262 के तैँले सर्वशक्तिमानको सुस्केरा सुनेको छस्?
पद १
एकाबिहानै बिहानी तारा पूर्वमा उदाउँछ।
यो एउटा नयाँ तारा हो, मौन आकाशमा ज्योति छर्छ।
मानिसको हृदयको फिका ज्योतिलाई प्रज्वलित गर्छ
ताकि उनीहरू अब एक्लै वा अँध्यारोमा नहुन्
तर तँमात्र यो अँध्यारोमा निदाउँछस्,
तँ आवाज सुन्दैनस्, प्रकाश देख्दैनस्,
असमर्थ छस् यो सुरू भएको देख्न—
कि नवयुग, स्वर्ग र पृथ्वी आउँदैछन्।
कोरस १
तेरो “बुबा” भन्छ सबेरै छ, बाहिर चिसो छ,
बाहिर गयौ भने तरबारले आखाँ छेड्ने छ।
तँ भन्दा पाको र तँलाई धेरै माया गर्ने भएकोले,
तेरो बुबाले भनेको कुरामा तँ विश्वास गर्छस्।
पद २
यस्ता माया र सल्लाहले गर्दा बाहिर ज्योति छ भन्ने इन्कार गर्छस्।
विश्वमा सत्य छ भन्नेमा तँ वास्ता गर्दैनस्।
सर्वशक्तिमान् आउनुभई तँलाई मुक्ति दिनुहुने आशा गर्दैनस्,
ज्योति हेर्ने तँ आशा गर्दैनस्, यथास्थितिमा सन्तुष्ट हुन्छस्।
तेरो आँखामा सुन्दर चीजको अस्तित्व हुँदैन;
मानिसको भोलि र भविष्य नष्ट हुन्छ, हराउँछ।
बुबालाई कसेर समाउँछस्, ऊसँगै दु:ख झेल्न खुसी हुन्छस्,
यात्राको साथी र दिशा गुमाउँला कि भनी डराउँछस्।
कोरस २
यो विशाल धमिलो संसारले तँजस्ता धेरै जन्माएको छ,
आफ्नो विभिन्न भूमिकामा दृढ र निडर,
मृत्युसँग नडराउने धेरै “योद्धा” र आफू किन सृष्टि गरिएँ
भनी नजान्ने चेतनशून्य मानव सृजना गरेको छ।
ब्रिज
परमेश्वरले धेरै पीडित मानवलाई हेर्नुहुन्छ।
उहाँ पीडितहरूको विलाप सुन्नुहुन्छ,
तिनीहरूको निर्लज्जता र असहायपन महसुस गर्नुहुन्छ।
मुक्ति गुमाउँदाको तिनको भय अनुभूत गर्नुहुन्छ।
मानवले उहाँको रेखदेख इन्कार गर्छ, आफ्नै मार्गमा हिँड्छ
बरु दुश्मनको साथ तितो समुद्रको स्वाद लिन्छन्।
उहाँको सुस्केरा सुनिन्न, उहाँका हातले अब मानवलाई छुँदैनन्।
उहाँले बारम्बार गुमाउनु हुन्छ अनि फेरि पाउनुहुन्छ।
कोरस ३
त्यसपछि उहाँ थाक्नुहुन्छ र आफ्नो काम बन्द गर्नुहुन्छ।
उहाँ अब मानिसको माझमा हिँड्नुहुन्न।
तिनले यी परिवर्तन, उहाँ आएको गएको देख्दैनन्,
न देख्छन् उहाँको वेदना; उहाँको सुस्केरा, उहाँको सुस्केरा।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सर्वशक्तिमान्को सुस्केरा” बाट परिमार्जित