका भए पनि, जे भए पनि, पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिबाट नै यो काम सुरु भयो र यसले प्रगति गर्न थाल्यो। यसको व्यवस्था गर्ने, यसको अनुगमन गर्ने, यो लागू गर्ने, र यसको सुपरिवेक्षण गर्ने व्यक्ति उनी नै थिए, जसले कामलाई अलि-अलि गर्दै आजको अवस्थामा ल्याए। काममा भएका वर्तमान उपलब्धिहरू ती प्रारम्भिक कामका प्रबन्ध, कामको विवरणका प्रावधानहरू, र सामान्य मामिलाका प्रबन्धहरूका आधारमा प्राप्त भएका हुन् भनेर भन्न सकिन्छ। यी सबै कुरा पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले गरेका काम थिए। उनीसँग साँचो हृदय छ र उनले वास्तविक मूल्य चुकाएका छन्। के यी तथ्यहरू होइनन् र? (हुन्।)

राज्यको सुसमाचार झन्-झन् व्यापक रूपमा फैलिँदै जाँदा र झन्-झन् धेरै मानिसले कामको यो चरण स्वीकार गर्दै जाँदा, यसमा कुन समस्या समावेश थियो? यसमा मण्डलीहरू स्थापना गर्ने समस्या समावेश थियो। के तिमीहरू मण्डलीहरू स्थापना गर्ने काम राम्ररी गर्न सक्थ्यौ? तिमीहरू अझै पनि यो काम राम्ररी गर्न असक्षम हुनेथियौ। पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले अझै पनि व्यक्तिगत रूपमा कार्य प्रबन्धहरू गर्नुपर्थ्यो, यो काम कार्यान्वयन गर्नुपर्थ्यो, र यो काम गर्नुपर्थ्यो, अनि व्यक्तिगत रूपमा सुपरिवेक्षण गर्नुपर्थ्यो, अनुगमन गर्नुपर्थ्यो, र यो कामलाई अगाडि बढाउन जोड दिनुपर्थ्यो। त्यसकारण, उनले बारम्बार अगुवा र कामदारहरूका लागि र सुसमाचारको कामको जिम्मेवारी लिएका मानिसहरूका लागि भेलाहरू बोलाउँथे, तिनीहरूलाई मण्डलीहरू कसरी स्थापना गर्ने, कति जना मानिसहरू मिलेर एउटा मण्डली बन्नुपर्छ, कति वटा मण्डलीहरू मिलेर एउटा जिल्ला बन्नुपर्छ, कति वटा जिल्लाहरू मिलेर एउटा क्षेत्र बन्नुपर्छ, प्रत्येक मण्डलीमा कति जना मण्डली अगुवाहरू र कति जना डिकनहरू नियुक्त गर्नुपर्छ, इत्यादि कुराहरू बताए। उनले भेटीहरूको व्यवस्थापन र प्रयोगका लागि निश्‍चित प्रबन्धहरूलगायत मण्डलीको काममा समावेश हरेक विवरणको सम्बन्धमा निश्‍चित प्रावधानहरू बनाए। यी सबै पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले गरेका काम थिए। मलाई भन त, के देहधारी परमेश्‍वरसँग उनको मौन समझदारी छ? (छ।) यदि उनको हृदयमा परमेश्‍वरका अभिप्रायहरूप्रति कुनै ख्याल थिएन भने, वा अलिकति मात्रै ख्याल थियो भने, वा उनले देखाएको ख्यालमा कुनै हदसम्म सम्झौता भएको भए, के यो काम लागू हुन सक्थ्यो त? (सक्दैनथ्यो।) मण्डलीमा कस्तो परिस्थिति उत्पन्न हुनेथियो? (मण्डली जीवन भद्रगोल हुनेथियो।) मण्डली जीवन भद्रगोल हुने मात्र होइन, मण्डलीको कामका सबै पक्ष पनि भद्रगोल हुनेथिए। दुर्जन मानिसहरूले पनि अवरोध र बाधाहरू खडा गर्न सक्नेथिए, र तिनीहरूले मण्डलीमा शक्ति हातमा लिन र अन्तिम निर्णय गर्न समेत सक्नेथिए। जताततै मण्डलीहरू स्थापना गर्ने काम