सत्यता कसरी पछ्याउने (१६)

हाम्रो हालैको सङ्गतिको विषयवस्तु विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने बारेमा रहेको छ—तिनीहरूको उत्पत्तिका आधारमा तिनीहरूका फरक-फरक वर्ग र वर्गीकरणहरूलाई छुट्याउने, अनि त्यसपछि वास्तविक जीवनमा तिनीहरूका विविध प्रकटीकरणहरूमार्फत विभिन्न प्रकारका मानिसहरूको सारलाई खुट्ट्याउने। विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउन सिक्नु तिनीहरूलाई कसरी सही तरिकाले व्यवहार गर्ने र आफूलाई कसरी सही तरिकाले व्यवहार गर्ने भन्‍ने सन्दर्भमा लाभदायक हुन्छ, होइन र? (हो।) के यी कुराहरूमा सङ्गति गर्दा त्यसले परमेश्‍वरमा विश्‍वास गर्नेहरूका बारेमा मानिसहरूका अघिल्ला धारणाहरू र कल्पनाहरूलाई पनि समाधान गरेको छैन र? उदाहरणका लागि, धेरै मानिसहरूले सबै विश्‍वासीहरूलाई दाजुभाइ-दिदीबहिनीको रूपमा व्यवहार गर्थे। जबसम्म कुनै व्यक्ति मण्डलीमा हुन्थ्यो, जबसम्म ऊ आफ्नो कर्तव्य निर्वाह गर्न उत्साही हुन्थ्यो, तबसम्‍म उसले जतिसुकै दुष्टता गरे पनि, उसको मानवता जतिसुकै भयानक भए पनि, वा उसको स्वभाव जतिसुकै अहङ्कारी, धूर्त, वा छली भए पनि, यी मानिसहरूले उसलाई दाजुभाइ-दिदीबहिनीको रूपमा व्यवहार गर्थे र प्रेमले उसलाई मदत गर्थे। के त्यस्ता मानिसहरूमा खुट्ट्याउने क्षमता हुन्छ? (हुँदैन।) विगतका केही वर्षहरूको मलजल र आहारद्वारा, तिमीहरूका दृष्टिकोणहरू निकै परिवर्तन भएका छन्, होइन र? (हो।) अब तिमीहरूका दृष्टिकोणहरू परिवर्तन भएकाले, के तिमीहरू विभिन्न प्रकारका मानिसहरूलाई व्यवहार गर्दा तुलनात्मक रूपमा सैद्धान्तिक हुँदैनौ र? (हुन्छौँ।) के विभिन्न प्रकारका मानिसहरूप्रतिका तिमीहरूका दृष्टिकोण र मनोवृत्तिहरू पहिलेभन्दा फरक छैनन् र? (हो, ती फरक छन्।) यी विषयहरूमा सङ्गति गर्नुभन्दा पहिले, विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने क्षमता मानिसहरूमा थिएन, र तिनीहरूले जबसम्म कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, तबसम्म ऊ असल व्यक्ति हो, परमेश्‍वरको घरको सदस्य हो, र खराब मानवता भएकाहरू पनि परमेश्‍वरले मुक्ति दिन चाहनुभएका व्यक्तिहरू हुन् भन्‍ने विश्‍वास गर्थे। अहिले यसलाई हेर्दा, के कुरा त्यस्तो हो त? (होइन।) अहिले हेर्दा, कुरा त्यस्तो होइन। त्यसोभए, अहिले यसलाई हेर्दा, के असल मानिसहरू धेरै छन् कि खराब मानिसहरू? (मलाई लाग्छ खराब मानिसहरू धेरै छन्। पहिले, मैले धेरै मानिसहरूलाई निकै असल मानिसहरूका रूपमा हेर्थेँ, तर परमेश्‍वरको सङ्गतिद्वारा र त्यसलाई विभिन्न प्रकारका मानिसहरूका प्रकटीकरणहरूसँग सम्बन्धित गराएर हेर्दा, मलाई खराब मानिसहरू नै धेरै रहेछन् जस्तो लाग्छ।) पहिले, तिमीहरूमा बढीमा स्पष्ट रूपमा अविश्‍वासीहरू, अवसरवादीहरू, दुष्ट आत्माहरू, फोहोरी दियाबलसहरू, र स्पष्ट अवरोध र बाधा पुऱ्याउन सक्नेहरूलाई तिनीहरू असल मानिस वा दाजुभाइ-दिदीबहिनी होइनन् भन्‍ने जानेर केही हदसम्म खुट्ट्याउने क्षमता थियो। अहिले, यस्तो सङ्गतिद्वारा, स्पष्ट प्रकटीकरणहरू भएकाहरूलाई खुट्ट्याउन सक्नुबाहेक, के तिमीहरूले लगभग सबै मानिसहरूलाई तिनीहरूका प्रकाश र प्रकटीकरणहरूका आधारमा खुट्ट्याउन सक्दैनौ र? (सक्छौँ।) त्यसोभए, यस्तो सङ्गतिपछि, जब तिमीहरूले फेरि मानिसहरूसँग अन्तरक्रिया गर्छौ, तब के यो पहिलेभन्दा फरक महसुस हुँदैन र? (अलि फरक महसुस हुन्छ। अहिले जब म मानिसहरूसँग अन्तरक्रिया गर्छु, तब तिनीहरू मानव, पशुबाट पुनर्जन्‍म भएका हुन् कि दियाबलसहरूबाट पुनर्जन्म भएका हुन् भनी जाँच्नका लागि तिनीहरूले कामकुराहरूको सामना गर्दा प्रकट गर्ने प्रकटीकरणहरू र व्यक्त गर्ने दृष्टिकोणहरूलाई अवलोकन गर्नमा ध्यान दिन्छु। म मानिसहरूलाई तिनीहरूको सार र वर्गीकरणको आधारमा खुट्ट्याउनमा ध्यान दिन थालेको छु।) यसको अर्थ तिमीहरूले मानिसहरूलाई खुट्ट्याउन सिकेका छौ। त्यसोभए, के तिमीहरूले आफैलाई खुट्ट्याउन सक्छौ? (अलिअलि।) छोटकरीमा, यस विषयमा सङ्गति गर्नु मानिसहरूलाई खुट्ट्याउने कार्यका लागि लाभदायक हुन्छ। यसले तिमीहरूलाई विभिन्न प्रकारका मानिसहरूका व्यवहार र दृष्टिकोणहरूलाई खुट्ट्याउन र यी मानिसहरूको सारलाई छर्लङ्गै देख्न मदत गर्न सक्छ। यसरी, तिमीहरूले विभिन्न प्रकारका मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछौ, र केही विशेष मानिस, घटना, वा कामकुराहरूको सामना गर्दा, तिमीहरूले तिनीहरूलाई धारणाहरू र कल्पनाहरूका आधारमा व्यवहार गर्नेछैनौ, र तिमीहरूले समस्याहरूलाई सम्हाल्नका लागि केही आधारभूत सिद्धान्तहरू बोध गर्न सक्नेछौ, र यसरी मूर्खतापूर्ण कामहरू कम गर्नेछौ। उदाहरणका लागि, पहिले, असामान्य व्यवहार वा विकृत विचार र दृष्टिकोण भएका केही मानिसहरूलाई देख्दा, तिमीहरूले त्यस्ता मानिसहरूको क्षमता खराब छ र तिनीहरूमा बुझ्ने क्षमता छैन, वा तिनीहरूले थोरै प्रवचनहरू सुनेका छन् र तिनीहरूको जग निकै कमजोर छ, त्यसकारण तिमीहरूले तिनीहरूलाई अझ बढी मलजल गर्न र मदत गर्न केही प्रयास गर्नुपर्छ भन्‍ने सोच्थ्यौ होला। अहिले, सङ्गतिद्वारा, पशुहरूबाट पुनर्जन्म भएका र दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूलाई खुट्ट्याउने क्षमता प्राप्त गरेपछि, तिमीहरूले आफ्‍ना ती पहिलेका मूर्खतापूर्ण अभ्यासहरूलाई त्याग्नेछौ र अब उप्रान्त निष्फल कार्यहरूमा संलग्न हुनेछैनौ। त्यसोभए, के तिमीहरूले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छौ? (हामी केही हदसम्म त्यसो गर्न सक्छौँ।) के तिमीहरूको अभ्यासमा विचलनहरू हुनेछन्? (यदि मैले कुनै व्यक्तिको सारलाई सही रूपमा मूल्याङ्कन गर्न सकिनँ भने, मेरो अभ्यासमा विचलनहरू हुन सक्छन्।)

कुन-कुन परिस्थितिहरूमा तिमीहरूको अभ्यासमा विचलनहरू हुनेछन्? मानौँ उसको बाहिरी व्यवहार धेरैजसो मानिसहरूका धारणाहरूअनुरूप छ—उसले मूल्य चुकाउन र कुराहरू त्याग्न सक्छ, प्रायजसो सही कुराहरू नै भन्छ, र बारम्बार दान दिन्छ र अरूलाई मदत गर्छ—मानवताको हिसाबमा, यो व्यक्तिलाई दयालु मानिन्छ, तर यस क्रममा, ऊ सामान्य हुँदैन, र उसले प्रायजसो केही चरम व्यवहारहरू प्रदर्शन गर्छ, र उसले केही अलौकिक प्रकटीकरणहरू देखाउँछ, के तिमीहरूले यस्तो व्यक्तिलाई खुट्ट्याउन सक्नेछौ? के तिमीहरूलाई ऊसँग कसरी व्यवहार गर्ने भन्‍ने थाहा छ? (परमेश्‍वरको पछिल्लो पटकको सङ्गतिका कारणले मात्रै मलाई यस्तो व्यक्ति दियाबलसहरूबाट पुनर्जन्म भएको व्यक्ति हो भन्‍ने थाहा भयो।) तैँले उसको सारलाई दियाबलसको सारको रूपमा चित्रण गर्न सक्छस् र यो तथ्यलाई छर्लङ्गै देख्न सक्छस्, तर के तैँले दैनिक जीवनमा उसका प्रकटीकरणहरूको आधारमा र उसको वर्तमान अवस्थाको आधारमा उसलाई व्यवहार गर्ने उपयुक्त तरिका के हो भनी निर्धारण गर्न सक्छस्? यसमा मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू समावेश हुन्छन्। त्यसोभए, यस प्रकारको व्यक्तिलाई व्यवहार गर्ने उपयुक्त तरिका के हो? यदि उसको जीवनको अवस्था आधारभूत रूपमा सामान्य छ, उसले मण्डलीको काममा बाधा पुऱ्याएको छैन, र अरूलाई बाधा दिएको छैन भने, उसलाई सही तरिकाले व्यवहार गर्—यदि उसले सेवा गर्न सक्छ भने, उसलाई त्यसो गर्न दे; यदि उसले सक्दैन, र अरूलाई बाधा दिएको छ, र धेरैजसो मानिसहरूले उसका प्रकटीकरण र प्रकाशहरूलाई छर्लङ्गै देखेका छन् र उसको सार दियाबलसको हो भनी निर्धारण गर्न सक्छन् भने, उसलाई निकालेर हटाउनका लागि धेरै ढिलो भइसकेको हुँदैन। के यो एउटा सिद्धान्त होइन र? (हो।) यो एउटा सिद्धान्त हो; तँ आफ्नो हृदयमा स्पष्ट हुनुपर्छ। उसलाई पछि जसरी सम्हालिए पनि, समय उपयुक्त हुनुपर्छ। मानौँ तैँले उसलाई छर्लङ्गै देखिस्, तर धेरैजसो मानिसहरूले उसँग सम्पर्क गरेका छैनन्, उसलाई छर्लङ्गै देख्ने कुरा त परै जाओस्। यदि तैँले सत्यताको बारेमा सङ्गति नगरी र उसलाई कसरी खुट्ट्याउने भनी व्याख्या नगरी सीधै उसलाई चित्रण गरिस् र सम्हालिस् भने, त्यो धेरै हतारमा भएको काम हुन्छ। अनि मानौँ उसको सारलाई छर्लङ्गै देखेपछि, तँलाई ऊप्रति घृणा लाग्न थाल्छ, त्यसपछि तैँले उसलाई काटछाँट गर्ने अवसरहरू खोज्छस्, वा आफ्ना वचन र कार्यहरूमा, साथै सत्यताको बारेमा सङ्गति गर्दा सधैँ उसलाई लक्षित गर्छस्—के यो काम गर्ने राम्रो तरिका हो? (होइन।) किन होइन? (किनभने यदि हामीले उसलाई यसरी व्यवहार गर्‍यौँ भने, धेरैजसो मानिसहरूलाई के भइरहेको छ भन्‍ने थाहा हुनेछैन र तिनीहरूमा गलतफहमीहरू समेत उत्पन्न हुन सक्छन्। यो व्यक्तिको सारलाई तथ्यहरूमार्फत प्रकट गरिनुपर्छ र उदाङ्गो पारिनुपर्छ, र जब मानिसहरूले उसलाई खुट्ट्याउन सक्छन् तब मात्रै उसलाई खुलासा गर्नु र विश्लेषण गर्नु वा काटछाँट गर्नु उपयुक्त हुन्छ—त्यसपछि सबैले बुझ्नेछन्। यदि यो व्यक्ति सत्यता पछ्याउने व्यक्ति होइन, तर उसले बाधा पनि दिँदैन र अझै पनि केही सेवा गर्न सक्छ भने, हामीले उसलाई सेवा गर्न दिनुपर्छ। यदि हामीलाई ऊ सत्यता पछ्याउने व्यक्ति होइन भन्‍ने थाहा छ तैपनि हामीले उसलाई निरन्तर काटछाँट गरिरह्यौँ भने, यसले उसको कर्तव्यको प्रदर्शनमा असर पार्नेछ।) त्यसरी काम गर्नु सिद्धान्तविहीन हो। दियाबलसहरूबाट पुनर्जन्म भएका र पशुहरूबाट पुनर्जन्म भएकाहरूलाई व्यवहार गर्दा, लामो समयसम्मको सम्पर्क र अवलोकनमार्फत, तैँले तिनीहरूको सारलाई छर्लङ्गै देखेको भए पनि, तैँले केही बुद्धि प्रयोग गर्नुपर्छ र तिनीहरूसँग सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। बुद्धि प्रयोग गर्नु ठीक हुन्छ, तर तैँले सिद्धान्तहरू उल्लङ्घन गर्नु हुँदैन। त्यस्ता मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्ने क्रममा धेरै स-साना कुराहरू समावेश हुन्छन्। तीमध्ये एउटा के हो भने, यदि तैँले तिनीहरू सत्यताप्रति वितृष्णा भएका मानिसहरू हुन्, जसको सार दियाबलसहरूको हो भनेर स्पष्ट रूपमा देखे पनि, तैँले तिनीहरूलाई काटछाँट गर्नका लागि सधैँ तिनीहरूमा गल्ती खोज्‍नु वा सानोतिनो कुरामा निहुँ खोज्‍नु, वा हरेक मोडमा तिनीहरूलाई खुलासा गर्नु हुँदैन। तिनीहरूलाई के भइरहेको छ भन्‍ने थाहा हुनेछैन; तिनीहरू अनभिज्ञ हुनेछन्, र तैँले तिनीहरूलाई किन काटछाँट गरिरहेको र लक्षित गरिरहेको छस् भन्‍ने तिनीहरूले थाहा पाउनेछैनन्। यसो गर्दा तिनीहरूको कर्तव्यको प्रदर्शनमा समेत असर पर्नेछ। अरूको नजरमा, तैँले जे गर्छस् वा भन्छस् त्यसमा तँ गलत नभए पनि, यसरी काम गर्दा कुनै परिणाम नआउने मात्रै होइन तर प्रतिकूल परिणामहरू समेत आउँछन्, र यो सत्यता सिद्धान्तहरूअनुरूप हुँदैन। त्यसकारण, तैँले जुनसुकै प्रकारको व्यक्तिसँग व्यवहार गरिरहेको भए पनि, तैँले तिनीहरूलाई सिद्धान्तहरूअनुसार र निष्पक्ष रूपमा व्यवहार गर्नुपर्छ; तँलाई कस्तो महसुस हुन्छ त्यसको आधारमा काम नगर्। केही बुद्धि प्रयोग गर्नु ठीक हुन्छ, तर तैँले तिनीहरूलाई सिद्धान्तहरूअनुसार नै व्यवहार गर्नुपर्छ। यसरी काम गर्दा, एकातिर, सुव्यवस्था पालन हुन्छ र नियमहरू पछ्याइन्छ, र अवरोधहरू हुने सम्भावना कम हुन्छ; अर्कोतिर, यसले तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ, तैँले दुष्कर्म गर्दै जथाभाबी गरिरहेको छैनस्, र तैँले जानाजानी वा लापरबाहीपूर्वक आफ्नै अभिप्रायअनुसार कामहरू गरिरहेको छैनस् भन्‍ने प्रमाणित पनि गर्छ। तैँले हरेक प्रकारको व्यक्तिलाई व्यवहार गर्दा सिद्धान्तहरू पालना गर्नुपर्छ। चाहे तिनीहरू दियाबलस, पशु हुन् वा मानव हुन्, तैँले तिनीहरूलाई सिद्धान्तहरूअनुसार नै व्यवहार गर्नुपर्छ। तैँले यस्ता प्रकारका मानिसहरूलाई खुट्ट्याउन सक्नुपर्छ र मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू बोध गर्नुपर्छ। तैँले यस मामिलामा विकृत बुझाइ राख्नु हुँदैन, होइन र? (हो।) कुनै पनि अवरोधपूर्ण काम नगर्। यदि तैँले अवरोध वा बाधा पुऱ्याउने कुनै काम गरिस् भने, तँ धेरै मूर्ख होस्; यो मानवले गर्नुपर्ने काम होइन। बुझिस्? (बुझेँ।)

पहिले, हामीले पशुहरूबाट पुनर्जन्म भएका र दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूको सारका प्रकटीकरणहरूका बारेमा सङ्गति गर्‍यौँ, जो दुई फरक-फरक वर्गीकरणका हुन्। यसले मानिसहरूलाई के देख्न मदत गर्‍यो भने, सबै प्रकारका मानिसहरूसँग मानवको रूप भए पनि, तिनीहरूले सत्यताप्रति राख्ने फरक-फरक मनोवृत्तिहरूद्वारा नै तिनीहरूको सार र वर्गमा रहेका भिन्‍नताहरूलाई खुट्ट्याउन सकिन्छ। कुनै व्यक्तिको बाहिरी रूप जस्तोसुकै भए पनि—सायद कसैको शारीरिक बनोट मिलेको छ, ऊ निकै परिष्कृत र दयालु हृदय भएको देखिन्छ, वा शिक्षित, सुसंस्कृत, हैसियत र शिष्टता भएको देखिन्छ, र ऊसँग गरिमा समेत भएको, निकै महान् जस्तो, साधारण व्यक्ति होइन जस्तो देखिन्छ—यीमध्ये कुनै पनि कुरा उसको सारको चित्रण गर्ने आधार होइनन्। उसको रूप जस्तोसुकै भए पनि, ऊ अग्लो भए पनि वा होचो भए पनि, मोटो भए पनि वा दुब्लो भए पनि, उसको छालाको रङ्ग जस्तो भए पनि, वा उसको जीवन सम्पन्न भए पनि वा दरिद्र भए पनि, यीमध्ये कुनै पनि कुराले उसको सार वास्तवमा के हो भन्‍ने देखाउन सक्दैन। कुनै व्यक्तिको सारको चित्रण मानव परम्परागत संस्कृतिका मापदण्डहरू वा नैतिक आचरणबारे रहेका भनाइहरूका आधारमा हुन सक्दैन, न त यो मानिसहरूले इतिहासभरि सारांश निकालेका आदर्श वाक्यहरू वा प्रख्यात मानिसहरूका प्रसिद्ध भनाइहरू, वा शासक दलहरूका भ्रममा पार्ने कथनहरूका आधारमा नै हुन सक्छ। त्यसोभए, यो केमा आधारित हुनुपर्छ? मानिसहरूले विभिन्न प्रकारका मानिसहरूको सारलाई मूल्याङ्कन गर्न र निर्धारण गर्न परमेश्‍वरका वचनहरू, परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यता र मानिसहरूका लागि परमेश्‍वरले अघि सार्नुभएका मागहरूलाई नै आधारको रूपमा प्रयोग गर्नुपर्छ। व्यक्तिले मानिसहरूलाई तिनीहरूको बाहिरी रूप, तिनीहरूका वरदानहरू, वा तिनीहरूले हासिल गरेको ज्ञानको आधारमा कदापि मूल्याङ्कन गर्नु हुँदैन, र समाज र मानिसहरूका बीचमा कुनै व्यक्तिको हैसियत वा उसले खेल्ने भूमिकाको आधारमा त झन् कदापि गर्नु हुँदैन। मानिसहरूलाई मूल्याङ्कन गर्ने यस्ता सबै तरिकाहरू गलत छन्। व्यक्तिले मानिसहरूलाई परमेश्‍वरका वचनहरूका आधारमा मूल्याङ्कन गर्नुपर्छ; केवल परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। एकातिर, यो सत्यतामा आधारित हुनुपर्छ; अर्कोतिर, यो सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति र उसले सत्यता बुझ्न सक्छ कि सक्दैन भन्‍ने कुरामा आधारित हुनुपर्छ। सत्यताको आधारमा कुनै व्यक्तिको सारलाई खुट्ट्याउनु र उसको वर्गीकरण निर्धारण गर्नु नै सबैभन्दा सही हुन्छ। अवश्य नै कुनै त्रुटि हुनेछैन।

ती दुई प्रकारका मानिसहरू—पशुहरूबाट पुनर्जन्म भएका र दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूका—प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेपछि, अब हामीले साँचो मानवहरूबाट पुनर्जन्म भएकाहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गर्नुपर्छ। हामी अब सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुगेका छौँ। पशुहरूबाट पुनर्जन्म भएकाहरूका निश्चित प्रकटीकरण र विशेषताहरू हुन्छन्, त्यसरी नै दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूका पनि ती हुन्छन्। त्यसोभए, के मानवहरूबाट पुनर्जन्म भएकाहरूका पनि सोहीअनुरूपका प्रकटीकरण र विशेषताहरू हुन्छन् त? (हुन्छन्।) यो निश्चित छ। हामीले साँचो मानवहरूमा हुने मानवताका केही आधारभूत प्रकटीकरण र विशेषताहरूबारे उल्लेख गरेका छौँ। आज, हामी मानवहरूबाट पुनर्जन्म भएकाहरूका विशिष्ट प्रकटीकरण र विशेषताहरूका बारेमा सङ्गति गर्नेछौँ। यस प्रकारको व्यक्तिको वर्गीकरण मानव हो भन्‍ने कुरालाई ध्यानमा राख्दै, हामीले औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, सुरुमा मानव हुनुका आधारभूत विशेषताहरू के-के हुन् भनी सोचौँ। वा, मानिसहरूसँगको तेरो धेरै वर्षको अन्तरक्रिया र सङ्गतमार्फत, मानवको वर्गीकरणमा पर्ने यस प्रकारको व्यक्तिमा तैँले देखेका विशेषताहरू के-के हुन्? तिनीहरूका प्रकटीकरणहरू के-के हुन्? भन् त। (मानवको वर्गमा पर्ने यस प्रकारको व्यक्तिसँग विवेक र समझ हुन्छ। उदाहरणका लागि, यदि तिनीहरूले केही गलत काम गरे, वा कसैप्रति अन्याय गरे, वा सत्यता उल्लङ्घन गर्ने केही काम गरे भने, तिनीहरूले आफ्नो विवेकमा निन्दा महसुस गर्छन्।) (यस प्रकारको व्यक्तिले कम्तीमा पनि सत्यता बुझ्न सक्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्छ, र नकारात्मक कुराहरूलाई घृणा गर्छ। उसको विवेक र समझ सही हुन्छ।) सत्यता बुझ्न सक्नु तुलनात्मक रूपमा उच्च मानक हो। यस प्रकारको व्यक्तिले सत्यताको सामना गर्नुभन्दा पहिले, उसमा मानवताका के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूका कार्य, बोली, र तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् भन्‍ने कुराका विशेषताहरू के-के हुन्? तिनीहरूले प्रदर्शन गर्ने सामान्य मानवताका प्रकटीकरण र प्रकाशहरू के-के हुन्? अर्थात्, जब तिनीहरूले मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्छन्, तब तिनीहरूले कस्ता प्रकटीकरणहरू देखाउँछन् जसले अरूलाई तिनीहरू सकारात्मक पात्रहरू हुन् भन्‍ने देख्न मदत गर्छ? (तिनीहरू तुलनात्मक रूपमा विवेकी हुन्छन्, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले अरूलाई छल्ने वा हानि गर्ने काम गर्दैनन्, र तिनीहरूसँग अरूलाई हानि गर्ने कुनै अभिप्राय हुँदैन।) तिमीहरूले सोच्न सक्ने कुराहरू मानवतासँग तुलनात्मक रूपमा मिल्ने यी सकारात्मक प्रकटीकरणहरू हुन्, जुन मानिसहरूको सोचाइमा असल व्यक्तिका प्रकटीकरणहरू हुन्। दयालु हृदयको हुनु, अरूलाई नछल्नु वा हानि नगर्नु, आफूले बोलेको पूरा गर्नु, जिम्मेवारीको भावना हुनु, अरूसँग राम्ररी घुलमेल हुन सक्नु, सकारात्मक कुराहरूको चाहना गर्नु र नकारात्मक कुराहरूलाई घृणा गर्नु—यी सबै मानवताका केही सकारात्मक प्रकटीकरणहरू हुन्। अरू केही छन्? (आत्मिक बुझाइ हुनु पनि हो—परमेश्‍वरका वचनहरू बुझ्न सक्नु।) आत्मिक बुझाइ हुनु अहिले हामीले छलफल गरिरहेको मानवतासँग सम्बन्धित कुरा होइन। हामी मुख्यतया मानवता भएका मानिसहरूले मामिलाहरूलाई सम्हाल्ने विभिन्न दृष्टिकोणहरू, साथै आफ्नो आत्मआचरण र अरूलाई गरिने व्यवहारको सारका प्रकटीकरणहरू, तिनीहरूको आत्मआचरण र कार्यहरूको हिसाबमा भन्दा तिनीहरूका सिद्धान्त र न्यूनतम मानकहरू, र यस्तै अन्य कुराहरूका बारेमा कुरा गरिरहेका छौँ। मानिसहरूले देख्न र सिक्न सक्ने मानवताका सकारात्मक प्रकटीकरणहरू थोरै छन्। यस्तो देखिन्छ कि मानवजातिमाझ आफूलाई कसरी आचरणमा ढाल्ने भनेर बुझ्नेहरू साँच्चै दुर्लभ छन्। धेरैले आफूलाई आचरणमा ढाल्न असफल भएको छु भन्‍नु कुनै अचम्मको कुरा होइन। चलचित्र र टिभी कार्यक्रमहरूमा कलाकारहरूले कसरी सकारात्मक पात्रहरूलाई चित्रण गर्छन् भनी हेर—कुनै मामिलामा निश्चित दृष्टिकोण, प्रकटीकरण, वा मनोवृत्ति प्रकट गर्ने कुरा आउँदा, कलाकारहरूलाई कसरी अभिनय गर्ने वा त्यसलाई कसरी व्यक्त गर्ने भन्‍ने थाहा हुँदैन, र यस क्षेत्रमा तिनीहरूको बुझाइ शून्य हुन्छ। यदि तैँले तिनीहरूलाई गुन्डा, बदमास, माफिया डन, वेश्या, चरित्रहीन स्त्री, वा कुनै प्रसिद्ध वा महान् व्यक्तिको भूमिका खेल्न भनिस् भने, तिनीहरूले त्यो भूमिका निकै राम्ररी खेल्न सक्छन्, र तिनीहरूले यी मानिसहरूको हरेक हाउभाउ, हरेक बोलीवचन र व्यवहार, यहाँसम्म कि एउटै हेराइलाई पनि पूर्ण जीवन्तता र विशिष्टताका साथ चित्रण गर्छन्। कतिपय दर्शकहरूले, तिनीहरूलाई नकारात्मक भूमिकामा देखेपछि, गल्तीले तिनीहरू साँच्चै नै कार्यक्रमका खराब व्यक्ति हुन् भन्‍ने विश्‍वास गर्छन्, र यदि उनीहरूले कहिल्यै तिनीहरूलाई देखे भने तिनीहरूलाई हिर्काउन चाहन्छन्। कतिले त तिनीहरूमाथि थुक्ने समेत गर्छन्। हेर त तिनीहरूले आफ्नो भूमिका कति जीवन्त रूपमा चित्रण गरे, तिनीहरूले साँच्चै नै त्यो खराब व्यक्तिलाई जीवन्त तुल्याए। असल व्यक्तिको भूमिका खेल्ने कुरा नि? के मानिसहरूले मानवता भएको व्यक्ति कसरी बन्ने भनी जानेर तिनीहरूको प्रस्तुतिबाट केही प्रेरणा पाउन सक्छन्? साँच्चै त्यस्ता कलाकारहरू छैनन्। मानवता भएको व्यक्ति कसरी बन्ने भन्‍ने कुरामा मानवजाति शून्य छ। पटकथा लेखक र निर्देशकहरू मात्रै शून्य छैनन्, तर दर्शकहरू पनि शून्य छन्—कसैले पनि मानवता हुनुको अर्थ के हो भनेर बुझ्दैन। त्यसैले, यसलाई चलचित्र र टिभी कार्यक्रमहरूमा पूर्ण खोक्रोपनका साथ चित्रण गरिन्छ। उदाहरणका लागि, जब एक कलाकारले मर्नुअघि आँखा चिम्लिरहेको कम्युनिस्ट पार्टीको सदस्यको भूमिका खेल्छ, तब दर्शकहरूले भन्छन्, “ऊ पक्कै पनि अझै मरेको छैन, उसले आफ्नो पार्टी शुल्क तिरेको छैन!” साँच्चै नै, एक सेकेन्डभन्दा कम समयमा, उसले आफ्नो आँखा खोल्छ, र काँप्दै, आफ्नो खल्तीबाट केही सिक्का निकाल्छ, र भन्छ, “यो मेरो पार्टी शुल्क हो। म पार्टीप्रति ऋणी हुन सक्दिनँ। पार्टी ढुक्क होस्। जब म अर्को संसारमा पुग्छु, अटल रूपमा, मृत्युसम्मै म अझै पनि पार्टीप्रति बफादार रहनेछु!” त्यसपछि मात्रै ऊ मर्छ। चलचित्र र टिभी कार्यक्रमहरूमा मानवता भएको व्यक्तिलाई यसरी चित्रण गरिन्छ। दर्शकहरूको नजरमा, यो वास्तवमा पूर्ण रूपमा खोक्रो हुन्छ। त्यस्ता मानिसहरू वास्तविक जीवनमा अस्तित्वमा हुँदैनन्, र मानिसहरूलाई यो हासिल गर्न धेरै गाह्रो हुन्छ। त्यसकारण, मानवजातिले साँचो मानवता के हो भन्‍ने बुझ्दैन, र यसको मानक परिभाषित गर्न तिनीहरूलाई धेरै गाह्रो हुन्छ। कि त मानक धेरै उच्च तय गरिन्छ र यो पूर्ण रूपमा खोक्रो हुन्छ, कि त मानिसहरू अनभिज्ञ हुन्छन् र तिनीहरूले यसलाई मनमानी रूपमा तय गर्छन्। वास्तवमा, साँचो मानवमा हुने मानवता धेरै सरल हुन्छ। कति सरल? यो तेरो पहुँचभित्रको कुरा हो, तैँले प्राप्त गर्न सक्ने कुरा हो। तेरो पहुँचभित्र हुनुको अर्थ के हो? यसको अर्थ यो अत्यन्तै व्यावहारिक, अत्यन्तै वास्तविक, अत्यन्तै वस्तुगत हुन्छ, र अलिकति पनि खोक्रो हुँदैन। यो अत्यन्तै वस्तुगत र व्यावहारिक भएकोले, मानिसहरूलाई यो अत्यन्तै सामान्य र उल्लेख गर्न लायक नै नभएको जस्तो लाग्छ, तिनीहरूलाई यी प्रकटीकरणहरू मानवजातिले प्रदर्शन गर्नुपर्ने कुरा हुन् भन्‍ने त झन् लाग्दै लाग्दैन। यस मानवजातिले भव्य, उच्च, र प्रभावशाली कुराहरूको वकालत गर्छ। धेरै मानिसहरूमा साँचो मानवताका प्रकटीकरणहरू नहुने मात्रै होइन, तर तिनीहरूले तिनलाई घृणा पनि गर्छन् किनभने सामान्य मानवताका प्रकटीकरणहरू अत्यन्तै व्यावहारिक, अत्यन्तै सामान्य, अत्यन्तै साधारण हुन्छन्, बरु, तिनीहरूले त ज्ञानलाई पछ्याउँछन् र सम्मान गर्छन्। यसरी, पूरै समाजभरि एउटा दुष्ट प्रवृत्तिको निर्माण भएको छ, साँचो मानवका प्रकटीकरणहरूलाई घृणा गर्ने र हेला गर्ने प्रवृत्ति। साँच्चै मानवता भएको व्यक्तिले समेत आफूलाई यसरी आचरणमा ढाल्नु साँचो मानव हुनु वा मानवता भएको व्यक्ति हुनु हो भन्‍ने महसुस गर्दैन। यसको विपरीत, तिनीहरू समाजका दुष्ट प्रवृत्तिहरूले वकालत गरेका तथाकथित कुलीन र असाधारण मानिसहरू बन्न खोज्छन्। यसले मानवता भएका केही मानिसहरूमा भएको मानवता सारलाई नकार्छ र ढाकछोप गर्छ। यहाँ “ढाकछोप गर्नु” को अर्थ के हो? यसको अर्थ कसैले तँलाई मानवता भएको व्यक्ति मान्दैन। यसको अर्थ, तैँले जे गरे पनि, अरूले तँलाई बहिष्कार गर्छन् र हेला गर्छन्, र मानिसहरूमाझ तेरो प्रतिभा प्रयोग गर्ने कुनै ठाउँ हुँदैन, तेरा लागि बोल्ने कुनै ठाउँ हुँदैन, र तेरो सामर्थ्यलाई प्रयोगमा ल्याउने कुनै अवसर हुँदैन। “नकार्नु” को अर्थ तेरो सामान्य मानवता भ्रष्ट मानवजातिको बीचमा उल्लेख गर्न लायक नै छैन भन्‍ने हुन्छ। तिनीहरूले वकालत गर्ने कुरा आफूमा मानवता हुनु भन्‍ने होइन। तिनीहरूले के वकालत गर्छन्? तिनीहरूले भीडलाई खुसी पार्ने, सहज व्यवहार गर्ने, चापलुसी गर्ने र निगाह खोज्ने, र झूट बोल्ने र छल्ने, जतिसुकै अत्यधिक मिठो वा आफ्नो साँचो भावनाविपरीत भए पनि जे पनि भन्न सक्ने कार्यको वकालत गर्छन्। सत्य बोल्दा यो समाजमा तैँले केही पनि पाउनेछैनस्। तेरो मानवता जतिसुकै असल भए पनि, यो समाजले त्यसको वकालत गर्दैन, र त्यसलाई नकार्नेछ। यदि तैँले केही सकारात्मक, न्यायपूर्ण, वा निष्पक्ष कुराहरू, वा विवेकका कुराहरू भनिस् भने, यदि तैँले आफ्नो उचित स्थान लिएर केही तर्कसङ्गत कुराहरू भनिस् भने, तिनीहरूले तँलाई बहिष्कार गर्नेछन्, नकार्नेछन्, र हेला गर्नेछन्। कतिपय त यस्ता पनि हुन्छन् जसले तेरो खिसी गर्छन्, उपहास गर्छन्, अपमान गर्छन्, त्यसपछि सबै दुष्ट शक्ति र सामर्थ्यहरूलाई जम्मा गरेर तँलाई आक्रमण र बहिष्कार गर्छन्, र अन्तमा तँलाई आफ्नो अनुहार देखाउन समेत धेरै लाज लाग्ने बनाउँछन्, र तँलाई आफैलाई नकार्ने बनाउँछन्। अन्तमा तैँले यस्तो सोच्नेछस्, “म राम्रो छैन, म समाजका प्रवृत्तिहरू, अनि यी मानिसहरूअनुरूप आफूलाई ढाल्न सक्दिनँ। मलाई षड्यन्त्रहरू कसरी गर्ने भनेर आउँदैन, म छलकपट वा चालबाजी गर्न सक्दिनँ, त्यसैले यी मानिसहरूका बीचमा बाँच्न मलाई धेरै गाह्रो छ।” तँलाई धेरै हीनताबोध हुन थाल्छ, र तँलाई यी मानिसहरूसँग मिलेर बस्‍न नसक्‍ने रहेछु भन्‍ने महसुस हुन्छ। वास्तवमा, तँ तिनीहरूका संसारसँग व्यवहार गर्ने दर्शनहरू, तिनीहरूका मामिलाहरूलाई सम्हाल्ने विधि र माध्यमहरू, र तिनीहरूको अस्तित्वको तरिकालाई पचाउन असक्षम छस्। यो दुष्ट प्रवृत्तिद्वारा र यी दुष्ट मानिसहरूद्वारा नकारिएपछि, तैँले आफ्नै मानवतालाई नकार्छस्, र त्यसपछि तिनीहरूअनुरूप आफूलाई ढाल्न, तिनीहरूलाई पछ्याउन, समाजमा मिल्‍न, यी दुष्ट मानिसहरूसँग मिल्‍न, र यो दुष्ट प्रवृत्तिसँग मिल्‍न हरसम्भव प्रयास गर्छस्। तैँले अरूले कसरी चालबाजी, षड्यन्त्र र छलकपट प्रयोग गर्छन् त्यसलाई नक्कल गर्ने प्रयास गर्छस्, र तैँले अरूले कसरी चापलुसीका कुराहरू, अत्यधिक मिठा कुराहरू, र आफ्नो साँचो कुराहरू बोल्छन् त्यसका नक्कल गर्ने प्रयास पनि गर्छस्। तर तैँले यी कुराहरूलाई नक्कल गर्ने जतिसुकै प्रयास गरे पनि र तैँले जतिसुकै प्रयास लगाए पनि, समग्रमा, तँलाई यी तैँले बोल्न चाहने कुराहरू होइनन् वा तैँले गर्न चाहने कामहरू होइनन् भन्‍ने लाग्छ। तैँले बोल्ने हरेक वचन तेरो साँचो भावनाविपरीत हुन्छ, र तैँले गर्ने हरेक कामले तँलाई आफ्नो विवेकमा निन्दा महसुस गराउँछ; तँलाई यो तैँले भन्नुपर्ने वा गर्नुपर्ने कुरा होइन भन्‍ने लाग्छ। तँ हरेक दिन यसरी नै मुखौटो लगाएर जिउँछस्। व्यवहार, बोली, वा केही विचार र दृष्टिकोणको हिसाबमा तँ यो दुष्ट प्रवृत्तिमा र यो भ्रष्ट मानवजातिसँग मिलेको जस्तो देखिए पनि, भित्र गहिराइमा, तँ दुःखी, दमित, र आक्रोशित हुन्छस्। यस्तो जीवन अनुभव भएपछि, तँ निष्पक्ष र न्यायपूर्ण व्यवहार, सकारात्मक कुराहरूको, र ज्योतिको चाहना गर्न थाल्छस्। त्यसोभए, यस्तो व्यक्तिमा मानवताका कस्ता विशेषताहरू हुन्छन् जसले उसलाई अरू मानिसहरू र दुष्ट प्रवृत्तिहरूको माझमा यस्ता भावनाहरू र यस्ता अनुभवहरू महसुस गराउँछ? वास्तवमा, यो कुरा धेरै सरल छ: जब एक व्यक्तिमा विवेक र समझको मानवता सार हुन्छ, तब मानिसहरूका बीचमा जिउँदा ऊसँग यस्ता अनुभवहरू हुनेछन्।

