सत्यता कसरी पछ्याउने (१)
हामीले सत्यता कसरी पछ्याउने भन्ने विषयमा निकै लामो समयदेखि सङ्गति गरेका छौं, र हामीले सङ्गति गरेका सबै कुरामा सत्यता कसरी पछ्याउने भन्ने बारेमा अभ्यासको एउटा पक्ष समावेश छ: त्याग्नु। अर्थात्, हाम्रो सङ्गतिको विषयवस्तु सबै मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा त्याग्नुपर्ने कुराहरूका बारेमा थियो, जुन मानिसहरूले आफ्नो जीवनमा र आफूले हिँड्ने जीवनको मार्गमा त्याग्नुपर्ने कुराहरू पनि हुन्। मानिसहरूले सत्यता पछ्याउने कार्यमा असर गर्ने कुराहरूमध्ये केही कुराहरू ठीक यिनै हुन्। त्यसोभए त्याग्ने बारेमा रहेको हाम्रो विषयवस्तुको पहिलो बुँदा के थियो? (मानिसहरूका विभिन्न नकारात्मक भावनाहरूलाई त्याग्नु।) अनि दोस्रो बुँदा के थियो? (मानिसहरूको पछ्याइ, आकांक्षा, र इच्छाहरूलाई त्याग्नु।) त्याग्ने बारेमा रहेको हाम्रो विषयवस्तुको पहिलो बुँदा विभिन्न नकारात्मक भावनाहरूलाई त्याग्नु थियो, र दोस्रो बुँदा मानिसहरूको पछ्याइ, आकांक्षा, र इच्छाहरूलाई त्याग्नु थियो। हरेक बुँदामा केही वटा उप-विषय र विवरणहरू समावेश थिए, होइन र? (हो।) हामीले जुनसुकै विषयमा सङ्गति गरिरहेका भए पनि, वा यस विषयवस्तुभित्र जुनसुकै वर्ग र भागहरू भए पनि, र जति धेरै उदाहरणहरू दिइए पनि, वा समस्याहरूका जति धेरै स्थिति र सारहरू खुलासा भए पनि, छोटकरीमा भन्दा, हामीले सङ्गति गरेका सबै विषयवस्तुहरूले मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा वा तिनीहरूको वास्तविक जीवनमा सामना गर्ने विभिन्न समस्याहरू, साथै मानिसहरूले छनौट गर्नुपर्ने अभ्यासका मार्गहरू र यी समस्याहरूको सामना गर्दा तिनीहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूलाई छोएका छन्। यी समस्याहरूसँग सम्बन्धित विभिन्न पक्षहरू खोक्रा छैनन् र ती मानिसहरूको विचार वा आत्मिक संसारमा मात्रै अस्तित्वमा हुँदैनन्। बरु, ती मानिसहरूको वास्तविक जीवनमा अस्तित्वमा हुन्छन्। त्यसकारण यदि तँ सत्यता पछ्याउन तयार छस् भने, तँलाई जस्तोसुकै समस्याहरू आइपरे पनि, तैँले सत्यताको खोजी गर्न र आफ्नो आधारको रूपमा लिनका लागि सम्बन्धित सत्यता सिद्धान्तहरू भेट्टाउन, अभ्यासको मार्ग पत्ता लगाउन, र यी समस्याहरू आइपर्दा तैँले पछ्याउने मार्ग प्राप्त गर्न सक्छस् भन्ने आशा गर्छु। यो सबै विषयवस्तुमा सङ्गति गर्नुको एउटा आधारभूत उद्देश्य यही हो। हामीले यी सबै सत्यताहरूका बारेमा सङ्गति गरिसकेका भए पनि, मानिसहरूले यी सत्यता वास्तविकताहरूमा प्रवेश गर्न केही समय लाग्छ। मानिसहरूले यी सत्यताहरूमा सङ्गति गरेर सुरु गर्नुपर्छ, र तिनीहरूले विभिन्न सत्यता सिद्धान्तहरूलाई आफ्नो आधारको रूपमा लिनुपर्छ, र सबै प्रकारका कुराहरूप्रतिको आफ्नो दृष्टिकोण, साथै आफ्नो जीवन मनोवृत्ति र अस्तित्वका माध्यमहरूलाई परिवर्तन गर्नुपर्छ। त्यसरी, परमेश्वरमा विश्वास गर्ने प्रक्रियामा वा जिउने र अस्तित्वमा हुने प्रक्रियामा, मानिसहरूले यी सत्यता सिद्धान्तहरू स्वीकार गरेर थाहै नपाई पहिले अस्तित्वमा रहेका, पुराना, र शैतानबाट आएका आफ्ना विभिन्न भ्रमपूर्ण विचार, दृष्टिकोण, वा मनोवृत्ति र अस्तित्वका माध्यमहरूलाई परिवर्तन गर्न सक्नेछन्, र तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई त्याग्न सक्नेछन्। त्यसकारण, हामीले यसभन्दा पहिले सङ्गति गरेका यी शब्दहरू र भविष्यमा सङ्गति गर्ने यी शब्दहरू कुनै प्रकारको ज्ञान, वा कुनै प्रकारको विद्वता होइनन्, र ती अवश्य नै सिद्धान्त होइनन्। बरु, मानिसहरूलाई आफ्नो दैनिक जीवनमा तिनीहरूले सामना गर्ने विभिन्न समस्या र कठिनाइहरूलाई समाधान गर्न मार्गदर्शन गर्न, निर्देशित गर्न, र सहयोग गर्नका लागि तिनको प्रयोग गरिन्छ। जब तैँले समस्याको सामना गर्छस्, वा जब तैँले परिस्थिति, वा व्यक्ति, घटना, वा कुराको सामना गर्छस्, तब तैँले पालना गर्नुपर्ने र अभ्यास गर्नुपर्ने सत्यता मापदण्डहरूका बारेमा हाम्रो सङ्गतिको विषयवस्तुभित्र हेर्न सक्छस्, ताकि तैँले आफ्नो भ्रष्ट स्वभाव र आफ्ना पुराना र गलत दृष्टिकोणहरू अनुसार अभ्यास गर्नुको सट्टा सत्यतालाई आफ्नो आधार र मापदण्डको रूपमा लिन सक्। मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता पछ्याउनु हो, तर सत्यता पछ्याउनुको उद्देश्य भनेको मानिसहरूको खोक्रो जीवन भर्नु, वा तिनीहरूको खोक्रो जीवन परिवर्तन गर्नु, वा तिनीहरूको आत्मिक संसारलाई सम्पन्न पार्नु होइन। सत्यता पछ्याउनुको उद्देश्य के हो? मानिसहरूका हकमा, उद्देश्य भनेको मुक्ति पाउनका लागि आफ्नो भ्रष्ट स्वभाव त्याग्नु हो; अवश्य नै, आफ्नो भ्रष्ट स्वभाव त्याग्नु भनेको परमेश्वरमा समर्पित हुन, र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्नका लागि पनि हो। तर परमेश्वरका लागि, मानिसहरूले सत्यता पछ्याउनुको उद्देश्य र महत्त्व त्यति साधारण हुँदैन; यो कसैले मुक्ति पाउनुसँग मात्रै सम्बन्धित हुँदैन। बरु, यो परमेश्वरले शैतानका भ्रष्ट स्वभावहरूले मूर्ख तुल्याउन छोडेको व्यक्तिलाई प्राप्त गर्नु हो, र अवश्य नै, यो परमेश्वरसँग मिल्ने प्रकारको व्यक्ति प्राप्त गर्नु पनि हो; अझै महत्त्वपूर्ण कुरा, यो परमेश्वरले सृष्टि गरिएको मानवजातिबाट आफूले चाहेको प्रकारको व्यक्ति, सबै कुराहरू व्यवस्थापन गर्न र सबै थोकसँग सदासर्वदा अस्तित्वमा रहन सक्ने व्यक्ति प्राप्त गर्नु हो। यो महत्त्व मानिसहरूका लागि जस्तै मुक्ति पाउनु जत्तिको सरल कुरा होइन। त्यसकारण, चाहे यो मानिसहरूका लागि होस् वा परमेश्वरका लागि होस्, सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले, सत्यता पछ्याउने कार्यसँग सम्बन्धित अभ्यासको एउटा पक्षको विषयवस्तु—“त्याग्नु”—मुक्ति प्राप्त गर्ने कार्यलाई पछ्याउन चाहने हरेक व्यक्तिका लागि महत्त्वपूर्ण हुन्छ। “त्याग्नु” को अभ्यास अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले, “त्याग्नु” सम्बन्धी विभिन्न सत्यता सिद्धान्तहरू, साथै “त्याग्नु” को अभ्याससँग सम्बन्धित रहेका अर्थात् खुलासा गरिएका विभिन्न स्थिति, भ्रष्ट स्वभावका प्रकटीकरणहरू, र भ्रष्ट विचार र दृष्टिकोणहरू मानिसहरूले राम्ररी बुझ्नुपर्ने कुराहरू हुन्। जब मानिसहरूले दैनिक जीवनमा प्रायजसो प्रकट हुने भ्रमपूर्ण विचार र दृष्टिकोणहरू, साथै तिनीहरूको भ्रष्ट स्वभाव र भ्रष्टताका प्रकटीकरणहरूलाई जाँच्छन् र बुझ्छन्, र यसरी आफूलाई चिन्छन्, र सत्यताको एउटा पक्षलाई बुझ्छन् र स्वीकार गर्छन्, त्यसपछि सम्बन्धित सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन्, तब मात्रै तिनीहरूले सत्यता पछ्याउने उद्देश्य हासिल गर्नेछन्। हामी सत्यता कसरी पछ्याउने भन्ने अन्तर्गत रहेको “त्याग्नु” का दुई वटा मुख्य बुँदाहरूका बारेमा हामीले यस अवधिमा गरेको हाम्रो सङ्गतिलाई लगभग समाप्त गरेका छौँ। पहिलो बुँदा के थियो? मानिसहरूका विभिन्न नकारात्मक भावनाहरूलाई त्याग्नु। दोस्रो बुँदा के थियो? मानिसहरूका पछ्याइ, आकांक्षा, र इच्छाहरूलाई त्याग्नु। हामीले यी दुई बुँदाहरूका बारेमा रहेको हाम्रो सङ्गतिमा धेरै विषयवस्तुहरू समावेश गरेका भए पनि, अझै महत्त्वपूर्ण कुरा के हो भने तैँले यी विषयहरूमा संलग्न रहेका प्रत्येक निश्चित सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ। मानिसहरूले सत्यता सिद्धान्तहरू बुझेपछि मात्रै तिनीहरूले आफ्नो दैनिक जीवनमा र आफ्नो जीवनको मार्गमा यी सत्यता सिद्धान्तहरू अनुसार आफ्नो आनीबानी प्रस्तुत गर्न र व्यवहार गर्न, क्रमिक रूपमा सत्यता वास्तवमा प्रवेश गर्न, र सत्यता पछ्याउने प्रक्रियामा, क्रमिक रूपमा सत्यतालाई बुझ्ने र प्राप्त गर्ने परिणामहरू हासिल गर्न सक्छन्।
हामीले यसभन्दा पहिले सङ्गति गरेको सत्यतालाई कसरी पछ्याउने अन्तर्गत रहेको “त्याग्नु” को अभ्यासको दुई वटा बुँदाले मानिसहरूको भ्रष्ट स्वभाव, तिनीहरूको विभिन्न विचार र दृष्टिकोण, र तिनीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाई छुन्छन्। तर “त्याग्नु” भित्र अर्को महत्त्वपूर्ण वा, अझै ठूलो बुँदा पनि छ भनेर पनि भन्न सकिन्छ, जसको बारेमा हामीले साँच्चै नै सङ्गति गर्नुपर्छ। त्यो बुँदा के हो? यसमा परमेश्वरप्रतिको मानिसहरूको मनोवृत्ति, परमेश्वरप्रतिको तिनीहरूको विचार र दृष्टिकोण, र तिनीहरूले आफ्नो दैनिक जीवनमा परमेश्वरलाई व्यवहार गर्ने अभ्यासका सिद्धान्तहरू समावेश हुन्छन्। यो बुँदा पहिलो दुई वटाभन्दा अलिक महत्त्वपूर्ण छ भनेर भन्न सकिन्छ। यो विषयवस्तु परमेश्वरप्रतिको मानिसहरूको मनोवृत्ति, परमेश्वरप्रतिको तिनीहरूको विचार र दृष्टिकोण, र मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्धसँग सीधै सम्बन्धित हुने हुनाले, यो हामीले “त्याग्नु” को यो बुँदा अन्तर्गत कुरा गर्ने अन्तिम विषयवस्तु हो, र अवश्य नै यो सबैभन्दा महत्त्वपूर्ण विषय पनि हो। हामीले यसभन्दा पहिले छलफल गरेका दुई वटा बुँदाहरूका केही विषयहरू मानिसहरूले परमेश्वरको बारेमा राख्ने निश्चित मनोवृत्ति र दृष्टिकोणहरूसँग, वा मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्धसँग सम्बन्धित छन्, तर हामीले हाम्रो सङ्गतिका अवधिमा अपनाएको अडानको हिसाबमा भन्दा, हामीले मानिसहरूका विभिन्न समस्याहरूलाई लगभग चिरफार गरिसकेका छौं—हामीले मानिसहरूको विभिन्न भ्रष्ट स्वभाव वा भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई तिनीहरूको विभिन्न प्रकारका समस्याहरूको प्रसंगभित्र चिरफार गरेका छौं। आज हामीले सङ्गति गर्न लागेको कुरा परमेश्वरप्रतिको मानिसहरूको मनोवृत्ति र परमेश्वरप्रतिको तिनीहरूको सोचाइ र दृष्टिकोणहरूसँग सम्बन्धित छ। सत्यता पछ्याउने प्रक्रियामा मानिसहरूले त्याग्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। यो बुँदा पनि त्यति सरल छैन, किनभने तिनीहरू जोसुकै भए पनि, वा तिनीहरू जस्तोसुकै व्यक्ति भए पनि, कसैसँग पनि परमेश्वरप्रतिको मनोवृत्ति एउटै हुँदैन वा परमेश्वरप्रतिको सोचाइ र दृष्टिकोण एउटै हुँदैन, र अवश्य नै, मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्ध एउटै प्रकारको मात्रै हुँदैन, र यसमा एउटै प्रकारको मानव स्थिति मात्रै समावेश हुँदैन। परमेश्वरप्रतिको मानिसहरूको विभिन्न मनोवृत्तिको कारण, र परमेश्वरको पहिचान, हैसियत, र छविप्रतिको मानिसहरूले राख्ने विभिन्न विचार र दृष्टिकोणहरू, साथै अरू कारणहरूले गर्दा, मानिसहरू र परमेश्वरको बीचमा विभिन्न प्रकारका सम्बन्धहरू पैदा हुन्छन्। त्यसकारण, आज हामी यस विषयमा सङ्गति गर्नेछौं र मानिसहरू र परमेश्वरको बीचमा अझै के-कस्ता गम्भीर समस्या वा अमेलपूर्ण द्वन्द्वहरू छन्, र मानिसहरूले अरू के कुरालाई त्याग्नुपर्छ भन्ने कुरा हेर्नेछौं। यो कुरा बुझेपछि, यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, परमेश्वरसँगको तेरो सम्बन्धमा सुधार आउनेछ, र परमेश्वरप्रतिको तेरो दृष्टिकोण क्रमिक रूपमा सही, सकारात्मक, वा सत्यता अनुरूपको अवस्थामा पुग्नेछ। त्याग्नु भन्ने विषयवस्तुको तेस्रो बुँदा भनेको आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु हो—मानिसहरूले त्याग्नुपर्ने कुराहरूको तेस्रो बुँदा यही हो। यस विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, सुरुमा हामी मानिस र परमेश्वरको बीचमा रहेका पर्खालहरू, र दैनिक जीवनका के-कस्ता समस्याहरूका परमेश्वरप्रतिको मानिसहरूको शत्रुतासँग सम्बन्धित हुन्छन् त्यसको बारेमा छोटकरीमा छलफल गरौँ। मानिसहरू आफैसँग सम्बन्धित केही व्यक्तिपरक समस्याहरू बाहेक, के तिनीहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा परमेश्वरलाई कसरी लिन्छन् भन्ने कुरामा सबै किसिमका समस्याहरू हुँदैनन् र? मानिसहरूले विभिन्न घटना र कामकुराहरूलाई कसरी लिन्छन् त्यस विषयमा तिनीहरूसँग सबै किसिमका भ्रमपूर्ण विचार र दृष्टिकोण र अभ्यासका गलत सिद्धान्तहरू हुन्छन्, र त्यसरी नै, तिनीहरूले परमेश्वरसँग कसरी व्यवहार गर्छन् त्यसमा तिनीहरूसँग सबै किसिमका भ्रमपूर्ण विचार र दृष्टिकोण र अभ्यासका गलत सिद्धान्तहरू हुन्छन्। यदि सबै प्रकारका मानिस, घटना, र कुराहरूका हकमा, तैँले तिनलाई सत्यता सिद्धान्तहरू अनुसार व्यवहार गर्न र अभ्यास गर्न सक्छस्—अर्थात्, यदि तैँले सबै प्रकारका मानिस, घटना, र कुराहरूका हकमा तैँले राख्ने भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई चिनेको छस्, र यसको साथै यी भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई सुधार गर्छस् र त्याग्छस्, त्यसपछि परमेश्वरले मानिसहरूलाई बताउनुहुने सही विचार र दृष्टिकोणहरू अनुसार विभिन्न समस्याहरू सामना गर्न र समाधान गर्न सक्छस् भने—तैँले सबै प्रकारका मानिस, घटना, र कुराहरूलाई कसरी लिन्छस् भन्ने बारेमा अभ्यासका तेरा सिद्धान्तहरू तुलनात्मक रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्। के यसलाई कसैले मुक्ति पाएको छ भन्ने कुराको चिन्हको रूपमा लिन सकिन्छ? अहिले हेर्दा, अहँ, सकिँदैन। यदि मैले आजको सङ्गतिको विषयवस्तु नउठाएको भए, मानिसहरूले यस्तो सोच्नेथिए होला, “सबै किसिमका कुराहरूको हकमा, म परमेश्वरका वचनहरूमा रहेका सत्यता सिद्धान्तहरू अनुसार तिनलाई हेर्न र अभ्यास गर्न सक्छु, त्यसकारण मलाई म सत्यता पछ्याउने, सत्यता पछ्याउने क्रममा परिणामहरू हासिल गर्ने, र मुक्ति पाउने व्यक्ति हुँ भन्ने लाग्छ।” मैले आज उठाएको विषय—परमेश्वरप्रतिको मानिसहरूले राख्ने विभिन्न मनोवृत्तिहरू—को आधारमा मूल्याङ्कन गर्दा के तिनीहरूको यो विचार तथ्यहरू अनुरूप छ? (अहँ, छैन।) यो कुरा स्पष्ट रूपमा नै तथ्यहरू अनुरूप छैन। तैँले सबै प्रकारका मानिस, घटना, र कुराहरूलाई कसरी लिन्छस् त्यसमा तँसँग निश्चित आधार र निश्चित सकारात्मक मनोवृत्ति हुन सक्छ, तर तँ र परमेश्वरको बीचमा अझै पनि सबै किसिमका बाधाहरू हुन्छन्, र विभिन्न समस्याहरूका हकमा परमेश्वरप्रतिको तेरो मनोवृत्ति अझै पनि शत्रुवत हुन्छ। यो समस्या गम्भीर छ, र सबै समस्याहरूमध्ये सबैभन्दा ठूलो समस्या यही हो। तैँले परमेश्वरलाई पछ्याइरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको अवधिमा, सबै पक्षहरूमा रहेको तेरो प्रस्तुति अरूका लागि निकै राम्रो देखिन सक्छ, र बाहिरी रूपमा सत्यता र सिद्धान्तहरू अनुरूप देखिन सक्छ। तैपनि, तेरो हृदयमा परमेश्वरको बारेमा धेरै धारणाहरू छन् र तँ र परमेश्वरको बीचमा पर्खालहरू छन्, र तैँले धेरै समस्याहरूको सामना गर्दा परमेश्वरप्रति अझै पनि शत्रुतापूर्ण मनोवृत्ति समेत राख्छस्। यी समस्याहरू अत्यन्तै गम्भीर छन्। यदि तेरो हृदयमा यी समस्याहरू अस्तित्वमा छन् भने, यसले तँ मुक्ति पाएको व्यक्ति होस् भन्ने कुरालाई प्रमाणित गर्दैन। तँ र परमेश्वरको बीचमा अझै धेरै पर्खालहरू रहेका हुनाले, र मुख्य र महत्त्वपूर्ण समस्याहरूका हकमा तँसँग अझै पनि परमेश्वरप्रति शत्रुतापूर्ण मनोवृत्ति हुने भएकोले, तँ मुक्ति पाएको व्यक्ति नहुने मात्र होइन, तर तँ खतरामा पनि हुन्छस्। यदि तैँले जीवनमा धेरै समस्याहरूको सामना गर्दा सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्, र तेरा कार्यहरू तुलनात्मक रूपमा सत्यता अनुरूप छन् भन्ने विश्वास गरे पनि, यो बाहिरी रूप मात्रै हो र यसले तँ मुक्ति पाएको छस् भन्ने कुरालाई प्रमाणित गर्न सक्दैन भनेर भन्न सकिन्छ। किनभने तैँले परमेश्वरसँगको तेरो सम्बन्धमा अनुकूलता हासिल गरेको छैनस्, र तँ अझै पनि परमेश्वरमा समर्पित भएको छैनस् वा तैँले उहाँको डर मान्दैनस्। त्यसकारण, जब-जब तँलाई विभिन्न कुराहरू आइपर्छन्, तब तेरो बाहिरी व्यवहार वा तेरा विचार र दृष्टिकोणहरूले तैँले सत्यता सिद्धान्तहरू पालना गर्नुको सट्टा यी मामलाहरूमा सही ठानेका धर्मसिद्धान्त, नारा, र प्रावधानहरू पालना गरेको छस् भन्ने कुरा मात्रै देखाउन सक्छ। यो यहाँ अनुमानको सम्बन्ध जस्तो हुन सक्छ, र यो जटिल सुनिन्छ होला, तर हामीले आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्ने सम्बन्धी निश्चित विषयवस्तुको बारेमा सङ्गति गरिसकेपछि, र मानिसहरू होसियारीको साथ जाँचमा संलग्न भएपछि, तिनीहरूले मेरा वचनहरूको अर्थ बुझ्नेछन्।
आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्ने विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, हामी सुरुमा मानिसहरू र परमेश्वरको बीचमा के-कस्ता पर्खालहरू हुन्छन् भनेर छलफल गरौँ। तैँले आफ्नो दैनिक जीवनमा महसुस गर्न र तँ सचेत हुन सक्ने, वा अरूमा देखा पर्ने खालका मानिसहरू र परमेश्वरका बीचमा रहेका के-कस्ता पर्खालहरू, र परमेश्वरप्रतिको शत्रुताहरू छन्? यी प्रकटीकरणहरू अवश्य नै अस्तित्वमा हुन्छन्। ती कुरा हरेक दिन मानिसहरूको बीचमा हुन्छन्, र ती तेरो जीवनमा पनि हरेक दिन हुन्छन्, त्यसकारण तैँले सोच्नका लागि धेरै ऊर्जा लगाउनु पर्दैन—जब तैँले मुख खोल्छस्, तब यी समस्याहरूको सूची तुरुन्तै बाहिर आउँछ। के कुरा यही होइन र? (हो।) मानिसहरू र परमेश्वरको बीचमा कस्तो किसिमका पर्खालहरू हुन्छन्? सुरुमा हामी “पर्खालहरू” भन्ने शब्दले केलाई समावेश गर्छ भन्ने बारेमा कुरा गरौँ। यसमा द्वन्द्व, अवज्ञा, धारणा, गलतफहमी, र यस्तै कुराहरू समावेश हुन्छन्, होइन र? मलाई थप बताओ। (जब कुनै व्यक्ति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रकाश हुन्छ वा काट-छाँटमा पर्छ, तब उसमा परमेश्वरको बारेमा केही गलतफहमीहरू आउन सक्छ र उसले जति महत्त्वपूर्ण कर्तव्य पूरा गर्छ, उसलाई त्यति नै चाँडो खुलासा गरिन्छ भन्ने सोच्दै ऊ उहाँप्रति सतर्क हुन सक्छ। त्यसकारण, तिनीहरूको हृदयमा तिनीहरू र परमेश्वरको बीचमा केही न केही पर्खालहरू हुनेछन्, र तिनीहरूले निश्चित कर्तव्य र आज्ञाहरूलाई शुद्ध र खुला हृदयले स्वीकार गर्न सक्नेछैनन्।) यहाँ पर्खाल के हो? (सतर्कता र गलतफहमीहरू।) सतर्कता र गलतफहमीहरू। यो एक प्रकारको पर्खाल हो। यसमा कसले थप्न सक्छ? के बाँकी तिमीहरू र परमेश्वरको बीचमा कुनै पर्खालहरू छैनन् र? के तिमीहरूको हृदय सफा र पवित्र छ? के तिमीहरूमा कहिल्यै पनि परमेश्वरको बारेमा कुनै प्रतिकूल वा नकारात्मक विचारहरू आएका छैनन्? (परमेश्वर, म एउटा कुरा थप्न सक्छु। जब परमेश्वरले मेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूमा कामकुराहरू निकै सहज रूपमा अघि बढिरहेका हुन्छन्, तब म र परमेश्वरको बीचमा रहेको सम्बन्ध तुलनात्मक रूपमा सामान्य देखिन्छ। तर यदि मैले कहिल्यै विपत्ति वा मेरा धारणाहरू अनुरूप नरहेको कुनै कुराको सामना गरेँ भने, म परमेश्वरले के गर्नुहुनेछ, र मलाई के हुनेछ, र परिणाम के हुनेछ भन्ने बारेमा अनुमान गर्न थाल्छु। म धेरै विचार गर्छु, र म गुनासो समेत गर्छु, र मनमा परमेश्वरलाई आलोचना गर्छु र गलत रूपमा बुझ्छु, र त्यति बेला मेरो हृदय बन्द हुन्छ। म आफूले देखेको कुराको बारेमा पनि कुरा गर्न चाहन्छु। जब कतिपय मानिसहरूले अवांछनीय परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूलाई हृदयमा प्रतिरोधको महसुस हुन्छ र तिनीहरूले भन्छन्, “परमेश्वरले मलाई किन यी परिस्थितिहरूको सामना गर्न लगाइरहनुभएको छ? किन ती अरूको जीवनमा आइपरेका छैनन्?” तिनीहरू परमेश्वरले तिनीहरूका लागि तय गर्नुभएका परिस्थितिहरूमा समर्पित हुन सक्दैनन्, र तिनीहरू र परमेश्वरको बीचमा द्वन्द्व पैदा हुन्छ।) तैँले सुरुमा उल्लेख गरेको समस्या के थियो भने मानिसहरू र परमेश्वरको बीचमा पर्खालहरू हुन्छन्, निश्चित परिस्थितिहरूप्रतिको स्वतः प्रतिक्रियाको रूपमा, मानिसहरूले आफू र परमेश्वरको बीचमा पर्खालहरू निर्माण गर्छन्, परमेश्वरप्रतिको सतर्कता, र परमेश्वरको बारेमा गलतबुझाइहरू विकास गर्छन्। तैँले उल्लेख गरिएको दोस्रो समस्या के थियो भने मानिसहरू भित्री रूपमा अवज्ञाकारी हुने भएकाले तिनीहरू परमेश्वरप्रति शत्रुवत् बन्छन्। अरू कसले कुरा थप्न सक्छ? (जब मलाई माथिले काट-छाँट गर्छ र मेरो कमजोर क्षमता प्रकट हुन्छ, तब म आफ्नो बारेमा फैसला गर्छु र मैले मुक्ति पाउन सक्दिनँ भन्ने सोच्छु, र मैले चाहेर पनि मसँग सत्यता पछ्याउने कुनै उत्प्रेरणा हुँदैन। यो परमेश्वरप्रतिको एउटा गलतफहमी हो। यसको साथै, जब कतिपय दाजुभाइ-दिदीबहिनीहरू बिरामी हुन्छन् र तिनीहरूले मृत्युको सामना गर्छन्, तब तिनीहरूले सोच्छन्, “के मैले परमेश्वरको लागि गरेको सबै दौडधूप र मेहनत उहाँले याद गर्नुहुन्न?” तिनीहरूले हृदयमा, परमेश्वरसँग तर्क गर्छन्, उहाँको विरुद्धमा झगडा गर्छन्, र उहाँको विरुद्धमा लडाइँ गर्छन्। यस्तो स्थिति निकै आम रूपमा हुने गर्छ।) आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको शत्रुताको हकमा भन्दा, धेरैजसो मानिसहरूले प्रकट गर्ने समस्याहरू लगभग सतर्कता र गलतफहमीहरू, साथै मानिसहरूले निश्चित कुराहरूको सामना गर्दा प्रकट गर्ने अवज्ञा र असन्तुष्टि नै हुन्, जुन अर्को शब्दमा भन्दा, परमेश्वरप्रतिको शत्रुता हो। आधारभूत रूपमा कुरा यति हो। परमेश्वरप्रतिको मानिसहरूको भित्री मनोवृत्तिका विभिन्न समस्याहरू वास्तवमा तिमीहरूले सङ्गति गरेका समस्याहरूको दायराभन्दा निकै बाहिर जान्छन्। तिमीहरूलाई थाहा नभएका केही समस्याहरू छन्। एक हिसाबमा, किनभने मानिसहरूले विभिन्न परिस्थितिहरूको सामना गर्दा आफूभित्र के-कस्ता समस्याहरू छन् भनेर जाँच्दैनन्। अर्को हिसाबमा, मानिसहरूले परमेश्वरसँगको तिनीहरूको सम्बन्ध कस्तो छ, वा परमेश्वरप्रतिको मानिसहरूमा हुनुपर्ने सही मनोवृत्ति र दृष्टिकोणहरू के-के हुन् भनेर कहिल्यै ध्यान दिएर विचार गरेका हुँदैनन्। त्यसकारण, मानिसहरूका फरक-फरक प्रकटीकरणहरू र अहिले मानिसहरूमा वास्तवमा अस्तित्वमा रहेका यी अवस्थाहरूका आधारमा, आज हामी मानिसहरू र परमेश्वर बीचका पर्खालहरूका र परमेश्वरप्रतिको मानिसहरूको शत्रुताका फरक-फरक प्रकटीकरणहरू को बारेमा निश्चित रूपमा सङ्गति गर्नेछौं। यी फरक-फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गर्नुको उद्देश्य भनेको मानिसहरूलाई आफ्नो र परमेश्वरको बीचमा रहेका पर्खालहरू, र तिनीहरूको दैनिक जीवनमा यी कुराहरू देखा पर्दा परमेश्वरप्रति तिनीहरूले राख्ने शत्रुतालाई सक्रिय रूपमा त्याग्न, उहाँसँगको सद्भावपूर्ण सम्बन्ध प्राप्त गर्न, र अन्तिममा उहाँसँग पूर्ण रूपमा मिल्ने अवस्थामा पुग्न सहयोग गर्नु हो। यसरी, तिनीहरूले आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू, र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतालाई पूर्ण रूपमा हटाएका हुनेछन्, र तिनीहरूले परमेश्वरको डर मान्न र तिनीहरू उहाँमा साँचो रूपमा समर्पित हुने थालेका हुनेछन्। मानिसहरू र परमेश्वरको बीचमा रहेको सामान्य सम्बन्ध यो मात्रै हो, र यस्ता मानिसहरू मात्रै सृष्टि गरिएका साँचो प्राणीहरू हुन्।
आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतालाई त्याग्ने कार्यको हकमा, मानिसहरूले त्याग्नुपर्ने पहिलो कुरा भनेको आफ्ना धारणा र कल्पनाहरू हुन्। यो अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु हो, होइन र? (हजुर, हो।) के हरेक व्यक्तिमा परमेश्वरका बारेमा धारणा र कल्पनाहरू हुँदैनन् र? (हो, हुन्छन्।) कुनै पनि व्यक्ति सुन्यतामा जिउँदैन, र कुनै पनि व्यक्ति रोबट होइन। हरेक व्यक्तिसँग स्वतन्त्र इच्छा हुन्छ, र उसले बाहिरी संसारबाट प्राप्त गरेका विभिन्न विचार र दृष्टिकोणहरू बोकेको हुन्छ; अवश्य नै, हरेक व्यक्तिसँग परमेश्वरको बारेमा रहेका विभिन्न धारणा र कल्पनाहरू पनि हुन्छन्, जुन तिनीहरूका आफ्नो व्यक्तिगत इच्छाभित्र रहेका आफ्नै आवश्यकता, रुचि, र इच्छाहरूको आधारमा विकास भएका हुन्छन्। तिनलाई “धारणाहरू” र “कल्पनाहरू” भनिने तथ्यको अर्थ ती अवश्य नै सत्यता वा तथ्यहरूसँग मिल्दैनन् भन्ने हुन्छ; कम्तीमा पनि, ती परमेश्वरका अभिप्रायहरू, परमेश्वरको पहिचान, र परमेश्वरको सारसँग मिल्दैनन्। त्यसकारण, मानिसहरूले त्याग्नुपर्ने पहिलो ठूलो कुरा यी धारणा र कल्पनाहरू नै हुन्। त्यसोभए परमेश्वरका बारेमा रहेका धारणा र कल्पनाहरूसँग सम्बन्धित विषयवस्तुमा मुख्य रूपमा के समावेश हुन्छ? एक हिसाबमा, तिनमा मानिसहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले नै तिनीहरूसँग रहेका धारणाहरू समावेश हुन्छन्। अर्को हिसाबमा, तिनमा मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि परमेश्वरको बारेमा विकास गर्ने नयाँ धारणाहरू समावेश हुन्छन्, र यी नयाँ धारणाहरू अझै निश्चित र यथार्थवादी धारणा र कल्पनाहरू हुन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, तिनीहरूको हृदय परमेश्वरको बारेमा कल्पनाहरूले भरिएको हुन्छ, र यी कल्पनाहरू सबै मानवमा आम रूपमा रहने धारणाहरू पनि हुन् भनेर भन्न सकिन्छ। यो त चिनियाँहरूले परमेश्वरमा विश्वास नगरे पनि उहाँलाई “आकाशमा बस्ने वृद्ध मानिस” भनेर भने जस्तै हो, र पश्चिमीहरूले—जसमध्ये धेरैले परमेश्वरमा विश्वास गर्छन् तिनीहरूले—उहाँलाई “प्रभु” भनेर भने जस्तै हो। धेरै मानिसहरूले परमेश्वरमा विश्वास नगर्ने भए पनि, धेरैजसो मानिसहरूले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन् र तिनीहरू उहाँका बारेमा कल्पनाहरूले भरिएका हुन्छन्, र परमेश्वर सबै थोकको बीचमा हुनुहुन्छ र उहाँ सबै थोकभन्दा माथि हुनुहुन्छ, र उहाँ सर्वव्यापी, सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँसँग महान् र अविश्वासनीय शक्तिहरू छन् भन्ने सोच्छन्। त्यसोभए यो परमेश्वर वास्तवमा को हुनुहुन्छ? कसैलाई थाहा हुँदैन, तर जे भए पनि, तिनीहरूलाई परमेश्वर सबैभन्दा महान् हुनुहुन्छ र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्ने चाहिँ थाहा हुन्छ। त्यसोभए परमेश्वरको निश्चित स्वरूप के हो त? हरेक व्यक्तिले आफ्नो मनमा आफूले कल्पना गरेको र निर्धारित गरेको परमेश्वरको रूप र चित्रको बारेमा एउटा विचार बोकेको हुन्छ। हामीले यी विश्वव्यापी मानव धारणा र कल्पनाहरूका बारेमा पहिले पनि छलफल गरेका छौं, र ती आजको सङ्गतिको मुख्य विषयवस्तु होइनन्। आज हामी मानिसहरू र परमेश्वर बीचका पर्खालहरू र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतासँग सम्बन्धित सबै किसिमका धारणा र कल्पनाहरूका बीचमा रहेका परमेश्वरको विरोध गर्ने र उहाँको सारसँग नमिल्ने, अर्थात् मानिसहरूले त्याग्नुपर्ने विभिन्न धारणा र कल्पनाहरूका बारेमा सङ्गति गर्नेछौं। हामी ती खोक्रा, अवास्तविक र पत्ता लगाउन नसकिने धारणा र कल्पनाहरूका बारेमा कुरा गर्नेछैनौँ। तिमीहरूको वर्तमान कदलाई हेर्दा, ती कुराहरू आधारभूत रूपमा समस्या होइनन् र तिनले सत्यता पछ्याउने तिमीहरूको कार्यमा असर गर्नेछैनन्, परमेश्वरलाई पछ्याउने तिमीहरूको कार्यमा असर गर्नु त परको कुरा हो, र कतिपय व्यक्तिहरूको मनमा अझै पनि केही कल्पनाहरू भए पनि, तिनले परमेश्वरलाई पछ्याउने तिनीहरूको कार्यमा असर गर्नेछैनन्, त्यसकारण ती त्यति ठूलो समस्या होइनन् भनेर भन्न सकिन्छ। हामीले सङ्गति गर्न लागेका मानव धारणा र कल्पनाहरू तिनीहरूको दैनिक जीवनमा परमेश्वरप्रतिको मानिसहरूको मनोवृत्ति, साथै मानिसहरूले कर्तव्य पूरा गर्ने कार्य, मानिसहरूले लिने मार्गहरूसँग सम्बन्धित हुन्छन्, र अवश्य नै, ती मानिसहरूको पछ्याइसँग अझै बढी सम्बन्धित हुन्छन्। परमेश्वरको बारेमा मानिसहरूमा रहेका विभिन्न धारणा र कल्पनाहरूमध्ये, सर्वप्रथम, मानिसहरूमा उहाँको कामको बारेमा धेरै धारणा र कल्पनाहरू हुन्छन्, जुन परमेश्वरको बारेमा गैर-विश्वासीहरूले राख्ने विभिन्न कल्पनाहरूभन्दा निकै वास्तविक हुन्छन्, र ती खोक्रा पनि हुँदैनन् र ती रहस्यमय पनि हुँदैनन्। ती त परमेश्वरलाई पछ्याउने क्रममा हरेक व्यक्तिको मनमा अस्तित्वमा रहने कुराहरू हुन्। भन्नुको अर्थ, मानिसहरू परमेश्वरको कामको बारेमा धेरै स्वप्नदर्शी र अवास्तविक धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। उदाहरणका लागि, मानिसहरूले उहाँको काम आश्चर्यकर्महरूले भरिएको छ, र मानिसहरूले पूर्वानुमान गर्न वा हासिल गर्न नसक्ने अचम्मका कुराहरूले भरिएको छ भन्ने कल्पना गर्छन्। अवश्य नै, यस विषयमा मानिसहरूका सबैभन्दा ठूला धारणा र कल्पनाहरू के हुन् भने परमेश्वरको कामले व्यक्तिलाई तुरुन्तै पूर्ण बनाउन सक्छ, वा केही शब्द बोल्दै वा आश्चर्यकर्म वा अचम्मको काम गरेर मात्रै, परमेश्वरले कुनै व्यक्तिलाई क्षणिक रूपमा रूपान्तरण गरेर देहको जीवन र देहका विभिन्न व्यावहारिक कठिनाइहरूबाट मुक्त भएको व्यक्तिमा परिणत गर्न सक्नुहुन्छ। तिनीहरूले के कल्पना गर्छन् भने, यो व्यक्तिले न त खान्छ न त पिउँछ, र रोबोटको जस्तै उसको पनि कुनै शारीरिक आवश्यकता हुँदैन; यसको साथै, तिनीहरूले यो व्यक्तिले शुद्ध तरिकाले, कुनै स्वार्थी विचारविना सोच्छ, र ऊ भित्री रूपमा अत्यन्तै पवित्र हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले के कल्पना गर्छन् भने यो हासिल गर्नका लागि, वर्षौँसम्म सत्यता पछ्याउनु, वा सत्यतामा सङ्गति गर्नु वा काट-छाँटलाई स्वीकार गर्नु पर्दैन; बरु, परमेश्वरले केही शब्दहरूद्वारा यो सबै कुरा हासिल गर्न सक्नुहुन्छ, किनभने परमेश्वरले जे भन्नुभए पनि त्यो पूरा हुनेछ र उहाँले जे आज्ञा दिनुभए पनि त्यो लागू हुनेछ। विशेष गरी सुरुमा, जब मानिसहरूले परमेश्वरको कामको तेस्रो चरणलाई भर्खरै स्वीकार गरेका हुन्छन्, तब तिनीहरू उहाँको कामको बारेमा सबै किसिमका धारणा र कल्पनाहरूले अझै बढी भरिएका हुन्छन्। जब कतिपय मानिसहरूले “परमेश्वरको काम चाँडै समाप्त हुनेछ” भन्ने सुने, तब यो कुन वर्ष, महिना, वा दिन समाप्त हुनेछ भन्ने तिनीहरूलाई थाहा थिएन, तैपनि तिनीहरू चिन्तित भए र तिनीहरूले आफ्नो जागिर र परिवार समेत त्यागे। कतिपय किसानहरूले बाली रोप्न छोडे, र अरूले गाइवस्तु र भेडा पालन गर्न छोडे। कतिपय मानिसहरूले आफ्नो जग्गा-जमिन र कार समेत बेचे, बैंकमा भएको सबै पैसा निकाले, आफ्नो सम्पत्ति बटुले, र परमेश्वरलाई पछ्याउन तयार भएर आफ्नो सुन, चाँदी, र बहुमूल्य कुराहरू आफूसँग बोकेर हिँड्न थाले। किनभने मानिसहरूले परमेश्वरको काम समाप्त भएको छ, र तिनीहरूले अबदेखि आफ्नो जीवन जिउनु पर्दैन भन्ने सोचेका थिए, र परमेश्वरले परिवार र विवाहहरू तोडनुभएको छ, र तिनीहरूले परमेश्वरलाई पछ्याउनका लागि आफ्नो वैवाहिक सम्बन्ध, जागिर, र भविष्य त्याग्नुपर्छ, र सबै सांसारिक सुखहरूलाई त्याग्नुपर्छ भन्ने विश्वास गरेका थिए। यदि कसैले तिनीहरूलाई “झोला बोकेर अनि पूरै परिवार लिएर कहाँ हिँडेको?” भनेर सोधे भने, तिनीहरूले भन्थे, “म स्वर्गको राज्यमा जाँदैछु।” त्यसपछि तिनीहरूलाई “स्वर्गको राज्य कहाँ छ?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन्थे, “अहिलेसम्म त थाहा छैन, तर परमेश्वरले मलाई जहाँ लैजानुहुन्छ म त्यहीँ जान्छु।” तिनीहरूले आवेगले काम गरिरहेका भए पनि वा यस कुरालाई राम्ररी विचार गरेका भए पनि, यी प्रकटीकरणहरूले एउटा तथ्य प्रकट गर्छन्, जुन के हो भने मानिसहरूमा परमेश्वरको कामको बारेमा धेरै कल्पनाहरू हुन्छन्। परमेश्वरले तिनीहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुनेछ, वा उहाँले तिनीहरूलाई मुक्ति दिनुभएपछि तिनीहरूलाई कस्तो महसुस हुनेछ वा तिनीहरू कस्तो स्थिति र वातावरणमा जिउनेछन् भन्ने तिनीहरूलाई थाहा हुँदैन। अनि परमेश्वरका अभिप्रायहरू वास्तवमा के-के हुन्, वा मानिसहरूमा परमेश्वरले गर्नुहुने कामद्वारा उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ भन्ने कुराको हकमा भन्दा, तिनीहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन। त्यसोभए तिनीहरूलाई के थाहा हुन्छ? तिनीहरूलाई एउटा वाक्य मात्रै याद हुन्छ: परमेश्वरको दिन नजिकै छ, विपत्तिहरू आइसकेका छन्, परमेश्वरको काम चाँडै समाप्त हुनेछ, र हामीले सबै कुरा त्याग्नुपर्छ र परमेश्वरलाई पछ्याउनुपर्छ। तिनीहरूको सबै धारणा र कल्पनाहरू निर्माणको स्रोत र आधार यही हो, र यी धारणा र कल्पनाहरूद्वारा तिनीहरूले सबै किसिमका छनौट र निर्णयहरू गरेका हुन्छन्। तिनीहरूले के-कस्ता छनौट र निर्णयहरू गरेका हुन्छन्? तिनीहरूले संसारलाई त्याग्ने, आफ्नो अध्ययन त्याग्ने, आफ्नो करियर त्याग्ने, आफ्नो वैवाहिक सम्बन्ध त्याग्ने, आफ्नो परिवार त्याग्ने, र देहगत, पारिवारिक प्रेम, र इत्यादि कुराहरूलाई त्याग्ने निर्णय गरेका हुन्छन्, र यी सबै कुरालाई त्यागेपछि, तिनीहरूले परमेश्वरको काम समाप्त हुने दिनको प्रतीक्षा गरिरहेका हुन्छन्। परमेश्वरको काम समाप्त हुने दिनको प्रतीक्षा गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो त उठाइलगिनु र उहाँलाई पछ्याउनु हो। ठ्याक्कै कहाँ उठाइलगिनु? तिनीहरूलाई जहाँ उठाइलगिए पनि, वा तिनीहरूलाई जुनसुकै दिनमा उठाइलगिए पनि, तिनीहरू नरक जाँदैनन् भन्ने तिनीहरूले सोच्छन्। तिनीहरूले के विश्वास गर्छन् भने स्वर्ग नभए पनि, तिनीहरू उच्च स्थानमा जाँदैछन्, र यो स्वर्ग, वा भौतिक राज्य नभए पनि, तिनीहरूले परमेश्वरलाई पछ्याएर गल्ती गरेको हुँदैनन्, र तिनीहरू परमेश्वर जहाँ हुनुहुन्छ सायद त्यहाँ नै उठाइलगिनेछन्। मानिसहरूमा रहेका यी धारणा र कल्पनाहरू सिद्ध भए पनि, के ती पूरा हुन सक्छन्? के तिनीहरूले प्रतीक्षा गरेको क्षण, अर्थात् परमेश्वरको कामको अन्त्य, आइपुगेको छ? (छैन।) अनि परमेश्वरको काम अझै समाप्त नभएको हुनाले, के मानिसहरूलाई निराश वा तनाव हुन्छ? के तिनीहरूलाई पछुतो हुन्छ? कतिपय मानिसहरू निराश हुन्छन्, होइन र? कतिपय मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कठिनाइहरूको सामना गर्दा नकारात्मक बन्छन्, वा तिनीहरूले आफ्नो घरायसी जीवनमा संकष्टको सामना गर्दा वा सतावट भोग्दा र तिनीहरूसँग कुनै उम्कने बाटो नभएको अवस्थामा तिनीहरूलाई पछुतो हुन्छ। अवश्य नै, कतिपय मानिसहरूलाई अहिलेसम्म सहनु सजिलो भएको छैन, तर हृदयमा तिनीहरू साँच्चै नै अत्यन्तै चिन्तित हुन्छन्। तिनीहरू केको बारेमा चिन्तित हुन्छन्? तिनीहरूले सोच्छन्, “परमेश्वरको काम किन अझै समाप्त भएको छैन? परमेश्वरको कामको लागि कति समय लाग्छ? के म घर गएर आफ्नो जीवनलाई अघि बढाउनुपर्छ? के म काममा फर्केर संसारमा आफ्नो भविष्य खोज्नुपर्छ? के मैले मेरो घर किनेर फिर्ता लिनुपर्छ? परमेश्वरले हामीलाई यसको बारेमा प्रतिक्रिया दिनुहुन्न वा हामीलाई स्पष्ट उत्तर दिनुहुन्न! के हामीले तयार हुन सकौँ भनेर परमेश्वरको काम कहिले समाप्त हुनेछ, र उहाँले अरू के काम गर्नुहुनेछ भनेर हामीलाई भनिनु पर्दैन र? परमेश्वरले हामीलाई यी कुराहरू बताउनुहुन्न, तर उहाँले सत्यता व्यक्त गरिरहनुहुन्छ, सत्यताहरूमा सङ्गति गरिरहनुहुन्छ, र मुक्तिको बारेमा कुरा गरिरहनुहुन्छ। उहाँले पछि के हुनेछ, वा भविष्यको बारेमा, वा मानवजाति सुन्दर गन्तव्यमा कहिले प्रवेश गर्नेछ, वा देहको जीवन कहिले समाप्त हुनेछ भन्ने बारेमा कहिल्यै कुरा गर्नुहुन्न; उहाँले हामीलाई अनिश्चितकालीन रूपमा प्रतीक्षा गर्न मात्रै लगाउनुहुन्छ।” मानिसहरूमा परमेश्वरको कामको बारेमा ज्ञान हुँदैन। अझै निश्चित रूपमा भन्दा, परमेश्वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ, उहाँले मानिसहरूलाई मुक्ति दिन के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ, मानिसहरूलाई मुक्ति दिन सहयोग गर्न परमेश्वरले आफ्नो सबै कामभित्र के-कस्ता निश्चित कुराहरू गर्नुहुन्छ, र इत्यादि कुराहरूका बारेमा तिनीहरू स्पष्ट हुँदैनन्। बरु, तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाहरूमा जिउँछन्, र परमेश्वरको कामलाई औपचारिकता वा एउटा शानदार प्रकारको जादुको रूपमा लिन्छन्। मानौँ उहाँको काम भाषणकला मात्रै हो र यसमा कुनै निश्चित विषयवस्तु छैन—परमेश्वरले केही वचन मात्रै बोल्नुपर्छ र उहाँले जे भन्नुभयो त्यही पूरा हुनेछ, र उहाँले जे आज्ञा दिनुहुन्छ त्यही हुन्छ, र प्रकाशको पुस्तकमा भविष्यवाणी गरिए अनुसार पछि मानिसहरू परिवर्तन हुनेछन्, र तिनीहरू सन्तहरू बन्नेछन् र तिनीहरू पवित्र बनाइनेछन्। परमेश्वरको कामको बारेमा मानिसहरूमा जति नै काल्पनिक र खोक्रा विचारहरू भए पनि, ती निश्चित भए पनि अनिश्चित भए पनि, सारांशमा भन्दा, मानिसहरू उहाँको कामका बारेमा धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूले परमेश्वरको कामलाई कसरी लिन्छन्, र परमेश्वरले मानवजातिलाई मुक्ति दिनका लागि गर्नुहुने हरेक निश्चित काम र उहाँले भन्नुभएका हरेक निश्चित कुरालाई कसरी लिन्छन् त्यसमा तिनीहरू सधैँ खोक्रा धारणा र कल्पनाहरू बोकेर जिउँछन्। अवश्य नै, धेरैजसो मानिसहरूमा परमेश्वरको कामको बारेमा एउटै धारणा र कल्पना हुन्छ, जुन के हो भने परमेश्वरको काम समाप्त भएपछि, मानिसहरूले बल्ल यो यात्रालाई पूरा गरेका हुनेछन्, र तिनीहरूले उहाँको काम समाप्त नभएसम्म प्रतीक्षा गरेर त्यो बेलासम्म बाँच्न सके भने, तिनीहरूले जितेका हुनेछन्, र तिनीहरूले त्यागेको र चढाएका सबै कुरा, र तिनीहरूले भोगेका कठिनाइहरू, र तिनीहरूले चुकाएका मूल्यहरू सबै सार्थक हुनेछन्। यसको आधारमा मूल्याङ्कन गर्दा, एक हिसाबमा, मानिसहरू परमेश्वरको कामको बारेमा सबै किसिमका कल्पनाहरूले भरिएका हुन्छन्। अर्को हिसाबमा, मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता पछ्याइरहेका हुँदैनन्; बरु, तिनीहरूको विश्वासमा बाजी खेलाइको भाव समावेश हुन्छ—तिनीहरूले आफ्नो जीवन र आफ्नो सबै सम्पत्ति, भविष्य, आफ्नो वैवाहिक सम्बन्ध, र आफूसँग भएको सबै कुरालाई बाजी लगाइरहेका हुन्छन्, र तिनीहरूले परमेश्वरको काम समाप्त नभएसम्म मात्रै कष्ट भोग्नुपर्छ, र परमेश्वरले आफ्नो काम समाप्त भएको छ भनेर घोषणा गर्नुहुँदा तिनीहरू अझै जीवित छन् भने, तिनीहरूले नाफा कमाएका हुनेछन्, र आफूले चुकाएको सबै कुरा फिर्ता पाएका हुनेछन् भन्ने सोच्छन्। के मानिसहरूले यस्तै सोच्दैनन् र? (हो।) अहिले हामीले यसको बारेमा यति धेरै कुरा गरिसकेका हुनाले, परमेश्वरको कामको बारेमा मानिसहरूका मुख्य धारणा र कल्पनाहरू के-के हुन्? (मानिसहरूले के विश्वास गर्छन् भने परमेश्वरको काम आश्चर्यकर्महरूले भरिएको छ, र परमेश्वरले मानिसहरूलाई केही शब्द बोलेर मात्रै पनि शुद्ध पार्न सक्नुहुन्छ, र तिनीहरूले कुनै मूल्य नचुकाई वा सत्यता नपछ्याई तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्।) परमेश्वरको कामको बारेमा मानिसहरूमा हुने धारणा र कल्पनाहरू यिनै हुन्। अरू के-कस्ता धारणा र कल्पनाहरू छन्? (मानिसहरूमाथि गरिएको परमेश्वरको कामद्वारा उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ भन्ने कुरा मानिसहरूलाई थाहा हुँदैन, र तिनीहरूले परमेश्वरको काम पूरा नभएसम्म कष्ट भोग्न सके भने, तिनीहरूसँग स्वर्गको राज्यमा प्रवेश गर्ने आशा हुनेछ भन्ने सोच्छन्।) यो पनि धारणा र कल्पना हो—मानिसहरूले परमेश्वरको काम औपचारिकता र प्रक्रिया मात्रै हो भन्ने सोच्छन्। अरू के छ? (परमेश्वरमाथिको आफ्नो विश्वासमा, मानिसहरूले सत्यता पछ्याइरहेका हुँदैनन्, बरु तिनीहरूको विश्वासमा बाजी लगाउने गुण हुन्छ।) के यो धारणा र कल्पना हो? परमेश्वरमाथिको मानिसहरूको विश्वासको सार र तिनीहरूको पछ्याइको सार यही हो। यसमा के-कस्ता धारणा र कल्पनाहरू हुन्छन्? के मानिसहरूले परमेश्वरलाई पछ्याउँदै सबै कुरा त्यागे र कर्तव्य पूरा गरे भने, तिनीहरू जादुले जस्तो परिवर्तन हुनेछन्? (हुनेछन्।) मानिसहरूको विचार अत्यन्तै खोक्रो हुन्छ, अलौकिक कुराहरूप्रति चिन्तित हुन्छ, र कल्पनाशील हुन्छ। मानिसहरूले के सोच्छन् भने तिनीहरूले परमेश्वरका वचनहरूको सजाय, न्याय, वा काट-छाँट, वा बन्दोबस्तलाई स्वीकार गर्नु पर्दैन, तिनीहरूले परमेश्वरलाई यसरी मात्रै पछ्याउनुपर्छ, आफूलाई जुनसुकै कर्तव्य निर्वाह गर्न लगाइएको हो त्यही गर्नुपर्छ, र तिनीहरूले अन्त्यसम्म पछ्याउनुपर्छ, अनि परमेश्वरको काम सकिएपछि तिनीहरू परिवर्तन हुनेछन्, र तिनीहरू अन्तिममा स्वर्गको राज्यमा प्रवेश गर्नेछन्। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।)
