सत्यता कसरी पछ्याउने (१५)
पछिल्लो पटक, हामीले दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा हुने अनाचारका तीन वटा खास प्रकटीकरणहरू: कामुकता, यौन उत्तेजना, र छाडापन—अर्थात्, मानिसहरूमा यौन इच्छाको सम्बन्धमा हुने अनाचारी प्रकटीकरणहरूका बारेमा सङ्गति गर्यौँ। यस्ता मानिसहरूको मुख्य समस्या के हो भने यौन इच्छाप्रतिको तिनीहरूको मनोवृत्ति विशेष गरी लम्पट हुन्छ; तिनीहरूले सामान्य मानवताको विवेक र समझको सीमाहरू नाघेर अपराध गर्छन्, र तिनीहरूले कुनै पनि परिस्थितिमा आफ्नो यौन इच्छाहरूलाई रोक्दैनन् वा नियन्त्रण गर्दैनन्, बरु तिनलाई स्वतन्त्र रूपमा छोडिदिन्छन्। निकै लम्पट हुने मानिसहरूको एउटा हिस्सा पनि छ; अर्थात्, लम्पट हुनुको जगमा, तिनीहरू निर्लज्ज बन्छन्, र झन्-झन् खराब हुँदै जान्छन्। तिनीहरूमध्ये कतिपयले त सुसमाचार प्रचार गर्दा आफ्नो यौन इच्छाहरू पूरा गर्न सबै प्रकारका अवसरहरू खोज्छन् र सिर्जना गर्छन्। तिनीहरूले विशेष गरी विपरीत लिङ्गीहरूलाई सुसमाचार प्रचार गर्छन्, र उपयुक्त निशाना भेट्टाउनेबित्तिकै, तिनीहरूले आफ्नो आक्रमण सुरु गर्छन्, र अर्को पक्षलाई प्रलोभनमा पार्न विभिन्न विधि र माध्यमहरू प्रयोग गर्छन्, यहाँसम्म कि आफ्नो लक्ष्य हासिल गर्न घृणित चालहरू समेत प्रयोग गर्छन्। सुसमाचार प्रचार गर्दा, यी मानिसहरूले यसरी व्यवहार गर्ने मात्रै होइन, तर उनीहरूले परमेश्वरको नाउँमा ठूलो बेइज्जत ल्याउने कामहरू पनि गर्छन्। तिनीहरूले कामुक विचारहरू राख्ने मात्रै होइन, बरु, तिनीहरूले सुसमाचार प्रचारको आडमा आफ्नो यौन इच्छाहरू पूरा गर्छन्। यसबाहेक, तिनीहरूले बारम्बार त्यही गल्ती गर्छन्, र विभिन्न उमेरका र विभिन्न परिस्थितिमा रहेका मानिसहरूसँग उस्तै कामहरू गर्छन्। मलाई भन्, जब यस्ता मानिसहरू पत्ता लाग्छन्, तब तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? तिनीहरूलाई सुसमाचार प्रचार गर्ने कर्तव्य पूरा गरिरहन दिनुपर्छ, कि तिनीहरूलाई पठाइदिनुपर्छ र यो कर्तव्य गर्नबाट रोक्नुपर्छ? (तिनीहरूलाई पठाइदिनुपर्छ।) के तिनीहरूलाई पठाइदिनु दुःखको कुरा हो? यदि तिनीहरूले अर्को व्यक्तिलाई प्राप्त गर्न सके भने नि? (यदि तिनीहरूलाई राखियो र सुसमाचार प्रचार गरिरहन दिइयो भने, परिणामहरू अझ गम्भीर हुनेछन्। एक पटक तिनीहरू लम्पट गतिविधिहरूमा संलग्न भएपछि, परमेश्वरको नाउँमा बेइज्जत आइपर्छ।) मलाई भन्, के आफ्नो दिमाग निरन्तर यौन इच्छाले भर्ने यस्ता मानिसहरूले सुसमाचार प्रचार गर्दा मानिसहरूलाई प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सुसमाचार प्रचारमार्फत कहिलेकाहीँ केही मानिसहरूलाई प्राप्त गरे पनि, तिनीहरूले परमेश्वरको नाउँमा बेइज्जत ल्याउने कामहरू पनि गर्न सक्छन्। के यस्ता मानिसहरूको प्रयोगले फाइदाभन्दा बढी हानि गर्दैन र? (गर्छ।) त्यसोभए के तिनीहरूलाई पठाइदिनु अझै पनि दुःखको कुरा हो? (होइन।) के यस प्रकारको व्यक्ति परिवर्तन हुन सक्छ? के उसको समस्या समाधान गर्न सजिलो छ? (छैन। यो उसको प्रकृति सारको समस्या हो; यो परिवर्तन हुन सक्दैन।) कामवासनाले भरिएका मानिसहरू मानव होइनन्; तिनीहरूभित्र एउटा दियाबलस बस्छ, र त्यसले आफ्नो शरीरलाई आफूले भन्न चाहेको कुरा भन्न र आफूले गर्न चाहेको कुरा गर्नका लागि प्रयोग गर्छ। यदि अरूले विवेक र समझअनुसारका अर्ती र चेतावनीहरू प्रयोग गरे भने, के यी कुराहरूले तिनीहरूको प्रकृति सारलाई परिवर्तन गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए के तिनीहरूलाई मदत गर्न सत्यताको सङ्गति गरेर तिनीहरूको यो समस्या समाधान गर्न सकिन्छ? (सकिँदैन।) तिनीहरूको काटछाँट गरिए पनि, कसैलाई तिनीहरूको सुपरिवेक्षण गर्न खटाइए पनि, वा तिनीहरूले आफ्नो यौन इच्छाहरू पूरा गर्ने अवसर नपाऊन् भनेर तिनीहरूलाई फरक वातावरणमा सारिए पनि, के तिनीहरूभित्रको दियाबलसी प्रकृति समाधान हुन सक्छ? (सक्दैन।) दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरूले जे गरे पनि, तिनीहरू मानवताविहीन हुन्छन्। यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। त्यसकारण, तैँले तिनीहरूलाई अर्ती दिन वा मदत गर्नका लागि सत्यताको बारेमा जतिसुकै सङ्गति गरे पनि, त्यसले तिनीहरूको प्रकृति सारको समस्यालाई समाधान गर्न सक्दैन। किनभने एक हिसाबमा, दियाबलसहरूको प्रकृति सारले गर्दा नै तिनीहरूले सत्यतालाई घृणा गर्छन् र अलिकति पनि सत्यता स्वीकार गर्न सक्दैनन्। अर्को हिसाबमा, दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा विवेक र समझको कमी हुन्छ, र तिनीहरूले गर्ने दुष्टताको बारेमा तिनीहरूलाई अलिकति पनि चेतना हुँदैन र तिनीहरूले कहिल्यै लाज, पछुतो, हैरानीको महसुस गर्दैनन्। यसरी, तिनीहरूमा सामान्य मानिसहरूमा हुनुपर्ने लाजको भावना वा लाजको बोध हुँदैन। तिनीहरूले मानवीय नैतिकता र सदाचार, वा आफूलाई आचरणमा ढाल्दा हुनुपर्ने इज्जत र लाजको भावना बुझ्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरा बुझ्दैनन्। तिनीहरूले केही राम्रा-राम्रा सुनिने धर्मसिद्धान्तहरू निकाल्न सके पनि, त्यसले तिनीहरूमा सामान्य मानवता छ भन्ने प्रमाणित गर्दैन; तिनीहरू केवल ढोङ्गीहरू र तिनीहरूले मानिसहरूलाई धोका दिइरहेका हुन्छन्। त्यसकारण, यस्ता मानिसहरूलाई जुनसुकै सत्यताको सङ्गति गरिए पनि, तिनीहरूको प्रकृति सार परिवर्तन हुन सक्दैन। त्यसोभए, एउटा मात्रै समाधान छ: यस्ता मानिसहरूलाई कर्तव्यको लागि प्रयोग नगर्नू। तिनीहरूलाई पखालेर फ्याँक्नू। यसले समस्या समाधान गर्छ। कतिपय मानिसहरूले भन्छन्, “यदि तिनीहरूलाई हटाइयो र निकालियो, र तिनीहरूले उप्रान्त परमेश्वरको घरभित्र आफ्नो यौन इच्छा पूरा गरेनन् र काममा अवरोध पुऱ्याएनन् भने, के तिनीहरूले गैरविश्वासीहरूमाझ यी कामहरू गर्दा मानिसहरूलाई हानि गर्दैनन् र? के तिनीहरूलाई समाजमा मानिसहरूलाई हानि गर्नबाट रोक्नका लागि परमेश्वरको घरमा राखेर कसैलाई तिनीहरूको सुपरिवेक्षण गर्नका लागि खटाउनु हुँदैन र?” के यो अभिव्यक्ति सही छ? (छैन।) यो किन गलत छ? (तिनीहरूलाई परमेश्वरको घरमा राख्दा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि हुन्छ, मण्डलीको काममा बाधा हुन्छ, र परमेश्वरको काममा अवरोध हुन्छ। यो अनुपयुक्त हुन्छ। तिनीहरूलाई संसारमा फर्कन देऊ। संसारमा धेरै दियाबलसहरू र शैतानहरू छन्, र तिनीहरूले जस्तोसुकै अवरोध खडा गरे पनि, त्यस कुरालाई दियाबलसहरूलाई हानि पुऱ्याएको मान्न सकिँदैन। तिनीहरू सबै दियाबलसहरू भएका हुनाले, तिनीहरूले जे गर्छन् त्यसलाई हानि पुऱ्याउनु भनेर मान्न सकिँदैन।) के यो दृष्टिकोण वास्तविकताअनुरूप छैन र? (छ।) यो दृष्टिकोण सही छ। यौन इच्छाहरू पूरा गर्नेहरू दियाबलसहरू हुन्, र तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्न परमेश्वरको घरमा बस्न दिन सकिँदैन। तिनीहरूले समाजमा बाहिर जे गरे पनि परमेश्वरको घरसँग त्यसको कुनै सरोकार हुँदैन, किनभने परमेश्वरमा विश्वास नगर्नेहरूमा मानवताको कमी हुन्छ र तिनीहरू सबै दियाबलसहरू हुन्। दियाबलसहरू आपसमा जतिसुकै लडे पनि, त्यसले परमेश्वरको घरको काममा बाधा दिँदैन। तिनीहरू सबै शैतानका हुन्, र तिनीहरू सुरुदेखि नै शैतानसँग मिलेका हुन्छन्। तिनीहरूले हजारौँ वर्षदेखि एक-अर्कासँग लड्दै र एक-अर्कालाई हानि गर्दै आएका छन्। के यो हाम्रो सरोकारको विषय हो र? तिनीहरूले एक-अर्कालाई हानि पुऱ्याउँछन्, जुन कुरामा तिनीहरू स्वेच्छाले संलग्न हुन्छन्। तिनीहरू सबै उस्तै महाखराबहरू हुन्; एउटै ड्याङका मूला। छोटकरीमा, परमेश्वरको घरलाई यस प्रकारको व्यक्ति चाहिँदैन। दियाबलसहरूले उचित कामहरूमा ध्यान दिँदैनन् र तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन, त्यसकारण तिनीहरू जहाँ भए पनि, तिनीहरूले बाधा मात्रै खडा गर्छन्, र तिनीहरू तोडफोड र विनाशमा मात्रै संलग्न हुन्छन्। तिनीहरूले मानिसहरूलाई फाइदा हुने कुनै पनि काम गर्न सक्दैनन्। तिनीहरूले मानिसहरूलाई हानि मात्रै गर्न सक्छन्। तिनीहरूले केही सेवा गर्न सके पनि, तिनीहरूले पुऱ्याउने घाटा त्योभन्दा बढी हुन्छ। यस्ता मानिसहरू बाहिरी रूपमा निकै राम्रो व्यवहार गर्ने र कुनै खराब काम नगरेका जस्ता देखिन सक्छन्, तर एक पटक अवसर पाएपछि, तिनीहरूले साँच्चै खराब कामहरू गर्न सक्छन्। त्यसकारण, यस्ता मानिसहरूलाई तुरुन्तै निकालेर निराकरण गर्नुपर्छ। तिनीहरूले केही सेवा गर्न र केही सही कामहरू गर्न सके पनि, यसको अर्थ तिनीहरूले साँच्चै पश्चात्ताप गरेका छन् भन्ने हुँदैन, तिनीहरूको प्रकृति सार परिवर्तन भएको छ भन्ने त झनै हुँदैन। तिनीहरूको हालको अवस्था जस्तोसुकै भए पनि, कोही पनि तिनीहरूको झूटो रूपबाट भ्रमित हुनु हुँदैन, तिनीहरूलाई भरोसा गर्नु वा तिनीहरूले कुनै काम गर्न सक्छन् भनी विश्वास गर्नु त झनै हुँदैन। तिनीहरूको प्रकृति सार दियाबलसको हो, त्यसकारण तिनीहरूले जहाँसुकै मण्डली जीवन बिताए पनि, तिनीहरू टिक-टिक गरिरहेको टाइम बम जस्तै हुन् र सबैका लागि खतरा हुन्। तिनीहरूले अस्थायी रूपमा खराब कामहरू गर्नबाट आफूलाई रोके पनि, तिनीहरूको हरेक बोलीवचन र व्यवहार, तिनीहरूको हरेक चालले अझै पनि तेरो मनोदशा र भावनाहरूमा अवरोध पुऱ्याउनेछ, र तेरा दृष्टिकोणहरूलाई समेत प्रभावित पार्न सक्छ। नजिकै दियाबलस हुनुको परिणाम यही हो। उदाहरणका लागि, मानौँ तँ हालै खराब अवस्थामा छस् वा केही हदसम्म नकारात्मक भएको छस्, वा तैँले केही नकारात्मक प्रचार र आधारहीन अफवाहहरू सुनेको छस्, जसले गर्दा तँमा परमेश्वरको बारेमा धारणाहरू विकसित भएका छन्। यदि तेरो नजिक कुनै दियाबलस छ भने, तँ सुत्दा बारम्बार दुःस्वप्नहरू देख्न सक्छस्। यस्तो पनि हुन सक्छ कि तैँले तिनीहरूसँग कुराकानी गरेपछि, तेरो अवस्था सकारात्मक र उत्साहित हुन नसक्ने मात्रै होइन, तर तैँले आफ्नो आत्माभित्र झन्-झन् निराश र अन्धकार महसुस गर्छस्। तँ तिनीहरूको जति नजिक जान्छस्, तैँले परमेश्वरको उपस्थिति त्यति नै कम महसुस गर्न सक्छस्। तँ जति लामो समयसम्म तिनीहरूको सम्पर्कमा रहन्छस्, तेरो हृदय परमेश्वरबाट त्यति नै टाढा जान्छ, तँलाई परमेश्वरमा विश्वास गर्नु अर्थहीन छ भन्ने त्यति नै बढी लाग्छ, र तिनीहरूको हरेक बोलीवचन र व्यवहारले समेत तेरा विचारहरूलाई असर गर्नेछ र तेरो वरपरका मानिस, घटना र कामकुराहरूप्रतिको तेरा दृष्टिकोण र मनोवृत्तिहरूलाई प्रभावित गर्नेछ। तर, जब तँ साधारण भ्रष्ट मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्छस्, तब कुरा फरक हुन्छ, र तँमा यी प्रतिकूल प्रतिक्रियाहरू हुनेछैनन्। त्यसकारण, दियाबलसजस्ता मानिसहरू नजिक हुँदा तिनीहरूले पुऱ्याउने हानिलाई मानिसहरूले स्पष्ट रूपमा महसुस गर्न नसके पनि, तिनीहरूले अरूलाई पुऱ्याउने हानि निरन्तर हुन्छ, र तिनीहरूले खडा गर्ने खतरा पनि त्यस्तै हुन्छ। तिनीहरू तेरा लागि निकै मिलनसार देखिए पनि, तिनीहरूले तँलाई घृणा गर्दैनन् जस्तो लागे पनि, र तिनीहरूले तँलाई आलोचना वा आक्रमण नगरे पनि, तिनीहरू दियाबलस हुन् र मानव होइनन् भने, तिनीहरूका शब्द र कार्य, बोली र व्यवहारले अझै पनि तँमाथि प्रभाव पार्नेछ। यो प्रभाव तैँले महसुस नगरीकनै हुन्छ, र सत्यता नबुझ्नेहरूले यसलाई महसुस नगर्न सक्छन्। त्यसकारण, यदि सुसमाचार समूहहरूभित्र दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरू पत्ता लागेमा, विशेष गरी आफ्नो यौन इच्छाहरू मनमानी ढङ्गले पूरा गर्ने मानिसहरू पत्ता लागेमा, तिनीहरूलाई तुरुन्तै निराकरण गरिनुपर्छ र निकालिनुपर्छ। दुष्ट मानिसहरूलाई आड दिनु वा सहनु हुँदैन। मानिसहरूले सधैँ सुसमाचार समूहहरूमा, एक जना व्यक्ति थपिँदा सुसमाचार प्रयासहरूमा एक हिस्सा शक्ति थपिन्छ भन्ने सोच्छन्। एक जना व्यक्ति थपिनु स्वीकार्य छ, तर एक जना दियाबलस थपिनुको अर्थ त समस्या पो हो। यदि यो एक जना थप व्यक्ति हो भने, उसको क्षमता अलि कमजोर भए पनि र उसले साधारण कामहरू मात्रै गर्न सके पनि, कम्तीमा उसले दियाबलसले जस्तो मण्डलीको काममा बाधा दिनेछैन वा क्षति पुऱ्याउनेछैन। तर दियाबलस फरक हुन्छ। सायद तिनीहरू बाहिरी रूपमा स्पष्टवक्ता र सुवक्ता हुन्छन्, र तिनीहरूको क्षमताको आधारमा, तिनीहरू कुनै निश्चित क्षेत्रको कामका लागि सुपरिवेक्षकको रूपमा सक्षम हुन सक्छन्। तर, तिनीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरूले राम्ररी काम गर्नु पूर्ण रूपमा असम्भव हुन्छ। तिनीहरूले कामलाई पूर्ण रूपमा अस्तव्यस्त मात्रै पार्न सक्छन्, किनभने दियाबलसहरूले जे गरे पनि त्यसले अवरोध, बाधा, र क्षति ल्याउँछ। त्यसकारण, यस्ता मानिसहरूका दुष्ट कार्यहरूलाई तुरुन्तै खुलासा गरिनुपर्छ र खुट्ट्याइनुपर्छ, ताकि परमेश्वरका चुनिएका मानिसहरूले दियाबलसहरूका दुष्ट कार्यहरूलाई पहिचान गर्न र खुट्ट्याउन सकून्। तैँले तिनीहरू दियाबलसहरू हुन् भनी पत्ता लगाएको वा महसुस गरेको छैनस्, र तँलाई तिनीहरू सामान्य मानिसहरू हुन् जसले कहिलेकाहीँ केही दुष्ट कामवासना प्रकट गर्छन् भन्ने लाग्छ भने मात्रै त्यस अवस्थाले तिनीहरूलाई थप अवलोकनको लागि रहन दिने कुरालाई मुस्किलले जायज ठहराउन सक्छ। यदि तैँले तिनीहरूले कहिलेकाहीँ मात्रै दुष्ट कामवासना प्रकट गर्दैनन्, तर त्यसमा आनन्द लिन्छन्, ती लम्पट मानिसहरूजस्तै जहाँ गए पनि, आफ्नो यौन इच्छाहरू पूरा गर्न मन पर्ने विपरीत लिङ्गीहरू खोज्नुलाई आफ्नो प्राथमिकता बनाउँछन्—जसरी दियाबलसहरूले आफूले निल्न सक्ने आत्माहरू खोज्छन्, र जताततै मानिसहरूलाई भ्रमित पार्छन्, फन्दामा पार्छन्, र हानि गर्छन्—र तिनीहरू जोसुकैसँग सम्पर्कमा आए पनि उनीहरूले तिनीहरूको हैरानी भोग्छन्, र तिनीहरूले आफ्नो पछाडि निरन्तर यस्ता समस्याहरू छोड्दै जान्छन् भनी पत्ता लगाइस् भने, यो मानवको व्यवहार होइन; यो स्पष्ट रूपमा दियाबलसको व्यवहार हो। पछि आउने समस्यालाई रोक्न दियाबलसहरूलाई जतिसक्दो चाँडो निकालिनुपर्छ। सबैले कहिलेकाहीँ गल्ती त गर्न सक्छन्, नियन्त्रण गुमाउन सक्छन्, र मानवताको सीमा नाघ्ने कामहरू समेत गर्न सक्छन्, तर यो व्यवहार निरन्तर हुँदैन, तिनीहरूले यसमा आनन्द लिँदैनन्, र गलत काम गरेर र अपराध गरेपछि, तिनीहरूले पछुतो, दोष, र लाज महसुस गर्छन्। जब तिनीहरूले फेरि उस्तै परिस्थिति वा मामिलाको सामना गर्छन्, तब तिनीहरू परीक्षाबाट जोगिन सक्छन् र तिनीहरूले फर्किने र पश्चात्ताप गर्ने सङ्केतहरू देखाउन सक्छन्। तर दियाबलसहरू कहिल्यै फर्कँदैनन्, किनभने तिनीहरूले पश्चात्ताप गर्न सक्दैनन्, न त तिनीहरूले पश्चात्ताप गर्ने नै गर्छन्। के तैँले कहिल्यै परमेश्वरको प्रतिरोध गर्ने, परमेश्वरको निन्दा गर्ने, र परमेश्वरलाई आक्रमण गर्ने दियाबलसहरूको प्रकृति परिवर्तन भएको देखेको छस्? यस्तो भएको छैन। परमेश्वरले मानवजातिमाथि जति लामो समयसम्म सार्वभौमिकता राख्नुभएको र व्यवस्थापन गर्नुभएको भए पनि, र परमेश्वरले आफ्नो जतिसुकै सर्वशक्तिमान्ता, बुद्धि, र अख्तियार प्रकाश गर्नुभएको भए पनि, शैतान अटेरी रहन्छ र यसले परमेश्वरको विरुद्धमा होहल्ला गरिरहन्छ। यो सधैँ परमेश्वरको पराजित शत्रु भए पनि, यसले अझै पनि परमेश्वरको विरुद्धमा होहल्ला गर्छ, र यसले अझै पनि उहाँलाई आक्रमण गर्छ र उहाँको प्रतिरोध गर्छ। त्यसकारण, यदि कुनै व्यक्तिको प्रकृति सार दियाबलसको हो भने, उसको अनाचारी प्रकृति सार कहिल्यै परिवर्तन हुन सक्दैन। अनाचार नै उसको साँचो अनुहार हो, अनाचार उसको प्राथमिकता हो र उसको प्रकृति पनि हो, त्यसैले ऊ परिवर्तन हुनेछैन। तैँले जुनसुकै मण्डलीमा यस प्रकारको व्यक्तिलाई देखे पनि, तैँले जतिसक्दो चाँडो, उसलाई खुलासा गर्नुपर्छ, खुट्ट्याउनुपर्छ र त्यसपछि निकाल्नुपर्छ। दियाबलसहरूलाई पश्चात्ताप गर्ने मौका नदे। यो दृष्टिकोण अपनाउँदा मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूलाई फाइदा हुन्छ। त्यसोभए कस्तो प्रकारको व्यक्तिलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ? तँ यस्तो व्यक्ति एक सामान्य व्यक्ति हो, दियाबलस होइन, र उसले अस्थायी कमजोरी वा विशेष परिस्थितिहरूमा मात्रै अपराध गरेको हो, तर पछि उसले पछुतो महसुस गर्यो, यहाँसम्म कि आफैलाई घृणा गर्यो र आफ्नै मुखमा थप्पड हान्यो भन्ने कुरामा सुनिश्चित हुनुपर्छ। तँ उसको विवेकले काम गर्न सक्छ भन्ने कुरामा निश्चित हुनुपर्छ। यस्ता मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिन सकिन्छ। तर दियाबलसहरूले मौका पाउनेबित्तिकै आफ्नो यौन इच्छाहरू पूरा गर्छन्। यो तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छ। त्यसकारण, दियाबलसहरूलाई पश्चात्ताप गर्ने मौका दिन सकिँदैन, र तिनीहरूलाई जतिसक्दो चाँडो निराकरण गरिनुपर्छ, निकालिनुपर्छ वा निष्कासित गरिनुपर्छ। यस प्रकारको व्यक्तिलाई व्यवहार गर्ने सिद्धान्त यही हो, र तिनीहरूलाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका यही हो। के यो कुरा अब स्पष्ट भयो? (भयो।)
कतिपय मानिसहरूले कुराहरू छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले दियाबलसहरूमध्ये कतिपय निकै वृद्ध भइसकेका भए पनि, अझै पनि निरन्तर यौन इच्छाको खेलमा संलग्न हुन्छन् भन्ने देख्छन्। अरूले सत्यताको बारेमा जतिसुकै सङ्गति गरे पनि, तिनीहरूले त्यसलाई वास्ता गर्दैनन्। तिनीहरूले आमने-सामने आफूले गलत काम गरेको छु भनेर स्वीकार गरे पनि, पछि तिनीहरूले आफूले चाहेको जे पनि गर्छन्। कुराहरू छर्लङ्गै देख्न नसक्ने मानिसहरू अचम्म मान्छन्: “दियाबलसहरूमा यति बलियो यौन इच्छाहरू कसरी हुन सक्छ? यति वृद्ध उमेरमा पनि तिनीहरू कसरी यति अनाचारी हुन सक्छन्? यो व्यक्ति यी मामिलाहरूमा बानी परेको अपराधी हो, र उसले निरन्तर यसरी नै व्यवहार गर्छ। उसमा कसरी लाजको भावना नभएको होला? उसले कसरी संयम अपनाउन जान्दैन?” के यो त कुराहरूलाई छर्लङ्गै देख्न नसक्नु होइन र? यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले अझै पनि मानिसहरूलाई तिनीहरूको प्रकृति सारको आधारमा कसरी व्यवहार गर्ने भनी जान्दैनन्, न त तिनीहरूले दियाबलसहरूको प्रकृति सार कहिल्यै परिवर्तन हुँदैन भन्ने कुरा नै बुझ्छन्। के यो अत्यन्तै मूर्ख र अज्ञानी हुनु होइन र? दियाबलसहरू त्यसरी नै जन्मेका हुन्छन्; चाहे पुरुष होस् वा महिला, तिनीहरूको उमेर जतिसुकै भए पनि, तिनीहरू ठीक त्यस्तै प्रकारका प्राणी हुन्। तिनीहरूको प्रकृति सार दियाबलसको हुन्छ। दियाबलसहरूको कामुकता, यौन उत्तेजना, र छाडापनको एउटा प्रकटीकरण भनेको यौन इच्छाको खेलमा निकै संलग्न हुनु हो, र आफ्नो शरीर नाश नभएसम्म त्यसो गर्नु हो। त्यसकारण, तिनीहरू जतिसुकै वृद्ध भए पनि, तिनीहरू यस प्रकारको व्यक्ति नै रहन्छन् र परिवर्तन हुनेछैनन्—यो कुनै अनौठो कुरा होइन। तैँले तिनीहरू जवान छैनन्, र बाहिरी रूपमा तिनीहरू यौन इच्छाको खेलमा संलग्न हुने प्रकारका देखिँदैनन्, तर तिनीहरूभित्र दियाबलस बस्ने हुनाले, तिनीहरू आफ्नो शरीरको उमेर वा लिङ्ग, न त आफ्नो वातावरणद्वारा समेत सीमित नभई यौन इच्छाको खेलमा संलग्न हुन्छन् भन्ने देख्छस्। यो तिनीहरूको परिवार वा आमाबुबासँग सम्बन्धित हुनैपर्छ भन्ने पनि छैन; यो आनुवंशिक कुरा होइन, तर तिनीहरूको भित्री प्रकृति सारको समस्या हो। तिनीहरूमा अनाचारी प्रकृति सार हुन्छ, र त्यसले तिनीहरूको गुण दियाबलसको हो भन्ने कुरालाई निर्धारण गर्छ। तिनीहरूको प्रकृति सार पहिले नै खुलासा भइसकेको हुनाले, र तिनीहरूको प्रकृति सारले तिनीहरूको गुण निर्धारण गर्ने हुनाले, यस प्रकारका मानिसहरूका हकमा, तिनीहरू पहिले जुनसुकै पेसामा संलग्न भए पनि, तिनीहरू अहिले जतिसुकै वृद्ध भए पनि, र तिनीहरूको बोल्ने सीप वा तिनीहरूको अन्तर्निहित अवस्थाहरू जस्तोसुकै भए पनि—यीमध्ये कुनै पनि कुराले तिनीहरूको गुणलाई असर गर्दैन। यदि तैँले तिनीहरूको बाहिरी रूपलाई मात्रै हेरिस् भने, तँ सजिलै त्यसबाट भ्रमित हुनेछस्, र तैँले यसो भन्नेछस्: “यो व्यक्ति निकै परिष्कृत र संस्कारी देखिन्छ, र उसले निकै शिष्टतापूर्वक बोल्छ; पक्कै पनि ऊ शिष्टता, धार्मिकता, निष्ठा, र लाज बुझ्ने व्यक्ति हो। उसले कसरी यस्ता दुष्ट कामहरू गर्न सक्छ? ऊ यौन इच्छाको खेलमा संलग्न हुने प्रकारको त देखिँदैन!” तैँले यो कुरा छर्लङ्गै देख्न सक्दैनस्; तँलाई यो केही हदसम्म अकल्पनीय र केही हदसम्म विश्वास गर्न गाह्रो लाग्छ। यस्तो दृष्टिकोण राख्नु तेरो लागि धेरै मूर्खतापूर्ण कुरा हो! दियाबलसले जुनसुकै शरीर धारण गरे पनि दियाबलसी कामहरू नै गर्न सक्छ। यो व्यक्ति बाहिरी रूपमा जस्तो देखिए पनि, ऊ जतिसुकै वृद्ध भए पनि, वा उसको व्यक्तित्व जस्तोसुकै भए पनि, उसले आफ्नो प्रकृतिअनुसार जे मिल्छ त्यही गर्नेछ। उसको रूप, उमेर, वा शिक्षासँग यसको कुनै सरोकार हुँदैन, न त उसको धार्मिक पृष्ठभूमिसँग नै, उसको जातसँग त झनै हुँदैन, र अवश्य पनि, उसको पारिवारिक वातावरणसँग पनि यसको कुनै सरोकार हुँदैन। उसले यी कामहरू गर्न सक्ने कुरा र उसमा यी प्रकटीकरणहरू हुने कुरालाई उसको सार र प्रकृतिले निर्धारित गर्छ। त्यसकारण, एक हिसाबमा, यसलाई अनौठो वा अकल्पनीय नठान्; अनि अर्को हिसाबमा, मूर्ख कामहरू नगर्। सधैँ तिनीहरूलाई सहने, तिनीहरूप्रति धैर्य हुने, र तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिने, तिनीहरू परिवर्तन होऊन् भनेर तिनीहरूलाई मुक्ति दिने चाहना गर्ने