भद्रगोल हुनेथियो, र जनशक्तिको प्रबन्ध र भेटीहरूको व्यवस्थापन जस्ता विभिन्न काम भद्रगोल हुनेथिए। यदि अगुवाका रूपमा सेवा गर्ने व्यक्तिसँग परमेश्‍वरको साँच्चै ख्याल गर्ने हृदय नभएको भए र, मण्डलीको राम्रो विकास भइरहेको, यसको आकार बढिरहेको, र सङ्ख्यामा वृद्धि भइरहेको देखेर, उसले हैसियतका फाइदाहरूको आनन्द लिन, विगतका उपलब्धिहरूको भरमा बाँच्न, र आफ्ना बाँकी वर्षहरू सुखसुविधामा बिताउन थालेको भए—यदि यस्तो प्रकारको व्यक्ति अगुवा भएको भए, मण्डलीको काम राम्ररी हुनेथिएन। तर, पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिले हालसम्म पनि मण्डलीको काममा सधैँ आफ्नो भरमग्दुर प्रयास गरेका छन्। सङ्कल्प भएका मानिसहरूले प्रायजसो प्रयोग गर्ने एउटा भनाइ हो, “जबसम्म जीवन रहन्छ, तबसम्म सङ्घर्ष जारी रहन्छ।” पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्तिको हकमा भन्दा, जबसम्म जीवन रहन्छ, तबसम्म काम जारी रहन्छ। उनले सधैँ कामलाई जारी राखेका छन्। तैँले उनलाई आराम गर्न भन्दा पनि, उनी आराम गर्दैनन्; उनी हरेक दिन यसरी नै काम गर्छन् र जतिसुकै थकित भए पनि काममा लागिरहन्छन्। के यो परमेश्‍वरका अभिप्रायहरू बुझेर मात्रै हासिल गर्न सकिने कुरा हो? के कसैले उनलाई सुपरिवेक्षण गरिरहेको र कर गरिरहेको हुनाले मात्रै उनले काम गरेका हुन्? होइन। मानिसहरूका हृदय एउटै हुँदैनन्। यो व्यक्तिसँग परमेश्‍वरको डर मान्ने हृदय छ र उनी परमेश्‍वरको हृदयको ख्याल गर्छन्। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो! उनी जतिसुकै थकित भए पनि नकारात्मक हुँदैनन्, र उनले जस्तोसुकै कठिनाइको सामना गरे पनि, उनी पछि हट्दैनन्; उनी सधैँ काममा लागिरहन्छन्। त्यसकारण, मण्डलीको कामका सबै पक्ष अब चरणबद्ध रूपमा सही मार्गमा आएका छन्, झन्-झन् सहज रूपमा अघि बढिरहेका छन्, र तिनले झन्-झन् राम्रा नतिजाहरू हासिल गरिरहेका छन्। हरेक ठोस काम गर्नका लागि तिमीहरूलाई अगुवाइ गर्ने यस्तो व्यक्ति हुँदा कस्तो महसुस हुन्छ? यदि तिमीहरूलाई अगुवाइ गर्ने यो व्यक्ति नभएको भए, तिमीहरूलाई के हुनेथियो? के तिमीहरूमा धेरै कुराको कमी हुनेथिएन र? (हुनेथियो।) यो व्यक्ति हुनु तिमीहरूका लागि एकदमै महत्त्वपूर्ण छ। उनले मण्डलीको हरेक कामलाई सही मार्गमा ल्याएका छन्। कामको हरेक चरणमा उत्पन्न हुने समस्याहरू झन्-झन् कम भएका छन्, समाधान गर्नुपर्ने समस्याहरू झन्-झन् कम भएका छन्, र मानिसहरूले बुझ्ने सत्यता सिद्धान्तहरू झन्-झन् स्पष्ट भएका छन्। यी नतिजाहरू यो व्यक्ति उपस्थित भएकाले मात्रै आएका होइनन्, तर अझ महत्त्वपूर्ण रूपमा, परमेश्‍वरसँग उनको मौन समझदारी भएकाले आएका हुन्। यदि उनले फरक मार्ग लिएका भए के हुन्थ्यो? यदि उनी आफ्नै उद्यममा संलग्न भएका भए र आफ्नै हैसियतको व्यवस्थापन गरेका भए के हुन्थ्यो? तब आउने नतिजाहरू यस्ता हुनेथिएनन्। उनले