मानिसहरू परमेश्वरको कामको बारेमा सबै किसिमका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। हामीले भर्खरै सङ्गति गरेको कुरा परमेश्वरको कामका दिनहरूका बारेमा रहेका मानिसहरूका धारणाहरूसँग सम्बन्धित छ। यी धारणाहरू बाहेक, अर्को प्रकारको धारणा र कल्पना पनि छ। त्यो के हो भने जब मानिसहरूले कुनै वास्तविक कठिनाइहरूको सामना गर्छन्, तब तिनीहरूले प्रायजसो आफ्नो व्यक्तिगत इच्छामा के आशा गर्छन् भने तिनीहरूले सामान्य समयमा परमेश्वरका वचनहरू खाने-पिउने, आफूलाई सत्यताले सुसज्जित नगरी, वा सत्यता सिद्धान्तहरू नबुझी परमेश्वरबाट प्रेरणाको एक झलक प्राप्त गर्नेछन् र त्यसपछि मस्तिष्कको तरङ्ग खुल्नेछ, र परमेश्वरले तिनीहरूलाई आफ्नो दैनिक जीवनमा ठूलो होस् वा सानो होस्, जुनसुकै समस्याहरू आए पनि त्यसलाई समाधान गर्न सहयोग गर्न सक्नुहुन्छ। परमेश्वरको कामको बारेमा मानिसहरूको बुझाइ र समझ अत्यन्तै काल्पनिक र खोक्रो छ, र मानिसलाई मुक्ति दिने परमेश्वरका विधिहरूका बारेमा पनि मानिसहरूसँग धारणा र कल्पनाहरू छन्। मानिसहरूले परमेश्वरको काममा विभिन्न सत्यताहरू खोजी गर्न र सत्यता सिद्धान्तहरू अनुसार हरेक मामलालाई व्यावहारिक तरिकाले सम्हाल्न चाहँदैनन्। बरु, तिनीहरूले के आशा गर्छन् भने कुनै पनि प्रकारको समस्याको सामना गर्दा, परमेश्वरले अगमवक्ताहरूलाई प्रकाश दिनुभएको जस्तै, तिनीहरूलाई पनि ज्योति र प्रकाशहरू दिनुहुनेछ, ताकि तिनीहरूको वास्तविक जीवनमा तिनीहरूलाई जेसुकै आइपरे पनि, तिनीहरूले परमेश्वरलाई प्रार्थना नगरी र सत्यताको खोजी नगरी, वा परमेश्वरका वचनहरू खाने-पिउने नगरी तिनीहरूसँग विभिन्न प्रकारका समस्याहरू झेल्ने बुद्धि र क्षमता अनि तरिकाहरू हुनेछन्। मानिसहरूको कल्पना अनुसार त, तिनीहरूले सोच्छन् भने परमेश्वरमा विश्वास गर्न थालेपछि तिनीहरू बाठो र चलाख बन्नेछन्। कतिपयले के समेत सोच्छन् भने तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि तिनीहरू सुन्दर बन्नेछन्, र तिनीहरूको दैनिक जीवनमा देहका कुनै पनि कठिनाइ र समस्याहरू, वा भ्रष्ट स्वभावको अवरोध, वा कुनै वास्तविक कठिनाइहरू हुनेछैनन्। तिनीहरूले के विश्वास गर्छन् भने तिनीहरूसँग परमेश्वरलाई सन्तुष्ट पार्ने इच्छा छ भने, उहाँले तिनीहरूलाई शक्ति दिनुहुनेछ र तिनीहरूका लागि असल र उत्कृष्ट परिस्थितिहरू निर्माण गर्नुहुनेछ, यो सबै कुरालाई वास्तविकतामा परिणत गर्नुहुनेछ, र तिनीहरूका सबै आकांक्षा र इच्छाहरू पूरा गर्नुहुनेछ, र विशेष गरी जब तिनीहरूले आफ्नो क्षमता र अन्तर्निहित क्षमताले हासिल गर्न नसक्ने कुराहरूको सामना गर्छन्, तब परमेश्वरले तिनीहरूलाई चलाख तरिकाले वा सजिलै आफूले गर्न चाहेका कुराहरू गर्न सहयोग गर्नुहुनेछ। कमजोर क्षमता भएका र हरेक प्रकारको पेसा सम्बन्धी सीपको कमी भएका कतिपय मानिसहरूले परमेश्वरले आश्चर्यकर्म वा अचम्मको काम मात्रै गर्नुपर्छ र तिनीहरूको क्षमता अचानक राम्रो हुनेछ, र तिनीहरू अचानक चलाख बन्नेछन् भन्ने सोच्छन्। तिनीहरूले के पनि विश्वास गर्छन् भने परमेश्वरका लागि हासिल गर्न गाह्रो कुरा केही छैन, र परमेश्वरले तिनीहरूलाई आफूले हासिल गर्न नसक्ने कुराहरू हासिल गर्न सहयोग गर्न सक्नुहुन्छ, र आफूले आफै जित्न नसक्ने र तिनीहरूको क्षमताभन्दा बाहिरका कठिन समस्याहरू समाधान गर्न सहयोग गर्न सक्नुहुन्छ। सारांशमा भन्दा, परमेश्वरको कामको बामा, मानिसहरूमा धेरै धारणा र कल्पनाहरू हुन्छन्। एक हिसाबमा, तिनीहरू परमेश्वरको कामको अवधिको बारेमा विभिन्न कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूले यस विषयमा विभिन्न कार्यहरू पनि गरेका हुन्छन् र विभिन्न मूल्य चुकाएका हुन्छन्। यसको साथै, मानिसहरू आफूले सामना गर्ने विभिन्न कठिनाइ र समस्याहरूका बारेमा, र आफ्नै भ्रष्ट स्वभावका बारेमा पनि सबै किसिमका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। यीमध्ये धेरैजसो धारणा र कल्पनाहरू खोक्रा, काल्पनिक, र अवास्तविक हुन्छन्, र अझै बढी, तिनले मानिसहरूको क्षमता र मनलाई उछिन्छन्, र तिनले तिनीहरूको अन्तर्निहित क्षमतालाई उछिन्छन्। मानिसहरूले प्रायजसो के आशा गर्छन् भने, परमेश्वरले तिनीहरूको वास्तविक कठिनाइहरू, वा तिनीहरूको क्षमता, मष्तिष्क, र अन्तर्निहित क्षमताको आधारमा काम गर्नुहुनेछैन, बरु उहाँले तिनीहरूलाई यी सबै कुरालाई उछिन्न, र निश्चित कुराहरू गर्न तिनीहरूको सामान्य मानवता र तिनीहरूको क्षमता र अन्तर्निहित क्षमतालाई उछिन्न सहयोग गर्नुहुनेछ। मानिसहरू परमेश्वरको कामको बारेमा धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूको कल्पनाको विषयवस्तु अत्यन्तै अलौकिक हुन्छ। यी धारणा र कल्पनाहरू परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरूसँग पूर्ण रूपमा बाझिन्छन् र शत्रुवत् हुन्छन्। मानिसहरूले मनमनै यस्तो सोच्दैनन्: यदि परमेश्वरले यी अलौकिक कुराहरू गर्नुहुन्छ भने, उहाँले किन अझै पनि धेरै वचनहरू बोल्नुहुन्छ र मानिसहरूलाई यति धेरै सत्यता प्रदान गर्नुहुन्छ? उहाँले त्यसो गर्नु पर्दैन। परमेश्वरको काम यति व्यावहारिक हुनुको कारण के हो भने परमेश्वरले मानिसहरूलाई आफ्ना सबै वचन र सत्यताहरू प्रदान गर्न र तिनीहरूलाई मानिसहरूमा परिणत गर्न चाहनुहुन्छ, ताकि तिनीहरू यी वचन र सत्यताहरू अनुसार जिउन सकून्। उहाँको अभिप्राय भनेको मानिसहरूलाई सामान्य मानवता वा तिनीहरूको अन्तर्निहित क्षमतालाई उछिन्न सहयोग गर्नु होइन, तर तिनीहरूलाई सामान्य मानवताको आधारमा सत्यता सिद्धान्तहरू पालना गर्न, र उहाँले तिनीहरूलाई दिनुभएका कर्तव्य र आज्ञाहरूमा लागिरहन सहयोग गर्नु हो। तैपनि, मानिसहरूका धारणा र कल्पनाहरू परमेश्वरको कामको ठीक विपरीत हुन्छन्, र ती परमेश्वरले काम गर्ने तरिकासँग पटक्कै मिल्दैनन्। परमेश्वरले व्यावहारिक तरिकाले काम गर्न चाहनुहुन्छ, जबकि परमेश्वरको कामको बारेमा मानिसहरूको कल्पना अलौकिक कुराहरूसँग सम्बन्धित हुन्छ, जुन खोक्रा, र अवास्तविक हुन्छ। अवश्य नै, कतिपय मानिसहरूले परमेश्वरले तिनीहरूलाई प्रकाशहरू दिन, तिनीहरूलाई भरणपोषण गर्न, साथ दिन र सहयोग गर्न, र तिनीहरूलाई परिवर्तन गरेर मुक्ति समेत दिनका लागि अझै विशेष विधिहरू प्रयोग गर्नुहुन्छ भन्ने आशा गर्छन्। उदाहरणका लागि, जब कतिपय मानिसहरूले समस्याको सामना गर्छन्, तब प्रायजसो तिनीहरूले परमेश्वरका वचनहरूमा उत्तरहरू वा अभ्यासका मार्गहरू खोज्दैनन्, तर घुँडा टेकेर आँखा चिम्लिन्छन्, र प्रार्थना गर्छन्। तिनीहरूले प्रार्थना गर्दा समस्याको बारेमा सत्यताको खोजी गर्ने, त्यसपछि यसलाई समाधान गर्नका लागि परमेश्वरका सम्बन्धित वचनहरू खोज्ने गर्दैनन्। बरु, तिनीहरूले परमेश्वरले तिनीहरूलाई हृदयमा के गर्ने भनेर बताउन सक्नुभएको होस्; वा तिनीहरूलाई वाक्य, विचार, वा चित्रद्वारा अन्तर्दृष्टि दिन सक्नुभएको होस्; वा तिनीहरूलाई केही ज्योति प्राप्त गर्न र केही उत्प्रेरणा दिन सहयोग गर्न सक्नुभएको होस् भन्ने आशा गर्छन्—तिनीहरूले यसरी सत्यता बुझ्न चाहन्छन्। अवश्य नै, कतिपय मानिसहरूले अझै चरम शैली अपनाउँछन्, जुन के हो भने, जब-जब तिनीहरूले समस्याको सामना गर्छन्, तब-तब तिनीहरूले परमेश्वरले तिनीहरूलाई सपनामा आफ्ना वचनहरूको एउटा खण्ड प्रकट गरिदिन सक्नुहुन्छ, र तिनीहरूले यस्तो र यस्तो कुरा गर्नुपर्छ कि गर्नु पर्दैन र कसरी गर्नुपर्छ, वा तिनीहरू यस्तो र त्यस्तो ठाउँमा जानुपर्छ कि पर्दैन, वा तिनीहरूले फलानो-फलानोलाई सुसमाचार प्रचार गर्नुपर्छ कि गर्नु पर्दैन भनेर बताउनुहुन्छ भन्ने आशा गर्छन्। कतिपय मानिसहरूले ठूलो कठिनाइहरूको सामना गर्दा, सपना प्राप्त गर्ने वा सपनामा उत्तर प्राप्त गर्ने आशा गर्छन्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा मण्डली अगुवाहरूसँग आफ्नो सपनाको विश्लेषण र अर्थ लगाउने समेत आशा गर्छन्, र सोच्छन्, “परमेश्वरले मलाई दिनुभएको यो सपनाको अर्थ के हो? उहाँले मैले के गर्नुपर्छ भनेर चाहनुहुन्छ? उहाँले मलाई जानु भन्नुहुन्छ कि भन्नुहुन्न?” तिनीहरूले के विश्वास गर्छन् भने परमेश्वरको काम भनेको मानिसहरूलाई यी विशेष माध्यमहरू प्रयोग गरेर प्रकाशहरू दिनु, मानिसहरूलाई अगुवाइ गर्नु, र मानिसहरूलाई भरणपोषण गर्नु हो, र यसरी तिनीहरूलाई मुक्ति दिन सहयोग गर्नु हो। के यो धारणा र कल्पना होइन र? (हजुर, हो।) अरू मानिसहरू पनि हुन्छन्, जसले समस्या आइपर्दा, र तिनीहरूलाई के गर्ने भन्ने थाहा नहुँदा र तिनीहरूले प्रार्थना गर्दा परमेश्वरबाट उत्तरहरू प्राप्त गर्दैनन्, र सिक्का फ्याँकेर निर्णय गर्ने कार्यको सहारा लिन्छन्। उदाहरणका लागि, जब सुसमाचार प्रचार गर्न कुनै ठाउँमा जानु पर्ने हुन्छ, तब तिनीहरूले जानुपर्छ कि पर्दैन भनेर परमेश्वरलाई प्रार्थना गर्छन् र तिनीहरूले उत्तर प्राप्त गर्दैनन्, त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरूले जाने कि नजाने भनेर निर्णय गर्न सिक्का पल्टाउने निर्णय मात्रै गर्छन्। तिनीहरूले के सोच्छन् भने यदि सिक्का सुल्टो भयो भने, यसले परमेश्वरले तिनीहरू गएको चाहनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ, जब कि यदि यो उल्टो भयो भने, यसले परमेश्वरले तिनीहरू गएको चाहनुहुन्न भन्ने कुरालाई प्रमाणित गर्छ। तिनीहरूले तीन पटक सिक्का पल्टाउँछन् र यो एक पटक सुल्टो हुन्छ र दुई पटक उल्टो हुन्छ, त्यसकारण तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्, “दुई पटक उल्टो र एक पटक सुल्टो भयो, जसको अर्थ परमेश्वरले मलाई गएको चाहनुहुन्न,” र तिनीहरू जाँदैनन्। तिनीहरूले जान नपरेकोमा निकै सहज मान्छन्, र यो परमेश्वरको इच्छा हो भन्ने सोच्छन्, र मनमनै भन्छन्, “मैले परमेश्वरको अगुवाइलाई पछ्याउनुपर्छ। यो परमेश्वरको निर्णय हो, मेरो होइन। म परमेश्वरको अगुवाइमा समर्पित हुनुपर्छ र जानु हुँदैन।” त्यसोभए तिनीहरू वास्तवमा जानुपर्छ कि पर्दैन? के यसरी परमेश्वरका अभिप्रायहरूको खोजी गर्दा सही उत्तर प्राप्त गर्न सकिन्छ? उत्तर पूर्ण रूपमा सटीक हुन सक्दैन। यस्तो परिस्थितिको सामना गर्दा, तैँले सिद्धान्तहरूको आधारमा र परिस्थितिले अनुमति दिन्छ कि दिँदैन भन्ने कुराको आधारमा निर्णय गर्नुपर्छ—यो विधि मात्रै सही हुन्छ। सुसमाचार प्रचार गर्नु तेरो कर्तव्य, अभिभारा, र तैँले आज गर्नुपर्ने काम हो, त्यसकारण तँ जानुपर्छ—तँ जानु सही कुरा हो। तैपनि, मानिसहरूले प्रायजसो यी वास्तविकताहरूका आधारमा त्यस्ता मामलाहरूलाई बुझ्दैनन् वा सम्हाल्दैनन्। बरु, तिनीहरूले प्रायजसो केही धारणा र कल्पनाहरूका आधारमा तिनका बारेमा विचार गर्छन्, र केही असामान्य माध्यम र विधिहरू प्रयोग गरेर तिनको मूल्याङ्कन गर्छन्, र अन्तिममा केही हास्यास्पद र विकृत निर्णयहरू गर्छन्। के यो तिनीहरूको धारणा र कल्पनाहरूले पैदा गरेको हुँदैन र? (हो।) परमेश्वरको कामभित्र, जब परमेश्वरले हरेक कुरा कसरी गर्नुपर्छ वा हरेक प्रकारको समस्यालाई सम्हाल्दा के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भनेर बताउने स्पष्ट वचनहरू प्रदान गर्नुहुन्न, तब मानिसहरूले पवित्र आत्माको निर्देशनलाई पछ्याउनुपर्छ र परमेश्वरले वास्तविक परिस्थितिहरूमा तिनीहरूलाई प्रदान गर्नुहुने मार्गदर्शनलाई पछ्याउनुपर्छ। अवश्य नै, तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल वा प्रार्थना र खोजी पनि गर्नुपर्छ, र अन्तिममा वास्तविक परिस्थितिको आधारमा हातमा रहेको समस्यालाई कसरी सम्हाल्ने भनेर निर्णय गर्नुपर्छ। तैपनि, परमेश्वरको काममा, जब परमेश्वरसँग मानिसहरूलाई विभिन्न मामलाहरूका अभ्यासका सिद्धान्तहरू बताउने स्पष्ट वचन र स्पष्ट निर्देशनहरू हुन्छन्, तब पहिले अपनाइएका यी औपचारिकताहरूलाई हटाउन सकिन्छ, र मानिसहरूले तिनलाई पालना गर्नु पर्दैन। यदि तिनीहरूले तिनलाई पालना गरिरहे भने, यसले काममा ढिलाइ मात्रै गर्नेछ। उदाहरणका लागि, मानौँ, जब कुनै कुरा आइपर्छ अनि गएर काम गर्नु नै पर्ने हुन्छ, तब मानिसहरू अझै पनि घुँडा टेकेर प्रार्थना गर्छन्, र सोध्छन्, हे परमेश्वर, “म जानुपर्छ कि पर्दैन? यदि तपाईंले म गएको चाहनुहुन्न भने, मलाई बाधा दिन केही परिस्थिति सिर्जना गर्नुहोस्, वा यदि तपाईंले म गएको चाहनुहुन्छ भने, मेरो लागि सबै कुरा सहज रूपमा अघि बढून्।” यो त औपचारिकताहरूलाई कडाइका साथ पालना गर्नु हो र परमेश्वरले मानिसहरूलाई माग गर्नुहुने कुरा यो होइन। जब परमेश्वरले आफ्ना मापदण्ड र परीधिहरूका बारेमा स्पष्ट वचनहरू दिनुहुन्छ, तब मानिसहरूले खोजी, प्रार्थना, छानबिन, र इत्यादि कुनै औपचारिकताहरू पूरा गरिरहनु पर्दैन। बरु, एक हिसाबमा, तिनीहरूले खास अवस्था र वास्तविक परिस्थितिहरू अनुसार काम गर्नुपर्छ, र अर्को हिसाबमा, तिनीहरूले सबैभन्दा मुख्य रूपमा सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ—यो सही कुरा हो। हरेक दिन, उचित क्रममा कामकुरा सम्हाल्, आफूले गर्नुपर्ने काम गर्, र आफूले गर्नु नपर्ने कुराहरू नगर्; आतुरी भएको र निराकरण गर्नुपर्ने कुरालाई सम्हाल्, तत्कालका लागि पन्छाउन सकिने कुरालाई पन्छ्या, र पहिले आतुरीका मामलाहरूलाई ध्यान दे। के यी सिद्धान्तहरू होइनन् र? (हो, हुन्।) ती साँच्चै नै सिद्धान्तहरू हुन्। तिमीहरूले यो कुरा याद गर्नुपर्छ: जब तैँले परमेश्वरलाई प्रार्थना गर्छस् र उहाँका अभिप्रायहरू बुझ्न खोज्छस्, तब तैँले उहाँका वचनहरू अनुसार त्यसो गर्नुपर्छ; विशेष परिस्थितिहरूमा, अर्थात् परमेश्वरले निर्देशन प्रदान गर्नुभएका स्पष्ट वचनहरू नभएको बेला पनि, तैँले सबै प्रकारका मामलाहरूका लागि उहाँसँग स्पष्ट वचन र अभ्यासका सिद्धान्तहरू छन् भन्ने कुरा जान्नुपर्छ, र त्यस्ता परिस्थितिहरूमा, तैँले परमेश्वरले विगतमा मानिसहरूलाई चेतावनी दिनुभएका विभिन्न सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। तैपनि, मानिसहरूले आफ्नो मनमा परमेश्वरको कामको बारेमा हास्यास्पद, अनौठा, र अलौकिक कुराहरूसँग सम्बन्धित धेरै धारणा र कल्पनाहरू विकास गरेका हुन्छन्, जसले परमेश्वरका वचनहरू र विभिन्न सत्यता सिद्धान्तहरूलाई सजावट र खोक्रा धर्मसिद्धान्तहरूमा परिणत गर्छन्, र समस्याहरू आइपर्दा तिनलाई मानिसहरूको मामला सम्हाल्ने मापदण्ड वा अभ्यासका मार्गहरू बन्न नसक्ने बनाउँछन्। यो दुःखको कुरा हो, र यो पूर्ण रूपमा मानिसहरूले परमेश्वरको कामको बारेमा धेरै धारणा र कल्पनाहरू विकास गरेका कारणले भएको हो।
परमेश्वरको कामको बारेमा मानिसहरूसँग तिनीहरूको दैनिक जीवनमा हाबी हुने अरू केही हास्यास्पद, विचित्र, र अनौठा धारणा र कल्पनाहरू हुन्छन्। उदाहरणका लागि, मानौँ, कसैले आफूले सबैभन्दा बढी गर्नुपर्ने काम गर्न लागेको बेला, उसले घट्न नपर्ने भनी सोचेको कुनै घटना घट्छ, जस्तै काम गर्न जाँदा उसको मोबाइल चोरी हुन्छ, वा उसको कार बिग्रिन्छ वा ऊ त्यहाँ जाँदा बाटोमा लड्छ, वा अरू कुनै गलत कुरा हुन्छ। यसको अर्थ के हो? के यसको अर्थ परमेश्वरले उसलाई यो काम गर्नबाट रोक्नुभएको हो भन्ने हुन्छ? के यसको अर्थ यो काम गर्नु परमेश्वरका अभिप्रायहरू अनुरूप छैन भन्ने हुन्छ? के यसको अर्थ यो काम गर्नु हुँदैन भन्ने हुन्छ? के यसलाई यसरी बुझ्नुपर्छ र जान्नुपर्छ? (अहँ, होइन।) यदि अहिले तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, र तँ गएर यो काम गरिस् भने, तैँले यस क्रममा केही बाधा र कठिनाइहरू, वा मानिसहरूले घट्न नहुने भनी सोचेका कुराहरू समेतको सामना गरे पनि, तैँले पूरा गरिरहेको यो कर्तव्य र तैँले गरिरहेको यो कामले परमेश्वरलाई अप्रसन्न तुल्याउँछ, वा परमेश्वरले तँलाई यी कुराहरू गर्नबाट रोक्नुभएको हो भनेर भन्न सकिँदैन—त्यो मानव धारणा र कल्पना हो। यदि परमेश्वरले तँलाई बाधा दिन चाहनुहुन्छ भने, उहाँले ती विधिहरू प्रयोग गर्नुहुनेछैन। बरु, उहाँले प्रत्यक्ष रूपमा परिस्थितिलाई योजनाबद्ध गर्नुहुनेछ ताकि तँ स्वाभाविक रूपमै त्यो काम गर्न जान नसक्। अर्थात्, परमेश्वरले आज तैँले गर्नुपर्ने अझै महत्त्वपूर्ण कुरा छ भन्ने कुरा तेरो मनमा स्पष्ट पार्नुहुनेछ, र परिणाम स्वरूप त्यो अर्को कामलाई तेरो सूचीको दोस्रो वा तेस्रो स्थानमा पुर्याउनुपर्छ, र पछि गर्ने गरी त्यो काम गर्न छोडिदिनुपर्छ। तैँले आफ्नो हिसाब-किताब जसरी गरे पनि, वास्तविक परिस्थितिको आधारमा आज त्यो काम हासिल गर्न सकिँदैन भन्ने तैँले पत्ता लगाउनेछस्। यो परमेश्वरले तँलाई बाधा दिनु हो। तर, तैँले जेसुकै सोचे पनि, र त्यो काम पूरा गर्ने प्रक्रियामा जस्तोसुकै बाधा वा कठिनाइहरू पैदा भए पनि, जेसुकै भए पनि, यदि त्यो काम आज पूरा गरिनुपर्छ भने, तँ गएर त्यो काम गर्नुपर्छ। यदि परमेश्वरले तँलाई बाधा दिनुभयो भने, उहाँले तँलाई स्वाभाविक रूपमा नै त्यो काम छोड्न लगाउन सबैभन्दा उपयुक्त र उचित माध्यमहरू प्रयोग गर्नुहुनेछ—परमेश्वरले काम गर्नुहुने तरिका यही हो। परमेश्वरले काम गर्ने तरिका भनेको मानिसहरूलाई तिनीहरूले मानवताको अन्तर्निहित क्षमताको दायराभित्र गर्नुपर्ने कुरा गर्न दिनु हो। एक हिसाबमा, मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। अर्को हिसाबमा, वस्तुगत परिस्थितिहरूको कारक पनि हुन्छ—यदि परिस्थितिले काम गर्न अनुमति दिन्छ भने, काम गर्नुपर्छ; यदि परिस्थितिले अनुमति दिँदैन भने, मानिसहरूले यो काम गर्न केही समय पर्खनुपर्छ। प्रतीक्षा गर्नुको उद्देश्य के हो? यो परमेश्वरले तय गर्नुहुने सही समय र परिस्थितिहरूको प्रतीक्षा गर्नु हो। यदि परिस्थितिहरू निरन्तर अनुचित हुन्छन् र तैँले यो काम गर्ने प्रयास गरिरहेको बेला परिस्थितिहरू गलत भइरहन्छन् भने, तैँले यो काम गर्नु हुँदैन। बुझ्यौ? (बुझ्यौँ।) मानिसहरूको दैनिक जीवनमा, तिनीहरूले कामहरू पूरा गर्दा जस्तोसुकै काम भए पनि, ती ठूला भए पनि साना भए पनि, वा ती व्यक्तिगत मामला भए पनि वा मण्डलीका मामला भए पनि, तिनीहरूले आफ्नो आत्मामा के महसुस गरिरहेका छन् भनेर बुझ्ने प्रयास गर्नु पर्दैन। यदि आज तँलाई आत्मामा निराश महसुस भयो र, हृदयमा, तँलाई कुनै काम गर्न मन लागेन भने, तँसँग काम गर्न लागेका अरूलाई आत्मामा निराश महसुस भयो कि भएन भनेर सोध्। यदि अरूलाई आत्मामा निराश महसुस भएको छैन, र तिनीहरू हृदयमा काम गर्न तयार छन्, तैपनि तैँले यो काम तेरो आफ्नै भावनाहरूको आधारमा गर्नु हुँदैन भनेर निष्कर्ष निकालिस् भने, के तँ यसको बारेमा अलिक बढी व्यक्तिपरक भइरहेको हुँदैनस् र? (हो।) त्यसकारण, जब मानिसहरूले कुनै काम गर्छन्, तब तिनीहरूले कम्तीमा पनि आफ्ना भावनाहरूलाई बुझ्ने प्रयास गर्नु हुँदैन वा आफ्ना भावनाहरूका आधारमा काम गर्नु हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। उदाहरणका लागि, मानौँ तैँले कुनै काम पूरा गर्नुपर्छ, र तँ अलिक नर्भस हुन्छस्, तेरो आँखा फुर्फुराइरहन्छ, र तेरो कान बजिरहन्छ, र तैँले यसो भन्छस्, “मेरो दाहिने आँखा फुर्फुरायो, के त्यसको अर्थ नराम्रो हुन्छ भन्ने हो? के मैले यो काम पूरा गर्नुपर्छ?” त्यसपछि कसैले भन्छ, “देब्रे आँखा फुर्फुराउँदा शुभ हुन्छ तर दाहिने आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ,” अनि यो सुनेपछि, तँ गएर काम गर्ने आँट गर्दैनस्। तेरो जुनसुकै आँखा फुर्फुराए पनि, यदि यो पहिले गर्ने सहमति गरिएको काम हो, र यो काम पूरा गर्नका लागि चाहिने सबै कारकहरू ठीक ठाउँमा छन्, र समय र स्थान सही छ भने, तैँले गएर यो काम गर्नुपर्छ। यदि कसैले दाहिने आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ भनेकै भरमा मात्रै तैँले त्यहाँ नजाने निर्णय गर्छस् भने, के त्यो उचित हुन्छ? (अहँ, हुँदैन।) किन यो उचित हुँदैन? यदि यो तेरो जिम्मेवारी र कर्तव्य हो, र आज वस्तुगत परिस्थिति र सबै अवस्थाहरूले यसलाई पूरा गर्न अनुमति दिन्छ, यसको साथै, काम आतुरीको साथ पूरा गर्नु आवश्यक छ भने, तैँले गएर यो काम गर्नुपर्छ। त्यसोभए यदि तेरो दाहिने आँखा फुर्फुरायो भने के गर्ने? सायद केही सानातिना समस्याहरू देखा पर्न सक्छन् र सबै कुरा सहज रूपमा अघि बढ्दैन होला, तर पनि काम पूरा हुन्छ। यदि परमेश्वरले यसलाई रोक्नुभयो र परिस्थितिले अनुमति दिएन भने मात्रै, तँ काम गर्न नजान सक्छस्। कसैले भन्छ, “तिम्रो दाहिने आँखामा समस्या भएकोले फुर्फुराएको होला,” तर अर्कोले भन्छ, “यो पहिले गर्ने सहमति गरिएको काम हो, त्यसकारण हामीले गएर यो काम गर्नुपर्छ।” अन्त्यमा, तिमीहरू सबै यो काम गर्न जान्छौ, तर त्यहाँ जाँदा आधा बाटोमा अचानक कार बिग्रिन्छ। मलाई भन, यदि समूह अघि बढिरहेको बेला कसैको दाहिने आँखा फुर्फुरायो भने, के ऊ त्यस अवस्थामा जानुपर्छ? तिमीहरूले वास्तवमा सत्यता बुझेका छौ कि छैनौ भनेर हेर्न चाहन्छु। तिमीहरूलाई के लाग्छ, के यो काम गर्न जानु सही हुन्छ? (हो, हुन्छ।) अवश्य नै। दाहिने वा देब्रे आँखा फुर्फुराएको छ कि छैन भन्ने कुराको आधारमा तैँले जाने कि नजाने भनेर मूल्याङ्कन गर्न मिल्दैन। सर्वप्रथम, यो काम गर्नु सही कुरा हो। त्यसोभए त्यहाँ जाँदा किन कार बिग्रेको? के परमेश्वरले त्यसो गर्न अनुमति दिनुभएको हो? व्याख्या गर्न गाह्रो छ, होइन र? (त्यहाँ जाँदा बाटोमा कार बिग्रिनुको कारण मानव लापरवाही हुन सक्छ, जस्तै कारमा कुनै समस्या छ कि छैन भनेर पहिले जाँच गरिएको हुँदैन।) त्यो एउटा सम्भावित कारण हो। यदि हामीले त्यो कारणलाई नकार्यौँ भने, के कार आधा बाटोमा बिग्रिनु सामान्य कुरा हो? (हो।) यदि तैँले सुरुमा नै राम्रो गुणस्तरको नभएको पुरानो चिनियाँ कार किनिस्, र तैँले यसलाई उचित रूपमा मर्मत गरिनस् वा बनाइनस् र चलाइरहिस् भने, आधा बाटोमा कार बिग्रिन्छ। यदि कार आधा बाटोमा बिग्रियो भयो भने, के यसको अर्थ काम पूरा गर्न सकिँदैन भन्ने हुन्छ? (यस्तै भन्ने हुँदैन।) कार बिग्रिन्छ र यसलाई मर्मत गर्न एक-दुई घण्टा लाग्छ। जब तिमीहरू गन्तव्यमा पुग्छौ, तब त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले भन्छन्, “तपाईंहरू यस पटक आउनु सौभाग्यको कुरा हो। निगरानी एजेन्टहरू भर्खरै गएका छन्। यदि तपाईंहरू दुई घण्टा पहिले आउनुभएको भए, तपाईंहरूलाई अवश्य नै ठूलो रातो अजिङ्गरले समात्नेथियो। झण्डैले तिनीहरूको हातमा पर्नुभयो!” हेर् त, खराब कुरा त असल कुरा पो बन्यो। के गएर काम गर्नु सही थियो? (थियो।) के कार बिग्रिनुमा परमेश्वरको असल अभिप्राय थियो? (थियो।) त्यसोभए तेरो दाहिने आँखा फुर्फुराउनु अशुभको चिन्ह थियो कि शुभको चिन्ह थियो? (कुनै पनि कुराको होइन।) यसको परिणाम स्वरूप केही पनि भएन। यदि हामीले कार दुर्घटनाग्रस्त भएको बेलासम्म मात्रै कुरा गर्यौँ, र “दायाँ आँखा फुर्फुराउँदा विपत्ति हुन्छ” भन्ने दाबी निकै सही देखिन्छ। कार बिग्रिनु अनिष्ट नै हो, होइन र? तर अन्तिम परिणामलाई हेर्दा, कार बिग्रनु राम्रो कुरा हो। यदि कार नबिग्रिएको भए, तिमीहरू गन्तव्यमा पुगेपछि सबै समस्यामा पर्नेथियौ—तिमीहरूले काम पूरा गर्न नसक्ने मात्र होइन, तर तिमीहरू पक्राउ पर्नेथियौ। तैपनि, बाटोमा, कार बिग्रिएको र मर्मत गर्न दुई घण्टा लागेको भए पनि, तिमीहरू त्यहाँ पुग्दासम्म, खतरा हटिसकेको थियो र तिमीहरू खतरामुक्त भयौ। यो परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुभएको हो! यसको बारेमा विचार गर, कार बिग्रिएको अवस्थाको दृष्टिकोणबाट हेर्दा, परमेश्वरले तँलाई जानबाट रोक्नुभएको हो जस्तो देखिन्छ, तर वास्तवमा तैँले कार मर्मत भएपछि मात्रै के भएको हो भनेर थाहा पाउँछस् र कुनै थप घटना नघटी तँ पुग्छस्। तिमीहरूले यो सम्पूर्ण प्रक्रियामा परमेश्वरका कार्यहरूका सिद्धान्त र विधिहरूलाई कसरी हेर्छौ? परमेश्वरको कामको बारेमा मानिसहरूमा कस्तो बुझाइ हुनुपर्छ? यसलाई सारांशित गर, यहाँ खोजी गर्न सकिने सत्यताहरू छन्, र तिमीहरूले तिनलाई खोजी गर्न सक्छौ कि सक्दैनौ हेर्छु। (परमेश्वर, मेरो बुझाइ के हो भने मानिसहरूको जीवनमा असल कुराहरू आइपरे पनि खराब कुरा आइपरे पनि, यसमा परमेश्वरको असल अभिप्राय लुकेको हुन्छ।) यो एउटा पक्ष हो। (अर्को पक्ष पनि छ, जुन के हो भने परमेश्वरको काम अलौकिक वा काल्पनिक छैन, तर अत्यन्तै व्यावहारिक छ।) हो, त्यो राम्रो बुझाइ हो। परमेश्वरको काम व्यावहारिक छ, र यो काल्पनिक वा अलौकिक होइन; सामान्य मानवता भएको जोकोहीले यसलाई अनुभवद्वारा महसुस गर्न र जान्न सक्छ, र यो मानिसहरूले बुझ्न सक्ने कुरा पनि हो। के परमेश्वरको कामको बारेमा मानिसहरूमा हुनुपर्ने बुझाइ यही होइन र? (हो।) यो बुझाइ बाहेक, मानिसहरूले अरू के कुरा बुझ्नुपर्छ? तिनीहरूले परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरको काममा, उहाँले गर्नुहुने हरेक निश्चित कुराले मानिसहरूलाई उहाँका कार्यहरू अत्यन्तै व्यावहारिक छन् भन्ने कुरा देख्न सहयोग गर्छ। सुरुमा, जब तिमीहरूको समूह यात्रा गर्न तयार भयो, तब तिमीहरूमध्ये