नगर्, तिनीहरूले सत्यतालाई प्रेम गरून् भनेर प्रयास नगर् ताकि तिनीहरू सामान्य मानवताको मार्गमा फर्कन सकून्। यदि तैँले अझै पनि दियाबलसजस्ता यी मानिसहरूलाई मदत गर्ने र मुक्ति दिने अभिप्राय राखिस् भने, तँ धेरै मूर्ख होस्—तैँले यस प्रकारको व्यक्तिको सार बुझ्दैनस्, यस्ताहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू बुझ्दैनस्, सत्यता बुझ्दैनस्, र परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्। यदि तैँले तिनीहरूमा अनाचारी प्रकृति सार छ भन्ने देखिस् अनि अझै पनि तिनीहरूले पश्चात्ताप गरून् भनेर तिनीहरूलाई मदत गर्ने अभिप्राय राखिस् भने, यसले तैँले परमेश्वरका वचनहरूमा विश्वास गर्दैनस् भन्ने देखाउँछ; तैँले परमेश्वरका वचनहरूमा आधारित भएर मानिस, घटना र कामकुराहरूलाई हेरिरहेको वा मूल्याङ्कन गरिरहेको हुँदैनस्, र तँमा परमेश्वरका वचनहरूप्रति साँचो समर्पणता वा स्वीकार हुँदैन। तँ आफूले देखेको कुरा र बाहिरी घटनाहरूको आधारमा मात्रै विभिन्न मानिस, घटना र कामकुराहरूलाई हेर्न र मूल्याङ्कन गर्न चाहन्छस्, र आफ्नै उत्साह र असल अभिप्रायहरूको आधारमा मात्रै काम गर्न चाहन्छस्। यो एक भ्रामक विचार र दृष्टिकोण हो, र विद्रोहीपनको प्रकटीकरण पनि हो। यौन इच्छाको खेलमा संलग्न हुने यस प्रकारको व्यक्तिलाई सम्हाल्ने समाधान धेरै सरल छ: तिनीहरूलाई तिनीहरूको सारअनुसार व्यवहार गर्। जबसम्म तँ तिनीहरू यस प्रकारको व्यक्ति हुन् भन्ने कुरामा निश्चित हुन्छस्, तबसम्म तिनीहरूलाई निकालेर समाधान गर्; तिनीहरूलाई पश्चात्ताप गर्ने अर्को मौका दिन आवश्यक छैन। अरूले नबुझे पनि आफूचाहिँ नबाँधिनू। दियाबलसहरूको सार परिवर्तन हुनेछैन। तिनीहरू आफ्नो युवावस्थामा यस प्रकारका प्राणी हुन्छन्, तिनीहरू मध्यम उमेरमा यस प्रकारका व्यक्ति रहन्छन्, र बृद्धावस्थामा—तिनीहरूको उमेर ढल्किसकेको भए पनि—तिनीहरू अझै पनि यस प्रकारका प्राणी हुन्छन्; तिनीहरू परिवर्तन हुनेछैनन्। मलाई भन्, के सत्तरी वा असी वर्षका वृद्ध पुरुषहरूले जवान केटीहरूलाई फसाउँछन्, वा साठी वा सत्तरी वर्षका महिलाहरूले जवान केटाहरू खोज्छन्? (हो।) समाजमा यस्ता धेरै अनौठा र अनाचारी कुराहरू छन्। के तिनीहरू वृद्ध भएपछि मात्रै यौन इच्छाको खेलमा संलग्न हुन थालेका हुन्? (होइन।) तिनीहरू जवान हुँदा यस्तै थिए; तिनीहरू आफ्नो पूरै जीवन यस प्रकारको प्राणी भएका छन्। गैरविश्वासीहरूले यसलाई वर्णन गर्न कुन शब्दहरू प्रयोग गर्छन्? यसलाई तिनीहरू “बूढोले कलिलो खाने” भनेर भन्छन्; तिनीहरू यसलाई कामुक हुनु भन्छन्। हेर् त तिनीहरूको शब्दावली कति शिष्ट छ। तिनीहरूले यस प्रकारको कुरा र यस प्रकारको व्यक्तिलाई वर्णन गर्न “कामुक,” “स्वतन्त्र-आत्मा,” “कसरी जिउने भनी जान्ने,” वा “सांसारिक परम्पराहरू तोड्न सक्ने” जस्ता शब्द वा भनाइहरू प्रयोग गर्छन्। गैरविश्वासीहरूले यस्ता मामिलाहरूलाई परिभाषित गर्न प्रयोग गर्ने शब्द र भनाइहरू घृणित छन्। तिनीहरूले यी मामिलाहरूलाई जडबाट, सारबाट चित्रण गर्न सही शब्दावली लागू गर्न सक्दैनन्, किनभने, एकातिर, गैरविश्वासी संसार र यो मानवजाति आफै अनाचारी छ, र अर्कोतिर, कसैले पनि यस्ता समस्याहरूको जड छर्लङ्गै देख्न सक्दैन। त्यसकारण, यी मामिलाहरूलाई परिभाषित गर्ने तिनीहरूका दृष्टिकोणहरू धेरै सतही छन्, र धेरै बेतुकका र दुष्ट पनि छन्; ती यी मामिलाहरूको सारबाट अलग छन्।
दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा पाइने अनाचारभित्रका कामुकता, छाडापन, र यौन उत्तेजनाका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेपछि, अब हामी अनाचारको अर्को प्रकटीकरण—अनौठोपनबारे सङ्गति गरौँ। “अनौठो” शब्दले धेरै विषयवस्तुलाई समेट्छ, जसको निश्चय नै अनौठोपनका खास प्रकटीकरणहरूसँग केही सम्बन्ध हुन्छ। अनौठो हुनुका साथै, अलौकिक, चरम, र असामान्य हुनुजस्ता प्रकटीकरणहरू पनि हुन्छन्; यी सबै शैतान र दियाबलसहरूका अनाचारी प्रकटीकरणहरू हुन्। यी पक्षहरू—अनौठो, अलौकिक, चरम, र असामान्य हुनु—मानिसहरूले दैनिक जीवनमा वा अरूसँगको अन्तरक्रियामा समय-समयमा देख्ने कुराहरू हुन्। हामी सबैभन्दा गम्भीर अवस्थाहरूबाट सुरु गरौँ, त्यसपछि मध्यम अवस्थाहरूबारे छलफल गरौँ। जे होस्, यो जस्तोसुकै रूपमा प्रकट भए पनि, यसले अनाचारको प्रकृति सारलाई नै समावेश गर्छ। सबैभन्दा गम्भीर अवस्था भनेको बारम्बार अन्य भाषाहरू बोल्नु हो। भेलाहरूमा प्रार्थनाको दौडान यो विशेष गरी देखिन्छ, जहाँ तिनीहरूले कुनै पनि राष्ट्रको भाषा नभएका र कसैले पनि बुझ्न नसक्ने केही अनौठा भाषाहरू बोल्न सक्छन्। जब यस्तो हुन्छ, तब त्यो व्यक्ति आफै बोलिरहेको हुँदैन, बरु ऊ अर्को आत्माद्वारा अधीनमा पारिएको हुन्छ। तिनीहरूले के भनिरहेका छन् भनी तिनीहरू आफैलाई समेत थाहा हुँदैन; तिनीहरूले त्यो सिकेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सिकाएको नै हुन्छ, तैपनि कुनै निश्चित अवस्थामा, तिनीहरूले त्यो बोल्छन्। कहिलेकाहीँ तिनीहरूले सक्रिय रूपमा अन्य भाषाहरू बोल्छन्, कहिलेकाहीँ निष्क्रिय रूपमा; कहिलेकाहीँ होसमा, कहिलेकाहीँ बेहोसीमा नै। के यो अत्यन्तै अनौठो कुरा होइन र? तिनीहरूले बोलिसकेपछि, यदि तैँले तिनीहरूलाई फेरि त्यसो गर्न भनिस् भने, तिनीहरूले गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई के भनेको हो भनेर सोधिस् भने, तिनीहरूलाई त्यो पनि थाहा हुँदैन। यो एक प्रकारको अवस्था हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले अक्सर सामान्य मानिसहरूले सुन्न नसक्ने आवाजहरू सुन्छन्। उदाहरणका लागि, तिनीहरूले नजिकै कसैले आफूलाई बोलाइरहेको सुन्न सक्छन्, तर अरूले कसैलाई देख्न वा कुनै आवाज सुन्न सक्दैनन्। वास्तवमा, तिनीहरूले अज्ञात प्राणीहरूसँग कुराकानी र वार्तालाप गरिरहेका हुन्छन्। तिनीहरू ठूलो उत्साहका साथ बोल्छन्, र तैँले तिनीहरूलाई बाधा दिन वा एक शब्द सुन्न लगाउन पनि बोल्न सक्दैनस्। यसबाहेक, तिनीहरूको बोलीको विषयवस्तु असम्बन्धित हुन्छ; शब्दहरू अचानक असम्बन्धित रूपमा र विनाकारण निस्किन्छन्। एक दर्शकको रूपमा, यो हेर्दा तँलाई डर लाग्छ र तेरो जीउ सिरिङ्ग हुन्छ। के यस्ता प्रकटीकरणहरू धेरै अनौठा कुरा होइनन् र? (हुन्।) यस प्रकारको व्यक्तिले अक्सर अनौठा कुराहरू, भौतिक संसारमा नाङ्गो आँखाले देख्न नसकिने कुराहरू पनि देख्छ। उदाहरणका लागि, कतिपयले मृतक आफन्तहरूले आफूलाई हात हल्लाइरहेका, मुस्कुराइरहेका, वा टाउको हल्लाइरहेका, वा अभिवादन समेत गरिरहेका देख्छन्। यो देखेपछि तिनीहरू साह्रै उत्साहित हुन्छन्। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले अक्सर कालो लुगा लगाएका मानिसहरू आएर तिनीहरूलाई कसेर बाँधेको देख्छन्; तिनीहरूले सङ्घर्ष गर्छन् र तिनीहरू अतालिँदै चिच्याउँछन्, “मलाई छोड्! म जाँदिनँ, अहँ, म कतै जाँदिनँ!” तिनीहरूका वरपरका मानिसहरूले के भयो भनेर सोध्छन्, तर तिनीहरूले कसैले आफूसँग कुरा गरिरहेको छ भन्ने बोध गर्दैनन् र सङ्घर्ष गरिरहन्छन्, र “परमेश्वर, मलाई बचाउनुहोस्! ...” भनी चिच्याउँछन्। कालो लुगा लगाएका मानिसहरू डराएर भाग्छन्, र त्यसपछि तिनीहरू सामान्य अवस्थामा फर्किन्छन्। होसमा आएपछि, तिनीहरूले आफ्ना वरपरका मानिसहरूलाई कालो लुगा लगाएका मानिसहरूलाई देखे कि भनेर सोध्छन्। सामान्य मानिसहरूले ती काला लुगा लगाउनेहरूलाई देख्न सक्दैनन्; यदि तिनीहरूले देख्न सके भने त्यो गम्भीर समस्या हुनेथियो। तर यी व्यक्तिहरूले तिनीहरूलाई देख्न र बोध गर्न सक्छन्। अर्को प्रकारको अवस्था पनि छ: कतिपय मानिसहरू सामान्यतया शान्त हुन्छन्, ठट्टा गर्न वा होहल्ला गर्न मन पराउँदैनन्, तर कुनै न कुनै रूपमा तिनीहरू अचानक आफू बसेकै ठाउँमा घुम्न थाल्छन्, रुन्छन्, हाँस्छन्, उपद्रो मच्चाउँछन्, र पसिनाले निथ्रुक्क हुन्छन्। कतिपय त अचानक सर्पजस्तै भुइँमा घस्रिन्छन्, वा कतिपय हाँसजस्तै हिँड्छन्। अचानक, एक जीवित मानव त पशुमा पो परिणत हुन्छ; तिनीहरूको व्यवहार र कार्यहरू ठ्याक्कै पशुको जस्तै हुन्छ, मानिसको भन्दा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूले समय-समयमा यी प्रकटीकरणहरू देखाउँछन्। के यो अनौठो कुरा होइन र? (हो।) के यी अनौठा प्रकटीकरणहरू अलौकिक होइनन् र? (हुन्।) यी प्रकटीकरणहरू निकै अलौकिक छन्। अलौकिक भनेको असामान्य हुनु, प्राकृतिक वा सामान्य परिस्थितिभन्दा परको हुनु हो—यसलाई अलौकिक भनिन्छ। यो साधारणभन्दा बाहिरको, साधारण मानिसहरूका सामान्य प्रकटीकरणहरूभन्दा फरक हुन्छ; यो असामान्य हुन्छ। यसलाई अनौठो, अलौकिक, असामान्य भनिन्छ। अवश्य पनि, यी प्रकटीकरणहरूको चरम हुनुसँग कुनै सम्बन्ध छैन, तर अनौठो, अलौकिक, र असामान्य हुनुको प्रकृतिबाट हेर्दा, यी प्रकटीकरणहरूमा अनाचारी सार हुन्छ र ती देहका सामान्य भ्रष्ट मानवहरूका प्रकटीकरणहरूसँग मेल खाँदैनन्। देहका सामान्य मानवहरू मानवीय नैसर्गिक प्रवृत्ति, स्वतन्त्र इच्छा, सामान्य सोचाइ, समझ, र विभिन्न सामान्य मानवीय क्षमताहरूद्वारा सीमित, संयमित, र नियन्त्रित हुन्छन्। तर दियाबलसहरूमा हुने यी अनौठा, अलौकिक, असामान्य प्रकटीकरणहरूले सामान्य मानवीय नैसर्गिक प्रवृत्ति, स्वतन्त्र इच्छा, क्षमता, सामान्य सोचाइ, र सामान्य समझको दायरालाई पहिले नै पार गरिसकेका हुन्छन्। अर्थात्, तिनीहरू अब सामान्य मानवताद्वारा नियन्त्रित हुँदैनन्; तिनीहरू नियन्त्रणबाहिर हुन्छन्। नियन्त्रणबाहिर हुनु भनेको असामान्य रूपमा काम गर्नु हो। सामान्य मानिसहरूले प्रदर्शन गर्न नहुने केही असामान्य प्रकटीकरण र अभ्यासहरू तिनीहरूमा देखिन्छ। यसको अर्थ यस्ता मानिसहरू सामान्य समझ, सामान्य सोचाइ, वा स्वतन्त्र इच्छाद्वारा नियन्त्रित हुँदैनन्, तर बाहिरी कुनै कुरा वा कुनै दुष्ट आत्माद्वारा नियन्त्रित र सञ्चालित हुन्छन्, जसले गर्दा तिनीहरूले सामान्य मानवताभन्दा परका, अरूका लागि बुझ्न नसकिने, हैरान पार्ने, र जीउ नै सिरिङ्ग हुने खालका कामहरू गर्छन्। यसलाई अनौठो, अलौकिक, असामान्य भनिन्छ। मलाई भन त, के यी प्रकटीकरणहरू अनाचारी छैनन् र? (छन्।) यी अनौठा प्रकटीकरणहरूलाई निश्चय नै अनाचारी भनेर भन्न सकिन्छ। दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा धेरै वटा अनौठा प्रकटीकरणहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले अक्सर कसैले कारणविना नै आफूसँग बोलिरहेको सुन्छन्, तर अरूले त्यो सुन्न सक्दैनन्। तिनीहरूले आफ्नो दिमागमा कुनै आवाजले आफूसँग कुराकानी गरिरहेको, र यो वा त्यो गर्न निर्देशन दिइरहेको पनि बारम्बार सुन्छन्। कतिपयले त सामान्य मानिसहरूले देख्न वा बोध गर्न नसक्ने कुराहरू सधैँ देख्न सक्छन्। तिनीहरूले भन्छन्, “मैले सडकबाट सिपाहीहरूको एउटा जत्था गइरहेका देखेँ, तिनीहरू एक-दुई हजार नभए पनि तीनदेखि पाँच सयको सङ्ख्यामा, तोप र ट्याङ्कहरू सहित गइरहेका थिए—निकै ठूलो होहल्ला र खैलाबैला भइरहेको थियो!” अरूले यी कुराहरू देख्न सक्दैनन्, तर तिनीहरूले सक्छन्। तिनीहरूले देखेको कुरा तथ्य हो कि आत्मिक क्षेत्रको कुनै घटना हो भन्ने कुरामा हामीलाई चासो छैन; तिनीहरूले यी कुराहरू देख्न सक्नु नै अत्यन्तै असामान्य कुरा हो। यो असामान्य हो भनेर म किन भन्छु? यो अनाचारको प्रकटीकरण हो भनेर म किन भन्छु? किनभने परमेश्वरले सृष्टि गर्नुभएको सामान्य व्यक्तिको कुनै पनि ज्ञानेन्द्रियले बोध गर्न सक्ने कुराको निश्चित सीमा हुन्छ, चाहे त्यो वरपरको वातावरण होस् वा आफ्नो वरपरका मानिस, घटना, र कामकुराहरू हुन्। ती सबै देहको नैसर्गिक प्रवृत्तिले हासिल गर्न सक्ने दायराभित्र बोध गरिन्छन्; चाहे त्यो देहले देख्न, सुन्न, सुँघ्न सक्ने कुरा होस्, वा महसुस गर्न सक्ने कुरा होस्, त्यसका सीमाहरू हुन्छन्। यी सीमाहरूले केलाई जनाउँछन्? तिनले भौतिक संसारको दायरामा सीमित हुनुलाई जनाउँछन्। त्यसोभए, परमेश्वरले मानिसहरूलाई यस्ता ज्ञानेन्द्रियहरू किन दिनुभयो? चाहे त्यो आत्मिक क्षेत्रको सकारात्मक कुरा होस् वा नकारात्मक कुरा होस्, भौतिक संसारसँग सम्बन्धित नभएको कुनै पनि कुराले मानिसहरूको जीवनमा हस्तक्षेप नगरोस्, मानिसहरूको कुनै पनि ज्ञानेन्द्रियमा हस्तक्षेप नगरोस्, र भौतिक संसारमा मानिसहरूको जीवनको व्यवस्था र ढाँचालाई असर नगरोस् भनेर। त्यसकारण, मानवहरू यस भौतिक संसारमा जिउँछन्, र भौतिक संसारबाहिर जेसुकै अस्तित्वमा भए पनि, परमेश्वरले तँलाई तेरा दैहिक ज्ञानेन्द्रियहरूको दायराभन्दा बाहिर यी कुराहरू देख्न, सुन्न, वा बोध गर्न दिनुहुन्न। यो तेरो मन र समझलाई भौतिक संसारबाहिरका कुनै पनि प्राणीहरूको हस्तक्षेपबाट सुरक्षा दिनका लागि हो, जसले तँलाई सामान्य रूपमा जिउन दिन्छ। जबसम्म कुनै व्यक्तिको मन र समझ सामान्य हुन्छ, तबसम्म उसको स्वतन्त्र इच्छाले सामान्य रूपमा काम गर्नेछ, उसको मूल्याङ्कन सामान्य हुनेछ, र उसको जन्मजात मानवीय अवस्थाहरूका सबै पक्षहरू आफ्नो मौलिक अवस्थामा, क्षति नभईकन रहनेछन्। क्षति नहुनुले केलाई जनाउँछ? यसको अर्थ तेरो स्नायु प्रणाली, तेरा ज्ञानेन्द्रियहरू, तेरो क्षमता, र तेरा जन्मजात अवस्थाहरूका अन्य सबै पक्षहरू दैहिक जीवनको दायराभित्र सामान्य र स्वस्थ छन् भन्ने हो। जब मन र समझ सामान्य हुन्छ, तब व्यक्तिका यी सबै पक्षहरू सामान्य हुनेछन् र तिनले आफ्नो मौलिक अवस्था कायम राख्न सक्नेछन्। यदि कुनै व्यक्तिको ज्ञानेन्द्रियहरूले बोध गर्न सक्ने कुराले देहले हासिल गर्न सक्ने दायरालाई नाघ्छ र उप्रान्त यो बाधाले बाँधिँदैन भने, उसको मन र समझमा समस्याहरू उत्पन्न हुनेछन्; ऊ भौतिक संसारबाहिरका कुराहरूद्वारा प्रभावित, क्षतिग्रस्त, र बाधाग्रस्त हुनेछ। तब उसको स्नायुमा समस्याहरू उत्पन्न हुनेछन्, र उसको मानसिक सन्तुलन बिग्रनेछ। यसले कस्तो प्रकारको अवस्था निम्त्याउनेछ? ऊ मानसिक रूपमा बिरामी हुनेछ; ऊ पागल हुनेछ, उसले उटपटाङ कुरा गर्नेछ, ऊ निर्लज्ज भई यताउता दौडनेछ, रुनेछ र होहल्ला गर्नेछ। त्यसपछि त यस्तो व्यक्ति पूर्ण रूपमा बरबाद हुन्छ। बरबाद हुनुले केलाई जनाउँछ? यसको अर्थ व्यक्तिको हृदयमा अर्को कुनै कुरा प्रवेश गरेको छ, त्यसले उसको मन र समझलाई बाधा दिइरहेको र क्षति पुर्याइरहेको छ, जसले गर्दा उसको हृदय सामान्य समझद्वारा होइन तर अरू कुनै प्रकारको कुराद्वारा नियन्त्रित छ भन्ने हो। चिकित्सकीय भाषामा भन्दा, एक पटक त्यो अर्को कुराले व्यक्तिलाई नियन्त्रण गरेपछि, देखिने बाहिरी प्रकटीकरण सिजोफ्रेनिया हो। एक पटक व्यक्तिलाई सिजोफ्रेनिया भएपछि, के ऊ अझै पनि सामान्य व्यक्ति हुन्छ? (हुँदैन।) ऊ अब सामान्य व्यक्ति रहँदैन, र परमेश्वरले त्यस्ता मानिसहरूमा काम गर्नुहुनेछैन। बुझ्यौ? (बुझ्यौँ।)
परमेश्वरले मानिसहरूलाई दिनुभएको स्वतन्त्र इच्छा, सामान्य सोचाइ, र विवेक र समझले तिनीहरूका लागि के भूमिका खेल्छन्? के तिनले मानिसहरूको मन र समझलाई सुरक्षा दिने भूमिका खेल्दैनन् र? (खेल्छन्।) मानिसहरूको मन र समझलाई सुरक्षा दिने भूमिका खेल्नु भनेको मानिसहरूलाई सुरक्षा दिने भूमिका खेल्नु बराबर हो; तिनले मानिसहरूको मानसिक स्थिति र समझ सामान्य छ, त्यसमा भौतिक संसारबाहिरका कुराहरूले हस्तक्षेप गरेका छैनन्, न त भौतिक संसारबाहिरका कुनै आवाज वा तस्विरहरूले बाधा दिएका छन् भन्ने कुरालाई सुनिश्चित गर्छन्। यसले मानिसहरूलाई शान्तिपूर्वक परमेश्वरमा विश्वास गर्न र सामान्य रूपमा जिउन दिन्छ, र तिनीहरूको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्छ। यो एउटा राम्रो कुरा हो। तर अनौठा, अलौकिक, र असामान्य प्रकटीकरणहरूले भरिएकाहरूमा सामान्य मानिसहरूको जस्तो स्वतन्त्र इच्छा, सामान्य सोचाइ, र विवेक र समझ हुँदैन। जुनसुकै बेला, जुनसुकै ठाउँमा, तिनीहरूले साधारण मानिसहरूका लागि अदृश्य रहेका अनौठा कुराहरू वा दृश्यहरू देख्न सक्छन्, साधारण मानिसहरूले सुन्न नसक्ने आवाजहरू सुन्न सक्छन्, वा साधारण मानिसहरूले गर्न नसक्ने कामहरू गर्न सक्छन्, अनि अनौठा व्यवहारहरू प्रदर्शन गर्छन्। तिनीहरूका वरपरका मानिसहरूले यो बुझ्न सक्दैनन्, र उनीहरू त्यस्ता मामिलाहरूको सार छर्लङ्गै देख्न असक्षम हुन्छन्। यस प्रकारको व्यक्ति दियाबलसबाट पुनर्जन्म भएको हो; यस्ताहरू मानवजातिको भाग होइनन्। शैतानले तिनीहरूलाई जीवनको पछिल्लो समयमा कब्जा गरेको हुँदैन; बरु, यस प्रकारको व्यक्ति सारमा एक दियाबलस नै हुन्छ। सरल भाषामा भन्दा, दियाबलस भएको व्यक्तिको मन र समझ जन्मदेखि नै सामान्य हुँदैन; अर्थात्, उसको स्वतन्त्र इच्छा, सोचाइ, र समझ सबै अस्वस्थ हुन्छन्। तिनीहरूले शिक्षा प्राप्त गरे पनि, तिनीहरूमा सामान्य मानवताका यी कुराहरू हुँदैनन्। तैँले तिनीहरूको मानसिक समस्या नदिएको सामान्य परिस्थितिहरूमा तिनीहरूले तुलनात्मक रूपमा सामान्य रूपमा बोलेको देख्छस्, तर यसको अर्थ तिनीहरू सामान्य मानिसहरू हुन् भन्ने होइन। तिनीहरूमा यी अनौठा प्रकटीकरणहरू हुनुले तिनीहरू सामान्य मानिसहरू होइनन्, तर गैर-मानव—दियाबलसहरू हुन् भन्ने देखाउँछ। तिनीहरूका यी विचित्र, अलौकिक, र असामान्य प्रकटीकरणहरू तिनीहरूले कसैबाट सिकेका होइनन्, न त ती कसैद्वारा प्रसारित भएका नै हुन्। त्यसोभए ती कसरी आए त? ती जन्मजात हुन्; यस्तो व्यक्तिको गुण दियाबलसको जस्तो हुन्छ। दियाबलसको गुण हुनुको अर्थ के हो? यसका दुई वटा अर्थ छन्। पहिलो अर्थ हो, यस प्रकारको व्यक्तिले दियाबलसबाट पुनर्जन्म लिएको हुन्छ। दोस्रो हो, तिनीहरू मानव आत्माविना जन्मेका हुन्छन् र पछि दियाबलसद्वारा ग्रसित हुन्छन्। छोटकरीमा, यस्ता मानिसहरूको प्रकृति सार दियाबलसको जस्तो हुन्छ, मानिसको जस्तो होइन। तिनीहरू मानव नभएकै कारणले, तिनीहरूका ज्ञानेन्द्रियहरू र तिनीहरूका जन्मजात अवस्थाहरूका सबै पक्षहरू सामान्य मानिसहरूको भन्दा फरक र भिन्न हुन्छन्। ज्ञानेन्द्रियहरूको हिसाबमा, तिनीहरूले अक्सर त्यस्ता कुराहरू बोध गर्न सक्छन्, जुन सामान्य मानिसहरूले बोध गर्न, देख्न वा सुन्न सक्दैनन्। देहको नैसर्गिक प्रवृत्तिको हिसाबमा, तिनीहरूले गर्ने वा भन्ने कुराहरू, तिनीहरूका केही प्रकटीकरणहरूले, अक्सर मानिसहरूलाई ती सामान्य मानवीय नैसर्गिक प्रवृत्तिको दायराभन्दा बाहिर छन् भन्ने महसुस गराउँछन्; ती अत्यन्तै अलौकिक हुन्छन्। अलौकिकको अर्थ के हो? यसको अर्थ देहको नैसर्गिक प्रवृत्तिलाई पार गर्नु हो। सामान्य मानिसहरूले देहको नैसर्गिक प्रवृत्तिले हासिल गर्न सक्ने दायरालाई पार गर्न सक्दैनन्, तर यी व्यक्तिहरूले सजिलै त्यसो गर्छन्; तिनीहरू देहको नैसर्गिक प्रवृत्तिद्वारा नियन्त्रित वा सीमित हुँदैनन्, त्यसैले स्वाभाविक रूपमा तिनीहरूले अक्सर अनौठा, अलौकिक, र असामान्य व्यवहार वा अभ्यासहरू प्रदर्शन गर्छन्। के तिमीहरूलाई अब यस प्रकारको व्यक्तिको सारबारे स्पष्ट भयो? (भयो।) के तिमीहरू यस्तो व्यक्तिप्रति ईर्ष्या गर्छौ? (गर्दैनौँ।) के तिनीहरूसँग ईर्ष्या गर्नु राम्रो कुरा हो? (होइन।) कतिपय मानिसहरूले भन्छन्, “हेर, तिनीहरूले प्रार्थनाको दौडान अन्य भाषाहरू बोल्न सक्छन्; हामीले त त्यो बुझ्न वा बोल्न नै सक्दैनौँ। अनि तिनीहरूले नसिकीकनै धेरै भाषाहरू जान्छन्। तिनीहरू कहिल्यै बिरामी हुँदैनन्, धेरै दिनसम्म नखाँदा पनि तिनीहरूलाई भोक लाग्दैन, र धेरै दिनसम्म नसुत्दा पनि तिनीहरूले थकित महसुस गर्दैनन्।” अरूले भन्छन्, “यो मान्छे सक्षम छ; उसले विगतलाई हेर्न र भविष्यको भविष्यवाणी गर्न सक्छ, खगोल विज्ञानदेखि भूगोलसम्म सबै कुरा जानेको छ, मानिसहरूको अनुहार हेरेर तिनीहरूको भाग्य-भविष्य बताउन सक्छ। कुनै व्यक्ति जस्तो देखिए पनि, उसले एकै नजरमा उसको भाग्य थाहा पाउँछ। ऊ साँच्चै एक गुरु हो! राती, तिमीले उसलाई सुतिरहेको देख्छौ, तर वास्तवमा, ऊ पातालमा सेवा गर्न गएको हुन्छ।” कतिपय मानिसहरूले यस्तो प्रकारको व्यक्तिसँग उसको क्षमताको लागि ईर्ष्या गर्छन्। के यस्ता मानिसहरूसँग ईर्ष्या गर्नु मूर्खता होइन र? (हो।) के तिमीहरूले कहिल्यै यी विशेष शक्ति भएका अलौकिक मानिसहरूप्रति ईर्ष्या गरेर यसो भनेका छौ, “मसँग कुनै विशेष शक्ति छैन। यदि मलाई थोरै जादू थाहा भएको भए; यदि गर्मी भएको बेला मलाई आइसक्रिम खान मन लागेको भए, केवल हात हल्लाएर मैले केही आइसक्रिमहरू बनाउन सक्थेँ—चकलेट, स्ट्रबेरी, मलाई जुन स्वाद मन पर्छ त्यही”? के तिमीहरूमा कहिल्यै यस्ता विचारहरू आएका छन्? सबैसँग बचपनका विचारहरू हुन्छन्; जब मानिसहरूले यी विचारहरू गलत छन् भनी स्पष्ट रूपमा देख्छन्, तब तिनीहरूले स्वाभाविक रूपमा तिनलाई त्याग्न सक्छन्। परमेश्वर सामान्य मानिसहरूले जीवनको अनुभव गरून्, जीवनको स्वाद चाखून्, जीवनका सुख-दुःख, यसका विभिन्न कठिनाइ र निराशाहरूको अनुभव गरून्, र अनुभव गर्ने प्रक्रियामा, परमेश्वरको सार्वभौमिकताको कदर गरून्, सृष्टिकर्ताप्रति सृजित प्राणीहरूले राख्ने विभिन्न गलत मनोवृत्तिहरूलाई चिनून्, र त्यसपछि तिनीहरू सही मार्गमा फर्कून्, र तिनीहरूले परमेश्वरको आराधना गर्ने र परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अवस्था हासिल गरून् भन्ने मात्रै चाहनुहुन्छ। जब मानिसहरूमा जीवनका यी अनुभवहरू हुन्छन्, तब तिनीहरूले सृष्टिकर्ताले मानव नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई महसुस गर्नेछन्, त्यसपछि तिनीहरूले सृष्टिकर्ताले मानव नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई स्वीकार गर्नेछन्, त्यसमा विश्वास गर्नेछन्, र तिनीहरू त्यसमा समर्पित हुनेछन्। त्यसपछि, तिनीहरू सही मार्गमा फर्कन र उचित सृजित प्राणीहरू बन्न सक्छन्। कुनै पनि अवास्तविक विचारहरूअनुसार नबाँच्; ती कुराहरू कहिल्यै वास्तविकता बन्नेछैनन्। ती अलौकिक, अनौठा, र असामान्य कुराहरू सधैँ शैतान र दियाबलसहरूको विशेष क्षेत्र हुन्; सामान्य मानवहरूसँग तिनको कुनै सरोकार हुँदैन। त्यसकारण, कहिल्यै पनि अलौकिक व्यक्ति, विशेष शक्तिहरूले भरिएको व्यक्ति बन्छु भनेर नसोच, न त आफ्नै नैसर्गिक प्रवृत्ति, वा आफ्नै सीमाहरू पार गर्ने बारेमा नै सोच्ने गर। केवल दृढ उभिएर एक साधारण व्यक्ति बन, आफ्नो सही स्थानमा बस, र आफ्नो कर्तव्य पूरा गर। मानिसहरूले गर्नुपर्ने कुरा यही हो।