गर्ने सबै कामको प्रकृति परमेश्‍वरको कामसँग नजिकबाट सहकार्य गर्ने, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्ने, र परमेश्‍वरसँग मौन समझदारी राख्ने खालको भएकाले नै, अन्ततः लाभ प्राप्त गर्नेहरू तिमीहरू नै हुन्छौ। तिमीहरूले कति लाभ प्राप्त गरेका छौ? अन्त कतै टाढा नहेर्दा, कम्तीमा पनि, तिमीहरूले विज्ञताका विभिन्न क्षेत्रका बारेमा धेरै कुरा बुझेका छौ, आफ्नो विज्ञतामा प्रगति गरेका छौ, र बिस्तारै अनाडीबाट पेशेवर बनेका छौ। यसबाहेक, उनले सत्यता सिद्धान्तहरूका बारेमा जति विस्तृत र निश्‍चित रूपमा बोल्छन्, र तिमीहरूसँग उनका मागहरू जति कडा हुन्छन्, र विशेष गरी, उनले तिमीहरूलाई काटछाँट गर्ने शब्दहरू जति कठोर हुन्छन्, तिमीहरूले तिनलाई आफ्नो हृदयमा त्यति नै बढी कुँद्न, तिनलाई गहिरो रूपमा याद गर्न, सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने कुरा स्पष्ट रूपमा बुझ्न, र परमेश्‍वरका अभिप्रायहरू के हुन् भन्‍ने कुरा बुझ्न सक्छौ। तिमीहरू साँच्चै नै त्यति नीच छौ। तिमीहरूलाई सत्यता सिद्धान्तहरूमा जतिसुकै पटक सङ्गति गरिए पनि, तिमीहरूले तिनलाई याद गर्न सक्दैनौ। जब पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिले तिमीहरूलाई बारम्बार यति गम्भीर रूपमा खुलासा गर्छन् र काटछाँट गर्छन्, र तिमीहरूलाई हप्काउने समेत गर्छन्, तब मात्रै तिमीहरूले केही सत्यता सिद्धान्तहरू बुझ्छौ, आफ्नो आत्मआचरण र कार्यहरूमा निकै बढी अनुशासित र भद्र बन्छौ, र आफ्ना मनोवृत्तिहरूलाई सही बनाउँछौ। अवश्य नै, काटछाँट गरिने प्रक्रियामा, तिमीहरू डरले काँप्छौ पनि, तिमीहरूलाई पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिले तिमीहरूलाई छर्लङ्गै देख्नेछन् र तिमीहरूलाई निकाल्नेछन् भन्‍ने डर सधैँ लागिरहन्छ। म यसलाई असल कुराको रूपमा देख्छु, खराब कुराको रूपमा होइन। कम्तीमा पनि, कतिपय मानिसहरूको आफ्नो कर्तव्य पूरा गर्ने मनोवृत्ति अहिले धेरै राम्रो भएको छ र तिनीहरूले पहिलेभन्दा धेरै राम्रो व्यवहार गर्छन्। यसले सकारात्मक प्रभाव पारेको छ। मानिसहरूलाई हप्काउनु गलत जस्तो देखिए पनि, र बाहिरी रूपमा हेर्दा, यो त्यति परिष्कृत नदेखिए पनि र शब्दहरू सुन्न त्यति आनन्ददायी नभए पनि, हासिल हुने परिणामहरू असल हुन्छन्। यो परिणाम हासिल गर्नका लागि, पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिले कति मूल्य चुकाएका छन्? उनी तिमीहरूसँग कति पटक रिसाउनुपर्छ? तिमीहरू नै भन, जब उनले तिमीहरूलाई काटछाँट गर्छन्, तब के उनी रिसाउँदैनन् र? के उनलाई रिस उठ्दैन र? के यसले उनको स्वास्थ्यमा पनि हानि गर्दैन र? उनले तिमीहरूलाई काटछाँट गर्न चाहँदैनन्। कहिलेकाहीँ उनी यति धेरै रिसाउँछन्, फलस्वरूप उनले तिमीहरूलाई हप्काउँछन्, र उनले बोल्ने शब्दहरू त्यति परिष्कृत नसुनिन सक्छन्। तर मैले तिमीहरूसँग