मानवता भएकाहरूमा हुनुपर्ने दुई सबैभन्दा आधारभूत कुराहरू विवेक र समझ हुन्। यी दुई कुराहरू बारम्बार छलफल गरिएका भए तापनि, मानिसहरूका लागि ती अत्यन्तै महत्त्वपूर्ण छन् र कुनै व्यक्ति मानव वर्गको हो कि होइन भनी मूल्याङ्कन गर्ने सबैभन्दा महत्त्वपूर्ण मापदण्डहरू तिनै पनि हुन्। खास गरी, विवेकले केलाई जनाउँछ? मैले पहिले भनेको छु, विवेक भनेको व्यक्तिको हृदयमा उत्पन्न हुने एउटा सामर्थ्य हो, र यसले मानिसहरूबाट निश्चित मागहरू गर्छ, र यो मुख्य रूपमा आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू र आत्मआचरणको न्यूनतम मानकहरूमा प्रकट हुन्छ। तोकेरै भन्दा, आफूलाई आचरणमा ढाल्ने कुनै व्यक्तिको सिद्धान्त, आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने उसका सिद्धान्तहरू, र उसका मानवताका प्रकटीकरणहरूले ऊसँग विवेक छ कि छैन भन्‍ने कुरालाई प्रमाणित गर्न सक्छन्। भर्खरै, जब मैले विवेकले निश्‍चित रूपमा केलाई जनाउँछ भनेर सोधेँ, तब तिमीहरूले जवाफ दिन सकेनौ। तिमीहरूले गहन सत्यताहरू ठान्ने कुराहरूमा मात्रै ध्यान दिन्छौ, तर यस प्रकारका सत्यताहरूका हकमा, तिमीहरूलाई ती उल्लेख गर्न लायक नहुने गरी अति सानो, अति सामान्य, र अति तुच्छ लाग्छ, त्यसैले तिमीहरूले तिनलाई वास्तै गर्दैनौ र गम्भीर रूपमा लिँदैनौ। यदि कुनै व्यक्तिसँग विवेक छ भने, यसको अर्थ उसको मानवतामा दुई वटा विशेषताहरू छन्: एउटा धार्मिकता हो, र अर्को दया हो। कुनै व्यक्ति दयालु छ कि छैन भनी तैँले बाहिरी रूपबाट भन्न सक्दैनस् होला, तर यदि कुनै व्यक्ति दयालु हृदयको छ भने, तैँले उसँग सङ्गत गर्नेबित्तिकै थाहा पाउनेछस्। कुनै व्यक्ति धर्मी छ कि छैन भनेर मूल्याङ्कन गर्ने आधार के हो? यो आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने उसका सिद्धान्तहरू हुन्। यदि ऊ आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तरिकामा विश्वासघाती, धूर्त, कपटी, सांसारिक-ज्ञानी, र षड्यन्त्रकारी र घुसघुसे छ भने, त्यो व्यक्ति पक्कै पनि धर्मी होइन। यदि आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने उसको तरिका धेरै सरल, धेरै सोझो, धेरै स्पष्ट छ भने, यदि उसले अरूसँग धेरै स्पष्ट रूपमा बोल्छ, मानिसहरूसँग अन्तरक्रिया गर्दा कुटिलपन वा छलीपनमा संलग्न हुँदैन, झूटविना बोल्छ र काम गर्छ—कालोलाई कालो र सेतोलाई सेतो भन्छ, त्यस्ता कुराहरूलाई धेरै स्पष्ट रूपमा छुट्याउँछ—सकारात्मक कुराहरूलाई पालन गर्न सक्छ, र दुष्ट शक्तिहरूसँग सम्झौता गर्दैन भने, त्यो व्यक्ति निकै धर्मी हुन्छ। यदि कुनै व्यक्ति धर्मी र दयालु दुवै छ भने, त्यो व्यक्तिसँग विवेक हुन्छ, उसँग मानवताका न्यूनतम विशेषताहरू हुन्छन्। मानवताको अर्को विशेषता समझ हो। समझ पनि हामीले अक्सर छलफल गर्ने एउटा शब्द र विषय हो, तर कसैले पनि समझ के हो भनेर स्पष्ट रूपमा परिभाषित गरेको छैन। समझभित्र के समावेश हुन्छ, र कस्तो प्रकारका प्रकटीकरणहरूले समझ भएको प्रकटीकरणहरूलाई निर्माण गर्छन्—के तिमीहरू यसबारे स्पष्ट छौ? धेरैजसो मानिसहरू त्यति स्पष्ट छैनन्; यस क्षेत्रमा तिनीहरूको बुझाइ अझै पनि तुलनात्मक रूपमा अस्पष्ट हुन्छ। त्यसोभए, समझ हुनुको अर्थ के हो? यसको अर्थ सही अडान लिँदै भन्नुपर्ने कुरा भन्न र गर्नुपर्ने कुरा गर्न सक्नु हो; यही नै समझ हुनु हो। यदि तँ मानवता भएको व्यक्ति होस् भने, तेरा बोलीवचन र व्यवहारहरू संयमित हुनेछन्। वर्तमान वातावरणभित्र र तेरो पहिचान र हैसियतको आधारमा, तैँले कुन शब्दहरू भन्नुपर्छ, कुन कामहरू गर्नुपर्छ, यी शब्दहरू बोल्दा तेरो अडान के हुनुपर्छ, र कुनै निश्चित मामिला व्यक्त गर्न तैँले कस्तो प्रकारको बोली प्रयोग गर्नुपर्छ भनी जान्नेछस्। यी कुराहरूका लागि तेरो हृदयमा मानकहरू र संयम हुनेछन्। अर्थात्, तेरो समझले तेरा शब्दहरू र व्यवहारलाई नियन्त्रण गर्न सक्नेछ, जसले तेरा शब्दहरू र व्यवहारलाई उपयुक्त बनाउनेछ, ताकि बाहिरी रूपमा अरूले तिनलाई तर्कसङ्गत र संयमित रूपमा देख्नेछन्, र तेरा शब्द र कार्यहरू ठीक-ठीक हुनेछन् र ती मानिसहरूलाई उन्नति गराउन सक्षम हुनेछन्। तेरो क्षमता, तेरो शिक्षाको स्तर, वा तेरो उमेरको हिसाबमा, तैँले बोल्ने शब्दहरू र गर्ने कामहरू पूर्ण रूपमा उपयुक्त छन् कि छैनन् भन्‍ने कुरालाई बेवास्ता गर्ने हो भने, कम्तीमा पनि, तेरो हृदयमा सीमाहरू हुनेछन्, एउटा मानक हुनेछ जसले तँलाई नियन्त्रणमा राख्छ, र तँलाई तर्कसङ्गत अवस्थामा बोल्ने र काम गर्ने तुल्याउँछ। समझ हुनुको अर्थ यही हो। समझ भएको व्यक्तिले जोसुकैको सामना गरे पनि—धनी वा गरिब, वा हैसियत भएको वा नभएको—कुनै पनि परिस्थितिमा, उसको बोली-वचन र व्यवहारहरू उसको मुड राम्रो छ कि नराम्रो छ भन्‍ने कुराले बाँधिदैनन्, न त उसले कुनै मामिला आफ्नो लागि लाभदायक छ कि छैन भनेर नै विचार गर्छ; उसको हृदयमा सधैँ संयम हुन्छ, एउटा मानक वा सीमा हुन्छ जसले उसलाई नियन्त्रण गर्ने काम गर्छ। उसले जानाजानी तोडमरोड गरिएका तर्कहरू निकाल्नेछैन, न त उसले अनुचित रूपमा समस्या खडा गर्नेछैन। कहिलेकाहीँ ऊ भित्रबाट रिसाएको र धेरै उत्तेजित भएको हुने भए पनि, र उसका शब्दहरूको छनौट त्यति उपयुक्त नभए पनि, उसले बोल्ने कुराहरूले तोडमरोड गरिएका तर्कहरू वा भ्रमपूर्ण कुराहरूलाई समावेश गर्दैनन्; बरु ती प्रस्तुत गर्न योग्य हुन्छन् र आधार सहितका हुन्छन्। “आधार सहितका” को अर्थ के हो? यसको अर्थ उसले भनेको कुरा सत्यताअनुरूप नहोलान्, तैपनि धेरैजसो मानिसहरूको नजरमा, यो “तर्क” मान्य हुन सक्छ; यसलाई सामान्यतया सही कुराको रूपमा मान्यता दिइन्छ, र कसैले यसको विरोध गर्दैन। यस्तो व्यक्ति समझ भएको व्यक्ति हो।

यी दुई पक्षहरू, विवेक र समझ, दुवैलाई स्पष्ट रूपमा व्याख्या गरिएको छ। मानवता हुनुका मुख्य प्रकटीकरणहरू यी दुई हुन्: एउटा विवेक हुनु, र अर्को समझ हुनु। मलाई भन्, के यी दुई पक्षहरू खोक्रा छन् कि छैनन्? (छैनन्।) के ती अत्यन्तै वास्तविक छैनन् र? (छन्।) ती अत्यन्तै वास्तविक छन्, र खोक्रा छैनन्। त्यसोभए मानवजातिले किन तिनको वकालत गर्दैन? किनभने विवेक भएको व्यक्तिसँग धार्मिकता र दया हुन्छ, र दुष्ट प्रवृत्तिहरूका बीचमा र दुष्ट, भ्रष्ट मानवजातिका बीचमा, धर्मी र दयालु मानिसहरूलाई घृणित, साथै अत्यन्तै तुच्छ मानिन्छ, र सबैले तिनीहरूलाई हेला गर्छन्। यदि तँ एक धर्मी र दयालु व्यक्ति होस् भने, तिनीहरूले तँलाई वास्तवमा केरकार समेत गर्नेछन्: “तिमी धर्मी र दयालु हुनुको के काम? के तिमीसँग ज्ञान छ? के तिमीसँग सामाजिक हैसियत छ? के समाजमा तिम्रो ख्याति वा शक्ति छ?” तैँले भन्छस्, “मसँग कुनै ख्याति वा शक्ति छैन; म केवल केही हदसम्म धर्मी र दयालु व्यक्ति हुँ।” मानिसहरू सबैले तँलाई हाँसोमा उडाउनेछन् र तिरस्कार गर्नेछन्। तिनीहरूको नजरमा, तँमा विवेक हुनु, र तँ धर्मी र दयालु हुनु पूँजी होइन—ज्ञान, हैसियत र ख्याति, वा शक्तिविना, तँ समाजमा कतै पनि पुग्दैनस्। तिनीहरूले भन्छन्, “तिमीसँग विवेक छ, तर विवेकको मूल्य कति छ र? तिमीले के गर्न सक्छौ? के तिमीले षड्यन्त्र र योजनाहरू प्रयोग गर्न, वा मानिसहरूलाई धोका दिन सक्छौ? के तिमीले मानिसहरूको हृदय जित्न र तिनीहरूको निगाह किन्न सक्छौ?” तैँले यीमध्ये कुनै पनि कुरा गर्न सक्दैनस्। यदि तँसँग विवेक छ भने, यदि तँसँग धार्मिकता र दया छन् भने—मानवताका यी दुई पक्षहरू छन् भने—तँलाई समाजका दुष्ट प्रवृत्तिहरूमा पाइने ती कुराहरूमा रुचि हुनेछैन, तैँले यी प्रवृत्तिहरूलाई पछ्याउनेछैनस्, त्यसैले तँ समाजमा कतै पनि पुग्नेछैनस् र मानिसहरूद्वारा बहिष्कृत हुनेछस्। तिनीहरूले तँलाई किन बहिष्कार गर्नेछन्? किनभने धेरैजसो मानिसहरूले दुष्ट प्रवृत्तिहरूलाई आदर गर्छन्, र दुष्ट प्रवृत्तिहरू समाजका मुख्य धारा बनेका छन्—यदि तैँले आफ्नो विवेकअनुसार काम गरिस् र सबै मामिलाहरूमा निष्पक्ष रूपमा व्यवहार गरिस् भने, अरूले तँलाई अमिल्दो व्यक्तिको रूपमा हेर्नेछन् र तँलाई बहिष्कार गर्नेछन्। यदि, मण्डलीमा, तैँले आफ्नो विवेकमा भर पर्न र आफ्ना बोलीवचन र व्यवहारहरूमा सत्यता सिद्धान्तहरू पालन गर्न सकिस्, र दुष्ट मानिसहरूलाई खुलासा गर्न र तिनीहरूको विश्लेषण गर्न आँट गरिस् भने, दियाबलसकाहरूले आफ्नो खुट्टा टेक्ने ठाउँ गुमाउनेछन् र तिनीहरू प्रकट हुनेछन्; तिनीहरूका षड्यन्त्र र योजनाहरू, साथै सत्यतालाई घृणा गर्ने तिनीहरूको शैतानी स्वभाव, पूर्ण रूपमा उदाङ्गो हुनेछ। त्यसकारण, दियाबलस रहेका यी मानिसहरू मण्डलीमा सत्यता सिद्धान्तहरू पालन गर्नेहरू छन् भने निकै डराउँछन्। जब-जब तिनीहरूले सत्यता बुझ्ने कसैलाई देख्छन्, तब-तब तिनीहरूले उसलाई बहिष्कार र दमन गर्छन्, किनकि सत्यता बुझ्नेहरू खडा भएर तिनीहरूलाई खुलासा गरिदिनेछन्, र त्यसले गर्दा तिनीहरू प्रकट भई हटाइनेछन् भनेर तिनीहरू धेरै डराउँछन्। तिनीहरूलाई आफ्नो शैतानी स्वभावले यसरी काम गर्न प्रेरित गर्छ। परमेश्‍वरको घरमा, दियाबलसकाहरू खडा हुन सक्दैनन्, ठीक यसकारणले कि परमेश्‍वरको घरमा, सत्यताले शक्ति राख्छ, परमेश्‍वरले शक्ति राख्नुहुन्छ। तर गैरविश्‍वासी संसारमा यो कुरा फरक हुन्छ। किनभने यस संसारमा नास्तिकता र दुष्ट प्रवृत्तिहरू प्रबल छन्, मानवता भएका मानिसहरूले दुष्ट प्रवृत्तिहरूका बीचमा र दुष्ट, भ्रष्ट मानवजातिका बीचमा आफ्नो खुट्टा टेक्ने ठाउँ भेट्टाउन सक्दैनन्। यसैबीच, जो आफ्नो कार्यनीतिमा निर्दयी, कपटी, र धूर्त छन्, तिनीहरू अक्सर मानिसहरूमाझ अगुवा, उत्कृष्ट, तथाकथित कुलीन हुन्छन्। मानवता भएको व्यक्ति, उसको क्षमता, वरदान, सामर्थ्य, वा प्रतिभा जस्तोसुकै भए पनि, बहिष्कृत हुन्छ र उसले अगाडि बढ्ने कुनै अवसर पाउँदैन। जबसम्म उसले केही निष्पक्ष शब्दहरू बोल्छ वा मामिलाहरूलाई निष्पक्ष रूपमा सम्हाल्छ, तबसम्म ती दुष्ट मानिसहरू र दियाबलसहरूले उसलाई सास्ती दिनेछन्। त्यसकारण, यो दुष्ट मानवजाति, जुन दियाबलसको हो, त्यसले विवेकलाई बेवास्ता गर्छ; मानवता भएकाहरूमा मात्रै विवेक हुन्छ। समझको हकमा भन्दा, समझ हुनुको प्रकटीकरण के हो भने कुनै व्यक्तिमाथि जे आइपरे पनि, उसले त्यसलाई तर्कसङ्गत रूपमा व्यवहार गर्न सक्छ, न्यायपूर्वक बोल्न र काम गर्न सक्छ, उसले आफ्नो भावना वा आफ्नो ख्याति वा हैसियतअनुसार काम गर्दैन, र उसले अरूलाई कर लगाउँदैन वा बाँध्दैन। उसले कुनै मामिलालाई तर्कसङ्गत रूपमा व्यवहार गर्न सक्छ: यदि यो सही छ भने, यो सही हुन्छ; यदि यो गलत छ भने, यो गलत हुन्छ; यदि यो ठीक छ भने, यो ठीक हुन्छ; यदि यो बेठीक छ भने, यो बेठीक हुन्छ। उसले कुराहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्छ र सिद्धान्तहरूअनुसार इन्साफपूर्वक काम गर्छ, र उसले मानवताका नैतिक सीमाहरू पार गर्दैन। यो समझ हुनुको प्रकटीकरण हो। यी दुई कुराहरू, विवेक र समझ, समाजमा खडा हुन सक्दैनन्, विशेष गरी दुष्ट देशहरूमा र दुष्ट प्रवृत्तिहरूका बीचमा त ती झनै खडा हुन सक्दैनन् र ती असमर्थनीय हुन्छन्। तर, विवेक र समझ नै सामान्य मानवतामा हुने दुई प्रमुख विशेषताहरू हुन्, र ती मानवजातिमा हुनुपर्ने विशेषताहरू पनि हुन्। जब तैँले यी दुई विशेषताहरू धारण गर्छस् तब मात्र तँ साँचो मानव हुन्छस्। यदि तँ विवेक र मानवता भएको व्यक्ति होस् भने, एउटा कुरा, तँ आफूलाई आचरणमा ढाल्ने तरिकामा विशेष रूपमा सैद्धान्तिक हुनेछस् र तैँले मानिसहरूलाई तुलनात्मक रूपमा इन्साफपूर्ण तरिकाले व्यवहार गर्न सक्नेछस्। कसैसँग तेरो सम्बन्ध जस्तोसुकै भए पनि, वा उसले तँलाई चोट पुऱ्याएको भए पनि, तैँले उसलाई सही रूपमा व्यवहार गर्न र उसलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्न सक्छस्। यो धार्मिकता हो, मानवताको एक विशेषता। यसका साथै, यदि तँसँग दया छ भने, जुन मानवताको अर्को विशेषता हो, तँसँग त्यो छ भने, मानिसहरूसँग व्यवहार गर्दा वा काम गर्दा तेरो एउटा निश्चित सीमा हुनेछ, जसले तँलाई आफ्नो विवेकविरुद्ध बोल्न वा काम गर्नबाट रोक्न सक्छ। उदाहरणका लागि, दुष्ट मानिसहरू सधैँ तोडमोड गरिएका शब्दहरू बोल्छन् र तोडमोड गरिएका तर्कहरू निकाल्छन्, कालोलाई सेतो बनाउँछन्, र तथ्यहरूलाई बङ्ग्याउँछन्। तिनीहरूले आफूलाई हानि गर्ने, चोट पुऱ्याउने वा निशाना बनाउने जोकोहीविरुद्ध रिस पाल्छन् र उनीहरूलाई सास्ती दिन र बदला लिन अवसर खोज्ने हरेक तरिका सोच्छन्। तर मानवता भएको व्यक्तिको हकमा भन्दा, ऊसँग धार्मिकता र दया, जुन विवेकको भाग हो, त्यो हुने हुनाले, कसैले उसलाई हानि वा धोका दिएको भए पनि, र उसलाई बदला लिन र प्रतिशोध लिन मन लागे पनि, र उसले उग्रतामा “म उसलाई मेरो अन्तर हृदयदेखि घृणा गर्छु!” जस्तो कठोर कुरा भने पनि, जब बदला लिने वास्तविक अवसर आउँछ, तब उसको हृदय नरम हुन्छ, र ऊ पछि हट्छ; उसले त्यो गर्न सक्दैन, उसको मनले मान्दैन। अनि केही समयपछि, उसले त्यो घृणा जगाउन सक्दैन। दयालु व्यक्ति यस्तै हुन्छ। यदि कसैले तँलाई धोका दिएको वा हानि पुऱ्याएको छ, र तैँले बदला लिने अवसर पाएको छस्, तेरो शत्रुले दण्ड र प्रतिफल भोगेको हेर्ने अवसर छ भने, के तैँले कारबाही गर्ने र उसको विरुद्ध बदला लिने कामहरू गर्न सक्नेछस्? जब तँ आक्रोशित महसुस गर्छस्, तब तैँले भन्न सक्छस्, “म उसको विरुद्ध पक्कै बदला लिनेछु! ऊ पूर्ण रूपमा भयानक र निर्दयी छ!” तर जब बदला लिने अवसर साँच्चै आउँछ, तब तेरो मनले मान्दैन। तैँले भन्छस्, “होस्, त्यो धेरै पहिलेको कुरा हो। यसलाई त्यतिमा नै अन्त्य गर्छु।” तैँले यसलाई अनन्तसम्म पछ्याउनेछैनस्, न त तैँले आफ्नो शत्रुले दण्ड भोगेको वा कुनै नराम्रो अन्त्य भएको हेर्न जिद्दी नै गर्नेछस्। तँ आफ्नो हृदयमा निरन्तर घृणा लिएर जिउनेछैनस्; केही समयपछि, घृणा हट्नेछ। यो दयालु हृदय हुनुको प्रकटीकरण हो। दया भनेको व्यक्तिमा विवेक हुनुको एक विशेषतापूर्ण प्रकटीकरण हो, र मानव वर्गको हुनुको एक विशेषता पनि हो। अवश्य पनि, कतिपयको नजरमा, दया एक कमजोरी हो। कतिपय गैरविश्‍वासीहरूले तँलाई कमजोर समेत सोच्न सक्छन् र तँलाई उक्साउन समेत सक्छन्, र यसो भन्छन्, “तिमी निर्दयी र कठोर हृदयको हुनुपर्छ। जब बदला लिने अवसर आउँछ, तिमीले जस्तालाई त्यस्तै गर्नुपर्छ, उसलाई आफैले वशमा पार्नुपर्छ, र आफ्नो शत्रुलाई आफ्नै हातले मार्नुपर्छ।” तर तैँले सोच्छस्, “यदि मैले मेरो शत्रुलाई आफ्नै हातले मारेँ भने, के मैले दुष्ट काम गरिरहेको हुनेछैन र? ऊ बाँच्दा त्यसले मलाई असर गर्दैन; उसले गरेको एउटा कामले सीमा नाघ्यो र मलाई चोट पुऱ्यायो, तर त्यो सबै विगतको कुरा हो।” समय बित्दै जाँदा, तैँले उसलाई उप्रान्त घृणा गर्दैन रहेछस् भन्‍ने थाहा पाउँछस्। कतिपय मानिसहरूले तँलाई धेरै कायर, पर्याप्त निर्दयी नभएको भन्छन्। तँ आफैलाई पनि यो कुरा अचम्म लाग्छ: “म किन निर्दयी हुन सक्दिनँ? म किन सधैँ मेरा शत्रुहरूप्रति नरम हुन्छु र रिस पाल्न सक्दिनँ?” कतिपयको नजरमा, दयालु हृदय हुनु मानवताको कमजोरी हो। तर वास्तविकतामा, यो मानवताको एक विशेषता हो, होइन र? (हो।)

