२. पहिले, पाष्टरहरूले प्रायजसो, जब प्रभु आउनुहुन्छ, हामी विपत्तिहरू आउनुभन्दा पहिले स्वर्गमा उठाइलगिनेछौं भनी प्रचार गर्थे, तर अहिले हामी पृथ्वीमा हरप्रकारका ठूला विपत्तिहरू आएका देख्छौं र हामी उठाइलगिएका छैनौं। पाष्टरहरू भन्छन्, हामी उठाई नलगिनुको अर्थ हो, प्रभु अझै फर्केर आउनुभएको छैन, प्रभु विपत्तिहरूको बीचमा हामीकहाँ देखापर्नुहुनेछ, र विपत्तिहरूको बीचमा हामी उठाइएर स्वर्गमा लगिनेछौं। मैले यो कुरा बुझेको छैन: हामी विपत्तिहरूभन्दा पहिले, कि विपत्तिहरूको बीचमा उठाइलगिनेछौं?

उत्तर:

प्रभु आउनुहुँदा विश्वासीहरू उठाइलगिने सवालमा, धेरै पास्टर तथा बाइबलका व्याख्याकारहरूले प्रभु आउनुहुनेछ र विपद्हरू आउनुअघि नै विश्वासीहरू उठाइलगिनेछन् भनी निर्धारण गरेका छन्। तापनि आज, महाविपद्हरू आएका छन् अनि धार्मिक संसारका मानिसहरू उठाइलगिएका छैनन्; यसले धेरै मानिसहरूलाई अन्यौलमा राखेको छ अनि यस विषयमा धार्मिक पास्टरहरू भन्छन्, “विपद्हरूअघि हामी उठाइलगिएका छैनौँ भन्ने तथ्यले प्रभु विपद्हरूअघि आउनुभएको छैन भन्ने कुरा देखाउँछ। हामी ठोकुवा गरेर भन्छौँ कि विपद्हरूको समयमा प्रभु निश्चय नै हामीकहाँ देखा पर्नुहुनेछ, त्यसैले, विपद्हरूको समयमा उठाइलगिन हामी प्रतीक्षा गर्छौं।” धर्ममा यही नै सबैभन्दा सामान्य तर्क रहेको छ। के त्यस्ता दृष्टिकोणहरू सही छन् त? के ती परमेश्‍वरका वचनहरूमा आधारित छन् र? विपद्हरूअघि धार्मिक संसारका मानिसहरू उठाइलगिएका छैनन् अनि तिनीहरूले प्रभुलाई सेतो बादलमाथि ओर्लिरहनुभएको देखेका छैनन् भन्दैमा त्यसले प्रभु आउनुभएको छैन भनी प्रमाणित गरेको हुन्छ र? प्रभु येशू देखा पर्नुभएर आफ्नो काम गर्नुहुँदा, मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र यहुदी धर्मका फरिसीहरूले उहाँलाई चिनेनन् अनि तिनीहरूले उहाँ देखा पर्नुभएको घटना र कामलाई इन्कार गरे; तिनीहरूले मसीहलाई स्वागत गरेनन्, त्यसैले उहाँ आउनुभएको छैन भनी तिनीहरूले भने। के यी धार्मिक पाष्टरहरूले ती बितेका सबै वर्षहरूमा फरिसीहरूले जस्तै त्यही गल्ती गरिरहेका छैनन् र? तिनीहरूले धर्मशास्त्रको एक दुई पदहरूलाई मात्र आधार मानेर आफ्नै लहडमा प्रभु कहिले आउनुहुनेछ भनी निर्धारण गर्दा के तिनीहरूले बाइबललाई गलत व्याख्या गर्दैनन् र? आज, विपद्हरू पहिल्यै आइसकेको हुनाले प्रभु वास्तवमै खुल्लमखुल्ला सेतो बादलमाथि आउनुभएको छैन—यो तथ्य हो। तापनि हामीले पूर्वमा सर्वशक्तिमान् परमेश्‍वर देखा पर्नुभएको घटना र कामको बारेमा गवाही दिनेहरू, सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त भएका सबै सत्यताहरूको गवाही दिने र फैलाउनेहरू छन् अनि ती ठूलो ज्योति झैँ पूर्वबाट तीव्र रूपले पूरै पश्चिमभरि फैलिएको छ, यसले चिनियाँ कम्युनिष्ट पार्टीको सत्ताको भीषण दमन र सतावटलाई निम्त्याउँदैछ अनि संसारभरि नै आघातका लहरहरू पठाउँदैछ भनी देखेका छौँ। के धार्मिक संसारमा यस तथ्यलाई देख्ने वास्तवमै कोही पनि छैन त? यसले प्रभु येशूको अगमवाणीलाई ठ्याक्कै पूरा गर्छः “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)