अन्तरक्रिया गर्दा देखेका तिमीहरूका प्रकटीकरणहरूबाट हेर्दा, उनले भनेको कुरा सही हुन्छ र तिमीहरूको वास्तविक परिस्थिति अनुरूप नै हुन्छ; यो अलिकति पनि अत्यधिक हुँदैन। तिमीहरूले त्यस्तो के गरेका छौ जसले यो व्यक्तिलाई यति धेरै रिसाउने बनाउँछ? किनभने तिमीहरूले गर्ने कुराहरू अत्यन्तै रिस उठाउने खालका हुन्छन्। तिमीहरूलाई यति धेरै वर्षदेखि सत्यता सिद्धान्तहरूमा सङ्गति गरिएको छ, तैपनि तिमीहरू अझै पनि तिनलाई बुझ्दैनौ र अझै पनि आफ्नै इच्छाअनुसार जथाभावी गर्छौ। त्यसपछि मात्रै उनी यसरी बोल्न बाध्य हुन्छन्। यसो भनेपछि, उनी आफैलाई पनि पछुतो हुन्छ, र उनले भन्छन्, “हामी सबै दाजुभाइ-दिदीबहिनीहरू हौँ; म किन यति धेरै रिसाउँछु?” म उनलाई सान्त्वना दिन्छु र प्रोत्साहन दिन्छु: “तिनीहरूलाई यसरी नै काटछाँट गरिनुपर्छ। यसमा कुनै गल्ती छैन। अर्को पटक तिमीले यस्तो प्रकारको परिस्थितिको सामना गर्दा, तिमीले अझै पनि तिनीहरूलाई काटछाँट गर्नुपर्छ।” तिमीहरू नै भन, के उनलाई यसरी प्रोत्साहन दिनु सही हो? (हो।) मानिसहरू अत्यन्तै गहिरो रूपमा भ्रष्ट छन्, अत्यन्तै संवेदनहीन छन्, र तिनीहरूको कद दयनीय रूपमा सानो छ, त्यसैले नै एउटा अत्यन्तै सरल मामलामा पनि परिणामहरू हासिल गर्न हप्काउनु र कराउनु पर्ने आवश्यकता हुन्छ। नत्र भने, काम गर्न सकिँदैन। सबैले आफू सक्षम छु भन्‍ने सोच्छन्, र सबैले आफ्नै इच्छाअनुसार स्वेच्छाचारी रूपमा र जथाभावी गर्न चाहन्छन्। तिमीहरू नै भन, के कामकुराहरूलाई नियन्त्रणमा राख्ने यस्तो व्यक्ति नहुँदा त्यो स्वीकार्य हुनेथियो त? (हुनेथिएन।) मानिसहरू सबैले म परमेश्‍वरमा विश्‍वास गर्छु भनेर त भन्छन्, तर तिनीहरूमध्ये कसैसँग पनि परमेश्‍वरको डर मान्ने हृदय हुँदैन; तिनीहरू सबै भ्रष्ट स्वभावहरूले भरिएका मानिसहरू हुन्। यदि कामकुराहरूलाई नियन्त्रणमा राख्ने कोही नभएको भए, त्यसपछिको परिस्थिति कस्तो हुनेथियो भने सबैले अन्तिम निर्णय गर्न चाहनेथिए र सबैले राजाजस्तै अधिकार प्रयोग गर्न चाहनेथिए, जबकि तिनीहरूले सत्यतालाई अख्तियार लिन दिन इन्कार गर्नेथिए, र परमेश्‍वरलाई अख्तियार हातमा लिन दिन इन्कार गर्नेथिए। यदि सत्यताले अख्तियार लिने हो र सत्यताले शासन गर्ने हो भने, तिमीहरूलाई निगरानी गर्ने कोही हुनैपर्छ, र तिमीहरूलाई रोक्नका लागि यी व्यक्तिलाई प्रयोग गरिनुपर्छ। के यो प्रभाव हासिल गर्न सजिलो छ? (छैन।) पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिले काम गर्दा, उनले जति धेरै काम गर्छन्, उनी त्यति नै बढी रिसाउँछन्; उनले जति धेरै काम गर्छन्, उनी त्यति नै बढी चिन्तित हुन्छन्; उनले जति धेरै काम गर्छन्, उनका शब्दहरू त्यति नै कठोर हुन्छन्; उनले जति धेरै काम गर्छन्, उनले तिमीहरूलाई त्यति नै बारम्बार काटछाँट गर्छन्; र उनले जति धेरै काम गर्छन्, तिमीहरूप्रतिको उनको मनोवृत्ति त्यति नै खराब हुँदै