के दियाबलसहरूमा हुने अनौठोपनका प्रकटीकरणहरू अब आधारभूत रूपमा स्पष्ट भए? यी केही प्रकटीकरणहरू हुन् जुन सबैभन्दा गम्भीर छन्। तिनले मानिसहरूलाई यस्ता मानिसहरू सामान्य मानिसहरूजस्तै होइनन् भनी स्पष्ट रूपमा महसुस गराउँछन् र बुझाउँछन्। ती कुराहरू सामान्य मानिसहरूका बीचमा अत्यन्तै अस्वाभाविक देखिन्छन्। यो अस्वाभाविकपनले मानिसहरूलाई तिनीहरूको व्यवहार र आचरण, साथै दैनिक जीवनमा तिनीहरूले देखाउने विभिन्न प्रकटीकरणहरू, विशेष गरी अनौठा, अलौकिक, र असामान्य छन्—तिनीहरू साधारण मानिसहरूभन्दा फरक छन् भन्ने महसुस गराउँछ। तिनीहरू देहको नैसर्गिक प्रवृत्तिद्वारा सीमित हुँदैनन्, र तिनीहरूले आफ्नो अविवेकी व्यवहारलाई रोक्न सक्दैनन्, र तिनीहरूमा कुनै चेतना नै नभएजस्तो देखिन्छ, मानौँ तिनीहरू दुष्ट आत्माहरूद्वारा ग्रसित छन्। यसलाई दियाबलसहरूको अनाचारी प्रकृति सारको एउटा पक्षको रूपमा चित्रण गरिनुपर्छ, जुन कुरालाई मानिसहरूले इन्कार गर्नुपर्छ। यी अलौकिक र असामान्य कुराहरूप्रति ईर्ष्या गर्नु हुँदैन, झन् तिनलाई पछ्याउनु त हुँदै हुँदैन। यदि तैँले कुनै बेला अलौकिक व्यक्ति बन्ने वा यी अलौकिक कामहरू गर्ने अभिप्राय राखेको थिइस् भने, त्यो तुरुन्तै रोक्। फर्की, किनारा नजिकै छ। यस्तो व्यक्ति बन्ने योजना नबना। एक पटक तँ यस मार्गमा लागिस् र दियाबलस तेरो मनमा पस्यो भने, परमेश्वरले उप्रान्त तँलाई चाहनुहुनेछैन, र तँ बरबाद हुनेछस्। तँ बरबाद हुनेछस् भनेर म किन भन्छु? किनभने एक पटक दियाबलसले तँलाई कब्जा गरेपछि र तेरो मनलाई नियन्त्रण गरेपछि, तेरो अन्त्य राम्रो हुनेछैन। एक पटक दियाबलसले तँलाई कब्जा गरेपछि, यसले तँलाई हस्तक्षेप गर्न थाल्छ, तेरा विचारहरू र तेरो मनलाई बाधा दिन्छ। यसले तेरो दैनिक जीवनमा सहभागिता जनाउँछ, र मानिस, घटना, र कामकुराहरूबारे विचार गर्दा तेरो सोचाइ प्रक्रियामा सहभागिता जनाउँछ। यदि तैँले यसको हस्तक्षेपलाई इन्कार गर्न सकिनस् भने, तैँले बिस्तारै आफ्नो इच्छाशक्ति गुमाउनेछस्, र अन्त्यमा, तैँले नम्रतापूर्वक आत्मसमर्पण गर्नेछस्। जब दियाबलसले तँलाई पूर्ण रूपमा नियन्त्रण गर्छ, तब चिकित्सकीय भाषामा भन्दा, तँलाई सिजोफ्रेनिक भनेर निदान गरिनेछ, र परमेश्वरको घरमा, तँलाई मृत्युदण्डको सजाय सुनाइनेछ। तँ समाप्त हुनेछस्। बरबाद। के सिजोफ्रेनिक भनेर निदान गरिएको व्यक्ति सामान्य हुन्छ? (हुँदैन।) के परमेश्वरले अझै पनि यस्तो व्यक्तिलाई चाहनुहुन्छ? परमेश्वरको नजरमा, यो कस्तो प्रकारको व्यक्ति हो? (एक गैर-मानव।) परमेश्वरको नजरमा, तँलाई शैतानले कब्जा गरेको हुन्छ। यो कुरा अलि अमूर्त सुनिन्छ होला। स्पष्ट रूपमा भन्दा, यसको अर्थ शैतानले तेरो हृदयलाई नियन्त्रण गर्छ भन्ने हो। यसको अर्थ शैतानले तेरो हृदयमा शासन गर्छ र शक्ति राख्छ, र तँ शैतानको कठपुतली बनेको छस् भन्ने हो। यसको अर्थ तँलाई शैतानले कब्जा गरेको छ भन्ने हो। एक पटक कसैलाई शैतानले कब्जा गरेपछि, ऊ दियाबलसजस्तै हुन्छ, र ऊ तुरुन्तै अनौठो, अलौकिक, र असामान्य बन्छ। यस्ता मानिसहरू बचाउन नसकिने हुन्छन्। यसो भन्नुको मेरो मतलब के हो? म तँलाई के भनिरहेको छु भने, तँसँग दियाबलसहरूका अनौठा प्रकटीकरणहरूका बारेमा खुट्ट्याउने क्षमता हुनुपर्छ। खुट्ट्याउने क्षमता प्राप्त गरेपछि, तँ यस्ता मानिसहरूबाट टाढा बस्नैपर्छ र तिनीहरूको नजिक जानु हुँदैन। तिनीहरूले जे भने पनि वा गरे पनि, त्यसमा संलग्न नबन्। तिनीहरूलाई गम्भीर रूपमा लिने नगर्। उदाहरणका लागि, मानौँ तिनीहरूले तैँले पटक्कै देख्न वा बोध गर्न नसक्ने कुनै कुराको बारेमा बोल्छन्। तँलाई यो बताउनुको पछाडि तिनीहरूको उद्देश्य तेरो नजिक आउनु र तँलाई लोभ्याउनु हो। यदि तँलाई जिज्ञासु महसुस हुन्छ र तैँले उत्कट रूपमा तिनीहरूप्रति ईर्ष्या गर्छस् र तिनीहरूलाई पछ्याउँछस् भने, तब तँ ठूलो खतरामा छस्। तँ खतरामा छस् भनेर म किन भन्छु? किनभने यो शैतानले मानिसहरूलाई भ्रमित पार्नु र लोभ्याउनु हो, र यसले निल्न सक्ने आत्माहरू खोजिरहेको हुन्छ। यदि तँसँग शैतानबारे कुनै पनि खुट्ट्याउने क्षमता छैन र तैँले अझै पनि जिज्ञासु र ईर्ष्यालु महसुस गर्छस् भने, तँ पहिले नै परीक्षामा परिसकेको छस्, र शैतानले तँमाथि काम गर्ने अवसर लिने सम्भावना धेरै छ। त्यसकारण, तँ ठूलो खतरामा छस्। तँ कुनै सतर्कताविना शैतानको नजिक जान्छस्—के यो मूर्खता होइन र? (हो।) जब शैतानले तँसँग त्यसप्रति कुनै सतर्कता छैन भन्ने देख्छ, तब यसले एक बदमासले जस्तै तँलाई निरन्तर जिस्काउने र लोभ्याउने प्रयास गर्नेछ। यदि तैँले इन्कार गरिनस् भने, यसले तैँले मौन सहमति दिइरहेको छस् भनेर मानिलिन्छ, त्यसैले त्यो अझ धेरै काम गर्न अघि बढ्नेछ। यदि तँलाई शैतानहरूले बोलेका अनौठा, अलौकिक, र असामान्य कुराहरूबारे सधैँ जिज्ञासा लाग्छ, र तैँले तिनको बारेमा सोध्ने र जाँचबुझ समेत गर्छस् भने, के यसले तँ यस्ता कुराहरूमा रुचि राख्छस् र तँलाई तीप्रति दिक्क लाग्दैन भन्ने प्रमाणित गर्दैन र? यस्ता कुराहरूमा रुचि राख्नु राम्रो सङ्केत होइन। यदि तँ यी कुराहरूमा रुचि राख्छस् भने, शैतानको नजरमा यसको अर्थ के हुन्छ भने तँ परमेश्वर, सत्यता, वा सकारात्मक कुराहरूमा रुचि राख्दैनस्। यस कुराले त्यसलाई खुसी बनाउँछ र, स्वाभाविक रूपमा, यसले खुसीसाथ तँलाई “मैत्रीपूर्ण” हात बढाउनेछ, र तँमाथि काम गर्न सुरु गर्ने अभिप्राय राख्नेछ। यसरी, तँ खतरामा हुन्छस्। त्यसकारण, यस्ता मानिसहरूलाई भेट्दा, यत्तिकै तिनीहरूको नजिक नजा, र तिनीहरूप्रति रुचि नराख्। बरु, तँसँग खुट्ट्याउने क्षमता हुनुपर्छ, तँ तिनीहरूविरुद्ध सतर्क हुनुपर्छ, र तैँले तिनीहरूबाट आफूलाई टाढा राख्नुपर्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि हामी तिनीहरूको नजिक जाँदैनौँ वा हामीले तिनीहरूप्रति रुचि राख्दैनौँ भने, तिनीहरूलाई कसरी खुट्ट्याउन सक्छौँ? उखानै छ, ‘आफूलाई चिन र आफ्नो शत्रुलाई चिन, अनि तिमी कहिल्यै पराजित हुनेछैनौ।’ यदि हामीले शत्रुकहाँ घुसपैठ गरेनौँ भने, आफूलाई र आफ्नो शत्रुलाई कसरी चिन्न सक्छौँ र?” के यो अभिव्यक्ति सही छ? यो महामारी फैलिएको बेलाको अवस्था जस्तै हो, कतिपय वैज्ञानिक र अनुसन्धानकर्ताहरूले भाइरसलाई हातमा लिन र अध्ययन गर्न जिद्दी गर्छन्, र फलस्वरूप, कोही-कोही आफै भाइरसबाट सङ्क्रमित हुन्छन् र मर्छन्। त्यसकारण, तँ अनौठा र अलौकिक प्रकटीकरणहरू प्रदर्शन गर्ने ती दियाबलसहरूविरुद्ध कडाइका साथ सतर्क हुनैपर्छ। तँलाई हानि पुऱ्याउने मौका तिनीहरूलाई दिनुभन्दा त आवश्यकताभन्दा धेरै सतर्क हुनु नै बेस हुन्छ। अभ्यास गर्ने चलाख तरिका यही हो। एक हिसाबमा, तिनीहरूमा रुचि नराख्, र तिनीहरूलाई सम्पर्क नगर वा तिनीहरूको नजिक नजा। अर्को हिसाबमा, तिनीहरूका अनौठा, अलौकिक प्रकटीकरणहरूलाई नपछ्या वा तिनको अनुकरण नगर्। तैँले अभ्यास गर्नुपर्ने तरिका पनि यही हो। यदि तँ बारम्बार यी अलौकिक, अनौठा, र असामान्य मानिसहरूको सम्पर्कमा आउँछस्, र तेरो सतर्कताको कमीमा, तँ तिनीहरूबाट प्रभावित हुन्छस्, र तैँले निरन्तर तिनीहरूका प्रकटीकरणहरूका बारेमा सुन्छस् र देख्छस् भने, अचेतन रूपमा तिनीहरूका अनौठा प्रकटीकरणहरू तेरो हृदय र स्मृतिमा संरक्षित हुनेछन्। त्यसपछि, थाहै नपाईकन, तैँले तिनलाई पछ्याउन र अनुकरण गर्न चाहनेछस्। यो अझ खतरनाक सङ्केत हो। एक पटक तैँले तिनलाई पछ्याउन र अनुकरण गर्न चाहेपछि, त्यसको अर्थ तेरो हृदयको प्रतिरक्षा पूर्ण रूपमा भत्किएको छ भन्ने हुन्छ। यो तँ शैतानलाई तेरो हृदयमा प्रवेश गर्न, तँलाई नियन्त्रण गर्न र कब्जा गर्न दिन सहमत हुनु बराबर हो। यसमा, तैँले आफैलाई शैतानलाई सुम्पिरहेको हुन्छस्, र यसरी, शैतानले छिट्टै तँलाई नियन्त्रण गर्न सक्छ। तब के तँ बरबाद हुँदैनस् र? मानिसहरूलाई आफ्नो हृदय परमेश्वरलाई दिन साँच्चै गाह्रो हुन्छ। परमेश्वरलाई मानिसहरूको हृदयमा शक्ति राख्न सजिलो छैन। परमेश्वरले मानिसहरूको हृदयमा सजिलै हात पार्नुहुन्न र त्यसमाथि शक्ति राख्नुहुन्न। परमेश्वरले मानवजातिमा गर्नुहुने काममा तिनीहरूको जन्मजात अवस्थाहरूको आधारमा तिनीहरूलाई सिञ्चन गर्नु, गोठालो गर्नु, अन्तर्दृष्टि दिनु, ज्योति दिनु, मार्गदर्शन गर्नु, र सुरक्षा दिनु जस्ता कार्य समावेश हुन्छ। यसका साथै, परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ, सजाय दिनुहुन्छ, र न्याय गर्नुहुन्छ, साथै मानिसहरूका लागि सबै प्रकारका परिस्थितिहरू पनि खडा गर्नुहुन्छ। यसले तिनीहरूलाई, उमेर बढ्दै जाँदा, वस्तुगत परिस्थितिहरूमा परमेश्वरको काम र सत्यताका विभिन्न पक्षहरूको ज्ञान बिस्तारै प्राप्त गर्न दिन्छ। त्यसपछि, बिस्तारै—सामान्य मानवताको सोचाइअनुसार—परमेश्वरका वचनहरू र सत्यतालाई तिनीहरूको हृदयमा जरा गाड्न र तिनीहरूको जीवन बन्न लगाइन्छ, र यसरी, यी मानिसहरू परमेश्वरद्वारा प्राप्त गरिन्छन्। यो सबैको एउटा प्रक्रिया हुन्छ। तर शैतानले मानिसहरूलाई भ्रमित पार्ने र भ्रष्ट तुल्याउने तरिका फरक छ। हामी शैतानको सार अनाचारी हुन्छ भनेर किन भन्छौँ? यसले जबर्जस्ती मानिसहरूलाई कब्जा गर्छ र नियन्त्रण गर्छ। यो पक्ष नै शैतानको सार अनाचारी छ भनेर प्रमाणित गर्न पर्याप्त छ। यो ठोस प्रमाण हो। जब तैँले दियाबलसजस्तो व्यक्ति बन्ने कुरालाई पछ्याउन चाहन्छस्, र जब तैँले यी अनौठा, अलौकिक, र असामान्य प्रकटीकरण, व्यवहार, र क्षमताहरू पछ्याउँछस्, तब तेरो हृदय शैतानको लागि खुल्छ। यो त यस्तो हुन्छ मानौँ, तेरो हृदयमा, तैँले शैतानलाई भनिरहेको छस्: “भित्र आऊ, मैले तिम्रो लागि ठाउँ राखेको छु। तिमीले मेरो सम्पूर्ण अस्तित्वलाई नियन्त्रण गर्न सक्छौ।” शैतानले तँलाई के भन्नेछ? “यदि तिमीले मेरो कुरा सुन्छौ र मलाई तिम्रो हृदयमा शक्ति राख्न दिन्छौ भने, तिमीले आफूले प्राप्त गर्न चाहेका सबै कुराहरू सिक्न सक्छौ। तिमीसँग सबै अनौठा, अलौकिक कुराहरू हुनेछन्, तिमीले साधारण मानिसहरूलाई उछिनेर तिमी तिनीहरूभन्दा उत्कृष्ट हुनेछौ, र तिमी आम मानिसहरूभन्दा माथि उठ्नेछौ।” मानिसहरूले यी अनौठा, अलौकिक, र असामान्य व्यवहार र प्रकटीकरण वा क्षमताहरूलाई पछ्याउनु भनेको तिनीहरू शैतानसँग कुराकानी गर्नु बराबर हो, र यो तिनीहरूले आफ्नो हृदयमा शैतानलाई अँगाल्नु बराबर पनि हो। यदि तैँले यी अनौठा, अलौकिक कुराहरू पछ्याउँछस् भने, शैतानले छिट्टै तेरो हृदयमा काम गर्न थाल्नेछ। यस बिन्दुमा, जब तैँले फेरि परमेश्वरका वचनहरू सुन्छस्, तब तँसँग अब सामान्य व्यक्तिको जस्तो विचार, दृष्टिकोण, र मनोवृत्ति हुनेछैन, तर तैँले १८०-डिग्रीको मोड लिनेछस्। सत्यताप्रतिको तेरो मनोवृत्ति सामान्य व्यक्तिको भन्दा पूर्ण रूपमा फरक हुनेछ। तैँले जे प्रकट गर्नेछस् त्यो सत्यताप्रति वितृष्णा र सत्यताप्रति शत्रुता हुनेछ। कुरा यस्तै हो। यदि तँ सत्यताप्रति वितृष्ण र शत्रुतापूर्ण छस् भने, के तैँले अझै पनि सत्यता प्राप्त गर्न सक्छस्? सक्दैनस्। तँलाई शैतानले कब्जा गरिसकेको हुन्छ। त्यसकारण, दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूका अनौठा, अलौकिक, र असामान्य प्रकटीकरणहरूका सम्बन्धमा भन्दा, मानिसहरू ती कुराहरूविरुद्ध कडाइका साथ सतर्क हुनैपर्छ, तिनलाई सावधानी र समझदारीका साथ व्यवहार गर्नुपर्छ, र तिनलाई महत्त्वहीन भनेर खारेज गर्नु हुँदैन। अर्थात्, तँसँग यी प्रकटीकरणहरूप्रति खुट्ट्याउने क्षमता हुनैपर्छ। तिनमा रुचि नराख् वा त्यस्ता मानिसहरूको नजिक नजा, झन् गोप्य रूपमा आफ्नो हृदयमा तिनीहरूप्रति ईर्ष्या गर्ने, तिनीहरूलाई प्रशंसा गर्ने, वा पछ्याउने र अनुकरण गर्ने त गर्नु नै हुँदैन। बरु, तँ यस प्रकारको व्यक्तिबाट टाढा बस्नैपर्छ, यस्ताहरूप्रति खुट्ट्याउने क्षमता राख्नुपर्छ, स्पष्ट अडान राख्नुपर्छ, र यस्ताहरू र आफ्नो बीचमा स्पष्ट सीमा कोर्नुपर्छ। बुझ्यौ? (बुझ्यौँ।)
हामीले भर्खरै सङ्गति गरेको कुरा, जो दियाबलसहरू हुन्, तिनीहरूमा हुने अनौठोपनका सबैभन्दा गम्भीर प्रकटीकरणहरू थिए। यी प्रकटीकरणहरू खुट्ट्याउन मानिसहरूलाई केही हदसम्म सजिलो हुन्छ। केही प्रकटीकरणहरू यस्ता पनि छन् जुन अलिक कम मात्र गम्भीर हुन्छन्। अर्थात्, दैनिक जीवनमा, तिनीहरूसँग प्रायजसो केही चरम विचार र दृष्टिकोण हुन्छन्, अनि तिनीहरूले चरम व्यवहार र अभ्यासहरू गर्छन्; तिनीहरूका कार्यहरूले प्रायजसो सामान्य मानवताले सहन सक्ने दायरा नाघ्छ। उदाहरणका लागि, यदि तिनीहरूले केही गलत भने वा गरे भने, तिनीहरूले आफूलाई घृणा गर्छन्, आफ्नै अनुहारमा थप्पड हान्छन्, र दिनमा नखाएर अनि राती नसुतेर आफूलाई दण्ड समेत दिन्छन्। तिनीहरूले प्रायजसो आफ्नो शरीरलाई दण्ड दिन चरम विधिहरू प्रयोग गर्छन्, र आफ्ना त्रुटिहरू सुधार्ने आफ्नो सङ्कल्प देखाउने तरिकाको रूपमा यसलाई प्रयोग गर्छन्। कसैले तिनीहरूलाई यस्तो सल्लाह दिन सक्छ, “यसो गर्दा समस्या समाधान हुँदैन। तिमीले पहिले परमेश्वरका वचनहरूका आधारमा आफ्नो बारेमा चिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, त्यसपछि अभ्यासको सिद्धान्त र मार्ग भेट्टाउनुपर्छ, अनि त्यसपछि मात्रै क्रमिक परिवर्तन आउन सक्छ। कुनै पनि प्रकारको भ्रष्ट स्वभाव परिवर्तन गर्नु एक वा दुई दिनमा हुन सक्ने कुरा होइन; यसका लागि निश्चित समय चाहिन्छ, एउटा प्रक्रिया हुनुपर्छ।” यो एक सही अभिव्यक्ति हो, तर तिनीहरूले न त यसलाई स्विकार गर्छन् न त अभ्यास नै गर्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरूका आधारमा विभिन्न समस्याहरूको सामना गर्दैनन् तर चरम उपायहरू अपनाउँछन्। तिनीहरू कति चरम हुन्छन्? अँ, तिनीहरूले प्रायजसो समस्याहरू समाधान गर्न आफ्नै शरीरलाई हानि गर्ने विधिहरू र आफूलाई सास्ती दिने विधिहरू प्रयोग गर्छन्। के त्यो चरम भएन र? (हो।) तिनीहरूले अरूलाई पनि यसरी नै व्यवहार गर्छन्, र तिनीहरूविरुद्ध चरम विधिहरू प्रयोग गर्छन्। तिनीहरूले विभिन्न मामिलाहरूलाई सामना गर्न पनि चरम विधिहरू प्रयोग गर्छन्। उदाहरणका लागि, मानौँ एउटी महिलाले प्रायजसो आफ्नो कर्तव्यमा आफू धेरै व्यस्त भएको महसुस गर्छिन् र कपाल काट्न र धुनमा समय खर्च गर्नु धेरै झन्झटिलो भएको महसुस गर्छिन्, त्यसैले उसले आफ्नो सबै कपाल खौरिदिन्छे। पटक-पटक खौरिनु नपरोस् भनेर, उसले कपालको सामान्य वृद्धिलाई रोक्न केही रासायनिक उत्पादनहरू समेत लगाउँछे। के यो चरम भएन र? उनलाई तालु खुइले देखेर, मानिसहरूले उसलाई पुरुष हो भनी ठान्छन्, तर उसको आवाज र शरीरको बनावटको आधारमा, तिनीहरूले ऊ महिला हुन सक्छे भनी सोच्छन्—तिनीहरूले ऊ पुरुष हो कि महिला हो भनेर भन्नै सक्दैनन्। अरू दाजुभाइ-दिदीबहिनीहरूलाई सोधेपछि मात्रै तिनीहरूले ऊ महिला हो र उसले झन्झटबाट आफूलाई बचाउन आफ्नो टाउको खौरिएकी हो भनी थाहा पाउँछन्। खुट्ट्याउन नसक्ने कतिपय मानिसहरूले त यस्तो व्यक्तिलाई प्रशंसा गर्दै स्याबासी समेत दिन्छन्: “हेर, शरीरविरुद्ध विद्रोह गर्ने उसको सङ्कल्प साँच्चै साधारण मानिसहरूको भन्दा परको छ। शरीरप्रतिको उसको घृणा वास्तविक घृणा हो; शरीरलाई माया नगर्ने कुरामा उसले साँच्चै कदम चाल्छे! कुनै दिन म पनि उसले जस्तै आफ्नो टाउको खौरिनेछु।” कतिले त उसको नक्कल समेत गर्छन्! के तिनीहरू एउटै प्रकारका होइनन् र? तिनीहरूले आफूजस्तै मन मिल्ने साथी भेट्टाएका हुन्छन्; तिनीहरूमा यस मामिलाप्रति खुट्ट्याउन सक्ने क्षमताको कमी हुने मात्रै होइन, तर तिनीहरूले यसको धेरै प्रशंसा गर्छन् र यसको अनुकरण गर्न चाहन्छन्। के यी चरम मानिसहरू होइनन् र? (हुन्।) तिमीहरू भन त, के चरम मानिसहरूले हरेक कुरा एक किसिमको अनाचारी प्रेरणाशक्तिले गर्दैनन् र? (गर्छन्।) यो अनाचारी प्रेरणाशक्ति कहाँबाट आउँछ? के सामान्य मानवतामा यो अनाचारी प्रेरणाशक्ति हुन्छ? (हुँदैन।) त्यसोभए सामान्य मानवतामा यो अनाचारी प्रेरणाशक्ति किन हुँदैन? किनभने, यदि मानिसहरूसँग सामान्य मानवताको सोचाइ, विवेक र समझ छ भने, तिनीहरूले मामिलाहरूलाई तुलनात्मक रूपमा सामान्य, सकारात्मक, र व्यावहारिक तरिकाले विचार गर्नेछन्; यसरी, तिनीहरू यी चरम व्यवहारहरूमा पटक्कै संलग्न हुनेछैनन्। अर्थात्, तिनीहरूले आफूलाई मन पर्ने कुरा होस् वा नहोस् जे गरे पनि, तिनीहरूले सामान्य र विवेकी ढङ्गले व्यवहार गर्नेछन्, र तिनीहरू चरममा जानेछैनन्। त्यसोभए के चरममा जाने यस प्रकारको व्यक्तिको सोचाइमा केही खराबी हुन्छ भनेर भन्न सकिन्छ? (सकिन्छ।) तिनीहरूको बुझ्ने क्षमतामा केही समस्या हुन्छ, होइन र? (हो।) उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा बफादार हुन माग गर्नुहुन्छ। तिनीहरूले बफादार कसरी हुने भनी सोच्छन् अनि तिनीहरू यसका लागि कष्ट पो भोग्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुग्छन्, त्यसैले तिनीहरूले कष्ट भोग्ने अभ्यास गर्छन्: तिनीहरूले हरेक छाकका लागि नियमहरू पछ्याउँछन्, र तोकिएको सङ्ख्यामा चामलका दाना र तरकारीका टुक्राहरू खान्छन्; जब तिनीहरूका लुगाहरू फाट्छन्, तब तिनीहरूले तिनलाई सिलाउँछन् र लगाइरहन्छन्, र अरूले हेर्दा तिनीहरू तपस्वीहरूजस्ता देखिन्छन्; जबकि अरू दैनिक छ देखि आठ घण्टा सुत्छन् भने, तिनीहरू केवल एक वा दुई घण्टा मात्र सुत्छन्। तिनीहरूलाई आफूमा कष्ट भोग्ने सङ्कल्प छ र आफू अरू कसैभन्दा बढी बफादार छु भन्ने लाग्छ। तिनीहरूले सधैँ यी चरम विचार र व्यवहारहरूमा मनन गर्छन्, जुन सामान्य मानिसहरूले बुझ्न सक्दैनन्। उदाहरणका लागि, यदि तिनीहरूले कसैसँग कुरा गर्दा केही कुरा गलत तरिकाले भने वा कुनै शब्दको दुरुपयोग गरे र तिनीहरूलाई हाँसोमा उडाइयो भने, तिनीहरूले अपमानित भएको महसुस गर्छन् र यस्तो मनन गर्छन्: “म मेरो जीवनमा यो शब्द फेरि कहिल्यै प्रयोग गर्नेछैन, र यति मात्र होइन—म मेरो जीवनमा यो व्यक्तिलाई फेरि कहिल्यै भेट्नेछैन, र यो व्यक्तिसँग कहिल्यै बोल्नेछैन, ताकि उसले मेरो गल्ती भेट्टाउन नसकोस्!” अनि तिनीहरूले यही गर्न सक्छन्—तिनीहरू यसमा अडिग रहन सक्छन्। तिनीहरू कुनै पनि चरम व्यवहार वा विचार र दृष्टिकोणमा जीवनभर अडिग रहन सक्छन्, र कसैले मनाउँदा पनि मान्दैनन्। तिनीहरू यसरी नै अडिग रहन्छन्, र तिनीहरूसँग आफ्नो अडानका लागि कारण र आधारहरू समेत हुन्छन्, र यो सत्यतामा समर्पित हुनुको प्रकटीकरण हो, परमेश्वरलाई प्रेम गर्नुको प्रकटीकरण हो, र बफादारीको प्रकटीकरण हो भन्ने विश्वास गर्छन्। मलाई भन त, के यस्ता मानिसहरू झन्झटिला हुँदैनन् र? (हुन्छन्।) के तिनीहरूसँग घुलमेल हुन सजिलो हुन्छ? (हुँदैन।) त्यसोभए तिनीहरूका व्यवहारहरू कसरी उत्पन्न हुन्छन्? के ती एक प्रकारको चरम सोचाइको कारणले आएका हुँदैनन् र? तिनीहरूले यी चरम व्यवहार र प्रकटीकरणहरूलाई सत्यताको अभ्यास गर्नुको रूपमा लिन्छन् र तिनीहरू त्यसो गर्न लागिरहन्छन्। के यी चरम विचार र दृष्टिकोणहरू यस प्रकारको व्यक्तिमा हुने यी व्यवहारहरूको जड होइनन् र? तिनीहरूले यसरी काम गर्नु भनेको सत्यताको अभ्यास गर्नु र परमेश्वरप्रति बफादारी व्यक्त गर्नु हो भन्ने विश्वास गर्छन्, यसबाहेक, तिनीहरूले त्यसो नगर्ने जोकोहीलाई भित्री रूपमा निन्दा गर्छन् र भेदभाव गर्छन्, र तिरस्कार देखाउँछन्। उदाहरणका लागि, अघि उल्लेख गरिएको टाउको खौरिएकी महिलाको बारेमा विचार गर; अरूले आफ्नो टाउको नखौरिएको देखेर, उसले सोच्छे, “हँ, तिमीहरूले यति लामो कपाल राख्छौ, विभिन्न तरिकाले त्यसलाई मिलाउँछौ पनि। तिमीहरू सबै कति व्यर्थको घमण्ड गर्छौ; तिमीहरूले परमेश्वरलाई प्रेम गर्दैनौ! मलाई हेर, म यति धेरै वर्षदेखि टाउको खुइलिएकी छु र हाँसोको पात्र बन्न कहिल्यै डराइनँ; म व्यर्थको घमण्ड गर्दिनँ। तिमीहरूले आफ्नो कपाल यति लामो राख्छौ र त्यसलाई बारम्बार धुनुपर्छ—कस्तो समयको बरबादी! त्यति धेरै समयमा, परमेश्वरका वचनहरू अझ बढी पढ्नु र अलिकति बढी कर्तव्य पूरा गर्नु राम्रो हुनेथियो होइन र?” उसले अरूको निन्दा समेत गर्छे! यस प्रकारको व्यक्तिले परमेश्वरका यति धेरै वचनहरू सुन्छ र यति धेरै वर्षसम्म प्रवचनहरू सुन्छ, तैपनि सत्यता के हो भन्ने अझै बुझ्दैन। तिनीहरूमा अझै पनि धेरै चरम विचारहरू हुन्छन्, र यी धेरै चरम विचारहरूको मार्गदर्शनमा, तिनीहरूले धेरै चरम व्यवहार, अभ्यास, र शैलीहरू प्रदर्शन गर्छन्, त्यसपछि आफूलाई परमेश्वरलाई सबैभन्दा बढी प्रेम गर्ने र सबैभन्दा बफादार व्यक्तिहरूको रूपमा परिभाषित गर्छन्। के यो अनाचारको अर्को प्रकटीकरण होइन र? (हो।) हरेक कुरामा चरममा जानु अनाचार हो। तिमीहरू भन त, यी चरम प्रकटीकरणहरूले अरूलाई हानि गर्दैनन्, त्यसोभए हामी किन तिनीहरू अनाचारी छन् भनी भन्छौँ? (यी प्रकटीकरणहरू सामान्य मानिसहरूको सोचाइसँग मिल्दैनन्; ती सामान्य मानिसहरूमा हुनुपर्ने व्यवहार र अभ्यासहरू होइनन्।) यी चरम प्रकटीकरणहरूको सामान्य मानिसहरूको सोचाइ र प्रकटीकरणहरूसँग कुनै पनि सम्बन्ध हुँदैन; ती वास्तविकताबाट अलग हुन्छन्, सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने वस्तुगत, व्यावहारिक जीवनबाट अलग हुन्छन्। तिनीहरूले विभिन्न मामिलाहरूप्रति चरमपन्थी दृष्टिकोण अपनाउँछन्, त्यसपछि यी चरम, चरमपन्थी विचार, दृष्टिकोण, र व्यवहारहरूलाई सकारात्मक कुराहरूको रूपमा परिभाषित गर्छन्, जबकि सत्यतालाई नकारात्मक कुराको रूपमा परिभाषित गर्छन्। के यो सही र गलत छुट्याउन नसक्नु र कालोलाई सेतो बनाउनु होइन र? (हो।) सही र गलत छुट्याउन नसक्नु, कालोलाई सेतो बनाउनु, अनि छलपूर्ण तरिकाले अवधारणाहरू बदल्नु—यो अनाचार हो। तैँले सामान्य मानवता, विवेक र समझ, सामान्य मानिसहरूको सोचाइ, वा सामान्य मानिसहरूमा विभिन्न मामिलाहरूप्रति हुनुपर्ने विचार र दृष्टिकोणहरूका बारेमा जतिसुकै सङ्गति गरे पनि, तिनीहरूले त्यसलाई ग्रहण गर्न सक्दैनन्, र भित्री रूपमा तिनीहरूले त्यसलाई स्विकार नै गर्दैनन्। त्यसलाई स्विकार नगर्नुका साथै, तिनीहरूले सामान्य मानवताको मार्गबाट अलग भएका केही हास्यास्पद र अनौठो अभ्यास, व्यवहार, र यहाँसम्म कि विचार र दृष्टिकोणहरू समेत बनाउँछन्, तिनलाई आफूमा लागू गर्छन्, यसका साथै यसलाई सबै मानिस, घटना, र कामकुराहरू मापन गर्ने मानकको रूपमा प्रयोग गर्छन्, र तिनीहरूका चरम विचार, दृष्टिकोण, र व्यवहारहरूसँग नमिल्ने जे पनि गलत हो, जबकि तिनीहरूका चरम विचार, दृष्टिकोण, र व्यवहारहरूसँग मिल्ने जे पनि सही हो र सत्यतासँग मिल्ने कुरा हो भनी विश्वास गर्छन्। के यो सही र गलत छुट्याउन नसक्नु होइन र? के यो कालोलाई सेतो बनाउनु, अनि छलपूर्ण तरिकाले अवधारणाहरू प्रतिस्थापित गर्नु होइन र? यो दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा हुने अनाचारको अर्को प्रकटीकरण हो। अर्थात्, तिनीहरूले कहिल्यै सकारात्मक कुराहरू स्विकार गर्दैनन्, बरु मानिसहरूलाई परमेश्वरबाट टाढा राख्ने लक्ष्य हासिल गर्नका लागि मानिसहरूलाई अनुकरण र नक्कल गर्न लगाउन गैर-सकारात्मक वा नकारात्मक कुराहरूलाई सकारात्मक कुराको रूपमा प्रस्तुत गर्छन्। यो पनि एक प्रकारको चरम व्यवहार हो।