विपद्हरूअघि नै प्रभु देखा पर्नुहुन्छ र आफ्नो काम गर्नुहुन्छ भन्ने तथ्य शंकाभन्दा परको कुरा हो। प्रकाशको पुस्तकले भन्दछ, “अनि फिलाडेल्‍फियाको मण्डलीको दूतलाई लेख्; जो पवित्र हुनुहुन्छ, जो सत्य हुनुहुन्छ, जोसँग दाऊदको चाबी छ, जसले खोल्‍नुहुन्छ र कसैले बन्द गर्दैन; र जसले बन्द गर्नुहुन्छ, र कसैले खोल्दैन, उहाँले यसो भन्‍नुहुन्छ; मलाई तिमीहरूका कामहरूको बारेमा थाहा छ: हेर, मैले तिमीहरूको अघि ढोका खुला राखेको छु, र कुसैले पनि यसलाई बन्द गर्न सक्दैन: किनकि तिमीहरूसँग थोरै शक्ति छ, र तिमीहरूले मेरो वचन पालना गरेका छौ, र मेरो नाम इन्कार गरेका छैनौ। हेर, जसले यहूदी नभए पनि यहूदी हौं भनी भन्छन्, र झूट बोल्छन्, म तिनीहरूलाई शैतानका सभाघरका बनाउनेछु; हेर, म तिनीहरूलाई तिमीहरूका पाउमा आएर तिमीहरूलाई ढोग्‍न, र मैले तिमीहरूलाई प्रेम गरेको छु भन्‍ने जान्‍न लगाउनेछु। तिमीहरूले मेरो धैर्यको वचनलाई पालना गरेका हुनाले, म तिमीहरूलाई त्यो परीक्षाको घडीदेखि पनि बचाउनेछु, जुन परीक्षा सारा संसारमा आउनेछ र संसारमा बस्‍नेहरूलाई जाँच्‍नेछ। हेर, म चाँडै आउँछु: आफूसँग जे छ त्यसलाई दह्रिलो गरी पक्रिराख, ताकि तिमीहरूको मुकुट कसैले लिनेछैन। जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरमार्फत तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु(प्रकाश ३:७-१२)। यी वचनहरू सबै पूरा भइसकेका छन्। आखिरी दिनहरूमा, फिलाडेल्फियाको मण्डली यस्तो मण्डली हो जुन विपद्हरूअघि नै उठाइलगिएको छ अनि ती सबै जो उठाइलगिएका छन्, तिनीहरू परमेश्‍वरको सामु फर्किन्छन् किनकि तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वाणीहरू पढेका छन् अनि परमेश्‍वरको आवाज सुनेका छन्। यसले परमेश्‍वरका यी वचनहरूलाई पूरा गर्दछन्ः “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने ती मानिसहरूले परमेश्‍वरका वचनहरूलाई हरेक दिन खान्छन् र पिउँछन् अनि थुमाको विवाहको भोजमा बस्छन्। सत्यतालाई प्रेम गर्ने र पछ्याउने सबैले परमेश्‍वरको न्याय, ताडना, परीक्षा र शोधनलाई अनुभव गरेका छन् अनि तिनीहरू विजेताहरू बनाइएका छन्—प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू तिनै हुन्। त्यही बेला, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्न इन्कार गर्नेहरूचाहिँ मूर्ख कन्याहरू हुन्; तिनीहरूले परमेश्‍वरको आवाजलाई चिन्दैनन्, तिनीहरूले प्रभुको आगमनलाई स्वागत गर्ने तिनीहरूको मौकालाई गुमाइपठाएका छन्, अनि त्यसैले तिनीहरू त्यागिएका छन् अनि विपद्हरूभित्र जाकिएका छन्। तर, महाविपद्हरूको वर्षा हुन थालिसकेपछि, केही मानिसहरूले विपद्हरूको माझमा परमेश्‍वरको आवाज सुन्छन्, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वर देखा पर्नुभएको घटना र कामको गवाही देख्छन् अनि तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्छन्। आज, धेरै धार्मिक मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरको कामलाई अनुसन्धान गरिरहेका छन्, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू परमेश्‍वरका आवाज हुन् भनी चिन्छन् अनि धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरिरहेका छन्। यिनै मानिसहरू विपद्हरूको समयमा उठाइलगिनेहरू हुन्।

अघिल्लो: १. बाइबलले भन्छ, “अनि हामी जिउँदा र बाँकी रहेकाहरू आकाशमा प्रभुलाई भेट्न एकसाथ बादलमा लगिनेछौं: अनि त्यसपछि सदासर्वदा प्रभुसँगै रहनेछौं” (१ थेसलोनिकी ४:१७)। हामी विश्‍वास गर्छौं, प्रभु आउनुभएपछि, हामी उहाँसँग भेट्नका लागि सीधै आकाशका बादलहरूमा उठाइनेछौं। प्रभु फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसो भए हामी किन उठाएर लगिएका छैनौं?

अर्को: १. तपाईं भन्नुहुन्छ, हामीले परमेश्‍वरको आखिरी दिनको न्यायको कामलाई स्वीकार गर्नुपर्छ, तब मात्र हाम्रो भ्रष्ट शैतानी स्वभावहरू शुद्ध पारिन्छन् र परिवर्तन हुन्छन्, तब मात्र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौं। त्यसैले, प्रभुको मापदण्ड अनुसार नै हामी विनम्र र सहनशील छौं, हामी आफ्ना शत्रुहरूलाई प्रेम गर्छौं, हामी आफ्नो क्रूस बोक्छौं, हामी आफ्नो शरीरलाई अनुशासनमा राख्छौं, हामी सांसारिक थोकहरू त्याग्छौं, हामी प्रभुका निम्ति काम र प्रचार गर्छौं, इत्यादि। के यी सबै हामीभित्र भएका परिवर्तनहरू होइनन् र? के तपाईंले यो अझै पनि हामी स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति पर्याप्त छैन भनी भन्नुहुन्छ? म विश्‍वास गर्छु, जबसम्म हामी यस प्रकारले प्रयास जारी राख्छौं, हामी पवित्र बन्नेछौं र स्वर्गको राज्यमा प्रवेश गर्नेछौं।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्