जान्छ। यसले मात्रै पनि तिमीहरूको क्षमता कति खराब छ, तिमीहरू कति हठी छौ, तिमीहरू कति संवेदनहीन छौ, र तिमीहरूको कद कति सानो छ भन्‍ने कुरालाई प्रतिबिम्बित गर्छ। तिमीहरू नै भन, काम यति गाह्रो हुँदा पनि, के पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिले हरेस खाएका छन् त? उनले हरेस खाएका छैनन्। तिमीहरूले उही आधारभूत गल्तीहरू जतिसुकै पटक गरे पनि, के उनले तिमीहरूप्रति आशा मारेका छन् त? (मार्नुभएको छैन।) जब-जब कुनै समूहले कुनै समस्याको बारेमा खोजी गर्छ, तब-तब ती ब्रदरले, अर्को एक शब्द नबोलीकन र कुनै सम्झौता नगरीकन, तुरुन्तै यस विषयमा सङ्गति गर्छन् र यसलाई समाधान गर्छन्। कहिलेकाहीँ उनी खाना खाइरहेका हुन्छन् वा आराम गर्न लागेका हुन्छन्, तर उनले आफ्नो कचौरा तल राख्छन् वा आराम गर्ने कुरालाई पछि सार्छन् र तुरुन्तै जवाफ दिन्छन्। उनी भन्छन्, “मैले जवाफ दिएपछि, तिनीहरूले चाँडै काम सुरु गर्न सक्छन्। काममा ढिलाइ हुनु हुँदैन; काम जरुरी छ। मैले जवाफ दिएपछि, मलाई सहज महसुस हुनेछ, र म मनमा शान्ति लिएर आराम गर्न पनि सक्नेछु।” हेर त, समस्याहरू समाधान गर्नेप्रतिको उनको मानसिकता सही छ कि छैन? (छ।) उनले सधैँ तिमीहरूको सुपरिवेक्षण गरिरहेका हुन्छन् र तिमीहरूलाई हौसला दिइरहेका हुन्छन्, र उनले तिमीहरूलाई बारम्बार काटछाँट पनि गर्छन्। उनले सधैँ तिमीहरूको कामको जाँच पनि गरिरहेका हुन्छन्, तिमीहरू खाली बस्‍न नपरोस् भनेर तिमीहरूको कामको बोझलाई पूर्ण कायम राख्छन्, र उनले हरेक दिन तिमीहरूलाई निगरानी गर्छन्। तिमीहरू नै भन, तिमीहरूलाई अगुवाइ गर्ने यस्तो व्यक्ति हुनु राम्रो हो कि होइन? (हो, यो राम्रो हो।) मलाई लाग्छ यो व्यक्ति हुनु निकै राम्रो हो। सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नमा उनी तिमीहरूका लागि निकै सहयोगी छन्। उनलाई मन नपराउने नगर, र गुनासो नगर। म सत्यता सङ्गति गर्ने कामका लागि जिम्मेवार छु, र ममा यो सामान्य मामिलाको काम र प्रशासनिक काम गर्नका लागि साँच्चै शारीरिक सामर्थ्य वा ऊर्जा छैन। यसबाहेक, ती ब्रदरले नै यो काम गरिरहेका हुनाले, मैले यो काम गर्नुपर्ने कुनै आवश्यकता नै छैन। यदि मैले तिमीहरूमा काम गरेको भए, म निकै नरम हुनेथिएँ। यसले तिमीहरूलाई फाइदा उठाउने अवसर दिनेथियो, र तिमीहरू अहिले जति भद्र छौ त्यति भद्र हुने सम्भावना हुनेथिएन। मलाई यो परिस्थिति थाहा छ। म तिमीहरूप्रति यति उदार हुनु तिमीहरूका लागि पूर्ण रूपमा उपयुक्त कुरा होइन। जब म कतिपय मानिसहरूलाई कडाइका साथ व्यवहार गर्दिनँ, तब तिनीहरू छाडा र अनियन्त्रित बन्छन्, र तिनीहरूले अनुचित फाइदा समेत उठाउँछन्, आफ्नो काम लापरवाह र झाराटारुवा तरिकाले गर्छन्। के यस्तो प्रकारका मानिसहरूलाई काटछाँट गरिनु पर्दैन र? (पर्छ।) तिमीहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा भनेको ती ब्रदरको