कतिले जानुपर्छ कि पर्दैन भनेर छलफल गर्यौ। परमेश्वरले तिमीहरूलाई बाधा दिनुभएन; उहाँले तिमीहरूलाई वाकवाकी लाग्ने, वा बान्ता हुने, वा पखाला लाग्ने बनाउनुभएन। उहाँले तँलाई न त रोक्नुभयो, न त तँलाई जानका लागि कर नै गर्नुभयो। के यो अत्यन्तै व्यावहारिक कुरा होइन र? उहाँले समूहलाई यस विषयमा छलफल गर्न अनुमति दिनुभयो। कतिपय मानिसहरूले तिनीहरूको दाहिने आँखा फुर्फुरायो भनेर भने, जबकि अरूले भित्री रूपमा असहज महसुस भएको छ भनेर भने, तर तैँले आफ्ना भावना र मुडमा, वा अलौकिक कुराहरूसँग सम्बन्धित कल्पनाहरूमा भर पारे पनि, अन्तमा तँ जहाँ जानुपर्ने हो त्यहाँ जानुपर्यो, र परमेश्वरले तँलाई कुनै पनि हालतमा बाधा दिनुभएन। के परमेश्वरले यसरी काम गर्नु अत्यन्तै व्यावहारिक होइन र? (हो।) परमेश्वरका कार्यहरू अलिकति पनि खोक्रा हुँदैनन्; सबै प्रकारका मानव प्रकटीकरणहरू अनुमति छन्, जसमा कतिपय मानिसहरूको आँखा फुर्फुराउने कुरा समेत समावेश हुन्छ। मलाई भन, के परमेश्वरले मानिसहरूको आँखा फुर्फुराउने कुरालाई रोक्न वा नियन्त्रण गर्न सक्नुहुन्छ? के परमेश्वरलाई यो नियन्त्रण गर्न अत्यन्तै सजिलो हुनेथिएन र? तर के उहाँले त्यसो गर्नुभएको थियो? (होइन।) परमेश्वरले त्यो गर्नुभएन। उहाँले हस्तक्षेप गर्नुभएन, तर तँलाई स्वतन्त्रता दिनुभयो। तेरो जसरी फुर्फुराउनु पर्ने थियो त्यसरी फुर्फुरायो, तर अन्त्यमा, समूह अघि बढ्यो—यो सबै अत्यन्तै व्यावहारिक भयो। तर गन्तव्यमा समस्या थियो, र तिमीहरू त्यहाँ गइरहेका छौ भनेर मात्रै परमेश्वरले यो खतरालाई हटाउनुभएन। परमेश्वरले त्यसो गर्नुभएन, र समस्या अझै पनि जसरी देखा पर्नु पर्नेथियो त्यसरी नै देखा पर्यो। तैपनि परमेश्वरले चलाख काम गर्नुभयो: उहाँले त्यहाँ जाँदा आधा बाटोमा तिमीहरूको कार बिग्रन दिनुभयो, ताकि कार मर्मत गरिँदा र तिमीहरू सबै गन्तव्यमा पुग्दा, खतरा बितिसकेको होस्। यो परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुभएको हो। हेर् त, यो समयको ढिलाइको कारण, उहाँले तँलाई चलाख ढङ्गले खतराबाट जोगाउनुभयो। परमेश्वरले गर्नुहुने सबै कुरा अत्यन्तै व्यावहारिक हुन्छन्, होइन र? (हो।) त्यसकारण यसले तँलाई अत्यन्तै व्यावहारिक तरिकाले के देखाउँछ भने, परमेश्वरले गर्नुहुने कुरा खोक्रो वा अलौकिक पटक्कै हुँदैन, र घट्ने हरेक घटना स्वाभाविक र अपरिहार्य हुन्छ, तर यसमा परमेश्वरको सर्वशक्तिमान्ता लुकेको हुन्छ। सम्पूर्ण घटनाभरि, मानिसहरूको कल्पना जस्तोसुकै भए पनि, तिनीहरूको कठिनाइ, कमजोरी, र समस्याहरू जस्तोसुकै भए पनि, तिनीहरूले सँगै छलफल गरेका दृष्टिकोणहरू सही भए पनि गलत भए पनि, यीमध्ये कुनै पनि कुराले अन्तिममा के भयो त्यसमा असर गरेन, न त यसले घटनाको अपरिहार्य परिणाममा नै असर गर्यो। घट्नुपर्ने हरेक घटना घट्यो, आउनुपर्ने समस्या आयो, कार बिग्रिनु पर्नेथियो बिग्रियो, र मानिसहरूको दृष्टिकोण पनि उदाङ्गो भयो, तर पनि परमेश्वरले तय गर्नुभएको तरिका अनुसार, र परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको र परमेश्वरले यस घटनामाथि कसरी शासन गर्नुभयो त्यस अनुसार नै घटनाको अन्तिम परिणाम आयो। यो परमेश्वरको सर्वशक्तिमान्ता हो, होइन र? (हो।) यो सबै कुरा मानिसहरूको दैनिक जीवनमा हरेक दिन हुने सबै कुरा जस्तै व्यावहारिक र सामान्य रूपमा घटेको थियो; यो स्वाभाविक रूपमा घटेको थियो र यो अलौकिक, काल्पनिक, वा खोक्रो थिएन। त्यसकारण, यस मामलामा मानिसहरूले परमेश्वरको काम व्यावहारिक छ र उहाँले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ? सर्वप्रथम, तिनीहरूको जीवनमा जेसुकै आइपरे पनि तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्ने कुरा तिनीहरूले बुझ्नुपर्छ। यदि तिनीहरूले मानव भावनाहरू अनुसार मात्रै काम गर्छन् भने, त्यो कुरालाई भरोसा गर्न सकिँदैन। तिनीहरू अलौकिक भावनाहरू अनुसार अघि बढ्नु हुँदैन, वा खोक्रा कल्पनाहरूका आधारमा उन्मत्त अनुमानहरू गर्नु हुँदैन। बरु, तिनीहरूले वास्तविक परिस्थिति र आफूले पूरा गर्नुपर्ने कर्तव्यको आधारमा आफूले गर्नुपर्ने काम गएर गर्नुपर्छ। यसको साथै, महत्त्वपूर्ण कुरा भनेको तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार गएर आफूले गर्नुपर्ने काम गर्नु नै हो। त्यसोभए के यो कुरा निकै सजिलो हुँदैन र? (हुन्छ।) त्यसकारण, तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, र परमेश्वरको काम जुनसुकै चरणमा पुगे पनि, तैँले आफ्ना भावनाहरू अनुसार काम गर्नु पर्दैन, मिति शुभ छ कि छैन भनेर जाँच गर्नु पर्दैन, र अवश्य नै तैँले विशेष गरी कुनै दशाग्रह हेर्ने वा कुनै भविष्यवाणी सुन्ने गर्नु पर्दैन—तैँले आफूले गर्नुपर्ने कुरा मात्रै गर्नुपर्छ। कतिपय मानिसहरूले दशाग्रह हेर्न वा मितिहरू शुभ छन् कि छैनन् भनेर जाँच्न मन पराउँछन्, र यसो भन्छन्, “भोलि राम्रो मिति होइन, म बाहिर गएँ भने सबै कुरा खराब हुनेछ? के ठूलो रातो अजिङ्गरले पक्राउहरू गर्नेछ? आज बिहान सबेरै उठेर बाहिर जाँदा कसरी ढोकाको छेउमा काग कराइरहेको थियो? कतिपय मानिसहरूले हिजो राती बाहिर जाँदा कालो बिरालो देखे रे भन्ने सुनेको थिएँ। यी सबै भयानक लक्षणहरू हुन्! मैले के गर्ने? के कुनै खतरा आउन लागेको हो?” यदि तँसँग सामान्य मानवता र सामान्य मानव सोचाइ छ भने, तैँले कुन-कुन परिस्थितिहरू खतरनाक छन् र कुन-कुन परिस्थितिहरू तुलनात्मक रूपमा सुरक्षित छन् भनेर मूल्याङ्कन गर्न सक्नुपर्छ, र वास्तविक परिस्थिति अनुसार तिनलाई कसरी लिने र झेल्ने भन्ने कुरा जान्नुपर्छ—तैँले ती अरू कुराहरूलाई नियाल्नु पर्दैन। तैँले हरेक दिन के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुराको हकमा भन्दा, एक हिसाबमा, सत्यता सिद्धान्तहरूका रूपमा काम गर्ने परमेश्वरका स्पष्ट वचनहरू छन्, र अर्को हिसाबमा, तँसँग सामान्य मानवता, विवेक र समझ हुन्छ, र तैँले वास्तविक परिस्थितिहरूको बन्दोबस्त र तिनले प्रदान गर्ने दिशाको आधारमा, र सामान्य मानवताको वास्तविक आवश्यकताहरू र तेरो आफ्नै जिम्मेवारी र दायित्वहरू अनुसार हरेक दिन आफूले गर्नुपर्ने कुरा गर्छस् भने, त्यो ठीकै हुन्छ। यदि मानिसहरूले आफ्नो दैनिक जीवनलाई यसरी लिए भने, के कुराहरू अझै सरल हुनेछैनन् र? (हुनेछन्।)
परमेश्वरको काम सर्वशक्तिमान् र अचम्मको भए पनि, र परमेश्वरका वचनहरू सत्यता र जीवन भए पनि, मानिसहरूलाई एकै रातमा पूर्ण बनाउन वा परिवर्तन गर्न सकिँदैन। कतिपय मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा प्रायजसो यसो भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भयो, तर पनि म कसरी अझै परिवर्तन भएको छैनँ? मैले अझै पनि कसरी शुद्धीकरण प्राप्त गरेको छैनँ? मैले किन हृदयमा अझै पनि संसारलाई प्रेम गर्छु? म किन अझै पनि यति व्यर्थ छु? ममा किन अझै पनि दुष्ट वासना हुन्छ? मलाई गैर-विश्वासी संसारका केही भिडियो वा मनोरञ्जन कार्यक्रमहरू हेर्न मन पर्थ्यो। मैले अहिलेसम्म परमेश्वरमा विश्वास गरेको भए पनि, धेरै वर्षदेखि परमेश्वरका वचनहरू खाएको र पिएको, आफ्नो कर्तव्य निर्वाह गरेको, धेरै वर्षदेखि कुराहरू त्यागेको, र आफूलाई समर्पित गरेको भए पनि, र मैले हृदयमा ती कुराहरूलाई पहिले नै त्यागेको छु जस्तो महसुस गरे पनि, किन म अझै पनि ती कुरा कहिलेकहीँ हेर्न चाहन्छु?” मानिसहरूमा हुने केही धारणाहरू यिनै हुन्, होइन र? निश्चित रूपमा, परमेश्वरमाथिको आफ्नो विश्वासमा, कतिपय मानिसहरूले सधैँ आफ्नो शरीरलाई काबुमा राख्ने, देहका सुखहरूको लोभ नगर्ने, अझै धेरै कष्ट भोग्ने र परिश्रम गर्ने, र धेरै शारीरिक कठिनाइहरूलाई जित्न सक्ने जस्ता कुराहरूलाई पछ्याउँछन्। तर तिनीहरूले यसरी पछ्याइरहने भए पनि, तिनीहरूलाई अझै पनि तिनीहरू प्रायजसो देहका लालची इच्छाहरू, सहजता, र अल्छीपनको तृष्णाद्वारा नियन्त्रित भइरहन्छु भन्ने लाग्छ, त्यसकारण तिनीहरू प्रायजसो नकारात्मक हुन्छन् र तिनीहरूले परमेश्वरमाथिको विश्वास गुमाउँछन्, र सोच्छन्, “परमेश्वरको काम यो विन्दुमा पुगेको छ, तर पनि म किन यति निराश छु र प्रायजसो नकारात्मक नै हुन्छु?” कहिलेकहीँ, जब तिनीहरूले कुनै काममा केही परिणामहरू हासिल गरेका हुन्छन् र सबैको अनुमोदन प्राप्त गरेका हुन्छन्, तब तिनीहरूलाई सहज हुन्छ र तिनीहरूले सोच्छन्, “मसँग अझै पनि मुक्ति पाउने आशा छ। परमेश्वरको काम र उहाँका वचनहरू अत्यन्तै असल छन्। उहाँको कामले साँच्चै नै मानिसहरूलाई परिवर्तन गर्न सक्छ।” तर केही समयपछि, तिनीहरूलाई अझै पनि आफ्ना प्रियजनहरूको याद आएको महसुस हुन्छ। निश्चित रूपमा, तिनीहरूले कहिलेकहीँ आफूले प्रिय ठानेका मानिसहरूको बारेमा समेत याद गर्छन्, र आफूले बिताएको सांसारिक जीवनको बारेमा सम्झना गर्छन्, र संसारमा हुँदाका आफ्नो वैभवका दिनहरूलाई निकै याद गर्छन्, त्यसकारण तिनीहरूले सोच्छन्, “मलाई कसरी अझै पनि ती कुराहरूको याद आउँछ? मैले किन देहका सुखहरूलाई त्यागेको छैनँ र आफूलाई संसारबाट पवित्र रूपमा अलग गरेको छैनँ? म कसरी अझै परिवर्तन भएको छैनँ?” अनि तिनीहरूलाई फेरि पनि व्याकुलता हुन्छ। तिनीहरू प्रायजसो यी विचार र दृष्टिकोणहरूमा हराउँछन्। तिनीहरूको स्थिति कहिलेकहीँ राम्रो हुन्छ र कहिलेकहीँ खराब हुन्छ, तिनीहरू केही समयसम्म कमजोर हुन्छन् त्यसपछि केही समयसम्म दह्रिलो हुन्छन्, तिनीहरू एक पटक नकारात्मक हुन्छन् त्यसपछि एक पटक सकारात्मक हुन्छन्। तिनीहरूले दैनिक जीवनमा देखा पर्ने आफ्ना प्रकटीकरणहरूका आधारमा प्रायजसो आफ्नो विषयमा फैसला गर्छन्। यदि तिनीहरू राम्रो स्थितिमा छन् भने, तिनीहरूले आफू मुक्तिको निसाना हुँ भन्ने सोच्छन्; यदि तिनीहरू खराब स्थितिमा छन् भने, तिनीहरूलाई मुक्ति पाउने कुनै आशा छैन र तिनीहरू छुटकारा पाउन नसक्ने अवस्थामा छन् भन्ने लाग्छ। तिनीहरू या त एकातिर कि त अर्कोतिर चरम हदमा पुग्छन्। जब तिनीहरू राम्रो स्थितिमा हुन्छन्, तब तिनीहरूलाई तिनीहरू सन्त जस्तै हुन् र तिनीहरू परमेश्वरसँग अत्यन्तै नजिक छन्, तिनीहरू र परमेश्वरको बीचमा कुनै पर्खाल छैन भन्ने लाग्छ, र तिनीहरूलाई परमेश्वर तिनीहरूको साथमा हुनुहुन्छ भन्ने लाग्छ। जब तिनीहरू खराब स्थितिमा हुन्छन्, तब तिनीहरूलाई तिनीहरू नरकको १८ औं स्तरमा परेका छन् र तिनीहरूले परमेश्वरलाई देख्न वा छुन सक्दैनन् जस्तो लाग्छ, र तिनीहरूलाई परमेश्वर तिनीहरूबाट अत्यन्तै टाढा हुनुहुन्छ भन्ने लाग्छ। किन यस्तो हुन्छ? तिनीहरूमा किन यी स्थितिहरू हुन्छन्? यी स्थितिहरू सामान्य हुन् कि असामान्य हुन्? (असामान्य।) जब तिनीहरू राम्रो स्थितिमा हुन्छन्, तब तिनीहरूले मण्डलीले तिनीहरूलाई जे गर्न लगाउँछ त्यही गर्छन्, र तिनीहरूले कुनै पनि कठिनाइलाई जित्न, कुनै पनि कठिनाइ भोग्न, र कुनै पनि मूल्य चुकाउन सक्छन्। तिनीहरूलाई आफू परमेश्वरमा समर्पित हुन सबैभन्दा सक्षम व्यक्ति हुँ, तिनीहरू परमेश्वरको घरका सत्यता पछ्याउने व्यक्ति हुन्, र कुनै पनि कठिनाइले तिनीहरूलाई बाधा दिन सक्दैन भन्ने लाग्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न निकै मेहनत गर्छन् र तिनीहरू प्रयास लगाउन तयार हुन्छन्। अरूसँग सङ्गति गर्दा तिनीहरूले जति नै धेरै कुरा गरे पनि तिनीहरूलाई थकाइ लाग्दैन, र तिनीहरूलाई खाना नखाई बस्दा, वा दुई-तीन घण्टा सुत्न नपाउँदा केही हुँदैन। तिनीहरू परमेश्वरका लागि आफूलाई समर्पित गर्न र आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पित गर्न तयार हुन्छन्। परिणाम स्वरूप, तिनीहरूलाई तिनीहरू परिवर्तन भएका छन् भन्ने लाग्छ। तिनीहरूले आफ्नो परिवारको बारेमा सोच्न छोड्छन्, तिनीहरूले कुनै बेला प्रिय ठानेका मानिसहरूको याद गर्न छोड्छन्, र तिनीहरूले संसारमा भएको आफ्नो महिमा र सम्मानको बारेमा सम्झना गर्न छोड्छन्। तिनीहरूले त्यो सबै कुरा बिर्सिदिन्छन् र सिद्धान्तहरू पालना गर्दै, बाधा वा व्यवधानहरू ल्याउने जोकोहीलाई काट-छाँट गर्दै, परमेश्वरको घरका लागि निष्पक्षता कायम राख्दै, न्यायको पक्षमा दह्रिलो गरी खडा भएर, परमेश्वरको घरका हितहरूको रक्षा गर्दै, र कडा र निष्पक्ष “न्यायकर्ताको” रूपमा आफ्नो छवि स्थापित गर्दै परमेश्वरका लागि आफूलाई पूर्ण हृदयले समर्पित गर्छन्। तिनीहरूले केही समयसम्म निकै राम्रो कार्य प्रदर्शन गर्छन्। तर कुनै बेला तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्न वा कुनै गलत काम गर्न सक्छन्, त्यसपछि तिनीहरू “परमेश्वरले मलाई प्रकाश पार्नुभएको छ, उहाँले मलाई प्रेम गर्न छोड्नुभएको छ” भनेर सोच्दै नकारात्मक र कमजोर बन्न सक्छन्। त्यहाँदेखि, तिनीहरू फेरि खडा हुन सक्नेछैनन्। तिनीहरूलाई आफू केही पनि होइन र तिनीहरूले केही गर्न सक्दैनन्, तिनीहरूमा अझै पनि स्वार्थी विचारहरू, र दुष्ट वासना छन्, तिनीहरूले कुनै बेला प्रेम गरेका र मन पराएका मानिसहरूलाई प्रायजसो याद गर्छन्, तिनीहरू प्रायजसो नकारात्मक र कमजोर हुन्छन्, तिनीहरूले अझै पनि परमेश्वरको विरोध गर्छन्, तिनीहरूले सत्यताको अभ्यास गर्न सक्दैनन्, र तिनीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको भए पनि तिनीहरू परिवर्तन भएका छैनन् भन्ने महसुस गर्छन्, र तिनीहरूले सोच्छन्, “के यसको अर्थ मेरो लागि कुरा खत्तम भयो भन्ने हुँदैन र?” तिनीहरूले आफूसँग मुक्ति पाउने कुनै मौका छैन, र तिनीहरूका लागि कुनै आशा छैन भन्ने सोच्नेछन्। जब तिनीहरू खुशी हुन्छन्, तब तिनीहरू आनन्दले प्रफुल्ल हुन्छन्, र जब तिनीहरू पीडामा हुन्छन्, तब तिनीहरू अत्यन्तै व्याकुल हुन्छन्। तिनीहरू सधैँ यी दुई चरम अवस्थामा जान्छन्, र एकबाट अर्कोमा सर्छन्। किन यस्तो हुन्छ? यी स्थिति र प्रकटीकरणहरू सकारात्मक भए पनि वा हताश किसिमका भए पनि, समग्रमा, यी सबै एउटै समस्या हुन्, अर्थात् परमेश्वरको कामका बारेमा धारणा र कल्पनाहरूले भरिनु, र आफ्नो मुडको आधारमा, र निश्चित अवधिमा आफूले गरेका प्रकाश र प्रकटीकरणहरूका आधारमा सधैँ आफ्नो बारेमा फैसला गर्नु र आफूलाई चित्रण गर्नु, यसको साथै परमेश्वरको काम, मानिसहरूमा गरिएको उहाँको कामले हासिल गर्ने परिणामहरू, र मानिसहरूमा गरिएको उहाँको कामले हासिल गर्ने उद्देश्य र लक्ष्यको बारेमा फैसला गर्नु। के समस्याको जड यही हो? (हो।) जब मानिसहरू सकारात्मक हुन्छन्, तब तिनीहरूले परमेश्वरको अघि प्रार्थना गर्छन्, धेरै रुँदै आफ्नो सङ्कल्प व्यक्त गर्छन्, केही नमागी आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पित गर्न, परमेश्वरलाई पछ्याउन र उहाँको लागि लागिपर्न तयार हुन्छन्। जब तिनीहरूले यसरी प्रार्थना गर्छन् र संकल्पहरू गर्छन्, तब तिनीहरूलाई सबै कठिनाइहरू त कठिनाइहरू नै होइनन् भन्ने लाग्छ। तिनीहरूले भावुक भएर आँसु हुन्छन्, र पवित्र आत्माले तिनीहरूलाई भावुक तुल्याउनुभएको हो भन्ने समेत विश्वास गर्छन्। तिनीहरूले सोच्छन्, “पवित्र आत्माले मलाई छुनुभएको छ। परमेश्वरले मलाई अवश्य नै धेरै प्रेम गर्नुहुन्छ! परमेश्वरले मलाई त्याग्नुभएको छैन!” तिनीहरूले आँसु झार्दै प्रार्थना गर्छन् र पवित्र आत्माद्वारा छोइएको छु भनेर भन्छन्—के यो भ्रम होइन र? (हो।) वास्तवमा, तँलाई आफ्नो बारेमा कति राम्रो महसुस भयो भन्ने कुराले छोयो; तँलाई पवित्र आत्माले होइन, तर आफ्नै सङ्कल्प, आकांक्षा, इच्छा, र आफ्नै कार्यले छोयो। तँलाई तँ आफैले भावुक बनाएर छोएको होस् भनेर म किन भन्छु? परमेश्वरको कामको बारेमा तँसँग धेरै धारणा र कल्पनाहरू छन्, र ती अत्यन्तै विकृत छन्—के परमेश्वरले तँलाई छुनुहुन्छ भन्ने तँलाई लाग्छ? तँ यो चरम स्थितिमा पुगिसकेपछि पनि, के परमेश्वरले तँलाई अझै चरम अवस्थामा पुर्याउन सक्नुहुनेछ? यदि परमेश्वरले तँलाई छुनुभएको हो भने, यसले तँलाई अझै चरम बनाउनेथियो, र तँलाई आफ्नो बारेमा अझै बढी आदर गर्न र आफूद्वारा अझै बढी प्रभावित हुन लगाउनेथियो, र तँलाई यो सङ्कल्प गर्न अझै बढी इच्छा लाग्नेथियो: “म कम सुत्नेछु र अझै धेरै कठिनाइ भोग्नेछु, म खाना मीठो भए पनि नभए पनि खान्छु, मैले जेसुकै खान पाए पनि हुन्छ, र यसले मेरो शरीरमा फाइदा गर्छ कि गर्दैन भन्ने कुराको वास्ता गर्दिनँ। मैले मेरो पुरानो देहका रुचिहरूलाई जित्नुपर्छ, मैले मेरो पुरानो देहका कमीकमजोरीहरूलाई निश्चित रूपमा सुधार्नुपर्छ, र मैले मेरो देहलाई अझै बढी कष्ट भोग्न दिनुपर्छ र यसलाई सहज हुन दिनु हुँदैन। यदि मलाई सहज भयो भने, म परमेश्वरलाई प्रेम गर्नेछैनँ; यदि मलाई सहज भयो भने, म देहका सहजताहरूमा लिप्त हुनेछु र आफ्नो कर्तव्य निर्वाह गर्न कठिन परिश्रम गर्नेछैनँ।” यदि पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको हो भने, तैँले यो चरम अवस्थालाई कायम राखिरहनेथिइस्, र तैँले पहिले नै देहमाथि विजय गरिसकेको छस् र शैतानलाई जितेको छस्, र तैँले पहिले नै मुक्ति पाइसकेको छस् भन्ने अझै गलत विश्वास गर्नेथिइस्। त्यसकारण म तँलाई पवित्र आत्माले होइन, तर तँ आफैले छोएको हो भनेर भन्छु। के तिमीहरू प्रायजसो आफैद्वारा छोइन्छौ? (हो।) तँलाई परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र कठिनाइ भोग्ने तेरो आफ्नै सङ्कल्पले छुन्छ, र तँ परमेश्वरका लागि कठिनाइ भोग्न, कुनै पनि हदसम्म कठिनाइ भोग्न, वा मर्न समेत हृदयमा तयार हुन्छस्, त्यसपछि तेरो अनुहारमा आँसु बग्छ। वास्तवमा, परमेश्वर तँ छुवाइमा पर्दा प्रभावित हुनुहुन्न, न त उहाँ तेरो सङ्कल्पद्वारा नै प्रभावित बन्नुहुन्छ। तेरो यो प्रकटीकरण क्षणिक आवेग, जोशको क्षणिक आवेग मात्रै हो। यस्तो परिस्थितिमा, तैँले उहाँसँग प्रार्थना गरेर यसो समेत भन्न सक्छस्, “हे परमेश्वर, म तपाईंको लागि मर्न तयार छु! हे परमेश्वर, आज म आफ्नो कर्तव्य निर्वाह गर्नमा यति व्यस्त थिएँ कि मैले खाना पनि खाइनँ। मैले १० पटक खाना खान पाइनँ भने पनि, म त्यसो गर्न तयार हुनेछु! मानिसहरू रोटीले मात्रै बाँच्दैनन्, तर तिनीहरू परमेश्वरको मुखबाट निस्कने वचनहरूले बाँच्छन्। हे परमेश्वर, म तपाईंलाई मेरो सम्पूर्ण जीवनभरि, सदासर्वदा प्रेम गर्न तयार छु, र तपाईंप्रतिको मेरो प्रेम कहिल्यै परिवर्तन हुनेछैन!” तेरा यी भव्य शब्दहरूले तँलाई धुरुधुरु रुन लगाउँछन्, तर तँप्रतिको परमेश्वरको मनोवृत्ति परिवर्तन हुँदैन। किन? किनभने तँ क्षणिक आवेगद्वारा छोइएको हुन्छस्, र तेरा आँसुहरू पछुतोका आँसुहरू, ऋणी भावका आँसुहरू, वा आफूलाई साँचो रूपमा चिनेर आएका आँसुहरू हुँदैनन्, र ती सत्यताको अभ्यास गर्न र सत्यता सिद्धान्तहरू पालना गर्न नसक्नुको पछाडि रहेको तेरो दुःखका आँसुहरू हुनु त परको कुरा हो। त्यसकारण, तेरो यो भावनाले तँलाई मात्रै छुन सक्छ, र सायद अरू वा तेरो वरिपरिका मानिसहरूलाई पनि छुन सक्छ, तर परमेश्वरलाई यसले छुँदैन। त्यसकारण, तँलाई पवित्र आत्माले होइन, तर तैँले आफैलाई छोइरहेको हुन्छस्। तैँले आफैलाई छोएको हुनाले तेरो आँसु बगेको हुन्छ। तेरा आँसु, तेरा भावनात्मक शब्दहरू, र तेरो आवेगमय जोश सतही स्तरका कुरा मात्रै हुन्, ती एक प्रकारका व्यवहार मात्रै हुन्। ती तेरो सार र जीवनको परिवर्तन होइनन्, न त ती तेरो जीवन सत्यता हो भन्ने कुराको प्रकाश नै हुन्। जब तँसँग परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र कष्ट भोग्ने जोश र आवेग हुन्छ र तँ विशेष रूपमा सक्रिय हुन्छस्, तब तँलाई पवित्र आत्माले तँलाई छुनुभएको छ, तँ परिवर्तन भएको छस्, र तँ मुक्ति पाउने निसाना होस् भन्ने लाग्छ—यो परमेश्वरको कामको बारेमा तँसँग रहेको धारणा र कल्पना हो। जब तँ अस्थायी असफलता र पतनको कारण, वा तेरो भ्रष्टता र कमीकमजोरीहरू उदाङ्गो भएको कारण, वा तँलाई काट-छाँट र खुलासा गरिएको कारण तँ नकारात्मक बन्छस्, तब तँलाई दुःख र पीडा हुन्छ, र तैँले तँ परिवर्तन भएको छैनस् र तँसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने सोच्छस्—यो परमेश्वरको कामको बारेमा तँसँग रहेको अर्को प्रकारको धारणा र कल्पना हो। वास्तवमा, परमेश्वरले जे देख्नुभए पनि—तँ नकारात्मक स्थितिमा भए पनि सकारात्मक स्थितिमा भए पनि, वा तेरो स्थिति जति हदसम्म बिग्रेको र पतन भएको भए पनि—परमेश्वरले तँलाई सधैँ कसरी हेर्नुहुन्छ? तेरो कद त्यही हो। तँ कति परिवर्तन भएको छस् र तँ कति वटा सत्यता वास्तविकताहरूमा प्रवेश गरेको छस् भन्ने कुरा परमेश्वरले तेरो वास्तविक परिस्थिति, तेरो वास्तविक प्रकटीकरण, र तेरो वास्तविक कदको आधारमा निर्धारित गर्नुहुनेछ। अहिले तँ खडा हुन नसक्नु र अहिले तँ पूर्ण निराश अवस्थामा डुब्नु परमेश्वरले तँलाई हेर्ने वा तेरो वास्तविक कद निर्धारित गर्ने मापदण्ड होइन। त्यसकारण, तँ सकारात्मक स्थितिमा भए पनि नकारात्मक स्थितिमा भए पनि, वा तँ आवेगपूर्ण जोशले भरिएको भए पनि वा निराश भएको भए पनि, यसले तेरो बारेमा परमेश्वरले गर्नुहुने मूल्याङ्कन र चरित्र निर्धारणमा असर गर्नेछैन। आफ्नो अस्थायी प्रकाश र प्रकटीकरणहरूका आधारमा आफूलाई गलत रूपमा चित्रण गर्ने—या त पहिले नै पत्रुस जस्तो बनिसकेको व्यक्तिको रूपमा, वा छुटकारा पाउन नसक्ने व्यक्तिको रूपमा चित्रण गर्ने—तँ मात्रै होस् किनभने तँसँग परमेश्वरको कामको बारेमा धेरै धारणा र कल्पनाहरू हुन्छन्। तर तैँले जसरी फैसला गरे पनि, तैँले जस्तोसुकै असल वा खराब भावनाहरू अनुभव गरे पनि, यो सबै तैँले परमेश्वरको कामको बारेमा विकास गरेका धारणा र कल्पनाहरूद्वारा पैदा भएको हुन्छ, र यी धारणा र कल्पनाहरू परमेश्वरले व्यक्तिको बारेमा दिनुहुने सटीक र व्यावहारिक परिभाषा र उहाँले उसलाई दिनुहुने सटीक र व्यावहारिक फैसला अनुरूप हुँदैनन्। के कुरा यही होइन र? (हो।) त्यसकारण, चाहे त्यो मानिसहरूको आफ्नै प्रकटीकरण होस्, तिनीहरूको आफ्नै सार होस्, वा तिनीहरूले आफूलाई अन्तिम रूपमा चित्रण गर्ने तरिका होस्, तिनीहरूले यी कुराहरूका बारेमा आफ्ना धारणा र कल्पनाहरूका आधारमा फैसला गर्न सक्दैनन्। बरु, तिनीहरूले परमेश्वरको कामका सामान्य नियमहरू र परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने वास्तविक परिणामहरू, वा परमेश्वरले काम गर्ने तरिकाहरू र मानिसहरूका बारेमा दिनुभएका सटीक परिभाषाहरूका आधारमा यी कुराहरूलाई मापन गर्नुपर्छ। यहाँ परमेश्वरको कामको बारेमा मानिसहरूका मुख्य धारणा र कल्पनाहरू के-के हुन्? मानिसहरूले के विश्वास गर्छन् भने तिनीहरूको वास्तविक कद तिनीहरूको अस्थायी प्रकटीकरण, वा निश्चित अवधिमा तिनीहरूले देखाउने कुराहरू अनुसार निर्धारित हुन्छ: यदि तिनीहरू यस अवधिमा राम्रो स्थितिमा छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरू परिवर्तन भएका हुनेछन्, तिनीहरूसँग जीवन हुनेछ, तिनीहरू कदमा वृद्धि भएका हुनेछन्, र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्नेछन्; यदि तिनीहरू यस अवधिमा खराब स्थितिमा छन् र तिनीहरूसँग परमेश्वरमाथिको कुनै साँचो विश्वास छैन भने, यसको अर्थ तिनीहरूमा कुनै कद छैन भन्ने हुन्छ। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) परमेश्वरको कामको बारेमा मानिसहरूमा रहेको धारणा र कल्पना के हो भने यो मानिसहरूमा दीर्घकालीन र निरन्तर रूपमा प्रदर्शन हुँदैन, तर यसले तिनीहरूलाई क्षणिक रूपमा थोरै अन्तर्दृष्टि दिन्छ, जसले गर्दा तिनीहरूले ऊर्जाको प्रस्फुटन र क्षणिक आवेग प्रकट गर्छन्। अर्को प्रकार के हो भने परमेश्वरको काम अलौकिक छ, उहाँले मानिसहरूलाई सकारात्मक मनोवृत्ति अपनाउन, र उहाँका लागि कठिनाइ भोग्ने र आफूलाई समर्पित गर्ने इच्छा गर्ने गरी छुनुहुन्छ, त्यसपछि तिनीहरूले कद प्राप्त गर्छन् र परमेश्वरको सत्यतालाई आफ्नो जीवनको रूपमा लिने मानिसहरू बन्छन् भन्ने मानिसहरूले विश्वास गर्छन्। तिनीहरूले के विश्वास गर्छन् भने यदि तिनीहरू कुनै समस्याको कारण कमजोर भए भने, परमेश्वरले तिनीहरू असफल भएका छन् र प्रकट भएका छन् भनेर निर्धारित गर्नुहुनेछ, त्यसपछि तिनीहरूलाई परमेश्वरले दोषी ठहराउनुहुनेछ, र हटाउनुहुनेछ र त्याग्नुहुनेछ। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।)