जो दियाबलसहरू हुन्, तिनीहरूमा अनाचारको अर्को एउटा प्रकटीकरण हुन्छ: तिनीहरूले सत्यतालाई अलिकति पनि प्रेम गर्दैनन्। तिनीहरू असामान्य, अलौकिक कुराहरू पछ्याउन मन पराउँछन्, सधैँ पूर्ण रूपमा आत्मिक सिद्धान्त र भनाइहरूको एउटा सँगालो बनाउन चाहन्छन्, यहाँसम्म कि यी अलौकिक मामिलाहरूको आधार अनुसन्धान गर्न चाहन्छन्। तिनीहरूले यी कुराहरूलाई सत्यताको रूपमा, दैनिक जीवनमा कार्यहरूका लागि मार्गदर्शन, दिशा र लक्ष्यहरूको रूपमा लिन्छन्, र तिनलाई सबै प्रकारका मानिस, घटना र कामकुराहरूसँग व्यवहार गर्न र तिनको मूल्याङ्कन गर्न प्रयोग गर्छन्। उदाहरणका लागि, जब तिनीहरूका लागि परिस्थितिहरू सहज हुँदैनन्, तब तिनीहरूले अघिल्लो रात कस्ता सपना देखेका थिए, तिनीहरूको वरिपरि कुनै असामान्य घटनाहरू घटेका थिए कि थिएनन्, वा कुनै अशुभ सङ्केतहरू थिए कि थिएनन् भनी सम्झन्छन्, र आफ्नो भाग्य निर्धारण गर्न त्यसमा आधार खोज्ने प्रयास गर्छन्; तिनीहरूले सधैँ यस्तै प्रकारका कुराहरू पछ्याउँछन्। विशेष गरी गम्भीर बिरामी भएका मानिसहरूलाई भेट्दा, तिनीहरूले उनीहरूलाई अशुभ ठान्छन्, र त्यस्ता मानिसहरूसँगको सम्पर्कले आफ्नो जीवन-शक्ति सोस्नेछ र दुर्भाग्य ल्याउनेछ भन्ने विश्वास गर्छन्। त्यसैले, त्यस्ता मानिसहरूसँग सम्पर्क गरेपछि, तिनीहरूले प्रायजसो आफ्नो निधार कालो भएको छ कि छैन वा आफूमा दुर्भाग्यको हावा छ कि छैन भनेर हेर्न ऐना हेर्छन्। सामान्यतया, तिनीहरूले सधैँ आफ्नो भाग्य कस्तो हुनेछ भनेर मनन गरिरहेका हुन्छन्। जब-जब तिनीहरूसँग फुर्सदको क्षण हुन्छ, तब-तब तिनीहरूले पुरानो पात्रो पल्टाउँछन् वा अनलाइनमा भविष्यवाणीका भनाइहरू खोज्छन्। तिनीहरूले देखेका सपना, वा अरूबाट सुनेका अन्धविश्वासी भनाइ—तिनीहरूले यी सबैलाई आफ्नो भाग्य राम्रो छ कि खराब छ भनी मूल्याङ्कन गर्ने आधारको रूपमा लिन सक्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूलाई व्यवहार गर्न कहिल्यै परमेश्वरका वचनहरूलाई आधारको रूपमा प्रयोग गर्दैनन्, न त तिनीहरूले आफ्नो वरपर घट्ने हरेक घटनालाई व्यवहार गर्न सत्यतालाई आधारको रूपमा प्रयोग नै गर्छन्। बरु, तिनीहरूले सधैँ केही असामान्य अनुभूतिहरू खोज्छन्। उदाहरणका लागि, यदि तिनीहरूले कुनै दिन गीत गाउँदा अलिकति बिरामी महसुस गरे भने, तिनीहरूले सोच्छन्, “के परमेश्वरले मलाई रोक्दै हुनुहुन्छ? के परमेश्वर मलाई गाउन दिन चाहनुहुन्न?” यदि तिनीहरू कुनै दिन सुसमाचार प्रचार गर्न बाहिर जाँदै छन् भने, तिनीहरूले कसैसँग समय र स्थान स्पष्ट रूपमा मिलाइसकेका भए पनि, तिनीहरूले आफ्नो आत्मामा भएको अनुभूतिलाई बुझ्न अझै पनि प्रार्थना गर्नुपर्छ। प्रार्थना गरेपछि, तिनीहरूले केही मिनेट पर्खन्छन्, तर केही महसुस गर्दैनन्। त्यसपछि तिनीहरूले त्यस दिन सूर्यमा कुनै असामान्य घटनाहरू भइरहेका छन् कि छैनन्, वा बाहिर लाम्पुच्छ्रे वा काग कराएका छन् कि छैनन् भनी हेर्छन्, र त्यस दिन आफ्नो साइत कस्तो हुनेछ, सुसमाचार प्रचार गर्न बाहिर जानु सहज हुनेछ कि छैन, र तिनीहरूले मानिसहरूलाई प्राप्त गर्नेछन् कि गर्नेछैनन् भनी जाँच्न यी कुराहरू प्रयोग गर्छन्। यदि यी विधिहरूले काम गरेनन् भने, तिनीहरूले जाने कि नजाने भनेर निर्णय गर्न सिक्का समेत पल्टाउँछन्। यदि सुल्टो पर्यो भने, तिनीहरूका लागि यसको अर्थ परिस्थितिहरू सहज रूपमा अघि बढ्नेछन् र तिनीहरूले मानिसहरूलाई प्राप्त गर्न सक्नेछन् भन्ने हुन्छ; यदि उल्टो पर्यो भने, यसको अर्थ परिस्थितिहरू सहज रूपमा अघि बढ्नेछैनन् र तिनीहरूले मानिसहरूलाई प्राप्त गर्नेछैनन् भन्ने हुन्छ। तिनीहरूले यी कुराहरूका आधारमा बाहिर जाने कि नजाने भनेर निर्णय गर्छन्। यस्ता मानिसहरूले जतिसुकै लामो समयसम्म परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले कहिल्यै सत्यतालाई आफ्नो आधार वा आफ्नो अभ्यासको सिद्धान्तको रूपमा प्रयोग गर्दैनन्। बरु, तिनीहरू मानिस, घटना र कामकुराहरूको मूल्याङ्कन गर्न, आफ्नो वरपर घट्ने विभिन्न मामिलाहरूसँग व्यवहार गर्न, वा आफूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू निर्धारण गर्न सधैँ ती अन्धविश्वासी भनाइहरू वा असामान्य अनुभूति र घटनाहरूमा भर पर्छन्। तिनीहरूले सधैँ यी आधारहीन, अनौठा, विचित्र, अलौकिक अनुभूतिहरू खोज्छन्, र सधैँ तिनकै आधारमा काम गर्छन् र जिउँछन्। कतिपय मानिसहरू, बाहिर जाँदा कालो बिरालो देख्नेबित्तिकै, त्यसले दुर्भाग्यलाई प्रतिनिधित्व गर्छ भन्ने विश्वास गर्छन्, र बाहिर जानुको सट्टा मामिलाहरू ढिलाइ गर्न रुचाउँछन्। कतिपयको गाडी केही काम सम्हाल्न जाँदा बाटोमा नै बिग्रन सक्छ, र तिनीहरूले यो परमेश्वरले रोक्नुभएको हो, त्यस दिन तिनीहरूको भाग्य खराब थियो, र तिनीहरू बाहिर जानु हुँदैनथियो भनी विश्वास गर्छन्। बाहिर जाँदा कफन देख्ने कतिपयले तिनीहरू त्यस दिन पैसाको मामलामा भाग्यमानी हुनेछन् भन्ने विश्वास गर्छन्। केही पनि गर्दा, यस प्रकारको व्यक्तिले सधैँ कुनै प्रकारको अन्धविश्वासी भनाइमा आधार खोज्छ; तिनीहरूसँग सत्यतामा आधारित अभ्यासका सही सिद्धान्तहरू हुँदैनन्। अरूले जतिसुकै सङ्गति गरे पनि वा परमेश्वरको घरले जसरी काम गरे पनि, तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरूअनुसार जिउन र काम गर्न सिक्दैनन्। यदि घरमा कहिलेकाहीँ केही असामान्य घटनाहरू घटे भने, जस्तै धारा अचानक बिग्रिएर पानी चुहियो भने, तिनीहरूले यो खराब सङ्केत हो भन्ने शङ्का गर्छन्। यदि कहिलेकाहीँ हावाको झोक्काले झ्याल खोल्यो र सिसा फुट्यो भने, तिनीहरूलाई लाग्छ, “यो हावाको झोक्का सामान्य होइन; यो विपत्तिको सङ्केत जस्तो देखिन्छ। के परमेश्वरले मलाई बाहिर जानबाट रोक्दै हुनुहुन्छ?” यदि तिनीहरू बाहिर जाँदा हिउँ पर्यो भने, तिनीहरूले भन्छन्, “हेर, म बाहिर जानेबित्तिकै हिउँ पर्यो। मानिसहरूले प्रायजसो भन्छन्, ‘प्रतिष्ठित मानिसहरू बाहिर जाँदा तिनीहरूले हावा र हिउँलाई आकर्षित गर्छन्।’ म एक प्रतिष्ठित व्यक्ति पो रहेछु!” के यो बेतुकको कुरा होइन र? तिनीहरूले हरेक कुराको मूल्याङ्कन गर्न र निर्णय गर्न यी विचित्र र अनौठा भनाइहरूलाई आधारको रूपमा प्रयोग गर्छन्। उदाहरणका लागि, यदि बाहिर जाँदा तिनीहरूको झोलाको फित्ता ढोकाको ह्यान्डलमा अल्झियो भने, तिनीहरूले यसको लागि कुनै भनाइ छ र यसको कुनै महत्त्व छ भन्ने विश्वास गर्छन्। तिनीहरूले तुरुन्तै पात्रो हेर्छन् र यस समयमा कामकुरा गर्न बाहिर जानुका लागि यस्तो भनाइ छ भन्ने देख्छन्: “सबै मामिलाहरू प्रतिकूल; बाहिर जानका लागि उपयुक्त छैन।” तिनीहरूले यस्तो मनन गर्छन्, “सबै मामिलाहरू प्रतिकूल—यसको अर्थ मैले केही पनि गर्न सक्दिनँ, म घरमै बस्नुपर्छ। यो परमेश्वरले मलाई सहजता र आरामको आनन्द लिन दिनुभएको हो; यो परमेश्वरको सुरक्षा हो!” तिनीहरूले यसका लागि समेत आधार भेट्टाउँछन्। के यो हास्यास्पद कुरा होइन र? परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूलाई त्यसका लागि कुनै न कुनै भनाइ छ जस्तो लाग्छ। के यो अनौठो कुरा होइन र? तिनीहरूको वरिपरि घटिरहेका सबै कुरालाई अनौठा घटनाको रूपमा हेरिन्छ, र यी “अनौठा घटनाहरू” लाई सम्हाल्ने तिनीहरूको आधार सबै प्रकारका अनौठा भनाइहरू नै हुन्छन्। तिनीहरूले आफ्ना वरिपरि घट्ने हरेक कुरालाई व्यवहार गर्न यी विभिन्न किसिमका अनौठा भनाइहरू प्रयोग गर्छन्। त्यसैले, यदि तँ यस प्रकारको व्यक्तिसँग बस्छस् भने, तँलाई प्रायजसो ऊ निकै अनौठो छ भन्ने लाग्छ। तिनीहरूले अचानक केही यस्तो कुरा भन्न सक्छन् जसले तेरो हृदय काँप्छ र तँलाई डर लाग्छ। उदाहरणका लागि, राती अबेर कुकुर भुकेको सुन्नु निकै सामान्य कुरा हो, तर तिनीहरूका लागि, यो एउटा ठूलो घटना हो। त्यस घडीमा कुकुर भुक्नुलाई कुन भनाइले व्याख्या गर्छ भनी पत्ता लगाउन तिनीहरूले जानकारी खोजिहाल्नुपर्छ, र जोखना हेराउनुपर्छ। तिनीहरूसँग केही समय अन्तरक्रिया र सङ्गत गरेपछि तँलाई कस्तो महसुस हुनेछ? तँ निश्चित रूपमा केही बेतुकका भनाइहरूद्वारा बारम्बार बाधामा पर्नेछस्। के तेरो हृदयमा शान्ति र आनन्द हुनेछ? (हुनेछैन।) शान्ति र आनन्दविना, तँ पनि तिनीहरूजस्तै अशान्त हुनेछस्, र तैँले पनि हरेक कुराका लागि एउटा भनाइ खोज्नुपर्नेछ। तैँले खोज्दै जाँदा, परमेश्वर तेरो हृदयबाट हराउनुहुनेछ, र तेरो हृदयमा ती अन्धविश्वासी भनाइहरू मात्रै बाँकी रहनेछन्। यसको अर्थ तँलाई दुष्ट आत्माहरू, दियाबलसहरू र शैतानहरूले बाधा दिइरहेका हुन्छन्, यहाँसम्म कि तेरा विचारहरू उत्तेजित हुन्छन्, तेरो हृदयमा शान्ति वा आनन्द हुँदैन, तेरो सोचाइ अव्यवस्थित हुन्छ, र तैँले सामान्य मानवताका प्रकटीकरणहरू गुमाउँछस्। मानिसहरूको जीवनको सामान्य क्रम र ढाँचाहरू यी अव्यवस्थित विचार र अव्यवस्थित भनाइहरूद्वारा पूर्ण रूपमा अस्तव्यस्त हुन्छन्। जेसुकै भए पनि, यस प्रकारको व्यक्तिले त्यसलाई कुनै अनौठो भनाइले व्याख्या गर्न सक्छ, र अन्ततः त्यसलाई हास्यास्पद, विचित्र तरिकाले व्यवहार गर्न सक्छ। यो अनाचार हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले अगुवाद्वारा काटछाँट गरिएपछि यस्तो मनन गर्छन्: “आज बिहान मैले मेरो शरीरमा केही ठीक छैन जस्तो महसुस गरेको थिएँ। अनुहार धुँदा, मैले मेरो निधार कालो भएको देखेँ। साँच्चै, म आज काटछाँटमा परेँ। हेर, सङ्केतहरू त हुन्छन् नै। त्यसैले, मैले फुर्सद पाउनेबित्तिकै हरेक दिन ऐना हेर्नुपर्छ। यदि मैले मेरो निधार कालो भएको पाएँ भने, म होसियार हुनुपर्छ—सायद म काटछाँटमा पर्नेछु, सायद मैले कुनै कुरामा बाधाको सामना गर्नेछु वा म निराश हुनेछु।” जब कतिपय मानिसहरू सुसमाचार प्रचार गर्न जान्छन् र सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्ति एकदमै असल व्यक्ति हो, उसमा तृष्णा गर्ने र खोज्ने हृदय छ, र सङ्गति गर्दा उसले सत्यता स्विकार गर्न सक्छ भनी देख्छन्, तब परमेश्वरलाई धन्यवाद दिनुको साथै, तिनीहरूले यस्तो पनि मनन गर्छन्: “हिजो मैले सपनामा झरनामा खुट्टा धोइरहेको देखेको थिएँ। त्यो झरनाले धनलाई प्रतिनिधित्व गर्छ, र धन प्राप्त गर्नुले सुसमाचार प्रचारमार्फत कसैलाई प्राप्त गर्नुलाई प्रतिनिधित्व गर्छ। त्यसैले, आज यो व्यक्तिलाई प्राप्त गरेकोमा, मैले परमेश्वरलाई पनि धन्यवाद दिनुपर्छ; परमेश्वरले पहिले नै एउटा सङ्केत दिनुभएको थियो!” तिनीहरूले जेसुकै सामना गरे पनि वा जेसुकै महसुस गरे पनि, सधैँ मूल कारण पत्ता लगाउन चाहन्छन् र सधैँ एउटा आधार खोज्नुपर्छ। कतिपय मानिसहरू “देब्रे आँखा फुर्फुराउँदा शुभ हुन्छ तर दाहिने आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ” भन्ने अन्धविश्वासी भनाइमा विश्वास गर्छन्, र आफूमाथि आइपर्ने कुराहरूको मूल्याङ्कन गर्न यसलाई आधारको रूपमा प्रयोग गर्छन्। तिनीहरूले कहिल्यै सत्यतामा प्रयास गर्दैनन्, न त तिनीहरूले सत्यता खोज्छन् र विभिन्न मामिलाहरूको मूल्याङ्कन गर्न त्यसलाई आधारको रूपमा प्रयोग नै गर्छन्। तिनीहरूका हृदयहरू विभिन्न अनौठो, हास्यास्पद, विचित्र, र यहाँसम्म कि अलौकिक भनाइ, विचार र दृष्टिकोण, र विधर्म र भ्रामक तर्कहरूले पूर्ण रूपमा भरिएका हुन्छन्; तिनीहरू यी कुराहरूले भरिएका हुन्छन्।
कतिपय मानिसहरू बाहिरी रूपमा हेर्दा निकै सामान्य देखिन्छन्; तिनीहरूको जीवन, काम, र अरूसँगको अन्तरक्रियामा कुनै चरम, अलौकिक, वा अनौठा प्रकटीकरणहरू देखिँदैनन्। तर, तिनीहरूसँग लामो समयसम्म सङ्गत गरेपछि, कसैले के पत्ता लगाउँछ भने तिनीहरूका मन र हृदय दुष्ट प्रवृत्तिहरूबाट उत्पन्न हुने सबै प्रकारका हास्यास्पद, विचित्र, र विकृत अन्धविश्वासी भनाइहरूले पूर्ण रूपमा भरिएका छन्, र तिनीहरूले आफ्नो वरिपरि घट्ने विभिन्न मामिलाहरूको मूल्याङ्कन गर्न यी भनाइहरूलाई आधारको रूपमा प्रयोग गर्छन्। परिस्थितिहरू परमेश्वरको सार्वभौमिकता, प्रबन्धहरू, र सुरक्षाअन्तर्गत हुन्छन् भनी तिनीहरूले चिने पनि, तिनीहरूले त्यस्ता मामिलाहरूलाई व्याख्या गर्न अझै पनि कुनै न कुनै प्रकारको अन्धविश्वासी भनाइलाई आधारको रूपमा खोज्छन्, र परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूलाई अन्धविश्वासी भनाइहरूले व्याख्या गर्छन्। के यो अनाचार होइन र? (हो।) यति धेरै सत्यता सुनेपछि, कसरी तिनीहरूले अझै पनि सत्यता बुझ्न सक्दैनन्, सत्यताद्वारा समस्याहरूलाई हेर्न सक्दैनन्, र सत्यतासँग मिल्ने एउटै कुरा पनि भन्न सक्दैनन्? कसरी तिनीहरूको हृदय सत्यताविहीन हुन सक्छ, बरु त्यो विधर्म, भ्रामक तर्क, र अन्धविश्वासहरूले भरिएको र कब्जा गरिएको हुन सक्छ? के यो अनाचार होइन र? (हो।) कतिपय मानिसहरूले यसो समेत भन्छन्, “कमिलाहरूलाई कुल्चेर हिँड्नु हुँदैन! कमिला पनि जीवित प्राणी हो। यदि तिमीले एउटा कमिलालाई कुल्चेर मार्यौ, र त्यो आत्मिक क्षेत्रमा फर्कियो र स्वर्गमा हुनुहुने वृद्ध मानिसलाई तिम्रो बारेमा उजुरी गर्यो भने, तिमीले प्रतिफल भोग्नेछस्।” “यदि तिमीले माछा मार्यौ, र त्यसको मुख तिमीतिर फर्किएको छ भने, त्यसको अर्थ त्यसले तिमीलाई आरोप लगाइरहेको छ भन्ने हुन्छ! तिमीले त्यो माछा खानु हुँदैन; यदि तिमीले त्यो खायौ भने, तिमीले प्रतिफल भोग्नेछौ! कुखुरा, कुकुर, गोरु, सुँगुर मार्नु—ती सबै नै ज्यान लिनु हो; तिमीले त्यसका लागि प्रतिफल भोग्नेछौ!” तिनीहरूले यी विधर्म र भ्रामक तर्कहरू कहाँबाट पाउँछन्? के तिनीहरूले ती यस दुष्ट मानवजातिबाट सुन्दैनन् र? तिनीहरूले यहाँ एउटा भनाइ र त्यहाँ अर्को भनाइ टिप्छन्, ती सबैलाई स्विकार गर्छन्, र यी भनाइहरूलाई सर्वोच्च आज्ञाहरूको रूपमा समेत लिन्छन्, र तिनलाई परमेश्वरको इच्छा जत्तिकै उच्च ठान्छन्। कतिपय मानिसहरूले, परमेश्वरमा धेरै वर्षसम्म विश्वास गरेपछि, अझै पनि यस्ता कुराहरू भन्छन्, “कुखुरा मार्नु हुँदैन। यदि तिमीले यस जीवनमा कुखुरा मार्यौ भने, तिमी अर्को जीवनमा कुखुरा बन्नेछौ र कसैले तिमीलाई मार्नेछ। त्यसैले, तिमीले ज्यान लिनु हुँदैन; ज्यान लिएकोमा तिमीले प्रतिफल भोग्नेछौ!” तिनीहरूले यो भन्छन्, तर जब कुखुराको मासु खाने बेला आउँछ, तिनीहरू आफैले एकै छाकमा पूरै एउटा कुखुरा खान सक्छन्। के यो अनाचारी हुनु होइन र? अरूले भन्छन्, “जनावरको छालाको लुगा लगाउनु हुँदैन। जनावरहरू मरेपछि, तिनीहरूका आत्माहरूले अझै पनि महसुस गर्न सक्छन्। यदि तिमीले जनावरको छाला लगायौ भने, यो आफूलाई जनावरको आत्मामा ढाक्नुजस्तै हो। यदि यो जनावर अन्यायमा मरेको हो भने, यसले तिमीलाई भेट्टाउन सक्छ र तिमीलाई सताउन सक्छ, र एक पटक यसले तिमीलाई सताउन थालेपछि, तिमीलाई शान्ति हुनेछैन।” मलाई भन त, के यी भनाइहरू अनौठा छैनन् र? (छन्।) अझै अरूले त कसैले नक्कली कपाल लगाएको देखेर, यसो पनि भन्छन्: “तिमीले लगाएको त्यो नक्कली कपालको सक्कली मालिक अन्यायमा मरेको हुन सक्छ; उसको आत्मा अझै पनि कपालमा छ। यदि तिमीले उसको कपाल लगायौ भने, उसको आत्माले तिमीलाई पछ्याउनेछ।” सबै प्रकारका अनौठा, विचित्र, र बेतुकका भनाइहरू यस प्रकारको व्यक्तिको हृदयमा बहुमूल्य चीज बनेर बस्छन्; ती तिनीहरूका सर्वोच्च निर्देशनहरू हुन्। तिनीहरूले यी बेतुकका र हास्यास्पद भनाइहरूलाई सत्यताजस्तै गरी पालन गर्छन्, तैपनि तिनीहरूले परमेश्वरको मार्ग पछ्याइरहेको छु भन्ने विश्वास गर्छन्। तिनीहरूले आफैले मात्रै ती पालन गर्दैनन्, तर अरूलाई पनि त्यसो गर्न भन्छन्। यदि अरूले पालन गरेनन् भने, तिनीहरूले उनीहरूलाई धम्क्याउन र तर्साउन, र उनीहरूलाई पालन गर्न बाध्य पार्न डरलाग्दा, जीउ सिरिङ्ग पार्ने भनाइहरू समेत प्रयोग गर्छन्। सत्यता नबुझ्नेहरू त तिनीहरूदेखि डराउँछन्। यी विचित्र र हास्यास्पद भनाइहरू मानव संसारमा दियाबलसहरू र शैतानले फैलाएका केही आधारहीन अफवाह र भ्रामक तर्कहरू हुन्। एकातिर, तिनले मानिसहरूको सामान्य सोचाइ र स्वतन्त्र इच्छामा हस्तक्षेप गर्छन् र तिनलाई नियन्त्रण गर्छन्; अर्कोतिर, दियाबलसहरू र शैतानले कतिपय मानिसहरूलाई कब्जा गर्न यी विधर्म र भ्रामक तर्कहरू प्रयोग गर्छन्, र यी मानिसहरूलाई यस मानव संसारमा उनीहरूको सेवा गर्न लगाउँछन् र उनीहरूका मुखपत्रहरू, उनीहरूका विभिन्न विचित्र र अनौठा विचारहरूका कार्यान्वयनकर्ताहरू बन्न लगाउँछन्। त्यसैले, यी अनौठा मानिसहरूको कुनै पनि प्रकटीकरणबाट हेर्दा, तिनीहरूको प्रकृति सार दुष्ट हुन्छ। तिनीहरूले सत्यतालाई अलिकति पनि स्विकार गर्दैनन्; तिनीहरूले सबैभन्दा बढी अनाचारी कुराहरूको सम्मान गर्छन्। समस्या ठ्याक्कै यही हो। जब मानिसहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा खुट्ट्याउन सक्ने क्षमताको कमी हुन्छ, तब तिनीहरू प्रायजसो अनजानमा यी अनौठा र विचित्र भनाइहरूबाट प्रभावित हुन्छन् र भ्रममा पर्छन्। तर, मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूले सामान्य समझ र सामान्य सोचाइको मूल्याङ्कनको आधारमा आफूले के गर्नुपर्छ र के गर्नु हुँदैन, साथै परिस्थितिहरू आइपर्दा कसरी काम गर्ने, केलाई पालन गर्ने, र केलाई छोड्ने भनी निर्धारण गर्न जान्दछन्। मानिस, घटना, र कामकुराहरूलाई खुट्ट्याउन, मूल्याङ्कन गर्न, र कसरी व्यवहार गर्ने भनी निर्णय गर्न यी विचित्र र हास्यास्पद भनाइहरू प्रयोग गर्नुको सट्टा सामान्य मानवता भएका मानिसहरूले बुझ्नुपर्ने र पालन गर्नुपर्ने कुरा यही हो। यस प्रकारको अनौठो व्यक्तिलाई खुट्ट्याइसकेपछि, के तिमीहरूले तिनीहरूको सार स्पष्ट रूपमा देख्यौ? तिनीहरूको सार के हो? यो अनाचारको सार हो। तिनीहरूले परमेश्वरलाई महान मानेर सम्मान गर्दैनन् बरु शैतानलाई महान मानेर सम्मान गर्छन्। तिनीहरूले सत्यताको कुनै पक्षको बारेमा बोल्न, परमेश्वरलाई धन्यवाद दिन, वा परमेश्वरले खडा गर्नुभएका वातावरणहरू स्विकार गर्न चाहँदा पनि, तिनीहरूले आफ्नो आधारको रूपमा एउटा अनौठो, विचित्र, हास्यास्पद, वा बेतुकको भनाइ खोज्छन्। तिनीहरूका लागि, यी विचित्र र हास्यास्पद भनाइ र दृष्टिकोणहरू सत्यताभन्दा माथि र परमेश्वरको सार्वभौमिकताभन्दा माथि हुन्छन्। त्यसैले, यस प्रकारको व्यक्तिको प्रकृति सार निस्सन्देह एक अनाचारी सार हो। किनभने तिनीहरू जेद्वारा जिउँछन् त्यो शैतानको जीवन हो, तिनीहरूले जेलाई उच्च पार्छन्, वकालत गर्छन्, र सराहना गर्छन् त्यो सत्यता होइन तर शैतानका विधर्म र भ्रामक तर्कहरू हुन्। तैँले तिनीहरूको व्यक्तिगत व्यवहार देख्ने भए पनि, यी व्यक्तिगत व्यवहारहरूको पछाडिको उत्प्रेरणा-शक्ति दियाबलसहरू र शैतानका विभिन्न विचार र दृष्टिकोणहरू हुन्। तिनीहरू बाहिरी रूपमा मानव देखिए पनि, तिनीहरू दियाबलसहरू र शैतानका विभिन्न विधर्म र भ्रामक तर्कहरूका लागि एक मुखपत्र, एक उत्तराधिकारी, र एक गवाही हुन्। तिनीहरूले जेको गवाही दिन्छन् र वकालत गर्छन् त्यो शैतानका विधर्म र भ्रामक तर्कहरू हुन्, सत्यता होइनन्। यो तिनीहरूको अनाचारी प्रकृति सारको प्रकटीकरण हो।
