सत्यता कसरी पछ्याउने (१९)

के तिमीहरू आफूले सुन्ने भजनहरूलाई प्राय: आफ्ना स्थिति र अनुभवहरूसँग जोड्छौ? के तँ आफ्ना अनुभव र बुझाइसँग सम्बन्ध राख्ने वा तैँले प्राप्त गर्न सक्ने निश्चित वचन र विषयवस्तुलाई ध्यानपूर्वक सुन्दै मनन गर्छस्? (परमेश्‍वर, कहिलेकाहीँ निश्चित कुराहरू सामना गर्नुपर्दा, म आफूले सुन्ने भजनलाई मेरो आफ्नै परिस्थितिसँग जोड्छु भने अरू बेला झारा टार्ने काम मात्र गरिरहेको हुन्छु।) धेरैजसो समय, तँ झारा मात्र टारिरहेको हुन्छस्, हुँदैनस् र? यदि तैँले भजन सुनिरहँदा ९५ प्रतिशत झारा मात्र टारिरहेको हुन्छस् भने, के त्यसरी सुन्नुको कुनै महत्त्व हुन्छ? भजन सुन्नुको उद्देश्य के हो? त्यसले कम्तीमा पनि मानिसलाई शान्त हुन, विविध जटिल मामला र सोचहरूबाट तिनीहरूको हृदयलाई निकाल्न, र परमेश्‍वरको अगाडि शान्त रहँदै हरेक वाक्य र अनुच्छेदलाई ध्यानपूर्वक सुन्न र मनन गर्नका लागि परमेश्‍वरका वचनसामु आउन मद्दत गर्नेछ। के तिमीहरू अहिले काममा यति व्यस्त छौ कि तिमीहरूसँग सुन्ने समय र मनन गर्ने ऊर्जा छैन, कि तिमीहरूलाई परमेश्‍वरका वचनहरू प्रार्थना गर्दै पढ्न, सत्यता मनन गर्न, र परमेश्‍वरसामु शान्त रहन नै आउँदैन? तिमीहरू हरेक दिन आफ्ना कर्तव्य पूरा गर्नमा व्यस्त हुन्छौ; त्यो कठिन र थकानयुक्त हुन सक्ने भए पनि, तिमीहरू हरेक दिन परिपूर्ण छ भन्‍ने विश्‍वास गर्छौ, र तिमीहरू रित्तो वा आत्मिक रूपले असाह्य महसुस गर्दैनौ। तिमीहरूलाई दिन खेर गएको छैन; त्यसको मूल्य छ भन्‍ने महसुस हुन्छ। हरेक दिन उद्देश्यहीन रूपले जिउनुलाई भौँतारी हिँड्नु भनिन्छ। के यो साँचो होइन र? (हो।) ल भन्, यदि कामकुरा यसरी नै चलिरहे भने, अर्को तीन, पाँच, आठ, वा दस वर्षमा, के तिमीहरूसँग देखाउनका लागि कुनै महत्त्वपूर्ण कुरा हुनेछ र? (हुनेछैन।) यदि तिमीहरूलाई कुनै विशेष घटना वा परमेश्‍वरले बन्दोबस्त गर्नुभएका कुनै विशेष परिस्थितिहरू आइपरेनन् भने, यदि तिमीहरूलाई भेला र सङ्गति दिन, अनि विविध मानिस, घटना र वस्तुहरूको सारलाई विश्लेषण गर्न, तिमीहरूलाई हात समाएर सिकाउन माथिबाट कुनै व्यक्तिगत मार्गदर्शन र अगुवाइ भएन भने, प्रायजसो तिमीहरूले वास्तवमा प्रत्येक दिन खेर फालिरहेका हुन्छौ, तिमीहरूको प्रगति सुस्त हुन्छ, र तिमीहरूले आफ्नो जीवन प्रवेशमा लगभग केही पनि प्राप्त गर्दैनौ। त्यसैले, केही आइपर्दा, तिमीहरूको खुट्ट्याउने क्षमता बढ्दैन, सत्यताबारे तिमीहरूको अनुभव र बुझाइमा प्रगति हुँदैन, अनि तिमीहरूले परमेश्‍वरमाथिको आस्था र उहाँप्रतिको समर्पणमा अनुभव र प्रगति गर्न पनि सक्दैनौ। अर्को पटक केही कुराको सामना गर्नुपर्दा, तिमीहरूलाई अझै पनि सत्यता सिद्धान्तअनुसार त्यसलाई सम्हाल्न आउँदैन। आफ्नो कर्तव्य पूरा गर्ने र विविध कुराहरू अनुभव गर्ने क्रममा, तैँले अझै पनि सक्रिय रूपमा सिद्धान्तहरू खोज्न र सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्दैनस्। यो समय खेर फाल्नु हो। समय खेर फाल्दा निम्तिने आखिरी परिणामहरू के-के हुन्? तेरो समय र शक्ति खेर जान्छ, र तेरो अथक प्रयास व्यर्थ हुन्छ। तैँले यतिका वर्ष हिँडेको मार्गलाई पावलको मार्गका रूपमा चित्रण गरिएको छ। यदि तँ धेरै वर्षसम्म अगुवा वा सेवक रहिआएको छस्, तर तेरो जीवन प्रवेश सतही छ, तेरो कद सानो छ, र तैँले कुनै सत्यता सिद्धान्तहरू बुझ्दैनस् भने, तँ उक्त भूमिकामा सुहाउँदैनस् र स्वतन्त्र रूपमा कुनै काम सम्पन्न गर्न सक्दैनस्। अगुवा र सेवकहरू तिनीहरूका भूमिकामा सुहाउँदैनन्, र साधारण दाजुभाइ-दिदीबहिनीहरू स्वतन्त्र रूपमा मण्डली जीवन जिउन सक्दैनन्, स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू खाना र पिउन सक्दैनन्, तिनीहरू परमेश्‍वरको काम अनुभव गर्न जान्दैनन्, र तिनीहरूसँग जीवन प्रवेश हुँदैन। यदि कसैले पनि तिनीहरूलाई रेखदेख वा मार्गदर्शन गरेनन् भने, तिनीहरूले बाटो बिराउन सक्छन्; यदि अगुवा र सेवकहरूलाई तिनीहरूका काममा रेखदेख वा निर्देशन गरिएन भने, तिनीहरू विचलित हुन, एउटा स्वतन्त्र राज्य स्थापना गर्न, ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न, र थाहै नपाई ख्रीष्टविरोधीहरूलाई पछ्याउँदै अझै पनि आफू परमेश्‍वरप्रति समर्पित भइरहेको सोच्न समेत सक्छन्। के यो दयनीय होइन र? (हो।) तिमीहरूको अहिलेको अवस्था ठ्याक्कै यस्तै छ: खराब र दयनीय दुवै। परिस्थितिहरू सामना गर्नुपर्दा, तँ असाह्य हुन्छस् र तँसित जाने बाटो हुँदैन। वास्तविक समस्या र कामको वास्तविक पक्षको कुरा आउँदा, तँलाई के गर्ने कसो गर्ने थाहा हुँदैन; सबथोक जटिल हुन्छ र तिनलाई कसरी समाधान गर्ने भनी तँलाई केही थाहा हुँदैन। तँ हरेक दिन अत्यन्तै व्यस्त हुनुमा निकै खुसी हुन्छस्, तँ शारीरिक रूपमा शिथिल हुन्छस्, र मानसिक रूपमा तँलाई धेरै दबाब हुन्छ, तर तेरो कामका परिणामहरू खासै राम्रा हुँदैनन्। तिमीहरूलाई हरेक सत्यताका सिद्धान्तहरू र अभ्यासका मार्गहरू परमेश्‍वरको घरका कामका बन्दोबस्तहरूमार्फत प्रस्ट पारिएका छन्, तर तिमीहरूसित आफ्नो काममा कुनै मार्ग छैन, तिमीहरू सिद्धान्तहरू भेट्टाउन सक्दैनौ, परिस्थितिहरू सामना गर्नुपर्दा तिमीहरू अलमलमा पर्छौ, तिमीहरूलाई कसरी काम गर्ने भनेर थाहा हुँदैन, र तिमीहरूको सबै काम लथालिङ्ग हुन्छ। के यो दयनीय अवस्था होइन र? (हो।) यो वास्तवमै दयनीय अवस्था हो।

कतिपय मानिस भन्छन्, “मैले परमेश्‍वरमा दस वर्षभन्दा बढी विश्‍वास गरेको छु; म एक अनुभवी विश्‍वासी हुँ।” कतिपयले भन्छन्, “मैले परमेश्‍वरमा बिस वर्ष विश्‍वास गरेको छु।” अरू भन्छन्, “बिस वर्षको विश्‍वास के हो र? मैले परमेश्‍वरमा तीस वर्षभन्दा बढी विश्‍वास गरेको छु।” तिमीहरूले धेरै नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका छौ, र तिमीहरूमध्ये केहीले त धेरै वर्षसम्म अगुवा र सेवकका रूपमा समेत सेवा गरेका छौ र राम्रो अनुभव बटुलेका छौ। तर तेरो जीवन प्रवेश कस्तो भइरहेको छ? तँ सत्यता सिद्धान्तलाई कतिको राम्ररी बुझ्न सक्छस्? तैँले एक अगुवा वा सेवकका रूपमा धेरै वर्ष सेवा गरेको छस् र आफ्नो काममा केही अनुभव प्राप्त गरेको छस्, तर विभिन्न प्रकारका काम, मानिस, र कुराहरू सामना गर्नुपर्दा, के तैँले सत्यता सिद्धान्तहरूलाई आधार मानेर अभ्यास गर्नेछस्? के तैँले परमेश्‍वरको नाम पालन गर्नेछस्? के तैँले परमेश्‍वरको घरका हितहरूलाई जोगाउनेछस्? के तैँले परमेश्‍वरको कामको रक्षा गर्नेछस्? के तँ आफ्नो गवाहीमा अडिग रहन सक्छस्? ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँदा, के तँसित तिनीहरूविरुद्ध लड्ने आत्मविश्‍वास र शक्ति हुनेछ? के तैँले परमेश्‍वरका चुनिएका मानिसको रक्षा गर्न र परमेश्‍वरको घरको कामलाई कायम राख्न, अनि परमेश्‍वरको घरका हितहरू र उहाँको नामलाई कलङ्कित हुनबाट जोगाउन सक्छस्? के तैँले यो गर्न सक्छस्? मैले देखेअनुसार, तिमीहरूले यसो गर्न सक्दैनौ, न त तिमीहरूले यसो गरेका नै छौ। तिमीहरू हरेक दिन निकै व्यस्त हुन्छौ—तिमीहरू केमा व्यस्त थियौ? यतिका वर्षसम्म तिमीहरूले आफ्ना परिवार र करियर त्याग गरेका छौ, दुःख भोगेका छौ, मूल्य चुकाएका छौ, र धेरै मेहनत लगाएका छौ, तर तिमीहरूले थोरै मात्र प्राप्त गरेका छौ। कतिपय अगुवा र सेवकहरूले पनि धेरै पटक उस्तै घटना, मानिस र परिस्थितिहरू सामना गरेका छन्, तैपनि तिनीहरू त्यही गल्ती गरिरहन्छन्, त्यही अपराधहरू गर्दै जान्छन्। के यसले तिनीहरूको जीवनमा वृद्धि-विकासको कमी देखाउँदैन र? के यसको अर्थ तिनीहरूले सत्यता प्राप्त गरेका छैनन् भन्‍ने होइन र? (हो।) के यसले तिनीहरू अझै शैतानको अँध्यारो शक्तिद्वारा नियन्त्रित भइरहेका छन् र तिनीहरूले मुक्ति प्राप्त गरेका छैनन् भन्‍ने देखाउँदैन र? (देखाउँछ।) जब तेरो वरिपरि मण्डलीमा विभिन्न समयमा विविध प्रकारका विभिन्न घटनाहरू उत्पन्न र प्रकट हुन्छन्, तब तँ केही पनि गर्न सक्दैनस्। विशेषगरी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँदा, तिमीहरूलाई त्यो कुरा सम्हाल्न आउँदैन। तिमीहरू बेवास्ता गर्छौ, वा बढीमा, तिमीहरू रिसाउँछौ र ती बाधा पुर्‍याउनेहरूलाई काटछाँट गर्छौ, तर समस्या ज्युँ का त्युँ रहन्छ, र तिमीहरूसित कुनै वैकल्पिक कार्ययोजना हुँदैन। कतिपयले त यस्तो समेत सोच्छन्, “त्यसमा मैले आफ्नो सबै शक्ति र हृदय लगाएँ—के परमेश्‍वरले हामीले यी दुवै कुरा लगाउनुपर्छ भन्नुभएको छैन र? मैले आफ्नो सबै लगाएँ; यदि अझै पनि कुनै नतिजा प्राप्त भएन भने, त्यो मेरो गल्ती होइन। मानिसहरू अत्यन्तै खराब हुन्छन्: तिमीले तिनीहरूसित सङ्गति गर्दा पनि तिनीहरू सुन्दैनन्।” तैँले आफ्नो सारा शक्ति र हृदय लगाएको भन्छस्, तर त्यो कामबाट कुनै नतिजा प्राप्त भएन। तैँले मण्डलीको काम कायम राखिनस् वा परमेश्‍वरको घरका हितहरूको रक्षा गरिनस्, र तैँले दुष्ट मानिसहरूलाई मण्डली कब्जा गर्न दिइस्। तैँले शैतानलाई अनियन्त्रित बन्न र परमेश्‍वरको नामको अपमान गर्न दिइस्, तँ टुलुटुलु हेरेर मात्र बसिस्, केही गर्न सकिनस्, तेरो अख्तियारका बाबजुद केही सम्हाल्न सकिनस्। तँ परमेश्‍वरप्रति आफ्नो गवाहीमा अडिग रहन सकिनस्, तैपनि तँ आफूले सत्यता बुझेको र आफ्नो सारा हृदय र शक्ति लगाएको भन्ठान्छस्। के असल परिचारक हुनु भनेको यही हो? (अहँ, होइन।) जब विभिन्न प्रकारका दुष्ट मानिस र अविश्‍वासीहरू आएर दियाबलस र शैतानका विविध भूमिका खेल्छन्, कामको बन्दोबस्तविरुद्ध गएर पूरै फरक काम गर्छन्, परमेश्‍वरको घरलाई ढाँट्छन् र छल्छन्; जब तिनीहरूले परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउँछन्, परमेश्‍वरको नामलाई लज्जित गर्ने र परमेश्‍वरको घरलाई अर्थात् मण्डलीलाई कलङ्कित गर्ने कामहरू गर्छन्, तब त्यो देखेर तैँले रिसाउनेबाहेक केही गर्दैनस्, तैपनि तँ न्याय कायम राख्न, दुष्ट मानिसहरूलाई पर्दाफास गर्न, मण्डलीको कामलाई कायम राख्न, यी दुष्ट मानिसहरूलाई सम्बोधन गर्न र सम्हाल्न, र तिनीहरूलाई मण्डलीको काममा बाधा पुर्‍याउन र परमेश्‍वरको घर अर्थात् मण्डलीलाई कलङ्कित गर्नबाट रोक्नका लागि उभिन सक्दैनस्। यी कुराहरू नगरेर, तँ गवाही दिन असफल भएको हुन्छस्। कतिपय मानिस भन्छन्, “म यी कुराहरू गर्ने आँट गर्न सक्दिनँ, यदि मैले अत्यन्तै धेरै मानिसलाई सम्हालेँ भने मैले तिनीहरूलाई रिस पो उठाउन सक्छु कि, र यदि तिनीहरू सबै मिलेर मलाई दण्ड दिए र कार्यालयबाट हटाए भने, म के गरूँ?” ल भन्, के तिनीहरू कायर र डरपोक हुन्, के तिनीहरूसँग सत्यता छैन र तिनीहरूले मानिसबीच फरक छुट्ट्याउन वा शैतानको अवरोध छर्लङ्गै देख्न सक्दैनन्, कि तिनीहरू आफ्नो कर्तव्य निर्वाहनमा वफादार छैनन्, र आफूलाई बचाउने प्रयास मात्र गरिरहेका छन्? यहाँ वास्तविक समस्या के हो? के तैँले कहिल्यै यसबारे सोचेको छस्? यदि तँ स्वभावैले डरपोक, कमजोर, कायर र भयभीत छस्; तैपनि, धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, निश्चित सत्यताहरूको बुझाइका आधारमा, तैँले परमेश्‍वरमाथि सच्चा विश्‍वास राख्छस् भने, के तँ तेरा केही मानव कमजोरी, कायरता, र नाजुकतालाई जित्न, र दुष्ट मानिसहरूबाट डराउन छोड्न सक्नेछैनस् र? (सक्नेछु।) त्यसोभए तिमीहरूले दुष्ट मानिसहरूलाई सम्हाल्न र सम्बोधन गर्न नसक्नुको मूल कारण के हो? के तेरो मानवता भित्रैदेखि कायर, डरपोक र भयभीत भएर हो? यो न त समस्याको मूल कारण हो, न त्यसको सार हो। यो समस्याको सार के हो भने, मानिसहरू परमेश्‍वरप्रति वफादार छैनन्; तिनीहरू आफैलाई, आफ्नो व्यक्तिगत सुरक्षा, ख्याति, हैसियत र निकासलाई रक्षा गर्छन्। तिनीहरू वफादार नभएको कुरा तिनीहरूले कसरी सधैँ आफूलाई बचाउँछन्, केही आइपर्दा कछुवाले टाउको लुकाएझैँ पछि सर्छन्, र सबै साम्य भएपछि मात्र फेरि टाउको बाहिर निकाल्छन् भन्‍ने कुरामा प्रकट हुन्छ। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ अत्यन्तै सजगता अपनाइरहेका हुन्छन्, तिनीहरूमा धेरै व्यग्रता, चिन्ता र डर हुन्छ, र तिनीहरू मण्डलीको कामको रक्षामा उभिन सक्दैनन्। यहाँ के समस्या छ? के यो आस्थाको कमी होइन र? तँसित परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्दैनस्, र तँ तेरो जीवन र तेरो सबथोक परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्दैनस्। तँ “परमेश्‍वरको अनुमतिविना, शैतानले तेरो शरीरको एउटा रौँ समेत हल्लाउने आँट गर्दैन” भन्‍ने परमेश्‍वरको भनाइलाई विश्‍वास गर्दैनस्। तँ तैँले देखेकै कुराहरूको भरमा तथ्यहरूको मूल्याङ्कन गर्छस्, तँ आफ्नै आकलनका आधारमा कामकुराको मूल्याङ्कन गर्छस्, र सधैँ आफ्नो बचाउ गर्छस्। तँ एउटा व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरालाई विश्‍वास गर्दैनस्; तँ शैतान, दुष्ट शक्ति र दुष्ट मानिसदेखि डराउँछस्। के यो परमेश्‍वरमाथि साँचो आस्था नहुनु होइन र? (हो।) परमेश्‍वरमाथि साँचो आस्था किन हुँदैन? के यो मानिसको अनुभव अति सतही भएर अनि तिनीहरूले यी कुराहरू छर्लङ्गै देख्न नसकेर हो, कि तिनीहरूले अत्यन्तै कम सत्यता बुझेर हो? कारण के हो? के मानिसहरूको भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध छ? के यो मानिसहरू अत्यन्तै धूर्त भएर हो? (हो।) तिनीहरूले जति नै कुराहरू अनुभव गरे पनि, तिनीहरूसामु जति धेरै तथ्यहरू प्रस्तुत गरे पनि, तिनीहरू यो परमेश्‍वरको काम हो, वा व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भनेर विश्‍वास गर्दैनन्। यो एउटा पक्ष हो। अर्को अत्यन्तै ठूलो समस्या भनेको मानिसहरूले आफ्नो बारेमा अति धेरै ख्याल राख्नु हो। तिनीहरू परमेश्‍वर, उहाँको काम, परमेश्‍वरको घरका हितहरू, उहाँको नाम र उहाँको महिमाका निम्ति कुनै मूल्य चुकाउन वा कुनै त्याग गर्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो कुनै पनि काम गर्न इच्छुक हुँदैनन्, जसमा सानोभन्दा सानो खतरा हुन्छ। मानिसहरू आफ्नो बारेमा अति धेरै ख्याल राख्छन्! मृत्युको, अपमानको, दुष्ट मानिसहरूको पासो, र कुनै पनि खालको दुर्दशामा परिने डरले, मानिसहरू तिनीहरूको आफ्नै देहलाई बचाउन हरसम्भव प्रयास गर्छन्, आफूलाई कुनै खतरनाक परिस्थितिमा पर्न नदिने प्रयत्न गर्छन्। एकातिर, यो व्यवहारले मानिसहरू अत्यन्तै धूर्त हुन्छन् भन्‍ने देखाउँछ भने अर्कोतिर, यसले तिनीहरूको आत्मरक्षा र स्वार्थीपन प्रकट गर्छ। तँ परमेश्‍वरप्रति समर्पित हुन अनिच्छुक छस्, र जब तैँले आफू परमेश्‍वरप्रति समर्पित हुन इच्छुक छु भन्छस्, त्यो एउटा चाहनाबाहेक केही होइन। जब साँच्चिकै अगाडि सरेर परमेश्‍वरको गवाही दिने, शैतानविरुद्ध लड्ने, र खतरा, मृत्यु र विविध कठिनाइ र दुःखहरूको सामना गर्ने कुरा आउँछ, त्यतिखेर तँ इच्छुक हुँदै हुँदैनस्। तेरो सानो चाहना टुक्रा टुक्रा पर्छ, र तैँले पहिला आफूलाई बचाउन सम्भव भएको सबै गर्छस्, र पछि आफूले गर्नुपर्ने केही देखावटी काम गर्छस्, जुन काम सबैले देख्न सक्छन् हुन्छ। एउटा व्यक्तिको दिमाग मेसिनकोभन्दा फुर्तिलो नै हुन्छ: त्यसलाई कसरी परिस्थितिअनुकूल हुने भन्‍ने थाहा हुन्छ, त्यसलाई केही परिस्थितिहरू आइपर्दा कुन कार्यहरूले त्यसका स्वार्थमा योगदान पुर्‍याउँछन् र कुनले पुर्‍याउँदैनन् भन्‍ने कुरा थाहा हुन्छ, र त्यसले आफूसँग उपलब्ध हरेक विधिलाई तीव्र रूपमा लागु गर्छ। फलस्वरूप, जब जब तैँले निश्चित कुराको सामना गर्छस्, तब-तब परमेश्‍वरमाथिको तेरो थोरै भरोसा अडिग रहन सक्दैन। तँ परमेश्‍वरसित धूर्त व्यवहार गर्छस्, उहाँविरुद्ध जालझेलमा संलग्न हुन्छस्, र चालबाजी गर्छस्, र यसले तँमा परमेश्‍वरमाथि साँचो आस्था नभएको खुलासा गर्छ। तँ परमेश्‍वर भरोसायोग्य हुनुहुन्न, उहाँले तँलाई रक्षा गर्न वा तेरो सुरक्षाको सुनिश्चितता गर्न नसक्नुहोला, र परमेश्‍वरले तँलाई मर्न दिन समेत सक्नुहोला भन्‍ने सोच्छस्। तँलाई परमेश्‍वरको भर पर्न सकिँदैन र आफूमाथि भर परे मात्र सुनिश्चित हुन सकिन्छ भन्‍ने महसुस हुन्छ। अन्त्यमा के हुन्छ? तैँले जस्तोसुकै परिस्थिति वा मामलाहरू सामना गरे पनि, तिनलाई सम्हाल्न यी विधि, कार्यनीति र रणनीतिहरू प्रयोग गर्छस्, अनि तँ परमेश्‍वरको गवाहीमा अडिग रहन सक्दैनस्। परिस्थितिहरू जेजस्ता भए पनि, तँ योग्य अगुवा वा सेवक बन्न सक्दैनस्, एउटा परिचारकका गुण वा व्यवहारहरू प्रस्तुत गर्न सक्दैनस्, र पूर्ण वफादारी देखाउन सक्दैनस्, र यसरी आफ्नो गवाही गुमाउँछस्। तैँले जति वटा मामलाहरू सामना गरे पनि, तैँले परमेश्‍वरमाथिको तेरो आस्थामा भर परेर वफादारी र आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनस्। फलस्वरूप, अन्तिममा तैँले केही पनि प्राप्त गर्दैनस्। परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्नुभएको हरेक परिस्थितिमा, र शैतानविरुद्धको तेरो लडाइँमा, तेरो निर्णय सधैँ पछि हट्ने र भाग्ने नै रहँदै आएको छ। तैँले परमेश्‍वरले तँलाई अनुभव गराउन तेरा लागि देखाउनुभएको वा तोक्नुभएको मार्ग पछ्याएको छैनस्। त्यसैले, यो लडाइँमाझ, तैँले प्राप्त गरेको हुनुपर्ने सत्यता, बुझाइ र अनुभवहरू गुमाउँछस्। तैँले हरेक पटक आफूलाई परमेश्‍वरले योजनाबद्ध गर्नुभएका परिस्थितिहरूमा पाउँदा, तिनलाई उही तरिकाले लिन्छस् र उही तरिकाले अन्त्य गर्छस्। अन्त्यमा, तैँले सिक्ने धर्मसिद्धान्त र पाठहरू उही हुन्छन्। तँसित कुनै साँचो बुझाइ हुँदैन, तैँले केवल थोरै अनुभव र पाठहरू सिकेको हुन्छस्, जस्तै: “मैले भविष्यमा यो काम गर्नु हुँदैन। मैले यस्तै परिस्थितिहरू सामना गर्दा म त्यसबारे सजग हुनुपर्छ, मैले आफूलाई यसबारे सम्झाउनुपर्छ, मैले त्यस्तो व्यक्तिदेखि होसियार हुनुपर्छ, यस्तोदेखि टाढा रहनुपर्छ, र त्यस्तोबाट सावधान रहनुपर्छ।” यति नै हो। तैँले के हासिल गरेको छस्? के त्यो विवेक र अन्तर्ज्ञान हो, कि अनुभव र पाठहरू? यदि तैँले हासिल गर्ने कुराको सत्यतासँग कुनै सम्बन्ध छैन भने, तैँले केही पनि हासिल गरेको छैनस्, तैँले हासिल गर्नुपर्ने केही हासिल गरेको छैनस्। यसरी, परमेश्‍वरले योजनाबद्ध गर्नुभएका परिस्थितिहरूमा, तैँले उहाँलाई निराश तुल्याएको छस्; उहाँले तेरा लागि चाहनुभएको कुरा तैँले प्राप्त गरिनस्, त्यसैले तैँले निश्चित रूपमा परमेश्‍वरलाई निराश पारेको छस्। परमेश्‍वरले योजनाबद्ध गर्नुभएको यो परीक्षा वा परिस्थितिमा, उहाँले जुन सत्यता तैँले प्राप्त गरेको चाहनुहुन्थ्यो, तैँले त्यो प्राप्त गरिनस्। परमेश्‍वरको डर मान्ने तेरो हृदय विकसित भएको छैन, तैँले बुझ्नुपर्ने सत्यताहरू अझै अस्पष्ट छन्, तँसित अझै पनि आफूबारे बुझाइ हुनुपर्ने क्षेत्रमा बुझाइ छैन, तैँले सिकेको हुनुपर्ने पाठहरू हासिल भएका छैनन्, र तैँले पछ्याउनुपर्ने सत्यता सिद्धान्तहरू तँबाट उम्किएका छन्। साथसाथै, परमेश्‍वरमाथिको तेरो आस्था पनि बढेको छैन; त्यो सुरुकै अवस्थामा रहेको छ। तँ जहाँको त्यहीँ छस्। त्यसोभए केचाहिँ बढेको छ? सायद अहिले तैँले पहिले नबुझेका केही धर्मसिद्धान्तहरू बुझ्छस्, वा तैँले निश्चित प्रकारको व्यक्तिको नकारात्मक पाटो देखेको छस्, जुन तैँले पहिले बुझ्थिनस्। तर तैँले सत्यतासँग सम्बन्धित सबैभन्दा सानोभन्दा सानो पनि अंश देखेको, बुझेको, चिनेको र अनुभव गरेको छैनस्। तैँले आफ्नो काम वा कर्तव्य निर्वाहनलाई निरन्तरता दिइरहँदा, तँसित अझै पनि तैँले पछ्याउनुपर्ने सिद्धान्तबारे बुझाइ वा ज्ञान हुँदैन। परमेश्‍वरका लागि यो निकै निराशाजनक कुरा हो। कम्तीमा पनि, यो विशेष परिस्थितिमा तैँले परमेश्‍वरप्रति वफादारी वा आस्था बढाएको छैनस्, जुन तँभित्र अन्तर्निहित रूपमा बढिरहेको हुनुपर्ने थियो। तैँले ती दुईमध्ये एउटा पनि हासिल गरेको छैनस्, जुन दयनीय कुरा हो! कतिपयले यसो भन्लान्, “तपाईं मैले केही हासिल गरेको छैन भनेर दाबी गर्नुहुन्छ, तर त्यो साँचो होइन। कम्तीमा पनि, मैले आत्मज्ञान र आफूवरिपरिका मानिस, घटना र वस्तुहरूबारे एउटा बुझाइ हासिल गरेको छु। ममा मानवत्व र आफैबारे झनै प्रस्ट बुझाइ छ।” के यी कुराहरू बुझ्नुलाई सच्चा प्रगति मान्न सकिन्छ? तैँले परमेश्‍वरमा विश्‍वास नगर्ने भए पनि, जब तँ चालिस वा पचास वर्षसम्म बाँच्छस्, तँ यी कुराहरूसित धेरथोर परिचित हुनेछस्। थोरै वा औसत क्षमता भएका मानिसले यो कुरा हासिल गर्न सक्छन्; तिनीहरूले आफूबारे, फाइदा र बेफाइदाहरूबारे, तिनीहरूको मानवताका सबल र दुर्बल पक्षहरूबारे, साथै तिनीहरू के कुरामा दखल राख्छन् र केमा राख्दैनन् भन्‍नेबारे एउटा बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरू चालिस वा पचासको दशकमा पुग्दासम्म, तिनीहरूमा तिनीहरूले बारम्बार अन्तरक्रिया गर्ने विविध प्रकारका मानिसको मानवताबारे धेरथोर बुझाइ प्राप्त गरेको हुनुपर्छ। तिनीहरूलाई कस्ता खालका मानिससँग अन्तरक्रिया गर्न सुहाउँछ वा सुहाउँदैन, कस्ता मानिसको सङ्गत गर्न सुहाउँछ वा सुहाउँदैन, तिनीहरूले कस्ता मानिसलाई टाढै राख्नुपर्छ र कस्तासँग नजिकिनुपर्छ भन्‍ने कुरा थाहा हुनुपर्छ—तिनीहरू यी सबै कुराहरू बुझ्न धेरथोर सक्षम हुन्छन्। यदि कोही अन्यौलमा छ, उसको क्षमता अत्यन्तै कमजोर छ, ऊ मूर्ख छ, वा उसमा मानसिक समस्या छ भने, उसमा यो बुझाइ हुँदैन। यदि तैँले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेको छस्, अति धेरै सत्यता सुनेको छस्, र धेरै प्रकारका परिस्थितिहरू अनुभव गरेको छस्, र तेरो उपलब्धि मानिसको मानवताको क्षेत्रमा, मानिसलाई खुट्ट्याउन वा केही सामान्य मामलाहरू बुझ्नमा मात्र सीमित छ भने, के यसलाई साँचो उपलब्धि मान्न सकिन्छ? (अहँ, सकिँदैन।) त्यसोभए, साँचो उपलब्धि चाहिँ के हो? यो तेरो कदसँग सम्बन्धित छ। यदि तैँले केही हासिल गरिस् भने, तैँले प्रगति गर्छस्, र तेरो कद वृद्धि हुन्छ; यदि तैँले साँच्चिकै केही हासिल गरिनस् भने, तेरो कद वृद्धि हुँदैन। त्यसोभए, यो उपलब्धिले केलाई जनाउँछ? कम्तीमा पनि, यो सत्यतासँग सम्बन्धित छ; अझ ठ्याक्कै भन्नुपर्दा, यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ। जब तैँले विविध मामला र मानिसहरू सम्हाल्दा पछ्याउनुपर्ने सत्यता सिद्धान्तहरू बुझ्छस्, पछ्याउन र अभ्यास गर्न सक्छस्, र यी तेरो आनीबानीका सिद्धान्त र मानकहरू बन्छन्, तब यो साँचो उपलब्धि हो। जब यी सत्यता सिद्धान्तहरू तैँले आनीबानीका लागि पछ्याउनुपर्ने सिद्धान्त र मापदण्ड बन्छन्, तब ती तेरो जीवनको एउटा अंश बन्छन्। जब सत्यताको यो पक्ष तँभित्र समाहित हुन्छ, यो तेरो जीवन बन्छ, र त्यसपछि नै तेरो जीवन वृद्धि हुन्छ। यदि तैँले अझै पनि यस्ता मामलासँग सम्बन्धित सत्यता सिद्धान्तहरू बुझ्न बाँकी छ, र तँलाई अझै पनि ती कुराहरू आइपरेको बेलामा तिनलाई सम्हाल्न आउँदैन भने, तैँले यस सम्बन्धमा सत्यता हासिल गरेको छैनस्। सत्यताको यो पक्ष तेरो जीवन होइन र तेरो जीवन वृद्धि भएको छैन भन्‍ने कुरा प्रस्ट छ। बोल्न सिपालु हुनु बेकार छ—हुन पनि त्यो धर्मसिद्धान्त मात्र हो। के तैँले यसलाई मापन गर्न सक्छस्? (हजुर, सक्छु।) के तिमीहरूले यस अवधिमा प्रगति गरेका छौ? (अहँ, गरेको छैन।) तैँले केवल तेरो मानव इच्छा र बुद्धि प्रयोग गरेर केही अनुभवहरूलाई सारांशित गरेको छस्, जस्तै यस्तो भनेको छस्, “यस पटक, मैले अबदेखि कस्ता कुराहरू भन्‍ने वा गर्नेछैनँ, के कुरा धेरथोर गर्नेछु, र के कुरा पक्कै गर्नेछैनँ भन्‍ने कुरा सिकेँ।” के यो तेरो जीवनमा भएको वृद्धिको सङ्केत हो? (अहँ, होइन।) यो त तँमा आत्मिक बुझाइको गम्भीर कमी भएको सङ्केत हो। तैँले सत्यतासँग कुनै सम्बन्ध नभएका नियम, वचन र नाराहरूलाई सारांशित गर्न मात्र सक्छस्। के तिमीहरूले यही गरिरहेका छैनौ र? (हजुर।) तैँले हरेक पटक केही कुरा अनुभव गर्दा, हरेक ठूलो घटनापछि, तैँले आफैलाई यसो भन्दै गाली गर्छस्, “हरे, भविष्यमा मैले यसलाई यसरी वा त्यसरी गर्नुपर्छ।” तर अर्को पटक यस्तै परिस्थिति उत्पन्न हुँदा, तँ फेरि पनि असफल हुन्छस्, र तैँले दिक्क मानेर यसो भन्छस्, “म किन यस्तो छु?” तँलाई आफूले आफ्नै अपेक्षाहरू पूरा गर्न नसकेको भन्ठानेर आफैसँग रिस उठ्छ। के यो उपयोगी छ? तैँले आफ्नै अपेक्षाहरू पूरा गर्न नसकेको, वा तँ मूर्ख भएको वा परमेश्‍वरले योजनाबद्ध गर्नुभएका परिस्थितिहरू गलत भएको होइन, र परमेश्‍वरले मानिसलाई अन्यायपूर्ण व्यवहार गर्नुभएको त निश्चय नै होइन। यो तैँले सत्यता नपछ्याएर वा नखोजेर, परमेश्‍वरका वचनबमोजिम काम नगरेर, र परमेश्‍वरका वचनहरू नसुनेर भएको हो। तँ सधैँ यसमा मानव इच्छा ल्याइरहेको हुन्छस्; तँ आफै आफ्नो मालिक बन्छस्, र तँ परमेश्‍वरका वचनलाई हाबी हुन दिँदैनस्। तँ परमेश्‍वरका वचनभन्दा अरू मानिसको कुरा सुन्छस्। के यसो गर्दैनस् र? (हजुर, गर्छु।) के तँलाई कुनै एउटा घटनाबाट वा कुनै विशेष परिस्थितिमा केही अनुभव र पाठहरू बटुलेर आफूले प्रगति गरेको छु भन्‍ने लाग्छ? यदि तैँले साँच्चिकै प्रगति गरेको छस् भने, अर्को पटक परमेश्‍वरले तेरो परीक्षा लिनुहुँदा, तँ परमेश्‍वरको नामको बचाउ गर्न, परमेश्‍वरको घरका हित र काम जोगाउन, सबै काम राम्ररी चलेको र त्यसमा कुनै बाधा वा अवरोध नआएको सुनिश्चित गर्न सक्षम हुनेछस्। तैँले परमेश्‍वरको नाम बेदाग र निष्कलङ्क रहने, तेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवन वृद्धिमा कुनै क्षति नपुग्ने, र परमेश्‍वरका भेटीहरू सुरक्षित राखिने कुरा सुनिश्चित गर्नेछस्। यसको अर्थ तैँले प्रगति गरेको छस्, तँ प्रयोगयोग्य छस्, र तँसित जीवन प्रवेश छ भन्‍ने हुन्छ। यतिखेर, तिमीहरू अझै त्यहाँ पुगिसकेका छैनौ; तिमीहरूको दिमाग सानो भए पनि, ती धेरै कुराहरूले भरिएका छन्, र तिमीहरू सामान्य छैनौ। तँसित परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने इमानदारी र उहाँका लागि सबथोक त्याग्ने र छोड्ने चाहना भए पनि, मामलाहरू आइपर्दा, तँ तेरा विविध लालसा, अभिप्राय र योजनाहरूविरुद्ध विद्रोह गर्न सक्षम हुँदैनस्। परमेश्‍वरको घर र परमेश्‍वरको कामले जति विविध कठिनाइहरू सामना गर्छन्, तँ त्यति नै पछि हट्छस्, तँ त्यति नै अदृश्य बन्छस्, र तैँले अघि सरेर उक्त कामको जिम्मेवारी लिने अनि परमेश्‍वरको घरका र परमेश्‍वरको कामका हितको रक्षा गर्ने सम्भावना त्यति नै कम हुन्छ। त्यसोभए, परमेश्‍वरप्रति समर्पित हुने तेरो इमानदारी खै? त्यो थोरै इमानदारी किन यति नाजुक र कमजोर भएको हो? परमेश्‍वरका लागि सबथोक चढाउने र त्यो सबै त्याग्ने तेरो थोरै तत्परता खै? त्यो किन अडिग रहन नसकेको? के कुराले यसलाई यति कमजोर बनाउँछ? यसले के प्रमाणित गर्छ? यसले तँसित वास्तविक कद छैन, तेरो कद दयनीय रूपले सानो छ, र एउटा सानो पिशाचले तँलाई अलमलाउन सक्छ भन्‍ने कुरा प्रमाणित गर्छ: थोरै मात्र हस्तक्षेप भए पनि, तँ यो सानो पिशाचलाई पछ्याउने मार्गमा लाग्छस्। तँसित केही कद भए पनि, त्यो तेरा आफ्नै हितहरूसँग असम्बन्धित निश्चित सतही मामलाको अनुभवमै सीमित छ, र तैँले अझै मुस्किलले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न सक्छस् र आफूले गर्न सक्छु र आफ्नो क्षमताको दायराभित्र छ भन्‍ने लागेको केही साना कामहरू गर्छस्। आफ्नो गवाहीमा साँच्चिकै अडिग रहने समय आउँदा, मण्डलीले ठूलो दमन अनि दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको बाधा सामना गर्दा, तँ कहाँ हुन्छस्? तँ के गरिरहेको हुन्छस्? तँ के सोचिरहेको हुन्छस्? यसले प्रस्ट रूपले समस्याको चित्रण गर्छ, गर्दैन र? यदि कुनै ख्रीष्टविरोधीले आफ्नो कर्तव्य निभाउने क्रममा आफूभन्दा माथि र तलकाहरूलाई छल गर्छ र लापरवाहीपूर्वक काम गर्छ, मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछ, भेटी उडाउँछ, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएर आफूलाई पछ्याउने बनाउँछ, अनि तैँले उसलाई खुट्ट्याउन, उसका प्रयासलाई रोक्न वा रिपोर्ट गर्न नसक्ने मात्र होइन, बरु तैँले उल्टै ख्रीष्टविरोधीलाई यी सबै कामहरू गरेर उसले चाहेका नतिजाहरू हासिल गर्नमा साथ र सहयोग दिन्छस् भने, ल भन्, तैँले आफूलाई साँच्चिकै परमेश्‍वरप्रति समर्पित गर्ने तेरो सानो सङ्कल्पले के-कस्तो प्रभाव पार्छ? के यो तेरो साँचो कद होइन र? ख्रीष्टविरोधी, दुष्ट मानिस, र विभिन्न प्रकारका अविश्‍वासीहरू परमेश्‍वरको घरको कामलाई बाधा पुर्‍याउन र नष्ट पार्न आउँदा, विशेषगरी तिनीहरूले मण्डलीलाई दाग लगाउँदा र परमेश्‍वरको नामको अपमान गर्दा, तँ के गरिरहेको हुन्छस्? के तैँले उठेर परमेश्‍वरको घरको कामको बचाउमा बोलेको छस्? के तैँले उठेर तिनीहरूका प्रयासहरूलाई रोकेको वा नियन्त्रण गरेको छस्? तैँले उठेर तिनीहरूलाई रोक्न नसकेको मात्र नभई, ख्रीष्टविरोधीहरूलाई दुष्कर्म गर्नमा साथ दिइस्, तिनीहरूलाई सहयोग र हौसला दिइस्, र तिनीहरूको साधन र दाहिने हातका रूपमा काम गरिस्। यसको साथै, कसैले ख्रीष्टविरोधीहरूसम्बन्धी समस्याको जानकारी गराउन पत्र लेख्दा, तैँले त्यसलाई दराजमा थन्काउँछस् र नपढ्ने निर्णय गर्छस्। त्यसैले, यो महत्त्वपूर्ण घडीमा, के इमानदारीपूर्वक आफूलाई परमेश्‍वरप्रति समर्पित गर्नका निम्ति सबथोक त्याग्ने तेरो सङ्कल्प र चाहनाले कुनै प्रभाव पारेका छन् त? यदि पारेका छैनन् भने, प्रस्टै छ कि यो तथाकथित चाहना र सङ्कल्प भनेका तेरो साँचो कद होइनन्, ती तैँले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेर हासिल गरेका कुराहरू होइनन्। तिनले सत्यतालाई प्रतिस्थापन गर्न सक्दैनन्; ती न त सत्यता हुन्, न त जीवन प्रवेश नै। ती जीवन भएको व्यक्तिको प्रतीक होइनन्, ती एक प्रकारको कामना, अर्थात् कुनै सुन्दर चिजप्रति मानिसमा हुने तृष्णा र चाहना मात्र हुन्—सत्यतासँग तिनको कुनै सम्बन्ध छैन। त्यसकारण, तिमीहरूले जागेर आफ्नो साँचो कदलाई प्रस्ट रूपमा हेर्नुपर्छ। तँसित थोरै क्षमता हुँदैमा, र तैँले शिक्षा, करियर, परिवार, विवाह र दैहिक सम्भावनाहरू त्यागेको छस् भन्दैमा, तेरो कद अलि ठूलै छ भन्‍ने नठान्। कतिपय मानिसहरू तिनीहरूले परमेश्‍वरमाथिको प्रारम्भिक आस्थाको जग बसालेदेखि नै अगुवा र सेवक रहिआएका छन्। तिनीहरूले वर्षौँदेखि निश्चित अनुभव र पाठहरू बटुलेका छन्, र केही वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो कद अरूकोभन्दा ठूलो छ, आफूले जीवन प्रवेश पाएको छु, र आफू परमेश्‍वरको घरका खम्बा र परमेश्‍वरले सिद्ध पारिरहनुभएको मानिस हुँ भन्‍ने लाग्छ। यो गलत हो। तिमीहरू आफैलाई असल नसोच—तिमीहरू अझै त्यसबाट टाढै छौ! तिमीहरू ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन समेत सक्दैनौ; तिमीहरूसँग वास्तविक कद छैन। तिमीहरूले अगुवा वा सेवकका रूपमा धेरै वर्षदेखि सेवा गरिरहेका भए पनि, तिमीहरूलाई सुहाउने क्षेत्र अझै पनि छैन, तिमीहरू कुनै वास्तविक काम गर्न सक्दैनौ, र तिमीहरूलाई अनिच्छापूर्वक मात्र प्रयोग गर्न सकिन्छ। तँ ठूलो प्रतिभा भएको व्यक्ति होइनस्। यदि तिमीहरूमध्ये कसैमा मेहनत गर्ने र कठिनाइ सहने तत्परता छ भने, बढीमा तँ मेहनती कामदार होस्। तिमीहरू उपयुक्त छैनौ। कतिपय मानिसहरू तिनीहरू उत्साही भएकै कारण, तिनीहरूमा शिक्षाको जग र निश्चित क्षमता भएकै कारण अगुवा र सेवक बन्छन्। यसको साथै, कतिपय मण्डलीहरूले रेखदेखका लागि उपयुक्त व्यक्ति भेटाउन सक्दैनन्, त्यसैले यी मानिसहरू नियमको अपवादका रूपमा बढुवा गरिन्छन् र तिनीहरूलाई तालिम दिइन्छ। यी व्यक्तिहरूमध्ये, कतिपयलाई विविध प्रकारका मानिसहरूको खुलासा गर्ने क्रममा बिस्तारै प्रतिस्थापन गरिएको र हटाइएको छ। अहिलेसम्म पछ्याउन जारी राखेका कतिपय अझै बाँकी रहे पनि, तिनीहरूले अझै पनि केही खुट्ट्याउन सक्दैनन्। तिनीहरूले कुनै दुष्कर्म नगरेका कारण मात्र तिनीहरू बाँकी रहन सकेका हुन्। साथै, यो पूर्णतया माथिबाट आएको कामको बन्दोबस्तका साथै प्रत्यक्ष मार्गदर्शन, निरीक्षण, सोधपुछ, फलोअप, निगरानी, अनि काटछाँटका कारण मात्र तिनीहरूले केही काम गर्न सकेका हुन्—यसको अर्थ तिनीहरू उपयुक्त व्यक्ति हुन् भन्‍ने होइन। किनभने तिमीहरू प्राय: अरूलाई आराधना गर्छौ, पछ्याउँछौ, बाटो बिराउँछौ, गलत कामहरू गर्छौ, निश्चित गलत शिक्षा र भ्रमहरूका कारण दुबिधामा फस्छौ, आफ्नो दिशा गुमाउँछौ र अन्त्यमा आफूले साँच्चिकै कसलाई विश्‍वास गर्छु भन्‍ने थाहा पाउँदैनौ। तिमीहरूको वास्तविक कद यही हो। यदि मैले तिमीहरूले जीवन प्रवेश बिलकुलै पाएका छैनौ भन्‍ने हो भने, त्यो तिमीहरूका लागि अन्याय हुनेछ। म तिमीहरूको अनुभवको दायरा अत्यन्तै सीमित छ मात्र भन्न सक्छु। काटछाँट र गम्भीरतापूर्वक अनुशासित गरिसकेपछि मात्र तिमीहरूमा केही प्रवेश हुन्छ, तर विशेष गरी ख्रीष्टविरोधी र झूटा अगुवाहरूले मानिसहरूलाई बहकाउने र अवरोधहरू निम्त्याउने जस्ता महत्त्वपूर्ण सिद्धान्तका कुराहरूको सामना गर्दा, तिमीहरूसँग आफ्नो पक्षमा देखाउनका लागि केही आधार हुँदैन, र तिमीहरूसँग कुनै गवाही हुँदैन। जीवनका अनुभवहरू र जीवन प्रवेशका सन्दर्भमा, तिमीहरूको अनुभव धेरै सतही छ, र तिमीहरूमा परमेश्‍वरप्रतिको साँचो बुझाइ छैन। यस मामिलामा तिमीहरूसँग अझै केही पनि छैन। वास्तविक मण्डलीको कामको कुरा आउँदा, तिमीहरूलाई कसरी सत्यताबारे सङ्गति गर्ने र समस्याहरू समाधान गर्नेबारे थाहा छैन; तिमीहरूसँग यहाँ पनि देखाउनका लागि केही छैन। यी मामलाहरूमा, तिमीहरूसँग देखाउनका लागि केही पनि छैन। त्यसैले तिमीहरू अगुवा र सेवकको भूमिकाका लागि उपयुक्त छैनौ। तर, तिमीहरूमध्ये धेरैले साधारण विश्‍वासीका रूपमा, अत्यन्तै थोरै भए पनि र सत्यता वास्तविकताभन्दा कम भएता पनि, केही मात्रामा जीवन प्रवेश पाएका गरेका छौ। तिमीहरूले परीक्षाहरू सामना गर्न सक्छौ कि सक्दैनौ भनेर हेर्न अझै बाँकी छ। जब ठूला परीक्षाहरू, ठूलाठूला प्रलोभनहरू, वा परमेश्‍वरबाट गम्भीर तथा प्रत्यक्ष दण्ड र न्याय वास्तवमै उत्पन्न हुन्छन्, तब मात्र तिनीहरूले तँसँग साँचो कद र सत्यता वास्तविकता छ कि छैन, तँ आफ्‍नो गवाहीमा अडिग रहन सक्छस् कि सक्दैनस्, तेरो परीक्षाका उत्तरहरू के हुनेछन्, तैँले परमेश्‍वरका मागहरू पूरा गर्छस् कि गर्दैनस् भनी परीक्षण गर्न सक्छन्—त्यस बेला तेरो साँचो कद खुलासा हुनेछ। अहिलेका लागि, तँसित कद छ भन्‍ने बेला भएको छैन। अगुवा र सेवकको भूमिकाका सन्दर्भमा भन्नुपर्दा, तिमीहरूसँग कुनै वास्तविक कद छैन। मामलाहरू सामना गर्दा, तिमीहरू अलमलमा पर्छौ, र दुष्ट मानिस वा ख्रीष्टविरोधीहरूबाट बाधाहरूको सामना गर्दा, तिमीहरू पराजित हुन्छौ। तिमीहरूले कुनै पनि महत्त्वपूर्ण कार्यहरू आफैले पूरा गर्न सक्दैनौ; तिमीहरूलाई काम सम्पन्न गर्नका लागि सधैँ कसैको निरीक्षण, मार्गदर्शन र सहयोगको आवश्यकता पर्छ। अर्को शब्दमा भन्नुपर्दा, तिमीहरूले जहाजलाई हाँक्न सक्दैनौ। तिमीहरूले खेल्ने भूमिका मुख्य होस् वा सहायक, तिमीहरूले यसलाई आफैले निर्वाह गर्न वा स्वतन्त्र रूपमा कार्य पूरा गर्न सक्दैनौ; तिमीहरू माथिको रेखदेख र चासोविना कुनै काम राम्रोसँग पूरा गर्न अत्यन्तै असक्षम हुन्छौ। यदि अन्त्यमा तिमीहरूको कामको समीक्षाले देखाउँछ कि तिमीहरूले सबै पक्षमा राम्रो काम गरेका छौ, तिमीहरूले आफ्नो कामको प्रत्येक पक्षमा मन लगाएका छौ, तिमीहरूले सबथोक राम्ररी गरेका छौ र सबैलाई ठीकसँग र सत्यता सिद्धान्तअनुसार सम्हालेका छौ, र तिमीहरूले सत्यताको स्पष्ट बुझाइ र सत्यता सिद्धान्तहरूको खोजीमा आधारित रहेर काम गरेका छौ, ताकि तिमीहरू समस्या समाधान गर्न र आफ्नो काम राम्रोसँग पूरा गर्न सक्षम होऔ भने, तिमीहरू उपयुक्त छौ। तर यो विन्दुसम्म आइपुग्दा, तिमीहरूले अनुभव गरेका सबै कुरालाई मूल्याङ्कन गर्दा, तिमीहरू उपयुक्त छैनौ। तिमीहरूको उपयुक्ततासम्बन्धी मुख्य समस्या भनेको तिमीहरूले आफूलाई अह्राइएका कामहरू आफैले गर्न नसक्नु हो—यो एउटा पक्ष हो। अर्को पक्ष भनेको यदि माथिबाट कुनै पनि निगरानी छैन भने, तिमीहरूले मानिसहरूलाई बहकाउन वा तिनीहरूलाई सही मार्ग त्याग्न लगाउन सक्छौ। तिमीहरूले तिनीहरूलाई अगुवाइ गरेर परमेश्‍वरसामु ल्याउन सक्दैनौ वा मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता वास्तविकताभित्र वा परमेश्‍वरमाथिको आस्थाको सही मार्गमा ल्याउन सक्दैनौ, ताकि परमेश्‍वरका चुनिएका सबै मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्न सकून्। तैँले यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्दैनस्। यदि निश्चित समयावधिसम्म माथिबाट सोधपुछ भएन भने, तिमीहरू जिम्मेवार रहेका कामको दायराभित्र सधैँ विचलन र त्रुटिहरू, साथै हरेक आकार-प्रकारका समस्याहरू आउँछन्; र यदि माथिकोले तिनीहरूलाई सच्याउनुहुन्न, निरीक्षण गर्नुहुन्न वा व्यक्तिगत रूपमा सम्हाल्नुहुन्न भने, यी विचलनहरू कहाँसम्म पुग्छन् वा कहिले रोकिन्छन् भनेर कसलाई थाहा। यो तिमीहरूको साँचो कद हो। त्यसकारण म तिमीहरूलाई तिमीहरू एकदमै अनुपयुक्त छौ भनेर भन्दै छु। के तिमीहरू यो सुन्न चाहन्छौ? के यो सुन्दा तिमीहरूलाई नकारात्मक महसुस हुँदैन? (परमेश्‍वर, हाम्रो हृदयमा धेरै असहज महसुस हुन्छ, तर परमेश्‍वरले जे सङ्गति गर्दै हुनुहुन्छ, यो वास्तवमा तथ्य हो। हामीसँग कद वा सत्यता वास्तविकताको सानो अंश पनि छैन। ख्रीष्टविरोधीहरू देखापर्दा, हामी तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनौँ।) मैले तिमीहरूलाई यी कुराहरू औँल्याउनुपर्छ; अन्यथा, तिमीहरूले सधैँ अन्याय र दुर्व्यवहार महसुस गर्नेछौ। तिमीहरूले सत्यता बुझ्दैनौ; तिमीहरूलाई केही वचन र धर्मसिद्धान्तहरूका बारेमा कसरी कुरा गर्ने भन्‍ने मात्र थाहा छ। भेलाहरूमा, तिमीहरूले सामान्यतया धर्मसिद्धान्तहरूका बारेमा बोल्नका लागि मस्यौदा समेत तयार गर्दैनौ, र तिमीहरू मञ्चदेखि डराउन छोड्छौ, र त्यसैले तिमीहरू आफूसँग कद छ भन्‍ने सोच्छौ। यदि तिमीहरूसँग कद छ भने तिमीहरू किन उपयुक्त छैनौ? किन सत्यताबारे सङ्गति गर्न र मामलाहरू सम्बोधन गर्न सक्दैनौ? तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको अनुमोदन पाउन वचन तथा धर्मसिद्धान्तहरूका बारेमा कुरा गर्न मात्र जान्दछस्। यसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन, र यसले तँलाई उपयुक्त बनाउँदैन। यी वचन र धर्मसिद्धान्तहरूका बारेमा कुरा गर्ने तेरो क्षमताले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। परमेश्‍वरले तँलाई खुलासा गर्ने एउटा सानो परिस्थितिको बन्दोबस्त गर्नुहुन्छ, र यसले तेरो कद कति सानो छ, तँ सत्यता बिलकुलै बुझ्दैनस्, र तँ कुनै पनि कुराहरू छर्लङ्गै देख्न सक्दैनस् भन्‍ने कुरा प्रस्ट पार्छ; र यसले तँ खराब, दयनीय, अन्धो र अज्ञानी छस् भनी खुलासा गर्छ। यही होइन र? (हो।) यदि तिमीहरूले यी कुराहरू स्वीकार गर्न सक्छौ भने, यो राम्रो कुरा हो; यदि सक्दैनौ भने, समय लिएर यी कुराहरूका बारेमा सोच। मैले भनिरहेको कुरालाई मनन गर: के यसले कुनै अर्थ दिन्छ, के यो वास्तविकतामा आधारित छ? के यो तिमीहरूमा लागू हुन्छ? यदि यो तिमीहरूमा लागू भए पनि, नकारात्मक नबन्नू। नकारात्मक बन्नुले तिमीहरूलाई कुनै पनि समस्याहरू समाधान गर्न मद्दत गर्दैन। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा, यदि तँ आफ्नो कर्तव्य पूरा गर्न र अगुवा वा सेवक बन्न चाहन्छस् भने, ठक्कर र असफलताहरूको सामना गर्दा तैँले हार मान्न मिल्दैन। तँ उठ्नुपर्छ र निरन्तर अघि बढिरहनुपर्छ। तैँले आफूमा कमी वा कमजोरी भएका क्षेत्रहरूमा र गम्भीर समस्याहरू भएका ठाउँहरूमा आफूलाई सत्यताका केही पक्षहरूद्वारा सुसज्जित गर्नमा ध्यान केन्द्रित गर्न आवश्यक छ। नकारात्मक भएर वा रोकिएर केही समाधान हुँदैन। मामलाहरूको सामना गर्दा, वचन र धर्मसिद्धान्तहरूका साथै विभिन्न प्रकारका वस्तुगत तर्कहरू ल्याउन छोड्—यी कुराहरूबाट मद्दत मिल्नेछैन। जब परमेश्‍वरले तेरो परीक्षा लिनुहुन्छ र तैँले यसो भन्छस्, “त्यतिबेला मेरो स्वास्थ्य राम्रो थिएन, म सानै थिएँ र मेरो वरिपरिको वातावरण त्यति शान्त थिएन,” के उहाँले यो कुरा सुन्नुहुनेछ? परमेश्‍वरले सोध्नुहुनेछ, “के तँसित सत्यताबारे सङ्गति गर्दा तैँले त्यो सुनिस्?” यदि तैँले “हो, मैले सुनेँ,” भनिस् भने, उहाँले सोध्नुहुनेछ, “के तँसँग तँलाई दिइएको कामको बन्दोबस्त छ?” त्यसपछि तैँले भन्‍नेछस्, “हो, मसँग छ” र उहाँले जारी राख्नुहुनेछ: “त्यसोभए तैँले किन ती कुराहरूलाई अवलम्बन गरिनस्? तँ किन यति नराम्ररी असफल भइस्? तँ किन आफ्नो गवाहीमा अडिग रहन सकिनस्?” तैँले जोड दिने कुनै पनि वस्तुगत तर्कमा दम छैन। परमेश्‍वर तेरो बहाना वा तर्कमा रुचि राख्नुहुन्न। तैँले कति धर्मसिद्धान्त भन्न सक्छस् वा आफ्नो रक्षा गर्नमा तँ कति माहिर छस् भनेर उहाँले हेर्नुहुन्न। परमेश्‍वर के चाहनुहुन्छ भने, तेरो साँचो कद र तेरो जीवनमा वृद्धि होस्। तँ जहिलेसुकै जुनसुकै तहको अगुवा बने पनि, तेरो हैसियत जति उच्च भए पनि, तँ आफू को होस् र तँ परमेश्‍वरको अगाडि को होस् भनेर कहिल्यै नबिर्सी। तैँले धर्मसिद्धान्तबारे जतिसुकै बोल्न सके पनि, तँ धर्मसिद्धान्त भन्नमा जतिसुकै अभ्यस्त भए पनि, तैँले परमेश्‍वरको घरका लागि जेसुकै गरेको भए पनि वा जतिसुकै योगदान गरेको भए पनि, यीमध्ये कुनै पनि कुराले तेरो साँचो कद छ भन्‍ने देखाउँदैन, न त ती जीवन छ भन्‍ने कुराका सङ्केतहरू नै हुन्। जब तँ सत्यता वास्तविकताभित्र प्रवेश गर्छस्, सत्यता सिद्धान्तहरू बुझ्छस्, मामलाहरू सामना गर्दा आफ्नो गवाहीमा अडिग रहन्छस्, कार्यहरू आफैले पूरा गर्न सक्छस्, र प्रयोगयोग्य हुन्छस्, त्यसपछि तैँले वास्तविक कद पाउनेछस्। ठिक छ, यो छलफललाई यही टुङ्ग्याऊँ र हाम्रो सङ्गतिको मुख्य विषयतर्फ लागौँ।