हामी मानवताका विशेषताहरूका ती दुई महत्त्वपूर्ण घटकहरू, विवेक र समझका बारेमा थप विवरणमा जानेछैनौँ। हामी अरू दुई, सबैभन्दा सजिलै बेवास्ता गरिने वा मानिसहरूले कहिल्यै थाहा नपाएका सबैभन्दा विशिष्ट पक्षहरूका बारेमा कुरा गरौँ। यदि हामीले कुनै व्यक्तिसँग मानवताको विवेक र समझ छ भनेर मात्रै भन्यौँ भने, यो कुरा मानिसहरूलाई तुलनात्मक रूपमा सामान्य लाग्छ, र कुनै व्यक्तिले साँच्चै विवेक र समझ छ भनी देखाउने कुन-कुन कामहरू गरेको छ वा उसमा कुन-कुन प्रकटीकरणहरू छन् भनी निर्धारण गर्न धेरै गाह्रो हुनेछ, र ऊसँग साँच्चै सामान्य मानवता छ कि छैन भनी मूल्याङ्कन गर्न कठिन हुनेछ। त्यसकारण, हामी विवेक र समझका विशिष्ट प्रकटीकरणहरूको कोणबाट होइन, तर अरू दुई पक्षहरूबाट सङ्गति गर्नेछौँ। अर्थात्, यदि कुनै व्यक्तिसँग मानवता सार छ भने, एक हिसाबमा, उसले सही र गलत खुट्ट्याउन सक्छ, र यसका साथै, उसले सही र गलत के हो भन्‍ने पनि जान्दछ। कसैमा यी दुई पक्षहरू छन् कि छैनन् भन्‍ने कुराले ऊसँग विवेक र समझ छ कि छैन भन्‍ने कुरालाई देखाउन पर्याप्त हुन्छ। यो कसैको मानवतामा विवेक र समझ छ कि छैन भनी विश्लेषण गर्ने अझ विशिष्ट तरिका हो। जब कुनै व्यक्तिमा यी दुई पक्षहरू—सही र गलत खुट्ट्याउनु र सही र गलत के हो भनी जान्‍ने—क्षमता हुन्छन्, तब मात्रै उसँग मानवताको विवेक र समझ छ भन्‍ने साँच्चै देखिन्छ। यदि ऊसँग यी दुई पक्षहरू छैनन् भने, उसले आफूसँग विवेक र समझ छ भनी गरेको दाबी झूटो हो र त्यो तथ्यहरूसँग मेल खाँदैन। हामी पहिले सही र गलत खुट्ट्याउन सक्ने क्षमतालाई हेरौँ। “खुट्ट्याउनु” को अर्थ बुझ्नु, जान्नु, सचेत हुनु, र बोध गर्नु हो। “सही र गलत” को अर्थ के हो? सही र गलतले सकारात्मक कुराहरू र नकारात्मक कुराहरूलाई जनाउँछन्। त्यसोभए ठिक र बेठिक के हो भनी जान्नुको अर्थ के हो? उदाहरणका लागि, “मानवजाति परमेश्‍वरद्वारा सृष्टि गरिएको थियो।” यो कथन ठिक हो कि बेठिक? (यो ठिक हो।) “मानवजाति बाँदरबाट विकसित भएको हो।” यो कथन ठिक हो कि बेठिक? (बेठिक।) यदि तैँले कुन दृष्टिकोणहरू ठिक छन् र कुन बेठिक छन् भनी खुट्ट्याउन र मूल्याङ्कन गर्न सक्छस् भने, यही नै ठिक र बेठिक के हो भनेर जान्नु हो। दियाबलसहरूले भन्छन्, “मानवजाति बाँदरबाट विकसित भएको हो।” यो सुनेपछि, तैँले भन्छस्, “त्यो ठिक होइन। मानवजाति परमेश्‍वरद्वारा सृष्टि गरिएको थियो।” तब यस मामिलामा, तँ अलमल्ल हुँदैनस्, र तैँले ठिक र बेठिक के हो भनी जान्दछस्। त्यसोभए, ठिक र बेठिक अनि सही र गलतका बीचमा भिन्‍नता छ, होइन र? (हो।) “परमेश्‍वरले सारा मानवजातिको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ।” यो कथन ठिक हो कि बेठिक? (यो ठिक हो।) “मानवजातिले आफ्नै भाग्य नियन्त्रण गर्छ।” यो कथन ठिक हो कि बेठिक? (बेठिक।) “कुनै व्यक्ति कति लामो समयसम्म बाँच्छ भन्‍ने कुरा उसले आफ्नो कसरी हेरचाह गर्छ र कसरी स्वस्थ रहन्छ भन्‍ने कुरामा निर्भर हुन्छ।” यो कथन ठिक हो कि बेठिक? (बेठिक।) “कुनै व्यक्तिको आयु परमेश्‍वरद्वारा निर्धारित हुन्छ।” ठिक कि बेठिक? (ठिक।) अब तिमीहरूलाई ठिक र बेठिक के हो भनेर जान्नुको अर्थ के हो भन्‍ने थाहा भयो, होइन र? (हो।) त्यसोभए हामी सही र गलत खुट्ट्याउने विषयलाई हेरौँ। हामीले भर्खरै “सही र गलत” ले केलाई जनाउँछ भनेर भन्यौँ? (सकारात्मक कुराहरू र नकारात्मक कुराहरू।) उदाहरणका लागि, इमानदार व्यक्ति हुनु—यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा? (सकारात्मक कुरा।) “पैसाले संसार घुमाउँछ” भन्‍ने भनाइ नि? (त्यो नकारात्मक कुरा हो।) कसले अर्को उदाहरण दिन सक्छ? (मानिसहरूले परमेश्‍वरको आराधना गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ। यो सकारात्मक कुरा हो।) त्यसोभए धूप बाल्नु र बुद्धको पूजा गर्नु नि? (त्यो नकारात्मक कुरा हो।) कामहरू गर्दा सत्यता खोज्नु। (त्यो सकारात्मक कुरा हो।) आफ्नो इच्छाअनुसार चल्नु र आफूले गर्ने जुनसुकै कुरामा एकपक्षीय निर्णयहरू गर्नु। (त्यो नकारात्मक कुरा हो।) तैँले कुन कुराहरू सकारात्मक छन् र कुन नकारात्मक छन् भनी जान्दछस्, र कुन दृष्टिकोणहरू ठिक छन् र कुन बेठिक छन् भनी मूल्याङ्कन पनि गर्न सक्छस्—यसलाई सही र गलत खुट्ट्याउन सक्नु र ठिक र बेठिक के हो भनी जान्नु भनेर भनिन्छ। यो अन्तर्दृष्टि र बुझाइ हुनु, र आफ्नो हृदयमा यी कुराहरू खुट्ट्याउने क्षमता हुनु—यसले तँ मानवताको गुण भएको व्यक्ति होस् भन्‍ने सङ्केत गर्छ। सही र गलत खुट्ट्याउन सक्नु र ठिक र बेठिक के हो भनेर जान्नुको अर्थ कुनै व्यक्तिको मानवताभित्र, केही सकारात्मक र नकारात्मक कुराहरू पहिचान गर्ने जन्मजात क्षमता हुन्छ भन्‍ने हो। यसका साथै, उसको हृदयमा निश्चित कुराहरू ठिक छन् कि छैनन् भन्‍नेबारे केही चेतना र भावना पनि हुन्छ। सत्यता नसुनेको वा सत्यता नबुझेको भए पनि, उसको मानवतामा यस प्रकारको खुट्ट्याउने क्षमता हुन्छ। उसले यसलाई स्पष्ट रूपमा व्यक्त गर्न नसके पनि, उसको हृदयमा कुन कुराहरू सकारात्मक छन् र कुन नकारात्मक छन् भनी उसले जान्दछ, र उसले नकारात्मक कुराहरू बेठिक छन् भनी जान्दछ। यदि उसको हृदयमा घृणा पनि छ र उसले यी कुराहरूलाई इन्कार गर्न र नपछ्याउन सक्छ भने, त्यो अझ राम्रो हो। जब उसले सत्यता बुझ्दैन, उसले सकारात्मक र नकारात्मक कुराहरूलाई अझै स्पष्ट रूपमा खुट्ट्याउन नसके पनि, उसको हृदयमा सकारात्मक र नकारात्मक कुराहरूप्रति फरक-फरक भावनाहरू र व्यवहार गर्ने फरक-फरक तरिकाहरू हुन्छन्। उदाहरणका लागि, समाजका केही दुष्ट प्रवृत्तिहरूका सम्बन्धमा भन्दा, जब मानवता भएका मानिसहरूले यी दुष्ट प्रवृत्तिहरू देख्छन्, तब तिनीहरूले आफ्नो हृदयमा गहिरो घृणा महसुस गर्छन्। तिनीहरूलाई यी कुराहरू सही मार्ग होइनन्, सकारात्मक कुराहरू होइनन्, र मानिसहरूले पछ्याउनुपर्ने वा गर्नुपर्ने कुराहरू होइनन् भन्‍ने लाग्छ। यस सामाजिक वातावरणमा बस्ने व्यक्तिको रूपमा, ऊसँग दुष्ट प्रवृत्तिहरू पछ्याउनुबाहेक अरू कुनै विकल्प छैन भन्‍ने तथ्यको बाबजुद पनि, भित्र गहिराइमा उसले तिनलाई घृणा गर्छ। अनि तिनलाई घृणा गर्दा, उसले यस वातावरणबाट उम्कने हरेक अवसर पनि खोज्छ वा यसबाट बच्ने र यी दुष्ट प्रवृत्तिहरूलाई इन्कार गर्ने हरेक तरिका सोच्छ।

एक व्यक्तिले सही र गलत खुट्ट्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सही र गलतमा सकारात्मक र नकारात्मक कुराहरू समावेश हुने हुनाले, तिमीहरूका विचारमा केही सकारात्मक कुराहरू के हुन्, र केही नकारात्मक कुराहरू के हुन्? (परमेश्‍वरमा विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरको आराधना गर्नु, परमेश्‍वरमा समर्पित हुनु, साथै आफ्नो कर्तव्य निर्वाह गर्नु र इमानदार व्यक्ति बन्नु—यी सबै सकारात्मक कुराहरू हुन्। झूट बोल्नु र छल्नु, परमेश्‍वरको प्रतिरोध गर्नु, परमेश्‍वरविरुद्ध विद्रोह गर्नु, परमेश्‍वरलाई धोका दिनु—यी नकारात्मक कुराहरू हुन्।) (सकारात्मक कुराहरू मुख्य रूपमा परमेश्‍वरबाट आउँछन् र सत्यताअनुसार हुन्छन्। उदाहरणका लागि, परमेश्‍वरको कामद्वारा हासिल भएका विभिन्न परिणामहरू, साथै परमेश्‍वरको स्वभाव र सारबारे मानिसहरूको साँचो ज्ञान, यी सबै सकारात्मक कुराहरू हुन् र सबै सत्यताअनुसार हुन्छन्।) सकारात्मक कुराहरूलाई त्यति खोक्रो वा त्यति उच्च नठान। वास्तविकतामा, सकारात्मक कुराहरू भनेका मानिसहरूका लागि लाभदायक हुने विभिन्न सकारात्मक र सही मानिस, घटना र कामकुराहरू हुन्। मानिसहरूका लागि लाभदायक हुने कुनै पनि कुरा, तिनीहरूको सामान्य जीवनका लागि लाभदायक हुने र हानिकारक नहुने कुनै पनि कुरा सकारात्मक कुरा हो। उदाहरणका लागि, के प्राकृतिक नियम र विधानहरू सकारात्मक कुराहरू हुन्? (हुन्।) परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् र सबै सकारात्मक कुराहरू हुन्; सत्यता समावेश भएको कुनै पनि कुरा सकारात्मक कुरा हो। मानवजातिलाई परमेश्‍वरले गर्नुभएको जीवन र सत्यताको प्रबन्ध, साथै मानवजातिको व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको कामको सामग्री सत्यतासँग सम्बन्धित सकारात्मक कुराहरू हुन्। मानिसहरूका लागि परमेश्‍वरका सबै मागहरू, परमेश्‍वरको हरेक वचन, विभिन्न सत्यताहरूसँग सम्‍बन्धित अभ्यासका सिद्धान्तहरू—यी सबै सकारात्मक कुराहरू हुन्। मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कामबाहेक, मानव अस्तित्वको लागि लाभदायक हुने र मानिसहरूका लागि हानिकारक नहुने अरू धेरै सकारात्मक कुराहरू छन्। के तिमीहरूले ती देख्न सक्छौ? के तिमीहरूले ती पहिचान गर्न सक्छौ? के तिमीहरूले तिनलाई आफ्नो हृदयको गहिराइबाट स्वीकार र अनुमोदन गर्न सक्छौ? के तिमीहरू तीसँगै चल्न, तिनलाई अनुकूलन गर्न र तिनलाई पछ्याउन सक्छौ? उदाहरणका लागि, के चार ऋतुका नियमहरू सकारात्मक कुराहरू हुन्? (हुन्।) वसन्त ऋतुमा, मौसम न्यानो हुन्छ र फूलहरू फुल्छन्, सबै कुराहरू बढ्छन् र पुनर्जीवित हुन्छन्, हिउँ र बरफ पग्लिन्छन्। के यो सकारात्मक कुरा हो? (हो।) ग्रीष्म ऋतुमा, सूर्य चम्किलो रूपमा चम्किन्छ, त्यसका किरणहरू पोल्ने खालका हुन्छन्, र सबै कुरा सूर्यको प्रकाशमा सेकिँदै तीव्र गतिमा बढ्छन्। के यो सकारात्मक कुरा हो? (हो।) शरद ऋतुमा, पोल्ने गर्मी बिस्तारै घटेर आकाश सफा र हावा स्वच्छ हुन्छ; विभिन्न बोटबिरुवाहरू बिस्तारै परिपक्व हुन्छन्, बीउ र फलहरू फलाउँछन्, र बाली भित्र्याइन्छ। के यो सकारात्मक कुरा हो? (हो।) हिउँदमा, तापक्रम घट्छ, मौसम बिस्तारै चिसो हुँदै जान्छ, र कहिलेकाहीँ हिउँ पर्छ। यो अन्य ऋतुहरूजस्तो रमाइलो, आरामदायी वा स्वतन्त्र किसिमको नभए पनि, हिउँदमा सबै कुराले आफ्नो ऊर्जा संरक्षण गर्न सक्छन्, र मानवजातिले पनि आराम र स्वास्थ्यलाभ गर्छ। त्यसोभए, के यो नियम सकारात्मक कुरा हो? (हो।) सूर्योदयमा, बिहान सबेरै उठेर चराहरू गाउँछन् र चिरबिराउँछन्, मानिसहरूलाई बिहान भयो र उठ्ने बेला भयो, तिनीहरूले जीवनका लागि, जीविकोपार्जनका लागि, र मानवजातिको निरन्तर अस्तित्वका लागि श्रम गर्न सुरु गर्नुपर्छ भनेर सम्झाउँछन्। के यो सकारात्मक कुरा हो? (हो।) मानवजाति बिहान सबेरै उठ्ने चराहरूको आवाजमा उठ्छ र उसले दिनभरिको श्रम सुरु गर्छ। यो सकारात्मक कुरा हो। राति, विभिन्न कीराफट्याङ्ग्रा र जीवहरू, तिनीहरूका आफ्नै नियमहरूअनुसार, सबै प्रकारका गतिविधिहरूमा संलग्न हुन्छन्—कोही आहारा खोज्न बाहिर निस्कन्छन् र कोही कराउन थाल्छन्। यस समयमा, मानवजाति शान्त हुन्छ र निदाउन थाल्छ। झ्याउँकिरीहरूको आवाज सुन्दै, विभिन्न जीवहरूको आवाज र तिनीहरूका रात्रि गतिविधिहरूको साथमा, मानिसहरू सपनाको संसारमा डुब्छन्, र मीठो, आनन्दित र शान्तिपूर्ण निद्रामा पर्छन्। के यो सकारात्मक कुरा हो? (हो।) मानिसहरूका लागि, यी सकारात्मक कुराहरू सबै बारम्बार हुने कुराहरू हुन्। तँलाई तिनीहरूका विभिन्न सङ्केत र इसाराहरू प्राप्त हुन सक्छ, र तैँले तेरो जीवनमा तिनले ल्याउने फाइदाहरू, साथै तैँले जीवन बिताउँदै जाँदा तँमा तिनले ल्याउने विभिन्न परिवर्तन र प्रभावहरू पनि महसुस गर्न सक्छस्। यदि तेरो वरिपरि रहेका विभिन्न सकारात्मक कुराहरूको अस्तित्वप्रति तेरो सही प्रतिक्रिया र सही बोध छ, साथै यी सकारात्मक कुराहरूलाई व्यवहार गर्ने सही तरिका छ भने, यसले के देखाउँछ भने तँ केही हदसम्म सही र गलत बुझ्ने व्यक्ति होस्, तँ परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक मिलेर बनेको जीवित वातावरणप्रति उत्तरदायी, संवेदनशील र बोधगम्य छस्, र तेरो वरिपरि रहेका यी सबै कुराहरूले पारेको प्रभाव वा तेरो जीवनमा तिनीहरूको साथप्रति तँसँग कृतज्ञ हृदय छ। यसले के देखाउँछ भने तैँले परमेश्‍वरको अस्तित्व र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू निर्विवाद रूपमा वास्तविक छन् भन्‍ने महसुस गर्न सक्छस्, र यावत् थोकले तँलाई दिने फाइदाहरू र विभिन्न पक्षहरूमा तँमाथि पार्ने प्रभावहरू महसुस गर्न सक्छस्। यदि तैँले यस्ता सन्देशहरू प्राप्त गर्न सक्छस् र यी भावनाहरू राख्न सक्छस् भने, तँ सही र गलत बुझ्न सक्ने र मानवता भएको व्यक्ति होस्। तैँले सकारात्मक कुराहरूलाई सही रूपमा बुझ्न सक्छस्, तिनलाई अनुकूलन गर्न सक्छस्, तँ तीसँगै चल्न सक्छस्, र तीसँग सहअस्तित्वमा रहन सक्छस्। अनि तँ यी कुराहरूबाट वितृष्ण नहुने मात्र होइन; बरु, तैँले परमेश्‍वरमा विश्वास गर्ने र केही सत्यताहरू बुझ्ने हुनाले, तँ यी सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट, सृष्टिकर्ताबाट आउँछन् भनी अझ बढी विश्वस्त हुन्छस्, र तँ यी सकारात्मक कुराहरूको अस्तित्वका लागि अझ बढी कृतज्ञ हुन सक्छस्। तदनुसार, तैँले तेरो हृदयमा नकारात्मक कुराहरूप्रति घृणा र वितृष्णा महसुस गर्छस्। त्यसोभए, केही नकारात्मक कुराहरू के-के हुन्? (वातावरण प्रदूषण गर्नु, अत्यधिक उत्खनन गर्नु।) वातावरणलाई नष्ट र प्रदूषित गर्नु, अन्धाधुन्ध वन फँडानी गर्नु, अत्यधिक उत्खनन र शोषण गर्नु—यी सबै नकारात्मक कुराहरू हुन्। यीबाहेक, तिमीहरूलाई अरू कुन-कुन कुराहरू नकारात्मक लाग्छ, र तिमीहरूको हृदयमा तीप्रति स्पष्ट घृणा छ? मानवजाति सधैँ प्रकृतिलाई विजय गर्न चाहन्छ—यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) उदाहरणका लागि, कतिपय ठाउँहरूमा बारम्बार आँधीबेहरी आउँछ, त्यसैले कतिपय मानिसहरूले सधैँ यस्तो विचार गर्छन्, “यी आँधीबेहरीहरूले जताततै धूलो उडाउँछन्, घर र खेतहरू नष्ट गर्छन्। मानव प्रविधि उन्नत छ र मानव क्षमताहरू बलियो भएका छन् भनी देखाउन, हामीले तिनलाई रोक्न पर्खाल बनाउन हरसम्भव प्रयास गर्नुपर्छ।” यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) यो सुनेपछि तिमीहरूको हृदयमा कस्तो महसुस हुन्छ? (मलाई के लाग्छ भने, मानिसहरूले आफ्नै क्षमतालाई बढाइचढाइ गरेर हेर्छन्।) कुरा ठ्याक्कै यही हो। कतिपय ठाउँहरू विशाल घाँसे मैदानले ढाकिएका हुन्छन्, त्यसैले कतिपय मानिसहरूले यसो भन्छन्, “गोठालाहरूले घाँसे मैदानमा घुमन्ते जीवन बिताउँछन्, र वर्षभरि मुस्किलले कुनै राम्रो भोजन खान पाउँछन्। आधा वर्षसम्म, तिनीहरू सधैँ खुला ठाउँमा हुन्छन्, घाँसे मैदानमा गाईवस्तु र भेडा चराउँछन्। यी कठिन दिनहरू कहिले अन्त्य होलान्? हामीले गोठालाहरूको जीवन सुधार्ने उपायहरू खोज्नुपर्छ, घाँसे मैदान र खर्कहरूलाई भवन र सहरहरूमा परिणत गर्नुपर्छ, ताकि गोठालाहरूले अब चराएर बाँच्नु नपरोस्। तब तिनीहरूले राम्रो जीवनको आनन्द लिनेछन्, र तिनीहरूले देश र सरकारलाई धन्यवाद दिनेछन्।” यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) के तिमीहरूले यसो गर्नु नकारात्मक कुरा हो भन्‍ने महसुस गर्न सक्छौ? घाँसे मैदानलाई भवन र सहरमा परिणत गर्नु—यो त्रुटिपूर्ण विचार र दृष्टिकोण हो; यो अभ्यास अत्यन्तै अतार्किक छ! तिमीहरूले यो कुरा छर्लङ्गै देख्न सक्दैनौ, होइन र? तिमीहरूले सोच्छौ, “यो सरकारको काम हो, हामीले यसबारे केही गर्न सक्दैनौँ,” र तिमीहरूलाई यसबारे केही महसुस हुँदैन। साथै, मानवजातिले सधैँ अन्तरिक्ष अन्वेषणलाई अघि बढाइरहेको छ, सधैँ चन्द्रमामा जान, मङ्गल र बृहस्पति ग्रहको सर्वेक्षण गर्न चाहन्छ। तिनीहरू सूर्यको अन्वेषण गर्न समेत चाहन्छन्, तर सूर्यको तापक्रम धेरै उच्च भएकाले, तिनीहरू त्यहाँ जान सक्दैनन्। त्यसैले, तिनीहरूले पृथ्वीको गुरुत्वाकर्षणलाई पार गरेर चन्द्रमा र मङ्गल ग्रहमा उड्नका लागि अन्तरिक्ष यानहरू बनाउँछन्। यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) यो नकारात्मक कुरा हो। त्यसोभए, के विज्ञानसँग सम्बन्धित कुनै सकारात्मक कुराहरू छन्? के परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकका प्राकृतिक नियमहरूअनुसार हुने कुनै सकारात्मक दाबीहरू छन्? (वैज्ञानिक माध्यमबाट आविष्कार र निर्माण गरिएका केही उपकरणहरू, जस्तै कम्प्युटरले हाम्रो कार्यकुशलतामा सुधार ल्याउन सक्छ। यी सकारात्मक कुराहरू हुन्।) यी न त सकारात्मक कुराहरू हुन् न त नकारात्मक नै कुराहरू। ती केवल उपकरणहरू हुन्। तिनमा कुनै विशेष विचार, सिद्धान्त वा भनाइ समावेश हुँदैन। हामीले कुरा गरिरहेका सकारात्मक र नकारात्मक कुराहरूमा चीजहरूको सार र आधारभूत कुराहरू, र मानवजातिले सञ्चालन गर्ने विभिन्न वैज्ञानिक अनुसन्धान परियोजनाहरू पछाडिका उद्देश्यहरू पनि समावेश हुन्छन्। यिनकै आधारमा, हामी कुनै कुरा सकारात्मक हो कि नकारात्मक हो भनी निर्धारण गर्छौँ। त्यसोभए, अरू नकारात्मक कुराहरू के-के छन्? (हाल, मानवजातिले सबै कुराको वृद्धिका नियमहरू पछ्याउँदैन तर यी नियमहरू परिवर्तन गर्न वैज्ञानिक माध्यमहरू प्रयोग गर्छ। उदाहरणका लागि, कुखुरालाई हर्मोनयुक्त दाना खुवाइन्छ र ती तीस दिनमा बजारमा बेच्न तयार हुन्छन्, र बेमौसमी तरकारी र फलफूलहरू खेती गरिन्छ। विज्ञान र प्रविधि उन्नत भएको जस्तो देखिन्छ, तर यसले सबै कुराको वृद्धिका नियमहरूलाई उल्लङ्घन गर्छ र यो सब मानिसहरूको भोजनप्रतिको लालसालाई पूरा गर्नका लागि हो। यो नकारात्मक कुरा हो।) यो नकारात्मक कुरा हो। कतिपय मानिसहरूले बाघ र सिंहलाई वशमा पार्न चाहन्छन्। तिनीहरूले बाघहरू डरलाग्दा देखिन्छन् भन्‍ने देख्छन्—बाघले हाई काड्दा त्यसले समेत मानिसहरूलाई तर्साएर भगाउँछ—त्यसैले तिनीहरू त्यसलाई वशमा पार्न चाहन्छन्, त्यसपछि तिनका दाह्राहरू निकालेर आफ्ना आँगनमा राख्न, र बाघलाई कुकुरजस्तै आफ्नो घरको सुरक्षा गराउन चाहन्छन्। यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) यो नकारात्मक कुरा हो। मानिसहरूले दैहिक आनन्दको खोजीमा विभिन्न वैज्ञानिक माध्यमहरू प्रयोग गरेर र प्राकृतिक नियमहरूको उल्लङ्घनमा गर्ने सबै कामहरू र तिनीहरूले आविष्कार गर्ने विभिन्न चीजहरू सबै नकारात्मक कुराहरू हुन्, सकारात्मक कुराहरू होइनन्, किनभने तिनले मानवजातिलाई पुऱ्याउने हानि धेरै ठूलो हुन्छ, र मानव बसोबासको वातावरणमा तिनीहरूले पुऱ्याउने क्षति निकै गम्भीर छ। उदाहरणका लागि, कतिपय ठाउँहरू अत्यन्तै सुक्खा हुन्छन्, त्यसैले सरकारले वर्षा गराउनका लागि वर्षा गराउने रसायन छर्कन हवाइजहाज प्रयोग गर्छ। यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) कतिपय ठाउँहरूमा धेरै वर्षा हुन्छ, जसले बाढी निम्त्याउँछ, त्यसैले सरकारले वर्षा नियन्त्रण गर्न बादलहरूलाई तितरबितर पार्न हवाइजहाजहरू तैनाथ गर्छ। के यसले प्राकृतिक नियमहरूलाई उल्लङ्घन र नष्ट गर्दैन र? (हो।) प्राकृतिक नियमहरू नष्ट गर्नु, प्राकृतिक नियमहरू उल्लङ्घन गर्नु, प्राकृतिक नियमहरूअनुसार नगर्नु, जे मन लाग्यो त्यही गर्नु, उन्नत मानव प्रविधिको धाक लगाउनु—यी नकारात्मक कुराहरू हुन्। यीबाहेक, अरू नकारात्मक कुराहरू के-के छन्? जैविक एजेन्ट र आनुवंशिक परिमार्जनमा अनुसन्धान गर्नु सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) आनुवंशिकीमा गरिएको वैज्ञानिक अनुसन्धानका कारण, मानिसहरूले धेरै आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरू खान सक्छन्। त्यसोभए, के आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरू सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन्? (नकारात्मक कुराहरू हुन्।) तिमीहरू किन ती नकारात्मक हुन् भनी भन्छौ? कतिपय मानिसहरूले भन्छन्, “यो एक वैज्ञानिक उपलब्धि हो, जसको उद्देश्य धेरै मानिसहरूलाई पर्याप्त खान दिनु र भोकै नराख्नु हो। यसबाहेक, मानिसहरूले दशकौँदेखि आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरू खाइरहेका छन्, र तिनीहरू अग्ला र बलिया भएका छन्—विशेष गरी आजकलका युवाहरू अघिल्लो पुस्ताभन्दा अग्ला छन्। यो सबै मानवजातिका लागि विज्ञानको योगदान हो। आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरूले मानिसहरूलाई यति ठूलो फाइदा दिने हुनाले, तिनलाई किन नकारात्मक कुरा भन्‍ने?” के तिमीहरूले यो कुरालाई व्याख्या गर्न सक्छौ? (मानिसहरू अहिले अग्ला भए पनि, तिनीहरूको शरीर कमजोर हुँदै गइरहेको छ, र तिनीहरूलाई धेरै रोगहरू लाग्न थालेका छन्—यो सबै मानिसहरूले ती वैज्ञानिक रूपमा प्रशोधित चीजहरू खाएको कारणले हो। त्यसैले, ती नकारात्मक कुराहरू हुन्।) सतही रूपमा हेर्दा, आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरूले मानिसहरूलाई फाइदा पुऱ्याएको जस्तो देखिन्छ—मानिसहरू अग्ला र बलिया भएका छन्—तर तिनीहरूको शरीर कमजोर भएको छ। समग्रमा, तिनले मानिसहरूमा नकारात्मक प्रभाव पारेका छन्, र फाइदाभन्दा बढी हानि पुऱ्याएका छन्। मानिसहरूले तिनलाई लाभदायक वा हानिकारक ठाने पनि, ती नकारात्मक कुराहरू हुन्, पटक्कै सकारात्मक कुराहरू होइनन्, किनभने तिनले परमेश्‍वरले सृष्टि गर्नुभएका प्राकृतिक नियमहरूलाई उल्लङ्घन गर्छन्, र परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्न मौलिक जीवित चीजहरूको मानव शरीरमा हुनुपर्ने कार्यहरूको विरुद्धमा जान्छन्। मानिसहरूमा तिनले पार्ने प्रभाव सुरुमा महसुस नहुन सक्छ, तर बीस वर्षपछि, प्रतिकूल परिणामहरू स्पष्ट हुन्छन्: धेरै मानिसहरूलाई विभिन्‍न प्रकारका अनौठा रोगहरू लाग्छन्, र तिनीहरूको प्रजनन क्षमतामा समेत असर पर्छ। यस्ता खाद्य पदार्थहरू सकारात्मक कुरा होइनन् भनी प्रमाणित गर्न यो नै पर्याप्त छ। मानव दृष्टिकोणबाट हेर्दा, आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थ प्रविधिको उत्पादन, मानवजातिका लागि विज्ञानको योगदान भए पनि, सकारात्मक र नकारात्मक कुराहरूको दृष्टिकोणबाट हेर्दा, यो पटक्कै सकारात्मक कुरा होइन।