मलाई भन त, के कुनै व्यक्तिले स्वर्गदूतहरू देख्न सक्नु असल कुरा हो? यदि कसैले साँच्चै स्वर्गदूतहरू देख्न सक्छ भने, त्यो अवश्य पनि असल कुरा हो। तर यदि त्यो स्वर्गदूत साँचो स्वर्गदूत होइन तर शैतानले भेष बदलेको स्वर्गदूत हो भने, त्यसलाई देख्नु धेरै खतरनाक हुन्छ। यदि शैतानले स्वर्गदूतको भेष बदल्यो र तँलाई देख्न दियो भने, यो तेरो लागि असल कुरा हो कि खराब कुरा हो? (खराब कुरा हो।) तिमीहरू किन यो खराब कुरा हो भनी भन्छौ? सामान्य परिस्थितिमा, के मरणशील शरीरले स्वर्गदूतहरू देख्न सक्छ? (सक्दैन।) के मानिसहरूमा यो सामर्थ्य हुन्छ? (हुँदैन।) स्पष्ट रूपमा भन्नुपर्दा, मानिसहरूमा आत्मिक क्षेत्रका शैतान वा स्वर्गदूतहरूलाई देख्ने सामर्थ्य हुँदैन। तर यदि तैँले तिनीहरूलाई देखिस् भने, के भइरहेको हुन्छ? के यसको अर्थ तेरो शरीरको सामर्थ्य केही हदसम्म परिवर्तन भएको छ भन्ने होइन र? (हो।) ठ्याक्कै यही हो। जब शरीरको सामर्थ्यमा असामान्य घटना घट्छ, तब त्यो परमेश्वरले परिवर्तन गर्नुभएको हुन्छ कि, अरू कुनै कुराले गरेको हुन्छ कि, तँ आफैले गरेको हुन्छस्? (यो सायद अरू कुनै कुराले परिवर्तन गरेको हुन्छ।) त्यसोभए के परमेश्वरले तेरो लागि त्यो परिवर्तन गर्नुहुन्छ? (अहँ, परमेश्वरले त्यस्तो काम गर्नुहुन्न।) मानिसहरू जीवित हुँदा, के परमेश्वरले तिनीहरूको विश्वासलाई अझ दृढ बनाउनका लागि, तिनीहरूका सामर्थ्यहरू परिवर्तन गर्नुहुन्छ, र तिनीहरूलाई स्वर्गदूतहरू वा आत्मिक क्षेत्रका केही कुराहरू देख्न दिनुहुन्छ? के परमेश्वरले यी कामहरू गर्नुहुन्छ? (गर्नुहुन्न।) हामी निश्चितताका साथ भन्न सक्छौँ कि उहाँले त्यसो गर्नुहुन्न। कुनै व्यक्तिले मुक्ति प्राप्त गर्नुअघि, परमेश्वरले यी कामहरू पटक्कै गर्नुहुन्न; यो शङ्कारहित रूपमा निश्चित छ। त्यसोभए, यदि तेरो शरीरको सामर्थ्य अचानक परिवर्तन भयो र एउटा असामान्य घटना घट्यो—र त्यो परमेश्वरले परिवर्तन गर्नुभएको होइन, अनि तँ आफैले पनि त्यसलाई परिवर्तन गर्न सकेको होइन—भने, के भइरहेको हुन्छ? परमेश्वरले त्यस्तो काम गर्नुहुन्न, र तैँले आफै त्यसलाई परिवर्तन गर्न सक्दैनस्। एउटै मात्र सम्भावना के हो भने शैतान र दुष्ट आत्माहरूले तँमाथि काम गरिरहेका छन्; अर्थात्, शैतान र दुष्ट आत्माहरूले तँलाई भ्रमित पारेका छन् र नियन्त्रण गरेका छन्, जसले गर्दा तँ अलौकिक अभ्यासहरूमा संलग्न हुन्छस्, र तँलाई सामान्य मानिसहरूले देख्न नसक्ने कुराहरू देख्न र सामान्य मानिसहरूले सुन्न नसक्ने शब्दहरू सुन्न दिन्छन्। यो राम्रो कुरा पटक्कै होइन। यदि शैतानले तँलाई अरूले देख्न नसक्ने कुराहरू देख्न दियो भने, त्यसको उद्देश्य के हो? के यो तेरो दृष्टिकोण फराकिलो बनाउन, तँलाई आत्मिक क्षेत्रको अस्तित्वमा विश्वास गराउन, वा तँलाई परमेश्वरमाथिको विश्वास दिनका लागि हो? (होइन।) जब शैतानले तँलाई यसो गर्छ, के त्यसको असल अभिप्राय वा असल मनसाय हुन्छ? (हुँदैन।) पक्कै हुँदैन। शैतानले तेरो यो असामान्य सामर्थ्य प्रयोग गरेर तँलाई सामान्यतया देख्न नसक्ने केही कुराहरू देख्न दिन्छ, जसद्वारा तँलाई लोभ्याउँछ र तँलाई आत्मिक क्षेत्रका मामिलाहरूमा अझ बढी रुचि राख्न लगाउँछ। यसले तँलाई यो सानो फाइदा, यो सानो स्वाद दिन्छ, र त्यसपछि तँलाई त्यसले अर्को पटक गर्ने कुरा स्विकार गर्न लगाउनका लागि प्रलोभनमा पार्छ। अनि त्यो के हुनेछ? के शैतानले तँलाई सत्यता प्रदान गर्नेछ? के त्यसले तँलाई जीवन आपूर्ति गर्नेछ? गर्दैन, त्यसले तँलाई खियाउनेछ, तेरो शरीरका विभिन्न जन्मजात सामर्थ्यहरूलाई नष्ट गर्नेछ, त्यसपछि तँलाई कब्जा गर्नेछ, तँलाई परमेश्वरको छेउबाट खोसेर लैजानेछ, र तँलाई परमेश्वर छोड्न लगाउनेछ। शैतानले कुनै व्यक्तिलाई स्वर्गदूतहरू देखाए पनि वा आत्मिक क्षेत्रका कुनै पनि घटनाहरू देखाए पनि, मलाई भन त, के यो असल कुरा हो? (होइन।) यदि कसैले प्रायजसो अरूले देख्न नसक्ने कुराहरू देख्न सक्छ, वा उसले प्रायजसो आफ्नो घरको छानामा स्वर्गदूतहरू उडिरहेको देख्छु भन्छ, र स्वर्गदूतहरू गोरो र सफा हुन्छन्, र तिनीहरूले प्रायजसो ऊसँग कुराकानी गर्छन् भनेर भन्छ भने, यस्तो व्यक्तिलाई भेट्दा तैँले के गर्नुपर्छ? (तुरुन्तै टाढा बस्नुपर्छ।) तँ यस्तो व्यक्तिबाट तुरुन्तै टाढा बस्नैपर्छ; तिनीहरूसँग कुनै पनि कुरा नगर। यदि तँलाई यस मामिलामा रुचि छ र तैँले तिनीहरूसँग यसबारे छलफल गरिस् भने, त्यो खतरनाक हुन्छ। तिनीहरूलाई यसो नभन्, “तिमी खतरामा छौ; तिमीले सधैँ अरूले देख्न नसक्ने कुराहरू देख्न सक्छौ। तिमी अनाचारी भइरहेको छौ, म अबदेखि तिमीसँग सङ्गत गर्दिनँ।” तैँले यी कुराहरू भन्नु आवश्यक छैन; आफ्नो हृदयमा सचेत भए मात्र पुग्छ। दियाबलसहरू र शैतानले तिनीहरूलाई पहिले नै निशाना बनाइसकेका हुन्छन्, वा यो व्यक्ति स्वाभाविक रूपमा एक दियाबलस नै हुन्छ, मानव होइन। मानिसहरूले दियाबलसहरूसँग सङ्गत गर्न सक्दैनन्। दियाबलसहरूसँग सङ्गत गर्ने मानिसहरूको एउटै मात्र अन्तिम परिणाम हुन्छ: दियाबलसहरूद्वारा निलिनु। जब तैँले यस प्रकारको अलौकिक घटनाहरू अनुभव गर्ने व्यक्तिलाई भेट्छस्, तब उसले जस्तोसुकै विचित्र वा अनौठो कुराहरू भने पनि, तँ पटक्कै जिज्ञासु बन्नु हुँदैन। यस्ता मानिसहरूबाट चाँडै टाढा बस्; तिनीहरूलाई नियाल्ने काम नगर्, अध्ययन नगर्, वा परिवर्तन गर्ने प्रयास नगर्, तिनीहरूलाई सुसमाचार प्रचार गर्ने र तिनीहरूलाई परमेश्वरमा विश्वास गराउने काम त झन् गर्दै नगर्। यदि तैँले त्यसो गरिस् भने, तँ साह्रै मूर्ख होस्। परमेश्वरले समेत दियाबलसहरू भएका मानिसहरूलाई चाहनुहुन्न; तैपनि तैँले एउटा दियाबलसलाई परमेश्वरको घरमा ल्याएर कर्तव्य पूरा गर्न लगाउँछस्। के यसले मण्डलीको कामलाई फाइदा पुऱ्याउन सक्छ? यसले कुनै फाइदा नपुऱ्याउने मात्र होइन, तर यसले मण्डलीको काममा बाधा र अवरोध पनि ल्याउनेछ। तैँले यो असल अभिप्रायले गरे पनि, परमेश्वरले यसलाई याद गर्नुहुनेछैन र तँलाई दोषी समेत ठहराउनुहुनेछ; यो एक दुष्ट कार्य हो। त्यसैले तैँले यस्ता कामहरू कहिल्यै नगर्। त्यो व्यक्ति तँ परिचित रहेको व्यक्ति भए पनि वा नभए पनि,ऊ तेरो परिवार, सबैभन्दा नजिकका आफन्त, वा मित्रहरू, वा तैँले सहकार्य गर्ने दाजुभाइ तथा दिदीबहिनीहरू भए पनि—यदि तिनीहरूले प्रायजसो आफ्नो आँगनमा कुनै व्यक्ति टहलिरहेको देख्छन् वा कुनै व्यक्ति सधैँ ढोकाको चेपबाट तिनीहरूलाई हेरिरहेको देख्छन्, र तिनीहरूले बारम्बार आफू स्वर्गदूतहरूसँग कुराकानी गर्न सक्छु, आफूले परमेश्वरले आफूलाई के भन्नुहुन्छ सो सुन्न सक्छु, आफू विजयी पुरुष बालकहरू हुँ, आफू ज्येष्ठ पुत्र हुँ, उठाई लगिने व्यक्ति हुँ भनी पहिले नै महसुस गर्छु भनी भन्छन् भने—के तैँले अझै पनि यस्तो व्यक्तिलाई दाजुभाइ वा दिदीबहिनीको रूपमा व्यवहार गर्न सक्छस्? (हुँदैन।) तिमीहरूको हृदयमा स्पष्ट हुनुपर्छ; यस्ता मानिसहरूलाई दाजुभाइ तथा दिदीबहिनीहरू भनी गल्ती नगर, मूर्ख नबन। यदि तँ मूर्ख भइस् र, यस्ता मानिसहरूलाई देख्नेबित्तिकै, “तिनीहरू विजेताहरू, ज्येष्ठ पुत्रहरू, सिद्ध पारिएका मानिसहरू हुन्; तिनीहरूसँग सत्यता छ, म तिनीहरूको नजिक जानुपर्छ” भन्ने सोचिस् भने, तँ खतरामा मात्रै पर्दैनस्, तर तँ तिनीहरूद्वारा सजिलै भ्रमित पनि हुनेछस्, जुन झन्झटिलो हुनेछ। तैँले मानिसहरूलाई खुट्ट्याउन वा तिनीहरूको प्रकृति सार छर्लङ्गै देख्न सक्दैनस्। के परमेश्वरले त्यस्तो प्रकारको काम गर्नुहुन्छ? परमेश्वरले दियाबलसहरू र शैतानहरूलाई मुक्ति दिनुहुन्न। परमेश्वरले गर्नुहुने काम भनेको मानिसहरूलाई सत्यता आपूर्ति गर्नु हो, र तिनीहरूलाई, सत्यता बुझेर, अभ्यास गरेर, अनि त्यसमा समर्पित भएर, सत्यतालाई आफ्नो जीवनको रूपमा प्राप्त गर्न, र परमेश्वरको साँचो ज्ञान र साँचो डर प्राप्त गर्न दिनु हो, जसद्वारा तिनीहरू शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन्छन् र तिनीहरूले मुक्ति प्राप्त गर्छन्। परमेश्वरले गर्नुहुने काम यही हो। सत्यताले मात्रै मानिसहरूलाई मुक्ति दिन सक्छ, कुनै पनि अनौठा भनाइ, विधर्म, वा भ्रामक तर्कहरूले सक्दैनन्। सत्यतासँग यी विधर्म र भ्रामक तर्कहरूको कुनै पनि सम्बन्ध हुँदैन; तिनले मानिसहरूलाई भ्रमित पार्न र भ्रष्ट तुल्याउन मात्रै सक्छन्, र मानिसहरूलाई मुक्ति प्राप्त गर्न पटक्कै सक्षम बनाउन सक्दैनन्। मानिसहरूले मुक्ति प्राप्त गर्न, परमेश्वरमा समर्पणता हासिल गर्न र दुष्टताबाट अलग बस्नका लागि एउटै मात्र मार्ग भनेको सत्यता स्विकार गर्नु र सत्यता अभ्यास गर्नु हो; अरू कुनै मार्ग छैन। केही चरम विधि वा भनाइ, वा हास्यास्पद र विचित्र भनाइहरूलाई सत्यताको रूपमा प्रस्तुत गर्ने वा मुक्ति प्राप्त गर्न सत्यतालाई तिनले प्रतिस्थापन गर्ने प्रयास नगर्। यीमध्ये कुनै पनि मार्गले काम गर्दैन; ती परमेश्वरबाट आएका होइनन्।
दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा पाइने अनाचारका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेपछि, अब हामी तिनीहरूको अर्को एउटा प्रकटीकरण—दुष्टताको बारेमा सङ्गति गरौँ। दुष्टताका प्रकटीकरणहरू र अनाचारका प्रकटीकरणहरूमा समानताहरू छन्, तर भिन्नताहरू पनि छन्। अनाचारका प्रकटीकरणहरू सामान्य मानवताको सोचाइ, विवेक, समझ, वा नैसर्गिक प्रवृत्तिहरूसँग मिल्दैनन्, न त ती सृजित प्राणीहरूका लागि परमेश्वरले ठहराउनुभएका सामान्य मानवताका विभिन्न जन्मजात अवस्थाहरूसँग नै मिल्छन्; बरु, तिनले सामान्य मानवताका यी विभिन्न जन्मजात अवस्थाहरूलाई उछिनेका हुन्छन्। समग्र प्रकटीकरण भनेको असामान्य, अलौकिक, चरम, र अनौठो हुनु हो। अर्थात्, सामान्य मानवताको समझ र विवेक भएका मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई तिनीहरूका प्रकटीकरण र व्यवहारका साथै तिनीहरूका विचार र दृष्टिकोण दुवै हिसाबमा धेरै अनौठो ठान्छन्। तिनीहरूले किन त्यसरी सोच्छन् वा काम गर्छन् भनेर तैँले बुझ्न सक्दैनस्। अब, सङ्गतिको माध्यमबाट, तैँले बुझ्छस्। त्यसोभए यसको जड कहाँ हुन्छ त? यो तिनीहरूको प्रकृति सार र दियाबलसहरूको रूपमा रहेको तिनीहरूको गुणमा हुन्छ। आधारभूत रूपमा अनाचारका प्रकटीकरणहरू यिनै हुन्। तर, दियाबलसहरूको दुष्टतामा केही सामान्य रूपमा देखिने बाहिरी प्रकटीकरणहरू मात्रै समावेश हुँदैनन्; बरु, यसले सत्यताप्रतिको यस प्रकारको व्यक्तिको मनोवृत्तिलाई प्रत्यक्ष रूपमा समावेश गर्छ। यो अनाचारभन्दा पनि नीच र अझ गम्भीर हुन्छ। अवश्य नै, दुष्टताका प्रकटीकरणहरूलाई पनि, त्यस्ता मानिसहरूले सत्यतालाई कसरी लिन्छन् भन्ने कुराबाट पनि चिनिन्छन्। पहिलो कुरा, जो दियाबलसहरू हुन्, तिनीहरू सत्यताप्रति शत्रुवत् हुन्छन्; यो दुष्टताको पहिलो प्रकटीकरण हो। दुष्टताको दोस्रो प्रकटीकरण के हो भने, दियाबलसहरूमा सत्यताप्रति शत्रुतापूर्ण मनोवृत्ति हुनुका साथै, तिनीहरूले सक्रिय रूपमा यसलाई आक्रमण पनि गर्छन्। दुष्टताको तेस्रो प्रकटीकरण के हो भने, दियाबलसहरू सत्यताप्रति शत्रुवत् हुनु र आक्रमण गर्नुको साथै, तिनीहरू एक कदम अघि बढ्छन् र सत्यतालाई प्रतिस्थापन गर्न चाहन्छन्। तिनीहरूका दुष्टताका प्रकटीकरणहरू सत्यताप्रति शत्रुवत् हुने र आक्रमण गर्ने स्तरमा मात्रै कहिल्यै रोकिनेछैनन्; बरु, यी दुई प्रकटीकरणहरूको जगमा, तिनीहरूले सत्यतालाई प्रतिस्थापन गर्न पनि चाहन्छन्। यो तिनीहरूको सार हो। दियाबलसहरूमा पाइने दुष्टताका धेरै प्रकटीकरणहरू ख्रीष्ट विरोधीहरूको सार हुनेहरूका प्रकटीकरणहरूजस्तै हुन्छन्, जसको बारेमा हामीले पहिले पनि सङ्गति गरेका छौँ, त्यसैले यी पक्षहरूमा गहिरिनु आवश्यक छैन। आज, हामी मुख्यतया दियाबलसहरूमा पाइने दुष्टताका यी तीन प्रकटीकरणहरूको विश्लेषण गर्नेछौँ: सत्यताप्रति शत्रुवत् हुनु, त्यसलाई आक्रमण गर्नु, र प्रतिस्थापन गर्ने प्रयास गर्नु।
पहिलो, हामी जो दियाबलसहरू हुन्, तिनीहरूमा पाइने सत्यताप्रति शत्रुताको प्रकटीकरणको बारेमा सङ्गति गरौँ। हामीले यसभन्दा पहिले सत्यताप्रति शत्रुताको विषयमा धेरै पटक सङ्गति गरेका छौँ; तिमीहरूले यस्तो विषय पहिलो पटक सामना गरेका होइनौ। सत्यताप्रति शत्रुताको प्रकटीकरण दियाबलसहरूमा अत्यन्तै स्पष्ट हुन्छ। अर्थात्, तिनीहरूले कुनै पनि सकारात्मक कुरा, सही र मानवताको विवेक र समझसँग मिल्ने कुनै पनि कुरा स्वीकार गर्न सक्दैनन्। विशेष गरी जब यो सत्यता सिद्धान्तहरू समावेश भएको कुरा हुन्छ, तब तिनीहरूले यसलाई स्वीकार गर्न झनै सक्दैनन्। तिनीहरूले स्वीकार गर्न नसक्नु भनेको तिनीहरूले टाउको हल्लाएर इन्कार गर्नु मात्रै होइन; बरु, तिनीहरूले आफ्नो हृदयमा वितृष्णा र दिक्दारी महसुस गर्छन्, साथै घृणा पनि गर्छन्। तिनीहरूको घृणा कति गहिरो हुन्छ? यदि कसैले तोकेर अनि वास्तविकतासाथ सत्यताको बारेमा सङ्गति गर्छ भने, तिनीहरूलाई त्यो व्यक्ति मन पर्दैन। यो केवल थोरै डाहा मात्रै होइन—यो शत्रुता हो। शत्रुता के हो? यसको अर्थ तैँले तिनीहरूको बाबुको हत्या गरेको झैँ गरेर तिनीहरूले तँसँग व्यवहार गर्नु हो। वास्तवमा, तिनीहरूसँग तेरो कुनै गहिरो अन्तरक्रिया नभएको हुन सक्छ, न त तिनीहरूले तँलाई चिन्छन् नै, तर यदि तैँले सत्यता बुझ्छस् र सत्यताको बारेमा सङ्गति गर्छस् भने, तिनीहरूले आफ्नो हृदयमा वितृष्णा महसुस गर्छन्। तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्ने व्यक्तिप्रति वितृष्णा महसुस गर्दैनन्, तर तिनीहरूले आफूसँग सत्यताको बारेमा सङ्गति गर्ने जोकोहीलाई अत्यन्तै घृणा गर्छन्, मानौं यस कुराले तिनीहरूलाई मारिरहेको छ—तिनीहरूको घृणा यो हदसम्म पुग्छ। तिनीहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? जब अरूले सत्यता सिद्धान्तहरू वा परमेश्वरका अभिप्रायहरूका बारेमा सङ्गति गर्छन्, तब तिनीहरूले यो सुन्नेबित्तिकै तिनीहरू वितृष्ण हुन्छन् र स्थिर भएर बस्न सक्दैनन्। कतिले बहाना खोजेर छोडेर जान्छन्, जबकि अरू कति त कुनै हिचकिचाहटविना नै उठेर हिँड्छन्। अर्कोतर्फ, सामान्य मानवताको विवेक र समझ भएका मानिसहरूले, सही वचनहरू—विशेष गरी सत्यतासँग मिल्ने वचनहरू—का लागि तिनीहरूले चाहना नगरे वा अनुमोदन नगरे पनि, बढीमा तिनीहरूले तिनलाई आफ्नो हृदयमा स्वीकार गर्दैनन्, तर तिनीहरू आफ्नो इज्जत जोगाउनका लागि अझै पनि सुनेर बस्न सक्छन्। तर जो शैतानहरू हुन्, तिनीहरू स्थिर भएर बस्न सक्दैनन्। तिनीहरूले सत्यता सुन्नेबित्तिकै, तिनीहरूले आफ्नो हृदयमा वितृष्णा र खलबली महसुस गर्छन्, र जब तिनीहरू यति धेरै खलबलिएर त्यहाँ बस्न सक्दैनन्, तब तिनीहरू बाहिर निस्कन्छन्। यदि तिनीहरूले त्यसो गर्न सक्दैनन् भने, तिनीहरू भिडियोहरू हेर्न अनलाइन जान्छन्, आफ्नो मनलाई भड्काउँछन् र केही ध्यान भङ्ग गर्ने कार्यहरूमा संलग्न हुन्छन्, विषय परिवर्तन गरेर व्यर्थको कुराकानीमा संलग्न हुन्छन्, वा अरूलाई तुच्छ देखाउँदै र अर्ती दिँदै आफ्नो “गौरवशाली” इतिहासको बढाइचढाइ गर्छन् र गवाही दिन्छन्। छोटकरीमा भन्दा, यदि तैँले सत्यताको बारेमा सङ्गति गरिस् भने, तिनीहरूले वितृष्णा महसुस गर्छन्; सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति चरम शत्रुताको मनोवृत्ति हुन्छ। यदि तैँले सत्यताको बारेमा सङ्गति गर्दैनस् तर केही प्रशासनिक वा सामान्य मामिलाको कामको बारेमा मात्रै सङ्गति गर्छस्, सुसमाचार प्रचार गर्दाका केही किस्साहरू सुनाउँछस्, वा बाहिरी मामिलाहरूको बारेमा कुराकानी गर्छस् भने, तिनीहरू स्थिर भएर बस्न र अरू सबैसँग कुराकानी गर्न सक्छन्, र निकै मिलनसार देखिन्छन्। तर सत्यताको बारेमा सङ्गति गर्नेबित्तिकै, विशेष गरी जब उहाँका वचनहरू पढिन्छ, तब तिनीहरूको सार र तिनीहरूको साँचो अनुहार प्रकाशमा आउँछ। तिनीहरू खलबलिन्छन्, र यदि तिनीहरूले अलिकति बढी सुने भने, तिनीहरूलाई आफ्नो टाउको फुट्ला जस्तो लाग्छ। तैँले जति धेरै उहाँका वचनहरू पढ्छस्, तिनीहरूलाई आफ्नो आलोचना भएको त्यति नै बढी महसुस हुन्छ, र तिनीहरूलाई आफू दोषी ठहरिनेछु र हटाइनेछु, र आफ्नो जीवन खतरामा छ भन्ने त्यति नै बढी महसुस हुन्छ। तैँले जति धेरै उहाँका वचनहरू पढ्छस्, तिनीहरूले आफ्नो हृदयमा त्यति नै बढी वितृष्णा र दिक्दारी महसुस गर्छन्, मानौं तिनीहरूलाई कुनै रोग लागेको छ। मलाई भन्, के यो समस्या अत्यन्तै गम्भीर छैन र? के यस्ता मानिसहरूले अझै पनि मुक्ति पाउन सक्छन्? विशेष गरी जब सत्यताको अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने कुरा आउँछ, तब सत्यता पछ्याउनेहरू इमानदार बन्न चाहने हुनाले, तिनीहरूले सत्य बोल्न र आफूलाई खोल्न र नाङ्गो पार्न आफूलाई तालिम दिन्छन्। जब दियाबलसहरूले यो सुन्छन्, तब तिनीहरूले आफ्नो हृदयमा वितृष्णा महसुस गर्छन्, तँलाई तुच्छ ठान्छन्, र तँलाई घृणा गर्छन्। तिनीहरूलाई सत्यताको अभ्यास गरेकोले तँ नीच छस्, जबकि तिनीहरू सत्यताको अभ्यास नगरेकोले सम्माननीय—र तँभन्दा कुलीन र महान्—छन् भन्ने लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? के यो कालोलाई सेतो बनाउनु होइन र? सत्यताप्रति शत्रुवत् हुनेहरू यस्तै हुन्छन्। यदि तैँले सत्यताको बारेमा वा अभ्यासको कुनै सिद्धान्तको बारेमा सङ्गति गरिस् भने, तिनीहरूले आफ्नो हृदयमा तँलाई तुच्छ मात्रै ठान्दैनन् तर तँप्रति वितृष्ण पनि महसुस गर्छन्; तिनीहरूले तँलाई आँखा उठाएर हेर्दा पनि हेर्दैनन्। यदि तैँले तिनीहरूसँग मण्डलीको कामको बारेमा छलफल गर्न चाहिस् भने, तिनीहरू सधैँ तँबाट तर्कन्छन्; तिनीहरू तँसँग कुरा गर्न चाहँदैनन् र तिनीहरूलाई तिमीहरू दुईबीच कुनै साझा कुरा छैन भन्ने लाग्छ। तैँले तिनीहरूसँग कुनै पनि विषयमा कुराकानी गर्न सक्छस्, तर सत्यता वा मानिसलाई मुक्ति दिने परमेश्वरको काम समावेश भएका विषयहरू होइन; तिनीहरू यी विषयहरूमा छलफल गर्न चाहँदैनन्। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई “हामी आफ्नो कर्तव्य कसरी बफादार भई निर्वाह गर्ने भन्नेबारे सङ्गति गरौँ, र यस चरणमा आफ्नो कर्तव्य निर्वाह गर्दा के-कस्ता समस्याहरू अझै पनि छन् र तिनलाई कसरी समाधान गर्ने भन्नेबारे छलफल गरौँ” भनिस् भने, यो सुन्नेबित्तिकै, तिनीहरूलाई आफ्नो टाउको फुट्ला जस्तो हुन्छ, तिनीहरूले आफ्नो हृदयमा चरम वितृष्णा महसुस गर्छन्, र तिनीहरू तँप्रति विरोधी बनेर तिनीहरूको आँखा राँकिन समेत सक्छ। तिनीहरू शैतानप्रति बफादार हुन कुनै पनि कठिनाइ भोग्न इच्छुक हुन्छन्, तर तिनीहरू परमेश्वर र सत्यताप्रति विशेष रूपमा वितृष्ण हुन्छन्, र तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरूसँग जसले सत्यताको बारेमा सङ्गति गरे पनि, तिनीहरूले त्यो ग्रहण गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई ज्ञान वा प्रसिद्ध साहित्यिक कृतिहरू अध्ययन गर्न भनिस् भने, तिनीहरू आफूलाई धेरै कुलीन ठान्दै, धेरै इच्छुक हुन्छन्। तर जब तिनीहरूले प्रवचन वा अरूले सत्यताको बारेमा सङ्गति गरेको सुन्छन्, तब तिनीहरूलाई दुर्व्यवहार गरिएको वा अदालतमा मुद्दा चलाइएको जस्तो लाग्छ। तिनीहरूले सबैभन्दा बढी वितृष्ण मान्ने कुरा भनेको उहाँका वचनहरू पढ्नु र सत्यताको बारेमा सङ्गति गर्नु नै हो। त्यसकारण, तिनीहरूको दैनिक जीवनमा, तिनीहरूले केही सामान्य मामिलाको काम र तिनीहरूको हैसियत, प्रतिष्ठा, र आशिष् पाउने सम्भावनालाई फाइदा पुऱ्याउने कामहरू गर्ने भए तापनि, त्यस्ता मानिसहरूले कहिल्यै उहाँका वचनहरू पढ्दैनन् वा तिनीहरू कहिल्यै आत्मिक भक्तिमा संलग्न हुँदैनन्। तिनीहरूले भेलाको समयमा सत्यताको बारेमा सङ्गति पनि गर्दैनन् र कहिल्यै आफ्नो व्यक्तिगत अनुभवात्मक ज्ञान बाँड्दैनन्; भेलाहरूमा तिनीहरूको उपस्थिति केवल एक औपचारिकता मात्रै हुन्छ। यदि तैँले तिनीहरूलाई उहाँका वचनहरू वा सत्यताको बारेमा आफ्नो ज्ञानबारे सङ्गति गर्न भनिस् भने, तिनीहरूले एक शब्द पनि बोल्न सक्दैनन् र आफ्नो हृदयमा वितृष्णा महसुस गर्छन्, र यस्तो सोच्छन्, “उहाँका वचनहरू र सत्यताको बारेमा सङ्गति गर्ने काम त गृहिणीहरू र समाजका तल्लो तहका मानिसहरूले गर्ने काम हो। म जस्तो महान् व्यक्तिले यस्ता कामहरू कसरी गर्न सक्छु र? म त ठूला कामहरू र महान् कार्य गर्ने व्यक्ति हुँ, ठूला आशिष्हरू पाउने व्यक्ति हुँ। जब म राज्यमा प्रवेश गर्छु, तब म परमेश्वरको राज्यमा एक खम्बा र मुख्य आधार हुनेछु। म ठूला जिम्मेवारीहरू काँधमा बोक्ने व्यक्ति हुँ। तिमीहरू आफूलाई को भन्ठान्छौ? तिमीहरूसँग एउटै मण्डलीमा भेलामा उपस्थित हुनुले समेत मेरो अपमान हुन्छ!” हेर त तिनीहरू कति अहङ्कारी हुन्छन्! सत्यताप्रतिको तिनीहरूको शत्रुता सत्यतासँग सम्बन्धित सबै मानिस र कुराहरू, साथै सत्यतासँग सम्बन्धित अभ्यास र भनाइहरूप्रतिको शत्रुता हो; तिनीहरू सकारात्मक कुराहरूप्रति समेत शत्रुवत् हुन्छन्। उदाहरणका लागि, यदि तैँले मण्डलीका दाजुभाइ तथा दिदीबहिनीहरूमा सन्तहरूको मर्यादा हुनुपर्छ, काममा होस् वा दैनिक जीवनमा—विपरीत लिङ्गीहरूबीचको अन्तरक्रिया निश्चित सीमाभित्र रहेर गरिनुपर्छ, सबै जना मर्यादित र सभ्य हुनुपर्छ, अविवेकी रूपमा जिस्कने काममा संलग्न हुनुहुँदैन, र पुरुष र महिलाबीचको सम्बन्धलाई आदर गर्नुपर्छ र विवाहलाई आदर गर्नुपर्छ, यस सन्दर्भमा उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र परमेश्वरको घरले यौन स्वतन्त्रताको वकालत गर्दैन भनी उल्लेख गरिस् भने, यो सुनेपछि तिनीहरूले के सोच्छन्? “त्यो त पुरानो भनाइ हो, थेगो जस्तो भनाइ हो। अहिले हामी कुन युगमा छौँ, अझै पनि सन्तहरूको मर्यादा र पुरुष र महिलाबीचको सीमाको कुरा गरिरहेका छौँ! विगतमा, सम्राटहरूको दरबारमा तिनीहरूका पूरै स्त्रीगृहहरू हुन्थे—त्यो कति भव्य थियो! यदि मसँग क्षमता