पछिल्लो भेलामा हामीले कहाँसम्म सङ्गति गर्‍यौँ? (पछिल्लो भेलामा, परमेश्‍वरले “आफ्नो पारिवारिक बोझ त्याग्ने” बारे सङ्गति गर्नुभयो। यसको एउटा पाटो आफ्ना सन्तानप्रतिका अपेक्षाहरू त्याग्नु हो। यो कुरा परमेश्‍वरले हामीलाई दुई चरणमा वर्णन गरिदिनुभयो: एउटा आफ्ना छोराछोरी नाबालिग छँदासम्मको समयमा आमाबुबाको व्यवहारसँग सम्बन्धित थियो, र अर्को तिनीहरू वयस्क भइसकेपछिको समयमा तिनीहरूप्रतिको व्यवहारसँग सम्बन्धित थियो। आफ्ना छोराछोरीहरूको उमेर जति भए पनि, चाहे तिनीहरू वयस्क होऊन् वा नहोऊन्, वास्तवमा, आमाबुबाका व्यवहार र कार्यहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तविरुद्ध हुन्छन्। तिनीहरू सधैँ आफ्ना छोराछोरीहरूको नियतिलाई आफ्नो नियन्त्रणमा राख्न र उनीहरूको जीवनमा हस्तक्षेप गर्न चाहन्छन्, तर उनीहरूले रोज्ने मार्ग र उनीहरूका खोजहरू उनीहरूका आमाबुबाले निर्धारण गर्न सक्ने कुरा होइनन्। मानिसको नियति तिनीहरूका आमाबुबाले नियन्त्रण गर्न सक्ने कुरा होइन। परमेश्‍वरले मामलाहरू हेर्ने सही दृष्टिकोण पनि औँल्याउनुभयो: एउटा बच्चा जीवनको जुनै चरणमा भए पनि, उसका आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गरिदिए पुग्छ, बाँकी कुरा परमेश्‍वरको सार्वभौमिकता, बन्दोबस्त र पूर्वनिर्धारणमा समर्पित हुने कुरा हो।) पछिल्लो पटक, हामीले आफ्ना सन्तानप्रति आमाबुबाका अपेक्षाहरू त्याग्नुपर्छ भन्‍ने तथ्यबारे सङ्गति गर्‍यौँ। अवश्य नै, यी अपेक्षाहरू मानव इच्छा र विचार निर्माणबाट प्रेरित हुन्छन्, र ती परमेश्‍वरले मानव नियतिको बन्दोबस्त गर्नुहुन्छ भन्‍ने तथ्यसँग मिल्दैनन्। यी अपेक्षाहरू मानव जिम्मेवारीको पाटो होइनन्; ती त मानिसले त्याग्नुपर्ने कुरा हुन्। आफ्ना छोराछोरीहरूप्रति आमाबुबाका अपेक्षाहरू जति नै ठूला भए पनि, र आमाबुबालाई आफ्ना छोराछोरीहरूप्रतिका आफ्ना अपेक्षाहरू जति नै ठिक र उचित लागे पनि, यदि यी अपेक्षाहरू परमेश्‍वर मानव नियतिमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने सत्यताविपरीत छन् भने, ती मानिसले त्याग्नुपर्ने कुरा नै हुन्। यो नकारात्मक कुरा पनि हो भन्न सकिन्छ; यो न त उचित हो, न त सकारात्मक नै। यो आमाबुबाका जिम्मेवारीविपरीत र ती जिम्मेवारीको दायराभन्दा बाहिर हुन्छ, र यो मानवत्वविपरीतका अवास्तविक अपेक्षा र मागहरूले बनेको हुन्छ। पछिल्लो पटक, हामीले वयस्क भइनसकेका आफ्ना छोराछोरीहरूप्रति आमाबुबाले देखाउने असाधारण कार्य र आचरणका साथै केही चरम व्यवहारबारे सङ्गति गर्‍यौँ, जसले तिनीहरूका छोराछोरीहरूमाथि विभिन्न प्रकारका नकारात्मक प्रभाव र दबाब पार्छन्, र बालबालिकाहरूको शारीरिक, मानसिक र आत्मिक कल्याणलाई बरबाद पार्छन्। यी कुराहरूले आमाबुबाले गरिरहेका कामकुरा अनुचित र असुहाउँदो छन् भन्‍ने जनाउँछन्। यी सोच र व्यवहारहरू सत्यता पछ्याउने मानिसले त्याग्नुपर्ने कुराहरू हुन्, किनभने, मानवत्वको दृष्टिकोणबाट, ती बच्चाको शारीरिक र मानसिक कल्याण बरबाद गर्ने क्रूर र अमानवीय तरिका हुन्। त्यसकारण, आमाबुबाले वयस्क भइनसकेका छोराछोरीहरूका लागि गर्नुपर्ने भनेको उनीहरूको भविष्य र नियतिको योजना, नियन्त्रण, योजनाबद्धीकरण वा निर्धारण गर्ने नभई आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो के हामीले पछिल्लो पटक आमाबुबाले आफ्ना नाबालिग छोराछोरीहरूप्रति जिम्मेवारीहरू पूरा गर्ने कुराका दुई मुख्य पक्षहरूबारे कुरा गरेनौँ र? (हजुर, गर्‍यौँ।) यदि यी दुई पक्षहरू कार्यान्वयन भए भने, तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। यदि ती कार्यान्वयन भएका छैनन् भने, तैँले आफ्ना छोराछोरीहरूलाई हुर्काएर कुनै कलाकार वा प्रतिभाशाली व्यक्ति बनाइस् भने पनि, तेरो जिम्मेवारी अपूरो रहनेछ। आमाबुबाले आफ्ना छोराछोरीहरूमा जति प्रयास लगाए पनि, चाहे त्यो कपाल फुलुञ्जेल चिन्ता लिने होस्, वा थकानले बिरामी पर्ने होस्; तिनीहरूले जति नै ठूलो मूल्य चुकाए पनि, आफ्ना हृदयका कुरा जति नै व्यक्त गरे पनि, वा जति नै पैसा खर्च गरे पनि, यी कुनै पनि कुरालाई आफ्ना जिम्मेवारीहरू पूरा गरेको मान्न सकिँदैन। त्यसोभए, मैले आमाबुबाले आफ्ना साना छोराछोरीहरूप्रतिका आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ भन्नुको अर्थ के हो? मुख्य दुई पक्षहरू के हुन्? ती कुराहरू कसलाई याद छ? (पछिल्लो पटक, परमेश्‍वरले दुई वटा जिम्मेवारीहरूबारे सङ्गति गर्नुभयो। एउटा, बच्चाको शारीरिक स्वास्थ्यको हेरचाह गर्ने, र अर्को, तिनीहरूलाई मानसिक स्वास्थ्यमा मार्गदर्शन गर्ने, शिक्षित तुल्याउने र सहायता दिने हो।) यो निकै सजिलो छ। वास्तवमा, बच्चाको शारीरिक स्वास्थ्यको हेरचाह गर्न सजिलो छ; बस तिनीहरूलाई धेरै चोटपटक लाग्न वा गलत चिजहरू खान नदे, तिनीहरूको वृद्धि-विकासमा नकारात्मक असर पार्ने कुनै कुरा नगर्, र तिनीहरूले सकेसम्म पर्याप्त भोजन पाउने, राम्ररी र स्वस्थ तरिकाले खाने, उचित आराम पाउने, रोगबाट टाढै रहने वा कहिलेकाहीँ मात्र बिरामी हुने कुरा सुनिश्चित गर्, र बिरामी हुँदा उनीहरूलाई समयमै उपचार गरा। के धेरैजसो आमाबुबाले यी मापदण्डहरू पूरा गर्न सक्छन् त? (सक्छन्।) यो मानिसले हासिल गर्न सक्ने कुरा हो; परमेश्‍वरले मानिसलाई दिनुहुने कामहरू सजिला हुन्छन्। जनावरले पनि यी मापदण्डहरू पूरा गर्न सक्ने भएकाले, यदि मानिसले ती पूरा गर्न सक्दैनन् भने, के तिनीहरू जनावरभन्दा खराब होइनन् र? (हजुर, हुन्।) यदि जनावरले समेत यी कुराहरू हासिल गर्न सक्छन् तर मानिसले सक्दैनन् भने, तिनीहरू साँच्चिकै दयनीय छन्। यो आफ्ना छोराछोरीहरूको शारीरिक स्वास्थ्यप्रति आमाबुबाको जिम्मेवारी हो। तिनीहरूका छोराछोरीहरूको मानसिक कल्याणका सन्दर्भमा भन्नुपर्दा, यो पनि साना बच्चाहरूलाई हुर्काउने क्रममा आमाबुबाले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी हो। आफ्ना छोराछोरीहरू शारीरिक रूपमा स्वस्थ भएपछि, आमाबुबाले उनीहरूको मानसिक स्वास्थ्य र उनीहरूका सोचहरू पनि प्रवर्धन गर्दै उनीहरूले समस्याहरूका बारेमा सकारात्मक, सक्रिय र आशावादी तरिका र दिशामा सोच्ने सुनिश्चितता गर्नुपर्छ, ताकि उनीहरूले राम्रो जीवन जिउन सकून् र उनीहरू कट्टर, विकृति-प्रवृत्त वा शत्रुवत् नहोऊन्। अरू केही? उनीहरू हुर्केर सामान्य, स्वस्थ र खुसी हुन सक्नुपर्छ। उदाहरणका लागि, जब बच्चाहरूले आफ्ना आमाबुबाले भनिरहेका कुरा बुझ्न थाल्छन् र तिनीहरूसँग सरल र सामान्य कुराकानी गर्न सक्छन्, र जब उनीहरूले नयाँ कुराहरूमा रुचि देखाउन थाल्छन्, तब आमाबुबाले उनीहरूलाई मार्गदर्शन गर्नका लागि बाइबलका कथाहरू बताउन वा राम्रो व्यवहारबारे सामान्य कथाहरू सुनाउन सक्छन्। यसरी, बच्चाहरूले राम्रो व्यवहार देखाउनु भनेको के हो, र असल बच्चा र असल व्यक्ति हुनका निम्ति के गर्नुपर्छ भनी बुझ्न सक्छन्। यो उनीहरूका लागि एक प्रकारको मानसिक मार्गदर्शन हो। आमाबुबाले उनीहरूलाई ठूलो भएपछि असीमित धन दिने र दुःख वा शारीरिक श्रम गर्नबाट जोगाउने, र अरूमाथि हैकम जमाउने शक्ति र प्रतिष्ठा दिने तुल्याउन धेरै पैसा कमाउनुपर्छ वा उच्च तहको अधिकारी बन्नुपर्छ मात्र भन्नु हुँदैन। तिनीहरूले आफ्ना छोराछोरीहरूमा यस्ता नकारात्मक कुराहरू हालिदिनु हुँदैन, बरु उनीहरूलाई सकारात्मक कुराहरू सुनाउनुपर्छ। अथवा, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई उमेर-सुहाउँदा र सकारात्मक शैक्षिक सन्देश भएका कथाहरू बताउनुपर्छ। उदाहरणका लागि, उनीहरूलाई नढाँट्न र ढाँट्ने बच्चा नबन्न सिकाउनु, उनीहरूलाई ढाँट्यो भने परिणामहरू भोग्नैपर्छ भन्‍ने कुरा बुझाउनु, ढाँट्ने कामप्रति तिनीहरूको मनोवृत्ति सम्झाउनु, र ढाँट्ने बच्चाहरू खराब बच्चा हुन् र मानिसले यस्ता बच्चालाई मन पराउँदैनन् भनेर जोड दिनु। तिनीहरूले कम्तीमा पनि आफ्ना छोराछोरीहरूलाई उनीहरू इमानदार हुनैपर्छ भनेर बताउनुपर्छ। यसका साथै, आमाबुबाले आफ्ना छोराछोरीहरूलाई चरम वा कट्टर विचारहरू विकास गर्नबाट रोक्नुपर्छ। यसलाई कसरी रोक्न सकिन्छ? आमाबुबाले आफ्ना छोराछोरीहरूलाई अरूप्रति सहनशील हुन, धैर्यता र क्षमाशीलता अभ्यास गर्न, परिस्थितिहरू आइपर्दा हठी वा स्वार्थी नहुन, र अरूसँगको अन्तरक्रियाहरूमा दयालु र सामञ्जस्यपूर्ण हुन सिकाउनुपर्छ; यदि उनीहरूले आफूलाई हानि गर्न खोज्ने दुष्ट र खराब मानिस भेट्छन् भने, उनीहरूले टकराव र हिंसामार्फत उक्त परिस्थितिलाई सम्हाल्नुभन्दा त्यसबाट उम्कन सिक्नुपर्छ। आमाबुबाहरूले आफ्ना साना छोराछोरीहरूको दिमागमा हिंसात्मक प्रवृत्तिका बीउ र सोचहरू रोप्नबाट बच्नुपर्छ। तिनीहरूले हिंसालाई आमाबुबाले राम्रो मान्दैनन्, र हिंसा गर्न उद्धत बच्चाहरू असल बच्चा होइनन् भनेर प्रस्ट पार्नुपर्छ। यदि मानिसमा हिंसात्मक प्रवृत्तिहरू छन् भने, तिनीहरू अन्ततः अपराध गर्नतिर लाग्न र सामाजिक बन्देज र कानुनबमोजिमको सजाय भोग्न सक्छन्। हिंसात्मक प्रवृत्ति भएका मानिसहरू असल मानिस होइनन्, ती राम्रा मानिने मानिस होइनन्। अर्कोतिर, आमाबुबाले आफ्ना छोराछोरीहरूलाई आत्मनिर्भर बन्ने शिक्षा दिनुपर्छ। छोराछोरीहरूले आफूलाई खाना र नाना यत्तिकै दिइन्छ भन्‍ने अपेक्षा गर्नु हुँदैन; उनीहरू सक्षम छन् वा उनीहरूलाई गर्न आउँछ भने, अल्छीपनाको मानसिकताबाट टाढा रहँदै आफैले कामहरू गर्न सिक्नुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीहरूलाई विविध तरिकाले यी सकारात्मक र सही मामलाहरू बुझ्न मार्गदर्शन गर्नुपर्छ। अवश्य पनि, जब आमाबुबाहरूले नकारात्मक कुराहरू भएको वा उत्पन्न भएको देख्छन्, तब तिनीहरूले बस आफ्ना छोराछोरीहरूलाई यस्तो व्यवहार राम्रो होइन, यो असल बच्चाहरूले गर्ने चिज होइन, तिनीहरू आफैँलाई नै यस्तो व्यवहार मन पर्दैन, र यस्तो काम गर्ने बच्चाहरूले भविष्यमा कानुनी दण्ड, जरिवाना, र कठोर सजाय भोग्न सक्छन् भनेर भनिदिनुपर्छ। छोटकरीमा भन्नुपर्दा, आमाबुबाले आफ्ना छोराछोरीहरूलाई उचित व्यवहार र कार्य गर्ने कुराका सरल र सबैभन्दा आधारभूत सिद्धान्तहरू बुझाउनुपर्छ। कम्तीमा पनि, बच्चाहरू वयस्क भइनसक्दा नै, उनीहरूले खुट्ट्याइ अभ्यास गर्न, असल र खराब छुट्ट्याउन, कस्ता कार्यले असल र खराब व्यक्तिलाई परिभाषित गर्छन्, के-कस्ता कुराहरूले असल व्यक्तिको आचरण झल्काउँछन्, अनि कुन कार्यहरू दुष्ट मानिन्छन् र कुनले खराब व्यक्तिको आचरण झल्काउँछन् भनी थाहा पाउन सिक्नुपर्छ। उनीहरूलाई सिकाइनुपर्ने सबैभन्दा आधारभूत कुराहरू यिनै हुन्। यसका साथै, बच्चाहरूले कतिपय व्यवहारलाई अरूले घृणा गर्छन् भनेर बुझ्नुपर्छ, जस्तै चोरी गर्ने वा अनुमतिविना अरूका सामानहरू लिने, स्वीकृतिविना तिनीहरूका सामानहरू प्रयोग गर्ने, अफवाह फैलाउने, र मानिसहरूमाझ कलहको बीउ छर्ने। यी र यस्तै कार्यहरूले खराब व्यक्तिको आचरणलाई सङ्केत गर्छन्, ती नकारात्मक कुरा हुन्, र परमेश्‍वरलाई ती कुराहरू प्रिय लाग्दैनन्। बच्चाहरू अलि ठूला भएपछि, उनीहरूलाई आफूले गर्ने कुनै पनि कुरामा हठी नहुन, चाँडै रुचि नगुमाउन, वा आवेगपूर्ण वा भड्किलो नहुन सिकाइनुपर्छ। उनीहरूले आफूले गर्ने जुनसुकै कार्यका परिणामबारे सोचविचार गर्नुपर्छ, र यदि उनीहरूलाई ती परिणामहरू प्रतिकूल वा दुःखद हुन सक्छन् भनी थाहा छ भने, उनीहरूले आफूलाई त्यसो गर्नबाट रोक्नुपर्छ, नाफा वा चाहनाहरूको वशमा पर्नु हुँदैन। आमाबुबाले आफ्ना छोराछोरीहरूलाई खराब व्यक्तिका नमुना शब्द र कार्यहरूबारे पनि शिक्षा दिँदै उनीहरूलाई खराब व्यक्तिबारे मूलभूत बुझाइ र तिनीहरूलाई मापन गर्ने मानक प्रदान गर्नुपर्छ। उनीहरूले नौलो मानिस वा तिनीहरूका वाचा-बन्धनहरूलाई अति सजिलै भरोसा नगर्न, र नौलो मानिसले दिएका कुराहरू सजगताविना नस्विकार्न सिक्नुपर्छ। उनीहरूलाई यी सबै कुराहरू सिकाइनुपर्छ, किनकि संसार र समाज दुष्टता र पासोहरूले भरिपूर्ण छन्। केटाकेटीहरूले कसैलाई पनि सजिलै भरोसा गर्नु हुँदैन; उनीहरूलाई दुष्ट र खराब मानिसहरू खुट्ट्याउन, दुष्ट मानिसदेखि सजग हुन र टाढै बस्न सिकाइनुपर्छ, ताकि उनीहरू तिनीहरूबाट फसाइन वा धोका खानबाट जोगिन सकून्। यी आधारभूत पाठहरूका सन्दर्भमा, आमाबुबाले आफ्ना छोराछोरीहरूलाई उनीहरूको जीवनका प्रारम्भिक वर्षहरूमा सकारात्मक दृष्टिकोणले मार्गदर्शन र निर्देशन दिनुपर्छ। एकातिर, तिनीहरूले आफ्ना छोराछोरीहरू हुर्केर स्वस्थ र बलिया बनून् भनी सुनिश्चित गर्ने प्रयास गर्नुपर्छ, र अर्कोतिर, तिनीहरूले आफ्ना छोराछोरीहरूको स्वस्थ मानसिक विकासलाई प्रोत्साहन गर्नुपर्छ। स्वस्थ दिमागका सङ्केतहरू के-के हुन्? कुनै व्यक्तिले जीवनबारे सही दृष्टिकोण राख्नु र उचित मार्ग रोज्न सक्नु नै त्यसका सङ्केतहरू हुन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास नगर्ने भए पनि, उनीहरू आफ्ना प्रारम्भिक वर्षहरूमा दुष्ट प्रवृत्तिहरू पछ्याउनबाट जोगिन्छन्। यदि आमाबुबाले आफ्ना छोराछोरीहरूमा कुनै विचलन देखेमा, तिनीहरूले तुरुन्तै उनीहरूको व्यवहार जाँचेर त्यसलाई सच्याउनुपर्छ, अनि उनीहरूलाई सही तरिकाले मार्गदर्शन गर्नुपर्छ। उदाहरणका लागि, यदि तिनीहरूका छोराछोरीहरूले प्रारम्भिक वर्षहरूमा दुष्ट प्रवृत्ति वा निश्चित गलत तर्क वा सोच र दृष्टिकोणहरूसँग सम्बन्धित निश्चित कुराहरूको सम्पर्कमा आए भने, र उनीहरूमा खुट्ट्याउने क्षमता छैन भने, उनीहरूले तिनको अनुसरण वा नक्कल गर्न सक्छन्। आमाबुबाहरूले यी समस्याहरू चाँडै पत्ता लगाउनुपर्छ र तत्काल सुधार र सही मार्गदर्शन प्रदान गर्नुपर्छ। यो पनि तिनीहरूको जिम्मेवारी हो। छोटकरीमा भन्नुपर्दा, यसको उद्देश्य भनेको केटाकेटीहरूले उनीहरूको सोच, आनीबानी, अरूप्रतिको व्यवहार, र विविध मानिस, घटना र वस्तुहरूप्रतिको धारणाको विकासका लागि आधारभूत, सकारात्मक र सही दिशा स्थापित गरून्, ताकि उनीहरू दुष्ट दिशातर्फ नभई रचनात्मक दिशातर्फ विकास होऊन् भन्‍ने हो। उदाहरणका लागि, गैरविश्‍वासीहरू प्राय: भन्‍ने गर्छन्, “जीवन र मृत्यु पूर्वनिर्धारित हुन्छन्; धन र इज्जत स्वर्गले निर्धारण गर्छ।” एउटा व्यक्तिले जीवनमा भोग्नुपर्ने दुःख र आनन्द परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ र त्यसलाई मानवले परिवर्तन गर्न सक्दैन। एकातिर, आमाबुबाले आफ्ना छोराछोरीहरूलाई यी वस्तुगत तथ्यहरूबारे जानकारी दिनुपर्छ, र अर्कोतिर, उनीहरूलाई जीवन भनेको भौतिक आवश्यकताहरू मात्र होइन, र यो निश्चित रूपमा आनन्द मात्र होइन भनेर सिकाउनुपर्छ। मानिससँग यो जीवनमा खाने, पिउने र मनोरञ्जन खोज्नेभन्दा बढी महत्त्वपूर्ण कामहरू छन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, सत्यता पछ्याउनुपर्छ, र परमेश्‍वरबाट मुक्ति खोज्नुपर्छ। यदि मानिसहरू सुख, खान, पिउन र मनोरञ्जन खोज्नका लागि मात्र देहमा जिउँछन् भने, तिनीहरू राक्षसजस्तै हुन्, र तिनीहरूको जीवनको कुनै मूल्य हुँदैन। तिनीहरूले कुनै सकारात्मक वा अर्थपूर्ण मूल्य सिर्जना गर्दैनन्, र तिनीहरू जिउन वा मानव बन्नसमेत योग्य हुँदैनन्। एउटा बच्चाले परमेश्‍वरमा विश्‍वास नगर्ने भए पनि, उसलाई कम्तीमा पनि असल व्यक्ति र आफूलाई तोकिएको कर्तव्य निर्वाह गर्ने व्यक्ति हुन दिनुपर्छ। अवश्य नै, यदि उनीहरू परमेश्‍वरद्वारा चुनिन्छन् र ठूलो भएपछि मण्डली जीवनमा सहभागी हुन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन् भने, त्यो झनै राम्रो हो। यदि तिनीहरूका छोराछोरीहरू यस्ता छन् भने, परमेश्‍वरले मानिसलाई दिनुभएका सिद्धान्तहरूका आधारमा आमाबुबाले आफ्ना नाबालिग सन्तानहरूप्रतिका जिम्मेवारीहरू झनै बढी पूरा गर्नुपर्छ। यदि तँलाई उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेछन् कि गर्नेछैनन् वा उनीहरू परमेश्‍वरद्वारा चुनिनेछन् कि चुनिनेछैनन् भनेर थाहा छैन भने, तैँले कम्तीमा पनि छोराछोरीहरूका प्रारम्भिक वर्षहरूमा उनीहरूप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ। यी कुराहरू तँलाई थाहा नभए पनि वा तैँले बुझ्न नसके पनि, तैँले यी जिम्मेवारीहरू पूरा गर्नैपर्छ। तैँले आफूले निभाउनुपर्ने दायित्व र जिम्मेवारीहरू सम्भव भएसम्म निभाउनुपर्छ, तँसित पहिल्यैदेखि भएका सकारात्मक सोच र कुराहरू आफ्ना बच्चाहरूलाई बाँड्नुपर्छ। कम्तीमा पनि, उनीहरूको आत्मिक विकास रचनात्मक दिशामा अगाडि बढ्ने र उनीहरूको मन सफा र स्वस्थ हुने सुनिश्चित गर्। उनीहरूलाई सानै उमेरदेखि तेरो अपेक्षा, शिक्षा, वा दमनमा रहेर विभिन्न प्रकारका सीप र ज्ञानहरू सिक्न नलगा। अझै गम्भीर कुरा त, कतिपय आमाबुबाहरू आफ्ना छोराछोरीहरू विविध ट्यालेन्ट शो र शैक्षिक वा खेलकुद प्रतियोगिताहरूमा भाग लिँदा उनीहरूसँगै जान्छन्, विविध सामाजिक प्रवृत्तिहरू पछ्याउँछन् र प्रेस सुनुवाइ, हस्ताक्षर कार्यक्रम, र अध्ययन सत्रहरूमा जान्छन्, अनि जस्तोसुकै प्रतियोगिता र पुरस्कार कार्यक्रममा दिइने भाषणहरू, आदिमा सहभागी हुन्छन्। आमाबुबाका नाताले, तिनीहरूले कम्तीमा पनि आफैले यी कुराहरू गरेर आफ्ना छोराछोरीहरूलाई आफ्ना पदचापहरू पछ्याउन दिनु हुँदैन। यदि आमाबुबाले आफ्ना बच्चाहरूलाई यस्ता क्रियाकलापहरूमा संलग्न गराउँछन् भने, एकातिर, तिनीहरूले आमाबुबाका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गरेका छैनन् भन्‍ने प्रस्ट हुन्छ। अर्कोतिर, तिनीहरू आफ्ना छोराछोरीहरूलाई फर्किनै नसकिने मार्गमा डोर्‍याइरहेका छन्, र उनीहरूको रचनात्मक मानसिक विकासमा बाधा पुर्‍याइरहेका छन्। यी आमाबुबाहरूले आफ्ना बच्चाहरूलाई कतातिर डोर्‍याएका छन्? तिनीहरूले उनीहरूलाई दुष्ट प्रवृत्तिहरूतर्फ डोर्‍याएका छन्। यो आमाबुबाहरूले गर्न नहुने काम हो। यसका साथै, भविष्यमा तिनीहरूका छोराछोरीहरूको मार्ग र उनीहरूले पछ्याउने करियरका सम्बन्धमा, आमाबुबाहरूले उनीहरूको दिमागमा “फलानोलाई हेर त, ऊ चार-पाँच वर्षको उमेरमा पियानो बजाउन थालेको पियानोवादक होहो। ऊ खेल्नतिर लागेन, ऊसँग कुनै साथी वा खेलौना थिएन, र उसले हरेक दिन पियानो अभ्यास गर्थ्यो। उसका आमाबुबा उसले पियानो सिक्न जाँदा ऊसँगै जान्थे, थुप्रै शिक्षकहरूसँग परामर्श गर्थे, र उसलाई पियानो प्रतिस्पर्धाहरूमा पठाउँथे। हेर त, अहिले ऊ कति चर्चित छ, राम्रो खान पाएको छ, राम्रो लाउन पाएको छ, चमकधमकले घेरिएको छ र जता गए पनि उसले सम्मान पाउँछ।” भन्‍ने जस्ता कुराहरू हाल्नु हुँदैन। के बच्चाको दिमागको स्वस्थ विकास प्रवर्धन गर्ने शिक्षा यस्तै हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, यो कस्तो खालको शिक्षा हो? यो दियाबलसको शिक्षा हो। यस्तो शिक्षाले जुनसुकै सानो उमेरका बच्चाको दिमागलाई हानि गर्छ। यसले उनीहरूलाई प्रसिद्धिको आकाङ्क्षा गर्न, विविध आभा, सम्मान, पद र आनन्दको लोभ गर्न हौसला दिन्छ। यसले उनीहरूलाई सानै उमेरदेखि यी कुराहरूको तृष्णा र खोजी गर्ने तुल्याउँछ, र उनीहरूलाई व्यग्रता, चरम डर र चिन्तामा धकेल्छ, र उनीहरूलाई त्यो कुरा पाउन जस्तोसुकै मूल्य तिर्नेसमेत तुल्याउँछ, उनीहरू आफ्नो गृहकार्यको समीक्षा गर्न र विभिन्न सीपहरू सिक्न चाँडै उठ्छन् र अबेरसम्म काम गर्छन्, अनि आफ्नो बालापन गुमाउँछन्, ती अमूल्य वर्षहरू यी कुराहरूसित साट्छन्। दुष्ट प्रवृत्तिहरूले प्रवर्धन गर्ने कुराका सम्बन्धमा भन्नुपर्दा, नाबालिग केटाकेटीहरूमा त्यसको प्रतिरोध गर्ने वा त्यसलाई खुट्ट्याउने क्षमता हुँदैन। त्यसैले, आफ्ना नाबालिग छोराछोरीहरूको अभिभावकका रूपमा, आमाबुबाले उनीहरूलाई संसारका दुष्ट प्रवृत्तिहरूबाट आउने विविध दृष्टिकोणहरू र सबै नकारात्मक कुराहरू खुट्ट्याउन र तिनको प्रतिरोध गर्न मद्दत गरेर आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ। तिनीहरूले सकारात्मक मार्गदर्शन र शिक्षा प्रदान गर्नुपर्छ। अवश्य नै, हरव्यक्तिका आ-आफ्नै आकाङ्क्षाहरू हुन्छन्, र आफ्ना आमाबुबाले निश्चित खोजहरूमा निरुत्साहित गर्ने भए पनि, कतिपय साना बच्चाहरूले ती कुराहरूको चाहना राख्न सक्छन्। उनीहरूलाई उनीहरूले चाहेका कुराको चाहना राख्न दे; आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ। एउटा अभिभावकका रूपमा तँसित आफ्ना छोराछोरीहरूको सोचलाई नियमन गर्ने र उनीहरूलाई सकारात्मक र रचनात्मक दिशामा मार्गदर्शन गर्ने दायित्व र जिम्मेवारी छ। जहाँसम्म उनीहरूले तेरो कुरा सुन्छन् कि सुन्दैनन् वा ठूलो भएपछि तैँले सिकाएका कुराहरू लागु गर्न चाहन्छन् कि चाहँदैनन् भन्‍ने कुरा छ, त्यो उनीहरूको व्यक्तिगत रोजाइको कुरा हो, जसलाई तैँले हस्तक्षेप वा नियन्त्रण गर्न मिल्दैन। छोटकरीमा भन्नुपर्दा, तिनीहरूका छोराछोरीहरूका प्रारम्भिक वर्षहरूमा, आमाबुबासँग आफ्ना छोराछोरीहरूको दिमागमा विविध स्वस्थ, उचित र सकारात्मक सोच र दृष्टिकोणका साथै जीवनका लक्ष्यहरू हालिदिने जिम्मेवारी र दायित्व हुन्छ। आमाबुबाको जिम्मेवारी यही हो।