हामीले भर्खरै सङ्गति गरेका मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? (मानिसहरूमा परमेश्वरको कामको बारेमा धेरै प्रकारका धारणा र कल्पनाहरू हुन्छन्। तिनीहरूले व्यक्तिको वास्तविक कदलाई निश्चित अवधिमा देखा पर्ने उसको प्रकटीकरण वा उसको अस्थायी प्रकटीकरणले निर्धारित गर्छ भन्ने विश्वास गर्छन्, र तिनीहरूले परमेश्वरले मानिसहरूमा गर्नुहुने काम दीर्घकालीन र निरन्तर हुनुको सट्टा क्षणिक रूपमा हुन्छ भन्ने सोच्छन्। मानिसहरूले के पनि विश्वास गर्छन् भने परमेश्वरको काम अत्यन्तै अलौकिक छ र परमेश्वरले प्रायजसो मानिसहरूलाई छुनुहुन्छ। जब मानिसहरूलाई पवित्र आत्माले क्षणिक रूपमा छुनुहुन्छ, तब तिनीहरूलाई तिनीहरू सिद्ध तुल्याइने अवस्थामा पुगेका छन् वा तिनीहरू पत्रुसको मापदण्ड हासिल गर्ने अवस्थामा पुगेका छन् भन्ने लाग्छ, र जब मानिसहरू असफल हुन्छन् र कमजोर बन्छन्, तब तिनीहरूले आफूलाई हटाइएको छ भनेर निर्धारित गर्छन्।) यस विषयमा परमेश्वरको कामको बारेमा मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? मानिसहरूले के विश्वास गर्छन् भने तिनीहरूको अस्थायी प्रकटीकरणहरूले तिनीहरूको वास्तविक कदलाई प्रतिनिधित्व गर्छन्, र परमेश्वरले तिनीहरूको अस्थायी प्रकटीकरणको आधारमा मानिसहरूको फैसला गर्नुहुन्छ। मानिसहरूले के सोच्छन् भने परमेश्वरले मानिसहरूले कठिनाइ भोगेको र मूल्य चुकाएको देख्न मन पराउनुहुन्छ, मानिसहरूले प्रायजसो प्रार्थना गरेको र संकल्पहरू गरेको र धुरुधुरु रुने गरी भावुक भएको देख्न उहाँलाई मन पर्छ, र मानिसहरूले कुराहरू त्याग्न र आफूलाई समर्पित गर्न र लगनशीलताको साथ काम गर्न, र देहका विभिन्न कठिनाइहरूलाई जित्न सकेको देख्न उहाँलाई मन पर्छ। तिनीहरूले सिद्धान्तहरू अनुसार काम गरे पनि नगरे पनि वा सत्यता अनुरूप काम गरे पनि नगरे पनि, तिनीहरूले बारम्बार मूल्य चुकाउन सके, र आफ्नो कर्तव्य निर्वाह गर्दा, प्रायजसो खान र सुत्न छुटाउँछन्, एकाबिहानै उठेर राती ढिलो सुत्छन्, र दिन-रात काम गर्छन् भने, परमेश्वरलाई यो कुरा मन पर्छ भन्ने तिनीहरूले सोच्छन्। यसको तात्पर्य के हो भने परमेश्वरले जस्तोसुकै काम गर्नुभए पनि वा उहाँले जति धेरै वचन बोल्नुभए पनि, उहाँले सबै मानिसहरूले कठिनाइ भोग्न र उहाँको लागि मूल्य चुकाउन सकून्, राम्रो खाना खान वा राम्रो लुगा लगाउन नपाऊन्, र कुनै खाली समय नपाऊन् भन्ने, र तिनीहरूले हरेक दिन आफ्नो कर्तव्य निर्वाह गर्न वा प्रार्थना गर्नमा बिताउनुपर्छ, र प्रायजसो संकल्पहरू गर्नुपर्छ, आफ्नो सङ्कल्प व्यक्त गर्नुपर्छ, आफ्नो निर्णय तय गर्नुपर्छ, र शपथ खानैपर्छ भन्ने मात्रै आशा गर्नुहुन्छ। कतिपय मानिसहरूले के सोच्छन् भने परमेश्वरले मानिसहरूको हृदय र अङ्गहरूलाई बन्धनमा पार्न मन पराउनुहुन्छ, उहाँले मानिसहरूलाई स्वतन्त्रता र उन्मुक्ति दिनुहुन्न, बरु उहाँले तिनीहरूलाई दमनमा परेको महसुस गराउनुहुन्छ ताकि तिनीहरू स्वतन्त्र हुन नसकून्, र उहाँले तिनीहरूलाई सामान्य मानवताको जीवनको स्वतन्त्रताबाट वञ्चित गर्नुहुन्छ। मानिसहरूले यस्तो सोच्छन्, होइन र? (हो।) मानिसहरूले अरू के सोच्छन्? परमेश्वरले मानिसहरूलाई असफल हुन, कमजोरी वा भ्रष्टता प्रकट गर्न, वा आफ्ना कमीकमजोरीहरू देखाउन दिनुहुन्न। मानिसहरूले के पनि विश्वास गर्छन् भने यदि तिनीहरूले मुक्ति प्राप्त गर्न र सिद्ध पारिन चाहन्छन् भने, आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा तिनीहरू कमजोर हुनु हुँदैन, वा तिनीहरूसँग सामान्य मानवताको कुनै पनि आवश्यकता, कमीकमजोरी, वा त्रुटिहरू हुनु हुँदैन, र तिनीहरूले कुनै पनि भ्रष्ट स्वभाव प्रकट गर्नु हुँदैन। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के सोच्छन् भने परमेश्वरको काम र अगुवाइमा, तिनीहरू हृदयमा जवान हुनुपर्छ, तिनीहरू जोशिलो हुनुपर्छ, र तिनीहरू आफ्नो कामप्रति जोशले भरिएका हुनुपर्छ र तिनीहरूसँग यसप्रति गम्भीर मनोवृत्ति हुनुपर्छ, साथै तिनीहरू निरन्तर पीडित हुनुपर्छ र कहिल्यै पनि ढुक्क हुँदैनन्। के मानिसहरूले यही सोच्दैनन् र? यो मानिसहरूमा भएको धारणा र कल्पना हो कि यो परमेश्वरले मानिसहरूलाई दिनुभएको साँचो मापदण्ड हो? (यो मानिसहरूमा हुने धारणा र कल्पना हो।) मानिसहरूले के सोच्छन् भने यदि तिनीहरू अलिक नकारात्मक र कमजोर छन्, वा तिनीहरूमा थोरै देहगत कठिनाइ छ, वा तिनीहरूको मानवतामा केही कमीकमजोरी वा त्रुटिहरू छन्, वा तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन्, र कहिलेकहीँ देहगत सहजताको लोभ गर्छन् भने, परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न, उहाँ तिनीहरूसँग बोल्नुहुन्न वा उहाँले तिनीहरूमा काम गर्नुहुन्न, र तिनीहरूलाई हटाइनेछ र तिनीहरूसँग मुक्ति पाउने कुनै आशा हुनेछैन। के वास्तवमा कुरा यही हुन्छ त? (हुँदैन।) के यी मानिसहरूमा हुने धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले एक हिसाबमा के विश्वास गर्छन् भने, परमेश्वरले आफ्नो कामप्रति निरन्तर जोश र आगोमय जोशले भरिएका मानिसहरूलाई मन पराउनुहुन्छ, र अर्को हिसाबमा, परमेश्वरले मानिसहरूको नकारात्मकतालाई मन पराउनुहुन्न र तिनीहरूलाई आफ्ना कमजोरीहरू देखाउन दिनुहुन्न। अर्को शब्दमा भन्दा, मानिसहरूले परमेश्वरले सन्यासीहरूलाई मन पराउनुहुन्छ भन्ने सोच्छन्, होइन र? तिनीहरूले आफ्नो सम्पूर्ण जीवन गरिबीमा जिउनु, बाहिरी मामलाहरूलाई पटक्कै ध्यान दिनु, र कुपी बालेर मधुरो ज्योतिमा परमेश्वरका वचनहरू दिनहुँ पढ्नु अत्यावश्यक हुन्छ भन्ने सोच्छन्; तिनीहरूले बिहान र साँझको प्रार्थना दुवै अनिवार्य हुन्छ, हरेक खानाभन्दा पहिले तिनीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, र तिनीहरूले सामान्य मानवताको कुनै पनि आवश्यकताहरू पूरा गर्नु हुँदैन भन्ने विश्वास गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई परमेश्वरप्रति पूर्ण रूपमा बफादार र आफ्नो कामप्रति पूर्ण रूपमा बफादार रूपमा लिन सकिन्छ, र यस्तो जोश कायम राखेर मात्रै तिनीहरूलाई परमेश्वरले मन पराउने र परमेश्वरले मुक्ति दिन र सिद्ध पार्न चाहनुहुने व्यक्ति बन्न सकिन्छ भन्ने तिनीहरूले विश्वास गर्छन्। मानिसहरूमा यी धारणा र कल्पनाहरू हुने हुनाले, कतिपयले कहिलेकहीँ आफ्नो परिवारको याद आउँदा भित्री रूपमा विशेष रूपमा धिक्कारको महसुस गर्छन्, र कहिलेकहीँ अलिकति कुरा गर्दा पनि, परमेश्वरले तिनीहरूलाई हप्काउनुहुनेछ भन्ने सोच्दै असहज महसुस गर्छन्। जब कतिपय जवान महिलाहरूले बेला-बेलामा अलिक झालाकझुलुक देखिने र निकै फेसनका वस्त्र लगाउँछन्, तब तिनीहरूलाई सबैतिर असहज महसुस हुन्छ, र तिनीहरूले सोच्छन्, “के मैले यसरी लुगा लगाउनु अलिक अनुचित कुरा होइन र? के यो अलिक लम्पट भएन र?” वास्तवमा, तिनीहरूले अनौठा वस्त्र लगाइरहेका हुँदैनन् वा जीउका भाग देखिने गरी वस्त्र लगाइरहेका हुँदैनन्, तर तिनीहरूलाई लम्पट महसुस हुन्छ र तिनीहरूले सोच्छन्, “परमेश्वरले मलाई भित्री रूपमा हप्काउनुभएको छ। मैले यसो गरेको उहाँलाई मन पर्दैन।” यदि तँलाई परमेश्वरले यो कुरा मन पराउनुहुन्न भन्ने लाग्छ भने, तैँले किन बुद्ध भिक्षुको वस्त्र वा ताओवादीको वस्त्र लगाउँदैनस् त? त्यो कति “सानदार” र “शलिन” कुरा हुनेछ! त्यो लम्पट हुँदैन, होइन र? कतिपय मानिसहरूले कहिलेकहीँ थोरै भए पनि अभिमान देखाउँछन् वा धाक लगाउँछन्, त्यसपछि भित्री रूपमा हप्की र असहज महसुस गर्छन् र सोच्छन्, “परमेश्वरले मलाई अबदेखि मन पराउनुहुन्न। उहाँले मलाई अबदेखि चाहनुहुन्न।” कतिपय मानिसहरूले कपाल कोर्ने, मेकअप लगाउने, वा ऐना हेर्ने अनुमति छैन, र तिनीहरूले महिनामा एउटा पटक वा हरेक छ महिनामा एउटा पटक मात्रै नुहाउन मिल्छ भन्ने नियमहरू समेत बनाउँछन्, र यदि तिनीहरूले महिनामा एक पटक वा हरेक छ महिनामा एक पटकभन्दा बढी पटक नुहाए भने, यस कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ र तिनीहरूले अवश्य नै मुक्ति पाउनेछैनन् भन्ने समेत सोच्छन्। तिनीहरूले बिहान पाँच बजेभन्दा पहिले उठ्नुपर्छ भन्ने नियम तय गर्छन्, र आधा घण्टापछि उठे भने, तिनीहरू सहजतामा लिप्त भइरहेका हुन्छन्, र तिनीहरू परमेश्वरलाई प्रेम गर्ने मानिसहरू होइनन् भन्ने सोच्छन्; तिनीहरूले मध्यरातपछि सुत्नुपर्छ भन्ने नियम तय गर्छन्, र मध्यरातभन्दा पहिले सुते भने, तिनीहरू आफ्नो कर्तव्य बफादार रूपमा निर्वाह गर्ने मानिसहरू होइनन् भन्ने सोच्छन्। यी मानिसहरूले आफ्नो व्यवहार, दैनिक जीवन, र जीवनका आवश्यकताहरूका लागि धेरै निश्चित नियमहरू निर्माण गर्छन्। तिनीहरूले परमेश्वरका मापदण्डहरू के हुन् भनेर खोजी गर्दैनन्, न त तिनीहरूले यी मामलाहरूप्रति परमेश्वरका दृष्टिकोण र मनोवृत्तिहरू के-के हुन् भनेर बुझ्ने प्रयास नै गर्छन्। बरु, तिनीहरूले परमेश्वरको काममा, परमेश्वरले मानिसहरूलाई यी प्रकटीकरणहरू देखाउन दिनुहुन्न, र यदि तिनीहरूसँग यी प्रकटीकरणहरू छन् भने, तिनीहरू पूर्ण रूपमा विद्रोही भइरहेका छन्, र तिनीहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ, त्यसकारण तिनीहरूले मुक्ति पाउन सक्दैनन् भनेर पूर्ण रूपमा व्यक्तिपरक रूपमा विश्वास गर्छन्। प्रायजसो, गलत कुरा भन्नु, गलत शब्द प्रयोग गर्नु, थप केही खाजा खानु, वा कहिलेकहीँ मनोरञ्जनका भिडियोहरू हेर्नु जस्ता उल्लेख गर्न लायक नरहेका केही सानातिना कुराहरूका कारण मात्रै पनि, मानिसहरूले सोच्छन्, “म खतम भएँ, यो त मेरो पूर्ण विद्रोही कार्य हो! ममा यस्तो व्यवहार र यस्तो झुकाव हुन सक्छ भन्ने मलाई थाहा थिएन—ममा अझै पनि यी समस्याहरू छन् भन्ने मलाई थाहा थिएन। यो भयानक कुरा हो। मैले आफ्नो बारेमा गहन रूपमा मनन गर्नुपर्छ, आफूलाई आत्माको गहिराइदेखि विश्लेषण गर्नुपर्छ, र मैले भित्री क्रान्ति भोग्नुपर्छ। मैले यो कुरालाई त्याग्नु हुँदैन!” सत्यता सिद्धान्तहरूसँग कुनै सम्बन्ध नभएका यी कुराहरूलाई मानिसहरूले ठूलो महत्त्व दिन्छन्। यी सबै मानिसहरूका धारणा र कल्पनाहरू हुन् र परमेश्वरले तिनलाई घृणा गर्नुहुन्छ। मानिसहरूले यी प्रकटीकरणहरू प्रकट गरेको परमेश्वर चाहनुहुन्न। त्यसोभए मानिसहरूले यस विषयमा बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? पालना गर्नुपर्ने सिद्धान्तहरू के-के हुन्? यी कुराहरू मानिसहरूका धारणा र कल्पनाहरू भएका हुनाले, ती अवश्य नै परमेश्वरले मानिसहरूका लागि तोक्नुभएका सिद्धान्तहरू होइनन्, र मानिसहरूका लागि परमेश्वरले दिनुभएका मापदण्डहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अनि ती धारणा र कल्पनाहरू हुन्, त्यसकारण यसको अर्थ ती कुराहरूलाई मानव मनमा कल्पना गरिएका र जोडिएका हुन्छन्—छोटकरीमा भन्दा, ती मानिसहरूको मनबाट आएका हुन्छन् र परमेश्वरले मानिसहरूलाई प्राप्त गर्न लगाउनुहुने सत्यता वास्तविकताहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। मानिसहरूले यी धारणा र कल्पनाहरूलाई जसरी पालना गरे पनि, सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन भने, मानिसहरूले तिनलाई पालना गर्नु व्यर्थ हुन्छ। तैँले ती कुराहरू पालना गरे पनि, तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको हुँदैनस्, र परमेश्वरले यसलाई याद गर्नुहुनेछैन। निश्चित रूपमा, कतिपय मानिसहरूले कहिलेकहीँ आफ्ना रुचि वा देहगत बानीबेहोराहरू प्रकट गर्दा भित्री रूपमा गहन असहजता र कडा हप्काइको महसुस गर्छन्। यो असहजता र आत्म-निन्दा कसरी पैदा हुन्छ? के यो पवित्र आत्माले तिनीहरूलाई उत्प्रेरित गर्नुभएको परिणाम हो? (होइन, मानिसहरूमा परमेश्वरको बारेमा धारणा र कल्पनाहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई असहज लाग्छ।) यी भावनाहरूको आधार मानिसहरूका धारणा र कल्पनाहरू हुन्, सत्यता होइनन्। कतिपय मानिसहरूलाई सानो कुरा हुने बित्तिकै भित्री रूपमा हप्की र असहज महसुस हुन्छ, र तिनीहरूले हतार-हतार प्रार्थना गर्छन् र आफ्नो पाप स्वीकार गर्छन्, र तुरुन्तै पश्चात्ताप गर्छन्। तैँले केका लागि पश्चात्ताप गर्नुपर्छ? तैँले गरेका यी कुराहरू दैनिक जीवनका आम व्यवहारहरू हुन्। ती पाप होइनन्, र ती अवश्य नै ठूला अपराधहरू होइनन्। त्यस्ता महत्त्वहीन कुराहरूलाई ठूलो नबना! यदि तँलाई ती कुराहरू गलत छन् भन्ने लाग्छ भने, तैँले ती नगर्ने निर्णय गर्न सक्छस्। तर तैँले ती कुराहरू गरिनस् भन्नुको अर्थ तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको छस् भन्ने हुँदैन, र असहज महसुस हुँदैमा तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छस् भन्ने हुँदैन। तैँले किन पश्चात्ताप गरिरहेको छस्? तैँले किन आफूलाई परिवर्तन गरिरहेको छस्? तेरो धारणा र कल्पनाहरूले तँलाई ती व्यवहारहरूमा तँ संलग्न हुनु हुँदैन भन्ने गलत रूपमा विश्वास गराइरहेकोले हो कि तेरो व्यवहार परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू विपरीत छ भन्ने तैँले सोचेकोले हो? यदि ती सत्यता सिद्धान्तहरू विपरीत जान्छन्, र तँलाई साँच्चै असहज लाग्छ भने, तैँले तुरुन्तै आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ र परमेश्वरको अघि पश्चात्ताप गर्नुपर्छ। कम्तीमा पनि यो असहजता मानवजातिको विवेकको हप्की हो। यदि तँ आफ्ना धारणा र कल्पनाहरूको विरुद्धमा गएकोले मात्रै तँलाई असहज महसुस हुन्छ भने, के तँ अनावश्यक भावनाहरूमा डुबिरहेको हुँदैनस् र? (हो।) यो अनावश्यक भावनाहरूमा डुब्नु मात्रै हो र यो अनावश्यक कार्य हो। ख्रीष्ट-विरोधीहरूलाई पछ्याउँदा तँलाई कसरी असहज लाग्दैन? त्यसका लागि तँलाई कसरी हप्कीको महसुस हुँदैन? जब तैँले दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र व्यवधान दिइरहेका र परमेश्वरको घरका हितहरूमा हानि गरिरहेका देख्छस्, र तँ तिनीहरूलाई रोक्न खडा हुँदैनस्, तब के तँलाई असहज लाग्छ? जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेर अनि आफ्नै इच्छाको आधारमा बोल्छस् र व्यवहार गर्छस्, तब के तँलाई असहज लाग्छ? यदि तैँले यी मामलाहरूमा सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छस् र पनि तँलाई यसको बारेमा कहिल्यै असहज महसुस हुँदैन भने, तँसँग मानवता समेत छैन, न त तँसँग विवेक नै छ। अनि यदि तँसँग कुनै विवेक छैन भने, कुन-कुन कुराहरूले तँलाई असहज तुल्याउनेछ? तेरो असहजता भनेको तँ अनावश्यक भावनाहरूमा डुबेर आएको मात्रै हो। तँलाई कष्ट दिइरहेका र असहज तुल्याइरहेका तेरो आफ्नै धारणा र कल्पनाहरू हुन्—त्यसको कुनै काम हुँदैन। तैँले आफ्ना धारणा र कल्पनाहरूमा परमेश्वरमा विश्वास गर्दा अन्तिम परिणाम के हुनेछ? तँ झन्-झन् ढोङ्गी र फरिसीहरू जस्तै मात्र हुनेछस्। तँ परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूबाट झन्-झन् टाढा मात्रै जान्छस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न असम्भव हुनेछ। तँलाई सधैँ आफ्नो बारेमा राम्रो महसुस हुन्छ, तर तँमा यति राम्रो कुरा के छ र? तँ धारणा र कल्पनाहरूले भरिएको छस्, र तैँले महसुस गर्ने सबै कुरा सत्यतासँग सम्बन्धित हुँदैन। भावुक हुने र हप्की महसुस गर्ने तेरो भावना, तँलाई महसुस हुने ऋणीपन र पछुतो, तैँले गर्नुपर्छ भन्ने तँलाई लागेको पश्चात्ताप, र तैँले खाने शपथ र तैँले गर्ने संकल्पहरू सबै तेरा धारणा र कल्पनाहरूसँग सम्बन्धित हुन्छन्। यी कुराहरू तेरा धारणा र कल्पनाहरूमा मात्रै आधारित हुन्छन् र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, तैँले गर्ने कुनै पनि कुरा—तैँले कठिनाइ भोग्ने र मूल्य चुकाउने काम होस् वा त्याग गर्ने र आफूलाई समर्पित गर्ने काम होस्, र तैँले जेसुकै समर्पित गरे पनि—यदि सत्यतासँग यसको कुनै सम्बन्ध छैन भने त्यो व्यर्थ हुन्छ। बुझ्यौ? (बुझ्यौँ।)
अहिले हामीले परमेश्वरको कामको बारेमा मानिसहरूमा रहेका यी धारणा र कल्पनाहरूका बारेमा सङ्गति र चिरफार गरिसकेका हुनाले, के तिमीहरू मानिसहरूले कठिनाइ भोग्छन् कि भोग्दैनन्, आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउँछन् कि चुकाउँदैनन्, र आफूलाई संयम राख्छन् कि राख्दैनन्, र तिनीहरूलाई राम्रो खाना खान र राम्रो लुगा लगाउन मन पर्छ कि पर्दैन, र इत्यादि कुराहरू, साथै परमेश्वरले मानिसहरूलाई दिनुहुने सिद्धान्तहरू के-के हुन्, र परमेश्वरले आफ्नो कामद्वारा मानिसहरूमा हासिल गर्न चाहनुहुने परिणाम वास्तवमा के हो भन्ने कुरालाई कसरी हेर्ने भन्ने बारेमा अलिक स्पष्ट भयौ? परमेश्वरले मानिसहरूमा हासिल गर्न चाहनुहुने परिणाम भनेको सधैँ तेरो कामप्रतिको जोशलाई हेर्नु होइन। अर्थात्, परमेश्वरले तेरो जोश वा कठिनाइ भोग्ने र मूल्य चुकाउने तेरो सङ्कल्पलाई हेर्न चाहनुहुन्न। परमेश्वरको नजरमा, यदि तैँले सत्यता बुझेको छैनस् भने, यी प्रकटीकरणहरू क्षणिक आवेग मात्रै हुन्। अर्को शब्दमा भन्दा, ती तेरो जोश मात्रै हुन्। जोश भनेको आधारभूत रूपमा के हो? यो तेरो आवेग हो, वा अझै सटीक रूपमा भन्दा, यो परिस्थितिहरूलाई पहुँच गर्ने भावनात्मक शैली हो। परमेश्वरले मानिसहरूको जोश, परिस्थितिहरूलाई पहुँच गर्ने तिनीहरूको भावनात्मक शैली, तिनीहरूको अस्थायी आवेग, वा यस्तो जोशिलो स्थिति चाहनुहुन्न। परमेश्वरले के चाहनुहुन्छ? (उहाँले मानिसहरूले सत्यता बुझ्न सकून् भन्ने चाहनुहुन्छ।) कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम गर्न र सत्यता बुझ्न, र विभिन्न मामलाहरूको सामना गर्दा, कुनै नियम, औपचारिकता, वा व्यवहार पालना गर्ने होइन, तर सत्यता सिद्धान्तहरू पालना गर्न सकेको चाहनुहुन्छ; उहाँले तँलाई आफूले निर्वाह गर्ने कर्तव्यमा र सबै कुरामा सत्यता सिद्धान्तहरू खोजी गर्न, र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न, र परमेश्वरका वचनहरू र सत्यतालाई आफ्नो वास्तविकता बनाउन सक्ने बनेको पनि चाहनुहुन्छ—परमेश्वरको कामले हासिल गर्ने अभिप्राय राख्ने परिणाम यही हो। जहाँसम्म तेरो व्यक्तिगत जीवनमा, तँ चाँडै सुतेर र बिहानै उठ्न चाहन्छस् कि चाहँदैनस्, वा ढिलो सुत्न र ढिलो उठ्न चाहन्छस् कि चाहँदैनस्, वा तँसँग कस्तो वरदान छ वा तँ कति स्पष्ट रूपमा बोल्छस् भन्ने कुरा छ, परमेश्वरका लागि यीमध्ये कुनै पनि कुराको महत्त्व हुँदैन। तँसँग कठिनाइ भोग्ने सङ्कल्प भए पनि नभए पनि वा तैँले जति नै धेरै मूल्य चुकाए पनि, परमेश्वरले यी कुराहरूलाई मूल्यवान् ठान्नुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरमाथिको मेरो विश्वासको खातिर, मैले धेरै वर्षदेखि राम्रा लुगा किनेको छैनँ, र म कपाल बनाउनेकहाँ नगएको दश वर्षभन्दा बढी भएको छ।” तैँले जीवनभरि राम्ररी खाइनस्, राम्रो लुगा लगाइनस्, र धेरै कठिनाइ भोगिस् भने पनि, के भो त? के परमेश्वरले चाहनुहुने कुरा त्यो हो त? के परमेश्वरले प्रचार गर्नु र सङ्गति गरेर मानिसहरूलाई धेरै सत्यताहरू प्रदान गर्नुको अन्तिम उद्देश्य भनेको तँलाई सन्यासीमा परिणत गर्नु मात्रै हो त? के यो तँलाई दयनीय नीच मान्छे, भिखारी, वा क्रोधित जवान व्यक्तिमा परिणत गर्नका लागि मात्रै हो? होइन। परमेश्वरले मानिसहरूमा आफ्ना वचनहरू र सत्यता सिद्धान्तहरू लागू गर्न पो चाहनुहुन्छ। त्यसकारण, परमेश्वरले मानिसहरूले अझै धेरै कठिनाइ भोगेको र अझै धेरै मूल्य चुकाएको