र साधन भएको भए, स्त्रीगृहहरू नै नभए पनि, म कम्तीमा केही मानिसहरूसँग सम्बन्ध गाँस्थेँ!” तिनीहरूले कुनै पनि सकारात्मक कुरा, कुनै पनि सही भनाइ, विशेष गरी सत्यताका वचनहरू कहिल्यै स्वीकार गर्दैनन्, र तिनीहरूले तिनलाई निकै वितृष्ण र घृणा गर्छन्। त्यसकारण, सत्यताप्रतिको आफ्नो शत्रुताको जगमा, यी मानिसहरूले निरन्तर सत्यता र सकारात्मक कुराहरूलाई आक्रमण गर्छन्। सत्यताको जुनसुकै पक्ष वा परमेश्वरको जुनसुकै विशेष मागको बारेमा सङ्गति गरिए पनि, तिनीहरूसँग त्यसको आलोचना र न्याय गर्नका लागि सधैँ विभिन्न विधर्म र भ्रमहरू हुन्छन्। के यो खण्डन र आलोचना आक्रमण होइन र? (हो।) जतिसुकै मानिसहरूले सत्यता र सकारात्मक कुराहरू स्वीकार गरे पनि, तिनीहरूले कहिल्यै गर्दैनन्। तिनीहरूले परमेश्वरको घरले वकालत गर्ने कुरा र सत्यताले मानिसहरूलाई अभ्यास गर्न माग गर्ने कुराहरू सबै नारा र औपचारिकताहरू हुन्, र मानव आवश्यकताहरूलाई साँच्चै पूरा गर्ने कुराहरू त सांसारिक प्रवृत्तिहरू पो हुन् भन्ने विश्वास गर्छन्; अहिले सांसारिक प्रवृत्तिहरूले जे कुराको वकालत गर्छन्, त्यही नै सर्वोच्च सत्यता हो। के यो दुष्टताको सम्मान गर्नु होइन र? त्यसैले, तैँले सत्यताको जुनसुकै पक्षको बारेमा सङ्गति गरे पनि, तिनीहरू व्यक्तिपरक रूपमा त्यसप्रति शत्रुवत् हुन्छन्, र यसबाहेक, तिनीहरूले त्यसको आलोचना, आक्रमण, र निन्दा गर्नेछन्। उदाहरणका लागि, परमेश्वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुहुन्छ। तिनीहरूले इमानदार व्यक्ति हुनुलाई कसरी परिभाषित गर्छन्? “इमानदार व्यक्ति हुनु मूर्खहरूको लागि हो; मूर्खहरूले मात्रै इमानदार मानिसहरू हुने अभ्यास गर्छन्। मूर्खहरूले मात्रै आफ्नो हृदयमा के सोच्छन्, आफ्नो निजी मामिलाहरू के छन् ती अरूलाई बताउँछन्। मूर्खहरूले मात्रै सत्य बोल्छन्। मूर्खहरूले मात्रै आफ्नो भाग्य अरूलाई नियन्त्रण गर्न सुम्पन्छन्। म मूर्ख होइन; मेरो भाग्य मेरै हातमा छ, र अरूलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन! मैले आफ्नो हृदयमा के सोच्छु त्यो भन्ने कि नभन्ने विषयमा हस्तक्षेप गर्ने कुनै अरू कसैसँग अधिकार छैन। यदि यो मैले मानिसहरूलाई बताउन नचाहेको कुरा हो भने, यो के हो भनी जान्ने सपना पनि नदेख!” के यो सत्यताप्रति वितृष्ण हुनु र सत्यतालाई घृणा गर्नु होइन र? (हो।) जो दियाबलसहरू हुन्, तिनीहरूले सत्यता स्वीकार गर्दैनन् र तिनीहरूले यसको अभ्यास गर्दैनन्। तिनीहरूले सत्यताप्रति शत्रुवत् हुनु र आक्रमण गर्नुका साथै, तिनीहरू अझ एक कदम अघि बढ्छन् र सत्यतालाई प्रतिस्थापन गर्न विभिन्न शैतानी विषहरू र शैतानबाट आएका दृष्टिकोण र अभ्यासहरू प्रयोग गर्छन्। उदाहरणका लागि, तिनीहरूले अरूलाई भ्रमित पार्न, आशिष्हरू प्राप्त गर्ने र परमेश्वरसँग मोलतोल गर्ने सर्तको रूपमा, षड्यन्त्र, झूट, विभिन्न माध्यम, वा कठिनाइ सहने र मूल्य चुकाउने बहाना प्रयोग गर्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्दा, व्यक्ति इमानदार हुनु आवश्यक छैन, आफ्नो कर्तव्यप्रति बफादार हुनु आवश्यक छैन, र सत्यता स्वीकार र अभ्यास गर्नु आवश्यक छैन भन्ने सोच्छन्; जबसम्म व्यक्तिले धेरै कठिनाइ सहन्छ, ठूलो मूल्य चुकाउँछ, धेरै काम गर्छ, धेरै असल कार्यहरू गर्छ र धेरै पुण्य कमाउँछ, मानिसहरूको अनुमोदन र उच्च सम्मान कमाउने धेरै कामहरू गर्छ, र यी माध्यमहरूद्वारा दाजुभाइ तथा दिदीबहिनीहरूको विश्वास, साथै तिनीहरूको प्रशंसा र समर्थन प्राप्त गर्छ, तबसम्म उसले यी सबैलाई स्वर्गको राज्यको आशिष्हरूसँग साट्ने आफ्नो लक्ष्य हासिल गर्न सक्छ। के यो दृष्टिकोण अविश्वसनीय रूपमा हास्यास्पद छैन र? (छ।)
चाहे त्यो सत्यताको आलोचना र निन्दा गर्नु होस्, सत्यताप्रति शत्रुवत् हुनु र आक्रमण गर्नु होस्, वा सधैँ सत्यतालाई प्रतिस्थापन गर्न शैतानका विधर्म र भ्रमहरू प्रयोग गर्न चाहनु होस्, यी सबै दियाबलसहरूले सत्यतालाई कसरी लिन्छन् भन्ने कुराका विशेष प्रकटीकरणहरू हुन्। ती जुनसुकै प्रकटीकरणहरू भए पनि, ती सबैले दियाबलसहरूको दुष्ट सारलाई पूर्ण रूपमा खुलासा गर्छन्। सत्यताप्रति शत्रुवत् हुनु, सत्यतालाई आक्रमण गर्नु, र सत्यतालाई प्रतिस्थापन गर्ने प्रयास गर्नु—यी दियाबलसहरूले मात्रै गर्न सक्ने कार्यहरू हुन्। दियाबलसहरूले मात्रै सत्यता र परमेश्वरलाई यस्तो घृणा, आलोचना, र निन्दाका साथ व्यवहार गर्छन्, र तिनीहरू मानिसहरूलाई सत्यताबाट र परमेश्वरबाट टाढा लैजान भ्रमित पार्न, धोका दिन, र लोभ्याउन कुनै पनि हदसम्म गिर्न सक्षम हुन्छन्। दियाबलसहरूले मात्रै मानिसहरूको विश्वास, समर्थन, र प्रशंसा जालसाजीपूर्वक जित्ने, मानिसहरूको हृदय जित्ने र तिनीहरूलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्न, र तिनीहरूको हृदयमा रहेको परमेश्वरको स्थानलाई प्रतिस्थापन गर्ने प्रयास गर्न हरसम्भव उपाय सोच्छन्। छोटकरीमा भन्दा, दियाबलसहरूले सत्यताप्रति र सत्यता पछ्याउनेहरूप्रति यस्तो मनोवृत्ति अपनाउनुले तिनीहरूको सार दुष्ट छ भन्ने कुरालाई खुलासा गर्छ। सकारात्मक कुराहरू र सत्यता ती हुन् जसको लागि सबै सृजित प्राणीहरूले आकाङ्क्षा राख्छन् र प्रेम गर्छन्, र ती कुरा मानिसहरूद्वारा मूल्यवान् ठानिन योग्य पनि छन्। अवश्य पनि, ती कुराहरू सृजित प्राणीहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने कुराहरू पनि हुन्। किनभने सत्यता मानवजातिको लागि शैतानको प्रभावबाट मुक्त हुन, सही मार्गमा हिँड्न, र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम हुनका लागि चाहिने एक आवश्यक कुरा हो। सामान्य मानिसहरूले मुक्ति प्राप्त गर्नका लागि, सत्यता पछ्याउनु, सत्यता स्वीकार गर्नु, र सत्यताको अभ्यास गर्नु भनेको एक आवश्यक प्रक्रिया हो; अर्को कुनै उपाय छैन। तिनीहरूमा भ्रष्ट स्वभावहरू भएकाले तिनीहरूलाई सत्यता स्वीकार गर्न र अभ्यास गर्न गाह्रो भए पनि, तिनीहरूको भित्री अस्तित्व र तिनीहरूको व्यक्तिपरक इच्छाको दृष्टिकोणबाट, तिनीहरू सत्यताप्रति शत्रुवत् हुँदैनन्; तिनीहरूको व्यक्तिपरक मनोवृत्ति सत्यताप्रति शत्रुवत् हुने खालको हुँदैन, न त यो जानाजानी सत्यतालाई आक्रमण गर्ने वा सत्यतालाई प्रतिस्थापन गर्न कुनै पनि विधर्म र भ्रमहरू प्रयोग गर्न हरसम्भव प्रयास गर्ने खालको नै हुन्छ। शैतानले मात्रै यस्तो कुरा गर्न सक्छ; सत्यताप्रतिको यसको शत्रुताको सार ठूलो रातो अजिङ्गरको जस्तै हुन्छ। जे सकारात्मक कुरा हो, जे सत्यता समावेश भएको कुरा हो, त्यसलाई शैतानले इन्कार गर्छ, निन्दा गर्छ, र अस्वीकार गर्छ। यी सत्यताहरूले यसलाई कुनै खतरा नदिए पनि, यो अझै पनि तीप्रति शत्रुवत् हुन्छ र तिनलाई घृणा गर्छ; यो कुरा यसको प्रकृतिद्वारा निर्देशित हुन्छ। दियाबलसहरूमा दुष्ट प्रकृति हुने हुनाले, तिनीहरूका लागि सत्यता नै तिनीहरूको शत्रु हो। “शत्रु” भन्ने शब्दले केलाई जनाउँछ? यसले शत्रुहरू कहिल्यै मिल्ने हुन सक्दैनन्, कहिल्यै मित्र हुन सक्दैनन्, कहिल्यै समान विचारधाराका साथी हुन सक्दैनन् भन्ने जनाउँछ। यो ठूलो रातो अजिङ्गरजस्तै हो। यसले परमेश्वरमा विश्वास गर्नेहरूलाई निकै घृणा र शत्रुताका साथ व्यवहार गर्छ। तैँले परमेश्वरमा विश्वास गर्न छोड्छस् र परमेश्वरको अपमान गर्छस् भने, तैँले समाजमा कुनै पनि दुष्ट काम गर्न सक्छस्—तैँले चोरे पनि, लुटे पनि, वा तँ अनैतिक गतिविधिमा संलग्न भए पनि यसले वास्ता गर्दैन; तैँले यससँग मिलेर कुनै पनि खराब काम गर्न सक्छस्। तर यदि तैँले परमेश्वरमा विश्वास गरिस् र सही मार्गमा हिँडिस् भने, यसले त्यो अनुमति दिनेछैन; यसले तँलाई गिरफ्तार गर्नेछ, तँलाई सताउनेछ, र तँलाई मृत्युदण्डसमेत दिनेछ। यसले तँलाई अस्तित्वमा रहन दिनेछैन। जबसम्म तँ अस्तित्वमा रहन्छस्, तबसम्म तँ यसको आँखाको कसिंगर हुन्छस्; तँ अस्तित्वमा रहेको हरेक दिन, यसले भित्रबाट दुःख र असहज महसुस गर्छ। जब यसले तँलाई नष्ट गरिसकेको हुन्छ, जब तेरो अस्तित्व समाप्त हुन्छ, तब मात्रै यसले विजयी भएको, सहज, र शान्ति महसुस गर्छ। जो दियाबलसहरू हुन्, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति प्रकृतिको हिसाबमा ठूलो रातो अजिङ्गरले सत्यताप्रति गर्ने घृणा जस्तै हुन्छ। यदि तैँले सत्यता पछ्याइस्, सत्यताको अभ्यास गरिस्, सिद्धान्तहरूअनुसार सबै कुरा गरिस्, अडान लिइस्, र सिद्धान्तहरूलाई समर्थन गरिस् भने, तिनीहरूले तँलाई मन पराउँदैनन् र घृणा गर्छन्। यदि तिनीहरू अगुवा बने र तिनीहरूले शक्ति प्राप्त गरे भने, तिनीहरूले तँलाई सास्ती दिन कमजोरी समात्ने हरसम्भव उपाय सोच्छन्, र तँलाई सफा गर्नका लागि तँमाथि कुनै अपराधको दोषसमेत लगाउँछन्। जब सत्यता पछ्याउनेहरू सबैलाई तिनीहरूले बहिष्कार गर्छन्, र मण्डलीमा बाँकी रहेकाहरू सबै अन्योलमा परेका मानिसहरू र सत्यतालाई अलिकति पनि नबुझ्नेहरू हुन्छन्, तब तिनीहरूले सुरक्षित महसुस गर्छन्, तिनीहरूलाई चुनौती दिने केही छैन, र तिनीहरूका दिनहरू सजिला छन् भन्ने ठान्छन्। त्यसकारण, जो दियाबलसहरू हुन्, तिनीहरू सत्यताप्रति मात्रै शत्रुवत् हुँदैनन् तर सत्यतालाई प्रेम गर्ने र पछ्याउनेहरूप्रति पनि शत्रुवत् हुन्छन्। के यसले तिनीहरूमा दुष्ट प्रकृति छ भन्ने देखाउँदैन र? (देखाउँछ।) कतिपय मानिसहरूले दियाबलसहरूद्वारा निन्दा, बहिष्कार, र सास्ती पाएपछि, यसो भन्छन्, “मैले तिनीहरूलाई चिढ्याएको त थिइनँ, तर तिनीहरूले मलाई किन मन पराउँदैनन्?” के यो अन्योलपूर्ण कुरा होइन र? के यो कुराहरू छर्लङ्गै नदेख्नु र मानिसहरूलाई खुट्ट्याउन नसक्नु होइन र? के इसाईहरूले कानुन उल्लङ्घन गर्ने र अपराध गर्ने हुनाले ठूलो रातो अजिङ्गरले इसाईहरूलाई गिरफ्तार गर्छ र सताउँछ? कि इसाईहरूले यसलाई परास्त गर्न र यसको राजनीतिक शक्ति कब्जा गर्न राजनीतिक गतिविधिमा भाग लिएकोले? (दुवै होइन।) त्यसोभए तिनीहरूले किन यसो गर्छन्? हामी राजनीतिमा भाग लिँदैनौँ, न त यसको विरोध वा खुलासा नै गर्छौँ, यसको शक्ति कब्जा गर्न राजनीतिक गतिविधिमा संलग्न हुने कुरा त परै जाओस्। त्यसोभए यसले हामी परमेश्वरमा विश्वास गर्नेहरूलाई यसरी किन दमन र गिरफ्तार गर्छ? तैँले परमेश्वरलाई पछ्याएको, सत्यता स्वीकार गरेको, र परमेश्वरलाई महान् मानेर सम्मान गरेको र उहाँको आराधना गरेकोले गर्दा मात्रै यसले तँलाई घृणा गर्छ। यसले तैँले यसलाई धोका दिइस् भन्ने विश्वास गर्छ; तैँले यसलाई पछ्याउँदैनस्, आराधना गर्दैनस्, र तँ यसप्रति समर्पित हुँदैनस्, त्यसैले यसले तँलाई घृणा गर्छ। यसरी, यसले तँलाई दमन गर्न र हटाउन चाहन्छ, तँलाई बेपत्ता पार्ने लक्ष्य हासिल गर्न चाहन्छ। यो एक दुष्ट दियाबलस भएको हुनाले, र यसमा सत्यताप्रति शत्रुवत् हुने प्रकृति सार भएको हुनाले, यदि तैँले परमेश्वरलाई पछ्याइस् भने, यो तँप्रति शत्रुवत् हुनेछ, यसले तँलाई घृणा गर्नेछ, र यसले तँलाई सास्ती दिन, तँलाई हटाउन, र तँलाई परमेश्वरको छेउबाट खोसेर लैजान हरसम्भव प्रयास गर्नेछ। यसको उद्देश्य यही हो। यदि तैँले परमेश्वरलाई पछ्याउन छोडिस् भने, यो तँप्रति त्यति शत्रुवत् हुनेछैन। अवश्य पनि, यसले अझै पनि तँलाई बरबाद गर्ने, भ्रष्ट तुल्याउने, खेलौना बनाउने, र नियन्त्रण गर्ने प्रयास गर्नेछ। यदि तैँले यसको आराधना सकिस् र यसलाई पछ्याउन सकिस् भने, यो खुसी हुनेछ र यसले तँलाई सास्ती दिनेछैन, तर अन्त्यमा, तँ यससँगै गाडिन मात्रै सक्छस्। शैतानको आराधना गर्ने कोही पनि कहिल्यै राम्रो गतिमा पुग्दैन!
परमेश्वरलाई प्रतिरोध गर्ने शैतानको प्रकृति कहिल्यै परिवर्तन हुनेछैन। ख्रीष्ट विरोधीहरू जो शैतानका हुन्, तिनीहरू किन सत्यता र परमेश्वरप्रति यति धेरै शत्रुवत् हुन्छन्? मलाई भन्, तिनीहरूको प्रकृति सार कति दुष्ट हुन्छ! तिनीहरूले सत्यता, परमेश्वरको काम, कुनै पनि सकारात्मक कुरा, वा सही भनाइ र अभ्यासहरूलाई स्वीकार नै गर्दैनन्, यसमा कुनै अपवाद छैन। तिनीहरूले आफ्नो हृदयमा वितृष्णा महसुस गर्ने र तिनलाई स्वीकार गर्न नमान्ने मात्रै होइन, तर तिनीहरूले सक्रिय रूपमा परमेश्वरको प्रतिरोध गर्न दुष्ट काम पनि गर्छन्, र सत्यता र सकारात्मक कुराहरूको निन्दा गर्न विभिन्न आधारहीन अफवाहहरू र भ्रमहरू फैलाउँछन्। यस्ता दुष्ट मानिसहरू पनि परमेश्वरमा विश्वास गरेर आशिष्हरू प्राप्त गर्न चाहन्छन्; तिनीहरू परमेश्वरको घरमा घुस्छन्, तर तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार नगर्ने हुनाले, तिनीहरू प्रकट हुन्छन् र हटाइन्छन्। उदाहरणका लागि, काटछाँट स्वीकार गर्नु एक सकारात्मक कुरा हो। जब सामान्य मानिसहरूले गल्ती गर्छन् र तिनीहरूको काटछाँट गरिन्छ, तब तिनीहरूले आफ्नो बारेमा चिन्तन गर्नेछन्। यदि तिनीहरूको गल्ती गलत अभिप्राय वा भ्रष्ट स्वभावको कारणले भएको हो भने, तिनीहरूले त्यसलाई समाधान गर्न सत्यता खोज्नेछन्। यदि तिनीहरूको गल्ती तिनीहरूको क्षमता कमजोर भएको र तिनीहरूले कुराहरू स्पष्ट रूपमा नदेखेको कारणले भएको हो भने, तिनीहरूले त्यसलाई समाधान गर्न सक्रिय रूपमा मार्ग खोज्नेछन्, र तिनीहरूलाई मद्दत र निर्देशन दिन सक्ने राम्रो क्षमता भएका र सत्यता बुझ्ने मानिसहरू खोज्नेछन्। छोटकरीमा भन्दा, आफ्नो विवेक र समझको निर्देशन र नियमनमा, तिनीहरूले काटछाँटलाई सही तरिकाले लिनेछन्। तर जो दियाबलसहरू हुन्, तिनीहरूले काटछाँटलाई कसरी लिन्छन्? दियाबलसहरू आफै सत्यताप्रति शत्रुवत् हुन्छन्, तर आफ्नो दुष्ट प्रकृतिले गर्दा, तिनीहरू केवल शत्रुतामा मात्रै रोकिनेछैनन्; तिनीहरूले सत्यताको निन्दा, प्रतिरोध, र ईशनिन्दा पनि गर्नेछन्। त्यसैले जब तिनीहरूको काटछाँट गरिन्छ, तब तिनीहरूले जोडतोडले बहस गर्ने र आफ्नो बचाउ गर्ने प्रयास गर्छन्। तिनीहरूले सत्यतालाई इन्कार मात्रै गर्दैनन्, तर तिनीहरूले आफ्नो काटछाँट गर्नेहरूको आक्रमण र निन्दा पनि गर्छन्, र यस्ता कुराहरू समेत फैलाउँछन्: “परमेश्वरमा विश्वास गर्नु धेरै गाह्रो छ! हामीमध्ये कमजोर क्षमता भएका र सत्यता नबुझ्नेहरूलाई त आखिरमा निष्कासित नै गरिनेछ। परमेश्वरको घरको भरमा बाँच्न सजिलो छैन! कमजोर क्षमता भएका मानिसहरूका लागि अघि बढ्ने कुनै बाटो छैन; हामीले अरूद्वारा सास्ती भोग्नुबाहेक केही गर्न सक्दैनौँ। अरूले हामीलाई जतिसुकै दुःख दिए पनि, हामीले त्यो सहनुपर्छ। हामीले आफ्नै कमजोर क्षमतालाई बाहेक कसलाई दोष दिन सक्छौँ र? यदि तिम्रो क्षमता कमजोर छ भने, तिमी अरूभन्दा तुच्छ छौ!” तिनीहरूले काटछाँट स्वीकार नगर्ने वा आफूमाथि चिन्तन गरेर आफूलाई नचिन्ने मात्रै होइन, तिनीहरूले यो समस्या समाधान गर्न अभ्यासका सिद्धान्तहरू वा अभ्यासको मार्ग पनि खोज्दैनन्। यदि तिनीहरूको क्षमता साँच्चै कमजोर छ भने, तिनीहरूले आफ्नो अन्तर्निहित अवस्थाहरूको जगमा, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र आफ्नो बफादारी अर्पण गर्न सक्दो प्रयास कसरी गर्न सक्छन्? के तिनीहरूले यसरी सोच्छन्? तिनीहरू सत्यताप्रति शत्रुवत् हुन्छन्, त्यसैले तिनीहरूले पटक्कै यसरी सोच्दैनन्। यसबाहेक, तिनीहरूले कुरालाई अझ चर्काउँछन् र तिनीहरू आलोचना र निन्दामा संलग्न हुन्छन्, यहाँसम्म कि आफ्नो काटछाँट गर्नेहरूलाई आफ्नो हृदयमा गोप्य रूपमा सराप्छन्: “थुक्क! तैँले आज मलाई अप्ठ्यारोमा पारिस्। एक दिन म तँलाई के हो भनेर देखाइदिनेछु! तँलाई मेरो क्षमता कमजोर छ जस्तो लाग्छ? मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छु, जबकि तैँले केही वर्षदेखि मात्रै विश्वास गरेको छस्! तँलाई म मन पर्दैन? एक दिन म तँलाई यसको परिणाम भोग्न लगाउनेछु, तँलाई भयानक मृत्यु मर्न लगाउनेछु!” हेर् त, जब तिनीहरूको काटछाँट गरिन्छ, तब तिनीहरूले केही नभने पनि र मुस्कानसमेत देखाए पनि, तिनीहरूको हृदय रिस, घृणा, र सरापले भरिएको हुन्छ। कतिपय मानिसहरूले काटछाँट स्वीकार गर्न आफ्नो अनिच्छा देखाउँछन्, र समय-समयमा गुनासो, आक्रमण, वा न्यायका कुराहरू बोल्छन्। तिनीहरू काटछाँटप्रति शत्रुवत् मात्रै हुँदैनन्, तर तिनीहरूले आफ्नो काटछाँट गर्नेहरूलाई सक्रिय रूपमा आक्रमण पनि गर्छन्, र तिनीहरूलाई जसले त्यसो गर्छ तिनीहरूले उसलाई छोड्दैनन्। कतिपय महिलाहरू अलिक होचा हुन सक्छन् र बाहिरबाट निकै कोमल देखिन सक्छन्, तर जब कसैले साँच्चै तिनीहरूको काटछाँट गर्छ, तब तिनीहरू रिसले चूर हुन्छन्: “मैले यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेर कति धेरै दुःख भोगेको छु—के यो सजिलो भएको छ? तँलाई म मन पर्दैन—मैले सुसमाचार प्रचार गर्दा त, तँ जन्मेको पनि थिइनस्! के तैँले मलाई बूढी भएको भनेर हेप्न खोजिरहेको छस्? म तँलाई भन्छु, त्यस्तो हुँदैन! बाहिर गएर सोध्—म मेरो पूरै जीवनभरि कसको सामु झुकेको छु र?” के यस्तो स्वभाव भएका मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन्? पक्कै सक्दैनन्। तिनीहरूले काटछाँट स्वीकार नगर्ने मात्रै होइन, तर आफूलाई काटछाँट गर्नेहरूलाई सराप्छन् पनि। के तिनीहरू धेरै दुर्भावपूर्ण हुँदैनन् र? जो दियाबलसहरू र शैतानहरू हुन्, तिनीहरू अनाचारपूर्ण, चिप्लो घस्ने, विश्वासघाती, र धूर्त हुन्छन्। सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति शत्रुता र आक्रमणको हुने हुनाले, जब तिनीहरूका दुष्ट कार्यहरू खुलासा हुन्छन् र तिनीहरूले आशिष् पाउने कुनै आशा नहुने गरी निकालिने वा निष्कासित गरिने अवस्थाको सामना गर्छन्, तब तिनीहरू पटक्कै भनेको मान्ने वा समर्पित हुने हुनेछैनन्, तर प्रतिरोध गर्न उपायहरू अपनाउनेछन्। कतिले झूट बनाउँछन्, अगुवा र कामदारहरूले तिनीहरूलाई सास्ती दिइरहेका छन् भनेर भन्छन्, अरूलाई तिनीहरूको पक्षमा बोल्न उक्साउँछन्, र जानाजानी मण्डलीको काममा बाधा दिन्छन्। अरू कतिले समर्पित भएको बहाना गर्छन्, र यसो भन्छन्, “परमेश्वरको घरले मलाई जस्तोसुकै व्यवहार गरे पनि, मलाई ख समूहमा पठाए पनि वा निकाले पनि, म आफ्नो कर्तव्य त्यसरी नै निर्वाह गर्नेछु। म परमेश्वरप्रति बफादार छु, र म यो मार्गलाई कहिल्यै इन्कार गर्नेछैन वा आफ्नो कर्तव्य त्याग्नेछैन।” तिनीहरूले मानिसहरूलाई छल्नका लागि बहाना गर्छन्, मानौं तिनीहरूले पश्चात्ताप गरेका छन्, मानौं परमेश्वरको घरले तिनीहरूलाई जस्तोसुकै व्यवहार गरे पनि तिनीहरूले स्वीकार गर्न र तिनीहरू समर्पित हुन सक्छन् र तिनीहरूले आफ्नो कर्तव्य त्याग्नेछैनन्। वास्तवमा, तिनीहरूले तिमीहरूलाई धोका दिइरहेका हुन्छन् र तिमीहरूसँग खेलबाड गरिरहेका हुन्छन्। तिनीहरूले मनमनै सोच्छन्: “हँ! मलाई सेवा गर्न प्रयोग गर्न चाहन्छौ? सम्भव छैन! जब म तिमीहरूसामु आफ्नो सङ्कल्प व्यक्त गर्छु र म आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छु भन्छु, त्यो केवल एउटा औपचारिकता हो, मैले तिमीहरूलाई मूर्ख बनाइरहेको मात्रै हुन्छु!” बाहिरबाट, तिनीहरू विशेष गरी नम्र र समर्पित देखिन्छन्, जसले गर्दा मानिसहरूले तिनीहरू कर्तव्य निर्वाह गर्न इच्छुक छन् भन्ने सोच्छन्। तर जब तैँले वास्तवमा तिनीहरूलाई कर्तव्य निर्वाह गर्न लगाउँछस्, तब तिनीहरू झाराटारुवा हुन्छन्, तिनीहरूले छल गर्छन् र तँलाई धोका दिन्छन्, र तँसँग हराएको बहानासमेत गर्छन्। तिनीहरूलाई काम सुम्पिएको दश दिनभन्दा बढी भइसकेको हुन सक्छ, र कुनै प्रगति नै भएको हुँदैन। कतिपय मानिसहरू अज्ञानी हुन्छन् र तिनीहरूमा खुट्ट्याउने क्षमताको कमी हुन्छ, र तिनीहरूलाई यो कुरा अचम्म लाग्छ, र तिनीहरूले यस्तो सोच्छन्: “उनीहरू यो काम गर्न राजी हुँदा निकै इमानदार थिए, उनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छौँ भनेका थिए। उनीहरूले झूट बोलिरहेका जस्तो लागेको थिएन। अहिले उनीहरू कता हराए?” म तिमीहरूलाई सत्य कुरा बताउँछु: तिनीहरू ठूला धोकेबाजहरू मात्रै हुन्, तिनीहरू दियाबलसहरू हुन्। जो दियाबलसहरू हुन्, तिनीहरूले कर्तव्य निर्वाह गर्नुलाई के ठान्छन्? तिनीहरूले यसलाई परमेश्वरको घरले तिनीहरूलाई सेवा गर्न प्रयोग गरिरहनुभएको हो, तिनीहरूसँग खेलबाड गरिरहनुभएको हो भन्ने ठान्छन्। कर्तव्य निर्वाह गर्नेप्रतिको दियाबलसहरूको मानसिकता यही हो। तँमा प्रयोग गर्न लायकको के छ र? बढीमा, तैँले कुनै निश्चित पेसाको बारेमा अलिकति बुझेको छस्। यदि परमेश्वरको घरलाई यस क्षेत्रको काममा आवश्यकता छ भने, बढीमा यसको अर्थ तँ यो कर्तव्य निर्वाह गर्न उपयुक्त छस् भन्ने हुन्छ। तँलाई जाँच्न र तँसँग मागहरू गर्नका लागि कर्तव्य निर्वाहलाई प्रयोग गर्नु भनेको त तँलाई उचाल्नु हो। यदि तैँले इन्कार गरिस् र स्वीकार गरिनस् भने, तैँले दयाको कदर गर्न सकेको हुँदैनस्। जो दियाबलसहरू हुन्, तिनीहरू यस्तै कुनै तर्क नबुझ्ने हुन्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्न पाऊँ भनेर माग गर्छन्, र जब मण्डलीले तिनीहरूका लागि कामको व्यवस्था गर्छ, तब तिनीहरूले परमेश्वरको घरले तिनीहरूलाई प्रयोग गर्न चाहन्छ भन्ने अनुमान गर्छन्। यदि तँमा साँच्चै मण्डलीमा प्रयोग गर्न लायकको केही मूल्य छ भने, यो तेरा लागि भाग्यशाली कुरा हो कि दुर्भाग्यपूर्ण कुरा हो? (भाग्यशाली।) यो तेरा लागि दुर्भाग्य हो कि आशिष् हो? (आशिष्।) तँ किन यो आशिष् हो भनी भन्छस्? (परमेश्वरको लागि सेवा गर्न पाउनु परमेश्वरद्वारा उचालिनु हो, त्यसैले यो आशिष् हो।) तिमीहरूले यो कुरा बुझ्नैपर्छ: परमेश्वरका लागि सेवा गर्न पाउनु परमेश्वरद्वारा उचालिनु हो। उचाल्नुको अर्थ के हो? यसको अर्थ के हो भने, तँसँग यो थोरै