कतिपय आमाबुबा भन्छन्, “मलाई मेरा छोराछोरीहरूलाई कसरी शिक्षा दिने भन्‍ने समेत थाहा छैन। म बच्चै हुँदादेखि अन्यौलमा थिएँ, आमाबुबाले जे भन्नुहुन्थ्यो त्यही मात्र गर्थेँ र सही र गलत छुट्ट्याउँदिनथेँ। अहिले पनि, मलाई बच्चाहरूलाई कसरी शिक्षा दिने भन्‍ने कुरा थाहा छैन।” थाहा नभएकोमा चिन्ता नली; यो खराब कुरा नै हो भन्न सकिन्न। योभन्दा नराम्रो त तब हुन्छ, जब तँलाई थाहा हुँदा पनि तैँले अभ्यास गर्दैनस्, छोराछोरीहरूलाई केवल उत्कृष्ट बन्ने शिक्षा दिन्छस्, र यसो भन्छस्, “अब म राम्रो रहिनँ, म मेरा छोराछोरीहरूले मलाई उछिनुन् भन्‍ने चाहन्छु। युवा पुस्ताहरू आफूभन्दा ठूलाहरूको छत्रछायाँमा हुर्कन्छन्, र तिनीहरूभन्दा राम्रा भएर निस्किनुपर्छ। अहिले म शाखा प्रमुखका रूपमा सेवा गरिरहेको छु; त्यसकारण, मेरो बच्चा मेयर, गभर्नर बन्नैपर्छ, वा त्योभन्दा उच्च सरकारी तहमा समेत पुग्नुपर्छ वा राष्ट्रपति बन्नुपर्छ।” यस्ता मानिसलाई थप केही भन्नु आवश्यक छैन। हामी यस्ता मानिसहरूसित कुरा गर्दैनौँ। हामीले कुरा गरिरहेको अभिभावकको जिम्मेवारी सकारात्मक र सक्रिय हुन्छ, र सत्यतासँग सम्बन्धित हुन्छ। सत्यता पछ्याउनेहरूलाई के भन्छु भने, यदि तँ तेरा छोराछोरीहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छस्, तर कसरी त्यो जिम्मेवारी पूरा गर्ने भनी निश्चित छैनस् भने, सुरुदेखि नै सिक्न सुरु गर्—यो सजिलो छ। वयस्कहरूलाई सिकाउन सजिलो छैन, तर केटाकेटीहरूलाई सिकाउन सजिलो छ, हैन र? सँगसँगै सिक्ने र सिकाउने काम गर्, आफूले भर्खरै सिकेको कुरा सिका। के त्यो सजिलो छैन त? आफ्ना बच्चाहरूलाई शिक्षा दिनु सजिलो छ। आफ्ना छोराछोरीहरूको मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवारी पूरा गर्नु झनै राम्रो हो। तैँले यो काम राम्रोसँग गर्न नसके पनि, उनीहरूलाई बिलकुलै शिक्षा नदिनुभन्दा यो राम्रो हो। केटाकेटीहरू साना र सिधासाधा हुन्छन्; यदि तैँले उनीहरूलाई टिभी र विविध स्रोतहरूबाट जानकारी लिन, आफूलाई जे मन लाग्यो त्यही कुराको पछि लाग्न, र शिक्षा वा नियमनविना आफूलाई जस्तो मन लाग्यो त्यस्तै सोच्न र कार्य गर्न दिन्छस् भने, तैँले अभिभावकका रूपमा आफ्नो जिम्मेवारी पूरा गरेको छैनस्। तँ आफ्नो कर्तव्यमा असफल भएको छस्, र तैँले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको छैनस्। यदि आमाबुबाले आफ्ना छोराछोरीहरूप्रतिको जिम्मेवारी पूरा गर्नैपर्छ भने, तिनीहरू निष्क्रिय हुन मिल्दैन, बरु सक्रिय रूपमा आफ्ना छोराछोरीहरूको मानसिक स्वास्थ्यलाई सह्यार्न मद्दत गर्न सक्ने केही ज्ञान र सिकाइ, वा सत्यतासँग सम्बन्धित केही आधारभूत सिद्धान्तहरू सुरुदेखि नै अध्ययन गर्नुपर्छ। यी सबै अभिभावकले गर्नुपर्ने कुराहरू हुन्: यसलाई आफ्नो जिम्मेवारी पूरा गर्नु भनिन्छ। अवश्य नै, तेरो सिकाइ व्यर्थ जानेछैन। सिक्ने र आफ्ना छोराछोरीहरूलाई शिक्षा दिने क्रममा, तैँले पनि केही हासिल गर्नेछस्। किनभने, आफ्ना छोराछोरीहरूलाई उनीहरूको मानसिक स्वास्थ्यलाई रचनात्मक दिशामा विकास गर्न सिकाउने क्रममा, वयस्क व्यक्तिको नाताले, तँ अवश्य नै निश्चित सकारात्मक सोचहरूको सम्पर्कमा आउनेछस् र तिनको बारेमा सिक्नेछस्। जब तैँले यी सकारात्मक सोच वा सिद्धान्तहरू र आनीबानी र व्यवहारका मापदण्डहरूलाई मिहिन ढङ्गले र गम्भीरताका साथ हेर्छस्, तब तैँले अनजानमै केही कुरा हासिल गर्नेछस्—त्यो व्यर्थ हुनेछैन। आफ्नै छोराछोरीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नु तैँले अरूका निम्ति गर्ने काम होइन; उनीहरूसँगको तेरो भावनात्मक र रगतको नाताको कारणले तैँले त्यो काम गर्नुपर्छ। तैँले यसो गरेपछि पनि तेरा छोराछोरीहरूले तेरा अपेक्षाहरू पूरा नगर्ने काम वा व्यवहार गर्छन् भने, कम्तीमा, तैँले केही कुरा हासिल गरेको छस्। तँलाई आफ्ना छोराछोरीहरूलाई शिक्षा दिनु र उनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुको अर्थ थाहा छ। तैँले आफ्नो जिम्मेवारी निभाइसकेको छस्। जहाँसम्म पछि तेरा छोराछोरीहरूले रोज्ने मार्ग, तिनीहरूले देखाउने आनीबानी, र जीवनमा तिनीहरूको नियतिको कुरा छ, त्यो अब तेरो चासोको कुरा होइन। जब उनीहरू वयस्क बन्छन्, तब तँ उनीहरूको जीवन र नियतिको मूकदर्शक मात्र बन्न सक्छस्। त्यसमा संलग्न हुने तेरो दायित्व वा जिम्मेवारी समाप्त भएको हुन्छ। यदि तैँले उनीहरू नाबालिग छँदा उनीहरूलाई सामयिक मार्गदर्शन, शिक्षा र निश्चित मामलाहरूमा सीमा प्रदान गरिनस् भने, वयस्क भएपछि उनीहरूले अनपेक्षित कुराहरू भन्दा वा गर्दा अथवा तैँले नसोचेका सोच र व्यवहारहरू देखाउँदा तँलाई पछुतो लाग्न सक्छ। उदाहरणका लागि, जब उनीहरू सानै थिए, तब तैँले उनीहरूलाई निरन्तर शिक्षा दिइस्, र भनिस्, “मेहनत गरेर पढ, कलेज जाऊ, स्नातकोत्तर वा विद्यावारिधि पूरा गर, राम्रो जागिर खोज, विवाह गरेर परिवार सुरु गर्नका लागि सुहाउँदो जोडी खोज, अनि त्यसपछि जीवन राम्रो हुनेछ।” तैँले दिएको शिक्षा, हौसला र विविध स्वरूपका दबाबमार्फत उनीहरूले तैँले तोकेका मार्ग पछ्याएर जीवन जिए अनि तैँले अपेक्षा गरेको कुरा तैँले इच्छा गरेअनुसार नै हासिल गरे, र अहिले उनीहरू पछाडि फर्कनै सक्दैनन्। यदि तेरो आस्थाका कारण निश्चित सत्यताहरू र परमेश्‍वरका अभिप्राय बुझेपछि, अनि सही सोच र दृष्टिकोणहरू प्राप्त गरेपछि, अब तैँले उनीहरूलाई ती कुराहरू पछ्याउन छोड भन्‍ने कोसिस गरिस् भने, उनीहरूले उल्टै यस्तो प्रश्न गर्ने सम्भावना हुन्छ, “के म ठ्याक्कै तपाईंले चाहनुभएकै कुरा गरिरहेको छैनँ र? के तपाईंले मलाई सानोमा यी कुराहरू नै सिकाउनुभएको होइन र? के तपाईंले मबाट यही कुरा माग्नुभएको होइन र? अहिले तपाईं मलाई किन रोकिरहनुभएको छ? के मैले जे गरिरहेको छु त्यो गलत छ? मैले यी कुराहरू हासिल गरेको छु र अब म ती कुरामै रमाउन सक्छु; तपाईंले खुसी, सन्तुष्ट र मप्रति गर्व महसुस गर्नुपर्छ, हैन र?” यो सुनेपछि तैँले कस्तो महसुस गर्थिस्? के तँ खुसी हुनुपर्छ कि रुनुपर्छ? के तँलाई पछुतो हुनेथिएन र? (हुनेथियो।) अब तैँले उनीहरूलाई फकाउन सक्दैनस्। यदि तैँले उनीहरू सानो छँदा उनीहरूलाई यस तरिकाले शिक्षा नदिएको भए, यदि तैँले उनीहरूलाई कुनै दबाबविना सुखी बालापन दिएको भए, अरूभन्दा उत्कृष्ट हुन, उच्च पदमा रहेर काम गर्न वा धेरै पैसा कमाउन, वा प्रसिद्धि, नाफा र हैसियतको पछि लाग्न नसिकाएको भए, यदि तैँले उनीहरूलाई असल, साधारण मानिस हुन मात्र दिएको भए, उनीहरूले धेरै पैसा कमाऊन्, धेरै रमाइलो गरून्, वा तँलाई धेरै हेरून् भन्‍ने माग नगरेको भए, र उनीहरूलाई केवल स्वस्थ र खुसी हुनू, सरल र खुसी व्यक्ति हुनू भनेको भए, सायद परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तँमा आएका सोच र दृष्टिकोणहरूलाई उनीहरूले सुन्ने थिए। त्यसपछि, जीवन र समाजको दबाब कम भएर अहिले उनीहरूको जीवन सुखी हुन सक्थ्यो। उनीहरूले प्रसिद्धि र नाफा हासिल नगरे पनि, कम्तीमा उनीहरूको हृदयलाई खुसी र शान्ति महसुस भएको हुनेथ्यो। तर उनीहरूको विकासका वर्षहरूमा, तेरो बारम्बारको उक्साहट र जोडका कारण, तेरो दबाबमा, उनीहरू निरन्तर ज्ञान, पैसा, प्रसिद्धि र नाफाको पछि लागे। अन्त्यमा, उनीहरूले प्रसिद्धि, नाफा र हैसियत प्राप्त गरे, उनीहरूको जीवनमा सुधार आयो, उनीहरू अझ धेरै रमाए, र उनीहरूले अझ धेरै पैसा कमाए, तर उनीहरूको जीवन शिथिल छ। तैँले हरेक पटक उनीहरूलाई देख्दा, उनीहरूको मुहारमा थकान देखिन्छ। उनीहरू घर फर्केर तँकहाँ आएपछि मात्र आफ्नो खोल खोलेर आफू थकित भएको र आराम गर्न चाहेको भन्‍ने आँट गर्छन्। तर बाहिर निस्कनेबित्तिकै उनीहरू उही मानिस रहँदैनन्—उनीहरू फेरि खोल ओढ्छन्। तैँले उनीहरूको थकित र दयनीय भाव हेर्छस्, र तँलाई उनीहरूप्रति दया लाग्छ, तर तँसित उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने शक्ति हुँदैन। उनीहरू फर्कनै सक्दैनन्। यो कसरी भयो? के यो तेरो अभिभावकत्वसँग सम्बन्धित छैन र? (छ।) यी कुनै पनि उनीहरूलाई स्वाभाविक रूपमा थाहा भएको वा उनीहरूले सानै उमेरदेखि पछ्याएको कुरा थिएनन्; तेरो अभिभावकत्वसँग यसको सिधा सम्बन्ध छ। उनीहरूको अनुहार देख्दा, उनीहरूको जीवन यो स्थितिमा देख्दा, के तँलाई उदास महसुस हुँदैन? (हुन्छ।) तर तँ शक्तिहीन छस्; तँसित पछुतो र दुःख मात्र बाँकी छ। तँलाई तेरो सन्तान पूर्णतया शैतानको प्रभावमा परेको छ र ऊ त्यहाँबाट फर्कन सक्दैन, र तँसित उसलाई उद्धार गर्ने शक्ति छैन भन्‍ने महसुस होला। यो तैँले अभिभावकका रूपमा आफ्नो जिम्मेवारी पूरा नगरेर भएको हो। तैँले नै उनीहरूलाई हानि गरेको, आफ्नो त्रुटिपूर्ण वैचारिक शिक्षा र मार्गदर्शनद्वारा विचलित पारेको होस्। उनीहरू कहिल्यै फर्कन सक्दैनन्, र अन्त्यमा तँसित पछुतोबाहेक केही हुनेछैन। तैँले आफ्नो सन्तानले दुःख भोगेको, यो दुष्ट समाजले भ्रष्ट तुल्याएको, जीवनका दबाबहरूले थिचेको टुलुटुलु हेर्नबाहेक केही गर्न सक्दैनस्, र तैँले उनीहरूलाई कसैगरी मद्दत गर्न सक्दैनस्। तैँले यति मात्र भन्न सक्छस्, “बारम्बार घर आइराख, म तिमीलाई मिठोमिठो पकाएर खुवाउनेछु।” खानाले कस्ता समस्याहरू हल गर्न सक्छ? त्यसले केही पनि हल गर्न सक्दैन। उनीहरूको सोच परिपक्व बनिसकेको हुन्छ र त्यसले आकार लिइसकेको हुन्छ, र उनीहरू आफूले प्राप्त गरेको प्रसिद्धि र हैसियत त्याग्न इच्छुक हुँदैनन्। उनीहरू अघि बढ्न मात्र सक्छन्, पछि फर्कन सक्दैनन्। यो आमाबुबाले आफ्ना छोराछोरीहरूका प्रारम्भिक वर्षमा गलत मार्गदर्शन प्रदान गर्नु र उनीहरूमा गलत विचारहरू स्थापित गर्नुको हानिकारक परिणाम हो। त्यसकारण, यी वर्षहरूमा, आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, आफ्ना छोराछोरीहरूको मानसिक स्वास्थ्यलाई मार्गदर्शन गर्नुपर्छ, र उनीहरूका सोच र व्यवहारलाई रचनात्मक दिशामा डोर्‍याउनुपर्छ। यो निकै महत्त्वपूर्ण मामला हो। तैँले “मलाई छोराछोरीलाई शिक्षा दिन खासै आउँदैन” भन्लास्, तर के तैँले आफ्नो जिम्मेवारी पूरा गर्नसमेत सक्दैनस्? यदि तैँले साँच्चिकै संसार र यो समाजलाई बुझ्छस्, प्रसिद्धि र नाफा के हुन् भनेर साँच्चिकै बुझ्छस्, सांसारिक प्रसिद्धि र नाफा साँच्चिकै त्याग्न सक्छस् भने, तैँले आफ्ना छोराछोरीको रक्षा गर्नुपर्छ र प्रारम्भिक वर्षहरूमा उनीहरूलाई समाजका यी गलत विचारहरू धेरै चाँडो स्विकार्न दिनु हुँदैन। उदाहरणका लागि, कतिपय केटाकेटीहरू जुनियर हाई स्कुल प्रवेश गर्दा विभिन्न कुराहरू याद गर्न थाल्छन्, जस्तै कुनै धनाढ्य व्यापारीसँग कति अर्ब डलरको सम्पत्ति छ, त्यस ठाउँको सबैभन्दा धनी व्यक्तिका कस्ता विलासी गाडीहरू छन्, अर्को व्यक्ति कुन पदमा छ, ऊसँग कति पैसा छ, उसले घरमा कति वटा गाडीहरू छन्, र ऊ कस्ता कुराहरूमा रमाउँछ। उनीहरूको मनले सोच्न थाल्छ: “अहिले म जुनियर हाई स्कुलमा छु। कलेज सकिएपछि मैले जागिर पाउन सकिनँ भने के होला? विनाजागिर, यदि मैले महल र विलासी गाडीहरू किन्न सकिनँ भने मैले के गर्छु होला? पैसाविना म कसरी असाधारण व्यक्ति बन्न सकूँ?” उनीहरू चिन्ता लिन थाल्छन् र समाजमा प्रतिष्ठा भएका र प्रचुरता र विलासितामा जीवन जिउनेहरूको ईर्ष्या गर्न थाल्छन्। जब केटाकेटीहरू यी कुराहरूबारे सचेत हुन्छन्, तब उनीहरूले समाजबाट विविध जानकारी, घटना र परिघटनाहरू लिन थाल्छन्, र बाल मस्तिष्कमा, उनीहरू दबाब र व्याकुलता महसुस गर्न, अनि आफ्नो भविष्यको चिन्ता र योजना गर्न थाल्छन्। यस्तो परिस्थितिमा, के आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गर्नु र उनीहरूलाई सहजता र मार्गदर्शन प्रदान गर्नु, यी मामलाहरूलाई कसरी राम्ररी हेर्ने र सम्हाल्ने भनी बुझ्नमा मद्दत गर्नु पर्दैन र? तिनीहरूले आफ्ना छोराछोरीहरू सानै उमेरदेखि यी कुराहरूमा नअल्झिऊन् भन्‍ने सुनिश्चित गर्नुपर्छ, ताकि उनीहरूले तिनीहरूप्रति सही दृष्टिकोण विकास गर्न सकून्। ल भन्, आमाबुबाले आफ्ना छोराछोरीहरूसँग कुरा गर्दा यी मामलाहरूलाई कसरी सम्बोधन गर्नुपर्छ? आजकल, के केटाकेटीहरू सानै उमेरमा समाजका विविध पक्षहरूको सम्पर्कमा आउँदैनन् र? (आउँछन्।) के आजकल केटाकेटीहरूले गायक, चलचित्र र खेलकुदका हस्तीहरू, साथै इन्टरनेटका सेलिब्रेटी, धनाढ्य व्यापारी, धनी मानिस र करोडपतिहरू—तिनीहरूले कति पैसा कमाउँछन्, के लगाउँछन्, तिनीहरू के कुरामा रमाउँछन्, तिनीहरूसँग कति वटा विलासी गाडीहरू छन्, आदि कुराहरूबारे धेरै जानेका हुँदैनन् र? (हुन्छन्।) त्यसकारण, यो जटिल समाजमा अभिभावकहरूले आफ्नो अभिभावकत्वको जिम्मेवारी पूरा गर्नुपर्छ, आफ्ना छोराछोरीहरूको सुरक्षा गर्नुपर्छ, र उनीहरूको दिमाग स्वस्थ राख्नुपर्छ। केटाकेटीहरूले यी मामलाबारे चेतना पाउँदा वा कुनै पनि नराम्रो खबर सुन्दा र प्राप्त गर्दा, अभिभावकहरूले उनीहरूलाई सही सोच र दृष्टिकोण विकास गर्न सिकाउनुपर्छ, ताकि उनीहरू समयमै यी मामलाहरूबाट पन्छिन सकून्। कम्तीमा पनि, अभिभावकहरूले उनीहरूलाई यो एउटा सामान्य धर्मसिद्धान्त सिकाउनुपर्छ: “तिमी अझै सानै छौ, र यो उमेरमा तिम्रो जिम्मेवारी भनेको राम्ररी पढ्नु र आफूले सिक्न आवश्यक कुरा सिक्नु हो। तिमीले अरू कुराहरूका बारेमा सोच्नु आवश्यक छैन; जहाँसम्म तिमीले कति पैसा कमाउनेछौ वा के किन्नेछौ भन्‍ने कुरा छ, तिमीले यी मामलाहरूबारे चिन्ता गर्नु पर्दैन—ती तिमी ठूलो भएपछि गर्ने कुराहरू हुन्। अहिलेका लागि, आफ्नो शैक्षिक कार्य गर्नमा, तिम्रा शिक्षकहरूले दिने गृहकार्य पूरा गर्नमा, र तिम्रो आफ्नो जीवनका कुराहरूको व्यवस्थापन गर्नमा ध्यान देऊ। तिमीले अरू कुनै कुराबारे त्यति धेरै सोच्नु पर्दैन। तिमीले समाजमा प्रवेश गरेर यी मामलाहरूको सम्पर्कमा आएपछि तिनका बारेमा सोचविचार गरे पनि हुन्छ। अहिले समाजमा भइरहेका कुराहरू ठूला मानिसका चासोका कुरा हुन्। तिमी ठूलो मान्छे होइनौ, त्यसैले तिमीले यी कुराहरूबारे सोच्नु वा ती कुराहरूमा संलग्न हुनु हुँदैन। यतिखेर, आफ्नो शैक्षिक काम राम्ररी गर्नमा ध्यान देऊ, र हामीले भनेको कुरा सुन। हामी ठूला मान्छे हौँ र हामीलाई तिमीलाई भन्दा बढी थाहा छ, त्यसैले हामी जे भन्छौँ, तिमीले त्यो सुन्नुपर्छ। यदि तिमीले समाजका ती मामलाबारे सिक्यौ, र तिनको पछि लाग्यौ र अनुसरण गर्‍यौ भने, त्यसले तिम्रो पढाइमा र शैक्षिक काममा फाइदा गर्नेछैन—त्यसले तिम्रो सिकाइमा असर पार्न सक्छ। पछि तिमी कस्तो व्यक्ति बन्छौ वा तिम्रो करियर कस्तो हुनेछ: यी पछि सोच्नुपर्ने कुराहरू हुन्। यतिखेर, तिम्रो काम भनेको अध्ययनमा लाग्नु हो। यदि तिमीले आफ्नो पढाइमा राम्रो गरेनौ भने, तिमी शैक्षिक रूपमा सफल हुनेछैनौ, र तिमी असल बच्चा हुनेछैनौ। अरू मामलाबारे नसोच; ती तिम्रा लागि सान्दर्भिक छैनन्। जब तिमी ठूलो हुन्छौ, तब तिमीले ती कुराहरू बुझ्नेछौ।” के यो मानिसले बुझ्नुपर्ने सबैभन्दा आधारभूत धर्मसिद्धान्त होइन र? (हो।) केटाकेटीहरूलाई यो कुरा जान्न देऊ: “अहिले तिम्रो काम अध्ययन गर्ने हो, खाने, पिउने र रमाउने होइन। यदि तिमीले अध्ययन गरेनौ भने, तिमीले आफ्नो समय खेर फाल्नेछौ र आफ्नो शिक्षालाई बेवास्ता गर्नेछौ। समाजका खाने, पिउने, मनोरञ्जन खोज्नेसँग सम्बन्धित कुराहरू र अन्य विविध मामलाहरू सबै ठूला मानिसले सम्हाल्ने कुरा हुन्। वयस्क भइनसकेकाहरू ती क्रियाकलापहरूमा संलग्न हुनु हुँदैन।” के केटाकेटीहरूलाई यी कुराहरू स्विकार्न सजिलो हुन्छ? (हुन्छ।) तँ उनीहरूलाई यी मामलाहरूबारे जान्ने वा तिनको ईर्ष्या गर्ने अधिकारबाट वञ्चित गरिरहेको छैनस्। त्यो सँगसँगै, तँ उनीहरूले के गर्नुपर्छ भनेर इङ्गित गरिरहेको छस्। के यो केटाकेटीहरूलाई शिक्षा दिने राम्रो तरिका हो? (हो।) के यो सजिलो कार्ययोजना हो? (हो।) अभिभावकहरूले यसो गर्न सिक्नुपर्छ र, जतिसक्दो उनीहरूको आफ्नै क्षमता, अवस्था र सामर्थ्यहरूका आधारमा आफ्ना नाबालिग छोराछोरीहरूलाई शिक्षा दिन र हेरविचार गर्न सिक्नुपर्छ; तिनीहरूले उनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र यो सबै सकेसम्म आफ्नो क्षमताअनुसार राम्रो गर्नुपर्छ। यसका कुनै कठोर वा कट्टर मानक छैनन्; यो व्यक्तिपिच्छे फरक हुन्छ। हरव्यक्तिका पारिवारिक परिस्थितिहरू फरक हुन्छन्, र हरव्यक्तिका सामर्थ्यहरू फरक हुन्छन्। त्यसकारण, जब आफ्ना छोराछोरीहरूलाई शिक्षा दिने जिम्मेवारी पूरा गर्ने कुरा आउँछ, प्रत्येक व्यक्तिका आ-आफ्नै विधिहरू हुन्छन्। तैँले जे प्रभावकारी हुन्छ र जे कुराले अपेक्षित नतिजा प्राप्त हुन्छ, त्यही गर्नुपर्छ। तँ तेरा छोराछोरीहरूको व्यक्तित्व, उमेर र लैङ्गिकताअनुकूल बन्नुपर्छ: केहीलाई अलि धेरै कडाइ आवश्यक पर्न सक्छ, जबकि अरूलाई नम्र विधि आवश्यक पर्न सक्छ। कतिपयलाई कठोर शैलीबाट फाइदा हुन सक्छ भने अरूले आनन्द वातावरणमा प्रगति गर्न सक्छन्। अभिभावकहरूले आफ्ना छोराछोरीहरूको व्यक्तिगत परिस्थितिअनुकूलका विधिहरू अपनाउनुपर्छ। जुनै अवस्थामा पनि, अन्तिम उद्देश्य भनेको उनीहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नु, उनीहरूको सोच र उनीहरूले गर्ने कार्यका मापदण्ड दुवैमा रचनात्मक दिशामा मार्गदर्शन गर्नु हो। मानवत्वविपरीत हुन सक्ने, प्राकृतिक विकासविरुद्ध जाने वा उनीहरूले अहिलेको उमेरमा हासिल गर्न सक्ने कुरा वा त्यो गर्ने सामर्थ्यलाई पार गर्ने कुनै पनि कुरा थोपर्ने काम नगर्। जब आमाबुबाले यी सबै गर्न सक्छन्, तब तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिसकेको हुन्छ। के यो हासिल गर्न कठिन छ? यो जटिल मामला होइन।