मन पराउनुहुन्छ, र तिनीहरूले अत्यन्तै कन्जुसी, मेहनती, र सरल जीवन जिएको, तिनीहरूमा अत्यन्तै धेरै सङ्कल्प र आकांक्षाहरू भएको, र तिनीहरू अत्यन्तै जोसिलो भएको, वा अत्यन्तै संयमी भएको, र तिनीहरूले आफ्नो स्थानमा बसेर आफ्नो व्यवहार प्रस्तुत गरेको उहाँले मन पराउनुहुन्छ भन्ने धेरैले विश्वास गरे पनि, यी परमेश्वरको कामको बारेमा रहेका तिनीहरूका धारणा र कल्पनाहरू मात्रै हुन्। मानौँ, तेरो जीवनको धेरै वर्षसम्म, तैँले दिनमा एक छाक मात्रै खाना खान्छस् र राती तीन घण्टा मात्रै सुत्छस्, र मीठो खाना खान वा राम्रा लुगा लगाउन सक्दैनस्, र तैँले आफूले गर्नुपर्ने भनेर तैँले सोचेको कुरा धेरै वर्षसम्म गरिरहेको छस्, र अनगिन्ती कठिनाइ भोगेको छस् र अनगिन्ती सङ्कल्पहरू गरेको छस्। तिमीहरूका आफ्नै शब्दहरूमा भन्दा, तिमीहरूले “मूल आकांक्षामा कबुल गरेको कुरा पूरा गरेका छौ,” र तिमीहरूले परमेश्वरका लागि कठिनाइहरू भोग्छौ र मेहनत गर्छौ र आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पित गर्छौ। तैपनि, यो सबै कुराको बाबजुद पनि, यदि तैँले परमेश्वरका वचनहरू वा सत्यतामा कहिल्यै मेहनत गर्दैनस्, र आफूले गर्ने सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, तँ अवश्य नै त्यागिनेछस्। तैँले कठिनाइ भोगेर अनि मूल्य चुकाएर, र आफ्नो मूल आकांक्षालाई कहिल्यै परिवर्तन नगरी, र आफ्नो सम्पूर्ण जीवन परमेश्वरका लागि आफूलाई समर्पित गरेर, र आफूसँग भएको सबै कुरा उहाँलाई समर्पित गरेर मुक्ति प्राप्त गर्न चाहन्छस्। यो त सपना मात्रै हो—यो त कामना मात्रै हो। तैँले आफ्नो जीवनभरि मकैको भात र उसिनेको मकैको रोटी खाए पनि र कहिल्यै पनि राम्रो खाना नखाए पनि वा राम्रा कुराहरूको आनन्द नलिए पनि, यसको कुनै काम हुँदैन। परमेश्वरले कहिल्यै पनि व्यक्तिको व्यवहारलाई हेर्नुहुन्न, न त उहाँले व्यक्तिले बाहिरी रूपमा कुन नियमहरू पालना गर्छ, वा उसले बाहिरी रूपमा साधारण र सरल जीवन जिउँछ कि जिउँदैन भन्ने कुरालाई नै हेर्नुहुन्छ। परमेश्वरले तँ कुन मार्गमा छस्, तैँले सामना गर्ने हरेक मामलामा के-कस्ता सिद्धान्तहरू पालना गर्छस्, र समस्याहरू सम्हाल्दा तैँले सत्यता सिद्धान्तहरू पालना गर्छस् कि गर्दैनस् भन्ने कुरा हेर्न चाहनुहुन्छ। यदि तैँले सत्यता सिद्धान्तहरू पालना गर्दैनस् भने, तैँले ती तय गरिएका प्रावधान र नियमहरूलाई जति नै राम्ररी पछ्याए पनि, यसको कुनै काम हुँदैन। यसले तँ धारणा र कल्पनाहरूमा जिउने व्यक्ति होस्, पूर्ण रूपमा व्यक्तिपरक, राम्रा इच्छाहरूमा जिउने व्यक्ति होस्, परमेश्वरको कामसँग जसको कुनै सम्बन्ध हुँदैन, र परमेश्वरले मानिसहरूमा आफ्नो मुक्तिको काम गर्ने कुनै पनि तरिकासँग यसको कुनै सम्बन्ध हुँदैन—तँ परमेश्वरको कामबाट टाढा रहेको व्यक्ति होस् भन्ने कुरालाई मात्रै जनाउनेछ। त्यसकारण, यदि तँ परमेश्वरको कामबाट केही कुरा प्राप्त गर्न चाहन्छस् भने, तैँले सुरुमा सत्यतामा परिश्रम गर्नुपर्छ; तैँले आफ्ना धारणा र कल्पनाहरूमा कुनै पनि काम गर्नु हुँदैन वा कुनै प्रयास लगाउनु हुँदैन—त्यसो गर्नु व्यर्थ हुन्छ। कतिपय मानिसहरूले मलाई सोध्छन्: “मलाई लामो कपालले अझै भद्र र उचित देखिन्छ कि छोटो कपालले?” म तिनीहरूलाई प्रतिक्रिया दिँदै सोध्छु, “तँलाई लामो कपाल मन पर्छ कि छोटो कपाल मन पर्छ?” तिनीहरूले भन्छन्, “मलाई मेरो कपाल लामो राख्न मन पर्छ। तर मलाई के लाग्छ भने लामो कपाल भद्र र उचित हुँदैन, र परमेश्वरलाई यो कुरा मन पर्दैन।” अनि म जवाफ दिन्छु, “परमेश्वरले कहिले यसो भन्नुभयो? के सत्यतासँग यसको कुनै सम्बन्ध छ?” अरूले मलाई सोध्छन्: “के मैले खाजा खान मिल्छ?” अनि म भन्छु, “के खाजा खानु सामान्य मानवताको आवश्यकता हो? के मानिसहरूले ती खानु हुँदैन भनेर परमेश्वरले तोक्नुभएको छ? के परमेश्वरले यसलाई निन्दा गर्नुहुन्छ?” अनि तिनीहरूले भन्छन्, “मलाई लाग्छ परमेश्वरले यसलाई निन्दा गर्नुहुन्छ, किनभने खाजा खानु लम्पट कुरा हो।” “लम्पट” को अर्थ के हो? यदि तँलाई खाजा खानु लम्पट हो भन्ने लाग्छ भने, के खाजा नखानुको अर्थ तँ लम्पट छैनस् भन्ने हुन्छ? के खाजा नखानुको अर्थ तैँले सत्यता बुझेको छस् र सत्यताको अभ्यास गरेको छस् भन्ने हुन्छ र? मैले यसलाई यसरी भन्दा तिमीहरूले यो कुरा बुझ्न सक्छौ, होइन र? (हो।) धारणा र कल्पनाहरू सत्यता होइनन् र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। यदि तँ चलाख छस् भने, तैँले अझै पनि के-कस्ता धारणा र कल्पनाहरू छन्, र तँसँग अझै पनि फरिसीहरूका के-कस्ता अभ्यास, विचार र दृष्टिकोणहरू छन् भनेर तुरुन्तै जाँच्नुपर्छ, र तिनलाई तुरुन्तै त्याग्नुपर्छ। यी कुराहरूलाई त्याग्नुको उद्देश्य तँलाई लम्पट र आत्म-लिप्त तुल्याउनु होइन, तर तँलाई सत्यता सिद्धान्तहरू खोजी गर्न, र सत्यतालाई आफ्नो जीवनको रूपमा प्राप्त गर्न परमेश्वरको अघि आउन लगाउनु हो। तँ भिखारी बनेको र तैँले संन्यासी जीवन जिएको परमेश्वरले चाहनुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरले मानिसहरू भिखारी बनेको चाहनुहुन्न, त्यसकारण के यसको अर्थ उहाँले तिनीहरूलाई धनी बनाउनुहुन्छ भन्ने हो?” परमेश्वरले मानिसहरू धनी बनेको पनि चाहनुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “मानिसहरूले शारीरिक कठिनाइ भोगेको परमेश्वरले मन पराउनुहुन्छ भन्ने कुरा मानव धारणा र कल्पना हो। त्यसकारण यदि परमेश्वरले मानिसहरूले कठिनाइ भोगेको मन पराउनुहुन्न भने, के यसको अर्थ उहाँले तिनीहरूलाई सहजतामा जिएको मन पराउनुहुन्छ भन्ने हुन्छ?” गलत, यो पनि तेरो धारणा र कल्पना हो। त्यसोभए, व्यवहार गर्ने सही तरिका के हो? (परमेश्वरले मानिसहरू उहाँको अघि आउन र सत्यता सिद्धान्तहरू खोजी गर्न सकेको चाहनुहुन्छ, चाहे तिनीहरूको जीवनमा जेसुकै आइपरोस्।) जहिले भए पनि, सत्यता सिद्धान्तहरूलाई बिर्सन सकिँदैन। कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरले मानिसहरूले उहाँको अघि संकल्पहरू गरेको र कठिनाइ भोग्ने सङ्कल्प बोकेको मन पराउनुहुन्छ।” अरूले भन्छन्, “कष्ट भोग्न नचाहने मानिसहरूलाई परमेश्वरले मन पराउनुहुन्न।” यी कुराहरू भन्नु सही हो कि गलत हो? कुन अभिव्यक्ति सही छ र कुन गलत छ? (ती दुवै गलत छन्।) कतिपय मानिसहरूले सधैँ आफ्नो हैसियत, ख्याति, र प्राप्तिका लागि कठिनाइ भोग्छन्—तिनीहरूसँग कठिनाइ भोग्ने दृढ सङ्कल्प हुन्छ। के यी प्रकटीकरणहरूले परमेश्वरलाई खुशी पार्छन्? (पार्दैनन्।) कतिपय मानिसहरू व्यक्तिगत मामलाहरूमा कठिनाइ भोग्न अनिच्छुक हुन्छन्, तर आफ्नो कर्तव्य निर्वाह गर्नका खातिर र सत्यताका खातिर कठिनाइ भोग्न तयार हुन्छन्, र सत्यता सिद्धान्तहरू अनुसार काम गर्नका लागि थोरै कठिनाइ भोग्न तयार हुन्छन्। यीमध्ये कुन प्रकटीकरण राम्रो छ? (सत्यता सिद्धान्तहरूका खातिर कठिनाइ भोग्नु।) यी कुराहरूबाट के कुरा देख्न सकिन्छ? सत्यता सिद्धान्तहरू अनुसार काम गर्नु र सत्यताको अभ्यास गर्नु सही कुरा हो। चाहे यो आफ्नो कर्तव्य निर्वाह गर्ने मामलाहरूसँग सम्बन्धित होस्, वा आफ्नो व्यक्तिगत जीवनका मामलाहरूसँग सम्बन्धित होस्, व्यक्तिले कठिनाइ भोग्छ कि भोग्दैन भन्ने कुरा मापदण्ड वा सिद्धान्त होइन। सिद्धान्तहरू के-के हुन्? सिद्धान्तहरू परमेश्वरका मापदण्डहरू, परमेश्वरका वचनहरू, र सत्यता हुन्। यदि तैँले सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गरिस् भने, तैँले त्यसो गर्दा कठिनाइ नभोगे पनि, तैँले गरिरहेको कुरा सही हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्छ; यदि तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गरिनस् भने, तैँले यस प्रक्रियामा धेरै कठिनाइ भोगे पनि वा ठूलो अपमान सहे पनि, यो व्यर्थ हुन्छ, र परमेश्वरले तेरा कार्यहरूलाई अनुमोदन गर्नुहुन्न। यो त कतिपय मानिसहरूले ख्रीष्ट-विरोधीको आदेश सुनेपछि जे गर्नु भनिएको हो त्यही गरे जस्तै हो, यसरी तिनीहरूले ख्रीष्ट-विरोधीका रुचिहरू अनुसार काम लागू गर्छन्, धेरै कुरा गर्छन् र कष्ट भोग्छन्, र तिनीहरू अत्यन्तै व्यस्त हुन्छन्, यहाँसम्म कि तिनीहरूको शरीर थकाइले कुप्रिन्छ र गल्छ। के परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्छ? के परमेश्वरले यसलाई याद गर्नुहुनेछ? (उहाँले यसलाई अनुमोदन गर्नुहुन्न, र उहाँले यसलाई याद गर्नुहुनेछैन।) त्यसोभए परमेश्वरको मनोवृत्ति के हो? (परमेश्वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ।) परमेश्वरले के भन्नुभयो? “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” यो परमेश्वरको मनोवृत्ति हो, होइन र? (हो।) तैँले जति नै धेरै कठिनाइ भोगे पनि वा तैँले जति नै धेरै मूल्य चुकाए पनि, तैँले यी कुराहरू आफ्नो योगदानको बारेमा घमण्ड गर्न प्रयोग गर्न त सक्छस्, तर परमेश्वरले यी कुराहरूलाई हेर्नुहुन्न। तैँले यी कुराहरू सत्यता सिद्धान्तहरू अनुसार गरिस् कि गरिनस् भन्ने कुरा र तैँले परमेश्वरका वचनहरू पालना गरिरहेको छस् कि छैनस् भन्ने कुरालाई मात्रै परमेश्वरले हेर्नुहुन्छ—उहाँले तँलाई मापन गर्न यो सिद्धान्त प्रयोग गर्नुहुन्छ। यदि तैँले परमेश्वरका वचनहरू पछ्याउँदैनस्, तर आफ्नै विचारहरू अनुसार काम गर्छस् भने, तैँले जति नै धेरै कठिनाइ भोगे पनि वा जति नै धेरै मूल्य चुकाए पनि, यो सबै व्यर्थ हुनेछ। परमेश्वरले यसलाई याद नगर्नुहुने मात्र होइन, तर उहाँले यसलाई निन्दा पनि गर्नुहुनेछ। त्यो त तेरो आफ्नै विनाश ल्याउने कार्य हुनेछ, होइन र? (हो।) त्यस्ता मानिसहरूलाई अन्तमा हटाइनेछ—तिनीहरू यो पाउन लायक हुन्छन्, होइन र? (हो।) परमेश्वरले हजारौँ हजार वचन बोल्नुभएको छ र तँलाई सत्यता सिद्धान्तहरू बताउनुभएको छ, तर तैँले पटक्कै सुन्दैनस्। तँसँग सधैँ आफ्नै विचारहरू हुन्छन्, र तैँले सत्यतालाई आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रतिस्थापन गर्ने, र यसरी परमेश्वरको अनुमोदन प्राप्त गर्ने, राज्यमा प्रवेश गर्ने, र आशिष् र इनाम पाउने आशा गर्छस्। के यो मृत्युसँग खेल्नु होइन र? के त्यस्ता मानिसहरू पावल जस्ता मानिसहरू होइनन् र? (हुन्।) त्यसकारण, यदि मानिसहरूले आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतालाई त्याग्न चाहन्छन् भने, तिनीहरूले परमेश्वरको कामको बारेमा सही बुझाइ प्राप्त गर्नुपर्छ। तिनीहरूले परमेश्वरको बारेमा अनुमान गर्नु हुँदैन, उहाँको कामलाई मापन गर्नु हुँदैन, वा आफ्ना धारणा र कल्पनाहरूका आधार अनुसार आफ्नो व्यवहार र अभ्यासहरूलाई मापन गर्नु हुँदैन, त्यसपछि यी धारणा र कल्पनाहरूका आधारमा सबै कुरालाई सम्हाल्नु हुँदैन। यो शैलीको अन्तिम परिणाम के हुनेछ भने यो व्यर्थ हुनेछ, र गम्भीर अवस्थामा, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउनेछन्, परमेश्वरको स्वभावलाई चिढ्याउनेछन्, र दण्डित हुनेछन्। त्यसकारण, परमेश्वरको कामलाई पहुँच गर्दा, मानिसहरूले परमेश्वरको बारेमा रहेका आफ्ना विभिन्न धारणा र कल्पनाहरूलाई त्याग्नुपर्छ। अर्थात्, तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूलाई जाँच्नु र चिरफार गर्नुपर्छ त्यसपछि तिनलाई त्याग्नुपर्छ, परमेश्वरका अभिप्रायहरू र सत्यताको खोजी गर्नुपर्छ, र आफ्ना धारणा, कल्पना, गलत सिद्धान्त र अभ्यासहरूलाई प्रतिस्थापन गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुपर्छ। यसरी मात्रै तँ मुक्तिको मार्गमा हिँड्न सक्छस्। नत्र भने, तैँले मुक्ति पाउन असम्भव हुन्छ, र यसमा कुनै प्रश्न छैन! यो परमेश्वरको कामको बारेमा मानिसहरूमा हुने एउटा धारणा र कल्पना हो। हामी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ।
मानिसहरूमा परमेश्वरको कामको बारेमा अर्को प्रकारको धारणा र कल्पना हुन्छ, जुन के हो भने तिनीहरूको दैनिक जीवनमा, जब तिनीहरू कमजोर हुन्छन्, जब तिनीहरूभित्र परमेश्वरप्रतिको विभिन्न प्रकारका विद्रोहीपन पैदा हुन्छ, वा जब तिनीहरूले परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र परमेश्वरको विरोध गर्ने कुराहरू गरेका हुन्छन्, तब तिनीहरूले के विश्वास गर्छन् भने तिनीहरूले आफूलाई अनुशासनमा राख्नुपर्छ, ताडना दिनुपर्छ, वा दण्ड समेत दिनुपर्छ, श्राप दिनुपर्छ, इत्यादि। उदाहरणका लागि, कहिलेकहीँ मानिसहरूले गलत कुरा भन्छन् वा केही धारणाहरू प्रकट गर्छन्, वा तिनीहरूले कुनै कुराप्रति निश्चित विचारहरू राख्छन् र केही हदसम्म अवज्ञा गर्छन्, र केही समयपछि, तिनीहरूले सोच्छन्, “मैले यो विद्रोहीपन र धोका प्रकट गरेको छु, तर किन यसका लागि मलाई अनुशासनमा राखिएको छैन? मेरो जिब्रोमा कुनै घाउ आएको छैन, म राती नराम्रो सपना देख्दिनँ, र मलाई हृदयमा असहज महसुस हुँदैन। किन? मैले कसरी पवित्र आत्माको कामको अनुभव गर्दिनँ?” तिनीहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने परमेश्वर तिनीहरूलाई मुक्ति दिन आउनुभएको हुनाले, र परमेश्वरको कामले तिनीहरूलाई जित्नु मात्र होइन, तर तिनीहरूलाई रूपान्तरण गर्नुपर्छ र शुद्ध पार्नुपर्छ, र सत्यतासँग नमिल्ने तिनीहरूले बोकेका सबै प्रकारका विचार र दृष्टिकोणहरू कुराहरू परिवर्तन पनि गर्नुपर्छ, त्यसकारण यदि तिनीहरूको विचारमा सत्यतासँग नमिल्ने केही कुराहरू छन्, वा घिन लाग्दो, फोहोरी, वा दुष्ट कुराहरू छन् भने, तिनीहरूलाई ती कुराका लागि अनुशासनमा राख्नुपर्छ, हप्काउनुपर्छ, वा दण्ड समेत दिनुपर्छ, र तिनीहरूले सोच्छन्, “मानिसहरूलाई बारम्बार अनुशासनमा राखिएन भने तिनीहरूलाई कसरी परिवर्तन हुन सक्छन् र कसरी पवित्र तुल्याउन सकिन्छ?” यहाँ मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? तोकेर भन्दा, तिनीहरूलाई बारम्बार अनुशासनमा राख्नुपर्छ, हप्काउनुपर्छ, ताडना दिनुपर्छ, दण्ड दिनुपर्छ, र सजाय दिनुपर्छ र आलोचना समेत गर्नुपर्छ, त्यसपछि मात्रै तिनीहरूले स्वभाव परिवर्तन हासिल गर्न सक्छन्। तैपनि, दैनिक जीवनमा, जब मानिसहरूले फोहोरी, दुष्टता, र भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरूले स्वाभाविक रूपमा नै त्यसो गर्छन्, तिनीहरूले यो कुरा महसुस गर्न सक्छन्, र यसरी जिउँदा तिनीहरूलाई शान्ति समेत हुन्छ र तिनीहरूलाई अनुशासनमा राखिएको वा दण्ड दिइएको छ भन्ने महसुस हुँदैन, र तिनीहरूलाई यो असामान्य लाग्छ। मानिसहरूले के सोच्छन् भने यदि तिनीहरूले भ्रष्टता प्रकट गरे भने, तिनीहरूलाई कम्तीमा पनि हप्कीको अनुभूति हुनुपर्छ, वा तिनीहरू बिरामी पर्नुपर्छ, वा मुखमा घाउ आउनुपर्छ, वा खाँदा अड्किनुपर्छ वा जिब्रो टोक्नुपर्छ, र तिनीहरूले हेर्न नहुने कुरा हेरे भने तिनीहरूको आँखा रातो हुनुपर्छ र सुन्निनुपर्छ। मलाई भन, के परमेश्वरले यी कुराहरू गर्नुहुन्छ? (गर्नुहुन्न।) के उहाँले ती कुराहरू पटक्कै गर्नुहुन्न? (जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब परमेश्वरले तिनीहरूलाई तिनीहरूको कद अनुसार थोरै अनुशासनमा राख्न र हप्काउन सक्नुहुन्छ, ताकि तिनीहरू आफ्नो बारेमा चिन्तन गरेर सत्यतामा प्रवेश गर्न सकून्। तैपनि, जब मानिसहरूले सत्यता बुझेका हुन्छन् र तिनीहरूले गरेको काम गलत छ भन्ने कुरा हृदयमा स्पष्ट रूपमा थाहा पाउँछन्, तब परमेश्वरले तिनीहरूलाई अवश्य नै यस्तो अवस्थामा अनुशासनमा राख्नुहुनेछैन, किनभने तिनीहरूले सत्यताको खोजी गर्न, र आफ्नो कार्य र व्यवहार मापन गर्न उहाँका वचन र सत्यताको प्रयोग गर्न सक्छन् भन्ने उहाँले आशा गर्नुहुन्छ।) त्यो कुराको बारेमा निकै राम्रो सङ्गति गरिस्। मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने जब-जब तिनीहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब-तब परमेश्वरले तिनीहरूलाई अनुशासित गर्नुपर्छ, र खास गरी, जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब परमेश्वरको दण्ड तुरुन्तै तिनीहरूमा आउनुपर्छ, ताकि दुष्ट मानिसहरूले अवश्य नै दण्ड पाऊन्। तर वास्तविक जीवनमा, तिनीहरूले यी दण्डहरू आइरहेको बिरलै देख्छन्। एक हिसाबमा, जब मानिसहरूले विभिन्न प्रकारका भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब तिनीहरूलाई अनुशासनमा राखिँदैन वा ताडना दिइँदैन, र अर्को हिसाबमा, जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब तिनीहरूलाई दण्ड दिइँदैन। यसले मानिसहरूको हृदयभित्र परमेश्वरको कामको बारेमा निश्चित धारणाहरू पैदा गर्छ, र कतिपय मानिसहरूले आफ्नो विश्वास समेत गुमाउँछन्, र यी बाहिरी कुराहरूका आधारमा परमेश्वरको कामलाई मापन गर्छन्, र उहाँको कामको बारेमा आलोचना गर्छन्। यी मानिसहरूका धारणा र कल्पनाहरू हुन्, होइनन् र? जब मानिसहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब के परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुपर्छ वा सजाय दिनुपर्छ र न्याय गर्नुपर्छ? (होइन।) कतिपय मानिसहरूले भन्छन्, “जब परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई पूर्ण रूपमा मुक्ति दिनु नै पर्छ। परमेश्वरको कामको उद्देश्य के हो? के यो मानिसहरूलाई शुद्ध पार्नु होइन र? त्यसकारण जब मानिसहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब परमेश्वरले तिनीहरूलाई अनुशासित गर्नुपर्छ र हप्काउनुपर्छ—तिनीहरूप्रति जिम्मेवार हुनु भनेको यही हो। नत्र भने, उहाँले मानिसहरूको वास्ता गर्नुहुन्न र तिनीहरूलाई साँचो रूपमा प्रेम र कृपा गर्नुहुन्न।” के मानिसहरूले यसरी सोच्दैनन् र? (सोच्छन्।) यहाँ बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? के मानिसहरूले सत्यता बुझ्न र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि अत्यावश्यक प्रक्रियाहरू अनुशासनमा बस्नु, ताडना, र दण्ड भोग्नु हो? के ती मानिसहरूलाई मुक्ति दिन र रूपान्तरण गर्नका लागि परमेश्वरका लागि अत्यावश्यक माध्यम र तरिकाहरू हुन्? कतिपय मानिसहरूले यसलाई पत्ता लगाउन सक्दैनन् र सोच्छन्, “यदि परमेश्वर साँच्चै नै अस्तित्वमा हुनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिनका लागि आफ्नो काम गर्नुहुन्छ भने, तिनीहरूले भ्रष्टता प्रकट गर्दा वा उहाँको विरुद्धमा विद्रोह गर्दा उहाँले किन मानिसहरूलाई अनुशासनमा राख्नुहुन्न? परमेश्वरले किन दुष्ट मानिसहरूलाई दुष्कर्म गरेकोमा दण्ड दिनुहुन्न?” जब परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्न, वा जब दुष्ट मानिसहरूलाई दुष्कर्म गरेकोमा दण्ड दिनुहुन्न, तब के यसले कतिपय मानिसहरूलाई परमेश्वरको अस्तित्व र उहाँको कामका परिणामहरूबारे प्रश्न गर्न लगाउँदैन र? यदि बारम्बारको अनुशासन र सजायले सत्यताको खोजी गर्ने मानिसहरूको कार्यको स्थान लिन वा तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सहयोग गर्न सक्छ भने, अनुशासन र सजाय मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्वरले काम गर्ने मुख्य तरिका, र त्यसो गर्ने अत्यावश्यक माध्यम हुनेछ। तर मानिसहरूको वर्तमान स्तरको भ्रष्टतालाई हेर्दा, के परमेश्वरको अनुशासन र दण्डद्वारा तिनीहरूको शैतानी प्रकृति तुरुन्तै रूपान्तरण हुन सकिन्छ? के मानिसहरूले तुरुन्तै साँचो पश्चात्ताप गर्न सक्छन्? के तिनीहरू तुरुन्तै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? (अहँ, सक्दैनन्।) त्यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुनेछ। त्यसकारण, परमेश्वरको कामको यो चरणमा, परमेश्वरले मानिसहरूलाई जीवन प्रदान गर्न सत्यताहरू व्यक्त गर्ने क्रममा, उहाँले मानिसहरूलाई अन्तर्दृष्टि दिने र अगुवाइ गर्ने पवित्र आत्माको काम बाहेक अरू कुनै अलौकिक काम गर्नुहुन्न, र उहाँले बिरलै मानिसहरूलाई ताडना दिने, अनुशासनमा राख्ने, वा दण्ड दिने जस्ता कुराहरू समेत गर्नुहुन्छ। मानिसहरूलाई ताडना दिनु, अनुशासित गर्नु, र दण्ड दिनु परमेश्वरको कामको प्रमुख भाग होइन, तर उहाँले अझै पनि यी कुराहरू गर्नुहुन्छ। अर्थात्, निश्चित विशेष मानिसहरू वा विशेष मामलाहरूको हकमा, वा निश्चित विशेष वातावरणहरूमा, निश्चित विशेष परिणामहरू हासिल गर्नका लागि वा निश्चित विशेष कारणहरूका कारण, परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्ने, ताडना दिने, वा दण्ड दिने काम गर्नुहुनेछ। तर समग्रमा, उहाँको कामको यो चरणमा, उहाँले काम गर्ने मुख्य तरिका भनेको मानिसहरूलाई सत्यता पछ्याउने तिनीहरूको मार्गमा चाहिने कुरा प्रदान गर्न सत्यता बोल्नु र व्यक्त गर्नु हो, र यसको उद्देश्य भनेको तिनीहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सहयोग गर्नु हो। अहिले परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको हुनाले, उहाँले विगतमा गर्नुभएका अनुशासनमा राख्ने, ताडना दिने, र दण्ड दिने यो काम बिरलै गर्नुहुन्छ। त्यसकारण मानिसहरूले त परमेश्वरले तिनीहरूलाई अनुशासनमा राखिरहनुभएको छ कि छैन, तिनीहरूलाई बाधा दिइरहनुभएको छ कि छैन, वा तिनीहरूलाई कुनै पनि मामलामा सहजता दिइरहनुभएको छ कि छैन भन्ने कुरामा, र अरू त्यस्ता तरिका र अभ्यासहरूमा ध्यान दिनुको सट्टा दैनिक जीवनमा परिस्थितिहरूको सामना गर्दा तिनीहरूले अभ्यास गर्नुपर्ने विभिन्न सत्यता सिद्धान्तहरूमा नै बढी ध्यान दिनुपर्छ। परमेश्वरले अनुशासन, ताडना, र दण्ड जस्ता विधिहरू बिरलै प्रयोग गर्नुहुने हुनाले, उहाँले ती कहिल्यै प्रयोग गर्नुहुन्न भन्ने होइन, तर उहाँले ती बिरलै प्रयोग गर्नुहुन्छ। “ती बिरलै प्रयोग गर्नुहुन्छ” भनेर मैले भन्नुको अर्थ के हो? कहिलेकहीँ, केही विशेष परिस्थितिहरूमा, उहाँले मानिसहरूलाई सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सहयोग गर्ने केही काम गर्नका लागि—हल्का