पेशागत सामर्थ्य छ जुन परमेश्वरको घरको काममा प्रयोग हुन सक्छ, जुन परमेश्वरले तँलाई दिनुभएको एउटा अवसर हो, परमेश्वरले तँलाई उहाँको लागि सेवा गर्ने एउटा अवसर, मुक्ति प्राप्त गर्ने एउटा अवसर दिनुभएको हो, र यो तैँले आशिषित हुनको लागि पूरा गर्नुपर्ने एक आधारभूत सर्त हो। जब तँसँग यो आधारभूत सर्त हुन्छ, तब मात्रै तैँले चरणबद्ध रूपमा सत्यता स्वीकार गर्ने र सत्यताको अभ्यास गर्ने, र मुक्ति प्राप्त गर्ने अवसर पाउन सक्छस्। यदि तँसँग कुनै पनि असल गुण छैन भने, परमेश्वरको घरमा तँ एक बेकम्मा हुन्छस्। के परमेश्वरको घरले अझै पनि तँलाई सित्तैँमा भरणपोषण गर्छ र? यदि परमेश्वरको घरमा तैँले गर्ने कुनै कर्तव्य छैन भने, तँमा परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्नका लागि एक उचित र तर्कसङ्गत माध्यम र आधारभूत सर्तको कमी हुन्छ। यदि तँलाई परमेश्वरको घरको कुनै पनि विशेष काममा प्रयोग गर्न सकिँदैन भने, यसको अर्थ तैँले परमेश्वरसँग कुनै पनि सम्बन्ध स्थापित गरेको छैनस्, र यसरी तँसँग परमेश्वरको सामु आउने कुनै अवसर छैन, मानवजातिलाई मुक्ति दिन परमेश्वरले गर्नुहुने कामको कुनै पनि चरण वा कुनै पनि अवधिलाई स्वीकार गर्ने कुनै अवसर छैन। त्यसपछि त के तँसँग अझै पनि मुक्ति प्राप्त गर्ने अवसर र सर्तहरू हुन्छन् र? त्यसकारण, यदि तँमा प्रयोग गर्न लायकको मूल्य छ भनी भनिन्छ भने, यो कुरा गैरविश्वासी संसारमा सुन्दा असहज लाग्न सक्छ, र सायद त्यहाँको लागि “प्रयोग” एउटा नकारात्मक शब्द हो—तर परमेश्वरको घरमा, तैँले तँलाई कसले प्रयोग गरिरहेको छ भनेर हेर्नुपर्छ। यो “प्रयोग” लाई कसरी व्याख्या गरिनुपर्छ? यदि परमेश्वरले तँलाई प्रयोग गर्नुहुन्छ भने, यसले तँमा अझै पनि केही मूल्य छ र तैँले अझै पनि परमेश्वरका लागि सेवा गर्न सक्छस् भन्ने प्रमाणित गर्छ। जब तैँले परमेश्वरका लागि सेवा गर्छस्, के यो त परमेश्वरले तँलाई उचाल्नुभएको हुँदैन र? (हुन्छ।) यो परमेश्वरले तँलाई अवसर दिनुभएको हो, परमेश्वरले तँलाई उचाल्नुभएको हो। यो एउटा राम्रो कुरा हो; यसले परमेश्वरले तँलाई केही हदसम्म कदर गर्नुहुन्छ र अझै पनि तँलाई मौका दिन इच्छुक हुनुहुन्छ भन्ने प्रमाणित गर्छ। त्यसोभए, के परमेश्वरद्वारा प्रयोग गरिनु लाजमर्दो कुरा हो? के यो घाटा हो? के तैँले प्रयोग गरिँदा घाटा भोग्छस्? के यसले तँलाई आफ्नो निष्ठा वा इज्जत गुमाउन लगाउँछ? लगाउँदैन, तैँले अझै बढी प्राप्त गर्छस्। यसले तँलाई सत्यता र परमेश्वरको मुक्ति स्वीकार गर्नका लागि परमेश्वरको सामु आउने अवसर दिन्छ। तैँले कुनै पनि घाटा भोग्दैनस्; तैँले ठूलो फाइदा पाउँछस्। तर जो दियाबलसहरूबाट पुनर्जन्म भएकाहरू हुन्, तिनीहरूले यसलाई यसरी हेर्दैनन्। तिनीहरूमा दुष्ट प्रकृति हुन्छ। शैतानले तिनीहरूलाई जतिसुकै प्रयोग गरे पनि र भ्रष्ट तुल्याए पनि, तिनीहरूलाई कुनै आपत्ति हुँदैन; तिनीहरू त्यसप्रति निकै सन्तुष्ट हुन्छन्। यदि सरकारी अधिकारीहरूले तिनीहरूलाई प्रयोग गरे भने, तिनीहरूले त्यसलाई भाग्यमानी भएको, समृद्धिको सङ्केत ठान्छन्। तिनीहरूले त्यसलाई खुट्ट्याउँदैनन्, विरोध गर्दैनन्, प्रतिरोध गर्दैनन्, वा इन्कार गर्दैनन्। तर मण्डलीमा, यदि तिनीहरूलाई कर्तव्य निर्वाह गर्न पदोन्नति गरियो भने, तिनीहरूले यो सेवा गर्नु हो, तिनीहरूले आफूलाई घात गरिरहेका छन्, र मण्डलीले तिनीहरूलाई प्रयोग गरिरहेको छ भन्ने महसुस गर्छन्। उदाहरणका लागि, एक निश्चित महिलाले कुनै निश्चित पेशागत सीपको बारेमा अलिकति बुझ्छिन्, त्यसैले मण्डलीले उसलाई यस क्षेत्रमा काम गर्न लगाउँछ। उसले यसलाई परमेश्वरबाट आएको भनेर स्वीकार गर्न नसक्ने मात्रै होइन, तर उसले आफ्नो हृदयमा निकै वितृष्णा पनि महसुस गर्छिन्: “मलाई प्रयोग गर्न खोज्दै छस्? फेरि सोच्! म त्यति मूर्ख पनि छैनँ! म यति लामो समयसम्म बाँचेँ र कसैद्वारा कहिल्यै प्रयोग भइनँ। मलाई प्रयोग गर्न सक्ने मान्छे त जन्मेकै छैन!” तँ यति धेरै रिसाउनु आवश्यक छैन। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छस् भने, त्यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर् र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छस् भने, परमेश्वरको घर छोडेर जा। परमेश्वरको घरको ढोका खुला छ; तँ कुनै पनि बेला छोडेर जान सक्छस् र जहाँ जान चाहन्छस् त्यहाँ जान सक्छस्। परमेश्वरले मानिसहरूलाई सित्तैँमा सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई सत्यता प्रदान गर्नु र जीवन आपूर्ति गर्नु सबै निःशुल्क हो। के उहाँले तँसँग एक पैसा माग्नुभएको छ? (छैन।) तैँले थोरै कर्तव्य निर्वाह गर्छस्, तैपनि तैँले यसलाई परमेश्वरद्वारा प्रयोग गरिएको ठान्छस्। के यो विवेकको कमी हुनु, दयाको कदर गर्न नसक्नु होइन र? परमेश्वरले तँलाई प्रयोग गर्नुभए के भयो त? के त्यो गलत हो? तेरो जीवन नै परमेश्वरले दिनुभएको हो। के परमेश्वर तँलाई प्रयोग गर्न योग्य हुनुहुन्न र? के उहाँ योग्य हुनुहुन्न? के तैँले कुनै पेसाको बारेमा अलिकति बुझ्दैमा आफूलाई ठूलो ठान्न सक्छस्? के परमेश्वरले चापलुसी गर्नुपर्छ, आदरपूर्वक तँसँग बिन्ती गर्नुपर्छ, तँलाई प्रतिज्ञाहरू दिनुपर्छ, तँलाई उचालेर सिंहासनमा राख्नुपर्छ—के त्यसो गरियो भने त्यसले तँलाई खुसी बनाउँछ? सामान्य मानवता नभएका मानिसहरूले कर्तव्य निर्वाह गर्ने कुरालाई सही तरिकाले बुझ्न सक्दैनन्। तिनीहरूले सधैँ भन्छन्, “परमेश्वरको घरले मलाई प्रयोग गरिरहेको छ। म त्यति मूर्ख छैनँ; मूर्खहरू मात्रै परमेश्वरद्वारा प्रयोग हुन इच्छुक हुन्छन्!” हेर् त, यो विचार अनाचारपूर्ण र दुष्ट दुवै छ, र पूर्ण रूपमा तर्कहीन छ! यस्ता मानिसहरूलाई कसरी व्यवहार गरिनुपर्छ? यो सजिलो छ: चाहे तिनीहरूलाई निकालेर होस् वा ख समूहमा नियुक्त गरेर होस्, तिनीहरूलाई सफा गरे पुग्छ। यदि तँ प्रयोग हुनदेखि यति धेरै डराउँछस् भने, तँ किन अझै पनि परमेश्वरको घरमा टाँसिइरहन्छस् र आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु भनेर भन्छस्? के यो पाखण्डी हुनु र मानिसहरूलाई धोका दिनु होइन र? यदि तँ प्रयोग हुनदेखि डराउँछस् भने, परमेश्वरको घरले तँलाई कर्तव्य निर्वाह गर्न कहिल्यै प्रयोग गर्नेछैन; परमेश्वरको घरले मानिसहरूलाई जबरजस्ती गर्दैन। अहिले हरेकलाई आफ्नो प्रकारअनुसार वर्गीकरण गरिने समय हो। जो आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छ, ऊ रहनेछ; जो आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छ, ऊ तुरुन्तै मण्डली छोडेर जानुपर्छ र कहिल्यै फर्कनु हुँदैन। परमेश्वरको घरले कसैलाई जबरजस्ती गर्दैन। जसले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्छन्, तिनीहरू मात्रै परमेश्वरका चुनिएका मानिसहरू हुन्। जो आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छन्, तिनीहरू सबै शैतानका नोकरहरू हुन्, मण्डलीको काममा बाधा दिन यहाँ आएकाहरू हुन्। कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरेर आशिष्हरू प्राप्त गर्न चाहन्छन्, तर पनि प्रयोग हुनदेखि डराउँछन्। के यी विवेक र समझ भएका मानिसहरू हुन् त? (होइनन्।) तिनीहरू सधैँ घाटा भोग्नदेखि डराउँछन्, सधैँ परमेश्वरको घरले तिनीहरूको फाइदा उठाइरहेको छ, तिनीहरूले ठूलो घाटा भोगिरहेका छन् भन्ने महसुस गर्छन्। के यो आफ्नो भलाइ केले हुन्छ भनेर नचिन्नु होइन र? तैँले के घाटा भोगेको छस्? यदि तैँले आफ्नो प्राविधिक सीपहरूलाई सत्यता र मुक्तिको लागि साट्ने प्रयास गरिस् भने, म भन्छु तैँले त्यो साट्न सक्दैनस्; तँ लायक छैनस्, तँ योग्य छैनस्। उहाँका वचनहरू जीवन हुन्; ती त मानवजातिले भ्रष्ट स्वभावहरू त्याग्न र शैतानको प्रभावबाट मुक्त हुनका लागि दिइएका सबैभन्दा शक्तिशाली हतियार हुन्। उहाँका वचनहरू, सत्यताले मात्रै शैतानको प्रकृति सार भएको पुरानो मानवजातिलाई उन्मूलन गर्न सक्छ। केवल परमेश्वरको जीवन, केवल सत्यताले मात्रै यो मानवजातिलाई बाँच्न दिन र शैतानको नियति अन्त्य गर्न सक्छ। परमेश्वरको जीवन र सत्यता अमूल्य खजानाहरू हुन्; संसारको कुनै पनि भौतिक कुरा र मानिसहरूले बहुमूल्य ठान्ने कुनै पनि कुराद्वारा तिनलाई साट्न सक्दैन। मानिसहरूले आफ्नो जीवन अर्पण गरे पनि, तिनीहरूले तिनलाई साट्न सक्दैनन्, तिनीहरूको तुच्छ प्राविधिक सीपले त झन् साट्न सक्दैन। सत्यता बिक्रीका लागि होइन; परमेश्वरको घरले सत्यता बेच्दैन, जीवन बेच्दैन। त्यसोभए मानिसहरूले जीवन प्राप्त गर्नका लागि के गर्न सक्छन् त? सत्यता स्वीकार गरेर, सत्यतामा समर्पित भएर, आफ्नो बफादारी र इमानदारी परमेश्वरलाई अर्पण गरेर, र सृजित प्राणीको कर्तव्य पूरा गरेर मात्र, तिनीहरूले जीवन प्राप्त गर्न सक्छन्।
शैतानको दुष्ट सार भएका मानिसहरूमा विशेष गरी दुर्भावपूर्ण स्वभावहरू हुन्छन्। तिनीहरूले सत्यताप्रति शत्रुता देखाउने मात्र होइन, तर तिनीहरूले आफ्नै विधर्म र कुतर्कद्वारा सत्यतालाई प्रतिस्थापन गर्न पनि चाहन्छन्। तिनीहरूको मुख्य प्रकटीकरण के हो भने, जसले तिनीहरूको काटछाँट गर्छ वा तिनीहरूलाई खुलासा गर्छ, उसलाई तिनीहरूले घृणा र आक्रमण गर्छन्, र उसका लागि परिस्थितिहरू कठिन बनाइदिन्छन्। यो स्वभाव सार अत्यन्तै दुष्ट हुन्छ, र कुनै पनि भयङ्कर जनावरको भन्दा बढी क्रूर हुन्छ। बाघ र सिंहहरूको स्वभाव भयङ्कर भए पनि, जब तिनीहरू भोकाएका हुँदैनन् वा जब तैँले तिनीहरूलाई कुनै खतरा पुऱ्याउँदैनस्, तब तिनीहरूले तँलाई बेवास्ता गर्छन् र तँलाई हानि गर्न चाहँदैनन्। तर दियाबलसहरू फरक हुन्छन्। तैँले तिनीहरूलाई बेवास्ता गरे पनि, जबसम्म तैँले तिनीहरूको हैसियतमा खतरा पुर्याउँछस्, तबसम्म तिनीहरूले तँलाई छोड्नेछैनन्; तिनीहरू तँलाई आक्रमण गर्न आफैँ अघि सर्नेछन्—यदि तैँले तिनीहरूलाई खुलासा गरिस् र तिनीहरूको काटछाँट गरिस् भने त तिनीहरूले झन् कति बढी यसो गर्लान्। तिनीहरूले काटछाँट कहिल्यै स्वीकार नगर्ने मात्र होइन, तर तिनीहरूले कुनै पनि सही भनाइ वा सुझावहरू सुन्न पनि इन्कार गर्छन्। बरु, तिनीहरूले हारलाई जितमा बदल्न अर्को पक्षलाई जवाफ फर्काउने विभिन्न तरिकाहरू सोच्छन्, हरेक सङ्घर्ष र प्रतिस्पर्धामा माथिल्लो हात पार्दै, निष्क्रियतालाई सक्रियतामा बदल्छन्। मानिलिऊँ, तैँले मण्डलीमा यस्तो व्यक्ति देखिस् जसले नियमहरू पालन गर्दैन, ऊ कुनै पनि बन्देजले बाँधिएको हुँदैन, कसैद्वारा आलोचना वा विरोध गरिएको सहन सक्दैन, कसैले सत्यतामा सङ्गति गर्दा त्यसलाई स्वीकार गर्दैन, काटछाँट गर्दा प्रतिरोध गर्छ र तर्क गर्छ, र जसले उसलाई खुलासा गर्छ त्यसलाई घृणा र आक्रमण गर्छ—त्यो दियाबलस हो। कतिपय मानिसहरूले आफ्नो काममा केही गल्तीहरू गर्छन्, र अरूले तिनीहरूलाई कुनै पनि कुराको लागि आलोचना वा खुलासा गर्नुभन्दा पहिले नै, तिनीहरूले पहिले नै आक्रमण गर्छन्, आफूलाई सही ठहराउन र आफ्नो रक्षा गर्नका लागि कारणहरू खोज्ने हरेक तरिका सोच्दै, आफ्नो खराब कामका लागि कारण र स्पष्टीकरणहरू छन् र कसैले त्यसलाई बिगारिदियो भनेर भन्छन्, अनि हरेक माध्यम प्रयोग गरेर जिम्मेवारी अरूमाथि सार्ने र आफ्नो नाम चोख्याउने प्रयास गर्छन्। जब कसैले आफ्नो भ्रष्ट स्वभावको बारेमा सङ्गति गर्छ र त्यसको विश्लेषण गर्छ, तब तिनीहरू निकै संवेदनशील हुन्छन्, र त्यो वास्तवमा आफ्नो बारेमा भनिएको हो भनी विश्वास गर्छन्, अनि तिनीहरूले आफ्नो अहम्को रक्षा गर्न र आफ्ना गल्तीहरू ढाक्न हरेक माध्यम प्रयोग गर्छन्, यहाँसम्म कि सत्यतामा सङ्गति गर्नेहरूलाई आलोचना र निन्दा समेत गर्छन्। यस्ता मानिसहरूले आफ्ना गल्तीहरू कहिल्यै स्वीकार गर्दैनन् वा आफ्नो बारेमा कहिल्यै चिन्तन गर्दैनन्, र पश्चात्ताप त झन् गर्दै गर्दैनन्। बरु, तिनीहरूले आफ्नो भेष बदल्ने, अरूको नजरमा सिद्ध मानिस र निर्दोष व्यक्ति बन्ने हरेक उपाय सोच्छन्, र अरूले आफूलाई कहिल्यै गल्ती नगर्ने व्यक्तिको रूपमा हेरून् भनेर हरेक उपाय सोच्छन्। तिनीहरूले कुनै वाक्यांश गलत भने पनि, गलत शब्द प्रयोग गरे पनि, वा तिनीहरूको काममा केही विचलन वा त्रुटिहरू भए पनि, वा तिनीहरूले प्रकट गरेका केही भ्रष्ट स्वभाव र अभिप्रायहरू अरूले पत्ता लगाए पनि, तिनीहरूलाई यो खराब सङ्केत हो, मानौँ केही भयानक हुन लागेको छ, तिनीहरूको जीवन खतरामा छ, वा संसारको अन्त्य हुन लागेको छ जस्तो लाग्छ। त्यसपछि तिनीहरूले आफूलाई सही ठहराउन र आफ्नो रक्षा गर्न विभिन्न तरिकाहरू सोच्छन्; यो तिनीहरूको स्वाभाविक प्रतिक्रिया हो। तिनीहरूले केही मुखौटाहरू समेत सिर्जना गर्छन्, र आफ्ना वरपरकाहरूलाई धोका दिनका लागि मानिसहरूका धारणा र कल्पनाहरू अनुरूप हुने कुराहरू, मानिसहरूको हृदय जित्ने शब्दहरू बोल्छन्। तिनीहरू मानिसहरूले आफ्नो वास्तविक रङ्ग, आफ्ना अवगुण र त्रुटिहरू थाहा पाउँछन् कि भनेर निकै डराउँछन्, र आफ्नो वास्तविक अवस्था खुलासा हुन्छ कि भनेर निकै डराउँछन्। तिनीहरूले आफ्नो क्षमता कमजोर छ वा आफ्नो मानवतामा समस्याहरू छन् भनेर कहिल्यै स्वीकार गर्दैनन्, र अवश्य पनि, तिनीहरूले गरेका गल्तीहरू वा तिनीहरूले प्रकट गरेका भ्रष्ट स्वभावहरूलाई त झन् स्वीकार गर्दै-गर्दैनन्। तिनीहरूले आफूलाई कसिलोसँग बेरेर राख्छन्, र तिनीहरूले केही पनि फुस्किन नपाओस् भनी सुनिश्चित गर्छन्। तिनीहरूको लक्ष्य आफ्नो हैसियत र प्रतिष्ठाको रक्षा गर्नु, मानिसहरूको हृदयमा सधैँ एउटा महिमित, निर्दोष छविलाई कायम राख्नु हो, ताकि मानिसहरूले तिनीहरूको मानवतामा कुनै अवगुण छैन, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् र पछ्याउँछन्, सत्यताको अभ्यास गर्न सक्छन्, कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्, र तिनीहरूमा कुनै पनि भ्रष्ट स्वभाव छैन भन्ने सोचून्। यस्ता मानिसहरू दियाबलसहरू हुन्, मानिसहरू होइनन्। दियाबलसहरूले सत्यतालाई स्वीकार नै गर्दैनन्, र तिनीहरूले आफूलाई सत्यताको साक्षात् स्वरूप, सिद्ध छविको प्रतीकको रूपमा भेष बदल्नका लागि हरेक तरिका समेत सोच्छन्। यो अनाचारी र दुष्ट दुवै हो, होइन र? तिनीहरूले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले आफूलाई सधैँ सिद्ध, अवगुणरहित मानिसको रूपमा प्रस्तुत गर्छन्। तिनीहरूमा नकारात्मकता, कमजोरी, वा धारणाहरू भए पनि, तिनीहरूले तिनलाई खुलासा गर्ने आँट कहिल्यै गर्दैनन्, तिनलाई बेरेर मात्र राख्छन्। कसैले तिनीहरूलाई खुलासा गर्नेबित्तिकै, तिनीहरूले त्यस व्यक्तिलाई घृणा गर्छन् र उसलाई सास्ती दिने विभिन्न तरिकाहरू सोच्छन्, र साथसाथै आफ्नो छवि पुनर्स्थापित गर्न विभिन्न विधि र माध्यमहरू प्रयोग गर्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले सधैँ आफ्नो रक्षा गर्छन्, केही भ्रमित पार्ने दुष्ट शब्दहरू बोल्छन्, र जानाजानी सेतोलाई कालो र कालोलाई सेतो बनाउँछन् अनि सही र गलतलाई गोलमाल गर्छन्, ताकि खुट्ट्याउने क्षमता नभएका कतिपय मानिसहरूलाई भ्रमित पार्न सकियोस्, र यसरी तिनीहरूप्रतिको मानिसहरूको धारणा परिवर्तन गर्न र मानिसहरूले तिनीहरूको बरेमा गरेको चित्रणलाई पुनर्मूल्याङ्कन गर्न सकून्। यस्ता मानिसहरू साँचो दियाबलसहरू हुन्, र तिनीहरूमा मानवताको एक अंश पनि हुँदैन। दियाबलसहरूले जति राम्ररी काम प्रस्तुत गर्न सके पनि, विभिन्न मामिलाहरूमा तिनीहरूका दृष्टिकोणहरू जस्तोसुकै भए पनि, छोटकरीमा, तिनीहरूमा दुष्ट प्रकृति हुने भएकोले, तिनीहरू सत्यताप्रति शत्रुवत् हुनेछन्। अर्थात्, तिनीहरूको हृदयको गहिराइबाट, तिनीहरूले सत्यता वा सकारात्मक कुराहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू सुन्दैनन् वा परमेश्वरका वचनहरू स्वीकार गर्दैनन्; तिनीहरूको प्रकृति सार परमेश्वरलाई घृणा गर्नु हो। परमेश्वरले जे भन्नुभए पनि, तिनीहरूलाई वितृष्णा लाग्छ। सायद तैँले तिनीहरूको वितृष्णा पत्ता लगाउन सक्दैनस्; बाहिरी रूपमा, तिनीहरू भेलाहरूमा पनि उपस्थित हुन्छन् र परमेश्वरका वचनहरू पढ्छन्, र हरेक सत्यताप्रति शत्रुताको मनोवृत्ति देखाउँदैनन्। तर जब तिनीहरूका धारणाहरू अनुरूप नहुने वा तिनीहरूका हितहरू समावेश हुने केही कुरा हुन्छ, तब तिनीहरूले परमेश्वर, परमेश्वरको घर, र सत्यताको आलोचना गर्नेछन्, सत्यता पछ्याउनेहरूलाई आलोचना र आक्रमण गर्नेछन्, र कुनै पनि सकारात्मक कुराको आलोचना गर्नेछन्—तिनीहरूले आफ्नो दुष्ट प्रकृतिलाई खुलासा गर्नेछन्। यस समयमा, तैँले के पत्ता लगाउनेछस् भने, तिनीहरूले सत्यता स्वीकार गर्न इच्छुक छु भनी गरेको दाबी सबै बहाना हो; तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूले सत्यतालाई घृणा गर्छन् र त्यसप्रति वितृष्णा राख्छन्, र त्यसलाई अलिकति पनि स्वीकार गर्दैनन्। तर तिनीहरू भेष बदल्नमा सिपालु हुने भएकाले, तिनीहरूले फरिसीहरूले जस्तै केही मानिसहरूलाई धोका दिन्छन्।
दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूसँग सत्यताप्रति शत्रुता, आलोचना, र आक्रमणबाहेक केही हुँदैन; यस्तो मानसिकता लिएर, तिनीहरूले सत्यता स्वीकार गर्नु असम्भव हुन्छ। जब परमेश्वरको घरको कामको प्रबन्धहरूको कुरा आउँछ, तब तिनीहरूले अरूले ती सुनून् भनेर ठूलो सोरमा सरसरी पढ्छन्, त्यसपछि त्यो काम सकियो भन्ने ठान्छन्। जब वास्तविक काम गर्ने समय आउँछ, तब तिनीहरूले कामका प्रबन्धहरूमा माग गरिएका सिद्धान्तहरूअनुसार पटक्कै अभ्यास गर्दैनन्, बरु आफ्नै इच्छा, आफ्ना धारणा र कल्पनाहरूअनुसार काम गर्छन्। तिनीहरूले आफ्नो हैसियत र प्रतिष्ठाका लागि लाभदायक हुने कामका प्रबन्धहरूलाई मात्र लागू गर्नेछन्; यदि कामको प्रबन्धहरू तिनीहरूको ख्याति, प्राप्ति, र हैसियतका लागि लाभदायक छैनन् भने, तिनीहरूसँग लागू गर्ने क्षमता भए पनि, तिनीहरूले ती लागू गर्नेछैनन्। किन? किनभने एक पटक कामका प्रबन्धहरू लागू भएपछि, मानिसहरूले यो परमेश्वरको घरले गरेको हो भनी थाहा पाउनेछन् अनि तिनीहरूलाई होइन तर परमेश्वरलाई मात्र धन्यवाद दिनेछन्; मानिसहरूले परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ भन्ने महसुस गर्नेछन् र यसका लागि तिनीहरूको कुनै श्रेय छ भन्ने महसुस गर्नेछैनन्, जसको अर्थ तिनीहरूले प्रतिष्ठा, हैसियत, वा कुनै लाभहरू प्राप्त गर्नेछैनन्। यो एउटा कारण हो। अर्को कारण के हो भने, दियाबलसहरूको प्रकृति सत्यताप्रति शत्रुवत् हुने भएकोले, तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार केही पनि गर्नेछैनन्, बरु आफ्नै महत्त्वाकाङ्क्षा, चाहना, र नैसर्गिक प्रवृत्तिहरूअनुसार काम गर्नेछन्। शैतानका नैसर्गिक प्रवृत्तिहरू के-के हुन्? दुष्ट काम गर्नु र परमेश्वरको प्रतिरोध गर्नु, परमेश्वरको काममा अवरोध गर्नु, र मानिसहरूलाई परमेश्वरबाट टाढा बनाउनु, परमेश्वरलाई धोका दिन लगाउनु, र त्यसको सट्टामा त्यसैको आराधना गर्न लगाउनु। शैतान मण्डलीमा आउनुको उद्देश्य मण्डलीको कामलाई बाधा दिनु र ध्वस्त पार्नु हो। मण्डलीको काममा जे-जति कुराले अराजकता र बाधा ल्याउन सक्छ, त्यसले त्यही कुरा गर्नेछ। त्यसले त्यसको हैसियत वा प्रतिष्ठामा कुनै लाभ नल्याए पनि, जबसम्म त्यसले मण्डलीको काममा अवरोध, बाधा, र क्षति ल्याउन सक्छ, तबसम्म त्यसले आफ्नो लक्ष्य हासिल गरेको हुन्छ। उदाहरणका लागि, परमेश्वरको घरले सबै इलाकाका मण्डलीहरूलाई हरेक महिना सुसमाचार प्रचारमार्फत प्राप्त भएका मानिसहरूको सङ्ख्या सही र सत्य रूपमा रिपोर्ट गर्न माग गर्छ। के तिनीहरूले यो काम छलरहित तरिकाले गर्न सक्छन्? सक्दैनन्, तिनीहरूले धोका दिने र झूटा सङ्ख्याहरू रिपोर्ट गर्ने हरेक तरिका सोच्नेछन्, यो महिना एक सय जना थप रिपोर्ट गर्ने, अर्को महिना दुई सय जना थप रिपोर्ट गर्ने, र यदि कसैले यो कुरा पत्ता लगाएन भने, तिनीहरूले अरू धेरै सय जना थप रिपोर्ट गर्नेछन्। तिनीहरूले कामको प्रबन्धअनुसार कहिल्यै अभ्यास गर्दैनन्, र तिनीहरूले जस्तोसुकै समस्याहरूको सामना गरे पनि तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्दैनन्; तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्ने वा काम गर्ने भन्नेमा कुनै नैतिक सीमाहरू हुँदैनन्। तिनीहरू दियाबलसहरू हुन्। सत्यता जस्तोसुकै तरिकाले सङ्गति गरिए पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्नेछैनन्। तिनीहरूको विवेक भावनाविहीन हुन्छ; तिनीहरू विवेकहीन प्राणी हुन्। परमेश्वरको घरको कामका प्रबन्धहरूले परमेश्वरका वचनहरूका पुस्तकहरू वितरण गर्ने सिद्धान्तहरू तोकेको छ—कसले ती प्राप्त गर्नुपर्छ र कसले प्राप्त गर्नु हुँदैन। के तिनीहरूले यी सिद्धान्तहरूअनुसार काम गर्न सक्छन्? (सक्दैनन्।) कामको प्रबन्धले एउटा मण्डली स्थापना गर्नका लागि कति जना मानिसहरू चाहिन्छ, कतिवटा मण्डलीले एउटा जिल्ला बनाउँछ, कतिवटा जिल्लाले एउटा क्षेत्र बनाउन सक्छ, र सबै तहमा अगुवाहरू स्थापना गर्ने सर्त र सिद्धान्तहरू के-के हुन् भनी तोकेको छ। के तिनीहरूले यी सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले परमेश्वरको घरको काम वा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन प्रवेशका लागि लाभदायक हुने कुनै पनि काम गर्नेछैनन्। तिनीहरूले मनमनै सोच्छन्, “यदि मैले तिमीहरूका लागि राम्रो काम गरेँ, र दाजुभाइ तथा दिदीबहिनीहरू सबै जीवनमा बढे र मलाई खुट्ट्याउन सके भने, के म अझै पनि आफ्नो खुट्टामा उभिन र आफ्नो हैसियत कायम राख्न सक्छु र? म तिमीहरूका लागि पक्कै पनि आफूलाई थकाउनेछैनँ! म जथाभाबी रूपमा