आफ्ना सन्तानको लागि आमाबुबाका अपेक्षाका दुई पक्षहरू छन्: एउटा पक्षमा छोराछोरीको प्रारम्भिक विकासात्मक वर्षहरूसँग सम्बन्धित अपेक्षाहरू पर्छन्, र अर्को पक्षमा छोराछोरी वयस्क बनेपछिका अपेक्षाहरू पर्छन्। पछिल्लो पटक, हाम्रो सङ्गतिमा छोराछोरी वयस्क बनेपछिका अपेक्षाहरूबारे संक्षिप्त छलफल गर्‍यौँ। त्यसमा हामीले केबारे सङ्गति गर्‍यौँ? (परमेश्‍वर, पछिल्लो पटक हामीले वयस्क छोराछोरीले राम्रो कामको वातावरण, खुसीपूर्ण र सन्तोषजनक विवाह र सफल करियर बनाऊन् भनी आमाबुबाले गर्ने आशाबारे सङ्गति गर्‍यौँ।) हामीले सङ्गति गरेको कुरा लगभग यही नै थियो। आमाबुबाले छोराछोरीलाई वयस्कतासम्म हुर्काएपछि ती छोराछोरी वयस्क बन्छन्, र तिनीहरूले काम, करियर, विवाह, परिवार, आत्मनिर्भर जियाइ, र आफ्नै छोराछोरी हुर्काउनेसम्बन्धी समेत परिस्थितिहरू सामना गर्छन्। तिनीहरू आफ्ना बुबा र आमालाई छाडेर आत्मनिर्भर बन्छन्, र आफूलाई जीवनमा आइपर्न सक्ने हरेक समस्या आफै सामना गर्छन्। अब छोराछोरी बढेकाले आमाबुबाले छोराछोरीको शारीरिक स्वास्थ्यको हेरचाह गर्ने वा तिनीहरूको जीवन, काम, विवाह, परिवार, आदि इत्यादि कुरामा सिधै संलग्न हुने जिम्मेवारी बोक्दैनन्। भावनात्मक र पारिवारिक सम्बन्धको कारण, आमाबुबाले अवश्य नै हल्काफुल्का हेरचाह प्रदान गर्न, बेलाबेलामा सल्लाह दिन, र अनुभवी व्यक्तिको भूमिकामा केही सुझाव वा सहयोग दिन, वा अस्थायी रूपमा आवश्यक हेरचाह प्रदान गर्न सक्छन्। छोटकरीमा भन्दा, जब छोराछोरीहरू वयस्क बन्छन्, तब आमाबुबाले छोराछोरीप्रति लगभग सबै जिम्मेवारीहरू पूरा गरेका हुन्छन्। त्यसकारण, वयस्क छोराछोरीप्रति आमाबुबाले राख्‍ने कतिपय अपेक्षाहरू कम्तीमा मेरो दृष्टिकोणबाट चाहिँ अनावश्यक छन्। अनि, ती किन अनावश्यक छन्? किनभने आमाबुबाले छोराछोरीहरू जे-जस्ता बनून्, तिनीहरूको विवाह, परिवार, काम, वा करियर जे-जस्तो होस्, र तिनीहरू धनी होऊन् वा गरिब भनेर जे-जस्तो अपेक्षा गरे पनि, वा आमाबुबाका अपेक्षाहरू जेसुकै भए पनि, यी कुराहरू अपेक्षाबाहेक अरू केही होइनन्, र वयस्क मानिसहरूको रूपमा, छोराछोरीहरूको जीवन अन्ततः ती छोराछोरीकै हातमा हुन्छ। अनि अवश्य नै, आधारभूत रूपमा, तिनीहरूको छोरा वा छोरीको पूरै जीवनको नियति, र तिनीहरू धनी हुने कि गरिब, त्यो सबै परमेश्‍वरले नै तोक्नुभएको हुन्छ। यी मामलाहरू रेखदेख गर्ने जिम्मेवारी वा दायित्व आमाबुबामा हुँदैन, न त तिनीहरूसँग हस्तक्षेप गर्ने अधिकार नै हुन्छ। त्यसकारण, आमाबुबाका अपेक्षाहरू तिनीहरूका स्नेहमा आधारित एक प्रकारका शुभेच्छा मात्र हुन्। कुनै पनि आमाबुबाले आफ्नो छोराछोरी गरिब र अविवाहित होस्, उसको सम्बन्धविच्छेद होस्, उसको परिवार काम नलाग्ने होस्, वा उसले काममा कठिनाइ भोगोस् भन्‍ने चाहिरहेका हुँदैनन्। ती कसैले पनि छोराछोरीको जीवनमा यी कुराहरू होस् भन्‍ने अपेक्षा गर्दैनन्; तिनीहरूले जरुर छोराछोरीको लागि सबैभन्दा राम्रो कुरा अपेक्षा गर्ने गर्छन्। तथापि, यदि आमाबुबाका अपेक्षाहरू छोराछोरीको जीवनको वास्तविकतासँग बाझिन्छन्, वा यदि त्यो वास्तविकता तिनीहरूको अपेक्षाविपरीत छ भने, तिनीहरूले यसलाई कसरी लिनुपर्छ? हामीले यसैबारे सङ्गति गर्नुपर्छ। आमाबुबाको नाताले, जब व्यक्तिले आफ्ना वयस्क छोराछोरीप्रति विकास गर्नुपर्ने मनोवृत्तिको कुरा आउँछ, तिनीहरूलाई मौन रूपमा आशीर्वाद दिने र तिनीहरूप्रति राम्रा अपेक्षाहरू राख्नेबाहेक, छोराछोरीको जीविकोपार्जन जे-जसरी अघि बढे पनि, र तिनीहरूको नियति वा जीवन जे-जस्तो भए पनि, आमाबुबाले त्यसो हुन दिन मात्र सक्छन्। कुनै आमाबुबाले पनि यसमा केही परिवर्तन गर्न सक्दैनन्, न त यसलाई नियन्त्रण नै गर्न सक्छन्। तैँले छोराछोरी जन्माइस् र हुर्काइस्, तर हामीले पहिले छलफल गरेजस्तै, आमाबुबाहरू आफ्ना छोराछोरीको नियतिको मालिक होइनन्। आमाबुबाले छोराछोरीको भौतिक शरीर जन्माउँछन् र तिनीहरूलाई वयस्कतासम्म हुर्काउँछन्, तर छोराछोरीको नियति कस्तो हुनेछ भन्‍नेबारे कुरा गर्दा, यो तिनीहरूका आमाबुबाले दिने वा रोज्ने कुरो होइन र यो कुरो निश्‍चय नै तिनीहरूका आमाबुबाले निर्धारण गर्दैनन्। तँ आफ्ना छोराछोरीले राम्रो गरून् भन्‍ने इच्छा गर्छस्, तर के त्यसले तिनीहरूले राम्रो गर्नेछन् भन्‍ने प्रत्याभूति गर्छ र? तँ तिनीहरूले दुर्भाग्य, दुर्दशा, र नानाथरी अशुभ घटनाहरू सामना गरून् भन्‍ने चाहँदैनस्, तर के त्यसको अर्थ तिनीहरू ती कुराहरूबाट पन्छिन सक्नेछन् भन्‍ने हुन्छ र? तेरा छोराछोरीले जे सामना गरे पनि, ती कुनै पनि कुरा मानव इच्छाले हुने हुँदैनन्, र ती कुनै पनि तेरा आवश्यकता वा अपेक्षाहरूले निर्धारित हुँदैनन्। अनि, यसले तँलाई के बताउँछ? छोराछोरी वयस्क बनिसकेपछि, आफ्नो ख्याल राख्न, आफ्नै तवरले सोच्न, र परिस्थितिहरूबारे विचार गर्न, स्व-व्यवहार सिद्धान्तहरू पालना गर्न र जीवनबारे दृष्टिकोणहरू राख्न सक्षम भए भने, र अबउप्रान्त तिनीहरू आफ्ना आमाबुबाको प्रभाव, नियन्त्रण, बन्धन, वा व्यवस्थापनमा रहँदैनन् भने, तिनीहरू साँच्चिकै वयस्क हुन्। अनि, तिनीहरू वयस्क बनेका छन् भन्नुको अर्थ के हो? यसको अर्थ आमाबुबाले तिनीहरूलाई छाडिदिनुपर्छ भन्‍ने हो। लेखनको भाषामा, यसलाई “त्याग्ने” भनिन्छ, जसले छोराछोरीलाई जीवनमा आफ्नै तवरले अन्वेषण गर्न र आफ्नै मार्ग रोज्न अनुमति दिन्छ। यसलाई बोलीचालीको भाषामा के भनिन्छ? “पन्छिनु।” अर्को शब्दमा, आमाबुबाले वयस्क छोराछोरीलाई आदेश दिँदै “तिमीले यो जागिर खोज्नुपर्छ, यो उद्योगमा काम गर्नुपर्छ। त्यो नगर, त्यो अत्यन्तै जोखिमपूर्ण छ!” भनेर भन्न छाड्नुपर्छ। के आमाबुबाले उमेर पुगेका छोराछोरीलाई आदेश दिनु उचित हो त? (अहँ, होइन।) तिनीहरू आफ्ना हुर्केका छोराछोरीको जीवन, काम, विवाह र परिवारलाई सधैँ आफ्नो नियन्त्रण र दर्शनको दायरामै राख्न चाहन्छन्, र कुनै कुराबारे थाहा नपाएमा वा त्यसलाई नियन्त्रण गर्न नसकेमा बेचैन, चिन्तित, र भयभीत हुन्छन् र पीर मान्छन्, र यसो भन्छन्, “मेरो छोराले त्यस मामलाबारे ध्यानपूर्वक सोचेन भने के होला? कतै ऊ कानुनी फन्दामा पर्ने त होइन? मसित मुद्दा लड्ने पैसा छैन! यदि उसलाई मुद्दा पर्‍यो र ऊसित पैसा छैन भने, ऊ जेल पो जाने हो कि? यदि ऊ जेल गयो भने, दुष्ट मानिसहरूले गलत आरोप लगाएर उसलाई आठ-दस वर्षै जेलमा कोच्‍ने हुन् कि? उसकी श्रीमतीले पनि उसलाई छोड्ली कि? अनि, बच्चाहरूको हेरविचार कसले गर्ला?” त्यसबारे जति सोच्यो, तिनीहरूलाई त्यति नै चिन्ता हुन्छ। “मेरी छोरीको जागिर राम्रो चलिरहेको छैन: मानिसहरू सधैँ उसलाई गलत व्यवहार गरिरहेका हुन्छन्, र उसको हाकिमले पनि ऊप्रति असल व्यवहार गर्दैन। हामीले के गर्न मिल्छ र? हामीले उसको लागि अर्को जागिर खोज्‍ने हो कि? भनसुन गरेर, सञ्जाल बनाउँदै, केही पैसा खर्च गरी उसलाई सरकारी विभागमा जागिर पो दिलाउने हो कि जहाँ सरकारी जागिरेका रूपमा उसले हरदिन सजिलो काम गर्नुपर्छ? तलब धेरै नभए पनि, कम्तीमा ऊ दुर्व्यवहारमा त पर्नेछैन। हामीले उसलाई सानोमा कुट्ने आँट गरेनौँ र राजकुमारीलाई जस्तै पुल्पुल्यायौँ; अहिले, ऊ अरूको हेपाइमा परिरहेकी छे। हामीले के गर्नुपर्ने होला?” तिनीहरू यति चिन्ता लिन्छन् कि खान वा सुत्नसमेत सक्दैनन्, र चिन्ताले तिनीहरूको ओठभरि घावै घाउ हुन्छ। छोराछोरीलाई केही हुनेबित्तिकै तिनीहरू चिन्तित हुन्छन् र त्यो कुरालाई मनमा लिन्छन्। तिनीहरू सबथोकमा संलग्न हुन चाहन्छन्, र आफूलाई हरेक परिस्थितिमा घुसाउँछन्। छोराछोरी बिरामी हुँदा वा अप्ठ्यारोमा पर्दा, तिनीहरू पीडा र दयनीय महसुस गर्छन्, र यसो भन्छन्, “म बस तिमीलाई ठिक होस् भन्‍ने चाहन्छु। तिमी किन ठिक नभएको? म तिम्रो लागि सबथोक राम्रो होस्, सबथोक तिमीले चाहेजस्तै, र तिमीले योजना गरेजस्तै होस् भन्‍ने चाहन्छु। म तिमीले सफलता पाएको, दुर्दशा नभोगेको, ठगीमा नपरेको, वा गलत आरोप र कानुनी फन्दामा नफसेको चाहन्छु!” कतिपय छोराछोरीले कर्जामा घर किन्छन्, र त्यो कर्जा तीस वा पचास वर्षसम्म लम्बिनसमेत सक्छ। अनि, आमाबुबाहरू चिन्ता लिन थाल्छन्, “यो सबै ऋण कहिले चुक्ता होला? के यो कर्जाको दास हुनुजस्तै होइन र? हाम्रो पुस्तालाई घर किन्न कर्जा चाहिन्थेन। हामी कम्पनीले दिएको अपार्टमेन्टमा बस्थ्यौँ र हरमहिना केही भाडा तिर्थ्यौँ। हाम्रो जियाइ स्थिति एकदमै ढुक्‍कको थियो। आजकल, यी युवा जमातलाई निकै गाह्रो छ; यिनीहरूलाई सजिलो छैन। यिनीहरूले कर्जा लिनैपर्छ, र राम्रै जीवन जिए पनि, यिनीहरू हरदिन कठोर मेहनत गर्छन्—र लखतरान पर्छन्! यिनीहरू प्राय: राती अबेरसम्म ओभरटाइम काम गर्छन्, यिनीहरूको खाने र सुत्ने समयतालिका अनियमित हुन्छ, यिनीहरू सधैँ बाहिरबाट किनेर खान्छन्। यिनीहरूको पेट दुख्छ र स्वास्थ्य पनि बिग्रन्छ। यिनीहरूलाई मैले नै पकाइदिनुपर्छ र मैले नै सरसफाइ गरिदिनुपर्छ। सबथोक मैले नै मिलाइदिनुपर्छ किनकि यिनीहरूसँग समय नै हुँदैन—यिनीहरूको जीवन भद्रगोल छ। म अब बुढी भएँ, मेरा हड्डी खिइसके, म धेरै गर्न सक्दिन, त्यसैले म यिनीहरूको घरको कामदार मात्र बन्नेछु। यदि यिनीहरूले साँच्चिकैको कामदार राख्ने हो भने, यिनीहरूले पैसा खर्च गर्नुपर्छ, र ती भरोसायोग्य नहुन पनि सक्छन्। त्यसैले म यिनीहरूको निःशुल्क कामदार बन्नेछु।” त्यसकारण ऊ नोकर्नी बन्छे, हरदिन छोराछोरीको घर सफा गर्छे, सबथोक मिलाउँछे, खाने समयमा खाना पकाउँछे, सागसब्जी र अन्न किन्छे, र असीमित जिम्मेवारीहरू लिन्छे। ऊ एक आमाबाट एउटी बुढी कामदार, अर्थात् नोकर्नी बन्छे। उसका छोराछोरी घर आएर राम्रो मुडमा नहुँदा, उसले तिनीहरूको भाव हेरेर तिनीहरू फेरि खुसी नभइञ्जेल सजग भएर बोल्नुपर्छ, र त्यसपछि मात्र ऊ खुसी हुन सक्छे। ऊ छोराछोरी खुसी हुँदा खुसी हुन्छे र तिनीहरू चिन्तित हुँदा चिन्ता लिन्छे। के यो जिउने सार्थक उपाय हो त? यो त आफैलाई गुमाउनुभन्दा केही फरक छैन।

के आमाबुबाले छोराछोरीको नियतिको मूल्य बहन गर्न सम्भव छ? प्रसिद्धि, नाफा र सांसारिक सुख खोज्न बच्चाहरू आफ्नो बाटोमा आइपर्ने जस्तोसुकै कठिनाइ सहन तयार हुन्छन्। अझ भन्‍ने हो भने, वयस्कको रूपमा, के तिनीहरूले जीवित रहिरहनको लागि आवश्यक जस्तोसुकै कठिनाइ सामना गर्नु ठिक हो त? तिनीहरू जति आनन्द लिन्छन् त्यति नै दुःख भोग्न तयार हुनुपर्छ—यो स्वाभाविक हो। आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गरिसकेपछि, छोराछोरीले जे कुरामा रमाउन चाहे पनि, तिनीहरूले खर्च बेहोर्नु हुँदैन। आमाबुबाले बच्चाहरूको जीवन जतिसुकै राम्रो होस् भन्‍ने चाहे पनि, यदि छोराछोरीले राम्रा कुरामा रमाउन चाहन्छन् भने, तिनीहरू आफैले सबै दबाब र दुःख भोग्नुपर्छ, आमाबुबाले होइन। त्यसकारण, यदि आमाबुबाले छोराछोरीको लागि सधैँ सबथोक गर्न र तिनीहरूको कठिनाइको मूल्य तिर्न चाहन्छन्, र स्वेच्छाले तिनीहरूका दास-दासी बन्छन् भने, के यो अतिशय होइन र? यो अनावश्यक कुरा हो किनभने यो आमाबुबाप्रति गरिने अपेक्षाभन्दा बाहिरको कुरा हो। अर्को ठूलो कारण के हो भने, तैँले छोराछोरीको लागि जेसुकै वा जतिसुकै गरे पनि, तैँले तिनीहरूको नियति बदल्न वा तिनीहरूको दुःख कम गर्न सक्दैनस्। समाजमा जीवन धान्न खोजिरहेको हरेक व्यक्ति, चाहे ऊ प्रसिद्धि र नाफाको पछि लागोस् वा जीवनको सही मार्ग हिँडोस्, वयस्क भएपछि उसले आफ्ना चाहना र आदर्शहरूको जिम्मेवारी लिनैपर्छ, र ऊ आफैले मूल्य चुकाउनुपर्छ। कसैले पनि उसको तर्फबाट केही गरिदिनु हुँदैन; तिनीहरूका आमाबुबा, अर्थात् तिनीहरूलाई जन्माउने र हुर्काउने मानिसहरू, र तिनीहरूका सबैभन्दा निकट मानिसहरूसँग समेत तिनीहरूको लागि मूल्य चुकाउने वा तिनीहरूको दुःख बाँड्ने दायित्व हुँदैन। यो हिसाबले आमाबुबाहरू पनि उस्तै हुन् किनकि तिनीहरूले केही बदल्न सक्दैनन्। त्यसकारण, तैँले छोराछोरीको लागि गर्ने सबथोक व्यर्थ हो। अनि, यो व्यर्थ भएकोले तैँले यस्तो कार्यदिशा त्याग्नुपर्छ। आमाबुबाहरू वृद्ध-वुद्धा हुन सक्ने भए पनि र तिनीहरूले छोराछोरीप्रतिका जिम्मेवारी र दायित्वहरू पहिल्यै पूरा गरिसकेका भए पनि, र आमाबुबाले गर्ने कुनै पनि काम छोराछोरीको नजरमा महत्त्वहीन भए पनि, तिनीहरूसँग पनि आफ्नै इज्जत, आफ्नै खोज, र पूरा गर्नुपर्ने आफ्नै मिसन हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता र मुक्ति पछ्याउने व्यक्तिको रूपमा, तेरो जीवनमा बाँकी रहेको ऊर्जा र समय तैँले तेरो कर्तव्य निभाउनमा र परमेश्‍वरले तँलाई जे सुम्पनुभएको छ त्यसैमा खर्चनुपर्छ; तैँले छोराछोरीमाथि समय खर्चनु पर्दैन। तेरो जीवन छोराछोरीको स्वामित्वको होइन, र त्यसलाई तिनीहरूको जीवन वा अस्तित्वको लागि वा तिनीहरूमाथिका तेरा अपेक्षाहरू पूरा गर्नको लागि सक्‍काउनु हुँदैन। बरु, त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य र जिम्मा लगाउनुभएको काममा, साथै तैँले सृष्टि गरिएको प्राणीको रूपमा पूरा गर्नुपर्ने मिसनमा समर्पित गर्नुपर्छ। तेरो जीवनको मूल्य र अर्थ यसैमा हुन्छ। यदि तँ आफ्नो इज्जत गुमाएर तेरा छोराछोरीको दास बन्न, तिनीहरूबारे चिन्ता लिन, र तिनीहरूप्रतिका तेरा आफ्नै अपेक्षाहरू पूरा गर्न तिनीहरूको लागि जे पनि गर्न तत्पर छस् भने, यो सबै व्यर्थ र मूल्यहीन छ, र यसको सम्झना गरिनेछैन। यदि तँ त्यसो गर्नमा कटिबद्ध हुन्छस् र यी विचार र व्यवहारहरू त्याग्दैनस् भने, त्यसको अर्थ तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, तँ योग्य सृष्टि गरिएको प्राणी हैनस्, र तँ एकदमै विद्रोही छस् भन्‍ने मात्र हुन सक्छ। तैँले न त परमेश्‍वरले तँलाई दिनुभएको जीवन न त समयलाई नै प्रिय ठान्छस्। यदि तेरो जीवन र समय तेरो देह र स्नेहको लागि मात्र खर्चिइयो, र परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यमा खर्चिइएन भने, तेरो जीवन अनावश्यक र मूल्यहीन छ। तँ जिउन लायक छैनस्, तँ परमेश्‍वरले दिनुभएको जीवनको आनन्द लिन लायक छैनस्, र तँ परमेश्‍वरले तँलाई दिनुभएको सबथोक उपभोग गर्न लायक छैनस्। परमेश्‍वरले तँलाई छोराछोरी दिनुको उद्देश्य तैँले तिनीहरूलाई हुर्काउने प्रक्रियाको आनन्द उठा, आमाबुबाको रूपमा त्यसबाट जीवन अनुभव र ज्ञान प्राप्त गर्, मानव जीवनको केही विशेष र असाधारण कुराहरू भोग्, र त्यसपछि तैँले सन्तान बढा भनेर मात्र हो। अनि अवश्य नै, यसको उद्देश्य आमाबुबाको रूपमा सृष्टि गरिएको प्राणीको जिम्मेवारी पूरा गर्नु पनि हो। यो तेरो लागि परमेश्‍वरले तोक्नुभएको अर्को पुस्ताप्रतिको जिम्मेवारी हो, र साथै आमाबुबाको रूपमा तैँले अर्को पुस्ताको लागि खेल्ने भूमिका पनि हो। एकातिर, यो छोराछोरीलाई हुर्काउने असाधारण प्रक्रियामार्फत गुज्रनु हो, र अर्कोतिर, अर्को पुस्ता उत्पन्‍न गर्ने भूमिका खेल्नु हो। यो दायित्व पूरा भएपछि, र तेरा छोराछोरीहरू हुर्केर वयस्क बनेपछि, चाहे तिनीहरू अत्यन्तै सफल बनून् वा मामुली, साधारण र सामान्य व्यक्ति रहून्, तँसित त्यसको कुनै सम्बन्ध हुँदैन, किनकि तिनीहरूको नियति तैँले निर्धारण गर्ने कुरो होइन, न त त्यो तेरो छनौट नै हो, र निश्‍चय नै त्यो तैँले तिनीहरूलाई दिएको कुरो पनि होइन—त्यो त परमेश्‍वरद्वारा तोकिएको कुरो हो। यो परमेश्‍वरद्वारा तोकिएको कुरो भएकोले, तैँले तिनीहरूको जीवन वा अस्तित्वमा हस्तक्षेप गर्नु वा नाक रगड्‍नु हुँदैन। चाहे तिनीहरूको आनीबानी, दैनिक समयतालिका, र जीवनप्रतिको मनोवृत्ति, तिनीहरूले धारण गरेको अस्तित्वजीवी रणनीति, जीवनप्रतिको दृष्टिकोण, संसारप्रतिको तिनीहरूको मनोवृत्ति जस्तोसुकै होस्—यी तिनीहरू आफैले निर्णय गर्ने कुरा हुन्, र यी तेरो सरोकारका कुरा होइनन्। तँसित तिनीहरूलाई सच्याउने वा तिनीहरू हरेक दिन खुसी होऊन् भन्‍ने सुनिश्‍चित गर्न तिनीहरूको तर्फबाट दुःख भोग्नुपर्ने कुनै दायित्व छैन। यी सबै कुराहरू अनावश्यक छन्। हरव्यक्तिको नियति परमेश्‍वरले निर्धारण गर्नुहुन्छ; त्यसकारण, तिनीहरूले जीवनमा कति आशिष् वा दुःख भोग्छन्, तिनीहरूले कस्तो परिवार, विवाह र छोराछोरी पाउँछन्, तिनीहरू समाजमा कस्ता अनुभवहरूमार्फत गुज्रन्छन्, र तिनीहरूले जीवनमा कस्ता घटनाहरू अनुभव गर्छन्, त्यस्ता कुराहरू तिनीहरू आफैले पूर्वानुमान गर्न वा बदल्न सक्दैनन्, र ती कुराहरू बदल्ने गर्ने क्षमता आमाबुबामा त झनै कम हुन्छ। त्यसकारण, यदि बच्चाहरूले कुनै कठिनाइहरू सामना गर्छन् भने, आमाबुबाले क्षमता भए सकारात्मक र सक्रिय रूपमा मद्दत गर्नुपर्छ। यदि क्षमता नभए, शान्त भएर तिनीहरूले यी मामलाहरूलाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्दै छोराछोरीलाई सृष्टि गरिएको प्राणीको रूपमा समान व्यवहार गर्नु नै उत्तम हुन्छ। तैँले भोग्ने दुःख तिनीहरूले पनि भोग्नैपर्छ; तैँले जिउने जीवन तिनीहरूले पनि जिउनैपर्छ; तँ साना बच्चाहरू हुर्काउने जुन प्रक्रियामार्फत गुज्रिस्, तिनीहरू पनि त्यही प्रक्रियामार्फत गुज्रिनुपर्नेछ; तैँले समाज र मानिसहरूमाझ अनुभव गर्ने अनपेक्षित घटनाहरू, छलकपट र धोका, संवेगात्मक उल्झनहरू, पारस्परिक द्वन्द्वहरू, र तैँले भोगेका हरेक उही कुराहरू तिनीहरूले पनि भोग्‍नु नै पर्नेछ। तँजस्तै तिनीहरू पनि भ्रष्ट मानवजाति नै हुन्, तिनीहरू सबै दुष्टताको बहकाइमा परेका र सैतानद्वारा भ्रष्ट पारिएका मानवजाति नै हुन्; त्यसबाट उम्कन तँ पनि सक्दैनस्, र तिनीहरू पनि सक्दैनन्। त्यसकारण, तिनीहरूलाई सबै दुःखबाट जोगिन र संसारका सबै आशिष्‌हरूको आनन्द लिन मद्दत गर्न चाहनु हास्यास्पद भ्रम र मूर्ख विचार हो। चिलका पखेटाहरू जति नै ठूला भए पनि, त्यसले त्यसको बचेरालाई जीवनभर सुरक्षा दिन सक्दैन। बचेरा अन्ततः हुर्केर एक्लै उड्नैपर्छ। जब त्यो बचेरा एक्लै उड्न थाल्छ, त्यो आकाशमा कहाँसम्म पुग्‍नेछ वा कतातिर उड्नेछ भन्‍ने कुरा कसैलाई थाहा हुँदैन। त्यसकारण, आमाबुबाले लिनुपर्ने सबैभन्दा तर्कसङ्गत मनोवृत्ति भनेको छोराछोरी हुर्केपछि तिनीहरूलाई जान दिनु, तिनीहरूलाई आफै जीवन अनुभव गर्न दिनु, अनि तिनीहरूलाई स्वतन्त्र रूपमा जिउन र जीवनका विविध चुनौतीहरू आफै सामना गर्न, सम्हाल्न र समाधान गर्न दिनु हो। यदि तिनीहरूले तँबाट मद्दत लिन खोज्छन् र तँसित तिनीहरूलाई मद्दत गर्ने क्षमता र अवस्था छ भने, अवश्य नै तैँले सहयोगी हात फैलाउन र आवश्यक सहयोग दिन सक्छस्। तथापि, पूर्वसर्त के छ भने, तैँले जस्तोसुकै मद्दत गरे पनि, चाहे त्यो आर्थिक होस् वा मनोवैज्ञानिक, त्यो अस्थायी मात्र हुन सक्छ र त्यसले कुनै आधारभूत मामलाहरू परिवर्तन गर्न सक्दैन। तिनीहरूले जीवनको मार्ग आफै खोज्नुपर्छ, र तँसित तिनीहरूको कुनै कामकाज वा परिणाम वहन गर्नुपर्ने कुनै दायित्व छैन। छोराछोरीप्रति आमाबुबामा हुनुपर्ने मनोवृत्ति नै यही हो।