रूपमा वा नमुना र उपमाको रूपमा—अनुशासन, ताडना, वा दण्डका विधिहरू प्रयोग गर्नुहुन्छ। अर्थात्, उहाँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूमा प्रवेश गर्न सहयोग गर्न यी तरिकाहरू प्रयोग गर्नुहुन्छ, तर त्यति मात्र हो। त्यसोभए, परमेश्वरले आफ्नो काममा किन यी विधिहरू धेरै प्रयोग गर्नुहुन्न? उहाँले किन मुख्य रूपमा यी तरिकाहरूमा काम गर्नुहुन्न? एक हिसाबमा, किनभने उहाँको कामको यो चरणमा, उहाँले मानिसहरूलाई तिनीहरूले बुझ्नुपर्ने विभिन्न सत्यताहरू पहिले नै बताइसक्नुभएको छ र प्रदान गरिसक्नुभएको छ, र तिनीहरूले पहिले नै यी सत्यताहरू सुनेका छन्, र तिनीहरूसँग पहिले नै तिनीहरूको बुझाइको दायराभित्र रहेका ती कुराहरूको बुझाइ र ज्ञान छ। यो एउटा कारण हो। अर्को कारण मानिसहरूका व्यक्तिपरक तत्वहरूसँग सम्बन्धित छ। मानिसहरूमा सामान्य मानवताको विवेक हुन्छ, र यो विवेकको प्रभावमा, तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू, वा तिनीहरूको आफ्नै कार्य, विचार, र दृष्टिकोणहरू सकारात्मक छन् कि नकारात्मक छन् भनेर तिनीहरूले मापन गर्नेछन्। कम्तीमा पनि, मानिसहरूका अन्तस्करणमा, यो सब कुरालाई मापन गर्ने विवेकको मापदण्ड हुन्छ। यदि तैँले निश्चित कुरालाई मापन गर्न आफ्नो विवेकको प्रयोग गरिस् र यो सकारात्मक छ भनेर निर्धारित गरिस् भने, तैँले यो काम अघि बढाउनुपर्छ, र तँ अलिक ढिलो छस् र तैँले यो काम गर्न अलिक ढिलाइ गरिस् भने आफूलाई हप्काउनु पर्दैन। यदि तैँले त्यो कुरालाई मापन गर्न आफ्नो विवेकको प्रयोग गरिस् र यो नकारात्मक छ र यो काम गर्नु हुँदैन भन्ने निर्धारित गरिस् भने, तैँले आफूलाई काबुमा राख्नुपर्छ र त्यो कुरा भन्नु वा गर्नु हुँदैन। तैपनि, यदि तँमा विवेक र समझद्वारा संचालित भावनाहरू छैनन् भने, तँ मानव होइनस्। यदि तँसँग विवेक र समझ समेत छैन भने, तैँले कुनै कुरा सही छ कि गलत छ, सकारात्मक छ कि नकारात्मक छ भनेर मापन गर्न सक्दैनस्, त्यसकारण परमेश्वरले तँलाई अनुशासनमा राख्नु र दण्ड दिनु व्यर्थ हुनेछ। अर्को शब्दमा भन्दा, विवेकका प्रभावहरूबाट मुक्त हुनेहरूमा परमेश्वरले काम गर्नुहुन्न, र उहाँले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। तिनीहरूलाई “मुक्ति नदिनु” भन्ने शब्दमा के समावेश हुन्छ? उहाँले तिनीहरूलाई अनुशासनमा राख्न समेत चाहनुहुन्न; उहाँले तिनीहरूलाई अनुशासनमा राख्नुहुन्न वा ताडना दिनुहुन्न। यस्तो सोध्नेहरू पनि हुन्छन्, “यदि कसैले दुष्कर्म गर्यो भने, के परमेश्वरले उसलाई दण्ड दिनुहुनेछ?” परमेश्वरले तिनीहरूलाई सीधै दण्ड दिनुहुनेछैन, किनभने मण्डलीका प्रशासनिक आदेशहरू छन्। यदि ऊ बाधा वा अवरोध ल्याउने दुष्ट व्यक्ति हो भने, उसलाई निकाल्नु वा निष्कासित गर्नु नै यसको अन्तिम परिणाम हुनेछ। तिनीहरूले निकालिने वा निष्कासित हुने सर्तहरू पूरा नगरे पनि, तिनीहरूलाई ख समूहमा पठाइनेछ। यदि कसैले परमेश्वरका भेटीहरू बरबाद गर्यो भने, त्यो अझै गम्भीर कुरा हो, र उसले आफूले परिपूर्ति गर्नुपर्ने जति रकम परिपूर्ति गर्नुपर्छ, त्यसपछि उसलाई उचित रूपमा निराकरण गर्नुपर्छ। यो परमेश्वरको कामको सिद्धान्त र उहाँले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्त हो। यो सरल छ, होइन र? (हजुर, हो।) के परमेश्वरले तँलाई छनौट गर्नुको अर्थ उहाँले तँलाई सिद्ध तुल्याउनुपर्छ, र उहाँले त्यसो नगरेसम्म उहाँ रोकिनुहुनेछैन भन्ने तँलाई लाग्छ? विवेक र समझ भएका, र सत्यता पछ्याउनेहरूका हकमा मात्रै यो कुरा लागू हुन्छ—मुक्ति पाउन सक्नेहरूका हकमा मात्रै यो लागू हुन्छ। विवेकको चेतना समेत नभएका मानिसहरूका हकमा भन्दा, तिनीहरूलाई मण्डलीका प्रशासनिक आदेशहरू अनुसार व्यवहार र निराकरण मात्रै गरिनुपर्छ—परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछैन। तिनीहरूलाई अनुशासनमा राख्नुको के अर्थ हुन्छ र? सामान्य मानवता र विवेक नभएका मानिसहरूलाई अनुशासनमा राख्नु भनेको माछालाई जमिनमा बस्न लगाउने, वा सुँगुरलाई उड्न लगाउने प्रयास गर्नु जस्तै हो, यो सुँगुरको अघि मोती फाल्नु र अशुद्ध पशुको अगाडि खानका लागि पवित्र कुराहरू फाल्नु जस्तै हो—परमेश्वरले अवश्य नै यसो गर्नुहुन्न। त्यसकारण, यस मामलामा, मानिसहरूले यस्तो सोच्नु हुँदैन, “मलाई परमेश्वरले चुन्नुभएको हो, म परमेश्वरको भेडा हुँ, र मैले गल्ती गरे पनि र दुष्कर्म गरे पनि, परमेश्वरले मलाई त्याग्नुहुन्न।” यो अभिव्यक्ति सही छैन—तँ भेडा होस् कि ब्वाँसा होस् भनेर भन्न गाह्रो छ। तँ परमेश्वरको भेडामध्ये एउटा होस् कि होइनस् भनेर तैँले कसरी मापन गर्छस्? यो कुरा तैँले मानवता र विवेकको विरुद्धमा जाने कुनै काम गरेको बेला तँलाई यसको बारेमा थाहा हुन्छ कि हुँदैन र तेरो विवेकलाई धिक्कार र हप्काइको महसुस हुन्छ कि हुँदैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँलाई हप्काइको महसुस भयो भने, तैँले आफूलाई परिवर्तन गर्नेछस्, र तैँले सत्यता नबुझे पनि, तैँले विवेकको मापदण्ड अनुसार काम गर्न सक्नेछस्। कम्तीमा पनि, तैँले सामान्य मानवता अनुसार काम गर्न सक्नेछस्। यदि तँमा यी प्रकटीकरणहरू छन् भने, तँ परमेश्वरको भेडामध्ये एउटा होस्। यदि, जब तैँले सामान्य मानवताको विवेकको विरुद्धमा जाने र नैतिक इन्साफको उल्लङ्घन गर्ने कुनै कुराको सामना गर्छस्, तब तँसँग अलिकति पनि न्यायको बोध हुँदैन, र तैँले गरेको दुष्कर्म, वा दुष्ट मानिसहरूले ल्याएको बाधाप्रति तँलाई तिरस्कार वा घृणाको महसुस हुँदैन, र तेरो विवेकलाई हप्काइको महसुस पटक्कै हुँदैन भने, तँ परमेश्वरको भेडा होइनस्, तँ ब्वाँसा होस्, तँ पशु होस्, र तँ दियाबलस होस्। तँ परमेश्वरको भेडा होस् कि ब्वाँसा होस् भनेर मापन गर्ने मापदण्ड यही हो। यदि तँ परमेश्वरको भेडामध्ये एउटा होइनस्, र पनि तैँले अझै पनि “मैले भ्रष्टता र विद्रोहीपन प्रकट गरेको छु, तैपनि परमेश्वरले मलाई अनुशासनमा राख्नुभएको छैन; परमेश्वरले मलाई अनुशासनमा राख्नुपर्छ” भन्ने जस्ता विचार, धारणा, र कल्पनाहरू प्रयोग गरेर परमेश्वरको कामलाई निरन्तर मापन गर्छस् भने, तँ मूर्ख होस्। तँ पटक्कै परमेश्वरको भेडा होइनस्, र परमेश्वरसँग तँलाई मुक्ति दिने कुनै अभिप्राय छैन, त्यसकारण के तँ परमेश्वरको काम मापन गर्न र मूल्याङ्कन गर्न योग्य छस् त? यदि यो मूर्खता होइन भने, यो के हो त? तैँले यस कुरालाई मापन गर्न सक्छस्, होइन र? (अहिले सक्छु।)
विवेक हुनुको मापदण्ड के हो? कुनै व्यक्तिमा विवेक छ कि छैन भनेर तैँले कसरी मापन गर्नुपर्छ? (यो कुरा दुष्ट मानिसहरूले दुष्कर्म गरेको वा परमेश्वरको घरका हितहरूमा हानि गर्ने कुराहरू देखेपछि तिनीहरूले हृदयमा न्यायको बोध हुन्छ कि हुँदैन, र तिनीहरूले यी कुराहरूलाई घृणा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूको हृदयमा कुनै चेतना छैन भने, तिनीहरूमा कुनै विवेक हुँदैन। यसको साथै, यदि कुनै व्यक्तिले गरेको दुष्कर्म, वा सिद्धान्तहरू स्पष्ट रूपमा उल्लङ्घन गर्ने गरी उसले गरेका कुराहरूका बारेमा उसको हृदयमा कुनै चेतना छैन भने, त्यस्ता मानिसहरूमा पनि कुनै विवेक हुँदैन।) यदि तँसँग कुनै विवेक छैन भने, तँ मानव होइनस्। त्यस्तो अवस्थामा, के परमेश्वरले अझै पनि तँलाई मुक्ति दिनुहुनेछ? यदि परमेश्वरले तँलाई मुक्ति दिनुभएन भने, के उहाँले तँलाई अझै पनि अनुशासनमा राख्नुहुनेछ? अनुशासन र ताडना दिनु परमेश्वरको कामको न्यूनतम भाग हो। जब म “न्यूनतम” भन्छु, तब मेरो तात्पर्य के हो भने परमेश्वरले यी विधिहरूलाई कहिलेकहीँ मात्रै प्रयोग गर्नुहुन्छ, तर ती अझै पनि परमेश्वरको कामको भाग हुन्। यदि तँसँग विवेक वा समझ समेत छैन भने, के परमेश्वरले तँलाई अनुशासनमा राख्नुको कुनै फाइदा हुन्छ? यदि तँसँग कुनै न्यायको बोध छैन, र तँलाई दुष्टता, सत्यताको विरुद्धमा जाने, नैतिक न्यायको विरुद्धमा जाने, र तेरो विवेकको विरुद्धमा जाने सबै कुराप्रति केही महसुस हुँदैन, र तैँले त्यस्ता कुराहरूलाई घृणा गर्दैनस्, र यदि तँ परमेश्वरको घरका हितहरूको रक्षा गर्न परमेश्वरको पक्षमा खडा हुन सक्दैनस्, र तैँले मण्डलीको कामको रक्षा गर्न खडा भएर एउटा कुरा बोल्न सक्दैनस्—एउटै मात्र निष्पक्ष अभिव्यक्ति समेत बोल्दैनस् भने—तँ मानव होइनस्। तँ मानव होइनस्, तैपनि परमेश्वरले तँलाई अनुशासनमा राख्नुहुन्छ भनेर लालची रूपमा आशा गर्छस्। तैँले साँच्चै आफूलाई उचालिरहेको छस् र आफूलाई बाहिरी व्यक्तिको रूपमा लिइरहेको छैनस्! कतिपयले भन्छन्, “यदि कुनै व्यक्ति परमेश्वरको भेडा होइन तर ब्वाँसा हो भने, परमेश्वरले उसलाई अनुशासनमा राख्नुहुनेछैन। त्यसोभए यदि तिनीहरू परमेश्वरका भेडाहरूमध्ये एउटा हुन् भने, के परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछ?” विशेष परिस्थितिहरूमा, परमेश्वरले कहिलेकहीँ तँलाई अनुशासित गर्नुहुन्छ र तेरो लागि जिम्मेवारी लिनुहुन्छ। तँ अबुझ र अनजान भए पनि, परमेश्वरले तँलाई अगुवाइ गर्नुहुनेछ, अनुशासनमा राख्नुहुनेछ, र हप्काउनुहुनेछ। परमेश्वरको काम उचित हदसम्म पूरा हुन्छ र यसलाई त्यतिकै छोडिदेओ। उहाँले किन यसरी काम गर्नुहुन्छ? किनभने यदि तँसँग विवेक छ भने, जब परमेश्वरले तँलाई यसरी हप्काउनुहुन्छ, तब तेरो विवेकले तुरुन्तै चेतना प्राप्त गर्नेछ, र तैँले आफूलाई दोष दिनेछस् र तँलाई उहाँप्रति ऋणी महसुस हुनेछ; तँलाई पछुतो, दुःख, र वेदना हुनेछ, र तैँले आफूलाई परिवर्तन गर्न सक्नेछस् र अन्तिममा सत्यता सिद्धान्तहरू र सत्यता अनुसार अभ्यास गर्न सक्नेछस्—परमेश्वरले चाहनुहुने परिणाम यही हो। यदि तँसँग संवेदनशील विवेक छ र तैँले धेरै सत्यता बुझेको छस्, र परमेश्वरले तँलाई अनुशासनमा नराख्नुभए पनि, ताडना नदिनुभए पनि, वा तँलाई निर्देशन नदिनुभए पनि, तैँले अझै पनि समस्यालाई महसुस गर्न सक्छस्, र तेरो विवेकमा अझै चेतना हुन्छ, र तँलाई धिक्कार र हप्काइको महसुस हुन्छ भने, त्यो अझै राम्रो कुरा हो, र परमेश्वरको अनुशासनको आवश्यकता पर्दैन। यदि परमेश्वरले तँलाई अनुशासनमा नराख्नुभए पनि, तेरो विवेक अत्यन्तै संवेदनशील हुन्छ र तँलाई हप्काइएको महसुस हुन्छ, र तँलाई पछुतो हुन्छ, व्याकुलता हुन्छ, परमेश्वरप्रति ऋणी महसुस हुन्छ, र तैँले उहाँलाई अन्याय गरेको छस्, निराश तुल्याएको छस्, र उहाँलाई असन्तुष्ट तुल्याएको छस् भन्ने महसुस गर्छस्, र तैँले सक्रिय रूपमा सत्यता सिद्धान्तहरू खोजी गर्न र उहाँका मापदण्डहरू अनुसार काम गर्न सक्छस्। सामान्य मानवताको विवेकले मानिसहरूमा पार्ने प्रभाव यही हो, र यसले मानिसहरूमा पार्नुपर्ने प्रभाव पनि यही हो। त्यसकारण, व्यक्ति परमेश्वरको भेडा हो कि होइन, र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा ऊसँग सामान्य मानवता र विवेक छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यो निर्णायक र महत्त्वपूर्ण कुरा हो। यदि तैँले धेरै सत्यता बुझेको छु भनेर भन्छस् भने, जब तँ आफै विद्रोही हुन्छस्, वा तैँले दुष्ट मानिसहरूले दुष्कर्म गरेको देख्छस्, तब के तैँले बुझेका सत्यताहरू लागू हुन्छन्? के तिनले तँलाई सुपरिवेक्षण गर्ने, अन्तर्दृष्टि दिने, र तेरो विवेकलाई हप्काइएको महसुस गराउने र परिवर्तन गर्ने प्रभाव पार्छन्? यदि तँसँग विवेकको कुनै चेतना छैन भने, तँमा विवेक र सामान्य मानवताको कमी हुन्छ, र तैँले सत्यता होइन तर धर्मसिद्धान्तलाई बुझेको हुन्छस्। यदि तैँले धर्मसिद्धान्त मात्रै बुझेको छस् भने, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्, र तँ मुक्ति पाउनेहरूमध्ये एउटा होइनस्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? (हो।) त्यसकारण, परमेश्वरको काममा, जब परमेश्वरले काम गर्नुहुने केही सबैभन्दा आधारभूत तरिकाहरूका कुरा आउँछ, तब मानिसहरूले तिनलाई आफ्नै धारणा र कल्पनाहरूका आधारमा सीमित गर्नु हुँदैन। तँलाई परमेश्वरले अनुशासनमा राख्नुभएको, ताडना दिनुभएको, र दण्ड दिनुभएको भए पनि, वा तँलाई कहिल्यै अनुशासनमा नराख्नुभएको, ताडना, वा दण्ड नदिनुभएको भए पनि, यो तैँले कति वटा सत्यता सिद्धान्तहरू बुझेको छस् भन्ने कुराको सङ्केत होइन, न त यसले तँ परमेश्वरले चुन्नुभएको व्यक्ति होस् भन्ने कुरालाई नै जनाउँछ। सायद तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ होला र तँलाई अनगिन्ती पटक अनुशासनमा राखिएको र ताडना दिइएको छ होला, तर तैँले कहिल्यै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गरेको छैनस्—त्यस्तो अवस्थामा, जब तैँले अन्तमा मुक्ति पाउँदैनस्, तब यो सबै तेरो आफ्नै गल्ती हुनेछ र त्यो तैँले पाउनुपर्ने कुरा नै हुनेछ। परमेश्वरमाथिको तेरो विश्वासमा तँलाई बिरलै अनुशासनमा राखिएको र दण्डित गरिएको हुन सक्छ, तर तेरो विवेकको कारण, तँलाई प्रायजसो हप्काइ र धिक्कारको महसुस हुन्छ, र जब तैँले अपराध गर्छस् तब तँलाई पछुतो हुन्छ र आफूलाई परिवर्तन गर्छस्, र तैँले सत्यता सिद्धान्तहरू खोजी गर्न, सत्यताको अभ्यास गर्न, र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्—यस अवस्थामा, तँ मुक्ति पाउनुहुनेहरूमध्ये एक हुन्छस्। बुझ्यौ? (बुझ्यौँ।) मैले दुई वटा परिस्थितिहरूको बारेमा उल्लेख गरेँ। ती निश्चित रूपमा के हुन्? (एउटा परिस्थिति मानिसहरूलाई धेरै अनुशासनमा राखिएको र दण्ड दिइएको हुन्छ, तर अन्त्यमा तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन् र तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्, त्यसकारण तिनीहरूले मुक्ति पाउँदैनन्, र यो सबै तिनीहरूको आफ्नै गल्ती हो। अर्को परिस्थिति के हो भने कतिपय मानिसहरूले परमेश्वरले धेरै अनुशासन वा सजाय नदिई आफूलाई काबुमा राख्नका लागि आफ्नो विवेक प्रयोग गर्न सक्छन्, र जब तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् वा विद्रोहीपन प्रकट गर्छन् तब तिनीहरूलाई आफ्नो विवेकले हप्काएको महसुस हुन्छ, र तिनीहरूले सक्रिय रूपमा सत्यताको खोजी गर्न र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्, र कम्तीमा पनि, तिनीहरूले केही सकारात्मक कुराहरू गर्न सक्छन्, त्यसकारण तिनीहरू मुक्ति पाउने मानिसहरूमध्येका हुन्। परमेश्वरले भर्खरै यी दुई वटा परिस्थितिहरूका बारेमा कुरा गर्नुभयो।) तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यी दुई प्रकारका मानिसहरूलाई मूल्याङ्कन गर्ने मापदण्ड हो। कतिपय मानिसहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन्, र तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे पनि वा तिनीहरूलाई जति धेरै अनुशासनमा राखिए पनि र दण्ड दिइएको भए पनि, तिनीहरू मुक्तिका निसानाहरू हुँदैनन्। जबकि, अरू मानिसहरूलाई परमेश्वरले बिरलै अनुशासनमा राख्नुहुन्छ र दण्ड दिनुहुन्छ वा उहाँले तिनीहरूलाई बिरलै ताडना दिनुहुन्छ र हप्काउनुहुन्छ, तर तिनीहरूले बारम्बार आफ्नो बारेमा मनन गर्न सक्छन्, र जब तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन गरेर काम गर्छन् वा विद्रोहीपन प्रकट गर्छन्, तब तिनीहरूले आफ्नो विवेकले हप्काएको र धिक्कारेको महसुस गर्न सक्छन्, र पछि तिनीहरूलाई पछुतो हुन्छ र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार सक्रिय रूपमा अभ्यास गर्न सक्छन्। परमेश्वरले तिनीहरूलाई बिरलै अनुशासनमा राख्नु वा ताडना दिनुहुने भए पनि, यस्ता मानिसहरू अझै पनि मुक्तिका निसानाहरू हुन्। मैले यहाँ उल्लेख गरेको अनुशासन र सजायसँग परमेश्वरका वचनहरूको न्याय र सजायसँग कुनै सम्बन्ध छैन, तर ती मानिसहरूले आफ्नै धारणा र कल्पनाहरूका आधारमा अनुशासन र सजायको रूपमा लिने कुराहरू मात्रै हुन्। मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने यदि तिनीहरूलाई बारम्बार अनुशासनमा राखियो र दण्ड दिइयो छ भने, यसको अर्थ तिनीहरूसँग अनुभवको गवाही छ, र तिनीहरू आत्मिक मानिसहरू हुन् भन्ने हुन्छ। मानिसहरूले प्रायजसो अनुशासन र दण्डलाई पवित्र आत्माको कामसँग जोड्छन्, र ती पवित्र आत्माको मूलसँग जोडिएका हुन्छन् भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरूले प्रायजसो यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ, र मलाई फेरि काट-छाँट गरियो। अहिले मेरो मुखमा घाउ आएको छ र म बिरामी परेको छु—यो परमेश्वरले मलाई अनुशासनमा राख्नुभएको हो।” धेरै मानिसहरूले प्रायजसो यी अनुभवहरूका बारेमा सङ्गति गर्छन्, तर समस्याहरू आइपर्दा तैँले तिनीहरूको प्रकटीकरण के-के हुन् भनेर हेर्नुपर्छ—तिनीहरूले कुनै गलत काम गर्दा तिनीहरूलाई विवेकले हप्काएको महसुस हुन्छ कि हुँदैन, र दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेका देख्दा वा दुष्ट कुराहरूको सामना गर्दा तिनीहरूले खडा भएर सत्यता सिद्धान्तहरू पालना गर्न र परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्नुपर्छ। होइन भने, यी मानिसहरूसँग कुनै विवेक हुँदैन र तिनीहरू मानव होइनन्! तिनीहरूले राम्रा सुनिने शब्दहरू बोल्छन्, र आफूसँग भएका धेरै अनुभवात्मक गवाहीहरूका बारेमा अत्यन्तै पूर्ण रूपमा बोल्छन्—यस्तो हुन्छ मानौँ परमेश्वरले तिनीहरूलाई धेरै अनुग्रह देखाउनुभएको छ, र तिनीहरूमा धेरै काम गर्नुभएको छ र तिनीहरूसँग धेरै वचनहरू बोल्नुभएको छ, र यसले तिनीहरूले पहिले नै मुक्ति प्राप्त गरिसकेका छन् भन्ने कुरालाई सङ्केत गरेको जस्तो देखिन्छ। तैपनि, आफ्नो दैनिक जीवनमा, जब तिनीहरूले सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरूको सामना गर्छन्, तब तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, र तिनीहरू सधैँ आफ्नो खोलमा लुक्ने कछुवा जस्तै पछि हट्छन् र समस्याबाट तर्कन्छन्। अनि तिनीहरूलाई बोल्न र आफ्नो दृष्टिकोण र अडान व्यक्त गर्न लगाइँदा हरेक पटक, तिनीहरू यसबाट अलग बस्छन्, नजानेको नाटक गर्छन्, र चुप बस्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू पटक्कै पालना गर्दैनन्, न त तिनीहरूले सत्यताको अभ्यास नै गर्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू ढोङ्गीहरू हुन्। जब तिनीहरूले अरूलाई मलजल गरिरहेका र सहयोग गरिरहेका हुन्छन्, तब तिनीहरूले अत्यन्तै व्यवस्थित र तार्किक तरिकाले आत्मिक सिद्धान्तहरूका बारेमा कुरा गर्छन्, र तिनीहरूले घण्टौँसम्म कुरा गर्छन्, जसले गर्दा कतिपय मानिसहरूले आँसु झार्छन्, तैपनि तिनीहरूले कहिल्यै पनि आफ्नो व्यवहारमा सत्यताको अभ्यास गर्दैनन्—यी मानिसहरू फरिसीहरू हुन्। तिनीहरूले जति धेरै झूटा आत्मिक अनुभव र झूटा आत्मिक धर्मसिद्धान्तहरूका बारेमा कुरा गरे पनि, वा जति धेरै खोक्रा शब्द र अतिशयोक्तिपूर्ण शब्दहरू बोले पनि, तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउँदैन; अनि सही र गलतका कुनै पनि मुख्य समस्याहरू वा सिद्धान्तका मामलाहरूका हकमा, तिनीहरू सत्यताको पक्षमा खडा हुँदैनन् वा तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, र तिनीहरूको विवेकले तिनीहरूलाई पटक्कै हप्काउँदैन, तर पछि तिनीहरूले अझै पनि कसरी परमेश्वरको घरका हितहरूको रक्षा गर्ने गरेका छन् भनेर लाजमर्दो रूपमा घमण्ड गर्न सक्छन्, र तिनीहरूले अझै पनि धेरै राम्रा सुनिने धर्मसिद्धान्तहरू बोल्न सक्छन्—यो ढोङ्गीपन हो र विवेकको कमी हुनु हो। तिनीहरू सत्यताको अभ्यास गर्न धेरै पटक असफल हुन्छन्, तिनीहरूले सत्यतालाई धेरै पटक उल्लङ्घन गर्छन्, तिनीहरूले मानिसहरूलाई धेरै पटक छल गर्छन् र बहकाउँछन्, तैपनि तिनीहरूको विवेकले तिनीहरूलाई पटक्कै हप्काउँदैन, र तिनीहरूले अझै पनि निर्धक्क भएर आफूलाई प्रदर्शन गर्न सक्छन्—यो मानवता विहीन हुनु हो! तिनीहरूले यसरी जताततै घमण्ड गर्छन् र धाक देखाउँछन्, र तिनीहरूलाई लाज समेत लाग्दैन; तिनीहरूले सत्यताको अभ्यास गर्दैनन्, तैपनि तिनीहरूले अझै पनि तिनीहरू आत्मिक मानिसहरू हुन्, तिनीहरू परमेश्वरले मुक्ति दिनुभएका र सिद्ध तुल्याउनुभएका मानिसहरू हुन्, र अरू कसैले भन्दा बढी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू हुन् भनेर घमण्ड गर्छन्—यो विवेकको चेतनाको कमी हुनु हो, र तिनीहरू मुक्ति पाएका मानिसहरू होइनन्। के मुक्ति पाएका मानिसहरूमा सामान्य मानवता र विवेकको चेतनाको कमी हुन सक्छ? कतिपय मानिसहरूलाई आफूलाई सत्यता त्यति मन पर्दैन भन्ने लाग्छ, र जब तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू, वा सही र गलतका मुख्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरू अरूलाई खुशी पार्ने मानिसहरू बन्छन्, झारा टार्ने प्रयास गर्छन्, र तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरू कहिल्यै पालना गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई हृदयमा धिक्कार महसुस हुन्छ र तिनीहरूले प्रायजसो परमेश्वरको अघि प्रार्थना गर्छन् र उहाँप्रति ऋणी भएको महसुस गर्छन्। तिनीहरू प्रायजसो कमजोर हुने भए पनि र तिनीहरूले यो पर्खाल तोड्न नसक्ने भए पनि, तिनीहरूले सत्यता वा न्यायको रक्षा गरेका छैनन्, र तिनीहरू परमेश्वरका लागि आफ्नो गवाहीमा दह्रिलो गरी खडा भएका छैनन्, र तिनीहरू अरूलाई खुशी पार्ने मानिसहरू मात्रै हुन् भन्ने तिनीहरूलाई हृदयमा थाहा हुन्छ, त्यसकारण तिनीहरूसँग कुनै गवाही छ भनेर भन्न तिनीहरूलाई साह्रै लाज लाग्छ। किनभने तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरेका हुँदैनन् र तिनीहरूसँग कुनै साँचो अनुभवको गवाही हुँदैन, र तिनीहरू दरिद्र र अन्धो हुन्छन् र तिनीहरूले परमेश्वरका मापदण्डहरू पूरा गरेका हुँदैनन्; तिनीहरूलाई यो कुरा हृदयमा थाहा हुन्छ, र यसका लागि प्रायजसो तिनीहरूको विवेकलाई हप्काइको महसुस हुन्छ, र तिनीहरूलाई तिनीहरू परमेश्वरप्रति ऋणी छु भन्ने लाग्छ र तिनीहरू व्याकुल हुन्छन्। यी मानिसहरूले मुक्ति प्राप्त गर्ने आशा र उपाय अझै बाँकी हुन्छ। यसको विपरीत, बाहिरी रूपमा सत्यतालाई राम्ररी बुझेका, र मानिसहरूलाई मलजल गर्न, भरणपोषण गर्न, र सहयोग गर्न सक्ने जस्ता देखिने मानिसहरू पनि हुन्छन्, तर जब तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू, वा सही र गलतका मुख्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरू कहिल्यै पनि परमेश्वरको पक्षमा खडा हुँदैनन् र तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, तैपनि तिनीहरूले आत्मिक मानिसहरू, परमेश्वरलाई प्रेम गर्ने मानिसहरू, र परमेश्वरप्रति बफादार रहेका मानिसहरू बनेको छु भने घमण्ड गर्छन्। यस्ता मानिसहरू ठूलो समस्यामा हुन्छन्। तिनीहरूले वास्तविकताको सामना गर्ने आँट गर्दैनन्, तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्ने आँट गर्दैनन्, तिनीहरूले प्रमुख समस्याहरूका बारेमा आफ्नो अडान घोषणा गर्ने आँट गर्दैनन्, र तिनीहरूले खुलस्त र सीधा तरिकाले सत्यता सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, तर वास्तवमा, तिनीहरूले अझै पनि आत्मिक मानिसहरू हौँ भनेर लाजमर्दो रूपमा घमण्ड गर्छन्, र तिनीहरूले सबैभन्दा बढी परमेश्वरलाई प्रेम गर्छन् र परमेश्वरका अभिप्रायहरूलाई सबैभन्दा राम्ररी बुझ्न सक्छन् भनेर भन्छन्। यस्ता मानिसहरूमा विवेकको बारेमा कुनै चेतना हुँदैन। के विवेकको चेतना नभएको व्यक्तिले सत्यता सिद्धान्तहरू पालना गर्न सक्छ? के तिनीहरूले दुष्ट मानिसहरूलाई निराकरण गर्न आफ्नो अडान खुलस्त घोषणा गर्ने र परमेश्वरको पक्षमा खडा हुने आँट गर्छन्? यस्तो हुने कुनै उपाय छैन; त्यस्ता मानिसहरूलाई सत्यताको अभ्यास गर्न निकै गाह्रो हुन्छ।