मानवजातिले सधैँ चन्द्रमाको अनुसन्धान गर्ने र अन्य कुनै ग्रहहरू मानव बसोबासका लागि उपयुक्त छन् कि छैनन् भनी अन्वेषण गर्ने प्रयास गरिरहेको छ। यो वैज्ञानिक अनुसन्धान, यो दृष्टिकोण, सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) यो किन नकारात्मक कुरा हो? (परमेश्‍वरले मानिसहरूलाई पृथ्वीमा बस्नका लागि सृष्टि गर्नुभयो; उहाँले हामीलाई अन्य ग्रहहरूमा बस्न लगाउने अभिप्राय कहिल्यै राख्नुभएन। मानिसहरू सधैँ महत्त्वाकाङ्क्षी हुन्छन् र जताततै जान चाहन्छन्। अन्त्यमा, यो प्रयासको बरबादी मात्रै हो, र तिनीहरू कतै जान सक्दैनन्।) मानिसहरूको दृष्टिकोणबाट, यी कुराहरूको अनुसन्धान गर्नु सामान्य नै हो; यसले मानवजातिको भविष्यका लागि जीवित रहने अवस्थाहरू सिर्जना गरिरहेको छ, जुन राम्रो कुरा हो। परमेश्‍वरले पृथ्वीमा स्थापित गर्नुभएका धेरै कार्यहरू नष्ट भएका छन्; विभिन्न प्रकोपहरू बारम्बार हुन्छन्, पृथ्वीको बसोबासको वातावरण क्षतिग्रस्त भएको छ, हावा, पानी र माटो सबै गम्भीर रूपमा प्रदूषित छन्, र सबै प्रकारका जीवित प्राणीहरू लोप हुने अवस्थामा छन्। पृथ्वीमा बस्न गाह्रो भएको छ। यसैले केही वैज्ञानिक अनुसन्धान संस्थाहरूले अन्य ग्रहहरूको अनुसन्धान गर्न थालेका छन्, र मानवजाति अन्य ग्रहहरूमा गएर त्यहाँ बस्न सक्छ भन्‍ने आशा राखेका छन्। तिनीहरू के विश्वास गर्छन् भने, मानवजातिका भावी पुस्ताहरू बाँच्नका लागि, मानिसहरूले पहिले नै तयारी गर्नुपर्छ—यदि तिनीहरूले अहिले तयारी गरेनन् र भविष्यमा मानवजाति पृथ्वीमा बाँच्न सकेन भने, के मानव जातिको लागि कुनै बाटो हुनेछैन र? त्यसोभए, यो दृष्टिकोण, यो वैज्ञानिक अनुसन्धान, अन्ततः नकारात्मक कुरा हो कि सकारात्मक कुरा हो? (नकारात्मक कुरा हो।) तिमीहरूले यो नकारात्मक कुरा हो भनी कुन आधारमा भन्छौ? (यस आधारमा कि परमेश्‍वरले अन्य ग्रहहरूमा मानिसहरूका लागि अनुकूल परिस्थितिहरू तयार गर्नुभएको छैन। अन्य ग्रहहरूको त कुरै छोडौँ, पृथ्वीका धेरै तातो र धेरै चिसो ठाउँहरू समेत मानव बसोबासका लागि उपयुक्त छैनन्। तर मानिसहरू सधैँ महत्त्वाकाङ्क्षी हुन्छन्, सधैँ परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको योजनाबद्ध कार्यहरूबाट अलग हुन चाहन्छन्, अन्य ग्रहहरूमा गएर बस्न चाहन्छन्—यो परमेश्‍वरको प्रबन्ध र नियुक्तिहरूको विरुद्धमा जान्छ। त्यसकारण, यो नकारात्मक कुरा हो।) परमेश्‍वरले मानिसहरूका लागि पृथ्वी—एक अद्भुत बसोबासको वातावरण—सृष्टि गर्नुभयो, तर मानिसहरूले यसलाई राम्ररी व्यवस्थापन गर्दैनन्। तिनीहरूले सधैँ विज्ञान र आधुनिक उद्योगको विकास गरिरहेका हुन्छन्, र फलस्वरूप, तिनीहरूले पृथ्वीको पारिस्थितिक वातावरणलाई नष्ट गरेका छन् र हावा, पानी, र जमिनलाई समेत प्रदूषित गरेका छन्। मानिसहरूले जैविक अन्न र तरकारीहरू पाउन छाडेका छन्, र तिनीहरूलाई अनेक प्रकारका रोगहरू लाग्छन्। पृथ्वीमा बाँच्न गाह्रो भएको छ, र अहिले तिनीहरूले आफ्नो मरणशील देह त्यहाँ जान सक्षम हुन्छ कि हुँदैन भनी विचार नगरीकनै अन्य ग्रहहरूमा जाने बारेमा सोचिरहेका छन्। मानिसहरू, यी मरणशील देहका प्राणीहरू, पृथ्वीमा बस्नका लागि मात्रै उपयुक्त छन्, र पृथ्वीमा मात्रै तिनीहरू बस्न सक्छन्। यो परमेश्‍वरको नियुक्ति हो। मानिसहरू आफ्ना विभिन्न अन्तर्निहित अवस्थाहरूमा मात्रै भर परेर कहाँ जान सक्छन् र? चराहरू आफ्ना पखेटाहरू फट्फटाएर हजारौँ मिटर माथि उड्न सक्छन्, तर मानिसहरू आफै त्यहाँ उड्न सक्दैनन्; तिनीहरूलाई हवाइजहाजको मद्दत चाहिन्छ। तैपनि हवाइजहाजमा उड्नु कहिलेकाहीँ खतरनाक हुन्छ। त्यसकारण, मानिसहरू पृथ्वीमा बस्नका लागि सबैभन्दा उपयुक्त छन्। मानिसहरूका शारीरिक गुणहरू पृथ्वीको माटोसँग, र पृथ्वीको बसोबासका अवस्थाहरूका सबै पक्षहरू, जस्तै यावत् थोक, चार ऋतु, र प्राकृतिक नियमहरूसँग अनुकूलित छन्। त्यसकारण, मानवजातिलाई केवल पृथ्वीवासी मात्रै भन्न सकिन्छ। मानव अस्तित्वका यी नियमहरू र यी बसोबासका अवस्थाहरू परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुहुँदा मानिसहरूका लागि पूर्वनिर्धारित गरिएका थिए। त्यसकारण, मानवजाति पृथ्वीमा बाँच्नका लागि मात्रै उपयुक्त छ, अन्य ग्रहहरूमा बस्नका लागि होइन। मानवजातिले पृथ्वीलाई बस्न अयोग्य हुने हदसम्म बिगारेको र क्षति पुऱ्याएको छ, र तिनीहरू केवल छोडेर जान र यसबाट मुक्त हुन चाहन्छन्, सधैँ अन्य ग्रहहरूमा बस्न खोज्छन्। यो एक व्यर्थको सङ्घर्ष हो। यो अभ्यास पृथ्वीवासीहरूका लागि परमेश्‍वरले नियुक्त गर्नुभएका प्राकृतिक नियमहरूअनुसार चल्दैन; बरु यसले पृथ्वीवासीहरूका लागि शारीरिक अस्तित्वका दिइएका नियमहरूलाई उल्लङ्घन गर्छ र यो एक अत्यन्तै अविवेकी अभ्यास हो। त्यसैले, यो नकारात्मक कुरा हो। केही ग्रहहरूमा हावा भए पनि, र पृथ्वीवासीहरू त्यहाँ हेर्न जान सक्ने भए पनि, यसको अर्थ मानवजाति ती ग्रहहरूमा बाँच्न सक्छ भन्‍ने हुँदैन। पृथ्वीमा समेत, तँ दक्षिणी ध्रुव वा उत्तरी ध्रुवमा हेर्न जान सक्छस्, तैँले त्यहाँ खुट्टा टेक्न सक्छस्, तर यदि तँ त्यहाँ धेरै वर्षसम्म बस्ने हो भने, के तैँले त्यो सहन सक्थिस्? केही तुलनात्मक रूपमा ताता ठाउँहरू पनि छन् जहाँ वर्षभरि साठी डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन्छ; ती पनि मानव अस्तित्वका लागि उपयुक्त छैनन्। मानिसहरू विशेष भौगोलिक वातावरणका कारण पृथ्वीका केही ठाउँहरूमा दीर्घकालीन अस्तित्वमा रहनका लागि उपयुक्त छैनन्, अन्य ग्रहहरूमा बस्ने कुरा त परै जाओस्। त्यो परमेश्‍वरको प्रबन्धको भाग होइन। मानव देहका विशेषताहरूका आधारमा, यो मानवजाति पृथ्वीमा बस्नका लागि मात्रै उपयुक्त छ; यो सुस्थापित कुरा हो। पृथ्वी सृष्टि गर्नुको परमेश्‍वरको उद्देश्य मानवजातिका लागि उपयुक्त बसोबासको वातावरणको प्रबन्ध गर्नु थियो। यदि तँ यस्तो वातावरणबाट उम्कन र अर्को बाटो खोज्न चाहन्छस् भने, त्यसले विनाश मात्रै निम्त्याउनेछ। त्यसकारण, यो नकारात्मक कुरा हो। यदि तँलाई सधैँ अन्य ग्रहहरूमा बसोबासको अनुसन्धान गर्नु नकारात्मक कुरा हो भन्‍ने थाहा छ, तर तेरो हृदयमा तैँले अझै पनि मानवजातिले अन्य ग्रहहरूमा बस्ने तरिका खोज्नका लागि वैज्ञानिक अनुसन्धान गरेको कुरालाई अनुमोदन गर्छस् भने, यसले तेरो मानवतामा समस्या छ, तैँले सही र गलत बुझ्दैनस्, र तैँले सही र गलत के हो भनी खुट्ट्याउन सक्दैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तँलाई यो मार्ग असम्भव छ भनी स्पष्ट रूपमा थाहा छ, तैपनि तँ अझै पनि अर्को युगमा अन्य ग्रहहरूमा बस्न सक्ने अभिलाषा र अपेक्षा गर्छस् भने, तँ सामान्य व्यक्ति होइनस्—तँ एक विचित्र व्यक्ति होस्।

सही र गलत बुझ्ने व्यक्तिले, एकातिर, सकारात्मक कुराहरूलाई प्रेम गर्न र स्वीकार गर्न सक्छ र तिनको स्पष्ट बुझाइ राख्न सक्छ। यसका साथै, उसले नकारात्मक कुराहरूलाई खुट्ट्याउन सक्छ, र उसँग मानवता र समझ भएको हुनाले, उसले आफ्नो हृदयमा नकारात्मक कुराहरूप्रति वितृष्णा र घृणा महसुस गर्छ। अवश्य पनि, उसले केही सत्यताहरू बुझेको आधारमा तिनलाई तिरस्कार गर्न, आलोचना गर्न, र इन्कार गर्न पनि सक्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तँ सही र गलत बुझ्ने व्यक्ति होइनस्। तँ मानवताको हिसाबमा पछि परेको छस् भनेर पनि भन्‍न सकिन्छ। यदि तेरो मानवतामा सही र गलत खुट्ट्याउने क्षमताको कमी छ भने, तेरो मानवतामा एक अत्यन्तै महत्त्वपूर्ण अवस्था, एक अत्यन्तै महत्त्वपूर्ण तत्त्वको कमी छ। यसको अर्थ तँसँग सामान्य मानवता छैन, र तँलाई सच्चा व्यक्ति भन्न सकिँदैन। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “भर्खरै दिइएका उदाहरणहरूमा मानिसहरूको दैनिक जीवनका आधारभूत आवश्यकताहरूसँग सम्बन्धित केही कुराहरू र विज्ञान पनि समावेश छन्। यदि ती कुराहरू नकारात्मक कुराहरू हुन् र हामीले तिनलाई खुट्ट्याउन आवश्यक छ भने, के हामीले तिनलाई इन्कार गर्नुपर्छ?” त्यसो गर्नु आवश्यक छैन। सही र गलत खुट्ट्याउनुको अर्थ तेरो हृदयमा सकारात्मक र नकारात्मक कुराहरूको खुट्ट्याउने क्षमता छ भन्‍ने हो। तेरो मानवताभित्र, तँसँग मूल्याङ्कनका लागि एउटा मानक हुन्छ, र तँलाई कुन कुराहरू सकारात्मक हुन् र कुन कुराहरू नकारात्मक हुन् भनी थाहा हुन्छ। तँसँग स्पष्ट मनोवृत्ति पनि हुन्छ, र तँलाई सकारात्मक र नकारात्मक कुराहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने थाहा हुन्छ। तैँले सकारात्मक कुराहरूलाई स्वीकार गर्न, तीसँगै चल्न, र तिनलाई अनुकूलन गर्न सक्छस्, र तेरो हृदयमा तीप्रति कुनै प्रतिरोध वा वितृष्णा हुँदैन। नकारात्मक कुराहरूको हकमा, तैँले तिनलाई आफ्नो हृदयको गहिराइबाट खुट्ट्याउन सक्छस्, र तैँले तिनलाई तिरस्कार गर्न, तीप्रति वितृष्णा राख्न, र तिनलाई घृणा गर्न सक्छस्, र तिनको बारेमा तेरा आफ्नै दृष्टिकोणहरू समेत हुन सक्छन्, जसलाई तँ तिनको आलोचना गर्नका लागि प्रयोग गर्छस्। सही र गलत खुट्ट्याउन सक्ने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति र प्रकटीकरण यही हो। तर, मानौँ कि तैँले स्पष्ट रूपमा सकारात्मक रहेका कुराहरूलाई भित्री रूपमा तिरस्कार र घृणा गर्छस्, र नकारात्मक कुराहरूको तुलनामा तिनलाई महत्त्वहीन, साथै अत्यन्तै सामान्य, अत्यन्तै साधारण, र उल्लेख गर्न समेत अयोग्य ठान्छस्। तैँले भित्री रूपमा नकारात्मक कुराहरूको प्रशंसा, अभिलाषा, र खोजी पनि गर्छस्, र समाज र संसारमा भएका ती नकारात्मक कुराहरूलाई अनुमोदन समेत गर्छस्। अनि सत्यता वा खुट्ट्याउने सिद्धान्तहरूमा जतिसुकै सङ्गति गरिए पनि, तैँले तिनलाई ग्रहण गर्न वा स्वीकार गर्न सक्दैनस्। त्यस अवस्थामा, तेरो मानवता सामान्य हुँदैन। यदि तँ जवान भएको र जीवनमा अनुभव वा अन्तर्दृष्टिको कमी भएको कारणले, वा यी कुराहरूमा तँ संलग्‍न नभएकोले वा ती कुरा तेरो जीवनमा प्रवेश नगरेको कारणले गर्दा सकारात्मक र नकारात्मक कुराहरूको हकमा तँसँग कुनै बोध वा स्पष्ट दृष्टिकोण छैन भने, तँलाई सही र गलत खुट्ट्याउन नसक्ने व्यक्ति भनेर अझै भन्न सकिँदैन। तर, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी सङ्गति गरिसकेपछि, यदि तैँले अझै पनि आफ्नो हृदयको गहिराइबाट सकारात्मक कुराहरूलाई स्वीकार गर्न वा तँ तीसँगै चल्न सक्दैनस्, बरु तीप्रति वितृष्णा महसुस गर्छस् र तिनलाई तिरस्कार गर्छस्, जबकि नकारात्मक कुराहरूको पछि जोसका साथ लाग्छस् र तिनको अभिलाषा गर्छस् भने, तँ सही र गलत खुट्ट्याउन सक्ने व्यक्ति होइनस्। यस दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्तिमा मानवता छैन भन्‍ने कुरा प्रचुर मात्रामा स्पष्ट हुन्छ। सही र गलत खुट्ट्याउने यो मामिलाले सकारात्मक र नकारात्मक कुराहरूप्रति व्यक्तिको झुकावलाई प्रकट गर्छ, जसले गर्दा हामीलाई यस व्यक्तिको वर्गीकरण वास्तवमा के हो भनी निर्धारण गर्न मद्दत मिल्छ। उसले जेसुकै सामना गरे पनि, यदि ऊ सकारात्मक कुराहरूको सट्टा नकारात्मक कुराहरूतर्फ झुकाव राख्छ भने, के कुरा स्पष्ट हुन्छ भने, यस व्यक्तिमा मानवता छैन र ऊसँग विवेक र समझ छैन। म यसो किन भन्छु? उसले परमेश्‍वरबाट आउने सकारात्मक कुराहरूको मौलिक नियम र विधानहरूको अभिलाषा गर्नु र तिनलाई पछ्याउनुको सट्टा, दुष्ट कुराहरूको अभिलाषा गर्छ, शैतान र दुष्ट मानवजातिले वकालत गर्ने, अनुमोदन गर्ने, र संलग्नता जनाउने विभिन्न कार्य, अनुसन्धान परियोजना, वा प्रविधिका निश्चित पक्षहरूको अभिलाषा गर्छ। त्यसोभए, त्यस्ता मानिसहरू निश्चित रूपमा गैर-मानव हुन्। के यो कुरा स्पष्ट भयो? (भयो।)

हामीले भर्खरै मानिसहरूको मानवताभित्रको सही र गलत कुराहरू खुट्ट्याउने क्षमताको बारेमा बोल्यौँ, अर्थात्, मानिसहरूले सकारात्मक र नकारात्मक कुराहरू पहिचान गर्न सक्छन् कि सक्दैनन् भन्‍ने बारेमा। धेरै मानिसहरू यो खुट्ट्याउन सक्ने क्षमतामा सक्षम हुँदैनन्, तैपनि आफ्‍नो जीवनमा मानिसहरू बारम्बार सकारात्मक र नकारात्मक दुवै कुराहरूको सम्पर्कमा आउँछन्। उदाहरणका लागि, मानिसहरूका सामान्य भावनाहरू—आनन्द, रिस, शोक, खुसी—सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन्? (सकारात्मक कुराहरू।) परमेश्‍वरप्रतिको मानिसहरूको विद्रोह नि? त्यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (नकारात्मक कुरा।) अनि मानिसहरूले परमेश्‍वरप्रति राख्ने अत्यधिक चाहनाहरू नि? ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन्? (नकारात्मक कुराहरू।) आफ्नो दैनिक जीवनमा, मानिसहरूले सामना गर्ने धेरै कुराहरूको हकमा तिनीहरूसँग वास्तवमा कुनै बोध हुँदैन। केही सकारात्मक कुराहरू मानिसहरूको जीवन र अस्तित्वमा तिनीहरूसँगै सधैँ हुन्छन्; तिनले तिनीहरूको जीवनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छन्, र मानव अस्तित्वमा तिनको सकारात्मक प्रभावलाई कुनै पनि नकारात्मक कुराको प्रभावले प्रतिस्थापन गर्न सक्दैन। तर, मानिसहरूले अक्सर यी सकारात्मक कुराहरूलाई बेवास्ता गर्छन्, बरु धेरै नकारात्मक कुराहरू सधैँ मानिसहरूसँगै हुन्छन्, तिनले तिनीहरूको जीवनलाई निरन्तरता दिन्छन्, र तिनीहरूको अस्तित्वमा ती तिनीहरूसँगै रहन्छन् भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। यसबाट, धेरै मानिसहरूलाई वास्तवमा सकारात्मक कुराहरूको कुनै अनुभूति हुँदैन भन्‍ने देख्न सकिन्छ। यदि तँलाई यी कुराहरूको कुनै अनुभूति छैन भने त्यसले खासै फरक पार्दैन। जबसम्म, ती सकारात्मक कुराहरू हुन् भन्‍ने थाहा पाएपछि, तँलाई तीप्रति वितृष्णा लाग्दैन, र तँ आफ्नो हृदयको गहिराइबाट तिनको चाह गर्न र तिनलाई प्रेम गर्न समेत सक्छस्, तबसम्‍म यसले तेरो मानवताले सकारात्मक कुराको चाह गर्छ भन्‍ने प्रमाणित गर्छ। मानौँ तैँले सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी जान्दछस्, तर तैँले अझै पनि सकारात्मक कुराहरू मन पराउन सक्दैनस्। बरु, तेरो हृदयमा नकारात्मक कुराहरूप्रति लगाव छ, तँ तिनमा विशेष गरी रुचि राख्छस्, र, अझै बढी त, यदि परिस्थितिहरू सही छन् र तैँले अवसर पाइस् भने तँ तिनलाई पछ्याउन र प्राप्त गर्ने प्रयास गर्ने कुरा निश्‍चित छ। यसले के सङ्केत गर्छ भने, जब सकारात्मक र नकारात्मक कुराहरूप्रतिको तेरो झुकावको कुरा आउँछ, तब तैँले नकारात्मक कुरालाई प्रेम गर्छस् र सकारात्मक कुरालाई होइन। यदि तैँले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस् भने, यसले तँ सकारात्मक व्यक्तित्व होइनस् भन्‍ने देखाउँछ। यदि तँ सकारात्मक व्यक्तित्व होइनस् भने, तँ पक्कै पनि विवेक र समझ भएको व्यक्ति होइनस्; तँ नकारात्मक व्यक्तित्व होस्। यदि तँ विवेक र समझ भएको व्यक्ति होइनस् भने, तँ गैर-मानवीय व्यक्ति होस्, तँ मानिस होइनस्। उदाहरणका लागि, कसैले गोलभेँडा उमार्छ। उसले के सुन्छ भने गोलभेँडाहरू बढेपछि, तिनमा रासायनिक पदार्थ लगाएर एकै रातमा हरियोबाट रातो बनाउन सकिन्छ, र त्यसपछि त्यो तुरुन्तै बेच्नका लागि तयार हुन्छ। त्यसपछि उसले सोच्छ, “यो त गज्जबको कुरा हो। अरू सबैले यसरी नै बेच्छन्, त्यसैले म पनि त्यसै गर्नेछु। यसरी, म धनी हुन सक्छु, र मैले गोलभेँडाहरू चाँडै खान पनि पाउँछु। यो त उत्तम हो!” त्यसैले उसले यी गोलभेँडाहरू बेच्छ, र उसले आफै पनि खान्छ। कसैले उसलाई रासायनिक पदार्थहरूले पकाइएका गोलभेँडाहरू मानिसहरूका लागि हानिकारक हुन्छन्, र यस्ता चीजहरू बेच्नु भनेको अरूलाई हानि पुऱ्याउनु हो भनेर सम्झाउँछ, तर उसले यो स्विकार्न मान्दैन, र भन्छ, “यसले कसरी मानिसहरूलाई हानि पुऱ्याउन सक्छ र? यो त वैज्ञानिक अनुसन्धानको फल हो; यो सकारात्मक कुरा हो। विज्ञानले मानवजातिको सेवा गर्छ, र यी चीजहरू विज्ञानमार्फत आविष्कार गरिएका हुनाले, तिनलाई मानिसहरूको जीवनमा व्यापक रूपमा लागू गरिनुपर्छ। मानिसहरूको जीवन विज्ञानविना चल्न सक्दैन; हामीले यसमा भर पर्नुपर्छ।” कतिपय मानिसहरूले त विज्ञानलाई सत्यताको रूपमा लिन्छन्, र तिनीहरूले मानिसहरूलाई विज्ञानलाई प्रेम गर्न, सिक्न, र प्रयोग गर्न, साथै सबै कुरालाई यसमा आधारित गर्न सिकाउँछन्। कतिपय मानिसहरूले अहिले विज्ञान सधैँ सही हुँदैन, र विज्ञानमार्फत आविष्कार गरिएका केही चीजहरू मानिसहरूका लागि हानिकारक हुन्छन् भनी पत्ता लगाएका हुन सक्छन्—उदाहरणका लागि, रासायनिक हतियार र उन्नत हतियारहरूले मानवजातिलाई संहार गर्न सक्छन्, र विशेष गरी आनुवंशिक रूपमा परिमार्जित खाद्य पदार्थहरू मानवजातिका लागि अनन्त विपत्ति हुन्। तर धेरै मानिसहरूले त्यस्तो सोच्दैनन्, र भन्छन्, “के विज्ञान गलत हुन सक्छ? यदि विज्ञान गलत भएको भए, के राज्यले यसलाई समर्थन गर्थ्यो? सारा मानवजातिले विज्ञान सिक्छ र प्रयोग गर्छ—के सारा मानवजाति गलत हुन सक्छ?” के यो अभिव्यक्ति सही छ? तिनीहरूले के विश्‍वास गर्छन् भने, सारा मानवजातिले विज्ञानलाई सम्मान गर्ने र प्रयोग गर्ने हुनाले, र यो सामाजिक प्रवृत्ति भएकोले, यो जतिसुकै नकारात्मक भए पनि, यो सकारात्मक कुरा बन्न सक्छ। के यी मानिसहरू सही र गलत कुराहरू खुट्ट्याउन सक्ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरूले बोल्ने यी शब्दहरू के हुन्? (कुतर्कहरू।) ती कुतर्कहरू, विधर्महरू, र बटारिएका तर्कहरू हुन्। दुष्ट मानवजातिका अधिकांश मानिसहरू यी भनाइहरूसँग सहमत भए पनि र तिनीहरूले तिनलाई स्विकारे पनि, जतिसुकै मानिसहरूले तिनलाई स्विकारे र अनुमोदन गरे पनि, गलत कुरा सधैँ गलत नै हुनेछ, नकारात्मक कुराहरू सधैँ नकारात्मक कुराहरू नै हुनेछन्, र बटारिएको तर्क सधैँ बटारिएको तर्क नै हुनेछ। ती कुराहरू सकारात्मक कुराहरू बन्न असम्भव छ, न त ती कहिल्यै सत्यता नै बन्न सक्छन्।