कामहरू मात्रै गर्नेछु। परमेश्वरको घरले एउटा मण्डली बन्नका लागि पचास जना मानिस चाहिन्छ भनी माग गर्छ, तर म असी वा नब्बे जनामा जोड दिनेछु। मण्डलीका अगुवाहरू कसरी निर्वाचित हुन्छन् भन्ने कुराको हकमा, त्यो कुन अभ्यासले मलाई फाइदा गर्छ भन्नेमा निर्भर हुन्छ। यदि निर्वाचित मण्डली अगुवा मेरो रुचिअनुसारको भएन भने, म मेरो कुरा सुन्ने र मेरो आज्ञापालन गर्ने कसैलाई नियुक्त गर्नेछु।” तिनीहरूले यसरी काम गर्दा, के सामान्य मण्डली जीवन आउन सक्छ? यसका लागि धेरै समय लाग्नेछ। सामान्य मण्डली जीवनविना, के दाजुभाइ तथा दिदीबहिनीहरू जीवन प्रवेशमा छिटो बढ्न सक्छन्? के नयाँ विश्वासीहरूले छिट्टै जग बसाल्न सक्छन्? (सक्दैनन्।) भन्नुको अर्थ, दियाबलसहरू रहेका यी झूटा अगुवा र ख्रीष्ट विरोधीहरूले दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन प्रवेशका लागि लाभदायक हुने कुनै पनि काम गर्नेछैनन्। तैँले तिनीहरूलाई निकै जोसका साथ व्यस्त भएको देख्छस्, तर तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले त आफ्नै ख्याति, प्राप्ति, र हैसियतका लागि मात्र काम गरिरहेका हुन्छन्। तिनीहरूलाई फाइदा पुग्छ भने तिनीहरूले जे चाहन्छन् त्यही गर्छन्, र आफूलाई पूर्ण रूपमा जे मन लाग्यो त्यही गर्ने छुट दिन्छन्। तिनीहरूमा जतिसुकै महत्त्वाकाङ्क्षा र चाहनाहरू भए पनि, तिनीहरूले शक्ति प्राप्त गर्दा तिनलाई पूर्ण हदसम्म साकार पार्नेछन्; तिनीहरूले यो अवसरलाई पटक्कै गुमाउनेछैनन्। मण्डली जीवन, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन प्रवेश, मण्डलीको सुव्यवस्था, र परमेश्वरको घरको सुसमाचारको काम र अन्य क्षेत्रहरूका कामहरू प्रगति भइरहेका छन् कि छैनन् वा सहज रूपमा प्रगति भइरहेका छन् कि छैनन्—यीमध्ये कुनै पनि कुरा तिनीहरूको चिन्ताको विषय हुँदैन। उदाहरणका लागि, यदि तिनीहरूलाई मण्डलीले पुस्तकहरू कसरी र कसलाई वितरण गर्नुपर्छ भनी भनियो भने, तिनीहरूले सोच्छन्, “यति कडा हुनु आवश्यक छैन। म तिनीहरूलाई जसरी भए पनि वितरण गर्नेछु र त्यति हो।” जब मण्डलीले पुस्तकहरू भण्डारण गर्ने गरेको ठाउँ सुरक्षित छ कि छैन भनेर सोधिन्छ, तब तिनीहरूले भन्छन्, “त्यो सुरक्षित छ कि छैन भनेर कसले वास्ता गर्छ र? जे भए पनि, हामीसँग पुस्तकहरू भण्डारण गर्ने ठाउँ त छ, त्यसैले ठीकै छ।” हेर् त, माथिका नीतिहरूका लागि तिनीहरूसँग प्रति-उपायहरू हुन्छन्। तिनीहरूले परमेश्वरको घरबाट आएका कुनै पनि कामको प्रबन्ध वा अभ्यासका निश्चित सिद्धान्तहरू लागू गर्दैनन्; बरु, तिनीहरूले आफ्नै विचार र विधिहरूअनुसार काम गर्छन्। के यो आफ्नै अभ्यासहरूद्वारा सत्यतालाई प्रतिस्थापन गर्ने प्रयास गर्नु होइन र? यदि परमेश्वरका चुनिएका मानिसहरू यस्ता दियाबलसहरूको हातमा परे भने, तिनीहरूले कष्ट भोग्नेछन्—दियाबलसहरूले जे चाहन्छन् त्यही गर्नेछन्, र सबैले तिनीहरूको कुरा सुन्नुपर्नेछ, मानौँ तिनीहरू डाँकुका सरदारहरू, स्थानीय तानाशाहहरू, मालिकहरू, वा सम्राटहरू हुन्। परमेश्वरका चुनिएका मानिसहरूले सामान्य मण्डली जीवन बिताउन असम्भव हुनेछ, तिनीहरूले साँचो मार्गमा छिट्टै जग बसाल्न असम्भव हुनेछ, र तिनीहरूले विभिन्न सत्यताहरूमा छिट्टै प्रगति गर्न असम्भव हुनेछ। दियाबलसहरूले एउटा पनि असल काम गर्नेछैनन्। जहाँ कुनै मण्डलीले दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूबाट बाधा अनुभव गर्छ, र अराजकताको अवस्था उत्पन्न हुन्छ, त्यसले त्यस मण्डलीका अगुवाहरू वास्तविक काम गर्न असक्षम छन् र तिनीहरू नाम मात्रका हुन् भन्ने कुरा प्रमाणित गर्छ। विश्वासमा नयाँ भएका दाजुभाइ तथा दिदीबहिनीहरू जग बसाल्नुभन्दा पहिले नै ख्रीष्ट विरोधीहरूद्वारा भ्रमित हुन्छन्, र मण्डली जीवन पनि अराजकतामा डुब्छ। यो सबै झूटा अगुवाहरूले वास्तविक काम नगरेको कारणले हुन्छ। के झूटा अगुवाहरूसँग वास्तविक काम गर्ने समय हुँदैन भन्ने हो र? (होइन।) यदि तिनीहरूले यो अत्यावश्यक काम गर्न चाहेको भए, तिनीहरूसँग पर्याप्तभन्दा बढी समय हुनेथियो, तर तिनीहरूले त्यसो गर्दैनन्। यसले दियाबलसहरूको दुष्ट प्रकृतिलाई प्रकट गर्छ। तिनीहरू मण्डली अराजकतामा नपरोस् भनेर सबैभन्दा बढी डराउँछन्, त्यो पूर्ण रूपमा अराजक बनोस् भनी चाहन्छन्, मण्डलीको काम अराजकता र गतिहीनताको अवस्थामा रहोस् भनी तिर्सना गर्छन्, सबै मण्डली सदस्यहरूले दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूको आज्ञापालन गरून्, र तिनीहरू ख्रीष्ट विरोधीहरू, दुष्ट मानिसहरू, र दियाबलसहरूद्वारा भ्रमित होऊन्, र तिनीहरूले परमेश्वरलाई नपछ्याऊन् भन्ने आशा गर्छन्। तिनीहरूले चाहने कुरा ठ्याक्कै यही हो, र तिनीहरू खुसी र सन्तुष्ट हुनेछन्। जब दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य मण्डली जीवन पाउँछन्, तब तिनीहरूले सामान्य रूपमा परमेश्वरका वचनहरू खान र पिउन अनि सत्यतामा सङ्गति गर्न सक्छन्, र तिनीहरूले मण्डली जीवनमा भाग लिँदा हरेक पटक केही न केही प्राप्त गर्न सक्छन्, तब यी मानिसहरूलाई असहज महसुस हुन्छ। किनभने यदि मानिसहरूले सधैँ केही न केही प्राप्त गरिरहेका छन् र तिनीहरू बिस्तारै जीवनमा बढिरहेका छन् भने, तिनीहरूले उनीहरूलाई खुट्ट्याउनेछन् र उनीहरूलाई इन्कार गर्नेछन्, र उनीहरूले आफ्नो हैसियत गुमाउनेछन्, जुन परिणाम तिनीहरू हेर्न चाहँदैनन्। तिनीहरूलाई के लाग्छ भने, मण्डली जति धेरै अराजक हुन्छ, तिनीहरूसँग आफ्नो प्रतिभा प्रदर्शन गर्ने त्यति नै धेरै अवसरहरू हुन्छन्, आफ्नो प्रतिभालाई प्रयोगमा ल्याउने त्यति नै धेरै ठाउँ हुन्छ, र तिनीहरू त्यति नै बढी आफ्नो तत्त्वमा हुन र तिनीहरूले अराजकतामा विजय खोज्न सक्छन्। यो साँच्चै दियाबलसहरूको षड्यन्त्र हो! जहाँ दियाबलसहरू उपस्थित हुन्छन्, त्यहाँ कुनै पनि सत्यता सिद्धान्त र कुनै पनि निश्चित कामको प्रबन्ध लागू गर्न सकिँदैन। दाजुभाइ तथा दिदीबहिनीहरूले कामको प्रबन्ध पढ्न सक्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्न कुनै मार्ग पाउँदैनन्। जब मण्डलीमा अराजकता उत्पन्न हुन्छ, तब दियाबलसहरूका रूपमा रहेका यी झूटा अगुवा र ख्रीष्ट विरोधीहरूले त्यसलाई समाधान नै गर्दैनन्, र तिनीहरू गोप्य रूपमा रमाउँछन् समेत। तिनीहरूले केही समस्या सिर्जना गर्ने हरेक तरिका समेत सोच्छन्, अर्को दियाबलस वा ख्रीष्ट विरोधीलाई अगुवाको रूपमा नियुक्त गर्छन्, जसले गर्दा मण्डली अझै बढी अराजक बन्छ; यसले तिनीहरूलाई अझै खुसी बनाउँछ। के यो ठूलो रातो अजिङ्गरले काम गर्ने तरिकाजस्तै होइन र? ठूलो रातो अजिङ्गरले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न, परमेश्वरलाई पछ्याउन, वा आफ्नो कर्तव्य निर्वाह गर्न अनुमति दिँदैन; त्यसले मानिसहरूलाई पार्टीको कुरा सुन्न र पार्टीलाई पछ्याउन मात्र अनुमति दिन्छ। तिनीहरूले खान, पिउन, रमाइलो गर्न, र कुनै पनि अपराध गर्न सक्छन्; तिनीहरूले जस्तोसुकै अपराध गरे पनि, त्यसले तिनीहरूलाई रोक्दैन। समाजमा धेरै स्थानीय गुण्डाहरू, बदमासहरू, र वेश्याहरू छन्; मानिसहरू पापमा जिउँछन् र पापको आनन्दमा लिप्त हुन्छन्, र यसरी कसैले पनि राष्ट्रिय मामिलाहरूको वास्ता गर्दैन, र कसैले पनि चिनियाँ कम्युनिस्ट पार्टीले पर्दा पछाडि कति दुष्टता गरेको छ भनेर अनुसन्धान गर्दैन। यसलाई ध्यान अर्कोतिर मोड्ने कार्य भनिन्छ। चीनमा धेरै वर्षसम्म शासन गर्दा, ठूलो रातो अजिङ्गरका लागि सबैभन्दा प्रभावकारी रणनीति भनेको विभिन्न देशहरूबाट विभिन्न दुष्ट प्रवृत्तिहरू र दुष्ट विचार र दृष्टिकोणहरूलाई चीनमा भित्र्याउनु रहेको छ। यसपछि, चिनियाँ मानिसहरू यौनको मामिलामा पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूको दिमाग खुला हुन्छ, र तिनीहरूले यौनको बारेमा कुरा गर्ने तरिका पनि खुला हुन्छ। तिनीहरू दिनभरि यी कुराहरूको बारेमा सोच्छन्। आम मानिसहरूको जीवन के बनेको छ? यो खानपान र यौन, अर्थात् तिनीहरूको प्राकृतिक इच्छाहरूको वरिपरि घुम्छ। आम मानिसहरू सबै यस्तो दुष्चक्रमा फसेका छन्, त्यसैले तिनीहरूले राजनीति र शासकहरूप्रतिको आफ्नो सतर्कतालाई खुकुलो पार्छन्, तिनीहरूसँग राजनीति र शासकहरूको बारेमा कुनै संवेदनशीलता हुँदैन, र तिनीहरूले उनीहरूको वास्ता नै गर्दैनन्। अफिमको दुर्व्यसनीहरूजस्तै, तिनीहरूको इच्छाशक्ति कमजोर हुन्छ। पुरुषहरूसँग अब करियर पछ्याउने महत्त्वाकाङ्क्षा हुँदैन, र महिलाहरूसँग अब असल पत्नी र मायालु आमा बन्ने चाहना हुँदैन। मानिसहरू सही मार्गमा हिँड्दैनन् वा उचित कामहरूमा संलग्न हुँदैनन्। कोही पनि राजनीतिमा भाग लिँदैन, र सबै जना ठूलो रातो अजिङ्गरप्रति पूर्ण रूपमा समर्पित हुन्छन्। यसरी, ठूलो रातो अजिङ्गरको शासन सुदृढ हुन्छ, किनभने यस्ता मानिसहरूमाथि शासन गर्न सजिलो हुन्छ। “शासन गर्न सजिलो” को अर्थ के हो? यसको अर्थ, ठूलो रातो अजिङ्गरले आम मानिसहरूलाई जतिसुकै दमन गरे पनि, तिनीहरूको कुनै आपत्ति हुँदैन र तिनीहरूले त्यो सहन गर्नुपर्छ। के अहिले हासिल भएको प्रभाव ठीक यही होइन र? (हो।) चिनियाँ चलचित्र वा अनलाइन भिडियोहरू हेर; तीमध्ये असीदेखि नब्बे प्रतिशत यौन इच्छा वा पुरुष र महिलाबीचको सम्बन्धका बारेमा हुन्छन्। यसले मानिसहरूमा भयानक प्रभाव पार्छ; यसले बालबालिका र नाबालिगहरूलाई सुरक्षा दिँदैन। यस सन्दर्भमा पश्चिमीहरूको कडा प्रावधानहरू छन्; तिनीहरूले बालबालिका र नाबालिगहरूलाई सुरक्षा दिन्छन् र उनीहरूका लागि रोकथामका उपायहरू अपनाएका छन्। आजका चिनियाँ युवाहरू यस्तै सामाजिक वातावरणमा हुर्कन्छन्। सानै उमेरमा, तिनीहरूको दिमाग रोमान्स, प्रेम, यौन, र विवाहजस्ता कुराहरूले भरिएका हुन्छन्। यो डरलाग्दो कुरा हो! यदि मानवजाति यस्तो सामाजिक सन्दर्भमा जियो, र सामाजिक वातावरणको प्रभाव र शिक्षाद्वारा, मानवजातिको सामान्य शारीरिक आवश्यकताहरूलाई शैतानले पतित स्तरसम्म भ्रष्ट तुल्यायो भने, मानिसहरूको हृदय दुष्ट र पतित हुनेछ। दुष्टता र पतनको एउटा प्रकटीकरण के हो भने, मानिसहरूमा यस सन्दर्भमा लाजको कुनै भावना हुँदैन, वा यस सन्दर्भमा तिनीहरूको लाजको भावनाको मानक घटेको हुन्छ। कतिपय मानिसहरूमा विवेक र समझ हुने भएकोले, तिनीहरूको हृदयमा एउटा रेखा हुन्छ जसलाई तिनीहरूले पार गर्नेछैनन्; यो तिनीहरूको अल्प विवेक र समझले हासिल गर्न सक्ने सानो लाजको भावना हो। तर यी मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि, उनीहरूले अझै पनि त्यस सामाजिक सन्दर्भमा हुर्कनुका छाया र छापहरू बोक्छन्। आजसम्म, कतिपयले बिस्तारै तिनलाई हटाइरहेका छन्, जबकि अरू अझै पनि त्यस छायामा बाँचिरहेका छन् र त्यसबाट बाहिर निस्केका छैनन्। त्यस प्रकारको सामाजिक वातावरण र पृष्ठभूमिमा हुर्कने मानिसहरूको सकारात्मक कुराहरू, इन्साफप्रतिको भित्री इच्छा, र सही मार्गमा हिँड्ने तिनीहरूको सङ्कल्प, निश्चयता, वा तिर्सनालाई केही हदसम्म नाश गरिएको हुन्छ। “नाश गरिएको” को अर्थ के हो? यसको अर्थ, यस्तो सामाजिक वातावरणद्वारा प्रभावित र शिक्षित भएकाले, यी मानिसहरूको सकारात्मक कुराहरूको तिर्सना गर्ने र ज्योति र इन्साफ पछ्याउने निश्चयता, लगनशीलता, र इच्छाशक्ति धेरै कमजोर हुन्छ; तिनीहरूले कुनै पनि आँधीबेहरी, कुनै पनि बाधा, वा कुनै पनि हार सहन सक्दैनन्। यो अफिम सेवन गरेका मानिसहरूजस्तै हो; तिनीहरूले छोडे पनि, औषधिको हानि त्यहाँ रोकिँदैन। जब तिनीहरूले बाधा वा असफलताहरूको सामना गर्छन्, जब तिनीहरूले निरुत्साहित वा नकारात्मक महसुस गर्छन्, तब तिनीहरू फेरि दुर्व्यसनमा फस्न सक्छन् र आफ्नो दिमागलाई सुन्न पार्न र जीवनका विभिन्न कठिनाइहरूबाट भाग्न फेरि अफिम प्रयोग गर्न सक्छन्। अर्थात्, तिनीहरूका लागि आफ्नो लागुऔषधको लतलाई एकै पटक र सधैँका लागि छोड्नु असम्भव हुन्छ; तिनीहरू अगाडि बढ्दै जाँदा फेरि दुर्व्यसनमा फस्नेछन्, आफ्नो पुरानो बानीमा फर्किनेछन्, र जीवनका विभिन्न समस्याहरू समाधान गर्न उही विधि प्रयोग गर्नेछन्। यस्तो दुष्ट सामाजिक वातावरण र पृष्ठभूमिमा हुर्केका यी मानिसहरूले शैतानबाट धेरै विधर्म र भ्रामक कुराहरू प्राप्त गरेका छन्, जसले तिनीहरूको हृदयमा धेरै गहिरो जरा गाडेको हुन्छ। सत्यता पछ्याउने तिनीहरूको इच्छा अझै पनि धेरै कमजोर हुन्छ, र तिनीहरूले शैतानी दुष्ट शक्तिहरूबाट आउने भ्रम र लोभलाई, वा तिनका विभिन्न परीक्षाहरूलाई सहन सक्दैनन्। अर्थात्, यी मानिसहरूले परमेश्वरलाई पछ्याए पनि, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, तिनीहरूको मूल्यमान्यताको प्रणाली, प्रेमप्रतिको तिनीहरूको दृष्टिकोण, र खुसीप्रतिको दृष्टिकोण सबै दुष्ट प्रवृत्तिहरूद्वारा गहिरो रूपमा प्रभावित र अनुकूलित भएका हुन्छन्, यहाँसम्म कि तिनीहरू यी कुराहरूद्वारा बाँधिएका र जकडिएका हुन्छन्। कतिपयले अझै पनि सुखी वैवाहिक जीवनमा, दुई जनाको संसारमा, र यौन इच्छामा लिप्त हुनलाई संसारको दुष्ट प्रवृत्तिहरूमा फर्कन चाहन्छन्। यी मानिसहरूलाई ती दुष्ट विचार र दृष्टिकोणहरूद्वारा फेरि व्याप्त वा नियन्त्रित हुन निकै सजिलो हुन्छ। विशेष गरी जब मानिसहरूले प्रेम र विवाह समावेश भएका केही चलचित्रहरू हेर्छन्, तब तिनीहरूको हृदय कमजोर हुन्छ, तिनीहरूले विवाह र प्रेममा बाँचिरहेका र जीवनको आनन्द लिइरहेका गैरविश्वासीहरूप्रति ईर्ष्या गर्छन्, र तिनीहरूले सत्यता पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा गुमाउँछन्। यो धेरै डरलाग्दो कुरा हो। यी वास्तविक परिस्थितिहरूबाट, के देख्न सकिन्छ भने हरेक व्यक्ति, आजसम्म परमेश्वरलाई पछ्याउन अनगिन्ती कठिनाइहरूबाट गुज्रेको भए तापनि, अझै पनि सुरक्षित हुँदैन। सायद तँलाई तैँले सत्यता पछ्याउन, सत्यता स्वीकार गर्न र सत्यताको अभ्यास गर्नमा आफ्नो सबै शक्ति लगाइसकेको छस् भन्ने लाग्छ होला, तर मानिसमाथि शैतानको विनाशका दुष्परिणामहरू तँबाट अझै पनि हटाइएका छैनन्, त्यसैले तँ अझै पनि ठूलो खतरामा हुन्छस्।
हामी दियाबलसहरूका दुष्ट प्रकटीकरणहरूमा रहेको सङ्गतिलाई जारी राखौँ। दियाबलसहरूका दुष्ट प्रकटीकरणहरू धेरै छन्; तिमीहरूले ती सर्वव्यापी छन् भनेर भन्न सक्छौ—तिमीहरूले ती मानिसहरूको कुनै पनि समूहमा भेट्टाउनेछौ। हामी मुख्यतया दियाबलसहरूका विभिन्न दुष्ट प्रकटीकरणहरूलाई तिनीहरूको दुष्ट सारको चित्रण गर्न सत्यताअनुसार मापन गर्छौँ। यो सबैभन्दा सही तरिका हो। दियाबलसहरूले सत्यताप्रति राख्ने विभिन्न मनोवृत्तिहरू—त्यसप्रति शत्रुवत् हुनु, त्यसलाई आक्रमण गर्नु, र त्यसलाई प्रतिस्थापन गर्न खोज्नु—को आधारमा भन्दा, यस प्रकारको व्यक्तिको प्रकृति सार एउटा दुष्ट सार हो, एक दियाबलसको सार हो। तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन्, किनभने तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्दैनन् र कहिल्यै सत्यतालाई सकारात्मक कुराको रूपमा लिँदैनन्। तिनीहरूले किन सत्यतालाई सकारात्मक कुराको रूपमा लिँदैनन्? किनभने तिनीहरूमा मानवता हुँदैन, र तिनीहरू दियाबलसहरू हुन्; तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन्, र तिनीहरूसँग सत्यता स्वीकार गर्ने कुनै सामर्थ्य हुँदैन, न त तिनीहरूलाई सत्यता स्वीकार गर्ने कुनै आवश्यकता नै पर्छ। त्यसोभए, तिनीहरूको आवश्यकता के हो त? त्यो दुष्ट कामहरू गर्नु, परमेश्वर र सत्यताप्रति विरोधी हुने कामहरू गर्नु, र सत्यतालाई आक्रमण र प्रतिस्थापन गर्ने कामहरू गर्नु हो। यो तिनीहरूको मिसन हो, र यो तिनीहरूको प्रकृति सारद्वारा पनि निर्देशित हुन्छ। त्यसकारण, अन्त्यमा, यस्ता मानिसहरूलाई मण्डलीबाट निकाल्न मात्र गर्न सकिन्छ। परमेश्वरको घरमा तिनीहरूको लागि कुनै ठाउँ छैन, न त तिनीहरूले गर्नुपर्ने कुनै कर्तव्य नै छ। परमेश्वरको घरलाई तिनीहरूको कुनै पनि आवश्यकता छैन। परमेश्वरको घरमा इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नेहरू, चाहे तिनीहरूले सत्यतालाई प्रेम गरून् वा नगरून्, तिनीहरू कम्तीमा पनि व्यक्तिपरक रूपमा सत्यता स्वीकार गर्न इच्छुक हुन्छन्, सत्यताप्रति शत्रुवत् हुँदैनन्, तिनीहरूले सत्यतालाई कहिल्यै इन्कार गर्नेछैनन्, र परमेश्वरको कहिल्यै आलोचना, आक्रमण, वा निन्दा गर्नेछैनन्। अवश्य पनि, तिनीहरूले जानाजानी सत्यतालाई प्रतिस्थापन गर्ने कुनै पनि अभिव्यक्तिहरू बोल्ने वा तिनीहरू त्यस्तो कुनै पनि व्यवहार वा अभ्यासहरूमा संलग्न हुनेछैनन्। शैतान र दियाबलसहरूका दुष्ट प्रकटीकरणहरू—सत्यताप्रति शत्रुवत् हुनु, सत्यतालाई आक्रमण गर्नु, र सत्यतालाई प्रतिस्थापन गर्नु—शैतानमा दुष्ट सार छ भनेर प्रमाणित गर्नका लागि पर्याप्त छन्; तिनीहरू मण्डलीमा रहन सक्दैनन्। परमेश्वरका चुनिएका मानिसहरूले सत्यतालाई झन्-झन् बढी बुझ्दै जाँदा, र धेरैजसो मानिसहरूले सत्यताप्रति वितृष्णा राख्ने र शत्रुवत् हुने विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउँदै जाँदा, जो दियाबलसहरू हुन्, तिनीहरूको प्रकृति सार झन्-झन् स्पष्ट रूपमा खुलासा हुन्छ, र त्यो मानिसहरूद्वारा झन्-झन् स्पष्ट र सही रूपमा चिनिन्छ र खुट्ट्याइन्छ। त्यसकारण, यी मानिसहरू अरूद्वारा झन्-झन् बढी अस्वीकृत हुन्छन्, र अरूसँग मैत्रीपूर्ण रूपमा घुलमेल हुन र सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न झन्-झन् बढी असक्षम हुन्छन्। अन्ततः, तिनीहरूलाई बिस्तारै हटाइन मात्र सकिन्छ। के तिमीहरू यस्ता मानिसहरूलाई हटाइएको हेर्न इच्छुक छौ? (छौँ।) तिनीहरूलाई बिस्तारै हटाउनु राम्रो कुरा हो। एकातिर, यसले के प्रमाणित गर्छ भने, धेरैजसो परमेश्वरका चुनिएका मानिसहरू कदमा बढेका छन् र जो दियाबलसहरू हुन्, तिनीहरूलाई खुट्ट्याउन सक्ने भएका छन्, र उनीहरूले उप्रान्त तिनीहरूहरूलाई परमेश्वरमा विश्वास गर्ने वा दाजुभाइ तथा दिदीबहिनीको रूपमा लिँदैनन्। अर्कोतिर, जो दियाबलसहरू हुन्, तिनीहरूले गरेका कामहरू झन्-झन् बढी खुलासा हुन्छन्। मानिसहरूले तिनीहरूको प्रकृति सारलाई उदाङ्गो पार्छन्, र सबैले के देख्छन् भने, तिनीहरू सेवा दिन समेत योग्यका छैनन्; तिनीहरूले मण्डलीमा केवल बाधा र अवरोधहरू मात्र निम्त्याउँछन् र कुनै सकारात्मक प्रभाव पार्दैनन्। एक पटक तिनीहरूलाई हटाइएपछि र निकालिएपछि भने, मण्डलीको काम सामान्य रूपमा अघि बढ्छ। दियाबलसहरूमा मानवता हुँदैन; तिनीहरू जनावरहरूभन्दा खराब हुन्छन्। कतिपय जनावरहरूले आफ्नो मालिकको कुरा सुन्न, लगनशीलताका साथ काम गर्न, र आफ्नो मालिकलाई समस्या नदिन जान्दछन्। जनावरहरूमा केही समझ हुन्छ, तर दियाबलसहरूले यो हासिल गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई कर्तव्य निर्वाह गर्न प्रयोग गरिस् भने, तैँले अझै पनि तिनीहरूको सुपरिवेक्षण गर्न केही मानिसहरूको बन्दोबस्त गर्नुपर्छ। यदि तिनीहरूले आज्ञाकारी रूपमा सेवा दिन सक्ने भए, त्यो स्वीकार्य हुनेथियो, तर तिनीहरूले राम्ररी सेवा दिनेछैनन्। तैँले तिनीहरूको सुपरिवेक्षण गरे पनि, तैँले तिनीहरूलाई हेर्न नसक्ने समयहरू सधैँ हुनेछन्। यदि तैँले एक क्षणका लागि दियाबलसहरूबाट आफ्नो आँखा हटाइस् वा एउटा कुरालाई बेवास्ता गरिस् भने, तिनीहरूले कमजोरीको फाइदा उठाउनेछन् र मण्डलीको काममा अराजकता र समस्या निम्त्याउनेछन्। तैँले तिनीहरूलाई हेर्न धेरै मानिसहरू प्रयोग गर्छस्, र अन्त्यमा, तैँले अझै पनि तिनीहरूले सिर्जना गरेको गडबडीलाई सफा गर्न धेरै मानिसहरू लगाउनुपर्छ। तँलाई तिनीहरूलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्दा धेरै ठूलो हानि हुन्छ, त्यसो गर्नु सार्थक छैन, र तिनीहरूलाई प्रयोग गर्नु धेरै थकाउने र रिसउठ्दो कुरा हो भन्ने महसुस हुनेछ। तिनीहरूले काम गरेको हेर्नु जनावरहरूले काम गरेको हेर्नुजस्तै हो; तिनीहरूले सामान्य मानिसहरूले गर्न सक्ने काम कहिल्यै गर्न सक्दैनन्। अन्तमा, तैँले तिनीहरूलाई छर्लङ्गै देख्नेछस्: यस्ता मानिसहरू जनावरहरू हुन्, तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन्। जनावर र दियाबलसहरूले कहिल्यै सत्यता स्वीकार गर्नेछैनन्। तैँले अन्ततः यो कुरा स्पष्ट रूपमा बोध गर्छस्, र तैँले अन्ततः दियाबलसहरूलाई फेरि कहिल्यै प्रयोग नगर्ने निर्णय गर्छस् र तैँले तिनीहरूलाई निकाल्छस्। के जनावर र दियाबलसहरू मानिस बन्न सक्छन्? यो असम्भव छ। ठूलो रातो अजिङ्गरलाई दुष्ट काम गर्न छोड्न लगाउनु असम्भव छ; त्यसको प्रकृति दियाबलसको हो—त्यसले आँखा झिमिक्क नगरी मानिसहरूलाई मार्छ। दियाबलस र शैतान एउटै समूहका हुन्। तैँले ठूलो रातो अजिङ्गरलाई जसरी हेर्छस्, त्यसरी नै यी जनावर र दियाबलसहरूलाई हेर्नुपर्छ; यो सही हुन्छ। यदि तैँले दियाबलसहरूलाई शैतान र ठूलो रातो अजिङ्गरलाई हेर्नेभन्दा फरक तरिकाले हेरिस् भने, यसले के प्रमाणित गर्छ भने, तँलाई अझै पनि दियाबलसहरूको सारको पूर्ण बुझाइ छैन; यदि तैँले अझै पनि तिनीहरूलाई मानिसको रूपमा व्यवहार गर्छस्, तिनीहरूमा मानवता छ, केही प्रशंसनीय गुणहरू छन्, र तिनीहरूले अझै पनि छुटकारा पाउन सक्छन् भनी विश्वास गर्छस्, र तैँले अझै पनि तिनीहरूलाई मौका दिन आवश्यक ठान्छस् भने, तँ अज्ञानी होस्, तँ फेरि तिनीहरूको चालमा फसेको छस्, र तैँले यसको लागि मूल्य चुकाउनुपर्नेछ। तिनीहरूको चालमा नफस्नका लागि, तैँले दियाबलसहरूलाई पूर्ण रूपमा निकाल्नुपर्छ। तिनीहरूलाई कुनै दया नदेखा! ठीक छ, दियाबलसहरूका दुष्ट प्रकटीकरणहरूमा रहेको आजको सङ्गति यति नै हो। फेरि भेटौँला!
फेब्रुअरी १७, २०२४