वयस्क छोराछोरीप्रति आमाबुबामा हुनुपर्ने मनोवृत्ति बुझिसकेपछि, के आमाबुबाले पनि वयस्क छोराछोरीप्रतिका आफ्ना अपेक्षाहरू त्याग्नुपर्छ? कतिपय अज्ञानी आमाबुबा जीवन वा नियति बोध गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता चिन्दैनन्, र तिनीहरू छोराछोरीबारे अज्ञानी कामहरू गर्न प्रवृत्त हुन्छन्। उदाहरणको लागि, आत्मनिर्भर बनेपछि, छोराछोरीलाई केही विशेष परिस्थिति, कठिनाइ वा ठूला घटनाहरू आइपर्न सक्छन्; कतिपय बिरामी हुन्छन्, कतिपय मुद्दामा फस्छन्, कतिपयको सम्बन्धविच्छेद हुन्छ, कतिपय धोका र ठगीमा पर्छन्, र कतिपयलाई अपहरण गरिन्छ, क्षति पुर्‍याइन्छ, गम्भीर कुटपिट गरिन्छ, वा मृत्यु आइलाग्छ। कतिपय त लागूपदार्थ, र आदि इत्यादि दुर्व्यसनमा समेत फस्छन्। यी विशेष र महत्त्वपूर्ण परिस्थितिहरूमा आमाबुबाले के गर्नुपर्छ? अधिकांश आमाबुबाहरूको खाट्टी प्रतिक्रिया के हुन्छ? के आमाबुबाको नाताले तिनीहरूले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम गर्छन्? आमाबुबाले यस्ता समाचार सुनेर जसरी प्रतिक्रिया दिन्छन्, यदि कुनै नौलो मान्छेमाथि यस्ता घटनाहरू घट्ने हो भने, तिनीहरूले त्यसरी त विरलै मात्र प्रतिक्रिया जनाउँछन्। अधिकांश आमाबुबाहरू कपाल फल्ने गरी रातभर जागै बस्छन्, तिनीहरूलाई रातैपिच्छे निन्द्रा लाग्दैन, दिनमा भोक लाग्दैन, तिनीहरू दिमाग खियाउँदै सोच्छन्, र कतिपय त आँखा रातो हुन्जेल र आँसु सुकुन्जेल रुन्छन्। तिनीहरूले आफ्नो आस्थाबारे विचार गरिदिनुहोस् र आफ्ना बच्चाहरूलाई सुरक्षा गरिदिनुहोस्, तिनीहरूमाथि निगाह गरिदिनुहोस् र आशिष् दिइदिनुहोस्, कृपा देखाइदिनुहोस् र जीवन बचाइदिनुहोस् भनी उत्कट रूपमा परमेश्‍वरलाई प्रार्थना गर्छन्। आमाबुबाहरू यस्तो परिस्थितिमा पर्दा, तिनीहरूका कमजोरी, नाजुकता र छोराछोरीप्रतिका तिनीहरूका भावना सबै पर्दाफास हुन्छन्। अनि, अर्को के कुरा पर्दाफास हुन्छ? परमेश्‍वरविरुद्धको तिनीहरूको विद्रोहीपन। तिनीहरू परमेश्‍वरलाई बिन्ती र प्रार्थना गर्छन्, र आफ्ना बच्चाहरूलाई सङ्कटबाट जोगाउन अनुनय विनय गर्छन्। तिनीहरू कुनै विपत्‌ आउँदा पनि आफ्ना छोराछोरी नमरून्, खतराबाट उम्‍कन सकून्, दुष्ट मानिसहरूको हानिमा नपरून्, र उनीहरूको रोग गम्भीर नहोस् बरु निको होस् भनेर प्रार्थना गर्छन्। अनि, तिनीहरू साँच्चिकै केको लागि प्रार्थना गरिरहेका हुन्छन्? (परमेश्‍वर, यी प्रार्थनामार्फत तिनीहरू गुनासोको सङ्केत गर्दै परमेश्‍वरसामु मागहरू राखिरहेका हुन्छन्।) एकातिर, तिनीहरू छोराछोरीको पीडाप्रति अत्यन्तै असन्तुष्ट भएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूका छोराछोरीलाई यस्ता कुराहरू हुन नदिनुभएको भए हुन्थ्यो भनी गुनासो गर्छन्। तिनीहरूको असन्तुष्टिमा गुनासो मिसिएको हुन्छ, र तिनीहरू परमेश्‍वरलाई उहाँको मन परिवर्तन गर्न, यस्तो कार्य नगर्न, तिनीहरूका छोराछोरीलाई खतरामुक्त पार्न, उनीहरूलाई सुरक्षित राख्‍न, उनीहरूको रोग निको पार्न, उनीहरूलाई मुद्दाबाट पन्छिन मद्दत गर्न, र सङ्कट आइपर्दा त्यसलाई रोक्‍न, र आदि इत्यादि कुराहरू गर्न—र छोटकरीमा भन्दा, सबथोक राम्ररी चल्ने बनाइदिन आग्रह गर्छन्। यसरी प्रार्थना गरेर, एकातिर तिनीहरू परमेश्‍वरसित गुनासो गरिरहेका हुन्छन्, र अर्कोतिर, तिनीहरू उहाँसित माग गरिरहेका हुन्छन्। के यो विद्रोहीपनको प्रकटीकरण होइन र? (हो।) अप्रत्यक्ष रूपमा, तिनीहरू परमेश्‍वरले जे गरिरहनुभएको छ त्यो ठिक वा राम्रो होइन, र उहाँले त्यस्तो कार्य गर्नु हुँदैन भनेर भनिरहेका हुन्छन्। यिनीहरू तिनीहरूका छोराछोरी भएकाले र उनीहरू विश्‍वासी भएकाले, तिनीहरू आफ्ना बच्चाहरूमाथि परमेश्‍वरले यस्ता कुराहरू हुन दिनु हुँदैन भन्‍ने सोच्छन्। तिनीहरूलाई लाग्छ, तिनीहरूका छोराछोरी अरूभन्दा फरक छन्; र परमेश्‍वरको आशिष्‌मा उनीहरूले प्राथमिकता पाउनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको कारण, उहाँले तिनीहरूका छोराछोरीलाई आशिषित् तुल्याउनुपर्छ, र यदि तुल्याउनुभएन भने, तिनीहरू निराश हुन्छन्, रुन्छन्, रिस पोख्छन्, र त्यसउप्रान्त परमेश्‍वरलाई पछ्याउन चाहँदैनन्। यदि तिनीहरूको बच्चा मर्‍यो भने, तिनीहरू आफू पनि जिइरहन नसक्ने महसुस गर्छन्। के तिनीहरूको मनमा हुने भावना यही होइन र? (हजुर।) के यो परमेश्‍वरको विरोध होइन र? (हो।) यो परमेश्‍वरको विरोध गर्नु हो। यो कुकुरले खाने बेला भएपछि खाना मागेको र थोरै मात्र ढिलो भएमा पनि रिस पोखेको जस्तै हो। तिनीहरूले मुखले भाँडा खोस्छन् र भुईँमा बजार्छन्—के यो अनुचित होइन र? (हो।) कहिलेकाहीँ, यदि तैँले तिनीहरूलाई लगातार दुई दिनसम्म मासु दिइस् तर कुनै बेला पूरै दिन मासु दिइनस् भने, ती कुकुरहरूले रिसको झोकमा खाना भुईँमा घोप्ट्याउन, वा भाँडालाई मुखले टिपेर भुईँमा बजार्न सक्छन्, र तँलाई तिनीहरूलाई मासु दिइयोस्, तिनीहरूलाई दिइनुपर्ने कुरा मासु हो, र तिनीहरूलाई मासु नदिनु अस्वीकार्य कुरा हो भनेर भन्छन्। मानिसहरू पनि त्यति नै हदसम्‍म अनुचित हुन सक्छन्। तिनीहरूका छोराछोरीले समस्या सामना गर्दा, तिनीहरू परमेश्‍वरसित गुनासो गर्छन्, उहाँसामु मागहरू राख्छन्, र उहाँको विरोध गर्छन्। के यो धेरथोर रूपमा पशुकै व्यवहार होइन र? (हो।) पशुले सत्यता वा मानिसहरूका तथाकथित धर्मसिद्धान्त र मानव भावनाहरू बुझ्दैनन्। तिनीहरू रिसाउँछन् र खराब व्यवहार देखाउँछन् भने, त्यो धेरथोर रूपमा बुझ्न सकिने कुरा हो। तर जब मानिसहरूले परमेश्‍वरको यसरी विरोध गर्छन्, के तिनीहरू उचित हुन्छन् त? के तिनीहरूलाई क्षमा दिन सकिन्छ? पशुले यस्तो व्यवहार गर्‍यो भने, मानिसहरूले यसो भन्‍न सक्छन्, “यो सानो पशु निकै रिसाहा छ। यसलाई विरोध गर्न पनि आउँछ; यो निकै चलाख छ। मलाई लाग्छ, हामीले यसलाई कमजोर ठान्नु हुँदैन।” तिनीहरूलाई त्यो रमाइलो लाग्छ, र त्यो पशु सामान्य छँदै छैन भन्‍ने लाग्छ। त्यसैले, जब कुनै जनावर रिसाउँछ, तब मानिसहरूले त्यसप्रति उच्च सम्मान देखाउँछन्। यदि कुनै व्यक्तिले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हो भने, के परमेश्‍वरले पनि उसलाई त्यस्तै सम्मान देखाएर “यो व्यक्तिले यस्ता मागहरू लिएर आउँछ; ऊ सामान्य व्यक्ति हुँदै होइन” भनेर भन्नुपर्छ? के परमेश्‍वरले तँलाई यस्तै उच्च सम्मान देखाउनुहुनेछ? (देखाउनुहुनेछैन।) त्यसोभए, परमेश्‍वरले यो व्यवहारलाई कसरी परिभाषित गर्नुहुन्छ? के यो विद्रोह होइन र? (हो।) के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई यो व्यवहार गलत छ भन्‍ने थाहा हुँदैन र? के “एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दा उसको सम्पूर्ण परिवार आशिषित हुन्छ” भन्‍ने युग लामो समयअघि नै बितिसकेको छैन र? (हजुर, बितिसकेको छ।) तब, किन मानिसहरू अझै पनि व्रत बसेर यसरी प्रार्थना गर्छन्, र परमेश्‍वरलाई निर्लज्‍ज रूपमा आफ्ना छोराछोरीलाई रक्षा गर्नुहोस् र आशिषित तुल्याउनुहोस् भन्दै बिन्ती गर्छन्? तिनीहरू किन अझै पनि परमेश्‍वरको विरोध गर्ने र उहाँसित जोरी खोज्ने आँट गर्छन्, र “तपाईंले यसो गर्नुभएन भने म प्रार्थना गरिरहनेछु; म व्रत बसिरहनेछु!” भनेर भनिरहन्छन्? यो व्रत बस्नुको अर्थ के हो? यसको अर्थ अनशन बस्नु हो, र अर्को अर्थमा यो निर्लज्ज व्यवहार गर्नु र रिस पोखाउनु हो। जब मानिसहरूले अरू मान्छेप्रति निर्लज्ज व्यवहार गर्छन्, तिनीहरूले आफ्नो खुट्टा बजार्दै यसो भन्न सक्छन्, “ओहो, मेरो बच्चा मर्‍यो; अब म बाँच्न चाहँदिनँ, म जिइरहन सक्दिनँ!” परमेश्‍वरसामु हुँदा तिनीहरूले यसो गर्दैनन्; तिनीहरू निकै शिष्ट रूपमा बोल्छन्, र यसो भन्छन्, “परमेश्‍वर, म तपाईंलाई मेरो बच्चाको रक्षा गर्न र उसको रोग निको पार्न बिन्ती गर्छु। परमेश्‍वर, तपाईं मान्छेलाई बचाउने महान्‌ चिकित्सक हुनुहुन्छ—तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ। म तपाईंलाई उनीहरूलाई हेर्न र रक्षा गर्न बिन्ती गर्छु। तपाईंको आत्मा जताततै छ, तपाईं धर्मी हुनुहुन्छ, तपाईं मान्छेलाई कृपा देखाउने परमेश्‍वर हुनुहुन्छ। तपाईं तिनीहरूलाई हेरचाह गर्नुहुन्छ र प्रिय ठान्नुहुन्छ।” अनि, यसले के अर्थ दिन्छ? तिनीहरूले भनिरहेको कुनै पनि कुरा गलत होइन, तर त्यस्ता कुराहरू भन्‍ने त्यो सही समय होइन। यसको तात्पर्य, यदि परमेश्‍वरले तेरो बच्चा बचाउनुभएन र रक्षा गर्नुभएन भने, यदि उहाँले तेरा इच्छाहरू पूरा गर्नुभएन भने, के उहाँ प्रेमिलो परमेश्‍वर हुनुहुन्न, के उहाँ प्रेमरहित हुनुहुन्छ, के उहाँ कृपालु परमेश्‍वर हुनुहुन्न, र के उहाँ परमेश्‍वर हुनुहुन्न भन्‍ने हो? के यहाँ त्यही भएको छैन र? के यो निर्लज्ज व्यवहार गर्नु होइन र? (हो।) के निर्लज्ज व्यवहार गर्ने मान्छेले परमेश्‍वरलाई सम्मान गर्छन्? के तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? (हुँदैन।) निर्लज्ज व्यवहार गर्ने मानिसहरू दुर्जनहरूजस्तै हुन्—तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। तिनीहरूले परमेश्‍वरसित जोरी खोज्ने र उहाँको विरोध गर्ने आँट गर्छन्, र अनुचित तरिकाले व्यवहार गर्छन्। के यो मृत्यु खोज्‍नुजस्तै होइन र? (हो।) तेरा छोराछोरी किन त्यति विशेष छन्? जब परमेश्‍वरले अरू कसैको भाग्य योजनाबद्ध र नियन्त्रित गर्नुहुन्छ, तैँले त्यसको सम्बन्ध तँसित छैन भने त्यो ठिक हो भन्ठान्छस्। तर के तँलाई उहाँले तेरा छोराछोरीको भाग्य नियन्त्रित गर्नु सक्नुहुन्‍न भन्‍ने लाग्छ? परमेश्‍वरको नजरमा, सबै मानवजाति परमेश्‍वरको सार्वभौमिकतामा हुन्छन्, र कोही पनि परमेश्‍वरका हातद्वारा स्थापित सार्वभौमिकता र बन्दोबस्तहरूबाट उम्‍कन सक्दैन। अनि, तेरा छोराछोरीचाहिँ किन अपवाद हुनुपर्छ? परमेश्‍वरको सार्वभौमिकता उहाँले तोक्नुभएको र योजना गर्नुभएको हो। के तैँले त्यो बदल्‍न चाहनु ठिक हो? (अहँ, होइन।) त्यो ठिक होइन। त्यसकारण, मानिसहरूले मूर्ख वा अनुचित काम गर्नु हुँदैन। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो पूर्वजन्महरूको कारण र परिणाममा आधारित हुन्छ—तँसँग त्यसको के सम्बन्ध छ? यदि तँ परमेश्‍वरको सार्वभौमिकताको प्रतिरोध गर्छस् भने, तँ मृत्युको खोजीमा छस्। यदि तँ तेरा छोराछोरीले यी कुराहरू नभोगून् भन्‍ने चाहन्छस् भने, त्यो स्नेहबाट आउने कुरा हो, न्याय, कृपा, वा दयाबाट होइन—त्यो केवल तेरो स्नेहको प्रभाव हो। स्नेह त स्वार्थको प्रवक्ता हो। तँसित भएको त्यो स्नेह देखाउनलायक छैन; तैँले आफ्नै सामुसमेत त्यसको औचित्य पुष्टि गर्न सक्दैनस्, तैपनि तँ त्यसलाई प्रयोग गरेर परमेश्‍वरलाई ब्लाकमेल गर्न चाहन्छस्। कतिपय मानिसहरूले त यस्तोसमेत भन्छन्, “मेरो बच्चा बिरामी छ, र यदि ऊ मर्‍यो भने, म पनि बाँचिबस्‍नेछैनँ!” के तँसँग साँच्चिकै मर्ने साहस छ? त्यसोभए मर्ने कोसिस गर्! के यस्ता मानिसहरूको आस्था साँचो हुन्छ? यदि तेरो बच्चा मर्‍यो भने, के तैँले परमेश्‍वरमा विश्‍वास गर्न साँच्चिकै छोड्नेछस्? उसको मृत्युले सम्भवतः केचाहिँ परिवर्तन गर्न सक्छ र? तैँले परमेश्‍वरमा विश्‍वास गरिनस् भने, न त परमेश्‍वरको पहिचान न त उहाँको हैसियत नै परिवर्तन हुनेछ। परमेश्‍वर अझै परमेश्‍वर नै रहनुहुन्छ। तैँले विश्‍वास गर्ने भएकोले उहाँ परमेश्‍वर हुनुभएको होइन, र तेरो अविश्‍वासकै कारणले उहाँ परमेश्‍वर बन्न छोड्नुहुन्न। सम्पूर्ण मानवजातिले परमेश्‍वरमा विश्‍वास नगरे पनि, परमेश्‍वरको पहिचान र सार नै अपरिवर्तित रहनेछ। उहाँको हैसियत परिवर्तन हुनेछैन। उहाँ सदैव सम्पूर्ण मानवजातिको भाग्यमाथि र ब्रह्माण्ड संसारमाथि सार्वभौम हुने एक्लो परमेश्‍वर हुनुहुनेछ। तैँले विश्‍वास गर्नु वा नगर्नुसँग त्यसको कुनै सम्बन्ध छैन। यदि तैँले विश्‍वास गरिस् भने, तँलाई निगाह गरिनेछ। यदि तैँले विश्‍वास गरिनस् भने, तँसित मुक्तिको अवसर हुनेछैन, र तैँले त्यो प्राप्त गर्नेछैनस्। तँ तेरा छोराछोरीलाई रक्षा र प्रेम गर्छस्, तँसित तेरा छोराछोरीप्रति स्नेह छ, तँ उनीहरूलाई त्याग्न सक्दैनस्, त्यसैले तँ परमेश्‍वरलाई केही पनि गर्न दिँदैनस्। के यसो गर्नुको कुनै अर्थ छ? के यो सत्यता, नैतिकता वा मानवतासँग मिल्छ? त्यो केहीसँग पनि मिल्दैन, नैतिकतासँग समेत मिल्दैन, होइन र? तैँले आफ्ना छोराछोरीलाई प्रिय ठानिरहेको छैनस्, उनीहरूको रक्षा मात्र गरिरहेको छस्—तँ स्नेहबाट प्रभावित भएको छस्। तँ आफ्नो बच्चा मर्‍यो भने, बाँचिनबस्‍ने भनेरसमेत भन्छस्। तँ तेरो आफ्नै जीवनप्रति अत्यन्तै गैरजिम्मेवार छस् र परमेश्‍वरले तँलाई दिनुभएको जीवनलाई प्रिय ठान्दैनस्, त्यसैले यदि तँ आफ्ना बच्चाहरूको लागि मात्र जिउन चाहन्छस् भने, तँ जा, उनीहरूसँगै मरे हुन्छ। उनीहरूलाई जे रोग लागे पनि तैँले आफूमा तुरुन्तै त्यही रोग सार्नुपर्छ र सँगै मर्नुपर्छ; वा एउटा डोरी खोजेर झुण्डिहाल्, के त्यो सहज हुनेछैन र? तँ मरेपछि, के तँ र तेरा बच्चाहरू एकै खालका हुनेछौ? के तिमीहरूको अझै पनि उस्तै भौतिक सम्बन्ध रहनेछ? के तिमीहरूमा अझै पनि एकअर्काप्रति स्नेह हुनेछन्? जब तँ अर्को संसारमा फर्कन्छस्, तँ परिवर्तन हुनेछस्। हुने त्यही होइन र? (हो।) मानिसहरूले आफ्नो आँखाले वस्तुहरूलाई हेरेर ती असल हुन् कि खराब, वा तिनको प्रकृति कस्तो छ भनी मूल्याङ्कन गर्दा, तिनीहरू के कुरामा भर पर्छन्? तिनीहरू आफ्नै सोचमाथि भर पर्छन्। तर आफ्नो आँखाले हेरेर मात्र तिनीहरूले भौतिक संसारभन्दा पर देख्न सक्दैनन्; तिनीहरूले आत्मिक क्षेत्रभित्रका कुरा देख्न सक्दैनन्। अनि, मानिसहरूले आफ्नो मनमा के सोच्नेछन्? “यस संसारमा, मलाई जन्म दिने र हुर्काउने मानिसहरू मेरा सबैभन्दा निकट र प्रिय मानिसहरू हुन्। मलाई जन्म दिने र हुर्काउने मानिसलाई म माया पनि गर्छु। त्यसैगरी जहिले पनि, मेरो बच्चा नै मेरो सबैभन्दा निकट हुन्छ, र म सधैँ मेरो बच्चालाई नै सबैभन्दा प्रिय ठान्छु।” तिनीहरूको मानसिक परिदृश्य र क्षितिजको दायरा यति त हो; तिनीहरूको मानसिक परिदृश्य यति “फराकिलो” त छ। के यसो भन्नु मूर्खता हो कि होइन? (मूर्खता हो।) के यो आलोकाँचो व्यवहार होइन र? (यो आलोकाँचो व्यवहार हो।) अत्यन्तै आलोकाँचो! तेरा छोराछोरी रगतको नाताले मात्र यो जुनीमा तँसित सम्बन्धित छन्; विगतको जुनीमा उनीहरू तँसित कुन रूपमा सम्बन्धित थिए? उनीहरू मरेपछि कहाँ जानेछन्? उनीहरू मरेपछि, उनीहरूको शरीरले अन्तिम सास फेर्नेछ, उनीहरूको प्राण निस्केर जानेछ, र उनीहरूले तँबाट सधैँको लागि बिदा लिनेछन्। उनीहरूले तँलाई चिन्न छोड्नेछन्, र उनीहरू एक सेकेण्ड पनि बस्नेछैनन्, सिधै अर्को संसारमा फर्कनेछन्। उनीहरू त्यो अर्को संसारमा फर्केपछि, तँ रुन्छस्, उनीहरूलाई सम्झिन्छस्, र दुःख र पीडा महसुस गर्छस्, र यसो भन्छस्, “ओहो, मेरो बच्चाले छोडिगयो, मैले उसलाई फेरि कहिल्यै देख्न सक्नेछैनँ!” के मृत व्यक्तिमा कुनै चेतना हुन्छ? उनीहरूलाई तेरो बारे केही चेतना हुँदैन, उनीहरूले तँलाई अलिकति पनि सम्झिँदैनन्। आफ्नो शरीर छोडेपछि उनीहरू तुरुन्तै तेस्रो पक्ष बन्छन्, र तँसँग उनीहरूको कुनै सम्बन्ध बाँकी रहँदैन। उनीहरूले तँलाई कुन रूपमा हेर्छन्? उनीहरूले भन्छन्, “त्यो बुढी, त्यो बुढो—तिनीहरू कसको लागि रोइरहेको हो? ओहो, तिनीहरू त कुनै शरीरको लागि रुँदै छन्। मलाई त म भर्खरै त्यो शरीरबाट छुट्टिएजस्तो महसुस हुन्छ: अहिले मलाई त्यस्तो गह्रुङ्गो लाग्दैन, र ममा रोगको पीडा बाँकी छैन—म मुक्त भएको छु।” उनीहरूले महसुस गर्ने यही हो। मरेर शरीर छोडेपछि, उनीहरू अर्को संसारमा अस्तित्वमा रहिरहन्छन्, फरक भेषमा देखा पर्छन्, र तँसित उनीहरूको कुनै सम्बन्ध बाँकी हुँदैन। तँ यहाँ रुन्छस् र उनीहरूको तृष्णा गर्छस्, उनीहरूको लागि कष्ट भोग्छस्, तर उनीहरूलाई भने केही अनुभूति हुँदैन, केही पत्तो हुँदैन। धेरै वर्षपछि, भाग्य वा संयोगवश, उनीहरू तेरा सहकर्मी, वा तेरै देशका मानिस बन्न सक्छन्, वा उनीहरू तँबाट टाढा रहन सक्छन्। तिमीहरू एउटै संसारमा जिउने भए पनि, तिमीहरू दुई फरक मानिस हुनेछौ र तिमीहरूबीच कुनै सम्बन्ध हुनेछैन। विशेष परिस्थितिको कारण वा कुनै विशेष कुरा भनिएको कारण कतिपय मानिसहरूले उनीहरू अघिल्लो जुनीमा फलाना थिए भनेर चिन्न सक्लान्, तर तँलाई देख्दा उनीहरूलाई केही महसुस हुँदैन, र उनीहरूलाई देख्दा पनि तँलाई केही महसुस हुँदैन। अघिल्लो जुनीमा उनीहरू तेरो बच्चा भएका भए पनि अहिले तँलाई उनीहरूप्रति केही अनुभूति हुँदैन—तँ तेरो मृत बच्चाबारे मात्र सोच्छस्। उनीहरूलाई पनि तँप्रति केही अनुभूति हुँदैन: उनीहरूका आफ्नै आमाबुबा, आफ्नै परिवार र आफ्नै भिन्नै थर हुन्छन्—तँसित उनीहरूको कुनै सम्बन्ध हुँदैन। तर तँ अझै उनीहरूलाई सम्झिरहन्छस्—आखिर तँ के सम्झिरहेको हुन्छस्? तँ त्यो भौतिक शरीर र पहिले तँसँग रगतको नाता रहेको नाम मात्र सम्झिरहेको हुन्छस्; त्यो एउटा आकृति, अर्थात् एउटा छायाँ मात्र हो जुन तेरो सोच वा मनमा अल्झिरहन्छ—त्यसको कुनै वास्तविक मूल्य छैन। उनीहरूले पुनर्जन्म लिएका छन्, कुनै मानव वा अन्य कुनै प्राणीमा रूपान्तरित भएका छन्—तर तँसित उनीहरूको कुनै सम्बन्ध छैन। त्यसकारण, जब कतिपय आमाबुबाहरू “यदि मेरो बच्चा मर्‍यो भने, म पनि बाँचिबस्‍नेछैनँ” भनेर भन्छन्—त्यो विशुद्ध अज्ञानता मात्र हो! उनीहरूको पो आयु सकिएको हो त, तैँले चाहिँ किन जिउन छोड्‍नुपर्‍यो नि? तँ किन यस्तो गैरजिम्मेवार बोली बोल्छस्? उनीहरूको आयु सकिएको छ, परमेश्‍वरले उनीहरूको धागो छिनाल्नुभएको छ, र उनीहरूको लागि अर्को काम छ—यसमा तेरो के सरोकार? यदि तेरो लागि अर्को काम छ भने, परमेश्‍वरले तेरो धागो पनि छिनाल्नुहुनेछ; तर अहिले तेरो लागि अर्को काम नभएकोले तैँले जिइरहनुपर्छ। यदि परमेश्‍वरले तँलाई जिउँदो चाहनुहुन्छ भने, तँ मर्न सक्दैनस्। चाहे आफ्ना आमाबुबा, बच्चा, वा जीवनका अरू कुनै पनि नातेदार वा रक्तनाता भएका मानिसहरू भए पनि, तिनीहरूप्रतिको स्नेहबारे मानिसहरूमा यस्तो विचार र बुझाइ हुनुपर्छ: मानिसहरूबीच रहेको स्नेहबारे कुरा गर्दा, यदि त्यो रगतको नाता हो भने, आफ्नो जिम्मेवारी पूरा गरे पुग्छ। तर आफ्ना जिम्मेवारीहरू पूरा गर्नुबाहेक, मानिसहरूमा कुनै कुरा परिवर्तन गर्ने न त दायित्व हुन्छ न त क्षमता नै। त्यसकारण, आमाबुबाले “यदि हाम्रा छोराछोरी मरे भने, यदि हामी आमाबुबाले आफ्नै बच्चा गाड्नुपर्‍यो भने, हामी बाँचिबस्‍नेछैनौँ” भनेर भन्नु गैरजिम्मेवार कुरा हो। यदि बच्चाहरूलाई साँच्चिकै आफ्ना आमाबुबाले गाड्‍नुपरेमा, यति मात्र भन्न सकिन्छ कि यस संसारमा उनीहरूको समय यति मात्र थियो, र उनीहरूले जानैपर्ने थियो। तर उनीहरूका आमाबुबाहरू अझै यहीँ छन्, त्यसैले तिनीहरू राम्ररी जिइरहनुपर्छ। मानिसहरूले आफ्नो मानवताअनुसार, आफ्ना छोराछोरीबारे सोच्नु अवश्‍य नै सामान्य कुरा हो, तर तिनीहरूले मरेका छोराछोरी सम्झेर आफ्नो बाँकी समय खेर फाल्नु हुँदैन। त्यो मूर्खता हो। त्यसैले, यो मामला सामना गर्दा, एकातिर मानिसहरूले आफ्नो जीवनको जिम्मेवारी लिनुपर्छ, र अर्कोतिर पारिवारिक सम्बन्धहरूको पूर्ण बोध गर्नुपर्छ। मानिसहरूबीचको साँच्चिकैको सम्बन्ध देह र रगतको नातामा आधारित सम्बन्ध होइन, यो त परमेश्‍वरले सृष्टि गर्नुभएको एउटा प्राणी र अर्कोबीचको सम्बन्ध हो। यस्तो सम्बन्धमा देह र रगतको कुनै नाता हुँदैन; यो दुई स्वतन्त्र प्राणीहरूबीचको सम्बन्ध मात्र हो। यदि तैँले त्यसबारे यो कोणबाट सोचिस् भने, तेरा बच्चाहरू दुर्भाग्यवश बिरामी पर्दा वा उनीहरूको जीवन खतरामा हुँदा, आमाबुबाको रूपमा तैँले यी मामलाहरू सही रूपमा सामना गर्नुपर्छ। तेरा छोराछोरीको दुर्भाग्य वा मृत्युको कारण, तैँले आफूसँग बाँकी रहेको समय, आफूले लिनुपर्ने मार्ग, वा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू त्याग्नु हुँदैन—तैँले सही तरिकाले यो मामला सामना गर्नुपर्छ। यदि तँसित सही सोच र दृष्टिकोणहरू छन् र तैँले यी कुराहरू छर्लङ्गै बुझ्छस् भने, तैँले निराशा, दुःख, र तृष्णालाई चाँडै जित्नेछस्। तर तैँले यी कुराहरू छर्लङ्गै बुझ्न सकिनस् भने के हुन्छ? त्यसले तँलाई बाँकी जीवनभर, अर्थात् तँ मर्ने दिनसम्‍मै झस्काइरहनेछ। तथापि, यदि तैँले त्यो परिस्थिति छर्लङ्गै बुझ्न सक्छस् भने, तेरो जीवनको त्यो अवधि सीमित हुनेछ। त्यो सधैँभरि चलिरहनेछैन, न त त्यसले तेरो जीवनको पछिल्लो भागसम्म पिछा नै गर्नेछ। यदि तैँले त्यसलाई छर्लङ्गै बुझ्न सक्छस् भने, तैँले त्यसको एउटा अंश त्याग्न सक्छस्, जुन तेरो लागि राम्रो कुरा हो। तर यदि तैँले तेरा बच्चाहरूसँगको पारिवारिक नातालाई छर्लङ्गै बुझ्न सकिनस् भने, तैँले त्याग्न सक्नेछैनस्, र त्यो तेरो लागि क्रूर मामला हुनेछ। आफ्ना बच्चा बित्दा कुनै पनि आमाबुबा भावुक नहुने हुँदैन। कुनै पनि आमाबुबाले आफ्नो बच्चा गाड्नुपर्दा, वा आफ्नो बच्चा कुनै नराम्रो परिस्थितिमा परेको देख्दा, तिनीहरू बाँकी जीवन उनीहरूबारे सोच्दै र चिन्ता लिँदै बिताउँछन्, र पीडामा डुब्छन्। यसबाट कोही पनि उम्कन सक्दैन: यो प्राणमा लाग्ने घाउ र नमेटिने दाग हो। दैहिकतामा जिउँदा मानिसहरूलाई यो भावनात्मक सम्बन्ध त्याग्न सजिलो हुँदैन, त्यसैले तिनीहरू यो दुःख भोग्छन्। तर यदि तैँले छोराछोरीसँगको यो भावनात्मक सम्बन्धलाई छर्लङ्गै बुझ्न सकिस् भने, त्यसको गम्भीरता निकै कम हुनेछ। अनि अवश्य नै, तैँले निकै कम दुःख भोग्नेछस्; बिलकुलै दुःख नभोग्नु त असम्भव छ, तर तेरो दुःख धेरै मात्रामा घट्नेछ। तैँले यसलाई छर्लङ्गै बुझ्न सकिनस् भने, यो मामलाले तँलाई क्रूर प्रभाव पार्नेछ। तर बुझ्न सकिस् भने, त्यो भावनात्मक आघात पुगेको विशेष अनुभव हुनेछ, र त्यसले तँलाई जीवन, पारिवारिक नाता, र मानवताबारे गहन बुझाइ र बोध प्रदान गर्नेछ, र तेरो जीवन अनुभव समृद्ध पार्नेछ। तर अवश्य नै, यो खास समृद्धि कसैले पनि राख्न वा सामना गर्न नचाहने कुरा हो। यसको सामना कोही गर्न चाहँदैन, तर यदि यो मामला उत्पन्न भयो भने, तैँले यसलाई सही ढङ्गले सामना गर्नुपर्छ। आफूमाथि क्रूरता आइपर्न नदिनको लागि, तैँले तेरो पहिलेको परम्परागत, सडेको र गलत सोच र दृष्टिकोणहरू त्याग्नुपर्छ। तैँले आफ्नो भावनात्मक र रक्त सम्बन्धलाई सही तरिकाले सामना गर्नुपर्छ, र आफ्ना बच्चाको मृत्युलाई सही रूपमा हेर्नुपर्छ। यो कुरा साँच्चिकै बोध गरेपछि, तैँले यसलाई पूर्णतया त्याग्न सक्छस्, र यो मामलाले तँलाई सताउन छोड्नेछ। तैँले मेरो कुरा बुझिस्, हैन? (हजुर, बुझेँ।)

