१. तपाईं भन्नुहुन्छ, हामीले परमेश्‍वरको आखिरी दिनको न्यायको कामलाई स्वीकार गर्नुपर्छ, तब मात्र हाम्रो भ्रष्ट शैतानी स्वभावहरू शुद्ध पारिन्छन् र परिवर्तन हुन्छन्, तब मात्र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौं। त्यसैले, प्रभुको मापदण्ड अनुसार नै हामी विनम्र र सहनशील छौं, हामी आफ्ना शत्रुहरूलाई प्रेम गर्छौं, हामी आफ्नो क्रूस बोक्छौं, हामी आफ्नो शरीरलाई अनुशासनमा राख्छौं, हामी सांसारिक थोकहरू त्याग्छौं, हामी प्रभुका निम्ति काम र प्रचार गर्छौं, इत्यादि। के यी सबै हामीभित्र भएका परिवर्तनहरू होइनन् र? के तपाईंले यो अझै पनि हामी स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति पर्याप्त छैन भनी भन्नुहुन्छ? म विश्‍वास गर्छु, जबसम्म हामी यस प्रकारले प्रयास जारी राख्छौं, हामी पवित्र बन्नेछौं र स्वर्गको राज्यमा प्रवेश गर्नेछौं।

सन्दर्भका लागि बाइबलका पदहरू:

“मलाई प्रभु, प्रभु भन्‍ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।

“सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

धेरैजसो मानिस परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा व्यवहारलाई विशेष जोड दिन्छन्, र परिणामस्वरूप, तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू आउँछन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू चुरोट र रक्सी पिउन छोड्छन्, र तिनीहरू अब अरूसँग जोरी खोज्दैनन्, घाटा नै सहनुपरे पनि सहन तयार हुन्छन्। तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू आउँछन्। कतिपय मानिस, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्छन्, केही सत्यता बुझ्न थाल्छन्, पवित्र आत्माको काम अनुभव गर्छन्, र आफ्नो हृदयमा ठूलो आनन्द महसुस गर्छन्, र यसरी परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक हुन्छन्, र कुनै पनि कुरा त्याग्न र जस्तोसुकै कष्ट भोग्न समेत सक्षम हुन्छन्। तर यदि, केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, मानिसहरू सत्यता पछ्याउन लगातार असफल हुन्छन् भने, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन नआएको हुनाले, तिनीहरू अनिवार्य रूपमा तिनै पुराना गल्तीहरू दोहोर्‍याइरहन्छन्। तिनीहरू आफ्नो शैतानी स्वभाव फाल्न असफल हुने मात्र होइन, यो त अझै खराब बन्छ। तिनीहरू आफ्नो वरिष्ठतामा भर परेर शक्ति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्छन्, तिनीहरू मण्डलीको पैसाको लालसा गर्छन्, र अरू कसैले परमेश्‍वरको घरको फाइदा उठाइरहेको देख्दा तिनीहरू जहिले पनि ईर्ष्यालु बन्छन्, र आफ्नै लागि अझ ठूला फाइदाहरू सुनिश्‍चित गर्ने आशा मात्र गर्छन्—तिनीहरू परमेश्‍वरको घरभित्र परजीवी र किराफट्याङ्ग्रा बन्छन्। फलस्वरूप, कतिपय त झूटा अगुवा र ख्रीष्टविरोधी बन्छन्, अनि तिनीहरू प्रकाश गरिन्छन् र हटाइन्छन्। अनि यी तथ्यहरूले के प्रमाणित गर्छन्? केवल व्यवहारमा आउने परिवर्तनहरू दिगो हुँदैनन्; यदि मानिसहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएन भने, ढिलोचाँडो, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। किनभने व्यवहारमा आउने परिवर्तनहरूको स्रोत भनेको उत्साह हो, र त्यसमाथि, पवित्र आत्मा यस समयमा केही काम गरिरहनुभएको हुन्छ, र त्यसैले मानिसहरूलाई छोटो समयका लागि जोसिलो बन्न वा केही दया देखाउन अत्यन्तै सजिलो हुन्छ। जसरी गैरविश्‍वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्‍नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; त्यस व्यक्तिको प्रकृति जस्तो छ, उसका प्राकृतिक प्रकटीकरणहरू पनि उस्तै हुन्छन्, र उसले प्राकृतिक रूपमा जे प्रकट गर्छ त्यसले मात्र उसको प्रकृतिको प्रतिनिधित्व गर्दछ। ढोँगहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूको स्वभावलाई रूपान्तरण गर्नु, तिनीहरूलाई भित्रैदेखि रूपान्तरित गरेर नयाँ मानिस बनाउनु हो। परमेश्‍वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्‍वरप्रति समर्पण र बफादारी हासिल गर्न, र साँचो रूपमा उहाँको आराधना गर्न सकोस्। परमेश्‍वरले आफ्नो काममा हासिल गर्न चाहने नतिजा यही हो, र परमेश्‍वरको कामको लक्ष्य पनि यही हो। असल व्यवहार गर्नु भनेको परमेश्‍वरप्रति समर्पित हुनु होइन, यो ख्रीष्टसँग मिल्ने हुनु बराबर त झनै होइन। व्यवहारमा आउने परिवर्तनहरू सिद्धान्तमा आधारित हुन्छन् र उत्साहको कारण उत्पन्न हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुनु त झनै परको कुरा हो। कतिपय समयमा मानिसहरूले पवित्र आत्माबाट अन्तर्दृष्टि र मार्गदर्शन पाउने भए पनि, त्यो तिनीहरूको जीवनको प्रकटीकरण होइन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले ऊ परमेश्‍वरप्रति समर्पित हुन्छ वा ऊ सत्यतालाई व्यवहारमा लागु गर्छ भन्‍ने कुरा प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरूलाई प्रतिनिधित्व गर्दैनन् र तिनलाई जीवनका प्रकटीकरणहरूमा गन्‍न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि एउटा व्यक्ति धेरै वटा असल व्यवहारहरूमा संलग्‍न भएको हुनसक्‍ने भए पनि, उसले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैन, सत्यतालाई बुझ्‍न सक्‍ने त कुरै नगरे हुन्छ। तैपनि, तिनीहरूका धेरै वटा असल व्यवहारहरूका कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्‍वरमा समर्पित भइसकेका छन्, र तिनीहरूले उहाँका अभिप्रायहरू पूरा गरिसकेका छन् भन्‍ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे गर्न भनिएको छ तँ त्यही गर्न सक्छस्, र तँ कुनै अवज्ञा नगरी विनाहिचकिचाहट आफ्नो कर्तव्य निर्वाह गर्छस्। तँलाई सुसमाचार प्रचार गर्न भनिएमा, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै निश्चित काम गराइन्छ, तँ त्यो काम गर्छस्। यसकारण, तँलाई आफू परमेश्‍वरमा समर्पित हुने र साँच्चिकै सत्यतालाई पछ्याउने व्यक्ति हुँ भन्ने लाग्छ। तर यदि तँलाई गम्भीर जाँच गरियो, र “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भनेर सोधियो भने—यदि हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरूको सत्यतासँग तुलना गर्न अघि सारियो भने—कोही पनि मानकअनुरूप छैन, र कुनै पनि व्यक्ति सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेछैन भनेर भन्न सकिन्छ। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नुपर्छ। तिनीहरूले आफूले जिउने स्वभावहरू र आफ्ना सबै काम र कार्यहरूका आधार बन्ने शैतानका दर्शन, तर्क, विधर्म र भ्रमहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभावहरू प्रकट गर्नुको मूल कारण, आफूले मनमानी ढङ्गमा कार्य गर्नुको सार, र आफू केमा र कसका लागि जिउँछन् भन्‍नेबारे चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्‍वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै पनि तिनीहरू आत्मविश्‍वासले भरिपूर्ण छन्, तिनीहरूका कार्यहरू उचित छन् भनेर सोच्छन्, र अन्त्यमा तिनीहरू आफूले धेरै प्राप्त गरेको महसुस गर्छन्। थाहै नपाई, तिनीहरू के सोच्न थाल्छन् भने तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गरी नै रहेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्‍वरका मागहरू पूरा गरिसकेका छन् र उहाँको इच्‍छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्‍वरमाथिको तेरो केही वर्षको विश्‍वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्‍ने लाग्छ भने, आफैलाई सावधानीपूर्वक जाँच्न तँ परमेश्‍वरको अघि अझ धेरै फर्किआउनैपर्छ। तैँले परमेश्‍वरमाथिको विश्‍वासका यी वर्षको तेरो यात्रालाई हेर्नुपर्छ, र तेरा काम र कार्यहरू सत्यता सिद्धान्तहरू अनुरूप छन् कि छैनन्, साथै तेरा कुन-कुन प्रकटीकरण परमेश्‍वरका विरोधमा छन्, कुन-कुन प्रकटीकरण परमेश्‍वरप्रतिको समर्पणमा छन्, कुन-कुन प्रकटीकरणले परमेश्‍वरका मागहरू पूरा गर्छन्, कुन-कुन प्रकटीकरण परमेश्‍वरको गवाही दिने खालका छन्, र तँ कुन-कुन क्षेत्रमा परमेश्‍वरप्रति ऋणी छस् भनेर हेर्नुपर्छ। तँ यी सबै कुराबारे स्पष्ट हुनुपर्छ—त्यसपछि मात्र तँमा आत्म-सचेतना भएको मान्न सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ

भर्खरै छुटकारा पाएको, र परिवर्तन वा परमेश्‍वरको सिद्धीकरणबाट नगुज्रेको तँजस्तो पापी—के तँ परमेश्‍वरका अभिप्रायहरूअनुरूपको हुन सक्छस्? अझै आफ्नो पुरानो सत्त्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिका कारण तँ पापको होइनस् भन्‍ने साँचो हो, तर यसले तँ पापरहित वा फोहोररहित छस् भन्‍ने कुरा प्रमाणित गर्दैन। यदि तँ परिवर्तनबाट गुज्रेको छैनस् भने, तँ कसरी पवित्र पारिन सक्छस्? भित्री रूपमा, तँ फोहोरले भरिएको छस्, र तँ स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—सपना देखिराख्! परमेश्‍वरमाथिको विश्‍वासमा तैँले एउटा कदम छुटाएको छस्; तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तनबाट गुज्रेको छैनस्। तँ परमेश्‍वरका अभिप्रायहरूअनुरूपको हुनका लागि, परमेश्‍वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुन्छ र तँलाई पवित्र पारिने कुनै सम्भावना हुँदैन। त्यस अवस्थामा, तँ परमेश्‍वरको साथमा अद्भुत आशिष्‌हरूको आनन्द उठाउन अयोग्य छस्, किनभने तँ मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको काममा एक कदम पछि परेको छस्, जुन मानिसलाई परिवर्तन गर्ने र सिद्ध पार्ने महत्त्वपूर्ण चरण हो। यसर्थ, भर्खरै छुटकारा दिइएको पापी, तँ प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

तिमीहरूलाई वर्षौँसम्‍म अनुयायी भएर आफूले जे भए पनि कडा मेहनत गरेको, र जस्तोसुकै अवस्थामा पनि पनि श्रमिक हुन र परमेश्‍वरको घरमा फाइदा सकिन्छ भन्ने लाग्ला। म त भन्छु, तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छन्, किनभने तिमीहरूले सधैँ कसरी कामकुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्त पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: म तैँले एकदमै मेहनत गरेको छस् कि छैनस् र ठूला योगदानहरू दिएको छस् कि छैनस्, तँ वरिष्ठ होस् कि होइनस्, तँ मलाई निकट रूपमा पछ्याउँछस् कि पछ्याउँदैनस्, तँ निकै प्रख्यात छस् कि छैनस्, वा तेरो मनोवृत्तिमा सुधार आएको छ कि छैन भन्ने कुराको मतलब गर्दिनँ; यदि तैँले मेरा मागहरूअनुसार कार्य गरेको छैनस् भने, तँ मेरो अनुमोदन कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचार र योजनाहरू त्याग्नु र मेरा मागहरूलाई गम्भीरताका साथ लिनु राम्रो हुन्छ। अन्यथा, म सबैलाई खरानी पारिदिनेछु र यसरी मेरो काम समाप्त गरिदिनेछु; बढीमा, मेरो वर्षौँको काम र कष्ट व्यर्थ जानेछ—किनभने म मेरा शत्रुहरूलाई अनि दुष्टताको गन्ध आउने र त्यही पुरानो शैतानी रूप भएकाहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को युगमा लैजान सक्दिनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्‍याउनेछ

अघिल्लो: २. पहिले, पाष्टरहरूले प्रायजसो, जब प्रभु आउनुहुन्छ, हामी विपत्तिहरू आउनुभन्दा पहिले स्वर्गमा उठाइलगिनेछौं भनी प्रचार गर्थे, तर अहिले हामी पृथ्वीमा हरप्रकारका ठूला विपत्तिहरू आएका देख्छौं र हामी उठाइलगिएका छैनौं। पाष्टरहरू भन्छन्, हामी उठाई नलगिनुको अर्थ हो, प्रभु अझै फर्केर आउनुभएको छैन, प्रभु विपत्तिहरूको बीचमा हामीकहाँ देखापर्नुहुनेछ, र विपत्तिहरूको बीचमा हामी उठाइएर स्वर्गमा लगिनेछौं। मैले यो कुरा बुझेको छैन: हामी विपत्तिहरूभन्दा पहिले, कि विपत्तिहरूको बीचमा उठाइलगिनेछौं?

अर्को: २. प्रेरित पावलले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्‍ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्