काम गर्ने कठोर तरिका नै हो—जति कठोर भयो, त्यति नै राम्रो। जब त्यो दिन आउँछ जतिखेर तिमीहरूले सत्यता बुझ्छौ, र तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न जान्दछौ, सत्यता सिद्धान्तहरूअनुसार सही रूपमा अभ्यास गर्न सक्छौ, आफ्ना कर्तव्यहरू झन्-झन् राम्ररी पूरा गर्छौ, आफ्ना कर्तव्यहरू झन्-झन् उचित तरिकाले पूरा गर्छौ, तिमीहरू आफ्ना कर्तव्यहरूको निर्वाहमा झन्-झन् प्रभावकारी बन्छौ, परमेश्‍वरको अघि आउन जान्दछौ, सत्यता अभ्यास गर्न जान्दछौ, र परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गर्न जान्दछौ, तब तिमीहरू नै भन, के यो असल कुरा हुनेछैन र? (हुनेछ।) यो असल कुरा हो। यस्तो व्यक्ति हुनु तिमीहरूका लागि अत्यन्तै लाभदायक कुरा हो। यी व्यक्तिले यी सबै कुराहरू गर्छन् किनभने परमेश्‍वरसँग उनको मौन समझदारी छ। यो मौन समझदारीको अर्थ परमेश्‍वरको ख्याल गर्नु र कुनै सम्झौता नगरीकन उहाँका वचनहरूलाई लागू गर्न र अभ्यास गर्न सक्षम हुनु, त्यसपछि तिमीहरूलाई अलि-अलि गर्दै परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा ल्याउनु हो, ताकि आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिमीहरू बिस्तारै मानकअनुरूप हुन र सही मार्गमा आउन सक, र ताकि तिमीहरूले परमेश्‍वरले तिमीहरूलाई दिनुभएको मिसन सफलतापूर्वक पूरा गर्न र परमेश्‍वरलाई लेखा दिन सक। यो असल कुरा हो। त्यसोभए तिमीहरू नै भन, यस प्रक्रियामा, पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिले कस्तो भूमिका खेल्छन्? तिमीहरूले उनलाई कस्तो भूमिका खेलिरहेका छन् भन्‍ने ठान्छौ? (घरको मूली।) यो त घरको मूली जस्तै, होइन र? सम्पूर्ण मार्गभरि, उनले तिमीहरूलाई अगाडि बढ्न अगुवाइ गर्छन्। काममा जस्तोसुकै कठिनाइहरू उत्पन्न भए पनि, उनले कहिल्यै कठिनाइको बारेमा गुनासो गर्दैनन्, कहिल्यै कष्टको बारेमा गुनासो गर्दैनन्; यदि कोही पछि हट्छ भने, उनले तिनीहरूलाई तान्छन् र अगाडि बढाउन तिनीहरूलाई झकझकाउँछन्।

परमेश्‍वरसँग मौन समझदारी हासिल गर्ने विषयमा अझै धेरै कुराहरू छन्, र केही विवरणहरू अझै छलफल गरिएका छैनन्। यदि तिमीहरू तिनका बारेमा सुन्न चाहन्छौ भने, हाम्रो अर्को भेलामा हामी यी निश्‍चित विवरणहरूका बारेमा छलफल गर्नेछौँ ताकि परमेश्‍वरसँग मौन समझदारी हुनुको अर्थ के हो र, परमेश्‍वरसँग मौन समझदारी हासिल गर्न सक्ने मानिसहरूको हकमा, परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ र परमेश्‍वरले तिनीहरूलाई कसरी ठहर र परिभाषित गर्नुहुन्छ भन्‍ने बारेमा तिमीहरूले केही बुझाइ प्राप्त गर्न सक। हामी यी सबै कुराहरूका बारेमा सङ्गति गर्नेछौँ। आजका लागि हाम्रो सङ्गति यहीँ समाप्त गरौँ। बिदा!

डिसेम्बर २१, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (३१)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्