कतिपय मानिसहरू भन्छन्, “छोराछोरी भनेका आमाबुबाले परमेश्‍वरबाट प्राप्त गरेका गहना हुन्, त्यसैले तिनीहरू आमाबुबाका निजी सम्पत्तिसरह हुन्।” के यो भनाइ सही हो? (अहँ, होइन।) यो सुनेर कतिपय आमाबुबाले यसो भन्छन्, “यो सही भनाइ हो। हाम्रो अरू केही छैन, हाम्रा भनेका त छोराछोरी मात्र छन्, जो हाम्रो आफ्नै देह र रगत हुन्। हाम्रो लागि तिनीहरू नै सबैभन्दा प्रिय हुन्।” के यो भनाइ सही हो? (होइन।) यसमा के कुरा गलत छ? तिमीहरू आफ्नो तर्क सुनाओ त। के छोराछोरीलाई आफ्नो निजी सम्पत्ति ठान्नु उचित हो? (अहँ, यो उचित होइन।) यो किन उचित होइन? (किनभने निजी सम्पत्ति आफ्नै हुन्छ र अरूको हुँदैन। तर छोराछोरी र आमाबुबाबीचको सम्बन्ध वास्तवमा दैहिक सम्बन्ध मात्र हो, त्यो भन्दा बढी अरू केही होइन। मानव जीवन परमेश्‍वरबाट आउँछ, यो परमेश्‍वरले दिनुभएको सास हो। यदि कसैले छोराछोरीलाई जीवन दिएको छु भन्‍ने विश्‍वास गर्छ भने, उसको दृष्टिकोण र अवस्था दुवै गलत छन्, र उसले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा पनि बिलकुलै विश्‍वास गर्दैन।) के यो अवस्था यही होइन र? परमेश्‍वरको नजरमा, भौतिक सम्बन्धलाई छोडेर, छोराछोरी र आमाबुबाको जीवन स्वतन्त्र हुन्छ। तिनीहरू एकअर्काको स्वामित्वमा हुँदैनन्, र तिनीहरूको दर्जायुक्त सम्बन्ध हुँदैन। अनि अवश्य नै, तिनीहरूको स्वामित्व राख्ने वा स्वामित्वमा हुने सम्बन्ध पनि निश्‍चय नै हुँदैन। तिनीहरूको जीवन परमेश्‍वरबाट आउँछन्, र परमेश्‍वर तिनीहरूको नियतिमाथिको सार्वभौम हुनुहुन्छ। छोराछोरी आमाबुबाबाट जन्मने, आमाबुबाहरू छोराछोरीभन्दा पाको उमेरका हुने, र छोराछोरी आमाबुबाभन्दा कम उमेरका हुने मात्र हो; तर यो सम्बन्ध, र यो सतही घटना-प्रक्रियाको आधारमा, छोराछोरी आमाबुबाका सामान र निजी सम्पत्ति हुन् भनेर मानिसहरू विश्‍वास गर्छन्। यो त मामलालाई जडसम्‍मै पुगेर हेर्नु होइन, सतही तह, दैहिकता र आफ्नो स्नेहमा आधारित भएर सोच्नु मात्र हो। त्यसकारण, यो सोच्ने शैली आफैमा गलत छ, र यो दृष्टिकोण सही छैन। के यो यस्तै होइन र? (हो।) छोराछोरी आमाबुबाका सामान वा निजी सम्पत्ति नभई स्वतन्त्र मानिसहरू हुन्, त्यसैले छोराछोरी ठूला भएपछि उनीहरूप्रति आमाबुबाका अपेक्षाहरू जस्तोसुकै भए पनि, ती अपेक्षाहरू विचारहरूको रूपमा तिनीहरूको मनमस्तिष्कमै रहनुपर्छ—तिनलाई वास्तविकता बनाउन सकिँदैन। वयस्क छोराछोरीप्रति आमाबुबामा अपेक्षाहरू स्वतः आउने भए पनि, तिनीहरूले ती अपेक्षा साकार पार्ने कोसिस गर्नु हुँदैन, र ती अपेक्षा प्रयोग गरेर आफ्ना वाचाहरू पूरा गर्ने वा ती अपेक्षाको लागि कुनै त्याग गर्ने वा मूल्य चुकाउने गर्नु हुँदैन। त्यसोभए, आमाबुबाले के गर्नुपर्छ त? वयस्क छोराछोरीले आत्मनिर्भर जीवन र बाँच्ने क्षमता प्राप्त गरेपछि, तिनीहरूले उनीहरूलाई जान दिनुपर्छ। उनीहरूलाई जान दिनु मात्र उनीहरूलाई सम्मान देखाउने र उनीहरूप्रतिको जिम्मेवारी लिने एउटै साँचो तरिका हो। छोराछोरीलाई सधैँ हेप्नु, नियन्त्रण गर्नु, वा उनीहरूको जीवन र अस्तित्वमा सधैँ हस्तक्षेप वा संलग्नता जनाउन चाहनु भनेको आमाबुबाको अज्ञानी र समझहीन व्यवहार हो, र यो आलोकाँचो तरिकाले काम गर्नु हो। छोराछोरीप्रति आमाबुबाका अपेक्षाहरू जति नै उच्च भए पनि, ती अपेक्षाले केही परिवर्तन ल्याउन सक्दैनन् र ती वास्तविकता बन्न सम्भवै छैन। त्यसकारण, यदि आमाबुबाहरू बुद्धिमान्‌ छन् भने, तिनीहरूले यी सबै व्यावहारिक वा अव्यावहारिक अपेक्षाहरू त्याग्नुपर्छ, र छोराछोरीसँगको सम्बन्ध सम्हाल्ने र वयस्क छोराछोरीका हरकदम वा उनीहरूलाई आइपरेका घटनाहरू हेर्ने सही दृष्टिकोण र अडान धारण गर्नुपर्छ। यही नै सिद्धान्त हो। के यो उचित छ? (हजुर, उचित छ।) यदि तैँले यो कुरा हासिल गर्न सक्छस् भने, यसले तैँले यी सत्यताहरू स्विकार्छस् भन्‍ने कुरा प्रमाणित गर्छ। यदि सक्दैनस् भने र तँ आफ्नै तरिकाले काम गर्ने जिद्दी गर्छस्, र परिवारको स्नेह सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण कुरा हो र यो संसारको सबैभन्दा सार्थक कुरा हो भन्‍ने सोच्छस्, र आफ्ना छोराछोरीको भाग्य नियन्त्रण गर्न र उनीहरूको नियति आफ्नो हातमा लिन सक्छुझैँ गर्छस् भने, कोसिस गरिहेर्—अनि अन्तिम परिणाम के हुनेछ त्यो हेर्। भन्‍नै पर्दैन, यो दुःखलाग्दो हार नै हुनेछ र कुनै राम्रो परिणाम आउनेवाला छैन।

वयस्क छोराछोरीप्रति यी अपेक्षाहरू राख्नुको अलावा, आमाबुबाले छोराछोरीको लागि एउटा मापदण्ड पनि बनाएका हुन्छन्, जुन संसारका सबै आमाबुबाहरूसँग मिल्छ, र त्यो के हो भने, तिनीहरू आफ्ना छोराछोरीहरूले कर्तव्यनिष्ठ भएर आमाबुबाप्रति राम्रो व्यवहार गर्न सकून् भन्‍ने आशा गर्छन्। अनि अवश्य नै, केही विशेष जनजातीय समूह र क्षेत्रमा आफ्ना छोराछोरीप्रति अझै बढी विशिष्ट प्रकृतिका मापदण्डहरू हुन्छन्। उदाहरणको लागि, आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनुको अलावा, छोराछोरीले आमाबुबालाई मृत्युपर्यन्त रेखदेख गर्नु र तिनीहरूको दाहसंस्कारको बन्दोबस्त गर्नु, र वयस्क भएपछि आमाबुबासँग बसेर आमाबुबाको जीविकाको जिम्मेवारी लिनु पनि आवश्यक हुन्छ। यो सन्तानप्रतिका आमाबुबाका अपेक्षाहरूको अन्तिम पक्ष हो, र यसबारे अर्थात् आफ्ना छोराछोरीहरू कर्तव्यनिष्ठ बनून् र बुढेसकालमा आफ्नो रेखदेख गरून् भन्‍ने मापदण्डबारे अब हामी छलफल गर्नेछौँ। के आमाबुबाले छोराछोरी जन्माउनुको मूल आशय, साथै छोराछोरीको लागि आधारभूत मापदण्ड यही होइन र? (हजुर, हो।) आफ्ना छोराछोरी सानै हुँदा र उनीहरूले कुरा नबुझ्ने बेलामा आमाबुबाले उनीहरूलाई सोध्छन्: “तिमी ठूलो भएर पैसा कमाएपछि तिमीले त्यो पैसा कसको लागि खर्च गर्नेछौ? के तिमीले आमा र बुबाको लागि खर्च गर्नेछौ?” “गर्नेछु।” “बुबापट्टिका बाजेबजूको लागि खर्च गर्नेछौ?” “गर्नेछु।” “आमापट्टिका बाजेबजूको लागि खर्च गर्नेछौ?” “गर्नेछु।” एउटा बच्चाले जम्मा कति पैसा कमाउन सक्छ र? उसले आफ्ना आमाबुबालाई, दुवैतिरका बाजेबजूलाई, र टाढाका नातेदारलाई समेत हेर्नुपर्छ। ल भन् त, के यो बच्चाको लागि ठूलो बोझ होइन र, के ऊ अभागी होइन र? (हो।) उसले बच्‍चाले झैँ निर्दोष र भोलाभाला तरिकाले बोल्ने भए पनि र तिनीहरूले के भनिरहेको हो भनेर उसलाई थाहा नहुने भए पनि, यसले केही निश्‍चित वास्तविकता प्रतिबिम्बित गर्छ, र त्यो के हो भने आमाबुबाले एउटा उद्देश्य लिएर छोराछोरी हुर्काउँछन्, र त्यो उद्देश्य न त विशुद्ध हुन्छ न त सरल नै। छोराछोरी निकै साना हुँदा नै आमाबुबाले मागहरू तय गर्न थाल्छन् र तिनीहरूले उनीहरूलाई सधैँ जाँचिरहेका हुन्छन्, र यस्ता प्रश्‍नहरू सोध्छन्: “के तिमीले ठूलो भएपछि आमा र बालाई हेर्नेछौ?” “हेर्नेछु।” “के तिमीले बुबापट्टिका बाजेबजूलाई हेर्नेछौ?” “हेर्नेछु।” “के तिमीले आमापट्टिका बाजेबजूलाई हेर्नेछौ?” “हेर्नेछु।” “तिमीलाई सबैभन्दा बढी को मनपर्छ?” “मलाई सबैभन्दा बढी आमा मनपर्छ।” त्यसपछि बुबा ईर्ष्यालु बन्छ, र सोध्छ, “अनि बुबालाई?” “मलाई सबैभन्दा बढी बुबा मनपर्छ।” आमाले ईर्ष्या गर्दै सोध्छे, “तिमीलाई सबैभन्दा बढी को मनपर्छ?” “आमा र बुबा।” त्यसपछि आमाबुबा दुवै सन्तुष्ट हुन्छन्। तिनीहरू आफ्ना छोराछोरीले भर्खरै बोल्न सिकेदेखि नै कर्तव्यनिष्ठ बनून् भनेर लागिपर्छन्, र छोराछोरी ठूला भएपछि उनीहरूले आफूलाई राम्रो व्यवहार गरून् भन्‍ने आशा गर्छन्। यी साना छोराछोरीले आफ्नो कुरा प्रस्ट रूपमा व्यक्त गर्न नसक्ने र धेरै नबुझ्ने भए पनि, आमाबुबाहरू छोराछोरीको जवाफमा एउटा प्रतिज्ञा सुन्न चाहन्छन्। साथसाथै, तिनीहरू छोराछोरीमा आफ्नो भविष्य पनि देख्न चाहन्छन् र आफूले हुर्काइरहेका छोराछोरी कृतघ्न हुनेछैनन्, बरु कर्तव्यनिष्ठ भएर तिनीहरूको जिम्मेवारी लिनेछन् भन्‍ने आशा गर्छन्, र आफू उनीहरूमाथि भर पर्न सक्ने र उनीहरूले आफूलाई बुढेसकालमा साथ दिनेछन् भनी अझै बढी आशा गर्छन्। छोराछोरी सानै हुँदादेखि तिनीहरूले यी प्रश्‍नहरू सोध्दै आएका भए पनि, यी सरल प्रश्‍नहरू होइनन्। यी त पूर्णतया आमाबुबाको हृदयको गहिराइबाट उब्जिने अपेक्षा र आशाहरू हुन्, र एकदमै वास्तविक अपेक्षा र आशाहरू हुन्। त्यसैले, छोराछोरीले विभिन्‍न कुराबारे बुझाइ प्राप्त गर्न थाल्नेबित्तिकै आमाबुबाको आशा यो हुन्छ कि छोराछोरीले आमाबुबा बिरामी हुँदा वास्ता देखाउन सकून्, ओछ्यानमा तिनीहरूको छेउमै बसून्, र तिनीहरूको हेरचाह गरून्, र तिनीहरूलाई पानी हालिदिने काम मात्र भए पनि त्यो गरिदिऊन्। छोराछोरीले धेरै गर्न नसके पनि, आर्थिक र बढी व्यावहारिक सहयोग गर्न नसके पनि, कम्तीमा उनीहरूले यतिसम्मको सन्तानीय भक्तिचाहिँ देखाउनैपर्छ। छोराछोरी सानै हुँदा नै, आमाबुबा यो सन्तानीय भक्ति हेर्न र बारम्बार त्यो पुष्टि गर्न चाहन्छन्। उदाहरणको लागि, आमाबुबाहरू सन्चो नहुँदा वा कामले थाकेको हुँदा, तिनीहरू आफ्नो लागि छोराछोरीले पिउने कुरा ल्याइदिन, जुत्ता ल्याइदिन, कपडा धोइदिन, वा अम्लेट र भात मात्रै भए पनि, सामान्य खाना बनाउन जान्दछन् जान्दैनन्, वा उनीहरूले “तपाईं थाक्नुभएको छ हो? हो भने, म तपाईंलाई केही खानेकुरा बनाइदिन्छु” भनेर भन्छन् भन्दैनन् भनी नियाल्छन्। कतिपय आमाबुबाहरू छुट्टीको समयमा बाहिर निस्कन्छन् र जानाजान खाना खाने समयमा खान बनाउन फर्कँदैनन्, र यसमार्फत तिनीहरू आफ्ना छोराछोरी हुर्केर बुझ्ने भएका छन् छैनन्, आफ्नो लागि खाना बनाउन जान्दछन् जान्दैनन्, कर्तव्यनिष्ठ र विचारशील हुन जान्दछन् जान्दैनन्, र आमाबुबाका कठिनाइहरू बुझ्न सक्छन् सक्दैनन् वा उनीहरू हृदयहीन कृतघ्न मान्छे पो भएका छन् कि, र तिनीहरूले उनीहरूलाई व्यर्थै पो हुर्काए कि भनेर हेर्न चाहन्छन्। छोराछोरी हुर्किरहेका बेला, र वयस्कतामा हुँदासमेत, आमाबुबाहरूले उनीहरूलाई निरन्तर परीक्षण गरिरहेका र यो मामला बुझ्न खोजिरहेका हुन्छन्, र सँगसँगै, तिनीहरूले निरन्तर छोराछोरीमाथि मापदण्डहरू पनि थोपरिरहेका हुन्छन्, “तिमीहरू यस्ता हृदयहीन कृतघ्न मान्छे बन्नु हुँदैन। तिम्रा आमाबुबा, हामीले तिमीलाई किन हुर्कायौँ? त्यो हामी वृद्धावस्थामा हुँदा तिमीले हाम्रो हेरचाह गर्नेछौ भनेर हो। के हामीले तिमीलाई व्यर्थै हुर्काएका हौँ र? तिमीले हाम्रो अवज्ञा गर्नु हुँदैन। तिमीलाई हुर्काउनु हाम्रो लागि सजिलो थिएन। धेरै मेहनत गर्नुपर्‍यो। विचारशील भएर, तिमीले यी कुराहरू बुझ्नुपर्छ।” विशेष गरी त्यो विद्रोही चरण भनिने, किशोरावस्थादेखि वयस्कतासम्मको सङ्क्रमणकालीन बेलामा, कतिपय छोराछोरी त्यति धेरै समझदार वा सूक्ष्मदर्शी हुँदैनन्, र उनीहरूले प्राय: आमाबुबाको अवज्ञा गर्ने र समस्या निम्त्याउने गर्छन्। अनि, आमाबुबाहरू रुन्छन्, रिसको झोक देखाउँछन्, र यसो भन्दै गनगन गर्छन्, “तिमी सानो छँदा हामीले कति दुःखले तिम्रो हेरचाह गर्‍यौँ, त्यो तिमीलाई थाहै छैन! तिमी ठूलो भएर यस्तो हुन्छौ भन्‍ने सोच्याथेनौँ, तिमी कति पनि कर्तव्यनिष्ठ हुँदैनौ, र घरायसी काम र हाम्रा कठिनाइको बोझ उठाउन वास्तै गर्दैनौ भन्‍ने अपेक्षा गर्‍याथेनौँ। यो सबै गर्न हामीलाई कति गाह्रो हुन्छ, तिमीलाई थाहै छैन। तिमी कर्तव्यनिष्ठ छैनौ, बरु अटेरी छौ, तिमी असल व्यक्ति होइनौ!” छोराछोरी अटेरी भएकाले वा उनीहरूले आफ्नो पढाइ वा दैनिक जीवनमा विद्रोही व्यवहार देखाएकाले उनीहरूसित रिसाउनुबाहेक, आमाबुबाको रिसको अर्को कारण तिनीहरूले आफ्नो भविष्य छोराछोरीमा देख्न नसक्‍नु, वा भविष्यमा छोराछोरी कर्तव्यनिष्ठ नहोलान्, आमाबुबाप्रति विचारशील हुने र दुःख महसुस गर्ने नगर्लान्, र आमाबुबालाई हृदयमा नराख्‍लान्, वा ठ्याक्‍कै भन्दा, उनीहरू आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन नजान्लान् भन्‍ने बुझाइ हुनु हो। त्यसैले, आमाबुबाको नजरमा, तिनीहरूले यस्ता छोराछोरीमा आशा राख्न सक्दैनन्: उनीहरू कृतघ्न वा अटेरी हुन सक्छन्, र आमाबुबाको मन टुटेको छ, तिनीहरूलाई छोराछोरीको निम्ति आफूले गरेका लगानी र खर्चहरू व्यर्थ भए, तिनीहरूले घाटाको सम्झौता गरे, त्यसो गर्नु सार्थक थिएन भन्‍ने अनुभूति हुन्छ, र तिनीहरू पछुताउँछन्, र दुःख, हैरान र पीडामा परेको महसुस गर्छन्। तर तिनीहरूले आफूले खर्चेको कुरा फिर्ता पाउन सक्दैनन्, र तिनीहरूले जति धेरै फिर्ता पाउन सक्दैनन्, त्यति नै धेरै पछुतो महसुस गर्छन्, र त्यति नै धेरै छोराछोरी कर्तव्यनिष्ठ बनून् भन्‍ने मापदण्ड थोपर्न चाहन्छन्, र यसो भन्छन्, “के तिमी अलि कर्तव्यनिष्ठ हुन सक्दैनौ? के तिमी अलि समझदार हुन सक्दैनौ? के तिमी ठूलो भएपछि हामीले भर पर्ने हुन सक्दैनौ?” उदाहरणको लागि, मानौँ आमाबुबालाई पैसाको खाँचो छ, र तिनीहरू त्यसबारे मौन रहन्छन्, तर छोराछोरीले तिनीहरूको लागि त्यो पैसा ल्याइदिन्छन्। मानौँ आमाबुबाले मासु वा कुनै स्वादिष्ट र पोसिलो चिज खाने इच्छा गर्छन् र तिनीहरू त्यसबारे केही बोल्दैनन्, तर छोराछोरीले तिनीहरूलाई त्यस्ता खाना ल्याइदिन्छन्। ती छोराछोरी आमाबुबाप्रति अत्यन्तै विचारशील हुन्छन्—र काममा जति व्यस्त भए पनि वा परिवारका जति ठूला बोझहरू भए पनि—उनीहरू सधैँ आमाबुबालाई मनमा राखिरहन्छन्। अनि, आमाबुबाले सोच्नेछन्, “आहा, मेरा छोराछोरी भरयोग्य छन्, उनीहरू अन्ततः ठूला भएका छन्, उनीहरूलाई हुर्काउन खर्चेको सबै ऊर्जा सार्थक भयो, उनीहरूमाथि खर्चेको पैसा सार्थक भयो, हामीले हाम्रो लगानीको प्रतिफल देख्‍न पाएका छौँ।” तर छोराछोरीले केही कुरा आमाबुबाका अपेक्षाभन्दा अलि कम गरेमा, तिनीहरूले उनीहरू कति कर्तव्यनिष्ठ छन् भन्‍ने आधारमा मूल्याङ्कन गर्दै उनीहरू कर्तव्यनिष्ठ, भरोसायोग्य, र कृतज्ञ छैनन्, र उनीहरूलाई व्यर्थैमा हुर्काइएछ भन्‍ने निर्क्योलमा पुग्छन्।