के सधैँ सामाजिक प्रवृत्तिहरू पछ्याउने र कुतर्कहरू बोल्न मन पराउने मानिसहरू अत्यन्तै नकारात्मक कुराहरूलाई प्रेम गर्नेहरू होइनन् र? (हुन्।) के तिनीहरूले सत्यता र सकारात्मक कुराहरूलाई स्विकार्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई स्विकार्न सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरू बिरामी हुन्छन्, र वास्तवमा, तिनीहरूको रोग व्यायाम र तिनीहरूको दैनिक दिनचर्यालाई हेरफेर गरेर निको हुन सक्थ्यो, तर तिनीहरूले उपचारका लागि आधुनिक, उच्च-प्रविधिका साधन र विधिहरू प्रयोग गर्न जिद्दी गर्छन्। तैँले यसो भन्न सक्छस्, “अहिले चिकित्साशास्त्र उन्नत भए पनि, र त्यो उपचारको स्पष्ट परिणाम भए पनि, यसले अवशिष्ट असरहरू निम्त्याउनेछ, जसका परिणामहरू अपरिवर्तनीय हुनेछन्। तिमीले प्राकृतिक विधि प्रयोग गर्नुपर्छ—जस्तै व्यायाम, आफ्नो दैनिक दिनचर्यामा हेरफेर, र आफ्नो आहारको बानी र ढाँचाहरूमा हेरफेर गरेर—आफ्नो शरीरलाई बिस्तारै सामान्य, प्राकृतिक शैलीमा ल्याउनुपर्छ, त्यसपछि केही लक्षणहरू बिस्तारै कम हुनेछन्।” कतिपय मानिसहरूले यस प्रकारको दृष्टिकोण स्विकार्न सक्छन्, तर अरूले सक्दैनन्। तिनीहरूले सोच्छन्, “त्यो त पुरानो शैली हो। हजारौँ वर्ष पहिले मानवजातिले रोगहरूको उपचार गर्ने तरिका र दर्शन त्यही थियो। निको हुनु भनेको तीस प्रतिशत उपचार र सत्तरी प्रतिशत स्वास्थ्यलाभ हो भन्‍ने विचार अब काम लाग्दैन! अहिले चिकित्साशास्त्र उन्नत छ, र उच्च-प्रविधिका उपचारहरूले छिटो परिणाम ल्याउँछन्। औषधिहरूले त आँखा झिमिक्क गर्दा पनि निको पार्छन्!” तिनीहरूको दृष्टिकोणअनुसार त, जबसम्म चिकित्साशास्त्र उन्नत छ र त्यसले मानवजातिका विभिन्न रोगहरू निको पार्न र मानिसहरूलाई लामो जीवन जिउन दिन सक्छ, तबसम्‍म चिकित्साशास्त्र सकारात्मक कुरा बनेको हुन्छ, र मानिसहरूले चिकित्साशास्त्रमा विश्वास गर्नुपर्छ र विज्ञानमा विश्वास गर्नुपर्छ, र विज्ञानलाई आफ्‍नो भाग्यमाथि सार्वभौमिकता राख्न दिनुपर्छ। तिनीहरूले के सोच्छन् भने, मानिसहरूलाई जतिसुकै रोग लागे पनि, डराउनुपर्ने केही छैन—उच्च-प्रविधिका साधनहरूमार्फत, कुनै पनि जटिल, उपचार गर्न गाह्रो रोग निको पार्न सकिन्छ, र, अवशिष्ट असरहरू भए पनि, चिन्ता लिनुपर्ने केही छैन। के यी दृष्टिकोणहरू सही छन्? ती कुतर्कहरू हुन्। मलाई भन्, यदि तैँले यस प्रकारको व्यक्तिसँग सकारात्मक कुराहरू के हुन् भनी कुरा गरिस् भने, के तैँले उसलाई बुझाउन सक्छस्? के तिनीहरूले यो कुरालाई स्विकार्न सक्छन्? (सक्दैनन्, हामीले तिनीहरूलाई बुझाउन सक्दैनौँ।) तैँले तिनीहरूलाई बुझाउन नसक्नुको एउटा कारण के हो भने तिनीहरू आफै सकारात्मक दृष्टिकोणहरू स्विकार्न असमर्थ हुन्छन्। अनि अर्को कारण के हो भने, सारा संसारभरिका सम्पूर्ण मानवजातिलाई दुष्ट प्रवृत्तिहरूले बगाइरहेका छन् र यसमा एउटै अपवाद छैन। तिनीहरूले परमेश्‍वरमा विश्वास गरे पनि, तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूले सत्यतालाई स्विकार्दैनन्, तिनीहरूले सकारात्मक कुराहरूलाई स्विकार्दैनन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा आधारित भएर मानिसहरू र कामकुराहरूलाई हेर्दैनन्। बरु, तिनीहरूले अझै पनि हरेक मामिलालाई हेर्न वा व्यवहार गर्न शैतानका दृष्टिकोणहरू र शैतानका दुष्ट प्रवृत्तिहरूलाई आधारको रूपमा प्रयोग गर्छन्। त्यसकारण, यस प्रकारको व्यक्तिले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेको, केही प्रवचनहरू सुनेको, र आफ्नो कर्तव्य पूरा गरिरहेको भए पनि, र उसले सत्यता स्विकार्न इच्छुक छु भनी दाबी गरे पनि, वास्तविक जीवनमा कुराहरूप्रतिका उसले बोक्ने दृष्टिकोणहरू अपरिवर्तित रहन्छन्, न त उसले नकारात्मक कुराहरू र सकारात्मक कुराहरूबीच गर्ने छनौटमा नै परिवर्तन आएको हुन्छ। उसले स्विकारेका नकारात्मक कुराहरूले उसको हृदयमा पहिले नै जरा गाडिसकेका हुन्छन्, र उसलाई यी कुराहरू सत्यता होइनन् भन्‍ने थाहा भए पनि, उसले अझै पनि तिनलाई समातिराख्नेछ। यसले के कुरा प्रस्ट देखाउँछ भने उसले आफ्नो हृदयमा साँच्चै प्रेम गर्ने कुरा नकारात्मक कुराहरू हुन्, सत्यता होइन। उसले परमेश्‍वरका वचनहरू पढेको र सत्यतासम्बन्धी प्रवचनहरू सुनेको भए पनि, र उसले धर्मसिद्धान्तको हिसाबमा यी वचनहरू सही र सत्यता हुन् भन्‍ने बुझे पनि, ऊ आफूले आफ्नो हृदयको गहिराइमा धेरै अघिदेखि स्विकारेका नकारात्मक कुराहरूलाई त्याग्न अझै पनि अनिच्छुक हुन्छ, र उसले नकारात्मक कुराहरूलाई खुट्ट्याउन परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा कहिल्यै प्रयोग गर्दैन। जब उसले निश्‍चित मामिलाहरूको सामना गर्छ, तब उसको हृदयमा, उसले अझै पनि आफ्नो मौलिक, गलत दृष्टिकोणहरूलाई समातिराख्छ, र उसले अझै पनि नकारात्मक कुराहरूलाई सकारात्मक कुराहरू, र गलत दृष्टिकोणहरूलाई सही दृष्टिकोणहरू मान्छ। सकारात्मक कुराहरूको हकमा, उसले स्पष्ट रूपमा ती नकारात्मक कुराहरू हुन् भनेर नभने पनि, उसको हृदयमा ऊ नकारात्मक कुराहरू त्याग्न र सकारात्मक कुराहरू स्विकार्न अनिच्छुक हुन्छ, किनभने उसलाई यस्तो महसुस हुन्छ, “सकारात्मक कुराहरूको प्रभाव निकै कम देखिन्छ, र निकै थोरै मानिसहरूले तिनलाई स्विकार्न सक्छन्। ती समाजमा व्यावहारिक हुँदैनन्—यो एक वस्तुगत तथ्य हो।” यसले के प्रमाणित गर्छ भने उसको हृदयमा सही र गलत कुराहरू खुट्ट्याउने क्षमता छैन, र उसको मानवतामा समस्या छ। यस प्रकारको व्यक्तिलाई सकारात्मक कुराहरूमा रुचि हुँदैन, र ऊ अक्सर प्रकृतिलाई परिवर्तन गर्न, प्राकृतिक संसारको अस्तित्वका नियमहरूलाई परिवर्तन गर्न, मानव शरीर विज्ञानका नियमहरूलाई परिवर्तन गर्न, र मानव अस्तित्वका नियमहरूलाई परिवर्तन गर्न चाहन्छ, र ऊ सधैँ प्रकृतिमाथि विजय गर्न र विभिन्न जीवित प्राणीहरूमाथि विजय गर्न चाहन्छ। उदाहरणका लागि, तिनीहरू सधैँ यस्ता कुराहरू सोचिरहेका हुन्छन्: “हामीले कुकुरहरूलाई बिरालोको जीन कसरी दिन सक्छौँ, ताकि कुकुरहरूले बिरालोले जस्तै मूसा समात्न सकून्? अनि यदि बिरालोहरूले मूसा समात्न र कुकुरले जस्तै घरको रखवाली गर्न दुवै सके भने के त्यो अद्भुत हुनेथिएन र?” “यदि कुखुराका पोथीहरूले अण्डा पार्न र बास्न दुवै सके भने, हामीले पोथीहरू मात्रै पाले पुग्थ्यो—त्यो कति राम्रो हुनेथियो!” हेर् त, तिनीहरूले सधैँ अनुचित कुराहरू सोचिरहेका हुन्छन्। यदि यो व्यक्ति सही र गलत कुराहरू खुट्ट्याउन सक्ने व्यक्ति भएको भए, उसले यस्तो सोच्नेथियो, “परमेश्‍वरले सृष्टि गर्नुभएका जनावरहरू कति अद्भुत छन्! भालेहरू बास्न सक्छन् र पोथीहरूसँगै बस्न सक्छन्, र पोथीहरूले अण्डा पार्न र चल्ला कोरल्न सक्छन्, र मानिसहरूले भाले र पोथी दुवैको मासु खान सक्छन्। कुकुरहरू घरको सुरक्षा गर्न र आफ्नो मालिकसँगै बस्न सक्छन्, र बिरालोहरूले मूसा समात्न सक्छन्, र कहिलेकाहीँ तिनीहरू परिवारको सामान्य सदस्य पनि बन्न सक्छन्। यी सबै महान् छन्, हरेकको आफ्नै काम हुन्छ—परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरा असल छन्!” तर जसले सकारात्मक कुराहरू बुझ्न सक्दैनन्, तिनीहरूले तिनलाई इन्कार गर्न र निन्दा गर्न शैतानका दृष्टिकोणहरू प्रयोग गर्नेछन्, र तिनीहरूले शैतानका दृष्टिकोणहरूमा आधारित भएर, विभिन्न प्राणीहरूको अस्तित्वका नियमहरूलाई परिवर्तन गर्ने, प्राकृतिक संसारका विभिन्न नियमहरूलाई परिवर्तन गर्ने, र मानव अस्तित्वका नियमहरूलाई समेत परिवर्तन गर्ने प्रयास गर्नेछन्, यी सबै विज्ञानलाई शासन गर्न दिनका लागि गरिन्छ। यस्ता मानिसहरूमा पक्कै पनि सामान्य मानवता हुँदैन। तिनीहरूको मानवतामा सही र गलत कुराहरू खुट्ट्याउन सक्ने विशेषताको कमी हुन्छ। यसका साथै, तिनीहरूले प्राकृतिक नियमहरूअनुसार आफ्नो जीवन कसरी व्यवस्थापन गर्ने भनी जान्दैनन्, र तिनीहरूले सधैँ मानव इच्छाअनुसार काम गर्न चाहन्छन्, र शारीरिक जीवनका सामान्य नियमहरूलाई परिवर्तन गर्न प्राविधिक साधन वा कृत्रिम विधिहरू प्रयोग गर्न चाहन्छन्। उदाहरणका लागि, एक सामान्य व्यक्तिलाई ऊर्जाले भरिपूर्ण हुन र एक दिनको जीवनयापन र कामलाई निरन्तरता दिनका लागि दिनमा सात वा आठ घण्टा आराम चाहिन्छ, तर यस प्रकारको व्यक्तिले सोच्छ, “यदि सुत्नु वा खानु नपरीकनै मानिसहरूले हरेक दिन सामान्य रूपमा जिउन र काम गर्न सक्‍ने हो भने कति राम्रो हुनेथियो होला? यो हासिल गर्न कुन उच्च-प्रविधिका साधनहरू प्रयोग गर्न सकिन्छ होला?” उसको दिमागमा हास्यास्पद र अनौठा विचारहरू उत्पन्न हुन सक्छन्। उसले सामान्य मानवताको दृष्टिकोणबाट यी नियमहरूलाई कसरी अनुकूलन गर्ने र पछ्याउने अनि यसरी शरीरका विभिन्न आवश्यकता र समस्याहरूलाई सही रूपमा कसरी सम्हाल्ने भनी सोच्दैन, बरु ऊ सधैँ यी नियमहरूलाई परिवर्तन गर्न, साधारण मानिसहरूभन्दा फरक हुन, आफ्नो शारीरिक प्रवृत्तिहरूलाई पार गर्न, र आफ्नो शरीरद्वारा नियन्त्रित वा बाँधिनबाट मुक्त हुन चाहन्छ। के यो डरलाग्दो कुरा होइन र? तिनीहरू सधैँ भीडबाट अलग देखिन चाहन्छन्। अरू दिनमा आठ घण्टा सुत्छन्, तर तिनीहरू केवल दश मिनेट, वा बढीमा एक वा दुई घण्टा मात्रै सुत्न चाहन्छन्, र अझै पनि दिनभरिका लागि पर्याप्त ऊर्जा होस् भन्‍ने चाहन्छन्। यो त्यस्तो कुरा हो जुन सामान्य मानिसहरूले हासिल गर्न सक्दैनन्। मानव शरीरका प्राकृतिक नियमहरू परमेश्‍वरको योजनाबद्ध कार्यअन्तर्गत पहिले नै निश्चित गरिएका छन्। एक व्यक्तिको भोक कति ठूलो छ, उसको भित्री अङ्गहरूको काम गर्ने नियमहरू कस्ता छन्, एक व्यक्तिमा कति ऊर्जा हुन्छ, उसले एक दिनमा कति काम गर्न सक्छ, उसको दिमागले एक दिनमा कति कुराहरू सोच्न सक्छ, र उसले तिनको बारेमा कति समयसम्म सोच्न सक्छ—यी सबै तोकिएका हुन्छन्। मानवताको दृष्टिकोणबाट, यी नियमहरू वास्तवमा सामान्य छन्, र ती सकारात्मक कुराहरू हुन्। निश्चित नियमहरू पछ्याएर मात्रै मानवजाति वर्षैपिच्छे बाँचिरहन सक्छ, यो पुस्तौँ पुस्तासम्म आफ्नो वंश बढाउँदै बाँचिरहन सक्छ, र मानवजातिको अस्तित्व जारी रहन सक्छ। सबै जीवित प्राणीहरूका लागि पनि कुरा यस्तै हो। निश्चित प्राकृतिक नियमहरू र जीवनका निश्चित नियमहरू पछ्याएर, र आराम र गतिविधि दुवैको अवधि कायम राखेर मात्रै, तिनीहरूको जीवनको निरन्तरता कायम रहन सक्छ। यदि कसैले प्राकृतिक नियमहरू उल्लङ्घन गर्छ भने, उसको जीवनको निरन्तरतामा समस्याहरू आउनेछन्, र ऊ धेरै लामो समयसम्म नबाँच्न सक्छ। यदि एक व्यक्तिको शारीरिक अवस्थामा समस्या उत्पन्न भयो भने, उसको सामान्य जीवन, उसको दैनिक भोजन, साथै उसको सामान्य सोचाइ, सामान्य निर्णय क्षमता, र उसले एक दिनमा गर्न सक्ने कामको मात्रा, र यस्तै अन्य कुराहरू सबै प्रभावित हुनेछन्। त्यसकारण, मानवजातिका प्राकृतिक नियमहरूले मानवजातिको सामान्य अस्तित्वको रक्षा गर्छन्। यी सकारात्मक कुराहरू हुन् र मानिसहरूले तिनलाई घृणा गर्नु हुँदैन, न त मानिसहरूले तीप्रति वितृष्णा महसुस गर्नु नै हुन्छ। बरु, तिनीहरूले तिनलाई सम्मान गर्नुपर्छ र पछ्याउनुपर्छ। शैतानका स्वामित्वका ती गैर-मानवीय व्यक्तिहरूले सधैँ यस्तो महसुस गर्छन्, “मानवजातिका यी प्राकृतिक नियमहरू पछ्याउँदा मानिसहरू पूर्ण रूपमा असक्षम र लाचार देखिन्छन्! हामी सधैँ यी प्राकृतिक नियमहरूद्वारा सीमित हुन्छौँ—जब तिमी थाक्छौ, तब तिमी सुत्न जानुपर्छ; जब तिमीलाई भोक लाग्छ, तब तिमी खान जानुपर्छ। यदि तिमीले यी कामहरू गरिनौ भने, तिम्रो दिमागले तिम्रो मुखलाई साथ दिन सक्दैन, तिम्रा हातहरू काँप्न थाल्छन्, तिम्रो मुटु ढुकढुक गर्न थाल्छ, र तिम्रा खुट्टाहरू कमजोर हुन्छन् र तिमी स्थिर रूपमा उभिन सक्दैनौ। यो कति झन्झटिलो छ! कल्पना गर त यदि तिमीले केही औषधि मात्रै खाएर तिमी सामान्य रूपमा जिउन सक्थ्यौ, वा यदि तिमी धेरै दिनसम्म आराम नगरीकनै ऊर्जाले भरिपूर्ण हुन सक्थ्यौ, र यसले तिमीलाई रोबटभन्दा पनि अझ अविश्वसनीय खालको बनाउनेथियो। वा कल्पना गर त जब तिमीलाई भोक लाग्छ, तिमीले एउटा निश्चित एक्युप्रेसर बिन्दुमा थिचेर तुरुन्तै भोक नलाग्ने बनाउन सक्थ्यौ। वा कल्पना गर त, धेरै दिनसम्म नखाँदा पनि ठीकठाक हुन्छ, तिम्रो शरीर क्षीण हुँदैन, तिम्रो ऊर्जा घट्दैन, र तिम्रो शरीर अझै पनि सामान्य र स्वस्थ रहन्छ। त्यो त अचम्मको हुनेथियो!” मानिसहरू सधैँ यी प्राकृतिक नियमहरूलाई परिवर्तन गर्न चाहन्छन्। के यो सकारात्मक कुराहरूलाई इन्कार गर्नु र विरोध गर्नु होइन र? (हो।) यी सकारात्मक कुराहरूको अस्तित्वले मानवजातिको सामान्य अस्तित्वलाई कायम राख्छ र मानवजातिको सामान्य जीवनलाई कायम राख्छ, त्यसैले मानिसहरूले तिनलाई पछ्याउनुपर्ने मात्रै होइन तर तिनलाई तर्कसंगत रूपमा व्यवहार पनि गर्नुपर्छ। तिनीहरू तिनको विरुद्धमा जानु, तिनलाई दबाउनु, वा तिनसँग बाझिनु हुँदैन, र तिनको विरोध त झनै गर्नु हुँदैन। अर्कोतर्फ, मानवजातिका प्राकृतिक नियमहरूभन्दा बाहिरका ती कुराहरू, मानिसहरूका कल्पनाहरू, तिनीहरूका केही असामान्य विचारहरू र असाधारण व्यवहारहरू सबै नकारात्मक कुराहरू हुन्। ती सबै नकारात्मक कुराहरू भएकाले, मानिसहरूले तिनलाई खुट्ट्याउनुपर्छ र इन्कार गर्नुपर्छ, स्विकार्नु हुँदैन। यदि तँसँग सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउने खुबी छ, र तैँले जिउने क्रममा तिनलाई सही रूपमा व्यवहार गर्न र तर्कसंगत रूपमा सम्हाल्न सक्छस् भने, तेरो मानवता सामान्य छ। यदि तैँले अक्सर यी सकारात्मक कुराहरूको सकारात्मक प्रभावहरू महसुस गर्दैनस्, र तँ अक्सर तिनको विरोध गर्न र तिनको विपरीत कामहरू गर्न चाहन्छस्, र तैँले अक्सर केही नकारात्मक भनाइ र दृष्टिकोणहरूमा आधारित भएर, कुराहरूको वस्तुगत नियमहरू उल्लङ्घन गर्दै, यी सकारात्मक कुराहरूलाई परिवर्तन गर्ने प्रयास गर्छस् भने, यसले के प्रमाणित गर्छ भने, तेरो मानवताको हिसाबमा, तँसँग सही र गलत कुराहरू बुझ्ने क्षमता छैन। यसरी सङ्गति गरेपछि, के अब तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।)

यदि कुनै व्यक्तिमा मानवता छ भने, के उसले सकारात्मक कुराहरू के हुन् भनी बुझ्नु र तिनलाई स्विकार्नु पर्दैन र? (पर्छ।) अनि के उसले नकारात्मक कुराहरूलाई खुट्ट्याउन, र साथसाथै आफ्नो हृदयबाट तिनलाई घृणा गर्न र इन्कार गर्न पनि सक्नु पर्दैन र? (पर्छ।) त्यसोभए, मानिसहरूले सकारात्मक वा नकारात्मक भनेर पहिचान गर्न नसक्ने अरू कुराहरू के-के हुन्? परमेश्‍वरमा विश्वास गर्नु र उहाँलाई पछ्याउनु सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (सकारात्मक कुरा।) मानिसको भाग्यमाथि परमेश्‍वरको सार्वभौमिकता हुनु सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (सकारात्मक कुरा।) मानिसको भाग्यमाथि परमेश्‍वरको सार्वभौमिकता हुनु एक सकारात्मक कुरा हो। त्यसोभए, भ्रष्ट मानवजातिले परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूको विरोध गर्नुलाई आधार दिने मुख्य दृष्टिकोणहरू के-के हुन्? (मानिसहरूले आफ्नो भाग्य आफ्नै हातमा हुन्छ, र ज्ञानले आफ्नो भाग्य परिवर्तन गर्न सक्छ भन्‍ने विश्‍वास गर्छन्।) यी दृष्टिकोणहरूले भ्रष्ट मानवजातिले परमेश्‍वरलाई इन्कार गर्ने र परमेश्‍वरप्रति प्रतिरोध गर्ने कार्यलाई आधार दिन्छन्; ती साँच्चै नकारात्मक कुराहरू हुन्। त्यसोभए, मानिसहरूले मानिसको भाग्यमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने मामिलालाई कसरी बुझ्नुपर्छ? कतिपय मानिसहरूले, “परमेश्‍वर मानिसको भाग्यमाथि सार्वभौम हुनुहुन्छ” भन्‍ने कथन सही छ र यो एक सकारात्मक कुरा हो भनेर धर्मसिद्धान्तको मामिलाको रूपमा स्विकारे पनि, आफ्नो हृदयमा मानिसको आफ्नै प्रयासले उसको भाग्य परिवर्तन गर्न सक्छ, उसको भाग्य आफ्नै हातमा हुन सक्छ, र उसले नै अन्तिम निर्णय गर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई के लाग्छ भने यदि तिनीहरूले कडा अध्ययन गरेनन् र लगनशीलतासाथ मेहनत गरेनन् भने, तिनीहरू राम्रो विश्‍वविद्यालयमा प्रवेश गर्न सक्नेछैनन्, र तिनीहरूसँग राम्रो जागिर, राम्रो भविष्य, वा राम्रो जीवनस्तर हुनेछैन। के यी सही र गलत कुराहरू खुट्ट्याउन सक्ने प्रकारका मानिसहरू हुन्? (होइनन्।) बीस वा तीस वर्षसम्म बाँचेर पनि, तिनीहरूलाई “परमेश्‍वर मानिसको भाग्यमाथि सार्वभौम हुनुहुन्छ” भन्‍ने कथनको अर्थ के हो भन्‍ने अझै थाहा हुँदैन। तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेका हुन्छन् तर अझै पनि आफ्नो भाग्य आफ्नै हातमा हुन्छ, ज्ञानले आफ्नो भाग्य परिवर्तन गर्न सक्छ, र यदि तिनीहरू राम्रो गन्तव्य चाहन्छन् र राम्रा चीजहरूको आनन्द लिन र राम्रो जीवन बिताउन चाहन्छन् भने, तिनीहरूले आफ्नै प्रयासमा भर पर्नुपर्छ भन्‍ने सोच्छन्—गैरविश्‍वासीहरूले “जित्नका लागि सबथोक दाउमा राख्नैपर्छ” भनेर भन्‍ने भनाइ जस्तै। के यो सही र गलत कुराहरू खुट्ट्याउन सक्ने प्रकारको व्यक्ति हो? (होइन।) के सही र गलत कुराहरू खुट्ट्याउन नसक्ने व्यक्ति मानव हो? (होइन।) तिनीहरूले राम्रो जीवनको आनन्द लिन्छन्, राम्रो खान्छन् र लाउँछन्, र समाजमा अरूद्वारा उच्च सम्मान पाउँछन्, र तिनीहरूलाई अहिले आफूसँग भएको जीवन आफ्नै कडा परिश्रमको कारणले आएको हो भन्‍ने लाग्छ। त्यसकारण, तिनीहरूले “जित्नका लागि सबथोक दाउमा राख्नैपर्छ, र मानिसको भाग्य अरूमा होइन, आफैमा निर्भर हुन्छ” भन्‍ने भनाइ साँचो र सही दृष्टिकोण हो भन्‍ने विश्‍वास गर्छन्। के यो सामान्य मानवताको प्रकटीकरण हो? (होइन।) मानिसहरूले ज्ञान प्राप्त गर्नुअघि, तिनीहरूले यी कुराहरू बुझ्दैनन्, तर एक पटक तिनीहरूले केही ज्ञान प्राप्त गरेपछि, तिनीहरूले “परमेश्‍वर मानवजातिको भाग्यमाथि सार्वभौम हुनुहुन्छ” भन्‍ने कथनलाई पूर्ण रूपमा इन्कार गर्छन्, बरु यस्तो सोच्छन्, “व्यक्तिको भाग्य आफ्नै हातमा हुन्छ; व्यक्तिले आफ्नै हातले खुसी सिर्जना गर्न सक्छ।” के यो सही र गलत कुराहरू खुट्ट्याउन सक्ने प्रकारको व्यक्ति हो? (होइन।) त्यसोभए यस्तो प्राणी कस्तो प्रकारको प्राणी हो? के ऊ मानवताविहीन हुँदैन र? (हुन्छ।) यस्तो व्यक्ति विवेक र समझ नभएको व्यक्ति हो, र विवेक र समझ नभएको व्यक्तिले सही र गलत कुराहरू खुट्ट्याउन सक्दैन। उसले जीवनका तथ्यहरूलाई साँच्चै अनुभव गरिसकेपछि पनि, उसले सकारात्मक कुराहरू के हुन् भनी साँच्चै बुझ्न सक्दैन, न त उसले सकारात्मक कुराहरूको सार के हो भनेर साँच्चै कदर गर्न नै सक्छ। यसले ऊ सही र गलत कुराहरू खुट्ट्याउन असमर्थ छ भन्‍ने देखाउँछ। यस्तो व्यक्तिमा मानवता हुँदैन; ऊ पटक्कै मानिस होइन। यस्ता मानिसहरू पनि छन् जसले धर्मसिद्धान्त ओकल्न सक्छन्, र यसो भन्छन्, “सबै कुराका नियमहरू परमेश्‍वरबाट आउँछन्, ती सकारात्मक कुराहरू हुन्, ती मानवजातिका लागि लाभदायक छन्, र ती मानवजातिले पालना गर्नुपर्ने कुराहरू हुन्, र मानवजातिले चाह गर्नुपर्ने र पछ्याउनुपर्ने कुराहरू पनि हुन्” तर केही उच्च-प्रविधिका जानकारी र उच्च-प्रविधिका कुराहरूको सम्पर्कमा आएपछि, यी मामिलाहरूमा तिनीहरूको दृष्टिकोण परिवर्तन हुन्छ। ती कस्तो प्रकारका दृष्टिकोणहरूमा परिवर्तन हुन्छन्? तिनीहरूले यसो भन्छन्, “हामी परमेश्‍वरमा विश्वास गर्नेहरू सधैँ जिउने नियमहरू, सबै कुराका नियमहरू, र सबै कुराको अस्तित्वका नियमहरूका बारेमा कुरा गरिरहन्छौँ, र हामी यी सकारात्मक कुराहरू हुन् भनी सोच्छौँ। त्यो कति पिछडिएको कुरा हो! यसले ज्ञानको कमीलाई देखाउँछ, सीमित दृष्टिकोण हुनु जस्तो! प्रविधि अहिले कति उन्नत छ; यस्ता धेरै कुराहरू छन् जुन तिमीले आफै गर्नु पर्दैन, किनकि प्राविधिक उत्पादनहरूले ती तिम्रा लागि गर्न सक्छन्—त्यसलाई नै उन्नत भनिन्छ! हेर त, कतिपय कारहरू आफै चल्न सक्छन्। तिमी कारमा बसेपछि, तिमीले गन्तव्य तय गर्छौ, र त्यसपछि तिमीले एउटा शब्द मात्रै बोल्छौ अनि कार चल्न थाल्छ। त्यो साँच्चै उच्च-प्रविधि हो, त्यो कति प्रशंसनीय छ! मानवजातिले उन्नत प्रविधि विकास गरेको छ, र हामी केही नगरीकनै सबै कुराका मालिक बनेका छौँ। त्यसैले, विज्ञान मात्रै निरपेक्ष सत्यता हो! शिक्षा र ज्ञानको कमी भएका र विज्ञान नबुझ्ने मानिसहरू पिछडिएका र असभ्य हुन्छन्!” तिनीहरूको दृष्टिकोण परिवर्तन भएको हुन्छ, होइन र? तिनीहरूको हृदयमा, तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूबीचको भिन्नता खुट्ट्याएका हुँदैनन्। यस्ता मानिसहरू पनि छन् जसले उड्डयन सङ्ग्रहालयको भ्रमण गरेपछि यसो भन्दै उद्‍गार गर्छन्, “वाह, कस्तो आँखा खोल्ने कुरा, विज्ञान कति उन्नत छ! हामी साधारण मानिसहरूले त्यहाँ गएपछि त त्यो पूर्ण रूपमा आफ्नो पहुँचभन्दा बाहिर भएको महसुस गर्छौँ—हामीले त्यसको केही पनि बुझ्न सक्दैनौँ। तिमीहरूले अहिले विज्ञान कुन हदसम्म विकसित भएको छ भनेर कल्पना समेत गर्न सक्दैनौ। हामी त त्यो आधुनिक, उन्नत प्राविधिक सामग्रीको सम्पर्कमा समेत आएका छैनौँ! अनि हामी अझै पनि परमेश्‍वरमा विश्वास गर्छौँ, र प्राकृतिक नियम र विधानहरूको कुरा गर्छौँ—हामी कति पिछडिएका छौँ!” आधुनिक समाजका यी चकित पार्ने चीजहरू देखेपछि, यस्ता मानिसहरूले आफ्नो हृदयको गहिराइबाट सकारात्मक र नकारात्मक कुराहरूको बारेमा आफूले पहिले बुझेका सिद्धान्तहरूलाई पूर्ण रूपमा इन्कार गर्छन्। तिनीहरूले सकारात्मक कुराहरू के हुन् भनी अझ स्पष्ट रूपमा निर्धारण गर्दैनन्, बरु सकारात्मक कुराहरू पिछडिएका छन् र आधुनिक प्रविधि र मानव विकासको आधुनिक गतिभन्दा पछाडि छन् भन्‍ने विश्‍वास गर्छन्। यति मात्र होइन, तर तिनीहरूले विशेष गरी यी नकारात्मक कुराहरूलाई अनुमोदन गर्छन् र तिनको चाह गर्छन्, र आफू आधुनिक, उन्नत प्रविधि विकास गर्नेहरूमध्ये एक बन्ने आशा राख्छन्। के यस प्रकारको व्यक्ति सही र गलत कुराहरू बुझ्न सक्ने व्यक्ति हो? (होइन।) सही र गलत कुराहरू खुट्ट्याउन सक्नु मानवताको एक विशेषता भएको हुनाले, यो मानवताको अन्तर्निहित र जन्मजात कुरा हो, पछि बन्ने कुरा होइन भन्‍ने निष्कर्ष निस्किन्छ। अर्थात्, सही र गलत कुराहरू खुट्ट्याउन सक्ने, मानवताको यो विशेषता, समय बित्दै जाँदा, वा भौगोलिक वातावरण वा मानिस, घटना, र कामकुराहरूमा हुने परिवर्तनसँगै परिवर्तन हुनेछैन। कसैले यसलाई परिवर्तन गर्न सक्दैन, र कुनै पनि कुराले यसलाई परिवर्तन गर्न वा हटाउन सक्दैन। सही र गलत कुराहरू खुट्ट्याउन सक्ने मानिसहरूले हृदयको गहिराइमा सधैँ सकारात्मक कुराहरूलाई चाह गर्छन्, जबकि नकारात्मक कुराहरू सधैँ तिनीहरूले वितृष्णा र घृणा गर्ने कुराहरू हुन्, र तिनीहरूको मानवतालाई चाहिने कुराहरू होइनन्। तिनीहरूलाई के चाहिन्छ? तिनीहरूलाई शारीरिक जीवनका नियमहरू र तिनीहरूको शारीरिक अस्तित्वका लागि लाभदायक हुने कुराहरू अर्थात् जुन प्राकृतिक हुन्, जसले मानिसहरूलाई शान्तिपूर्ण र शान्त महसुस गराउँछन्, र जुन सामान्य मानवताको विवेक र समझको आवश्यकताअनुरूप हुन्छन् ती कुराहरू चाहिन्छ, भव्य, उच्च, र प्रभावशाली कुराहरू होइन। हेर् त, जब व्यक्तिले आफूलाई कसरी आचरणमा ढाल्छ भन्‍ने कुरा आउँछ, तब कतिपय मानिसहरूले आफ्नो जीवन अलिकति सरल र सादा भएको मन पराउँछन्; तिनीहरूले उल्लेखनीय जीवन जिउन मन पराउँदैनन्, तर केवल शान्ति मन पराउँछन्, र शान्ति र आनन्द पाउन, र आफ्नो जीवन धेरै शान्तपूर्वक बिताउन मन पराउँछन्। तर, अरू मानिसहरूलाई यो मन पर्दैन; तिनीहरू उल्लेखनीय जीवन जिउन मन पराउँछन्, तिनीहरू भव्य, उच्च, र प्रभावशाली कुराहरू मन पराउँछन्, तिनीहरू प्रदर्शन गर्न मन पराउँछन्, तिनीहरू भीडबाट अलग देखिन र प्रसिद्ध हुन मन पराउँछन्, र तिनीहरू सादगी वा स्वाभाविकता मन पराउँदैनन्। यसले मानिसहरूको मानवताबीचको भिन्नतालाई देखाउँछ।