यदि कुनै व्यक्तिमा सामान्य मानवताको विवेक छ भने, उसले आफ्ना विचार, बोलीवचन, र कार्यहरूलाई नियन्त्रण गर्नेछ। “नियन्त्रण गर्नु” को अर्थ के हो? यसको अर्थ के हो भने, जब तेरा विचार र व्यवहारहरू सामान्य मानवताको मापदण्डभन्दा बाहिर जान्छन्, तब तेरो विवेकले त्यस्तो सोच्नु गलत छ र त्यो काम गर्नु राम्रो होइन भनेर मूल्याङ्कन गर्नेछ, त्यसकारण तँलाई लाज लाग्नेछ र तँलाई असहजता र धिक्कारको महसुस हुनेछ। यी भावनाहरू महसुस गरेपछि, तेरा विचार र व्यवहारहरू निश्चित हदसम्म संयमित हुनेछन्, र निश्चित हदसम्मको यो संयमताले तेरो व्यवहारलाई नियन्त्रण गर्नेछ र सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा उल्लङ्घन गर्ने, र तेरो विवेक र नैतिक इन्साफको विरुद्धमा जाने कुराहरू गर्नबाट तँ जोगिनेछस्। तर यदि तँसँग विवेकको मापदण्ड छैन भने, जब तैँले कामकुरा गर्छस्, तब तँसँग आफ्ना विचार र व्यवहारहरूलाई नियन्त्रण गर्ने र काबुमा राख्ने कुनै मापदण्ड हुनेछैन, त्यसकारण तँ उन्मत्त हुनेछस्, तैँले तेरो मनमा जे आउँछ, तँलाई जे मन लाग्छ, र आफ्नो लागि जे कुरा फाइदाजनक र लाभदायक छ त्यही गर्नेछस्। तँसँग कुनै संयमता नभएका यी परिस्थितिहरूमा, तेरा विचार र व्यवहारहरू निकै वृद्धि हुनेछन्। “निकै वृद्धि हुनु” को अर्थ के हो? तिनमा कुनै नियम हुँदैन। यो त गैर-विश्वासीहरूले मानिसहरूलाई धोका दिने अवस्था जस्तै हुनेछ—तिनीहरूमा विवेकको कमी हुन्छ, र तिनीहरूले तँलाई हजारौँ पैसा ठग्छन्, तिनीहरूलाई नराम्रो महसुस हुँदैन, र यदि तिनीहरूले तँलाई तेरो परिवार बरबाद हुने गरी ठगे भने पनि, तिनीहरूलाई नराम्रो लाग्नेछैन, र तैँले घुँडा टेकेर तिनीहरूलाई बिन्ती गरे पनि, तिनीहरूले तँलाई ध्यान दिनेछैनन्। तिनीहरू साँच्चै नै अत्यन्तै दुष्ट मानिसहरू हुन्। तिनीहरूले किन यस्तो दुष्कर्म गर्न सक्छन्? किनभने तिनीहरूसँग विवेकको बारेमा कुनै चेतना हुँदैन, वा विवेकले प्रदान गर्ने संयमता हुँदैन, त्यसकारण तिनीहरू अत्यन्तै दुष्ट हुन र घृणित पापी बन्न सक्छन्। त्यसकारण, सामान्य मानवताको विवेक हुनु महत्त्वपूर्ण हुन्छ। मानिसहरूमा विवेकको चेतना छ भने तिनीहरूले सुरुमा सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन्। यस्तो विवेकको चेतना र लाजको बोध हुनुले नै तेरो व्यवहारलाई नियन्त्रण गर्न र तँलाई सत्यताको खोजी गर्ने र अभ्यासको मार्गमा हिँड्ने अवसर दिन्छ। यदि तँसँग आफूलाई नियन्त्रण गर्ने विवेकको चेतना छैन भने, तँसँग सत्यता पछ्याउने मार्गमा हिँड्ने अवसर हुनेछैन। त्यसकारण, विवेकको चेतना भएको आधारमा मात्रै मानिसहरूलाई सत्यताको अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मार्गमा डोर्याउने अवसर प्राप्त हुन्छ—तर त्यो अवस्थामा पनि, तिनीहरूसँग यो अवसर मात्रै हुन्छ। तिनीहरूसँग यो अवसर मात्रै हुन्छ भनेर म भन्छु, किनभने व्यक्तिका विचार र व्यवहारहरूलाई विवेकको चेतनाले नियन्त्रण गरे पनि, तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्न सक्छन् वा ती अनुसार काम नगर्न सक्छन्, बीचको बाटो अपनाउँछन्, अर्थात् तिनीहरूले सत्यता सिद्धान्तहरू पनि पालना नगर्ने तर दुष्ट मानिसहरूसँग मिलेर काम पनि नगर्ने गर्न सक्छन्। भन्नुको अर्थ, विवेकको प्रभावमा, निकै असल मानिसहरूले सत्यताको अभ्यास गर्न र सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन्, जबकि अलिक खराब क्षमता भएका मानिसहरू कम्तीमा पनि दुष्ट मानिसहरूको नियन्त्रण वा जबरजस्तीमा पर्नबाट जोगिन सक्छन्, र दुष्कर्म गर्नमा तिनीहरूलाई पछ्याउनबाट जोगिन सक्छन्—यो विवेकको मापदण्डबाट आउने आधारभूत मापदण्डमा पुग्नु मात्रै हो। तैँले सत्यताको अभ्यास नगरे पनि, तैँले दुष्कर्म गरेको हुँदैनस्। यस्तो व्यक्तिलाई कम्तीमा पनि विवेक भएको व्यक्ति भनेर भन्न सकिन्छ, र उसले सत्यताको अभ्यास नगरे पनि, उसले अवश्य नै दुष्कर्म गर्नेछैन। मानिसहरूमा विवेकले पार्ने प्रभाव यही हो। सत्यतालाई प्रेम गर्नेहरूका हकमा, विवेकको सबैभन्दा फाइदाजनक प्रभावहरूमध्ये एउटा के हो भने यसले तिनीहरूको बोलीवचन र व्यवहारलाई नियन्त्रण गर्ने मौका हुन्छ, र तिनीहरूलाई सत्यताको अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मार्गमा डोर्याउन सक्छ। त्यसकारण, मानिसहरूका लागि, विवेक तिनीहरूको मानवताको अत्यन्तै महत्त्वपूर्ण भाग हो, र योविना तिनीहरू रहन सक्दैनन्। त्यसोभए “विवेक” को अर्थ के हो? हामी पछि अवसर पाएपछि यसको बारेमा विस्तृत रूपमा कुरा गर्नेछौं, तर आज यसको बारेमा छोटकरीमा केही कुरा बताऊँ। विवेकले व्यक्तिको दयालु हृदय र न्यायको बोधलाई जनाउँछ, जुन दुई वटा सबैभन्दा आधारभूत गुणहरू हुन्। यदि तँमा यी दुई वटा गुणहरू छन् भने, तँ विवेक भएको व्यक्ति होस्; यदि तँमा यी दुई वटा गुणहरूमध्ये कुनै पनि छैन भने, तँमा विवेकको कमी हुन्छ। विवेक नभएका मानिसहरूमा सामान्य मानवता हुँदैन, र सामान्य मानवता नहुनुको अर्थ तिनीहरूमा कुनै न्यायको बोध छैन र तिनीहरू दयालु हृदयका हुँदैनन् भन्ने हुन्छ। “न्यायको बोध नहुनु” को अर्थ के हो? यसको अर्थ कुटिल र दुष्ट हुनु हो। “दयालु हृदय नहुनु” को अर्थ के हो? यसको अर्थ दुर्भावनापूर्ण, आक्रमक, र दुष्ट हुनु हो। यी स्वभाव भएका मानिसहरू मानवता नभएका मानिसहरू हुन्, र परिणाम स्वरूप तिनीहरूले कुनै पनि प्रकारको दुष्ट काम गर्न सक्छन्, किनभने तिनीहरूसँग सामान्य मानवताको विवेक हुँदैन, न त तिनीहरूमा सामान्य मानवताको विवेकमा समावेश हुने न्याय र दयाको दुई वटा सार नै हुन्छ। तिनीहरू लाज विहीन, अत्यन्तै कुटिल हुन्छन्, र विशेष गरी आक्रमक र दुर्भावनापूर्ण हुन्छन्, त्यसकारण तिनीहरूले कुनै पनि किसिमको दुष्ट काम गर्न सक्छन्। अर्थात्, तिनीहरूले गर्ने कुराहरू जति नै दुष्ट र दुर्भावनापूर्ण भए पनि, तिनीहरूलाई केही पनि महसुस हुँदैन—तिनीहरूलाई नराम्रो महसुस हुँदैन, र तिनीहरूलाई हप्कीको महसुस हुँदैन। तिनीहरू किन कुनै पनि प्रकारको दुष्कर्म गर्न सक्ने हुन्छन्? किनभने तिनीहरू दयालु हृदयका हुँदैनन् र तिनीहरूमा मानवताको सारको कमी हुन्छ; तिनीहरूले जेसुकै दुष्कर्म गरे पनि, तिनीहरूले यसलाई उचित ठान्छन् र यसलाई दुष्टता ठान्दैनन्। उदाहरणका लागि, यदि तँ विवेकको चेतना भएको व्यक्ति होस् भने, जब तैँले अर्को व्यक्तिलाई श्राप दिने वा आक्रमण गर्ने कुरा बोल्छस्, तब तैँले यसलाई सहन सक्नेछैनस्। तैँले यस्तो सोच्नेछस्, “मैले तिनीहरूलाई श्राप दिनका लागि केही कुराहरू भनेको छु, र त्यो नै पर्याप्त छ। मानिसहरूलाई श्राप दिँदा तिनीहरूलाई निकै व्याकुलताको महसुस हुन्छ! कसैले मलाई यसरी श्राप दियो भने मलाई पनि व्याकुलताको महसुस हुन्छ, त्यसकारण अहिले मैले मेरो घृणालाई कम गर्न र केही रिस पोखाउनका लागि तिनीहरूलाई श्राप दिने केही कुराहरू बताइसकेको हुनाले, म यो कुरालाई यतिकै छोडिदिनेछु।” त्यसकारण तँ रोकिनेछस्। तर दुष्ट मानिसहरूले त्यस्तो सोच्दैनन्। तिनीहरूले सोच्छन्, “तँलाई श्राप दिनु भनेको तँलाई हल्का रूपमा छोड्नु हो। म तँलाई कुटपिट गर्नेछु, तेरो परिवारलाई बरबाद गर्नेछु, र तेरा सन्तानहरूलाई कष्ट दिनेछु! मैले तँलाई जे-जस्ता दुष्ट वा खराब कुराहरू गरे पनि ती सही हुन्छन्। तैँले आफूले पाउनुपर्ने सजाय पाउँछस् र मैले आफ्नो घृणालाई पोखाउन पाउँछु भने, म जेसुकै गर्न तयार छु!” तिनीहरूले तँलाई श्राप समेत दिँदैनन् होला, तर सीधै तँलाई दुष्ट कुराहरू गर्छन् र तँसँग बदला लिन्छन् होला—दुष्ट हुनु भनेको यही हो। विवेकको चेतनाविनाका मानिसहरू यस्तै हुन्छन्—तिनीहरूले सबै किसिमका दुष्कर्म गर्न सक्छन्।
परमेश्वरको कामको बारेमा मानिसहरूमा रहेका विभिन्न धारणा र कल्पनाहरूमध्ये, मानिसहरूलाई थाहा हुने कुराहरू मुख्य रूपमा तिनीहरूले प्रायजसो बताउने धारणाहरू हुन्, जुन अनुशासन, ताडना, र दण्डसँग सम्बन्धित हुन्छन्। एक हिसाबमा, हामीले परमेश्वरको कामको क्रममा मानिसहरूमा पैदा हुने धारणा र कल्पनाहरूका बारेमा सङ्गति गरेका छौं; अर्को हिसाबमा, परमेश्वरले मानिसहरूमा धेरै र विभिन्न तरिकाले काम गर्नुहुन्छ भन्ने कुरा पनि मानिसहरूले जान्नुपर्छ। उहाँले काम गर्नुहुने फरक-फरक युगहरू, र उहाँले मानिसहरूलाई दिनुहुने फरक-फरक मापदण्डहरूका आधारमा, र अवश्य नै उहाँले आफ्नो कामद्वारा मानिसहरूमा हासिल गर्न चाहनुहुने फरक-फरक परिणामहरूका आधारमा, र उहाँको कामका फरक-फरक उद्देश्यहरू र मानिसहरूको फरक-फरक प्रकृति सारको आधारमा, परमेश्वरले फरक-फरक विधिहरू अपनाउनुहुन्छ र मानिसहरूमा धेरै र विविध तरिकाले काम गर्नुहुन्छ। अनुशासन, ताडना, र दण्ड उहाँको कामको एउटा सानो भाग मात्रै हो, र उहाँले आफ्नो काममा प्रयोग गर्नुहुने मुख्य विधिहरू ती होइनन्। किनभने परमेश्वरले मानिसहरूलाई भरणपोषण गर्न र तिनीहरूलाई मुक्ति दिने परिणाम हासिल गर्नका लागि आफ्नो कामको तेस्रो चरणमा धेरै सत्यता व्यक्त गर्नुभएको छ, उहाँले मानिसहरूलाई दिनुहुने अनुशासन, ताडना, र दण्डको कामको मात्रा अत्यन्तै सानो छ। यसको साथै, परमेश्वरले आफ्नो कामका फरक-फरक उद्देश्यहरूका आधारमा पनि सम्बन्धित सिद्धान्तहरू अनुसार यी कुराहरू गर्नुहुन्छ, र उद्देश्यहरू र विभिन्न परिस्थितिहरूका आधारमा उहाँका कार्यहरू फरक-फरक हुन्छन्। त्यसकारण, तुलनात्मक रूपमा भन्दा, उहाँले मानिसहरूलाई बिरलै अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ, वा दण्ड दिनुहुन्छ। त्यसकारण, मानिसहरूले परमेश्वरको कामको बारेमा रहेका आफ्ना पहिलेका धारणा र कल्पनाहरूलाई पक्रिराख्न छोड्नुपर्छ, र परमेश्वरले धेरै वचनहरू र धेरै सत्यताहरू व्यक्त गर्नुभएको हुनाले, तिनीहरूले परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ, वा दण्ड दिनुहुन्छ भनेर भरोसा गरिरहनु हुँदैन, र तिनीहरूलाई सत्यताको अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न लगाउनुहुन्छ भनेर तिनीहरूले निष्क्रिय रूपमा पर्खिरहनु हुँदैन—मानिसहरूमा यस्तो विचार हुनु हुँदैन। मानिसहरूमा हुनुपर्ने सही विचार के हो भने तिनीहरूलाई परमेश्वरका अभिप्रायहरू बुझ्न वा उहाँको अघि आउन लगाउनका लागि परमेश्वरको अनुशासन, ताडना, वा दण्डमा निष्क्रिय रूपमा तिनीहरू निर्भर भइरहनु हुँदैन, बरु तिनीहरू परमेश्वरका अभिप्रायहरू र सत्यता सिद्धान्तहरू खोजी गर्न परमेश्वरको अघि आउनमा अझै सकारात्मक र सक्रिय हुनुपर्छ। जुनसुकै बेला भए पनि, परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू तैँले अघि बढ्नुपर्ने दिशा हुन्, र ती तैँले आफ्नो दैनिक जीवनमा वा आफ्नो अस्तित्वको मार्गमा सबैभन्दा बढी पालना गर्नुपर्ने र अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू हुन्, जबकि परमेश्वरले अनुशासनमा राख्नु, ताडना दिनु, वा दण्ड दिनु भनेको उहाँले निश्चित विशेष परिस्थितिहरूमा र उहाँले आवश्यक ठान्नुहुने परिस्थितिहरूमा प्रदर्शन गर्नुहुने कामका तरिकाहरू मात्रै हुन्। मानिसहरूका हकमा भन्दा, तिनीहरूले यस्तो घटना घटोस् भनेर निष्क्रिय रूपमा प्रतीक्षा गर्नु हुँदैन वा यस्तो सोच्दै निष्क्रिय रूपमा अनुरोध गर्नु हुँदैन, “मैले सत्यतालाई प्रेम गर्न सकूँ र म सत्यता सिद्धान्तहरूमा प्रवेश गर्न सकूँ भनेर परमेश्वरले मलाई अनुशासनमा राख्नुपर्छ, ताडना दिनुपर्छ, र दण्ड दिनुपर्छ।” यो भ्रमपूर्ण विचार हो, र यो विचार मानिसहरूमा हुनु हुँदैन। कतिपय मानिसहरूले विवेक नभएका मानिसहरू पशुहरू हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्ने सुन्छन्, त्यसकारण तिनीहरू चिन्तित हुन्छन् र सोच्छन्, “यदि मैले मुक्ति पाउन सकिनँ भने त्यो निकै समस्याग्रस्त हुनेछ। मसँग सामान्य मानवताको विवेकको चेतना नभएको हुनाले, म सामान्य मानवताको विवेकको सट्टामा परमेश्वरले नै मलाई अनुशासनमा राख्नुभएको होस् र दण्ड दिनुभएको होस् भन्ने चाहन्छु।” के यो राम्रो विचार हो? सृजित प्राणीको रूपमा, र भ्रष्ट मानवजातिको साधारण सदस्यको रूपमा, यदि तँलाई साँच्चै नै तँमा सामान्य मानवता छैन र तँमा सामान्य मानवताको विवेक छैन भन्ने लाग्छ भने, तँलाई यसको पीडा गहन रूपमा महसुस हुन्छ, र परमेश्वरको अनुशासन, ताडना, र दण्डले तँलाई नत्यागोस्, र त्यसले तँलाई रूपान्तरण गर्न र अन्तिममा बाँच्न सहयोग गर्नेछ भन्ने तँलाई आशा हुन्छ भने—यदि तँमा साँच्चै नै यस्तो सङ्कल्प छ भने, त्यो राम्रो कुरा हुन सक्छ, र यो तेरो अस्तित्वको आशाको किरण हो। तर यदि तँसँग त्यस्तो सङ्कल्प छैन भने, म तँलाई भन्छु: यदि तँसँग सामान्य मानवताको विवेकको चेतना छैन भने तँ ठूलो खतरामा हुन्छस्। यदि तँ कहिलेकहीँ परमेश्वरको अनुशासन, ताडना, र दण्ड प्राप्त गर्ने अवस्थामा पुगेको छस् भने पनि, त्यो उहाँले तँलाई दिनुभएको कुरा हो। परमेश्वरले तँलाई प्रोत्साहन दिन र चेतावनी दिनका लागि यी कुराहरू गर्नुहुन्छ र यी विधिहरू प्रयोग गर्नुहुन्छ, ताकि तेरो दुष्कर्म घटोस् र तैँले पाउने दण्ड कम होस्। परमेश्वरले तेरो अभिमानलाई पर्याप्त रूपमा बचाउनुभएको छ; तँलाई के फाइदाजनक छ भन्ने थाहा नहुनुको सट्टा, तँलाई यो अनुग्रह देखाएर एउटा छूट दिनुभएकोमा तँ परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। सामान्य परिस्थितिहरूमा, परमेश्वरले मानवताको विवेक र समझ नभएको व्यक्तिमा कुनै काम गर्नुहुन्न वा कुनै पनि तरिका प्रयोग गर्नुहुन्न। यदि तैँले परमेश्वरबाट अनुशासन, ताडना, वा दण्ड प्राप्त गरेको छस् भने, यो जेसुकै भए पनि, यो हल्का भए पनि वा अलिक गम्भीर भए पनि, तँ यो सबैका लागि परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। मानिसका बोलीवचनको भाषामा भन्दा, यो त परमेश्वरले तँलाई केही आधारभूत आदर दिनु र तँलाई उत्थान गर्नु हो। परमेश्वरले अवश्य नै तँलाई शत्रुताको नजरले हेर्नुहुन्न वा दोष दिनुहुन्न, त्यसकारण तैँले यसलाई परमेश्वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ। यदि तँसँग साँच्चै नै सत्यताको बन्दोबस्तभन्दा बाहिर परमेश्वरको अनुशासन, ताडना, वा दण्ड प्राप्त गर्ने मौका पाइस् भने, यसले के प्रमाणित गर्छ भने परमेश्वरले अझै पनि तँलाई सृजित प्राणी र भ्रष्ट मानवजातिको सदस्यको रूपमा व्यवहार गर्नुहुन्छ। तैँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, यसलाई सही रूपमा बुझ्नुपर्छ, र तँ परमेश्वरको अनुशासन, ताडना, वा दण्डमा समर्पित हुनुपर्छ। यसको कारण तैँले परमेश्वरप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्नु हुँदैन, न त तैँले यसको कारण परमेश्वरको विरुद्धमा अझै बढी विद्रोह गर्न मिल्छ। तैँले जस्तोसुकै अनुशासन पाए पनि, वा तैँले जति नै गम्भीर दण्ड पाए पनि, तँ परमेश्वरमा समर्पित हुनुपर्छ र तँलाई अगुवाइ गर्नुभएकोमा र चेतावनी दिनुभएकोमा, र तँलाई यो मौका दिनुभएकोमा, र तँलाई परमेश्वरबाट यो सबै प्राप्त गर्ने मौका दिनुभएकोमा उहाँलाई धन्यवाद दिँदै कुनै ढिलाई नगरी तुरुन्तै उहाँलाई धन्यवाद दिनुपर्छ। यसले के पनि प्रमाणित गर्छ भने तँसँग अझै पनि परमेश्वरसँगको सम्बन्ध छ र यो बन्धन पूर्ण रूपमा तोडिएको छैन। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको काममा, र उहाँले मानिसहरूलाई मुक्ति दिने प्रक्रियामा, परमेश्वरले अझै पनि तँलाई आफ्नो हृदयमा राख्नुहुन्छ; कम्तीमा पनि, परमेश्वरले तँलाई अझै पनि हेर्नुहुन्छ—जब उहाँले तेरो विद्रोहीपन र भ्रष्टता देख्नुहुन्छ, तब पनि उहाँ अझै तँलाई अनुशासित गर्न, ताडना दिन, र दण्ड दिन इच्छुक हुनुहुन्छ। यसले उहाँले तँलाई पूर्ण रूपमा त्यागेको छैन भन्ने कुरालाई प्रमाणित गर्छ; तेरो लागि, यो सौभाग्यको कुरा हो, र यो राम्रो खबर पनि हो। त्यसकारण, यदि तँलाई अलिकति नै पीडादायी अनुशासन वा ताडना दिइयो भने पनि, तँ ढिलाई नगरी परमेश्वरको अघि आउनुपर्छ। परमेश्वरको अघि आउनुको उद्देश्य भनेको तँ उहाँको अघि झुक्नु होइन, न त तँलाई परमेश्वर भयभीत लाग्दो वा डरलाग्दो हुनुहुन्छ भन्ने महसुस गराउनु नै हो। बरु, तैँले परमेश्वरलाई खुशी पार्न के गर्नुपर्छ, परमेश्वरलाई अबदेखि तँसँग रिसाउन नदिनका लागि तैँले के गर्नुपर्छ, र उहाँको रिस हटाउनका लागि के गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। कम्तीमा पनि, तैँले परमेश्वरले तँलाई बताउनुभएका सत्यता सिद्धान्तहरू अभ्यास गर्नका लागि आफ्नो क्षमताले हासिल गर्न सक्ने हदभित्र रहेर आफूले सक्दो गर्नुपर्छ, र तैँले फेरि परमेश्वरलाई तँसँग रिसाउन दिनु हुँदैन। यदि परमेश्वर बारम्बार तँसँग रिसाउनुभयो, र तँ अत्यन्तै अबुझ भइरहिस्, र तैँले अझै पनि कठोर व्यवहार गर्छस् र हठी भएर परमेश्वरलाई अन्त्यसम्मै शत्रुताको नजरले हेर्छस् र उहाँको विरुद्धमा लडाइँ गर्छस् भने, अन्त्यमा तैँले अवश्य नै परमेश्वरले तँलाई त्याग्नुहुने अवस्थाको सामना गर्नेछस्। परमेश्वरले तँलाई अनुशासनमा राख्न, ताडना दिन, वा दण्ड दिन छोड्नुभएको समय, परमेश्वरले तँलाई त्याग्नुभएको समय हो। अनि परमेश्वरले तँलाई त्याग्नुभएपछि, उहाँले तँलाई प्रोत्साहित गर्न छोडनुहुनेछ, र उहाँले तँलाई आफ्नो नजरबाट हटाउनुहुनेछ, मण्डलीभन्दा बाहिरको ठाउँमा, उहाँको कामको केन्द्रबाट टाढा रहेको ठाउँमा लैजानुहुनेछ; कम्तीमा पनि, उहाँले आफ्नो कामको अवधिमा तँलाई देख्न नसकिने गरी यसो गर्नुहुनेछ—परमेश्वरले तँलाई अबदेखि हेर्न चाहनुहुन्न। यदि तैँले यति हदसम्म दुष्कर्म गरिस् र तँ यो विन्दुमा पुगिस् भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन। बुझ्यौ? (बुझ्यौँ।)
आजको सङ्गति आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्ने विषयमा रहेको छ। चाहे यो परमेश्वरको बारेमा रहेका मानिसहरूका धारणा र कल्पनाहरूलाई खुलासा गर्नु होस्, वा परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई खुलासा गर्नु होस्, वा परमेश्वरले मानिसहरूमा आफ्नो काम कसरी र कुन-कुन तरिकाले गर्नुहुन्छ भन्ने बारेमा सङ्गति गर्नु होस्, जे भए पनि, यो सबैले अन्तमा मानिसहरूलाई के भन्छ भने: परमेश्वरको कामप्रति तिनीहरूले लिनुपर्ने सबैभन्दा सही दृष्टिकोण भनेको परमेश्वरबाट टाढा जानुको सट्टा परमेश्वरको न्याय र सजायलाई स्वीकार गर्नु र त्यसमा समर्पित हुनु, र परमेश्वरका वचनहरू र उहाँले तिनीहरूलाई प्रदान गर्नुहुने हरेक सत्यता सिद्धान्तलाई स्वीकार गर्नु हो। जब तिनीहरूले कुनै पनि कुरा गर्छन्, तब तिनीहरूले आफ्नो बाहिरी व्यवहारमा मेहनत गर्नुको सट्टा, वा बाहिरी रूपमा कठिनाइ भोग्नु र मूल्य चुकाउनुको सट्टा, र अवश्य नै आफ्ना धारणा र कल्पनाहरूमा फस्नु र तिनको बारेमा ठूलो झमेला लिनुको सट्टा सत्यता सिद्धान्तहरू खोज्नुपर्छ र ती अनुसार अभ्यास गर्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेशको खोजी गर्नुपर्छ। यति भनिसकेपछि, परमेश्वरको बारेमा रहेका तेरा धारणा र कल्पनाहरू जेसुकै भए पनि, परमेश्वरको कामले हासिल गर्ने अभिप्राय राखेको कुरा भनेको मानिसहरूमा उहाँका वचनहरू र सत्यतालाई काम गर्न दिनु, र तिनीहरूलाई आफ्नो दैनिक जीवनमा र अस्तित्वको मार्गमा तिनीहरूले सामना गर्ने सबै कुरामा यी सत्यता सिद्धान्तहरू पालना गर्न र त्यसलाई कायम राख्न सहयोग गर्नु हो—परमेश्वरको कामले पूरा गर्ने अभिप्राय राखेको परिणाम यही हो। परमेश्वरको कामले हासिल गर्ने अन्तिम परिणाम के हो भने उहाँले यी सबै कुरा मानिसहरूका धारणा र कल्पनाहरू अनुसार हासिल गर्नुको सट्टा सत्यता नै मानिसहरूको वास्तविकता र जीवन बन्न पुग्छ। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? हामीले यी विषयहरूका बारेमा लगभग पर्याप्त रूपमा सङ्गति गरिसकेका छौं, होइन र? (हो।) त्यसोभए आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। बिदा!
जुलाई ८, २०२३