कतिपय आमाबुबाहरू यस्ता पनि हुन्छन् जो बेलाबेलामा काममा व्यस्त हुन्छन् वा यताउता दौडिरहेका हुन्छन्, र तिनीहरू अलि ढिला घर पुग्दा छोराछोरीले खाना त बनाएका हुन्छन् तर तिनीहरूको लागि केही उबारिएको हुँदैन। यी बच्चाहरू अझै त्यो उमेरमा पुगेका हुँदैनन्, उनीहरूमा यसबारे सोच्ने वा यसो गर्ने बानी नहुन सक्छ, वा कतिपय मानिसहरूमा त त्यो मानवता नै नहुन सक्छ, र उनीहरू अरूको बारेमा सोचविचार वा वास्ता गर्न नसक्‍ने हुन सक्छन्। उनीहरू आमाबुबाबाट प्रभावित भएका पनि हुन सक्छन्, वा उनीहरूको मानवता अन्तर्निहित रूपमै स्वार्थी हुन सक्छ, त्यसकारण उनीहरू खाना पकाएर आमाबुबाको लागि केही नराखी आफै खान्छन् वा तिनीहरूको लागि थप केही पकाउँदैनन्। घर आएर यो देख्दा, आमाबुबाको मन अमिलो हुन्छ र तिनीहरू उदास हुन्छन्। तिनीहरू के कुराले उदास भएका हुन्? तिनीहरू आफ्ना छोराछोरी न त कर्तव्यनिष्ठ न त समझदार नै छन् भन्‍ने सोच्छन्। विशेषगरी एकल आमाहरू आफ्ना छोराछोरीले यस्तो व्यवहार गरेको देख्दा झनै बढी उदास हुन्छन्। तिनीहरू रुन र चिच्च्याउन थाल्छन्, “तिमीलाई के लाग्छ, के तिमीलाई यतिका वर्ष हुर्काउनु मलाई सजिलो थियो जस्तो लाग्छ? तिम्रो बुबा भने पनि आमा भने पनि दुवै मै थिएँ, र यतिका समय मैले तिमीलाई हुर्काएँ। मैले यति परिश्रम गर्छु, अनि म घर आउँदा तिमी मेरो लागि खानासमेत बनाउँदैनौ। एक कचौरा भातै भए पनि, र त्यो तातै नभए पनि, त्यो तिम्रो मायाको भाव त हुन्थ्यो। तिमीले यो उमेरमा पनि यो कुरा कसरी बुझ्न नसकेको?” उनीहरूले कुरा बुझ्दैनन् र उचित व्यवहार गर्दैनन्, तर यदि तँसित उनीहरूप्रति यस्तो अपेक्षा हुन्थेन भने, के तँलाई यति रिस उठ्नेथ्यो? के तैँले यो कुरालाई यति गम्भीर रूपमा लिनेथिस्? के तैँले यसलाई सन्तानीय भक्तिको मापदण्ड ठान्‍नेथिस्? यदि उनीहरूले तेरो लागि खाना पकाउन सक्दैनन् भने, तँ आफैले पकाउन सक्छस्। यदि उनीहरू नभएका भए पनि तँ अझै जिइरहनु पर्थेन र? यदि उनीहरू तँप्रति कर्तव्यनिष्ठ छैनन् भने, तैँले उनीहरूलाई नजन्माएको भए हुँदैनथ्यो र? यदि उनीहरूले जिन्दगीभर तँलाई प्रिय ठान्न र तेरो रेखदेख गर्न साँच्चिकै कहिल्यै सिक्दैनन् भने, तैँले के गर्नुपर्छ? के तैँले यो मामला सही ढङ्गले सम्हाल्नुपर्छ कि त्यसबारे रिसाउने, उदास हुने, र पछुताउने, र सधैँ उनीहरूसँग रडाको गर्ने गर्नुपर्छ? के गर्दा सही हुन्छ? (यो मामला सही ढङ्गले सम्हाल्दा।) समग्रमा, अझै पनि तँलाई के गर्ने भन्‍ने थाहा हुँदैन। अनि, अन्त्यमा, तैँले मानिसहरूलाई यति मात्र भन्छस्, “छोराछोरी नजन्माऊ। आफूले जन्माएका प्रत्येक छोराछोरीको लागि तिमी पछुताउँछौ। छोराछोरी पाएर वा हुर्काएर पनि केही राम्रो हुँदैन। हुर्केपछि, उनीहरू हृदयहीन कृतघ्न मान्छे नै बन्‍ने हुन्! बरु आफूप्रति राम्रो व्यवहार गर्नु र कसैमा आशा नराख्नु नै बेस हो। कोही पनि भरयोग्य हुँदैन! सबैले छोराछोरीमाथि भर पर्न सकिन्छ भन्छन्, तर तिमीचाहिँ केमा भर पर्न सक्छौ? बरु उनीहरू तिमीमाथि भर पर्न सक्छन्। तिमीले उनीहरूलाई सयौँ तरिकाले राम्रो गर्छौ, तर बदलामा, उनीहरूले तिमीप्रति अलिअलि राम्रो व्यवहार गर्नु नै ठूलो दया हो, र त्यो तिमीलाई राम्रो गर्नुसरह हो भन्‍ने सोच्छन्।” के यो भनाइ गलत होइन र? के यो समाजमा हुने एक प्रकारको राय, र एक प्रकारको सोच र दृष्टिकोण होइन र? (हजुर, हो।) “सबैले भन्छन्, छोराछोरी हेरविचार गरे, बुढेसकालमा भरणपोषण पाउन मद्दत मिल्छ। तर उनीहरूलाई एक छाक पकाउन लाउनु त सजिलो छैन, बुढेसकालमा भरणपोषण गर्लान् भनेर के भन्‍ने? यस्तो कुराको भर नपर!” यो कस्तो भनाइ हो? के यो गनगन मात्र होइन र? (हजुर, हो।) यो गनगन कसरी उत्पन्न हुन्छ? के यो छोराछोरीप्रति आमाबुबाका अपेक्षाहरू अति उच्च भएर होइन र? तिनीहरूसित उनीहरूप्रतिका मानक र मापदण्डहरू हुन्छन्, र तिनीहरू उनीहरूलाई ठूलो भएपछि कर्तव्यनिष्ठ र विचारशील हुन, आफूले भनेको हरेक शब्दप्रति आज्ञाकारी बन्‍न, कर्तव्यनिष्ठ हुन आवश्यक पर्ने कुराहरू गर्न र छोराछोरीले गर्नुपर्ने कुराहरू गर्न माग गर्छन्। तैँले यी माग र मानकहरू राखेपछि, तेरा छोराछोरीले जे-जति गरे पनि यी कुराहरू पूरा गर्न असम्भव हुन्छ, अनि तँ पूरै गनगन गरिरहनेछस्, र तँसित गुनासोको चाङ हुनेछ। छोराछोरीले जे गरे पनि, तैँले उनीहरूलाई जन्माएकोमा पछुताउनेछस्, र लाभभन्दा क्षति ठूलो भएको र लगानी फिर्ता नआएको अनुभूति गर्नेछस्। के यो यस्तै भएको होइन र? (हो।) के यो छोराछोरी हुर्काउनुमा तेरो उद्देश्य गलत भएर भएको होइन र? (हो।) के यस्ता परिणामहरू निम्त्याउनु सही हो कि गलत हो? (गलत हो।) यस्ता परिणामहरू निम्त्याउनु गलत हो, र छोराछोरी हुर्काउनुमा तेरो सुरुकै लक्ष्य पनि गलत थियो भन्‍ने कुरा प्रस्टै छ। छोराछोरी हुर्काउनु आफैमा मानवजातिको जिम्मेवारी र दायित्व हो। मूल रूपमा, त्यो मानव प्रवृत्ति थियो, पछि त्यो एउटा दायित्व र जिम्मेवारी बन्यो। छोराछोरी आमाबुबाप्रति कर्तव्यनिष्ठ बन्नु वा उनीहरूले आमाबुबालाई बुढेसकालमा साथ दिनु जरुरी छैन, र छोराछोरी कर्तव्यनिष्ठ हुँदा मात्र मानिसहरूले उनीहरूलाई जन्माउनुपर्छ भन्‍ने होइन। यो लक्ष्यको उत्पत्ति आफैमा अशुद्ध छ, त्यसैले यसले अन्ततः मानिसहरूलाई “ओहो, जेसुकै गर्नू, तर छोराछोरी हुर्काउने काम नगर्नू” भन्‍नेजस्ता गलत सोच र दृष्टिकोणहरू व्यक्त गर्नतर्फ डोर्‍याउँछ। लक्ष्य नै अशुद्ध भएपछि, त्यसले निम्त्याउने सोच र दृष्टिकोणहरू पनि गलत हुन्छन्। त्यसैले, के त्यसलाई सच्याउनु र त्याग्नुपर्दैन र? (पर्छ।) अनि, त्यसलाई कसरी सच्याउनु र त्याग्नुपर्छ? कस्तो लक्ष्य राख्नु शुद्ध हुन्छ? कस्तो खालको सोच र दृष्टिकोण ठिक हो? अर्को शब्दमा, छोराछोरीसँगको सम्बन्ध सम्हाल्ने सही तरिका के हो? सर्वप्रथम, छोराछोरी हुर्काउनु तेरो निर्णय हो, तैँले चाहेरै उनीहरूलाई जन्माइस्, र उनीहरू जन्मिनुमा उनीहरूको कुनै भूमिका थिएन। परमेश्‍वरले मानिसहरूलाई दिनुभएको सन्तान जन्माउने काम र जिम्मेवारीबाहेक, र परमेश्‍वरको पूर्वनिर्धारणबाहेक, आमाबुबाको लागि तिनीहरूको व्यक्तिपरक कारण र सुरुवाती बिन्दु भनेकै तिनीहरू छोराछोरी जन्माउन इच्छुक हुनु हो। यदि तँ छोराछोरी जन्माउन इच्छुक छस् भने, तैँले उनीहरूलाई हुर्काएर पालनपोषण गर्दै वयस्क बनाउनुपर्छ र स्वतन्त्र बन्न दिनुपर्छ। आखिर, तँ छोराछोरी जन्माउन इच्छुक छस्, र तैँले उनीहरूलाई हुर्काएर धेरै कुरा हासिल गरिसकेको छस्—तैँले ठूलो लाभ प्राप्त गरिसकेको छस्। सर्वप्रथम, तैँले आफ्ना छोराछोरीसँग बसेर रमाइलो समय बिताएको छस्, र तैँले उनीहरूलाई हुर्काउने प्रक्रियाको पनि आनन्द लिएको छस्। यो प्रक्रियाका आफ्नै उतारचढावहरू भए पनि, त्यो बढीजसो छोराछोरीलाई साथ दिनु र छोराछोरीको साथ पाउनुको खुसीले भरिएको थियो, र त्यो मानवताको एक आवश्यक प्रक्रिया हो। तैँले यी कुराहरूको आनन्द लिएको छस्, र तैँले छोराछोरीबाट धेरै कुरा पाइसकेको छस्, के यो साँचो होइन र? छोराछोरीले आमाबुबामा सुख र साथ ल्याउँछ, र आमाबुबाले मूल्य चुकाएर आफ्नो समय र शक्ति खर्चँदै यी साना बच्चाहरू बिस्तारै हुर्केर वयस्क बनेको देख्न पाउँछन्। अनभिज्ञ र केही थाहा नहुने कलिलो अवस्थादेखि सुरु गर्दै बच्चाहरूले बिस्तारै बोल्न सिक्छन्, अनि शब्‍द-शब्द जोडेर केही कुरा व्यक्त गर्ने, विविध खालका ज्ञान सिक्ने र फरक छुट्याउने, आमाबुबासँग वार्तालाप र कुराकानी गर्ने, र समान दृष्टिकोणले मामलाहरू हेर्ने क्षमता हासिल गर्छन्। यो आमाबुबाहरूले पार गर्नुपर्ने प्रक्रिया हो। तिनीहरूको लागि, यो प्रक्रियालाई अरू कुनै पनि घटना वा भूमिकाले प्रतिस्थापित गर्न सक्दैन। आमाबुबाले छोराछोरीबाट यी कुराहरूको आनन्द लिइसकेका र यी कुराहरू प्राप्त गरिसकेका हुन्छन्, र त्यो तिनीहरूको लागि ठूलो सुख र इनाम हो। खासमा, छोराछोरी जन्माएर हुर्काएर नै तैँले उनीहरूबाट धेरै कुरा प्राप्त गरिसकेको हुन्छस्। जहाँसम्म उनीहरू तँप्रति कर्तव्यनिष्ठ हुने नहुने, मर्नुअघि तँ उनीहरूमाथि भर पर्न सक्‍ने नसक्‍ने, र तैँले उनीहरूबाट के प्राप्त गर्ने भन्‍ने कुरा छ, यी कुराहरू तिमीहरू सँगै जिउन जुरेको छ छैन भन्‍नेमा भर पर्छ, र यो परमेश्‍वरको पूर्वनिर्धारणमा निर्भर हुन्छ। अर्कोतिर, तेरा छोराछोरीहरू कस्तो वातावरणमा जिउँछन्, उनीहरूका जियाइका अवस्थाहरू कस्ता हुन्छन्, उनीहरूसँग तेरो रेखदेख गर्न सक्ने अवस्था हुन्छ हुँदैन, उनीहरूलाई आर्थिक सहजता हुन्छ हुँदैन, र उनीहरूसँग तँलाई भौतिक सुख र सहायता दिने अतिरिक्त पैसा हुन्छ हुँदैन भन्‍ने कुरा पनि परमेश्‍वरको पूर्वनिर्धारणमै भर पर्छ। अझ भन्‍ने हो भने, व्यक्तिपरक तवरले आमाबुबाको रूपमा, तँसित भौतिक चिजहरू, रुपैयाँपैसा, वा तेरा छोराछोरीले दिने भावनात्मक सुख उपभोग गर्ने भाग्य छ छैन भन्‍ने कुरा पनि परमेश्‍वरको पूर्वनिर्धारणमै भर पर्छ। के यस्तै हुन्छ होइन र? (हो।) यी कुराहरू मानिसहरूले अनुरोध गरेर प्राप्त गर्न सक्ने चिज होइनन्। तँलाई थाहै होला, कतिपय बच्चाहरू आमाबुबालाई मन पर्दैनन्, र आमाबुबाहरू उनीहरूसँग बस्न इच्छुक हुँदैनन्, तर परमेश्‍वरले उनीहरूलाई आमाबुबासँगै बस्ने भनी तोक्नुभएको हुन्छ, त्यसैले उनीहरू टाढाको यात्रा गर्न वा आमाबुबालाई छाड्न असक्षम हुन्छन्। उनीहरू जीवनभर आमाबुबासँगै टाँसिएर बस्‍नुपर्ने हुन्छ—तैँले कोसिस गरिस् भने पनि उनीहरूलाई लखेट्न सक्दैनस्। अर्कोतिर, कतिपय छोराछोरीका आमाबुबा यस्ता हुन्छन् जो उनीहरूसँगै बसिरहन चाहन्छन्; तिनीहरू छुट्टिनै सक्दैनन्, तिनीहरू सधैँ एकअर्कालाई सम्झिरहन्छन्, तर विविध कारणले गर्दा ती छोराछोरीहरू आमाबुबासँग एउटै नगरमा, वा एउटै देशमा समेत बस्न पाउँदैनन्। उनीहरूलाई एकअर्काका मुहार हेर्न र एकअर्कासँग बोल्न कठिन हुन्छ; सञ्चारका माध्यमहरू अत्यन्तै विकसित भएका भए पनि, र भिडियोमा कुराकानी गर्न सम्भव भए पनि, त्यो हरदिन सँगै बस्नुभन्दा फरक नै हुन्छ। तिनीहरूका छोराछोरी अनेक कारणले विदेश जान्छन्, विवाह गरेपछि अर्कै ठाउँमा काम गर्छन् वा बस्छन्, र यस्तै यस्तै कुराहरूले गर्दा उनीहरू आमाबुबाबाट एकदमै धेरै टाढिन्छन्। एक पटक भेट्नसमेत सजिलो हुँदैन, र फोन वा भिडियो कुराकानी गर्न पनि समयमाथि भर पर्छ। समयको फरक वा अरू असहजताको कारण उनीहरू आमाबुबासँग खासै कुराकानी गर्न सक्दैनन्। यी मुख्य पक्षहरू केसँग सम्बन्धित छन्? के ती सबै परमेश्‍वरको पूर्वनिर्धारणसँग सम्बन्धित छैनन् र? (छन्।) यो आमाबुबा वा बच्चाको व्यक्तिपरक इच्छाले निर्धारण गर्न सक्ने कुरा होइन; सबैभन्दा बढी त यो परमेश्‍वरको पूर्वनिर्धारणमै भर पर्छ। अर्कोतिर, आमाबुबाहरू भविष्यमा आफू छोराछोरीमा भर पर्न सकिएला नसकिएला भनेर चिन्ता लिन्छन्। तँ केको लागि उनीहरूमा भर पर्न चाहन्छस्? चिया ल्याइदिन र पानी हालिदिन? यो कस्तो निर्भरता हो? के तँ आफै त्यति गर्न सक्दैनस्? यदि तँ स्वस्थ छस् र आफै हिँडडुल गर्न र आफ्नो ख्याल राख्न र सबथोक आफै गर्न सक्षम छस् भने, के त्यो ठूलो कुरा होइन र? तँलाई किन अरूको सेवामा भर पर्नुपर्‍यो र? के तेरा छोराछोरीले दिने रेखदेख र साथमा रमाउनु, साथै उनीहरूले तँलाई खाने बेला र अरू बेला सेवा गर्दा रमाउनु साँच्चैको खुसी हो त? हो नै भन्‍ने छैन। यदि तँ हलचल गर्न सक्दैनस्, र उनीहरूले साँच्चिकै खाने बेला र अरू बेला तेरो सेवा गर्नुपर्छ भने, के त्यसले तँलाई खुसी दिन्छ र? यदि तँलाई विकल्प दिइयो भने, के तँ स्वस्थ हुन र छोराछोरीबाट रेखदेख आवश्यक नपर्ने हुन रोज्थिस्, कि कुँजो परेर ओछ्यानमै बस्न र छोराछोरीलाई छेवैमा राख्न रोज्थिस्? तैँले कुन रोज्थिस्? (स्वस्थ हुन।) स्वस्थ हुनु नै धेरै राम्रो हो। चाहे तँ ८०, ९० वा १०० वर्ष नै बाँचे पनि, तैँले आफ्नो ख्याल आफै राख्न सक्छस्। यो जीवनको राम्रो गुण हो। तँलाई बुढेसकाल लागे पनि, तेरो बुद्धि मन्द बने पनि, तेरो स्मरण कमजोर भए पनि, तैँले कम खाए पनि, काम झन्झन् ढिलो गरे पनि र पहिलेजति राम्रो नगरे पनि, र बाहिर जान पहिलेजति सजिलो नभए पनि, तैँले आफ्ना आधारभूत आवश्यकताहरू आफैले पूरा गर्न सक्नु ठूलै कुरा हो। बेलाबेलामा हाइहलोको लागि छोराछोरीको फोन कल आउनु वा छुट्टीको समयमा उनीहरू घर आएर तँसँगै बस्नु पनि पर्याप्त कुरा हो। उनीहरूबाट थप कुरा किन माग्‍नुपर्‍यो? तँ सधैँ छोराछोरीमाथि निर्भर हुन्छस्; के तँ उनीहरू तेरा दास-दासी हुँदा मात्र खुसी हुन्छस्? के तैँले त्यसरी सोच्नु स्वार्थीपन होइन र? तँ सधैँ तेरा छोराछोरी कर्तव्यनिष्ठ होऊन् र तँ उनीहरूमाथि भर पर्न सकूँ भन्‍ने मापदण्ड लादिरहेको हुन्छस्—यसरी भर पर्नुपर्ने कारण के छ? के तेरा आमाबुबा तँमाथि भर परे? यदि तेरा आमाबुबा तँमाथि भर परेनन् भने, तँ किन तेरा छोराछोरीमाथि भर पर्नुपर्छ भन्‍ने सोच्छस्? के यो बेसमझ हुनु होइन र? (हो।)

आफ्ना छोराछोरी आफूप्रति कर्तव्यनिष्ठ हुने अपेक्षा गर्नेबारे भन्नुपर्दा, एक हिसाबले, आमाबुबाले के थाहा पाउनुपर्छ भने, सबथोक परमेश्‍वरले योजनाबद्ध गर्नुभएको हुन्छ र सबथोक परमेश्‍वरको पूर्वनिर्धारणमै भर पर्छ। अर्को हिसाबले, मानिसहरू तर्कसङ्गत हुनुपर्छ, र छोराछोरी जन्माएर आमाबुबाले अन्तर्निहित रूपमै जीवनमा केही विशेष अनुभव गरिरहेका हुन्छन्। तिनीहरूले छोराछोरीबाट धेरै कुरा हासिल गरिसकेका र आमाबुबा हुनुका दुःख र सुखहरू बुझ्‍न थालिसकेका हुन्छन्। यो प्रक्रिया तिनीहरूको जीवनको ठूलो अनुभव हो, र अवश्य नै यो स्मरणीय अनुभव पनि हो। यसले तिनीहरूको मानवतामा भएका कमीकमजोरी र अज्ञानता परिपूर्ति गर्छ, र आमाबुबाको रूपमा, तिनीहरूले छोराछोरी हुर्काएर पाउनुपर्ने कुरा पाइसकेका हुन्छन्। यदि तिनीहरू यो कुराले सन्तुष्ट हुँदैनन् र छोराछोरीले आफूलाई सेवक वा दास-दासीझैँ सेवा गरून् भन्‍ने माग गर्छन्, र उनीहरूलाई हुर्काएकोमा ती छोराछोरीले आमाबुबालाई सन्तानीय भक्ति देखाएर, बुढेसकालमा हेरचाह गरेर, तिनीहरूलाई दफन र बिदाइ गरेर, तिनीहरूलाई शवपेटीमा राखेर, तिनीहरूको शरीर घरमा कुहिन नदिएर, तिनीहरूको मृत्यु हुँदा नराम्ररी रोएर, शोक मनाएर अनि तीन वर्षसम्म दुःख मनाएर, र आदि इत्यादि गरेर ऋण तिरून् भन्‍ने अपेक्षा गर्छन्, र छोराछोरीलाई यी कुराहरू प्रयोग गरेरै ऋण तिर्न लगाउँछन् भने, त्यो बेमनासिब र अमानवीय कुरो बन्छ। आमाबुबालाई कस्तो व्यवहार गर्ने भनी मानिसहरूलाई सिकाउने सन्दर्भमा, परमेश्‍वरले छोराछोरी आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ होऊन् भन्‍ने मापदण्ड मात्र दिनुहुन्छ, तर छोराछोरीले मृत्युपर्यन्त आमाबुबालाई हेरून् भन्‍ने मापदण्ड बिलकुलै लाद्‌नुहुन्न। परमेश्‍वरले मानिसहरूलाई यस्तो जिम्मेवारी र दायित्व दिनुहुन्न—उहाँले यस्तो कुरा कहिल्यै भन्नुभएको छैन। परमेश्‍वरले बच्चाहरूलाई आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन मात्र सल्लाह दिनुहुन्छ। आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु एक आम अभिव्यक्ति हो तर यसको दायरा फराकिलो हुन्छ। आज यसबारे विशिष्ट रूपमा भन्नुपर्दा, यसको अर्थ तेरो क्षमता र अवस्थाअनुसार जिम्मेवारीहरू पूरा गर्नु हो—त्यति नै पर्याप्त छ। यो त्यति सजिलो छ, छोराछोरीले पूरा गर्नुपर्ने कुरा त्यही मात्र हो। त्यसोभए, आमाबुबाले यो कुरालाई कसरी बुझ्नुपर्छ? परमेश्‍वरले “छोराछोरी आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनैपर्छ, उनीहरूले तिनीहरूलाई बुढेसकालमा हेरचाह गर्नैपर्छ, र समय आएपछि बिदा दिनैपर्छ” भन्‍ने मापदण्ड दिनुहुन्न। त्यसकारण, आमाबुबाले आफ्नो स्वार्थ त्याग्‍नुपर्छ र तिनीहरूले उनीहरूलाई जन्म दिएकै कारण छोराछोरीसम्बन्धी सबथोक आमाबुबासँग सम्बन्धित हुनुपर्छ भन्‍ने अपेक्षा गर्नु हुँदैन। यदि छोराछोरी आमाबुबाप्रति केन्द्रित हुँदैनन् र उनीहरूले तिनीहरूलाई आफ्नो जीवनको केन्द्र ठान्दैनन् भने, आमाबुबाले उनीहरूलाई निरन्तर गाली गर्नु, उनीहरूको विवेकलाई सताउनु, र “तँ कृतघ्न छस्, कर्तव्यनिष्ठ छैनस्, अटेरी छस्, तँलाई त्यति लामो समय हुर्काएपछि पनि म तँमाथि भर पर्न सक्दिनँ” भन्‍ने कुराहरू बोल्नु, र सधैँ यसरी नै गाली गरेर छोराछोरीमाथि बोझ थप्नु ठिक होइन। छोराछोरीले कर्तव्यनिष्ठ भएर आफूलाई साथ दिऊन्, बुढेसकालमा आफूलाई हेरचाह गरून् र दफन गरून्, र उनीहरू जहाँ गए पनि आमाबुबाबारे नै निरन्तर सोचिरहून् भन्‍ने माग गर्नु अन्तर्निहित रूपमै गलत कार्यशैली र अमानवीय सोचविचार हो। यस्तो सोच धेरथोर मात्रामा विभिन्न देशमा वा विभिन्न जनजातीय समूहहरूमा हुन सक्लान्, तर परम्परागत चिनिया संस्कृतिलाई हेर्दाचाहिँ, चिनियाँ मानिसहरू सन्तानीय भक्तिप्रति विशेष जोड दिन्छन्। प्राचीन समयदेखि अहिलेसम्‍मै, यसलाई सदैव मानिसहरूको मानवताको एउटा पाटोको रूपमा र कोही व्यक्ति असल हो कि खराब भनी मापन गर्ने मानकको रूपमा छलफल गरिँदै र जोड दिइँदै आएको छ। अनि अवश्य नै, समाजमा यदि छोराछोरी कर्तव्यनिष्ठ छैनन् भने, आमाबुबाले पनि लज्जित महसुस गर्नेछन् र छोराछोरीले पनि तिनीहरूको प्रतिष्ठामा यो दाग सहन नसक्ने महसुस गर्छन् भन्‍ने साझा अभ्यास र सार्वजनिक राय हुन्छ। विविध तत्त्वहरूको प्रभावमा, आमाबुबाहरू पनि यो परम्परागत सोचबाट गहिरो रूपमा ग्रसित हुन्छन्, र केही नसोचीकनै वा केही नखुट्याईकनै आफ्ना छोराछोरी कर्तव्यनिष्ठ होऊन् भन्‍ने माग गर्छन्। छोराछोरी हुर्काउनुको उद्देश्य के हो? यो तेरो आफ्नै उद्देश्यको लागि होइन, बरु परमेश्‍वरले तँलाई दिनुभएको जिम्मेवारी र दायित्व हो। एउटा पक्ष के हो भने, छोराछोरी हुर्काउनु मानव प्रवृत्तिको कुरा हो, अर्को पक्ष भनेको यो मानव जिम्मेवारीकै पाटो हो। तँ प्रवृत्ति र जिम्मेवारीको कारण छोराछोरी जन्माउनतिर लाग्छस्, बुढेसकालको तयारीको लागि र बुढेसकाल लागेपछि हेरचाह गरियोस् भनेर होइन। के यो दृष्टिकोण सही होइन र? (हो।) के छोराछोरी नभएका मानिसहरू बुढेसकाल लाग्नबाट बच्न सक्छन् र? के बुढेसकाल लाग्दैमा व्यक्ति दुःखी नै हुनेछ भन्‍ने हुन्छ र? त्यस्तो हुनु जरुरी छैन, हैन र? छोराछोरीबिनाका मानिसहरू पनि बुढेसकालसम्म बाँच्न सक्छन्, र कतिपय स्वस्थ पनि हुन्छन्, आफ्ना पछिल्ला वर्षहरूमा रमाउँछन्, र शान्तिपूर्वक मरण अँगाल्छन्। के छोराछोरी भएका मानिसहरू आफ्ना पछिल्ला वर्षहरूमा निश्‍चित रूपमा खुसी र स्वस्थ भई रमाउन सक्छन्? (सक्छन् नै भन्‍ने छैन।) तसर्थ, बुढेसकाल लागेका आमाबुबाका स्वास्थ्य, खुसी र जियाइको परिस्थिति, साथै तिनीहरूको भौतिक जीवनको गुणस्तर वास्तवमा तिनीहरूका छोराछोरी तिनीहरूप्रति कर्तव्यनिष्ठ हुने कुरासँग खासै सम्बन्धित हुँदैनन्, र ती दुई कुराबीच कुनै प्रत्यक्ष सम्बन्ध नै हुँदैन। तेरो बुढेसकालको जियाइको परिस्थिति, जीवनको गुणस्तर, र शारीरिक अवस्था परमेश्‍वरले तेरो लागि तोक्नुभएको कुरा र उहाँले तेरो लागि बन्दोबस्त गर्नुभएको जियाइको वातावरणसँग सम्बन्धित हुन्छन्, र तेरा छोराछोरी कर्तव्यनिष्ठ छन् छैनन् भन्‍नेसित तिनको कुनै प्रत्यक्ष सम्बन्ध नै हुँदैन। पछिल्ला वर्षहरूमा तेरो जियाइको परिस्थितिको जिम्मेवारी लिने दायित्व तेरा छोराछोरीमा हुँदैन। के यो साँचो होइन र? (हो।) त्यसकारण, आमाबुबाप्रति छोराछोरीको मनोवृत्ति जे-जस्तो भए पनि, चाहे उनीहरूले तिनीहरूको हेरचाह गर्न इच्छा गरे पनि, र त्यो गाह्रो काम गरिदिए पनि, वा चाहे बिलकुलै तिनीहरूको हेरचाह गर्न इच्छा नगरे पनि, यो बालबच्‍चाको रूपमा उनीहरूमा हुनुपर्ने मनोवृत्ति नै हो। अब अहिलेको लागि छोराछोरीको दृष्टिकोणबाट बोल्ने कामलाई थाती राखौँ, बरु आमाबुबाको दृष्टिकोणबाट मात्र कुरा गरौँ। आमाबुबाले आफ्ना छोराछोरी कर्तव्यनिष्ठ हुनैपर्छ, उनीहरूले तिनीहरूलाई बुढेसकालमा हेरचाह गर्नैपर्छ, र जीवनको पछिल्लो समयमा आमाबुबाको बोझ बोक्नैपर्छ भनेर माग गर्नु हुँदैन—त्यसो गर्नु आवश्यक छैन। एक हिसाबले, यो आमाबुबामा आफ्ना छोराछोरीप्रति हुनुपर्ने मनोवृत्ति हो, र अर्को हिसाबले, यो आमाबुबामा हुनुपर्ने मर्यादा हो। अनि अवश्य नै, योभन्दा महत्त्वपूर्ण पक्ष पनि छ: यो सृष्टि गरिएको प्राणीको रूपमा आमाबुबाले छोराछोरीप्रति व्यवहार गर्दा पालना गर्नुपर्ने सिद्धान्त हो। यदि तेरा छोराछोरी ध्यान दिने, कर्तव्यनिष्ठ, र तेरो हेरचाह गर्न इच्छुक छन् भने, तैँले उनीहरूलाई अस्वीकार गर्नु पर्दैन; यदि उनीहरू त्यसो गर्न अनिच्छुक छन् भने, तैँले दिनभरि विलाप र गनगन गर्ने, हृदयमा असहज वा असन्तुष्ट महसुस गर्ने, वा छोराछोरीविरुद्ध तिक्तता पोख्ने काम गर्नु पर्दैन। तैँले आफ्नो जीवन र अस्तित्वको लागि सकेसम्‍म आफै जिम्मेवारी र बोझ वहन गर्नुपर्छ, र तैँले त्यो अरूमा, र विशेषगरी छोराछोरीमा, सार्नु हुँदैन। तैँले जीवनलाई छोराछोरीको साथ वा सहयोगबिनै सक्रिय र सही ढङ्गले सामना गर्नुपर्छ, र तँ तेरा छोराछोरीदेखि टाढा भए पनि, तैँले जीवनमा आइपर्ने जे कुरा पनि अझै आफैले सामना गर्न सक्छस्। अनि अवश्य नै, यदि तँलाई तेरा छोराछोरीको आधारभूत मद्दत आवश्यक पर्छ भने, तैँले उनीहरूसित मद्दत माग्न सक्छस्, तर तैँले तेरा छोराछोरी तँप्रति कर्तव्यनिष्ठ हुनैपर्छ वा तँ उनीहरूमाथि निर्भर हुनैपर्छ भन्‍ने विचारमा आधारित भएर त्यसो गर्नु हुँदैन। बरु, दुवै पक्षले एकअर्काको लागि काम गर्नुलाई आफ्ना जिम्मेवारीहरू पूरा गर्ने दृष्टिकोणबाट हेर्नुपर्छ, ताकि तर्कसङ्गत रूपमा आमाबुबा र बच्चाबीचको सम्बन्ध सम्हाल्न सकियोस्। अनि अवश्य नै, यदि दुवै पक्ष तर्कसङ्गत छन्, र दुवैले एकअर्कालाई ठाउँ र सम्मान दिन्छन् भने, अन्त्यमा तिनीहरू पक्कै पनि थप मिलजुलमा रहन र थप सौहार्दपूर्ण हुन, र यो पारिवारिक स्नेह र तिनीहरूको एकअर्काप्रतिको रेखदेख, चासो र प्रेमलाई प्रिय ठान्न सक्नेछन्। अवश्य नै, पारस्परिक सम्मान र बुझाइको आधारमा यी कुराहरू गर्नु अझ मानवीय र अझ उचित हुनेछ। के यो कुरा यस्तै होइन र? (हो।) जब छोराछोरीले आफ्नो जिम्मेवारी सही ढङ्गले हेर्न र पूरा गर्न सक्छन्, र जब आमाबुबाको रूपमा तैँले आफ्ना छोराछोरीमाथि अत्यधिक वा बाहिरी मागहरू राख्न छोडेको हुन्छस्, तब तँलाई उनीहरूले गर्ने सबथोक अत्यन्तै स्वाभाविक र सामान्य हो भन्‍ने लाग्नेछ, र तैँले त्यो निकै राम्रो कुरा हो भन्‍ने सोच्‍नेछस्। तैँले उनीहरूलाई पहिलेकै जस्तो आलोचनात्मक नजरले व्यवहार गर्नेछैनस्, र उनीहरूले गर्ने सबथोक असन्तोषजनक, गलत, वा उनीहरूलाई हुर्काउँदाको तेरो ऋण तिर्नको लागि अपर्याप्त पाउनेछैनस्। बरु यसविपरीत, तैँले सही मनोवृत्तिद्वारा सबथोक सामना गर्नेछस्, तेरा छोराछोरीले दिने साथ र सन्तानीय भक्तिको लागि तँ परमेश्‍वरप्रति कृतज्ञ हुनेछस्, र तँलाई तेरा छोराछोरी निकै शालीन र मानवीय छन् भन्‍ने लाग्नेछ। तेरा छोराछोरीको साथ र सन्तानीय भक्ति नहुँदा पनि, तैँले परमेश्‍वरलाई दोष दिनेछैनस्, न त उनीहरूलाई हुर्काएकोमा तैँले पछुतो नै गर्नेछस्, उनीहरूलाई घृणा गर्ने त कुरै नगरौँ। छोटकरीमा भन्नुपर्दा, आफूप्रति आफ्ना छोराछोरीमा जेजस्तो मनोवृत्ति भए पनि, त्यसलाई सही ढङ्गले सामना गर्नु आमाबुबाहरूको लागि सबैभन्दा महत्त्वपूर्ण छ। यसलाई सही ढङ्गले सामना गर्नुको अर्थ उनीहरूमाथि कुनै अत्यधिक माग नराख्नु, उनीहरूप्रति चरम व्यवहार नगर्नु, र निश्‍चय नै उनीहरूले गर्ने कुनै पनि कामबारे कुनै अमानवीय वा नकारात्मक आलोचना वा मूल्याङ्कन नगर्नु हो। त्यस तरिकाले, तँ मर्यादासाथ जिउन थाल्नेछस्। आमाबुबाको रूपमा, तेरो आफ्नै क्षमता र अवस्थाअनुसार, र अवश्य नै परमेश्‍वरको पूर्वनिर्धारणअनुसार, तैँले परमेश्‍वरले जे दिनुहुन्छ त्यसमा रमाउनुपर्छ, र यदि उहाँले तँलाई कुनै चिज दिनुभएन भने पनि तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ। तैँले आफूलाई अरूसित तुलना गर्नु हुँदैन, र यसो भन्नु हुँदैन “फलानोको परिवार हेर त, तिनीहरूको बच्चा कति कर्तव्यनिष्ठ छ, उसले सधैँ आमाबुबालाई गाडीमा घुमाउन र दक्षिणतिर छुट्टी मनाउन लैजान्छ। हरेक पटक तिनीहरू फर्केर आउँदा, तिनीहरूले थरीथरी आकारका झोलाहरू भिरेका हुन्छन्। त्यो बच्चा अत्यन्तै कर्तव्यनिष्ठ छ! बस तिनीहरूको बच्चालाई हेर, ऊ तिनीहरूले भर पर्न सक्‍ने व्यक्ति हो। तिमीले बुढेसकालमा रेखदेख गर्ने त्यस्तै छोरा हुर्काउनुपर्छ। अब हाम्रो छोरालाई हेर: ऊ खाली हात घर आउँछ र हामीलाई केही किनिदिँदैन; अनि खाली हात मात्रै किन, ऊ त विरलै मात्र पो घरमा झुल्किन्छ। मैले नबोलाए त ऊ घरै आउँदैन। तर घर आएपछि, फेरि उसले गर्न खोज्‍ने त खान र पिउन मात्र हो, कामको त कुनै सिन्को पनि भाँच्‍न चाहँदैन।” अवस्था नै त्यस्तो छ भने, उसलाई घरै नबोला। यदि तैँले उसलाई घर बोलाउँछस् भने, के तँ दुःखी हुन खोजिरहेको हुँदैनस् र? तँलाई थाहै छ त, ऊ घर आयो भने, उसले फोगटमा खाने र पिउने काम मात्र गर्नेछ, त्यसैले उसलाई किन बोलाउने? यदि उसलाई बोलाउनुपछाडि तेरो कुनै मनसाय छैन भने, के तँ अझै पनि उसलाई घर बोलाउँथिस् त? के यो तैँले आफैलाई गिराइरहेको र तँ स्वार्थी भइरहेको होइन र? तँ सधैँ ऊमाथि भर पर्न चाहन्छस्, र उसलाई हुर्काउनु व्यर्थ नहोस् र तैँले हुर्काएको बच्चा हृदयहीन कृतघ्‍न मान्छे नबनोस् भन्‍ने आशा गर्छस्। तँ सधैँ आफूले हुर्काएको बच्चा हृदयहीन कृतघ्‍न मान्छे होइन, तेरो बच्चा त कर्तव्यनिष्ठ व्यक्ति हो भन्‍ने प्रमाणित गर्न चाहन्छस्। अनि, यो प्रमाणित गरेर के हुन्छ? के तँ तेरो आफ्नै जीवन राम्ररी जिउन सक्दैनस्? के तँ छोराछोरीबिना जिउन सक्दैनस्? (सक्छु।) तँ निरन्तर जिइरहन सक्छस्। यस्ता थुप्रै उदाहरणहरू छन्, छैनन् र?