सही र गलत कुराहरू खुट्ट्याउन नसक्ने मानिसहरू केही सही र सकारात्मक कथनहरूसँग सहमत हुन सक्छन्, वा बाहिरी रूपमा, तिनीहरू केही सकारात्मक कुराहरू मन पराउने र तिनको चाहना गर्ने कार्यमा अरूको पछि लाग्न सक्छन्। तर, समय बित्दै जाँदा, वातावरण बदलिन्छ, र मानिस, घटना, र कामकुराहरू पनि बदलिन्छन्, यी सकारात्मक कुराहरू तुरुन्तै तिनीहरूको हृदयको गहिराइमा नकारात्मक कुराहरू बन्नेछन्, जबकि तिनीहरूले साँचो रूपमा मन पराउने नकारात्मक कुराहरू त्यसपछि सकारात्मक कुराहरू बन्नेछन्, र तिनीहरूको खोजीको वस्तु बन्नेछन्। अर्थात्, तिनीहरूले आफूलाई मन पर्ने कुनै पनि नकारात्मक कुराहरू देख्नुभन्दा पहिले, सकारात्मक कुराहरू तिनीहरूका लागि केवल एउटा धर्मसिद्धान्त हुन्छन्, र तिनीहरू बगालसँगै बग्न र अरूको पछि लाग्न सक्छन्, तर तिनीहरूको उमेर बढ्दै जाँदा र समय बित्दै जाँदा, तिनीहरूले आफ्नो हृदयमा साँच्चै प्रेम गर्ने कुराहरू र तिनीहरूका साँचो दृष्टिकोणहरू स्वाभाविक रूपमा बाहिर आउनेछन्। उदाहरणका लागि, कतिपय मानिसहरूले प्रायजसो यसो भन्छन्, “परमेश्‍वरमा विश्वास गर्नु राम्रो कुरा हो; परमेश्‍वरमा विश्वास गर्नेहरू सही मार्गमा हिँड्छन् र तिनीहरूले दुष्ट काम गर्दैनन्; तिनीहरू सबै असल मानिसहरू हुन्।” तर तिनीहरूले केही वर्षसम्म परमेश्‍वरमा विश्वास गरेपछि र परमेश्‍वरको घरका सबै प्रवचन र सङ्गतिहरूले मानिसहरूलाई इमानदार हुन, सत्यता पछ्याउन र परमेश्‍वरमा समर्पित हुन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न भन्छन् भनी देखेपछि, तिनीहरूलाई यसप्रति वितृष्णा जाग्छ, र परमेश्‍वरमा विश्वास गर्नु व्यर्थ रहेछ भन्‍ने महसुस हुन्छ, र तिनीहरू मण्डली छोडेर संसारमा फर्कन चाहन्छन्; तिनीहरूको हृदय मण्डलीमा हुँदैन। सत्यतालाई प्रेम नगर्ने मानिसहरू यस्तै हुन्छन्। वास्तवमा, यस प्रकारको व्यक्तिले सकारात्मक कुराहरूलाई प्रेम गर्दैन, र उसको हृदयमा धेरै विकृत तर्कहरू र विधर्महरू हुन्छन्। उसका लागि, यी विकृत तर्कहरू र विधर्महरू सकारात्मक कुराहरू हुन्छन्, जबकि उसको हृदयको गहिराइमा, उसले साँच्चै सकारात्मक कुराहरूप्रति वितृष्णा मान्छ, घृणा गर्छ, र हेला गर्छ, र तिनलाई कहिल्यै स्वीकार गर्दैन। ठ्याक्‍कै उसले सकारात्मक कुराहरू कहिल्यै स्वीकार नगर्ने हुनाले नै, र उसले मन पराउने कुरा नकारात्मक कुराहरू हुने भएकाले, यस प्रकारको व्यक्तिको मानवतामा सही र गलत खुट्ट्याउने क्षमता हुँदैन। यो त कतिपय मानिसहरूले पहिलो पटक परमेश्‍वरमा विश्वास गर्न थाल्दा, आशिष्‌ पाउनकै लागि मात्रै त्यसो गरेका हुन्छन् भन्‍ने जस्तै हो। धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, तिनीहरूले अन्ततः यो बुझ्छन्: “परमेश्‍वरमा विश्वास गर्नुको अर्थ मानिसहरू इमानदार हुनुपर्छ, आफ्नो कर्तव्य पूरा गर्नमा समर्पित हुनुपर्छ र मूल्य चुकाउन इच्छुक हुनुपर्छ, परमेश्‍वरप्रति इमानदार हुनुपर्छ, लापरवाही र मनमानी ढङ्गले काम गर्नु हुँदैन, र परमेश्‍वरको घरको हितलाई कायम राख्नुपर्छ। विशेष गरी जब परमेश्‍वरको घरको हित तिनीहरूको आफ्नै हितसँग बाझिन्छ, तब तिनीहरूले परमेश्‍वरको घरको हितलाई कायम राख्नुपर्छ र आफ्नो व्यक्तिगत हितलाई छोड्नुपर्छ।” सत्यताका विभिन्‍न पक्षहरूका बारेमा सिकेपछि, तिनीहरूले परमेश्‍वरमा विश्वास गरेकोमा पछुतो मान्छन्, र यसो भन्छन्, “मैले त परमेश्‍वरमा विश्वास गर्नुको अर्थ भर पर्नका लागि एउटा ठूलो समूह, एउटा शक्तिशाली सामर्थ्य हुनु हो, र जबसम्म मानिसहरूले धेरै त्याग गर्छन्, कष्ट भोग्छन्, र मूल्य चुकाउँछन्, तबसम्म तिनीहरू राज्यमा प्रवेश गर्न सक्छन् र तिनीहरूले एउटा राम्रो गन्तव्य पाउन सक्छन्, र धूमधामसँग अर्को युगमा प्रवेश गर्न, त्यसको मालिक बन्न र राजाको रूपमा शासन गर्न सक्छन् भन्‍ने सोचेको थिएँ। तर कुरा त्यस्तो होइन रहेछ। परमेश्‍वरमा विश्वास गर्नु भनेको मानिसहरूलाई आफूलाई कसरी आचरणमा ढाल्‍ने र परमेश्‍वरमा कसरी समर्पित हुने र दुष्टताबाट अलग बस्ने भनी सिकाउनु मात्रै रहेछ। विशेष गरी, यदि मानिसहरूले परमेश्‍वरमा विश्वास गर्छन् भने, तिनीहरूलाई सधैँ इमानदार हुन र इमानदारीपूर्वक बोल्न भनिन्छ, र सधैँ सत्यताको अभ्यास गर्न भनिन्छ; तिनीहरूलाई अन्तिम निर्णय आफैले गर्न अनुमति हुँदैन। त्यसोभए परमेश्‍वरमा विश्वास गर्नुको के अर्थ भयो र?” त्यसपछि तिनीहरूको हृदयमा गुनासाहरू उत्पन्न हुन्छन् र तिनीहरू आफ्नो विश्वासबाट पछि हट्न चाहन्छन्। तर त्यसपछि तिनीहरूले सोच्छन्, “मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेको छु; यदि म अहिले रोकिएँ भने, के मैले व्यर्थमा विश्वास गरेको हुनेछैन र?” त्यस बिन्दुमा, तिनीहरू छोड्न हिचकिचाउँछन्। तर यदि तिनीहरूले विश्वास गर्न जारी राखे भने, तिनीहरूलाई सत्यतामा रुचि हुँदैन। परमेश्‍वरको घरले सधैँ सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्ने, परमेश्‍वरमा समर्पित हुने, सत्यता खोज्ने, र सिद्धान्तहरूअनुसार काम गर्ने बारेमा कुरा गरिरहन्छ। तिनीहरूलाई यी कुराहरू सुन्दा-सुन्दा वाक्क लागिसकेको हुन्छ र तिनीहरू उप्रान्त यसबारे सुन्न चाहँदैनन्। विशेष गरी जब परमेश्‍वरको घरले सत्यताको अभ्यास गर्ने बारेमा कुरा गर्छ, तब तिनीहरूले भित्रबाट व्यथा र पीडा महसुस गर्छन्; जब सकारात्मक कुराहरू उल्लेख गरिन्छ, तब तिनीहरूले आफ्नो हृदयमा वितृष्णा महसुस गर्छन् र तिनलाई हेला गर्छन्, र सुन्न अनिच्छुक हुन्छन्। कतिपय मानिसहरूले, आफूले अन्त्यसम्म विश्वास गरे पनि सत्यता वा राम्रो गन्तव्य प्राप्त गर्नेछैनन् भन्‍ने महसुस गरेपछि, विश्वास गर्न नै छोडिदिन्छन्। तिनीहरूमध्ये कोही जागिर खोज्न वा व्यापार गर्न जान्छन्, र कोही विवाह गर्न घर फर्कन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्वास गर्न छोड्छन् किनभने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्। परमेश्‍वरको घरले सधैँ सत्यताको बारेमा कुरा गर्छ र सत्यतामाथि सङ्गति गर्छ, र यसप्रति तिनीहरूलाई निकै वितृष्णा हुन्छ। यसले के देखाउँछ भने यस प्रकारको व्यक्तिसँग विवेक र समझ हुँदैन, र उसले सही र गलत खुट्ट्याउन सक्दैन। सही र गलत खुट्ट्याउन नसक्नुको अर्थ उसको मानवतामा, सकारात्मक र नकारात्मक कुराहरू पहिचान गर्ने मानक र क्षमता हुँदैन; यो कुरा ऊसँग हुँदैन। त्यसोभए, के यस प्रकारको व्यक्तिसँग सामान्य मानवता हुन्छ? (हुँदैन।) तिनीहरू गैर-मानव हुन्। यदि कसैमा साँच्चै मानवता छ भने, एउटा कुराले यो प्रमाणित गर्न सक्छ: उसले आफ्नो हृदयमा सकारात्मक कुराहरूलाई प्रेम गर्छ र तिनको चाहना गर्छ। उसले सत्यता नबुझ्दा पनि, अन्धकारबाट मुक्त भएको इन्साफपूर्ण समाजको चाहना गर्छ, सकारात्मक कुराहरूको चाहना गर्छ, र सत्यताले शक्ति धारण गरोस् भन्‍ने चाहना गर्छ। तर यो दुष्ट समाजले तिनीहरूका लागि यो स्थान प्रदान गर्दैन, र यदि मानिसहरूले सकारात्मक कुरा प्रकाश गरे भने तिनीहरूलाई बहिष्कृत र दमन गरिन्छ। यी परिस्थितिहरूमा, मानवता भएका मानिसहरूले आफूले मन पराउने र चाहना गर्ने सकारात्मक कुराहरू प्राप्त गर्न सक्दैनन्, त्यसैले तिनीहरूले आफ्नो हृदयमा दिक्दारी महसुस गर्छन्। तर तिनीहरूले परमेश्‍वरमा विश्वास गरेपछि, परमेश्‍वरका वचनहरू पढेर र प्रवचनहरू सुनेर, धेरै सत्यताहरू बुझ्छन्, र यी सत्यताहरू तिनीहरूको मानवताले प्रेम गर्ने सकारात्मक कुराहरूसँग मेल खान्छन् र मिल्दाजुल्दा हुन्छन्, र तिनले सकारात्मक कुराहरूप्रतिको तिनीहरूको आवश्यकतालाई ठ्याक्‍कै पूरा गर्छन्। त्यसकारण, तिनीहरूको हृदयले सकारात्मक कुराहरूको अझ बढी चाहना गर्छ। वातावरणीय सीमितता, तिनीहरूको सानो कद, वा निश्चित भ्रष्ट स्वभावहरूद्वारा रोकिने र बाँधिने कारणले गर्दा, तिनीहरूले अहिले सत्यतालाई पूर्ण रूपमा व्यवहारमा लागू गर्न नसके पनि, तिनीहरूसँग कुनै दिन सत्यता र परमेश्‍वरका वचनहरूअनुसार पूर्ण रूपमा अभ्यास गर्न सक्षम हुने सङ्कल्प र चाहना हुन्छ, जसद्वारा तिनीहरूले परमेश्‍वरका वचनहरूमा समर्पण हासिल गर्नेछन् र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको प्रेमबाट उत्पन्न हुने आवश्यकताहरूलाई पूरा गर्नेछन्। यस्ता मानिसहरू ती हुन् जसको मानवतामा सही र गलत खुट्ट्याउन सक्ने गुण हुन्छ; तिनीहरू मानवता भएका मानिसहरू हुन्। यदि तैँले आफूले सकारात्मक कुराहरूलाई प्रेम गर्छु भनेर दाबी मात्रै गर्छस् र परमेश्‍वरले गर्नुहुने सबै कुरा राम्रो छ भनी मौखिक रूपमा स्वीकार मात्रै गर्छस् भने, यो धर्मसिद्धान्तहरू बोल्नु र नारा लगाउनु मात्रै हो। मीठा शब्दहरू र सही सिद्धान्तहरू बोल्नु, वा ठूला-ठूला कुराहरू गर्नु—त्यो जोकोहीले गर्न सक्‍ने कुरा हो। यसले तँ साँच्चै सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भन्‍ने देखाउँदैन। तर यदि, जब तैँले सत्यता सुन्छस्, तब तैँले त्यसलाई प्रेम गर्न र त्यसको चाहना गर्न सक्छस्, र तैँले जति धेरै सत्यता सुन्छस्, त्यति नै धेरै तैँले सत्यताको चाहना गर्छस् र त्यसलाई खोज्ने तेरो प्रेरणा त्यति नै ठूलो हुन्छ, र परमेश्‍वरलाई पछ्याउने र मुक्ति प्राप्त गर्ने तेरो विश्वास त्यति नै दृढ हुन्छ; अनि यदि परमेश्‍वरमा विश्वास गर्ने प्रक्रियामा, तैँले तेरा विभिन्‍न खोजीहरूमा प्राप्तिहरू गरिस्, तेरा भ्रष्ट स्वभावहरू बिस्तारै फालिँदै जान्छन्, र परमेश्‍वरको प्रतिरोध गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने तेरा कार्यहरू झन्-झन् कम हुँदै जान्छन् भने—तँ सकारात्मक कुराहरूलाई प्रेम गर्ने व्यक्ति होस्, तँ सत्यता वास्तविकता भएको व्यक्ति होस्। यस्ता मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्वासमा फल फलाउँछन् र प्राप्तिहरू गर्छन्। तँ परिवर्तन भएको छस्, र परमेश्‍वर र सत्यताप्रतिको तेरो मनोवृत्ति पहिलेभन्दा फरक छ भन्‍ने तैँले महसुस गर्न सक्छस्। पहिले, तैँले धेरै साना कुराहरूमा समेत परमेश्‍वरको विरुद्धमा विद्रोह गर्थिस् र तँ परमेश्‍वरमा समर्पित हुँदैनथिस्, र सत्यताको अभ्यास गर्न सक्दैनथिस्। तर यी वर्षहरूको खोजीमार्फत, यी वर्षहरूमा आफ्नो कर्तव्य पूरा गरेर, र सबै पक्षहरूमा तेरा प्रयासहरूमार्फत, तैँले केही सत्यता बुझेको छस्, र जब तैँले मामिलाहरूको सामना गर्छस्, तब तैँले सत्यता खोज्न र आफ्नो देहका चाहनाहरूविरुद्ध विद्रोह गर्न सक्छस्। सिद्धान्तहरू समावेश भएका केही प्रमुख मामिलाहरूमा, तैँले सिद्धान्तहरूलाई पालन गर्न र आफ्नै इच्छाअनुसार काम नगर्न पनि सक्छस्, र तैँले परमेश्‍वरको घरको हितलाई कायम राख्न र मण्डलीको कामलाई कायम राख्न सक्छस्। यसको अर्थ तेरो निश्चित कद छ, तँसँग आफैविरुद्ध विद्रोह गर्ने र सत्यतालाई स्वीकार गर्ने र त्यसमा समर्पित हुने कार्यका केही अभ्यास र प्रवेश छ, र तेरा विभिन्‍न भ्रष्ट स्वभावहरू पनि फरक-फरक हदसम्म परिवर्तन भएका छन् भन्‍ने हुन्छ। साँच्चै मानवता भएका मानिसहरूले सही र गलत खुट्ट्याउनुको प्रकटीकरण यही हो।

सही र गलत खुट्ट्याउन नसक्ने मानिसहरू सत्यता स्वीकार गर्न र मुक्तिको खोजी गर्न इच्छुक हुन पनि सक्छन्, तर जब तिनीहरूले विभिन्न कुराहरूको सामना गर्छन्, तब तिनीहरूले सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनन्। तिनीहरू अझै पनि आफ्ना भ्रष्ट स्वभावहरूद्वारा जिउँछन्, र तिनीहरूले अक्सर परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँको प्रतिरोध गर्छन् तर तिनीहरूलाई आफूले त्यसो गरिरहेको छु भन्‍ने कुनै चेतना हुँदैन। तिनीहरूले दश वर्ष पहिले यसरी नै परमेश्‍वरविरुद्ध विद्रोह गरेका थिए, र दश वर्षपछि पनि, तिनीहरूले अझै पनि त्यसो गर्न सक्छन्। तिनीहरूले न त सत्यता स्वीकार गर्छन् न त अभ्यास नै गर्छन्। यसका दुई कारणहरू छन्: एउटा हो, तिनीहरूले सत्यता के हो भनेर पटक्कै बुझ्दैनन्, र तिनीहरू केवल आफ्नै तर्क, आफ्नै भनाइ, र आफ्नै विचारहरूमा टाँसिन्छन्। अर्को हो, तिनीहरू सत्यता स्वीकार गर्ने मानिसहरू नै होइनन्। तिनीहरूले दश वर्ष पहिले जुनसुकै तरिकाले परमेश्‍वरविरुद्ध विद्रोह गरेका थिए, दश वर्षपछि पनि तिनीहरूले कुनै परिवर्तनविना त्यसरी नै विद्रोह गरिरहेका हुन्छन्। तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्वास गरेका भए पनि, तिनीहरूसँग सत्यता स्वीकार गर्ने र परमेश्‍वरमा समर्पित हुने कुनै गवाही हुँदैन, देह र आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्ने गवाही त झनै हुँदैन। यसले के देखाउँछ भने तिनीहरू सत्यता स्वीकार गर्ने मानिसहरू होइनन्। यस्ता मानिसहरू सही र गलत खुट्ट्याउनेहरू होइनन्। यसो पनि भन्न सकिन्छ कि तिनीहरू मानवता भएका मानिसहरू होइनन्—सोझो भाषामा भन्नुपर्दा, तिनीहरू मानव प्राणी होइनन्। कतिपय मानिसहरूलाई, यी वचनहरू सुनेपछि, आफ्नो हृदयमा चित्त बुझ्दैन। तिनीहरूले भन्छन्, “मैले दश वर्षभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्वास गरेको छु र सधैँ आफ्नो कर्तव्य पूरा गर्दै आएको छु। कहिलेकाहीँ केही गल्तीहरू गर्नु र केही काटछाँट भोग्नु मात्रै त हो। के यो अत्यन्तै सामान्य कुरा होइन र? सबैसँग भ्रष्ट स्वभावहरू हुन्छन्; कसले गल्ती गर्दैन र? जे होस्, म एक साँचो विश्‍वासी हुँ। तपाईंले ममा मानवता छैन भनेर कसरी भन्न सक्नुहुन्छ?” यो साँचो हो कि तँ एक साँचो विश्‍वासी होस्, तर के साँचो विश्‍वासी हुनुको अर्थ तैँले सत्यता स्वीकार गर्न सक्छस् भन्‍ने हुन्छ र? के साँचो विश्‍वासी हुनुको अर्थ तैँले देहविरुद्ध विद्रोह गर्न सक्छस् र तँ मनमानी हुनेछैनस् भन्‍ने हुन्छ र? के साँचो विश्‍वासी हुनुको अर्थ तँ परमेश्‍वरमा समर्पित हुन सक्छस् भन्‍ने हुन्छ र? हुँदैन। साँचो विश्‍वासी हुनु नै सबै थोक होइन, र यसको अर्थ तैँले मुक्ति प्राप्त गर्न सक्छस् भन्‍ने हुँदैन। मुक्ति प्राप्त गर्ने कुरा तेरो मानवताले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन, र तैँले सही र गलत खुट्ट्याउन सक्छस् कि सक्दैनस् भन्‍नेमा नै निर्णायक रूपमा निर्भर हुन्छ। मानिसहरूले अन्ततः मुक्ति प्राप्त गर्नका लागि साँचो विश्‍वासी हुनु सबैभन्दा महत्त्वपूर्ण सर्त होइन, न त यो आधारभूत सर्त नै हो। तैँले साँचो विश्‍वासी हुँ भन्छस्, तर तैँले कति सत्यता बुझेको र प्राप्त गरेको छस्? जब परमेश्‍वरको घरको हितको कुरा आउँछ, तब तैँले कति पटक त्यसलाई कायम राखेको छस्? यदि तँलाई आफू साँचो विश्‍वासी हुँ, तँसँग विवेक र मानवता छ, र तँ एक साँचो व्यक्ति होस् भन्‍ने लाग्छ भने, त्यही मामिलामा, यदि तैँले दश वर्ष पहिले परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्थिस् भने, के तँ अहिले पनि परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्छस्? के तँ परिवर्तन भएको छस्? के तैँले देहविरुद्ध विद्रोह गरेको छस्? यदि तैँले देहविरुद्ध विद्रोह गरेको छैनस् भने, के तैँले अर्को दश वर्षमा त्यसो गर्न सक्छस्? यदि तँ अझै पनि देहविरुद्ध विद्रोह गर्न सक्दैनस् र अझै पनि परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्छस् भने, यसले तेरो मानवतामा समस्या छ भन्‍ने देखाउँछ। तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्, त्यसैले तैँले आफू साँचो विश्‍वासी हुँ भनेर भने पनि, यो व्यर्थ हुन्छ। तैँले कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक छु, र आफ्नो कर्तव्य भक्तिपूर्वक पूरा गर्न इच्छुक छु भनेर भन्छस्, तर यो इच्छुकता मूल्यहीन छ। यो तँ सत्यताको अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्षम हुनका लागि चाहिने एउटा पूर्वसर्त मात्रै हो, तर तैँले अन्ततः यसलाई व्यवहारमा लागू गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तँमा मानवता छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तेरो हृदयले तेरा भ्रष्ट स्वभावहरूलाई सधैँभरि काबुमा राख्‍न र नियन्त्रण गर्न सक्दैन, र तैँले आफ्नै हितलाई कायम राख्ने छनौट गर्छस्, र सकारात्मक कुराहरूको सट्टा नकारात्मक कुराहरू छनौट गर्छस् भने, यसले तेरो मानवताले सत्यतालाई प्रेम गर्दैन र त्यसमा तेरा भ्रष्ट स्वभावहरूलाई नियन्त्रण गर्ने क्षमता छैन भन्‍ने देखाउँछ। यदि तैँले सत्यता नबुझेको बेला तेरा भ्रष्ट स्वभावहरूका प्रकाशहरूलाई नियन्त्रण गर्ने क्षमता तँसँग थिएन भने, त्यो क्षमायोग्य हुन्छ। तर अहिले कुरा फरक छ। तैँले धेरै वर्षदेखि सत्यतासम्बन्धी प्रवचनहरू सुनेको छस्, तैपनि तैँले विभिन्न कुराहरूको सामना गर्दा सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्न र सही छनौटहरू गर्न सकूँ भनेर अझै पनि आफ्ना भ्रष्ट स्वभावहरूलाई काबुमा राख्‍न सक्दैनस्। तैँले दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा दिइरहेको स्पष्ट रूपमा देख्छस्, तैपनि तँ परमेश्‍वरको घरको हितको रक्षा गर्न खडा हुन सक्दैनस्। तर जब कसैले तेरा आफ्नै हितलाई हानि पुऱ्याउँछ, तब तैँले तिनको रक्षा गर्न आफ्नो शक्तिमा भएको सबै कुरा गर्न सक्छस्। तैँले सही मार्ग र अभ्यासका सिद्धान्तहरू छनौट गर्न सकोस् भनेर तँलाई नियमन गर्ने र संयममा राख्ने तेरो मानवतामा कुनै विवेक र समझ छैन भन्‍ने प्रमाणित गर्न यो नै पर्याप्त छ। यदि तैँले यस्ता अविवेकी कामहरू गर्छस् र अझै पनि आफू मानव हुँ भनी दाबी गर्छस् भने, यसले तेरो विवेक र समझले उप्रान्त काम गरिरहेका छैनन् भन्‍ने देखाउँछ। त्यसोभए, तँ एक सामान्य व्यक्ति होइनस्, किनभने तेरो मानवतामा, विवेक र समझ छैन, न त तँलाई सही छनौटहरू गर्न सक्षम बनाउन सक्ने कुनै कुरा नै छ। कुरा बुझिस्? कतिपय मानिसहरूले भन्छन्, “मेरो कद अहिले सानो छ। मेरो पारिवारिक वातावरण र हुर्काइको कारण, म मनमानी, आत्म-भोगी, र अहङ्कारी छु। तर वास्तविक जीवनमा, मलाई सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्‍ने थाहा छ, र मैले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने थाहा छ। मेरो कद सानो भएकोले र मलाई अन्तर्दृष्टि दिन, सुपरिवेक्षण गर्न र प्रोत्साहन दिन सत्यता बुझ्ने कोही नभएकोले मात्रै, मैले सत्यतालाई व्यवहारमा लागू गरेको छैन र केही अपराधहरू गरेको छु, र भित्रबाट अलिकति पछुतो महसुस गर्छु।” वास्तविक जीवनमा, यस्ता मानिसहरूले आफ्नो आचरणलाई नियमन गर्न, र आफूलाई सही मार्गमा हिँडाउन काबुमा राख्‍नका लागि आफ्नो विवेक प्रयोग गर्न सक्छन्। तिनीहरू मुक्ति पाउन सक्ने मानिसहरू हुन्। किनभने तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन्, केही सत्यतालाई व्यवहारमा लागू गर्न सक्छन्, र केही परिवर्तनहरू भोगेका हुन्छन्। तिनीहरूको प्रगतिको गति औसतभन्दा अलि ढिलो हुन्छ, र तिनीहरूको वृद्धि केही हदसम्म कम व्यापक हुन्छ, तर तिनीहरू परिवर्तन भइरहेका हुन्छन्। यो ठीक त्यसरी नै हुन्छ, जसरी केही बीउहरू राम्रो माटोमा छिटो बढ्छन्, जबकि अरू बालुवा वा चट्टानको धाँजाहरूमा अझ बिस्तारै र बढी कठिनाइका साथ बढ्छन्; जबसम्म तिनीहरूमा जीवन हुन्छ, तिनीहरू बढ्नेछन्। मानिसहरूको हकमा पनि त्यस्तै हुन्छ। जबसम्म तिनीहरूको मानवतामा मानिसहरूमा हुनुपर्ने विवेक र समझ हुन्छ, तबसम्म यसले तिनीहरूसँग मानव जीवन छ भन्‍ने प्रमाणित गर्छ—तिनीहरूले सत्यता स्वीकार गरेपछि, तिनीहरू परिवर्तन हुनेछन्। परिवर्तन ढिलो भए पनि—अरूले दश वर्षमा ठूलो प्रगति गर्छन् जबकि तिनीहरूले बीस वा तीस वर्षमा थोरै मात्रै प्रगति गर्छन्—ढिलाइको बाबजुद, तिनीहरू सकारात्मक दिशामा विकास भइरहेका हुन्छन्, तिनीहरू परिवर्तन भइरहेका हुन्छन्, र तिनीहरूको जीवन निरन्तर बढिरहेको हुन्छ। ऊ जति छिटो वा ढिलो बढे पनि, यस प्रकारको व्यक्तिमा मानवताको गुण हुन्छ। तर, अर्को प्रकारको व्यक्ति पनि हुन्छ जसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएको हुन्छ तर उसले कुनै पनि जीवन वृद्धि महसुस गरेको हुँदैन। जसले सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले वितृष्णाको भावना महसुस गर्छन् र तिनीहरू सुन्न अनिच्छुक हुन्छन्। परमेश्‍वरले जुनसुकै वातावरण खडा गर्नुभए पनि, तिनीहरूले सत्यता खोज्दैनन् र त्यसबाट पाठ सिक्न सक्दैनन्, र त्यसबाट सकारात्मक मार्गदर्शन र मद्दत प्राप्त गर्न सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा सकारात्मक कुराहरूप्रति वितृष्णा गर्छन्। आफूले चाहेको जे पनि गर्ने तिनीहरूको स्वभाव र जीवनशैली कहिल्यै परिवर्तन भएको हुँदैन। यस्ता मानिसहरू ती हुन् जोसँग विवेक र समझ हुँदैन। तिनीहरू मानव प्राणी होइनन्—तिनीहरू गैर-मानव हुन्। यसरी व्याख्या गर्दा, के यो तिमीहरूका लागि झन् स्पष्ट र बुझ्न सजिलो हुँदै गइरहेको छ? (छ।)