कतिपय मानिसहरू सडेगलेको पुरानो धारणामा अडिन्छन्, र यसो भन्छन्, “मानिसहरूसँग आमाबुबाप्रति कर्तव्यनिष्ठ भइदिने छोराछोरी हुनु र नहुनु, र तिनीहरू जिउँदै हुँदा नै ती छोराछोरी कर्तव्यनिष्ठ रहनु र नरहनुले केही फरक पर्दैन, तर तिनीहरूको मृत्यु हुँदा, छोराछोरीले तिनीहरूलाई शवपेटीमा बोक्नैपर्छ। यदि तिनीहरूका नजिक छोराछोरी हुन्‍नन् भने, तिनीहरू कतिखेर मरे कसैलाई थाहा हुँदैन, अनि तिनीहरूको लास घरमै कुहिनेछ।” त्यो कसैले थाहा पाएन भने के होला? जब तँ मर्छस्, तँ मरिसकेको हुन्छस्, र तँलाई कुनै कुराबारे केही थाहा हुँदैन। तेरो शरीर मरेपछि, तेरो प्राणले त्यसलाई तुरुन्तै त्यागिदिन्छ। मृत्युपछि लास जहाँ भए पनि वा जे-जस्तो देखिए पनि, के त्यो मरेकै होइन र? त्यसलाई शवपेटीमा राखेर भव्य शवयात्रा गर्दै जमिनमा दफन गरिए पनि, त्यो लास कुहिने नै त हो, होइन र? मानिसहरूले सोच्छन्, “लास शवपेटीमा हाल्न, किरिया वस्‍त्र ओढ्न, मेकअप लगाउन र भव्य अन्तिम संस्कार बन्दोबस्त गर्न छेवैमा छोराछोरी हुनु गौरवशाली कुरा हो। आफू मर्दा अन्तिम संस्कार बन्दोबस्त गर्ने वा अन्तिम बिदाइ गर्ने कोही भएन भने, पूरै जीवन उचित टुङ्गोमा नपुगेजस्तै हो।” के यो विचार सही हो त? (अहँ, होइन।) आजकाल, युवापुस्ताहरू यी कुराहरूप्रति खासै ध्यान दिँदैनन्, तर अझै पनि विकट ठाउँका मानिसहरू र थोरै अन्तर्ज्ञान भएका वृद्ध-वृद्धाहरू यस्ता छन् जसको हृदयको गहिराइमा छोराछोरीले बुढेसकालमा आमाबुबाको रेखदेख गर्नैपर्छ र आमाबुबालाई अन्तिम बिदाइ दिनैपर्छ भन्‍ने सोच र दृष्टिकोण गढेर बसेको हुन्छ। तैँले सत्यताबारे जे-जसरी सङ्गति गरे पनि, तिनीहरूले त्यो स्विकार्दैनन्—यसको अन्तिम परिणाम के हुनेछ? तिनीहरूले ठूलो दुःख भोग्नु नै यसको परिणाम हुनेछ। यो ट्युमर लामो समयदेखि तिनीहरूभित्र लुकेर रहेको छ, तिनीहरूलाई त्यसको विष लाग्नेछ। तिनीहरूले त्यसलाई खोतलेर हटाए भने, तिनीहरूलाई त्यसको विष लाग्नेछैन, अनि तिनीहरूको जीवन मुक्त हुनेछ। जुनै पनि गलत कार्य गलत सोचले निम्त्याउँछ। यदि तिनीहरूलाई मरेर घरमै कुहिने डर छ भने, तिनीहरू सधैँ यस्तो सोचिरहेका हुनेछन्, “मैले एउटा छोरा हुर्काउनु छ। अनि, छोरा ठूलो भएपछि, म उसलाई धेरै टाढा जान दिन हुँदैन। म मर्ने बेला ऊ नजिक नभए के होला? बुढेसकालमा मेरो रेखदेख गर्ने वा मलाई अन्तिम बिदाइ दिने कोही नभए त्यो मेरो लागि जीवनको सबैभन्दा ठूलो पछुतो हुनेछ! यदि मेरो लागि यो सब गर्ने कोही छ भने, मैले व्यर्थै जीवन जिएको हुनेछैन। त्यो सर्वोत्तम जीवन हुनेछ। चाहे जे होस्, म छिमेकीको हाँसोको पात्र बन्‍नु हुँदैन।” के यो सडेको विचारधारा होइन र? (हजुर, हो।) यो सङ्कुचित र पतित विचारधारा हो, जसले भौतिक शरीरलाई अत्यधिक महत्त्व दिन्छ! वास्तवमा, भौतिक शरीर बेकार कुरा हो: जन्म, बुढेसकाल, रोग र मृत्यु अनुभव गरेपछि, त्यसमा केही बाँकी रहँदैन। मानिसहरूले जीवित छँदै मुक्ति प्राप्त गर्छन् भने मात्रै, जब तिनीहरूलाई मुक्ति मिल्छ, तिनीहरू सदाको लागि जीवित रहनेछन्। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, जब तेरो शरीर मरेर कुहिन्छ, तब केही पनि बाँकी रहनेछैन; तेरा छोराछोरी तँप्रति जति कर्तव्यनिष्ठ भए पनि, तैँले त्यसको आनन्द लिन सक्नेछैनस्। जब कुनै व्यक्ति मर्छ र उसका छोराछोरीले उसलाई शवपेटीमा राखेर दफन गर्छन्, के त्यो वृद्ध लासले केही अनुभूति गर्न सक्छ र? के त्यसले केही बुझ्न सक्छ र? (अहँ, सक्दैन।) त्यसमा बिलकुलै कुनै चेतना हुँदैन। तर जीवनमा मानिसहरूले यो मामलाप्रति ठूलो महत्त्व दिन्छन्, र तिनीहरू आफूलाई छोराछोरीले अन्तिम बिदाइ दिन सक्छन् सक्दैनन् भन्‍नेबारे अत्यन्तै धेरै माग राख्छन्—र त्यो मूर्खता हो, होइन र? (हजुर, हो।) कतिपय बच्चाहरू आफ्ना आमाबुबालाई यसो भन्छन्, “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ। तपाईंहरू जीवितै हुँदा, हामी तपाईंप्रति कर्तव्यनिष्ठ हुनेछौँ, तपाईंको रेखदेख गर्नेछौँ, र तपाईंको सेवा गर्नेछौँ। तर तपाईं मरेपछि हामी तपाईंको अन्तिम संस्कार बन्दोबस्त गर्नेछैनौँ।” यो सुनेर आमाबुबाहरू रिसाउँछन्। तिनीहरू तैँले भनेको अरू कुनै कुरामा रिसाउँदैनन्, तर तैँले यो कुरा भन्‍नेबित्तिकै, तिनीहरू रिसले आगो हुन्छन्, र यसो भन्छन्, “तैँले के भनिस्? तँ कर्तव्यहीन बेसरम, म तेरो खुट्टा भाँच्दिन्छु! तँलाई नजन्माएकै भए हुन्थ्यो—तँ मेरो हातबाट मर्नेछस्!” तैँले अरू जे बोले नि तिनीहरूको टाउको दुख्दैन, यसले मात्र दुख्‍ने हो। तिनीहरूको जीवनकालमा, छोराछोरीले तिनीहरूलाई राम्रो व्यवहार गर्ने थुप्रै अवसरहरू थिए, तर तिनीहरूले आफूलाई उनीहरूले अन्तिम बिदाइ दिनैपर्छ भन्‍ने जिद् कसे। तर छोराछोरीले परमेश्‍वरमा विश्‍वास गर्न थालेकाले, उनीहरूले तिनीहरूलाई यसो भने, “तपाईं मर्दा हामी तपाईंको लागि कुनै संस्कार गर्नेछैनौँ: हामी बस तपाईंलाई जलाउनेछौँ र खरानीलाई एक ठाउँमा राख्नेछौँ। तपाईं जीवितै हुँदाचाहिँ, हामी तपाईंको नजिक रहेर त्यो आशिष्‌मा तपाईंलाई रमाउन दिनेछौँ, हामी तपाईंलाई खाना र कपडा दिनेछौँ, र अन्यायमा पर्नबाट जोगाउनेछौँ।” के यो यथार्थवादी कुरो होइन र? तर आमाबुबाले जवाफ दिन्छन्, “त्यो कुनैको मतलब छैन। म मरेपछि तिमीहरूले मेरो लागि दाहसंस्कार गर भन्‍ने चाहन्छु। यदि तिमीहरूले मलाई बुढेसकालमा रेखदेख गर्दैनौ र मेरो अन्तिम बिदाइ गर्दैनौ भने, म त्यो कहिल्यै बिर्सनेछैन!” जब व्यक्ति यति मूर्ख हुन्छ, उसले यस्तो सामान्य तर्क बुझ्न सक्दैन, र तैँले त्यसबारे उसलाई जसरी बुझाए पनि उसले बुझ्नेछैन—ऊ पशुजस्तै हुन्छ। त्यसकारण, यदि तँ सत्यता पछ्याउँछस् भने, आमाबुबा भएको नाताले, तैँले सर्वप्रथम छोराछोरी कर्तव्यनिष्ठ छन् छैनन्, उनीहरूले तँलाई बुढेसकालमा रेखदेख गर्छन् गर्दैनन्, र तेरो दफन गरी तँलाई अन्तिम बिदाइ दिन्छन् दिँदैनन् भन्‍नेसम्बन्धी परम्परागत, सडेको र पतित सोच र दृष्टिकोण त्याग्नुपर्छ, र यो मामलालाई सही तरिकाले हेर्नुपर्छ। यदि तेरा छोराछोरी तँप्रति साँच्चिकै कर्तव्यनिष्ठ छन् भने, उनीहरूको कर्तव्यनिष्ठतालाई उचित तरिकाले स्वीकार गर्। तर यदि तेरा छोराछोरीसँग तँप्रति कर्तव्यनिष्ठ हुने अवस्था, ऊर्जा वा चाहना छैन, र तेरो बुढेसकाल लाग्दा उनीहरूले तेरो नजिक बसेर तँलाई रेखदेख गर्न वा तेरो अन्तिम बिदाइ गर्न सक्दैनन् भने, तैँले त्यो कुरा माग गर्नु वा दुःखी महसुस गर्नु जरुरी छैन। सबथोक परमेश्‍वरको हातमा हुन्छ। जन्मिने समय हुन्छ, र मृत्युको ठाउँ हुन्छ, र परमेश्‍वरले मानिसहरू कहाँ जन्मन्छन् र कहाँ मर्छन् भनेर तोक्नुभएको हुन्छ। तेरा छोराछोरीले तँलाई कुनै प्रतिज्ञा गरे पनि, र “तपाईंको मृत्यु हुँदा म अवश्य तपाईंकै छेउ हुनेछु; म तपाईंलाई कहिल्यै निराश तुल्याउनेछैन” भनेर भने पनि, परमेश्‍वरले यी परिस्थितिहरू योजनाबद्ध गर्नुभएको हुँदैन। तँ मर्नै लाग्दा, तेरा छोराछोरी तेरो छेउमा नहुन पनि सक्छन्, र उनीहरूले चाँडो घर आउन जति नै कोसिस गरे पनि, उनीहरू समयमै घर नपुग्न सक्छन्—उनीहरूले तँलाई अन्तिम पटक देख्न नपाउन पनि सक्छन्। तैँले अन्तिम सास फेरेको तीनदेखि पाँच दिन भइसकेको हुन सक्छ, तेरो लास कुहिन मात्र बाँकी रहेको हुन सक्छ, र त्यसपछि मात्र उनीहरू फर्केर आइपुग्छन्। के उनीहरूको प्रतिज्ञाको कुनै अर्थ छ त? उनीहरू आफ्नै जीवनको मालिकसमेत हुन सक्दैनन्। मैले तँलाई यो कुरा पहिल्यै भनेको छु, तर तँ विश्‍वासै गर्दैनस्। तँ उनीहरूलाई प्रतिज्ञा गराउन जिद्दी गर्छस्। के उनीहरूको प्रतिज्ञाको कुनै अर्थ छ त? तँ भ्रमहरूद्वारा चित्त बुझाइरहेको छस्, र तँलाई तेरा छोराछोरी प्रतिज्ञामा अडिग रहन सक्छन् भन्‍ने लाग्छ। के तँलाई साँच्चिकै उनीहरूले त्यसो गर्न सक्छन् जस्तो लाग्छ? तिनीहरूले सक्दैनन्। हरदिन, उनीहरू कहाँ हुनेछन् र उनीहरूले के गर्नेछन्, साथै उनीहरूको भविष्य कस्तो हुनेछ—यी कुराहरू उनीहरू आफैलाई थाहा हुँदैन। वास्तवमा, उनीहरूका प्रतिज्ञाले तँलाई धोका दिइरहेका, र मिथ्या सुरक्षा आभास गराइरहेका हुन्छन्, र तैँले तिनैलाई विश्‍वास गर्छस्। तैँले अझै पनि व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्‍ने बोध गर्न सकेको छैनस्।

आमाबुबा र छोराछोरी सँगै हुने कति जुरेको छ, र तिनीहरूले छोराछोरीबाट कति कुरा प्राप्त गर्न सक्छन्—गैरविश्‍वासीहरूले यसलाई “सहयोग पाउने” वा “सहयोग नपाउने” भन्‍ने गर्छन्। यसको अर्थ के हो, हामीलाई थाहा छैन। अन्त्यमा, सोझो अर्थमा भन्नुपर्दा, कुनै व्यक्ति आफ्ना छोराछोरीमा भर पर्न सक्नु वा नसक्नु परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएको र तोकिएको हुन्छ। सबथोक ठ्याक्कै तैँले इच्छाएजस्तै हुने गर्दैन। अवश्य नै, हरव्यक्तिले सबथोक राम्रो होस् र आफ्ना छोराछोरीबाट लाभ उठाउन पाइयोस् भन्‍ने चाहन्छ। तर तैँले किन त्यो तँलाई जुरेको छ छैन, त्यो तेरो नियतिमा लेखिएको छ छैन भनेर कहिल्यै विचार गरेको छैनस्? तेरा छोराछोरी र तँबीचको सम्बन्ध कति समय टिक्नेछ, तैँले जीवनमा गर्ने कुनै कामको तेरा छोराछोरीसँग कुनै सम्बन्ध हुनेछ छैन, परमेश्‍वरले तेरा छोराछोरीलाई तेरो जीवनका महत्त्वपूर्ण घटनाहरूमा सामेल हुने बन्दोबस्त गर्नुभएको छ छैन, र तैँले जीवनमा कुनै ठूलो घटना भोग्दा तेरा छोराछोरी संलग्न हुनेछन् छैनन्—यी सबै कुराहरू परमेश्‍वरको पूर्वनिर्धारणमा भर पर्छन्। यदि परमेश्‍वरले त्यस्तो पूर्वनिर्धारण गर्नुभएको छैन भने, छोराछोरीलाई वयस्कतासम्म हुर्काएपछि, तैँले उनीहरूलाई घरबाट ननिकाले पनि, समय आएपछि उनीहरू आफैले घर छाडेर जानेछन्। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। यदि तैँले यो मामला बुझ्न सकिनस् भने, तँ सधैँ व्यक्तिगत चाहना र मागहरूमा अडिनेछस्, र तैँले आफ्नै भौतिक आनन्दको निम्ति विविध नियमहरू स्थापित गर्नेछस् र विविध विचारधाराहरू स्विकार्नेछस्। अनि, अन्त्यमा के हुनेछ? त्यो तैँले मर्ने बेला थाहा पाउनेछस्। तैँले तेरो जीवनकालमा थुप्रै मूर्खता गरेको छस्, र तैँले तथ्यहरूसँग वा परमेश्‍वरको पूर्वनिर्धारणसँग नमिल्ने धेरै अयथार्थपरक कुराहरू सोचेको छस्। के तैँले यो सबै कुरा मृत्युशय्यामा महसुस गर्नु अति ढिला हुनेछैन र? के वास्तविकता यही होइन र? (हो।) तैँले आफू जीवितै छँदा र तेरो दिमाग अन्योल नहुँदै र तैँले केही सकारात्मक कुराहरू बुझ्दा सक्दा नै लाभ उठा, र ती कुराहरू चाँडो स्वीकार गर्। ती कुरा स्विकार्नुको अर्थ तैँले तिनलाई वैचारिक सिद्धान्त वा नारामा परिणत गर्नु नभई तैँले काम गर्ने र तिनलाई अभ्यास गर्ने प्रयास गर्नु भन्‍ने हुन्छ। बिस्तारै तेरा आफ्ना विचार र स्वार्थी चाहनाहरू त्यागिदे, अनि आमाबुबा हुनुको नाताले तैँले जे गरे पनि ठिक र स्वीकार्य हुन्छ वा तेरा छोराछोरीले त्यो स्विकार्नुपर्छ भन्‍ने नसोच्। यस्तो तर्क संसारमा कतै हुँदैन। आमाबुबाहरू मान्छे नै हुन्—के छोराछोरीचाहिँ मान्छे होइनन् र? छोराछोरी तेरा सरसामान वा दास-दासी होइनन्; उनीहरू सृष्टि गरिएका स्वतन्त्र प्राणी हुन्—उनीहरू कर्तव्यनिष्ठ हुनु वा नहुनुको तँलाई के सरोकार? त्यसकारण, चाहे तँ जे-जस्तो प्रकारको आमाबुबा भए पनि, तेरा छोराछोरी जुनसुकै उमेरका भए पनि, वा तेरा छोराछोरी तँप्रति कर्तव्यनिष्ठ हुने वा आत्मनिर्भर भएर जिउने उमेर पुगेका भए पनि नभए पनि, आमाबुबा भएको नाताले तैँले यी विचारहरू अपनाउनुपर्छ र छोराछोरीप्रति कस्तो व्यवहार गर्ने भन्‍नेबारे सही सोच र दृष्टिकोणहरू स्थापित गर्नुपर्छ। तैँले चरम बन्‍नु हुँदैन, र ती गलत, पतित वा पुराना सोच र दृष्टिकोणअनुसार सबथोक मापन गर्नु हुँदैन। ती सोच र दृष्टिकोणहरू मानव धारणा, मानव रुचि र मानवका शारीरिक र संवेगात्मक चाहनासित मिल्न सक्लान्, तर ती सत्यता होइनन्। तँलाई ती उचित वा अनुचित जे लागे पनि, यी कुराहरूले अन्त्यमा तँलाई विविध समस्या र बोझहरू मात्र ल्याउनेछन्, तँलाई विविध दुर्दशामा फसाउनेछन्, र तँलाई तेरा छोराछोरीसामु तेरो आवेश प्रकट गराउनेछन्। अनि, तैँले तेरो तर्क व्यक्त गर्नेछस्, र उनीहरूले आफ्नो तर्क दिनेछन्, र अन्त्यमा, तिमीहरूले एकअर्कालाई घृणा गर्नेछौ र दोष लगाउनेछौ। त्यसउप्रान्त परिवार परिवारजस्तो हुनेछैन: तिमीहरूले एकअर्काको खेदो खन्नेछौ र शत्रु बन्नेछौ। यदि सबैले सत्यता र सही सोच र दृष्टिकोण स्विकारे भने, यी मामलाहरू सामना गर्न सजिलो हुनेछ, र ती कुराहरूबाट उत्पन्न हुने विरोधाभास र विवादहरू समाधान हुनेछन्। तथापि, यदि तिनीहरूले परम्परागत धारणामै जिद्‌ कस्छन् भने, यी समस्याहरू समाधान नहुने मात्र नभई, तिनका विरोधाभासहरू झनै गहिरिनेछन्। परम्परागत संस्कृति आफैमा मामलाहरूको मूल्याङ्कन गर्ने मापदण्ड होइन। यो मानवतासँग सम्बन्धित हुन्छ, र यसमा मानिसहरूको स्नेह, स्वार्थी चाहना, र आवेश मिसिएको हुन्छ। अनि अवश्य नै, परम्परागत संस्कृतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष पनि हुन्छ, र त्यो हो पाखण्डीपन। मानिसहरूले आफ्ना छोराछोरीको कर्तव्यनिष्ठता प्रयोग गरेर तिनीहरूले उनीहरूलाई राम्रो शिक्षा दिएका छन् र तिनीहरूका छोराछोरीमा मानवता छ भन्‍ने प्रमाणित गर्छन्; त्यसैगरी, छोराछोरीले पनि आफ्ना आमाबुबाप्रतिको उनीहरूको कर्तव्यनिष्ठतामार्फत उनीहरू कृतघ्न मानिसहरू होइनन्, बरु नम्र र साधारण पुरुष र महिला भएको प्रमाणित गर्छन्, र यसमार्फत समाजका विविध जाति र समूहहरूमाझ टेको प्राप्त गर्छन् र त्यसलाई उनीहरूको जीविकाको माध्यम बनाउँछन्। यो अन्तर्निहित रूपमै परम्परागत संस्कृतिको सबैभन्दा पाखण्डी र आधारभूत तत्त्व हो, र यो मामलाहरू मूल्याङ्कन गर्ने मापदण्ड होइन। त्यसकारण, आमाबुबाको सम्बन्धमा भन्नुपर्दा, तिनीहरूले आफ्ना छोराछोरीप्रतिका यी मापदण्डहरू त्याग्नुपर्छ र आफ्ना छोराछोरीलाई व्यवहार गर्न र आफूप्रतिको छोराछोरीको मनोवृत्ति हेर्न सही सोच र दृष्टिकोणहरू प्रयोग गर्नुपर्छ। यदि तँसित सत्यता छैन वा तैँले सत्यता बुझ्दैनस् भने, तैँले कम्तीमा पनि त्यसलाई मानवताको दृष्टिकोणबाट हेर्नुपर्छ। अनि, त्यसलाई मानवताको दृष्टिकोणबाट कसरी हेरिन्छ? यो समाज, र विविध समूह, पद र सामाजिक वर्गहरूमा जिउने बच्चाहरूको जीवन सजिलो हुँदैन। उनीहरूसँग विविध परिवेशहरूमा सामना र निराकरण गर्नुपर्ने कुराहरू हुन्छन्। उनीहरूको आफ्नै जीवन र परमेश्‍वरले स्थापित गर्नुभएको नियति हुन्छ। उनीहरूका आफ्नै जिउने तौरतरिका पनि हुन्छन्। अनि अवश्य नै, आधुनिक समाजमा, कुनै पनि स्वतन्त्र व्यक्तिमाथि थोपरिने दबाबहरू एकदमै धेरै हुन्छन्। तिनीहरूले जीवन अस्तित्वसम्बन्धी समस्याहरू, माथिल्‍लो र तल्‍लो दर्जाका मानिसहरूबीचका सम्बन्धका कुराहरू, र छोराछोरीसम्बन्धी समस्याहरू, र आदि इत्यादि कुराहरू सामना गर्छन्—यो सबैको दबाब निकै ठूलो हुन्छ। निष्पक्ष रूपमा भन्नुपर्दा, यो कसैको लागि पनि सजिलो छैन। विशेषगरी आजको अस्तव्यस्त, तीव्र जियाइको परिवेशमा, सबैतिर प्रतिस्पर्धा र हिंसात्मक द्वन्द्व भएको अवस्थामा, कसैको पनि जीवन सहज छैन—हरव्यक्तिको जीवन कठिन छ। यस्तो कसरी हुन पुग्यो भन्‍नेबारेमा म प्रवेश गर्नेछुइनँ। यस्तो वातावरणमा जिएर, यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दैन र आफ्नो कर्तव्य पनि निर्वाह गर्दैन भने, ऊसित हिँड्ने मार्ग बाँकी रहँदैन। उसको एउटै मार्ग भनेको संसारलाई पछ्याउनु, आफूलाई जीवित राख्नु, निरन्तर यो संसारसँगै आफूलाई समायोजित पार्नु, र हरदिन पार गर्न आफ्नो भविष्यको लागि र हर हालतमा जीवित रहनको लागि लड्नु हो। खासमा, हरदिन उसको लागि पीडादायी हुन्छ, र उसले हरदिन सङ्घर्ष गरिरहेको हुन्छ। त्यसकारण, यदि आमाबुबाले आफ्ना छोराछोरीलाई यो गर् वा त्यो गर् भन्दै अतिरिक्त माग गर्छन् भने, त्यसले निश्‍चय नै घाउमा नुन छर्कनेछ, र उनीहरूको शरीर र मनलाई भत्काउनेछ र सताउनेछ। आमाबुबाका आफ्नै सामाजिक जमात, जीवनशैली, र जियाइका वातावरणहरू हुन्छन्, र छोराछोरीका पनि आफ्नै जियाइका वातावरण र ठाउँहरू, साथै आफ्नै जियाइका पृष्ठभूमिहरू हुन्छन्। यदि आमाबुबाले आफ्ना छोराछोरीलाई अत्यन्तै धेरै हस्तक्षेप गर्छन् वा अत्यधिक मागहरू गर्छन्, र तिनीहरूले पहिले आफ्ना छोराछोरीका निम्ति गरेका प्रयत्नको ऋण तिर्नको निम्ति उनीहरूलाई यसो गर् र त्यसो गर् भन्छन् भने; यदि तैँले त्यसलाई यो दृष्टिकोणबाट हेर्छस् भने, यो निकै अमानवीय कुरा हो, होइन र? छोराछोरी जे-जसरी जिउने वा बाँच्ने भए पनि, वा उनीहरूले समाजमा सामना गर्ने कठिनाइको बाबजुद पनि, आमाबुबासँग उनीहरूको लागि केही गर्ने पनि जिम्मेवारी वा दायित्व हुँदैन। त्यसो भनिरहँदा, आमाबुबाले आफ्ना छोराछोरीको जटिल जीवन र कठिन जियाइ परिस्थितिमा कुनै समस्या वा बोझ थप्न बन्द पनि गर्नुपर्छ। आमाबुबाले गर्नुपर्ने कुरा नै यही हो। आफ्ना छोराछोरीबाट अति धेरै माग नगर्, र उनीहरूमाथि अति धेरै दोष नथोपर्। तैँले उनीहरूलाई निष्पक्ष र समान व्यवहार गर्नुपर्छ, र उनीहरूको परिस्थितिबारे सहानुभूतिसाथ विचार गर्नुपर्छ। अनि अवश्य नै, आमाबुबाले तिनीहरूको आफ्नै जीवन पनि सम्हाल्नुपर्छ। छोराछोरीले यस्ता आमाबुबालाई सम्मान गर्नेछन्, र तिनीहरू सम्मानयोग्य पनि हुनेछन्। आमाबुबाको रूपमा, यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र तेरा कर्तव्यहरू पूरा गर्छस् भने, तैँले परमेश्‍वरको घरमा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तँसित तेरा छोराछोरी कर्तव्यनिष्ठ बनून् भनी माग गर्ने र बुढेसकालमा उनीहरूको साथमा भर पर्नेजस्ता कुराहरूबारे सोच्ने समय नै हुनेछैन। यदि अझै पनि यस्ता मानिसहरू छन् भने, तिनीहरू सच्चा विश्‍वासी होइनन्, र तिनीहरू निश्‍चय नै सत्यता पछ्याउने मानिसहरू होइनन्। तिनीहरू भ्रमित र अविश्‍वासीहरू मात्र हुन्। के अवस्था यही होइन र? (हो।) यदि आमाबुबाहरू व्यस्त छन्, यदि तिनीहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू छन् र तिनीहरू काममा व्यस्त छन् भने, तिनीहरूले निश्‍चय नै आफ्ना छोराछोरी कर्तव्यनिष्ठ छन् छैनन् भन्‍ने प्रश्‍न उठाउनु हुँदैन। यदि आमाबुबाले सधैँ त्यो कुरा उठाइरहेका हुन्छन् र “मेरा छोराछोरी कर्तव्यनिष्ठ छैनन्: म उनीहरूमाथि भर पर्न सक्दिनँ र उनीहरूले मलाई बुढेसकालमा साथ दिन सक्नेछैनन्” भनेर भनिरहेका हुन्छन् भने, तिनीहरू अल्छी र निष्क्रिय मात्र छन्, र बिनाकारण समस्या खोजिरहेका हुन्छन्। के यो अवस्था यही होइन र? यदि तिमीहरूले यस्तै आमाबुबा भेट्यौ भने, तिमीहरूले के गर्नुपर्छ? तिनीहरूलाई एउटा पाठ सिकाउनुपर्छ। त्यो कसरी गर्ने हो? यति मात्र भन्, “के तपाईं आफै जिउन सक्नुहुन्न? के तपाईं खान र पिउनै नसक्ने अवस्थामा हुनुहुन्छ? के तपाईं बाँच्नै नसक्ने अवस्थामा हुनुहुन्छ? यदि तपाईं जिउन सक्षम हुनुहुन्छ भने, बस जिइरहनुहोस्; यदि सक्षम हुनुहुन्न भने, मरिदिनुहोस्!” के तँमा यसो भन्‍ने आँट छ? ल भन् त, के त्यसो भन्नु अमानवीय हुनु हो? (ममा त्यसो भन्‍ने आँट छैन।) तँ त्यसो भन्न असक्षम छस्, हैन र? तैँले त्यसो भन्नै सक्दैनस्। (ठिक भन्नुभो।) तेरो उमेर अलि बढेपछि, तैँले त्यसो भन्न सक्नेछस्। यदि तेरा आमाबुबाले रिस उठाउने अत्यन्तै धेरै कामहरू गरेका छन् भने, तैँले त्यो कुरा भन्न सक्नेछस्। तिनीहरूले तँलाई निकै राम्रो व्यवहार गर्दै आएका छन् र कहिल्यै तेरो चित्त दुखाएका छैनन्; यदि तिनीहरूले तेरो चित्त दुखाएमा, तैँले त्यो कुरा भन्न सक्नेछस्। यस्तै हुन्छ, होइन र? (हो।) यदि तिनीहरूले सधैँ “मेरो लागि पैसा लिएर घर आइजा, कुलाङ्गार!” भन्दै तँलाई घर आइज भनेर जोड दिन्छन्, र तँलाई हरदिन गाली गर्छन् र धिक्‍कार्छन् भने, तैँले त्यो कुरा भन्न सक्नेछस्। अनि, तैँले यसो भन्‍नेछस्, “यदि तपाईं जिउन सक्नुहुन्छ भने, बस जिइरहनुहोस्; यदि सक्नुहुन्न भने, मरिदिनुहोस्! के तपाईं छोराछोरीबिना जिउन सक्नुहुन्न र? ती बुढाबुढीलाई हेर्नू त जसको छोराछोरी नै छैनन्, के तिनीहरू राम्ररी र खुसीसाथ जिइरहेका छैनन् र? तिनीहरू हरदिन आफ्नो जीवनको हेरचाह आफै गर्छन्, र केही फुर्सद मिल्यो भने, तिनीहरू हिँड्न बाहिर निस्कन्छन् र शरीरको कसरत गर्छन्। हरदिन, तिनीहरूको जीवन अत्यन्तै परिपूर्ण देखिन्छ। तर तपाईंलाई हेरौँ त—तपाईंसँग केहीको पनि कमी छैन, तब तपाईं किन जिउन सक्नुहुन्न? तपाईंले आफूलाई गिराइरहनुभएको छ र तपाईं मर्नकै लायक हुनुहुन्छ! के हामी तपाईंप्रति कर्तव्यनिष्ठ हुनुपर्छ र? हामी तपाईंका दास होइनौँ, न त हामी तपाईंको निजी सम्पत्ति हौँ। तपाईंले आफ्नो मार्ग आफै हिँड्नुपर्छ, र यो जिम्मेवारी बहन गर्ने दायित्व हाम्रो होइन। हामीले तपाईंलाई पर्याप्त खाने, लाउने र प्रयोग गर्ने चीज दिएकै त छौँ। तपाईं किन मूर्ख व्यवहार गरिरहनुहुन्छ? तपाईंले यस्तो मूर्ख व्यवहार गरिरहनुभयो भने, हामी तपाईंलाई स्याहार केन्द्रमा पठाइदिनेछौँ!” त्यस्ता आमाबुबालाई यसरी नै निराकरण गर्नुपर्छ, होइन र? तैँले तिनीहरूलाई मत्याउनु हुँदैन। हेरचाह गर्ने छोराछोरी छैनन् भने, तिनीहरू दिनभरि रुन्छन् र सुँकसुँकाउँछन्, र आकाशै खस्लाझैँ र जिउनै नसक्नेझैँ गर्छन्। यदि तिनीहरू जिइरहन सक्दैनन् भने, तिनीहरू आफैलाई मरेर हेर्न दे—तर तिनीहरू मर्नेछैनन्, तिनीहरू आफ्नो जीवनलाई अति प्रिय ठान्छन्। तिनीहरूको जीवन दर्शन भनेकै अरूमा भर परेर अझ राम्रो, अझ स्वतन्त्र, र अझ मनोमानीपूर्वक जिउनु हो। तिनीहरूलाई छोराछोरीको दुःखमा खुसी र आनन्द लिनुपर्छ। के यी आमाबुबाहरू मर्नुपर्दैन र? (मर्नुपर्छ।) यदि छोराछोरीले तिनीहरूलाई हरदिन साथ र सेवा दिन्छन् भने, तिनीहरू खुसी, आनन्दित, र गौरवान्वित हुन्छन्, जबकि त्यो बेला छोराछोरीले दुःख गर्नु र दुःख स्विकार्नुपर्छ। के यी आमाबुबाहरू मर्नुपर्दैन र? (मर्नुपर्छ।)

आफ्ना सन्तानप्रतिका आमाबुबाका अपेक्षाको अन्तिम पक्षसम्बन्धी हाम्रो सङ्गति आज यहीँ टुङ्ग्याऊँ। के अब छोराछोरी कर्तव्यनिष्ठ र भरयोग्य छन् छैनन् र उनीहरूले आमाबुबालाई बुढेसकालमा रेखदेख र अन्तिम बिदाइ दिन्छन् दिँदैनन् भन्‍ने कुराहरूलाई आमाबुबाले कसरी लिन्छन् भन्‍ने मामिला प्रस्ट भएको छ? (हजुर।) आमाबुबाको रूपमा, तैँले यस्ता माग गर्नु, यस्ता सोच र दृष्टिकोणहरू राख्नु, वा छोराछोरीमाथि यस्ता आशाहरू राख्नु हुँदैन। तेरा छोराछोरी तँप्रति ऋणी हुँदैनन्। उनीहरूलाई हुर्काउनु तेरो जिम्मेवारी हो; तैँले राम्ररी हुर्काउनु वा नहुर्काउनु अर्को कुरा हो। तर उनीहरू तँप्रति ऋणी हुँदैनन्: उनीहरूले तँलाई राम्रो गर्नु र तेरो रेखदेख गर्नु विशुद्ध रूपमा जिम्मेवारी पूरा गर्नु हो, कुनै ऋण तिर्नु होइन, किनभने उनीहरू तँप्रति ऋणी हुँदैनन्। त्यसैले, उनीहरूमा तँप्रति कर्तव्यनिष्ठ हुने वा तैँले भर पर्न सक्ने व्यक्ति हुनुपर्ने कुनै दायित्व हुँदैन। कुरो बुझिस्? (बुझेँ।) उनीहरूले तँलाई रेखदेख गर्छन्, तँ उनीहरूमाथि भर पर्न सक्छस्, र उनीहरूले तँलाई खर्च गर्न अलिअलि पैसा दिन्छन्—यो छोराछोरीको रूपमा उनीहरूको जिम्मेवारी मात्र हो, यो कर्तव्यनिष्ठ हुनुपर्ने कुरो होइन। हामीले पहिले कागले आमाबुबालाई खाना दिएको र पाठाले घुँडा टेकेर दुध चुसेको अलङ्कार उल्लेख गर्‍यौँ। जनावरले पनि यो सिद्धान्त बुझ्छन् र त्यसलाई पूरा गर्छन्, र अवश्य नै मानिसहरूले पनि त्यसै गर्नुपर्छ! जीवित प्राणीहरूमध्ये मानिसहरू सबैभन्दा उच्च प्राणी हुन्, तिनीहरूलाई परमेश्‍वरले सोच, मानवता र भावना प्रदान गरेर सृष्टि गर्नुभएको हो। मानव रूपमा, तिनीहरूले यो कुरा कसैले नसिकाईकनै बुझ्छन्। छोराछोरी कर्तव्यनिष्ठ हुन सक्छन् सक्दैनन् भन्‍ने कुरा धेरै मात्रामा परमेश्‍वरले तिमीहरू दुवैबीच कुनै यस्तो नियति तोक्नुभएको छ छैन, तिमीहरूबीच परिपूरक र पारस्परिक सहयोगी सम्बन्ध हुनेछ छैन, र तैँले यो आशिष्‌को आनन्द लिन सक्छस् सक्दैनस् भन्‍ने कुरामा भर पर्छ; अझै मिहिन रूपमा भन्नुपर्दा, यो कुरा तेरा छोराछोरीमा मानवता छ छैन भन्‍ने कुरामा भर पर्छ। यदि उनीहरूमा साँच्चिकै विवेक र समझ छ भने, तैँले उनीहरूलाई शिक्षा दिइरहनुपर्दैन—उनीहरूले सानै उमेरदेखि बुझ्नेछन्। यदि उनीहरूले त्यो सबै सानै उमेरदेखि बुझ्छन् भने, तँलाई के लाग्छ, के उनीहरूले ठूलो भएपछि झनै बढी बुझ्नेछैनन् र? के त्यस्तो होइन र? (हो।) सानै उमेरदेखि उनीहरूले “आमा र बुबामाथि खर्च गर्न पैसा कमाउनु नै असल छोराछोरीले गर्ने काम हो” भन्‍नेजस्ता धर्मसिद्धान्तहरू बुझ्छन्, त्यसैले के तिनीहरूले ठूला भएपछि झनै बढी बुझ्नेछैनन् र? के उनीहरूलाई अझै पनि शिक्षा दिइरहनु आवश्यक छ त? के आमाबुबाले अझै पनि उनीहरूलाई यस्ता वैचारिक पाठहरू सिकाइरहनुपर्छ र? त्यो आवश्यक छैन। त्यसकारण, आमाबुबाले छोराछोरीलाई उनीहरू कर्तव्यनिष्ठ हुनैपर्छ, उनीहरूले तिनीहरूलाई बुढेसकालमा रेखदेख गर्नैपर्छ र अन्तिम बिदाइ दिनैपर्छ भनी माग गर्नु मूर्खता हो। के तैँले जन्माउने छोराछोरी मानव होइनन् र? के उनीहरू रुख वा प्लास्टिकका फूल हुन् र? के उनीहरूले साँच्चिकै बुझ्दैनन् र, के तैँले उनीहरूलाई साँच्चिकै शिक्षा दिइरहनुपर्छ र? कुकुरले समेत यो कुरा बुझ्छ। हेर् त, दुइटा छाउराहरू आमासँग हुँदा, यदि अरू कुकुरहरू आमातिर दौडेर भुक्छन् भने, तिनीहरूले त्यो सहँदैनन्: तिनीहरूले छेकेर आमालाई बचाउँछन् र अरू कुकुरलाई आमातिर भुक्न दिँदैनन्। कुकुरहरूले समेत यो कुरा बुझ्छन्, र मानिसहरूले पनि अवश्यै त्यो बुझ्नुपर्छ! तिनीहरूलाई सिकाइरहनुपर्दैन: जिम्मेवारी पूरा गर्नु मानिसहरूले गर्न सक्ने काम हो, आमाबुबाले छोराछोरीमा यस्ता कुराहरू हालिरहनुपर्दैन—यो काम उनीहरू आफैले गर्नेछन्। यदि उनीहरूसँग मानवता छैन भने, सही परिस्थितिमा पनि उनीहरूले यो काम गर्नेछैनन्; यदि उनीहरूमा मानवता छ र सही परिस्थिति छ भने, उनीहरूले स्वतः नै यो काम गर्नेछन्। त्यसकारण, आमाबुबाले छोराछोरीलाई उनीहरू कर्तव्यनिष्ठ छन् छैनन् भन्‍ने सम्बन्धमा जोड दिनु, उक्साउनु वा दोष लाउनु आवश्यक छैन। यो सबै अनावश्यक कुरा हो। यदि तैँले छोराछोरीबाट सन्तानीय भक्ति पाउँछस् भने, त्यो आशिष् नै हो। तर यदि पाउँदैनस् भने, त्यो तेरो लागि क्षति होइन। सबथोक परमेश्‍वरले नै तोक्नुहुन्छ, होइन र? ल ठिक छ, अब हाम्रो सङ्गति आजलाई यहीँ टुङ्ग्याऊँ। जयमसीह!

मे २७, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (१८)

अर्को: सत्यता कसरी पछ्याउने (२०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्