अर्को प्रकारको व्यक्ति पनि हुन्छ: यस्ताहरूलाई परमेश्‍वरमा विश्वास गर्नु राम्रो हो भन्‍ने थाहा हुन्छ, तर तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरू के हुन् भन्‍ने बुझ्दैनन्; यसका साथै, तिनीहरू आफ्नो बोलीवचन र व्यवहारहरूलाई नियमन वा काबुमा राख्‍न आफ्नो विवेक प्रयोग गर्ने अवस्थाको नजिक पनि पुगेका हुँदैनन्। यस्ता मानिसहरूलाई खुट्ट्याउन सजिलो हुन्छ। तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्ने अवस्थाको नजिक पनि पुगेका हुँदैनन्, न त तिनीहरू कुराहरूको भाव बुझ्ने अवस्थाको नजिक नै पुगेका हुन्छन्। तिनीहरूका लागि यी सबै अलमलको विषय हुन्छ। यदि तैँले तिनीहरूलाई सकारात्मक कुराहरू के हुन् भनी सोधिस् भने, तिनीहरूले धर्मसिद्धान्तको रूपमा बोल्नेछन् र परमेश्‍वरले भन्नुहुने र गर्नुहुने कुराहरू सबै सकारात्मक कुराहरू हुन् भनी भन्नेछन्। तिनीहरूले भनेको कुरा सुन्दा निकै राम्रो लाग्छ, तर जब तिनीहरूले विभिन्न कुराहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई परमेश्‍वरका वचनहरूसँग जोड्न वा खुट्ट्याउन सक्दैनन्; तिनीहरूको दिमाग लेदो जस्तै हुन्छ, तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूमा कुनै पनि कुराबारे कुनै स्पष्टता हुँदैन। यदि तैँले तिनीहरूलाई यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्वास गरेर कुन-कुन सत्यताहरू प्राप्त गरेका छन् भनी सोधिस् भने, तिनीहरूले भन्छन्, “परमेश्‍वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँले मानिसका लागि गर्नुहुने सबै कुरा राम्रो छ, र परमेश्‍वरले मानिसलाई प्रेम गर्नुहुन्छ। शैतानले परमेश्‍वरको प्रतिरोध गर्छ, र शैतानले मानिसलाई हानि गर्छ, सताउँछ, र दुर्व्यवहार गर्छ।” यदि तैँले तिनीहरूलाई अरू के प्राप्त गरेका छन् भनी सोधिस् भने, तिनीहरूले भन्छन्, “हामीले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, धेरै कष्ट भोग्नुपर्छ र ठूलो मूल्य चुकाउनुपर्छ।” यदि तैँले त्यसपछि तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा कुन सिद्धान्तहरू पछ्याउनुपर्छ भनी सोधिस् भने, तिनीहरूले भन्छन्, “हामीले माथिकाले जे भने पनि त्यो सुन्नुपर्छ र हामीलाई जे गर्न भनिएको छ त्यही गर्नुपर्छ। काम फोहोर र थकाउने भए पनि, हामीले त्यसलाई राम्ररी गर्नुपर्छ; हामीले अवरोध र बाधा दिनु वा समस्या खडा गर्नु हुँदैन। हामीले सबैका लागि र परमेश्‍वरको घरका लागि फाइदाजनक हुने कामहरू गर्नुपर्छ।” तिनीहरूले बोल्ने यी सबै धर्मसिद्धान्तहरू सही छन्, तिनमा एउटा पनि गलत शब्द छैन। तर, जब तिनीहरूले विभिन्न कुराहरूको सामना गर्छन्, तब तिनीहरूले केही विकृत र मूर्खतापूर्ण दृष्टिकोणहरूबाहेक केही पनि प्रकाश गर्दैनन्, र तैँले तिनीहरूलाई जति पटक सुधारे पनि, तिनीहरू परिवर्तन हुन सक्दैनन्। यस्ता मानिसहरू के चीज हुन्? (तिनीहरू अलमल्ल मानिसहरू हुन्।) के अलमल्ल मानिसहरू मानव हुन्? (होइनन्।) अलमल्ल मानिसहरू के हुन्? (पशुहरू।) सभ्य शब्द “जनावर” हो, र बोलचालको अशिष्ट शब्द “पशु” हो। तिनीहरूले जतिसुकै प्रवचनहरू सुने पनि, तिनीहरूले सत्यता के हो, सकारात्मक कुराहरू के हुन्, वा नकारात्मक कुराहरू के हुन् भनी बुझ्दैनन्। तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने जतिसुकै कामहरू गरे पनि, तिनीहरूको हृदयमा त्यसको कुनै चेतना हुँदैन र अझै पनि आफू स्वाभाविक रूपमा दयालु हृदयको र सहानुभूतिपूर्ण हृदयको छु भनी महसुस गर्छन्। जब तिनीहरूले कसैलाई कष्ट भोगिरहेको देख्छन्, तब तिनीहरूले आफ्नो हृदयमा पीडा महसुस गर्छन् र तिनीहरूको ठाउँमा आफूले कष्ट भोग्न पाए हुन्थ्यो भन्‍ने कामना गर्छन्। जब तिनीहरूले कसैलाई खान वा लाउन केही नभएको देख्छन्, तब तिनीहरूले उनीहरूलाई आफ्नै लुगा र खाना दिन चाहन्छन्। तिनीहरूले मानवजातिको भ्रष्टतालाई प्रकाश गर्ने परमेश्‍वरका जतिसुकै वचनहरू सुने पनि, तिनीहरूले अझै पनि आफू धेरै राम्रो, अरू जोकोहीभन्दा राम्रो छु भन्‍ने ठान्छन्। तिनीहरूले जतिसुकै गलत कामहरू गरे पनि, तिनीहरूले कहाँ गल्ती गरे भन्‍ने जान्दैनन्, र तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्दैनन्। यदि तैँले तिनीहरूलाई, “के तँ एक भ्रष्ट मानव होस्? के तँमा भ्रष्ट स्वभाव छ?” भनी सोधिस् भने, तिनीहरूले भन्छन्, “हो, छ। सबैसँग भ्रष्टता हुन्छ, मसँग कसरी नहुन सक्छ र? तिमीले मूर्ख कुराहरू गरिरहेको छौ!” तिनीहरूले तँलाई मूर्ख समेत भन्छन्। तर जब तिनीहरूले केही गलत काम गर्छन्, तब तिनीहरूले त्यो कुरा स्वीकार गर्दैनन्, र तिनीहरूले दोष अरूमाथि थोपर्छन्। तिनीहरूले जुनसुकै गलत काम गरे पनि, तिनीहरूले त्यो स्वीकार गर्दैनन्, र तिनीहरूले जतिसुकै गम्भीर कुकर्महरू गरे पनि, तिनीहरूसँग आफूलाई सही ठहराउन सधैँ बहाना र कारणहरू हुन्छन्। के यस्ता मानिसहरूसँग कुनै समझ हुन्छ? के तिनीहरू सही र गलत खुट्ट्याउन सक्ने मानिसहरू हुन्? (तिनीहरूसँग कुनै समझ हुँदैन र तिनीहरूले सही र गलत खुट्ट्याउन सक्दैनन्।) तिनीहरू हरेक दिन बिहानदेखि साँझसम्म प्रवचनहरू सुनेर र परमेश्‍वरका वचनहरू पढेर धेरै प्रयास गर्छन् जस्तो देखिन्छ, तर तिनीहरूले सत्यताको एउटै वाक्य पनि बुझ्न सक्दैनन्, सत्यताका सिद्धान्तहरूअनुसार हुने एउटै काम पनि गर्न सक्दैनन्, र सत्यताअनुसार हुने एउटै शब्द पनि बोल्न सक्दैनन्। सत्यताअनुसारका कुराहरू त परै जाओस्—तिनीहरूले मानवताको विवेक र समझअनुसार हुने एउटै शब्द पनि बोल्न सक्दैनन्; तिनीहरूले केवल अलमल्ल र बेतुकका कुराहरू मात्रै बोल्छन्, र केवल विकृत तर्कहरू मात्रै निकाल्छन्। यस्ता मानिसहरू विवेक र समझ हुनुको अवस्थाभन्दा धेरै टाढा हुन्छन्; तिनीहरू केवल अलमल्ल मानिसहरू हुन्, जो विकृत तर्कले भरिएका हुन्छन्। धेरै प्रवचनहरू सुनेपछि, तिनीहरूले केही आत्मिक वचनहरू बोल्न सक्छन्। जब तैँले तिनीहरूलाई आत्मिक वचनहरू बोलेको सुन्छस्, तब तँलाई तिनीहरू निकै निपुण र स्पष्ट बोल्ने छन् भन्‍ने लाग्छ, तर जब मामिलाहरू सम्हाल्ने कुरा आउँछ, तब तैँले तिनीहरूलाई अलमल्ल र बेतुकका दुवै भएको पाउँछस्। जब तिनीहरूले विकृत तर्कहरू निकाल्छन्, तब तिनीहरूले तँलाई निरुत्तर बनाइदिन सक्छन्। “निरुत्तर बनाइदिनु” को अर्थ के हो? यसको अर्थ हो, तैँले कसैले यस्ता बेतुकका कुराहरू भन्न सक्छ वा यस्तो सोच्ने तरिका हुन सक्छ भनेर कल्पना गर्न सक्दैनस्, त्यो तेरा लागि अकल्पनीय मात्र हुन्छ, र अन्तमा, तैँले तिनीहरूलाई मौनताले मात्रै जवाफ दिन सक्छस्, जुन तिनीहरूसँग व्यवहार गर्ने सबैभन्दा राम्रो तरिका हो।

यदि कुनै व्यक्ति मानव हो र उसमा सामान्य मानवता छ भने, उसले सही र गलत खुट्ट्याउन सक्नु महत्त्वपूर्ण हुन्छ। जब तिनीहरूले परमेश्‍वरका वचनहरूको आपूर्ति प्राप्त गरेका हुँदैनन् र सत्यता बुझ्दैनन्, तब तिनीहरूले केही सरल सकारात्मक र नकारात्मक कुराहरू बुझ्न आफ्नो विवेक र समझ प्रयोग गर्न सक्छन्। वास्तविक जीवनमा तिनीहरूले सामना गर्ने केही सकारात्मक र नकारात्मक कुराहरूका हकमा तिनीहरूसँग निश्चित खुट्ट्याउने र संज्ञानात्मक क्षमताहरू हुन्छन्। तिनीहरू आधारभूत मानवीय सामान्य ज्ञानअन्तर्गत पर्ने कुराहरू, मानव अस्तित्वका नियमहरू, र तिनीहरूले अक्सर सामना गर्ने केही मानिस, घटना, र कामकुराहरूलाई केही हदसम्म खुट्ट्याउन सक्षम हुन्छन्। तिनीहरू अलमल्ल परेर जिउने व्यक्तिहरू होइनन्, तर मानव संसारका सकारात्मक र नकारात्मक कुराहरूका हकमा खुट्ट्याउने र संज्ञानात्मक क्षमताहरू भएका व्यक्तिहरू हुन्, र अवश्य नै, तिनीहरूसँग यी कुराहरूप्रति निश्चित विचार, अडान, र सही मनोवृत्तिहरू पनि हुन्छन्। तीस वर्षको उमेरपछि, यस्ता मानिसहरूले बिस्तारै जीवनका विभिन्न मामिलाहरूको सामना गर्न थाल्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू नपढेका वा परमेश्‍वरका वचनहरूको आपूर्ति प्राप्त नगरेका भए पनि, पचास वा साठीको दशकमा पुग्दासम्म, तिनीहरूले सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी बिस्तारै निष्कर्ष निकाल्न सक्छन्, त्यसपछि तिनीहरू आफूले बुझ्न सक्ने ती सकारात्मक कुराहरूअनुसार जिउँछन्, र सकारात्मक कुराहरूका केही नियमहरूलाई पछ्याउँछन्। केही नकारात्मक कुराहरूका हकमा भन्दा, तिनीहरूले तिनलाई खुट्ट्याउन सक्नुका साथै, आफ्नो हृदयको गहिराइबाट ती कुराहरूबाट आफूलाई टाढा राख्न पनि सक्छन्। जब तिनीहरूसँग सांसारिक चलनहरू वा मानिसहरूका बीचमा चलन-चल्तीमा रहेका संसारसँग व्यवहार गर्ने केही दर्शन र भनाइहरूलाई पछ्याउनुबाहेक कुनै विकल्प हुँदैन, तब तिनीहरूले आफ्नो विवेकको विरुद्धमा गइरहेको महसुस गर्छन्, र तिनीहरूको विवेकले तिनीहरूलाई धिक्कार्नेछ। आफ्नो हृदयको गहिराइबाट, तिनीहरूले त्यस्ता दृष्टिकोणहरू स्वीकार गर्दैनन्; तिनीहरूले केवल अस्तित्वका खातिर वा अस्थायी लाभहरूका लागि मात्रै यसरी काम गर्छन्। यी कामहरू गर्नु तिनीहरूको सुरुको अभिप्राय होइन; बरु, यो तिनीहरूको इच्छाविपरीत गरिएको छनौट हुन्छ। यस्ता मानिसहरूले परमेश्‍वरमा विश्वास गरेपछि, तिनीहरू मानव जीवन र अस्तित्वसँग सम्बन्धित कुरा जस्ता सबै प्रकारका समस्याहरूका बारेमा परमेश्‍वरका वचनहरूले वास्तवमा के भन्छन्, मानव जीवनका कठिन समस्याहरूका बारेमा परमेश्‍वरका सही अभिव्यक्तिहरू वास्तवमा के-के हुन्, र मानिसहरूले ती कुराहरूको सामना गर्दा परमेश्‍वरले तिनीहरूलाई वास्तवमा के गर्न लगाउनुहुन्छ भन्‍ने कुरामा बढी चासो राख्छन्। तिनीहरू यी प्रश्‍नहरूको उत्तरको चाहना गर्छन्। जब तिनीहरूले उत्तरहरू प्राप्त गर्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु धेरै गाह्रो वा मानवताका आवश्यकताहरूको धेरै विपरीत रहेछ भन्‍ने महसुस गर्दैनन्। बरु, तिनीहरूले यी सत्यताहरू मात्रै सही मार्ग हुन्, मानिसहरूले प्राप्त गर्नुपर्ने र हासिल गर्नुपर्ने कुराहरू हुन्, र जीवनमा मानिसहरूमा हुनुपर्ने स्वरूप हुन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले यदि मानिसहरू यसरी जिए भने, यसले तिनीहरूको विवेक र मानवताका आवश्यकताहरूलाई साँच्चै पूरा गर्न सक्छ, र यसरी जिउँदा मात्रै तिनीहरू आफ्नो इच्छाको विरुद्धमा जाँदैनन्, र तब मात्रै तिनीहरूले आधार पाएको महसुस गर्न सक्छन् र आनन्द र शान्ति पाउन सक्छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले तब मात्रै मानिसहरूमा आशा हुनेछ र तिनीहरू जिउन इच्छुक हुनेछन्, र तब मात्रै तिनीहरू विभिन्न दुष्ट शक्तिहरू, विभिन्न दुष्ट चलनहरू, र मानवजातिले जिउने खोक्रो अवस्थाबाट मुक्त हुन सक्छन् भन्‍ने पनि महसुस गर्छन्। तिनीहरूको हृदयको गहिराइमा रहेको तिनीहरूको विवेकको प्रभावमा, तिनीहरूले परमेश्‍वरका वचनहरूमा भएका विभिन्न अभिव्यक्ति, शिक्षा, र प्रावधानहरूलाई मन पराउँछन्, र तिनीहरूले आफ्नो हृदयको गहिराइबाट तिनलाई अँगाल्छन्। तिनीहरूमा सत्यता प्राप्त गर्ने चाहना हुन्छ। यसबाहेक, परमेश्‍वरका वचनहरू झन्-झन् धेरै व्यक्त हुँदै जाँदा, र परमेश्‍वरका वचनहरूको आपूर्ति झन्-झन् व्यावहारिक र विस्तृत हुँदै जाँदा, सत्यता र सकारात्मक कुराहरूका लागि तिनीहरूको चाहना झन्-झन् पूरा हुँदै जान्छ। तिनीहरूले जति धेरै सुन्छन्, तिनीहरू त्यति नै अशान्त हुन्छन्, तिनीहरूलाई त्यो त्यति नै अत्यधिक-विस्तृत लाग्छ, वा तिनीहरूले त्यति नै अलमल्ल महसुस गर्छन् भन्ने होइन। बरु, तिनीहरूले जति धेरै सुन्छन्, कुराहरू त्यति नै स्पष्ट देखिन्छन्, र तिनीहरूले आफूले कुराहरू छर्लङ्गै देख्न सक्छु र आफूसँग एउटा मार्ग छ भन्‍ने त्यति नै बढी महसुस गर्छन्। तिनीहरूले अगाडि आशा छ, तिनीहरूले ज्योति देखेका छन् र सत्यताको अभ्यास गर्ने र मुक्ति प्राप्त गर्ने मार्ग पाएका छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूका हृदयले झन्-झन् धेरै आधार पाएको महसुस गर्छ, र तिनीहरूले परमेश्‍वरमा विश्वास गर्ने मार्ग सही छ, र परमेश्‍वरमा विश्वास गरेर आजसम्म हरेक दिन तिनीहरूले चुकाएको मूल्य, र तिनीहरूले खर्च गरेको ऊर्जा र रगत-पसिना, सबै उपयोगी र अर्थपूर्ण भएको छ भन्‍ने झन्-झन् धेरै महसुस गर्छन्। यो कुरा तिनीहरूको हृदयको गहिराइमा प्रमाणित हुन्छ। आफ्‍नो इच्छा पूरा भएको, र सत्यताको लागि आफ्‍ना चाहना केही हदसम्म तृप्त भएको भए पनि, साँच्चै सत्यताको चाहना गर्ने मानिसहरूले आफ्नो सङ्कल्प गर्नेछन् र योजनाहरू बनाउनेछन्, र आफूलाई सत्यताका सबै पक्षहरूमा अभ्यास गर्न र प्रवेश गर्न, परमेश्‍वरका वचनहरू, विभिन्न सत्यता सिद्धान्तहरू, र परमेश्‍वरका विभिन्न मागहरूलाई लागू गर्न आफूलाई लगाउनेछन्, र परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा तिनीहरूका कार्यहरू र आत्मआचरणका लागि मापदण्डहरू बन्न, र तिनीहरूको जीवन वास्तविकता बन्न दिनेछन्। विगतमा, जब तिनीहरूले सत्यता बुझ्दैनथे, तब तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्न सक्थे। जब तिनीहरूले कुनै कुराको सामना गर्थे, तब अन्धाहरूले हात्ती छामेको उखानमा जस्तै, तिनीहरूले त्यसको एक पक्षीय दृष्टिकोण मात्रै राख्थे; तिनीहरूले समस्याको सार देख्न सक्दैनथे र के गर्ने भनी जान्दैनथे। तिनीहरूले जीवन धेरै नीरस छ, प्रयास गर्ने कुनै लक्ष्य र कुनै आशा छैन भन्‍ने महसुस गर्थे, र तिनीहरू अलमल्ल परेर जिउँथे। तर अहिले कुरा फरक छ। परमेश्‍वरका वचनहरू झन्-झन् स्पष्ट रूपमा बोलिन्छन्, र सत्यताको बारेमा झन्-झन् स्पष्ट रूपमा सङ्गति गरिन्छ। तिनीहरूले मार्ग झन्-झन् उज्यालो र स्पष्ट हुँदै गइरहेको छ, र अगाडि बढ्ने बाटो छ भन्‍ने महसुस गर्छन्। अनि तिनीहरूले बोल्ने हरेक शब्द, गर्ने हरेक काम, र सामना गर्ने हरेक प्रकारका व्यक्तिका लागि आधारको रूपमा पछ्याउन तिनीहरूसँग परमेश्‍वरका वचनहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू अत्यन्तै व्यावहारिक र अत्यन्तै असल छन् भन्‍ने महसुस गर्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्वास गर्नु सही मार्ग हो भन्‍ने, परमेश्‍वरमा विश्वास गर्दा मुक्ति पाउन सकिन्छ भन्‍ने, र यसरी परमेश्‍वरमा विश्वास गर्दा तिनीहरूलाई मानव स्वरूपमा जिउन सक्षम तुल्याउन सक्छ भन्‍ने, र यो धेरै अर्थपूर्ण र मूल्यवान् छ भन्‍ने कुरालाई पुष्टि गरेका हुन्छन्! सत्यताहरूको चाहना गर्ने र अभ्यास गर्ने क्रममा, तिनीहरू निरन्तर यी सत्यताहरूमा प्रवेश गरिरहेका पनि हुन्छन् र निरन्तर राम्रो फसल काटिरहेका पनि हुन्छन्। विवेक र मानवताका सकारात्मक कुराहरूप्रतिको तिनीहरूको चाहना र आवश्यकता पूरा हुँदै जाँदा, तिनीहरूको जीवन पनि बिस्तारै परिवर्तन हुँदै जान्छ। तिनीहरूले अक्सर भ्रष्ट स्वभावहरू प्रकट गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र अक्सर—आफूले नचाहेर पनि—कुनै कुराको सामना गर्दा आफ्नो भ्रष्ट स्वभाव, आफ्नो देह, र आफ्नो मूर्ख, भ्रामक विचार र दृष्टिकोणअनुसार काम गर्ने भए पनि, यसका साथै एउटा राम्रो कुरा पनि हुन्छ: जब तिनीहरूले यसो गर्छन्, तब तिनीहरूको विवेकले बारम्बार असहज महसुस गर्छ, र तिनीहरूले आफ्नो भ्रष्ट स्वभावले गहिरो रूपमा जड गाडेको रहेछ र यसलाई परिवर्तन गर्न गाह्रो रहेछ भन्‍ने महसुस गर्छन्। त्यसपछि, तिनीहरूको विवेकको प्रभावमा, तिनीहरूले आफ्नो हृदयमा बारम्बार धिक्कार महसुस गर्छन्, र दोषी र पछुतो महसुस गर्छन्। तिनीहरूले आफूले वास्तवमा कहाँ गल्ती गरें भनी बारम्बार चिन्तन गर्छन्, र तिनीहरूले अक्सर पश्चात्ताप गर्छन्। यी सबै विवेकका प्रभावहरू हुन्। यदि मानिसहरूमा विवेक छ भने, तिनीहरूमा यी भावनाहरू र यी प्रकटीकरणहरू हुनेछन्; यदि मानिसहरूमा विवेक छ भने, तिनीहरू यसरी नै जिउनेछन्, अक्सर आफ्‍नो बारेमा चिन्तन गर्नेछन्, र अक्सर पश्चात्ताप गर्नेछन् र आफ्नो मार्ग बदल्नेछन्। तिनीहरूले बारम्बार असफलता र कठिनाइहरूको सामना गर्ने, र गल्ती गरेकोमा बारम्बार काटछाँट, न्याय र सजायको सामना गर्ने भए पनि, तिनीहरूले अक्सर पश्चात्ताप गर्ने र तिनीहरू परिवर्तन हुने हुनाले, सत्यता पछ्याउने तिनीहरूको लक्ष्य उस्तै रहन्छ, र अन्त्यमा, तिनीहरूले राम्रो परिणाम र राम्रो फसल कटानी गर्नेछन्। तिनीहरूले अक्सर आफूप्रति धिक्कार र दोषी महसुस गर्छन्, र तिनीहरूले अक्सर आफ्नो मार्ग बदल्छन् र पश्चात्ताप गर्छन्। यो एउटा राम्रो लक्षण हो—यसले तिनीहरू पहिले नै सही मार्गमा छन्, र अन्ततः तिनीहरूले वास्तविक प्राप्तिहरू प्राप्त गर्नेछन् भन्‍ने देखाउँछ। एकातिर, तिनीहरूका भ्रष्ट स्वभावहरू केही हदसम्म कम भएका हुन्छन्, र परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपन घटेको हुन्छ। पहिले, जब तिनीहरूले आफ्ना धारणाहरूसँग मेल नखाने कुराहरूको सामना गर्थे, तब तिनीहरूले गुनासो गर्थे, तर अहिले तिनीहरूले गुनासो गर्दैनन् र सत्यता खोज्न सक्छन्; तिनीहरूले धारणा र कल्पनाहरूका आधारमा परमेश्‍वर र परमेश्‍वरको कामलाई व्यवहार गर्नु बेतुका, हास्यास्पद, र गलत कुरा हो भन्‍ने जान्दछन्। यसका साथै, पहिले तिनीहरूले कठिनाइहरूको सामना गर्दा नकारात्मक हुने भए पनि, अहिले तिनीहरू नकारात्मक हुँदैनन्; तिनीहरूले तिनलाई सही तरिकाले लिन सक्छन् र तिनीहरू परमेश्‍वरको योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्छन्। कहिलेकाहीँ तिनीहरू नकारात्मक भए पनि, यसले तिनीहरूको कर्तव्यको निर्वाहमा असर गर्दैन, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा समर्पित भएका हुन्छन्। तिनीहरूको विवेकले तिनीहरूलाई त्यसो गर्नु सही हो भन्‍ने बताउनेछ। जब तिनीहरूले यसरी काम गर्छन्, तब तिनीहरूको हृदयमा शान्ति हुनेछ र कुनै दोषको भावना हुनेछैन, र तिनीहरूले आफूले यसरी नै काम गर्नुपर्छ भन्‍ने झन्-झन् धेरै महसुस गर्नेछन्। तिनीहरूले जति धेरै यसरी अभ्यास गर्छन्, त्यति नै धेरै तिनीहरूले सबै कुरामा सत्यता खोज्नु र अभ्यास गर्नुको महत्त्व महसुस गर्छन्, र त्यति नै धेरै तिनीहरूले आफूले सत्यता खोज्नुपर्छ र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, यो मार्ग सही छ, र यसरी अभ्यास गर्दा प्राप्तिहरू हासिल हुन्छन् भन्‍ने महसुस गर्छन्। जब मानिसहरूमा यस्ता प्राप्तिहरू हुन्छन्, तब तिनीहरूले परमेश्‍वरसँगको आफ्नो सम्बन्ध परिवर्तन भइरहेको, आफ्नो भित्री जीवन परिवर्तन भइरहेको, र आफ्नो भ्रष्ट स्वभावले झन्-झन् आफ्नो पकड गुमाइरहेको, यी स्वभावहरूले तिनीहरूमाथि राख्ने बन्धन र नियन्त्रण घटिरहेको पाउँछन्; तिनीहरूले सत्यता पछ्याउने आफ्नो इच्छा र त्यसप्रतिको आफ्नो चाहना झन्-झन् बलियो हुँदै गइरहेको, र सत्यताको अभ्यास गर्ने र आफ्नो भ्रष्ट स्वभावलाई जित्ने आफ्नो सामर्थ्य पनि बढिरहेको पाउँछन्। यसरी, मानिसहरूमा एक प्रकारको भावना हुनेछ, त्यो के हो भने तिनीहरूले भ्रष्ट स्वभावहरू फाल्ने र मुक्ति प्राप्त गर्ने आशा छ, तिनीहरूले हिँडिरहेको मार्ग सही छ, र सत्यतालाई स्वीकार गर्नु, अभ्यास गर्नु, र त्यसमा समर्पित हुनु सही छ। मानवताको विवेक र समझ भएका मानिसहरूको सत्यताप्रतिको मनोवृत्ति यही हो। मानिसहरूले बिस्तारै सत्यता स्वीकार गर्दा तिनीहरूमा हुने प्रकटीकरण यही हो। यो सबैभन्दा सामान्य प्रकटीकरण हो। यो प्रकटीकरण नभएकाहरूका हकमा, तिनीहरूको विवेकले कुनै पनि नियामक भूमिका खेल्न सक्दैन—कम्तीमा पनि यतिचाहिँ हो। यदि तँसँग विवेक छ भने, तेरो विवेकले निश्‍चय नै नियामक भूमिका खेल्नेछ। यदि तेरो विवेकले नियामक भूमिका खेल्न सक्दैन भने, तेरो त्यो विवेक त विवेक होइन—तँसँग विवेक छैन। यदि मानिसहरूमा विवेक छ भने, तिनीहरूले सही र गलत खुट्ट्याउन, सकारात्मक कुराहरू र नकारात्मक कुराहरू छुट्याउन सक्नेछन्, र तिनीहरूले सकारात्मक कुराहरू छान्नेछन् र नकारात्मक कुराहरू छोड्नेछन्। यदि मानिसहरूमा विवेक छ र तिनीहरूले सही र गलत खुट्ट्याउन सक्छन् भने, तिनीहरूले सत्यतालाई स्वीकार गर्ने, अभ्यास गर्ने, र त्यसमा समर्पित हुने कार्यलाई छनौट गर्नेछन्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछन्। यदि तिनीहरूले यस पटक सत्यताको अभ्यास गरेनन् भने, तिनीहरूको विवेकले तिनीहरूलाई धिक्कार्नेछ, र यदि तिनीहरूले अर्को पटक सत्यताको अभ्यास गरेनन् भने, त्यसले तिनीहरूलाई फेरि धिक्कार्नेछ। यदि तँसँग विवेकको भावना छ र तैँले सही र गलत बुझ्छस् भने, यति धेरै सत्यताहरू सुनेपछि, जब तैँले बारम्बार गल्ती गर्छस्, तब तेरो विवेकले तँलाई अझै बढी धिक्कार्नेछ र दोष लगाउनेछ, र तँ आफ्नो विवेकको भावनामा समर्पित हुन र सही छनौट गर्न सक्षम हुनेछस्। कतिपय मानिसहरूले यसो भन्छन्, “मैले गल्ती गर्दा मेरो विवेकले पनि मलाई धिक्कार्छ, तर दश वा बीस वर्षसम्म धिक्कारिएपछि पनि, म अझै पनि सत्यताको अभ्यास गर्ने छनौट गर्न चाहन्नँ।” त्यसोभए म भन्छु, तेरो त्यो विवेक एउटा विवेक होइन। तैँले आफ्नो विवेकले धिक्कारिएको महसुस गर्छु भन्छस्, तर यति धेरै वर्षसम्म तँ मार्ग बदल्न वा पश्चात्ताप गर्न असक्षम भएको छस्, र तेरो तथाकथित विवेक तँलाई सही मार्ग छनौट गर्न लगाउनका लागि तँलाई नियन्त्रण गर्न असफल भएको छ। त्यसोभए तेरो विवेक एउटा विवेक होइन, र तँसँग मानवता छैन। तँ भन्छस्, “मलाई के सही हो र के गलत हो भन्‍ने थाहा छ—मसँग विवेक छैन भनेर तपाईंले कसरी भन्न सक्नुहुन्छ?” त्यसको एउटै मात्र अर्थ हुन सक्छ, त्यो के हो भने तेरो हृदय धेरै हठी छ, र तेरो विवेकले उप्रान्त काम गरिरहेको छैन। यदि तँसँग साँच्चै मानवताको विवेक छ भने, जब तैँले गल्ती गर्छस् र तेरो विवेकले तँलाई धिक्कार्छ, तब तेरो मानवता सकारात्मकतातर्फ झुकाव हुनेछ, र तेरो विवेकले तँलाई भित्रबाट दोष लगाउनेछ, र यसो भन्नेछ, “यो गलत हो, यसमा मानवताको धेरै कमी छ!” यदि यसले तँलाई सधैँ यसरी धिक्कार्छ भने, त्यसको कुनै बोध नहुनका लागि तँ कस्तो प्रकारको व्यक्ति हुनुपर्छ? विवेक नभएकाहरूमा मात्रै यो बोधको कमी हुन्छ। यदि तँसँग साँच्चै विवेक छ भने, जब तँलाई तेरो विवेकले धिक्कार्छ, तब के तँ हठी रहिरहन सक्छस्? यदि तैँले “मलाई दश वा बीस वर्षदेखि धिक्कारिएको छ र मैले खासै केही महसुस गरेको छैन” भनेर भन्छस् भने, तँ विवेक भएको व्यक्ति होइनस्। के कुरा यही होइन र? (हो।) तँसँग विवेक छैन, तैपनि तँसँग मानवता छ भन्‍ने दाबी गर्छस्—के यो मानिसहरूलाई धोका दिनु होइन र? यदि तँसँग मानवता छ भने, तँसँग विवेक कसरी हुन सक्दैन? यदि तँसँग विवेक छैन भने, तँसँग मानवता छैन। मानवता नहुनुको एउटा सङ्केत भनेको सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी नबुझ्नु हो। तँसँग विवेक छ भन्छस्, त्यसोभए तँ किन सही र गलत खुट्ट्याउन असक्षम छस्? तैँले यति धेरै प्रवचनहरू सुनेको छस्, त्यसोभए तैँले किन सत्यता पछ्याउन चाहना गर्दैनस्? तँ भन्छस्, “मेरो हृदय सत्यता पछ्याउन इच्छुक छ, र सत्यताको अभ्यास गर्न इच्छुक छ”—त्यसोभए तैँले कुन-कुन सत्यताहरूको अभ्यास गरेको छस् त? प्रमाण कहाँ छ? यदि तेरो हृदयले सत्यतालाई प्रेम गर्छ र त्यो सत्यता पछ्याउन इच्छुक छ भने, तँ किन सत्यताको अभ्यास गर्दैनस्? के यो मानिसहरूलाई धोका दिनु होइन र? के यो एक छली व्यक्तिको झूट जस्तै होइन र? यो ठूलो रातो अजिङ्गरले गर्ने कुरा जस्तै हो, जसले सधैँ आफूले गर्ने सबै कुरा मानिसहरूको सेवा गर्न र तिनीहरूलाई सुखी जीवन जिउन सक्षम तुल्याउनका लागि हो भनेर घोषणा गर्छ, तर जब मानिसहरूले परमेश्‍वरमा विश्वास गर्छन् र तिनीहरू सही मार्गमा हिँड्छन्, तब यसले उन्मत्त भएर तिनीहरूलाई गिरफ्तार गर्छ र सताउँछ। यसले मानिसहरूलाई परमेश्‍वरलाई पछ्याउन अनुमति दिँदैन, तिनीहरूलाई सत्यता स्वीकार गर्न र मुक्ति प्राप्त गर्न अनुमति दिँदैन—यसले तिनीहरूलाई केवल पार्टीलाई पछ्याउन र त्यसका आज्ञाहरू पालन गर्न मात्रै अनुमति दिन्छ, जसले गर्दा तिनीहरू अन्ततः नरकमा पुग्छन् र दण्डित हुन्छन्, अनि यो कुराले ठूलो रातो अजिङ्गरलाई खुसी तुल्याउँछ। त्यसोभए, ठूलो रातो अजिङ्गरले “मानिसहरूको सेवा गर्छ” भन्‍ने शब्दहरू साँचो हुन् कि झूटा? शैतानले सधैँ आफूले गर्ने काम मानिसहरूको भलाइको लागि हो नै भन्छ, तर यसले मानिसहरूलाई सत्यता आपूर्ति गर्न सक्दैन, न त यसले मानिसहरूलाई जीवनको सही मार्गमा मार्गदर्शन गर्न नै सक्छ। यसले मानिसहरूलाई केवल विधर्महरू र भ्रमहरू मात्रै सिकाउँछ, तिनीहरूलाई दुराचारको जीवनमा लिप्त हुन लगाउँछ, दुष्टताको मार्गमा हिँड्न लगाउँछ, संसारलाई पछ्याउन, ख्याति र प्राप्तिलाई पछ्याउन, र एक-अर्काविरुद्ध लड्न र हानि गर्न लगाउँछ, मानिसहरूलाई सही मार्गमा हिँड्न अनुमति दिँदैन, र मानिसहरूलाई परमेश्‍वरको पक्षबाट खोसेर लैजान्छ। अन्त्यमा, मानिसहरूले ख्याति र प्राप्ति हासिल गर्छन्, तर तिनीहरूका शरीर र मन पूर्ण रूपमा नष्ट हुन्छन्; तिनीहरू शैतानका विधर्महरू र भ्रमहरूले भरिएका हुन्छन्, तिनीहरूको हृदयबाट परमेश्‍वर अनुपस्थित बन्‍नुहुन्छ, र तिनीहरूले उप्रान्त मानवजाति परमेश्‍वरद्वारा सृष्टि गरिएको हो भन्‍ने विश्वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्न थाल्छन् र तिनीहरू उहाँप्रति शत्रुवत् हुन थाल्छन्। के शैतानले मानिसको भलाइका लागि यसो गरिरहेको हुन्छ? के यो मानिसहरूलाई हानि पुऱ्याउनु र नष्ट गर्नु होइन र? तैपनि सही र गलत खुट्ट्याउन नसक्ने मानिसहरूले यी कुराहरू छर्लङ्गै देख्न सक्दैनन्।

कतिपय मानिसहरूले यसो भन्छन्, “मसँग मानवता छ र म सही र गलत खुट्ट्याउन सक्छु, र मसँग धेरैजसो मानिसहरूभन्दा बढी विवेक छ।” त्यसोभए आज सङ्गति गरिएको विषयवस्तुसँग आफैलाई तुलना गर् र हेर्, तँसँग विवेक छ कि छैन, तैँले सत्यतालाई स्वीकार गर्न र अभ्यास गर्न सक्छस् कि सक्दैनस्, तैँले गल्ती गर्दा पछुतो र दोषी महसुस गर्छस् कि गर्दैनस्, र तैँले साँच्चै पश्चात्ताप गरेको र तँ परिवर्तन भएको छस् कि छैनस्। यदि तँमा जीवन प्रवेशका यी प्रकटीकरणहरू छैनन् भने, तैँले परमेश्‍वरमा विश्वास गर्न थालेदेखि यति धेरै वर्षसम्म प्रवचनहरू सुनेको भए तापनि तेरो विवेकले काम गरेको छैन भन्‍ने यसले प्रमाणित गर्छ। तेरो विवेकले काम नगर्नुको पछाडि के कुरा छ? यो समस्यालाई व्याख्या गर्न सक्ने एउटै मात्र कारण छ: तँ विवेकविनाको व्यक्ति होस्। कतिपय मानिसहरूले यसो भन्छन्, “मेरो जीवन प्रवेश नभए पनि, म सबै सत्यताहरू बुझ्छु।” यदि तैँले सत्यता बुझ्छस् भने, तँ किन त्यसको अभ्यास गर्दैनस्? तँसँग कुनै प्रवेश किन छैन? अहिले पनि तेरो जीवन किन परिवर्तन भएको छैन? तैँले सत्यता बुझ्छस् तर त्यसको अभ्यास गर्दैनस्—तेरो विवेक कहाँ छ? कतिपय मानिसहरूले त यस्तो तर्क पनि गर्छन्, “मैले यति धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेको छु। यदि मसँग विवेक नभएको भए, के मैले यति धेरै कुरा त्याग्‍न, यति धेरै कष्ट भोग्न, र यति ठूलो मूल्य चुकाउन सक्थेँ र? के म स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ र?” यदि तँसँग विवेक छ भने, तैँले यति धेरै सत्यताहरू सुनेपछि त्यसले के प्रभाव पारेको छ त? के त्यसले तँलाई सत्यता सिद्धान्तहरूअनुसार काम गर्न लगाउनका लागि तँलाई बन्धनमा पार्न सक्छ? के त्यसले तेरो व्यवहार र तेरा विचारहरूलाई नियन्त्रण गर्न सक्छ? तैँले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेको छस्, तैँले धेरै धर्मसिद्धान्तहरू बोल्न सक्छस्, र तैँले यति धेरै कष्ट भोगेको छस् र यति ठूलो मूल्य चुकाएको छस्—त्यसोभए तेरो विवेकले तेरो व्यवहारलाई नियन्त्रण गर्ने, तँलाई सिद्धान्तहरूअनुसार काम गर्न लगाउने, र तँलाई सिद्धान्तहरू उल्लङ्घन गर्नबाट रोक्ने भूमिका किन खेल्दैन? यदि तँसँग यति धेरै विवेक र मानवता छ, र तैँले यति धेरै सत्यताहरू बुझेको छस् भने, तँ किन तिनलाई व्यवहारमा लागू गर्न सक्दैनस्? तैँले कसरी खुलेआम सिद्धान्तहरू उल्लङ्घन गर्न र खुलेआम मण्डलीको काममा बाधा दिन सक्छस्? यदि तँसँग विवेक छ भने, यति धेरै वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गरेपछि के तेरो जीवन परिवर्तन भएको छ? तँ परिवर्तन भएको छैनस्, र तँसँग सत्यताको कुनै पनि प्रवेश छैन; यसले तँसँग विवेक छैन भन्‍ने देखाउँछ। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि मसँग विवेक नभएको भए के म आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ र?” तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्; तैँले त श्रम पो गरिरहेको छस्। श्रम गर्नका लागि विवेक चाहिँदैन; अलिकति मेहनत लगाउनु नै पर्याप्त हुन्छ। यसले ठीक यही भनाइलाई पुष्टि गर्छ: श्रम गर्ने मानिसहरू विवेकविनाका मानिसहरू हुन्; तिनीहरूले जीवन प्रवेश वा सत्यता पछ्याउँदैनन्, र तिनीहरू केवल श्रम गर्न खोज्छन् र मेहनत लगाउन इच्छुक हुन्छन्। श्रम गर्नुका विशेषताहरू के-के हुन्? कठिनाइ भोग्न र मूल्य चुकाउन इच्छुक हुनु, कठिनाइ भोग्नु र मूल्य चुकाउनुमा आफ्नो आनन्द, महत्त्वको भावना, र मूल्य खोज्नु, आशिष्‌हरूका लागि आफ्नो चाहना र परमेश्‍वरसँग सम्झौता गर्ने आफ्नो महत्त्वाकाङ्क्षालाई पूरा गर्ने प्रयास गर्नु, र आफ्नो कष्ट र बलिदानको बदलामा आशिष्‌हरू प्राप्त गर्ने प्रयास गर्नु। यदि तैँले तिनीहरूलाई काममा मेहनत लगाउन, कठिनाइ भोग्न र मूल्य चुकाउन लगाइस् भने, तिनीहरूसँग यसका लागि प्रशस्त जोस हुन्छ; तर यदि तैँले तिनीहरूलाई सिद्धान्तहरूअनुसार काम गर्न र सत्यताको अभ्यास गर्न लगाइस् भने, तिनीहरू निस्तेज हुन्छन्, अलमल्ल पर्छन्, र कसरी अभ्यास गर्ने भन्‍ने जान्दैनन्। कतिपय मानिसहरूले त आफूलाई कठिन ठाउँमा राखिएको महसुस समेत गर्छन्, र यसो सोच्छन्, “यदि तपाईंले मलाई मेहनत लगाउन, कठिनाइ भोग्न, र मूल्य चुकाउन लगाउनुभयो भने ठीकै छ। म जतिसुकै कठिनाइ पनि सहन सक्छु, र म जतिसुकै थाके पनि गुनासो गर्नेछैन। तर मलाई सिद्धान्तहरूअनुसार काम गर्न लगाउनु—के यो मेरो लागि परिस्थितिहरूलाई कठिन बनाउनु होइन र? मेहनत लगाउन सक्नु, र गुनासोविना कठिनाइ भोग्न र मूल्य चुकाउन सक्नु आफैमा पहिले नै निकै राम्रो कुरा हो—तपाईंले मलाई अझै पनि सिद्धान्तहरूअनुसार काम गर्न किन माग गर्नुहुन्छ? मानिसहरूमाथि तपाईंका मागहरू धेरै उच्च छन्! मानिसहरूलाई जसरी मन लाग्छ त्यसरी नै काम गर्न दिनुहोस्; जबसम्म काम सम्पन्न हुन्छ, तबसम्‍म त्यो ठिकै हुन्छ। यदि त्यो काम राम्ररी गरिएन भने, त्यसलाई समयसँगै सुधार्न सकिन्छ!” तिनीहरू केवल श्रम गर्न इच्छुक हुन्छन्, र तिनीहरू श्रम गर्दा धेरै ऊर्जावान् हुन्छन्, तर सत्यताको अभ्यास गर्ने कुरा आउँदा तिनीहरू निस्तेज हुन्छन्, र जीवन प्रवेशको कुरा आउँदा तिनीहरू अझै बढी अलमल्ल पर्छन्। तैपनि तिनीहरू अझै पनि आफूलाई असल मानिसहरू ठान्छन्। तिनीहरूले अक्सर भन्छन्, “म विवेक भएको व्यक्ति हुँ र म दयालु छु। म आफ्नो कर्तव्य निर्वाह गर्नमा आफ्नो सबै ऊर्जा लगाउँछु र कहिल्यै पछि हट्दिनँ। म परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न आफ्नो परिवार र करियर छोड्न सक्छु। म कसरी यति प्रेरित हुन सक्छु? म प्राकृतिक रूपमै एक असल व्यक्ति हुँ!” वास्तवमा, तिनीहरूले कुनै पनि सत्यता बुझ्दैनन्, तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्न त झनै सक्दैनन्। तिनीहरूले केवल अन्धाधुन्ध बल प्रयोग गर्न मात्रै जान्दछन्, तैपनि तिनीहरू अझै पनि आफूलाई असल ठान्छन्। यो चरणमा समेत, तिनीहरूको विवेक र समझमा कुनै पनि अनुभूति हुँदैन। यदि तँसँग साँच्चै विवेक भएको भए, तैँले कसरी यस्ता विकृत तर्कहरू निकाल्न सक्थिस्? तँसँग सत्यताको शुद्ध बुझाइ कसरी हुन सक्दैनथ्यो? यदि तँसँग विवेक र मानवता भएको भए, तैँले कसरी परमेश्‍वरका वचनहरू, मानिसहरूका लागि परमेश्‍वरका आवश्यक मानकहरू के हुन्, र तैँले गर्ने हरेक कुरामा कुन सिद्धान्तहरू पछ्याइनुपर्छ भनी ध्यान दिएर सुन्न सकिनस्? यदि तैँले सुन्छस् तर बुझ्दैनस्, र तँ सत्यताप्रति संवेदनहीन छस् भने, तँ विवेक र मानवताविनाको व्यक्ति होस्। के तैँले आफ्नो अन्धाधुन्ध मेहनत लगाएर सत्यता र जीवन, र मुक्ति साट्न सक्छस् भन्‍ने सोच्छस्? यो असम्भव छ; त्यो मार्गले काम गर्दैन। यदि तँ मेहनत लगाउन, इमानदारीसाथ परिश्रम गर्न इच्छुक भए पनि, र अलिकति कष्ट भोग्न सके पनि, र मानिसहरूको नजरमा तँ केही हदसम्म समर्पित भए पनि, तँ अन्तसम्म समर्पित हुन सक्छस् कि सक्दैनस् भन्न अझै गाह्रो छ। तेरो पशु प्रकृति कहिले भड्किन्छ, र तैँले उपद्रो मच्चाउँछस् र अवरोध र बाधाहरू सिर्जना गर्छस् भन्‍ने कुनै टुङ्गो छैन, अनि त्यसपछि त तँलाई सफा गरिनुपर्नेछ। के हालै मण्डलीबाट केही मानिसहरूलाई सफा गरिएको थिएन र? यस्ता मानिसहरूले धेरै मीठा-मीठा कुराहरू गर्छन्, र तिनीहरूको कुरा सुन्ने जोकोहीले पनि तिनीहरूले सत्यता बुझ्छन् भन्‍ने सोच्छ, तर तिनीहरूले सत्यताको अभ्यास गर्दैनन्। तिनीहरूले राम्रा-राम्रा कुराहरू भन्छन् तर वास्तविक काम गर्दैनन्। तिनीहरूले आफूलाई मानिसहरूको विरुद्धमा मात्रै खडा गर्दैनन्, तर तिनीहरूले आफूलाई परमेश्‍वरको घरको विरुद्धमा पनि खडा गर्छन्। के यो परमेश्‍वरको प्रतिरोध गर्नु होइन र? के परमेश्‍वरको घरले तिनीहरूलाई स्थान दिन सक्छ? यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छन् भने, तिनीहरूले त्यो आज्ञाकारी भई र नियम-पालन गर्ने तरिकाले गर्नुपर्छ, तर तिनीहरूले त्यसो गर्दैनन्। तिनीहरूले नेतृत्व गर्ने र शक्ति धारण गर्ने प्रयास गर्छन्, र तिनीहरूले अवरोध र बाधाहरू समेत निम्त्याउँछन्। तिनीहरूले कुन हदसम्म बाधा निम्त्याउँछन्? मैले केही गरिरहेको बेला समेत, तिनीहरूले हस्तक्षेप गर्ने, यताउता आलोचना गर्ने, र अवरोध र बाधा दिने प्रयास गर्छन्। तिनीहरूले मेरा कार्यहरूमा बाधा दिने प्रयास गर्छन्—के म तिनीहरूप्रति नरम हुन सक्छु र? यदि तैँले मेरो व्यक्तिगत जीवनमा मात्रै बाधा दिइरहेको भए, म तँलाई पन्छाएर बेवास्ता गर्न सक्थेँ, तर म परमेश्‍वरको घरमा काम गरिरहेको छु, परमेश्‍वरका चुनिएका मानिसहरूका लागि केही वास्तविक काम गरिरहेको छु, र तैँले अझै पनि त्यसमा बाधा दिने र त्यसलाई कमजोर पार्ने प्रयास गर्छस्। यहाँ समस्या के हो? यस्तो व्यक्तिलाई के गरिनुपर्छ? (तिनीहरूलाई सफा गरिनुपर्छ।) परमेश्‍वरको घरसँग मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्, र यस्ता मानिसहरूलाई सफा गरिनुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “ममाथि अन्याय भएको छ! मलाई यो कुरा तपाईंलाई चिढ्याउनु हो भन्‍ने थाहा थिएन। मलाई यो कुरा माथिलाई र परमेश्‍वरलाई अवज्ञा गर्नु हो भन्‍ने थाहा थिएन। मैले यो जानाजानी गरेको होइनँ।” तैँले यस्तो काम गर्न सक्नुले नै तैँले जानाजानी काम गरिरहेको थिइस् भन्‍ने देखाउँछ। तैँले कति वर्षदेखि प्रवचनहरू सुनेको छस्? के तँसँग विवेक छ—के तँसँग मानवता छ? यदि तँ मानिस भएको भए, यदि तँसँग मानवता भएको भए र तँसँग विवेक र समझ भएको भए, तैँले जानाजानी भए पनि वा अन्यथा भए पनि यस्ता कामहरू गर्नेथिइनस्। म काम गरिरहेको छु, र तिनीहरूले जानाजानी त्यसमा बाधा दिन्छन् र त्यसलाई कमजोर पार्ने प्रयास गर्छन्। के तिनीहरू मानव समेत हुन् र? के तिनीहरू दियाबलसहरू होइनन् र? यदि मानिसहरूसँग साँच्चै विवेक र समझ छ, र साँच्चै मानवता छ भने, यदि त्यो कुनै साधारण व्यक्तिले केही गरिरहेको भए पनि, जबसम्म कुनै कुरा मण्डलीको काम र भाइ-बहिनीहरूको लागि लाभदायक छ, तबसम्म तिनीहरूले त्यसलाई समर्थन गर्नुपर्छ र कमजोर पार्नु हुँदैन भन्‍ने जान्दछन्, मैले व्यक्तिगत रूपमा ध्यान दिइरहेको कुरालाई त त्यसो गर्नु हुँदै हुँदैन। तैपनि तिनीहरूले बाधा निम्त्याउने र त्यसलाई बिगार्ने प्रयास गर्न जिद्दी गर्छन्, र कसैले तिनीहरूलाई रोक्न सक्दैन। तिनीहरू पक्का दियाबलसहरू बनेका छन्, होइन र? म त भन्छु, यस्ता चरित्रहरूको दुष्ट कार्य गम्भीर हुन्छ—हामी तिनीहरूप्रति उदार हुनु हुँदैन; परमेश्‍वरको घरसँग मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्, र तिनीहरूलाई निकालेर सम्हाल्नुपर्छ। के तिनीहरूलाई व्यवहार गर्ने यो तरिका उपयुक्त छ? (छ।) यदि तिनीहरूले आफ्नो दैनिक जीवनमा मात्रै आफ्नो व्यक्तिगत प्राथमिकताहरू पछ्याउँछन् भने, त्यो स्वीकार्य छ। उदाहरणका लागि, मैले भन्न सक्छु, “मलाई चाउचाउ खान मन पर्छ,” जसको जवाफमा तिनीहरूले भन्छन्, “मलाई चाउचाउ खान मन पर्दैन। मैले खाना पकाउँदा, म तपाईंको लागि केही चाउचाउ बनाउनेछु, र म आफ्नो लागि भात बनाउनेछु।” यो मामिलामा मण्डलीको काम समावेश छैन, न त यसमा कुनै सत्यता सिद्धान्तहरू नै समावेश छन्, यसमा व्यक्तिको मानवता वा विवेक त झनै समावेश छैन। यहाँ तेरो व्यक्तिगत प्राथमिकताहरू पछ्याउनु ठीकै हुन्छ, तर जब मण्डलीको काम समावेश भएका मामिलाहरूको कुरा आउँछ, यो स्वीकार्य हुँदैन। यदि तैँले लापरवाहीपूर्वक दुष्ट कार्यहरू गर्छस् र अवरोध र बाधाहरू निम्त्याउँछस् भने, तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गरिरहेको हुन्छस्। कस्तो प्रकारको व्यक्तिले निर्लज्ज भई प्रशासनिक आदेशहरू उल्लङ्घन गर्न सक्छ? कस्तो प्रकारको व्यक्तिले खुलेआम सत्यता र परमेश्‍वरको घरलाई अवज्ञा गर्न सक्छ? (दियाबलसहरू।) ती ज्यानको माया नभएका अलमल्ल मानिसहरू र पशुहरूले यसरी विद्रोह गर्न र बाधा दिन सक्छन्, र दियाबलसहरू त्यसो गर्न अझै बढी सक्षम हुन्छन्। परमेश्‍वरको घरले जे गरे पनि, दियाबलसहरूले सधैँ त्यसमा बाधा दिने प्रयास गर्छन्—तिनीहरूले कुनै पनि परिणामको वास्ता नगरी, मानौँ तिनीहरूलाई भूत लागेको छ जस्तै गरी बाधा निम्त्याउँछन्। तिनीहरूले यस्तो हदसम्म बाधा दिन सक्छन् र अझै पनि यो महसुस गर्दैनन्, अझै पनि आफूले बाधा निम्त्याएको छैन, आफू पूर्ण रूपमा निर्दोष छु भन्‍ने महसुस गर्छन्, र आफ्नो रक्षा समेत गर्छन्। यस्ता मानिसहरूसँग केही पनि सङ्गति गर्न आवश्यक छैन; तिनीहरूलाई निकाल्नु नै सही हुन्छ। यस्ता मानिसहरू, जसमा मानवताको विवेक र समझ हुँदैन, तिनीहरू पक्का दियाबलसहरू हुन्; तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन्। तँलाई सत्यता पछ्याउन आवश्यक छैन, न त तँलाई सबै कुरामा सत्यताको अभ्यास गर्न नै आवश्यक छ, तर कम्तीमा पनि तैँले नियमहरू पछ्याउन जान्नुपर्छ। यदि तैँले नियमहरू समेत बुझ्दैनस्, र तैँले परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू बुझ्दैनस्, र तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्दा समेत थाहा पाउँदैनस् भने, के तँसँग मानवता हुन्छ? तँसँग मानवता हुँदैन; तँ एक दियाबलस होस्। जब दियाबलसहरूले दुष्ट काम गर्छन्, तिनीहरूले आफूलाई रोक्न सक्दैनन्। परमेश्‍वरप्रतिको तिनीहरूको प्रतिरोध, परमेश्‍वरप्रतिको तिनीहरूको आलोचना, र परमेश्‍वरप्रतिको तिनीहरूको ईशनिन्दा तिनीहरूको स्वभावको स्वाभाविक प्रकटीकरण हो। कसैले उक्साहट वा शिक्षा नदिईकन नै, तिनीहरूले प्राकृतिक रूपमा यसरी दुष्ट काम गर्न सक्छन्। किनभने तिनीहरू आफ्नो दियाबलसी प्रकृतिद्वारा शासित हुन्छन्।

आज, हामीले सही र गलत खुट्ट्याउने विषयमा सङ्गति गर्‍यौँ, जुन मानिसहरूको विवेक र समझको भाग हो। यो सङ्गतिद्वारा, के तिमीहरूले अब यो पक्षलाई स्पष्ट रूपमा देख्यौ? एक साँचो मानवमा विवेक हुन्छ र उसले सही र गलत खुट्ट्याउन सक्छ; उसको विवेकले काम गरिरहेको हुन्छ। तिनीहरूले जुनसुकै मानिस, घटना, वा कामकुराहरूको सामना गरे पनि, र जुनसुकै समस्याहरू उत्पन्न भए पनि, कम्तीमा पनि, तिनीहरूको विवेक नै रक्षाको पहिलो पङ्क्ति हुन्छ। एकातिर, तिमीहरूको विवेकले तिमीहरूलाई कुन कुराहरू सकारात्मक हुन् र कुन कुराहरू नकारात्मक हुन् भनी मूल्याङ्कन गर्न र खुट्ट्याउन मद्दत गर्नेछ; अर्कोतिर, यसले तिमीहरूलाई जाँच गर्न र तिमीहरूको अगाडिको मार्ग जाँच्न मद्दत गर्न सक्छ ताकि तिमीहरू आत्मआचरणको न्यूनतम स्तरभन्दा तल नखस, र अन्ततः यसले तिमीहरूलाई ठीक-बेठीक केलाउन र सही मार्ग छनौट गर्न मद्दत गर्नेछ। स्वाभाविक रूपमा, सत्यता बुझ्ने मानिसहरू वा धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेका र आफ्नो विश्वासमा जग भएका मानिसहरूले, आफ्नो विवेकको प्रभावमा, अन्ततः सकारात्मक कुराहरू छान्नेछन्, र सत्यता खोज्ने र स्वीकार गर्ने छनौट गर्नेछन्। त्यसकारण, विवेकले मानवताभित्र अग्रणी भूमिका खेल्छ; यसले मानिसहरूलाई सही मार्गतर्फ निर्देशन दिने र मानिसहरूलाई सकारात्मक कुराहरू छनौट गर्न लगाउनका लागि नियन्त्रण गर्ने भूमिका खेल्छ। यदि कुनै व्यक्तिमा विवेक छैन भने, ऊ सकारात्मक कुराहरू र सही मार्ग छनौट गर्न असक्षम हुने मात्रै होइन, तर उसले गर्ने कुनै पनि कुरामा, उसमा विवेकको न्यूनतम संयम र नियन्त्रणको कमी हुनेछ। यस्तो व्यक्ति ठूलो खतरामा हुन्छ; उसले दुष्ट काम गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने सम्भावना धेरै हुन्छ। यदि ऊ जनावरको पुनर्जन्म हो भने, उसले दुष्ट पिशाचहरूले गर्ने कामहरू गर्न सक्छ, र जो दुष्ट पिशाचहरू र दियाबलसहरू हुन्, ती मानिसहरूले अझ ठूला दुष्ट कार्यहरू गर्न सक्छन्, जुन धेरै डरलाग्दो कुरा हो। त्यसैले, विवेक हुनु धेरै महत्त्वपूर्ण छ। के त्यो कुरा स्पष्ट भयो? (भयो।) यदि कुनै व्यक्तिमा आफ्नो व्यवहारलाई नियन्त्रण गर्ने र उसलाई सही मार्गमा हिँड्न निर्देशन दिने विवेक छैन भने, उसले छान्ने मार्ग अपरिहार्य रूपमा नै गलत हुनेछ, र उसले गर्ने कामहरू नकारात्मक कुराहरू हुनेछन्—त्यसका परिणामहरू अकल्पनीय हुनेछन्। यदि उसले निर्लज्ज भई सत्यता र कामकुराहरूको विकासका नियमहरू उल्लङ्घन गर्न सक्छ, र लापरवाहीपूर्वक ईशनिन्दा गर्न, सत्यता र परमेश्‍वरले गर्नुहुने सबै कामलाई आलोचना गर्न, यहाँसम्म कि खुलेआम परमेश्‍वरको प्रतिरोध गर्न र परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्न, र दुस्साहसपूर्वक परमेश्‍वरलाई सराप्न, दोषी ठहराउन, र उहाँको ईशनिन्दा गर्न सक्छ भने, ऊ दियाबलसहरू र शैतान जस्तै हो। उसले दियाबलसहरू र शैतानले गर्ने सबै दुष्ट कार्य गर्न सक्छ, दियाबलसहरू र शैतानले गर्ने सबै कामहरू गर्न सक्छ, र दियाबलसहरू र शैतानले बोल्ने सबै भ्रमहरू, विधर्महरू, र विकृत तर्कहरू बोल्न सक्छ। यी मानिसहरू पक्का दियाबलसहरू र शैतानहरू हुन्।

आजको सङ्गतिबाट तिमीहरूले के बुझ्यौ? (मैले के बुझेँ भने, मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, र तिनीहरूले सही र गलत खुट्ट्याउन सक्छन्। सही र गलत खुट्ट्याउने सन्दर्भमा, परमेश्‍वरले विभिन्न उदाहरणहरू प्रयोग गरेर, सकारात्मक कुराहरू र नकारात्मक कुराहरू के हुन् भनी अत्यन्त स्पष्टताका साथ व्याख्या गर्नुभयो, ताकि जब हामीले कुनै कुराको सामना गर्छौं, तब हामीले सही मूल्याङ्कन गर्न सकौं र साथसाथै हाम्रो पछ्याइपछाडिको दृष्टिकोण सही राख्न सकौं—हामीले सकारात्मक कुराहरूको चाहना गर्नुपर्छ र तिनलाई पछ्याउनुपर्छ, र नकारात्मक कुराहरूलाई घृणा गर्नुपर्छ र तिनलाई अस्वीकार गर्नुपर्छ।) मानवताभित्रको विवेक र समझ कुनै व्यक्तिले मुक्ति प्राप्त गर्नका लागि चाहिने सबैभन्दा आधारभूत अवस्थाहरू हुन्। यदि तँसँग यी दुई आधारभूत अवस्थाहरू छन् तर तैँले सत्यता पछ्याउँदैनस्, र तैँले बुझेको थोरै सत्यताको पनि अभ्यास गर्दैनस्, र अन्ततः सत्यतामा समर्पणता हासिल गर्न सक्दैनस् भने, तँ अझै पनि मुक्ति प्राप्त गर्न असक्षम हुनेछस्। विवेक र समझ मुक्तिका लागि चाहिने केवल आधारभूत अवस्थाहरू मात्रै हुन्; तँ कुन मार्गमा हिँड्छस् भन्ने कुराको हकमा, त्यो तेरो आफ्नै छनौटमा निर्भर हुन्छ। यदि तँ साँच्चै विवेक र समझ भएको व्यक्ति होस् भने, तँलाई आफ्नो विवेकको नियन्त्रणमा, सत्यता पछ्याउने मार्गमा लाग्ने छनौट गर्ने अवसर मिल्नेछ। यदि तेरो विवेकले तँलाई सही मार्ग छनौट गर्न लगाउनका लागि तँलाई नियन्त्रण गर्छ र निर्देशन दिन्छ, तर तँ कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक छस्, देहविरुद्ध विद्रोह गर्न र तेरा देहका हितहरूसँग सम्बन्धित कुराहरू छोड्न अनिच्छुक छस्, र तँ सत्यता पछ्याउने मार्गमा लागेको छैनस् भने, तँसँग अझै पनि मुक्ति प्राप्त गर्ने कुनै आशा हुनेछैन। मुक्ति प्राप्त गर्ने आशा, एकातिर, तेरो मानवताको विवेकसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ; अर्कोतिर, यो तैँले सत्यता पछ्याउनमा चुकाउन सक्ने मूल्य, र सत्यताको अभ्यास गर्ने तेरो दृढता र चाहनासँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। विवेकले तँलाई केवल मुक्ति पाउनका लागि एउटा आधारभूत सर्त मात्रै दिन्छ, र यसले तँलाई सत्यताको अभ्यास गर्नका लागि धेरै अवसरहरू पनि सिर्जना गर्छ, र तँलाई आफ्नो विवेकको नियन्त्रणमा रहेर सही मार्गमा लाग्ने मौका दिन्छ। अर्थात्, सही मार्गमा लाग्ने तेरो मौका तुलनात्मक रूपमा उच्च हुनेछ, र मुक्ति प्राप्त गर्ने तेरो आशा पनि तुलनात्मक रूपमा उच्च हुनेछ, पचास प्रतिशतभन्दा बढी—तर, यो ग्यारेन्टी भने हुनेछैन। त्यसकारण, यदि तँलाई आफूसँग विवेक र मानवता छ भन्‍ने महसुस भए पनि, यसबारे आत्मसन्तुष्ट नबन्, र केवल विवेक र समझ हुनुको अर्थ तँ एक असल व्यक्ति होस् र तैँले मुक्ति प्राप्त गर्न सक्छस्, यो शत प्रतिशत पक्का कुरा हो भन्‍ने नसोच्। यदि तैँले यसरी सोच्छस् भने, म तँलाई भन्छु, यस मामिलामा रहेको तेरो बुझाइमा विचलनहरू छन्। यदि तँसँग विवेक छ र मानवता छ भने, यसले केवल तँ परमेश्‍वरले छान्नुभएको र बोलाउनुभएको व्यक्ति होस् भन्‍ने पुष्टि मात्रै गर्छ। तर, तैँले अन्ततः मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने सबैभन्दा महत्त्वपूर्ण रूपमा निर्धारण गर्ने कारक तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ। यदि तेरो विवेक सामान्यतया सक्रिय भए पनि, त्यसले अक्सर तेरो व्यवहारलाई नियन्त्रण गरे पनि र तँलाई सही मार्ग छनौट गर्न लगाउनका लागि तँलाई नियन्त्रण गरे पनि, यदि तैँले अक्सर आफ्नो विवेक उल्लङ्घन गर्छस् र सही मार्ग छनौट गर्दैनस्, र सत्यताको अभ्यास गर्ने छनौट गर्दैनस्, बरु बारम्बार तेरा व्यक्तिगत हित, तेरो व्यक्तिगत प्रतिष्ठा र घमण्डको रक्षा गर्छस्, र अक्सर तेरा व्यक्तिगत सम्भावना, महत्त्वाकाङ्क्षा, र चाहनाहरूबारे विचार गर्छस् भने, अन्ततः मुक्ति प्राप्त गर्ने तेरो आशा धेरै क्षीण हुनेछ—थोरै-थोरै गरेर यसलाई तैँले नै नष्ट गरेको हुनेछस्। यो धेरै दुःखद कुरा हुनेछ। कुरा बुझिस्? (बुझेँ।) ठीक छ, आजका लागि हाम्रो सङ्गति यति नै हो। बिदा।

मार्च ९, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (१५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्